Micah (Nepali)

Micah (Nepali)

1

1:1b.MIC.001.001 परमप्रभुको यो वचन मीकाकहाँ आयो। यो राजा याताम आहाज र हिजकियाहका समयमा भएको थियो। यी मानिसहरु यहूदाका राजाहरु थिए। मीका मोरेशेत बाट आएका थिए। मीकाले यो दर्शन सामरियार यरूशलेमको बिषयमा देखे।

1:2b.MIC.001.002 हे जाति-जातिका मानिसहरु हो! तिमीहरु सबैले सुन, हे पृथ्वी र त्यसमा बस्ने मानिसहरु सुन। मेरो मालिक, परमप्रभु उहाँको पवित्र मन्दिरबाट आउँदै हुनुहुन्छ। मेरो मालिक तिमीहरुको बिरुद्धमा एकजना साक्षी भई आउँनु हुनेछ।

1:3b.MIC.001.003 हेर, परमप्रभु आफ्नो वास स्थानबाट बाहिर जाँदै हुनुहुन्छ। उहाँ पृथ्वीको अग्लो ठाउँमा जानको निम्ति उभिएर तल आउँदै हुनुहुन्छ।

1:4b.MIC.001.004 परमप्रभु परमेश्वरको चरणमुनि पर्वत पग्लेर जानेछ, जसरि आगोमा मैन पग्लन्छ, जसरी पहाडबाट पानी बगेर झर्छ।

1:5b.MIC.001.005 यो किन भएकोछ? यस्तो भयो किनभने याकूबले पाप गरेको थियो। किनभने इस्रएलका कुल समुहले पाप गरेका थिए। याकूबको पाप के हो? यो सामरिया हो। यहूदाको अग्लो स्थान कुनहो? यो यरूशलेम हो।

1:6b.MIC.001.006 यसकारण म सामरियालाई खाली मैदानमा भग्नावशेषको थुप्रोमा परिणत गरिदिनेछु। त्यो यस्तो स्थान हुनेछ जहाँ दाख रोपिनेछ। म सामरियाका ढुङ्गाहरुलाई बेंसीमा फालिदिनेछु र त्यसका जगहरु सतहमा पुर्याइदिनेछु।

1:7b.MIC.001.007 म त्यसका मूर्तिहरु सबै टुक्रा-टुक्रा पारिदिनेछु। सबै धन जे त्यले कमाएको छ भस्म पारिदिनेछु र म तिनीहरुको झुटा देवताहरुको मुर्तिहरु सबै ध्वंश गरिदिनेछु, जबकि यी मूर्तिहरु वेश्याबृति मार्फत बनिएका थिए। ती मूर्तिहरु फेरि वेश्याहरुलाई नै तिर्न प्रयोग हुनेछन्।

1:8b.MIC.001.008 म चाँडै बिनाशको बिषयमा शोकाकुल हुनेछु र म विलाप गर्नेछु। म खालि खुट्टा र नाङ्गै हिंड्नेछु। म स्याल जस्तै साह्रो कराउँनेछु र शतुरमुर्गा झैं विलाप गर्नेछु।

1:9b.MIC.001.009 सामरियाको घाऊ निको हुनेछैन। त्यसको पाप यहूदा सम्म फैलनेछ। यो मेरा मानिसहरुको शहरको प्रवेसद्वार सम्म जानेछ, किनकि यो त यरूशलेम सम्म आपुगेको छ।

1:10b.MIC.001.010 यो कुरा गातमा नभन। त्यसका निम्ति रूँदै नरोऊ, विलाप गर्दै बेत-लाप्रामा धुलोमा लडी-बडी गर।

1:11b.MIC.001.011 हे शाफीरका वासिन्दाहरु हो, तिमीहरु आफ्नो बाटोमा नाङ्गो र लज्जित भएर जाऊ। ती मानिसहरु जो सानानको वासिन्दाहरु हुन् तिनीहरु बाहिर आउने छैनन्। बेतेसेलमा मानिसहरुको रूवाबासिले तिमीबाट सहाएता लिनेछन्।

1:12b.MIC.001.012 मारोतका वासिन्दाहरुले केही राम्रो कुरा होस् भनी व्याकुलतापूर्वक पर्खिरहेकाछन्। किन? किनभने कष्ट परमप्रभुबाट यरूशलेमको मुलढोकामा आएकोछ।

1:13b.MIC.001.013 हे लाकीशका वासिन्दाहरु हो! तिमीहरुले वेगवान घोडाहरु रथमा बाँध। सियोनको पाप रथहरुबाट नै शुरु भएको थियो। जसको मार्फत तिनीहरुले इस्राएलले गरे जस्तै पाप गरे।

1:14b.MIC.001.014 यसकारण मोरशेत गातमा तिम्रो बिदाको सौगात तिमीले दिनु पर्नेछ। अकजीबाका घरहरुले इस्राएलका राजालाई धोका दिनेछन्।

1:15b.MIC.001.015 हे मोरेशाका वासिन्दाहरु! तिनीहरुको बिरुद्ध म एक जना मानिस पठाऊनेछु जसले तिमीहरुबाट सबै चिजहरु खोस्नेछ। इस्रएलको महिमा अदुल्लाम सम्म आउनेछ।

1:16b.MIC.001.016 यसकारण तिमीले आफ्नो केश काट, चिण्डे होऊ। किन? किनकि तिमी आफ्नो छोरा-छोरी जसलाई तिमी माया गर्छौ तिनीहरुका निम्ति रूँने छौ अनी तिम्रो शोक दर्शाउनको निम्ति एउटा गिद्ध झैं चिन्डे होऊ। किन? किनकि तिम्रो नानीहरुलाई कैदी झैं लगिनेछ।

2

2:1b.MIC.002.001 मानिसहरुमाथि यस्तो बिपत्ति आइपर्नेछ, जो पापपूर्ण योजनाहरु बनाउँछन्। यस्ता मानिसहरु ओछ्यानमा सुति-सुति षड्यन्त्र रच्दछन्, अनि बिहान उज्यालो हुने बित्तिकै आफ्नो षड्यन्त्रमा हिंड्न थाल्दछन्। किन? त्यसो गर्ने सामर्थ तिनीहरुसँग छ।

2:2b.MIC.002.002 तिनीहरुले जमीनको चाहना गर्छन् भने तिनीहरुलाई लिन्छन्। तिनीहरुले घरहरु लिने इच्छा गर्छन भने यसलाई लिन्छन्। तिनीहरुले कुनै पनि मानिसलाई धोका दिन्छन् र उसको घर लान्छन्। तिनीहरुले एउटा मानिसलाई धोका दिन्छन् र उसको सबै चिजहरु लिनेछन्।

2:3b.MIC.002.003 यसकारण परमप्रभु यी कुराहरु भन्नुहुन्छ, “हेर म तिमीहरुमाथि विपत्ति ल्याउने योजना बनाउँदैछु। तिमी आफ्नो सुरक्षा गर्न सक्दैनौ। तिनीले आफैंले आफैंलाई यो कष्टमा सहायता गर्न सक्दैनौ। किन? किनभने नराम्रो समय आउँदैछ।

2:4b.MIC.002.004 त्यस समय मानिसहरु तिमीमाथि हाँस्नेछन्। तिम्रो बिषयमा बिलापको गीत तिनीहरुले गाउँनेछन्। अनि भन्नेछन्, ‘हामी नष्ट भयौं, परमप्रभुले हाम्रा मानिसहरुको जमीन खोसेर अरू मानिसहरुलाई दिनुभयो। हो उहाँले मेरो जमीन हाम्रो शत्रुहरुलाई बाँडिदिनु भयो।

2:5b.MIC.002.005 जब त्यो भूमि परमप्रभुका मानिसहरुको सभामा चिठ्ठाहालेर बाँडिन्छ प्रतिनिधिको रुपमा सेवा गर्ने तिम्रो कोही हुनेछैन।”‘

2:6b.MIC.002.006 मानिसहरु भन्छन्, “तिमीले हामीलाई उपदश नदेऊ, उनीहरुले यस्तो गर्नु हुँदैन थियो, हामीमाथि कुनै पनि नराम्रा कुराहरु आईपर्ने छैनन्।”

2:7b.MIC.002.007 याकूबका मानिसहरुले भन्छन्, “के परमप्रभु रिसाउनु भएको छ? के उहाँको कर्महरु यी हुन्? के धार्मिक जीवन जीउनेहरुको लागि उहाँले असल चिजहरु गर्नुहुन्न र?

2:8b.MIC.002.008 तर अहिले मेरो आफ्नै मानिसहरु मेरो शत्रु भएका छन्, जसले आफू सुरक्षित छौं भनि सम्झन्छन्। तिमीहरु उनीहरुको खाष्टो चोर्छौ जस्तो कि तिनीहरु युद्ध बन्दीहरु हुन्।

2:9b.MIC.002.009 मेरो मानिसका स्त्रीहरुलाई तिमीहरुले घरबाट निकालेर जानको निम्ति बिवश बनायौ,जुन घरहरु राम्रो र आरामदायी थिए तिमीले उनीहरुको सा-साना नानीहरुलाई मेरो आशिष देखि बन्चित गरायौ।

2:10b.MIC.002.010 उठ, अनि यहाँबाट भाग! त्यो विश्राम गर्ने ठाउँ हैन। किनभने यो ठाउँ पवित्र छैन्, यो नष्ट भएर गयो, यो डरलाग्दो विनाश हो।

2:11b.MIC.002.011 यो सम्भव हुन्छ कि एकजना झुटा-अगमवक्ता आउँछ अनि झुटो बोल्छ। उसले भन्न सक्छ, “यस्तो एउटा समय आउनेछ जब त्यहाँ प्रशस्त मद हुनेछ।” यस प्रकारका अगमवक्ता तिनीहरु चाहन्छन्।

2:12b.MIC.002.012 हो, हे याकूब म निश्चयनै तिमीहरु सबैलाई भेला गर्नेछु। म इस्राएलका बाँचेका सबैलाई भेला पर्नेछु। म तिनीहरुलाई गोठका भेडा बाख्राहरु र र्खकका बिचमा बथान झैं एकै ठाउँमा भेलापार्नेछु। फेरि त्यो स्थान धेरै मानिसहरुको भिडले खचाखच र हल्ला- खल्ला हुनेछ।

2:13b.MIC.002.013 तिनीहरु मध्ये एकजना आउनेछ, जसले पर्खाल भत्काएर जान सकनेछ। उसले पर्खाल भत्काएर मानिसको अघि बाटो बनाउने छ र मानिसको अघि बाटो तयार पार्नेछ। तिनीहरु मोक्ष प्राप्त गरेर त्यो शहर छोडेर जानेछन्। तब राजा तिनीहरुसँग जानेछन्। परमप्रभु मानिसहरुसँग हुनुहुनेछ।

3

3:1b.MIC.003.001 फेरि मैले भनें, “हे याकूबका अगुवाहगरु, अब सुन्। इस्राएलको शासकहरु तिमाहरुले न्याय के हो सो जान्नु पर्छ।

3:2b.MIC.003.002 तिमीहरुले मलाई घृणा गरेर खराबलाई प्रेम गर्छौ। तिमीले मानिसको छाला काढ्छौ। तिमीहरुले तिनीहरुका हड्डीहरुबाट मासु निकाल्दछौ।

3:3b.MIC.003.003 तिमीहरुले मेरा मानिसहरुलाई ध्वंश पारिरहेका छौ। तिमीहरुले उनीहरुको छाला सम्म काढि रहेको छौ। तिनीहरुको हड्डी भाँचेर अनि तिनीहरुलाई भाँडामा पकाइने मासुको टुक्रा जस्तै बनाउँदै तिनीहरुको छाला काढि रहेकाछौ।

3:4b.MIC.003.004 तिमीहरुले परमप्रभुको प्रार्थना गरिरहेकाछौ तर परमप्रभु जवाफ दिनुहुन्न। परमप्रभुले आफ्नो मुख तिनीहरुदेखि लुकाईरहनु भएकोछ। किन? किनकि तिमीहरुले नराम्रो कर्म गरेका छौ।”

3:5b.MIC.003.005 परमप्रभु झूटा अगमवक्ताहरुको विषयमा भन्नुहुन्छ जसले मेरा मानिसहरुलाई पाप गर्न लगाए । ‘यदि मानिसहरुले यी झूटो अगमवक्ताहरुलाई खान दिए भने, ‘तिमीहरुलाई शान्ति होस्’ भन्दछन्, यदि ती मानिसहरुले खान दिएनन् भने तिनीहरुको विरूद्ध सेनाहरु भड्काउँछन्।

3:6b.MIC.003.006 यसकारण यो तिम्रो निम्ति रात झैं हुनेछ, तिमीले कुनै दर्शन देख्न पाउनेछैनौ। भविष्यको गर्वमा जे लुकेको छ, तिमीले बताउन सक्दैनौ। यसकारण तिमीहरुलाई अँध्यरो जस्तै लाग्नेछ। अगमवक्ताहरुमाथि सूर्य अस्ताउनेछ। अनि उनिहरुलाई दिन पनि रात जस्तै हुनेछ।

3:7b.MIC.003.007 दर्शन देख्नेलाई लज्जित पारिनेछ। एकजना मानिस जो अगमवक्ता हो उसलाई झमेलामा पारिन्छ। तिनीहरुले तिनीहरुको आफ्नो अनुहार छोप्छन्। किन? किनभने परमेश्वरबाट त्यहाँ उत्तर आउनेछैन।”

3:8b.MIC.003.008 तर परमप्रभुको आत्माले मलाई शक्ति, न्याय, अनि सामर्थ्य दिनुभएको छ। म याकूबलाई उसको अपराध बताउँनेछु। हो, म इस्राएललाई त्यसको पापको बिषयमा भन्नेछु।”

3:9b.MIC.003.009 हे याकुबका अगुवाहरु, इस्राएलका शासकहरु, तिमीहरु मेरो कुरा सुन। तिमीहरु न्यायलाई घृणा गर्दछौ। यदि कुनै वस्तु बाटोमा छ भने, तिमीहरुले त्यसलाई बाङ्गो पारिदिन्छौ।

3:10b.MIC.003.010 तिमीहरुले सियोनको निर्माण गर्दा मानिसको हत्या गर्यौ। तिमीहरुले यरूशलेमलाई पापको मूलढोका बनाउँ छौ।

3:11b.MIC.003.011 यरूशलेमका न्यायधीशहरुले घुस लिएर न्याय गर्छन्। यरूशलेमका पूजहारीहरुले ज्यानलिएर ब्यावस्था सिकाउँछन्। मानिसहरुले अगमवक्ताहरुलाई पैसा दिनुपर्दथ्यो, अनि मात्र उनीहरुले कुनै दण्ड पाउँदैनथिए। उनीहरुले सोच्थे, परमप्रभुले उनीहरुलाई बँचाउँछन् अनि भन्छन्, “परमप्रभुले हामीलाई साथ दिनुहुन्छ, यसैकारण हामीमाथि कुनै बिपत्ति आउन सक्दैन।”

3:12b.MIC.003.012 हे अगुवाहरु! तिमीहरुको कारणले सियनको विनाश भयो। यसैकारण यो खेत झैं जोतिनेछ। यरूशलेम ढुङ्गाको थुप्रो बनिनेछ अनि मन्दिरको डाँडा जङ्गलले ढाकिएको पहाड जस्तै सुनसान हुनेछ।

4

4:1b.MIC.004.001 अब पछिल्लो दिनमा परमप्रभुको मन्दिर, डाँडा चाँहि पहाडहरुमा सर्वोच्च बनाईने छ, अनि त्यो पहाडहरु भन्दा उच्च पारिने छ अनि अरू जातिहरु त्यसमा ओईरिएर आउनेछन्।

4:2b.MIC.004.002 धेरै मानिसहरु त्यहाँआएर भन्नेछन्, “आऊ हामी परमप्रभुको पहाड, याकूबको परमेशवरको मन्दिरमा जाउँ, र उहाँले हामीलाई आफ्नो मार्ग सिकाउँनु हुनेछ। हामीहरु उहाँको मार्गमा हिंड्नेछौं।” किनभने व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कने छन्।

4:3b.MIC.004.003 उहाँले देशमा बिभिन्न मानिसहरुका बीच इन्साफ गर्नु हुनेछ र टढा सशक्त सामर्थी जातिहरुको झगडाको फैसला गर्नु हुनेछ। तिनीहरुले आफ्ना तरवारहरु पिटेर हलोको फाली र भालाहरु चाँहि हँसिया बनाउनेछन्। जाति-जातिहरुले एक-अर्काको बिहरुद्धमा तरवार चलाउने छैनन्, न त तिनीहरुले कहिल्यै लडाईं गर्न सिकनेछन्।

4:4b.MIC.004.004 तर प्रत्येक मानिसहरु तिनीहरुको आ-आफ्नो दाखको बोट र नेभाराको बोट मुनि बस्नेछन्। कसैले तिनीहरुलाई डर देखाउने छैन। किनभने सर्वशक्तिमान परमप्रभु परमेशवरको मुखले नै यी कुराहरु भन्नु भएकोछ।

4:5b.MIC.004.005 सबै जातिका मानिसहरु चाँहि आ-आफ्नो देवताको नाउँमा हिंड्नेछन्। तर हामी चाँहि सदा-सर्वदै परमप्रभु हाम्रा परमेशवरको नाउँमा हिंड्नेछौं।

4:6b.MIC.004.006 परमप्रभु भन्नुहुन्छ, “लङ्गडाहरुलाई म त्यसदिन जम्मागर्नेछु अनि धपाईएकाहरुलाई र तिनीहरु जसलाई मैले दण्ड दिएको थिएँ, म भेला गर्नेछु।

4:7b.MIC.004.007 ‘लङ्गडाहरुलाई’ एउटा बेचेको भाग र फ्याँकिएकाहरुलाई एउटा सामर्थी जाति तुल्याउनेछु।” तिनीहरुमाथि सियोनमा परमप्रभुले अब देखि सदा-सर्वदै राज्य गर्नुहुनेछ।

4:8b.MIC.004.008 अनि तिमी, हे एदेरका धरहरा, सियोनकी छोरीको डाँडा। पहिलेको शासक तिमीहरु कहाँ आउँनेछन् र यरूशलेमको छोरीको अधिराज्य कायमहुनेछ।” किन इस्रएलीहरु बाबेल अवश्यै जानुपर्दछ?

4:9b.MIC.004.009 अब तिमी किन चिच्याई-चिच्याई रून्छ्यौ के? तिमी माथि राज्य गर्ने कुनै राजा छैनन्? के तिम्रो सल्लाहकार नष्ट भयो र प्रसववेदनामा परेकी स्त्रीलाई जस्तै तिमीलाई पीडाले सताएकोछ?

4:10b.MIC.004.010 हे सियोनकी छोरी, सुत्केरी वेदनामा परेकी आइमाईको पीडामा रोऊ। किनकि अब तिमी शहरबाट बहिर जानेछ्यौ र मैदानमा बस्नेछौ र माथि बाबेलमा जानेछ्यौ र त्यहाँ तिमी सुरक्षित रहनेछ्यौ। परमप्रभुले तिम्रा शत्रुको हातबाट तिम्रो उद्धार गर्नुहुनेछ।

4:11b.MIC.004.011 अनि अब धेरै जातिहरु भेला भएर, तिम्रो बिरुद्ध भन्नेछन्, “त्यो अशुद्ध होस् र सियोनलाई हाम्रो आँखाले नियालेर हेर्न पाईयोस्।”

4:12b.MIC.004.012 तर तिनीहरुले परमप्रभुको बिचारलाई जान्दैनन्। न त तिनीहरु उहाँको युक्तिलाई बुझ्दछन्। किनभने उहाँले खलामा बिटाहरु जम्मागरे झैं तिनीहरुलाई जम्मा गर्नु भएकोछ।

4:13b.MIC.004.013 “हे सियोन छोरी, उठ अनि दाइँ गर किनभने म तिम्रा सींङहरुलाई फलामको र तिम्रो खूरहरुलाई पीत्तलको बनाउनेछु। तिमीले धेरै जातिहरुलाई चूर-चूर पार्नेछौ र तिनीहरुको धन-सम्पत्ति सारा पृथ्वीका परमप्रभुमा अर्पण गर्नेछौ।”

5

5:1b.MIC.005.001 अब तिमी पर्खालले घेरियौ! हामी घेरामा पर्यौं। तिमीहरुले इस्रएलको न्यायकर्तालाई फलामको लौरोले गालामा हिर्काउँनेछन्।

5:2b.MIC.005.002 तर हे बेतलेहम एप्रात, तिमी जो यहूदाका हजारौंका बीचमा सानो छौ, तर तिमीबाट एउटा “इस्राएलको शासक” मेरो निम्ति आउँनेछ। उहाँको सुरुवात प्राचीन कालदेखिनै छ, धेरै अघि देखि।

5:3b.MIC.005.003 यसकारण जब सम्म जन्मेको कष्टमा पर्नेले जन्माउँदैन तब सम्म उहाँले सियोनलाई त्यागि दिनुहुनेछ। तब तिनका बचेका दाज्यू-भाईहरु चाँहि इस्राएलीहरुकहाँ फर्किएर आउनेछन्।

5:4b.MIC.005.004 अनि ऊ खडा हुन्छ आफ्नो भेडाको बथानलाई परमप्रभुको शक्तिले अनि उसका परमप्रभु परमेशवरको महिमाले खुवाँउँछ। तिनीहरु सुरक्षित हुनेछन् किनभने ऊ पृथ्वीको अर्को अन्त सम्म महान रहनेछ।

5:5b.MIC.005.005 यहीं शान्ति हुनेछ जब अश्शूरी हाम्रो देशमा आउँछ र त्यले हाम्रो देशमा खुट्टा टेक्छ तब हामी त्यसको बिरूद्धमा सात गोठाला र आठ अगुवाहरु खडा गर्नेछौं।

5:6b.MIC.005.006 अनि तिनीहरुले अश्शूरमाथि तरवारले र निम्रोदको भूमिमाथि नाङ्गो तरवारले शासन गर्नेछन्। अब अश्शूरीहरु हाम्रो देश भित्र पस्छन् र हाम्रो सिमानामा पाईला टेक्छन् तब उहाँले हामीहरुलाई अश्शूरीहरुको हातबाट बचाउँनुहुनेछ।

5:7b.MIC.005.007 अनि याकूबका बाँकि रहेकाहरु चाँहि धेरै मानिसहरुका बिचमा परमप्रभुबाट आएको शीत र घाँसमाथि पर्ने झरी झैं हुनेछन्, जसले न त कुनै मानिसलाई न मानिसका कुललाई पर्खनेछ।

5:8b.MIC.005.008 अनि याकूबका बाँकि रहेकाहरु चाँहि धेरै जनताको बीचमा जङ्गलका पशुहरुका बीचमा सिंह र जीव-जन्तुहरुको बिच सिंहको बच्चा जस्तै हुनेछन् जो तिनका बीचमा कुल्चँदै र तिनीहरुलाई टुक्रा पार्दै जानेछन्, र बचाउँने कोही पनि हुनेछैन।

5:9b.MIC.005.009 तपाईंका बाहुली तपाईंका बिरोधीहरुमाथि रहोस्, र तपाईंका सबै शत्रुहरु ध्वंश हुनेछन्।”

5:10b.MIC.005.010 परमप्रभु भन्नुहुन्छ, “त्यसदिन म तिम्रा घोडाहरु खोस्नेछु र म तिम्रा रथहरु नष्ट गरिदिनेछु।

5:11b.MIC.005.011 म तिम्रो देशको सबै शहरहरु उजाड पारिदिनेछु। म तिम्रो सबै गढीहरु भत्काई दिनेछु।

5:12b.MIC.005.012 फेरि तिमीले जादू चलाउने प्रयत्न गर्नेछौनौं, फेरि तिमी ती मानिसहरुको भविष्य बताउँने प्रयास गर्नेछौनौ।

5:13b.MIC.005.013 म तिम्रा झूटा देवताको, मूर्तिहरु नष्ट गरिदिनेछु। ती झूटा देवताको मूर्तिहरुको ढुङ्गाको मूर्ति, स्मृति, स्तम्भहरु सबै उखेलेर फ्याँकिदिनेछु जसलाई तिमीहरु स्वयंले, आफ्नो हातले बनाएका थियौ, तिमीहरु त्यसको पूजा गर्ने पाउनेछैनौ।

5:14b.MIC.005.014 म अशेरा देवीका पूजाको खम्बाहरु नष्ट गरिदिनेछु। अनि म सबै तिम्रो झूटो देवताहरु नष्ट गरिदिनेछु।

5:15b.MIC.005.015 त्यहाँ केही जातिहरु छन् जसले मेरो कुरा सुन्दैनन्। म तिनीहरुसित क्रोधित हुनेछु र म तिनीहरुसित बद्ला लिनेछु।”

6

6:1b.MIC.006.001 परमप्रभुले जे भन्दै हुनुहुन्छ त्यसलाई ध्यानदेऊ, “उठ अनि पहाडको सामुन्ने खडा हौ। अनि फरि उहाँलाई आफ्नो कथाको पक्ष सुनाऊ। पहाडहरुलाई आफ्नो कथा सुनाऊ।

6:2b.MIC.006.002 परमप्रभु आफ्ना मानिसहरुलाई आरोप गर्नु हुन्छ। पहाडहरु आफ्ना परमप्रभुको आरोप सुन, अटल रहने पृथ्वीका जगहरु हो, परमप्रभुको आरोप सुन, उहाँले प्रमाणित गर्नुहुनेछ कि इस्राएल देषी छ।”

6:3b.MIC.006.003 परमप्रभु भन्नुहुन्छ, “हे मेरा मानिसहरु! के मैले कुनै दिन तिमीहरुलाई नराम्रो गरें? मैले कसरी तिम्रो जीवन कठिन बनाइदिँए? मलाई भन! मैले तिमीहरुलाई के गरें?

6:4b.MIC.006.004 म तिमीलाई भन्दैछु, मैले तिमीलाई जे गरें, मैले तिमीलाई मिश्रदेशबाट निकालेर ल्याएँ! मैले तिमीलाई तिम्रो दासत्वको जीवनबाट मुक्त गराएँ। मैले तिम्रो अगुवाको निम्ति, मोशा, हारून अनि मरियमलाई पठाएँ।

6:5b.MIC.006.005 हे मेरा मानिसहरु, मोआबको राजा बालाकको दुष्ट योजनालाई याद गर। ती कुरा याद गर जो अबोरको छोरा बिलामले बालाकलाई भनेको थियो। ती कुरा स्मरण गर जो सित्तीमबाट गिलगाल सम्म घटेको थियो। तब मात्र बुझ्नेछौ, परमप्रभुमा उद्धार छ।”

6:6b.MIC.006.006 जब म परमप्रभुको छेउमा जान्छु अनि प्रमाण गर्छु, तब परमेश्वरको छेउमा आफूसंग के लिएर जाऊँ? के परमप्रभुको छेउमा एक वर्षको बाछो होमबलि चढाउँन लिएर जाऊ?

6:7b.MIC.006.007 के परमप्रभु एक हजार भेडा र तेलका दश हजार नदीसित प्रशन्न हुनुहुन्छ? के म आफ्नो अपराधको निम्ति आफ्नो जेठो छोरा जो आफ्नो शरिरको अंग हो, त्यो अर्पण गरूँ?

6:8b.MIC.006.008 हे मानिस! परमप्रभुले तिमीहरुलाई के असल छ त्यो भन्नु भएकोछ। परमप्रभुले तिमीहरुलाई उहाँ के चाहानु हुन्छ त्यो बताउनु भएको छ। मानिसहरुसंग तिमी साँचो बन, अरुसंग प्रेमगर, तिम्रो परमेश्वरको अघि नम्र भएर बस।

6:9b.MIC.006.009 परमप्रभुको आवाजले यरूशलेम शहरलाई बोलाउँदैछः उहाँ भन्नुहुन्छ, “ज्ञानी मानिसले परमप्रभुको नाउँलाई सम्मान गर्छ। यसकारण तिमी जातिहरु र तिमीहरु जो यहाँ जम्मा भएकाहरु हो ध्यन देऊ।

6:10b.MIC.006.010 के अझै पनि दुष्टहरुले चोरेको धन सम्पत्ति लुकाएर राखेको छ? के दुष्टहरुले अझै पनि मानिसहरुलाई टोकरीहरुले धोका दिइ रहेकोछ जुन टोकरीहरु सानो छ।

6:11b.MIC.006.011 के मैले ती दुष्ट मानिसहरुलाई बेवास्ता गर्ने? जसले अझै पनि कपट तराजु र छलको ढकले मानिसहरुलाई ठगिरहेका छन्?

6:12b.MIC.006.012 त्यस शहरका धनी मानिसहरु निर्दयी काम गर्छन्। त्यस शहरका मानिसहरु अझै पनि झूटो बोल्दछन्। हो! ती मानिसहरु तिनीहरुको झूटो कुरा गर्छन्।

6:13b.MIC.006.013 यसकारण मैले तिमीहरुलाई दण्ड दिन शुरु गरें। म तिमीहरुलाई तिमीहरुको पापको कारण नष्ट गरिदिनेछु।

6:14b.MIC.006.014 तिमीहरुले भोजन गर्नेछौ तर तिम्रो पेट भरिने छैन। अनि फेरि तिमी भोको हुनेछौ। तिमीले मानिसहरुलाई बचाउने कोसिस गर्छौ तर तिमीले जसलाई बचाउँछौ म त्यसलाई तरवारले काटिदिनेछु।

6:15b.MIC.006.015 तिमीहरु आफ्नो बिऊ छर्छौ, तर तिमीहरु बाली काट्ने छैनौ। तिमीले कोलमा जैतून पेलेर तेल निकाल्छौ तर तिमीले आफ्नो शिरमा घस्न पनि तेल प्रशस्त मात्रामा पाउदैनौ। तिमी दाख पेलेर दाखरस त निकाल्छौ तर पिउन पर्याप्त हुँदैन।

6:16b.MIC.006.016 यस्तो किन हुन्छ? किनकि तिमीहरु ओम्रीको कानूनहरु पालन गर्छौ। तिमीहरु ती नराम्रा कुराहरु भन्छौ जुन कुराहरु आहाब का घरानामा गर्छन्। तिमीहरु उनीहरुको शिक्षा अनुसार चल्छौ। यसकारण म तिमीहरुलाई नष्ट पर्नेछु। तिम्रो शहरका मानिसहरु हाँसोको पात्र हुनेछन्। तिमीहरु अन्य राज्यहरुको घृणाको पात्र बनिनेछौ।”

7

7:1b.MIC.007.001 म व्यकुल छु। किन? किनकि म ग्रीष्म ऋतुको त्यो फल जस्तै जस्तै भएकोछु जो टिपिसकिएको छ। म त्यो दाख जस्तै भएको छु जो टिपिसकिएको छ। अब त्यहाँ एउटा पनि दाख रहेकोछैन। पहिले फलेको नेभारानै छैन जुन मलाई मन पर्थ्यो, त्यो एउटा पनि रहेको छैन।

7:2b.MIC.007.002 यसको अर्थ हुन्छ; ती सबै राम्रा मानिसहरु गइसकेकाछन्, एउटै पनि धर्मी मानिसहरु यो भूमिमा रहेनन्। हरेक मानिसहरु एक- अर्कालाई मार्नको निम्ति ढुकी बस्छन्। हरेक मानिस आफ्नो भाइलाई जालमा फसाउँन षड्यन्त्र रचिबस्छन्।

7:3b.MIC.007.003 मानिसहरुको दुवै हातहरु नराम्रो काम गर्न तयार छन्। शसकहरु काम गर्नलाई घुस माग्छन्। न्यायकर्ताले पैसा लिएर न्यायलयमा फैसला बद्लि गर्छन्। “मुख्य अगुवाहरु” साँचो र निष्पक्ष निर्णय लिंदैनन्। तिनीहरु आफुलाई जस्तो मनपर्छ, त्यस्तै काम गर्छन्।

7:4b.MIC.007.004 तिमीहरुका अगमवक्ताले भनेका थिए, “यस्तो दिन आउनेछ, तिमीहरुका प्रहरीहरुको दिन आउँदैछ। अब तिमीहरुलाई सजाय दिनेछन्। तिमी अन्योलमा पर्नेछौ।

7:5b.MIC.007.005 तिमी आफ्नो छिमेकीमाथि भरोसा नगर। तिमी आफ्नो साथीलाई विश्वास नगर। आफ्नो पत्नीसित पनि खुलेर कुरा नगर।

7:6b.MIC.007.006 मानिसको आफ्नै घर भित्र शत्रु हुन्छ। छोराले बाबुको आदर गर्दैनन्। छोरी आफ्नी आमाको बिरुद्धमा जानेछे। बुहारी आफ्नी सासुको बिरुद्धमा जानेछे।

7:7b.MIC.007.007 म सहायताको निम्ति परमप्रभुलाई हेर्नेछु। म परमेश्वरको प्रतिक्षा गर्नेछु उहाँले मलाई बचाउँनु भएकोछ। मेरा परमेश्वरले मेरो कुरा सुन्नुहुनेछ।

7:8b.MIC.007.008 म लडेकेछु। तर हे, मेरो शत्रु! मेरो हाँसो नउडाऊ। म फेरि खडा हुनेछु। यद्यपि आज अँध्यारोमा बसेकोछु, परमप्रभुले ममा ज्योति ल्याउनुहुनेछ।

7:10b.MIC.007.010 फेरि मेरो शत्रुहरुले यो देखेर लज्जित हुनेछन्। मेरो शत्रुहरुले मलाई सोधेको थियो, “तेरा परमप्रभु परमेश्वर कहाँछन्?” त्यस समय, म उसमाथि हाँस्नेछु। मानिसहरुले उसलाई हिलो मैलोले कुल्चेको जस्तै कुल्चने छन्।

7:11b.MIC.007.011 त्यो समय आउनेछ जुन दिन तिम्रा पर्खाल फेरि निर्माण हुनेछ, त्यस समयमा तिम्रो देश विशाल हुनेछ।

7:12b.MIC.007.012 तिम्रा मानिसहरु तिम्रो भुमिमा फर्केर आउनेछन्। तिनीहरु अश्शूर र मिश्रदेशदेखि आउनेछन्। तिम्रा मानिसहरु मिश्र र यूफ्रेटिस नदीको अर्को भूमिबाट आउनेछन्, समुद्रदेखि लिएर समुद्रसम्मका र पर्वतदेखि पर्वतसम्मका मानिसहरु आउनेछन्।

7:13b.MIC.007.013 पृथ्वी ती मानिसहरु जो यस पृथ्वीका निवासी थिए तिनीहरुको कर्महरु जुन तिनीहरुले गर्थे ती कारणले बर्बाद भएको थियो।

7:14b.MIC.007.014 यसकारण आफ्नो राजदण्डले तिमी शासन गर। तिमी ती वथानहरुलाई शासन गर जुन तिम्रो आफ्नो हो। मानिसको वथान कर्मेलको पहाडमा एकलै बस्थे। यो बथान बाशानमा छ अनि गिलादमा छ जसरि त्यो पहिला बसेको थियो।

7:15b.MIC.007.015 जब मैले तिमीलाई मिश्रबाट निकालेर ल्याएको थिएँ, मैले धेरै अचम्मको कामहरु गरेको थिएँ। त्यस्तै अचम्मका कामहरु म तिमीलाई देखाउँनेछु।

7:16b.MIC.007.016 ती अचम्मका कामहरु अन्य जातिहरुले देख्ने छन्, अनि लज्जित हुनेछन्। ती जातिहरुले देख्नेछन्, तिनीहरुको शक्ति मेरो छेउमा केहि पनि होइन। उनीहरु छक्क पर्नेछन् अनि आफ्नो मुख हातले छोप्नेछन् अनि कान बन्द गर्नेछन् र केही पनि सुन्ने छैनन्।

7:17b.MIC.007.017 तिनीहरुले जमीनमा घस्रने साँपले झैं धूलो चाट्नेछन्, र तिनीहरु डरले काम्नेछन्। तनीहरु परमप्रभु हाम्रा परमेश्वरकहाँ घस्रने किरा झैं तिनीहरुका किल्लाहरुबाट आउँनेछन्। तिनीहरु तिमीहरुसित डराउँनेछन्।

7:18b.MIC.007.018 तपाईं जस्तो परमेश्वर अरु छैनन्। तपाईंले पापीहरुलाई क्षमा गरिदिनुहुन्छ। तपाईंले आफ्नो बाँचेका मानिसहरुका पाप क्षमा गरिदिनुहुन्छ। तपाईले आफ्ने रिसलाई राखिराख्नु हुन्न किनकि तपाईं सधैं दया गर्न रूचाउनु हुन्छ।

7:19b.MIC.007.019 हे परमप्रभु! हाम्रा पापहरु टाढा फ्याँकि दिनुहोस्, फेरि हामीलाई सुख चैन दिनुहोस्, हाम्रा पापहरु तपाईंले टाढा गहीरो समुद्रमा फ्याँकि दिनुहुनेछ।

7:20b.MIC.007.020 तपाईं याकूबप्रति साँचो हुनुहुन्छ, अब्राहम प्रति दयालु हुनुहुन्छ। तपाईंले यस्तो शपथ धेरै अगाडी हाम्रो पिता-पुर्खाहरुसंग गर्नुभएको थियो।


Holder of rights
Multilingual Bible Corpus

Citation Suggestion for this Object
TextGrid Repository (2025). Nepali Collection. Micah (Nepali). Micah (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-AD4B-2