Zephaniah (Nepali)

Zephaniah (Nepali)

1

1:1b.ZEP.001.001 यो वचन परमप्रभुद्वारा सपन्याहलाई प्राप्त भयो। सपन्याहले यो वचन जुन बेला प्राप्त गरे त्यस बेला अमोनको छोरा योशियाह यहूदाका राजा थिए। सपन्याह कूशीका छोरा थिए। कूशी गदल्याहका छोरा थिए। गदल्याह अमर्याहका छोरा थिए। अमर्याह हिजकियाहका छोरा थिए।

1:2b.ZEP.001.002 परमप्रभु भन्नुहुन्छु, “म पृथ्वीका प्रत्येक चीज नष्ट गरिदिन्छु।

1:3b.ZEP.001.003 म सबै मानिसहरू अनि सबै पशुहरूलाई नष्ट पार्नेछु। म आकाशमा उडने चराहरू अनि समुद्रका सबै माछालाई नष्ट गरिदिन्छु। दुष्ट मानिसहरू र सबै कुराहरू नष्ट गरिदिनेछु जसले तिनीहरूलाई पाप गराउँछ। यो पृथ्वीबाट मानिसहरूको अस्तित्व नै मेटाई दिनेछु,” परमप्रभुले भन्नुभयो।

1:4b.ZEP.001.004 परमप्रभु भन्नुहुन्छ, “म यरूशलेम अनि यहूदाका बासिन्दाहरूलाई दण्ड दिनेछु! म ती सबै चीजहरू त्यस स्थानबाट हटाउँनेछु। म बाल पूज्ने अन्तिम चिन्ह हटाउँनेछु। म पूजारीहरूलाई हटाई दिनेछु अनि ती मानिसहरू जसले नक्षत्रहरू पूज्नलाई तिनीहरूको घरको छाना माथि जान्छन्।

1:5b.ZEP.001.005 मानिसहरूले ती झूटा पूजाहारीहरूलाई बिर्सनेछन्। कतिले भन्ने छन् तिनीहरूले मेरो पूजा गर्थे भनेर, तर तिनीहरूले मेरो पूजा गर्ने प्रतिज्ञा गरे ता पनि अब तिनीहरूले झूटो देवता मल्कामको पूजा गर्न थाले। यसकारण म तिनीहरूलाई त्यो स्थानबाट हटाउँछु।

1:6b.ZEP.001.006 कतिपय मानिसहरू परमप्रभुबाट टाडिए। तिनीहरूले परमप्रभुको अनुसरण गर्न छोडे। तिनीहरूले परमप्रभु संग सहायता माग्न पनि छोडे। यसकारण म तिनीहरूलाई त्यस स्थानबाट हटाउँनेछु।”

1:7b.ZEP.001.007 मेरो मालिक परमप्रभुको अघि चूपचाप बस! किन? किनभने मानिसहरूलाई न्याय गर्ने परमप्रभुको दिन नजिक आउँदैछ। परमप्रभुले उहाँको बलि तयार पार्नु भएकोछ अनि उहाँको पाहुनाहरूलाई तयार रहनु भन्नु भएको छ।

1:8b.ZEP.001.008 परमप्रभु भन्नुहुन्छ, “परमप्रभुको बलिदानको दिन, म राजाका छोराहरू अनि अन्य भारादारहरूलाई दण्ड दिनेछु। म अरू देशको लुगा लगाउँने सबै मानिसहरूलाई पनि दण्ड दिनेछु।

1:9b.ZEP.001.009 त्यसदिन म त्यो सँघारमाथि उफ्रने सबै मानिसहरूलाई दण्ड दिनेछु, अनि ती जसले तिनीहरूका स्वामीको घर झूटो अनि हिंसाले भरि दिन्छन्।”

1:10b.ZEP.001.010 परमप्रभु यसो भन्नुहुन्छ, “त्यस समय मानिसहरू यरूशलेमको माछा ढोकामा सहायताको निम्ति रूँदै बोलाई रहेका हुनेछन्। तिनीहरू शहरको अरू भागमा पनि रोइरहेका हुनेछन्। अनि सामानहरू भत्किरहेको भयानक आवाज जस्तै पहाडबाट शहर वरिपरि सुनिने छ।

1:11b.ZEP.001.011 शहरको तल्लो भागमा बस्ने मानिसहरू पनि चिच्याउनेछन्। किन? किनकि व्यापारीहरू अनि धनी व्यापारी नष्ट हुनेछन्।

1:12b.ZEP.001.012 “त्यस समय, म एउटा लिएर यरूशलेममा गएर खोज्नेछु। म ती सबैलाई खोज्नेछु जो आफ्नो तरीकाले बाँच्नमा सन्तुष्ट छन्। उनीहरू भन्छन्, ‘परमप्रभुले केही गर्नुहुन्न। उहाँले न त सहायता नै गर्नु हुन्छ न चोट नै पुर्याउनु हुन्छ।’ म तिनीहरूको खोजि गर्नेछु, उहाँले ती सबैलाई दण्ड दिनु हुन्छ।

1:13b.ZEP.001.013 तब तिनीहरूको सबै सम्पत्ति लुटिनेछन्, अनि घरहरू नष्ट हुनेछन्। तिनीहरूले घर बनाए तापनि त्यसमा बस्न पाउँने छैनन्। तिनीहरूले दाखको बोट रोपे पनि त्यसको दाखरस खान पाउने छैनन्।”

1:14b.ZEP.001.014 परमप्रभुको न्यायको दिन चाँडै आउँदैछ। त्यो दिन नजिकै छ र झट्टै आउँदैछ। परमप्रभुको न्यायको विशेष दिनमा मानिसहरूको रूवाबासीको आवाज सुनिने छ। यहाँ सम्म कि वीर योद्धाहरू पनि रूनेछन्।

1:15b.ZEP.001.015 त्यसदिन परमेश्वरले उहाँको क्रोध प्रकट गर्नु हुनेछ। यो अत्यन्तै दुःखको दिन हुनेछ, यो विध्वंसको दिन हुनेछ। यो अँध्यारो र विरक्तको दिन हुनेछ। यो एउटा कालो, अँध्यारो, धुमिएको अनि आँधी चलिरहेका दिन हुनेछ।

1:16b.ZEP.001.016 यो युद्धको समय जस्तो हुनेछ, जब मानिसहरूले सींङहरू अनि तुरहीहरूको आवाज सुरक्षित किल्लाहरू अनि सुरक्षित शहरहरूमा सुन्नेछन्।

1:17b.ZEP.001.017 परमप्रभु भन्नुहुन्छ, “म मानिसहरूको जीवन संकटमय बनाई दिनेछु। मानिसहरू अन्धा जस्तै जता ततै जानेछन् तिनीहरूकहाँ गइरहेकाछन् तिनीहरू आफै जान्ने छैनन्। किन? किनभने मानिसहरूले परमप्रभुको विरूद्ध पाप गरेकाछन्। धेरै मानिसहरू मारिने छन्। तिनीहरूको रगत जमीनमा बग्नेछ अनि लाश गोबर जस्तै जमीनमा छरिएर सडनेछ।

1:18b.ZEP.001.018 जब परमप्रभुले उहाँको रिस धेरै देखाउनुहुनेछ तिनीहरूको सुन र चाँदीले तिनीहरूलाई सहायता गर्ने योग्य हुने छैनन्। त्यस समय परमप्रभु एकदमै क्रोधित हुनुहुनेछ। परमप्रभुले उहाँको रिसको आगोद्वारा सारा संसारलाई जलाई दिनुहुनेछ। परमप्रभुले पृथ्वीका सम्पूर्ण चीज-बीज नष्ट गरिदिनु हुनेछ।”

2

2:1b.ZEP.002.001 हे लाज नभएका मानिस हो! तिमीहरूको जीवन परिर्वेंतन गर।

2:2b.ZEP.002.002 तिमीहरूको जीवन शैली परिवर्तन गर! दिउँसो गर्मीमा केही फूलहरू ओइलाएर मर्छन्, तिमीहरू पनि त्यस्तै हुनेछौ, जब परमप्रभुले आफ्नो भयंकर क्रोध प्रकट गर्नुहुनेछ। यसकारण परमेश्वरको महान क्रोध तिमीहरूको अघि प्रकट हुनु अघि नै आफ्नो जीवन बदलि गर।

2:3b.ZEP.002.003 सबै नम्र मानिसहरू परमप्रभुकहाँ जाऊ। उहाँका नियमहरू पालन गर, राम्रो कुराहरू सिख, नम्रता खोज। तब मात्र तिमीहरू सुरक्षित रहनसक्छौ जुन समय परमप्रभुले क्रोध प्रकट गर्नुहुन्छ।

2:4b.ZEP.002.004 गाजा शहरमा कोही पनि बाँच्नेछैन्। अश्कलोन नष्ट हुनेछ। मानिसहरूलाई अशदोद मध्य दिनमा त्याग्न विवश गरिनेछ। एक्रोन चाहिं उजाड हुनेछ।

2:5b.ZEP.002.005 पलिश्तीको उपकुलमा ऋेटबाट आएर बस्ने मानिसहरू हो! यो परमप्रभुको संदेश तिमीहरूको लागि हो। कनानका भूमिहरू र पलिश्तीका भूमिहरू अनि तिनीहरू ध्वंश हुनेछन् त्यहाँ कोही मानिस पनि बाँच्ने छैनन्।

2:6b.ZEP.002.006 समद्रको कि नारको तिम्रो जमीन गोठालाहरू अनि तिनीहरूको भेडाको निम्ति खालि भूमि बनिनेछ।

2:7b.ZEP.002.007 तब त्यो भूमि यहूदामा बाँचेका मानिसहरूको निम्ति हुनेछ। परमप्रभुले यहूदाका ती मानिसहरूका निम्ति हुनेछ। परमप्रभुले यहूदाका ती मानिसहरूलाई याद गर्नु हुनेछ। ती मानिसहरू विदेशमा बन्दी छन्, तर परमप्रभुले तिनीहरूलाई फर्काई ल्याउनु हुनेछ। तब यहूदाबाट मानिसहरूले तिनीहरूका भेडालाई घाँस खान ती भूमिमा डोर्याउँने छन्। अनि साँझमा तिनीहरू अश्कलैनको खालि घरहरूमा सुत्नेछन्।

2:8b.ZEP.002.008 परमप्रभु भन्नुहुन्छ, “मलाई थाहा छ मोआब अनि अम्मोनका मानिसहरूले के गरे? तिनीहरूले मेरो मानिसहरूलाई खिसी गरे अनि आफ्नो देश अझ बिशाल बनाउनको निम्ति उनीहरूको भूमि लिए।

2:9b.ZEP.002.009 यसकारण जस्तो जीवित छु, मोआब अनि अम्मोनका मानिसहरूलाई सदोम अनि गमोराझैं ध्वंश गरिदिनेछु। म सर्वशक्तिमान परमप्रभु, इस्राएलको परमेश्वर हुँ। म त्यो प्रतिज्ञा गर्छु कि ती देशहरू सदा सर्वदाको निम्ति सम्पूर्ण रूपले नष्ट गरिनेछ। तिनीहरूको भूमिमा घाँस उम्रनेछ। तिनीहरूको जमीन न्‌नको खानी जस्तै हुनेछ। मेरो मानिसहरू मध्ये बाँचेकाहरूले त्यो जमीन अनि त्यसमा भएको चीज-बीजहरूको प्रयोग गर्नेछन्।

2:10b.ZEP.002.010 तिनीहरूको घमण्डको कारण अनि तिनीहरूले सर्वशक्तिमान परमप्रभुका मानिसहरूलाई अपमान अनि गिल्ला गरेको कारण मोआव अनि अम्मोन का मानिसहरूले यो कष्ट भोग्नु पर्नेछ।

2:11b.ZEP.002.011 ती मानिसहरू परमप्रभुसंग डराउनेछन्। किन? किनकि परमप्रभुले तिनीहरूको देवताहरू नष्ट पार्नुहुनेछ। त्यस समय सबै टाढा-टाढाका मानिसहरूले परमप्रभुको आराधना गर्नेछन्।

2:12b.ZEP.002.012 हे कुशका मानिसहरू! यी कुराहरू बुझ कारण तिमीहरू पनि परमप्रभुको तरवारले काटिनेछौ।

2:13b.ZEP.002.013 अनि परमप्रभुले उत्तर पट्टि आफ्नो हात बढाउनु हुनेछ र अश्शूरलाई दण्ड दिनुहुनेछ। उहाँले नीनवे शहरलाई नष्ट पार्नुहुनेछ, त्यो शहर केवल सुख्खा उजाड मरुभूमि जस्तै हुनेछ।

2:14b.ZEP.002.014 भेडा अनि जङ्गली जनावरहरू मात्र त्यो जमीनमा बस्नेछन्। लाटोकोसेरोहरू अनि कागहरू त्यो किल्लाहरूमा बस्नेछन् जुन बेकामे भएका छन्। तिनीहरूको स्वर खिड्कीबाट आए जस्तो सुनिने छ। कागहरू ढोकामा बस्नेछन्। कालो चरा ती खालि घरहरूमा बस्नेछन्।

2:15b.ZEP.002.015 नीनवे अहिले एकदमै घमण्डी भएकोछ। यो यस्तो आनन्दित शहरहो, मानिसहरू सम्झन्छन् कि तिनीहरू सुरक्षीत छन्। तिनीहरू सम्झन्छन् कि नीनवे एकदमै ठूलो शहर हो। तर त्यो शहर नष्ट गरिनेछ। यो उजाड हुनेछ। जहाँ खालि जङ्गली जनावरहरूले मात्र बास गर्ने छन्। जब मानिसहरू यो बाटो भएर जान्छन् त्यति बेला तिनीहरूले देख्ने छन् कि कति नराम्रो प्रकारले शहर नष्ट गरिएकोछ, तब तिनीहरू टाउको हल्लाउँदै खुट्टा ठटाउँनेछन्।

3

3:1b.ZEP.003.001 यरूशलेम तिम्रा मानिसहरू मेरो बिरूद्धमा लडेका छन्। तिम्रा मानिसहरूले अरू मानिसहरूलाई चोट पुर्याएकाछन् अनि तिमी पापले कलंकित छौ।

3:2b.ZEP.003.002 तिम्रो मानिसहरूले मेरो वचनहरू सुनेनन्। तिनीहरूले मेरो शिक्षाहरू स्वीकार गरेनन्। यरूशलेमले परमप्रभुमा भरोसा गरेन। यरूशलेम उसको परमप्रभुको नजिक आएन।

3:3b.ZEP.003.003 यरूशलेमका प्रमुखहरू र्गजिरहने सिंहझैं छन्। त्यसका न्यायकर्ताहरू भोका ब्वाँसाहरू जस्ता छन् जो साँझमा आउँछन् अनि भेडाहरूलाई आक्रमण गर्छन् अनि बिहान केही पनि रहँदैन।

3:4b.ZEP.003.004 त्यसका अगमवक्ताहरूले धेरै पाप्त गर्न सधैं गुप्त योजना बनाउँछन्। त्यसका पूजाहारीहरूले पवित्र चिजहरू अशुद्ध बनाउँछन्। तिनीहरूले परमेश्वरको शिक्षि विपरित गर्छन्।

3:5b.ZEP.003.005 तर परमेश्वर अझै तिनीहरूको शहरमा हुनुहुन्छ अनि तिनीहरूलाई न्याय गर्नुहुन्छ। परमेश्वरले केही पनि नराम्रो गर्नुहुन्न। उहाँले सधैं उहाँका मानिसहरूको भलाई गर्नुहुन्छ। प्रत्तेक बिहान परमेश्वरले उहाँका मानिसहरूलाई असल निर्णय लिन सहायता गर्नुहुन्छ। तर दुष्ट मानिसहरू तिनीहरूले गरेको गल्तीको निम्ति लज्जित हुनुपर्छ भन्ने पनि जान्दैनन्।

3:6b.ZEP.003.006 परमेश्वर भन्नुहुन्छ, “मैले जातिहरूलाई ध्वंश गरेको छु। मैले तिनीहरूको रक्षा धरहरा नष्ट गरिदिएको छु। मैले तिनीहरूको बाटोहरू नष्ट गरिदिएकोछु अनि अहिले त्यहाँ कोही पनि जाँदैनन्। तिनीहरूका शहरहरू उजाड छन्, त्यहाँ कोही पनि बस्दैनन्।

3:7b.ZEP.003.007 मैले तिमीहरूलाई यो यसकारण भनि रहेछु कि तिमीहरूले यसबाट शिक्षा लेऊ। म चाहन्छु तिमीहरू मसंग डराऊ अनि मेरो इज्जत गर। यदि तिमीले यस्तो गर्यौ भने तिमीहरूको घर नष्ट हुनेछैन। यदि तिमीहरूले यसो गर्यो भने मैले बनाएको योजना अनुसार तिमीहरूलाई दण्ड दिइने छैन।” ती अपराधी मानिसहरूले अझै अपराध मात्र गर्न चाहन्छन् जुन तिनीहरूले पहिला देखि नै गर्दै आएका थिए।

3:8b.ZEP.003.008 परमप्रभु भन्नुहुन्छ, “यसकारण म उठुञ्जेल अनि तिम्रो न्याय गरूञ्जेल पर्ख। धेरै जातिका मानिसहरू ल्याउँने अनि तिमीलाई दण्ड दिनको निम्ति तिनीहरूलाई प्रयोग गर्ने मेरो निर्णय हो। तमीहरूको बिरूद्ध मेरो क्रोध देखाउँन म तिनीहरूलाई प्रयोग गर्नेछु। म कति रिसाएको छु त्यो देखाउँनु र समस्त देश नष्ट गराउँनु म तिनीहरूलाई प्रयोग गर्नेछु।

3:10b.ZEP.003.010 मानिसहरू आफ्नो बलिहरू लिएर मेरो लागि नदीपारिबाट यहाँ इथोपियामा आउँनेछन्।

3:11b.ZEP.003.011 “यरूशलेम, तिम्रा मानिसहरूले मेरो बिरूद्धमा गरेका दुष्ट कुराहरूको लागि अब लाज मान्नु पर्नेछैन। किन? किनकि म ती सबै नराम्रा काम गर्नेहरूलाई यरूशलेमबाट बाहिर ल्यउँनेछु। म ती सबै घमण्डीहरूलाई टाढा पठाउँनेछु। त्यहाँ कोही पनि घमण्डीमानिसहरू मेरो पवित्र पहाडमा हुनेछैनन्।

3:12b.ZEP.003.012 म शान्त अनि नम्र मानिसहरूलाई यरूशलेममा बस्न दिनेछु, अनि तिनीहरूले परमप्रभुको नाउँमा भरोसा राख्नेछन्।

3:13b.ZEP.003.013 इस्राएलमा बाँचेकाहरूले नराम्रो काम गर्नेछैनन्, तिनीहरूले झूटो बोल्ने छैनन्। तिनीहरूलो झूटो बोलेर मानिसहरूलाई ठग्ने छैनन्। तिनीहरू त्यो भेडा जस्तै हुनेछन् जुन खाए पछि शान्तसंग सुतिबस्छ, कसैले पनि तिनीहरूलाई सताउँने छैन।”

3:14b.ZEP.003.014 हे यरूशलेम! खुशी होऊ अनि गीत गाऊ। हे इस्राएल! आनन्दले कराऊ, यरूशलेम खुशी होऊ अनि आनन्द मनाऊ।

3:15b.ZEP.003.015 किन? किनभने परमप्रभुले तिम्रो दण्ड रोकिदिनु भयो। उहाँले तिम्रो शत्रुहरूको दृढ किल्लाहरू नष्ट गरिदिनु भयो। इस्राएलका राजा परमप्रभु तिम्रो साथमा हुनुहुन्छ। तिमीले कुनै नराम्रो घटनाको बारेमा चिन्ता गर्नु पर्ने आवश्यक्ता छैन।

3:16b.ZEP.003.016 त्यस बेला यरूशलेमलाई भनिनेछ, “नडराऊ, बलवान होऊ।

3:17b.ZEP.003.017 परमप्रभु तिम्रो परमेश्वर तिम्रो साथमा हुनुहुन्छ। उहाँ एकजना शक्तिशाली सैनिक जस्तै हुनुहुन्छ। उहाँले तिम्रो रक्षा गर्नु हुनेछ। उहाँले तिमीलाई कति प्रेम गर्नु हुन्छ सो उहाँले देखाउनु हुन्छ। तिमीसित उहाँ कति प्रसन्न हुनुहुन्छ। उहाँ हाँस्नु हुनेछ अनि तिम्रो बिषयमा अतिनै प्रसन्न रहनुहुनेछ।

3:18b.ZEP.003.018 चाढको दिन मानिसहरू आनन्दित भएझैं खुशी हुनुहुनेछ।” परमप्रभुले भन्नुभयो, “म तिम्रो लाज निकाली दिनेछु। म तिमीहरूलाई घात गर्न देखि ती मानिसहरूलाई रोकिने बनाउँछु।

3:19b.ZEP.003.019 त्यस समय, म ती मानिसहरूलाई दण्ड दिनेछु जसले तिमीलाई चोट पुर्याए। मानिसहरू जो घायल छन् म तिनीहरूलाई बचाउँछु। म छरपष्ट भएका मेरा मानिसहरूलाई जम्मागर्नेछु अनि म तिनीहरूलाई प्रशिद्ध बनाउँनेछु जता-ततैका मानिसहरूले तिनीहरूको प्रशंसा गर्नेछन्।

3:20b.ZEP.003.020 त्यस समय म तिमीहरूलाई फर्काएर ल्याउँनेछु, म तिमीहरू सबैलाई एकै साथ फर्काएर ल्याउँनेछु, म तिमीहरूलाई प्रशिद्ध बनाउँनेछु। प्रत्तेक ठाउँका मानिसहरूले तिम्रो प्रशंसा गर्नेछन्। यो त्यस बेला हुनेछ जब म तिम्रो आँखाको अगाडी ती कैदीहरूलाई फर्काएर ल्याउँनेछु।” परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।


Holder of rights
Multilingual Bible Corpus

Citation Suggestion for this Object
TextGrid Repository (2025). Nepali Collection. Zephaniah (Nepali). Zephaniah (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-AD55-6