1 Corinthians (Nepali)
1
1:1b.1CO.001.001 पावलबाट प्रणाम। परमेश्वरले इच्छा गरेकाले म ख्रीष्ट येशूको प्रेरित बन्न परमेश्वरद्वारा बोलाइएको छु। हाम्रा ख्रीष्टमा भाइ सोस्थनेसबाट पनि।
1:2b.1CO.001.002 कोरिन्थमा भएका परमेश्वरको मण्डली जसलाई ख्रीष्ट येशूमा पवित्र गराइएका छन्, औ जसलाई परमेश्वरले उहाँको पवित्र मानिसहरू हुन बोलाउनु भएको छ। तिमीहरूलाई पनि प्रत्येक ठाउँका अरू सबै मानिसहरूसँगै बोलाइएको छ, जसकोमा ख्रीष्टमाथि विश्वास छ-जो हाम्रो तथा तिनीहरूका परमप्रभु हुनुहन्छ।
1:3b.1CO.001.003 हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति। पावल परमेश्वरलाई धन्यवाद चढाउँछन्
1:4b.1CO.001.004 परमेश्वरले ख्रीष्ट येशूको माध्यममा तिमीहरूलाई दिइएको अनुग्रहको निम्ति म आफ्ना परमेश्वरलाई सँधै धन्यवाद चढाउँछु।
1:5b.1CO.001.005 येशूमा तिमीहरूले हरतरहले आशीर्वाद पाएकाछौ। तिमीहरू आफ्नो जम्मै बोली-बचन र सारा ज्ञानमा धनी भएका छौ।
1:6b.1CO.001.006 ख्रीष्टको सत्य बारे तिमीहरूमा प्रमाणित भएको छ।
1:7b.1CO.001.007 यसैले हाम्रा प्रभु येशू ख्रीष्टको पुनरागमन र्पखिरहरूञ्जेल तिमीहरूलाई कुनै आत्मिक वरदानको अभाव हुने छैन।
1:8b.1CO.001.008 येशूले तिमीहरूलाई सदा सुदृढ राख्नु हुनेछ कि हाम्रा प्रभु येशू ख्रीष्टको पुरागमनको दिनमा पनि तिमीहरूलाई केही दोष हुने छैन।
1:9b.1CO.001.009 परमेश्वर विश्वास योग्य हुनुहुन्छ। एक उनै हुन् जसले तिमीहरूलाई आफ्ना पुत्र येशू ख्रीष्ट, हाम्रा प्रभुसित संगत गर्नु बोलाउनु भएकोछ।
1:10b.1CO.001.010 हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा म विनयपूर्वक भन्दछु, दाज्यू भाइहरू र दिदी-बहिनीहरू हो, तिमीहरू आपसमा मिलेर बस जसले गर्दा तिमीहरूको बीचमा फाटो नआवोस्। एउटै विचार र एउटै उद्देश्य लिएर तिमीहरू एक भई बस भन्ने मेरो विन्ती छ।
1:11b.1CO.001.011 मेरा भाइ-बहिनीहरू हो, क्लोएको परिवारबाट मैले तिमीहरूका बारेमा सुनेको छु कि तिमीहरूको बीचमा झगडा छ।
1:12b.1CO.001.012 मेरो भन्नुको तात्पर्यः यही हो तिमीहरूमध्ये कसैले “म पावललाई मैंन्छु,” कसैले “म अपोल्लोसलाई मैंन्छु;” कसैले “म केफासलाई मैंन्छु;” अनि कसैले “म ख्रीष्टलाई मान्छु” भन्छौ अरे।
1:13b.1CO.001.013 ख्रीष्टलाई विभिन्न दलमा बाँट्न सकिन्न। के पावल तिमीहरूका निम्ति क्रूसमा मरेका हुन् र? होइनन्! के पावलको नाउँमा तिमीहरू बप्तिस्मा भएका हौ र? होइनौ!
1:14b.1CO.001.014 म परमेश्वरलाई धन्यवाद चढाउँछु कि तिमीहरूमध्ये क्रिसपस र गायसलाई बाहेक मैले कसैलाई पनि बप्तिस्मा दिएको छैन।
1:15b.1CO.001.015 म यसको निम्ति कृतज्ञ छु किनभने तिमीहरू मेरो नाउँमा बप्तिस्मा भयौ भनेर कसैले भन्न सक्ने छैन।
1:16b.1CO.001.016 हो, मैले स्तिफनसको परिवारलाई मात्र बप्तिस्मा दिएको हुँ। तर अरू कसैलाई म आफूले बप्तिस्मा दिएको कुराको मलाई सम्झमा छैन।
1:17b.1CO.001.017 ख्रीष्टले मलाई बप्तिस्मा दिन पठाउनु भएको छैन। उहाँले मलाई शुभ-सन्देश सुनाउने काम अह्राउनु भएको छ। तर शुभ-संदेश सांसारिक ज्ञानको शब्दहरूमा सुनाउन होइन। शुभ-सन्देश सुनाउँदा मैले सांसारिक ज्ञानका शब्दहरू प्रयोग गरें भने त ख्रीष्टको क्रूसले आफ्नो शक्ति हराउनेछ।
1:18b.1CO.001.018 नष्ट भएकाहरूका निम्ति क्रूस बारेको शिक्षा मूर्खतापूर्ण ठहर्छ। तर हामी उद्धार पाइरहेकाहरूका निम्ति यो परमेश्वरको शक्ति हो।
1:19b.1CO.001.019 शास्त्रमा लेखिएको छः “म ज्ञानीहरूको ज्ञानलाई नष्ट गर्नेछु म बुद्धिमानीहरूको बुद्धिलाई शून्य पार्नेछु।” यशैया 29 : 14
1:20b.1CO.001.020 ज्ञानी कहाँ छ? शिक्षित कहाँ छ? यस युगको दार्शनिक कहाँ छन्? परमेश्वरले यस संसारको ज्ञानलाई मूर्ख तुल्याउनु भएका छन्।
1:21b.1CO.001.021 परमेश्वरले आफ्ना ज्ञानद्वारा के चाहनु हुन्छ भनेः ज्ञानद्वार संसारका मानिसहरूले परमेश्वरलाई चिनेन। त्यसैकारण परमेश्वरलाई जसले विश्वास गर्छन् तिनीहरूको उद्धारका निम्ति मूर्खातापूर्ण लाग्ने सुसमाचार दिनु भयो।
1:22b.1CO.001.022 यहूदीहरू प्रमाणका निम्ति चमत्कारहरू माग्छन्। ग्रीकहरू ज्ञान चाहन्छन्।
1:23b.1CO.001.023 तर हामी यही प्रचार गर्छौं ख्रीष्ट क्रूसमा मारिनुभयो। तर यहूदीहरूको निम्ति यो एउटा ठूलो समस्या बन्छ। गैर-यहूदीहरूको लागि यो एउटा मूर्खता हो।
1:24b.1CO.001.024 तर जो परमेश्वरले छानेका यहूदी र गैर-यहूदीहरूका निम्ति ख्रीष्ट उनै परमेश्वरको शक्ति र ज्ञान हुनुहुन्छ।
1:25b.1CO.001.025 किनकि परमेश्वरको मूर्खता मानिसहरूको ज्ञान भन्दा ज्ञानी हुन्छ। परमेश्वरको दुर्बलता मानव शक्ति भन्दा बलवान् हुन्छ।
1:26b.1CO.001.026 भाइ बहिनीहरू, परमेश्वरले तिमीहरूलाई बोलाउनु भयो। यो विचार गर। अनि संसारले आफ्नै बुद्धिले पारख गरे अनुसार तिमीहरूमध्ये धेरै बुद्धिमानी हौला। तिमीहरूमध्ये धेरै जना खुबै प्रभावशाली नहौला, अनि कोही मानिसहरू महत्वपूर्ण परिवारबाट आएको हुन सक्छ।
1:27b.1CO.001.027 तर ज्ञानी मानिसहरूलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरू छान्नु हुन्छ। बलिया मानिसहरूलाई लाज पार्न परमेश्वरले संसारका निर्धा कुराहरू छान्नु हुन्छ।
1:28b.1CO.001.028 अनि परमेश्वरले संसारका ती तुच्छ मानिहरूलाई छान्नु भयो जो संसारले अवहेलना गरयो अनि केही जस्तो मानेन। संसारले जुन कुरालाई महत्वपूर्ण ठान्छ तिनीहरूलाई नष्ट पार्न परमेश्वरले तिनीहरूलाई छान्नु भयो।
1:29b.1CO.001.029 उहाँको अधि कसैले घमण्ड नगरोस् भनेर नै परमेश्वरले यसो गर्नु भएको हो।
1:30b.1CO.001.030 परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूको एक अंश बनाउनु भएको छ। परमेश्वरबाट ख्रीष्ट हाम्रा लागि ज्ञान बन्नु भएको छ। ख्रीष्टको कारणले नै हामी परमेश्वर प्रति धार्मिक छौं; अनि हामी पापरहित छौं। अनि ख्रीष्टकै कारणले हामी पवित्र छौं।
1:31b.1CO.001.031 जस्तो धर्म शास्त्रले भन्छ, “कसैले गर्व गर्छ भने उसले केवल प्रभुमा गर्व गरोस्।”
2
2:1b.1CO.002.001 प्यारा दाज्यू-भाइ, दिदी-बहिनीहरू हो, जब म तिमीहरू कहाँ आएँ, मैले तिमीहरूलाई परमेश्वरको सत्य घोषणा गरें। तर मैले आलंकारिक शब्द लगाएर वा ज्ञानको कुरा गरीनँ।
2:2b.1CO.002.002 जतिञ्जेल सम्म म तिमीहरूसित थिँए, येशू ख्रीष्ट र उहाँको क्रूसको मृत्यु बाहेक अरू सब कुरा बिर्सौ भन्ने मैले निश्चय गरेको थिँए।
2:3b.1CO.002.003 जब म तिमीहरूकहाँ आएँ, म कमजोर थिँए अनि डरले कामिरहेको थिएँ।
2:4b.1CO.002.004 मेरो वचन र प्रचार मानिसहरूलाई फुस्लाउने ज्ञानीका शब्दहरू थिए, तर मेरो शिक्षाको प्रमाण शक्ति थियो जुन आत्मादेखि आउँछ।
2:5b.1CO.002.005 तिमीहरूको विश्वास मानिसको ज्ञानमा होइन तर परमेश्वरको शक्तिमा आधारित होस् भनि मैले त्यसो गरें।
2:6b.1CO.002.006 पाको भएका मानिसहरूलाई हामी ज्ञान दिंदछौं। तर हामी जुन ज्ञान सिकाउछौं सांसारिक ज्ञान होइन। यो यस संसारका शासकहरूको ज्ञान पनि होइन।
2:7b.1CO.002.007 तर हामी परमेश्वरका गुप्त ज्ञान बताउँदछौ जुन ज्ञान लुकाइको छ। परमेश्वरले यस ज्ञान हाम्रो भलाईकोलागि तयार गर्नु भएको हो। संसार सृष्टि हुनु भन्दा अधि नै उहाँले यो योजना बनाइसक्नु भएको थियो।
2:8b.1CO.002.008 यस संसारका कुनै शासकहरूले यो ज्ञान बुझेनन्। यदी तिनीहरूले बुझेका भए तिनीहरूले महिमाका प्रभुलाई क्रूसमा टाँग्ने नै थिएनन्।
2:9b.1CO.002.009 तर, जस्तो शास्त्रमा लेखिएको छः “कुनै आँखाले पनि नदेखेको, कुनै कानले पनि नसुनेको, कसैले चिन्ता सम्म नगरेको कुरा आफूलाई प्रेम गर्नेहरूका निम्ति परमेश्वरले तयार पार्नु भएकोछ।” यशैया 644
2:10b.1CO.002.010 परमेश्वरले यी कुराहरू हामीलाई आत्माद्वारा देखाउनु भएकोछ। आत्माले प्रत्येक कुरो बुझ्छ। परमेश्वरको गंभीर रहस्य समेत आत्माले बुझ्छ।
2:11b.1CO.002.011 जसरी कसैले पनि अर्को मानिसको विचारहरू बुझ्न सक्दैन, खाली त्यो आत्मा जुन मानिसभित्र रहन्छ, त्यसले मात्र विचारहरू बुझ्छ। परमेश्वरको विषयमा पनि त्यस्तै हो। परमेश्वरका विचारहरू कसैले जान्दैन। तिनीहरू परमेश्वरकै आत्माले मात्र जान्दछ।
2:12b.1CO.002.012 अब हामीले संसारमा भएको आत्मा पाएका छैनौं तर हामीले परमेश्वरबाट आत्मा पाएका छौं। हामीले यो आत्मा परमेश्वरले हामीलाई दिनु भएको कुराहरू जान्न सकौं भनेर पाएका हौं।
2:13b.1CO.002.013 जब हामी यी कुराहरू गर्छौं, हामी मानिसको ज्ञानले सिकाएको शब्दहरूमा भन्दैनौं। हामी आत्माले सिकाएका शब्दहरू नै प्रयोग गर्छौं। आत्मिक चीजहरू बातउनुलाई आत्मिक शब्दहरू नै बोल्छौं।
2:14b.1CO.002.014 जो मानिस आत्मिक छैन उसले परमेश्वरको आत्माबाट आएका कुराहरू ग्रहण गर्दैन। उसले यी सब कुराहरू मूर्खातापूर्ण सम्झन्छ। उसले आत्माको कुरो बुझ्न सक्दैन, किन कि ती कुराहरूलाई आत्मिक रीतिले मात्र जाँच्न सकिन्छ।
2:15b.1CO.002.015 तर आत्मिक मानिस सबै कुराहरू खुट्ट्याउन समर्थ हुन्छ र अरू मानिसहरूले उसलाई जाँच्न सक्दैनन्। शास्त्रले भन्छः
2:16b.1CO.002.016 “परमप्रभुको मनलाई कसले जान्न सक्छ? परमप्रभुलाई कसैले अह्राउन सक्छ?” यशैया 40:13 तर हामीसँगत त ख्रीष्टको मन छ।
3
3:1b.1CO.003.001 दाज्यू-भाइ, दिदी-बहिनीहरू, यसभन्दा अधि पनि मैले तिमीहरूसित आत्मिक मानिसहरूसित बोले झैं बोल्न सकेको थिइनँ। मैले तिमीहरूसित सांसारिक मानिसहरूसित जस्तै बोल्नु परेको थियो, ख्रीष्टमा बालकहरूसित जस्तो।
3:2b.1CO.003.002 मैले दिएको शिक्षा दूध जस्तै थियो, ठोस आहार थिएन। मैले त्यसो गर्नुको कारण तिमीहरू ठोस खानेकुराको निम्ति योग्य थिएनौ। अनि अहिले पनि तिमीहरू ठोस आहारको निम्ति तयार भइसकेका छैनौ।
3:3b.1CO.003.003 तिमीहरू अझै पनि आत्मिक मानिस बनेका छैनौ। आपस्तमा तिमीहरूको इर्ष्या र झगडा छँदैछ। यसले बुझाउँछ तिमीहरू आत्मिक होइनौ। संसारका मानिसहरूको जस्तै तिमीहरूको व्यवहार छ।
3:4b.1CO.003.004 तिमीहरूमै कुनै एकले भन्छ, “म पावललाई मान्छु” अनि अर्काले भन्छ, “म अपोल्लोसलाई मान्छु।” जब तिमीहरू माझमा त्यस्तै कुरा चल्छ भने के यसले तिमीहरूलाई संसारिक मानिस झैं देखाँउदैन र?
3:5b.1CO.003.005 अपोल्लोस ठूलो हो? होइन! के तिमी पावल ठूलो मानिस हो भन्ने सम्झन्छौं? होइन! हामी त केवल परमेश्वरका सेवक मात्र हौं जसले तिमीहरूलाई विश्वास गर्न सघाउँछौ। हामी सबैले परमेश्वरले हामीलाई गर्न खटाउनु भएको हाम्रो भाग गरेकाछौं।
3:6b.1CO.003.006 मैले बिउ रोपें अनि अपोल्लोसले त्यसमा पानी हाले। तर परमेश्वरले बिरूवालाई बढाउनु भयो।
3:7b.1CO.003.007 यसकारण रोप्ने मानिस ठूलो होइन, अनि पानी हाल्ने पनि ठूलो होइन। केवल परमेश्वर महान हुनु हुन्छ, किन कि उहाँले बिरूवा स्याहर्नु र बढाउनु हुन्छ।
3:8b.1CO.003.008 रोप्ने मानिस र पानी हाल्ने मानिसको उद्देश्य एउटै हो अनि प्रत्येक मानिसले आ-आफ्नो परिश्रमका निम्ति इनाम पाउनेछ।
3:9b.1CO.003.009 हामी केवल परमेश्वरको साथ काम गर्ने खेतालाहरू हौं। अनि तिमीहरू परमेश्वरका खेत जस्तै हौ र घर हौ जो परमेश्वरका हो।
3:10b.1CO.003.010 परमेश्वरले दिएका पुरस्कारकै आधारमा मैले एउटा सिपालू बढाइले झैं एउटा घरको जग बसालेको छु। अरूहरूले त्यसै जंगमाथि घर बनाउँदैनन्। तर प्रत्येक व्यक्तिले कसरी बनाउँछ, त्यस बारेमा उसले सोच्नु पर्छ।
3:11b.1CO.003.011 जग बसालिसकिएको छ। कसैले अर्को जग बासाल्न सक्ने छैन। बसाली सकिएको त्यो जग येशू ख्रीष्ट हुनुहुन्छ।
3:12b.1CO.003.012 त्यो जगमाथी, कसैले सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, स्याउला वा परालले बनाउन सक्छ।
3:13b.1CO.003.013 प्रत्येक व्यक्तिको काम देखिनेछ किनभने त्यस दिनद्वारा नै सफासँग त्यो देखाइनेछ। त्यो दिन आगोसँग आउनेछ अनि प्रत्येकको कामको गुणस्तरको परख आगोले लिनेछ।
3:14b.1CO.003.014 त्यही जगमाथि उभ्याएको कुनै व्यक्तिको भवन यदि रह्यो भने, उसले त्यसको निम्ति इनाम पाउनेछ।
3:15b.1CO.003.015 तर त्यो भवन जल्यो भने, उसले नोक्सान खप्नु पर्नेछ। उसलाई बचाइनेछ तर उ आगोबाट फुत्के झैं हुनेछ।
3:16b.1CO.003.016 तिमीहरूले बुझ्नु पर्छ कि तिमीहरू परमेश्वरका मन्दिर हौ। तिमीहरूभित्र परमेश्वरको आत्माले बास गर्छ।
3:17b.1CO.003.017 यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले त्यस व्यक्तिलाई नष्ट गर्नु हुनेछ। किन? किनभने परमेश्वरको मन्दिर पवित्र हुन्छ। तिमीहरू स्वयं परमेश्वरको मन्दिर हौ।
3:18b.1CO.003.018 कसैले आफैलाई धोका नदिवोस्। यदि तिमीहरू मध्ये कसैले यस संसारमा आफूलाई ज्ञानी संझन्छ भने मूर्ख बन्नु पर्छ तब मात्र उ साँच्चिकै ज्ञानी बन्न सक्छ।
3:19b.1CO.003.019 किन? किनभने परमेश्वर समक्ष यो संसारको ज्ञान मूर्खता हो। धर्म शास्त्रमा यस्तो लेखिएको छ। “उहाँले ज्ञानी व्यक्तिहरूलाई तिनीहरूकै आफ्नो चलाकीमा फसाउनु हुन्छ।”
3:20b.1CO.003.020 धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ “परमेश्वर ज्ञानी व्यक्तिको विचार बुझ्न हुन्छ। उहाँले जान्नु हुन्छ कि तिनीहरूको विचार बेकामे हो।”
3:21b.1CO.003.021 यसैले तिमीहरूले मानिसहरूको गर्व गर्नु पर्दैन। किनभने सबै थोक तिमीहरूकै हो
3:22b.1CO.003.022 पावल, अपोल्लोस र केफासः संसार, जीवन, मृत्यु, वर्तमान, भविष्य यी सबै तिमीहरूकै हुन्।
3:23b.1CO.003.023 अनि तिमीहरू ख्रीष्टका हौ र ख्रीष्ट परमेश्वरका हुनुहुन्छ।
4
4:1b.1CO.004.001 हामीबारे मानिसहरूले के संझनु पर्छ भनेः हामी ख्रीष्टका सेवकहरू हौं। परमेश्वरको गोपनीय कुराहरू लिएर हामीलाई विश्वास गरिएको छ।
4:2b.1CO.004.002 यदि कुनै कुरा निम्ति विश्वास गरिएको मानिसले प्रमाण गर्नु पर्छ कि उ त्यो विश्वासको योग्य छ।
4:3b.1CO.004.003 यदि तिमीहरूबाटै म जाँचिन्छु भने पनि मलाई केही छैन र कुनै मानव-अदालतद्वारा जाँचिन्छ भने पनि मलाई केही छैन। म आफै पनि आफूलाई जाँच्दिन।
4:4b.1CO.004.004 मेरो ह्रदयमा विश्वास छ। मैले कुनै त्रुटी गरेको छुइन। तर यसको अर्थ यो हुँदैन कि म निर्दोष छु। मलाई जाँच्ने एउटै जो परमेश्वर मात्र हुनुहुन्छ।
4:5b.1CO.004.005 यसर्थ ठीक समय अघि मलाई नजाँच, प्रभु नआएसम्म मलाई पर्ख। उहाँले अन्धकारमा लुकेका कुराहरूमा प्रकाश छर्नु हुनेछ। मानिसहरूका मनमा लुकेका कुराहरू उदांगो पारिदिनु हुनेछ। तब प्रत्येक मानिसले परमेश्वरबाट उसले पाउनु पर्ने प्रशंसा पाउनेछ।
4:6b.1CO.004.006 दाज्यू-भाइ, दिदी-बहिनीहरू! मैले अपोल्लोस र आफैलाई पनि तिमीहरूका अधि उदाहरणको रूपमा देखाँए। मैले यसो गरें किनभने यसबाट तिमीहरूले यसको अर्थ के हो बुझ्न सक्नेछौ। “लेखिएकोबाट बाहिर नजाऊ।” तब तिमीहरूले एकलाई सुविस्ता र अर्कोको तिस्कार गर्ने छैनौ।
4:7b.1CO.004.007 तिमीहरू अरू भन्दा असल छौ भनेर कसले भन्छ? तिमीहरूसित के छ जो तिमीहरूलाई दिइएको होइन? यसैले जब तिमीहरूसित भएको हरेक थोक तिमीहरूलाई दिइएको हो भने ती आफ्नो शक्तिले अर्जेको जस्तो त्यसकोलागि किन घमण्ड गर्दछौ?
4:8b.1CO.004.008 तिमीहरू संझन्छौ तिमीहरूलाई जे चाहिन्छ तिमीहरू सम्पन्न छौ अनि हामी बिनै तिमीहरू राजा भएका छौ। म आशा गर्छु तिमीहरू साँच्चै राजाहरू हुन्थ्यौ।
4:9b.1CO.004.009 तर मलाई यस्तो लाग्छ परमेश्वरले मलाई र अरू प्रेरितहरूलाई सबै भन्दा पछि पार्नु भएको छ। मरूभूमिमा मृत्यु दण्ड दिनुलाई निश्चित गरिएको मानिस झैं हामी छौं। सारा संसार स्वर्गदूतहरू र मानिसहरूकालागी हामीले तमाशा जस्तो बनाइएका छौं।
4:10b.1CO.004.010 ख्रीष्टका निम्ति हामी मूर्ख हौं। तर तिमीहरू चाँहि संझन्छौ तिमीहरू ख्रीष्टका निम्ति खुबै बुद्धिमानी छौ। हामी कमजोर छौं, तर तिमीहरू संझन्छौ तिमीहरू बलिया छौ। मानिसहरू तिमीहरूलाई आदर गर्छन्, तर हामीलाई अनादर गर्छन।
4:11b.1CO.004.011 अहिले पनि हामीले प्रशस्त खान र पिउन पाएका छैनौं अनि हाम्रा लुगा-फाटा पनि प्रशस्त छैन। हामी कहिले-कहीं कुटाई समेत खाँदछौं। हाम्रो घर छैन।
4:12b.1CO.004.012 जिउनको लागि हामी आफ्नै हातले कठोर परिश्रम गर्दछौं। मानिसहरू हामीलाई सराप्छन् तर हामी तिनीहरूलाई आशीर्वाद दिन्छौं। मानिसहरू हाम्रो खेदो गर्छन् तर हामी सहन्छौं।
4:13b.1CO.004.013 मानिसहरू हाम्रो बारे निन्दा गर्छन् तर हामी उनीहरू सँग मित्र भावले बोल्छौ। अहिलेसम्म मानिसहरू हामीलाई संसारको कसिंगार र धरतीको मैला जस्तो संझन्छन्।
4:14b.1CO.004.014 तिमीहरूलाई शर्ममा पार्नलाई यी कुरा मैले लेखेको होइन। तर तिमीहरूलाई आफ्नै प्यारो बालकहरू जस्तो सम्झी सम्झाउनुलाई म यी कुराहरू लेख्दैछु।
4:15b.1CO.004.015 ख्रीष्टमा तिम्रो दस हजार शिक्षकहरू हुन सक्लान् तर तिम्रो धेरै पिताहरू हुँदैनन्। सुसमाचारद्वारा ख्रीष्ट येशूमा म तिमीहरूका पिता भएँ।
4:16b.1CO.004.016 यसैले तिमीहरू पनि म जस्तै होऊ भनि बिन्ती गर्छु।
4:17b.1CO.004.017 यसकारण म तिमोथीलाई तिमी भएकोमा पठाउँदैछु। परमप्रभुमा उनी मेरा पुत्र हुन्। म तिमोथीलाई माया गर्छु, उनी विश्वासनीय छन्। म ख्रीष्ट येशूमा कुन प्रकारले रहेकोछु त्यो उनले तिमीहरूलाई संझाउनेछन्। यही जीवन मार्ग म सबै ठाउँहरूका मण्डलीहरूलाई सिकाँउछु।
4:18b.1CO.004.018 तिमीहरूमध्ये कति जना घमण्ड गरिरहेका होलान् किनभने तिनीहरू सम्झन्छन् कि म फेरि तिमीहरू भएकोमा आउँदिन।
4:19b.1CO.004.019 तर म चाँहि सबै तिमीहरूकहाँ चाँडै आउनेछु। परमप्रभुले चाहनु भए म अवश्यै आउनेछु। तब म केवल हेर्दिन कि यी घमण्डीहरू के भन्न सक्दो रहेछन् तर म यो हेर्छु कि तिनीहरू के गर्न सक्दो रहेछन्।
4:20b.1CO.004.020 किनकि परमेश्वरको राज्य कुरामा व्यक्त गरिदैन, तर शक्तिमा छ।
4:21b.1CO.004.021 तिमीहरू कुन चाँहि चाहन्छौ म तिमीहरूकहाँ डन्डा लिएर आउनु अथवा प्रेम र नम्रता लिएर आउनु?
5
5:1b.1CO.005.001 तिमीहरू माझ यौन पाप छ भन्ने कुरो मानिसहरूले गर्दैछन्। वास्तवमा यस्तो अनैतिकता त परमेश्वरको बारेमा नजान्नेहरूमा पनि पाइँदैन। मानिसहरू भन्छन्, कसैले आफ्नै बाबुकी पत्नीलाई पनि राखेको।
5:2b.1CO.005.002 अनि अझै पनि तिमीहरू आफ्नो गर्व नै गर्दछौ! तिमीहरूलाई त दुःख पो लाग्नु पर्ने हो। जुन मानिसले यस्तो पाप गर्छ त्यसलाई त तिमीहरूको बीचबाट अलग गर्नु पर्ने थियो।
5:3b.1CO.005.003 म शरीरमा तिमीहरूसित छैन तर आत्मामा म तिमीहरूसितै छु। अनि मैले त्यस मानिसलाई अधिबाटै न्याय गरिसकेको छु जसले यो यौन पाप गरेको छ। म आफू उसित भएकै जस्तो मैले उसलाई न्याय गरी सकेकोछु।
5:4b.1CO.005.004 हामी हाम्रा प्रभु येशूको नाउँमा एकत्रित होंऊ। मेरो आत्माले म तिमीहरूसित हुनेछु र तिमीहरूको प्रभु येशूको शक्ति तिमीहरूसित हुनेछ।
5:5b.1CO.005.005 अनि त्यस मानिसलाई शैतानको हातमा सुम्पिदेऊ, जसमा कि त्यसको पापी शरीर नष्ट होस् र उसको आत्मा चाँहि प्रभुको दिनमा बचाउन सकियोस्।
5:6b.1CO.005.006 तिमीहरूको घमण्ड राम्रो संकेत होइन। “थोरै खमीरले जम्मै डल्ला नै खमीरी बनाउँछ” यो जानेकै छौ।
5:7b.1CO.005.007 बासी खमीर निकालि देऊ, तब मात्र तिमीहरू नयाँ ढिका बन्नेछौ। तिमीहरू साँचै खमीर बिनाको रोटी हौ। हो, ख्रीष्ट जो हाम्रा निस्तारको पाठो हुनुहुन्छ, पहिल्यै मारिनु भएको थियो।
5:8b.1CO.005.008 यसैले हामी निस्तार भोजन खाउँ, तर बासी खमीर भएको रोटी चाँहि होइन। बासी खमीर पाप र दुष्कर्मको खमीर हो। तर हामी बिना खमीरको रोटी खाऊँ। पवित्रता र सच्चाइको रोटी यही हो।
5:9b.1CO.005.009 मैले आफ्नो पत्रमा तिमीहरूलाई व्यभिचारको संगतदेखि अलग बस्नु भनेर लेखेको थिएँ।
5:10b.1CO.005.010 तर यस संसारका पापीहरूको संगत नगर्नु भन्ने मेरो उपदेशको अर्थ होइन। यस संसारका ती मानिसहरू यौन पाप गर्छन् अथवा स्वार्थी छन् अथवा एकार्कालाई ठग्छन् अथवा मूर्तिहरू पूजा गर्छन्। यदि तिमीहरू तिनीहरूबाट अलग रहने हो भने त तिमीहरूले यो संसार नै त्याग्नु पर्नेछ।
5:11b.1CO.005.011 म यति नै भन्नलाई यो लेख्दैछु कि कुनै यस्तो मानिसको चाँहि संगत नर्गनु जो आफूलाई ख्रीष्टमा भाइ हुँ भन्छ तर व्यभिचार गर्छ वा स्वार्थी हुन्छ वा मूर्तीको पूजा गर्छ वा मानसिको निन्दा गर्छ वा मात्छ वा अरूलाई ठग्छ। यस्ता व्यक्तिससँग खाना पनि नखाऊ।
6
6:1b.1CO.006.001 तिमीहरूमध्ये एक जनाको अर्को भाईसंग झगडा भएको छ, भने न्यायको निम्ति सन्तहरूकहाँ नगएर अधर्मीकहाँ जाने के त्यसले आँट गर्छ?
6:2b.1CO.006.002 के तिमीहरूलाई थाहा छैन परमेश्वरका मानिसहरू संसारकै न्याय गर्छन्? यदि तिमीहरूले संसारको न्याय गर्दैछौ भने तिमीहरूको आपसको सानो कलह किन मिलाउदैनौ?
6:3b.1CO.006.003 तिमीहरू जान्दछौ भविष्यमा हामी स्वर्गदूतहरूको न्याय गर्ने छौं। तब हामी राम्ररी यस्ता दैनिक जीवनका विषयका कुराहरू न्याय गर्न सक्छौं।
6:4b.1CO.006.004 यसर्थ न्याय गरिनु पर्ने त्यस्ता मतभेद भए त्यसलाई किन बाहिरका मानिसहरूकहाँ लैजान्छौ? मण्डलीका निम्ति तिनीहरू कोही पनि होइनन्।
6:5b.1CO.006.005 म तिमीहरूलाई शर्ममा पार्न यो भन्छु। तिमीहरूका समूहमा, कोही न कोही ज्ञानी जनहरू अवश्यै होलान् जसले दुइ भाइहरूको माझको कलह न्याय गर्न सक्लान्।
6:6b.1CO.006.006 तर अहिले, एउटा भाइ अर्को भाइको विरूद्धमा अदालत जान्छ। अझ यो भन्दा खराब त तिनीहरू यस्ता मानिसहरूलाई अपील गर्छौ जो विश्वासीहरू होइन।
6:7b.1CO.006.007 एका अर्कोको विरुद्धमा मामला लाउनु नै तिमीहरूको हार हो। बरू अन्याय किन नसहनु? बरू किन आफै ठगिदैनौ?
6:8b.1CO.006.008 तिमी आफै गल्ती गर्छौ अनि अरूलाई ठग्छौ। अनि त्यो पनि आफ्नै ख्रीष्टको दाज्यु-भाईहरू माझ!
6:11b.1CO.006.011 अघि तिमीहरू पनि कतिपय यस्तै थियौ। तर अब तिमीहरू धोइएका छौ, पवित्र बनाइएका छौ अनि हाम्रा प्रभु ख्रीष्टको नाउँमा अनि हाम्रा परमेश्वरको आत्माद्वारा तिमीहरू परमेश्वरको निम्ति धार्मिक बनाइएका छौ।
6:12b.1CO.006.012 “सबै कुरा मेरा निम्ति असल छन्, तर सबै कुरा फाइदा का छैनन्। “म जे गर्न पनि स्वतन्त्र छु।” तर म कुनैलाई आफ्नो मालिक हुन दिने छुइन्।
6:13b.1CO.006.013 “भोजन पेटको निम्ति हो र पेट भोजनको निम्ति हो।” यो ठिक हो। तर परमेश्वरले ती दुवैलाई नाश पार्नु हुनेछ। शरीर यौन अपराधको निम्ति होइन शरीर प्रभुको निम्ति हो र प्रभु शरीरका निम्ति हुनु हुन्छ।
6:14b.1CO.006.014 परमेश्वरले आफ्नो शक्तिले प्रभु येशूलाई मृत्युबाट बौराउनु भयो। परमेश्वरले हामीलाई पनि मृत्युबाट बौराउनु हुनेछ।
6:15b.1CO.006.015 तिमीहरूको शरीरहरू ख्रीष्टका अंगहरू हुन् यो कुरो तिमीहरूलाई थाहा छ। यसैले मैले ख्रीष्टका अंगहरूलाई कुनै वेश्याको अंगसित एक बनाउनु हुदैंन।
6:16b.1CO.006.016 शास्त्रमा लेखिएको छः “ती दुइजना मानिसहरू एक जीउ बन्नेछ।” यसैले तिमीहरूले बुझनु पर्छ वेश्यासित यौन सम्बन्ध राख्ने मानिस वेश्याकै शरीरसित एक बन्नेछ।
6:17b.1CO.006.017 तर जो प्रभुसित जोडिन्छ त्यो मानिस आत्मामा प्रभु सितै एक बन्दछ।
6:18b.1CO.006.018 यसैकारण यौन पापदेखि अलग हौ। मानिसले अरू जुन सुकै अपराध गरोस् त्यो शरीरदेखि बाहिर हुँदछ तर उसले गरेको यौन अपराध आफ्नै शरीरको विरुद्ध हुनेछ।
6:19b.1CO.006.019 तिमीले बुझ्नु पर्छ कि तिम्रो शरीर पवित्र आत्माको मंदिर हो। पवित्र आत्माको मंदिर हो। पवित्र आत्मा तिमीभित्र छ। परमेश्वरबाट तिमीले त्यो पवित्र आत्मा पाएकाछौ यसकारण तिमी आफ्नो मालिक होइनौ।
6:20b.1CO.006.020 परमेश्वरद्वारा मोल तिरेर तिमी किनिएकाछौ। यसैले आफ्नो शरीरद्वारा परमेश्वरको सम्मान गर।
7
7:1b.1CO.007.001 अब तिमीहरूलाई मलाई लेखेका कुराहरूको विषयमा म चर्चा गर्दछु। लोग्ने मानिसले विवाह नगरेको असल हो।
7:2b.1CO.007.002 तर यौन अपराधको कारणले, प्रत्येक पुरुषको आफ्नो पत्नी हुनु पर्छ अनि प्रत्येक स्त्रीको आफ्नो पति हुनु पर्छ।
7:3b.1CO.007.003 पतिले आफ्नी पत्नीलाई सब थोकहरू देओस् जुन एउटी पत्नीले पाउनु पर्छ र पत्नीले पनि आफ्ना पतिलाई सब कुरा देओस्, जुन एउटा पतिले पाउनु पर्छ।
7:4b.1CO.007.004 आफ्नो शरीरमाथि पत्नीको कुनै अधिकार रहँदैन। उसको शरीरमाथि उसको पतिको अधिकार रहन्छ।
7:5b.1CO.007.005 एकार्काको शरीरलाई अस्वीकार नगर। तर तिमीहरू दुवै केही समयको निम्ति यौन-सम्बनधबाट अलग बस्न सहमत हौ। तिमीहरूले प्रार्थनाको लागि यसो गर्नु सक्छौं अनि तब फेरि एक साथ होऊ। यसो गरेमा शैतानले तिम्रो कमजोरीद्वारा आर्कषण गराउन सक्तैन।
7:6b.1CO.007.006 केही समयको निम्ति अलग रहनु भनेर म अनुमतिको रूपमा भन्दैछु। यसलाई आज्ञा नमान।
7:7b.1CO.007.007 म त चाहन्छु सबै म जस्तै होऊन् तर प्रत्येक मानिसले परमेश्वरबाट आफ्नो निम्ति वरदान पाएको छ। एक जनाले एक किसिमको वरदान पाए को छ भने अर्कोले अर्कै किसिमको।
7:8b.1CO.007.008 अब विवाह नगरेकाहरूलाई र विधवाहरूलाई म भन्छुः उनीहरूको लागि म जस्तै एकलो बस्नु राम्रो हो।
7:9b.1CO.007.009 तर उनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने, विवाह गरून्। यौन इच्छाले जल्नु भन्दा विवाह गर्नु असल हो।
7:10b.1CO.007.010 अब म विवाह गर्नेहरूलाई यो आज्ञा दिन्छु। यो आज्ञा मबाट होइन, यो प्रभूबाट हो। पत्नीले आफ्ना पतिलाई नछोडोस्
7:11b.1CO.007.011 तर छोडिहाली भने पनि उसले फेरि विहे नगरोस्। कि त उ आफ्नै पतिसँग फेरि मिलोस्। पतिले पनि आफ्नी पत्नीलाई नत्यागोस्।
7:12b.1CO.007.012 अरू सबैलाई म यो भन्छु। यी कुराहरू म भन्दैछु, प्रभुबाट होइन। ख्रीष्टमा एक भाइको यस्ती पत्नी हुन सक्छे जो ख्रीष्ट विश्वासी होइन। यदि त्यस्ती पत्नी उसित बस्न राजी छे भने उसले त्यसलाई नत्यागोस्।
7:13b.1CO.007.013 अनि ख्रीष्टमा एक स्त्रीको अविशवासी लोग्ने हुन सक्छ। तर यदि त्यो उसित बस्न राजी छ भने उसले पनि त्यसलाई नत्यागोस्।
7:14b.1CO.007.014 एक अविश्वासी पति विश्वासी पत्नीद्वारा पवित्र बन्दछ। अनि अविश्वासी पत्नी पनि पनि विश्वासी पतिद्वारा पवित्र बन्दछे। योस नहुँदो होत तिमीहरूका छोर-छोरी अशुद्ध हुने थिए। तर अहिले उनीहरू पवित्र छन्।
7:15b.1CO.007.015 तर विश्वास नगर्नेले त्याग्न खोजे, उसलाई त्यसो गर्न देऊ। त्यसो भएको खण्डमा ख्रीष्टमा भाइ वा बहिनी बन्धनमा रहदैंनन्।
7:16b.1CO.007.016 परमेश्वरले हामीलाई शान्तिमय जीवनको निम्ति बोलाउनु भएकोछ। पत्नीहरू, तिमीहरूले नै आ-आफ्ना पतिलाई बचाउन सकौला, र पतिहरू, तिमीहरूले नै आ-आफ्ना पत्नीलाई बचाउन सकौला। पछि के हुने हो तिमीहरू अहिले जान्दैनौ।
7:17b.1CO.007.017 जे जस्तो सुकै भए पनि जुन अवस्थामा परमेश्वरले उसलाई बोलाएको समयमा उ त्यो अनि जुन अवस्थामा उसलाई अहिले परमेश्वरले राख्नु भएकोछ उसरीनै प्रत्येक मानिस बाँच्नु पर्छ। यही नियम हो जो म सबै मण्डलीहरूलाई दिन्छु।
7:18b.1CO.007.018 यदि कुनै मानिस बोलाइँदा पहिल्यैबाट खतना भएको थियो भने उसले आफ्नो परिवर्तन गर्नु पर्दैन। यदि खतना नगरिएको मानिस बोलाइयो भने उसले खतना गरिरहनु पर्दैन।
7:19b.1CO.007.019 मानिस खतना गरिएको छ कि छैन त्यो कुनै मुख्य कुरो होइन। खास कुरो त परमेश्वरको आज्ञाको पालन गर्नु हो।
7:20b.1CO.007.020 प्रत्येक मानिस त्यही अवस्थामा बसोस् जुन अवस्थामा उसलाई परमेश्वरबाट बोलाइयो।
7:21b.1CO.007.021 परमेश्वरले तिमीलाई बोलाउँदा तिमी कमारा थियौ भने त्यसको परवाह नगर। तर तिमी मुक्त हुन सक्छौ भने तिमीलाई दिएको मौकाको प्रयोग गर।
7:22b.1CO.007.022 परमेश्वरले बोलाउँदा कुनै मानिस कमारा थियो भने उ प्रभुमा मुक्त हुन्छ अनि उ प्रभुको हुन्छ। उसरी नै परमेश्वरले बोलाउँदा यदि उ मुक्त थियो भने उ ख्रीष्टमा कमारा हुन्छ।
7:23b.1CO.007.023 तिमीहरू मूल्य चुकाएर किनिएकाहरू हौ। त्यसैले मानिसका कमारा नबन।
7:24b.1CO.007.024 दाज्यु-भाइ, दिदी-बहिनीहरू हो! अब परमेश्वरसितको नयाँ जीवनमा, तिमीहरू परमेश्वरद्वारा बोलाउनुहुँदा जुन अवस्थामा थियौ त्यही अवस्थामा रहनु पर्छ।
7:25b.1CO.007.025 अब म अविवाहितहरूको विषयमा लेख्छु। यस बारे मलाई प्रभुबाट आज्ञा छैन तथापि म आफ्नो विचार पोख्छु । मलाई विश्वास गर्न सक्छौ किन कि प्रभुले मलाई दया गर्नु भएको छ।
7:26b.1CO.007.026 त्यो दुःखको घडी हो। यसैले म सोच्छु तिमीहरू जुन अवस्थामा छौ त्यही अवस्थामा बस्नु राम्रो हो।
7:27b.1CO.007.027 तिमीहरूको पत्नी छ भने उबाट अलग हुने चेष्टा नगर। यदि तिम्रो विवाह विच्छेद भएको भए, पुर्नविवाह पट्टि नलाग। तिमीहरू अविवाहित भए पत्नी खोज्ने चेष्टा तर्प नलाग
7:28b.1CO.007.028 तर तिमीले विवाह गरे त्यो कुनै पाप होइन। अनि कन्या केटीले विवाह गर्छ भने त्यो पाप होइन। तर विवाह गर्नेहरूले जीवनमा दुःखै पाउँछन् अनि म चाहन्छु कि तिमीहरू त्यस्तो कठिनाईहरूबाट मुक्त रहो।
7:29b.1CO.007.029 दाज्यु-भाइ, दिदी-बहिनीहरू हो! मेरो भन्नुको तात्पर्यः हाम्रो लागि समय छोटो छ। जस-जसको पत्नीहरू छन्, पत्नी नहुनेहरू झैं बस।
7:30b.1CO.007.030 जो दुःखित छन् तिनीहरू दुःख नपाएको जस्तै बसुन्। जो र्हषित छन् तिनीहरू र्हष नभएको जस्तै बसुन् किनमेल गर्नेहरू तिनीहरू केही नभएको जस्तै बसून्।।
7:31b.1CO.007.031 जो संसारिक वस्तु व्यवहार गर्छन्, तिनीहरू ती वस्तुहरूमा चासो नभए झैं गरी बसुन्। तिमीहरू यसरी नै बस्नु पर्छ किन कि यो संसार, जुन अवस्थामा अहिले छ, चाँडै बितेर जाने छ।
7:32b.1CO.007.032 तिमीहरू चिन्ताबाट मुक्त होऊ भन्ने म चाहन्छु। एक अविवाहित मानिस प्रभुको काममा पूर्णरूपले मग्न रहन्छ। उसको उदेश्य नै प्रभुलाई खुशी तुल्याउनु हो।
7:33b.1CO.007.033 तर विवाहित मानिस सांसारिक वस्तुसंग सम्बन्धित हुन्छ। उसको लक्ष्य आफ्नी पत्नीलाई खुशी पार्नु हुन्छ।
7:34b.1CO.007.034 उसको ध्यान दुइवटा लक्ष्य तिर छुटिन्छ। एउटी अविवाहित स्त्री अथवा एउटी कन्या प्रभुको सम्बन्धमा व्यस्त रहन्छे। उ आफ्नो सम्पूर्ण शरीर र आत्मा प्रभुलाई अर्पण गर्न चाहन्छे। तर विवाहिता स्त्री सांसारिक कुराहरूमै सम्बन्धित रहन्छे। उसको प्राथमिक कर्त्तव्य आफ्नो पतिलाई खुशी पार्नु रहन्छ।
7:35b.1CO.007.035 तिमीहरूकै भलाईको निम्ति म यी कुराहरू गर्दैछु। मैले तिमीहरूलाई नियन्त्रण गर्न खोजेको होइन। तर तिमीहरू ठीक ढंगले बाँच्न सक भन्ने म चाहन्छु। अनि आफ्नो समय अरू कुराहरूतिरबाट मुक्त गराई पूर्णतया प्रभुमा लगाएको मन पराँउछु।
7:36b.1CO.007.036 विवाहको उमेर ढल्किन लागेकी आफ्नी कन्या प्रति मैले ठीक गरेको छैनँ भनी कसैले सोंच्न सक्ला र विवाह गरिदिनै पर्छ भन्ने सम्झानु सक्ला । त्यस अवस्थामा उसले जे चाहन्छ गरोस्। तिनीहरूलाई विवाह गर्न दिइयोस्। त्यो पाप होइन।
7:37b.1CO.007.037 तर कोही यस्तो बलियो मनको पनि हुन सक्ला र सोच्ला विवाहको कुनै आवश्यकता छैन, उ पनि आफ्नो इच्छामा स्वतन्त्रै छ। यदि त्यस मानिसले आफ्नी कन्यालाई अविवाहित राख्ने निश्चय गरेको छ भने उसले ठीक गर्दैछ।
7:38b.1CO.007.038 अर्थात् जसले आफ्नो कन्याको विवाह गर्छ उसले राम्रो गर्छ। र जसले आफ्नो कन्याको विवाह गरिदिंदैन उसले अझै राम्रो गर्छ।
7:39b.1CO.007.039 जब सम्म पति जीवित रहन्छ उसकी स्त्री बन्धनमा रहन्छे। तर पति मर्यो भने, त्यस स्त्रीले आफूले रूचाएको मानिससित विवाह गर्न सक्छे। तर उसले प्रभुमा विवाह गर्नु पर्छ।
7:40b.1CO.007.040 यदि उ त्यही अवस्थामा बसे अझ सुखी रहनेथिई। यो म जस्तो विचार गर्छु अनि म पक्का विश्वास गर्छु कि पमेश्वरको आत्मा ममा छ।
8
8:1b.1CO.008.001 अब मूर्तिमा बलि चढाएका पशुहरूको मासुको विषयमा म लेख्छु। हामी जान्दछौ कि “हामी सबैमा ज्ञान छ” “ज्ञान”-ले तिमीहरूलाई घमण्डी तुल्याउँछ, तर प्रेमले अरू विकासित हुन सहायता गर्छ।
8:2b.1CO.008.002 जसले केही जान्दछु भन्ने संझन्छ उसले जान्नु पर्ने खास केही कुरो जानेको हुँदैन।
8:3b.1CO.008.003 तर परमेश्वरलाई प्रेम गर्ने मानिसले परमेश्वरालाई चिन्छन्।
8:4b.1CO.008.004 यसर्थ मूर्तिमा बलि चढाएको मासु खान दिने विषयमाः हामी जान्दछौं, संसारमा मूर्ति वास्तवमा केही होइन। अनि हामी जान्दछौं परमेश्वर एक हुनु हुन्छ।
8:5b.1CO.008.005 धेरै वस्तुहरू छन् कि मानिसहरूले दुवै स्वर्गमा र पृथ्वीमा देवताहरू भन्छन्। यसको कुनै महत्व छैन्, तर वास्तविकता चाँहि यो छ मानिसहरू धेरै वस्तुहरूलाई देवताहरू र मालिकहरू मान्छन्।
8:6b.1CO.008.006 तर हाम्रा निम्ति त एउटै परमेश्वर हुनुहुन्छ। उहाँ हाम्रा पिता हुनु हुन्छ। अनि उहाँ बाटनै प्रत्येक चीज आयो र हामी उहाँका निम्ति छौं। अनि प्रभु पनि एउटै हुनु हुन्छ। उहाँ येशू ख्रीष्ट हुनु हुन्छ। येशूको तर्फबाटै प्रत्येक कुरा हुनआए अनि हामीमा जीवन उहाँबाटै छ।
8:7b.1CO.008.007 तर सबैले यो सत्य जान्दैन। धेरै समय अघि कति मानिसहरूले मूर्ति पूजा गर्थे औ तिनीहरू यसमा चढाएको मासु खान्थे तिनीहरू आफै निश्चित छैनन् कि त्यो मासु खानु उचित हो अथवा होइन। यसर्थ जब तिनीहरू खान्छन् आफैलाई दोषी सम्झन्छन्।
8:8b.1CO.008.008 तर खाने कुराले हामीलाई परमेश्वरको नजिकमा ल्याउँदैन। नखाँदैमा कुनै हानी छैन र खाँदैमा कुनै लाभ छैन।
8:9b.1CO.008.009 तर आफ्नो स्वतन्त्रताको ख्याल राख ताकि तिम्रो स्वतन्त्रताले गर्दा ती कमजोर विश्वास भएका मानिसहरू पापमा नपरून्।
8:10b.1CO.008.010 तिमीसित बुद्धि छ यसर्थ मूर्तिको मन्दिरमा बस्नु अनि खानु तिमीलाई स्वतन्त्र लाग्छ। दुर्वल विश्वास भएका कुनै मानिसले तिमीलाई त्यहाँ खाँदै गरेको देख्न सक्छ, यसर्थ उसलाई मूर्तिमा चढाएका मासु खानु उत्साह हुन्छ, यद्यपि वास्तवमा उसले भूल काम सम्झन्छ।
8:11b.1CO.008.011 यसैले त्यो दुर्बल विश्वास भएको भाइ, जसको लागि ख्रीष्ट मर्नु भयो, तिम्रो ज्ञानले गर्दा नष्ट हुनेछ।
8:12b.1CO.008.012 जब तिमी तिम्रो ख्रीष्टमा भएका दाज्यू-भाइ तथा दिदी-बहिनीहरूको विरोधमा यस्तो पाप गर्दछौ तिनीहरूको विवेकमा चोट पुर्याउने छौ अनि ख्रीष्टको विरुद्ध तिमी पाप गर्नेछौ।
8:13b.1CO.008.013 यदि खाने कुराले मेरो भाइलाई पापमा तान्छ भने म फेरि कहिल्यै मासु खाने छैन ताकि म मेरो भाइलाई पाप गराउने छैन।
9
9:1b.1CO.009.001 म स्वतन्त्र छु! एकजना प्रेरित हुँ। मैले हाम्रा प्रभु येशूलाई देखेको छु। तिमीहरू प्रभुमा मेरो कामको फल हौ।
9:2b.1CO.009.002 अरूले मलाई एउटा प्रेरितको रूपमा स्वीकार नगर्लान् तर तिमीहरूले मलाई एकजना प्रेरितको रूपमा स्वीकार गर्नेछौ। म एकजना प्रेरित हुँ भन्ने प्रभुमा मेरो सत्यको प्रमाण तिमीहरू नै हौ।
9:3b.1CO.009.003 कसै-कसैले मेरो अधिकारको विषयमा प्रश्न गर्छन्। तिनीहरूका निम्ति मेरो जवाब यही हुन्छः
9:4b.1CO.009.004 खाने र पिउने हाम्रो अधिकार छ। छैन र?
9:5b.1CO.009.005 यात्रा गर्दा पत्नी जो विश्वासी छ साथमा लिएर हिंड्ने हाम्रो अधिकार छ। छैन र? अरू प्रेरित हरू, प्रभुमा भाइहरू र केफास सबैले यसो गर्छन्।
9:6b.1CO.009.006 तर के बर्णाबास र मैले मात्र आफ्नो जीविकाका निम्ति काम गर्नै पर्छ?
9:7b.1CO.009.007 आफ्नो खर्च आफैं भरेर सेनामा काम गर्ने कुनै सिपाही छ? कोही यस्तो होला जसले अंगुरको खेती लगाएर एउटा पनि फल नखाने? कोही गोठालो होला जसले भेडाको दुध पिउँदैन?
9:8b.1CO.009.008 यी सब कुराहरू मानव विचार मात्र हुन? के परमेश्वरको नियमले पनि त्यसै भन्दैन?
9:10b.1CO.009.010 होइन, वास्तवमा परमेश्वर हाम्रै बारे बोल्दै हुनु हुन्थ्यो। हो, धर्म शास्त्र हाम्रै लागि लिखिएको हो, “जोत्दा र दाँई गर्दा खेतीवालाले केही अन्न पाउने आशा गर्छ।”
9:11b.1CO.009.011 हामीले तिमीहरूमा आत्मिक बिऊ छरेकाछौं? यसर्थ यदि हामीले तिमीहरूबाट केही भौतिक चीजको आशा गर्दा त्यो अधिक हुन्छ र?
9:12b.1CO.009.012 जब तिमीहरूबाट सहायता पाउन अरूले अधिकार प्रयोग गर्छन् भने के हामी त्यो भन्दा अधिक अधिकार खोज्न सक्तैनौ? तर हामी अधिकार माग्दैनौं। हामी सबै चीज सहन गर्छौ ताकि ख्रीष्टको सुसमाचार पालन गर्न कोही पनि विरोधी नहोस्।
9:13b.1CO.009.013 के तिमीहरू जान्दैनौ मन्दिरमा सेवा गर्नेले मन्दिरबाटै खाना पाँउछन्? के तिमीहरू जान्दैनौ वेदीमा भेटी चढाउनेहरूले भेटीको भाग पाउँछन्?
9:14b.1CO.009.014 सुसमाचार प्रचार गर्नेहरूलाई पनि त्यस्तै हो। सुसमाचारका प्रचारकहरूले प्रचार कर्मबाटै आफ्नो जीवन निर्वाह गर्नु पर्छ भनी आज्ञा दिनु भयो।
9:15b.1CO.009.015 तर यो कामबाट मैले कुनै अधिकार उपयोग गरेको छैन। र मैले यसबाट केही पाउने कोशिश पनि गरिरहेको छैन। तिमीहरूलाई यो लेख्ने मेरो उद्देश्य होइन। कसैलाई मेरो गर्व केवल रित्तो भाँडा प्रमाण गर्ने मौका दिनु भन्दा त म मर्न मन पराउँछु।
9:16b.1CO.009.016 म सुसमाचार प्रचार गर्छु तर प्रचार मेरो गर्वको आधार होइन। यो त मेरो कर्त्तव्य नै हो मैले गर्नै पर्छ। मेरो लागि दुःखको कुरो हो यदि मैले सुसमाचार प्रचार गरिन भने।
9:17b.1CO.009.017 यदि मैले आफ्नै खुशीले सुसमाचार प्रचार गरें भने म केही इनाम पाउनु सक्छु। तर मेरो कुनै चयन छैन। मैले सुसमाचार प्रचार गर्नै परेको छ। जब ममाथि यो काम सुम्पिइएको छ, म मेरो काम गरिरहेको छु।
9:18b.1CO.009.018 यस्तो हुनाले म के इनाम पाउँछु र? मेरो इनाम त यही होः विना मूल्य सुसमाचार प्रचार गर्नु। यसरी सुसमाचार प्रचारमा जो अधिकार दिइन्छ कुनै पनि म उपयोग र्गदिन।
9:19b.1CO.009.019 म स्वतन्त्र छु। म कसैको होइन। तर जति सक्दो सम्भव छ अधिक मानिसलाई बचाउनलाई सहायता गर्नु मैले आफूलाई सबैको दास बनाएको छु।
9:20b.1CO.009.020 यहूदीहरूलाई बचाउन यहूदीहरूका निम्ति म यहूदी जस्तै भएँ। म आफै कुनै नियमको अधीनमा छैन। तर नियमको अधीनमा बसेका मानिसहरूको लागि तिमीहरूलाई बचाउनु म पनि एकजना नियमको अधीनमा बस्ने मानिस जस्तै भइदिएँ।
9:21b.1CO.009.021 ती जो नियमको अधिनमा छैनन तिनीहरूलाई बचाउनु म पनि नियमको अधिनमा नभएको जस्तो भएँ। वास्तवमा परमेश्वरको नियमबाट म स्वतन्त्र छैन। म ख्रीष्टको नियमको अधीनमा छु।
9:22b.1CO.009.022 कमजोर मानिसहरूको लागि म कमजोरै भइदिएँ जसमा कि म तिनीहरूलाई सहायता गर्नु सकूँ। म सबै किसिमका मानिसहरूको निम्ति सबै थोक भएको छु ताकि कुनै न कुनै तरहले मानिसलाई बचाउनु सकूँ।
9:23b.1CO.009.023 सुसमाचारकै कारणले म यी सब चीज गर्छु ताकि सुसमाचराको आशिषमा सहभागी बन्न सकूँ।
9:24b.1CO.009.024 तिमीहरू सबैले जान्दछौ, दौडमा धेरै जना दुगुर्छन् तर पुरस्कार चाँहि खाली एकजनाले पाउँछ। यसर्थ त्यसरी दुगुर ताकि तिमीले पुरस्कार जित्न सक।
9:25b.1CO.009.025 खेलमा भाग लिने सबैले कठोर अनुशासनको पालना गर्नु पर्छ। पुरस्कार जितुँ भनेर नै तिनीहरू त्यसो गर्छन्। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्नछन्, तर हामीले पाएको पुरस्कार सदा काललाई हुँदछ।
9:26b.1CO.009.026 यसैले म कुनै निश्चित टुङ्गो भएको मान्छे जस्तै दुगुर्छु। हवामा मुक्क हान्नेले जस्तै म मुक्का हान्दिन।
9:27b.1CO.009.027 नियन्त्रणको लागि म आफ्नै शरीरलाई कठोर व्यवहार गर्छु। मैले यसो गरेको खण्डमा अरू मानिसहरू माझ प्रचार गरे पछि म आफै परमेश्वरबाट तिरस्कृत हुने छैन।
10
10:1b.1CO.010.001 दाज्यू-भाइ, दिदी-बहिनीहरू, हाम्रा पिता-पुर्खाहरूमाथि के बित्यो त्यो तिमीहरूले जान भन्ने म चाहन्छु। तिनीहरू सबै बादल मुनि थिए, अनि ती सबै समुद्र भएर हिंड्थे।
10:2b.1CO.010.002 तिनीहरू सबै बादल र समुद्रमा मोशामा बप्तिस्मा पाएका थिए।
10:3b.1CO.010.003 तिनीहरू सबैले एकै किसिमको आत्मिक भोजन खाए।
10:4b.1CO.010.004 अनि तिनीहरू सबैले एकै किसिमको आत्मिक पानी पिए। तिनीहरूले त्यस आत्मिक पहराबाट पिए जुन उनीहरूसँगै थियो। त्यो पहरा ख्रीष्ट हुनुहुन्थ्यो।
10:5b.1CO.010.005 तिनीहरूमध्ये धेरै जनासित परमेश्वर संतुष्ट हुनु भएन। तिनीहरू मरूभूमिमा मारिए।
10:6b.1CO.010.006 यी कुराहरू, जो घटेका थिए हाम्रोलागि उदाहरण भयो। यी उदाहरणहरूले हामीलाई तिनीहरूले गरे जस्तो खराब गर्नबाट रोक्नु पर्छ।
10:7b.1CO.010.007 तिनीहरूमा कोही मानिसहरूले जस्तो मूर्ति पूजा नगर। शास्त्रमा यो लेखिएकै छः “मानिसहरू खानालाई र पिउनलाई बसे। अनि नाच्नलाई उठे।”
10:8b.1CO.010.008 ती कतिपयले जस्तो हामी यौन अपराध नगरौं। तिनीहरू मध्ये एकै दिनमा तेईस हजार मरे।
10:9b.1CO.010.009 जसरी तिनीहरू मध्ये कसैले प्रभुको परिक्षा लिएका थिए औ साँपहरूद्वारा मारिए, हामीले त्यसरी परीक्षा लिनु हुदैंन।
10:10b.1CO.010.010 अनि तिनीहरू मध्ये कतिले गरे जस्तो गन्गन् पनि नगर अनि तिनीहरू संहारकर्ता स्वर्गदूतद्वारा मारिए।
10:11b.1CO.010.011 तिनीहरूलाई जे जति आइपर्यो, ती उदाहरणहरू हुन। अनि हाम्रै चेतावनीको निम्ति ती लेखिएका थिए। हामी त्यस्तो समयमा बाँचिरहेकाछौं, ती सबै विगत इतिहासहरू अन्त भइसकेका छन्।
10:12b.1CO.010.012 यसैले त्यो जो दह्रिलोसंग उभिन्छु भनि सोच्छ त्यो होशियार साथ उभियोस ताकि उ लड्न नपरोस्।
10:13b.1CO.010.013 हामीमा पनि अरूमा जस्तै प्रलोभन्हरू छन्। तर तिमीले परमश्वरमाथि भरोशा राख्न सक्छौ। उहाँले तिमीले सहनु सक्ने भन्दा बढता परीक्षा लिनु दिनु हुँदैन। जब तिमी प्रलोभित हुन्छौ परमेश्वरले तिमीलाई त्यो परीक्षाबाट बाँच्नलाई पनि सहायता गर्नु हुनेछ। तब तिमी त्यो सहन समर्थ हुनेछौ।
10:14b.1CO.010.014 यरकारण, मेरा प्रिये मित्रहरू हो, मूर्ति पूजादेखि टाढा बस।
10:15b.1CO.010.015 तिमीहरू बुद्धिमान छौ भनी म यो कुरा गर्दैछु; म के भन्दैछु तिमीहरू आफै जाँच।
10:16b.1CO.010.016 आशिषको कचौरा जसको लागि हामी परमेश्वरलाई धन्यवाद चढाउँछौं, त्यसको अर्थ ख्रीष्टको रगतको अंश-ग्रहण हो। होइन र? अनि रोटी, जुन हामी भाँज्दछौं, ख्रीष्टकै शरीरको अंश-ग्रहण हो। होइन र?
10:17b.1CO.010.017 त्यहाँ एउटै रोटी छ। अनि हामी धेरै जना छौं। तर त्यही एउटा रोटीबाट हामी भाग गर्छौ। यसैले हामी खासमा एउटै शरीर हौं।
10:18b.1CO.010.018 इस्राएलका मानिसहरूको बारेमा सोच। तिनीहरू बलि खान्छन् अनि वेदीमा भाग लिन्छन्। खाँदैनन् र?
10:19b.1CO.010.019 मेरो मतलब यो होइन कि मूर्तीमा चढाएको मासु अरू साधारण मासु भन्दा अझ दामी हो। अनि म सम्झिदिन कि त्यो मूर्ति पनि साधारण मूर्ति भन्दा कुनै दामी मूर्ति हो।
10:20b.1CO.010.020 तर म यसलाई के भन्छु भनेः मानिसले बलि चढाउछन् त्यो शैतानलाई चढाएको हो, परमेश्वरलाई होइन। र तिमीहरू शैतानसित कुनै कुराको भागीदार बन भन्ने म चाहन्न।
10:21b.1CO.010.021 तिमीहरू शैतानको कचौराबाट र प्रभुको कचौरा दुवैबाट पिउन सक्दैनौ। तिमीहरूले प्रभुको टेबलमा र शैतानको टेबल दुबैबाट खान सक्दैनौ।
10:22b.1CO.010.022 के तिमी प्रभूलाई रिस उठाउनु चाहन्छौ? हामी उहाँ भन्दा बलिया छौं र? छैनौं।”
10:23b.1CO.010.023 “सबै कुरामा अनुमति छ।” तर सबै कुरा हाम्रो निम्ति राम्रो छैन्। “सबै कुरामा अनुमति छ।” तर जम्मै कुराहरूले सबैलाई बलियो बनाउँदैन।
10:24b.1CO.010.024 तिम्रो आफ्नो मात्र काम गर्ने कोशिश नगर। अरू मानिसको लागि भलो हुने काममा पनि कोशिश गर्नु पर्छ।
10:25b.1CO.010.025 मासु पसलमा के बेचिन्छ? विवेकको खातिर केही सोधपुछ नगरी त्यो खायो।
10:26b.1CO.010.026 तिमीले त्यो खान सक्छौ “किन कि यो पृथ्वी र यसको हर चीज प्रभुकै हो।”
10:27b.1CO.010.027 यदि कुनै विश्वास नगर्ने मानिसले तिमीलाई उसित भोजन गर्न बोलाउला अनि तिमी जान चाहन्छौ भने तिम्रो अधिल्तिर जे राखिन्छ खाऊ। खानु उचित छ अथवा छैन भन्ने प्रश्न नगर।
10:28b.1CO.010.028 तर कसैले “त्यो मासु त मूर्तिमा बलि पो चढाएको थियो” भनेछ भने त्यो नखाऊ,. जुन मानिसले तिमीलाई भन्यो कि त्यो मासु मूर्तिमा चढाएको थियो, उसका निम्ति अनि ती मानिसहरूका निम्ति जसले त्यस्तो मासु खानू अनुचित मान्छन्।
10:29b.1CO.010.029 तिमीले नै त्यो अनुचित ठानौला भन्ने मलाई लाग्दैन। तर अरूले त्यो अनुचित हो भनी ठान्न सक्छ। त्यही एउटा कारणले म त्यो मासु खाँदिन। अर्को मानिसके सोचाईको आधारमा म मेरो स्वतन्त्रतालाई विचार गर्न दिंदिन।
10:30b.1CO.010.030 यदि म कृतज्ञतापूर्वक भोजन खाँदछु, म किन केही चीजको लागि परमेश्वरलाई धन्यवाद दिंदा किन मेरा निन्दा हुने?
10:31b.1CO.010.031 यसकारण तिमीहरू खाऊ, पिऊ, जे सुकै गर, तर त्यो परमेश्वरको महिमाकोलागि गर।
10:32b.1CO.010.032 त्यस प्रकारले कुनै काम नगर जसले अरूको विचारमा चोट पुर्याउनु सक्छः जस्तै यहूदीहरू, ग्रीकहरू अथवा परमेश्वरको मण्डली।
10:33b.1CO.010.033 म त्यसै गर्छु। म हरेकलाई हरतरहले खुशी पार्न खोज्छु। मैले कहिल्यै पनि आफूलाई मात्र लाभ गराउने कुनै काम गर्ने कोशिश गरेको छैन। म धेरैभन्दा धेरै मानिसको भलाई गर्ने कुरहारू कोशिश गर्छु जसमा कि मैले तिनीहरूलाई बचाउनु सकुँ।
11
11:1b.1CO.011.001 मेरो उदाहरण लिने चेष्टा गर जस्तो म ख्रीष्टको उदाहरण लिन्छु। मालिकको अधीनमा हुनु
11:2b.1CO.011.002 म तिमीहरूको प्रशंसा गर्दछु कारण तिमीहरूले सबै कुरामा मलाई सम्झन्छौ अनि मैले दिएको शिक्षालाई तिमीहरूले ठीकसँग पालन गर्दछौ।
11:3b.1CO.011.003 म चाहन्छु कि तिमीहरूले यो पनि जानि राखः प्रत्येक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ। अनि स्त्रीको शिर पुरुष हो। र ख्रीष्टको शिर परमेश्वर हुन्।
11:4b.1CO.011.004 हरेक पुरुष जसले शिरलाई छोपेर अगमवाणी गर्दछ वा प्रार्थना गर्दछ उसले शिरलाई अनादर गर्दछ।
11:5b.1CO.011.005 तर हरेक स्त्री जसले प्रार्थना वा अगमवाणी गर्दछे उसले आफ्नो शिर ढाक्नु पर्छ। यदि उसको शिर छोपिन भने उसले आफ्नो शिरलाई अनादर गरेकी हुन्छ। तब उ शिर खौरेकी स्त्री जस्तै हुनेछ।
11:6b.1CO.011.006 कुनै स्त्रीले आफ्नो शिर छोप्दिन भने, तब यो उसले जम्मै केश काटेको जस्तै छ। तर जब केश काट्नु वा शिर खौरनु एउटी स्त्रीको लागि शरमको कुरा हुन्छ यसैले आफ्नो शिर छोप्नु पर्छ।
11:7b.1CO.011.007 पुरुषले आफ्नो शिर ढाक्नु पर्दैन। किन? उ परमश्वरको प्रतिरूप हो उ परमेश्वरको महिमा हो। तर महिला पुरूषको महिमा हो।
11:8b.1CO.011.008 8पुरुष स्त्रीदेखि आएको होइन, तर स्त्री पुरुषदेखि आएको हो।
11:9b.1CO.011.009 अनि पुरुष स्त्रीको लागि बनिएको होइन तर स्त्री पुरुषको लागि बनिएकी हो।
11:10b.1CO.011.010 र त्यसैकारणले अधीनताको चिन्ह स्वरूप स्त्रीले आफ्नो शिर केही चीजले छोपेकी हुनुपर्छ। स्वर्गदूतहरूको कारणले उसले यसो गर्नु पर्दछ।
11:11b.1CO.011.011 तथापि प्रभुमा स्त्री पुरुषकोलागि महत्वपूर्ण छ र पुरुष स्त्रीको लागि महत्वपूर्ण छ।
11:12b.1CO.011.012 यो साँचो हो कि स्त्री पुरुषदेखि आएकी हो तर पुरुष पनि स्त्रीबाट जन्मेको हो। वास्तवामा सबै कुरो परमेश्वरबाटै आउँदछ।
11:13b.1CO.011.013 यो आफै निर्णय गर के स्त्रीले आफ्नो शिर नढाकी प्रार्थना गर्नु ठीक होला?
11:14b.1CO.011.014 लामो केश राख्नु पुरुषको निम्ति शरमको कुरो हो भन्ने कुरो प्रकृति धरिले हामीलाई सिकाउँछ।
11:15b.1CO.011.015 तर लामो केश हुनु स्त्रीको निम्ति सम्मानको कुरो हुन्छ। स्त्रीलाई आफ्नो शिर ढाक्नलाई लामो केश दिइएको छ।
11:16b.1CO.011.016 यस विषयमा कोही मानिस अझै बहस गर्न खोज्छन्। हामी र परमेश्वरका मण्डलीहरूको त्यस्तो व्यवहार छैन।
11:17b.1CO.011.017 अब यी विषयहरूमा म तिमीहरूलाई भन्छु, तिमीहरूको प्रशंसा र्गदिन। तिमीहरूका सभाले सहायता भन्दा तिमीहरूलाई खति नै गर्छ।
11:18b.1CO.011.018 पहिलो कुरो त, म सुन्दैछु कि मण्डलीमा जब तिमीहरू भेला हुँदछौ तिमीहरू बाँडिन्छौ। अनि केही अंशमा म यस कुरालाई पत्याउँछु।
11:19b.1CO.011.019 तिमीहरूको बीचमा फाटो आउनु आवश्यक छ, त्यसले तिमीहरू मध्ये को चाँहि वास्तविक विश्वासी हो थाहा हुन्छ।
11:20b.1CO.011.020 जब तिमीहरू सबै एकत्र हुन्छौ तिमीहरूले वास्तवमा प्रभुको भोज खाइरहेका हुँदैनौ।
11:21b.1CO.011.021 किन? किनभने जब तिमीहरू खान्छौ एउटाले अर्कालाई नपर्खी खान्छौ। कतिले अलिकति पनि खानै वा पिउनै नपाई कति चाँहि टन्न भइसक्छन्।
11:22b.1CO.011.022 तिमीहरू आफ्नै घरमा खान अनि पिउन सक्छौ! यस्तो लाग्छ, तिमीहरू सोच्छौ कि परमेश्वरको मण्डली महत्वहीन छ। जो गरीब छ तिनलाई तिमीहरू शरममा पार्दछौ। म के भनुँ? म तिमीहरूको प्रशंसा र्गदिन।
11:23b.1CO.011.023 तिमीहरूलाई म त्यही शिक्षा दिंदैछु जुन मैले प्रभुबाट पाएँ त्यो रात जब येशू पक्राउ पर्नुभयो, उहाँले रोटी लिनुभयो।
11:24b.1CO.011.024 र त्यसको निम्ति धन्यवाद दिनुभयो। अनि उहाँले रोटी भाँच्नु भयो र भन्नुभयो, “यो मेरो शरीर हो, यो तिमीहरूकोलागि हो। यो मेरो समझना को निम्ति गर।”
11:25b.1CO.011.025 उसरी नै उनीहरूले खाए पछि येशूले दाखरसको कचौरा लिनुभयो। येशूले भन्नुभयो, “यो दाखरस परमेश्वरबाट आफ्ना मानिसलाई नयाँ करार हो। यो नयाँ करार मेरो रगतसित शुरू हुँदछ। जहिले पनि तिमीहरू यो पिउँछौ मेरो सम्झनामा गर्ने गरा यसै गर्नु।
11:26b.1CO.011.026 जब-जब तिमीहरू यो रोटी खाँद्छौ र यो कचौराबाट पिउँदछौ उहाँ नआउञ्जेल प्रभुको मृत्युको घोषणा गर्दछौ।
11:27b.1CO.011.027 त्यसैकारण कसैले अयोग्य रीतिले रोटी खान्छ वा कचौराबाट पिउँछ भने, उसले प्रभुको शरीर र रगतको विरुद्ध पाप गर्छ।
11:28b.1CO.011.028 हरेकले रोटी खान र कचौराबाट पिउन अघि आफ्नो हृदय जाँच्नु पर्छ।
11:29b.1CO.011.029 यदि कसैले त्यो प्रभुको शरीर हो भन्ने नचिनी रोटी खायो र कचौराबाट पियो भने उसको ख्वाई र पियाईले आफैमा न्यायाकोलागि दण्ड निम्त्याउछ।
11:30b.1CO.011.030 त्यसै कारणले तिमीहरूका समाजमा धेरैजना रोगी औ कमजोरीहरू छन् र कति मरेर गए
11:31b.1CO.011.031 तर हामीले आफैलाई ठीकसित जाँच्यौं भने परमेश्वरले हामीलाई जाँच्न हुँदैन।
11:32b.1CO.011.032 तर जब प्रभूले हामीलाई जाँच्नु हुन्छ उहाँले सही मार्ग प्रदर्शनको लागि हामीलाई अनुशासित गराउनष्ठ्वु हुन्छ ताकि यो संसारका अरू मानिसहरू सरह तिमीहरूलाई दण्ड नहोस भनी उहाँले यसो गर्नु हुन्छ।
11:33b.1CO.011.033 यसैले मेरा दाज्यु-भाइ, दिदी-बाहिनीहरू हो, जब तिमीहरू खानका निम्ति भेला हुन्छौ एका-अर्कालाई पर्ख।
11:34b.1CO.011.034 कोही भोकाएको छ भने आफ्नै घरमै खावोस्। यसै गर जसमा कि तिमीहरूको जमघटले तिमीहरूमाथि नै परमेश्वरको दण्ड ननिम्त्यावोस्। अरू कुराहरू बारे के कसो गर्नु त्यो म जब आउँछु, भन्नेछु।
12
12:1b.1CO.012.001 दाज्यू-भाइ दिदी-बहिनीहरू, अब म चाहन्छु कि तिमीहरूले आत्मिक वरदानहरू बारे जान।
12:2b.1CO.012.002 तिमीहरूले विश्वासी बन्न अघि आफूले विगत जीवनको संझना गर। तिमीहरू केही रहस्यमय शक्ति तिर खिचीएर जीवनहीन मूर्ति पूज्न लागेको थियौ।
12:3b.1CO.012.003 म तिमीहरूलाई भन्छु कसैले परमेश्वरको आत्मा विना बोल्ने छैन, “येशू श्रापित होऊन” अनि कसैले पनि पवित्र आत्माको सहायता बिना “येशू प्रभु हुन” भन्न सक्दैन।
12:4b.1CO.012.004 आत्मिक वरदानहरू थरिथरिका हुन्छन् तर ती सबै एउटै आत्माबाट हुन्छ।
12:5b.1CO.012.005 सेवा गर्ने विभिन्न तरिकाहरू छन्। सबै ती उपायहरू एउटै उही प्रभुबाट हो।
12:6b.1CO.012.006 अनि परमेश्वरले मानव जातिमा गर्ने कामका उपायहरू एउटै परमेश्वरबाट हुन्। प्रत्येक कुरो गर्न परमेश्वरले हामी सबैमा काम गर्नु हुन्छ।
12:7b.1CO.012.007 प्रत्येकमा आत्माको उपहार देख्न सकिन्छ। आत्माले सबैको भलोको निम्ति उपहार दिन्छ।
12:8b.1CO.012.008 आत्माले एक मानिसलाई ज्ञानी कुरा गर्ने उपहार दिन्छ। अनि त्यही आत्माले अर्कोलाई बुद्धिमानी कुरा गर्ने वरदान दिन्छ।
12:9b.1CO.012.009 त्यही आत्माले कसैलाई विश्वास दिलाउँछ। अनि त्यही एक आत्माले अरू कसैलाई रोग निको पार्ने वरदान दिन्छ।
12:10b.1CO.012.010 त्यही आत्माले एउटालाई अश्चर्यकर्म गर्ने अनि अर्कोलाई अगमवाणी गर्ने शक्ति, अर्कोलाई शुद्ध र अशुद्ध आत्मा खुट्ट्याउन सक्ने शक्ति दिन्छ। त्यही आत्माले नै एउटालाई विभिन्न भाषा बोल्ने वरदान दिन्छ र कोही अर्कालाई ती भाषाहरू अनुवाद गर्ने वरदान दिन्छ।
12:11b.1CO.012.011 एउटै आत्मा, अनि त्यही आत्माले यी सब थोक गर्छ। प्रत्येकलाई के दिनु पर्ने त्यो आत्माले नै निर्णय गर्छ।
12:12b.1CO.012.012 मानिसको शरीर एउटै मात्र हो तर यसका अनेक अंगहरू हुन्छन्। हो, शरीरका धेरै अंगहरू छन्, तर ती सब अंगहरूले एउटै शरीर बनाउँछन्। ख्रीष्ट पनि त्यस्तै हुनुहुन्छः
12:13b.1CO.012.013 हामीहरूमा कति यहूदीहरू छौं र कति गैर-यहूदीहरू छौ। हामीहरूमा कति कमाराहरू छौं र कति मुक्त छौ। तर हामी सबै एउटै शरीर बनिनु बप्तिस्मा पाएका छौं। हामी सबैले त्यही एउटै आत्मा पाएका छौं।
12:14b.1CO.012.014 मानिसको शरीर एउटा अंगले मात्र बनिएको हुँदैन तर धरै अंगहरू हुन्छन्।
12:15b.1CO.012.015 खुट्टाले भन्न सक्ला, “म शरीरको होइन हातले भन्ला म शरीरको होइन।” तर त्यसो भन्दैमा खुट्टालाई भन्न सक्तैन यो शरीरको एक अंग होइन।
12:16b.1CO.012.016 कानले भन्नु सक्ला, “म आँखा होइन। यसकारण म शरीरको होइन।” तर यसो भन्दैमा कानलाई भन्न सकिंदैन, कान शरीरको होइन।
12:17b.1CO.012.017 यदि जम्मै शरीर एउटा आँखो हुँदो हो त शरीरले कसरी देख्ने थियो। यदि जम्मै शरीर एउटा कान हुँदो हो ता शरीरले कसरी सुन्ने थियो?
12:20b.1CO.012.020 अहिले यो जुन अवस्थामा छ अंगहरू धेरै छन् तर शरीर एउटै छ।
12:21b.1CO.012.021 आँखाले हातलाई भन्न सक्दैन। “मलाई तिम्रो खाँचो छैन”अनि टाउकोले खुट्टा हरूलाई “मलाई तिमीहरूको खाँचो छैन” भन्न सक्दैन।
12:22b.1CO.012.022 होइन। शरीरका ती अंगहरू जसलाई हामी दुर्वल सम्झन्छौं वास्तवमा तिनीहरू खुबै महत्वपूर्ण हुन्छन्।
12:23b.1CO.012.023 अनि शरीरका तुच्छ ठानिएका ती अंगहरूलाई खुबै बचाइन्छ। अनि शरीरका जुन अंगहरूलाई हामी लुकाउन चाहन्छौ तिनलाई हामी विशेष ध्यान दिंदछौं।
12:24b.1CO.012.024 हाम्रा शरीरका अझ सुन्दर अंगहरूलाई धेरै विशेष ध्यान दिइन्छ। तर परमेश्वरले शरीरको यसरी गठन गर्नु भएको छ कि उहाँले ती सम्मान नभएका अंगहरूलाई अझ धेरै सम्मान दिनु भएको छ।
12:25b.1CO.012.025 हाम्रो शरीरको भाग भाग नछुट्टियोस् भनी परमेश्वरले यसो गर्नु भएको हो। विभिन्न अंगहरूले आपस्तमा उसरी नै ध्यान दिने गरून्। परमेश्वर त्यही चाहनु हुन्छ।
12:26b.1CO.012.026 शरीरको कुनै एक अंगले दुःख पायो भने सम्पूर्ण शरीरले दुःख पाउँछ। अथवा यदि हाम्रो शरीरको एउटा अंगले सम्मान पाए अरू जम्मै अंगहरू पनि समान रूपले सम्मानित बन्नेछन्।
12:27b.1CO.012.027 तिमीहरू जम्मै सामूहिक रूपले ख्रीष्टको एक शरीर हौ। तिमीहरू प्रत्येक शरीरका अंग हौ।
12:28b.1CO.012.028 अनि मण्डलीमा, परमेश्वरले प्रेरितहरूलाई पहिलो, अगमवक्ताहरूलाई दोस्रो र शिक्षाहरूलाई तेस्रो स्थान दिनु भएको छ। त्यसपछि परमेश्वरले आश्चर्यकर्महरू गर्नेहरूलाई, रोग निको पार्ने वरदान पाएकाहरूलाई, मदद गर्न सक्नेहरूलाई, अगुवाइ गर्ने सक्ने क्षमता भएकाहरूलाई अनि विभिन्न थरिका भाषा बोल्ने वरदान पाएकाहरूलाई स्थान दिनु भएको छ।
12:29b.1CO.012.029 सबै मानिस प्रेरितहरू होइनन्। सबै अगमवक्ताहरू होइनन्, सबै शिक्षकहरू होइनन्। आश्चर्यकर्म सबैले गर्न सक्दैनन्।
12:30b.1CO.012.030 रोग निको पार्ने वरदान सबैले पाएका छैनन्। सबैले विभिन्न थरिको भाषा बोल्न सक्तैनन्। सबैले ती भाषाहरू को अर्थ खुलाउन सकदैनन्।
12:31b.1CO.012.031 तर तिमीहरूले आत्मको अझै ठूलो वरदान लिनु चाहेको हुनुपर्छ।
13
13:1b.1CO.013.001 अनि अब म सबै भन्दा महत्वपूर्ण मार्ग बताउने छु। मानिसहरूका र स्वर्गदूतहरूका विभिन्न भाषाहरू म बोल्न सकुँला। तर मसित प्रेम नै छैन भने म खाली एउटा टङटङे घंटी वा झ्याम् झ्यामे झ्याम्टा मात्र हुँ।
13:2b.1CO.013.002 मसित अगमवाणी गर्न सक्ने वरदान होला। म परमेश्वरको जम्मै रहस्य बुझूँला र हरेक कुरो जानुँला, अनि मसित यति ठूलो विश्वास होला कि म पहाडहरू पनि हल्लाउन सकुँला। तर यतिको शक्ति ममा आर्जित हुँदा पनि यदि ममा प्रेम नभए म केही होइन।
13:3b.1CO.013.003 मानिसहरूलाई खुवाउन आफूसित भएको सब कुरा दिन सकुँला र आफ्नो शरीर समेत आहुतिको रूपमा जलाउन सकुँला। तर यदि मसित प्रेम छैन भने म केही पनि हैन।
13:4b.1CO.013.004 प्रेम धैर्य हुन्छ, प्रेम दयालु हून्छ, प्रेमले ईर्ष्या गर्दैन यसले घमण्ड गर्दैन।
13:5b.1CO.013.005 प्रेम रुखो हुँदैन, प्रेम स्वार्थी हुँदैन र प्रेम सजिलै रिसाह बन्दैन। प्रेमले आफ्नो विरूद्ध गरिएको खराबीको हिसाब राख्दैन।
13:6b.1CO.013.006 प्रेम खराबमा खुशी हुँदैन तर प्रेम सत्यसित आनन्दित हुन्छ।
13:7b.1CO.013.007 प्रेमले सबै कुरा धैर्यपूर्वक सहन्छ। प्रेमले सँधै विश्वास गर्छ, सँधै आशा गर्छ र यो दरिलो उभिन्छ।
13:8b.1CO.013.008 प्रेम कहिल्यै सिद्धिदैन। अगमवाणीहरू टुँगिन्छन्। भाषाहरू बोल्ने वरदान समाप्त हुन्छ, ज्ञानका उपहार समाप्त हुन्छ।
13:9b.1CO.013.009 यी कुराहरू सिद्धिन्छन्, किनभने हामीमा भएको ज्ञान र यी अगमवाणीहरू पूर्ण छैनन्।
13:10b.1CO.013.010 तर जब धेरै पूर्णता आउँछ तब ती अपूर्णताको अन्त्य हुनेछ।
13:11b.1CO.013.011 जब म बालक थिएँ, म बालक जस्तै बोलें, बालक जस्तै सोचें, बालकले जस्तै योजनाहरू बनाएँ। जब म एउटा मानिस भएँ, मैले ती बालकपनको तरिकाहरू त्यागिदिएँ।
13:12b.1CO.013.012 हामीसित पनि त्यस्तै हो। अहिले हामी सफासित देख्ने छौ। अहिले म खाली एक अंश मात्र जान्दछु। तर त्यस बेला म पूरै जान्ने छु जस्तो परमेश्वरले मलाई जान्दछन्।
13:13b.1CO.013.013 यसैले, यी तिन कुराहरू रहिरहनेछन् विश्वास, आशा र प्रेम। अनि यिनीहरूमा सबैभन्दा ठूलो हो प्रेम।
14
14:1b.1CO.014.001 प्रेम तिमीहरूको लक्ष्य हुनु पर्छ। तिमीहरूले साँच्चै आत्मिक वरदानहरू पाउने इच्छा राख्नु पर्छ खास गरी अगमवाणी गर्ने वरदान।
14:2b.1CO.014.002 किनभने जो विभिन्न भाषाहरूमा बोल्छ मानिससँग बोल्दैन, तर उ परमेश्वरसित बोल्छ। कसैले उसलाई बुझ्दैन। उ आत्माद्वारा गुप्ती सत्य बोल्छ।
14:3b.1CO.014.003 तर जसले अगमवाणीहरू गर्छ उसले मानिसहरूसित बोलिरहेको हुन्छ उसले मानिसहरूलाई बल, उत्साह र सुख दिन्छ।
14:4b.1CO.014.004 जसले अन्य भाषामा बोल्छ आफूलाई मात्र मद्दत गरिहेको हुन्छ। तर जसले अगमवाणी बोल्छ उसले सारा मण्डलीलाई मद्दत पुरयाइरहेको हुन्छ।
14:5b.1CO.014.005 म तिमीहरू सबैलाई विभिन्न भाषा बोल्ने वरदान मिलोस भन्ने चाहन्छु। तर अझै, म तिमीहरूले अगमवाणी गर्नु पर्छ भन्ने चहान्छु। विभिन्न भाषाहरूमा बोल्न सक्ने भन्दा जसले अगमवाणी गर्छ त्यो ठूलो हो। तर ती भाषाहरूको उल्था पनि गर्न सक्ने भए त्यो विभिन्न भाषाहरूमा बोल्ने पनि अगमवाणी गर्ने जत्तिकै हो। त्यसो हो भने उसले जे भन्छ त्यसबाट मण्डली पनि उपकृत हुन्छ।
14:6b.1CO.014.006 दाज्यू-भाइ दिदी-बहिनीहरू, यदि म विभिन्न भाषाहरूमा बोल्दै तिमीहरूकहाँ आएँ भने त्यसले तिमीहरूलाई के फाईदा हुन्छ? हुँदै हुँदैन। यदि म तिमीहरूकहाँ कुनै नयाँ सत्य, अथवा केही ज्ञान अथवा केही अगमवाणी वा केही शिक्षा लिएर आएँ भने मात्र तिमीहरूलाई फायदा हुन्छ।
14:7b.1CO.014.007 त्यो खाली निर्जीव चीजहरूबाट निकालेको आवाज जस्तो मात्र हुनेछ, बाँसूरी अथवा साराङ्गी। यदि संगीतको आवाज स्पष्ट छैन भने के गीत बाजाइँदैछ तिमीहरूले बुझ्ने छैनौं। गीत बुझ्नुको लागि प्रत्येक आवाज स्पष्ट हुनु पर्छ।
14:8b.1CO.014.008 युद्धमा यदि तुरहीले स्पष्ट स्वर निकालेन भने युद्धको लागि को तयार हुनेछ?
14:9b.1CO.014.009 तिमीहरूलाई पनि त्यस्तै हो। तिमीहरूको जिब्रोबाट शब्द प्रष्ट हुनुपर्छ। यदि तिमीले प्रष्टसित बोल्न सकेनौ भने तिमीले के भन्दैछौ कसैले बुझ्न सक्दैन। त्यो खाली तिमी हावासित बोलेको जस्तो मात्र हुनेछ।
14:10b.1CO.014.010 त्यो साँचो हो, संसारमा घेरै किसिमका भाषाहरू छन् अनि ती सबै अर्थ हुन्छन्।
14:11b.1CO.014.011 यसैकारण, यदि कसैले मलाई केही भनेको अर्थ मैले बुझिन भने म संझन्छु उसले विदेशी कुरा गर्दैछ र उसले मलाई विदेशी संझन्छ।
14:12b.1CO.014.012 तिमीहरूलाई पनि त्यस्तै हौ। तिमीहरू पनि खुब आत्मिक वरदानको निम्ति इच्छा गर। यसैकारण जुन वरदानले मण्डली अझ दरिलो हुन्छ त्यही पाउने इच्छा गर।
14:13b.1CO.014.013 यसकारण जसले विभिन्न भाषा बोल्ने वरदान पाएको छ उसले आफूले बोलेका कुराहरूको अनुवाद पनि गर्न सक्ने हुने प्रार्थना गरोस्।
14:14b.1CO.014.014 यदि म विभिन्न भाषामा प्रार्थना गर्छु भने मेरो आत्माले प्रार्थना गर्छ तर मेरो मन त्यसमा संलग्न हुँदैन।
14:15b.1CO.014.015 तब मैले के गर्नुपर्छ? म मेरो आत्माले प्रार्थना गर्नेछु र मेरो मनले पनि प्रार्थना गर्नेछु। मेरो आत्माले गाउँनेछ र मनले पनि गाउँनेछ।
14:16b.1CO.014.016 तिमी तिम्रो आत्माले परमेश्वरको प्रशंसा गरौला तर साधारण मानिसले तिम्रो धन्यवादमा “आमिन” भन्न सक्दैन। किनभने तिमीले के भन्दैछौ उसले बुझ्न सक्तैन।
14:17b.1CO.014.017 परमेश्वरलाई तिम्रो धन्यवाद असल भए पनि, तर त्यसले अरू मानिसलाई दरिलो बनिन सहायता गर्दैन।
14:18b.1CO.014.018 म परमेश्वरलाई धन्यवाद दिँदछु कारण तिमीहरू सबैको भन्दा म विभिन्न भाषाहरू बोल्न सक्षम छु।
14:19b.1CO.014.019 तर मण्डलीमा विभिन्न भाषाका हजारौं शब्दहरू भन्नु भन्दा म जुन भाषा बुझ्छु त्यसको पाँचवटा शब्द बोल्नु रूचाउँछु। बरू म बुझेर बोल्छु जसमा कि बोल्नु रूचाउँछु। बरू म बुझेर बोल्छु जसमा कि अरूलाई सिकाउन सकुँ।
14:20b.1CO.014.020 दाज्यू-भाइ दिदी-बहिनीहरू हो! केटाकेटीहरूले जस्तो नसोच। नराम्रा कुराहरूमा बालकहरू जस्ता होऊ। तर आफ्नो विचारमा तिमीहरू परिपक्व मानिस बन।
14:21b.1CO.014.021 व्यवस्थामा लेखिएको छः “विभिन्न भाषा बोल्ने मानिसहरू लिएर अनि विदेशीहरूकै ओठ चलाएर तिनीहरूसित म बोल्छु, तथापि तिनीहरूले मलाई सुन्दैनन्।” यशैया 28:11-12
14:22b.1CO.014.022 यसैकारण विभिन्न भाषामा बोल्ने वरदान विश्वास नगर्ने मानिसहरूको प्रमाण हो, विश्वास गर्नेहरूको होइन। अनि अगमवाणी तिनीहरू निम्ति हो जसले विश्वास गर्छन्, विश्वास नगर्नेहरूलाई होइन।
14:23b.1CO.014.023 मानिलेऊ, मण्डलीका सारा सदस्यहरू एक ठाउँमा भेला भएका छन् अनि तिमीहरू विभिन्न भाषाहरूमा बोल्छौ। यदि कतिपय मानिसहरू जसले बुझ्दैन अथवा त्यहाँ कतिपय विश्वास नर्गेने मानिसहरू सभामा आउँछन्। ती मानिसहरूले तिमीहरूलाई बौलाहा भन्ने छैनन्?
14:24b.1CO.014.024 तर मानिलेऊ तिमीहरू सबे अगमवाणी बोल्दैछो अनि कुनै विश्वास नगर्ने मानिस भित्र पस्छ वा कुनै अबूझ मानिस भित्र पस्छ। त्यस मानिसलाई उसको पाप देखाइन्छ, अनि तिमीहरू सबैले बोलेका कुराहरूबाट उ जाँचिन्छ।
14:25b.1CO.014.025 त्यस मानिसको हृदयका गुप्त कुराहरू प्रकट हुँदछ। तब त्यो मानिस झुक्नेछ अनि परमेश्वरको आराधना गर्नेछ। उसले भन्नेछ, “साँच्चै, परमेश्वर तिमीहरूसितै रहेछन्।”
14:26b.1CO.014.026 यसकारण दाज्यू-भाइ दिदी-बहिनीहरू हो। तिमीहरूले के गर्नु पर्छ? जब तिमीहरू भेला हुन्छौ, कसैसित गीत हुन्छ, कसैसित शिक्षा हुन्छ, कसैसित परमेश्वरको नयाँ सत्य हुन्छ, फेरि अर्को एकजनासित विभिन्न भाषा बोल्ने हुन्छ अनि अर्को चाँहि त्यो भाषा व्याख्या गरिदिने हुन्छ। यी सब कुराको उद्धेश्य मण्डलीलाई दरिलो बनाउनु हो।
14:27b.1CO.014.027 जब तिमीहरू भेला हुँदछौ, यदि कुनै मानिसले खाली दुइजना होऊन् अथवा तीनजना भन्दा वेशीले नबोलुन। तिनीहरू एक पछि अर्को पालैसित बोलुन्। अनि अर्को मानिसले तिमीहरूले बोलेको भाषा अनुवाद गरिदिनु पर्छ।
14:28b.1CO.014.028 तर यदि त्यहाँ कुनै अर्थ खोल्ने छैन भने त्यो विभिन्न भाषा बोल्ने मानिस मण्डलीको सभामा चुपचाप बसोस्। त्यस मानिसले खाली आफैंसित र परमेश्वरसित मात्र बोल्नु पर्छ।
14:29b.1CO.014.029 अनि खाली दुइ वा तीनजना अगमवक्ताहरू मात्र बोल्नुपर्छ। अरूहरूले के भनिन्छ त्यो जाँच्नु पर्छ।
14:30b.1CO.014.030 अनि बसिरहेको कुनै मानिसलाई परमेश्वरबाट सन्देश आयो भने बोल्दै गर्ने पहिलो मानिस रोकिनु पर्छ।
14:31b.1CO.014.031 तिमीहरू सबैले एक पछि अर्काले अगमवाणी दिन सक्छौ। त्यस प्रकारले सबै मानिसलाई सिकाउनु र उत्साहित तुल्यानु सक्छौ।
14:32b.1CO.014.032 अगमवक्ताहरूको आत्मा अगवक्ताहरूकै अधीनमा हुन्छ।
14:33b.1CO.014.033 किनभने परमेश्वर गोलमालको परमेश्वर हुनु हुन्न, तर शान्तिका परमेवश्वर हुनु हुन्छ।
14:34b.1CO.014.034 मण्डलीको सभामा स्त्रीहरू चुपचाप बस्नु पर्छ। परमेश्वरका मानिसहरूको सबै मण्डलीहरूमा यस्तै हुनुपर्छ। स्त्रीहरूलाई बोल्ने अनुमति छैन। तिनीहरू अधीनमा रहनुपर्छ, जस्तो मोशाको नियमले पनि भन्छ।
14:35b.1CO.014.035 यदि स्त्रीहरूले कुनै कुरो जान्न चाहे तिनीहरूले आ-आफ्नो पतिहरूलाई घरमा सोध्नु पर्छ। मण्डलीको सभामा बोल्नु स्त्रीहरूको निम्ति शर्मको कुरो हो।
14:36b.1CO.014.036 के परमेश्वरको शिक्षा तिमीहरूबाट आएको हो? होइन। कि त्यो शिक्षा पाउने तिमीहरू मात्र हौ? होइनौ।
14:37b.1CO.014.037 यदि कसैले आफु अगमवक्ता हुँ अथवा आत्मिक वरदान पाउने हुँ भन्ने सम्झन्छ भने त्यस मानिसले बुझोस् कि मैले तिमीहरूलाई जे लेख्दैछु त्यो प्रभुको आज्ञा हो।
14:38b.1CO.014.038 यदि त्यस मानिसले यो जान्दैन भने उसले परमेश्वरलाई जान्दैन।
14:39b.1CO.014.039 यसैकारण मेरा प्रिय दाज्यु-भाइ, दिदी-बहिनीहरू, तिमीहरूले अगमवाणी गर्ने साँचो चाहना गर। अनि विभिन्न भाषाहरूमा बोल्नु नछोड।
14:40b.1CO.014.040 तर प्रत्येक कुरो राम्रो र व्यवस्थित ढंगले गरिनु पर्छ।
15
15:1b.1CO.015.001 अब दाज्यू-भाइ, दिदी-बहिनीहरू, मैले तिमीहरूलाई जुन सुसमाचर भनें त्यसको संझना गराउन चाहन्छु। तिमीहरूले त्यो सुसमाचार पायौ र तिमीहरू त्यसमा दरिलो बनिएका छौ।
15:2b.1CO.015.002 सुमाचारको कारणले तिमीहरू बचाइयौ। तर मैले यो प्रचार गरेको तरिकाको विश्वासमा अडीक बस। नत्र तिमीहरूको विश्वास व्यर्थको विश्वास हो।
15:3b.1CO.015.003 मैले पाएकै समाचार तिमीहरूलाई दिएँ। मैले खुबै महत्वपूर्ण कुरो तिमीहरूलाई दिएँ कि हाम्रो पापहरूको निम्ति ख्रीष्टको मृत्यु भयो, जस्तो धर्म शास्त्रे भन्छः
15:4b.1CO.015.004 कि ख्रीष्ट गाडिए अनि तीन दिन पछि बौरिए, जस्तो धर्मशास्त्रले भन्छ;
15:5b.1CO.015.005 अनि पत्रुसकहाँ र पछि बाह्र जना प्रेरितहरकहाँ एउटै समयमा ख्रीष्ट देखा पर्नुभयो।
15:6b.1CO.015.006 त्यसपछि पाचँ सय भन्दा बेशी भाइहरूकहाँ ख्रीष्ट एकैचोटि देखा पर्नु भयो। कतिपय दाज्युभाईहरू आज सम्म जीवित छन् त कोही मरिसके।
15:7b.1CO.015.007 अनि ख्रीष्ट याकूबकहाँ देखा पर्नुभयो र केही पछि सबै प्रेरितहरूकहाँ देखा पर्नुभयो।
15:8b.1CO.015.008 सबैभन्दा पछि ख्रीष्ट मकहाँ देखा पर्नु भयो। म स्वभाविक समय भन्दा पहिल्यै जन्मेको बालक जस्तो थिए।
15:9b.1CO.015.009 जम्मै प्रेरितहरू मभन्दा ठूला छन् किनभने मैले परमेश्वरको मण्डलीको खेदो गरें। त्यसैले म चेला कहलाइनु पनि लायकको छैन।
15:10b.1CO.015.010 तर म जे छु, परमेश्वरको अनुग्रहले छु। अनि उहाँले मलाई दिनुभएको अनुग्रह व्यर्थमा गएन। मैले अरू सबै प्रेरितहरूले भन्दा धेरै कठिन काम गरें। वास्तवमा काम गर्ने म होइन तर त्यो मसीत भएको परमेश्वरको अनुग्रह हो।
15:11b.1CO.015.011 यसर्थ मैले प्रचार गरेको अरू प्रेरितहरूले तिमीहरूलाई प्रचार गरेको यो कुनै महत्वपूर्ण कुरो होइन। तर हामी त्यही प्रचार गर्दछौं, जुन तिमीहरूले विश्वास गरेकाछौ।
15:12b.1CO.015.012 ख्रीष्ट मृत्यबाट बौरी उठ्नु भयो भन्ने प्रचार गरिन्छ। तब तिमीहरूमा कति जनाले किन भन्छन् कि पुनरुत्थान भएको छैन?
15:13b.1CO.015.013 यदि मानिसहरू मृत्युबाट कहिल्यै पुनरुत्थान हुँदैनन् भने, ख्रीष्ट पनि मृत्युबाट बौरिनु भएको थिएन।
15:14b.1CO.015.014 यदि ख्रीष्ट नबौरिनु भएको भए, हाम्रो प्रचार व्यर्थ छ। अनि तिमीहरूको विश्वास व्यर्थ हुन्छ।
15:15b.1CO.015.015 अनि ख्रीष्टलाई परमेश्वरले बौराई उठाउनु भएको थियो भन्ने प्रचारको लागि परमेश्वर समक्ष हामी दोषी बनिनेछौ। किनभने यदि मृत्युबाट पुनरुत्थान थिएन भने तब परमेश्वरले येशूलाई कदापि बौराउनु भएन।
15:16b.1CO.015.016 यदि मानिस मृत्युबाट बौराइनु सकिदैन भने ख्रीष्ट पनि मृत्युबाट बौराइनु भएन।
15:17b.1CO.015.017 अनि यदि ख्रीष्ट मृत्युबाट बोरिइनु भएको थिएन। भने तिमीहरूको विश्वास व्यर्थै हो, तिमीहरू अझै आफ्नो पापको दोषी छौ।
15:18b.1CO.015.018 अनि ती ख्रीष्टमा मर्नेहरू पनि नष्टै भए।
15:19b.1CO.015.019 यदि ख्रीष्टमा हाम्रो आशा संसारमा यसै जुनिको लागि मात्र हो भने हामी अरू जम्मै मानिसहरू भन्दा ज्यादा दुःखी छौं।
15:20b.1CO.015.020 तर वास्तवमा ख्रीष्ट मृत्युबाट बौराइनु भएको थियो-मृत्युमा निदाएका ती सबै विश्वासीहरू मध्ये उहाँ प्रथम बौराइएको हुनु हुन्छ।
15:21b.1CO.015.021 एउटा मानिसको कारण्ले पनि मानिसहरूमा मृत्यु आएको हो। यसर्थ एउटै मानिस को कारणले पनि मृत्युबाट बौराई आयो।
15:22b.1CO.015.022 आदममा जम्मै मानिसहरू मरे त्यसरी नै ख्रीष्टमा हामी सबै फेरि जीवित तुल्याइनछौं।
15:23b.1CO.015.023 तर हरेक मानिसलाई उचित क्रमले जीवनमा बौराइन्छ। बौरीनेहरूमा ख्रीष्ट प्रथम हुनुहुथ्यो। त्यसपछि जब ख्रीष्ट आउनु हुन्छ, ख्रीष्टमा हुने सबै मानिसहरूलाई फेरि बौराइनेछ।
15:24b.1CO.015.024 अनि तब अन्त आउनेछ। ख्रीष्टले जम्मै शासकहरूलाई, अधिकारीहरूलाई र शक्तिलाई नष्ट पार्नु हुनेछ। तब उहाँले पिता परमेश्वरको हातमा राज्य सुम्पनु हुन्छ।
15:25b.1CO.015.025 जब सम्म परमेश्वरले जम्मै शत्रुहरूलाई ख्रीष्टको पाउमुनि दवाएर राख्नु हुँदैन त्यतिज्जेल सम्म ख्रीष्टले राजाले झैं शासन चलाउनु पर्छ।
15:26b.1CO.015.026 नष्ट गरिनु पर्ने शत्रुहरूमा मृत्यु अन्तिम हुनेछ।
15:27b.1CO.015.027 जस्तो धर्मशास्त्रामा छन्। भनिन्छ, “परमेश्वरले प्रत्येक थोक उहाँको अधीनमा गर्नुभयो।” जब धर्मशास्त्रमा भनिन्छ कि प्रत्येक बस्तु उहाँको अधीनमा गराइयो स्पष्ट अर्थ लग्छ कि परमेश्वरलाई यसमा सम्मिलित गराइएन। उहाँ परमेश्वर नै हुनुहुन्छ जसले सबै थोक अधीनमा राख्नु भयो।
15:28b.1CO.015.028 जब प्रत्येक थोक ख्रीष्टको अधीनमा राखिनु भयो। परमेश्वरनै एक हुनु हुन्छ जसले सब कुछ ख्रीष्टको अधीनमा राख्नु भयो। ख्रीष्ट तब पुत्र आफै पनि परमेश्वरको अधीनमा राखियो। परमेश्वरको अधीनमा राखिएको छ, तब परमेश्वर सब कुराको पूर्ण शासक हुनु हुन्छ।
15:29b.1CO.015.029 एक पल्ट मरिसकेका मानिसहरूलाई बौराइँदैन भने मरेकाहरूका निम्ति बप्तिस्मा लिनहरूले के गर्छन्? यदि मरेकाहरू फेरि बौरँदैनन् भने तिनीहरूको निम्ति बप्तिस्मा किन लिइन्छ?
15:30b.1CO.015.030 अनि हाम्रो चाँहि के हुन्छ त? हामी आफूले आफैलाई किन प्रत्येक घण्टा आपतमा पार्दछौं?
15:31b.1CO.015.031 म हरेक दिन मर्छु। यो साँचो हो, मेरा भाइहरू हो। यो त्यही प्रकारले साँचो हो जति ख्रीष्ट येशू हाम्रा प्रभुमा तिमीहरू भएकोमा म गर्व गर्दछु।
15:32b.1CO.015.032 यदि खाली मानवताको कारणले मैले एफिससमा जंगली जानवरसित लडाइँ गरें भने मेलै के लाभ पाएँ। यदि मानिसहरूलाई मृत्युबाट बौराइँदैन भने “खाऊँ, पिऊँ किनकि भोलि हामी मर्छौं।”
15:33b.1CO.015.033 भ्रममा नपरः “खराब संगतले असल बानी नष्ट गर्छ।”
15:34b.1CO.015.034 उचित बिचारमा आऊ र पाप गर्न छोड। तिमीहरूमा कतिले परमेश्वरलाई जान्दैनौ। तिमीहरूलाई शरममा पार्नु म यसो भन्छु।
15:35b.1CO.015.035 तर कसैले सोध्न सक्छन् “मरेकाहरू कसरी बौरन्छन्? तिनीहरूको शरीर कस्तो हुन्छ?”
15:36b.1CO.015.036 यी सबै मूर्ख प्रश्नहरू हुन्। जब तिमी केही रोप्छौ, भने बाँच्न र बढन अघि त्यो बीऊ माटोमा मर्छ।
15:37b.1CO.015.037 जब तिमीले केही रोप्छौ त्यस्को त्यही रूप हुँदैन, जस्तो पछि हुन्छ। जब तिमीले छरेका थियौ त्यो वीऊ मात्र थियो चाहे गहुँ होस् अथवा अन्य कुनै। तर परमेश्वरले जे योजना गर्नु भएको छ त्यसले त्यही शरिर पाउँछ।
15:38b.1CO.015.038 परमेश्वरले प्रत्येक बिऊलाई उसको शरीर दिनुहुन्छ।
15:39b.1CO.015.039 सबै शरीरको मासु एकै हुँदैनः मानिसहरूको मासु एक प्रकारको हुन्छ, औ पशूहरूको मासु अर्को प्रकारको हुन्छ, पंछीहरूको भिन्दै हुन्छ, अनि माछाहरूको अर्कै प्रकारको मासु हुन्छ।
15:40b.1CO.015.040 स्वर्गीय शरीरहरू र पार्थिव शरीरहरू छन्। तर स्वर्गीय शरीरहरूको शोभा एक किसिमको हुन्छ। पार्थिव शरीरहरूको शोभा भिन्दै किसिमको हुन्छ।
15:41b.1CO.015.041 सूर्यको एक प्रकारको सुन्दरता छ, चन्द्रमाको अर्को किसिमको सुन्दरता छ र ताराहरूको अर्कै प्रकारको सुन्दरता छ अनि हरेक तारा आफ्नो सुन्दरतामा भिन्न छ।
15:42b.1CO.015.042 जीवित तुल्याइएका मृतहरूको पनि त्यस्तै हुन्छ। “रोपिएको” शरीर कुहुने हुन्छ। तर जब त्यस शरीरलाई जीवित तुल्याइन्छ त्यो नष्ट हुँदैन।
15:43b.1CO.015.043 अनादरमा त्यो गाडिन्छ, महिमामा त्यो जीवित हुन्छ। दुर्बलतामा त्यो गाडिन्छ, शक्तिमा त्यो जीवित हुन्छ।
15:44b.1CO.015.044 शरीर जुन “रोपिन्छ” त्यो भौतिक शरीर हो। जब त्यसलाई बौराइन्छ त्यो आत्मिक शरीर हुन्छ। भौतिक शरीर छ र त्यहाँ आत्मिक शरीर पनि छ।
15:45b.1CO.015.045 धर्मशास्त्रमा जस्तो लेखिएको छः “प्रथम मानिस एउटा जीवित थोक भयो। तर अन्तिम आदम आत्मा भयो जसले जीवन दिन्छ।”
15:46b.1CO.015.046 आत्मिक मानिस पहिले आएन। भौतिक मानिस पहिले आयो। तब त्यसपछि आत्मिक मानिस आयो।
15:47b.1CO.015.047 पहिलो मानिस पृथ्वीको धूलोबाट आयो। दोस्त्रो मानिस स्वर्गबाट आयो।
15:48b.1CO.015.048 मानिसहरू पृथ्वीका हुन्। तिनीहरू पृथ्वीको पहिलो मानिस जस्तो हुन्। तर ती मानिस जो स्वर्गका हुन् ती स्वर्गको मानिस जस्तै हुन्।
15:49b.1CO.015.049 जसरी हामीहरू पृथ्वीका मानिस जस्तै बनाइयौं त्यसैले हामी स्वर्गका त्यो मानिस बनिनुको पनि बदली गराइन्छौ।
15:50b.1CO.015.050 दाज्यू-भाइ दिदी-बहिनीहरू हो! म तिमीहरूलाई यो भन्छुः भौतिक शरीरले परमेश्वरको राज्यमा भाग लिन पाउँदैन। जुन कुरो त्यो कुनै अविनाश कुरोमा भागलिन सक्तैन।
15:51b.1CO.015.051 तर सुन, म यो रहस्य तिमीहरूलाई भन्छुः हामीहरू सबै मर्ने छैनौ, तर हामी सबैको परिवर्तन हुनेछ।
15:52b.1CO.015.052 यसकोलागि खाली एकक्षण लाग्छ। आँखा झिम्के जत्तिकै छिटो हामी बद्लन्छौं। जब अन्तिम तुरही बज्छ तब यो हुनेछ। तुरही बज्नेछ र मरेकाहरू अविनाशी जीवनमा उठ्नेछन्। अनि हामी पनि सबै बद्ली हुनेछौं।
15:53b.1CO.015.053 यो शरीर जुन नाश हुन्छ, अविनाशी वस्त्र पहिरिनै पर्छ। अनि यो शरीर जुन मरणशील छ यसले अमरताको वस्त्र पहिरिनै पर्छ।
15:54b.1CO.015.054 यसैले यो शरीर जुन नष्ट हुन्छ त्यसले अविनाशी धारण गर्दछ। र यो शरीर जुन मरणशील छ त्यसले अमरता पहिरिन्छ। जब यस्तो हुन्छ तब यस धर्म शास्त्रको भनाई सत्य ठहरिनछः “मृत्यु विजयमा निलिएको छ।” यशैया 25:8
15:55b.1CO.015.055 “हे मृत्यु! तेरो विजय कहाँ छ? चिहान! तेरो विषदन्त शक्ति कहाँ छ?” होशे 13 : 14
15:56b.1CO.015.056 मृत्युको बिषदन्त नै पाप हो। अनि पापको शक्ति नियम हो।
15:57b.1CO.015.057 तर हामी परमेश्वरलाई धन्यवाद दिंदछौं। उहाँले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनु हुन्छ।
15:58b.1CO.015.058 यसैकारण मेरा प्रिय दाज्यू-भाई दिदी-बहिनीहरू हो, दरिलोसित खडा हौ। कुनै कुराले तिमीहरूलाई आफ्नो स्थानबाट विचलित नपरोस्। सँधै आफूलाई प्रभुको काममा लगाऊ। तिमीहरू जान्दछौ प्रभुमा तिमीहरूको काम कहिल्यै व्यर्थ जानेछैन।
16
16:1b.1CO.016.001 अब परमेश्वरका मानिसहरूको लागि अर्थ संग्रह बारेमा म लेख्छु। मैले गलातियाका मण्डलीहरूलाई जसो गर्नु भनेको छु तिमीहरूले पनि उसै गर्नुः
16:2b.1CO.016.002 प्रत्येक साताको पहिलो दिनमा तिमीहरू प्रत्येकले आफूले कमाएकोबाट जति पैसा सक्छौ बचाउनु। तिमीहरूले त्यो पैसा विशेष ठाउँमा राख्नु र त्यहीं रहोस्। यसर्थ जब म आउँछु पैसा संग्रह गर्ने आवश्यक हुँदैन।
16:3b.1CO.016.003 जब म आउँला म कसैलाई तिमीहरूको दान यरूशलेम लैजान पठाउँला। ती मानिसहरू तिमीहरू सबैले पठाउनु खोजेकै मानिस हुनेछ। म तिनीहरूलाई परिचय-पत्रहरू सहित पठाउनेछु।
16:4b.1CO.016.004 अनि यदि उचित ठहरिए, तिनीहरू मसँगै जानेछन्।
16:5b.1CO.016.005 म्यासिडोनिया भएर जाँदा तिमीहरूकहाँ आउने मेरो योजना छ। किनभने म्यासिडोनिया भएर मेरो यात्रा गर्ने इच्छा छ।
16:6b.1CO.016.006 यदि सम्भव हुन सके, केही दिन म तिमीहरूसित बसुँला। म हिउँद भरि पनि तिमीहरूसित बस्न सक्छु। तब जहाँ-जहाँ म जान्छु तिमीहरूले मेरो यात्रामा सहायता गर्न सक्छौ।
16:7b.1CO.016.007 तिमीहरूलाई भेट्न म यात्री जस्तो आउँन चहाँदिन। यदि प्रभुको अनुमति भए, मेरो तिमीहरूसँग लामो समय सम्म बस्ने इच्चाछ
16:8b.1CO.016.008 तर म एफिससमा पेन्तिकोस सम्म बस्नेछु।
16:9b.1CO.016.009 किनभने त्यहाँ प्रभावपूर्ण कार्यको एउटा विशाल मौका हात लाग्नेवाला छ। अनि धेरैजना त्यस कार्यको विरोधमा पनि काम गर्दैछन्।
16:10b.1CO.016.010 तिमोथी तिमीहरूकहाँ आउन सक्लान्। तिमीहरूसित त्यँहा बस्दा उसलाई केही आराम अनुभव होस्। तिनी पनि मैले गरे जस्तै प्रभुको काममा व्यस्त छन्।
16:11b.1CO.016.011 यसकारण तिमोथीलाई स्वीकार गर्नु तिमीहरू कसैले आनाकानी गर्ने छैनौ। उनलाई शान्तिसित यात्रा गर्न सघाउनु जसमा कि उनी मकहाँ आउन सकुन्। उनी भाइहरूका साथमा आउन भनी म आपेक्षा गरिरहेछु।
16:12b.1CO.016.012 अब हाम्रा भाइ अपोल्लोसको बारेमाः मैले उनलाई अरू भाइहरूसित तिमीहरूकहाँ जान उत्साहित पारेकोछु। अहिले उनी आउने कुरामा पक्का छन्। तर मौका पाए भने उनी तिमीहरूकहाँ आउनेछन्।
16:13b.1CO.016.013 सावधान बस। विश्वासमा दरिलो बन्दै बस। साहसी हौ र दृढ बन।
16:14b.1CO.016.014 हरेक कुरो प्रेमपूर्वक गर।
16:15b.1CO.016.015 तिमीहरू जान्दछौ स्तिफनस र उनको परिवार अखैयामा पहिलो विश्वासीहरू थिए। तिमीहरूले आफूलाई परमेश्वरका मानिसहरूको सेवामा अर्पेकाछन्। प्रिय दाज्यु-भाई दिदी-बहिनीहरू हो! म तिमीहरूलाई उपदेश दिन्छु कि
16:16b.1CO.016.016 यस्तै मानिसहरूको र उनीहरूसित काम गर्ने र सेवा गर्ने कुनै पनि अरू मानिसको अगुवाइमा हिंड।
16:17b.1CO.016.017 स्तिफनस, फोर्टुनाटस, र अखाइकस आएकामा म र्हषित छु। तिमीहरू यहाँ छैनौ तर तिनीहरू तिमीहरूका ठाउँमा छन्।
16:18b.1CO.016.018 तिनीहरूले मेरो आत्मालाई र तिनीहरूको आत्मालाई विश्राम दिएकाछन्। यस्ता मानिसहरूको मूल्य तिमीहरूले चिन्नु पर्छ।
16:19b.1CO.016.019 एशियाका मण्डलीहरूले तिमीहरूलाई शुभेच्छा पठाउँछन्। अक्वीला र प्रिस्किल्लाले पनि प्रभुमा तिमीहरूलाई शुभेच्छा पठाउँछन्। तिनीहरूका घरमा भेला हुने मण्डलीले पनि तिमीहरूलाई शुभेच्छा पठाउँछन्।
16:20b.1CO.016.020 यस ठाँउका सबै दाज्यू-भाइहरू र दिदी-बहिनीहरूले तिमीहरूलाई शुभेच्छा जनाएकाछन्। जब तिमीहरू भेट्छौ एक-अर्कामा पवित्र चुम्बन देऊ।
16:21b.1CO.016.021 म पावल हुँ र मेरो शुभेच्छा म आफ्नै हातले लेख्दैछु।
16:22b.1CO.016.022 जसले परमेश्वरलाई प्रेम गर्दैन, उ श्रापित होस्। आउनु होस्, हे प्रभु!
16:23b.1CO.016.023 प्रभु येशूको अनुग्रह तिमीहरूसित रहोस्।
16:24b.1CO.016.024 ख्रीष्ट येशूमा हुने तिमीहरू सबै प्रति मेरो प्रेम!
- Holder of rights
- Multilingual Bible Corpus
- Citation Suggestion for this Object
- TextGrid Repository (2025). Nepali Collection. 1 Corinthians (Nepali). 1 Corinthians (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-AD80-4