Acts (Nepali)

Acts (Nepali)

1

1:1b.ACT.001.001 प्रिय थियोफिलस, मैले मेरो प्रथम पुस्तकमा, येशूले जे-जे गर्नु भयो र सिकाउनु भयो प्रत्येक कुरो लेखें।

1:2b.ACT.001.002 मैले येशूको सम्पूर्ण जीवन बारे लेखें, प्रारम्भदेखि उहाँ स्वर्ग तिर उचालिनु भए सम्म। यो घटना हुनु अघि उहाँद्वारा चुनिएका प्रेरितहरूसित उहाँले बातचित गर्नु भयो। प्रेरितहरूले के गर्नु पर्छ भन्ने कुरा पवित्र आत्माको सहयोग लिएर उहाँले बताउनु भयो।

1:3b.ACT.001.003 यी सबै घटनाहरू येशूको मृत्यु पछि भयो, अनि उहाँले आफ्ना प्रेरितहरूलाई आफू जिउँदो रहेको शक्तिशाली प्रमाणहरूले प्रमाण गर्नु भयो। येशू मृत्युबाट बौरी उठे पछि प्रेरितहरूले उहाँलाई चालीस दिनको अवधिमा धेरै पल्ट देखे। उहाँले तिनीहरूसंग परमेश्वरका राज्यको विषयमा बताउनुभयो।

1:4b.ACT.001.004 एक समय जब येशू तिनीहरूसंग खाई रहनु भएको थियो, उहाँले तिनीहरूलाई यरूशलेम नछोड्ने कुरा भन्नुभयो। उहाँले भन्नुभयो, “पिताले तिमीहरूको लागि प्रतिज्ञा गर्नु भएकोछ, जुन मैले तिमीहरूलाई पहिल्यै भनिसकेकोछु। त्यो प्रतिज्ञा प्राप्त गर्नलाई तिमीहरूले यरूशलेममा र्पखिनु पर्छ।

1:5b.ACT.001.005 यूहन्नाले मानिसहरूलाई पानीद्वारा बप्तिस्मा दिए, तर केही दिन पछिबाट तिमीहरूले पवित्र आत्माद्वारा बप्तिस्मा लिनेछौ।”

1:6b.ACT.001.006 प्रेरितहरू जम्मा भए। तिनीरूले येशूलाई सोधे, “हे प्रभु के यो इस्राएललाई राज्य फेरि फिर्ता दिने तपाईंको समय यही हो?”

1:7b.ACT.001.007 येशूले तिनीहरूलाई भन्नुभयो, “पिता मात्र एक हुनुहुन्छ जसको मिति र समयहरू निर्णय गर्ने अधिकार छ।” तिमीहरू यी कुराहरू बारे जान्न सक्तैनौ।

1:8b.ACT.001.008 तर पवित्र आत्मा तिमीमाथि आउनु हुनेछ अनि तिमीहरूले शक्ति पाउनेछौ। तिमीहरू मानिसहरूबीच मेरो गवाही हुनेछौ। पहिले तिमीहरू यरूशलेमका मानिसहरूका निम्ति गवाही हुनेछौ। तब तिमीहरूले यहूदियामा, सामरियामा अनि संसारका प्रत्येक ठाउँका मानिसहरूलाई बताउनेछौ।”

1:9b.ACT.001.009 येशूले प्रेरितहरूलाई ती कुराहरू भनिसके पछि उहाँ माथि आकाश सम्म उचालिनु भयो। प्रेरितहरूले हेर्दा हेर्दै येशू बादलभित्र पस्नु भयो अनि तिनीहरूले उहाँलाई देख्न सकेनन्।

1:10b.ACT.001.010 येशू टाढा गइरहनु भएको थियो अनि प्रेरितहरूले आकाश तर्फ हेरिरहेका थिए। अचानक दुइजना मानिसहरू सेतो वस्त्र धारण गरेर तिनीहरूका छेउमा उभिए।

1:11b.ACT.001.011 ती दुइजना मानिसहरूले प्रेरितहरूलाई भने, “गालीलका मानिसहरू, तिमीहरू यहाँ किन आकाशतर्फ हेर्दै उभिरहेकाछौ? तिमीहरूले येशूलाई तिमीहरूदेखि स्वर्ग-आरोहण भएको देख्यौ। जसरी तिमीहरूले उहाँलाई जानु भएको देख्यौ त्यसरी नै उहाँ फर्की आउनु हुनेछ।”

1:12b.ACT.001.012 त्यसपछि प्रेरितहरू जैतून पर्वतदेखि यरूशलेम तिर लागे। यो पर्वत यरूशलेमदेखि प्राय आधा माईल टाढो छ।

1:13b.ACT.001.013 प्रेरितहरू शहरभित्र पसे। तिनीहरू त्यही ठाउँमा गए जहाँ तिनीहरू बसेका थिए; यो कोठा माथिल्लो तलामा थियो। प्रेरितहरू थिए पत्रुस, यूहन्ना, याकूब अन्द्रियास, फिलिप, थोमा, बर्थुलमै, मत्ती, याकूब (अल्फयसको छोरो) र शिमोन (कनानी) र यहूदा (याकूबको छोरो)।

1:14b.ACT.001.014 प्रेरितहरू एक साथ थिए। एकै उद्वेश्यको लागि तिनीहरूले लगातार प्रार्थना गरिरहेका थिए। केही नारीहरू, मरियम येशूको आमा अनि उहाँका भाइहरू पनि त्यहाँ प्रेरितहरूसंग थिए।

1:15b.ACT.001.015 केही दिन पश्चात् त्यहाँ विश्वास गर्नेहरूको सभा भइरहेको थियो। सभामा झण्डै एक सय बीस जना मानिसहरू थिए। पत्रुस उभिए र भने,

1:18b.ACT.001.018 यहूदालाई पैसा दिएर त्यसो गर्न खटाएको थियो। आफ्नो दुष्ट कामको पैसाले एउटा जमीन किन्यो। तर यहूदा उँधो मुण्टो भएर पछारियो, त्यसको शरीर खुल्ला भएर फुट्यो, सबै आन्द्रा भुँडीहरू निस्किए।

1:19b.ACT.001.019 यो घटनाबाट सम्पूर्ण येरूशलेमको जनसाधरणले शिक्षा पाए। त्यसैकारणले त्य खेतको नाउँ मानिसहरूले हकल्दामा राखे। तिनीहरूको भाषामा हकल्दमाको अर्थ, “रगतको खेत” हुन्छ।

1:20b.ACT.001.020 पत्रुसले भने, “भजनसंग्रहमा यहूदाको विषयमा यस्तो लेखिएको छः ‘उसको घर जनहीन होस्। कोही पनि त्यहाँ नबसुन्।’ भजनसंग्रह 69 : 25 अनि यस्तो पनि लेखियोः ‘त्यसको काम अरू कसैले लैजावोस्।’ भजनसंग्रह 109:8

1:23b.ACT.001.023 प्रेरितहरूले दुईजना मानिसहरू टोलीको समक्ष राखे। एकजना यूसुफ बर्णबास थिए। जसलाई जस्तस पनि भनिन्थ्यो। अर्को मानिस मत्तियास थियो।

1:26b.ACT.001.026 प्रेरितहरूले दुई जनाबाट एकजना छान्नलाई चिट्ठा गरे। चिट्ठामा मत्तियासको नाउँ पर्यो। यसैकारणले अन्य एघारजना प्रेरितहरू सहित ऊ पनि एक प्रेरित हुन पुगे।

2

2:1b.ACT.002.001 जब पेन्तिकोसको दिन आइपुग्यो, प्रेरितहरू सबै एकै ठाउँमा जम्मा भएका थिए।

2:2b.ACT.002.002 अचानक स्वर्गबाट जोडले हुरी बतास चले जस्तै एउटा आवाजले तिनीहरू जुन कोठामा बसिरहेका थिए त्यस कोठालाई सम्पूर्ण प्रकारले ढाकिदियो।

2:3b.ACT.002.003 तिनीहरूले आगोका ज्वालाहरू जस्तो देखे। ती ज्वालाहरू विभाजित भएर प्रत्येक मानिसमाथि बस्यो।

2:4b.ACT.002.004 तिनीहरू सबै पवित्र आत्माले परिपूर्ण भए र तिनीहरूले विभिन्न भाषाहरूमा बोल्न थाले। पवित्र आत्माले तिनीहरूलाई त्यसो गर्न शक्ति प्रदान गर्नुभयो।

2:5b.ACT.002.005 त्यसबेला यरूशलेममा केही धार्मिक यहूदीहरू बस्थे। तिनीहरू संसारको प्रत्येक राष्ट्रबाट आएका थिए।

2:6b.ACT.002.006 तिनीहरू धेरै जसो आवाज सुने पछि आए। प्रेरितहरूले आ-आफ्ना भाषामा बोलेको सुनेर तिनीहरू छक्क परे।

2:7b.ACT.002.007 यी सबै यहूदीहरू यसमा आर्श्चय चकित भए। तिनीहरूले बुझेनन् कि कसरी प्रेरितहरू यस्तो गर्न सक्षम भए। तिनीहरूले भने, “हेर! यी मानिसहरू जो बोलिरहेका छन् तिनीहरू सबै गालीलबाट आएका हुन्।

2:8b.ACT.002.008 तर हामी तिनीहरूले बोलेका शब्दहरू हाम्रो आफ्नै भाषामा सुनिरहेका छौं। यो कसरी सम्भव भयो? हामी विभिन्न ठाउँहरूबाट आएका हौं

2:9b.ACT.002.009 पार्थीया, मेदीया, एलाम, मेसोपोटामिया, यहूदिया, कपोदिसिया, पोन्टस, एशिया,

2:10b.ACT.002.010 फ्रिगिया, प्याम्फिलिया, मिश्रदेश, साईरिन छेउको लिबिया, रोम

2:11b.ACT.002.011 क्रेती र अरबीयाबटा। हामी कतिपय जन्मजात यहूदीहरू हौं अनि अरू कतिलाई यहूदी धर्ममा परिवर्तन गरिको छ। हामी ती विभिन्न देशहरूबाट आएका हौं। तर हामी ती मानिसहरूलाई हाम्रो आफ्नै भाषामा सुन्न सक्छौं। तिनीहरूले परमेश्वरको विषयमा भनेका सबै महान कुराहरू हामी बुझ्न सक्छौं।”

2:12b.ACT.002.012 मानिसहरू सबै आर्श्चय चकित र अलमल्ल भए। तिनीहरूले आपसमा प्रश्न गरे, “यसको मतलब के हुन सक्थ्यो?”

2:13b.ACT.002.013 तर अन्य मानिसहरू तिनीहरूमाथि हाँसिरहेका थिए। ती मानिसहरूले सोचे कि प्रेरितहरूले खुब दाखरस पिए अनि माते।

2:14b.ACT.002.014 त्यसपछि पत्रुस अन्य एघार जना प्रेरितहरूसित उभिए। सबै जनसमुदायले सुन्ने गरेर उनले जोडसंग कराएर भने। उनले भने, “मेरा यहूदी दाज्यु-भाइहरू र यरूशलेमाका बासिन्दाहरू, मलाई ध्यान दिएर सुन! म तिमीहरूले जान्नु पर्ने आवश्यक कुराहरू भन्न लागेको छु।

2:15b.ACT.002.015 यी मानिसहरू तिमीहरूले सोचे जस्तै मातेका छैनन्। अहिले बिहानको भर्खर नौ मात्र बजेको छ।

2:16b.ACT.002.016 आज यहाँ भइरहेका कुरा अगमवक्ता योएलले भनेका हुन्

2:17b.ACT.002.017 ‘परमेश्वर भन्नुहुन्छः अन्तिम दिनहरूमा सबै मानिसहरूमाथि मेरो आत्मा खन्याइदिनेछु, तिम्रा छोरा अनि छोरीहरूले अगमवाणी गर्नेछन्। तिम्रा जवान मानिसहरूले दर्शनहरू देख्नेछन्। तिम्रा बूढा मानिसहरूले विशेष दर्शनहरू देख्नेछन्।

2:18b.ACT.002.018 त्यसबेला, म मेरो आत्मा खनाउनेछु, मेरो सेवकहरू, पुरुष र स्त्रीहरूमाथि, अनि तिनीहरूले अगमवाणी गर्नेछन्।

2:19b.ACT.002.019 म छक्क पर्दो चीजहरूमाथि आकाशमा देखाउनेछु, तल पृथ्वीमा, म प्रमाणहरू दिनेछु। त्यहाँ रगत, आगो, र घना धूँवा हुनेछ।

2:20b.ACT.002.020 घाम अन्धकारमय भई बद्लिने छ अनि जुन रगत सरह रक्तिम हुनेछ तब परमप्रभुको महान् र महिमामय दिन आउनेछ।

2:21b.ACT.002.021 अनि हरेक मानिस ज-जसले परमप्रभुमाथि विश्वास गर्नेछ बचाइनेछ।’ योएल 2:28-32

2:22b.ACT.002.022 “मेरो यहूदी दाज्यु-भाइहरू, यी शब्दहरूमा ध्यान देऊः नासरतको बासिन्दा येशू विशिष्ट मानिस हुनुहुन्थ्यो। परमेश्वरले यो स्पष्ट रुपमा तिमीहरूलाई देखाउनु भयो। परमेश्वरले येशूको माध्यमद्वारा शक्तिशाली अनि आर्श्चजनक कुराहरू गरेर यसलाई प्रमाण गर्नुभयो। तिमीहरू सबै जनाले यी कुराहरू देखेका छौ।

2:23b.ACT.002.023 येशूलाई तिमीहरूमा सुम्पिएको थियो अनि तिमीहरूले उहाँलाई मारयौ। ती मानिसहरूका सहायता लिएर जोसित परमेश्वरको नियम छैन तिमीहरूले येशूलाई क्रूसमा किला ठोक्यौ। तर परमेश्वरलाई यी सबै घटना हुने थाहा थियो। यो परमेश्वरकै योजना थियो। परमेश्वरले यो योजना धेरै अघि बनाउनु भएको थियो।

2:24b.ACT.002.024 येशूले मृत्युको पीडा खप्नु परयो, तर परमेश्वरले उहाँलाई मृत्युबाट छुटकारा दिनुभयो। मृत्युले येशूलाई समाल्न सकेन। परमेश्वरले येशूलाई मृत्युबाट ल्याउनु भयो।

2:25b.ACT.002.025 दाऊदले येशूको विषयमा यस्तो भनेका थिएः ‘सधैं मैले प्रभुलाई सम्मुख देखें, मलाई बचाउँन उहाँ मेरो दाहिनेतिर हुनुहुन्छ।’

2:26b.ACT.002.026 यसैले मेरो हृदय आनन्दित छ र मेरो मुख आनन्दसित बोल्दछ। मेरो शरीले पनि आशामा भरोसा गर्नेछ।

2:27b.ACT.002.027 किनभने तपाईंले मेरो प्राणलाई पातालमा छोडनुहुनेछैन। तिमीहरूले आफ्ना एक पवित्र जनलाई चिहानमा कुहुनुदिनेछैनौ।

2:28b.ACT.002.028 तिमीहरूले मलाई कसरी बाँच्न सिकायौ तिमीहरू मेरो छेउमा आउनेछौ अनि मलाई आनन्दले भरिदिनेछौ।’ भजनसंग्रह 16:8-11

2:29b.ACT.002.029 “मेरा दाज्यु-भाइहरू, म तिमीहरूलाई पूर्ण रूपले हाम्रा पुर्खा दाऊदको विषयमा भन्न सक्छु। उहाँ मर्नु भयो र गाडियो। उहाँको चिहान अझ सम्म हामीसंग छ।

2:30b.ACT.002.030 दाऊद एक अगमवक्ता थिए अनि परमेश्वरले भन्नु भएका कुराहरू जान्दथे। परमेश्वरले दाऊदलाई वचन दिनु भएको थियो कि उनकै परिवारबाट कुनै एकजनालाई दाऊद जस्तै राजा बनाउनेछु भनी।

2:31b.ACT.002.031 यस्तो घटना हुन अघि नै दाऊदलाई यो कुरा थाहा थियो। यसैकारण येशूको पुनरुत्थानको विषयमा दाऊदले भनेः ‘उहाँलाई नरकमा छाडिएको थिएन। उहाँको शरीर चिहानमा सडेन।’

2:32b.ACT.002.032 यो उनै येशू हुन जसलाई परमेश्वरले मृत्युबाट बौराए, हामी सबै त्यस सत्यको गवाही छौं।

2:33b.ACT.002.033 यसकारण परमेश्वरले उहाँको दाहिने पट्टि येशूलाई उठाउनु भयो। परमेश्वरले उहाँलाई पवित्र आत्मा दिनु भयो, जो उहाँले दिन प्रतिज्ञा गर्नु भएको थियो। अनि उहाँले त्यो पवित्र आत्मा खनाउनु भयो जो तिमीहरूले अहिले देख्छौ अनि सुन्छौ।

2:34b.ACT.002.034 दाऊद स्वर्गमा चढिगएनन्। यो त येशू हुनुहुन्थ्यो जो स्वर्ग जानुभयो। दाऊद आफैले भनेः ‘परमप्रभुले मेरो प्रभुलाई भन्नु भयोः मेरो दाहिने तर्फ बस,

2:35b.ACT.002.035 जबसम्म तिम्रा शत्रुहरू तिम्रो पाइताला मुनि राख्दिन।’ भजनसंग्रह 110:1

2:36b.ACT.002.036 “यसैले सबै यहूदी मानिसहरूले यो सत्यलाई जान्नु पर्छः परमेश्वरले येशूलाई प्रभु र ख्रीष्ट बनाउनु भयो। उहाँ त्यही मानिस हुनुहुन्थ्यो जसलाई तिमीहरूले क्रूसमा किला ठोक्यौ।”

2:37b.ACT.002.037 जब मानिसहरूले त्यो सुने तिनीहरू अत्यन्तै दुःखीत भए। तिनीहरूले पत्रुस र अन्य प्रेरितहरूलाई सोधे, “हे भाइहरू हो, हामीले के गर्नु पर्छ?”

2:38b.ACT.002.038 पत्रुसले तिनीहरूलाई भने, “तिमीहरूका हृदयहरू अनि जीवनहरू परिवर्तन गर, तब तिमीहरू प्रत्येक येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेओ। तब परमेश्वरले तिमीहरूका पापहरूलाई क्षमा गरिदिनु हुनेछ र तिमीहरूले पवित्र-आत्माको उपहार पाउनछौ।

2:39b.ACT.002.039 यो प्रतिज्ञा तिमीहरूको लागि अनि तिमीहरूको बालकहरूको लागि अनि ती सबै मानिसहरूका लागि पनि हो जो टाढा छन्। यो ती प्रत्येक मानिसको लागि हो जसलाई प्रभु हाम्रा परमेश्वरले आफैमा बोलाउनु हुन्छ।”

2:40b.ACT.002.040 पत्रुसले तिनीहरूलाई यी अनि अन्य अनेक शब्दहरूद्वारा चेतावनी पनि दिए, “उनीहरूलाई आग्रह गरे कि स्वयं तिमीहरूले यी दुष्ट पुस्ताबाट जोगाऊ।”

2:41b.ACT.002.041 तब ती मानिसहरू जसले पत्रुसका सन्देश माने, बप्तिस्मा लिए। त्यस दिनमा झण्डै तीन हजार जति मानिसहरू विश्वासीहरूको झुण्डमा थपिए।

2:42b.ACT.002.042 ती विश्वासीहरू लगातार आपसमा भेटघाट गरिरहे। तिनीहरूले आफ्ना समय प्रेरितहरूले दिएका शिक्षा सिक्नमा प्रयोग गरे। तिनीहरू एकअर्कामा साझेदार भए। तिनीहरू एक साथ खाँदै थिए अनि एक साथ प्रार्थना गर्दै थिए।

2:43b.ACT.002.043 प्रेरितहरूले धेरै शक्तिपूर्ण र आर्श्चयपूर्ण कामहरू गरे। अनि प्रत्येक मानिसले आर्श्चय मिश्रित भय अनुभव गरे।

2:44b.ACT.002.044 सबै विश्वासीहरू संगै बसे। सबै कुराहरू आपसमा बाँडचुँड गरे।

2:45b.ACT.002.045 विश्वासीहरूले आफ्नो जमीनहरू र आफ्नो जे जति सम्पत्तिहरू थिए, सबै बेचे अनि बेचेर पाएको पैसा हरेक मानिसको आवश्यकताको अनुपातमा बाँडे।

2:46b.ACT.002.046 तिनीहरूको प्रत्येक दिन मन्दिर प्राङ्गाणमा भेट हुन्थ्यो। तिनीहरू सबैको एउटै उद्देश्य थियो। तिनीहरू आनन्दित भएर अनि इमान्दारी हृदय लिएर आफ्ना घरमा सँगै रोटी टुक्राए अनि खाए।

2:47b.ACT.002.047 तिनीहरूले परमेश्वरको प्रशंसा गरे अनि सबै मानिसहरूले उनीहरूलाई मन पराउँथे। अधिक भन्दा अधिक मानिसहरूले संरक्षण पाए र प्रभुले तिनीहरूलाई विश्वासीहरूको हूलमा सम्मिलित गरे। पत्रुसले एक लङ्गडो मानिसलाई निको पार्दछन्।

3

3:1b.ACT.003.001 एकदिन पत्रुस र यूहन्ना मन्दिर गए। त्यतिबेला अपरान्हको तीन बजेको थियो। यो दैनिक प्रार्थना गर्ने बेला थियो।

3:2b.ACT.003.002 जब तिनीहरू मन्दिर प्राङ्गण तिर गईरहेका थिए, त्यहाँ एकजना मानिस थिए। जीवनभरि नै त्यो मानिस लङ्गडो थियो। उ हिंड्न सक्तैन थियो, यसैले केही साथीहरूले उसलाई बोक्ने गर्थे र प्रत्येक दिन मन्दिरमा ल्याउने गर्थे। तिनीहरूले त्यो लङ्गडो मानिसलाई मन्दिर बाहिर एउटा ढोकाको मध्ये छेउमा राखे जसलाई सुन्दर-द्वार भनिन्थ्यो। त्यहाँ त्यस मानिसले मन्दिर जाने मानिसहरूसंग पैसा माग्ने गर्थ्यो।

3:3b.ACT.003.003 त्यसदिन त्यो मानिसले पत्रुस र यूहन्नालाई मन्दिरको प्राङ्गणभित्र गइरहेको देख्यो। उसले तिनीहरूसंग पैसा माग्यो।

3:4b.ACT.003.004 पत्रुस र यूहन्नाले त्यस लङ्गडो मानिसलाई एकटक लाएर हेरे अनि पत्रुसले भने, “हामीलाई हेर!”

3:5b.ACT.003.005 त्यस मानिसले तिनीहरूबाट केही पाउने आशाले तिनीहरूलाई ध्यान लगाएर हेर्यो।

3:6b.ACT.003.006 तर पत्रुसले भने, “मसंग कुनै सुन अथवा चाँदी छैन, तर मसंग जे छ त्यो तिमीलाई दिनेछु। नासरतको येशू ख्रीष्टको शक्तिले जुरूक्क उठ र हिंड्।”

3:7b.ACT.003.007 त्यसपछि पत्रुसले त्यस मानिसको दाहिने हात पक्रेर उठाए अनि अचानक उसको खुट्टा अनि गोली गाँठाहरू बलियो भयो।

3:8b.ACT.003.008 त्यो मानिस उफ्रियो र जुरूक्क खडा उभियो र हिंड्न थाल्यो। त्यो मन्दिरको प्राङ्गणभित्र तिनीहरू संगै गयो। तयो हिडदै, उफ्रँदै, परमेश्वरको स्तुति गाईरहेको थियो।

3:11b.ACT.003.011 त्यो मानिसले पत्रुस र यूहन्नालाई लगातर समाति रहयो। सबै मानिसहरू चकित भएका थिए कारण त्यो लङ्गडो मानिस निको भएको थियो। तिनीहरू पत्रुस र यूहन्ना भएको सुलेमानको दलानमा दगुरे।

3:12b.ACT.003.012 जब पत्रुसले यस्तो देखे, उनले मानिसहरूलाई भने, “मेरा यहूदी दाज्यु-भाइहरू हो! तिमीहरू किन यसमा अचम्भ मानिरहेका छौ?” तिमीहरूले हामीलाई यस्तो प्रकारले हेरिरहेकाछौ कि मानौं, हामीले हाम्रो शक्ति र भक्तिले त्यो मानिसलाई हिंड्ने सामर्थ बनायौ।

3:13b.ACT.003.013 होइन! यो परमेश्वरले गर्नु भएको हो! उहाँ अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुनुहुन्छ। उहाँ हाम्र सबै पुर्खाहरूका परमेश्वर हुनुहुन्छ। उहाँले उहाँका खास सेवक येशूलाई महिमित तुल्याउनु भयो जसलाई तिमीहरूले मार्न भनी सुम्पियौ। पिलातसले येशूलाई मुक्त गरिदिने निर्णय गरेका थिए। तर तिमीहरूले येशूलाई हामी चाहँदैनौ भन्यौ।

3:14b.ACT.003.014 येशू पवित्र र असल हुनुहुन्थ्यो, तर तिमीहरूले भन्यौ तिमीहरूर उहाँलाई चाँहदैनौ। तिमीहरूले येशूको सट्टामा ज्यानमारालाई छोडी माग्यौ।

3:15b.ACT.003.015 अनि तिमीहरूले एक यस्तो मानिसलाई मार्यो जो जीवन श्रोत हुनुहुन्छ! तर परमेश्वरले उहाँलाई मृत्युबाट बौराउनु भयो। हामी त्यसको गवाही छौं-हामीले आफ्नै आँखाले देखेका हौं।

3:16b.ACT.003.016 येशूमा विश्वास रहेकै कारण यो मानिस अहिले निको भयो। यस्तो हुन गएको कारण चाहिँ हामी येशूको शक्तिमा पूर्ण विश्वास राख्दछौ। येशूमा विश्वास भएको कारणले यो मानिस निको भएको छ। तिमीहरूले उसलाई देख्छौ अनि तिमीहरूले उसलाई चिन्छौ।

3:17b.ACT.003.017 “मेरा दाज्यु-भाइहरू, तिमीहरूले येशूलाई के के गरयौ, म जान्दछु। तिमीहरूले आफैले बुझेनौ तिमीहरू के गरिरहेका थियौ, तिमीहरूका नेताहरूले पनि बुझेनन्।

3:18b.ACT.003.018 परमेश्वरले सबै अगमवक्ताहरूको माध्यमद्वारा भनिसक्नु भएको थियो कि ख्रीष्ट पीडित हुनेछन् र मर्नेछन्। मैले तिमीहरूलाई भनेकोछु कसरी परमेश्वरले यी कुराहरू पूर्ण गर्नुभयो।

3:19b.ACT.003.019 यसैले तिमीहरूले आफ्ना हृदयहरू र जीवन परिवर्तन गर्नै पर्छ! परमेश्वर तर्फ र्फक अनि उहाँले तिमीहरूको पापहरूलाई क्षमा दिनुहुन्छ।

3:20b.ACT.003.020 त्यसपछि प्रभुले तिमीहरूलाई आत्मिक विश्रामको समय दिनुहुनेछ। उहाँले येशूलाई पठानुहुनेछ, जसलाई उहाँले तिमीहरूका निम्ति ख्रीष्टको रुपमा चुन्नु भएकोछ।

3:21b.ACT.003.021 तर येशू त्यसबेला सम्म स्वर्गमा बसेनै पर्छ, जब सम्म हरेक थोक फेरि व्यवस्थित हुँदैंन। परमेश्वरले यस समयको विषयमा धेरै पहिल्यै उहाँको पवित्र अगमवक्ताद्वारा भनिसक्नु भएको थियो।

3:22b.ACT.003.022 मोशाले भन्नुभयो, ‘परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एकजना अगमवक्ता दिनुहुनेछ। त्यो अगमवक्ता तिमीहरूका आफ्नै सम्प्रदायबाट आउनेछन्। उ म जस्तै हुनेछ। ती अगमवक्ताले भनेका सबै कुराहरू तिमीहरूले पालन गर्नु पर्नेछ।

3:23b.ACT.003.023 यदि कुनै मानिसले त्यो अगमवक्ताको भनाई पालन गरेन भने उसलाई परमेश्वरको मानिसहरूबाट अलग गरिनु पर्छ अनि ध्वंश पारिनु पर्छ।

3:24b.ACT.003.024 शामूएल र सबै अन्य अगमवक्ताहरू जो उनी पछि आए परमेश्वरको निम्ति बोले अनि तिनीहरूले यो समयको बारेमा भने।

3:25b.ACT.003.025 तिमीहरूले अगमवक्ताहरूले जे भने ती ग्रहण गरिसकेकाछौ। तिमीहरूले परमेश्वर अनि तिमीहरूका पुर्खाहरू माझ भएको करार स्वीकार गरिसकेकाछौ। परमेश्वरले तपाईंहरूका पुर्खा अब्राहामलाई भन्नुभयो, ‘पृथ्वीमा भएको सबै राष्ट्रहरू तिमीहरूका सन्तानद्वारा धन्य हुनेछ।’

3:26b.ACT.003.026 परमेश्वरले उहाँका खास सेवक पठाउनु भयो। उहाँले उनलाई पहिले तिमीहरूकहाँ नै पठाउनु भयो तिमीहरू प्रत्येकलाई दुष्ट पथबाट हटाएर आशीष दिनलाई परमेश्वरले येशूलाई पठाउनु भयो।”

4

4:1b.ACT.004.001 जब पत्रुस र यूहन्ना मानिसहरूसंग बोलिरहेका थिए, केही मानिसहरू तिनीहरूकहाँ आए। तिनीहरू यहूदी पूजाहारीहरू मन्दिरको देखरेख गर्नेहरूको कप्तान र केही सदुकीहरू थिए।

4:2b.ACT.004.002 पत्रुस र यहून्नाले जे जती कुराहरू मानिसहरूलाई सिकाए त्यसकारणले तिनीहरू रिसाइसकेका थिए। ती दुइ प्रेरितहरूले भन्दै थिए मानिसहरू मृत्युबाट जाग्नेछन्। येशूको उदाहरण दिएर तिनीहरूले यो सिकाए।

4:3b.ACT.004.003 यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई पक्रे अनि जेलमा थुनामा राखे। रात परिसकेको थियो, यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई अर्को दिन सम्म जेलमा राखे।

4:4b.ACT.004.004 तर धेरै मानिसहरू जजसले पत्रुस र यूहन्नाको समाचार सुनेका थिए, तिनीहरू विश्वासी बनिए। यसर्थ अहिले त्यहाँ प्रायः पाँच हजार पुरूषहरू विश्वासीहरूको हूलमा थिए।

4:5b.ACT.004.005 अर्को दिन यहूदी अगुवाहरू, बूढा यहूदी अगुवाहरू र शास्त्रीहरू यरूशलेममा भेट्न भए।

4:6b.ACT.004.006 प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना र अलेकजाण्डरहरू त्यहाँ थिए। सबै मानसिहरू जो प्रधान पूजाहारी चुनिने एक परिवारका थिए।

4:7b.ACT.004.007 तिनीहरूले पत्रुस र यूहन्नालाई सबैजना समक्ष उभ्याए। यहूदी अगुवाहरूले तिनीहरूलाई धेरै पल्ट सोधे, “यस लङ्गडो मानिसलाई तिमीहरूले कसरी ठीक पार्यो? के शक्तिले तिमीहरूले यो काम गरयौ? कसको अधिकार लिएर तिमीहरूले यसो गर्यौ?”

4:8b.ACT.004.008 तब पवित्र आत्माले पत्रुस भरिपूर्ण भयो। उनले तिनीहरूलाई भने, “मानिसहरूका अगुवाहरू र बूढा अगुवाहरूः

4:9b.ACT.004.009 तिमीहरूले यस्ता असल काम गरेको विषयमा अहिले हामीलाई प्रश्न गरिरहेछौ कि यो लङ्गडो मानिस कसरी निको भयो?

4:10b.ACT.004.010 तिमीहरू सबै, यहूदी मानिसहरूले जानुन् कि यो लङ्गडो मानिस नासरतका येशू ख्रीष्टको शक्तिद्वारा निको भएको हो! जसलाई तिमीहरूले क्रूसमा किला ठोक्यौ। परमेश्वरले उहाँलाई मृत्युबाट जीवनमा बौराउनु भयो। यो मानिस लङ्गडो थियो, तर अब ठीक छ। उ तिमीहरू सामु उभिन सामर्थ छ येशूको शक्तिले गर्दा!

4:11b.ACT.004.011 येशू हुनुहुन्छः ‘यो ढुङ्गालाई तिमी डकर्मीहरूले कुनै महत्व नै दिएनौ तर यो ढुङ्गा मूल-ढुङ्गा हुनगएको छ।’ भजनसंग्रह 118:22

4:12b.ACT.004.012 येशू मात्र एक त्यस्तो हुनुहुन्छ जो मानिसहरूलाई बचाउन योग्य हुनु हुन्छ। उहाँको नाँउ मात्र यो संसारका मानिसहरूलाई दिइएको एक शक्ति हो, जसद्वारा हामी बचाइन सक्छौ।”

4:13b.ACT.004.013 यहूदी अगुवाहरूले जाने कि पत्रुस र यूहन्नामा कुनै त्यसो खास प्रशिक्षण र शिक्षा छैन रहेछ भनेर। तर अगुवाहरूले पत्रुस र यूहन्ना निडरसाथ बोलेका पनि देखेका थिए। यसैले तिनीहरू छक्क परेका थिए। त्यसपछि मात्र तिनीहरूले पत्रुस र यूहन्ना येशूसंगै रहन्थे भनेर थाहा पाए।

4:14b.ACT.004.014 तिनीहरूले त्यो लङ्गडो मानिस दुइ प्रेरितहरूको छेउमा बसेको देखे। त्यो मानिस निको भएको थियो। यसैकारणले तिनीहरूले ती प्रेरितहरूले भनेको विरूद्ध केही उत्तर दिन सकेनन्।

4:15b.ACT.004.015 यहूदी अगुवाहरूले तिनीहरूलाई महासभाबाट बाहिर जान भने। त्यसपछि ती यहूदी नेताहरू आपसमा अब के गर्नु पर्ने भन्ने कुरामा वहश गरे।

4:16b.ACT.004.016 तिनीहरूले भने, “हामीहरूले ती प्रेरितहरूसित के गर्नु पर्ने? यरूशलेमका प्रत्येक मानिसहरूले जान्दछन् कि तिनीहरूले ठूलो आर्श्चयकर्म गरेकाछन्। यो छर्लङ्गा छ। हामी यसलाई सत्य होइन भन्न सक्तैनौ।

4:17b.ACT.004.017 तर हामीहरू तिनीहरूलाई येशूको विषयमा मानिसहरूलाई अझ धेरै नबताउनु भनेर हामीले यिनीहरूलाई चेताउनी दिनुपर्छ। तब यो विषय मानिसहरू बीच अझ फैलिने छैन।”

4:18b.ACT.004.018 यसर्थ यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई फेरि भित्र बोलाए। तिनीहरूले तिनीहरूलाई मानिसहरूलाई येशूको नाउँमा कुनै कुरा नसिकाउनु भनी आदेश गरे।

4:19b.ACT.004.019 तर पत्रुस अनि यूहन्नाले उत्तर दिए, “परमेश्वर समक्ष के सही छ? तिमीलाई सुन्नु कि परमेश्वरलाई? तिमीहरू आफै निर्णय गर।”

4:20b.ACT.004.020 हामी चुपचाप बस्न सक्तैनौ। हामीले जे-जे सुन्यौ र देख्यौं हामीले ती कुराहरू मानिसहरूलाई भन्नु पर्छ।”

4:23b.ACT.004.023 पत्रुस र यूहन्नाले यहूदी अगुवाहरूका सभा छोडे अनि आफ्ना हूलतिर गए। तिनीहरूले आफ्ना हुललाई मुख्य पूजाहारीहरू अनि बुढा यहूदी अगुवाहरूले के-के भनेका थिए सबै बताई दिए।

4:24b.ACT.004.024 जब विश्वासीहरूले यो सुने, तिनीहरू सबैले परमेश्वरलाई एउटै हृदयले प्रार्थना गरे। तिनीहरूले प्रार्थना गरे, “हे प्रभु, तपाईं नै एक हुनु हुन्छ जसले पृथ्वी, अकाश, समुद्र र तिनीहरूमा भएका प्रत्येक वस्तु यस पृथ्वीमा बनाउनु भयो।

4:25b.ACT.004.025 हाम्रा पुर्खा दाऊद तपाईंको सेवक हुनुहुन्थ्यो। पवित्र आत्माद्वारा उनले यी शब्दहरू लेखेः ‘किन संसारका मानिसहरू परमेश्वरको विरुद्ध योजनाहरू तयार पार्छन? यी सबै आशाहीन छन्।

4:26b.ACT.004.026 पृथ्वीका राजाहरू, शासकहरू परमप्रभु र उहाँका ख्रीष्ट विरुद्ध लडाँई लड्न एक ठाँउमा भेला भए।’ भजनसंग्रह 2:1-2

4:27b.ACT.004.027 यी कुराहरू साँच्चि नै घटेका थिए जब हेरोद, पन्तियस पिलातस, जातिहरू अनि यहूदीहरू येशूको विरुद्धमा यरूशलेममा ‘एकत्रित भए। येशू तिमीहरूका पवित्र सेवक हुनु हुन्छ। उहाँ एक हुनु हुन्छ जसलाई तिमीहरूले ख्रीष्ट हुन नियुक्ति दियौ।

4:28b.ACT.004.028 यी सबै मानिसहरू तपाईंले तपाईंको शक्ति अनि ज्ञानले योजना गरेका सबै कर्म गर्न एकत्रित भए।

4:29b.ACT.004.029 अनि, अब, सुन्नहोस् परमप्रभु! तिनीहरूले के भनिरहेछन्। तिनीहरूले हामीलाई डर देखाउने कोशिश गरिरहेछन्! परमप्रभु, हामी तपाईंको सेवकहरू हौ। हामीलाई ती कुराहरू भन्नालाई सहयोग गर्नुहोस् जुन तपाईं हामीद्वारा साहससंग भनिएको चाहनु हुन्छ।

4:30b.ACT.004.030 प्रमाणहरू दिएर अनि तपाईंको पवित्र सेवक येशूको नाँउद्वारा चमत्काहरू गरेर ती रोगी मानिसहरूलाई निको पारी तपाईंको शक्ति देखाउनु होस्।”

4:31b.ACT.004.031 विश्वासीहरूका प्रार्थना पछि, तिनीहरू जहाँ जुन ठाउँमा भेला भएका थिए त्यो ठाउँ हल्लियो। तिनीहरू पवित्र आत्माले पूर्ण भए, र तिनीहरूले परमेश्वरको सन्देश साहससाथ भने।

4:32b.ACT.004.032 विश्वासीहरू विचारमा अनि आत्मामा एक भएका थिए। त्यस टोलीमा भएका कसैले पनि आफ्ना चीजहरूलाई आफ्नो मानेनन्। बरु तिनीहरूसित भएको प्रत्येक थोकमा साझेदार भए।

4:33b.ACT.004.033 प्रभु येशूको मृत्युबाट पुनरुत्थान भएको बारेमा प्रेरितहरूले ठूलो शक्तिसंग गवाही दिए। अनि परमेश्वरले सबै विश्वासीहरूलाई आशीर्वाद दिनुभयो।

4:34b.ACT.004.034 तिनीहरूले चाहेका सबै वस्तुहरू प्राप्त गरे। जजसका आफ्ना जमीन र घरहरू थिए पैसाको निम्ति बेची दिए।

4:35b.ACT.004.035 तिनीहरूले बिक्रीबाट पाएको पैसा प्रेरितहरूलाई दिए। त्यसपछि हरेकलाई उसको आवश्यकता अनुसार को चीजहरू दिइए।

4:36b.ACT.004.036 विश्वासीहरू मध्ये एकजनाको नाउँ यूसुफ थियो। प्रेरितहरूले तिनलाई बर्णाबास भन्दथे। ‘बर्णाबास’ नाउँको अर्थ हुन्छ “मानिस जसले अरूलाई सहयोग गर्छ।” उनी साइप्रस देशका एकजना लेवी थिए।

4:37b.ACT.004.037 यूसुफको आफ्नै खेत थियो। त्यो उनले बेची दिए अनि उनले बिक्रीबाट पाएको पैसा प्रेरितहरूलाई दिए।

5

5:1b.ACT.005.001 हननिया नाँउ भएको एक मानिस थिए। उनकी स्वास्नीको नाउँ सफीरा थियो। हननियाले केही सम्पिति बेचे।

5:2b.ACT.005.002 तर उनले बेचेर पाएको पैसाको केही अंश मात्र प्रेरितहरलाई दिए। उनले बचेको पैसाको केही अंश आफ्नो लागि राखे। उनकी स्वास्नीलाई त्यो कुरा थाहा थियो तर उ पनि सहमत थिई।

5:3b.ACT.005.003 पत्रुसले भने, “हननिया, तिमीले किन आफ्नो हृदय शैतानलाई नियन्त्रण गर्न दियौ? तिमीले पवित्र आत्मालाई धोका दिने प्रयास गर्यौ। तिमीले तिम्रो जमीन बेच्यौ, तर आफ्नै लागि तिमीले किन बेचेको पैसाबाट केही अंश राख्यौ?

5:4b.ACT.005.004 जमीन बेच्न अगाडी, त्यो तिम्रो थियो। अनि त्यो बेची सेकपछि पनि, तिमी त्यो पैसा तिमीले चाहेको कुरामा चलाउन सक्थ्यौ। यस्तो नराम्रो काम गर्ने विचार तिम्रो मनमा किन आयो? तिमीले परमेश्वरलाई ढाँट्यौ हामी मानिसलाई होइन।”

5:7b.ACT.005.007 प्रायः तीन घण्टा पछि तिनकी स्वास्नी सफीरा भित्र आई। उसलाई आफ्नो लोगने प्रति त्यस्तो घटना घटन गएको गएको थाहा थिएन।

5:8b.ACT.005.008 पत्रुसले उसलाई भन्यो, “जमीन बेचेर तिमीले कति पैसा पायौ, मलाई भन। यति पैसामै तिमीले जमीन बेच्यौ?” सफीराले उत्तर दिइ, “हो, हामीले जमीन बेचेर पाएको पैसा त्यति नै हो।”

5:9b.ACT.005.009 पत्रुसले भन्यो, “किन तिमी र तिम्रो लोग्ने प्रभुको आत्मा जाँच्न सहमत भयौ? सुन! तिमीले ती पदचापहरू सुन्यौ? यी ती मानिसहरूका हुन जो भर्खर तिम्रो लोग्नेलाई दफन गरेर दैलोमा आइपुगेका छन्! तिनीहरूले तिमीलाई पनि त्यसै गरी बोकेर बाहिर लानेछन्।”

5:10b.ACT.005.010 त्यति नै बेला सफीरा उसको खुट्टामा लडी र प्राण त्यागि। ती युवाहरू आए अनि उसलाई मरिसकेको भेट्टाए। तिनीहरूले उसलाई त्यसरी नै बाहिर लगे अनि उसलाई उसको लोग्नेकै छेउमा गाडिदिए।

5:11b.ACT.005.011 जम्मै विश्वासीहरू र अन्य मानिसहरूले ती घटनाहरू सुनैपछि सबै भयग्रस्त भए।

5:12b.ACT.005.012 प्रेरितहरूले मानिसहरू माझ अनेक चमत्कारहरू अनि आर्श्चयमय कार्यहरू गरे। प्रेरितहरू एकैसाथ सुलेमानको दलानमा थिए। तिनीहरू सबैको एउटै उद्दैश्य थियो।

5:13b.ACT.005.013 कसैले पनि प्रेरितहरूसंग सामेल हुने आँट गरेनन् तर सबै मानसिहरूले प्रेरितहरूको विषयमा राम्रै कुरा गरे।

5:14b.ACT.005.014 अनि धेरै मानिसहरू, दुवै पुरुषहरू र नारीहरूले प्रभुमा विश्वास गरे अनि विश्वासीहरूको टोलीमा सामेल भए।

5:15b.ACT.005.015 यसकारण तिनीहरूले बिमारी मानिसहरूलाई गल्लीहरूमा ल्याए। पत्रुस आइरहेकाछन् भन्ने मानिसहरूले सुनेका थिए। यसैले तिनीहरूले बिमारीहरूलाई ओछ्यान अनि चट्टाइहरूमा राखे। किनभने तिनीहरूले सोचे यदि पत्रुसको छाया सम्म पनि बिमारीहरूमा पर्यो भने ती बिमारीहरूलाई निको हुन यथेष्ट हुनेछ।

5:16b.ACT.005.016 मानिसहरू यरूशलेमका वरिपरिका शहरहरूबाट आएका थिए। तिनीहरूले बिमारीहरू र साथै तिनीहरूलाई पनि ल्याए जसलाई दुष्ट आत्माले सताएको थियो। तिनीहरू सबै निको भए।

5:17b.ACT.005.017 प्रधान पूजाहारी र उनका साथीहरू (त्यस टोलीलाई सदुकीहरू भनिन्थ्यो) इर्ष्याले भरिए।

5:18b.ACT.005.018 तिनीहरूले प्रेरितहरूलाई पक्रे अनि जेलमा थुने।

5:19b.ACT.005.019 तर राती प्रभुको दूतले जेलको दैलोहरू खोलिदिए अनि तिनीहरूलाई बाहिर ल्याए अनि भने,

5:20b.ACT.005.020 “जाऊ र मन्दिर प्राङ्गणमा उभिनू अनि मानिसहरूलाई यो नयाँ जीवनको विषयमा प्रत्येक कुरा वर्णन गर्नु।”

5:21b.ACT.005.021 जब प्रेरितहरूले यो सुने, तिनीहरू मन्दिर प्राङ्गणमा विहानै गए अनि सिकाउन शुरू गरे। प्रमुख पूजाहारी र उनका साथीहरू आई पुगे। तिनीहरूले यहूदी मानिसका समस्त अगुवाहरू सहित सभाघरमा सभा डाके। तिनीहरूले प्रेरितहरूलाई कैंदखानाबाट ल्याउन भनी केही मानिसहरू पठाए।

5:22b.ACT.005.022 जब तिनीहरू जेल गए तिनीहरूले प्रेरितहरूलाई पाउन सकेन्न। तब तिनीहरू फर्केर आए अनि यस विषयमा यहूदी अगुवाहरूलाई बताए।

5:23b.ACT.005.023 तिनीहरूले भने, “जेल बन्द र सुरक्षित रूपले ताल्चा मारेको थियो। प्रहरीहरू दैलोमा उभिरहेका थिए। तर जब हामीले दैलो खोल्यौं, जेल खाली थियो।”

5:24b.ACT.005.024 मन्दिरका प्रहरीका कप्तान र मुख्य पूजाहारीहरूले त्यो सुने। तिनीहरू अन्योलमा परे। तिनीहरू यसबारेमा अर्श्चयचिकत भए अनि भने, “यसको परिणाम अब के हुने हो?”

5:25b.ACT.005.025 तब अर्को मानिस आयो र तिनीहरूलाई भन्यो, “ध्यान दिनुहोस्! जसलाई तपाईंहरूले जेलमा हाल्नुभएको थियो तिनीहरू मन्दिरको प्रागंणमा उभिरहेका छन्। तिनीहरूले मानिसहरूलाई शिक्षा दिइरहेका छन्।”

5:26b.ACT.005.026 त्यसपछि कप्तान र उनका मानिसहरू बाहिर निस्के अनि प्रेरितहरूलाई पक्रे अनि तिनीहरूलाई ल्याए। तर सिपाहीहरूले तिनीहरूलाई केही बलजफ्ती गरेनन्, किनभने तिनीहरू जनतासंग डराउँथे। सिपाहीहरू डराए किनभने मानिसहरू क्रोधित हुनेछन् अनि तिनीहरूलाई ढुङ्गा हान्नेछन्।

5:27b.ACT.005.027 सिपाहीहरूले प्रेरितहरूलाई यहूदी सभामा ल्याए अनि यहूदी अगुवाहरू समक्ष उभ्याए। प्रधान पूजाहारीले सोध खोज गरे।

5:28b.ACT.005.028 उनले भने, “यस मानिसको विषयमा मानिसहरूलाई कहिले पनि केही नसिकाउनु भनी हामीले तिमीहरूलाई कडा आदेस दिएका थियौं। तर हेर, तिमीहरूले के गरेकाछौं! तिमीहरूले यरूशलेम नै तिमीहरूको शिक्षाले भरिदियौ। तिमीहरूले यस मानिसको मृत्युको जिम्मेवार हामीलाई ठहर्याउन कोशिश गरिरहेछौ।”

5:29b.ACT.005.029 पत्रुस र अन्य प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूलाई भन्दा परमेश्वरलाई मान्नु पर्छ।

5:30b.ACT.005.030 तिमीहरूले येशूलाई मार्यौ। तिमीहरूले उहाँलाई क्रूसमा झुण्ड्यायौ। तर परमेश्वरले जो हाम्रा पुर्खाहरूका परमेश्वर हुनहुन्छ उहाँलाई मृत्युबाट बौराउनु भयो।

5:31b.ACT.005.031 येशूलाई परमेश्वरले अगुवा अनि मुक्ति दाताको रुपमा आफ्ना दाहिने तर्फ उठाउनु भयो। परमेश्वरले यसो गर्नुभयो ताकि सबै यहूदीहरूले आफ्ना हृदय र जीवन परिवर्तन गर्न सकुन् अनि पापहरूका निम्ति उहाँबाट क्षमा प्राप्त गर्न सकुन्।

5:32b.ACT.005.032 हामी यी कुराका गवाही छौ। अनि पवित्र आत्मा पनि जो परमश्वरले तिनीहरूलाई दिनुभएको थियो जसले उहाँको आज्ञा पालन गरे, यी कुराहरूको लागि गवाही छन्।”

5:33b.ACT.005.033 यहूदी नेताहरू यी कुरा सुनेपछि रिसले चूर भए। तिनीहरूले प्रेरितहरूलाई मार्न चाहन्थे।

5:34b.ACT.005.034 फरिसीहरू मध्ये एकजना त्यस सभामा जुरूक्क उठे, उसको नाउँ गमलिएल थियो। उनी शास्त्री थिए र सबै जनताले उनलाई इज्जत गर्थे। तिनले मानिसहरूलाई केही क्षणको लागि प्रेरितहरूलाई सभागृहबाट बाहिर लैजान भने।

5:35b.ACT.005.035 त्यसपछि उनले तिनीहरूलाई भने, “इस्राएलका मानिसहरू हो, यी मानिसहरू प्रति तपाईंहरूले जे गर्न योजना गर्नु हुँदैछ त्यसमा सावधान हुनु होस्।

5:36b.ACT.005.036 याद गर केही समय अघि के भएको थियो जब थ्यूदास प्रकट भयो? तिनले आफू मुख्य मानिस भएको दावी गरे। झण्डै चार सय मानिसहरूले उनलाई साथ दिए। तर उसलाई मारियो। उसको चेलाहरू छरपष्ट भए अनि आन्दोलन त्यसै शेष भयो।

5:37b.ACT.005.037 त्यसपछि गालीलवासी यहूदा नाउँ भएको एकजना मानिस आए। यो जनगणनाको समय थियो। उसले केही मानिसहरूलाई आफूपछि लाग्न पनि लगाए र अगुवाई गरे। ऊ पनि मारिए। अनि तिनका पछि लाग्नेहरू छरपष्ट भए।

5:38b.ACT.005.038 यसर्थ अब म तिमीहरूलाई भनिरहेछुः ती मानिसहरूबाट टाढ रहौ। तिनीहरूलाई एक्लै छाडिदेऊ। यदि तिनीहरूको योजना मानिसहरूबाट अथवा जे तिनीहरूले गरिरहेका छन् त्यो मानिसहरूबाट हो भने यो असफल हुनेछ।

5:39b.ACT.005.039 तर यदि यो परमेश्वरबाट भएको हो भने, तब तिमीहरूले तिनीहरूलाई रोक्नु सक्ने छैनौं। तिमीहरूको लडाँई परमेश्वर स्वयंको विरुद्धको लडाँई भएर समाप्त होला।” गमलिएलले भनेको कुरामा यहूदी अगुवाहरू सहमत भए।

5:40b.ACT.005.040 तिनीहरूले प्रेरितहरूलाई फेरि बोलाए। तिनीहरूले तिनीहरूलाई कुट-पिट गरे अनि येशूको विषयमा मानिसहरूलाई केही अझ अरू नबताउनु भने। त्यसपछि तिनीहरूले तिनीहरूलाई छाडी दिए।

5:41b.ACT.005.041 प्रेरितहरू त्यो सभा छाडेर गए। येशूको नाउँमा यसरी अपमानित पाइनु योग्य भएकोमा उनीहरू खुशी भए।

5:42b.ACT.005.042 तिनीहरूले मानिसहरूलाई शिक्षा दिन छाडेनन् अनि येशू नै ख्रीष्ट हुनु हुन्छ भन्ने सुसमाचार मानिसहरूलाई भन्न छाडेनन्। तिनीहरूले प्रत्येक दिन मन्दिरमा, घर-घरमा त्यसरी नै प्रचार गरे।

6

6:1b.ACT.006.001 धरै भन्दा धेरै मानिसहरू येशूका चेला हुन थाले। तर त्यही अवधिमा, ग्रीक-भाषी चेलाहरूले यहूदी भाषी चेलाहरूको विरुद्ध नालिस गरे। तिनीहरूले दावी गरे कि तिनीहरूका विधवाहरूले दैनिक वितरणमा ठीक भाग पाइरहेका छैनन्।

6:2b.ACT.006.002 यसर्थ बाह्रजना प्रेरितहरूले ती सबै समूहका चेलाहरूलाई एक साथ बोलाए र तिनीहरूलाई भने, “हामीले आहार वितरणमा सहायता गर्नका निम्ति परमेश्वरको वचन सिकाउने काम लत्याएका छौ तर यो हाम्रो निम्ति उचित होइन।

6:3b.ACT.006.003 यसैले दाज्यु-भाइहरू हो, तिमीहरूबाटै सात जना मानिसहरू चुन। तिनीहरू सबै पुरुष जाति हुनपर्छ जसको बारेमा मानिसहरूले ती असल छन् भनुन्। तिनीहरू जो चुनिन्छन् ज्ञान अनि पवित्र-आत्माले परिपूर्ण भएका हुनपर्छ। हामी तिनीहरूलाई यो काम गर्न नियुक्त गर्नेछौं।

6:4b.ACT.006.004 यसप्रकारले हामी हाम्रो समय प्रार्थना गर्नमा र परमेश्वरको वचन प्रचार गर्नमा लगाउन समर्थ हुनेछौं।”

6:5b.ACT.006.005 चेलाहरूका जम्मै टोलीले त्यस्तो विचार मन पराए। तब तिनीहरूले यी सातजना मानिसहरू छानेः स्तिफनस (विश्वासपूर्ण र पवित्र आत्माले परिपूर्ण भएको मानिस) फिलिप, प्रखुरस, निकनोर, तीमोन, र्पमिनास र निकोलस एन्टिओकको, जो पहिले यूहदी भएका थिए।

6:6b.ACT.006.006 त्यसपछि तिनीहरूले यिनीहरूलाई लगे अनि प्रेरितहरूकहाँ उपस्थित गराए। तिनीहरूले प्रार्थना गरे अनि आफ्ना हातहरू ती मानिसहरूमाथि राखे।

6:7b.ACT.006.007 परमेश्वरको वचन धेरै मानसिहरूकहाँ पुग्दै थियो। यरूशलेममा चेलाहरूको संख्या बढ्दै गइरहेको थियो धेरै यहूदी पूजाहारीहरू पनि यस विश्वासका चेला बने। स्तिफनसको विरुद्ध यहूदीहरू

6:8b.ACT.006.008 स्तिफनस एक अनुग्रही अनि शक्तिशाली मानिसले मानिसहरू माझ आर्श्चयमय कुराहरू अनि चमत्कार गरे।

6:9b.ACT.006.009 तर कतिपय यूहीहरू आए अनि स्तिपनसंग र्तक गरे। यी यहूदीहरू स्वाधीन सभाघरबाट आएका थिए। यी यहूदीहरू साइरिनीबाट आएका थिए। अलेक्जेन्ड्रिया अनि सिलिसिया अनि एशियाका थिए। तिनीहरूले स्तिफनसंग बहस गरे।

6:10b.ACT.006.010 तर आत्माले स्तिफनलाई बुद्धिमानीसंग बोल्न सघाइरहेको थियो। यसर्थ यहूदीहरूले तिनीसित बहस गर्न सकेनन्

6:11b.ACT.006.011 तब उनीहरूले केही मानिसहरूलाई घुस दिएर बोल्न लगाए, “हामीले मोशा र परमेश्वरका विषयमा स्तिफनसले धर्म निन्दा गरेको सुनेका छौ।”

6:12b.ACT.006.012 यसो गरेर तिनीहरूले मानिसहरू, अग्रज यहूदी अगुवाहरू र शास्त्रीहरूलाई उक्साए (चम्काए) तिनीहरू क्रूद्ध भए अनि तिनीहरू आएर स्तिफनसलाई समाते अनि तिनीहरूले उनलाई यहूदी सभाघरमा यहूदीहरूका सभामा उपस्थित गराएर।

6:13b.ACT.006.013 तिनीहरूले केही झूटा गवाहीरू पनि ल्याए। ती झूटा गवाहीहरूले भने, “यस मानिसले सदैव यो पवित्र स्थान अनि मोशाको नियम विरूद्ध बोल्छ।

6:14b.ACT.006.014 नासरतका येशूले यो ठाउँ ध्वंश पार्नु हुनेछ अनि मोशाले हामीलाई दिनुभएको दस्तुरहरू बद्लिदिनु हुनेछ भनी यो मानिसले भनेको सुनेकाछौं।”

6:15b.ACT.006.015 सभामा बसिरहेका सबै मानिसहरूले स्तिफनसलाई आँखा गाडेर हेरे। उनको अनुहार स्वर्गदूत जस्तो देखिन्थ्यो, हरेकले त्यो देख्यो।

7

7:1b.ACT.007.001 प्रधान पूजाहारीले स्तिफनसलाई भने, “के यी कुराहरू सत्य हुन्?”

7:2b.ACT.007.002 स्तिफनसले उत्तर दिए, “मेरा यहूदी पिताहरू र दाज्यु-भाइहरू, मलाई ध्यानसित सुन। हाम्रा पुर्खा अब्राहाम समक्ष महिमामय परमेश्वर प्रकट हुनुभयो। अब्राहाम त्यसबेला मेसोपोटामियामा थिए। यो उहाँ हारानमा रहनु भन्दा पहिलेको कुरा हो।

7:3b.ACT.007.003 परमेश्वरले अब्राहामलाई भन्नुभयो, ‘तिम्रो देश र त्यहाँका तिम्रा मनिसहरूलाई छोड अनि त्यो देशमा जाऊ, म तिमीलाई देखाउने छु।’

7:4b.ACT.007.004 यसैले अब्राहामले कल्दी देश छाडे अनि हारानमा बस्न गए। अब्राहमको पितकाको मृत्युपछि उनलाई परमेश्वरले यो ठाँउमा पठाउनु भयो, जहाँ अहिले तिमी बस्छौ।

7:5b.ACT.007.005 तर उहाँले अब्राहामलाई त्यो जमीनको कुनै टुक्रा आफ्नो बनाउन दिनुभएन, खालि यसको एक फूट मात्र पनि दिनुभए। तर तिनले प्रतिज्ञा गरे कि भविष्यमा त्यो जमीन उसको अनि उसको उत्तरधिकारीको हुनेछ। यद्यपि त्यस बेला अब्राहमको कुनै सन्तान थिएन।

7:6b.ACT.007.006 परमेश्वरले उनलाई भन्नुभयो, तिम्रो सन्तानहरूले यो ठाउँमा बस्नु पर्नेछ। त्यहाँका मानिसहरूले तिनीहरूलाई दास बनाउने छन् र चार सय र्वष सम्म कुव्यवाहर गरेर राख्नेछन्।

7:7b.ACT.007.007 तर म त्यो राष्ट्रलाई दण्ड दिनेछु जुन राष्ट्रले तिनीहरूलाई दास बनाउनेछ।’ परमेश्वरले यो पनि भन्नुभयो, तब तिम्रा मानिसहरू त्यस देशबाट निस्कि आउनेछन् अनि तिनीहरूले यस ठाउँमा मलाई आराधना गर्नेछन्।

7:8b.ACT.007.008 परमेश्वरले अब्राहामसंग एक करार बाँध्नु भयो; यस करारको संकेत खतना थियो। यसर्थ जब अब्राहमको छोरो भयो, त्यो आठ दिनको पुग्दा उनले खतना गरिदिए। उनको छोरोको नाउँ इसहाक थियो। पछि उसले आफ्नो छोरो याकूबको पनि खतना गरे पछि याकूबले आफ्ना छोराहरूलाई त्यसै गरे। ती छोराहरू पछि बाह्रजना पिताहरू भए।

7:9b.ACT.007.009 “त्यसपछि ती पिताहरू यूसुफसंग डाह गर्ने भए। यूसुफलाई मिश्रदेशमा दास बनाउन बेचे। तर यूसुफसंग परमेश्वर हुनुहुन्थ्यो।

7:10b.ACT.007.010 यूसुफले धेरै दुःख-कष्टहरू सामना गर्नु पर्यो, तर परमेश्वरले उनलाई ती सबै दुःख-कष्टहरूबाट बचाउनु भयो। फिरऊन मिश्रदेशका राजा थिए। उहाँले यूसुफलाई मनपराउनु भयो अनि आदर पनि गर्नु भयो किनभने यूसुफमा परमेश्वरबाट पाएको ज्ञान थियो। उसले यूसुफलाई मिश्र देशका राज्यपाल बनाए अनि तिनलाई उहाँको घरका सम्पूर्ण मानिसहरूमाथि शासन गर्ने अधिकार दिए।

7:11b.ACT.007.011 तर सम्पूर्ण मिश्रदेश र कनानमा अनिकाल लागेको थियो। यसले मानिसहरूलाई अत्यन्त यातना भोगायो। हाम्रा पुर्खाहरूले खाने-कुरा केही पाउन सकेनन्।

7:12b.ACT.007.012 तर याकूबले त्यहाँ मिश्रदेशको गोदामहरूमा अन्नको राश छ भनेर थाहा पाए। यसकारण उनले हाम्रा पुर्खाहरूलाई त्यहाँ पठाए। तिनीहरूको त्यो प्रथम मिश्रदेश यात्रा थियो।

7:13b.ACT.007.013 पछिबाट तिनीहरू त्यहाँ दोस्रो पल्ट गए। त्यसबेला यूसुफले आफ्ना भाइहरूलाई ऊ को हो बताए। अनि फिरऊनले यूसुफको परिवारको विषयमा जान्न पाए।

7:14b.ACT.007.014 तब यूसुफले उनका पिता याकूबलाई मिश्र देशमा निमन्त्रण गर्न केही मानिसहरू पठाए। उनले जम्मै आफन्तहरू पनि निम्त्याए (जम्मा पचहत्तर जना मानिसहरू)।

7:15b.ACT.007.015 यसकारणा याकूब मिश्र देश आए। याकूब र हाम्रा पुर्खाहरू नमरूञ्जेल सम्म त्यहाँ बसे।

7:16b.ACT.007.016 त्यसपछि तिनीहरूका शरीरहरू शकेम्मा पठाइयो अनि तिनीहरूलाई चिहानमा राखियो। यो त्यही चिहान हो जुन अब्राहमले शकेममा हमोरका छोराहरूबाट चाँदी दिएर किनेका थियो।

7:17b.ACT.007.017 “मिश्र देशमा यहूदीहरूको संख्या बढेर गयो। त्यहाँ अधिक भन्दा अधिक हाम्रा मानिसहरू उपस्थित थिए। परमेश्वरले अब्राहामलाई दिनु भएको वचन पूरा हुने समय नजिक आइरहेको थियो।

7:18b.ACT.007.018 त्यसपछि एक अर्को राजाले मिश्र देशमा शासन गर्न थाल्यो। उसले यूसुफको विषयमा केही पनि जानेन्।

7:19b.ACT.007.019 ती राजाले हाम्रो मानिसहरूलाई हानी पुरयाउन धूर्त तरिकाहरू प्रयोग गरे। उनले तिनीहरूको भर्खर जन्मेका नानीहरू मरोस् भनी बाहिर राख्न वाध्य गराए।

7:20b.ACT.007.020 यो त्यसबेलाको कुरा हो जब बालक मोशा जन्मेका थिए। ती एउटा खुबै सुन्दर अनि परमेश्वरलाई खुशी पार्ने बालक थिए। उनलाई तीन महीना सम्म आफ्नो पिताको घरमा पाले।

7:21b.ACT.007.021 जब तिनीहरूले मोशालाई बाहिर निकाले, फिरऊनकी छोरीले तिनलाई आफ्नै छोरो सरह स्याहार-सुसार गरिन्।

7:22b.ACT.007.022 मिश्र देशवासीहरूले तिनलाई जानेको प्रत्येक विषयको प्रशिक्षण दिए। तिनी वचन अनि कर्ममा दृढ भए।

7:23b.ACT.007.023 “जब मोशा चालीस र्वषका भए, उनको आफ्ना यहूदी दाज्यु-भाइहरूलाई भेट्ने निर्णय लिए।

7:24b.ACT.007.024 मोशाले एक यहूदीलाई मिश्रदेशवासीले नराम्रो व्यवहार गरेको देखे। यसर्थ तिनी त्यो यहूदीको रक्षा गर्न गए अनि त्यो मिश्र देशीलाई मारे जसले यहूदीमाथि कुव्यवहार गरिरहेको थियो।

7:25b.ACT.007.025 परमेश्वरले उनलाई उनीहरूकै बचाऊको लागि प्रयोग गरिरहनु भएको तिनको यहूदी भाइहरूले बुझ्लान् भन्ने मोशाले सोचे। तर तिनीहरूले त्यो बुझेनन्।

7:26b.ACT.007.026 अर्को दिन मोशाले दुइ यहूदीहरूलाई आपसमा झगडा गरेको देखे। उनले तिनीहरूलाई शान्त गराउन खोजे। उनले भने, ए मानिस हो! तिमीहरू दाज्यु-भाइहरू हौ! किन तिमीहरू एकार्को प्रति नराम्रो व्यवहार गरिरहेछौ?”

7:27b.ACT.007.027 जुन मानिसले अर्को मानिससित कुव्यवहार गर्दैथ्यो त्यसले मोशालाई घचेट्यो अनि भन्यो? कसले तिमीलाई हाम्रो शासक अनि न्यायकर्त्ता बनायो?

7:28b.ACT.007.028 जसरी तिमीले हिजो मिश्र देशवासीलाई मार्यो त्यसरी नै मलाई मार्छौ?

7:29b.ACT.007.029 जब मोशाले त्यस्तो सुने तिनले मिश्रदेश छोडे। उनि मिदयानको देशमा नौला मानिस जस्तै बस्न थाले अनि त्यहीं उनका दुइ छोराहरू भए।

7:30b.ACT.007.030 “चालिस र्वष पछि मोशा सीनै पर्वतको मरूभूमिमा थिए। बलिरहेको पोथ्राको ज्वालामा एकजना स्वर्गदूत तिनको अघाडि देखा परे।

7:31b.ACT.007.031 जब मोशाले यस्तो देखे, उनी अचम्भित भए। जब उनी नियालेर हेर्न नजिक गए, मोशाले परमप्रभुको आवाजले भन्दै गरेको सुने।

7:32b.ACT.007.032 परमप्रभुले उनलाई भन्नुभयो, ‘म तिम्रा पिताहरूको परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमश्वर, याकूबका परमेश्वर हुँ।’ मोशा डरले काम्न थाले। उनलाई त्यस बल्दै गरेको पोथ्रामा हेर्ने साहस भएन।

7:33b.ACT.007.033 परमप्रभुले उनलाई भन्नुभयो, तिम्रा जुत्ताहरू खोल, किनभने जुन ठाउँमा तिमी उभिरहकाछौ त्यो पवित्र ठाँउ हो।

7:34b.ACT.007.034 मैले मेरा मानिसहरूलाई मिश्र देशमा अत्यन्तै कष्ट पाइरहेको देखें। मैले तिनीहरूको विलाप सुने। म तिनीहरूलाई बचाउन तल झरे। अब आऊ, म तिमीलाई मिश्र देश पठाउँछु।

7:35b.ACT.007.035 “यो मोशा त्यही मानिस थिए जसलाई यहूदीहरूले चाहिंदैन भनेका थिए। तिनीहरूले उनलाई भनेका थिए, ‘कसले तिमीलाई हाम्रो शासक र न्यायकर्त्ता बनायो?’ त्यही मानिसलाई परमश्वरले शासक र उद्धारकको रूपमा पठाउनु भएको थियो। परमेश्वरले मोशालाई स्वर्गदूतको माध्यम पठाउनु भएको थियो जो जल्दै गरेको पोथ्रामा उनी अघि देखापरेको थियो।

7:36b.ACT.007.036 तब मोशाले मानिसहरूका अगुवाई गरे। उनले आश्चर्यमय कुराहरू अनि चमत्कारहरू मिश्र देशमा लाल सागरमा अनि मरुभूमिमा चालीस र्वष सम्म गरे।

7:37b.ACT.007.037 उनी त्यही मोशा थिए जसले यहूदीहरूलाई भनेका थिए, ‘परमेश्वरले तिमीहरूको लागि तिमीहरूकै माझबाट एक अगमवक्ता पठाउनु हुनेछ। उनी म जस्तै नै हुनेछन्।

7:38b.ACT.007.038 उनी त्यही मोशा हुन जो यहूदीहरूकै जमघटमा एकत्रित भएर मरूभूमिमा संगै थिए। तिनी त्यो स्वर्गदूतसंग जो सीनै पर्वतमा तिनीसित बोले अनि तिनी हाम्रा पुर्खाहरूसंग थिए। मोशाले परमेश्वरबाट आदेशहरू प्राप्त गरे जसले जीवन दिन्छ। मोशाले हामीलाई ती आदेशहरू दिए।

7:39b.ACT.007.039 “तर हाम्रा पुर्खाहरूले मोशाका आज्ञा पालन गर्न चाहेनन्। तिनलाई स्वीकार गरेनन्। अनि तिनीहरूले मिश्रदेश फर्की जाने इच्छा गरे।

7:40b.ACT.007.040 हाम्रा पुर्खाहरूले हारूनलाई भने, ‘मोशाले हामीलाई मिश्र देश बाहिर निकालेर ल्याए। तर उनलाई के भयो हामी जान्दैनौ। हाम्रा निम्ति केही देवताहरू सृष्टि गरिदेऊ जो हाम्रो अघि जानेछन् अनि हामीलाई अगुवाइ गर्नेछन्।’

7:41b.ACT.007.041 यसकारणले मानिसहरूले बाछो जस्तो देखिने एउटा मूर्ति बनाए। त्यसपछि तिनीहरूले त्यसलाई बलिहरू चढाए। मानिसहरू आफ्नै हातले त्यस्तो चीज बनायौं भनेर अत्यन्त खुशी थिए।

7:42b.ACT.007.042 तर परमश्वर तिनीहरूबाट टाढा जानु भयो अनि तिनीहरूलाई आकाशको झूटो देवताहरूको पूजा गर्न छाडिदिनु भयो। अगमवक्ताहरूका पुस्तकमा लेखिए जस्तै यो घट्योः ‘तिमी यहूदीहरूले चालीस र्वषसम्म यो मरूभूमिमा मेरा निम्ति पशु-बलि अनि भेटीहरू अर्पण गरेनौं

7:43b.ACT.007.043 तिमीहरूले तिनीहरूसित मोलेकको पाल अनि तिम्रो देवता रिफमका तारा ल्यायौ। तिनीहरू मूर्तिहरू थिए जो तिमीहरूले पुज्नलाई बनायौ। ती मूर्तिहरू थिए जसलाई आराधनाका निम्ति बनाइएको थियो। यसैकारण म तिमीहरूलाई बेबिलोन देखि निक्कै टाढा पठाउनेछु।’ आमोस 5 : 25-27

7:44b.ACT.007.044 “हाम्रा पुर्खाहरूसँग मरूभूमिमा “पवित्र मण्डप” थियो। कसरी तम्बू बनाउनु मोशालाई परमेश्वरले बताउनु भयो। तिनले परमेश्वरले देखाउनु भएको योजना अनुसार बनाए।

7:45b.ACT.007.045 तब यहोशूले हाम्रा पुर्खाहरूलाई अरू राष्ट्रहरूको जमीन हत्याउनुमा अगुवाइ गरे। हाम्रा मानिस जमीनभित्र पसे अनि परमेश्वरले अन्य राष्ट्रहरूलाई बाहिर खेदनु भयो। जब हाम्रा मानिसहरू त्यस नयाँ जमीनमा गए, तिनीहरूले आफूसित त्यही मण्डप लगेर गए। हाम्रा मानिसहरूले त्यो मण्डप आफ्ना पुर्खाहरूबाट प्राप्त गरेका थिए, अनि तिनीहरूले त्यसलाई दाऊदको समय सम्म जोगाएर राखे।

7:46b.ACT.007.046 परमेश्वर दाऊदसँग अत्यन्त खुशी हुनुभयो। दाऊदले परमेश्वरलाई याकूबको परमेश्वरका निम्ति भवन निर्माण गर्न दिनुहोस् भनी परमेश्वरलाई आग्रह गरे।

7:47b.ACT.007.047 तर सुलेमान (दाऊद का पुत्र) एक मानिस थिए जसले उहाँको लागि मन्दिर निर्माण गरे।

7:48b.ACT.007.048 “तर मानिसको हातले बनाएको मन्दिरमा सर्वोच्च परमेश्वर बस्नु हुन्न। जस्तो अगमवक्ताले भन्छन्

7:49b.ACT.007.049 पृथ्वी त्यो ठाउँ हो जहाँ मेरा खुट्टाहरू आराम गर्दछ। कस्तो प्रकारको घर तिमी मेरो लागि बनाउन सक्छौ? मैले आराम गर्न सक्ने स्थान त्यहाँ कहाँ छ?

7:50b.ACT.007.050 के मेरा हातहरूले यी सबै कुराहरू बनाएको होइन?” यशैया 66 : 1-2

7:51b.ACT.007.051 तब स्तिफनसले भने, “तिमी अट्टेरी यहूदी अगुवाहरू! तिमीहरूले आफ्ना हृदय परमेश्वरलाई दिएका छैनौ! तिमीहरूले उहाँलाई कहिल्यै सुनेनौ! पवित्र-आत्माले तिमीहरूलाई जे भन्नुहुन्छ त्यो तिमीहरूले सधैं विरोध गर्छौ। तिम्रा पुर्खाहरूले त्यसै गरे अनि तिमीहरू उनीहरू जस्तै छौ।

7:52b.ACT.007.052 तिमीहरूका पुर्खाहरूले नसताएका कुनै अगमवक्ता होलान? ती अगमवक्ताहरूले एक धार्मिक आउनु हुन्छ भनेर पहिल्यै भनिसकेका थिए। तर तिमीहरूका पुर्खाहरूले तिनीहरूलाई मारे। अनि अहिले तिमीहरूले एक धार्मिक मानिस प्रति विश्वासघात गर्यौ अनि उहाँलाई मार्यौ।

7:53b.ACT.007.053 तिमीहरू त्यही मानिसहरू हौ जसले स्वर्गका दूतहरूले दिएको मोशाको व्यवस्थालाई ग्रहण गर्यौ तर पालन गरेनौं।”

7:54b.ACT.007.054 जब यहूदी नेताहरूले यी कूरा सुने तिनीहरू रिसले चूर भए अनि उनको विरूद्ध दाह्रा किट्न थाले।

7:55b.ACT.007.055 तर स्तिफनस पवित्र-आत्माले परिपूर्ण थिए। स्तिफनसले उँभो आकाश तिर हेरे। उनले परमेश्वरको महिमा देखे। अनले यशूलाई परमेश्वरको दाहिने तर्फ उभिरहेको देखे।

7:56b.ACT.007.056 स्तिफनसले भने, “हेर! मैले स्वर्ग खुल्ला अनि मानिसको पुत्र परमेश्वरको दाहिने तर्फ उभिरहेको देख्छु!”

7:57b.ACT.007.057 तुरून्तै समस्त यहूदी अगुवाहरू एकसाथ ठूलो स्वरमा चिच्याए। तिनीहरूले आफ्ना हातले कान बन्द गरे। तिनीहरू सबै एकसाथ स्तिफनस तिर दौडे।

7:58b.ACT.007.058 तिनीहरूले उनलाई शहर बाहिर फयाँके अनि ढुङ्गा हान्न थाले। ती मानिसहरू जजसले स्तिफनसको विरूद्ध झूटो कुरा गरेका थिए, तिनीहरूले आफ्ना पोशाक खोलेर शावल नाउँको एक युवकलाई दिए।

7:59b.ACT.007.059 अनि त्यसपछि तिनीहरूले स्तिफनस माथि ढुङ्गा हान्न शुरू गरे। तर स्तिफनस प्रार्थना गरिरहेका थिए। उनले भने, “प्रभु येशू, मेरो आत्मा ग्रहण गर्नुहोस्!”

7:60b.ACT.007.060 तब उनले घूँडा टेके अनि जोडले चिच्याए, “प्रभु, यिनीहरूलाई यो पापका निम्ति दोष नदिनुहोस्! यति भनिसके पछि स्तिफनसले देह त्याग गरे।

8

8:1b.ACT.008.001 शावलले स्तिफनसलाई मार्न आफ्नो सहमती दिए। विश्वासीहरूलाई सताइ

8:4b.ACT.008.004 विश्वासीहरू जो चारैतिर छरिएका थिए, जहाँ तिनीहरू गए, परमेश्वरको सुसमाचार मानिसहरूलाई सुनाए।

8:5b.ACT.008.005 फिलिप सामरिया शहरमा गए अनि ख्रीष्टको विषयमा प्रचार गरे।

8:6b.ACT.008.006 मानिसहरूले त्यहाँ फिलिपले चमत्कारहरू गरेका सुने अनि देखे। फिलिपले भनेको कुराहरू मानिसहरूको भीडले एक मनले ध्यान लगाएर सुने।

8:7b.ACT.008.007 धेरै जसो मानिसहरू दुष्ट आत्माहरूले भेट्टाएका थिए। तर दुष्ट आत्माहरू जोडले चिच्याएर मानिसहरूबाट बाहिर निस्के। पक्षाघात लागेको र लङ्गडो मानिसहरू निको भए।

8:8b.ACT.008.008 त्यही कारणले गर्दा त्यस शहरमा मानिसहरू अत्यन्त आनन्दित थिए।

8:9b.ACT.008.009 तर त्यस शहरमा शिमोन नाउँ गरेको एकजना मानिस थिए। फिलिप त्यहाँ आउन भन्दा अघि तिनी जादू गर्दै थिए अनि सामरियाका मानिसहरूलाई चकित पारेका थिए। शिमोनले घमण्ड साथ आफूलाई महान-मानिस दावी गर्थे।

8:10b.ACT.008.010 निम्नस्तरका देखि अति प्रमुख मानिसहरूले शिमोन प्रति खूबै ध्यान दिए। तिनीहरूले भने, “यस मानिसकोमा ईश्वरीय शक्ति छ त्यसैलाई ‘महान शक्तिट भनिन्छ!”

8:11b.ACT.008.011 शिमोनले आफ्ना जादू-कलाद्वारा मानिसहरूलाई धेरै समयदेखि प्रभावित पारेका थिए अनि तीनीहरू उनका भक्त भएका थिए।

8:12b.ACT.008.012 तर फिलिपले मानिसहरूलाई परमेश्वरको राज्यको विषयमा सुसमाचार एवं येशू ख्रीष्टको नाउँको विषयमा बताइदिए। पुरुष-स्त्रीहरू जसले विश्वास गरे तिनीहरूले बप्तिस्मा लिए।

8:13b.ACT.008.013 शिमोन स्वंयले विश्वास गरे अनि बप्तिस्मा लिए। फिलिप एकदम नजिकमा बसे। उनले फिलिपले गरेका चमत्कारहरू अनि महान कार्यहरू देखे। शिमोन छक्क परे।

8:14b.ACT.008.014 प्रेरितहरू अझ सम्म यरूशलेमा नै थिए। तिनीहरूले सामरियाका मानिसहरूले परमेश्वरको वचनलाई स्वीकार गरे भन्ने बारेमा सुने। यसैकारणले तिनीहरूले पत्रुस र यूहन्नालाई सामारिया पठाए।

8:15b.ACT.008.015 जब तिनीहरू सामारिया पुगे, तिनीहरूले सामरियाका विश्वासीहरूले पवित्र-आत्मा पावोस् भनेर प्रार्थना गरे।

8:16b.ACT.008.016 ती मानिसहरू प्रभु येशूको नाउँमा बप्तिस्मा भएका थिए, तर पवित्र-आत्मा तिनीहरू कसैमाथि पनि आइपुगेको थिएन। यही कारणले गर्दा पत्रुस र यूहन्नाले प्रार्थना गरे।

8:17b.ACT.008.017 तब ती प्रेरितहरूले तिनीहरूका हात मानिसहरूमा राखी दिए तब तिनीहरूले पवित्र-आत्मा प्राप्त गरे।

8:18b.ACT.008.018 प्रेरितहरूले मानिसहरूलाई हात राखिदिंदा तिनीहरूमाथि पवित्र आत्मा दिइएको शिमोनले देखे। यसकारण शिमोनले प्रेरितहरूलाई पैसा देखाउदै।

8:19b.ACT.008.019 अनि भने, “यो शक्ति मलाई पनि दिनुहोस् ताकि जब मैले कसैमाथि हात राख्दा उसले पवित्र आत्मा प्राप्त गरोस्।”

8:20b.ACT.008.020 पत्रुसले तिनलाई भने, “तिमी र तिम्रो पैसा दुवै नष्ट भई जाओस्! किनभने तिमीले सोच्यौ कि प्रभुको उपहार पैसाले किन्न सक्छौ।

8:21b.ACT.008.021 यस काममा हामीसंग अंश ग्रहण गर्न सक्तैनौ। किनभने तिम्रो हृदय परमेश्वर समक्ष सही छैन।

8:22b.ACT.008.022 तिम्रो हृदय बद्ली गर अनि यी कुकर्महरूदेखि टाडो भई हाल। प्रभुलाई प्रार्थना गर। हुनसक्छ तिम्रो यस्तो सोचाइलाई उहाँले क्षमा गरिदनु हुन्छ।

8:23b.ACT.008.023 किनभने तिमी कटुता इर्ष्याले भरिएको अनि पापको अधीनमा भएको म देख्दछु।”

8:24b.ACT.008.024 शिमोनले जवाफ दिए, “तिमीहरूले मेरो लागि प्रभुलाई प्रार्थना गरिदेऊ। प्रार्थना गरिदेऊ कि तिमीहरूले भनेका कुनै पनि कुरा म माथि नघटोस्।”

8:25b.ACT.008.025 त्यसपछि, ती दुई प्रेरितहरूले आफ्नो गवाही दिए अनि प्रभुको सन्देश सुनाए। त्यसपछि तिनीहरू यरूशलेम फर्के। तिनीहरू जाँदा हुँदी सामरीयाका धेरै शहरहरू भएर गए अनि जता-जता पस्दै गए। त्यतातिर मानिसहरूलाई सुसमाचार प्रचार गरे। एथियोपियावासीलाई फिलिपले शिक्षा दिए

8:26b.ACT.008.026 परमेश्वरको एकजना दूतले फिलिपलाई भने, “झट्ट तयार होऊ र दक्षिणतर्फ जाऊ । यरूशलेमदेखि गाजातर्फ जाने बाटो जाऊ- त्यो बाटो मरूभूमि भएर जान्छ।”

8:27b.ACT.008.027 यसकारण फिलिप तयार भए अनि गए। बाटोमा उनले एकजना एथियोपियावासी मानिसलाई देखे जो नपुंसक थिए। उनी एथियोपिया देशकी रानी कन्दकीको ठूला अधिकार थिए। उनी रानीका जम्मै पैसा-रूपियाँका जिम्मेवार थिए। त्यो मानिस आराधना गर्न यरूशलेम गएका थिए।

8:28b.ACT.008.028 अहिले ऊ आफ्नो रथमा बसेर घर तर्फ गइरहेका थिए। तिनी अगमवक्ता यशैयाको पुस्तक पढिरहेका थिए।

8:29b.ACT.008.029 आत्माले फिलिपलाई भने, “त्यस रथमा जाऊ र त्यसको छेउमा बस्।”

8:30b.ACT.008.030 तब फिलिप रथको छेउमा दगुरे अनि त्यो मानिसले पढी रहेको सुने। उसले यशैया अगमवक्ताको पुस्तक पढिरहेको थियो। फिलिपले उसलाई भने, “के तिमीले पढेको कुरा बुझ्दैछौ?”

8:31b.ACT.008.031 त्यस मानिसले भन्यो, “म कसरी बुझ्न सक्छु? मलाई त्यस्तो मानिसको खाँचो छ जसले मलाई यो व्याख्या गरिदिन सक्छ।” त्यसपछि उसले फिलिपलाई उसको छेउमा आएर बस्न निमन्त्रणा गर्यो।

8:32b.ACT.008.032 उसले पढदै गरेको धर्म शास्त्रको अंश यस्तो थियोः “जसरी भेडा काटिन लगिन्छ भेडको पाठा कत्रनेको चुपचाप सामु उभिन्छ, त्यसरी नै उनी रहे।

8:33b.ACT.008.033 उहाँको उपहास गरियो अनि उहाँका अधिकारहरू खोसियो। पृथ्वीमा उहाँको जीवन समाप्त भयो अनि उहाँको पुस्तको विषयमा भन्न को सामर्थ हुनेछ?” यशैया 53:7-8

8:34b.ACT.008.034 त्यस अधिकारीले फिलिपलाई भने, “दया गरेर मलाई भन्नुहोस् अगमवक्ताले कसको विषयमा भनेका हुन्? उनले आफ्नै विषयमा कि अन्य कसैको विषयमा भनेका हुन?”

8:35b.ACT.008.035 फिलिपले बताउन थाले। उनले त्यही धर्मशास्त्रको अंशबाट शुरू गरे अनि उसलाई येशूको विषयमा सुसमाचार भने।

8:36b.ACT.008.036 उनीहरू बाटोमा गइरहेको बेला पानी भएको ठाउँमा पुगे। अधिकारीले भन्यो, “हेर! यहाँ पानी छ! कसले मलाई बप्तिस्मा लिन देखि रोक्न सक्छ?”

8:38b.ACT.008.038 त्यसपछि अधिकारीले रथ थाम भनेर आदेश गरयो। दुवै फिलिप र अधिकारी पानी भए तिर ओर्लिए अनि फिलिपले तिनलाई बप्तिस्मा दिए।

8:39b.ACT.008.039 जब तिनीहरू पानी बाहिर आए प्रभुको आत्मा फिलपबाट खोसियो अधिकारीले उनलाई फेरि कहिल्यै पनि देखेन्। अधिकारी आफ्नो घरको बाटो लागे। उनी खुशी थिए।

8:40b.ACT.008.040 तर फिलिप अश्दोदको शहरमा देखा परे। उनी सिजरियाको शहर तिर गइरहैका थिए। अश्दोददेखि सिजरिया जाँदा बाटामा पर्ने प्रत्येक शहरमा उनले सुसमाचार प्रचार गरे।

9

9:1b.ACT.009.001 त्यसैबेला शावलले यरूशलेममा प्रभुका चेलाहरूलाई अझै डर देखाउँदै अनि तिनीहरूलाई मार्ने प्रयास गरिरहेको थियो। यसैले तिनी प्रधान पूजाहारीकहाँ गए।

9:2b.ACT.009.002 शावलले प्रधान पूजाहारीलाई दमीशकको शहरमा सभाघरहरूका यहूदीहरूलाई ख्रीष्टका मार्ग पहिल्याउनेहरू खोजी निकाल्ने अधिकार दिँदै चिट्ठीहरू लेखी माँगे। उसले यदि कुनै पुरुष वा स्त्री विश्वासीहरू भेट्टाए तिनीहरूलाई पक्रेर यरूशलेम फर्काई ल्याउनेछ।

9:3b.ACT.009.003 तब शावल दमीशक गए। जब उ शहरको नजीक पुगे, अचानक आकासबाट प्रज्वलित ज्योति उनको चारैतिर चम्कियो।

9:4b.ACT.009.004 शावल भूइँमा लडे। उनले एउटा आवाज उनैसंग बोलिरहेको सुने, “शावल, शावल! तिमी मलाई किन सताइरहेछौ?”

9:5b.ACT.009.005 शावलले भने, “तपाईं को हुनुहुन्छ प्रभु?” त्यो आवजले जवाफ दियो, “म येशू हुँ। जसलाई तिमी दुःख दिइरहेझो।

9:6b.ACT.009.006 उठ अनि शहर तर्फ जाऊ। त्यहाँ कसैले तिमीलाई के गर्नु पर्ने बताई दिनेछ।”

9:7b.ACT.009.007 शावलसंग यात्रा गरीरहेका मानिसहरू त्यहाँ ठिङ्गै उभिरहे। ती मानिसहरूले आवाज सुने तर कतै कोही देखनन्।

9:8b.ACT.009.008 शावल भूइँबाट उठे। उसको आँखा खोलियो तर केही देख्न सकेनन्। यसकारण शावलसंग आएका मानिसहरूले उनको हात पक्रेर तिनलाई दमीशक सम्म लगे।

9:10b.ACT.009.010 दमीशकमा येशूका एकजना चेला थिए। उनको नाउँ हननिया थियो। प्रभुले हननियासंग सपनामा भन्नुभयो, “हननिया!” हननियाले उत्तर दियो, “म यहाँ छु, प्रभु।”

9:11b.ACT.009.011 प्रभुले हननियालाई भन्नुभयो, “उठ अनि सोझो गल्ली भन्ने गल्लीतिर जाऊ। यहूदाको घर पत्ता लगाऊ। टार्सस भन्ने ठाउँका शावल नाउँ भएको मानिसलाई खोज। ऊ अहिले त्याहँ प्रार्थना गरिरहेछ।

9:12b.ACT.009.012 शावलले दर्शन देख्यो। आफ्नो सपनामा उसले हननिया भन्ने मानिस आफू भएतिर आयो र तिनका हातहरू आफू माथि रागिदिए जसद्वारा उसले फेरि देख्न सकून्।”

9:13b.ACT.009.013 तर हननियाले उत्तर दियो, “प्रभु धेरै जनाले मलाई यस मानिसको विषयमा भनिसेकेको छ। तिनीहरूले भने यस मानिसले यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कतिको सताएको छ।

9:14b.ACT.009.014 अहिले ऊ दमीशकमा आइपुगेको छ। मुख्य पूजाहारीहरूले तपाईंमा विश्वास गर्ने मानिसहरू सबैलाई पक्रनु भनेर उसलाई अधिकार दिएकोछ।”

9:15b.ACT.009.015 तर प्रभुले हननियालाई भन्नुभयो, “जाऊ! मैले शावललाई मेरो विषयमा राजाहरूलाई, यहूदीहरूलाई र अन्य जातिहरूलाई बताउनको निम्ति एक पात्रको रूपमा चुनेको छु।

9:16b.ACT.009.016 म उसलाई सबै कुरा देखाउनेछु जसले गर्दा मेरो नाउँको लागी उसले कष्ट भोग्नु पर्छ।”

9:17b.ACT.009.017 यसकारण हननिया त्यहाँबाट यहूदाका घरतर्फ लाग्यो। उसले आफ्नो हात शावलमा राखे अनि भने, “शावल, मेरो भाई, प्रभु येशू जो तिमी आउँदा बाटोमा देखा पर्नु भयो उहाँले मलाई तिम्रोमा पठाउनु भएको छ ताकि तिमीले फेरि देख्न सक र पवित्र आत्माद्वारा तिमी भरिपूर्ण होऊ।”

9:18b.ACT.009.018 तुरन्तै, माछाको कत्लाहरू जस्तो केही उसको आँखाबाट खस्यो। शावल फेरि देख्न सक्ने भए अनि उठेर बप्तिस्मा लिए।

9:19b.ACT.009.019 त्यसपछि उनले अलिकति भोजन गरेर पुन शक्ति प्राप्त गरे। शावाल केही दिनसम्म चेलाहरूसंग दमीशकमा बसे।

9:20b.ACT.009.020 चाँडै उनले यहूदीहरूका सभाघरहरूमा येशूको विषयमा प्रचार गर्न थाले। उनले मानिसहरूलाई भने, “येशू परमेश्वरका पुत्र हुनुहुन्छ।”

9:21b.ACT.009.021 सबै मानिसहरू शावलको त्यस्तो कुरा सुनेर छक्क परे। तिनीहरूले भने, “यो त्यही मानिस होइन जो यरूशलेममा थियो अनि यही नाउँमा विश्वास गर्ने मानिसहरूलाई नष्ट गर्ने प्रयास गर्दै थियो? के ऊ यहाँ येशूका चेलाहरूलाई पक्रन अनि तिनीहरूलाई यरूशलेममा मुख्य पूजाहारीहरूकहाँ लान आएको होइन?”

9:22b.ACT.009.022 तर शावल झन् झन प्रभावशाली भए अनि यशू नै ख्रीष्ट हुनुहुन्छ भनी सिद्ध गर्दै दमीशकमा बस्ने यहूदीहरूलाई अलमल्ल पारिदिए।

9:23b.ACT.009.023 धेरै दिन पछि यहूदीहरूले शावललाई मार्ने योजनाहरू बनाए।

9:24b.ACT.009.024 यी यहूदीहरूले रात-दिन शहरको ढोकामा शावललाई ढुकिरहेका थिए। तिनीहरू उनलाई मार्न चाहन्थे। तर शावलले तिनीहरूको योजना जानिसकेका थिए।

9:25b.ACT.009.025 एक रात उनका केही विश्वासीहरूले त्यस शहरबाट भाग्न उनलाई मद्दत गरे। तिनीहरूले शावललाई एउटा टोकरी भित्र हाले अनि शहरको पर्खालको एउटा प्वालबाट छिराएर तल झारे।

9:26b.ACT.009.026 त्यसपछि शावल यरूशलेमतिर गए। उनले विश्वासीहरूको झुण्डमा सम्मिलित हुन कोशिश गरे तर तिनीहरू उनीबाट डराए। किनभने शावल साँची नै येशूका चेला हुन् भनेर विश्वास गरेनन्।

9:27b.ACT.009.027 तर बर्णाबसले उनलाई स्वीकार गरे अनि प्रेरितहरू कहाँ ल्याए अनि कसरी शावलले दमीशकको बाटोमा प्रभुलाई देखेका थिए अनि कसरी प्रभु उनिसित बोल्नु भयो सो तिनीहरूलाई वर्णन गरे। अनि उसले शावलले कुनै डर बिना येशूको विषयमा दमीशकमा कसरी प्रचार गरे सो पनि भने।

9:28b.ACT.009.028 अनि त्यसकारण शावल विश्वासीहरूसंगै बसे। उनी जताततै निर्भय भएर यरूशलेममा प्रभुको प्रचार गर्दै हिडे।

9:29b.ACT.009.029 शावल प्रायः ती यहूदीहरूसंग वार्तालाप गर्थे जसले ग्रीक भाषा जान्दथे। तिनीहरूसंग उनले र्तक-विर्तक पनि गरे। तर उनीहरूले शावललाई मार्ने प्रयास गरे।

9:30b.ACT.009.030 जब चेलाहरूले त्यो कुरा थाहा पाए कि तिनीहरूले शावललाई सिजरिया भन्ने शहरमा लगे। त्यहाँ देखि तिनीहरूले उनलाई टार्सस शहरमा पठाए।

9:31b.ACT.009.031 त्यसरी चारैतिर यहूदीया, गालील र सामरियाका मण्डलीहरूमा शान्ति छायो। विश्वासीहरूको समुदाय पराक्रमी भए किनकि तिनीहरू प्रभुको डरमा बसेका थिए अनि पवित्र आत्माले उत्साहित तुल्याइएका थिए। त्यसैले गर्दा विश्वासीहरूको संख्यामा बृद्धि हुन थाल्यो।

9:32b.ACT.009.032 पत्रुसले यरूशलेम वरिपरि सम्पूर्ण शहरहरू यात्रा गरे। तिनले ती विश्वासीहरूलाई भेटे जो लिड्डामा बस्थे।

9:33b.ACT.009.033 लिड्डामा तिनको एकजना आठ र्वष देखि पक्षघात बिमारले ग्रस्त भएको एनियास भन्ने मानिससंग भेट भयो। एनियास आफ्नो विछ्योैनाबाट चल्न सक्तैन थियो

9:34b.ACT.009.034 पत्रुसले तिनलाई भने, “एनियास, येशू ख्रीष्टले तिमीलाई निको पार्नु हुन्छ, उठ अनि तिम्रो विछ्यौना मिलाऊ।” एनियास तत्काल जुरूक्का उठयो।

9:35b.ACT.009.035 लिड्डा अनि शारोमा सबै मानिसहरूले उसलाई देखे अनि प्रभु येशूमाथि विश्वास बढाए।”

9:36b.ACT.009.036 जोप्पा भन्ने शहरमा येशूका एकजना चेली थिए। उनको नाउँ तबिता थियो। उनको ग्रीक नाउँ डोरकस् थियो जसको अर्थ हो “हरिणी”। तिनले मानिसहरूका लागि सदैव असल कामहरू गरेकी थिईन् अनि खाँचो परेकाहरूलाई सधैं पैसा दिन्थिन्।

9:37b.ACT.009.037 पत्रुस लिड्डामा भएको बेला तबीता बिमार भई अनि मरी। तिनीहरूले उनको शरीर धोई-पखालेर माथिल्लो तल्लामा राखिदिए।

9:38b.ACT.009.038 जोप्पामा भएका चेलाहरूले पत्रुस लिड्डामा थियो भन्ने सुने। लिड्डा जोप्पाको छेउमा थियो। यसर्थ तिनीहरूले पत्रुसकहाँ दुइजना मानिसहरू पठाए। तिनीहरूले उनलाई बिन्ती गरे, “दया गरेर हामी भएको ठाउँमा छिटो आउनुहोस्।”

9:39b.ACT.009.039 पत्रुस तयार भए अनि तिनीहरूसंग लागे। जब तिनी आइपुगे तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे। सबै विधवाहरू पत्रुसका वरिपरि रूँदै उभिए। तिनीहरू रोई-कराई विलाप गरिरहेका थिए। तबिता जीउँदो हुँदा बनाएकी कोटहरू साथै अन्य पोषाकहरू तिनीहरूले देखाए।

9:40b.ACT.009.040 पत्रुसले ती सबैजनालाई कोठा बाहिर पठाए। उनले घुँडा टेके अनि प्रार्थना गरे। त्यसपछि तिनी तबीताको मृतशरीरपट्टी र्फकिए र भने, “तबीता जुरूक्क उठ!” उनले आँखाहरू खोलिन्। जब तिनले पत्रुसलाई देखिन्, तिनी उठेर बसिन्।

9:41b.ACT.009.041 पत्रुसले तिनलाई हातको साहारा दिएर उठाए। त्यसपछि उनले विश्वासीहरूलाई डाके, विधुवीहरूलाई कोठाभित्र बोलाए। तिनले तबिता जीउँदो भएकी तिनीहरूलाई देखाए!

9:42b.ACT.009.042 जोप्पाको चारैतिरका मानिसहरूले त्यो घटनाको विषयमा सुने। धेरैजना प्रभुलाई विश्वास गर्न लागे।

9:43b.ACT.009.043 पत्रुस जोप्पामा धेरै दिनसम्म बसे। उनी शिमोन नाउँको छालाको काम गर्ने कर्मीसंग बसे।

10

10:1b.ACT.010.001 सिजरिया भन्ने शहरमा कर्नीलियस नाउँ भएको एकजना मानिस थिए। उनी रोमन एकाईका पल्टनका एकजना कप्तान थिए जसलाई “इटालियन” भनिन्थ्यो।

10:2b.ACT.010.002 कर्नीलियस एक जना धार्मिक मानिस थिए। उनी र अन्य मानिसहरू जो उनकै घरमा बस्थे साँचो परमेश्वरलाई आराधना गर्थे। उनले गरीबहरूलाई यथाशक्य पैसा-रूपिया दिन्थे कर्नीलियसले नित्य परमेश्वरको प्रार्थना गर्थे।

10:3b.ACT.010.003 एक पल्ट अपरान्ह तीन बजेतिर, कर्नीलियसले स्पष्ट एउटा दर्शन देखे। त्यहाँ तिनले एक स्वर्गदूत आफूतिरै “कर्नीलियस!” भन्दै आइरहेको देखे।

10:4b.ACT.010.004 कर्नीलियसले स्वर्गदूतलाई डराएर हेरे अनि भने, तपाईं के चाहनु हुन्छ, प्रभु?” स्वर्गदूतले भने, “परमेश्वरले तिम्रो प्रार्थना सुन्नु भयो अनि गरीब, दुःखीहरूप्रति गरेको दया देख्नु भयो। परमेश्वरले तिम्रो सम्झना गर्नु हुँदैछ।

10:5b.ACT.010.005 केही मानिसहरू जोप्पा शहरमा पठाऊ। शिमोनलाई फर्काई ल्याउन तिम्रा केही मानिसहरू पठाऊ जसलाई पत्रुस पनि भनिन्छ।

10:6b.ACT.010.006 शिमोन जुन मानिसकोमा बस्दैछ उसको नाउँ पनि शिमोन नै हो । उसले छालाको काम गर्छ। उसको घर समुद्रको नजिकमा छ।”

10:7b.ACT.010.007 कर्नीलियससंग बोल्ने स्वर्गदूत गए कर्नीलियसलले आफ्ना दुइजना नोकरहरू र एकजना सिपाहीलाई बोलाए। त्यो सिपाही धार्मीक प्रवृतिका मानिस थिए। तिनी कर्नीलियसको मानिसगत सहयोगी थियो।

10:8b.ACT.010.008 कर्नीलियसले ती तीनैजनालाई राम्ररी गरेर कुरा सम्झाए। त्यसपछि तिनीहरूलाई जोप्पा पठाइदिए।

10:9b.ACT.010.009 अर्को दिन ती तीनैजना जोप्पा शहर नजीक आईपुगे। त्यसबेला पत्रुस छानामाथि प्रार्थना गर्न भनी गए। त्यो मध्याह्रको बेला थियो।

10:10b.ACT.010.010 पत्रुस भोको थिए। तिनी खान चाहन्थे। तिनीहरूले भोजन तयार गरिरहेको बेला दर्शन देखे।

10:11b.ACT.010.011 उनले आकाश खुल्ला देखे अनि ठूलो लुगाको टुक्रा जस्तो केही तल खसिरहेथ्यो। त्यो ठूलो लुगा त्यसका चार कुना द्वारा अडिएको थियो अनि भूइँमा झरिरहेको थियो।

10:12b.ACT.010.012 नाना किसिमका प्राणीहरू त्यहाँ थिए- हिंड्ने प्राणीहरू, धस्रिने प्राणीहरू, अनि हावामा उड्ने चरा-चुरूङ्गीहरू।

10:13b.ACT.010.013 त्यसपछि एउटा आवाजले पत्रुसलाई भन्यो, “उठ पत्रुस, कुनै पनि एउटा सजीव प्राणी मारेर खाऊ।”

10:14b.ACT.010.014 तर पत्रुसले भने, “म त्यस्तो कहिल्यै गर्नै छैन, प्रभु! मैले त्यस्तो कुनै पनि अशुद्ध र अपवित्र खाना खाएको छैन।”

10:15b.ACT.010.015 तर आवाजले उसलाई दोस्रो पलट भन्यो, “परमेश्वरले ती सबै कुराहरू शुद्ध भएको घोषणा गर्नु भएको छ। यसर्थ तिमी त्यसलाई ‘अपवित्र’ नसोच!”

10:16b.ACT.010.016 यस्तो घटना तीनपल्ट भयो। त्यसपछि सबै चीजहरू आकशतिरै फर्काएर लग्यो।

10:17b.ACT.010.017 यस्तो दर्शनको मतलव के होला भनेर पत्रुस छक्क परे। यसबेला कार्नीलियसले पठाएका मानिसहरूले शिमोनको घर पत्ता लगाए। तिनीहरू दैलोमा उभिरहेका थिए।

10:18b.ACT.010.018 तिनीहरूले जोडले बोलाए अनि सोधे, “के शिमोन पत्रुस यहाँ बस्छन्?”

10:19b.ACT.010.019 पत्रुस त्यही दर्शनको विषयमा सोचिरहेका थिए। तर आत्माले उनलाई भन्नुभयो, “हेर! तीनजना मानिसहरूले तिमीलाई खोजिरेहछन्।

10:20b.ACT.010.020 उठ अनि तल्लो तलामा जाऊ। ती मानिसहरूसंग अप्ठेरो, नमानी जाऊ। मैले तिनीहरूलाई तिमीकहाँ पठाएको हुँ।”

10:21b.ACT.010.021 तब पत्रुस ती मानिसहरू भएकहाँ तल्लो तलामा ओर्ले। उनले भने, “तिमीहरूले खोजिरहेको मानिस म हुँ। तिमीहरू किन यहाँ आयौ?”

10:22b.ACT.010.022 ती मानिसहरूले भने, “कर्नीलियस एक सैनिक अधीकारी हुन्। उनी धार्मिक प्रवृतिका मानिस हुन् उनी परमेश्वरको आराधना गर्दछन्। सम्पूर्ण यहूदीहरूले उहाँलाई सम्मान गर्दछन्। एक पवित्र स्वर्गदूतले उहाँको घरमा तपाईंलाई निमन्त्रणा गर्नु भन्नु भएथेयो ताकि उहाँले तपाईंबाट केही सन्देशहरू सुन्न सकुन्।”

10:23b.ACT.010.023 पत्रुसले तिनीहरूलाई भित्र आउने र आज राती त्यही बस्ने आग्रह गरे। अर्कोदिन पत्रुस तयार भएर ती तीनजना मानिसहरूसंग गए। केही जोप्पाका चेलाहरू पनि पत्रुससंग गए।

10:24b.ACT.010.024 अर्कोदिन तिनीहरू सिजरिया भन्ने शहरमा आइपुगे। कर्नीलियसले तिनीहरूलाई र्पखिरहेका थिए। उनले पहिल्यैबाट आफ्ना सन्तानहरू र आफ्ना साथीहरूलाई घरमा भेला गरिसकेका थिए।

10:25b.ACT.010.025 जब पत्रुस घरभित्र पसे, कर्नीलियसले उनीसंग भेट गरे अनि पत्रुसको पाउमा निहुरिएर श्रद्धा गरे।

10:26b.ACT.010.026 तर पत्रुसले उनलाई उठ्ने आग्रह गरे। पत्रुसले भने, “उठ! म केवल तिमी जस्तै मानिस हुँ।”

10:27b.ACT.010.027 पत्रुस कर्नीलियसंग वार्तालाप गर्दै भित्र पसे अनि त्यहाँ धेरै मानिसहरू भेला भएका देखे।

10:28b.ACT.010.028 उनले तिनीहरूलाई भने, “तिमीहरूले जान्दछौ कि यहूदी भएर अरू वंशका मानिसहरूसंग यसरी संगत गर्नु अथवा मानिसहरूकोमा जानु यहूदीहरूको व्यवस्थाको विरुद्ध हो। तर परमेश्वरले मलाई देखाई सक्नु भएको छ कि मैले कसैलाई ‘अपवित्र’ अथवा ‘अशुद्ध’ भनेर भन्नु हुँदैन।

10:29b.ACT.010.029 त्यसैकारणले म यहाँ कुनै आक्षेप विनै आएँ। अब मलाई भन, के कारणले मलाई यसरी बोलाएको हो”

10:30b.ACT.010.030 कर्नीलियसले भने, “चार दिन अघि, म घरमा प्रार्थना गरिरहेको थिएँ। त्यसबेला अपरान्ह तीन बजेको थियो। अचानक एकजना स्वर्गदूत चम्किलो लुगा लगाएर मेरो सामुन्ने उभिए।

10:31b.ACT.010.031 तिनले भने, “कर्नीलियस! परमेश्वरले तिम्रो प्रार्थाना सुन्नु भयो अनि गरीब दुःखीहरूलाई तिमीले दान दिएको देख्नु भयो। परमेश्वरले तिमीलाई याद गर्नु हुन्छ।

10:32b.ACT.010.032 त्यसैले शहर जोप्पामा मानिसहरू पठाऊ र शिमोन जसलाई पत्रुस पनि भनिन्छ यहाँ आउने निवेदन गर। पत्रुसलाई आउने आग्रह गर। उनी सिमोन छालाको कर्मीको घरमा बसेकाछन्। उसको घर समुद्रको छेउमा छ।’

10:33b.ACT.010.033 यसकारण मैले तपाईंलाई तुरून्त लिएर आउन भनि मानिस पठाएँ। तपाईं आइदिनु नै हाम्रो लागि राम्रो भयो। यहाँ हामी अब परमेश्वर समक्ष छौं ती सबै कुराहरू सन्नुलाई जो प्रभुले भन्नु भनि तपाईंलाई आदेश दिनु भएकोछ”

10:34b.ACT.010.034 पत्रुसले बोल्न शुरू गरे, “अब मैले साँच्चै बुझ्नु कि परमेश्वरको निम्ति सबै मानिसहरू एक समान हुन्।

10:35b.ACT.010.035 अनि हरेक राष्ट्रमा परमेश्वरले त्यसलाई स्वीकार गर्नुहुन्छ, जसले उहाँको आराधाना गर्छ अनि जे सही छ त्यो गर्छ।

10:36b.ACT.010.036 परमेश्वर यहूदीहरूसंग बोल्नु भएको छ। परमेश्वरले येशू ख्रीष्टको जो सबै मानिसहरूका परमप्रभु हुनुहुन्छ उनको माध्यमद्वारा शान्तिको सुसमाचार उनीहरूका लागि पठाउनु भयो।

10:37b.ACT.010.037 यहूदीया भरि के भयो भन्ने कुरा तिमीहरूलाई थाहा होला। यो गालीलमा यूहन्नाले बप्तिस्माको बारेमा मानिसहरूलाई प्रचार गरे पछि शुरू भएको हो।

10:38b.ACT.010.038 तिमी नासरतका येशूको विषयमा जान्दछौ। परमेश्वरले उहाँलाई पवित्र-आत्मा र शक्ति प्रदान’ गरेर ख्रीष्ट बनाउनु भयो। येशू चारैतिरका मानिसहरूको लागि राम्रो काम गर्दै जानुभयो अनि प्रेतात्मा वा दुष्टात्मा लागेका मानिसहरूलाई उहाँले निको पार्नुभयो। यसले परमेश्वर येसूको साथमा भएको प्रमाण दिदँछ।

10:39b.ACT.010.039 हामीले उहाँले यहूदीया र यरूशलेममा गर्नु भएका सम्पूर्ण कार्यहरू देख्यौं। हामी त्यो देखिरहेका छौ। त्यसको गवाही बनिरहेछौ। तर तिनीहरूलले उहाँलाई काठले बनाएको क्रूसमा झुण्ड्याएर मारे।

10:40b.ACT.010.040 तर, उहाँको मृत्यु भएको तीन दिन पछि परमेश्वरले उहाँलाई बौराउनु भयो अनि मानिसहरूलाई छर्लक्क येशूलाई देखाइदिनु भयो।

10:41b.ACT.010.041 तर येशूलाई सबै मानिसहरूले देख्न सकेनन्। जजसलाई परमश्वरले गवाहीको रूपमा छान्नु भएको थियो तिनीहरूले मात्र येशूको दर्शन पाए। हामी ती गवाहीहरू हौं उहाँ मृत्युबाट बौरे पछि हामीले येशूसंगै खाना-पिना गर्यौं।

10:42b.ACT.010.042 येशूले हामीलाई प्रचार गर्नु अनि मानिसहरूलाई भन्नुभयो कि उहाँलाई मात्र परमेश्वरले जीउँदो मानिसहरू अनि मृतहरूको पनि न्याय गर्नका निम्ति छान्नु भएको हो।

10:43b.ACT.010.043 प्रत्येक मानिस जसले येशूमाथि विश्वास गर्दछ येशूको नाउँमा उसले पापहरू माफ पाउनेछ। सम्पूर्ण अगमवक्ताहरूले उनको सत्यता सावित गरे।”

10:44b.ACT.010.044 पत्रुस बोलिरहेको बेला सन्देश सुन्ने ती सबै मानिसहरूमा पवित्र आत्मा उत्रनु भयो।

10:45b.ACT.010.045 यहूदी विश्वासीहरू जो पत्रुससंग त्यहाँ आएका थिए तिनीहरू छक्क परे किनकी गैर-यहूदीहरूमा पनि पवित्र-आत्माको उपहार र्बषिएको थियो।

10:46b.ACT.010.046 यहूदीहरूले ती गैर-यहूदीहरूले विभिन्न भाषाहरू बोलेका र परमेश्वरको स्तुति गरेको सुने। त्यसपछि पत्रुसले भने,

10:47b.ACT.010.047 “के कसैले पानीलाई रोक्न सक्छ जसद्वारा यी मानिसहरूलाई बप्तिस्मा लिनबाट रोक्न सकिन्छ? तिनीहरूले पनि हामीहरूले जस्तै पवित्र आत्मा प्राप्त गरेका छन्।!”

10:48b.ACT.010.048 तब पत्रुसले कर्नीलियस, उनका सन्तानहरू अनि साथीहरूलाई येशू ख्रीष्ट को नाउँमा बप्तिस्मा दिने आज्ञा दिए। तब मानिसहरूले पत्रुसलाई केही दिन सम्म त्यही बसिदिने बिन्ती गरे।

11

11:1b.ACT.011.001 यहूदीयामा प्रेरितहरू र दाज्यू-भाईहरूले गैर यहूदीहरूले पनि परमेश्वरको शिक्षालाई स्वीकार गरेको थाहा पाए।

11:2b.ACT.011.002 तर जब पत्रुस यरूशलेम र्फकिए कतिपय यहूदी विश्वासीहरूले उनीसँग त्यस विषयमा बहस गरे।

11:3b.ACT.011.003 तिनीहरूले भने, “तपाईं ती गैर-यहूदीहरूका घर जानुभयो। तपाईंले त्यस्ता मानिसहरूसंग बसेर भोजन सम्म गर्नुभयो!”

11:4b.ACT.011.004 पत्रुसले तिनीहरूलाई सम्पूर्ण कथा विस्तार गरेर बताए।

11:5b.ACT.011.005 उनले भने, “म जोप्पा शहरमा थिएँ। मैले प्रार्थना गरिरहेको बेला एउटा दर्शन पाएँ। त्यस दर्शनमा मैले ठूलो लुगा जस्तो केही आकाशबाट तल ओर्लिरहेको देखे। त्यसलाई त्यसको चारै कोणबाट समातिएको थियो। त्यो म भएकोमा आयो।

11:6b.ACT.011.006 जब मैले भित्र हेर मैले त्यहाँ चारखुट्टे स्थलचर पशुहरू जंगली जनावर घस्रने सर्प जातिय प्राणि अनि आकाशका चराचुरूङ्गीहरू देखें।

11:7b.ACT.011.007 तब मैले एउटा आवाजले मलाई भनिरहेको सुने, ‘उठ पत्रुस! कुनै पनि जीवित प्राणी मार र खाऊ!

11:8b.ACT.011.008 तर मैले भने, ‘म कदापि त्यसो गर्ने छैन, प्रभु! मैले त्यस्तो कुनै चीज खाएको छैन जुन अपवित्र अथवा अशुद्ध हो।’

11:9b.ACT.011.009 तर आकाशबाट आएको आवाजले फेरि भन्यो, ‘परमेश्वरले घोषणा गर्नुभयो कि यी सबै चीजहरू शुद्ध छन। यसर्थ तिमी तिनीहरूलाई अपवित्र नसोच!’

11:10b.ACT.011.010 यस्तो तीनपल्ट भयो। त्यसपछि सम्पूर्ण थोक आकाश तिरै लगियो।

11:11b.ACT.011.011 त्यसै समयमा म बसिरहेको घरमा तीनजना मानिहरू आए। ती तीनजना मानिसहरूलाई सिजरिया शहरबाट मेरो निम्ति पठाइका थिए।

11:12b.ACT.011.012 आत्माले मलाई नहिच्किचाइ कन जाऊ भन्नुभयो। यी छः जना दाज्यू-भाइहरू पनि मसंग आए। हामी कर्नीलियसको घरमा गयौं।

11:13b.ACT.011.013 कर्नीलियसले घरमा उभिरहेको स्वर्गदूतलाई देखेको कुरा गरे। स्वर्गदूतले उनलाई भने, ‘केही मानिसहरू जोप्पातिर पठाऊ अनि शिमोन पत्रुसलाई आउनु भन्ने निमन्त्रन गर।

11:14b.ACT.011.014 उनले तिमीहरूलाई ती कुरा भन्नेछन् जसले तिमीलाई अनि तिम्रा घरमा बस्ने सबै मानिसहरूलाई बचाउँनेछन्।’

11:15b.ACT.011.015 जब मैले भाषण शुरू गरें, पवित्र आत्मा तिनीहरूमा त्यसरी नै आउनु भयो जसरी प्रारम्भमा हामीकहाँ आउनष्ठ्वु भएको थियो।

11:16b.ACT.011.016 तब मलाई प्रभु येशूको वचनको सम्झना भयो। प्रभुले भन्नुभएको थियो, ‘यूहन्नाले मानिसहरूलाई पानीले बप्तिस्मा गरे, तर तिमी पवित्र आत्माद्वारा बप्तिस्मा हुनेछौ।’

11:17b.ACT.011.017 प्रभुले ती मानिसहरूलाई त्यही उपहार दिनु भयो जुन हामीलाई दिनुभएको थियो जसले प्रभु येशू ख्रीष्टमाथि विश्वास गरे। तब म को हुँ परमेश्वर को काम बन्द गर्ने?”

11:18b.ACT.011.018 जब यहूदी विश्वासीहरूले यी कुराहरू सुने, तिनीहरूले र्तक गर्न छाडे। तिनीहरूले परमेश्वरको प्रशंसा गरे र भने, “तब परमेश्वरले गैर-यहूदीहरूलाई पनि हृदय परिवर्तन गर्ने अनि हाम्रो जस्तै जीवन प्राप्त गर्ने अनुमति दिनु भयो।”

11:19b.ACT.011.019 स्तिफनस मारिए पछि खेदो शुरू गरिएको कारणले विश्वासीहरू चारै तर्फ छरपष्ट भए। कतिपय विश्वासीहरू फोनिसिया, साइप्रस र इन्टिओक जस्ता टाढा-टाढा ठाउँहरूमा गए। तर तिनीहरूले यहूदीहरूलाई मात्र सुसमाचार भने।

11:20b.ACT.011.020 कतिपय ती विश्वासीहरू साइप्रस र साइरेनीका नागरिकहरू थिए। जब ती मानिसहरू एन्टओक आइपुगे, तिनीहरू ग्रीकहरूसंग पनि बोल्न लागे अनि तिनीहरूलाई प्रभु येशूको विषयमा सुसमाचार भने।

11:21b.ACT.011.021 प्रभुको शक्ति तिनीहरूसंग थियो। अनि ठूलो संख्यामा मानिसहरूले प्रभुलाई विश्वास गर्न अनि अनुसरण गर्न लागे।

11:22b.ACT.011.022 एन्टिओकमा नयाँ विश्वासीहरू भएका समाचहरू यरूशलेमको मण्डलीमा पुग्यो। यसैले तिनीहरूले बर्णाबासलाई एन्टिओकमा पठाए।

11:25b.ACT.011.025 त्यसपछि, बर्णाबास टार्सस भन्ने शहरतर्फ लागे। उनी शावललाई खोजिरहेका थिए।

11:26b.ACT.011.026 शावललाई जब उनले भेट्टाए, बर्णाबासले तिनलाई एन्टिओक लगे। शावल र बर्णाबास त्यहाँ पुरा एक र्बष बसे। तिनीहरूले त्यँहा मण्डलीका सभाहरूमा भाग लिए अनि धेरै मानिसहरूलाई शिक्षा दिए। प्रथमपल्ट एन्टिओकमा विश्वासीहरूलाई “ख्रीष्टयनहरू” भनिए।

11:27b.ACT.011.027 यस समयमा केही अगमवक्ताहरू यरूशलेमाबाट एन्टिओक तिर गए।

11:28b.ACT.011.028 तिनीहरू मध्ये एकजना अगाबस थिए। एन्टिओकमा अगाबस उभिए अनि पवित्र-आत्माको मार्फत अगमवाणी गरे, “सम्पूर्ण संसारभरि महा अनिकाल हुनेछ।” (यो सम्राट क्लौडियसको समयमा घट्यो)।

11:29b.ACT.011.029 चेलाहरूले यहूदीयामा बस्ने आफ्ना दाज्यू-भाइ र दिदी-बहिनीहरूलाई सहायता पठाउने निर्णय गरे। प्रत्येकले आफूले जति सकिन्छ दिने निर्णय लिए।

11:30b.ACT.011.030 तिनीहरूले पैसा बटुले र बर्णाबास र शावललाई दिए तिनीहरूले ती पैसा यहूदीयाका अग्रजहरूलाई दिए।

12

12:1b.ACT.012.001 त्यति नै बेला (त्यही समयमै) राजा हेरोदले मण्डलीका कतिपय मानिसहरूलाई सताउन थाले।

12:2b.ACT.012.002 हेरोदले याकूबलाई तरवाले मार्नु भन्ने हुकुम दिए। याकूब यूहन्नाका भाइ थिए।

12:3b.ACT.012.003 हेरोदले देखे कि यहूदीहरूले त्यो मन पराए। यसकारण उनी अघि गए अनि पत्रुसलाई पनि पक्रे। यो घटना यहूदीहरूको निस्तार चाडको समयमा घटेको थियो।

12:4b.ACT.012.004 हेरोदले पत्रुसलाई पक्रेर जेलमा राखे। सोह्र-जना सिपाहीहरूले पत्रुसलाई कडा नजरमा राखे। हेरोदले पत्रुसलाई निस्तार चाडको पछि जनता समक्ष ल्याउने योजना गरे।

12:5b.ACT.012.005 यसैले उनले पत्रुसलाई जेलमा राखे। तर मण्डलीले पत्रुसको लागि परमेश्वरलाई लगातर प्रार्थना गरिरहे।

12:6b.ACT.012.006 पत्रुस दुइजना सिपाहीहरूका माझमा सुतिरहेका थिए। उनलाई दुइटा साङ्गलाले बाँधिएको थियो। अरू सिपाहीहरू कैदखानाको ढोकामा पहरा दिइरहेका थिए। यो रातको समय थियो। हेरोदले पत्रुसलाई भोलिपल्ट जनतासमक्ष ल्याउन सोंचिरहेथ्यो।

12:7b.ACT.012.007 अचानक परमप्रभुको स्वर्गदूत त्यहाँ उभियो। कोठाभिर प्रकाश चम्कियो। स्वर्गदूतले पत्रुसलाई एकपट्टी स्पर्श गरेर उनलाई व्यूँझाए। दूतले भने, “चाँडो, उठ!” साङ्गलाहरू पत्रुसका हातहरूबाट सुल्किए।

12:8b.ACT.012.008 स्वर्गदूतले पत्रुसलाई भने, “तयार हौ, तिम्रा जुत्ताहरू लगाऊ।” पत्रुसले त्यसै गरे। दूतले भन्यो, “तिम्रो वस्त्र लगाऊ र मेरो पछि लाग।

12:9b.ACT.012.009 तब स्वर्गदूत त्यहाँबाट निस्किए र पत्रुस पनि उनैको पछि लागे । पत्रुसले जानेनन् कि स्वर्गदूले जे गरिरहेका थिए त्यो साँचो थियो। उनले सोचे कि उनले दर्शन देखिरहेछन्।

12:10b.ACT.012.010 पत्रुस र स्वर्गदूत पहिलो त्यसपछि दोस्रो पहरे चौकीहहरू भएर निस्किए। तब तिनीहरू फलामको द्वार भए तिर पुगे जसले तिनीहरूलाई शहरदेखि छुट्याएको थियो। त्यो प्रवेशद्वार तिनीहरूका निम्ति आफै खुलियो। त्यस द्वार भएर तिनीहरू बाहिर निस्के र एक खण्डको दूरी पार गरेर गए। त्यसपछि अचानक स्वर्गदूत अल्पिए।

12:11b.ACT.012.011 तब पत्रुसले के भएको थियो भनेर थाहा पाए अनि आफैलाई भने, “अब मैले थाहा पाएँ कि यो वास्तवमा सत्य रहेछ। प्रभुले आफ्ना स्वर्गदूत पठाउनु भयो अनि मलाई हेरोदबाट बचाउनु भयो। यहूदीहरूले ममाथि केही अप्रिय घटना हुन्छ भनि सोचे होलान्। तर मलाई प्रभुले ती सबै कष्टहरूबाट मुक्त पार्नुभयो”

12:12b.ACT.012.012 त्यसको विषयमा जाने पछि पत्रुस मरियमको घरतर्फ लागे। मरियम यूहन्नाकी आमा थिइन्। (यूहन्नालाई मर्कूस पनि भनिन्थ्यो।) धेरै मानिसहरू त्यहाँ जम्मा भएका थिए। तिनीहरू सबैले प्रार्थना गरिरहेका थिए।

12:13b.ACT.012.013 पत्रुसले बाहिरबाट दैलो ढकढकाए। रोदा नाउँ गरेकी केटी ढोका खोल्न भनि गई।

12:14b.ACT.012.014 रोदाले पत्रुसको आवाज चिनी र खुशी भई। खुशीले गर्दा उसले ढोका खोल्न सम्म भुली। उनी भित्र गई र जम्मा भएका झुण्डलाई भनी, “पत्रुस ढोकामा हुनुहुन्छ!

12:15b.ACT.012.015 तिनीहरूले रोदालाई भने, “तँ पागल होस्!” तर उसले यो साँचो हो भनी रही। ती झुण्डले भने, “यो पत्रुसको स्वर्गदूत हुनुपर्छ।”

12:16b.ACT.012.016 तर पत्रुसले दैलो ढकढकाई रहे। जब चेलाहरूले ढोका उघारे तब उनीहरूले पत्रुसलाई देखे। तिनीहरू उनलाई देखेर छक्क परे।

12:17b.ACT.012.017 पत्रुसले हातको ईशारा गरेर तिनीहरूलाई चूपचाप बस्नु भने। उनले, कसरी परमप्रभुले उनलाई जेलबाट मुक्त गराइदिनु भयो, वर्णन गरे। उनले भने, “याकूब र अन्य दाज्यू-भाइहरूलाई पनि बताइदिनु।” पछिबाट पत्रुस अर्को ठाँउ तर्फ लागे।

12:18b.ACT.012.018 अर्कोदिन सिपाहीहरू अत्तालिए। तिनीहरू छक्क पर्दै थिए पत्रुसलाई के भएको हुन सक्थ्यो? पत्रुस यसरी हाराएकोमा तिनीहरू अन्योलमा परे।

12:19b.ACT.012.019 राजा हेरोदले पत्रुसलाई चारैतिर खोज तलाश गरे तर पाउन सकेनन्। तब हेरोदले सिपाहीहरूलाई सोधखोज गर्न थाले। पत्ता नलाग्दा सिपाहीहरूलाई नै मार्ने हुकुम दिए। पछि हेरोद यहूदीयाबाट सिजरिया शहरमा केही समयको लागि त्यही बसे।

12:20b.ACT.012.020 हेरोदे टायर र सायडनवासीहरूसंग अत्यन्त रिसाएका थिए। यसर्थ तिनीहरू एक समूहको रूपमा हेरोदकहाँ आए। तिनीहरूले हेरोदका निजी सेवक बलस्तको सहयोग प्राप्त गरे अनि हरोदलाई शान्तिको लागि बिन्ती गरे। किनभने तिनीहरूले राजा हेरोदको देशबाट नै भोजन प्राप्त गर्दै थिए।

12:21b.ACT.012.021 हेरोदले तिनीहरूसंग एकदिन भेट गर्ने निशचय गरे। त्यस दिन हेरोदले सुन्दर शाही-पोषाक लगाएका थिए। उनी राजसिंहासनमा बसे अनि मानिसहरूलाई सम्बोधन गरे।

12:22b.ACT.012.022 मानिसहरू चिच्याए, “यो त परमेश्वरको आवाज हो मानिसको होइन!”

12:23b.ACT.012.023 हेरोदले यस्तो प्रशंसा ग्रहण गरे अनि प्रभुको महिमालाई मान्यता दिएनन्। यसैले प्रभुको दूतले उनलाई मान्यता दिएनन्। यसैले प्रभुको दूतले उनलाई रोगी तुल्याए। उनलाई भित्र भित्रै कीराले खायो अनि मरे।

12:24b.ACT.012.024 परमेश्वरको सन्देश चारैतर्फ फिंजिरहेथ्यो अनि अधिक भन्दा अधिक मानिसहरूलाई पूर्ण प्रभाव पार्यो। विश्वासीहरूका समूहहरू धेरै गुणा बढेर गए।

12:25b.ACT.012.025 बर्णाबास र शावलले यरूशलेममा आफ्ना काम सिद्धाए पछि एन्टिओक फर्के। तिनीहरूका साथमा यूहन्ना (मर्कूस) पनि थिए।

13

13:1b.ACT.013.001 एन्टिओकको मण्डलीमा केही अगमवक्ताहरू र शिक्षकहरू थिए। तिनीहरू बर्णाबास, सिमियोन (उसलाई पनि भनिन्थ्यो) लुसियस (साइरिनीवासी) मनेन (हेरोद राजसँगै हुर्किएको मानिस) र शावल थिए।

13:2b.ACT.013.002 ती मानिसहरू सवैले प्रभुको सेवा गरिरहेका थिए अनि उपवास लिएका थिए। पवित्र आत्माले तिनीहरूलाई भन्नुभयो, “खास कामको लागि मलाई बर्णाबास र शावल देऊ। मैले तिनीहरूलाई त्यो काम गर्नलाई छानेकोछु।”

13:3b.ACT.013.003 तब तिनीहरूले उपवास र प्रार्थना गरे, तिनीहरूले बर्णाबास र शावल माथि आफ्नो हात राखे अनि बाहिर पठाए।

13:4b.ACT.013.004 बर्णाबास र शावललाई पवित्र आत्माले पठाउनु भएको थियो। तिनीहरू सिल्युसियामा शहरतर्फ गए। तिनीहरू सिल्युसियाबाट जलयात्रा गर्दै साइप्रस पुगे।

13:5b.ACT.013.005 तब तिनीहरू सलामिस भन्ने ठाउँमा पुगे, त्यहाँ यहूदीहरूका सभाघरहरूमा तिनीहरूले परमेश्वरको सुसमाचारको प्रचार गरे। यूहन्ना र मर्कूस पनि सहयोगीको रूपमा तिनीहरूलसंगै थिए।

13:6b.ACT.013.006 तिनीहरूले सम्पूर्ण टापू पार गरेर पाफोस भन्ने शहरमा आइपुगे। तिनीहरूले त्यहाँ एक यहूदी जादूवाला भेटे। उसको नाउँ बारयेशू थियो। उनी एक झूटो अगमवक्ता थिए।

13:7b.ACT.013.007 बारयेशू सँधैं नै र्सगियस पौलस प्रशासकसित बस्दथे। र्सगियस पौलस एक बुद्धिमानी मानिस थिए। उनले बर्णाबास र शावललाई बोलाए। उनी परमेश्वरको सन्देश सुन्न चाहन्थे।

13:8b.ACT.013.008 तर जादूगर इलुमास बर्णाबास र शावलको विरोधमा थियो। ग्रीक भाषामा येशूलाई इलुमास भनिन्छ। इलुमासले प्रशासकलाई येशूमाथि विश्वास गर्न रोक्न चाहन्थे।

13:9b.ACT.013.009 तर शावल पवित्र आत्माले पूर्ण भएका थिए। पावलले (शावलको अर्को नाउँ) इलुमासलाई हेरे।

13:10b.ACT.013.010 अनि भने, “तँ शैतानको छोरो! तँ सबै सही कुराको शत्रु होस्। तँमा शैतानी छक्कापञ्जा मात्र छ। के तैले सधैं प्रभुको सत्यहरूलाई झूटहरूमा परिणत गर्न छोडदैनस्!

13:11b.ACT.013.011 अब प्रभुले तँलाई छुनु हुनेछ अनि तुरन्तै तँ अन्धा हुनेछस्। केही समय तँ केही देख्न सक्ने छैनस् यहाँ सम्म कि घामको किरण पनि देख्दैनस्।” तुरन्तै इलुमासमाथि धुम्म अनि अन्धार झरयो। ऊ वरिपरि घुम्यो, अनि हात समातेर उसको मार्ग देखाउनलाई मानिसहरू खोज्यो।

13:12b.ACT.013.012 जब प्रशासक र्सगियस पावलले यो देखे, उनले विश्वास गरे। प्रभुको शिक्षाको विषयमा उनी आचर्य चकित भए।

13:13b.ACT.013.013 पावल र उनीसंग भएका मानिसहरू पाफोसबाट जहाजमा गए। तिनीहरू प्याम्फिलियाको एक शहर पर्गामा आई पुगे। तर यूहन्ना मर्कूसले तिनीहरूलाई छाडे, उनी यरूशलेम फर्के।

13:14b.ACT.013.014 तिनीहरूले आफ्ना यात्रा जारी राखे अनि पर्गा देखि पिसिदिया शहरको एन्टिओकतिर गए। विश्रामको समयमा, तिनीहरू यहूदीहरूका सभाघरभित्र गए र बसे।

13:15b.ACT.013.015 मोशाका नियमहरू र अगमवक्ताहरूको पुस्तकहरू पाठ गरिए। त्यसपछि सभा-घरको कर्मचारीहरूरले पावल र बर्णाबासलाई एक समाचार पठाए। यो समाचारमा भनिएको थियोः “बन्धुहरू, यदि तपाईंहरू केही भन्नुहुन्छ, जो मानिसहरूका निम्ति लाभदायक छ भने, कृपया भन्नुहोस!”

13:16b.ACT.013.016 पावल उभिए। उनले आफ्नो हात उठाए र भने, “मेरा यहूदी दाज्यु-भाइहरू एवं अन्य जनसमूह जसले प्रभुलाई साँचो श्रद्धा गर्दछ, कृपया मेरो कुरालाई ध्यानसित सुनिदेऊ!

13:17b.ACT.013.017 इस्राएलका परमेश्वरले हाम्रा पुर्खाहरू छान्नु भयो। जब तिनीहरू मिश्रदेशमा परदेशी भएर बसेका थिए परमेश्वरले तिनीहरूलाई सफल गराउनका निम्ति सहयोग गर्नुभएको थियो। परमेश्वरले तिनीहरूलाई मिश्रदेशबाट आफ्ना महान शक्तिद्वारा निकाली ल्याउनु भयो।

13:18b.ACT.013.018 अनि परमेश्वरले उनीहरूको व्यवहार त्यस मरूभूमिमा चालीस र्वष सम्म सहनु भयो।

13:19b.ACT.013.019 परमेश्वरले कनान देशमा सातवटा राष्ट्रहरूलाई पूर्ण ध्वंश पार्नु भयो। उहाँले ती जमीनहरू केवल उहाँका मानिसहरूलाई दिनुभयो।

13:20b.ACT.013.020 यी सम्पूर्ण घटनाहरू लगभग् 450 र्वषको अवधि सम्म थियो। “त्यसपछि, परमेश्वरले अगमवक्ता शामूएलको अवधिसम्म तिनीहरूलाई न्यायकर्त्ताहरू दिनुभयो।

13:21b.ACT.013.021 तब मानिसहरूले राजाको माग गरे। परमेश्वरले कीशका छोरो शावललाई दिनुभयो। शावल बिन्यामीन कुलका थिए। उनले चालीस र्वषसम्म राजा भएर राज गरे।

13:22b.ACT.013.022 शावललाई हटाए पछि परमेश्वरले दाऊदलाई तिनीहरूका राजा बनाउनु भयो। परमेश्वरले दाऊदको विषयमा यसो भन्नु भयोः ‘यस्सीको छोरा दाऊद एउटा मानिस हो जसले मैले सोचे जस्तो सोच्छ। मैले चाहे अनुसार सबै कामहरू उसले गर्नेछ।

13:23b.ACT.013.023 परमेश्वरले आफ्नो वचन अनुसार दाऊदको एउटा सन्तानलाई मुक्तिदाताको रूपमा इस्राएलमा पठाउनु भयो। त्यो वंशका सन्तान येशू हुनुहुन्छ।

13:24b.ACT.013.024 येशू आउन अघि यूहन्नाले सबै यहूदीहरूमा प्रचार गरे। यूहन्नाले तिनीहरूलाई भने “तिमीहरू स्वयं परिणत हुन चाहन्छौ भनि देखाउनका निम्ति बप्तिस्मा लेऊ।”

13:25b.ACT.013.025 यूहन्नाले आफ्नो काम सिध्याउने बेलामा भने, ‘म को हुँ भनेर तिमीहरू ठान्छौ? म ख्रीष्ट होइन। तर उहाँ, म पछि आउनु हुनेछ। म उहाँको जुत्ता फुकाल्ने सम्मको योग्यको छैन।’

13:26b.ACT.013.026 “मेरा दाज्यू-भाइहरू! अब्राहाम परिवारका नानीहरू अनि तिमी धर्मभीरू गैर-यहूदीहरू, ध्यान दिएर मेरो कुरा सुन। यो मुक्तिको समाचार हामीकहाँ पठाइसकेको छ।

13:27b.ACT.013.027 यरूशलेमका निवासीहरू अनि तिनीहरूका अगुवाहरूले येशू स्वयं नै मुक्तिदाता हुन् भनेर जान्दै जानेनन्। अगमवक्ताहरूले येशूको विषयमा लेखेका शब्दहरू हरेक विश्रामका दिनमा मानिसहरू प्रति पढिन्छ तर तिनीहरूले ती बुझेनन्। यहूदीहरूले येशूलाई निन्दा गरे। तर अगमवक्ताहरूले भनेका शब्दहरू पूर्ण भयो।

13:28b.ACT.013.028 तिनीहरूले येशू किन मर्नु पर्थ्यो भन्ने कुनै खास कारण भेटाएनन्, तर तिनीहरूले उहाँलाई मार्न भनि पिलातससित माग गरे।

13:29b.ACT.013.029 यी यहूदीहरूले येशूको विषयमा के हुनेवाला थियो, धर्मशास्त्रमा लेखिएका सबै पुरा गरे। तब तिनीहरूले येशूलाई क्रूसबाट झारे अनि चिहानमा हाले।

13:30b.ACT.013.030 तर परमेश्वरले उहाँलाई मृत्युबाट बौराई उठाउनु भयो!

13:31b.ACT.013.031 यस घटना पछि, धेरै दिन, मानिसहरू जो-जो येशूसंग गालिलीदेखि यरूशलेमसम्म साथ गएका थिए उनीहरूले उहाँलाई देखे। अहिले ती मानिसहरू नै उहाँको अरू मानिसहरूका निम्ति गवाही हुन्।

13:32b.ACT.013.032 हाम्रा पूर्वजहरूलाई दिएको प्रतिज्ञाको बारेमा सुसमाचार हामी तिमीहरूलाई भन्छौ।

13:33b.ACT.013.033 हामी तिमीहरूका बालकहरू हौं अनि परमेश्वरले यो प्रतिज्ञा हाम्रा निम्ति येशूलाई मृत्यूबाट बौराइ उठाउनु भएर पूरा गर्नु भएको छ। हामीले भजनसंग्रहमा पनि यो कुरा पढछौः ‘तिमीहरू मेरा पुत्र हौ। आज म तिमीहरूका पुर्खा भएँ। भजनसंग्रह 2:7

13:34b.ACT.013.034 परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो। येशू फेरि कहिल्यै पनि चिहानभित्र पस्नु हुनेछैन न त धुलो नै हुनुहुनेछ। तब परमेश्वरले भन्नुभयोः ‘म तिमीहरूलाई पवित्र र सत्य प्रतिज्ञाहरू दिनेछु जुन मैले दाऊलाई दिएँ।’ यशैया 55:3

13:35b.ACT.013.035 तर अर्को ठाउँमा परमेश्वर भन्नुहुन्छः ‘तिम्रो एकजना पवित्र शरीरलाई चिहानमा कुहुन दिइने छैन।’ भजनसंग्रह 16:10

13:36b.ACT.013.036 दाऊदले आफ्नो अवधि भरि परमेश्वरको इच्छा अनुसार सेवा गरे। त्यसपछि दाऊदको मृत्यु भयो अनि उनका आफ्नै पुर्खाहरूसंग दफन गरियो। अनि उनको शरीर चिहानमा सड्यो।

13:37b.ACT.013.037 तर ‘एक’ जसलाई परमेश्वरले मृत्युबाट बौराउनु भयो उहाँको शरीर चिहानमा कुहेन।

13:40b.ACT.013.040 अगमवक्ताहरूले केही घटना घट्नेछ भनेर भने, ‘होशियार! सावधन! यस्तो घटना आफूमा घटन नदेऊ। अगमवक्ताले भनेः

13:41b.ACT.013.041 ‘जसले शंका गर्छौ, सुन्! तिमीहरू छक्क पर्न सक्छौ, तर मेरो नजरदेखि टाढा हौ अनि तुरन्तै मर किनभने तिमीहरूको अवधिमा म केही गर्नेछु जुन तिमीहरू विश्वास गर्ने छैनौ। यदि कसैले तिमीहरूलाई त्यसको वर्णन दिंदा पनि तिमीहरूले विश्वास गर्ने छैनौ!”‘ हबकूक 1:5

13:42b.ACT.013.042 पावल र बर्णाबासले सभाघर चोडेर गइरहेको बेला मानिसहरूले फेरि अर्को विश्रामको दिनमा आउनुहोस् भने अनि यी कुराहरूबाट अझ अधिक भन्नु होस् भनी तिनीहरूलाई विन्ती गरे।

13:43b.ACT.013.043 सभा सिद्धिए पछि धेरै यहूदीहरूले अनि धेरै मानिसहरू जो यहूदी धर्ममा परिणत भएका थिए अनि सत्य परमेश्वरको आराधाना गैर्दथिए, तिनीहरूको पछि गए। पावल अनि बर्णाबास तिनीहरूसित बोले अनि परमेश्वरको अनुग्रह पाईरहन उत्साह दिए।

13:44b.ACT.013.044 अर्को विश्रामको दिनमा, शहरका प्रायः जम्मै मानिसहरू प्रभुको वचन सुन्नलाई एकत्रित भए।

13:45b.ACT.013.045 जब यहूदीहरूले ती मानिसहरूलाई त्यहाँ देखे तिनीहरूमा खूबै डाह उत्पन्न भयो। तिनीहरूले नराम्रा शब्दहरू भने अनि पावलसंग र्तक विर्तक गरे।

13:46b.ACT.013.046 तर पावल र बर्णाबासले निडर भएर बोले। “परमेश्वरको सन्देश पहिला तिमी यहूदीहरूलाई भन्न आवश्यक थियो। तर तिमीहरूले सुन्न अस्वीकार गर्यौ। तिमीहरू आफैले आफूलाई अनन्त जीवनको निम्ति अयोग्य ठान्यौ अब हामी अन्य जातिहरू तर्फ र्फकनेछौं।

13:47b.ACT.013.047 यही नै परमप्रभुले हामीलाई गर्नु भनि आज्ञा गर्नु भएकोछ। परमप्रभुले भन्नुभयोः ‘मैले तिमीहरूलाई अन्य जातिको लागि ज्योति बनाएकोछु, ताकि तिमीहरूले मुक्तिको मार्ग सारा संसारमा देखाउन सक्छौ।”‘ यशैया 496

13:48b.ACT.013.048 जब गैर यहूदीहरूले पावलले त्यसो भनेको सुने तिनीहरू खुशी भए। तिनीहरूले प्रभुको सन्देशलाई सम्मान गरे। अनि कतिपय मानिसहरूले त्यो सन्देशमा विश्वास गरे। तिनीहरु त्यही मानिसहरू थिए जसलाई अनन्त जीवनको लागि छानिएका थिए।

13:49b.ACT.013.049 अनि प्रभुको सन्देशले सारा क्षेत्रभरि प्रचार पाइरहेथ्यो।

13:50b.ACT.013.050 तर यहूदीहरूले शहरका कतिपय मुख्य नारीहरू जो सत्य परमेश्वरको आराधना गरिरहेका थिए, अनि मुख्य पुरूषहरूलाई पावल र बर्णाबासको विरुद्ध उस्काए। ती मानिसहरूले पावल र बर्णाबासलाई सताउने काम शुरू गरे अनि तिनीहरूलाई शहरबाट बाहिर निकाले।

13:51b.ACT.013.051 यसैकारणले पावल र बर्णाबासले तिनीहरूको विरुद्ध आफ्ना खुट्टाका धुलाहरू टक्टकाए। त्यसपछि तिनीहरू आइकोनियम भन्ने शहरतर्फ लागे।

13:52b.ACT.013.052 तर एन्टिओकमा भएका चेलाहरू आनन्दित र पवित्र आत्माले परिपूर्ण थिए।

14

14:1b.ACT.014.001 पावल र बर्णाबास आइकोनियम शहरमा गए। तिनीहरू यहूदीहरूका सभाघर भित्र पसे (उनिहरूले प्रत्येक शहरमा गरे जस्तै) तिनीहरूले यस्तो प्रकारले बोले कि धेरै यहूदीहरू अनि गैर-यहूदीहरूले उनीहरूले भनेका कुरामा विश्वास गरे।

14:2b.ACT.014.002 तर केही यहूदीहरूले विश्वास गरेनन्।। ती यहूदीहरूले गैर-यहूदीहरूलाई उक्साए अनि विश्वासीहरूको बिरुद्ध कुभावना सृष्टि गरे।

14:3b.ACT.014.003 तब पावल र बर्णाबास आइकोनियममा लामो समय सम्म बसे र प्रभुको विषयमा निडर भई प्रचार गरे। तिनीहरूले परमेश्वरको दयाको प्रचार गरे। अनि प्रभुले तिनीहरूलाई चमत्कारहरू र आश्चर्यमय कुराहरू गर्ने शक्ति दिनु भएर तिनीहरूका सन्देश प्रमाणित गर्नुभयो।

14:4b.ACT.014.004 कतिपय मानिसहरू यहूदीहरूका पक्षमा थिए, जब अन्य मानिसहरू पावल यहूदीहरूका पक्षमा थिए। यसरी त्यो शहरका मानिसहरू दुइ भागमा बाँडिए।

14:5b.ACT.014.005 कतिपय गैर-यहूदीहरू, कतिपय यहूदीहरू अनि यहूदीहरूका अगुवाहरूले पावल र वर्णाबासलाई हानि पुर्याउने प्रयास गरे। तिनीहरूले उनीहरूलाई ढुङ्गाले हिर्काएर मार्न चाहन्थे।

14:6b.ACT.014.006 जब पावल र बर्णाबासले त्यस्तो षडयन्त्रहरू थाहा पाए तिनीहरूले त्यो शहर छोडे अनि लाइकाओनियाका लिस्त्रा अनि डर्बी शहरहरू र त्यसका वरिपरिका क्षेत्रहरू तर्फ गए।

14:7b.ACT.014.007 तिनीहरूले त्यहाँ पनि सुसमाचार प्रचार गरे।

14:8b.ACT.014.008 लिस्त्रामा एकजना लङ्गडो मानिस थियो। उ जन्मै देखि लङ्गडो थियो अनि कहिले पनि हिंडेको थिएन।

14:9b.ACT.014.009 उसले पावलले भनेका कुराहरू सुन्यो। पावलले उसलाई सोझै हेरे अनि यो थाहा पाए कि उसमा जति हुन्छु भन्ने प्रशस्त विश्वास थियो।

14:10b.ACT.014.010 यसर्थ पावल जोडले चिच्याए, “आफ्नो खुट्टामा उभि!” त्यो मानिस उफ्रियो र वरिपरि हिंडन थाल्यो।

14:11b.ACT.014.011 जब पावलले जे गरे त्यो मानिसहरूले देखे तिनीहरू लाइकाओनिया भाषामा चिच्याए। तिनीहरूले भने, “देवताहरू मानिसहरू जस्तै भएका छन् अनि तिनीहरू हामीकहाँ आएका छन्!”

14:12b.ACT.014.012 मानिसहरूले बर्णाबासलाई “जिउस” र पावललाई “हर्मेस” भन्न लागे किनभने उनी प्रमुख वक्ता थिए।

14:13b.ACT.014.013 जिउसको मन्दिर शहरको नजिकमा थियो। त्यस मन्दिरका पूजाहारीले शहरका द्वारहरूमा केही साँढेहरू अनि फूलका मालाहरू ल्याए। त्यो पूजाहारी र त्यहाँ बस्ने मानिसहरूले पावल र बर्णाबासलाई बलि अर्पण गर्न चाहन्थे।

14:14b.ACT.014.014 तर जब ती प्रेरितहरू पावल र बर्णाबासले त्यस्तो कुरा थाह पाए, तिनीहरूले आफ्नै लुगाहरू च्याते। मानिसहरू तिर दौडे अनि चिच्याएः

14:15b.ACT.014.015 “हे मानिसहरू हो! तिमीहरूले किन यसो गरिरेहछौ? हामी देवताहरू होइनौ! हामी तिमीहरू जस्तै मानिसहरू मात्र हौ! हामी तिमीहरूलाई सुसमाचार भन्न आयौं ताकि तिमीहरू यस्ता बेकारका कुराहरूबाट हट्न सक्छौ अनि जीवित परमेश्वर तर्फ र्फकन्छौ। उहाँ नै एक हुनुहन्छ जसले आकाश, पृथ्वी, समूद्र अनि यिनीहरूमा भएका हरेक थोक बनाउनु भयो।

14:16b.ACT.014.016 बितेका दिनहरूमा उहाँले सबै जातिहरूलाई आफ्नो इच्छा अनुसार बाँच्न दिनुभयो

14:17b.ACT.014.017 तर पमेश्वरले गर्नु भएको कार्यले उहाँको वास्तविकताको प्रमाण गर्यो। उहाँले तिमीहरूका लागि असल कामहरू गर्नुभयो उहाँले तिमीहरूलाई आकाशबाट वर्षा दिनुभयो। उहाँले ठीक समयमा नै तिमीहरूलाई फसल दिनुभयो। उहाँले तिमीहरूलाई प्रशस्त आहार दिनुभयो र साथै तिमीहरूका हृदय आनन्दले परिपूर्ण पारिदिनु भयो।”

14:18b.ACT.014.018 पावल र बर्णाबारले तिनीहरूलाई ती कुराहरू भने। तरै पनि तिनीहरूले ती भीडलाई तिनीहरूको बलिहरू अर्पण गर्न नदिनलाई निकै संर्घष गर्नु पर्यो।

14:19b.ACT.014.019 त्यसपछि एन्टिओक र आइकोनियमाबाट केही यहूदीहरू आए। तिनीहरूले पावल र बर्णाबासको विरुद्ध मानिसहरूलाई भडकाए अनि त्यसैकारणले तिनीहरूले पावलमाथि ढुङ्गा होने र शहरदेखि बाहिर तानी निकाले । मानसिहरूले पावललाई मारियो भनी सोचे।

14:20b.ACT.014.020 येशूका चेलाहरू (विश्वासीहरू) पावलको वरिपरि जम्मा भए। अनि उनी उठे र शहरतिर र्फकिए। अर्कोदिन उनी र बर्णाबसले त्यो शहर छाडे अनि डर्बी तिर लागे।

14:21b.ACT.014.021 पावल र बर्णाबसले डर्बीमा सुसमाचार प्रचार गरे। धेरै मानिसहरू येशूका चेला भए। पावल र बर्णाबास लिस्त्रा, आइकोनियम र एन्टिओक शहर तिर र्फकिए।

14:22b.ACT.014.022 ती शहरहरूमा तिनीहरूले चेलाहरूलाई आत्मिकरूपले पराक्रमी तुल्याए। तिनीहरूले उनीहरूलाई विश्वासमा दृढ रहन सहायता गरे। तिनीहरूले भने, “हामी परमेश्वरको राज्यमा अनेक यातनासहेर प्रवेश गर्नु पर्छ।”

14:23b.ACT.014.023 तिनीहरूले हरेक मण्डलीको निम्ति अग्रजहरू नियुक्त गरे। तिनीहरूले ती अग्रजहरूका निम्ति उपवास र प्रार्थना गरे। ती अग्रजहरूले प्रभुमा आफ्ना विश्वास सुम्पे अनि यसैकारणले पावल र बर्णाबासले तिनहरूलाई उहाँको देखरेखमा छाडे।

14:24b.ACT.014.024 पावल र बर्णाबास पिसिदिया देश भएर प्यामफिलिया भन्ने देशमा आए।

14:25b.ACT.014.025 तिनीहरूले सन्देश पर्गा शहरमा प्रचार गरे अनि अटालिया भन्ने शहर तर्फ गए।

14:26b.ACT.014.026 अनि त्यहाँबाट समूद्र यात्रा गरेर तिनीहरू सिरिया अन्तर्गत एन्टिओकतिर गए। यही एउटा शहर हो जहाँ विश्वासीहरूलाई परमेश्वरको अनुग्रहमा सुम्पिएर यो काम गर्न पठाए। अब तिनीहरूले त्यो काम सिद्धयाएका थिए।

14:27b.ACT.014.027 जब पावल र बर्णाबास त्यहाँ आईपुगे तिनीहरूले मण्डलीका सदस्यहरूको एउटा सभा बोलाए। परमेश्वरले तिनीहरूसंग जे गर्नु भयो सो वृतान्त तिनीहरूले विश्वासीहरूलाई बताइदिए। तिनीहरूले भने, “परमेश्वरले ढोका उघारिदिनु भयो ताकि अन्य जातिहरूले पनि विश्वास गर्न सकुन्!

14:28b.ACT.014.028 पावल अनि बर्णाबास चेलाहरूसित धेरै लामो समय सम्म एण्टिओकमा बसे।

15

15:1b.ACT.015.001 त्यसपछि कतिपय मानिसहरू यहूदियाबाट एन्टिओकमा आए। तिनीहरूले गैर- यहूदी दाज्यु-भाइहरूलाई शिक्षा दिन शूरू गरेः “मोशाको व्यवस्था अनुसार जब सम्म खतना हुदैनौ तबसम्म तिमीहरूको मुक्ति हुने छैन।”

15:2b.ACT.015.002 पावल र बर्णाबास यस्तो शिक्षाको घोर विरोधी थिए अनि तिनीहरूले यस विषयमा ती मानिसहरूसंग बहश गरे। तब मणडलीले पावल, बर्णाबास र अन्य मानिसहरूलाई यरूशलेम पठाउने निर्णय लिए। ती मानिसहरू त्यस विषयमा प्रेतिहरू र अग्रजहरूसँग अझ बहश गर्न गए।

15:3b.ACT.015.003 उनीहरूको यात्रालाई मण्डलीले सहयोग गरयो। तिनीहरू फोनिसिया र सामरिया भएर गए। ती देशहरूमा तिनीहरूले कसरी गैर-यहूदी मानिसहरू सत्य परमेश्वरतर्फ मोडीए भनेर बताए। यो खबरले सबै दाज्यू-भाइहरूलाई खुबै आनन्द तुल्यायो।

15:4b.ACT.015.004 पावल, बर्णाबास र अन्य मानिसहरू यरूशलेम आइपुगे। त्यहाँका प्रेरितहरू, अग्रजहरू र सम्पूर्ण विश्वासीहरूले तिनीहरूलाई स्वागत गरे। पावल, बर्णाबास र अन्य मानिसहरूले परमेश्वरले उनीहरूमार्फत गर्नु भएको सबै कुराहरू भने।

15:5b.ACT.015.005 यरूशलेममा कतिपय विश्वासीहरू जो फरिसीहरूको दलका थिए उठे अनि भने, “गैर-यहूदी विश्वासीहरूले खतना गर्नै पर्छ। मोशाको व्यवस्था मान्नै पर्छ भनेर हामीले भन्नु पर्छ!”

15:6b.ACT.015.006 तब प्रेरितहरू, अग्रजहरू यस समस्या माथि एकत्रित भएर अध्ययन गर्न थाले।

15:7b.ACT.015.007 यस विशयमा त्यहाँ लामो र्तक सभा बस्यो। पत्रुस उभिए अनि भने, “मेरा दाज्यु भाइहरू! प्रारम्भिक दिनहरूमा के भयो तपाईंहरू राम्रोसंग जान्नु हुन्छ। परमेश्वरले तपाईहरू माझबाट नै उहाँको सुसमाचारको संदेश गैर-यहूदीहरूलाई प्रचार गर्नलाई मलाई छान्नु भयो। तिनीहरूले मबाट सुसमाचार सुने अनि विश्वास गरे।

15:8b.ACT.015.008 परमेश्वरले प्रत्येकको हृदय जान्नु हुन्छ अनि उहाँले यी गैर-यहूदीहरूलाई स्वीकार गर्नभयो। परमेश्वरले हामीलाई उहाँले दिनुभए जस्तै तिनीहरूलाई पवित्र आत्मा दिनुभए हामीलाई यो देखाउनु भएको छ।

15:9b.ACT.015.009 परमेश्वरको लागि ती मानिसहरू कुनै पनि खण्डमा हामी भन्दा भिन्न छैनन्। विश्वासद्वारा परमेश्वरले उनीहरूका हृदय शुद्ध पारिदिनु भयो।

15:10b.ACT.015.010 तिमीहरू किन गैर-यहूदी दाज्यू-भाइहरूरको घिच्रोमा जुवा वाँधिदिनु चाहन्छौ? के तिमीहरू परमेश्वरलाई क्रोधित बनाउन प्रयास गरिरहेका छौ? हामी र हाम्रा पुर्खाहरू त्यो जुवा बोक्न असमर्थ थियौं!

15:11b.ACT.015.011 होइन, हामी विश्वास गछौं कि दुवै हामी र यी मानिसहरू प्रभु येशूको अनुग्रहले बचाइनेछौं।”

15:12b.ACT.015.012 त्यसपछि सम्पूर्ण दल नै शान्त भए। तिनीहरूले पावल र बर्णाबासको कुराहरू ध्यान दिएर सुने। पावल र बर्णाबासले तिनीहरूका माध्यम गैर-यहूदीहरू माझ परमेश्वरले गर्नु भएका जम्मै चमत्कारहरू र आश्चर्यजनक कामहरू बारे वृतान्त सुनाए।

15:13b.ACT.015.013 तिनीहरूले भनी सकेपछि याकूबले भने, “मेरा दाज्यु-भाईहरू, ध्यान लगाएर मेरो कुरा सुन।

15:14b.ACT.015.014 शिमोनले तिमीहरूलाई कसरी परमेश्वरले गैर-यहूदीहरूलाई आफ्नो प्रेम प्रकट गर्नु भयो सोही कुरा बताए। प्रथम पल्ट परमेश्वरले गैर-यहूदीहरूलाई ग्रहण गर्नुभयो अनि तिनीहरूलाई आफ्नो मानिस बनाउनु भयो।

15:15b.ACT.015.015 अगमवक्ताहरूको वचनहरू योसंग सहमत छः

15:16b.ACT.015.016 ‘म त्यसपछि फर्की आउने छु। म दाऊदको घर फेरि बनाउने छु, जुन ढलेको छ। उसको घरको भागहरू फेरि बनाईदिने छु। जुन ध्वंश भएको छ। अनि म उसको घर नयाँ बनाउनेछु।

15:17b.ACT.015.017 ताकि अन्य सबै मानिसहरूले प्रभुलाई खोज्नेछन् अन्य सबै गैर-यहूदीहरू पनि मेरा आफ्ना मानिसहरू हुन्। प्रभुले त्यसै भन्नु भयो। अनि उहाँ मात्र एक हुनुहुन्छ जसले सबै यी चीजहरू गर्नुहुन्छ। अमोस 91:1-12

15:18b.ACT.015.018 ती चीजहरू प्रारम्भको कालदेखि नै जानिएको हो।’

15:19b.ACT.015.019 “यसैले हामीले गैर-यहूदीहरूलाई बोझ दिनुहुँदैन जो परमेश्वरप्रति फर्केकाछन्।

15:20b.ACT.015.020 बरू हामीले तिनीहरूलाई यी कुराहरूमा बताउँदै एउटा चिट्ठी लेख्नु पर्छः मूर्तिलाई चढाएको चीजहरू नखाऊ। यसले खाद्य अशुद्ध पार्छ। कुनै व्यभिचार नगर्। रगत नखाऊ। निमोठेर मारिएका पशुहरू नखाऊ।

15:21b.ACT.015.021 तिनीहरूले त्यसो गर्नु हुँदैन किनभने त्यहाँ अझै त्यस्ता मानिसहरू छन् जसले मोशाको व्यवस्था सिकाउँछन्। मोशाको वचनहरू धेरै र्वष देखि प्रत्येक विश्रामको दिनमा सभाघरमा पढिन्दैछ।”

15:22b.ACT.015.022 तब प्रेरितहरू, अग्रजहरू र समस्त मण्डलीले निर्णय लिए कि पावल र बर्णाबासको साथमा आफ्नै केही मानिसहरू एन्टिओकमा पठाउने। तिनीहरूले यहूदा जसलाई बर्णाबास पनि भनिन्छ र सिलासलाई छाने। ती मानिसहरूलाई यरूशलेमका दाज्यु-भाइहरूले खुबै सम्मान गर्थे।

15:23b.ACT.015.023 मण्डलीले तिनीहरूका हातमा यो चिट्ठी पठाए। एन्टिओक शहर अनि सिलिसिया र सिरिया देशका गैर-यहूदी दाज्यु-भाईहरूलाई तिमीहरूका दाज्यु-भाइ प्रेरितहरू, अग्रजहरूबाट अभिवादनः प्रिय दाज्यू-भाइहरू,

15:24b.ACT.015.024 हामीले सुनेकाछौकि कतिपय हाम्रा मण्डलीका मानिसहरू तिमीहरूकहाँ आए अनि तिनीहरूले भनेका कुराहरूले तिमीहरूलाई दुःखी र खिन्न पार्यो। तर हामीले तिनीहरूलाई त्यसो भन भनेर भनेनौं!

15:25b.ACT.015.025 तिमीहरूकहाँ केही चुनिएका मानिसहरू पठाउन एकमत भएकाछौं। तिनीहरू हाम्रा प्रिय मित्र बर्णाबास र पावलसँग आउनेछन्।

15:26b.ACT.015.026 तिनीहरूले प्रभु येशू ख्रीष्टको सेवामा आफ्ना जीवन समर्पण गरेकाछन्।

15:27b.ACT.015.027 त्यसैले हामीले उनीहरूसंग यहूदा र सिलासलाई पनि पठाउँदै छौं। तिनीहरूले यही चिट्ठीमा भएका कुराहरू मुखले भन्न गईरहेका छन्।

15:28b.ACT.015.028 पवित्र आत्माले सोच्दछ कि हामीहरूले तिमीहरूलाई अधिक जिम्मेवार दिनु हुँदैन। अनि त्यसमा हामी सहमत छौं। तिमीहरूले यति मात्र गर्नु आवश्य छः

15:29b.ACT.015.029 मूर्तिहरूलाई अर्पण गरिएको खाद्य नखाऊ। रगत नखानु निमोठेर मारिएको पशुहरू नखानु, कुनै प्रकारको पनि यौन पापहरू नगर्नु। यदि तिमीहरू उपयुक्त कुराहरूबाट टाढा रहन्छौ भने, तिमीहरूले राम्रो गर्नेछौ। अब हामी बिदा माग्छौं।”

15:30b.ACT.015.030 यसर्थ पावल, बर्णाबास, यहूदा र सिलासले यरूशलेम छाडेर एन्टिओक गए। त्यहाँ तिनीहरूले विश्वासीहरूको समूह भेला पारे अनि तिनीहरूलाई चिट्ठी दिए।

15:31b.ACT.015.031 विश्वासीहरूले त्यो चिट्ठी पढिसके पछि त्यसले उत्साहित पारेकोमा तिनीहरू आनन्दित भए।

15:32b.ACT.015.032 यहूदा र सिलास पनि अगमवक्ताहरू थिए। तिनीहरूलाई उत्साह दिन र दृढ बनाउन तिनीहरूले पनि निकै कुराहरू गरे।

15:33b.ACT.015.033 त्यहाँ केही समय बसे पछि यहूदा र सिलास फर्के। तिनीहरूले विश्वासीहरूबाट शान्तिको आशीर्वाद पाए पछि यरूशलेमका दाज्यु भाईहरू जसले तिनीहरूलाई त्यस काममा पठाएका थिए तिनीहरूकहाँ फर्के।

15:35b.ACT.015.035 तर पावल र बर्णावास एन्टओकमा नै बसे। तिनीहरू र अन्य मानिसहरूले त्यहाँ सुसमाचार प्रचार गरे अनि प्रभुको संदेश सिकाए।

15:36b.ACT.015.036 केही दिन पछि, पावलले बर्णाबासलाई भने, “हामीले धेरै शहरहरूमा प्रभुको सन्देश भन्यौं। हामी ती शहरहरूमा हाम्रा दाज्यू-भाइ दिदी-बहिनीहरू के गर्दै होलान् भनेर हेर्नलाई एकपल्ट भेट्न जानु पर्छ।”

15:37b.ACT.015.037 बर्णाबासले यूहन्ना मर्कूसलाई पनि सँगै लैजान चाहन्थे।

15:38b.ACT.015.038 तर तिनीहरूको प्रथम यात्रामा नै तिनीहरूलाई यूहन्ना मर्कूसले छाडेका थिए। प्याम्फिलियामा उनले तिनीहरूसंग एक साथ नलिन जोड गरे।

15:39b.ACT.015.039 पावल र बर्णाबास माझमा यस विषयमा गहन चर्चा भयो। तिनीहरू छुट्टीए अनि भिन्दा भिन्दै बाटो लागे। बर्णाबास मर्कूसलाई लिएर समूद्र यात्रा गर्दै साइप्रसतिर लागे।

15:40b.ACT.015.040 पावलले सिलासलाई आफूसित लान चुने अनि गए। अन्टिओकका दाज्यू-भाइहरूले पावललाई प्रभुको रेखदेखमा राखे अनि बाहिर पठाइदिए।

15:41b.ACT.015.041 मण्डलीहरू अझ बलियो बनाँउदै पावल र सिलास सिरिया र सिलिसिया देशहरू हुँदै गए।

16

16:1b.ACT.016.001 पावल डर्बी र लिस्त्रा शहरहरूमा पुगे। ख्रीष्टका एकजना चेला तिमोथी त्यहाँ थिए। तिमोथीकी आमा यहूदी थिइन् तर येशूमा विश्वास र्गथिन्। उनको बाबु ग्रीक थिए।

16:2b.ACT.016.002 लिस्त्रा र आइकोनियमवासी विश्वासीहरूले तिमोथीलाई सम्मान गर्थे। तिनीहरूले उनको विषयमा राम्रो कुरा गर्थे।

16:3b.ACT.016.003 पावलले आफ्नो यात्रामा तिमोथीलाई साथ लान चाहन्थे। तर त्यस इलाकामा बस्ने यहूदीहरूलाई उनको बाबू यहूदी होइन ग्रीक हुन भनेर थाहा थियो। यसैले पावलले यहूदीहरूलाई खुशी पार्नको लागि तिमोथीलाई खतना गरे।

16:4b.ACT.016.004 तिनीहरू शहरहरू हुँदै यात्रा गरे अनि यरूशलेमका प्रेरितहरू र अग्रजहरूले दिएको निर्णयहरू र नियमहरू विश्वासीहरूलाई बताए अनि तिनीहरूलाई यी नियमहरू पालन गर्न भने।

16:5b.ACT.016.005 यसकारण मण्डलीहरू विश्वासमा बलियो बनिदै अनि दिन प्रति दिन संख्यामा बढदै थियो।

16:6b.ACT.016.006 पावल र तिनीसंग अन्य मानिसहरू फ्रिगिया र गलतिया भन्ने देश हुँदै गए। पवित्र आत्माले तिनीहरूलाई एशिया देशमा देश सुसमाचार प्रचार गर्ने अनुमति दिनु भएन।

16:7b.ACT.016.007 पावल र तिमोथी माइसिया देश तिर लागे। तिनीहरू बिथनिया देश जान जाहन्थे। तर येशूको आत्माले त्यातातिर जाने अनुमति दिनु भएन।

16:8b.ACT.016.008 यसर्थ तिनीहरू माइसिया देश भएर त्रोआस शहर गए।

16:9b.ACT.016.009 त्यस रात पावलले एउटा दर्शन पाए। उनको दर्शनमा एकजना मानिस म्यासिडोनियाबाट उनकोमा आयो। त्यस मानिस त्यहाँ उभियो र विन्ती गर्यो, “म्यासिडोनिया पार गर्नुहोस अनि हामीलाई सहयोग गर्नुहोस्!”

16:10b.ACT.016.010 पावलले त्यस्तो सपना देखे पछि हामी तुरन्त म्यासिडोनिया जान तयार भयौं। हामीले बुझ्यौं कि परमेश्वरले हामीलाई ती मानिसहरूलाई सुसमाचार भन्न बोलाउनु भएको हो।

16:11b.ACT.016.011 एउटा जहाजमा त्रोआस छाडी हामी समुद्र यात्रा गर्दै सोमोथ्रेसको टापुतिर गयौं। अर्को दिन हामी समुद्र यात्रा गरेर नियापोलिस शहर आई पुग्यौं।

16:12b.ACT.016.012 त्यसपछि हामी फिलिप्पी गयौं। यो म्यासिडोनिया अञ्चलको मुख्य शहर हो अनि यो रोमीहरूको शहर हो। हामीहरू यहाँ केही दिन बस्यौं।

16:13b.ACT.016.013 विश्रामको दिनमा हामी शहरको मुख्य फाटकबाट निस्क्यौं अनि नदी तिर गयौं। हामीले सोच्यौं कि त्यहाँ प्रार्थना गर्ने एउटा ठाउँ हुन सक्थ्यो। केही पत्नी मानिसहरू त्यहाँ भेला भएका थिए। यसकारण हामी बस्यौं अनि तिनीहरूसंग बात गर्न लाग्यौं।

16:14b.ACT.016.014 त्यहाँ थाइआटीरा भन्ने शहरबाट लिडिया नाउँकी एक पत्नी मानिस पनि थिई। उसको पेशा बैगुनी लुगा बेच्ने थियो। तिनले साँचो परमेश्वरको आराधना र्गथिन्। लिडियाले पावल बोलेको सुनिरहेकी थिई अनि प्रभुले पावलले भनेको कुरा विश्वास गराउन उसको हृदय उगारिदिनु भयो।

16:15b.ACT.016.015 तिनी र उनका घरमा बस्ने सबैलाई बप्तिस्मा गरियो। त्यसपछि लिडियाले आफ्नो घरमा हामीलाई निम्तो गरिन्। तिनले भनिन्, “यदि तपाईंहरूले मलाई प्रभु येशूको साँचो विश्वासी मान्नु हुन्छ भने, मेरो घरमा आउनु होस् अनि बस्नु होस्।” तिनले आफ्ना घरमा हामीलाई बस्न भनी जोड गरिन्।

16:16b.ACT.016.016 एक समय जब हामी प्रार्थना स्थलमा गइरहेको बेला यो घटना घट्यो। एउटी नोकर्नी केटीले हामीलाई भेटी। उभित्र एउटा खास आत्मा थियो। त्यस आत्माले उसलाई भविष्यमा के हुन सक्छ भन्ने कुरा बताउने शक्ति दियो। त्यसो गरेर त्यस नोकर्नीले आफ्नो मालिकहरूको निम्ति धेरै पैसा कमाउने गर्थी।

16:17b.ACT.016.017 त्यस केटीले पावल र हामीलाई पछ्याई। त्यो चिच्याई अनि भनी, “यी मानिसहरू एकदमै सर्वोच्च परमेश्वरको दास हुन्! तिनीहरूले मुक्तिको बाटो तिमीहरूलाई बताइरहेछन।”

16:18b.ACT.016.018 उसले यस्तो धेरै दिनसम्म गरी। यसले पावललाई दिक्क लाग्यो अनि यसैले उ फर्क्यो अनि त्यो आत्मालाई भन्यो, “येशू ख्रीष्टको शक्तिले म तँलाई आज्ञा गर्छु, त्यस केटीबाट बाहिर निस्की!” त्यो आत्मा लगत्तै बाहिर निस्क्यो।

16:19b.ACT.016.019 यस केटीका मालिकहरूले त्यो देखे अनि तिनीहरूलाई थाहा भयो अनि तिनीहरूले बुझे कि अब त्यस केटीलाई पैसा कमाउन सक्तैनन्। यसैले तिनीहरूले पावल र सिलासलाई पक्रे अनि मुख्य ठाउँमा पुर्याए जहाँ शहर अधिकारीहरू थिए।

16:20b.ACT.016.020 पावल र सिलासलाई पक्रेर ल्याए अनि हाकिमहरूलाई भने, “यी मानिसहरू यहूदी हुन्। यिनीहरूले हाम्रो शहरमा गडबडी गराईरहेछन्।

16:21b.ACT.016.021 यिनीहरूले रीति-थितिहरू सिकाउँदैछन जो हामीलाई ग्रहण गर्न अनुमति छैन्। हामी रोमन नागरिकहरू हौं र ती कुराहरू गर्न सक्तैर्नौ।”

16:22b.ACT.016.022 भीडले मानिसहरूलाई पावल र सिलासमाथि आक्रमण गर्न साथ दियो। त्यहाँका हाकिमहरूले पावल र सिलासको लुगाहरू च्याती दिए र मानिसहरूलाई कुट्ने आदेश दिए।

16:23b.ACT.016.023 तिनीहरूले पावल र सिलासलाई धेरैपल्ट कुट-पिट गरे अनि तिनीहरूलाई जेलमा थुने। जेलका अधिकारीलाई तिनीहरूले भने, “यिनीहरूलाई खुबै होशियारी साथ पहरा दिनु!”

16:24b.ACT.016.024 जेलको अधिकारीले त्यस्तो विशेष आदेश सुनेपछि पावल र सिलासलाई निक्कै भित्र पुग्ने जेलमा थुने। उनले तिनीहरूका खुट्टा ठिङ्गुरामा कसे।

16:25b.ACT.016.025 मध्यरात तिर पावल र सिलासले प्रार्थना गर्दै र प्रभुको भजनहरू गाईरहेका थिए। अन्य कैदीहरूले तिनीहरूलाई सुने।

16:26b.ACT.016.026 अचानक त्यहाँ ठूलो भूईंचालो आयो जसले जेलको जग पनि हल्लियो। त्यसपछि तुरुन्तै जेलको सबै ढोकाहरू खोलिए। सबै कैदीहरू बाँधिएका साङ्गलाहरूबाट मुक्त भए।

16:27b.ACT.016.027 जब जेल अधिकारी जागे। उनले जेलका सबै ढोकाहरू खोलिएका देखे। कैदीहरू अघि नै भागी सेकको कुरा उसले सोच्यो। यसकारण तरवार निकालेर जेल अधिकारी आफैलाई मार्न तयार भएको थियो।

16:28b.ACT.016.028 तर पावल चिच्यायो, “आफैलाई घात नगर। हामी सबै जना यहीं छौं।”

16:29b.ACT.016.029 जेल अधिकारीले बत्ती ल्याउन आदेश गरे। त्यसपछि उ डरले काम्दै भित्र दौड्यो उ पावल र सिलासको सामु लड्यो।

16:30b.ACT.016.030 त्यसपछि तिनीहरूलाई बाहिर निकाल्यो अनि भन्यो, “महोदयहरू! मुक्ति पाउनलाई मैले के गर्नु पर्ला?”

16:31b.ACT.016.031 तिनीहरूले उसलाई भने, “प्रभु येशूमा विश्वास गर तब तिमी र तिम्रो घरका मानिसहरूले मुक्ति पाउनेछन्।”

16:32b.ACT.016.032 यसर्थ पावल र सिलासले प्रभुको सन्दश जेल अधिकारी र उसको घरमा भएका सबैलाई भने।

16:33b.ACT.016.033 निक्कै रात छिप्पिसकेको थियो, त्यसकारण जेल अधिकारीले पावल र सिलासलाई ल्याएर तिनीहरूका घाउहरू धोइदिए। तुरन्तै जेल अधिकारी र उसका जम्मै कुटुम्बलाई बप्तिस्मा दिइयो।

16:34b.ACT.016.034 तब जेल अधिकारीले पावल र सिलासलाई आफ्नो घर लगे अनि केही भोजन गराए। उ र उसको कुटुम्बका सबै मानिसहरू अत्यन्तै खुशी भए किनभने तिनीहरूले परमेश्वरलाई विश्वास गरेका थिए।

16:35b.ACT.016.035 अर्को बिहान हाकामहरूले केही सिपाही हरूलाई जेल अधिकारीकहाँ खबर दिएर पठाए; “ती मानिसहरूलाई छोडिदिनु!”

16:36b.ACT.016.036 जेल अधिकारीले पावललाई भन्यो, “हाकीमहरूले यी सिपाहीहरू तपाईंहरूलाई छोडन लाउन पठाएका हुन्। तपाईंहरू अब शान्तिले जान सक्नु हुन्छ।”

16:37b.ACT.016.037 तर पावलले सिपाहीहरूलाई भने, “तिम्रा हाकीमहरूले हामीले गल्ती गरेको कारण प्रमाण गर्न सकेनन्। तर तिमीहरूले हामीलाई मानिसहरूका अगाडी कुट-पिट गरे अनि जेलमा थुने। हामी रोमी नागरिक हौं, यसैले हाम्रो अधिकार छ। अहिले तिनीहरूले हामीलाई गुप्ती रूपमा पठाउन चाहन्छन्? होइन! तिनीहरू स्वयं आउनु पर्छ अनि हामीलाई बाहिर निकाल्नु पर्छ।”

16:38b.ACT.016.038 सिपाहीहरूले जे पावलले भने ती हाकीमहरूलाई सुनाई दिए। जब हाकीमहरूले पावल र सिलास रोमी नागरीक भनेर जाने, तिनीहरू भयग्रस्त भए।

16:39b.ACT.016.039 यसकारण तिनीहरू पावल र सिलासकहाँ आएर आफ्नो भूल प्रति क्षमा - याचना गरे। तिनीहरूले पावल र सिलासलाई जेलबाट निकालेर शहर छाडी जाऊ भने।

16:40b.ACT.016.040 तीनीहरू जेलबाट निस्के पछि सिधै लिडियाको घरतिर लागे। तिनीहरूले त्यहाँ कतिपय दाज्यु-भाईहरूलाई देखे र तिनीहरूलाई उत्साह दिए। त्यसपछि पावल र सिलास आफ्नो बाटो लागे।

17

17:1b.ACT.017.001 पावल र सिलास अम्फिपोलिस र अपोल्लोनिया भएर आफ्नो यात्रातिर लागे। तिनीहरू थिस्सलोनिका भन्ने शहरमा आई पुगे। जहाँ यहूदीहरूको एउटा सभाघर थियो।

17:2b.ACT.017.002 पावल त्यस सभाघरमा यहूदीहरूलाई हेर्न सधैं झैं गए। ती विश्राम दिनहरूमा धर्मशास्त्रको विषयमा पावलले उनीहरूसंग चर्चा-परिचर्चा गरे।

17:3b.ACT.017.003 पावलले यहूदीहरूसित धर्मशास्त्रको व्याख्या गरिरहे अनि उनले ख्रीष्ट मर्नै पर्छ र मृत्युबाट जाग्न पर्छ भन्ने यथार्थ बातए। वापलले बने, “यी मानिस येशू जसको विषयमा म तिमीहरूलाई घोषणा गरिरहेछु उहाँ ख्रीष्ट हुनुहुन्छ।”

17:4b.ACT.017.004 कतिपय यहूदीहरूले उनको कुरा विश्वास गरे अनि पावल र सिलाससंग सम्मिलित हुने निर्णय गरे। अनि पावल र सिलाससंग सम्मिलित हुने निर्णय गरे। त्यहाँ अनेकौं धर्मभक्त ग्रीक पुरुषहरू र अनेक विशिष्ट नारीहरू जो थिए तिनीहरू पनि पावल र सिलाससंग सामेल भए।

17:5b.ACT.017.005 तर यहूदीहरूले विश्वास गरेनन् डाह गरे। तिनीहरूले केही दुष्ट मानिसहरू जो बजारमा घुमिहिडथे भाडामा ल्याए। ती दुष्ट मानिसहरूले त्यहाँ थुप्रेर शहरमा खैलाबैला मच्चाउन थाले तिनीहरू पावल र सिलासलाई जनसमक्ष ल्याउन चाहन्थे।

17:6b.ACT.017.006 तर ती मानिसहरूले पावल र सिलासलाई भेटेनन्। यसैले जेसन र अन्य विश्वासीहरूलाई तान्दै घचेट्दै नगरका अधिकारीहरू समक्ष ल्याए। तिनीहरू कराए, “यी मानिसहरूले संसारको प्रत्येक ठाँउमा नै समस्या खडा गरेका छन्। अहिले यिनीहरू यहाँसम्म पनि आईपुगे!

17:7b.ACT.017.007 जेसनले आफ्ना घरमा तिनीहरूलाई बास दिए। तिनीहरू सबैले सिजरको नियमहरू विरुद्ध काम गरिरहेछन्। तिनीहरू भन्छन्, येशू नाउँको अर्कै एक जना राजा छन्।”

17:8b.ACT.017.008 शहर अधिकारीहरू र अन्य मानिसहरूले ती आरोपहरू सुने अनि तिनीहरू एकदम खिन्न भए।

17:9b.ACT.017.009 तिनीहरूले जेसन र अन्य विश्वासीहरूलाई जरिमाना तिर्न लगाए अनि तिनीहरूलाई छाडी दिए।

17:10b.ACT.017.010 त्यही रात विश्वासीहरूले पावल र सिलासलाई बिरिया भन्ने शहर तर्फ पठाए। बिरियामा तिनीहरू यहूदीहरूका सभाघरमा गए।

17:11b.ACT.017.011 यी यहूदीहरू थिस्सलोनिकाका भन्दा असल थिए। तिनीहरूले खुबै चासो लिएर पावल र सिलासले भनेको संन्देश सुनिरहेथे। यहूदीहरूले प्रत्येक दिन धर्मशास्त्र पढने गर्थे। तिनीहरू कुरा सत्य नै हो की भनेर जान्न चाहन्थे।

17:12b.ACT.017.012 तिनीहरू धेरैले विश्वास गरे अनि धेरै प्रमुख ग्रीक पुरुष र नारीहरूले पनि ती कुराहरू विश्वास गरे।

17:13b.ACT.017.013 तर जब यहूदीहरूले बिरियामा पनि पावल र सिलासले परमेश्वरको वचनको विषयमा प्रचार गरिरहेको थिस्सलोनियामा थाहा पाए, तिनीहरू बिरियामा पनि आए। अनि तिनीहरूले आएर बिरियाका मानिसहरूलाई भडकाए अनि आन्दोलित पार्न शुरू गरे।

17:14b.ACT.017.014 यसैले विश्वासीहरूले पावललाई समुद्र तटमा झट्टै पठाए। तर सिलास र तिमोथी त्यही बिरियामा बसे।

17:15b.ACT.017.015 विश्वासीहरू जो पावलसंग गए तिनीहरूले पावललाई एथेन्स् सम्म पुरयाए। तब तिनीहरू तिमोथी र सिलासलाई पावलको खबर लिएर गए। खबरमा थियोः “जतिसक्दो चाँडो मकहाँ आइहाल।”

17:16b.ACT.017.016 पावलले तिमोथी र सिलासलाई एथेन्समा र्पखिरहेका थिए। पुरा नगर नै मूर्तीहरूले भरिएको देखेर पावलको हृदय विचलित थियो।

17:17b.ACT.017.017 सभाघरमा पावलले यहूदीहरू र धर्मभक्त ग्रीकहरूसंग बात गरे। पावलले बजारमा डुली हिडने मानिसहरूसंग पनि बात गरे।

17:18b.ACT.017.018 त्यहाँ कतिपय इपिक्युरीया र स्तोइक दार्शानकहरूसंग निक्कै विचार-विर्मष भयो। तिनीहरू मध्ये कतिले भने, “यो कथा वाचकले के भन्न खोजिरहेको छ?” जब पावलले येशू अनि उहाँको मृत्युबाट बौरी उठेको वर्णन गरिरहेथे। केही अरूले भने, “उसले अन्य कोही देवताहरूका विषयमा कुरा गरेको जस्तो लाग्छ।”

17:19b.ACT.017.019 तिनीहरूले पावललाई अरैयापागस् महासभामा लगे। तिनीहरूले भने, “जुन नयाँ शिक्षा तपाईं प्रचार गर्नु हुँदैछ, हामीलाई यो विषयमा केही बताउन सक्नु हुन्छ?

17:20b.ACT.017.020 यस्तो प्रकारको कुरा हामीले अधि कहिल्यै सुनेका थिएनौ।” हामी तपाईंको शिक्षाको अर्थ बुझ्न चाहन्छौ।”

17:21b.ACT.017.021 एथेन्सका सम्पूर्ण मानिसहरू र अन्य देशहरूबाट आएका मानिसहरू जो एथेन्समा थिए तिनीहरू अत्यन्तै नयाँ विचारको विषयमा कुरा गरेर र सुनेर आफ्नो सबै समय बिताइरहन्थे।

17:22b.ACT.017.022 त्यसपछि पावल एरैयापागस् महासभा अगाडी उभिए र भने, “एथेन्सका मानिसहरू! म तपाईंहरूलाई प्रत्येक तरिकामा अति धार्मिक पाउँछु।

17:23b.ACT.017.023 म तपाईंहरूको नगर भित्र गएँ अनि तपाईंहरूले पुज्ने कुराहरू पनि देखें। मैले त्यहाँ एउटा वेदी पनि पाए जहाँ लेखिएको रहेछः ‘अनजान देवतालाई।’ तपाईं त्यस देवतालाई पूज्नु हुँदो रहेछ जसलाई जान्नुहुन्न। म उही परमेश्वरको विषयमा भनिरहेछु!

17:24b.ACT.017.024 उहाँ त्यही परमेश्वर हुनुहुन्छ जसले सारा संसार बनाउनु भयो र संसारका सबै थोक बनाउनु भयो। उहाँ धरती र स्वर्गका परमप्रभु हुनुहुन्छ। उहाँ मानिसहरूले बनाएका मन्दिरहरूमा बस्नु हुन्नु!

17:25b.ACT.017.025 उहाँ नै जीवन, प्राण र प्रत्येक चीज मानिसहरूलाई दिनुहुन्छ। उहाँलाई मानिसहरूको कुनै सहयोगको खाँचो छैन। उहाँलाई चाहेका सबै कुराहरू उहाँसंग छन्।

17:26b.ACT.017.026 परमेश्वरले प्राम्भमा एकजना पुरुष बनाउनु भयो अनि त्यही मानिसबाट विभिन्न मानव जाति बनाउनु भयो। परमेश्वरले तिनीहरूलाई संसारको प्रत्येक ठाउँमा पनि बस्न दिनुभयो। परमेश्वरले तिनीहरूलाई कति समय सम्म र कुन अञ्चलमा बस्ने पक्का गरिदिनु भयो।

17:27b.ACT.017.027 परमेश्वरले उहाँलाई मानिसहरूले खोजेको चाहनु हुन्थ्यो। हुन सक्छ तिनीहरूले वरिपरि उहाँलाई अध्यारोमा खोज्लान् अनि पाउलान्। तर वास्तवमा उहाँ हामी प्रत्येकबाट टाढो हुनुहुन्न।

17:28b.ACT.017.028 ‘हामी उहाँसंगै बाँच्छौं। हामी उहाँसंगै हिंड्छौं। हामी उहाँसंगै छौं।’ जस्तो तपाईंहरूका कविहरूले पनि भनेः हामी उहाँकै बालकहरू मात्र हौं।’

17:29b.ACT.017.029 हामी परमेश्वरका बालकहरू हौं। यसैले, हामीले यस्तो सोच्नु पर्दैन कि परमेश्वर सुन, चाँदी अथवा ढुङ्गाका मूर्ति जस्ता हुनुहुन्छ। उहाँ मानव कल्पनाले बनिएका कुनै कला जस्तो हुनुहुन्न।

17:30b.ACT.017.030 बितेका दिनहरूमा मानिसहरूले परमेश्वरलाई बुझेनन्, तर उहाँले ध्यान दिनु भएन। तर अब, परमेश्वरले सबै मानिसहरूलाई प्रत्येक ठाँउमा आफ्नो हृदय र जीवन परिवर्तन गर्न आदेश दिनु हुन्छ।

17:31b.ACT.017.031 परमश्वरले संसारका सारा मानिसहरूलाई ठीकसंग जाँच्न एक दिन निर्णय गरी सक्नु भएकोछ। यो गर्नुको लागि उहाँले एकजना मानिसलाई प्रयोग गर्नुहुन्छ। परमेश्वरले पहिल्यै एक मानिस चुन्नु भएको थियो अनि परमेश्वरले मुत्युबाट बौराएर प्रत्येकलाई प्रमाण दिनुभयो!”

17:32b.ACT.017.032 जब तिनीहरूले येशू मृत्युबाट बौरी उठेका विषयमा सुने कतिपयले गिल्ला गरे। तर अरूले भने, “कोही अर्को समयमा यस विषयमा तिमीले हामीलाई अझ भन्नेछौ।”

17:33b.ACT.017.033 पावल तिनीहरूबाट गए।

17:34b.ACT.017.034 तर कतिपय मानिसहरूले पावलसंग सम्मिलित भए अनि विश्वासी बने। ती विश्वास गर्नेहरूमा एकजाना डियनुसियस थिए। उनी अरियोपेग्स महासभाका एक सदस्य थिए। अर्को विश्वास गर्ने मानिस एक डामारिस नाउँ भएकी स्त्री थिई र केही अरूहरूले पनि विश्वास गरे।

18

18:1b.ACT.018.001 पछि, पावलले एथेन्स छोडे अनि कोरिन्थ गए।

18:2b.ACT.018.002 तिनले त्यहाँ अक्वीला नाउँ भएको एकजना यहूदी भेटे। अक्वीला पोन्टस भन्ने प्रदेशमा जन्मिएका थिए। तर उनी र उनकी पत्नी प्रिस्किला भर्खरै इटालीबाट कोरिन्थ आइपुगेका थिए किनभने क्लौडियसले सबै रोम छोडनु पर्छ भन्ने आदेश गरेका थिए। पावल तिनीहरूलाई भेट्न गए।

18:3b.ACT.018.003 तिनीहरूले पावलले जस्तै तम्बू बनाउने काम गथेर्। पावल तिनीहरू संगै बसे र तिनीहरूसंग तम्बू बनाउने काम गरे।

18:4b.ACT.018.004 प्रत्येक विश्रामको दिन पावल सभाघरमा यहूदीहरू र ग्रीकहरूसंग कुरा गर्थे। तिनले येशूमा विश्वास पार्न लगातार तिनीहरूमाथि प्रयत्न गरिरहे।

18:5b.ACT.018.005 सिलास र तिमोथी म्यासिडोनियाबाट पावललाई भेट्न कोरिन्थमा आए। त्यसपछि आफ्नो समय मानिसहरूलाई सुसमाचार भन्नमा बिताए। उनले यहूदीहरूलाई येशू नै ख्रीष्ट हुन भनेर देखाए।

18:6b.ACT.018.006 तर यहूदीहरूले पावलको शिक्षाहरू ग्रहण गरेनन्। यहूदीहरले एगदमै निन्दनीय वचनहरू लगाए। यसकारण पावलले आफ्नो लुगाहरूबाट धुला झारे। उनले यहूदीहरूलाई भने, “यदी तिमीहरू मुक्ति चाँहदैनौ भने, त्यो तिमीहरूकै गल्ती हुनेछ! मैले आफूले सक्दो गरें। अब म गैर-यहूदीहरूकहाँ जानेछू।”

18:7b.ACT.018.007 पावल सभाघरबाट बिदा लिए अनि टाइटस जुसटस नाउँ भएको मानिसको घरमा गए। त्यस मानिस सत्य परमेश्वरको पूजाहारी थियो। उसको घर सभाघरकै अर्कोपट्टि थियो।

18:8b.ACT.018.008 क्रिस्पस सभाघरको प्रमुख थिए। क्रिस्पस र अन्य सबै मानिसहरू जो उनको घरमा बस्दथे उनीहरूले प्रभुमा विश्वास गरे। कोरिन्थका धेरै मानिसहरूले पनि पावल को समाचार गरे। कोरिन्थका धेरै मानिसहरूले पनि पावलको समाचार ध्यान लगाएर सुने अनि विश्वास गरे अनि बप्तिस्मा लिए।

18:9b.ACT.018.009 राति पावलले दर्शन पाए। यो दर्शनमा प्रभुले तिनलाई भने, “नडराऊ! लगातार मानिसहरूसंग बोलिरहौ! नरोक!

18:10b.ACT.018.010 म तिमीसंग छु। तिमीलाई नोक्सान पार्न कुनै प्रयत्न सफल हुदैंन। मेरा धेरै मानिसहरू यस शहरमा छन्।”

18:11b.ACT.018.011 पावल त्यहाँ डेढ र्वषसम्म बसे, अनि तिनीहरू माझ परमेश्वरको वचनको शिक्षा दिए।

18:12b.ACT.018.012 गल्लियो अखैया अञ्चलका राज्यपाल भए। कोही यहूदीहरूले उनीसित नयायलयमा लगे।

18:13b.ACT.018.013 यहूदीहरूले गल्लियोलाई भने, “यस मानिसले हाम्रो कानूनको विरुद्ध ईश्वर पूज्नु भनेर मानिसहरूलाई फकाउने चेष्टा गर्दैछ!”

18:14b.ACT.018.014 पावलले केही भन्न लागेका थिए तर गल्लियोले यहूदीहरूलाई भने, “यदि यी कुराहरू गल्ती अथवा अपराधपूर्ण कामका भए म तिमीहरूका कुरा सुन्ने थिएँ।

18:15b.ACT.018.015 तर यी शब्दहरू, नाउँहरू र तिमीहरूकै व्यवस्था विषयको हो। यसर्थ यी समस्याहरू तिमीहरू आफैं मिलाऊ। म त्यस्ता प्रकारका कुराहरूमा न्यायकर्ता हुन चाहन्न।”

18:16b.ACT.018.016 तब तिनीहरूलाई गल्लियोले न्यायलयबाट विदा दिए।

18:17b.ACT.018.017 तब तिनीहरूले सभाघरका अध्यक्ष सोस्थेनिजलाई पक्रे अनि न्यायलय सामुन्ने तिनलाई कुटे। तर गल्लियोले यसमा केही चासो देखाएन।

18:18b.ACT.018.018 पावल दाज्यु-भाइहरूसंग धेरै दिन बसे। त्यपछि विदा लिएर जलपथबाट सिरिया गए। प्रिस्किला र अक्वीला पनि तिनीसँगै थिए। किंक्रियामा परमेश्वरसंग आफ्नो प्रतिज्ञा पुरा गर्न पावलले आफ्नो केश कटाए।

18:19b.ACT.018.019 त्यसपछि तिनीहरू एफिसस्‌मा गए। त्यहाँ तिनले प्रिस्किला र अक्वीलालाई छाडी राखे। तिनी एफिसस्‌मा हुँदा सभाघरमा गए अनि यहूदीहरूसंग बात गरे।

18:20b.ACT.018.020 तिनीहरूले पावललाई अझै केही दिन सम्म बस्ने आग्रह गरे तर तिनले मानेनन्।

18:21b.ACT.018.021 पावलले विदा लिएर हिंड्ने बेलामा भने, “यदि परमेश्वरको इच्छा भयो भने म तपाईंहरूकोमा आउनेछु।” अनि तिनी एफिससबाट जल यात्रा गरेर गए।

18:22b.ACT.018.022 पावल सिजरिया शहरमा गए। तब मण्डलीलाई अभिवादन गर्न उनी यरूशलेम सम्म गए अनि तब एन्टिओक झरे।

18:23b.ACT.018.023 त्यहाँ तिनी केही समय बसे। त्यसपछि त्यहाँबाट तिनी गलातिया र फ्रिगिया प्रदेशहरूमा गए। अनि चेलाहरूको उत्साह बढाए।

18:24b.ACT.018.024 अपोल्लस नाउँ भएको एकजना यहूदी एफिससमा आए। उनी एलेक्जेन्ड्रिया भन्ने शहरमा जन्मिएका थिए। उनी एक विद्वान मानिस थिए। उनलाई धर्मशास्त्रमाथि राम्रो ज्ञान थियो।

18:25b.ACT.018.025 उनले प्रभुको मार्गको विषयमा राम्ररी सिकेका थिए अनि पुरा उत्साहित थिए। येशूका विषयमा उनले जे जति कुरा गरे सबै सही थियो। तर उनले यूहन्नाले बातएको बप्तिस्माको विषयमा मात्र जान्दथे।

18:26b.ACT.018.026 उनी सभाघरमा निर्धक्क बोल्न थाले। प्रिस्किला र अक्वीलाले उनले भनेको सुने। तिनीहरूले उनलाई आफ्नो घरमा लगे अनि परमश्वरको बाटोको विषयमा उनलाई अझ स्पष्ट पारेर बुझाई दिए।

18:27b.ACT.018.027 अपोल्लस अखैया देशमा जान इच्छुक थिए। यसैले एफिससका दाज्युभाइहरूले उनलाई सहयोग गरे। अखैयामा भएका येशूका चेलाहरूलाई तिनीहरूले त्यहाँ अपोल्लासलाई ग्रहण गर्नु भनि चिट्ठी लेखे. अखैयामा प्रभुको अनुग्रहले गर्दा येशू प्रति यी चेलाहरूको विश्वास थियो अनि अपोल्लस तिनीहरूको ठूलो सहायक बने।

18:28b.ACT.018.028 उनले सबै मानिसहरूका समक्ष यहूदीहरूको विरोधमा वहस गरे। अपोल्लासले प्रत्यक्ष यहूदीहरू गल्ती भएको प्रमाण गरे। उनले धर्मशास्त्रको आधारमा येशू नै ख्रीष्ट हुन भन्ने प्रमाण दिए

19

19:1b.ACT.019.001 अपोल्लस कोरिन्थ शहरमा भएको बेला, पावल एफिससको बाटो भएर धेरै ठाउँहरू भ्रमण गरिरहेका थिए। एफिससमा पावलले कतिपय चेलाहरूर भेटे।

19:2b.ACT.019.002 पावलले उनीहरूलाई सोधे, “के तिमीहरूले विश्वास गर्दा पवित्र आत्मा पायौ?” तिनीहरूले भने, “हामीले कहिल्यै पनि पवित्र-आत्मा छ भन्ने सुनेका छैनौ।”

19:3b.ACT.019.003 तब पावलले सोधे, “कस्तो प्रकारको बप्तिस्मा तिनीहरूले लियौ?” तिनीहरूले भने, “यूहन्नाले बताएको अनुसार बप्तिस्मा हामी लिएका छौं।”

19:4b.ACT.019.004 पावलले भने, “यूहन्नाले मानिसहरूलाई आफ्नो जीवन परिवर्तन गर्न चाहनेलाई बप्तिस्मा दिन्थे। यूहन्नाले भन्थे एकैजनालाई मात्र विश्वास गर जो उ पछि आइरहेछन्। तिनी येशू हुन्।”

19:5b.ACT.019.005 जब तिनीहरूले यो सुने, तिनीहरूले प्रभु येशूको नाउँमा बप्तिस्मा लिए।

19:6b.ACT.019.006 त्यसपछि पावलले तिनीहरूमाथि हातहरू राखिदिए अनि पवित्र आत्मा तिनीहरूमा आउनुभयो। तब तिनीहरूले विभिन्न भाषाहरू बोल्न थाले र अगमवाणीहरू गर्न थाले।

19:7b.ACT.019.007 तिनीहरूको हुलमा लगभग बाह्रजना थिए।

19:8b.ACT.019.008 पावल सभाघरमा गए अनि सहाससंग बोले। तीन महीनासम्म पावलले त्यसै नै गरे। उनले यहूदीहरूसंग वहश गर्थे अनि तिनीहरूलाई परमेश्वरको राज्यको विषयमा प्रेरित गर्थे।

19:9b.ACT.019.009 तर कतिपय यहूदीहरू कठोर थिए । तिनीहरूले विश्वास गरेनन्। तिनीहरूले परमेश्वरको बाटोको विषयमा धेरै निन्दनीय कुराहरू मानिसहरू समक्ष गरे। यसर्थ पावलले तिनीहरूलाई छाडे अनि चेलाहरूलाई साथमा लिएर हिंडे अनि हरेक दिन टिरान्नसको पाठशालामा गएर वहस गर्ने गर्थे।

19:10b.ACT.019.010 पावलले यस्तो काम दुइ र्वष सम्म गरे। यस्तो कार्यको कारणले गर्दा, प्रतयेक यहूदी र ग्रीकले एशिया देशमा प्रभुको वचन सुने।

19:11b.ACT.019.011 परमेश्वरले केही असाधरण चमत्कारहरू गर्नेलाई पावललाई प्रयोग गर्नु भयो।

19:12b.ACT.019.012 पावलले चलाएका रूमालहरू र लुगाहरू लगरे तिनीहरूले विमारीहरूमाथि राखे। जब तिनीहरूले यसो गरे तिनीहरू निको हुन्थे अनि दुष्ट आत्माहरू तिनीहरूबाट बाहिर निस्कन्थे।

19:15b.ACT.019.015 तर एक पल्ट एउटा दुष्ट आत्माले ती यहूदीहरूलाई भने, “म येशूलाई चिन्दछु, अनि पावललाई चिन्दछु, तर तिमीहरू चाँहि को हौ?”

19:16b.ACT.019.016 तब त्यस मानिस जसमा दुष्ट आत्मा चढेको थियो त्यो उफ्रिएर ती यहूदीलाई झम्टियो। उ सबै भन्दा वलियो थियो। उसले तिनीहरूलाई कुट्यो र तिनीहरूको लुगाहरु च्यातिदियो। ती यहूदीहरू त्यस घरबाट नाङ्गै र घाइते अवस्थामा भागे।

19:17b.ACT.019.017 एफिससका सम्पूर्ण मानिसहरू, यहूदीहरू र ग्रीकहरूले यी कुराहरू थाहा पाए अनि निक्कै डराए अनि तिनीहरू सबैले प्रभु येशूको नाउँमा धेरै भन्दा धेरै सम्मान गर्न थाले।

19:18b.ACT.019.018 धेरै मानिसहरू पनि जो विश्वासी भएका थिए, अघि आए अनि तिनीहरूको दुष्ट कार्यहरू सबैको सामु स्वीकारे।

19:19b.ACT.019.019 तिनीहरूमध्ये कति जनाले टुनामुना प्रायोग गरेका थिए। तिनीहरूले आफ्नो टुनामुनाका पुस्तकहरू ल्याए अनि सबैको अघि ती पुस्तकहरू जलाए। ती पुस्तकहरूको मूल्य झण्डै पचास हजार चाँदीका सिक्काहरू जति अनुमान गरियो।

19:20b.ACT.019.020 यस्तो प्रकारले, प्रभुको वचन चारैतिर फैलिन थाल्यो अनि मानिसहरूमा जोडले प्रभाव पार्दै गयो।

19:21b.ACT.019.021 तब कुराहरू भइसके पछि, पावलले म्यासिडोनिया र अखैया अनि यरूशलेम जाने योजना बनाए। पावलले सोचे, “यरूशलेम भ्रमण गरिसके पछि म रोम भ्रमण गर्छु।”

19:22b.ACT.019.022 तिमोथि र इरास्तस दुइजना पावलका सहकर्मीहरू थिए। पावलले तिनीहरूलाई म्यासिडोनिया अगाडी नै पठाए। पावल केही समयको लागि एशियामै बसे।

19:23b.ACT.019.023 तर त्यस समयमा एफिससमा ठूलो अशान्ति भएको थियो। यो आशान्ति परमेश्वरको मार्गको विषय लिएर भएको थियो।

19:24b.ACT.019.024 त्यहाँ डेमेत्रियस नाउँ भएको एकजना मानिस थिए। उनले चाँदीको काम गर्थे। उनले देवी आर्तेमिस मन्दिरको चाँदीको सानो नमुनाहरू बनाए। यसरी यस्तो शिल्पी कर्मीहरूलाई निकै काम दिएर पैसा दिए

19:25b.ACT.019.025 डेमेत्रियसले यी सबै सुनारहरूलाई र यस्ता व्यवसायसित सर्म्पकित मानिसहरूलाई भेला गरे अनि तिनीहरूलाई भने, “तिमीहरू राम्ररी जान्दछौ, यस कामबाट हामीले निकै पैसा कमाउँछौ।”

19:26b.ACT.019.026 तर हेर, यो पावल भन्ने मानिसले के गरिरहेछ ! सुन उसले के भनिरहेछ! पावलले धेरै जनालाई प्रभावित र परिवर्तन गरिसक्यो। उसले यहाँ एफिससमा र एशियाको सारा देशहरूमा यस्तो कार्यहरू गरिसकेकोछ। पावलले भन्छ कि मानिसहरूले बनाएको देवताहरू साँचो देवताहरू होइनन्।

19:27b.ACT.019.027 पावलले भनेका त्यस्ता कुराहरूले मानिसहरू हाम्रो पेशा विरुद्ध हुने खतरा हुन्छ। तर त्यहाँ अर्को खतरा पनि छः मानिसहरूले सोच्न सक्लान कि महान देवी आर्तेमिसको मन्दिर कुनै महत्वपूर्ण कुरो होइन! त्यस अवस्थामा उनको महानता नष्ट हुनेछ। आर्तेमिस देवी सारा एशिया र संसारको प्रत्येक ठाउँमा नै पूजिन्छन्।”

19:28b.ACT.019.028 यस्तो कुरा सुनेपछि तिनीहरू क्रोधित भए। तिनीहरू चिच्चाउन थाले, “आर्तिमिस, एफिससका महान देवी हुन्।”

19:29b.ACT.019.029 तिनीहरुले गायस र अरिस्तार्ख सलाई समाते। (यी दुईमानिसहरु म्यसोडोनियावासी थिए र पावलसंग यात्रा गरिरहेका थिए।) सबै मानिसहरु रंङ्ग-भवनतिर दगुरे।

19:30b.ACT.019.030 पावल पनि त्यस भित्र जान चाहन्थे, अनि मानिसहरुको भिडलाई सम्बोधन गर्न चाहन्थे तर येशूका चेलाहरुले तिनीहरुलाई जान दिएनन्।

19:31b.ACT.019.031 त्यस देशका कतिपय नेताहरु पावलका मित्रहरु थिए।तिनीहरुले पावलाई ‘ तमासा-घरभित्र नजानु’ भन्ने खबर पठाए।

19:32b.ACT.019.032 कतिपय मानिसहरु एउटा कुरामा चिच्याईरहेका थिए कतिपय अर्कै कुरामा चिच्याई रहेका थिए। त्यो सभा अन्योलपूर्ण थियो। धेरै मानिसहरु त्यहाँ आफु किन आएका थिए बुझेकै थिएनन्।

19:33b.ACT.019.033 यहूदीहरुले अलेकज्याण्डर नाउँ भएको एक जना मानिसलाई जनताको अगाडी उभ्याए। मानिसले उनलाई अब के गर्नु सो भने।अलेकज्याणेडरले आफ्नो हात ती भिडहरु भएतिर हल्लाए किनभने उसले तिनीहरुलाई ब्याख्या गरेर बुझाउन चाहन्थे।

19:34b.ACT.019.034 तर जब मानिसले चाल पाए कि अलेकज्याण्डर एक यहूदी थिए, तिनीहरु सबैबाट दुई घण्टा सम्म एउटै स्वर आयो, ‘‘एफिससवासीहरुकी आर्तेमिस महान हुन्।’’ यो आवाज दुई घण्टा सम्म चलिरह्यो।

19:35b.ACT.019.035 त्यसपछि शहरका हाकीमले तिनीहरूलाई शान्त पार्ने प्रयास गरे अनि भने, “एफिससका मानिसहरू हो! के संसारमा कोही मानिस छन् जसले एफिसस शहरको महादेवी आर्तेमस मन्दिर छ अनि उनको मूर्ति जो स्वर्गवाट झरेको हो भन्ने जान्दैन?

19:36b.ACT.019.036 कुनै मानिसले पनि त्यो सत्य होइन भन्न सक्तैन। यसर्थ तिमीहरू शान्त हौं अनि केही गर्न भन्दा अगाडी सोच।

19:37b.ACT.019.037 तिमीहरूले यी मानिसहरूलाई ल्यायौ, तर तिनीहरूले हाम्रो देवी विरूद्ध एक शब्द पनि निन्दा गरेका छैनन्। तिनीहरूले मन्दिरबाट केही पनि चोरेका छैनन्।

19:38b.ACT.019.038 हाम्रो न्यायालयहरू छन् अनि त्यहाँ निर्णायकहरू छन्। डेमेत्रियस र उनका कारीगरहरूको कसैको विरोधमा केही छ भने तिनीहरू न्यायलयहरू जाउन्। न्यायलयमा तिनीहरूले आपसमा दोषारोपन गरून।

19:39b.ACT.019.039 अरू अझ केही चर्चा गर्न बाँकी रहे ती कुराहरू शहरवासीहरूको नियमित सभाले मिलाउने छ।

19:40b.ACT.019.040 किनभने आज यहाँ घटेको घटनाको कारणले अब दङ्गाको दोष आउने सम्भावना छ। किनभने आजको यस सभाको जब कुनै ठोस कारणै छैन, यस समस्याको विषयमा वास्तवमा वयान दिन सकिंदैन।”

19:41b.ACT.019.041 शहरका हाकिमले यति भनेर सबैलाई घर-घर जान भने।

20

20:1b.ACT.020.001 जब गडबडी शान्त भयो, पावलले येशूका चेलाहरूलाई उनलाई भेट्न भनी बोलाए। उनले तिनीहरूलाई उत्साह दिए र विदा लिए। पावल तिनीहरूसंग विदा लिएर म्यासिडोनिया गए।

20:2b.ACT.020.002 म्यासिडोनिया भएर जाँदा उनले येशूका चेलाहरूलाई उत्साह दिन धेरै कुरा गरे। तब उनी ग्रीस गए।

20:3b.ACT.020.003 उनी त्यहाँ तीन महीना बसे। उनी समुद्रयात्राबाट सिरिया जान ठीकठाक पर्दैथे, तर उनको विरुद्धमा केही यहूदीहरूले षडयन्त्रहरू रचेका थिए। यसैले पावलले म्यासिडोनिया भएर सिरिया जाने निर्णय लिए।

20:4b.ACT.020.004 कतिपय मानिसहरू उनीसंग थिए। तिनीहरू थिएः पाईरसको छोरो बिरियावासी सोपाटर, थिस्सलोनिकावासी, अरिस्तार्खस र सिकन्डस, डर्बी शहरका निवासी गायस, तिमोथी अनि एशियाबाट दुइजना जो टाइकिकस र त्रोफिमस थिए।

20:5b.ACT.020.005 तिनीहरू हामी भन्दा अघि गए अनि तिनीहरूले हामीहरूले हामीलाई त्रोअसमा र्पखिए।

20:6b.ACT.020.006 अखमीरी रोटीको चाड पछि हामी समुद्र यात्रा गरेर फिलिप्पीतिर गयौं। हामीले ती मानिसहरूलाई पाँच दिनपछि त्रोआसमा भेट्यौंै। हामी त्यहाँ सात दिन बस्यौं।

20:7b.ACT.020.007 सप्ताहको पहिलो दिन, हामी सबै प्रभुको भोज खान एकत्रित भयौं। पावलले अर्को दिन विदा लिने सम्झी तिनीहरूसंग बात मारे। पावलले मध्यरात सम्म गफ जारी राखे।

20:8b.ACT.020.008 हामी माथिल्लो तल्लामा जहाँ भेला भएका थियौंै। त्यहाँ धेरै बत्तीहरू झिलिमिलि बलिरहेको थियो।

20:9b.ACT.020.009 त्यहाँ एक युटाइकस नाउँको युवा थियो जो झ्यालमा बसिरहेको थियो। पावल गफमा मस्त थिए, अनि युटाइकसलाई निद्राले ग्रस्त पारयो। अन्तमा, युटाइकस त्यही निदायो अनि तेस्रो तल्लाको खिडकीबाट भूइँमा पछारियो। जब मानिसहरू उसलाई उठाउन गए तब उ मरिसकेको थियो।

20:10b.ACT.020.010 पावल युटाइकस कहाँ ओर्लिए। उनले घुँडा टेकेर अगाँलो हाले। पावलले अन्य विश्वासीहरूलाई भने, “सुर्ता नगर, यिनी जिउँदै छन्।”

20:11b.ACT.020.011 पावल फेरि माथिल्लो तल्लामा गए। उनले रोटी टुक्राए अनि खाए। पावल तिनीहरूसंग धेरै बेरसम्म कुरा गरिरहे। उनको गफ सकिन्दा मिर्मिरे बिहान भइसकेको थियो। त्यसपछि पावल गए।

20:12b.ACT.020.012 मानिसहरूले त्यस युवकलाई लिएर घर गए। उ जिउँदै थियो अनि तिनीहरूलाई आराम भयो।

20:13b.ACT.020.013 हामी अस्सोस तिर समुद्रयात्रामा पावल भन्दा अघि गयौं। हामीले प्रथम पावललाई नै भेट्यौ। उनले हामीसंग अस्सोसमा भेट्ने र जहाजमा सामेल हुने योजना गरे। पावलको जमीनबाटै अस्सोस जाने इच्छाले गर्दा यस्तो कार्यक्रम बनाए।

20:14b.ACT.020.014 पछि पावललाई हामीले अस्सोसमा भेट्यौं। अनि उनी हामीसंग हामीसंग जहाजमा आए। हामी सबै मितिलेनेमा गयौ।

20:15b.ACT.020.015 हामी जाहजबाटै गयौं अनि अर्को दिन चिओस टापु पुग्यौं। अर्को दिन हामी समुद्र यात्रा गरेर सामोस भन्ने टापू गयौं। एकदिन पछि हामी मिलेटस पुग्यौं।

20:16b.ACT.020.016 पावलले पहिले नै एफिससमा नरोकिने भनेर निर्णय लिएका थिए। उनी एशियामा धेरै दिन बस्न पनि चाहेनन्। उनी हतारमा थिए किनभने उनी सम्भव भए पेन्तिकोस पर्वमा यरूशलेममा हुन् चाहन्थे।

20:17b.ACT.020.017 मिलेटसबाट पावलले एफिससमा खबर पठाए अनि त्यो खबरमा पावलले एफिससको मण्डलीका अग्रजहरूलाई उनीकहाँ आइदिने निमन्त्रण गरे।

20:18b.ACT.020.018 जब अग्रजहरू आए, पावलले तिनीहरूलाई भने, “म एशियामा पहिलो पल्ट आएको दिनदेखि नै तिमीहरूलाई भने, “म एशियामा पहिलो पल्ट आएको दिनदेखि नै तिमीहरू जान्दछौ, तिमीहरूसंग जति समय बिताँए, म कस्तो प्रकारले बसे।

20:19b.ACT.020.019 तर यहूदीहरूले मेरो विरुद्ध धेरै षडयन्त्रहरू गरे जसले गर्दा मैले प्रभुकै सेवा गरे।

20:20b.ACT.020.020 मैले प्रत्येक दिन जति पनि काम गरें तिमीहरूकै भलाईको लागि गरें। मैले येशूको विषयमा सुसमाचार तिमीहरूलाई भनें अनि मैले मानिसहरूको अघि अनि तिमीहरूको प्रत्येक घरमा सिकाँए।

20:21b.ACT.020.021 मैले सबै यहूदीहरू अनि ग्रीकहरूलाई हृदय परिणत गर्न परमेश्वरमा आउनु भने। मैले तिनीहरू सबैलाई हाम्रो प्रभु येशूमाथि विश्वास गर भनें।

20:22b.ACT.020.022 तर अब पवित्र आत्माको आदेश पालन गर्नै पर्छ। म यरूशलेम जानै पर्छ र म जान्दिम त्यहाँ मेरो के गति हुन्छ।

20:23b.ACT.020.023 म यति जान्दछु कि प्रत्येक शहरमा पवित्र आत्माले भन्छ कि बन्धन र कष्टहरूले यरूशलेममा मलाई र्पखिरहेको छ।

20:24b.ACT.020.024 म मेरो आफ्नै जीवनलाई ध्यान दिन्न। मुख्य कुरो मैले मेरो कार्य गरी सक्नु पर्छ। म त्यो कार्य सिद्धाउन चाहन्छु जुन प्रभु येशूले सुम्पिनु भयो मानिसहरूलाई परमेश्वरको अनुग्रहको सुसमाचार भन्नु।

20:25b.ACT.020.025 “अनि अब मलाई ध्यान दिएर सुन। म जान्दछु कि तिमीहरू कसैले पनि मलाई फेरि कहिल्यै देख्ने छैनौ। म तिमीहरूसंग सधैं थिएँ, मैले तिमीहरूलाई परमेश्वरको राज्यको विषयमा सुसमाचार भने।

20:26b.ACT.020.026 यसर्थ आज म भन्न लागिरहेछु कि म निःसन्देह छु यदि तिमीहरू मध्ये कसैले मुक्ति पाएनौ भने परमेश्वरले मलाई दोष लगाउनु हुनेछैन!

20:27b.ACT.020.027 म यो भन्न सक्छु किनभने म जान्दछु कि मैले तिमीहरूलाई सबै कुराहरू भनें जुन तिमीहरूले जानुन् भन्ने परमेश्वर चाहनु हुन्थ्यो।

20:28b.ACT.020.028 तिमीहरू आपै र सबै बगालको निम्ति सावधान बस्। पवित्र आत्माले तिमीहरूलाई त्यो बगालको हेरचाह गर्न अनि परमेश्वरको मण्डलीको गोठालो गर्न सुम्पिनु भएको छ, जुन परमेश्वरले मण्डलीलाई आफ्नै रगतले किन्नु भएको छ।

20:29b.ACT.020.029 म जान्दछु कि म गई सके पछि कतिपय पुरुषहरू तिमीहरूका दलमा आउनेछन्। तिनीहरू कुर ब्वाँसोहरू जस्ता हुन्। तिनीहरूले यो बथानलाई ध्वंश पार्ने कोशिश गर्नेछन्।

20:30b.ACT.020.030 तिमीहरूका आफ्नै झुण्डबाट पनि त्यस्ता मानिसहरू देखा पर्नेछन् जसले सत्य कुरोलाई बड्ग्याउने छ। तिनीहरूले येशूका चेलाहरू विभाजित गराउन चेष्टा गर्नेछन् अनि तिनीहरूलाई पछ्याउनु भन्नेछन्।

20:31b.ACT.020.031 यसैले सावधान बस्। प्रत्येक दिन यो कुरा याद गर्नुः म तिमीहरूसंग तीन र्वष सम्म थिएँ। त्यस समय मैले तिमीहरूलाई चेतावनी दिइरहें। मैले रात-दिन तिमीहरूलाई शिक्षा दिएँ। म प्रायः तिमीहरूको लागि रोएँ पनि।

20:32b.ACT.020.032 “अब म तिमीहरूलाई परमेश्वरको जिम्मामा अनि उहाँको अनुग्रहको संदेशमा छाडेर जाँदेछु जसले तिमीहरूलाई बलियो बनाउनेछ। त्यो सन्देशले तिमीहरूलाई आशीर्वाद दिनेछ जुन परमेश्वरले उहाँका सबै पवित्र मानिसहरूलाई दिनुहुन्छ।

20:33b.ACT.020.033 मैले कहिल्यै पनि आफ्नो लागि कसैको पैसा र लुगाहरू चाहिनँ।

20:34b.ACT.020.034 तिमीहरू जान्दछौ मैले आफ्नो र जो मसंग थिए तिमीहरूको खाँचो पूर्ति आफैं गरें।

20:35b.ACT.020.035 मैले तिमीहरूलाई सधैं म जस्तै खट भनेर देखाएँ अनि जो दुर्बल छन् तिनीहरूलाई मद्दत गर भनें। मैले प्रभु येशूको वचन याद गर्न सिकाँए। येशूले भन्नुभयो, ‘लिनु भन्दा पनि दिनुमा नै धेरै आनन्द छ।”‘

20:36b.ACT.020.036 जब पावलले ती कुराहरू भनिसके, उनी घुँडा टेकेर बसे र प्रत्येकले मिलेर प्रार्थना गरे।

21

21:1b.ACT.021.001 हामीले अग्रजहरूबाट बिदा लिए पछि जहाज चल्न शुरू भयो। हामी समुद्र यात्रा गरेर सोझै कस टापू गयौं। अर्को दिन रोडसको टापूमा आयौ। त्यहाँदेखि पटारा पुग्यौं।

21:2b.ACT.021.002 पटारामा हामीले एक जहाजमा समुद्र यात्रा गरेर गयौं।

21:3b.ACT.021.003 हामी साइप्रस टापूको छेउमा पुग्यौं। हामी त्यसलाई उत्तर दिशा तर्फ हेर्न सक्दथ्यौ तर हामी रोकिएनौ। हामी सिरिया देशमा गयौं। हामी टायर शहरमा थामियौं किनभने जहाजले बोकेको माल वस्तु झार्नु थियो।

21:4b.ACT.021.004 हामीले टायर शहरमा येशूका चेलाहरू भेट्यौं र उनीहरूसंगै सात दिन बस्यौं। तिनीहरूलाई पवित्र आत्माले दिएको खबरको आधारमा तिनीहरूले पावललाई यरूशलेम नजानु भनी चेतावनी दिए।

21:5b.ACT.021.005 तर जब हामीले त्यहाँको भ्रमण शेष गर्‌यो, विदा लियौं र यात्रा जारी नै राख्यौ। सबै येशूका चेलाहरू यहाँ सम्म कि स्वास्नीमानिसहरू र केटाकेटीहरूले पनि हामीलाई बिदा दिन शहर बाहिरसम्म आए। हामी सबैले किनारमा घूँडा टेक्यौ अनि प्रार्थना गरयौ।

21:6b.ACT.021.006 त्यसपछि हामीले विदा लिएर जहाजमा चढयौ। चेलाहरू घर फर्के।

21:7b.ACT.021.007 हामी टायरदेखि आफ्नो यात्रा जारी राख्दै टोलेमाइस शहरमा गयौं। हामीले चेलाहरूलाई स्वागत गरयौं र उनीहरूसंग एकदिन बस्यौं।

21:8b.ACT.021.008 अर्को दिन टोलेमाइस शहर छाड्‌यौ अनि सिजरिया शहरमा गयौं। हामी फिलिपको घरमा गयौं र बस्यों। फिलिप सुसमाचर प्रचार गरेर पमेश्वरको सेवा गरिरहेका थिए।

21:9b.ACT.021.009 उनका चारजना अविवाहित छोरीहरू थिए र तिनीहरूले अगामवाणी गर्ने प्रतिभा पाएका थिए।

21:10b.ACT.021.010 त्यहाँ धेरै दिन बसेपछि, एकजना अगमवक्ता अगाबस यहूदीयाबटा आए

21:11b.ACT.021.011 तिनी हामीकहाँ आए र पावलको पेटी मागे। त्यसपछि अगाबसले त्यो पटीले हात र खुट्टा बाँधे अनि भने, “पवित्र आत्माले , भन्नुहुन्छ, यो पेटी जसको हो उसलाई यसरी यरूशलेमा यहूदीहरूले बाँध्नेछन्। त्यसपछि तिनीहरूले उसलाई गैर-यहूदी मानिसहरूकहाँ सुम्पिन्छन्।”

21:12b.ACT.021.012 हामी सबैले ती शब्दहरू सुन्यौं। यसैले हामीहरू र येशूका अरू स्थानीय चेलाहरूले पावललाई यरूशलेम नजानु भनेर बिन्ती गर्यौं।

21:13b.ACT.021.013 तर पावलले भने, “तिमीहरू किन रोई रहेछौ? किन मलाई यति साह्यो खिन्न पारी रहेछौ? म यरूशलेममा बाँधिन तयार छु। म प्रभु येशूको नाउँको निम्ति मर्न सम्म तयार छू!”

21:14b.ACT.021.014 हामीले उनलाई यरूशलेमबाट टाढा राख्न सकेनौं। यसकारण हामीले उनलाई बिन्ती गर्न छोडी दियौं र भन्यौं, “हामी प्रार्थना गर्छौं कि जे प्रभुले चाहनु हुन्छ त्यही हुनेछ।”

21:15b.ACT.021.015 त्यसपछि हामी यरूशलेममतिर जान तयार भयौं

21:16b.ACT.021.016 सिजरियावासी येशूका कतिपय चेलाहरू हामीसंग गए। ती चेलाहरूले हामीलाई साईप्रसका मानिस मनासोनको घरमा लगे। मनासोन येशूका एकजना एकदम पुरानो चेला थिए। तिनीहरूले हामीलाई उनको घरमा लगे र हामी त्यही बस्यौं।

21:17b.ACT.021.017 यरूशलेममा विश्वासीहरू हामीलाई देखेर अत्यन्त खुशी भए।

21:18b.ACT.021.018 अर्कोदिन, याकूबलाई भेट्न पावल हामीसंग गए। सबै अग्रजहरू पनि त्यहाँ थिए।

21:19b.ACT.021.019 पावलले प्रत्येकलाई अभिवादन गरे अनि परमेश्वरले अयहूदीहरूको बीचमा उहाँको सेवकहरूको माध्यमले के के कामहरू गर्नुभयो एक एक गरी वृतान्त सुनाए।

21:20b.ACT.021.020 जब अग्रजहरूले यी कुराहरू सुने, तिनीहरूले परमेश्वरको प्रशंसा गरे। त्यसपछि तिनीहरूले पावललाई भने, “भाइ! तिमीहरूले देख्छौ कि कति हजारौं यहूदीहरू विश्वासी भए। तर तिनीहरू सबैले सोच्छन् कि मोशाको व्यवस्था खुबै महत्वको छ।

21:21b.ACT.021.021 अरू देशहरूमा गैर-यहूदीहरू माझमा बस्ने यहूदीहरूलाई तिमीले मोशाको व्यस्था पालन नगर्नु भनी शिक्षा दियौ भन्ने तिनीहरूले सुनेकाछन् कि यहूदीहरूका छोरा-छीरीहरूलाई खतना गर्नु पर्दैन र हाम्रो रीति-रिवाज मान्नु पर्दैन भनी तिमीले शिक्षा दियौ।

21:22b.ACT.021.022 के गर्नु पर्ने? यहाँ यहूदी विश्वासीहरूले तिमी आएको निश्चय चाल पाउनेछन्।

21:23b.ACT.021.023 यसर्थ के गर्नु पर्ने हो हामी बताँउछौः हाम्रा चारजना मानिसहरूले परमेश्वरलाई वाचा गरेका छन्।

21:24b.ACT.021.024 यिनीहरूलाई लिएर जाऊ र तिनीहरूसंगै आफू पनि चोखिनु। तिमीले तिनीहरूको केश खोरने पैसा देऊ यसो गरे यो प्रमाण हुनेछ कि तिम्रो विषयमा तिनीहरूले जे सुने त्यो सत्य होइन। तिनीहरूले तिमीले मोशाको नियम तिम्रो आफ्नै जीवनमा पालन गरेको देख्नेछन्।

21:25b.ACT.021.025 गैर-यहूदी विश्वासीहरूको विषयमा हामीले तिनीहरूलाई चिट्ठी यसो भन्दै पठाएका छौः ‘मूर्तिहरूमा चढाएको खाद्य नखानु रगत नखानु निमोठेर मारेका पशू नखानु र कुनै प्रकारको व्यभिचार नगर्नु।”‘

21:26b.ACT.021.026 पावल ती चारजना मानिसहरू आफ्नो साथ लिएर गए र तिनीहरूका चोखिने उत्सवमा भाग लिए। त्यसपछि चोखिने दिनको समापन कहिले हुने अनि तिनीहरू प्रत्येकलाई भेटी दिंइने त्यसको उद्घोषणा गर्न तिनी मन्दिरभित्र गए।

21:27b.ACT.021.027 जब सात दिन बित्न लागेको थियो कतिपय एशियाका यहूदीहरूले पावललाई मन्दिर प्रागंणमा देखे। तिनीहरूले सबै मानिसहरूलाई उत्तेजित बनाए अनि पावललाई पक्रे।

21:28b.ACT.021.028 तिनीहरू जोडले चिच्याए, “यहूदीहरू हो, हामीलाई सघाऊ। यही मानिस हो जसले मोशाको व्यस्थाको विरूद्ध, आफ्नै मानिसहरूका विरुद्ध, यी मन्दिरको विरुद्ध, शिक्षा दिइरहेछ। यो मानिसले यी कुराहरू सबै मानिसहरूलाई चारैतिर सिकाइरहेछ। अनि उसले कतिपय गैर-यहूदीहरूलाई मन्दिरको प्राङ्गणमा ल्याएकोछ। उसले यस पवित्र ठाउँलाई अशुद्ध पारेको छ!”

21:29b.ACT.021.029 यहूदीहरूले यसो भनेको कारण उनीहरूले एफिससका त्रोफिमसलाई पावलसंग यरूशलेमा देखेका थिए अनि सोचे कि उनलाई पावलले मन्दिर क्षेत्रभित्र ल्याएको छ।

21:30b.ACT.021.030 यरूशलेममा खलबल मच्चियो। मानिसहरू सबै तिरबाट दौडेर आए अनि पावललाई पक्रे अनि तानेर मन्दिरको क्षेत्रबाट बाहिर निकाले। मन्दिरको प्रवेशद्वारहरू तुरुन्तै बन्द भए।

21:31b.ACT.021.031 जब मानिसहरूको भीडले पावललाई मार्न तरखर गर्दै थिए रोमन सेनापतिले सम्पूर्ण शहरमा गण्डागोल भइरेको सूचना पाए।

21:32b.ACT.021.032 सेनापति तुरन्त त्यस ठाउँमा केही सेना अधिकारीहरू र सेनाहरू साथमा लिएर पुगे। मानिसहरूले सेनापति र सेनाहरू आएका देखे, तिनीहरूले पावललाई कुटपिट गर्न छोडे।

21:33b.ACT.021.033 तब सेनापति पावलको छेउमा गएर पक्राउ गरे। सेनापतिले आफ्ना सेनाहरूलाई पावललाई दुइवटा सागँलाहरूले बाँध्नु भनी हूकूम दिए। त्यसपछि सेनापतिले सोधे, “यो मानिस को हो? उसले के गल्ती गरेको छ?”

21:34b.ACT.021.034 कतिपय मानिसहरूले एक थरीका कुराहरू गरिरहेका थिए अनि अन्य कतिपय मानिसहरूले अर्को थरीका कुराहरू गरिरेहका थिए।। यस्तो अन्योलका कुराहरूले गर्दा सेनापतिले सत्य कुरा पत्ता लगाउन सकेनन। तसर्थ, सेनापतिले सेनाहरूलाई सेना भवनमा पावललाई लैजान भन्ने हुकूम गरे।

21:37b.ACT.021.037 सेनाहरू पावललाई सैन्य भवनमा लैजान तयार थिए। तर पावल सेनापतिसंग बोले। उनले सोधे, “तपाईंलाई केही भन्न सक्छु?” सेनापतिले भने, “अरे! तिमी ग्रीक भाषा बोल्छौ?”

21:38b.ACT.021.038 मैले सोचेको मानिस तिमी होइन रहेछौ? मैले तिमीलाई मिश्रदेशवासी सम्झिरहेको थिएँ जसले (सरकाको विरुद्ध) केही अघि विद्रोह गर्न थालेको थियो। र उ मरुद्यानमा चार हजार ज्यानमाराहरूका अगुवा भएका थिए।”

21:39b.ACT.021.039 पावलले भने, “म सिलिसियाका देशबाट आएको यहूदी हुँ म त्यहाँ प्रसिद्ध शहर टार्ससको नागरिक हुँ। दया गरेर मलाई मानिसहरूसंग बोल्न दिनुहोस्।”

21:40b.ACT.021.040 सेनापतिले पावललाई मानिसहरूसंग बोल्नु अनुमति दिए। यसकारण उनी सिढीमा उभिए अनि उनले हातको इशाराले मानिसहरू शान्त हुनु भने। जब मानिसहरू शान्त भए पावल तिनीहरूसंग बोले। उनले यहूदी भाषामा तिनीहरूसंग बोले।

22

22:1b.ACT.022.001 पावलले भने, “मेरा दाज्यू-भाइहरू, र पिताहरू मलाई ध्यान दिएर सुन! तिमीहरूका सामु म आफ्नो बचाउको पक्षमा कुरा गर्नेछु।”

22:2b.ACT.022.002 पावलले यहूदी भाषामा बोलेको यहूदीहरूले सुने। जब पावलले यहूदी भाषा बोलेको यहूदीहरूले सुने तिनीहरू झन चुपचाप बसे। पावलले भने,

22:3b.ACT.022.003 “म एक यहूदी हुँ। म सिलिसिया प्रदेशको टार्ससमा जन्मेको हुँ। तर म यही शहरमा हुर्किएको हुँ। म गमलीयलको शिष्य थिएँ। उहाँले मलाई हाम्रा पिता पुर्खाहरूका नियम अनुसार कडासंग प्रशिक्षण गराउनु भयो। म परमेश्वरमा अत्यन्त उत्साही छु तिमीहरू जस्तै आज जो यहाँ छौ।

22:4b.ACT.022.004 जसले येशूको मार्ग अप्नाए तिनीहरूलाई मैले मृत्युको मुख सम्म खेदो गरें। मैले पुरुष र नारीहरूलाई पक्रे अनि जेलमा थुनें।

22:5b.ACT.022.005 प्रधान पूजाहारीहरू र सम्पूर्ण बूढा यहूदी अगुवाहरू यसका गवाही छन्। दमीशकका यहूदी दाज्यु-भाईहरूका निम्ति तिनीहरूबाट मैले चिठ्ठी लिएँ । म त्यहाँ पनि येशूका चेलाहरूलाई पक्राउन र तिनीहरूलाई दण्ड दिलाउन यरूशलेम ल्याउन भनि गएको थिएँ। पावलले आफ्नो परिवर्तन बारे भन्छन्

22:6b.ACT.022.006 “म दमीशकको बाटो जादै गर्दा अचानक एक घटना घट्यो। त्यति बेला मध्याह्र भएको थियो जब म दमीशक नजिक पुगेको थिए। अचानक आकाशबाट एक शक्तिशाली ज्योति मेरो वरिपरि चम्कियो।

22:7b.ACT.022.007 म भूइँमा लडें। मलाई केही भनिरहेको एक आवाज सुनें, ‘शावल, शावल, तिमीले किन मलाई सताइरहछौ?’

22:8b.ACT.022.008 मैले सोधें, तपाईं को हुनुहुन्छ प्रभु?’ त्यस आवाजले भन्यो, ‘म नासरतको येशू हुँ, जसलाई तिमाले सताइरहेछौ।’

22:9b.ACT.022.009 मानिसहरू जो मसंग थिए तिनीहरूले ज्योति देखे, तर ती एक मसंग जो बात गर्दै हुनुहुन्थ्यो, त्यो आवाज तिनीहरूले सुनेनन्।

22:10b.ACT.022.010 मैले भने, मैले के गर्नु पर्ला प्रभु?’ प्रभुले जवाफ दिनु भयो, ‘उठ अनि दमीशक जाऊ। तिमीले गर्नु पर्ने मैले ठीक गरेको काम त्यहाँ तिमीलाई भनिनेछ।’

22:11b.ACT.022.011 मैले केही देख्न सकिन किनभने त्यो तीब्र उज्यालो ज्योतिले मलाई अन्धा बनायो। मसंग भएका मानिसहरूले मलाई मेरो हात समातेर दमीशक लगे।

22:12b.ACT.022.012 “दमीशकमा एकजना हनानिया नाउँ भएको मानिस थिए। उनी मोशाको व्यवस्था पालन गर्ने श्रद्धालु भक्त थिए। त्यहाँ बस्ने यहूदीहरूले उनलाई सम्मान गर्थे।

22:13b.ACT.022.013 हननिया मकहाँ आए अनि भने, भाइ शावल! तिम्रो दृष्टि प्राप्त गर! अचानक मैले उनलाई देख्न सकें।

22:14b.ACT.022.014 हननियाले भने, ‘हाम्रा पिता पुर्खाहरूका परमेश्वरले तिमीलाई उहाँको इच्छा जान्न, ती धार्मिकतालाई देख्ने अनि उहाँको मुखबाट शब्दहरू सुन्न पहिल्यै चुनिसक्नु भएको थियो।

22:15b.ACT.022.015 सबै मानिसहरूका निम्ति तिमी उहाँको गवाही बन्नेछौ। तिमीले उनीहरूलाई आफुले देखेका र सुनेका कुराहरू भन्नेछौ।

22:16b.ACT.022.016 अब तिमी बेसी नपर्ख। उठ, उहाँको नाउँमाथि विश्वास गरेर बप्तिस्मा लेऊ र तिम्रा पापहरू पखाल।’

22:17b.ACT.022.017 “त्यसपछि, म यरूशलेम फर्कें। जब म मन्दिरमा प्रार्थना गरिरहेको थिएँ मैले एक दर्शन पाँए।

22:18b.ACT.022.018 मैले येशूलाई देखें र उहाँले मलाई भन्नुभयो, ‘झट्टै गर, यरूशलेम छोडीहाल तुरन्तै किनभने मानिसहरूले मेरो विषयमा तिमीले दिएको गवाही स्वीकार्ने छैनन।’

22:19b.ACT.022.019 मैले भने, ‘तर प्रभु, मानिसहरूले जान्दछन् कि म नै एक हुँ जो तपाईंको विश्वासीहरूलाई सभाघरहरूभित्र पक्रन र कुट्न गएँ।

22:20b.ACT.022.020 मानिसहरूले यो पनि जान्दछ कि तपाईंको गवाही, स्तिफनसको जब रगत बग्यो, म त्यहाँ पनि त्यस काण्डमा सहयोग गर्दै उनलाई मार्नेहरूको लुगाहरू रूँगेर बसेको थिंएँ।’

22:21b.ACT.022.021 तर येशूले मलाई भन्नु भयो, गई हाल तुरून्तै तब म तिमीलाई टाढा गैर-यहूदीहरू भएकोमा पठाउने छु।”‘

22:22b.ACT.022.022 पावलले भनेको यो अन्तिम कुराहरूमा मानिसहरूले ध्यान दिएनन्। उनीहरूले उनको कुरा उनले त्यति भनुञ्जेल सम्म सुने। तब प्रत्येक मानिस चिच्याए, “उसलाई मार! उसलाई संसारदेखि हटाई देऊ। यो बाँच्न योग्य छैन!”

22:23b.ACT.022.023 तिनीहरूले कराँउदै उनीहरूका लुगाहरू फ्याँकीदिए। तिनीहरूले धूलोहरू हावामा उडाए।

22:24b.ACT.022.024 तब सेनापतिले सिपाहीहरूलाई भने पावललाई सैन्य भवनमा लैजाऊ। उनले सिपाहीहरूलाई कुटपीट गरेर तिनलाई जाँच गर्ने आदेश दिए। यसो गर्दा कतै मानिसहरू किन यसरी तिनको विरोधमा कराईरहेछन् जान्न सकिने तिनी आशा गर्दैं थिए।

22:25b.ACT.022.025 यसैले कुटपीट गर्न सिपाहीहरूले पावललाई बाँध्दै थिए। तर पावलले त्यहाँ उभिरहेको सेना अधिकारीलाई भने, “के एक रोमी नागरीकलाई जो दोषी हो भन्ने प्रमाण नै भएन, तिम्रो कोर्रा लगाउने अधिकार छ?”

22:26b.ACT.022.026 जब सेना अधिकारीले त्यस्तो सुने उ सेनापति कहाँ गएर ती कुरा भने। सेना अधिकारीले भन्यो, “तिमी जान्छौ तिमीले के गरिरहेका छौ? यो मानिस रोमी नागरिक हो।”

22:27b.ACT.022.027 सेनापति पावलकहाँ आए र भने, “मलाई भन तिमी साँच्चिनै रोमी नागरिक हौ?” पावलले जवाफ दिए, “हजुर।”

22:28b.ACT.022.028 सेनापतिले भने, “मैले एक रोमी नागरिक हुनलाई धेरै पैसा खर्च गरेको र तिरेको छु।” तर पावलले भन्यो, “म रोमी नागरिक भएरै जन्मेको थिएँ।”

22:29b.ACT.022.029 ती मानिसहरू जसले पावललाई प्रश्नहरू गर्न तयार भइरहेका थिए, पावललाई छाच्डे गए। सेनापति डराई रहेका थिए किनभने उसले पावललाई अघिबाटै बाँधिसकेको थियो अनि पावल एक रोमी नागरिक थिए।

22:30b.ACT.022.030 सेनापतिले यहूदीहरू किन पावललाई दोष्याइरहेछन् बुझ्न चाहन्थे। यसर्थ अर्को दिन उनले पूजाहारीहरू यहूदीहरू अनि सारा महासभालाई भेला हुने आदेश दिए। सेनापतिले पावललाई बाँधेका साङ्गलाहरू खोलिदिए। त्यसपछि पावललाई ल्याए अनि तिनीहरूको सामुन्ने उभ्याए।

23

23:1b.ACT.023.001 पावलले यहूदी-महासभालाई हेरे अनि भने, “मेरा दाज्यु-भाइहरू हो, मैले आज सम्म मेरो जीवन राम्रो विचारमा नै बिताँए।”

23:2b.ACT.023.002 हनानिया, प्रधान पूजाहारी पनि त्यहाँ थिए। हननियाले पावलले भनेको सुने र मानिसहरूलाई आदेश दिए जो पावलकै मुखमा हिर्काउन जो छेउमा उभिएका थिए।

23:3b.ACT.023.003 पावलले हननियालाई भने, “परमेश्वरले पनि तिमीलाई हिर्काउनु हुनेछ। तिमी एक मैला भित्ता जस्तो छौ जुन सेतो रंगले पोतेको छ। मोशाको व्यस्था अनुसार मेरो न्याय गर्न तिमी त्यहाँ बसिरहेका छौ यद्यपि तिमी मलाई हिर्काउर्नें आदेश दिएर कानुन अमान्य गरिरहेका छौ।”

23:4b.ACT.023.004 पावलको छेउमा उभिरहेका मानिसहरूले भने, “तिमीले त्यसरी प्रभुको प्रधान पूजाहारीसंग बात गर्नु हुँदैन, तिमीले उनलाई निन्दा गरिरहेछौ!”

23:5b.ACT.023.005 पावलले भने, “दाज्यु-भाइहरू, मलाई थाहा थिएन कि उनी प्रधान पूजाहारी हुन्। धर्मशास्त्रमा यस्तो लेखिएको छ, तिमीले तिम्रा मानिसहरूका अगुवाको विषयमा खराब कुराहरू गर्नु हुँदैन।’

23:6b.ACT.023.006 सभामा कतिपय मानिसहरू सदुकिहरू थिए र अन्य फरिसीहरू थिए। यो सोचेर पावलले एउटा विचार निकाले। उनी महासभाप्रति चिच्याएँ, “मेरा दाज्यु-भाइहरू, म फरसीको फरसी छोरो हुँ। म यहाँ मुद्‌दामा छु किनभने म विश्वास गर्छु मानिसहरू मृत्युबाट बौरी उठने छन्!”

23:7b.ACT.023.007 जब पावलले त्यसो भने, त्यहाँ फारिसी र सदुकीहरू माझ गहन र्तक शुरु हुन थाल्यो। सभा दलमा विभाजन भयो।

23:8b.ACT.023.008 सदुकीहरूको विश्वास थियो मानिसहरू मरे पछि तिनीहरू फेरि जिउँदो हुँदैनन्, अनि स्वर्गदूत अथवा आत्मा हुँदैन। तर फरिसीहरू यी सबैमा विश्वास गर्छन्।

23:9b.ACT.023.009 ती सबै जना यहूदीहरू जोड-जोडले चिच्याउन थाले। कतिपय शास्त्रीहरू, जो फरसीहरू थिए, उभिए र र्तक गरे, “हामीले यस मानिसको विरुद्ध कुनै गल्ती पाएनौ। हुन सक्छ दमीशकको बाटोमा स्वर्गदूतले अथवा आत्माले उसंग बोल्यो होला!”

23:10b.ACT.023.010 र्तक लडाईमा बद्लियो। यहूदीहरूले पावललाई टुक्रा टुक्रा पार्नेछन् भनेर सेनापति डराए। यसैले सेनापतिले सिपाहीहरूलाई तल गएर पावललाई यहूदीहरूबाट लिइकन सैन्य-भवनमा राख्न लगाए।

23:11b.ACT.023.011 अर्को रात, प्रभु येशू आउनु भयो अनि पावलको छेउमा उभिनु भयो। “सहासी बन! जसरी तिमीले यरूशलेममा मेरो विषयमा भन्यौ, रोममा पनि गएर मेरो विषयमा बताउनु पर्छ।”

23:12b.ACT.023.012 अर्को बिहान कतिपय यहूदीहरूले पावललाई मार्ने योजना बनाए। तिनीहरूले जब सम्म पावललाई मार्दैनौं न खाने नै छौं न पिउने नै छौं भन्ने प्रतिज्ञा गरे।

23:13b.ACT.023.013 चालीस जना भन्दा धेरै यहूदीहरू त्यस समूहमा थिए जसले यस षडयन्त्रमा भाग लिए।

23:14b.ACT.023.014 ती यहूदीहरू मुख्य पूजाहारीहरू र बूढा अगुवा पूजाहारीहरू भएकोमा गए अनि भने, “हामी आफैले प्रतिज्ञा गरेका छौं कि हामी पावललाई नमारूञ्जल सम्म न केही पिउँछौं न केही खानेछौं।

23:15b.ACT.023.015 यसकारण यसैले हामी तपाईंहरूलाई यस्तो गराउन चाहन्छौं तपाईहरूकहाँ ल्याउनु भनी खबर पठाउनु होस्। तिनलाई भन्नुहोस् कि पावलसंग तपाईंले धेरै प्रश्णहरू गर्नु छ। पावल यहाँ आई पुग्न अघि नै हामी उसलाई मार्न त्यारी बाटोमा भई बस्नेछौं।”

23:16b.ACT.023.016 तर पावलको भानिजले यो षडयन्त्र थाहा पाए। उनी सैन्य भवनमा गए र पावललाई सुनाईदिए।

23:17b.ACT.023.017 तब पावलले एकजना सेना अधिकारीलाई बोलाए अनि भने, “यस जवानलाई सेनापतिकहाँ लिएर जाऊ। उसकोमा उनको निम्ति खवर छ।”

23:18b.ACT.023.018 यसकारण सेना अधिकारीले त्यस जवान मानिसलाई सेनापतिकहाँ लगे। अधिकारीले भन्यो, “कैदी पावलले भन्यो कि यस जवान मानिसलाई तपाईं कहाँ लैजाउनु, किनभने उसले तपाईंलाई केही खबर दिन चाहन्छ।”

23:19b.ACT.023.019 सेनापतिले त्यस जावन मानिसलाई एकांत ठाउँमा लगे, जहाँ उनीहरू खुलासंग बात मार्न सक्थे। सेनापतिले भने, “तिमीले मलाई केही भन्न चाहन्छौ?”

23:20b.ACT.023.020 त्यस जवान मानिसले भन्यो, “यहूदीहरूले पावललाई अझ धेरै प्रश्न गर्ने निहूँमा तपाईंलाई भोलि महासभामा पावललाई ल्याई माग्ने निर्णय गरेका छन्।

23:21b.ACT.023.021 तर तिनीहरूलाई विश्वास नगर्नुहोस्। त्यहाँ चालीस जना भन्दा धेरै मानिसहरू लुकेर पावललाई मार्न बसेकाछन्। तिनीहरूले उनलाई नमारे सम्म न पिउने, न खाने कसम खाएका छन्! अहिले तिनीहरू तपाईंको सम्मतिको निम्ति र्पखिरहेका छन्।”

23:22b.ACT.023.022 सेनापतिले त्यस जवान मानिसलाई यसो भनेर पठाईदिए। “कसैलाई पनि तिमीले यसो भने भनेर नभन्नू।”

23:23b.ACT.023.023 त्यसपछि सेनापलिले दुइ सैन्य अधिकारीहरूलाई डाके। अनि भने, “सिजरिया जानको निम्ति 200 सिपाहीहरू 70 घोड सवार र 200 भालाधारी सिपाहीहरू तयार पार। तिनीहरू राती 9बजे हिडन तयार हुनु पर्छ।

23:24b.ACT.023.024 केही घोडाहरू पावलको लागि पनि ल्याऊ ताकि पावललाई राज्यपाल फेलिक्सकहाँ सुरक्षित पुर्याउन सकिन्छ।”

23:25b.ACT.023.025 सेनापतिले यस्तो एउटा चिट्ठी पनि उनलाई लेखे।

23:26b.ACT.023.026 क्लौडियस लायसिअसबाट महामहिम राज्यपाल फेलिक्सलाईः नमस्कार।

23:27b.ACT.023.027 यहूदीहरूले यो मानिसलाई पक्रेका थिए अनि मार्ने योजना गरिरहेका थिए। मैले चाल पाँए कि उनी एक रोमी नागरिक रहेछन्। यसकारण म मेरा सिपाहीहरूसंग गएँ अनि उनलाई बचाएँ।

23:28b.ACT.023.028 म जान्न चाहन्थें कि तिनीहरूले उनलाई किन दोष लगाइरहेका छन्। यसैले मैले तिनीहरूका महासभामा उनलाई पु्याँए।

23:29b.ACT.023.029 मैले थाहा पाएँ कि तिनीहरूकै व्यवस्थाको प्रश्नहरूको सम्बन्धमा तिनलाई दोषी ठह्राइएको रहेछ। तर ती विषयहरूमा तिनलाई जेल पठाउनु तथा मृत्यु दण्ड दिनु कुनै पनि योग्य ठहरिंदैन।

23:30b.ACT.023.030 मलाई सुनाईयो कि कतिपय यहूदीहरूले उनलाई मार्ने षडयन्त्र गरिरहेका थिए। यसैले मैले उनलाई तपाईंकहाँ तुरन्तै पठाएँ। यहूदीहरू जसले तिनलाई दोष्याउँदैछन् तपाईं अघि उनको विषयमा यहूदीहरूसंग भएको दोष देखाउन पनि लगाएको छु।

23:31b.ACT.023.031 सिपाहीहरूले तिनीहरूलाई भनेका कुराहरू गरे। सिपाहीहरूले पावललाई लिएर एन्टिप्याट्रिस शहरमा राति नै लगे।

23:32b.ACT.023.032 अर्को दिन घोडसवार पावलसंग सिजरियागए। तर अन्य सिपाहीहरू र भालाधारीहरू यरूशलेम सैन्य-भवन तिरै फर्केर आए।

23:33b.ACT.023.033 घोडसवार सिपाहीहरू सिजरियाभित्र पसे अनि राज्यपालकलाई चिट्ठी दिए। त्यसपछि उनीकहाँ पावललाई सुम्पे।

23:34b.ACT.023.034 राज्यपालकले चिट्ठी पढे पावललाई सोधे, “तिमी कुन देशका हौं?” राज्यपालकले पावल सिलिसियाका हुन भनेर जाने।

23:35b.ACT.023.035 राज्यपालकले भने, “तिमीलाई दोष्याउनेहरू यहाँ आउँदा म तिम्रो मुद्दा लिनेछु।” अनि त्यसपछि उनले पावललाई हेरोदको राजमहलमा सुरक्षित राख्न आदेश दिए।

24

24:1b.ACT.024.001 पाँचदिन पछि हनानिया सिजरिया गए। उनी प्रधान पूजाहारी थिए। उनले कतिपय बुढा यहूदी अगुवाहरू र तर्तुल्लस नाउँका वकीललाई आफ्नो साथमा ल्याए। तिनीहरू राज्यपालकको सामु पावलको विरुद्ध मुद्दा उठाउन सिजरिया गए।

24:2b.ACT.024.002 पावललाई सभामा डाकियो अनि तर्तुल्लसले उनको विरुद्ध यसो भन्दै मुद्दा पेश गर्न थाले, “महामहिम फेलिक्स, तपाईंले गर्दा नै हाम्रा मानिसहरूले शान्ति उपभोग गरिरहेका छन् अनि तपाईंकै दूरर्दशिताले हाम्रो देशमा हुन पर्ने सुधारहरू भए।

24:3b.ACT.024.003 हामी ती कुराहरूका लागि तपाईंलाई प्रत्येक ठाउँमा र हरेक तरिकाले धन्यवाद प्रकट गर्छौ।

24:4b.ACT.024.004 तर म तपाईंको धेरै समय नष्ट गर्न चाहँदिन। यसर्थ म केही शब्दमा तपाई अघि मुद्दा पेश गर्नेछु। दया गरी, धैर्य धारण गरिदिनु होला।

24:5b.ACT.024.005 यो मानिस एक समस्या ल्याउने मानिस हो र यसले जताततै संसारभरि यहूदीहरू माझ दङ्गा मचाँउछ। यो नासरीदलका नेता हो।

24:9b.ACT.024.009 अन्य यहूदीहरू सहमत भए अनि भने, “यी कूराहरू साँचि नै सत्य हुन्।”

24:10b.ACT.024.010 राज्यपालकले पावललाई बोल्ने संकेत गर्नुभयो। यसकारण पावलले राज्यपाललाई जवाफ दिए, “राज्यपाल फेलिक्स, म जान्दछु कि तपाईं धेरै समयदेखि यस राष्ट्रको न्यायकर्ता हुनुहुन्छ। यसर्थ म आफ्नो बचाउ पक्ष पेश गर्न पाउँदा खुशी छु।

24:11b.ACT.024.011 म यरूशलेममा आराधाना गर्नलाई बाह्र दिन अघि मात्र गएँ। तपाईं आफै यो सत्य हो भनेर जाँच्न सक्नु हुन्छ।

24:12b.ACT.024.012 यी यहूदीहरू जसले मलाई दोष लगाए उनीहरूले मलाई मन्दिरमा कसैसंग बोलेको भेटेनन्। मैले कतै सभाघर मन्दिरमा अथवा यो शहरको अन्यत्र कतै समस्या खडा गर्न भीड जम्मा गरेको छैन।

24:13b.ACT.024.013 ती यहूदीहरूले मेरो विरुद्धमा अहिले जे दोषारोपण गरे त्यसको प्रमाण दिन सक्तैनन्।

24:14b.ACT.024.014 तर म तपाईंलाई भन्दैछुः म हाम्रा पिता पुर्खाहरूका परमेश्वरलाई येशूका चेलाले जस्तै आराधना गर्दछु। यहूदीहरू भन्छन् येशूको मार्ग गल्ती हो। तर मोशाको व्यवस्थाहरूमा बताएको प्रत्येक कुरो अनि अगमवक्ताहरूले किताबमा लेखेकाहरू म विश्वास गर्छु।

24:15b.ACT.024.015 म परमेश्वरमा त्यही आशा गर्छु जो यी यहूदीहरू गर्छन् कि धर्मी अनि अधर्मी मृत्युबाट बौरी उठनेछ ।

24:16b.ACT.024.016 यही कारणले म सधैं परमेश्वर अनि मानिसहरूको अघि त्यही गर्ने प्रयास गर्छु जुन मेरो विश्वासमा सही हुन्छ।

24:17b.ACT.024.017 “म धेरै र्वषदेखि यरूशलेमबाट टाढा रहेको थिए। म त्यहाँ मेरा मानिसहरूका निम्ति केही दानको उपहारहरू लिएर बलि चढाउनु फर्केको थिएँ।

24:18b.ACT.024.018 जति बेला तिनीहरूले मलाई मन्दिरमा भेटे मैले शुद्धिकरण विधि सिद्धाएको थिएँ। मैले मेरो वरिपरि कुनै भीड जम्मा गरेको थिइन् न त त्यहाँ मैले कुनै प्रकारको अशान्ति नै सृष्टि गरेको थिंए।

24:19b.ACT.024.019 तर कतिपय एशियाबाट आएका यहूदीहरू त्यहाँ थिए। यदि तिनीहरूसंग साँच्चै मेरो विरोधमा केही गवाही भए त्यो प्रमाण गर्न तिनीहरू यहीं हुन पर्ने

24:20b.ACT.024.020 अथवा यहूदीहरूलाई जो यहाँ छन् सोध्नु होस् यदि तिनीहरूले मेरो विरुद्ध केही गल्तीहरू पाएका छन् कि जति वेला म यरूशलेममा यहूदीहरूको एक महासभामा थिएँ।

24:21b.ACT.024.021 मैले खाली तिनीहरूको समक्ष एउटै कुरोको घोषणा गरेको थिएँ ‘आज मेरो न्याय गरिदैछ किनभने मानिहरू मृत्युबाट जाग्नेछन् भनेर म विश्वास गर्दछु।”‘

24:22b.ACT.024.022 फेलिक्सले येशूमार्ग विषयमा धेरै कुराहरू जान्दथे। उनले मुद्दा स्थगित गरे अनि भने, “जब सेनापति, लायसिअस यहाँ आउँछन् म यी कुराहरूको विषयमा निर्णय गर्नेछु।”

24:23b.ACT.024.023 फेलिक्सले सैन्य अधिकारीलाई पावललाई सुरक्षामा राख्न भने। तर तिनले सैन्य अधिकारीलाई भने कि पावललाई केही स्वतन्त्र दिनु अनि उनको आश्यकता पुरा गर्न उनको साथीहरूलाई वाधा नदिनु। पावल फेलिक्स र उहाँको पत्नीसंग बोल्दछन्।

24:24b.ACT.024.024 केही दिन पछि फेलक्स आफ्नी यहूदी पत्नीसंग आए। उनको नाउँ द्रूसिल्ला थियो। फेलिक्सले पावललाई ल्याउनु भनेर आज्ञा दिए। फेलिक्सले ख्रीष्ट येशूमा विश्वासप्रति पावलले भनेको कुराहरू सुने।

24:25b.ACT.024.025 तर फेलिक्स डराए जब पावलले धार्मिक जीवन, आत्मा संयम र भविष्यमा हुने न्यायको विषयमा भने। फेलिक्सले भने, “अहिले जाऊ। जब मसंग समय हुन्छ म तिमीलाई फेरि बोलाउने छु।”

24:26b.ACT.024.026 तर फेलिक्सको पावलसंग बात गर्ने अर्को कारण थियो। फलिक्सले पावलबाट घुस पाउने आशा गरेका थिए। यसर्थ उनले पावललाई बारम्बार बोलाएर कुराकानी गर्थे।

24:27b.ACT.024.027 तर दुई र्वष पछि पोर्सिअस फेस्तस राज्यपाल भए। फेलिक्स अब राज्यपाल रहेनन्। तर फेलिक्सले पावललाई कैदी नै बनाएर राखे। किनभने उनले यहूदीहरूलाई खुशी पार्न चाहन्थे।

25

25:1b.ACT.025.001 फेस्तस राज्यपाल भए, अनि तिन दिन पछि उनी सिजरियाबाट यरूशलेम गए।

25:2b.ACT.025.002 मुख्य पूजाहारीहरू र अति मुख्य यहूदी अगुवाहरूले पावलको विरुद्ध तिनीहरूको मुद्दा पेश गरे।

25:3b.ACT.025.003 तिनीहरूले फेस्तसलाई तिनीहरूको लागि सहायता गरिदिने विन्ती गरे, यहूदीहरू फेस्तसबाट के चाहन्थे भने पावललाई यरूशलेम पठाइयोस्। तिनीहरूले बाटैमा पावललाई मार्ने षडयन्त्र गरेका थिए।

25:4b.ACT.025.004 तर फेस्तसले जवाफ दिए, “हुँदैन! पावललाई सिजरियामा राखिनेछ। म स्वयं पनि सिजरिया चाँडै जान्छु।

25:5b.ACT.025.005 तिमीहरूका अगुवाहरू पनि मसंग जानु पर्छ। यदि उसले केही गल्ती साँच्चिनै गरेका भए तिनीहरूले सिजरियामा पावललाई आरोप लगाउन सक्छन्।”

25:6b.ACT.025.006 फेस्तस यरूशलेममा आठ-दश दिन भन्दा धेरै बसेनन्। त्यसपछि उनी सिजरिया फर्केर गए। अर्को दिन फेस्तसले सिपाहीहरूलाई पावललाई उहाँकहाँ ल्याउनु अह्राए। फेस्तस न्याय-आसनमा बसे।

25:7b.ACT.025.007 पावल न्यायालायमा आए। यरूशलेमबाट आएका यहूदीहरू उनको वरिपरि उभिए। यहूदीहरूले पावलको विरोधमा निकै दोष देखाई धेरै अनि गम्भीर आरोपहरू ल्याए। तर तिनीहरूले त्यसको प्रमाण दिन सकेनन्।

25:8b.ACT.025.008 तब पावलले आफ्नो बचाऊ पक्षमा भने, “मैले यहूदीहरूको कानुन, मन्दिर अथवा सिजरको विरुद्ध कुनै काम गरेको छैन।”

25:9b.ACT.025.009 तर फेस्तस यहूदीहरूलाई खुशी पार्न चाहन्थे। यसैले उसले पावललाई सोधे, “के तिमीमाथि लगाइएको यी आरोपहरूमा मेरो अघि न्याय पाउन यरूशलेम जान चाहान्छौ?”

25:10b.ACT.025.010 पावलले भने, “म अहिले सिजरको न्यायालय अघि उभिएकोछु, अनि यस ठाउँमा मैले न्याय पाउनु पर्छ। मैले यहूदीहरूका विरूद्ध केही गल्ती काम गरेको छैनः यो सत्य तपाईं राम्ररी जान्नु हुन्छ्।

25:11b.ACT.025.011 यदि म कुनै अपराधको दोषी छु भने अनि मलाई मृत्यु दण्ड भोगाँउछ भने म मृत्यु दण्डदेखि भाग्ने प्रयास गर्ने छैन। तर ममाथि लगाईएका आरोपहरू आधारहीन निस्किए तब कुनै पनि मानिसले मलाई यी यहूदीहरूलाई सुम्पिन सक्तैन। म चाहन्छु मेरो मुद्दा सिजरले सुनी दिउन्।”

25:12b.ACT.025.012 फेस्तसले आफ्ना महासभासंग परार्मश गरे। त्यसपछि उनले भने, “तिमी सिजरलाई उजुर गर। यसर्थ तिमी सिजरकहाँ जाऊ।”

25:13b.ACT.025.013 केही दिनपछि राजा अग्रिपा र र्वणिस फेस्तसलाई भेट्न सिजरिया आए।

25:14b.ACT.025.014 तिनीहरू त्यहाँ धेरै दिन बसे। फेस्तसले राजालाई पावलको मुद्दाबारे बताए अनि भने, “यहाँ एकजना मानिस छ जसलाई फेलिक्सले कैदमा राखी छोडेको छ।

25:15b.ACT.025.015 जब म यरूशलेम गएँ त्यहाँका मुख्य पूजाहारीहरू र बुढा यहूदी अगुवाहरूले उनको विरुद्ध मुद्दा हालेकाछन्। यी यहूदीहरू अगुवाहरूले उनको विरुद्ध मुद्दा हालेकाछन्। यी यहूदीहरू मबाट उसलाई मृत्युदण्ड दिलाउन चाहन्छ्न।

25:16b.ACT.025.016 तर मैले तिनीहरूलाई भने, ‘जब केही दण्डनीय अपराध गरेको विरुद्धमा आरोप लगाईन्छ, रोमीहरूकोमा त्यो रीति छैन कि त्यस मानिसलाई अभियोक्ताहरूकहाँ सुम्पने। प्रथम उसलाई दोषारोपण गर्ने मानिसहरूसंग मुखामुख गराउनु पर्छ, अनि उसले ती दोषारोपनहरूको विरुद्ध स्वयं बचाऊ गर्ने मौका पाउनु पर्छ।

25:17b.ACT.025.017 यसर्थ ती यहूदीहरू म संग आए। अनि मैले समय नष्ट गरिनँ। अर्को दिन म न्याय-आसनमा बसे अनि त्यस मानिसलाई यहाँ ल्याउने आदेश दिएँ।

25:18b.ACT.025.018 यहूदीहरू उठे अनि आरोप लगाए। तर यहूदीहरूले कुनै नराम्रो अपराधको लागी दोषाएनन् जुन आशा गरेको थिए।

25:19b.ACT.025.019 जुन कुरा तिनीहरूले भने त्यो आरोप खाली तिनीहरूको आफ्नै धर्मको विषय माथि मतभेद र येशू नाउँ भएको मानिसको विषयमा मात्र थियो। येशू मरे तर पावल भन्दछ उ अझै पनि जिउँदो छन्।

25:20b.ACT.025.020 म यस विषयमा धेरै कुरा जान्दिन, यसैकारण मैले प्रश्नहरू गरिनँ। तर मैले पावललाई भने, ‘के तिमी यरूशलेम जान्छौ, यी कुराहरूमा त्यहाँ न्याय गराउन?’

25:21b.ACT.025.021 तर पावललाई सिजरियामा नै राखियो कारण उनि सिजरबाट निर्णय चाहन्थे। यसैले मैले आदेश दिएँ कि म जब सम्म पावललाई सिजरकहाँ पठाउन सक्तिन उसलाई त्यही राख्नु।”

25:22b.ACT.025.022 अग्रिपाले फेस्तसलाई भने, “म त्यो मानिसको कुरा सुन्न चाहन्छु।” फेस्तसले भने, “भोलि तपाईंले सुन्न सक्नु हुन्छ।”

25:23b.ACT.025.023 अर्कोदिन आग्रिपा र र्बणिस निकै गर्वकासाथ आए। तिनीहरू न्यायालयभित्र सेनापतिहरू र शहरका प्रमुख मानिसहरू लिएर पसे। अग्रिपा र र्बणिस, सैन्य अधिकारी, सिजरियाका प्रमुख मानिसहरू न्याय-कक्षमा गए। फेस्तसले सिपाहीहरूलाई पावललाई भित्र ल्याउनु भनेर हुकूम गरे

25:24b.ACT.025.024 फेस्तसले भने, “राजा अग्रिपा र तिमीहरू सबैजना हामीसंग भेला भएका छौ, यस मानिसलाई हेर। यहाँ भएका सबैजना यहूदीहरू र यरूशलेममा भएका यहूदीहरूले यस मानिसको विरुद्ध गुनासो पोखेका छन् र कराए कि उसको बाँच्ने अधिकार छैन।

25:25b.ACT.025.025 जब मैले जाँचिरहेको थिएँ उसले केही यस्तो भूल गरेको मैले पाइन ताकि उसलाई मृत्यु दण्ड दिइयोस्। अनि आफैले सिजरकहाँ अपील गरे। यसैकारण यिनलाई मैले रोम पठाउने निर्णय गरें।

25:26b.ACT.025.026 तर मैले उनको विषयमा सिजरलाई के लेख्ने कुनै निश्चित आधार पाइन। यसकारण उनलाई मैले तपाईंहरू सबैको समक्ष उभ्याँए। म आशान्वित छु कि तपाईंहरूको प्रश्न पश्चात तपाईंहरूले सुझावहरू मलाई दिनुहुनेछ ताकि म सिजरलाई केही लेख्न सक्छु।

25:27b.ACT.025.027 उसको विरोधमा दोषहरू नऔल्याई केही कैदीहरू सिजरकहाँ पठाउनु मूर्खता हो भन्ने म विश्वास गर्छु।”

26

26:1b.ACT.026.001 अग्रिपाले पावललाई भने, “तिमी आफ्नो सुरक्षाको लागि बोल्न सक्नेछौ।” यसर्थ पावलले आफ्नो हात उठाए अनि यसो भन्दै बोल्न थाले।

26:2b.ACT.026.002 “राजा अग्रिपा, तपाईंहरू अघि उभिन पाउनु मेरो भाग्य हो, यहूदीहरूले ममाथि थोपरेको दोषहरूको म जम्मै उत्तर दिनेछु।

26:3b.ACT.026.003 म अत्यन्तै खुशी छु कि म तपाईंहरूको सामुन्ने बोल्न योग्यको छु किनभने तपाईंहरू यहूदी रीतिहरू र प्रश्नहरू जुन विषयमा तिनीहरूले र्तक गर्छन सो जान्नु हुन्छ। कृपाया धैर्यसाथ मेरो कुरा सुनिदिनु होस्।

26:4b.ACT.026.004 “सबै यहूदीहरूले मेरो सम्पूर्ण जीवनको विषयमा जान्दछन्। मेरो देशमा अनि यरूशलेममा पनि मेरो जीवन शैलीको विषयमा तिनीहरू जान्दछन्।

26:5b.ACT.026.005 यी यहूदीहरूले धेरै समयदेखि मलाई चिन्छन्। यदि तिनीहरूले इच्छा गरे मलाई एक असल फरिसी मान्न सक्छन्। अनि फरिसीहरूले यहूदी धर्मको व्यवस्थाहरू अन्य कुनै यहूदी समुदायले भन्दा अझ कट्टर प्रकारले मान्दछन।

26:6b.ACT.026.006 परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई दिनुभएको प्रतिज्ञाको भरोसामा म यस परीक्षामा अहिले खडा छु।

26:7b.ACT.026.007 यो प्रतिज्ञा प्राप्त गर्ने आशामा हाम्रा बाह्र जातिहरू निमग्न रात-दिन परमेश्वरको आराधना गरिरहेका छन्। हे राजान्, यही आशाको निम्ति म यी यहूदीहरूद्वारा दोषिएको हुँ।

26:8b.ACT.026.008 तपाईंहरूलाई परमेश्वरले मरेको मानिसहरू बौराँउनु हुन्छ भन्ने कुरा ग्रहण गर्न किन अप्ठेरो परेको?

26:9b.ACT.026.009 “जब म फरिसी थिएँ, मैले यस्तो पनि सोचे कि नासरतका येशूको नाउँ विरुद्ध धेरै कुराहरू मैले गर्नुपर्छ।

26:10b.ACT.026.010 अनि यरूशलेममा मैले विश्वासीहरूका विरुद्ध धेरै कामहरू गरें। मुख्य पूजाहारीहरूले ती विश्वासीहरूलाई जेलमा थुन्ने अधिकार दिएका थिए। जब येशूका विश्वासीहरू मारिए मैले यो राम्रो कुरा भयो भनेर सहमत दिएँ।

26:11b.ACT.026.011 जम्मै सभाघरहरूमा मैले तिनीहरूलाई धेरै पल्ट येशूको विषयमा जबरजस्ती नराम्रो कुरो भनाएर दण्ड दिएँ। म यति क्रोधित थिएँ कि म विदेशका शहरहरूमा पनि तिनीहरूको खेदो लाउनु गएँ।

26:12b.ACT.026.012 एक समयमा, मुख्य पूजाहारीहरूले मलाई दमीशक शहर जाने अनुमति अनि अधिकार दिए।

26:13b.ACT.026.013 हे राजन! दमीशक जाने बाटोमा मैले एउटा ज्योति आकाशबाट आइरहेको देखें। यो मध्यान्हको समय थियो। त्यसको प्रकाश सूर्यको भन्दा ज्यादा चिम्किलो थियो। त्यो प्रकाश म र मसंग जाने मानिसहरूका वरिपरि चम्कियो।

26:14b.ACT.026.014 हामी सबै जना भूइँमा लड्यौ। त्यसपछि मैले यहूदी भाषामा एक आवाज सुनें। त्यो आवाजले मलाई भन्यो, ‘शावल, शावल किन मलाई सताइरहेका छौ? तिमी मसंग लडेर केवल आफैलाई चोट पुर्याइरहेका छौ।’

26:15b.ACT.026.015 मैले भने, ‘तिमी को हौ प्रभु?’ प्रभुले भन्नुभयो, ‘म येशू हुँ। म त्यही हुँ जसलाई तिमी सताइरहेछौ।

26:16b.ACT.026.016 उठ अनि उभ! मैले तिमीलाई मेरो सेवक चुनेको छु। तिमी मेरो गवाही भएर मानिसहरूलाई मेरो विषयमा तिमीले के देख्यौ अनि मैले के प्रकट गर्छु सबै बातउनेछौ। यसैकारण म आज तिमीकहाँ आएँ।

26:17b.ACT.026.017 म तिम्रो आफ्नै मानिसहरूलाई तिमीमाथी घात पार्न दिने छैन। अनि म तिमीलाई गैर-यहूदीहरूबाट पनि जोगाउने छु। म तिमीलाई ती मानिसहरू कहाँ पठाउँदैछु।

26:18b.ACT.026.018 तिमीले मानिसहरूलाई सत्य देखाउनेछौ। मानिसहरू अन्ध्यारोबाट उज्यालोमा र्फकनेछन्, बद्लिनेछन् अनि शैतानको शक्तिबाट परमेश्वरमा ढल्किनेछ। त्यसपछि तिनीहरूको पापहरू क्षमा गरिनेछ अनि मेरो विश्वासले जो मानिसहरू पवित्र पारिएकोछन् तिनीहरूसंग एक बनाइनेछ।”‘

26:19b.ACT.026.019 पावल लगातार बोलिरहेः “राजा अग्रिपा, स्वर्गबाट यो दर्शन मैले पाए पछि यसलाई पालन गर्न मैले अश्वीकार गरिन।

26:20b.ACT.026.020 मैले मानिसहरूलाई आफ्ना हृदय र जीवन शैली परिवर्तन गर भन्न थाले। उनीहरूलाई परमेश्वर प्रति र्फक र यस्तो कार्य गर जसद्वारा तिमीहरूको हृदय अनि जीवन शैली वास्तवमा परिवर्तन भएको चाल पाईनेछ भनें यी कुरा सर्वप्रथम मैले दमीशकमा भनें। त्यसपछि म यरूशलेम गएँ अनि यहूदीयाको प्रत्येक ठाउँमा गएर यी कुरा भनें। म यी कुराहरू भन्न गैर-यहूदीहरूकोमा पनि गएँ।

26:21b.ACT.026.021 यही कारणले यहूदीहरूले म मन्दिरमा भएको समय पक्रे अनि मलाई मार्न चेष्टा गरे।

26:22b.ACT.026.022 आज सम्म पनि मैले परमेश्वरको सहायता पाइरहेकोछु अनि यसर्थ म यहाँ उभिरहेको छु अनि जे देखे भनिरहेको छु। तर मैले नयाँ कुरा भनिरहेको छैन। मोशा र अगमवक्ताहरूले जे हुन्छ भनेका छन् म त्यही भनिरहेको छु।

26:23b.ACT.026.023 तिनीहरूले भने कि ख्रीष्ट मर्नेछ र मृत्युबाट बौरी उठने प्रथम मानसि उही हुनेछ। मोशा र अगमवक्ताहरूले भनेका थिए कि ख्रीष्टले यहूदी र गैर-यहूदीहरूमा प्रकाश ल्याउने छ।”

26:24b.ACT.026.024 पावलले आफ्नो बचाऊको लागि ती कुराहरू भनिरहेको बेला, फेस्तस चिच्यायो, “पावल तिमी पागल हौ। तिम्रो अधिक बिद्याले तिमीलाई पागल बनायो।”

26:25b.ACT.026.025 पावलले भने, “महामहिम फेस्तम, म पागल होइन। जे कुराहरू मैले भने ती सत्य हुन्। मेरो शब्दहरू गम्भीर छन्।

26:26b.ACT.026.026 राजा अग्रिपाले यी कुराहरूको विषयमा जान्नु हुन्छ। म उहाँसंग स्वतन्त्र रूपमा कुरा गर्न सक्छु। म निश्चित छु कि उहाँ कुनै पनि कुरामा अपरिचित हुनुहुन्न। किभने यी कुराहरू कुनै गुप्ती जग्गामा घटेन।

26:27b.ACT.026.027 राजा अग्रिपा! के तपाईं अगमवक्ताहरूले लेखेको कुरामा विश्वास गर्नु हुन्छ? म जान्दछु तपाईं निश्वास गर्नु हुन्छ।

26:28b.ACT.026.028 राजा अग्रिपाले पावललाई भने, “के तिमी मलाई यति सहजै ख्रीष्टयन बनाउन सक्छौ?”

26:29b.ACT.026.029 पावलले भने, “यो सजिलो अथवा अप्ठेरो मेरो निम्ति मुख्य होइन। म परमेश्वरसित प्रार्थना गर्दछु कि तपाईं मात्र किन, मलाई बाँधिएको साङलो बाहेक आजका जम्मै मेरा श्रोताहरू म जस्तै हुनेछन्।”

26:30b.ACT.026.030 राजा अग्रिपा, राज्यपाल फेस्तस, र्बणिस अनि तिनीहरूसंगै बसिरहेका अन्य मानिसहरू सबै जराक-जरूक उठे।

26:31b.ACT.026.031 सभाघर छाडेर गए अनि आपसमा यसो भन्दै बात गर्न लागे, “यो मानिसलाई मार्नु हुँदैन, जेलमा पनि राख्नु हुँदैन, साँचि नै उसले त्यस्तो नराम्रो काम गरेको छैन जसमा कि उसलाई मृत्यु दण्ड अथवा कारावास होस्।”

26:32b.ACT.026.032 अनि अग्रिपाले फेस्तसलाई भने, “यदि यस मानिसले सिजरलाई अपील नगरेको भए ऊ छोडिन सक्थ्यो।”

27

27:1b.ACT.027.001 यो निश्चय गरिएको थियो कि हामी समुन्द्रयात्राबाट इटाली जाँदैथ्यौ। एक सैन्य अधिकारी जुलियसले पावल र अन्य केही कैदीहरूलाई पहरा दिइरहेका थिए। जुलियस सम्राटको पल्टनका थिए।

27:2b.ACT.027.002 हामी एड्रमिटियमबाट आएको एशियाको विभिन्न ठाउँ हुँदै जाने जहाजमा चढयौ जुन जानु तयार थियो। हामीसंग अरिस्तार्खस थिए। तिनी म्यासिडोनियामा थिस्सलोनिकाका एक नागरिक थिए।

27:3b.ACT.027.003 अर्कोदिन हामी सायडन शहर आई पुग्यौं। जुलियसले पावललाई भद्र व्यवहार गरे। उनले पावललाई आफ्नो साथीहरूसंग भेट्न जान दिए, ताकि तिनीहरूले पावलको आवश्यकतालाई ध्यान दिउन्।

27:4b.ACT.027.004 हामीले सायडन शहर छोड्यौं अनि साइप्रस टापूको छेऊ लागेर गयौं किनभने बतास हाम्रो विपरीत बहँदै थियो।

27:5b.ACT.027.005 हामीले सिलिसिया र प्याम्फिलिया तट हुँदै समुद्र पार गरयौं। त्यसपछि हामी लाइसियामा माइरा आईपुग्यौ।

27:6b.ACT.027.006 माइरामा त्यस सैन्य अधिकारीले अलेकजाण्डरियाको जहाज पाए जुन इटाली गइरहेको थियो। यसकारण उसले हामीलाई यस जहाजमा राखिदिए।

27:7b.ACT.027.007 हामी समुन्द्रयात्रा गरेर धेरै दिनसम्म बिस्तारै हिंडी रह्यौं किनभने बतास हाम्रो मार्गको विरुद्ध चलिरहेको थियो अनि स्नाइडस् भन्ने ठाउँमा खुब कठिन साथ पुग्यौं। त्यस प्रकारले हामी धेरै टाढा जान सकेनौ। यसकारण हामी सालमोन छेउ क्रेट टापूको दक्षिण तिर लाग्यौ।

27:8b.ACT.027.008 खुबै कठिन साथ हामी किनारा भएर गयौं। त्यसपछि हामी सुरक्षित बन्दरगाह भन्ने ठाउँमा आयौं। लुसिया भन्ने शहर त्यहाँ देखि नगीचै थियो।

27:9b.ACT.027.009 तर हामीले निकै समय नष्ट गरेका थियौ। यो समुद्र यात्रा गर्नु भयंकर डरलाग्दो थियो किनभने यहूदीहरूका उपवासको दिन गइसकेको थियो। यसैले पावलले तिनीहरूलाई सावधान गराए र भने,

27:10b.ACT.027.010 “हेर मानिसहरू हो, म देख्छु हाम्रो यात्रा विपदजनक हुनेछ अनि नोक्सान दायी केवल जहाज र सामानको निम्ति मात्र होइन हाम्रो आफ्नो ज्यानको सम्म क्षति हुनेछ।”

27:11b.ACT.027.011 तर जहाजका कप्तान र मालिकले पावलको कुरामा सहमत दिएनन्। यसैले सेना अधिकारीले पावलले भनेको मानेनन्। बरू उसले मालिक र जहाज कप्तानले भनेको कुरा माने।

27:12b.ACT.027.012 अनि सुरक्षित बन्दरगाहमा शीतकालमा जहाज राख्न उचित जग्गा थिएन। यसैले धेरै मानिसहरूले जहाज त्यहाँ नराख्ने निर्णय लिए। मानिसहरूले फोनिक्स जान सकिने आशा गरे। शीतकालमा जहाज त्यहाँ रोकिन अथवा रहन सक्थ्यो। फोनिक्स एउटा दक्षिण पश्चिम अनि उत्तर पश्चिम पट्टि फर्केको क्रेट टापूको शहर थियो।

27:13b.ACT.027.013 त्यसपछि, मन्द बतास दक्षिणबाट बहन थाल्यो। जहाजका मानिसहरूले भने, “यस्तै बतासको प्रतिक्षा गरिरहेका थियौं, ऐले हामीले त्यस्तै पायौं!” यसकारण तिनीहरूले लङ्गार ताने। जहाजलाई क्रेटको किनारै किनार पारेर लगे।

27:14b.ACT.027.014 तर त्यतिबेला तेज “उत्तरपूर्वी” बतास त्यो टापु पार गरेर आयो।

27:15b.ACT.027.015 त्यस बतासले जहाजलाई आफ्नौ। दिशातिर लग्यो कारण हामी त्यसको विपरीत जान सकेनौं। यसर्थ हामीले जहाजमा आफ्नो नियन्त्रण छाडायौं औ बतास र छाल पट्टि नै जहाज जान दियौं।

27:16b.ACT.027.016 हामी तलतिर सानो टापू कलौदा गयौ। तब हामीले खुब खठिनसाथ जीवनरक्षक डुङ्गा जहाजमा ल्याउन सक्यौं।

27:17b.ACT.027.017 जीवन रक्षक डुङ्गालाई जाहजमा ल्याए पछि तिनीहरूले जहाजको वरिपरि एक साथ राख्नलाई डोरीले बाँधे। तर जाहज सिरटिसको बलौटे धापमा फस्न सक्छ भनेर मानिसहरू डराए। यसैले तिनीहरूले जहाजलाई बतासले नै उठावोस् भनेर पाल मुनी झारे।

27:18b.ACT.027.018 अर्को दिन, आँधीको झोक्काले जहाजलाई निकै हिर्कायो, मानिसहरूले समानहरू जाहजबाट फ्याँके।

27:19b.ACT.027.019 एकदिन पछि तिनीहरूले जहाजको यन्त्रहरू पनि फ्याँकीदिए।

27:20b.ACT.027.020 धेरै दिनसम्म यस्तो बाक्लो आँधीले गर्दा हामीले घाम, ताराहरू केही पनि देखेनौं। आँधी एकदमै डरलाग्दो गतिमा चल्यो। हामीले बाँच्ने आशा त्यागयौं। हामी मर्ने रहेछौ भनेर सोच्यौं।

27:21b.ACT.027.021 धेरैदिन सम्म मानिसहरूले केही खाएनन्। तब एकदिन पावल तिनीहरू समक्ष उभिए अनि भने, “मानिसहरू हो, तिमीहरूलाई मैले क्रेट छोडनु हुँदैन भनेको थिएँ। तिमीहरूले मेरो कुरा सुन्नु पर्थ्यो। तब तिमीहरूले यस्तो प्रकारको दुःख र नोक्सान खप्नु पर्ने थिएन।

27:22b.ACT.027.022 तर अब म भनिरहेछु सहासी हौ। तिमीहरू कोही पनि मर्ने छैनौ! तर जहाज हराउने छ।

27:23b.ACT.027.023 हिजो राति परमेश्वरबाट स्वर्गदूत मकहाँ आए। उहाँ उही परमेश्वर हुनुहुन्छ, जसको म हुँ र जसलाई म सेवा गर्छु।

27:24b.ACT.027.024 उहाँले भन्नुभयो, पावल भयभीत न हौ! तिमी सिजर समक्ष उभिनै पर्छ। अनि परमेश्वरले तिम्रो खातिर तिमीसंग समुद्रयात्रा गर्नेहरू सबैलाई बचाउनु हुनेछ।’

27:25b.ACT.027.025 मानिसहरू हो, सहास नगुमाऊ! म परमेश्वरमा विश्वास गर्छु। उहाँको दूतले मलाई भने जस्तै सबै हुनेछ।

27:26b.ACT.027.026 तर पनि हामी कुनै एक टापूमा धक्का खानै पर्छ।”

27:27b.ACT.027.027 चौधौ रात सम्ममा पनि हामी एड्रिया समुद्र वरिपरि बहिरहेथ्यौ। जहाज चालकहरूले कुनै जमीनको छेउतिर पुगेको विचार गरे।

27:28b.ACT.027.028 तिनीहरूले डोरीको टुप्पामा एक गह्रुँ चीज बाँधेर समुद्रमा फालिदिए। त्यसो गर्दा तिनीहरूले पानीको गहिर्याई 120 फीट पता लगाए। तिनीहरू अझ केही पर सम्म गएर फेरि डोरी समुद्रमा फाले। यस पल्ट 90 फीट गहिरो पाए।

27:29b.ACT.027.029 तिनीहरू जाहज चट्टानसंग ठोकिन पुग्ला भनेर डराइरहेका थिए। यसकारण तिनीहरूले लङ्गार फयाँके अनि तब तिनीहरूले दिनको उज्यालो आवोस भनी प्रार्थना गरे।

27:30b.ACT.027.030 कतिपय चालकहरू जहाज छोडेर भाग्न चाहन्थे। तिनीहरूले जीवन रक्षक डुंङ्गाहरू पानीमा ओह्राले। तिनीहरूले यस्तो भान पारे कि तिनीहरू जहाजको अधिल्तिरबाट अझै लङ्गारहरू झार्दैंछन्।

27:31b.ACT.027.031 तर पावलले सैन्य अधिकारी र अन्य सिपाहीहरूलाई भने, “यदि यी मानिसहरू जहाजमा बस्दैनन् भने तपाईंहरू बाँच्नु हुनेछैन!”

27:32b.ACT.027.032 तब त्यो जीवन रक्षक डुंङ्गा पानी भित्रै जावोस् भनेर सिपाहीहरूले डोरी काटिदिए।

27:33b.ACT.027.033 प्रातःकाल हुन भन्दा पहिले पावलले मानिसहरूले केही खाउन् भनी मनाउन थाले। उनले भने, “बितेका चौध दिनदेखि तिमीहरू र्पखिरहछौ अनि हेरिरहेछौ। तिमीहरू चौध दिनदेखि भोकै छौ। तिमीहरूले केही खाएका छैनौ।

27:34b.ACT.027.034 अब म बिन्ती गरिरहेछु केही खाऊ। यो तिमीहरूलाई बाँच्नको लागि आवश्यक हो। तिमीहरू कसैको पनि टाउकोको एउटा केश पनि नष्ट हुँदैन।”

27:35b.ACT.027.035 पावलले यसो भनिसके पछि, उसले केही रोटी लिए र पमेश्वरलाई प्रत्येकको अघाडि धन्यवाद चढाए। उनले रोटी डुक्राहरू पार्दै खान थाले।

27:36b.ACT.027.036 तिनीहरू सबैले सहास बटुले अनि खान थाले।

27:37b.ACT.027.037 हामी जम्मा दुइ सय छ्यात्तर मानिसहरू जहाजमा थियौं।

27:38b.ACT.027.038 जति हामीले चाह्यौं त्यति नै खायौं। तब तिनीहरूले जहाजबाट गह्रुँ सामानहरु समुद्रमा जहाजलाई हलुङ्गो पार्नलाई फ्याँके।

27:39b.ACT.027.039 जब उज्यालो भयो जहाज चालकहरूले जमीन देखे। तर यो कुन जग्गा हो तिनीहरूलाई थाहा भएन। यदि सम्भव भए तिनीहरूले जहाजलाई किनारमा लैजान खोज्थे।

27:40b.ACT.027.040 यसर्थ तिनीहरूले लङ्गारको डोरी खोलिदिए अनि त्यसलाई समुद्रमा फ्याँकी दिए। तब तिनीहरूले अघिल्तिरको पाल बतासको लागि उठाए र किनार तिर गयो।

27:41b.ACT.027.041 तर जहाज बालुवाको धापमा पर्यो। जहाजको अधिल्लो भाग त्यहीं अडकियो अनि जहाज चल्न सकेन। तर ठूल्ठूला छालहरूले जोडले हिर्कायो अनि जहाजको पछिल्लो भाग टुक्राटुक्रा पारिदियो।

27:42b.ACT.027.042 सिपाहीहरूले कैदीहरूलाई मार्न चाहे ताकि तिनीहरू पौरिनु नपाउन् अनि भाग्न नसकुन्।

27:43b.ACT.027.043 तर सैन्य अधिकारीले पावललाई जिउँदै बचाउन चाहन्थे। यसैले उनले कैदीहरूलाई मार्ने अनुमति दिएनन्। उनले कैदीहरू जसले पौरिन सक्थे पहिले हाम फाल्न र जमीनमा जाने आदेश दिए।

27:44b.ACT.027.044 अन्य मानिसहरूले तक्‌ता अथवा काठको टुक्राहरू प्रयोग गरेर जान सक्थे। यसरी प्रत्येक मानिस जमीनमा पुगे। कोही मानिसहरू पनि मरेनन्।

28

28:1b.ACT.028.001 जब हामी सुरक्षितसंग जमीनमा ओर्लियौं जान्न पायौं कि यो टापूलाई माल्टा भनिदो रहेछ।

28:2b.ACT.028.002 पानी परिरहेको थियो र जाडो थियो। तर त्यहाँका रैथाने मानिसहरू हामीरूसित साथी झैं भए। तिनीहरूले हाम्रो लागि आगो बालिदिए र हामी सबैलाई निम्तो गरे।

28:3b.ACT.028.003 पावलले दाउराको झिंञ्जाहरू जम्मा गरे अनि आगोमा हालिदिए। तातोले गर्दा एक विषालु साँप बाहिर आयो अनि पावलको हातमा डस्यो।

28:4b.ACT.028.004 त्यहाँ बस्नेहरूले पावलको हातमा साँप झुण्डिरहेको देखे। तिनीहरूले भने, “यो मान्छे हत्यारा हुनै पर्छ। उ पानीमा मरेन, तर न्यायले उसलाई बाँच्न दिएन।”

28:5b.ACT.028.005 तर पावलले हात झडकाले अनि साँपलाई आगोमा हालिदिए। पावललाई अलिकति पनि केही भएन।

28:6b.ACT.028.006 मानिसहरूले सोचे कि पावल सुनिन्छ, अथवा हटात लडेर मर्छ। तिनीहरूले निक्कै बेरसम्म पावललाई हेरे र मर्छ कि भनी र्पखिरहे तर त्यस्तो कुनै नराम्रो घटना घटेन। यसकारण पावलप्रतिको आफ्नो धारणा मानिसहरूले बद्ली गरे। तिनीहरूले भने, “उनी परमेश्वर हुन्!”

28:7b.ACT.028.007 त्यहाँ छेउछाउमा केही जमीन थियो। त्यहाँ टापूका एक प्रमुख मानिस थिए। उनको नाउँ पब्लियस थियो। छेवैमा तिनको जग्गा-जमीनहरू थियो। उनले हामीहरूलाई आफ्नो घरमा निम्त्याए, अनि तिनले हामीसित शिष्ट व्यवाहर गरे। उनको घरमा हामी तीन दिन सम्म बस्यौं।

28:8b.ACT.028.008 पब्लियसको बाबु बिमार थिए। उनी ज्वरो र रगत मासीले थलो परेका थिए। तर पावल उनीकहाँ गए अनि प्रार्थना गरे। प्रार्थना पछि उनले आफ्नो हातहरू उनीमाथि राखीदिए र निको पारे।

28:9b.ACT.028.009 यस्तो घटना पछि त्यस टापूका सबै बिमारीहरू पावलकहाँ आए। पावलले तिनीहरूलाई पनि निको पारिदिए।

28:10b.ACT.028.010 त्यस टापूका मानिसहरूले हामीलाई धेरै सम्मान गरे। हामी त्यहाँ तीन महीना सम्म बस्यौं। जब हामी हिंड्न तयार भयौं तब त्यहाँका मानिसहरूले हामीलाई चाहिने सामग्रीहरू दिए।

28:11b.ACT.028.011 हामी अलेक्जेन्ड्रियाबाट जहाजमा चढयौं। जहाज ठण्डा महीनाको बेला माल्टामा रहेको थियो। जहाजको अगिल्तिर जमल्याहा देवताहरूको चिन्ह थियो।

28:12b.ACT.028.012 हामी सिराक्युस शहरमा पुग्यौं। त्यहाँ हामी तीन दिनसम्म बस्यौं अनि तब गयौं।

28:13b.ACT.028.013 हामी रेगियम शहरमा आइपुगयौं। अर्को दिन दक्षिण-पश्चिमबाट बतास बहन थाल्यो, यसकारण हामी जान सक्यौं। एक दिनपछि हामी पटिओली शहरमा आइपुग्यौं।

28:14b.ACT.028.014 हामीले त्यहाँ केही दाज्यु-भाइहरू पायौं। तिनीहरूले हामीलाई त्यहाँ एक हप्ता बस्न अनुरोध गरे। अन्तमा रोम आईपुग्यौ।

28:15b.ACT.028.015 त्यहाँका विश्वासीहरूले आइपुगेको थाहा पाए। तिनीहरू हामीलाई भेट्न अप्पियस बजार र तीन-धर्मशाला भन्ने ठाउँमा आए। जब पावलले तिनीहरूलाई देखे परमेश्वरलाई धन्यवाद दिए अनि उनि सहासी भए।

28:16b.ACT.028.016 त्यसपछि हामी रोम गयौं। पावललाई रोममा एक्लै बस्न दिइयो। तर उनको सुरक्षाको निम्ति एकजना सेना बसे।

28:17b.ACT.028.017 तीन दिन पछि पावलले त्यहाँका मुख्य-मुख्य यहूदीहरू बोलाई पठाए। जब तिनीहरू एक साथ आए, पावलले भने, “मेरा यहूदी दाज्यु-भाइहरू! मैले हाम्रो मानिसहरूको विरुद्धमा केही गरेको छैन। न त मैले मेरा पुर्खाहरूको रीति-रिवाज विरुद्ध नै केही गरेको छु। तर मलाई यरूशेलममा पक्राइयो र रोमीलाई सुम्पिइयो।

28:18b.ACT.028.018 रोमीहरूले धेरै प्रश्नहरू गरे। तर तिनीहरूले मलाई मृत्यु दण्ड दिनलाई कारण पाएनन्। यसर्थ तिनीहरूले मलाई स्वतन्त्र दिन चाहे।

28:19b.ACT.028.019 तर यहूदीहरूले विरोध गरे। अत सिजरको अघि मेरो जाँच गराउन मलाई रोम पठाइयोस् भनि मैले भन्नु पर्यो। तर मैले मेरा आफ्नो मानिसहरूको विरोधमा केही आपत्ति गर्नु छैन।

28:20b.ACT.028.020 यही कारण म तिमीहरूसंग भेट्न र बोल्न चाहन्छु। म यो साङ्गालाले बाँधिएको छु किनभने इस्राएलको आशामा म विश्वास गर्छु।”

28:21b.ACT.028.021 यहूदीहरूले पावललाई उत्तर दिए, “हामीले तिम्रो विषयमा यहूदियाबाट कुनै चिट्ठीहरू पाएका छैनौ। न त हाम्रा कुनै यहूदी दाज्यु-भाइहरू जो यहूदियाबाट आए केही खबरहरू नै ल्याए न तिम्रो विषयमा केही खराब भने।

28:22b.ACT.028.022 हामी तिम्रो विचारहरू सुन्न चाहन्छौ। हामी जान्दछौ कि यस पन्थको विषयमा मानिसहरूले चारैतिर खराब भनिरहेकाछन्।”

28:23b.ACT.028.023 पावल र यहूदीहरूले सभा गर्ने दिन रोजे। त्यस दिन धेरै जना यहूदीहरूले पावललाई घरमा भेटे। दिनभरि पावल तिनीहरूसंग बात गरिरहे। पावलले परमेश्वरको राज्यको विषयमा तिनीहरूलाई व्याख्या गरे। पावलले मोशाको व्यवस्था र अगमवक्ताहरूले लेखेका कुराहरूको उपयोग गरेर येशूको विषयमा तिनिहरूलाई विशवास गराउन खोजे।

28:24b.ACT.028.024 कतिपयले उनको कुरामा विश्वास गरे तर कतिपयले गरेनन्।

28:25b.ACT.028.025 तिनीहरूमा र्तक भयो। यहूदीहरू जान लागेका थिए तर पावलले अझ तिनीहरूलाई एउटा कुरा भनेः “पवित्र आत्माले यशैया अगमवक्ताको माध्यमद्वारा तिम्रा पुर्खाहरुको विषय सत्य छ भने। उनले भने,

28:26b.ACT.028.026 ‘यो मानिस भए तिर जाऊ र तिनीहरूलाई भनः सुन्न त सुन्छौ तिमीहरूले, तर तिमीहरू बुझ्नेछैनौ! तिमीहरू हेर्छै अनि देख्छौ तर तिमीहरू जे देख्छौ बुझ्ने छैनौ!

28:27b.ACT.028.027 हो, यी मानिसहरूका मन बन्द छन् अहिले यी मानिसहरूका कानहरू छन् तर तिनीहरूले सुन्दैनन् अनि यी मानिसहरू सत्य हेर्न मान्दैनन्। यस्तो भएको छ, यसैले तिनीहरूले आफ्ना आँखाहरूले देख्ने छैनन, आफ्ना कानहरूले सुन्ने छैनन् आफ्ना मनले बुझ्ने छैनन्। यस्तो भएको छ यसैले तिनीहरू मपट्टि र्फकिने छैनन् । यशैया 6:9-10

28:28b.ACT.028.028 “म चाहन्छु तिमी यहूदीहरूले जान कि परमेश्वरले गैर-यहूदीहरूका निम्ति मुक्ति पठाउनु भएको छ। तिनीहरूले सुन्ने छन!

28:30b.ACT.028.030 पावल पूरा दुइ र्वष आफ्नो भाडाको घरमा बसे। उनले सबै मानिसहरूलाई स्वागत गरे जो उकहाँ भेट्न आए।

28:31b.ACT.028.031 पावलले परमेश्वरको राज्यको विषयमा प्रचार गरे। उनले प्रभु येशु ख्रीष्टको विषयमा भने। उनी एकदम निर्भय थिए अनि कसैले पनि उनलाई बोल्न रोक्न सकेनन्।


Holder of rights
Multilingual Bible Corpus

Citation Suggestion for this Object
TextGrid Repository (2025). Nepali Collection. Acts (Nepali). Acts (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-AD7A-D