2 John (Nepali)

2 John (Nepali)

1

1:1b.2JO.001.001 परमेश्वरद्वारा चुनिएकी स्त्री अनि तिनका बालकहरु प्रति म तिमीहरु, सत्यमा रहेका सबैलाई प्रेम गर्छु। ती सबै, जसले तिमीहरुलाई प्रेम गर्ने सत्यतालाई जान्दछन् तिमीहरुलाई पनि।

1:2b.2JO.001.002 यही प्रेमको कारणले जो हामीमा छ, हामी तिमीहरुलाई प्रेम गर्छौ। त्यो सत्य हामीमा सदा रहनेछ।

1:3b.2JO.001.003 अनुग्रह, कृपा अनि शान्ति, पिता परमेश्वर अनि उनका पुत्र येशू ख्रीष्टको मार्फत हामीसंग हुनेछ। हामी सत्य अनि प्रेमबाट यी आशीर्वाद प्राप्त गर्छौ।

1:4b.2JO.001.004 तिम्रो कोही बालकहरु जो तिनीहरु पिताले हामीलाई दिएको आज्ञा अनुसार सत्यको मार्ग अनुसरण गरिरहेछन् भन्ने जान्न पाउँदा म खुशी भएँ।

1:5b.2JO.001.005 अनि, अब प्रिय महिला, म तिमीलाई भन्छु हामी सबैले एक-अर्कोलाई प्रेम गर्नुपर्छ। यो नयाँ आज्ञा होइन। यो त्यही आज्ञा हो जो हामीसित शुरु देखि नै थियो।

1:6b.2JO.001.006 अनि प्रेम गर्नुको अर्थ उनले हामीलाई दिएको आज्ञा अनुसार रहनु हो। अनि परमेश्वरको आज्ञा यो हो तिमीहरुले प्रेमको अनुसरण गर्नुपर्छ। तिमीले यो आज्ञा शुरुदेखि नै सुन्दै आएकी छौ।

1:7b.2JO.001.007 यो संसारमा अनेकौं झूटो शिक्षकहरु छन्। यी झूटो शिक्षकहरुले येशू ख्रीष्ट पृथ्वीमा मानवको रुपमा आउनु भएको अस्वीकार गर्छन्। मानिस जो यो कुरा अस्वीकार गर्छ उ झूटो शिक्षक अनि ख्रीष्ट विरोधी हो।

1:8b.2JO.001.008 होशियारी होऊ ताकि पुरस्कार जुन हाम्रो परिश्रमबाट प्राप्त भएको छ त्यो गुमाउने छैनौ, तर तिमीले तिम्रो जम्मै पुरस्कार प्राप्त गर।

1:10b.2JO.001.010 यदि कुनै मानिस यो शिक्षा बिना तिम्रोमा आँउछ भने तिम्रो घरमा उसलाई नलैजाऊ अथवा त्यसलाई स्वागत नगर।

1:11b.2JO.001.011 यदि तिमीले उसलाई स्वागत गर्यौ भने तिमीले उसको कुकार्यमा सहयोग पुर्याइरहेको हुनेछौ।

1:12b.2JO.001.012 मैले तिमीलाई भन्ने कुरा धेरै छ। तर कागज अनि मसीको प्रयोगले म यो गर्न चाहँदिन। बरु म तिमीलाई भेटन आउने आशा गर्छु अनि आमने-सामने बात गर्छु। त्यसले हामीलाई अति आनन्दित तुल्याउँछ।

1:13b.2JO.001.013 तिम्रो बहिनीका बालकहरुले, जसलाई परमेश्वरले चुन्नु भएको छ, तिमीलाई अभिवादन पठाउँछन्।


Holder of rights
Multilingual Bible Corpus

Citation Suggestion for this Object
TextGrid Repository (2025). Nepali Collection. 2 John (Nepali). 2 John (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-AE18-A