Job (Nepali)

Job (Nepali)

1

1:1b.JOB.001.001 अय्यूब नाउँ भएको एकजना मानिस ऊज मुलुकका वासिन्दा थिए। अय्यूब एकजना असल र ईमान्दारी मानिस थिए। अय्यूबले परमेश्वरलाई आदर गर्थे र तिनी खराब कर्महरूबाट पर सर्थे।

1:2b.JOB.001.002 अय्यूबका सात भाई छोराहरू र तीन बहिनी छोरीहरू थिए।

1:3b.JOB.001.003 अय्यूबको आफ्नै 7,000 भेडाहरू, 3,000 ऊँटहरू, 1,000 साँढेहरू र 500 गधाहरू थिए। उनको धेरै नोकर चाकरहरू थिए। अय्यूब पूर्वतिरका एक धनी मानिस थिए।

1:4b.JOB.001.004 अय्यूबका छोराहरूले पालैपालो गरेर आफ्ना घरहरूमा प्रितीभोजहरू दिने गर्थे, अनि तिनीहरूले आफ्ना बहिनीहरूलाई निमंत्रणा गर्थे।

1:5b.JOB.001.005 तिनीहरूको भोजपछि अय्यूबले तिनीहरूलाई बोलाउन पठाउँथे र परमप्रभुप्रति समर्पित गराउँथे। उसले यो काम बिहान चाडै उठेर र प्रत्येक नानीहरूका लागि एउटा बलि चढाएर गर्थे। अय्यूबले यस्ते गरे किनभने उनी आफैले सोच्थे, “हुन सक्छ असावधानीको कारण मेरो छोरा र छोरीहरूले गुप्त तरिकारले केही गल्ती गरेर परमेश्वरलाई सरापे।” अय्यूबले यी सबै सधैं गर्ने गर्थे।

1:6b.JOB.001.006 एक दिन स्वर्गदूतहरू परमप्रभुसँग भेट्ने दिन आयो। त्यहाँ ती स्वर्गदूतहरूसँग शैतान पनि थियो।

1:7b.JOB.001.007 परमप्रभुले शैतानलाई भन्नुभयो, “अहिलेसम्म तँ कहाँ थिइस्?” शैतानले परमप्रभुलाई जवाफ दियो, “म पृथ्वीकै वरिपरि घुमिरहेको थिँए।”

1:8b.JOB.001.008 तब परमप्रभुले शैतानलाई भन्नुभयो, “तैंले मेरो दास अय्यूबलाई देखिस्? यस पृथ्वीमा ऊ जस्तो कुनै मानिस छैन। अय्यूब एक असल र इमान्दार मानिस छ। उसले परमेश्वरको आराधना गर्छ र नराम्रा कामहरूदेखि सधैं टाडो रहन्छन्।”

1:9b.JOB.001.009 शैतानले जवाफ दियो, “निश्चय! तर परमेश्वरलाई आराधना गर्न अय्यूबसँग एक खास कारण छ।

1:10b.JOB.001.010 तपाईंले सधैं उसको परिवार, उसलाई र उसँग भएका चीजहरूको रक्षा गर्नुहुन्छ। उसले गरेका सबै कार्यहरू तपाईंले सफल पार्नुहुन्छ। हो, ऊमाथि तपाईंको आशिष रहेको छ। उ यति सम्पन्न छ कि सारा मुलुकभरि उसको आफ्नै साँढे, ऊँट, र भेडाका बथानहरू फैलिएका छन्।

1:11b.JOB.001.011 तर यदि तपाईंले उसँग भएका सारा कुराहरू नष्ट गरिदिनु भयो भने, म दृढता पूर्वक भन्छु कि उसले तपाईंलाई तपाईंकै सामु सराप्नेछ।”

1:12b.JOB.001.012 परमप्रभुले शैतानलाई भन्नुभयो, “ठीक छ, अय्यूबसँग भएका जे पनि कुराहरूमाथि तँ जे चाहन्छस् गर। तर उसको शरीरलाई चोट नपुर्या।” तब शैतान परमप्रभुदेखि टाढा गयो।

1:13b.JOB.001.013 एकदिन, अय्यूबका छोरा-छोरीहरू आफ्ना जेठा दाज्यूको घरमा खाँदै अनि दाखरस पिउँदै उत्सव मनाइरहेका थिए।

1:14b.JOB.001.014 तब एकजना सन्देश-वाहक अय्यूबकहाँ आए र भने, “साँढेहरूले जोतिरहेका थिए र गधाहरूले छेउमा नै घाँस खाईरहेका थिए।

1:15b.JOB.001.015 शबाईका मानिसहरूले हामीमाथि आक्रमण गरे अनि तपाईंका पशुहरू लगे। ती मानिसहरूले अन्य नोकरहरूलाई पनि मारे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”

1:16b.JOB.001.016 त्यो सन्देश-वाहक बोलिरहेकै बेला अर्को सन्देश-वाहक अय्यूबकहाँ आई पुग्यो। त्यो दोस्रो सन्देश-वाहकले भन्यो, “आकाशबाट आएको चट्याङले तपाईंको सारा भेडाहरू र नोकरहरू मार्यो। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”

1:17b.JOB.001.017 त्यो सन्देश-वाहक बोलिरहेको बेला अर्को सन्देश-वाहक आई पुग्यो। त्यो तेस्रो सन्देश-वाहकले भन्यो, “कल्दीहरूले तीन सैन्यदलहरू पठाए। तिनीहरूले हामीमाथि आक्रमण गरे अनि सारा ऊँटहरू लगे। तिनीहरूले नोकरहरूलाई पनि मारे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”

1:18b.JOB.001.018 तेस्रो सन्देश-वाहक बोलिरहेकै बेला, अर्को सन्देश-वाहक त्यहाँ आई पुग्यो। त्यो चौथो सन्देश-वाहकले भन्यो, “तपाईंका जेठा छोरोको घरमा तपाईंका अन्य छोरा-छोरीहरूले खाइरहेका र दाखरस पिइरहेका थिए।

1:19b.JOB.001.019 तब एक जोडदार हावा मरूभूमिबाट अचानक चल्यो र त्यसले घर घराशायी पारिदियो। त्यो घर तपाईंका छोरा-छोरीहरूमाथि बज्रयो, अनि तिनीहरू सबैजना मरे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”

1:20b.JOB.001.020 जब अय्यूबले ती सबै खबरहरू सुने आफ्नो दुःख र उदासीनता प्रकट गर्नका लागि उनले आफ्ना लुगाहरू च्याते अनि केश खौरियो। तब अय्यूब भूईंमा घोप्टो परेर परमेश्वरलाई दण्डवत गरे।

1:21b.JOB.001.021 उनले भनेः “जब म यस संसारमा जन्मको थिएँ, म नाङ्गै थिएँ, अनि मसँग केही पनि थिएन। जब म मर्छु अनि यो संसार छाडेर जान्छु, म नाङ्गै नै जानेछु, अनि मसँग केही रहनेछैन। परमप्रभुले दिनुभयो, अनि परमप्रभुले लानु भयो। परमप्रभुको नाउँको प्रशंसा होस्।”

1:22b.JOB.001.022 ती सारा कुराहरू घटे, तर अय्यूबले केही गल्ती काम गरेनन्। जे भयो त्यसको लागि अय्यूबले परमेश्वरलाई दोष दिएनन्।

2

2:1b.JOB.002.001 अर्को दिन स्वर्गदूतहरू परमप्रभुसित भेट गर्न आए। शैतान पनि परमप्रभुसित भेट गर्न आयो।

2:2b.JOB.002.002 परमप्रभुले शैतानलाई भन्नुभयो, “अहिलेसम्म तँ कहाँ थिइस्?” शैतानले जवाफ दियो, “म पृथ्वी वरिपरि घुमरहेको थिएँ।”

2:3b.JOB.002.003 तब परमप्रभुले शैतानलाई भन्नुभयो, “तैंले मेरो दास अय्यूबलाई कतै देखिस्? अय्यूब जस्तो यस पृथ्वीमा अन्य कोही मानिस छैन। अय्यूब एक असल र ईमान्दारी मानिस हो। उसले परमेश्वरको आराधना गर्दछ र अशिष्ट कुराहरू गर्न देखि टाढा बस्छ। तैंले मलाई उसित भएको प्रत्येक चीज कुनै कारण बिनै ध्वंश पार्ने सुझाव दिएता पनि अझ उसले सही काम नै गर्छ।”

2:4b.JOB.002.004 शैतानले जवाफमा भन्यो, “चामको साटो चामलाई!” एउटा मानिसले आफ्नो जीवन रक्षा गर्नका लागि सारा कुरा प्रदान गर्दछ।

2:5b.JOB.002.005 यदि तपाईंले आफ्नो शक्ति उसको शरीरलाई चोट पुर्याउनु भयो भने, तब उसले तपाईंको मुखकै सामुन्ने तपाईंलाई सराप्ने छ।”

2:6b.JOB.002.006 यसकारण परमप्रभुले शैतानलाई भन्नुभयो, “ठीक छ, अय्यूब तिम्रो अधीनमा छ। तर उसलाई मार्ने अनुमति भने तँलाई छैन।”

2:7b.JOB.002.007 तब शैतान परमप्रभुबाट विदा भयो। शैतानले अय्यूबलाई कष्टमय घाउहरू गराई दियो। पीडामय घाउहरू अय्यूबका खुट्टा देखि टाउकोसम्म शरीरभरि थियो।

2:8b.JOB.002.008 यसैले जहाँ खरानी थुपारिएको थियो त्यहाँ अय्यूब बसे। माटोको खपेटा लिएर आफ्नो घाउहरू कन्याउन थाले।

2:9b.JOB.002.009 अय्यूबको पत्नीले उसलाई भनी, “अझ तपाईं परमेश्वरप्रति इमान्दार हुनुहुन्छ? किन तपाईं परमेश्वरलाई सरापेर मर्नु हुन्न!”

2:10b.JOB.002.010 अय्यूबले आफ्नो पत्नीलाई जवाफ दिए, “तिमी एक मूर्ख आईमाई जस्तै बोल्दैछौ। परमेश्वरले हामीलाई असल कुराहरू दिनुभयो, अनि हामीले तिनीहरू ग्रहण गर्यौं। यसकारण हामीले संकटहरू पनि ग्रहण गर्नपर्छ।” नाना किसिमका घटनाहरू घटे। तर अय्यूबले पाप काम गरेनन्। उनले परमेश्वरको विरूद्ध बोलेनन्।

2:11b.JOB.002.011 अय्यूबका तीनजना साथीहरू थिए। तेमानीका एलीपज, बिल्ददबाट शुही अनि नमातीबाट सोपर। ती तीनजना साथीहरूले अय्यूबमाथि जो आपतहरू घटेका थिए ती सबै सुने। तिनीहरूले आफ्ना घरहरू छाडे अनि एक-अर्कालाई भेटे। आफ्ना सहानुभूति देखाउनु र सान्त्वना दिनका लागि अय्यूबलाई तिनीहरूले एक साथ भेट्न राजी भए।

2:12b.JOB.002.012 जब तिनीहरूले अय्यूबलाई टाढाबाट देखे, तिनी अय्यूब नै थिए भन्ने निश्चय भएन तिनी अर्कै देखिन्थे। तिनीहरू चिच्याउँदै रून थाले। आफ्ना दुःख र उदासीनता देखाउनका लागि तिनीहरूले आफ्ना लुगाहरू च्याते, धूलोमैलो टाउकोमाथि हावामा उडाए।

2:13b.JOB.002.013 तब ती तीनजना साथीहरू अय्यूबसँग सात दिन सात रातसम्म भूईंमा बसे। तिनीहरू कसैले पनि अय्यूबलाई एक शब्द पनि भनेनन् किनभने तिनीहरूले अय्यूबलाई सही नसक्ने पीडाले ग्रस्त पारेको बुझे।

3

3:1b.JOB.003.001 तब अय्यूबले आफ्नो मुख खोले अनि आफू जन्मेको दिनलाई धिक्कार्न लागे।

3:4b.JOB.003.004 म त्यो रात अन्धकारै रहोस् भन्ने कामना गर्दछु। परमेश्वरले त्यो दिन भुलुन् भन्ने कामना राख्दछु। त्यो दिनमा प्रकाश नपरोस् भन्ने कामना गर्दछु।

3:5b.JOB.003.005 म कामना गर्छु कि त्यो दिन मृत्यु झैं अँध्यारो होस्। बादलले त्यो दिनलाई ढाकिदियोस् भन्ने कामना गर्दछु। म कामना गर्छु कालो बादलहरूले म जन्मेको दिनको उज्यालोलाई झसंग पारिदिन सकोस्।

3:6b.JOB.003.006 निष्पट्ट अन्धकारले त्यो रात राखोस्। त्यो रातले त्यस वर्षको पञ्चाङ्गमा जग्गा नपावोस्। त्यो रात कुनै पनि महीनामा नपारियोस्।

3:7b.JOB.003.007 त्यो रात रित्तो रहोस्। कुनै खुशीका होहल्ला त्यो रातमा नसुनियोस्।

3:8b.JOB.003.008 कतिपय जादुवालाहरूले सधैं लिब्यातनलाई जगाउनु चेष्टा गरिरहेका छन। यसकारण तिनीहरूका श्रापहरू तिनीहरूलाई भन्न देऊ अनि म जन्मेको दिनलाई श्रापित पारिदेऊ।

3:9b.JOB.003.009 त्यो प्रातः कालको तारा अन्धकारमा रहोस्। त्यो रातले बिहानलाई पर्खिरहेको होस् तर त्यो प्रकाश कहिल्यै नआवोस्। यसले सूर्यको प्रथम किरणसम्म नदेखोस्।

3:10b.JOB.003.010 किन? किनभने त्यस रातले म जन्मनु मलाई रोकेन। त्यो रातले ती दुःख संकटहरू हेर्न मलाई रोकेन।

3:11b.JOB.003.011 म जन्मदा नै किन मरिन? किन म गर्भमा नै तुइनँ?

3:12b.JOB.003.012 किन मेरी आमाले मलाई घुँडामाथि राखिन्? किन मेरी आमाले मलाई दूध खुवाइन्?

3:13b.JOB.003.013 यदि म जन्मेकै दिन मरेको भए म अहिले विश्राममा हुने थिएँ।

3:14b.JOB.003.014 म गहन निद्रामा परेको हुन्थें अनि आरामसंग ती राजाहरू एवं ज्ञानी पुरूषहरूसंग रहन्थें जो विगतमा यस पृथ्वीमा थिए। ती मानिसहरूले आफ्ना लागि ठाउँहरू बनाए ती अहिले ध्वंश र शेष भइसकेको छ।

3:15b.JOB.003.015 म ती शासकहरूसंगै दफनाइयोस् जसले आफ्ना चिहानहरू सुन र चाँदीहरूले भरेका थिए।

3:16b.JOB.003.016 किन म आमाको गर्भमा नै तुइनँ? म त्यस्तो बालक हुन चाहन्थें जसले दिनको उज्यालो नै देख्न पाएन।

3:17b.JOB.003.017 दुष्ट मानिसहरू जब चिहानभित्र हुन्छन् तब कुकर्महरू बन्द गर्छन्। अनि जो मानिस थकित हुन्छ उसले चिहानमा विश्राम पाउँछ।

3:18b.JOB.003.018 कैदीहरूलेसम्म मोक्षा पाउँछन्, तिनीहरूले आफ्ना पालेहरूका चित्कारहरू सुन्ने छैनन्।

3:19b.JOB.003.019 सबै प्रकारका मानिसहरू चिहानमा छन्, अति महत्वपूर्ण मानिसहरू अनि साधरण मानिसहरू अनि दास पनि आफ्नो मालिकबाट मुक्त हुन्छन्।

3:20b.JOB.003.020 किन पीडित मानिसहरू मात्र सधैं बाँच्नै पर्छ? जसको मन तीतो छ त्यस्ता मानिसलाई किन जीवन दिनु?

3:21b.JOB.003.021 त्यो मानिस मर्न चाहन्छ तर मृत्यु आउँदैन। त्यस दुःखी मानिसले मृत्युलाई गाडधन भन्दा पनि ज्यादा खोज्छ।

3:22b.JOB.003.022 ती मानिसहरू आफ्ना चिहान पाउँदा खुशी हुनेछन्। ती मानिसहरू आफ्ना चिहान पाउँदा प्रफुल्लित हुनेछनन्।

3:23b.JOB.003.023 तर परमेश्वरले तिनीहरूका भविष्यलाई गुप्त राख्नुहुन्छ अनि तिनीहरूका सुरक्षाका निम्ति चारैतिर पर्खालहरू निर्माण गर्नुहुन्छ।

3:24b.JOB.003.024 जब खाने बेला हुँदछ, म शोक अनुभव गर्छु। मेरा गुनासोहरू पानी झैं बग्छन्।

3:25b.JOB.003.025 जुन कुराहरूसित म डराउँथें मलाई त्यही भयो, अनि जेसित म अति डराउथें त्यही ममाथि पर्यो।

3:26b.JOB.003.026 म चुप लाग्न सक्तिनँ। म विश्राम लिन सक्तिनँ। म शान्त रहन सक्तिन मेरो सन्तापले मलाई छोपि रहन्छ।”

4

4:1b.JOB.004.001 तब तेमानीका एलीपज बोले।

4:2b.JOB.004.002 “यदि मैले केही भने के तिमी रिसाउँदैनौ? जुन नभनी म रहन सक्तिनँ।

4:3b.JOB.004.003 अय्यूब तिमीले धेरैजना मानिसहरूलाई शिक्षा दियौ। तिमीले कमजोर हातहरूलाई बलवान बनायौ।

4:4b.JOB.004.004 तिम्रो वचनहरूले मानिसहरूलाई मद्दत गर्यो जो पतन हुनलाई तयार थिए। तिमीले मानिसहरूलाई बल दियौ जो स्वयं उभिन सक्तैन थिए।

4:5b.JOB.004.005 तर अहिले तिमीमाथि कष्टहरू आए अनि तिमी हतास भयौ। कष्टले तिमीलाई छुन्छ अनि तिमी हतास हुन्छौ।

4:6b.JOB.004.006 तिमीले परमेश्वरलाई आराधना गर्छौ। तिमीले उहाँमाथि भरोसा गर्दछौ। तिमी एकजना असल मानिस हौ। यसकारण ती तिम्रा आशा बनोस्।

4:7b.JOB.004.007 अय्यूब यस विषयमा सोचः निर्दोष मानिसहरू कहिल्यै पनि ध्वंश भएका छैनन्। असल मानिसहरू कहिल्यै ध्वंश हुँदैनन्।

4:8b.JOB.004.008 मैले कतिपय संकटकारीहरूलाई देखेको छु अनि तिनीहरू जसले जीवन कष्टमय पार्दछ। तर तिनीहरू नै सँधै दण्डित हुन्छन्।

4:9b.JOB.004.009 परमेश्वरको सरापले ती मानिसहरूलाई मार्दछ। परमेश्वरको क्रोधको रापले तिनीहरू नाश हुँदछन्।

4:10b.JOB.004.010 दुष्ट मानिसहरू सिंहहरू जस्तै गर्जन्छन र र्झकिन्छन्। तर परमेश्वरले ती दुष्ट मानिसहरूलाई तहमा ल्याउनु हुन्छ अनि तिनीहरूका दाँतहरू भाँचिदिनु हुन्छ।

4:11b.JOB.004.011 हो, ती दुष्ट मानिसहरू सिंहहरू जस्तै हुन्छन जसले शिकार मार्नलाई भेट्दैनन्। तिनीहरू मर्छन अनि तिनीहरूका डम्मरूहरू छरपष्ट हुन्छन्।

4:12b.JOB.004.012 गुप्तरूपमा एउटा खबर मकहाँ ल्याइयो। मेरो कानहरूले त्यसका कानेखुसी पक्रिए।

4:13b.JOB.004.013 मेरो रातको सपनाहरू बीचमा मानिसहरू निद्रामा हुन्छन्,

4:14b.JOB.004.014 म त्रासित भएँ, अनि कामें। मेरो सबै हाडहरू कामे।

4:15b.JOB.004.015 एउटा मन्द हावाले मेरो अनुहारलाई छोएर गयो। मेरा शरीरको रौं ठाडो भए।

4:16b.JOB.004.016 त्यो आत्मा त्यहाँ उभियो, तर त्यो के थियो मैले देख्न सकिनँ। एउटा आकार मेरो आँखाको सामने उभियो, अनि त्यहाँ चकमन्न भयो, तब मैले एउटा अत्यन्त मधुर स्वर सुनें :

4:17b.JOB.004.017 एकजना मानिस परमेश्वर भन्दा धर्मी हुन सक्तैन। मानिस आफ्नो सृष्टिकर्ता भन्दा पवित्र हुन सक्तैन।

4:18b.JOB.004.018 हेर, परमेश्वरले आफ्नैं स्वर्गीय सेनाहरूमाथि पनि भरोसा राख्न सक्नुहुन्न। परमेश्वरले आफ्ना स्वर्ग दूतहरूका समस्याहरू देख्नुहुन्छ।

4:19b.JOB.004.019 यसकारण मानिसहरू निश्चय नै खराब हुन्छन्। मानिसहरू माटाको घरमा बस्दछन। ती माटाका घरहरूको जग फोहरमा हुन्छ। कीरा फटेङ्ग्राहरू भन्दा तिनीहरू सजिलै किच्चिएर मर्छन्।

4:20b.JOB.004.020 मानिसहरू विहानदेखि बेलुकीसम्म मर्छन् अनि कसैलाई पनि थाहा हुँदैन। तिनीहरू मर्छन् र सदाको लागि अल्पिन्छन्।

4:21b.JOB.004.021 यदि तिनीहरूको पालको डोरी तानियो भने मर्ने कारण थाहा नपाई तिनीहरू मर्ने छैनन् र?’

5

5:1b.JOB.005.001 “अय्यूब, यदि तिमी चाहन्छौ भने डाकी पठाऊ तर कसैले पनि तिमीलाई जवाफ दिनेछैन। कुन पवित्र पुरूषले तिमीलाई फर्काउनेछ?

5:2b.JOB.005.002 मूर्ख मानिसको क्रोधले उसलाई नै मार्नेछ। सरल मानिसको उग्र आवेशले उसलाई नै मार्नेछ।

5:3b.JOB.005.003 मैले एकजना मूर्ख मानिसलाई देखें। उसले आफू सबै सुरक्षित मान्थ्यो तर अचानक उसको घर श्रापित भयो।

5:4b.JOB.005.004 उसको नानीहरूलाई सहयोग गर्ने त्यहाँ कोही थिएन। अदालतमा उनीहरूका पक्षमा बोलिदिने कोही थिएन।

5:5b.JOB.005.005 भोका मानिसहरूले उसको सबै अन्नहरू खाइदिए, ती भोका मानिसहरूले काँढाहरू माझ उम्रेका सबै अन्नहरूसम्म उसको लगिदिए तिनीहरूमा जे जति थिए लोभी मानिसहरूले सबै लगिदिए।

5:6b.JOB.005.006 दुःख फोहरबाट आउँदैन। संकटहरू भुमिबाट उम्रिन्दैन।

5:7b.JOB.005.007 तर आगोबाट उडेको फिलंगो जतिकै मानिस संकट लिनलाई नै जन्मन्छ।

5:8b.JOB.005.008 तर अय्यूब, यदि म तिमी भएको भए, म परमेश्वरपट्टि फर्किने थिएँ अनि आफ्ना समस्याहरूका बारेमा उहाँलाई भन्ने थिए।

5:9b.JOB.005.009 हाम्रो बुझ्ने शक्ति बाहिर परमेश्वरले अलौकिक कर्महरू गर्नुहुन्छ। चमत्कारी कर्महरू गर्न उहाँले कहिल्यै रोकिनु हुन्न।

5:10b.JOB.005.010 परमेश्वरले पृथ्वीमा वर्षाहरू पठाउनु हुन्छ। उहाँले खेतहरूमा पानी पठाउनु हुन्छ।

5:11b.JOB.005.011 परमेश्वरले नम्र मानिसलाई माथि उठाउनु हुन्छ, अनि उहाँले दुःखी मानिसलाई सुरक्षित राख्नु हुन्छ।

5:12b.JOB.005.012 परमेश्वरले धूर्त र दुष्टहरूका युक्तिलाई विफल पारिदिनु हुन्छ, यसकाण तिनीहरूले सफलता पाउँदैनन्।

5:13b.JOB.005.013 परमेश्वरले ज्ञानी मानिससम्मलाई तिनीहरूको आफ्नै पासोमा समात्नुहुन्छ। यसैले ती धूर्तपूर्ण योजनाहरू सफल हुँदैनन्।

5:14b.JOB.005.014 ती चतुर मानिसहरू दिउँसै पनि जताततै ठोक्कर खान्छन् मध्य दिनको बेलामा पनि तिनीहरू अन्धकारमा बाटो खोज्दै हिंड्ने मानिस जस्तो हुनेछ।

5:15b.JOB.005.015 परमेश्वरले दरिद्र मानिसहरूलाई मृत्युबाट पनि जोगाउनु हुन्छ। उहाँले गरीब निरीह मानिसहरूलाई शक्तिशालीहरूबाट जोगाउनु हुन्छ।

5:16b.JOB.005.016 यसकारण गरीब मानिसहरूले आशा गर्छन। उहाँले दुष्टकर्मीको मुख थुनिदिनु हुन्छ।

5:17b.JOB.005.017 त्यो मानिस धन्यको हो, जब परमेश्वरले उसलाई सुमार्ग बताउनुहुन्छ। यसैले गुनासो नगर जब सर्वशक्तिमान परमेश्वरले तिमीमाथि अनुशासन गर्नुहुन्छ।

5:18b.JOB.005.018 परमेश्वरले दिनुभएको घाउहरूमा मलमपट्टी गरिदिनुहुन्छ। उहाँले कसैलाई चोट पुर्याउँन सक्नुहुन्छ तर उहाँकै हातहरूले नै निको पार्नुहुन्छ।

5:19b.JOB.005.019 उहाँले तिमीलाई छःपल्ट संकटहरूबाट बचाउनु हुनेछ। हो, सातपल्ट दुर्घटनाहरू हुँदा पनि तिमीलाई छुने छैन।

5:20b.JOB.005.020 जब त्यहाँ अनिकाल आईपर्छ परमेश्वरले तिमीलाई मृत्युबाट जोगाउनु हुन्छ। अनि जब त्यहाँ युद्ध हुँदछ परमेश्वरले तिमीलाई मृत्युबाट जोगाउनु हुन्छ।

5:21b.JOB.005.021 जब मानिसहरूले तिम्रो निन्दा गर्छन परमेश्वरले तिम्रो रक्षा गर्नु हुन्छ। अनि यस्तो हुदाँ तिम्रो विनाश हुन्छ भनी डराउनु पर्दैन।

5:22b.JOB.005.022 तिमी विनाश र अनिकाल देखेर हाँस्ने छौ। तिमी जंङ्गली जनावरहरूदेखि भयभीत हुने छैनौ।

5:23b.JOB.005.023 खेतका ढुङ्गाहरूसित तिम्रो वाचा बाँधिएको छ। जंङ्गली जनावरहरू तिमीसंग शान्ति साथ रहनेछन्।

5:24b.JOB.005.024 तिम्रो घरमा शान्ति रहेको तिमीले चाल पाउनेछौ। तिमीले आफ्नो सम्पत्ति गन्नेछौ अनि कुनै पनि चीज हराएको हुनेछैन्।

5:25b.JOB.005.025 तिम्रा धेरै नानीहरू हुनेछन। तिनीहरू घाँसका पातहरू झैं प्रशस्त हुनेछन।

5:26b.JOB.005.026 तिमी त्यो गहूँ जस्तै हुनेछौ जुन बाली काटिने बेलासम्ममा उब्जनेछ। हो, तिमी बृद्धवस्थासम्म बाँच्नु पर्नेछ।

5:27b.JOB.005.027 अय्यूब, हामीले ती कुराहरूका अध्ययन गरेका छौ अनि हामी जान्दछौ। यसकारण अय्यूब, ध्यान दिएर सुन, अनि तिनीहरूबाट तिमी आफैं सिक।”

6

6:1b.JOB.006.001 तब अय्यूबले जवाफ दिएः

6:2b.JOB.006.002 “यदि मेरो पीडाहरू ओजन गर्न सक्ने भएता अनि मेरो सबै सङ्कटहरू तराजुमा जोखिन सक्ने भएता।

6:3b.JOB.006.003 मेरो दुःख म यता समुद्रहरूमा भएका बालुवाभन्दा गह्रुँङ्ग हुनेथ्यो। यसैले मेरो वचनहरू अर्थहीन प्रतीत हुन्छ।

6:4b.JOB.006.004 सर्वशक्तिमान परमेश्वरको काँडहरू ममाथि छन्। मेरो आत्मा ती काँडहरूदेखि विषको अनुभव गर्दछु। परमेश्वरका डरलाग्दा हतियारहरू मेरो विरूद्धमा लस्कर लागेका छन।

6:5b.JOB.006.005 जब कुनै दुर्घटना घटेको छैन। तिम्रो शब्दहरू भन्नलाई सजिलो छ। जंगली गधाले पनि गुनासो गर्दैन। जब त्यहाँ उसलाई खान घाँस छ अनि गाईले गुनासो गर्दैन् जब त्योसँग खाद्य छ भने।

6:6b.JOB.006.006 नुन विनाको भोजनको स्वाद असल हुँदैन अनि अण्डाको सेतो खोस्टाको कुनै स्वाद हुँदैन।

6:7b.JOB.006.007 यस प्रकारको खाद्य खान अस्वीकार गर्छु। यस्ता भोजनले मलाई अस्वास्थ पार्छ। अनि तिम्रा कुराहरू त्यस्तै छन्।

6:8b.JOB.006.008 हाय! मैले जे मागें त्यो पाउँन सकूँ। म कामना गर्छु मैले चाहेको जे छ परमेश्वरले दिनुहुनेछ।

6:9b.JOB.006.009 म कामना गर्छु परमेश्वरले मलाई श्राप दिउन, केही अघि बढेर मलाई मारून्।

6:10b.JOB.006.010 अनि यदि उहाँले मलाई मार्नुहुन्न भने म एउटा कुरामा आश्वासित हुनेछु। म एउटा कुरामा खुशी हुनेछु। अनेकौं पीडाहरू भए पनि मैले परमेश्वरको आज्ञा अमान्य कहिल्यै गरेको छैन।

6:11b.JOB.006.011 मेरो बल गयो यसैले मसित बाँच्ने आशा पनि छैन्। म जान्दिनँ ममाथि के दुर्घटना आइपर्नेछ। यसैले मसंग धैर्य पनि छैन।

6:12b.JOB.006.012 म चट्टान जस्तो बलियो छैन। मेरो मासु काँसको जस्तो धातुबाट बनेको होइन।

6:13b.JOB.006.013 म सँग स्वयंलाई सहयोग गर्ने क्षमता पनि अब छैन। किन? किनभने मबाट सफलता जति लगेर गयो।

6:14b.JOB.006.014 कुनै मानिस यदि संकटहरूमा छ भने उसको साथी उसको निम्ति कृपालु हुनपर्छ। यदि उसका साथी सर्वशक्तिमान परमेश्वरदेखि विमुख भए पनि कुनै मानिस आफ्नो साथीको लागि उद्धार हुनुपर्छ।

6:15b.JOB.006.015 तर तिमी, मेरो दाज्यू-भाइहरू, उद्धार भएनौ। म तिमीहरूमाथि आश्रित हुन सक्तिन। तिमीहरू त्यस्ता खोलाहरू जस्तै हौ जुन कहिले काहीं मात्र बहन्छ अनि अरू बेला बहँदैन। तिमीहरू त्यस्ता खोला हौ जो पोखिन्छन्।

6:16b.JOB.006.016 जब तिनीहरू बरफले जम्छन् अनि जहाँ हिउँ लुकाएर राखिएको हुन्छ।

6:17b.JOB.006.017 अनि जब ऋतु गर्मी र सूक्खा हुन्छ, पानी बहन रोकिन्छ। अनि खोलाहरू सुक्तछन्।

6:18b.JOB.006.018 व्यापारीहरू बाङ्गो टेडो मोडहरू पछ्याउँदै जंङ्गलमा हराउँदछ। तिनीहरू विनाशतिर उक्लन्छन् र नष्ट हुन्छन्।

6:19b.JOB.006.019 तेमाका व्यापारीहरू पानी खोज्न आउँछन्। शेबाबाट यात्रीहरू पानी पाउँने पूर्ण आशामा आउँछन्।

6:20b.JOB.006.020 तिनीहरू पानी पाइन्छ भनेर आशा गर्छन तर तिनीहरू निराश हुँन्छन्।

6:21b.JOB.006.021 अहिले तिमीहरू त्यस्ता खोलाहरू जस्ता हौ। तिमीहरूले मेरो संकटहरू देखेर भयभीत छौ।

6:22b.JOB.006.022 के मैले तिमीहरूलाई सहायता मागे? होइन। तर तिमीहरूले मलाई आफ्ना सल्लाहहरू खुल्ला रूपमा दियौ।

6:23b.JOB.006.023 के मैले तिमीहरूलाई भने, ‘शत्रुहरूबाट मलाई जोगाऊ? निष्ठुर मानिसहरूबाट मलाई जोगाऊ?’

6:24b.JOB.006.024 यसैले अब, मलाई शिक्षा देऊ अनि म चूपचाप रहनेछु। मलाई देखाऊ कि मैले के त्यस्तो गल्ती गरे?

6:25b.JOB.006.025 ईमान्दार वचनहरू शक्तिशाली हुन्छन। तर तिम्रो तर्कहरूको के मतलब छ।

6:26b.JOB.006.026 जब एकजना निराशापूर्ण मानिसको शब्दहरू बतास झैं हुन्छन् भने के तिमीहरू मेरा कुराहरूमा बहस गर्न सक्छौं भनी सोच्छौं?

6:27b.JOB.006.027 तिमीहरूले च्याँखेसम्म थापेर ती चीजहरू जित्न खोज्दैछौ जुन ती बाबु हीन नाबालकहरूका हुन्। तिमीहरूले आफ्नै साथीहरूलाई बेच्नेछौ।

6:28b.JOB.006.028 तर अब, दया गरेर मेरो अनुहारलाई ध्यान देऊ। म तिमीहरू प्रति झूटो हुने छैन।

6:29b.JOB.006.029 यसैले अब, आफ्ना विचारहरू परिवर्तन गर बेईमानी नगर सोचाइ परिवर्तन गर। मैले कुनै गल्ती काम गरेको छैन।

6:30b.JOB.006.030 म झूटो बोलिरहेको छैन। अनि म झूटोबाट सही के हो जान्दछु।”

7

7:1b.JOB.007.001 अय्यूबले भने, “मानिसले पृथ्वीमा कठोर संघर्ष गर्छ। उसको जीवन एक ज्यालामा काम गर्नेहरूको जस्तो छ।

7:2b.JOB.007.002 मानिस एक दास जस्तो हो जसले गर्मीको दिनमा कठोर काम गरेपछि चिसो छाँया खोज्छ। मानिस एक ज्यालाको कर्मी जस्तो हो जसले ज्याला पर्खिरहन्छ।

7:3b.JOB.007.003 त्यसरी नै मैले महिनौसम्म अर्थहीन यातनाहरू भोगेको थिएँ अनि मेरो लागि कष्टका रातहरू अलग राखिएका छन्।

7:4b.JOB.007.004 जब म सुतें, मैले सोचें, ‘कतिञ्जेल मैले सोच्ने, जबसम्म म उठ्दिन?’ तर रात लामो छ। अनि घाम नझुल्कुञ्जेलसम्म म ओछ्यनमा छट्पटाउँदै रहें।

7:5b.JOB.007.005 मेरो शरीर किराहरू र फोहरले ढाकिएको छ। मेरो छाला निको हुन थाल्छ अनि त्यसपछि फेरि एकपल्ट नयाँ घाउहरूले छोपिन्छ।

7:6b.JOB.007.006 मेरो दिनहरू जुलाहा तानको धागो झैं चाढो चाढो वितिरहेको छ अनि प्रत्येक दिन निराशमय भई शेष हुन्छ।

7:7b.JOB.007.007 परमेश्वर, सम्झनुहोस् मेरो जीवन त ढुकढुकी मात्र हो। म कहिल्यै पनि फेरि केही राम्रो देख्ने छैन।

7:8b.JOB.007.008 अनि तपाईंले मलाई फेरि देख्नु हुने छैन, तपाईंले मलाई हेर्नु हुनेछ, तर म गई सकेको हुनेछु।

7:9b.JOB.007.009 बादल विलिन भएर गए जस्तै मानिस मर्छ अनि चिहानभित्र गाडिन्छ अनि उ फेरि फर्की आउँदैन।

7:10b.JOB.007.010 उ आफ्नो पुरानो घरमा फेरि फर्की आउँदैन उसको घरले फेरि उसलाई चिन्ने छैन।

7:11b.JOB.007.011 यसैले म चुपचाप रहने छैन। म बोल्नेछु। मेरो आत्माले कष्ट पाएको छ। म गुनासो गर्नेछु किनभने मेरो आत्मा दुःखमा छ।

7:12b.JOB.007.012 के म समुद्र हुँ अथवा समुद्री-जन्तु हुँ? परमेश्वर, किन मेरो हेरचाह गर्नु हुन्छ?

7:13b.JOB.007.013 मेरो ओछ्यानले मलाई आराम दिनु पर्छ, मेरो ओछ्यानले मलाई विश्राम र शान्ति दिनुपर्छ।

7:14b.JOB.007.014 तर परमेश्वर जब म ढल्किन्छु सपनाहरूमा तपाईंले तर्साउनु हुन्छ, दर्शनहरूले भयभीत पार्नु हुन्छ।

7:15b.JOB.007.015 यसर्थ म यसरी बाँचिरहनु भन्दा गला अँठ्‌याएर मर्न चाहन्छु।

7:16b.JOB.007.016 म आफ्नो जीवनलाई घृणा गर्छु। म चीरकालसम्म बाँच्न चाहन्न। मलाई एक्लै छाडी दिनुहोस् मेरो जीवनको अर्थ नै छैन।

7:17b.JOB.007.017 परमेश्वर, तपाईंको निम्ति मानिस किन अत्यन्त मुख्य छ? किन तपाईंले उसको सम्मान गर्नुपर्छ? किन तपाईंले उसको हेरचाह गर्नुपर्छ?

7:18b.JOB.007.018 किन प्रत्येक बिहान तपाईंले मानिसको प्रतिक्षा गर्नुहुन्छ? अनि प्रत्येक क्षण परीक्षा लिनुहुन्छ?

7:19b.JOB.007.019 परमेश्वर, तपाईं मबाट कहिल्यै टाढा रहन सक्नुहुन्न। तपाईंले मलाई एकछिन पनि एक्लै छाडन सक्नुहुन्न।

7:20b.JOB.007.020 परमेश्वर तपाईंले मानिसहरूमाथि नजर राख्नुहुन्छ। यदि मैले पाप गरेको छु भने, सजाय दिनुहोस्, मैले के गर्न पर्छ र? किन तपाईंले मलाई निशाना बनाई प्रयोग गर्नु भयो? के म तपाईंको निम्ति एक समस्या भएको थिएँ र?

7:21b.JOB.007.021 किन तपाईंले मेरो अपराध क्षमा गर्नु भएन? किन तपाईंले मेरा निम्ति पापहरूको क्षमागर्नु भएन? चाँडै म मर्ने छु र आफ्नो चिहानमा हुनेछु। तब तपाईंले मलाई खोज्नु हुनेछ तर म गइसकेको हुनेछु।”

8

8:1b.JOB.008.001 तब शुहाबाट आएका बिल्ददले उत्तर दिए,

8:2b.JOB.008.002 “कहिलेसम्म तिमी त्यसरी भनी रहने छौ? तिम्रा वचनहरू तीव्र हावाको प्रहार जस्तो छ।

8:3b.JOB.008.003 परमेश्वर सदा निष्पक्ष हुनुहुन्छ। सर्वशक्तिमान परमेश्वरले ती कुराहरू कहिल्यै बदूलनु हुन्न जुन ठीक छन्।

8:4b.JOB.008.004 यदि तिम्रा छोरा-छोरीहरूले परमेश्वरको विरूद्ध पाप गरेका छन् भने तब उहाँले तिनीहरूलाई दण्ड दिनु हुने नै छ। तिमीहरूले दण्ड भोग्नु नै पर्छ।

8:5b.JOB.008.005 तर अब अय्यूब, परमेश्वर पट्टिहेर, अनि सर्वशक्तिमानप्रति प्रार्थना गर।

8:6b.JOB.008.006 यदि तिमी निर्दोष अनि इमान्दार छौ भने उहाँले तिमीलाई मद्दत गर्नचाँडै आउनु हुनेछ। उहाँले तिम्रा घर पुनः निर्माण गरिदिनुहुनेछ।

8:7b.JOB.008.007 तब तिमीसंग पहिले जति थियो त्यो भन्दा अझ ज्यादा हुनेछ।

8:8b.JOB.008.008 बूढा-प्रधानहरूलाई सोधखोज गर, तिनीहरूका पिता-पुर्खाहरूले के सिके।

8:9b.JOB.008.009 हामी हिजै मात्र जन्मे जस्तो प्रतीत हुँदछ, त्यो पक्का बुझ्नका लागि हामी अझ कलिलै छौं। यस पृथ्वीमा हाम्रा आयु छायाँ जस्तै छोटो छन्।

8:10b.JOB.008.010 हुनुसक्छ बूढा-प्रधानहरूले तिमीलाई पढाउन सक्छन्। हुनसक्छ उनीहरूले जे सिकेका छन् त्यही शिक्षा दिनसक्छन्।”

8:11b.JOB.008.011 बिल्ददले भन्यो, “के सिमसार अग्लो सुक्खा ठाउँमा उम्रिन सक्छ? के निगालाहरू पानीबिना उम्रन सक्छ?

8:12b.JOB.008.012 अहँ! यदि पानी सुकाइयो भने, तब तिनीहरू पनि अरू उद्भिद्हरू भन्दा चाँडो ओइलाउने छैन।

8:13b.JOB.008.013 मानिसहरू ज-जसले परमेश्वरलाई भुल्छन तिनीहरू मसिना र सूख्खा निगालाहरू जस्तो हुनेछन्। जुन मानिसले परमेश्वरलाई भुल्छ उसले आफ्नो सम्पूर्ण आशा हराउनेछ।

8:14b.JOB.008.014 त्यो मानिसको अडेस लाग्ने ठाउँसम्म हुँदैन। उसको सुरक्षाको घर माकुराको जालो जस्तो हुन्छ।

8:15b.JOB.008.015 यदि त्यो मानिस माकुराको जालोमा अडेस लाग्यो भने त्यो जालो फाट्छ। माकुराको जालमा झुण्डिन्छ तर त्यसले उसलाई थाम्न सक्तैन।

8:16b.JOB.008.016 त्यो मानिस एक उद्भिद् जस्तो छ जसमा प्रशस्त पानी र घामको किरण छ त्यसको हाँगाहरू सबै बगैंचाभरि फैलिएको छ।

8:17b.JOB.008.017 त्ययसले आफ्नो जराहरू वरिपरि ढुङ्गाहरूको थुप्रोले लपेट्छ। ढुङ्गामा बढनका निम्ति ठाउँहरू खोजिरहन्छ।

8:18b.JOB.008.018 तर यदि उद्भिद्लाई त्यसको ठाउँ सार्यो भने त्यो मर्नेछ, र त्यो उद्भिद् त्यहाँ एक समयमा थियो भन्ने कसैलाई थाहा पनि हुँदैन।

8:19b.JOB.008.019 तर उद्भिद् खुशी थियो अनि यसको ठाउँमा अर्को उम्रिनेछ।

8:20b.JOB.008.020 परमेश्वरले निर्दोष मानिसहरूलाई त्याग्नु हुन्न। उहाँले दुष्ट मानिसहरूलाई मद्दत गर्नुहुन्न।

8:21b.JOB.008.021 परमेश्वरले सधैं तिम्रो मुख हाँसोले भरिदिनुहुन्छ अनि तिमीहरूका ओंठहरू खुशीका आवाजले भरिदिनुहुन्छ।

8:22b.JOB.008.022 तर तिम्रा शत्रुहरूले लगाउने पोषाक नै लाजको हुनेछ अनि दुष्ट मानिसहरूका घरहरू भत्काइनेछ।”

9

9:1b.JOB.009.001 तब अय्यूबले जवाफ दिए,

9:2b.JOB.009.002 “हो, म जान्दछु तिमीले जे कुरा भन्छौ त्यो सत्य हो। तर कसरी मानिसले परमेश्वरलाई तर्कमा पराजित गराउनु सक्छ?

9:3b.JOB.009.003 एक मानिसले परमेश्वरसंग तर्क गर्न सक्तैन। परमेश्वरले 1,000 प्रश्नहरू सोध्न सक्नु हुनेछ तर त्यो मानिसले एउटा मात्रको पनि जवाफ दिन सक्ने छैन।

9:4b.JOB.009.004 परमेश्वर महाज्ञानी हुनुहुन्छ, अनि उहाँको शक्ति महान छ। परमेश्वरसंग लडाई गर्ने कसैले पनि चोट पाउन सक्छ।

9:5b.JOB.009.005 परमेश्वरको क्रोधले पर्वतहरू नै हल्लाइदिन सक्छ अनि तिनीहरूले थाहासम्म पाउँदैनन्।

9:6b.JOB.009.006 परमेश्वरले पृथ्वी थर्काउनलाई भुईंचालो पठाउनु हुन्छ। परमेश्वरले पृथ्वीको मूलाधार हल्लाई दिनुहुन्छ।

9:7b.JOB.009.007 परमेश्वर घामसँग बोल्न सक्नु हुन्छ अनि यसलाई उदाउन दिनुहुन्न। उहाँले ताराहरूलाई बन्द गर्न सक्नु हुन्छ। यसकारण तिनीहरू चम्कन सक्तैनन्।

9:8b.JOB.009.008 परमेश्वर एक्लैले आकाशहरू बनाउँनुभयो। उहाँ समुद्री छालहरूमा हिंडनुहुन्छ।

9:10b.JOB.009.010 परमेश्वरले महान कर्महरू गर्नुहुन्छ जुन मानिसहरूले बुझ्न सक्तैनन्। परमेश्वरका चमत्कारहरूको कुनै अन्त हुँदैन।

9:11b.JOB.009.011 जब परमेश्वर मदेखि जानुहुन्छ, म उहाँलाई देख्न सक्तिन। जब परमेश्वर मेरै छेउबाट जानु हुन्छ म उहाँलाई देख्दिन।

9:12b.JOB.009.012 यदि परमेश्वरले केही थोक लगेर जानु भयो भने कसैले उहाँलाई रोक्न सक्दैन। कसैले पनि उहाँलाई केही भन्न ‘सक्तैनन् तपाईं के गरिरहनु भएको छ?’

9:13b.JOB.009.013 परमेश्वरले आफ्नो क्रोध फर्काउँनुहुन्न। रहाबको सहयोगीहरूले परमेश्वरको डर माने।

9:14b.JOB.009.014 यसैले म परमेश्वरसंग तर्क गर्न सक्तिनँ। उहाँलाई मैले के भन्नुपर्छ म जान्दिनँ।

9:15b.JOB.009.015 म निर्दोष छु तर म उहाँलाई जवाफ दिन सक्तिनँ। म उहाँको दयाका निम्ति मात्र याचना गर्न सक्छु।

9:16b.JOB.009.016 मैले बोलाउँदा उहाँले जवाफ दिनुभयो, म अझ विश्वास गर्ने छैन कि उहाँले साँचि नै मलाई सुन्नु भएकोछ।

9:17b.JOB.009.017 परमेश्वरले मात्र मलाई मिच्न आँधी पठाउनु भयो। उहाँले कुनै कारणै बिना मलाई ज्यादा घाउ र चोटहरू दिनुभयो।

9:18b.JOB.009.018 परमेश्वरले फेरि मलाई सास फेर्न दिनुहुने छैन। उहाँले खाली मलाई ज्यादा दुःखहरू मात्र दिनुहुन्छ।

9:19b.JOB.009.019 म परमेश्वरलाई पराजित गर्न सक्तिनँ। परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ। म परमेश्वरलाई न्यायलयमा लैजान सक्तिनँ! अनि ममाथि निष्पक्ष हुनुहोस् भनेर जिद्दी गर्न सक्तिनँ।

9:20b.JOB.009.020 म निर्दोष छु, तर मैले भनेका कुराहरूले मलाई दोषी बनाए जस्तो लाग्छ। म निर्दोष छु, तर यदि म बोलें भने मेरो मुखले मलाई नै दोषी प्रमाणगर्छ।

9:21b.JOB.009.021 म निर्दोष छु। तर म जान्दिन के सोच्ने। म आफ्नै जीवनलाई घृणा गर्छु।

9:22b.JOB.009.022 म आफैलाई भन्छु, ‘त्यस्तै कुराहरू सबैमाथि घटिरहन्छन्। निर्दोष मानिसहरू दोषी झैं मर्छन्। परमेश्वरले सबैको जीवनलाई समाप्त गर्नुहुन्छ।’

9:23b.JOB.009.023 जब कँही डरलाग्दो घटनाहरू भयो भने अनि निर्दोष मानिसहरू मारिए भने के परमेश्वर तिनीहरूमाथि हाँस्नु हुन्छ?

9:24b.JOB.009.024 जब एकजना दुष्ट मानिस एउटा देशको शासक हुन्छ तब के परमेश्वरले आफ्नो नायकलाई त्यहाँ के भएको छ हेर्न पठाउनुहुन्छ? यदि त्यो सत्य हो भने परमेश्वर चाँहि को हुन् त?

9:25b.JOB.009.025 दगुर्ने भन्दा पनि मेरो दिनहरू चाँडो भाग्दछ मेरा दिनहरू उडी जाँदैछ अनि त्यहाँ तिनीहरूमा कुनै खुशीयाली नै छैन।

9:26b.JOB.009.026 मेरा दिनहरू डुङ्गा जस्तै छिटो बग्छन्। मेरो दिनहरू चीलले आफ्नो शिकारमाथि बेगले झम्टे झैं चाँडो बित्छ।

9:27b.JOB.009.027 “यदि म भन्छु ‘म गुनासो गर्ने छैन म आफ्ना पीडाहरू भुल्छु, म मेरो अनुहारमा मुस्कानले भर्छु।

9:28b.JOB.009.028 म मेरा पीडाले अझै भयभीत छु। म जान्दछु तिमीले मलाई निर्दोष मान्ने छैनौ।

9:29b.JOB.009.029 यदि म दोषी ठहरी सकेको छु भने आफ्नो परीक्षा किन गरिरहने। म भन्छु, ‘यो भुलिदेऊ।’

9:30b.JOB.009.030 यदि मैले स्वयंलाई हिऊँले धोएँ भने अनि साबूनले हातहरू सफा राखें भने,

9:31b.JOB.009.031 परमेश्वरले मलाई हिलो भएको खाडलमा धकेल्नु हुन्छ। तब मेरो लुगाहरूले पनि मलाई घृणा गर्नेछन्।

9:32b.JOB.009.032 परमेश्वर म जस्तो मानिस हुनुहुन्न यसकारणले गर्दा म उहाँलाई जवाफ दिन सक्तिनँ। हामी न्यायलयमा एकार्काले भेट गर्न सक्तैनौ।

9:33b.JOB.009.033 म चाहन्छु कि त्यहाँ दुवै पक्षहरूलाई सुनिदिने कोही रहोस्। म चाहन्छु कि त्यहाँ दुवै पक्षलाई निष्पक्ष रूपमा न्याय गर्ने कोही होस्।

9:34b.JOB.009.034 म चाहन्छु कि परमेश्वरले लिने डण्डा लगिदिने त्यहाँ कोही होस्। तब परमेश्वरले मलाई एकदमै भयभीत पार्नु हुने छैन।

9:35b.JOB.009.035 तब परमेश्वरको भयबाट स्वतन्त्र भएर मैले चाहेको कुरा म भन्न सक्थें।

10

10:1b.JOB.010.001 म आफ्नो जवीनलाई घृणा गर्दछु। यसकारण म स्वतन्त्र रूपमा गुनासो पोख्नेछु। मेरो मन एकदमै तितो छ, यसकारण अब म बोल्नेछु।

10:2b.JOB.010.002 म परमेश्वरलाई भन्ने छुः ‘मलाई दोष नदिनु होस्। मलाई भन्नुहोस, मैले के गल्ती गरेको छु? मसित विरोध गर्ने तपाईंसंग के कारण छ?

10:3b.JOB.010.003 परमेश्वर, मलाई चोट पार्दा तपाईं खुशी हुनुहुन्छ? यसले के देखिन्छ भने तपाईंले जे बनाउनुभयो त्यसको वास्ता गर्नुहुन्न। अथवा तपाईं त्यो दुष्ट मानिसहरूले बनाएको योजनाहरूसित खुशी हुनुहुन्छ।

10:4b.JOB.010.004 परमेश्वर, तपाईंसँग मानवी आँखाहरू छन्? तपाईं मानिसहरूले देखे जस्तै देख्नु हुन्छ?

10:5b.JOB.010.005 के तपाईंको आयु मानिसको जस्तै छोटो छ? के तपाईंको जीवन हाम्रो जस्तै क्षणिक छ?

10:6b.JOB.010.006 तपाईंले मेरो दोष खोज्नु हुन्छ अनि मेरो पाप खोज्नु हुन्छ।

10:7b.JOB.010.007 म निर्दोष छु भनेर तपाईं जान्नु हुन्छ तर कसैले पनि मलाई तपाईंको शक्तिदेखि बचाउन सक्तैन।

10:8b.JOB.010.008 परमेश्वर, तपाईंको हातले मलाई बनाउनु भयो अनि मेरो शरीरको आकार बनाउनु भयो। के तपाईंले मलाई नष्ट गर्नु हुन्छ?

10:9b.JOB.010.009 परमेश्वर, सम्झनु होस्, तपाईंले मलाई माटोबाट बनाउनु भयो। के फेरि तपाईंले मलाई माटोमा नै परिणत गर्नुहुन्छ?

10:10b.JOB.010.010 तपाईंले मलाई दूध सरह पोखाउनु भयो तपाईंले मलाई घुमाउनु भयो र कसैले पनीर बनाए जस्तै निचोर्नु भयो।

10:11b.JOB.010.011 तपाईंले मलाई हड्डी र मांसपेशीहरूमा राख्नु भयो। अनि तपाईंले मलाई मासु अनि छालाले पहिर्याउनुभयो।

10:12b.JOB.010.012 तपाईंले मलाई जीवन दिनु भयो अनि म प्रति धेरै दया दर्शाउनु भयो। तपाईंले मेरो हेरचाह गर्नुभयो अनि मेरो आत्मालाई जगाउनु भयो।

10:13b.JOB.010.013 तर तपाईंले हृदयमा यो के लुकाउनु भयो, म जान्दछु तपाईंले हृदयमा के गोप्य योजना गर्नु भएको छ। हो तपाईंको मनमा के छ ? म जान्दछु।

10:14b.JOB.010.014 यदि मैले पाप गरें भने तपाईंले देख्नु हुन्छ। यसैले गल्ती काम गर्दा तपाईंले दण्ड दिन सक्नु हुन्छ।

10:15b.JOB.010.015 जब म पाप गर्छु, म दोषी हुन्छु अनि यो मेरा निम्ति एकदम नराम्रो हुन्छ। तर म निर्दोष भएता पनि आफ्नो शिर उठाउन सक्तिनँ। म अपमानित तथा चिन्ताग्रस्त छु।

10:16b.JOB.010.016 यदि म सफल हुँदा र गर्व गर्दा, तपाईंले मलाई चोट पुर्याउनु भयो, जसरी एकजना मानिसले सिंहलाई चोट दिंदछ त्यसरी नै तपाईंले फेरि मेरो विरूद्ध शक्ति देखाउनु भयो।

10:17b.JOB.010.017 तपाईंसँग मेरो गल्ती प्रमाणित गर्ने सधैं एकजना रहन्छ। एउटा सेनाको पछि अर्को सेना मेरो विरूद्ध पठाए जस्तै तपाईंले ममाथि रीस घरि-घरि देखाउनु हुन्छ।

10:18b.JOB.010.018 यसकारण, परमेश्वर मलाई किन जन्म दिनु भयो? म इच्छा गर्छु मलाई कसैले देख्नु अघि नै म मरेको हुनु पर्थ्यो।

10:19b.JOB.010.019 म इच्छा गर्छु म कल्यिै नबाचेको भए हुने थियो। आमाको कोखबाट सोझै चिहान तिर मलाई डोर्याएको भए हुने थियो।

10:20b.JOB.010.020 मेरो जीवन प्रायः बितिसकेको छ। यसकारण मलाई एक्लो छोडी दिनु होस्।

10:21b.JOB.010.021 जुन अँध्यारो, मृत्यु स्थान जहाँबाट कुनै मानिस फर्कदैन त्यस ठाउँमा जानु भन्दा अघि मेरो अलिकति बाँचेको समय मलाई उपभोग गर्न दिनुहोस्।

10:22b.JOB.010.022 अन्धकार, छायाँ र अन्योल जसलाई कसैले देख्न सक्तैन अनि त्यो ठाउँ जहाँ प्रकाश पनि कालो हुँदछ म त्यस्तो ठाउँमा पुग्न भन्दा पहिला, अघिनै मैले छाडेको थोरै समय मलाई उपभोग गर्न दिनुहोस्।

11

11:1b.JOB.011.001 तब नामातीबाट आएका सोपरले अय्यूबलाई जवाफ दिंदै भने,

11:2b.JOB.011.002 “यी शब्दहरूको प्रवाहलाई उत्तर दिनुपर्छ। के यी कुराहरूले अय्यूबलाई ठीक गराउँछ? अँह।

11:3b.JOB.011.003 अय्यूब के तिमी सम्झन्छौ कि तिमीलाई जवाफ दिने हामीसँग शब्दहरू छैनन्? जब तिमी परमेश्वरलाई खिसी गर्छौ, तिमी सोच्छौ तिमीलाई चेतावनी दिने कोही छैन?

11:4b.JOB.011.004 अय्यूब तिमीले परमेश्वरलाई भन्छौ, ‘मेरो तर्कहरू यथार्थ छन् अनि तपाईंले मलाई चोखो देख्न सक्नु हुन्छ।’

11:5b.JOB.011.005 अय्यूब, म चाहन्छु परमेश्वरले तिमीलाई जवाफ दिनुहुन्छ अनि भन्नुहुनेछ कि तिमी गल्ती छौ।

11:6b.JOB.011.006 परमेश्वरले तिमीलाई ज्ञानको रहस्य भन्न सक्नु हुन्थ्यो। उहाँले तिमीलाई भन्नुहुने थियो कि प्रत्येक कथाको दुइ पक्ष हुन्छन्। अय्यूब, मेरो कुरा सुन। तिमीले जति दण्ड पाउनु पर्थ्यो परमेश्वरले त्यति दण्ड तिमीलाई दिइरहनु भएको छैन।

11:7b.JOB.011.007 अय्यूब, के तिमी सोच्छौ कि तिमीले वास्तविक रूपमा परमेश्वरलाई बुझ्छौं? तिमीले सर्वशक्तिमान परमेश्वरलाई बुझ्न सक्तैनौ।

11:8b.JOB.011.008 माथि स्वर्गमा के छ त्यस विषयमा तिमीले केही गर्न सक्तैनौ मृत्युलोकको बारेमा तिमीले केही पनि जान्दैनौ।

11:9b.JOB.011.009 परमेश्वर पृथ्वी भन्दा महान अनि सागर भन्दा विशाल हुनु हुन्छ।

11:10b.JOB.011.010 यदि परमेश्वरले तिमीलाई कैद गरेर न्यायलयमा ल्याउनु भयो भने, कसैले उहाँलाई रोक्न सक्तैन।

11:11b.JOB.011.011 साँच्चो रूपमा, को अयोग्य छ भनेर परमेश्वरले चिन्नुहुन्छ। जब परमेश्वरले अनिष्ट देख्नु हुन्छ उहाँले त्यो याद गर्नुहुन्छ।

11:12b.JOB.011.012 जसरी एउटा जङ्गली गधाले मानिस जन्माउन सक्तैन् एकजना मूर्ख मानिस कहिल्यै ज्ञानी मानिस हुन सक्तैन।

11:13b.JOB.011.013 तर अय्यूब तिमीले आफ्नो परमेश्वरको सेवा गर्नलाई मात्र मन तयार राख अनि उहाँलाई आराधना गर्न तिम्रो हातहरू माथि उठोस्।

11:14b.JOB.011.014 तिम्रो घरमा रहेको पाप तिमीले त्यहाँबाट लखेट्नु पर्छ। तिम्रो घरमा दुष्टलाई आश्रय नदेऊ।

11:15b.JOB.011.015 तब तिमी आफ्नो निर्दोष अनुहारले परमेश्वरलाई हेर्न सक्नेछौ। तिमी उठ दरिलो होऊ अनि भयभीत नहोऊ।

11:16b.JOB.011.016 तब तिमीले आफ्नो दुःख भुल्न सक्छौ। तिम्रा दुःखहरू विगतमा तिमीमाथि बगेर गएको पानी झैं एक यादगार हुनेछ।

11:17b.JOB.011.017 जब तिम्रो जीवन मध्य दिनको घाम भन्दा प्रकाशमय हुनेछ, जीवनको कालो क्षणहरू बिहानको सूर्योदय जस्तो चम्किलो हुनेछ।

11:18b.JOB.011.018 तब तिमीले सुरक्षित अनुभव गर्नेछौ किनभने त्यहाँ आशाको किरण देखा पर्नेछ परमेश्वरले तिम्रो हेरचाह गर्नु हुनेछ अनि तिमीलाई आराम प्रदान गर्नुहुनेछ।

11:19b.JOB.011.019 तिमी विश्राम गर्न ढल्किन सक्नेछौ अनि कसैले तिमीलाई सताउने छैन। अनि धेरै मानिसहरूले तिम्रो निम्ति सहयोगको हात बढाउन आउनेछन।

11:20b.JOB.011.020 नराम्रा मानिसहरूले सहयोग खोज्लान, तर तिनीहरू आफ्ना कष्टहरूबाट मुक्त हुन सक्तैनन्, तिनीहरूका आशाले मृत्यु तर्फ औंल्याउने छ।”

12

12:1b.JOB.012.001 तब अय्यूबले तिनीहरूलाई जवाफ दिएः

12:2b.JOB.012.002 “निःसन्देह तिमी सोच्छौ तिमी मात्र ज्ञानी पुरूष हौ तिमी सोच्छौ जब तिमी मर्छौ ज्ञान पनि तिमीसँगै जानेछ।

12:3b.JOB.012.003 तर मेरो मन तिम्रो जस्तै नै छ। तिमी जतिकै होशियारी म पनि छु। कसैले पनि यो सत्यलाई देख्न सक्छ।

12:4b.JOB.012.004 मेरो मित्रहरू म प्रति अब हाँसो उडाऊ। तिनीहरू भन्छन, ‘उसले परमेश्वरलाई प्रार्थना गर्यो अनि उसले आफ्नो जवाफ पायो त्यसैले यी सारा दुष्ट कुराहरू उमाथि आइलाग्यो।’ म एक असल मानिस हुँ, म निर्दोष छु। तर तिनीहरू अझ ममाथि हाँस्छन्।

12:5b.JOB.012.005 दुःखमा नपरेका मानिसहरू दुःखमा पर्नेहरूमाथि हाँस्छन। जब उसको खुट्टा चिप्लिन्छ तिनीहरू उसलाई तिरस्कार गर्न तत्पर रहेका हुन्छन्।

12:6b.JOB.012.006 तर चोरहरूको घरले तिनीहरूको टाउको दुःखाउदैन। मानिसहरू जसले परमेश्वरलाई क्रोधित पार्दछ ऊ शान्तिमा वस्दछ, अनि तिनीहरूको आफ्नो बल नै देवात हुन्।

12:7b.JOB.012.007 तर पशुहरूलाई सोध, तिनीहरूले तिमीहरूलाई सिकाउने छन्। अथवा हावामा उड्ने चराहरूलाई सोध, तिनीहरूले तिमीहरूलाई भन्नेछन्।

12:8b.JOB.012.008 अथवा पृथ्वीसँग बोल, त्यसले तिमीलाई भन्नेछ। अथवा समुद्रका माछाले तिनीहरूको ज्ञान तिमीलाई बताउनेछ।

12:9b.JOB.012.009 प्रत्येकले जान्दछ कि परमेश्वरले सारा कुराहरू बनाउनु भयो।

12:10b.JOB.012.010 प्रत्येक प्राणीहरू जो बाँच्दछन् अनि प्रत्येक मानिस जसको प्राण छ, सबै परमेश्वरकै शक्तिको अधीनमा छ।

12:11b.JOB.012.011 तर जसरी जिब्रोले भोजनको स्वाद लिए जस्तै, कानहरूले जसरी शब्दहरू सुनेर आनन्द लिए जस्तै हुन्छ र?

12:12b.JOB.012.012 हामी भन्छौ, ‘ज्ञान बूढापाकाहरूमा नै पाइन्छ लामो जीवनले बुद्धि ल्याउँछ।’

12:13b.JOB.012.013 तर ज्ञान र पराक्रम परमेश्वरको सम्पत्ति हो। राम्रो सल्लाह र बुद्धि उहाँकै हुन्।

12:14b.JOB.012.014 यदि परमेश्वरले कुनै कुरा भत्काउनु भयो भने मानिसहरूले यसलाई फेरि बनाउन सक्दैनन्। यदि परमेश्वरले कसैलाई कैदमा राख्नु भयो भने मानिसले त्यसलाई मुक्त पार्न? सक्दैनन्।

12:15b.JOB.012.015 यदि परमेश्वरले वर्षा रोकिदिनु भयो भने पृथ्वी सूख्खा हुनेछ। यदि परमेश्वरले वर्षालाई छोडिदिनु भयो भने त्यसले पृथ्वीमा बाढी ल्याउनेछ।

12:16b.JOB.012.016 परमेश्वर शक्तिशाली हुनुहुन्छ र सधैं जित्नु हुन्छ। एकजना जसले भुल गर्छ अनि एकजना जसले उसलाई धोका दिन्छ दुवै परमेश्वर कै हुन्।

12:17b.JOB.012.017 परमेश्वरले सल्लाहकार र उसको ज्ञान खोस्नुहुन्छ अनि मुखियाहरूलाई मूर्ख बनाउनु हुन्छ।

12:18b.JOB.012.018 राजाहरूले मानिसहरूलाई कैदमा राख्छन तर परमेश्वरले तिनीहरूलाई छुटकारा दिनुहुन्छ अनि तिनीहरूलाई शक्तिशाली बनाउनु हुन्छ।

12:19b.JOB.012.019 उहाँले पूजाहारीहरू आफ्नो कब्जामा राख्नुहुन्छ अनि ज-जसले आफैंलाई सुरक्षित देख्छन तिनीहरूलाई पराजित पार्नुहुन्छ।

12:20b.JOB.012.020 परमेश्वरले विश्वासी सल्लाहकारहरूलाई चुप पार्नुहुन्छ। उहाँले बूढापाकाहरूको ज्ञान खोसी लैजानुहुन्छ।

12:21b.JOB.012.021 परमेश्वरले मुखियाहरूलाई महत्वहीन बनाउनु हुन्छ। उहाँले शासकहरूको शक्ति खोसेर लैजानु हुन्छ।

12:22b.JOB.012.022 परमेश्वरले अन्धकारका गहिरो रहस्यहरू सम्म थाहा पाउनु हुन्छ। उहाँले त्यस्ता मृत्यु भन्दा कडा अन्धकारमा पनि प्रकाश पठाउनु हुन्छ।

12:23b.JOB.012.023 परमेश्वरले जाति-जातिहरूलाई ठूला र शक्तिशाली बनाउनुहुन्छ, अनि तिनीहरूलाई ध्वंश पार्नुहुन्छ। उहाँले जातिहरूलाई विस्तार गराउनु हुन्छ त्यसपछि त्यहाँका जनसमूहलाई छरपष्ट पार्नुहुन्छ।

12:24b.JOB.012.024 परमेश्वरले शासकहरूलाई मूर्ख बनाउनु हुन्छ। उहाँले तिनीहरूलाई जङ्गलमा उदेश्यहीन भौतारिरहेको पार्नुहुन्छ।

12:25b.JOB.012.025 ती मुखियाहरू त्यस मानिस जस्ता हुन जो अँध्यारो बाटोहरूमा हिंडिरहेको अनुभव गर्दछ। तिनीहरू मताहा मानिस जस्ता हुन्छन जसलाई कहाँ गइरहेछु भन्ने होश हुदैन।”

13

13:1b.JOB.013.001 अय्यूबले भन्यो, “यी सबै मैले पहिल्यै देखेको छु। तिमीले भनेका सबै कुरा पहिल्यै सुनेको छु। म ती सबै कुराहरू बुझ्छु।

13:2b.JOB.013.002 तिमीले जाने जति म पनि जान्दछु। म तिमी जतिकै तेज छु।

13:3b.JOB.013.003 तर म तिमीसँग तर्क गर्न चाहन्न। म सर्वशक्तिमान परमेश्वरसँग बोल्न चाहन्छु। म परमेश्वरसँग आफ्ना संकट विषयमा बहश गर्न चाहन्छु।

13:4b.JOB.013.004 तर तिमीले हाम्रो बातचीतलाई झुटो कुराले कलंकित पार्छौ। तिमीहरू त्यस्ता अयोग्य वैद्यहरू हौ जसले कसैलाई पनि निको पार्न सक्तैनन।

13:5b.JOB.013.005 म चाहन्छु तिमीहरू चूपचाप बस। त्यही नै तिमीहरूले गर्न सक्ने बुद्धिमानी काम त्यही हुन सक्छ।

13:6b.JOB.013.006 “अब, मेरो तर्कमा ध्यान देऊ। म के भन्छु त्यसमा ध्यानदेऊ।

13:7b.JOB.013.007 के तिमीहरू परमेश्वरसित झूटो बोल्छौ? के तिमीहरू विश्वास गर्छौ कि तिमीहरूका झुटा कुराहरू परमेश्वरले चाहनु भएका कुराहरू हुन्छ?

13:8b.JOB.013.008 उहाँ परमेश्वर हुनुहुन्छ भन्ने खातिरमा मात्र तिमीहरूले परमेश्वरको पक्ष लिइरहेका होइनौ? के तिमीहरू उहाँकै पक्षमा मेरो विरूद्धमा माम्लामा बहश गर्ने चेष्टा गरिरहेका छौ? तिमीहरूले निष्पक्ष भएका छैनौ।

13:9b.JOB.013.009 यदि परमेश्वरले तिमीलाई गहिरिएर जाँच गर्नुभयो भने, ‘के तिमीहरूलाई उहाँले सही देखाउनु हुन्छ? जसरी अन्य मानिसहरूलाई तिमीहरूले मूर्ख बनाउँछौ के परमेश्वरलाई त्यसरी मूर्ख बनाउनु सक्छौ?

13:10b.JOB.013.010 यदि तिमीहरूले कुनै विवादमा पक्षपात गर्यौ भने तिमी जान्दछौ कि परमेश्वरले तिमीहरूलाई हप्काउनु हुनेछ।

13:11b.JOB.013.011 परमेश्वरको महा महिमाले तिमीहरूलाई भयभीत पार्नेछ। तिमीहरू उहाँदेखि डराउछौ।

13:12b.JOB.013.012 तिमीहरूको ज्ञानका कुराहरू अर्थहीन छन्। तिमीहरूका बहशहरू बेकामे छन्।

13:13b.JOB.013.013 चूपचाप बस र मलाई बोल्न देऊ। जेसुकै ममाथि आईपरे तापनि म स्वीकार गर्छु।

13:14b.JOB.013.014 म स्वयंलाई संकटमा राख्ने छु, अनि आफ्नो जीवन आफ्नै हातमा लिनेछ।

13:15b.JOB.013.015 हेर, परमेश्वरले मलाई यसको लागि मार्न सक्नु हुन्छु, तर तै पनि म उहाँलाई विश्वास गरिरहनेछु। म आफ्ना मामला उहाँ सम्मुख प्रस्तुत गर्ने नै छु। तर म स्वयंलाई उहाँको समक्ष बचाउ गर्ने छु।

13:16b.JOB.013.016 अनि यदि मलाई परमेश्वरले बाँच्न दिनुभए, त्यस्तै हुनेछ किनभने उहाँसँग बोल्न सक्ने मसँग क्षमता थियो। कुनै पनि दुष्ट मानिसले परमेश्वरले समक्ष सामना गर्न सक्तैन।

13:17b.JOB.013.017 मैले भनेको कुरा ध्यान दिएर सुन। मलाई व्याख्या गर्न देऊ।

13:18b.JOB.013.018 म आफै मेरो मामिलामा बचाऊ गर्न तत्पर छु। म होशियारी साथ आफ्नो बहश प्रस्तुत गर्नेछु। म जान्दछु म उचित नै ठहरिनेछु।

13:19b.JOB.013.019 यदि कसैले म गल्ती छु भनेर मलाई प्रमाण गर्न सक्छ भने, तब म तुरन्तै चुप लाग्नेछु।

13:20b.JOB.013.020 हे परमेश्वर, मलाई यी दुइ कुराहरू मात्र दिनुहोस् अनि म तपाईंबाट लुक्ने छैन।

13:21b.JOB.013.021 मलाई दण्डदिन रोकिनु होस् अनि तपाईंका आतंकीहरूले मलाई भयभीत पार्न छोडाउनु होस्।

13:22b.JOB.013.022 तब मलाई डाक्नु होस् अनि म जवाफ दिनेछु। अथवा मलाई बोल्न दिनुहोस् अनि मलाई जवाफ दिनुहोस्।

13:23b.JOB.013.023 मैले कति पाप कामहरू गरेको छु? मैले के गल्ती कामहरू गरे? मेरा पापहरू र गल्तीहरू देखाउनु होस्।

13:24b.JOB.013.024 हे परमेश्वर, तपाईंले किन मलाई त्याग्नु हुन्छ? अनि मलाई आफ्नो शत्रु झैं व्यवहार गर्नुहुन्छ?

13:25b.JOB.013.025 के तपाईंले मलाई भयभीत पार्नु हुन्छ? म हावामा उडने पत्कर झैं हुँ। तपाईंले परालको एउटा सानो टुक्रालाई आक्रमण गरिरहनु भएको छ।

13:26b.JOB.013.026 हे परमेश्वर, तपाईंले मेरो विरूद्ध तिक्त कुराहरू गर्नुभयो। तपाईंले मलाई ठिटौले हुँदा गरेको दुष्कर्मको लागि दुःख दिनुहुन्छ।

13:27b.JOB.013.027 तपाईंले मेरो खुट्टामा साङ्गलाहरू बाँधिदिनु भयो, मेरो प्रत्येक पाइला याद गर्नु भयो। तपाईंले मेरो प्रत्येक चाल चलनलाई याद गर्नु भयो।

13:28b.JOB.013.028 यसैले म कमजोर भन्दा कमजोर भई रहेछु सड्दै गएको काठको टुक्रा जस्तो, माऊ किराले खाँदै नष्ट भएको लुगाको टुक्रा जस्तो।”

14

14:1b.JOB.014.001 अय्यूबले भने, “हामी सबै मानिसहरू हौं। हाम्रो आयु छोटो अनि संकटहरूले भरिएको छ।

14:2b.JOB.014.002 मानिसको जीवन एउटा फूल जस्तो छ। चाँडो उम्रन्छ अनि त्यसपछि झरेर जान्छ। यहाँ मानिसको जीवन एउटा छायाँ जस्तो यहाँ छोटो समयको लागि छ। अनि त्यसपछि यो बिलाएर जान्छ।

14:3b.JOB.014.003 त्यो सत्य हो, तर परमेश्वरले, म प्रति हेर्नु हुनेछ, एउटा मानिस? अनि तपाईं न्यायलयमा मसँग आउनु हुनेछ अनि हामी दुवैले आफ्ना तर्कहरू प्रस्तुत गर्छौ?

14:4b.JOB.014.004 “म इच्छा गर्छु कसैले केही मैला चीज लिएर त्यसलाई सफा पारोस। तर कसैले पनि त्यसो गर्न सक्तैन।

14:5b.JOB.014.005 मानिसको जीवन सीमित छ परमेश्वर तपाईंले निर्णय गर्नुभयो कति लामो मानिस बाँच्छ? तपाईंले ती सीमाहरू एकजना मानिसका निम्ति बनाउँनु भयो अनि कसैले पनि परिवर्तन गर्न सक्दैन।

14:6b.JOB.014.006 यसैले परमेश्वर, हामीलाई हेर्न छोडिदिनु हवस। हामीलाई एक्लो छोडि दिनुहोस् ताकि हामी हाम्रो मेहनती दिनहरूमा सन्तुष्ट भई बस्न सकौं।

14:7b.JOB.014.007 त्यहाँ एउटा रूखको आशा छ। यदि यो काटियो भने, त्यो फेरि उम्रनेछ। त्यसमा नयाँ हाँगाहरू पलाउनेछ।

14:8b.JOB.014.008 यसको जराहरू भूईंमा बुढो भएर उम्रेला अनि यसको ठुटो मैलोमा सडनेछ।

14:9b.JOB.014.009 तर पानीमा यो फेरि उम्रनेछ। यसले नयाँ उद्भिद् जस्ता हाँगाहरू उमार्नेछ।

14:10b.JOB.014.010 0तर जब मानिस मर्छ, ऊ लोप हुन्छ। जव मानिस मर्छ, उसको अन्त हुन्छ।

14:11b.JOB.014.011 नदीहरू सूखा नभइञ्जेलसम्म तिमीहरूले पानी समुद्रबाट लैजान सकौंला, अनि मानिस अझ मृत नै हुनेछ।

14:12b.JOB.014.012 जब कुनै मानिस मर्छ, उ तल ढल्छ अनि उ उठ्दैन। मृत मानिस उठ्न अघाडी आकाश विलिन हुनेछ। होइन। मानिसहरू त्यो निद्राबाट माथि उठ्दैन।

14:13b.JOB.014.013 म चाहन्छु तिमीहरूले मलाई मेरो चिहानमा लुकाई राख्नेछौ। मलाई त्यहाँ लुकाई राख भन्ने कामना गर्छु। जबसम्म तिमीहरूका रीस मर्दैन्। तब तिमीहरूले मलाई सम्झने समय निकाल्ने छौ।

14:14b.JOB.014.014 यदि एकजना मानिस मर्छ, के ऊ फेरि जीउँदो हुन्छ? तबसम्म म पर्खुला जबसम्म म स्वतन्त्र हुन नसकुँला

14:15b.JOB.014.015 परमेश्वर, तपाईंले मलाई बोलाउनु हुनेछ अनि म तपाईंलाई जवाफ दिनेछु। तब तपाईंले सिर्जना गर्नु भएको मानिसहरूसित बस्न तपाईंले इच्छा गर्नुहुनेछ।

14:16b.JOB.014.016 तब तपाईंले मेरो प्रत्येक पाइलालाई ध्यान दिनुहुन्छ, तर तपाईंले मेरो पापहरू सम्झनु हुन्न।

14:17b.JOB.014.017 तपाईंले मेरो पापहरूलाई थैलोमा मोहर लगाएर राख्नु हुनेछ। मेरा अपराधहरू ढाक्नु हुनेछ।

14:18b.JOB.014.018 पर्वतहरू ढल्छ अनि टुक्रा-टुक्रा भएर जान्छ। विशाल चट्टानहरू फुस्केर टुक्रिए र झर्छन्।

14:19b.JOB.014.019 पानी ढुङ्गहरूमाथि बहँदा तिनीहरूलाई खियाउँछ बाढीहरूले मैदानको माटो काटिदिन्छ। त्यस्तै प्रकारले, परमेश्वर, तपाईंले मानिसहरूका आशाहरू नष्ट पारिदिनुहुन्छ।

14:20b.JOB.014.020 तपाईंले तिनीहरूलाई पूर्णरूपले पराजित गरेर मात्र फर्केर जानु हुन्छ। तपाईंले तिनीहरूलाई दुःखी बनाउनु हुन्छ। अनि सदाको लागि टाढा मृतलोकमा पठाइदिनु हुन्छ।

14:21b.JOB.014.021 यदि उहाँका छोराहरूका सम्मानित, उहाँलाई कहिल्यै थाहा हुँदैन। यदि उहाँका छोराहरूले गल्ती काम गरे भने उहाँले कहिल्यै देख्नुहुन्न।

14:22b.JOB.014.022 त्यो मानिसले आफ्ना शरीरमा खाली पीडा मात्र अनुभव गर्दछ, अनि उ आफ्नै लागि चिच्याएर रून्छ।”

15

15:1b.JOB.015.001 त्यसपछि तेमानीबाट आएका एलीपजले अय्यूबलाई जवाफ दिएः

15:2b.JOB.015.002 “अय्यूब, यदि तिमी साँच्चि नै ज्ञानी हुँदो हौ त तिमीले यसरी आफ्ना अर्थहीन व्यक्तिगत विचारहरूले जवाफ दिने थिएनौ। तिमी किन आफैलाई तातो हावाले भराई रहन्छौ?

15:3b.JOB.015.003 के तिमी सोच्दछौ कि एकजना ज्ञानी मानिससित त्यस्तो बेकामे तर्क अनि त्यस्ता विवेकशुन्य क्षमा-याचना हुन्छ।

15:4b.JOB.015.004 अय्यूब, यदि तिमीले यस्तै गर्दै गयौ भने कसैले पनि परमेश्वरलाई श्रद्धा अनि आराधना गर्ने छैन।

15:5b.JOB.015.005 जे कुराहरू तिमीले भन्छौ त्यसले तिम्रो पाप छर्लङ्ग देखाउँछ। अय्यूब, तिमीले चतुर शब्दहरू चलाएर आफ्नो पापहरू छोप्न खोजिरहेछौ।

15:6b.JOB.015.006 म तिमी गल्ती छौ भनेर प्रमाण गर्न खोज्दिन। किन? तिमीले आफ्नो मुखबाट उच्चारण गरेका शब्दहरूले नै तिमी गल्ती भएको देखाउँछ। तिम्र ओठहरू तिम्रै विरूद्ध बोल्छ।

15:7b.JOB.015.007 अय्यूब, के तिमी सोच्छौ कि प्रथम जन्मिने मानिस तिमी मात्र थियौ? तिमी यो पहाडहरू भन्दा पहिल्यै जन्मेका थियौ?

15:8b.JOB.015.008 के तिमीले परमेश्वरको गोप्य योजनाहरू सुन्यौ? के तिमी आफै मात्र ज्ञानी मानिस भनेर सोच्छौ?

15:9b.JOB.015.009 अय्यूब, तिमीले गरे भन्दा धेरै कुराहरू हामी जान्दछौ हामी बुझ्छौ अनि त्यही तिमी बुझ्दैनौ

15:10b.JOB.015.010 केश सेतै पाकेका बूढा-पाकाहरू हामीसँग सहमत छन्। हो, तिम्रा बाबु भन्दा जेठा मानिसहरू हाम्रो पक्षमा छन।

15:11b.JOB.015.011 परमेश्वरले तिमीलाई सान्तवना दिनु हुन्छ तर त्यति मात्र तिमीलाई प्रशस्त छैन हामी परमेश्वरको सन्देश तिमीलाई शिष्ट भाषामा भन्छौ।

15:12b.JOB.015.012 अय्यूब, तिमी किन बुझ्दैनौ? किन हामी सत्य देख्दैनौ?

15:13b.JOB.015.013 जब तिमी त्यस्ता क्रोधपूर्ण शब्दहरू भन्छौ तिमी परमेश्वरको विरूद्धमा छौ।

15:14b.JOB.015.014 मानिस साच्चै नै निर्दोष हुन सक्तैन। मानिस परमेश्वर भन्दा धर्मी हुन सक्तैन।

15:15b.JOB.015.015 परमेश्वरले आफ्ना दूतहरूसम्मलाई विश्वास गर्नुहुन्न? परमेश्वरसंग तुलना गर्दा स्वर्गसम्म निर्दोष छैन।

15:16b.JOB.015.016 मानिस अत्यन्तै निम्न हुन्छ। मानिस मैलो र भ्रष्ट छ। उसले अधर्म पानी सरह पिउँछ।

15:17b.JOB.015.017 मेरो कुरा ध्यान दिएर सुन अय्यूब, अनि म यो तिमीलाई व्याख्या गर्नेछु। मैले के बुझे त्यही तिमीलाई भन्नेछु।

15:18b.JOB.015.018 म तिमीलाई ती कुराहरू भन्नेछु, जुन ज्ञानी मानिसहरूले मलाई भनेका छन् ती ज्ञानी मानिसहरूका पिता-पुर्खाहरूले ती कुराहरू तिनीहरूलाई भनेका हुन्।

15:19b.JOB.015.019 तिनीहरू मात्र आफ्ना देशमा बस्थे। त्यहाँ कुनै विदेशीहरू बसोवास गर्न पाउँदैनथे यसकारण तिनीहरूलाई कसैले नौलो विचारहरू भनेन्।

15:20b.JOB.015.020 दुष्ट मानिसहरूले आफ्नो सम्पूर्ण जीवनभरी कष्ट पाइरहन्छ। निष्ठूर मानिस जीवनभरी नै प्रत्येक साल शिकार भइरहन्छ।

15:21b.JOB.015.021 प्रत्येक कोलाहलले उसलाई तर्साउँछ। उसका शत्रुहरूले उसलाई सताउँछ, शत्रुले आक्रमण गर्छ जब उसले आफूलाई सुरक्षित सम्झदछ।

15:22b.JOB.015.022 दुष्ट मानिसहरू अत्यन्त निराश हुन्छन् अनि अन्धकारदेखि छुटकारा पाउने तिनीहरूसंग कुनै मौका नै हुँदैन। त्यहाँ कतै तिनीहरूलाई मार्नका लागि तरवार छ।

15:23b.JOB.015.023 रोटीको खोजीमा “त्यो कहाँ छ” भनी यता उता घुमिरहन्छ। उसले जान्दछ कि उसको मृत्यु अब नजिक छ।

15:24b.JOB.015.024 चिन्ता र पीडाहरूले उसलाई भयभीत बनाउँछ। राजा ध्वंश गर्न तम्से जस्तो ती कुराहरूले तिनीहरूलाई आक्रमण गर्छ।

15:25b.JOB.015.025 किन? किनभने दुष्ट मानिसहरूले परमेश्वरलाई मान्नु अस्वीकार गर्छ उसले आफ्नो मुक्का परमेश्वरमा नचाउँछ अनि सर्वशक्तिमान परमेश्वरलाई पराजित गर्ने कोशिश गर्छ।

15:26b.JOB.015.026 त्यो दुष्ट मानिस साह्रै हठी हुन्छ। उसले मोटो बलियो ढालसंग परमेश्वरलाई आक्रमण गर्ने कोशिश गर्छ।

15:27b.JOB.015.027 उसको अनुहार बोसोले ढाकिएको छ। धनी अनि मोटा भएको छ।

15:28b.JOB.015.028 तर उसको शहर ध्वंश हुनेछ, उसको घर ध्वंश हुनेछ, उसको घर रित्तो हुनेछ।

15:29b.JOB.015.029 दुष्ट मानिस सधैंलाई धनी भई रहँदैन। उसको सम्पत्ति सँधैलाई रहँदैन उसको अन्नबालि सबै उम्रिन्दैन।

15:30b.JOB.015.030 ती दुष्ट मानिस अंन्धकार देखि मुक्त हुनेछैन। उ त्यस्तो रूख सरह हुनेछ जसका पातहरू रोगबाट झर्छ। अनि बतासले सबै उडाई लैजाईनेछ।

15:31b.JOB.015.031 दुष्ट मानिसले स्वयंलाई मूर्ख बनाउनु पर्दैन जब उसले महत्वहीन कुराहरूमा विश्वास गर्छ। किन? किनभने उसले केही पनि पाउँने छैन।

15:32b.JOB.015.032 उसको जीवन अन्त हुन अघि नै त्यो दुष्ट मानिस बृद्ध र निराश भइजान्छ। उ सुकेको हाँगा जस्तो हुन्छ, फेरि कहिल्यै हरियो हुनेछैन।

15:33b.JOB.015.033 त्यो दुष्ट मानिस दाखको रूख जस्तो हुनेछ जसले पाक्न अघिनै दाख गुमाउँछ। त्यो मानिस भद्राक्षेको रूख जस्तै हुनेछ जसले आफ्नो कोपिलाहरू गुमाउँछ।

15:34b.JOB.015.034 किन? किनभने परमेश्वर नभए मानिसहरूसँग केही पनि रहँदैन। मानिसहरू जसले पैसालाई प्रेम गर्छ आगोले आफ्नो घर खरानी बनाउँछ।

15:35b.JOB.015.035 दुष्ट मानिसहरूले कष्ट गर्भधारण गर्छन्, दुष्ट्याईं जन्माउँछन् अनि तिनीहरूको कोखले खाली कपट उब्जाउँछ।”

16

16:1b.JOB.016.001 तब अय्यूबले जवाफ दिए,

16:2b.JOB.016.002 मैले पहिलाबाट “यी कुराहरू सुनेको हुँ। तिमीहरू तीनजना मानिसहरूले मलाई दुःख दिइरहेकाछौ, सान्तवना होइन।

16:3b.JOB.016.003 तिमीहरूका लामा भाषणहरू कहिले सिद्धिने होइन। किन तिमीहरूको तर्कहरू तन्काई रहन्छौ?

16:4b.JOB.016.004 तिमीहरूले भनेकै कुराहरू म पनि भन्न सक्थें यदि तिमीहरूसँग मेरो जस्तै संकटहरू भए। म तिमीहरूलाई ज्ञानी कुराहरू सुनाउन सक्थे अनि मेरो टाउको तिमीहरूतिर हल्लाउथें।

16:5b.JOB.016.005 तर म तिमीलाई उत्साह दिउँला अनि मैले भनेका कुराहरूसँग आशा जगाई दिउँला।

16:6b.JOB.016.006 मैले जे भने पनि मेरो पीडा केहीबाट हरण हुने छैन, तर चुपचाप बसिरहनु पनि लाभ छैन।

16:7b.JOB.016.007 हे परमेश्वर, साँचो रूपमा, तपाईंले मेरो शक्ति लैजानु भयो। तपाईंले मेरो सबै परिवार तहसनहस पारिदिनु भयो।

16:8b.JOB.016.008 तपाईंले मलाई दुब्लो-पातलो बनाइदिनु भयो, अनि मानिसहरूलाई त्यसले मलाई दोष्याउने कारण उब्जाउँछ।

16:9b.JOB.016.009 परमेश्वर क्रोधित हुनुभयो अनि मेरो शरीरलाई एउटा सिंहले झैं आक्रमण गर्नु भयो। मेरो शरीर टुक्रा-टुक्रा पारी च्यात्नु भयो। अनि मेरो शत्रुहरूले मलाई तिनीहरूको घृणित नजरले हेरे।

16:10b.JOB.016.010 मानिसहरूले मेरो वरिपरि थुप्रेर, तिनीहरूले मलाई हाँसोको पात्र बनाए अनि थप्पड लगाए।

16:11b.JOB.016.011 परमेश्वरले मलाई दुष्ट मानिसहरूकहाँ दिनु भयो। मलाई दुःख दिओस् भनेर उहाँले कुकर्मीहरूलाई छोडी दिनुभयो।

16:12b.JOB.016.012 जबसम्म परमेश्वरले मलाई घाँटीमा समात्नु भएन अनि मलाई टुक्रा-टुक्रा पार्नु भएन तबसम्म प्रत्येक कुरो राम्रै भइरहेको थियो। तब उहाँले मलाई पहिलेकै अवस्थामा ल्याउनु भयो र मलाई उहाँको तारोको रूप प्रयोग गर्नुभयो।

16:13b.JOB.016.013 परमेश्वरका धनुर्धारीहरू मेरो वरिपरि छन्। उहाँले मेरो मिर्गौलामा काँढले हान्नु भयो। उहाँले ममाथि दयाभाव देखाउनु भएन उहाँले मेरो पित्त भुईंमा फुटाउनु भयो।

16:14b.JOB.016.014 घरिघरि परमेश्वरले मलाई आक्रमण गर्नुहुन्छ। उहाँ एक सिपाही युद्धभूमिमा दौडे जस्तो दगुर्नुहुन्छ।

16:15b.JOB.016.015 म अत्यन्त उदास छु, यसैले म त्यस्ता उदासी पोषाकहरू लगाउँछु। म यहाँ धुलोमुलो र खरानीको थुप्रोमा बस्छु, अनि म पराजित भएको ठान्छु।

16:16b.JOB.016.016 रूँदा-रूँदा मेरो अनुहार रातो भइसक्यो। मेरो आँखा वरिपरि कालो गोलो रेखाहरू छन्।

16:17b.JOB.016.017 मैले कसैलाई नोक्सान गरेको छैन। तर त्यस्ता अप्रिय घटनाहरू मकहाँ आई लाग्यो। मेरा प्रार्थनाहरू उचित र चोखा छन्।

16:18b.JOB.016.018 पृथ्वी, गल्ती कुराहरू नलुकाऊ जुन ममाथि आइपर्यो। मेरो न्यायको पुकारलाई नरोक।

16:19b.JOB.016.019 अहिले पनि त्यहाँ स्वर्गमा कोही छ जो मसँग बोल्नु हुन्छ। त्यहाँ माथि कोही त छ जसले मेरो लागि साक्षी दिनेछ।

16:20b.JOB.016.020 मेरो साथीहरूले मलाई हप्काउँछ। मेरा आँखहरूबाट परमेश्वरका निम्ति आँशु बग्छ।

16:21b.JOB.016.021 तर परमेश्वर अघि उसले मेरो विषयमा साथीको लागि न्याय गरिदिने मानिसले झैं बोलिदिन्छ।

16:22b.JOB.016.022 केही वर्षमा म नफर्किने ठाउँमा जानेछु।

17

17:1b.JOB.017.001 “मेरो आत्मा टुक्रियोः म त्याग्न तयार छु। मेरो जीवन प्रायः बितिसक्यो, चिहानले मलाई पर्खिरहेछ।

17:2b.JOB.017.002 मानिसहरू मेरो वरिपरि उभिन्छन् अनि मप्रति हाँस्छन्। जब तिनीहरूले मलाई जिस्काउछन् र खिसी गर्छन् म तिनीहरूलाई हेर्छु।

17:3b.JOB.017.003 हे परमेश्वर, मलाई देखाउनु होस् कि साँचि नै मलाई मद्दत गर्नुहुन्छ। अन्य कुनै मानिसहरूले मलाई मद्दत गर्नेछैन।

17:4b.JOB.017.004 तपाईंले मेरा मित्रहरूका ज्ञान बन्द गरिदिनु भयो अनि तिनीहरूले बुझ्दैनन्। दया गरेर तिनीहरूलाई जित्न नदिनुहोस्।

17:5b.JOB.017.005 तपाईंहरूलाई यो भनाई थाहा छ, ‘मानिसहरूले आफ्ना नानीहरूलाई भोक भोकै राखी साथीलाई मद्दत गर्छन्।’

17:6b.JOB.017.006 परमेश्वरले अरूहरू अघि मेरो बदनाम गर्नुभयो। मानिसहरूले मेरो मुखमा थुक्छन्।

17:7b.JOB.017.007 मेरो आँखाहरू प्राय अन्धा बराबर भइसके किनभने म साह्रै दुःखी छु अनि अत्यन्तै पीडामा छु। मेरो सारा शरीर छायाँ जस्तै हल्का भएको छ।

17:8b.JOB.017.008 धार्मिक मानिसहरू यसमा शोकित हुन्छन्। अधर्मी मानिसहरूको कारणले निर्दोष मानिसले कष्ट पाउँछ।

17:9b.JOB.017.009 तर इमान्दार मानिसहरू सही ढंगमा लगातार बसिरहन्छन्। विधि पूर्वक शुद्ध हात भएको मानिस अझ बलियो बनिन्छ।

17:10b.JOB.017.010 तर तिमीहरू सबैजना आऊ, यी सबै भुल मेरै हुन भनी देखाउने कोशिश गर। तिमीहरू माझ मैले ज्ञानी मानिस पाउन सक्तिन।

17:11b.JOB.017.011 मेरो जीवन बितिरहेछ। मेरो योजनाहरू नष्ट भइरहेछ। मेरो इच्छा मर्यो।

17:12b.JOB.017.012 तर मेरो सारा मित्रहरू सालेमाले भए। तिनीहरू रातलाई दिन सोच्छन तिनीहरू अन्ध्यारोले उज्यालो भगाउँछ भनेर सोच्छन्।

17:13b.JOB.017.013 म चिहानलाई मेरो नयाँ घर भनेर आशा गरौंला अंध्यारो चिहानमा मेरो ओछयान बनाउँने आशा गरौंला।

17:14b.JOB.017.014 म चिहानलाई भन्न सक्छु, ‘तपाईं मेरा पिता हुनुहुन्छ, अनि कीरालाई, ‘मेरी माता’ अथवा ‘मेरी बहिनी भन्न सक्छु।’

17:15b.JOB.017.015 तर त्यति नै मेरो आशा हो भने तब मेरो अरू कुनै आशा छैन्। यदि त्यति नै मात्र मेरो आशा हो भने तब मानिसहरूले मलाई आशा शून्य पाउँनेछन्।

17:16b.JOB.017.016 के मेरो आशा मसँगै मरेर जानेछ? के यो मृतलोकमा जानेछ? के हामी साथसाथै मैला धूलोमा सँगै जानेछौं?”

18

18:1b.JOB.018.001 तब बिल्ददले (शुहीले यसो भनेर) जवाफ दिएः

18:2b.JOB.018.002 “अय्यूब, तिमी कहिले बोल्न बन्द गर्नेछौ? चुपलाग अनि सुन। हामीलाई केही भन्नदेऊ।

18:3b.JOB.018.003 किन तिमीले हामीलाई लाटा गाई जस्तो मूर्ख सम्झन्छौ?

18:4b.JOB.018.004 अय्यूब, तिम्रो रीसले तिमीलाई नै पिरोल्छ। के मानिसहरूले खाली तिम्रो लागि पृथ्वी छोडनै पर्छ? के तिमी सोच्दछौ कि परमेश्वरले तिम्रै सन्तुष्टीको लागि मात्र पर्वतहरूको ठाउँ सार्नु हुन्छ?

18:5b.JOB.018.005 हो, दुष्ट मानिसको प्रकाश निभाइनेछ। उसको आगो जल्न छाडनेछ।

18:6b.JOB.018.006 उसको घरको प्रकाश अन्धयारो हुनेछ। उसको छेउको बत्ती पनि निभ्ने छ।

18:7b.JOB.018.007 उसको बलियो पाइलाहरू अझ छोटो र कमजोर हुनेछन्। उसको पापपूर्ण योजनाहरूले उसकै पतन गराउनेछ।

18:8b.JOB.018.008 उसको आफ्नै खुट्टाले उसलाई पासोमा फसाउने छ उ पासोमाथि हिंडनेछ र फस्नेछ।

18:9b.JOB.018.009 पासोले उसको एढी पक्रने छ। पासोले उसलाई कस्सेर समात्ने छ।

18:10b.JOB.018.010 भूँईमा लुकेको डोरीले त्यसलाई अल्झाउनेछ। पासोले उसको बाटो पर्खनेछ।

18:11b.JOB.018.011 आतकंले त्यसलाई चारैतिरबाट पर्खिरहेछ। त्रासले त्यसको बढदो प्रत्येक पाईलालाई पछ्याई रहेछ।

18:12b.JOB.018.012 भोकले उसको शक्ति दुर्बल पार्छ। जब उसको पतन शरू हुन्छ उसको विनाश र ध्वंश तत्पर रहन्छन्।

18:13b.JOB.018.013 डरलाग्दो रोगले उसको छाला खाई दिनेछ। त्यसले उसको पाखुराहरू र खुट्टाहरू सडाउनेछ।

18:14b.JOB.018.014 दुष्ट मानिसलाई आफ्नो सुरक्षित घरबाट टाडो लैजानेछ। उसलाई आतकंका राजाहरू भेटाउनलाई त्यतैतिर डोर्याउनेछ।

18:15b.JOB.018.015 उसले आफ्नो घरमा केही पनि छाडने छैन। किन? किनभने सबै जल्ने गन्धक उसको घरभरि छरिनेछ।

18:16b.JOB.018.016 उसको मुनिका जराहरू सुकेर जानेछन् अनि उसकामाथिका हाँगाहरू मरेर जान्छन्।

18:17b.JOB.018.017 पृथ्वीमा भएका मानिसहरूले उसलाई सम्झने छैनन्। कसैले उसलाई एकैपल्ट पनि संम्झने छैन।

18:18b.JOB.018.018 मानिसहरूले उसलाई उसको संसारको प्रकाशबाट अन्धकारमा खेद्नेछन्।

18:19b.JOB.018.019 उसको न छोरा-छोरीहरू हुनेछ न त नाता-नातिनीहरू उसको कुनै पनि सन्तान रहनेछैन्।

18:20b.JOB.018.020 पश्चिममा भएका मानिसहरूलाई आपत पर्नेछ जब उनीहरूले दुष्ट मानिसहरूमा कस्तो घट्ना आइपर्यो भन्ने सुन्दा पूर्वमा भएका मानिसहरू डरले स्तब्ध हुनेछन्।

18:21b.JOB.018.021 त्यो साँचि नै ती दुष्ट मानिसहरूको घरमा घट्ने नै छ। त्यस्ता मानिसको जीवनमा घटिन जानेछ जसले परमेश्वरलाई यादै गर्दैन।”

19

19:1b.JOB.019.001 तब अय्यूबले जवाफ दिएः

19:2b.JOB.019.002 “कहिलेसम्म तिमीहरूले मलाई चोट पुर्याउने छौ अनि मेरो वचनहरू भङ्ग पार्ने छौ?

19:3b.JOB.019.003 तिमीहरूले मलाई दश पल्ट बेइज्जत गर्यौ। ममाथि अन्याय गर्दा तिमीहरू लज्जित भएनौ?

19:4b.JOB.019.004 यो मेरो समस्या हो। यदि मैले पाप गरें भने पनि त्यसले तिमीहरूलाई चोट पुर्याउँदैन।

19:5b.JOB.019.005 तिमीहरूले म भन्दा केवल आफूलाई राम्रो देखाउन चाह्यौ। तिमीहरूले मेरा संकटहरू नै मेरा गल्तीहरू हुन भन्यौ।

19:6b.JOB.019.006 तर यहाँ परमेश्वर हुनु हुन्छ जसले ममाथि गल्ती काम गर्नु भयो। मलाई पक्रन उहाँले आफ्नो पासो थाप्नु भयो।

19:7b.JOB.019.007 म चिच्याएँ, ‘उहाँले मलाई चोट पुर्याउनु भयो।’ तर मैले जवाफ पाइन। मैले सहायताको लागि कराँए, तर न्यायको लागि कसैले पनि मेरो कुरा सुनेन्।

19:8b.JOB.019.008 परमेश्वरले मेरो बाटो रोकि दिनु भयो। यसकारण म बाटोबाट जान सक्तिन। उहाँले अन्धकारमा मेरो बाटो हराइदिनु भयो।

19:9b.JOB.019.009 परमेश्वरले मेरो सम्मान खोसेर लैजानु भयो उहाँले मेरो शिरबाट मुकुट उतारिदिनुभयो।

19:10b.JOB.019.010 परमेश्वरले म शेष नहोउञ्जेलसम्म चारैतिरबाट हिर्काउनु भयो। उहाँले मेरो आशा खोसेर लैजानु भयो जसरी जराहरूले रूखलाई तान्दछ।

19:11b.JOB.019.011 परमेश्वरको क्रोधको आगो मेरो विरूद्ध जल्यो। उहाँले मलाई आफ्नो शत्रु ठान्नु भयो।

19:12b.JOB.019.012 परमेश्वरले मलाई आक्रमण गर्न आफ्ना सेनाहरू पठाउनु भयो। तिनीहरूले आक्रमण धरहराहरू मेरो वरिपरि बनाए तिनीहरूले मेरो पाल वरिपरि आफ्नो छाउनी बनाए।

19:13b.JOB.019.013 परमेश्वरले मेरो दाज्यू-भाइहरूलाई मलाई घृणा गर्ने बनाउनु भयो। म मेरो सारा मित्रहरूका लागि नौलो मानिस भएँ।

19:14b.JOB.019.014 मेरो आफन्तहरूले मलाई त्यागेर गए। मेरो मित्रहरूले मलाई बिर्से।

19:15b.JOB.019.015 मेरो घरमा भेट गर्न आउनेहरूले अनि मेरो दासीहरूले मलाई यस्तो प्रकारले हेर्छन् मानौं म एउटा विदेशी अथवा परदेशी हुँ।

19:16b.JOB.019.016 मैले आफ्नो दासलाई बोलाएँ तर त्यसले जवाफ दिएन। मैले उसित माफ माग्नु पर्छ।

19:17b.JOB.019.017 मेरो पत्नीले मेरो सासको गन्धलाई घृणा गर्छे। मेरो आफ्नै दाज्यू-भाइहरूले मलाई घृणा गर्छन्।

19:18b.JOB.019.018 साना-साना नानीहरूले पनि मलाई घृणा गर्छन्। जब म तिनीहरूको छेउमा जाँदछु, तिनीहरूले म प्रति नराम्रा वचनहरू बोल्छन्।

19:19b.JOB.019.019 मेरा सारा हितैषी मित्रहरूले मलाई घृणा गर्छन्। जुन मानिसहरूलाई म प्रेम गर्छु तिनीहरू सम्मले मेरो विरूद्ध मुख खोले।

19:20b.JOB.019.020 म एकदम दुब्लो छु, मेरो छालाहरूले हड्डीहरू छाडेर झोलिएका छन्। मसँग अब अलिकति मात्र प्राण छ।

19:21b.JOB.019.021 मलाई दया गर, मेरो मित्रहरू ममाथि करूणा जगाऊ। किन? किनभने परमेश्वर मेरो विरूद्ध हुनुहुन्छ।

19:22b.JOB.019.022 किन तिमीहरूले मलाई परमेश्वरले झैं सजाय दिइरहेछौ? तिमीहरूले मलाई चोट पुर्याइसकेका छैनौं।

19:23b.JOB.019.023 म चाहन्छु कि कसैले ती कुराहरू सम्झेला जुन म भन्छु र पुस्तकमा लेख्छु। म चाहन्छु मेरो वचनहरू चर्मपत्रमा लेखियोस्।

19:24b.JOB.019.024 म इच्छा गर्छु कि मेरा शब्दहरू फलामको छिनुले ढुङ्गामाथि कुँदियोस् ताकि सदासर्वदा रहनेछन्।

19:25b.JOB.019.025 म जान्दछु त्यहाँ मेरा निम्ति लडिदिने कोही त छ। म जान्दछु उ बाँच्छ। अनि अन्तमा उ यहाँ पृथ्वीमा उभिनेछ अनि मलाई बचाउनेछ।

19:26b.JOB.019.026 म जान्दछु कि म मरे पछि अनि मेरो शरीरबाट छाला काढिए पछि मैले परमेश्वरलाई देख्ने छु।

19:27b.JOB.019.027 म परमेश्वरलाई आफ्नै आँखाहरूले देख्नेछु। म मात्रै अन्य कोही पनि होइन, परमेश्वरलाई देख्नेछु। मेरो इच्छाको खिंचाईलाई मेरो हृदयले थाम्न सक्तैन।

19:28b.JOB.019.028 हुन सक्छ, तिमीले भन्नेछौ, ‘हामीले उनीमाथि दवाफ पार्नुपर्छ। हामीले उसलाई दोष दिने कारणहरू पाउँन सक्नेछौं।’

19:29b.JOB.019.029 तर तिमीहरू आफै नै तरवारदेखि डराउनु पर्नेछ। किन? किनभने परमेश्वरले दोषी मानिसहरूलाई दण्ड दिनुहुनेछ। परमेश्वरले तिमीहरूलाई दण्ड दिनलाई तरवार चलाउनु हुनेछ। तब तिमीहरूले जान्नेछौ कि त्यहाँ न्यायको समय छ।”

20

20:1b.JOB.020.001 तब नमाबाट आएका सोपरले जवाफ दिएः

20:2b.JOB.020.002 “मेरा दोधारे विचारहरू मभित्रै संघर्ष गर्छन् तिमीहरूलाई उत्तर दिन म हतारिरहेको छु।

20:3b.JOB.020.003 तिम्रो जवाफले हामीलाई अपमान गर्यो! तर म ज्ञानी छु, तिमीलाई कसरी जवाफ दिनु म जान्दछु।

20:6b.JOB.020.006 हुनसक्छ दुष्ट मानिसको घमण्ड आकाश माथि पुग्ला, अनि उसको शिरले बादलहरूलाई छोला।

20:7b.JOB.020.007 तर उ सदाको लागि जानेछ, उसको आफ्नै शरीर सकिंदै गए जस्तो। मानिसहरू जसले उसलाई जान्दछ भन्नेछन्, ‘उ कहाँ छ?’

20:8b.JOB.020.008 उ सपना जस्तो उडेर जानेछ अनि कसैले पनि उसलाई फेरि भेट्टाउने छैन। नराम्रा सपना जस्तो उसलाई जबरजस्ती भुलिनेछ।

20:9b.JOB.020.009 मानिसहरू जसले उसलाई देखे अब फेरि देख्ने छैनन्। उसको परिवारले उसलाई फेरि कहिल्यै हेर्ने छैन।

20:10b.JOB.020.010 दुष्ट मानिसका केटा-केटीहरूले फर्काइदिने छ जे थोक उनीहरूले गरीब मानिसहरूबाट लिएका थिए। त्यो दुष्ट मानिसको आफ्नै हातहरूले उसको सम्पत्ति फर्काई दिनुपर्नेछ।

20:11b.JOB.020.011 जब ऊ जवान थियो उसका हड्डीहरू बलिया थिए, तर, उसको शरीरका बाँकी भाग जस्तै तिनीहरू चाँडै नै फोहर मैलामा ढल्नेछ।

20:12b.JOB.020.012 दुष्ट मानिसहरूको मुखमा खराबले मिठो स्वाद दिन्छ, यसर्थ उसले पूर्ण आनन्द लिनु त्यसलाई आफ्नो जिब्रो मनि राख्छ।

20:13b.JOB.020.013 दुष्ट मानिसहरूले पाप लुट्दछ। उसले यसलाई फुत्काउन चाँहदैन। त्यो त्यस्तो मिठो मिश्री जस्तो हुँदछ उसले आफ्नो मुखमा चेपी राख्दछ।

20:14b.JOB.020.014 तर त्यो दुष्टको पेटमा उसको भोजन विष हुन्छ। त्यो उसको पेटभित्र एउटा साँपको विष जस्तै तितो हुन्छ।

20:15b.JOB.020.015 दुष्ट मानिसले धनीहरूलाई निल्छ। तर त्यसले तिनीहरूलाई उल्टी गरेर निकाल्छ। परमेश्वरले पापी मानिसलाई उल्टी गरेर बाहिर निकाल्ने पार्नुहुन्छ।

20:16b.JOB.020.016 दुष्ट मानिसहरूको पेय पदार्थ साँपबाट निकालिएको विष झैं हो। तर साँपको जिब्रोले उसलाई मार्नेछ।

20:17b.JOB.020.017 तब पापी मानिसले मह र नौनी बग्दै गरेको नदीहरू देखेर पनि आनन्द उपभोग गर्नेछैन।

20:18b.JOB.020.018 दुष्ट मानिसलाई उसले कमाएको नाफा जति फर्काई दिनलाई वाध्य गराईन्छ। उसले गरेको कामहरूमाथि उसलाई खुशी हुने अधिकार दिंइदैन्।

20:19b.JOB.020.019 किन? किनभने पापी मानिसले गरीब मानिसहरूलाई घात पार्दछ अनि गल्ती हिसाबले उसलाई जोख्दछ। उसले तिनीहरूको चिन्ता नै गरेन अनि उसले तिनीहरूका चीजबीचहरू लगिदियो। अरूले बनाएको घरहरू त्यसले खोसेर लगिदियो।

20:20b.JOB.020.020 दुष्ट मानिस कहिले सन्तुष्ट हुँदैन। उसको धनले उसको रक्षा गर्न सक्तैन।

20:21b.JOB.020.021 जब उसले खाँदछ, त्यहाँ केही पनि छाडदैन। उसले सफलता पाउने छैन।

20:22b.JOB.020.022 जब दुष्ट मानिसकहाँ प्रशस्त हुँदछ उसलाई संकटहरूले थिचेर राख्नेछ। उसको समस्याहरू उमाथि नै खनिन्छ।

20:23b.JOB.020.023 जब दुष्ट मानिस आफूले चाहे जति सबै थोक खान्छ, ऊ परमेश्वरको क्रोधको लप्कोमा पर्दछ। परमेश्वरले त्यस दुष्ट माथि दण्ड वर्षाउनु हुनेछ।

20:24b.JOB.020.024 हुनसक्छ फलामको तरवारदेखि त्यो दुष्ट मानिस भाग्ला। तर काँसको टुप्पा भएका काँढले त्सलाई ढाल्ने छ।

20:25b.JOB.020.025 त्यो काँसाको काँढ जसरी भए पनि उसको शरीरमा वारपार भएर जाने नै छ, अनि उसको ढाँडबाट त्यो निस्कने छ। यसको टल्किने टुप्पाले उसको कलेजो छेड्नेछ, अनि ऊ त्रासले मुर्छा पर्नेछ।

20:26b.JOB.020.026 उसका सारा धन सम्पत्ति नष्ट हुनेछ। आगोले उसलाई ध्वंश गर्ने छ जुन आगो मानिस तथा प्राणीले शुरू गरेको होइन्। आगोले उसका घरमा बाँकी रहेका सारा सामानहरूसम्म जलाएर खरानी बनाउँनेछ।

20:27b.JOB.020.027 दुष्ट मानिस दोषी हो भनी स्वर्गले प्रमाण गर्नेछ। पृथ्वी स्वंय त्यसको विरूद्ध उठ्नेछ।

20:28b.JOB.020.028 उसको घरमा भएको सम्पूर्ण सामानहरू परमेश्वरलाई रीस उठेको दिन खोसिनेछ।

20:29b.JOB.020.029 हो, त्यसरी नै परमेश्वरले दुष्ट मानिसहरूमाथि गर्नुहुनेछ। त्यसरी नै परमेश्वरको योजनाहरू तिनीहरूलाई दिनु हुनेछ।”

21

21:1b.JOB.021.001 तब अय्यूबले जवाफ दिएः

21:2b.JOB.021.002 “म के भन्छु सुन मलाई सान्तवना दिने तिम्रो त्यही तरिका रहोस्।

21:3b.JOB.021.003 जब म बोल्दछु, धैर्य राख्नु मैले बोलिसके पछि तिमीहरूले मेरो खिल्ली उडाउन सक्छौ।

21:4b.JOB.021.004 म मानिसहरूका विरूद्ध गुनासो गर्ने होइन, त्यहाँ राम्रो कारण छ किन म धैर्य रहिन।

21:5b.JOB.021.005 म प्रति हेर अनि शोकले आघात बन तिम्रो हात मेरो मुखमा राख, अनि शोकले आघात भएको आँखाले मलाई हेर।

21:6b.JOB.021.006 जब मलाई के भएको थियो भनी सोच्छु मलाई डर लाग्छ अनि मेरो शरीर काम्छ।

21:7b.JOB.021.007 किन पापीहरू दीर्धायु हुन्छ? किन तिनीहरू बूढा हुन्छन र सफल हुन्छन?

21:8b.JOB.021.008 दुष्टहरूले आफ्ना छोरा-छोरीहरू आफूसितै हुर्केको देख्छन र आफ्ना नाति-नातिनीहरू हेर्न धेरै बाँच्छन्।

21:9b.JOB.021.009 तिनीहरूका घरहरू सुरक्षित छन् अनि तिनीहरू भयभीत छैनन्। परमेश्वरले ती दुष्टहरूलाई दण्ड दिनलाई लट्ठी प्रयोग गर्नुहुन्न।

21:10b.JOB.021.010 तिनीहरूका साँढे प्रजनन क्रियामा कहिले चुक्दैनन्। तिनीहरूका गाईहरूले बाछीहरू ब्याउँछन् अनि तुहिदैनन्।

21:11b.JOB.021.011 दुष्टहरूले आफ्नो नानीहरूलाई भेडाका पाठाहरू जस्तै बाहिर खेल्न दिन्छन। तिनीहरूका नानीहरू वरिपरि नाच्छन्।

21:12b.JOB.021.012 तिनीहरू वीणा र बासुरीको धुनमा गाउछन र नाच्छन्।

21:13b.JOB.021.013 दुष्टहरूले आफ्नो जीवन कालमा सफलता भोग्दछन्। त्यसपछि तिनीहरू मर्छन् अनि कुनै पीडाबिना आफ्नो चिहानतिर जान्छन्।

21:14b.JOB.021.014 तर दुष्टहरूले परमेश्वरलाई भन्छन्, ‘हामीलाई एक्लो छाडी दिनुहोस्। हामी तपाईंका मार्ग जान्ने इच्छा गर्दैनौं।”

21:15b.JOB.021.015 अनि दुष्टहरूले भन्छन्, ‘सर्वशक्तिमान परमेश्वर को हो? हामीलाई उसको सेवा गर्ने खाँचो छैन। उसलाई प्रार्थना गरेर हामीले के पाउँछौ?’

21:16b.JOB.021.016 यो सत्य हो, दुष्टहरूले आफ्ना सफलताहरू आफै बनाउँदैनन्, म तिनीहरूको परार्मशको पछि लाग्दिन।

21:17b.JOB.021.017 तर, प्रायः कहिले काँहीं कसरी परमेश्वरले दुष्टहरूको ज्योति निभाइ दिनु हुन्छ? प्रायः कसरी दुःखकष्टहरू दुष्टहरूमाथि आई पर्दछ? कहिले परमेश्वरले तिनीहरूलाई क्रोधित भएर दण्ड दिनुहुनेछ?

21:18b.JOB.021.018 हावाले पराल उडाए जस्तै, तीब्र बतासले धानको भूसहरू उडाए जस्तै के परमेश्वरले दुष्टहरूलाई उडाई भगाउनु हुनेछ।

21:19b.JOB.021.019 तर तिमी भन्छौ, ‘उसको पिताले पापहरू गरेको निम्ति परमेश्वरले नाबालकलाई दण्ड दिनुहुन्छ।’ परमेश्वर स्वयले दुष्टहरूलाई नै दण्ड दिउन् तब तिनीहरूले कि तिनीहरूको आफ्नै पापले गर्दा तिनीहरू दण्डित भएरहेका छन्।

21:20b.JOB.021.020 दुष्टहरूले आफ्नै सजाय देखुन्। सर्वशक्तिमान परमप्रभुको क्रोध तिनीहरू आफैले देखुन।

21:21b.JOB.021.021 जब दुष्ट मानिसको जीवन शेष हुन्छ अनि ऊ मर्दछ, उसले आफ्ना नानीहरू ज-जसलाई छाड्छ, तिनीहरूको पर्वाह नै गर्दैन।

21:22b.JOB.021.022 कसैले पनि परमेश्वरलाई ज्ञान दिन सक्तैन। परमेश्वरले उच्च वर्गका मानिसहरूलाई पनि न्याय गर्नुहुन्छ।

21:23b.JOB.021.023 एकजना मानिस आफ्नो पूर्ण र सफल जीवन उपभोग पछि मर्छ। ऊ आफ्नो जीवनमा पूर्णतः सुरक्षित अनि आनन्द प्रकारले बाँच्यो।

21:24b.JOB.021.024 उसको शरीरका हड्डीहरू बलिया थिए कारण उसले भोजन प्रशस्त पाएको थियो।

21:25b.JOB.021.025 तर कतिपय मानिस कष्टप्रद जीवन बिताए पछि मर्छ। उसले कहिल्यै राम्रो जीवन बिताउन पाएन।

21:26b.JOB.021.026 अन्तमा, ती दुवै मानिसहरू संगसंगै फोहोरमा ढल्नेछन्। ती दुबैमा कीराहरूले पुर्नेछन्।

21:27b.JOB.021.027 तर, म जान्दछु तिमीहरू के सोची रहेछौ अनि म जान्दछु तिमीहरूसित मलाई नोक्सान पुर्याउन योजना छ।

21:28b.JOB.021.028 तिमीले भन्छौ होलाः ‘मलाई राम्रो मानिसको घर देखाऊ। अहिले, दुष्ट मानसिहरू कहाँ बस्छन देखाऊ।

21:29b.JOB.021.029 तर तिमीहरूले कहिल्यै यात्रीहलाई सोधेनौ अनि तिमीहरूले उनीहरूको कथाहरू पत्याएनौ।

21:30b.JOB.021.030 जब परमेश्वर रीसाएर सजाए दिनु हुन्छ दुष्ट मानिसहरू संधै जोगिन्छन्। जब परमेश्वरले रीस देखाउनु हुन्छ तिमीहरूलाई बचाइन्छ।

21:31b.JOB.021.031 कसैले पनि दुष्ट मानिसका सम्मुख उसका नराम्रा कार्यहरूको आलोचना गर्दैन। कसैले पनि उसका दुष्ट कार्यका निम्ति दण्ड दिंदैन।

21:32b.JOB.021.032 जब दुष्ट मानिसलाई चिहानमा लगन्छि उसको चिहानको छेउमा चौकिदार उभिन्छ।

21:33b.JOB.021.033 यसैले त्यस ठाउँको माटो त्यो दुष्ट मानिसको लागि असल हुनेछ। अनि हजारौ मानिसहरू उसको मलामी भएर चिहानमा भेला हुन्छन।

21:34b.JOB.021.034 त्यसैकारण तिमीले आफ्ना खोक्रो शब्दहरूले मलाई सान्तवना दिन सक्तैनौ, तिम्रो जवाफहरूले एकदमै सहयोग गर्दैन।”

22

22:1b.JOB.022.001 तेमानीबाट आएका एलीपजले जवाफ दिए;

22:2b.JOB.022.002 “के परमेश्वरलाई हाम्रो सहायता चाहिन्छ? अहँ। ज्ञानी पुरूष पनि परमेश्वरलाई साँच्चि नै कामलाग्ने होइन।

22:3b.JOB.022.003 यदि तिमी धर्मी छौ भने के यसले परमेश्वरलाई मद्दत पुर्याउँछ? अहँ! यदि तिम्रो मार्गहरू सही छन् भने के सर्वशक्तिमान परमेश्वरलाई केही लाभ हुन्छ? अहँ।

22:4b.JOB.022.004 अय्यूब, किन परमेश्वरले तिमीलाई दण्ड र दोष दिनुभयो? के यो तिमी उहाँको डर बोक्छौ भनेर हो?”

22:5b.JOB.022.005 होइन, यो तिम्रो धैरे दुष्टकर्महरूको कारणले हो। अय्यूब, तिमीले कहिल्यै तिम्रो दुष्टकर्म रोकेनौ।

22:6b.JOB.022.006 हुन सक्छ तिमीले दाज्यू-भाइ देखि रूपियाँ पैसा ऋण लिएका छौ, अनि तिमीलाई उसले केही देओस् भनेर वाध्य गर्यौ जसले त्यो फर्काइने प्रमाण गर्यो। हुन सक्छ तिमीले गरीब मानिसबाट बन्धक राखे जस्तै लुगा लिएको थियो। हुन सक्छ कुनै कारणै बिना तिमीले त्यो गर्यौ।

22:7b.JOB.022.007 हुन सक्छ तिमीले ती थकित र भोकोहरूलाई पानी र भोजन दिएनौ।

22:8b.JOB.022.008 अय्यूब, तिमीसंग खेती गर्ने थुप्रै जमीनहरू छन्। अनि मानिसहरूले तिमीलाई आदर गर्छन्।

22:9b.JOB.022.009 हुन सक्छ तिमीले केही पनि नदिइकन विधवाहरूलाई टाढा पठा्यौ। अय्यूब, हुन सक्छ तिमीले टुहुरा-टुहुरीहरूलाई धोका दियौ।

22:10b.JOB.022.010 यसकारण तिम्रो वरिपरि पासै-पासो छन् अनि नसोचेको दुःखले तिमीलाई भयभीत पार्दछ।

22:11b.JOB.022.011 यसैले गर्दा यो अत्यन्त अन्धकार छ तिमी देख्न सक्तैनौ, अनि बाढीले तिमीलाई बगाउँछ।

22:12b.JOB.022.012 परमेश्वर स्वर्गको उच्च तहमा बस्नुहुन्छ। हेर ताराहरू कतिमाथि छन्। परमेश्वरले उच्च ताराहरूबाट तल हेर्नु हुन्छ।

22:13b.JOB.022.013 तर अय्यूब तिमीले भन्न सक्छौ, ‘परमेश्वरले के जान्नु हुन्छ? के परमेश्वरले कालो बादलहरूबाट देख्न सक्नुहुन्छ अनि हामीलाई न्याय गर्नुहुन्छ?

22:14b.JOB.022.014 बाक्लो बादलले उहाँलाई हामीदेखि लुकाउँछ, यसैले जब उहाँ आकाशको उच्चतम भागमा हिडनु हुन्छ माथि आकाशबाट उहाँले हामीलाई देख्नु हँदैन।’

22:15b.JOB.022.015 अय्यूब जुन बाटोमा दुष्ट मानिसहरू हिडिसकेका थिए, तिमी त्यही पुरानो बाटोमा हिंडिरहेछौ।

22:16b.JOB.022.016 ती दुष्टहरू नष्ट भए तिनीहरू मृत्युको मुखमा पुग्नु अघि नै तिनीहरूलाई बाढीले बगाएर लग्यो।

22:17b.JOB.022.017 ती मानिसहरूले परमेश्वरलाई भने, ‘हामीलाई एक्लै छाडी दिनुहोस्, सर्वशक्तिमान परमेश्वरले हामीलाई केही पनि गर्न सक्नु हुन्न।’

22:18b.JOB.022.018 उहाँ नै परमेश्वर, जसले आफ्ना घरहरू असल कुराहरूले भर्नु भयो। अहँ, म दुष्ट मानिसहरूका सल्लाहको पछि लाग्दिनँ।

22:19b.JOB.022.019 धर्मी मानिसहरूले तिनीहरूलाई विनाश भएको देख्छन अनि ती धर्मी मानिसहरू खुशी हुनेछन। निर्दोष मानिसहरू ती दुष्ट मानिसहरूमाथि हाँस्दछन्।

22:20b.JOB.022.020 ‘साँच्चि नै हाम्रा शत्रुहरू नाश भए। आगोले तिनीहरूका सम्पत्ति खरानी बनाई दियोस्।’

22:21b.JOB.022.021 अब, अय्यूब, तिमी स्वयंलाई परमेश्वर कहाँ समर्पण गर अनि उहाँसँग शान्तिले बस। त्यसो गर, अनि तिमीले धेरै असल कुराहरू पाउँनेछौ।

22:22b.JOB.022.022 उहाँबाट शिक्षा ल्याऊ। उहाँले के भन्नुहुन्छ त्यसमा ध्यान देऊ।

22:23b.JOB.022.023 अय्यूब, सर्वशक्तिमान परमेश्वर तर्फ फर्की आऊ, अनि तिमी पुनःनर्स्थापित हुनेछौ तर, अहिले तिमीले आफ्नो घरबाट दुष्ट आत्मालाई अहिले खेदी हाल।

22:24b.JOB.022.024 सोच, तिम्रो जति सुनहरूछन तर ती धुलो हुन अति उत्तम सुन खोलाका ससाना ढुङ्गाहरू जस्ता।

22:25b.JOB.022.025 अनि सर्वशक्तिमान परमेश्वरलाई तिम्रो लागि मुल्यवान र तिम्रो सुन चाँदी झैं हुन देऊ।

22:26b.JOB.022.026 तब सर्वशक्तिमान परमेश्वरमा तिमी आनन्दित हुन सक्छौ। तब तिमी परमेश्वरलाई माथि हेर्नैछौ।

22:27b.JOB.022.027 तिमीले उहाँलाई प्रार्थना गर्नेछौ अनि उहाँले तिम्रो प्रार्थना सुन्नु हुनेछ। अनि तिमीले आफ्ना वचनहरू पूर्ण गर्नेछौ।

22:28b.JOB.022.028 यदि तिमीले केही गर्छु भनेर निर्णय लिएका छौ भने त्यो सफलता पूर्वक हुनेछ अनि तिम्रो भविष्य निश्चय उज्जवल हुनेछ।

22:29b.JOB.022.029 परमेश्वरले घमण्डी मानिसहरूलाई लज्जित पार्नुहुन्छ। तर परमेश्वरले विनम्र मानिसहरूलाई सहयोग गर्नुहुन्छ।

22:30b.JOB.022.030 तब तिमी ती मानिसहरूलाई सहयोग गर्न सक्छौ जसले गल्ती कामहरू गर्छन्। तिमीले परमेश्वरलाई प्रार्थना गर्नेछौ अनि उहाँले ती मानिसहरूलाई क्षमा गरिदिनु हुनेछ। किन? किनभने तिमी एकदमै पवित्र हुनेछौ।”

23

23:1b.JOB.023.001 तब अय्यूबले जवाफ दिएः

23:2b.JOB.023.002 “म थाकेर कमजोर भएता पनि अझै म विद्रोही कुरा गरिरहेको छु।

23:3b.JOB.023.003 म जान्ने इच्छा गर्छु परमेश्वर कहाँ हुनु हुन्छ, तब म उहाँ जहाँ हुनु हुन्छ त्यही जाने थिएँ।

23:4b.JOB.023.004 अनि मेरो निर्दोषपनालाई प्रमाण गर्न म मेरो तर्क प्रस्तुत गर्ने थिए। म मेरो सबै तर्क पेश गर्न तैयार हुनेथें।

23:5b.JOB.023.005 अनि म उहाँको प्रत्युत्तर चाल पाउने थिएँ अनि जान्ने थिएँ कि उहाँले मलाई भन्नु पर्ने के छ।

23:6b.JOB.023.006 के उहाँले मेरो विरूद्ध उहाँका महाशक्ति प्रयोग गर्नु हुनेछ? होइन, उहाँले मेरा वचनहरूमा ध्यान दिनु हुनेछ।

23:7b.JOB.023.007 उहाँसँग मेरो इमान्दार त्यहाँ छलफल हुनेथ्यो, अनि म मेरो मामला जित्ने थिएँ।

23:8b.JOB.023.008 यदि म पूर्व तिर गएँ भने, परमेश्वर त्यहाँ रहनु हुनेछैन। यदि म पश्चिम तिर गएँ भने पनि परमेश्वरलाई देख्दिन्।

23:9b.JOB.023.009 अनि यदि म उत्तर जान्छु, परमेश्वरले के गर्नु हुन्छ त्यो म पक्रन सक्तिन। अनि उहाँ दक्षिण जानु भयो भने म उहाँलाई देख्ने छैन।

23:10b.JOB.023.010 तर, जब कि मैले गरेको प्रत्येक चीज परमेश्वरले जान्नु हुन्छ, उहाँले मलाई जाँच्नु सक्नु हुन्छ अनि शुद्ध सुन जस्तै मै त्यो जाँचमा उत्तीर्न हुनेछ।

23:11b.JOB.023.011 परमेश्वरले इच्छा गर्नु भएको बाटोमा होशियरीसित हिंडे। परमेश्वरको बाटोबाट म भडकिन।

23:12b.JOB.023.012 मैले सँधै परमेश्वरको आज्ञाको पालन गरे। परमेश्वरले भन्नु भएका वचनहरू मैले मेरो हृदयमा संचय गरिराखेको छु।

23:13b.JOB.023.013 तर परमेश्वर कहिल्यै परिर्वतन हुनुहुन्न। परमेश्वरको विरूद्ध कोही पनि उठ्न सक्तैन्। परमेश्वरले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ।

23:14b.JOB.023.014 परमेश्वरले त्यही गर्नु हुनेछ जुन उहाँले मेरो लागि योजना गर्नु भएको थियो अनि उहाँसँग मेरो निम्ति अझ धेरै योजनाहरू छन्।

23:15b.JOB.023.015 यसकारण म परमेश्वरसँग डराउँछु। म ती कुराहरू बुझ्छु यसकारण म परमेश्वरसँग डराउँछु

23:16b.JOB.023.016 परमेश्वरले मेरो हृदय निर्बल बनाउनु भयो, अनि मेरो उत्साह बिलिन गरिदिनु भयो। सर्वशक्तिमान परमेश्वरले मलाई त्रसित पार्नुभयो।

23:17b.JOB.023.017 अप्रिय घटनाहरू जुन ममाथि आइपर्यो तिनीहरू मेरो मुखमा ढाकिएको कालो बादल जस्तो छन्। तर त्यस अन्धकारले मलाई चुपचाप राख्ने छैन।

24

24:1b.JOB.024.001 “यो यस्तो कि सर्वशक्तिमान परमेश्वरबाट केही पनि लुकेको हुँदैन, तर को आँउदैछ भनेर उनका अनुयायीहरूलाई थाहा हुँदैन।

24:2b.JOB.024.002 “मानिसहरूले आफ्नो जमीन बढाउन सीमाना सार्छन् अनि अर्काको बगाल चोरेर टाढा र्खकमा चराउँछन्।

24:3b.JOB.024.003 तिनीहरूले टुहुरा-टुहुरी नानीहरूको गधा चोर्छन। जबसम्म उसले ऋण र्तिन सक्तिन तिनीहरूले विधवाको गाई खोसेर लैजान्छ।

24:4b.JOB.024.004 तिनीहरूले गरीब मानिसहरूलाई घरविहीन पार्छन्। तिनीहरूले गरीब मानिसहरूलाई एक ठाउँबाट अर्को ठाँउ घुमिहिडन वाध्य गराउछन्। सबै गरीब मानिसहरूलाई तिनीहरूबाट लुक्ने बनाउँछन्।

24:5b.JOB.024.005 गरीब मानिसहरू जङ्गली गधाहरू जस्तै आहारको खोजीमा मरूभूमिमा घुमिरहेका छन। भोजनको खोजीमा तिनीहरू विहानै उठ्छन् अनि आफ्ना नानीहरूको भोजनको लागि अँध्यारो नहुञ्जेलसम्म काम गर्छन्।

24:6b.JOB.024.006 गरीब मानिसहरू रात अबेरसम्म खेतमा पराल काटिरहन्छन् अनि खेतमा धनी मानिसहरूको लागि दाख टिपिरहन्छन्।

24:7b.JOB.024.007 गरीब मानिसहरू ओढ्ने लुगाहरू नभएकोले जाडोको रातमा पनि नाङ्गै सुत्नु पर्छ। जाडोबाट जोगिंन तिनीहरूसित केही हुँदैन्।

24:8b.JOB.024.008 तिनीहरू पर्वतहरूमा वर्षाले निथ्रुक्क भिज्छन्। चट्टानहरूको ओडारमा लुक्नु बाहेक तिनीहरूको जाडोदेखि जोगीन कुनै उपाए छैन।

24:9b.JOB.024.009 खराब मानिसहरूले बाबु नभएका नानीहरूलाई आमाबाट खोसेर लान्छन। तिनीहरूले गरीबका नानीहरूलाई ऋणको बन्धक राख्न लैजान्छन्।

24:10b.JOB.024.010 गरीब मानिसहरूसँग लगाउने पोषाकहरू छैन। यसैले तिनीहरू नाङ्गै छन्। तिनीहरूले अन्नका भारीहरू दुष्ट मानिसहरूका लागि बोक्छन् तर तिनीहरू भने सँधै भोको हुन्छन्।

24:11b.JOB.024.011 गरीब मानिसहरूले भद्रक्षको तेल निचोरेर निकाल्छन्। मद्य बनाउनका लागि तिनीहरूले दाखहरू पेल्छन। तर तिनीहरूसँग पिउने पदार्थ केही हुँदैन

24:12b.JOB.024.012 शहरमा तिमीहरूले मर्न लागेका मानिसहरूको कोलाहल सुन्न सक्छौ। ती पीडित मानिसहरू गुहार माँग्दै चिच्याउछन्। तर परमेश्वरले सुन्नुहुन्न।

24:13b.JOB.024.013 कतिपय मानिसहरूले प्रकाशको विरूद्ध विद्रोह गर्छन। तिनीहरू जान्दैनन् परमेश्वर के चाहनुहुन्छ। तिनीहरू परमेश्वरले चाहेको बाटोमा जीउन चाहँदैनन्।

24:14b.JOB.024.014 हत्यारा बिहान छिट्टै उठ्दछ, अनि गरीबहरूलाई मार्छ, असहाय मानिसहरूलाई मार्छ। अनि रातमा त्यो चोर हुन्छ।

24:15b.JOB.024.015 एक व्यभिचारीले रातको प्रतीक्षा गर्छ। उसले सोच्छ, ‘कसैले पनि मलाई देख्न सक्तैन।’ तरै पनि, उसले आफ्नो अनुहार छोप्छ।

24:16b.JOB.024.016 जब अन्धकार हुन्छ, दुष्ट मानिसहरू बाहिर निस्कन्छन अनि मानिसहरूको घरहरू फोर्छन्। तर दिनको उज्यालोमा तिनीहरूले स्वयंलाई आफ्नो घरमा बन्द गरेर राख्दछ अनि प्रकाशलाई मन पराउँदैन।

24:17b.JOB.024.017 ती दुष्ट मानिसहरूका लागि अँध्यारो बिहान जस्तै हो। हो, तिनीहरू डरलाग्दो अन्धयारो रात मन पराउँछन्।

24:18b.JOB.024.018 तर दुष्ट मानिसहरू त्यसरी लगिन्छ जसरी बाढीले समानहरू बगाएर लान्छन्। तिनीहरूको भूमि श्रापित रहन्छन, यसकारण तिनीहरूले खेतबाट दाख थुपार्न सक्तैनन।

24:19b.JOB.024.019 हिउँदको हिउँबाट आउनेछ तिनीहरूको पानी गरम सूखा मौसमले सुकाइदिन्छ। यसर्थ ती पापीहरू चिहानमा लागिन्छन्।

24:20b.JOB.024.020 त्यो दुष्ट मानिस मर्छ र उसकै आमाले पनि उसलाई बिर्सिन्छे। उसको प्रियसी कीराहरू हुन्छन् जसले शरीर खान्छन् मानिसहरूले उसलाई सम्झने छैनन। त्यो दुष्ट मानिस कुँहेको लट्ठी जस्तै भाँचिएको छ।

24:21b.JOB.024.021 दुष्ट मानिसहरूले नानी जन्माउन नसक्ने स्त्रीहरूलाई कष्ट दिन्छन। अनि लोग्ने मरेका स्त्रीहरूलाई तिनीहरूले सहयोग गर्दैनन्।

24:22b.JOB.024.022 दुष्ट मानिसहरूले शक्तिशाली मानिसहरूलाई नाश गर्न आफ्ना शक्ति चलाउँछन्। दुष्ट मानिसहरू शक्तिशाली हुनसक्लान् तर तिनीहरू आफ्नै जीवनमा पक्का हुन सक्तैनन्।

24:23b.JOB.024.023 दुष्ट मानिसहरूले क्षणिक समयको लागि आफूलाई सुरक्षित पार्न सक्छन्। उसले आफैमाथि विश्वासमा राख्छ अनि आफ्नो बाटो होशियारी साथ हेर्छन्।

24:24b.JOB.024.024 नराम्रा मानिसहरू केही क्षणको लागि सफल हुन सक्लान, तर तिनीहरू पछि खतम हुनेछन। तिनीहरू बाली काटे जस्तै काटिन्छन्।

24:25b.JOB.024.025 म कसम खान्छु कि ती कुराहरू सत्य हुन। कसले प्रमाण गर्ला मैले ढाँटे भनेर? कसले देखाउन सक्छ म गल्ती छु भनेर?”

25

25:1b.JOB.025.001 तब शुहबाट आएका बिल्ददले जवाफ दिएः

25:2b.JOB.025.002 “परमेश्वर शासक हुनु हुन्छ। उहाँले मानिसहरूलाई त्रसित पार्नुहुन्छ अनि उहाँलाई आदर गर। उहाँले माथि आफ्नो स्वर्गमा शान्ति कायम राख्नु हुन्छ।

25:3b.JOB.025.003 परमेश्वरबाट सबै मानिसहरूमा घाम उदय हुँदछ। कसैले पनि उहाँका ताराहरूलाई गन्न सक्दैनन्।

25:4b.JOB.025.004 परमेश्वरको तुलनामा कोही मानिस पनि धर्मी मानिन सकिदैन। कुनै पनि मानिस कहिल्यै निर्दोष हुन सक्तैन।

25:5b.JOB.025.005 परमेश्वरको दृष्टिमा, जुनसम्म शुद्ध र प्रज्वलित छैन ताराहरू पनि शुद्ध छैन।

25:6b.JOB.025.006 मानिसहरू कम्ती नै शुद्ध हुन्छन्, मानिसहरू कीराहरू जस्ता हुन, मानिसहरू महत्वहीन कीराहरू जस्ता छन।”

26

26:1b.JOB.026.001 तब अय्यूबले जवाफ दिएः

26:2b.JOB.026.002 “बिल्दद, यस थकित अनि उदास मानिसलाई तिमीले साँच्चि नै ठूलो सहयोग गर्यौ। के तिमी साँच्चै सोच्छौ कि तिमीले त्यो मानिसलाई जसको बाहुबलमा केही शक्ति छोडिएको छैन बचाएका छौ?

26:3b.JOB.026.003 तिम्रो परार्मश त्यस मानिसको लागि हो जसको ज्ञान छैन। के तिमीले धेरै अर्न्तज्ञान हासिल गरेकाछौ भनी सच्छौ?

26:4b.JOB.026.004 कसले तिमीहरूलाई यस्ता कुराहरू भन्न सहयोग गर्यो? कसको आत्माले तिमीलाई उत्साह प्रदान गर्यो?

26:5b.JOB.026.005 मरेकाहरूका आत्माहरू डरले पृथ्वी मनि पानीमा काम्दछ।

26:6b.JOB.026.006 तर परमेश्वरले त्यो मृतलोक भित्र देख्न सक्नुहुन्छ। मृत्यु परमेश्वर देखि लुक्न सकेको छैन।

26:7b.JOB.026.007 परमेश्वर उत्तर आकाशको शुन्य अन्तरिक्षमा लम्पसार हुनुभयो। परमेश्वरले पृथ्वीलाई शुन्यतामा झुण्ड्याउनु भयो।

26:8b.JOB.026.008 परमेश्वरले पानीलाई बाक्लो बादलहरूले छोप्नु हुन्छ। तर परमेश्वरले त्यो गह्रुँङ्गो चीजले बादलहरू फुटाउनु हुन्न।

26:9b.JOB.026.009 परमेश्वरले पूर्णिमाको चन्द्रमालाई छोपी दिनुहुन्छ। उहाँले आफ्नो बादलहरू त्यसतर्फ फैलाउनु हुन्छ अनि त्यस माथि लुकाउनु हुन्छ।

26:10b.JOB.026.010 जहाँ अँध्यारो र उज्यालोको संगम हुन्छ त्यहाँ परमेश्वरले क्षितिज जस्तै परिधि कोर्नु भयो।

26:11b.JOB.026.011 आकाशलाई थामी राख्ने आधारहरू डरले काम्छ जब परमेश्वरले तिनीहरूलाई चेतावनी दिनुहुन्छ।

26:12b.JOB.026.012 परमेश्वरको शक्तिले समुद्र शान्त हुन्छ। परमेश्वरको ज्ञानले राहाबलाई नष्ट पार्नु भयो।

26:13b.JOB.026.013 परमेश्वरको स्वासले आकाश सफा हुन्छ। परमेश्वरको हातले साँपलाई नाश गरिदिनु हुन्छ जो भाग्ने कोशिश गर्छ।

26:14b.JOB.026.014 यी परमेश्वरले गर्नु भएको अचम्मका केही कुराहरू मात्र हुन। हामी परमेश्वरले गर्नु भएको कानेखुशी मात्र सुन्छुँ। परमेश्वर कति महान र शाक्तिशाली हुनुहुन्छ भनेर कसैले पनि वास्तविक रूपमा बुझ्न सक्तैन।”

27

27:1b.JOB.027.001 तब अय्यूबले आफ्नो वृतान्त कहि रह्यो। अय्यूबले भन्यो,

27:2b.JOB.027.002 “परमेश्वर जीवित हुनु भए झैं कसले मबाट न्याय खोसेको छ! सर्वशक्तिमान परमेश्वर जसले मेरो जीनव तिक्त बनाउनु भयो,

27:3b.JOB.027.003 तर जबसम्म जीवन म भित्र रहन्छ अनि परमेश्वरको जीवनको स्वास मेरो नाकमा रहन्छ।

27:4b.JOB.027.004 तब मेरो ओठहरूले परमेश्वर विषयमा गल्ती कुराहरू भन्नेछैन, अनि मेरो जिब्रोले कहिल्यै कपटपूर्ण गर्न सक्तैन।

27:5b.JOB.027.005 म तिमीहरू ठीक छौ कहिल्यै स्वीकार गर्दिन कि भनी म नमरूञ्ञेलसम्म लगातार भनी रहने छु कि म निर्दोष छु।

27:6b.JOB.027.006 मैले गरेका उचित कुरालाई म बलियो गरी समाती रहनेछु म ठीकसंग बाच्नँलाई कहिल्यै चुक्ने छैन। जबसम्म म बाँच्दछु मेरो चेतनाले मलाई कहिल्यै सताउने छैन।

27:7b.JOB.027.007 मेरो शत्रुहरू दुष्ट मानिसहरू मानिउन। मेरो विरोधमा जो पनि उठ्छ त्यो खराब मानिस मानियोस्।

27:8b.JOB.027.008 जुन मानिसले परमेश्वरको पर्वाह राख्दै त्यो मानसि मर्दा त्यसको केही आशा हुँदैन। जब परमेश्वरले उसको प्राण लानु हुन्छ उसका निम्ति केही आशा रहँदैन।

27:9b.JOB.027.009 त्यस दुष्ट मानिसले जब कष्ट पाउनेछ अनि उ चिच्याएर परमेश्वरलाई गुहार माग्दछ। तर परमेश्वरले उसको चित्कारमा ध्यान दिनु हुनेछैन।

27:10b.JOB.027.010 त्यस मानिसले सर्वशक्तिमान परमेश्वरसंग कुरागर्दै आनन्द लिन सक्नुपर्थ्यो। त्यस मानिसले सदा नै परमेश्वरलाई प्रार्थना गर्नुपर्थ्यो।

27:11b.JOB.027.011 म तिमीहरूलाई परमेश्वरको शक्तिको बारेमा प्रवचन दिनेछु। म सर्वशक्तिमान परमेश्वरको योजनाहरूलाई लुकाउने छैन।

27:12b.JOB.027.012 तिमीहरूले परमेश्वरको शक्ति आफ्नै आँखाले देख्यौ। यसकारण किन तिमीहरू त्यस्ता अर्थहीन कुराहरू गर्छौ?

27:13b.JOB.027.013 परमेश्वरले दुष्ट मानिसहरूको लागि यही उपाय गर्नुभयो। सर्वशक्तिमान परमेश्वरबाट यस्तै पाइन्छ।

27:14b.JOB.027.014 दुष्ट मानिसका धेरै छोरा-छोरीहरू हुन सक्लान् तर उसका छोरा-छोरीहरू युद्धमा मारिनेछ। दुष्ट मानिसहरूका छोरा-छोरीहरूले प्रशस्त भोजन पाउनेछैनन्।

27:15b.JOB.027.015 उसका सारा छोरा-छोरीहरू रूढीले मर्नेछन् अनि तिनीहरूका विधवाहरू दुःखी हुने छैनन्।

27:16b.JOB.027.016 दुष्ट मानिसहरूले प्रचुर चाँदी पाउँन सक्ला तर त्यो उसको लागि मैला बराबर हुनेछ। उसले धेरै लुगाहरू पाउन सक्ला तर त्यो उसको लागि माटोको थुप्रो बराबर हुनेछ।

27:17b.JOB.027.017 तर असल मानिसहरूले ती लुगाहरू लगाउने छ अनि निर्दोष मानिसहरूले त्यो चाँदी पाउने छन्।

27:18b.JOB.027.018 दुष्ट मानिसले एउटा घर बनाउन सक्ला तर त्यो दीर्घकालीन रहनेछैन। त्यो माकुराको जालो जस्तो हुने छ। अथवा प्रहरीको तम्बु जस्तो हुनेछ।

27:19b.JOB.027.019 दुष्ट मानिस सुत्न जाँदा धनी हुन सक्छ। तर जब ब्यूँझिन्छ उसले ती उसका सारा धनहरू हराएर हुनेछन्।

27:20b.JOB.027.020 ऊ भयभीत हुनेछ। यो बाढी बतास आए जस्तो हुनेछ अनि सारा सामान बगाएर लगे जस्तो हुनेछ। हटात आएको बाढीले जस्तो उसलाई कष्टले लपेट्नें छ। अनि उसलाई राति नै आँधीले उडाई लैजानेछ।

27:21b.JOB.027.021 पूर्वको बतासले उसलाई उडाएर लैजानेछ, अनि उ सदालाई जाने छ, बतासले उसको घरबाट नै कसिंगर झैं उडाएर लैजाने छ।

27:22b.JOB.027.022 दुष्ट मानिस बतासको शक्तिबाट भाग्ने कोशिश गर्ला तर निर्दयी तूफान ऊमाथि आइलाग्नेछ।

27:23b.JOB.027.023 जब दुष्ट मानिस भाग्छ मानिसहरूले थप्पडी मार्नेछन्। जब त्यो घरबाट भाग्छ तिनीहरूले सुइसेलो मार्नेछन्।

28

28:1b.JOB.028.001 “त्यहाँ सुन र चाँदीका खानीहरू छन् र त्यहाँ त्यस्तो ठाउँ पनि छ जहाँ मानिसहरूले सुन पगालेर खाँटी बनाउँछन्।

28:2b.JOB.028.002 मानिसहरूले जमीन खनेर फलाम निकाल्छन ढुङ्गाहरू पगालेर ताँमा निकाल्छन्।

28:3b.JOB.028.003 कर्मीहरूले गुफामा प्रकाश लैजान्छन। तिनीहरूले गुफा भित्र खोज तलाश गर्दछन्। उ पृथ्वीको अँथ्यारो गहिरोभित्र खानीको खोजी गर्छन्!

28:4b.JOB.028.004 मानिसहरूले बसो-बास गरेको जग्गा भन्दा धेरै टाडोमा अथवा मानिसहरूको पाइला कहिल्यै नपराको ठाउँमा कर्मीहरूले खानी पइल्याउने बाटो खन्छन्। तिनीहरू गहिरो भित्र डोरीमा झुण्डिएर सुरूङ्ग खन्छन्।

28:5b.JOB.028.005 जमीनमाथि अन्न उम्रन्छ। तर जमीन मनि, भिन्नै छ मानौं प्रत्येक कुरा आगोले पग्लिए जस्तै छ।

28:6b.JOB.028.006 जमीनमनि बहुमूल्य धातुहरू अनि काँचो सुनको कणहरूछन।

28:7b.JOB.028.007 जङ्गली चरा-चुरूङ्गीहरूले जमीन मनिको बाटोहरूको बारेमा जान्दैनन्। बाजले पनि कहिल्यै त्यस्ता बाटोहरू देखेको हुँदैन।

28:8b.JOB.028.008 जङ्गली पशुहरू त्यस्ता बाटोहरूमा हिंडेका छैनन। सिंहले पनि त्यो बाटो हिडेको छैन्।

28:9b.JOB.028.009 कर्मीहरूले कडा ढुङ्गाहरू खन्छन्। तिनीहरूले पर्वतहरू खनेर उदाङ्गे पारिदिएकाछन।

28:10b.JOB.028.010 कर्मीहरूले चट्टानहरू काटेर सुरूङ्ग बनाएका छन्। तिनीहरूले चट्टानमा बहुमूल्य खनिज पदार्थ देखेका छन्।

28:11b.JOB.028.011 कर्मीहरूले पानी रोक्नको लागि बाँध बनाउँछन। तिनीहरूले लुकेका चीजहरू बाहिर प्रकाशमा ल्याउँछन्।

28:12b.JOB.028.012 तर मानिसहरूले ज्ञान कहाँ पाउन सक्छन? बुद्धि पाउन हामी कहाँ जान सक्छौ?

28:13b.JOB.028.013 हामी जान्दैनौं ज्ञान कति बहुमूल्य वस्तु हो। पृथ्वीमा भएका मानिसहरूले जमीन खनेर ज्ञान भेट्न सक्तैनन्।

28:14b.JOB.028.014 महासागर गहिरो भन्दछ, ‘ज्ञान यहाँ मसित छैन।’ समुद्र भन्दछ ‘ज्ञान यहाँ मसित छैन।’

28:15b.JOB.028.015 तिमीहरूले शुद्ध सुन दिएर पनि ज्ञान किन्न सक्तैनौ। यस संसारमा ज्ञान किन्नलाई प्रशस्त चाँदी छैन।

28:16b.JOB.028.016 तिमीहरूले ओपीरका सुन अथवा बहुमूल्य ढुङ्गा अथवा बहुमूल्य रत्नहरूले पनि ज्ञान किन्न सक्तैनौ।

28:17b.JOB.028.017 ज्ञान सुन अथवा स्फटिकभन्दा बहुमूल्य हो। सुनमा कुँदिएका बहुमूल्य गहनाहरूले पनि ज्ञान किन्न सकिन्दैन।

28:18b.JOB.028.018 ज्ञान मूगा अनि बिल्लोर जस्ता मणिहरू भन्दा बहुमूल्य हो। ज्ञान मानिक मणिहरू भन्दा अत्यन्त मुल्यवान हुन्छ।

28:19b.JOB.028.019 कूश देशको पुष्पराज ज्ञानभन्दा बहुमूल्य होइन। तिमीहरू खाट्टी सुनले पनि किन्न सक्तैनौ।

28:20b.JOB.028.020 यसकारण ज्ञान कहाँबाट आउँदछ? हामीले कहाँबाट बुद्धिको मूल पाउन सक्छौ?

28:21b.JOB.028.021 ज्ञान पृथ्वीमा भएका सबै प्राणपूर्ण जीवहरूदेखि गोप्य रहँदछ। आकाशमा उडने चराहरूलेसम्म ज्ञानलाई देख्न सक्तैन।

28:22b.JOB.028.022 मृत्यु र विनाशले भन्दछ, ‘हामीमा ज्ञान छैन। हामीले त्यसका विषयमा उडन्ता कुराहरू मात्र सुनेका छौं।

28:23b.JOB.028.023 केवल परमेश्वरले मात्र ज्ञानको बाटो जान्नु हुन्छ। परमेश्वरले मात्र ज्ञान कहाँ छ जान्नुहुन्छ।

28:24b.JOB.028.024 परमेश्वरले मात्र पृथ्वीको अन्तसम्म देख्न सक्नु हुन्छ परमेश्वरले आकाश मनि सबै थोक देख्नुहुन्छ।

28:25b.JOB.028.025 परमेश्वरले बतासलाई शक्ति दिनु भएको छ। र समुद्रको सीमाना बाँधि दिनुभयो।

28:26b.JOB.028.026 पानी कहाँ वर्षाउनु पर्छ परमेश्वरले मात्र निर्णय गर्नु हुन्छ। अनि कहाँ चट्याङ्गहरु फ्याँकिनु पर्छ त्यो निर्णय पनि उहाँले गर्नु हुन्छ।

28:27b.JOB.028.027 त्यस समय परमेश्वरले ज्ञान देख्नु भयो अनि यस विषयमा सोच्नु भयो। ज्ञान कति महत्वपूर्ण छ परमेश्वरले बझ्नु भयो अनि परमेश्वरले ज्ञान अनुमोदन गर्नुभयो।”

28:28b.JOB.028.028 अनि परमेश्वरले मानिसहरूलाई भन्नुभयो, “परमेश्वरको डर र सम्मान नै ज्ञान हो। खराब कामहरूबाट आफूलाई अलग राख्नु बुद्धि हो।”

29

29:1b.JOB.029.001 अय्यूबले क्रमशः आफ्नो कथा भनिरहेछ। अय्यूबले भन्योः

29:2b.JOB.029.002 “केही महीना अघि वितेको जीवन म चाहन्छु। त्यस समयमा परमेश्वरले ममाथि नजर राख्नु भयो अनि मेरो हेरचाह गर्नुभयो।

29:3b.JOB.029.003 त्यसबेला, परमेश्वरको प्रकाश ममाथि छायो ताकि म अन्धकारमा हिंड्न सक्थें। परमेश्वरले मलाई ठीक बाँच्ने बाटो देखाई दिनु भयो।

29:4b.JOB.029.004 म ती दिनहरूको कामना गर्दछु जब म सफल थिएँ, अनि परमेश्वर मेरो हितैषी मित्र हुनुहुन्थ्यो। ती दिनहरूमा परमेश्वरले मेरो घरलाई आशिष दिनुभयो।

29:5b.JOB.029.005 म ती दिनहरूको कामना गर्छु जब सर्वशक्तिमान परमेश्वर मसँग हुनुहुन्थ्यो अनि मेरा बाल-बच्चाहरू मेरै वरिपरि थिए।

29:6b.JOB.029.006 जीवन त्यतिबेला अत्यन्तै राम्रो थियो। म मेरो खुट्टाहरू नौनीले धुन्थें, अनि मसँग प्रशस्त दामी तेलहरू थिए।

29:7b.JOB.029.007 त्यस्ता दिनहरू थिए जब म शहरको द्वारमा जान्थें अनि शहरका मुखियाहरूसँग सभा-गृहमा बस्दथें।

29:8b.JOB.029.008 सारा मानिसहरूले मलाई त्यहाँ आदर गर्दथे युवाहरूले म आउँदै गरेको देख्दा पाइला सारेर मलाई बाटो छोडिदिन्थे। आफ्नो श्रद्धा म प्रति प्रर्दशन गर्नलाई वृद्ध मानिसहरू बसेको ठाउँबाट उठ्दथे।

29:9b.JOB.029.009 जनसमूहका नेताहरू बोल्न बन्द गर्दथे अनि हातहरू मुखमा राखेर अन्य मानिसहरूलाई चुपचाप बस्न लगाउँथे।

29:10b.JOB.029.010 प्रमुख नेताहरू पनि बोल्दा आफ्ना आवाजहरू सानो पार्दथे। हो, मानौ तिनीहरूका जिब्रोहरू मुखको तालुमा टाँसिएको झैं भान हुन्थ्यो।

29:11b.JOB.029.011 मैले के भन्दैछु ती कुराहरू मानिसहरूले ध्यान दिएर सुन्थे, अनि मेरो बारेमा असल कुराहरू गर्थे। मैले गरेका कुराहरूलाई तिनीहरू विचार्थे अनि तिनीहरूले मेरो प्रशंसा गर्थे।

29:12b.JOB.029.012 किन? किनभने जब गरीब मानिसले गुहारथ्यो, म सघाउथें। अनि माता-पिता नभएका नानीहरू र रक्षाहीनहरूको म हेरचाह गर्थें।

29:13b.JOB.029.013 मर्दै गरेका मानिसले मलाई आशीर्वाद दिन्थे दुःख पाएका विधवाहरूलाई म सहयोग गर्थें।

29:14b.JOB.029.014 धार्मिकता मेरो लागि पोषाक थियो, निष्पक्षता मेरो लुगा र फेटा थियो।

29:15b.JOB.029.015 म अन्धा मानिसहरूको लागि आँखा थिएँ, तिनीहरू जहाँ जान रूचाउथें म त्यतै डोराउँथें। म लङ्गडो मानिसहरूका लागि खुट्टा थिएँ, तिनीहरू जहाँ चाहन्छन् त्यतै बोकेर लान्थें।

29:16b.JOB.029.016 म गरीबहरूको लागि पिता समान थिएँ। यदि मैले नजानेको विषयका कुनै मामला मेरो सामु आए मैले त्यस मामलाको विषयमा विस्तृत रूपमा खोजी गर्ने गर्थें।

29:17b.JOB.029.017 म दुष्ट मानिसहरूलाई आफ्नो शक्ति दुरउपयोग गर्न रोक्थें अनि म उसलाई गल्ती तरीकाले जे लिने चेष्टा गरेको हुन्थ्यो त्यो फर्काउन लगाउथें।

29:18b.JOB.029.018 मेरै परिवार भित्र बुढो हुँदै म धेरै लामो बाँचुला भनेर सधैं सोच्दथें,

29:19b.JOB.029.019 म सोच्थें म स्वास्थ्य र शक्तिशाली हौं स्वास्थ्य पालुवा जस्तै प्रशस्त पानी भएको जराहरू जस्तै अनि शीतले भिजेका हाँगाहरू जस्तो।

29:20b.JOB.029.020 प्रत्येक नयाँ दिन उज्जवल नयाँ उत्तेजनापूर्ण सम्भावनाहरू हुने होलान भनी म सोच्थें।

29:21b.JOB.029.021 बितेका दिनहरूमा मानिसहरूले मेरो कुरामा ध्यान दिन्थे। तिनीहरू मेरो सल्लाह सुन्दा चुपचाप रहन्थे। बोलिसके पछि मेरो कुरा सुन्नेहरूमा कसैको केही बोल्न रहँदैनथ्यो।

29:22b.JOB.029.022 मैले बोल्दा मानिसहरूले मेरो कुरालाई ध्यान दिइरहेका हुन्थे, तिनीहरू अरू केही भन्ने थिएनन्। मेरो शब्दहरू तिनीहरूका कानहरूमा मन्द गतिमा पर्थे।

29:23b.JOB.029.023 मेरो प्रवचनको निम्ति मानिसहरू मलाई पर्खन्थे, मानौ तिनीहरूले वर्षालाई पर्खिरहेछन्। तिनीहरूले मेरो शब्दहरू पिउँथे मानौ तिनीहरू बसन्तको बेलामा वर्षाको पानी थियो।

29:24b.JOB.029.024 जब म ती मानसिहरूसित हाँसे तिनीहहरूले यो विश्वास गर्न सकेनन्। मेरो आनन्दित अनुहारले उनीहरूलाई हतोत्साही गरेन।

29:25b.JOB.029.025 म तिनीहरूकै मुखिया भए तापनि म ती मानिसहरूसँग रहन चाहन्थें। दुःखी मानिसहरूलाई सान्तवना दिंदै म तिनीहरूका छाउनीका समूहमा राजा झैं थिएँ।

30

30:1b.JOB.030.001 तर अहिले ती मानिसहरू जो म भन्दा जवान छन् मेरो खिल्ली उडाई रहेछन्। अनि तिनीहरूका पिताहरू यति व्यर्थका थिए कि म तिनीहरूलाई कुकुरहरू सँग मेरो भेडाको रक्षा गर्नलाई राख्थें।

30:2b.JOB.030.002 ती जवान मानिसहरूका पिताहरू यति कमजोर थिए कि तिनीहरूले मलाई सघाउन सक्थेनन। तिनीहरू बृद्ध र थकित थिए, तिनीहरूका मांसपेशीहरू कडा अनि एकदमै बलियो थिएनन्।

30:3b.JOB.030.003 तिनीहरू मृत मानिसहरू जस्ता थिए। तिनीहरू खान नपाएर भोकै थिए। यसैले तिनीहरू मरूद्यानका (मरुभूमिको खाल्डाहरुमा जमेको पानी) सूख्खा धुलोहरू खान्थें।

30:4b.JOB.030.004 तिनीहरूले जङ्गलमा नूनिलो झारका पालुवाहरू तान्छन् तिनीहरूले झ्याउका जराहरू खान्थ्ये।

30:5b.JOB.030.005 तिनीहरू अन्य मानिसहरूबाट खेदिन्छन्। मानिसहरू तिनीहरूलाई चोर ठानेर चिच्याउछन्।

30:6b.JOB.030.006 तिनीहरू सूख्खा नदीका किनारहरूमा, पहाडका गुफाहरू र जमीनका प्वालहरूमा बाच्नुँ पर्छ।

30:7b.JOB.030.007 झाडीहरूमा तिनीहरू चिच्याउँछन्, अनि काँढे झाडीहरूमा सँग-सँगै अल्झेकाछन्।

30:8b.JOB.030.008 तिनीहरू नाउँ नभएका महत्वहीन मानिसहरूका झुण्डहरू हुन जो आफ्नो देशबाट जबरजस्ती निकालिए।

30:9b.JOB.030.009 अहिले ती मानिसहरूका छोराहरूले मेरो हाँसो उडाउनु मेरो बारेमा गीत गाउँछन्। मेरो नाउँ तिनीहरूका लागि ठट्टाको शब्द भएको छ।

30:10b.JOB.030.010 ती जवान मानिसहरूले मलाई घृणा गर्दछन्, तिनीहरू मदेखि टाढा रहन्छन। तिनीहरू सोच्दछन कि तिनीहरू म भन्दा राम्रा छन। तिनीहरूले मेरो मुखमा पनि थुक्छन्।

30:11b.JOB.030.011 परमेश्वरले मेरो धनुबाट ताँदो लानु भयो र मलाई कमजोर बनाउनु भयो। ती मानिसहरूले आफै थामिंदैनन् बरू क्रोधित भएर मेरो विरोधमा जान्छन्।

30:12b.JOB.030.012 ती युवकहरूले दाहिनेपट्टि आक्रमण गर्छन्। तिनीहरूले मेरो खुट्टामा हिर्काएर मबाट अलग पार्न खोज्छन्। म एक आक्रमण भईरहेको शहर जस्तो अनुभव गर्छु तिनीहरूले मेरो भित्ताहरूमा मैलो फ्याँकेर मलाई आक्रमण गरी नष्ट बनाउँछन्।

30:13b.JOB.030.013 भाग्न नसकोस् भनी मेरो बाटो छेक्छन। तिनीहरूले मलाई ध्वंश गर्नमा सफल भए। तिनीहरू कसैलाई सहयोग गर्न चाँहदैनन्।

30:14b.JOB.030.014 तिनीहरूले भित्तामा प्वाल बनाउँछन तिनीहरू त्यस प्वालबाट खचाखच आउँछन अनि ढुङ्गाहरू फोर्दै ममाथि पर्छन्।

30:15b.JOB.030.015 म डरले कामिरहेछु हावाले केही चीज उडाई लगे जस्तो गरी ती युवकहरू मेरो खेदो लाउँछन्। मेरो सुरक्षा बादल जस्तो विलिन हुँदछ।

30:16b.JOB.030.016 “अहिले मेरो जीवन प्रायः बितिसक्यो, अनि म चाँडै मर्नेछु। पीडित दिनहरूले मलाई पक्रेकोछ।

30:17b.JOB.030.017 मेरो हड्डीहरू पीडाले राती दुख्छ। मलाई कष्टले चपाउन कहिल्यै छाडदैन।

30:18b.JOB.030.018 परमेश्वरले मेरो कोटको कलरमा समात्नु हुन्छ अनि बटारेर रूप बिगारिदिनु हुन्छ।

30:19b.JOB.030.019 परमेश्वरले मलाई हिलोमा जाकि दिनु भयो र म धूलो र खरानी जस्तै भएकोछु।

30:20b.JOB.030.020 हे परमेश्वर, सहायताको लागि मैले पुकारें, म उठें र प्रार्थना गरें, तर तपाईंले मलाई ध्यान दिनु भएन।

30:21b.JOB.030.021 हे परमेश्वर, तपाईंले मसित निष्ठूरताले व्यवहार गर्नु हुन्छ। मलाई सताउन तपाईं शक्ति प्रयोग गर्नुहुन्छ।

30:22b.JOB.030.022 हे परमेश्वर, तपाईं मेरो लागि निष्ठुर हुनु भयो। मलाई नष्ट पार्न तपाईं आफ्नो शक्ति प्रयोग गर्नु हुन्छ।

30:23b.JOB.030.023 मलाई थाहा छ कि तपाईंले मलाई मृत्यु तिर लैजानु हुन्छ, त्यस ठाँउमा, जहाँ अन्तमा सबै प्राणि जानै पर्छ।

30:24b.JOB.030.024 तर, निश्चय जो मानिस सर्वनाश भएकोछ अनि सहायता माग्दैछ, त्यसलाई कसैले पनि नोक्सान पुर्याउँदैन।

30:25b.JOB.030.025 तपाईं जान्नु हुन्छ मानिसहरूको कष्टमा म रूएँ। तपाईं जान्नु हुन्छ गरीब मानिसहरूको लागि मेरो हृदय साहै दुःखीत थियो।

30:26b.JOB.030.026 जब मैले राम्रो चीज खोजें बद्लामा नराम्रो पाएँ। जब मैले उज्यालो खोजें, अंध्यारो आयो।

30:27b.JOB.030.027 म भित्र कष्ट कहिल्यै रोकिंदैन अनि दुःख भर्खरै शुरू भएको छु।

30:28b.JOB.030.028 म संधै दुःखी र उदासीन छु कुनै चैन छैन। म सहायताको लागि सभामा उभिन्छु।

30:29b.JOB.030.029 म जङ्गली कुकुर र मरूभूमिमा शुतुरमुर्ग जस्तै एक्लो छु।

30:30b.JOB.030.030 मेरो छाला जलेकोछ र उप्किंदैछ। ज्वरोले मेरो शरीर तातो छ।

30:31b.JOB.030.031 मेरो वीणाले करूणाको लय निकाल्छ मेरो बाँसुरीले दुःखको आवाज निकाल्छ।

31

31:1b.JOB.031.001 मैले आफ्नो आँखासित सम्झौता गरेको छु कि वासना उब्जाउने तरिकाले म कुनै तुरूणीलाई हेर्दिनँ।

31:2b.JOB.031.002 परमेश्वरले स्वर्गबाट ठहराउनु भएको भाग कुन चाहिं हो? उँभोबाट सर्वशक्तिमानले दिनुभएको इनाम!

31:3b.JOB.031.003 परमेश्वरले दुष्टको निम्ति नाश पठाउनु हुन्छ, खराब गर्नेहरूको लागि विपत्ति पठाउनु हुन्छ।

31:4b.JOB.031.004 मेरो चाल परमेश्वरले जान्नु हुन्छ मेरो हरेक पाइला उहाँले देख्नुहुन्छ।

31:5b.JOB.031.005 यदि झूटो कुरोसित मेरो केही सरोकार भएको भए र छली चालमा म फँसेको भए,

31:6b.JOB.031.006 न्यायको तराजुमा परमेश्वरले मलाई तौलून् र परमेश्वरले जान्नुहुनेछ कि म निर्दोष छु।

31:7b.JOB.031.007 यदि मेरो पाइला कुमार्ग तिर लम्कीएको भए, यदि मेरो मनले आँखाको इच्छा अनुसार गल्ती गरेको छ भने अथवा मेरो हातमा मैला टाँसिएको छ भने,

31:8b.JOB.031.008 मैले रोपेको अन्न अर्कोले खावोस, र मेरा बाली जरै समेत उखेलिओस्!

31:9b.JOB.031.009 यदि मेरो मन कुनै स्त्रीले मोहित पारेको रहेछ भने अथवा मेरा छिमेकीहरूको ढोकामा म ढुकिबसेको छु भने,

31:10b.JOB.031.010 मेरी पत्नीले अर्को मानिसको लागि खाना तयार पारोस्, र अरू मानिसहरू उसित सुतोस्।

31:11b.JOB.031.011 किन? किनभने सम्भोग लाजलाग्ने कुरा हो, न्यायको साम्ने एउटा अपराध हो।

31:12b.JOB.031.012 त्यो त नाश गर्ने आगो हुनेछ, मेरो सम्पूर्ण कुरा यसले उखेल्छ।

31:13b.JOB.031.013 मैले मेरो दास वा दासीको बिन्ती इन्कार गरेको भए, तिनीहरूले मकहाँ आफ्नो उजुर ल्याउँदा मैले त्यो इन्कार गरेको छु भने,

31:14b.JOB.031.014 परमेश्वरको अघाडी जाँदा म के गर्ने? उहाँले सबै कुरा सोध्दा मैले के जवाफ दिने?

31:15b.JOB.031.015 परमेश्वरले मलाई मेरी आमाको गर्भमा रच्नुभयो र तिनीहरूलाई पनि तिनीहरूकी आमाको गर्भमा रच्नुभयो, परमेश्वरले हामीहरूलाई गर्भमा रूप दिनुभएको हो।

31:16b.JOB.031.016 गरीबहरूलाई तिनीहरूको चाहिएका कुरा दिनलाई मैले इन्कार गरेको छैन, विधवाहरूलाई सहायता बिना राखेको छैन।

31:17b.JOB.031.017 म स्वार्थी भएको छैन, मैले टुहुराहरूलाई भोकै राखेको छैन।

31:18b.JOB.031.018 तर मेरो युवा अवस्थादेखि, टुहुराहरूलाई बाबु जस्तै भएर हुर्काएँ, मेरो बाल्य अवस्थादेखि मैले विधवाहरूलाई अगुवाई दिएँ।

31:19b.JOB.031.019 जब म मानिसहरू पीडित भएको देख्छु किनभने तिनीहरूसँग लगाउने लुगा छैन। अथवा पोशाक हीन एक गरीब मानिस,

31:20b.JOB.031.020 मैले सधैं तिनीहरूलाई लगाउने लुगाहरू दिएँ। मैले आफ्नै भेडाको ऊन ओडाई दिएर तिनीहरूलाई न्यानो पारें अनि तिनीहरूले हृदयबाट नै मलाई आशीर्वाद दिए।

31:21b.JOB.031.021 फाटकमा न्यायकर्ताहरूले टुहुराहरूको विरूद्धमा मेरो पक्ष लिनेछन् भनी जान्दा जान्दै पनि मैले कहिल्यै तिनीहरूमाथि डर देखाउन हात उठाइनँ।

31:22b.JOB.031.022 यदि मैले त्यस्तो कहिल्यै गरे भने तब मेरो पाखुरा त्यसको जोर्नीबाट फुस्किनेछ र कुमबाट तल झर्नेछ।

31:23b.JOB.031.023 तर मैले त्यस्तो नराम्रो काम गरिनँ। म परमेश्वरको दण्डदेखि त्रासित छु। उहाँको महिमाले मलाई भयभीत पार्छ।

31:24b.JOB.031.024 मैले कहिले पनि आफ्नो धनमा भरोसा गरिन। मैले सधैं परमेश्वरमाथि सहायताको लागि भरोसा गरें। मैले धनलाई कहिल्यै पनि भनिन कि तिमी मेरो आशा हौ।”

31:25b.JOB.031.025 म धनी थिएँ तर धनले मेरो घमण्ड बढाएन। मैले प्रशस्त धन कमाएँ तर त्यसले मलाई सुखी बनाएन।

31:26b.JOB.031.026 मैले कहिल्यै पनि उज्वल घाम र सुन्दर जूनलाई पूजिनँ।

31:27b.JOB.031.027 मेरो हृदय गुप्तरूपमा वहकाइएको थिएन अनि मेरो हात घाम र जून पूज्न कहिल्यै चुमिनँ।

31:28b.JOB.031.028 त्यो पनि पाप हो त्यसले दण्ड दिनै पर्छ। यदि मैले तिनीहरूलाई पूजेको भए, म सर्वशक्तिमान परमेश्वर प्रति विश्वासी हुने थिइन।

31:29b.JOB.031.029 जब मेरो शत्रुहरू नष्ट भए म कहिले खुशी भइनँ। शत्रुहरूमाथि नराम्रो आई लाग्दा मैले तिनीहरूलाई खिसी गरिनँ।

31:30b.JOB.031.030 शत्रुलाई सरापेर मेरो मुखलाई पाप कार्य गर्ने दिइनँ। अनि तिनीहरूको मृत्युको लागि इच्छा गरिन।

31:31b.JOB.031.031 मेरा घरका सबै मानिसहरू जान्दछन कि मैले परदेशीहरूलाई सधें भोजन खुवाएँ।

31:32b.JOB.031.032 परदेशीहरू गल्लीमा सुत्न नपरोस भनी मैले तिनीहरूलाई आफ्नो घरमा बोलाएँ।

31:33b.JOB.031.033 अन्य मानिसहरूले आफ्नो अपराधहरू लुकाउने कोशिश गर्छन तर मैले मेरो दोष कहिल्यै लुकाइन।

31:34b.JOB.031.034 मानिसहरूले के भन्लान भन्ने कुरामा म डराएँ। त्यस्तो भयले मलाई कहिल्यै नराम्रो कार्य गर्न दिएन। मैले कहिल्यै बाहिर जान अस्वीकार गरिनँ। मानिसहरूको ममाथिको घृणादेखि म कहिल्यै डराइनँ।

31:35b.JOB.031.035 अहो! कसैले मेरो कुरामा ध्यान दिओस् भन्ने म कामना गर्छु। मलाई मेरो कुरा व्याख्या गर्न दिइओस्। म इच्छा राख्छु कि सर्वशक्तिमान परमेश्वरले मलाई जवाफ दिउन्। म इच्छा गर्छु कि मैले जे कुकर्म गरें त्यस विषयमा उहाँले के सोच्नु हुन्छ लेखुन्।

31:36b.JOB.031.036 तब म त्यो चिन्ह स्वरूप मेरो घाँटी वरिपरि बाँध्नेछु म त्यसलाई मुकुट झैं आफ्नो शिरमा लगाउनेछु।

31:37b.JOB.031.037 यदि परमेश्वरले त्यसो गर्नुभयो भने, तब मैले गरेका सारा कुराहरू म व्याख्या गर्न सकूँला। म परमेश्वर नजिक मुखिया सरह आफ्नो शिर उच्च गरेर आउँन सकौं।

31:38b.JOB.031.038 मैले कसैबाट जमीन चोरिनँ कसैले पनि मलाई त्यसले चोर्यो भनेर दोष लगाउन सक्तैन।

31:39b.JOB.031.039 मले सधैं किसानहरूलाई खाद्यन्नको निम्ति पैसा दिएँ, जो मैले भूमिबाट प्राप्त गरें अनि कहिल्यै पनि अर्काको दखलमा भएको जमीन खोस्ने प्रयास गरिनँ।

31:40b.JOB.031.040 यदि मैले सर्वदा त्यस्तो दुष्ट कामहरू गरेको भए गहूँ र जौं उम्रिनुको सट्टामा काँडा र झारहरू मेरो खेतमा उम्रियोस्।” अय्यूबका प्रवचन समाप्त भयो।

32

32:1b.JOB.032.001 त्यसपछि अय्यूबका तीनैजना साथीहरूले अय्यूबलाई जवाफ दिन छाडे। तिनीहरूले जवाफ दिन छाडे किनभने अय्यूब निर्दोष थिएँ भनी विश्वास्त थियो।

32:2b.JOB.032.002 तर त्यहाँ बारकेलका छोरो एलीहू भन्ने एक जवान केटो थियो। बारकेल बज नाउँका एउटा मानिसका वंशका थिए। एलीहू रामका परिवारका थियो। एलीहू अय्यूबसंग अत्यन्त क्रोधित भयो। किनभने अय्यूबले स्वयं परमेश्वर भन्दा अझ धार्मिक हुँ भन्दै थियो।

32:3b.JOB.032.003 एलीहू अय्यूबका तीनजना साथीहरूसँग पनि क्रोधित थियो। किनभने अय्यूबका साथीहरूले अय्यूबका प्रश्नहरूको ठीक जवाफ दिन सकेनन्। तिनीहरूले अय्यूब गल्ती थियो भनेर प्रमाण गर्न सकेनन्।

32:4b.JOB.032.004 अय्यूब र तिनका साथीहरू सबै एलीहू भन्दा जेठा थिए। यसकारण सबैले भनी सकुञ्जेल उसले पर्ख्यो। त्यसपछि उसले पनि बोल्न सक्छु भन्ने अनुभव गर्यो।

32:5b.JOB.032.005 अनि जब एलीहूले देखे कि अय्यूबका साथीहरूले उनलाई उत्तर दिनु असमर्थ थिए, त्यो रिसायो।

32:6b.JOB.032.006 यसकारण उसले भन्न थाल्यो। उसले भन्योः “म जवान मानिस मात्र हुँ। अनि तिमीहरू बूढा मानिसहरू हौ। यसकारण मेरो विचार तिमीहरूलाई पोखाउन म भयभीत भएँ।

32:7b.JOB.032.007 म स्वयंले सोचें, ‘बूढा मानिसहरू पहिला बोल्नु पर्छ। बूढा मानिसहरू धेरै लामो बाँचे। यसकारण तिनीहरूले धेरै कुराहरू सिके।’

32:8b.JOB.032.008 तर परमेश्वरको आत्माले मानिसलाई ज्ञानी बनाउँछ। सर्वशक्तिमान परमेश्वरको ‘आत्माले’ मानिसहरूलाई बोल्न सक्ने बनाउँछ।

32:9b.JOB.032.009 बृद्ध मानिसहरू मात्र ज्ञानी हुँदैनन्। बृद्ध मानिसहरूले मात्र ठीक कुरा बुझ्छन् भन्ने छैन।

32:10b.JOB.032.010 यसकारण दया गरेर मेरो कुरामा ध्यान देऊ। अनि मैले के सोच्दछु त्यो भन्नेछु।

32:11b.JOB.032.011 जब तिमीहरू बोल्यौ मैले खुब धीरजसाथ पर्खें। मैले ती जवाफहरूमा ध्यान दिएँ जुन तिमीहरूले अय्यूबलाई दियौ।

32:12b.JOB.032.012 तिमीहरूले भनेका कुराहरू मैले होशियारी साथ सुने। तिमीहरू कसैले पनि अय्यूब गल्ती छ भनी प्रमाण दिएनौ। तिमीहरू बीच कसैले पनि उसको बहश विरूद्ध सन्तुष्टपूर्ण जवाफ दिएनौ।

32:13b.JOB.032.013 तिमीहरू तीनजना मानिसहरूले भन्न सकेनौ कि तिमीहरूले ज्ञान प्राप्त गरेका छौ। परमेश्वरले अय्यूबको तर्कहरूको जवाफ दिनु नै पर्छ, मानिसहरूले होइन।

32:14b.JOB.032.014 अय्यूबले मलाई आफ्नो तर्कहरू प्रस्तुत गरेन, यसकारण तिमीहरूले प्रयोग गरेका तर्कहरू म प्रयोग गर्ने छैन।

32:15b.JOB.032.015 अय्यूब, ती मानिसहरूले साहस हराए। तिनीहरूसँग अब भन्ने केही कुरा छैन। तिनीहरूले प्रस्तुत गर्ने जवाफ केही छैन।

32:16b.JOB.032.016 अय्यूब, तिमीलाई जवाफ दिनलाई मैले तीनजना मानिसहरूलाई पर्खें, तर तिनीहरू चुपचापछन्। तिनीहरूले तिमीसँग आलोचना गर्न छाडे।

32:17b.JOB.032.017 यसैले अब तिमीलाई म जवाफ दिनेछु। हो, म के सोच्दछु त्यही तिमीलाई भन्नेछु।

32:18b.JOB.032.018 म कुरै कुराहरूले भरिएकोछु कि म बोल्नै पर्छ नत्र म पड्किनेछु।

32:19b.JOB.032.019 म नयाँ दाखरस हालेको छालाको थैलो जस्तै छु जुन खोलिएकै छैन। म त्यो नयाँ दाखरस राख्ने थैलो जस्तो छु जुन फुटेर खोलिन तैयार छ।

32:20b.JOB.032.020 यसकारण म बोल्नै पर्छ तब मात्र म शान्तिको सास फेर्ने छु। मैले बोल्नै पर्छ र अय्यूबको तर्कहरूको जवाफ दिनेछु।

32:21b.JOB.032.021 मैले अय्यूबसँग त्यस्तै व्यवहार गर्नुपर्छ जसरी म अन्य मानिसहरूलाई गदर्थें। म उसलाई राम्रो कुराहरू भन्ने कोशिश गर्ने छैन म त्यही भन्नेछु जुन मैले भन्नु पर्छ।

32:22b.JOB.032.022 म अन्य मानिस सरह कसैलाई निको व्यवहार गर्न सक्तिन। यदि मैले त्यसो गरें भने परमेश्वरले मलाई दण्ड दिनु हुनेछ।

33

33:1b.JOB.033.001 “अब अय्यूब, मेरो कुरा ध्यान दिएर सुन। ती कुराहरू होशियारी साथ सुन जुन म भन्छु।

33:2b.JOB.033.002 म बोल्न तयार छु।

33:3b.JOB.033.003 मेरो हृदय निष्कपट छ, यसैले म सरल शब्दहरू बोल्ने छु। ती विषय म सत्य बोल्ने छु जुन म जान्दछु।

33:4b.JOB.033.004 परमेश्वरको आत्माले मलाई बनाउनु भयो। मेरो जीवन सर्वशक्तिमान परमेश्वरबाट आउँछ।

33:5b.JOB.033.005 अय्यूब, मेरो कुरा ध्यान दिएर सुन। अनि तिमी सक्छौ भने मलाई जवाफ देऊ। तिम्रो जवाफ तयार पार ताकि तिमी मसँग तर्क गर्न सक्षम हुनेछौ।

33:6b.JOB.033.006 परमेश्वरको समक्ष तिमी र म बराबर छौं परमेश्वरले हामी दुवैलाई बनाउँन माटो प्रयोग गर्नु भयो।

33:7b.JOB.033.007 अय्यूब म देखि नडराऊ म तिमीमाथि निष्ठूर हुने छैन।

33:8b.JOB.033.008 तर अय्यूब, तिमीले भनेको मैले सुनें।

33:9b.JOB.033.009 तिमीले भन्यौः ‘म शुद्ध छु म निर्दोष छु, मैले केही गल्ती काम गरिनँ म दोषी छैन।

33:10b.JOB.033.010 मैले गल्ती काम गरिनँ, तर परमेश्वर मेरो विरूद्ध हुनुहुन्छ। परमेश्वरले मलाई शत्रुलाई झैं व्यवहार गर्नु भयो।’

33:11b.JOB.033.011 परमेश्वरले मेरो खुट्टामा साङ्गलीहरू लगाई दिनु भयो, परमेश्वरले मेरो प्रत्येक कार्यमा नियालेर हेर्नुहुन्छ।’

33:12b.JOB.033.012 तर, अय्यूब, तिमी यसविषयमा गल्ती छौ अनि तिमी गल्ती छौ भनी त्यो म प्रमाण गर्नेछु। किन? किनभने परमेश्वर मानिसहरू भन्दा अत्यन्तै महान हुनुहुन्छ।

33:13b.JOB.033.013 अय्यूब, तिमीले परमेश्वरसित तर्क गरिरहेका छौ। तिमीले सोच्छौ कि परमेश्वरले तिमीलाई प्रत्येक विषयमा व्याख्या दिनुपर्छ।

33:14b.JOB.033.014 परमेश्वरले विभिन्न प्रकारले बोल्न सक्नु हुन्छ, यस्तो तरिका कि मानिसहरू यसलाई बुझ्दैनन्।

33:15b.JOB.033.015 हुन सक्छ परमेश्वर मानिसहरूसँग सपनामा बोल्नुहुन्छ, अथवा राती दर्शनमा जब तिनीहरू गहिरो निद्रामा हुन्छन्।

33:16b.JOB.033.016 तिनीहरू एकदमै भयभीत हुन्छन् जब तिनीहरूले परमेश्वरको चेतावनी सुन्छन्।

33:17b.JOB.033.017 परमेश्वरले तिनीहरूलाई गल्ती कामहरू गर्न रोक्नुहुनेछ, अनि अहंकारी हुनदेखि रोक्नुहुनेछ।

33:18b.JOB.033.018 परमेश्वरले मानिसहरूलाई सावधान गर्नुहुनेछ तब उहाँले तिनीहरूलाई मृत्युको मुखबाट बचाउन सक्नु हुन्छ। परमेश्वरले मानिसहरूलाई विनाशबाट बचाँउनुहुन्छ।

33:19b.JOB.033.019 दुःखी अथवा, ओछ्यानमा सुतिरहनु पर्ने कष्ट दिएर अनि उसका हडडीहरू सधैं रहने बनाई परमेश्वरले एकजना मानिसलाई अनुशासित पार्न सक्नुहुन्छ।

33:20b.JOB.033.020 तब त्यस मानिसले खान सक्तैन्। त्यस मानिसलाई एकदम ज्यादा पीडा भइरहन्छ कि उसले भोजन पनि राम्रो हेर्न सक्तैन।

33:21b.JOB.033.021 उसको शरीर जीर्ण हुँदै जान्छ अनि उ हाड र छाला मात्र हुन्छ।

33:22b.JOB.033.022 त्यो मानिस मृत्युको ठाउँमा पुग्दछ अनि उसको जीवन सम्मुखिन हुन्छ।

33:23b.JOB.033.023 परमेश्वसंग हजारौं दूतहरूछन्। हुन सक्छ ती मध्ये कुनै एकजनाले त्यस मानिसलाई नियाली रहेको हुन्छ। त्यो दूत त्यो मानिससित बोल्छ अनि साँच्चो कुरा भन्छ।

33:24b.JOB.033.024 त्यो दूत त्यस मानिस माथि कृपालु हुनसक्छ अनि परमेश्वरलाई भन्छ, ‘मृत-लोकदेखि यस मानिसलाई बचाउनु होस्। उसको पापको मूल्य चुकाउने तरिका मैले पाएको छु।’

33:25b.JOB.033.025 तब त्यो मानिसको शरीर फेरि जवानीपन आउनेछ र बलियो हुनेछ। त्यो मानिस पहिले जस्तो तन्देरी थियो त्यस्तै नै हुनेछ।

33:26b.JOB.033.026 त्यो मानिसले परमेश्वरलाई प्रार्थना गर्ने छ अनि परमेश्वरले उसको प्रार्थनाको जवाफ दिनुहुनेछ। त्यो मानिस आनन्दले चिच्याउने छ अनि परमेश्वरलाई महिमा गर्नेछ, उसले फेरि असल जीवन बाँच्नेछ।

33:27b.JOB.033.027 तब त्यो मानिसले मानिसहरू अघि आफ्नो दोष स्वीकार गर्नेछ। उसले भन्नेछ, ‘मैले पाप गरें। मैले असललाई खराब बनाएँ। तर परमेश्वरले मलाई मेरो कर्म अनुसारको दण्ड दिनु भएन।

33:28b.JOB.033.028 परमेश्वरले मृतलोकदेखि मलाई बचाउनु भयो। अब फेरि मेरो जीवनमा आनन्द भोग गर्न सक्छु।’

33:29b.JOB.033.029 परमेश्वरले त्यस मानिसको लागि घरि-घरि ती कुराहरू गर्नुहुन्छ।

33:30b.JOB.033.030 किन? त्यस मानिसलाई सावधान गराउन अनि उसको आत्मालाई मृतलोक देखि बचाउनलाई ताकि त्यस मानिसले आफ्नो जीवनमा आनन्द भोग्न सकोस्।

33:31b.JOB.033.031 अय्यूब, मेरो कुरा होशियारीले सुन, शान्त हौ र मलाई बोल्न देऊ।

33:32b.JOB.033.032 तर अय्यूब, यदि तिमी मसँग सहमत हुँदैनौ भने तब अघि बढ र भन। मलाई उत्तर देऊ, किनभने तिम्रो निम्ति के राम्रो हो त्यो म चाहन्छु।

33:33b.JOB.033.033 तर अय्यूब, यदि तिमीलाई केही भन्नु छैन भने मेरो कुरामा ध्यान देऊ। शान्त हौ, अनि म तिमीलाई ज्ञानको उपदेशहरू दिनेछु।”

34

34:1b.JOB.034.001 तब एलीहूले फेरि बोल्न शुरू गर्यो। उसले भन्योः

34:2b.JOB.034.002 “तिमीहरू ज्ञानी पुरूषहरू मैले भनेको कुराहरूमा ध्यान देऊ। तिमी चतुर मानिसहरू मप्रति ध्यान देऊ।

34:3b.JOB.034.003 जसरी जिब्रोले चाखेर खानेकुराको स्वाद परीक्षण गरिन्छ त्यसरी नै कानले पनि शब्दहरू सुनेर परीक्षण गरिन्छ।

34:4b.JOB.034.004 यसकारण यी तर्कहरूको परीक्षण गरौं अनि के ठीक हो त्यसको निर्णय हामी आफैं गरौं। हामी आफै हाम्रा निम्ति के असल हो जानौं।

34:5b.JOB.034.005 अय्यूब भन्छन्, ‘म निर्दोष छु। अनि मप्रति परमेश्वर निष्पक्ष हुनुहुन्न।

34:6b.JOB.034.006 म निर्दोष छु तर मलाई झूटो मानिएकोछ। म निर्दोष छु तर म नराम्रो प्रकारले व्यथित छु।’

34:7b.JOB.034.007 के त्यहाँ अय्यूब जस्तै अन्य मानिस कोही छ? यदि तिमीहरूले अय्यूबलाई अपमान गरे उसले त्यो पानी झैं पिउँछ।

34:8b.JOB.034.008 दुष्ट मानिसहरूसँग अय्यूबको मित्रता छ। अय्यूब दुष्टहरूसित रहन चाहन्छ।

34:9b.JOB.034.009 म किन त्यसो भन्छु? किनभने अय्यूब भन्दछ, यदि उसले परमेश्वरलाई खुशी पार्ने कोशिश गर्दछ भने, ‘कुनै पनि मानिसले केही पनि उपलब्ध गर्दैन।’

34:10b.JOB.034.010 तिमीहरू बुझ्न सक्छौ यसैले मेरो कुरा ध्यान दिएर सुन। परमेश्वरले त्यस्तो अहित काम कहिल्यै गर्नु हुँदैंन। सर्वशक्तिमान परमेश्वरले त्यस्तो दुष्ट्याँई गर्नु हुँदैन।

34:11b.JOB.034.011 मानिसहरूले गरेका कर्महरूको फल परमेश्वरले दिनु हुनेछ। परमेश्वरले कर्म जस्तो छ त्यस्तै फल दिनुहुनेछ।

34:12b.JOB.034.012 यो सत्य हो। परमेश्वरले गल्ती काम गर्नु हुदैन। सर्वशक्तिमान परमेश्वरले न्याय कहिल्यै पनि विगार्नु हुँदैन।

34:13b.JOB.034.013 कसैले पनि परमेश्वरलाई पृथ्वीको अधिकारीको रूपमा चुन्न सक्तैन कसैले पनि परमेश्वरलाई सारा संसारको उत्तरदायी बनाउन सक्तैन परमेश्वरले सारा थोक सृजना गर्नुभयो अनि उहाँ सधैं नियन्त्रणमा रहनु भयो।

34:14b.JOB.034.014 यदि परमेश्वरले मानिसहरूबाट आफ्नो आत्मा र स्वास लैजान चाहनुहुन्छ भने

34:15b.JOB.034.015 तब पृथ्वीमा भएका सम्पूर्ण मानिसहरू मर्नेछन्। सारा मानिसहरू फेरि धूलो हुनेछन्।

34:16b.JOB.034.016 यदि तिमीहरू बुद्धीमानी छौ भने मैले भनेका कुरामा ध्यान दिएर सुन।

34:17b.JOB.034.017 कुनै मानिस जसले निष्पक्ष मन पराउँदैन शासक हुन सक्तैन। अय्यूब के तिमी उहाँको दोषलाई न्याय गर्नु सक्छौ? परमेश्वर बलियो र धर्मी हुनुहुन्छ।

34:18b.JOB.034.018 परमेश्वर जसले राजाहरूलाई भन्नुहुन्छ, ‘तिमीहरू महत्वहीन छौ।’ परमेश्वरले मुखियाहरूलाई भन्नुहुन्छ ‘तिमीहरू दुष्ट हौ।’

34:19b.JOB.034.019 परमेश्वरले अन्य मानिसहरूलाई जतिको प्रेम मुखियाहरूलाई गर्नुहुन्न। अनि जतिको प्रेम गरीब मानिसहरूलाई गर्नुहुन्छ त्यतिको प्रेम धनीहरूलाई गर्नुहुन्न। किन? किनभने परमेश्वरले प्रत्येक मानिसलाई बनाउनु भयो।

34:20b.JOB.034.020 मानिसहरू अचानक मर्न सक्छ मध्य रातमा मानिसहरू विमार हुन्छन् अनि मरेर जान्छन्। कुनै स्पष्ट कारणै बिना शक्तिशाली मानिसहरू पनि मर्छन्।

34:21b.JOB.034.021 मानिसहरूले के गर्दछ भनेर परमेश्वर नियाल्नु हुन्छ। मानिसहरूको प्रत्येक पाइलाका चाललाई परमेश्वर जान्नु हुन्छ।

34:22b.JOB.034.022 अनिष्ट कर्म गर्ने मानिसहरूले परमेश्वरबाट लुक्ने अँध्यारो पाउँदैनन।

34:23b.JOB.034.023 न्यायको लागि परमेश्वरको सामुन्ने जान मानिसले समय निर्धारण गर्दैन, (त्यो अधिकार परमेश्वरको हो।)

34:24b.JOB.034.024 यदि शक्तिशाली मानिसहरूले पनि अनिष्ट कामहरू गरे भने परमेश्वरले तिनीहरूलाई प्रश्न गर्ने आवश्यकै छैन। परमेश्वरले तिनीहरूलाई सामान्य रूपले नष्ट गर्नु हुनेछ अनि अन्य मानिसहरूलाई मुखिया चुन्नु हुनेछ।

34:25b.JOB.034.025 यसकारण परमेश्वरले मानिसहरूले के गर्दछ भनेर जान्नु हुन्छ। यही कारणले गर्दा परमेश्वरले दुष्टहरूलाई पराजित गर्नुहुन्छ अनि रात रातमा नै ध्वंश गर्नुहुन्छ।

34:26b.JOB.034.026 परमेश्वरले दुष्ट मानिसहरूलाई दण्ड दिनु हुन्छ किनभने तिनीहरूले अनिष्ट कामहरू गरेका हुन्छन। अनि परमेश्वरले ती मानिसहरूलाई दण्ड दिनु हुनेछ कारण अन्य मानिसहरूले पनि त्यस्तो घटना देख्न सक्छन्।

34:27b.JOB.034.027 किन? किनभने दुष्ट मानिसहरूले परमेश्वरको आज्ञा पालन गर्न छाडे। अनि परमेश्वरले गर्नु भएको कामहरूलाई ती दुष्ट मानिसहरूले पर्वाह गर्न छाडे।

34:28b.JOB.034.028 ती दुष्ट मानिसहरूले दीन दुःखी मानिसहरूलाई दुःख दिन्छन् अनि परमेश्वरलाई गुहार्नका लागि वाध्य गराउँछन्। परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ।

34:29b.JOB.034.029 तर परमेश्वरले तिनीहरूलाई सहयोग नदिने निर्णय लिनुभयो भने कसैले पनि परमेश्वरको दोषको न्याय गर्न सक्तैन। यदि परमेश्वरले आफूलाई मानिसहरूदेखि लुकाउनु हुन्छ भने तब कसैले पनि उहाँलाई भेट्न सक्ने छैन। परमेश्वर प्रत्येक मानिस र जाति माथिका शासक हुनुहुन्छ।

34:30b.JOB.034.030 अनि यदि शासकले पाप गर्न मानिसलाई प्रेरित गर्छन् भने तब उसलाई आफ्नो शक्तिबाट बंन्चित गराई दिनु हुन्छ।

34:31b.JOB.034.031 त्यो हुनेछ जबसम्म उसले परमेश्वरलाई भन्दैन् ‘म दोषी हुँ। म अबोप्रान्त पाप गर्ने छैन।

34:32b.JOB.034.032 परमेश्वर, मैले तपाईंलाई नदेखे तापनि कृपया मलाई बाँच्नलाई ठीक शिक्षा दिनु होस्। यदि मैले गल्ती काम गरेको रहेछु भनें म फेरि त्यस्तो गर्ने छैन।’

34:33b.JOB.034.033 अय्यूब, तिमी चाहन्छौ कि परमेश्वरले तिमीलाई पुरस्कार दिउन्। तर तिमी परिवर्तन हुन अस्वीकार गर्छौ। अय्यूब, यो तिम्रो निर्णय हो, मेरो होइन। मलाई बताऊ तिमी के सोच्छौ।

34:34b.JOB.034.034 एक ज्ञानी मानिसले मेरो कुरा ध्यानले सुन्ने छ ज्ञानी मानिसले भन्नेछ

34:35b.JOB.034.035 ‘अय्यूबले मूर्ख मानिसले जस्तो बोल्दैछ। अय्यूबले भनेका कुराहरूमा कुनै सार्थक नै छैन।’

34:36b.JOB.034.036 मेरो विचारमा अय्यूबले अझ बढी दण्ड पाउनु पर्ने हो। किन? किनभने अय्यूबले हामीलाई एकजना दुष्ट मानिसकै व्यवहारले जवाफ दिए।

34:37b.JOB.034.037 अय्यूबले आफ्ना अन्य पापहरूसँग बिद्रोह थप्यो। अय्यूबले हाम्रो सम्मुख बसेर र हामीलाई अपमान गर्छ साथै परमेश्वरको विषयमा ठट्टा गर्छ।”

35

35:1b.JOB.035.001 एलीहू लगातर बोलीरहेछ। उसले भन्योः

35:2b.JOB.035.002 “अय्यूब, तिमीले यस्तो भन्नु राम्रो होइन, ‘म परमेश्वर भन्दा अझ सही छु।’

35:3b.JOB.035.003 अनि अय्यूब, तिमी परमेश्वरलाई सोध ‘यदि उसले परमेश्वरलाई खुशी पार्ने चेष्टा गरे त्यो मानिसलाई के लाभ हुन्छ? यदि मैले पाप गरिन भने मलाई के लाभ हुनेछ?’

35:4b.JOB.035.004 अय्यूब, म तिमीलाई जवाफ दिन चाहन्छु अनि तिम्रा साथीहरू पनि तिमीसँग यहाँ छन्।

35:5b.JOB.035.005 अय्यूब, आकाशमाथि हेर, माथि बादलहरू हेर त्यो तिमीभन्दा माथि छन्।

35:6b.JOB.035.006 अय्यूब, यदि तिमीले पाप गर्यौ भने यसले परमेश्वरलाई घात पार्दैन। यदि तिमीले अपराधहरू गर्यौ भने त्यसले परमेश्वरलाई केही असर पार्दैन।

35:7b.JOB.035.007 अनि अय्यूब, तिमी असल छौ भने त्यसले परमेश्वरलाई सहयोग गर्दैन्। परमेश्वरले तिमीदेखि केही पनि पाउनु हुन्न।

35:8b.JOB.035.008 अय्यूब, तिमीले सुकर्म अथवा कुकर्म जे गर्छौ त्यसले तिमी जस्तै अन्य मानिसहरूलाई प्रभाव पार्दछ। तर ती कर्महरूले परमेश्वरलाई सहयोग अथवा आघात केही पुर्याउँदैन।

35:9b.JOB.035.009 यदि दुष्ट मानिसहरूलाई नोक्सान परिरहेको छ भने तिनीहरू गुहारको लागि चिच्याउँछन। तिनीहरू शक्तिशाली मानिसहरूबाट बाँच्न गुहार माग्छन्।

35:10b.JOB.035.010 तर ती दुष्ट मानिसहरू परमेश्वरलाई गुहार्दैनन्। तिनीहरूले भन्ने छैनन् ‘परमेश्वर कहाँ हुनुहुन्छ जसले मलाई सृष्टि गर्नुभयो? परमेश्वर कहाँ हुनुहुन्छ? जब मानिसहरू दुःखमा पर्छन् परमेश्वरले तिनीहरूलाई सहायता गर्नुहुन्छ।

35:11b.JOB.035.011 परमेश्वरले हामीलाई चराचुरूङ्गी र जनावरहरू भन्दा ज्ञानी बनाउनु भयो। यसकारण उहाँ कहाँ हुनुहुन्छ?

35:12b.JOB.035.012 अथवा यदि ती दुष्टहरूले परमेश्वरलाई गुहार मागे भने परमेश्वरले तिनीहरूलाई जवाफ दिनु हुने छैन। किन? किनभने तिनीहरू साह्रै घमण्डी छन्। अझ पनि तिनीहरू नै महत्वपूर्ण हौं भनेर सोच्दछन्।

35:13b.JOB.035.013 यो सत्य हो, परमेश्वरले तिनीहरूका महत्वहीन विन्ती सुन्नु हुने छैन। सर्वशक्तिमान परमेश्वरले तिनीहरू प्रति ध्यानै दिनुहुने छैन।

35:14b.JOB.035.014 यसकारण अय्यूब, परमेश्वरले तिमीलाई ध्यान दिनुहुन्न जब तिमी भन्दछौ कि उहाँलाई देखिन। तिमी परमेश्वरको आगमनको आशा गरिरहेका छौ ताकि तिमी आफै निर्दोष प्रमाण गर्न सक्छौ।

35:15b.JOB.035.015 अय्यूब, सोच कि परमेश्वरले दुष्ट मानिसहरूलाई दण्ड दिनु भएन, उसले सोच्दछ कि परमेश्वरले पापमाथि ध्यानै दिनु भएन।

35:16b.JOB.035.016 यसकारण अय्यूबले आफ्नो महत्वहीन कुराहरू भनिरहे। अय्यूबले अझै महत्वपूर्ण मानिस जस्तो अभिनय गरिरहे। अय्यूबले के भनिरहेको छ त्यो उसले आफै जान्दैन भनी बुझ्न सजिलै छ।”

36

36:1b.JOB.036.001 एलीहू लगातार बोलिरह्यो। उसले भन्योः

36:2b.JOB.036.002 “मसँग केही वेर धैर्यधारण गरी बस परमेश्वरसँग केही कुराहरू छन् जुन मसँग गर्न चाहनुहुन्छ।

36:3b.JOB.036.003 म टाढाबाट बुद्धि पाउँछु। परमेश्वरले मलाई बनाउनु भयो अनि म प्रमाण गर्न चाहन्छु कि परमेश्वर धर्मी हुनुहुन्छ।

36:4b.JOB.036.004 अय्यूब म सत्य कुरा भनिरहेछु। म के विषयमा भनिरहेछु त्यो म जान्दछु।

36:5b.JOB.036.005 परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ, तर उहाँले मानिसहरूलाई घृणा गर्नु हुन्न। परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ तर उहाँ अत्यन्त ज्ञानी पनि हुनुहुन्छ।

36:6b.JOB.036.006 परमेश्वरले दुष्ट मानिसहरूलाई बाँच्न दिनुहुन्न। परमेश्वरले सधैं दीन-दुःखी मानिसहरूलाई समान व्यवहार गर्नुहुन्छ।

36:7b.JOB.036.007 परमेश्वरले धर्मी मानिसहरूमाथि पहरा दिनु रोकिनु हुनेछैन। उहाँले राजाहरूलाई सिंहासनमा चीरकालको लागि राख्नु हुन्छ अनि तिनीहरूको उन्नति गराउनु हुन्छ।

36:10b.JOB.036.010 परमेश्वरले तिनीहरूलाई उहाँले दिएको चेताउनी धैर्य साथ सुन्न वाध्य गराउनु हुनेछ। उहाँले तिनीहरूलाई गल्ती कर्महरू गर्न बन्द गर भन्नुहुनेछ।

36:11b.JOB.036.011 यदि ती मानिसहरूले परमेश्वरको कुराप्रति ध्यान दिएर उहाँको आज्ञा पालन गरे परमेश्वरले तिनीहरूलाई सफल बनाउनु हुनेछ अनि तिनीहरू सुखी जीवन बाँच्नेछन्।

36:12b.JOB.036.012 तर तिनीहरूले परमेश्वरको आज्ञा पालन गरेनन भने तिनीहरू ध्वंश हुने छन्। तिनीहरू मूर्खहरू जस्तै मर्नेछन्।

36:13b.JOB.036.013 मानिसहरू जसले परमेश्वरको पर्वाह गर्दैनन् तिनीहरू सधैं रीस गर्छन्। परमेश्वरले तिनीहरूलाई दण्ड दिए तापनि तिनीहरू परमेश्वरलाई प्रार्थना गर्न अस्वीकार गर्छन्।

36:14b.JOB.036.014 अपमानित जीवनदेखि थोकेकाहरू जस्तै तिनीहरू आफ्ना जवानीपन मै मर्छन्।

36:15b.JOB.036.015 तर परमेश्वरले मानिसहरूलाई उहाँमाथि ध्यान दिओस् भनी चेतना दिनको लागि कष्ट दिनुहुन्छ। उहाँले तिनीहरूको कष्ट निवारण गरिदिनु हुन्छ।

36:16b.JOB.036.016 अय्यूब, परमेश्वरले तिमीलाई सहयोग गर्नु हुनेछ परमेश्वरले तिमीलाई संकटहरूदेखि छुटकारा दिनुहुनेछ परमेश्वरले तिमीलाई जीवन सजिलो दिनुहुनेछ। परमेश्वरले तिम्रो टेबलमा प्रशस्त भोजनहरू राखिदिनु हुनेछ।

36:17b.JOB.036.017 तर तिमी हैरान छौ कि तिमी दुष्ट भएको कारण परमेश्वर तिमीप्रति अन्यायी हुनु भएको छ। तिमी खाली अदालत जान र न्याय माग्ने कुरा सोचिरहन्छौ।

36:18b.JOB.036.018 तिम्रो रीसले परमेश्वरलाई खिसी गर्न तिमीलाई वहकाउन नदेऊ। सही बाटोबाट महा-प्रलोभनले तिमीलाई खिच्न नदेऊ।

36:19b.JOB.036.019 के तिम्रो चित्कारले अथवा तिम्रो अथक चेष्टाहरूले तिमीलाई कष्टबाट बाहिर निकाल्छ?

36:20b.JOB.036.020 जो मानिसहरू राती भित्र लुक्न चाहन्छन यसर्थ तिनीहरूलाई भेट्नु रात आओस् भनी कामना गर्छन्। तिनीहरू सोच्छन् कि तिनीहरू परमेश्वरको आँखा छल्न सकछन्।

36:21b.JOB.036.021 अय्यूब, तिमीले धेरै कष्ट भोग्यौ। गल्ती नगर्नुको लागि होशियार बन। खराब कर्म नगर।

36:22b.JOB.036.022 हेर, परमेश्वरको शक्तिले उसलाई महान बनायो। परमेश्वर नै महान गुरू हुनुहुन्छ।

36:23b.JOB.036.023 कसैले पनि परमेश्वरलाई के गर्नु पर्ने भनेर बताउनु पर्दैन। कसैले पनि परमेश्वरलाई ‘तपाईंले खराब काम गर्नु भयो’ भनी भन्न सक्तैन।

36:24b.JOB.036.024 उहाँले गर्नुभएको कामको लागि उहाँको प्रशंसा गर्नु नभूल। मानिसहरूले परमेश्वरको प्रशंसा गर्दै धेरै गीतहरू लेखेका छन्।

36:25b.JOB.036.025 परमेश्वरले के गर्नु भयो प्रत्येकले देख्न सक्छन्। धेरै टाढो देशका मानिसहरूले पनि ती कुराहरू देख्न सक्छन्।

36:26b.JOB.036.026 हो, परमेश्वर महान् हुनुहुन्छ। तर हामी उहाँको महानता बुझ्न सक्तैनौं। हामी जान्दैनौं कि परमेश्वर देखि हुनुहुन्छ।

36:27b.JOB.036.027 परमेश्वरले पृथ्वीबाट पानी लैजानु हुन्छ अनि यसलाई तुषारो र हिउँमा परिवर्तन गर्नुहुन्छ।

36:28b.JOB.036.028 यसकारण बादलले पानी बर्षाउँछ अनि धेरै पानी मानिसहरूमाथि पर्छ।

36:29b.JOB.036.029 परमेश्वरले आकाशमा बादल कसरी फैलाउनु हुन्छ अथवा मेघ कसरी गर्जाउनु हुन्छ कसैले पनि बुझ्न सक्तैन।

36:30b.JOB.036.030 हेर, परमेश्वरले पृथ्वीमाथि प्रकाश फैलाउनु भयो समुद्रको गहिरो भागसम्म ढाक्नु भयो।

36:31b.JOB.036.031 मानिसहरूमाथि नियन्त्रण राख्न अनि तिनीहरूलाई प्रशस्त भोजन दिन परमेश्वरले यसो गर्नु हुन्छ।

36:32b.JOB.036.032 परमेश्वरले उज्यालो आफ्नो हातमा अठ्याउनु हुन्छ र उहाँले जहाँ चाहनुहुन्छ त्यहाँ हिर्काउने आदेश गर्नु हुन्छ।

36:33b.JOB.036.033 आकाशको गर्जनले आँधी कहाँ आउदैछ बताउँछ। यसर्थ गाई वस्तुले पनि बुझ्छ कि आँधी बेई कहाँ आउँदैछ।

37

37:1b.JOB.037.001 “बज्र, र बिजुलीले मलाई भयभीत पार्छ, छातीभित्र मुटु ढुकढुक गर्छ।

37:2b.JOB.037.002 सबैले सुन! परमेश्वरको आवाज बज्र जस्तो सुनिन्छ। परमेश्वरको मुखबाट आउने मेघ गर्जन सुन।

37:3b.JOB.037.003 परमेश्वरले आकाशको वारपार आफ्नो बिजुली चम्काउनु हुन्छ अनि यसले सम्पूर्ण पृथ्वी नै चम्काउँछ।

37:4b.JOB.037.004 बिजुली चम्केपछि परमेश्वरको गर्जन आवाज सुन्न सकिन्छ। परमेश्वर अद्भूत आवाजले गर्जनु हुन्छ। जब बिजुली चम्कन्छ परमेश्वरको आवाज गर्जन्छ।

37:5b.JOB.037.005 परमेश्वरको गर्जन आवाज चमत्कारमय हुन्छ। उहाँले महान कर्महरू गर्नु हुन्छ जुन हामी बुझ्न सक्तैनौं।

37:6b.JOB.037.006 परमेश्वरले हिंऊलाई भन्नुहुन्छ, ‘पृथ्वीमा झर’ अनि परमेश्वरले वर्षालाई भन्नु हुन्छ, ‘पृथ्वीमाथि खनिईं।’

37:7b.JOB.037.007 परमेश्वरले सृष्टी गर्नु भएका सबै मानिसहरूले के गर्नु सकनु हुन्छ बुझुन् भनी उहाँले त्यसो गर्नु हुन्छ। त्यो उहाँको प्रमाण हो।

37:8b.JOB.037.008 जनावरहरू आ-आफ्ना ओडारतिर भाग्छन् अनि त्यहाँ बस्छन्।

37:9b.JOB.037.009 भुँवरी दक्षिणबाट चल्छ। चिसो हावा उत्तरबाट आउँछ।

37:10b.JOB.037.010 परमेश्वरको स्वासले वरफ बनाउँछ, अनि समुद्रहरू जमाउँछ।

37:11b.JOB.037.011 परमेश्वरले बादलमा पानी भर्नुहुन्छ, अनि गर्जने मेघ फैलाउनु हुन्छ।

37:12b.JOB.037.012 परमेश्वरले बादलहरूलाई पृथ्वी वरिपरि बहन आदेश दिनुहुन्छ। बादलहरूले परमेश्वरकै आज्ञा अनुसार काम गर्दछ।

37:13b.JOB.037.013 बाढी ल्याई मानिसहरूलाई सजाय दिन अथवा पानी बर्षाई तिनीहरूमाथि प्रेम दर्शाउन परमेश्वरले बादल ल्याउनु हुन्छ।

37:14b.JOB.037.014 अय्यूब, एक मिनट खडा भएर सुन, परमेश्वरले गर्नु भएको ती अनौठा कुराहरू बारे सोच।

37:15b.JOB.037.015 अय्यूब, के तिमी जान्दछौ परमेश्वरले कसरी बादलहरूलाई वशमा राख्नुहुन्छ? के तिमी जान्दछौ परमेश्वरले कसरी बिजुली चम्काउनु हुन्छ?

37:16b.JOB.037.016 के तिमी जान्दछौ कसरी बादलहरू आकाशमा झुण्डिन्छन्? परमेश्वरले बनाउनु भएका अनौठा सृजनाहरू मध्ये बादल खाली एकमात्र उदाहरण हो। अनि परमेश्वरले ती सबै कुराहरू विषयमा जान्नु हुन्छ।

37:17b.JOB.037.017 तर अय्यूब, तिमीले ती कुराहरू जान्दैनौ। जब तातो हावा दक्षिणबाट आउँदछ तिमीलाई पसिना आएर शरीरक लुगाहरू टाँसिनेछ अनि प्रत्येक चीज जस्ताको त्यस्तै शान्त रहनेछ।

37:18b.JOB.037.018 अय्यूब, के तिमीले परमेश्वरलाई आकाश फैलाउन सहयोग गर्न सक्छौ, अनि यसलाई पित्तल जस्तो चम्काउन सक्छौ?

37:19b.JOB.037.019 अय्यूब, बताऊ हामीले परमेश्वरलाई के भन्नु पर्छ! तिम्रो अज्ञानताले गर्दा के भन्नु पर्ने हो हामी सोच्न सक्तैनौ।

37:20b.JOB.037.020 म परमेश्वरलाई भन्ने छैन कि म उहाँसँग बोल्न चाहन्छु। त्यो ध्वंश गराई माग्नु बराबर हुनेछ।

37:21b.JOB.037.021 एउटा मानिसले घाम हेर्न सक्तैन। बादलहरू हावाले उडाई लगिसके पछि यो आकाशमा अत्यन्त उज्यालो र चम्किलो हुन्छ।

37:22b.JOB.037.022 अनि परमेश्वर पनि त्यस्तै हुनुहुन्छ। पवित्र पर्वतबाट परमेश्वरको सुनौलो महिमा चम्कन्छ परमेश्वरको वरिपरि त्यहाँ उज्यालो हुँदछ।

37:23b.JOB.037.023 सर्वशक्तिमान परमेश्वर महान हुनुहुन्छ। हामी परमेश्वरलाई बुझ्न सक्तैनौं। परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ, तर उहाँ हाम्रो लागि असल र उचित हुनुहुन्छ। परमेश्वरले हामीलाई घात पुर्याउन चाहनुहुन्न।

37:24b.JOB.037.024 त्यसैकारण मानिसहरूले परमेश्वरलाई श्रद्धा गर्दछन्। तर परमेश्वरले घमण्डी मानिसहरूलाई आदर गर्नुहुन्न किनभने तिनीहरू आफैलाई ज्ञानी ठान्दछन्।”

38

38:1b.JOB.038.001 तब परमेश्वर भुँवरीबाट अय्यूबसित बोल्नु भयो। परमेश्वरले भन्नुभयोः

38:2b.JOB.038.002 “त्यो अज्ञानी मानिस को हो जसले यस्ता मूर्ख कुराहरू गरिरहेको छ?”

38:3b.JOB.038.003 अय्यूब, कम्मर कस, मेरो प्रश्नको उत्तर दिनलाई तैयार बस।

38:4b.JOB.038.004 “तिमी कहाँ थियौ जब मैले पृथ्वी सृष्टि गरे? यदि तिमी यो जान्दछौ भने मलाई जवाफ देऊ।

38:5b.JOB.038.005 यदि तिमी साह्रै चतुर छौ भने, संसार यति ठूलो हुनुपर्छ भनेर कसले निर्णय गर्यो? कसले संसारलाई नापजोख गर्यो?

38:6b.JOB.038.006 पृथ्वीको आधारशिला के हो? कसले यसमा प्रथम ढुङ्गा राख्यो?

38:7b.JOB.038.007 जब त्यसो गरियो, बिहान ताराहरूले एकैसाथ गाए अनि दूतहरू आनन्दले कराए।

38:8b.JOB.038.008 अय्यूब, जब समुद्र पृथ्वीमा गहिरोबाट बग्यो त्यसलाई रोक्न कसले द्वारहरू बन्द गर्यो?

38:9b.JOB.038.009 त्यसबेला यसलाई मैले बादलहरूले ढाकें अनि अँधेरोमा लपेटें।

38:10b.JOB.038.010 मैले समुद्रको सीमा बाँधें अनि बन्द द्वारहरूको पछिल्तिर राखें।

38:11b.JOB.038.011 मैले समुद्रलाई भनें, ‘तँ यतिसम्म आउन सक्छस, अरू बेशी होइन। यसरी तिम्रो अंहकारी छालहरू रोकिनेछ।’

38:12b.JOB.038.012 अय्यूब, के तिमीले आफ्नो जीवनमा कहिल्यै बिहानलाई शुरू हुने आज्ञा दिएको थियौ अथवा दिनलाई शुरू हुने आज्ञा गर्यौ?

38:13b.JOB.038.013 अय्यूब, के तिमीले कहिले बिहानको उज्यालोलाई पृथ्वी समात भन्यौ अनि दुष्ट मानिसहरूलाई लुकेका ठाउँहरूमा भयभीत पार्यौ।

38:14b.JOB.038.014 बिहानको उज्यालोले पहाडहरू र खाल्डाहरू देखिन सजिलो गराइदिन्छ जब दिनको उज्यालो पृथ्वीमा आउँछ, ती ठाउँहरूका आकारहरू लुगाको मुजाहरू जस्तै हुन्छन। नरम माटोले टाँचाको मुनि आकार लिए जस्तै पृथ्वीले आकार धारण गर्छ।

38:15b.JOB.038.015 दुष्ट मानिसहरूले उज्यालो मन पराउँदैनन्। किनभने जब उज्यालो फैलिन्छ ती दुष्ट मानिसहरूले खराब कर्म गर्न वाधा पाउँछन्।

38:16b.JOB.038.016 अय्यूब, तिमी कहिले समुद्रको गहिरो भागमा पुगेको छौ जहाँबाट समुद्र शुरू हुन्छ? तिमी कहिले समुद्रको सतहमा हिंडेकाछौं?

38:17b.JOB.038.017 अय्यूब तिमीले मृत्युको कालो ठाउँमा डोर्याउने द्वारहरू कहिले देखेका छौ? तिमीले मृत्युलोकमा लैजाने द्वारहरू देखेका छौ?

38:18b.JOB.038.018 अय्यूब, पृथ्वी कति विस्तृत छ के तिमी साँच्चै जान्दछौ? यदि तिमी यी सारा कुराहरू जान्दछौ भने मलाई भन।

38:19b.JOB.038.019 अय्यूब, प्रकाश कहाँबाट आउने गर्छ? अन्धकार कहाँबाट आउँदछ?

38:20b.JOB.038.020 अय्यूब, के तिमी प्रकाश र अन्धकार कहाँबाट आए तिनीहरू त्यतैतिर फर्काउन सक्छौ? के तिमी जान्दछौ कसरी त्यस ठाउँमा जान पर्छ?

38:21b.JOB.038.021 निःसन्देह तिमी ती कुराहरू जान्दछौ, अय्यूब। तिमी धेरै बृद्ध र ज्ञानी छौ। जब मैले ती कुराहरू बनाउदै थिए तिमी त्यही थियौ?

38:22b.JOB.038.022 “अय्यूब, तिमी कहिले त्यो भण्डार भित्र गएका छौ जहाँ मैले हिऊँ र असिना राख्छु?

38:23b.JOB.038.023 मैले हिऊँ र असिना संकट र लडाइँ - युद्धको समयको लागि बचाएर राखेको छु।

38:24b.JOB.038.024 तिमी त्यस ठाउँमा कहिले गएका छौ जहाँबाट घाम उदाउँछ र जहाँबाट पूर्वी हावा पृथ्वीमा बहन्छ?

38:25b.JOB.038.025 अय्यूब, कसले आकाशमा हात्तीसुँढे पानी पार्न नहरहरू खने? कसले आँधी वेरी आउने बाटो बनाए?

38:26b.JOB.038.026 कसले मानिसहरू नबस्ने ठाउँमा पानी पर्ने बनायो?

38:27b.JOB.038.027 त्यो रित्तो ठाउँ पनि पानीले भूमिलाई प्रशस्त भिजाउँछ अनि घाँस उम्रन थाल्दछ।

38:28b.JOB.038.028 के बर्षाको पिता छ जसले शीतका थोपाहरू उब्जाउँदछ?

38:29b.JOB.038.029 के हिंऊको आमा छ? जसले असिनालाई जन्म दिन्छ?

38:30b.JOB.038.030 पानी ढुङ्गा भन्दा पनि कडा हुन्छ अनि महासागरको सतह जम्छ।

38:31b.JOB.038.031 अय्यूब, के तिमी सप्तऋषि तारालाई बाँध्न सक्छौ? के तिमी मृगशीराको बन्धन खोल्न सक्छौ?

38:32b.JOB.038.032 के तिमी ठीक समयमा ताराको झुण्डलाई प्रकट गराउन सक्छौ? अथवा के तिमी भालूको बच्चाहरूलाई खेलाउन सक्छौ?

38:33b.JOB.038.033 के तिमीले आकाश नियन्त्रण गर्ने नियमहरू जान्दछौ? के तिमीले तिनीहरूलाई पृथ्वी शासन गर्ने बनाउन सक्छौ?

38:34b.JOB.038.034 अय्यूब के तिमी बादलाई चिच्याउन सक्छौ अनि आफूलाई पानीले छोप भनी आदेश दिन सक्छौ?

38:35b.JOB.038.035 के तिमीले बिजुलीलाई आदेश गर्न सक्छौ, “हामी यहाँ छौ। महाशय! तपाईं के चाहनु हुन्छ? के तिमी जहाँ चाहन्छौ बिजुलीलाई पठाउन सक्छौ?

38:36b.JOB.038.036 अय्यूब, मानिसहरूलाई ज्ञानी कसले बनायो? कसले ज्ञान तिनीहरूको हृदयमा पसायो?

38:37b.JOB.038.037 त्यस्तो ज्ञानी कस्को छ जसले बादल गन्न सक्छ अनि कसले डिम्का लगाएर बादलबाट पानी पार्न सक्छ?

38:38b.JOB.038.038 यसैले धूलो हिलो बनिन्छ र मैला ढिकाहरू एकसाथ टाँसिन्छ।

38:39b.JOB.038.039 अय्यूब के तिमीले सिंहहरूको लागि भोजन पाउँछौ? के तिनीहरूका भोका बच्चाहरूलाई खुवाउन सक्छौ?

38:40b.JOB.038.040 ती सिंहहरू आफ्ना गुफामा लडिरहेका छन्। आफ्नो शिकारमाथि आक्रमण गर्न घाँसमाथि थ्याच्च बसी तयार भएका छन्।

38:41b.JOB.038.041 जब त्यसका बच्चाहरू क्षुधातुर भएर परमेश्वरलाई पुर्कादा भोजनको खोजीमा डुलिरहेको कागलाई कसले खुवाउँछ?

39

39:1b.JOB.039.001 “अय्यूब, के तिमी जान्दछौ घोरलहरू कहिले जन्मन्छन्? के तिमीले नियालेको छौ कहिले मृगले आफ्नो बच्चा ब्याउँछ?

39:2b.JOB.039.002 के तिमी जान्दछौ कति महिनासम्म घोरले र मृगले आफ्ना पेटमा बच्चाहरू बोकी हिंडनु पर्छ? के तिमी जान्दछौ कति महिनामा तिनीहरूले ब्याउँछन्?

39:3b.JOB.039.003 जब तिनीहरूलाई प्रसव वेदना हुन्छ तिनीहरू निहुरिन्छ र बच्चा ब्याउँछन्।

39:4b.JOB.039.004 ती पाठाहरू खुल्ला मैदानमा खेल्दै हुर्किन्छन्। त्यसपछि तिनीहरूले आफ्ना आमाहरू छाडदछन अनि कहिले फर्केर आउँदैनन्।

39:5b.JOB.039.005 अय्यूब, कसले जङ्गली गधाहरूलाई छाडी दियो? कसले तिनीहरूका डोरीहरू खोली दियो अनि कसले तिनीहरूलाई स्वतन्त्र गरे?

39:6b.JOB.039.006 मैले ती जङ्गली गधाहरूलाई मरूभूमि घर जस्तै छोडिदिएँ। मैले तिनीहरूलाई बस्नको लागि नुन भएको ठाउँ छोडिदिंए।

39:7b.JOB.039.007 जङ्गली गधाहरू होहल्लालाई घीन गर्छ अनि कसैले पनि तिनीहरूलाई नियन्त्रण गर्न सक्तैन।

39:8b.JOB.039.008 जङ्गली गधाहरू पहाड पर्वत तिर बस्छन त्यो तिनीहरूको चौउर नै हो जहाँ तिनीहरूले हरियो घाँस खोज्दछ।

39:9b.JOB.039.009 अय्यूब, के जङ्गली साँढेले तिम्रो सेवा गर्न राजी हुन्छ? के त्यो तिम्रो अन्न भण्डार हेरचाह गर्न राती बस्छ?

39:10b.JOB.039.010 के एउटा जङ्गली साँढेले तिमीलाई गलामा डोरी बाँध्न दिन्छ ताकि तिमीले खेत जोत्न सक्छौ?

39:11b.JOB.039.011 एउटा जङ्गली साँढे अति बलियो हुन्छ। तर तिम्रो काम गराउँनलाई त्यसमाथि विश्वास गर्न सक्छौ?

39:12b.JOB.039.012 के खलाबाट धन उठाई ढुकुटीमा लान त्यो आउँछ भन्ने भरोसा गर्न सक्छौ?

39:13b.JOB.039.013 शतुरमुर्ग उत्तेजित भई आफ्ना पंखेटाहरू फरफराउँछ तर शतुमूर्गा उड्न सक्तैन। यसको पंखेटाहरू र प्वाँखहरू सारसको जस्तो हुँदैन।

39:14b.JOB.039.014 शतुरमुर्गले भूइँमा अण्डाहरू पार्दछ अनि बालुवामा न्यानो होस् भनि तिनीहरूलाई छोडिराख्छ।

39:15b.JOB.039.015 शतुरमूर्गले कोही त्यसको फुलहरूमाथि हिडछ अथवा कुनै पशु त्यसमाथि हिडेर फुटाई देला भनि कुनै पर्वाह नै गर्दैन।

39:16b.JOB.039.016 शतुरमूर्गले आफ्ना चल्लाहरूलाई आफ्नो होइन भने झैं त्याग्छे। त्यसले आफ्नो महत्वपूर्ण परिश्रमको कुनै पर्वाह नै गर्दिन।

39:17b.JOB.039.017 किन? किनभने मैले शतुरमूर्गलाई बुद्धि दिइन। शथुरमूर्ग लठेप्रो हुन्छ अनि त्यसलाई त्यस्तै लाटो बनाइदिएँ।

39:18b.JOB.039.018 तर जब शतुरमूर्ग दगुर्नलाई उठ्छे, ऊ घोडा र घोड सवारलाई तुच्छ ठान्छ, किनभने उ कुनै पनि घोडा भन्दा छिटो दर्गुछे।

39:19b.JOB.039.019 अय्यूब के तिमीले घोडालाई बल दियौ? के तिमीले त्यसको घाँटीमाथि रौंहरू राख्यौ?

39:20b.JOB.039.020 के तिमीले घोडालाई सलह जस्तो उफ्रेर टाढा जाने योग्य बनायौ? घोडा जोडले हिन्‌हिनाउँछ अनि मानिसहरूलाई त्रसित पार्दछन्।

39:21b.JOB.039.021 घोडा खुशी हुन्छ किनभने त्यो बलियो छ। त्यसले आफ्नो खुट्टाले मैदानमा खोर्सिन्छ र युद्धभूमि तर्फ चाँडो दर्गुछ।

39:22b.JOB.039.022 घोडाले डरको हाँसो उडाउँछ। त्यो डराउँदैन्। त्यो युद्धभूमिबाट चम्पट लाउँदैन।

39:23b.JOB.039.023 काँडको तरकस त्यसको छेउमा र्धररर आवाज गर्छ र त्यहाँ भाला र हतियारहरू घाममा टल्किन्छन्।

39:24b.JOB.039.024 घोडा एकदम उत्तेजित हुन्छ। त्यो मैदानमा चाँडो दर्गुछ। जब त्यसले बिगुल बजेको सुन्दछ त्यो रोकिन सक्तैन।

39:25b.JOB.039.025 जब बिकुलको आवाज गुञ्जिन्छ घोडा कराउँछ, ‘छिटो,’ उसले टाडैबाट युद्ध सुँध्ने गर्छ। उसको कप्तानहरूले कराउँदै दिएको आदेशहरू अनि युद्धभूमिका अन्य सबै आवाजहरू सुन्दछ।

39:26b.JOB.039.026 अय्यूब, के तिमीले बाजलाई पंखेटा फिंजाएर दक्षिणतर्फ उड्न सिकायौ?

39:27b.JOB.039.027 के तिमी मात्र हौ जसले गिद्धलाई आकाश माथि माथि उडन सिकायौ। के तिमीले त्यसलाई उच्च पर्वतहरूमा त्यसको गुँड बनाउन सिकायौ?

39:28b.JOB.039.028 गिद्ध पर्वत र शिखरमा बस्दछ। चट्टान नै गिद्धको किल्ला हो।

39:29b.JOB.039.029 गिद्धले आफ्नो शिकार उच्च किल्लाबाट नियाल्दछ। गिद्धले एकदम टाढामा भएको शिकार देख्न सक्छ।

39:30b.JOB.039.030 जहाँ मरेका सिनुहरू हुन्छन त्यहाँ गिद्धहरू एकत्रित हुने गर्छन। अनि बच्चाहरूले रगत चुस्दछ।”

40

40:1b.JOB.040.001 परमेश्वरले अय्यूबलाई जवाफ दिंदै भन्नुभयोः

40:2b.JOB.040.002 “अय्यूब, तिमीले सर्वशक्तिमान परमेश्वरलाई दोषारोपण गरेका छौ। तिमीले गल्ती काम गर्यौ भनेर मलाई दोषी ठान्यौ। अब, त्यो मानिस जसले परमेश्वरलाई सही बनाउन चाहन्छ, मलाई जवाफ देऊ।”

40:3b.JOB.040.003 तब अय्यूबले परमेश्वरलाई जवाफ दिंदै भनेः

40:4b.JOB.040.004 “म तपाईंसित बात गर्ने अत्यन्तै तुच्छ हुँ। म तपाईंलाई के भन्न सक्छु? म तपाईंलाई जवाफ दिन सक्तिन। म आफ्नो मुखमा हात राखी बस्नेछु।

40:5b.JOB.040.005 मैले एकपल्ट बोलें, तर म फेरि बोल्ने छैन। मैले दुइपल्ट बोलें, तर अब म केही पनि बोल्ने छैन।”

40:6b.JOB.040.006 तब फेरि तूफानबाट परमप्रभु परमेश्वर अय्यूबसित बोल्नुभयो। परमप्रभुले भन्नुभयोः

40:7b.JOB.040.007 “अय्यूब, आफैलाई संभाल अनि मैले सोधेको प्रश्नहरूको जवाफ दिन तयार होऊ।

40:8b.JOB.040.008 अय्यूब, के तिमी सोच्दछौ कि मैले अन्याय गरेको छु? तिमी भन्छौ कि गल्ती कामहरू गरेर म दोषी भएँ यसकारण तिमी निर्दोष भएर देखा पर्यौ।

40:9b.JOB.040.009 के तिम्रो पाखुराहरू परमेश्वरको पाखुरा भन्दा बलियो छ? परमेश्वरको आवाज जस्तै तिम्रो आवाज छ जुन मेघ गर्जन जस्तो ध्वनि छ?

40:10b.JOB.040.010 यदि तिमी परमेश्वर जस्तो छौ भने तब तिमी घमण्ड गर्न सक्दछौ। यदि तिमी परमेश्वर जस्तो छौ भने तब तिमीले महिमा र सम्मान लुगा जस्तै लगाउन सक्छौ।

40:11b.JOB.040.011 यदि तिमी परमेश्वर जस्तै छौ भने तब तिमीले आफ्नो क्रोध देखाउन सक्छौ। ती घमण्डी मानिसहरूलाई सजाय दिन सक्छौ।

40:12b.JOB.040.012 हो, अय्यूब। ती घमण्डी मानिसहरूलाई हेर अनि तिनीहरूलाई नम्र बनाऊ। ती दुष्ट मानिसहरूलाई जहाँ उभिएका छन् त्यहीं धूलो पारि देऊ।

40:13b.JOB.040.013 सारा घमण्डी मानिसहरूलाई फोहोरमा गाडी देऊ। तिनीहरूको शरीरहरू बेरेर चिहानहरूमा राखी देऊ।

40:14b.JOB.040.014 अय्यूब, यदि तिमीले यी सबै कुराहरू गर्न सक्छौ भने तब म पनि तिम्रो प्रशंसा गर्नेछु। अनि तिमीले आफ्नै शक्तिद्वारा आफैलाई बचाउन सक्षम छौ भनेर म स्वीकार्नेछु।

40:15b.JOB.040.015 अय्यूब, जलगैडामा हेर। मैले जलगैडा बनाएँ अनि मैले तिमीलाई बनाएँ। जलगैडाले गाईले झैं घाँस खान्छ।

40:16b.JOB.040.016 जलगैडसँग शरीरमा एकदम ज्यादा ताकत छ। उसको भुडीको मांसपेशीहरू एकदम शक्तिशाली छन।

40:17b.JOB.040.017 जलगैंडाको पुच्छर देवदारको रूख जस्तै कडा छ। उसको खुट्टाको माँसपेशीहरू एकदम बलिया छन्।

40:18b.JOB.040.018 जलगैंडाका हड्डीहरू पित्तल जस्ता दरिला छन्। उसको खुट्टाहरू फलामका शलाकाहरू जस्ता छन्।

40:19b.JOB.040.019 जलगैंडा एकदम अद्भूत जन्तु हो जसलाई मैले बनाएँ। तर म त्यसलाई पराजित गर्न सक्छु।

40:20b.JOB.040.020 जलगैंडाले पशुहरू चर्ने पहाडहरूमा उम्रने घाँस खान्छ।

40:21b.JOB.040.021 जलगैडा कमलको उद्भिद् मुनि पल्टिन्छ। जलगैंडा झार पातको दलदलमा लुक्दछ।

40:22b.JOB.040.022 कमल फूलको बोटले आफ्नो छाँयामा जलगैडालाई लुकाउँदछ। त्यो नदीको छेउमा उम्रने लहरे रूखहरू मुनि बस्दछ।

40:23b.JOB.040.023 यदि नदीमा बाढी आए जलगैंडा भाग्दैन। यदि यर्दन नदी उसको अनुहारमा परे पनि त्यो डराउँदैन।

40:24b.JOB.040.024 कुनै मानिसले पनि जलगैंडालाई अंकुसे लगाई पक्रन सक्तैन अनि पासो लगाउन सक्तैन।

41

41:1b.JOB.041.001 “अय्यूब, तिमीले वृहत जन्तुलाई माछा पक्रने बल्छीले समात्न सक्छौ? त्यसको जिब्रोमा डोरीले बाँध्न सक्छौ?

41:2b.JOB.041.002 त्यसको नाकबाट तिमी डोरी छिराउन सक्छौ? अथवा बङ्गरामा बल्छी छिराउन सक्छौ?

41:3b.JOB.041.003 के लेबीयथानले तिमीलाई ‘मलाई जान दिनुहोस्’ भनेर बिन्ती गर्नेछ? के उ तिमीसँग नम्र भाषामा बोल्ने छ?

41:4b.JOB.041.004 के लेबीयथानले ‘तिम्रो सेवा सँधै गर्छु’ भनेर समझौता र वाचा खाएको छ?

41:5b.JOB.041.005 के तिमी चरा-चुरूङ्गीहरूसँग खेले जस्तो लेबीयथानसँग खेल्न सक्छौ? के तिमी ऊमाथि डोरी लगाउनेछौ ताकि तिम्रो नोकर्नी केटीहरू त्योसँग खेल्न सक्छे?

41:6b.JOB.041.006 के जालहारीले तिमीदेखि लेबीयथान किन्ने कोशिश गर्नेछ? के तिनीहरूले त्यसलाई काटेर टुक्रा-टुक्रा पारेर व्यापारीहरूसित बेच्छन?

41:7b.JOB.041.007 के तिमी लेबीयथानको छाला अथवा टाउको भित्र भालाहरू फ्याँक्न सक्छौ?

41:8b.JOB.041.008 अय्यूब, यदि तिमीले कहिले लेबीयथान माथि हात राखेकोछौ भने तिमीले फेरि त्यस्तो कहिल्यै गर्ने छैनौ। खाली चिन्ता गर युद्ध बारे जुन हुनेवाला छ।

41:9b.JOB.041.009 के तिमीले लेबीयथानलाई पराजित गर्न सक्छु भनेर सोच्दछौ? ठीकै छ, भूल यसलाई। त्यहाँ आशा छैन। खाली त्योतिर हेरी रहँदा तिमी भयभीत हुनेछौ।

41:10b.JOB.041.010 कुनै मानिस पनि त्यस्तो वीर छैन् जसले त्यसलाई रिस उठाउँछ। ठिक, मेरो विरूद्ध कुनै मानिस उठ्न सक्तैन्।

41:11b.JOB.041.011 म कोहीसँग पनि ऋणी छैन। स्वर्ग मुनी भएका सबै कुराहरू मेरो हुन्।

41:12b.JOB.041.012 अय्यूब, म तिमीलाई लेबीयथानको खुट्टाहरू बारे बताउनेछु, उसको शक्ति अनि सुन्दर आकार बारेमा बताउनेछु।

41:13b.JOB.041.013 कसैले पनि उसको छाला छेडन सक्तैन। उसको छाला ढाल बराबर छ।

41:14b.JOB.041.014 कसैले पनि लेबीयथानलाई जबरजस्ती गरेर मुख खोल्न सक्तैन। उसको मुखमा भएको दाँतहरूले नै मानिसहरूलाई तर्साउँदछ।

41:15b.JOB.041.015 त्यसको ढाड बलियो गरी जोडिएका ढालहरू झैं बलियो छ।

41:16b.JOB.041.016 ती ढालहरू एकमाथि अर्को गर्दै यस्तो टाँसिएका छन् कि त्यसबाट हावासम्म छिर्न सक्तैन।

41:17b.JOB.041.017 ढालहरू जोडिएका छन् तिनीहरू एकसाथ कस्सिएर समिटिएका छन् कि तिनीहरू तानिएर चुँडिन सक्तैनन्।

41:18b.JOB.041.018 जब लेबीयथानले हाच्छियूँ काढ्छ यो आगो दन्केको ज्वाला जस्तो हुन्छ। उसको आँखाहरू प्रातःकालको ज्योति जस्तो हुन्छन।

41:19b.JOB.041.019 आगोको अगुल्टोहरू बलेको जस्तै ज्वाला उसको मुखबाट बाहिर आउँदछ।

41:20b.JOB.041.020 पानी उम्लिरहेको भाँडाबाट तातो वाफहरू निस्के जस्तो लेबीयथानको नाकबाट धुवाँ निस्कन्छ।

41:21b.JOB.041.021 अनि आगोको झिल्काहरू मुखबाट उछिटिन्छ लेबीयथानको सासले कोईला जलाउँदछ।

41:22b.JOB.041.022 लेबीयथानको घिच्रो साह्रै बलियो हुन्छ, विपदहरू त्यो देखि डराएर भाग्दछन्।

41:23b.JOB.041.023 त्यसको छालामा कतै पनि नरम भाग हुँदैन त्यो फलाम जस्तो कडा हुन्छ।

41:24b.JOB.041.024 लेबीयथानको मुटु ढुङ्गा जस्तो हुन्छ। त्यससँग डर भनेको रत्तिभर हुँदैन। यो गह्रुँ पिंध्ने जाँतोको तल्लोपट्टिको ढुङ्गा जस्तो हुन्छ।

41:25b.JOB.041.025 जब लेबीयथान उठ्छ, बलिष्ठ मानिसहरू पनि डराउँदछन्। जब लेबीयथानले पुच्छर हल्लाउँदछ तिनीहरू भाग्छन।

41:26b.JOB.041.026 तरवार, भाला अनि झीरहरूले लेबीयथानलाई हिर्काइन्छ तर ती सबै उछिट्टिएर फर्किन्छन त्यस्ता हतियारहरूले त्यसलाई कतै आघात पुर्याउन सक्तैन।

41:27b.JOB.041.027 लेबीयथानले पराल टुक्राए जस्तै सहजै फलाम भाँचिदिन्छ। त्यसले सडेको काठ जस्तै पित्तल भाँच्छ।

41:28b.JOB.041.028 काँडले लेबीयथानलाई भगाउन सक्तैन। ढुङ्गाहरु पनि उसका निम्ति पराल झैं हुन्छन्।

41:29b.JOB.041.029 जब काठको मुँग्रोले त्यसलाई हिर्काउछ त्यो यसलाई परालले छोए जस्तो अनुभव गर्छ त्यो हाँस्दछ जब मानिसहरूले त्यसमाथि भालाहरू बर्षाउँदछन्।

41:30b.JOB.041.030 लेबीयथानको भुँडीको छाला फुटेका माटाका भाँडाहरूको तीखो टुक्राहरू जस्ता हुन्छन। उसले हलोले झैं जमीन फुटाउँछ।

41:31b.JOB.041.031 लेबीयथानले समुद्रको पानीलाई भाँडा उम्लिरहेको पानी झैं घोल्छ। त्यसले पानीका फोका भाँडामा उम्लिएको तेल जस्तै बनाउँदछ।

41:32b.JOB.041.032 जब लेबीयथान पौरिन्छ त्यसले आफू पछाडि बाटो छाडदछ। त्यसले पानीलाई घोल्छ अनि आफू पछाडी सेतो फीज छोडछ।

41:33b.JOB.041.033 लेबीयथान जस्तो जनावर पृथ्वीमा छैन त्यो भयरहित बनाइएको प्राणी हो।

41:34b.JOB.041.034 लेबीयथानले घमण्डी पशुहरूलाई तल हेर्दछ। त्यो सारा जङ्गली जनावरहरू माथि राज गर्ने राजा हो। अनि म, परमेश्वरले, लेबीयथान सृजना गरें।”

42

42:1b.JOB.042.001 तब अय्यूबले परमेश्वरलाई जवाफ दिए। अय्यूबले भने,

42:2b.JOB.042.002 “परमप्रभु, म जान्दछु तपाईंले सब कुराहरू गर्न सक्नु हुन्छ। तपाईंले योजनाहरू बनाउनु हुन्छ, अनि कसैले पनि परिवर्तन गर्न वा रोक्न सक्तैन।

42:3b.JOB.042.003 परमप्रभु, तपाईंले यो प्रश्न सोध्नुभयोः ‘को अज्ञानी मानिस हो जसले यस्ता अर्थहीन कुराहरू गर्यो?’ परमप्रभु, मैले ती कुराहरूको बारे बोलें जुन मैले बुझिनँ। मैले ती कुराहरू भनें जुन मेरो लागि बुझ्नु अति अचम्मित थियो।

42:4b.JOB.042.004 परमप्रभु, तपाईंले मलाई भन्नुभयो, ‘सुन अय्यूब, म भन्ने छु। म तिमीलाई प्रश्नहरू सोध्ने छु अनि तिमीले मलाई जवाफ दिनेछौ।’

42:5b.JOB.042.005 परमप्रभु, बितेका दिनहरूमा, मैले तपाईं बारे सुनेको थिएँ तर अहिले तपाईंलाई मेरै आँखाले देखें।

42:6b.JOB.042.006 अनि परमप्रभु, म स्वयं नै लज्जित भएँ। परमप्रभु, म अत्यन्त दुःखी छु। मैले जे गरें त्यसको पश्चातापका निम्ति मैले आफैलाई धूलो र खरानीले पुर्दैछु।”

42:7b.JOB.042.007 अय्यूबसँग बात-चीत गरिसके पछि, परमेश्वर तेमानीबाट आएका एलीपजसँग बोल्नु भयो। परमेश्वरले एलीपजलाई भन्नुभयो, “म तिमी साथै तिम्रो दुइ साथीहरूसँग रिसाएको छु। किन? किनभने तिमीहरूले मेरो विषयमा सही कुरा गरेनौ। तर अय्यूब मेरो सेवक हो। अय्यूबले मेरो विषयमा ठीक कुरा गर्छ।

42:8b.JOB.042.008 यसकारण अब तिमीहरूले, सातवटा गोरूहरू र सातवटा भेडाहरू ल्याऊ। ती सब मेरो सेवक अय्यूबलाई देऊ। तिनीहरूलाई मार तिमीहरूका निम्ति होमबलि अर्पण गर। मेरो सेवक अय्यूबले तिमीहरूका लागि प्रार्थना गर्नेछ अनि त्यो प्रार्थनाको उत्तर दिनेछु। त्यसपछि म तिमीहरूलाई दण्ड दिने छैन जसको लागि तिमीहरू योग्य थियौ। तिमीहरूले ठीक कुराहरू मेरो बारेमा बोलेनौ तर मेरो सेवक अय्यूबले मेरो बारेमा ठीक कुराहरू गरे।”

42:9b.JOB.042.009 यसकारण तेमान बासिन्दा एलीपज अनि शुहबाट आएका बिल्दद साथै नाउँबाट आएका सोपरले परमप्रभु आज्ञा पालन गरे। त्यसपछि परमप्रभुले अय्यूबको प्रार्थनाको जवाफ दिनुभयो।

42:10b.JOB.042.010 अय्यूबले आफ्ना मित्रहरूको लागि प्रार्थना गरे। अनि परमप्रभुले अय्यूबलाई फेरि सफल पार्नुभयो। परमेश्वरले उससँग भएको भन्दा दुइगुणा ज्यादा अय्यूबलाई दिनुभयो।

42:11b.JOB.042.011 तब अय्यूबका सारा दाज्यू-भाइ र दिदी-बहिनीहरू साथै अय्यूबलाई चिन्ने जान्ने सबै मानिसहरू उसको घरमा आए। तिनीहरूले अय्यूबसँग ठूलो भोज खाए तिनीहरूले अय्यूबलाई सान्त्वना दिए कारण परमप्रभुले अय्यूबलाई धेरै कष्ट दिनु भएको थियो। प्रत्येक मानिसले अय्यूबलाई चाँदीको टुक्रा र सुनका औंठी उपहार दिए।

42:12b.JOB.042.012 परमप्रभुले अय्यूबसँग शुरूमा भएको भन्दा बढी सम्पन्न हुने आशिर्वाद दिनुभयो। अय्यूबले 14,000 भेडा 6,000 ऊँटहरू, 2,000 गाईहरू अनि 1,000 पोथी गधाहरू पाए।

42:13b.JOB.042.013 अय्यूबले सात भाई छोराहरू र तीन बहिनी छोरीहरू पनि पाए।

42:14b.JOB.042.014 अय्यूबले जेठी छोरीको नाउँ यमीमा माइली छोरीको नाउँ कसीआ र कन्छी छोरीको नाउँ केरेन-हप्पूक राखे।

42:15b.JOB.042.015 अय्यूबका छोरीहरू त्यस ठाँउका अन्य स्त्रीहरू भन्दा सुन्दरी थिए। अनि अय्यूबले आफ्ना सम्पत्तिका केही अंश आफ्नी छोरीहरूलाई दिए। प्रत्येकले आफ्ना दाज्यू-भाइहरूले जस्तै बराबरीको रूपमा सम्पत्तिहरू पाए।

42:16b.JOB.042.016 यसकारण अय्यूब अझ एक सय चालीस र्बषसम्म बाँचे। उनले आफ्ना नानीहरू, नाति-नातिनीहरू, पनाति-पनातुनीहरु, खनाति-खनातिनीहरु सबै हेर्न पाए।

42:17b.JOB.042.017 अय्यूब अत्यन्त पूरा बूढेसकाल सम्म दीर्धायु भएर मरे।


Holder of rights
Multilingual Bible Corpus

Citation Suggestion for this Object
TextGrid Repository (2025). Nepali Collection. Job (Nepali). Job (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-ACF0-7