Jeremiah (Nepali)
1
1:1b.JER.001.001 यी सन्देशहरू हिल्कियाहको छोरो यर्मियाका हुन्। यर्मिया एक पूजाहारी परिवारका थिए जो अनातोत शहरमा बस्दथे। त्यो शहर बिन्यामीन वंशको अधीनमा छ।
1:2b.JER.001.002 योशियाह यहूदाका राजा भएको समय देखि परमप्रभु यर्मियासित बात गर्न शुरू गर्नु भयो। योशियाहले सिंहासन आरोहण गरेको तेह्रौ वर्षमा यस्तो शुरू भयो।
1:3b.JER.001.003 योशियाहको छोरा यहोयाकीम यहूदाका राजा हुदाँ पनि परमप्रभुको वचन यर्मियालाई आयो। यहूदाका राजा सिद्कियाहको राज्यकालको एघारौंको वर्षको पाँचौं महीना सम्म यर्मियाकहाँ परमप्रभुको वचन आइरह्यो। यहोयाकीम योशियाहको छोरो थिए। सिद्कियाह पनि योशियाको छोरो थिए। त्यस समयमा यरूशलेममा बस्ने मानिसहरूलाई निवासन गराईयो।
1:4b.JER.001.004 परमप्रभुको यो सन्देश मकहाँ आयो
1:5b.JER.001.005 “मैले तिमीलाई तिम्रो आमाको गर्भमा गर्भधारण गर्नुभन्दा अघिबाटै चिन्थें। तिमी जन्मनु अघिनै, म तिमीलाई जान्दथें। मैले तिमीलाई जाति-जातिहरूमा विशेष काम गराउनु अगमवक्ताको लागि रोजे।”
1:6b.JER.001.006 तब मैले भने, “तर हे सेनाहरूका परमप्रभु! कसरी बोल्नु म जान्दिन्। म एउटा बालक बाहेक केही होइन।”
1:7b.JER.001.007 तर परमप्रभुले मलाई भन्नुभयो, “त्यसो नभन, ‘म खाली एउटा बालक हुँ।’ तिमी चारैतिर जानै पर्छ, जहाँ म तिमीलाई पठाउँछु। तिमीले सबै कुरा भन्नै पर्छ जो म तिमीलाई भन्नेछु।
1:8b.JER.001.008 कसैसित नडराऊ। म तिमीसित छु, अनि म तिमीलाई उद्धार गर्नेछु।” यो सन्देश परमप्रभुबाट आएको हो।
1:9b.JER.001.009 तब परमप्रभुले आफ्ना हातहरू तन्काएर मेरो मुखमा छुनु भयो। परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, म मेरा वचनहरू तिम्रो मुखमा राख्दैछु।
1:10b.JER.001.010 आज म तिमीलाई राष्ट्रहरू र राज्य-राज्यहरूमाथिको कार्यभार सुम्पिदैछु। तिनीहरूलाई उखेल्न, भत्काउन, नाश पार्ने र भताभुङ्ग पार्ने, बनाउन र स्थापित गर्ने तिम्रो जिम्मामा छ।”
1:11b.JER.001.011 परमप्रभुको सन्देश मकहाँ आयो। यो सन्देश परमप्रभुबाट नै आएको थियो “यर्मिया, तिमीले के देख्छौं?” मैले परमप्रभुलाई भनें, “म हाडे बदामको काठबाट बनिएको एउटा लट्ठी देख्छु।”
1:12b.JER.001.012 परमप्रभुले मलाई भन्नुभयो, “तिमीले ठीकै देख्यौ। मेरो सन्देशलाई म नियालि रहेछ अनि म यो गर्नेछु।”
1:13b.JER.001.013 परमप्रभुको सन्देश मकहाँ फेरि आयो। परमप्रभुको सन्देश यस्तो थियो “यर्मिया, तिमीले के देख्यौ?” मैले परमप्रभुलाई भनें, “मैले उम्लिरहेको एउटा भाँडामा पानी देखें। त्यो भाँडा उत्तर पट्टि ढल्किरहेको छ।”
1:14b.JER.001.014 परमप्रभुले मलाई भन्नुभयो, “केही भयानक उत्तरदेखि आउने छ। त्यो यस देशमा बस्ने सम्पूर्ण मानिसहरूमाथि घट्नेछ।
1:15b.JER.001.015 म चाँडै उत्तर राज्यहरूका सम्पूर्ण मानिसहरूलाई बोलाउनेछु।” परमप्रभुले ती कुराहरू भन्नुभयो। “ती राज्यहरूका राजाहरू आउनेछन् अनि यरूशलेमको प्रवेशद्वारको छेउमा आफ्ना सिंहासनहरू बसाउनेछन्। तिनीहरूले यरूशलेम शहरका पर्खालहरूमाथि आक्रमण गर्नेछन्। तिनीहरूले यहूदाका सबै शहरहरूमाथि आक्रमण गर्ने छन्।
1:16b.JER.001.016 अनि म मेरा मानिसहरूका विरूद्ध न्यायको उद्घोषणा गर्नेछु। म यसो गर्ने नै छु किनभने तिनीहरू दुष्ट मानिसहरू हुन्। तिनीहरू मेरो विरोधी भएका छन्। मेरा मानिसहरूले मलाई छाडे। तिनीहरूले अन्य देवताहरूलाई बलि चढाए। तिनीहरूले आफ्नै हातले बनाएका मूर्तिहरूलाई दण्डवत् गरे।
1:17b.JER.001.017 यर्मिया तिमी चाहिँ, तैयार हौ उठ र मानिसहरूलाई भन। मैले दिएको प्रत्येक आदेश तिनीहरूलाई भन। मानिसहरूसित नडाराऊ नत्र म तिमीलाई भयभीत पार्नेछु।
1:18b.JER.001.018 आज म तिमीलाई फलामको खम्बा झैं अनि काँसाको पर्खाल झैं बलियो र दृढ शहर बनाउनेछु। यहूदाको राज्यमा राजाहरू, नेताहरू, पूजाहारीहरू र सर्वसाधारण मानिस प्रत्येकको सामुन्ने तिमी उभिन सक्नेछौ।
1:19b.JER.001.019 ती सबै मानिसहरू तिम्रो विरूद्धमा लड्नेछन् तर तिनीहरूले तिमीलाई पराजित गराउने छैनन्। किन? किनभने म तिमीसँग छु, अनि म तिमीलाई बचाउने छु।” यो सन्देश परमेश्वरबाट आएको हो।
2
2:1b.JER.002.001 परमेश्वरको यो सन्देश मकहाँ आयो,
2:2b.JER.002.002 “जाऊ अनि यरूशलेमका मानिसहरूलाई भन, “यो सन्देश परमप्रभुको हो “‘जब तिमीहरू युवा अवस्थामा थियौ त्यस बेला तिमीहरूको म प्रति विश्वास अनि एउटी बेहुलीको झैं म प्रतिको माया मलाई सम्झना छ। तिमीहरूले मलाई मरूभूमि भरि र बीऊ र्छनलाई नजोतिएको जमीन भरि पछ्यायौ।
2:3b.JER.002.003 इस्राएलका मानिसहरू परमेश्वरका निम्ति पवित्र उपहार थिए। तिनीहरू परमेश्वरले बटुल्नु भएको प्रथम फल थिए। अनि ज-जसले तिनीहरूलाई नोक्साम पुर्याए उनीहरूलाई दोषी साबित गरियो अनि तिनीहरूमाथि कष्ट आइपर्यो।”‘ यो सन्देश परमेश्वरबाट आएको थियो।
2:4b.JER.002.004 हे याकूबका घरानाहरू हो, परमप्रभुको सन्देशमा कान थाप। हे इस्राएलका सबै परिवार समूहहरू हो, परमप्रभुको सन्देश सुन।
2:5b.JER.002.005 परमप्रभुले के भन्नुहुन्छ त्यो यो हो “तिम्रा पिता-पुर्खाहरूले ममाथि के दोष पाए ताकि तिनीहरूले मलाई छाडिदिए? तिम्रा पिता-पुर्खाहरूले मूल्यहीन मूर्तिहरू पूजे अनि तिनीहरू स्वयं नै मूल्यहीन बनिए।
2:6b.JER.002.006 तिम्रा पिता-पुर्खाहरूले भनेनन्, ‘परमप्रभुले हामीलाई मिश्र बाहिर ल्याउनु भयो। परमप्रभुले हामीलाई अँध्यारो र जङ्गलको बाटो देखि डोर्याउँदै ल्याउनु भयो। परमप्रभुले हामीलाई सुखा र उजाड भूमिमा डोर्याउन भयो। परमप्रभुले हामीलाई अंन्घकार र भयानक जग्गामा जहाँ कुनै मानिस बस्दैन र जुन ठाउँमा मानिसहरू यात्रा गर्दैनन्। त्यहाँ डोर्याउनु भयो। तिनीहरूले सोधेनन्, ‘परमप्रभु कहाँ हुनुहुन्छ?”“
2:7b.JER.002.007 परमेश्वर भन्नुहुन्छ, “मैले तिमीहरूलाई राम्रो ठाउँमा ल्याएँ, त्यस्तो ठाउँ जहाँ धेरै असल कुराहरूले परिपूर्ण छ। मैले त्यसो गरेको कारण तिमीहरूले त्यहाँ उब्जने फल र अन्नहरू खान सक्नेछौ। तर तिमीहरूले मेरो धर्ती खाली ‘अशुद्ध गर्यौ।’ मैले तिमीहरूलाई त्यो जमीन दिएँ, तर तिमीहरूले त्यसलाई नराम्रो जग्गा बनायौ।
2:8b.JER.002.008 पूजाहारीहरूले सोधेनन्, ‘परमप्रभु कहाँ हुनुहुन्छ?’ मानिसहरू जसले व्यवस्था जान्दछन् मलाई जान्न चाहेनन्। इस्राएलका मानिसहरूका शासकहरू मेरो विरूद्ध खडा भए। अगमवक्ताहरूले झूटा देवता बालको नाउँमा अगमवाणी गरे। तिनीहरूले महत्वहीन मूर्तिहरूलाई दण्डवत गरे।”
2:9b.JER.002.009 परमप्रभु भन्नुहुन्छ, “यसकारण म तिमीहरू र तिमीहरूका छोरा-नातिहरू विरूद्ध फेरि दोषारोपण गर्नेछु।
2:10b.JER.002.010 समुद्र तरेर कित्तीमका टापुहरूमा जाऊ। कसैलाई केदारको भूमिमा पठाऊ। एकदमै होशियारी साथ हेर, हेर, कसैले त्यस्तो प्रकारको काम कहिले गरेको थियो कि?
2:11b.JER.002.011 के कुनै जातिले नयाँ देवताहरू पूज्न सकूँ भनेर? आफ्ना पूराना देवताहरू कहिल्यै पूज्न छाडे? अँह। अनि तिनीहरूका देवताहरू वास्तविक देवताहरू हुँदैहोइनन्। तर मेरो मानिसहरू तिनीहरूका महिमामय परमेश्वरलाई पूज्न छाडेर महत्वहीन मूर्तिहरूलाई पूज्न थाले।
2:12b.JER.002.012 “यस्ता कुराहरू घट्ता आकाशहरूलाई आघात होस्। भीषण भयले थर्थरियोस्।” यो सन्देश परमप्रभुबाट आएको थियो।
2:13b.JER.002.013 “मेरा मानिसहरूले दुइवटा कुकर्महरू गरे। तिनीहरू म देखि टाडिए म जीवित पानीको श्रोत हूँ अनि तिनीहरू आफैले आफ्ना पानीको कुवाहरू खन्छन्। तिनीहरू अन्य देवताहरू प्रति फर्किए। तर तिनीहरूका कुवाहरू फुटे अनि पानी थाम्न सक्दैन्।
2:14b.JER.002.014 “के इस्राएलका मानिसहरू कमारो भए? के तिनीहरू त्यस्ता मानिस जस्तो भए जो दास भएर जन्मेको थियो? किन मानिसहरूले इस्राएलका मानिसहरूबाट धन-सम्पत्ति लान्छन्?
2:15b.JER.002.015 इस्राएलका शत्रुहरू इस्राएलमाथि जवान सिंहहरू झैं गर्जन्छन्। तिनीहरू गर्जन्छन्। तिनीहरूले इस्राएल भूमिलाई उजाड पारिदिए। तिनीहरूले इस्राएलका शहरहरू जलाइदिए, यसर्थ त्यहाँ कोही बस्दैन।
2:16b.JER.002.016 नोप र तहपन्नेसबाट आएका मानिसहरूले तिम्रो शिरको शीर्षभाग चकनाचुर पारिदिए।
2:17b.JER.002.017 यो समस्या तिम्रो आफ्नै दोषले हो। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ठीक बाटोमा डोर्याइरहनु हुँदै थियो, तर तिमीहरूले उहाँबाट अर्को पट्टि फर्कियौ।
2:18b.JER.002.018 यहूदाका मानिसहरू यस विषयमा सोच अब नील नदीबाट पानी पिउन किन मिश्र जान्छौ? परात नदीको पानी पिउन किन अश्शूर जान्छौ?
2:19b.JER.002.019 तिमीहरूले नराम्रा कामहरू गर्यौ अनि ती नराम्रा कुराहरूले तिमीहरूलाई केवल दण्ड मात्र ल्याउनेछ। संकटहरू तिमीकहाँ आउनेछ। अनि त्यस संकटले तिमीहरूलाई शिक्षा दिनेछ। यस विषयमा विचार गर। तब तिमीहरूले बुझ्नेछौ परमेश्वरबाट कि विमुख हुँदा कति नराम्रो हुँदोरहेछ। मलाई सम्मान नगर्नु र मबाट नडराऊनु नै गल्ती हो।” यो सन्देश मेरो मालिक सेनाहरूका परमेश्वरबाट आएको थियो।
2:20b.JER.002.020 “हे यहूदाका मानिसहरू हो! धेरै अघि तिमीहरूले जुवा हटा यौ। मैले तिमीहरूलाई जुन डोरीले नियन्त्रण गेर्थें त्यो तिमीहरूले छिनायौ। तिमीहरूले मलाह भन्यौ, ‘म तपाईंको सेवा गर्दिन।’ तिमी प्रत्येक अग्लो पर्वतमाथि र प्रत्येक हरियो रूखमनि सुत्ने वेश्या झैं हौ।
2:21b.JER.002.021 यहूदा, मैले तिमीलाई एक खास दाखको झ्याँगलाई जस्तै रोपेको थिये। तिमीहरू सबै नै असल बीऊ जस्तै थियौ। कसरी तिमी भिन्दै प्रकारको दाखको झ्याँग भयो जसले नराम्रो फल फलाउँदछ?
2:22b.JER.002.022 तिमीले आफ्नो शरीर धेरै साबुनहरू दलेर खारयुक्त पानीले नुहाए पनि, अझ म तिम्रा अपराधहरूको दाग देख्नु सक्छ।” यो सन्देश मेरा मालिक परमप्रभुबाट आँउछ।
2:23b.JER.002.023 “हे यहूदाका मानिसहरू हो! तिमीहरूले कसरी मलाई भन्न सक्छौं, ‘म मैला छैन, मैले बाल मूर्तिहरू’ पूजेको छैन। तिमीहरूको कर्महरूलाई बेंसीमा हेर। तिमीहरूले जे गरेका छौं त्यो स्वीकार गर। तिमीहरू यता र उता दुगुर्ने फुर्ति ऊँठहरू जस्ता छौ।
2:24b.JER.002.024 तिमीहरू निर्जन स्थानमा बस्ने जङ्गली गधा जस्तौ छौं। काम-वासनाको समयमा त्यसले हावाबाट गन्ध लिन्छे। त्यो त्यति कामातुर रहन्छे कि उसलाई फर्काउनु कसैले सक्तैन। काम-वासनाले उन्मत्त भएको समयमा उसलाई खोज्ने प्रत्येक बन-गधैनीले सजिलै भेट्न सक्छ।
2:25b.JER.002.025 खुट्टाहरू नाङ्गो नहुञ्जेल अनि घाँटी नसुकुञ्जेल दौडिन छोड। तर तिमीहरू भन्छौ, ‘आशा छैन कारण मैले अन्य देवताहरूलाई प्रेम गरेको छु अनि म तिनीहरूकै अनुसरण गर्नेछु।’
2:26b.JER.002.026 जसरी चोर पक्रा पर्दा लज्जित हुन्छ त्यसरी नै इस्राएलका घराना लज्जित भए। तिनीहरूका राजाहरू र शासकहरू, पूजाहारीहरू र अगमवक्ताहरू लज्जित हुनेछन्।
2:27b.JER.002.027 ती मानिसहरूले काठका टुक्राहरूसँग बात मार्छन अनि भन्छन्, ‘तिमी मेरा पिता हौ।’ ती मानिसहरू ढुङ्गासँग कुरा गर्छन् अनि भन्छन्, ‘तिमीले मलाई जन्म दियौ।’ तिनीहरू आफ्नो ढाड मपट्टि फर्काउछन्, तर अनुहार चाँहि होइन। तर जब तिनीहरू अप्ठेरामा पर्छन, तिनीहरू मलाई भन्छन्, ‘आऊ अनि हामीलाई बचाऊ।’
2:28b.JER.002.028 ती मूर्तिहरू आऊन् र तिमीहरूलाई बचाऊन। ती मूर्तिहरू जो तिमीहरू आफैले बनाएका छौ कहाँ छन? कतै आवश्यक परेको समयमा तिमीहरूलाई बचाँउछन कि? यहूदा तिमीसित जति शहरहरू छन् त्यति नै मूर्तिहरू पनि छन्।
2:29b.JER.002.029 तिमीहरू सबै मसित किन वहश गर्छौ? तिमीहरू सबैले मसित विद्रोह गर्छौ?” परमेश्वरबाट आएको वचन यही हो।
2:30b.JER.002.030 “मैले तिमीहरूका नानीहरूलाई दण्ड दिएँ। तर त्यो वेकार भयो कारण तिनीहरूले त्यो ग्रहण गरेनन्। जो अगमवक्तहरू तिमीहरूकहाँ आएका थिए तिनीहरूलाई तिमीहरूले तरवारले काटयौ। संहार गर्ने सिंहले झैं तिमीहरूले अगमवक्ताहरूलाई मार्यौ।”
2:31b.JER.002.031 यस पुस्ताका मानिसहरू, परमप्रभुको सन्देश तर्फ ध्यान देऊ। “के म इस्राएली मानिसहरूको लागि मरूभूमि जस्तै भएको थिएँ? के म तिनीहरूका लागि अन्धकार र डरलाग्दो भूमि भएको थिएँ? मेरा मानिसहरू भन्छन्, ‘हामी आफ्नो बाटोमा जान स्वतन्त्र छौं। हामी तिमीकहाँ फर्की आउने छैनौ, परमप्रभु।’ किन तिनीहरूले त्यस्ता कुराहरू भन्छन्?
2:32b.JER.002.032 तरूणीले आफ्ना गर-गहनाहरू भुल्दैनन्। एउटा दुलहीले आफ्ना वस्त्र भुल्दैन। तर मेरो मानिसहरूले मलाई धेरै चोटी भुलेका छन्।
2:33b.JER.002.033 हे यहूदा! झूटा देवताहरूको माया कसरी खोज्नु त्यो तिमी साँच्चै नै जान्दछौ। वास्तवमा खराब स्त्रीहरूले तिम्रा तरिकाहरू पनि सिक्छन्।
2:34b.JER.002.034 तिमीले ती गरीब र निर्दोष मानिसहरूलाई तिम्रो घर फोर्दै गरेका भेट्न सकेनौ तापनि तिम्रो हातमा तिनीहरूको रगत छ।
2:35b.JER.002.035 तर तिमी अझ भन्छौ, ‘म निर्दोष छु। परमेश्वर मसँग क्रोधित हुनुहुन्न।’ यसकारण म तिम्रो न्याय गर्नेछु कारण तिमी भन्छौ कि ‘मैले पाप गरेको छैन।’
2:36b.JER.002.036 तिमी लक्ष्य सजिलै बद्लिन्छौ! तिमी अश्शूर पट्टि फर्क्यौ अनि तिनीहरूले तिमीलाई लज्जित बनाए। यसकारण, तिमी मिश्रपट्टि फर्क्यौ अनि तिनीहरूले पनि तिमीलाई लज्जित तुल्याए।
2:37b.JER.002.037 यसर्थ यो सत्य हो कि तिमीले मिश्र पनि त्याग्ने छौ। अनि तिमी लज्जाले आफ्ना अनुहार लुकाउनेछौ। तिमीले भरोसा राखेका देशहरूलाई परमेश्वरले इन्कार गर्न भएको छ, यसर्थ तिम्रो जीवनमा उन्नतिको लागि तिनीहरूले तिमीलाई सहयोग गर्न सक्तैनन्।
3
3:1b.JER.003.001 “यदि एकजना मानिसले आफ्नी पत्नीसित छुटानाम गर्छ र त्यस पत्नीले अर्को मानिससित विवाह गरी भने के त्यो पहिलो मानिस त्यही स्त्रीसित फेरि सम्बन्ध राख्न आँउछ? अँह, यदि त्यस स्त्रीकहाँ त्यो पहिलो पुरूष फर्की आए, जमीन नै एकदमै दूषित हुनेछ। तिमी धेरै प्रेमीहरूसित वेश्या झैं व्यवहार गरिरहेका छौ। अनि अब तिमी मकहाँ फर्की आउनु चाहन्छौ।” यो सन्देश परमप्रभुबाट आएको हो।
3:2b.JER.003.002 “माथि पहाडको चुचुराहरू हेर, के त्यहाँ कुनै ठाउँ छ जहाँ तिम्रा प्रेमिकाहरूसँग तिमीले प्रेम रचेका छैनौ? अरबी मरूभूमिमा फिरन्ते झैं आफ्नो प्रेमीहरूको प्रतीक्षा तिमी बाटोको किनारमा पर्खेका थियौ। तिमीले भूमि “दूषित” पार्यौ। किनभने तिमीले थुप्रै नराम्रा कामहरू गर्यौ। साथै तिमी मप्रति अभक्त भयौ।
3:3b.JER.003.003 तिमीले पाप गर्यौ, यसकारण पानी परेन। त्यहाँ पानी पर्ने समयमा कुनै पानी परेन तर अझ तिमी लज्जित हुन अस्वीकर गर्छौ। तिम्रो अनुहार हेर्दा एउटा वेश्याको अनुहारमा हेरे जस्तो हुन्छ जो निलज्ज हुन्छे। तिमी पनि आफूले जे गर्यौ त्यसको लागि निर्लज्ज छौ।
3:4b.JER.003.004 तर अहिले तिमीले मलाई पुकारिरहेछौ, ‘पिता’ तिमीले भन्यौ, ‘तपाईं मेरो युवावस्था देखिको मित्र हुनुहुन्छ।’
3:5b.JER.003.005 तिमीले पनि भन्यौ, ‘परमेश्वर मसित सधैं क्रोधित रहनु हुँदैन। परमेश्वरको रीस धेरै बेर रहने छैन।’ “यहूदा, तिमीले यी त कुराहरू भन्यौ, तर तिमीले सके जति दुष्ट कामहरू गर्यौ।”
3:6b.JER.003.006 योशियाह राजाले यहूदामा राज गरेको समयमा परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, इस्राएलले गरेको पाप तिमीले देख्यौ? तिमीले देख्यौ कि उ मप्रति अविश्वासी छ। तिनले प्रत्येक पहाडमाथि अनि हरियो रूख मनि व्यभिचार गरिरहेकी थिई।
3:7b.JER.003.007 मैले आफैलाई भनें, ‘उसले यी सब पाप कर्म गरिसके पछि, मकहाँ फर्किन्छ होला।’ तर मकहाँ आएन। अनि इस्राएलले गरेको उसको अविश्वासी बाहिनी यहूदाले देखी।
3:8b.JER.003.008 इस्राएल अविश्वासी थिए अनि तिनले चाल पाई कि मैले उसलाई टाढो पठाएँ। इस्राएलले चाल पाइ कि उसले व्यभिचार पाप गरेकीले मैले उसित छुटानाम गरें। तर यसले उसको अविश्वासी बहिनीलाई कुनै डर भएन। यहूदा पनि बाहिर गई अनि वेश्या झैं कर्म गर्नु लागि।
3:9b.JER.003.009 यहूदाले आफू वेश्या झैं कर्म गरिरहेको कुनै ध्यान नै दिएन। यसकारण उसले आफ्नो देश ‘अशुद्ध’ बनाई। उसले चट्टान र काठले बनिएका मूर्तिहरू पूजा गरेर व्यभिचारी पाप गरी।
3:10b.JER.003.010 इस्राएलकी अविश्वासी बहिनी यहूदा मकहाँ मन खोलेर आएन। उसले खुल्ला हृदयले आए की झैं निहुँ गरी।” यो सन्देश परमप्रभुबाट आएको हो।
3:11b.JER.003.011 परमप्रभुले मलाई भन्नुभयो, “विश्वासहीन इस्राएल अविश्वासी यहूदा जस्ता खराब छैन।
3:12b.JER.003.012 यर्मिया, उत्तर दिशा तिर अघि बढ अनि यो सन्देश घोषणा गर ‘हे इस्राएलका विश्वासहीन मानिसहरू हो, फर्की आऊ।’ यो सन्देश परमप्रभुबाट आएको थियो। ‘तिनीमाथि आँखा तर्न बन्द गर्छु। म कृपालु छु।’ यो सन्देश परमप्रभुबाट आएका हो। म अब उसो तिमीसित रीस गर्ने छैन।
3:13b.JER.003.013 तिमीले आफ्नो खराब कर्म स्वीकार्नु पर्छ। तिमीले परमप्रभु आफ्ना परमेश्वरको विरूध अपराध गरेका छौ। प्रत्येक हरियो रूखमनि तिमीले पराई देवताहरू पज्यौ। तिमीले मेरो कुरा सुनेका छैनौं।” यो सन्देश परमप्रभुबाट आएको हो।
3:14b.JER.003.014 “हे विश्वासहीन सन्तान हो, मकहाँ फर्की आऊ।” यो सन्देश परमप्रभुबाट आएको हो। “म तिमीहरूका मालिक हुँ। हरेक शहरबाट तिमीहरू मध्ये एकजना र हरेक परिवारबाट दुइजना छान्नेछु अनि तिनीहरूलाई म सियोनमा लैजानेछु।
3:15b.JER.003.015 तिमीहरूका निम्ति मेरै जस्तो मन भएको शासकहरू दिनेछु। तिनीहरूले तिमीहरूलाई ज्ञान र समझशक्ति सिकाउनेछन्।
3:16b.JER.003.016 त्यस समयमा देशमा तिमीहरूको संख्या बढनेछ।” यो सन्देश परमेश्वरबाट आएको हो।” “त्यस समयमा, परमेश्वरसित भएको करारको सन्दूक विषयमा चर्चा हुने छैन, तिनीहरूले यस विषयमा सोच्ने छैनन्। अथवा सम्झने छैनन् अथवा उम्काउने छैनन्। अनि तिनीहरूले अर्को सन्दूक बनाउने छैनन्।
3:17b.JER.003.017 त्यस समयमा तिनीहरूले यरूशलेमलाई ‘परमप्रभुको सिंहासन’ भनी स्वीकार्ने छन्। परमप्रभुको सम्मान दिनलाई सबै राजाहरू यरूशलेममा आउनेछन्। तिनीहरूले आफ्नो अट्टेरी दुष्ट हृदयलाई अब उसो मान्ने छैनन्।
3:18b.JER.003.018 ती दिनहरूमा, यहूदाका परिवारहरू इस्राएलका परिवारमा सम्मिलित हुनेछ। तिनीहरू उत्तरमा भएको भूमिबाट सँगै आउनेछन। तिनीहरू मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको भूमिमा आउनेछन।
3:19b.JER.003.019 “म, परमप्रभुले भनें, ‘म तिमीहरूलाई आफ्नै नानीहरूलाई झैं व्यवहार गर्नु चाहन्छु। म तिमीहरूलाई अन्य जातिहरू भन्दा पनि अझ राम्रो भूमि दिनु चाहन्छु।’ तिमीहरूले मलाई ‘पिता’ भन्नेछौ अनि सधैं मेरो अनुसरण गर्नेछौ।
3:20b.JER.003.020 तर तिमीहरू आफ्नो लोग्नेहरूसित अविश्वासी रहेका पत्नी मानिसहरू जस्तै भयौ। हे इस्राएलका परिवार, तिमीहरू म प्रति अविश्वासनीय भएका छौ।” यो सन्देश परमेश्वरबाट आएको हो।
3:21b.JER.003.021 नाङ्गो डाँडाहरूमा तिमीहरूले रोइरहेको सुन्न सक्छौ। इस्राएलका मानिसहरू दयाको निम्ति रोइरहेछन् र प्रार्थना गरिरहेछन्। तिनीहरू एकदमै दुष्ट भए। तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्सेका छन्।
3:22b.JER.003.022 हे विशवसहीन छोराहरू हो, मकहाँ फर्की आऊ। तिमीहरूको विश्वासहीनता म हटाइदिनेछु। मानिसहरूले भन्नै पर्छ, “हामी तपाईं कहाँ आउँदैछौ तपाईं परमप्रभु हाम्रो परमेश्वर हुनुहुन्छ।
3:23b.JER.003.023 “डाँडाहरूमाथि मूर्ति पूज्न एउटा मूर्खता थियो। पर्वतमा होहल्ला गर्ने दलहरू सबै गल्ती थिए। निसन्देह इस्राएलको उद्धार परमप्रभु परमेश्वरबाट आउँछ।
3:24b.JER.003.024 हामीहरू युवास्था देखि नै झूटो देवताले हाम्रा पिता-पुर्खाहरूको सम्पत्ति नष्ट पारिदिए। तिनीहरूका भेडा, गाई-गोरूका बथानहरू अनि छोरा छोरीहरू पनि लगिदिए।
3:25b.JER.003.025 आफ्नौ लाजले हामी डुबौ अनि हामीलाई अपमानले छोपोस्। किनभने हामीले परमप्रभु हाम्रो परमेश्वरको विरूद्ध पाप गर्यौ। हाम्रा पिता-पुर्खाहरूले पाप गरे अनि हाम्रो बाल्यकालबाट अहिले सम्म हामीले हाम्रा परमप्रभु परमेश्वरको आज्ञा पालन गरेका छैनौं।”
4
4:1b.JER.004.001 परमप्रभुले भन्नुभयो, “हे इस्राएलका मानिसहरू! यदि तिमीहरू मकहाँ फर्की आउनु चाहन्छौ भने आऊ। तिमीहरूका मूर्तिहरू मेरो सामनेबाट हटाइदेऊ। मदेखि नबरालिओ।
4:2b.JER.004.002 ‘यदि परमप्रभु जीवित हुनुहुन्छ,’ भनी शपथ खान्छौ र त्यसलाई सरलता, इमान्दारी अनि धार्मिकतासित पालन गर्छौ भने जाति-जातिहरू परमप्रभुको नाउँद्वारा जाति-जातिहरू आफै धन्य हुनेछन् अनि उहाँ तिनीहरूका परमेश्वर हुँ भनी गर्व गर्नु हुनेछ।”
4:3b.JER.004.003 परमप्रभुले यही कुराहरू यहूदा र यरूशलेमलाई भन्नुभयो “तिम्रा खेतहरू जोत! काँढाहरू माझ बीऊहरू नछर।
4:4b.JER.004.004 परमप्रभु अघि आफ्नै खतना गर अनि हृदयको अपवित्रता आफै हटाऊ। हे यहूदा र यरूशलेमका मानिसहरू हो! तिमीहरू परिर्वतित भएनौ भने मेरो क्रोध अग्नि झैं फैलिनेछ। कसैले पनि त्यो आगो नियन्त्रण गर्न सक्ने छैन। यो तिमीहरूको दुष्टकार्यको कारण यस्तो हुनेछ।”
4:5b.JER.004.005 “यहूदाका मानिसहरूलाई यो सन्देश देऊ यरूशलेम शहरका प्रत्येक मानिसलाई भन, ‘राज्यका चारैतिर तुरही फुक।’ चिच्याउँदै कराउँदै भन, ‘सँगै आऊ। ‘सुरक्षाको लागि हामी सबै बलियो शहरहरू तिर भाग्यौं।’
4:6b.JER.004.006 सियोन तिर संकेतको झण्डा उठाऊ। नपर्ख, आफ्नो जीवनको लागि भाग! यसै गर किनभने म उत्तरतिरबाट महा विपत्ति र ठूलो सत्यनाश ल्याउनेछु।”
4:7b.JER.004.007 एउटा “सिंह” आफ्नो ओडारबाट बाहिर आएको छ। जाति-जातिहरूलाई नष्ट गर्ने आएको छ। तिम्रा भूमि सर्वनाश पार्नु त्यो आफ्नो ठाँउबाट बाहिर आएको छ। तिम्रा शहरहरू नष्ट पार्नेछ अनि त्यहाँ कोही पनि बास गर्ने छैन।
4:8b.JER.004.008 यसकारण भाङ्रा लगाऊ, शोक गर अनि विरक्तकर स्वरमा चिच्याऊ। किनभने परमप्रभु अझैं हामीसित रीसाउनु भएको छ।”
4:9b.JER.004.009 परमप्रभु भन्नुहुन्छ, “जब यस्ता घट्ना घट्छ, राजा अनि उसका अधिकारीहरूको हृदय दुर्बल हुनेछ, पूजाहारीहरू भयभीत हुन्छन् अनि अगमवक्तहरू अचम्मित हुनेछन्।”
4:10b.JER.004.010 तब मैले भने, “हे परमप्रभु मेरो मालिक! तपाईंले साँच्चै यहूदा र यरूशलेमका मानिसहरूलाई धोका दिनुभयो। तपाईंले भन्नुभएको थियो, ‘तिमीहरूले शान्ति पाउनेछौ।’ तर तिनीहरूकै घाँटीहरूमा तरवारले हानियो!”
4:11b.JER.004.011 त्यस समयमा यहूदा र यरूशलेमका मानिसहरूलाई सम्झाइनेछ, “मेरो मानिसहरू विरूद्ध नाङ्गो डाँडाहरूबाट तातो हावा बहने छ तर तिनीहरूलाई निफन्न अथवा सफा पार्नु होइन।
4:12b.JER.004.012 यो हावा त्यो भन्दा पनि बलियो हुनेछ हो अनि यो मबाट आउँछ। अब, यहूदाका मानिसहरूका विरूद्ध म मेरो न्याय घोषणा गर्नेछु।”
4:13b.JER.004.013 हेर! शत्रु बादल झैं आउँदैछ। उसको रथ हुरी झैं चल्छ, घोडाहरू चीलहरू भन्दा छिटा छन्। हामीलाई छिक्कार छ, हामी नष्ट भयौं।
4:14b.JER.004.014 हे यरूशलेमका मानिसहरू! आफ्नो हृदयबाट पापहरू धोई पखाल ताकि तिमीहरू बाच्नेछौ कहिल्ये सम्म आफ्नो दुष्ट्रयाँइसित अड्किरहनेछौ।
4:15b.JER.004.015 दानका सन्देशवाहकको आवाज सुन। एप्रैमबाट उसले नराम्रो खबर घोषणा गर्छ।
4:16b.JER.004.016 “जाति-जातिहरूलाई खबर गर। यरूशलेमभरि मानिसहरूमा यो खबर फैलाऊ। टाढोबाट घेरा हाल्ने सैन्य आइरहेको छ। यी शत्रुहरूले यहूदा शहरहरू विरूद्ध लडाइँ घोषित गरिरहेका छन्।
4:17b.JER.004.017 तिमीहरूले मेरो विरूद्धमा विद्रोह गरेकाले खेतालाहरूले खेत सुरक्षित पारे झैं शत्रुहरूले यरूशलेमलाई घेरेकाछन्!” यो सन्देश परमेश्वरबाट आएको हो।
4:18b.JER.004.018 “तिमीहरूले जुन प्रकारले काम गर्यौ अनि जुन तरिकाले बसो-बास गर्यौ त्यसले यो विपद निम्त्यायो। यो तिम्रो लागि सजाय हो। यो तीक्त छ र तिम्रो मुटु छुन्छ।”
4:19b.JER.004.019 हाय मेरो वेदना, मेरो वेदना! म मनोव्यथामा छु! हे मेरो हृदय! मेरो मुटुले मभित्र प्रहार गरिरहेछ। म चूपचाप बस्न सक्तिनँ, किनभने मैले तुरहीले सुनेको छु अनि तुरहीले अनि सैन्यलाई युद्ध तर्फ बोलाइरहेछ।
4:20b.JER.004.020 ध्वंसपछि ध्वंस नै आउँछ। सम्पूर्ण भूमि ध्वंस भयो। हटात मेरा पालहरू पनि ध्वंस भए। मेरा पर्दाहरू च्यातिए अनि झारिए।
4:21b.JER.004.021 परमप्रभु, कहिले सम्म मैले युद्धको झण्डाहरू हेर्नु नै पर्छ? कहिले सम्म मैले युद्धको तुरहीहरू सुन्नै पर्छ?
4:22b.JER.004.022 परमेश्वरले भन्नुभयो, “मेरा मानिसहरू मूर्ख छन्। तिनीहरूले मलाई चिन्दैनन्। तिनीहरू अज्ञानी नानीहरू हुन्। तिनीहरू बुझ्दैनन्। तिनीहरू दुष्टाईं गर्नमा सिपालु छन्, तर तिनीहरू असल काम कसरी गर्नु जान्दैनन्।”
4:23b.JER.004.023 मैले पृथ्वीमा हेर। यो खाली थियो। यसमा केही पनि थिएन्। मैले आकाशमा हेरें अनि यसको प्रकाश धीमा भइसकेको थियो।
4:24b.JER.004.024 मैले पर्वतहरूलाई हेर अनि तिनीहरू कामिरहेका थिए। सारा पहाडहरू हल्लिरहेका थिए।
4:25b.JER.004.025 मैले हेर, तर त्यहाँ कोही पनि थिएन। अकाशका सारा चरा-चुरूङ्गीहरू उडिसकेका थिए।
4:26b.JER.004.026 मैले हेर, अनि मलिलो भूमि मरूभूमि भयो। त्यस भूमिमा भएका सबै शहरहरू नाश भए। यो परमप्रभुले नै गर्नुभयो। परमप्रभु र उहाँको क्रोधको यो प्रतिफल हो।
4:27b.JER.004.027 परमप्रभुले यी कुराहरू भन्नुभयो “सारा देश नै नष्ट हुनेछ। तर म पूर्ण रूपले यो भूमिलाई ध्वंस गर्ने छैन।
4:28b.JER.004.028 त्यसै कारण त्यो भूमि रूनेछ अनि माथि आकाश कालो हुनेछ। म बोलें अनि परिवर्तन हुने छैन्। मैले निर्णय लिएँ अनि मेरो मन बद्लिने छैन्।”
4:29b.JER.004.029 प्रत्येक शहरले घोडसवारी र धनुर्धारीहरूको आवाज सुन्नेछ अनि भाग्नेछ! केही मानिसहरू पोथ्राहरूमा लुक्नेछन्, कतिपय मानिसहरू चट्टानहरूमाथि चढ्नेछन्। प्रत्येक शहर शून्य हुनेछ। त्यहाँ कोही पनि बस्ने छैन।
4:30b.JER.004.030 यहूदा तिमी ध्वंश भएकाछौ, यसकारण अहिले तिमी के गरिरहेका छौ? तिमी किन तिम्रो सब भन्दा राम्रो रातो वस्त्र लगाईरहेका छौ? किन तिमी तिम्रो सुनका गरगहनाहरू लगाई रहेछौ? तिमी किन आफैलाई सुन्दर पारिरहेकाछौ? खाली यो समयको बर्बादी हो। तिम्रा प्रेमीहरूले तिमीलाई घृणा गर्छन। तिनीहरू तिम्रो ज्यान लिनु खोज्दैछन्।
4:31b.JER.004.031 एउटी स्त्रीलाई प्रसुती पीडाको समयको जस्तै आवाज मैले सुनेको छु। पहिलो पल्ट प्रसुती पीडामा परेकी स्त्रीको आवाज झैं थियो। त्यो सियोनकी छोरीले हावाको लागि कष्टश्वास फेर्दै र मुद्दतको लागि हात फैलाउँदै गरेको आवाज थियो। “हाय! म बेहोश हुनु लागेकि छु अनि हत्याराहरू मेरा वरिपरि छन्।”
5
5:1b.JER.005.001 परमप्रभु भन्नुहुन्छ, “यरूशलेमका सडकहरूमा हिंड। वरिपरि हेर र ती कुराहरूको विषयमा सोच। यसका सार्वजनिक ठाँउहरू खोज। यदि यस्तो मानिस जसले जो इमान्दार छ अनि जसले सत्यको खोजी गर्छ र तिमीले त्यस्तो मानिस भेट्टायौ भने म यरूशलेमलाई माफ गर्नेछु।
5:2b.JER.005.002 मानिसहरू शपथ खान्छन् र भन्छन्, ‘परमेश्वर जीवित हुनुहुन्छ।’ तर तिनीहरू झूटा शपथ खान्छन्।”
5:3b.JER.005.003 हे परमप्रभु! म जान्दछु कि तपाईंप्रति मानिसहरू निष्ठावान् भएको चाहनु हुन्छ। तपाईंले यहूदाका मानिसहरूलाई हिर्काउनु भयो तर तिनीहरूले अनुभव गरेनन्। तपाईंले तिनीहरूलाई नष्ट गर्नुभयो, तर तिनीहरूले त्यसबाट शिक्षा पाएनन् तिनीहरू साह्रै हठी थिए। तिनीहरूले जीवन परिवर्तन गर्न अस्वीकार गरे।
5:4b.JER.005.004 तर मैले परमप्रभुलाई भनें, “यिनीहरू गरीबहरू मात्र छन्। तिनीहरू मूर्ख छन्। तिनीहरू परमप्रभुले देखाउनु भएको बाटो चिन्दैनन् अर्थात् तिनीहरू आफ्नो परमेश्वरको इच्छा बुझ्दैनन्।
5:5b.JER.005.005 यसकारण म यहूदाका अग्रजहरूकहाँ जानेछु र तिनीहरूसँग कुरा गर्नेछु कारण परमप्रभुले देखाउनु भएको बाटो तिनीहरूले चिन्दछन् आफ्नो परमप्रभुको व्यवस्था बुझ्दछन्।” तर तिनीहरू सबैले परमप्रभुको सेवाबाट अलग रहन एक भएका थिए।
5:6b.JER.005.006 तिनीहरू परमेश्वरको विरूद्ध उठे। यसकारण जङ्गलबाट आएका सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ मरूभूमिबाट आएका ब्वाँसोले तिनीहरूलाई मार्नेछ। एउटा चितुवा तिनीहरूकै शहरहरूमा लुकेकोछ। त्यस चितुवाले शहरबाट बाहिरा जो आउँछ त्यसलाई टुक्रा-टुक्रा पार्नेछ। तिनीहरूको भाग्य यस्तै हुनेछ कारण तिनीहरूले घरिघरि पाप गरे अनि धरै पल्ट परमप्रभुबाट टाढा गए।
5:7b.JER.005.007 परमेश्वरले भन्नुभयो, “यहूदा, मैले तिमीलाई क्षमा गर्नु पर्ने एउटा सही कारण भन। तिम्रा छोरा-छोरीहरूले मलाई परित्याग गरे। तिनीहरूले मूर्तिहरूका कसम खाए जो साँचो देवताहरू होइनन्। मैले तिनीहरूले इच्छा गरेको प्रत्येक चीज दिएँ। तर तिनीहरू मेरा विश्वासघाती भए। तिनीहरू भीडको साथ वेश्याहरूकहाँ भेला भए।
5:8b.JER.005.008 तिनीहरू पोसिएका खूब र घोडाहरू काम-वासनाले मस्त भएका जस्तै छन्। तैपनि तिनीहरूले आफ्नै छिमेकीका पत्नीहरूलाई डाक्दैछन्।”
5:9b.JER.005.009 यी कर्महरूको लागि के म सजाय नदिऊँ?” यो सन्देश परमप्रभुबाट आएको हो। “हो! म त्यस्ता जातिहरूलाई सजाय दिनेछु।
5:10b.JER.005.010 यहूदाको दाखका बोटहरूको एक किनार लागेर जाऊ दाखका काट। तर सम्पूर्ण प्रकारले नष्ट नगर। तिनीहरूका सबै हाँगाहरू काटी फाल। किनभने ती हाँगाहरू परमप्रभुको सम्पत्ति होइनन्।
5:11b.JER.005.011 इस्राएलका परिवारहरू अनि यहूदा सम्पूर्णरूपले म प्रति अविश्वासी भए।” यो सन्देश परमप्रभुबाट आएको हो।
5:12b.JER.005.012 “तर तिनीहरूले परमप्रभुलाई अस्वीकार गरे विषयमा भने, ‘परमप्रभुले हामीलाई केही गर्नु हुने छैन। कुनै नराम्रो घटना घटने छैन। हामीले युद्ध देख्नु पर्ने हामी भोकै बस्नु पर्नेछ।’
5:13b.JER.005.013 झूटा अगमवक्ताहरू सुख्खा हावा मात्र हुन्। परमेश्वरको वचन तिनीहरूमा छैन। तिनीहरूमाथि यही हुनेछ।”
5:14b.JER.005.014 परमप्रभु सेनाहरूका परमेश्वरले यी कुराहरू भन्नुभयो “ती मानिसहरूले भने म तिनीहरूलाई दण्ड दिने छैन तिनीहरूलाई। यसकारण यर्मिया, मैले तिमीलाई दिएका वचनहरू आगो जस्तै हुनेछन्, अनि ती मानिसहरू दाउरा जस्तै हुने छन्। त्यो आगोले तिनीहरूलाई पूर्ण रूपले भस्म पार्नेछ।”
5:15b.JER.005.015 हे इस्राएलको घराना हो! यो सन्देश परमप्रभुबाट आएको हो, “म तिमीहरूमाथि आक्रमण गराउनु एउटा जाति धेरै टाढाबाट ल्याउँदैछु। यो एउटा सामर्थी जाति हो। यो एउटा प्राचीन जाति हो। त्यसको भाषा तिमीहरूले जान्दैनौ। तिनीहरूले के भन्छन् त्यो तिमीहरू बुझ्दैनौ।
5:16b.JER.005.016 तिनीहरूका काँड राख्ने तरकस खुल्ला चिहान जस्तो छ। तिनीहरू सबै शक्तिशाली योद्धाहरू हुन्।
5:17b.JER.005.017 तिनीहरूले तिमीहरूका सबै अन्नहरू र खाद्य जिनिसहरू खाइदिनेछन्। तिनीहरूले तिमीहरूका सबै छोरा-छोरीहरू ध्वंस पार्नेछन्। तिनीहरूले तिमीहरूका भेंडाको बथान र गाईका बथानहरू अनि दाखका बोटहरू र नेभाराहरू खाइदिनेछन्। तिनीहरूले तिमीहरूका पक्का शहरहरू जसमा तिमीहरू भरोसा गर्थ्यौ तलवारले ध्वंस पार्नेछन्।”
5:18b.JER.005.018 यो सन्देश परमप्रभुबाट आएको हो, “जब ती संकटका दिनहरू तिमीहरूमाथि आइपर्नेछ, म सम्पूर्ण रूपले ध्वंस पार्नेछैन।
5:19b.JER.005.019 यहूदाका मानिसहरूले तिमीलाई सोध्ने छन्, ‘यर्मिया, परमप्रभु हाम्रा परमेश्वरले हामीमाथि त्यस्तो हानीकारक कार्यहरू किन गर्ने?’ तिमीले तिनीहरूलाई उत्तर देऊ, ‘किनभने तिमीहरूले उहाँलाई त्यागेका छौ। तिमीहरूले आफ्नै भूमिमा विदेशी मूर्तिहरूका सेवा गर्यौ यसकारण, त्यो भूमिमा जुन तिम्रो होइन त्यसमा विदेशीहरूलाई अब सेवा पुरयाउनेछौ।”‘
5:20b.JER.005.020 परमप्रभुले भन्नुभयो, “यो सन्देश याकूबका परिवारहरूलाई देऊ। यो सन्देश यहूदाका राज्यमा फैलाऊ
5:21b.JER.005.021 यो सन्देश सुन ‘तिमी मूर्ख मानिसहरूसँग चेत नै छैन्, तिमीहरूका आँखाहरू छन् तर तिमीहरू देख्दैनौ। तिमीहरूका कानहरू छन् तर तिमीहरू सुन्दैनौ।”‘
5:22b.JER.005.022 परमप्रभुले भन्नुभयो, “तिमीहरू किन मसित डराउँदैनौ? तिमीहरू मेरो अघि डरले काम्दैनौ? अँह। त्यो म नै हुँ जसले सागरको लागि सीमाना झैं तट बनाएँ। सागरले बालुवा ननागोस भनी मैले यो एउटा स्थायी नियम बनाएँ। सागरमा छालहरू उठेर आउँछन् तर तिनीहरूले नष्ट पार्न सक्तैनन्। छालहरू गर्जन्छन् तर तट नाग्न सक्तैनन्।
5:23b.JER.005.023 यी मानिसहरू अप्ठेरा र विद्रोही छन्। तिनीहरूले मसित विद्रोह गरे अनि मलाई छोडिदिए।
5:24b.JER.005.024 तर तिनीहरूले कहिल्यै भनेनन्, ‘आऊ, हामी हाम्रा परमप्रभु परमेश्वरको डर बोकौ अनि उहाँको सम्मान गरौ। उहाँले वाली उठाउने समय निर्धारण गरिदिनु हुन्छ। उहाँले हामीलाई शरद ऋतु र वसन्तको वर्षा ठीक समयमा दिनुहुन्छ।’
5:25b.JER.005.025 हे यहूदाका मानिसहरू हो! तिमीहरूले खराब काम गर्यौ र यही कारणले वर्षाकाल र बाली उठाउने समय कहिल्यै आउँदैन। तिम्रो पापहरूले तिमीलाई असल वस्तुहरूको आनन्दमय भोगबाट वञ्चित गरायो।
5:26b.JER.005.026 मेरा मानिसहरू माझमा दुष्ट मानिसहरू छन्। जो पासो थाप्छन् र चराको शिकार गर्नेहरू झैं लुक्छन्। तर तिनीहरूले मानिसहरूलाई नै पासोमा पार्छन।
5:27b.JER.005.027 चराहरूले भरिएको पिँजडा जस्तै दुष्ट मानिसहरूका घरहरू झूटा कुराहरूले भरिएको हुन्छ। तिनीहरूका मिथ्या कर्मले तिनीहरूलाई धनी र शक्तिशाली बनायो।
5:28b.JER.005.028 तिनीहरू आफ्नो दुष्टकर्मले मोटा अनि ठूला मानिसहरू बनिएका छन्। तिनीहरूको दुष्ट्याईंले सीमा नाघिसकेकोछ। तिनीहरू टुहुरा-टुहुरीहरूका निम्ति बोल्दैनन्। तिनीहरू गरीबहरूको पक्षमा निष्पक्ष न्याय गर्दैनन्।
5:29b.JER.005.029 के मैले ती यहूदाका मानिसहरूलाई तिनीहरूका दुष्टाईंका निम्ति दण्ड नदिनु?” यो सन्देश परमेश्वरबाट आएको हो। “के म यस्तो जातिको विरूद्ध प्रतिकार खोज्दै नखोजौं? हो।”
5:30b.JER.005.030 परमप्रभु भन्नुहुन्छ, डरलाग्दो र भयानक एउटा घटना यस देशमा घट्यो।
5:31b.JER.005.031 अगमवक्ताहरूले झूटो अगमवाणी दिन्छन्। पूजाहारीहरूले आफू खुशी शासन गर्छन अनि मेरा मानिसहरूले त्यसलाई त्यसरी नै मन पराउँछन्। जब अन्त आउँछ तिमीहरूले के गर्नेछौ?”
6
6:1b.JER.006.001 हे बिन्यामिनी हो! आफ्नो सुरक्षाको लागि भाग। यरूशलेमको शहरदेखि भाग। तको शहरमा युद्धको तुरही फुक बेथक्के-रेमको शहरमा चेताउनीको झण्डा उठाऊ। ती कुराहरू गर किनभने उत्तरदिशाबाट महासर्वनाश आईरहेछ। डरलाग्दो सर्वनाश तिमीहरू कहाँ आईरहेछ।
6:2b.JER.006.002 सियोनकी छोरी! तिमी हरियो मैदान जस्तै सुन्दरी छौ।
6:3b.JER.006.003 गोठालाहरू यरूशलेमा भेडाका बथानहरू लिएर आउँदछन्, तिनीहरूले आफ्नो पालहरू यसको वरिपरि बनाउँछन् प्रत्येक गोठालोले आफ्ना भेडा बथानको हेरचाह गर्छन्।
6:4b.JER.006.004 “यरूशलेमको विरूद्ध युद्ध गर्न तैयार हौ। उठ! मध्य-दिनमा हामी शहर आक्रमण गर्नेछौं। तर अति ढिलो भइसकेको छ। साँझको छाँयाहरू फैलिरहेका छन्।
6:5b.JER.006.005 यसकारण उठ! हामी राती शहर आक्रमण गर्नेछौ। आऊ, यरूशलेमको पक्का महलहरू ध्वंस पारौं।”
6:6b.JER.006.006 यही रीतले सेनाहरूका परमप्रभु भन्नुहुन्छ “रूखहरू काट र त्यही रूखहरूले यरूशलेमको वरिपरि छेकने घेराहरू बनाऊ। अत्याचार बाहेक त्यस शहरमा केही छैन। यसलाई सजाय भोगाउनै पर्छ।
6:7b.JER.006.007 एउटा कुवाले आफ्नो पानी ताजा राख्छ। त्यस्तै प्रकारले, यरूशलेमले आफ्नो दुष्टता ताजा राख्छ। सधैं शहरमा दंगा र ध्वंशको विषयमा सुन्छु। म सधैं यरूशलेममा विराम चोटहरू देख्छु।
6:8b.JER.006.008 चेताउनी तर्फ ध्यान देऊ, यरूशलेम। यदि तिमीहरूले सुनेनौ भने म तिमीहरूपट्टि पिठ्युँ फर्काउनेछु। म तिम्रो भूमि रित्तो मरूभूमि जस्तै पारिदिने छु। कोही पनि त्यहाँ बस्न योग्य हुनेछैन्।”
6:9b.JER.006.009 यही प्रकारले सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “खेतमा दाख बटुले झैं इस्राएलमा बाकी रहेका मानिसहरू भेला गर। दाखहरू टिप्नेले झैं दाखको बोटहरू फेरि नियाल।”
6:10b.JER.006.010 म कोसित बोल्नु? मैले कसलाई चेताउनी दिनु? कसले मेरो कुरा सुन्छ? इस्राएलका मानिसहरूले आफ्ना कानहरू थुनेका छन्। यसकारण तिनीहरूले मेरो चेताउनी सुन्दैनन्। परमप्रभुको वचन तिनीहरूका निम्ति शरमपूर्ण हुन्छ। तिनीहरू उहाँका कुरा सुन्नु चाहँदैनन्।
6:11b.JER.006.011 यसकारण म परमप्रभुको क्रोधले भरिएको छु। म त्यसलाई लिएर थाकिसकेको छु। “परमप्रभुको क्रोध गल्लीहरूमा खेलिरहेका नानीहरूमाथि पोखाऊ। जवानहरूमाथि परमेश्वरको क्रोध खनाऊ। लोग्ने-स्वास्नी एकै साथ सबै पक्राऊ पर्नेछन्। सबै बूढा-पाकाहरू पक्राउ पर्नेछन्।”
6:12b.JER.006.012 तिनीहरूका घरहरू अन्य मानिसहरूलाई दिइनेछ। तिनीहरूका खेतहरू र पत्नीहरू अन्य मानिसहरूलाई दिइनेछ। म यस भूमिका मानिसहरूमाथि मेरो हात उठाउनेछु।” यो सन्देश परमेश्वरबाट आएको हो।
6:13b.JER.006.013 “इस्राएलका सबै मानिसहरू लोभी छन्। माथिल्लो तहदेखि तल्लो तहसम्मका इस्राएली मानिसहरू घुसको लागि मरिमेटछन्। अनि अगमवक्ता देखिलिएर पूजाहारीहरूसम्म झूटो बोल्छन्।
6:14b.JER.006.014 अगमवक्ताहरू र पूजाहारीहरूले तिनीहरूका घाउहरूमा मलमपट्टी गर्नु पर्छ। तर तिनीहरूले ती घाऊहरूलाई कोट्याको जस्तो मात्र ठाने। तिनीहरू भन्छन्, ‘प्रत्येक कुरो ठीक छ’ अनि प्रत्येक जग्गामा शान्ति छ, जब कि त्यहाँ शान्ति छैन।’
6:15b.JER.006.015 पूजाहारीहरू र अगमवक्ताहरू आफूले गरेका नराम्रा कुराहरूले लज्जित हुनु पर्ने। तर तिनीहरू एकदमै लज्जित छैनन्। तिनीहरू कसरी लज्जित हुनु पर्ने जान्दैनन्। यसकारण तिनीहरू अरूसितै दण्डित हुनु पर्छ। जब म मानिसहरूलाई सजाय दिन्छु तिनीहरू भूँईमा फ्याँकिनु पर्छ।” परमप्रभुले यी कुराहरू भन्नुभयो।
6:16b.JER.006.016 परमेश्वरले ती कुराहरू भन्नुभयो, “दोबाटोमा उभ अनि हेर। सोध पूरानो बाटो कहाँ छ। सोध कहाँ असल बाटो छ, अनि त्यो बाटोमा हिंड्। यदि तिमीले त्यसो गर्यौ, तिमी स्वयंले विश्राम पाउनेछौ। तर तिमीहरूले भन्यौ, ‘हामी असल बाटोमा हिडने छैनौ।’
6:17b.JER.006.017 तिमीहरूमाथि निगाह राख्न मैले एकजना चौकीदार रोजेको छु। मैले तिनीहरूलाई बताएँ, ‘युद्धको तुरहीको आवाज सुन।’ तर तिनीहरूले भने, ‘हामी सुन्ने छैनौ।”‘
6:18b.JER.006.018 यसर्थ, सारा जाति-जातिहरू, सुन! तिनीहरूको साक्षी-प्रमाण विषयमा ध्यान देऊ।
6:19b.JER.006.019 हे पृथ्वीका मानिसहरू हो! यसमा ध्यान देऊ! यहूदाका मानिसहरूको लागि म ध्वंस ल्याइरहेको छु किनभने तिनीहरूले नराम्रो कर्मका निम्ति योजना बनाएका छन् अनि तिनीहरूले मेरो सन्देशहरूलाई ध्यान दिएनन् अनि मेरा शिक्षाहरू अस्वीकार गरे।”
6:20b.JER.006.020 परमप्रभु भन्नुहुन्छ, “किन मेरो लागि शबाको देशबाट सुगन्धित धूपहरू ल्यायौ? किन तिमीहरूले सुगन्धित मेरो निम्ति सुदुर देशबाट बेंत ल्यायौ? तिमीहरूले गरेका बलिहरूले मलाई खुशी बनाउँदैन। तिम्रो बलिदानहरूले मलाई सन्तुष्ट पार्दैन्।”
6:21b.JER.006.021 यसकारण, त परमप्रभु यसो भन्नुहुन्छ” म यहूदाका मानिसहरूलाई समस्याहरू दिनेछु। तिनीहरू ढुङ्गाहरू जस्तो हुनेछन् जसले मानिसहरूलाई पतन गराउनेछ। बाबु छोराहरू तिनीहरूमाथि ठोकिने छन् मित्रहरू र छिमेकीहरू मर्नेछन्।”
6:22b.JER.006.022 परमप्रभु यसो भन्नुहुन्छ “हेर, सेना उत्तरबाट आईरहेछ। घेरै टाढा-टाढा ठाउँहरूबाट एउटा महान जाति पृथ्वीमा आइरहेछ।
6:23b.JER.006.023 सेनाहरूले तिनीहरूसित धनु काँड र भालाहरू ल्याउँछन्। तिनीहरू निष्ठूर छन्। तिनीहरूमा दया छैन। तिनीहरूका घोडाहरूको आवाज जस्तै छ। हे सियोनकी छोरी! यी सेनाहरू युद्धका निम्ति तत्पर छन् र तिमीमाथि आक्रमण गर्नु आइरहेकाछन्।”
6:24b.JER.006.024 हामीले ती सेनाहरूको बारेमा सुनेका छौं। हाम्रा हातहरू भयले दुर्बल भएका छन्। प्रसुती वेदनामा परेकी स्त्रीलाई जस्तै हामीलाई दुख र पीडाले घेरेको छ।
6:25b.JER.006.025 खेतमा नजाऊ। सडकतिर नआऊ किनभने शत्रुहरूसित तरवारहरू छन् अनि जहीं-तहीं विपद छ।
6:26b.JER.006.026 मेरा मानिसहरू हो! दुख प्रकट गर्ने पोषाक लगाऊ, अनि खरानीमाथि लडी-बडी गर। यस्तो प्रकारले विलाप गर कि मानौं तिम्रो भएको एउटै मात्र बालक मरेको छ, किनभने विनाश अतिशीघ्र हामीमाथि आउनेछ।
6:27b.JER.006.027 “यर्मिया, मैले तिमीलाई मेरा मानिसहरू माझ कसी लाउने मानिस बनाँए। तिनीहरूलाई परीक्षा गर्नेछौ र तिनीहरूको जीवन विषयमा चाल पाउनेछौ।
6:28b.JER.006.028 तिनीहरू सबै विद्रोही हुन र चारैतिर असन्तुष्टी मच्चाइरहेका छन्। तिनीहरू सबै काँसा र फलाम जस्तै छन् तिनीहरू विनाशकहरू हुन्।
6:29b.JER.006.029 खँलातिले आगो तेज पार्छ र अशुद्धी हटाउँछ तर मेरा मानिसहरूलाई केही गर्नु सकिदैन कारण तिनीहरूबाट खराबी हटाउनु सकिदैन।
6:30b.JER.006.030 तिनीहरूलाई ‘खोटो चाँदी’ भनिनेछ। तिनीहरूलाई त्यो नाउँ दिइने छ किनभने परमेश्वरले तिनीहरूलाई अस्वीकार गर्नु भयो।”
7
7:1b.JER.007.001 यो यर्मियालाई परमप्रभुको सन्देश हो
7:2b.JER.007.002 यर्मिया, परमेश्वरको मन्दिरको प्रवेश द्वारमा उभ। यो सन्देश प्रवेश द्वारमा प्रचार गर “हे यहूदाका मानिसहरू! परमप्रभुको वचन सुन। परमप्रभुको पूजा गर्न जो पनि यी फाटकहरूबाट आउँछ; यो वचन सुन।
7:3b.JER.007.003 सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले यही भन्नुहुन्छ। ‘तिमीहरू आफ्नो जीवन शैली परिवर्तन गर अनि राम्रा कर्महरू गर। म तिमीहरूलाई यस भूमिमा बस्न दिनेछु।
7:4b.JER.007.004 कतिपय मानिसहरूले झूटो कुराहरू गर्छन त्यो विश्वास नगर। तिनीहरू भन्छन्, “यो परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर, परमप्रभुको मन्दिर हो।”
7:5b.JER.007.005 यदि तिमीहरूले आफ्ना जीवन परिवर्तन गरेर असल कर्महरू गर्यौ भने, म तिनीहरूलाई यस ठाउँमा बस्न दिनेछु। तिमीहरू परस्परमा इमान्दार हुन पर्छ।
7:6b.JER.007.006 तिमीहरू परदेशीहरूसँग इमान्दार हुनु पर्छ। तिमीहरूले विधवाहरू एवं टुहुरा-टुहुरीहरूसित ठीक कुराहरू गर्न पर्छ। निर्दोष मानिसहरूलाई नमार। अन्य देवताहरूका अनुयायी नबन्। किनभने तिनीहरूले तिमीहरूका जीवन नष्ट पारिदिने छन्।
7:7b.JER.007.007 यदि तिमीहरूले मेरो आज्ञा-पालन गर्यौ भने, म तिमीहरूलाई यस ठाउँमा बस्न दिने छु। म यो भूमि सधैं भरि तिमीहरूका पिता-पुर्खाहरूलाई दिनेछु।
7:8b.JER.007.008 “‘हेर, तिमीहरू झूटो कुराहरूमाथि भरोसा गरिरहेका छौ जुन अनर्थका छन्।
7:9b.JER.007.009 के तिमी चोरी गर्छौ, हत्या अनि व्यभिचार गर्छौ! के तिमी झूटो शपथ लिनेछौ? के बाललाई पूज्छौ? तिमीहरूले नजानेका देवताहरू पूज्छौ?
7:10b.JER.007.010 यदि तिमीहरूले त्यस्ता पापहरू गर्यौ भने, मेरो समक्ष मेरो घरमा जुन मेरो नाउँले डाकिन्छ त्यहाँ उभिन सक्छौं भनेर सम्झिन्छौ? के तिमीहरू समझन्छौ कि मेरो समक्ष उभिएर यसो भन्न सक्छौ, “हामी सुरक्षित छौं,” त्यस्ता डरलाग्दा दुष्टयाईं गरिरहनलाई?”
7:11b.JER.007.011 यो मन्दिर मेरो नाउँद्वारा डाकिन्छ। के यो घर तिमीहरूका लागि डाकाहरू लुक्ने ठाउँ बाहेक केही होइन जस्तो लाग्छ? म तिमीहरूलाई नियाली रहेछु।”‘ यो सन्देश परमप्रभुबाट आएको थियो।
7:12b.JER.007.012 “यहूदाका मानिसहरू शीलो अब शहरमा जाऊ। त्यो ठाउँमा जाऊ जहाँ मैले मेरो नाममा प्रथम घर बनाएँ। इस्राएलका मानिसहरूले पनि पाप कामहरू गरे। जाऊ र त्यहाँ हेर, मैले के गरें किनभने तिनीहरूले पाप कामहरू गरे।
7:13b.JER.007.013 किनभने तिमीहरूले यी सब गरयौ,” परमप्रभु भन्नुहुन्छ। “किनभने मैले तिमीहरूलाई तत्कालै भने, तर तिमीहरूले ध्यान दिएनौ अनि मैले बोलाएँ तर जवाफ दिएनौ।
7:14b.JER.007.014 यसकारण यरूशलेममा अवस्थित मेरो नाउँद्वारा बनिएको घर ध्वंस पार्नेछु। म त्यो घरलाई शीलो भत्काए झैं ध्वंस पारिदिनेछु। अनि यरूशलेममा अवस्थित त्यो घर जुन मेरो नाउँद्वारा डाकिन्छ त्यसमा तिमीहरू भरोसा गर्छौ। मैले त्यो ठाउँ तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएँ।
7:15b.JER.007.015 म तिमीहरूलाई मेरो नजरबाट जबरजस्ती हटाउनेछ, जसरी मैले तिमीहरूका दाज्यू-भाइहरू, एप्रैमका सबै मानिसहरूलाई गरें।”
7:16b.JER.007.016 “सम्मान, यर्मिया यहूदाका मानिसहरूका लागि प्रार्थना नगर। तिनीहरूको निम्ति बिन्ती अथवा प्रार्थना नगर। तिनीहरूका सहायताका निम्ति मलाई अन्तर बिन्ती नगर। म तिनीहरूका निम्ति तिम्रो प्रार्थना सुन्ने छैन।
7:17b.JER.007.017 यहूदाका शहरहरू र यरूशलेमका गल्लीहरूमा तिनीहरूले के गरिरहेका छन् तिमी देख्न सक्तैनौ?
7:18b.JER.007.018 छोरा-छोरीहरूले दाउरा बटुल्छन् अनि बाबुहरू आगो सल्काउछन्। स्वर्गकी रानीलाई मिठो रोटी चढाउँन स्त्रीहरू पिठो मुसिरहेका छन्। अरू देवताहरूलाई खुशी पार्न अर्घबलि चढाउन छन् मलाई रीस उठाउन तिनीहरू यसो गर्छन्।
7:19b.JER.007.019 तर म त्यो होइन जसलाई यहूदाका मानिसहरूले चोट पुर्याइरहेका छन्।” यो सन्देश परमेश्वरबाट आएको हो, “तिनीहरू आफैलाई चोट पुर्याका छन्। तिनीहरूले आफैलाई लज्जित तुल्याइरहेका छन्।”
7:20b.JER.007.020 यसकारण सेनाहरूका परमप्रभु भन्नुहुन्छ “म यो ठाउँमा, यहाँका मानिसहरू, पशुहरू, खेतका वृक्षहरू अनि अन्नहरू माथि मेरो रीस पोखाउने छु। मेरो रीस बलिरहेको आगो जस्तै हुनेछ। त्यो कसैले निभाउनु सक्नेछैन।”
7:21b.JER.007.021 सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ “तिमीहरूका बलिदानहरूमा तिमीहरूका होमबलि थप अनि उत्सर्गमा चडाएका मासुहरू खाऊ।
7:22b.JER.007.022 मैले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेखि बाहिर ल्याएँ। मैले तिनीहरूलाई होमबलि चढाउनु अथवा बलि चढाउन भनिन नता केही आज्ञा दिइन।
7:23b.JER.007.023 मैले केवल तिनीहरूलाई आज्ञा दिएँ, ‘मेरो आज्ञा पालन गर अनि म तिमीहरूको परमेश्वर हुनेछु अनि तिमीहरू मेरो मानिसहरू हुनेछौ तिमीहरूको हितका निम्ति मेरा सबै आज्ञाहरू पालन गर।’
7:24b.JER.007.024 “तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुराको वास्ता गरेनन्। तिनीहरू हठी थिए अनि तिनीहरूको दुष्ट हृदयले जे मन परायो त्यही गरे। तिनीहरू अघि बढेनन वरू पछि सरे।
7:25b.JER.007.025 तिमीहरूका पिता-पुर्खाहरूले मिश्र छाडेको दिनदेखि आज सम्म मेरा सेवकहरू तिमीहरूकहाँ पठाएँ। मेरा सेवकहरू अगमवक्ताहरू थिए। मैले तिनीहरूलाई दिन दिनै पठाँए।
7:26b.JER.007.026 तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुरा सुन्दै सुनेनन्। तिनीहरू अत्यन्त हठी थिए अनि आफ्ना पिताहरूले भन्दा नीच भन्दा नीच कामहरू गरे।
7:27b.JER.007.027 “यर्मिया, तिमीले यहूदाका मानिसहरूलाई ती कुराहरू भन्नेछौ। तर तिनीहरूले तिम्रा कुराहरू सुन्ने नै छैनन्। तिमीले तिनीहरूलाई डाक्ने छौ, तर तिनीहरूले जवाफ दिने छैनन्।
7:28b.JER.007.028 यसकारण तिमीले तिनीहरूलाई यी कुराहरू भन्नेछौ यो यस्तो राज्य हो जहाँ मानिसहरूले परमप्रभु आफ्नो परमेश्वरको आज्ञा पालन गर्दैनन्। तिनीहरूले परमेश्वरले भने अनुशासन ग्रहण गरेनन्। सत्य सडेको छ, तिनीहरूको ओठबाट यो अलग गरिएको छ।
7:29b.JER.007.029 “यर्मिया, आफ्नो केश काट र त्यसलाई फ्याकिदेऊ। पहाडको थुम्कामा चढ र शोक गीत गाऊ। किनभने परमेश्वरले यो वंश जसले उहाँलाई रीस उठायो त्यसलाई अस्वीकार र त्याग गर्नु भएको छ।
7:30b.JER.007.030 त्यसै गर किनभने यहूदाका मानिसहरूले पाप कामहरू गरिरहेको मैले देखेको छु।” यो सन्देश परमेश्वरबाट आएको हो “तिनीहरूले आफ्नो मूर्तिहरू स्थापित गरेका छन्। अनि म ती मूर्तिहरू घृणा गर्दछु। तिनीहरूले मूर्तिहरू मेरो नाउँद्वारा डाकिने घरमा स्थापित गरे। तिनीहरूले मेरो घर ‘अशुद्ध’ पारे।
7:31b.JER.007.031 यहूदाका मानिसहरूले बेंसीमा भएको उपत्यकामा तोपेतको उच्च स्थानहरू बनाए। ती जग्गाहरूमा मानिसहरूले आफ्ना छोरा छोरीहरूलाई मारे-तिनीहरूले बलिको रूपमा तिनीहरूलाई जलाए। यस्तो आज्ञा मैले कहिल्यै गरिनँ। यस्तो कुराहरू मेरो मनभित्र कहिल्यै पसेको थिएन।
7:32b.JER.007.032 यसर्थ, म तिमीहरूलाई चेताउनी गर्छु। दिनहरू आइरहेछ,” यो सन्देश परमेश्वरबाट आएको हो, “जब मानिसहरूले यस ठाउँलाई तोपेत अथवा बेन-हिन्नोनको उपत्यका भनेर डाक्ने छैन। होइन्, तिनीहरूले यसलाई हत्याको बेंसी भनेर डाक्नेछन्। तिनीहरूले यो नाउँ दिने छन। जब सम्म त्यहाँ एउटा चिहानको लागि मात्र पनि जग्गा रहनेछैन तब सम्म मानिसहरूले लाशहरू तोपेतमा गाडनेछन्।
7:33b.JER.007.033 लाशहरू चरा चुरूङ्गी र जंगली पशुहरूको खाद्य बनिनेछ। त्यहाँ चराहरू र जानवरहरूलाई धपाउनु कोही पनि जीवित रहनेछैन।
7:34b.JER.007.034 म यहूदाका शहरहरूमा र यरूशलेमका गल्लीहरूमा आनन्द र खुशीयालीको ध्वनि अन्त गरिदिनेछु। यहूदा अथवा यरूशलेममा र्हष र आनन्दको सोर अन्त गरिदिने छु। दुलहा र दुलहीको आवाज निस्कने छैन। त्यो भूमि उजाड हुनेछ।”
8
8:1b.JER.008.001 यो सन्देश परमेश्वरबाट आएको हो “त्यस बेला मानिसहरूले यहूदाका राजाहरू र मुख्य शासकहरूको हड्डीहरू, अगमवक्ताहरू र पूजाहारीहरूका हड्डीहरू र यरूशलेमका समस्त मानिसहरूका हड्डीहरू उनीहरूका चिहानहरूबाट लैजानेछन्।
8:2b.JER.008.002 तिनीहरूले सबै हड्डीहरू घाम, जुन र ताराहरू मुनि मैदानमा फिँजाउनेछन्। यरूशलेमका मानिसहरूले घाम, जुन अनि ताराहरूलाई माया गर्थे। तिनीहरूले तिनीहरूलाई सेवा र अनुसरण गरे। तिनीहरूले तिनीहरूसित परमर्श गरे अनि तिनीहरूको अघि घुँडा टेकेर पूजा गरे। फेरि कसैले पनि हड्डीहरू बटुल्ने छैन अनि पुर्ने छैन। यही कारणले हड्डीहरू मैदानमा फिजाएको गाईको गोबर जस्तै हुनेछ।
8:3b.JER.008.003 “म यहूदाका मानिसहरूलाई आफ्नो घरपरिवार छाडन बाध्य गराउनेछु। ती मानिसहरूलाई विदेशमा लगिनेछ। यहूदाका केही मानिसहरू जो लडाँईमा मरेनन् तिनीहरूले लडाइँमा मरेको भए हुन्थ्यो भन्ने इच्छा गर्नेछन्।” यो परमप्रभुको सन्देश हो।
8:4b.JER.008.004 यर्मिया, यो यहूदाका मानिसहरूलाई भन परमप्रभु यी कुराहरू भन्नुहुन्छ “तिमी जान्दछौ कि जब एकजना मानिस तल झर्छ फेरि माथि उठ्छ यदि एकजना मानिस विग्रन्छ भने, फेरि सप्रिनेछ।
8:5b.JER.008.005 यहूदाका मानिसहरूले भूल बाटो समाते। तर किन यी मानिसहरू निरन्तर गल्ती बाटोमा गईरहेछन्? तिनीहरू आफ्नै झूटा कुराहरू विश्वास गर्छन। तिनीहरू फर्की आउन अस्वीकार गर्छन।
8:6b.JER.008.006 मैले तिनीहरूलाई खुब होशियारीसित हेरेको छु अनि सुनेको छु। तिनीहरू सही कुरा बोल्दैनन्। तिनीहरू आफूले गरेको पापमा दुखी छैनन् अनि भन्दैनन्, मैले के गरें? युद्ध भूमिमा दौडिरहेको घोडाहरू जस्तै तिनीहरू आफ्नै बाटोमा हिँडिरहेका छन्।
8:7b.JER.008.007 आकाशमा उडने चरा-चुरूङ्गीहरूले पनि आफ्नो ठीक समय जान्दछन्, अनि साँरस, ढुकुर, गौंथली कर्याङ्ग-कुरूङ्गहरूले आफ्नो नयाँ घरमा जाने समय जान्दछन् तर मेरा मानिसहरू जान्दैनन् परमेश्वरले उनीहरूबाट के चाहनु हुन्छ।
8:8b.JER.008.008 तिमीहरू भन्छौ, ‘हामीसँग परमेश्वरको शिक्षाहरूछन् यसर्थ हामी ज्ञानी छौं’ यसकारण हामी ज्ञानी छौं!’ तर यो सत्य होइन। किनभने शास्त्रीहरूले आफ्ना कलमलाई झूटो बनाएका छन्।
8:9b.JER.008.009 ‘ज्ञानी मानिसहरूले’ परमप्रभुको वचनहरू सुन्न अस्वीकार गरे। यसकारण तिनीहरू वास्तवमा ‘ज्ञानी मानिसहरू’ होइनन्। ती ‘ज्ञानी मानिसहरूलाई’ जालमा फसाइएका छन्, अपमान गराइएका छन् र लज्जित पारिएका छन्।
8:10b.JER.008.010 यसकारण, म तिनीहरूका पत्नीहरू अरूहरूलाई दिनेछु। म तिनीहरूका खेतहरू नयाँ मालिकहरूलाई दिनेछु। सम्पूर्ण इस्राएलका मानिसहरूले घुस लिन्छन्। सबै मानिसहरू-तल्लो दर्जादेखि माथिल्लो दर्जा सम्माका एउटै व्यवहारका छन्। तिनीहरू अगमवक्ताहरूदेखि पूजाहारीहरूसम्म सबै कपट व्यवहार गर्छन्।
8:11b.JER.008.011 मेरो मानिसहरूका गहिरो घाउहरूलाई तिनीहरूले केही जस्तो मानेनन्। तिनीहरू भन्छन्, ‘यो ठीकै छ, प्रत्येक कुरो नै ठीकै छ।’ तर वास्तवमा केही पनि ठीक छैन।
8:12b.JER.008.012 तिनीहरू आफ्ना नराम्रा कामहरूदेखि लज्जित हुनै पर्छ। तर तिनीहरू पटक्कै लज्जित छैनन्। कसरी लज्जित हुनु तिनीहरू जान्दैनन्। यसर्थ जब म तिनीहरूलाई सजाय दिनेछु तिनीहरू अरू मानिसहरूसितै तल झर्छन।” परमप्रभु यसो भन्नुहुन्छ।
8:13b.JER.008.013 परमप्रभुले भन्नुभयो, “म तिनीहरूका अन्नबलि लैजानेछु। झ्याङमा एउटै पनि अङ्गुर रहनेछैन नेभाराको बोटमा एउटै पनि फल रहने छैन। पातहरू पनि ओइलिनेछन र सूक्खा हुनेछन्। मैले दिएका प्रत्येक वस्तु लैजानेछु।
8:14b.JER.008.014 किन हामी यहाँ बसिरहेका छौ? आऊ, हामी बलिया शहरहरूमा जाँऊ। त्यहाँ हामी मृत्यु वरण गरूँ कारण परमेश्वर हाम्रा परमप्रभुले हामीलाई सडनु भनी आदेश दिनु भएकोछ। हामीले परमप्रभुको विरूद्ध पाप गरेकाछौं, यसकारण परमेश्वरले हामीलाई विष मिसाएको पानी पिउँनु दिनुभएको छ।
8:15b.JER.008.015 हामीले व्यर्थमा शान्ति पाउने आशा गर्यौ।” हामीले निको हुने आशा गर्यौं तर डर मात्र हात लाग्यो।
8:16b.JER.008.016 दानबाट शत्रुहरूका घोडाहरूको स्वाँ-स्वाँ आवाज हामी सुन्छौ। घोडाहरूको हिनहिनाइले सम्पूर्ण जमीन काम्छ। यो जमीन र यसमा भएका प्रत्येक वस्तु नष्ट पार्न शत्रुहरू आएका छन्। तिनीहरू यो शहर यसमा बसो-बास गर्ने सबै मानिसहरू ध्वंस पार्न आएका छन्।
8:17b.JER.008.017 हेर, म तिमीलाई आक्रमण गराउन विषालु साँपहरू पठाउँदैछु। ती साँपहरूलाई नियन्त्रणमा राख्नु सकिदैन। तिनीहरूले तिमीलाई डस्नेछन्।” यो सन्देश परमप्रभुको हो।
8:18b.JER.008.018 हे परमेश्वर, शोकले मलाई ढाक्छ र मेरो हृदय दुर्बल भएको छ।
8:19b.JER.008.019 मेरा मानिसहरूको चित्कार टाढोबाट सुन। तिनीहरू भन्छन्, “के परमप्रभु अझै सियोनमा हुनुहुन्छ? के सियोनका राजा अझ त्यहाँ हुनुहुन्छ?” तर परमेश्वर भन्नुहुन्छ, “यहूदाका मानिसहरूले बेकारका विदेशी देवताहरूलाई पूजे। तिनीहरूले मलाई क्रोधित पारे। तिनीहरूले किन त्यसो गरे?”
8:20b.JER.008.020 अनि मानिसहरू भन्छन्, “फसल कटनीको समय बितिहाल्यो। ग्रीष्मकाल समाप्त भयो। अनि अझ हामी सुरक्षित भएका छैनौं।”
8:21b.JER.008.021 मेरा मानिसहरूले मलाई चकनाचूर पारेकाले म चकनाचूर भएको छु। म शोकाकुल छु अनि त्रासले मलाई घेर्छ।
8:22b.JER.008.022 निसन्देह गिलादमा केही औषधी छ। निसन्देह गिलादमा वैद्य छ यसकारण किन मेरा मानिसहरूको चोट निको हुँदैन्?
9
9:1b.JER.009.001 यदि मेरो शिर पानीले भरिएको हुन्थ्यो अनि यदि मेरो आँखाहरू आँसूको फोहोरा हुन्थ्यो भने म ती मेरा मानिसहरूका निम्ति जो मारिएका छन् रात दिन रूने थिएँ।
9:2b.JER.009.002 यदि मरूभूमिमा यात्री झैं रात बिताउने ठाँउ मेरो भए म मेरा मानिसहरूलाई छाडिदिने थिएँ र तिनीहरूबाट टाढो गएको हुन्थे। किनभने तिनीहरू परमेश्वरप्रति अविश्वासी छन्। तिनीहरू सबै उहाँका विरोधमा उठे।
9:3b.JER.009.003 “ती मानिसहरू आफ्नो जिब्रो धनु झैं बङ्गाउँछन् अनि झूटो कुराहरू मुखबाट काँड झैं निकाल्छन्। त्यस ठाँउमा सत्य दृढ भई बढेको होइन। यी मानिसहरू एउटा खराब कर्म देखि अर्कोमा आफै सर्छन। तिनीहरूले मलाई चिन्दैनन्।” परमप्रभुले यसो भन्नुभयो।
9:4b.JER.009.004 “आफ्ना छिमेकीहरूलाई नियाल। कुनै सम्बन्धीलाई विश्वास नगर। किन? किनभने हरेक सम्बन्धी कपटी छ। हरेक छिमेकीले तिम्रो पछाडी निन्दा गर्दछ।
9:5b.JER.009.005 हरेक मानिसले आफ्नो छिमेकीसित झूटा बोल्छ। कसैले पनि साँचो बोल्दैन। यहूदाका मानिसहरूले आफ्नो जिब्रोलाई झूटो बोल्न प्रशिक्षण गराउँछन्। तिनीहरूले नथाकुञ्जेल सम्म पाप गरे।
9:6b.JER.009.006 एउटा नराम्रो कुराले अर्को नराम्रो कुरालाई पछ्यायो। अनि झूटोले झूटै पछ्यायो। मानिसहरूले मलाई चिन्नु अस्वीकार गरे।” परमप्रभुले ती कुराहरू भन्नुभयो।
9:7b.JER.009.007 सेनाहरूका परमप्रभु भन्नहुन्छ “म तिनीहरूलाई शुद्ध पार्छु र परीक्षा गर्छु। मेरोमा अन्य तरिका छैन। मेरा मानिसहरूले पाप गरे।
9:8b.JER.009.008 यहूदाका मानिसहरूको जिब्रो काँड जस्तै तीखा छन्। तिनीहरू मुखले झूटो बोल्दछन्। हरेक मानिस आफ्ना छिमेकीहरूसँग दयापूर्ण बात गर्छन तर तिनीहरूले आफ्नो छिमेकीहरूलाई धरापमा पार्ने भित्री योजनाहरू बनाँउछन्।
9:10b.JER.009.010 म पर्वतहरूलाई चिच्याएर कराउनेछु। म उजाड भूमिका निम्ति शोकमय गीत गाउनेछु कारण ती पर्वतहरू र मैदानहरू नष्ट गराइएका छन् र त्यहाँबाट कोही पनि हिँडदैनन्। गाई-गोरूहरू रामेको आवाजहरू अब त्यहाँ सुन्न सकिनदैन्। चराचुरूङ्गी सबै उडेर, गइसके अनि पशुहरू पनि गइसके।
9:11b.JER.009.011 “म यरूशलेमलाई अशुद्धको थुप्रोमा परिवर्तन गर्नेछु। यो स्यालहरूको घर हुनेछ। म यहूदाका शहरहरू विनाश गर्नेछु ताकि त्यहाँ कोही बस्ने छैन।”
9:12b.JER.009.012 के त्यहाँ यी चीजहरू बुझ्ने कोही ज्ञानी मानिसहरू छन्? त्यहाँ कोही छन् ज-जसलाई परमप्रभुले भन्नु भएको छ र ज-जसले सन्देश व्याख्या गर्नु सक्छ? किन यस भूमि ध्वंस पारियो अनि सूखा मरूभूमिमा परिणत गरियो, जहाँ कोही पनि जाँदैन्?
9:13b.JER.009.013 परमप्रभुले भन्नुभयो, “किनभने मैले तिनीहरूलाई दिएको शिक्षा त्यागे अनि मेरा उपदेशहरू सुन्दैनन् अनि मैले देखाएका मार्गमा हिड्दैनन्।
9:14b.JER.009.014 यहूदाका मानिसहरूले आफ्नै तरिकाको जीवन शैली लिए। तिनीहरू हठी थिए। तिनीहरूले तिनीहरूका पिता-पुर्खाहरूले जो सिकाएका थिए त्यही बाललाई पूजा गरे।”
9:15b.JER.009.015 यसकारण सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, “म तिनीहरूलाई तीतो भोजन खाने र विषालु पानी पिउने बनाउनेछु।
9:16b.JER.009.016 म इस्राएलका मानिसहरूलाई अन्य जातिहरूमा जुन न त तिनीहरू न त तिनीहरूको पिता-पुर्खाहरूले जान्दथे तितर-बितर पारिदिनेछु। तिनीहरू सम्पूर्ण रूपले ध्वंस नहुञ्जेलसम्म म तिनीहरूको पछि तरवार पठाउनेछु।”
9:17b.JER.009.017 यही नै सेनाहरूका परमेश्वर भन्नुहुन्छ “अब, यी कुराहरूबारे विचार गर। ती स्त्रीहरूलाई बोलाऊ जसलाई अन्त्येष्टि क्रियामा रूनलाई पैसा दिइन्छ। ती मानिसहरूलाई पठाऊ जो त्यस् काममा निपुण छन्।
9:18b.JER.009.018 ‘तिनीहरूले हतार गरून र हाम्रा निम्ति रोइदिउन। तब हाम्रा आँखाहरू आँसूले भरिनेछन्, अनि पानीका मुहानहरू बाहिर आउनेछन्।’
9:19b.JER.009.019 “विलापको स्वरहरू सियोन्बाट सुनियो ‘हामी साँचि नै ध्वंस्त भयौं। हामी लज्जित छौं कि हामीले आफ्नो भूमि त्याग्नु नै पर्छ, किनभने हाम्रो घरहरू भत्काइयो।”‘
9:20b.JER.009.020 अब, यहूदाका स्त्रीहरू, परमप्रभुबाट आएको वचन ध्यान् दिएर सुन। परमप्रभुको मुखारबिन्दबाट आएको शब्दहरू सुन। परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका छोरीहरूलाई कसरी चिच्चाएर रूने भन्ने सिकाऊ। हरेक स्त्रीले यो शोक-गीत गाउन सिक्नै पर्छ
9:21b.JER.009.021 ‘हाम्रा झ्यालहरूबाट मृत्यु पसेको छ। हाम्रा किल्लाहरूमा मृत्यु आयो। यसले गल्लीहरूमा हाम्रा नानीहरूलाई र हाम्रा जवानहरूलाई शहरहरूबाट लग्यो।’
9:22b.JER.009.022 यी कुराहरूको घोषणा गर ‘परमप्रभु भन्नुहुन्छ, मतृ शरीरहरू भूँईमा गोबर जस्तै छरिएको हुनेछ। तिनीहरूका शरीरहरू जसरी कृषकहरूले खेतमा बाली काटेर सुताई राख्छन् जसलाई उठाउने कोही हुँदैनन् त्यस्तै मैदानमा लडिरहेका हुनेछन्।”‘
9:23b.JER.009.023 परमप्रभु भन्नुहुन्छ “ज्ञानीले आफ्ना ज्ञान बारे शेखी गर्नु हुँदैन्। बलवानले आफ्ना शक्ति बारे घमण्ड गर्नु हुँदैन्। धनीले आफ्ना धन बारे अहम् गर्नु हुँदैन्।
9:24b.JER.009.024 तर यदि कसैले गर्व भने, उसले यस विषयमा गर्व गरोस्। म परमप्रभुलाई चिन्छु र जान्दछु र उहाँ नै परमप्रभु हुनुहुन्छ जसले पृथ्वीमा न्याय, दया र र्धमिकताको व्यवहार गर्नुहुन्छ। किनभने म यी कुराहरूमा नै आनन्द लिन्छु।”
9:25b.JER.009.025 यो परमेश्वरबाट आएको सन्देश हो। “समय आइरहेको छ जब म ती सम्पूर्ण मानिसहरू जसले खाली शारीरिक खतना गरेका छन् उनीहरूलाई दण्ड दिनेछु।
9:26b.JER.009.026 म ती मानिसहरूका बारेमा भनिरहेछु जो मिश्र देश, यहूदा, एदोम, अम्मोन, मोआबका बसिन्दा हुन अनि तिनीहरू सबै जो जंगलमा बस्छन्। ती सारा देशहरूमा बस्ने मानिसहरू वास्तवमा खतना गरिएको थिएन अनि इस्राएलबाट आउने मानिसहरूका खतना तिमीहरूको हृदयमा गरिएको थिएन।”
10
10:1b.JER.010.001 हे इस्राएलका मानिसहरू, परमप्रभुको वचन सुन।
10:2b.JER.010.002 परमप्रभुले यही भन्नुहुन्छ “अन्य जातिहरूबाट आएका मानिसहरू जस्तै नबाँच्। आकाशका विशेष चिन्हहरूसित नडराऊ। अन्य जातिका मानिसहरूले अकाशमा जे देख्छन् तिनीहरू डराँछन्। तर तिमीहरू त्यस्ता कुराहरूमा डराउनु पर्दैन।
10:3b.JER.010.003 अन्य मानिसहरूका रीति-रिवाजहरू महत्वहीन छन्। तिनीहरू जंगलमा रूख काट्छन् शिल्पीकारले आफ्नो बञ्चरोले आकारमा बनाँउछ।
10:4b.JER.010.004 तिनीहरूले चाँदी र सुन लगाएर प्रतिमाहरू सुन्दर बनाँउछन्। तब तिनीहरूले मार्तोलहरू र काँटीहरू मूर्तिहरू अडाउनलाई प्रयोग गर्छन् ताकि ती मूर्तिहरू तल नझरोस्।
10:5b.JER.010.005 मूर्तिहरू खेतमा राखेको तर्साउने पुतला जस्तै हुन्। तिनीहरू बोल्दैनन्। तिनीहरूलाई बोक्न पर्छ किनभने तिनीहरू हिंड्न सक्तैनन्। तिनीहरूलाई आदर नगर! तिनीहरूले नोक्सान अथवा सहायता गर्नु सक्तैन।”
10:6b.JER.010.006 हे परमप्रभु, तपाईं जस्तो कोही पनि छैन! तपाईं महान हुनुहुन्छ अनि तपाईंको नाउँ महान र शक्तिशाली छ।
10:7b.JER.010.007 हे परमेश्वर प्रत्येकले तपाईंलाई आदर गर्नै पर्छ। तपाईं सबै जातिहरूका महाराजा हुनुहुन्छ। तपाईं सम्मानको योग्य हुनुहुन्छ। अन्य राज्यहरूमा धेरै ज्ञानी मानिसहरू छन् तर तपाईं समान कोही पनि ज्ञानी छैन।
10:8b.JER.010.008 अन्य जातिका मानिसहरू लठुवा र मूर्ख छन्। तिनीहरूका शिक्षा काठको महत्वहीन मूर्तिहरूबाट आउँछन्।
10:9b.JER.010.009 तिनीहरूले मूर्तिहरू बनाउनु तर्शीशबाट चाँदी अनि उपज देशबाट सुन ल्याउछन्। मूर्तिकार र सुनारहरूले मूर्तिहरू बनाउँछन् र नीलो र बैंजनी लुगाहरू लगाइदिन्छन्। निपुण “शिल्पीहरूले” यी सब “चीजहरू” बनाँउछन्।
10:10b.JER.010.010 तर परमप्रभु चाँहि साँचो परमेश्वर हुनुहुन्छ। उहाँ मात्र जीवित परमेश्वर हुनुहुन्छ। उहाँ राजा हुनुहुन्छ जसले सदाकाल शासन चलाउनु हुन्छ। परमेश्वरको रीसमा पृथ्वी काम्छ अनि विदेशीहरूले उहाँको क्रोध सहन सक्तैनन्।
10:11b.JER.010.011 परमप्रभु भन्नुहुन्छ, “यो सन्देश मानिसहरूमा घोषित गर ‘यी झूटा देवताहरूले आकाश र पृथ्वी बनाएनन। पृथ्वी र आकाश मुनि तिनीहरू लोप हुन्छन्।”‘
10:12b.JER.010.012 परमेश्वर नै हुनुहुन्छ, जसले पृथ्वीलाई आफ्नो शक्तिले सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नो ज्ञानले संसारलाई रच्नु भयो अनि उहाँले आफ्नो समझ द्वारा आकाशलाई फैलाउनुभयो।
10:13b.JER.010.013 उहाँको वचनको आवाजले आकाशमा पानी गर्जन्छ। पृथ्वीको अन्तबाट उहाँले बादल आउने बनाउनु हुन्छ। उहाँले वर्षा सित बिजुली ल्याउनु हुन्छ। उहाँले आफ्नो भण्डारबाट बतास ल्याउनु भयो।
10:14b.JER.010.014 मानिसहरू एकदमै मूर्ख छन्। मूर्तिहरूले आफ्ना सृष्टिाहरूलाई मूर्ख बनाए। ती मूर्तिहरू वास्तवमा मिथ्या बाहेक केही होइन। तिनीहरूमा जीवन हुँदैन।
10:15b.JER.010.015 ती मूर्तिहरू महत्वहीन हुन्। तिनीहरू केवल खिसीका पात्र हुन्। न्यायको समयमा ती मूर्तिहरू सड्नेछन्।
10:16b.JER.010.016 तर याकूबका परमप्रभु ती मूर्तिहरू जस्ता हुनुहुन्न। परमप्रभुले सबै थोक बनाउनु भयो अनि परमप्रभुले इस्राएल परिवारलाई परमप्रभुले उहाँको आफ्नै मानिसहरू भनी रोज्नु भयो। परमेश्वरको नाउँ “सेनाहरूका परमप्रभु” हो।
10:17b.JER.010.017 घेरामा परेका तिमी मानिसहरू, प्रत्येक चीज पोको पार अनि जानलाई तत्पर हौ।
10:18b.JER.010.018 परमप्रभु भन्नुहुन्छ “यस समय म यहूदाका मानिसहरूलाई देशबाट बाहिर निकाली दिनेछु। म तिनीहरूमाथि संकटहरू ल्याइदिनेछु ताकि तिनीहरूलाई पक्राइनेछ।”
10:19b.JER.010.019 धिक्कार छ मलाई! मैले नराम्रो घतले चोट पाएँ। म साह्रै घाइते छु यद्यपि मैले स्वयंलाई भने, “यो मेरो बीमार हो जसको लागि म पीडित हुनै पर्छ।”
10:20b.JER.010.020 मेरो पाल भत्काइयो। सारा डोरीहरू चुँडाइयो। मेरा छोराछोरीहरूले मलाई त्यागे। तिनीहरू गए। मेरो पाल फैलाउन अथवा पालको पर्दा उठाउन यहाँ केही पनि छैन।
10:21b.JER.010.021 गोठालाहरू मूर्ख छन् अनि परमप्रभु खोज्ने प्रयास गर्दैनन्। यसकारण तिनीहरू सफल भएनन् यसकारण तिनीहरूका बथानहरू तितर-बितर भए अनि हराए।
10:22b.JER.010.022 सुन्! एउटा ठूलो कोलाहल्ला सुन। हेर त्यो हल्ला उत्तरदेखि आइरहेछ। यसले यहूदाका शहरहरू नष्ट पार्नेछ। यहूदा एक रित्तो मरूभूमि झैं हुनेछ। यो स्यालहरूका गुफा हुनेछ।
10:23b.JER.010.023 हे परमप्रभु! म जान्दछु कि मानिसले आफ्नो जीवन नियन्त्रण गर्दैन। एउटा मानिसले आफ्नै पाइला ठीकसित राख्न सक्तैन।
10:24b.JER.010.024 हे परमप्रभु! निष्पक्ष भएर हामीलाई सुधार्नुहोस्। क्रोधमा हामीलाई सजाय नदिनुहोस् नत्र तपाईंले हामीलाई नाश पार्नु हुनेछ।
10:25b.JER.010.025 तपाईंको क्रोध ती जातिहरूमाथि पोखाउनु होस् जसले तपाईंलाई चिन्दैनन् अनि ती मानिसहरूमाथि पोखाउनु होस् ज-जसले तपाईंको नाउँ लिदैनन्। ती जातिहरूले याकूबको परिवारलाई ध्वंस पारे। तिनीहरूले इस्राएललाई पूर्णरूपले ध्वंस पारे। तिनीहरूले इस्राएलको देश ध्वंस पारे।
11
11:1b.JER.011.001 यर्मियाकहाँ आएको सन्देश यही हो। यो सन्देश परमप्रभुबाट आयो
11:2b.JER.011.002 “यर्मिया, यस करारको वचनहरू सुन। यहूदाका मानिसहरूलाई यी कुराहरू बताऊ। यी कुराहरू यरूशलेमा बस्ने मानिसहरूलाई भन।
11:3b.JER.011.003 यही त परमप्रभु इस्राएलका परमेश्वर, भन्नुहुन्छ ‘जसले यो करारलाई पालन गर्दैन् त्यो मानिसमाथि नराम्रो कुरो परी आउनेछ।’
11:4b.JER.011.004 म त्यो करार विषयमा कुरा गरिरहेछु जुन मैले तिनीहरूका पिता-पुर्खाहरूसँग गरेको थिएँ। त्यो करार मैले त्यसबेला गरेको थिएँ जब मैले तिनीहरूलाई मिश्रबाट ल्याएँ। मिश्र धेरै संकटहरूको ठाउँ थियो। यो फलाम गलाउने भट्टी झैं थियो। मैले तिनीहरूलाई भने मेरा आज्ञा पालन गर अनि मैले आदेश दिएको कुराहरू गर। यदि तिमीहरूले त्यसो गर्यौ भनें, तिमीहरू मेरो मानिसहरू हुनेछौ र म तिमीहरूको परमेश्वर हुनेछु।
11:5b.JER.011.005 “तब मैले तिमीहरूका पिता-पुर्खाहरूलाई मह र दूध बगिरहने मलिलो जमीन दिन्छु भनी गरेको प्रतिज्ञा सधैं बचाई राख्नेछु अनि आज तिमीहरू त्यही जमीनमा छौ।” मैले उत्तर दिएँ, “आमेन, हे परमप्रभु।”
11:6b.JER.011.006 परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, यस सन्देश यहूदाका शहरहरू र यरूशलेमको गल्ली-गल्लीहरूमा प्रचार गर। सन्देश यो हो यस करारका कुरा सुन र पालन गर।
11:7b.JER.011.007 मैले मिश्रको भूमिबाट बाहिर ल्याएकै बेला तिमीहरूका पिता-पुर्खाहरूलाई चेताउनी दिएको थिएँ। त्यही दिन देखि नै मैले तिनीहरूलाई घरिघरि चेताउनी दिएँ। मैले तिनीहरूलाई मेरो आज्ञा पालन गर भन्दै चेताउनी दिदैं आएको हो।
11:8b.JER.011.008 तर तिनीहरू हठी थिएँ मेरो कुराहरूलाई कुनै महत्व नै दिएनन्। अनि तिनीहरूको दुष्ट मनले जे चितायो त्यही गरे। मैले तिनीहरूलाई करार-पत्रमा रहेका आज्ञाहरू पुरा गर्न आदेश दिएँ तर तिनीहरू मानेनन्, यसकारण त्यस करार-पत्रमा भनिएको सबै सजायहरू तिनीहरूलाई दिएँ।”
11:9b.JER.011.009 फेरि परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, म जान्दछु यहूदाका र यरूशलेममा बस्ने मानिसहरूले एक गुप्त योजना बनाएका छन्।
11:10b.JER.011.010 ती मानिसहरूले जुन तिनीहरूका पिता-पुर्खाहरूले गरेका थिए त्यही पापहरू नै दोहोर्याइरहेका छन्। तिमीहरूका पिता-पुर्खाहरूले मेरो आदेश अनुसार हिडन अस्वीकार गरे। तिनीहरूले अरू देवताहरू पूजे अनि तिनीहरूलाई सेवा गरे। इस्राएल अनि यहूदाका सन्ताहरूले करार भङ्ग गरे जुन मैले तिनीहरूका पिता-पुर्खाहरूसँग गरेको थिएँ।”
11:11b.JER.011.011 यसकारण, परमप्रभु भन्नुहुन्छ “म यहूदाका मानिसहरूमाथि आपद ल्याइरहेको छु। तिनीहरू उम्कन पाउने छैनन तिनीहरूले मलाई मद्दतको लागि गुहार्ने छन्, तर म तिनीहरूको पुकारमा ध्यान दिँदिन।
11:12b.JER.011.012 यहूदाका मानिसहरू साथै यरूशलेमका मानिसहरू गई तिनीहरूका देवताहरूलाई गुहार्नेछन् जसलाई तिनीहरू धूप चढाउँछन्। तर ती देवताहरूले आवश्यक परेको बेलामा तिनीहरूलाई मद्दत पुर्याउन सक्षम हुने छैनन्।
11:13b.JER.011.013 “हे यहूदाका मानिसहरू! तिमीहरूसंग जति शहरहरू छन त्यति नै मूर्तिहरू छन्। लज्जापूर्ण बाल देवताको पूजा गर्न यरूशलेम शहरमा जति गल्लीहरू छन् त्यति नै वेदीहरू छन्।
11:14b.JER.011.014 “यर्मिया, यहूदाका मानिसहरूका निम्ति प्रार्थना नगर। तिनीहरूका निम्ति वकालत नगर। तिनीहरूले संकटको समय जतिबेला सहायताका निम्ति प्रार्थना गर्छन म ध्यान दिँदिन।
11:15b.JER.011.015 “उसले धेरै डरलाग्दो कामहरू गरेको जान्दा जान्दै किन मैले मेरी प्रयसीलाई मेरा घरमा आदर गर्नु? यहूदा, के प्रतिज्ञाहरू र पशु बलिहरूले मात्र तिमीहरूलाई विनाशबाट बचाउनु सक्छ भन्ने तिमी सोच्छौ?”
11:16b.JER.011.016 परमप्रभुले तिमीलाई नाउँ दिनुभयो। ‘उहाँले तिमीलाई राम्रो फल लागेको सुन्दर जैतूनको वृक्ष भनी बोलाउनु भयो।’ तर शक्तिशाली आँधी गजर्नसितै परमप्रभुले त्यस वृक्षलाई आगोमा जलाउनु हुनेछ अनि त्यसका हाँगाहरू जल्नेछ।
11:17b.JER.011.017 सेनाहरूका परमप्रभुले तिमीलाई रोप्नु भयो अनि उहाँले भन्नुभयो कि ध्वंस आउनेछ किनभने इस्राएल र यहूदाका मानिसहरूले बाललाई सुगन्धित धूपहरू चढाएर अनिष्ट कामहरू गरे जुन कामले मलाई क्रोधित गरायो।”
11:18b.JER.011.018 परमप्रभुले मलाई देखाउनु भयो अनि मैले चाल पाएँ। उहाँले तिनीहरूका खराब कामहरू मलाई देखाउनु भयो।
11:19b.JER.011.019 मार्नलाई ल्याइएको एउटा निर्दोष थुमाझैं म थिएँ। तिनीहरू मेरो विरूद्ध छन् भनी म जान्दिनथें। तिनीहरूले मेरो बारेमा यी कुराहरू भने “यो रूख यसका फलहरूसितै नष्ट पारिदिऊँ। यसलाई मारिदिउँ ताकि मानिसहरूले यसलाई भुल्नेछन्।”
11:20b.JER.011.020 तर हे परमप्रभु! तपाईं एक निष्पक्ष न्यायकर्त्ता हुनुहुन्छ। तपाईं मानिसहरूका हृदय र इच्छाहरू जाँच गर्नु हुन्छ। तपाईंले तिनीहरूलाई दिने सजाय मलाई जान्न दिनुहोस् कारण मैले मेरो मामला तपाईंलाई सुम्पेको छु।
11:21b.JER.011.021 यसकारण अनातोतका मानिसहरूको विषयमा जसले यर्मियालाई मार्ने षड्यन्त्र रचिरहेका थिए। ती मानिसहरूले यर्मियालाई भने, “परमप्रभुको नाउँमा अगमवाणी नगर नत्र हामी तिमीलाई मार्नेछौ।” तिनीहरूका विषयमा परमप्रभु यसो भन्नुहुन्छ।
11:22b.JER.011.022 सेनाहरूका परमप्रभुले भन्नुभयो, “म तिनीहरूलाई दण्ड दिनेछु। जवान मानिसहरू युद्धमा मर्नेछन्। तिनीहरूका छोरा-छोरीहरू भोकै मर्नेछन्।
11:23b.JER.011.023 अनातोतबाट आएका मानिसहरू कसैलाई पनि छाडिनेछैन। कोही पनि बाँच्नेछैन। किनभने जब म तिनीहरूलाई दण्ड भोगाउँछु म तिनीहरूमाथि विपद खनाइदिनेछु।”
12
12:1b.JER.012.001 हे परमप्रभु! यदि मैले तपाईंसँग वकालत गरें भने, तपाईं सँधै धार्मिक नै हुनुहुन्छ। तापनि मलाई केही भन्न दिनुहोस् जुन सही देखिँदैन। किन दुष्ट मानिसहरू सफल हुन्छन्? किन दुष्ट मानिसहरू सम्पन्न जीवन जिउँछन्?
12:2b.JER.012.002 तपाईंले तिनीहरूलाई रोप्नु भयो अनि तिनीहरू शक्तिशाली भए। तिनीहरू बढछन् अनि फल दिन्छन्। तपाईं तिनीहरूका सम्मुख हुनुहुन्छ तर हृदयदेखि भने टाढा।
12:3b.JER.012.003 तर हे परमप्रभु तपाईं मेरो हृदयलाई चिन्नु हुन्छ। तपाईंले मलाई देख्नु भएको छ अनि मेरो मनलाई जाँच्नु भएको छ। तिनीहरूलाई थुमाहरूलाई कसाइले अघि ताने झैं तान्नुहोस्। हत्या गरिने दिनको लागि तिनीहरूलाई अलग राख्नु होस्।
12:4b.JER.012.004 कहिले सम्म जमीन सूख्खा रहन्छ? कहिले सम्म घाँस ओइलिन्छ? त्यहाँ बस्ने मानिसहरूको दुष्टयाईले गर्दा सब चरा-चुरूङ्गीहरू अनि पशुहरू लोप भइसके। तैपनि ती दुष्ट मानिसहरू भनिरहेका छन्, “यर्मियाले हामीमाथि के घट्छ देख्ने छैन।”
12:5b.JER.012.005 “यर्मिया, यदि तिमी मानिसहरूसंग दुगुर्दा थाक्यौ भने कसरी घोडाहरूसित दगुर्न सक्छौ? यदि तिमीले शान्तिमय ठाउँमा भरोसा गर्यो भने डरलाग्दो जग्गामा तिमी के गर्नेछौ? यर्दन नदीको किनारमा बढदै गरेको काँडे झाडीहरूमा तिमी के गर्ने छौ?
12:6b.JER.012.006 ती मानिसहरू तिम्रा आफ्नै दाज्यू-भाइहरू हुन। तिम्रा आफ्नै परिवारका सदस्यहरूले तिम्रै विरूद्धमा षड्यन्त्र रचिरहेकाछन्। तिनीहरू तिम्रो विरूद्धमा जोरसित कराउँछन्। तिनीहरूले मीठा कुराहरू गरे पनि तिनीहरूमाथि भरोसा नगर।”
12:7b.JER.012.007 “मैले आफ्नो घर परिवार त्यागेको छु, मैले आफ्नो सम्पत्ति छाडें। म जसलाई प्रेम गर्दछु उसैलाई उसको शत्रुहरूलाई सुम्पें।
12:8b.JER.012.008 मेरा मानिसहरू सिंह झैं छन। तिनीहरू म पट्टि फर्की र्गजिए, यसकारण म तिनीहरूको शत्रु भएको छु।
12:9b.JER.012.009 मेरा मानिसहरू मरेका पशुहरू जस्तै छन्। गिद्धहरू तिनीहरूको वरिपरि उडछन्। आऊ, जङ्गली हे पशुहरू हो। खान भेला होऊ।
12:10b.JER.012.010 घेरै गोठालाहरूले मेरो दाखबारीहरू नष्ट पारिदिए। ती गोठालाहरू मेरो खेतका विरूवामाथि जथाभावी हिँडे। ती गोठालाहरूले मेरो सुन्दर खेत बारी रित्तो मरूभूमिमा परिणत गरिदिए।
12:11b.JER.012.011 तिनीहरूले मेरो खेत मरूभूमि बनाइदिए। यो सूखा र अनुर्बर छ र मेरो लागि रून्छ। सम्पूर्ण भूमि नै उजाड भएकोछ, तर कसैले वास्ता गर्दैन।
12:12b.JER.012.012 मरूभूमिको पहाडमाथि ध्वंशकहरू आउँछन्। यो भूमिको एक कुनादेखि अर्को कुना सम्म परमप्रभुको तरवारले सम्पूर्ण नष्ट पार्नेछ। कुनै जीवित वस्तु सुरक्षित रहने छैन।
12:13b.JER.012.013 मानिसहरूले गहूँ रोप्ने छन् तर तिनीहरूले काँढाहरूको बाली काट्नेछन्। तिनीहरू महनेत अधिक गर्छन् तर त्यसबाट केही पाउँदैनन्। आफ्नो परिश्रमको फलमा तिनीहरू आफै लज्जित अनुभव गर्नेछन। परमप्रभुको क्रोधले यी सब चीजहरू हुनेछ।”
12:14b.JER.012.014 यसकारण परमप्रभु भन्नुहुन्छ “मैले मेरा इस्राएली मानिसहरूलाई दिएको भूमि नजिक बसो-बास गर्ने दुष्ट मानिसहरूलाई के गर्नेछु म तिमीलाई भन्नेछु। म ती मानिसहरूलाई तिनीहरूको ठाँउबाट उखेल्नेछु अनि तिनीहरूबाट यहूदा छुट्टाउनेछु।
12:15b.JER.012.015 जब ती मानिसहरूलाई देश निकाला गर्नु शेष हुन्छ, तिमीहरूमाथि दया राख्नेछु। म प्रत्येक मानिसलाई उसको आफ्नै पैतृक भूमिमा ल्याउनेछु।
12:16b.JER.012.016 यदि ती मानिसहरूले मेरा मानिसहरूलाई बालको नाउँमा शपथ गर्न सिकाए झैं मेरो नाउँमा ‘परमप्रभु जीवित हुनुहुन्छ’ भन्न साँचो रूपमा सिके भने म तिनीहरूलाई मेरा मानिसहरूको बीचमा स्थापित गराउछु।
12:17b.JER.012.017 यदि कुनै राज्यले मेरो आज्ञा पालन गरेन भने त्यस जातिलाई चुडनेछु र सम्पूर्ण रूपले ध्वंस पार्नेछु।” यो सन्देश परमप्रभुबाट आएको हो।
13
13:1b.JER.013.001 परमप्रभुले मलाई जे भन्नुभयो त्यो यही हो “यर्मिया, जाऊ अनि सुतीको लुगा किनेर। तिम्रो कम्मरमा वरिपरि बाँध। यसलाई भिज्न नदेऊ।”
13:2b.JER.013.002 यसकारण परमप्रभुको आज्ञा अनुसार मैले सुती लुगा ल्याएँ अनि कम्मरमा वरिपरि बाँधे।
13:3b.JER.013.003 त्यसपछि दोस्रो पल्ट परमप्रभुको सन्देश मकहाँ आयो।
13:4b.JER.013.004 सन्देश यस्तो थियो “यर्मिया, तिमीले किनेका पटुका बाँध र परात नदीमा जाऊ। अनि त्यो पटुका चट्टानहरू चर्केको ठाउँमा लुकाऊ।”
13:5b.JER.013.005 यसकारण म परात नदीतर्फ लागें परमप्रभुले दिनुभएको आदेश अनुसार पटुका लुकाँए।
13:6b.JER.013.006 धेरै दिन पछि, परमप्रभुले मलाई भन्नुभयो, “अब यर्मिया, परात नदीतर्फ जाऊ। पटुका ल्याऊ जुन मैल तिमीलाई त्याहाँ लुकाउनु भनेको थिए।”
13:7b.JER.013.007 यसकारण म परात नदीमा गएँ अनि जहाँ मैले पटुका लुकाएको थिएँ त्यो ठाँउमा खनें। मैले पटुका पाएँ तर त्यो मक्किएर काम नलाग्ने भएको थियो।
13:8b.JER.013.008 त्यसपछि परमप्रभुको सन्देश मकहाँ आयो।
13:9b.JER.013.009 परमप्रभुले यसो भन्नुभयो “त्यसरी नै म यहूदाको गर्व र यरूशलेमको महागर्व ध्वंस पार्नेछु।
13:10b.JER.013.010 यी दुष्ट मानिसहरूले मेरा वचनहरू सुन्न अस्वीकार गर्छन। तिनीहरू हठी छन्। तिनीहरू अन्य देवताहरूको अनुसरण गर्छन र तिनीहरूको पूजा गर्छन्। ती मानिसहरू पटुका झैं नष्ट हुनेछन्।
13:11b.JER.013.011 एकजना मानिसले आफ्नो कम्मरमा पटुका कस्सेर बाँध्छ। त्यस्तै प्रकारले, म यहूदाका र इस्राएलका मानिसहरूलाई कस्सेर बाँध्नेछु।” यो सन्देश परमप्रभुबाट हो। “मैले त्यसो गरेको कारण ती मानिसहरूलाई म पट्टि खिच्न र आफ्नो नाउँ प्रशंसा र महिमाका निम्ति आफ्नो मानिसहरू बनाउनु हो तर तिनीहरूले सुनेन्।”
13:12b.JER.013.012 “तिनीहरूलाई यो सन्देश भन ‘परमप्रभु इस्राएलका परमेश्वरले भन्नु भएको छ हरेक दाख-मशक दाखरसले भर्नु पर्छ।’ ती मानिसहरूले तिमीलाई भन्छन्, ‘वास्तवमा हामी जान्दछौं हरेक दाख-मशक दाखरसले भर्नु पर्छ।’
13:13b.JER.013.013 तब तिमीहरू तिनीहरूलाई भन्नेछौ, ‘यही नै त परमप्रभुले भन्नुहुन्छ यस देशमा भएका सबै असाहयहरूलाई म जड्याँह जस्तो बनाउने छु। म ती राजाहरूको बारेमा भनिरहेछु जो दाऊदको राजगद्दीमा बस्छन्। म ती पूजाहारीहरू, अगमवक्ताहरू र यरूशलेममा बस्नेहरु सबै मानिसहरूका बारेमा भनिरहेको छु।
13:14b.JER.013.014 तिनीहरूलाई एक-अर्कामा चकनाचूर पार्नेछु, बाबु छोराहरूमा पनि आपसमा चक्नाचुर हुनेछन्”‘ परमप्रभु भन्नुहुन्छ “‘तिनीहरूका निम्ति म दुखी हुने छैन अनि म तिनीहरूमाथि क्षमा गर्ने छैन। यहूदाका मानिसहरूलाई ध्वंस पार्नु म रोकिने छैन्।”‘
13:15b.JER.013.015 सुन र ध्यान देऊ। परमप्रभु तिमीहरूसित बोल्नु भयो। अंहकारी नहौ।
13:16b.JER.013.016 परमेश्वर आफ्ना परमप्रभुलाई सम्मान् गर। उहाँलाई प्रशंसा गर नत्रता उहाँले अन्धकार ल्याउनु हुनेछ। तिमीहरू अन्धकारको पहाडहरूमा झर्न अगि प्रशंसा गर यहूदाका मानिसहरू तिमीहरूले उज्यालोको आशा गरिरहेछौ। तर परमप्रभुले डरलाग्दो अन्धकार ल्याउनु हुनेछ। उसँले उज्यालोलाई बद्लेर बाक्लो अन्धकार बनाउनु हुनेछ।
13:17b.JER.013.017 यहूदाका मानिसहरू यदि तिमीहरूले परमप्रभुको कुरालाई ध्यान दिएनौ भने। म लुक्छु अनि रून्छु। तिम्रो गर्वले मलाई रूने बनाउँछ। म धेरै जोडले रूनेछु। मेरो आँखाबाट आँसु बाढी झैं बग्नेछ? किनभने परमेश्वरको भेंडाको बथान पक्राऊ पर्नेछ।
13:18b.JER.013.018 यी कुराहरू राजा र राज-मातालाई भन, “राजगद्दीबाट तल झर’ तिमीहरूको गौरवशाली मुकुट तिमीहरूको शिरबाट खसेको छ।”
13:19b.JER.013.019 नेगब मरूभूमिमा भएको शहरहरूका प्रवेशद्वारहरू बन्द छन, अनि कसैले पनि तिनीहरूलाई खोल्न सक्तैनन्। यहूदाका सम्पूर्ण मानिसहरूलाई निर्वासन गरियो। तिनीहरूलाई कैदी जस्तै लगियो।
13:20b.JER.013.020 हेर! शत्रुहरू उत्तरबाट आइरहेकाछन्। परमप्रभुले दिनुभएको सुन्दर बथान, तिम्रो ती भेडाका बथानहरू कहाँ छन्?
13:21b.JER.013.021 यदि बथानको विषयमा परमप्रभुले सोध्नु भए तिमी के भन्नेछौ? तिमीहरूले सिकाउनु पर्थ्यो। तिमीहरूले अगुवाई गरिरहेको हुनु पर्ने। के तिमी सुत्केरी पीडामा परेकी स्त्रीहरू झैं छैनौ?
13:22b.JER.013.022 यदि तिमीहरू स्वयंलाई सोधे, “किन मलाई यस्तो नराम्रो कुराहरू भयो?” ती कुराहरू तिमीहरूकै पापको कारणले तिम्रो पोशाकहरू च्यातियो अनि तिमीहरू अपमानित भयौ।
13:23b.JER.013.023 जसरी एउटा चितुवाले आफ्नो छालाको थोप्ले दागहरू बद्लाउनु सक्तैन त्यसरी नै एकजना कालो वर्णको मानिसले आफ्नो वर्ण बद्लिन सक्तैन। यसर्थ तिमी दुष्टकर्मीहरू कहिल्यै परिवर्तन हुन र असल गर्न सक्तैनौ।
13:24b.JER.013.024 मरूभूमिको हावाले भूस उढाए झैं म तिनीहरूलाई तितर-बितर पारिदिनेछु।
13:25b.JER.013.025 मेरो योजनाभित्र गाभिएको यो तिम्रो भाग्य हो। यस्तो संयोक किन घट्यो? किनभने तिमीहरूले मलाई त्याग्यौ अनि झूटो देवताहरूमाथि भरोसा गर्यौ।”
13:26b.JER.013.026 यरूशलेम, म तिम्रो लुगा अनुहार सम्म तानी दिनेछु ताकि प्रत्येकले तिम्रो लाज देखोस्।
13:27b.JER.013.027 मैले तिमीहरूलाई घिनलाग्दा काम गरेको देखेको छु। मैले तिमीहरूलाई वेश्यावृति झैं पहाडमा र मैदानमा आफ्नी प्रेमिकाहरूलाई अति आनन्दसित व्यभिचार काममा मस्त भएको देखेको छु।”
14
14:1b.JER.014.001 खडेरीको बारेमा यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो
14:2b.JER.014.002 “यहूदा शोक गर्छ, उसको प्रवेशद्वारहरू कमजोर भएको छन्। मानिसहरू भूइँमा लडेर शोक मनाउँछन अनि यरूशलेमको चित्कार आकासिन्छ।
14:3b.JER.014.003 मानिसहरूका नायकहरूले आफ्ना नोकरहरूलाई पानी लिनुलाई पठाए। नोकरहरू इनारमा गए तर तिनीहरूले पानी पाएनन्। नोकरहरू रित्तो जगहरू लिएर फर्की आए। यसकरण तिनीहरू लज्जित अनि अपमानित भए। तिनीहरूले लाजले आफ्नो अनुहार लुकाए।
14:4b.JER.014.004 अनावृष्टि भएको कारण किसानहरूले खेतमा हलो जोतेनन्। यसर्थ तिनीहरूले लाजले आफ्नो मुख छोपे।
14:5b.JER.014.005 माऊ मृगले सम्म आफूले भखर जन्माएको पाठा-पाठीहरू छोडछे। त्यहाँ घाँस नभएकोले त्यसले त्यसो गरकी हो।
14:6b.JER.014.006 जंगली गधाहरूले स्यालहरूले झैं पहाडमा उभिएर हावा लिदैंछन्। चर्ने र्खकमा हरियो नभएको कारण तिनीहरूको आँखा तिर्मिराउँछन्।”
14:7b.JER.014.007 “हे परमप्रभु! हाम्रो अर्ध मेले हामीलाई देखे तापनि आफ्नो नाउँको गौरवका निम्ति केही गर्नु होस्। हामी भन्छौ कि हामीले धेरै पल्ट तपाईंलाई त्यागेका हौं अनि तपाईंको विरूद्ध पापहरू गरेका छौं।
14:8b.JER.014.008 हे परमेश्वर! तपाईं इस्राएलको आशा हुनुहुन्छ। संकटको समयमा धेरै चोटी तपाईंले इस्राएललाई बचाउनु भएको छ। तर अहिले यस ठाउँमा तपाईं विदेशी झैं देखिनु हुन्छ। तपाईंलाई रात बिताउने यात्री झैं लाग्छ।
14:9b.JER.014.009 किन तपाईं भ्रममा परेको मानिस झैं देखिनु हुन्छ? तपाईंले कसैलाई पनि बचाउँनु हातमा नरहेका सेना झैं हुनुहुन्छ। तर हे परमप्रभु। तपाईं हाम्रो साथमा हुनुहुन्छ। हामी तपाईंको नाउँले बोलाइन्छौं। हामीलाई असहाय नछोडनु होस्।”
14:10b.JER.014.010 यसर्थ परमप्रभुले मानिसहरूलाई भन्नुहुन्छ। “तिनीहरूले मलाई त्याग्नु र टाढा जान मन पराउँछन्। मलाई त्याग्नु तिनीहरू आफैलाई रोक्दैनन्। यही कारणले परमप्रभुले तिनीहरूलाई स्वीकार गर्नु भएन। होइन, परमप्रभुले तिनीहरूको दुष्टकर्म स्मरण गर्नुहुन्छ र तिनीहरूको पापले गर्दा सजाय दिनु हुनेछ।”
14:11b.JER.014.011 तब परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, यी मानिसहरूको लागि मलाई प्रार्थना नगर।
14:12b.JER.014.012 यहूदाका मानिसहरूले उपवास गर्न सक्लान अनि मलाई प्रार्थना गर्लान, तर म तिनीहरूका प्रार्थनाहरू सुन्ने छैन्। यदि तिनीहरूले होमबली र अन्नबलि चढाए तापनि म ती मानिसहरूलाई स्वीकार गर्ने छैन। म यहूदाका मानिसहरूलाई युद्धले ध्वंस गर्ने छु। म तिनीहरूका भोजन लगिदिने छु, अनि यहूदाका मानिसहरू भोको हुनेछन। अनि म तिनीहरूलाई डरलाग्दो रोगहरूले विनाश गरी दिनेछु।”
14:13b.JER.014.013 तर मैले परमप्रभुलाई भनें, “हे परमप्रभु मेरो मालिक! अगमवक्ताहरूले तिनीहरूलाई भन्छन्, ‘तिमीहरूलाई शत्रुहरूको तरवारले चोट लाग्ने छैन। तिमीहरू अनिकाल ग्रस्त हुनेछैनौ। परमप्रभुले तिमीहरूलाई यस भूमिमा शान्ति प्रदान गर्नु हुनेछ।”‘
14:14b.JER.014.014 तब परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया! अगमवक्ताहरूले मेरो नाउँमा झूटो प्रचार गरिरहेका छन्। मैले ती अगमवक्ताहरूलाई पठाइन। मैले तिनीहरूलाई न आदेश दिएँ न त तिनीहरूसित बात नै मारें। ती अगमवक्ताहरूले झूटो दर्शन, महत्वहीन मन्त्र-तन्त्र कुराको र तिनीहरूका आफ्नै भूल विचारहरू तिमीहरूलाई दिइरहेका छन्।
14:15b.JER.014.015 यसकारण यस्तै अगमवक्ताहरूको बारेमा भन्छु कि तिनीहरूले मेरो नाउँमा प्रचार गरिरहेका छन्। मैले ती अगमवक्ताहरूलाई पठाएको होइन। ती अगमवक्ताहरूले भने, ‘कुनै शत्रुले पनि आफ्ना तरवारहरूसित यस राज्यमा कहिले आक्रमण गर्ने छैन। यस देशमा कोही पनि कहिल्यै भोको रहने छैन्।’ ती अगमवक्ताहरू भोकले मर्नेछन् अनि शत्रुको तरवारद्वारा मारिने छन।
14:16b.JER.014.016 जुन मानिसहरूसित अगमवक्ताहरू बोले तिनीहरूलाई यरूशलेमको गल्लीमा फ्याकिनेछ। ती मानिसहरू भोक र तरवारद्वारा शेष हुनेछन। त्यहाँ तिनीहरूलाई दफन गर्नेहरू केही पनि हुने छैन, तिनीहरूका पत्नीहरू अथवा तिनीहरूका छोरा-छोरीहरू पनि हुनेछैनन्। म तिनीहरूलाई तिनीहरूका दुष्ट कर्महरूका निम्ति दण्ड दिनेछु।
14:17b.JER.014.017 “तिनीहरूमा यी वचनहरू घोषणा गर, ‘मेरा आँखाहरू आँसुले भरिएका छन्। म मेरा मानिसहरूको महाध्वंस र तिनीहरूको गहिरो चोटहरूको लागि लगातार रात-दिन रोइरहेको छु।
14:18b.JER.014.018 यदि म देशभित्र गएँ भने म तरवारद्वारा मारिएका मानिसहरू देख्छु। यदि म शहरभित्र पसें भने म बिरामीहरू जसको खाने कुराहरू छैन तिनीहरूलाई देख्छु। पूजाहारीहरू र अगमवक्ताहरू त्यही भूमिबाट जान्छन तर तिनीहरूले बुझ्दैनन्।”‘
14:19b.JER.014.019 “हे परमप्रभु, के तपाईंले यहूदा राज्यलाई सम्पूर्णरूपले त्याग्नु भयो? हे परमेश्वर, के तपाईंले सियोनलाई घृणा गर्नुहुन्छ? तपाईंले यस्तो प्रकारले हामीलाई घात गर्नुभयो कि फेरि हामी ठीक हुन सक्तैनौं। हामी शान्तिको प्रतीक्षा गरिरहेका छौं, तर कुनै लाभ भएको छैन। हामी निको हुने समय पर्खिरहेका छौ, तर त्रास मात्र पो आउँछ।
14:20b.JER.014.020 हे परमप्रभु, हामी जान्दछौ कि हामी दुष्ट मानिसहरू हौं। हामी जान्दछौ कि हाम्रा पिता-पुर्खाहरूले अधर्म कामहरू गरे। हो, हामीले तपाईंको विरूद्ध पाप गर्यौं।
14:21b.JER.014.021 हे परमप्रभु, तपाईंको नाउँको लागि हामीलाई तिरस्कार नगर्नुहोस्। महिमामय सिंहासनमाथि अपमान नल्याउनु होस्। हामीसित रहेको तपाईंको करार भंग नपार्नुहोस्।
14:22b.JER.014.022 विदेशी मूर्तिहरूसँग पानी पार्ने शक्ति छैन। आकाशले पानी वर्षाउने शक्ति पाँउदैन। हे परमप्रभु, हाम्रा परमेश्वर! तपाईं नै हाम्रो आशा हुनुहुन्छ। तपाईं मात्र एकजना हुनुहुन्छ जसले यी सब कर्महरू गर्नुसक्छ।”
15
15:1b.JER.015.001 परमप्रभुले मलाई भन्नुभयो “यर्मिया, यदि यहाँ मोशा र शमूएलले मलाई प्रार्थना गरेको भए पनि म ती मानिसहरूको लागि दुखी हुने थिइन। यहूदाका मानिसहरूलाई मदेखि टाढा पठाऊ। तिनीहरूलाई जाऊ भन।
15:2b.JER.015.002 ती मानिसहरूले तिमीलाई सोध्न सक्छन्, ‘हामी कहाँ जाने?’ तब तिनीहरूलाई भन यसकारण परमप्रभु भन्नुहुन्छ, ‘ती मर्नु पर्नेहरू मरून, तरवारले मारिनु पर्नेहरू तरवारले नै मारिउन, अनिकालमा परिनु पर्नेहरू अनिकालमा नै परून अनि कैदी हुनु पर्नेहरूलाई कैद नै गरिनेछ।
15:3b.JER.015.003 म चार प्रकारको ध्वंसकहरू तिनीहरूका विरूद्ध पठाउने छु।’ यो परमेश्वरबाट आएको सन्देश हो। ‘म तिनीहरूलाई मार्नु तरवारहरू लिएका शत्रुहरू पठाउनेछु। तिनीहरूलाई घिस्याउन कुकुरहरू पठाउनेछु। म तिनीहरूका शरीरहरू खाओस् र नाश गरोस भनेर आकाशका चराहरू र जानवरहरू पठाउनेछु।
15:4b.JER.015.004 यहूदाका राजा हिजकियाहका छोरो मनश्शेले यरूशलेममा जे गरेको छ। त्यसको लागि पृथ्वीका मानिसहरूका निम्ति यहूदाका मानिसहरूलाई म एक डरलाग्दो उदाहरण बनाई प्रस्तुत गर्नेछु।’
15:5b.JER.015.005 यरूशलेमको शहरमा कुनै मानिस पनि तिम्रो लागि दुखी हुने छैन। कुनै मानिस पनि तिम्रो निम्ति दुखी साथै रूने छैन कुनै मानिसले पनि तिमीलाई कस्तो छौ भनेर सम्म सोध्ने छैन्।
15:6b.JER.015.006 यरूशलेम, तिमीले मलाई त्याग्यौ।” यो सन्देश परमप्रभुबाट आएको छ। “तिमी जाऊ। यसकारण म तिमीलाई नष्ट पार्छु। तिमीलाई दया देखाउँदा देखाउँदा म थाकिसकें।
15:7b.JER.015.007 म तिनीहरूलाई अलकत्रा सोर्ने काँटाले यस ठाउँको शहरका फाटकहरूमा तितर-बितर पारिदिनेछु। मेरा मानिसहरू परिवर्तन भएनन यसर्थ म तिनीहरूलाई ध्वंस पार्नेछु। म तिनीहरूका नानीहरू लैजानेछु।
15:8b.JER.015.008 धेरै स्त्रीहरूले तिनीहरूका लोग्नेहरू हराउने छन्। त्यहाँ बेशी विधवाहरू हुनेछन् म समुद्रका बालुवाहरू भन्दा मध्यदिनको विनाश ल्याउने छु, त्यो विनाशकले यहूदाका जवान मानिसहरूका आमाहरूलाई आक्रमण गर्नेछ। म यहूदाका मानिसहरूमाथि पीडा र त्रास ल्याइदिने छु, म यस्तो घटना अतिशीघ्र नै घटाउनेछु।
15:9b.JER.015.009 शत्रुले तरवारहरू सहित आक्रमण गर्ने छ, अनि मानिसहरूलाई मार्ने छ। तिनीहरूले यहूदाका बाँकी रहेकाहरूलाई मार्नेछ। सातजना छोराहरूकी आमा थकित हुन्छे अनि मर्छे। उसका निम्ति मध्यदिनमा सूर्य अस्ताउँछ। उसलाई अपमानित र लज्जित पारिनेछ। बाँकी रहेका मानिसहरू शत्रुहरूको अघि युद्धमा मारिनेछन्,” परमप्रभु भन्नुहुन्छ।
15:10b.JER.015.010 हे मेरी आमा, मलाई तपाईंले जन्म दिनु भएको निम्ति म दुखी छु। यस देशमा म त्यो मानिस हुँ जो दोष र घृणाको पात्र बनिएको छ, मैले कतैबाट ऋण लिएको अथवा दिएको छैन। तर प्रत्येक मानिसले मलाई सराप्छन्।
15:11b.JER.015.011 परमप्रभुले भन्नुभयो, “मैले संकष्टको समयमा निश्चय, तिमीलाई बल दिएको छु। मैले तिम्रा निम्ति संकटको समयमा शत्रुहरूसित मध्यस्थ गरेकोछु।”
15:12b.JER.015.012 “यर्मिया! उत्तरबाट कसैले पनि फलाम भाँच्नु सक्तैन न त कसैले काँसा नै टुक्रा-टुक्रा पार्नु सक्छ।
15:13b.JER.015.013 तिम्रो देशमा तिमीले गरेको पापले गर्दा तिम्रो भण्डारको सम्पत्ति लूटको समान झैं गरी अरूलाई दिनेछु।
15:14b.JER.015.014 हे यहूदाका मानिसहरू! म तिमीहरूलाई तिमीहरूकै शत्रुहरूको दास बनाउनेछु। तिमीहरू त्यस्तो भूमिमा दासहरू हुनेछौ जुन तिमीहरू कहिल्यै जानेका छैनौ। मेरो क्रोध तातो आगो जस्तो छ र तिमीहरू त्यसमा जल्ने छौ।”
15:15b.JER.015.015 हे परमप्रभु! मलाई सम्झना गर्नुहोस् र मेरो हेरचाह गर्नुहोस्। मेरा निम्ति ती मानिसहरू विरूद्ध बद्ला लिनुहोस् ज-जसले मेरो खेदो गर्छन्। तिनीहरूसित धर्य धारण नगर्नु होस्। जब तपाईं उनीहरूसित धर्य धारण गरिरहनु भएको छ भने मलाई नलानु होस्। हे परमप्रभु याद गर्नु होस् मैले तपाईंका निम्ति कति लाज बोक्नु पर्यो?
15:16b.JER.015.016 तपाईंको सन्देश मकहाँ आयो। हे सेनाहरूका परमप्रभु तपाईंको सन्देशले मलाई अत्यन्त आनन्द तुल्यायो। तपाईंको नाउँमा मलाई बोलाइँदा म खुशी भएँ।
15:17b.JER.015.017 जब तिनीहरू हाँसीरहेका अनि ठट्टा गरिरहेका थिए म कहिल्यै भीडमा बसिन। म एक्लै बसें कारण तपाईंको दैविक हात ममाथि थियो अनि तपाईंले म भित्र क्रोध भरिदिनु भएको थियो।
15:18b.JER.015.018 किन मलाई कष्ट भइरहन्छ? मेरो घाउ गहिरो छ जुन निको हुनलाई गाह्रो मानिरहेको छ? मेरा निम्ति तपाईं सुकेको खोल्सा हुनुहुन्छ, एउटा खोल्सा जसमाथि भरोसा नै छैन।”
15:19b.JER.015.019 तब परमप्रभुले भन्नुभयो, “यर्मिया, यदि तिमी फर्कियौ भने म तिमीलाई लिनेछु र तिमीले मेरो सेवा गर्नेछौ। यदि तिमीले महत्वपूर्ण कुराहरू गर्यौ, अनि महत्वहीन शब्दहरू बोलेनौ भने तिमी मेरा प्रवक्ता हुन सक्छौ। यर्मिया! यहूदाका मानिसहरू बद्लिनु पर्छ अनि तिमीकहाँ आउँनु पर्छ तर तिमी तिनीहरूकहाँ जानु हुँदैन।
15:20b.JER.015.020 म तिमीलाई बलियो बनाउनेछु र ती मानिसहरूले तिमीहरूलाई काँसाको पर्खाल जस्तै बलियो सम्झनेछन्। यहूदाका मानिसहरू तिमीसित लडनेछन्। तर तिनीहरूले तिमीलाई परास्त गर्नु सक्तैनन कारण म तिमीसित रहनेछु, म तिमीलाई सहायता गर्नेछु र बचाउँनेछु” परमप्रभु भन्नुहुन्छ।
15:21b.JER.015.021 “म तिमीलाई दुष्ट मानिसहरूबाट जोगाउने छु। ती मानिसहरूले तिमीलाई डर देखाउँछन्। तर म तिमीलाई ती मानिसहरूबाट मुक्त पारेर ल्याउनेछु।”
16
16:1b.JER.016.001 परमप्रभुको यो सन्देश मकहाँ आयो
16:2b.JER.016.002 “यर्मिया, यहाँ तिमीले विवाह गर्न हुँदैन्। तिमीसँग यस ठाउँमा कुनै छोरा-छोरी हुनु हुँदैन।”
16:3b.JER.016.003 परमप्रभुले ती छोरा-छोरीहरूको विषयमा भन्नुभयो जो यहूदाको भूमिमा जन्मिएका छन्। अनि परमेश्वरले ती नानीहरूका आमा-बाबुहरूको बारेमा त्यस्तो भन्नुभयो
16:4b.JER.016.004 “ती मानिसहरूले डरलाग्दो मृत्यु मर्ने छन्। कोही पनि तिनीहरूका लागि रूने छैन। कसैले पनि तिनीहरूलाई दफन गर्ने छैन। तिनीहरूको शरीरहरू गोबरहरू जस्तो भूइँमा लडिरहनेछ। ती मानिसहरू शत्रुहरूको तरवारले मर्नेछन्, अथवा भोकले मर्नेछन्। तिनीहरूका मृत शरीरहरू आकाशमा उड्ने चराहरू र पृथ्वीमा बस्ने जनावरहरूको लागि भोजन हुनेछ।”
16:5b.JER.016.005 यसर्थ परमप्रभु भन्नुहुन्छ “यर्मिया, तिमी त्यो घरमा नजाऊ जहाँ मृत मानिसको अन्त्येष्टीको भोज भैरहेको छ। मृतकको लागि विलाप गर्नु अनि रूनु नजाऊ कारण मैले त्यस मानिसबाट मेरो शान्ति, आशिर्वाद, मेरो माया अनि दया फर्काएको छु,” परमप्रभु भन्नुहुन्छ।
16:6b.JER.016.006 “यहूदाको भूमिमा ठूलो तथा साना सबै मानिसहरू मर्नेछन्। कसैले पनि तिनीहरूलाई दफ्नाउने छैन, न त तिनीहरूका निम्ति रूने नै छन्। कसैले पनि तिनीहरूका निम्ति केश तथा दाह्री खौरने छैनन्।
16:7b.JER.016.007 शोक गर्नेहरूलाई कसैले भोजन दिने छैनन्। तिनीहरूका बाबु अथवा आमा मर्दा सान्त्वना दिनलाई कसैले तिनीहरूलाई एक प्याला दाखरस पनि दिने छैनन्।
16:8b.JER.016.008 “यर्मिया, त्यस्तो घरमा नजाऊ जहाँ मानिसहरू उत्सव मनाई रहेका हुन्छन्। त्यो घरमा पिउन, खान र बस्न नजाऊ।
16:9b.JER.016.009 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यी कुराहरू भन्नुहुन्छ ‘अति शीध्र नै तिमीले आफ्नो जीवनकाल नै देख्नेछौ कि म यो ठाउँमा आनन्दको ध्वनिहरू र दुलहा-दुलहीको आवाजहरू बन्द गरिदिनेछ।’
16:10b.JER.016.010 “यर्मिया, तिमीले यहूदाका मानिसहरूलाई यी कुराहरू भन अनि मानिसहरूले तिमीलाई सोध्ने छन्, ‘किन परमप्रभुले त्यस्ता डरलाग्दो कुराहरू हामीलाई भन्नु भएको छ? हामीले के भूल गरेका छौ? हामीले हाम्रो परमेश्वरको विरूद्ध के पाप गरेकाछौ?’
16:11b.JER.016.011 तब तिमीले ती मानिसहरूलाई यी कुराहरू भन्नै पर्छ ‘कारण तिम्रा पिता-पुर्खाहरूले मलाई त्यागेकाछन्।’ परमप्रभुले घोषणा गर्नु हुन्छ, ‘अनि अन्य देवताहरूको अनुसरण गरी तिनीहरूको सेवा गरे अनि अर्चना गरे। तिनीहरूले मलाई त्यागिदिए अनि मेरा व्यवस्थाहरू मान्न अस्वीकार गरे।
16:12b.JER.016.012 तिम्रा पिता-पुर्खाहरूले भन्दा तिमीहरूले अझ बढी पाप गरेकाछौ। तिमीहरू अत्यन्त हठी छौ अनि तिमीहरूले त्यस्ता कुराहरू मात्र गर्यो जुन तिमीहरूका मनले सुझाव दियो। तिमीहरूले मेरो आज्ञा पालन गरेका छैनौ।
16:13b.JER.016.013 यसकारण म तिमीहरूलाई देशबाट निकाली दिनेछु। म तिमीहरूलाई तिमीहरू तथा तिमीहरूका पिता-पुर्खाहरूले पनि नदेखेको विदेशमा जानु बाध्य गराउनेछु। त्यस देशमा तिमीहरू रात-दिन अरू देवताहरू पूज्नेछौ। म तिमीहरूलाई कहिल्यै सहायता गर्ने छैन।’
16:14b.JER.016.014 “मानिसहरू शपथ खान्छन् र भन्छन्, ‘परमप्रभु जसरी बाँच्नु हुन्छ।’ उहाँले मिश्रदेशबाट इस्राएलका मानिसहरूलाई बाहिर निकालेर ल्याउनु भयो।’ तर समय आउँदैछ जति बेला मानिसहरूले यी वचनहरू भन्नेछैनन्।” यो सन्देश परमप्रभुबाट आएको हो।
16:15b.JER.016.015 “मानिसहरूले शपथ ग्रहण गर्नेछन्, ‘परमप्रभु जसरी बाँच्नु हुन्छ। परमप्रभु जसले इस्राएलका मानिसहरूलाई भूमिको उत्तरी भाग र अन्य सबै भागहरूबाट ल्याउनु भएको हो, तिनीहरू त्यहाँबाट धपाइएका थिए।’ मानिसहरू ले यी वचनहरू भन्नेछन् किनभने मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको जमीनमा म तिनीहरूलाई फर्काई ल्याउनेछु।
16:16b.JER.016.016 “परमप्रभु भन्नुहुन्छ, म धेरै जालहारीहरूलाई पठाउँनेछु।” “तिनीहरूले यहूदाका मानिसहरूलाई समात्नेछन्। तब म धेरै शिकारीहरूलाई पठाउनेछु, जसले तिनीहरूलाई पहाडमाथि प्रत्येक पर्वत अनि चर्केको चट्टानहरूमा शिकार गर्नेछन्।
16:17b.JER.016.017 तिनीहरूले गर्ने प्रत्येक कुरा म हेर्छु। यहूदाका मानिसहरूले कुनै कुरा म देखि लुकाउन सक्तैनन्। तिनीहरूले मबाट पाप लुकाउन सक्तैनन्।
16:18b.JER.016.018 म यहूदाका मानिसहरूले गरेका अधर्म कामहरूका निम्ति पुन क्षतिपूर्ण गर्नेछु। म तिनीहरूलाई प्रत्येक पापको दोबर दण्ड दिनेछु। म तिनीहरूलाई त्यसो गर्नेछु किनभने तिनीहरूले मेरो भूमि घृणित मूर्तिहरूद्वारा दूषित पारि दिए अनि तिनीहरूले मेरो देश तिनीहरूका घृणित मूर्तिहरूले भरिदिए।”
16:19b.JER.016.019 हे परमप्रभु, तपाईं मेरो बल र मेरो संरक्षण हुनुहुन्छ। तपाईं संकटको बेलामा दौडेर जाने एक सुरक्षित ठाउँ हुनुहुन्छ। सारा पृथ्वीका कुना-कुनारीट जातिहरू तपाईंकहाँ आउँछन्। तिनीहरू भन्छन्, “हाम्रा पिता-पुर्खाहरूकहाँ झूटा देवताहरू थिए। तिनीहरूले ती महत्वहीन मूर्तिहरू पूजे, जुन मूर्तिहरूले तिनीहरूलाई मद्दत गर्दैन।”
16:20b.JER.016.020 के कुनै मानिसले वास्तविक देवताहरू बनाउनुसक्छ? अहँ तिनीहरू वास्तविक देवताहरू होइनन्।
16:21b.JER.016.021 परमप्रभु भन्नुहुन्छ, “यसर्थ जसले मूर्तिहरू बनाउँछन्। तिनीहरूलाई अघिबाटै म मेरो शक्ति र बल विषयमा बताउनेछु। तब तिनीहरूले जान्नेछन कि मेरो नाउँ परमप्रभु हो।”
17
17:1b.JER.017.001 “यहूदाका मानिसहरूका पापहरू तिनीहरूका हृदयको पाटीमा अनि तिनीहरूका वेदीको सिँगहरूमा तिखो फलामले लेखिएको थियो।
17:2b.JER.017.002 तिनीहरूका नानीहरूले झूटा देवताहरूका बेदीहरू संम्झन्छन्। तिनीहरूले काठको स्तम्भहरू सम्झन्छन् जुन अशिराहलाई समप्रित गरेको थियो। तिनीहरूले यी कुराहरू हरियो रूखहरू मनी अनि पहाडहरूमाथि सम्झन्छन्।
17:3b.JER.017.003 म मेरो पहाड, तिमीहरूका सम्पत्ति अनि मूल्यवान वस्तुहरू लूटेको समान झैं अरूलाई दिनेछु। तिमीहरूले तिमीहरूको सम्पूर्ण देशमा पापको दाम स्वरूप म ती चीजहरू दिनेछु।
17:4b.JER.017.004 तिमीहरूले मैले दिएको भूमि उम्काउनेछौ। विदेशमा तिमीहरूले शत्रुहरूको सेवा गर्नेछौ कारण तिमीहरूले मेरो क्रोधलाई तातो आगो झैं बनायौ जुन सदा सर्वदाका निम्ति बलिरहनेछ।”
17:5b.JER.017.005 परमप्रभुले यी कुराहरू भन्नुभयो “जुन मानिसले अरू मानिसमाथि भरोसा गर्छ अनि शारीरिक शक्तिमाथि विश्वास गर्छ र परमप्रभुबाट आफ्नो हृदय टाढो लैजान्छ त्यसलाई धिक्कार।
17:6b.JER.017.006 ती मानिसहरू मरूभूमिमा उम्रने पोथ्रा झैं हुनेछन् अनि उन्नति तिनीहरूले देख्ने छैनन्। तिनीहरूले असल देख्दैनन् जब यो आउँछ।
17:7b.JER.017.007 त्यो मानिस धन्य हो जसले परमप्रभुमाथि भरोसा गर्छ, जसले उहाँमाथि विश्वास राख्छ।
17:8b.JER.017.008 त्यो मानिस पानीको छेवमा रोपिएको रूख जस्तै हुनेछ जसले खोल्सा सम्म आफ्नो जराहरू फैलाएको हुन्छ। यसकारण त्यो वृक्ष गरम कालमा डराउदैन। यसका पातहरू खडेरी पर्दा पनि हरियै रहन्छन् अनि यसमा फल फल्नु छोडदैन।
17:9b.JER.017.009 “मानिसको हृदय अन्य कुनै चीज भन्दा कपटपूर्ण हुन्छ। त्यो कहिल्यै निको नहुने हुन्छ। यसलाई कसैले बुझ्न सक्तैन।
17:10b.JER.017.010 तर म हुँ, म एकजना मानिसको हृदय देख्न र निर्णय लिनु अनि उसको कर्म र योग्यता अनुसार फल दिन्छु।
17:11b.JER.017.011 एकजना मानिस जसले आफ्नो अधिकार बाहिरबाट सम्पत्ति पाँउछ त्यो अण्डा नपारी चिङना काडने चरा जस्तै हो। उसले आफ्नो सम्पत्ति जीवनको आधा अथवा अन्तिममा हराउँछ अनि उ मूर्ख बनिन्छ।”
17:12b.JER.017.012 आदिदेखि हाम्रो मन्दिर परमप्रभुको लागि महिमामय सिंहासन भएको हो। यो एकदमै मुख्य पवित्र स्थान हो।
17:13b.JER.017.013 हे परमप्रभु! तपाईं इस्राएलको आशा हुनुहुन्छ, तिनीहरू सब जसले छोडछन्, पछि तिनीहरू लज्जित हुनेछन्। भूमिमा जसले तपाईंलाई छोडनेछन्। तिनीहरूको नाउँ माटोमा लेखिनेछ किनभने तिनीहरूले परमप्रभुलाई जीवित जलश्रोतलाई त्यागे।
17:14b.JER.017.014 हे परमप्रभु, यदि तपाईंले मलाई निको पार्नुभयो भने, म साँच्चि नै निको हुनेछु यदि तपाईंले मलाई बचाउनु भयो भने, म साँच्चि नै बाँच्ने छु। परमेश्वर, म तपाईंको गुण गाउँछु।
17:15b.JER.017.015 तिनीहरूले मलाई सोच्छन्, “परमप्रभुबाट आएको वचन कहाँ छ? आउन देऊ!”
17:16b.JER.017.016 परमप्रभु, म तपाईंको गोठोला बनिनुबाट भागेर गईन्। मैले शोकपूर्ण दिनको कहिल्यै इच्छा गरिन। तपाईं जान्नुहुन्छ तपाईंको मैले अघि के भनेको थिएँ यो तपाईंको सामु छ।
17:17b.JER.017.017 मलाई डर नदेखाउनु होस्। तपाईं मेरो विपत्तिको दिनमा शरण स्थान हुनुहुन्छ।
17:18b.JER.017.018 मलाई खेदनेहरूलाई लाज होस्, तर मलाई लज्जित नपार्नुहोस्। तिनीहरूलाई डर देखाउनु होस् तर मलाई होइन। तिनीहरूमाथि ध्वंसको दिन आवोस्। तिनीहरूलाई ध्वंस पार्नु होस्। तिनीहरूलाई फेरि ध्वंस पनि पार्नु होस्।
17:19b.JER.017.019 परमप्रभुले यी कुराहरू मलाई भन्नुभयो “यर्मिया, प्रवेशद्वारमा जाऊ जहाँबाट यहूदाका राजाहरू भित्र जान्छन् अनि बाहिरा आउँछन् त्यहाँ खडा भई बस्। त्यसपछि यरूशलेमको अन्य प्रवेश द्वारहरूमा जाऊ।
17:20b.JER.017.020 “मानिसहरूलाई यी वचनहरू भन ‘परमप्रभुका वचनहरूमा कान थाप। हे यहूदाका राजा अनि यहूदाका मानिसहरू, अनि यरूशलेमका बासिन्दाहरू। प्रत्येक मानिस जो यो फाटकबाट पस्छन् मेरो कुरा सुन।
17:21b.JER.017.021 परमप्रभुले यी कुराहरू भन्नुहुन्छ तिमीहरूका जीवनका निम्ति विश्राम दिनमा कुनै भारी नबोक। यरूशलेमको प्रवेशद्वार भएर विश्राम दिनमा भारी नल्याऊ।
17:22b.JER.017.022 विश्राम दिन आफ्ना घरबाट कुनै भारी ननिकाल। त्यसदिन कुनै काम नगर। तिमीहरूले त्यो दिन पवित्र राख्नेछौ जस्तो मैले तिमीहरूका पिता-पुर्खाहरूलाई आदेश दिएको थिएँ।
17:23b.JER.017.023 तर तिम्रा पिता-पुर्खाहरूले आज्ञा पालन गरेनन्। तिनीहरूले ममा कुनै ध्यान दिएनन्। तिम्रा पिता-पुर्खाहरू अत्यन्त हठी थिए। कुनै संशोधन तिनीहरू सुन्दैनथे अथवा ग्रहण गर्दैनथे।”
17:24b.JER.017.024 परमप्रभु भन्नुहुन्छ, “‘तर यदि तिमीहरूले मेरो कुरा सुनेर विश्रामको दिन शहरका मूल-द्वारहरूबाट कुनै भारी भित्र ल्याएनो र विश्राम दिनलाई पवित्र मानी कुनै पनि काम गरेनौ भने,
17:25b.JER.017.025 “यदि तिमीले मेरो आदेश पालन गर्यौ भने, तब राजाहरू अनि राजकुमारहरू जो दाऊदका सिंहासनमा बस्छन् यरूशलेमको प्रवेशद्वारबाट आउँनेछन्। ती राजाहरू रथहरू र घोडाहरूमाथि चढेर आउनेछन्। यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूका नायकहरू ती राजाहरूसित आउँनेछन्। सदा सर्वदा यरूशलेमले यस प्रवेशद्वारमा मानिसहरूलाई स्वागत गर्नेछन्।
17:26b.JER.017.026 यहूदाका शहरहरूबाट मानिसहरू यरूशलेम आउनेछन्। यरूशलेम वरिपरिका सु-साना गाऊँहरूबाट मानिसहरू यरूशलेम आउनेछन्। मानिसहरू बिन्यामीन परिवारहरूको जमीनबाट राफेलको पहाडीदेशबाट अनि नेगेबबाट आउनेछन्। ती मानिसहरूले होमबलि, मेलबलि, अन्नबलि, र धूप र धन्यवादको बलिहरू परमप्रभुको मन्दिरमा ल्याउनेछन्।
17:27b.JER.017.027 “‘तर यदि तिमीहरूले मेरो कुरा सुनेनौ भने; यदि तिमीहरूले विश्रामको दिनमा यरूशलेमभित्र भारीहरू ल्यायौ भने, तिमीहरूले यस दिनलाई पवित्र दिन मानेका हुँदैनौ। यसकारण म आगो सल्काउनु शुरू गर्नेछु जुन निभाउन सकिन्दैन। त्यो आगो यरूशलेमको प्रवेशद्वारहरू देखि शुरू हुनेछ, अनि यरूशलेमको राजमहलहरू जलाउनेछ।”‘
18
18:1b.JER.018.001 यर्मियाकहाँ आएको यो परमप्रभुको सन्देश हो
18:2b.JER.018.002 “कुमालेको घरमा जाऊ अनि म त्यहाँ तिमीलाई मेरा बचनहरू सुनाउनेछु।”
18:3b.JER.018.003 यसकारण म कुमालेको घरतिर गएँ। कुमालेले चक्रमा माटो लिएर काम गरिरहेको मैले देखें।
18:4b.JER.018.004 उसले नरम माटोबाट एउटा हाँडी बनाउँदैथ्यो। तर हाँडीमा केही भूल रह्यो। यसर्थ उसले त्यो विगार्यो अनि उसलाई जुन माटो सही लाग्यो त्यसैबाट अर्को एउटा हाँडी बनायो।
18:5b.JER.018.005 तब परमेश्वरको सन्देश मकहाँ आयो
18:6b.JER.018.006 “इस्राएलका घराना, तिमीहरू जान्दछौ कि म, परमेश्वर तिमीहरूसँग पनि त्यस्तै काम गर्न सक्छु। तिमीहरू कुमालेको हातको माटो जस्तै छौं। अनि म कुमाले जस्तो हुँ।
18:7b.JER.018.007 एक समयमा एउटा जाति अथवा एउटा राज्यको बारेमा बोल्न सक्नेछु अनि भन्नेछु कि म यसलाई तान्नेछु र ध्वंस पार्नेछु।
18:8b.JER.018.008 तर त्यस राज्यका मानिसहरूले आफ्ना हृदय र जीवन शैली परिवर्तन गर्न सक्छन्। तिमीहरूले अधर्म कामहरू गर्न छाड्लान्। तब म पनि मेरो मन बदलनु सकौला। अनि ध्वंस पार्ने मेरो प्रस्ताव नलिउँला।
18:9b.JER.018.009 अर्को एक समय आउन सक्ला जब म एउटा राज्य अथवा जातिको बारेमा यसलाई खडा र स्थापित गराउँछु।
18:10b.JER.018.010 तर यस्तो हुन सक्छ कि त्यो राज्यका मानिसहरूले नराम्रा कर्महरू गर्न सक्छन अनि मेरा आज्ञाहरू उल्लंघन गर्न सक्छन। तब राम्रा कामहरू जो मैले गर्न योजना गरको थिएँ त्यस विषयमा मेरो मन परिवर्तन गर्नेछु।
18:11b.JER.018.011 “यसकारण यर्मिया, अब यहूदाका मानिसहरू र यरूशलेममा बस्ने मानिसहरूलाई भन ‘यही नै परमेश्वर भन्नुहुन्छ म तिनीहरूको लागि सकष्टहरू तैयार पारिरहेछु अनि तिनीहरूका विरूद्ध योजनाहरू बनाइरहेछु। यसकारण तिनीहरूले अनिष्ट कामहरू गर्नु वन्द गरोस्। प्रत्येक मानिस परिर्वतन होऊ र असल कुराहरू गर।’
18:12b.JER.018.012 तर यहूदाका मानिसहरूले जवाफ दिन्छन्। ‘निर्थक हो प्रयास गर्नु हामी जे चाहन्छौं त्यही गर्नेछौ। हामी अट्टेरी अनि दुष्ट हृदयले जे सुझाव दिन्छ त्यही गर्छौ।”‘
18:13b.JER.018.013 यसकारण परमप्रभु भन्नुहुन्छ, “अन्य जातिहरूलाई यो सोध, ‘के तिमीहरू कसैले कन्या छोरी इस्राएलले गरे झैं दुष्ट कर्महरू गरेको सुनेका छौ?’ अनि इस्राएल परमेश्वरको लागि अति प्रिय हो। इस्राएल परमेश्वरको लागि नववधु जतिकै हो।
18:14b.JER.018.014 तिमीहरू जान्दछौ कि लबानोन पर्वतहरूबाट हिऊँ कहिल्यै अल्पिदैन अनि बगिरहने चिसो पानी कहिल्यै सुक्दैन।
18:15b.JER.018.015 तर मेरा मानिसहरूले मलाई बिर्सिए। तिनीहरूले अन्य देवताहरूलाई बलिहरू चढाए। तिनीहरू पूरानो पथबाट पल्टिए। अहिले तिनीहरू राम्रा सडकहरू छाडेर किनाराका पथहरू पछ्याउँछन्।
18:16b.JER.018.016 तिनीहरूको भूमि जन शून्य एक निन्दाको वस्तु हुनेछ। त्यहाँबाट जाने पथिकहरू दुखित हुन्छन् अनि तिनीहरू आफ्नो टाउको हल्लाउँनेछन्।
18:17b.JER.018.017 पूर्वबाट बतासले उडाएको चीजहरू जस्तै म यहूदाका मानिसहरूलाई छरपष्ट पारिदिनेछु। तिनीहरूले मलाई मुद्दत गर्न गएको देख्ने छैनन् तर मैले तिनीहरूलाई छाडेर गएको देख्नेछन्।”
18:18b.JER.018.018 तब यर्मियाका शत्रुहरूले भने, “यर्मियाको विरूद्ध योजनाहरू तैयार गरौं। पूजाहारीले दिएको व्यवस्था अथवा ज्ञानीबाट पाइएको सल्लाह अथवा अगमवक्ताको सन्देश नाश हुनेछैन। यसकारण उसको बारेमा झूटा कुराहरू प्रचार गरौं ताकि ऊ नाश होस्। उसले भनेको कुराहरू प्रति ध्यान नदिऊँ।”
18:19b.JER.018.019 हे परमप्रभु ध्यान दिनुहोस् अनि सुन्नुहोस् मेरा शत्रुहरू के भन्दैछन्।
18:20b.JER.018.020 के मानिसहरूले असलको सट्टामा खराब फर्काउनु पर्छ? अँह सम्झना गर, म तपाईं समक्ष उभिएँ अनि तिनीहरूका निम्ति तिमीमा भएको क्रोध हटाउँन तपाईंसित वकालत गरें। तर तिनीहरूले मलाई जालमा फसाउँन प्रयास गरिरहेकाछन्।
18:21b.JER.018.021 यसकारण तिनीहरूका नानीहरू भोक भोकै मरून्। शत्रुका तरवारहरूले तिनीहरू परास्त हउन। तिनीहरूका पत्नीहरू छोरा-छोरी बिहीन होऊन्। यहूदाका मानिसहरू मृत्यु तिर धकेलिउन्। तिनीहरूका पत्नीहरू विधवाहरू होऊन्। यहूदाका मानिसहरू मृत्यु तिर धकेलिउन्। जवानहरू युद्ध-भूमिमा मारिउन्।
18:22b.JER.018.022 जब हटात तिमी तिनीहरूका विरूद्ध शत्रुहरू ल्याउँछौ तिनीहरूको घरमा ठूलो चित्कार होस्। यी आपदहरू आइलागुन् किनभने तिनीहरूले मलाई फसाउनु खाडल खने अनि मेरो खुट्टा समात्न पासो लुकाए।
18:23b.JER.018.023 हे परमप्रभु, मलाई मार्ने तिनीहरूका योजनाहरू तपाईं जान्नुहुन्छ। तिनीहरूका अपराधहरू क्षमा नगर्नु होस्। तिनीहरूका पापहरू नमेटिदिनो होस्। मेरा शत्रुहरूलाई ध्वंस गर्नु होस्। जब तपाईं क्रोधित हुनुहुन्छ। ती मानिसहरूलाई दण्ड दिनु होस्।
19
19:1b.JER.019.001 परमप्रभुले मलाई भन्नुभयो “यर्मिया, जाऊ अनि कुमालेकोबाट माटोको भाँडो किन। मानिसहरूका केही प्रमुखहरू र पूजाहारीहरू कहाँ लैजाऊ।
19:2b.JER.019.002 बेन हिन्नोमको बेंसीमा जाऊ, जुन खपटे प्रवेशद्वारको नजिकै छ बेन मैले तिमीलाई जे भनेको छु त्यस ठाउँमा ती कुराहरू तिनीहरूलाई घोषणा गर्नु पर्छ।
19:3b.JER.019.003 अनि भन, ‘परमप्रभुको वचन सुन, हे यहूदाका राजाहरू अनि यरूशलेमका मानिसहरू हो, सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘म यस ठाउँमा सर्वनाश ल्याउँदैछु अनि यो सुनेर हरेक मानिस आश्चर्यचकित हुनेछ।
19:4b.JER.019.004 म ती कुराहरू हुन दिनेछु किनभने यहूदाका मानिसहरूले मलाई त्यागेका छन्। तिनीहरूले यो ठाउँ विदेशी मूर्तिहरूले भरेकाछन्। यहूदाका मानिसहरूले अन्य देवताहरूलाई बलिहरू चढाए जसलाई न तिनीहरूका पिता-पुर्खाहरू न यहूदाका राजाहरूले चिनेका छन्। अनि तिनीहरूले यो ठाउँ निर्दोष रगतले भरिदिए।
19:5b.JER.019.005 आफ्नो नानीहरू बाललाई आगोमा चढाउनु तिनीहरूले अल्गा ठाउँहरू बनाए। मैले तिनीहरूलाई यसो गर्नु भनिन। मैले तिनीहरूलाई आफ्नो नानीहरू बलिदान गर्नु भनिन। मैले यस्तो कुराहरू सोचिन पनि।
19:6b.JER.019.006 अहिले मानिसहरूले यस ठाउँलाई तोपेत्त र बेन-हिन्नोनको खाडी भन्छन्। तर, म तिमीहरूलाई यो चेताउनी दिन्छु। यो परमप्रभुको सन्देश हो त्यस्तो दिनहरू आइरहेछ, जब मानिसहरूले यसलाई हत्याको खाडी भन्नेछन।
19:7b.JER.019.007 यस ठाउँमा, म यहूदा र यरूशलेमका योजनाहरू नष्ट पारिदिनेछु। म तिनीहरूलाई आफ्नो शत्रुहरूको तरवार अघि पर्ने बनाउनेछु तिनीहरूको सम्मुख पारिदिनेछु जसले तिनीहरूको जीवन खोजिरहेका छन्। म तिनीहरूको लाशहरू जंगली जनावर र चरा चुरूङ्गिहरूको आहार बनाइदिन्छु।
19:8b.JER.019.008 म पूर्णरूपले यस शहरलाई ध्वंश पारिदिनेछु अनि यरूशलेम भएर जाने पथ-यात्रीहरू यसको विनाशमा व्याकुल भएर टाउँको हल्लाउनेछन्।
19:9b.JER.019.009 शत्रुहरूले शहरको चारैतिर सेना ल्याउने छन। ती सेनाहरूले जसले तिनीहरूको जीवन खोजिरहेकाछन तिनीहरूलाई घेरामा पार्नेछन्। म तिनीहरूलाई आफ्नै नानीहरूको र एक-अर्काको मासु खाने बनाउँछु।’
19:10b.JER.019.010 “तब तिमीसित जो जो गएकाछन् तिनीहरूको उपस्थितिमा भाँडो फुटाऊ।
19:11b.JER.019.011 त्यस समयमा यी वचनहरू भन ‘सेनाहरूका परमप्रभु भन्नुहुन्छ म यहूदाको राज्य र यरूशलेमको शहर, जसरी कसैले कुमालेको भाँडा फुटाउँछ र त्यो जोडिन हुनु सक्तैन। मृत शरीरहरू तोपेतमा दपनाइनेछ जब सम्म त्यहाँ जग्गा शेष हुँदैन।
19:12b.JER.019.012 म यस्तो यस भूमिमा र यसका बासिन्दाहरूका निम्ति गर्नेछु। म यस शहरलाई तोपेत झैं पार्नेछु।’ यही परमप्रभुको सन्देश थियो।
19:13b.JER.019.013 ‘यरूशलेमका घरहरू र यहूदाको राजाका महलहरू तोपेतको ठाउँहरू जस्तै “अशुद्ध” पार्नेछु। यस्तो चीजहरू किन हुन्छ? किनभने मानिसहरूले ती घरहरूका छानामाथि झूटो देवताहरू पूजे। तिनीहरूले ताराहरू पूजे र तिनीहरूका सम्मानमा होमबलि समर्पित गरे। तिनीहरूले अरू देवताहरूलाई अर्घबलि चढाए।”‘
19:14b.JER.019.014 तब यर्मिया तोपेतबाट गए जहाँ परमेश्वरले उसलाई प्रचार गर्न भन्नु भएको थियो। यर्मिया परमेश्वरको मन्दिर तिर गए अनि मन्दिरको चोकमा उभिए। यर्मियाले सबै मानिसहरूलाई भने
19:15b.JER.019.015 “यो सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभएको हो ‘म यरूशलेममा र यसको वरिपरिका गाउँहरूमा धेरै प्रकारका नराम्रा कुराहरू घटाउनेछु। यो हुने छ किनभने तिनीहरू मेरो आदेशहरू पालन गर्न एकदमै अट्टेरी गर्छन्। म चाँडै ती कुराहरू घटाउने छु।”‘
20
20:1b.JER.020.001 पशहूर नाउँ भएको एकजना पूजाहारी थिए। उनी परमेश्वरको मन्दिरको मुख्य अधिकारी थिए। पशहूर इम्मेरको छोरो थिए। पशहूरले यर्मियाले ती कुराहरू प्रचार गरेका सुने।
20:2b.JER.020.002 यसकारण उसले यर्मिया अगमवक्तलाई कुटे अनि ठिँगुरामा हाले। यो बिन्यामीनको ढोकाको माथिल्लो प्रवेशद्वारमा भएको थियो।
20:3b.JER.020.003 अर्को दिन पशहूरले यर्मियालाई ठिँगुरोबाट मुक्त गरिदिए। तब यर्मियाले पशहूरलाई भने, “परमेश्वरले तिमीलाई दिएको नाउँ पशहूर होइन। अहिले तिमीलाई परमप्रभुले दिनुभएको नाउँ हो, डरले घेरिएको।
20:4b.JER.020.004 यो तिम्रो नाउँ हो किनभने परमेश्वर भन्नुहुन्छ ‘म तिमी स्वयंलाई आतङ्क बनाई दिनेछु। म चाँडै तिम्रा मित्रहरूका निम्ति तिमीलाई एक आतङ्क बनाइदिनेछु। शत्रुहरूले आफ्नो तरवारद्वारा तिम्रा साथीहरूलाई मारिरहेको तिमीहरूले देख्नेछौ म यहूदाका मानिसहरूलाई बाबेलका राजाकहाँ सुम्पने छु। उसले यहूदाका मानिसहरूलाई बाबेलमा अनि सेनाले आफ्ना तरवारहरूले यहूदाका मानिसहरूलाई मार्ने छन्।
20:5b.JER.020.005 शहरका सम्पत्तिहरू, यसका नाफा, सबै बहुमूल्य वस्तुहरू र यहूदाका राजाहरूका सम्पत्तिहरू तिनीहरूकै शत्रुहरूलाई नै दिनेछु। शत्रुहरू यी सबै सम्पत्तिहरू बाबेलको राजधानीमा लानेछन्।
20:6b.JER.020.006 तिमी र तिम्रो घरमा बस्ने मानिसहरू सबैलाई टाढा लगिने छ। तिमीहरूलाई बाबेल राज्यमा जान वाध्य गराइनेछ। अनि तिमीहरू विदेशी राज्यमा मर्नेछौ अनि त्यहाँ तिमीहरू दफ्नाइनेछौ। तिमीले तिम्रा साथीहरूलाई मिथ्या कुराहरू प्रचार गरेकाछौ। तर तिम्रा सारा मित्रहरू पनि मर्नेछन् र बाबेलमा दफन गरिनेछन्।”‘
20:7b.JER.020.007 हे परमप्रभु! तपाईंले मलाई धोका दिनुभयो, अनि म धोकामा परे। तपाईं बलियो हुनुहुन्छ, यसर्थ तपाईंले मलाई जित्नु भयो। मानिसहरू मसित हाँदछन् अनि दिनभरि मलाई हाँसोको पात्र बनाँउछन्।
20:8b.JER.020.008 जब जब म बोल्छु, चिच्याउँछु, म हिंसा र विनाशको विरोधमा चिच्याइरहेछु। म मानिसहरूलाई त्यो सन्देश भन्छु जुन परमप्रभुले मलाई भन्नुभयो। तर मानिसहरूले सधैं मसित खिसी गर्छन् र मेरो हाँसो उढाउछन्।
20:9b.JER.020.009 कहिले काँही म स्वयंलाई भन्छु, “म परमप्रभु विषयमा सबै भुल्नेछु अनि म अब उप्रान्त परमेश्वरको नाउँमा बोल्ने छैन।” तर जब म त्यसो भन्छु, परमप्रभुको वचनहरू मेरो हड्डीभित्र आगो जलिरहे झैं म भित्र बल्छ। यसले मलाई थकाउछ अनि म सहन सक्तिन।
20:10b.JER.020.010 म मेरो विषयमा मानिसहरू जही-तही कानेखुशी गरेको सुन्छु, तिनीहरू भन्छन्, “चारैतिर आतंक छ! यो घोषणा गरौं।” मेरा साथीहरू पनि मलाई भ्रममा पार्न पर्खिरहेका छन्। यी मानिसहरू भन्छन् सायद उसलाई छक्काउनु अनि हामी जित्न सक्छौ। तब ऊ माथि हामी बद्ला लिनेछौं।”
20:11b.JER.020.011 तर परमप्रभु मसँग बलियो सिपाही जस्तो हुनुहुन्छ। यसकारण मानिसहरू जो मेरो पछि लागेकाछन् तिनीहरू लट्पटिनेछन् अनि मलाई जित्नु सक्ने छैनन्। तिनीहरू हारको सम्मुख हुनु पर्नेछ, लज्जित हुनेछन् र यो कहिल्यै भुलिनेछैन।
20:12b.JER.020.012 हे सेनाहरूका परमप्रभु! तपाईंले के सही जाँच्नु हुन्छ अनि मानिसको इच्छाहरू र हृदयहरूको परीक्षा गर्नुहुन्छ। मैले तिनीहरूको विरोधमा नालिश प्रश्तुत गरेकोछु। तिनीहरूमाथि तपाईंको प्रतिकार हेरौं।
20:13b.JER.020.013 परमप्रभुको स्तुति गाऊ। परमप्रभुको प्रशंसा गर। किनभने परमप्रभुले गरीब मानिसहरूलाई दुष्ट मानिसहरूबाट बचाउँनु हुन्छ।
20:14b.JER.020.014 म जन्मेको दिन श्रापित होस्। त्यो दिनलाई धन्य नमान जुन दिन म आमासँग थिएँ।
20:15b.JER.020.015 त्यो मानिस श्रापित होस् जसले मेरा बाबुलाई म जन्मेको खबर सुनायो उसले भन्यो, “तिमीले एउटा छोरो पायौ।” उसले मेरो बाबुलाई अत्यन्त खुशी बनायो जब उसले मेरो बाबुलाई त्यो खबर सुनायो।
20:16b.JER.020.016 त्यो मानिस परमेश्वरले ध्वंस गर्नु भएको शहरहरू जस्तै होस्। ती शहरहरूमाथि परमप्रभुको दया छैन। त्यस मानिसले बिहान कष्टको आवाज सुनोस्, अनि मध्य दिनमा युद्धको चिच्चाहट सुनोस्।
20:17b.JER.020.017 किनभने जब म आमाको गर्भमा थिएँ त्यस मानिसले मलाई मारेन। यदि त्यसले मलाई त्यस बेला मारेको भए मेरी आमा मेरो चिहान हुने थिइन। तिनी सधैंको लागि गर्भवती रहने थिइन।
20:18b.JER.020.018 यी सब शोकहरू र संकटहरू भोग्न अनि लज्जित भएर दिन बिताउन मेरी आमाको गर्भबाट म किन जन्मे?
21
21:1b.JER.021.001 यर्मियाकहाँ परमप्रभुबाट आएको यो सन्देश हो। यो सन्देश त्यस बेला आएको थियो जब सिदकियाह यहूदाका राजाले पशहूर नाउँका एक मानिस र सपन्याह नाउँका एक पूजाहारी यर्मियाकहाँ पठाएका थिए। पशहूर मलिकयाह नाउँ भएको एक मानिसको छोरो थियो। सपन्याह मासेयाह नाउँका एक मानिसको छोरो थियो। पशहूर र सपन्याहले यर्मियालाई सन्देश ल्याएका थिए।
21:2b.JER.021.002 पशहूर र सपन्याहले यर्मियालाई भने, “हाम्रा निम्ति परमप्रभुलाई प्रार्थना गरिदेऊ। के हुने छ भनेर परमप्रभुलाई सोधी देऊ। हामी जान्न चाहन्छौ। किनभने बाबेलका राजा नबूकदनेस्सरले हामीलाई आक्रमण गरिरहेछन्। हुनसक्छ उहाँले बितेका दिनहरूमा गर्नु भए जस्तै परमप्रभुले हाम्रो लागि महान कार्यहरू गरिदिनु हुनेछ। हुनसक्छ परमप्रभुले हामीलाई आक्रमण गर्न नबूकदनेस्सरलाई रोक्नु हुनेछ र फर्की जानेछ।”
21:3b.JER.021.003 तर यर्मियाले पशहूर र सपन्याहलाई भने। उनले भने, “राजा सिदकियाहलाई भन
21:4b.JER.021.004 यही नै परमेश्वर, इस्राएलका परमप्रभुले भन्नुहुन्छ ‘तिमीहरूसँग युद्धका हतियारहरू छन्। तिमीहरूले ती हतियारहरू आफू स्वंयलाई बचाउन बाबेलका राजा र बाबेलवासीहरू विरूद्ध चलाइरहेछौ। तर म ती हतियारहरू तिनीहरू कै विरूद्धमा चलाउनेछु। “‘बाबेलका सैन्य शहर वरिपरिका पर्खालहरू बाहिर छन्। त्यो सैन्य शहर वरिपरि छ। म चाँडै त्यो सैन्य यरूशलेमभित्र ल्याउनेछु।
21:5b.JER.021.005 म स्वयं मेरा शक्तिशाली हात र बलियो हतियार लिएर तिमीहरूसित लड्नेछु।
21:6b.JER.021.006 म यरूशलेमका बसिन्दा दुवै मानिस तथा पशुहरूलाई मार्नेछु। तिनीहरू महा रूढीले मर्नेछन्।”‘
21:7b.JER.021.007 यसपछि, परमप्रभुको यो सन्देश हो, “‘म यहूदाका राजा सिदकियाह, उनका अधिकारीहरू र रूढीले नमारेका शहरमा बाँचेका मानिसहरू नबूकदनेस्सरलाई सुम्पिदिनेछु। बाबेलका राजा अनि अरूहरू जो शहरमा बाँकी रहेकाछन्, तिनीहरू सब देशान, तरवार र अनिकालले मर्नेछन्। म तिनीहरूलाई तिनीहरूकै शत्रु र तिनीहरूको जीवन खोज्नेहरूलाई सुम्पिनेछु। तिनीहरूले कुनै दया, क्षमा र सहानुभूति नराखी तरवाले मार्नेछन्।’
21:8b.JER.021.008 “यरूशलेमका मानिसहरूलाई यी कुराहरू भन। परमप्रभुले भन्नुहुन्छ ‘मैले तिनीहरूलाई जीवनको बाटो र मृत्युको बाटो बताएकोछु।
21:9b.JER.021.009 ती जो यरूशलेममा बस्दछन् तिनीहरू तरवार, अनिकाल र रूढीले मारिन्छन्। तर जो यरूशलेमबाट बाहिर जान्छन् र आक्रमण गरिरहेका बाबेलका सैन्यलाई। आफै सुम्पिन्छन्, तिनीहरू बाँच्नेछन्।
21:10b.JER.021.010 मैले यरूशलेम शहरका मानिसहरूलाई नोक्सानमा पार्न निर्णय लिएँ। म शहरलाई भलाइ गर्दिन।”‘ यो परमप्रभुको सन्देश हो “‘म यरूशलेम शहरलाई बाबेलका राजाकहाँ सुम्पनेछु। उसले यसलाई आगोले भस्म पार्नेछ।’
21:11b.JER.021.011 “यी कुराहरू यहूदाका शाही परिवारहरूलाई भन परमप्रभुका वचनहरूलाई महत्व देऊ।
21:12b.JER.021.012 हे दाऊदको घराना! परमप्रभु भन्नुहुन्छ ‘मानिसहरूलाई निष्पक्ष न्याय गर र अत्याचारमा परेकाहरूलाई अत्याचारीहरूबाट संरक्षण गर। यदि तिमीहरूले त्यसो गरेनौ भने रीसले म निभाउनु नसकिने आगो झैं हुनेछु। यो साँचो हुनेछ कारण तिमीहरूले धैरे दुष्कर्महरू गरेकाछौ।’
21:13b.JER.021.013 हे यरूशलेम! म तिम्रो विरूद्धमा छु। तिमी मैदानमा भञ्जयाङ माथिको पहाडमाथि बस्छौ। तिमी यरूशलेमका मानिसहरू भन्छौ, ‘कसैले तिमीहरूलाई आक्रमण गर्न र तिमीहरूको शक्तिशाली शहर जित्न सक्तैन।’ तर परमप्रभुबाट आएको वचनहरूलाई ध्यान देऊ।
21:14b.JER.021.014 ‘तिमीले पाउनु पर्ने दण्ड पाउने नै छौ। म तिमीहरूका जङ्गलमा आगो लगाउन थाल्ने छु। त्यो आगोले तिमीहरू वरिपरि भएका सारा चीजहरू जलाई दिनेछ।”‘
22
22:1b.JER.022.001 परमप्रभुले भन्नुभयो “यर्मिया, राजाको महलमा जाऊ। यहूदाका राजा कहाँ जाऊ र त्यहाँ यो सन्देशको प्रचार गर
22:2b.JER.022.002 ‘परमप्रभुबाट आएको यो सन्देश सुन, दाऊदको सिंहासनमा बस्ने हे यहूदाका राजा, तिम्रा अधिकारीहरू अनि यी ढोकाहरूबाट पस्ने मानिसहरू।
22:3b.JER.022.003 परमप्रभु भन्नुहुन्छ निष्पक्ष र धार्मिक हौ। अत्याचारमा पारेकाहरूलाई अत्याचारीबाट रक्षा गर। विदेशमा जन्मेका नागरिकहरू टुहुरा-टुहुरी अथवा विधवाहरूमाथि नराम्रो नगर। निर्दोष मानिसहरूलाई नमार।
22:4b.JER.022.004 यदि तिमीहरूले आज्ञा पालन गर्यौ भने, राजाहरू जो दाऊदको सिंहासनमाथि बस्दछन् अधिकारीहरू सहित रथहरू र घोडाहरूमाथि बसी यी प्रवेशद्वारहरूबाट बस्नेछन्।
22:5b.JER.022.005 यदि तिमीहरूले ती आज्ञाहरू पालन गरेनौ भने, परमप्रभु भन्नुहुन्छ म आफ्नै नाउँमा शपथ लिन्छु म यो राजमहल ध्वंस पार्नेछु।”‘
22:6b.JER.022.006 यसैले परमप्रभु यहूदाको राजाको राजमहलको विषयमा भन्नुहुन्छ “तँ ता मेरो निम्ति गिलादको जंगल र लबानोनको पहाड जस्तै छस्। तर म तँलाई मरूभूमिमा परिणत गरिदिन्छु। कोही बसो-बास गर्ने नभएको शहर झैं तँलाई म उजाड बनाइदिन्छु।
22:7b.JER.022.007 म राजदरबार ध्वंस गर्नलाई हतियार सहित मानिस पठाउने छु। ती ध्वंसकहरूले तेरा देवदारको रूखहरू काट्नेछन् र आगोमा फ्याँकनेछन्।
22:8b.JER.022.008 “धेरै राज्यका मानिसहरू यही शहर भएर जानेछन्। तिनीहरूले एकार्कामा सोध्नेछन्, ‘किन परमप्रभुले त्यस्तो डरलाग्दो कुरा यरूशलेम प्रति गर्नुभयो? यरूशलेम त्यस्तो महान शहर थियो।’
22:9b.JER.022.009 त्यो प्रश्नको उत्तर यो हुनेछ ‘परमेश्वरले यरूशलेम ध्वंस पार्नुभयो किनभने तिनीहरूले तिनीहरूका परमेश्वर परमप्रभुसित रहेको करार त्यागे। तिनीहरूले अरू देवताहरूलाई पूजा गरे अनि तिनीहरूको सेवा गरे।”‘
22:10b.JER.022.010 मरेको राजाको लागि नरूनु। उसको लागि विलाप नगर्नु, बरू त्यो राजाको लागि रूनु जसले यो ठाउँ नै छोडन बाध्य भएको छ। उसको निम्ति रूनु किनभने ऊ कहिल्यै फर्की आउने छैन्। ऊ आफ्नो स्वदेश फेरि देख्ने छैन।
22:11b.JER.022.011 यही कुरा शल्लूम (यहोआहाज) योशियाहको छोराको विषयमा परमप्रभु भन्नुहुन्छ। शल्लूम योशियाह राजाको मृत्यु पछि यहूदाका राजा भए। “यहोआहाज यरूशलेमबाट निस्की टाढा गए। उनी यरूशलेम फेरि कहिल्यै फर्की आउँदैनन्।
22:12b.JER.022.012 यहोआहाज त्यो ठाउँमा मर्ने छ जहाँ मिश्रावासीले उनलाई लगेर गए। उनले यो देश फेरि हेर्ने छैनन्।”
22:13b.JER.022.013 हाय त्यसलाई जसले आफ्नो मानिसहरूलाई तिनीहरूको श्रमको ज्याला नदिई बे-ईमान्दरीले महल बनायो, अझ ठगेर तला थप्यो।
22:14b.JER.022.014 उसले भन्छ, “आफ्नो लागि म एउटा ठूलो महल बनाउनेछु। मेरो माथिल्लो तलामा ठूल-ठूला कोठाहरू हुनेछन्।” उसले देवदारूका पल्लाले झ्यालहरू बनाउँछ रातो रंग लाउँछ।
22:15b.JER.022.015 देवदारूले बनाएको तिम्रो विशाल महलले तिमीलाई महान राजा बनाउदैन। तिम्रा पिता खान र पिउनमा सन्तुष्ट थिए। उनले के ठीक र निष्पक्ष थियो त्यही गरे। यसर्थ प्रत्येक कुरो नै तिनको राम्रै भयो।
22:16b.JER.022.016 तिनले गरीब र असाहय मानिसहरूलाई मद्दत गरे। यसकारण प्रत्येक कुरा तिनको लागि राम्रै भयो। ‘मलाई चिन्नु नै यसको अर्थ हो।’
22:17b.JER.022.017 तिम्रो आँखाहरूले तिमीलाई के लाभदायक छ त्यो मात्र देख्छ। तिमी निर्दोष मानिसहरूलाई मार्न, मानिसहरूलाई टुहनु र चक्नाचूर पार्न मात्र चिन्ता गर्छौ।
22:18b.JER.022.018 यसर्थ परमप्रभुले योशियाहका छोरो राजा यहोयाकीमको विषयमा भन्नुहुन्छु, “यहोयाकीमको लागि यहूदाका मानिसहरू रूने छैनन, ‘हाय मेरो दाज्यू! हाय मेरी बहिनी! म यहोयाकीमको लागि अत्यन्तै दुखीत छु।’ भनी तिनीहरू कसैले पनि परस्परमा कुरा गर्ने छैनन्। यहूदाका मानिसहरू यहोयाकीमको लागि रूने छैनन्। तिनीहरूले उनको विषयमा भन्ने छैनन्, ‘हाय मेरा मालिक! हाय, मेरा महाराज! तिम्रो मृत्युमा म अत्यन्तै दुखी छु।’
22:19b.JER.022.019 यरूशलेमका मानिसहरूले यहोयाकीमलाई गधालाई जस्तै दफ्नाउनेछन्। तिमीहरूले उसको टाउको र शरीर तान्नेछन् अनि यरूशलेमको मूल-ढोकाको बाहिर फ्याँक्नेछन्।
22:20b.JER.022.020 “यहूदा, लबानोनको पर्वतमाथि जाऊ र जोडले चिच्याऊ। बाशान क्षेत्रमा जोडले कराऊ। अबारीमको पर्वतहरूमा चिच्याऊ किनभने तिम्रो ‘प्रेमीहरूलाई’ ध्वंश पारिनेछ।
22:21b.JER.022.021 हे यहूदा, तिमीले आफै सुरक्षित विचार गर्यौ। तर मैले तिमीलाई सावधानी रहन चेताउनी दिएँ। तर तिमीले भन्यौ, “म ध्यान दिदिन्।” तिमीले त्यही जीवन शैली अप्नायौ जुन तिम्रो युवावस्थालमा थियो। तिम्रो युवावस्थालदेखि नै तिमीले मलाई मान्न अस्वीकार गर्यौ।
22:22b.JER.022.022 हे यहूदा! तिम्रा भेडा गोठालाहरूलाई बतासले उडाई लानेछ। तिम्रा प्रेमीहरू कैदी बनिनेछन। तिमीलाई अपमान गरिनेछ र पक्कै पनि तिम्रा दोषपूण कर्महरूले तिमीलाई लज्जित पार्नेछ।
22:23b.JER.022.023 हे लबानोनका बासिन्दा जो देवदारूहरूको माझमा बास गर्छन्, जब तिमीले व्यथा पाउनेछौ तिमी चिच्याउनेछौ। प्रसव पीडामा परेकी स्त्री झैं व्यथाले तिमी लडबडी गर्नेछौ।”
22:24b.JER.022.024 “जस्तो म निश्चित रूपमा बस्छु,” यो परमप्रभुको सन्देश हो, “म यस्तो तिम्रो लागि गर्नेछु। यहोयाकीमको छोरो यहूदाको राजा, यहोयाकीन यदि तिमी मेरो दाहिने हातको छाप-औठी हुँदो हौ त म तिमीहरूलाई थुतेर फ्याँक्ने थिएँ।
22:25b.JER.022.025 यहोयाकीन, म तिमीलाई बाबेलका राजा नबूकदनेस्सरलाई र बाबेलवासीहरूलाई सुम्पिनेछु। यी ती मानिसहरू नै हुन जसले तिम्रो प्राण खोजिरहेकाछन् र जोसित तिमी भयभित छौ।
22:26b.JER.022.026 म तिमी र तिम्रो आमालाई अर्को देशमा फ्याँकिदिने छु जहाँ तिमीहरू दुवै जन्मेका थिएनौ। तिमी र तिम्रो आमा त्यो देशमा मर्नेछौ।
22:27b.JER.022.027 तिनीहरू आफ्नो भूमिमा फर्किने इच्छा गर्छन् तर तिनीहरूलाई अनुमति दिइनेछैन।”
22:28b.JER.022.028 के कोन्याह कसैले आफलको फुटेको भाँडा जस्तो हो जसलाई कसैले मन पराउँदैन? किन यहोयाकीन र उसको नानीहरू फ्याँकिए? किन तिनीहरू नजानेको देशमा फ्याँकिए?
22:29b.JER.022.029 ए देश, ए देश! परमप्रभुको सन्देश ध्यान दिएर सुन्।
22:30b.JER.022.030 परमेश्वर भन्नुहुन्छ, “यहोयाकीनको बारेमा लेख ‘उ एकजना मानिस हो जसको कुनै नानीहरू छैन। यहोयाकीन आफ्नो जीवन कालमा सफल हुनेछैन। अनि उसको एउटै पनि सन्तान दाऊदको सिंहासनमा बस्ने छैन। कुनै पनि उसको सन्तानले यहूदामा शासन गर्ने छैन्।”‘
23
23:1b.JER.023.001 “त्यो भेडा गोठालाहरूलाई धिक्कार जसले मेरा भेडाहरूलाई ध्वंस र तितर-बितर पार्छ।” यो परमप्रभुबाट आएको सन्देश हो।
23:2b.JER.023.002 ती गोठालाहरू (नेताहरू) मेरा मानिसका उत्तरदायीहरू हुन्। अनि इस्राएलका परमेश्वरले, यी कुराहरू ती गोठालाहरूलाई भन्नुहुन्छ “तिमी गोठालाहरूले मेरो बगाललाई चारै तर्फ भगाई दियौ। तिनीहरूलाई भाग्न वाध्य पार्यौ। अनि तिमीहरूले तिनीहरूलाई हेरचाह गरेनौ। तर मैले तिम्रो हेरचाह गरें। तिमीले गरेका दुष्ट कामहरूका निम्ति म दण्ड दिनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो।
23:3b.JER.023.003 “अब मैले अन्य देशहरू तिर खेदिएका बगाल भेला पार्छु र तिनीहरूलाई चर्ने र्खकमा ल्याउँछु। जब म मेरा बगाललाई चर्ने र्खकमा ल्याउँछु तिनीहरू लाभदायक बनिन्छन र संख्या बढछ।
23:4b.JER.023.004 म मेरा बगालको लागि नयाँ गोठाहरूलाई राख्नेछु। तिनीहरूले मेरो बगालको हेरचाह गर्नेछन्। अनि मेरा बगाल डराउने अथवा भयमीत हुने छैन। मेरो कुनै पनि बगाल हराउँने छैन।” यो परमप्रभुबाट आएको सन्देश हो।
23:5b.JER.023.005 परमप्रभु भन्नुहुन्छ, “अब समय आइरहेछ कि म दाऊदको कुलमा एउटा धार्मिक शाखा स्थापित गर्नेछु। उसको ज्ञानले शासन चलाउनेछ र धर्म र न्याय गर्नेछ।
23:6b.JER.023.006 त्यस समयमा, यहूदाका मानिसहरूलाई बचाइनेछ, अनि इस्राएलले सुरक्षित जीवन जिउनेछ। उहाँको नाउँ यो हुनेछ परमप्रभु हाम्रो धार्मिकता हुनुहुन्छ।
23:7b.JER.023.007 “यसकारण ती दिनहरू आइरहेछन्,” यो सन्देश परमप्रभुबाट आएको हो, “जब मानिसहरूले भन्नेछैनन्, ‘जसरी परमप्रभु जीवित हुनुहुन्छ अनि यो उहाँ नै हुनहुन्छ जसले इस्राएलका मानिसहरूलाई मिश्र भूमिबाट बाहिर ल्याउनु भयो।’
23:8b.JER.023.008 तर मानिसहरूले केही नयाँ कुरा भन्ने छन्। तिनीहरूले भन्ने छन्, ‘जसरी परमेश्वर जीवित हुनुहुन्छ, परमेश्वर मात्र हुन जसले इस्राएलका मानिसहरूलाई उत्तर-भूमिबाट ल्याउनु भयो। उहाँले तिनीहरूलाई सम्पूर्ण राज्यहरूबाट ल्याउनु भयो जहाँ उहाँले तिनीहरूलाई पठाउनु भएको थियो।’ त्यसपछि इस्राएलका मानिसहरू तिनीहरूका आफ्नै भूमिमा बस्नेछन्।”
23:9b.JER.023.009 अगमवक्ताहरूलाई सन्देश अन्तस्करणमा मेरो हृदय भाँचेको छ। मेरो सबै हड्डीहरू कामिरहेकाछन्। यो परमप्रभुको र उहाँको पवित्र वचनको कारणले हो। म मतवाला मानिस जस्तै भएकोछु।
23:10b.JER.023.010 यहूदाका भूमि यस्ता मानिसहरूले भरिएकोछ जो व्यभिचारीहरू छन्। यसर्थ परमप्रभुले यस भूमिलाई श्राप दिनुभयो अनि र्खक मरूभूमिमा परिणत भएकोछ। अगमवक्ताहरू दुष्ट छन्। ती अगमवक्ताहरूले आफ्ना प्रभाव र शक्ति गल्ती गरी प्रयोग गर्दछन्।
23:11b.JER.023.011 “अगमवक्ता अनि पूजाहारी दुवै पापीहरू छन्। तिनीहरूको दुष्ट्याई मैले मेरो मन्दिरमा देखेकोछु। यो सन्देश परमप्रभुबाट आएको हो।
23:12b.JER.023.012 “यसकारण, तिनीहरूको बाटो अन्धकारले ढाकेको चिप्लो हुनेछ अनि तिनीहरू कालो अन्धकारमा झर्नेछन्। म ती पूजाहारीहरू र अगमवक्ताहरूमाथि विपद ल्याइ सजाय दिनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो।
23:13b.JER.023.013 “मैले सामरियामा अगमवक्ताहरूलाई अगमवाणी दिएर नराम्रो काम गरिरहेकोछु। बाल देवताको नाउँमा तिमीहरूले इस्राएलका मानिसहरूलाई पथभ्रष्ट गराए।
23:14b.JER.023.014 मैले यहूदाका अगमवक्ताहरू डरलाग्दो कामहरू गरिरहेको देखेकोछु। तिनीहरूलाई व्यभिचारपूर्ण कर्ममा लिप्त छन्। तिनीहरू झूटो बोल्छन् अनि दुष्ट मानिसहरूलाई सहयोग दिन्छन्। त्यही कारणले मानिसहरूले दुष्ट काम गर्न रोकिदैनन्। तिनीहरू सदोमका मानिसहरू जस्ता छन्। अब यरूशलेम मेरो निम्ति गोमोरा जस्तै भएकोछ।”
23:15b.JER.023.015 यसकारण सेनाहरूका परमप्रभुले ती अगमवक्ताहरूका बारेमा भन्नुहुन्छ “म ती अगमवक्ताहरूलाई तितो भोजन खाने र विष हालेको पानी पिउने बनाउनेछु किनभने यरूशलेमका अगमवक्ताहरू देखि सम्पूर्ण देश नै दूषित पार्दैछन्।”
23:16b.JER.023.016 सेनाहरूका परमप्रभु भन्नुहुन्छ “ती अगमवक्ताहरूका कुरामा ध्यान नदेऊ ती अगमवक्ताहरूले तिमीहरूलाई मूर्ख बनाउने कोशिश गरिरहेकाछन्। ती अगमवक्ताहरूले जुन दर्शनहरू बताइरहेका छन् ती सब तिनीहरूको आफ्नै सृष्टिहरू हुन्। तिनीहरूले ती दर्शनहरू परमप्रभुबाट प्राप्त गरेका होइनन्।
23:17b.JER.023.017 कतिपय मानिसहरूले परमेश्वरबाट आएको सन्देशलाई उपेक्षा गर्दछन्। अत ती अगमवक्ताहरूले ती मानिसहरूलाई बेग्ला बेग्लै सन्देश दिन्छन्। तिनीहरूले मलाई जसले निन्दा गर्छन् तिनीहरूलाई भन्छन्, ‘परमप्रभुले भन्नुहुन्छ, ‘तिमीले शान्ति पाउँछौ।’ तिनीहरूले ज-जसको हृदय कठोर छ तिनीहरूलाई भन्छन्, ‘तिमीहरूमाथि अनिष्ट हुने छैन्।’
23:18b.JER.023.018 तर ती मध्ये कुनै पनि अगमवक्ताहरू दैवीय महासभामा उभिने होइन। ती मध्ये कसैले पनि परमप्रभुको संदेश न देखेको छन्, सुनेको नै छ।
23:19b.JER.023.019 अब परमप्रभुबाट हुने दण्ड तूफान जस्तो आउने छ। परमप्रभुको क्रोध आँधी-तूफान जस्तो हुनेछ। यो ती दुष्ट मानिसहरूका टाउकोहरूमाथि भुमरीको झोक्का ठोकिनेछ।
23:20b.JER.023.020 आफ्ना मनले चिताएको योजनाहरू सिद्ध नहोउञ्जेल परमप्रभुको रीस थामिने छैन। आउने दिनहरूमा तिमीहरूले त्यो छलर्ङ्ग बुझ्नेछौ।
23:21b.JER.023.021 मैले ती अगमवक्ताहरूलाई पठाएको होइन। तर तिनीहरू भागेर गए। तिनीहरू सँग बोलेको छैन। तर तिनीहरूले अगमवाणी दिए।
23:22b.JER.023.022 तर यदि तिनीहरू मेरो महासभामा बसेका भए, तिनीहरूले मेरो यहूदाका मानिसहरूलाई मेरो सन्देशहरू भन्ने थिए। तिनीहरूले ती मानिसहरूलाई नराम्रो कामहरू गर्न देखि रोक्न सक्थे।”
23:23b.JER.023.023 “म परमेश्वर हुँ, जो नजिक छु,” परमप्रभु भन्नुहुन्छ, “म त्यो परमेश्वर होइन जो टाढोमा छ।”
23:24b.JER.023.024 मैले देख्न सक्तिन भन्ने विचारमा एउटा मानिसले आफैलाई लुकाउन सक्ला। तर यो मूर्खता हो। के म स्वर्ग र पृथ्वी र्भदिन र?” परमप्रभुले यसो भन्नुभयो।
23:25b.JER.023.025 “त्यहाँ त्यस्ता अगमवक्ताहरू छन् जसले मेरो नाउँ झूटा प्रचार गरिरहेछन्। तिनीहरू भन्छन्, ‘मैले सपना देखेको छु। मैले सपना देखेको छु।’ मैले तिनीहरूले त्यस्तो कुराहरू गरेको सुनें।
23:26b.JER.023.026 कहिले सम्म यी अगमवक्ताहरूले झूटो र आफ्नो माया प्रचार गरिरहने?
23:27b.JER.023.027 ती अगमवक्ताहरूले मेरो नाउँ मानिसहरूबाट भुलाउनु प्रयास गरिरहेकाछन् जसरी आफ्ना पिता-पुर्खाहरूले सपनाहरू भनेर भुलेका थिए। तिनीहरूका पिता-पुर्खाहरूले बाल देवतालाई पूजे।
23:28b.JER.023.028 पराल गहुँ भन्दा भिन्दै हुन्छ। अगमवक्ताहरूले जसकहाँ सपना छ त्यही सपना विषयमा बोलुन्। जसकहाँ मेरा वचनहरू छन् साँचो गरी भनुन।
23:29b.JER.023.029 मेरो सन्देश आगो जस्तै छ।” यो सन्देश परमप्रभुबाट आएको हो, “यो मार्तोल जस्तो छ जसले ढुङ्गा चुरचुर पारेर फुटाउँदछ।
23:30b.JER.023.030 “यसर्थ म झूटा अगमवक्ताहरूको विरूद्धमा छु।” यो सन्देश परमप्रभुको हो “ती अगमवक्ताहरूले मेरा शब्दहरू एका-अर्काबाट चोरिरहेका छन्।
23:31b.JER.023.031 म झूटो अगमवक्ताहरूको विरूद्ध छु।” यो सन्देश परमप्रभुको हो, “तिनीहरूले आफ्नै शब्दहरू चलाउछन् र मेरोबाट आएको सन्देश भनेर बहाना गर्दछन्।
23:32b.JER.023.032 म झूटा अगमवक्ताहरूका विरूद्ध छु जसले झूटो सपनाहरू प्रचार गर्छन्।” यो परमप्रभुको सन्देश हो। “तिनीहरूले मेरा मानिसहरूलाई झूटो शिक्षा दिदैं कुबाटो तिर लैजादैछन्। न त मैले तिनीहरूलाई पठाए न मेरो पक्षमा बोल्नु भनी आदेश दिएँ। तिनीहरूले कदापि यहूदाका मानिसहरूलाई सहयोग गर्न सक्तैनन्।” यो परमप्रभुको सन्देश हो।
23:33b.JER.023.033 “यहूदाका मानिसहरू अथवा अगमवक्ताहरू, अथवा पूजाहारीहरूले तिमीलाई सोध्न सक्छ, ‘परमप्रभुले के के भारी बोकाउनु भयो?’ तब तिमीहरूले तिनीहरूलाई उत्तर दिन्छौ र भन्छौ, ‘तिमीहरू अत्यन्तै गहुँ बोझ हौ र म तिमीहरूलाई फ्याँक्नेछु।”‘ यो परमप्रभुको सन्देश हो।
23:34b.JER.023.034 “यदि अगमवक्ता अथवा पूजाहारी अथवा कुनै मानिसले परमप्रभुको बोझ विषयमा कुरा गर्छ भने, ‘म उसका परिवार र उसलाई सजाय दिनेछु।’
23:35b.JER.023.035 यो कुरा तिमीहरू एकार्कालाई भन्नेछौ ‘परमप्रभुले के जवाफ दिनुभयो?’ अथवा ‘उहाँले के भन्नुभयो?
23:36b.JER.023.036 तर तिमीले फेरि ‘परमप्रभुको बोझ’ भन्ने छैनौ किनभने ‘बोझ’ प्रत्येकको आफ्नै शब्द बनिएको हो। तर तिनीहरूलाई भन, तिनीहरूले जीवित परमेश्वर, सेनाहरूका परमप्रभु हाम्रा परमेश्वरको वचन बङग्याएको छौ।
23:37b.JER.023.037 “यदि परमप्रभुको सन्देश तिमी सिक्न चाहन्छौ भने, अगमवक्तालाई सोध, ‘परमप्रभुले तिमीलाई के जवाफ दिनु भयो?’ अथवा ‘परमप्रभुले के भन्नुभयो?’
23:38b.JER.023.038 तर तिमीले नभन परमप्रभुबाट के भारी बोझ थियो। यदि तिमीले यो शब्द प्रयोग गर्यौ भने परमप्रभुले तिमीलाई यी शब्दहरू भन्नु हुनेछ ‘तिमीले मेरो वचनलाई परमप्रभुको भारी नभन्नु पर्थ्यो। मैले तिमीलाई यो शब्द नभन्नु भनें।’
23:39b.JER.023.039 मैले तिमीहरू र तिम्रा पिता-पुर्खाहरूलाई दिएको शहर र तिमीलाई माथि उचालेर म देखि पर फ्याँक्ने छु।
23:40b.JER.023.040 म तिनीहरूमाथि सदा-सर्वदा रहने लाज ल्याउनेछु। आफ्नो बेइज्जिती तिमीहरू कहिल्यै भुल्ने छैनौं।”‘
24
24:1b.JER.024.001 परमप्रभुले उहाँको मन्दिर अघाडी राखिएको दुइ डालो नेभारा देखाउनु भयो। मैले यो दर्शन यहूदाका राजा यहोयाकीमका छोरा बाबेलका राजा नबूकदनेस्सरले यरूशलेमबाट निर्वासिन गराएर लगे पछि देखेको हो। यहोयाकीन र तिनका अधिकारीहरूलाई निपुण शिल्पकार र धातुकारहरूसितै लगियो।
24:2b.JER.024.002 एउटा डालोभित्र धेरै असल नेभाराहरू थिए। ती नेभाराहरू त्यस्ता थिए जुन समय अघाडि नै पाकेका थिए। तर अर्का डालोमा कुहेको नेभाराहरू थिए। तिनीहरू खान लायकका थिएनन्।
24:3b.JER.024.003 परमप्रभुले मलाई सोध्नु भयो, “तिमीले के देख्छौ, यर्मिया?” मैले जवाफ दिएँ, “अरू डालोमा म नेभाराहरू देख्छु। असल नेभाराहरू एकदमै असल छन् अनि अर्को डालोमा नराम्रो नेभाराहरू एकदमै नराम्रा छन जो खाने लायक छैनन्।”
24:4b.JER.024.004 तब परमप्रभुको यो सन्देश मकहाँ आयो
24:5b.JER.024.005 “परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ, यहूदाका मानिसहरूलाई आफ्ना देशबाट कैदी झैं लगियो। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बाबेलमा लगे। तिनीहरू असल नेभाराहरू जस्ता छन।
24:6b.JER.024.006 म तिनीहरूलाई दया देखाउनेछु। म तिनीहरूलाई यहूदाको भूमिमा फर्काई ल्याउनेछु। म तिनीहरूलाई विकास गराउनेछु, नष्ट हुन दिँदिन। म तिनीहरूलाई चुडाउँदिन तर तिनीहरूलाई जगाउँछु ताकि तिनीहरूको विकास हुन सकोस्।
24:7b.JER.024.007 म तिनीहरूलाई म नै परमप्रभु हुँ भनेर चिन्ने योग्यता दिन्छु। तिनीहरू मेरा मानिसहरू हुनेछन् अनि म तिनीहरूका परमेश्वर हुँ, किनभने तिनीहरू पूर्ण-हृदयहरूले म तर्फ फर्कनेछन्।
24:8b.JER.024.008 “तर यहूदाका राजा सिदकियाह कुहेको नेभारा जस्तौ हुनेछ जुन खान लायक हुँदैन। सिदकियाह, उसका अधिकारीहरू, यरूशलेममा छाडिएका मानिसहरू जो यो देशमा रहिरेका छन् अनि तिनीहरू जो मिश्रमा बसिरहेका छन् तिनीहरू कुहेको नेभाराहरू जस्तै हुन्।
24:9b.JER.024.009 “म तिनीहरूलाई जम्मै राज्यहरूमा डरलाग्दो र नराम्रो चीज बनाउनेछु। मैले तिनीहरूलाई जहाँ-जहाँ छरपस्ट पारेकोछु त्यहाँ तिनीहरूलाई अपमान, गिल्ला र श्राप का निम्ति पात्र बनाउँनेछु।
24:10b.JER.024.010 म तरवार, अनिकाल अनि रूढी तिनीहरूका निम्ति पठाउनेछु। जब सम्म तिनीहरू निमटन्न हुँदैनन् तिनीहरू र तिनीहरूका पिता-पुर्खालाई मैले दिएको देशमा तरवार, अनिकाल र देशान पठाउनेछु। त्यस पछि मेलै तिनीहरू र तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको जग्गामा तिनीहरू रहने छैनन्।”
25
25:1b.JER.025.001 यो सन्देश जुन यर्मियाकहाँ आयो त्यो यहूदाका सबै मानिसहरूको विषयमा सम्बन्धित छ। यो योशियाहको पुत्र यहोयाकीम यहूदाको राज-सिंहासनमा बसेको चौथो वर्षमा भएको हो। यो नबूकदनेस्सरले बाबेलको राजमुकुट पहिरिएको प्रथम वर्षमा भएको हो।
25:2b.JER.025.002 यसैले त्यही अगमवक्ता यर्मियाले यहूदाका जम्मै मानिसहरू र यरूशलेमका बासिन्दाहरूलाई भने
25:3b.JER.025.003 यहूदाका राजा आमोनका पुत्र योशियाहको राज्यकालको तेह्रौं वर्षदेखि आजको दिनसम्म अर्थात् तेइस वर्षसम्म परमप्रभुको वचन मकहाँ आयो र मैले घरिघरि तिमीहरूलाई भनिरहेकोछु। तर तिमीहरूले यसलाई ध्यान नै दिएनौ।
25:4b.JER.025.004 परमप्रभुले घरिघरि आफ्ना दास अगमवक्ता तिमीहरूकहाँ पठाउनु भएकोछ। तिमीहरूले तिनीहरूको कुरा सुनेनौ अथवा तिनीहरूलाई कुनै ध्यानै दिएनौ।
25:5b.JER.025.005 ती अगमवक्ताहरूले भने, “तिमीहरूले आफ्ना जीवन शैली परिर्वतन गर। कुकर्महरू गर्नदेखि आफूलाई पर राख। जीवन परिवर्तन गर र यस देशमा जुन परमप्रभुले तिमी र तिमीहरूका पिता-पुर्खाहरूलाई सदा-सर्वदाका निम्ति दिनु भएकोछ त्यहाँ बसो बासो गर।
25:6b.JER.025.006 अन्य देवताहरूको पछि नलाग। तिनीहरूका सेवा वा पूजा नगर। मानिस निर्मित मूर्तिहरू पूजा नगर। यसले मलाई रीस उठाउनेछ। यदि तिमीहरूले मानेनौ भने तब म तिमीहरूलाई नोक्सान गर्नेछु।”
25:7b.JER.025.007 परमप्रभुले भन्नुहुन्छ, “तर तिमीहरूले मेरो कुरा मानेनौ। तिमीहरूका मूर्तिहरूले मलाई उत्तैजित पार्यौ अनि आफैमा नोक्सान ल्यायौ।”
25:8b.JER.025.008 यसकारण सेनाहरूका परमेश्वरले यसो भन्नुहुन्छ, “तिमीहरूले मेरो सन्देशहरूमा ध्यानै नदिएका हुनाले,
25:9b.JER.025.009 यसकारण म उत्तरका सबै कुलहरूका मानसिहरूलाई र मेरो दास बाबेलका राजा नबूकदनेस्सरलाई ल्याउनेछु, र तिनीहरूलाई यो देश र यसका बासिन्दा र यसका चारैतिरका सबै जातिहरूको विरूद्धमा ल्याउनेछु। म ती सारा देशहरूलाई बिलकुलै ध्वंस गर्नेछु। म ती भूमिहरू सदालाई सूखा मरूभूमि जस्तो बनाई दिने छु अनि तिनीहरूलाई डरलाग्दो गाली र एक स्थायी अपमानको पात्रमा परिणत गर्नेछु।”
25:10b.JER.025.010 म ती ठाउँहरू र्हष र उत्साहका खुशीहरूलाई शेष पारिदिनेछु। त्यहाँ अब-उप्रान्त नव दुल्हा-दुल्हीका खुशी र आनन्दका दिनहरू हुने छैन। म मानिसहरूले पिस्ने जाँतोका आवाज सम्म उठाउँनेछु। म बत्तीको उज्यालोलाई लगिदिनेछु।
25:11b.JER.025.011 त्यो सम्पूर्ण क्षेत्र नै मरूभूमि जस्तो उजाड हुनेछ। यी सबै जातिहरूका मानिसहरूले सत्तरी वर्ष सम्म बाबेलका राजाको सेवा गर्नेछन्।
25:12b.JER.025.012 “तर सत्तरी वर्ष बिती सके पछि म बाबेलका राजालाई दण्ड दिनेछु। म बाबेलका जातिहरूलाई पनि दण्ड दिने छु। यो परमेश्वरको सन्देश हो “म बाबेलवासीहरूको भूमिलाई पनि उनीहरूको पापहरूको कारण दण्ड दिनेछु। म त्यो भूमि सदाको लागि बाँझो बनाई दिनेछु।
25:13b.JER.025.013 मैले त्यस देशको विषयमा जे भनेकोछु र यर्मियाले विरोधमा यसको जे अगमवाणी गरेकोछ अनि पुस्तकमा जे लखिएकोछ म त्यो देशकोको विरूद्ध सबै ल्याउनेछु।
25:14b.JER.025.014 बाबेलका मानिसहरूले धेरै राज्यहरू र महाराजहरूको सेवा गर्नु पर्नेछ। तिनीहरूले गरेको अनिष्ट कामका निम्ति तिनीहरूलाई सजाय दिइनेछ।”
25:15b.JER.025.015 परमप्रभु, इस्राएलका परमेश्वरले मलाई यी कुराहरू भन्नुभयो “यर्मिया, यो कचौरोको दाखरस मेरो हातबाट लेऊ। यो मेरो क्रोधको दाखरस हो। म तिमीलाई विभिन्न जातिहरूमा पठाई रहेछु। ती जातिहरूलाई यही प्यालाबाट पियाऊ।
25:16b.JER.025.016 तिनीहरूले यो पिउनेछन्। त्यसपछि तिनीहरू धरमराउनेछन् र पागल मानिस जस्तो व्यवहार गर्नेछन। तिनीहरूले तरवारको कारण त्यसो गर्छन् जुन तिनीहरूको विरूद्ध म पठाउँदैछु।”
25:17b.JER.025.017 यसर्थ मैले परमेश्वरको हातबाट त्यो कचौरा दाखरस लिएँ। म ती जातिहरूमा गएँ अनि त्यो कचौराबाट मैले दाखरस पियाँए।
25:18b.JER.025.018 मैले यो दाखरस यरूशलेम र यहूदाका शहरहरूमा खनाइदिएँ। मैले यहूदाका राजाहरू र अगुवाहरूलाई त्यो कचौराबाट दाखरस पिउँन लगाँए। तिनीहरू आज जस्तो देखन्छन, मरूभूमि झैं उजाड, डरलाग्दो चीज अनि खिल्ली र श्रापको पात्र बनाउन मैले तिनीहरूलाई पिलाएँ।
25:19b.JER.025.019 मैले मिश्रका राजा फिरऊन, तिनका अधिकारीहरू, महत्वपूर्ण नायकहरू, उनका सबै मानिसहरू,
25:20b.JER.025.020 अरबका जम्मै बासिन्दाहरू, ऊजका सबै राजाहरू, पलिश्तीहरूका सबै राजाहरू जसमा अश्कलोन, गाजा, एक्रोन, अश्दोदमा बाँकी रहेका जम्मै
25:21b.JER.025.021 अनि एदोम, मोआब र अम्मोनिहरूका सबै राजाहरू पनि गाभिन्छन्, सबैलाई परमप्रभुको रीसको दाखरस पिउनु लगाँए।
25:22b.JER.025.022 मैले सोर र सीदोनका सबै राजाहरू अनि समुद्रका टापुहरूका राजाहरूलाई यो पिउन लगाँए।
25:23b.JER.025.023 ददान, तेमा र बूजका अनि कनपट सम्म केश काट्ने मानिसहरूलाई मैले यो पिउन बाध्य गराँए।
25:24b.JER.025.024 मैले अरब देशका र सीमान्तका सारा राजाहरू जो मरूभूमिमा बस्छन्,
25:25b.JER.025.025 जिम्री, एलाम र मादैका सारा राजाहरूलाई पनि यो पिउन लगाँए।
25:26b.JER.025.026 मैले सारा उत्तरका राजाहरू नजिक र टाढामा भएका राज्यहरूलाई यो पिउनु लगाँए। मैले सबै पृथ्वीका राजाहरूलाई परमप्रभुको क्रोधको कचौराबाट दाखरस पिउन लगाँए। तर “शीशकका” राजाले पनि अन्य जातिहरूले पिए पश्चात पिउनेछन्।
25:27b.JER.025.027 “यर्मिया! सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले के भन्नुहुन्छ, ती जातिहरूलाई भनिदेऊ यसकारण परमप्रभुले भन्नुहुन्छ, ‘पिऊ, मात, वान्त गर र लड अनि नउठ किनभने म तिमीहरूका माझमा तरवार पठाइरहेछु।’
25:28b.JER.025.028 “ती मानिसहरूले तिम्रो हातबाट कचौरा लिन अस्वीकार गर्छन। तिनीहरूले यसलाई पिउन अस्वीकार गर्छन। तर तिमीले तिनीहरूलाई भन्नेछौ, ‘सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुहुन्छ तिमीहरूले अवश्य नै यो कचौराबाट पिउनेछौ।
25:29b.JER.025.029 मैले यरूशलेममाथि जसलाई मेरो नाउँले कहलाइन्छ अनि सायद तिमीहरूले दण्ड पाउँदैनौ भनेर सोचिरहेका होलाऊ, विपत्ति ल्याउन थालिसकेकोछु। म पृथ्वीमा भएका सारा मानिसहरू प्रति आक्रमण गर्न तरवारलाई बोलाउनेछु।”‘ यो सेनाहरूका परमप्रभुबाट आएको सन्देश हो।
25:30b.JER.025.030 “यर्मिया! तिनीहरूलाई भन्छन् ‘परमप्रभु उँभोबाट गर्जनु हुन्छ। उहाँ आफ्नो पवित्र मन्दिरबाट गर्जनु हुन्छ। परमप्रभु उहाँको भूमिका मानिसहरूलाई जोरसित गर्जनु हुन्छ। उहाँ दाखरस बनाउनेले अङ्गुर किच्चाउँदा गरेको आवाज झैं चिच्चयाउनु हुन्छ। ती चिच्चयाहटहरू पृथ्वीका सबै बासिन्दाहरू सम्म पुग्छ।
25:31b.JER.025.031 त्यो हल्लाको प्रतिध्वनि पृथ्वीको आखिर सम्म पुग्छ। पृथ्वीका मानिसहरूका विरूद्धमा परमप्रभुको एउटा अभियोग छ। उहाँले मानिसहरूलाई न्याय र दुष्टहरूलाई तरवारले मार्नु हुनेछ।”‘ परमप्रभु भन्नुहुन्छ।
25:32b.JER.025.032 यसकारण सेनाहरूका परमप्रभु भन्नुहुन्छ “हेर, महा सर्वनाश एक देशदेखि अर्को देशमा फैलिनेछ। पृथ्वीको सुदूर कुनाहरूबाट एक सर्वनाशक आँधी आइरहेछ।”
25:33b.JER.025.033 परमप्रभुले मार्नु भएको मानिसहरूको लाशहरू पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म छरिएर रहनेछ। मर्नेहरूका निम्ति शोक मनाउने कोही हुँदैन। लाशहरू बटुलिदैन न त दफन नै गरिन्छ। ती लाशहरू खेतमा गोबर झैं छरपस्ट रहन्छन्।
25:34b.JER.025.034 हे गोठालाहरू हेर, विलाप गर! हे बथानका नायकहरू हो, खरानीमा लडीबडी गर। किनभने तिमीहरूका हत्या हुने र चिच्चाउने अनि तितर-बितर हुने समय आएको छ। तिमीहरू झर्नेछौ र दामी जग झैं फुट्नेछौ।
25:35b.JER.025.035 गोठालाहरूले आफै लुक्ने ठाँउ पाउने छैनन्। बथानका मालिकहरूले भाग्न सक्तैनन्।
25:36b.JER.025.036 म गोठालाहरूका हाऊ-हाऊ शब्दहरू र बथानका मलिकहरूका चित्कार सुन्छु। परमप्रभुले तिनीहरूको र्खक नै ध्वंस पार्नु भयो।
25:37b.JER.025.037 शान्तमय र्खकहरू नष्ट गरिए। परमप्रभुको भीषण क्रोधले यस्तो गरेको हो।
25:38b.JER.025.038 परमप्रभु हिसंक सिंह ओडारबाट निस्केको जस्तै हुनुहुन्छ। परमप्रभुको बल्दै गरेको रीस र अत्याचारीहरूको रीसले तिनीहरूको देश उजाड निर्जन बनिएकोछ।
26
26:1b.JER.026.001 योशियाहका छोरो यहूदाका राजा यहोयाकीमको शासनकालको शुरूमा यो वचन परमप्रभुबाट आयो।
26:2b.JER.026.002 परमप्रभुले भन्नुभयो “यर्मिया, परमप्रभुको मन्दिर चोकमा तिमी उभ र यो वचन भन। मन्दिरमा आराधना गर्न आउने यहूदाका सबै बासिन्दाहरूलाई भन। मैले भनेको प्रत्येक कुरा उनीहरूलाई भन। मेरो सन्देशको कुनै भाग पनि नछोड।
26:3b.JER.026.003 यो हुनसक्छ, तिनीहरूले सुन्नेछन् अनि मेरो सन्देश पालन गर्नेछन् र तिनीहरू खराब काम गर्नुबाट रोकिनेछन्। यदि तिनीहरू परिर्वतन भए भने म मेरो तिनीहरूलाई तिनीहरूको दुष्टकर्मका निम्ति सजाय दिन जुन योजना तयार पारेकोछु त्यो बदलिनेछु।
26:4b.JER.026.004 तिमीले तिनीहरूलाई भन्नेछौ, ‘यही नै परमप्रभु भन्नुहुन्छ यदि तिमीहरूले मेरा कुराहरू सुनेनौ अनि मैले तिमीहरू अघि राखेको शिक्षाहरू।
26:5b.JER.026.005 मेरा दास अगमवक्ताहरू जसलाई मैले तिमीहरूकहाँ समय समयमा पठाएको थिए तर तिनीहरूका वचनहरू अनुसरण गरेनौ, तिमीहरूले तिनीहरूको कुराहरू सुनेनौ।
26:6b.JER.026.006 तब म यो मन्दिरलाई शिलोह जस्तै बनाउनेछु अनि पृथ्वीभरिको मानिसहरूका निम्ति यो शहर एक श्राप झैं बनाउनेछु।”
26:7b.JER.026.007 पूजाहारीहरू, अगमवक्ताहरू अनि सारा मानिसहरूले यर्मियाले परमेश्वरको मन्दिरमा भनेको ती शब्दहरू सुने।
26:8b.JER.026.008 परमप्रभुले दिनुभएको आदेश अनुसार यर्मियाले सबै कुराहरू मानिसहरूलाई भनी समाप्त गरे। तब पूजाहारीहरू, अगमवक्ताहरू र सारा मानिसहरूले यर्मियालाई समाते अनि भने, “तिमी निश्चय नै मर्नेछौ।
26:9b.JER.026.009 कसरी तिमीले परमप्रभुको नाउँमा यति नराम्रो कुरा गर्ने आँट गर्यौ? कसरी परमप्रभुको यो मन्दिर शीलोहमा ध्वंस भए जस्तो हुनेछ भन्ने आँट कसरी गर्यौ? कुन आँटले तिमीले यरूशलेम निर्जन मरूभूमि झैं हुनेछ भन्यौ?” परमप्रभुको मन्दिरमा सबै मानिसहरू यर्मियाको विरूद्ध भेला भए।
26:10b.JER.026.010 जब यहूदाका शासकहरूले ती अप्रिय घटनाहरूको बारेमा कुराहरू सुने तिनीहरू राजाको राजदरवारबाट बाहिर निस्के। तिनीहरू परमेश्वरको मन्दिर भएतिर उक्लिए। त्यहाँ, तिनीहरूले नयाँ प्रवेशद्वारमा आफ्ना ठाउँ लिए।
26:11b.JER.026.011 त्यसपछि पूजाहारीहरू र अगमवक्ताहरूले शासकहरू र सारा अन्य मानिसहरूलाई यसो भने। तिनीहरूले भने, “यर्मिया मारिनु पर्छ। उनले यरूशलेमको बारेमा नराम्रो कुराहरू भने। तपाईंहरूले उनले त्यस्तो कुराहरू भनेको सुनेकाछौं।”
26:12b.JER.026.012 तब यर्मियाले यहूदाका सबै प्रशासकहरू र मानिसहरूसँग बात गरे। “परमप्रभुले मलाई यो मन्दिर र शहर बारे यी सबै कुराहरू जो तिमीहरूले सुन्यौ, भन्न पठाउनु भयो।
26:13b.JER.026.013 तिमीहरूले आफ्नो मन अनि कार्य बद्लिन नै पर्छ। तिमीहरूले आफ्नो परमप्रभु परमेश्वरको आज्ञा पालन गर्नु नै पर्छ। यदि तिमीहरूले त्यसो गर्यौ भने उहाँले आफ्नो मनलाई बद्लनु हुनेछ र खराब कामहरू जो उहाँले तिमीहरूका विरूद्ध उद्घोषणा गर्नु भएको छ त्यो टर्नेछ।
26:14b.JER.026.014 मेरो विषयको कुरा र म तिमीहरूकै हातमा छु। तिमीहरूलाई जे ठीक लाग्छ त्यही गर।
26:15b.JER.026.015 तर यदि तिमीहरूले मलाई मार्यौ भने, एउटा कुराको लागि निश्चित हौ। कि तिमीहरू एक निर्दोष मानिसको हत्यारा हुनेछौ। तिमीहरूले यो शहर र यसमा बस्ने सबै मानिसहरूलाई दोषी बनाउँनेछौ। किनभने उहाँ परमप्रभु नै हुनुहुन्छ जसले मलाई ती वचनहरू तिमीहरूलाई भन्न पठाउनु भयो जो तिमीहरूले सुन्यौ।”
26:16b.JER.026.016 त्यसपछि सबै प्रशासकहरू र मानिसहरू बोले। ती मानिसहरूले पूजाहारीहरू र अगमवक्ताहरूलाई भने, “यर्मियालाई मार्नु हुँदैन। जति कुराहरू यर्मियाले हामीलाई भने ती सबै परमप्रभु हाम्रा परमेश्वरबाट आएको हो।”
26:17b.JER.026.017 तब कतिपय बूढा-पाकाहरू उठे र सबै मानिसहरूलाई भने।
26:18b.JER.026.018 तिनीहरूले भने, “यहूदाका राजा हिजकियाहको शासनकालमा मारसेतबाट मीका नाउँ भएका एकजना अगमवक्ता आएका थिए। मीकाले यहूदाका सबै मानिसहरूलाई यी कुराहरू भने सेनाहरूका परमप्रभु भन्नुहुन्छ “सियोन ध्वंस हुने छ। यो जोतेको खेतझैं हुनेछ। यरूशलेम ढुङ्गाको थाक हुनेछ। परमप्रभुको मन्दिर भएको डाँडा, जगंल र बनमाराहरूको रित्तो डाँडा बनिनेछ। “
26:19b.JER.026.019 “यहूदाका राजा हिजकियाहले मीकालाई मारेनन्। यहूदाका कुनै मानिसले मीकालाई मारेन। हिजकियाह परमप्रभुदेखि डराए अनि उहाँको दया याचना गरे। अनि परमप्रभुले तिनीहरूको विरोधमा भन्नु भएको कुराहरू विषयमा आफ्नो मन बद्लिनु भयो। तर हामीहरूले हाम्रो आफ्नो जीवनमाथि महाविपद ल्याउन आटेकाछौं।”
26:20b.JER.026.020 विगतमा त्यहाँ शमायाहको छोरो उरियाह नाउँ गरेका किर्यत्यारीमबाट आएका एकजना मानिस थिए। उसले यर्मियाले झैं यो शहर र यस भूमि विरूद्धमा परमप्रभुको सन्देश प्रचार गरे।
26:21b.JER.026.021 राजा यहोयाकीम र उनका सैनिक अधिकारीहरू अनि यहूदाका प्रमुखहरूले ऊरियाहले गरेको प्रचार सुने। तिनीहरू क्रोधित भए। राजा यहोयाकीमले ऊरियाहलाई मार्न चाहन्थे। तर ऊरियाहले त्यो कुरा चाल पाए। ऊरियाह डराए र मिश्र देशमा भागेर गए।
26:22b.JER.026.022 तर राजा यहोयाकिमले एलनातान नाउँ भएका एक मानिस र अन्य मानिसहरूलाई मिश्रमा पठाए। एलनातान अकबोरको छोरा थियो।
26:23b.JER.026.023 तिनीहरूले ऊरियाहलाई मिश्रबाट ल्याए अनि यहोयाकीमलाई सुम्पिए। यहोयाकीमले ऊरियाहलाई तरवारले मार्नु भन्ने हुकुम दिए। ऊरियाहको मृत शरीर साधारण मानिसहरू गाडने चिहानमा फ्याँकिदिए।
26:24b.JER.026.024 अब शापानको छोरो अहीकामले यर्मियालाई सुरक्षा दिए। यसर्थ तिनले तिनलाई मानिसहरूको हातबाट बचाए।
27
27:1b.JER.027.001 यहूदामा सिदकियाहको शासनकालको चौथो वर्षमा परमप्रभुको यो वचन यर्मियाकहाँ अयो। सिदकियाह योशिहका छोरो थिए।
27:2b.JER.027.002 परमप्रभुले भन्नुभयो, “यर्मिया, यी फीता र डण्डहरूबाट एउटा जुवा बनाऊ र तिम्रो काँधमा लगाऊ।
27:3b.JER.027.003 त्यसपछि एदोम, मोआब, अम्मोन, सोर र सीदोमका राजाहरूकहाँ यी राजाहरूका दूतहरू जो यहूदाका राजा सिदकियाहलाई भेट्न यरूशलेममा आएका छन् तिमीहरूको माध्यम यी समाचार पठाऊ।
27:4b.JER.027.004 तिनीहरूका मालिकहरूलाई यी खबरहरू पुर्याऊ भनी तिनीहरूलाई भन तिनीहरूलाई भन, ‘सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ तिम्रा मालिकहरूलाई भन कि
27:5b.JER.027.005 मैले पृथ्वीमा सारा पशुहरू बनाएँ। यो मैले मेरो महान शक्ति र बलिष्ठ पाखुराले गरें। म यो पृथ्वी जसलाई चाहन्छु त्यसैलाई दिन सक्छु।
27:6b.JER.027.006 अहिले तिमीहरूका सबै देशहरू मैले बाबेलका राजा नबूकदनेस्सरलाई दिएको छु। उनी मेरा दास हुन। मैले जङ्गली पशुहरू सम्मलाई पनि उसको आज्ञा पालन गर्ने बनाउँछु।
27:7b.JER.027.007 सारा जातिहरूले नबूकदनेस्सर, उनको छोरो र उनको नातिको सेवा गर्नेछन्। त्यसपछि बाबेल परास्त हुने समय आउनेछ। धेरै राज्यहरू र महान राजाहरूले बाबेललाई आफ्नो कमारो बनाउँनेछन।
27:8b.JER.027.008 “‘तर अहिले केही जातिहरू यस्ता हुनेछन् कि तिनीहरू बाबेलका राजा नबूकदनेस्सरलाई सेवा गर्न अस्वीकार गर्नेछन्। यदि कुनै जातिले आफ्नो घिच्रोमा जुवा राख्न अस्वीकार गरे म त्यसलाई तरवार, अनिकाल र डरलाग्दो बीमारहरू मार्फत सजाय दिनेछु,”‘ यो परमप्रभुबाट आएको सन्देश हो। “‘जब सम्म त्यो जातिलाई उसको पक्षबाट ध्वंश पार्दिन तब सम्म म यसो गर्नेछु।
27:9b.JER.027.009 यसर्थ तिमीहरू अगमवक्ताहरू जोखना हेर्नेहरू, दर्शन देख्नेहरू, ज्योतिषिहरू र जादूगरी गर्नेहरू जसले तिमीहरूलाई भन्छन्, “तिनीहरूले बाबेलका राजाको सेवा गर्नेछैनौ,” तिमीहरूलाई ध्यान नदेऊ।
27:10b.JER.027.010 तर ती मानिसहरूले तिमीहरूलाई झूटो अगमवाणी दिनेछन् यसले गर्दा म तिमीहरूलाई तिनीहरूका देशबाट टाढो लखेट्नेछु र तिमीहरू मनेछौ।
27:11b.JER.027.011 “‘ती जातिहरू ज-जसले बाबेलका राजाको सार्वभौमिकतालाई ग्रहण गर्नेछ। अनि उसको सेवा गर्नेछ, जब सम्म चाहन्छन् म तिनीहरूलाई तिनीहरूकै भूमिमा विकास हुन दिन्छु,”‘ परमप्रभुले घोषणा गर्नुहुन्छ।
27:12b.JER.027.012 “‘मैले सिदकियाह यहूदाका राजालाई भनें, “सिदकियाह तिमीले बाबेलका राजाको जुवा तिम्रो घिच्रोमा राख्नै पर्छ, यदि तिमीले बाबेलका राजा र उसको मानिसहरूका अस्वीकार गर्यौ भने तिमी बाँच्नेछौ।
27:13b.JER.027.013 यदि तिमीले बाबेलका राजालाई सेवा गर्न राजी भएनौ भने तिमी र तिम्रा मानिसहरू शत्रुको तरवार भोक अनि भयानक रोगहरूबाट मर्नेछौ। बाबेलका राजालाई सेवा गर्न अस्वीकार गर्ने कुनै पनि जातिको सम्बन्धमा परमप्रभुले यसो भन्नुभयो।
27:14b.JER.027.014 तर तिमीहरूलाई झूटो अगमवक्ताहरूले भनिरहेका छन् तिमीहरू बाबेलका राजालाई सेवा गर्नेछैनौ। “‘तिनीहरू तिमीहरूसित झूटो बोलिरहेकाछन्। यसकारण तिमीहरूले तिनीहरूको कुरा नसुन।”
27:15b.JER.027.015 परमप्रभु भन्नुहुन्छ, “मैले त्यस्ता अगमवक्ताहरूलाई पठाएको होइन, तर तिनीहरू मेरो नाउँमा झूटो अगमवाणी कहिरहेका छन्। यसकारण यहूदाका मानिसहरूलाई सुदूर ठाँउमा पठाँउनेछु। तिमीहरू सड्नेछौ अनि त्यसरी नै ती अगमवक्ताहरू जसले तिमीहरूकहाँ अगमवाणी कहने तिनीहरू पनि नष्टछन्।”
27:16b.JER.027.016 तब मैले ती पूजाहारीहरू अनि ती प्रजालाई सूचना दिएँ, “परमप्रभु भन्नुहुन्छ ‘ती झूटा अगमवक्ताहरूको कुरा नसुन जसले बाबेलबाट परमप्रभुको मन्दिरमा जम्मै समानहरू झट्टै फर्काईंदैछ।’ तिनीहरूले झूटो बोलिरहेका छन्।
27:17b.JER.027.017 ती अगमवक्ताहरूका कुरामा ध्यान नदेऊ। बाबेलका राजालाई सेवा गर अनि बाँच। यो शहर किन ध्वंस होस?
27:18b.JER.027.018 यदि ती मानिसहरू अगमवक्ता हुन भने अनि परमप्रभुको वचन तिनीहरूसँग छ भने, तिनीहरूले परमप्रभुलाई, राजाको महलमा रहेका, परमप्रभुको मन्दिरमा रहेका, र यरूशलेममा रहेका जुन चीजहरू अहिले सम्म छोडिएकाछन् बाबेलमा ल्याउन नसकियोस भनी प्रार्थना गरून्।”
27:19b.JER.027.019 सेनाहरूका परमप्रभु भन्नुहुन्छ ती चीजहरूको बारेमा जुन अझै यरूशलेममा छाडिएका छन् त्यहाँ मन्दिरमा विशाल काँसाको स्तम्भहरू, गुडने आधारहरू र अन्य चीजहरू छन्। बाबेलका राजा नबूकदनेस्सरले ती सबैहरू यरूशलेममा छाडे।
27:20b.JER.027.020 बाबेलका राजा नबूकदनेस्सरले जब यहोयाकीमको छोरा यहूदाका राजा यहोयकीन र यहूदा र यरूशलेमका जम्मै भारादारहरूलाई देश निष्कासन गरी बाबेलमा लगेका थिए, त्यस समय ती समानहरू बाबेल लगेनन्।
27:21b.JER.027.021 सेनाहरूका, परमप्रभु, इस्राएलका परमेश्वर, परमेश्वरका मन्दिरमा छाडिएका अनि राजाका महल र यरूशलेममा छाडिएका चीजहरूको बारेमा भन्नुहुन्छ ती सम्पूर्ण समानहरू पनि बाबेल तर्फ लगिए।
27:22b.JER.027.022 ती सारा समानहरू बाबेलमा लगिन्छ र जब सम्म तिनीहरूको निम्ति आउँदिन तब सम्म ती समानहरू त्यही रहन्छ।” यो सन्देश परमप्रभु भन्नुहुन्छ, “तब म ती समानहरू फर्काई ल्याउँनेछु। म ती समानहरू यो ठाउँमा फर्काई राख्नेछु।”
28
28:1b.JER.028.001 त्यही साल नै जब सिदकियाह यहूदाका राजा भएको चौथो वर्षको पाँचौ महीनामा अज्जूरको छोरो अगमवक्ता हनन्याहले परमप्रभुको मन्दिरमा सबै पूजाहारीहरू र अन्य मानिसहरूको उपस्थितिमा मसित भने। हनन्याह गिबोनका बासिन्दा थिए। हनन्याहले भने,
28:2b.JER.028.002 “सेनाहरूका परमप्रभु इस्राएलका मानिसहरूका परमेश्वरले भन्नुहुन्छ ‘बाबेलका राजाले यहूदाका मानिसहरूको काँधमा राखेको जुवा म भाच्नेछु।
28:3b.JER.028.003 दुइ वर्ष बित्दा नबित्दै म बाबेलका राजा नबूकदनेस्सरले परमप्रभुको मन्दिरबाट जति सरसामानहरू लगेका थिए ती सबै फर्काई ल्याउनेछु।
28:4b.JER.028.004 म यहोयकीमका छोरो यहूदाका राजा यहोयाकीनलाई यस ठाउँमा फर्काइ ल्याउने छु। म ती सारा यहूदाका मानिसहरूलाई फर्काई ल्याउनेछु जसलाई नबूकदनेस्सरले आफ्ना घरहरू छोड्न बाध्य गराएर बाबेलतिर पठाएका थिए।’ परमप्रभु भन्नुहुन्छ, ‘यसकारण म बाबेलका राजाको जुवा भाँचिदिनेछु।”‘
28:5b.JER.028.005 तब अगमवक्ता यर्मियाले पूजाहारीहरू र अन्य मानिसहरू जो परमप्रभुको मन्दिरमा उभिरहेका थिए तिनीहरूको सम्मुख अगमवक्ता हनन्याहलाई जवाफ दिए।
28:6b.JER.028.006 अगमवक्ता यर्मियाले हनन्याहलाई भने, “आमेन। म आशा गर्दछु परमप्रभुले साँच्चि नै त्यो गर्नु हुनेछ परमप्रभुले तिमीले बोलेका वचनहरू पूरा गर्नु हुनेछ। म आशा गर्दछु परमप्रभुले उहाँको मन्दिरबाट जम्मै सामानहरू र मानिसहरू पनि बाबेलबाट यस ठाउँमा फर्काई ल्याउनु हुनेछ।
28:7b.JER.028.007 “हनन्याह तर मैले भनेका कुराहरू सुन। मैले भनेका कुराहरू तिमीहरू सबै मानिसहरूले सुन।
28:8b.JER.028.008 हनन्याह त्यहाँ तिमी र म अगमवक्ता हुन भन्दा धेरै अघि नै अगमवक्ताहरू थिए। तिनीहरूले युद्ध, अनिकाल, भयानक रूढी धेरै देशहरू र महान राज्यहरूमा आउनेछ भनेर प्रचार गरेका थिए।
28:9b.JER.028.009 तर यदि एकजना अगमवक्ताले शान्तिको अगमवाणी दिन्छ र उसको अगमवाणी सत्य हुन्छ तब मानिसहरूले जान्ने छन् कि परमप्रभुले उसलाई नै पठाउनु भएको हो।”
28:10b.JER.028.010 यर्मियाले आफ्नो काँधमा जूवा भिरि रहेका थिए। तब अगमवक्ता हनन्याहले यर्मियाको काँधबाट जूवा निकाली दिए। हनन्याहले त्यो जुवा भाँचिदिए।
28:11b.JER.028.011 तब हनन्याह अरू जम्मै मानिसहरूको उपस्थितिमा जोरले कराए अनि भने, “त्यो यो हो जुन परमप्रभु भन्नुहुन्छ ‘त्यसरी नै नबूकदनेस्सर बाबेलका राजाको जूवा म सबै जातिहरूको काँधबाट दुइ वर्ष भित्रमा भाँचि दिन्छु।”‘ त्यस पछि अगमवक्ता यर्मियाले परमप्रभुको मन्दिर छोडे अनि बाहिर गए।
28:12b.JER.028.012 जब हनन्याहले अगमवक्ता यर्मियाको काँधबाट जुवा निकालेर भाँचिदिए परमप्रभुको वचन यर्मियालाई आयो।
28:13b.JER.028.013 परमप्रभुले यर्मियालाई भन्नुभयो, “जाऊ अनि परमप्रभुले जे भन्नुहुनछ हनन्याहलाई भन ‘तिमीले काठको जुवाहरू भाँचिदियौ। तर म काठको सट्टामा फलामको जुवाहरू बनाउनेछु।’
28:14b.JER.028.014 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘म सारा जातिहरूका काँघमा फलामको जूवा लगाइदिनेछु ताकि तिनीहरूले बाबेलका राजा नबूकदनेस्सरको सेवा गरून। तिनीहरू राजा नबूकदनेस्सरका दास-दासीहरू हुनेछन्। म उसलाई जङ्गली जानवर माथि पनि राज गर्ने क्षमता प्रदान गर्नेछु।”‘
28:15b.JER.028.015 तब अगमवक्ता यर्मियाले अगमवक्ता हनन्याहलाई भने, “सुन हनन्याह। परमेश्वरले तिमीलाई पठाएको होइन। तर तिमीले यहूदाका मानिसहरूलाई झूटो कुरामा विश्वास गर्नलगायौ।
28:16b.JER.028.016 यसकारण परमप्रभु यसो भन्नुहुन्छ, ‘चाँडै म तिमीलाई यस पृथ्वीबाट हटाई दिनेछु, हनन्याह। तिमी यही वर्ष मर्नेछौ। किनभने तिमीले मानिसहरूलाई परमेश्वरको विरूद्ध भडकायौ।”‘
28:17b.JER.028.017 अगमवक्ता हनन्याह त्यही वर्षको सातौं महीनामा मरे।
29
29:1b.JER.029.001 अगमवक्ता यर्मियाले यरूशलेमबाट बूढा-प्रधानहरू, पूजाहारीहरू, अगमवक्ताहरू अनि यहूदाका सबै मानिसहरू जसलाई नबूकदनेस्सरले यरूशलेमबाट बाबेलमा ल्याएका थिए तिनीहरूलाई एउटा पत्र पठाए।
29:2b.JER.029.002 यो पत्र राजा यहोयाकीन, राजमाता, नपुंसकहरू अनि यहूदा र यरूशलेमका शासकहरू, कारीगरहरू, लोहारहरू जसलाई यरूशलेमबाट ल्याएका थिए सबैलाई पठाए।
29:3b.JER.029.003 यहूदाका राजा सिदकियाहले शापानका छोरो एलासा र हिल्कियाहका छोरो गर्मयाहलाई बाबेलका राजा नबूकदनेस्सरकहाँ पठाए। यर्मियाले ती मानिसहरूलाई बाबेलमा पत्र लैजानु भने। पत्रको अर्न्त विषय यस्तो थियो।
29:4b.JER.029.004 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले यरूशलेम देखि बाबेल सम्म कैद भएका ती मानिसहरूलाई यी कुराहरू भन्नु भएको थियो
29:5b.JER.029.005 “घरहरू बनाऊ र त्यसमा बस्। बारीहरू बनाऊ र बिरूवाहरू रोप र फलहरू खाऊ।
29:6b.JER.029.006 विवाह-बारी गरेर छोरा-छोरीहरू जन्माऊ। आफ्ना छोराहरूको लागि बुहारीहरू रोज। त्यसो गर्दा तिनीहरूले पनि छोरा-छोरीहरू जन्माउनेछन्। त्यहाँ सन्तान बढाऊ, नघटाऊ।
29:7b.JER.029.007 शहरमा पनि असल कार्यहरू गर जसका निम्ति मैले तिनीहरूलाई पठाएँ। जहाँ तिमीहरू बसिरहेकाछौ त्यस शहरका निम्ति परमप्रभुसित प्रार्थना गर। किनभने यदि त्यहाँ शान्ति छाए तिमीहरू पनि शान्तिसित बस्नु सक्छौ।”
29:8b.JER.029.008 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ “तिमीहरूका अगमवक्ताहरू र मंत्र-तंत्रहरू गर्नेहरूले तिमीहरूलाई धोका नदिऊन्। तिनीहरूले देखेका सपनाका कुराहरूमा ध्यानै नदेऊ।
29:9b.JER.029.009 तिनीहरूले मेरो नाउँमा झूटो अगमवाणी कहिरहेका छन। अनि तिनीहरूले भनिरहेका छन्। तर मैले तिनीहरूलाई पठाएको होइन।” यो सन्देश परमप्रभुबाट आएको छ।
29:10b.JER.029.010 परमप्रभु यो भन्नुहुन्छ “बाबेल सत्तरी वर्ष सम्म शक्तिशाली रहनेछ। त्यसपछि म तिमीहरूकहाँ आउनेछु र तिमीहरूलाई यस ठाउँमा फर्काई ल्याउने मेरो प्रतिज्ञा पूरा गर्नेछु।
29:11b.JER.029.011 म यसो भन्छु किनभने तिमीहरूका निम्ति मैले बनाएका योजनाहरू म जान्दछु।” यो परमप्रभुबाट आएको सन्देश हो, “मसँग तिमीहरूको लागि राम्रो योजनाहरू छ। म तिमीहरूलाई चोट पुर्याउने योजना बनाउदिन। मैले तिमीहरूलाई आशा र असल भविष्य दिने योजना गरेको छु।
29:12b.JER.029.012 त्यसपछि तिमीहरूले मलाई बोलाउनेछौ, मकहाँ आऊ अनि मलाई प्रार्थना गर। म तिमीहरूलाई प्रार्थनाको उत्तर दिनेछु।
29:13b.JER.029.013 तिमीहरूले मलाई खोज्नेछौ। अनि जब तिमीहरू आफ्ना तनमन लगाएर मलाई खोज्नेछौ, तिमीहरूले मलाई पाउनेछौ।
29:14b.JER.029.014 म तिमीहरूलाई भेट गर्न अनुमित दिनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो “म तिमीहरूलाई कैदबाट छुटाई ल्याउनेछु। म तिमीहरूलाई सबै जाति-जातिहरू र ठाउँ-ठाउँहरूदेखि भेला गर्नेछु जहाँ मैले तिमीहरूलाई पठाएको थिएँ।” यो परमप्रभुबाट आएको सन्देश हो। “अनि तिमीहरूलाई यस ठाँउमा फर्काई ल्याउनेछु।”
29:15b.JER.029.015 तिमीहरूले भनेका छौ, “तर परमप्रभुले हामीलाई यहाँ बाबेलमा अगमवक्ताहरू दिनु भएको छ।”
29:16b.JER.029.016 तर तिमीहरूका आफन्तहरू जो बाबेलमा लागिएका थिएनन् तिनीहरूको विषयमा परमप्रभु यी कुराहरू भन्नुहुन्छ। म अहिले त्यो राजा जो दाऊदको राजसिंहासनमा बसेका छन् र ती मानिसहरू जो अझ सम्म यरूशलेम शहरमा छन् तिनीहरूको विषयमा भन्दैछु।
29:17b.JER.029.017 सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “म तरवार, अनिकाल, र भयानक रूढीहरू ती मानिसहरूका विरूद्ध पठाउँदैछु जो यरूशलेममा बसिरहेका छन्। तिनीहरूलाई खान नसकिने कुहेका नेभाराहरू जस्ता बनाउने छु।
29:18b.JER.029.018 म तिनीहरूलाई तरवार, अनिकाल अनि भयानक रूढीहरूले खेद्दनेछु। म तिनीहरूलाई पृथ्वीका राजधानीहरूको सामुन्ने डरलाग्दो दृश्य बनाइदिनेछु, समस्त जातिहरू जहाँ म तिनीहरूलाई पठाउँछु त्यहाँ श्राप, डर, घृणा, खिसी र निन्दाको पात्र बनाउनेछु।
29:19b.JER.029.019 यरूशलेममा बस्ने ती मानिसहरूले मेरो कुराहरू प्रति ध्यान नदिंदा मैले तेस्तो अनिष्ट कुराहरू तिनीहरू प्रति घटाउन लगाएको हो।” यो परमेश्वरबाट आएको सन्देश हो। “किनभने तिनीहरूले मेरा वचनहरू सुनेनन् जब मैले सेवक, अगमवक्ताहरू घरिघरि तिनीहरूकहाँ पठाएँ। तिनीहरूले कुनै ध्यान नै दिएनन्।” मेरो सन्देश परमप्रभुबाट आएको हो।
29:20b.JER.029.020 “तिमीहरू कैदीहरू हौ। मैले तिमीहरूलाई यरूशलेमबाट बाबेल जानलाई वाध्य पारें। यसकारण परमप्रभुबाट आएको सन्देशलाई ध्यान दिएर सुन।”
29:21b.JER.029.021 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर कोलायाहको छोरो आहाब र मासेयाहको छोरो सिदकियाहको बारेमा भन्नुहुन्छ “यी दुइ जना मानिसहरू मेरो नाउँमा तिमीहरूकहाँ झूटो प्रचार गरिरहेका छन्। यसर्थ दुवै अगमवक्ताहरूलाई बाबेलका राजा नबूकदनेस्सरलाई म सुम्पने छु अनि उनले तिनीहरूलाई तिमीहरूकै सामुन्ने मार्नेछन्।
29:22b.JER.029.022 सम्पूर्ण यहूदी कैदीहरूले तिनीहरूलाई श्राप दिनेछन्। ‘परमप्रभुले तिमीहरूलाई सिदकियाह र आहाबलाई जस्तै व्यवहार गरून् जसलाई बाबेलका राजाले आगोमा डढाएको थियो।’
29:23b.JER.029.023 ती दुवैजना अगमवक्ताहरूले इस्राएलमा खराब कामहरू गरे। तिनीहरूले आफ्ना छिमेकीकी पत्नीहरूसँग व्यभिचार गरे अनि तिनीहरूले मेरो नाउँमा झूटो बोले। म जान्दछु तिनीहरूले के गरे। म आफै साक्षी छु।” मैले तिनीहरूलाई त्यसो गर भनेर आज्ञा दिएको छैन।
29:24b.JER.029.024 नेहेलामबाट शमायाहलाई तिमीले भन्नु पर्छ।
29:25b.JER.029.025 सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, “शमायाह, तिमीले आफ्नै नाउँमा यरूशलेममा रहेका सबै मानिसहरूलाई चिट्ठी पठाएका छौ तिमीले मासेयाहको छोरो सपन्याहलाई चिट्ठीहरू पठायौ। तिमीले बाँकी सबै पूजाहारीहरूलाई पनि चिट्ठीहरू पठायौ।
29:26b.JER.029.026 शमायाह, तिमीले सपन्याहलाई चिट्ठीमा भनेकाछौ, ‘सपन्याह, परमेश्वरले तिमीलाई यहोयादाको ठाउँमा पूजाहारी बनाएका छौ। तिमीले परमप्रभुको मन्दिरको परिदर्शन गर्नु पर्छ अनि जसले पागल झैं कर्म गर्छ र अगमवाणी दिन्छ त्यसता कुनै पनि मानिसलाई पक्रनु पर्छ। तिमीले त्यसलाई ठिँगुरोमा ठोक्नु पर्छ र उसको घिच्रोमा साङ्गलोले बाँध्नु पर्छ।
29:27b.JER.029.027 अहिले यर्मियाले अगमवक्ता जस्तो व्यवहार गरिरहेछ। यसर्थ उसलाई तिमी किन नपक्रने?
29:28b.JER.029.028 यर्मियाले यसो भन्दै यो समाचार हामीलाई बाबेलमा पठाएका थिए, “तिमीहरू बाबेलमा धेरै समय सम्म बस्नेछौ। यसकारण घरहरू बनाऊ र त्यही बस्। जमीन कमाऊ र त्यसका उब्जनी खाऊ।
29:29b.JER.029.029 पूजाहारी सपन्याह पूजाहारीले यर्मियालाई पत्र पढेर सुनाए।
29:30b.JER.029.030 तब परमेश्वरबाट यर्मिया कहाँ वचन आई पुग्यो
29:31b.JER.029.031 “यर्मिया, यो सन्देश बाबेलमा रहेका कैदीहरूलाई पठाऊ ‘यसकारण नहेलाम परिवारका शमायाहको बारे परमप्रभु यसो भन्नुहुन्छ, शमायाहले तिमीलाई अगमवाणी दिएको छ तर मैले उसलाई पठाएको होइन। शमायाहले तिमीहरूलाई झूटा कुराहरूमा भरोसा गरायो।
29:32b.JER.029.032 यसकारण परमप्रभु भन्नुहुन्छ “म उसको परिवार र उसलाई सजाय दिनेछु। म पूर्णरूपले उसको परिवारलाई नष्ट पारि दिनेछु। अनि उसले असल कुराहरूमा जुन म मेरो मानिसहरूका निम्ति गर्नेछु देख्नु पाउने छैन।” यो परमप्रभुको सन्देश हो “‘म शमायाहलाई दण्ड दिनेछु किनभने उसले मानिसहरूलाई परमप्रभुको विरूद्ध भडकाएको छ।”‘ आशाका वचनहरू
30
30:1b.JER.030.001 परमेश्वरबाट यो वचन यर्मियाकहाँ आएको हो।
30:2b.JER.030.002 परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभयो “यर्मिया, मैले भनेका सबै कुराहरू एउटा पुस्तकमा लेख।
30:3b.JER.030.003 यसो गर किनभने समय आउनेछ जब म यहूदा र इस्राएलका मेरा मानिसहरूलाई कैदबाट छुटाउनेछु अनि तिनीहरूलाई त्यस देशमा ल्याउनेछु जुन मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको थिएँ। तब मेरो मानिसहरू यो देशमा मालिक बनिनेछन्।”
30:4b.JER.030.004 परमेश्वरले यो सन्देश इस्राएल अनि यहूदाका मानिसहरूका बारेमा भन्नु भएको हो।
30:5b.JER.030.005 उहाँले भन्नुभयो “मानिसहरू डरले रोएका हामीले सुनिरहेका छौ। मानिसहरू तर्सेका छन्। त्यहाँ शान्ति छैन।
30:6b.JER.030.006 यो प्रश्न सोध, र यसलाई हेर के एकजना पुरूषले नानी जन्माउनु सक्छ? निश्चय सक्तैन। तब म किन प्रत्येक म बसिरहेको लोग्ने मानिसलाई भूँडीमाथि हात राखी निहुरिएर प्रसव पीडामा परेकी स्त्रीलाई झैं देख्छु। किन हरेक मानिसको अनुहार पहेलो भएको छ?
30:7b.JER.030.007 हाय! त्यो आउने समय कति डरलाग्दो हुनेछ! कुनै समय पनि त्यस्तो डरलाग्दो हुने छैन। याकूबको निम्ति यो अनि दुखको दिन हुनेछ, तर याकूबलाई बचाइनेछ।
30:8b.JER.030.008 “त्यस बेला,” सेनाहरूका परमप्रभुबाट आएको यो सन्देश हो “म तिमीहरूको काँधबाट जुवाहरू निकालिदिन्छु अनि भाँचिदिनेछु। तिमीहरूलाई बाँधेको बन्धन फुकाइदिनेछु। विदेशीहरूले अब कहिल्यै तिनीहरूलाई दास बनाउनेछैन।
30:9b.JER.030.009 तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई अनि तिनीहरूका राजा दाऊदलाई सेवा गर्नेछन्। म त्यो तिनीहरूको राजा पठाइदिनेछु।
30:10b.JER.030.010 “यसकारण हे याकूब मेरो दास! नडराऊ।” यो परमप्रभुबाट आएको सन्देश हो। “हे इस्राएल! नडराऊ! म तिमीलाई ती सुदूरका देशहरूबाट जोगाएर ल्याउँछु अनि तिमीहरूका सन्तानहरूलाई कैदी बनाउने देशहरूबाट जोगाउनेछु। याकूब फर्कनेछ अनि फेरि शान्ति पाउनेछ र मेरा मानिसहरूलाई भय देखाउनु शत्रु रहेनछैन।
30:11b.JER.030.011 हे इस्राएल र यहूदका मानिसहरू, म तिमीहरूसँग छु।” यो परमेश्वरबाट आएको सन्देश हो। “म तिमीहरूको रक्षा गर्नेछु। मैले तिमीहरूलाई जुन देशहरूमा तितर-बितर पारें ती सब नष्ट पार्नेछु तर तिमीहरूलाई नष्ट पार्दिन। यद्यपि तिमीहरूले तिमीहरूको अनिष्ट कर्मको लागि सजाय भोग्ने पर्नेछ तर म तिमीहरूलाई ठीकसित अनुशासित पार्ने छु।”
30:12b.JER.030.012 परमेश्वर भन्नुहुन्छ “तिमीहरूको घाउ गहिरो र जाति हुनलाई निकै चर्को पर्छ।
30:13b.JER.030.013 तिमीहरूका निम्ति बोलिदिने कोही छैन। तिमीहरूको घाउ निको पार्न कुनै औषधी पाँउदैनौ।
30:14b.JER.030.014 तिमीहरूका प्रेमीहरूले तिमीहरूलाई भूलेका छन् अनि अहिले तिमीहरूको चिन्ता गर्दैनन्। म तिमीहरूलाई शत्रु सरह घात पुर्याउनेछु। तिमीहरूका धेरै दुष्टकर्महरू र अनगन्ती पापहरूको कारणले म तिमीहरूलाई कडा दण्ड दिनेछु।
30:15b.JER.030.015 इस्राएल र यहूदा तिमीहरूका कष्टदायक घाउका निम्ति किन रोइरहेका छौ? त्यसको कुनै उपचार नै छैन। मैले तिमीहरूको धेरै दुष्ट कार्यहरू र अनगन्ती पापहरूको कारणले तिमीहरूलाई यस्तो पारेको छु।
30:16b.JER.030.016 यसकारण ती सबै ज-जसले तिमीहरूलाई नष्ट पार्छन तिनीहरूलाई पनि नष्ट परिनेछ। तिम्रा शत्रुहरू सबैलाई कैद गराइन्छ। ती जाति-जातिहरू ज-जसले तिमीहरूलाई नष्ट बनाएका छन। तिनीहरू आफै नष्ट हुनेछन। ती सबै ज-जसले तिमीहरूलाई लुटेका छन् अरूले तिनीहरूलाई लुटनेछन्।
30:17b.JER.030.017 अनि म तिमीहरूका स्वास्थ्य निको पारिदिनेछु। अनि म तिमीहरूका घाउ निको पार्ने छु।” यो परमप्रभुको सन्देश हो, “किनभने अन्य मानिसहरूले तिमीहरूलाई कसैले पनि सियोनको वास्ता गर्दैन भन्दै बहिष्कार गरिएको भनेका छन्।”
30:18b.JER.030.018 परमप्रभु भन्नुहुन्छ “हेर, याकूबका मानिसहरूको भाग्य पुर्नहाल गर्न म जाँदैछु। डेराहरूप्रति दयाममा दया नगर मेरो याकूबको पालहरूमाथि दया रहने छ। ध्वंश भएको ठाउँमा शहर फेरि बनिनेछ अनि राजाको महल ठीक ठाउँमा नै बनिनेछ।
30:19b.JER.030.019 तिनीहरूबाट धन्यवादको स्तुतिगान र आनन्दको स्वर गुञ्जिनेछ। म तिमीहरूलाई धेरै छोरा-छोरीहरूका निम्ति आशीर्वाद दिनेछु। तिमीहरू कम्ती हुनेछैनन्। म तिनीहरूमा गौरव ल्याउनेछु र तिनीहरूलाई कैसेले तिरस्कार गर्नु पाउने छैनन्।
30:20b.JER.030.020 तिनीहरूका बाल-बच्चाहरूले उहिलेका जस्तो समय पाउनेछन्। तिनीहरूको समुदाय मेरो अघि स्थापित हुनेछ। जसले तिनीहरूमाथि अत्याचार गर्छ म तिमीहरूलाई दण्ड भोगाउनेछु।
30:21b.JER.030.021 तिनीहरू मध्येकै एक मानिस तिनीहरूका शासक हुनेछ। त्यो मानिस उसका मानिसहरूबाट हुनेछ। म उसलाई मेरो नजिक ल्याउनेछु र उ मेरो नजिक आउनेछ। यदि मैले उसलाई नबोलाए कसले मेरो अघि आउने सहास गर्छ, परमप्रभु भन्नुहुन्छ।
30:22b.JER.030.022 तिमीहरू मेरो प्रजा हुनेछौ। अनि म तिमीहरूका परमेश्वर हुनेछु।”
30:23b.JER.030.023 “हेर! परमप्रभुको आँधी! उहाँको क्रोध बाहिर जान्छ! यो र्गजिरहेको आँधी हो! त्यो दुष्ट मानिसको शिरमा बज्रिनेछ।
30:24b.JER.030.024 परमप्रभुको क्रोध तबसम्म शेष हुदैन जबसम्म उहाँले गर्नु भएको योजना सम्पन्न गर्नु हुन्न। पछिका दिनहरूमा तिमीहरूले यो सब बुझ्नेछौ।”
31
31:1b.JER.031.001 परमेश्वरले यी कुराहरू भन्नुभयो, “त्यस बेला म इस्राएलका घरनामा परमप्रभु हुनेछु। अनि तिनीहरू मेरो प्रजा हुनेछन्।”
31:2b.JER.031.002 परमप्रभु भन्नुहुन्छ “मानिसहरू जो शत्रुको तरवारबाट जोगिएका छन् तिनीहरूले मरूभूमिमा पनि विश्राम पाउँनेछन् अनि इस्राएल त्यहाँ शान्तिको खोजीमा जानेछ।”
31:3b.JER.031.003 टाढाबाट परमप्रभु आफ्ना मानिसहरू अघि देखा पर्नु हुन्छ। परमप्रभु भन्नुहुन्छ, “मैले तिमीहरूलाई त्यस्तो प्रेमले प्रेम गरें जुन सर्वदा रहीरहन्छ। यसर्थ मैले तिमीहरूलाई मेरो विश्वासयोग्यता कायम राखेको छु।
31:4b.JER.031.004 हे कुमारी इस्राएल! म तिमीलाई पुर्ननिर्माण गर्नेछु। तिमी पुन एक राजधानी हुनेछौ। तिमीहरूले फेरि आफ्नो खैजडी उठाउने छौ अनि तिमीहरू अन्य मानिसहरूसँग नाच्नेछौ।”
31:5b.JER.031.005 तिमीहरूले दाखरसको खेती फेरि सामरियाको पहाड वरिपरि लाउनेछौ। जसले खेती लाउनेछन् तिनीहरूले दाखको फल खानेछन्।
31:6b.JER.031.006 त्यहाँ त्यस्तो समय हुने छ जब चौकीदारले यो सन्देश जोडले भन्ने छ ‘आऊ, सियोन माथितिर जाँऊ परमप्रभु हाम्रो परमेश्वरलाई पूज्नको लागि।’ एप्रैमको पहाडी देश सम्मका चौकीदाहरूले त्यो सन्देश जोडले भन्नेछन्।”
31:7b.JER.031.007 परमप्रभु भन्नुहुन्छ “आनन्दित हौ अनि याकूबका निम्ति गाऊ। इस्राएलको राज्यहरूमा महानताका निम्ति हल्ला गर। प्रशंसाको गीत गाऊ अनि यसो भन्दै चिच्याऊ ‘हे परमप्रभु! तपाईंका मानिसहरू जो इस्राएलबाट जीवित छोडिएका छन् तिनीहरूलाई सुरक्षा गर्नु होस्।’
31:8b.JER.031.008 हेर, म तिनीहरूलाई उत्तरबाट र टाढो-टोढो देशहरूबाट ल्याउनेछु अनि भेला पार्नेछु। तिनीहरू मध्ये कतिपय मानिसहरू अन्धा र लङ्गडाहरू छन्। कतिपय स्त्रीहरू गर्भवती छन् अनि तिनीहरू मध्ये कति जना प्रसव पीडामा छन्। तर धेरै धेरै मानिसहरू फर्की आउनेछन्।
31:9b.JER.031.009 तिनीहरू रूँदै आउनेछन्। तर म तिनीहरूलाई सान्त्वना दिनेछु र पानीको झरनातिर डोर्याई लानेछु। म तिनीहरूलाई सोझो बाटो डोर्याउनेछु ताकि तिनीहरू लड्ने छैनन्। म तिनीहरूलाई यस्तो पथ डोर्याउने छु किनभने इस्राएलको निम्ति म पिता हुँ, अनि एप्रैम मेरो जेठो छोरो हो।
31:10b.JER.031.010 हे जातिहरू हो, परमप्रभुबाट आएको वचनलाई ध्यान लगाएर सुन यो सन्देश समुद्र उता सुदूर भूमिहरूमा फिजाऊ, ‘परमप्रभुले इस्राएलका मानिसहरूलाई जताततै तितर-बितर पार्नु भएकोछ तर उहाँले उनीहरूलाई फेरि भेला गरेर ल्याउनु हुनेछ र भेडा गोठालाले आफ्नो भेडा बथानहरू सुरक्षा गरे झैं सुरक्षी गर्नुहुनेछ।’
31:11b.JER.031.011 परमप्रभुले याकूबलाई मोल तिरेर उकास्नु हुन्छ र याकूब भन्दा बलियाहरूबाट उद्धार पार्नु हुन्छ।
31:12b.JER.031.012 इस्राएलका मानिसहरू सियोनको टाकुरामा आउने छन् र खुशीले चिच्याउने छन्। तिनीहरूका अनुहारहरू परमप्रभुको उदारताले चम्किनेछ। असल कुराहरूका बारे जुन परमेश्वरले तिनीहरूलाई दिनुहुन्छ। परमेश्वरले तिनीहरूलाई अन्न, नयाँ दाखरस, भद्राक्षेको तेल, थुमाहरू र गाई-गोरूहरू दिनु हुनेछ। तिनीहरूको हृदय पानीले भिजेको बारी जस्तो हुनेछ। इस्राएलका मानिसहरूलाई सकष्टहरूले अब पिरोलिने छैनन्।
31:13b.JER.031.013 तब इस्राएलका तरूणीहरू आनन्दले मग्न हुँदै नाच्नेछन्। अनि जवान र बूढा मानिसहरू त्यो नाचगानमा सम्मिलित हुने छन्। म तिनीहरूका उदासीपनलाई र्हष र अनन्दामा परिवर्त्तन गरिदिन्छु। म इस्राएलका मानिसहरूलाई शोकको सट्टामा आनन्द र सान्त्वना दिनेछु।
31:14b.JER.031.014 म पूजाहारीहरूलाई असल असल कुराहरूले परिपूर्ण पार्नेछु। मेरा मानिसहरू मैले दिएका उपहारहरूले सन्तुष्ट हुनेछन्।” परमप्रभु भन्नुहुन्छ।
31:15b.JER.031.015 परमप्रभु भन्नुहुन्छ “रामामा एउटा चर्को रूवाई शोकको आवाज सुनियो। राहेल आफ्ना नानीहरूका लागि रूनेछिन राहेललाई सान्त्वना दिनु सकिदैन किनभने उनका नानीहरू मरेका छन्।”
31:16b.JER.031.016 तर परमप्रभु भन्नुहुन्छ “रून बन्द गर र आफ्ना आँखाहरू आँसुले नभर। किनभने तिम्रो काम फलवन्त हुनेछ। तिनीहरू आफ्ना शत्रुको देशबाट फर्किनेछन्।
31:17b.JER.031.017 तिमीहरूको आशा छ।” यो परमप्रभुबाट आएको सन्देश हो। “तिमीहरूका नानीहरू आफ्नै देशमा फर्कनेछन्।
31:18b.JER.031.018 मैले एप्रैमले यसो भन्दै रोएको सुनेकोछु। ‘हे परमप्रभु तपाईंले साँच्चि नै मलाई दण्ड दिनुभयो अनि मेरो शिक्षा पाएँ। म बाछा जस्तै थिए जसलाई सिकाउनु सकिदैन। मलाई फर्काई ल्याउनु होस् अनि म तपाईंकहाँ फर्की आउनेछु। तपाईं मेरो लागि साँच्चि कै परमप्रभु परमेश्वर हुनुहुन्छ।
31:19b.JER.031.019 परमप्रभु, “म तपाईं देखि भडकिएर टाढा भएँ। तर आफूले गरेका अनिष्ट कुराहरूबाट मैले शिक्षा पाएँ। यसकारण मैले मेरो हृदय र जीवन बद्लिएँ आफू युवावस्थामा हुँदा आज्ञानतावश गरेको कामहरूले गर्दा म लज्जित र व्याकुल भएँ।”‘
31:20b.JER.031.020 परमप्रभु भन्नुहुन्छ, “तिमीहरू जान्दछौ कि एप्रैम मेरो प्यारो छोरो हो, म त्यो बालकलाई विशेष प्रेम गर्छु हो, मैले प्राय एप्रैमलाई निन्दा गरें, तर म अझ उसैको बारेमा सोच्दछु म उसलाई साँच्चै माया गर्छु। अनि म साँच्चि नै उसलाई सान्त्वना दिन चाहनन्छु।”
31:21b.JER.031.021 “बाटो देखाउने चिन्हहरू र दिशा निर्देशकहरू ठीक गर। घरतिर डोर्याउने बाटोमा चिन्ह लगाऊ। बाटो नियाल। आफूले छाडेका बाटे याद गर। हे कन्ये इस्राएल, घर फर्क। आफ्ना शहरहरू तिर फर्केर आऊ।
31:22b.JER.031.022 हे अविश्वासी छोरी, कहिलेसम्म तिमी मबाट यता उता गरिरहन्छौ?” “परमेश्वरले पृथ्वीमा एउटा नयाँ कुरो सृजना गर्नुहुन्छ एक स्त्रीले लोग्ने मानिसलाई सुरक्षा दिनेछ।”
31:23b.JER.031.023 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ “म ती मानिसहरूलाई फर्काई ल्याउनेछु जसलाई कैदी बनाएर टाढा लगिएका थिए। त्यस बेला, यहूदाको देशमा भएका मानिसहरू अनि यसका शहरहरूले पुन एकपल्ट यी शब्दहरू प्रयोग गर्नेछन्। ‘हे धार्मिकताको वासस्थान, हे पवित्र पर्वत, परमेश्वरको आशिष तिमीहरूमा रहोस्।’
31:24b.JER.031.024 मानिसहरू यहूदामा र यसका शहरहरूमा एक साथ बस्नेछन्, खेतीवाल अनि जो आफ्नो भेडाका बथानहरूसित वरिपरि घुमिहिडछन्।
31:25b.JER.031.025 थाकेकाहरूलाई म आराम र कमजोरहरूलाई बल दिनेछु।”
31:26b.JER.031.026 यो सुन पछि म, उठेर चारैतिर हेरे। त्यो निद्रा आनन्दमय थियो।
31:27b.JER.031.027 “हो दिनहरू आईरहेछ,” यो परमेश्वरको सन्देश “जब म इस्राएल र यहूदाका परिवारलाई उन्नति साथ भनेर मद्दत गर्नेछु। म तिनीहरूका नानीहरू र पशु प्राणीहरू बढाउनेछु।
31:28b.JER.031.028 बितेका दिनमा, मैले तिमीहरूलाई उखाल्न, तल झार्न च्यात-च्युत पार्न ध्वंस पार्न र नोक्सान गर्न नियाले। तर अहिले तिनीहरूलाई निमार्ण गर्न र तिनीहरूको र जग बासाउन म तिनीहरूलाई नियाली रहेछु।” यो परमप्रभुबाट आएको सन्देश हो।
31:29b.JER.031.029 “ती दिनहरूमा, ती दिनहरूमा मानिसहरूले भन्ने छैनन पिता-पुर्खाहरूले अमीलो अङ्गुर खाए अनि नानीहरूले अमीलो स्वाद पाए।
31:30b.JER.031.030 तर हरेक मानिस आफ्नो दुष्टताको कारणले मर्नेछ। त्यो मानिस जसले अमीलो अङ्गुरहरू खाँदछ र अमीलै स्वाद पाउँदछ।”
31:31b.JER.031.031 परमप्रभुले ती कुराहरू भन्नुभयो, “त्यो समय आईरहेछ जब म यहूदा र इस्राएलका परिवारहरूसँग गरेर नयाँ करार स्थापित गर्नेछु।
31:32b.JER.031.032 यो उनीहरूका पिता-पुर्खाहरूसँग मैले गरेको करार जस्तो हुनेछैन। मैले त्यसबेला त्यो करार गरेको थिएँ जब मैले तिनीहरूलाई तिनीहरूको हात समातेर मिश्रबाट निकाली ल्याएको थिएँ। म तिनीहरूका मालिक थिएँ तापनि तिनीहरूले मेरो करार भंग गरेका थिए।” यो सन्देश परमप्रभुको थियो।
31:33b.JER.031.033 “म भविष्यमा यही करार इस्राएलका मानिसहरूसित गर्नेछु। म मेरो शिक्षाहरू तिनीहरूका विवेकमा राख्नेछु अनि तिनीहरूका हृदयमा लेख्नेछु। म तिनीहरूका परमप्रभु हुनेछ अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्।
31:34b.JER.031.034 तिनीहरूका शाखा-सन्तानहरू र छिमेकीहरूलाई परमेश्वरको बारेमा सिकाउनु पर्दैन् किनभने मानिस ठूलो होस् अथवा सानो, प्रत्येकले मलाई चिन्छ।” यो परमप्रभुबाट आएको सन्देश हो। “म तिनीहरूको कुकर्महरू क्षमा गरिदिनेछु, म तिनीहरूका पापहरूलाई याद गर्ने छैन।”
31:35b.JER.031.035 परमप्रभु भन्नुहुन्छ “उहाँ एकजना जसले दिनमा सूर्य। अनि रातमा चन्द्र र ताराहरू उदाउने गराउनु हुन्छ। उहाँले समुद्रलाई उत्तेजित र छालहरूलाई गर्जने पार्नु हुन्छ। सेनाहरूका परमप्रभु उहाँको नाउँ हो।”
31:36b.JER.031.036 परमप्रभुले यी कुराहरू भन्नुहुन्छ “यदि मैले मेरो आफ्नो नियन्त्रण सूर्य, चन्द्र, तारा र समुद्रमाथि हटाएँ भने मात्र इस्राएलका भावी सन्तानहरू एक जातिमा परिणत हुन रोकनेछन्।”
31:37b.JER.031.037 परमप्रभु भन्नुहुन्छ “म इस्राएलका भावी सन्ताहनरूलाई कहिल्यै अस्वीकार गर्नेछैन। त्यो त्यसबेला मात्र घटन सक्ला यदि मानिसहरूले माथि आकाश नाप्न सक्यो अनि पृथ्वी मुनीका सारा रहस्यहरू जान्न सक्यो भने। त्यसबेला मात्र म इस्राएलका सन्तानहरूलाई तिनीहरूले गरेको कुकर्महरूका निम्ति अस्वीकार गर्नेछु।” यो सन्देश परमेश्वरबाट आएको थियो।
31:38b.JER.031.038 यो सन्देश परमप्रभुबाट आएको हो, “ती दिनहरू आईरहेछन् जब यरूशलेमको शहर परमप्रभुको लागि पुनःर्निर्माण गरिनेछ। हनानेलको धरहरादेखि कुनाको प्रवेशद्वारसम्म नै सम्पूर्ण शहर पुनःर्निर्माण गरिनेछ।
31:39b.JER.031.039 जोखिने रेखा कुना त्यहाँदेखि सोझै गारेब डाँडासम्म जानेछ अनि त्यहाँबाट घुमेर गोआ नाउँका ठाउँसम्म जानेछ।
31:40b.JER.031.040 समस्त बेंसी जहाँ लाशहरू र खरानी फ्याँकिन्छन् परमप्रभुको लागि पवित्र हुनेछ। पूर्वका सबै मैदानहरू-किद्रोन खोल्चाबाट घोडे ढोकाको कुनासम्म नै परमप्रभुका निम्ति पवित्र हुनेछ। त्यो भूमि फेरि कहिल्यै उखालिने र भत्काइने छैन।”
32
32:1b.JER.032.001 यहूदामा सिदकियाहको शासनकालको दशौं वर्षमा यो सन्देश परमप्रभुबाट यर्मियाहकहाँ आयो। सिदकियाहको दशौं वर्ष नबूकदनेस्सरको राज्यकालको अठारौं वर्ष थियो।
32:2b.JER.032.002 त्यस बेला, बाबेलका राजाका सैन्याले यरूशलेमको शहर वरिपरि घेरा हालेर राखेका थिए अनि यर्मियालाई प्रहरीको चोकमा कैद गरिएको थियो जुन चोक यहूदाका राजाको महल थियो।
32:3b.JER.032.003 यहूदाका राजा सिदकियाहले यर्मियालाई त्यस ठाउँमा यसो भन्दै थुनेका थिए “परमप्रभुले यो शहर बाबेलका राजालाई दिनुहुनेछ अनि उसले यसलाई नियन्त्रणमा राख्छ भनी तिमीले किन अगमवाणी गरेको?”
32:4b.JER.032.004 यहूदाका राजा सिदकियाह बाबेलका सैन्यदेखि बाँच्ने छैन। तर निसन्देह उसलाई बाबेलका राजाकहाँ सुम्पिइनेछ। अनि सिदकियाह बाबेलका राजा सँग आमने-सामने बोल्ने छ। सिदकियाहले उसलाई आफ्नै आँखाले देख्नेछ।
32:5b.JER.032.005 बाबेलका राजाले सिदकियाहलाई बाबेलमा लैजानेछ। जहाँ मैले कार्वाही नगरूञ्जेल सम्म उ रहेनछ। यहूदाका सैन्यले बाबेलका सैन्यसित लडाइँ गर्नेछन् तर तिनीहरू सफल हुँदैनन्।”‘ यो परमप्रभुबाट आएको सन्देश हो।
32:6b.JER.032.006 कैदमा भएको बेला यर्मियाले भन्यो, “यो सन्देश परमप्रभुबाट मकहाँ आयो।
32:7b.JER.032.007 यर्मिया, तिम्रो काका शल्लूमको छोरो हनमेल तिमीकहाँ आउँदैछ। हनमेलले तिमीलाई एउटा प्रस्ताव दिनेछ कि ‘तिमीले अनातोत शहरको छेउमा भएको क्षेत्र किन्नु पर्नेछ कारण हनमेल उसको एकदम निकट सन्तान हो। अनि हनमेलको त्यो ठाँउ किन्ने जिम्मावारी र अधिकार तिम्रो हो।’
32:8b.JER.032.008 “तब परमप्रभुले भन्नु भए अनुसार नै घटना हुन गयो। मेरो काकाको छोरो हनमेल मकहाँ प्रहरीको चोकमा आयो। हनमेलले मलाई भन्यो, ‘यर्मिया, बिन्यामीन क्षेत्रभित्र अनातोत शहरको छेउमा भएको मेरो जमीन किन्नुहोस्। त्यो जमीन तपाईंकै लागि किन्नुहोस् यो किन्ने यसलाई विमुक्त पार्ने अधिकार तपाईंको हो। यो तपाईंकै लागि किन्नु होस्।’ यसर्थ मैले जाने कि यो सन्देश परमप्रभुबाट थियो।
32:9b.JER.032.009 “मैले मेरो काकाको छोरो हनमेलबाट अनातोतमा जमीन किनें। मैले उसको लागि सत्र शेकेल चाँदी ओजन गरें।
32:10b.JER.032.010 मैले जमीनको तमसुकमा सही गरें। अनि मोहर लगाए तमसुक मसित रह्यो। मैले कतिपय मानिसहरू त्यो जमीन किन्दा साक्षी बस्नेहरू पनि पाएँ। मैले चाँदीहरू मापदण्ड अनुसार ओजन गरें।
32:11b.JER.032.011 तब तमसुक लिएँ दुवै व्यवहार र शर्त्तहरू सहित मोहर लगाएको अनि मोहर नलगाइएको तमसुकको मैले लिए प्रतिलिपि।
32:12b.JER.032.012 अनि मैले तिनीहरू बारूकलाई दिएँ। बारूक नेरियाहको छोरो हो। मोहर लगाइएको तमसुकमा मैले जमीन किन्दा गरिएको सबै शर्त्तहरू समावेश थियो। जब मेरो काकाको छोरा हनमेल र अन्य मानिसहरू त्यहाँ थिए मैले बारूकलाई त्यो तमसुक दिएँ। ती साक्षीहरूले पनि तमसुकमा सही गरे। त्यहाँ चोकमा यहूदाका धेरै मानिसहरू थिए अनि तिनीहरूले मैले बारूकलाई तमसुक दिएको देखे।
32:13b.JER.032.013 “मैले ती सबै मानिसहरूकै समक्ष बारूकलाई भने
32:14b.JER.032.014 ‘सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ तमसुकको दुवै प्रतिलिपिहरू मोहर लगाइएको अनि मोहर नलगाइएको तिनीहरूलाई माटोको भाँडामा राख यसो गर ताकि यो जमीनका तमसुकहरू लामो समय सम्म सुरक्षित हुनेछ।
32:15b.JER.032.015 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ “भविष्यमा मेरो मानिसहरूले फेरि एकपल्ट घरहरू खेत दाखका खेतहरू र यस बारीहरू किन्नेछन्।”‘
32:16b.JER.032.016 “नेरियाहको छोरो बारूकलाई त्यो जमीनको तमसुक दिइसके पछि मैले परमप्रभुसंग प्रार्थना गरें।
32:17b.JER.032.017 “हे परमप्रभु परमेश्वर, तपाईंले तपाईंको महान-शक्तिद्वारा अनि तपाईंको विस्तृत स्वर्ग र पृथ्वी बनाउनु भयो अनि तपाईंको लागि केही असम्भव छैन्।
32:18b.JER.032.018 हे परमप्रभु, तपाईं हजारौं मानिसहरूका लागि कृपालु हुनुहुन्छ तर तपाईंले पिता-पुर्खाहरूको पापको भागी नानीहरूलाई दण्ड दिनुभयो। हे महान एवं शक्तिशाली परमेश्वर, तपाईंको नाउँ सेनाहरूका परमप्रभु हो।
32:19b.JER.032.019 तपाईंको विचार महान छ अनि महान कर्महरू गर्नुहुन्छ। हे परमप्रभु! तपाईंले मानिसहरूले जे गर्छन् हेर्नु हुन्छ अनि तिनीहरूको कर्म अनुसार फल दिनुहुन्छ।
32:20b.JER.032.020 हे परमप्रभु! तपाईंले शक्तिशाली र मिश्र भूमिमा गर्नुभयो अहिले सम्म इस्राएलमा र अन्य मानिसहरूको बीचमा आश्चर्यचकित कर्महरू गरिरहनु भएको छ। तपाईं आफैले आज प्रसिद्ध पार्नु भएकोछ।
32:21b.JER.032.021 तपाईंले आफ्नो आलौकिक शक्ति प्रयोग गरी मिश्रबाट इस्राएलका मानिसहरू ल्याउनु भयो। तपाईंले यी कुराहरू तपाईंका शक्तिशाली हात विस्तृत पाखुरा अनि कार्यहरूद्वारा यस्तो गर्नुभयो।
32:22b.JER.032.022 “परमप्रभु, तपाईंले यो देश इस्राएलका मानिसहरूलाई दिनुभयो। यो त्यही देश हो जुन तपाईंले धेरै अघि तिनीहरूका पिता-पुर्खाहरूलाई सुम्पिने वचन दिनु भएको थियो। यो अति असल देश हो। यो धेरै कुराहरू भएको राम्रो देश हो।
32:23b.JER.032.023 इस्राएलका मानिसहरू यस देशमा आए अनि त्यसलाई बनाए। तर तिनीहरूले तपाईंको आज्ञा पालन गरेनन अथवा तिनीहरूले तपाईंको शिक्षा अनुसरण गरेनन् अथवा तपाईंको आज्ञा पालन तिनीहरूले गरेनन्। यसकारण तपाईंले इस्राएलका मानिसहरूमाथि यी सारा संकटहरू ल्याउनु भयो।
32:24b.JER.032.024 “अनि अहिले, बाबेलवासीहरूले त्यो शहर कब्जा गर्न घेरेर राखेकाछन्। तिनीहरूले आफ्ना तरवारहरूद्वारा अनिकाल फैलाएर अनि भयानक रोगहरू फैलाएर यरूशलेममाथि विजय प्राप्त गर्नेछन्। त्यो शहर अहिले बाबेल सेनाहरूको आक्रमणमा छ। हे परमप्रभु! तपाईंले यस्तो होस् भन्नु भएकोले यस्तो भएकोछ।
32:25b.JER.032.025 “हे परमप्रभु मेरो मालिक यो शहर कल्दीहरूको भए ता पनि यी सबै घटनाहरू घटिसके। तर अहिले मलाई भनिरहनु भएको छ। तर मलाई तपाईं भनी रहनु भएको छ, ‘यर्मिया, जमीन चाँदीले किन् अनि कतिपय मानिसहरूलाई साक्षी चुन।’ तपाईंले यो मलाई यस्तो भन्नुहुन्छ। बाबेलका सेनाले त्यो शहर अधीन पार्न तैयार भैरहेको बेला।”
32:26b.JER.032.026 त्यसपछि परमप्रभुको वचन यर्मियाकहाँ आई पुग्यो
32:27b.JER.032.027 “यर्मिया, म परमप्रभु हुँ। म सबै जीवधारीका परमेश्वर हुँ। के मेरो निम्ति कुनै कुरा असम्भव छैन।”
32:28b.JER.032.028 परमप्रभुले तब भन्नुभयो, “म यरूशलेम शहर बाबेलका सेना र बाबेलका राजा नबूकदनेस्सरलाई सुम्पिरहेको छु। ती सेनाले शहर आफ्नो अधीनमा लिनेछन्।
32:29b.JER.032.029 बाबेल सेनाले यरूशलेम शहरमाथि आक्रमण गरिरहेकाछन् तिनीहरू भित्र पस्नेछन् र आगो लाउनेछन्। तिनीहरूले जलाएर नै यो शहर भत्काउनेछन्। शहरमा यस्ता मानिसहरू छन् जो झूटा देवता बाललाई छानामाथि बाल्छन् अनि अर्घ बलिहरू अर्पण गर्छन् अनि मलाई रीस उठाउँछन्। बाबेल सेनाले यी घरहरू जलाएर खरानी पार्नेछन्।
32:30b.JER.032.030 मैले इस्राएलका र यहूदाका मानिसहरूलाई नियालेकोछु। प्रत्येक कुरा जे तिनीहरूले गरेकाछन् त्यो पाप हो। तिनीहरूले बालक अवस्थामा हुँदैदेखि पाप कामहरू गरेकाछन्। इस्राएलका मानिसहरूले मलाई अति रीस उठाएका छन्। तिनीहरूले मलाई रीस उठाए किनभने तिनीहरूले आफ्नै हात द्वारा बनाएको मूर्तिहरू पूज्ने गर्छन्।” यो परमप्रभुबाट आएको सन्देश हो।
32:31b.JER.032.031 “यरूशलेम शहर बनिएको समयदेखि अहिलेसम्म यस शहरका मानिसहरूले मलाई क्रोधित बनाए। यो शहरले मलाई क्रोधित पार्यो यसर्थ मेरो दृश्यबाट यसलाई हटाउनै पर्छ।
32:32b.JER.032.032 म यरूशलेमलाई ध्वंस गरिदिनेछु किनभने इस्राएल र यहूदाका मानिसहरूले पापमय कर्महरू गरेका छन्। यरूशलेम र यहूदाका मानिसहरूले तिनीहरूका राजाहरूले, शासकहरूले, तिनीहरूका पूजाहारीहरूले र अगमवक्ताहरूले लगाएत सम्पूर्ण मानिसहरूले मलाई क्रोधित पारेकाछन्।
32:33b.JER.032.033 “ती मानिसहरूले मलाई पिठ्यूँ देखाए। मैले तिनीहरूलाई घरि घरि शिक्षा दिन कोशिश गरें तर तिनीहरूले चाहेनन् मैले तिनीहरूलाई सुधार्ने प्रयास गरें, मेरो कुरामा ध्यानै दिएनन् तिनीहरूले मेरो अनुशासन ग्रहण गरेनन्।
32:34b.JER.032.034 ती मानिसहरूले दिक्क लाग्दा मूर्तिहरू मेरो मन्दिरमा सजाए अनि त्यसलाई दूषित पारे।
32:35b.JER.032.035 “बेन-हिन्नोमको बेंसीमा ती मानिसहरूले मोलेकलाई आफ्ना छोरा-छोरीहरू बलि चढाएर झूटा देवता बाललाई पूज्न उच्च स्थानको निर्माण गरे। मैले तिनीहरूलाई कहिले पनि त्यस्तो भयानक कार्यहरू गर भनेर आज्ञा गरिनँ यहूदाका मानिसहरूले यस्तो पापपूर्ण कामहरू गर्छन् भनेर कहिल्यै पनि मेरो मनमा लागेको थिएन।
32:36b.JER.032.036 “तिमीहरू भनिरहेका छौ, ‘बाबेलका राजाले तरवारले अनिकाल र रूढीले यरूशलेम आफ्नो अधीनमा पार्ने छ।’ तर परमप्रभु इस्राएलका परमेश्वर यो शहरको विषयमा भन्नुहुन्छ
32:37b.JER.032.037 ‘म तिनीहरूलाई तिनीहरूको भूमिमा फर्काई ल्याउनेछु। म ती मानिसहरूसँग रीसाएको समयमा तिनीहरूलाई तितर-बितर पारेको ठाउँहरूबाट भेला पार्नेछु। तर म तिनीहरूलाई यो ठाउँमा फर्काई ल्याउनेछु। म ती मानिसहरूलाई त्यस्तै पार्नेछु। म तिनीहरूको जीवनलाई शान्त र सुरक्षित बनाउनेछु।
32:38b.JER.032.038 तिनीहरू मेरो मानिसहरू हुनेछन् अनि म तिनीहरूका परमप्रभु हुनेछु।
32:39b.JER.032.039 म तिनीहरूलाई संयुक्त हृदय र पथ दिनेछु ताकि तिनीहरू र आफ्ना आफ्ना बाल-बच्चाको भलाईको निम्ति मलाई सधैं सम्मान गर्नेछन्।
32:40b.JER.032.040 “‘म तिनीहरूसित एक स्थायी करार गर्नेछु। यो करार बमोजिम म तिनीहरूको सधैं भलाई गर्नेछु। तिनीहरूले मलाई आदर गर्ने बनाउनेछु। यसकारण तिनीहरूले मलाई कहिल्यै त्याग्ने छैनन्।
32:41b.JER.032.041 तिनीहरूलाई भलाई गर्नुमा म खुशी रहेनछु। म निश्चय तिनीहरूलाई यस देशमा रोप्ने छु र हुर्काउने छु। म आफ्नो जम्मै हृदय र मनले त्यसो गर्ने छु।”‘
32:42b.JER.032.042 यसकारण परमप्रभु भन्नुहुन्छ “मैले तिनीहरूमाथि ठूलो विपत्ति ल्याएँ। त्यसरी नै मैले जो प्रतिज्ञा गरेको छु तिनीहरूको लागि उपकारी थोकहरू ल्याउँनेछु।
32:43b.JER.032.043 तिमीहरूले भनिरहेका छौ कि ‘बाबेलका सेनाले यो देश परास्त गर्यो अनि यो ता मानिस र पशुहरू बिना एक मरूभूमि भएको छ।’ तर याद गर मानिसहरूले एकपल्ट फेरि यस ठाउँमा जमीन किन्नेछन्।
32:44b.JER.032.044 तिनीहरूले पैसाहरू दिएर खेतहरू किन्नेछन्। तिनीहरूले जमीनको तमसुकमा हस्ताक्षर गर्नेछन् र साक्षीहरूको उपस्थिसित मोहर लगाउनेछन्। मानिसहरूले फेरि साक्षीहरूको उपस्थितिमा बिन्यामीनको देशमा यरूशलेम वरिपरिका ठाउँहरूमा, यहूदाको शहरहरूमा पहाडी देशमा, पश्चिमी बेंसीहरू अन्तर्गत, अनि नेगेबमा जमीनहरू किन्ने छन्। त्यस्तो हुने नै छ किनभने म तिनीहरूलाई पुर्नस्थापना गर्नेछु।” यो परमप्रभुको सन्देश हो।
33
33:1b.JER.033.001 परमप्रभुको सन्देश दोस्रो पल्ट यर्मियाकहाँ आयो। यर्मिया अझ प्रहरीहरूका चोकमा बन्द थियो।
33:2b.JER.033.002 परमप्रभुले पृथ्वी बनाउनु भयो अनि यसलाई सुरक्षित राख्नु भयो। उहाँको नाउँ परमप्रभु हो। परमप्रभु भन्नुहुन्छ,
33:3b.JER.033.003 “यहूदा, मलाई प्रार्थना गर, अनि म जवाफ दिनेछु। म तिमीलाई महत्वपूर्ण गुप्त कुराहरू भन्नेछु। यी कुराहरू तिमीले पहिले कहिले सुनेका छैनौ।
33:4b.JER.033.004 परमप्रभु, इस्राएलका परमेश्वर हुनुहुन्छ। परमेश्वरले ती कुराहरू यरूशलेमका घरहरू, जुन घेरामचान र लडाइँको प्रतिरोधमा ध्वंस भएको थियो त्यस बारेमा र यहूदाका जग्गाहरू र राजाको महलहरू बारेमा भन्नुहुन्छ।
33:5b.JER.033.005 “यस शहरको दुष्टकर्मले गर्दा म अब उसो यसको रक्षा गर्ने छैन। यरूशलेमको विरूद्ध युद्ध लड्न बाबेलका सैन्य आउनेछ र मेरो क्रोधले मारेको लाशहरूले यो शहर भनिनेछ।
33:6b.JER.033.006 “तर म शहरमा पुन आरोग्यता र स्वस्थ्य ल्याउनेछु। म तिनीहरूलाई सुस्वास्थमा राख्नेछु। म शान्ति र सुरक्षा ल्याउनेछु।
33:7b.JER.033.007 म यहूदा र इस्राएलबाट लटिएका समानहरूको पुन बहाली गराउनेछु। म तिनीहरूलाई विगतको जस्तै बनाई दिनेछु।
33:8b.JER.033.008 मेरो विरोधमा तिनीहरूले गरेको पाप धोई पखाल्नेछु। तिनीहरूले मेरो विरूद्ध गरेको सबै पाप र विद्रोहहरू क्षमा गर्नेछु।
33:9b.JER.033.009 जब मैले गरेको भलाइ कार्यहरू यस शहरका बसिन्दाहरूले सुन्छन्। तब पृथ्वीका जम्मै जातिहरू अघि यस शहरले मकहाँ प्रशंसा र महिमा ल्याउनेछ। जब ती जातिहरूले मैले यो शहरवासीहरूका निम्ति गरेको शान्ति र उन्नतिका कुराहरू सुन्छन तिनीहरू भयभीत हुनेछन् अनि काम्नेछन्।
33:10b.JER.033.010 “यसकारण परमप्रभु भन्नुहुन्छ ‘तिमीहरू भनिरहेकाछौ, ‘हाम्रो देश मानिस र पशुहरू बिनाको उजाड ठाउँ हो।’ अहिले यरूशलेमका गल्लीहरू र यहूदाका शहरहरू मानिसहरू र पशुहरू बिना ध्वंस भएको छ।
33:11b.JER.033.011 तर चाँडै यो ठाउँमा आनन्दको मिठो, दुलहा-दुलहीहरूको खुशीयाली र परमप्रभुमा प्रशंसाको आवाजहरूले प्रतिध्वनित हुनेछ। ती मानिसहरूले भन्ने छन्, ‘सेनाहरूका परमप्रभुको प्रशंसा गर। परमेश्वर भलो हुनुहुन्छ। उहाँ सधैं कृपालु हुनुहुन्छ। तिनीहरूले मन्दिरमा धन्यवाद बलि चढाउनेछन कारण यस ठाउँबाट जे जे लुटिएको थियो म त्यो पुन बहाली गराउनेछु अनि अघि जस्तो थियो त्यस्तै बनाउनेछु,” परमप्रभु भन्नुहुन्छ।
33:12b.JER.033.012 सेनाहरूका परमेश्वर भन्नुहुन्छ, “मानिसहरू अथवा पशु प्राणीहरू नभएर अहिले यो ठाउँ उराठलाग्दो छ। तर यहूदाका सबै शहरहरूमा भेडा गोठालाहरूले भेडा बथानहरू चराउने र ती बथानहरूले थकाई मार्ने र्खकहरू हुनेछन्।
33:13b.JER.033.013 पहाडी देशमा, पश्चिमी बेंसीमा, नेगेबमा, बिन्यामीनको शहरहरूमा, अनि यरूशलेम र यहूदाको वरिपरि सबै शहरहरूमा भेडाका बथानहरू हुनेछन् अनि भेडा गोठालाहरू र भेडाहरू गन्ती गर्नेछन्,” परमप्रभु भन्नुहुन्छ।
33:14b.JER.033.014 यो परमप्रभुबाट आएको सन्देश हो “मैले इस्राएल र यहूदाका मानिसहरूको लागि विशेष प्रतिज्ञा गरेकोछु, समय आइरहेछ, म ती वचनहरू पूरा गर्नेछु।
33:15b.JER.033.015 त्यसबेला, म दाऊदको परिवारमा एउटा धार्मिकताको ‘शाखा’ उत्पन्न गराउनेछु। उसले यो देशमा न्याय ल्याउनेछ।
33:16b.JER.033.016 ‘यो ‘शाखाको’ समयमा यहूदाका मानिसहरू सुरक्षित हुने छन् अनि तिनीहरू यरूशलेममा मुक्त रहनेछन्। यो ‘शाखाको’ नाउँ हो परमप्रभु हाम्रा धार्मिकता हुनुहुन्छ।”
33:17b.JER.033.017 परमप्रभु भन्नुहुन्छ, “दाऊदको परिवारबाट एकजना मानिस सधैं सिंहासनमा बस्नेछ र इस्राएलका परिवारमाथि शासन गर्नेछ।
33:18b.JER.033.018 अनि पूजाहारीहरू जो लेवी परिवारहरूबाट हुनेछन् तिनीहरू त्यहाँ मेरो अघि होमबलिहरू, अन्न बलिहरू र अरू बलिहरू चढाउन उभिन्छन्।”
33:19b.JER.033.019 यो सन्देश परमप्रभुबाट यर्मिया कहाँ आयो।
33:20b.JER.033.020 परमप्रभु भन्नुहुन्छ, “मसँग रात र दिनको करार छ। त्यो सदा-सर्वदा चलिरहनेछ। यदि तिमीहरूले यसलाई परिवर्तन गर्न सक्छौ भने ताकि दिन र रात आफ्नो तोकिएको समयमा नआवोस्।
33:21b.JER.033.021 तब तिमीहरूले मेरा सेवक दाऊद र लेवीसँग पनि मेरो करार बद्लिन सक्छौ। दाऊदका सन्तानहरू अब राजा हुनेछैन र लेवीका परिवारबाट पूजाहारी हुनेछैन।
33:22b.JER.033.022 तर म मेरो दास दाऊदका सन्तानहरूलाई र लेवीका परिवारहरूलाई जसले मेरो सेवा गरिरहेका छन् संख्या वृद्धि गराउनेछु। तिनीहरूको सन्तानको संख्या आकाशमा ताराहरू र सागरको किनारमा बालुवाको कण झैं अनगन्ती हुनेछ।”
33:23b.JER.033.023 यर्मियाले यो सन्देश परमप्रभुबाट प्राप्त गरे
33:24b.JER.033.024 “यर्मिया, तिमीले सुन्यौ, मानिसहरूले के भनिरहेछन्? ती मानिसहरूले भनिरहेका छन्, ‘परमप्रभुले यहूदा र इस्राएलका परिवारहरूलाई जसलाई चुन्नुभएको थियो ती दुइलाई त्याग गर्नु भयो। तिनीहरूले मेरा मानिसहरूलाई घृणा गर्छन अनि तिनीहरूलाई एउटा जाति भनी भन्नु चाहँदैनन्।”
33:25b.JER.033.025 परमप्रभु भन्नुहुन्छ, “यदि मैले रात र दिनसँग करार नराखेको भए अनि यदि मैले आकाश र पृथ्वीको लागि नियमहरू तैयार नबनाएको भए।
33:26b.JER.033.026 तब याकूबका सन्तानहरू अस्वीकार गर्न सक्छु। अनि मेरो दास दाऊदका सन्तानहरूलाई अब्राहाम, इसहाक र याकूबको वंशहरूमाथि राज्य गर्नदिने छैन। तर तिनीहरूबाट जो खोसिएको छ त्यो पुन बहाल गरिनेछ र तिनीहरूमाथि दया गरिनेछ।”
34
34:1b.JER.034.001 परमप्रभुबाट यर्मियाकहाँ सन्देश आयो। सन्देश त्यतिबेला आयो जब बाबेलका राजा नबूकदनेस्सर, यरूशलेम र त्यसका वरिपरिका शहरहरूका विरूद्ध लडाइँ गरिरहेका थिए। नबूकदनेस्सरसँग उसका सारा सेना अनि आफूले शासन गरेका राज्यहरूका सेना र मानिसहरू थिए।
34:2b.JER.034.002 “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ यर्मिया यहूदाका राजाकहाँ जाऊ अनि तिनलाई भन ‘सिदकियाह, परमप्रभु यसो भन्नुहुन्छ म यरूशलेमको यो शहर बाबेलका राजालाई दिइरहेको छु जसले यसलाई जलाएर खरानी पार्नेछ।
34:3b.JER.034.003 सिदकियाह बाबेलका राजा देखि तिमी उम्कने छैनौ। तिमीलाई निसन्देह पक्रिने छ र उसलाई सुम्पने छ। तिमीले आफ्नै आँखाहरूले बाबेलका राजालाई देख्नेछौ आमने सामने कुरा गर्नेछौ। तब तिमीलाई बाबेलमा लैजानेछन्।
34:4b.JER.034.004 यहूदाका राजा सिदकियाह परमप्रभुको वचन सुन। परमप्रभुले तिमीहरूलाई भन्नुहुन्छ, तिमी युद्धमा मारिने छैनौ।
34:5b.JER.034.005 तिमी शान्तिसित मर्नेछौ। मानिसहरूले तिम्रो पिता-पुर्खाहरूलाई जस्तै ती राजाहरू जो तिमी भन्दा अघि आए तिम्रो लागि धूप जलाउनेछन्। तिनीहरूले तिम्रा निम्ति शोक मनाउनेछन् र दुखीत भएर भन्नेछन्। “हे! प्रभु।” मैले म कुरा तपाईंसँग भनेकोछु।”‘ यो सन्देश परमप्रभुबाट आएको हो।
34:6b.JER.034.006 तब यर्मिया अगमवक्ताले परमेश्वरको यी सबै वचन यरूशलेममा सिदकियाहलाई भने।
34:7b.JER.034.007 बाबेलका राजाले यरूशलेम अनि यहूदाको बाँकी रहेका गढीमा भएका शहरहरू लाकीश र अजेकाको विरूद्ध लडे। यी मात्र यहूदाको देशमा पर्खालले बारेका थियो।
34:8b.JER.034.008 राजा सिदकियाहले यरूशलेमका मानिसहरूसँग हिब्रू कमाराहरूलाई मुक्ति दिनलाई करार गरेका थिए। एउटा सिदकियाहले करार गरेपछि सन्देश परमप्रभुबाट यर्मियाकहाँ आयो।
34:9b.JER.034.009 प्रत्येक मानिसले आफ्ना हिब्रू-कमाराहरूलाई स्वतंन्त्र पार्नु पर्ने हो। प्रत्येक हिब्रू कमारा-कमारीहरू स्वतंत्र गराउनु पर्ने हो। कसैले पनि यहूदा समुदायबाट कमारो नबनावोस्।
34:10b.JER.034.010 यसकारण यहूदाका शासकहरू र मानिसहरूले यो करार स्वीकार गरे। प्रत्येक मानिसले आफ्ना कमारा-कमारीहरू स्वतन्त्र बनाउनेछ। प्रत्येक मानिस राजी भए र सबै कमारा-कमारीहरू स्वतंत्र गरिदिए।
34:11b.JER.034.011 तर त्यसपछि, मानिसहरू ज-जसकहाँ आफ्ना कमारा-कमारीहरू थिए तिनीहरूले आफ्ना मन बद्ले। यसकारण फेरि तिनीहरू आफैले स्वतन्त्र पारेका मानिसहरू ल्याए अनि तिनीहरूलाई आफ्नो कमारा-कमारीलाई बनाए।
34:12b.JER.034.012 तब परमप्रभुबाट सन्देश यर्मियाकहाँ आयो
34:13b.JER.034.013 यही नै परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ “तिमीहरूका पिता-पुर्खाहरू मिश्रमा कमारा-कमारीहरू थिए मैले उनीहरूलाई मिश्रबाट निकालें अनि कमारापनबाट पनि निकालें र तिनीहरूलाई एउटा करार गरे।
34:14b.JER.034.014 यो करार अनुसार प्रत्येक मानिसले आफ्ना हिब्रू कमाराहरूलाई प्रत्येक सातौं वर्षको आरम्भमा स्वतंन्त्र दिनु पर्छ। प्रत्येक हिब्रू कमारा-कमारी छ वर्षको सेवा पछि स्वतन्त्र हुनु पर्छ। तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुरामा ध्यान दिएनन्।
34:15b.JER.034.015 भर्खरै तिमीहरू आफूले गरेको कामका निम्ति पश्चाताप गर्यौ अनि मेरो नजरमा के सही हो त्यो गर्यौ। जुन मन्दिर मेरो नाउँले प्रसिद्ध छ त्यसमा तिमीहरूले मेरो समक्ष एउटा करार गर्यौ अनि हिब्रू कमारा-कमारीहरूलाई स्वतन्त्र दिने घोषणा गर्यौ।
34:16b.JER.034.016 तर फेरि, तिमीहरूले आफ्ना मन बद्लियौ। तिमीहरूले मेरो नाउँको बेइज्जत गर्यौ। तिमीहरूले मुक्ति दिएका कमारा-कमारीहरूलाई फर्काई ल्यायौ र बलपूर्वक तिनीहरूलाई कमारा-कमारी बनायौ।
34:17b.JER.034.017 “यसकारण परमप्रभु भन्नुहुन्छ “तिमीहरूले मेरो कुराको पालन गरेनौ। तिमीहरूले आफ्ना मित्र अनि छिमेकीहरूलाई स्वतंत्र पारेनौ। यसकारण तरवार, अनिकाल र भयानक महामारीद्वारा मारिनको लागि म तिमीहरूलाई “मुक्ति” घोषणा गर्छु। म तिमीहरूको अवस्था यति दर्दनाक बनाउनेछु कि तिमीहरूको अवस्था देखी सम्पूर्ण पृथ्वी नै भयभीत हुनेछ।
34:18b.JER.034.018 ज-जसले त्यो करार भंग गरेछन् अनि ज-जसले मेरो अघि गरेका प्रतिज्ञाहरू लत्याएका छन् तिनीहरूसित त्यही व्यवहार गर्नेछु जस्तो एउटी बाछीलाई दुइ फ्याक पार्छन् र ती दुइ टुक्राहरूको माझमा हिँडछन्।
34:19b.JER.034.019 ती मानिसहरू जो त्यो बाछाको दुइफ्याक माझबाट हिँडे तिनीहरू यहूदा र यरूशलेमका शासकहरू, त्यो देशका मानिसहरू अनि नपुंसकहरू र पूजाहारीहरू थिए।
34:20b.JER.034.020 यसकारण ती मानिसहरू तिनीहरूका शत्रुहरूलाई सुम्पनेछु जसले तिनीहरूलाई मार्न चाहन्छन्। ती मानिसका लाशहरू चरा-चुरूङ्गीहरूका लागि खाद्य अनि पशुहरूको शिकार हुनेछ।
34:21b.JER.034.021 म यहूदाका राजा सिदकियाहलाई र उसका मानिसहरूलाई तिनीहरूका शत्रुहरूकहाँ सुम्पिनेछु जसले तिनीहरूलाई मार्न चाहन्छन्। ती सेनाहरू यरूशलेमबाट गइसकेका भएता पनि म तिनीहरूलाई बाबेलका राजाको सेनाहरूकहाँ सुम्पिनेछु।
34:22b.JER.034.022 तर म आदेश दिनेछु अनि बाबेलका सेनाहरू फर्की आउनेछन्।’ यो परमप्रभुको सन्देश हो। ‘ती सेनाहरूले यरूशलेम विरूद्ध युद्ध गर्नेछ। बाबेलका सेनाहरूले यो शहर कब्जा गर्नेछन् र यसलाई जलाई खरानी बनाउनेछन्। म यहूदाका शहर ध्वंस पार्नेछु र यसलाई कोही नबस्ने निर्जन मरूभूमिमा परिणत गरिदिनेछु।”‘
35
35:1b.JER.035.001 योशियाहको छोरो यहोयाकीम यहूदाका राजा भएको बेला, परमप्रभुबाट यो सन्देश यर्मिया कहाँ आयो। यो परमप्रभुको सन्देश थियो
35:2b.JER.035.002 “यर्मिया, रेकाबीहरूका परिवारकहाँ जाऊ। परमप्रभुको मन्दिरको एउटा छेउको कोठामा तिनीहरूलाई निम्त्याऊ। अनि तिनीहरूलाई दाखरस खुवाऊ।”
35:3b.JER.035.003 यसर्थ मैले यर्मियाको छोरो याजन्याह जो हबसिन्याहको नाति हो र उसका दाज्यू-भाइहरू र सबै छोराहरू पनि ल्याएँ। मैले रेकाबीहरूका सम्पूर्ण परिवारलाई पनि ल्याएँ।
35:4b.JER.035.004 त्यसपछि मैले तिनीहरूलाई मन्दिरभित्र ल्याएँ। हामीहरू हानान जो यिग्दल्याहको छोरो हुन तिनको छोराहरूको कोठामा गयौं हानान परमप्रभुको एकजना भक्त थियो। त्यो कोठाको छेउमा अधिकारीहरूको थियो। यो कोठा शल्लूमको छोरो मासेयाह ढोकेको कोठाको छेउमा थियो। मासेयाह परमप्रभुको मन्दिरको ढोके थियो।
35:5b.JER.035.005 तब मैले रेकाबी परिवारको अघाडि एक घैंटो दाखरस र केही कचौराहरू राखिदिएँ। अनि मैले तिनीहरूलाई पिउनु भनें।”
35:6b.JER.035.006 तब रेकाबी मानिसहरूले जवाफ दिए, “हामी कहिले पनि दाखरस पिउने छैनौ किनभने हाम्रा पिता-पुर्खा रेकाबको छोरो योनादाबले, हामीलाई यस्तो आज्ञा दिए ‘तिमीहरू र तिमीहरूका सन्तानहरूले कहिल्यै दाखरस पिउनु हुँदैन।
35:7b.JER.035.007 उनले अझ भनेका छन् घरहरू निर्माण नगर्नु। बिऊ नरोप्नु अथवा दाख नरोप्नु। तिमीहरूले यी मध्ये कुनै एक पनि नगर्नु। केवल तम्बूहरूमा बस्नु। यदि तिमीहरूले त्यसो गर्यौ भने, जो तिमीहरू डुलुवाहरू थियौ यस देशमा धेरै कालसम्म रहने छौ।’
35:8b.JER.035.008 रेकाबका छोरो हाम्रा पिता-पुर्खा योनादाबले दिनुभएको प्रत्येक आज्ञा हामीले पालन गरेकाछौ। हामी कहिले मदपान गर्दैनौं। हाम्रा पत्नीहरू, छोराहरू र छोरीहरूले कहिले दाखरस पिउँदैनन्।
35:9b.JER.035.009 हामी बस्ने घरहरू कहिले बनाउँदैनौं। अनि हाम्रो आफनै दाखबारी र खेतहरू छैनन्। हामी कहिल्यै अन्न रोप्दैनौं।
35:10b.JER.035.010 हामी तम्बूहरूमा बस्छौं अनि हाम्रा पिता-पुर्खा योनादाबले आज्ञा गरेको प्रत्येक कुरा पालन गर्छौ।
35:11b.JER.035.011 तर जब बाबेलका राजा नबूकदनेस्सरले यहूदामाथि आक्रमण गरे, हामी यरूशलेम गयौं। हामीले एक-अर्का माझ भन्यौं, ‘हामी यरूशलेमको शहरभित्र प्रवेश गर्नै पर्छ ताकि हामी बाबेल र अरामीहरूका सेनाहरूबाट छुटकारा पाउन सक्छौं।’ यसकारण हामी यरूशलेममा बस्यौं।”
35:12b.JER.035.012 तब परमप्रभुको वचन यर्मियाकहाँ आयो
35:13b.JER.035.013 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ “यर्मिया, जाऊ अनि यो सन्देश यहूदा र यरूशलेमका मानिसहरूलाई भन के तिमीहरूले शिक्षा नलिने अनि मेरो आदेश पालन नगर्ने?”
35:14b.JER.035.014 परमप्रभु भन्नुहुन्छ, “रेकाबको छोरो योनादाबले आफ्ना छोराहरूलाई दाखरस नखानु भनेर आदेश गरे अनि त्यो आदेश पालन गरियो। आज पर्यन्त योनादाबका सन्तानहरूले आफ्ना पिता-पुर्खाहरूका आज्ञा पालन गरे। तिनीहरू दाखरस पिउँदैनन्। तर मैले तिमीहरूलाई एकोहोरो भनिरहेकोछु तर तिमीहरूले मेरो आज्ञाहरू पालन गरेका छैनौ।
35:15b.JER.035.015 मैले मेरा दास अगमवक्ताहरू तिमीहरूकहाँ घरिघरि पठाएकोछु। अगमवक्ताहरूले तिमीहरूलाई भनेकाछन्, ‘तिनीहरू प्रत्येकले खराब कामबाट अलग रहनु पर्छ। तिमीहरू सबै असल हुनै पर्छ। तिमीहरूले अरू देवताहरूको अनुसरण र सेवा गर्नु हुँदैन। यदि मेरो आज्ञा पालन गरे यो देश जुन मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएकोछु यहाँ बस्नेछौ।’ तर तिमीहरूले मेरो कुरा सुनेनौ।
35:16b.JER.035.016 योनादाबका सन्तानहरूले आफ्ना पिता-पुर्खाहरूले दिएका आज्ञा पालन गरे तर यी मानिसहरूले मेरो आज्ञा पालन गरेका छैनन्।”
35:17b.JER.035.017 यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ “मैले यहूदा र यरूशलेमका बासिन्दाहरूकहाँ सबै संकटहरू ल्याउदैछु जुन अघि मैले चेताउनी दिएको थिएँ। म ती मानिसहरूसँग बोलें, अनि तिनीहरूले मेरो कुरा सुन्न अस्वीकार गरे। मैले तिनीहरूलाई डाके तर तिनीहरूले जवाफ दिएनन्।”
35:18b.JER.035.018 तब यर्मियाले रेकाबी मानिसहरूलाई भने, “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तिमीहरूले आफ्ना पिता-पुर्खाहरूका आज्ञा पालन गर्यौ। तिमीहरूले योनादाबको उपदेशहरू अनुसरण गर्यौ। उनले जो आदेश दिएका थिए त्यो तिमीहरूले पालन गर्यौ।
35:19b.JER.035.019 यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ यसकारण त्यहाँ रेकाबका छोरो योनादाबका सन्तान सधैं रहनेछ जसले मेरो सेवा गर्छ।”‘
36
36:1b.JER.036.001 योशियाहको छोरो यहोयाकीम यहूदाका राजा भएको चौथो वर्षमा परमप्रभुको यो सन्देश यर्मियाहकहाँ आयो। यो परमप्रभुबाट आएको सन्देश थियो
36:2b.JER.036.002 “यर्मिया, मैले तिमीलाई भनेको जम्मै सन्देशहरू बेहेरूवामा लेख। मैले तिमीलाई इस्राएल, यहूदा र अन्य सारा जातिहरूका बारेमा भनेको छु। योशियाह राजा भए यता आज सम्मको ती सारा शब्दहरू जुन मैले भनेकोछु लेख।
36:3b.JER.036.003 हुनसक्छ यहूदाका परिवारले गरेका दुर्ष्टकमहरू विरूद्ध मैले गरिरहेको योजना बारे यहूदाका मानिसहरूले सुन्नेछन् अनि हुनसक्छ तिनीहरू दुष्ट कामहरू गर्नदेखि रोकिनेछन्। यदि तिनीहरूले त्यसो गरे भने म तिनीहरूले गरेका अपराधहरू र पाप क्षमा गरिदिनेछु।”
36:4b.JER.036.004 यसकारण यर्मियाले नेरियाहको छोरो बारूकलाई बोलाए। बारूकले यर्मियालाई परमप्रभुले भन्नु भएको सबै कुराहरू यर्मियाको लेख्न-आदेशमा बेहेरूवामा लेखे।
36:5b.JER.036.005 यर्मियाले बारूकलाई भने, “मलाई परमप्रभुको मन्दिरमा जाने अनुमति छैन।
36:6b.JER.036.006 यसकारण म चाहन्छु कि तिमी परमप्रभुको मन्दिरमा उपासको दिन जाऊ अनि तिनीहरूका शहरहरूबाट आएका यहूदाका मानिसहरूलाई मेरो निर्देशनमा तिमीले बेहेरूवामा लेखेको परमप्रभुको सन्देशहरू पढेर सुनाऊ।
36:7b.JER.036.007 हुनसक्छ कि मानिसहरूले परमप्रभुलाई सहयोगको लागि गुहार्नेछन् अनि हरेकले दुष्ट कामहरू गर्न देखि जोगिनेछन्। किनभने परमप्रभुले यी मानिसहरूमाथि महा रीस र क्रोध पोखाउँने भनी घोषणा गर्नु भएको छ।”
36:8b.JER.036.008 यसकारण नेरियाहको छोरो बारूकले अगमवक्ता यर्मियाले अह्राएका प्रत्येक कुरा गरे। बारूकले बेहेरूवामा लेखिएका परमप्रभुको कुरा परमप्रभुको मन्दिरमा पढे।
36:9b.JER.036.009 योशियाहको छोरा यहोयाकीमको राज्यकालको पाँचौ वर्षको नवौं महीनामा यरूशलेमका अनि यहूदाका शहरबाट यरूशलेममा आएका सबै मानिसहरूले परमप्रभुको नाउँमा उपवास बस्ने घोषणा गरे।
36:10b.JER.036.010 त्यसबेला, बारूकले परमप्रभुको मन्दिरमा भेला भएका मानिसहरूको उपस्थितिमा यर्मियाका वचनहरू बेहेरूवाबाट पढे। तिनले परमप्रभुको मन्दिरको नयाँ प्रवेशद्वार छेउमा रहेको मथिल्लो आँगनमाथिको शापनको छोरो गमर्याहको कोठाबाट बेहेरूवा पढे। गमर्याह एकजना सचिव थिए।
36:11b.JER.036.011 गमर्याहको छोरो अर्थात् शापानको नाति मिकायाहले बेहेरूवाबाट पढिएको परमप्रभुको सन्देशहरू सुने।
36:12b.JER.036.012 जब मीकायाहले बेहेरूवाबाट परमप्रभुका सन्देश सुने, उनी राज महलको सचिवको कोठामा गए। सम्पूर्ण शाही अधिकारीहरू त्यहाँ राजाको दरबारमा बसिरहेका थिए। ती अधिकारीहरू हुन् सचिव एलीशामा, शमायाहको छोरो दलायाह, अकबोरको छोरो एलनातान, शापानको छोरो गमर्याह, हनन्याहको छोरो सिदकियाह अनि अन्य अधिकारीहरू पनि त्यहाँ थिए।
36:13b.JER.036.013 जब बारूकले मानिसहरूलाई बेहेरूवाबाट पढी सुनाएको मिकायाहले जे सुनेका थिए तिनले प्रत्येक कुरो नै ती अधिकारीहरूलाई भने।
36:14b.JER.036.014 तब सबै अधिकारीहरूले नतन्याहको छोरो शेलेम्याहको नाती अनि कूशीको पनाति यहूदीलाई बारूककहाँ पठाए। यहूदीले बारूकलाई भने, “तिमीले जुन बेहेरूवा मानिसहरू समक्षपढयौ त्यो लिएर मसित आऊ।” नेरियाहको छोरो बारूकले बेहेरूवा लिए अनि तिनीहरूकहाँ गए।
36:15b.JER.036.015 तब ती अधिकारीहरूले बारूकलाई भने, “बस अनि हाम्रो लागि पढ र सुनाऊ।” यसर्थ तिनीहरूलाई बारूकले पढेर सुनाए।
36:16b.JER.036.016 ती शाही अधिकारीहरूले बेहेरूवाबाट सारा सन्देशहरू सुने। तब तिनीहरू डराए, अनि एका अर्कालाई प्रति हेरा-हेर गरे। तिनीहरूले बारूकलाई भने, “हामीले बेहेरूवामा भएका सबै सन्देशहरू राजा यहोयाकीमलाई भन्नै पर्छ।”
36:17b.JER.036.017 त्यसपछि अधिकारीहरूले बारूकलाई एउटा प्रश्न गरे, “बारूक, हामीलाई भन, तिमीले बेहेरूवामा लेखिएका सन्देशहरू कहाँबाट पायौ? के त्यो यर्मियाले भनेका कुराहरू लेखेका हौ?”
36:18b.JER.036.018 “हजूर”, बारूकले जवाफ दिए। “यर्मियाले भन्यो, अनि मैले सारा सन्देशहरू बेहेरूवामा मसीले लेखें।”
36:19b.JER.036.019 तब शाही अधिकारीहरूले बारूकलाई भने, “तिमी र यर्मिया भाग्नु पर्छ र लुक्नु पर्छ। तिमीहरू कहाँ लुक्छौ कसैलाई पनि नभन्नु।”
36:20b.JER.036.020 तब शाही अधिकारीहरूले बेहेरूवा सचिव, एलीशामाको कोठामा राखे। तिनीहरू राजा यहोयाकीमकहाँ चोकमा गए र बेहेरूवामा भएको सबै कुरा भने।”
36:21b.JER.036.021 यसकारण राजा यहोयाकीमले त्यो बेहेरूवा ल्याउनु यहूदीलाई पठाए। यहूदीले सचिव, एलीशामाको कोठाबाट त्यो बेहेरूवा ल्याए। तब यहूदीले त्यो बेहेरूवा राजालाई र तिनको नजिकै उभिएका सेवकहरूलाई पढेर सुनाए।
36:22b.JER.036.022 यो नवौं महीना चलिरहेको थियो, अनि राजा हिउँदमा बस्ने महलमा बसिरहको थिए। राजा यहोयाकीमको सम्मुख अगेनामा आगो दन्दन् बलिरहेको थियो।
36:23b.JER.036.023 यहूदीले बेहेरूवा पढन शुरू गरे। जब उसले तीन वा चार पृष्ठ पढद्थे, राजाले ती पढिसकेका पंक्ति एउटा सानो छुरीले काट्थे अनि अगेनोमा हाली दिन्थे र जब सम्म पुरै बेहेरूवा अगेनोमा जलेर नष्ट भएन तब सम्म तिनले त्यसै गरे।
36:24b.JER.036.024 राजा यहोयाकीम र उनका सेवकहरू जसले बेहेरूवाबाट यी वचनहरू सुने तिनीहरू न त डराए न तिनीहरूले आफ्नो लुगा नै च्याते।
36:25b.JER.036.025 एलानातान, दलायाह र गमर्याहले राजा यहोयाकीमलाई त्यो बेहेरूवा नजलाउनु होस् भनेर विन्ती गरे। तर राजाले तिनीहरूको बिन्ती सुनेनन्।
36:26b.JER.036.026 राजा यहोयाकीमले आफ्नो छोरो यरहमेल, अज्रिएलको छोरो सरायाह र अबदीलको छोरो शेलेम्याहलाई सचिव बारूक र अगमवक्ता यर्मियालाई पक्रन हुकूम दिए। तर परमप्रभुले तिनीहरूलाई लुकाउनु भएको थियो।
36:27b.JER.036.027 यर्मियाले भनेको अनि बारूकले लेखेको सन्देशहरू भएको बेहेरूवा राजाले जलाई सके पछि परमप्रभुको सन्देश यर्मियाकहाँ आयो।
36:28b.JER.036.028 “परमप्रभुले भन्नुभयो, “यर्मिया, अर्को एउटा बेहेरूवा लियर यहूदाका राजा यहोयाकीमले जलाएको पहिलो बेहेरूवामा जुन सन्देशहरू थिए सबै लेख।
36:29b.JER.036.029 यहूदाका राजा यहोयाकिमको सम्बन्धमा तिमीले भन्नेछौ, ‘त्यसपछि परमप्रभुले भन्नुभयो, “तिमीले बेहेरूवा जलायौ कारण तिमीले सोच्यौ, बाबेलको राजा निश्चय आउनेछ र यो देश ध्वंस पारि मानिसहरू र पशुहरू काट्नेछ भनी सन्देशहरू किन तिमीले लेख्यौ?”
36:30b.JER.036.030 यसकारण, परमप्रभुले यहूदाका राजा यहोयाकीमाको बारेमा भन्नुहुन्छ यहोयाकीमका सन्तानहरू दाऊदको सिंहासनमा अब उसो बस्नेछैन। जब यहोयाकीम मर्दछ, ‘उसको लाश भूइँमा फ्याँकिनेछ र दिनको गरम र रात चिसोमा त्यहीं रहनेछ।
36:31b.JER.036.031 म, परमप्रभुले, यहोयाकीम र उसका नानीहरूलाई दण्ड दिनेछु। उसका अधिकारीहरूलाई पनि दण्ड दिनेछु। कारण तिनीहरू दुष्ट छन् म तिनीहरूमाथि डरलाग्दो विपत्ति ल्याउनेछु भनी मैले चेताउनी दिएको छु। त्यो दुर्भाग्य तिनीहरूमाथि मात्र होइन तर यरूशलेम र यहूदामा बस्ने सम्पूर्ण जातिलाई पनि असर गर्नेछ। मेरो चेताउनी अनुसार जम्मै अधर्मकामहरू तिनीहरूमाथि पार्नेछु तर तिनीहरूले मेरो कुरा सुन्ने छैनन्।”‘
36:32b.JER.036.032 त्यसपछि यर्मियाले अर्को एउटा बेहेरूवा लिए अनि त्यो नेरियाहको छोरो सचिव बारूकलाई दिए। जस्तै यर्मियाले बोले, बारूकले परमप्रभुको त्यही सन्देशहरू बेहेरूवामा लेखे जुन राजा यहोयाकीमले आगोमा जलाई दिएका थिए। ती सन्देशहरू बाहेक अन्य धेरै त्यस्तै शब्दहरू दोस्रो बेहेरूवामा थपिएका थिए।
37
37:1b.JER.037.001 नबूकदनेस्सर बाबेलका राजा थिए। उनले यहोयाकीमको छोरो कोन्याहको सट्टामा सिदकियाहलाई यहूदाका राजा नियुक्त गरे। सिदकियाह योशियाहको छोरो थिए।
37:2b.JER.037.002 तर सिदकियाहले परमप्रभुको सन्देश प्रति ध्यानै दिएन जुन सन्देश परमप्रभुका अगमवक्ता यर्मियालाई प्रचार गर्न भनी दिनुभएको थियो। अनि सिदकियाहको कर्मचारीहरू र यहूदाका मानिसहरूले परमप्रभुको सन्देशलाई ध्यानै दिएनन्।
37:3b.JER.037.003 राजा सिदकियाहले शेलेप्याहको छोरो यहूकल नाउँका मानिस अनि मासेयाहको छोरो पूजाहारी सपन्याहलाई अगमवक्ता यर्मियाकहाँ यसो भनी पठाए। यो सन्देश तिनीहरूले यर्मियाकहाँ ल्याए “हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्वरसित प्रार्थना गरिदिनु होस्।”
37:4b.JER.037.004 त्यसबेला, यर्मियालाई कैदमा राखिएको थिएन, यसकारण उनी जता चाहन्थे त्यतै जान सक्दथे।
37:5b.JER.037.005 फिरऊनको सेना मिश्रदेखि बाहिर आएको थियो। मिश्रका सेना तिनीहरूतिर अघि बढिरहेको सन्देश सुनेर बाबेलका सेनाहरू जो यरूशलेमलाई घेरा हाल्दै थिए त्यहाँबाट गए।
37:6b.JER.037.006 परमप्रभुबाट अगमवक्ता यर्मियाकहाँ सन्देश आयो
37:7b.JER.037.007 “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘यहूकल अनि सपन्याह! यहूदाका राजा सिदकियाहले तिमीलाई मकहाँ प्रश्नहरू सोध्न पठाएका छन्। राजा सिदकियाहलाई यसो भन मिश्रका सेना जो तिमीलाई सघाउन आइरहेका थिए, फर्की जानेछन्।
37:8b.JER.037.008 त्यसपछि, बाबेलका सेना फर्केर यता आउनेछन्। तिनीहरूले यरूशलेममा आक्रमण गर्नेछन्। त्यसपछि बाबेलबाट आएका सेनाले यरूशलेमलाई आफ्नो अधीनमा पारी जलाईदिनेछ।’
37:9b.JER.037.009 परमप्रभु भन्नुहुन्छ “‘बाबेलका सेना निश्चय हामीबाट फर्केर जानेछन भनी सोचेर तिमीहरू आफैलाई मूर्ख नबनाऊ। तिनीहरू जाने छैनन्।”
37:10b.JER.037.010 यदि तिमीहरूले सम्पूर्ण बाबेली सेनालाई जितेता पनि केही घाइते सेनाहरू तम्बूमा छाडिए भने ती घाइते सेनाहरू उठनेछन् र यरूशलेमलाई जलाई दिनेछन्।”‘
37:11b.JER.037.011 जब बाबेलका सेना मिश्रका फिरऊनका सेनासित लडाइँ गर्नलाई यरूशलेम पुगे
37:12b.JER.037.012 यर्मियाले यरूशलेमबाट बिन्यामीनको देश तर्फ यात्रा गर्न इच्छा गरे। उनी त्यहाँ आफ्नो सम्पक्तिको अंश लिनलाई गईरहेका थिए।
37:13b.JER.037.013 तर जब तिनी यरूशलेमको बिन्यामीन प्रवेशद्वारमा पुगे प्रहरीहरूका अध्यक्षले तिनलाई पक्रे। त्यो अध्यक्षको नाउँ यिरियाह हो। यिरियाह शेलेम्याहका छोरा थियो। शेलेम्याह हनन्याहको छोरो थियो। अध्यक्ष यिरियाहले यर्मियालाई पक्रे अनि भने, “यर्मिया! तिमी हामीलाई छोडेर कल्दीहरूको पक्षमा गइरहेका छौ।”
37:14b.JER.037.014 यर्मियाले यिरियाहलाई भने, “त्यो सत्य होइन। म कल्दीहरूकहाँ सम्मिलित हुन गएको होइन।” तर यिरियाले तिनको कुरा सुनेन अनि तिनलाई यरूशलेमको अधिकारीहरूकहाँ लगे।
37:15b.JER.037.015 ती शाही अधिकारीहरू यर्मियासंग अति क्रोधित थिए। तिनीहरूले यर्मियालाई कुट्ने आदेश दिए। त्यसपछि तिनीहरूले यर्मियालाई जोनाथनको घरमा कैद गरे। जोनाथान एकजना सचिव थिए। जोनाथनको घरलाई तिनीहरूले झ्यालखाना बनाएका थिए।
37:16b.JER.037.016 तिनीहरूले यर्मियालाई एक तहखानाको सानो कोठामा राखे। यर्मिया त्यहाँ धेरै समय सम्म बसे।
37:17b.JER.037.017 त्यसपछि राजाले यर्मियालाई उनको राजाको महलमा ल्याउन पठाए। सिदकियाहले गुप्त रूपमा यर्मियालाई सोधे, “के परमप्रभुबाट केही सन्देश छ?” यर्मियाले जवाफ दिए, “ज्यू छ। तपाईंलाई बाबेलका राजाकहाँ सुम्पिनेछन्।”
37:18b.JER.037.018 तब यर्मियाले राजा सिदकियाहलाई सोधे, “मैले के भूल गरेकोछु? तपाईं र तपाईंका अधिकारीहरू विरूद्ध अथवा यरूशलेमका मानिसहरूमाथि के अपराध गरें ताकि तपाईंले मलाई झ्यालखानमा राख्नु भयो?
37:19b.JER.037.019 तिम्रा अगमवक्ताहरू अहिले कहाँ छन्? ती अगमवक्ताहरूले अगमवाणी गरेका थिए कि ‘बाबेलका राजाले तपाईं अथवा यहूदाको देशमाथि आक्रमण गर्ने छैन।’
37:20b.JER.037.020 तर अहिले मेरो प्रभु, यहूदाका राजा, दया गरेर मेरो कुरा मान्नुहोस् अनि मलाई सचिव जोनाथनको घरमा नपठाउनु होस्, नत्र म त्यहाँ मर्नेछु।”
37:21b.JER.037.021 यसकारण राजा सिदकियाहले यर्मियालाई प्रहरीहरूको चोकमा राख्ने हुकूम दिए। तिनीहरूले उनलाई शहरमा जम्मै रोटी नसकूञ्जेलसम्म दिनहुँ एउटा-एउटा रोटी दिए। यसकारण यर्मिया प्रहारीहरूको चोकमा बसे।
38
38:1b.JER.038.001 कतिपय शाही अधिकारीहरूले जस्तै मत्तानको छोरो शपत्याह, पशहूरको छोरो गदल्याह, शेलेम्याहको छोरो यूकल अनि मल्कियाहको छोरो पशहूरले यर्मियाले सबै मानिसहरूलाई यसो भन्दैगरेको सुने,
38:2b.JER.038.002 “कि परमप्रभु भन्नुहुन्छ ‘जो यरूशलेममा बसे तिनीहरू तरवारहरूले अथवा अनिकालले अथवा डरलाग्दो रूढीले मर्नेछन् तर ज-जसले सैन्य समक्ष आत्मसमर्पण गर्नेछ तिनीहरू जीवित रहनेछन् उसले जीवन युद्ध परितोषक रूपमा पाउनेछ र मर्नेछैन।’
38:3b.JER.038.003 अनि यही हो जो परमप्रभु भन्नुहुन्छ ‘यरूशलेमको शहरलाई निसन्देह बाबेलको राजाकहाँ सुम्पिइनेछ। तिनीहरूले यसलाई कब्जा गर्नेछन्।”
38:4b.JER.038.004 तब यर्मियाले भनेका कुराहरू सुनेपछि शाही अधिकारीहरू राजा सिदकियाहकहाँ गए। तिनीहरूले राजालाई भने, “यर्मियालाई मार्नै पर्छ किनभने उसले यस्ता कुराहरू गरेर शहरमा भएका सिपाहीहरूलाई हतोत्साही बनाइरहेको छ। यर्मियाहले यस्तो कुरा गरेर प्रत्येक मानिसलाई हतोत्साही बनाइरहेको छ। यर्मियाहले हामीलाई राम्रो होस् भन्ने चाँहदैन। उसले यरूशलेमका मानिसहरू नष्ट भएको हेर्न चाहन्छ।”
38:5b.JER.038.005 यसकारण राजा सिदकियाहले ती अधिकारीहरूलाई भने, “यर्मिया तिमीहरूको नियन्त्रणमा छ। म तिनीहरूलाई रोक्न केही गर्नु सक्तिन।”
38:6b.JER.038.006 त्यसपछि ती अधिकारीहरूले यर्मियालाई लगे अनि राजाको छोरो मल्कियाहको पानीको इनारमा फ्याँकिदिए। त्यो इनार प्रहारी चोकामा थियो। ती अधिकारीहरूले डोरी लगाएर यर्मियालाई इनारको मुनी झारे। इनारमा पानी थिएनँ, तर हिलो थियो अनि त्यो हिलोमा यर्मिया भासिए।
38:7b.JER.038.007 तर एबेदमेलेक नाउँका एकजना कूशी मानिस जो राजमहलमा नपुंसक थिए तिनले सुने कि अधिकारीहरूले यर्मियालाई पानीको इनारमा हालिदिए।
38:8b.JER.038.008 राजा सिदकियाह त्यस समय बिन्यामीनको प्रवेशद्वारमा बसिरहेका थिए। तिनी राजदरवारबाट गए। तिनले राजालाई भने,
38:9b.JER.038.009 मेरो प्रभु महाराज! ती अधिकारीहरूले यर्मियासित दुष्टकर्म गरिरहेका छन्। तिनीहरूले यर्मियालाई भोकै मरोस भनी पानीको इनारमा फ्याँकिदिए किनभने शहरमा रोटी छैन।”
38:10b.JER.038.010 तब राजा सिदकियाहले कूशवासी एबेदमेलेकलाई आदेश दिए “एबेदमेलेक यहाँबाट तीनजना मानिसहरू लैजाऊ अनि मर्न अघि नै यर्मियालाई इनारबाट निकाल।”
38:11b.JER.038.011 यसकारण एबेदमेलेकले आफूसँग तीनजना मानिसहरू लगेर गए। तर सर्व प्रथम उनी राजदरबारको भण्डार तर्फ गए अनि तिनले त्यहाँबाट पुराना र च्यातिएका लुगाहरू लगे। त्यसपछि डोरीमा ती थोत्रे लुगाहरू बाँधेर इनारमाभित्र यर्मियातिर झारिदिए।
38:12b.JER.038.012 कूशवासी एबेदमेलेकले यर्मियालाई भने, “यी पुराना लुगाहरू आफ्नो काखीमा चेप। जब डोरीद्वारा तिमीलाई माथि तानिने छ तिम्रो काखीमा यसले पैडको काम गर्नेछ। अनि तानिन्दा डोरीहरूले तिम्रो काखीमा चोट पार्नेछैन।” यसकारण यर्मियाले एबेदमेलेकले भने जस्तै गरे
38:13b.JER.038.013 ती मानिसहरूले डोरीहरूद्वारा यर्मियालाई तानेर पानीको इनारबाट बाहिर निकाले। अनि यर्मिया प्रहारीहरूको चोकमा बसे।
38:14b.JER.038.014 तब राजा सिदकियाहले यर्मियालाई ल्याउनु कसैलाई पठाए। त्यो मानिसले परमप्रभुको मन्दिरको तेस्रो द्वारमा यर्मियालाई ल्यायो। तब राजाले भने, “यर्मिया, म तिमीलाई केही प्रश्नहरू सोध्नेछु। मबाट केही पनि नलुकाऊ।”
38:15b.JER.038.015 यर्मियाले सिदकियाहलाई भने, “यदि मैले उत्तर दिए भने तपाईंले मलाई मार्नु हुन्छ होला। अनि यदि मैले तपाईंलाई परामर्श दिएँ भने पनि सुन्नु हुने छैन।”
38:16b.JER.038.016 तर राजा सिदकियाहले गुप्त रूपमा यर्मियासित कसम खाए र भने, “म परमप्रभु जसले हामीलाई सृष्टि गर्नु भयो अनि हामीलाई जीवन दिनुभयो, जस्तो जीवित हुनुहुन्छ त्यस्तै कसम खान्छु, म तिमीलाई न त मार्नेछु न तिमीलाई ज-जसले मार्न खोजिरहेका छन् तिनीहरूलाई नै सुम्पिन्छु।”
38:17b.JER.038.017 तब यर्मियाले राजा सिदकियाहलाई भने, “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘यदि तिमीले बाबेलका राजाको अधिकारीहरू अघि आत्मा समर्पण गर्यौ भने, तिमी र तिम्रो परिवार सुरक्षित रहनेछन् अनि यरूशलेम जलेर भस्म हुनेछैन।
38:18b.JER.038.018 तर यदि तिमीले आत्मा समर्पण गर्न अस्वीकार गर्यौ भने यरूशलेम बेबीलियोनका सेनालाई सुम्पिइने छ। तिनीहरूले यरूशलेमलाई जलाएर भस्म पार्ने छन्, अनि तिमी पनि तिनीहरूबाट जोगिने छैनौ।”‘
38:19b.JER.038.019 तर राजा सिदकियाहले यर्मियालाई भने, “तर म यहूदाका मानिसहरूसँग डराउँछु जसले अघिबाटै बाबेलका सेनाको पक्ष लिइसकेकाछन्। म डराउँछु कारण तिनीहरूले मलाई यहूदाका मानिसहरूलाई सुम्पनेछन् अनि तिनीहरूलाई मसित अति निम्न प्रकारले व्यवहार गर्ने अनुमति दिन्छन्।”
38:20b.JER.038.020 तर यर्मियाले जवाफ दिए, “सिपाहीहरूले तिमीलाई ती यहूदाका मानिसहरूलाई दिने छैनन्। राजा सिदकियाह, “परमप्रभुको आज्ञा पालन गर, मैले भनेको कुराहरू मान। तब सबै कुराहरू तिम्रा निम्ति राम्रै हुनेछ, अनि तिम्रो जीवन सुरक्षित रहनेछ।
38:21b.JER.038.021 तर यदि तिमीले बाबेलका सेना समक्ष आत्मासमर्पण गर्न अस्वीकार गर्यौ भने, यो जो परमप्रभुले मलाई देखाउनु भएको त्यो हुनेछ।
38:22b.JER.038.022 सारा स्त्रीहरू जो यहूदाको राजाको दरबारमा छोडिएका थिए तिनीहरूलाई बाबेलको राजाका मुख्य अधिकारीहरूकहाँ ल्याइने छ। ती स्त्रीहरूले भन्ने छन्, “तिम्रा मित्र जातिहरूले तिमीलाई धोका दिए अनि तिमीलाई जितेकाछन्। तिम्रो खुट्टा हिलोमा भास्सियो अनि तिमीलाई तिनीहरूले एक्लै छोडेर गए।”
38:23b.JER.038.023 “तिम्रा सबै पत्नी र छोरा-छोरीहरू बाहिर ल्याइए अनि बाबेलका सेनालाई सुम्पिइयो। तिमी स्वयं पनि बाबेल सेनाबाट उम्कन पाउने छैनौ। तिमी बाबेलका राजाद्वारा लगिनेछौ अनि यरूशलेम जलेर भस्म हुनेछ।”
38:24b.JER.038.024 तब सिदकियाहले यर्मियालाई भने, “हाम्रो बातचीच कसैले थाहा नपाउँन नत्र तिमी मर्नेछौ।
38:25b.JER.038.025 ती अधिकारीहरूले मैले तिमी सँग गरेको कुरा थाहापाउने छन्। तब तिनीहरू तिमीकहाँ आएर सोध्नेछन्, ‘यर्मिया, हामीलाई बताऊ राजा सिदकियाहले तिमीलाई के भन्यो। अनि तिमीले राजालाई के भन्यौ सबै नै हामीलाई भन। ईमान्दारी साथ सारा कुरा हामीलाई भन नत्र तिमीलाई हामी मार्ने छौ।’
38:26b.JER.038.026 यदि तिनीहरूले त्यसो भने, तिनीहरूलाई भन् ‘मैले राजालाई नम्र निवेदन गरेको छु कि मलाई जोनाथनको घरमा नफकाइयोस् यदि मलाई त्यहाँ पठाउनु भयो भने, म मर्नेछु।”‘
38:27b.JER.038.027 तब यस्तो भयो कि ती शाही अधिकारीहरू आए अनि यर्मियालाई प्रश्न गरे। यसकारण यर्मियाले तिनीहरूलाई राजाले दिएको आज्ञा अनुसार सबै कुराहरू भने। तब ती अधिकारीहरूले यर्मियालाई एक्लै छाडेर गए किनभने कसैले पनि यर्मिया र राजा माझ भएको कुराहरू चाल पाएका थिएनन्।
38:28b.JER.038.028 यसकारण यरूशलेमलाई अधीनमा लिनेदिन सम्मै यर्मिया प्रहारीहरूको चोकमानै बसे।
39
39:1b.JER.039.001 यरूशलेमलाई कसरी परास्त पारियो यहाँ वर्णन गरिएको छ यहूदाका राजा सिदकियाहको शासनकालको नवौं वर्षको दशौं महीनामा बाबेलका राजा नबूकदनेस्सरले आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेमको विरूद्ध अघि बढे अनि त्यसलाई घेराव हाले।
39:2b.JER.039.002 अनि सिदकियाह राजा भएको एघारौं वर्षको चौथो महीनाको नवौ दिनमा, शहरको पर्खाल भत्काइयो।
39:3b.JER.039.003 बाबेलका राजाका जम्मै भारद्वारहरू भित्र आए अनि मध्य प्रवेशद्वारमा बसे। ती त्यहाँ आउने अधिकारीहरूको नाउँ यस प्रकार छ, नेर्गल-सरेसेर, समगरनबो, मुख्य अधिकारी र्ससकीम, रब-सारीस, उच्च अधिकारी नेर्गल-सरेसर, रबमाग र अन्य मुख्य अधिकारीहरू पनि थिए।
39:4b.JER.039.004 यहूदाका राजा सिदकियाहले बाबेलका अधिकारीहरूलाई देखे। यसकारण उनी आफ्ना सिपाहीहरू सहित राजाको बगैंचाको फाटकबाट राती भागे अनि दुइ पर्खालको बीच भएर यरूशलेम शहरबाट बाहिर आए। तिनीहरू अराबा तिर लगे।
39:5b.JER.039.005 कल्दीहरूका सिपाहीहरूले सिदकियाह र उनका सिपाहीहरूलाई खेद्दै गए अनि त्यति बेला सिपाहीहरू सिदकियाह सँगै यरीहोको मैदानमा पक्राऊ परे। तिनीहरूले सिदकियाहलाई बाबेलका राजा नबूकदनेस्सर जो हमात देशको रिबला शहरमा थिए त्यहाँ पुर्याए। रिबला शहरमा बाबेलका राजा नबूकदनेस्सरले सिदकियालाई कस्तो व्यवहार गर्नु पर्ने, बताए।
39:6b.JER.039.006 रिबला शहरमा बाबेलका राजाले सिदकियाहका छोरो र सबै मुख्य मानिसहरूलाई तिनकै उपस्थितिमा मारे।
39:7b.JER.039.007 तब नबूकदनेस्सरले सिदकियाहको आँखा निकालिदिए र उसलाई बाबेलमा ल्याउन साङ्गलाले बाँधे।
39:8b.JER.039.008 बाबेलका सेनाले राजाको महल अनि यरूशलेमको मानिसहरूको घरहरू जलाइदिए। अनि तिनीहरूले यरूशलेमको पर्खालहरू भत्काइदिए।
39:9b.JER.039.009 नबूजरदान बाबेलका राजाको विशेष सैनिकका कप्तान थिए। उनले शहरमा छोडिएका बाँकी मानिसहरूलाई ज-जसले समर्पण गरेका थिए अनि अन्य जो रहेकाहरूलाई कैदी बनाई बाबेलमा ल्याए।
39:10b.JER.039.010 तर कप्तान नबूजरदानले यहूदाका गरीब मानिसहरू ज-जसको यहूदा देशमा केही थिएन तिनीहरूलाई छोडिदिए। यसर्थ उनले ती मानिसहरूलाई दाखबारी र खेतहरू दिए।
39:11b.JER.039.011 तर नबूकदनेस्सरले यर्मियाको बारेमा नबूजरदानलाई केही आज्ञा दिए। नबूजरदान नबूकदनेस्सरका खास रक्षकहरूको कप्तान थिए। आदेश यही थियो
39:12b.JER.039.012 “यर्मियालाई लैजाऊ र उसको हेरचाह गर। उसलाई नोक्सान नपार। उसले जे माग्छ देऊ।”
39:13b.JER.039.013 यसर्थ राजाका विशेष रक्षकहरूका कप्तान नबूजरदानले नबु-शजबान, रब-सारीस, रब-माग, समगरनबो, मुख्य अधिकारी सर्सकीम, नेर्गलसरसेर र सबै मुख्य अधिकारीहरू अनि बाबेल सेनाका हाकिमहरूलाई यर्मियाकहाँ पठाए।
39:14b.JER.039.014 तिनीहरूले यर्मियालाई प्रहारीको चोक बाहिर निकाले। बाबेल सेनाका हाकिमहरूले यर्मियालाई अहीकामको छोरो अनि शापानको नाति गदल्याहको देखरेखमा राखे। गदल्याहलाई दिइएको आदेश अनुसार यर्मियालाई घर लग्यो, यसर्थ उनी आफ्ना मानिसहरूसंगै बसे।
39:15b.JER.039.015 मन्दिरको चोकमा जब प्रहारीहरूले यर्मियाहलाई देखरेख गरिरहेका थिए। परमप्रभुबाट तिनलाई एउटा सन्देश आयो। यो सन्देश यसप्रकार थियो
39:16b.JER.039.016 “यर्मिया तिमी कूशी मानिस एबेदमेलेककहाँ जाऊ र यो सन्देश भन ‘सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ अति चाँडै म यरूशलेममा मेरो सन्देश सत्य बनाउने काम गर्छु। यो सन्देश सर्वनाश र नराम्रो कुराहरूबाट सत्य हुनेछ। तिमीले तिम्रै आँखाले प्रत्येक कुरो साँचो भएको देख्नेछौ।
39:17b.JER.039.017 तर म त्यस् दिन तिमीलाई जोगाउने छु, एबेदमेलेक।’ यो परमप्रभुको सन्देश हो। ‘जुन मानिसहरूसित तिमी डराउँछौ म तिमीलाई ती मानिसहरूसँग सुम्पने छैन्।
39:18b.JER.039.018 तिमी तरवारले मारिने छैनौ। म तिम्रो रक्षा गर्छु। तिमीले ममाथि भरोसा गरेकाले तिमीले तिम्रो जीवन युद्ध पारितोषक रूपमा पाउनेछौ।”‘ यो सन्देश परमप्रभुको हो।
40
40:1b.JER.040.001 विशेष रक्षकहरूका कप्तान नबूजरदानले जब यर्मियालाई रामामा कैद मुक्त गरेका थिए तिनीकहाँ परमप्रभुबाट एउटा सन्देश आयो। तिनले यर्मियाहलाई यरूशलेम र यहूदाका मानिसहरूलाई कैदी बनाई बाबेलमा लगिरहेकाहरूसितै साङ्गलोले बाँधिएको भेटे।
40:2b.JER.040.002 जब नबूजरदानले यर्मियालाई भेटे, उनी तिनीसँग बात गरे। उनले भने, यर्मिया, परमप्रभु तिम्रो परमेश्वरले यस ठाउँमा विपत्ती आउनेछ भनेर घोषणा गर्नुभयो।
40:3b.JER.040.003 अनि अहिले परमप्रभुले जे भन्नु भएको थियो प्रत्येक कुरो गर्नुभयो। यो सर्वनाश आइलाग्यो कारण परमप्रभुको विरूद्ध यहूदाका मानिसहरूले पाप गरेका थिए। तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ। यसकारण तिनीहरूलाई यस्तो भयो।
40:4b.JER.040.004 तर अब म तिमीलाई मुक्त गरिदिनेछु। म तिमीलाई साङ्गलाबाट मुक्त पार्छु। यदि तिमी इच्छा गर्छौ भने म सँग बाबेलतिर जाऊँ, म तिम्रो राम्रो देख-रेख गर्ने छु। तर यदि तिमी मसँग आउँन चाहँदैनौ भने नआऊ। हेर, सारा देश नै तिम्रो सम्मुख छ अनि तिमी जहाँ जान चाहन्छौ त्यहाँ जाऊ।
40:5b.JER.040.005 अथवा शापानको नाति अहीकामको छोरो गदल्याहकहाँ जाऊ। बाबेलका राजाले गदल्याहलाई यहूदाको राज्यपाल नियुक्त गरेका छन्। जाऊ गदल्याहकहाँ तिम्रा मानिसहरू माझ बस अथवा तिम्रो इच्छा अनुसार तिमी जहाँ चाहन्छौ त्यहीं जाऊ।” त्यसपछि नबूजरदारले यर्मियालाई केही भोजन र उपहार प्रदान गरे अनि बिदा गरे।
40:6b.JER.040.006 यसकारण यर्मिया अहीकामको छोरो गदल्याहकहाँ मिस्पामा गए। यर्मिया गदल्याहसँग मानिसहरू माझ बसे जो यहूदाको देशमा छाडिएका थिए।
40:7b.JER.040.007 यरूशलेम ध्वंस भए पश्चात केही सैन्य, अधिकारीहरू अनि तिनीहरूका मानिसहरू जो खेतमा बसिरहेका थिए, चाल पाए कि बाबेलका राजाले गरीब, र बाबेलमा कैदी बनाई नलगिएका मानिसहरूको कल्याणार्थ अहिकमेको छोरो गदल्याहलाई राज्यपाल नियुक्त गरेका छन्।
40:8b.JER.040.008 यसकारण ती सिपाहीहरू मिस्पामा गदल्याहकहाँ आए। ती सिपाहीहरू थिए नतन्याहको छोरो इश्माएल, कारेहका दुइ छोराहरू योहानान अनि जोनाथन, पन्हूमेतको छोरो सरायाह, नतोफाबासी एपेकाका छोराहरू, अनि माकाबासीको छोरो याजन्याह र यिनीहरूका सबैका मानिसहरू।
40:9b.JER.040.009 अहीकामका छोरो गदल्याहले ती सिपाहीहरूले सुरक्षित अनुभव गरून भनी तिनीहरूसित शपथ लिएका थिए गदल्याहले यही नै भने “यही ठाउँमा बस अनि बाबेलका राजालाई सेवा गर र यो तिमीहरूका निम्ति भलो हुनेछ।
40:10b.JER.040.010 बाबेलवासीहरू अघि जो हामीकहाँ आउँछन तिमीहरूको प्रतिनिधित्व गर्न म आफै मिस्पामा बस्नेछु। दाखरस, ग्रीष्मऋतुका फल, तेल जम्मा गर अनि भाँडामा राख। तिनीहरूले आफ्नो अधीनमा लिएको शहरहरूमा बस्।”
40:11b.JER.040.011 यहूदाका मानिसहरू जो मोआब, अम्मोन र एदोमका अनि अन्य देशहरूमा थिए तिनीहरूले चाल पाए कि बाबेलका राजाले बाँचेका मानिसहरूलाई यहूदामा छोडेका छन् र शापानको नाति अहीकामको छोरा गदल्याहलाई त्यस ठाउँका राज्यपाल नियुक्त गरे।
40:12b.JER.040.012 यसर्थ यहूदाका मानिसहरू जो विभिन्न ठाउँमा छरिएर बसेका थिए यहूदामा फर्के अनि मिस्पामा गदल्याहलाई भेटे। तिनीहरूले धेरै मद र ग्रीष्म ऋतुका फलहरू बटुले।
40:13b.JER.040.013 कारेहका छोरो योहानान अनि यहूदाका हाकिमहरू जो खेतमा थिए गदल्याहकहाँ मिस्पामा आए।
40:14b.JER.040.014 योहानान र अन्य मानिसहरू आएर गदल्याहलाई भने, “तिमीलाई थाह छ कि अम्मोनवंशी राजा बालीसले तिमीलाई मार्न चाहन्छ? उसले नतन्याहको छोरो तिम्रो हत्याको लागि इश्माएललाई पठायो।” तर अहीकामको छोरो गदल्याहले ती कुराहरू विश्वास गरेनन्।
40:15b.JER.040.015 तब कारेहका छोरो योहानानले गुप्त रूपमा मिस्पामा गदल्याहलाई भेटे अनि उनलाई भने, “नतन्याहको छोरो इश्माएललाई मार्न। कसैले पनि यस बारेमा केही पनि जान्दैनन्। तपाईंलाई मार्न उसलाई स्वतन्त्रता दिनु हुँदैन। यदि यस्तो भयो भेन यहूदाका मानिसहरू जो भेला भएकाछन् तितर-बितर हुनेछन् अनि यहूदाका सन्तान ध्वंश हुनेछ।”
40:16b.JER.040.016 तर अहीकामको छोरो गदल्याहले कारेहको छोरो योहानानलाई भने, “इश्माएललाई नमार। जुन कुराहरू तिमीहरूले इश्माएलको बारेमा बताएका छौ ती सबै असत्य हो।”
41
41:1b.JER.041.001 सातौं महीनामा, एलीशाको नाति नतन्याहको छोरो इश्माएल, अहीकामको छोरो गदल्याहकहाँ उसको दशजना मानिसहरूसित आई पुग्यो। ती मानिसहरू मिस्पाको शहरमा आए। इश्माएल राज-परिवारको सदस्य थिए। उनी राजा यहूदाका हाकिमहरू मध्ये एकजना थिए। इश्माएल अनि उसका मानिसहरूले गदल्याहसँग भोजन गरे।
41:2b.JER.041.002 जब तिनीहरूले खाईरहेका थिए, इश्माएल र उसका मानिसहरू उठे अनि शापानको नाति अहीकामको छोरो गदल्याहलाई तरवारले मारे। गदल्याह ती मानिस हुन जसलाई राजाले बाबेलका राज्यपाल नियुक्त गरेका थिए।
41:3b.JER.041.003 इश्माएलले यहूदावासी मानिसहरू अनि कल्दी सिपाहीहरू जो गदल्याहसँग मिस्पा शहरमा थिए। तिनीहरूलाई पनि मारे।
41:6b.JER.041.006 इश्माएलले मिस्पा छाडे अनि ती 80 जना मानिसहरू भेट्न गए। तिनी ती 80 जना मानिसहरूसँग भेट्न जाँदा रोए। तिनले ती 80 जना मानिसहरूलाई भेटे अनि अहीकामका छोरो गदल्याहलाई भेट्न मसित जाऊँ भने।
41:7b.JER.041.007 तिनीहरू शहरमा पुगेका मात्र थिए, इश्माएल र उनका मानिसहरूले ती 80 जना मानिसहरूलाई मार्न थाले अनि इनारमा फ्याँकी दिए।
41:8b.JER.041.008 तर ती मध्ये दशजना मानिसहरूले इश्माएललाई भने, “हामीलाई नमार। हामीले कतिथोकहरू जमीनमा लुकाएका छौं। हामीसँग गहुँ, जौ तेल र मह छन्। हामी ती थोकहरू तिमीहरूलाई दिनेछौ।” यसकारण इश्माएल थामिए अनि तिनीहरूलाई मारेनन्।
41:9b.JER.041.009 नतन्याहको छोरो इश्माएलले ती मृत शरीरहरू इनारभित्र त्यो नभरिञ्जेलसम्म फ्याँके। त्यो ठूलो इनार राजा आसाले इस्राएलका राजा बाशाबाट आफू सुरक्षित रहन बनाएका थिए।
41:10b.JER.041.010 इश्माएलले मिस्पा शहरका सारा मानिसहरूलाई आफ्नो कब्जामा पारे अनि अम्मोनी मानिसहरूको देश पार गरे। ती मानिसहरूमा राजाको छोरीहरू अनि अन्य जे मानिसहरू त्यहाँ छाडिएका थिए। तिनीहरू थिए, बाबेलका राजाका विशेष रक्षकहरू कप्तानले, नबूजरदान गदल्याहलाई ती मानिसहरूको हेरचाह गर्न भनी नियुक्त गरेका थिए।
41:11b.JER.041.011 कारेहको छोरो योहानान अनि सेनाका हाकिमहरू जो उनीसँग थिए, इश्माएलले गरेका दुष्ट्याइँको बारेमा सुने।
41:12b.JER.041.012 यसकारण तिनीहरूले तिनीहरूसित रहेका सारा सैन्य नतन्याहको छोरो इश्माएलसित लडन लगे। तिनीहरूले इश्माएललाई गिबोन शहरको ठूलो दहनेर नजिकै भेटे।
41:13b.JER.041.013 कैदीहरू जसलाई इश्माएलले लगेर गएका थिए उनीहरूले योहानान र तिनका साथमा भएका सेनाका सबै हाकिमहरूलाई देखे। तिनीहरू अति खुशी भए।
41:14b.JER.041.014 यसर्थ ती मानिसहरू जसलाई इश्माएलले मिस्पाबाट कैदी बनाएर लगेका थिए कारेहको छोरो योहानानकहाँ गए।
41:15b.JER.041.015 तर इश्माएल र उनका आठजना मानिसहरू योहानानबाट बाँचे अनि अम्मोन मानिसहरूकहाँ भागे।
41:16b.JER.041.016 यसकारण कारेहको छोरो योहानान अनि उसका सेनाका हाकिमहरूले कैदीहरूलाई मुक्त पारे जसलाई इश्माएलले गदल्याहको हत्या गरे पछि ती मानिसहरूलाई मिस्पाबाट कैदी बनाई लगेका थिए। तिनीहरूमा सिपाहीहरू, पत्नी मानिसहरू, नानीहरू अनि नपुंसकहरू थिए। योहानानले तिनीहरूलाई गिबोन शहरबाट ल्याए।
42
42:1b.JER.042.001 तिनीहरू गेरूथ किम्हाममा भएको बेला, योहानान र होशायाहको छोरो याजन्याह यर्मिया अगमवक्ताकहाँ गए। जम्मै सेनाका हाकिमहरू र सानोदेखि ठूला दर्जा सम्मका मानिसहरू योहानान र याजन्याहसित गए।
42:2b.JER.042.002 ती सबै जनाले अगमवक्ता यर्मियालाई भने, “हाम्रो नम्र बिन्ति ग्रहण गर्नुहोस् र हाम्रा निम्ति तथा बाँचेका यी मानिसहरूको लागि परमप्रभु तपाँईंका परमेश्वरसित प्रार्थना गरिदिनु होस्। एकपल्ट हामीहरू बहुसंख्यामा थियौ तर अहिले तपाईं देख्नु हुन्दैछ हामी केही मात्र बाँचेका छौं।
42:3b.JER.042.003 यर्मिया, परमप्रभु तपाईंको परमेश्वरसित प्रार्थना गरिदिनु होस् ताकि हामी कहाँ जानु पर्ने अनि हामीले के गर्नु पर्ने हो।”
42:4b.JER.042.004 तब अगमवक्ता यर्मियाले उत्तर दिए, “तिमीहरूले के गर्नु पर्ने भनेको हो मैले बुझें। तिमीहरूले भनें झैं म परमप्रभु तिमीहरूका परमेश्वरसित प्रार्थना गरिदिने छु। परमप्रभुले भन्नु भएको सबै कुराहरू म तिमीहरूलाई भन्नेछु। कुनै थोकहरू पनि म तिमीहरूदेखि लुकाउने छैन।”
42:5b.JER.042.005 तब ती मानिसहरूले यर्मियालाई भने, “यदि हामीले परमप्रभु तपाईंका परमेश्वरले चाहनु भए जस्तै कामहरू गरेनौं भने हाम्रा निम्ति परमप्रभु साँचो र विश्वासी साक्षी रहुन् हुन्छ। हामी जान्दछौ परमप्रभु तिमीहरूका परमेश्वरले के गर्नु पर्ने तिमीहरूलाई भन्न हामीलाई पठाउन्।
42:6b.JER.042.006 परमप्रभुको आदेश चाहे हाम्रो हितमा होस् अथवा नहोस् हामी पालन गर्नेछौ ताकि जब हामी परमप्रभु हाम्रा परमेश्वरको सबै आदेश पालन गर्छौ सब कुरो हाम्रो हितमा हुनेछ। हामी तिमीलाई ती सन्देश लिनका लागि परमेश्वर कहाँ पठाई रहेछौं। तब असल कुराहरू हामी प्रति हुने छ। हो, हामी परमेश्वरको सारा कुराहरू पालन गर्ने नै छौं।”
42:7b.JER.042.007 दश दिनको अन्त्यमा, यर्मियाकहाँ परमप्रभुबाट सन्देश आयो।
42:8b.JER.042.008 तब यर्मियाले कारेहका छोरो योहानान र तिनका साथमा भएका सेनाका सबै हाकिमहरू अनि साना ठूला दर्जाका सबै मानिसहरूलाई डाके।
42:9b.JER.042.009 तब यर्मियाले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वरको सन्देश यही हो। तिमीहरूले मलाई उहाँ कहाँ पठायौ। मैले परमप्रभुलाई तिमीहरूले जे चाहन्थ्यौ त्यही सोधें। परमप्रभु भन्नुहुन्छ
42:10b.JER.042.010 ‘यदि तिमीहरू साँचै यस देशमा बसथ्यौ भने, म तिमीहरूलाई बलियो बनाउँछु। म तिमीहरूलाई नष्ट गर्ने छैन। म तिमीहरूलाई जोगाउनेछु अनि तिमीहरूलाई उखाल्ने छैन कारण तिमीहरूका निम्ति मैले गरेको नराम्रो काममा म दुखित छु।
42:11b.JER.042.011 तिमीहरू बाबेलका राजासित भयभित छौ। तर अब उसँग नडराऊ। म तिमीहरूसित छु अनि म तिमीहरूलाई उबाट बचाउने छु।
42:12b.JER.042.012 म तिमीहरूलाई दया दर्शाउनेछु। बाबेलका राजाले पनि तिमीहरू प्रति दयादृष्टि राख्नेछन् अनि उसले तिमीहरूलाई आफ्नो देशमा आउने अनुमति दिनेछन्।’
42:13b.JER.042.013 यदि तिमीहरू भन्छौ, ‘हामी यस देशमा बस्ने छौ,’ तब तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गरेनौ।
42:14b.JER.042.014 तिमीहरूले भन्न सक्छौ, ‘हामी मिश्रमा जानेछौं जहाँ हामी युद्धको सम्मुखिन हुनु पर्दैन, मिश्रमा हामीले युद्धको तुरहीहरू सुन्नु पर्दैन, हामी भोक भोकै बस्नुपर्दैन।’
42:15b.JER.042.015 यदि तिमीहरूले ती कुराहरू भन्छौ भने, तब परमप्रभुको सन्देश ध्यान दिएर सुन्, हे यहूदामा बाँचेर रहेका मानिसहरू! सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘यदि तिमीहरू मिश्रमा जाने निर्णय लिन्छौ अनि त्यहाँ बस्छौ भने यो तिनीहरूलाई हुनेछ।
42:16b.JER.042.016 तिमीहरू तरवारसित डराउँछौ, तर तिमीहरूलाई त्यहाँ तरवारले परास्त गर्ने नै छ। तिमीहरू भोकको चिन्ता गर्छौ तर, यसले तिमीहरूलाई मिश्रमा पनि पछ्याउनेछ अनि तिमीहरू त्यहाँ मर्नेछौ।
42:17b.JER.042.017 प्रत्येक मानिस जो मिश्र गएर बस्ने निर्णय लिन्छ, तरवार, अनिकाल र भयानक रोगबाट मर्नेछ। अनि कोही पनि मानिस मैले ल्याएको त्यो भयानक अनिष्टबाट बाँच्ने छैन।’
42:18b.JER.042.018 “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘यरूशलेम बासिन्दाहरूमाथि मैले मेरो क्रोध देखाएँ। त्यसरी नै जो मिश्र जाँदैछन् तिनीहरूमाथि क्रोध वर्षाउनेछु। तिमीहरू श्राप, श्राप, अपराध र निन्दाको पात्र बनिनेछौ अनि तिनीहरूले यहूदा फेरि कहिल्यै देख्ने छैनौ।’
42:19b.JER.042.019 “यहूदामा बाँचेका मानिसहरू हो, परमप्रभुले तिमीहरूलाई भन्नु भएको छ ‘मिश्रमा नजाऊ।’ तिमीहरू निश्चय जान्दछौ कि म तिमीहरूलाई चेताउनी दिँदैछु।
42:20b.JER.042.020 तिमीहरूले गल्ती गरिरहेका छौ जुन गल्ती तिमीहरूकै मृत्युको कारण बनिनेछ। तिमीहरूले मलाई परमप्रभु तिमीहरूका परमेश्वरकहाँ पठायौ र भन्यौ, ‘हाम्रो लागि परमप्रभु हाम्रा परमेश्वरसंग प्रार्थना गरिदेऊ अनि परमप्रभुले भन्नुभएको प्रत्येक कुरा हामीलाई भनिदिनु अनि हामी त्यो मान्नेछौ।’
42:21b.JER.042.021 यसकारण आज मैले तिमीहरूलाई परमप्रभुबाट सन्देश भनेको छु। तर तिमीहरूले मैले बताएको कुनै कुरामा पनि परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गरेका छैनौ।
42:22b.JER.042.022 यसर्थ निश्चित हौ कि तिमीहरूले बुझ्छौ। तिमीहरू मिश्रमा गई बस्न चाहन्छौ। तर मिश्रमा तिमीहरूमाथि यी घटनाहरू हुनेछ। तिमीहरू तरवार, अनिकाल अथवा भयानक रूढीले मार्नेछौ।”
43
43:1b.JER.043.001 यसकारण परमप्रभु तिनीहरूका परमेश्वरबाट आएको सन्देश यर्मियाले मानिसहरूलाई भनी सिध्याए। परमप्रभुले मानिसहरूलाई भन्नु भनी यर्मियालाई भन्नु भएको प्रत्येक कुरो तिनले भने।
43:2b.JER.043.002 होशायाहको छोरो अजर्याह, कारेहको छोरो योहानान, अनि सबै अभिमानी मानिसहरू घमण्डी र हठी थिए। तिनीहरूले यर्मियालाई भने, “यर्मिया तिमी झूटो छौ! परमप्रभु हामीहरूका परमेश्वरले हामीलाई ‘तिमीहरू मिश्रमा बस्नु जानु भन्नु भनी तिमीलाई सुझाउ दिनु भएको छैन।’
43:3b.JER.043.003 यर्मिया, हामी सोच्छौ कि नेरियाहको छोरो बारूकले हाम्रो विरूद्ध तिमीलाई अनुप्रेरित गरिरहेको छ। उसले चाहन्छ कि तिमीले हामीलाई बाबेलका मानिसहरूलाई सुम्पिदेऊ। उसले तिमीलाई त्यही काम गराउन चाहन्छ ताकि तिनीहरूले हामीलाई मार्न सकुन्। अथवा उसले तिमीबाट त्यसो गर्न चाहन्छ ताकि तिनीहरूले हामीलाई कैदीहरू बनाउन सक्छन् र बाबेल लैजान्छन्।”
43:4b.JER.043.004 यसर्थ, कारेहको छोरो योहानान, सेना हाकिमहरू, अनि सारा मानिसहरूले परमप्रभुको आज्ञा उल्लंघन गरे। परमप्रभुले तिनीहरूलाई यहूदामा बस्न भनी आज्ञा दिनु भएको थियो।
43:5b.JER.043.005 परमप्रभुको आज्ञा पालन गर्नुको सट्टा, योहानन र सेना हाकिमहरूले ती रहेका मानिसहरूलाई मिश्रमा लगे। बितेका दिनहरूमा शत्रुहरूले ती बाँचेका रहल मानिसहरूलाई अन्य देशहरूमा लगेका थिए तर तिनीहरू यहूदामा फर्केर आए।
43:6b.JER.043.006 अहिले, योहानान र सबै सैन्य हाकिमहरूले सम्पूर्ण लोग्नेमानिसहरू, स्त्रीमानिसहरू, नानीहरू, राजकुमारीहरू अनि सबै अरू मानिसहरू जसलाई बाबेल राजाको विशेष रक्षाहरूका कप्तान नबूजरदानले गदल्याहको जिम्मामा छोडेका थिए तिनीहरूलाई मिश्रमा लगे। योहानानले अगमवक्ता यर्मिया अनि नेरियाहको छोरो बारूकलाई पनि लगे।
43:7b.JER.043.007 ती मानिसहरूले परमप्रभुलाई ध्यानै दिएनन्। यसकारण ती सबै मानिसहरूलाई मिश्र लगे। तिनीहरू तहपनेस शहरमा गए।
43:8b.JER.043.008 तहपनेस शहरमा, यर्मियाले परमप्रभुबाट सन्देश प्राप्त गरे
43:9b.JER.043.009 “परमप्रभुले यर्मियालाई भने, ठूलठूलो ढुङ्गाहरू हातमा ल्याऊ र तिनीहरूलाई ल्याऊ र फिरऊनको तहपनेस महलको हिलो र ईंटालेमा छापेको सडकमा गाडी देऊ। यहूदाका मानिसहरूले हेरिरहँदा नै तिमीहरूले त्यसो गर।
43:10b.JER.043.010 तब ती मानिसहरूलाई यसो भन कि ‘सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ म बाबेलका राजा नबूकदनेस्सरलाई जो मेरो दास हो यहाँ बोलाउनेछु। अनि उसको सिंहासन यहाँ मैले ढुङ्गा लुकाएको ठाउँमा खडा गराउँछु नबूकदनेस्सरले आफ्नो राज-छत्र ती ढुङ्गाहरू माथि फैलाउनेछ।
43:11b.JER.043.011 नबूकदनेस्सर यहाँ आउनेछ र मिश्रमाथि आक्रमण गर्नेछ। उसले जो मर्नु पर्नेछ तिनीहरूका लागि मृत्यु ल्याउनेछ। उसले तिनीहरूलाई कैद-स्थिति ल्याउने छ जो कैदमा पर्नु पर्नेछ। अनि उसले तिनीहरूको लागि तरवार ल्याउनेछ जो तरवारले मारिनु पर्नेछ।
43:12b.JER.043.012 नबूकदनेस्सरले मिश्रका झूटो देवताहरूको मन्दिरहरूमा आगो जलाउनेछ। उसले ती मन्दिरहरू जलाउनेछ र ती मूर्तिहरू लैजानेछ। जसरी एकजना गोठालाले आफ्नो पोषाक सफा पार्छ। त्यसरी नै, नबूदकनेस्सरले मिश्रलाई सफा पार्ने छ। तब उसले मिश्रालाई सुरक्षित छाडिदिनेछु।
43:13b.JER.043.013 नबूकदनेस्सरले मिश्रको सूर्य देवको मन्दिरमा रहेको स्मृति ढुङ्गाहरू नष्ट गर्नेछ जुन मिश्रमा सूर्य-देवताको मन्दिरमा छ। उसले मिश्रका जम्मै मन्दिरहरू र देवताहरूलाई आगो लगाइदिनेछन्।”‘
44
44:1b.JER.044.001 परमप्रभुको सन्देश यर्मियाकहाँ आयो। यो सन्देश मिश्रमा बस्ने मिग्दोल, तहपनेस, मेम्फिस र माथिल्लो मिश्रमा बस्ने यहूदाका मानिसहरूका लागि थियो।
44:2b.JER.044.002 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ; “मैले ल्याएका महा-आपतहरू तिमीहरूले यरूशलेम र यहूदाका शहरहरूमा देखेका छौ। ती शहरहरू भग्नावशेषमा मात्र छन् र त्यहाँ कोही मानिस बस्दैन।
44:3b.JER.044.003 ती ठाउँहरू ध्वंस गरिए किनभने तिनीहरूमा बस्ने मानिसहरूले दुष्ट कामहरू गरे। ती मानिसहरूले अन्य देवताहरूलाई बलिदानहरू चढाए जसलाई न तिनीहरू न तिमीहरू न तिमीहरूका पिता-पुर्खाहरूले जान्दथे, अनि तिनीहरूलाई पूजा गरेर त्यसले मलाई रीस उठायो।
44:4b.JER.044.004 मैले घरिघरि तिमीहरूकहाँ अगमवक्ताहरू जो मेरो दासहरू हुन पठाँए। अगमवक्ताहरूले ‘यस्ता भयानक पापहरू जुन म घृणा गर्छु नगर्नु भनी तिमीहरूलाई आग्रह गरे।’
44:5b.JER.044.005 तर तिनीहरूले तिनीहरूका नराम्रा कार्यहरूबाट फर्कन मानेनन् तिनीहरूको आग्रहमा कुनै ध्यानै दिए। तिनीहरूले अन्य देवताहरूलाई बलिदानहरू छाडेनन्।
44:6b.JER.044.006 यही कारण मैले मेरो क्रोध यहूदा र यरूशलेमका मानिसहरूमाथि देखाएँ। मैले यहूदाका शहरहरू र यरूशलेमका गल्लीहरूलाई दण्ड दिएँ। मेरो क्रोधको कारणले यरूशलेम र यहूदाका शहरहरू भग्नावशेषमा परिणत भयो अनि आज ती शहरहरू जुन शून्य छन्।”
44:7b.JER.044.007 यसकारण, सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ “मूर्तिपूजा गरेर किन तिमीहरूले स्वयंमा यति विध्न नोक्सान ल्याइ रहेकाछौ? तिमीहरू किन यहूदा देखि किन पुरूष, स्त्री, बालक र शिशुहरूलाई अगल गरिरहेका छौ। किन तिमीहरू आफ्नै निम्ति पनि भावी सन्तानहरू राख्दैनौ?
44:8b.JER.044.008 अहिले मिश्रमा झूटो देवता तिमीहरूले पुज्दै मलाई रीस उठाउँदै बसिरहेका छौ। तिमीहरू आफैले आफैलाई ध्वंस पारिरहेका छौ। तिमीहरू आफैले आफैलाई अन्य जाति-जातिहरूको सम्मुख श्राप र खिसीको पात्र बनाएका छौ।
44:9b.JER.044.009 के तिमीहरूले तिम्रा पिता-पुर्खाहरू, यहूदाका राजाहरू, तिनीहरूका पत्नीहरू, तिमीहरू आफ्नै अनि आफ्ना पत्नीहरूको दुष्टाँई जो तिनीहरूले यहूदाको देशमा र यरूशलेमका गल्लीहरूमा गरेका थिए, भुल्यौ?
44:10b.JER.044.010 अहिले सम्म यहूदाका मानिसहरूले आफूलाई विनम्र बनाएका छैनन्। तिनीहरूले कुनै प्रकारको सम्मान म प्रति देखाएका छैनन्। ती मानिसहरूले मेरो शिक्षाहरू अनुसरण गरेनन्। तिनीहरूले व्यवस्था र विधिहरू पालन गरेनन् जुन मैले तिमीहरू अनि तिमीहरूका पिता-पुर्खाहरूका निम्ति बनाएको थिएँ।”
44:11b.JER.044.011 यसकारण, सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ “मैले तिमीहरूमाथि भयानक घटनाहरू घटुन् भनेर निर्णय गरें। म यहूदाका सारा परिवारलाई नष्ट गर्नेछु।
44:12b.JER.044.012 यहूदामा केही बाँचेकाहरू जसले मिश्रमा जाने र बस्ने निर्णय लिएका छन् तिनीहरू सबै मिश्रमा मर्नेछन्। तिनीहरू साना देखि ठूला तिनीहरू स्तरका सबै तरवार र अनिकालले मर्नेछन्। तिनीहरू श्राप, त्रास, हाँसो अनि अपमानको पात्र हुनेछन्।
44:13b.JER.044.013 जो मानिसहरू मिश्रमा बस्न गएका छन् तिनीहरूलाई दण्ड दिनेछु। म तरवारहरू, अनिकाल, भयानक हैजा फैलाएर तिनीहरूमाथि दण्ड दिनेछु। म तिनीहरूलाई यरूशलेमको शहरलाई दण्डित पारे जस्तै गर्नेछु।
44:14b.JER.044.014 यहूदामा जीवितहरू रहेका जो मिश्रमा फर्कन्छन् तिनीहरू मध्ये म कसैलाई पनि जीवित राख्दिन। तिनीहरू मध्ये कसैले यहूदामा फर्की बस्ने इच्छा गरे पनि केही बाहेक कोही पनि बाँच्ने छैनन्।”
44:15b.JER.044.015 यहूदाका पत्नी मानिसहरू जो मिश्रमा बस्न फर्केका थिए तिनीहरूले अन्य देवताहरूलाई बलिदानहरू चढाउथे अनि त्यो सत्य तिनीहरूका लोग्नेहरूले जान्दथे तर तिनीहरूले आफ्ना पत्नीहरूलाई त्यसो गर्न रोकेनन्। त्यहाँ यहूदाका एक ठूलो हुद्दा भेला हुन्थे। तिनीहरू दक्षिणी मिश्रमा बस्ने यहूदाका मानिसहरू थिए। ती अन्य देवताहरूलाई बलिदानहरू चढाउने स्त्रीहरूका पतिहरूले यर्मियाहलाई भने,
44:16b.JER.044.016 “परमप्रभुबाट आएको सन्देश जो तिमीले हामीलाई सुनायौ त्यो हामी मान्दैनौं।
44:17b.JER.044.017 हामीले स्वर्गकी रानीलाई बलिदानहरू चढाउछौ भनी प्रतिज्ञा गरेका छौं र हामीले जे प्रतिज्ञा गरेका छौं त्यही गर्ने छौं। हामी बलिदानहरू चढाएउँछौ अनि उनको पूजामा हामी उनलाई अर्घबलि खनाउछौं। पहिले पनि हामीले यसै गरेका थियौं हाम्रा पिता-पुर्खाहरू, हाम्रा राजाहरू तथा हाम्रा अधिकारीहरूले विगतमा त्यसै गरे। यहूदा शहर र यरूशलेमको गल्लीहरूमा पनि हामीले त्यसै गरयौं। त्यस समयमा हामीले स्वर्गकी रानीको पूजा गर्यौ र हामीसँग प्रशस्त भोजनहरू थियो। हामी सफल भयौं हामीलाई केही भएको थिएन्।
44:18b.JER.044.018 तर त्यसपछि हामीले स्वर्गकी रानीलाई बलिदानहरू छोडयौ। उनमाथि हामीले अर्घबलि चढाउन छाडयौ। जब हामीले उनलाई त्यसरी पूज्न छाडयौ प्रत्येक कुरोको अभाव हुन थाल्यो। हामी तरवार र अनिकालले मारियौ।”
44:19b.JER.044.019 तब स्वास्नीमानिसहरूले यर्मियालाई भने, “हामीहरूले जे गर्दै थियौ र जब हामीले स्वर्गकी रानीलाई बलिहरू चढायौं अनि अर्घबलिहरू अपर्ण गर्यौ, हाम्रा पतिहरूले जान्देथे। पूजा गर्नु भनी जब हामीले स्वर्गकी रानीको निम्ति तिनको मूर्ति भएको केकहरू बनायौ हाम्रा पतिहरूले जान्दथे।”
44:20b.JER.044.020 तब यर्मियाले जम्मै मानिसहरू पुरूषहरू, स्त्रीहरू र ज-जसले तिनलाई उत्तर दिएका थिए तिनीहरूलाई भने।
44:21b.JER.044.021 यर्मियाले तिनीहरूलाई भने, “तिमीहरूले तिमीहरूका पिता-पुर्खाहरू, राजाहरू र भारद्वारहरू अनि यहूदाको शहर र यरूशलेमको गल्लीहरूको देशका मानिसहरूले गरेका अर्पणहरू विषयमा परमप्रभुले राम्ररी जान्नु हुन्छ।
44:22b.JER.044.022 तिनीहरूले गरेका कुकर्महरू परमप्रभुले जुन घृणा गर्नुहुन्छ अब सहनुहुन्न। यही कारणले तिमीहरूको देशमा कोही पनि बस्दैन र आज जस्तो छ, त्यो श्रापित, उजाड र बाँझो भएको छ.
44:23b.JER.044.023 सारा ती टुष्ट कुराहरू हुन गएको कारण तिमीहरूले झूटा देवताहरू प्रति गरेको बलिदानहरूले गर्दा हो। तिमीहरूले परमप्रभुको विरूद्ध पाप गर्यौ। तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ। तिमीहरूले उहाँले दिनु भएको विधि र व्यवस्था अनुसरण गरेनौ। यसकारण आज यो महासर्वनाश आइलाग्यो।”
44:24b.JER.044.024 तब यर्मियाले ती स्वास्नीमानिसहरू सहित जम्मै पुरूष मानिसहरूलाई भने, “यहूदाका सारा मानिसहरू जो अहिले मिश्रमा छौ; परमप्रभुको सन्देश सुन
44:25b.JER.044.025 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘तिमीहरू र तिमीहरूका पत्नीहरूले जे गर्छु भनेका थियौ त्यही गर। “हामी हाम्रा प्रतिज्ञा पूरा गर्छौ, भेटीहरू र अर्घबलि स्वर्गकी रानीलाई चढाउछौ।” यसर्थ तिमीहरूको काममा अघि बढ अनि तिमीहरूको प्रतिज्ञा पूरा गर। तिमीहरूको प्रतिज्ञा राख।
44:26b.JER.044.026 तर, परमप्रभुको सन्देश सुन, मिश्रमा बसिरहेका यहूदाका मानिसहरू म परमप्रभु भन्छु कि म आफ्नो महान नाउँमा प्रतिज्ञा गर्छु कि आजदेखि उता मिश्रमा बस्ने यहूदाका मानिसहरू कसैले पनि निश्चित रूपमा “परमप्रभु हुनुहुन्छ।” भनी मेरो नाउँ लिने छैन।
44:27b.JER.044.027 “‘म ती मिश्रमा बासो-बास गर्ने यहूदाका मानिसहरूलाई नियाली रहेको छु। म तिनीहरूको रक्षाको लागि होइन तर ध्वंस पार्नको लागि नियाली रहेको छु। मिश्रमा बस्ने यहूदाका मानिसहरू अनिकाल र तरवारद्वारा मारिनेछन्, जबसम्म तिनीहरू पूरा खतम हुँदैनन् तबसम्म लगातार मरि नै रहनेछन्।
44:28b.JER.044.028 तरवारबाट बाँचेकाहरू थोरै मात्र यहूदामा फर्कन्छन् अनि जो यहूदामा बाँचेका छन् र मिश्रमा बस्नजान्छन् तिनीहरूले बुझ्नेछन् कि मेरो वचन कि तिनीहरूको वचन साँचो हुनेछ?
44:29b.JER.044.029 तब म तिमीहरूलाई प्रमाण दिनेछु,’ यो परमप्रभुको सन्देश हो, ‘म मिश्रमा तिमीहरूलाई दण्ड दिनेछु अनि तिमीहरूले जान्नेछौ कि “तिमीहरूलाई नोक्सान पुर्याउने” मेरो वचन साँचो ठहरिनेछ।’
44:30b.JER.044.030 परमप्रभु भन्नुहुन्छ ‘म जे भन्छु त्यो हुनेछ। मैले यहूदाका राजा सिदकियाह जो उसको शत्रु अनि जसले उसलाई मार्न खोजिरहेको थियो बाबेलको राजा नबूकदनेस्सरलाई दिएँ। “मिश्रको राजा फिरऊन होप्रोलाई उसका शत्रुहरू जसले मार्न खाजिरहेका छन्, तिनीहरूलाई सुम्पिनेछु।”‘
45
45:1b.JER.045.001 यहूदाका राजा योशियाहको छोरो यहोयाकीमको राज्यकालको चौथो वर्षमा अगमवक्ता यर्मियाले बारूकलाई यी कुराहरू भने। उसले यर्मियाको बेहेरूवामा ती कुराहरू लेखे यर्मियाले बारूकलाई जे भने त्यो यही हो।
45:2b.JER.045.002 “परमप्रभु इस्राएलका परमेश्वरले तिमीलाई यसो भन्नुहुन्छ, बारूक, तिमीले भनेका छौ, यो मेरो लागि अति नराम्रो हो।
45:3b.JER.045.003 ‘परमप्रभुले मेरो पीडा सहित मलाई दुख दिनु भएको छ। म अत्यन्त थकित छु। मेरो पीडाको कारणले गर्दा म थकित मात्र होइन गलेको पनि छु। म आराम पाउन सक्तिन।’
45:4b.JER.045.004 यर्मिया” बारूकलाई यो भने, परमप्रभुले यसो भन्नुहुन्छ ‘मैले बनाएको सबै कुरा भत्काईदिनेछु। अनि मैले जे रोपेको छु उखेल्नेछु। यहूदाको जताततै म त्यसो गर्ने छु।’
45:5b.JER.045.005 परमप्रभुले भन्नुभयो, बारूक तिमीले आफ्नै लागि ठूलो कुरा खोजिरहेका छौ। तर ती चीजहरू नखोज किनभने म सम्पूर्ण मानिसहरूमाथि भयानक कष्ट ल्याउनेछु।’ परमप्रभुले यी कुराहरू भन्नुभयो। ‘तिमी धेरै ठाउँमा जानु पर्नेछ। तर तिमी जहाँ जान्छौ म तिमीलाई बाँच्ने मौका दिन्छु।”‘
46
46:1b.JER.046.001 ती वचनहरू जो परमप्रभुबाट अगमवक्ता यर्मियाकहाँ आए धेरै जाति-जातिहरूको विषयमा छ।
46:2b.JER.046.002 यो सन्देश मिश्र देशको विषयमा हो। यो सन्देश मिश्रदेशका राजा फिरऊन नेकोका सेनाको बारेमा छ। उसको सेना यूफ्रेटिस नदीको किनार कर्कशमा भन्ने शहरमा पराजित भएको थियो। जब बाबेलका राजा नबूकदनेस्सरले फिरऊन नेकोको सेनालाई कर्कशमा पराजित गरे। त्यसबेला योशियाहको छोरो यहोयाकाम यहूदाका राजा भएको चार वर्ष पुगेको थियो। यो मिश्रलाई परमप्रभुको सन्देश हो
46:3b.JER.046.003 “तिम्रो ठूलो र सानो ढालहरू तैयार पार। युद्धको लागि अघि बढ।
46:4b.JER.046.004 घोडाहरू तैयार पार सिपाहीहरू आफ्नो घोडाहरूमाथि चढे युद्धभूमिमा जाऊ। लडाइँको टोपहरू लगाऊ। भालाहरू तीखो पार झिलम लगाऊ।
46:5b.JER.046.005 मैले के देखें? सिपाहीहरू भयभीत छन् अनि भागिरहेका छन्। ती वीर सेनाहरू परास्त भइरहेका छन्। पछि नहेरी तिनीहरू हतारिएर भागिरहेका छन्। त्यहाँ वरिपरि त्रास छ।” परमप्रभुले यी कुराहरू भन्नुभयो।
46:6b.JER.046.006 फुर्तीला धाक्कहरू पनि भाग्न सक्तैनन्। बलियो सिपाहीहरू पनि उम्कन सक्तैनन्। तिनीहरू सबै ठेस लागेर लडने छन्। उत्तरमा यूफ्रेटिस् नदीको किनारमा यस्तो घटनाहरू हुनेछन्।
46:7b.JER.046.007 नील नदी जस्तै को आइरहेछ? को त्यस्तो तीव्र नदीहरू झैं आइरहेछ?
46:8b.JER.046.008 यो मिश्र हो जो नील नदी झैं आइरहेछ। यो मिश्र हो जो त्यो तीव्र नदीहरू झैं उर्लेर आईरहेछ। मिश्रले भन्दछ, ‘म आउने छु अनि पृथ्वीलाई ढाक्नेछु। म शहरहरू र त्यहाँ बस्ने मानिसहरूलाई नाश पार्नेछु।’
46:9b.JER.046.009 हे घोड-सवारी सिपाहीहरू, अघिबढ! हे रथ हाँक्नेहरू, चाँडो हाँक! हे वीर सिपाहीहरू, अघि बढ! कूश र पूटबाट आएका सिपाहीहरू, जो आफ्ना ढालहरू बोक। लूदबाट आएका सिपाहीहरू धनु समाल।
46:10b.JER.046.010 तर त्यस समय, हाम्रो मालिक सेनाहरूका परमप्रभु, परमेश्वरले आफ्नो शत्रुहरूमाथि बद्ला लिनुहुनेछ। त्यो बद्ला लिने दिन हुनेछ। तरवारले मार्नेछ अनि सन्तुष्ट हुनेछ। तिनीहरूको रगतले तरवार भरिनेछ। यो उत्तर देशको यूफ्रेटिस नदीको किनारमा मेरो मालिक, सेनाहरूका परमप्रभु निम्ति बलि हुनेछ।
46:11b.JER.046.011 हे मिश्र देशकी कन्ये-छोरी! गिलाद जाऊ अनि औषधि ल्याऊ। अनि सबै औषधिहरू जो तिमीले लगाउँछौ त्यो व्यर्थको हुनेछन्। तिमी निको हुने छैनौ।
46:12b.JER.046.012 तिम्रो अपमान विषयमा जाति-जातिहरूले सुन्नेछन्। तिम्रो रूवाँई सारा पृथ्वीभरि सुनिने छ। एउटा ‘वीर सिपाही’ अर्को ‘वीर सिपाहीमाथि’ पल्टिनेछ अनि दुवै एकैचोटी लडछन्।”
46:13b.JER.046.013 यो सन्देश अगमवक्ता यर्मियाकहाँ परमप्रभुबाट आयो जब नबूकदनेस्सर मिश्रमाथि आक्रमण गर्न अघि बढिरहेको थियो।
46:14b.JER.046.014 “यो सन्देश मिश्र, मिग्दोल, मेमफिस र तहपन्हेसमा घोषणा गरेर यसो भन्, ‘युद्धको लागि तैयार हौ किनभने तिम्रो वरिपरि तरवारले खाँदैछ।’
46:15b.JER.046.015 तिम्रो गोरू किन फ्याँकिएको छ? त्यो कि उभिन सक्तैन? किनभने परमप्रभुले तिनीहरूलाई तल घचेटि दिनुहुनेछ।
46:16b.JER.046.016 धेरै सिपाहीहरू ठोक्किनेछन् अनि लडनेछन्। तब तिनीहरू परस्परमा भन्नेछन्, ‘उठ, हाम्रा आफ्ना मानिसहरूकहाँ जाऊँ। हामी हाम्रा अत्याचारीहरूको तरवार भन्दा टाढो आफ्ना देशमा फर्कौ। हामी भाग्नै पर्छ किनभने हाम्रा शत्रुहरूले हामीलाई परास्त गरे।’
46:17b.JER.046.017 मिश्रको राजा फिरऊनलाई ‘चर्को हल्ला जसले आफ्नो नाउँमा बोलाऊ मौका गुमायो।”‘
46:18b.JER.046.018 जास्तो म जीवित छु। राजा भन्छन्- यो राजाको नाउँ हो सेनाहरूका परमप्रभु आउनु हुनेछ। उनी याबेर पर्वत अनि समुद्रको किनारको कर्मेल पर्वत जस्तै महान हुनेछ।”
46:19b.JER.046.019 हे मिश्रकी छोरी! आफ्ना सामानहरू बाँधबुध गर दासत्वको लागि तैयार हौं, किनभने मेमफिस शहर ध्वंस हुनेछ, जन शून्य बेकामे भूमि हुनेछ।
46:20b.JER.046.020 मिश्र एउटी सुन्दरी गाई जस्तै हो, तर एउटा डाँस उत्तरबाट उसकहाँ आइरहेछ।
46:21b.JER.046.021 मिश्रका भाडाका सिपाहीहरू पोसिएका गोरूहरू छन् झैं तिनीहरू सबै पीठ फर्काएर भागे। तिनीहरू आक्रमणकारीहरू समक्ष एक क्षण टिक्न सकेनन्। तिनीहरूको नाशको समय आईरहेछ। तिनीहरू दण्डित हुनेछन्।
46:22b.JER.046.022 मिश्र साँपको झैं आवाज गर्दै सुल्किरहेको छ किनभने उसको शत्रुहरू तेजले आएकाछन्। शत्रुले मिश्रलाई बन्चरोहरूले रूख काटे झैं आक्रमण गर्नेछ।”
46:23b.JER.046.023 परमप्रभु भन्नुहुन्छ, “तिनीहरूले उसको जंगल बाक्लो भए पनि फाँडनेछन्। शत्रुका सेनाहरू सलह झैं छन् अनि कसैले गन्न सक्तैन।
46:24b.JER.046.024 मिश्रकी छोरी लज्जित हुनेछ। उत्तर दिशाबाट आएका शत्रुले उसलाई पराजित गर्नेछ।”
46:25b.JER.046.025 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ “म थेबेसको आमोनलाई दण्ड दिनेवाला छु। अनि म फिरऊन, मिश्र र त्यसका देवताहरूलाई दण्ड दिनेछु। म मिश्रका राजाहरूलाई र फिरऊनमाथि भरोसा गर्नेहरूलाई दण्ड दिनेछु।
46:26b.JER.046.026 म तिनीहरूलाई बाबेलको राजा नबूकदनेस्सर र उसको सेवकहरूको हातमा सुम्पिनेछु जसले तिनीहरूलाई मार्न खोजिरहेका छन्।” “यस ध्वंस पछि मिश्रमा फेरि अघि झैं मानिसहरू बसो-बास गर्नेछन्।” परमप्रभुले यी कुराहरू भन्नुभयो।
46:27b.JER.046.027 “हे याकूब, मेरो दास! नडराऊ। हे इस्राएल, होतोत्साही नबन। म तिमीहरू र तिम्रो नानीहरूलाई ती सुदूर र तिमीहरूलाई कैदी बनाउने ठाउँबाट बचाउनेछु। याकूब फर्कनेछ अनि शान्ति र सुरक्षा पाउने छ अनि कसैले पनि उसलाई भयभित पार्नेछैन।”
46:28b.JER.046.028 परमप्रभु भन्नुहुन्छ, “हे याकूब, मेरो दास! नडराऊ। म तिमीसँग छु। मैले तिमीलाई जहाँ पठाएको थिए ती जाति-जातिहरू सबै ध्वंस पार्नेछु। तर म तिमीलाई पूर्णरूपले ध्वंस गर्ने छैन। आवश्यकता अनुसार म तिमीलाई सुधार्नेछु र तिमीलाई सजाय नदिइ मुक्त पार्नेछैन।”
47
47:1b.JER.047.001 यो सन्देश पलिश्ती मानिसहरूका बारेमा अगमवक्ता यर्मियालाई परमप्रभुबाट आयो। यो सन्देश फिरऊनले गाजा शहरमा आक्रमण गर्न अघि नै आएको थियो।
47:2b.JER.047.002 परमप्रभु भन्नुहुन्छ, “हेर, शत्रुका सिपाहीहरू उत्तरमा भेला भइरहेकाछन्। तिनीहरू किनारमा छालले हिर्काउँदै उर्लेको नदी जस्तै आउनेछन्। तिनीहरूले बाढीले झैं सारा देश शहरहरू र त्यहाँ बस्ने मानिसहरू ढाक्नेछन्। त्यस देशका मानिसहरूले विलौना गर्नेछन् तथा गुहार माग्नेछन्।
47:3b.JER.047.003 तिनीहरूले घोडाहरू दौडेको टापहरू सुन्ने छन् तिनीहरूले रथहरू दौडाइएको तेज आवाजहरू सुन्नेछन् तिनीहरूले चक्काको गुडुल्किएको आवाज सुन्ने छन्। बाबुहरू आफ्ना नानीहरू जोगाउन असमर्थ हुनेछन्। तिनीहरू अति नै कमजोर हुनेछन्।
47:4b.JER.047.004 सोर अनि सिदोनलाई सहायता गर्न सक्ने त्यहाँ रहेका प्रत्येक जिउँदालाई टुक्राउनको लागि पलिश्तीलाई सर्वनाश पार्ने समय आएको छ। पलिश्तीहरू र कप्तोर टापुमा रहेका मानिसहरू सबैलाई परमप्रभुले ध्वंस गर्नु हुनेछ।
47:5b.JER.047.005 गाजाका मानिसहरूले आफ्नो केश खौरन्छन्। अश्कलोनका मानिसहरू चूपचाप रहन्छन्। हे बेंसीमा बाँच्नेहरू हो! कहिलेसम्म तिमीहरू स्वयंलाई काट्नेछौ?
47:6b.JER.047.006 हे परमप्रभुको तरवार, तिमी मुक्त भएकै छैनौ। कहिले सम्म तिमी लडाइँ गरिरहेने छौ? आफ्नो छापभित्र फर्केर जाऊ। रोक शान्त हौ।
47:7b.JER.047.007 तर कसरी परमप्रभुको तरवार शान्त हुनसक्छ? अश्कलोन र समुद्री किनारमा आक्रमण गर्नु परमप्रभुले यसलाई आज्ञा दिनु भएको छ।”
48
48:1b.JER.048.001 यो सन्देश मोआब देशसित सर्म्पकित छ। सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ “पर्वत नबोको दुर्भाग्य सामुन्ने छ। यो ध्वंस हुनेछ। किर्यातैमको शहर लज्जित हुनेछ अनि कब्जामा पर्नेछ। ती बलिया किल्लाहरू लज्जित तथा हतोत्साही हुनेछन्।
48:2b.JER.048.002 मोआबलाई फेरि प्रशंसा गरिने छैन। हेशबोनमा मानिसहरूले मोआबको पराजयको युक्ति रचे। तिनीहरूले भने, ‘आऊ, हामी मिलेर त्यस ठाउँलाई नष्टपारौं ताकि अब उसो एउटा जाति नरहोस्।’ हे मदमेन, तिमीलाई पनि चूपचाप पारिन्छ। तरवारले तिम्रो खेदो गर्नेछ।
48:3b.JER.048.003 होरोनैमबाट आएको चिच्याहट सुन। तिनीहरू लुटपाट र विध्वंसले गर्दा चिच्याई रहेकाछन्।
48:4b.JER.048.004 मोआब नष्ट हुने नै छ। उसका स-साना बालकहरू गुहार माग्दै रूने छन्।
48:5b.JER.048.005 मोआबका मानिसहरू रूँदै लूहीतको उकालो बाटो जान्छन्। होरोनैम तिर जाने ओह्रालो बाटोमा ध्वंसको परितापमा क्रन्दन सुनिन्छ।
48:6b.JER.048.006 भाग जाऊ! भाग आफ्नो प्राण बचाऊ, मरूभूमिको जंगलमा हुने पोथ्रा झैं बन।
48:7b.JER.048.007 तिमीहरूले आफ्नो काम र धनमा भरोसा गर्यौ। यसकारण तिमीहरू कैदमा पर्यौ। उसका अधिकारीहरू र पूजाहारीहरूसितै कमोशलाई देश निष्कासन गरियो।
48:8b.JER.048.008 प्रत्येक शहर ध्वंस पारिनेछ अनि कुनै एउटा शहर पनि बाँकी राखिनेछैन। परमप्रभुले भन्नु भएको बेंसी नष्ट हुनेछ। अनि समतल देश ध्वंस पारिनेछ।
48:9b.JER.048.009 मोआबमा खेत बारि भरि नून छरिदेऊ किनभने यो निश्चय नष्ट हुनेछ अनि बासिन्दा कोही नभएर मोआब शून्य मरूभूमि हुनेछ।
48:10b.JER.048.010 श्रापित होस् त्यो मानिस जसले परमप्रभुको काम गर्न विलम्ब गरिरहेछ। धिक्कार छ त्यस मानिसलाई जसले ती मानिसहरू मार्न आफ्नो तरवार चलाँउदैन।
48:11b.JER.048.011 मोआबले अनिष्ट कहिल्यै देखेको छैन। मोआब ढुग्रोमा रहेको र एउटा भाँडादेखि अर्को भाँडामा नसारिएको दाखरस जस्तै छ। उ कैदी भएर कहिले पनि बसेको छैन यसकारण उ पहिल्यै जस्तै ताजा नै छ अनि उसको स्वादमा बद्ली आएको छैन।”
48:12b.JER.048.012 तब परमप्रभु भन्नुहुन्छ, “हेर, समय आइरहेछ जब म उसलाई तिम्रो भाँडाबाट खन्याउन अनि खाली भाँडाहरू टुक्रा-टुक्रामा परिणत गराउन मानिसहरू पठाउनेछु।”
48:13b.JER.048.013 तब, मोआबका मानिसहरू कमोशले गर्दा लज्जित हुनेछन्। जसरी इस्राएलका मानिसहरूले झूटा देवता बेतेललाई विश्वास गरेका थिए। त्यही झूटा देवताले मद्दत नगर्दा तिनीहरू लज्जित भए।
48:14b.JER.048.014 “तिमीहरू कसरी भन्न सक्छौ, ‘हामी बलिया सिपाहीहरू हौं अथवा हामी वीर योद्धाहरू हौं।’
48:15b.JER.048.015 शत्रुहरूले मोआबमाथि आक्रमण गर्नेछन् र शहरभित्र पसेर तिनीहरूलाई ध्वंस पार्नेछन्। उसका खास जवान मानिसहरू हत्या गरेर मारिनेछन्।” यो सन्देश महाराजाको हो, उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।
48:16b.JER.048.016 “मोआबको अन्त नजिकै छ। मोआबलाई चाँडै ध्वंस पारिनेछ।
48:17b.JER.048.017 मोआबका वरिपरि बस्ने मानिसहरू तिमीहरू सबैले त्यो देशको लागि विलाप गर्नुपर्नेछ। तिमीहरू जान्दछौ मोआब कति प्रसिद्ध छ। यसर्थ त्यसको लागि रूनु ‘मोआबको शक्तिशाली अनि महिमामय राजदण्ड पूर्णरूपले टुक्रियो।’
48:18b.JER.048.018 तिमीहरू दीबोनमा बसिरहेका छौ। आफ्नो सम्मानपूर्ण ठाउँबाट झरेर आऊ सुखा जमीनमा बस किनभने विनाश आइरहेछ अनि उसले तिमीहरूको दरिलो शहरहरू भत्काइदिनेछ।
48:19b.JER.048.019 हे अरोएरमा बस्ने मानिसहरू हो। बाटोको सहायतामा उभ र। हेर पुरूष मानिसहरू भागिरहेका हेर स्त्री मानिसहरू भागिरहे तिनीहरूलाई के भयो सोध।
48:20b.JER.048.020 मोआब धराशायी भएको छ लाजले पूर्ण भएको छ। विलौना गर अनि रोऊ। अर्नोन नदीमा गएर घोषणा गर कि मोआब ध्वंस भयो।
48:21b.JER.048.021 समतल देशमाथि न्याय हुने समय आएको छ। होलोन, यहसा र मेपात शहरहरूमा न्याय गरिने समय आएकोछ।
48:22b.JER.048.022 दीबोन, नबो बेत-दिबलातैम शहरहरूमा न्याय गरिने समय आएकोछ।
48:23b.JER.048.023 किर्यातैम, बेतगामूल, बेत-मोन शहरहरूमा न्याय गरिने समय आएकोछ।
48:24b.JER.048.024 करियोत र बोज्रा र छेउ, टाढाका अनि नजिकका मोआब सबै शहरहरूमा न्याय गरिने समय आएकोछ।
48:25b.JER.048.025 मोआबको सिंग काटियो अनि मोआबको पाखुरा भाँचिएको छ।” परमप्रभुले यो कुरा भन्नुभयो।
48:26b.JER.048.026 “मोआबले सम्झाएको थियो कि ऊ परमप्रभु भन्दा महान हो। अत मोआबलाई पागल हुञ्जेलसम्म सजाय देऊ। मोआब लडेर आफ्नै वान्तामा लटपटिने छ। मोआब मानिसहरूको हाँसोको पात्र हुनेछ।
48:27b.JER.048.027 मोआब तिमीले इस्राएलको हाँसो उढायौ इस्राएललाई एउटा चोरका समूहले पकडे। प्रत्येक पल्ट तिमीहरूले इस्राएलको बारेमा बोल्दा आफ्नो टाउको हल्लायौ अनि इस्राएलभन्दा असल छु भनी बहाना गर्यौ।
48:28b.JER.048.028 मोआबका मानिसहरू हो आफ्नो शहरहरू छोड। जाऊ ढुङ्गाहरूमा बस, ढुकुर जस्तो हौ जसले ओढारको मुखमा आफ्नो गुँड बनाउँछ।”
48:29b.JER.048.029 “हामीले मोआबको गर्व सुनेकाछौं, उ अत्यन्तै शेखीवाल र रीसाह थियो र उसले आफै ठूलो हुँ भन्ने ठान्थ्यो।”
48:30b.JER.048.030 परमप्रभु भन्नुहुन्छ, “मोआब कति रीसाह छ म जान्दछु, उसले आफ्नै प्रशंसाको गीत गाउँछ। तर उ झूटो अंहकार गर्छ ऊ आफूले भनेको कुराहरू गर्न सक्तैन।
48:31b.JER.048.031 यसर्थ म मोआबका मानिसहरूको लागि विलाप गर्दछु, म सम्पूर्म मोआबको लागि रून्छु। म कीरहेरेसका मानिसहरूका लागि शोक गर्छु।
48:32b.JER.048.032 म याजेरको मानिसहरूसित याजेरकै लागि शोक गर्छु। हे सिब्नाका दाखका बोट, बिगतमा तिम्रा दाखका बोटहरू चारैतिर फैलिदै समुद्र पारी याजेर शहरसम्म फैलिएको थियो। तर विनाशले तिनीहरूका फल र दाखहरू लग्यो।
48:33b.JER.048.033 मोआबको विस्तृत दाखबारीहरूबाट खुशी र आनन्द लगिएकोछ। मैले अङ्गुर निचोर्दा रस निक्लन बन्द गरिदिएँ। यसर्थ आनन्दको स्वरले तिनीहरूले अङ्गुर निचोर्दैनन्। स्वर छ तर आनन्दको स्वर होइन।
48:34b.JER.048.034 मानिसहरू हेशबोनदेखि एलाले अनि जहाजसम्म कराउँदैछन्। मानिसहरू विलाप गरी रहेका छन्। तिनीहरूको विलाप सोअर, होरोनैम, एग्लथ-शेलीशिया शहरहरूबाट सुनिन्छ। निम्रीमको पानी सुक्यो।
48:35b.JER.048.035 म मोआबलाई उच्च स्थानहरूमा तिनीहरूको देवताहरूलाई सुगन्धित धूप बाल्न र बलि चढाउनु रोक्छु।” परमप्रभुले यो कुरा भन्नुभयो।
48:36b.JER.048.036 “म मोआब र किरहरेसतका मानिसहरूको लागि उदास छु। मेरो हृदय बासुरीको शोक धुन जस्तै रून्छ किनभने तिनीहरूको जोगाड गरेको धन-सम्पति सबै नष्ट भयो।
48:37b.JER.048.037 प्रत्येक मानिसको केश खौरेको छ। प्रत्येकले दाह्री काटेको छ। प्रत्येकको हातहरू काटिएको छ। प्रत्येकले आफ्ना कम्मरमा उदासीनताको धोती बेरेको छ।
48:38b.JER.048.038 घरका धुरीहरूमा तथा मोआब गल्लीहरूमा मरेर गएकाहरूको लागि मानिसहरू जता-ततै विलाप गरिरहेका छन्। समस्त भूमि नै उदासीनताले छाएको छ किनभने मोआबलाई मैले कसैलाई नचाहिने माटोको भाँडालाई झैं चकानाचूर पारेको छु।” परमप्रभुले यो कुरा भन्नुभयो।
48:39b.JER.048.039 “मोआब तितर-बितर भएका छन्। मानिसहरू विलाप गरिरहेका छन्। मोआब लाजले वरिपरि घुम्छ। मानिसहरूले मोआबको खिल्ली उडाइरहे छन् ऊ आफ्नो वरिपरि प्रत्येकका निम्ति डरको पात्र बनेको छ।”
48:40b.JER.048.040 परमप्रभु भन्नुहुन्छ, “हेर! एउटा चील आकाशबाट बेगहानेर आइररहेको छ। यसले आफ्नो पखेटाहरू मोआब भरि फैलाई रहेछ।
48:41b.JER.048.041 शहरहरू कब्जा गरिनेछ। बलिया किल्लाहरू घेरामा पर्नेछन्। त्यस समयमा मोआबका शक्तिशाली सिपाहीहरूको मुटु प्रसव वेदनामा परेकी स्त्रीको जस्तो हुनेछ।
48:42b.JER.048.042 मोआब देश ध्वंस गराइनेछ। किनभने उसले सम्झन्थ्यो कि ऊ परमप्रभु भन्दा महान छ।”
48:43b.JER.048.043 परमप्रभुले यी कुराहरू भन्नु हुन्छ, “मोआबका मानिसहरू हो! तिमीहरूको लागि डर, गहिरो खाडलहरू र पासोहरू छन्।
48:44b.JER.048.044 मानिसहरू डराउने छन् र भाग्ने छन्, तर तिनीहरू गहिरो खाडलहरूमा पर्नेछन्। यदि तिनीहरू कसैले त्यहाँबाट उक्लिए भने पासोहरूमा फँस्नेछन् किनभने म मोआबमाथि दण्डको वर्ष ल्याउनेछु।” परमप्रभुले यी कुराहरू भन्नुभयो।
48:45b.JER.048.045 “हेशबोनको छाँयामा शरणार्थीहरू नरहेको देखिन्छ। तिनीहरू रहेनन् कारण हेशबोनबाट आगो र सिहोनबाट ज्वाला गएको छ। यसले मोआबको निधार र ती अहिले आनन्द मनाउँदै गर्नेहरूको शिरलाई काटेर नास पारिदिनेछ।
48:46b.JER.048.046 ए मोआब! तिमीलाई शोक! कमोशका मानिसहरू नष्ट भएको छन्। तिम्रा छोरा-छोरीहरूलाई कैदी बनाएर लगिन्छ।
48:47b.JER.048.047 “तर समय आउनेछ, म मोआबबाट लागिएको फर्काउनेछु।” यो सन्देश परमप्रभुबाट थियो। यसकारण मोआबमाथि लादिएको सजाय पूर्ण भयो।
49
49:1b.JER.049.001 यो सन्देश अम्मोनवासीहरूसित सम्बन्धित छ परमप्रभु भन्नुहुन्छ “अम्मोनवासी हो! के तिमीहरू ठान्छौ कि इस्राएलका मानिसहरूका नानीहरू छैनन्? के तिनीहरूका अभिभावकहरू जमीनको उत्तराधिकारीहरू छैनन्? तब किन मल्कामले गादको जमीन लियो? किन उसको मानिसहरू उसका शहरहरूमा बस्छन्?”
49:2b.JER.049.002 परमप्रभु भन्नुहुन्छ, “अम्मोनको रब्बाले युद्धको स्वर सुन्ने समय आउनेछ। रब्बा एउटा नष्ट पहाड हुनेछ। वरिपरिका सबै गाउँहरू जलाइनेछन् र जसले तिनीहरूलाई बलपूर्वक निकालेका थिए तिनीहरूलाई इस्राएलका मानिसहरूले बाहिर निकाल्नेछन्।” यो सन्देश परमप्रभुबाट थियो।
49:3b.JER.049.003 “हे हेशबोनका मानिसहरू! विलाप गर। किनभने ऐ शहर ध्वंस भएको छ। हे रब्बामा बस्ने अम्मोनी स्त्रीहरू शोक प्रकट गर्ने लुगाहरू लगाऊ। विलाप गर अनि पर्खालतिर दगुर। मल्कम आफ्नो पूजाहारी र अधिकारीहरूसित निष्कासन हुन्छ।
49:4b.JER.049.004 तिमीहरूले आफ्नो शक्तिमा घमण्ड गर्यौ। तर तिमीहरूको शक्ति क्षय भएर गइरहेको छ। हे अविश्वासी छोरी! तिमीले आफ्नो सम्पत्तिमा भरोसा गर्यौ अनि ठान्यौ कि कसैले पनि तिमीमाथि आक्रमण गर्नेछैन्।”
49:5b.JER.049.005 सेनाहरूका परमप्रभु मेरो मालिक भन्नुहुन्छ “प्रत्येक पक्षबाट म तिमीहरूका निम्ति भय ल्याउनेछु। तिमीहरू सबैलाई खेदिनेछ अनि शरणार्थीहरूलाई भेला पार्ने कोही हुने छैन्।”
49:6b.JER.049.006 “त्यसपछि अम्मोनीहरूबाट जे खोसिएको थियो ती सबै कैदीहरूलाई फर्काएर ल्याउनेछु।” यो सन्देश परमप्रभुबाट आयो।
49:7b.JER.049.007 यो सन्देश एदोनसित सम्बन्धित छ। सेनाहरूका परमप्रभु भन्नुहुन्छ “के तेमानमा केही ज्ञान बाँचेको छैन? के मानिसहरूको विवेकबाट परार्मश नष्ट भएर गयो? के तिनीहरूले आफ्नो विवेक हराए?
49:8b.JER.049.008 हे ददानका मानिसहरू हो, भाग, लुक! किनभने म एसावलाई उसको कर्मको लागि दण्ड दिने छु।
49:9b.JER.049.009 जब मानिसहरूले अङ्गुर फल बटुल्छन्, तिनीहरूले केही छाडछन्। जब राती चोरहरू आउँछन् तिनीहरूलाई जति चाहिन्छ त्यति मात्र लैजान्छन्।
49:10b.JER.049.010 तर एसावबाट म प्रत्येक कुराहरू लैजानेछु। म यसका गुप्त ठाउँहरूको पनि पत्तो लाउने छु अनि उ मबाट लुक्न पाउने छैन। उसका नानीहरू, आफन्त र छिमेकीहरू सारा सडनेछन् अनि एसाव अस्तिवहिन हुनेछ।
49:11b.JER.049.011 आफ्ना अनाथहरूलाई छाडिदेऊ। म तिनीहरूलाई सुरक्षा दिनेछु। तिमीहरूका विधवाहरूले ममाथि भरोसा राखुन्।”
49:12b.JER.049.012 परमप्रभु भन्नुहुन्छ, “कतिपय मानिसहरू दण्डका पात्र छैनन्, तर तिनीहरू पीडित भए। तर एदोम तिमी दण्डको पात्र हौ। यसर्थ तिमी निश्चय दण्डित हुनेछौ। तिमी यसबाट मुक्त हुने छैनौ।”
49:13b.JER.049.013 परमप्रभु भन्नुहुन्छ, “म आफै यो प्रतिज्ञा गर्छु कि बोज्रा ध्वंस हुनेछ अनि एक खिसीको पात्र हुनेछ। यो बेकामे र अभिशाप हुनेछ। ब्रोजा वरिपरिका जम्मै शहरहरू सदा-सर्वदाको निम्ति नष्ट हुनेछन्।”
49:14b.JER.049.014 मैले परमप्रभुबाट यो सन्देश सुनेको छु। उहाँले ती जातिहरूलाई भन्न समाचारवाहक पठाउनु हुनेछ “आफ्ना सिपाहीहरूलाई भेला गर अनि एदोम विरूद्ध अघि बढ।
49:15b.JER.049.015 एदोम, म तिमीलाई जाति-जातिहरू मध्ये एकदमै निम्न पार्नेछु। प्रत्येक मानिसले तिमीलाई घृणा गर्नेछन्।
49:16b.JER.049.016 एदोम! तिमीहरूले अन्य जाति-जातिहरूलाई भयभित पार्यौ अनि स्वयंलाई महान ठानेका छौं। तर तिमीहरू आफैलाई मूर्ख बनायौ। तिम्रा गर्वले तिमीलाई धोका दियो। तिमी फुटेको चट्टानमा बस्छौ; उच्च पहाडहरूमा बस्छौ। तर यदि तिमीले आफ्ना घर चीलको गुँड भन्दा माथि बनायौ भने पनि म तिमीलाई तल झार्नेछु।”
49:17b.JER.049.017 परमप्रभु भन्नुहुन्छ, “एदोम शोकको दृश्य बनिने छ अनि मानिसहरू जसले उजाड शहर देख्छन् आश्चर्यचकित हुन्छन् अनि यसका घाउहरूमा खिसी गर्नेछन्।
49:18b.JER.049.018 एदोम शहर, सदोम र गमोरा अनि वरिपरिका शहरहरू जस्तै परास्त हुनेछन् अनि त्यहाँ कोही पनि बस्ने छैन्।” परमप्रभुले यसो भन्नुभयो।
49:19b.JER.049.019 “यर्दन नदी नजिक बाक्लो जङ्गलबाट कहिले काहीं निस्कने अनि जहाँ मानिसहरू आफ्नो खेतमा भेडा र गाई वस्तुहरू राख्छन् म त्यहाँ जाने सिंह जस्तै हुँ। म एदोममा जान्छु। म मानिसहरूलाई खेदो ल्याउनेछु। जसलाई म मन पराउँछु उसलाई यहाँ नियुक्त गर्छु। म जस्तो को छ? कसले मलाई चुनौती दिन सक्छ? कुनै गोठाला मेरो अघि उभिनै सक्तैन।”
49:20b.JER.049.020 एदोम र तेमानका मानिसहरूका निम्ति परमप्रभुले बनाउनु भएको योजना सुन। तिनीहरूले थुमाहरू घिस्यार्नेछन्। उसले तिमीहरूको खेत सम्पूर्ण नष्ट पार्नेछ।
49:21b.JER.049.021 एदोमका पतनको आवाजले पृथ्वी थर्किनेछ। तिनीहरूका विलाप लाल समुद्र सम्मै सुनिनेछ।
49:22b.JER.049.022 अक्कासिने चील उँभो बेगले तल झरी आफ्नो पखेटा बोज्रामाथि फिँजाउनेछ। त्यस समयमा, एदोमका सिपाहीहरूको हृदय प्रसव वेदनामा परेकी स्त्रीको जस्तो हुनेछ।
49:23b.JER.049.023 यो सन्देश दमिशक शहरसित सर्म्पकित छ “हमात र अर्पादका शहरहरू भयभीत छन् किनभने तिनीहरूले कुल्छिनको खबर सुनेका छन्। तिनीहरू डरले पग्लिए। तिनीहरू शान्त हुन नसक्ने समुद्र झैं कष्टमा छन्।
49:24b.JER.049.024 दमिशक शहर कमजोर भयो। मानिसहरू भाग्न चाहन्छन्। आंतकले तिनीहरूलाई समातेको छ। तिनीहरूले शोक र प्रसव वेदनामा परेकी स्त्रीले झैं वेदना अनुभव गरिरहेका छन्।
49:25b.JER.049.025 मानिसहरूले प्रसिद्ध शहर, ‘आनन्दको शहरलाई’ किन छोडेका छैनन्।
49:26b.JER.049.026 यसकारण जवानहरू शहरको सार्वजनिक स्थलहरूमा। उसका सारा सिपाहीहरू त्यही समयमा मारिनेछन्।” सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुहुन्छ।
49:27b.JER.049.027 “म दमिशकको पर्खालहरूमा आगो लगाईदिनेछु। त्यो आगोले बेनहददका किल्लाहरू पूर्ण रूपले जलाइदिनेछ।”
49:28b.JER.049.028 यो सन्देश केदार र हासोरको परिवार समूहको विषयमा छ। बाबेलका राजा नबूकदनेस्सरले तिमीहरूलाई पराजित पारे। परमप्रभु भन्नुहुन्छ “जाऊ र केदारलाई आक्रमण गर। पूर्व दिशाका मानिसहरूलाई ध्वंस पार।
49:29b.JER.049.029 तिनीहरूको पालहरू, भेडाका बगालहरू, पालका पर्दाहरू र तिनीहरूका चीजहरू लगिनेछ। शत्रुले तिनीहरूका ऊँटहरू लगेर जानेछन्। मानिसहरू तिनीहरू प्रति चिच्याउने छन्। डरलाग्दा कुराहरू चारैतिर भई रहेको छ।
49:30b.JER.049.030 भाग! छिटो भाग! हे हासोरका मानिसहरू, लुक्ने ठाउँहरू खोज किनभने बाबेलको राजाले तिमीहरूलाई परास्त पार्नु एउटा युक्ति साँधेकोछ।” यो सन्देश परमप्रभुबाट हो।
49:31b.JER.049.031 “एउटा देश छ जसले आफू सुरक्षित छु भन्ने सम्झन्छ। तिमीहरूको न कुनै फाटक छ न त बार नै छ। तिनीहरू एक्लो बस्छन्। यसकारण उठ अनि तिनीहरूमाथि जाई लाग।”
49:32b.JER.049.032 शत्रुहरूले तिनीहरूका ऊँटहरू अनि गाई वस्तुहरू लैजानेछन्। आफ्नो केश कुना मिलाएर चिटिक्क पारी काट्ने मानिसहरूलाई म हावामा तितर-बितर पारिदिनेछु। सबै तिरबाट म तिनीहरूमाथि संकटहरू ल्याइदिनेछु।” यो परमप्रभुको सन्देश हो।
49:33b.JER.049.033 “हासोरको देश स्यालहरूको बास-स्थान बनिनेछ। त्यहाँ एकजना मानिस पनि बस्ने छैन साथै त्यहाँबाट कोही हिडड्डल गर्ने छैन। सधैका निम्ति यो एक शून्य उजाड मरूभूमि जस्तै हुनेछ।”
49:34b.JER.049.034 सिदकियाह यहूदाका राजा भएको प्रारम्भिक कालमा अगमवक्ता यर्मियाले परमप्रभुबाट एउटा सन्देश प्राप्त गरे। यो सन्देश एलामको विषयमा थियो।
49:35b.JER.049.035 सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “हेर, म एलामको धनु भाँचिदिनेछु। धनु एलामको सबभन्दा श्रेष्ठ हतियार हो।
49:36b.JER.049.036 म आकाशको चारै कुनाबाट एलामको विरूद्ध हावा ल्याउनेछु। म एलामको मानिसहरूलाई पृथ्वीको सबै ठाउँहरूमा जहाँ चारैदिशाबाट हावा बहन्छ त्यहाँ छरपष्ट पारिदिन्छु कैदीहरूलाई हरेक जातिमा खेदी पठाउनेछु।
49:37b.JER.049.037 म एलामलाई तिनीहरूका शत्रुहरू जसले तिनीहरूलाई मार्नु खोजिरहेकाछन् तिनीहरूकै अघि चक्नाचूर पारिदिनेछु। म एलाममाथि डरलाग्दो सङ्कटहरू ल्याउनेछु। मेरो उग्र रीस म तिनीहरूलाई देखाउनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो। “म तिनीहरूलाई खेद्न तरवार पठाउँनेछु अनि त्यो तरवारले तिनीहरू सबैलाई शेष नपारञ्जेल सम्म खेद्नेछ।
49:38b.JER.049.038 म मेरो सिंहासन एलाममा स्थापित गर्नेछु र त्यहाँका राजा अनि भारद्वारहरूलाई ध्वंस पार्नेछु।” यो परमप्रभुको सन्देश हो।
49:39b.JER.049.039 “तर पछिल्ला दिनमा, एलामबाट जे लुटिएको छ त्यो पुनर्वहाल गर्नेछु।” यो परमप्रभुले भन्नुभयो।
50
50:1b.JER.050.001 यो सन्देशमा परमप्रभुले अगमवक्ता यर्मियाको मुखबाट बाबेल र यसको देश विषयमा भन्नुभयो।
50:2b.JER.050.002 “प्रत्येक जाति-जातिलाई यो घोषण गर, झण्डा उठाऊ र सन्देश प्रचार गर। सम्पूर्ण सन्देश सुनाऊ र भन, ‘बाबेलको राज्य कब्जा गरिनेछ। बाल देवता लाजको पात्र हुनेछ। मरोदक देवता भयभीत हुनेछ। बाबेलका मूर्तीहरू लज्जित हुनेछन्। उसका देवताका मूर्तिहरू त्रासित हुनेछन्।’
50:3b.JER.050.003 उत्तर दिशाबाट आएर एउटा जातिले बाबेलमाथि आक्रमण गर्नेछ। त्यो जातिले बाबेललाई, जन-शून्य मरूभूमि तुल्य पार्ने छ, कुनै मानिस पनि त्यहाँ बस्ने छैन्। दुवै मानिस जाति र पशुहरू त्यहाँबाट भागेर जानेछन्।”
50:4b.JER.050.004 परमप्रभु भन्नुहुन्छ, “त्यसबेला इस्राएलका मानिसहरू अनि यहूदाका मानिसहरू एकैजुट हुनेछन्। तिनीहरू संग-संगै रूने छन्। अनि सँगै, तिनीहरू आफ्ना परमेश्वरलाई खोज्न जानेछन्।
50:5b.JER.050.005 ती मानिसहरूले सियोनमा कसरी जाने, सोध्ने छन्। तिनीहरू त्यही दिशातर्फ जान थाल्नेछन्। ती मानिसहरूले भन्ने छन्, ‘आऊ, हामी परमेश्वरकहाँ सम्मिलित हौ। एक त्यस्तो करार गरौ जुन सदा-सर्वदा रहनेछ। एक त्यस्तो करार गरौ जुन कहिल्यै भूलिने छैन्।’
50:6b.JER.050.006 मेरो मानिसहरू हराएका भेंडा जस्तै भएका छन्। तिनीहरूका गोठालाहरूले तिनीहरूलाई कुमार्गमा डोर्याए। तिनीहरूका अगुवाहरूले तिनीहरूलाई पर्वत र पहाडहरूमा लक्ष्यहीन घुमी हिडने बनाए। यसर्थ तिनीहरूले आफ्ना मूल वासस्थान पनि बिर्सिए।
50:7b.JER.050.007 ज-जसले मेरो मानिसहरूलाई भेटे तिनीहरूलाई चोट पुर्याए। तिनीहरूका शत्रुहरूले भने, ‘हामीले गल्ती काम गरेका छैनौ’ किनभने ती मानिसहरूले परमेश्वरको विरूद्ध पाप गरे जो तिनीहरूका साँचो आश्रय (घर) थियो। तिनीहरूका पिताहरूले विश्वास गरेका परमप्रभु परमेश्वर हुनुहुन्थ्यो।
50:8b.JER.050.008 बाबेलबाट भाग। कल्दीहरूका भूमि छाडिदेऊ। बगालको अघि साँढ भेडा जस्तै होऊ।
50:9b.JER.050.009 म उपद्रव मच्चाउनेछु र उत्तरबाट धेरै जातिहरू ल्याउनेछु। यी जातिहरूको समूह बाबेलको विरूद्ध युद्ध लड्न अघि आउनेछन्। तिनीहरूले बाबेललाई आफ्नो अधीनमा पार्नेछन्। तिनीहरूको काँड सिपालु लडाकुहरू झैं छन् र एउटै काँड पनि व्यर्थ जाँदैन्।
50:10b.JER.050.010 ती शत्रुहरूले कल्दी मानिसहरूको सारा सम्पत्तिहरू लैजाने छन्। लूटेको सम्पत्तिले तिनीहरू पूर्ण हुनेछन्।” परमप्रभुले ती कुराहरू भन्नुभयो।
50:11b.JER.050.011 “बाबेल, तिमी उत्तेजित र खुशी छौ। किनभने तिमीले मेरो पैतृक सम्पत्ति लूट्यौ। तिमी हरि्यो घाँसमाथि कोरली गाई झैं नाचिरहेकाछौ। तिमीहरू घोडाहरू झैं हिन्न लागिरहेका छौं।
50:12b.JER.050.012 तर तिमीहरूकी आमा जसले तिमीलाई जन्म दिईन तिनी धेरै लज्जित हुनेछन्। बाबेल सबै जाति-जातिहरू माझ नगन्य हुनेछ। उ उदास र सूखा मरूभूमि हुनेछ।
50:13b.JER.050.013 परमप्रभुले आफ्नो क्रोध देखाउनु हुनेछ। बाबेल पूर्ण रूपले उजाड हुनेछ अनि त्यहाँ कोही पनि बस्ने छैन। प्रत्येक यात्री जो बाबेल भएर जान्छ त्यो अचम्बित हुनेछ र त्यसको घाउहरू देखेर खिसी गर्नेछ।
50:14b.JER.050.014 बाबेलसित युद्धको लागि तैयार हौ। बाबेलमाथि काँडहरू हान, नरोक किनभने यसले परमप्रभु विरूद्ध पाप गरेको छ।
50:15b.JER.050.015 सिपाहीहरूले बाबेललाई घेरे अनि विजय ध्वनि सुनाऊ। बाबेलले आत्मासमर्पण गरेकोछ। उसका पर्खालहरू र धरहराहरू धराशायी गराइयो। यो परमप्रभुबाट प्रतिशोध हो। ऊमाथि वैरशुद्धि गर। अन्य जातिहरूलाई उसले के गर्यो तिमीहरू उसलाई त्यसै गर।
50:16b.JER.050.016 तिनीहरूलाई अन्न रोप्न नदेऊ। तिनीहरूलाई बाली काटन नदेऊ। अहिले शत्रुका सिपाहीहरू आएका छन्। प्रत्येक मानिस र तिनीहरू आफ्नो आफ्नो गाऊँमा जाउन देशमा जाउन।
50:17b.JER.050.017 इस्राएल भेंडाको बथान जस्तो छ जो देशभरि नै छरिएका थिए। इस्राएल भेडाको बथान जस्तो छ जसलाई सिंहले खेद्दै सबै ठाँउमा छरपष्ट पारेकोछ। जसले उसलाई पहिला खानेसिंह अश्शूरको राजा हो। अन्तिम सिंह जसले उसका हड्डीहरू तोड्यो त्यो बाबेलका राजा नबूकदनेस्सर हो।”
50:18b.JER.050.018 यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ “म बाबेलका राजा र उसको देशलाई दण्ड दिनेछु त्यही तरीकाले जसरी मैले अश्शूरका राजालाई दण्ड दिएको थिएँ।
50:19b.JER.050.019 म इस्राएललाई फेरि फर्काएर आफ्नै ठाउँमा ल्याउने छु। तिनीहरूले कर्मेल र बाशानको चरण भूमिमा खुवाउनेछन्। तिनीहरूले एप्रैम र गिलादका डाँडाहरूमा खाएर तृप्त हुनेछन्।”
50:20b.JER.050.020 परमप्रभु भन्नुहुन्छ, “त्यस बेला, तिनीहरूले इस्राएलको अधर्म खोज्ने प्रयास गर्नेछन् तर तिनीहरूले कुनै पाप पाउने छैन किनभने जसलाई मैले बचाँए तिनीहरूको पाप क्षमा गरेकोछु।”
50:21b.JER.050.021 परमप्रभु भन्नुहुन्छ, “मरातैमको देशलाई आक्रमण गर। पकोदमा बस्ने मानिसहरूमाथि आक्रमण गर। तिनीहरूमाथि आक्रमण गर तिनीहरूलाई मार अनि सर्वनाश पार। मैले जुन कुरो दिएँ ती सब गर।
50:22b.JER.050.022 सारा देशभरि नै युद्धको कोलाहल सुनिन सक्छ। यो विनाशको कोलाहल हो।
50:23b.JER.050.023 त्यो देश जसले सारा पृथ्वीलाई नै मार्तोलले हिर्कायो त्यो कटिएको छ र टुक्रिएको छु। बाबेल जाति-जातिहरू माझ प्राणीहीन भएकोछ।
50:24b.JER.050.024 हे बाबेल, मैले तिमीलाई पासो थापें अनि तिमीले थाहा पाउन अघि नै पक्राउ पर्यौ। तिमी परमेश्वरको विरूद्ध लड्यौ, यसकारण तिमी बन्दी भयौ।
50:25b.JER.050.025 परमप्रभुले आफ्नो अस्त्र-घर उघार्नु भयो अनि क्रोधको हात-हतियार निकाल्नु भयो। मेरो मालिक, सेनाहरूका परमप्रभुले ती हतियारहरू निकाल्नु भयो किनभने उहाँले कल्दीहरूका देशमा आफ्नो काम गर्नु थियो।
50:26b.JER.050.026 सुदूरदेशबाट पनि बाबेलको विरूद्ध आऊ। अन्न-भण्डारहरू तोडी देऊ, अन्नको थुप्रो झैं बाबेललाई थुपार अनि बाबेललाई पूर्ण ध्वंस पार र कसैलाई पनि बाँच्न नदेऊ।
50:27b.JER.050.027 सारा साँढेहरू मार। तिनीहरूलाई कसाइकहाँ जानदेऊ। तिनीहरूलाई धिक्कार! तिनीहरूका निम्ति दण्ड पाउने समय आएकोछ।
50:28b.JER.050.028 मानिसहरू बाबेलबाट भागिरहेका छन्। मानिसहरू जो बाबेलबाट बाँचेर आएकाछन् तिनीहरू भन्दैछन् परमप्रभु हाम्रा परमेश्वरले उहाँको र उहाँको मन्दिरको लागि प्रतिशोध लिनु भएकोछ।
50:29b.JER.050.029 काँडहरू हान्ने मानिसहरूलाई बोलाऊ, तिनीहरूलाई बाबेलमाथि काँड हान्नु भन। शहर घेराबन्दी गर भन। कसैलाई पनि नछोड। तिनीहरूका कुकर्मका फल देऊ। अन्य जातिहरूलाई जसो गरेकी थिई त्यसै गर, किनभने इस्राएलका एक मात्र पवित्र परमप्रभु विरूद्ध बाबेलले विद्रोह गरेको हो।
50:30b.JER.050.030 त्यस समय बाबेलका जवानहरूलाई गल्लीहरूमा मारिनेछ र सेनाहरू मर्नेछन्।” परमप्रभुले यो कुरा भन्नुभयो।
50:31b.JER.050.031 “बाबेल तिमी अति अंहकारी छौ अनि म तिम्रो विरूद्ध छु। हाम्रो मालिक, सेनाहरूका परमप्रभुले भन्नुहुन्छ, “तिम्रो दिन आएकोछ म तिमीलाई दण्ड दिनेछु।
50:32b.JER.050.032 घमण्डी बाबेल ठोकिएर लडनेछ अनि कसैले पनि उनलाई उठाउने छैन। म उसको शहरहरूमा आगो लगाउनेछु अनि उसको वरिपरि भएका प्रत्येक कुरो नै जल्नेछ।”
50:33b.JER.050.033 सेनाहरूका परमप्रभु भन्नुहुन्छ “इस्राएल र यहूदाका मानिसहरूलाई शत्रुहरूले बन्दी बनाई लगियो। तिनीहरूलाई कैद गर्नेहरूले तिनीहरूलाई पक्रेर राखेका छन् र मुक्त पार्न अस्वीकार गरे।
50:34b.JER.050.034 तर तिनीहरूका उद्धारक शक्तिशाली हुनुहुन्छ। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो। उहाँले तिनीहरूको मामलामा वकालत हुनेछ र पृथ्वीलाई आराम दिनुहुनेछ। तर बाबेलमा बस्ने मानिसहरूलाई उहाँले शान्ति दिनु हुनेछैन।”
50:35b.JER.050.035 परमप्रभु भन्नुहुन्छ, “बाबेलका बासिन्दाहरू, राजाका हाकिमहरू र ज्ञानीहरूको निम्ति विरूद्ध तरवार छ।
50:36b.JER.050.036 हे तरवार! अगमवक्ताहरूलाई हिर्काऊ ताकि तिनीहरू मूर्ख बनुन्, बाबेलका सिपाहीहरूलाई मार ताकि तिनीहरू भयभीत हुन्।
50:37b.JER.050.037 तरवार, बाबेलका घोडाहरू, रथहरूलाई मार। अन्य देशका भाडाका सिपाहीहरूलाई मार ताकि तिनीहरू स्त्रीहरू जस्तो डराउन। तरवार, बाबेलको गाडधनहरूमाथि जाइलाग ताकि तिनीहरू लुटिउन्।
50:38b.JER.050.038 तरवार! पानीको मुहानहरू काट ताकि मुहानहरू सुकुन। किनभने बाबेलमा धेरै मूर्तिहरू छन् अनि तिनीहरू मूर्तिका निम्ति पागल हुन्छन्।
50:39b.JER.050.039 बाबेल फेरि मानिसहरूले भरिने छैन। जङ्गली कुकुरहरू, शुतुरमूर्गहरू, र अन्य पशु-प्राणीहरू त्यहाँ बस्नेछन्, तर त्यहाँ फेरि कोही मानिस रहने छैन।
50:40b.JER.050.040 परमेश्वरले सदोम र गमोरालाई पूर्ण रूपले ध्वंस पार्नु भयो अनि त्यसका वरिपरिका शहरहरू पनि ध्वंस पारिदिनु भयो। अनि ती शहरहरूमा अब कोही पनि बस्ने छैन। त्यस्तै प्रकारले, कुनै मानिस बाबेलमा बस्ने छैन्। अनि कोही मानिस त्यहाँ बस्न जाने छैन।
50:41b.JER.050.041 हेर! उत्तर दिशाबाट मानिसहरू आइरहेका छन्। एक शक्तिशाली जाति र धेरै राजाहरू पृथ्वी वरिपरिबाट आइरहेका छन्।
50:42b.JER.050.042 तिनीहरूका सेनाहरूसँग धनुहरू र भालाहरू छन्। सिपाहीहरू निष्ठूर छन्। तिनीहरूमा दया छैन। सैनिकहरू घोडाहरूमा चढेर आउनेछन् अनि तिनीहरूको अवाज समुद्रको गजर्न जस्तै छ। तिनीहरू तिम्रो विरूद्धमा युद्ध गर्न तैयारभई पंक्तिमा बसेका छन। हे बाबेलकी छोरी।
50:43b.JER.050.043 बाबेलका राजा ती सेनाहरूका गडगडाहट आवाज सुनेर डराए। उनका हातहरू चल्न छाडे। उसलाई घेर्यो अनि उसलाई प्रसव वेदनामा परेकी स्त्रीलाई झैं कष्ट भयो।”
50:44b.JER.050.044 परमप्रभु भन्नुहुन्छ, “म एउटा त्यस्तो सिंह हुँ जो कहिले काँही यर्दन नदी छेऊको घना जंगलबाट बाहिर निस्कन्छ। म हटात उसका मानिसहरूलाई खेदो गर्नेछु। म त्यसमाथि कसैलाई पनि नियुक्त गर्नेछु। म जस्तो को छ? मलाई कसले बोलाउन सक्छ। गोठालाको हो जो मेरो अघि उभिन सक्छ?”
50:45b.JER.050.045 बाबेलको विरूद्ध परमप्रभुको रच्नुभएको योजना सुन। बगालको स-साना थुमाहरू घिस्याएर लगिनेछ र परमप्रभुले तिनीहरूको चरणभूमि सम्पूर्ण ध्वंस पार्नु हुनेछ।
50:46b.JER.050.046 बाबेलको पतन हुनेछ, अनि त्यो पतनको आवाजले पृथ्वी थर्काउनेछ। हरेक जातिहरूका मानिसहरूले बाबेलको विनाशको बारेमा सुन्ने छन्।
51
51:1b.JER.051.001 परमप्रभु भन्नुहुन्छ, “म एक शक्तिशाली हावा बाबेल र ‘लेब कामीका’ बासिन्दाहरू माथि बहाउनेछु।
51:2b.JER.051.002 म बाबेलमा विदेशीहरू पठाउनेछु अनि तिनीहरूले नबेललाई हावामा तितर-बितर पार्नेछ र उसको जमीन ध्वंस पार्नेछ। तिनीहरू सर्वनाशको दिन प्रत्येक दिशाबाट आउनेछन्।
51:3b.JER.051.003 बाबेलका सिपाहीहरूले धनु काँडहरू चलाउने छैनन् ती सिपाहीहरूले कवच सम्म लगाउने छैन। बाबेलका तन्हेदेहरूमाथि दया नराख। उसको सेनाहरूलाई पूर्ण रूपमा ध्वंस पार।
51:4b.JER.051.004 बाबेलका सिपाहीहरू कल्दीका भूमिमा मारिनेछन् तिनीहरू बाबेलका गल्लीहरूमा नराम्रो घतले घाइते हुनेछन्।”
51:5b.JER.051.005 इस्राएलका एकमात्र पवित्रको अघि तिनीहरूको भूमि दोषले भरिएको भए पनि सेनाहरूका परमप्रभुले इस्राएल र यहूदालाई एक्लै छोडनु हुन्न।
51:6b.JER.051.006 बाबेलदेखि भाग। प्राण बचाऊ। बाबेलको पापको कारणले ध्वंस नहोऊ। यो समय परमप्रभुले बद्ला लिने समय हो। उसले गरेको कर्म अनुसार उहाँले बद्ला लिनुहुनेछ।
51:7b.JER.051.007 बाबेल परमेश्वरको हातमा एक सुनको कचौरा थियो। बाबेलले सारा पृथ्वीलाई मतायो। सारा जाति-जातिहरूले बाबेलको मद्धपान गरे। यसकारण तिनीहरू पागल भए।
51:8b.JER.051.008 तर बाबेल एक्कासि पतन हुनेछ अनि टुक्रिनेछ। उसको लागि विलाप गर अनि उसको घाउमा मलहम लगाऊ। हुन सक्छ ऊ निको हुन्छे।
51:9b.JER.051.009 हामीले बाबेललाई निको पार्ने कोशिश गर्यौ, तर त्यो निको हुन सकेन यसकारण हामीले त्यसलाई छोडौ अनि हामी आफ्नै देशमा जाऊ। किनभने उहाँको न्याय स्वर्ग पुग्नेछ अनि बादलसम्म पुग्नेछ।
51:10b.JER.051.010 परमप्रभुले हामीलाई विजय हासिल गराउनु भयो। आऊ, हामी सियोन जाऊ र परमप्रभु हाम्रा परमेश्वरको कार्यहरूका विषयमा मानिसहरूलाई भनौं।
51:11b.JER.051.011 काँडहरू तीखो पार। ढालहरू लगाऊ। परमप्रभुले मादीहरूका राजाहरूलाई उस्काउनु भएको छ। उहाँले तिनीहरूलाई उस्काउनु भयो किनभने उहाँले बाबेललाई ध्वंस गर्न चाहनु हुन्छ। परमप्रभुले बाबेलका मानिसहरूलाई त्यो दण्ड दिनु हुनेछ जसको लागि तिनीहरू योग्यका छन्। बाबेलका सेनाले यरूशलेममा परमप्रभुको मन्दिर भत्काएका थिए। यसकारण परमप्रभुले तिनीहरूलाई दण्ड दिनुभयो जुन तिनीहरूले पाउनु नै पर्ने थियो।
51:12b.JER.051.012 बाबेलको पर्खालहरूका विरूद्ध झण्डा माथि उठाऊ। अझ प्रहरीहरू ल्याऊ। तिनीहरूका ठीक ठीक ठाउँमा चौकीदार राख। धरापहरू थाप किनभने परमप्रभुले त्यही गर्नुहुन्छ जुन उहाँले योजना बनाउनु भएकोछ।
51:13b.JER.051.013 बाबेल, तिमी धेरै पानी भएको छेवमा छौ तिमी सम्पत्तिले सम्पन्न छौ। तर तिम्रो अन्त आएको छ। यो तिम्रो ध्वंस हुने बेला हो।
51:14b.JER.051.014 सेनाहरूका परमप्रभुले यो प्रतिज्ञा आफ्नो नाउँ लिएर गर्नुभयो “बाबेल म तिमीलाई धेरै शत्रुहरूले परिपूर्ण पारिदिनेछु। तिनीहरू सलहहरू जतिकै हुनेछन्। तिनीहरूले तिम्रो विरूद्ध युद्ध जित्नेछन् र तिनीहरू तिमीमाथि उभिएर विजय गान गाउने छन्।”
51:15b.JER.051.015 परमप्रभुले आफ्नो महान शक्ति प्रयोग गर्नुभयो अनि पृथ्वी सृष्टि गर्नु भयो। उहाँले आफ्नो ज्ञानले पृथ्वीलाई स्थापित गर्नु भयो र उहाँले आफ्नो सुझ बुद्धिले आकाशलाई फैलाउनु भयो।
51:16b.JER.051.016 जब उहाँ गर्जनुहुन्छ आकाश पनि गर्जन्छ उहाँले पृथ्वीको अन्तबाट कुइरो निस्केर माथि आउने पार्नुहुन्छ। उहाँले वर्षासँग बिजुली चम्काउनुहुन्छ। उहाँले आफ्नो भण्डारबाट बतास निकाल्नुहुन्छ।
51:17b.JER.051.017 तर हरेक मानिसहरू मूर्ख र बुद्धिहीन, हरेक मानिस जसले मूर्ति बनाउछ उसलाई लज्जित पारिन्छ किनभने उसको मूर्तिहरू मूल्यहीन हुन्। तिनीहरूमा जीवन छैन।
51:18b.JER.051.018 तिनीहरू मूल्याहीन छन्, छलको काम मात्र। जब तिनीहरूलाई सजाय दिइन्छ तिनीहरू सड्नेछन्।
51:19b.JER.051.019 याकूबका परमेश्वर यी मूर्तिहरू जस्ता मूल्यहीन हुनुहुन्न। मानिसहरूले परमेश्वर बनाएनन्। परमेश्वरले आफ्ना मानिसहरू बनाउनुभयो। उहाँले आफ्नो उत्तराधिकारी जाति सहित प्रत्येक चीज बनाउनु भयो। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।
51:20b.JER.051.020 परमप्रभु भन्नुहुन्छ, “बाबेल! तिमी मेरो डण्डा हौं, मेरो युद्धको हतियार। मैले त्यस जाति जातिहरूलाई टुक्राउनु र ध्वंश पार्नुलाई चलाएँ।
51:21b.JER.051.021 मैले तिमीलाई घोडा र सवारीमा प्रहार गर्न चलाएँ। मैले तिमीलाई रथ र सारथीहरू धूलो पार्न प्रहार गरें।
51:22b.JER.051.022 मैले तिमीलाई पुरूष र स्त्री माथि प्रहार गर्न चलाएँ। मैले तिमीलाई, जवान र वृद्ध मानिसहरूमाथि प्रहार गर्न चलाएँ। मैले तिमीलाई युवा-युवती माथि प्रहार गर्न चलाएँ।
51:23b.JER.051.023 मैले तिमीलाई गोठालो र भेडावथान माथि प्रहार गर्न चलाएँ। मैले तिमीलाई किसानहरू र गाईहरूमाथि प्रहार गर्न चलाएँ। मैले तिमीलाई राज्यपालहरू र मुख्य हाकिमहरूमाथि प्रहार गर्न चलाएँ।
51:24b.JER.051.024 तर म बाबेल र सबै कल्दीहरूलाई तिनीहरूले सियोन विरूद्ध गरेका जम्मै अनिष्ट कार्यहरू फर्काइदिनेछु।” परमप्रभु ती कुराहरू भन्नुहुन्छ।
51:25b.JER.051.025 परमप्रभु भन्नुहुन्छ, “बाबेल! हे पर्वत ध्वंस छ जसले सारा भूमि नै ध्वंस पार्छ म तिम्रो विरोधमा छु। म तिम्रो विरोधमा मेरो हात उठाउँछु। म तिमीलाई भिरालो चट्टानबाट तल झारी दिनेछु म तिमीलाई डढेको पर्वत बनाईदिनेछु।
51:26b.JER.051.026 आफ्नो मन्दिरको लागि कुने ढुङ्गा अथवा घडेरी बनाउनको लागि मानिसहरूले तिमीहरूबाट ढुङ्गाहरू लिनेछैनन्। किनभने तिमी सधैंका निम्ति काममा नआउने भूमि हुनेछौ।” परमप्रभुले घोषणा गर्नु भयो।
51:27b.JER.051.027 “भूमिमा युद्धको झण्डा उठाऊ। सबै जाति-जातिहरूमा युद्धको तुरही फुक। जातिहरूलाई बाबेलको विरूद्ध लडाइँ गर्नलाई तैयार पार। अरारत, मिन्नी र अशकनज राज्यहरूलाई बाबेलको विरूद्ध लडाइँ गर्न डाक। उसको विरोधमा सेना संचालन गर्न एकजना कप्तान नियुक्त गर। संख्यामा सलहसरह घोडाहरू त्यहाँ पठाऊ।
51:28b.JER.051.028 उसको विरूद्ध लडाइँ गर्न जाति-जातिहरू तयार पार। मादीका राजाहरूलाई, राज्यपालहरू, सारा मुख्य हाकिमहरू र तिनीहरू जसले बाबेल विरूद्ध शासन गरे ती जम्मै देशहरूलाई तैयार पार।
51:29b.JER.051.029 जब बाबेललाई जुन शून्य उजाड भूमि बनाउन परमप्रभुको काम धर्ती थर-थराउनेछ अनि बेदनामा परे झैं माडिनेछ।
51:30b.JER.051.030 बाबेलका सिपाहीहरूले लडाइँ गर्न बन्द गरे। तिनीहरू आफ्नै दृढ किल्लाहरूमा पसे। तिनीहरू थकित भए। तिनीहरू स्त्री जस्तै भए। बाबेलका घरहरू जलिरहेका छन्। अनि प्रवेशद्वारहरू भत्काइएका छन्।
51:31b.JER.051.031 एक सन्देशवाहकको पछि अर्को सन्देशवाहक जान्छ अनि सम्पूर्ण शहर कब्जामा पर्यो भन्ने खबर बाबेलका राजाकहाँ पुर्याइन्छ।
51:32b.JER.051.032 चाँचरहरू घेरामा परे; सिमसारहरू आगो लगाइए; सिपाहीहरू भयग्रस्त भए।”
51:33b.JER.051.033 सेनाहरूका परमप्रभु, इस्राएलहरूका परमेश्वर यसो भन्नुहुन्छ “बाबेल धान कुट्ने ढिकी जस्तै भएकी छ। बालीको समय मानिसहरूले धान कुटेर असल र भुस छुट्याउँछन्। अनि बाबेलमा धान कुट्ने समय चाँडै आइरहेछ।”
51:34b.JER.051.034 सियोनका मानिसहरूले भन्नेछन्, “बाबेलका राजा नबूकदनेस्सरले हामीलाई खायो। हामीलाई चोट पुर्यायो। उसले हामीलाई खाली भाँडाजस्तै बनायो। राक्षसलेझैं उसले हामीलाई निल्यो। हाम्रो राम्रो भोजनले उसले आफ्ने पेट भर्यो। तब उसले हामीलाई बाहिर थुक्यो।
51:35b.JER.051.035 बाबेलले हामीमाथि डरलाग्दो र निन्दनीय कामहरू गर्यो। अब हामी बाबेलमाथि त्यही अनिष्टहरू भएको हेर्न चाहन्छौ।” यरूशलेमका मानिसहरू भन्छन्, “हाम्रो रगत बाबेलका मानिसहरूमाथि परोस्।”
51:36b.JER.051.036 यसकारण परमप्रभु भन्नुहुन्छ “यहूदा! म तिमीहरूको मामला लिनेछु र प्रतिशोध गर्नेछु। म बाबेलको समुद्र सुकाइदिनेछु अनि झरनाहरू सुकाइदिनेछु।
51:37b.JER.051.037 बाबेल मन्दिरहरूका धराशायीको थुप्रो मात्र भएको छ अनि त्यो जङ्गली कुकुरहरू बस्ने ठाउँ हुनेछ। मानिसहरू ढुङ्गाहरूको राश हेर्न डराउनेछन्। बाबेलको विषयमा सोचेर मानिसहरू टाउँको हल्लाउने छन्। यो कोही नबस्ने सुनसान ठाँउ बनिनेछ।
51:38b.JER.051.038 बाबेलका मानिसहरू गर्जने जवान सिंह जस्तै छन्। तिनीहरू डमरूहरूझै र्गजिन्छन्।
51:39b.JER.051.039 जब तिनीहरू उत्तेजित हुन्छन् म तिनीहरूलाई एक प्रीति भोज दिनेछु। म तिनीहरूलाई मताउनेछु। तिनीहरू हाँस्ने छन् खुशी मनाउनेछन्। तिनीहरू कहिल्यै नउठ्नलाई निदाउँनेछन्।” परमप्रभुले यी कुराहरू भन्नुभयो।
51:40b.JER.051.040 “बाबेल भेडा-भेडी र बाख्राहरू झैं काटिनलाई पर्खिरहको हुनेछन्। तिनीहरूलाई म कसाइखानमा डोर्याउनेछु।
51:41b.JER.051.041 ‘शीशक’ परास्त हुनेछ। सारा पृथ्वीको गौरवको र प्रशंसाको पात्र बाबेल कैद गरिनेछ। अन्य जातिहरूका मानिसहरूले बाबेलमा हेर्नेछन् अनि त्यस देशको सर्वनाश देखेर तिनीहरू भयग्रस्त हुनेछन्।
51:42b.JER.051.042 समुद्र उर्लेर बाबेलमाथि उठ्नेछ ढाकिने छ। यसको गर्जने छालहरूले उसलाई ढाकी दिन्छ।
51:43b.JER.051.043 बाबेलका शहरहरू ध्वंश पारिनेछन। बासिन्दाहरू बिना ती शहरहरू सुख्खा मरूभूमि र उदास हुनेछन, बाबेल देशबाट मानिसहरू यात्रा गर्नेछैन्।
51:44b.JER.051.044 म बाबेलको बाललाई दण्ड दिनेछु। उसले जे-जे निलेको छ त्यसलाई उल्टी गराउँछु। बाबेलमा जाति-जातिहरूका मानिसहरू अब उसो आउने छैनन्। बाबेलको पर्खाल ढल्नेछ।
51:45b.JER.051.045 हे मेरो मानिसहरू हो। बाबेलका शहरबाट बाहिर निस्क, आफ्नो प्राण बचाउन भाग। परमप्रभुको भयानक रीसदेखि भाग।
51:46b.JER.051.046 हे मेरा मानिसहरू हो, नडराऊ। उडान्त कुराहरू फैलिनेछ तर नडराऊ। यो वर्षमा एउटा उडान्त कुरा आउनेछ; अनि अर्को वर्षमा अर्को आउनेछ, यस भूमिमा हिंसाको उडन्त खबरहरू र शासकहरूको विरूद्ध शासकहरू लड्ने उडन्त कुरा हुनेछ।
51:47b.JER.051.047 निसन्देह समय आउने छ जब म बाबेलका झूटा देवताहरूलाई सजाय दिनेछु अनि बाबेलका सारा देश लाजले पानी हुनेछ। बाबेलका गल्लीहरूमा धैरे लाशहरू लडिरहेका हुनेछन्।
51:48b.JER.051.048 तब स्वर्ग र पृथ्वी अनि त्यहाँ भएका सबै बाबेलका बारेमा आनन्दले काराउने छन् किनभने ध्वंसकहरू बाबेलसित लड्न उत्तर दिशाबाट आउनेछन्।” परमप्रभुले यो कुरा भन्नुभयो।
51:49b.JER.051.049 “बाबेलले इस्राएलबाट आएका मानिसहरू मारे। बाबेलले पृथ्वीमा भएका प्रत्येक ठाउँबाट आएका मानिसहरू मारे। यसकारण बाबेलको पतन हुनै पर्छ।
51:50b.JER.051.050 तिमीहरूलाई तरवारहरूबाट बचाइएकोछ। एकदम चाँडो बाबेल छोड नपर्ख। तिमीहरू घेरै टाढा ठाउँमा छौ परमप्रभु र यरूशलेमलाई सम्झ।
51:51b.JER.051.051 हामी यहूदाका मानिसहरू लज्जित गराइएका छौं। हामी अपमानित भएकाछौं र तिरस्कारले हाम्रा अनुहारहरू ढाकिन्छ किनभने विदेशीहरू परमप्रभुको मन्दिरको पवित्र ठाउँहरूमा पसे।”
51:52b.JER.051.052 परमप्रभु भन्नुहुन्छ, “समय आइरहेछ, जब म बाबेलका मूर्तिहरूलाई न्याय-दण्ड दिनेछु। त्यो देशका चारैतिर चोटहरूमा रूनेछन्।
51:53b.JER.051.053 स्वर्गसम्म बाबेल बढ्न सक्छ। उसले उसका किल्लाहरू बलियो बनाइदिनेछ। तर उसको विरूद्ध ध्वंसक पठाउनेछु।” परमप्रभुले यो कुरा भन्नुभयो।
51:54b.JER.051.054 “हामी बाबेलमा मानिसहरूले विलाप गरिरहेका सुन्न सक्छौ। बाबेलको देशमा मानिसहरूले ध्वंश पारिरहेको आवाज हामी सुन्छौ।
51:55b.JER.051.055 परमप्रभुले बाबेललाई ध्वंस गरिदिनु हुन्छ उहाँले त्यो शहरको कोलाहललाई बन्द गरिदिनु हुनेछ, शत्रुहरू समुद्रका छालहरू जस्तै गर्जेर आउनेछन्। पृथ्वीभरि मानिसहरूले त्यो गर्जन सुन्नेछन्।
51:56b.JER.051.056 सेना आउने छ अनि बाबेल ध्वंस पार्नेछ। बाबेलका सिपाहीहरू तितर-बितर हुनेछन् तिनीहरूका धनुहरू भाँचिने छन्। किनभने परमप्रभु परमेश्वर हुनुहुन्छ जसले परिशोधन माँग गर्नुहुन्छ। उहाँले निश्चय तिनीहरूलाई चुक्त पारिदिनु हुनेछ।
51:57b.JER.051.057 म बाबेलका ज्ञानी मानिसहरू र मुख्य हाकिमहरूलाई मताईदिनेछु म राज्यपालहरू, हाकिमहरू र सिपाहीहरूलाई पनि दाखरसमा डुबाइ दिनेछु। तब तिनीहरू सबै सदा-सर्वदाका निम्ति सुत्नेछन् तिनीहरू कहिल्यै बिउँझने छैनन्।” महाराजाले यी कुराहरू भन्नुभयो। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।
51:58b.JER.051.058 सेनाहरूका परमप्रभु भन्नुहुन्छ “बाबेलको बाक्लो, बलियो पर्खाल तल झारिनेछ। उसको अग्लो प्रवेशद्वारहरू जलाइनेछ। बाबेलका मानिसहरू व्यर्थमा कठोर परिश्रम गर्दछन्। जाति-जातिहरूको परिश्रम खाली आगोको लागि हुनेछ।”
51:59b.JER.051.059 यो सन्देश अगमवक्ता यर्मियाले नेरियाहको छोरो मासेयाहको नाति सरायाहलाई दिए। सरायाह यहूदाका राजा सिदकियाहसँग बाबेल तर्फ गए। यस बेला सिदकियाहको शासनकालको चौथो वर्ष थियो। अहिले सरायाह राजभवनका मुख्य प्रभारी थिए।
51:60b.JER.051.060 यर्मियाले त्यो पुस्तकमा ती सम्पूर्ण भयानक कुराहरू जुन बाबेलमा घट्नेवाला थिए सबै लेखिदिएका थिए।
51:61b.JER.051.061 यर्मियाले सरायाहलाई भने, “जब तिमी बाबेलमा जान्छौ यी वचनहरू जोरले पढ्नु।
51:62b.JER.051.062 तब भन, ‘हे परमप्रभु! तपाईंले यो बाबेल ध्वंस गरिदिन्छु भन्नु भएको छ अनि यहाँ मानिसहरू र पशुहरू कोही पनि यसमा बसो-बासो गर्ने छैनन्।’
51:63b.JER.051.063 यो पढिसके पछि, यसलाई ढुङ्गमा बाँधेर यूफ्रेटिस नदीमा फ्याँकिदेऊ।
51:64b.JER.051.064 त्यसपछि भन, ‘यसको विरोधमा म जुन सर्वनाश ल्याउनेछु जसले गर्दा बाबेल त्यसरी भासिनेछ त्यो कदापि माथि उठ्न सक्नेछैन।”‘ यर्मीयाका सन्देश यहाँ समाप्त हुन्छन्।
52
52:1b.JER.052.001 सिदकियाह यहूदाका राजा हुँदा उनी 12 वर्ष मात्रका थिए। सिदकियाहले यरूशलेममा एघार वर्ष राज्य गरे। उनकी आमाको नाउँ हमूतल हो तिनी यर्मियाकी छोरी थिइन्। हमतूलका परिवार लिब्ना शहरका थिए।
52:2b.JER.052.002 यहोयाकीमले गरे जस्तै सिदकियाहले परमप्रभुको दृष्टिमा नै अनिष्ट कार्य गरे।
52:3b.JER.052.003 डरलाग्दा घटनाहरू यरूशलेम र यहूदामा भयो किनभने परमप्रभु तिनीहरूसित रिसाउनु भएको थियो। अन्तमा, परमप्रभुले आफ्नो दृष्टिबाट यरूशलेम र यहूदाका मानिसहरूलाई फ्याँकिदिनु भयो। सिदकियाहले बाबेलको राजा विरूद्ध विद्रोह गरे।
52:4b.JER.052.004 यसर्थ सिदकियाहको शासनकालको नवौ वर्षको दशौं महीनाको दशौं दिन बाबेलका राजा नबूकदनेस्सर आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेम विरूद्ध अघि बढे। बाबेलका सेनाले यरूशलेम बाहिर शिबिर बनाएका थिए। तिनीहरूले शहरको वरिपरि घेरा पर्खालहरू बनाए।
52:5b.JER.052.005 शहर घेराव सिदकियाहको राज्यकालको एघारौं वर्षसम्म रह्यो।
52:6b.JER.052.006 चौथो महीनाको नवौं दिनमा शहरमा महा अनिकाल पर्यो। त्यस देशमा मानिसहरूका निम्ति भोजन थिएन।
52:7b.JER.052.007 शहरको पर्खालमा प्वाल बनाएको थियो। यरूशलेमका सेना भागे। तिनीहरूले शहर राता-रात त्यागे। राजाको बगैंचाको दुइ पर्खालहरूको माझको प्रवेशद्वारबाट तिनीहरू गए। अहिले बाबेलीहरूले शहरलाई घेरेका थिए। तिनीहरू आराबातिर भागे।
52:8b.JER.052.008 तर राजा सिदकियाहलाई बाबेलका सेनाले खेदे। तिनीहरूले यरीहोको मैदानमा तिनलाई समाते। सिदकियाहका सबै सिपाहीहरू भागे।
52:9b.JER.052.009 बाबेलका सेनाले राजा सिदिकयाहलाई पक्रे अनि तिनीहरूले उसलाई हमातको देश रिब्लामा बाबेलका राजाकहाँ ल्याए। रिब्लामा बाबेलका राजाले राजा सिदकियाहमाथि आफ्नो निर्णय सुनाए।
52:10b.JER.052.010 रिब्लामा बाबेलका राजाले सिदकियाहको छोरोहरू तिनको उपस्थितिमा मारिदिए। सिदकियाहलाई उनका छोराहरू उपस्थितिमा मारिएको हेर्न वाध्य पारि्यो। तिनीहरूले यहूदाका सारा हाकिमहरूलाई पनि मारिदिए।
52:11b.JER.052.011 त्यसपछि बाबेलका राजाले सिदकियाहलाई अन्धा बनाए। उसले सिदकियाहलाई साङ्गलाले बाँधे अनि तिनलाई बाबेलमा लगेर तिनको मृत्यु सम्म कैदमा राखे।
52:12b.JER.052.012 राजा नबूकदनेस्सरको राज्यकालको उन्नाईसौं वर्षको पाँचौ महीनाको दशौं दिनमा बाबेलका राजाका विशेष रक्षकहरूको कप्तान नबूजरदान यरूशलेममा आए।
52:13b.JER.052.013 नबूजरदानले परमप्रभुको मन्दिरमा आगो लगाइदियो। उनले राजाको महल, सबै साधरण र महत्वपूर्ण घरहरूमा आगो लगाइदियो।
52:14b.JER.052.014 बाबेलका सम्पूर्ण सेना जो तिनीहरूका कप्तानसित थिए, तिनीहरूले यरूशलेमको वरिपरिको पर्खालहरू तोडिदिए।
52:15b.JER.052.015 कप्तान नबूजरदानले केही गरीब मानिसहरू अनि शहरमा बाँकी रहेका मानिसहरूलाई कैद गरे अनि बाबेलका राजासित समर्पण भइसकेकाहरूलाई बाबेल लगे। उनले कुशल कारीगरहरूलाई पनि कैद गरेर लगे।
52:16b.JER.052.016 तर नबूजरदानले कतिपय गरीब मानिसहरूलाई खेती र दाखबारीमा काम गर्नलाई छोडी दिए।
52:17b.JER.052.017 बाबेलीहरूले परमप्रभुको मन्दिरको काँसाको खम्बाहरू त्यसको घेडेरीहरू, काँसाको ट्याँकी तोडे अनि काँसा बाबेलमा लगे।
52:18b.JER.052.018 बाबेलका सेनाले मन्दिरबाट भाँडाहरू, बेलचाहरू, सलेदो काट्नेहरू, धुपौरोहरू, ठूलो बाटाहरू, कचौराहरू, अनि सारा काँसाका भाँडाहरू जो मन्दिरको काममा चलाइन्थ्यो सबै लगे।
52:19b.JER.052.019 राजाका कप्तानका विशेष प्रहरीहरूले साना-साना धूपदानीहरू, अभिषेक गर्ने बोलहरू, भाँडाहरू सामदानहरू, चम्चाहरू जुन सुन र चाँदीबाट बनाइएका थिए अनि अर्घ बलिहरूको लागि प्रयोग गरिन्थ्यो सबै लगे।
52:20b.JER.052.020 ती दुइ खम्बाहरू, एउटा ठूलो काँसाको खड्कुँलो, बाह्रवटा काँसाको गोरूहरू अनि सार्नै नसकने आधारहरू जो राजा सुलेमानले परमप्रभुको मन्दिरको लागि बनाएका थिए। ती सबै काँसाले बनाएका चीजहरू तौल गरी नसक्नुको थियो।
52:21b.JER.052.021 प्रत्येक काँसाका स्तम्भहरू 18 हात उँचाई, 12 हात गोलाई र 4 अंगुल मोटाई अनि बीचमा खोक्रो भएको थियो।
52:22b.JER.052.022 प्रत्येक स्तम्भको शिरहरू काँसाले बनिएका अनि 5 हात अग्ला थिए। यो काँसाले सजिएको जाली र काँसाले दारीमदाना बुट्टाहरूले वरिपरि सजिएको थियो। अन्य स्तम्भ पनि दारीमदाना जस्तै बुट्टाले सजिएका थिए।
52:23b.JER.052.023 त्यस्का छेव-छैवमा 96 वटा दारिमहरू थिए। त्यहाँ जालीको घेरा वरिपरि जम्मा 100 वटा दारिमहरू थिए।
52:24b.JER.052.024 राजाको खास रक्षकहरूको अधिकारीले सरायाह र सपन्याहलाई कैदी बनाएर लगे। सरायाह मुख्य पूजाहारी र सपन्याह दोस्रो पूजाहारी थिए। त्यस बाहेक तीनजना ढोकेहरूलाई पनि कैदीहरू बनाएर लगे।
52:25b.JER.052.025 तिनले यरूशलेममा भेटिएका राजाका सेनाहरूका अफिसर अनि राजाका सातजना सल्लाहकारहरूलाई पनि लगे। तिनले अधिकारीहरूका सचिव जसले मानिसहरूको नाउँ सेनामा लेखाँउथे तिनलाई, त्यस ठाउँमा भेटिएका मानिसहरू र शहरमा भेटिएका साठी जना पुरूषहरूलाई पनि लगे।
52:28b.JER.052.028 नबूकदनेस्सरले यसरी मानिसहरूलाई कैद बनाएर लगे अनि तिनीहरूको संख्या यही होः नबूकदनेस्सर राजा भएको सातौं वर्षमा, 3,023 मानिसहरू यहूदाबाट लगियो।
52:29b.JER.052.029 नबूकदनेस्सरको राज्यकालको अठारौं वर्षमा 832 यहूदीहरूलाई यरूशलेमको बाहिर लगियो।
52:30b.JER.052.030 नबूकदनेस्सरको राज्यकालको तेईसौं वर्षमा प्रहारीहरूका कप्तान नबूजरदानले 745 यहूदीहरूलाई निर्वासनमा लग्यो। जम्मा 4,600 यहूदीहरूलाई कैदी बनाएर लगियो।
52:31b.JER.052.031 यहूदाका राजा यहोयाकीनले बाबेलमा सैतीस वर्ष कैदी जीवन बिताए। यहोयाकीनको कैदीकालको सैंतीस वर्षमा बाबेलका राजा एवील-मरोदकले अति दया साथ यहोयाकीनलाई कैदबाट मुक्त गराए। यो त्यही वर्ष थियो जब एवील-मरोदकका राजा भएका थिए।
52:32b.JER.052.032 एवील-मरोदकले यहोयाकीनसँग प्रेमपर्वक बात गरे। अनि उनले यहोयाकीनलाई बाबेलमा उनीसंग रहेका अन्य राजाहरूलाई भन्दा उच्च स्थानको सम्मान दिए।
52:33b.JER.052.033 यसकारण यहोयाकीनले आफ्ना कैदी पोषाक खोलेर उतारे। त्यसपछि उसले भोजन पनि राजाकै टेबलमा खाए।
52:34b.JER.052.034 प्रत्येक दिन बाबेलका राजाले यहोयाकीनलाई भत्ता दिन थाले। यो यहोयाकीनको मृत्यु पर्यन्त लगातार चलिरह्यो।
- Holder of rights
- Multilingual Bible Corpus
- Citation Suggestion for this Object
- TextGrid Repository (2025). Nepali Collection. Jeremiah (Nepali). Jeremiah (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-AD2E-3