Amos (Nepali)

Amos (Nepali)

1

1:1b.AMO.001.001 आमोसको वचन! आमोस तको देशको एकजना भेडा गोठालो थिए। यहुदाका राजा उज्जियाह र योआशाका छोरा इस्राएलका राजा यारोबाबेलको पालामा भुइँचालोको दुइ र्बष अघि इस्राएलको विषयमा आमोसले दर्शन पाएका थिए।

1:2b.AMO.001.002 आमोसले भने, “ परमप्रभु सियोनमा सिंह जस्तै गर्जनु हुनेछ। परमप्रभुको ठुलो गर्जन यरूशलेमबाट हुनेछ। यस समयमा गोठालाहरूको हरियो मैदान सुकनेछ। यहाँ सम्म की कर्मेलको टाकुरा समेत ओइलिनेछ।

1:3b.AMO.001.003 तिनीहरुले धेरै अपराधहरू गरेको कारण, “ म निश्चयनै दमीशकलाई दण्ड दिनेछु। किन? किनभने तिनीहरुले गिलाद का मानिसहरुलाई फलामको दाँदेले धुलोपारेको छ।

1:4b.AMO.001.004 यसकारण म हजाएलको घरमा आगो लगाई दिनेछु अनि त्यो आगोले बेनहददका पर्खालहरु भस्म पार्नेछ।

1:5b.AMO.001.005 “म दमीशकका बलिया ढोकाहरु पनि भाँचिदिनेछु। र आवेनको सिंहासनमा बस्ने मानिसलाई पनि नष्ट पारिदिनेछु। अनि बेथ-एदेनमा राजदण्ड लिने राजालाई पनि नष्ट पारिदिन्छु। अरामका मानिसहरु पराजित हुनेछन्। अनि उनिहरुलाई बन्दीबनाएर किर देशमा लगिनेछ।” यो सबै परमप्रभुले भन्नु भएको हो।

1:6b.AMO.001.006 परमप्रभु भन्नुहुन्छ,”म गाजाका बासिन्दाहरुलाई उनीहरुले गरेको अपराध को विरूद्ध निश्चय नै सजाय दिनेछु। किन? किनभने उनीहरुले सम्पूर्ण देशको बासिन्दाहरुलाई कैद गरेर दासहरु बनाएर एदोमको हातमा सुम्पि दिए।

1:7b.AMO.001.007 यसकारण म गाजा देशको पर्खालहरुमा आगो लगाइदिनेछु। यो आगोले गाजा देशका सबै किल्लाहरु जलाइ दिनेछ।

1:8b.AMO.001.008 म अश्दोदबाट राज सिंहासनमा बस्ने मानिसलाई नष्ट गरिदिनेछु। म अश्कलोनबाट राजदण्ड लिने राजालाई पनि ध्वंश पारिदिनेछु, म एक्रोन का मानिसहरुलाई सजाए दिनेछु। अहिले सम्म बाँचेका पलिश्तीहरु मर्नेछन्।” परमप्रभु परमेश्वरले यो सबै कुरा भन्नुहुन्छ।

1:9b.AMO.001.009 परमप्रभुले यी सबै कुरा भन्नुहुन्छ, “म यो सोरका मनिसहरुलाई तिनीहरुले गरेको अपराधका निम्ति निश्चय नै सजाय दिनेछु। किन? किनभने तिनीहरुले देशका सम्पूर्ण मानिसहरुलाई कैद गरी एदोम को दास बनाएर पठाई दिए। तिनीहरुले तिनीहरुको दाजु-भाइहरुसंग गरेको सम्झौताको सम्झना पनि गरेनन्।

1:10b.AMO.001.010 त्यस आगोले सोरको किल्लाहरु पनि ध्वंश पार्नेछ।

1:11b.AMO.001.011 परमप्रभु भन्नुहुन्छ, “म एदोमका मानिसहरुलाई तिनीहरुले गरेको अपराधको निम्ति निश्चय नै सजाए दिनेछु। किन? किनकि एदोमले आफ्नो दाजु-भाइ इस्राएललाई पछाडिबाट तरवारले रोपेकोछ। एदोमले अलिकति पनि दया देखाएन। एदोम रिसाइ नै रह्यो अनि केहि पनि सहानुभुति देखाएनन्। ऊ जङ्गली जनावरहरु सरह लगातार इस्राएललाई च्यातिरह्यो।

1:12b.AMO.001.012 यसकारण म तेमानमा आगो लगाइदिनेछु। त्यो आगोले बोज्राको किल्लाहरु पनि ध्वंश पार्नेछ।

1:13b.AMO.001.013 परमप्रभु भन्नु हुन्छ, “म अम्मोनका मानिसहरुलाई तिनीहरुले गरेका अपराधका निम्ति निश्चय नै दण्ड दिनेछु। किन? किनकि तिनीहरुले गिलादमा आफ्नोलागि अधिक जमीन प्राप्त गर्न गर्भवती महिलाहरुलाई मारे।

1:14b.AMO.001.014 यसकारण, अब म रब्बाको पर्खाल मा आगो लगाइ दिनेछु। यो आगोले रब्बाको अग्लो पर्खाल नष्ट पार्नेछ। कष्ट तिनीहरु माथि आँधी बेरी जस्तै तिनीहरुको देशमा आइपर्नेछ।

1:15b.AMO.001.015 त्यस समय तिमीहरु को राजा कैदमा पर्नेछ, राजा र भारदारहरु एकै साथ बन्दी बनाइनेछ।” परमप्रभुले यी सबै कुरा भन्नुभयो।

2

2:1b.AMO.002.001 परमप्रभुले यी कुरा भन्नुहुन्छ, “म मोआबका मानिसलाई तिनीहरुले गरेको अपराधको निम्ति निश्चय नै दण्ड दिनेछु। किन? किनभने मोआबको राजाले एदोमको राजाको हड्डी जलाएर चुना बनायो।

2:2b.AMO.002.002 यसकारण अबम मोआबमा आगो लगाइदिनेछु, अनि त्यो आगोले करियोतका पर्खालहरु भस्म पार्नेछु। र त्यहाँ खैला-बैला, चिच्याइ र तुरहीको आवाज आउँनेछ अनि मोआब मर्नेछ।

2:3b.AMO.002.003 यसकारण म मोआबका राजालाई उसको सबै अगुवाहरुसितै मार्नेछु।” परमप्रभु यसो भन्नुहुन्छ।

2:4b.AMO.002.004 परमप्रभु भन्नुहुन्छ, “म यहूदालाई उनीहरुले गरेको बिभिन्न अपराधको निम्ति निश्चय नै दण्ड दिनेछु। किन? किनभने तिनीहरुले परमप्रभुको आज्ञा मान्न अस्वीकार गरे। तिनीहरु आफ्ना बाबुहरुले मानेका झूटो देवताहरुलाई मानेर पथ-भ्रष्ट भएकाछन्।

2:5b.AMO.002.005 यसैकारण म यहुदामा आगो लगाइदिनेछु अनि त्यो आगोले यरूशलेमको किल्लाहरुलाई खरानिमा परिणत गर्नेछ।”

2:6b.AMO.002.006 परमप्रभु भन्नुहुन्छ, “म इस्राएललाई तिनीहरुले गरेका विभिन्न अपराधहरुका निम्ति दण्ड दिनेछु। किन? किनकि तिनीहरुले धर्मी र गरीब मानिसलाई एकजोडी जुत्ताको मुल्यमा बेचे।

2:7b.AMO.002.007 तिनीहरुले ती गरीब मानिसहरुलाई कुल्चिए अनि पिडित मानिसको कुरा सुनेनन्।

2:8b.AMO.002.008 तिनीहरुले गरीब मानिसबाट उनीहरुको लुगा बन्धक लिए अनि ती लुगाहरु तिनिहरुले मूर्ति आराधना गर्दा लगाए। तिनीहरुले मानिसहरुलाई जरिवाना तिर्न बाध्य गराए र त्यस पैसाबाट तिनीहरुले दाखरस किने र तिनीहरुका देव-मन्दिरमा पिए।

2:9b.AMO.002.009 तर मैले एमोरीहरुलाई तिनीहरुको अगाडी ध्वंश गरिदिएँ। मैले त्यसको फलहरु माथिदेखि र त्यसका जरा तलै सम्म ध्वंश गरिदिंए।

2:10b.AMO.002.010 “मैले तिमीहरुलाई मिश्रदेखि बाहिर निकालेर ल्याएँ र मरूभूमिका उजाड स्थानहरुमा चालीस र्बष सम्म डोर्याएँ। मैले तिमीहरुलाई एमोरीहरुको भूमिदिएँ।

2:11b.AMO.002.011 मैले तिमीहरुका कतिपय नानीहरुलाई अगमबक्ताहरु बनाएँ। अनि मैले कतिपय युवकहरुलाई नाजिरीहरु बानाएँ। हे इस्राएलीहरु हो! के योकुरा सत्य होइन? परमप्रभु भन्नुहुन्छ।

2:12b.AMO.002.012 “तर तिमीहरुले नाजिरीहरुलाई दाखरस खुवायौ। तिमीहरुले अगमबक्ताहरुलाई अगमवाणी गर्न रोक लगायौ।

2:13b.AMO.002.013 हेर, म तिमीहरुलाई अन्नले ठेलागाडी लादिए झैं दबाउनेछु।

2:14b.AMO.002.014 कुनै पनि मानिस बाँच्ने छैन, यहाँ सम्म कि बेगसित दगुर्नेलाई पनि छाडिने छैन।

2:15b.AMO.002.015 धनु-काँड चलाउने पनि युद्धमा बाँच्न योग्य हुने छैन। वेगसित दगुर्ने पनि उम्कन सकने छैन। घोडसवारले पनि आफ्नो प्राणबचाउन योग्यहुन सक्तैन।

2:16b.AMO.002.016 परमप्रभुले न्याय गर्ने दिनमा सबभन्दा साहसी पनि युद्घवाट नाङ्गै भाग्नेछ।”

3

3:1b.AMO.003.001 हे इस्राएलीहरुहो! यो समचार जो परमप्रभुले मिश्रबाट उहाँले ल्याउनु भएका तिम्रा परिवार र तिमीहरुको विरुद्ध भन्नु भएकोछ।

3:2b.AMO.003.002 “विभिन्न धेरै परिवारका मानिसहरुले पृथ्वी भरिनेछ। तर ती मध्ये केवल तिमीहरुलाई मैले चिनेकोछु र बिशेष ध्यान दिएकोछु तर तिमीहरु मेरो विरुद्धमा खडा भयौ। यसकारण, म तिमीहरुका सबै पापहरुका निम्ति तिमीहरुलाई दण्ड दिनेछु।”

3:3b.AMO.003.003 दुइ जनाको आपसमा सहमत् नभए सम्म संग-संगै हिडन सक्तैनन्।

3:4b.AMO.003.004 के बुढो सिंह जङ्गलमा आफ्नो शिकार पाउनअघि गर्जन्छ? के जवान सिंह शिकार नसमातिकन गुफा भित्र गर्जन्छ?

3:5b.AMO.003.005 जबसम्म तिमीले जालमा चारो हाल्दैनौ चरा पक्रनु सक्दैनौ। अनि जब जाल माथिउठ्छ यसले चराहरु पक्रनेछ।

3:6b.AMO.003.006 के युद्धको तुरहीको ध्वनी सुनेर मानिसहरु डराउँदैनन्? अनि यदि शहरमा कष्टहरु आउँछ भने त्यो परमप्रभुद्वारा पठाइएको हो।

3:7b.AMO.003.007 मेरा स्वामी परमप्रभुले सबै कुरा गर्न सकनु हुन्छ। तर केहिगर्नु अघाडी उहाँले आफ्नो सेवक अगमवक्तालाई योजना देखाउनुहुन्छ।

3:8b.AMO.003.008 यदि कुनै सिंह र्गजियो भने मानिस अवश्य नै डराउँछ भने यदि परमप्रभु बोल्नु हुन्छ भने, उहाँको सूचना घोषणा गर्न कसले उहाँलाई रोकन सक्छ?

3:9b.AMO.003.009 अश्दोद र मिश्रका किल्लाहरुमा यो वचन घोषणा गर, “सामरियाका पहाडहरुमा आऊ। त्यहाँ तिमीले गोलमाल पाउँनेछौ। किन? किनभने त्यहाँ अपराध गरिएको छ।

3:10b.AMO.003.010 तिनीहरु एकअर्कामा सहीतरिकाले बाँच्न जान्नदैनन्। तिनीहरुले तिनीहरुको किल्लामा डकैती र लुटेका मालहरु थुपार्छन्।”

3:11b.AMO.003.011 यसकारण परमप्रभु भन्नुहुन्छ, “त्यो देशमा एकजना शत्रु आउनेछ, त्यो शत्रुले तिमीहरुको सुरक्षा कुल्चिन्छ। उसले तिमीहरुको चिज लिएर जानेछ जुन आफ्नो किल्लामा लुकाएर राखेका छौ।”

3:12b.AMO.003.012 जसरी गोठालोले सिंहको मुखबाट थुमा बचाउँदा उसको दुई खुट्टा र एउटा कान मात्र बचाउन सकला, त्यसरी नै विलासीपूर्ण सोफामा र रेशमी ओछ्यानहरुमा सुत्ने सामरियामा बस्ने इस्राएली मानिसहरु मध्ये कोहि मात्र सुरक्षित रहने छन्।

3:13b.AMO.003.013 मेरा स्वामी सर्वशक्तिमान परमप्रभु परमेश्वर यो कुरा भन्नु हुन्छ, “याकूब को घरनाका मानिसहरुलाई यो कुराहरुको चेतावनी देऊ।

3:14b.AMO.003.014 परमप्रभुले न्याय दिनेदिनमा म इस्राएललाई उसका पापहरुको लागि दण्ड दिनेछु। म बेतेलका वेदी ध्वंश गरिदिनेछु र समस्त वेदी भुँइमाखस्ने बनाउँछु।

3:15b.AMO.003.015 म र्गमिमा बस्ने निवास स्थानका साथै शीतकालिन निवास स्थान पनि नष्ट पारिदिनेछु। अनि हात्तीको दाँतले बनाएका घरहरु पनि नष्ट गरिदिनेछु, धेरै घरहरु नष्ट गरिने छ।” परमप्रभु भन्नु हुन्छ।

4

4:1b.AMO.004.001 हे सामरियाको डाँडामा बस्ने गाईहरुहो, मेरो वचन सुन। तिमीले गरीब मानिसलाई दुःख दियौ र दरिद्रहरुलाई कुल्चियौ। तिमीहरुले आफ्ना पतिहरुलाई भन्छौ, “हामीहरुलाई नयाँ दाखरस पिउनको निम्ति ल्याऊ।”

4:2b.AMO.004.002 परमप्रभु मेरो स्वमीले यो प्रतिज्ञा गर्नु भयो, उहाँले आफ्नो पवित्रता को शपथ खानुभयो अनि भन्नुभयो, “हेर यस्तो दिन आइलाग्नेछ तिनीहरुले तिमीहरुलाई अंकुसेले समातेर र बाँकिरहेकालाई बल्छीले अल्झाएर लानेछन्।

4:3b.AMO.004.003 तिमीहरु सबै देवालका दूलोबाट बाहिर जानेछौ, तिमीहरु सबै हर्मोनको क्षेत्रपट्टि फ्याँकिनेछौ,” परमप्रभु भन्नुहुन्छ।

4:4b.AMO.004.004 “बेतेलको पवित्र स्थानमाजाऊ अनि पाप गर। गिलगालमा जाऊ अनि अझ पाप गर। दिनैपर्छ भने तिमीहरुले हरेक बिहान भेटी चाँडै चढाऊ। तीन दिन चाडको लागि तिमीहरुको फसलको एक दशांश चढाऊ।

4:5b.AMO.004.005 धन्यवादको भेटी खमिरहालेको रोटी चढाऊ अनि स्वइच्छा भेटी को घोषणा गर, किनभने हे इस्राएल हो तिमीहरु यसो गर्न मनपराउँछौ।”

4:6b.AMO.004.006 “मनै हुँ जसले तिमीहरुलाई भोक र अनिकाल ल्याईदिएँ। मैले तिमीहरुलाई कुनै खानेकुरा दिइन। तिमीहरुका सबै शहरहरुमा अन्न थिएन तर तिमीहरु फर्किएनौ,” परमप्रभु यसो भन्नुहुन्छ।

4:7b.AMO.004.007 मैले बर्षा रोकिदिंए अनि यो फसल पाकनु भन्दा तीन महिना अघि थियो। मैले एउटा शहर मा पानी पर्नदिए तर अर्को मा दिइँन। त्यसपछि मैले एउटा खेतमा पानी पर्ने गराएँ तर अर्को खेत सुक्यो।

4:8b.AMO.004.008 यसकारण दुई या तीन शहरका मानिसहरु पानीको निम्ति अर्को शहर तिर डुलिहिंडे तर त्यहाँ प्रत्येक मानिसको निम्ति प्रशस्त पानी थिएन। तर पनि तिमीहरु सहायताको निम्ति मकहाँ आएनौ।” परमप्रभुले यी कुराहरु भन्नुभयो।

4:9b.AMO.004.009 “मैले तिम्रो फसलहरु ज्यादै गर्मी र किराहरुद्वारा मारिदिएँ। जम्मै बशैया र दाख का बोटहरु मारिदिएँ। सलहले नेभाराको बोट र भद्राक्षेको बोटहरु सबै नष्ट पारिदियो। तर पनि तिमीहरु सहाएताको निम्ति मकहाँ आएनौ।” परमप्रभु भन्नुहुन्छ।

4:10b.AMO.004.010 “मैले तिमीहरुका बिरुद्धमा महामारी फैलाईदिएँ जस्तो मिश्र देशमा फैलिएको थिएँ। मैले तिमीहरुका युवाहरुलाई तलवारले काटेर मारें। मैले तिमीहरुका घोडाहरु लगें। मैले तिमीहरुको घरमा मृत्युको दुर्गन्ध फैलाई दिएँ, तर पनि तिमीहरु मकहाँ सहायताको निम्ति आएनौ।” परमप्रभु यी कुराहरु भन्नुहुन्छ।

4:11b.AMO.004.011 “मैले जसरि सदोम र गमोरालाई नष्ट परेकोथिएँ। त्यसरिनै तिमीहरुलाई नष्ट पारें। तिमीहरु आगोबाट निकलेको धुवाँसित बल्दैगरेको दाउरा जस्तै छौ। तर पनि तिमीहरु मकहाँ सहायताको निम्ति आएनौ।” परमप्रभु भन्नुहुन्छ।

4:12b.AMO.004.012 “यसकारण, इस्राएल! म तिमीहरुलाई दण्ड दिनजाँदैछु। इस्रएल, तिमीहरु परमेश्वरको दण्ड सामना गर्न तयार हुनैपर्छ।

4:13b.AMO.004.013 “परमेश्वर नै एकजना हुनुहुन्छ जसले पहाड र बतास सृजना गर्नहुन्छ। उहाँले मानिसहरुलाई आफ्नो बिचार भन्नुहुन्छ। उहाँनै एक हुनुहुन्छ जसले बिहानलाई अँध्यारोमा परिवर्तन गनुहुन्छ। अनि पृथ्वीका पहाडहरुमाथि चढनु हुन्छ। उहाँको नाउँ यहोवा हो परमप्रभु भन्नुहुन्छ।”

5

5:1b.AMO.005.001 हे इस्रएल, यी शोक गीतहरु सुन जुन मैले तिनीहरुको बारेमा गाउँछु।

5:2b.AMO.005.002 इस्राएलकी कन्या सामरिया फेरिकहिल्यै नउठ्ने गरि लडेकीछिन्। उनी आफ्नो भूमिमा कसैले नउठाउनेगरी परित्यक्त छिन्।

5:3b.AMO.005.003 मेरा स्वामी परमप्रभु यो भन्नुहुन्छ,”शहरबाट एक हज्जार मानिसहरु गएर एक सयमात्र फर्केर आए। शहरबाट एक सय मानिसहरु गए र केवल दशजना मात्र इस्राएल राष्ट्रमा फिर्ता आए।

5:4b.AMO.005.004 परमप्रभु इस्राएलका मानिससित यसो भन्नुहुन्छ, “मेरो खोजि गर्दै आऊ अनि बाँच्नेछौ

5:5b.AMO.005.005 तर बेतेललाई नखोज, गिलगाल मा नजाऊ, सिमानापार नगर। अनि बेर्शेबामा नजाऊ। गिलगालका मानिसहरुलाई कैदमा लगिनेछ। अनि बेतेललाई नष्ट पारिदिनेछ।

5:6b.AMO.005.006 परमप्रभुकहाँ आऊ र तिमीहरू बाँच्नेछौ। यदी तिमीहरु परमप्रभुकहाँ गएनौ भने उहाँले इस्राएल राष्ट्र माथि आगोले झैं झम्टनु हुनेछ। इस्राएल राष्ट्र आगोले ध्वस्त पारिनेछ र परमेशवरको घर समेत कोही सुरक्षित हुनेछैन।

5:7b.AMO.005.007 हे मानिस हो! तिमीहरु किन न्यायलाई तिक्तातामा र धर्मलाई घृणासरह व्यवहार गर्छौ?

5:10b.AMO.005.010 तिमी मानिसहरु, अगमवक्तालाई घृणागर्छौ जो तिमीहरुका अन्यायलाई लल्कार्छ र मानिसहरुसित सत्य बोल्छ।

5:11b.AMO.005.011 अत्यचार र लुटद्वारा तिमाहरुले गरीवहरुलाई कुल्चेकाछौ। तिमीहरुले तिनिहरुको खाना लुटेकाछौ। कुँदिएका ढुङ्गाका घरहरु बनाउन त्यो बेचेकाछौ। तर तिमीहरु यी राम्रा घरहरुमा बस्नेछौनौ, तिमीले राम्रा-राम्रा दाखका बोटहरु लगाएकाछौ तर तिमीले त्यसबाट बनेको दाखरस पिउन पाउने छैनौ।

5:12b.AMO.005.012 मलाई थाहाछ तिमीहरुका धेरै डरलाग्दा पापहरु र ठुलो अपराध बिषयमा मलाई थाहा छ। तिमीहरुले धर्मीहरुको बिरोध (खेदो) गर्यौ र गरीबहरुलाई अत्यचार गर्न घुस लियौ।

5:13b.AMO.005.013 त्यस समयमा बुद्धिमानहरु चुप लाग्ने छन्। किन? किनभने यो समय खराब छ।

5:14b.AMO.005.014 नराम्रो होइन राम्रो गर्ने लक्ष बनाऊ ताकि तिमीहरु बाँच्नेछौ। तब परमप्रभु परमेश्वर सर्वशक्तिमान तिमीहरुसंग हुनुहुनेछ जसरी तिमीहरुले तिमीहरुसित उहाँ हुनुहुन्छ भनेका छौ।

5:15b.AMO.005.015 खराबीलाई घृणागर अनि भलाईलाई प्रेम गर। न्यायलयमा न्यायमा फर्कार्इ ल्याऊ, तब सम्भव छ कि सर्वशक्तिमान परमप्रभु परमेश्वरले यूसुफको कुलमा बाँचेका मानिसहरुलाई राम्रो गर्नुहुनेछ।

5:16b.AMO.005.016 त्यसकारण परमप्रभु परमेश्वर सर्वशक्तिमान भन्नुहुन्छ, “सबै सार्वजनिक स्थानमा रोईरहेका छन् र सबै गल्लीहरुमा मानिसहरुले परमेशवरलाई पुकारिरहेका हुनेछन्। तिनीहरुले किसानहरुलाई रूनु र विलाप गर्नु बोलाउनेछन्। तिनीहरुले शोकगर्नेहरुलाई ज्यालामा ल्याउँनेछन्।

5:17b.AMO.005.017 मानिसहरु दाखका सबै खेतहरुमा रूनेछन्। किन? किनकि तिमीहरुको धार्मिक मण्डलीबाट जानेछु र तिमीहरुलाई दण्ड दिनेछु” परमप्रभु यसो भन्नु हुनछ।

5:18b.AMO.005.018 आहा, परमप्रभुको बिशेष दिनलाई पर्खिरहेका तिमीहरु आफैंलाई हेर। तिमीहरु किन परमप्रभुको न्यायको दिन चाहन्छौ? यो एउटा गहिरो दिन हुनेवाला छ उज्यालो होइन।

5:19b.AMO.005.019 तिमीहरु भालुको सन्मुख नहुनलाई भाग्दा कुनै सिंहको अघि पुगेको मानिसजस्तो हुनेछौ, अथवा तिमीहरु एकजना मानिस जान्छ र आराम गर्नु भित्तामा अडेसलागेको बेला साँपले डसेको मानिसझैं हुनेछौ।

5:20b.AMO.005.020 यसकारण परमप्रभुको बिशेष दिन अँध्यारो हुनेछ उज्यालो हैन, यो सोकको समयमा र्हष र उल्लास हुनेछैन।

5:21b.AMO.005.021 “म तिमीहरुको दिनलाई घृणागर्छु। म त्यो स्वीकार गर्दिन। म तिमीहरुको धार्मिक सभाको आनन्द लिनेछैन।

5:22b.AMO.005.022 तिमीहरुसे होमबली र अन्नबली चढाएता पनि म स्वीकार्ने छैन। तिमीहरुले अन्न खुवाएर बलियो पारेको जनावरको शान्तिबलि पनि म स्वीकार गर्नेछैन।

5:23b.AMO.005.023 तिमीहरुका हल्लै-हल्लाको गीतहरु मबाट टाढैराख, म तिमीहरुको वीणाबाट आएको धुन सुन्ने छैन।

5:24b.AMO.005.024 तर न्याय बगोस् पानी सरह र बगोस् धर्म कहिले पनि शेष नहुने खोला झैं।

5:25b.AMO.005.025 हे इस्राएल! के तिमीहरुले जब तिमीहरु चालिस र्बष सम्म मरुभुमिमा थियौ मलाई भेटी चढायौ?

5:26b.AMO.005.026 तिमीहरुले मुर्तिहरुका राजा सिककुतलाई तिमीहरुका राजा अनि तारा देवता कीयूनलाई देवता झैं मानेका छौ। जो तिमीहरुले आफ्नै निम्ति बनायौ।

5:27b.AMO.005.027 यसकारण म तिमीहरुलाई दमीशकस भन्दा पर निर्वासित पार्नेछु।” परमेश्वर सर्वशक्तिमान उहाँको नाउँ हो।

6

6:1b.AMO.006.001 हाय! तिमीहरु आफैलाई हेर, जो सियोनमा आरामको जीवन मनाईरहेकाहरु अनि सामरिया पर्वत माथि बचाउको अनुभव गरिरहेकाहरु। तिमी ‘महत्वपुर्ण मानिस’ जसकहाँ ‘इस्रएलका राजपरिवार’ सल्लाहको लागि जान्छन्, तिमीहरुका निम्ति अनिष्ठ हुनेछ।

6:2b.AMO.006.002 कल्नेह, हमात अनि पलिश्ती शहर र गात शहर हेर, के इस्राएल यी शहरहरु भन्दा राम्रोछ? होइन! के यी शहरहरुका सिमाना इस्राएलका सिमाना भन्दा ठुलाछन्? होइन।

6:3b.AMO.006.003 हाय! तिमीहरु आफैलाई हेर, तिमीहरु जसले खराब दिन जम्मा गर्छौ अनि हिंसाको दिन नजिक ल्याउँछन्।

6:4b.AMO.006.004 हाय! हेर तिमीहरु आफैलाई हेर, जो आरामदाई पलङ्गमा सुत्छौ अनि सोफामा आफै तन्कन्छौ। यिनीहरु नै हुन् जो बथानवाट थुमाहरु खान्छन् र गाईको बथानबाट बाछो खन्छन्।

6:5b.AMO.006.005 तिमीहरु गरीबका दयनीय अवस्थाको वास्ता गर्दैनौ। तिमीहरु अल्छिगरि वीणा बजाउँछौ, तिमीहरु दाऊद जस्तै आफ्नै निम्ति वाद्यहरुको आकार बनाउँछौ जसमा आफ्ना गीतहरु बजाउँछौ।

6:6b.AMO.006.006 तिमीहरु सुन्दर-सुन्दर कचौरामा दाखरस पिउँछौ। तिमीहरु उच्चस्तरीय तेलले आफु मालिस गर्छौ। अनि तिमीलाई यसको निम्ति चिन्ता छैन कि यूसुफ को परिवार नष्ट गरिदैछ भन्ने।

6:7b.AMO.006.007 यसकारण तिनीहरु निस्कासित हुनेछन्। हो, तिनीहरु बन्द बनाई लगिनेहरुमा प्रथम हुनेछन्। तिनीहरु मर्नेमा पहिलो हुनेछन्। तिनीहरुका भोजहरु र मोजमज्जाको अन्तहुनेछन्।

6:8b.AMO.006.008 परमप्रभु मेरो मालिकले उहाँले आफ्नो नाउँ सर्वशक्तिमान परमेश्वर भनेर यो प्रतिज्ञा गर्नुभयो, “म यो कुरालाई घृणा गर्छु, जसमा याकुबले घमण्ड गर्छ। म उसको अट्टालिका हरुलाई घृणा गर्छु। यसकारण शत्रुलाई शहर र यसमा भएको प्रत्तेक कुरा लिन दिनेछु।”

6:9b.AMO.006.009 यस्तो हुनेछ यदि दशदना मानिसहरु घरभित्र छन् भने, तिनीहरु सबै मर्नेछन्।

6:10b.AMO.006.010 जब उनका मानिसहरु उसको लास जलाउन लिन आउँछन्, तिनीहरुले उसको हड्डी बाहेक केही पाउँदैनन्। तब उसले ती घरभित्र लुकनेलाई सोध्छ, “तिमीसित अन्य लासहरु छन्?” तनीहरुले जवाफ दिनेछन्, “छैन!” त्यस समय त्यस आफन्तले भन्नेछन्, “चुप लाग्, यहाँ हामीले परमप्रभुको नाउँ लिनु हुँदैन।”

6:11b.AMO.006.011 हेर, परमप्रभु परमेश्वरले आज्ञा दिनुहुन्छ कि विशाल महल टुक्रा-टुक्रा पारिनुपर्छ र सानो घरहरु अझ सानो-सानो टुक्रा पारेर भत्काउनु पर्छ।

6:12b.AMO.006.012 के घोडाहरु चट्टानमाथि दर्गुछ? अहँ। के कुनै मानिसले समुद्रमाथि गोरू जोत्छ? अहँ, तर पनि तिमीहरुले प्रत्येक चिज उल्टा पुल्टा गरिदिन्छौ। तिमीले त राम्रो अनि न्यायलाई विषमा परिणत गरिदिन्छौ र धर्मलाई तितेपाती जस्तै तितो बनाई दिन्छौ।

6:13b.AMO.006.013 तिमीहरु लो-देबारको पराजयमा खुशी हुन्छौ। तिमी भन्छौ, “हामीले कर्नेमलाई आफ्नो शक्तिले जितेका हौं।

6:14b.AMO.006.014 “इस्राएल हेर! म तिम्रो बिरोधमा एउटा राज्य खडा गर्नेछु। अनि तिनीहरुले तिमीहरुलाई हमातको प्रवेशद्वारदेखि अराबको खोलो सम्म अत्यचार गर्नेछन्।” सर्वशक्तिमान परमप्रभु परमेश्वरले यो कुरा भन्नुभएको हो।

7

7:1b.AMO.007.001 परमप्रभुले मलाई यो दर्शन देखाउनु भयो। यस दर्शनमा राजाको अंश अन्न भित्र लगिए पछि नयाँ अन्न उब्जँदै गरेकोमा उहाँले सलहहरु बनाउँदै गरेको मैले देखें।

7:2b.AMO.007.002 सलह ले देशको सारा घाँसहरु खायो। त्यसपछि मैले भनें, “मेरा स्वामी परमप्रभु, म बिन्तीगर्छु, हामीलाई क्षमा गर्नुहोस्! याकुब बाँच्न सक्दैन। त्यो अत्यन्तै सानो छ।”

7:3b.AMO.007.003 त्यसपछि परमप्रभुले यसको विषयमा आफ्नो बिचार बदल्नु भयो। परमप्रभुले भन्नुभयो, “यस्तो हुनेछैन।”

7:4b.AMO.007.004 मेरा स्वामी परमप्रभुले मलाई उहाँको भयानक न्याय, परेको पानी पोखिए जस्तै देखाउनुयो। आगोले बिशाल समुद्र जलायो आगोले जमीन नष्ट पारिदियो।

7:5b.AMO.007.005 तब मैले भने, “हे परमप्रभु परमेश्वर म तपाईं सित बिन्ती गर्दछु याकुब बाँच्नसक्दैन, त्यो एकदै सानो छ।”

7:6b.AMO.007.006 त्यपछि यसको बिषयमा परमप्रभुले बिचार बदल्नु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो, “यस्तो हुनेछैन।”

7:7b.AMO.007.007 तब परमप्रभुले मलाई यो दर्शन देखाउनुभयोः यस दर्शनमा उहाँ साहुलले चिन्ह लगाएर बनाएको पर्खाल नजिक हुनुहुन्थ्यो। अनि उहाँले आफ्ना हातमा साहुल समातिरहनु भएको थियो।

7:8b.AMO.007.008 परमप्रभुले मलाई सोध्नुभयो, “आमोस तँ के देख्दैछस्?” मैले भनें, “म एउटा साहुल देख्दैछु।” त्यपछि मेरा मालिकले मलाई भन्नु भयो, “हेर, म मेरा इस्राएलको मानिस बिरुद्ध साहुल प्रयोग गर्नेछु। म तिनीहरुको ‘दुष्ट्याँई’ फेरि कहिल्यै बेवास्ता गर्ने छैन।

7:9b.AMO.007.009 इसहाकको अग्ला ठाउँहरु नष्ट गरिनेछ। इस्राएलको पवित्र स्थानहरु उजाड हुनेछ। म खडा हुनेछु र यरोबामको परिवारलाई तलवार लिएर आक्रमण गर्नेछु।”

7:10b.AMO.007.010 बेतलको पुजहारी अमस्याहाले इस्राएलका राजा यारोबामकहाँ यो खबर पठायोः आमोसले तिमीहरुको बिरुद्ध षडयन्त्र रच्दैछ। उसले इस्राएलका मानिसहरुलाई तिम्रो बिरुद्ध युद्ध गर्नका निम्ति कोसिस गरिरहेको छ। उसले यति ज्यादा गर्दैछ कि उसको शब्दले पुरै देशमा खपिनसकनु भएकोछ।

7:11b.AMO.007.011 आमोसले भन्यो, “यरोबामलाई तरवारले काटिनेछ र इस्राएका मानिसहरुलाई तिनिहरुको देशबाट निर्वासित गरिनेछ।”

7:12b.AMO.007.012 अमस्याले आमोसलाई भन्यो, “हे भबिष्यवक्ता यहुदा तर्फ दक्षिण तर्फ दुगुर अनि त्यहाँ अगमवाणी दिएर आफ्नो भोजन कमाऊ।

7:13b.AMO.007.013 तर यहाँ बेतेलमा ज्यादा उपदेश नदेऊ। यो यारोबामको पवित्र स्थान हो। यो इस्राएलको मन्दिर हो।

7:14b.AMO.007.014 तब आमोसले अमस्याहालाई जवाफ दियो, “म पेशागत अगमवक्ता होइन र म राजाको अगमवक्ता होइन। म एउटा गोठालो हुँ अनि अञ्जीर र नेभाराका रूखहरु रूँग्ने मानिस हुँ।

7:15b.AMO.007.015 परमप्रभुले मलाई भेडा-बाख्राहरु चराउँदै गर्दा ठाउँबाट बोलाउनु भयो अनि भन्नु भयो, ‘जा मेरा मानिसहरु इस्राएललाई अगमवाणी गर।’

7:16b.AMO.007.016 यसैकारण परमप्रभुको वचन सुन, तिमीहरु मलाई भन्दछौ, ‘इस्राएलको बिरुद्ध अगमवाणीनगर। इस्राएलको कुलको बिरुद्ध उपदेश नदेऊ।’

7:17b.AMO.007.017 परमप्रभुले यसो भन्नुहुन्छ, “तिम्रो पत्नी यो शहरमा एकजना वेश्याहुनेछे। अनि तिम्रो छोराहरु र छोरीहरु अपवित्र भूमिमा तरवारले मारिन्छन्। तिम्रो भूमि, नाप्ने डोरीले भाग गरिनेछ अनि तिमी आफैं भूमि अपवित्र पार्नेछौ। इस्राएल निश्चयनै आफ्नो भूमिबाट बन्दीको रुपमा लगिनेछ।”

8

8:1b.AMO.008.001 परमप्रभुले मलाई यो देखाउनु भयो। मैले ग्रीष्म ऋतुमा पाकेको फलको डाला देखें।

8:2b.AMO.008.002 परमप्रभुले मलाई सोध्नु भयो, “आमोस तिमीले के देख्दैछौ?” मैले भने, “ग्रीष्म ऋतुमा पाकेको फलको एउटा डालो देखें।” तब परमप्रभुले मसँग भन्नु भयो, “मेरा मानिसहरु इस्रएलको अन्त आयो। म तिनीहरुको पापलाई अझ नदेखे झैं गर्न सक्तिनँ।

8:3b.AMO.008.003 अन्तिम समयमा परमप्रभुको भवनमा शोकपूर्ण गीतहरु गाइन्छ, मेरा परमप्रभु मालिक भन्नुहुन्छ, “लाशहरु प्रत्येक ठाउँमा हुनेछन् र नीखतामा लाशहरु लगिनेछन्।”

8:4b.AMO.008.004 सुन! मानिसले असहाय मानिसलाई थिचोमिचो गर्छन्। तिमीहरुले यस देशको गरीबहरु नष्ट पार्न चाहन्छौ।

8:5b.AMO.008.005 हे व्यापारिहरु हो! तिमीहरु भन्दछौ, “औंसी कहिले बित्छ ता कि हामी गहुँ बेच्न सक्छौं। कहिले शाबाथ बित्ला र हामीले बेच्न शुरु गर्ने? तब हामीले खोटो तराजु प्रयोग गरेर ठग्न सक्छौ र हाम्रा ग्राहकहरुलाई धोका दिन सक्छौ।

8:6b.AMO.008.006 तिमीले आफैलाई भन्छौ, “हामीले गरीबलाई चाँदीले किन्छौं अनि दरिद्रलाई एक जोडी जुत्ताले किन्छौं। हामी सडेको गहुँ पनि बेच्छौं।”

8:7b.AMO.008.007 परमप्रभुले ‘याकुब गर्व नामक आफ्नो नाम प्रयोग गर्नु भयो र शपथ लिनुभयो, “म उसको कर्म कदापि भुल्ने छैन।”

8:8b.AMO.008.008 किनभने यी कार्यहरुको कारण सम्पूर्ण भूमि काम्नेछ। यस देशमा बस्ने प्रत्तेक मानिस मृत्यु भएको मानिसहरुको निम्ति रुनेछन्। मिश्रको नील नदी जस्तै सम्पूर्ण भूमि उठ्नेछ र तल झर्नेछ। भूमि यता उता फ्याँकिनेछ।”

8:9b.AMO.008.009 परमप्रभुले भन्नुभयो, “म सूर्यलाई मध्यदिनमा अस्ताउने बनाईदिनेछु अनि पृथ्वीको दिनको उज्यालोलाई अँध्यारो बनाईदिनेछु।

8:10b.AMO.008.010 म तिमीहरुको चाडको दिनहरुलाई शोक मनाउने दिनहरुमा र खुशीको सबै गीतहरुलाई दुःखको गीतमा परिवर्तन गरिदिनेछु। म तिमीहरुलाई वस्त्रहरु शोक लगाएका बनाउनेछु र टाउको खौराउनेछु। म तिमीहरुले जन्माएको एउटै मात्र छोरो मर्दा शक गरे जस्तै परिदिन्छु अनि यो तिक्त दिन हुनेछ।”

8:11b.AMO.008.011 परमप्रभु भन्नुहुन्छ, “हेर, त्यो दिन नजिकै आउँदैछ जब म देशमा अनिकाल ल्याउँनेछु। मानिसहरु रोटी र पानीको निम्ति भोकाउनेछैनन्। तर मानिसहरु परमप्रभुको वचनको निम्ति भोकाउनेछन्।

8:12b.AMO.008.012 तिनीहरु परमप्रभुको वचन सुन्नु देशमा मृत्य सागर देखि महासागर सम्म यता-उता जानेछन् अनि देशको उत्तर भाग देखि पूर्व सम्म, मानिसहरु परमेश्वरको वचनको निम्ति यता-उता गर्नेछ तर तिनीहरुले पाउने छैनन्।

8:13b.AMO.008.013 त्यस समय सुन्दर युवक र युवतीहरु तिर्खाले मुर्छा पर्नेछन्।

8:14b.AMO.008.014 तिनीहरुले सामरियाका मूर्तिहरुद्वारा शपथ खान्छन्, तिनीहरुले भन्छन्, ‘दानको मुर्तिहरुद्वारा अथवा बेर्शेबाको मुर्तिहरुद्वारा।’ तर यी मानिसहरु लडनेछन् र कहिल्यै पनि उठ्ने छैनन्।”

9

9:1b.AMO.009.001 मैले परमप्रभुलाई वेदीको छेउमा उभिएको देखें। उहाले भन्नुभयो, “संघार हल्लिञ्जेल र मानिसको टाउको चुर हुन्जेल खम्बामाथि ठोकाऊ। ती बाँचेकाहरुलाई तरवारले मार। भाग्नेहरु मारिनेछन्। कुनैमानिस पनि मेरो रिसबाट उम्कनेछैन।

9:2b.AMO.009.002 यद्यपि तिनीहरुले पत्ताल भित्र खने ता पनि तिनीहरु भएकहाँ मेरो हात पुग्नेछ अनि यदि तिनीहरु स्वर्गमा चढे पनि म तिनीहरुलाई त्यहाँबाट तल झार्नेछु।

9:3b.AMO.009.003 यद्यपि तिनीहरु कमेल पर्वतको टाकुरामा लुके पनि म तिनीहरुलाई भेट्नेछु। म तिनीहरुलाई मेरो छेउमा ल्याउनेछु। यदी तिनीहरु समुद्रको फेदमा लुके तापनि म सर्पलाई आज्ञा गर्नेछु र त्यसले तिनीहरुलाई डस्नेछ।

9:4b.AMO.009.004 यद्यपि तिनीहरु तिनीहरुको शत्रुको कब्जामा गए पनि म तरवारलाई आज्ञा गर्नेछु अनि त्यसले तिनीहरुलाई मार्नेछ। मैले तिनीहरुलाई नोक्सान गर्ने नै निश्चय गरें राम्रो गर्ने होइन।”

9:5b.AMO.009.005 मेरो मालिक सर्वशक्तिमान परमप्रभुले भूमिलाई छुनुहुन्छ अनि त्यो भूमि पग्लन्छ। तब त्यस भूमिमा भएका सबै मानिसहरु मृतकहरुका निम्ति रूनेछन्। त्यो प्रदेश मिश्रको नील नदी जस्तै माथि उर्लन्छ अनि तल झर्दछ।

9:6b.AMO.009.006 परमप्रभुले आफ्नो स्थान आकाशमाथि बनाउँनु भयो। उहाँले आफ्नो आकाश पृथ्वीमाथि राख्नु भयो। उहाँले समुद्रको पानीलाई बोलाउँनु हुन्छ। अनि देशमाथि खन्याउनु हुन्छ। उहाँको नाउँ परमप्रभु हो।

9:7b.AMO.009.007 परमप्रभु भन्नुहुन्छ, “हे इस्राएली, तिमीहरु मेरा निम्ति कुश जस्तै हौ। मैले इस्राएललाई मिश्रबाट निकालेर ल्याएँ। मैले पलिश्तीहरुलाई करतोरबाट ल्याएँ। अनि अरामीहरुलाई कोरबाट।”

9:8b.AMO.009.008 हे परमप्रभु मेरा मालिकको! आँखाहरु पापपूर्ण राज्यमाथि छन्। परमप्रभुले भन्नुभयो, “म इस्राएललाई पृथ्वीबाट सम्पुर्ण रूपले ध्वंश पार्नेछु। तर म याकुबको घरलाई ध्वंश गर्नेछैन।”

9:10b.AMO.009.010 मेरा मानिसहरु मध्येका पापीहरु तरवारले मारिन्छन्। तिनीहरुले भन्दैछन्, ‘हामीमा नराम्रो आउनेछैन।’ अथवा हामीलाई जित्ने छैनन्।”

9:11b.AMO.009.011 “त्यसदिन म दाऊदको ढलेको पाललाई उठाउनेछु, म चर्केकाहरु र नष्ट भएका भवनहरु मर्मत गर्नेछु। म त्यसलाई पहिलेको जस्तै पुनः र्निर्माण गर्नेछु।

9:12b.AMO.009.012 ताकि एदोममा बाँकी रहेका मानिसहरु र राष्ट्रहरु जो मेरो नाउँले (यहोवा) कहलाइन्छन् तिनीहरु लिनलाई परमप्रभु जसले यी सब गर्ने घोषणा गर्नु हुन्छ।”

9:13b.AMO.009.013 परमप्रभु भन्नुहुन्छ, “त्यो समय आइरहेछ जब प्रत्येक प्रकारको भोजन ज्यादाहुन्छ। अब मानिसहरुले आफ्नो फसल काटिसकेका हुँदैनन्, हलो जोत्ने समय आइहाल्छ, मानिसहरु अहिले दाखरस निकाल्नको लागि बसका हुन्छन्, फेरि दाखको रोप्ने समय आइहाल्छ। पहाडबाट दाखरसको धारा बग्ने छ अनि त्यो पहाडबाट झर्नेछन्।

9:14b.AMO.009.014 मेरो मानिस इस्राएलीहरुलाई कैदबाट फर्काएर ल्याउनेछु। तिनीहरुले त्यो नष्ट भएको शहर फेरि बनाउँनेछन् अनि तिनीहरु ती शहरमा बस्नेछन्। उनीहरुले दाख बारीहरु लाउनेछन् अनि तिनीहरुले उब्जाऊ गरेको दाखरस पिउनेछन्, उनीहरुले बगैंचाहरु रोप्नेछन् अनि त्यसबाट फलेको फलहरु खानेछन्।

9:15b.AMO.009.015 उनीहरुलाई उनीहरुकै जमिनमा बसाउँछु अनि उनीहरु फेरि त्यो देशबाट निकालिने छैनन्। जुन मैले उनीहरुलाई दिएँ।” परमप्रभु तिमीहरुका परमेश्वरले यी कुराहरु भन्नुभयो।


Holder of rights
Multilingual Bible Corpus

Citation Suggestion for this Object
TextGrid Repository (2025). Nepali Collection. Amos (Nepali). Amos (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-AD42-B