Nahum (Nepali)

Nahum (Nepali)

1

1:1b.NAH.001.001 निनवे शहरको बिषयमा यो दुःखको वचन हो। यो पुस्तक नहूमको दर्शनको पुस्तक हो। नहूम एल्कीशीका छोरा थिए।

1:2b.NAH.001.002 परमप्रभु ईर्षलु र बद्ला लिने परमेश्वर हुनुहुन्छ। परमप्रभुले दोषीहरुलाई दण्ड दिनुहुन्छ। परमप्रभुले उहाँको बिरोधिलाई दण्ड दिनुहुन्छ र एकदमै क्रोधित हुनुहुन्छ। परमप्रभुले उहाँका शत्रुहरुलाई दण्ड दिनुहुन्छ र उनीहरुसंग एकदमै क्रोधित हुनुहुन्छ।

1:3b.NAH.001.003 परमप्रभु धैर्यशील हुनुहुन्छ, तर उहाँ अत्यन्तै शक्तिशाली पनि हुनुहुन्छ अनि उहाँले दोषीलाई दण्ड दिनुहुन्छ। उहाँले तिनीहरुलाई भाग्न दिनुहुदैन। हेर, परमप्रभु दुष्ट जनहरुलाई दण्ड दिन आउँदै हुनुहुन्छ। उहाँले आफ्नो शक्ति देखाउनको निम्ति भुवँरी र आँधिहरु ल्याउनु हुँनेछ। मानिसहरु यो पृथ्वीमा माटोमाथि हिंड्छन् तर परमप्रभु बादलमाथि हिंड्नुहुन्छ।

1:4b.NAH.001.004 परमुप्रभु समुद्रहरुसित कर्कश शब्दमा बोल्नु हुन्छ अनि त्यो समुद्र सुक्दछ। सबै नदीहरु सुकनेछन्। बाशनर कर्मेलको हरियाली सुख्खाले मार्नेछ। लबानेनको फूलहरु ओइलिनेछन्।

1:5b.NAH.001.005 परमप्रभुको आगमन हुनेछ अनि पहाडहरु डरले काम्नेछन्, अमि पहाडहरु पग्लेर बग्नेछन्। परप्रभुको आगमन हुनेछ र पृथ्वी डरले काम्नेछ। यो संसार अनि यसमा रहने सबै डरले काम्नेछन्।

1:6b.NAH.001.006 परमप्रभुको भयानक रिसको अघि कोही पनि उभिन सक्तैन। कसैले पनि परमप्रभुको भयानक रिस सहन सक्तैन। उहाँको क्रोध आगो झैं हुन्छ। जब उहाँ आउनुहुन्छ तब चट्टानहरु पनि टुक्रा-टुक्रा हुन्छन्।

1:7b.NAH.001.007 परमप्रभु असल हुनुहुन्छ! उहाँ कष्टको समयमा सुरक्षित स्थान हुनुहुन्छ। उहाँमाथि भरोसा गर्नेहरुको उहाँले हेरचाह गर्नु हुन्छ।

1:8b.NAH.001.008 तर उहाँले आफ्नो शत्रुहरुलाई पुरै ध्वंश पार्नु हुन्छ। उहाँले शत्रुहरुलाई बाढीको पानीले बगाए जस्तै बगाउँनु हुन्छ। अँध्यारोको बिचमा पनि उहाँले आफ्नो शत्रुहरुलाई लखेट्नु हुन्छ।

1:9b.NAH.001.009 के तिमीले परमप्रभुको बिरूद्धमा षड्यन्त्र रच्दैछौ? परमप्रभुले तिमीलाई समाप्त पारिदिनु हुनेछ अनि अरु धेरै कष्ट पैदा गर्न सक्षम हुने छैनौ।

1:10b.NAH.001.010 भाँडा भित्र अड्किएर जलिरहेको काँडाहरु जस्तै तिमीहरु ध्वंश हुनेछौ। सुकेको बल्ने घाँसहरु जस्तै तिमी झट्टै ध्वंश हुनेछौ।

1:11b.NAH.001.011 हे अश्शुर! एउटा मानिस तिमीहरुबाट आएकोछ। त्यले परमप्रभुको बिरूद्धमा षड्यन्त्र रचेकोछ अनि खराब सल्लाह दिएकोछ।

1:12b.NAH.001.012 परमप्रभुले यहूदासंग भन्नु हुन्छ, “अश्शूरका मानिसहरु अत्यन्तै शक्तिशाली छन्। तिनीहरुका सैनिकहरु अनगन्ती छन्, तर तिनीहरु काटिनेछन् अनि फ्याँकिने छन्। प्रत्तेकलाई शेष गरिनेछ। हे मेरा मानिसहरु! मैले तिमीहरुलाई धेरै कष्टहरु दिएँ, तर अब म तिमीहरुलाई अरु बेशी कष्ट पैदा गर्नेछैन।

1:13b.NAH.001.013 म अब तिमीहरुलाई अश्शूरको शक्तिबाट मुक्त गर्नेछु। म अब तिमीहरुको गर्दनबाट त्यो जुवा फुकालि दिनेछु। त्यसलाई म चकनाचुर पार्नेछु। जुन साङ्गलाले तिमीहरु बाँधिएका छौ त्यसलाई टुक्रायाउँनेछु।

1:14b.NAH.001.014 हे अश्शूरको राजा! तिम्रो सम्बन्धमा परमप्रभुले यो आज्ञा दिनुभएकोछ, तिम्रो नाउँ राख्नलाई तिम्रो कुनै सन्तान रहनेछैन।तिम्रो खोपेको अनि धातुले बनाएको मुर्ति जुन तिम्रो देवताको मन्दिरमा राखिएको छन्, म ती सबै ध्वंश पार्नेछु। म तिम्रा निम्ति चिहान बनाउँदैछु किनकि तिम्रो अन्तिम क्षण आउँदैछ।

1:15b.NAH.001.015 हेर यहूदा! पहाडमाथिबाट त्यहाँ कोही आउँदैछ। हेर, कसैले सुसमचार लिएर आउँदैछ। हेर, त्यले भन्दैछ, ‘त्यहाँ शान्ति छ।’ यहूदा तिमी आफ्नो बिशेष भोज मनाऊ। यहूदा तिमी आफ्नो भाकल पुरा गर। फेरि दुष्टटले तिमीमाथि आक्रमण गर्नेछैनन्। ती सबै दुष्टहरु ध्वंश पारिनेछन्।

2

2:1b.NAH.002.001 हे निनवे, तिम्रो बिरूद्धमा युद्ध गर्ने शत्रुहरु आउँदैछन्। यसकारण तिमीले आफ्नो शहर शक्तिशाली भूमिहरु सुरक्षित राख। बाटोमा रक्षागर र युद्धका निम्ति तयार होऊ। लडाईंका निम्ति तत्पर होऊ।

2:2b.NAH.002.002 किभने परमप्रभुले इस्राएलको महिमा जस्तै याकूबको महिमा फर्काएर ल्याउँदै हुनुहुन्छ। शत्रुले तिनीहरुलाई ध्वंश पारेकोछ अनि तिनीहरुको दाखबारि नष्ट पारेकोछ।

2:3b.NAH.002.003 ती सैनिकहरुको ढालहरु राताछन्। तिनीहरुको पोशाक रातो चम्किलो छ। उनीहरुको रथहरु लडाईंको पंक्तिमा राखिएकाछन् अनि आगोको ज्वाला झैं चम्किरहेकाछन्। तिनीहरुका भालाहरु ठाडो राखिएकाछन्।

2:4b.NAH.002.004 तिनीहरुका रथहरु बाटोमा अत्यन्तै बेगसित दौडन्छन्। तिनीहरु खूल्ला मैदानमा यताउता गरिरहन्छन्। तिनीहरु बलिरहेको राँको जस्तै, ठाउँ-ठाउँबाट बिजुली चम्किरहे जस्तै देखिन्छन्।

2:5b.NAH.002.005 शत्रुले आफ्नो सर्वोत्तम सेनाहरुलाई बोलाइरहेका छन्। तर जब तिनीहरु बाटोमा कदम मिलाएर अघि बढ्छन् तब तिनीहरु धर्मराउँछन्। तिनीहरु भित्तातिर आतुरिंदै अघि बढ्छन् अनि तिनीहरुको रक्षा ढाल भित्ता भत्काउने यन्त्रमाथि राख्छन्।

2:6b.NAH.002.006 तर बाढीका फाटकहरु खुल्लाछन्। शत्रुहरु बाढी झैं भित्र पसिरहेकाछन् अनि राजाको महल ध्वंश पारिंदैछ।

2:7b.NAH.002.007 हेर, शत्रुहरुले रानीलाई लाँदैछन् अनि तिनका नोकर्नीहरु छात्ती पिट्दै ढुकुर झैं विलाप गर्दैछन्।

2:8b.NAH.002.008 निनवे पानीको तलाऊ जस्तैछ जसको पानी बगेर गइरहेकोछ। मानिसहरु चिच्याउँदै भन्दैछन्, “पर्ख! पर्ख! भागेर नजाऊ।” तर न त कोही रोकिए न त कसैले त्यसको वास्ता नै गरे।

2:9b.NAH.002.009 हे, सैनिकहरु ज-जसले निनवेको नष्ट गरिरहेका छौ तिमीहरुले चाँदी लैजाऊ। तिमीहरुले सुन लैजाऊ। यहाँ सुन र चाँदीका धेरै वस्तुहरु छन्। यहाँ धेरै बहुमूल्य वस्तुहरुछन्।

2:10b.NAH.002.010 अब निनवे रित्तियो। प्रत्येक चिज चोरियो। शहरको बिनाशभयो। मानिसहरुको साहस हरायो तिनीहरुको हृदय डरले गलेकोछ। तिनीहरुको घुँडाहरु काम्दैछन्, तिनीहरुको शरीर काम्छ, तिनीहरुको अनुहार डरले पहेंलो भएकाछन्।

2:11b.NAH.002.011 सिंहहरुको गुफा अब खोई? जहाँ सिंह अनि सिंहिनी बस्दथिए। उनीहरुको डम्मरूहरु निर्भय साथ रहन्थे।

2:12b.NAH.002.012 जुन सिंहहरुले आफ्ना डम्मरूहरु र सिंहिनीहरुको निम्ति कति शिकार मारेको थियो, अनि आफ्नो गुफा भरेको थियो। त्यसले आफ्नो ओढारमा शिकार गरेर ल्याएका पशुहरुले र चिथोरेका मासुहरुले भरपुर पार्थ्यो।

2:13b.NAH.002.013 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “निनवे म तिम्रो बिरूद्धमा छु। म तिम्रो रथहरु जलाई दिनेछु। म तिम्रो जवान सिंहहरुलाई तरवारले मारिदिनेछु। तिमाले कसैलाई पनि पृथ्वीमा शिकार गर्नेछैनौ। मानिसहरुले कहिल्यै पनि तिम्रो बारेमा नराम्रो समचारहरु सुन्ने छैनन्।

3

3:1b.NAH.003.001 यो हत्याराहरूको शहरलाई एकदमै नराम्रो हुनेछ! निनवे शहर एकदमै झुटले भरिएको छ। यो अन्य देशहरुबाट ल्याएको सामानहरुले भरिएकोछ।

3:2b.NAH.003.002 तमीहरुले कोर्राको आवाज, पाङ्ग्राहरुको आवाज, घोडाहरुका दौड अनि रथहरु दगुर्दै गरेको आवाजहरु सुन्दैछौ।

3:3b.NAH.003.003 घोड-सवारले आक्रमण गरिरहेकाछन् र तिनीहरुका तरवारहरु चम्किरहेकाछन्, तिनीहरुको भालाहरु चम्किरहेकोछन्। त्यहाँ लाशको थुप्रो छ, अनगन्ती लाशहरु छरिएका छन्, मानिसहरु ती लाशहरुमा ठेस लागेर लरबराएकाछन्।

3:4b.NAH.003.004 यी सबै निनवेको कारणले भएको हो। निनवे वेश्या जस्तै छे जो कहिल्यै पनि तृप्तिहुँदिन। त्यसलाई अझै धेरै-धेरै चाहिन्छ। उसले अझै धेरै देशमा आफुलाई बेच्यो अनि त्यसले उसलाई आफ्नो दास बनाउँन टुना-मुना गर्यो।

3:5b.NAH.003.005 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “हे निनवे म तिम्रो बिरूद्धमा छु। म तिम्रो पोषाक तिम्रो अनुहारमाथि उठाउँनेछु। सबै राष्ट्रहरुलाई म तिम्रो नग्नता देखाईदिनेछु। ती राष्ट्रहरुले तिम्रो लाज हेर्नेछन्।

3:6b.NAH.003.006 म तिमीमाथि घृणा लाग्दा चिजहरु फ्याँकिदिनेछु। म तिमीलाई घृणित ब्यवहार गर्नेछु। मानिसले तिमीलाई देख्नेछन्, अनि तिमीलाई देखेर हाँस्ने छन्।

3:7b.NAH.003.007 प्रत्येक जसले तिमीलाई देख्नेछन् ती छक्क पर्नेछन्। तिनीहरुले भन्नेछन्, ‘निनवे ध्वंश भयो! उसका निम्ति को रूँन्छ?’ म जान्दछु कि निनवेलाई शान्तवना दिने म कोही पनि भेट्नेछैन।

3:8b.NAH.003.008 निनवे, के तिमी निल नदीको किनारमा अवस्थित अमोन शहर भन्दा अझ असल छौ? होइन, अमोनको चारैतिर पानीथियो अनि अमोनले यो पानी स्वंयमलाई उनका शत्रुहरुबाट बचाउनको निम्ति प्रयोग गर्दथ्यो। उसले यो पनि सुरक्षित पर्खालको रूपमा प्रयोग गर्यो।

3:10b.NAH.003.010 तर अमोन पराजि भयो। तिनका मानिसहरु कैदीबनाएर अर्को देशमा लगियो। गल्लीहरुको कुनामा शत्रुका सैनिकहरुले उसका साना-साना नानीहरुलाई पछारेर टुक्रा-टुक्रा पार्यो। कुन मानिसले उसका कुन महत्वपूर्ण मानिसलाई कमारा बनाउन सक्छ, त्यो हर्ने चिठ्ठा हाले। अमोनका सबै महत्वपूर्ण मानिसहरुलाई उनीहरुले साङ्गलाले बाँधे।

3:11b.NAH.003.011 यसकारण निनवे, एउटा मातेको मानिस जस्तै लड्ने छौ। तिमी लुक्ने चेष्टा गर्नेछौ। शत्रुबाट टाढा सुरक्षित स्थान खोज्दै हिँड्ने छौ।

3:12b.NAH.003.012 तर निनवे, तिम्रो सबै बलियो ठाउँहरु नेभाराको रुखहरु जस्तै हुनेछ। नयाँ नेभाराको फल पाकनेछ, कुनै एउटा मानिस आएर बोट हल्लाई दिन्छ र सबै नेभारा त्यो मानिसको मुखमा खस्छ। त्यसले सबै खान्छ र सबै सकिन्छ।

3:13b.NAH.003.013 निनवे तिम्रो सबै मानिसहरु, स्त्रीहरु जस्तै छन् अनि तिनीहरुलाई लान शत्रुका सैनिकहरु तयार छन्। तिम्रो भूमिका फाटकहरु तिम्रो शत्रुहरुका निम्ति खुल्लाछन् अनि तिनीहरु भित्र पस्दैछन्। तिम्रो फाटकका काठका बारहरु जलाएर ध्वंश पारेकाछन्।

3:14b.NAH.003.014 तिमी पानी जम्मागर, आफ्नो शहरभित्र जम्मा राख। किनकि शत्रुका सेनाले तिमीहरुका शहरहरु घेर्नेछन्। तिनीहरुले शहर भित्र कसैलाई पनि खाना अथवा पानी ल्याउँन दिनेछैनन्। आफ्नो सुरक्षा बलियो बनाऊ। अनि धेरै ईंटा बनाउनको निम्ति माटो जम्मा गर। ईंटा बनाउनको लागि मसला मिसाऊ अनि साँचो ठिक पार।

3:15b.NAH.003.015 तिमी यी सबै कामहरु गर्न सक्छौ तर फेरि आगोले तिमीलाई पूर्ण रूपले ध्वंश पार्नेछ। अनि तरवारले तिमीलाई मार्नेछ। तिम्रो केही भूमि यस्तो देखा पर्नेछ मानौ केही सलहहरु आएकाछन् र यसको हर चिज खाईदिएका छन्। निनवे तिमी लगातार बढ्दै गयौ तिमी फट्याङ्ग्राको हूल झैं भयौ। तिमी सलहको हूल झैं थियौ।

3:16b.NAH.003.016 तिम्रो ब्यापारिको (जो बिभिन्न ठाउँमा गएर सामानहरु किन्छन् तिनीहरुको) संख्या बढेकोछ। तिनीहरु आकाशका ताराहरु जस्तै धोरै भएकाछन्। तिनीहरु सलहको हूल जस्तै भएकाछन् जसले प्रत्येक वस्तु समाप्त नहुन्जेल सम्म खान्छन् अनि त्यस पछि जान्छन्।

3:17b.NAH.003.017 अनि तिम्रो राज्यका अधिकारीहरु, सलहहरु जस्तैछन्। यी ती सलहहरु जस्तैछन् जो जाडो दिनमा चट्टानमाथि बस्छन् तर सूर्य उदाएपछि चट्टानमा गर्मी हुन थाल्छ अनि ती उडेर कता जान्छ कसैलाई पनि थाह हुँदैन। तिम्रो अधिकारीहरु पनि यस्तै छन्।

3:18b.NAH.003.018 हे अश्शूरका राजा, तिम्रो गोठालाहरु निदाइरहेका छन्। ती शक्तिशाली मानिसहरु आराम गरिरहेकाछन् अनि तिम्रो मानिसहरु पर्वतमा घुमिरहेकाछन्। तिनीहरुलाई फर्काएर ल्याउने कोही छैन्।

3:19b.NAH.003.019 निनवे, तिमी नराम्रो प्रकारले घायल भएका छौ, अनि त्यस्तो कुनै चीज छैन जसले तिम्रो घाउहरु निको पार्छ। ज-जसले तिम्रो बिनाशको समचार सुन्छन् तिनीहरु सबैले ताली बजाउँछन्। उनीहरु सबै प्रसन्न हुन्छन्। किन? किनभने उनीहरु सबैले यो पिडा अनुभव गरेकाछन् जुन तिनीहरुले उनीहरुलाई सधैं दुःख दिने गर्थ्यौ।


Holder of rights
Multilingual Bible Corpus

Citation Suggestion for this Object
TextGrid Repository (2025). Nepali Collection. Nahum (Nepali). Nahum (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-AD4F-E