Hebrews (Nepali)

Hebrews (Nepali)

1

1:1b.HEB.001.001 अघि-अघि परमेश्वर हाम्रा पिता-पुर्खाहरूसित अगमवक्ताहरूद्वारा बोल्नुहुन्थ्यो। परमेश्वर धेरै पटक विभिन्न प्रकारले बोल्नुभयो।

1:2b.HEB.001.002 अनि अब यी अन्तिम दिनहरूमा परमेश्वर हामीसंग आफ्ना पुत्रद्वारा बोल्नुभएकोछ। उहाँले आफ्ना पुत्रद्वारा यो समस्त विश्व बनाउनु भयो अनि उहाँले आफ्ना पुत्रलाई सबै कुराको आफ्ना उत्तराधिकारी बनाउनुभयो।

1:3b.HEB.001.003 पुत्रले परमेश्वरको महिमा प्रतिबिम्बित गर्नुहुन्छ। उहाँ परमेश्वरको स्वभावको पूर्ण प्रतिरूप हुनुहुन्छ। उहाँले हरेक कुरालाई आफ्नो शक्तिशाली आदेशको अधीनमा राख्नुहुन्छ। उहाँले मानिसहलाई उनीहरूको पापहरूदेखि शुद्ध तुल्याउनु भयो र स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो।

1:4b.HEB.001.004 परमेश्वरले उहाँलाई एउटा नाउँ दिनुभयो जुन कुनै पनि स्वर्गदूतहरूको नाउँ भन्दा उच्च छ। त्यसैले उहाँ स्वर्गदूतहरू रू भन्दा महान् हुनुहुन्छ।

1:5b.HEB.001.005 परमेश्वरले यी कुरा कुनै पनि स्वर्गदूतहरूलाई भन्नुभएको थिएन “तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता बनेको छु।” भजनसंग्रह 2:7 उहाँले कुनै स्वर्गदूतलाई यो कुरो भन्नु भएन “म तिनका पिता बन्नेछु र तिनी मेरा पुत्र बन्नेछन्।” 2 शमूएल 7:14

1:6b.HEB.001.006 अनि जब परमेश्वरले आफ्नो पहिलो पुत्रलाई यस संसारमा चिनाउनुहुन्छ, उहाँ भन्नुहुन्छ “परमेश्वरका सारा स्वर्गदूतहरूले उहाँलाई आराधना गरून्।” व्यवस्था 32:43

1:7b.HEB.001.007 स्वर्गदूतहरूको बारेमा परमेश्वर भन्नुहुन्छ, “परमेश्वरले आफ्ना स्वर्गदूतहरूलाई बतास जस्तो बनाउनुभयो, अनि आफ्ना दासहरूलाई आगोको ज्वाला जस्तो बनाउनुभयो।” भजनसंग्रह 104:4

1:8b.HEB.001.008 तर आफ्ना पुत्रको बारेमा परमेश्वरले भन्नुभयो “हे परमेश्वर, तपाईंको सिंहासन सदा सर्वदा रहिरहने छ न्यायपूर्वक तपाईंले आफ्नो राज्य चलाउनु हुनेछ।

1:9b.HEB.001.009 तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ अनि दुष्टलाई घृणा गर्नुहुन्छ, त्यसैले हे परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई तपाईंको साथीहरूलाई दिएको भन्दा महान आनन्द दिनु भएको छ।”भजनसंग्रह 45:6-7

1:10b.HEB.001.010 परमेश्वर अझै भन्नुहुन्छ “हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाउनुभयो अनि आकाशमण्डल तपाईंका हातका कामहरू हुन्।

1:11b.HEB.001.011 “यी सब विनाश भएर जाने छन् तर तपाईं सदाकाल रहिरहनु हुनेछ अनि सबै थोकहरू वस्त्र झैं पुराना बन्नेछन्

1:12b.HEB.001.012 तपाईंले त्यसलाई वस्त्र जस्तो लपेट्नु हुनेछ। ती फेरि वस्त्र झै बद्लिने छन्, तर तपाईं कहिल्यै बद्लिनु हुने छैन। तपाईंको जीवनको अन्त कहिल्यै हुने छैन।” भजनसंग्रह 102:25-27

1:13b.HEB.001.013 अनि परमेश्वरले यो कुरो स्वर्गदूतलाई करिल्यै भन्नुभएन “तपाईं मेरो दाहिने हात पट्टि बस्नुहोस्, जबसम्म तपाईंको शत्रुहरूलाई तपाईंका पाउमा ल्याइँदैन।” भजनसंग्रह 110:1

1:14b.HEB.001.014 सबै स्वर्गदूतहरू आत्मा हुन् जो परमेश्वरको सेवा गर्छन् अनि उद्धार पाउनेहरूको सहायता गर्न तिनीहरूलाई पठाइन्छन्।

2

2:1b.HEB.002.001 यसकारण सिकाइएका कुराहरू अनुसरण गर्दा अझै धेरै होशियार हुनुपर्छ जसमा कि हामी सत्यको मार्गबाट नबहकियौं।

2:2b.HEB.002.002 स्वर्गदूतहरू मार्फत परमेश्वरले दिनुभएको शिक्षा साँचो हो भन्ने देखाइएको थियो! अनि जहिले पनि यहूदीहरूले त्यस शिक्षाको विरोध गरे अथवा त्यसको अनुसरण गरेनन् तिनीहरूले उचित दण्ड पाए।

2:3b.HEB.002.003 हामीलाई दिइएको उद्धार धेरै महान् हो। यसर्थ यदि हामीले त्यस उद्धारको अवहेलना गरर्यौ भने हामी दण्डबाट कसरी उम्कन सकौंला? उद्धारको बारेमा मानिसहरूलाई पहिले भन्नुहुने प्रभु नै हुनुहुन्थ्यो। अनि उहाँलाई सुन्ने मानिसहरूले उद्धार साँचो हो भन्ने कुरो हामीलाई प्रमाणित गरे।

2:4b.HEB.002.004 परमेश्वरले पनि अचम्मका, चिन्हहरू र विभिन्न किसिमका चमत्कारहरूले प्रमाणित गरिदिनुभयो। अनि पबित्र आत्माद्वारा मानिसहरूलाई उपहारहरू दिएर त्यो प्रमाणित गरिदिनुभयो। उहाँले ती उपहारहरू आफ्नो अनुसार दिनुभयो।

2:5b.HEB.002.005 आउन लागेको त्यो नयाँ संसारको शासक बन्न परमेश्वरले स्वर्गदूतहरूलाई छान्नु भएन। त्यो भविष्यको संसार हो जुन हामीले चर्चा गर्न लागेका छौं।

2:6b.HEB.002.006 धर्मशास्त्रमा कही लेखिएको छ “तपाईं किन मानिसलाई सम्झनु हुन्छ? किन तपाईंले मानिसको पुत्रको बारे सोंच्नु हुन्छ? उ यति महत्वपूर्ण छ?

2:7b.HEB.002.007 छोटो अवधिका निम्ति तपाईंले उसलाई स्वर्गदूतहरू भन्दा निम्न बनाउनुभयो तपाईंले उहाँलाई आदर र महिमाको मुकुट लगाई दिनुभयो।

2:8b.HEB.002.008 अनि सबैकुराहरू तपाईंले उसैको अधीनमा ल्याई दिनुभयो।” भजनसंग्रह 8:4-6 परमेश्वरले “सबैकुरा उसैको अधीनमा ल्याई दिनुभयो” भन्ने भनाइले भन्दा उहाँको अधीनदेखि बाहिर केही रहेन भन्ने बुझिन्छ। तर हामी उहाँले सबैमाथि शासन गरेको देख्दैनौं।

2:9b.HEB.002.009 केही समयको निम्ति येशू स्वर्गदूतहरू भन्दा निम्नको बनाइनुभएको थियो। तर अहिले हामी उहाँलाई आदर र महिमाको मुकुट लगाउनु भएको देख्छौ किनकि उहाँले कष्ट भोग्नु भयो र क्रूसमा मर्नुभयो। किनभने परमेश्वरको अनुग्रहले येशूले प्रत्येक व्यक्तिका निम्ति मृत्युको अनुभव गर्नुभयो।

2:10b.HEB.002.010 परमेश्वर नै हुनुहुन्छ जसले आफ्नो महिमाको लागि सबैकुरा बनाउनुभयो। उहाँले आफ्नो महिमाको भागीदार बनाउन उहाँले धेरै छोराहरू चाहनुभयो। यसर्थ परमेश्वरले जे-जे गर्नु परेको थियो त्यही गर्नुभयो। परमेश्वरले उहाँलाई एक पूर्ण मानिस बनाउनुभयो जसले सबैलाई मुक्ति तर्फ डोरयाउनु हुन्छ। परमेश्वरले उहाँको यातनाद्वारा येशूलाई पूर्ण बनाउनुभयो।

2:11b.HEB.002.011 उहाँ नै एक जसले मानिसलाई पवित्र बनाउँनुहुन्छ र ती पवित्र बनाएकाहरू एउटै परिवारबाट आएका छन्। यसकारण उहाँ तिनीहरूलाई आफ्ना दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू भन्न लजाउनु हुन्न।

2:12b.HEB.002.012 त्यसैले उहाँ भन्नुहुन्छ “हे परमेश्वर! तपाईंको बारेमा म आफ्ना भाइ-बहिनीहरूलाई घोषणा गर्नेछु। तपाईंका सबै मानिसहरूका अघि म तपाईंको प्रशंसाको गीत गाँउनेछु।” भजनसंग्रह 22:22

2:13b.HEB.002.013 उहाँ यसो पनि भन्नुहुन्छ, “म परमेश्वरमा भरोसा गर्छु।” यशैया 8:17 अनि उहाँ भन्नुहुन्छ, “म यहाँ छु अनि मसित ती छोराछोरीहरू छन् जो परमेश्वरले मलाई दिनुभएको छ।” यशैया 8:18

2:14b.HEB.002.014 ती छोराछोरीहरू भौतिक शरीमा छन् जो मानिसहरू हुन्। अनि येशू पनि ती मानिसहरू जस्तै बन्नुभयो र तिनीहरूको जस्तै अनुभव बटुल्नु भयो। त्यसैकारण उहाँले मृत्युलाई अङ्गालेर त्यसलाई अर्थात शैतानलाई नष्ट गर्नुभयो जस सित मार्ने शक्ति छ।

2:15b.HEB.002.015 येशू ती मानिसहरू जस्तै बन्नुभयो र मर्नुभयो जसले गर्दा तिनीहरूलाई मुक्त गर्न सकून्। आफ्नो मृत्युको भयले गर्दा तिनीहरूले सारा जीवन कमाराले जस्तै बिताए।

2:16b.HEB.002.016 यो स्पष्ट छ कि, येशूले स्वर्गदूतहरूलाई होइन, तर अब्राहामका सन्तानहरूलाई सहायता गर्नुहुन्छ।

2:17b.HEB.002.017 यसैकारणले येशूले आफूलाई हरतरहले आफ्ना भाइ बहिनीहरू जस्तै बनाउनु आवश्यक थियो ता कि उहाँ परमेश्वरको सेवामा दयालु र विश्वासयोग्य प्रधान पूजाहारी बन्न सकून् अनि यस प्रकारले मानिसहरूलाई पापहरू क्षमा दिनसकून्।

2:18b.HEB.002.018 अनि अब येशूले ती मानिसहरूलाई सहायता गर्न सकनुहुन्छ जो परीक्षित छन्। येशू तिनलाई सहायता गर्न समर्थ हुनुहुन्छ किनकि उहाँ आफैंले कष्ट भोग्नु भयो र परीक्षित हुनुभयो।

3

3:1b.HEB.003.001 यसैले तिमीहरू सबैले येशूको बारेमा सोच्नुपर्छ। परमेश्वरले येशूलाई हामी भएकहाँ पठाउनु भएको छ अनि उहाँ हाम्रा विश्वासका प्रधान पूजाहारी हुनुहुन्छ जुन विश्वास हामीले राखेका छौं। मेरा पवित्र दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई म भन्छु! तिमीहरू परमेश्वरबाट बोलाइएकाहरू हौ।

3:2b.HEB.003.002 परमेश्वरले येशूलाई हाम्रो माझमा पठाउनुभयो अनि उहाँलाई प्रधान पूजाहारी बनाउनुभयो। येशू पनि मोशा जस्तै परमेश्वरप्रति विश्वासी हुनुहुन्थ्यो। मोशाले ती सबै कामहरू गर्नुभयो जुन परमेश्वरले आफ्ना घरमा गर्न चाहनु हुन्थ्यो।

3:3b.HEB.003.003 यदि कसैले घर बनाउँछ तब मानिसहरूले घरलाई भन्दा घर बनाउनेलाई बढी आदर गर्छन्। त्यसै गरी मोशालाई भन्दा येशूलाई बढता आदरको अधिकारी मान्नुपर्छ।

3:4b.HEB.003.004 हरेक घर कुनै मानिसद्वारा बनाइन्छ। तर परमेश्वरले सबै थोक बनाउनुभयो।

3:5b.HEB.003.005 परमेश्वरको घरमा मोशा एउटा विश्वासनीय दास जस्तो थिए। उनले मानिसहरूलाई ती कुराहरू बताए जुन भविष्यमा परमेश्वरले बताउने छन्।

3:6b.HEB.003.006 तर परमेश्वरद्वारा संचालित घरमा ख्रीष्ट एउटा विश्वासनीय छोरो जस्तो हुनुहुन्छ। हामी विश्वासीहरू परमेश्वरको घर हौं। यदि हामी आफुमा भएको आशाप्रति निश्चिन्त र र्गवित रहिरह्यौं भने हामी परमेश्वरकै घर हौं।

3:7b.HEB.003.007 त्यसैकारण पवित्र आत्मा भन्नहुन्छ “आज यदि तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने,

3:8b.HEB.003.008 अतितमा जस्तै तिमीहरू हठधर्मी नबन, जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गरयौ। त्यसै बेला मरूभूमिमा परमेश्वरको परीक्षा लियौ।

3:9b.HEB.003.009 चालिस र्वषसम्म मरूभूमिमा मैले के के गरें त्यो तिम्रा पिता-पुर्खाहरूले देखे। तर तिनीहरूले मेरो धैर्यको परीक्षा लिए।

3:10b.HEB.003.010 त्यसैले म तिनीहरूसित रिसाएँ र मैले भनें ‘तिनीहरूका विचार सँधै गल्ती छन् तिनीहरूले कहिल्यै मेरो बाटो बुझेनन्।’

3:11b.HEB.003.011 त्यसैले म रिसाएँ र शपथ लिएँ कि ‘तिनीहरूले कहिल्यै प्रवेश पाउने छैनन् र मसित विश्रान्ति पाउने छैनन्।”‘ भजनसंग्रह 65:7-11

3:12b.HEB.003.012 त्यसकारण दाज्यु-भाइहरू र दिदी-बहिनीहरू, होशियार बस जसमा कि तिमीहरूमा कोही पापी नहोऊ, विश्वासलाई अस्वीकार नगरोस् र जीवित परमेश्वरलाई नछोडोस्।

3:13b.HEB.003.013 तर हरेक दिन एक-अर्काको उत्साह बढाऊ। “आज” नै यो गर। एक अर्काको सहायता गर जसमा कि कोही पाप र यसको कपटपूर्ण तरिकाले कोही पनि कठोर नबनोस्।

3:14b.HEB.003.014 हामी सबै ख्रीष्टका सहभागी छौं हामीले शुरूमा पाएको विश्वास अन्त सम्म थामिरह्यौं भने यो सत्य रहने छ।

3:15b.HEB.003.015 धर्मशास्त्रले भनेको छ “यदि आज तिमीहरूले परमेश्वरको आवाज सुन्दछौ भने, अतीतमा जस्तै हठधर्मी नबन, जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गरेका थियौ।” भजनसंग्रह 95:7-8

3:16b.HEB.003.016 ती को थिए जसले परमेश्वरको आवाज सुने र उहांको विरोधमा विद्रोह गरे? ती सबै मोशाद्वारा मिश्रबाट लगिएकाहरू थिए।

3:17b.HEB.003.017 अनि परमेश्वर तिनीहरूसंग चालीस र्वष सम्म रिसाउनुभएको थियो? परमेश्वर तिनैहरूसित रिसाउनुभएको थियो जसले पाप गरे र जो मरूभूमिमा मरे।

3:18b.HEB.003.018 अनि परमेश्वरले कसका बारेमा शपथ खानु भएको थियो जो प्रवेश र विश्राम नपाउनेहरू थिए? परमेश्वरले तिनैका बारेमा भन्नुहुँदैथ्यो जसले उहाँको आज्ञा मानेनन्।

3:19b.HEB.003.019 यसकारण हामी बुझछौं कि अविश्वासको कारणले ती मानिसहरूलाई प्रवेश र परमेश्वरको विश्राम निषिद्ध थियो।

4

4:1b.HEB.004.001 परमेश्वरले तिनीहरूलाई दिएको प्रतिज्ञा हामीलाई पनि हो। त्यो प्रतिज्ञा यो हो कि हामी प्रवेश गर्न र परमेश्वरको विश्राम लिन सक्छौं। हामी सर्तक हुनुपर्छ कि हामीले त्यो प्रतिज्ञा पाउन चुकनु हुँदैन।

4:2b.HEB.004.002 जस्तो तिनीहरूलाई भनियो त्यस्तै प्रकारले बाँच्ने उपाय हामीलाई पनि बताइएको छ। तर तिनीहरूले उपदेश त सुने तर विश्वाससित ग्रहण गरेनन्।

4:3b.HEB.004.003 हामी विश्वासीहरू परमेश्वरको विश्राममा प्रवेश पाउँछौं। जस्तो परमेश्वरले नै भन्नुभयो “म रिसाएँ र प्रतिज्ञा लिएँ कि ‘तिनीहरूले कहिल्यै प्रवेश गर्ने छैनन् र मेरो विश्राम पाउने छैनन्।” भजनसंग्रह 65:11 परमेश्वरले यसो भन्नुभयो। तर परमेश्वरले यस संसारको सृष्टि गर्नुभएपछि उहाँले आफ्नो काम समाप्त गर्नुभयो।

4:4b.HEB.004.004 धर्मशास्त्रमा कहीं परमेश्वरले सातौं दिनको कुरा गर्नुभएको छ “अनि सातौं दिनमा परमेश्वरले आफ्नो सबै कामहरूबाट विश्राम लिनुभयो।”

4:5b.HEB.004.005 उपरोक्त खण्डमा यो पनि भनिएको छ, “ती मानिसहरू मेरो विश्राममा पस्न पाउने छैनन्।”

4:6b.HEB.004.006 यो अझै सत्य छ कि कतिपय मानिसहरूले प्रवेश गर्नेछन् र परमेश्वरको विश्राम पाउने छन्। तर ती मानिसहरू जसले पहिले मुक्तिको उपाय सुने त्यहाँ पस्न योग्यको थिएनन् किनकि तिनीहरूले आज्ञा मानेनन्।

4:7b.HEB.004.007 यसकारण परमेश्वरले अर्कै विशेष दिनको योजना गर्नुभयो। त्यसलाई “आज” भनियो। दाऊदद्वारा परमेश्वरले त्यस दिन बारे धेरैपछि बताउनुभयो। हामीले त्यो धर्मशास्त्र अघि नै उपयोग गरयौं। “यदि तिमीहरूले परमेश्वरको आवाज आज सुन्यौ भने, अतीतमा जस्तै हठधर्मी नबन।” भजनसंग्रह 95:7-8

4:8b.HEB.004.008 हामी जान्दर्छौ यहोशूले पनि मानिसहरूलाई विश्रामतिर डोर्याएनन्। हामी यो बुइछौं किनकि परमेश्वरले पछिबाट अर्को विश्रामको दिन बताउनुभयो।

4:9b.HEB.004.009 यसले देखाउँछ कि परमेश्वरका मानिसहरूलाई सातौ दिनको विश्राम अझै आउँदैछ।

4:10b.HEB.004.010 आफ्नो काम सकेर परमेश्वरले विश्राम लिनुभयो। यसकारण जसले प्रवेस गर्छ र परमेश्वरको विश्राम पाउँछ उसले परमेश्वरले गरिसकनु भए जस्तै आफ्नो काम गरिसकेको हुन्छ।

4:11b.HEB.004.011 समर्थ हामी पनि परमेश्वरको विश्राममा प्रवेश गर्ने सक्दो कोशिश गरौं हामीले सक्दो कोशिश गर्नुपर्छ ता कि परमेश्वरको आज्ञा नमान्नेहरूको नमूना बनेर हामी नष्ट नहौं।

4:12b.HEB.004.012 परमेश्वरको वचन जीवित छ र क्रियाशील छ। उहाँको वचन कुनै दुईधारे तरवार भन्दा धारिलो छ। परमेश्वरको वचनले हामीलाई गहिरो गरी काट्छ। यसले आत्मा र प्राण, जोडिएको ठाउँमा काट्छ। यसले जोर्नी र हड्डी समेत काट्छ। यसले भित्री भाव र विचार सम्म जाँच्छ।

4:13b.HEB.004.013 संसारको कुनै थोक परमेश्वरबाट लुकाउन सकिँदैन। उहाँ सब कुरा स्पष्ट देख्नुहुन्छ। हरेक कुरा उहाँ अघि स्पष्ट छ। अनि उहाँलाई हामीले हाम्रो जीवनको लेखाजोखा बुझाउनै पर्छ।

4:14b.HEB.004.014 हाम्रोमा महाप्रधान पूजाहारी छन् जो स्वर्गका परमेश्वरकहाँ जानुभएको छ. उहाँ परमेश्वरका पुत्र, येशू हुनुहुन्छ। यसर्थ, हामीले स्वीकार गरेको विश्वासमा दृढ रहौं।

4:15b.HEB.004.015 हाम्रा प्रधान पूजाहारी, येशू हुनुहुन्छ जो हाम्रा कमजोरीहरू बुझ्न समर्थ हुनुहुन्छ। जब येशू यस संसारमा हुनुहुन्थ्यो उहाँ हरेक कुरामा परीक्षित हुनुभयो जसरी हामी परीक्षित छौं, तर उहाँले कहिल्यै पाप गर्नु भएन।

4:16b.HEB.004.016 येशू हाम्रा प्रधान पूजाहारी हुनु भएकोले परमेश्वरको अनुग्रहाको सिंहासन अघि उभिन हामीलाई स्वतंत्रता छ। त्यहाँ हामी सहायताको निम्ति करूणा र अनुग्रह पाउँछौ जब ती चाहन्छौं।

5

5:1b.HEB.005.001 कुनै पनि यहूदी प्रधान पूजाहारी मानिसहरू माझबाट छानिएका हुन्छन्। मानिसहरूले परमेश्वरलाई गर्नुपर्ने कुराहरू गर्न सघाउनु उहाँ नियुक्त हुनुभएको छ। पापको प्रयाश्चितमा ती प्रधान पूजाहारीले परमेश्वरको अघि भेटीहरू र बलीहरू चढाउनै पर्छ।

5:2b.HEB.005.002 प्रधान पूजाहारी स्वयं सबै मानिसहरू जस्तै कमजोर हुन्छन्। त्यसैकारण बुइन नसक्नेहरूसित र गल्ती काम गर्नेहरूसित उनी नम्र बन्न सक्छन्।

5:3b.HEB.005.003 प्रधान पूजाहारीले मानिसहरूका पापको लागि बली चढाउँछन् तर उनी स्वयं कमजोर मानिस भएकाले आफ्नै पापको लागि पनि बली चढाउनु पर्छ।

5:4b.HEB.005.004 प्रधान पूजाहारी हुनु सम्मानको कुरा हो। तर यस कामको निम्ति आफुले आफैलाई कसैले छान्दैनन्। हारूनलाई जस्तो, परमेश्वरले छान्नु पर्छ।

5:5b.HEB.005.005 उसै गरी ख्रीष्टले प्रधान पूजाहारी हुनलाई अनि त्यसको महिमा पाउनलाई आफैलाई छान्नु भएन। तर परमेश्वरले उहाँलाई छान्नुभयो। परमेश्वरले ख्रीष्टलाई भन्नुभयो “तिमी मेरा पुत्र हौ आजदेखि म तिम्रा पिता भएँ।” भजनसंग्रह 2छ7

5:6b.HEB.005.006 धर्मशास्त्रको अर्को भागमा उहाँले भन्नुभयो “मल्कीसेदेक जस्तो तिमी सदा सदाको लागि पूजाहारी बन्ने छौ।” भजनसंग्रह 110 : 4

5:7b.HEB.005.007 जब ख्रीष्ट संसारमा हुनुहुन्थ्यो उहाँले परमेश्वरलाई प्रार्थना गर्नुभयो र सहायता माग्नुभयो। त्यहाँ एकैजना मात्र हुनुहुन्थ्यों जसले उहाँलाई मृत्युबाट बचाउनु सकनुहुन्थ्यो र येशूले आँसु र आर्तनाद सहित प्रार्थना गर्नुभयो। येशू नम्र र आज्ञाकारी हुनुहुन्थ्यो, त्यसैले परमेश्वरले उहाँको प्रार्थनाको उत्तर दिनुभयो।

5:8b.HEB.005.008 येशू परमेश्वरका पुत्र हुनुहुन्थ्यो तर उहाँले कष्ट भोग्नु भयो र त्यसबाट उहाँले आज्ञाकारी बन्न सिक्नुभयो।

5:9b.HEB.005.009 तब नै येशू पूर्ण बनाइनु भयो अनि उहाँको आज्ञा मान्नेहरू सबैको निम्ति अनन्त मुक्तिको स्रोत बन्नुभयो।

5:10b.HEB.005.010 अनि परमेश्वरले मल्कीसेदेकलाई जस्तै येशूलाई प्रधान पूजाहारी बनाउनु भयो।

5:11b.HEB.005.011 हामीले यसबारे तिमीहरूलाई धेरै कुरा भन्नुछ। तर तिमीहरूले सिकने इच्छा गरेनौ, तिमीहरूलाई यो बुझाउन खुबै कठिन भएको छ।

5:12b.HEB.005.012 वास्तवमा यस बेला सम्म ता तिमीहरू शिक्षा दिने बनिसक्नुपर्ने थियो। अझै पनि तिमीहरूलाई कसैले परमेश्वरका शिक्षाको पहिलो पाठ सिकाउनु आवश्यक भएको छ। तिमीहरूलाई त अझै दुध नै चाहिएको छ, ठोस आहार होइन।

5:13b.HEB.005.013 दूध खाने अझै पनि नानी नै हुन्छ अनि त्यसले उचित शिक्षाबरे केही जान्दैन।

5:14b.HEB.005.014 तर ठोस आहार त परिपक्कहरूकोलागि हो। जसले आफ्ना आत्मिक इन्द्रियहरूलाई असल र खराब बीचको भिन्नता छुट्टयाउन निरन्तर अभ्यास गेरकाछन्।

6

6:1b.HEB.006.001 यसकारण अब हामीले ख्रीष्ट बारेको प्रारंभिक पाठहरू छोडनु पर्छ र पूर्णता तिर जानुपर्छ। हामी शुरू तिरै र्फकनु हुँदैन। मृत कर्महरूलाई पछि नै छोडेर अनि परमेश्वरमा विश्वास गरेर हामीले ख्रीष्टमा हाम्रो जीवन शुरू गरेका थियौ।

6:2b.HEB.006.002 त्यसबेला, हामीलाई बप्तिस्माहरू, मानिसहरूमाथि हातहरू राख्ने विशेष कर्म, मृतको पुनरूत्थान र अनन्त न्यायको बारेमा सिकाइएको थियौं। तर अब हामीले अरू परिपक्व शिक्षा तर्फ बढनु पर्छ।

6:3b.HEB.006.003 परमेश्वरले चाहनु भए हामी त्यो पनि गछौं।

6:7b.HEB.006.007 जुन खेतले घरिघरि पानी पाउँछ र खेती गर्नेलाई अन्न उमार्छ। यस्ता खेतले परमेश्वरको आशीर्वाद पाउँछ।

6:8b.HEB.006.008 तर यदि त्यस जमीनले काँढा र सिउँडीहरू उमार्छ भने त्यो बेकार छ। त्यस जमीनले परमेश्वरबाट श्राप पाउने डर छ र त्यसलाई आगोले डडाउने छ।

6:9b.HEB.006.009 प्रिय मित्रहरू, यद्यपि हामी तिमीहरूलाई यी कुराहरू भन्छौं। तथापि हामी ढुक्क छौं कि तिमीहरूको अवस्था त्यो भन्दा धेरै राम्रो छ र त्यसले तिम्रो मुक्तिको जमानत दिन्छ।

6:10b.HEB.006.010 परमेश्वर न्यायसंगत हुनुहुन्छ। परमेश्वरले तिमीहरूले गरेको कामको याद गर्नु हुनेछ। उहाँका मानिसहरूलाई सहायता गरेर तिमीहरूले देखाएको आफ्नो प्रेमलाई तिमीहरूको अटूट सहायतालाई परमेश्वरले संझनु हुनेछ। तब तिमीहरूको आशा पनि पूर्ण गरिने छ।

6:11b.HEB.006.011 तिमीहरू प्रत्येकले आफ्नो जीवनभरि यस्तै प्रयत्न गर्दै जाऊ भन्ने हामी चाहन्छौं। तब तिमीहरूको आशा पूर्ण हुने छ।

6:12b.HEB.006.012 अल्छे नहोऊ, हामी तिमीहरूलाई तिनीहरू जस्तै होऊ भन्ने चाहन्छौ जसले परमेश्वरका वचनवद्ध कुराहरू पाए। तिनीहरूले परमेश्वरका वचनहरू पाउँछन किनकि तिनीहरूको विश्वास र धैर्य छ।

6:13b.HEB.006.013 परमेश्वरले अब्राहामलाई प्रतिज्ञा दिनु भएको थियो। परमेश्वर भन्दा ठूलो कोही छैन, यसर्थ परमेश्वर स्वयंले आफ्नो नाउँमा उनलाई शपथ दिनुभयो कि उहाँले आफ्नो वचन पूरा गर्नु हुनेछ।

6:14b.HEB.006.014 परमेश्वरले भन्नुभयो, “म तिमीलाई निश्चितरूपले आशीर्वाद दिदँछु। म तिमीलाई धेरै सन्तान दिनेछु।”

6:15b.HEB.006.015 यो कुरो हुनलाई अब्राहामले धैर्यसाथ पर्खे। अनि पछि; अब्राहामले परमेश्वरको वचन पाए।

6:16b.HEB.006.016 शपथ लिँदा मानिसले आफूभन्दा ठूलोको नाउँ लिँदछन्। तिनीहरू के भन्छन्, त्यो शपथले साँचो छ भनी निश्चित गर्छ अनि विवादलाई निषेद गर्दछ।

6:17b.HEB.006.017 जसले त्यो पाउनुपर्छ उसलाई आफ्नो वचन सत्य छ भन्ने कुरो परमेश्वर प्रमाण गर्न चाहनु हुन्थ्यो। उहाँको निर्णय कहिल्यै बद्लीने छैन भन्ने कुरो तिनीहरूले स्पष्ट रूपले बुझून् भन्ने पनि परमेश्वर चाहनुहुन्थ्यो। परमेश्वरले शपथ लिएर जे भन्नुभयो त्यसलाई उहाँले प्रमाणित गर्नुभयो। परमेश्वरले जब केही भन्नुहुन्छ उहाँले ढाँट्न सकनु हुन्न, अनि जब उहांले कुनै शपथ लिनुहुन्छ उहाँले ढाँट्न सकनुहुन्न।

6:18b.HEB.006.018 यी दुइ कुराहरू बद्लिन सकदैनन्। अनि तिनीहरूले हामीलाई हाम्रो अघि रहेको आशामा दृढ रहन शक्तिशाली उत्साह दिन्छन् जति खेर हामी सुरक्षाको लागि परमेश्वरकहाँ आयौ।

6:19b.HEB.006.019 हाम्रो आशा एउटा लंगूर जस्तो हो। यो मजबूत र निश्चित छ यसले हाम्रो प्राण बचाउँछ। यो मंदिरको पवित्र स्थानको पर्दाको पछि समेत पस्दछ।

6:20b.HEB.006.020 येशू अघिबाटै त्यस ठाउँमा पसिसकनुभएको छ र हाम्रोलागि बाटो खोलिदिनुभएको छ। यसरी येशू मल्कीसेदेक जस्तै प्रधान पूजाहारी बन्नु भएको छ।

7

7:1b.HEB.007.001 मल्कीसेदेक शालेमका राजा थिए र सर्वोच्च परमेश्वरका पूजाहारी थिए। जब अब्राहाम लडाई जितेर आउन लागेका थिए, मल्कीसेदेकले उनलाई भेटे र आशीर्वाद दिए।

7:2b.HEB.007.002 अनि अब्राहामले मल्कीसेदेकलाई आफूसित जति थियो त्यसको दशांश भाग दिए। ‘मल्कीसेदेक’ नाउँका दुइवटा अर्थ छ। पहिलो अर्थ हुन्छ धार्मिकताको राजा। “शालेमका राजा” को पनि अर्थ हुन्छ “शान्तिको राजा।”

7:3b.HEB.007.003 मल्कीसेदेकका माता-पिता को थिए र कहाँबाट आएका थिए त्यो कसैले जान्दैन। अनि उनी कहिले जन्मे र कहिले मरे त्यो पनि अज्ञात नै छ। उनी परमेश्वरको पुत्र जस्तै हुन् र उनी सदाकाल पूजाहारी भइरहन्छन्।

7:4b.HEB.007.004 यसबाट, तिमीहरू बुझ्नसक्छौ कि मल्कीसेदेक एक जना खुबै महान पुरूष थिए। पितृ-प्रमुख अब्राहामले मल्कीसेदेकलाई आफूले युद्धमा जितेको जम्मैको दशांश भाग दिए।

7:5b.HEB.007.005 अब नियमले भन्छ, लेवीको सन्तानबाट जो पनि पूजाहारीहरू बनिन्छन्, मानिसहरूबाट उसले दशांश पाउनु पर्छ। पूजाहारीहरू र तिनका मानिसहरू दुवै अब्राहामकै परिवारबाट हुन। तथापि पूजाहारीहरूले आफ्नै मानिसहरूबाट दशांश उठाउँछन्।

7:6b.HEB.007.006 मल्कीसेदेक लेवीका सन्तानबाट आएका थिएनन्। तथापि उनले अब्राहामबाट दशांश पाए। अनि उनले अब्राहामलाई आशीर्वाद दिए जसलाई परमेश्वरले वचन दिएका थिए।

7:7b.HEB.007.007 अनि सबै मानिसहरूले जान्दछन् कि जो ठूला मानिसहरू छन् साना मानिसहरूलाई आशीर्वाद दिन्छन्।

7:8b.HEB.007.008 ती पूजाहारीहरू दशांश पाउँछन् तर ती सबै बाँच्ने मानिसहरू मात्र हुन्। तर मल्कीसेदेक जसले अब्राहामबाट दशांश पाए, सदाकाल बाँचिरहन्छन्, जस्तो धर्मशास्त्रले भन्छ।

7:9b.HEB.007.009 लेवीले मानिसहरूबाट दशांश पाउछन्। तर यसो पनि भन्न सकिन्छ कि जब अब्राहामले मल्कीसेदेकलाई दशांश दिए लेवीले पनि दिए।

7:10b.HEB.007.010 लेवी त्यस बेला जन्मेका थिएनन्। उनी त आफ्ना पुर्खा अब्राहामकै शरीरमा थिए जब मल्कीसेदेकेलाई अब्राहामले भेटे।

7:11b.HEB.007.011 यदि लेवी पूजाहारी-पद्धतिबाट आत्मिक पूर्णता पाउन सके अनि यदि यसै पूजाहारी-पद्धतिको आधारमा यी मानिसहरूलाई नियम दिइएको भए, हारूनको पूजाहारी दर्जाबाट नआई मल्कीसेदेकको पूजाहारी दर्जामा अर्कै पुजाहारी आउने के दरकार थियो?

7:12b.HEB.007.012 अनि जब अर्कै किसिमको पूजाहारीपन चलाइन्छ भने विधान बद्लन पर्छ।

7:13b.HEB.007.013 हामी यो कुरा ख्रीष्टको बारेमा भन्दैछौं। उहाँ अर्कै उपजातिका हुनुहुन्थ्यो। त्यस उपजाति कसैले पनि वेदीमा कहिल्यै सेवा गरेका थिएनन्।

7:14b.HEB.007.014 यो स्पष्ट छ कि हाम्रा प्रभु यहूदाको वंशबाट आउनुभयो तर मोशाले त्यस वंशबाट पूजाहारीहरू हुने बारे केही कुरा गरेनन्।

7:15b.HEB.007.015 अर्का एक पूजाहारी आउनुहुनेछ जो मल्कीसेदेक जस्तै छन्, भन्ने तथ्य बारे यो बढता स्पष्ट हुन्छ।

7:16b.HEB.007.016 उहाँ मानव नियम र विधानहरू अनुसार पूजाहारी हुनुभएन। उहाँ आफ्नो अनन्त जीवनको शक्तिद्वारा पूजाहारी हुनुभयो।

7:17b.HEB.007.017 धर्मशास्त्रमा उहाँ बारे यो भनिएको छ “तिमी मल्कीसेदेक जस्तै सधैँको निम्ति पूजाहारी हौ।”

7:18b.HEB.007.018 अघिका नियम अब समाप्त भयो किनकि त्यो कमजोर र बेकार थियो।

7:19b.HEB.007.019 मोशाको व्यवस्थाले कुनै कुरालाई पूर्ण बनाउन सकेन। अनि अब हामीलाई अझ असल आशा दिइएको छ जसबाट हामी परमेश्वरको नजिक आउन सक्छौं।

7:20b.HEB.007.020 महत्वपूर्ण कुरो यो छ कि परमेश्वरले जब येशूलाई प्रधान पूजाहारी बनाउनुभयो, उहाँले प्रतिज्ञा लिनुभयो। जब अरूहरू पूजाहारी बने त्यहाँ कुनै प्रतिज्ञा थिएन।

7:21b.HEB.007.021 तर ख्रीष्ट चाँहि परमेश्वरको प्रतिज्ञाद्वारा पूजाहारी बन्नुभयो। परमेश्वरले उहाँलाई भन्नुभयो “परमेश्वरले प्रतिज्ञा लिनुभयो उहाँले आफ्नो मन परिवर्तन गर्नुहुने छैन। ‘तिमी सदा-सदालाई पूजाहारी हौ।” भजनसंग्रह 110:4

7:22b.HEB.007.022 यसको अर्थ हो, येशू एक उत्तम करारको साक्षी हुनुभयो।

7:23b.HEB.007.023 अन्य पूजाहारीहरूलाई पूजाहारी भइरहनबाट मृत्युले रोक्यो। त्यसैले धेरै पूजाहारीहरू भए।

7:24b.HEB.007.024 तर येशू सदा जीवित हुनुहुन्छ र आफ्नो पूजाहारीपन छोडनुहुन्न।

7:25b.HEB.007.025 यसैले जो पनि उहाँको मार्फत परमेश्वरकहाँ आउँछन् ख्रीष्टले तिनीहरूलाई बचाउनु हुन्छ। ख्रीष्टले यो सदाकाल गर्नसक्नु हुन्छ, किनभने जो परमेश्वरकहाँ आउँछ त्यसको सहायताको निम्ति उहाँ सधैं बाँच्नुहुन्छ।

7:26b.HEB.007.026 यसर्थ उहाँ हामीलाई चाहिएको जस्तै प्रकारको प्रधान पूजाहारी हुनुहुन्छ। उहाँ पवित्र र निर्दोष हुनुहुन्छ। उहाँ शुद्ध र पापीहरूका प्रभावदेखि टाढा हुनुहुन्छ। अनि उहाँ स्वर्गभन्दा पनि माथि उठेको हुनुहुन्छ।

7:27b.HEB.007.027 उहाँ अरू पूजाहारीहरू जस्ता हुनुहुन्न जसले प्रत्येक दिन बली चढाउनु पर्थ्यो। तिनीहरूले पहिले त आफ्नै पापहरूको लागि बली चढाउनु पर्थ्यो र त्यसपछि अरूहरूका पापको लागि। तर ख्रीष्टलाई त्यसो गर्नुपर्ने दरकार छैन। उहाँले आफैलाई सधैंको लागि एकै पल्ट बलीको रूपमा चढाउनु भयो।

7:28b.HEB.007.028 व्यवस्थाले त तिनैलाई प्रधान पूजाहारी छान्छन् जो अरूहरू जस्तै कमजोर मानिसहरू हुन्छन्। तर परमेश्वरको प्रतिज्ञा व्यवस्थापछि आयो। परमेश्वरले लिनु भएको शपथका शब्दहरूले परमेश्वरका पुत्रलाई प्रधान पूजाहारी हुने बनायो। अनि ती पुत्र सधैंको लागि पूर्ण हुनुभयो।

8

8:1b.HEB.008.001 हामी के भन्दै छौँ त्यसको सार यो हो हाम्रा प्रधान पूजाहारी हुनुहुन्छ। उहाँ स्वर्गमा परमेश्वर को सिंहासनको दाहिनेपट्टि बस्नु भएको छ।

8:2b.HEB.008.002 उहाँ परमपवित्र स्थानमा सेवा गर्नुहुन्छ। मानिसले होइन, परमेश्वरले बनाउनुभएको सत्य मन्दिरमा सेवा गर्नुहुन्छ।

8:3b.HEB.008.003 हरेक प्रधान पूजाहारीको काम हुन्छ परमेश्वरलाई भेटी र बली चढाउने। यसर्थ, हाम्रा प्रधान पूजाहारीले पनि परमेश्वरलाई केही चढाउनु पर्छ।

8:4b.HEB.008.004 यदि हाम्रा प्रधान पूजाहारी पृथ्वीमा हुनुभएको भए, उहाँ पूजाहारी हुनुहुँदैन थियो। म यसकारण यो भन्दैछु व्यवस्थाले चाहेको भेटी चढाउन त्यहाँ पूजाहारीहरू छँदैछन्।

8:5b.HEB.008.005 वास्तवमा पूजाहारीहरूले गरेको सेवा त केवल स्वर्गमा भएका कुराहरूको नवकल र छायाँ मात्र हुन्। त्यसैकारण मोशाले जब पवित्र तम्बू तान्दै थिए परमेश्वरले उनलाई चेतावनी दिनुभयो, “याद गर तिमीले हरेक कुरो त्यसै अनुसार बनाउनु जुन तिमीलाई मैले पहाडमा देखाएँ।”

8:6b.HEB.008.006 तर येशूलाई सुम्पिएको काम अरू पूजाहारीहरूको काम भन्दा धेरै ठूलो थियो। उसै गरी, नयाँ करार जुन येशूले परमेश्वरबाट आफ्ना मानिसहरूलाई ल्याउनुभएको छ त्यो पनि पुरानो करारको भन्दा धेरै ठूलो छ। अनि नयाँ करार उत्तम प्रतिज्ञामा आधारित छ।क

8:7b.HEB.008.007 पहिलेको करारमा कुनै गल्ती नभएको भए दोस्रो करारको खाँचो पर्ने थिएन।

8:8b.HEB.008.008 तर परमेश्वरले मानिसहरूमा केही भूल भेट्टाउनुभयो। उहाँले भन्नुभयो “समय आउँदैछ जब म इस्राएलका मानिसहरूलाई र यहूदाका मानिसहरूलाई एउटा नयाँ करार दिनेछु। प्रभु भन्नुहुन्छ,

8:9b.HEB.008.009 यो करार त्यस्तो हुने छैन जस्तो मैले तिनका पुर्खाहरूलाई दिएँ। त्यो करार मैले दिएँ जब मैले तिनीहरूका हात पक्रेँ र मिश्रदेशबाट ल्याएँ। तर मैले दिएको करारको अनुसरण तिनले गरेनन् तब मैले तिनीहरूबाट आफ्नो मुख फर्काएँ, परमेश्वर भन्नुहुन्छ।

8:10b.HEB.008.010 “म यो नयाँ करार इस्त्राएलका मानिसहरूलाई भविष्यमा दिनेछु, परमेश्वर भन्नुहुन्छ। म आफ्नो करार तिनका मनमा हालिदिनेछु। म आफ्नो करार तिनका हृदयमा लेखिदिनेछु। म तिनका परमेश्वर बन्नेछु र ती मेरा प्रजाहरू बन्नेछन्।

8:11b.HEB.008.011 अब उप्रान्त कसैले आफ्ना सह-वासीलाई अथवा आफ्ना भाइ बहिनीले प्रभुलाई चिन्न सिकाउनु पर्दैन, किन? किनकि सबै मानिसले चाहे ठूलाबढा होऊन् चाहे सानातिना होऊन् मलाई चिन्नेछन्।

8:12b.HEB.008.012 मेरो विरोधमा तिनीहरूले गल्ती कुराहरू गरे म क्षमा दिनेछु अनि अब उप्रान्त म तिनका पापहरूको याद राख्ने छैन।” यर्मिया 31 : 31-34

8:13b.HEB.008.013 यसर्थ परमेश्वरले यसलाई नयाँ करार भन्नुभयो र पहिलोलाई पुरानो ठहरयाउनु भयो। अनि पुरानो र बेकार चाँडै हराएर जानेछ।

9

9:1b.HEB.009.001 अघिल्लो करारमा आराधनाको तरिकाहरू छन्। अनि आराधनाको लागि मानिसले बनाएको ठाउँ थियो।

9:2b.HEB.009.002 त्यो ठाउँ पालभित्र हुन्छ। पालभित्रको पहिलो कोठालाई पवित्रस्थान भनिन्थ्यो जहाँ परमेश्वरलाई दीप, रोटी चढाउनलाई टेबल हुन्थे।

9:3b.HEB.009.003 दोस्रो पर्दा पछिल्तिर, दोस्रो कोठा हुन्थ्यो जसलाई महा-पबित्रस्थान भनिन्थ्यो।

9:4b.HEB.009.004 त्यस ठाउँमा सुनको सामदान र सुनको मोहोरिएको करारको सन्दूक थियो। सन्दूकभित्र मन्न राखेको सुनको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिला-पाटीहरू थिए। जसमा पुरानो करारको दश आज्ञा कुँदिएका थिए।

9:5b.HEB.009.005 बाकसको मास्तिर करूणाको आसनमाथि परमेश्वरको महिमा दर्शाउन एक जोडी स्वर्गदूतहरू थिए। तर अहिले हामी यी कुराहरूको विस्तारपूर्वक चर्चा गर्न सक्दैनौं।

9:6b.HEB.009.006 यस प्रकारले पाल मिलाइएको हुन्थ्यो। तब प्रतिदिन पूजाहारीहरू आराधनाकोलागि बाहिर पट्टिको पवित्र स्थान भित्र पस्थे।

9:7b.HEB.009.007 तर भित्रपट्टिको दोस्रो कक्षमा प्रधान पूजाहारी मात्र पस्न पाउँथे, त्यो पनि र्वषमा एकपल्ट, अनि त्यसबेला पनि आफूसित रगत नलिई उनी पस्नु सक्दैन थिए। उनले त्यो रगत परमेश्वरलाई उनको आफ्नै र अरू मानिसहरूका अन्जानमा भएका पापहरूको लागि चढाउँथे,

9:8b.HEB.009.008 पवित्र आत्माले ती दुइ अलग-अलग कक्ष हामीलाई यो सिकाउन प्रयोग गर्नुहुन्थ्यो कि जातिञ्जेल त्यहाँ थियो हाम्रा निम्ति महा पवित्र स्थान खुल्ला हुँदैन थियो।

9:10b.HEB.009.010 ती बलिहरू र भेटीहरू त खालि खाने, पिउने र सविशेष नुहाउने विषयमात्र थिए। ती खाली शरीरका विधिहरू मात्र थिए हृदयका थिएनन्। परमेश्वरको नयाँ तरिका नआउञ्जेल सम्म परमेश्वरद्वारा यी विधिहरू बनाइएका थिए।

9:11b.HEB.009.011 प्रधान पूजाहारीको रूपमा ख्रीष्ट राम्रा कुराहरूका निम्ति आउनुभएको छ जुन कुरा आज हामीसित छ। तर उहाँले अरू पूजाहारीहरूले गरे झे पालमा आराधना गर्नुहुन्न। उहँको आराधना स्थान पाल भन्दा राम्रो र पक्का छ जुन यस संसारमा छैन र मानिसद्वारा बनाइएको होइन।

9:12b.HEB.009.012 ख्रीष्ट महा पवित्र स्थानमा सधैंको लागि एकै पल्ट पस्नुभयो उहाँ महा पवित्र स्थानमा आफ्नै रगत लिएर पस्नु भयो। बाख्रा र बहरहरूको रगत होइन। ख्रीष्ट त्यहाँ पस्नुभयो र सदाको निम्ति हामीलाई छुटकारा दिलाउनु भयो।

9:13b.HEB.009.013 अशुद्ध मानिसहरूलाई बाख्राको र बहरेको रगत अनि कोरलीको खरानी छर्केर शुद्ध पारिन्थ्यो। तर रगत र खरानीले मानिस शारिरिक रूपले मात्र शुद्ध हुन्थ्यो।

9:14b.HEB.009.014 यसकारण ख्रीष्टको रगतले यी कुराहरू भन्दा धेरै कुरा गर्नसक्छ। ख्रीष्टले आफैलाई अनन्त आत्माद्वारा परमेश्वरप्रति पूर्ण बलि चढाउनु भयो। उहाँको रगतले हाम्रो ह्रदयलाई दुष्कर्महरूदेखि शुद्ध बनाउँछ जसमा कि हामीले जीवित परमेश्वरलाई आराधना गर्न सक्नेछौं।

9:15b.HEB.009.015 ख्रीष्टले परमेश्वरबाट आफ्ना मानिसहरूलाई एउटा नयाँ करार ल्याउनु हुन्छ, जसमा कि परमेश्वरले बोलाउनुभएका मानिसहरूले उहाँका वचन अनुसारका सबै कुरा पाउन सकुन। परमेश्वरका मानिसहरूले ती कुराहरू सधैंको लागि राख्न सक्छन्। पहिलो करारमा रहेर मानिसहरूले गरेको पापको मोचनको निम्ति ख्रीष्टले आफ्नो प्राण दिनुभयो र त्यसकारण परमेश्वरका मानिसहरूले अब ती कुराहरू पाउनसक्छन्। मानिसहरूलाई ती पापहरूबाट मुक्त गर्न, ख्रीष्टले आफ्नो प्राण दिनुभयो।

9:16b.HEB.009.016 जब मानिस मर्छ, उसले आफू पछि इच्छा-पत्र छोडदछ। तर इच्छा-पत्र बनाउने मानिस मरेको प्रमाण हुनुपर्छ।

9:17b.HEB.009.017 मानिस जीवित रहुञ्जेल उसको इच्छा-पत्रको कुनै अधिकार हुँदैन। इच्छा-पत्रलाई मानिसको मृत्युपछि मात्र चलाउन सकिनेछ।

9:18b.HEB.009.018 पहिलो करार पनि त्यस्तै हो। नियम उपयोगमा ल्याउन अघि त्यहाँ रगत हुनुपर्ने थियो।

9:19b.HEB.009.019 पहिले मोशाले सबै मानिसहरूको अघि नियमको एक-एक आज्ञा सुनाउँथे त्यसपछि बाछा र बाख्राको रगत पानीसित मिसाएर नियमको पात्रो अनि रातो उनी लाउथे र सबै मानिसहरूमाथि हिसपको हाँगाहरूले र्छकिदिन्थे।

9:20b.HEB.009.020 अनि मोशाले भने, “यो परमेश्वरले तिमीहरूलाई अनुसरण गर्न भनी दिनुभएको नियमको रगत हो।”

9:21b.HEB.009.021 उसरी नै मोशाले त्यो रगत पवित्र स्थानमाथि र आराधनामा प्रयोग गरिने सबै सामानहरूमाथि र्छकिथ्ये।

9:22b.HEB.009.022 व्यवस्थाले भन्छ प्राय सबै जसो चीजहरू रगतले शुद्ध पार्छ। अनि रगत बिना पाप क्षमा हुन सक्दैन।

9:23b.HEB.009.023 यी सब स्वर्गीय कुराहरूको नक्कल मात्र हुन्। यी सबै नमूनाहरूलाई पशुको बलिले शुद्ध पार्नु पर्थ्यो। तर स्वर्गका सकली कुराहरू यी भन्दा असल बलिहरूले स्वच्छ पार्नुपर्छ।

9:24b.HEB.009.024 ख्रीष्ट परम पवित्र स्थानमा जानु भयो जुन स्थान मानिसले बनाएको थिएन। त्यो नक्कल थिएन तर मौलिक स्थान थियो। ख्रीष्ट हाम्रो सहायताका निम्ति परमेश्वरको अघि अहिले देखापर्न स्वर्गनै जानु भयो।

9:25b.HEB.009.025 प्रधान पूजाहारी परमपवित्र स्थानमा र्वषमा एकपटक पस्छन्। उनले त्यहाँ चढाउनलाई रगत लिएर जान्छन्। तर उनले आफ्नै रगत अर्पण गर्दैनन् जस्तो ख्रीष्टले गर्नुभयो। ख्रीष्ट स्वर्ग जानु भयो तर अरू पूजाहारीहरूले जस्तो घरिघरि चढाए जस्तो आफूलाई धेरै पटक चढाउन होइन।

9:26b.HEB.009.026 यदि ख्रीष्टले आफूलाई धेरै पटक चढाउनु भएको भए, सृष्टिको शुरूदेखिनै उहाँले धेरै पल्ट कष्टभोग्नु पर्ने थियो। तर ख्रीष्ट आउनुभयो अनि एकै पल्ट मात्र आफूलाई अर्पण गर्नुभयो। अनि एउटै अर्पण सधैं भरिको लागि पर्याप्त थियो। जब यो संसार अन्त्य तिर नजिकिंदै थियो, येशू यस संसारमा आउनुभयो। आफैलाई एउटा बलि बनाएर पाप हटाउनलाई ख्रीष्ट आउनुभयो।

9:27b.HEB.009.027 सबैले एकपल्ट मर्नैपर्छ। मरेपछि उसको न्याय हुन्छ।

9:28b.HEB.009.028 यसर्थ धेरैका पापहरू हटाउन, ख्रीष्टले एकै पल्ट आफूलाई बलि दिनुभयो। ख्रीष्ट दोस्रो पटक आउनुहुँदैछ तर मानिसको पापको निम्ति होइन, उहाँ दोस्रो पटक तिनीहरूको मुक्तिको निम्ति आउनुहुनेछ जसले, उहाँलाई र्पखिरहेका छन्।

10

10:1b.HEB.010.001 व्यवस्थाले त हामीलाई भविष्यमा आउने असल वास्तविकताको धमिलो चित्र मात्र देखायो। व्यवस्था वास्तविकताको साँचो रूप होइन। त्यस व्यवस्थाले त मानिसहरूलाई हरेक साल त्यही बलि चढाउन सिकाउँछ। परमेश्वरलाई पुज्न आउनेहरूले त्यही बलि चढाउन छोडदैनन्। तर व्यवस्थाले ती मानिसहरूलाई कहिल्यै पूर्णतातिर डोर्याउन सकेन।

10:2b.HEB.010.002 व्यवस्थाले तिनीहरूलाई पूर्णतातिर डोर्याउन सक्ने भए बलिहरू धैरै अघि नै शेष भइसकेका हुने थिए। ती मानिसहरू आफ्ना पापहरूबाट पहिल्यै शुद्ध भइसकने थिए। अनि आफ्ना पापहरूको लागि तिनीहरूले आफूलाई अपराधी अनुभव गर्ने थिएनन्। तर व्यवस्थाले त्यो गर्न सक्दैन।

10:3b.HEB.010.003 यी बलिहरूले त प्रत्येक र्वष मानिसहरूलाई आफ्ना पापहरू संझाउने काम मात्र गर्छ।

10:4b.HEB.010.004 किनकि बहर र बाख्राहरूको रगतले पापहरू पखाल्न सक्दैन।

10:5b.HEB.010.005 तसर्थ जब येशू पृथ्वीमा आउनुभयो उहाँले भन्नुभयो “तपाईं बलि र भेटीहरू चाहनुहुन्न, तर तपाईंले मेरा निम्ति एउटा शरीर तयार गर्नुभयो।

10:6b.HEB.010.006 बलि चढाइएका र डढाइएका पशुहरूले तपाईं प्रसन्न हुनुहुन्न। पापहरू पन्छाउन चढाइएका बलिले तपाईं प्रसन्न हुनुहुन्न।

10:7b.HEB.010.007 तब मैले भने, ‘परमेश्वर म यहाँ छु। व्यवस्थाको किताबमा मेरो बारे लेखिएको छ। तपाईले चाहेको काम गर्न म आएको छु।”‘ भजनसंग्रह 40:6-8

10:8b.HEB.010.008 उहाँ पहिले भन्नहुन्छ, “तपाईं भोग र अर्पण, होम-बलि र पाप-बलिहरू तपाईं चाहनु हुन्न र तिनीहरूले तपाईं प्रसन्न पनि हुनुहुन्न।” यी बलिहरू चढाइन्छ किनभने यिनीहरू व्यवस्थाले चहान्छ।

10:9b.HEB.010.009 त्यसपछि उहाँले भन्नुभयो, “हे परमेश्वर, म यहाँ छु। तपाईंले चाहनुहुने काम पूरा गर्न म आएको छु।” यसरी परमेश्वरले बलि चढाउने पहिलेको चलनलाई समाप्त गर्नुहुन्छ र आफ्नो नयाँ तरिका शुरू गर्नुहुन्छ।

10:10b.HEB.010.010 येशू ख्रीष्टले परमेश्वरले चाहनु भएको काम गर्नुभयो। त्यसै कारणले ख्रीष्टको शरीरको बलिदानले हामी पवित्र तुल्याइएका छौं। ख्रीष्टले सदालाई एकैपल्ट आफूलाई बलिदान गरि दिनुभयो।

10:11b.HEB.010.011 प्रत्येक दिन, पूजाहारीहरू खडा हुन्छन् र आफ्नो धार्मिक कर्म गर्छन्। पूजाहारीहरूले त्यही बलि घरि घरि चढाउँछन्, तर ती बलिहरूले कहिल्यै पापहरू हटाउँदैनन्।

10:12b.HEB.010.012 तर ख्रीष्टले पापको निम्ति सघैंलाई एकै पल्ट बलि चढाउनुभयो तब ख्रीष्ट परमेश्वरको दाहिनेपट्टी बस्नुभयो।

10:13b.HEB.010.013 अब उहाँ आफ्ना सारा शत्रुहरू आफ्नो नियंत्रणमा नआउज्जेल र्पखिरहनु भएको छ।

10:14b.HEB.010.014 एउटै बलिले संधैको निम्ति ख्रीष्टले तिनीहरूलाई परिपक्क बनाउनु भयो, जजसलाई उहाँको बलिले पवित्र गराइँदैछ।

10:15b.HEB.010.015 पवित्र आत्माले पनि हामीलाई यसबारे साक्षी दिन्छ। पहिले उहाँ भन्नुहुन्छ

10:16b.HEB.010.016 “त्यो करार यही हो जुन भविष्यमा आफ्ना मानिसहरूलाई बनाउनेछ। म आफ्ना नियम तिनका हृदयमा हालिदिनेछु। म आफ्ना नियम तिनका मनमा राखिदिनुछु, प्रभु भन्नुहुन्छ।” यर्मिया 31 : 33

10:17b.HEB.010.017 तब उहाँ भन्नुहुन्छ “अनि म तिनका पापहरू र अधर्मलाई क्षमा दिनेछु। म यी कुराहरू उप्रान्त फेरि संम्झने छैनँ।” यर्मिया 31:34

10:18b.HEB.010.018 अनि जब यी सबको क्षमा हुन्छ त्यहाँ पापहरूका निम्ति बलिदानको फेरि कहिल्यै खाँचो पर्ने छैन।

10:19b.HEB.010.019 यसर्थ, दाज्यू-भाइ, दिदी-बहिनीहरू, परम पवित्र स्थानमा पस्न हामी पूर्ण स्वतंत्र छौं। येशूको रगतको कारणले हामी बिना कुनै डर जानसक्छौ।

10:20b.HEB.010.020 अनि येशूले हाम्रो निम्ति खोलिदिनु भएको एउटा नयाँ र जिउँदो बाटोबाट हामी प्रवेश पाउन सक्छौं। यस नयाँ बाटोले पर्दातिर डोरयाउँछ, जुन ख्रीष्टको शरीर हो।

10:21b.HEB.010.021 जो हाम्रा महाप्रधान पूजाहारी हुनुहुन्छ जसले परमेश्वरका घर चलाउनु हुन्छ।

10:22b.HEB.010.022 शुद्ध जलले हाम्रा शरीर धोइएका छन्, हामी शुद्ध पारिएका छौं र अपराधबाट मुक्त बनाइएका छौं। यसकारण हामी चोखो ह्रदय लिएर आफ्ना विश्वासले ढुक्क भएर परमेश्वरको नजिक आउँछौ।

10:23b.HEB.010.023 हामीले आफूमा भएको आशालाई थाम्नुपर्छ र आफ्नो आशा बारे, मानिसहरूलाई बताउन छोडनु हुँदैन। आफूले वचन दिनुभएको कुरा परमेश्वरले गर्नुहुनेछ भन्ने कुरा हामी पत्याउनसक्छौं।

10:24b.HEB.010.024 हामीले एक अर्कालाई विचार गर्नुपर्छ अनि प्रेम देखाउन र राम्रो काम गर्न हामी एक-अर्कालाई कतिसम्म सक्रियतापूर्वक उत्साहित गर्न सक्छौं त्यो हेर्नुपर्छ।

10:25b.HEB.010.025 हामीसँग भेट हुनाबाट र्तकिनु हुँदैन। कतिपय मानिसहरू त्यसै गर्दछन्। हामीले एक अर्कालाई भेटनु र सघाउनु पर्छ, तिमीहरूले यसै गर्नुपर्छ किनकि दिन अझै नजिक-नजिक आउँदै छ।

10:26b.HEB.010.026 सत्यको ज्ञान पाए पछि पनि हामीले जानी-जानी पाप गर्न छोडेनौ भने त्यो पापहरू पखाल्ने कुनै बलिदान हुने छैन।

10:27b.HEB.010.027 यदि हामी सधैँ पापकर्ममा लागि रह्यौं भने, हामीले एउटा भयंकर निर्णय र भयंकर अग्निलाई र्पखिनु पर्नेछ जसले परमेश्वरका विरोधमा भएकाहरूलई नष्ट गर्नेछ।

10:28b.HEB.010.028 यदि कसैले मोशाको व्यवस्थालाई अस्वीकार गरे उ दुइ वा तीन साक्षीहरूको प्रमाणको आधारमा दोषी ठहरिन्थ्यो। उसलाई क्षमा दिईंदैन थियो तर उसलाई मृत्युदण्ड दिइन्थो।

10:29b.HEB.010.029 जसले परमेश्वरका पुत्रलाई हेला गर्छ र नयाँ करारको रगतलाई आदर गर्दैन र जसले अनुग्रहको आत्मालाई अपमान गर्छ त्यस्ता मानिसलाई तिमीहरू के संझन्छौ? त्यस मानिसले निश्चय नै खुबै कठोर दण्ड पाउनेछ। त्यस रगतले उसलाई पवित्र बनाएको थियो।

10:30b.HEB.010.030 हामी जान्दछौं कि परमेश्वरले भन्नु भयो, “म मानिसहरूलाई तिनका गल्ती कामहरूका निम्ति दण्ड दिनेछु। म तिनीहरूलाई तिनका कामको प्रतिफल दिनेछु।” परमेश्वरले यसो पनि भन्नुभयो, “परमप्रभुले आफ्ना मानिसहरूलाई न्याय गर्नुहुनेछ।”

10:31b.HEB.010.031 जीवित परमेश्वरको हातमा पर्नु पापीलाई डरलाग्दो कुरो हो।

10:32b.HEB.010.032 ती दिनसम्म जब प्रथम पल्ट तिमीहरूले सत्यको शिक्षा पाएका थियौ। तिमीहरूले ठूलो संर्घष गर्नु परेका थियो र धेरै दुख खप्नु परेको थियो, तर तिमीहरू दृढ नै रह्यौ।

10:33b.HEB.010.033 कहिले-काही मानिसहरूले तिमीहरूलाई फोहोरी कुरा गरे अनि धेरैका अघि गाली गरे। अनि कहिले-काहीं यस्ता व्यवहार गरिएकाहरूलाई तिमीहरूले सघायौ।

10:34b.HEB.010.034 हो तिमीहरूले त्यस्ता मानिसहरूलाई जेलमा सघायौ र तिनीहरूको दुखहरू बाँडयौ। अनि आफूसित भएको हरेक थोक हराउँदा पनि र्हषितै रह्यौ। तिमीहरू प्रसन्नै रह्यौ किनकि तिमीहरूसित केही थियो जो उत्तम छ र त्यो सदाकाल रहिरहने छ भन्ने जान्दथ्यौ।

10:35b.HEB.010.035 यसर्थ उत्साह नहराऊ जुन तिमीहरूको अतीतमा थियो। तिम्रा उत्साहलाई प्रशस्त पुरस्कार दिइन्छ।

10:36b.HEB.010.036 तिमीहरूलाई चाहिएको धैर्य हो। परमेश्वरले चाहनु भएको कुरो गरेपछि उहाँले वाचा गरेको कुरो तिमीहरूले पाउने छौं।

10:37b.HEB.010.037 चाँडै नै, “जो आउनु हुँदैछ आउनुं नै हुनेछ। उहाँले विलम्ब गर्नु हुनेछैन।

10:38b.HEB.010.038 जो मसित धर्मी छ उसको विश्वासको कारणले जीवन पाउने छ। तर यदि त्यस मानिसले भयले मुख फर्काउँछ भने म उसित प्रसन्न रहनेछैनँ।” हबकूक 23-4

10:39b.HEB.010.039 तर हामी तिनीहरू मध्येका होइनौं जो डरले र्फकन्छन् न नष्ट भएकाछन्। होइन हामी त विश्वास भएका मानिसहरू हौं, र बचाइएका छौं। विश्वास

11

11:1b.HEB.011.001 विश्वासको अर्थ हो, हामीले आशा गरेका कुराहरूको निश्चित छ। अनि विश्वासको अर्थ हुन्छ हामीले कुनै कुरालाई नदेखेता पनि त्यो वास्तविक छ भन्ने जान्नु।

11:2b.HEB.011.002 प्राचीन कालका मानिसहरूसित परमेश्वर प्रसन्न हुनुहुन्थो; किनकि तिनीहरूमा यस्तै विश्वास थियो।

11:3b.HEB.011.003 विश्वासद्वारा हामी बुझ्दछौं कि परमेश्वरले आफ्नो आदेशद्वारा यो संसारको सृष्टि गर्नुभयो। यसले हामी बुझ्दछौ जो दृश्य छ त्यो कुनै अदृश्यद्वारा बनाइएको थियो।

11:4b.HEB.011.004 कयिन र हाबिल दुवैले परमेश्वरलाई भेटीहरू चढाए। तर हाबिलको विश्वास थियो, त्यसैले उनले परमेश्वरलाई असल भेटिहरू चढाए। परमेश्वर हाबिलको भेटीहरूले प्रसन्न हुनुभयो। अनि उनको विश्वासको कारणले, उनी असल मानिस कहलाइए। हाबिल मरे तर उनको विश्वास अझै ज्यूँदै छ।

11:5b.HEB.011.005 हनोकलाई यस संसारबाट माथि उठाइयो। उनी मरेनन्। धर्मशास्त्रले भन्छ, उनी माथि लगिनु भन्दा अघि उनले साँचोसित परमेश्वरलाई प्रसन्न पारे। पछि मानिसहरूले हनोकलाई देखेनन्, कारण परमेश्वरले उनलाई आफूसित रहन उठाइसकेका थिए। हनोकको विश्वासकै कारणले यस्तो भएको थियो।

11:6b.HEB.011.006 विश्वास बिना कसैले परमेश्वरलाई खुशी बनाउन सक्दैन। जो परमेश्वरमा आउँछ उसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने जान्नुपर्छ र जसले साँचोसित उहाँलाई पाउन चाहन्छ ती मानिसहरूलाई परमेश्वरले पुरस्कृत गर्नुहुन्छ भन्ने विश्वास गर्नुपर्छ।

11:7b.HEB.011.007 नूहले त्यसबेला सम्म जुन देखेकै थिएनन् त्यसको लागि उनलाई परमेश्वरले चेतावनी दिनुभयो, परमेश्वर प्रति नूहको विश्वास र श्रद्धा थियो। यसर्थ उनले आफ्नो परिवारलाई बचाउन एउटा ठूलो जहाज बनाए। आफ्नो विश्वासले संसार गल्ती छ भन्ने उनले देखाए अनि विश्वासद्वारा परमेश्वरका धर्मी बनिने ती मानिसहरूमध्ये उनी एकजना भए।

11:8b.HEB.011.008 परमेश्वरले अब्राहामलाई अर्कै ठाउँको यात्रा गर्न अह्राउनु भयो जुन उहाँले उनलाई दिने वचन दिनुभएको थियो। त्यो अर्को ठाउँ कुन हो र कहाँ छ, त्यसको ज्ञान अब्राहामलाई थिएन। तर परमेश्वरको आज्ञा मानेर उनले यात्रा शुरू गरे किनकि उनको विश्वास थियो।

11:9b.HEB.011.009 परमेश्वरले उनलाई दिन्छु भनी वचन दिएको देशमा गएर उनी बसे। अब्राहाम त्यस देशमा एउटा परदेशी जस्तो भएर बसे किनकि उनी त्यहाँका थिएनन्। उनले यसै गरे किनभने उनको विश्वास थियो। उनी त्यस देशमा गए अनि इसहाक र याकूबसित पालमा बसे। इसहाक र याकूबले पनि परमेश्वरबाट यस्तै वचन पाएका थिए।

11:10b.HEB.011.010 अब्राहाम एउटा बलियो जग भएको नगरको प्रतीक्षामा थिए, जसलाई बनाउने र सृष्टि गर्ने परमेश्वर नै हुनुहुन्छ।

11:11b.HEB.011.011 अब्राहाम नानीहरू जन्माउन नसक्ने बूढा थिए र सारा पनि बाँझो थिइन। तर परमेश्वरमा विश्वासकै कारणले उनी बाबु भए। उहाँले वचन पूरा गर्नुहुन्छ भनी अब्राहामले परमेश्वरलाई पत्यार गरे।

11:12b.HEB.011.012 उनी यति बूढा थिए कि उनी प्राय मृत नै थिए। बाँच्न आशा समेत कमै थियो। तर त्यस्ता मानिसबाट संसारमा ताराहरू जत्ति कै असंख्य र बगरमा बालुवाको कणहरू जत्तिकै अनगन्ती सन्तानहरू जन्मे।

11:13b.HEB.011.013 यी सबै मानिसहरू आमरण विश्वासमा बाँचे। तिनीहरूले परमेश्वरको वचन अनुसारका कुराहरू पाएनन्। तर टाडाबाट तिनलाई देखे र सन्तुष्ट बने अनि त्यसैमा आनन्दित बने। आफु त यस संसारमा यात्री र परदेशी मात्र हौं भन्ने तथ्य तिनीहरूले स्वीकारे।

11:14b.HEB.011.014 जब मानिसहरूले यसलाई त्यसरी नै स्वीकार गर्दछन्, तिनले देखाउँछन् कि तिनीहरू यो भन्दा एउटा आफ्नै देशको प्रतीक्षामा छन्।

11:15b.HEB.011.015 तिनीहरूले आफूले छोडेको देशको याद गर्दा हुन् त फर्केर जाने अवसर तिनीहरूले पाउन सक्ने थिए।

11:16b.HEB.011.016 तर तिनीहरू एउटा उत्तम देश, एउटा स्वर्गीय देशको प्रतीक्षामा थिए। यसर्थ परमेश्वरले तिनीहरूका परमेश्वर ठहरिनुमा लज्जित हुनुहुन्न, किनभने परमेश्वरले तिनीहरूका निम्ति एउटा नगर बसाइदिनुभएको थियो।

11:19b.HEB.011.019 अब्राहामलाई विश्वास थियो कि परमेश्वरले मानिसलाई मृत्युबाट समेत उठाउन सक्नुहुन्छ। अनि साँच्चै जब परमेश्वरले इसहाकलाई मृत्युदेखि बचाउनुभयो, अब्राहामले इसहाकलाई मृत्युबाट फिर्ता पाए।

11:20b.HEB.011.020 इसहाकको पनि विश्वास थियो त्यसैले उनले याकूब र एसावलाई तिनीहरूका भविष्यको लागि आशीर्वाद दिए।

11:21b.HEB.011.021 अनि उनले आफ्नो मृत्यु-शैय्यामा आफ्नो लौरोको दुप्पामा अडिई परमेश्वरको उपासना गर्दै, यूसुफका प्रत्येक छोराहरूलाई आशिष दिए। किनकि याकूबको विश्वास थियो।

11:22b.HEB.011.022 अनि उहाँको मृत्युकालमा यूसुफले इस्राएलीहरूले मिश्रदेश छोडने भविष्यवाणी गरे। विश्वासकै कारणले उनले आफ्नो दफनबारे आदेश दिए।

11:23b.HEB.011.023 विश्वासकै कारणले, मोशाका माता-पिताले तिनलाई तीन महीना सम्म लुकाएर राखे। मोशा सुन्दर बालक थिए। तिनीहरू राजाको आदेश अस्वीकार गर्न डराएनन्।

11:24b.HEB.011.024 मोशा बढेर ठूला भए। आफ्नो विश्वासको कारणले उनले आफूलाई फिरऊनकी छोरीको छोरा कहलाउन चाहेनन्।

11:25b.HEB.011.025 उनले पापको आनन्द मनाउन चाहेनन्। यी आनन्द क्षणिक हुन्छन्। बरू परमेश्वरका मानिसहरूसित रही कष्ट भोग्नु रूचाए। उनले यो विश्वासको कारणले गरे।

11:26b.HEB.011.026 मोशाले मिश्रदेशको भण्डार भन्दा ख्रीष्टको लागि भोगेको दुख अझ ठूलो सम्पत्ति हो भन्ने विचार गरे। मोशाले परमेश्वरबाट पुरस्कार र्पखिरहेथे।

11:27b.HEB.011.027 विश्वासकै कारणले उनले मिश्रदेश छोडे। उनी राजाको रिसदेखि डराएनन्। उनी डटिरहे, जस्तो कि अदृश्य परमेश्वरलाई उनी देख्नसक्छन्।

11:28b.HEB.011.028 उनले निस्तार-चाडको भोज तयार गरे अनि मृत्यु दूतलाई यहूदीहरूका जेठा छोराहरू मार्नबाट रोक्न उनले दैलामाथि रगत छर्के। यो उनले विश्वासले गरे।

11:29b.HEB.011.029 अनि मोशाले डोर्याएका सबै मानिसहरूले सूखा जमीनमाथि जस्तो लाल समुद्र हिडेर तरे। तिनीहरूले यो विश्वासले गरे। तर मिश्रदेशवासीहरू त्यसरी नै तर्न खोज्दा डुबे।

11:30b.HEB.011.030 परमेश्वरका मानिसहरूको विश्वासको कारणले, यरीहोको पर्खाल ढल्यो। उनीहरू पर्खालका वरिवरि सात दिनसम्म घुमेपछि त्यो ढल्यो।

11:31b.HEB.011.031 राहाब भन्ने एउटी वेश्याले इस्राएली जासूसहरूलाई साथीहरूलाई झैं स्वागत र सहायता गरी। अनि उसको विश्वासको कारणले आज्ञा नमान्ने अरू मानिसहरूसित ऊ चाँहि नाश भइनन्।

11:32b.HEB.011.032 के मैले अझै धेरै उदाहरणहरू दिइरहनु पर्छ? गिदोन, बाराक, शिमसन, यिप्तहका बारेमा, दाऊद, शामूएल र अगमवक्तारूका बारेमा भन्न मसित पर्याप्त समय छैन।

11:33b.HEB.011.033 आफ्ना विश्वासको कारणले कसैले राज्यहरू जिते, अरू कसैले असल कर्महरू गरे, कसैले परमेश्वरको वचन पाउन सफल भए। आफ्नो विश्वासले नै कसैले सिंहहरूका मुख थुने।

11:34b.HEB.011.034 कसैले आगोको ज्वाला रोके र कोही तरवारका धारबाट उम्के। विश्वासको कारणले तिनीहरूले यी सब गरे। दुर्वलहरू शक्तिशाली बनाइए, युद्धमा शक्तिशाली भए, तिनीहरूले शत्रुहरूमाथि विजय पाए।

11:35b.HEB.011.035 मृतहरूलाई बौराई उठाइयो र घरमा तिनका स्त्रीहरूका हातमा सुम्पिदिइयो। अरूहरूले छुटकारा हुनदेखि आफैले अस्वीकार गरे। तिनीहरूलाई सताएर मारियो। तिनीहरूले यसै गरे किनकि तिनीहरू अझ राम्रो जीवनमा उठ्न चाहन्थे।

11:36b.HEB.011.036 कति जनाको हाँसो उडाइयो कतिलाई कोर्राले चुटियो, अनि कतिलाई साङलाले बाँधेर कैदखानामा फ्याँकियो।

11:37b.HEB.011.037 कतिलाई ढङ्गाले हिर्काएर मारियो, र कतिलाई चिरेर दुइ फ्याक पारियो। कतिलाई तरवारले छिनाइयो। कसै कसैले भेडा र बाख्राका छाला लाउँथे, तिनीहरू गरीब, सताइएका र अरूले दुर्व्यवहार गरिएकाहरू थिए। यस्ता मानिसहरू पाउन संसार योग्य थिएन

11:38b.HEB.011.038 यी पुरूषहरूलाई राख्न यो संसार उचित थिएन। तिनीहरू पाहाड र मरूभूमिहरूमा भट्किहिंडथे, पृथ्वीका ओडार र गुफातिर बसिहिंडथे।

11:39b.HEB.011.039 यी सबै तिनका विश्वासमा परिचित छन्। तर परमेश्वरको वचन तिनीहरू कसैले पाएनन्।

11:40b.HEB.011.040 परमेश्वरले हामीलाई केही ठूलै कुरो दिने योजना गर्नु भएको थियो ताकि हामीसँग तिनीहरू पूर्ण बनाइन सकिन्छ।

12

12:1b.HEB.012.001 हाम्रा वरिपरि विश्वासी मानिसहरू धेरै छन्। तिनीहरूका जीवनीले विश्वास के हो त्यो हामीलाई सिकाउँछ। यसर्थ, हामी तिनीहरू जस्तै हुनुपर्छ। हामीले पनि आफ्नो दौड नरोकिई दगुर्नु पर्छ। यदि दौडमा केही बाधा आउछ भने त्यसलाई फ्याँकनु पर्छ। अनि हामीलाई सजिलै फँसाउने पापलाई पनि हटाउनु पर्छ।

12:2b.HEB.012.002 हामीले सदा येशूको उदाहरणको पनि अनुसरण गर्नु पर्छ। हाम्रा विश्वासको निम्ति येशू अगुवा हुनुहुन्छ र उहाँले हाम्रा विश्वासलाई पूर्ण गर्नुहुन्छ। उहाँले क्रूसमा मृत्यु अँगाल्नु भयो। परमेश्वरको अघि आनन्दको लागि, उहाँले क्रूसको कष्टलाई झेल्नु भयो। अहिले उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।

12:3b.HEB.012.003 विवादहरू सहनुहुन येशूलाई विचार गर जब पापीहरूले उहाँलाई सताए, उहाँले सहनु भयो। हताश नबन? तर धीरज बन अनि येशूको बारेमा संझ।

12:4b.HEB.012.004 तिमीहरू पापको विरूद्ध लडदैछौ, तर अहिले सम्म तिमीहरूलाई रगत बगाउनु पर्ने अवस्थासम्म पुगेका छैनौ।

12:5b.HEB.012.005 तिमीहरू परमेश्वरका पुत्रहरू हौ, त्यसैकारण तिमीहरूलाई उहाँले अर्ती दिनुहुन्छ। तिमीहरूले उहाँका शब्दहरू भुलेका छौ “मेरो छोरा! परमेश्वरको अनुशासन हल्कासित नलेऊ, तिमी हताश नबन, जब प्रभुले तिमीहरूलाई सुधार्नुहुन्छ।

12:6b.HEB.012.006 प्रभुले जसलाई प्रेम गर्नुहुन्छ, उहाँले तिनीहरूलाई अनुशासित गर्नुहुन्छ जसलाई आफ्नो छोरा ठान्नुहुन्छ प्रत्येकलाई उहाँ दण्ड दिनुहुन्छ।’ हितोपदेश 31:1-12

12:7b.HEB.012.007 त्यसैले हरेक दुखलाई पिताको अनुशासन सम्झेर सहनु पर्छ। जसरी पिताले पुत्रलाई सजाय दिन्छन् उसरी परमेश्वरले पनि तिमीलाई सजाय दिनुहुन्छ। सबै छोराहरूले आफ्ना पिताबाट सजाय पाउँछन्।

12:8b.HEB.012.008 हरेक छोराले जस्तो तिमीले कहिल्यै सजाय पाएका छैनौ भने तिमी खास छोरा नै होइनौ।

12:9b.HEB.012.009 यस पृथ्वीमा, हामी सबैका आ-आफ्ना पिताहरू छन् जसले हामीलाई अनुशासित गर्छन्। अनि हामी उनीहरूको आदर गर्छौ नै। यसर्थ अझ बढी हामीले आफ्ना आत्मिक पिताको अनुशासन स्वीकार गर्नुपर्छ। यसो गरयौं भने हामीले जीवन पाउनेछौ।

12:10b.HEB.012.010 हाम्रा संसारिक पिताहरूले हामीहरूलाई उनीहरूले उचित सम्झेको अनुशासनको निम्ति केही समयको लागि सजाय दिए। तर उहाँ जस्तै पवित्र हुनलाई हाम्रा आत्मिक पिताले हामीलाई अनुशासित गराउँनु हुन्छ।

12:11b.HEB.012.011 सजाय पाउँदा हामी खुशी हुँदैनौ किनकि त्यसबेला यो कष्टकर हुन्छ। तर पछि सजायबाट शिक्षा पाए पछि हामीलाई शान्ति हुन्छ किनकि हामी उचित प्रकारले बस्न थाल्दछौं।

12:12b.HEB.012.012 तिमीहरू कमजोर भएका छौ। त्यसैले आफूलाई फेरि दरिलो बनाऊ।

12:13b.HEB.012.013 असल तरिकाले बाँच जसमा कि तिमीहरू सुरक्षित रहनेछौ र आफ्ना कमजोरीबाट नष्ट हुनेछैनौ।

12:14b.HEB.012.014 सबैसित शान्तिपूर्वक बस्ने कोशिश गर अनि पापदेखि मुक्त जीवन बिताऊ। यदि कसैको जीवन पवित्र छैन भने उसले प्रभुलाई देख्नेछैन।

12:15b.HEB.012.015 सर्तक बस ताकि कोही पनि परमेश्वरको अनुग्रहबाट बंचित नबनोस्। अनि तिमीहरू मध्ये कोही पनि तीतेपाती जस्तो बडनु हुँदैन र अरूलाई बिगार्नु हुँदैन।

12:16b.HEB.012.016 कसैले यौन अपराध गर्नुहुँदैन, अथवा एसाव जस्तो सांसारिक मनको हुनुहुँदैन। एसाव जेठो छोरो थियो र बाबुको सम्पत्तिको उत्तराधिकारी थियो। तर ती सब उसले एक छाक खानाको लागि बेच्नु पर्यो।

12:17b.HEB.012.017 तिमीहरू जान्दछौ, पछिबाट, उसले आफ्ना पिताको आशीर्वादको लागि रूनु पर्यो। तर उसलाई आशीर्वाद दिन अस्वीकार गरे। किनकि एसावले आफूले गरेका कुराहरू बदल्ने उपाय पाउन सकेन।

12:18b.HEB.012.018 तिमीहरू नयाँ ठाउँमा आएका छौ। तिमीहरू छुन नसकिने, आगोले नजल्ने पाहाडमा आएका छैनौ। न त अन्धकारमा, विषादमा, आँधीमा आएका छैनौ। यही पाहाड हो जहाँ इस्राएलीहरू आएका थिए।

12:19b.HEB.012.019 यहाँ तिनीहरूले सुनेको जस्तो तुरहीको आवाज र बोलेको स्वर पनि सुन्दैनौ। जब तिनीहरूले यस्ता आवाज सुने, तिनीहरूले एउटै आवाज पनि सुन्न नपरोस्, भनेर अनुनय गरे।

12:20b.HEB.012.020 तिनीहरूले आदेशलाई थाम्न सकेनन् “यदि पशु सम्मले पनि यो पाहाड छोए त्यसलाई ढुङ्गाले हिर्काएर मारिन्छ।”

12:21b.HEB.012.021 तिनीहरूले जो देखेका थिए त्यो यति डरलाग्दो थियो कि मोशाले भने, “म डरले थरथरी काँपिरहेछु।”

12:22b.HEB.012.022 तर तिमीहरू त्यस्ता ठाउँमा आएका छैनौ। तिमीहरू सियोन पाहाडमा आइपुगेका छौ। तिमीहरू जीवित परमेश्वरको शहर, स्वर्गीय यरूशलेममा आइपुगेकाछौ। तिमीहरू हजारौँ स्वर्गदूतहरूको सामूहिक आनन्दमा आडपुगेकाछौ।

12:23b.HEB.012.023 तिमीहरू परमेश्वरका प्रथम पुत्रहरूका सभामा आइपुगेका छौ जसका नाउँहरू स्वर्गमा लेखिएका छन्। तिमीहरू सबै मानिसहरूका निर्णयकर्ता परमेश्वरकहाँ आएकाछौ। अनि तिमीहरू धर्मी मानिसहरूका आत्मा भएको ठाउँमा आएकाछौ जो पूर्ण बनेका छन्।

12:24b.HEB.012.024 तिमीहरू येशूकहाँ आएका छौ जसले परमेश्वरबाट उहाँका मानिसहरूका लागि नयाँ करार ल्याउनुभयो। तिमीहरू रगत छर्केको ठाउँमा आएकाछौ जसले हामीलाई हाबिलको रगतले भन्दा असल कुराहरू भन्दछ।

12:25b.HEB.012.025 होशियार बस र परमेश्वरको बोली सुन्न अस्वीकार नगर। जब परमेश्वरले पृथ्वीमा तिनीहरूलाई चेतावनी दिनुभयो ती मानिसहरूले उहाँलाई सुन्न अस्वीकार गरे र तिनीहरू भागेनन्। अहिले परमेश्वर स्वर्गबाट बोल्दै हुनुहुन्छ। अनि उहाँलाई सुन्न हामीले अस्वीकार गर्यौं भने हामी कसरी भाग्न सक्छौ?

12:26b.HEB.012.026 त्यसबेला जब उहाँ बोल्नु भयो उहाँको आवाजले पृथ्वी र्थकियो। तर अहिले उहाँले प्रतिज्ञा गर्नुभएको छ “एकपल्ट अझै म धरती मात्र होइन तर स्वर्ग समेत थर्काउँछु।”

12:27b.HEB.012.027 यहाँ “एकपल्ट अझै” भन्ने शब्दले स्पष्ट देखाउँदछ कि सृष्टिको हरेक चीज नष्ट हुनेछ। तर ती कुराहरू जो हल्लाउँदैनन्, रहिरहन्छन्।

12:28b.HEB.012.028 यसर्थ, हामी कृतज्ञ बन्नुपर्छ किनकि हामीले एउटा राज्य पाउँदैछौं जो हल्लिन सक्दैन। अनि हामीले उहाँलाई प्रसन्न तुल्याउने तरिकाले आदर र भयले पूज्नुपर्छ।

12:29b.HEB.012.029 किनभने हाम्रा परमेश्वर आगो जस्तो हुनुहुन्छ जसले सखाप पार्नुहुन्छ।

13

13:1b.HEB.013.001 ख्रीष्टमा तिमीहरू दाज्यू-भाइ र दिदी-बहिनीहरू जस्ता हौ र आपसमा प्रेम गर्न छोडनु हुँदैन।

13:2b.HEB.013.002 मानिसहरूलाई अतिथी सत्कार दिएर सहायता गर्न कहिल्यै नभुल। यसो गर्दा कसैले अन्जानमै स्वर्गदूतहरूको सहायता गरे।

13:3b.HEB.013.003 जो कैदमा छन् तिनलाई नभूल। तिनीहरू जस्तै आफु पनि तिनीहरूसितै कैदमा रहेको सम्झ। अनि दुखमा परेका मानिसहरूलाई नभूल, किनभने भविष्यमा तिमीहरू पनि त्यही हालतमा हुन सक्छौ।

13:4b.HEB.013.004 सबैका बीचमा विवाहचाहिं आदरणीय होस्। विवाहलाई दुईजना बीचमा पवित्र राख्नु पर्छ। जसले यौन-पाप र व्यभिचार गर्छ त्यसलाई परमेश्वरबाट अपराधीलाई जस्तो न्याय गरिन्छ।

13:5b.HEB.013.005 पैसाको मोहदेखि आफूलाई टाडा राख। आफूसित जो छ त्यसैमा सन्तुष्ट होऊ। परमेश्वरले भन्नुभएको छ “म तिमीलाई कहिल्यै छोडदिनँ म तिमीदेखि कहिल्यै भग्दिनँ।” व्यवस्था 31:6

13:6b.HEB.013.006 त्यसर्थ ढुक्कसित भनौ “प्रभु मेरा सहायक हुनुहुन्छ, मलाई केही डर हुने छैन। कसैले मलाई केही अनर्थ गर्न सक्छ?” भजनसंग्रह 118:6

13:7b.HEB.013.007 आफ्ना अगुवाहरूलाई सम्झौ। तिनीहरूले तिमीहरूलाई परमेश्वरको सन्देश सिकाए। ती कसरी बाँचे र मरे त्यो विचार गर अनि तिनीहरूका विश्वासको उदाहरणलाई अनुसरण गर।

13:8b.HEB.013.008 येशू ख्रीष्ट हिजो, आज र सधैं एक समान हुनुहुन्छ।

13:9b.HEB.013.009 किसिम-किसिमको अनौठा शिक्षाहरूले आफूलाई कुबाटोमा लैजान नदेऊ। परमेश्वरको अनुग्रहले तिमीहरूका हृदय बलियो बनून्, खानाको नियम पछ्यउनाले होइन। त्यस्ता नियम जसले पछ्याए त्यसले कसैको लाभ गरेको छैन।

13:10b.HEB.013.010 हाम्रो एउटा वेदी छ जसबाट ती पवित्र पालमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन।

13:11b.HEB.013.011 पापको निम्ति अर्पणको रूपमा प्रधान पूजाहारीले पशुको रगत महा पवित्र स्थानमा लान्छन्। तर पशुहरूका मासु चाँहि शिविर बाहिर पोल्छन्।

13:12b.HEB.013.012 त्यसरी नै येशूले पनि शहर बाहिर कष्ट भोग्नु भयो। आफ्ना मानिसहरूलाई पवित्र पार्न येशूले आफ्नै रगत अर्पण गर्नुभयो।

13:13b.HEB.013.013 यसर्थ हामी शिविर बाहिर येशू कहाँ जानुपर्छ। येशूले जस्तै हामीले पनि अपमान सहनु पर्छ।

13:14b.HEB.013.014 यस धरतीमा रहिरहने शहर हाम्रो छैन। तर भविष्यमा आउने शहरको प्रतिक्षामा हामी छौं।

13:15b.HEB.013.015 यसकारण येशूको मार्फत परमेश्वरलाई बलि चढाउन हामीले छोडनु हुँदैन। उहाँको नाउँ उच्चारण गर्न हाम्रा ओठबाट निस्केको प्रशंसा नै त्यो बलि हो।

13:16b.HEB.013.016 अनि अर्काको भलाई गर्न र अरूका भागीदार बन्न नभूल। बलिहरू यिनै हुन् जसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ।

13:17b.HEB.013.017 आफ्ना अगुवाहरूको आज्ञा मान र तिनका अधीनमा बस, तिनीहरू तिम्रा जिम्मेवार छन् र तिम्रा आत्मा बचाउनको निम्ति ती तिमीहरूको निगरानी गर्छन्। तिनीहरूको आज्ञा मान ताकि तिनीहरूले आफ्ना काम दुखसाथ होइन, ती आफ्ना काममा आनन्द लिन सक्छन्। तिनका काम सरल हुनेछ। आनन्दसाथ गर्न सकुन्। अनि तिनीहरूले आफ्ना काम दुखित बनेर गर्छन् भने त्यसले तिम्रो सहायता गर्दैन।

13:18b.HEB.013.018 हाम्रा निम्ति प्रार्थना गर्न नछोड। हाम्रो काम बारे हामी विश्वस्त छौं किनकि हामी सधैं जुन उत्तम छ त्यही गर्ने प्रयास गर्छौ।

13:19b.HEB.013.019 म तिमीहरूले प्रार्थना गरि देऊ भन्छु ताकि परमेश्वरले मलाई चाँडै तिमीहरू भएकोमा पठाऊन्। यो भन्दा बढता म केही चाहन्न।

13:22b.HEB.013.022 मेरा दाज्यू भाइ र दिदी-बहिनीहरू, मैले के भनें धैयपूर्वक सुन। तिमीहरूलाई बलियो बनाउन मैले यी कुराहरू गरें। अनि यो चिट्ठी साह्रै लामो छैन।

13:23b.HEB.013.023 हाम्रो भाइ तिमोथी कैदबाट निस्के। म यो तिमीहरूलाई जनाउन चाहन्छु। अनि यदि उनी म भएकोमा छिटै आएछन् भने हामी दुवै तिमीहरूलाई भेट्न आउनेछौं।

13:24b.HEB.013.024 तिमीहरूका अगुवाहरू र परमेश्वरका सबै जनलाई नमस्कार भनिदिनू। इटालीयाबाट आएका सबैको नमस्कार।

13:25b.HEB.013.025 परमेश्वरको अनुग्रह तिमीहरू सबैमाथि होस्।


Holder of rights
Multilingual Bible Corpus

Citation Suggestion for this Object
TextGrid Repository (2025). Nepali Collection. Hebrews (Nepali). Hebrews (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-AE07-D