Habakkuk (Nepali)

Habakkuk (Nepali)

1

1:1b.HAB.001.001 यो यही वचन हो जुन हबकूक अगमवक्तालाई दिईएको थियो।

1:2b.HAB.001.002 हे परमप्रभु, म निरन्तर तपाईंसंग सहायता मागी रहेकोछु। तपाईंले मेरो निम्ति कहिले सुन्नुहुन्छ? म यो उपद्रोको कारण तपाईंसंग पुकारा गरिरहेछु, तर तपाईंले यस बिषयमा केहि पनि गर्नु भएन?

1:3b.HAB.001.003 मानिसहरुले सामानहरु लुट्छन् अनि अरु मानिसहरुलाई चोट पुर्याउँछन्। मानिसहरु लडाईं अनि झगडा गरिरहेकाछन्। किन तपाईंले मलाई यस्तो भयानक कुराहरु देखाउनु हुँदैछ।

1:4b.HAB.001.004 व्यावस्थाका कानूनहरु ब्यर्थ भईसकेकोछ अनि मानिसहरुले न्याय गर्दैनन्। दुष्टहरुले धर्मीहरुलाई लडाईंमा जितिरहेछन्। यसकारण, न्याय निष्पक्ष छैन। न्यायले जित्दैन।

1:5b.HAB.001.005 परमप्रभुले उत्तर दिनुभयो, “अन्य जातिहरुलाई हेर, तिनीहरुलाई देखेर छक्कपर्नेछौ! म तिम्रो जीवन कालमा यस्तो गर्नेछु त्यसले तिमीलाई छक्क पर्नेछ। तिमीले यसलाई हेर्नु पर्छ अनि विस्वास गर्नुपर्छ। यदि तिमीलाई यस बिषयमा बताए ता पनि तिमीले बिस्वास गर्ने छैनौ।

1:6b.HAB.001.006 म बाबेलका मानिसहरुलाई शक्तिशाली बनाउँनेछु। तिनीहरु नीच अनि एकदमै शक्तिशाली लडाकुहरु छन्। तिनीहरु पृथ्वीका सबै ठाउँहरुमा छरिनेछन्। अनि अघि बढिरहनेछन्। तिनीहरुले त्यो घरहरु अनि शहरहरुमा दखल गर्नेछन् जुन तिनीहरुका होइनन्।

1:7b.HAB.001.007 कल्दी मानिसहरुले अन्य जातिहरुलाई भयभित पार्नेछन्। कल्दी मानिसहरु आफु जे सोच्दछन् त्यही गर्नेछन्, अनि जहाँ जान ईच्छा लाग्छ त्यहीं जानेछन्।

1:8b.HAB.001.008 तिनीहरुका घोडाहरु चितुवाहरु भन्दा पनि छिटो दौडने हुन्छन्। अनि सूर्य अस्ताएपछि निस्केका ब्वाँसाहरु भन्दा पनि डर लाग्दा हुन्छन्। उनीहरुका घोडसवार सैनिक सुदूर स्थानबाट आउँछन्। तिनीहरुले तिनीहरुको शत्रुहरुमाथि यस्तो आक्रमण गर्छन् जस्तो कि आकाशबाट चील शिकारमाथि हानिन्छ।

1:9b.HAB.001.009 तिनीहरु सबै लडाईं गर्न उत्सुक छन्। तिनीहरुका सैन्य मरुभूमिको हुरी जस्तै छिटो अघि बढ्छन्। बाबेलका सेनाहरुले धेरै कैदीहरुलाई, जो बालुवाको कण जस्तै गनी नसकने संख्यामा टाढा लैजाने छन्।

1:10b.HAB.001.010 “तिनीहरुका सैनिकहरुले अन्य देशका राजाहरुको हाँसो उडाउनेछन्। अन्य देशका राजाहरु उनीहरुका निम्ति तमाशा बन्नेछन्। तिनीहरुको सैनिकहरु अग्लो किल्ला भएको शहरमा गएर हाँस्नेछन् किनकि ती सैनिकहरुले माटोको दल-दल परेको बाटो बनाएर तिनीहरुलाई सजिलै हराउँनेछन्।

1:11b.HAB.001.011 फेरि उनिहरु अर्को स्थानमा युद्धका निम्ति पहिलो स्थान छोडेर आउँनेछन् जसरी आँधी आउँछ अनि अघाडी बढेर जान्छ, कल्दी मानिसहरु आफ्नो शक्तिको पूजा गर्छन्।”

1:12b.HAB.001.012 हबकूकले फेरि भने, “हे परमप्रभु, तपाईं अमृत हुनुहुन्छ, परमप्रभु तपाईं मेरो परम-पवित्र परमेश्वर हुनुहुन्छ जो कहिल्यै मर्नु हुँदैन। हे परमप्रभु! तपाईंले बाबेलका मानिसहरुलाई न्याय गराउन सृष्टी गर्नुभयो। हे हाम्रो चट्टान! तपाईले अरु राष्ट्रहरुलाई सजाय दिन तिनीहरुलाई नियुक्त गर्नुभयो।

1:13b.HAB.001.013 तपाईंका आँखाले दुष्ट कुरा हेर्न सक्तैनन्। तपाईंले ती मानिसहरुले पाप गरिरहेको हेर्न सकनु हुन्न। यसकारण तपाईले ती पापीहरुको बिजय कसरी हेर्नु हुन्छ? दुष्ट मानिसहरुले धर्मी मानिसलाई जितेको देख्दा तपाईंले प्रतिक्रिया किन गर्नु हुन्न?

1:14b.HAB.001.014 “तपाईंले मानिसहरुलाई यस्तो बनाउनु भयो जस्तो समुद्रमा अनगन्ती माछाहरुछन्, तिनीहरु समुद्रको जीव-जन्तु जस्तै छन् जसको कुनै शासक छैन।”

1:15b.HAB.001.015 शत्रुहरुले तिनीहरुसाई बल्छी अनि जाल लगाएर पक्रिन्छन्। तिनीहरुले तिनीहरुलाई जालमा पक्रिन्छन् अनि शत्रु त्यसरी पक्रिएकोमा एकदमै खुशी हुन्छन्।

1:16b.HAB.001.016 बल्छी अनि जालले माछा मार्छ त्यसको कमाईले उसलाई मिठो खान र धनी हुन सहायता गर्छ। यसकारण ती शत्रुहरुले जालको पूजा गर्छन्। तिनीहरुले जालका निम्ति बलिदान चढाउँछन् अनि ती चिजहरुको सम्मानमा धूप जलाउँछन्।

1:17b.HAB.001.017 के यसरी तिनीहरु आफ्ना जालहरुले धन कमाई रहेछन्? के तिनीहरु लगातार कुनै दया नदेखाई मानिसहरुलाई ध्वंश पारिरहने छन्?

2

2:1b.HAB.002.001 “म एउटा प्रहरी झैं उभिन्छु र हेर्छु। परमप्रभुले मलाई के भन्नु हुन्छ म पर्खेर सुन्नेछु। म प्रतिक्षा गर्नेछु अनि म जान्नेछु कि उहाँले मेरो प्रश्नको के जवाफ दिनुहुन्छ।”

2:2b.HAB.002.002 परमप्रभुले मलाई उत्तर दिनुभयो, “तिमीलाई जुनकुरा दर्शाउँछु त्यसलाई राम्रोसित लेख। यो वचन सफा र प्रष्टसंग लेख कारण अरु मानिसहरुले पनि हेरेर पढ्न सकुन्।

2:3b.HAB.002.003 यो समचार त्यो एउटा बिशेष भबिष्यको बिषयमा छ। यो समचार अन्तको समयको बिषयमा हो अनि यो सत्य हुन आउनेछ। यस्तो लाग्नेछ त्यस्तो समय कहिल्यै आउँनेछैन। तर धीरजसंग त्यसको समय प्रतिक्षा गर। त्यो समय आउनेछ त्यो आउन ढिलो लाग्ने छैन।

2:4b.HAB.002.004 यो समचारले ती मानिसहरुलाई सहाएता गर्ने छैन जसले यसमाथि कान थाप्न अस्वीकार गर्नेछन्। तर धर्मी मानिसहरुले यो समचारमाथि बिश्वास गर्नेछन् अनि तिनीहरुलाई आफ्नो विश्वासको कारणले बाँच्न दिइनेछ।”

2:5b.HAB.002.005 परमेश्वर भन्नुहुन्छ, “दाखरसले मानिसलाई धोखा दिन सक्छ त्यस्तै प्रकारले एउटा शक्तिशाली मानिसको घमण्डले उसलाई मुर्ख बनाउँछ। त्यो मानिसले शान्ति पाउनेछैन। ऊ एउटा मृत्यु जस्तै हो, उसमे सधैं धेरै-धेरै इच्छा गर्छ। मृत्यू झैं ऊ कहिल्यै पनि तृप्त हुँदैन। उसले अर्को देशलाई सधैं हराई रहनेछ। उसले अन्य सबै राष्ट्रहरुलाई कैदी जस्तै लगिरहनेछ।

2:6b.HAB.002.006 निश्चय नै यी मानिसहरुले उसको हाँसो उडाउँनेछन् अनि भन्छन्, ‘अर्काको धन खोसेर धनी हुनेलाई धिक्कार होस्, त्यसले कहिले सम्म त्यसो गर्छ? त्यसलाई धिक्कार होस् जो अर्काको धन खोसेर धनी हुन्छ।’

2:7b.HAB.002.007 “हे, मानिस, तिमीले मानिसहरुको धेरै धन खोसेका छौ। जे जति भइरहेछ त्यसको विरोधमा एक दिन ती मानिसहरु उठ्नेछन्। उनीहरुले चाल पाउने छन् अनि तिम्रो विरोधमा खडा हुनेछन्। त्यस समय तिनीहरुले ती सबै कुराहरु तिमीबाट लिनेछन्। अनि तिमी भयभित हुनेछौ।

2:8b.HAB.002.008 तिमीले धेरै देशहरु लुट्यौ। तर बाँकी रहेका जातिहरुले तिमीलाई लुट्नेछन्। तिमीले धेरै मानिसहरुको हत्या गर्यौ तिमीले खेतहरु र शहरहरु नष्ट पार्यौ र बासिन्दाहरुलाई मार्यौ।

2:9b.HAB.002.009 हो, जो मानिसले नराम्रो कर्मद्वारा धन कमाउँछ, उमाथि नराम्रो कुराहरु हुनेछ। सुरक्षासित बाँच्नको लागि उसले त्यसो गर्छ। उसले सोच्छ कि अरु मानिसले उसको धन लुट्न सक्दैन, तर नराम्रो कुरा उसमाथि घट्नेछ।

2:10b.HAB.002.010 “तिमीले धेरै मानिसहरुको सर्वनासको योजना बनाएर राखेका छौ। तर ती योजनाहरुले तिम्रो घरमा लाज ल्याउनेछन्। तिमीले दुष्ट्याईं गर्यौ यसकारण तिमाले तिम्रो जीवन गुमाउने छौ।

2:11b.HAB.002.011 तिम्रो घरको पर्खालहरु तिम्रो बिरुद्धमा चिच्याई-चिच्याई बोल्नेछन्। तिम्रो घरका काठका खामाहरुले पनि तिम्रो दुष्ट्याईंको गवाही गिनेछन् कि तिमीले दुष्ट कार्य गर्यौ।

2:12b.HAB.002.012 ती गुष्ट शासकहरुलाई नराम्रो हुनेछ जसले निर्दोष मानिसहरुलाई मारेर शहरको निर्माण गर्छन अनि दुष्ट्याईंद्वारा शहरहरु स्थापित गर्छन् तिनीहरुलाई नराम्रो हुनेछ।

2:13b.HAB.002.013 सर्वशक्तिमान परमप्रभुले निर्णय लिनुभएको छ कि ती मानिसहरुले निर्माण गरेको शहरहरु सबै आगोले जलाएर खरानीमा परिणत गर्ने। तिनीहरुको सबै मेहनत बेकामको भएर जानेछ।

2:14b.HAB.002.014 तब सबै तिर मानिसहरुले परमप्रभुको महिमा जान्नेछन् अनि यो खबर समुद्रमा पानी जसरी फिंजिन्छ त्यसरि नै फिंजिनेछ।

2:15b.HAB.002.015 हाय! तिमीलाई हेर! जसले आफ्ना साथीहरुलाई तिनीहरुलाई धर्खराउन्जेल र चूर भई मातेर लडे झैं नहुन्जेल सम्म कुर्छौ र जब तिनीहरु नाङ्गो लड्छन् तब हेर्छौ।

2:16b.HAB.002.016 “तर त्यलाई परमप्रभुको क्रोधको बिषयमा ज्ञान हुन्छ। त्यो क्रोध विषको एउटा बोटुको समान हुन्छ जुन परमप्रभुले आफ्नो दाहिने हातमा लिनुभएको छ। त्यस मानिसले त्यो क्रोधको विष चाख्नु पर्छ। तब त्यो कुनै मातेको मानिस झैं मैदानमा लड्नेछ। “हे दुष्ट शासक तिमीले विषको त्यो बोटुको पिउनेछौ। तिमीले इज्जत हैन लाज पाउँनेछौ।

2:17b.HAB.002.017 लबानोनमा तिमीले धेरै मानिसको हत्या गरेका छौ। तिमीले त्यहाँ धेरै पशुहरु लुटेका छौ। तिमीले लवानोनमा गरको हिंसाले तिमीलाई अत्याउँनेछ। तिम्रो पशुहरु अनि मानिसको वृहत हत्याले तिमी भयले आघातित हुनेछौ। ती शहरहरु अनि त्यहाँका मानिसहरुलाई नराम्रो काम गरेकोले तिमी डराउँने छौ।”

2:18b.HAB.002.018 उसका झुटो देवताले उसलाई बचाउँन सक्दैन। किनकि त्यो त एउटा मानव निर्मित मूर्ति मात्र हो, जो धातुले मोहरेर बनाइएकोछ। यसकारण मूर्ति निर्माण-कर्ताले यसबाट सहाएता पाउने अपेक्षा गर्न सक्तैन। त्यो मूर्ति बोल्न सक्तैन।

2:19b.HAB.002.019 जसले एउटा काठको मूर्तिलाई भन्छ, “हे देवता जाग उठ!” उसलाई अत्यन्तै नराम्रो हुनेछ। त्यो मानिसलाई धिक्कार जसले एउटा ढुङ्गाको मुर्ति जो बोल्न सक्दैन त्यसलाई भन्छ, “हे परमेशवर! उठ, जाग।” त्यो मूर्तिले सहाएता गर्न सक्दैन अथवा मार्ग दर्शन दिन सक्दैन। मूर्ति सुन अथवा चाँदीद्वारा मोहरिएको छ, तर त्यसभित्र जीवन छैन।

2:20b.HAB.002.020 तर परमप्रभु, मूर्ति भन्दा भिन्दै हुनुहुन्छ। परमप्रभु उहाँको पवित्र मन्दिरमा बस्नु हुन्छ। यसकारण परमप्रभुको सामुन्ने सम्पुर्ण पृथ्वी चुप बसेर उहाँ प्रति सम्मान प्रकट गर्नु पर्छ।

3

3:1b.HAB.003.001 शिग्गिओनोथ रागमा हबकूक अगमवक्ताले प्रार्थना गर्छन्।

3:2b.HAB.003.002 हे परमप्रभु, मैले तपाईंको बिषयमा सुनें अनि आश्चर्यले पूर्ण भएँ। हे परमप्रभु! बिगतमा जुन महानकार्यहरु गर्नु भयो म त्यसमा छक्कपरें। अब म तपाईंलाई हाम्रो समयमा पनि यस्तो महान कार्य गर्नुहोस् भनि प्रार्थना गर्छु। म तपाईसंग बिन्ति गर्छु कि यो हाम्रो दिनहरुमा ती कुराहरु हुन दिनुहोस् तर जब तपाईं क्रोधित हुनुहुन्छ तब हामीमाथि पनि दया देखाउन याद राख्नु होस्।

3:3b.HAB.003.003 परमेश्वर तेमानवाट आउँनु हुँदैछ। पारान पर्वतबाट एक पवित्र आउनु हुँदैछ आकाशमा उहाँको महिमाले स्वर्ग ढाक्यो, अनि पृथ्वी उहाँको प्रशंसाले भरियो।

3:4b.HAB.003.004 उहाँको गौरम चम्कन्छ। उहाँको हातबाट ज्योतिको किरणहरु निस्कियो अनि ती हातहरुमा उहाँको शक्ति लुकेकोछ।

3:5b.HAB.003.005 उहाँको अघि रूढी फैलिंदै गयो अनि विनाशक उहाँको पछि-पछि गयो।

3:6b.HAB.003.006 परमप्रभुले उभिएर पृथ्वीको नाप गर्नु भयो। उहाँले सबै जातिका मानिसहरुलाई तीब्र दृष्टिले हेर्नु भयो र तिनीहरु डरले काम्न थाले अनि प्राचीन पहाडहरु ढलेर टुक्रा-टुक्रा भएर फुटे अनि प्राचीन पहाडहरु ढले परमेशवर सदा यस्तै हुनुहुन्छ।

3:7b.HAB.003.007 मैले कूशनका शहरहरुलाई संकटमा परेको देखें। मैले मिद्यानका घरहरु डरले कामिरहेको देखें।

3:8b.HAB.003.008 हे परमप्रभु के तपाईं नदीहरुको बिरूद्धमा क्रोधित हुनुभयो? के समुद्र तपाईंको क्रोधको पात्र बन्यो? के खोलाहरु प्रति तपाईं क्रोधित हुनुभयो जब तपाईंको बिजयमा घोडाहरु अनि रथहरुमा सवार हुनुभयो, के तपाईं क्रोधित हुनुहुन्थ्यो?

3:10b.HAB.003.010 तपाईंलाई देखेर पहाडहरु काम्न थाले, पानी पृथ्वीमा बग्न शुरु गर्यो। जव गहिरो समुद्र भूमिबाट झर्यो यसले ठुलो हल्ला गर्यो।

3:11b.HAB.003.011 सूर्य अनि चन्द्रमाले आफ्नो प्रकाश दिन छाड्यो। जव तिनीहरुले तपाईंको उज्वल प्रकाश देखे, तिनीहरुले तिनीहरुको प्रकाश दिन बन्द गरे। त्यो बिजुली चम्किएको हावामा हिर्काएको भालाहरु अथवा काँडहरु जस्तै थियो।

3:12b.HAB.003.012 क्रोधमा तपाईं पृथ्वीमाथि हिंड्नुभयो, अनि देशहरुलाई दण्ड दिनु भयो।

3:13b.HAB.003.013 तपाईं आफैंले आफ्ना मानिसहरुलाई बचाउँन आउनुभयो। जसलाई तपाईंले विजय बनाउँन रोज्नु भएको थियो त्यो राजालाई अगुवाई गर्नु आफैं आउनु भयो। पृथ्वीको महत्व पूर्ण परिवारदेखि लिएर परिवारका प्रत्येक दुष्ट अगुवाहरुलाई तपाईंले मार्नुभयो।

3:14b.HAB.003.014 शत्रुका सेनाहरु जसले हामीलाई शक्तिशाली आँधीले झैं पछ्याए। हामीलाई मार्ने चेष्टा गरे तिनीहरुलाई रोकन तपाईले मोशाको लौरो प्रयोग गर्नु भयो। गुप्तरूपले गरीबलाई लुटे झैं तिनीहरुले सोचे कि हमालाई सजिलै जित्न सकनेछौं।

3:15b.HAB.003.015 तर तपाईं गहिरो समुद्रमा तपाईंको आफ्नै घोडाबाट माटोलाई घोल्दै तर्नुभयो।

3:16b.HAB.003.016 मैले यी कुराहरु सुनें, अनि मेरो शरीर काम्न थाल्यो। मैले जोडसंग सुस्केरा हालें। मैले मेरो हड्डीहरु एकदमै कमजोरी भएको अनुभव गरें। म त्यहाँ थर-थर काम्दै उभिरहें। यसकारण जब शत्रुहरु मानिसहरुलाई आक्रमण गर्न आउँछन् म विनाशको दिन धैर्यताका साथ पर्खिरहनेछु।

3:17b.HAB.003.017 चाहे नेभाराको रूखमा फल लागोस् अथवा नलागोस्, दाखको बोटमा फल लागोस् अथवा नलागोस्, भद्राक्षको बोटमा फल लागोस् अथवा नलागोस्, अन्न भुमिमा उम्रियोस् अथवा नउम्रियोस्, खोरमा केही भेंडाहरु होस् अथवा नहोस्, गोठहरुमा केही गाईहरु होस् अथवा नहोस्।

3:18b.HAB.003.018 तर म अझै परमप्रभुमा आनन्दित रहने छु। म मेरो उद्धारकर्ता परमेश्वरमा रमाउनेछु।

3:19b.HAB.003.019 परमप्रभु जो मेरा मालिकले मलाई बल दिनुहुन्छ, उहाँले मलाई हरिण जस्तै दगुर्नमा मलाई सहायता गर्नु हुन्छ। उहाँले मलाई सुरक्षासंग पहाडमा चढाउँनु हुन्छ। संङ्गीत- निर्देशकको निम्ति तार- वाद्यहरुमा बजाइने राग।


Holder of rights
Multilingual Bible Corpus

Citation Suggestion for this Object
TextGrid Repository (2025). Nepali Collection. Habakkuk (Nepali). Habakkuk (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-AD52-9