1 John (Nepali)

1 John (Nepali)

1

1:1b.1JO.001.001 हामी अब तिमीहरुलाई संसारको सृष्टि अघिबाट जे अस्तित्वमा थियो त्यस विषयमा भन्छौं हामीले यो सुन्यौं हामीले आफ्नै आँखाले देख्यौं, हामीले हेर्यौं यो, हामीले हाम्रा हातले स्पर्श ग्यौं। हामी तिमीहरुलाई त्यो वचनको बारेमा भन्दैछौ जसले जीवन प्रदान गर्छ।

1:2b.1JO.001.002 त्यो जीवन हामीमा देखापरेको छ। हामीले त्यसलाई देख्यौं। हामी यस बारे तिमीहरुलाई प्रमाण दिन सक्छौं। अब हामी तिमीहरुलाई त्यो जीवनको विषयमा भनी रहेका छौं। यो त्यो जीवन हो जो चिरस्थायी छ। यो त्यो जीवन हो जो परमेश्वर पितासित थियो अनि हाम्रो अघि देखा पर्यो।

1:3b.1JO.001.003 अब हामी तिमीहरुलाई हामीले देखेका अनि सुनेको कुराहरु भन्छौं। किनभने हामी चाहन्छौ कि हामीसित तिमीहरुको सङ्गति रहोस्। सङ्गति जो हामी एक साथ सहभोग गर्छौ त्यो पिता परमेश्वर अनि उनको पुत्र येशू ख्रीष्टसित हुन्छ।

1:4b.1JO.001.004 हामी तिमीहरुलाई यी कुराहरु लेखिरहेकाछौं जसद्वारा तिमीहरु आनन्दले परिपूर्ण हुन सक्नेछौ।

1:5b.1JO.001.005 हामीले परमेश्वरबाट साँचो सन्देश सुन्यौं। अब हामी यो तिमीहरुलाई भनिरहेकाछौं कि परमेश्वर ज्योति हुनुहुन्छ। परमेश्वरमा अन्धकार हुँदैन।

1:6b.1JO.001.006 यसर्थ, यदि हामी परमेश्वरसित हाम्रो सङ्गति भएको दावी गर्छौं, तर हामी अन्धकारमा बस्छौं भने हामी झूटो हौ, हामी सत्यको अनुसरण गरिरहेका छैनौ।

1:7b.1JO.001.007 परमेश्वर ज्योतिमा रहनु हुन्छ। हामी पनि ज्योतिमा बस्नुपर्छ। यदि हामी ज्योतिमा बस्यौं भने हामी एक अर्कोमा सङ्गतिको सहभागी हुन्छौ। अनि जब हामी ज्योतिमा बस्छौं, येशूको रगतले हामीलाई सम्पूर्ण पापबाट धुन्छ।

1:8b.1JO.001.008 यदि हामी, हामीमा पाप छैन भन्छौ भने हामीले स्वयंलाई धोका दिइरहेछौ, अनि हामीमा सत्य छैन।

1:9b.1JO.001.009 तर यदि हामी हाम्रा पापहरु स्वीकार गर्छौ तब परमेश्वर जो विश्वासयोग्य अनि धर्मी हुनुहुन्छ हाम्रा पापहरु अनि हामीले गरेको जम्मै गल्तीहरु क्षमा गर्नुहुनेछ। परमेश्वरमा जे उचित छ त्यही गर्नुहुन्छ।

1:10b.1JO.001.010 यदि हामी भन्छौ, हामीले पाप गरेका छैनौं तब हामीले परमेश्वरलाई झूटो बनाउँछौ। यसैले देखाँउछ कि हाम्रो हृदयमा परमेश्वरको साँचो सन्देश राखेका छैनौं।

2

2:1b.1JO.002.001 मेरा प्रिय नानीहरु, म तिमीहरुलाई यो पत्र लेखिरहेकोछु, जसमा कि तिमीहरुले पाप गर्ने छैनौ। तर यदि कुनै व्यक्तिले पाप गर्छ भने, येशू ख्रीष्टले पिताको अघि हामीलाई बचाउनु हुनेछ। येशू धर्मी हुनुहुन्छ।

2:2b.1JO.002.002 येशू हाम्रो पाप क्षमा गर्ने माध्यम हुनुहुन्छ अनि सम्पूर्ण संसारका मानिसहरुको पापहरु पनि क्षमा गराउनुहुन्छ।

2:3b.1JO.002.003 यदि उहाँको आदेश पालन गर्यौं भने हामी निश्चित हुन्छौं कि हामीले परमेश्वरलाई चिन्यौं।

2:4b.1JO.002.004 एक व्यक्तिले भन्न सक्छ, “म परमेश्वरलाई चिन्छु।” तर यदि त्यस व्यक्तिले परमेश्वरका आदेशहरुको पालन गर्दैन भने त्यो मानिस झूटो हो, उसकोमा सत्य हुँदैन।

2:5b.1JO.002.005 तर एक व्यक्तिले परमेश्वरको शिक्षा पालन गर्छ तब त्यस व्यक्तिमा परमेश्वरको प्रेमको लक्ष्य रहेको हुन्छ। यसरी नै हामी जान्न सक्छौ कि हामी परमेश्वरको अनुसरण गरिरहेछौ।

2:6b.1JO.002.006 यदि कुनै व्यक्तिले उ परमेश्वरमा बाँच्न चाहन्छ भने उ येशू बाँचे झैं बाँच्नु पर्छ।

2:7b.1JO.002.007 मेरा प्रिय मित्रहरु, म तिमीहरुको तिम्ति नयाँ आदेश लेखिरहेको छैन। यो त्यही आदेश हो जो तिमीहरुले शुरुदेखि पाएका थियौ। यो आदेश तिमीहरुले अघि नै सुनिसकेको शिक्षा हो।

2:8b.1JO.002.008 तर पनि म तिमीहरुको निम्ति यो आदेशलाई नयाँ आदेशको रुपमा लेख्दैछु। यो आदेश सत्य छ; अनि यसको सत्यता येशू अनि तिमीहरु स्वयंमा देख्न सक्छौ। अन्धकार हट्दैछ अनि सत्य ज्योति अघि देखि चम्किरहेछ।

2:9b.1JO.002.009 एक व्यक्तिले भन्ला, “म प्रकाशमा छु। तर यदि त्यो व्यक्तिले आफ्ना भाइहरुलाई घृणा गर्छ भने त्यो अझ अन्धकारमा छ।

2:10b.1JO.002.010 जसले आफ्ना भाइ अनि बहिनीहरुलाई प्रेम गर्छ, त्यो प्रकाशमा बसेको हुन्छ अनि जसले पाप गराँउछ त्यस्तो त्यस व्यक्तिमा केही पनि हुँदैन।

2:11b.1JO.002.011 तर मानिस जसले आफ्ना भाइहरुलाई घृणा गर्छ तब उ अन्धकारमा हुन्छ। त्यस मानिस अन्धकारमा हुन्छ अनि त्यो व्यक्तिले आफ्नो गन्तव्य स्थान जान्दैन। किनभने अन्धकारले उसलाई अन्धा तुल्याएको हुन्छ।

2:12b.1JO.002.012 प्रिय बालकहरु, म तिमीहरुलाई लेख्छु, किनभने तिमीहरुका पापहरु ख्रीष्टद्वारा क्षमा गरिएका छन्।

2:13b.1JO.002.013 पिताहरु, म तिमीहरुलाई लेखिरहेछु, किनभने तिमीहरु उहाँलाई चिन्दछौ, जो शुरुदेखि असित्वमा हुनुहुन्छ। युवा मानिसहरु, म तिमीहरुलाई लेख्दैछु किनभने तिमीहरुले दुष्टलाई परास्त गरेका छौ।

2:14b.1JO.002.014 बालकहरु, म तिमीहरुलाई लेख्दैछु, किनभने तिमीहरु पितालाई चिन्दछौ। पिताहरु, म तिमीहरुलाई लेख्दैछु, किनभने तिमीहरु उहाँलाई चिन्छौ जो शुरुदेखि अस्तित्वमा हुनुहुन्छ। युवा मानिसहरु, म तिमीहरुलाई लेख्दैछु किनभने तिमीहरु बलियो छौ, अनि परमेश्वरको वचन तिमीहरुमा बस्छ अनि तिमीहरुले दुष्टलाई परास्त गरेका छौ।

2:15b.1JO.002.015 संसारलाई अथवा संसारमा भएका कुराहरुलाई प्रेम नगर। यदि कुनै व्यक्तिले संसारप्रति प्रेम गर्छ भने, पिताको प्रेम त्यस व्यक्तिमाथि हुँदैन।

2:16b.1JO.002.016 संसारमा भएका नराम्रा कुराहरु यी हुन् हाम्रो पापपूर्ण शारीरिक अभिलाषा खुशी तुल्याउने कुराहरुको चाहाना गर्नु, हामीले देखेका पापपूर्ण वस्तुहरुको चाहाना गर्नु, हामीसित भएका कुराहरुप्रति घमण्ड गर्नु। तर ती कुराहरु पिताबाट आएका होइनन्। ती सबै कुराहरु संसारबाट आएका हुन्।

2:17b.1JO.002.017 मानिसहरुको इच्छा अनुसारको चीजहरु लिएर संसार अघि बढिरहेकोछ। तर त्यो मानिस जो परमेश्वरले चाहेको गर्छ त्यो सधैंको निम्ति रहन्छ। ख्रीष्टको शत्रुहरुलाई नपछ्याऊ

2:18b.1JO.002.018 मेरा प्यारा बालकहरु, अन्त धेरै नजिक छ। तिमीहरुले सुनेका छौ कि ख्रीष्ट विरोधी आउँदैछ। अनि अहिले ख्रीष्टका अनेक शत्रुहरु यहाँ छन्। यसर्थ हामी जान्दछौ कि अन्त नजिक छ।

2:19b.1JO.002.019 ख्रीष्टका शत्रुहरु हाम्रा समूहमा थिए। तर तिनीहरुले हामीलाई त्याग गरे। तिनीहरु वास्तवमा हामीसित थिएनन्, यदि तिनीहरु हाम्रो समूहमा रहेको भए हामीसित रहने थिए। तर तिनीहरुले छोडे। यसले यो दर्शाउँछ कि तिनीहरु कोही पनि वास्तवमा हामिसित थिएनन्।

2:20b.1JO.002.020 तिमीहरुसित पवित्र “एक”ले प्रदान गर्नु भएको बरदान छ। यसर्थ तिमीहरु सबैले सत्य जान्दछौ।

2:21b.1JO.002.021 मैले तिमीहरुलाई किन लेख्नु? के, मैले तिमीहरुलाई सत्य जान्दैनौं भनेर लेख्नु? अहँ! म यो पत्र तिमीहरुले सत्य जान्दछौ भनेर लेख्छु। अनि तिमीहरु जान्दछौ कि कुनै पनि असत्य सत्यबाट आउँदैन।

2:22b.1JO.002.022 यसर्थ, झूटो को हो? यो त्यो मानिस हो जसले येशू ख्रीष्ट छैनन् भन्छ अनि उ ख्रीष्टको शत्रु हो। उसले पिता र पुत्रलाई अस्वीकार गर्छ।

2:23b.1JO.002.023 त्यो मानिस जसले पुत्रलाई अस्वीकार गर्छ, उसको पिता पनि छैन। तर त्यो मानिस जसले पुत्रलाई स्वीकार गर्छ उसका पिता पनि हुनुहुन्छ।

2:24b.1JO.002.024 जुन तिमीहरुले शुरुदेखि सुन्दै आएको शिक्षा छ त्यसलाई दरिलोसित राख। यदि तिमीहरुले शुरुदेखि सुन्दै आएको शिक्षा तिमीहरुमा रहन्छ भने तिमीहरु पुत्र र पितामा रहनेछौ।

2:25b.1JO.002.025 अनि यही नै हो जो पुत्रले हामीसित प्रतिज्ञा गरेको अनन्त जीवन।

2:26b.1JO.002.026 म ती मानिसहरुको बारेमा यो पत्र लेखिरहेको छु, जो तिमीहरूलाई धोका दिने कोशिश गरिरहेका छन्।

2:27b.1JO.002.027 ख्रीष्टले तिमीहरुलाई विशेष उपहार दिनु भएको छ। यो उपहार तिमीहरुसित अझ छ। यसर्थ तिमीहरुलाई कसैंबाट शिक्षा लिन आवश्यक पर्दैन। उनले तिमीहरुलाई दिएको उपहारले हरेक कुराको बारेमा सिकाउनु हुनेछ। यो उपहार सत्य छ, यो झूटो छैन। यसर्थ जस्तो त्यो उपहारले तिमीहरुलाई सिकाएको छ त्यसैमा अडी बस।

2:28b.1JO.002.028 हे, मेरा प्यारा बालकहरु, उहाँमा बाँची रहौं। यदि हामीले यसो गर्यौ भने त्यसदिन जब ख्रीष्ट आउँनु हुन्छ हामी निर्भय रहन सक्छौं। अनि हामी उहाँको अघि लज्जित हुनु पर्दैन।

2:29b.1JO.002.029 तिमीहरुलाई थाहा छ कि ख्रीष्ट धार्मिक हुनुहुन्छ। यसर्थ तिमीहरु जान्दछौ कि यदि सबै मानिसहरु जे धर्म हो त्यसलाई अनुसरण गर्छन, भने तिनीहरु परमेश्वरका बालकहरु हुन्।

3

3:1b.1JO.003.001 हामीलाई पिताले यति विघ्न प्रेम गर्नु भएको छ कि हामी परमेश्वरको बालकहरु भनिनु योग्यका छौं। अनि वास्तवमा हामी परमेश्वरका बालकहरु हौं। तर संसारका मानिसहरु यो बुइदैनन् कि हामीहरु परमेश्वरका बालकहरु हौं, किनभने तिनीहरुले उहाँलाई चिनेका छैनन्।

3:2b.1JO.003.002 प्रिय मित्रहरु, अब हामी परमेश्वरका बालकहरु हौं। हामीलाई अझ यो देखाइएको छैन कि भविष्यमा हामी के हुनेछौं। हामी जान्दछौ कि जति बेला ख्रीष्ट आउँनु हुन्छ हामी उहाँ जस्तै हुनेछौं किनभने हामी उहाँको वास्तविक रुप देख्नेछौं।

3:3b.1JO.003.003 ख्रीष्ट पवित्र हुनुहुन्छ। अनि हरेक व्यक्ति, जसको ख्रीष्टमा आशा छ, स्वयंलाई ख्रीष्ट जस्तै पवित्र राख्नेछन्।

3:4b.1JO.003.004 जब एक व्यक्तिले पाप गर्छ, उसले परमेश्वरको नियम भङ्ग गर्छ। हो, पाप गर्नु परमेश्वरको नियम विरुद्ध बाँचेको जस्तै हो।

3:5b.1JO.003.005 तिमीले जान्दछौ कि ख्रीष्ट मानिसहरुको पापहरु हटाउन आउनु भएको हो। ख्रीष्टमा पाप छैन।

3:6b.1JO.003.006 यसर्थ जो मानिस ख्रीष्टको विश्वासमा बस्छ उसले पाप गरिरहँदैन। यदि कुनै व्यक्तिले पाप गरिरहन्छ भने उसले कहिल्यै पनि वास्तविक रुपले ख्रीष्टलाई देखेको हुँदैन अनि कहिले पनि ख्रीष्टलाई जानेको छैन।

3:7b.1JO.003.007 प्यारा बालकहरु, कुनै व्यक्तिलाई पनि तिमीहरुलाई छल्न नपाओस। ख्रीष्ट र्धमिक हुनुहुन्छ ख्रीष्ट जस्तो बन्नका निम्ति एक व्यक्तिले जो सही छ त्यो अनुसरण गर्नुपर्छ।

3:8b.1JO.003.008 शुरुदेखि नै शैतानले पाप गरिरहेछ। त्यो जसले पाप गरिरहन्छ त्यो शैतानको मानिस हो। परमेश्वरका पुत्र आउनको कारण शैतानको कामहरु नष्ट गर्नु हो।

3:9b.1JO.003.009 जब परमेश्वरका एक व्यक्तिलाई उनको बालक बनाउनु हुन्छ, तब त्यस व्यक्तिले पाप गरिरहँदैन। किनभने परमेश्वरले प्रदान गर्नु भएको नयाँ जीवन उसमा रहेको हुन्छ। यसर्थ त्यो मानिस पाप गरिरहन सक्तैन। किनभने उ परमेश्वरको बालक बनेको हुन्छ।

3:10b.1JO.003.010 यसरी हामी चिन्न सक्छौं कि परमेश्वरका बालकहरु को हुन्। हामी यो पनि जान्न सक्छौ कि शैतानका बालकहरु को हुन्। मानिसहरु जसले जे उचित छ त्यो गर्दैन, तिनीहरु परमेश्वरका बालकहरु होइनन्। अनि मानिस जसले आफ्ना भाइलाई प्रेम गर्दैन उ परमेश्वरको बालक होइन।

3:11b.1JO.003.011 यो त्यो शिक्षा हो जो तिमीहरुले शुरुदेखि नै सुन्दै आएका छौ। हामीले एक-अर्कालाई प्रेम गर्नु पर्छ।

3:12b.1JO.003.012 कयिन जस्तो नबन, जो शैतानको थियो। कयिनले आफ्नो भाइ हाबिललाई मार्यो। तर कयिनले आफ्नो भाइलाई किन मार्यो? किनभने उनले गरेका कुराहरु गलत थियो अनि तिनका भाइले गरेका कुराहरु असल थियो।

3:13b.1JO.003.013 भाइ अनि बहिनीहरु, जब यस संसारका मानिसहरुले तिमीहरुलाई घृणा गर्छन्, आश्चर्यचकित नबन।

3:14b.1JO.003.014 हामी जान्दछौ कि हामीले मृत्युलाई नाघेर जीवनमा आएका छौं। हामी यो जान्दछौं किनभने हामी ख्रीष्टमा भएका हाम्रा भाइ अनि बहिनीहरुलाई प्रेम गर्छौ। मानिस जसले प्रेम गर्दैन उ अझ मृत्युमा छ।

3:15b.1JO.003.015 हरेक मानिस जसले आफ्ना भाइलाई घृणा गर्छ उ हत्यारा हो। अनि तिमी जान्दछौ कि कुनै पनि हत्याराको उसमा अनन्त जीवन हुँदैन।

3:16b.1JO.003.016 साँचो प्रेम के हो त्यो यसरी हामी जान्दछौ येशूले हाम्रा निम्ति आफ्ना जीवन अर्पण गरे। यसर्थ हामीले हाम्रो जीवन ख्रीष्टमा भएका हाम्रा भाइ बरिनीहरुका निम्ति अर्पण गर्नुपर्छ।

3:17b.1JO.003.017 कसैसित संसारको धन-सम्पत्ति छ र पनि आफ्ना दाज्यू-भाइलाई खाँचोमा परेको देख्दा उनिहरुप्रति आफ्नो मन कठोर पार्छ भने परमेश्वरको प्रेमले कसरी त्यसमा वास गर्छ?

3:18b.1JO.003.018 मेरो बालकहरु, हाम्रो प्रेम केवल शब्द अनि बातमा मात्र हुनु हुँदैन। हाम्रो प्रेम साँचो प्रेम हुनुपर्छ। हामीले हाम्रो प्रेम हाम्रो कर्मद्वारा दर्शाउनु पर्छ।

3:21b.1JO.003.021 मेरा प्रिय मित्रहरु, यदि हाम्रो विवेकले हामीलाई र्भत्सना गर्दैन भने, जब हामी परमेश्वर समक्ष जान्छौ हामी निडर हुनेछौ।

3:22b.1JO.003.022 अनि परमेश्वरले हामीलाई हामीले याचना गरेका कुराहरु दिनु हुन्छ, किनभने हामी परमेश्वरको आदेश पालन गर्छौ अनि परमेश्वर के कुराले खुशी हुनुहुन्छ हामी त्यही गर्छौ।

3:23b.1JO.003.023 यो त्यही हो जो परमेश्वरले आज्ञा गर्नु हुन्छ उहाँका पुत्र येशू ख्रीष्टमा विश्वास गर अनि एक-अर्कामा प्रेम गर। यही उहाँको आदेश हो।

3:24b.1JO.003.024 मानिस जसले परमेश्वरका आदेशहरु पालन गर्छ उ परमेश्वरमा जीवित रहन्छ। अनि परमेश्वर उसमा बस्नुहुन्छ। परमेश्वर हामीमा हुनुहुन्छ भन्ने हामी कसरी जान्दछौ? हामी आत्माको कारणले जान्दछौं जोे परमेश्वरले हामीलाई प्रदान गर्नु भएको छ।

4

4:1b.1JO.004.001 मेरा प्रिय मित्रहरु, अनेक झूटा अगमवक्ताहरु अहिले यो संसारमा छन्। यसर्थ प्रत्येक आत्मालाई विश्वास नगर। तर आत्माहरुलाई जाँच्ने गर कि तिनीहरु परमेश्वरबाट आएका हुन् वा होइनन्।

4:2b.1JO.004.002 परमेश्वरको आत्मा तिमीहरु कसरी चिन्न सक्छौ? “यस्तो प्रकारले तिमीहरुले परमेश्वरको आत्मा चिन्न सक्छौ। प्रत्येक आत्मा जसले येशूलाई ख्रीष्ट भनी स्वीकार गर्छ अनि उनी मानव रुपमा पृथ्वीमा आउनु भयो उ परमेश्वरबाट हो।”

4:3b.1JO.004.003 अनि प्रत्येक आत्मा जसले येशूको बारेमा यो स्वीकार्दैन, त्यो परमेश्वरबाट होइन। यो ख्रीष्टको शत्रुको आत्मा हो। तिमीहरुले सुनेका छौ कि ख्रीष्टको शत्रु आउँदैछ। अनि अहिले ख्रीष्ट विरोधी यो संसारमा आइसकेको छ।

4:4b.1JO.004.004 मेरा प्रिय बालकहरु, तिमीहरु परमेश्वरका हौ। यसर्थ तिमीहरुले झूटो शिक्षकहरुलाई परास्त गरेका छौ। किनभने जो तिमीहरुमा हुनुहुन्छ उहाँ संसारमा हुने भन्दा महान् हुनुहुन्छ।

4:5b.1JO.004.005 अनि ती झूटो शिक्षकहरु संसारका हुन्। यसैले तिनीहरुको शिक्षा पनि संसारकै हो। अनि तिनीहरु जे भन्छन् संसारले सुन्छ।

4:6b.1JO.004.006 तर हामी परमेश्वरबाट हौं अनि प्रत्येक जसले परमेश्वरलाई चिन्छ, अनि सुन्छ। त्यसरी हामी कुन आत्मा सत्य हो र कुन झूटो हो चिन्छौं।

4:7b.1JO.004.007 प्रिय मित्रहरु, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ, किनभने प्रेम परमेश्वरबाट आउँछ। जसले प्रेम गर्छ परमेश्वरको बालक भएको हुन्छ अनि परमेश्वरलाई चिन्छ।

4:8b.1JO.004.008 मानिस जसले प्रेम गर्दैन उसले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ।

4:9b.1JO.004.009 यसरी परमेश्वरले हामीलाई उहाँको प्रेम दर्शाउनु भएको छ परमेश्वरले उहाँको एउटै पुत्र यस संसारमा पठाउनु भयो यसर्थ उहाँ मार्फत हामी जीवन पाउन सक्छौं।

4:10b.1JO.004.010 सत्य प्रेम हाम्रो निम्ति परमेश्वरको प्रेम हो, परमेश्वरको निम्ति हाम्रो प्रेम होइन। परमेश्वरले हामीलाई प्रेम गर्नु भयो अनि जुन माध्यमले हाम्रो पापहरु मोचन गर्न सकिन्छ त्यसका निम्ति आफ्नो पुत्र पठाउनु भयो।

4:11b.1JO.004.011 प्रिय मित्रहरु, जब परमेश्वरले हामीलाई प्रेम गर्नु हुन्छ। हामीले एक अर्कालाई प्रेम गर्नु पर्छ।

4:12b.1JO.004.012 कसैले पनि परमेश्वरलाई कहिल्यै देखेका छैनन्। तर यदि हामीले एक-अर्कालाई प्रेम गरयौं भने तब परमेश्वर हामीमा रहनुहुन्छ अनि उहाँको प्रेम हामीमा पक्का बनिनेछ।

4:13b.1JO.004.013 हामीलाई थाहा छ कि हामी परमेश्वरमा रहन्छौ अनि परमेश्वर हामीमा रहनु हुन्छ। हामी यो जान्दछौं किनभने परमेश्वरले हामीलाई उहाँको आत्मा प्रदान गर्नु भएको छ।

4:14b.1JO.004.014 हामीले देख्यौ कि पिताले आफ्ना पुत्रलाई संसारको उद्धारकर्त्ताको रुपमा पठाउनु भयो अनि त्यही कुरा हामी मानिसहरुमा गवाही दिन्छौ।

4:15b.1JO.004.015 यदि कुनै व्यक्तिले भन्छ, “म विश्वास गर्छु कि येशू परमेश्वरका पुत्र हुनुहुन्छ” तब परमेश्वर त्यस व्यक्तिमा रहनु हुन्छ। अनि त्यो मानिस परमेश्वरमा रहन्छ।

4:16b.1JO.004.016 अनि यसरी परमेश्वरको प्रेम हामीप्रति रहेको जान्दछौं। अनि हामी त्यो प्रेममा विश्वास गर्छौं। परमेश्वर प्रेम हुनुहुन्छ। मानिस जो प्रेममा रहन्छ उ परमेश्वरमा रहेको हुन्छ। अनि परमेश्वर त्यस व्यक्तिमा रहनुहुन्छ।

4:17b.1JO.004.017 यदि हामीमा परमेश्वरको परिपक्क प्रेम भए तब त्यो दिन जब उनी जाँचकोलागि आउनु हुन्छ हामीमा डर रहने छैन कारण यो संसारमा उहाँ हामी जस्तै हुनुहुन्छ।

4:18b.1JO.004.018 जहाँ परमेश्वरको प्रेम हुन्छ त्यहाँ भय हुँदैन। किनभने परमेश्वरको सम्पूर्ण प्रेमले भय हटाइदिन्छ। परमेश्वरको दण्ड नै भयको कारण हो। यसरी जुन व्यक्तिमा भय रहन्छ तिनमा परमेश्वरको प्रेम सिद्ध भएको हुँदैन।

4:19b.1JO.004.019 हामी प्रेम गर्छौ किनभने परमेश्वरले पहिला हामीलाई प्रेम गर्नु भयो।

4:20b.1JO.004.020 यदि कसैले भन्छ “म परमेश्वरलाई प्रेम गर्छु” तर आफ्ना भाइ अथवा बहिनीहरुलाई घृणा गर्छ भने त्यो मानिस झूटो हो। यदि आफ्नो भाइ अथवा बहिनी जसलाई उसले देख्न सक्छ, उसले प्रेम गर्न सक्तैन भने परमेश्वर जसलाई उसले कहिल्यै देखेकै छैन, कसरी प्रेम गर्न सक्छ?

4:21b.1JO.004.021 अनि परमेश्वरले हामीलाई आदेश दिनु भएको छ मानिस जसले परमेश्वरलाई प्रेम गर्छ उसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ।

5

5:1b.1JO.005.001 प्रत्येक जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्छ, त्यो परमेश्वरको बालक हो। जसले पितालाई प्रेम गर्छ उसले उनको बालकलाई पनि प्रेम गर्छ।

5:2b.1JO.005.002 हामी कसरी जान्दछौं कि हामी परमेश्वरका बालकहरुलाई प्रेम गर्छौं? हामी जान्दछौ, किनभने हामी परमेश्वरलाई प्रेम गर्छौ अनि हामी उनको आदेशहरु पालन गर्छौं।

5:3b.1JO.005.003 परमेश्वरलाई प्रेम गर्नुको अर्थ उनको आदेशहरु पालन गर्नु हो। अनि परमेश्वरका आदेशहरु हाम्रा निम्ति त्यति कठिन हुँदैन।

5:4b.1JO.005.004 किनभने हरेक मानिस जो परमेश्वरको बालक हो, उसित यो संसारको विरुद्ध विजय गर्ने शक्ति हुन्छ।

5:5b.1JO.005.005 यो हाम्रो विश्वास हो जसले संसारलाई विजय गरेको छ। यसर्थ त्यो को मानिस हो जसले संसारमा वियज प्राप्त गर्छ? केवल त्यही व्यक्ति, जसले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ। परमेश्वरले हामीलाई उहाँको पुत्रको बारेमा भन्नु भयो

5:6b.1JO.005.006 येशू ख्रीष्ट “उही नै” हुनुहुन्छ जो रगत र पानीसित आउनु भयो। येशू पानीबाट मात्र आउनु भएन। येशू पानी अनि रगत दुबैबाट आउनु भयो। अनि आत्मा नै एक छ जसले यो परिक्षा गर्छ। आत्मा सत्य हो।

5:7b.1JO.005.007 यसर्थ, येशूको विषयमा तीन साक्षीहरु छन्

5:8b.1JO.005.008 पवित्र आत्मा, पानी अनि रगत। यी तीन साक्षीहरु परीक्षामा सहमत छन्।

5:10b.1JO.005.010 मानिस जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ उसमा परमेश्वर आफै साक्षी हुनुहुन्छ। मानिस जसले परमेश्वरलाई विश्वास गर्दैन उसले परमेश्वरलाई झूटो तुल्याउँछ। किनभने त्यस व्यक्तिले परमेश्वरले आफ्ना पुत्रको बारेमा हामीलाई दिएको साक्षीमा विश्वास गरेको छैन।

5:11b.1JO.005.011 परमेश्वरले दिएको साक्षी यो हो परमेश्वरले हामीलाई अनन्त जीवन दिनु भएको छ। अनि यो अनन्त जीवन उनका पुत्रमा छ।

5:12b.1JO.005.012 मानिस जोसित पुत्र छ उसित त्यो जीवन हुन्छ। तर मानिस जोसित परमेश्वरका पुत्र छैनन् उसको त्यो जीवन हुँदैन।

5:13b.1JO.005.013 तिमीहरु जो परमेश्वरका पुत्रमा विश्वास गर्छौं म तिमीहरुलाई यो पत्र लेख्दैछु ताकि अब तिमीहरुले अनन्त जीवन के रहेछ भनी जान्ने छौं।

5:14b.1JO.005.014 अनि हामीमा भरोशा छ कि यदि कुनै वस्तुको लागि प्रार्थना गरे उनको इच्छा अनुसार उनले हामीलाई दिनेछन्।

5:15b.1JO.005.015 हामी जान्दछौं जब हामी परमेश्वरसंग केही विन्ती गर्छौ भने उहाँले हाम्रो बिन्ती सुन्नु हुन्छ। यसर्थ, हामी जान्दछौं कि, उहाँसंग हामीले जे पनि मागेका छौं, उहाँले हामीलाई दिनुहुन्छ।

5:16b.1JO.005.016 यदि कुनै व्यक्तिले आफ्नो भाइ अथवा बहिनीले पाप गरेको देख्छ जुन पापले अनन्त मृत्यु पट्टि लान्छ, उसले आफ्नो भाइ अथवा बहिनीकोलागि प्रार्थना गर्नुपर्छ। तब परमेश्वरले तिनीहरुलाई जीवन प्रदान गर्नुहुन्छ। म ती मानिसहरुको बारेमा भनिरहेको छु, जसको पापले तिनीहरुलाई अनन्त जीवन तिर तान्दैन। पाप जसले अनन्त मृत्युतिर लैजान्छ। यो पापको निम्ति प्रार्थना गर भनी म भनिरहेको छैन।

5:17b.1JO.005.017 सबै अधर्म पाप हो, यस्तो पाप पनि हुन्छ जो मृत्युजनक हुदैन।

5:18b.1JO.005.018 हामी जान्दछौं कि कुनै मानिस जसलाई परमेश्वरको बालक तुल्याइएको छ, उसले पाप गरिरहँदैन। परमेश्वरको पुत्रले परमेश्वरको बालकलाई सुरक्षित राख्नुहुन्छ। दुष्टले त्यस मानिसलाई आघात पुर्याउन सक्तैन।

5:19b.1JO.005.019 हामीलाई थाहा छ कि हामी परमेश्वरका हौं। तर दुष्टले सारा संसारलाई नियन्त्रणमा राख्छ।

5:20b.1JO.005.020 अनि हामीलाई थाहा छ कि परमेश्वरका पुत्र आउनु भएको छ। परमेश्वरका पुत्रले हामीलाई समझदारी प्रदान गर्नु भएको छ अनि हामी परमेश्वरलाई जान्न सक्छौ। अनि हाम्रो जीवन त्यो सत्य परमेश्वरमा अनि उनका पुत्र येशू ख्रीष्टमा छ।

5:21b.1JO.005.021 यसर्थ प्रिय बालकहरु! तिमीहरु स्वयंलाई झूटो देवताहरुबाट टाढा राख।


Holder of rights
Multilingual Bible Corpus

Citation Suggestion for this Object
TextGrid Repository (2025). Nepali Collection. 1 John (Nepali). 1 John (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-AE15-D