Ezra (Nepali)
1
1:1b.EZR.001.001 प्रथम वर्षमा कोरेस फारस का राजा थिए। अगमवक्ता यर्मियाह द्वारा बोलिएको परमप्रभुको वचन पूर्ण गर्नका निम्ति परमप्रभुले फारसका राजा कोरेसलाई उनको राज्य भरि घोषणा गर्ने प्रेरणा दिनु भयो। कोरेसले त्यो घोषणा लेखे अनि आफ्नो राज्य को सबै स्थानमा पढिदिए। त्यसमा यो भनिएको थियोः
1:2b.EZR.001.002 “फारसका राजा कोरेस यो भन्नुहुन्छः परमप्रभु, स्वर्गका परमेश्वरले पृथ्वीका सम्पूर्ण राज्यहरू मलाई दिनु भएको छ, अनि उहाँले यहूदाका यरूशलेममा उहाँको निम्ति एक मन्दिर निर्माण गर्न मलाई नियुक्त गर्नु भएको छ।
1:3b.EZR.001.003 उहाँका समस्त मानिसहरू मध्ये को तिमीहरूसित छन? तिनीहरूका परमेश्वर तिनीहरूका साथ रहून्। अनि परमप्रभु, इस्राएलका परमेश्वर, जो परमेश्वर यरूशलेम रहनुहुन्छ र उहाँको मन्दिर निर्माण गर्न यहूदाको मानिसहरू यरूशलेममा जान सक्छन्।
1:4b.EZR.001.004 जो यहूदाहरू बस्ने सबै भूमिहरूमा बस्छन् जो फर्किएर आए तिनीहरूलाई सुन र चाँदी, सामाग्री अनि पशुहरू इच्छा अनुसारका भेटीहरू दिएर यरूशलेममा परमेश्वरको मन्दिरको निम्ति सहायता गरोस्।”
1:5b.EZR.001.005 तब यहूदा अनि बिन्यामिन कुलका अगुवाहरू अनि पूजाहारीहरू र लेवीहरू जानलाई तयार भए। प्रत्येक व्यक्तिलाई परमेश्वरले यरूशलेममा परमप्रभु को मन्दिर निर्माण गर्न जानको निम्ति प्रेरणा दिनु भयो।
1:6b.EZR.001.006 तिनीहरू का समस्त छिमेकीहरूले चाँदीद्वारा निर्मित वस्तुहरू, सुन, माल-ताल अनि पशु-प्राणिहरूको साथै मुल्यवान भेटीहरू सहित सबै किसिमका स्वेच्छिक अर्पणहरू प्रदान गरेर तिनीहरूलाई सहयोग गरे।
1:7b.EZR.001.007 राजा कोरेसले परमप्रभुको मन्दिरका ती भाँडा-वर्त्तनहरू पनि ल्याए जो नबूकदनेसरले यरूशलेमबाट लगेका थिए। अनि आफ्ना देवताहरू को मन्दिरमा राखेका थिए।
1:8b.EZR.001.008 फारसका राजा कोरेसले ती सामान कोषाध्यक्ष मिथ्रेदयलाई सुम्पिदिए। अनि मिथ्रेदयले यहूदाका राजकुमार शेशबस्सरको निम्ति गन्ती गरिदिए।
1:9b.EZR.001.009 यो तिनीहरूले परमेश्वरको मन्दिरमा ल्याएको सामानको विवरण थियोः सुनका बटुकाहरू 30 चाँदीका बटुकाहरू 1000 छुरीहरू 29
1:10b.EZR.001.010 सुनका सानो बटुकाहरू 30 अन्य स-साना चाँदीका बटुकाहरू 410 अन्य भाडाहरू 1,000
1:11b.EZR.001.011 त्यहाँ जम्मा 5,400 सुन अनि चाँदीका वस्तुहरू थिए। शेशबस्सरले यी सबै चीज बीजहरू बाबेलवाट कैदीहरूलाई यरूशलेममा ल्याउँदा ल्याएका थिए। र्
2
2:1b.EZR.002.001 त्यस प्रदेशका यी मानिसहरू कैदबाट फर्केका थिए। जसलाई बाबेलका राजा नबूकदनेसरले कैदी बनाएर बाबेलमा लगेका थिए। तिनीहरू प्रत्येक आफ्नै शहर यरूशलेम अनि यहूदामा फर्किए।
2:2b.EZR.002.002 यी मानिसहरू ती छुन जो यरूबाबेल, येहूअ, नहेम्याह, सरायाह, रेलायाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्बै अनि रहूम बानाहरू साथ फर्कि आएका थिए। इस्राएलको प्रजाका पुरूषहरूको सूची यो होः
2:3b.EZR.002.003 परोशका सन्तानहरू 2,172
2:4b.EZR.002.004 शपत्याहका सन्तानहरू 372
2:5b.EZR.002.005 आरहका सन्तानहरू 775
2:6b.EZR.002.006 पहत-मोआबका सन्तानहरू येशूअ अनि योआब परिवारबाट 2,812
2:7b.EZR.002.007 एलामका सन्तानहरू 1,254
2:8b.EZR.002.008 जत्तू का सन्तानहरू 945
2:9b.EZR.002.009 जक्कैका सन्तानहरू 760
2:10b.EZR.002.010 बानीका सन्तानहरू 642
2:11b.EZR.002.011 बेबैका सन्तानहरू 623
2:12b.EZR.002.012 अज्गादका सन्तानहरू 1,222
2:13b.EZR.002.013 अदोनीकामका सन्तानहरू 666
2:14b.EZR.002.014 बिग्गैका सन्तानहरू 2,056
2:15b.EZR.002.015 आदीनका सन्तानहरू 454
2:16b.EZR.002.016 आतेरका सन्तानहरू हिजकियाका परिवारबाट 98
2:17b.EZR.002.017 बेजैका सन्तानहरू 323
2:18b.EZR.002.018 योराका सन्तानहरू 112
2:19b.EZR.002.019 हाशूमका सन्तानहरू 223
2:20b.EZR.002.020 गिब्बारका सन्तानहरू 95
2:21b.EZR.002.021 बेतलेहेमका सन्तानहरू 123
2:22b.EZR.002.022 नतोपाहका मानिसहरू 56
2:23b.EZR.002.023 अनातोतका मानिसहरू 128
2:24b.EZR.002.024 बेत-अज्माबेतका मानिसहरू 42
2:25b.EZR.002.025 किर्यात-आरीम कपीरा अनि बेरोतका मानिसहरू 743
2:26b.EZR.002.026 रामा अनि गिबा शहरका मानिसहरू 621
2:27b.EZR.002.027 मिक्मासका मानिसहरू 122
2:28b.EZR.002.028 बेतेल अनि ऐका मानिसहरू 223
2:29b.EZR.002.029 नेबोका मानिसहरू 52
2:30b.EZR.002.030 मग्बीशका मानिसहरू 156
2:31b.EZR.002.031 अर्कोशहर एलाम का मानिसहरू 1,254
2:32b.EZR.002.032 हारीम शहरका मानिसहरू 320
2:33b.EZR.002.033 लोब, हादीद अनि ओनो का मानिसहरू 725
2:34b.EZR.002.034 यरीहो का मानिसहरू 345
2:35b.EZR.002.035 सेनाह शहरका मानिसहरू 3,630
2:36b.EZR.002.036 यी पूजाहारीहरूः यदायाहका सन्तानहरू योशूअका घरबाट 973
2:37b.EZR.002.037 इम्मेरका सन्तानहरू 1,052
2:38b.EZR.002.038 पहशूरका सन्तानहरू 1,247
2:39b.EZR.002.039 हारीमका सन्तानहरू 1,017
2:40b.EZR.002.040 लेवीहरूः येशूअ अनि कदमीएलका होदबियाहका सन्तानहरू 74
2:41b.EZR.002.041 गायकहरूः आसापका सन्तानहरू 128
2:42b.EZR.002.042 मन्दिरका द्वारपालहरूका सन्तानः शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता, अनि शोबैका सन्तानहरू
2:43b.EZR.002.043 यिनीहरू मन्दिरका सेवकहरूः सीहाका सन्तान, हसूपका सन्तान र तब्बाओतका सन्तानहरू।
2:44b.EZR.002.044 केरोसका सन्तान, सीआका सन्तान र पादोनका सन्तानहरू।
2:45b.EZR.002.045 लबानका सन्तान, हगाबाका सन्तान र अक्कूबका सन्तानहरू।
2:46b.EZR.002.046 हागाबका सन्तान, शल्मैका सन्तान र हानानका सन्तानहरू।
2:47b.EZR.002.047 गिदूदेलका सन्तान, गहरका सन्तान र रायाका सन्तानहरू।
2:48b.EZR.002.048 रसीनका सन्तान, नकोदका सन्तान र गज्जामका सन्तानहरू।
2:49b.EZR.002.049 उज्जाका सन्तान, पासेदका सन्तान र बेसैका सन्तानहरू।
2:50b.EZR.002.050 अस्नाका सन्तान, मेनिमका सन्तान र नोपिसीमका सन्तानहरू।
2:51b.EZR.002.051 बक्बूकका सन्तान, हकूपाका सन्तान र हर्हुरका सन्तानहरू।
2:52b.EZR.002.052 बस्लूतका सन्तान, महीदका सन्तान र हर्शाका सन्तानहरू।
2:53b.EZR.002.053 बर्कोसका सन्तान, सीसराका सन्तान र तेमहका सन्तानहरू।
2:54b.EZR.002.054 नसीहका सन्तान अनि हतीपाका सन्तानहरू।
2:55b.EZR.002.055 सुलेमानका सेवकहरूका सन्तानहरूः सोतैका सन्तान र हस्सोपेरेतका सन्तान अनि परूदाका सन्तानहरू।
2:56b.EZR.002.056 यालाका सन्तान, दर्कोनका सन्तान र गिदूदेला सन्तानहरू
2:57b.EZR.002.057 शपत्याहका सन्तान, हत्तीलका सन्तान र पोकरेत हसबायीमका सन्तान अनि आमीका सन्तानहरू
2:58b.EZR.002.058 समस्त मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूको संख्या 392 थियो।
2:59b.EZR.002.059 निम्न लिखित मानिसहरू तेल मेलह, तेल हर्शा करूब, आदान अनि एम्मेर शहरहरूबाट यरूशलेममा आएका हुन्, तर तिनीहरूका आफ्ना परिवार अनि छोरा-छोरीहरू इस्राएलका थिए भनी प्रमाण दिन सकेनन्।
2:60b.EZR.002.060 दलायाहका सन्तान, तोबियाहका सन्तान, अनि नकोदका सन्तानहरू 652 थिए।
2:61b.EZR.002.061 अनि पूजाहारीहरूका परिवारः हबायाहका, सन्तानहरू, हक्कोसका सन्तान अनि र्बजिलैका सन्तानबाट (एक व्यक्ति जसले गिलादी र्बजिलैका छोरीलाई विवाह गरेका थिए, अनि तिनीहरू कै नाउँ द्वारा सम्बोधन गरिथ्यो।)
2:62b.EZR.002.062 यी मानिसहरूले तिनीहरूको परिवारिक इतिहास खोजे तर तिनीहरूले पाउन सकेनन्। यसैकारणले तिनीहरूले पूजाहरीगिरी हुनबाट अशुद्ध झैं निकालिदिए।
2:63b.EZR.002.063 राज्यपालले तिनीहरूलाई भने कि जब सम्म ऊरीम अनि तुम्मिम उपयोग गर्न सक्ने पूजाहारी त्यहाँ हुँदैन। कुनै पनि महापवित्र चीज तिनीहरूले खान सक्ने छैनन्।
2:68b.EZR.002.068 सन्तानका केहि अगुवाहरू, जब यरूशलेम मा परमप्रभुको मन्दिरमा आइपुगे। त्यो स्थानमा परमेश्वर को मन्दिरलाई पुनःर्निर्माण गर्न स्वेच्छाले भेटीहरू प्रदान गरे।
2:69b.EZR.002.069 तिनीहरूको योग्यतानुसार तिनीहरूले, यस कार्यका निम्ति कोष-भण्डारलाई 500 किलोग्राम सुन, 3,000 किलोग्राम चाँदी, अनि पूजाहारीको निम्ती 100 अङ्ग वस्त्रहरू दिए।
2:70b.EZR.002.070 पूजाहारीहरू, लेवीहरू, केहि अन्य मानिसहरू, गवैयाहरू, द्वारपालहरू अनि मन्दिरका सेवकहरू आफ्ना शहरहरूमा बस्थे अनि सबै इस्राएलीहरू आफ्ना शहरहरूमा बस्थे।
3
3:1b.EZR.003.001 जब सातौं महीना आयो अनि इस्राएलका मानिसहरू तिनीहरूको शहरहरूमा थिए, समस्त मानिसहरू यरूशलेममा एकै साथ भेला भए।
3:2b.EZR.003.002 योसादाकको छोरा येशूअ अनि तिनका संगी पूजाहारी र शालतीएलका छोरा यरूबाबेल अनि तिनका मानिसहरूले इस्राएलका परमेश्वरको बेदी पुन निर्माण गर्न शुरू गरे, जसमा कि तिनीहरूले, परमेश्वरका मानिस मोशाको निर्देशनमा लेखिए जस्तै गरी त्यसमा होमबलिहरूको बलिदान अर्पण गर्न सकुन्।
3:3b.EZR.003.003 तिनीहरूले त्यो वेदी त्यसको खास घडेरीमा निर्माण गरे किनभने तिनीहरू आफ्ना वरिपरिका मानिसहरूसित डराएका थिए। अनि तिनीहरूले त्यसमा विहान बेलुकी दुवै पटक अर्पणहरू होमबलिहरु अर्पण गरे।
3:4b.EZR.003.004 तब तिनीहरूले छाप्रो बासको चाड नियममा लेखिए अनुसार मनाए। तिनीहरूले चाडको प्रत्येक दिनको निम्ति आवश्यक अनुसार ठीक संख्यामा होमबलि अर्पण गरे।
3:5b.EZR.003.005 अनि त्यसपछि तिनीहरूले नियमित होमबलिहरू र तोकिएका दिनमा परमप्रभुका तोकिएका सबै पवित्र उत्सवका निम्ति अर्पणहरू चढाए। अनि तिनीहरूले परमप्रभुलाई स्वेच्छाले बलिदानहरू अर्पण गरे।
3:6b.EZR.003.006 सातौं महिनाको पहिलोदिन परमप्रभुलाई होमबलि चढाउन शुरू गरे।
3:7b.EZR.003.007 यद्यपि तिनीहरूले त्यसबेला सम्म परमप्रभुको मन्दिरको जग बसाएका थिएनन्। तब तिनीहरूले (मानिसहरू जो फर्की आएका थिए) डकर्मीहरूलाई सिकर्मीहरूलाई पैसा दिए भोजन, पिउने पदार्थ अनि भद्राक्षेको तेल सीदोन र सोरका मानिसहरूलाई दिए जसद्वार तिनीहरूले लबानोन समुद्रद्वारा योप्पामा देवदारका मूढाहरू ल्याउनेछन्। फारसका राजा कोरेसको अनुमति लिएर यसो गरियो।
3:8b.EZR.003.008 दोस्रोवर्षको दोस्रो महिनामा शालतीएलका छोरा यरूबाबेल अनि योशादाकका छोरा येशूअले आफ्ना अन्य मानिसहरू, पूजाहारीहरू, लेवीहरू कैदबाट यरूशलेममा परमप्रभुको मन्दिरमा आए पछि यरूशलेम आउनेहरूले एकसाथ काम शुरू गरे।
3:9b.EZR.003.009 परमप्रभुको मन्दिर निर्माण कार्यको निरीक्षकको रूपमा काम गर्नका निम्ति 20 वर्ष अधिक उमेरका लेवीहरूलाई नियुक्त गरे। येशूअ, तिनका छोराहरू अनि तिनका दाज्यू-भाइहरू, कदमीएल अनि तिनका छोराहरू (यहूदाका सन्तानहरू) बिन्नूई होदबियाहका छोराहरू अनि नातीहरू र तिनीहरूका भाइहरू-लेवीहरूसंग परमेश्वको मन्दिरमा काम गर्नेहरूको निरक्षण गर्न सहमत भए।
3:10b.EZR.003.010 जब निर्माणकर्त्ताहरूले परमप्रभुको मन्दिरको जग बसाए तब पूजाहारीहरूले आफ्ना विशेष वस्त्र लगाएर हातमा तुरही लिए अनि लेवीहरूले आफ्ना झ्याम्टाहरूको साथ, इस्राएलका राजा दाऊदको निर्देश अनुसार परमप्रभुको स्तुति गर्न आफ्नो स्थान ग्रहन गरे।
3:11b.EZR.003.011 आनि तिनीहरूले प्रत्युत्तर गीतहरू, स्तुतिगीत अनि परमप्रभुको स्तुति गरे किनभने, उहाँ भलो हुनुहुन्छ।
3:12b.EZR.003.012 “किनभने इस्राएलप्रति उहाँको विश्वासमय प्रेम सदा-सर्वदा रहिरहन्छ।” अनि समस्त मानिसहरू परमप्रभुको स्तुति गर्न जोडले कराए, किनभने परमप्रभुको मन्दिरको जग बसालिएको थियो। तर धेरै अगुवा पूजाहारीहरू, लेवीहरू अनि कुलका अगुवाहरू जसले अघिको मन्दिर देखेका थिए, ती रोए।
3:13b.EZR.003.013 जब तिनीहरूले यो मन्दिरको जग बसालिएको देखे। यद्यपि धेरै खुशीले जोड सँग कराए। यसर्थ कसैले पनि खुशीको कराई अनि रूवाइको आवाज छुट्याउन सकेनन्। किनभने मानिसहरूले यति साह्रो हल्ला मच्चाइरहेका थिए कि त्यो आवाज टाढा-टाढा सम्म सुनिन्थ्यो।
4
4:1b.EZR.004.001 जब यहूदा अनि बिन्यामीनका शत्रुहरूले सुने कि कैदीहरूले परमप्रभु, इस्राएलका परमेश्वरको मन्दिर पुनःर्निर्माण गर्दैछन्।
4:2b.EZR.004.002 तिनीहरू यरूबाबेल, “कुलका अगुवाहरू कहाँ आए। अनि तिनीहरूलाई भने। हामीहरूलाई निर्माण गर्न र तिमीहरूलाई सहायता गर्न देऊ, तिमीहरूले जस्तै हामी पनि तिमीहरूका परमेश्वरको प्रार्थना गर्छौ अनि हामीहरू अश्शूरका राजा एसरहद्दोनको समयदेखि बलिदान अर्पण गरिरहेका छौं जसले हामीहरूलाई यहाँ ल्याए।”
4:3b.EZR.004.003 तर यरूबाबेल येशूअ अनि इस्राएल का अन्य कुलका अगुवाहरूले तिनीहरूलाई भने, “हाम्रो परमेश्वरको मन्दिर निर्माण गर्न हामीलाई तिमीहरूले सहायता गर्नुपर्दैन। किनभने फारसका राजा कोरेसले हामीलाई आदेश गर्नु भए अनुसार परमप्रभु, इस्राएलका परमेश्वरको निम्ति हामीले मात्र मन्दिरको निर्माण गर्ने छौ।”
4:4b.EZR.004.004 यस प्रकारले ती वरिपरिका मानिसहरूले यहूदाका मानिसहरूलाई हतोत्साह पारे अनि मन्दिर निर्माण गर्न तिनीहरूलाई भयभीत तुल्याए।
4:5b.EZR.004.005 फारसका राजा कोरेसको समयभरि, राजा दाराले शासन नगरे सम्म ती यहूदी मानिसहरू।
4:6b.EZR.004.006 अहासूरसको शासनकालको शुरूमा तिनीहरूले यहूदा अनि यरूशलेममा बस्ने यहूदीहरूको विरूद्ध एउटा अभियोग पत्र लेखेर पठाए।
4:7b.EZR.004.007 अनि आर्ट-जारसेज समयमा बिश्लाम, मित्रदात, ताबेल अनि आफ्ना अन्य सहयोगीहरूले फारसका राजा आर्ट-जारसेजलाई कागजमा लेखेको पत्र आरामी लिपिमा थियो, अनि अरामी भाषामा नै अनुवाद गरिएको थियो।
4:8b.EZR.004.008 उच्च आयुक्त रहूम, अनि शिम्शै, सचिवले यरूशलेमको विरूद्ध राजा आर्ट-जारसेजलाई एक पत्र यसरी लेखेः
4:9b.EZR.004.009 उच्च आयुक्त रहूम अनि शिम्शै सचिव र तिनिहरूका अन्य सहयोगिहरू, न्यायधीशहरू, आयुक्तहरू, फारसीहरू, एरेकहरू, बाबेल अनि शूशनका मानिसहरू अथवा एलामीहरू अनि अन्य मानिसहरू जसलाई महान अनि प्रख्यात अस्सूरबनिपालले तिनीहरूका देशबाट निकालेका थिए।
4:10b.EZR.004.010 अनि सामरियाको शहरहरू र प्रदेशका नदीपारि अन्य स्थानमा बसेका थिए। यो, तिनीहरूले उनलाई पठाएका पत्र को एक प्रतीलिपि हो।
4:11b.EZR.004.011 राजा आर्ट-जारसेज प्रति, तपाईंका सेवकहरू, नदी पारिको प्रदेशका मानिसहरू द्वारा।
4:12b.EZR.004.012 अबः राजालाई यो ज्ञानहोला कि यहूदीहरू जो तपाई बाट हामी कहाँ आएका थिए यरूशलेम गएका छन्। तिनीहरूले बागी अर्थात दुष्ट शहर पुनःर्निर्माण गरिरहेछन्। तिनीहरूले पर्खालहरू पुनःर्निर्माण गरिरहेछन् तिनीहरूले जग निर्माण गरिरहेछन्।
4:13b.EZR.004.013 अब, राजाले यो कुरा जान्न सकून कि यदि त्यो शहरको पुनःर्निर्माण भयो भने र त्यसका पर्खालहरू पूर्ण भए भने तिनीहरूले कुनै किसिमका तिरोहरू तिर्नेछैनन्। आखिरमा यसले राज्यसत्ता प्रति हानी पुर्याउनेछ।
4:14b.EZR.004.014 अहिले, हामीले राजा प्रति स्वामीभक्त हुने वचन दिएकाछौं। यसकारण राजाप्रति अपमान भएको हेर्नु हाम्रो निम्ति उचित होइन। यसैकारण हामीले राजालाई सूचित गर्न यो समाचार पठायौं।
4:15b.EZR.004.015 जसमा कि तपाईका पिता-पुर्खाहरूका अभिलेखमा खोजि गरियोस्। यी अभिलेखहरूमा तपाईंले यो पाउनुहुनेछ अनि जान्नु हुनेछ कि त्यो एक बागी शहर हो। एक शहर जसले राजाहरू अनि देशहरू प्रतिघात पुर्याउँछ धेरै अघि देखिनै त्यो देश भित्र विद्रोह भईराइराखेको छ। यसैकारणले गर्दा त्यो शहर ध्वंश भएको थियो।
4:16b.EZR.004.016 हामी राजालाई यो सूचित गर्दछौ, कि त्यो शहरको पुनःर्निर्माण भयो अनि त्यसका पर्खालहरू को निर्माण भयो भने यूफ्रेटिस नदीको पश्चिमी सीमानापारी तपाईं को अधिकार रहने छैन।
4:17b.EZR.004.017 राजाले यो सन्देश पठाएः रहूम, उच्च आयुक्त अनि शिम्शै सचिव अनि तपाईंहरूका अन्य सरकारी मानिसहरू जो सामरियामा बस्छन् नदी पारिका अन्य प्रदेशहरू प्रतिः अभिवादन।
4:18b.EZR.004.018 अबः तिमीहरूले हामिलाई पठाएको पत्र मेरा समक्ष पढियो र अनुवाद गरियो।
4:19b.EZR.004.019 मैले एक आदेश दिए अनि खोज-तलाश गरियो तिनीहरूले यो थाहा पाए कि त्यो शहरले धेरै अधि देखि राजाहरूको विरूद्ध राजद्रोही गरेकोछ। त्यहाँ अनाज्ञाकारि राजद्रोहीहरूको उपस्थित छ।
4:20b.EZR.004.020 त्यहाँ यरूशलेममा शक्तिशाली राजाहरू थिए अनि जसले नदी पारिका समस्त प्रदेशहरू नियन्त्रण गरे। अनि सबै किसिमका तिरोहरू तिनीहरूलाई तिरिन्थ्यो।
4:21b.EZR.004.021 अब, यी यहूदी मानिसहरूलाई काम रोक्नु भनि आदेश देऊ जसमा कि मैले त्यसो गर्ने आज्ञा नदिएसम्म त्यो शहरको पुनःर्निर्माण गरिनेछैन।
4:22b.EZR.004.022 यस कुरालाई नल्याइयोस्। त्यसमा सावधान रहनु जस द्वारा राजकीय-रूचीप्रति अझ अधिक क्षति हुनेछैन।
4:23b.EZR.004.023 रहूम, सचिव शिम्शै अनि तिनीहरूका सरकारी मानिसहरू राजा आर्ट-जारसेज समक्ष पत्र पढिनुका साथै तिनीहरू तुरून्तै यरूशेलममा यहूदीहरू कहाँ गए। अनि बल एवं शक्तिद्वारा तिनीहरूले कामदारलाई काम बन्द गर्न लगाए।
4:24b.EZR.004.024 तब यरूशलेममा परमेश्वरको मन्दिर निर्माण कार्य रोकियो अनि त्यो कार्य फेरी फारसका राजा दाराको शासन कालको दोस्रो वर्ष नभए सम्म शुरू भएन।
5
5:1b.EZR.005.001 अहिले अगमवक्ता हाग्गै अनि इद्दोको छोरा जकर्याहले यहूदा अनि यरूशलेमका यहूदीहरूलाई इस्राएलका परमेश्वर-जो तिनीहरूमा थिए। परमेश्वरको नाउँमा अगम वाणी गरे।
5:2b.EZR.005.002 तब शालतीएलका छोरा यरूबाबेल अनि योशादाकका छोरा येशूअ यरूशलेममा मन्दिर पुनःर्निर्माण गर्न अग्रसर भए। परमेश्वरका अगमवक्ताहरू तिनीहरूको साथ थिए। अनि तिनीहरूलाई सहयोग गरे।
5:3b.EZR.005.003 त्यसबेला यूफ्रेटिस नदि पारि पश्चिमको प्रदेशमा राज्यपाल थिए। तात्तेनै शत्तर-बोज्नै अनि तिनीहरूका सहयोगीहरूले तिनीहरू कहाँ आए अनि तिनीहरूलाई सोधेः “यो मन्दिरको पुनःर्निर्माण गर्न अनि पुनःस्थापना गर्नु भनी तिमीहरूलाई कसले अनुमति दियो?”
5:4b.EZR.005.004 त्यसपछि तिनीहरूलाई यो पनि भने, “ती मानिसहरूका नाउँ के, के हुन् जसले यो भवन निर्माण गरिरहेकाछन्?”
5:5b.EZR.005.005 तर परमेश्वरले यहूदीहरूका अगुवाहरूलाई हेरिरहनु भएको थियो। अनि दारालाई वृत्तान्त पठाइएको बेला तिनीहरूलाई कामगर्नबाट तिनीहरूले रोकेनन्, अनि यस सम्बन्धि एक लिखित आदेश फिर्ता पठाउँनु भयो।
5:6b.EZR.005.006 यो नदी पारि यूफ्रेटिस नदीको पश्चिम को प्रदेशका राज्यपाल तत्तनै अनि शत्तर-बोज्नै र तिनीहरूका सहकारिहरू, नदीपारीको प्रदेशका निरीक्षकहरूले राजा दारालाई पठाएको पत्रको प्रति हो।
5:7b.EZR.005.007 तिनीहरूले तिनलाई एक वृत्तान्त पठाए अनि त्यसमा यी कुराहरू लेखिएको थियोः राजा दारा प्रति, सम्पूर्ण अभिवादन!
5:8b.EZR.005.008 यो कुरा राजालाई अवगत होस् कि हामी महान परमेश्वरको मन्दिर यहूदा प्रदेशमा गयौ, अनि विशाल शिला खण्ड द्वारा यसको पुनःर्निर्माण हुँदैथियो, काठका बीमहरू पर्खालहरूमा लगाइँदै थियौ यो काम सरासरी गरिदै थियो। तिनीहरूको हातबाट राम्ररी काम भईरहेको थियो।
5:9b.EZR.005.009 तब हामीले यी अगुवाहरूलाई यसप्रकारले प्रश्न गर्यौं हामीले तिनीहरूलाई भन्यौ, “तिमीहरूलाई यो परमेश्वरको मन्दिर पुनःर्निर्माण गर्न अनि यो भित्ताको काम पुरा गर्न कसले अनुमति दियो?”
5:10b.EZR.005.010 हामीले तिनीहरूलाई उनीहरूको नाउँहरू पनि सोध्यौ जसद्वारा हामी तपाईंलाई यो सूचित गर्न सकौंकि हामी ती मानिसहरूका अगुवाहरूको थिए नाउँ लेख्न सकौ।
5:11b.EZR.005.011 तिनीहरूले हामीलाई यस प्रकारले जवाफ दिएः “हामी स्वर्ग अनि पृथ्वीका परमेश्वरका सेवकहरू हौं हामीले त्यो मन्दिरको पुनःर्निर्माण गरिरहेराछौं जो धेरै वर्ष अघि बनिएको थियो जसलाई इस्राएलका एक महान राजाले निर्माण गरी पूर्ण गरेका थिए।
5:12b.EZR.005.012 किनभने हाम्रा पूर्खाहरूले स्वर्गका परमेश्वरलाई क्रोधित तुल्याएका हुनाले उहाँले तिनीहरूलाई बाबेलका राजा नबूकदनेसर, चलदियनको हातमा सुम्पिनु भयो, अनि तिनले यो मन्दिरलाई तोडि दिए र बाबेलमा कैदी बनाए ती मानिसहरूलाई लगे।
5:13b.EZR.005.013 तर बाबेलका राजा कोरेस को प्रथमवर्षमा, यो परमेश्वरको मन्दिरलाई पुनःर्निर्माण गर्ने आदेश दिए।
5:14b.EZR.005.014 परमेश्वरको मन्दिरमा भएका सुन र चाँदीका भाँडा-वर्त्तन, थालहरू जो नबकदनेसरले यरूशलेमको मन्दिरबाट हटाएर बाबेलको मन्दिरमा राखेका थिए, राजा कोरेसले ती सबै बाबेलको मन्दिरबाट निकाले अनि शेशबज्जर नाउँ गरेका मानिसलाई दिए, जसलाई तिनले प्रशासक नियुक्त गरेका थिए।
5:15b.EZR.005.015 अनि कोरेसले शेशबज्जरलाई भने, “यो बस्तुहरू लैजाउ यरूशलेमको मन्दिरमा राख अनि परमेश्वरको मन्दिरको, त्यसको खास स्थानमा पुनःर्निर्माण होस्।”
5:16b.EZR.005.016 त्यसपछि शेशबज्जर आए अनि यरूशलेममा परमेश्वरको मन्दिरको जग बसाले। त्यस समयदेखि अहिलेसम्म यसको पुनःर्निर्माण कार्य चलिरहेको छ, तर अझ सम्म पूर्ण भएकोछैन।”
5:17b.EZR.005.017 अब, यदि राजालाई इच्छा लाग्छ भने बाबेलको राज अभिलेखमा खोज-तलाश गरियोस कि यरूशलेममा परमेश्वरको त्यो मन्दिरको पुनःर्निर्माण गर्ने आदेश राजा कोरेसले दिएका थिए भन्ने कुरा सत्य हो कि होइन भनी हेर्नलाई अनि त्यस पछि यस विषयमा राजाले उनको इच्छा हामी कहाँ पठाउन्।
6
6:1b.EZR.006.001 तब राजा दाराले एक आदेश जारिगरे अनि तिनीहरूले बाबेलमा जहाँ कोष भण्डार गरिएका थिए, त्यहाँ अभिलेखाको खोज-तलाश गरे।
6:2b.EZR.006.002 तर मादी प्रदेशमा राज वासस्थान-एक्बातानामा एक मुठा चर्मपत्र भेट्टाए त्यसमा यस्तो लेखिएको थियोः स्मारिकाः
6:3b.EZR.006.003 राजा कोरेसको प्रथम वर्षमा, राजा कोरेसले यरूशलेममा परमेश्वरको मन्दिर सम्बन्धी एक आदेश दिए। मन्दिर त्यस स्थानमा पुनःर्निर्माण होस् जहाँ तिनीहरूले बलिदानहरू अर्पण गर्थे अनि यसको घडेरीमा जग उचालियोस्।
6:4b.EZR.006.004 यसको उचाइ 90 फीट चौडाइ 90 फिट हुनेछ। विशाल शिला खण्डका तीन पत्र अनि काठका बीम एक पत्र सहित त्यसको खर्च राज कोषबाट दिइनेछ।
6:5b.EZR.006.005 परमेश्वरको मन्दिरका सुन, चाँदी, भाँडा-वर्त्तनहरू पनि जो नबूकदनेस्सरले यरूशलेमको मन्दिरबाट लगेका थिए, अनि बाबेलमा ल्याएका थिए फर्काइ ल्याउनु पर्छ, र यरूशलेमको मन्दिर त्यसको आफ्नो स्थानमा राखिनु पर्छ। अनि त्यसलाई परमेश्वरको मन्दिरमा राखिनु पर्छ।
6:6b.EZR.006.006 अब तिमी, यूफ्रेटिस नदीपारी, पश्चिमको प्रदेशका प्रशासक तत्तनै अनि शत्तर-बोज्नै, अनि तिनीहरूका सरकारी मानिसहरू, नदीपारीको प्रदेशका निरीक्षकहरू, त्यहांबाट टाढा बस परमेश्वरको मन्दिरको काममा दिक्दारी नदेऊ।
6:7b.EZR.006.007 यहूदीहरूका प्रशासक अनि यहूदीहरूका धर्मगुरूलाई त्यसको खास स्थानमा परमेश्वरको र मन्दिर पुनःर्निर्माण गर्न देऊ। अब, परमेश्वरको त्यो मन्दिर को पुन : र्निर्माण गर्दा यी यहूदी धर्मगुरूहरूका निम्ति तिमीहरूले के गर्नु पर्छ
6:8b.EZR.006.008 त्यस सम्बन्धमा यो आदेश दिन्छु परमेश्वरको मानिस निर्माण कार्यमा यी मन्दिरको खर्च पुर्णरूपले राज कोषबाट-नदीपारीको प्रदेशका तिरोहरूबाट-तिरीनेछ, जसमा कि
6:9b.EZR.006.009 तिनीहरूले काम रोक्न नसकुन। बाछाहरू, भेडाहरू वा धुपहरू स्वर्गका परमेश्वरका निम्ति के चीज खाँचो छ गहुँ, नून, दाखरस वा तेल जे पनि यरूशलेमका पूजाहारीहरूले निवेदन गरून्।
6:10b.EZR.006.010 ती दिइनेछ। नबिराइकन तिनीहरूलाई दिइयोस् जसमा कि तिनीहरूले सुबास युक्त बलिदानहरू स्वर्गका परमेश्वरलाई अर्पण गर्न सकुन् अनि राजा र उनका। छोराहरूको जीवनका निम्ति प्रार्थना गरून्।
6:11b.EZR.006.011 म आदेश दिन्छु, कि यदि कसैले यो आदेशको अवहेलना गरे उसको घरबाट एउटा खम्बा निकालेर उसलाई यसमा ठाडै झुण्डाउनु पर्छ र पिट्नु पर्छ अनि त्यसको घरलाई ध्वंशावशेषको राश तुल्याउनु पर्छ।
6:12b.EZR.006.012 आफ्नो नाउँलाई त्यहाँ बसाउनु हुने यरूशलेमका परमेश्वरको त्यो मन्दिर नष्ट गर्नका निम्ति यो आदेशलाई अवज्ञा गर्ने प्रयास गर्ने कुनै राजा वा मानिसलाई परास्त गरून्। म, दाराले यो आदेश गरेकोछु। यसलाई सावधानीपूर्वक चाँडो पालन गरियोस्।
6:13b.EZR.006.013 तब, यूफ्रेटिस नदीको पश्चिमको प्रदेशका प्रशासक तत्तनै, अनि शत्तर-बोज्नै र तिनीहरूका सरकारी मानिसहरूले राजा दाराले आदेश दिए जस्तै गरे।
6:14b.EZR.006.014 यहूदीहरूका धर्मगुरूहरू अगमवक्ता हाग्गै अनि इद्दोका छोरा जकर्याह अगमवक्ताको रेखदेखमा निर्माण कार्य सफलता पुर्वक गर्दै गए। इस्राएलका परमेश्वरको आदेश कोरेस, दारा।
6:15b.EZR.006.015 अनि आर्ट-जारसेज फारसका राजाहरूको आदेशद्वारा तिनीहरूले निर्माण कार्य पूर्ण गरे। यसरी यो मन्दिर राजा दाराको शासनकालको छैटौ वर्षको अदार महीनाको तेस्रो दिन पुर्ण गरियो।
6:16b.EZR.006.016 त्यस पछि इस्राएलका मानिसहरू, अनि लेवीहरू र अन्य फर्किआएका कैदीहरूले परमेश्वरको यो मन्दिरको समर्पणको उत्सव खूबै र्हषसाथ मनाए।
6:17b.EZR.006.017 परमेश्वरको मन्दिरको समर्पणको निम्ति तिनीहरूले 100 साढे, 200 भेडा, 400 थुमा अनि समस्त इस्राएलको पवित्रिकरण-अर्पणका निम्ति, इस्राएलका प्रत्येक कुलबाट एक-एक गरी 12 वटा बोका अर्पण गरे।
6:18b.EZR.006.018 तिनीहरूले यरूशलेममा परमेश्वरको मन्दिरमा सेवाका निम्ति मोशाको पुस्तकमा लेखिए अनुसार पूजाहारीहरूलाई र तिनीहरूका विभागमा अनि लेवीहरूलाई तिनीहरूका वर्गमा स्थापित गरे।
6:19b.EZR.006.019 यहूदीहरू जो कैदबाट फर्केर आएका थिए, तिनीहरूले पहिलो महीनाको चौधौ दिनमा निस्तार चाड मनाए।
6:20b.EZR.006.020 किनभने सबै पूजाहारीहरू अनि लेवीहरूले स्वयंलाई शुद्ध पारेका थिए। तिनीहरू सबै स्वच्छ थिए। यसकारण तिनीहरूले कैदबाट फर्केर आउने सबै यहूदीहरू अनि तिनीहरूका पूजाहारीहरू, अनि तिनीहरूस्वयंका निम्ति निस्तार थुमा मारे।
6:21b.EZR.006.021 कैदबाट फर्केर आउने इस्राएली मानिसहरूले निस्तार भोज खाए जसरी परमप्रभु इस्राएलका परमेश्वरको आराधना गर्नका निम्ति जसले स्वयंलाई देश तथा राष्ट्रहरूको अस्वच्छ पनबाट अलग पारेर तिनीहरूसित मिल्नेहरूले गरेका थिए।
6:22b.EZR.006.022 तिनीहरूले सात दिनसम्म खुबै आनन्द सित अखमिरी रोटीको उत्सव मनाए। किनभने परमप्रभुले तिनीहरू प्रति अश्शूरका राजाको मन परिवर्त्तन गरिदिनु भएर, तिनीहरूलाई खुशी तुल्याएका थिए, जसद्वारा तिनले परमप्रभु, इस्राएलका परमेश्वरको मन्दिरको कार्यमा सहयोग दिए।
7
7:1b.EZR.007.001 फारसका राजा आर्टा-जारसेजको को शासनकालमा, यी कुराहरू पछि एज्रा बाबेलबाट यरूशलेममा आए। एज्रा सरायाहका छोरा, अजर्याहका छोरा, हिल्कियाहका छोरा।
7:2b.EZR.007.002 हिल्किया शल्लूमका छोरा, शल्लूम सादोकका छोरा, सादोक।
7:3b.EZR.007.003 अहीतूबका छोरा, अहीतूब अमर्याहका छोरा, अमर्याह, अजर्याहका छोरा, अजर्याह मरायोतका छोरा।
7:4b.EZR.007.004 मरायोत, जरहियाहका छोरा, जरहियाह उज्जीका छोरा थिए। उज्जी बुक्कीका छोरा थिए।
7:5b.EZR.007.005 बुक्की अबीशूअका छोरा थिए, अबीशूअ पीनहासका छोरा थिए, पीनहास एलाजारका छोरा थिए, एलाजार मुख्य पूजाहारी हारूनका छोरा थिए।
7:6b.EZR.007.006 एज्रा बाबेलबाट यरूशलेम आए अनि तिनी मोशाको व्यवस्थाको विषयमा राम्रो ज्ञान भएका शिक्षक थिए। जो परमप्रभु इस्राएलका परमेश्वरले इस्राएललाई दिनु भएको थियो। अनि राजाले एज्रालाई उसले चाहेका हरेक बस्तु दिए किनकि परमप्रभु उसका परमेश्वरले उसलाई सहायता गर्दै थिए।
7:7b.EZR.007.007 इस्राएलका केही मानिसहरू केही पूजाहारीहरू, लेवीहरू गवैयाहरू, द्वारपालहरू, मन्दिरका सेवकहरू।
7:8b.EZR.007.008 राजा आर्ट-जोरसेजको शासनको सातौ वर्षमा यरूशलेमसम्म आए।
7:9b.EZR.007.009 उनी यरूशलेममा राजाको सातौ वर्षको पाचौ महिनामा आए किनभने उनले पहिलो महिनाको पहिलो दिनमा मा नै बाबेल छाडे अनि पाँचौ महिनाको पहिलो दिनमा यरूशलेम आए किनभने उनलाई उनका परमेश्वरले सहायता गर्दैथिए।
7:10b.EZR.007.010 किनकि एज्राले स्वयंलाई परमप्रभुको शिक्षको अध्यायन गर्नमा अनि त्यसलाई व्यवहारमा परिणत गर्नमा इस्राएलमा त्यसका सम्बन्धि अध्यादेशहरू अनि कानून सिकाउनमा आफूलाई समर्पण गरेका थिए।
7:11b.EZR.007.011 यो पत्रको प्रतिलिपि हो, जो राजा आर्ट-जारसजले पूजाहारी लेखक अनि परमप्रभुबाट विधिका गूरू, एज्रा अनि उसका नियमहरू इस्राएललाई दिएका थिए।
7:12b.EZR.007.012 आर्ट-जारसेज, स्वर्गका परमेश्वरका राजाहरूका राजा, व्यवस्थाका विद्वान पूजाहारी एज्रा प्रतिः अभिवादन!
7:13b.EZR.007.013 अब-म यो आदेश दिंदछु कि मेरो राज्यमा कोहि पनि इस्राएलका मानिसहरू वा तिनीहरूका पूजाहारीहरू वा लेवीहरू स्वेच्छाले तिमीसित यरूशलेममा जान चाहन्छन् भने जानसक्छन्।
7:14b.EZR.007.014 तिमीलाई राजा अनि उनका सातजना सल्लाहकारहरू परमेश्वरको व्यवस्थाको विषयमा हेर्न पठाएको छु जुन चाँहि तिम्रो हात यहूदा अनि यरूशलेममाथि छ।
7:15b.EZR.007.015 तिमीलाई राजा र उनका सल्लाहकारहरूले इस्राएलका परमेश्वर, जसको मन्दिर यरूशलेममा छ, मुक्त रूपले अर्पण गरेका सुन र चाँदीहरू लिन पठाएका हुन साथै यरूशलेममा तिनीहरूका परमेश्वरको मन्दिरको निम्ति मानिसहरू अनि पूजाहारीहरूले गरेका।
7:16b.EZR.007.016 स्वेच्छिक अर्पणहरू सहित बाबेल प्रदेश भरि तिमीले प्राप्त गर्न सकेका सुन र चाँदीहरू लानु।
7:17b.EZR.007.017 त्यसकारण, तिमीले यो पैसाले निर्दिष्ट रूपमा साँढें, भेडा, थुमाहरू अनि अन्नवलि एवं अर्घबलि किन्नु पर्छ, अनि तिमीले ती यरूशलेममा तिम्रो परमेश्वरको मन्दिरको बेदीमा अर्पण गर्नुपर्छ।
7:18b.EZR.007.018 बाँकी रहेका सुन अनि चाँदी द्वारा तिम्रो परमेश्वर को इच्छा अनुसार तिमी अनि तिम्रा यहूदी भाइहरूका निम्ति के गर्दा राम्रो हुन्छ त्यही गर्न सक्ने छौ।
7:19b.EZR.007.019 तिम्रा परमेश्वरकको उपासनाका निम्ति तिमीलाई प्रदान गरिएका भाँडा-वर्त्तनहरू तिमीले यरूशलेमको मन्दिरमा परमेश्वरको समक्ष राख्नुपर्छ।
7:20b.EZR.007.020 अनि तिम्रा परमेश्वरको मन्दिरका निम्ति चाहिएका अन्य चीज-बीजहरू, जसको प्रबन्ध गर्ने जिम्मावारी तिम्रोहो तिमीले राज खजानाबाट प्रबन्ध गर्न सकनेछौ।
7:21b.EZR.007.021 म, राजा आर्ट-जारसेजले यो आदेश पनि ती कोषाध्यक्षहरूलाई दिदंछु जो यूफ्रेटिस नदीपारिका प्रदेशमा छन् कि पूजाहारी, स्वर्गका परमेश्वरका एक विद्वान एज्राले जे भने पनि त्यसलाई पुर्ण परिश्रम सहित गर।
7:22b.EZR.007.022 3400 किलो ग्राम चाँदी, 250 मूरी गहुँ, 22,000 लीटर दाखरस 22,000 लीटर भद्राक्षेको तेल अनि चाहिएजती नुन समेत पुर्णरूपले तुरून्तै दिनु।
7:23b.EZR.007.023 स्वर्गका परमेश्वरले गर्नु भएको जेसुकै आदेश पनि पुर्णरूपले तुरून्तै गर्नु। परमेश्वरको मन्दिरको निम्ति सम्पुर्ण परिश्रमले गर्नु जसमा कि परमेश्वरको क्रोध राजा अनि उनका छोराहरूका राज्य माथि पर्न नआवोस्।
7:24b.EZR.007.024 हामी तिमीहरूलाई सुचित गर्छौं, कि समस्त पूजाहारीहरू लेवीहरू, गायकहरू, द्वारपालहरू, मन्दिरका सेवकहरू अनि परमेश्वरको यो मन्दिरका अन्य सेवकहरूले कुनै प्रकारका तिरो तिर्नु पर्ने छैन।
7:25b.EZR.007.025 अनि एज्रा, तिमीसित भएका तिम्रा परमेश्वरका ज्ञान अनुसार तिमीले नदीपारीको प्रदेशका मानिसहरूको न्याय गर्न न्यायकर्त्ता अनि हाकिमहरूको नियुक्ति गर्नु जसले तिम्रो परमेश्वरको व्यवस्था जान्दछन्। अनि जसले जानदैनन्, तिनीहरूलाई तिमीले सिकाउने छौ।
7:26b.EZR.007.026 जसले तिम्रा परमेश्वरका व्यवस्था अनि राजाका व्यवस्थाको पालन गर्देन त्यसमाथि मृत्यु वा देश निकाला वा जरिमाना कि त कारावास पुर्णरूपले पुर्ण परिश्रम द्वारा तुरून्तै न्याय गरियोस्।
7:27b.EZR.007.027 परमप्रभु, हाम्रा पुर्खाका परमेश्वरको स्तुति गर। उसले राजा र यरूशलेमका परमप्रभुको मन्दिरलाई यस प्रकारले सम्मानित गर्ने तुल्याए।
7:28b.EZR.007.028 अनि उसले मलाई राजा, तिनका सल्लाहकार अनि राजाका प्रमुख अधिकारीहरूका उपस्थितिमा उसको प्रेम दर्शाए। परमप्रभु, मेरा परमेश्वरले मलाई सहायता गरिरहनु भएको हुनाले म उत्साहित भएको छु। अनि म संग यरूशलेमसम्म जानका निम्ति इस्राएलका अगुवाहरूलाई एकत्रित गरे।
8
8:1b.EZR.008.001 यी तिनीहरूका विस्थापित कुल वंशाका अगुवाहरू ती हुन् जो राजा आर्ट-जारसेज को शासनकालमा मसंग बाबेलदेखिमाथि गए।
8:2b.EZR.008.002 पीनहासका कुलकाः गेर्शोम, ईतामारका कुलबाटः दानियेल दाऊदका कुलबाटः
8:3b.EZR.008.003 शकन्याहका कुलका, हत्तूश परोशका कुलबाटः जकर्याह अनि तिनी सित सूची भएका 150 मानिसहरू थिए।
8:4b.EZR.008.004 पहत-मोआबका कुलबाटः एल्याहोएनै, जरहियाहका छोरा अनि तिनीसित 200 मानिसहरू।
8:5b.EZR.008.005 जत्तूका कुलहरूबाटः यहजीएलका छोरा शकन्याह अनि तिनी सित 300 मानिसहरू।
8:6b.EZR.008.006 आदीनका कुलबाटः जोनाथनका छोरा एबेद अनि तिनी सित 50 मानिसहरू।
8:7b.EZR.008.007 एलमाका कुलबाटः अतल्याहका छोरा यशयियाह अनि तिनी सित 70 मानिसहरू।
8:8b.EZR.008.008 शपत्याहका कुलबाटः मीकाएलका छोरा जबदियाह अनि तिनीसित 80 मानिसहरू।
8:9b.EZR.008.009 योआबका कुलबाटः यहीएलका ओबदिया अनि तिनीसित 218 मानिसहरु।
8:10b.EZR.008.010 बानीका कुलबाटः योसिपियाका छोरा शलोमीत अनि तिनीसित 160 मानिसहरु।
8:11b.EZR.008.011 बेबैका कुलबाटः बेबैका छोरा जकर्याह अनि तिनीसित 28 मानिसहरु।
8:12b.EZR.008.012 अज्गादका कुलबाटः हक्कातान छोरा योहानान अनि तिनीसित 110 मानिसहरू।
8:13b.EZR.008.013 आखिरी चाँहि अदोनीकाम, सन्तानबाट थिए तिनीहरूका नाउँ : एलीपेलेत, यीएल र शमायाह तिनीहरूसित 60 मानिसहरू थिए।
8:14b.EZR.008.014 बैग्बै कुलबाटः उत्तै अनि जब्बूद अनि तिनीहरू सित 70 मानिसहरू थिए।
8:15b.EZR.008.015 मैले तिनीहरूलाई नदीको छेउमा भेला गरें जो अहवातर्फ बग्छ, हामी त्यहाँ छाउनी लगएर तीन दिनसम्म बस्यौ। मैले ती मानिसहरू अनि पूजाहारीहरूलाई हेरे तर मैले त्यहाँ कुनै लेवीहरूलाई देखिन।
8:16b.EZR.008.016 यसकारण मैले एलाजार, अरीएल, शमायाह, एल्नातान, यारीब, एल्नातान, नातान, जकर्याह र अश्शूलाम, जो अगुवाहरू अनि योयारीब र एल्नातानहरूलाई बोलाएँ तिनीहरू बुझकि मानिस थिए।
8:17b.EZR.008.017 अनि मैले तिनीहरूलाई कासिपियाह नामक स्थानमा अगुवा इद्दो कहाँ पठाएँ। इद्दो र तिनका दाज्यू-भाइहरू अनि कसिपियाह स्थानको मन्दिरका सेवकहरूलाई के भन्नु पर्ने सो भने जसद्वारा तिनीहरूले हामी कहाँ हाम्रा परमेश्वरको मन्दिरको निम्ति कर्मीहरू ल्याउन सकोस्।
8:18b.EZR.008.018 किनभने हाम्रा परमेश्वरले हामीलाई सहयाता गर्नु भयो, तिनीहरूले हामीकहाँ एक वुद्धिमान मानिस, लेवीको छोरा महलीका कुलहरूका। इस्राएलका छोरा जस्तै शरेबियाह र तिनका छोराहरू भाइहरू एवं अन्य मानिसहरू।
8:19b.EZR.008.019 अनि शरेबियाह तिनीसित मरारीका सन्तानहरूका यशैयार तिनका भाई र छोराहरू।
8:20b.EZR.008.020 अनि मन्दिरका सेवकहरू जसलाई दाऊद अनि राजकुमारहरूले लेवीहरूलाई सहायता गर्न नियुक्त गरेका थिए। 220 जना मन्दिरमा सेवकहरू पठाए। ती सबै का नाउँ सूचीमा लेखिए।
8:21b.EZR.008.021 त्यहाँ अहवा नदीको छेउमा, हामीहरू अनि हाम्रा केटा-केटीहरू र हाम्रा सबै सम्पत्तिहरूको निरापद यात्राको निम्ति उहाँसित विन्ती गर्नलाई हामी परमेश्वरको समक्ष स्वयंलाई विनम्र तुल्याउन सकौ भनी उपवासको घोषणा गर्यौं।
8:22b.EZR.008.022 किनभने यात्रामा हामीलाई शत्रुहरूबाट सुरक्षित राख्नको निम्ति राजासंग सैनिक अनि घोडसवारहरूको माग गर्नमा लज्जित थियौं। किनभने हामीले राजालाई भनेको थियौ, “हाम्रा परमेश्वरले ती सबैलाई सहायता गर्नु हुन्छ, जो उहाँ प्रति विश्वास गर्छन् तर उहाँ तिनीहरू प्रति अति क्रोधित हुनुहुन्छ, जो उहाँदेखि टाढा हुन्छन्।”
8:23b.EZR.008.023 यसर्थ हामीले यसका निम्ति उपवास बस्यौं र हाम्रा परमेश्वर प्रति प्रार्थना गर्यौ अनि उहाँले हाम्रो प्रर्थनाको उत्तर दिनु भयो।
8:24b.EZR.008.024 त्यसपछि मैले शेरेब्याह र हबिशयाह अनि तिनीहरूका भाईहरू मध्ये दशजना पूजाहारीहरू सहित 12 जना अगुवाहरूलाई चुनें।
8:25b.EZR.008.025 त्यसपछि राजा र तिनका सल्लाहकारहरू र अधिकारीहरू त्यहाँ उपस्थित भएका इस्राएलका सबै मानिसहरूले हाम्रा परमेश्वरको मन्दिरका निम्ति अर्पण गरेका सुन, चाँदी र भाँडा-वत्तर्नहरू तौलेर मैले तिनीहरूलाई दिए।
8:26b.EZR.008.026 मैले तौलिएर तिनीहरूलाई 22,100 किलो ग्राम चाँदी 100 चाँदीका भाडाहरू 3,400 किलो ग्राम ओजनको, 3,400 किलोग्राम सुन
8:27b.EZR.008.027 सुनका कचौराहरू 8 1/2 किलोग्राम ओजनको,
8:28b.EZR.008.028 तब मैले ती बाह्र पूजाहारीहरूलाई भने, “तिमीहरू अनि यी चीजहरू परमप्रभुको निम्ति पवित्र छौ। मानिहरूले तिमीहरूका पिता-पुर्खाका परमेश्वरलाई सुन र चाँदीहरू दिए।
8:29b.EZR.008.029 यिनीहरू को खूबै होशियारी सित रक्षा गर। जब सम्म तिमीहरूले पूजाहारीहरू अनि लेवीहरूका अगुवाहरू अनि यरूशलेममा इस्राएल कुलका प्रमुखहरू समक्ष परमप्रभुको मन्दिरको कोठाहरू भित्र तौलँदैनौं।”
8:30b.EZR.008.030 यसर्थ पूजाहारीहरू र लेवीहरूले जोखिएका ती सुन-चाँदी र अरू मत्तोपुर्ण सामानहरू यरूशलेममा, हाम्रा परमेश्वरको मन्दिरमा ल्याउनका निम्ति प्राप्त गरे।
8:31b.EZR.008.031 हामीले यरूशलेम जानका निम्ति पहिलो महिना को बाह्रौ दिनमा अहावा नदी छोडियौ। अनि हाम्रा परमेश्वर हामीसित हुनुहुन्थ्यो र उहाँले हामीलाई शत्रुहरूको शक्ति र चोरहरूबाट बाटोमा सुरक्षित गर्नुभयो।
8:32b.EZR.008.032 अनि हामी यरूशलेम आइपुग्यौ। त्यहाँ हामीले तीनदिन विश्राम गर्यौ।
8:33b.EZR.008.033 चौथो दिनमा हामीले हाम्रा परमेश्वरको मन्दिरमा ती चाँदी अनि सुन अनि सामानहरू जोखियौ र ती पूजाहारी उरियाहका छोरा मरेमोत साथै पीनहासका छोरा एलाजार अनि तिनीहरूसित लेवीहरू, येशूअका छोरा योजाबाद अनि बिन्नुईका छोरा नोअदियाहलाई दियौ।
8:34b.EZR.008.034 हरेक वस्तुको संख्याद्वारा ओजन जाँच गरि अनि त्यस समयमा ठोस ओजन टिपियो।
8:35b.EZR.008.035 तब कैदबाट फर्केर आउने यहूदीहरूले इस्राएलका परमेश्वरलाई समस्त इस्राएलका निम्ति होमबलि अर्पण गरे 12 वटा साँढे, 96 वटा भेडा, 77 वटा थुमा अनि पाप बलिका निम्ति 12 वटा बोकाहरू यी सबै परमप्रभुका निम्ति होमबलि थिए।
8:36b.EZR.008.036 तिनीहरूले राजाका आदेश पनि राज अधिकारीहरू अनि नदीपारीका प्रशासकहरूलाई दिए। तब तिनीहरूले यी अधिकारीहरूले प्रशासकहरू अनि इस्राएलका मानिसहरूले परमेश्वरको मन्दिरलाई सहयोग दिए।
9
9:1b.EZR.009.001 यी कुराहरू गरेपछि अगुवाहरू म कहाँ आए र भने, “इस्राएलका मानिसहरू पूजाहारी अनि लेवीहरू भूमिका मानिसहरूबाट स्वयं पृथक भएका छैनन्। ती इस्राएलका मानिसहरूले कनानी, हित्ती, परिज्जी, यबूसी, अम्मोनी, मोआबी, मिश्री अनि एमोरीसँग घिनलाग्दा कार्य गरेकाछन्।
9:2b.EZR.009.002 किनभने तिनीहरूले आफू स्वयं अनि आफ्ना छोराहरूका निम्ति तिनीहरूले वरिपरीका छिमेकिका छोरीहरूलाई पत्निको रूपमा राखेकाछन्। अनि तिनीहरूले पवित्र मानिसहरूलाई भूमिका अरू मानिसहरूसित मिलाएका छन्। अधिकारीहरू र अगूवाहरूले परमेश्वर प्रति अविश्वसनीय कार्यमा अगुवाइ गरेकाछन्।”
9:3b.EZR.009.003 जब यो वचन मैले सुने मेरो पहिरन च्यातें अनि मैले मेरो शिरका केश र दाह्री उखाले
9:4b.EZR.009.004 म अति आघातको अवस्थाया बसें। तब सबै मानिसहरू मकहाँ आए, जो इस्राएलका परमेश्वरको वचनद्वारा डरले काँमेका थिए। तिनीहरू भयभीत थिए किनभने मानिसहरू जो कैदमा थिए, तिनीहरू परमेश्वर प्रति अविश्वसनीय थिए। अनि म साझ बलिदान नहुज्जेल आघातको अवस्थामा बसें।
9:5b.EZR.009.005 तब साझको बलिदानको समयमा लज्जीत अवस्थ्यामा बसिरहेको देखि म उठें अनि च्यातिएका पहिरन अङ्ग वस्त्र सहित म घुडाटेकेरे निहुरिए र परमप्रभु मेरो परमेश्वर तर्फ मैले मेरा हात फैलाएँ
9:6b.EZR.009.006 र मैले भने” हे मेरो परमेश्वर, तपाईं प्रति मेरो अनुहार उठाउनु होस हे परमेश्वर, म अत्यन्तै लज्जित एवं घबराहट् छु तपाईंलाई माथिहेर्न।
9:7b.EZR.009.007 किनभने हाम्रो पापहरू हाम्रोशिर जतिकै उच्च भएर बढेका छन्। अनि हाम्रो अपराधहरू धेरै भएकाछन्। हाम्रा पापको कारणले आज हामी, हाम्रा राजाहरू अनि हाम्रा पूजाहारीहरू। विदेशी राजाहरूबाट तरवार, कैद, लुटमार अनि लाज र हीनता बोझद्वारा दण्डित् भएकाछौं।
9:8b.EZR.009.008 अनि अहिले क्षणभरका निम्ति हाम्रा परमप्रभु परमेश्वरले हामी प्रति दया दर्शाउनु भएको छ। हामीमध्ये केहीलाई कैदी बाट उम्कन दिनु भएर अनि आफ्नो पवित्रस्थानमा हामीलाई सुरक्षित स्थान दिनुभएर जसमा कि हाम्रा परमेश्वरले हामीलाई नया आशा दिनुहुन्छ, अनि हाम्रो दासत्वबाट हामीलाई नयाँ जीवन दिनु हुन्छ।
9:10b.EZR.009.010 तर अब हाम्रा परमेश्वर, यसपछि हामी के भन्नसक्छौं? किनभने हामीले तपाईंका आदेशहरू ल्याएका छौ।
9:11b.EZR.009.011 जो तपाईंले तपाईंका सेवकहरू अगमबक्ताहरू द्वारा दिनु भयो। जब तपाईंले भन्नु भयोः “त्यो भूमि जसलाई अधिकारमा लिन तिमीहरू प्रवेश गरिरहेछौ, मानिसहरूको दुष्ट कार्यले गर्दा त्यो भूमि भ्रष्ट भएका छन्। तिनीहरूले त्यो भूमि एक छेऊ देखि अर्को छेऊ सम्म कुर्कम अनि अशुद्धताले भरिएको छन्।
9:12b.EZR.009.012 त्यो भुमिमा तिनीहरू एक छेउ देखि अर्कोछेउसम्म आफ्ना दुष्कर्म द्वारा आफ्ना अस्वच्छ पनाद्वारा मरेका थिए। यसर्थ आफ्ना छोरा-छोरीहरूको लागि तिनीहरूका छोरा-छोरीहरूसंघ पति-पत्नीको रूपमा तिनीहरूको कल्याण अथवा सफलताको चाहना कहिल्यै नगर जसद्वारा तिमीहरू शक्तिशाली हुनेछौ।”
9:13b.EZR.009.013 अनि तिमीहरूले त्यस भूमिको असल कुराहरूको उपभोग गर्न सक्ने छौ र तिमीहरूले सदाको निम्ति यसलाई पैतृक सम्पत्ति को रूपमा आफ्ना छोरा-छोरीहरू तथा सन्तानलाई दिन सक्ने छौ। आखिरमा हाम्रो दुष्टकर्म अनि महादोषको कारणले त्यो हामीमाथि आइपरेको भएता पनि तपाईं, हाम्रा परमेश्वरले हाम्रो पाप प्रति।
9:14b.EZR.009.014 उचित भन्दा कमदण्ड दिनु भएकोछ तपाईंले हामीलाई यसरी बाँच्नेहरूको एक समूह दिनु भए पछि के हामिले फेरि तपाईंको आदेश भङ्ग गर्नु, अनि यी इच्छा विपरित कार्य गर्ने मानिसहरू सित अन्तर-जातिय विवाह गर्नु? के हामीलाई नष्ट गर्नका निम्ति तपाईं क्रोधित हुनुहुन्न। जसमा कि त्यहाँ कोही पनि रहने छैन?
9:15b.EZR.009.015 हे परमप्रभु इस्राएलका परमेश्वर तपाई असल हुनुहुन्छ! किनभने आज हामी बाँच्नेहरूको समुहमा छाडिएका छौ। यो दोष को कारण कोही पनि तपाईंको समक्ष निर्दोष घोषित हुन नसकेता पनि हामी दोष सहित यहाँ तपाईंका समक्ष छौ।
10
10:1b.EZR.010.001 जब एज्राले स्वयं रूँदै परमेश्वरको मन्दिर अघि बसेर प्रार्थना गरे। र दोष स्वीकार गरे त्यसबेला इस्राएली पुरूष, स्त्री र केटा-केटीहरूको ठूलो भिड तिनीकहाँ भेला भए। किनभने मानिसहरू जोडले रोइरहेका थिए।
10:2b.EZR.010.002 शकन्याह, यहीएलको छोरा, एलामका कुलहरू मध्ये एक-ले एज्रालाई भने, “हामी हाम्रा परमेश्वरप्रति विश्वासहीन भएको छौ। त्यस भूमिका विदेशी स्त्रीहरूसित विवाह गरेर।
10:3b.EZR.010.003 अब, यस विषयमा इस्राएलका निम्ति अझ आशा छ। यसर्थ अब यी समस्त पत्नीहरू अनि तिनीहरूका छोरा-छोरीहरूलाई मेरा मालिक एज्रा को अनि हाम्रा परमेश्वरको आदेश र आदर गर्नेहरूको सल्लाह अनुसार पठाउनका निम्ति व्यवस्था अनुसार हाम्रा परमेश्वर सित हामी एक करार गरौ।
10:4b.EZR.010.004 उठ, किनभने यो तिम्रो जिम्मेवारिको कुरा हो अनि हामी तिम्रोसाथ छौ। यसो गर्ने साहस गर।”
10:5b.EZR.010.005 यसर्थ एज्रा उठे र उनले पूजाहारीहरू लेवीहरू अनि इस्राएलका समस्त मानिसहरूका अगुवाहरूलाई, जे गर्ने सल्लाह भएको छ। त्यही गर्ने शपथ दिलाए। तिनीहरूले त्यसै गर्ने शपथ गरे।
10:6b.EZR.010.006 त्यसपछि एज्रा परमेश्वरको मन्दिर सामुनेबाट पर गए अनि उनी एल्यासीबका छोरा योहानानको कोठामा गए अनि उनले त्यहीं रात बिताए। उनले त्यहाँ रोटी खाएनन्, अनि पानी पनि पिएनन्, किनभने कैदी बाट फर्केर आउनेहरूको अविश्वासीपनले गर्दा उनी अझ आफशोस गर्दै थिए।
10:7b.EZR.010.007 तिनीहरूले कैदीबाट फर्केर आउने सबैलाई यरूशलेममा भेला हुनु भनि यहूदा अनि यरूशलेम भरि घोषणा गरे।
10:8b.EZR.010.008 तीन दिन भित्रमा जो आउदैन, अधिकारी अनि धर्मगुरूको निर्णय अनुसार उसले आफ्नो सम्पूर्ण सम्पत्ति गुमाउन सक्ने छन्। अनि उसलाई फर्केर देशनिकालाहरूको समूहबाट अलग गरिनेछ।
10:9b.EZR.010.009 यसर्थ तीन दिन भित्र मा यहूदा अनि बिन्यामीनका समस्त मानिसहरू यरूशलेममा भेला भए। यो नवौ महिनाको बिसौ दिन थियो। समस्त मानिसहरू परमेश्वरको मन्दिरको खुला स्थानमा बसेका थिए। अनि त्यस वृष्टिको कारणले तिनीहरू डरले काम्दै थिए।
10:10b.EZR.010.010 तब पूजाहारी एज्रा उठे अनि तिनीहरूलाई भने, “विदेशी स्त्रीहरू विवाह गरेर तिमीहरू अविश्वसनीय भएका छौ यसरी इस्राएलमा अपराध बढाएका छौ।
10:11b.EZR.010.011 यसर्थ अब हाम्रा पिता-पुर्खाका परमेश्वर प्रति अपराध स्वीकार गर अनि उहाँको इच्छा अनुसार कार्य गर। तिमीहरूले स्वयंलाई त्यस भूमिका मानिसहरूबाट अनि तिमीहरूका विदेशी पत्नीहरूबाट अलग गर।”
10:12b.EZR.010.012 सम्पुर्ण सभाले उच्च आवाजमा उत्तर दिए, “हजूर, तपाईंले भन्नु भए अनुसार हामीले गर्नु पर्छ।
10:13b.EZR.010.013 तर यहाँ धेरै मानिसहरू छन् अनि यो वर्षा ऋतु हो। यसर्थ हामी बाहिर उभिन सत्तैनौं। यो काम एक वा दुइ दिनको होइन, किन हामीले यस कुरामा महानरूपले पाप गरेका छौ।
10:14b.EZR.010.014 हाम्रा अधिकारीहरू, प्रमुखहरूले सम्पूर्ण सभाको प्रतिनिधित्व गरून् अनि हाम्रा शहरका सबैजना जसले विदेशी स्त्रीहरू विवाह गरेका छन्। तिनीहरूसित प्रत्येक शहरका धर्मगुरू अनि त्यहाँका न्यायकर्त्ताहरू नियोजित समयमा आउन्, जब सम्म यस विषयमा हाम्रा परमेश्वरको जल्दो क्रोध हामीबाट टाढा हटदैन।”
10:15b.EZR.010.015 केवल असाहेलका छोरा जोनाथन अनि, टिकभाहका छोरा याजयाहले विरोध गरे। अनि मशुल्लाम, शब्बतै लेवीले तिनीहरूलाई समर्थन गरेनन्।
10:16b.EZR.010.016 फर्केका कैदीहरूले यसो गरे। पूजाहारी एज्राले कुलका प्रमुखहरूलाई आफ्ना कुलका विभागको प्रतिनिधित्व गर्नका निम्ति थरि थरिका मानिसहरू चुने अनि ती सबैलाई नाउँद्वारा पदस्थ गरेका थिए। दशौ महिनाको को पहिलो दिन तिनीहरू विषय अध्ययन गर्न बसे।
10:17b.EZR.010.017 तिनीहरूले ती सबै मानिसहरू, जसले विदेशी स्त्रीहरू विवाह गरेका थिए। व्यापार अर्को वर्षको पहिलो महिनाको पहिलो दिन सम्ममा पुरा गरे।
10:18b.EZR.010.018 विदेशी स्त्रीहरू विवाह गर्ने पूजाहारीका सन्तान मध्ये यिनीहरू भेट्टीएः योशादाकका छोरा येशुअको सन्तान अनि भाईकाहरूकाः मासेयाह, एलाजार, यारीब अनि गदल्याह।
10:19b.EZR.010.019 तिनीहरू सबैले आफ्ना पत्नीहरूलाई तलाक दिने वचन दिए अनि तिनीहरू प्रत्यकले आफ्ना बथानबाट एउटा भेडा आफ्ना दोषका निम्ति दोष बलि अर्पण गरे।
10:20b.EZR.010.020 इम्मेरका कुलहरूबाटः हनानी अनि जबदियाह।
10:21b.EZR.010.021 हारीमका कुलहरूबाटः मासेयाह, एलियाह, शमायाह, यहीएल, र उज्जियाह।
10:22b.EZR.010.022 पशहूरका कुलहरूबाटः एल्योएनै, मासेयाह, इश्माएल, नतनेल, योजाबाद अनि एलासा।
10:23b.EZR.010.023 लेवीहरू मध्येः योजाबाद, शिमी, केलायाह, पतहियाह, यहूदा अनि एलाजार।
10:24b.EZR.010.024 गवैयाहरू मध्येः एल्याशीब। द्वारपालहरू मध्येः शल्लूम, तेलेम अनि ऊरी।
10:25b.EZR.010.025 अनि रहेका, अन्य इस्राएली मध्येः परोशका कुलहरूकाः सम्याह, यिज्याह, मल्किया, मिय्यामीन, एलाजार, मल्कियाह, बनायाह।
10:26b.EZR.010.026 एलामका कुलहरूबाटः मत्तन्याह, जकर्याह, यहीएल, अब्दी, यरेमोत अनि एलिया।
10:27b.EZR.010.027 जत्तूका कुलहरूबाटः एल्योएनै, एल्याशीव, अत्तन्याह, यरेमोत, जरबाद अनि अजीजा।
10:28b.EZR.010.028 बेबैका कुलहरूकाः यो मानिसहरू येहोहानान, हनन्याह, जब्बै अनि अत्लै।
10:29b.EZR.010.029 बानीका कुलहरूबाटः मशूल्लाम, मल्लूक, अदायाह, याशूब, शाल अनि यरेमोत।
10:30b.EZR.010.030 पहत-मोआबका कुलहरूबाटः अद्ना, केलाल, बनायाह, मासेयाह, मत्तन्याह, बज्लेल बिन्नूई अनि मनश्शे।
10:31b.EZR.010.031 हारीमको कुलहरूबाट यी मानिसहरूः एलाजार, यिश्शियाह, मल्कियाह, शमायह, शिमेओन।
10:32b.EZR.010.032 बिन्यामिन, मल्लूह, अनि शमर्याह।
10:33b.EZR.010.033 हाशूमका कुलहरूबाट यी मानिसहरू मत्तनै, मत्तता, जाबाद, एलीपेलेत, येरेमै, मनश्शे अनि शिमी।
10:34b.EZR.010.034 बानीका कुलहरूबाट यी मानिसहरूः मादे, अम्राम, अनि ऊएल।
10:35b.EZR.010.035 बनायाह, बेदयाह कलूही।
10:36b.EZR.010.036 बन्याह, मरेमोत, एल्याशीब।
10:37b.EZR.010.037 मत्तन्याह, मत्तनै अनि यास्।
10:38b.EZR.010.038 बिन्नूईको कुलहरूबाट यी मानिसहरूः
10:39b.EZR.010.039 शिमी, शेलेम्याह, नातान अनि अदाया।
10:40b.EZR.010.040 मक्नादबै, शाशै, अनि शारै।
10:41b.EZR.010.041 अज्रेल शेलेम्याह, शमर्याह।
10:42b.EZR.010.042 शल्लूम, अमर्याह अनि योसेफ।
10:43b.EZR.010.043 नेबोका कुलहरूबाट यी मानिसहरूः यीएल, मत्तियाह जाबाद, जीबना, इद्दै योएल अनि बनायाह।
10:44b.EZR.010.044 यी सबै मानिसहरूले विदेशी स्त्रीहरूलाई विवाह गरेका थिए, अनि तिनीहरू कसैको पत्नीहरूसंग छोरा-छोरीहरू थिएनन्।
- Holder of rights
- Multilingual Bible Corpus
- Citation Suggestion for this Object
- TextGrid Repository (2025). Nepali Collection. Ezra (Nepali). Ezra (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-ACD8-3