1 Peter (Nepali)

1 Peter (Nepali)

1

1:1b.1PE.001.001 पत्रुस, येशू ख्रीष्टका प्रेरित द्वारा अभिवादन परमेश्वरद्वारा चुनिएको जो आफ्ना घरदेखि टाढामा पोन्टस्, गलातिया, क्यापडोसिया, एशिया अनि बिथनियाभरि फैलिएर बसेका मानिसहरु प्रति।

1:2b.1PE.001.002 परमेश्वरले तिमीहरुलाई पवित्र मानिस बनाउनु भएको थियो। तिमीहरुलाई पवित्र तुल्याउने कार्य आत्माको हो। परमेश्वरको आज्ञाकारी र येशू ख्रीष्टको रगतले अभिषेक गरी शुद्ध पार्न तिमीहरु चुनिएका थियै। परमेश्वरको अनुग्रह तिमीहरुमा अधिक भन्दा अधिक बढेर जावोस्। जिउँदो आशा

1:3b.1PE.001.003 परमेश्वर जो हाम्रा प्रभु येशू ख्रीष्टका पिता हुन उहाँको प्रशंसा होस्। परमेश्वरमा सीमाविहिन कृपा छ र उनको कृपाको कारणले हामीलाई नयाँ जीवन दिइएको छ। यो नयाँ जीवनले मृत्युदेखि येशू ख्रीष्टको पुनरुत्थानद्वारा हामीप्रति सजीव आशा ल्याउँछ।

1:4b.1PE.001.004 अब हामी आशीर्वादको आशा राख्छौं जो उहाँको नानीहरुका निम्ति उहाँकहाँ छ। यो आशीर्वाद तिमीहरुका निम्ति स्वर्गमा जोगाएर राखिएको छ। यी आशीर्वादहरु ध्वंश, नष्ट अथवा धमिलो हुनेछैन। जबसम्म तिमीहरुले मुक्ति पाउँदैनौ

1:5b.1PE.001.005 तिम्रो विश्वास मार्फत परमेश्वरको शक्तिले तिमीहरु सुरक्षित रहन्छौ। यो मुक्ति तयार राखिएकोछ अनि यो तिमीहरुलाई समयको अन्तमा दिइनेछ।

1:6b.1PE.001.006 यसले तिमीहरुलाई अत्यन्त सुखी तुल्याउनु पर्छ यद्यपि क्षणिक समयकोलागि सबै प्रकारको कष्ट भोग्दा तिमीहरुलाई दुखी बनाँउछ।

1:7b.1PE.001.007 यी दुख-कष्टहरु किन हुन्छन्? तिमीहरुको विश्वास शुद्ध छ भनी प्रमाण गर्नु। विश्वासको शुद्धतामा सुन भन्दा अधिक मूल्य छ। सुनको शुद्धता अग्निद्वारा प्रमाणित गर्न सकिन्छ, तर सुन नष्ट हुन्छ। जब येशू ख्रीष्ट आउँछन् विश्वासको शुद्धताले तिमीहरुमा प्रशंसा, महिमा अनि सम्मान ल्याउनेछ।

1:8b.1PE.001.008 तिमीहरुले ख्रीष्टलाई देखेका छैनौ तर पनि तिमीहरु उहाँलाई प्रेम गर्छौ। तिमीहरुले अहिले उहाँलाई देख्न सक्तैनौ तर तिमीहरु उहाँमाथि विश्वास गर्छौ। तिमीहरु अकथनीय अनि गौरवमय आन्नदले परिपूर्ण छौ।

1:9b.1PE.001.009 तिमीहरुको विश्वासको एक लक्ष्य छ। त्यो लक्ष्य तिमीहरुको आत्मा बचाउँनु हो। अनि तिमीहरुले तिमीहरुको लक्ष्य जो मुक्तिको निम्ति हो त्यो प्राप्त गर्दैछौ।

1:10b.1PE.001.010 अगमवक्ताहरुले सावधानपूर्वक अध्ययन गरे अनि यो मुक्तिको विषयमा जान्ने कोशिश गरे। ती अगमवक्ताहरुले अनुग्रहको बारेमा अगमवाणी गरे जो तिमीहरुलाई देखाइयो।

1:11b.1PE.001.011 ख्रीष्टको आत्मा ती अगमवक्ताहरुमा थियो। अनि आत्माले ती दुखा-कष्टहरुको बारेमा, जो ख्रीष्टहरुको बारेमा, जो ख्रीष्टमाथि घट्ने थियो अनि त्यो महिमा जो ती दुख कष्टहरु पछि आउनेछन्, भनिरहेथ्यो। ती अगमवक्ताहरुले तिनीहरुलाई त्यो आत्माले के देखाइ रहेछन्, त्यसबारे जान्ने कोशिश गरे। ती कुराहरु कहिले घट्नेछन् अनि त्यसबेला संसारको अवस्था कस्तो हुनेछ, तिनीहरुले यो जान्ने कोशिश गरे।

1:12b.1PE.001.012 यो तिनीहरुलाई देखाइयो कि जुन सेवा तिनीहरुले गरे तिनीहरु स्वयंका निम्ति होइन। ती अगमवक्ताहरुले तिमीहरुको सेवा गरिरहेका थिए जब तिनीहरुले यो कुराको विषयमा भने जो अहिले तिमीहरुले सुन्यौ। तिनीहरु जसले तिमीहरुलाई सुसमाचार प्रचार गरे तिमीहरुलाई ती कुराहरु भने। तिनीहरुले तिमीहरुलाई त्यो पवित्र आत्माको सहायताले भनिएका कुराहरु ती कुराहरु हुन जुन स्वर्गदूतहरु पनि जान्न उत्सुक छन्।

1:13b.1PE.001.013 यसर्थ सेवाको निम्ति मनलाई तयार पार अनि आत्म-नियन्त्रण गर। तिमीहरुले अनुग्रहकोलागि आशा गर्नु पर्छ जुन तिमीहरुलाई दिइनेछ, जब येशू ख्रीष्ट आउनु हुन्छ।

1:14b.1PE.001.014 विगतमा तिमीहरुले यस विषयमा बुझेनौ, यसर्थ तिमीहरू नराम्रा कुराहरुले डोर्याइएका थियौ। तर अहिले तिमीहरु परमेश्वरका आज्ञाकारी बालकहरु हौ। यसर्थ बितेको समयमा जसरी बाँचेका थियौ, त्यसरी नबाँच.

1:15b.1PE.001.015 तर परमेश्वर जस्तै पवित्र होऊ अनि तिमीहरुले गर्ने सबै कुरामा पवित्र बन। परमेश्वर एक हुनुहुन्छ जसले तिमीहरुलाई बोलाउनुभयो।

1:16b.1PE.001.016 यो धर्मशास्त्रमा लेखिएको छ, “पवित्र बन, किनभने म पवित्र छु।”

1:17b.1PE.001.017 तिमीहरू परमेश्वरलाई प्रार्थना गर्छौ अनि उहाँलाई पिता भनी सम्बोधन गर्छौ। परमेश्वरले मानिसको कार्यलाई पक्षपात बिना जाँच गर्नुहुन्छ। यसर्थ, पृथ्वीमा प्रवासीहरु झैं बाँचिरहेको समयमा परमेश्वरको भय मानेर तिमीहरु बाँच्नु पर्छ।

1:18b.1PE.001.018 तिमीहरु जान्दछौ कि विगत समयमा तिमीहरु लक्ष्यहीन भई बाँचेका थियौ। तिमीहरुले त्यस तरिकाले जीवित रहने कुरा ती मानिसहरुबाट सिक्यौ जो तिमीहरु भन्दा अघि बाँचिरहेका थिए। तर तिमीहरुलाई त्यस तरिकाले बाँच्नबाट बँचाइयो। तिमीहरु किनियौ ती वस्तुहरुद्वारा होइन जो सुन वा चाँदी जस्तै नष्ट हुन्छ।

1:19b.1PE.001.019 तर तिमीहरु ख्रीष्टको बहुमूल्य रगतले किनियौ, दोषरहित भेडाको पाठो।

1:20b.1PE.001.020 विश्व निर्माण अघि नै ख्रीष्ट चुनिनु भएको थियर्यो। तर तिमीहरुको लागि यो अन्तिम समयमा उहाँलाई संसारमा चिनाइयो।

1:21b.1PE.001.021 ख्रीष्टद्वारा तिमीहरु परमेश्वरमाथि विश्वास गर्छौ। परमेश्वरले ख्रीष्टलाई मृत्युबाट बौरी उठाए। तब परमेश्वरले उहाँलाई महिमा दिनु भयो। यसर्थ तिमीहरुको विश्वास अनि आशा परमेश्वरमा छ।

1:22b.1PE.001.022 अहिले, तिमीहरुले साँचो भातृप्रेम देखाऊ सत्यको पालन गरेर स्वयंलाई शुद्ध तुल्याएका छौ। यसर्थ एक-अर्कामा पूर्ण ह्रदयबाट गहिरो प्रेम गर।

1:23b.1PE.001.023 तिमीहरु फेरि जन्मेका छौ। यो नयाँ जीवन नष्टमय वस्तुबाट आएको होइन तर यो जीवन नष्ट नहुने वस्तुबाट आएको छ। तिमीहरु सर्वदा रहिरहने परमेश्वरको अन्त नहुने सजीव सन्देशद्वारा जन्माइएका हौ।

1:24b.1PE.001.024 धर्मशास्त्रले भन्छ “मानिसहरु सँधैं बाँच्तैनन्, तिनीहरु घाँस झै हुन् तिनीहरुको माहिमा घाँसको फूल झै हो। घाँस ओइलिन्छ, अनि फूलहरु झर्छन्।

1:25b.1PE.001.025 तर परमेश्वरको वाणी सदैव रहिरहन्छ।” यशैया 40:6-8 अनि त्यो, यो वचन हो जुन तिमीहरुलाई भनियो।

2

2:1b.1PE.002.001 यसर्थ, अरुलाई चोट पुर्याउने केही कुरा पनि नगर, झूटो नबोल, कपटी नबन, इर्ष्या नगर, अर्काको निन्दा नगर. यी सब कुराहरु तिमीहरुको जीवनबाट हटाऊ।

2:2b.1PE.002.002 भर्खर जन्मेका बालकहरु जस्तो होऊ। शुद्ध आत्मिक दूधको निम्ति भोकाऊ जसले तिमीहरुलाई बढन र मुक्ति हासिल गर्न सहायता गर्छ।

2:3b.1PE.002.003 अहिले तिमीहरुले परमप्रभुको दयाको स्वाद पाएकाछौ।

2:4b.1PE.002.004 प्रभु येशू सजीव “पत्थर” हुनुहुन्छ। संसारका मानिसहरुले निश्चय गरे कि तिनीहरु त्यो पत्थर चाहँदैनन्। तर उहाँ परमेश्वरले चुन्नुभएको पत्थर हुनुहुन्छ। परमेश्वरका निम्ति उहाँ धेरै मूल्यवान हुनुहुन्छ। यसर्थ उहाँकहाँ आऊ।

2:5b.1PE.002.005 तिमीहरु पनि सजीव पत्थरहरु जस्तै छौ। परमेश्वरले एक आध्यात्मिक मन्दिर निर्माण गर्नलाई तिमीहरुलाई उपयोग गर्दै हुनुहुन्छ। तिमीहरुले त्यस मन्दिरमा पवित्र पूजाहारीहरुको रुपमा आत्मिक बलि चढाऊ जुन येशू ख्रीष्टबाट परमेश्वरलाई स्वीकार्य हुनेछ।

2:6b.1PE.002.006 धर्मशास्त्रले भन्छ “मैले एक बहुमूल्य कुनाको ढुङ्गा छानेको छु, अनि म त्यो ढुङ्गा सियोनमा राख्छु, जो मानिस उनलाई विश्वास गर्छ, कहिले पनि लज्जित हुनपर्दैन।” यशैया 28:16

2:7b.1PE.002.007 त्यो पत्थर तिमीहरुको निम्ति, जसले विश्वास गर्छन्, अति मूल्यवान छ। तर विश्वास नगर्ने मानिसहरुको निम्ति उहाँ हुनुहुन्छ “निर्माण कर्त्ताहरुले अस्वीकार गरेको ढुङ्गा, तिनीहरुलाई आवश्यक छैन. त्यो पत्थर आधारशीला भयो।” भजनसंग्रह 118:22

2:8b.1PE.002.008 जसले विश्वास गर्दैनन् तिनीहरुको निम्ति उहाँ हुनुहुन्छ् “एक ढुङ्गा जसले मानिसहरुलाई ठेस लगाउँछ, एक ढुङ्गा जसले मानिसहरुलाई लडाउँछ।” यशैया 8:14 मानिसहरुलाई ठेस लाग्छ किनभने तिनीहरु परमेश्वरले भनेका कुरा पालन गर्दैनन्। यो परमेश्वरको योजना अनुसार हुन्छ।

2:9b.1PE.002.009 तर तिमीहरु चुनिएका मानिसहरु हौ। तिमीहरु राजाका पूजाहारीहरु हौ। तिमीहरु मानिसहरुका पवित्र जाति हौ। तिमीहरु ती मानिसहरु हौ जो परमेश्वरका हुन्। परमेश्वरले गरेका आश्चर्यजनक कुराहरुको विषयमा भन्न तिमीहरु चुनिएका हौ। उहाँले तिमीहरुलाई अन्धकारेखि बाहिर उहाँको आश्चर्यमय प्रकाशमा बोलाउनु भयो।

2:10b.1PE.002.010 एक समयमा तिमीहरु परमेश्वरको मानिस थिएनौ। तर अब तिमीहरु परमेश्वरका मानिस हौ। विगत समयमा तिमीहरुले कहिल्यै पनि कृपा पाएका थिएनौ तर अहिले तिमीहरुले परमेश्वरबाट कृपा पाएकाछौ।

2:11b.1PE.002.011 प्रिय मित्रहरु, तिमीहरु यो संसारमा प्रवासी अनि परदेशीहरु हौ। यसर्थ तिमीहरुलाई तिम्रा शरीरले चाहेको नराम्रा कर्महरुदेखि टाढा रहुन् भनी म निवेदन गर्छु। यी कुराहरु तिमीहरुका आत्माको विरुद्ध जुझ्छन्।

2:12b.1PE.002.012 मानिसहरु जसले विश्वास गर्दैनन् तिनीहरु तिमीहरुका वरिपरि छन्। ती मानिसहरुले तिमीहरुले भूल गरी रहेकाछौ भनी निन्दा गर्छन्। यसर्थ असल जीवन बिताऊ। तब तिमीहरुले गरेका असल कुराहरु तिनीहरुले देख्नेछन् अनि तिमीहरुले परमेश्वरलाई महिमा प्रदान गर्नेछौ। जब उहाँ आउनु हुन्छ।

2:13b.1PE.002.013 प्रभुको निम्ति प्रत्येक मानब अधिकारको आज्ञा पालन गर। राजाको आज्ञा पालन गर जो सर्वोच्च अधिकारी हुन्।

2:14b.1PE.002.014 अनि राज्यपालहरुको आज्ञा पालन गर जो राजाद्वारा पठाइएका हुन्। जसले नराम्रो गर्छ त्यसलाई सजाय दिनु र जसले राम्रो काम गर्छ प्रशंसा गर्न तिनीहरु पठाइएका हुन्।

2:15b.1PE.002.015 यसर्थ जब तिमीहरु असल कर्म गर्छौ, जसले तिमीहरुको विषयमा मूर्खतापूर्वक कुरा गर्छ उसको मुख थुन। परमेश्वरले चाहनु भएको कुरा यही हो।

2:16b.1PE.002.016 मुक्त मानिसहरु जस्तै होऊ। तर तिमीहरुको स्वतन्त्रता कुकर्मकोलागि उपयोग नगर। परमेश्वरको सेवा गर्दै गरे झैं बाँच।

2:17b.1PE.002.017 सबै मानिसहरु प्रति सम्मान दर्शाऊ। परमेश्वरका परिवारका सबै भाइ-बहिनीहरुलाई प्रेम गर। परमेश्वरमाथि डर राख अनि राजा प्रति आदर जनाऊ।

2:18b.1PE.002.018 दासहरु हो! तिमीहरुको मालिकको अधीन स्वीकार गर। पूर्ण सम्मान साथ यसो गर। तिमीहरुले मालिकहरुको आज्ञा पालन गर्नुपर्छ जो असल अनि दयालु छन्। अनि मालिक नराम्रो भए पनि उसको आज्ञा पालन गर्नु पर्छ।

2:19b.1PE.002.019 एक व्यक्तिले कुनै नराम्रो काम नगरेको भए तापनि यातना भोग्नु पर्छ, तर यदि त्यस व्यक्तिले परमेश्वरलाई सम्झन्छ अनि पीडा सहन्छ भने त्यसले परमेश्वरलाई खुशी तुल्याउँछ।

2:20b.1PE.002.020 तर तिम्रो कुकर्ममा यदि तिमी सजाय पाउँछौ अनि त्यो तिमी सहन्छौ त्यसमा तिम्रो प्रशंसा गर्ने कुनै कारण हुँदैन। तर तिमीले सुकर्म गरेकोमा पनि यदि तिमीलाई सजाय दिइयो अनि तिमीले धैर्य धारण गर्यौ भने, तब त्यसले परमेश्वरलाई खुशी तुल्याउनेछ।

2:21b.1PE.002.021 तिमीहरुलाई त्यसैको निम्ति बोलाइएको हौ। ख्रीष्टले अनुसरण गर्न भनी उदाहरण दिनु भएकोछ। तिमीहरुले उहाँको ठीक अनुसरण गर्नुपर्छ कारण तिमीहरुको निम्ति ख्रीष्टले कष्ट भोग्नु भयो।

2:22b.1PE.002.022 “उनले पाप गरेनन्, अनि उनको मुखमा कुनै छलको कुरो पाइएन।” यशैया 53:9

2:23b.1PE.002.023 मानिसहरुले ख्रीष्ट प्रति नराम्रा कुराहरु भने, तर उहाँले तिनीहरुलाई नराम्रो भन्नु भएन। ख्रीष्टले यातना भोग्नु भयो तर उहाँले मानिसहरुलाई भय देखाउनु भएन। अहँ! ख्रीष्टले आफूलाई परमेश्वरमा सुम्पनु भयो जसले सही न्याय गर्नुहुन्छ।

2:24b.1PE.002.024 ख्रीष्टले हाम्रा पापहरु आफ्नो शरीरमा क्रूसमा बोक्नु भयो। उहाँले यसो गर्नुभयो ताकि हामी पापको निम्ति मरे र र्धमिकताको कककनिम्ति अनि जे उचित छ त्यसका निम्ति बाँच्ने गरौं। उहाँको चोटहरुले तिमीहरु निको पारियौ।

2:25b.1PE.002.025 तिमीहरु भेंडा जस्तै छौ जो भूल मार्गतिर लागेका छन्। तर अहिले तिमीहरु गोठाला अनि तिमीहरुका प्राणको रक्षक तर्फ र्फकि आएकाछौ।

3

3:1b.1PE.003.001 त्यसरीनै तिमी पत्नीहरुले आफ्ना पतिहरु अघि समर्पण गर। तब, यदि तिमीहरु कसैका पतिले परमेश्वरको शिक्षा स्वीकार गर्दैनन् भने केही नभनी तिमीहरुको व्यवहारले नै तिनीहरु जितिनेछन्।

3:2b.1PE.003.002 पतिहरुले तिमीहरुको जीवनमा पवित्र, सम्मानित चरित्र देख्नेछन्।

3:3b.1PE.003.003 तिमीहरुको सुन्दरता बाहिरी गहनाहरुबाट जस्तै चुल्ठो बाटेर, सुनको गहना पहिरेर अथवा बहुमूल्य लुगा लगाएर, आउनु हुँदैन।

3:4b.1PE.003.004 अहँ, तिमीहरुको सुन्दरता तिमीहरुको भित्रबाट आउनु पर्छ। त्यो नम्र अनि शान्त आत्माको सुन्दरता हो। त्यो सुन्दरता कहिले पनि धमिलिँदैन। यो परमेश्वर अघि अत्यन्तै मूल्यवान हो।

3:5b.1PE.003.005 यस प्रकारले ती पवित्र स्त्रीहरु जो धेरै अघि जीवित थिए अनि परमेश्वरमाथि आशा गरेकाले तिनीहरु आफै सुन्दर बनिएका थिए। तिनीहरुले आफैलाई आफ्ना पतिहरुमा सुम्पेका थिए। तिनीहरुले आफैलाई आफ्ना पतिहरुमा सुम्पेका थिए।

3:6b.1PE.003.006 म ‘सारा’ जस्ती स्त्रीहरुको विषयमा बात गरिरहेछु। तिनले आफ्ना पति अब्राहामको आज्ञा पालन गरिन्। अनि तिनलाई आफ्ना मालिक मानिन्। अनि तिमी स्त्रीहरु ‘सारा’-का साँचो सन्तानहरु हौ, यदि तिमीहरुले सुकर्म गरेकी छौ अनि भयभीत भएकी छैनौ भने।

3:7b.1PE.003.007 त्यसरी नै तिमी पतिहरु आफ्ना पत्नीहरुसित समझदारीको भावमा बस्नु पर्छ। तिमीहरुले आफ्ना पत्नीहरु प्रति आदर जनाउनु पर्छ। तिनीहरु तिमीहरुभन्दा कमजोर छन्। तर परमेश्वरले तिमीहरुका पत्नीहरुलाई त्यस्तै आशीर्वाद दिनु हुन्छ जस्तो तिमीहरुलाई दिनुहुन्छ। आशीर्वाद अनुग्रह हो जसले सत्य जीवन प्रदान गर्छ। यी कर्महरु गर जसद्वारा कसैले पनि तिमीहरुको प्रार्थनालाई बाधा पुर्याउन सक्तैन।

3:8b.1PE.003.008 यसरी, तिमीहरु सबैले एकसाथ शान्तिसित रहनु पर्छ। तिमीहरुले एक-अर्कालाई बुझ्ने प्रयत्न गर्नुपर्छ। एक-अर्का प्रति दाज्यू-भाइलाई जस्तै प्रेम गर। दयावान अनि बिनम्र बन।

3:9b.1PE.003.009 मानिसहरुले तिमीहरुलाई नराम्रो गरे तिमीहरुले प्रतिशोधमा नराम्रो कर्म नगर। यदि कसैले तिमीहरुलाई अपमान गरे प्रतिशोधमा उसलाई कुबचन नभन। तर त्यस व्यक्तिलाई आशीर्वाद देऊ भनी परमेश्वरसित प्रार्थना गर, किनभने तिमीहरुलाई आशीर्वाद प्राप्त गर्न आह्वान गरिएको हो।

3:10b.1PE.003.010 धर्मशास्त्रले भन्छ, “मानिस जसले जीवनप्रति माया गर्न चाहन्छ अनि असल समयको आनन्द भोग गर्न चाहन्छ, उसले कुवचन बोल्नुबाट जिब्रो जोगाउनु र झूटा कुरा गर्नु बन्द गर्नुपर्छ।”

3:11b.1PE.003.011 त्यस व्यक्तिले कुकर्म गर्नु छाडनुपर्छ अनि असल कार्य गर्नुपर्छ, त्यस व्यक्तिले शान्ति खोज्नु पर्छ अनि त्यसलाई प्राप्त गर्ने प्रयत्न गर्नुपर्छ।

3:12b.1PE.003.012 प्रभुले धार्मिक मानिसहरुलाई हेर्छन् अनि प्रभुले तिनीहरुको प्रार्थना सुन्छन् तर प्रभु ती मानिसहरुको विरुद्ध हुनुहुन्छ जसले कुकर्म गर्छ।” भजनसंग्रह 34:12-16

3:13b.1PE.003.013 यदि तिमीहरु सदैव असल गर्ने प्रयत्न गरिरहेछौ भने तिमीहरुलाई कसले नोक्सान गर्न सक्छ?

3:14b.1PE.003.014 तर, धर्म गर्दा तिमीहरुले दुखको सामना गर्न सक्छौ। यदि तिमीहरुलाई त्यस्तो भए तिमीहरु धन्य हुनेछौ। “तिमीहरुलाई कष्ट दिने मानिसहरुसित भयभीत नहौऊ; चिन्तामा नपर।”

3:15b.1PE.003.015 तर तिमीहरुको ह्रदयमा ख्रीष्टलाई प्रभु मानेर पवित्ररुपले सम्मान गर। तिमीहरु प्रत्येकलाई व्याख्या दिन तैयार बस जसले तिमीहरुसंग। भएको आशाको विषयमा पुष्टी गराउन विन्ती गर्छ।

3:16b.1PE.003.016 तर ती मानिसहरुलाई आदर सहित नम्र प्रकारले उत्तर देऊ। यो अनुभव गर्न समर्थ बन कि तिमीहरुले सही कार्य गरिरहेका छौ। जब तिमीहरु यस्तो प्रकारले काम गर्छौ ख्रीष्टमा तिमीहरुको चरित्रको विषयमा निन्दा गर्नेहरु लज्जित हुनेछन्।

3:17b.1PE.003.017 सुकर्म गरेर यातना भोग्नु कुकर्म गरेर सुख भोग्नु भन्दा उत्तम हो। यही सबै भन्दा उत्तम हो, यदि परमेश्वरले चाहनु भएको त्यही हो भने।

3:18b.1PE.003.018 तिमीहरुको निम्ति ख्रीष्टले सधैंको निम्ति जीवन वलिदान दिनुभयो। उहाँ दोषी हुनु हुन्न थियो, तर उहाँ तिनीहरुको निम्ति मर्नु भयो जो दोषी थिए। तिमीहरु सबैलाई परमेश्वरकहाँ ल्याउनु उहाँले यसो गर्नु भयो। उहाँ शरीरमा मर्नुभयो, तर उहाँलाई आत्मामा जीवित तुल्याइयो।

3:19b.1PE.003.019 अनि उहाँ आत्मा स्वरुप बन्दी आत्माहरुलाई शिक्षा दिनु जानुभयो।

3:20b.1PE.003.020 ती आत्माहरु तिनीहरु हुन् जसले नूहको समयमा परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गरेका थिए। परमेश्वरले तिनीहरुलाई धैर्यसित प्रतिक्षा गरिरहनु भएको थियो जुन बेला नूहले जहाज बनाइरहेका थिए। केवल जम्मा आठजना त्यस जहाजमा बाँचेका थिए। ती मानिसहरुलाई पानीले बचाएको थियो।

3:21b.1PE.003.021 त्यो पानी बप्तिस्मा जस्तै थियो जसले आहिले तिमीहरुलाई बचाउँछ। बप्तिस्मा शरीरको मैला धुने होइन। बप्तिस्मामा हामी परमेश्वरसित पवित्र ह्रदयको निम्ति याचना गरिरहेकाछौं। यसले तिमीहरुलाई बचाउँछ किनभने येशू ख्रीष्टलाई मृत्युबाट उठाइएको थियो।

3:22b.1PE.003.022 अहिले येशू स्वर्गमा जानु भएकोछ। उहाँ परमेश्वरको दाहिने तर्फ हुनुहुन्छ। उहाँ स्वर्गदूतहरु, अधिकारीहरु अनि शक्तिहरुमाथि शासन चलाउनु हुन्छ।

4

4:1b.1PE.004.001 जब ख्रीष्ट आफ्नो शरीरमा हुनु हुन्थ्यो, उहाँले यातना भोग्नु भयो। यसर्थ तिमीहरुले ख्रीष्ट कै विचारमा स्वयंलाई तयार पार्नु पर्छ। एक मानिस जसले आफ्नो शरीरमा रहँदा यातना भोगेकाछन् उसले पाप गर्न छोडेको छ।

4:2b.1PE.004.002 तिमीहरु स्वयंलाई तयार पार जसद्वारा तिमीहरु परमेश्वरको इच्छा अनुसारको कार्यमा बाँचेको जीवन उपयोग गर्नेछौ अनि मानिसहरुको विचार अनुसार होइन।

4:3b.1PE.004.003 बितेको समयमा तिमीहरुले ती कुराहरु गरेर अत्याधिक समय नष्ट गर्यौ जुन विश्वास नगर्नेहरुले गर्छन्। तिमीहरु व्यभिचार कुवासना, अभिलाषा, मोज-मज्जा, मतवालापन अनि निषेदित मूर्ति पूजामा संलग्न रहयौ।

4:4b.1PE.004.004 तिमीहरु त्यस्ता असभ्य वस्तुहरुमा भाग नलिँदा तिनीहरु आश्चर्य मानिरहेका छन्। येसैले तिनीहरु निन्दनीय कुरा गर्छन्।

4:5b.1PE.004.005 तर ती मानिसहरुले ख्रीष्टलाई लेखा दिनेछन् जो मरेका र जिउँदा मानिसहरुको न्याय गर्न तयार हुनुहुन्छ।

4:6b.1PE.004.006 ती मानिसहरुलाई सुसमाचार प्रचार गरियो जो अहिले मरिसकेका छन् किनभने तिनीहरुले आफ्नो जीवन कालमा गरेका कर्मका लागि अरु सबैलाई गरिए जस्तै तिनीहरुलाई न्याय गरिनेछ। तर तीनीहरु प्रति सुसमाचार प्रचार गरियो जसद्वारा तिनीहरु परमेश्वर जीवित रहनु भए झैं आत्मामा जीवित रहन सक्छन्।

4:7b.1PE.004.007 समय नजिक आइरहेको छ जब सबै कुराको अन्त हुन्छ। यसर्थ आफ्नो मन स्वच्छ राख अनि स्वयंलाई नियन्त्रण गर। यसले तिमीहरुलाई प्रार्थना गर्नमा सहायता दिनेछ।

4:8b.1PE.004.008 सबै भन्दा मुख्य, एक अर्कालाई गहन प्रेम गर। प्रेमले धेरै पापहरु ढाक्छ।

4:9b.1PE.004.009 विना विरोध एक अर्कामा अतिथि सत्कार गर।

4:10b.1PE.004.010 तिमीहरु प्रत्येकले परमेश्वरबाट आत्मिक उपहार प्राप्त गरेका छौ। विभिन्न तरिकामा तिमीहरुलाई परमेश्वरले आफ्नो अनुग्रह देखाउनु भएको छ। अनि तिमीहरूले सेवकहरु जस्तै दायित्व बहन गरेका छौ, यसर्थ परमेश्वरको उपहारको सदुपयोग गर।

4:11b.1PE.004.011 मनिस जो बोल्छ उसले परमेश्वरको बचन बोल्नुपर्छ। मानिस जसले सेवा गर्छ उसले त्यो शक्तिद्वारा सेवा गर्नु पर्छ जो परमेश्वरले दिनु भएकोछ। तिमीहरुले त्यस प्रकारले कार्य गर्नु पर्छ जसद्वारा प्रत्येक कुरामा येशू ख्रीष्ट मार्फत परमेश्वर प्रशंसनीय हुनु हुनेछ। शक्ति अनि महिमा सदा सर्वदा उहाँके हो। आमिन।

4:12b.1PE.004.012 मेरा मित्रहरु, तिमीहरुले भोगिरहेको भयानक कष्टमा आश्चर्य नमान। यो तिमीहरुको विश्वास जाँच गर्नलाई हो। नसोच कि तिमीहरूमाथि कुनै अलौकिक घटना घटिरहेछ।

4:13b.1PE.004.013 तर तिमीहरु खुशी हुनु पर्छ किनकि तिमीहरु ख्रीष्टका सहभागी बनिरहेकाछौ। तिमीहरु खुशी हुनेछौ अनि आनन्दले पूर्ण रहने छौ जब ख्रीष्टले आफ्नो महिमा देखाउनु हुनेछ।

4:14b.1PE.004.014 तिमीहरुले ख्रीष्टलाई अनुसरण गरेकोमा जब मानिसहरुले गाली गर्छन् तिमीहरु धन्य हुन्छौ किनभने महिमाको आत्मा, तिमीहरुसंग हुन्छ।

4:15b.1PE.004.015 तिमीहरु कसैले पनि हत्यारा, चोर अनि नराम्रो कर्म गर्ने अथवा अर्काको विषयमा हस्तक्षेप गर्नेहरु जस्तो यातना भोग्न नपरोस्।

4:16b.1PE.004.016 तर आफू ख्रीष्टियान भएकोमा यदि तिमीले कष्ट भोग्छौ भने तिमी लज्जित हुनु पर्दैन। त्यस नामकोलागि बरु तिमीहरुले परमेश्वरको प्रशंसा गर्नु पर्छ।

4:17b.1PE.004.017 न्याय गरिने समय आएको छ। यो कार्य परमेश्वरको परिवारबाट शुरु गरिने छ। तर यदि त्यो न्याय गरिने कार्य हामीबाट शुरु भयो भने जसले परमेश्वरको सुसमाचार स्वीकार गर्दैनन् तिनीहरुको के अवस्था हुनेछ?

4:18b.1PE.004.018 “यदि धार्मिक व्यक्तिलाई पनि बचाँउन अत्यन्तै गाह्रो पर्छ भने त्यो मानिस जो परमेश्वरको विरुद्धमा छ अनि महापापी छ, उमाथि के आउने हो?” हितोपदेश 11:31

4:19b.1PE.004.019 यसर्थ, ती मानिसहरु जो परमेश्वरले चाहेको तरिकामा कष्ट भोग्छन् तिनीहरुले आफ्ना प्राणहरु उनलाई सुम्पिनु पर्छ। परमेश्वर एक हुनुहुन्छ जसले तिनीहरुलाई सृष्टि गर्नु भयो अनि तिनीहरुले उहाँ माथि विश्वास राख्न सक्छन्। यसर्थ तिनीहरुले धार्मिक कार्यहरु गरिरहनु पर्छ।

5

5:1b.1PE.005.001 अब तिमीहरुको समूहमा भएका अग्रजहरुसंग मेरो कुरा छ। म पनि एक अग्रज हुँ। म आफैले ख्रीष्टले यातना भोगेको देखेको छु। अनि म त्यो महिमाको हकदार हुनेछु जो हामीलाई देखाइनेछ।

5:2b.1PE.005.002 जुन ती मानिसहरुको तिमीहरु जिम्मावारी छौ, तिनीहरुको हेरचाह गर्नु भनी म निवेदन गर्छु। तिनीहरु परमेश्वरका बथान हुन्। ती मानिसहरुको समूहलाई हेरचाह गरिदेऊ तिमी चाहान्छौ भने, तर वाध्यतामा होइन। यसो गर किनभने तिमीहरु सेवा गर्नमा खुशी छौ, यसो होइन कि तिमीहरु पैसाका निम्ति लोभी छौ।

5:3b.1PE.005.003 तिमीहरुको जिम्मामा रहेका मानिसहरुमा तिमी शासक जस्तो व्यवहार नगर। तर ती मानिसहरुका निम्ति असल उदाहरण बन।

5:4b.1PE.005.004 तब, जब मुख्य गोठाला आउनु हुन्छ तिमीहरुले महिमाको मुकुट प्राप्त गर्नेछौ। अनि त्यसले आफ्नो सुन्दरता कहिलै हराउने छैन।

5:5b.1PE.005.005 हे युवकहरु, तिमीहरुलाई पनि मेरो केही भन्नु छ। तिमीहरुले अग्रजहरुको अधीन स्वीकार गर्नु पर्छ। तिमीहरु सबै एक अर्कामा अत्यन्त विनम्र हुनुपर्छ। “परमेश्वर अहँकारी मानिसहरुको विरुद्ध हुनुहुन्छ, तर उहाँले विनम्र मानिसहरुलाई अनुग्रह प्रदान गर्नुहुन्छ। हितोपदेश 3:34

5:6b.1PE.005.006 यसर्थ परमेश्वरको शक्तिशाली हातको छत्रछायामा विनम्र बन। तब उहाँले तिमीहरुलाई उच्च पार्नु हुनेछ जब सही समय आउँछ।

5:7b.1PE.005.007 जब उहाँले तिमीहरुको हेरचाह गर्नुहुन्छ तिमीहरुको चिन्ता सब उनको अघाडी सुम्पिदेऊ।

5:8b.1PE.005.008 स्वयंलाई नियन्त्रण गर अनि सावधान बस। शैतान तिमीहरुको शत्रु हो। त्यो सिंहले शिकार खोजे जस्तै कसैलाई खान चारैतिर घुमी हिडछ।

5:10b.1PE.005.010 यो सही हो, तिमीहरुले अल्प समयको निम्ति यातनाको सामना गर्नु पर्छ। तर त्यसपछि परमेश्वरले हरेक कुरा ठीक गरिदिनु हुन्छ। तिमीहरुलाई उहाँले बलवान तुल्याउनु हुन्छ। उहाँले तिमीहरुलाई साहरा दिनु हुनेछ अनि तिमीहरुलाई लड्नबाट थाम्नु हुनेछ। उहाँ सबै अनुग्रहका परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरुलाई ख्रीष्ट येशूमा उहाँको महिमाको सहभागी हुन आह्वान गर्नु भएको छ। त्यो महिमा सदा सर्वदा रहने छ।

5:11b.1PE.005.011 सबै शक्ति सदा-सर्वदा उहाँकै रहने छ। आमिन।

5:12b.1PE.005.012 मैले सिल्वानसको सहयोगमा यो चिट्ठी लेखें। म जान्दछु कि उनी विश्वासी भाइ हुन्। मैले तिमीहरुलाई उत्साह दिन औ यो परमेश्वरको साँचो अनुग्रह हो भनी साक्षी दिन यो छोटो पत्र लेखेको हुँ। यो अनुग्रहमा दृढ भएर बस।

5:13b.1PE.005.013 बेविलोनको मण्डलीले तिमीहरु सबैलाई नमस्कार जनाउँछ। ती मानिसहरु, पनि तिमीहरु जस्तै चुनिएका थिए। मर्कूस, जो ख्रीष्टमा मेरो छोरो हो उ पनि नमस्कार दिन्छ।

5:14b.1PE.005.014 एक अर्का प्रति प्रेमको चुम्बन प्रदान गर, जब तिमीहरुको भेट हुन्छ। तिमीहरु सबैलाई शान्ति होस्, जो ख्रीष्टका साथ छौ।


Holder of rights
Multilingual Bible Corpus

Citation Suggestion for this Object
TextGrid Repository (2025). Nepali Collection. 1 Peter (Nepali). 1 Peter (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-AE0F-5