2 Thessalonians (Nepali)
1
1:1b.2TH.001.001 पावल, सिलवानस, र तिमोथीबाट थिस्सलोनिका मण्डलीलाई प्रणाम। तँपाईहरू हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टमा हुनुहुन्छ।
1:2b.2TH.001.002 तिमीहरूलाई हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति रहोस्।
1:3b.2TH.001.003 तिमीहरूको लागि हामी परमेश्वरलाई सधैं धन्यवाद दिन्छौ। त्यसो गर्नु हामीलाई ठिक छ कारण तिमीहरूको विश्वास झन झन बढिरहेकोछ। तिमीहरूले एक अर्कामा गरेको प्रेम पनि बढिरहेको छ।
1:4b.2TH.001.004 यसैले परमेश्वरका अरू मण्डलीहरूमा हामी तिमीहरू बारे गर्व गर्छौं। तिमीहरू आफ्नो विश्वासमा अझै दरिलो बन्दै गएको कुरा हामी अरू मण्डलीहरूमा पाउँछौ। तिमीहरू अनेक कष्टले सताइँदैछौ ता पनि विश्वास छोडेका छैनौं, तर यसको सट्टामा दृढहुँदै जाँदैछौं।
1:5b.2TH.001.005 यसले यो स्पष्ट पार्छ कि परमेश्वर आफ्नो न्यायमा सत्य हुनुहुन्छ। परमेश्वरले तिमीहरूलाई उहाँको राज्यको योग्य मानिसहरू भएको चाहनुहुन्छ। तिमीहरूको यातना त्यही राज्यकोलागि हो।
1:6b.2TH.001.006 परमेश्वरले जे गर्नु हुन्छ ठिकसँग गर्नुहुन्छ। तिमीहरूलाई जसले कष्ट दिन्छन् तिनीहरूलाई परमेश्वरद्वारा कष्ट भोगाइनेछ।
1:7b.2TH.001.007 अनि कष्टमा परेका तिमीहरूलाई परमेश्वरले शान्ति दिनुहुन्छ। परमेश्वरले यस्तै सहायता गर्नुहुन्छ जब प्रभु येशू आउनु हुन्छ। उहाँको शक्तिशाली स्वर्गदूतहरूसित स्वर्गबाट येशू तल आउनु हुनेछ।
1:8b.2TH.001.008 परमेश्वरलाई नचिन्नेहरू तथा हाम्रा प्रभु येशू ख्रिष्टको सु-समचारलाई नमान्नेहरुलाई दण्ड दिनु उहाँ स्वर्गबाट बल्दो अगुल्ठो लिएर आउनु हुनेछ।
1:9b.2TH.001.009 तिनीहरूलाई अनन्त विनाशको दण्ड दिइनेछ। तिनीहरूलाई प्रभुसित बस्न दिइनेछैन। उहाँका सर्वोच्च शक्तिदेखि धेरै टाड तिनीहरूलाई राखिनेछ।
1:10b.2TH.001.010 यो त्यस दिन हुन्छ जुन दिन प्रभु येशू आउनु हुनेछ। उहाँ आफ्नो पवित्र सन्तहरूसित महिमा लिन आउनु हुनेछ। अनि तिनीहरू जजसले विश्वस गर्छन येशूलाई देखेर आश्चर्यचकित हुनेछन्। तिमीहरू तिनै विश्वासीहरू मध्ये हुनेछौ किन कि हामीले दिएको साक्षी तिमीहरूले विश्वास गरेका छौ।
1:11b.2TH.001.011 त्यसैकारण हामी सधैं तिमीहरूको भलाईकोलागि प्रार्थना गर्दछौं। उहाँले तिमीहरूलाई बोलाएको जीवन शैलीमा तिमीहरूलाई हाम्रो परमेश्वरले बाँच्ने योग्य बनाई दिनु हुन हामी प्रार्थना गछौं। तिमीहरूमा भएको असल गुणले तिमीहरूलाई गुणस्तरीय कार्यहरू गर्न उत्साह दिन्छ अनि तिमीहरूकोमा भएको विश्वासले तिमीहरूलाई असल कार्य गर्ने गराउँछ। हामी प्रार्थना गछौं कि परमेश्वरले तिमीहरूलाई अझ बेसी यस्तो असल कार्य गर्नु योग्य पारून।
1:12b.2TH.001.012 हामी यी सब तरिकाले प्रार्थना गछौं ताकि हाम्रा परमप्रभु येशू ख्रीष्टको नाउँ तिमीहरूमा महिमित हुन सकोस अनि तिमीहरूले पनि उहाँमा महिमा पाउन सक्छौ। त्यो महिमा हाम्रा परमेश्वर अनि प्रभु येशू ख्रीष्टको अनुग्रहबाट आउँछ।
2
2:1b.2TH.002.001 दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, हाम्रा प्रभू येशू ख्रीष्टको आगमन बारे हामीले केही कुरा भन्नु छ। हामी त्यस बेलाको कुरा गर्न चाहन्छौं जब हामी उहाँसित एक साथ भेट गछौं।
2:2b.2TH.002.002 यदि कतैबाट तिमीहरूले प्रभुको आगमन भइसकेको चाल पाए तिमीहरू सजिलै बिचलित हुने अथवा डराउनै पर्दैन। कसै-कसैले भन्लान कि यो अगमवाणीमा छ अथवा सुसमाचारमा छ अथवा तिमीहरू चिट्ठी पढ्न सक्छौ जुन तिमीहरूले भन्छन् कि तिनीहरू हामीबाट आएका हुन्।
2:3b.2TH.002.003 कुनै खण्डमा पनि तिमीहरूलाई कसैले धोखा नदिओस्। जब सम्म परमेश्वरको विरुद्ध विद्रोह हुँदैन त्यो दिन आउने छैन। जब सम्म विनाशकारी मानिस आँउदैन तब सम्म त्यो दिन आँउदैन। विनाशकारी मानिस नरकको हो।
2:4b.2TH.002.004 परमेश्वर वा कुनै पनि चीज जो मानिसहरूले पूजा गर्छन् त्यसले विरोध गर्छ। त्यो दुराचारी मानिस आफैले आफूलाई परमेश्वर अथवा मानिसहरूको आराधना भन्दा माथि राख्छ। त्यो परमेश्वरको मन्दिरमा पनि जान्छ र त्यहाँ बस्छ र आफू परमेश्वर हुँ भन्ने घोषणा गर्छ।
2:5b.2TH.002.005 मैले पहिल्यै यी सब घटनाहरूको सत्य बताइ सकेको छु। याद छ?
2:6b.2TH.002.006 अनि तिमीहरू जान्दछौ त्यो स्वेच्छाकारी केले रोकिराखिएको छ। ठिक समयमा देखा पर्न भनेर नै त्यसलाई रोकिराखेको छ।
2:7b.2TH.002.007 पापको गुप्ती शक्तिले अहिले पनि संसारमा काम गरिरहेकै छ। तर एक शक्ति छ जसले त्यो दुष्टको शक्तिलाई रोकिराखेको छ। र त्यसलाई बाटोदेखि नपन्छ्याइञ्जेल सम्म त्यसलाई यसरी नै रोकेरै राखिनेछ।
2:8b.2TH.002.008 त्यसपछि त्यो दुराचारी निस्कनेछ र प्रभु येशूले त्यसलाई आफ्नो मुखको श्वासले मारिदिनु हुनेछ। परमप्रभुले दुष्ट मानिसलाई आफ्नो गौरवमय आगमनले नाश गरिदिनु हुनेछ।
2:9b.2TH.002.009 त्यो दुष्ट मानिस शैतानको शक्तिमा आउँछ। त्यससित धेरै शक्ति रहनेछ र किसिम-किसिमका झूटो चमत्कार, लक्षण र आश्चर्य कर्महरू देखाउँछ।
2:10b.2TH.002.010 दुष्ट मानवले भ्रष्ट मानिसहरूलाई थरि-थरिको छल प्र-पंञ्च देखाउँछ। तिनीहरू भ्रष्ट हुन किनभने तिमीहरूले सत्य स्वीकारेनन्। सत्यलाई स्वीकार गरेका भए तिनीहरूलाई बचाइने थियो।
2:11b.2TH.002.011 तर तिनीहरूले सत्यलाई स्वीकारेनन्, यसकारण परमेश्वरले तिनीहरूलाई सत्यबाट भच्च्काउन केही शक्तिशाली चीज पठाउनु हुनेछ। त्यस शक्तिले गर्दा तिनीहरू असत्यमै विश्वास गर्न लाग्छन्।
2:12b.2TH.002.012 त्यसकारण जस-जसले सत्यमा विश्वास गर्दैनन् तिनीहरू दण्डित हुन्छन्। तिनीहरूले सत्यता स्वीकारेनन तर तिनीहरू दुष्टाँई कर्महरूमा आनन्दित भए।
2:13b.2TH.002.013 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! प्रभुले तिमीहरूलाई माया गर्नु हुन्छ। तिमीहरूको मुक्तिको लागि परमेश्वरले शुरूदेखि नै तिमीहरूलाई छान्नुभएको हो। यसैले तिमीहरूकालागि हामी परमेश्वरलाई सधैं धन्यवाद दिन्छौं। आत्माद्वारा पवित्र बनेर अनि सत्यमा विश्वासी बनेर तिमीहरू बाँचेका छौ।
2:14b.2TH.002.014 त्यही मुक्ति पाउन परमेश्वरले तिमीहरूलाई बोलाउनु भयो जुन हामी प्रचार गर्छौं। तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्टको महिमाको भागीदार हुन सक भनेर बोलाईएका हौ।
2:15b.2TH.002.015 यसैले दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! हामीबाट पाएको शिक्षाहरूमा विश्वास लगातार गरिरहौ र दृढबन। हामीले मुखले बोलेर होस् कि चिट्ठीमा लेखेर होस्, तिमीहरूलाई यी कुराहरू सिकाएकाछौं।
3
3:1b.2TH.003.001 अनि अब दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, हाम्रा लागि प्रार्थना गर कि परमप्रभुको वचन फैलियोस् र तिमीहरूले गरे जस्तै अरूहरूले त्यसको सत्कार गरून्।
3:2b.2TH.003.002 अनि यो पनि प्रार्थना गर कि पापी र कुकर्मीहरूको हातबाट हामी बाँच्न सकौं। सबैले परमप्रभुमा विश्वास गर्दैनन्।
3:3b.2TH.003.003 तर प्रभु विश्वासी हुनुहुन्छ। उहाँले तिमीहरूलाई स्थिर गराउनु हुन्छ र त्यो एक दुष्टबाट बचाउनु हुन्छ।
3:4b.2TH.003.004 हामीले दिएको शिक्षा तिमीहरूले मान्दैछौ भन्ने प्रभुले हामीलाई निश्यता दिनुहुनछ।
3:5b.2TH.003.005 हामी प्रार्थना गर्छौं कि परमप्रभुले तिमीहरूको हृदयलाई परमेश्वरको प्रेम औ ख्रीष्टको धैर्य तिर डोर्याउन्।
3:6b.2TH.003.006 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरूलाई हामी हाम्रा प्रभु येशू ख्रीष्टको अधिकार लिएर आज्ञा दिंदछौं कि काम गर्न जसले अस्वीकार गर्छ तिनीहरूबाट टाढा बस। ती मानिसहरूले हामीबाट पाएको शिक्षा अनुशरण गर्नु अस्वीकार गर्छन्।
3:7b.2TH.003.007 तिमीहरू जान्दछौ कि हामी बाँचे जस्तै तिमीहरू पनि बाँच्नु पर्छ। जब हामी तिमीहरूसित थियौं हामी अल्छी थिएनौं।
3:8b.2TH.003.008 अनि जैले पनि हामीले अरूको खाना खायौं, हामीले दाम तिर्यौं। तिमीहरू कुनै एकजनाको पनि भार नबनिनु हामीले कडा मेहनत गर्यौं। हामीले रात-दिन काम गर्यौं।
3:10b.2TH.003.010 हामी जतिञ्चेल तिमीहरूसित थियौं हामीले यो नियम तिमीहरूको निम्ति दियौं, “यदि कसैले काम गर्दैन भने उसले खाने पनि छैन।”
3:11b.2TH.003.011 हामीले सुनेका छौं तिमीहरू मध्ये कसै-कसैले पटक्कै काम गर्दैनन् र अर्काको काममा हस्तक्षेप मात्र गरिहिंडछन्।
3:12b.2TH.003.012 हामी ती मानिसहरूलाई आदेश दिन्छौं कि तिनीहरूले अरू मानिसहरूलाई दुःख नदिउन्। हामी तिनीहरूलाई आदेश दिन्छौं कि तिनीहरू आफ्नो छाक जुटाउन आफैं मेहनत गरून्। प्रभु येशू ख्रीष्टको निम्ति तिनीहरूले यस्तो गरून् भनी हामी सविनय विन्ति गर्छौं।
3:13b.2TH.003.013 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! असल कार्यहरू गर्न कहिल्यै नथाक।
3:14b.2TH.003.014 यदि कसैले यस पत्रद्वारा दिएको आदेश नमाने त्यसलाई याद गरिराख। त्यससित सम्बन्धै नराख जसमा कि त्यो लज्जित होस्।
3:15b.2TH.003.015 तर त्यससित शत्रु जस्तो व्यवहार नगर बरू भाइलाई जस्तो चेतावनी देऊ।
3:16b.2TH.003.016 हामी प्रार्थना गर्छौं, शान्तिका परमप्रभुले तिमीहरूलाई शान्ति प्रदान गरून्। हामी प्रार्थना गर्दछौं कि उहाँले तिमीहरूलाई सधैं हर तरिकाले शान्ति प्रदान गरून्। प्रभु तिमीहरू सबैसित रहून्।
3:17b.2TH.003.017 म पावल हुँ र यो अभिवादन आफ्नै हातले लेख्दैछु। मैले लेखेको प्रत्येक चिट्ठीमा यो सत्यता चिन्ह हो। यो मेरो लेख्ने तरिका हो।
3:18b.2TH.003.018 हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरू सबैमाथि होस्।
- Holder of rights
- Multilingual Bible Corpus
- Citation Suggestion for this Object
- TextGrid Repository (2025). Nepali Collection. 2 Thessalonians (Nepali). 2 Thessalonians (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-ADCC-0