James (Nepali)

James (Nepali)

1

1:1b.JAM.001.001 परमेश्वर अनि परमप्रभु येशू ख्रीष्टको एक सेवक याकूबद्वारा अभिवादन परमेश्वरको सम्पूर्ण मानिसहरू प्रति, जो संसारमा हरेक स्थानमा छरिएका छन् अभिवादन!

1:2b.JAM.001.002 मेरो दाज्यू-भाइ अनि दिदी बहिनीहरू, जब तिमीहरूकहाँ नाना थरीका कष्टहरू हुन्छ तिमीहरू खुशी हुनुपर्छ।

1:3b.JAM.001.003 किन? किनभने तिमीहरू जान्दछौ, कि यस्ता कुराले तिमीहरूको विश्वासलाई जाँच गर्दछ। अनि यसले तिमीहरूमा धैर्य सिर्जना गर्नेछ।

1:4b.JAM.001.004 तिमीहरूले जे गर्छौ, त्यसमा तिमीहरूको पूरा धैर्यलाई काम गर्नु देऊ। तब तिमीहरू परिपक्क अनि पूर्ण हुनेछौ, तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन।

1:5b.JAM.001.005 तर, तिमीहरू मध्ये कसैमा ज्ञानको कमी छ भने तिमीहरूले परमेश्वरसित माँग्नु पर्छ। परमेश्वरले सबै मानिसहरूलाई उदार चित्तले आनन्दसित दिनु हुनेछ। यसर्थ, परमेश्वरले तिमीहरूलाई ज्ञान दिनु हुनेछ।

1:6b.JAM.001.006 तर, जब तिमीहरूले परमेश्वरसित केही कुरा माग्छौ, तिमीहरूले विश्वास गर्नु पर्छ। परमेश्वर प्रति सन्देह नगर। व्यक्ति, जसले सन्देह गर्छ, त्यो सागरको लहर जस्तै हो। हावाले लहरलाई तल र माथि गराउँछ।

1:9b.JAM.001.009 यदि विश्वासी निर्धन भए उ र्गवित हुनुपर्छ, किनभने परमेश्वरले उसलाई धनी बनाउनु भएको छ।

1:10b.JAM.001.010 यदि विश्वासी धनी भए उ र्गवित हुनुपर्छ किनभने उ गरीब छ। धनी मानिस जङ्गली फूल सरी मर्नेछ।

1:11b.JAM.001.011 सूर्यको उसको पोल्ने तापसित उदय हुन्छ। सूर्यको तापले घाँसलाई ओइलाईदिन्छ। फूल झर्छ, फूल सुन्दर थियो, तर अहिले त्यो भूँईमा झर्यो। धनी व्यक्तिसित त्यही कुराहुन्छ। उसको व्यपारको योजना गर्दा गर्दै मर्छ।

1:12b.JAM.001.012 त्यो मानिस धन्य हो जो आपत-विपतमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।

1:13b.JAM.001.013 यदि कुनै मानिस परमेश्वरले परिक्षामा पार्नु भयो भने उसले यो भन्नुहुँदैन, “परमेश्वरले मलाई प्रलोभित गराउँदै हुनु हुन्छ।” दुष्टले परमेश्वरलाई परिक्षा तुल्याउन सक्तैन। अनि परमेश्वर स्वयंले कुनै पनि व्यक्तिलाई प्रलोभित तुल्याउनु हुँदैन।

1:14b.JAM.001.014 एकजना व्यक्तिलाई आफ्नै दुष्ट कुराले प्रलोभित तुल्याउँछ। उसको आफ्नै दुष्ट इच्छाले बाहिर तान्छ अनि उसलाई जालमा फसाउँछ।

1:15b.JAM.001.015 दुष्ट इच्छाबाट पाप जन्मन्छ। जब पाप बढछ, यसले मृत्यु जन्माउँछ।

1:16b.JAM.001.016 मेरा प्रिय भाइ-बहिनीहरू, मूर्ख नबन।

1:17b.JAM.001.017 सबै असल कुरा परमेश्वरबाट आउँछ। अनि हरेक पक्का उपहार परमेश्वरबाट आएको हो। यी सब असल उपहारहरू उहाँ पिताबाट आउँछन् जसले स्वर्गका सम्पूर्ण ज्योतिहरू निर्माण गर्नु भयो। तर छाँया ती ज्योतिहरूबाट बद्लिए जस्तो परमेश्वर कहिल्यै परिवर्त्तन हुनुहुँदैन। उहाँ सदैव समान रहनुहुन्छ।

1:18b.JAM.001.018 सत्यको वचनबाट परमेश्वरले हामीलाई उहाँको बालक बनाउने निर्णय लिनु भयो। उहाँले सृजना गरेको वस्तुहरू मध्ये हामीलाई सब भन्दा महत्वपूर्ण बनाउनु इच्छा गर्नुभयो।

1:19b.JAM.001.019 मेरा प्रिय भाइ-बहिनीहरू यसमा ध्यान देऊ “चाँडो सुन्ने, बिस्तार बोल्ने र ढिलो रिसाउने गर।

1:20b.JAM.001.020 एकजना क्रोधित मानिस परमेश्वरले चाहे जस्तो धार्मिक भई बाँच्न सक्तैन।

1:21b.JAM.001.021 यसर्थ तिमीहरूको जीवनबाट हरेक दुष्ट कुरा अनि दुष्ट कर्म बाहिर फ्याँकिदेऊ। विनम्र बन अनि परमेश्वरको वचन स्वीकार जो परमेश्वरले तिमीहरूको ह्रदयमा रोपिदिनु भएको छ। यो उपदेशले तिम्रो जीवनलाई बचाउँनेछ।

1:22b.JAM.001.022 परमेश्वरको शिक्षा अनुसरण गर। खाली सुन्ने काम मात्र नगर। किनभने जब तिमी बस्छौ अनि केवल सुन्छौ, तिमीले स्वयंलाई मूर्ख तुल्याउँछौ।

1:23b.JAM.001.023 यदि एकजना व्यक्तिले परमेश्वरको वचन सुन्छ अनि अनुसरण गर्दैन भने उ यस्तो हुन्छ उ त्यो मान्छे जस्तै हुन्छ जसले आफ्नो अनुहार ऐनामा हेर्छ।

1:24b.JAM.001.024 यो मान्छेले उ आफैलाई देख्छ, त्यस पछि जान्छ अनि उ के देखिएको थियो सो झट्टै बिर्सिहाल्छ।

1:25b.JAM.001.025 तर वास्तवमा सुखी मानिस त्यो हो जसले परमेश्वरको सही नियम पालनगर्छ, जसले मानिसहरूलाई स्वतन्त्र तुल्याउँछ। उसले त्यसलाई अध्ययन गरिरहन्छ। उसले परमेश्वरको वचन सुन्छ अनि उसले जे सुन्यो त्यो बिर्सदैन। तब वचनमा जे भनिएको छ पालन गर्छ। त्यस मानिस जसले त्यसो गर्छ, सुखी हुनेछ।

1:26b.JAM.001.026 कोही मानिस आफूलाई धार्मिक सम्झन सक्छ। तर यदि त्यो व्यक्तिले होशियारसित बोल्दैन भने उसले स्वयंलाई मूर्ख तुल्याइरहेको हुन्छ। उसको “धर्म” कुनै काममा आउँदैन।

1:27b.JAM.001.027 पवित्र अनि असल धर्म जो परमेश्वरले स्वीकार गर्नु हुन्छ त्यो यस्तो छ टुहुराहरू अनि विधवाहरू जसलाई सहायताको आवश्यक्ता छ तिनीहरूको हेरचाह गर अनि आफू स्वयंलाई संसारको नराम्रो जीवनबाट मुक्त राख। यो नै धर्म हो जसलाई परमेश्वरले शुद्ध अनि असल ठानेर स्वीकार गर्नु हुनेछ।

2

2:1b.JAM.002.001 मेरा प्रिय दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, तिमीहरू हाम्रा गौरवमय प्रभु येशु ख्रीष्टका विश्वासीहरू हौ। यसर्थ यस्तो नसोच कि कोही मानिसहरू अन्य मानिसहरू भन्दा मुख्य छन्।

2:2b.JAM.002.002 मानौं, कोही एकजना तिम्रो मण्डलीभित्र प्रवेश गर्छ। उसले खूबै सुन्दर वस्त्र अनि सुनको औठी पहिरेकोछ। त्यही समयमा एक गरीब मानिस पुरानो, मैला लुगा लाएर आउँछ।

2:3b.JAM.002.003 तिमीहरू त्यो मानिस जो सुन्दर बस्त्र लगाएको छ त्यसलाई विशेष ध्यान दिन्छौ। तिमीहरू भन्छौ, “यो राम्रो आसनमा बस्नुहोस्।” तर गरीब मानिसलाई तिमीहरू भन्छौ, “त्यहाँ उभ्” वा “तिमीहरूको पाउ छेउको चटाईमा बस्”

2:4b.JAM.002.004 तिमीहरू के गरिरहेछौ? तिमीहरूले कुनै एक व्यक्तिलाई भन्दा अर्को व्यक्तिलाई अधिक महत्व दिइरहेकाछौ। तिमीहरूको दुष्ट मनले निर्णय लिइरहेका छौ, एक मानिस भन्दा अर्को मानिस राम्रो छ।

2:5b.JAM.002.005 सुन मेरा प्यारा भाइ अनि बहिनीहरू, अनि यसपछि के परमेश्वरले गरीबहरूलाई विश्वासमा धनी हुन चुन्नु भएको छैन? तिनीहरूको निम्ति जसले उहाँलाई प्रेम गर्छन, परमेश्वरले ती मानिसहरूलाई उहाँले प्रतिज्ञा गर्नु भएको राज्य प्राप्त गर्न चुन्नु भयो।

2:6b.JAM.002.006 तर तिमीहरूले गरीब मानिसप्रति सम्मान देखाउँदैनौ। अनि तिमीहरू जान्दछौ कि धनी मानिसहरू ती मानिसहरू हुनु जसले सदैव तिमीहरूलाई आफ्नो वशमा राख्ने कोशिश गर्छन्। अनि ती मानिसहरूनै हुन् जसले तिमीहरूलाई न्यायलय तिर पुर्याउँछन्।

2:7b.JAM.002.007 अनि, यी ती धनी मानिसहरू हुन्, जसले येशुको नाउँको निन्दा गर्छन् जसद्वारा तिमीहरू बोलाइन्छौ।

2:8b.JAM.002.008 बरू तिमीहरू शास्त्रमा पाइने राजकीय नियम पालन गर, त्यो धर्मशास्त्रमा पाइन्छ “अन्य मानिसहरूलाई त्यसरी नै प्रेम गर जसरी तिमीहरू स्वयंलाई प्रेम गर्छौ।” यदि तिमीहरूले यो नियम पालन गरयौ भने तब तिमीहरूले ठिक काम गर्छौ।

2:9b.JAM.002.009 तर, यदि एक व्यक्तिलाई अर्कोलाई भन्दा अधिक महत्व दियौ भने, तिमीलें पाप गर्छौ अनि परमेश्वरको राजकीय नियम भङ्ग गरेकोमा दोषी ठहरिनेछौ।

2:10b.JAM.002.010 कुनै मानिस परमेश्वरको सबै व्यवस्था पालन गर्दा कुनै एउटामा चुक्यो भने त्यो मानिस जम्मै व्यवस्था भङ्ग गरेको दोषमा पर्नेछ।

2:11b.JAM.002.011 परमेश्वरले भन्नु भएकोछ, “व्यभिचार नगर।” उनै परमेश्वरले भन्नु भएको छ, “हत्या नगर।” यसर्थ, यदि तिमीहरूले व्यभिचार गरेनौ तर तिमीहरूले कुनै व्यक्तिलाई मार्यौ भने पनि तिमीहरू परमेश्वरको व्यवस्था भङग गरेका दोषी ठहरिन्छौ।

2:12b.JAM.002.012 तिमीहरू त्यो नियमद्वारा जाँच गरिन्छौ, जुन नियमले मानिसहरूलाई मुक्त तुल्याउँछ। तिमीहरूले दैनिक बोल चाल औ कर्ममा यस कुरोलाई याद राख्नु पर्छ।

2:13b.JAM.002.013 यदि तिमीहरू अरूलाई दया गर्न चुकेका छौ भने तिम्रो न्याय भइरहेको समयमा परमेश्वरले तिमीलाई दया दर्शाउनु हुन्न। तर त्यो मानिस जसले दया देखाउँछ, उसको न्याय गरिएको समयमा उ निर्भय भएर रहन सक्ने छ।

2:14b.JAM.002.014 मेरा प्रिय भाइ-बहिनीहरू, यदि कुनै व्यक्तिले उसित विश्वास छ भन्छ तर केही गर्दैन, तब त्यो विश्वास बेकामको हो। त्यस्तो विश्वासले उसलाई बचाउँन सक्छ? अहँ!

2:15b.JAM.002.015 परमप्रभु ख्रीष्टमा विश्वास गर्ने भाइ वा बहिनीलाई बस्त्रहरू अनि भोजनको आवश्यक पर्न सक्छ।

2:16b.JAM.002.016 अनि त्यो व्यक्तिलाई तिमीहरू भन्छौ, “शान्ति साथ जाऊ। म आशा गर्छु तिम्रोमा गरम लुगाहरू र प्रशस्त भोजन छन्।” यद्यपि तिमीहरू उसको खाँचो पुरा गर्दैनौ, तिमीहरूका शब्दहरू अर्थहीन छन्।

2:17b.JAM.002.017 यो कुरा विश्वासको सम्बन्धमा पनि यस्तै हो। यदि विश्वासले केही गर्दैन भने त्यो विश्वास मृततुल्य हो किनभने त्यो विश्वास एक्लो भई मरेको हुन्छ।

2:18b.JAM.002.018 एकजना व्यक्तिले भन्न सक्छ, “तिमीसँग विश्वास छ, तर ममा कम छ। जब तिम्रो विश्वासले केही काम गर्दैन भने तिम्रो विश्वासको प्रमाण गर। मेरो विश्वासले गरेको कामबाट म विश्वास प्रमाण गर्न सक्छु।”

2:19b.JAM.002.019 तिमीहरू विश्वास गर्छौ परमेश्वर एक हुनुहुन्छ। साँच्ची नै! तर भूतहरूले पनि विश्वास गर्छन्, अनि तिनीहरू भयले काम्छन्।

2:20b.JAM.002.020 तिमी मूर्ख व्यक्तिहरू! के तिमीहरूलाई प्रमाण दिनु पर्छ कि बिना कर्मको विश्वास बेकामे हो?

2:21b.JAM.002.021 अब्राहाम हाम्रा पूर्वज हुनुहुन्छ। जब तिनले आफ्नो छोरो इसहाकलाई परमेश्वर समक्ष वेदीमा चढाए, उनको कर्मबाट परमेश्वर अघि अब्राहामलाई धार्मिक बनाइयो।

2:22b.JAM.002.022 यसर्थ, तिमीहरू देख्छौ कि अब्राहामले विश्वास गरे अनि उनले गरेका कुराहरूको साथ साथ काम गरे। उनको कर्मले देखायो कि उनको विश्वास पूर्ण थियो।

2:23b.JAM.002.023 यसैले धर्मशास्त्रको अर्थ स्पष्ट झल्काउँछ “अब्राहामले परमेश्वरमाथि विश्वास गरे अनि परमेश्वरले अब्राहामको विश्वास स्वीकार गर्नु भयो अनि परमेश्वरले अब्राहामलाई धार्मिक मान्नु भयो।” अब्राहामलाई “परमेश्वरको मित्र मानिन्थ्यो।”

2:24b.JAM.002.024 यसरी तिमीहरूले देख्छौ कि एक मानिस उसले गरेका कर्मद्वारा परमेश्वरसित सही बन्दछ अनि उसको विश्वासबाट मात्र होइन।

2:25b.JAM.002.025 अर्को उदाहरण छ राहाब। राहाब एक वेश्या थिइन्। तर उनको कर्मको कारणले, जब तिनले गुप्तचरहरू लुकाइन् अनि तिनीहरूलाई अर्कै बाटोबाट उम्कन सहायता गरिन्, परमेश्वरको अघि तिनी धार्मिक देखिइन्।

2:26b.JAM.002.026 आत्मा विनाको शरीर मृततुल्य हो। विश्वासको मूल्य पनि यस्तै हो। विश्वास जसले केही गर्दैन त्यो मृत-तुल्य हो।

3

3:1b.JAM.003.001 मेरा भाइ अनि बहिनीहरू, तिमीहरूमध्ये धेरै शिक्षक हुनु हुँदैन। किन? किनभने तिमीहरू जान्दछौ कि हामी जसले शिक्षा दिन्छौं अन्य मानिसहरू भन्दा कठिन प्रकारले जाँच गरिनेछौं।

3:2b.JAM.003.002 हामी सबैले अनेकौ गल्तीहरू गर्छौं। यदि कसैले कहिल्यै पनि कुवचन बोलेनौं भने त्यो पक्का मानिस बन्नेछ। उ आफ्ना सम्पूर्ण सरिरलाई नियन्त्रणमा राख्न समर्थ हुनेछन्।

3:3b.JAM.003.003 घोडालाई नियन्त्रणमा राख्न, हामी लगाम लगाइदिन्छौ। घोडाहरूका मुखमा लगाइएको लगामले हामी तिनीहरूको सम्मूर्ण शरिलाई अधीनमा राख्न सक्छौ।

3:4b.JAM.003.004 जहाजहरू पनि यस्तै हुन्छन्। जहाज अत्यन्त विशाल हुन्छ अनि यसलाई शक्तिशाली वायुले धकेल्छ। तर सानो पतवारले विशाल जहाजलाई नियन्त्रण गर्छ। अनि नाविकले जहाज कता जानुपर्नेहो निर्णय गर्छ।

3:5b.JAM.003.005 हाम्रो जिब्रो पनि यस्तै हो। यो शरीरको एक सुक्ष्म अङ्ग हो। तर यसले महान कुराको गर्व गर्छ। एउटा सानो फिलुंगोले वन सखाप पार्न सक्छ।

3:6b.JAM.003.006 जिब्रो आगोको फिलुंगो जस्तै हो। हाम्रो शरीरका अंशहरू मध्ये यो दुष्टताको संसार हो। कसरी? जिब्रोले सारा शरीर नष्ट पार्छ। यसले हाम्रो सम्पूर्ण अस्तित्व नै ध्वंश पार्न सक्छ र नरकको आगोमा त्यो जल्छ।

3:7b.JAM.003.007 मानिसहरूले हरेक किसिमका जङ्गली पशु चरा-चुरूङ्गीहरू, घस्रने प्राणीहरू अनि सामुद्रिक प्राणीहरू तह लगाउने सक्छन्। मानिसहरूले यी सबै प्राणीहरूलाई तहलगाएका छन्।

3:8b.JAM.003.008 कसैले कहिल्यै जिब्रोलाई नियन्त्रण गर्नु सकेको छैन। यो जंगली अनि दुष्ट हुन्छ। जिब्रो विषले परिपूर्ण हुन्छ जसले मार्न सक्छ।

3:9b.JAM.003.009 हामी हाम्रा जिब्रोलाई हाम्रो परमप्रभु अनि पिताको स्तुतिमा उपयोग गर्छौ। अनि अझै त्यही जिब्रोले हामी मानिसहरूलाई सराप्छौ जसलाई परमेश्वरको सकलमा बनाइएको छ।

3:10b.JAM.003.010 स्तुति अनि सराप एउटै मुखबाट निस्कन्छन्। मेरा भाइ अनि बहिनीहरू, यस्तो हुनु हुँदैन।

3:11b.JAM.003.011 के पानीको मूलबाट एउटै मिठो र तितो पानी एकैचोटी बग्छ? अहँ।

3:12b.JAM.003.012 मेरा दाज्यू भाइ अनि दिदी बहिनी हो, के नेभारको बोटमा भद्राक्ष फल्न सक्छ? सक्तैन। के अंङ्गुरघारीमा नेभारा फल्छ? फल्दैन। तब, के नुनिलो उद्गमले मिठो पानी दिन सक्छ।

3:13b.JAM.003.013 यहाँ तिमीहरू माझ कुनै यस्तो मानिस छ जो ज्ञानी अनि बुद्धिमान छ? तब उसले ठीकसित बसेर आफ्नो ज्ञानको प्रमाण दिनु पर्छ। उसले ज्ञानबाट आउने नम्रतासित काम गर्नुपर्छ।

3:14b.JAM.003.014 यदि तिमीहरू स्वार्थी छौ अनि तिम्रो ह्रदय ईर्ष्या पूर्ण छ भने तिमीले तिम्रो ज्ञान बारेमा गर्व गर्ने केही कारण नै छैन। तिम्रो गर्व गराई झूटो सिवाय केही पनि होइन।

3:15b.JAM.003.015 यस किसिमको “ज्ञान” माथिका परमेश्वरबाट आउँदैन। यो “ज्ञान” संसारबाट आउँछ। त्यो आध्यात्मिक होइन, त्यो शैतानबाट हो।

3:16b.JAM.003.016 जहाँ इर्ष्या अनि स्वार्थ छ त्यहाँ अव्यवस्थित अनि हरेक किसिमको दुष्टाँई हुन्छन्।

3:17b.JAM.003.017 तर ज्ञान जो माथिका परमेश्वरबाट आउँछ त्यो यस्तो हुन्छ प्रथम त्यो शुद्ध हुन्छ। त्यो शान्तिमय नम्र र र्तक संगति हुन्छ। यो ज्ञान सर्वदा जो मानिसहरू समस्यामा छन् तिनीहरूलाई सहायता गर्न सधैँ तत्पर रहन्छ अनि अन्य मानिसहरूको लागि उपकार गर्ने हुन्छ। यो ज्ञान सदैव निष्पक्ष अनि इमान्दार हुन्छ।

4

4:1b.JAM.004.001 के तिमीहरूलाई तिमीहरूको झगडा र लडाँईको श्रोत थाहा छ? तिमीहरूका झगडा अनि बहसहरू स्वार्थपूर्ण इच्छाहरूबाट आउछ जसले अन्तमा द्वन्द्व मच्चाउँछ,

4:2b.JAM.004.002 तिमीहरू चाहन्छौ तर पाउँदैनौ जे तिमीहरू चाहन्छौ। यसर्थ तिमीहरू हत्या गर्छौ अनि अन्य मानिसहरू प्रति इर्ष्या गर्ने हुन्छौ। तैपनि जे इच्छा गर्छौ तिमीहरूले पाउँदैनौ। तिमीहरू झन बहस गर्छौ अनि जुझ्छौ। तिमीहरूले इच्छा गरेको बस्तुहरू पाउँदैनौ किनभने तिमीहरूले परमेश्वरसित माँग्दैनौ।

4:3b.JAM.004.003 अथवा, जब तिमीहरू माग्छौ तिमीहरूले पाउँदैनौ। किन? किनभने तिमीहरूको माँग्ने तरिका गलत छ। तिमीहरू वस्तु चाहन्छौ केवल आफ्नै आनन्दको निम्ति।

4:4b.JAM.004.004 अविश्वासनीय मानिस तिमीहरू यो संसारलाई माया गर्नु परमेश्वरलाई घृणा गर्नु जस्तै हो। यसर्थ यदि कोही मानिस संसारको मित्र हुन चाहन्छ भने उसले आफैलाई परमेश्वरको शत्रु तुल्याउँछ।

4:5b.JAM.004.005 के तिमीहरू धर्मशास्त्रलाई वेकामे ठान्छौ? यसले भन्छ, “हामीमा परमेश्वरले राख्नु भएका आत्माको निम्ति उहाँ तिव्र डाह राख्नु हुन्छ।”

4:6b.JAM.004.006 तर परमेश्वरको दया जो हामीलाई दिइएको छ, त्यो महान छ। धर्म शास्त्रले भनेको जस्तै, “घमण्डी मानिसहरूको विरूद्ध परमेश्वर हुनुहुन्छ, तर उहाँले ती मानिसहरूलाई दया प्रदान गर्नु हुन्छ जो विनम्र छन्।”

4:7b.JAM.004.007 यसर्थ तिमीहरू स्वयंलाई परमेश्वरमा अर्पण गर। शैतानको विरोध गर, अनि तिमीहरूदेखि शैतान भाग्नेछ।

4:8b.JAM.004.008 परमेश्वरको नजिक आऊ अनि परमेश्वर तिमीहरूको नजिक आउनु हुनेछ। तिमीहरू पापी हौ। यसर्थ तिमीहरूको जीवनदेखि पाप धोउ। जब तिमीहरू दुवै परमेश्वरको अनि संसारको सेवा गर्छौ तिमीहरूको दुइवटा मन छ। यसर्थ तिमीहरूको विचार शुद्ध तुल्याऊ।

4:9b.JAM.004.009 उदास बन, दुखी बन अनि विलाप गर। तिमीहरूको हाँसोलाई रोदनमा परिणत गर। तिमीहरूको खुशीलाई अफसोसमा परिवर्त्तन गर।

4:10b.JAM.004.010 परमप्रभुको सामुन्ने विनम्र बन अनि उहाँले तिमीहरूलाई उच्च पार्नु हुनेछ।

4:11b.JAM.004.011 भाइ अनि बहिनीहरू, एक अर्काको विरूद्ध केही पनि नभन। जब तिमीहरू ख्रीष्टमा विश्वासी भाइलाई जाँच्छौ, तब तिमीहरू उनले अनुसरण गरेको नियम जाँच गरिरहेछौ। अनि जब तिमीहरू नियमको जाँच गरिरहेका हुन्छौ, तिमीहरू नियम अनुसरण गर्ने हुँदैनौ। तर तिमीहरू व्यवस्थाको न्यायकर्त्ता भयौ।

4:12b.JAM.004.012 परमेश्वरले मात्र नियमहरू बनाउनु हुन्छ। उहाँमात्र न्यायधीश हुनुहुन्छ। केवल परमेश्वरमात्र हुनुहुन्छ जसले बचाउँन अनि नाश गर्नसक्नु हुन्छ। यसर्थ अन्य व्यक्तिको न्याय गर्नु तिमीहरूका निम्ति उचित हुँदैन।

4:13b.JAM.004.013 तिमीहरू कसैले भन्छौ, “आज अथवा भोलि हामी कुनै नगरमा जानेछौं। हामी त्यहाँ र्वष दिन बस्छौं व्यापार गछौं अनि पैसा कमाउँछौं।” सुन! यस विषयमा सोच

4:14b.JAM.004.014 भोलि के हुनेछ तिमीहरू जान्दैनौ। तिमीहरूको जीवन वाफ जस्तो छ। त्यसलाई तिमीहरू क्षण-भरको निम्ति देख्न सक्छौ, तर त्यसपछि त्यो हराइहाल्छ।

4:15b.JAM.004.015 यसर्थ तिमीहरूले भन्नुपर्छ, “यदि परमप्रभुले चाहनु हुन्छ भने हामी जीवित रहनेछौ अनि यो वा त्यो गर्नेछौ।”

4:16b.JAM.004.016 तर अहिले तिमीहरू घमण्डी छौ अनि तिमीहरू घमण्ड गर्छौ। यी सब घमण्ड गराई भूल हो।

4:17b.JAM.004.017 अनि जब एक व्यक्तिले भलाई गर्न जान्दछ, तर भलाई गर्दैन, भने उसले पाप गरिरहेछ।

5

5:1b.JAM.005.001 तिमी धनी मानिसहरू, सुन! विलाप गर अनि अत्यन्त शोकाकुल बन किनभने तिमीहरूमाथि अनेक आपतहरू आई पर्नेछ।

5:2b.JAM.005.002 तिमीहरूको धन नष्ट हुनेछ अनि बेकार हुनेछ। तिमीहरूको वस्त्रहरू कीराले खानेछ।

5:3b.JAM.005.003 तिमीहरूका सुन चाँदीमा कस लाग्नेछ अनि त्यो कसले तिमीहरूको विरोधमा साक्षी दिनेछ। त्यो कसले तिमीहरूको शरीरलाई आगोले झै खानेछ। तिमीहरुले सम्पती आखिरि दिनमा सञ्चितगरेका छौ।

5:4b.JAM.005.004 मानिसहरूले तिमीहरूको खेतमा काम गरे, तर तिमीहरूले तिनीहरुलाई ज्याला दिएनौ। ती मानिसहरु तिमीहरुको विरूद्ध आवाज गरिरहेछन्। ती मानिसहरूले तिमीहरूको फसलहरू काटे। अहिले तिनीहरूले कराएको आवाज स्वर्गका परमप्रभुको सेनाहरूले सुने।

5:5b.JAM.005.005 पृथ्वीमा तिमीहरूको जीवन सम्पत्तिले सम्पन्न जीवन थियो। तिमीहरूले, आफूले चाहेका हरेक बस्तुद्वारा स्वयंलाई खुशी तुल्यायौ। तिमीहरू स्वयंले मार्नुको तिम्ति तयार पारेको मोटो पशु जस्तो तुल्यायौ।

5:6b.JAM.005.006 तिमीहरूले निर्देष मानिसहरूको र्भत्सना गर्यौ, र मारी दियौ कसैले प्रतिरोध गरेनन्।

5:7b.JAM.005.007 दाज्यु-भाइ अनि दिदी बहिनीहरू, धैर्य धारण गर, प्रभु येशू आउनु हुँदैछ। यसर्थ, त्यस समयसम्म धैर्य- धारण गर। कृषकहरू खुबै धैर्यवान छन्। कृषकले बहुमूल्य अन्न भूमिबाट उम्रनका निम्ति प्रतीक्षा गर्छ। कृषकले धैर्य साथ आफ्ना फसलले प्रथम वृष्टि अनि अन्तिम वृष्टि प्राप्त नगरूञ्जेल प्रतीक्षा गर्छ।

5:8b.JAM.005.008 तिमीहरू धैर्यवान हुनुपर्छ। आशा नमार। प्रभु येशू चाँच्च्ै आउनु हुँदैछ।

5:10b.JAM.005.010 दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, अगमवक्ताहरूलाई अनुसरण गर जसले परमप्रभुको निम्ति बोले। तिनीहरूले अनेक अप्ठ्यारो परिस्थितिको सामना गरे। तर तिनीहरूले धैर्य धारण गरे।

5:11b.JAM.005.011 हामी तिनीहरूलाई खुशी ठान्छौ जसले धैर्यपूर्वक अप्‌ठ्यारो परिस्थितिको सामना गरे। तिमीहरूले अय्यूबको धैर्यको बारेमा सुनेका छौ। तिमीहरूलाई थाहा छ, अय्यूबले सबै यातना सामना गरे पछि परमप्रभुले तिनलाई सहायता गर्नु भयो। यसले यो झल्काउँछ कि परमप्रभु दयामयी अनि कृपामयी हुनुहुन्छ।

5:12b.JAM.005.012 मेरा दज्यू-भाइ औ दिदी-बहिनीहरू, जब केही गर्न वचन दिन्छौ, तिमीहरूले कसम खानु हुँदैँन। तिमीहरूको वचन प्रमाण गर्न स्वर्ग, पृथ्वी अथवा कुनै चीजको नाउँको उपयोग नगर। जब तिमी बुझ्छौ ‘हो’ भन्ने केवल “हो” मात्र भन। यदि तिमी बुझ्छौ “होइन” भन्ने “होइन” मात्र भन। त्यो गर ताकि तिमीहरू दोषी जँचिने छैनौ।

5:13b.JAM.005.013 यदि तिमीहरू मध्ये एक जनाले कष्टहरू भोगिरहेको छ भने उसले प्रार्थना गर्नु पर्छ अनि यदि तिमीहरू मध्ये एकजना सुखी छ भने, उसले गीतहरू गाउनु पर्छ।

5:14b.JAM.005.014 यदि तिमीहरू मध्ये एकजना विरामी छ भने, उसले मण्डलीका अग्रजहरूलाई बोलाउनु पर्छ। अग्रजहरूले उसलाई परमप्रभुको नाउँमा तेल मालिस गरिदिनु पर्छ अनि तिनीहरूले उसको निम्ति प्रार्थना गरिदिनु पर्छ।

5:15b.JAM.005.015 विश्वाससित गरेको प्रार्थनाले विमारीमा निको पार्छ। परमप्रभुले उसलाई निको पार्नु हुन्छ। अनि यदि त्यो व्यक्तिले पाप गरेको भए परमेश्वरले उसलाई क्षमा प्रदान गर्नु हुनेछ।

5:16b.JAM.005.016 सधैँ तिमीहरू एक अर्कामा पाप स्वीकार गर। तब एक अर्काको निम्ति प्रार्थना गर। यसो गर, तब परमेश्वरले तिमीहरूलाई निको पार्नु हुन्छ। धार्मिक मानिसको प्रार्थना शाक्तिशाली र प्रभावशाली हुन्छ।

5:17b.JAM.005.017 एलिया पनि हामी जस्तै मानिस थिए। तिनले पानी नपरोस् भनी, गम्भीरता पूर्वक प्रार्थना गरे, त्यस भूमिमा तीन र्बषसम्म पानी परेन।

5:18b.JAM.005.018 तब एलियाले पानी परोस् भनी प्रार्थना गरे। अनि आकाशबाट पानी पर्यो अनि भूमिले फेरि फसल उमार्यो।

5:19b.JAM.005.019 मेरा दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, तिमीहरू मध्ये एकजना सत्यदेखि बरालीन सक्छौ। अनि अर्को व्यक्तिले उसलाई सत्यतर्फ फर्की आउन सहायता गर्न सक्छ।

5:20b.JAM.005.020 यसलाई स्मरण गर कुनै मानिस जसले एक पापीलाई नराम्रो मार्गबाट फर्काई ल्याउँछ, उसले त्यस पापीको आत्मालाई मृत्युबाट बँचाउनेछ। यसो गरेर त्यस व्यक्तिले धेरै पापहरू प्रति क्षमा प्राप्त गराउनेछ।


Holder of rights
Multilingual Bible Corpus

Citation Suggestion for this Object
TextGrid Repository (2025). Nepali Collection. James (Nepali). James (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-AE0A-A