Song of Solomon (Nepali)

Song of Solomon (Nepali)

1

1:1b.SON.001.001 सुलेमानको सबैभन्दा उत्तम गीत।

1:2b.SON.001.002 चुम्बनहरूसंग मलाई छुँनुहोस् तपाईंको प्रेम दाखरस भन्दा उत्तम भएकोले तपाईंले मलाई आफ्नो चुम्बनले भरिदिनुहोस्।

1:3b.SON.001.003 तपाईंको नाउँ मुल्यवान अत्तर भन्दा सुगन्धित छ, तपाईंको गन्ध अन्य सबै अत्तरहरू भन्दा उत्तम छ। यसकारण तरूणी केटीहरूले तपाईंलाई माया गर्छन्।

1:4b.SON.001.004 तपाईंको लागि हामी खुशी अनि आनन्दित हुन्छौं। हामी तपाईंको पछि दगुर्ने छौं राजाले मलाई उसको आफ्नो कोठामा ल्याउनु भयो। हामीहरू खुशी अनि आनन्दित हुन्छौं। याद गर्नुहोस् तपाईंको प्रेम दाखरस भन्दा असल छ। यसकारण तरूणी केटीहरूले तपाईंलाई प्रेम गर्छन्।

1:5b.SON.001.005 यरूशलेमकि छोरीहरू हो! म काली तर सुन्दरी छु। केदार र शाल्माको पाल झैं काली छु।

1:6b.SON.001.006 मलाई नहेर, म कति काली छु, मलाई घामले काली पारेको हो। मेरा दाज्यू-भाइहरू म प्रति क्रोधित थिए, त्यसैले तिनीहरूले मलाई उनीहरूको दाखबारीहरू हेर्नु अह्राए, त्यसै कारण मैले आफैंलाई ध्यान पुर्याउन पाइनँ।

1:7b.SON.001.007 म तिमीलाई सम्पूर्ण आत्माले प्रेम गर्छु। मलाई भन, तिमी आफ्नो भेडाहरू कहाँ चराउँछौ? मध्य दिनमा तिनीहरूलाई कहाँ विश्राम गराउँछौ? म तिमीलाई भेट्न आउनेछु अथवा तपाईंका साथीहरूको बगाल अघि म किन घुम्टो हालेर बस्ने केटी झैं हुने?

1:8b.SON.001.008 तिमीलाई निश्चय थाहा छ कि के गर्नु पर्ने हो? स्त्रीहरूमा तिमी सबै भन्दा सुन्दरी छौ। जहाँ थुमा अनि बाख्राका पाठाहरू जान्छन् त्यहाँ पछ्याएर जाऊ आफ्नो बाख्राका पाठाहरूलाई गोठालाहरूको तम्बुको छेउमा चर्न देऊ।

1:9b.SON.001.009 मेरी प्यारी, तिमी मेरो निम्ति यस घोडी भन्दा पनि ज्यादै उत्तेजक छौ जुन घोडी अन्य घोडाहरूसित फिरऊनको रथ तान्छे।

1:10b.SON.001.010 ती घोडाहरू तिनीहरूको मुख देखि गर्दनको वरीपरी सम्म राम्ररी सजाइएका छन्।

1:11b.SON.001.011 तिम्रो निम्ति हामी सुनको लुर्कन चाँदीले मोरेर बनाउँने छौं।

1:12b.SON.001.012 जब राजा आफ्नो कोठामा थिए, मेरो अत्तरको सुगन्ध फैलियो।

1:13b.SON.001.013 मेरा प्रेमी मुर्ररको सानो झुप्पा झैं हुनुहुन्छ, (गलाको पहिरन) मेरो स्तन माझमा सारा रात बिताउनु हुन्छ।

1:14b.SON.001.014 मेरा प्रेमी, मग-मग सुगन्ध दिने, एन-गदीका फूलको गुच्छा जस्तै हुनुहुन्छ जुन एन-गदीको दाखबारीको बगैंचामा फुल्छ।

1:15b.SON.001.015 मेरी प्रियतमा, तिमी अत्यधिक राम्री छौ, आहा! तिमी साँच्चै राम्री छौ, तिम्रा आखाँहरू ढुकुरका झैं सुन्दर छन्।

1:16b.SON.001.016 मेरो प्रेमी तपाईं असाध्य सुन्दर हुनुहुन्छ, साँच्चै तपाईं मनोहर हुनुहुन्छ! हाम्रो ओछ्यान हरियो घाँसको चउर जस्तो छ।

1:17b.SON.001.017 हाम्रा घरका आड दिने काठहरू र देवदारका छानाका छन् डाँडा भाटाहरू सल्लाका छन्।

2

2:1b.SON.002.001 म भञ्चयाङमा फुल्ने गुलाफ अनि बेंसीमा फुल्ने लिली फूल झैं छु।

2:2b.SON.002.002 हेर, प्रेमी अन्य स्त्रीहरूको माझ तिमी काँढाहरू माझमा फूलेकी लिली फूल झैं छौ। स्त्री भन्छिन्

2:3b.SON.002.003 हे मेरा प्रिय अन्य पुरूषहरूको बीच तपाईं जङ्गलमा अन्य धेरै रूखहरू बीच स्याऊको बोट झैं छौ। म त्यो बोट मुनि बसेर आनन्द लिन चाँहन्छु अनि त्यसको फल अति स्वदिष्ट लाग्छ।

2:4b.SON.002.004 मेरा प्रियले मलाई मधु शालाम ल्याउनु भयो र उहाँले म माथि राख्नु भएको संकेत उहाँको प्रेम हो।

2:5b.SON.002.005 म प्रेम रोगी हुँ यसर्थ मलाई किसमिस र स्याऊहरू खुवाएर सजीव बनाउनु होस्।

2:6b.SON.002.006 उहाँको देब्रे पाखुरा मेरो टाउको मुनी छ अनि दाइने हातले मलाई अँगालेको छ।

2:7b.SON.002.007 हे यरूशलेमका तरूणीहरू! मुडुली मृग र हरिणहरूको नाउँमा प्रतिज्ञा गर। मसित प्रेम गर्न उत्तेजित नहौ जबसम्म म यसको निम्ति तयारी हुँदिनँ।

2:8b.SON.002.008 मेरो प्रेमीकाको स्वर सुन! लौ हेर, उहाँ आउँनु हुँदैंछ, पहाडहरूमा उफ्रँदै अनि डाँडाहरूमा दगुर्दै।

2:9b.SON.002.009 मेरा प्रेमी एउटा लघुमृग अथवा जवान मृग झैं हुनुहुन्छ। हेर, उहाँ हाम्रो पर्खाल पछाडी उभिनु भएको छ, झ्यालबाट हेरिरहनु भएकोछ, आँखी झ्यालबाट चियाइरहनु भएकोछ।

2:10b.SON.002.010 मेरा प्रेमीले भन्नु भयो, हे सुन्दरी, मेरी प्यारी उठ, कतै टाडा जाऊँ।

2:11b.SON.002.011 हेर! हिउँद बित्यो, वर्षा काल पनि गई सक्यो।

2:12b.SON.002.012 भूमिमा फूलहरू फूलिरहेकाछन्, चराहरूले गाउने समय आइसकेको छ। पृथ्वीमा ढुकुरहरू कुर्लिन थालिसके।

2:13b.SON.002.013 नेभाराका चिचिलाहरू लाग्न थाल्यो, दाखका फूलहरूबाट वासना फैलिन थाल्यो। मेरी प्रियतमा उठ, हे मेरी सुन्दरी हिंड कतै टाढा जाऊँ।

2:14b.SON.002.014 अग्लो चट्टानको गुफाहरूमा र, पहाडहरू माथि लुक्ने मेरो ढुकुर, मलाई तिम्रो दर्शन देऊ, मैले तिम्रो स्वर सुन्नु पाउँ। कारण तिम्रो स्वर अत्यन्तै प्रिय लाग्छ अनि तिमी अत्यन्तै सुन्दरी छौ।

2:15b.SON.002.015 हाम्रा निम्ति स्यालहरूलाई समातिदेऊ, किनभने ती स्यालहरूले हाम्रो दाखबारी नष्ट गरिदिन्छन् जो पूर्णरूपले फूलेकोछ।

2:16b.SON.002.016 मेरा प्रेमी मेरा हुनु हुन्छ अनि म उहाँकी, मेरा प्रेमीले लिलीफूलहरू माझमा चाँडो बास गर्छन्।

2:17b.SON.002.017 जबसम्म दिन बितेर छाँया लामो हुँदैन फर्कि आऊ, मेरा प्रेमी हरिण झैं बन अथवा मृगहरू झैं सुन्दर पहाडहरूमाथि।

3

3:1b.SON.003.001 राती मेरो ओछ्यानमा, म आफूले माया गरेको मानिस खोज्छु। मैले उसलाई खोजें तर पाउन सकिनँ।

3:2b.SON.003.002 अब म उठ्छु म शहर वरीपरी घुम्छु। म मेरा प्रेमीलाई शहरको गल्ली र कुना कुनामा खोज्छु। मैले शहरका पालेहरूलाई भेटें, तर मैले उहाँलाई पाउँनु सकिनँ।

3:3b.SON.003.003 मलाई पालेहरूले भेटे शहर घुम्दै गर्दा मैले तिनीहरूलाई सोधें “के तिमीहरूले मेरा प्रेमीलाई देख्यौ?”

3:4b.SON.003.004 जब म ती पालेहरूदेखि अलिक पर मात्र पुगेकी थिएँ मैले मेरा प्रेमीलाई भेटेंे। मैले उहाँलाई समातें र उहाँलाई मेरी आमाको घरमा लगें अर्थात ती नारीको कोठामा जसले मलाई आफ्नो गर्भमा राखेकी थिइन्।

3:5b.SON.003.005 हे यरूशलेमका तरूणीहरू हो। हरिण र मृगहरूलाई साक्षी राखेर मलाई आफ्नो वचन देऊ कि म तयार नभए सम्म तिमीले प्रेम ममा जागृत गर्ने छैनौ।

3:6b.SON.003.006 यी नारी को हुन् जो धेरै मानिसहरू सित मरूभूमिबाट आइरहेकी छिन्? तिनीहरूको पछि यस्तो धूलो निस्कँदैछ कि मानौं त्यो धूवाँको बादल हो, जुन धूवाँ बल्दै गरेको सुगन्धित रस, धूप अथवा सुगन्धित मसला बाट निस्कन्छ।

3:7b.SON.003.007 सुलेमानको सवारी हेर! इस्राएलका साठ्ठी जना बलिया बलिया सैनिकहरूले त्यो पालकी रक्षा गरिरहेका छन्।

3:8b.SON.003.008 तिनीहरू सबै प्रशिक्षित सेनाहरू हुन्, रातमा आईपर्ने कुनै पनि विपत्तीको सामना गर्न तिनीहरू तत्पर छन्।

3:9b.SON.003.009 राजा सुलेमानले आफ्नो निम्ति यात्रा गर्ने पालकी बनाए। तिनको पालकीको काठ लेवनानबाट ल्याइएको हो।

3:10b.SON.003.010 त्यसका खम्बाहरू चाँदीले बनिएको छ, आधारहरू सुनको बनाएका छन् आसन बैजनी रंगका लुगाले ढाकिएको छ। त्यो यरूशलेमकी स्त्रीहरूको प्रेमले बुनिएको हो।

3:11b.SON.003.011 सियोनकी तरूणीहरू हो, बाहिर आएर सुलेमनानलाई उनको मुकुटसित हेर, त्यो उसकी आमाले त्यो दिन पहिर्याई दिएकी थिइन्, जुन दिन उनको विवाह भएको थियो। त्यो दिन उनी अत्यन्तै खुशी थिए।

4

4:1b.SON.004.001 मेरी प्रेमीका, तिमी अत्यन्तै सुन्दरी छौ। आहा! तिमी सुन्दरी छौ। घुम्टोभित्र लुकेका ती तिम्रा आँखाहरू ढुकुरका जस्तै छन् तिम्रा ती लामा केश गिलाद पाहाडबाट ओह्रालो नाच्दै झरिरहेको बाख्राको बगाल झैं छन्।

4:2b.SON.004.002 तिम्रो दाँतहरू भेडा झैं सेता छन् जसलाई भर्खरै नुहाइएको र कत्रनु तयारी बनाएको छ। तिनीहरू सबैले जुम्ल्याहा पाठा जन्माउँछन् र तिनीहरूको एउटै थुमा पनि हराएको छैन।

4:3b.SON.004.003 तिम्रो ओठहरू रेशमको धागो जस्तै राता छन्। तिम्रो मुख अति सुन्दर छ, तिम्रो घुम्टोभित्रका गालाहरू एउटा दारीमका दुई फ्याकहरू जस्तै छन्।

4:4b.SON.004.004 तिम्रो घाँटी दाऊदको किल्ला झैं लामो अनि पातलो छ, त्यो किल्ला सजाउनको निम्ति बनाएका हजारौं ढालहरू यसको भित्ताहरूमा शक्तिशाली सेनाहरूसँग छन्।

4:5b.SON.004.005 तिम्रो स्तनहरू एक जोडी पाठाहरू जस्तै छन्, हरिणको जुम्ल्याहा पाठा जस्तै लिली फूलहरू विच चरिरहन्छ।

4:6b.SON.004.006 म त्यो गन्धरसको पर्वत माथि जानेछु, र सुगन्धितको पहाडमा जानेछु, जब मैले आफ्नो अन्तिम सास लिनेछु अनि छायाँहरू लामो भई लुक्नेछन्।

4:7b.SON.004.007 मेरी प्रेमी, तिमी सबैभन्दा सुन्दरी छौ, तिमीमा कुनै प्रकारको दाग छैन।

4:8b.SON.004.008 हे मेरी दुलही, तिमी मेरो निम्ति लेबनोनबाट आऊ। म भएकोमा आऊ तिमी मसित अमानाको चुचुरोबाट, सनीरको उचाईबाट, सिंहको गुफाबाट अनि चितुवाको पाहाडबाट आऊ।

4:9b.SON.004.009 मेरी प्रेमिका, मेरी दुलही तिमीले मलाई उत्तेजित गराउछ्यौ। तिम्रो आखाँको एक झलकले तिम्रो गलामा लगाइएको मोतीको हारका एउटै दानाले, मेरो हृदय चोरेकी छौ।

4:10b.SON.004.010 हे मेरी साथी, हे मेरी दुलही। तिम्रो माया कति सुन्दर छ। तिमीले गाँसेको माया दाखरस भन्दा धेरै राम्रो छ, तिम्रो अत्तरको सुगन्ध अन्य कुनै पनि सुगन्ध भन्दा असल छ।

4:11b.SON.004.011 मेरी दुलही! तिम्रो ओठबाट मह टप्किन्छ, दूध र मह तिम्रो जिब्रो मुनि छ, तिम्रा वस्त्रहरूबाट मिठो अत्तरको वासना आँउछ।

4:12b.SON.004.012 मेरी प्रेमिका, मेरी दुलही! ताल्चा लगाएको बगैंचा जस्तै शुद्ध छौ। बन्द गरेको ताल जस्तै शुद्ध छौ। त्यो बन्द गरेको फोहरा जस्तै शुद्ध छौ।

4:15b.SON.004.015 तिमी बग्ने पानीको स्रोत जस्तै छौ। एउटा लेबानोनबाट बग्दै आएको पानीको मूल।

4:16b.SON.004.016 उत्तरी हावा, तिमी उठ। दक्षिणी हावा, तिमी आऊ! मेरो बगैंचामा बह अनि आफ्नो सुगन्ध छर्क। मेरा प्रेमी आफ्नो बगैंचाभित्र पसुन् अनि त्यहाँका मिठा फलहरू खाऊन्।

5

5:1b.SON.005.001 मेरी प्रेमीका, हे मेरी दुलही, म आफ्नो सुगन्धित सामग्रीसित बगैंचामा पसें। मैले मेरो मुर्र र मशलाहरू बटुलेकोछु। मैले मेरो चाका महसंग खाएँ। मैले आफ्नो दाखरस र दूध पिएकोछु। हे साथीहरू हो! खाऊ, प्रेमीहरू हो! पिऊ र प्रेमको मद्यले मस्त हौ। प्रेमिका भन्छे

5:2b.SON.005.002 म मस्त सुतें, तर मेरो हृदय जाग्रित थियो। मैले मेरा प्रेमीले ढोका ढक्ढकाइरहेको सुन्छु। ढोका खोल मेरी प्रेमी, मेरी ढुकुर, मेरी प्रियतमा, पुर्णता मेरो शीर शीतले भिजेकोछ, मेरो केश मध्य रातले भिजाएकोछ।

5:3b.SON.005.003 मैले मेरा लुगाहरू फुकालिसकेकोछु। म फेरि पहिरिन चाहाँदिनँ। मैले मेरा पाऊ धोइसकेकोछु, यसलाई म फेरि मैला हुन दिँदिनँ।”

5:4b.SON.005.004 तर उसको निम्ति म व्याकुल भएँ मेरा प्रेमीले ढोकाको प्वालबाट हातहाल्दा।

5:5b.SON.005.005 म आफ्नु प्रेमीको लागि ढोका उघार्न उठें, मेरा हातहरूबाट रस गन्ध अनि औलीहरूबाट रस गन्धका थोपाहरू तल माथि चुहे।

5:6b.SON.005.006 जब मैले मेरा प्रेमीको लागि ढोका उघारें, तर मेरो प्रेमी त्यहाँबाट गइसकेका थिए। म झण्डै मरें जब उहाँ आएर गए पछि। मैले उहाँलाई खोजी हिडें तर भेटिनँ, मैले उहाँलाई बोलाउँदै खोजे तर उहाँले मेरो बोलावटको उत्तर दिनु भएन।

5:7b.SON.005.007 शहरका पहरेदारहरूले मलाई भेटे, र तिनीहरूले मलाई पिटे, अनि मलाई चोट पुर्याए। पर्खाल माथि बसेका पहरेदारहरूले मैले ओढेको घुम्टो खोसे।

5:8b.SON.005.008 हे यरूशलेमका तरूणीहरू! म तिमीहरूलाई भन्छु, “यदि तिमीहरूले मेरा प्रेमीलाई भेट्यौ भने भनिदेऊ, म उहाँलाई यति साह्रो प्रेम गर्छु, कि जब उहाँ मसित हुनुहुन्न तब म बिमारी हुन्छु।

5:9b.SON.005.009 स्त्रीहरूमा तिमी अति सुन्दरी छौ, तिम्रा प्रेमी र अन्य प्रेमीहरूमा के भिन्नता छ? के तिम्रा प्रेमी अरूका प्रेमीहरू भन्दा उत्तम छन्? के यसैकारण तिमी हामीबाट वचन लिन चाहान्छौ कि तिम्रा प्रेमी अरूका प्रेमीहरू भन्दा सुन्दर छन्?

5:10b.SON.005.010 दश हजार मानिसहरूको बीचमा पनि मेरा प्रेमी उज्जवल र तन्दुरूस्त देखिन्छन्।

5:11b.SON.005.011 उहाँको शीर शुद्ध सुन जस्तै छ, उहाँको घुँघुरिएको कालो काग जस्तै केश छ।

5:12b.SON.005.012 उहाँका आँखाहरू खोलाको किनारमा बसिरहेका ढुक्कुर जस्ता छन्, उहाँका आँखाहरू दूधमा डुबेका ढुक्कुरहरू जस्ता छन्।

5:13b.SON.005.013 उहाँका गाला सुगन्धित मसलाको बगैंचा झैं, सुगन्धको लागि प्रयोग गरिएका फूलहरू जस्तो छ। उहाँका ओठहरू सुगन्धित रस चुहिरहने, लिली फूलहरू जस्ता छन्।

5:14b.SON.005.014 उहाँका पाखुराहरू ढुङ्गा जडित, सुनका डन्डाहरू जस्ता छन् उहाँको शरीर नीलम जडित हात्तिको चिल्लो दाँत जस्तो छ।

5:15b.SON.005.015 उहाँका पाऊहरू शुद्ध सुनमा राखिएका सङ्गमरमर जस्ता छन्। उहाँ लेबनोनमा हुने राम्रो उद्भिद् अग्लो देवदारू वृक्ष झैं देखिनु हुन्छ।

5:16b.SON.005.016 हो, यरूशलेमका स्त्रीहरू! उहाँको मुख अधिक मिठास पूर्ण छ। मेरा प्रेमी अत्यन्तै कामनीय हुनुहुन्छ। मेरा प्रियतम, मेरा साथी यस्तो हुनुहुन्छ।

6

6:1b.SON.006.001 हे सुन्दरी स्त्री, भन तिम्रा प्रेमी कहाँ गएका छन्? भन तिनी कुन बाटो गएका छन्? हामीलाई भन, ताकि हामी उहाँको खोजीगर्न तिमीलाई सहायता गर्न सकौं।

6:2b.SON.006.002 मेरो प्रेमी आफ्नो बगैंचामा जानुभएको छ। उहाँ बगैंचालाई हेर्न र त्यहाँबाट लिलीहरू बटुल्न जानु भएको छ।

6:3b.SON.006.003 म मेरा प्रेमीकी हुँ र उहाँ मेरो प्रेमी हुनुहुन्छ। उहाँ लिली फूलको बगैंचामा डुल्नु हुन्छ।

6:4b.SON.006.004 तिमी तिर्सा जस्तै सुन्दरी छौ, तिमी यरूशलेम जस्तै आर्कषक छौ। तिमी एउटा झण्डा बोक्ने डरलाग्दो सेना झैं साहासी छौ।

6:5b.SON.006.005 तिम्रा आँखाहरूले मलाई अति उत्तेजित बनाउँछन्। अनि तिम्रो केश लामो र झुमिरहेको छ गिलाद पर्वतबाट तलतिर ओर्लदै गरेका बाख्राहरूको बगाल झैं। यसर्थ तिमीले मलाई नहेर।

6:6b.SON.006.006 तिम्रो दाँतहरू नुहाएर निस्केका र कत्रन तयार रहेका भेडाहरू जस्तै छन्। तिनीहरू सबै जुम्ल्हा पाठाहरू जन्माए अनि तिनीहरू मध्ये एउटा पनि गुमाएनन्।

6:7b.SON.006.007 घुम्टो मित्र तिम्रा ती कनपटहरू एस्ता छन् कि जस्ता दारीमका फ्याकलाहरू हुन्।

6:8b.SON.006.008 उहाँका साठी रानीहरू छन् अनि असी रखौटीहरू अनि अनगन्ती नयाँ तरूणीहरू छन्।

6:9b.SON.006.009 तर त्यहाँ मेरो ढुक्कुरको निम्ति एउटै स्त्री छन् मेरो सम्पूर्णता जुन आमाले तिनलाई जन्माइन् ती आमाकी प्रसिद्ध नानी जवान स्त्रीहरूले देखेर प्रशंसा गरे, अनि रानीहरू र रखौटीहरूले पनि तिनको प्रशंसा गरे।

6:10b.SON.006.010 ती कन्या स्त्री को हुन्? अरूणोदय झैं चम्कन्छिन् जुनझैं सुन्दरी छिन्। तिनी घामझैं चहकिली छिन् तिमी एउटा झण्डा बोक्ने डरलाग्दा सेनाझैं साहासी छौ।

6:11b.SON.006.011 म तल ओखरको बगैंचा तिर गएँ बेंसीहरूको फल हेर्न दाखहरू फूल्यो कि भनेर हेर्न दारिमले कोपीलाहरू लगायो कि भनेर हेर्न गएँ।

6:12b.SON.006.012 तिनले मलाई मेरा मानिसहरूको सब भन्दा राम्रो रथमा चढ्न मञ्जुरी दिएको अनुभव गरें।

6:13b.SON.006.013 हे शूलम्मेनी फर्केर आऊ, फर्केर आऊ, फर्केर आऊ। ताकि हामी तिमीलाई हेर्न सक्छौं, किन तिमीहरूले शूलम्मेनीलाई सेनाहरूको युद्ध छाउनीमा नतर्कीलाई झैं हेरिरहेका छौ!

7

7:1b.SON.007.001 हे राजकुमारी! यी जुत्ताहरूमा तिम्रा पाऊ साँच्चै सुन्दर देखिन्छन्। तिम्रा छेपारीहरू कुनै शिल्पीले कुँदेको गहना झैं छन्।

7:2b.SON.007.002 तिम्रो नाभि गोलो बटुको झैं छ, यसमा दाखरस बिना कहीले नहोस्। तिम्रो पेट यस्तो छ कि गहुँको थुप्रो लिली फूलहरूले सीमाना लगाए जस्तो छ।

7:3b.SON.007.003 तिम्रो स्तनहरू एक जोडा हरिण को पाठहरू जस्तै छन्।

7:4b.SON.007.004 तिम्रो घाँटी यस्तो छ, मानौ हात्तीको दाँतले बनिएको किल्ला हो। तिम्रा आँखाहरू यस्ता छन् मानौ बाथ रब्बीमको फाटक नजिक हेस्बोनमा भएको कुणहरू हुन्। तिम्रो नाक यस्तो छ, मानौ त्यो लबनानको किल्ला हो जुन दमश्कश तिर फर्केकोछ।

7:5b.SON.007.005 तिम्रो टाउको कार्मेलको पर्वत जस्तो छ अनि टाउकोको केश रेशम जस्तो छ। तिम्रो तल झरेको लामो केशले राजाको पनि मन पग्लिन्छ।

7:6b.SON.007.006 तिमी मेरो निम्ति कति आनन्दायक छौ, हे मेरी प्रेमीका। तिमी कति राम्री र मनमोहक छौ।

7:7b.SON.007.007 तिमी खजुरको रूख जस्तै अग्ली छौ। अनि तिम्रा ती स्तनहरू खजुर फलेको झुप्पा जस्तै छन्।

7:8b.SON.007.008 म खजुरको रूखमाथि चढ्नेछु, र त्यसका हाँगाहरू समात्छु। तिम्रा स्तनहरू अङ्गुरको झुप्पा झैं र तिम्रो सासको गन्ध स्याउको बासना झै होऊन्।

7:9b.SON.007.009 तिम्रो मुख विशेष दाखमद झैं होस् जुन मेरो मायामा सोझै तल बगोस् त्यो बिस्तारैसित मस्त निद्राँमा परेका मानिसहरूको ओंठ सम्म बगोस्।

7:10b.SON.007.010 म मेरा प्रेमीकी हुँ र जसलाई उहाँले चाहनुहुन्छ, म त्यो हुँ।

7:11b.SON.007.011 आउँनु होस् मेरा प्रेमी हामी मैदानमा जाँऊ, हामी गाँउमा रात काटौं।

7:12b.SON.007.012 हामी चाँडै दाखबारीमा जाँऊ, हामी त्यहाँ हेरौं कतै दाखका फूलहरू फक्रेका छन् कि हेरौं कतै फूल फुलिसकेको छन् कि अनि दारीमको बोटमा फूलहरू ढकमक्क छन् कि म त्यहाँ तिमीलाई देखाउँने छु म तिमीलाई कति प्रेम गारेरहेकीछु।

7:13b.SON.007.013 हे मेरा प्रेमी! सबै प्रकारका राम्रा फुलहरू हाम्रै द्वारमा छन्, दूधेफलहरूले सुगन्ध फैलाइरहेका छन् नयाँ र पुरानो आनन्दमय बस्तुहरू मैले तिम्रो निम्ति साँचिराखेकीछु।

8

8:1b.SON.008.001 आफ्नी आमाको दुध चुस्तै हुर्कने मेरो सानो भाइ जस्तै तिमी पनि नानी हुँदो हौ त म तिमीलाई बाहिर नै भेट्ने थिएँ अनि तिमीलाई म्वाई खाने थिए। र कसैले यो गल्ती हो भन्न सक्ने थिएनन्।

8:2b.SON.008.002 जुन जननीले मलाई त्यो कोठामा शिक्षा दिइन् म तिमीलाई ती जननीको घरको त्यो कोठामा लैजाने थिएँ। म तिमीलाई मेरो दारिमबाट निचोरेर निकालेको रसले बनिएको मसला युक्त मद्य दिने थिए।

8:3b.SON.008.003 उनको देब्रे हात मेरो टाउको मुनि छ अनि दाहिने हातले मलाई समात्नु भएको छ।

8:4b.SON.008.004 हे यरूशलेमका तरूणीहरू हो! मलाई वचन देऊ कि जबसम्मा म यसको निम्ति तैयारी हुँदिन। मलाई प्रेमले उत्तेजित पार्ने छैन।

8:5b.SON.008.005 आफ्नो प्रेमीसित अढेसिएर मरूभूमिबाट आँउदै गरेकी स्त्री को हुन्? मैले तपाईंलाई स्याऊको बोट मुनि जगाएँ, जहाँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गरेकी थिईन, जहाँ तपाईंको जन्म भएको थियो।

8:6b.SON.008.006 मलाई तपाईंको हृदयमा छाप लगाउँनु होस् यदि म एउटा औंठी जस्तै भएर तपाईंको हातमा रहन्छु, प्रेम मृत्यु जस्तै प्रबल हुन्छ, अनि तृष्णा चाहिँ चिहान जस्तै शक्तिशाली हुन्छ कुनै ज्वालाभन्दा पनि कडा, त्यो दन्केको आगो झैं दन्किन्छ।

8:7b.SON.008.007 के कसैले आफ्नो प्रेमका निम्ति आफ्नोमा भएको प्रत्येक चीज दिन्छ भने ऊ उपेक्षित हुन्छ र?

8:8b.SON.008.008 हाम्री सानी बहिनी छ अनि जसको स्तन विकाश भएकै छैन, यदि कसैले तिनलाई विवाह गर्न खोजे, हामीले बहिनीको लागि के गर्नु पर्ने!

8:10b.SON.008.010 म एउटा पर्खाल हुँ, मेरा स्तनहरू धरहराहरू जस्तै छन्। म उसको निम्ति एउटा सुरक्षाको अनुभव गर्ने भएकी छु।

8:11b.SON.008.011 बाल-हमनमा सुलेमानको एउटा दाखको बगैंचा थियो, तिनले आफ्नो बगैंचा रखवालहरू दिए, र प्रत्येक रखवालले 1,000 चाँदीको शेकेल बराबरको दाख ल्याउनु पर्थ्ये।

8:12b.SON.008.012 सुलेमान! तिमी आफ्नो 1,000 शेकेल राख्न सक्छौ। प्रत्येक रखवालालाई 200 शेकेल देऊ उसले तिम्रो लागि ल्याएको दाखको सट्टामा! तर म मेरो आफ्नै दाखबारीको दाख राख्छु। मेरो अघिको यो दाखबारी मेरो आफ्नै हो।

8:13b.SON.008.013 बगैंचामा तिमी नै बस, साथीहरू तिम्रो आवाज सुनिरहेका छन्, तिमी मलाई पनि सुन्न देऊ।

8:14b.SON.008.014 हे प्रियतम, चाँडो गर्नु होस्। अब सुगन्धित मसालाको पर्वतमा तपाईं हरिण अथवा मृगका पाठा जस्तै हुनु होस्।


Holder of rights
Multilingual Bible Corpus

Citation Suggestion for this Object
TextGrid Repository (2025). Nepali Collection. Song of Solomon (Nepali). Song of Solomon (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-AD08-D