Lamentations (Nepali)

Lamentations (Nepali)

1

1:1b.LAM.001.001 हाय! यरूशलेम मानिसहरूको भीडले भरिएको शहर थियो। तर अहिले यो शहर नित्तान्त शुन्य भएको छ। यरूशलेम एक समयमा संसारको प्रख्यात शहरहरूमध्ये एक थियो, तर अहिले यो एउटी शोकाकुल विधवा जस्तो भएको छ। यो शहर एक समयमा संसारका शहरहरूको बीचमा एउटी राजकुमारी जस्ती थिई। तर अहिले यो नोकर जस्तो भएको छ।

1:2b.LAM.001.002 त्यो रातभरी साह्रै दुख मानी रून्छे। उसको गालामा आँसुको धारा बगिरहन्छ। उसलाई सान्त्वना दिने अहिले कोही पनि छैन यद्यपी एक समयमा विभिन्न जातिका मानिसहरू यसका साथीहरू हुने गर्थे। उसका सारा मित्रहरूले उसपट्टि पिठयूँ फर्काए। तिनीहरू अहिले उसको शत्रुहरू भएका छन्।

1:3b.LAM.001.003 यहूदा अति नै पीडीत भए अनि यहूदलाई कैद बनाइयो। यहूदा अन्य जातिहरू माझमा बस्थे। तर उनले कतै शान्ति पाएनन्। मानिसहरू जसले उनलाई खेदे अनि समाते तिनीहरूले उसलाई साँघुरो खाडलमा समाते।

1:4b.LAM.001.004 सियोन जाने बाटो एकदम उदास छ। तिनीहरू दुखी छन् किनभने विदाको समयमा त्यहाँ कोही पनि आँउदैनन। सियोनका सारा प्रवेशद्वारहरू भत्काईए। सियोनका सारा पूजाहारीहरू सुस्केरा मार्छन् सियोनका तरूनी केटीहरूलाई उठाएर लगियो। अनि यी सबै कुराहरूले सियोनप्रति आघात पर्छ।

1:5b.LAM.001.005 यरूशलेमका शत्रुहरू विजय भएका छन्। उनीहरू सफल भएका छन्। यरूशलेमले थुप्रै पापहरू गरेकाले परमप्रभुले दण्ड दिनुभएको छ। उसका नानीहरू शत्रुहरूद्वारा पक्रेर टाढा लगिए।

1:6b.LAM.001.006 छोरी, सियोनको सुन्दरता लोप भएको छ। यसका राजकुमारीहरू चर्ने मैदान नपाएको मृगहरू जस्तै थिए। दुर्बल भएर तिनीहरू खेद्नेहरूका अघि-अघि भागे।

1:7b.LAM.001.007 यरूशलेमले आफ्नो घर गुमाएको अनि चोट पाएको, अतीतमा उसित राम्रा-राम्रा चीचहररू भएको, सम्झन्छे। उसका मानिसहरूलाई शत्रुहरूले बन्दी बनाएको र आफूलाई मद्दत गर्ने कोही नभएको अवस्था सम्झन्छे। जब उसलाई आफ्नो शत्रुहरूले देखे तिनीहरू हाँसे किनभने ऊ ध्वंश भएकी थिई।

1:8b.LAM.001.008 यरूशलेमले धेरै पापहरू गरेकी थिई। अनि त्यसैले गर्दा ऊ ध्वंश भएकी छे। यो देखेर मानिसहरूले मुन्टो फर्काउँछन्। विगतका दिनहरूमा ती मानिसहरूले उसलाई माया गर्थे। तर अहिले उनीहरू उसलाई घृणा गर्छन्। उनीहरूले घृणा गर्छन् किनभने तिनीहरूले दुर्व्यवहार गरेकाछन् यरूशलेम रोइरहेकी छे र मुख फर्काउँछे।

1:9b.LAM.001.009 यरूशलेमको वस्त्रहरू कलंकित भएकाछन्। भविष्यमा हुन सक्ने कुरोलाई उसले सोचिन्। उसको दुर्दिनलाई यसको पतन भयंङ्कर भयो। उसलाई सान्त्वना दिने कोही मानिस त्यहाँ भएनन्। ऊ भन्छे, “परमप्रभु, हेर्नुहोस् म कति दुखित छु। हेर्नुहोस् मेरा शत्रुहरू कसरी आफूलाई महान सोचि रहेकाछन्।”

1:10b.LAM.001.010 शत्रुहरूले आफ्ना हात फैलाएका छन्। तिनीहरूले उसका सबै बहुमूल्य चीजहरू लगेका छन्। हे परमप्रभु! विदेशी जातिहरू उसको मन्दिरभित्र पसेको देखी तपाईंले भन्नुभएको थियो कि ती मानिसहरू हामीहरूसंग मिसिनु हुँदैन।

1:11b.LAM.001.011 यरूशलेमका सारा मानिसहरू विलाप गरिरहेकाछन्। उसका सबै मानिसहरू भोजन खोज्दैछन्। तिनीहरूले आफ्नो सारा सुन्दर चीजहरू खाने कुराहरूसित साट्दैछन्। तिनीहरूले यसो गर्दैछन् ताकि तिनीहरू बाँच्न सकुन्। यरूशलेम भन्छे, “हेर्नुहोस्, परमप्रभु मलाई हेर्नुहोस्। म तुच्छ ठानिन्छु।

1:12b.LAM.001.012 यताबाट भएर जाने सबै मानिसहरू, तिमीहरू पर्वाह गर्दैनौ। तर म प्रति हेर्नुहोस् के मेरो जस्तो पीडा कसैको छ? जुन मलाई आई पर्यो? के त्यहाँ मेरो जस्तै पीडा परमप्रभुले अरू कसैलाई दिनु भएको छ र? उहाँले मलाई क्रोधको समयमा दण्ड दिनु भएको हो।

1:13b.LAM.001.013 परमप्रभुले माथिबाट आगो पठाउनु भयो। त्यो आगो मेरो हड्डीहरू भित्र पस्यो। उहाँले मेरो खुट्टातिर जाल फिजाउनु भयो। उहाँले मलाई फर्काउनु भयो र मलाई बाँझो भूमि तुल्य बनाउँनु भुयो। म दिनभरि शिथिल भएँ।

1:14b.LAM.001.014 “मेरा पापहरू जुवाजस्तै बाँधिएका छन्। ती पापहरू परमप्रभुकै हातद्वारा बाँधिएका छन्। परमप्रभुको जुवा मेरो गर्दनमाथि छ। परमप्रभुले मलाई कमजोर बनाउनु भएको छ। जुन मानिसहरूको विरूद्ध म उठ्न सक्तिनँ परमप्रभुले मलाई नै ती मानिसहरूकहाँ सुम्पिनुभएको छ।

1:15b.LAM.001.015 “शहरमा भएका मेरा बलिया सिपाहीहरूलाई परमप्रभुले रद्द गर्नु भएको थियो। अनि परमप्रभुले मेरो विरोधमा मानिसहरूको एक समूह पठाउनु भयो। उहाँले ती मानिसहरू मेरा जवान सिपाहीहरूलाई मार्न पठाउनुभयो। कोलमा परमप्रभुले यहूदाकी छोरीलाई दाख पेले झैं पेल्नुभयो।

1:16b.LAM.001.016 “म यी सारा घटनाहरूको शोक मनाइ रहेको छु। मेरो आखाँहरूबाट आँसुको धारा बग्छन्। तर त्यहाँ मलाई सान्त्वना दिन मेरो नजीक कोही छैन। मलाई सान्त्वना दिन सक्ने त्यहाँ कोहि छैन। मेरा नानीहरू बाँझो भूमि जस्तै छन्। तिनीहरू यस्ता भए किनभने तिनीहरूका शत्रुले तिनीहरूलाई जिते।”

1:17b.LAM.001.017 सियोनले आफ्ना हातहरू फैलाई तर त्यहाँ उसलाई सान्त्वना दिन कोही पनि आएनन्। परमप्रभुले याकूबका शत्रुहरूलाई आदेश दिनुभएको थियो। परमप्रभुले शहर वरिपरि तिनीहरूलाई घेर्ने आदेश दिनु भएको थियो। यरूशलेम उसका ती शत्रुहरू माझ केही मात्रामा कलंकित भई।

1:18b.LAM.001.018 अब यरूशलेमले भन्छे, “मैले परमप्रभुको आदेश उल्लंघन गरें। यसर्थ परमप्रभुलाई ती कुराहरू गर्ने अधिकार छ। यसकारण तिमीहरू सबैले सुने। हेर मेरा पीडाहरू। मेरा सबै तरूणी र तन्देरिहरूलाई कैदी बनाइयो।

1:19b.LAM.001.019 मैले आफ्ना प्रेमीहरूलाई बोलाएँ। तर तिनीहरूले मलाई धोका दिए। मेरा पूजाहारीहरू र मेरा ज्ञानी मानिसहरू यही शहरमा मरे। तिनीहरू खानाको खोजीमा थिए। तिनीहरूले आफूलाई जिउँदो राख्न चाहन्थे।

1:20b.LAM.001.020 “हे परमप्रभु मलाई हेर्नुहोस्! म दुखमा परेकोछु! मेरो प्राण अस्वस्थ छ। मेरो हृदय अस्वस्थ छ किनभने म विद्रोही भएको छु। मेरा नानीहरू सडकमा तरवारले काटिएर मारिए। घर भित्र मृत्युशोक व्याप्त छ।

1:21b.LAM.001.021 “मेरो कुरा सुन, किनभने म पीडाले रूँदै छु। मलाई सान्त्वना दिने कोही पनि छैन। सबै शत्रुहरूले मेरो दुर्बलताहरूको बारेमा थाहा पाइसकेकाछन। तिनीहरू सुखी छन्। किनभने तपाईंले मलाई यस्तो गर्नु भयो। तिनीहरू सुखी छन् तपाईंले भन्नुभयो कि मेरा शत्रुहरूलाई तपाईंले दण्ड दिनुहुनेछ। अब तपाईंले जे भन्नुभएको थियो त्यो गर्नुहोस्। अब त्यही गर्नुहोस्। मेरा शत्रुहरू पनि अहिले मेरो जुन अवस्था छ त्यही अवस्थामा होउन्।

1:22b.LAM.001.022 “मेरा शत्रुहरू कति दुष्ट छन्, हेर्नुहोस्, तपाईंले उनीहरूसित त्यस्तो व्यवहार गर्न सक्नु हुनेछ, मैले जस्तो पाप गरेको थिए मसित त्यस्तो व्यवहार गर्नु भएको थियो, यस्तौ गर्नु होस् किनभने मेरो हृदय निर्बल छ। म व्यावस्थामा कराइरहेकीछु, व्यावस्था बारम्बार कराइरहेकीछु।”

2

2:1b.LAM.002.001 हाय! कसरी परमप्रभुले सीयोनकी छोरीलाई बादलले ढाक्नु भएको छ, उहाँले कसरी इस्राएलको गौरवलाई, आकाशदेखि भूँईमा खसाल्नु भएकोछ! परमप्रभुले, जब आफ्नो रिस देखाउनु भयो उहाँले इस्राएलमा राखिएको पाउदानलाई पर्वाह गर्नु भएन।

2:2b.LAM.002.002 परमप्रभुले याकूबको घर भत्काउनु भयो। उहाँले बडो निदर्यतापूर्वक यसो गर्नु भयो। रिस उठेको बेला उहाँले यहूदाकी छोरीको किल्ला पनि ध्वंश पार्नु भयो। परमप्रभुले यहूदाको राज्य र यसका शासकलाई धूलोमा मिलाउनु भयो।

2:3b.LAM.002.003 परमप्रभु रिसाउनु भयो यसर्थ उहाँले इस्राएलको सम्पूर्ण शक्ति ध्वंश पार्नुभयो। उहाँले इस्राएलको सैनिक सामर्थलाई लानु भयो। वहाँले त्यसो गर्नु भयो। जतिबेला शत्रुहरू प्रवेश गरेका थिए। उहाँले याकूबलाई आगोको ज्वाला झैं जलाई दिनुभयो। उनी चारै तिर बल्ने आगो जस्तै भए।

2:4b.LAM.002.004 परमप्रभुले आफ्ना शत्रुहरूले झैं आफ्नो धनुमा ताँदो चढाउनुभयो। उहाँले दाहिने हातले काँड तयार पार्नुभयो। उहाँले यहूदाका सबै राम्रा मानिसहरूलाई मार्नु भयो। परमप्रभुले उनको आफ्नो शत्रुलाई झैं हत्या गर्नुभयो। परमप्रभुले आफ्नो रिस सियोनको पालमाथि खनाउनु भयो।

2:5b.LAM.002.005 परमप्रभु शत्रु जस्तै हुनु भएकोछ। उहाँले इस्राएलका सबै राजमहलहरू र सबै किल्लाहरू निल्नु भएकोछ। उहाँले यहूदाको छोरीलाई, यस्तो दुखी र मृत्युमा रूने बनाउनु भयो।

2:6b.LAM.002.006 परमप्रभुले आफ्नो पाल यसरी उखाल्नु भयो, मानौ त्यो एउटा बगैंचा हो। जुन ठाँउमा मानिसहरू भेला भएर उहाँको पूजा गर्थे, उहाँले त्यस ठाउँलाई ध्वंश पार्नु भएको छ। उनीहरू कुनै विशेष पवित्र दिन सियोनमा विशेष सम्मेलन गर्थे। परमप्रभुले मानिसहरूलाई भुल्न लगाउनु भयो। परमप्रभुले राजा र पूजाहारीलाई त्याग्नु भयो। किनभने उहाँ रिसाउनु भएको थियो र त्याग्नु भएको हो।

2:7b.LAM.002.007 परमप्रभुले आफ्नो वेदी त्याग गर्नु भयो, उहाँले आफ्नो उपासनाको पवित्र स्थान पनि त्याग्नु भयो। उहाँले शत्रुलाई यरूशलेम राजप्रसादहरूका पर्खाल पनि ढाल्न लगाउनु भयो। परमप्रभुको भवनमा शत्रुहरू आनन्दले चित्कार गर्न लागे। उनीहरूको चित्कारले छुट्टीको जस्तो परिवेश बनिएको थियो।

2:8b.LAM.002.008 परमप्रभुले सियोनकी छोरीको पर्खाललाई ध्वंश गर्ने योजना गर्नुभयो। त्यसकारण उहाँले ती पर्खालहरू ध्वंश गर्नु पर्ने ठाउँमा चिन्ह लगाउन गजले नाप्नु भयो। त्यस पछि तिनीहरू सबै भत्के।

2:9b.LAM.002.009 यरूशलेमका सबै फाटकहरू भूइँमा भासिए। यहाँले फाटकका सबै डण्डाहरू टुक्र्याई धुलो पार्नुभयो। उहाँका राजा र राजकुमारहरू अरू कुनै राष्ट्रमा छन्। उनीहरूलाई अब शिक्षा दिइने छैन। र यरूशलेमका अगमवक्ताहरूले पनि परमप्रभुबाट कुनै दर्शन पाएनन्।

2:10b.LAM.002.010 सियोनका सुबै बूढा-प्रधानहरू भूइँमा बसिरहेका छन्। उनीहरू भूइँमा चुपचाप बसिरहेका छन्। उनीहरूले आफ्नो टाउकोमा धूलो हाले अनि बोराको लुगा लगाएका छन्। यरूशलेमका तरूणीहरू दुखले टाउको भूइँमा झुकाएकाछन्।

2:11b.LAM.002.011 मेरो आँखा रोएर राता भएका छन् र फुलेका छन्। मेरो हृदय दुखीरहेकोछ। मेरो हृदय भूइँमा खनिए झैं अनुभव गर्छु। मेरा मानिसहरू नष्ट भएकाले मलाई यस्तो अनुभव भएको हो। नानीहरू र दूधे शिशुहरू मूर्छा पर्दैछन्। उनीहरू शहरका गल्लीहरूमा मूर्छा पर्दैछन्।

2:12b.LAM.002.012 जब आफ्ना आमाहरूका काखमा नानीहरूको प्राण शिथिल हुँदै जान्छ तिनीहरू आफ्ना आमालाई सोध्छन्, “रोटी र दुध कहाँ छन्?”

2:13b.LAM.002.013 सियोनको छोरी तिमीहरूलाई म कोसित तुलना गरूँ? हे सियोनकी कन्या-छोरी तिमीलाई म कोसित तुलना गरू? म तिमीहरूलाई कसरी सुख शान्ति दिनसक्छु। तिमीहरूको विनाश समुद्र झैं विशाल छ। तिमीहरूलाई कसले जाती पार्न सक्छ?

2:14b.LAM.002.014 तेरा अगमवक्ताहरूले तेरोलागि केहि देखेका थिए। तर उनीहरूको दर्शनहरू झूटो थियो। सुधारका निम्ति तिनीहरूले तेरो दोष देखाएनन। तिनीहरूले तेरो विषयमा प्रचार गरे तर तिनीहरूले तँलाई शुद्ध मूर्ख बनाए।

2:15b.LAM.002.015 त्यो बाटो हिड्ने कुनै पनि मानिसले, अचम्मले थप्पडी मार्छन्। तिनीहरूले यरूशलेमका छोरीलाई सिट्टी बजाउँछन् र टाउको हल्लाउँछन्। उनीहरूले सोध्छन, “के जुन शहरलाई मानिसहरूले ‘परम सुन्दर शहर’ र ‘सारा पृथ्वीको आनन्द भन्ने गर्थे, यही शहर हो?’”

2:16b.LAM.002.016 तेरा सबै शत्रुहरू तँलाई खिसि गर्छन। तिनीहरू सिट्टी बजाउँछन् र दाह्रा किट्दै भन्छन्, “हामी पूर्णरूपले ध्वंश भएका छौं। साँच्चै, आज त्यही दिन हो जुन दिनको आशा हामीले गरेका थियौं। अन्तमा हामीले आज त्यही देखिरहेका छौं जो हामीले सोचेका थियौं।”

2:17b.LAM.002.017 परमप्रभुले त्यही काम गर्नुभयो जो उहाँले परिकल्पना गर्नुभएको थियो। उहाँले त्यही काम गर्नुभयो जो उहाँले हामीहरूलाई गर्छु भन्नु भएको थियो। वहाँले त्यहि गर्नु भयो जो धैरे समय वहाँले गर्नु चाहानुहुन्थ्यो। उहाँले कुनै दया नदेखिाईकन ध्वंश गर्नु भयो। तिम्रो यो अवस्था देखेर तिम्रो शत्रुहरू अत्यन्तै खुशी भए। उहाँले तिम्रो शत्रुहरूलाई अत्यन्तै बलियो बनाउनुभयो।

2:18b.LAM.002.018 परमप्रभुको सामुने अन्तर हृदयबाट क्रन्दन गर। हे सियोनकी छोरी तेरो पर्खालहरू आँसुको खोला जस्तै बग्न दे। रात-दिन तेरो आँसु बग्न दे। तेरो आँखालाई नरोक शान्त हुन नदे!

2:19b.LAM.002.019 उठ! राती रोऊ! रातको प्रत्येक पहरको शुरूमा रोऊ। हृदयलाई परमप्रभुको समीप पोखाऊ। परमप्रभुसँग प्रार्थनाको लागि हात उचाल। आफ्ना नानीहरूको जीवनका निम्ति प्रार्थना गर। भोकले बेहोस भएका नानीहरूलाई जीवनदान दिने प्रार्थना गर। उनीहरू शहरका बाटो-घाटोमा खाना बिनानै बेहोस हुँदैछन्।

2:20b.LAM.002.020 हे परमप्रभु! मलाई हेर्नु होस्, हेर्नुहोस्, म को हुँ, जसलाई तपाईंले यस्तो व्यवहार गर्नु हुँदैछ? म तपाईंलाई एउटा प्रश्न गर्न चाहन्छु, “के आफूले जन्माएको शिशुलाई नै स्त्रीले खानु? के तिनीहरूले हुर्काएको नानीहरूलाई नै खानु? के पूजाहारी र अगमवक्ताहरूलाई परमप्रभुको मन्दिरमा मार्नै पर्छ?”

2:21b.LAM.002.021 गल्लीहरूमा जवानहरू र बूढा मानिसको लाशहरू लडिरहेकाछन्। तरूणी अनि तन्देरीहरू तरवारले बराबरी काटिए। परमप्रभु जब तपाईं रिसाउनु भयो तब तिनीहरूलाई मार्नु भयो। कुनै दया नदेखाइकन तपाईंले तिनीहरूको नष्ट गर्नु भयो।

2:22b.LAM.002.022 तपाईंले चारैतिरबाट मकहाँ आतङकलाई निम्ताउनु भयो। तपाईंले आतंकलाई कुनै पर्वका दिन जस्तै गरेर निम्ताउनु भयो। कुनै त्यक्ति पनि परमप्रभुको क्रोधबाट बाँच्न सकेन जसलाई हुर्काइ बढाई गरेकी थिएँ मेरा शत्रुहरूले तिनीहरूलाई मारे।

3

3:1b.LAM.003.001 म एक मानिस छु जसले पीडाको अनुभव गरेको छ। परमप्रभुले हामीलाई एउटा लाठ्ठीले कुट्नु भयो। अनि जे भयो मैले त्यो देखें।

3:2b.LAM.003.002 परमप्रभुले मलाई डोर्याउनु भयो र ज्योति नभएको कालो अँध्यारोमा ल्‌याउनु भयो।

3:3b.LAM.003.003 परमप्रभुको हात मेरो विरूद्ध उठ्यो, उहाँले दिन भरि घरी-घरी यस्तो गर्नु भयो।

3:4b.LAM.003.004 उहाँले मेरो मासु र छाला तान्नु भयो। उहाँले मेरा हड्डीहरू भाँचि दिनुभो।

3:5b.LAM.003.005 परमप्रभुले मलाई घेर्नु भयो अनि सबै तिरबाट आक्रमण गर्नु भयो। उहाँले मेरो वरीपरी समस्या र तिक्तता ल्याउनु भयो।

3:6b.LAM.003.006 धेरै समय देखि मृत रहेको मानिस झैं उहाँले मलाई अँध्यारोमा बस्न बाध्या पार्नुभयो।

3:7b.LAM.003.007 परमप्रभुले मलाई बन्द गरेर राख्नु भयो, म उम्कनँ सकिनँ। उहाँले मलाई गह्रुँङ्गो साङ्गलाले बाँध्नुभएको थियो।

3:8b.LAM.003.008 मैले विलाप गर्दै गुहार मागें तर परमप्रभुले मेरो प्रार्थना सुन्नु नै भएन।

3:9b.LAM.003.009 उहाँले मेरो बाटो ढुङ्गाको पर्खाल बनाएर छेकिदिनु भयो। उहाँले मेरो मार्ग ध्वंश गर्नु भयो।

3:10b.LAM.003.010 परमप्रभुले एउटा भालू सरह मलाई आक्रमण गर्न तयार हुनुहुन्थ्यो। उहाँ एक लुकि बस्ने सिंह जस्तै हुनुहुन्थ्यो।

3:11b.LAM.003.011 परमप्रभुले मेरो बाटो नै ढाकि दिनु भयो। उहाँले मलाई टुक्रा-टुक्रा पार्नु भयो। उहाँले मलाई उजाड ठाउँ जस्तो बनाउनु भयो।

3:12b.LAM.003.012 उहाँले आफ्नो धनु तयार पार्नु भयो। उहाँले आफ्नो काँडले मलाई ताँदो बनाउनुभयो।

3:13b.LAM.003.013 उहाँले मलाई भुँडीमा हिर्काउनु भयो। उहाँले मलाई काँडले हिर्काउनु भयो।

3:14b.LAM.003.014 म सारा मानिसहरूको समक्ष हाँसोको पात्र बनेको छु। सारा दिन तिनीहरूले मेरो खिल्ली उडाउँदै गीतहरू गाइरहे।

3:15b.LAM.003.015 परमप्रभुले मलाई दण्ड-स्वरूप विष पिउन दिनुभयो। उहाँले कपको वीटसम्म भर्नु भयो र तितो चिराईतो मिलाएर त्यो सबै पिउन लगाउनुभयो।

3:16b.LAM.003.016 परमप्रभुले मेरो दाँतहरू ढुङ्गामा ठेलेर भाँचिदिनु भयो उहाँले मलाई दलदलमा धकेली दिनुभयो।

3:17b.LAM.003.017 मैले सोचें अब फेरि मैले कहिल्यै शान्ति पाउने छैन्। मसंग भएका सबै राम्रा कुराहरू मैले भूलें।

3:18b.LAM.003.018 मैले आफैलाई भनें, “परमप्रभुबाट सहयोग पाउँने आशा अब म गर्दिन्।”

3:19b.LAM.003.019 परमप्रभु मलाई सम्झनु होस् म अति उदास छु। अनि मेरो घर छैन। त्यो तीतो विष सम्झनु होस् जुन तपाईंले मलाई दिनु भएको थियो।

3:20b.LAM.003.020 म राम्रो प्रकारले मेरा कष्टहरू सम्झन्छु र अति उदास छु।

3:21b.LAM.003.021 तर त्यसपछि अन्य केही कुरा सोचें,। तब ममा आशा जाग्यो। मैले के सोचें भन्दा

3:22b.LAM.003.022 परमप्रभुको महान प्रेम र कृपा-दृष्टि कहिल्यै समाप्त हुँदैन। उहाँको संवेदना कहिल्यै समाप्त हुँदैन।

3:23b.LAM.003.023 हरेक बिहान उहाँले यसलाई नयाँ रूपमा देखाउनु हुन्छ। परमप्रभु, तपाईं अत्यन्त सत्य र विश्वासयोग्य हुनुहुन्छ।

3:24b.LAM.003.024 म आफैलाई भन्छु, “परमप्रभु नै मेरो परमेश्वर हुनुहुन्छ अनि म उहाँमाथि विश्वास गर्दछु।”

3:25b.LAM.003.025 परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले प्रतीक्षा गर्दछ। परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले उहाँलाई खोज्दछ।

3:26b.LAM.003.026 ती मानिसहरूको लागि राम्रो हो। परमप्रभुले चुपचाप रक्षागर्न प्रतिक्षा गर्नु हुन्छ!

3:27b.LAM.003.027 मानव जातिको लागि बाल्य अवस्था देखि परमप्रभुको जुवा बोक्नु असल कुरा हो।

3:28b.LAM.003.028 जब परमप्रभुले उसलाई जुवा लगाई दिनु हुन्छ। त्यो मानिस एक्लो र चुपचाप बस्नु पर्छ।

3:29b.LAM.003.029 त्यो मानिसले परमप्रभुको अगाडि आफ्नो अनुहार जमीन तिर निहुराएर घोप्टीनुपर्छ। हुनसक्छ, त्यहाँ अझ आशा होला।

3:30b.LAM.003.030 त्यो मानिसलाई कसैले हिर्काउँदा अर्को गाला पनि फर्काउनु पर्छ। मानिसहरूलाई अपमान गर्न दिनुपर्छ।

3:31b.LAM.003.031 त्यो मानिसले त्यो कुरा याद गर्नु पर्छ कि परमप्रभुले मानिसहरूलाई सदा रद्द गर्नु हुन्न।

3:32b.LAM.003.032 जब परमप्रभुले दण्ड दिनुहुन्छ, उहाँसँग दया पनि हुन्छ। उहाँसँग दया छ किनभने उहाँको महान प्रेम र करूणा अपार छ।

3:33b.LAM.003.033 परमप्रभु मानिसहरूलाई दण्ड दिन चाहनुहुन्न। उहाँ मानिसहरूलाई दुखी बनाउन चाहनुहुन्न।

3:34b.LAM.003.034 परमप्रभु यी कुराहरू मनपारउनु हुन्न। उहाँले पृथ्वीका सारा कैदीहरूलाई आफ्नो खुट्टाले कुल्चन चाहनुहुन्न।

3:35b.LAM.003.035 उहाँले सर्वोच्च परमेश्वर सामु मानिसहरूले मानिसहरूलाई अन्याय गरेको चाहनुहुन्न।

3:36b.LAM.003.036 मानिसलाई धोका दिएको मनपराउनु हुन्न। यस्तो कुराहरू परमप्रभुले पटक्कै मनपराउनु हुन्न।

3:37b.LAM.003.037 परमप्रभुले आज्ञा नगरूञ्जेलसम्म कसैले पनि एस्तो घट्ना होस् भनेर भन्न सक्तैन।

3:38b.LAM.003.038 सर्वोचय परमप्रभुले नै असल र खराब दुवै घटनाहरू गराउन सक्नु हुन्छ।

3:39b.LAM.003.039 जब परमप्रभुले उसको पापहरूको लागि दण्ड दिनु हुन्छ। कुनै जीउँदो मानिसले विरोध गर्न सक्तैन

3:40b.LAM.003.040 जाँचौं र हेरौं हामीले के के गर्यौं। त्यसपछि परमप्रभु तर्फ फर्कौ।

3:41b.LAM.003.041 हामी हाम्रा हृदय र हातहरू र्स्वगका परमप्रभुको तर्फ उठाऔं, अनि

3:42b.LAM.003.042 उहाँलाई भनौं, “हामीले पाप गर्यौं र बागी भयौं त्यसैकारण तपाईंले हामीलाई क्षमा दिनु भएन।”

3:43b.LAM.003.043 तपाईंले स्वयंलाई क्रोधले ढाक्नु अनि हामीलाई खेद्नु भयो। तपाईंले हामीलाई निष्ठुरी प्रकारले मार्नु भयो।

3:44b.LAM.003.044 तपाईंले स्वयंलाई बादलले ढाक्नु भयो त्यसकारण कुनै पनि उपासकहरू तपाईंकहाँ पुग्न सकेनन्।

3:45b.LAM.003.045 तपाईंले हामीलाई अन्य जातिहरू प्रति मैला कसिङ्गर र फोहरी बनाउनु भयो।

3:46b.LAM.003.046 हाम्रा सारा शत्रुहरू हामीसँग क्रोधित भएर बोले।

3:47b.LAM.003.047 हामी अत्यन्तै त्रासीत भयौं र हाम्रो विनाश भयो।”

3:48b.LAM.003.048 मेरा आँखाहरूबाट आँसुका धारा बगे। मेरो मानिसहरूको सर्वनाश देखेर म रोएँ।

3:49b.LAM.003.049 मेरा आँखाबाट निरन्तर आँसु बगिरहे।

3:50b.LAM.003.050 परमप्रभु म लगातार रूने छु, जबसम्म माथिबाट तपाईंले हामीलाई हेर्नुहुन्न। म लगातार रूँने छु जबसम्म तपाईंले स्वर्गबाट हामीलाई हेर्नुहुन्न।

3:51b.LAM.003.051 मेरा सबै शहरहरू रोएको देखेर मेरो आँखाहरूले मलाई दुखी तुल्यायो।

3:52b.LAM.003.052 हामीलाई घृणा गर्ने कुनै कारणै नभाएकाहरूले हामीलाई मात्र चरालाई झैं खेदाए।

3:53b.LAM.003.053 म जीउँदोलाई तिनीहरूले खाडलमा फ्याँकी दिए। तिनीहरूले ममाथि ढुंङ्गाहरू वर्षाए।

3:54b.LAM.003.054 मेरो टाउको सम्म पानी आई पुग्यो। मैले आफैलाई भनें, “म खत्तम भएँ।”

3:55b.LAM.003.055 हे परमप्रभु, मैले तपाईंको नाउँ डाकें। मैले खाडलको पींदबाट तपाईंलाई पुकारें।

3:56b.LAM.003.056 तपाईंले मेरो आवाज सुन्नुभयो। कान नथुन्नु होस् र मलाई उद्धार गर्नुहोस् अनि मलाई बचाउनु होस्।”

3:57b.LAM.003.057 मैले सहायताका निम्ति गुहारेकै दिन तपाईं आउनुभयो। तपाईंले मलाई भन्नुभयो, “नडराऊ।”

3:58b.LAM.003.058 परमप्रभु, तपाईंले मेरो प्रतिरक्षा गर्नुभयो। तपाईंले मेरो जीवन पुन फर्काई दिनु भयो।

3:59b.LAM.003.059 हे परमप्रभु, तपाईंले मेरो कष्ट देख्नु भएको छ। अब मेरो न्याय गरीदिनु होस्।

3:60b.LAM.003.060 मेरो विरूद्धमा तिनीहरूले बनाएको सबै प्रतिशोधका योजनाहरू तपाईंले देख्नु भयो।

3:61b.LAM.003.061 हे परमप्रभु तिनीहरूले मेरो अपमान गरेको सुन्नु भयो। मेरो विरूद्धमा दुष्ट योजनाहरू गरेको तपाईंले देख्नु भयो।

3:62b.LAM.003.062 मेरा शत्रुहरूका शब्द र विचारहरू सारा समय मेरो विरूद्धछन्।

3:63b.LAM.003.063 जब तिनीहरू उठ बस गर्छन। हेर्नुहोस् तब मेरो खिल्ली उडाउँदैछन्।

3:64b.LAM.003.064 हे परमप्रभु! तिनीहरूले गरेको कर्म अनुसार तिनीहरूलाई दण्ड दिनुहोस्। तिनीहरूले जे गरे त्यसको लागि दण्ड भोगाउनुहोस्।

3:65b.LAM.003.065 तिनीहरू माथि आफ्नो श्राप स्वरूप कठोर हृदय दिनुहोस्।

3:66b.LAM.003.066 तिनीहरूलाई क्रोधमा खेद्नु होस्। तिनीहरूको सर्वनाश गर्नुहोस् हे परमप्रभु आकाश मुनी देखि तिनीहरूलाई सर्वनाश गर्नुहोस्।

4

4:1b.LAM.004.001 हेर सुन कसरी फिका भयो। हेर असली सुन कसरी बद्लियो। त्यहाँ चारैतिर छरिएका हीरामोतीहरू छन्। तिनीहरू प्रत्येक गल्छेडाहरूमा छरिएका छन्।

4:2b.LAM.004.002 सियोनका मानिसहरू बहुमूल्य रत्नहरू जस्तै थिए। तिनीहरूलाई सुनझैं कदर गरिन्थ्यो। तर अहिले तिनीहरूका शत्रुहरूले तिनीहरूलाई कुमालेले बनाएका माटोका पुराना भाँडाहरू जस्तै ठानिरहेका छन्।

4:3b.LAM.004.003 स्यालहरूले पनि आफ्नो छाउराहरूलाई दूध चुसाएर हुर्काउँछन्, तर मेरा मानिसकी छोरी निष्ठुरी छन्। उनी मरूभूमिमा हुने शतुमुर्ग जस्तै छन्।

4:4b.LAM.004.004 दूध खाने शिशुको जिब्रो तिर्खाले तालुमा टाँसिन्छ। नानीहरूले रोटी मागिरहेका छन्, तर तिनीहरूलाई कसैले पनि दिइरहेका छैनन्।

4:5b.LAM.004.005 ती मानिसहरू जो स्वादिष्ट खाना खान्थे, गल्लीमा भोकले मरिरहेकाछन्। ती मानिसहरू जो राता लुगाहरू पहिरिएर हुर्के तिनीहरूले घुरान-पेटीबाट मैलाहरू टिप्दैछन्।

4:6b.LAM.004.006 मेरा मानिसका छोरीहरूको पाप सदोम र गोमोरको भन्दा ठूलो छ। सदोम र गोमोर सजिलै सर्वनाश भए। त्यो मानिसको हातबाट सर्वनाश भएको होइन।

4:7b.LAM.004.007 यहूदका कतिपय मानिसहरूले विषेश प्रकारले परमप्रभुलाई समर्पण गरे। ती मानिसहरू अति पवित्र थिए। तिनीहरू हिँऊँभन्दा पनि सफा र दुध भन्दा पनि सेता थिए। तिनीहरूका शरीर मुँगा भन्दा पनि राता थिए। तिनीहरूका दाह्री नीलमणि ढुंङ्गा जस्तै थिए।

4:8b.LAM.004.008 अहिले तिनीहरूको अनुहारहरू लालटिनको मोसोभन्दा काला छन्। तिनीहरूलाई गल्लीहरूमा पार भएर जाँदा कसैले पनि चिन्दैन। तिनीहरूका छाला हड्डीसंग टाँसिएर चाउरी परेका छन। तिनीहरूका छाला काठझैं खस्त्रा छन।

4:9b.LAM.004.009 जो भोकले मर्नेहरू भन्दा तरवारले काटिएर मर्नेहरू भाग्यमानी हुन्। खानको कमीले मर्नेहरू भन्दा चोटबाट रगत बगेर मर्नेहरू अझ भाग्यमानी हुन्।

4:10b.LAM.004.010 एक समयमा माया गर्ने आइमाईहरूले आफ्ना नानीहरूका लागि खाना पकाउँथे। पछिबाट ती नानीहरू नै तिनीहरूका आमाहरूका एकमात्र आहार बने। यी सबै कुराहरू भए जब मेरो मानिसहरूलाई नष्ट पारिएको थियो।

4:11b.LAM.004.011 परमप्रभुले आफ्ना सारा क्रोध प्रकट गर्नुभयो र उहाँले आफ्नो क्रोध पोखाउनु भयो। उहाँले सियोनमा आगो लगाउनु भयो। आगोले सियोन्‌को जगहरू धराशायी गरिदियो।

4:12b.LAM.004.012 यरूशलेमका फाटकहरूबाट शत्रुहरू प्रवेश गर्ने छन् भन्ने कसैले विश्वास गर्न सक्दैन थे।

4:13b.LAM.004.013 यी सबै कुराहरू यरूशलेमका अगमवक्ताहरू र पूजाहारीहरूको पापको कारणले गर्दा अनि त्यहाँका निर्दोष जनतलाई जसले मारे ती मानिसहरूको कारणले गर्दा, भएका थियो।

4:14b.LAM.004.014 अगमवक्ताहरू र पूजाहारीहरू अन्धा मानिस सरह गल्लीहरूमा हिंङ्दथे। तिनीहरू रगतले लत्‌पत् भएका थिए। एका अर्कामा लुगा छुन पनि घिनाउँथे।

4:15b.LAM.004.015 तिनीहरू चिच्याए, “भाग! भाग! हामीलाई नछोऊ!” तिनीहरू भन्छन्, “तिनीहरू बेगारी भई घुम्नु पर्छ। उनीहरू यहाँ रहन सक्दैनन्।”

4:16b.LAM.004.016 परमप्रभु स्वयंले ती मानिसहरूलाई नष्ट गर्नुभयो उहाँले तिनीहरूको हेरचाह गर्नुभएन। उहाँले पूजाहारीहरूको आदर गर्नुभएन यहूदका बूढा-प्रधानहरूसँग उहाँको मैत्रीभाव थिएन्।

4:17b.LAM.004.017 सहायताको निम्ति हेर्दा हेर्दा हाम्रो आँखाहरू टट्टाए। तर कतैबाट सहायता आएन। हामीले स्वयंलाई बचाउँन कुनै एक जातिलाई हेर्यौं। तर कुनै जाति पनि आएन।

4:18b.LAM.004.018 हाम्ना शत्रुहरूले सारा समय हामीलाई घात पारीरहे। हामी गल्लीमा सम्म निस्कन सकेनौं। हाम्रो अन्त्य नजीक आई सक्यो। हाम्रो समय पूरा भैसक्यौ। हाम्रो अन्त्य आई सक्यो।

4:19b.LAM.004.019 ती मानिसहरू जसले हामीलाई खेदे तिनीसहरू आकाशमा उड्ने चील भन्दा तेज थिए। ती मानिसहरूले हामीलाई पर्वतहरू सम्म खेदे हामीलाई समात्न भनेर मरूभूमिमा लुकेर ढुकी बसे।

4:20b.LAM.004.020 राजा हाम्रो लागि अत्यन्त प्रमुख थिए उनी हाम्रा प्राणका स्वास जस्तै थिए। तर राजालाई तिनीहरूले पासोमा पारे परमप्रभुबाटनै चुनिएका राजा थिए। हामीले राजाको विषयमा भन्यौं, “हामी उहाँको छायाँसँग बाँच्नेछौं उहाँले हामीलाई अन्य जातिहरूबाट जोगाउनु हुने छ।”

4:21b.LAM.004.021 एदोमका मानिसहरू खुशी बन, ऊज भूमिमा बस्नेहरू खुशी बन। तर याद गर, परमप्रभुको कचौरा तिमीहरूका वरिपरि आउने छ। जब तिमी त्यो कचौराबाट पिउछौ तिमीहरू मातिने छौं। अनि आफैंलाई नाङ्गो पार्ने छौ।

4:22b.LAM.004.022 हे सियोन तिमीहरूका दण्ड पूर्ण भयो, तिमीहरू फेरि कैदखानामा छैनौ। तर हेर परमप्रभुले एदोमका मानिसहरूलाई तिमीहरूको पापको दण्ड दिनुहुनेछ। उहाँले तिमीहरूका पाप उदाङ्गो पार्नु हुनेछ।

5

5:1b.LAM.005.001 हे परमप्रभु, याद गर्नुहोस्, हामीमा के घटेको थियो। हाम्रो अपमान हेर्नु होस्।

5:2b.LAM.005.002 हाम्रो भूमि प्रदेशीहरूको हातमा सुम्पिदिए हाम्रा घरहरू विदेशीहरूलाई सुम्पिदिए।

5:3b.LAM.005.003 हामी अनाथ भयौं। हाम्रा पिता छैनन्। हाम्रा आमाहरू विधवा जस्ती भएकि छिन्।

5:4b.LAM.005.004 हामीले पिउने पानी पनि किन्नु परेको छ। हामीले दाउराको पनि ज्याला तिर्नु परेको छ।

5:5b.LAM.005.005 हामीलाई भञ्जयाङमा जुवा बोकेर लैजान जोर गरिइएकोछ। हामी थकित छौं र हामीलाई विश्राम छैन।

5:6b.LAM.005.006 रोटी पाउनका लागि हामीले मिश्रसँग एउटा सम्झौता गर्यौ। हामीले अश्शूरसंग एउटा सम्झौता गर्यौं।

5:7b.LAM.005.007 हाम्रा पिता-पुर्खाहरूले पाप गरेका थिए अनि तिनीहरू मरेका छन्। तिनीहरूको पापको कर्म अहिले हामीले भोगी रहेका छौं।

5:8b.LAM.005.008 जो ठीक हाम्रा नोकरहरू थिए तिनीहरू हाम्रा शासक भएका छन्। कसैले पनि हामीलाई तिनीहरूबाट बचाउन सकेनन्।

5:10b.LAM.005.010 हाम्रा छाला चुल्हा जस्तै तातेको छ। भोकको अतिशयाले गर्दा हामीलाई असाध्य ज्वरो आएको छ।

5:11b.LAM.005.011 शत्रुहरूले सियोनका स्त्रीहरूमाथि व्यभिचार गरेका छन्। तिनीहरूले यहूदाका शहरहरूमा तरूणीहरूलाई व्यभिचार गरेका छन्।

5:12b.LAM.005.012 हाम्रा राजकुमारहरूलाई शत्रुले झुण्ड्याएर मारेका छन्। तिनीहरूले हाम्रा बूढा-प्रधानहरूलाई सम्मान गरेका छैनन्।

5:13b.LAM.005.013 हाम्रा जवान छोराहरू शत्रुको कमारा छन् अनि हाम्रा छोराहरूका खुट्टा शत्रुहरूको भारी कामले लर्‌वरिन्छन्।

5:14b.LAM.005.014 बूढा-प्रधानहरू शहरका मूल ढोकाहरूमा भेला हुन छाडीदिए। जवान मानिसहरूले संगीत बजाउन छाडीदिए।

5:15b.LAM.005.015 अब हाम्रो हृदयमा आनन्दको चिन्ह समेत पनि रहेन। हाम्रा नाचहरू शोक गीतमा परिवर्तन भएका छन्।

5:16b.LAM.005.016 मुकुट हाम्रो टाउकोबाट झरेर गयो। हामीले गरेको पापको कारणले, हामीमा खराब समय आएकोछ।

5:17b.LAM.005.017 ती कुराहरूको कारणले गर्दा, हाम्रा आँखाहरूले स्पष्ट देख्न छोड्‌यो।

5:18b.LAM.005.018 सियोन पर्वत बाँझोभूमि भयो। स्यालहरू सियोन पर्वतको वरिपरि दर्गुछन्।

5:19b.LAM.005.019 तर हे परमप्रभु। तपाईंले हामीमाथि सदैव शासन गर्नुभएको छ। तपाईंको सिंहासन सदाको लागि रहन्छ।

5:20b.LAM.005.020 हे परमप्रभु, हामीलाई तपाईंले सदाको लागि बिर्से जस्तो देखियो। तपाईंले त्यस्तो लामो समयदेखि हामीलाई एक्लै छाडनु भयो।

5:21b.LAM.005.021 हे परमप्रभु, हामीलाई फेरि फर्काई तपाई कहाँ ल्याउनु होस्। हामीआनन्दले तपाई कहाँ फर्कने छौं। हामीहरूको जीवन पहिलेको जस्तै बनाईदिनु होस्।

5:22b.LAM.005.022 तपाई हामीप्रति अति क्रोधित हुनुहुन्थ्यो। के तपाईले हामीलाई पूर्ण प्रकारले इन्कार गर्नु भयो?


Holder of rights
Multilingual Bible Corpus

Citation Suggestion for this Object
TextGrid Repository (2025). Nepali Collection. Lamentations (Nepali). Lamentations (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-AD31-E