2 Kings (Nepali)
1
1:1b.2KI.001.001 आहाब मरेपछि मोआब इस्राएलको विरूद्ध बागी भए।
1:2b.2KI.001.002 एक दिन अहज्याह सामारियामा काठले बारेको आफ्नो घरको माथिल्लो कोठाबाट लडे। उनी नराम्रो पाराले घाइते भए। अहज्याहले आफ्ना दूतहरूलाई बोलाए र तिनीहरूलाई भन्यो, “एक्रोनका देवता बालजबूबका पूजाहारीहरूकहाँ जाऊ। उनीहरूलाई सोध यदि म आफ्नो चोटबाट निको हुन सक्छु।”
1:3b.2KI.001.003 तर परमप्रभुको स्वर्गदूतले तिश्बी एलियालाई भने, “राजा अहज्याहले सामरीयाबाट केही स्वर्गदूतहरू पठाए। जाऊ अनि ती मानिसहरूसित भेट गर। तिनीहरूलाई भन, ‘इस्राएलमा एक परमेश्वर हुनुहुन्छ। सकारण तिमीहरू किन एक्रोनका देवता बालजबूबलाई प्रश्न सोधि रहेका छौ?
1:4b.2KI.001.004 4तिमीले यस्तो गरेको हुनाले परमप्रभुले भन्नुहुन्छ अहज्याहलाई तिमी आफ्नो ओछ्यानबाट उठ्नपाउने छैनौ। तिमी मर्ने छौ।” त्यसकारण एलिया हिंडे।
1:5b.2KI.001.005 दूतहरू अहज्याहकहाँ फर्केर आए। अहज्याहले दूतहरूलाई भने, “तिमी किन यति चाँडै फर्केर आयौ?”
1:6b.2KI.001.006 दूतहरूले अहज्याहलाई भने, “एकजना मानिस हामीसँग भेट गर्न आयो। उसले हामीलाई राजाकहाँ फर्केर जानु अनि उनलाई परमप्रभुले भनेको कुरा भन्नु भन्यो। परमप्रभु भन्नुहुन्छ, ‘इस्राएलमा एक परमेश्वर हुनुहुन्छ। यसकारण तिमीले किन एक्रोनका देवता, बालजबूबसमक्ष प्रश्न सोध्न दूतहरू पठायौ? तिमीले यस्तो काम गरेको हुनाले तिमी ओछ्यानबाट उठ्ने छैनौ। तिमी मर्ने छौ।”‘
1:7b.2KI.001.007 अहज्याहले दूतहरूलाई भने, “त्यो मानिस कस्तो देखिन्थ्यो जसले तिमीलाई भेट्यो अनि तिमीलाई यी कुराहरू भन्यो।”
1:8b.2KI.001.008 दूतहरूले जवाफ दियो, “त्यो मानिस रौमयुक्त थियो र कम्मरमा एउटा छालाको पेटी बाँधेको थियो।” तब अहज्याहले भने, “उनी तिश्बी एलिया हुन्।”
1:9b.2KI.001.009 अहज्याहले एक जना कप्तान र पचास जना मानिसहरू एलियाकहाँ पठाए। कप्तान एलियाकहाँ गए। त्यस बेला एलिया पर्वतको टाकुरामाथि बसेका थिए। कप्तानले एलियालाई भने, “परमेश्वरको जन, राजाले तपाईंलाई ओर्लेर, ‘आउनु भनी हुकूम गर्नु भएको छ।”‘
1:10b.2KI.001.010 एलियाले पचास जना मानिसहरूका कप्तानलाई उत्तर दिए, “यदि म परमेश्वरको जन हुँ, भने स्वर्गबाट आगो आओस्, अनि कप्तान अनि उनका पचास जना मानिसहरूलाई नष्ट पारोस्!” तब स्वर्गबाट परमेश्वरको आगो तल आयो अनि कप्तान तथा उनका पचास जना मानिसहरूलाई नष्ट पार्यो।
1:11b.2KI.001.011 अहज्याहले अर्का कप्तानलाई पचास जना मानिसहरूसँगै एलियासमक्ष पठाए। कप्तानले एलियालाई भने, “परमेश्वरको जन, राजाले भनेका छन्, ‘चाँडै तल आऊ!”‘
1:12b.2KI.001.012 एलियाले कप्तान र उनका पचास जना मानिसहरूलाई भने, “यदि म परमेश्वरको मानिस हुँ, भने स्वर्गबाट आगो आओस् र तिमी र तिम्रा मानिसहरूलाई नष्ट पारोस्।” तब स्वर्गबाट आगो आयो र कप्तान तथा उनका पचास जना मानिसहरूलाई नष्ट पार्यो।
1:13b.2KI.001.013 अहज्याहले तेस्रो कप्तान पचास जना मानिसहरूसँग पठाए। तेस्रा कप्तान एलियाकहाँ आए। कप्तान घुँडा टेकेर निहुरिए। कप्तानले एलियासमक्ष यसो भनेर बिन्ती चढाए, “परमेश्वरको जन, मेरो जीवन र तपाईंका पचास जना सेवकहरूको जीवनलाई मूल्यावान सम्झनु होस्, भनी बिन्ती गर्छु।
1:14b.2KI.001.014 स्वर्गबाट आगो आयो अनि पहिला दुइजना कप्तानहरू तथा उनीहरूका पचास जना मानिसहरूलाई नष्ट पार्यो। तर अब दया गर्नुहोस् अनि हामीलाई बाँच्न दिनुहोस्।”
1:15b.2KI.001.015 परमप्रभुको स्वर्गदूतले एलियालाई भने, “कप्तानसँग जाऊ। उनीसित नडराऊ।” यसकारण एलिया कप्तानसँग राजा अहज्याहलाई भेट्न गए।
1:16b.2KI.001.016 एलियाले अहज्याहलाई भने, “इस्राएलमा परमेश्वर हुनुहुन्छ। यसकारण किन तिमीले एक्रोनका देवता बालजबूबसित प्रश्नहरू सोध्नलाई दूतहरू पठायौ। तिमीले यस्तो काम गरेको हुनाले, तिमी आफ्नो ओछ्यनबाट उठ्ने छैनौ। तिमी मर्ने छौ।”
1:17b.2KI.001.017 परमप्रभुले एलिया मार्फत भन्नुभए अनुसार अहज्याहको मृत्यु भयो। अहज्याहको छोरा थिएन। त्यसकारण अहज्याह पछि योराम नयाँ राजा भए। योरामले यहोशापातका छोरा योहोराम यहूदाका राजा भएको दोस्रो वर्षमा शासन गर्न शुरू गरे।
1:18b.2KI.001.018 अहज्याहले अरू जे कामहरू गरे ती सबै नै ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।
2
2:1b.2KI.002.001 जब परमप्रभुले एलियालाई आँधीवेहरीमा स्वर्गमा उठाए लैजान आँट्नु भएको थियो। एलिया र एलीशासँगै गिलगाल छोडे।
2:2b.2KI.002.002 एलियाले एलीशालाई भने, “कृपया यही पर्ख, किनभने परमप्रभुले मलाई बेतेल जानु भन्नु भएको छ।” तर एलीशाले भने, “परमप्रभु हुनुहुन्छ अनि तिमी जिउँदै छौ, यसर्थ म शपथ खाएर भन्छु, म तिमीलाई छोड्ने छैन।” यसकारण दुइ जना मानिसहरू बेतेलतिर गए।
2:3b.2KI.002.003 बेतेलमा अगमवक्ताहरूको दल एलीशाकहाँ आयो अनि उनलाई भन्यो, “तिमीलाई थाह छ परमप्रभुले तिम्रा मालिकलाई आज लिएर जानु हुनेछ।” एलीशाले भने, “हो म जान्दछु यो। यस बारे कुरा नगर।”
2:4b.2KI.002.004 एलियाले एलीशालाई भने, “कृपया यहीं पर्ख, किनभने परमप्रभुले मलाई यरीहोमा जानु भन्नुभएको छ।” एलीशाले उत्तर दिए, “म शपथ खाएर भन्छु किनभने परमप्रभु हुनुहुन्छ अनि तिमी जिउँदो छौ, म तिमीलाई छोड्ने छैन।” यसकारण दुइ जना मानिसहरू यरीहोमा गए।
2:5b.2KI.002.005 यरीहोको अगमवक्ताहरूको दल एलीया कहाँ आयो अनि उनिहरूले उसलाई भने, “के तिमीलाई थाहा छ कि तिम्रो मालिकलाई आज परमप्रभुले तिमी देखी टाढा लिएर जानु हुँदैछ।” एलीशाले भने, “हो, म जान्दछु यो विषयमा कुरा नगर।”
2:6b.2KI.002.006 एलियाले एलीशासँग भने, “कृपया यहीं पर्ख किनकि परमप्रभुले मलाई यर्दन तरेर जानु भन्नुभएको छ।” एलीशाले भने, “परमेश्वरको साक्षी दिएर म प्रतिज्ञा गर्छु, म तपाईंलाई छोड्ने छैन।” अनि दुइ व्यक्ति गए।
2:7b.2KI.002.007 अगमवक्ताहरूको दलका पचास जना मानिसहरूले तिनीहरूको अनुसरण गरे। एलिया र एलीशा यर्दन नदी मा उभिए। पचास जना मानिसहरू एलिया र एलीशादेखि टाढा उभिए।
2:8b.2KI.002.008 एलियाले आफ्नो खाष्टो खोले, त्यसलाई पट्याए र त्यसले पानीमा हिर्काए। पानी देब्रे र दाहिनेतिर दुइ भागमा बाँडियो। तब एलिया र एलीशाले सूख्खा भूइँमाथि हिंडेर नदी तरे।
2:9b.2KI.002.009 जब तिनीहरूले नदी तरे एलियाले एलीशालाई भने, “परमेश्वरले मलाई तिमीबाट लिएर जानु अघि तिम्रो लागि म के गर्न सक्छु?” एलीशाले भने, “म तपाईको उत्तराधिकारी हुन चाहन्छु।”
2:10b.2KI.002.010 एलियाले भने, “तिमीले अप्ठ्यारो वस्तु माग्यौ। जब तिमीबाट मलाई लिएर जाँदा यदि तिमीले देख्यौ भने तब यस्तै हुन्छ। तर तिमीले देखेनौ भने त्यस्तो हुँदैन।”
2:11b.2KI.002.011 एलिया र एलीशा हिंडिरहेका थिए अनि कुरा गरिरहेका थिए। अचानक केही घोडाहरू र एउटा रथ आयो अनि एलीशाबाट एलियालाई छुट्यायो। घोडा र रथ आगो समान थिए। तब एलियालाई हावाबतासमा स्वर्गमा लगियो।
2:12b.2KI.002.012 एलीशाले यसलाई देखे अनि चिच्याए, “मेरा पिता! मेरा पिता! इस्राएलको रथ अनि उहाँका घोडसैनिकहरू।” एलीशाले एलियालाई फेरि कहिले देखेनन्। एलीशाले आफ्नो लुगालाई पक्रिए अनि आफ्नो शोक देखाउन च्याते।
2:13b.2KI.002.013 एलियाको खाष्टो भुइँमा झर्यो त्यसकारण एलिशाले त्यसलाई टिपे र यर्दन नदीको किनारमा उभिए।
2:14b.2KI.002.014 एलीशाले एलियाको खाष्टो लियो र त्यसले पानीमा हिर्काए। उसले भन्यो, “एलियाका परमेश्वर परमप्रभु कहाँ हुनुहुन्छ?” जब एलीशाले पानीमाथि प्रहार गरे। तब पानी दाहिने र देब्रेतिर दुइ भागमा विभाजन भयो र एलीशाले नदी तरे।
2:15b.2KI.002.015 जब यरीहोका अगमवक्ताहरूको दलले एलीशालाई देखे, तिनीहरूले भने, “एलियाको आत्मा अहिले एलीशामा छ।” तिनीहरू एलीशालाई हेर्न आए। तिनीहरू एलीशा अघि भुईंमा निहुरिए।
2:16b.2KI.002.016 तिनीहरूले उनलाई भने, “हेर, हामी पचास जना असल मानिस छौं। कृपया तिनीहरूलाई जान देऊ अनि आफ्नो मालिक खोज्न देऊ। हुन सक्छ, परमप्रभुको आत्माले एलियालाई माथि लगेको छ अनि उनलाई कुनै पहाड अथवा घाँटीमा झारेको छ।” तर एलीशाले उत्तर दिए, “होइन, एलियालाई खोज्न मानिसहरू नपठाऊ!”
2:17b.2KI.002.017 अगमवक्ताहरूको दलले एलीशालाई तिनी अलमल्ल पारूञ्जेलसम्म बिन्ती गरिरहे। तब एलीशाले भने, “ठीक छ, एलियालाई खोज्न मानिसहरू पठाऊ।” अगमवक्ताहरूको दलले 50 जना मानिसहरूलाई एलियालाई खोज्न पठाए। तिनीहरूले तीन दिन खोजे तर तिनीहरूले एलियालाई भेटेनन्।
2:18b.2KI.002.018 यसकारण मानिसहरू यरिहो गए जहाँ एलीशा बसेका थिए। तिनीहरूले उनलाई एलियालाई तिनीहरूले खोज्न नसकेको बताए। एलीशाले तिनीहरूलाई बताए, “मैले तिमीहरूलाई नजानु भनेको थिएँ।”
2:19b.2KI.002.019 शहरका मानिसहरूले एलीशालाई भने, “महाशय, तपाई यस शहरलाई राम्रो ठाउँमा बनाउनुहुनेछ। तर पानी राम्रो छैन। त्यसकारण नै जमीनले अन्नबाली उँमार्दैन।”
2:20b.2KI.002.020 एलीशाले भने, “एउटा नयाँ कचौरा मकहाँ ल्याऊ र त्यसमा नून हाल।” मानिसहरूले एलीशा कहाँ कचौरा ल्याए।
2:21b.2KI.002.021 तब एलीशा त्यस ठाउँमा गए जहाँ भुइँबाट पानी बगिरहेको थियो। एलीशाले पानीमा नून हाले। उनले भने, “परमप्रभुले भन्नुभएको छ, ‘म यस पानीलाई शुद्ध बनाइरहेको छु। अब देखि यस पानीले कसैलाई मार्ने छैन अथवा जमीनलाई अन्न फल्ने बनाउँनेछ।”‘
2:22b.2KI.002.022 पानी शुद्ध भयो। त्यो पानी अझै आज पनि राम्रो छ। यो यस्तै भयो जस्तो एलीशाले भनेका थिए।
2:23b.2KI.002.023 एलीशा त्यस शहरबाट बेतेल गए। एलीशा शहरतिर पहाडमा उकालो चढिरहेका थिए अनि केही केटाहरू शहरबाट तल झरिरहेका थिए। तिनीहरूले एलीशाको हाँसो उडाउन शुरू गरे। तिनीहरूले उनलाई भने, “माथि चढ, तँ तालुखुइले मान्छे। माथि चढ तँ तालुखुईले मान्छे।”
2:24b.2KI.002.024 एलीशाले पछि हेरे अनि उनीलाई देखे। उनले परमप्रभुलाई तिनीहरूप्रति नराम्रो होस् भनी बिन्ती गरे। तब बनबाट दुइवटा भालू निस्किए अनि केटाहरूमाथि आक्रमण गरे। भालूद्वारा बयालीस केटाहरू च्यातिदिए।
2:25b.2KI.002.025 एलीशाले बेतेल छोडे अनि कर्मेल पहाडतिर हिंडे। अनि त्यहाँ बाट एलीशा सामरियातिर फर्किए। योराम इस्राएलका राजा हुन्छन्
3
3:1b.2KI.003.001 आहाबका छोरा योराम सामरियामा इस्राएलका राजा भए। यहोशापात यहुदाको राजा हुँदा अठाह्रौं वर्षकोसमयमा उनले शासन शुरू गरे। योरामले बाह्र वर्ष शासन गरे।
3:2b.2KI.003.002 योरामले ती कामहरू गरे जसलाई परमप्रभुले भूल कार्य भन्नु भएको थियो। तर योराम आफ्ना पिता र माता जस्ता थिएनन् किनभने उनले ती खाँबाहरू उखाले जसलाई उनका पिताले बालको पूजा गर्नका लागि बनाएका थिए।
3:3b.2KI.003.003 तर उनले नबातका छोरा यरोबामको जस्तो पाप गरिनै रहे। यारोबामले इस्राएलीहरूलाई पाप गर्न लगाए। योरामले यारोबामको पाप गर्न रोकेनन्।
3:4b.2KI.003.004 मेशा मोआबका राजा थिए। मेशासँग धेरै भेडा थिए। मेशाले एक लाख भेडा र एक लाख भेडाका ऊन इस्राएलका राजालाई दिए।
3:5b.2KI.003.005 तर जब आहाब मोआबका राजा इस्राएलका राजाको विरूद्धमा बागी भए।
3:6b.2KI.003.006 तब राजा योराम सामरियाबाट निस्किए अनि इस्राएलका मानिसहरूलाई भेला गरे।
3:7b.2KI.003.007 योरामले यहूदाका राजा यहोशापात कहाँ दूतहरूलाई पठाए। योरामले भने, “मोआबका राजा मेरो विरूद्धमा बागी भएका छन्। के तिमी मोआबको विरूद्धमा लड्न मसँग जाने छौ?” यहोशापातले भने, “अवश्य, म तिमीसँग जानेछु। मेरो मानिसहरू तिम्रा मानिसहरू जस्तै हुनेछन्। र मेरो घोडाहरू तिम्रा घोडाहरू जस्तै हुनेछन्।”
3:8b.2KI.003.008 यहोशापातले योरामलाई सोधे, “हामी कुन बाटोबाट जाऊँ?” योरामले जवाफ दिए, “हामी एदोमको मरूभूमिबाट जानुपर्छ।”
3:9b.2KI.003.009 यसकारण इस्राएलका राजा यहूदा र एदोमका राजाहरूसँगै गए। तिनीहरूलाई यात्रा गर्न सात दिन लाग्यो, त्यहाँ सेना र अरू पशुहरूका लागि पर्याप्त पानी थिएन।
3:10b.2KI.003.010 अन्तमा, इस्राएलका राजा योरामले भने, “हाय, मेरो विचारमा मोआबीलीहरूबाट परास्त गर्नका लागि परमप्रभुले हामी तीन जना राजाहरूलाई एउटा ठाउँमा ल्याउनुभयो।”
3:11b.2KI.003.011 तर यहोशापातले भने, “के यहाँ परमप्रभुका कुनै एकजना अगमवक्ताछन् यदि यहाँ छन भने हामी अगमवक्तालाई सोध्नु पर्छ जे परमप्रभु भन्नु हुन्छ हामीले त्यही गर्नु पर्छ।” इस्राएलका राजाका सेवकहरूमध्ये एक जनाले भने, “शापातका छोरा एलीशा यहाँ छन्। एलीशा एलियाका सेवक थिए।”
3:12b.2KI.003.012 यहोशापातले भने, “परमप्रभुको वाणी एलीशासँग छ।” यसकारण इस्राएलका राजा योराम, यहोशापात अनि एदोमका राजा एलीशालाई भेट्न गए।
3:13b.2KI.003.013 एलीशाले इस्राएलका राजा (योरामलाई) भने, “तपाईं मबाट के चाहनुहुन्छ? आफ्ना माता-पिताका अगमवक्ताहरूकहाँ जानुहोस्!” इस्राएलका राजाले एलीशालाई भने, “होइन, हामी तपाईसँग भेट्न आएका छौं किनभने परमप्रभुले हामी तीन जना राजाहरूलाई सँगै भेला हुन बोलाउनु भएको छ ताकि मोआबीहरूले हामीलाई परास्त गर्न नसकोस्।”
3:14b.2KI.003.014 एलीशाले भने, “यहूदाका राजा यहोशापातको म सम्मान गर्छु अनि म सर्वशक्तिमान परमप्रभुको सेवा गर्दछु। उनी जिउँदै छन् भनेर नै म यहोशापातसँग मात्र भेट्न यहाँ आएँ। म तिम्रो अघि साँचो कुरा भन्छु, यदि यहोशापात यहाँ नभए, म तिमी प्रति ध्यान दिने थिईंन। म सम्पूर्ण रूपमा तिम्रो अवहेलना गर्ने थिएँ।
3:15b.2KI.003.015 तर अब मकहाँ यस्तो मानिस ल्याऊ जसले वीणा बजाउँछ।” जब मानिसले वीणा बजायो, एलीशामा परमप्रभुको आत्मा आउनुभयो।
3:16b.2KI.003.016 तब एलिशाले भने, “परमप्रभु भन्नुहुन्छ कन्दरामा दुलो खन।
3:17b.2KI.003.017 परमप्रभु भन्नुहुन्छः तिमीले हावा देख्ने छैनौं, तिमीले पानी परेको देख्ने छैनौं। तर त्यो बेंसी पानीले भरिने छ। तब तिमी र तिम्रा गाईहरू र अरू पशुहरूले पिउने पानी पाउने छन्।
3:18b.2KI.003.018 परमप्रभुका लागि यो गर्न सजिलो छ। उहाँले तिमीहरूलाई मोआबीलीहरूलाई जिताउनुहुनेछ।
3:19b.2KI.003.019 तिमीहरूले प्रत्येक दरिलो शहर अनि प्रत्येक राम्रो शहरमाथि आक्रमण गर्ने छौ। तिमीहरूले प्रत्येक राम्रो रूख काट्ने छौ। तिमीहरूले सबै पानीको श्रोतहरू बन्द गर्ने छौ। तिमीहरूले प्रत्येक राम्रो खेतलाई ढुंङ्गाले नष्ट पार्ने छौ जुन तिमीले फ्याँक्ने छौ।”
3:20b.2KI.003.020 बिहानै बिहानको बलि दिने समयमा एदोमतिरबाट पानी बग्नथाल्यो अनि बेंसी भरियो।
3:21b.2KI.003.021 मोआबका मानिसहरूले सुने, राजाहरू तिनीहरूको विरोधमा लडाइँ गर्न आएका छन्। यसकारण मोआबमा मानिसहरूले ती सबै मानिसहरूलाई जो बूढो भए पनि कवच धारणगर्न सक्थे तिनीहरूलाई जम्मा गरे। तिनीहरूले तयार भएर लडाइँका लागि सीमानामा पर्खिने काम गरे।
3:22b.2KI.003.022 मोआबका मानिसहरू त्यस बिहान सबेरै उठे। उदाउँदै गरेको घाम घाँटीको पानी माथि चम्किरहेको थियो, अनि यो मोआबका मानिसहरूको रगत जस्तो देखिन्थ्यो।
3:23b.2KI.003.023 मोआबका मानिसहरूले भने, “रगत हेर! राजाहरूले अवश्य नै एक अर्कासँग लडाइँ गरे। तिनीहरूले एक अर्कालाई सर्वनाश पारे होलान्। हामी लाशहरूबाट बहुमूल्य वस्तुहरू लिन जाऔं।”
3:24b.2KI.003.024 मोआबीली मानिसहरू इस्राएलीहरूको शिबिरमा आए। तर इस्राएलीहरू बाहिर निस्किए अनि मोआबी सेनामाथि आक्रमण गरे। इस्राएलीहरूले मोआबीहरूलाई लखेटे। इस्राएलीहरूले मोआबीसँग लडाइँ गर्न तिनीहरूलाई मोआबसम्म पछ्याए।
3:25b.2KI.003.025 इस्राएलीहरूले शहरहरू असल पारे। तिनीहरूले मोआबमा प्रत्येक असल खेतमा ढुङ्गा फ्याँके। तिनीहरूले पानीका सबै मुहानहरू बन्दगरे। र तिनीहरूले सबै असल रूख काटेर ढालिदिए। कीरहेरशेत मात्र ढुङ्गाको पर्खालसंग छोडियो। तर घुँयेत्रो हान्ने मानिसहरूले कीरहेरशेतलाई घेरे र त्यसमाथि आक्रमण गरे।
3:26b.2KI.003.026 मोआबका राजाले थाह पाए, युद्ध जित्न उनकालागि साह्रै नै मुश्किल छ। यसकारण उनले तरवारसमेत सात सय मानिसहरूलाई एदोमका राजाको हत्या गर्न अनि सेनालाई परास्त गर्न पठाए। तर तिनीहरूले एदोमका राजालाई परास्त गर्न सकेनन्।
3:27b.2KI.003.027 तब मोआबका राजाले आफ्नो जेठो छोरालाई लगे। यो त्यही छोरा थियो जो उनीपछि राजा हुनेवाला थिए। शहरको चारैतिर भित्ताहरूमाथि मोआबका राजाले आफ्नो छोरालाई होमबलिको रूपमा बलि चढाउन तयार भए। ठूलो रीस इस्राएलमाथि पर्यो। यसकारण इस्राएलका मानिसहरू मोआबका राजालाई छोडेर आफ्नो देशतिर फर्किए।
4
4:1b.2KI.004.001 अगमवक्ताहरूका समूह मध्ये एउटाकी पत्नीले एलीशालाई यसो भनेर बिन्ती गरिन्, “तपाईंको दास मेरो पति अहिले मरे। तपाईलाई थाहै छ कि उनले परमप्रभुको सम्मान गर्दथे। तर उनले एक जना मानिसको ऋण लिएका थिए। र अहिले त्यो मानिसले मेरो दुइजना छोराहरूलाई लिन र तिनीहरूलाई आफ्नो दास बनाउन आइरहेको छ।”
4:2b.2KI.004.002 एलीशाले जवाफ दिए, “म कसरी तिम्रो मद्दत गर्न सक्छु? मलाई भन, तिमीसँग घरमा के छ?” आइमाईले भनी, “मसित घरमा केही छैन। मसित एउटा भाँडोमा भद्रक्षको तेल मात्र छ।”
4:3b.2KI.004.003 तब एलीशाले भने, “जाऊ र आफ्ना सबै छिमेकहरूबाट कचौराहरू मागेर ल्याऊ। सबै कचौराहरू खाली हुनुपर्छ। धेरै कचौराहरू ल्याऊ।
4:4b.2KI.004.004 त्यसपछि आफ्नो घर जाऊ अनि ढोकाहरू बन्द गर। तिमी र तिम्रा छोराहरू मात्र भित्र हुनेछौ। तब सबै ती भाँडाहरूमा तेल खन्याऊ। भाँडाहरू भर अनि तिनीहरूलाई बेग्लै ठाउँमा राख।”
4:5b.2KI.004.005 यसकारण आइमाई एलीशाबाट विदा लिएर आफ्नो घर गई अनि ढोका थुनी। घरभित्र ऊ र उसका छोराहरू मात्र थिए। उसका छोराहरूले उसको नजिक भाँडाहरू ल्याए अनि उसले तेल भरी।
4:6b.2KI.004.006 उसले धेरै भाँडाहरू भरी। अन्तमा उसले आफ्नो छोरालाई भनी, “मलाई अर्को भाँडा देऊ।” तर सबै भाँडाहरू भरिएका थिए। छोराहरूमध्ये एक जनाले आमालाई भन्यो, “अरू भाँडा छैन।” त्यस बेला आँङ्खोरामा तेल सकिएको थियो।
4:7b.2KI.004.007 तब आइमाईले परमेश्वरका जनलाई के भयो भनी। एलीशाले उसलाई भने, “जाऊ, तेल बेच अनि बेचेपछि अफ्नो ऋण तिर्ने काम गर। तिमी र तिम्रा छोराहरू रहेको रूपियाँमा गुजारा गर्न सक्छौ।”
4:8b.2KI.004.008 एकदिन एलीशा शुनैम तिर गए। त्यहाँ शुनैममा एक जना प्रख्यता आइमाई बस्थिइन्। यस आइमाईले एलीशालाई रोकेर आफूसँग खाना खान बिन्ती गरिन्। यसकारण एलीशा प्रत्येक पटक त्यस ठाउँ भएर जाने गर्थे त्यहाँ भोजन गर्न बस्थे।
4:9b.2KI.004.009 आइमाईले आफ्नो लोग्नेलाई भनी, “हेर, म बुझ्न सक्छु एलीशा परमेश्वरका पवित्र जन हुन्। उनी सबै समय हाम्रो घर भएर जान्छन्।
4:10b.2KI.004.010 एलीशाका लागि छानामाथि एउटा सानो कोठा बनाई दिउँ। त्यस कोठामा एउटा ओछ्यान राखिदिउँ। त्यहाँ एउटा चौकी, एउटा कुर्सि अनि एउटा बत्तीदानी राखिदिउँ। त्यसपछि जब तिनी हाम्रो घरमा आउँछन्, उनले आफ्नो लागि यो कोठा पाउने छन्।”
4:11b.2KI.004.011 एकदिन एलीशा आइमाईको घरमा आए। उनी त्यस कोठामा गए अनि त्यहाँ विश्राम गरे।
4:12b.2KI.004.012 एलीशाले आफ्नो सेवक गेहजीलाई भने, “यस शुनैमेली आइमाईलाई बोलाऊ।” सेवकले शुनैमेली आइमाईलाई बोलायो र उ एलीशाको सामु उभियो।
4:13b.2KI.004.013 एलीशाले आफ्नो सेवकलाई भने, “अब यस आइमाईलाई भन, ‘हेर तिमीले हाम्रो हेरचाह गर्ने ठूलो कार्य गरेकी छौ। तिम्रो लागि म के गर्न सक्छु? के तिमी चाहन्छौ, हामीले तिम्रो लागी राजालाई भन्नु पर्छ अथवा सेनाका कप्तानलाई?”‘ आइमाईले भनी, “म यहाँ आफ्ना मानिसहरूको माझ मा बसेर सुखी छु।”
4:14b.2KI.004.014 एलीशाले गेहजीलाई भने, “हामी उसका लागि के गर्न सक्छौं?” गेहजीले उत्तर दिए, “मलाई थाह छ। उसको छोरा छैन अनि उसको लोग्ने बूढो भएको छ।”
4:15b.2KI.004.015 तब एलीशाले भने, “उनलाई बोलाऊ।” यसकारण गेहजीले आइमाईलाई बोलाए। ऊ आई अनि दैलौमा उभिई।
4:16b.2KI.004.016 एलीशाले आइमाईलाई भने, “अर्को बसन्तमा यस समय तिमीले आफ्नो छोरालाई अंङ्गालेको हुने छौ।” आइमाईले भनी, “होइन महाशय! परमेश्वरका जन, मसित ढाँट्ने काम नगर्नुहोस्।”
4:17b.2KI.004.017 तब आइमाई गर्भवती भई। एलीशाले भने जस्तै अर्को बसन्तमा आइमाईर्ले छोरा जन्माई।
4:18b.2KI.004.018 बालक ठूलो भयो। एकदिन बालक आफ्नो बुबा अनि बालि काट्नेहरूलाई हेर्न खेत गयो।
4:19b.2KI.004.019 बालकले आफ्नो बुबालाई भन्यो, “अह, मेरो टाउको! मेरो टाउको दुख्दैछ!” बुबाले आफ्नो सेवकलाई भन्यो, “उसको आमाकहाँ लिएर जाऊ।”
4:20b.2KI.004.020 सेवकले केटालाई आमाकहाँ पुर्यायो। बालक दिउँसोसम्म आमाको काखमा बस्यो। त्यसपछि ऊ मर्यो।
4:21b.2KI.004.021 आइमाईले बालकलाई एलीशाको ओछ्यानमा सुताई। उसले त्यस कोठाको दैलो बन्द गरी अनि बाहिर गई।
4:22b.2KI.004.022 उसले आफ्नो लोग्नेलाई बोलाई अनि भनी, “कृपया मेरो निम्ति एक जना सेवक र एउटा गधा पठाइ दिनु होस्। त्यसपछि म परमेश्वरका जनलाई भेट्न जानेछु अनि फर्किने छु।”
4:23b.2KI.004.023 आइमाईको लोग्नेले भन्यो, “तिमी किन आज परमेश्वरको जन कहाँ जान चाहन्छौ? महीनाको पहिलो दिन अथवा बिश्राम-दिन त होइन।” उसले भनी, “चिन्ता नगर्नु होस्। सबथोक ठीकठाक हुनेछ।”
4:24b.2KI.004.024 तब तिनले गधामाथि एउटा काठी राखिए र आफ्नो सेवकलाई भनिन्, “गधालाई छिटो डोर्याउ। मैले नभनुञ्जेल सम्म ढीलो नगर।”
4:25b.2KI.004.025 आइमाई परमेश्वरको जनलाई भेट्न कर्मेल डाँडामा गई। परमेश्वरको जन एलीशाले शुनेमेली आइमाईलाई टाढाबाट आउँदै गरेको देखे। एलीशाले आफ्नो सेवकलाई भने, “हेर, शुनैमेली आइमाई! उसलाई लिन अहिले जा!
4:26b.2KI.004.026 उसलाई भन, ‘के भूल भयो? तिमी ठीकठाक त छौ? के तिम्रो लोग्ने ठीक छ? तिम्रो नानी ठीक छ?”‘ गेहजीले शुनैमेली आइमाईलाई सबै कुराहरू सोध्यो। उसले उत्तर दिई, “सबै ठीक ठाक छ।”
4:27b.2KI.004.027 तर शुनैमेली आइमाई परमेश्वरको जनसम्म पर्वतमा चढी, ऊ निहुरी अनि एलीशाको चरण स्पर्श गरी। गेहजी शुनैमेली आइमाईलाई तान्न नजिक आयो। तर परमेश्वरको जन एलीशाले गेहजीलाई भने, “उसलाई एक्लै हुन देऊ! ऊ साह्रै दुःखी छ अनि परमेश्वरले यस बारे केही भन्नु भएन। परमप्रभुले यो खबर म देखि लुकाउनुभयो।”
4:28b.2KI.004.028 तब शुनैमेली आइमाईले भनी, “महाशय, मैले कहिले छोरा मागेको थिइन। मैले तपाईलाई भनेको थिएँ, ‘मलाई नढाँट्नु होस्।”‘
4:29b.2KI.004.029 तब एलीशाले गेहजीलाई भने, “जान तयार होऊ। मेरो हिंड्ने लौरो तिमीसित लिएर जाऊ कसैसँग कुरा गर्न नउभिई! यदि कोही मानिससँग भेट भयो भने अभिवादन सम्म नगर्नु यदि कसैले अभिवादन गरे जवाफ नदिनु। मेरो हिंड्ने लौरो नानीको अनुहारमाथि राखिदिनु।”
4:30b.2KI.004.030 तर नानीको आमाले भनी, “म शपथ खाएर भन्छु जस्तो परमप्रभु सदा रहनु हुन्छ अनि तपाई हुनुहुन्छ, म तपाईलाई छोडेर जाने छैन।” यसकारण एलीशा उठे अनि शुनैमेली आइमाईको पछि-पछि हिंडे।
4:31b.2KI.004.031 गेहजी एलीशा र शुनैमेली आइमाई भन्दा पहिले शुनैमेलीको घरमा पुग्यो। गेहजीले नानीको अनुहारमाथि लौरो राखिदियो। तर नानीले केही बोलेन न त कुनै संकेत गरे कि उसले कुनै कुरो सुनेको थियो। तब गेहजी एलीशालाई भेट्न फर्किगयो। गेहजीले एलीशालाई भन्यो, “नानी बिउँझेको छैन।”
4:32b.2KI.004.032 एलीशा घरभित्र पसे। उसको ओछ्यानमाथि एक जना बालक लडिरहेको थियो।
4:33b.2KI.004.033 एलीशा कोठभित्र पसे अनि दैलो बन्द गरे। अहिले कोठामा एलीशा र बालक मात्र थिए। तब एलीशाले परमप्रभुलाई प्रार्थना गरे।
4:34b.2KI.004.034 एलीशा ओछ्यानमाथि चढेर बालकमाथि निहुरिए। एलीशाले आफ्नो मुख बालकको मुखमाथि जोडे। उनले उसको आँखा बालकको आखाँमाथि राखे उनले आफ्नो हातहरू बालकको हातहरू माथि राखे। एलीशा बालकको शरीर तातो नभए सम्म बालकमाथि पल्टिरहे।
4:35b.2KI.004.035 त्यसपछि एलीशा अलग भए अनि कोठाको वरिपरि हिंडिरहे। तिनी फेरि गए अनि बालकमाथि तबसम्म पल्टिरहे जबसम्म उसले सात पटक हाच्छिउँ गरेन अनि आफ्नो आँखा खोल्दैन।
4:36b.2KI.004.036 एलीशाले गेहजीलाई बोलाए अनि भने, “शुनैमेली आइमाईलाई बोलाऊ!” गेहजीले शुनैमेमी आइमाईलाई बोलाए अनि ऊ एलीशासामु आई। एलीशाले भने, “तिम्रो छोरालाई उठाऊ।”
4:37b.2KI.004.037 तब शुनैमेली आइमाई कोठभित्र पसी अनि एलीशाको खुट्टामा निहुरिई। त्यसपछि उसले आफ्नो छोरालाई उठाई अनि बाहिर निस्कि।
4:38b.2KI.004.038 एलीशा फेरि गिलगाल गए। देशमा अनिकाल थियो। अगमवक्ताहरूको दल एलीशाको अघि बसिरहेका थिए। एलीशाले आफ्नो सेवकलाई भने, “आगोमा ठूलो भाँडो राख अनि अगमवक्ताहरूको दलका लागि केही सिरूवा बनाऊ।”
4:39b.2KI.004.039 एकजना मानिस बाहिर खेतमा साग-पात लिन गए। उसले एउटा जंङ्गली दाख भेट्यो र त्यसबाट केही लौकाहरू टिप्यो। उसले लौकाहरू आफ्नो झोलामा हल्यो र तिनीहरूलाई ल्यायो। उसले जङ्गली लौकाहरूलाई काट-कुट पारे र एउटा भाँडामा हाल्यो। तर अगमवक्ताहरूको दलले कस्तो किसीमको कन्द मुल हो चिनेन्।
4:40b.2KI.004.040 त्यसपछि तिनीहरूले केही सिरूवा मानिसहरूका लागि खान खन्याए। तर जब तिनीहरूले सिरूवा खानु शुरू गरे, तिनीहरू एलीशासामु चिच्याए, “हे परमेश्वरका जन, भाँडोमा विष छ।” भोजनको स्वाद बिष जस्तो थियो, त्यसकारण तिनीहरूले त्यो भोजन खान सकेनन्।
4:41b.2KI.004.041 तर एलीशाले भने, “केही पीठो ल्याऊ।” तिनीहरूले एलीशाका लागि पिठो ल्याए अनि उनले त्यो भाँडामा हाले। तब एलीशाले भने, “मानिसहरूका लागि सिरूवा खन्याऊ जसले गर्दा तिनीहरूले खान सकून्।” अनि सिरूवामा कुनै विष थिएन।
4:42b.2KI.004.042 बाल शालीशाहबाट एक जना मानिस आए अनि परमेश्वरको जन (एलीशा)का लागि पहिलो फसलको रोटी ल्याए। यस मानिसले 20 वटा जौंका रोटीहरू अनि नयाँ अन्न आफ्नो बोरामा ल्याए, तब एलीशाले भने, “यो भोजन मानिसहरूलाई देऊ, तिनीहरूले खान सकुन्।”
4:43b.2KI.004.043 एलीशाको सेवकले भन्यो, “के भन्नु हुन्छ? यहाँ एक सय जना मानिसहरू छन्। म ती सबै मानिसहरूलाई यो भोजन दिन सक्छु?” तर एलीशाले भने, “मानिसहरूलाई भोजन खान देऊ। परमप्रभु भन्नुहुन्छ, ‘तिनीहरूले खान्छन् अनि अझै पनि भोजन रहने छ।”
4:44b.2KI.004.044 तर एलीशाको सेवकले अगमवक्ताहरूको दलको सामु भोजन पस्कियो। अगमवक्ताहरूको दलका लागि खाना प्रचुर थियो अनि तिनीहरूले खाएपछि भोजन रह्यो। परमप्रभुले भन्नुभए जस्तै घट्ना भयो।
5
5:1b.2KI.005.001 नामान अरामका राजाको सेनाका कप्तान थिए। नामान आफ्नो राजाकालागि धेरै महत्वपूर्ण थिए। किनभने परमप्रभुले उनलाई अरामको विजयका लागि उपयोग गरेका थिए। नामान महान् र शक्तिशाली मानिस थिए, तर तिनी कुष्ठ रोगले ग्रस्त थिए।
5:2b.2KI.005.002 अरामी सेनाले इस्राएलमा लडाइँ गर्नका लागि सैनिकहरूको धेरै दलहरू पठाए। सैनिकहरूले मानिसहरूलाई तिनीहरूको दास बनाए। एक पटक तिनीहरूले इस्राएलको भूमिबाट एउटी सानी केटी ल्याए। यो सानी केटी नामानकी पत्नीकी सेविका भई।
5:3b.2KI.005.003 यस केटीले नामानकी पत्नीलाई भनी, “म चाहन्छु, मेरा मालिक नामानले अगमवक्ता एलीशासँग भेट गरून् जो सामरियामा बस्छन्। त्यस अगमवक्ताले नामानको कुष्ठा रोग निको पार्न सक्छन।”
5:4b.2KI.005.004 नामान आफ्नो मालिक (अरामका राजा) कहाँ गए। नामानले अरामका राजालाई ती सबै कुराहरू गरे जो इस्राएली केटीले भनेकी थिई।
5:5b.2KI.005.005 तब अरामका राजाले भने, “अहिले जाऊ र म इस्राएलका राजालाई एउटा पत्र पठाउने छु।” यसकारण नामान इस्राएल गए। नामानले आफूसँग केही उपहारहरू लगे। नामानले दश तोडा चाँदी, 6,000 शेकेल सुनका टुक्राहरू र दश जोर लुगा लिएर गए।
5:6b.2KI.005.006 नामानले अरामका राजाबाट इस्राएलका राजाका लागि पत्र लगे। पत्रमा लेखिएको छः “अहिले, यस पत्रले बताउँछ म आफ्नो सेवक नामानलाई तपाईकहाँ पठाउँदै छु। उसको कुष्ठ रोग निको पार्नुहोस्।”
5:7b.2KI.005.007 जब इस्राएलका राजाले पत्र पढे, उनले आफूलाई दुःखी र उदाशी देखाउनका लागि आफ्नो लुगा च्याते। इस्राएलका राजाले भने, “के म परमेश्वर हुँ? होइन! मसित जीवन मरण नियन्त्रणको क्षमता छैन। यस कारण अरामका राजाले किन कुष्ठ को रोगीलाई मकहाँ निको पार्न पठाए? यस विषयमा सोचे अनि तिनीले थाह पाए, यो एउटा छल हो। अरामका राजा लडाइँ शुरू गर्ने चेष्टा गर्दै छन्।”
5:8b.2KI.005.008 परमेश्वरको जन, एलीशाले सुने, इस्राएलका राजाले आफ्नो दुःख र रीस देखाउन लुगाहरू, च्याते। यसकारण एलीशाले आफ्नो खबर राजाकहाँ पठाए, “तिमीले आफ्नो लुगा किन च्यात्यौ? नामान मकहाँ आओस्। तब उसले थाह पाउने छ, इस्राएलमा एकजना अगमवक्ता छ।”
5:9b.2KI.005.009 यसकारण नामान आफ्ना घोडाहरू अनि रथहरूसँगै एलीशाको घरमा आए अनि ढोकाको बाहिर उभिए।
5:10b.2KI.005.010 एलीशाले नामानसम्म एक जना दूत पठाए। दूतले भन्यो, “जाऊ अनि यर्दन नदीमा सात पटक धोऊ। तब तिम्रो छालाको कुष्ठ निको हुनेछ अनि तिमी शुद्ध हुने छौ।”
5:11b.2KI.005.011 नामान रिसाए अनि फर्किए। उनले भने, “मैले सोचेको थिएँ एलीशा बाहिर निस्किन्छन् अनि मेरो अघि उभिन्छन् अनि आफ्नो परमप्रभु परमेश्वरलाई आह्वान गर्ने छन्। मैले सोचेको थिएँ, उनले मेरो शरीरमाथि आफ्नो हात हल्लाउने छन् अनि कुष्ठ रोग निको हुनेछ।
5:12b.2KI.005.012 दमीशक्का नदीहरू अबाना र फारपर इस्राएलका सबै पोखरीहरूका पानी भन्दा राम्रा छन्। मैले दमीशक्का ती नदीहरूमा धुने काम किन नगर्नु अनि निको नहुनु?” नामान साह्रै रिसाएका थिए अनि तिनी फर्किए।
5:13b.2KI.005.013 तर नामानको सेवकहरू उनकोमा गए अनि उनीसँग कुरा गरे। उनीहरूले भने, “मालिक, यदि अगमवक्ताले तपाईलाई केही महान कार्य गर्नु भनेको खण्डमा, तपाई गर्नु हुन्छ, होइन र यसकारण तपाईले उनको आज्ञा पालन गर्नु पर्छ यदि उनी तपाईलाई केही सरल काम गर्नु भन्दछन्। अनि उनले भने, ‘नुहाऊ अनि तिमी शुद्ध र स्वच्छ हुनेछौ।”‘
5:14b.2KI.005.014 यसकारण नामानले त्यही गरे जो परमेश्वरको जनले गर्नु भने। नामान नदीमा पसे अनि यर्दन नदीमा सात पटक डुबे। अनि नामान शुद्ध र स्वच्छ भए। नामानको छाला नानीकोछाला जस्तै नरम भयो।
5:15b.2KI.005.015 नामान अनि उनको सबै दल परमेश्वरको मानिस कहाँ फर्केर आए। उनी एलीशासामु उभिए अनि भने, “हेर, अहिले म जान्दछु इस्राएलमा बाहेक अरू कतै परमेश्वर छैनन्। अब कृपया मबाट एउटा उपहार स्वीकार गर्नुहोस्।”
5:16b.2KI.005.016 तर एलीशाले भने, “म परमप्रभुको सेवा गर्दछु अनि म शपथ खाएर भन्छु, जब परमप्रभु हुनुहुन्छ म कुनै उपहार स्वीकार गर्दिन।” नामानले एलीशालाई उपहार स्वीकार गराउन पुरा चेष्टा गरे स्वीकार गर्नु हुन्न भने, “मेरो निम्ति यति काम गर्नुहवस्।
5:17b.2KI.005.017 मेरा खच्चरहरूमा इस्राएलबाट दुइभारी धूलो भर्न दिनुहवस्। किनभने म अरू कुनै परमेश्वरलाई होमबलि अथवा बलिदान चढाउँदिन। म परमप्रभुलाई मात्र बलि चडाउनेछु।
5:18b.2KI.005.018 अनि म अहिले प्रार्थना गर्छु, परमप्रभुले यसको लागि मलाई क्षमादान गर्नुहुने छ अगममा मेरा मालिक अरामका राजा असत्य देवताको पुजा गर्नका लागि रिम्मोनको मन्दिरमा जाने छन्। यसकारण मैले रिम्मोनको मन्दिरमा निहुरिनु पर्छ। म अहिले परमप्रभुलाई क्षमा गर्न बिन्ती गर्छु यदि त्यस्तो हुन्छ।”
5:19b.2KI.005.019 तब एलीशाले नामानलाई भने, “शान्ति संग जाऊ।” यसकारण उसले उनलाई छोडे अनि केही टाढा पुगे।
5:20b.2KI.005.020 तर परमेश्वरको जन एलीशाको सेवक गेहजीले भन्यो, “हेर, मेरा मालिक एलीशाले अरामी नामानलाई उनले त्यसको उपहार स्वीकार नगरी नै जानदिएका छन्। परमप्रभु जीवित भए जस्तै म नामानको पछि लाग्नेछु र उसबाट केही लिनेछु।”
5:21b.2KI.005.021 यसकारण गेहजी नामानतिर दगुरे। नामानले कसैलाई आफूतिर दगुरेको देखे। उनी गेहजी सँग भेट गर्न रथबाट ओर्लिए। नामानले भने, “के सबै ठीकठाक छ?”
5:22b.2KI.005.022 गेहजीले भन्यो, “हजूर, सबै कुरा ठीकठाक छ। मेरा मालिक एलीशाले मलाई पठाएको छ। उनले भने, ‘हेर, दुइजना युवकहरू मकहाँ आए। तिनीहरू एप्रैमको पहाडी देशबाट आएका अगमवक्ताहरू हुन्। कृपया तिनीहरूलाई चाँदीको एक तोडा र दुइ जोर फेर्ने लुगाहरू देऊ।”
5:23b.2KI.005.023 नामानले भने, “कृपया दुइ तोडा लैजाऊ!” नामानले गेहजीलाई चाँदी लिनका लागि राजी गराए। नामानले दुइवटा थैलोमा दुइ तोडा चाँदी हाले अनि दुइजोर फेर्ने लुगा लिए। तब नामानले ती चीजहरू आफ्ना दुइ सेवकहरूलाई दिए। सेवकहरूले ती चीजहरू गेहजीसम्म पुर्याए।
5:24b.2KI.005.024 जब गेहजी पहाडमा आयो, उसले सेवकहरूबाट ती चीजहरू लगे। गेहजीले सेवकहरूलाई टाढा पठाए अनि तिनीहरू गए! तब गेहजीले ती चीजहरू घरमा लुकाए।
5:25b.2KI.005.025 गेहजी आए अनि आफ्नो मालिक एलीशा सामु उभिए। एलीशाले गेहजीलाई भने, “गेहजी तँ कहाँ गएको थिस्?” गेहजीले भने, “म कत्तै गएको थिइन।”
5:26b.2KI.005.026 एलीशाले गेहजीलाई भने, “त्यो साँचो होइन! मेरो मुटु तँसगै थियो जब त्यो नामान तँ सँग भेट गर्न आफ्नो रथबाट ओर्लियो। यो धन, लुगा भद्राक्ष, दाख, भेडा, गाई अथवा पुरूष तथा मैले सेवकहरू लिने समय होइन।
5:27b.2KI.005.027 अब, तँ र तेरो नानीहरूले नामानको रोग पाउने छौ। तँलाई सँधैका लागि कुष्ठ हुनेछ।” जब गेहजीले एलीशालाई छोडयो, गेहजीको छाला हिउँ जस्तो सेतो भयो। गेहजी कुष्ठको रोगी भयो।
6
6:1b.2KI.006.001 अगमवक्ताहरूको दलले एलीशालाई भने, “हामी त्यस ठाउँमा बसिरहेका छौं। तर हाम्रोनिम्ति ठाउँ साह्रै सानो भयो।
6:2b.2KI.006.002 यर्दन नदीमा जाऔं अनि केही काठ काटौं। हामीमध्ये प्रत्येकले मुढो पाउने छौं अनि हामीले त्यहाँ बस्नका लागि एउटा ठाउँ बनाउने छौं।” एलीशाले उत्तर दिए, “राम्रो जाऊ अनि त्यसै गर।”
6:3b.2KI.006.003 एक जना मानिसले भन्यो, “कृपया हामीसँग हिंड्नुहोस्।” एलीशाले भने, “म आउनेछु।”
6:4b.2KI.006.004 यसकारण एलीशा अगमवक्ताहरूको दलसँग गए। जब तिनीहरू यर्दन नदीमा पुगे, तिनीहरूले केही रूख ढाल्न थाले।
6:5b.2KI.006.005 तर जब एक जना मानिस केही रूखहरू काट्दै थियो, फलामको बञ्चरो बिंडमा खुस्केर पानीमा झर्यो। त्यो मानिस करायो, “मालिक, मैले त्यो बञ्चरो मागेर ल्याएको थिएँ।”
6:6b.2KI.006.006 परमेश्वरको जन एलीशाले भने, “त्यो कहाँ झर्यो?” मानिसले ठाउँ देखायो जहाँ बञ्चरो झरेको थियो। तब एलीशाले एउटा लौरो काटे अनि पानीमा लौरो फ्याँके। लौरोले गर्दा फलामको बञ्चरो तैरिन थाल्यो।
6:7b.2KI.006.007 एलीशाले भने, “बञ्चरो टिप।” तब मानिस लम्कियो अनि बञ्चरो लियो।
6:8b.2KI.006.008 अरामका राजा इस्राएलको विरूद्धमा लडाइँ गरिरहेका थिए। उनले आफ्ना सैनिक अधिकारीहरूसँग सल्लाहको सभा राखे। उनले भने, “यस ठाउँमा छाउनी बनाऊँ।”
6:9b.2KI.006.009 तर परमेश्वरका जन एलीशाले इस्राएलका राजाकहाँ एउटा खबर पठाए। एलीशाले भने, “होशियार रहनुहोस्! त्यस ठाउँको नजिक नजाउनुहोस् अरामी सैनिकहरू त्यहाँ तल गाइरहेका छन्।”
6:10b.2KI.006.010 इस्राएलका राजाले आफ्नो मानिसहरूलाई त्यस ठाउँमा खबर पठाए कि परमेश्वरको मानिसले यस विषय चेताउनी दिएका थिए। उसले ती खबरहरू कम्तिमा तीनपल्ट पठाए त्यसकारण मानिसहरू होसियार भए।
6:11b.2KI.006.011 अरामका राजा यस विषयमा साह्रै दुःखी थिए। अरामका राजाले आफ्ना सैनिक अधिकारिहरूलाई बोलाए अनि तिनीहरूलाई भने, “मलाई भन, इस्राएलका राजाको चियो कसले गर्दै छ?”
6:12b.2KI.006.012 अरामको राजाका अधिकारिहरूमध्ये एक जनाले भने, “मेरो मालिक र महाराज, हामीमध्ये कोही पनि गुप्तचर छैन! इस्राएलका अगमवक्ता, एलीशाले इस्राएलका राजालाई तपाईंले भनेको जे पनि कुराहरू भन्छ यहाँसम्म कि तपाईले सुत्ने कोठामा बोलेका कुरा पनि बताइदिन्छन्।”
6:13b.2KI.006.013 अरामका राजाले भने, “एलीशाको पत्तो लगाऊ अनि म उसलाई पक्रिन मानिसहरू पठाउने छु।” सेवकहरूले अरामका राजालाई भने, “एलीशा दोतानमा छन्।”
6:14b.2KI.006.014 तब अरामका राजाले घोडाहरू, रथहरू अनि धेरै सैनिकहरू दोतान पठाए। तिनीहरू राति पुगे अनि शहरलाई घेरे।
6:15b.2KI.006.015 एलीशाको सेवक त्यस बिहान चाँडै उठेको थियो। सेवक बाहिर निस्कियो अनि उसले देख्यो, शहलाई चारैतिर बाट घोडाहरू र रथहरू सहित सैनिकले घेरेको थियो। एलीशाको सेवकले एलीशालाई भन्यो, “हे, मेरा मालिक, हामी के गर्न सक्छौ?”
6:16b.2KI.006.016 एलीशाले भने, “नडरा! हाम्रोलागि लडाइँ गर्ने सेना अरामका लागि लडाइँ गर्ने सेना भन्दा ठूलो छ।”
6:17b.2KI.006.017 तब एलीशाले प्रार्थना गरे अनि भने, “परमप्रभु, म बिन्ती गर्छु तपाई, मेरो सेवकको आँखा खोलि दिनुहोस् जसले गर्दा उसले देख्न सकोस्।” परमप्रभुले युवा सेवकको आखाँ खोलि दिनुभयो अनि सेवकले देख्यो, पाहाड आगोको घोडा अनि रथहरूले घेरिएको थियो। तिनीहरू सबै एलीशाको वारिपरि थिए।
6:18b.2KI.006.018 ती आगोका घोडा र रथहरू एलीशा छेऊ आए। एलीशाले परमप्रभुसंग प्रार्थना गरे अनि भने, “म प्रार्थना गर्छु तपाईंले यी मानिसहरूलाई अंन्धा बनाइदिनुहोस्।” तब परमप्रभुले त्यसै गर्नुभयो जस्तो एलीशाले भने। परमप्रभुले अरामी सेनाहरूलाई अंन्धो बनाइदिनुभयो।
6:19b.2KI.006.019 एलीशाले अरामी सेनालाई भने, “यो सही बाटो होइन, यो सही शहर होइन। मेरो अनुसरण गर। म तिमीहरू त्यस मानिसकहाँ पुर्याँउछु जसलाई तिमीहरू खोजि रहेका छौ।” त्यसपछि एलीशाले अरामी सैनिकहरूलाई सामरियामा पुर्याए।
6:20b.2KI.006.020 जब तिनीहरू सामरियामा पुगे, एलीशाले भने, “परमप्रभु, यी मानिसहरूका आँखा खोलि दिनुहोस्, यिनीहरूले देख्न सकुन्।” तब परमप्रभुले तिनीहरूको आँखा खोलि दिनुभयो अनि अरामी सैनिकले देखे, तिनीहरू सामरिया शहरमा छन्।
6:21b.2KI.006.021 इस्राएलका राजाले अरामी सेनालाई देखे। इस्राएलका राजाले एलीशालाई भने, “मेरा पिता, के म तिनीहरूलाई मारिदिऊँ? के तिनीहरूलाई मारिदिऊँ?”
6:22b.2KI.006.022 एलीशाले जवाफ दिए, “अहँ, तिनीहरूलाई नमार। तिमीले तिनीहरूलाई तरवारहरू, धनुषहरू र वाणहरूबाट पक्रेनौं। अरामी सैनिकहरूलाई केही रोटी र पानी देउ। तिनीहरूलाई खाना-पीना देऊ तब आफ्नो मालिकसित भेट्न घर फर्किन देऊ।
6:23b.2KI.006.023 इस्राएलका राजाले अरामी सैनिकहरूका लागि ठूलो भोज तयार गरे। अरामी सैनिकहरूले खान पान गरे। तब इस्राएलका राजाले तिनीहरूलाई घर फर्काइ दिए। अरामी सैनिकहरू आफ्ना मालिककहाँ घर फर्किए। अरामीहरूले इस्राएलको भूमिमा आक्रमण गर्न कहिले पनि सेनाहरू पठाएन।
6:24b.2KI.006.024 यस्तो घटना भएपछि अरामका राजा बेनन्हददले आफ्ना सेना जम्मा गरे अनि सामारिया शहरलाई घेर्न र आक्रमण गर्न गए।
6:25b.2KI.006.025 सैनिकहरूले मानिसहरूलाई शहरभित्र खाद्य ल्याउन दिएनन्। त्यसकारण सामरियामा डरलाग्दो अनिकाल भयो। सामरियामा यस्तो अनिकाल भयो कि एउटा गधाको टाउको चाँदीको अस्सी शेकेलमा बिक्री भयो। एक मुठ्ठी सिमीलाई चाँदीको पाँच शेकेलमा बिक्री भयो।
6:26b.2KI.006.026 इस्राएलका राजा शहरको वरिपरि भएको पर्खालमाथि हिंडिरहेका थिए। एउटी आइमाईले उनलाई देखेर चिच्याई। आइमाईले भनी, “मेरा मालिक अनि राजा, मलाई सघाउनु होस्।”
6:27b.2KI.006.027 इस्राएलका राजाले भने, “यदि परमप्रभुले तिमीलाई सहायता गर्नु भएन भने म कसरी सहायता गर्ने? मसित तिमीलाई दिने केही छैन। खलोबाट अन्नको दाना आएको छैन अथवा दाखरसको कोलबाट दाखरस ल्याइएको छैन।”
6:28b.2KI.006.028 इस्राएलका राजाले आइमाईलाई भने, “तिमीलाई के कष्ट छ?” आइमाईले उत्तर दिई, “यस आइमाईले मलाई भनी, ‘मलाई तेरो छोरा दे जसले गर्दा हामी त्यसलाई मार्न सक्छौ अनि उसलाई आजै खान सक्छौं। त्यसपछि हामी भोलि हाम्रो खाने छौं।’
6:29b.2KI.006.029 यसकारण हामीले मेरो छोरा उमाल्यौं अनि उसलाई खायौं। त्यसपछि अर्को दिन मैले यस आइमाईलाई भनें, ‘मलाई तेरो छोरा दे जसले गर्दा हामी उसलाई मार्न सक्छौं अनि खान सक्छौं। तर उसले आफ्नो छोरा लुकाई।”
6:30b.2KI.006.030 जब राजाले आइमाईलाई के भने, उनले आफूलाई खिन्न भएको देखाउन आफ्नो लुगा च्याते। जब राजा पर्खालमाथि हिंडेको समयमा मानिसहरूले उनलाई आफूलाई उदास र दुःखी देखाउन शोक वस्त्र लगाएको देखे।
6:31b.2KI.006.031 राजाले भने, “परमेश्वरले मलाई सजाय दिऊन् यदि यस दिनको अन्तसम्म शापातको छोरा एलीशाको टाउको उसको जीउमा रहेको छ भने।”
6:32b.2KI.006.032 राजाले एक जना दूत एलीशा कहाँ पठाए। एलीशा आफ्नो घरमा बसिरहेका थिए र बूढा-प्रधानहरू उनीसँगै बसेरहेका थिए। दूत पुग्नअघि एलीशाले भने, “हेर, एकजना हत्याराले मेरो टाउको काट्नको निम्ति मानिसहरू पठाउँदै छ। जब दूत यहाँ आइपुग्छ, ढोका बन्द गर। ढोकालाई पक्रेर राख र उसलाई भित्र पस्न देखि रोक। म उसको पछि आएको उसको मालिक पैतालाको आवाज सुन्दैछु।”
6:33b.2KI.006.033 जब एलीशा आफ्ना ठुला-बडा सित कुरा गरिरहेका थिए, दूत उनीसमक्ष आयो। यस्तो सन्देश थियोः “यो सङ्कट परमप्रभुबाट आएको हो! म किन परमप्रभुलाई धेरै बेरसम्म पर्खिनु?”
7
7:1b.2KI.007.001 एलीशाले भने, “पमरप्रभुको सन्देश सुन! परमप्रभु भन्नुहुन्छः ‘भोलि यस समयसम्ममा प्रशस्त खाद्य हुनेछ र यो सस्तो पनि हुनेछ। सामारिया शहरको ढोकाको छेऊ बजारमा एकजना मानिसले एक शेकेल चाँदी दिएर एक माना राम्रो पीठो अथवा दुइ माना जौंको पीठो किन्न सक्ने छ।”‘
7:2b.2KI.007.002 तब राजाको छेऊमा भएका अधिकारीले परमेश्वरका जनलाई उत्तर दिए। अधिकारीले भने, “यदि परमप्रभुले अकाशमा झ्याल बनाए भने पनि यस्तो हुन सक्दैन।” एलीशाले भने, “तिमीले यसलाई आफ्नै आँखाले देख्ने छौ। तर तिमी त्यस खाद्य मध्ये केही पनि खान पाउने छैनौ।”
7:3b.2KI.007.003 शहरको ढोकाको छेऊमा कोर लागेका चार जना मानिसहरू थिए। तिनीहरूले एका अर्कालाई भने, “मृत्युको प्रतीक्षा गर्दै हामीहरू किन यहाँ बसिरहेका छौं?
7:4b.2KI.007.004 सामरियामा खाद्य छैन। यदि हामी शहरमा गयौं भने हामी त्यहाँ मर्ने छौं। यदि हामी बस्यौं भने पनि हामी मर्ने छौं। यसकारण अरामी शिबिरतिर नै जाऔं। यदि तिनीहरूले हामीलाई बस्न दिए भने हामी जिउँदो रहने छौं। यदि तिनीहरूले हामीलाई मारे भने हामी मर्ने छौं।”
7:5b.2KI.007.005 यसकारण त्यस बेलुकी चार जना कोरीहरू अरामी शिबिरतिर लागे। तिनीहरू शिबिरको छेउमा पुगे। त्यहाँ कोही मानिस थिएन।
7:6b.2KI.007.006 परमप्रभुले अरामी सेनाहरूलाई रथ, घोडा र विशाल सेनाको आवाज सुन्ने बनाउनु भएको थियो। यसर्थ अरामी सैनिकहरूले एका अर्कालाई भने, “इस्राएलका राजाले हामीमाथि आक्रमण गर्नका लागि हित्ती र मिश्रका राजाहरूलाई भाडामा लिएकाछन्।”
7:7b.2KI.007.007 अरामीहरू त्यस बेलुकी भागे। तिनीहरूले सबै थोक छोडे। तिनीहरूले आफ्ना पाल, घोडा र गधाहरू छोडे अनि तिनीहरू आफ्नो जीवन बचाउन भागे।
7:8b.2KI.007.008 जब ती कोरीहरूले छाउनी शुरू भएको ठाउँमा पुगे, तिनीहरू एउटा पालभित्र पसे। तिनीहरूले खाए अनि मद्यपान गरे। तब चार जना कोरीहरूले चाँदी, सुन र लुगाहरू शिबिरबाट लिएरगए। तिनीहरूले चाँदी, सुन र लुगा लुकाए। तब तिनीहरू फर्किए अनि अर्को पालभित्र पसे। तिनीहरूले यस पालबाट नगद चीजहरू लिएर गए। तिनीहरू बाहिर गए अनि ती चीजहरू लुकाए।
7:9b.2KI.007.009 ती कोरीहरूले एका अर्कालाई भने, “हामी भूल काम गरिरहेका छौं। आज हामीसित शुभ सूचना छ। तर हामी चुप छौं। यदि हामीले सूर्योदयसम्म पर्खिने काम गर्यौं, भने हामीले सजाय पाउने छौं। अब राजा को महलमा बस्ने मानिसहरूकहाँ जाऔं अनि भनौं।”
7:10b.2KI.007.010 यसर्थ ती कोरीहरू आए अनि शहरका द्वारपालकहरूलाई बोलाए। कोरीहरूले द्वारपालकलाई भने, “हामी अरामी शिबिरमा गएका थियौं। तर हामीले कुनै मानिस को बोली सुनेनौं। कोही मानिस थिएन। घोडा र गधाहरू अझै बाँधेकै थिए अनि पालहरू तलसम्म थिए। तर मानिसहरू सबै गइसकेका थिए।”
7:11b.2KI.007.011 तब शहरका द्वारपालकहरूले राजाको महलका मानिसहरू बोलाएर र सबैलाई सूचना दिए।
7:12b.2KI.007.012 रातीको समय थियो तर राजा ओछ्यानबाट उठे। राजाले आफ्ना अधिकारीहरूलाई भने, “अरामी सैनिकहरू हामीसित के गर्दैछन्, म तिमीहरूलाई बताउनेछु। तिनीहरू जान्दछन् हामी भोकै छौं। खेतमा लुक्नको निम्ति तिनीहरूले शिबिर छोडे। तिनीहरू सोच्दैछन्। ‘जब इस्राएलीहरू शहरबाहिर आँउछन्, तिनीहरूलाई जिउँदै पक्रिने छौं। अनि त्यसपछि हामी शहरमा पस्ने छौं।”‘
7:13b.2KI.007.013 राजाका एक जना अधिकारीले भने, “शहरमा अझै रहेका पाँचवटा घोडाहरूलाई केही मानिसहरूले लिएर जाऊन्। घोडाहरू चाँडै नै त्यसरी मर्नेछन् जसरी शहरमा रहेका इस्राएलीहरू मर्नेछन्। के भयो थाह पाउँन ती मानिसहरूलाई पठाऔ।”
7:14b.2KI.007.014 यसर्थ मानिसरूले घोडासँगै दुइवटा रथ लिए। राजाले ती मानिसहरूलाई अरामी सैनिकको खोजी-निति गर्न पठाए। राजाले तिनीहरूलाई भने, “जाऊ अनि हेर, के भयो।”
7:15b.2KI.007.015 मानिसहरू अरामी सैनिकको पछि यर्दन नदीसम्म गए। बाटो भरि लुगा र हतियारहरू थिए। अरामीहरूले हतारमा भाग्दा ती चीजहरू फ्याँकेका थिए। दूत सामरिया फर्कियो अनि राजालाई बतायो।
7:16b.2KI.007.016 तब मानिसहरू अरामी छाउनी तिर दगुरे र त्यहाँबाट मूल्यवान चीजहरू लगे। प्रत्येकका लागि पर्याप्त चीजहरू थियो। यसकरण परमप्रभुले भन्नुभएको जस्तै घटना भयो। एक जना जुन सुकै मानिसले एक शेकेल चाँदी एक माना राम्रो पिठो अथवा दुइ माना जौंको किन्न सक्ने थियो।
7:17b.2KI.007.017 राजाले द्वारको हेरचाह गर्नका लागि साह्रै मन पर्ने अधिकारीलाई रोजे। तर मानिसहरू शत्रुको शिबिरबाट खाद्य सामाग्री लिन दर्गुन थाले। मानिसहरूले अधिकारीलाई हिर्काएर लडाए अनि त्यसमाथि टेक्दै गए अनि ऊ मर्यो। यसकारण यी सब घटनाहरू त्यसरी नै हुँदै गए। जसरी परमेश्वरका जनले भने जब राजा एलीशाको घरमा गएका थिए।
7:18b.2KI.007.018 एलीशाले भनेका थिए, “एक जना मानिसले एक शेकेल चाँदी एक माना राम्रो पिठो अथवा दुइ माना जौको सामरिया शहरको द्वारनजिक बजारमा किन्न सक्नु हुनेछ।”
7:19b.2KI.007.019 तर अधिकारीले परमेश्वरका जनलाई उत्तर दिएका थिए, “परमप्रभुले आकाशमा झ्यालहरू बनाउनुभए पनि यस्तो घटना हुन सक्दैन।” अनि एलीशाले अधिकारीलाई भनेका थिए, “तिमी यस्तो आफ्ना आँखाले देख्ने छौ। तर तिमीले त्यस खाद्यमध्ये केही खान पाउने छैनौ।”
7:20b.2KI.007.020 अधिकारीसँग ठीक त्यस्तै घटना भयो। मानिसहरूले उसलाई शहरद्वारमा हुत्त्याएर लडाए अनि उसलाई कुल्चिए र ऊ मर्यो।
8
8:1b.2KI.008.001 एलीशाले त्यस आइमाईसँग कुरा गरे जसको छोरालाई उनले पुर्नजीवित गरेका थिए। एलीशाले भने, “तिमी र तिम्रो परिवारले अर्को देश जानु पर्छ। किन? किनभने परमप्रभुले निर्णय लिनुभएको छ, यहाँ अनिकाल हुनेछ। यो अनिकाल यस देशमा सात वर्ष सम्म रहने छ।”
8:2b.2KI.008.002 यसकारण आइमाईले त्यसै गरी जस्तो परमेश्वरका जनले भने। ऊ आफ्नो परिवारसमेत पलिश्तिको देशमा गएर सातवर्ष सम्म बसि।
8:3b.2KI.008.003 सात वर्ष बितेपछि आइमाई पलिश्तिहरूको देशबाट फर्की आइमाई राजासँग कुरा गर्न गई। उसले आफ्नो घर र जग्गा फिर्ता पाउँ भनी बिन्ती गर्न पुगी।
8:4b.2KI.008.004 राजा परमेश्वरको जनको सेवक गेहजीसँग कुरा गरिरहेका थिए। राजाले गेहजीलाई भने, “कृपया मलाई एलीशाले गरेको सबै महान कार्यहरू बताऊ।”
8:5b.2KI.008.005 गेहजीले राजालाई एलीशाको बारेमा बताउँदा मृत मानिसलाई जिउँदो गरेको सुनाउँदै थियो। त्यस समयमा त्यो आइमाई जसको छोरालाई एलीशाले फेरि जिउँदो बनाएका थिए, राजाकहाँ पुगी। ऊ राजलाई आफ्नो घर र जग्गा फिर्ता पाऊँ भनी बिन्ती गर्न चाहन्थी। गेहजीले भन्यो, “हे मेरा मालिक महाराज, यो त्यही आइमाई हो। अनि यो त्यही छोरा हो जसलाई एलीशाले फेरि जिउँदो बनाएका थिए।”
8:6b.2KI.008.006 राजाले आइमाईलाई ऊ के चाहन्छे भनी सोधे अनि आइमाईले भनी। तब राजाले एक जना अधिकारीलाई बोलाए। राजाले भने, “आइमाईलाई उसको जमीनहरू सबै दिनु। उसलाई जग्गामा छोडेको दिनदेखि अहिले सम्म फलेको पनि अन्न दिनु।”
8:7b.2KI.008.007 एलीशा दमीशकमा गए। अरामका राजा बेनहदद बिरामी थिए। एक जना मानिसले बेनहददलाई भन्यो, “परमेश्वरको जन यहाँ आएको छ।”
8:8b.2KI.008.008 तब राजा बेनहददले हजाएललाई भने, “एउटा उपहार लिनु अनि परमेश्वरको जनसँग भेट्न जानु। उनलाई परमेश्वरसँग सोध्ने बिन्ती गर्नु के म आफ्नो बिरामीबाट मुक्त भएर निको हुनेछु?”
8:9b.2KI.008.009 यसर्थ हजाएल एलीशालाई भेट्न गयो। हजाएलले आफूसँगै उपहार पनि लग्यो। उसले दमीशकबाट सबै प्रकारका राम्रा चीजहरू लिएर गयो। प्रत्येक चीज बोक्नका लागि 40 वटा ऊँटहरू थिए। हजाएल एलीशाकहाँ पुग्यो। हजाएलले भन्यो, “तपाईको अनुयायी, अरामका राजा बेनहददले मलाई तपाईकहाँ पठाएका हुन्। उनी सोध्छन्। के उनी आफ्नो बिरामीबाट मुक्त भएर निको हुनेछन्?”
8:10b.2KI.008.010 तब एलीशाले हजाएललाई बताए, “जा अनि बेन-हददलाई भन, ‘तिमी बाँच्ने छौ।”‘ तर साँचो अर्थमा परमप्रभुले मलाई भन्नुभयो, ‘उनी मर्ने छन्।”‘
8:11b.2KI.008.011 एलीशा एकटक हेर्न थाले। उनले हजाएललाई एकटक तबसम्म हेरिरहे जबसम्म हजाएललाई असजिलो लाग्दैन। तब परमेश्वरको जन चिच्याउन थाले।
8:12b.2KI.008.012 हजाएलले भन्यो, “महाशय, तपाई किन चिच्याउनु हुँदैछ?” एलीशाले उत्तर दिए, “म चिच्याउँदै छु किन भने म जान्दछु तैंले इस्राएलीहरूलाई नराम्रो गर्नेछस्। तैंले तिनीहरूको दरिलो शहर जलाउनेछस्। तैंले तिनीहरूका युवकहरूको हत्या गर्नेछस्। तैंले तिनीहरूका नानीहरू मार्नेछस्। तैंले गर्भवती आइमाईहरूको गर्भ तुवाउने छस्।”
8:13b.2KI.008.013 हजाएलले भन्यो, “म शक्तिशाली मानिस होइन। म ती महान काम गर्न सक्दिनँ।” एलीशाले भने, “परमप्रभुले मलाई देखाउनुभएको छ, तँ नै अरामको राजा हुनेछस्।”
8:14b.2KI.008.014 त्यसपछि हजाएलले एलीशाबाट विदा लिए अनि आफ्नो राजाकहाँ गए। बेनहददले हजाएललाई सोधे, “एलीशाले तँलाई के भने?” हजाएलले उत्तर दियो, “एलीशाले मलाई भने तपाई बाँच्नु हुनेछ।”
8:15b.2KI.008.015 तर अर्को दिन नै, हजाएलले एउटा बाक्लो लुगा लियो अनि पानीमा डुबायो। त्यसपछि उसले बेन-हददको अनुहार छोप्यो अनि सास थुन्यो। बेन-हददको मृत्यु भयो अनि हजाएल नयाँ राजा भयो। योराम आफ्नो शासन शुरू गर्छन्
8:16b.2KI.008.016 यहोशापातका छोरा योराम यहूदाका राजा थिए। योरामले आहाबका छोरा योराम इस्राएलका राजा हुँदा पाँचौ वर्ष शासन शुरू गरे।
8:17b.2KI.008.017 योराम 32 वर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा आठ वर्ष शासन गरे।
8:18b.2KI.008.018 तर योरामले इस्राएलका राजाहरू जस्तै शासन गरे अनि परमप्रभुले भूल भन्नुभएको कार्यहरू नै गरे। योरामले आहाबको परिवारका मानिसहरू जस्तै नै जीवन यापन गरे। योरामले यस्तै प्रकारले जीवन यापन गरे किनभने उनकी पत्नी आहाबकी छोरी थिइ।
8:19b.2KI.008.019 तर परमप्रभुले यहूदालाई नष्ट पार्नुभएन किनभने आफ्ना सेवक दाऊदलाई वचन दिनुभएको थियो। परमप्रभुले दाऊदलाई वचन दिनुभएको थियो, उनको परिवारबाट कोही सँधै नै राजा हुनेछ।
8:20b.2KI.008.020 योरामको समयमा एदोम यहूदाको शासनबाट छुट्टियो। एदोमका मानिसहरूले आफ्ना लागि राजा रोजे।
8:21b.2KI.008.021 तब योराम र उनका सबै रथहरू लिएर याईरमा गए। एदोमी सैनिकहरूले उनलाई घेरे। योराम र उनका अधिकारीहरूले तिनीहरूमाथि राती आक्रमण गरे। तर योरामका सबै सैनिकहरू भागे।
8:22b.2KI.008.022 यस प्रकार एदोमीहरू यहूदाको शासनबाट छुट्टिए अनि तिनीहरू आजसम्म यहूदाको शासनबाट स्वतन्त्र छन्। त्यसै समयमा लिब्नी पनि यहूदाको शासन बाट स्वतन्त्र भयो।
8:23b.2KI.008.023 योरामले गरेको सबै कामको विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।
8:24b.2KI.008.024 योरामको मृत्यु भयो अनि दाऊद शहरमा आफ्ना पुर्खाहरूसँगै उसलाई गाडीयो। योरामका छोरा अहज्याह नयाँ राजा भए।
8:25b.2KI.008.025 आहाबका छोरा योराम इस्राएलका राजा भएको 12 औं वर्षमा योरामका छोरा अहज्याह यहूदाका राजा भए।
8:26b.2KI.008.026 अहज्याह 22 वर्षका थिए जब उनले शासन शुरू गरे। उनले एक वर्ष यरूशलेममा शासन गरे। उनको आमाको नाउँ अतल्याह थियो। उनी इस्राएलका राजा ओम्रीकी छोरी थिइन्।
8:27b.2KI.008.027 अहज्याहले ती कार्य गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। अहज्याहले आहाब परिवारका मानिसहरू जस्तै धेरै भूल कामहरू गरे। अहज्याहले त्यस प्रकारले नै जीवन-यापन गरे किनभने उनकी पत्नी आहाब परिवारकी थिइन्।
9
9:1b.2KI.009.001 एलीशा अगमवक्ताले अगमवक्ताहरूको एउटा दललाई बोलाए। एलीशाले यस मानिसलाई भने, “तयार होऊ अनि यो सानो तेलको सीसी आफ्नो हातमा लेऊ। रामोत-गिलाद जाऊ।
9:2b.2KI.009.002 जब तिमी त्यहाँ पुग्छौ, निम्शीका नाती, यहोशापातका छोरा येहूलाई भेट्ने छौ। तब भित्र पस अनि उनलाई आफ्ना दाज्यू भाइ माझबाट उठाउ। उनलाई भित्री कोठामा लिएर जाऊ।
9:3b.2KI.009.003 तेलको सानो सीसी निकाल अनि येहूको टाउकोमाथि तेल खन्याऊ। र भन, ‘परमप्रभु यस्तै भन्नुहुन्छ तिमीलाई इस्राएलको नयाँ राजा हुनकोलागि अभिषेक मैले गरेको छु।’ तब ढोका खोल अनि हिंड। न फर्के।”
9:4b.2KI.009.004 यसकारण यो युवक, अगमवक्ता, रामोत गिलाद गयो।
9:5b.2KI.009.005 जब युवक पुग्यो उसले सेनाको सेनापतिलाई बसेको देख्यो। युवकले भन्यो, “सेनापति तिम्रो लागि एउटा सन्देश छ।” येहूले भने, “हामी सबै यहाँ छौं। हामी मध्ये कसको लागि सन्देश छ?” युवकले भन्यो, “सेनापति, संन्देश तपाईका लागि हो।”
9:6b.2KI.009.006 येहू उभिए अनि घरभित्र पसे। तब युवक अगमवक्ताले येहूको टाउकोमाथि तेल खन्याए। युवक अगमवक्ताले येहूलाई भने, “इस्राएलका परमेश्वरले भन्नु भएको छ, ‘इस्राएल अनि परमप्रभुका मानिसहरूको नयाँ राजाको रूपमा तिमीलाई अभिषेक गर्दै छु।
9:7b.2KI.009.007 तिमीले आफ्नो राजा आहाबको परिवारलाई नष्ट पार्नु पर्छ। यस प्रकार म ईजेबेललाई मेरा सेवकहरू, अगमवक्ताहरू तथा परमप्रभुका सबै सेवकहरूको मृत्य, (जसको हत्या गरिएको थियो) को लागि सजाय दिनेछु।
9:8b.2KI.009.008 यसप्रकार आहाबको सब परिवार मर्नेछ। म आहाबको परिवारको कुनै बालक जिउँदो रहन दिने छैन। यसको कुनै अर्थ हुँदैन त्यो बालक दास हो अथवा इस्राएलको स्वतन्त्र मानिस हो।
9:10b.2KI.009.010 यिज्रेलको इलाकामा ईजेबेललाई कुकुरले खाने छन्। ईजेबेललाई गाडिने छैन।”‘ तब युवक अगमवक्ताले ढोका खोले अनि हिंडे।
9:11b.2KI.009.011 येहू आफ्नो राजाका अधिकारीहरूतिर फर्किए। एकजना अधिकारीले येहूलाई सोधे, “सबै कुरा ठीकै छ? त्यो बौलाहा मानिस तिमी कहाँ किन आएछ?” येहूले सेवकहरूलाई जवाफ दिए, “तिमीलाई त्यो यहाँ छ बौलाह मानिस सँधै केही कुराहरूको विषयमा हतारिन्छ?”
9:12b.2KI.009.012 अधीकारीहरूले भने, “होइन! हामीलाई साँचो कुरा भन। उसले के भन्यो?” येहूले अधिकारीहरूलाई युवक अगमवक्ताले भनेको कुरा बताए। येहूले भने, “उसले भन्यो, ‘यो कुरा परमप्रभुले भन्नुभएको हो मैले तिमीलाई इस्राएलको नयाँ राजाको रूपमा अभिषेक गरेको छु।”‘
9:13b.2KI.009.013 तब प्रत्येक अधिकारीले हतार-हतार आफ्नो बाहिरी पोशाक खोले अनि येहू अघि सांडीमाथि राखे। त्यसपछि तिनीहरूले तुरही फूके अनि घोषणा गरे, “येहू राजा हुन्।”
9:14b.2KI.009.014 यसर्थ यहोशापातका छोरा अनि निम्शीका नाती येहूले योरामको विरोधमा योजनाहरू बनाए। त्यस समयमा योराम र इस्राएलीहरू अरामका राजा हजाएलबाट रामोत गिलादको रक्षा गर्ने चेष्टा गरिरहेका थिए।
9:15b.2KI.009.015 राजा योरामले अरामका राजा हजाएलको विरोधमा लडाइँ गरे। तर अरामीहरूले राजा योरामलाई घाइते बनाए अनि उनी ती घाउहरू निको पार्नका लागि यिज्रेल गए। यसकारण येहूले अधिकारीहरूलाई भने, “यदि तिमीहरू सहमत छौ, म नयाँ राजा हुँ, तब शहरको कुनै मानिसलाई यिज्रेलमा खबर भन्नकालागि त्यसै हिंडन नदिनु।”
9:16b.2KI.009.016 योराम यिज्रेलमा विश्राम गरिरहेका थिए। यस कारण येहू आफ्नो रथमा चढे अनि यिज्रेलतिर हिंडे। यहूदाका राजा अहज्याह पनि योराम सँग भेट गर्न यिज्रेल आएका थिए।
9:17b.2KI.009.017 एक जना रक्षक यिज्रेलमा स्तम्भमाथि उभिएको थियो। उसले येहूको विशाल समूहलाई आउँदै गरेको देख्यो। उसले भन्यो, “म मानिसहरूको विशाल समुह देख्दै छु।” योरामले भने, “तिमीहरूसँग भेट गर्न कसैलाई घोडामा पठाऊ। त्यस दूतलाई ती मानिसहरू शान्तिको इच्छाले आएका हुन, कि सोध।”
9:18b.2KI.009.018 यसकारण दूत घोडामाथि चढ्यो अनि येहूसँग भेट्न गयो। दूतले भन्यो, “राजा योरामले सोधेकाछन्, ‘के तिमी शान्तिको इच्छाले आएका हौ?”‘ येहूले भने, “तिमीले शान्तिको बारे केही गर्नु पर्ने छैन। आऊ अनि मेरो पछि लाग।” रक्षकले योरामलाई भन्यो, “दूत जनसमूहकहाँ गयो र अहिलेसम्म फर्केर आएको छैन।”
9:19b.2KI.009.019 तब योरामले अर्को दूतलाई घोडामाथि पठाए। यो मानिस येहूको समूहकहाँ आयो र भन्यो, “राजा योराम भन्नुहुन्छ। ‘शान्ति।”‘ येहूले जवाफ दिए, “तिमीले शान्तिसँग केही गर्नु पर्ने छैन। आऊ र मेरो पछि लाग।”
9:20b.2KI.009.020 रक्षकले योरामलाई भन्यो, “दोस्रो दूत समूहतिर गयो, तर अहिलेसम्म फर्केर आएको छैन। एक जना मानिस आफ्नो रथ बौलाहा जस्तै चलाई रहेको छ। ऊ निम्शीको नाती येहू जस्तै नै चलाइ रहेको छ।”
9:21b.2KI.009.021 योरामले भने, “मेरो रथ तयार गर!” यसकारण सेवकले योरामको रथ ल्यायो। इस्राएलका राजा योराम अनि यहूदाका राजा अहज्याह दुवै जनाले आ-आफ्नो रथ लिए अनि येहूसँग भेट गर्न हिंडे। तिनीहरूले येहूसँग यिज्रेली नाबोतको जग्गाको छेऊमा भेट गरे।
9:22b.2KI.009.022 योरामले येहूलाई हेरेर सोधे, “येहू, तिमी यहाँ शान्तिको भावनाले आएका हौ?” येहूले जवाफ दिए, “जबसम्म तिम्री आमा ईजेबेल वेश्यावृत्ति र तंत्र-मंत्रका गरिरहन्छिन् तबसम्म शान्ति हुनेछैन।”
9:23b.2KI.009.023 योरामले भाग्नका लागि घोडाहरू फर्काए। योरामले अहज्याहलाई भने, “यो धोखा हो, अहज्याह।”
9:24b.2KI.009.024 तर येहूले आफ्नो सम्पूर्ण शक्ति लगाएर धनु ताने र योरामको पीठमा छोडे। तीर योरामको मुटु छेडिंदै गयो। योराम आफ्नो रथमा लडे।
9:25b.2KI.009.025 येहूले आफ्नो रथ चालक बितकरलाई भने, “योरामको लाश माथि लिएर जाऊ अनि यिज्रेलबाट नाबोतको खेतमा फ्याँकिदेऊ। थाह छ होला जब तिमी र म योरामका पिता आहाबसँग घोडामा चढेर जाँदा परमप्रभुले भन्नु भएको थियो उनीसित यस्तो घट्ना हुनेछ।
9:26b.2KI.009.026 परमप्रभुले भन्नुभएको, ‘हिजो मैले नाबोत र उनका छोराहरूको रगत देखें। यसकारण म आहाबलाई यस खेतमा सजाय दिनेछु।’ परमप्रभुले यस्तो भन्नुभयो। यसकारण योरामका लाश उठाऊ अनि परमप्रभुले भने जस्तै खेतमा फ्याँकिदेऊ।”
9:27b.2KI.009.027 यहूदाका राजा अहज्याहले यो देखे अनि भागे। उनले बगैंचाको घर भएर भाग्ने चेष्टा गरे, तर येहू उनको पछि लागे। यहूले भने, “अहज्याहलाई पनि मार।” अहज्याह घाइते भए जब तिनी यिब्लामनजिक गूर जाने बाटोमा आफ्नो रथमा थिए। अहज्याह मगिद्दो सम्म पुगे, र तिनी त्यहाँ मरे।
9:28b.2KI.009.028 अहज्याहका सेवकहरूले उनको लाश रथमा लादेर यरूशलेम लगे। तिनीहरूले अहज्याहलाई दाऊदशहरमा उनका पुर्खाहरूसँगै उनको चिहानमा गाडे।
9:29b.2KI.009.029 अहज्याह योराम इस्राएलको राजा भएको एघारौं वर्षमा यहूदाका राजा भएका थिए।
9:30b.2KI.009.030 येहू यिज्रेल गए अनि ईजेबेलले खबर सुनीन्। उनले आफ्नो श्रृंगार गरिन, अनि कपाल बाटिन्। त्यसपछि तिनी झ्यालमा उभिन् र बाहिर हेरिन्।
9:31b.2KI.009.031 येहूले शहरमा प्रवेश गरे। ईजेबेलले भनी, “नमस्कार जिम्री! ऊ जस्तै नै तिमीले आफ्नो मालिकको हत्या गर्यौ।”
9:32b.2KI.009.032 येहूले माथि झ्यालमा हेरे। उनले भने, “मतिर को छ? को?” दुई अथवा तीन जना नपुंसकहरूले झ्यालबाट बाहिर येहूलाई हेरे।
9:33b.2KI.009.033 येहूले तिनीहरूलाई भने, “ईजेबेललाई तल फ्याँकि देऊ।” तब नपुसंकहरूले ईजेबेललाई तल फ्याँकि दिए। ईजेबेलको केही रगत भित्ता र घोडामा लाग्यो। घोडाहरू ईजेबेलको लाशमाथि हिडे।
9:34b.2KI.009.034 येहू घरभित्र पसे खान पीन र मद्यापान गरे। तब उनले भने, “अब यस श्रापित आइमाईलाई राम्रो सँग गाडिदेऊ, किनभने ऊ एक राजकुमारी हो।”
9:35b.2KI.009.035 मानिसहरू ईजेबेललाई गाड्न गए। तर तिनीहरूले उनको लाश पाउँन सकेनन्। तिनीहरूले मात्र उनको खप्परका, खुट्टा र हातका हत्केलाहरू पाए।
9:36b.2KI.009.036 यसकारण मानिसहरू फर्किए अनि येहूलाई बताए। तब येहूले भने, “परमप्रभुले आफ्नो सेवक तिश्बी एलियाहद्वारा दिएको सन्देश यो थियो। एलियाहले भनेः ‘कुकुरहरूले ईजेबेलको लाश यिज्रेलको इलाकामा खाने छन्।
9:37b.2KI.009.037 ईजेबेलको लाश यिज्रेलको इलाकाको खेतमा मल हुनेछ। मानिसहरू ईजेबेलको लाश चिन्न असमर्थ हुनेछन्।”‘
10
10:1b.2KI.010.001 आहाबका सत्तरी जना छोराहरू सामरियामा थिए। येहूले पत्रहरू लेखे अनि सामरियामा यिज्रेलका अगुवाहरू र शासकहरूकहाँ पठाए। उनले पत्रहरू ती मानिसहरूकहाँ पनि पठाए जसले आहाबका छोराहरूको हेरचाह गरेका थिए। पत्रहरूमा येहूले भने,
10:4b.2KI.010.004 तर यिज्रेलका अगुवाहरू तथा शासकहरू साह्रै डराएका थिए। तिनीहरू भन्थे, “दुई जना राजा (योराम र अहज्याह) ले यहूलाई रोक्न सकेनन्। यसकारण हामी पनि उनलाई रोक्न सक्ने छैनौ।”
10:5b.2KI.010.005 जुन मानिसले आहाबले घरको हेरचाह गर्यो; शहरका बूढा-पाका अनि मानिसहरूको देखरेख गर्यो जसले आहाबका नानीहरूको हेरचाह गरेका थिए, त्यसले येहूलाई सन्देश पठायो, “हामी तपाईको सेवकहरू हौं। हामी तपाईले भनेको जे पनि गर्नेछौं। हामी कुनै मानिसलाई राजा बनाउने छैनौं। तपाई जे उचित सम्झनु हुन्छ, गर्नुहोस्।”
10:6b.2KI.010.006 तब येहूले अगुवाहरूलाई एउटा पत्र लेखे। येहूले भने, “यदि तिमीहरूले मलाई सहायता गर्छौ र मेरो हुकुम मान्ने छौ भने तब आहाबका छोराहरूका टाउका छिनाऊ। अनि भोलि यसै समयमा तिनीहरूलाई यिज्रेलमा ल्याऊ।” आहाबका सत्तरी जना छोराहरू थिए। तिनीहरू शहरका अगुवाहरूसँग थिए जसले तिनीहरूलाई हुकाउने गर्दथे।
10:7b.2KI.010.007 जब शहरका अगुवाहरूले पत्र पाए, तिनीहरूले राजाका छोराहरू जम्मा गरे अनि सबै सत्तरी जना को हत्या गरे। तब अगुवाहरूले राजाका छोराहरूका टाउका डालाहरूमा हाले। तिनीहरूले डालाहरू यिज्रेलमा येहूकहाँ पठाए।
10:8b.2KI.010.008 दूत येहूकहाँ आयो अनि उनलाई भन्यो, “तिनीहरूले राजाका छोराहरूका टाउकाहरू ल्याए।” तब येहूले भने, “टाउकाहरू शहरको प्रवेशद्वारमा बिहानसम्म दुई थुप्रो बनाएर राख।”
10:9b.2KI.010.009 येहू बिहानै बाहिर निस्के अनि मानिसहरूको सामु उभिए। उनले मानिसहरूलाई भने, “तिमीहरू निर्दोष छौ। हेर, मेरो मालिकको विरोधमा योजनाहरू मैले बनाएँ। मैले उसलाई मारें। तर आहाबका यी सबै छोराहरूलाई कसले मार्यो? तिमीहरूले मार्यौ।
10:10b.2KI.010.010 तिमीहरूलाई थाह हुनु पर्छ परमप्रभुले भनेको प्रत्येक कुरो पूरा हुन्छ। अनि परमप्रभुले आहाबको परिवारको विषयमा यी कुरा भन्नका लागि एलियालाई प्रयोग गरे। अहिले परमप्रभुले त्यही काम गर्नुभयो जो उहाँले गर्छु भन्नुभएको थियो।”
10:11b.2KI.010.011 यस प्रकार येहूले यिज्रेलमा बसोबास गर्ने आहाबको परिवारका सबै मानिसहरूको हत्या गरे। येहूले सबै प्रसिद्ध मानिसहरू, परममित्रहरू तथा पूजाहारीहरूको हत्या गरे। आहाबका आफन्तहरूमध्ये कोही जिउँदो रहेन।
10:12b.2KI.010.012 येहूले यिज्रेल छोडे अनि सामारिया गए। बाटोमा येहू भेडा गोठालाहरू भएको ठाउँमा रोकिए जहाँ गोठालाहरूले आफ्ना भेडाहरूको ऊन काट्ने गर्दथे।
10:13b.2KI.010.013 येहूले यहूदाका राजा अहज्याहका आफन्तहरूसँग भेट गरे। येहूले उनीहरूलाई भने, “तिमी को हौ?” उनीहरूले उत्तर दिए, “हामी यहूदाका राजा अहज्याहाका आफन्त हौं। हामी नानीहरूका राजा अनि नानीहरूका आमाकी रानीको दर्शन गर्न तल ओर्लिएका छौं।”
10:14b.2KI.010.014 तब येहूले आफ्ना मानिसहरूलाई भने, “यिनीहरूलाई जिउँदै पक्रौं।” येहूका मानिसहरूले अहज्याहका आफन्तहरूलाई जिउँदै पक्रिए। 42 जना मानिसहरू थिए। येहूले तिनीहरूलाई बेत-एकद छेऊ कुपमा मारे। येहूले कुनै पनि मानिसलाई जिउँदो छोडेनन्।
10:15b.2KI.010.015 त्यहाँबाट गएपछि येहूले रेकाबका छोरा यहोनादाबसँग भेट गरे। यहोनादाब येहूसँग भेट गर्न आउँदै थिए। येहूले यहोनादाबको स्वागत गरे। उनलाई भने, “म तिम्रो विश्वासी मित्र भए जस्तै के तिमी मेरो विश्वासी मित्र होऊ?” यहोनादाबले उत्तर दिए, “अवश्य, म तिम्रो विश्वासी मित्र हुँ।” येहूले भने, “यदि तिमी हौ भने मलाई तिम्रो हात देऊ।” तब येहू बाहिर निहुरिए अनि यहोनादाबलाई माथि रथमा ताने।
10:16b.2KI.010.016 येहूले भने, “मसित आऊ! परमप्रभुप्रति मेरा भावनाहरू कति प्रबल छन् तिमी बुझ्न सक्ने छौ।” यसकारण यहोनादाब येहूको रथमा चढे।
10:17b.2KI.010.017 येहू सामरिया आए अनि आहाबका सबै आफन्तहरूको हत्या गरे जो अझसम्म सामरियामा जिउँदै थिए। येहूले तिनीहरू सबैको हत्या गरे। येहूले ती कार्यहरू गरे जो परमप्रभुले एलियाहलाई भन्नुभएको थियो।
10:18b.2KI.010.018 त्यसपछि येहूले सबै मानिसहरूलाई जम्मा गरे। येहूले तिनीहरूलाई भने, “आहाबले बालको सेवा थोरै गरे। तर येहूले बालको सेवा मनग्गे गर्नेछ।
10:19b.2KI.010.019 अहिले नै बालका सबै पूजाहारीहरू अनि अगमवक्ताहरूलाई बोलाऊ। अनि सँगसँगै बालको पूजा गर्ने सबै मानिसहरूलाई बोलाऊ। कोही पनि मानिसहरु यस सभामा नछुटुन्। म बाललाई साह्रै ठूलो बलि चढाउँनेछु। म कुनै पनि मानिसलाई मार्ने छु जो यस सभामा उपस्थित हुँदैनन्।” तर येहू तिनीहरू सँग छल गर्दै थिए। येहू बालका उपासकहरूलाई नष्ट पार्न चाहन्थे।
10:20b.2KI.010.020 येहूले भने, “बालको लागि एउटा पवित्र सभाको आयोजना गर।” अनि पूजाहारीहरूले सभाको घोषणा गरे।
10:21b.2KI.010.021 तब येहूले सबै इस्राएल भूमिका लागि सन्देश पठाए। सबै बालका उपासकहरू आए। घरमा बस्ने कोही पनि मानिस थिएन। बालका उपासकहरू बालको मन्दिरमा आए। मन्दिर मानिसहरूले भरिएको थियो।
10:22b.2KI.010.022 येहूले भन्डारेलाई भने, “बालका उपासकहरूका लागि बाहिरी पोशाक ल्याऊ।” यसकारण त्यस मानिसले बालका उपासकहरूका लागि बाहिरी पोशाक ल्यायो।
10:23b.2KI.010.023 त्यसपछि येहू र रेकाबका छोरा यहोनादाब बालको मन्दिरभित्र पसे। येहूले बालका उपासकहरूलाई भने, “चारैतिर हेर अनि विश्वस्त होऊ, परमप्रभुका सेवकहरू कोही छैनन्। विश्वस्त होऊ, बालको पूजा गर्ने मानिसहरू मात्र छन्।”
10:24b.2KI.010.024 बालका उपासकहरू बालको मन्दिरमित्र बलिहरू र होमबलि चढाउन पसे। तर बाहिर येहूका 80 जना मानिसहरू पर्खिरहेका थिए। येहूले तिनीहरूलाई भने, “कोही पनि मानिसलाई भाग्ने मौका न देऊ। यदि कोही मानिसहले एक जना मानिसलाई भाग्ने मौका दियो भने, त्यस मानिसले आफ्नो जीवनदान गर्नु पर्नेछ।”
10:25b.2KI.010.025 येहूले बलि र होमबली चढाउने बित्तिकै उनले रक्षकहरू तथा सेनापतिहरूलाई भने, “भित्र जाऊ अनि बालका उपासकहरूलाई मार। कसैलाई पनि मन्दिरबाट बाहिर जिउँदो निस्कन नदिनु।” यसकारण सेनापतिहरूले पातलो तरवार प्रयोग गरे अनि बालका उपासकहरूलाई मारे। रक्षकहरू अनि सेनापतिहरूले बालका उपासकहरूका लाश बाहिर फ्याँके। त्यसपछि रक्षकहरू र सेनापतिहरू बालको मन्दिरको भित्री कोठामा गए।
10:26b.2KI.010.026 तिनीहरू बालको मन्दिरमा भएका स्मारक ढुङ्गाहरू बाहिर निकाले अनि मन्दिरलाई जलाए।
10:27b.2KI.010.027 तब तिनीले बालका स्मारक ढुङ्गाहरू फोरेर धूलोपीठो बनाए। तिनीले बालको मन्दिरलाई पनि फोरेर धूलोपीटो बनाए। तिनीहरूले बालको मन्दिरलाई आरामकोठा बनाए। मानिसहरू अझै पनि त्यस ठाउँलाई शौचालयको रूपमा प्रयोग गर्छन्।
10:28b.2KI.010.028 यसप्रकार येहूले इस्राएलमा बालको पूजालाई अन्त गरिदिए।
10:29b.2KI.010.029 तर येहू नबातको छोरा योराबामको पाप कार्यबाट सम्पूर्ण रूपले टाढिन सकेन जसले इस्राएलमा पाप गराएका थिए। येहूले बेतेल र दानमा सुनका बाछाहरूलाई नष्ट पारेनन्।
10:30b.2KI.010.030 परमप्रभुले येहूलाई भन्नुभयो, “तिमीले राम्रो काम गरेका छौ। तिमीले ती कार्यहरू गरेका छौ, जो म भन्छु, राम्रो कार्य हो। तिमीले मैले भने अनुसार नै आहाबको परिवारलाई सर्वनाश पार्यौ। यसकारण तिम्रा वंशजहरूले चार पुस्तासम्म इस्राएलमा शासन गर्नेछन्।”
10:31b.2KI.010.031 तर येहू आफ्नो सम्पूर्ण हृदयले परमप्रभु इस्राएलको परमेश्वरका नियम पालन गर्न सावधान भएनन्। येहूले योरोबामको पापहरू गर्ने देखि रोकेनन् इस्राएलाई पाप गर्न लगायो।
10:32b.2KI.010.032 त्यस समयमा परमप्रभुले इस्राएललाई टुक्रायाउन शुरू गर्नु भएको थियो। अरामका राजा हजाएलले इस्राएलीहरूलाई इस्राएलको प्रत्येक सीमानामा परास्त गरेका थिए।
10:33b.2KI.010.033 हजाएलले यर्दन नदीको पूर्वको क्षेत्र गिलादका क्षेत्र, गाद, रूबेन र मनश्शेका परिवार समूहको जग्गासमेत अरोएर देखि लिएर अर्नोन नदीको नजिक गिलाद र बाशान सम्म सम्पूर्ण भूमि जीते। येहूको मृत्यु
10:34b.2KI.010.034 सबै अरू महान कार्यहरू जो येहूले गरेका थिए, इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।
10:35b.2KI.010.035 येहू मरे अनि उनलाई उनका पुर्खाहरूसंगै गाडियो। मानिसहरूले येहूलाई सामरियामा गाडे। त्यसपछि येहूका छोरा योआहाज इस्राएलका नयाँ राजा भए।
10:36b.2KI.010.036 येहूले सामरियामा 28 वर्ष शासन गरे।
11
11:1b.2KI.011.001 अतल्याह अहज्याहकी आमा थिइन। उनले देखिन, उनको छोरा मर्यो। तब उनी उठिन अनि सबै राजाको परिवारलाई मारिन्।
11:2b.2KI.011.002 यहोशेबा राजा योरामकी छोरी र अहज्याहकी बहिनी थिइ। योआश राजाका छोराहरू मध्ये एक जना थिए। यहोशेबाले योआशलाई आफूसंग लिएर गयो जब सबै अरू नानीहरू मरिसकेका थिए। योहोशापातले योआश र उसको धाईलाई एउटा सुत्ने कोठामा लुकाइन ताकि अतल्याले तिनीहरूलाई नभेटाउन। यसरी योआश मारिएन।
11:3b.2KI.011.003 तब योआश र यहोशेबा परमप्रभुको मन्दिरमा लुके। योआश त्यहाँ छ वर्ष लुके। अनि अतल्याहले यहूदा भूमिमा शासन गरिन्।
11:4b.2KI.011.004 सातौं वर्षमा प्रमुख पूजाहारी यहोयादाले खबर पठाए र करीतो र रक्षकहरूका सेनापतिहरू आए। यहोयादाले तिनीहरूलाई परमप्रभुको मन्दिरमा ल्याए। तब यहोयादाले तिनीहरूसँग एउटा सम्झौता गरे। मन्दिरमा यहोयादाले तिनीहरूलाई शपथ खान वाध्य गराए। तब उनले तिनीहरूलाई राजाको छोरा (योआश) देखाए।
11:5b.2KI.011.005 तब यहोयादाले तिनीहरूलाई एउटा आदेश पठाए। उसले भने तिमीहरूले यो काम अवश्यै गर्नु पर्छ, “तिमीहरूमध्येको एक तिहाइ यो हप्ता काममा अवश्यै राजमहलको रक्षा गर्नलाई बस्नुपर्छ।
11:6b.2KI.011.006 तिमीहरूमध्ये अर्को एक तिहाइ शूरद्वारमा हुनेछन्। र अर्को एक तिहाइ रक्षकहरू पछिको द्वारको पछाडी हुनेछ। यसप्रकार तिमीहरूले घरको चारैतिर सुरक्षा प्रदान गर्नेछौ।
11:7b.2KI.011.007 दुई दल जो त्यस हप्तामा विश्राममा छन् तिनीहरूले मन्दिरको सुरक्षा र राजा यहो यहोशेबाको रक्षा गर्नुपर्छ।
11:8b.2KI.011.008 तिमी अवश्य नै सब समय राजासँग बस्नु ऊ कुनै ठाउँ जाँदा पनि। सबै समूहहरूले राजालाई घेरेर राख्नु पर्छ। प्रत्येक रक्षकले आफ्नो हातमा आफ्नो हतियार राख्नु पर्छ। अनि तिमीले त्यो मानिसलाई मार्नु पर्छ जो तिम्रो साह्रै नजिक आउँछ।”
11:9b.2KI.011.009 सेनापतिले सबै आदेशको पालन गरे जो येहोयादा पूजाहारीले आदेश गरेका थिए। प्रत्येक सेनापतिले आफ्ना मानिसहरू लिए। तिनीहरू सबै आए, जो त्यस हप्ता काममा थियो वा काममा थिएन। सबै मानिसहरू पूजाहारी योहोयदा कहाँ गए।
11:10b.2KI.011.010 अनि पूजाहारीले सेनापतिहरूलाई भाला र ढाल दिए। ती भाला र ढालहरू दाऊदले परमप्रभुको मन्दिरमा राखेका थिए।
11:11b.2KI.011.011 ती रक्षकहरू मन्दिरको दाहिने कुनादेखि देब्रे कुनासम्म आफ्ना हातहरूमा हतियार लिएर उभिएका थिए। तिनीहरू वेदी अनि राजाको वरिपरि उभिए। जब उनी मन्दिरमा गए।
11:12b.2KI.011.012 ती मानिसहरूले योआशलाई बाहिर निकाले। तिनीहरूले योआशलाई राजमुकुट पहिराए अनि राजा र परमप्रभुबीच हुने करार गराए। त्यसपछि तिनीहरूले उनलाई अभिषेक गरे अनि नयाँ राजा बनाए। तिनीहरूले थप्पडी बजाए अनि घोषणा गरे, “राजा दीर्घायु होऊन।”
11:13b.2KI.011.013 रानी अतल्याहले रक्षकहरू र मानिसहरूको ध्वनी सुनिन्, यसकारण उनी परमप्रभुको मन्दिरमा मानिसहरूसमक्ष गइन।
11:14b.2KI.011.014 अतल्याहले खाँबोको छेउमा राजालाई देखिन जहाँ साधारण मानिसहरु उभिने गर्दथे। उनले अगुवाहरू र मानिसहरूलाई पनि देखिन् जो राजाका लागि तुरही फुक्दै थिए। उनले देखिन्, सबै मानिसहरू औधी खुशी थिए। उनले तुरहीको ध्वनि सुनिन् अनि आफूलाई खिन्न बनाउन उनले आफ्नो लुगा च्यातिन्। तब अतल्याह चिच्याइन, “राजद्रोह! राजद्रोह!”
11:15b.2KI.011.015 यहोयादा पूजाहारीले सेनापतिहरूलाई आदेश दिए, तिनीहरू सैनिकका अधिकारी हुन। यहोयादाले उनीहरूलाई भने, “अतल्याहलाई मन्दिरको इलाकाबाट बाहिर लैजाउ। उनका सबै अनुयाईहरूलाई मार। तर परमप्रभुको मन्दिरभित्र तिनीहरूलाई नमार।”
11:16b.2KI.011.016 यसकारण सैनिकहरूले अतल्यालाई पक्रिए। तिनीहरूले उनलाई मारे जति बेला उनी घोडशालाको द्वार हुँदै महलमा गइन।
11:17b.2KI.011.017 तब यहोयादाले परमप्रभु, राजा र मानिसहरूबीच एउटा करार गरे। यस करारमा भनिएकोछ, राजा र मानिसहरू परमप्रभुका हुन। यहोयादाले राजा र मानिसहरूबीच पनि सम्झौता गराए। यस सम्झौताले भनिएको छ मानिसहरूका लागि राजाले के गर्नुपर्छ। अनि यो भनिएको छ मानिसहरूले राजाको आज्ञाको पालन गर्नुपर्छ अनि अनुसरण गर्नुपर्छ।
11:18b.2KI.011.018 तब सबै मानिसहरू झूठो देवता बालको मन्दिरमा गए। मानिसहरूले बालको मूर्तिहरूलाई तल झारीदिए र वेदी भत्काइदिए। र तिनीहरूले उनको वेदी तोडिदिए। तिनीहरूले त्यसलाई धेरै टुक्रा पारे। मानिसहरूले बालका पूजारी मतनलाई पनि वेदीको सामु मारे। यसप्रकार पूजाहारी यहोयादाले मानिसहरूलाई परमप्रभुको मन्दिर हेरचाहा गर्न लगाए।
11:19b.2KI.011.019 पूजाहारीले सबै मानिसहरूलाई बाटो देखाए। तिनीहरू परमप्रभुको मन्दिरबाट राजाको महलमा गए। राजाका विशेष रक्षकहरू र सेनापति राजासँगै गए। अनि अरू सबै मानिसहरूले उनीहरूको अनुसरण गरे। तिनीहरू राजाको घरको प्रवेशद्वारमा पुगे। तब राजा योआश सिंहासनमा बसे।
11:20b.2KI.011.020 सबै मानिसहरू प्रसन्न थिए। शहर स्थिर र शान्त थियो। र रानी अतल्यालाई राजाको महलको नजिक तरवारद्वारा मारिएको थियो।
11:21b.2KI.011.021 योआश सात वर्षका थिए जब तिनी राजा बने।
12
12:1b.2KI.012.001 योआशले येहू इस्राएलका राजा हुँदा सातौं वर्षमा शासन शुरू गरे। योआशले यरूशलेममा 40 वर्ष शासन गरे। योआशकी आमाको नाउँ बेर्शेबाकी सिब्या थियो।
12:2b.2KI.012.002 योआशले त्यही कार्य गरे जो परमप्रभुले सही भन्नुभएको थियो। योआशले जीवनमा परमप्रभुको आदेश पालनगरे। उनले ती कार्यहरू गरे जो पूजाहारी यहोयादाले उनलाई सिकाए।
12:3b.2KI.012.003 तर उनले अग्ला ठाउँहरू भत्काएनन् मानिसहरू तब सम्म पनि ती पूजा स्थनहरूमा बलिहरू दिने गर्दथे अनि सुगन्धि धूप जलाउँने गर्दथे।
12:6b.2KI.012.006 तर पूजाहारीहरूले मर्मतको काम गरेनन्। योआश राजा भएको 23 औं वर्षमा पूजाहारीहरूले अझै पनि मन्दिरको मर्मत गरेनन्।
12:7b.2KI.012.007 यसकारण राजा योआशले पूजाहारी यहोयादा अनि अन्य पूजाहारीहरूलाई बोलाए। योआशले यहोयादा र अरू पूजाहारीहरूलाई भने, “तिमीहरूले मन्दिरको मर्मत गरेका छैनौ? सेवा गरे वापत मानिसहरूबाट धन लिन बन्द गर। त्यो धन मन्दिरको मर्मतमा खर्च हुनु पर्छ।”
12:8b.2KI.012.008 पूजाहारीहरू मानिसहरूबाट धन लिन बन्द गर्न राजी भए। तर तिनीहरूले मन्दिर मर्मत नगर्ने निर्णय पनि लिए।
12:9b.2KI.012.009 यसकारण पूजाहारी यहोयादाले एउटा सन्दूक ल्याए अनि त्यसको माथि एउटा प्वाल बनाए। त्यसपछि यहोयादाले सन्दूकलाई वेदीको दक्षिणतिर राखे। यो सन्दूक ढोकाको छेऊमा थियो जहाँबाट मानिसहरूले परमप्रभुको मन्दिरमा आउने गर्द थिए। केही पूजाहारीहरूले मन्दिरको द्वारपथको पाले काम गर्दथे। ती पूजाहारीहरूले धन लिने गर्दथे जो मानिसहरू परमप्रभुलाई चढाउने गर्दथे अनि तिनीहरू त्यो धन सन्दूकमा राख्ने गर्दथे।
12:10b.2KI.012.010 तब मानिसहरूले रूपियाँ सन्दूकमा हाल्न थाले जब तिनीहरू मन्दिर जाने गर्दथे। जहिले राजाका सचिब अनि महा पूजाहारी सन्दूकमा थुप्रै रूपियाँ देख्थे, तिनी आउँथे अनि सन्दूकबाट रूपियाँ निकाल्थे। तिनीहरू रूपियाँ थैलोमा राख्थे अनि गन्ती गर्दथे।
12:11b.2KI.012.011 तब तिनीहरू परमप्रभुको मन्दिरमा काम गर्ने कर्मीहरूलाई भुक्तानी (ज्याला) दिनेगर्दथे। तिनीहरू सिकर्मी र अरू डकर्मीलाई भुक्तानी दिन्थे। जो परमप्रभुको मन्दिरमा काम गर्दथे।
12:12b.2KI.012.012 तिनीहरूले त्यो रूपियाँ ढुंङ्गाको काम गर्ने अनि ढुंङ्गाकाट्नेहरूलाई भुक्तानी दिनमा उपयोग गर्दथे। अनि तिनी त्यो काठ, काटेको ढुंङ्गा अनि अरू चीज मन्दिर मर्मतका सामाग्री किन्नुमा प्रयोग गर्दथे।
12:15b.2KI.012.015 कसैले कुनै रूपियाँ गन्ती गरेन र रूपियाँ के भयो भनी कुनै कर्मीहरूलाई भन्न वाध्य गराएन। किनभने कर्मीहरूलाई विश्वास गर्न सकिन्थ्यो।
12:16b.2KI.012.016 मानिसहरूले त्यस बेला रूपियाँ जब तिनीहरूले दोषबलिहरू र पापबलिहरू चढाए। तर त्यो रूपियाँ कर्मीहरूलाई भुक्तानी गर्नमा प्रयोग गरिएन। त्यो रूपियाँ पूजाहारीहरूको हुने गर्दथ्यो।
12:17b.2KI.012.017 हजाएल अरामका राजा थिए। हजाएल गात शहरको विरूद्ध युद्ध गर्नगए। हजाएलले गातलाई पराजित गरे। त्यसपछि उनले यरूशलेमको विरूद्ध युद्ध गर्ने योजना बनाए।
12:18b.2KI.012.018 यहोशापात, यहोराम र अहज्याह यहूदाका राजाहरू भइसकेका थिए। तिनीहरू योआशका पिता-पुर्खाहरू थिए। तिनीहरूले परमप्रभुलाई धेरै चीजहरू दिएका थिए। ती चीजहरू मन्दिरमा राखिएका थिए। योआशले पनि परमप्रभुलाई धेरै चीजहरू दिएका थिए। योआशले ती सबै चीजहरू सबै सुन लगे जो मन्दिर र उनको घरमा राखिएको थियो। तब योआशले सबै ती बहूमुल्य चीजहरू अरामका राजा हजाएलकहाँ पठाए। तब हजाएलले यरूशलेमलाई आक्रमण गर्न रोके।
12:19b.2KI.012.019 बाँकी रहेका कुराहरू त्यो योआशले गरे, यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।
12:20b.2KI.012.020 योआशका अधिकारीहरूले उनको विरोधमा योजनाहरू बनाए। तिनीहरूले योआशलाई सिल्लासम्म जाने सडकमाथि मिल्लोको घरमा मारे।
12:21b.2KI.012.021 शिम्मातका छोरा योजाबाद अनि शोमेरका छोरा यहोजाबाद योआशका अधिकारीहरू थिए। ती मानिसहरूले योआशलाई मारे। मानिसहरूले योआशलाई उनका पुर्खाहरूसँगै दाऊदशहरमा गाडे। योआशका छोरा अमस्याह उनीपछि नयाँ राजा भए।
13
13:1b.2KI.013.001 येहूका छोरा योआहाज सामरियामा इस्राएलका राजा भए। यहूदामा अहज्याहका छोरा योआश राजा भएको 23 औं वर्ष थियो। योआहाजले 17 वर्ष शासन गरे।
13:2b.2KI.013.002 योआहाजले ती कामहरू गरे जसलाई परमप्रभुले गलत भन्नुभएको थियो। योआहाजले नबातका यरोबामले पाप कार्य नै गरे जसले गर्दा इस्राएलमा पाप सृष्टि भयो। योआहाज ती कामहरू गर्न बन्द गरेनन्।
13:3b.2KI.013.003 तब परमप्रभु इस्राएलसित रिसाउनुभयो। परमप्रभुले इस्राएललाईलामो समय सम्मको निम्ति अरामका राजा छोरा हजाएल र हजाएलका छोरा बेनहददको अधीनमा दिनुभयो।
13:4b.2KI.013.004 तब योआहाजले परमप्रभुसित मद्दतका लागि बिन्ती चढाए। अनि परमप्रभुले उनको कुरा सुन्नुभयो। परमप्रभुले इस्राएलको संकट अनि अरामका राजाले इस्राएलीमाथि गरेको कष्ट देख्नु भएको थियो।
13:5b.2KI.013.005 यसकारण परमप्रभुले इस्राएललाई रक्षा गर्न एकजना मानिस पठाउनुभयो। इस्राएलीहरू अरामीहरूबाट मुक्त भए। यसकारण इस्राएलीहरू आ-आफ्नो घर गए जस्तो तिनीहरूले पहिले गरेका थिए।
13:6b.2KI.013.006 तर इस्राएलीहरूले अझै पनि यारोबामको परिवारले गरेको पाप कर्म बन्द गरेनन् जसले गर्दा इस्राएलमा पाप फिंजियो। इस्राएलीहरूले यारोबामले गरेको पाप गरिनै राखे। तिनीहरूले अशेराको खाँबोलाई सामरियामा राख्ने काम गरे।
13:7b.2KI.013.007 अरामका राजाले योआहाजको सेनालाई परास्त गरे। अरामका राजाले सेनाका धेरै मानिसहरू मारे। उनले मात्र 50 वटा घोडा सैनिकहरू, 10 वटा रथहरू अनि 10,000 पैदल सैनिकहरू छोडि दिए। योआहाजका सैनिकहरू दाँई गर्दा हावाले उडाएको भुस जस्तै भए।
13:8b.2KI.013.008 सबै महान कामहरू जो योआहाजले गरेका थिए इस्राएलका राजाहरूको इतिहासको” पुस्तकमा लेखिएको छ।
13:9b.2KI.013.009 योआहाज मरे अनि उनलाई पुर्खाहरूसँगै गाडियो। मानिसहरूले योआहाजलाई सामरियामा गाडे। योआहाजका छोरा योआश उनीपछि नयाँ राजा भए।
13:10b.2KI.013.010 योआहाजका छोरा योआश सामरियामा इस्राएलका राजा भए। यो यहूदाका राजा योआशको सैंतीसौं वर्ष शासन गरेको समय थियो। योआशले इस्राएलमा सोह्र वर्ष शासन गरे।
13:11b.2KI.013.011 इस्राएलका राजा योआशले ती कार्यहरू नै गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो।
13:12b.2KI.013.012 सबै महान कामहरू जो योआशले गरेका थिए अनि उनको यहूदाका राजा अमस्याहले गरेको युद्धको विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तक लेखिएको छ।
13:13b.2KI.013.013 योआश मरे अनि उनलाई पुर्खाहरूसँगै गाडियो। यारोबाम नयाँ राजा भए अनि योआशको सिंहासनमा बसे। योआशलाई इस्राएलका राजाहरूसँगै सामरियामा गाडियो।
13:14b.2KI.013.014 एलीशा बिरामी भए। पछि एलीशा त्यसै बिरामीले गर्दा नै मरे। इस्राएलका राजा येहोआश एलीशालाई भेट्न गए। योआश एलीशाका निम्ति रोए। योआशले भने, “हे मेरा पिता, हे मेरा पिता, रथहरू अनि इस्राएलका घोडसवाहरू?”
13:15b.2KI.013.015 एलीशाले योआशलाई भने, “एउटा धनुष र केही वाणहरू लेऊ।” योआशले एउटा धनुष अनि केही तीरहरू लिए।
13:16b.2KI.013.016 तब एलीशाले इस्राएलका राजालाई भने, “धनु तान्नु होस्।” योआसले धनु ताने तब एलीशाले उसको हात राजाको हातमाथि राखे।
13:17b.2KI.013.017 एलीशाले भने, “पूर्वको झ्याल खोल।” योआशले झ्याल खोले। तब एलियाले भने, “चलाउनु होस्!” योआशले चलाए। तब एलीशाले भने, “त्यो परमप्रभुको जीतको वाण हो! अराममाथि जीतको वाण हो। तिमीले अरामीहरूलाई अपेकमा पराजित गर्नेछौ अनि तिनीहरूलाई नष्ट पार्नेछौ।”
13:18b.2KI.013.018 एलीशाले भने, “वाणहरू लेऊ।” योआशले वाणहरू लिए। तब एलीशाले इस्राएलका राजालाई भने, “भूमिमा प्रहार गर।” योआश भूमिमा तीन पटक प्रहार गरे। त्यसपछि उनले बन्द गरे।
13:19b.2KI.013.019 परमेश्वरको जन योआशसित रिसाए। उनले भने, “तिमीले पाँच छ पटक प्रहार गर्नु पर्ने थियो। तब तिमी अरामलाई नष्ट नपारूञ्जेल जित्नसक्ने थियौ। तर अब, तिमीले अरामलाई तीन पटकमात्र जित्ने छौ।”
13:20b.2KI.013.020 एलीशा मरे र मानिसहरूले उनलाई गाडे। एक पटक वसन्तमा मोआबी सैनिकहरूको एउटा दल इस्राएललाई आक्रमण गर्न आयो।
13:21b.2KI.013.021 केही इस्राएलीहरू एक जना मरेको मानिसलाई गाड्दै थिए अनि तिनीहरूले सैनिकहरूको त्यस दललाई देखे। इस्राएलीहरूले हतार-हतार एलीशाको चिहानमा लाश फ्याँके अनि भागे। तर मरेको मानिस एलीशाको हड्डी छुने बित्तिकै जिउँदो भयो र आफ्नो खुट्टामा उभियो।
13:22b.2KI.013.022 योआहाजले शासन गरेको समयमा अरामका राजा हजाएलले इस्राएलमाथि संकट सृष्टि गरे।
13:23b.2KI.013.023 तर परमप्रभु इस्राएलीहरू प्रति दयालु हुनुहुन्थ्यो। परमप्रभुले दया अनि कृपा इस्राएलीहरूलाई देखाउनु भयो। अब्राहाम इसहाक र याकूबसितको आफ्नो करारको कारण परमप्रभुले इस्राएलीहरूलाई अझसम्म नष्ट अथवा टाढा फ्याँकन चाहादैनन् थिए।
13:24b.2KI.013.024 हजाएल, आरमका राजा मरे र ऊ पछि उनका छोरा बेन-हदद राजा भए।
13:25b.2KI.013.025 मर्न अघि हजाएलले योआशका पिता योआहाजबाट युद्धमा केही शहर लिएका थिए। तर अहिले योआश योआशले ती शहरहरू हजाएलका छोरा बेनहददबाट लिए। योआशले बेन-हददलाई तीन पटक परास्त गरे अनि इस्राएलका शहरहरू फिर्ता लिए।
14
14:1b.2KI.014.001 यहूदाका राजा योआशका छोरा अमस्याह इस्राएलका राजा योआहजाका छोरा योआशको शासनकालको दोस्रो वर्ष राजा भए।
14:2b.2KI.014.002 जब उनले शासन गर्न शुरू गर्दा अमस्याह पच्चीस वर्षका थिए। अमस्याहले यरूशलेममा उनन्तीस वर्ष शासन गरे। अमस्याहकी आमा यहोअदीन यरूशलेमकी थिइन्।
14:3b.2KI.014.003 अमस्याहले ती कामहरू गरे जो परमप्रभुले सही भन्नुभएको थियो, तर उनले आफ्ना पुर्खा दाऊदले जस्तै सम्पूर्ण रूपले परमेश्वरको अनुसरण गरेनन्। अमस्याहले ती सबै कामहरू गरे जो उनका पिता योआशले गरेका थिए।
14:4b.2KI.014.004 उनले अग्लो ठाउँहरू नष्ट पारेनन्। मानिसहरू अझै ती पूजा स्थलहरूमा बलिहरू र धूपबलि जलाउने गर्दथे।
14:5b.2KI.014.005 जुन समयमा अमस्याहले राज्यलाई कडा नियन्त्रणमा राखेका थिए, उनले अधिकारीहरूलाई मारे जसले उनका पितालाई मारेका थिए।
14:6b.2KI.014.006 तर उसले हत्याराहरूका नानीहरूलाई मारेनन् किनभने मोशाको नियमहरू व्यवस्था पुस्तकमा लेखिएका थिए। परमप्रभुले मोशाको व्यवस्थामा यस्तो आदेश दिनुभएको थियो, “माता-पिताहरूलाई उनका नानीहरूले केही गरेकोमा मार्नु हुँदैन। अनि नानिहरूलाई उनका माता-पिताहरूले केही गरेकोमा मार्नु हुँदैन। एक जना मानिसहरूलाई उसले गरेको भूल काम वापत नै मात्र मार्नु पर्छ।”
14:7b.2KI.014.007 अमस्याहले नूनको बेंसीमा 10,000 एदोमीहरूलाई मारेर। युद्धमा अमस्याहरूले सेनालाई जिते अनि त्यस ठाउको नाउँ “योक्तेल” राखे। त्यो ठाउँ आजसम्म “योक्तेल” भनिन्छ।
14:8b.2KI.014.008 अमस्याहले इस्राएलका राजा येहूका नाती, योआहाजका छोरा योआशकहाँ दूत पठाए। अमस्याहको सन्देश थियो, “आऊ, हामी आपस्तमा मुखामुख गर्यौ अनि युद्ध गर्यौ।”
14:9b.2KI.014.009 इस्राएलका राजा योआशले यहूदाका राजा अमस्याहलाई उत्तर पठाए। योआशले भने, “लबानोनका एउटा काँडे झाडीले लबानोनकै देवदारू रूखले खबर पठायो। यसले भन्यो, ‘तिमीले आफ्नी छोरी मेरो छोरालाई बिवाह गर्न देऊ।’ तर लबानोनको एउटा जंगली जनावर त्यहाँ त्यतै तिरबाट गयो अनि काँडे झाडीलाई कुल्चि दियो।
14:10b.2KI.014.010 साँचो हो, तिमीले एदोमलाई जितेका छौ। तर एदोमलाई जितेको कारणले गर्दा तिमी घमण्डी भएका छौ। तर घरमा नै बस र खुशी मनाऊ। आफ्नो लागि संकट सृष्टि नगर। यदि तिमी यस्तो गर्छौ, तिमी लड्ने छौ अनि तिमीसँगै यहूदाको पतन हुनेछ।”
14:11b.2KI.014.011 तर अमस्याहले योआशको चेताउनी नसुने जस्तो गरे। यसकारण इस्राएलका राजा योआश यहूदाको वेतशेमेशमा यहूदाका राजा अमस्याहको विरोधमा युद्ध गर्न हिंडे।
14:12b.2KI.014.012 इस्राएलले यहूदालाई परास्त गर्यो। यहूदा घरतिर भाग्यो।
14:13b.2KI.014.013 बेतशेमेशमा, योआश, इस्राएलका राजाले अहज्याहका नाति र योआशका छोराले, यहूदाका राजा अमस्याहलाई बन्दी बनाए। योआशले 400 हातको यरूशलेमको भित्ता एप्रैमद्वारा देखि कुनाको द्वारसम्म भत्काए।
14:14b.2KI.014.014 तब योआशले परमप्रभुको मन्दिर र राजाको महलको भन्डारबाट सबै सुन चाँदी र सबै भाँडा-कुँडाहरू लगे। योआशले मानिसहरूलाई बन्दीको रूपमा पनि लगे। तब योआश समारिया फर्के।
14:15b.2KI.014.015 सबै महान कार्यहरू योआशले गरे जसमा उनले यहूदाका राजा अमस्याहको विरोधमा कसरी युद्ध गरे। ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।
14:16b.2KI.014.016 योआश मरे अनि उनलाई पुर्खाहरू सँगै गाडियो। योआशलाई इस्राएलका राजाहरूसँगै सामरियामा गाडियो। योआशका छोरा यारोबाम उनीपछि नयाँ राजा भए।
14:17b.2KI.014.017 यहूदाका राजा योआशका छोरा अमस्याह इस्राएलका राजा योआहाजका छोरा योआशको मृत्युपछि 15 वर्ष बाँचे।
14:18b.2KI.014.018 सबै कुराहरू जो अमस्याहले गरे ‘यहूदाका राजाहरूको इतिहासमा’ लेखिएको छ।
14:19b.2KI.014.019 मानिसहरूले येरूशलेममा अमस्याहको विरूद्धमा षड्यन्त्र बनाए। अमस्याह लाकीशतिर भागे। तर मानिसहरूले अमस्याहको पछि केही मानिसहरू लाकीशमा पठाए र तिनीलाई त्यहीं ठाउँमा मारे।
14:20b.2KI.014.020 मानिसहरूले अमस्याहको लाश घोडाहरूमा ल्याए। अमस्याहलाई दाऊदको शहरमा उनका पिता-पुर्खाहरूसँगै गाडे।
14:21b.2KI.014.021 तब यहूदाका सबै मानिसरूले अजर्याहलाई नयाँ राजा बनाए अजर्याह 16 वर्षका थिए।
14:22b.2KI.014.022 यसकारण राजा अमस्याह मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। तब अजर्याहले एलतलाई फेरि राजा बनाए अनि यसलाई यहूदामा फर्काइदिए।
14:23b.2KI.014.023 इस्राएलका राजा योआशका छोरा यारोबामले यहूदाका राजा योआशका छोरा अमस्याहको शासनकालको पन्ध्रौं वर्षमा शासन शुरू गरे। यारोबामले 41 वर्ष शासन गरे।
14:24b.2KI.014.024 यारोबामले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। यारोबामले नबातका छोरा यारोबामको पाप काम बन्द गरेनन् जसले इस्राएललाई पाप गर्न लगायो।
14:25b.2KI.014.025 यारोबामले इस्राएलको भूमि फिर्ता लिए जो लेबो हमात देखि अराबाको सागरसम्म फिंजिएको थियो। यो त्यसरी नै भयो जस्तो इस्राएलका परमप्रभुले उहाँको दास अमित्तैक छोरा अगमवक्ता योना, गात हेपेरबाटकाले भन्नुभएको थियो।
14:26b.2KI.014.026 परमप्रभुले त्यो देख्नु भयो सबै इस्राएली, दास हुन वा स्वतन्त्र, संकटमा परेका थिए। इस्राएललाई मद्दत गर्न कोही मानिस थिएन।
14:27b.2KI.014.027 परमप्रभुले इस्राएलको नाउँ संसारबाट हटाउनेछु भन्नुभएको थिएन यसकारण परमप्रभुले योआशका छोरा यारोबामलाई इस्राएलका मानिस बचाउनमा प्रयोग गरे।
14:28b.2KI.014.028 सबै महान कामहरू जो यारोबामले गरे, ‘इस्राएलका राजाहरूको इतिहास’ पुस्तकमा लेखिएको छ। यसमा यारोबामले इस्राएलका लागि दमीशक र हमात जितेर फिर्ता लिएको कथा सामेल छ। यी शहरहरू यहूदाका थिए।
14:29b.2KI.014.029 यारोबाम मरे अनि उनलाई इस्राएलका उनका आफ्ना पुर्खाहरूसँगै गाडियो। यारोबामका छोरा जकर्याह उनीपछि नयाँ राजा भए।
15
15:1b.2KI.015.001 यहूदाका राजा अमस्याहका छोरा अजर्याह इस्राएलका राजा यारोबामको शासन कालको सत्ताईसौं वर्षमा राजा भए।
15:2b.2KI.015.002 अजर्याह 16 वर्षका थिए जब उनले शासन गर्न शुरू गरे। उनले यरूशलेममा 52 वर्ष शासन गरे। अजर्याहकी आमाको नाउँ यकोल्याह थियो, उनी यरूशलेमकी थिइन,
15:3b.2KI.015.003 अजर्याहले ती कामहरू गरे जसलाई परमप्रभुले उचित भन्नुभएको थियो, जस्तो उनका पिता अमस्याहले गरेका थिए। अजर्याहले उनका पिता अमस्याहले गरेको कार्यहरूनै अनुसरण गरे।
15:4b.2KI.015.004 तर उनले अग्ला ठाउँहरू ध्वंस पारेनन्। मानिसहरू अझै ती पूजास्थलहरूमा बलिदानहरू धूपबलिहरू जलाउने गर्दथे।
15:5b.2KI.015.005 परमप्रभुले राजा अजर्याहलाई कोर लागेको रोगी बनाउनुभयो। उनी बाचुन्जेलसम्म कोरी भए। अजर्याह बेग्लै घरमा बस्ने गर्दथे। राजाका छोरा योताम राजाको महलको हेरचाह गर्दथे अनि मानिसहरू न्याय विचार गर्दथे।
15:6b.2KI.015.006 सबै कुराहरू जो अजर्याहले गरेका थिए, ‘यहूदाका राजाहरूका इतिहासमा’ लेखिएको छ।
15:7b.2KI.015.007 अजर्याह मरे अनि उनलाई उनका पुर्खाहरूसँगै दाऊदशहरमा गाडियो। अजर्याहका छोरा योताम उनीपछि, नयाँ राजा भए।
15:8b.2KI.015.008 यारोबामका छोरा जकर्याहले इस्राएलको सामरियामा छ महीना शासन गरे। यो समय यहूदाका राजा अजर्याहको शासनकालको अड्तीसौं वर्ष थियो।
15:9b.2KI.015.009 जकर्याहले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। उनले ती कामहरू गरे जो पुर्खाहरूले गरेका थिए। उनले नाबातका छोरा यारोबामले गरेको पापको काम बन्द गरेनन् जसले इस्राएललाई पाप गर्न लगायो।
15:10b.2KI.015.010 याबेशका छोरा शल्लूमले जकर्याहको विरोधमा षड्यन्त्र गरे। शल्लूमले इबलियममा जकर्याहलाई मारे। शल्लूस उनीपछि नयाँ राजा भए।
15:11b.2KI.015.011 सबै अरू कामहरू जति जर्याहले गरे ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।
15:12b.2KI.015.012 यस प्रकार परमप्रभुको बचन साँच्चो भयो। परमप्रभुले येहूलाई भन्नुभएको थियो, उसको सन्तानका चार पुस्ताहरू इस्राएलका राजाहरू हुनेछन्।
15:13b.2KI.015.013 याबेशका छोरा शल्लूम यहूदाका राजा उज्जियाहको शासनकालको 39 औं वर्षमा इस्राएलका राजा भए। शल्लूमले सामरियामा एक महीना राज्य गरे।
15:14b.2KI.015.014 गादीका छोरा मनहेम तिर्साबाट सामरियामा आए। मनहेमले याबेशका छोरा शल्लूमलाई मारे। तब उनीपछि, मनहेम नयाँ राजा भए।
15:15b.2KI.015.015 शल्लूमले गरेका सबैकामहरू, जकर्याहलाई मार्ने उसको षड्यन्त्र समेत, ‘इस्राएलका राजाहरूको इतिहास भन्ने’ पुस्तकमा लेखिएको छ।
15:16b.2KI.015.016 शल्लूमको मृत्युपछि मनहेमले तिप्पूह र यसको वरिपरिको क्षेत्रलाई परास्त गरे। मानिसहरूले उनका लागि शहरकाद्वार खोल्न मानेनन् यसकारण मनहेमले तिनीहरूलाई परास्त गरे अनि शहरका सबै गर्भवती आइमाईहरूको गर्भ तुवाईदिए।
15:17b.2KI.015.017 गादीका छोरा मनहेम यहूदाका राजा अजर्याहको शासन कालको 39 औं वर्षमा इस्राएलका राजा भए। सामरियामा मनहेमले दश वर्ष शासन गरे।
15:18b.2KI.015.018 मनहेमले ती कामहरू गरे जो परमप्रभुले भूल भन्नुभएको थियो। मनहेमले नबातका छोरा यारोबामले गरे जस्तो पाप कामबन्द गरेनन् जसले गर्दा इस्राएलमा पाप बढ्यो।
15:19b.2KI.015.019 अश्शूरका राजा पूल इस्राएलको विरूद्धमा युद्ध गर्न आए। मनहेमले पूललाई 1,000 तोडा चाँदी दिए, उनले यस्तो गरे जसले गर्दा उसको राज्य बलियो बनाउन पूलबाट सहायता पाउन्।
15:20b.2KI.015.020 मनहेमले सबै धनी र शक्तिशाली मानिसहरूलाई कर दिन लगाएर धन संग्रह गरे। मनहेमले प्रत्येक मानिसबाट पचास शेकेल चाँदी कर लिए। त्यसपछि मनहेमले अश्शूरका राजालाई धन दिए। यस प्रकार अश्शूर त्यहाँबाट गए अनि इस्राएलमा बसेनन्।
15:21b.2KI.015.021 सबै कुराहरू जो मनहेमले गरे ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।
15:22b.2KI.015.022 मनहेम मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। मनहेमका छोरा पकहिया उनीपछि नयाँ राजा भए।
15:23b.2KI.015.023 मनहेमका छोरा पकहीयाह यहूदाका राजा अजर्याहको शासनकालको 50 औं वर्षमा सामरियामा इस्राएलका राजा भए। पकहीयाहले दुई वर्ष शासन गरे।
15:24b.2KI.015.024 पकहीयाले ती कामहरू गरे जो परमप्रभुले भूल भन्नुभएको थियो। पकहीयाले नबातमा छोरा यारोबामले गरे जस्तो पाप काम बन्द गरेनन् जसले गर्दा इस्राएलमा पाप बढ्यो।
15:25b.2KI.015.025 पेकहीया रमल्याहका छोरा, पेकहीयाको सैनिक सेनापति थिए। पेकहले पचास जना गिलादी मानिसहरू उनीसँग लगे र पकहीयालाई अर्गम र एरिहसँगै सामरियामा राजमहल भित्र मारे। तब पेकह नयाँ राजा भए।
15:26b.2KI.015.026 सबै कामहरू जे जति पकहीयाले गरे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।
15:27b.2KI.015.027 रमल्याहका छोरा पेकहले यहूदाका अजर्याहको शासन काल 52 औं वर्षमा सामरियामा इस्राएलमाथि शासन गरे। पेकहले 20 वर्ष शासन गरे।
15:28b.2KI.015.028 पेकहले ती कामहरू गरे जो परमप्रभुले भूल भन्नुभएको थियो। पेकहले नबातका छोरा यारोबामले गरेको पापकाम बन्द गरेनन् जसले इस्राएलमा पाप बढ्यो।
15:29b.2KI.015.029 अश्शूरका राजा तिग्लत पिलेसेर इस्राएलको विरोधमा युद्ध गर्न आए। इस्राएलका राजा पेकह भएको समय थियो। तिग्लत पिलेसेर इय्योन, आबेल-बेत्माका, यानोह, केदेश, हासोर, गिलाद, गालील अनि नप्तालीका सबै क्षेत्रहरू वसमा लिए। तिग्लत पिलेसेरले ती ठाउँहरूबाट मानिसहरू बन्दीको रूपमा अश्शूर लगे।
15:30b.2KI.015.030 एलाका छोरा होशेले रमल्याहका छोरा पेकहको विरोधमा योजनाहरू बनाए। होशेले पेकहलाई मारे। त्यसपछि होशे नयाँ राजा भए। यस्तो यहूदाका राजा उजियाहका छोरा योतामको शासनकालको 20 औं वर्षमा भयो।
15:31b.2KI.015.031 सबै कुराहरू जे जति पेकहले गरे ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।
15:32b.2KI.015.032 उजियाहका छोरा योताम यहूदाका राजा भए। रमल्याहका छोरा पेकह इस्राएलका राजा हुँदा दोस्रो वर्षमा यस्तो भयो।
15:33b.2KI.015.033 योताम 25 वर्षका थिए जब तिनी राजा भए। योतामले यरूशलेममा 16 वर्ष शासन गरे। योतामकी आमाको नाउँ यरूशा थियो, तिनी सादोककी छोरी थिइन।
15:34b.2KI.015.034 योतामले आफ्ना पिता उज्जियाह जस्तै ती कामहरू गरे जसलाई परमप्रभुले सही भन्नुभएको थियो।
15:35b.2KI.015.035 तर उनले अग्ला ठाउँहरूमा भएका बालका मूर्ति भत्काएनन्। मानिसहरू अझै ती अग्ला पूजास्थलहरूमा बलिदानद्वारा दिने गर्द थिए अनि धूपबलिहरू जलाउँने गर्दथे। योतामले परमप्रभुको मन्दिरको माथिल्लो ढोका बनाए।
15:36b.2KI.015.036 सबै कुराहरू जे जति योतामले गरे ‘यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।
15:37b.2KI.015.037 त्यस समयमा परमप्रभुले रमल्याहका छोरा पेकह र अरामका राजा रसीनलाई यहूदाको विरोधमा युद्ध गर्न पठाउनुभयो।
15:38b.2KI.015.038 योताम मरे अनि उनका पुर्खाहरूसँगै गाडिए। योतामलाई आफ्ना पुर्खा दाऊदशहरमा गाडियो। योतामका छोरा आहाज उनीपछि नयाँ राजा भए।
16
16:1b.2KI.016.001 योतामका छोरा आहाज पेकह रमल्याहका छोराको शासनकालको 17 औं वर्षमा यहूदाका राजा भए।
16:2b.2KI.016.002 आहाज 20 वर्षका थिए जब तिनी राजा भए। आहाजले यरूशलेममा 16 वर्ष शासन गरे। आहाज आफ्ना पुर्खा दाऊद जस्ता थिएनन् आहाजले ती कामहरू गरे जसलाई परमप्रभुले गलत भन्नुभएको थियो।
16:3b.2KI.016.003 आहाजले इस्राएलका राजाहरू जस्तै जीवन बिताए। उनले आफ्नो छोरालाई आगोमा बलि दिए। उनले राष्ट्रमा घोर पापको नक्कल गरे जसलाई परमप्रभुले इस्राएलीहरू आएको बेला देश छोड्न लगाउनुभयो।
16:4b.2KI.016.004 आहाजले अग्ला ठाउँहरू, पहाडको शिखर र प्रत्येक हरियो रूखतल बलिदानहरू अनि धूपबलिहरू जलाउँथे।
16:5b.2KI.016.005 अरामका राजा रसीन अनि इस्राएलका राजा रमल्याहका छोरा पेकह यरूशलेमको विरोधमा युद्ध गर्न आए, रसीन अनि पेकहले आहाजलाई घेरे तर जित्न सेकनन्।
16:6b.2KI.016.006 त्यस समयमा अरामका राजा रसीनले अरामका लागि एलत फिर्ता लिए। रसीनले यहूदाका सबै मानिसहरूलाई धपाए जो एलतमा थिए। अरामीहरू एलतमा बस्न थाले अनि तिनीहरू आज पनि त्यहाँ बस्दैछन्।
16:7b.2KI.016.007 आहाजले अश्शूरका राजा तिग्लत पिलेसेरकहाँ दूतहरू पठाए। सन्देश थियोः “म तिम्रो सेवक हुँ। म तिम्रो छोरा जस्तै हुँ आऊ अनि अरामका राजा तथा इस्राएलका राजाबाट मलाई बचाऊ। तिनीहरू मसित युद्ध गर्न आएका छन्।”
16:8b.2KI.016.008 आहाजले परमप्रभुको मन्दिर अनि राजाको घरको भन्डारमा भएको चाँदी र सुन निकाले। त्यसपछि आहाजले अश्शूरका राजालाई एउटा उपहार पठाए।
16:9b.2KI.016.009 अश्शूरका राजाले आहाजको कुरा सुने। अश्शूरका राजा दमीशकको विरोधमा युद्ध गर्न गए। राजाले शहर दखल गरे अनि दमीशकका मानिसहरूलाई बन्दी बनाएर किर लगे र उनले रसीनलाई पनि मारे।
16:10b.2KI.016.010 राजा आहाज अश्शूरका राजा तिग्लत पिलेसेरसँग भेट गर्न दमीशक गए। आहाजले दमीशक मा वेदी देखे। राजा आहाजले यस वेदीको नमूना र ढाँचा पूजाहारी ऊरियाहकहाँ पठाए।
16:11b.2KI.016.011 तब पूजाहारी उरियाहले दमीशकबाट आहाजले पठाएको नमूना जस्तै एउटा वेदी बनाए। पूजाहारी उरियाहले यस प्रकारको वेदी राजा आहाज दमीशकबाट फर्किनु अघि बनाए।
16:12b.2KI.016.012 जब राजा दमीशकबाट फर्किए उनले वेदी देखे। उनले वेदीमा बलिहरू चढाए।
16:13b.2KI.016.013 वेदीमा उनले आहाजले होमबलि अनि अन्नबलि चढाए। उनले आफ्नो अर्घबलि चढाए पनि अनि त्यस वेदीमा मेलबलिको रगत छर्किने काम गरे।
16:14b.2KI.016.014 आहाजले मन्दिरको सामु परमप्रभु अघि भएको काँसाको वेदी हटाए। यो काँसाको वेदी आहाजको वेदी अनि परमप्रभुको मन्दिरको माझमा थियो। आहाजले काँसाको वेदीलाई आफ्नो वेदीको उत्तर तिर राखे।
16:15b.2KI.016.015 आहाजले पूजाहारी उरियाहलाई एउटा आदेश दिए। उनले भने, “यस देशका मानिसहरूले बिहान होमबलि, बेलुकी अन्नबलि राजाको होमबलि राजाको अन्नबलि अनि साधारण मानिसहरूको होमबलि अन्नबलिहरू पेय बलिहरू चढाउँदा ठूलो वेदी प्रयोग गर। ठूलो वेदीमा बलिदान र अरू बलिहरूको रगत छर्कनु। तर म परमेश्वरसँग प्रश्न सोध्न काँसाको वेदी प्रयोग गर्नेछु।”
16:16b.2KI.016.016 उरियाह पूजाहारीले सबै काम गरे जस्तो राजा आहाजले आदेश दिएका थिए।
16:17b.2KI.016.017 काँसाका पाटाहरू भएका गोरूगाडिहरू र हात धुने भाँडाहरू पूजाहारीहरूका लागि थिए। राजा आहाजले सबै पाटाहरू तथा भाँडाहरू निकाले। उनले ठूलो खँड्कुला पनि निकाले जसको तल काँसाका गोरूहरू उभिएका थिए। उनले ठूलो खँड्कुलो ढुंङ्गाको आधरमाथि राखे।
16:18b.2KI.016.018 कर्मीहरूले विश्राम दिनको सभाका लागि मन्दिरभित्र एउटा छापको ठाउँ बनाए। आहाजले राजाको बाहिरी प्रवेशद्वार पनि हटाए। आहाजले यी सबै परमप्रभुको मन्दिरबाट निकाले। आहाजले यस्तो काम अश्शूरका राजाको कारणले गर्दा गरे।
16:19b.2KI.016.019 सबै, कुराहरू जे जति आहाजले गरे ‘यहूदाका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।
16:20b.2KI.016.020 आहाज मरे अनि उनलाई दाऊदशहरमा पुर्खाहरूसँगै गाडियो। आहाजका छोरा हिजकियाह उनीपछि नयाँ राजा भए।
17
17:1b.2KI.017.001 एलाका छोरा होशेले सामरियामा इस्राएलमाथि शासन शुरू गरे। यो समय यहूदाका राजा आहाजको शासनकालको 12 औं वर्ष थियो। होशेले नौ वर्ष शासन गरे।
17:2b.2KI.017.002 होशेले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। तर होशे अघि शासन गर्ने इस्राएलका राजाहरू जस्तो खराब थिएनन्।
17:3b.2KI.017.003 अश्शूरका राजा शलमनेसेर होशेको विरोधमा युद्ध गर्न आए। शलमनेसेरले होशेलाई पराजित गरे अनि होशे उनको सेवक भए। यस प्रकार होशेले शलमनेसेरलाई कर तिर्न थाले।
17:4b.2KI.017.004 पछि होशेले मिश्रका राजालाई मद्दत माग्न दूत पठाए। त्यस राजाको नाउँ ‘सो’ थियो। त्यस वर्ष होशेले अश्शूरका राजालाई प्रत्येक वर्ष दिए जस्तै कर दिएनन्। अश्शूरका राजाले थाहपाए, होशेले उनको विरोधमा षड्यन्त्र रचेका छन्। यस कारण अश्शूरका राजाले होशेलाई बन्दी बनाए अनि जेलमा थुने।
17:5b.2KI.017.005 अश्शूरका राजाले इस्राएलमा धेरै ठाउँहरूमा आक्रमण गरे। त्यसपछि तिनी सामरिया आए। उनले सामरियाको विरोधमा तीन वर्ष युद्ध गरे।
17:6b.2KI.017.006 अश्शूरका राजाले इस्राएलका राजा होशेको नवौं वर्षको अवधिमा सामरियालाई कब्जामा लिए। अश्शूरका राजाले धेरै इस्राएलीहरूलाई पक्रे र बन्दीको रूपमा अश्शूर लगे। उनले तिनीहरूलाई हलहमा गोजान, नदीको किनार हाबोर र माहीहरूका शहरहरूमा छोडी दिए।
17:7b.2KI.017.007 यस्ता घटनाहरू भए किनभने इस्राएलीहरूले परमप्रभु तिनीहरूको परमेश्वरको विरूद्धमा पाप काम गरेका थिए। जसले तिनीहरूलाई मिश्र भूमिबाट बाहिर निकालेर ल्याउनु भएको थियो। परमप्रभुले तिनीहरूलाई मिश्रका राजा फिरऊनको कब्जाबाट बचाउनुभएको थियो। तर इस्राएलीहरूले अरू देवताहरूको पूजा गर्न थाले।
17:8b.2KI.017.008 तिनीहरू त्यही कुराहरू गर्न थाले जो अरू मानिसहरू गर्दथे। र परमप्रभुले ती मानिसहरूलाई भूमि छोड्न वाध्य गराए जब इस्राएलीहरू आए। इस्राएलीहरूका राजाहरूले पनि तिनीहरूलाई गलत काम गर्न लगायो।
17:9b.2KI.017.009 इस्राएलीहरूले लुकेर आफ्ना परमेश्वरको विरोधमा कामहरू गर्न थाले। अनि ती कामहरू झूटा थिए। इस्राएलीहरूले सानो शहरदेखि ठूलो शहरसम्म सबै शहरहरूमा अग्ला ठाउँहरू बनाए।
17:10b.2KI.017.010 इस्राएलीहरूले प्रत्येक अग्लो पहाडमाथि अनि प्रत्येक हरियो रूखमुनि स्मारक ढुँङ्गा अशेर खाँबो खडा गरे।
17:11b.2KI.017.011 इस्राएलीहरू ती सबै पूजा स्थलहरूमा धूपबलि बाल्ने गर्दथे। तिनीहरूले यी कामहरू ती राष्ट्रहरू जस्तै गरे जसलाई परमप्रभुले उनीहरूको सामुने देश त्याग्न वाध्य गराउनुभएको थियो। इस्राएलीहरूले दुष्ट कामहरू गरे जसले परमप्रभुलाई रीस उठायो।
17:12b.2KI.017.012 तिनीहरूले देवमूर्तिहरूको सेवा गरे। अनि परमप्रभुले इस्राएलीहरूलाई भन्नुभएको थियो, “तिमीले यस्तो काम गर्नु हुँदैन।”
17:13b.2KI.017.013 परमप्रभुले प्रत्येक अगमवक्ता र दर्शीलाई प्रयोग गरेर इस्राएल र यहूदालाई चेताउनी दिनुभएको थियो। परमप्रभुले भन्नुभयो, “तिमीले गरेको नीच कामबाट टाढा बस। मेरा आदेश र विधिहरू पालन गर। सबै नियमहरू पालन गर जो मैले तिम्रा पुर्खाहरूलाई दिएको थिएँ। मैले यो नियम तिमीलाई दिनका लागि मेरा सेवक अगमवक्ताहरूलाई काममा लगाएँ।”
17:14b.2KI.017.014 तर मानिसहरूले सुनेनन्। तिनीहरू आफ्ना पुर्खाहरू जस्तै ढीठ थिए। तिनका पुर्खाहरूले आफ्नो परमेश्वरमाथि विश्वास गरेनन्
17:15b.2KI.017.015 मानिसहरूले परमप्रभुको नियम र पुर्खाहरूसंग भएको उहाँको करार मान्न स्वीकारेनन्। तिनीहरू परमप्रभुको चेताउनी सुन्न तयार भएनन्। तिनीहरूले देवमूर्तिहरूको पूजा गरे जो कामै नलाग्ने थिए अनि तिनीहरू आफै पनि काम नलाग्ने भए। तिनीहरू आफ्ना वरिपरि भएका राष्ट्रहरूका मानिसहरू जस्तै जीवन यापन गर्न थाले। तिनीहरूले त्यस्तै खराब कामहरू गरे। अनि परमप्रभुले इस्राएलका मानिसहरूलाई चेताउनी दिनुभएको थियो। परमप्रभुले तिनीहरूलाई त्यस्ता खराब कामहरू नगर्नु भन्नुभएको थियो।
17:16b.2KI.017.016 मानिसहरूले आफ्ना परमेश्वरको आदेश अनुसरण गर्न बन्द गरे। तिनीहरूले दुइवटा सुनको बाछाका मूर्तिहरू बनाए। तिनीहरूले अशेरा खाँबो बनाए। तिनीहरूले आकाशका सबै ताराहरूको पूजा गरे अनि बालको सेवा गरे।
17:17b.2KI.017.017 तिनीहरूले आफ्ना छोरा छोरीहरू आगोमा बलि दिए। तिनीहरूले भविष्यको जानकारी प्राप्तका लागि तंत्र-मंत्र जादू-प्रेत, विद्याको प्रयोग गरे। तिनीहरूले त्यस्तो काम गर्नका लागि आफूलाई बेचे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। तिनीले यस्तो काम परमप्रभुको रीस जगाउनका लागि गरे।
17:18b.2KI.017.018 यस कारण परमप्रभु इस्राएलमाथि साह्रै रिसाउनुभयो अनि आफ्नो नजर देखि टाढामा राख्नुभयो। यहूदाका परिवार समूहबाहेक कोही इस्राएली रहेको थिएन।
17:19b.2KI.017.019 तर यहूदाका मानिसहरूले आफ्ना परमप्रभुको आदेश पालन गरेनन्। यहूदाका मानिसहरूले इस्राएलका मानिसहरू जस्तै जीवन यापन गरे।
17:20b.2KI.017.020 परमप्रभुले इस्राएलका सबै मानिसहरूलाई अस्वीकार गर्नुभयो। उहाँले तिनीहरूमाथि धेरै संकटहरू ल्याउनुभयो अनि, अन्तमा उहाँले तिनीहरूलाई बाहिर फ्याँकी दिनुभयो अनि आफ्नो नजरबाट बाहिर राख्नुभयो।
17:21b.2KI.017.021 परमप्रभुले इस्राएललाई दाऊदको परिवारबाट छुट्ट्याउनुभयो अनि इस्राएलीहरूले नाबातका छोरा योरोवामलाई आफ्नो राजा बनाए। यारोवामले इस्राएलीहरूलाई परमप्रभुको अनुसरण गर्न नदिएर टाढ राखे यारोवामले इस्राएलीहरूलाई ठुलो पाप गर्न लगाए।
17:22b.2KI.017.022 यस प्रकार इस्राएलीहरूले सबै पाप कामहरू अनुसरण गरे जो यारोबामले गरे। तिनीहरूले ती पाप कामहरू परमप्रभुले इस्राएललाई नजरबाट पर नगरूञ्जेल सम्म बन्द गरेनन्।
17:23b.2KI.017.023 अनि परमप्रभुले भन्नुभयो यस्तो हुनेछ। उहाँले आफ्ना अगमवक्ताहरू मानिसहरूलाई यस्तो भन्न पठाउनुभयो। यसकारण इस्राएलीहरूलाई आफ्नो देशबाट बाहिर अश्शूर पुर्याइयो अनि तिनीहरू आजसम्म त्यहीं छन्।
17:24b.2KI.017.024 अश्शूरका राजाले इस्राएलीहरूलाई सामरियाबाट बाहिर लगे। त्यसपछि अश्शूरका राजाले बाबेल कूता, अब्बा, हमात र सपर्वेमबाट मानिसहरू ल्याए। उनले ती मानिसहरूलाई सामरियामा बस्न लगाए। ती मानिसहरूले सामरियामा अधिकार जमाए अनि वरिपरि शहरहरूमा बस्न थाले।
17:25b.2KI.017.025 जब ती मानिसहरू सामरियामा बस्न थाले। तिनीहरूले परमप्रभुको सम्मान गरेनन्। यसकारण परमप्रभुले तिनीहरूमाथि आक्रमण गराउन सिंहहरू पठाउनुभयो। ती सिंहहरूले ती मानिसहरूमध्ये केहीलाई मारे।
17:26b.2KI.017.026 केही मानिसहरूले अश्शूका राजालाई भने, “ती मानिसहरू जसलाई तिमीले लग्यौ अनि सामरियाका शहरहरूमा बस्न लगायौ। त्यस देशका देवताको नियमहरू जान्दैनन्। यसकारण देवताले तिनीहरूमाथि आक्रमण गराउन सिंहहरू पठाए। सिंहहरूले ती मानिसहरूलाई मारे किन भने तिनीहरू त्यस देशका देवताको नियम जान्दैन थिए।”
17:27b.2KI.017.027 यसकारण अश्शूरका राजाले यस्तो आदेश दिएः “तिमीले सामरियाबाट केही पूजाहारी ल्याउ। ती पूजाहारीहरूमध्ये एक जनालाई पठाऊ जसलाई बन्दी बनाएर सामरिया लगेको थिए। त्यो पूजाहारी जाओस् अनि त्यही बसोस। तर त्यस पूजाहारीले मानिसहरूलाई त्यस देशको देवताको नियम पढाउन सक्नेछन्।”
17:28b.2KI.017.028 यसकारण पूजाहारीहरूमध्ये एक जना जसलाई अश्शूरीहरूले सामरियाबाट ल्याएका थिए,उनी बेतेलमा बस्न आए। यस पूजाहारीले मानिसहरूलाई कसरी तिनीहरूले परमप्रभुको सम्मान गर्नुपर्छ बताए।
17:29b.2KI.017.029 तर ती सबै मानिसहरूले आ-आफ्नो देवताहरू बनाए अनि अग्लो ठाउँहरूमा भएका मन्दिरहरूमा तिनीहरूलाई स्थापित गरे जो सामरीहरूले बनाएका थिए। ती मानिसहरूलाई यस्तै गरे जहाँ-जहाँ तिनीहरू बस्थे।
17:30b.2KI.017.030 बाबेलका मानिसहरूले झूटा देवता सुक्कोत-बनोत बनाए। कूतका मानिसहरूले झूटा देवता नेगेल बनाए। हमातका मानिसहरूले झूटा देवता अशीमा बनाए।
17:31b.2KI.017.031 अब्बाका मानिसहरूले झूटा देवता नेभज र तर्ताक बनाए अनि सपर्वेका मानिसहरूले आफ्ना झूटा देवताहरूको सम्मान गर्नका लागि आफ्ना नानीहरू आगोमा जलाए। झूटा देवताहरू अद्रमेलेक र अनमेलेक थिए।
17:32b.2KI.017.032 तर ती मानिसहरूले परमप्रभुको पनि आराधना गरे। तिनीहरूले मानिसहरूबाट अग्ला पूजा स्थलका लागि पूजाहारीहरू रोजे। ती पूजाहारीहरूले ती पूजा स्थलहरूमा मन्दिरभित्र मानिसहरूका लागि बलि दिए।
17:33b.2KI.017.033 तिनीहरूले परमप्रभुको आदर गरे तर तिनीहरूले आफ्ना देवताहरूको पनि सेवा गरे। ती मानिसहरू आफ्ना देवताहरूको सेवा त्यसरी नै गर्दथे जसरी तिनीहरू ती देशमा गर्दथे जहाँबाट तिनीहरूलाई ल्याइयो।
17:34b.2KI.017.034 आजसम्म ती मानिसहरू त्यसरी बस्छन् जसरी तिनीहरू अतीतमा बसेका थिए। तिनीहरूले परमप्रभुको डर मान्छन् नत भक्ति नै गर्छन्। तिनीहरूले नियमको, निर्देशन, व्यवस्था अथवा आदेशहरू जुन परमप्रभुले याकूबको सन्तानहरूलाई दिएको थियो पालन गर्देनन्।
17:35b.2KI.017.035 परमप्रभुले इस्राएलका मानिसहरूसँग एउटा करार गर्नुभयो। परमप्रभुले तिनीहरूलाई आदेश दिनुभयो, “तिमीहरूले अरू देवताहरूको आदर नगर। तिमीहरूले तिनीहरूको पूजा गर्नु हुँदैन, सेवा गर्नु हुँदैन अथवा बलि चढाउनु हुँदैन।
17:36b.2KI.017.036 तर तिमीहरूले परमप्रभुको अनुसरण गर्नु पर्छ। परमप्रभु नै परमेश्वर हुनुहुन्छ जसले तिमीलाई मिश्रबाट बाहिर ल्याउनुभयो। परमप्रभुले तिमीलाई बचाउनका लागि आफ्नो महाशक्ति प्रयोग गर्नुभयो। तिमीले परमप्रभुको आराधना गर्नुपर्छ अनि उहाँका लागि बलि चढाउनु पर्छ।
17:37b.2KI.017.037 तिमीले विधिहरू, नियमहरू, उपदेशहरू तथा आदेश पालन गर्नु पर्छ जो उहाँले तिम्रो निम्ति लेख्नुभएको थियो। तिमीले यी कुराहरू सँधै हर समय पालन गर्नु पर्छ। तिमीले अरू देवताहरूको आदर गर्नुहुँदैन।
17:38b.2KI.017.038 तिमीले त्यो करार बिर्सिनु हुँदैन जो मैले तिमीहरूसित गरेको थिएँ। तिमीले अरू देवताहरूको आदर गर्नुहुँदैन।
17:39b.2KI.017.039 तिमीले परमप्रभु तिनीहरूको परमेश्वरको मात्र डर मान्नु पर्छ अनि आदर गर्नुपर्छ। तब उहाँले तिमीलाई तिम्रा सबै शत्रुहरूबाट बचाउनु हुनेछ।”
17:40b.2KI.017.040 तर इस्राएलीहरूले सुनेनन्। तिनीहरू त्यही कामहरू गरिनैरहे जस्तो पहिला गर्दथे।
17:41b.2KI.017.041 यस प्रकार अहिले अरू राष्ट्रहरू परमप्रभुको सम्मान गर्छन् तर तिनीहरू आफ्ना देवताका मूर्तिहरूको पनि सेवा गर्दछन्। तिनका छोरा छोरी र नाता नातिनीहरू त्यही काम गर्छन जो उनका पुर्खाहरू गर्दथे। तिनीहरू अझै पनि ती कामहरू गर्छन्।
18
18:1b.2KI.018.001 आहारजका छोरा हिजकियाह यहूदाका राजा थिए। एलाका छोरा होशे इस्राएलका राजा हुँदा तेस्रो वर्षमा हिजकियाहले शासन गर्न शुरू गरे।
18:2b.2KI.018.002 हिजकियाह 25 वर्षका थिए जब उनले शासन गर्न शुरू गरे। हिजकियाहले यरूशलेममा 29 वर्ष शासन गरे। उनकी आमा जकर्याहकी छोरीको नाउँ अबी थियो।
18:3b.2KI.018.003 हिजकियाहले ती कामहरू गरे आफ्ना पुर्खा दाऊद जस्तै जो परमप्रभुले सही भन्नुभएको थियो।
18:4b.2KI.018.004 हिजकियाहले अल्गा ठाउँहरू भत्काए। उनले स्मारक ढुंङ्गाहरू फोरे अनि अश्तारोत खाँमाहरू ढाले। त्यस समयमा इस्राएलका मानिसहरूले मोशाद्वारा बनाइएको काँसाको साँपका लागि धूपबलि जलाउने गर्दथे। यस काँसको साँपलाई “नेहुरातान” भनिन्थ्यो हिजकियाहरूले यस काँसाको साँपलाई टुक्रा-टुक्रा पारे किनभने मानिसहरूले त्यस सापको पूजा गरिरहेका थिए।
18:5b.2KI.018.005 हिजकियाहले परमप्रभु इस्राएलका परमेश्वरमाथि विश्वास गर्दथे। यहूदाका राजाहरूमा उनी अघि अथवा पछि हिजकियाह जस्तो व्यक्ति कोही भएन।
18:6b.2KI.018.006 हिजकियाह परमप्रभुप्रति साह्रै नै विश्वासी थिए। उनले परमप्रभुको अनुसरण गर्न छोडेनन्। उनले आदेशहरू पालन गरे जो परमप्रभुले मोशालाई दिनुभएको थियो।
18:7b.2KI.018.007 परमप्रभु हिजकियाहसँग हुनुहुन्थ्यो। हिजकियाह प्रत्येक काममा सफल भए जो उनले गरे। हिजकियाह अश्शूरका राजाबाट अलग भए। हिजकियाहले अश्शूरका राजाको सेवा गर्न बन्द गरे।
18:8b.2KI.018.008 हिजकियाहले गाजासम्म तथा यसको वरिपरि पलिश्तीलीहरूलाई पराजित गरे। उनले सानो देखि ठूलो सबै पलिश्तीली शहरहरू पराजित गरे।
18:9b.2KI.018.009 अश्शूरका राजा शल्मनेसेर सामरियाको विरोधमा युद्ध गर्न गए। उनको सैनिकले शहरलाई घेरे यो घटना यहूदाका राजा हिजकियाहको शासन कालको चौथो वर्षमा भयो। एलाका छोरा होशे इस्राएलका राजा भएको सातौ वर्ष पनि थियो।
18:10b.2KI.018.010 तेस्रो वर्षको अन्तमा, शल्मनेसेरले सामरिया कब्जा गरे। उनले सामरियालाई यहूदाका राजा हिजकियाहको छैटौं वर्षमा कब्जा गरे। यो इस्राएलका राजा होशे भएको नवौं वर्ष थियो।
18:11b.2KI.018.011 अश्शूरका राजाले इस्राएलीहरूलाई बन्दी बनाएर अश्शूर लगे। उनले तिनीहरूलाई हाबीर (गोजान नदी) किनारमा हलह र मादीमा बसाए।
18:12b.2KI.018.012 यस्तो घटना भयो किनभने इस्राएलीहरूले परमप्रभु आफ्नो परमेश्वरको अनुसरण गरेनन्। तिनीहरूले परमप्रभुको करारलाई मानेनन्। तिनीहरूले ती सबै कुराहरू माननेन् जो परमप्रभुका सेवक मोशाले आदेश दिएका थिए। इस्राएलका मानिसहरूले परमप्रभुको करार नसुने जस्तो गरे न त ती कामहरू गरे करारमा उनीहरूलाई गर्न भनिएको थियो।
18:13b.2KI.018.013 हिजकियाहको शासनकालको 14औं वर्षमा अश्शूरका राजा सनहेरीब यहूदाका सबै शक्तिशाली शहरहरूको विरोधमा युद्ध गर्न गए। सनहेरीबले ती सबै शहरहरू जिते।
18:14b.2KI.018.014 तब यहूदाका राजा हिजकियाहले अश्शूरका राजालाई लाकीशमा एउटा सन्देश पठाए। हिजकियाहले भने, “मैले भूल गरेको छु। मलाई एक्लै छोडिदेऊ। तब तिमीले मागेको जे पनि तिर्न तयार हुनेछु।” तब अश्शूरका राजाले यहूदाका राजा हिजकियाहलाई 300 तोडा भन्दा बढी चाँदी तथा 30 तोडा भन्दा बढी सुन तिर्न् भने।
18:15b.2KI.018.015 हिजकियाहले परमप्रभुको मन्दिर अनि राजाको खजानामा भएको चाँदी दिए।
18:16b.2KI.018.016 त्यस समयमा हिजकियाहले परमप्रभुको मन्दिरको ढोकाहरू र चौखटहरूमा लगाइएका सुन उप्काए। राजा हिजकियाहले नै ती ढोकाहरू र चौखटहरूमा सुन जोड्ने काम गरेका थिए। हिजकियाहले ती सुन अश्शूरका राजालाई दिए।
18:17b.2KI.018.017 अश्शूरका राजाले आफ्ना अत्यन्त महत्वपूर्ण तीनजना सेनापतिहरू विशाल सेनासँगै राजा हिजकियाहकहाँ यरूशलेम पठाए। ती मानिसहरू लाकीशबाट हिंडे अनि यरूशलेम पुगे। तिनीहरू माथिल्लो पोखरिको छेऊको कुलो नजिक उभिए। माथिल्लो पोखरी धोबीको खेत जाने बाटोमा थियो।
18:18b.2KI.018.018 यी मानिसहरूले राजालाई बोलाए। हिल्कियाहका छोरा एल्याकीम (एल्याकीम राजाको महलको हेरचाह गर्दैथे।) शेब्ना (मुख्य सचिब) र आसापका छोरा योआ (अभिलेखापाल) तिनीहरूसँग भेट गर्न बाहिर आए।
18:19b.2KI.018.019 सेनापतिहरूमध्ये एक जनाले उनीहरूलाई भने, “अश्शूका राजा, महाराजले जे भनेका छन्, हिजकियाहलाई भनः तिमी केमाथि विश्वास गर्दछौ?
18:20b.2KI.018.020 तिम्रा वचनहरू अर्थहीन छन्। तिमी भन्छौ, “युद्धमा मलाई सघाउन तिमीसँग पर्याप्त सल्लाह र शक्ति छ।” तर तिमीलाई कसले विश्वास गर्छ किनभने तिमीले मेरो नियमको उल्लंघन गरेका छौ।
18:21b.2KI.018.021 तिमी भाँचिएको बेतको लौरोको मद्दत लिंदै छौ। यो हिंड्ने लौरो मिश्र हो। यदि कोही मानिस यस लौरोको मद्दत लिन्छ भने यो भाँचिन्छ र हातउँदो गएर घाइते बनाउँछ। मिश्रका राजा त्यस्तै हुन ती मानिसहरूका लागि जो उनलाई विश्वास गर्छन्।
18:22b.2KI.018.022 हुन सक्छ तिमी भन्ने छौ, “हामी परमप्रभु हाम्रा परमेश्वरमाथि विश्वास गर्दछौ।” तर म जान्दछु हिजकियाहले अग्ला ठाउँहरू र वेदीहरू हटाए जहाँ मानिसहरू परमप्रभुको आराधना गर्दथे हटाए। अनि हिजकियाहले यहूदा र यरूशलेमका मानिसहरूलाई भने, “तिमीहरूले यहाँ यरूशलेममा वेदीको अघि मात्र आराधना गर्ने छौ।”
18:23b.2KI.018.023 अब अश्शूरका राजा, हाम्रा मालिकसँग सम्झौता गर। म वचन दिन्छु, यदि तिमीले सवार गर्नेहरू भेटाउन सक्छौ भने म तिमीलाई 2,000 घोडाहरू दिनेछु।
18:24b.2KI.018.024 तिमी मेरा मालिकका अधिकारीहरूमध्ये तल्लो स्तरका एक जना अधिकारीलाई परास्त गर्न सक्ने छैनौ। तिमी रथ र घोडाका सैनिकहरूका लागि मिश्रमाथि भर पर्छौ।
18:25b.2KI.018.025 म परमप्रभुको आदेश बिना यरूशलेमलाई नष्टपार्न आएको होइन। परमप्रभुले मलाई भन्नुभएको छु “यस देशको विरोधमा जाऊ अनि यसलाई नष्टपार।”
18:26b.2KI.018.026 तब हिल्कियाहका छोरा एल्याकीम, शेब्ना र योआले सेनापतिलाई भने, “कृपया हामीसँग अरामी भाषामा कुरा गर। हामी त्यो भाषा बुझ्छौं। यहूदाको भाषामा हामीसँग कुरा नगर किनभने पर्खालमाथि उभिएका मानिसहरूले सुन्ने छन्।”
18:27b.2KI.018.027 तर सेनापतिले तिनीहरूलाई भने, “मेरो मालिकले मलाई तिमी र तिम्रा राजासँग बोल्न मात्र पठाउनुभएको छैन। म अरू मानिसहरूसँग पनि कुरा गर्नेछु जो पर्खालमा बसिरहेका छन्। तिनीहरूले तिनीहरूको मल-मूत्र तिमीहरूसँगै नै खाने अनि पिउने छन्।”
18:28b.2KI.018.028 तब सेनापति जोरसित हिब्रू भाषामा कराएर भने, “महाराजाधिराज, अश्शूरका राजाबाट यो सन्देश सुन।
18:29b.2KI.018.029 राजा भन्दछन्, ‘हिजकियाहलाई मूर्ख बनाउन नदेऊ। उनले तिमीलाई मेरो शक्तिबाट बचाउन सक्दैनन्।’
18:30b.2KI.018.030 हिजकियाहले परमप्रभुप्रति तिमीहरू विश्वास गर्ने बनाउन नसकोस्। हिजकियाह भन्दछन्, ‘परमप्रभुले हामीलाई बचाउनु हुनेछ! अश्शूरकाले राजा यस शहरलाई परास्त गर्ने छैनन्!’
18:31b.2KI.018.031 तर हिजकियाहका कुरा नसुन्! “अश्शूरका राजा यस्तो भन्दछन्; ‘मसित शान्ति सन्धि गर अनि मसँग मिल। तब तिमीहरूमध्ये प्रत्येकले आफ्नो आइफल, आफ्नै अंञ्जीर फल अनि आफ्नै कपको पानी खान सक्ने छौ।
18:32b.2KI.018.032 तिमीहरू यस्तो तबसम्म गर्न सक्ने छौ जबसम्म म आएर तिमीहरू टाढा आफ्नो देशमा लिएर जान्न। यो ठाउँ अन्न र नयाँ दाखरस, गहुँ र अंङ्गुर र अंडीर महको देश हो। तब तिमीहरू बाँच्ने छौ, मर्दैनौ। तर हिजकियाहका कुरा नसुन। उनी तिमीहरूको मन बदली गर्न चाहन्छन्। उनी भन्दैछन्। ‘परमप्रभुले हामीलाई बचाउनु हुनेछ।’
18:33b.2KI.018.033 के अर्कै राष्ट्रका देवताहरूमध्ये कसैले अश्शूरका राजाबाट उनको देशलाई बचाउन सक्यो? सकेन!
18:34b.2KI.018.034 हमात र अपार्दका देवताहरू कहाँ छन? सपवैम, हेना र इव्वाका देवताहरू कहाँ छन्? के तिनीहरूले मबाट सामरियालाई बचाउन सके?
18:35b.2KI.018.035 सकेनन् के अरू देशका देवताहरू मध्ये कसैले आफ्नो देश मबाट बचाउन सके? सकेनन् के परमप्रभुले मबाट यरूशलेमलाई बचाउन सक्नुहुन्छ? सक्दैनन्।”
18:36b.2KI.018.036 तर मानिसहरू बोलेका थिएनन्। तिनीहरूले सेनापतिलाई एक शब्द पनि भनेनन् किनभने राजा हिजकियाहले तिनीहरूलाई आदेश दिएका थिए। उनले भने, “उनलाई केही नभन।”
18:37b.2KI.018.037 हिल्कियाहका छोरा एल्याकीम (एल्याकीम राजाको दरबारको अधिकारी थिए) शेब्ना (सेबाका मुख्य सचिब) र आसापका छोरा योआ (अभिलेखापाल) हिजकियाहसमक्ष आए। तिनीहरूको लुगा च्यातिएको थियो र तिनीहरू दुःखी भएको बुझिन्थ्यो। तिनीहरूले हिजकियाहलाई सबै कुरा भने जो अश्शूरका सेनापतिले भनेका थिए।
19
19:1b.2KI.019.001 राजा हिजकियाहले ती कुराहरू सुने अनि आफू दुःखी र चिन्तित देखाउनका लागि उनले आफ्नो लुगा च्याते। त्यसपछि तिनी परमप्रभुको मन्दिरभित्र पसे।
19:2b.2KI.019.002 हिजकियाहले एल्याकीम (एल्याकीम राजाको दरबारको अधिकारी थिए) शेब्ना (सेबाका मुख्य सचिब) अनि पूजाहारीहरूमध्ये बुढा पाकालाई आमोसका छोरालाई अगमवक्ता यशैयाहकहाँ पठाए। तिनीले फाटेको लुगा लगाए जसले तिनीहरू दुःखी र उदास भएको देखाँउथ्यो।
19:3b.2KI.019.003 राजाबाट तिनीहरू यो समाचार लगेर गए, “आजको दिन हाम्रा निम्ति कष्टको दिन छ, ‘तिरस्कार र निन्दा को दिन! बालक जन्माउँदा बल नभएकी स्त्री झैं हामी भएका छौं।
19:4b.2KI.019.004 सेनापतिका मालिक अश्शूरा राजाले उनलाई जिवित परमप्रभुको विषयमा नराम्रा कुराहरू भन्न पठाएका छन्। हुन सक्छ, परमेश्वरले ती सबै कुराहरू सुन्नु हुन्छ। परमप्रभुले शत्रुलाई सजाय दिनुहुनेछ यसकारण ती मानिसहरूका लागि प्रार्थना गरि दिनुहोस् जो अझै जिउँदै रहेका छन्।”‘
19:5b.2KI.019.005 राजा हिजकियाहका अधिकारीहरू यशैयाहकहाँ गए।
19:6b.2KI.019.006 यशैयाहले तिनीहरूलाई भने, “तिम्रो मालिक हिजकियाहलाई यो सन्देश देऊः ‘परमप्रभु भन्नुहुन्छः अश्शूरका राजाका अधिकारीहरूले मेरो बारेमा गरेका कुराहरूका लागि डर मान्नु पर्दैन।
19:7b.2KI.019.007 म उसमा आत्मा समावेश गराउँदैछु। उनले अफवाह सुन्ने छन्। त्यसपछि उनी आफ्नो देशतिर फर्किए र भाग्ने छन्। अनि म उनलाई उनको देशमा तरवारले छिनाउनेछु।”‘
19:8b.2KI.019.008 सेनापतिले सुने अश्शूरका राजा लाकीशबाट हिंडे। यसकारण सेनापतिले आफ्ना राजालाई लिब्नाको विरूद्धमा लडाइँ गर्दै गरेको पाए।
19:9b.2KI.019.009 अश्शूरका राजाले कूशका तिर्हाकाको विषयमा एउटा कुखबर सुने। खबर थियो, “तिर्हाका तिम्रो विरोधमा लडाइँ गर्न आएको छ।” यसकारण अश्शूरका राजाले हिजकियाहकहाँ फेरी राजदूत पठाए। अश्शूरका राजाले ती राजदूतहरूलाई एउटा सन्देश दिनु भनी पठाए। उनले यी कुराहरू भनेः
19:10b.2KI.019.010 यहूदाका राजा हिजकियाह यो भन, परमेश्वर जसमाथि तिमीले भरोसा गर्छौ, “तिमीलाई धोका दिन्छ उसलाई यो गर्न नदेऊ उसले भन्छ अश्शूरका राजाले यरूशलेमलाई पराजित गर्ने छैनन्।”
19:11b.2KI.019.011 तिमीले ती सबै घट्नाहरू सुनेका छौ जो अश्शूरका राजाले अरू सबै देशहरूसित गरेका थिए। हामीले तिनीहरूलाई पूर्णतः नष्ट गर्यौ के तिमी बाच्ने छौ? अहँ!
19:12b.2KI.019.012 ती देशहरूका देवताहरूले आफ्ना मानिसहरूलाई बचाएनन्। मेरा पुर्खाहरूले तिनीहरू सबैलाई शेषपारे। तिनीहरूले गोजान, हारान, रेसेप र तलस्सारमा बेत-एदेनका मानिसहरूलाई खत्तम गरे।
19:13b.2KI.019.013 हमातका राजा कहाँ छन्? अर्पादका राजा? रूपवैम शहरका राजा? हेना अनि इव्वाका राजा? तिनीहरू सबै नै खतम भए।
19:14b.2KI.019.014 हिजकियाहले राजदूतहरूबाट पत्र लिए अनि तिनीहरूलाई पढे। तब हिजकियाह माथि परमप्रभुको मन्दिरमा गए अनि तिनले परमप्रभुको सामु पत्रहरू फिंजाए।
19:15b.2KI.019.015 हिजकियाहले परमेश्वरको सामुन्ने प्रार्थना गरे अनि भने, “परमप्रभु इस्राएलका परमेश्वर,त्यो परमेश्वर जो करूब स्वर्गदूतमाझ राजा जस्तो बस्नुभएको छ। तपाई परमेश्वर हुनुहुन्छ तपाई मात्रै धर्तीका सबै राज्यहरूका परमेश्वर हुनुहुन्छ। तपाईंले नै स्वर्गहरू र पृथ्वी बनाउनु भयो।
19:16b.2KI.019.016 हे परमप्रभु, कृपया मेरो कुरा सुनिदिनु होस्। परमप्रभु, मेरो आँखा खोलि दिनु होस् अनि यो पत्र हेर्नु होस् र शब्दहरू सन्नुहोस जो सनहेरीबले जीवित परमेश्वरको अपमान गर्नका लागि पठाएका छन्।
19:17b.2KI.019.017 हे परमप्रभु, यो सत्य हो। अश्शूरका राजाहरूले ती सबै राष्ट्रहरूलाई खत्तम पारे।
19:18b.2KI.019.018 तिनीहरूले ती राष्ट्रहरूका देवताहरूलाई आगोमा फ्याँके। तर ती साँच्चैका देवताहरू थिएनन्। ती केवल काठ र ढुंङ्गाका मूर्तिहरू थिए। जसलाई मानिसहरूले बनाएका थिए। त्यसै कारणले गर्दा अश्शूरका राजाहरूले तिनीहरूलाई खत्तम पार्न सके।
19:19b.2KI.019.019 यसर्थ अब, हे परमप्रभु हाम्रा परमेश्वर, हामीलाई अश्शूरका राजाबाट बचाउनुहोस्। तब धर्तीका सबै राज्यहरूले जान्ने छन, तपाईं परमप्रभु मात्र परमेश्वर हुनुहुन्छ।”
19:20b.2KI.019.020 आमोसका छोरा यशैयाहले हिजकियाहलाई यो सन्देश पठाए। उनले भने, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तिमीहरूले म सित अश्शूरका राजा सनहेरिबको विषयमा प्रार्थना गर्यौ। मैले तिमीहरूको प्रार्थना सुनेको छु।’
19:21b.2KI.019.021 “सनहेरीबको विषयमा परमप्रभुको सन्देश यो छ! सियोनकी कुमारी छोरी सोच्छिन् तिमी महत्वपूर्ण छौ। उनी तिम्रो हाँसो उडाउँछन्। यरूशलेमकी छोरी तिम्रो पीठ्यूँपछि आफ्नो टाउको हल्लाउँछिन्।
19:22b.2KI.019.022 तर कसले तिम्रो अपमान गर्यो र हाँसो गर्यो? तिमीले कसको विरूद्धमा कुरा गर्यौ? तिमी इस्राएलको पवित्रताको विरूद्धमा थियौ। तिमीले घमण्ड साथ व्यवहार गर्यौ?
19:23b.2KI.019.023 तिमीले आफ्ना राजदूतहरू पठायौ परमप्रभुको अपमान गर्न तिमीले भन्यौ, “म सँगै धेरै मेरा रथहरू लिई अग्ला पहाडमा आएँ। म लबानोनको भित्रसम्म आएँ। मैले लबानोनका अग्ला देवदार रूखहरू असल सल्लाका रूखहरू ढाल। म लबानोनको अग्लो भागमाथि गएँ लहलहाउँदो बनमा पसें।
19:24b.2KI.019.024 मैले कुवा खनें र अञ्जान ठाउँहरूको पानी पिएँ। मेरो खुट्टाको पैतालाले मैले मिश्र देशका खोलाहरू सुकाइदिएँ।”
19:25b.2KI.019.025 त्यो तिमीलाई भनेकै हो तर के तिमीले सुनेनौ परमेश्वरले के भन्नुभयो? “मैले धेरै अघि यो योजना गरें प्राचीनकाल देखि नै मैले यो योजना गरे। अनि अब, मैले यो हुन दिएको छु। मैले तिमीलाई सुदृढ शहरहरू भत्काउन दिएँ अनि तिनीहरूलाई चट्टानको थुप्रो बनाएँ।
19:26b.2KI.019.026 शहरका मानिसहरूमा शक्ति थिएन। मानिसहरू डराएका अनि अल्लमल परेका थिए। तिनीहरू खेतका रूखपात र घाँस जस्ता झर्ने भए। तिनीहरू घरका छानामा उम्रिएका घाँस जस्तै नै भए अग्लो हुनु अघि नै मर्ने।
19:27b.2KI.019.027 म जान्दछु तिमी कहिले बस्छौ म जान्दछु तिमी कहिले लडाइँ गर्न जान्छौ अनि कहिले तिमी घर फर्किन्छौ। अनि म जान्दछु कहिले तिमी ममाथि रिसाएको हुन्छौ।
19:28b.2KI.019.028 पक्कै तिमी म संग रिसाएका थियौ। मैले तिम्रा अभिमानी अपमानका कुराहरू सुने। यसर्थ म तिम्रो नाकमा बल्छी ठोक्छु र म तिम्रो मुखमा मेरो लगाम लगाउँछु। तब म तिमीलाई चारैतिर घुमाउनेछु र तिमी आएकै बाटो भएर तिमीलाई लैजानेछु।”
19:29b.2KI.019.029 “यो नै चिन्ह हुनेछ, जसले साबित गर्छ म तिमीलाई सहायता गर्नेछु। यस वर्ष तिमी यस्तो अन्न खाने छौ जुन आफै उम्रिनेछ। अर्को वर्ष, तिमी यस्तो अन्न खानेछौ जुन बीउबाट प्राकृतिक रूपमा बाहिर निस्केको हुनेछ। तर तेस्रो वर्षमा तिमीले आफैले रोपेको बीउबाट फलेको अन्न चलाउनेछौ। तिमीले दाखको बारी लगाउने छौ र त्यसबाट दाख खानेछौ।
19:30b.2KI.019.030 यहूदाका परिवारबाट छुट्टिएका अनि छोडिएका मानिसहरू फेरी मौलाउन शुरू गर्नेछन्।
19:31b.2KI.019.031 किनभने केही मानिसहरू बाँचेका हुनेछन्। तिनीहरू यरूशलेमबाट बाहिर निस्केर जानेछन्। जो मानिसहरू बाँचेका हुन्छन् ती सबै सियोन डाँडाबाट बाहिर निस्केर जानेछन्। परमप्रभुको जोशले यो काम हुनेछा।
19:32b.2KI.019.032 “यसकारण परमप्रभु अश्शूरका राजाको बारेमा यस्तो भन्नुहुन्छः उ यस शहरमा आउने छैन। उ यस शहरमा एउटा पनि तीर चलाउँनेछैन। उ यस शहरमा आफ्नो ढाल ल्याउने छैन। उ फोहोर माटो को थुप्रो बनाउने छैन यस शहरका भिन्ताहरूमाथि आक्रमण गर्नेछैन।
19:33b.2KI.019.033 उ त्यही बाटो फर्किनेछ जुन बाटो आउँछ उ यस शहरमा आउने छैन। परमप्रभु यसो भन्नुहुन्छ,
19:34b.2KI.019.034 म यस शहरको रक्षा गर्नेछु अनि यसलाई बचाउँने छु म यस्तो आफ्नै लागि गर्नेछु अनि मेरा सेवक दाऊदका लागि गर्नेछु।”
19:35b.2KI.019.035 त्यस राती परमप्रभुका स्वर्गदूत बाहिर निस्किए अनि अश्शूरको शिबिरका 1,85,000 मानिसहरू मारे। जब मानिसहरू बिहान उठे, तिनीहरूले सबै लाशहरू देखे।
19:36b.2KI.019.036 यसकारण अश्शूरका राजा सनहेरीबले त्यो ठाउँ छोडे अनि नीनवे फर्किए जहाँ तिनी बस्ने गर्दथे।
19:37b.2KI.019.037 एकदिन सनहेरीब निसोकका मन्दिरमा आफ्नो देवताको पूजा गरिरहेका थिए। उसका छोराहरू अद्रमेलेक र शरेसेरले उनलाई तरवारले काटेर मारे। त्यसपछि अद्रमेलेक र शरेसेर भागेर अरारात प्रदेशमा गए। अनि सनहेरीबका छोरा एसरहद्दोन उनीपछि नयाँ राजा भए।
20
20:1b.2KI.020.001 त्यस समयमा हिजकियाह बिरामी भए र मरणासनमा थिए। आमोसका छोरा अगमवक्ता यशैयाले हिजकियाहसँग भेट गरे। यशैयाहले हिजकियाहलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘आवेश्यकहरू तयार गर किनभने तिमी मर्नेछौ। तिमी बाँच्ने छैनौ।”‘
20:2b.2KI.020.002 हिजकियाहले आफ्नो अनुहार भित्तातिर फर्काए। उनले परमप्रभुलाई प्रार्थन् गरे अनि भने,
20:3b.2KI.020.003 “परमप्रभु, स्मरण गर्नुहोस् मैले आफ्नो हृदयकासाथ तपाँइको सेवा गरें। मैले त्यही काम गरे जो तपाईंले सही भन्नुभइको थियो।” त्यसपछि हिजकियाह जोरसित रून थाले।
20:4b.2KI.020.004 यशैयाहले माझको आँगन नाघ्न अघि परमप्रभुको संन्देश सुने। परमप्रभुले भन्नुभयो,
20:5b.2KI.020.005 “फर्क अनि मेरा मानिसहरूका अगुवा हिजकियाहलाई भन। उनलाई भन, ‘परमप्रभु तिम्रा पुर्खा दाऊदका, परमेश्वर भन्नुहुन्छ मैले तिम्रो प्रार्थना सुनेको छु अनि मैले तिम्रो आँसू देखेको छु। यसर्थ म तिमीलाई निको पार्नेछु। तेस्रो दिन, तिमी परमप्रभुको मन्दिरमा जानेछौ।
20:6b.2KI.020.006 अनि म तिम्रो जीवनमा 15 वर्ष आयु थप्नेछु। म तिमी र यस शहरलाई अश्शूरका राजाको शक्तिबाट रक्षा गर्नेछु। म यस शहरको रक्षा गर्नेछु। म यो सबै मेरै लागि गर्नेछु किनभने मेरो सेवक दाऊदलाई वचन दिएको थिएँ।”‘
20:7b.2KI.020.007 तब यशैयाहले भने, “नेभाराको लेप बनाऊ अनि दुखेको ठाउँमा लगाउ।” यस कारण तिनीहरूले नेभाराको लेप बनाए अनि त्यसलाई हिजकियाको दुखेको ठाउँमा लगाए। तब हिजकियाह निको भए।
20:8b.2KI.020.008 हिजकियाहले यशैयाहलाई भने, “परमप्रभुले मलाई निको पार्नुहुनेछ त्यसको संकेत के हुनेछ अनि मैले तेस्रो दिन माथि परमप्रभुको मन्दिरमा जानु पर्नेछ?”
20:9b.2KI.020.009 यशैयाहले भने, “तिमी के चाहन्छौ? के छायाँ अगाडी दश पाइला अथवा पछाडी दश पाइला जाओस्? परमप्रभुबाट तिम्रो लागि संकेत यही हो जसले यो बताउँछ परमप्रभुले त्यो काम गर्नुहुनेछ जो उहाँले गर्छु भन्नुभएको थियो।”
20:10b.2KI.020.010 हिजकियाहले उत्तर दिए, “छायाँका लागि तलतिर दश पाइल जानु सजिलो काम हो। होइन, छायाँलाई दश पाइला पछि जानु देऊ।”
20:11b.2KI.020.011 तब यशैयाले परमप्रभुसित प्रार्थना गरे र परमप्रभुले आहाजको खुड्किलो को छायाँ दश पाइला पछि सारि दिनुभयो। यो दश पाइला पहिलेको स्थानबाट सरेको थियो।
20:12b.2KI.020.012 त्यस समयमा बलदानका छोरा बरोदक बलदान बाबेलका राजा थिए। उनले पत्रहरू र एउटा उपहार हिजकियाहका लागि पठाए। बरोदक बलदानले यस्तो यसकारण गरे किनभने उनले सुनेका थिए हिजकियाह बिरामी भएका छन्।
20:13b.2KI.020.013 हिजकियाहले बाबेलबाट आएका मानिसहरूको स्वागत गरे र तिनीहरूलाई आफ्नो घरमा भएका सबै बहूमुल्य चीजहरू देखाए। उनले तिनीहरूलाई आफ्नो भन्डारमा भएको चाँदी, सुन, मसाला, बहूमुल्य सुगन्धित तेल, हतियारहरू र सबै थोक देखाइदिए। हिजकियाहको महल र सम्पूर्ण राज्यमा नदेखाएको कुनै पनि थोक रहेन।
20:14b.2KI.020.014 तब अगमवक्ता यशैयाह राजा हिजकियाहसमक्ष आए अनि उनलाई सोधे, “यी मानिसहरूले के भने? यिनीहरू कहाँबाट आएका हुन?” हिजकियाहले भने, “तिनीहरू टाढाको देश बाबेलबाट आएका हुन।”
20:15b.2KI.020.015 यशैयाहले भने, “तिनीहरूले तिम्रो महलमा के देखे?” हिजकियाहले उत्तर दिए, “तिनीहरूले मेरो महलमा प्रत्येक चीज नै देखे। मेरो भन्डार कुनै यस्तो चीज छैन जसलाई मैले तिनीहरूलाई देखाँईंन।”
20:16b.2KI.020.016 तब यशैयाहले हिजकियाहलाई भने, “परमप्रभुबाट यो सन्देश सुन।
20:17b.2KI.020.017 समय आउँदै छ जब तिम्रो महलका सबै चीजहरू र तिम्रा पिता-पुर्खाहरूले थुपारेका सबै चीजहरू बाबेलमा लगिनेछन्। केही पनि छोडिने छैन। परमप्रभु यस्तो भन्नुहुन्छ।
20:18b.2KI.020.018 बाबलीहरूले तिम्रो छोराहरूलाई लग्नेछन्। अनि तिम्रा छोराहरू बाबेलका राजाको महलमा नपुंसक हुनेछन्।”
20:19b.2KI.020.019 तब हिजकियाहले यशैयाहलाई भने, “परमप्रभुको यो सन्देश राम्रो छ।” हिजकियाहले यस्तो पनि भने, “त्यो राम्रो हो यदि मेरो जीवन कालमा साँच्चो शान्ति हुनेछ।”
20:20b.2KI.020.020 सबै महान कामहरू जो हिजकियाहले गरे जसमा तलाऊ काम र शहरमा पानी ल्याउन कूलोहरू बनाउने काम छन् सबको विषयमा ‘यहूदाका राजाहरूको इतिहास’ पुस्तकमा लेखिएको छ।
20:21b.2KI.020.021 हिजकियाहको मृत्युभयो अनि उनलाई उनका पिता-पुर्खाहरूसँगै गाडियो। अनि हिजकियाहको छोरा मनश्शे उनीपछि नयाँ राजा भए।
21
21:1b.2KI.021.001 मनश्शे बाह्र वर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा 55 वर्ष शासन गरे। उनको आमाको नाउँ हेप्सीबा थियो।
21:2b.2KI.021.002 मनश्शेले ती कामहरू गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। मनश्शेले अरू मानिसहरूले गरे जस्तै डरलाग्दा कामहरू गरे। अनि परमप्रभुले ती राष्ट्रहरूलाई आफ्ना देश छोडनु वाध्य गराउनुभयो जब इस्राएलीहरू आए।
21:3b.2KI.021.003 मनश्शेले अग्लाठाउँहरू फेरि बनाए जसलाई उनका पिताले भत्काएका थिए। मनश्शेले बालका लागि वेदीहरू पनि बनाए अनि अशेरा खाँबो निर्माण गरे जसरी इस्राएलका राजाले गरेका थिए। मनश्शेले आकाशका ताराहरूको पूजा गरे अनि सेवा गरे।
21:4b.2KI.021.004 मनश्शेले परमप्रभुको मन्दिरमा असत्य देवताहरूको पूजा गर्न वेदीहरू बनाए। यो त्यही ठाउँ हो जसको बारेमा परमप्रभु बोल्नु हुन्थ्यो जब उहाँले भन्नुभयो, “म मेरो नाउँ यरूशलेममा राख्नेछु।”
21:5b.2KI.021.005 मनश्शेले परमप्रभुको मन्दिरको दुइवटा आँगनमा अकाशका ताराहरूका लागि वेदीहरू बनाए।
21:6b.2KI.021.006 मनश्शेले आफ्नो छोराको बलि दिए अनि यसलाई वेदीमाथि जलाए। मनश्शेले भविष्य जान्नकालागि धेरै तरीकाहरू प्रयोग गरे। उनले भूत-प्रेत र पिशाचहरूसँग समर्पक राख्ने मानिसहरू अनि तंत्र-मंत्रगर्नेहरूलाई भेटे। मनश्शेले ति कामहरू बढिभन्दा बढी गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। यसले परमप्रभुलाई रीस उठायो।
21:7b.2KI.021.007 मनश्शेले अश्तारोत देवीको मूर्ति बनाए। उनले मूर्तिलाई मन्दिरमा स्थापित गरे। परमप्रभुले दाऊद द दाऊदका छोरा सुलेमानलाई यस मन्दिरको विषयमा भन्नुभएको थियो, “इस्राएलका सबै शहरहरूमध्ये मैले यरूशलेमलाई चुनेको थिएँ। म यरूशलेमको मन्दिरमा आफ्नो नाउँ सदाका लागि राख्नेछु।
21:8b.2KI.021.008 म इस्राएलका मानिसहरूलाई कहिल्यै पनि भूमि छोड्न वाध्य गराउने छैन जुन मैले उनका पिता-पुर्खाहरूलाई दिएको थिएँ। म मानिसहरूलाई तिनीहरूको आफ्नो देशमा बस्न दिनेछु यदि तिनीहरू मैले दिएको आदेशहरू पालन गर्छन् र मेरो सेवक मोशाले दिएको शिक्षा पालन गर्छन्।”
21:9b.2KI.021.009 भनें तर मानिसहरूले परमेश्वरको कुरा सुनेनन्। मनश्शेले इस्राएली आउन अघि कनानमा बस्ने सबै राष्ट्रहरूले गरेको भन्दा बढी दुष्कर्म गरे। अनि परमप्रभुले ती राष्ट्रहरूलाई खतम पार्नुभयो जब इस्राएलका मानिसहरू त्यो भूमिमा आए।
21:10b.2KI.021.010 परमप्रभुले यी कुराहरू भन्नको लागि आफ्ना सेवक अगमवक्ताहरूलाई प्रयोग गर्नुभयोः
21:11b.2KI.021.011 “यहूदाका राजा मनश्शेले उनी अघिका एमोरीहरूले भन्दा बढी घृणित र दुष्कर्म गरे। मनश्शेले देवी देवताका मूर्तिहरूले गर्दा यहूदालाई पनि पाप गर्न लगाए।
21:12b.2KI.021.012 यसर्थ इस्राएलका परमप्रभु भन्नुहुन्छ सुन, ‘म यरूशलेम र यहूदामा धेरै संकट ल्याउनेछु जसले यस विषयमा सुन्नेहरू छक्क पर्नेछ।
21:13b.2KI.021.013 म सामरियाको नाप्ने सीमा रेखा र आहाबको परिवारलाई नाप्ने साहुल यरूशलेमसम्म फिजाउनेछु। एउटा मानिसले थाल माझ्छ र यसलाई घोप्टाउँछ। त्यतै म यरूशलेमलाई गरिदिनेछु।
21:14b.2KI.021.014 तर म मेरो बाँकी मनिसहरूलाई छोडनेछु। म तिनीहरूलाई तिनीहरूका शत्रुले पराजित गर्यानेछु। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बन्दी बनाउनेछन्। तिनीहरू सैनिकहरूले युद्धको बेलामा पाउने बहुमूल्य चीजहरू जस्तै हुनेछन्।
21:15b.2KI.021.015 म यस्तो गर्नेछु किनभने मेरा मानिसहरूले मैले गल्ती हो भनेको काम गरे। तिनीहरूले मलाई रीस उठाउने काम मिश्रबाट तिनीहरूका पिता-पुर्खाहरू निस्केको दिनदेखि गरेका छन्।
21:16b.2KI.021.016 अनि मनश्शेले धेरै निर्दोष मानिसहरूलाई मारे। उनले यरूशलेममा एक छेऊदेखि अर्को छेउसम्म रगतले भरे अनि ती सबै पाप कामहरूको अतिरिक्त छन् जसले यहूदालाई पाप काम गर्न लगाए। मनश्शेले यहूदालाई ती कामहरू गर्न लगाए जसलाई परमप्रभुले नराम्रो भन्नु भएको थियो।”‘
21:17b.2KI.021.017 सबै कामहरू जो मनश्शेले गरे जस्मा उनले गरेको पाप कामहरू पनि छ जस्को विषयमा ‘यहूदाका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।
21:18b.2KI.021.018 मनश्शेको मृत्यु भयो अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। मनश्शेलेलाई उनको महलको बगैंचामा गाडियो। यसलाई, “उज्जाको बगैंचा” भनिन्थ्यो। मनश्शेका छोरा आमोन उनीपछि नयाँ राजा भए।
21:19b.2KI.021.019 आमोन 22 वर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा दुइ वर्ष शासन गरे। उनको आमाको नाउँ मशूलेमेत थियो जो योत्बाका हारूसकी छोरी थिइन्।
21:20b.2KI.021.020 आमोनले आफ्ना पिता मनश्शे जस्तै ती कामहरू गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो।
21:21b.2KI.021.021 आमोनले आफ्ना पिता जस्तै जीवन यापन गरे। आमोनले ती देवमूर्तीहरूको पूजा र सेवा गरे जसलाई उनका पिताले गरेका थिए।
21:22b.2KI.021.022 आमोनले आफ्ना पुर्खाहरूका परमप्रभु, परमेश्वरलाई त्यागे अनि परमप्रभुले चाहे जस्तो जीवन यापन गरेनन्।
21:23b.2KI.021.023 आमोनका सेवकहरूले उनको विरोधमा षड्यन्त्र गरे अनि उनको आफ्नो महलमा नै उनको हत्या गरे।
21:24b.2KI.021.024 साधारण मानिसहरूले ती सबै अधिकारीहरूको हत्या गरे जसले राजा आमोनको विरोधमा षड्यन्त्र गरेका थिए। त्यसपछि मानिसहरूले आमोनका छोरा योशियाहलाई उनीपछि नयाँ राजा बनाए।
21:25b.2KI.021.025 आमोनले गरेको अरू कामहरूको विषयमा ‘यहूदाका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।
21:26b.2KI.021.026 आमोनलाई उज्जाका बगैचामा उनको चिहानमा गाडियो। आमोनका छोरा योशियाह नयाँ राजा भए।
22
22:1b.2KI.022.001 योशियाह आठ वर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा 33 वर्ष शासन गरे। उनको आमाको नाउँ यदीदा थियो जो बोसकतका अदायाकी छोरी थिइन।
22:2b.2KI.022.002 योशियाहले ती कामहरू गरे जसलाई परमप्रभुले सही भन्नुभएको थियो। योशियाहले आफ्ना पुर्खा दाऊद जस्तै परमेश्वरकोको अनुसरण गरे। योशियाहले परमेश्वरको वचनको पालन गरे उनले त्यही गरे जो परमेश्वरले चाहाँनु भएको थियो।
22:3b.2KI.022.003 योशियाह राजा भएको अठारह्रौं वर्षमा, उनले मशुल्लामका छोरा जाति असल्याहको छोरा, शापानलाई सचिव बनाएर र उनलाई परमप्रभुको मन्दिरमा पठाए। योशियाहले भने,
22:4b.2KI.022.004 “प्रधान पूजाहारी हिल्कियाहकहाँ जाऊ। उनलाई भन, मानिसहरूले परमप्रभुको मन्दिरमा चढाएको धन उनले लिनु पर्छ। द्वारपालकहरूले मानिसहरूबाट त्यो धन सग्रह गरेका थिए।
22:5b.2KI.022.005 पूजाहारीहरूले त्यो धन परमप्रभुको मन्दिर मर्मत गर्न मा कर्मीहरूलाई दिएर प्रयोग गर्नु पर्छ। पूजाहारीहरूले त्यो धन परमप्रभुको मन्दिरको काम हेरचाह गर्ने मानिसहरूलाई दिएर उपयोग गर्नु पर्छ।
22:6b.2KI.022.006 त्यो धन सिकर्मी, डकर्मी र ढुंङ्गाकाट्नेहरूमा प्रयोग गर्नु पर्छ। अनि त्यो धन काठ किन्नु अनि ढुंङ्गा काट्नुमा खर्च गर्नु पर्छ जो मन्दिरमा ठोक्न चाहिन्छ।
22:7b.2KI.022.007 रूपियाँ गन्ती नगर्नु जो तिमी कर्मीहरूलाई दिन्छौ। ती कर्मीहरूलाई विश्वास गर्न सक्नु पर्छ।”
22:8b.2KI.022.008 प्रधान पूजाहारी हिल्कियाहले सचिव शापानलाई भने, “सुन, परमप्रभुको मन्दिरमा मैले व्यवस्थाको पुस्तक पाएँ।” हिल्कियाले पुस्तक शापानलाई दिए अनि शापानले त्यो पढे।”
22:9b.2KI.022.009 सचिव शापान राजा योशियाहकहाँ गए अनि उनलाई के भयो भने। शापनले भने, “तपाईका सेवकहरूले सबै धन संग्रह गरेका छन् जो मन्दिरमा थियो। तिनीहरूले त्यो परमप्रभुको मन्दिरको काम हेरचाह गर्ने मानिसरूलाई दिए।”
22:10b.2KI.022.010 तब सचिव शापानले राजालाई भने, “अनि हिल्कियाह पूजाहारीले त्यो पुस्तक मलाई पनि दिए।” तब शापानले राजाका लागि पुस्तक पढे र सुनाए।
22:11b.2KI.022.011 जब राजाले व्यवस्थाको पुस्तक का शब्दहरू सुने, उनले आफूलाई उदास र अशान्त देखाउन आफ्ना लुगाहरू च्याते।
22:12b.2KI.022.012 तब राजाले पूजाहारी हिल्कियाह शापानका छोरा अहीकाम, मीकायाहका छोरा अक्बोर, सेनाका सचिव शापान तथा राजाको सेवक असायाहलाई दिए।
22:13b.2KI.022.013 राजा योशियाहले भने, “जाऊ अनि परमेश्वरलाई सोध हामीले के गर्नु पर्छ? परमप्रभुलाई मेरो निम्ति, मानिसहरूको निम्ति तथा सम्पूर्ण यहूदाको निम्ति सोध। पाइएको पुस्तकका शब्दहरूको विषयमना सोध। परमप्रभु हामीसित रिसाउनु भएको छ। किन? किनभने हाम्रा पुर्खाहरूले यस पुस्तकका शब्दहरू सुनेनन्। तिनीहरूले सबै आदोशहरू पालन गरेनन् जो हाम्रोलागि लेखिएका थिए।”
22:14b.2KI.022.014 यसकारण पूजाहारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असायाह हुल्दा आइमाई अगमवक्ता कहाँ गए। हुल्दा हर्हसको नाती, तिक्बाको छोरा शाल्लूमकी पत्नी थिइन्। उ पूजाहारीको लुगाफाटा हेरचाह गर्थ्यो। हुल्दा यरूशलेमको दोस्रो खण्डमा बस्ने र्गथिन्। तिनीहरू हुल्दासित कुरा गरे।
22:15b.2KI.022.015 तब हुल्दाले तिनीहरूलाई भनिन, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छः त्यो मानिसलाई भन जसले तिमीलाई मकहाँ पठाएका छ।
22:16b.2KI.022.016 ‘परमप्रभु यस्तो भन्नुहुन्छ म यस ठाउँ र यहाँका मानिसहरूमाथि संकट ल्याउँदैछु। यी संकटहरू पुस्तकमा उल्लिखित छन् जसलाई यहूदाका राजाले पढे।
22:17b.2KI.022.017 यहूदाका मानिसहरूले मलाई छोडे अनि अरू देवताहरूका लागि धूपबलि बाले। तिनीहरूले मलाई रीस उठाए। तिनीहरूले धेरै देवमूर्तिहरू बनाए। त्यसै कारणले गर्दा म यस ठाउँको विरोधमा आफ्नो रीस देखाउनेछु। मेरो रीस आगो जस्तो हुनेछ जसलाई थाम्न सकिने छैन।’
22:20b.2KI.022.020 ‘म तिमीहरूलाई आफ्ना पुर्खाहरूकहाँ लिएर जानेछु। तिमीहरू मर्नेछौ अनि शान्तिसँग चिहानमा जाने छौ। यसकारण तिम्रा आँखाले सबै संकटहरू देख्ने छैनन् जो म यस ठाउँ यरूशलेममा ल्याउँदै छु।”‘ त्यसपछि पूजाहारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान अनि असायाहले यो सन्देश राजालाई भने।
23
23:1b.2KI.023.001 राजा योशियाहले यहूदा यरूशलेमका सबै अगुवाहरूलाई आउनु अनि उनीहरूसँग भेट गर्नु भनी बताए।
23:2b.2KI.023.002 तब राजा माथि परमप्रभुको मन्दिरमा गए। यहूदाका सबै मानिसहरू तथा यरूशलेममा बस्ने मानिसहरू उनीसँगै गए। पूजाहारीहरू, अगमवक्ताहरू अनि सबै मानिसहरू तल्लो तहदेखि माथिल्लो तहसम्मका उनीसँग गए। तब उनले करारको पुस्तक पढे। यो व्यवस्थाको पुस्तक थियो जो मन्दिरमा पाइएको थियो। योशियाहले पुस्तक पढे जसले गर्दा अरू सबै मानिसहरूले सुन्न सकून्।
23:3b.2KI.023.003 राजा खाँबोको छेउमा उभिएर अनि परमप्रभुसित करार गरे। उनले परमप्रभुलाई अनुसरण गर्ने अनि उहाँका आदेशहरू, नियमहरू तथा उहाँका विधिहरू पालनगर्ने वचन दिए। उनले यो सब आत्मा र हृदयका साथ गर्ने वचन दिए। उनले यस पुस्तकमा लेखिएका वचन पालन गर्ने वचन दिए। सबै मानिसहरू राजाले गरेको करारलाई समर्थन गरेको देखाउन उभिए।
23:4b.2KI.023.004 तब राजाले प्रधान पूजाहारी हिल्कियाह, अरू पूजाहारीहरू तथा द्वारपालकहरूलाई बाल देवता, अशेरा देवी तथा आकाशका ताराहरूको सम्मानका लागि बनाइएका थाल र चीज हरू परमप्रभुको मन्दिरबाट बाहिर निकाल्ने आदेश दिए। त्यसपछि योशियाहले ती कुराहरूलाई यरूशलेमबाहिर किद्रोन खोल्साको खेतमा जलाए। तब तिनीहरूले खरानी बेतेलमा लगे।
23:5b.2KI.023.005 यहूदाका राजाहरूले साधारण मानिसहरूलाई पूजाहारीको रूपमा सेवा गर्नका लागि नियुक्ति गरे। यी मानिसहरू हारूनका सन्तानहरू थिएन। झूट्टा पुरोहितहरूले यहूदाका प्रत्येक शहरहरू अनि यरूशलेमका वरिपरिका सबै शहरहरूका अग्ला ठाउँहरूमा धूपबत्ती बाले। तिनीहरू बाल देवता, सूर्य, चन्द्र, नक्षत्रको पूजा र आकाशका तारा-मण्डलहरूलाई धूपबत्ती बाल्ने गर्दथे। तर योशियाहले ती झूट्टा पूजाहारीहरूलाई रोके।
23:6b.2KI.023.006 योशियाहले परमप्रभुको मन्दिरबाट अश्तारोत देवीको खाँबो हटाए। उनले अश्तारोत खाँबोलाई किद्रोन उपत्यकामा शहर बाहिर लगे अनि त्यसलाई त्यहाँ जलाए। तब उनले डढेको भागलाई धूलो बनाए अनि साधारण मानिसहरूको चिहानमाथि छर्किदिए।
23:7b.2KI.023.007 तब राजा योशियाहले पुरूषगामीहरूको घर भत्काए जो परमप्रभुको मन्दिरमा थियो। आइमाईहरू पनि ती घरहरू प्रयोग गर्दथे अनि असत्य देवी अश्तारोतको सम्मान गर्नका लागि पालको छानो बनाउँने गर्दथे।
23:8b.2KI.023.008 योशियाहले यहूदाका शहरहरूबाट सबै पूजाहारीहरूलाई निकाले। उसले ती पूजाहारीहरूले धूप जलाउने उच्च ठाउँहरू गेबादेखि बेर्शेवासम्मलाई अपवित्र तुल्याइदिए। योशियाहले यहोशूको देब्रेपट्टिको द्वार भएको उच्च ठाउँ भत्काइदिए। (यहोशू त्यस शहरको शासक थिए।)
23:9b.2KI.023.009 तर पूजारी जो उच्च ठाउँहरूमा बलि चढाउने गर्दथे तिनीहरू यरूशलेममा परमप्रभुको वेदीमा आएनन्। त्यसको सट्टामा तिनीहरूले सधारण मानिसहरूसंग अखमीरे रोटी खाए।
23:10b.2KI.023.010 तोपेत हिन्नोमको छोराको उपत्यकामा एउटा ठाउँ थियो जहाँ मानिसहरू आफ्ना नानीहरू मार्ने गर्दथे अनि असत्य देवता मोलेकको सम्मानमा तिनीहरूलाई बलि चडाउँने गर्दथे। योशियाहले त्यो ठाउँ भत्काए जसले गर्दा मानिसहरूले त्यो ठाउँ फेरी प्रयोग गर्न नसकुन्।
23:11b.2KI.023.011 बितेको समयमा यहूदाका राजाहरूले परमप्रभुको मन्दिरको द्वारमा केही घोडा अनि रथहरू राखेका थिए। यो नातान मेलेक नाउँ भएका एक जना महत्वपूर्ण अधिकारीको कोठाको छेऊमा थियो। घोडा अनि रथहरू सूर्य देवताको सम्मानका लागि थिए योशियाहले घोडाहरू हटाए अनि रथहरू जलाए।
23:12b.2KI.023.012 बितेको समयमा यहूदाका राजाहरूले आहाजको महलको छाना माथि वेदीहरू बनाएका थिए। राजा मनश्शेले पनि परमप्रभुको मन्दिरको दुईवटा आँगनहरूमा वेदीहरू बनाएका थिए। योशियाहले ती सबै वेदीहरू भत्काए र भाँचिएका टुक्राहरू किद्रोन बेंसीमा फ्याँकिदिए।
23:13b.2KI.023.013 बितेको समयमा राजा सुलेमानले यरूशलेम नजिक विध्वंसक पहाडमाथि केही अग्ला ठाउँहरू बनाएका थिए। अग्ला ठाउँहरू त्यस पहाडको दक्षिणतिर थिए। राजा सुलेमानले सीदोनका मानिसहरूले पूजा गर्ने डरलाग्दो चीज अश्तोरोतको सम्मानमा ती पूजा स्थलहरू मध्ये एउटा बनाए। राजा सुलेमानले मोआबका मानिसहरूले पूजा गर्ने डरलाग्दो चीज कमोशको सम्मानमा पनि एउटा वेदी बनाए। र राजा सुलेमानले अम्मोनीहरू मानिसहरूले पूजा गर्ने डरलाग्दो चीज मिल्कोमको सम्मानमा पनि एउटा अग्लो ठाउँ बनाए। तर राजा योशियाहले ती सबै पूजाका स्थलहरू अपवित्र बनाइदिए।
23:14b.2KI.023.014 राजा योशियाहले सबै स्मृति स्तम्भहरू अनि अश्तारोत खाँबोहरू भाचे। तब उनले मारेका मानिसहरूका हाडहरू त्यस ठाउँमा छरे।
23:15b.2KI.023.015 योशियाहले बेतेलमा अग्लो ठाउँ र वेदी पनि भत्काए। नबातका छोरा यारोबामले यो वेदी बनाएका थिए। यारोबामले इस्राएललाई पाप गर्न लगाएका थिए। योशियाहले अग्लो ठाउँ भत्काएर जलाईदिए। योशियाहले ढुङ्गाहरूका वेदी टुक्रा-टुक्रा पारे। त्यसपछि उनले त्यसलाई धूलो पिठो पारे। र उनले अशेरा खाँबोलाई जलाए।
23:16b.2KI.023.016 योशियाहले चारैतिर हेरे र उसले पहाडमा चिहानहरू देखे। उनले मानिसहरू पठाए र तिनीहरूले चिहानहरूबाट हाड निकाले। तब उनले वेदीमाथि हाड जलाए। यसरी योशियाहले वेदीलाई अपवित्र तुल्याए। यो घटना परमेश्वरका जनले भनेको जस्तै भयो। परमेश्वरका जनले यो कुराहरू घोषणा गरे जब यारोबाम वेदीको छेउमा उभिएका थिए। त्यसपछि योशियाहले चारैतिर हेरे र उसले परमप्रभुको मानिसको चिहान देखे।
23:17b.2KI.023.017 योशियाहले भने, “मैले देखेको त्यो स्मारक के हो?” त्यस शहरका मानिसहरूले उनलाई भने, “यो परमेश्वरका जनको चिहान हो जो यहूदाबाट आएका थिए। यी परमेश्वरका मानिसहरूले यी कुराहरूको विषयमा अगमवाणी गरेका थिए जो तिमीले बेतेलको वेदीमा गरेका छौ।”
23:18b.2KI.023.018 योशियाहले भने, “परमेश्वरको जनलाई एक्लै छोडिदेऊ। उनका हड्डीहरू ननिकाल।” यसर्थ तिनीहरूले उनका हड्डीहरू र सामरियाबाट आएका अगमवक्ताहरूका हड्डीहरूलाई छोडिदिए।
23:19b.2KI.023.019 योशियाहले सामरीयाका शहरहरूमा भएका अग्ला ठाउँहरूका मन्दिरहरू पनि सबै भत्काए। इस्राएलका राजाहरूले ती मन्दिरहरू बनाएका थिए। र त्यसले परमप्रभुलाई रीस उठायो। योशियाहले बेतेलमा पूजा स्थलहरू भत्काए जस्तै ती मन्दिरहरू भत्काएका थिए।
23:20b.2KI.023.020 योशियाहले अग्ला ठाउँहरूका सबै पूजाहारीहरूलाई मारे जो सामरीयामा थिए। उनले ती वेदीहरूमा भएका पूजाहारीहरूलाई मारे। यस प्रकार पूजाका ती स्थलहरू शेष पारे। त्यसपछि उनी यरूशलेम फर्किए।
23:21b.2KI.023.021 तब राजा योशियाहले सबै मानिसहरूलाई आदेश दिए। उनले भने, “तिमीहरूको परमप्रभु आफ्ना परमेश्वरका लागि निस्तार पर्व मनाऊ। करारको पुस्तकमा लेखिए जस्तै गर।”
23:22b.2KI.023.022 मानिसहरूले निस्तार चाड यसरी मनाएका थिएनन् जुन दिनदेखि न्यायाधीशहरूले इस्राएलमा शासन गर्न थाले। इस्राएलका कुनै राजा अथवा यहूदाका कुनै पनि राजाले निस्तार चाड यसरी भब्य रूपमा मनाएका थिएनन्।
23:23b.2KI.023.023 तिनीहरू योशियाह राजा हुँदा अठारहौं वर्षमा यो निस्तार चाड परमेश्वरका लागि मनाए।
23:24b.2KI.023.024 योशियाहले धामी झाँक्रि, जादुगर, गृह देवता, देवमूर्तिहरू अनि यहूदा तथा यरूशलेममा मानिसहरूले पूजा गर्ने सबै डरलाग्दा चीजहरू नाश पारे। योशियाहले यस्तो काम हिल्कियाह पूजाहारीले परमप्रभुको मन्दिरमा पाइऐको पुस्तकमा लेखिएको विधि पालन गर्नका लागि गरे।
23:25b.2KI.023.025 योशियाह जस्ता राजा पहिले कहिले थिएनन् योशियाह आफ्नो सम्पूर्ण हृदय, आफ्नो सबै आत्मा तथा आफ्नो सबैशक्तिका साथ परमप्रभु तिर फर्के। कुनै राजाले मोशाको व्यवस्थाहरू योशियाह जस्तै अनुसरण गरेनन्। अनि त्यस समय देखि योशियाह जस्ता कुनै राजा भएनन्।
23:26b.2KI.023.026 तर परमप्रभु यहूदाका मानिसहरूसँग रिसाउन छोडनु भएन। मनश्शेले गरेको सबै कामहरूका लागि परमप्रभु अझै तिनीहरूसँग रिसाउनुभएको थियो।
23:27b.2KI.023.027 परमप्रभुले भन्नुभयो, “मैले इस्राएलका मानिसहरूलाई ठाउँ छोडन बाध्य (जोड) गराएँ। म यहूदासँग पनि त्यस्तै गर्नेछु। म यहूदालाई मेरो दृष्टिबाट निकालि दिनेछु म यरूशलेमलाई त्याग्नेछु। हो, मैले त्यस शहरलाई रोजें। म यरूशलेममा मन्दिरको बारेमा कुरा गर्दै थिएँ जब मैले भनें, ‘मेरो नाउँ त्यहाँ हुनेछ।’ तर यस मन्दिरलाई म त्यागिदिनेछु।”
23:28b.2KI.023.028 सबै अरू कामहरू जो योशियाहले गरे, ‘यहूदाका राजाहरूको इतिहास’ पुस्तकमा लेखिएका छन्।
23:29b.2KI.023.029 योशियाहको शासनकालमा मिश्रका राजा फिरऊन-नेकोले अश्शूरका राजाको विरूद्धमा युद्ध गर्न यूफ्रेटिस नदीमा गए। योशियाह नेकोसँग भेट गर्न मगिद्दोया गए। फिरऊनले योशियाहलाई देखे र उनलाई मारे।
23:30b.2KI.023.030 योशियाहका अधिकारीहरूले उनको शरीर रथमा राखे अनि उनलाई मगिद्दोबाट यरूशलेम ल्याए। तिनीहरूले योशियाहलाई उनको आफ्नो चिहानमा गाडे। तब साधारण मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लगे अनि राज्यभिषेक गरे। तिनीहरूले यहोआहाजलाई नयाँ राजा बनाए।
23:31b.2KI.023.031 यहोआहाज तेईस वर्षका थिए जब उनी राजा भए। उनले यरूशलेममा तीन महीना शासन गरे। उनको आमाको नाउँ हमूतल थियो, उनी लिब्नाका यिर्मयाहकी छोरी थिइन्।
23:32b.2KI.023.032 यहोआहाजले ती कामहरू गरे जसलाई परमप्रभुले गलत भन्नुभएको थियो। यहोआहाजले ती नै कामहरू गरे जो उनका पुर्खाहरूले गरेका थिए।
23:33b.2KI.023.033 फिरऊन-नेकोले यहोआहाजलाई हमात देशको रिब्लामा बन्दी बनाए। त्यस कारण यहोआहाजले यरूशलेममा शासन गर्न पाएनन्। फिरऊन नेकोले यहूदालाई 100 तोडा चाँदी अनि 10 तोडा सुन दिनु वाध्य गरए।
23:34b.2KI.023.034 फिरऊन-नेकोले योशियाहाका छोरा एल्याकीमलाई नयाँ राजा बनाए। एल्याकीमले आफ्ना पिता योशियाहको पद ग्रहण गरे। फिरऊन-नेको एल्याकीमको नाउँ बद्ली गरेर यहोयाकीम बनाए। अनि फिरऊन-नेकोले यहोआहाजलाई मिश्रबाट टाढा लगे। यहोआहाज मिश्रमा मरे।
23:35b.2KI.023.035 यहोयाकीमले फिरऊनलाई चाँदी र सुन दिए। तर यहोयाकीमले साधारण मानिसहरूलाई कर तिर्न लगाए अनि त्यो धनको उपयोग फिरऊन-नेकोलाई दिएर गरे। यस कारण प्रत्येक मानिसले आफ्नो भागको चाँदी र सुन तिर्यो। अनि राजा यहोयाकीमले रूपियाँ फिरऊन-नेकोलाई दिए।
23:36b.2KI.023.036 यहोयाकीम 25 वर्षका थिए जब उनी राजा भए। उनले यरूशलेममा 11 वर्ष शासन गरे। उनको आमाको नाउँ जबीदा थियो, तिनी रूमाका पदायाहकी छोरी थिइन्।
23:37b.2KI.023.037 यहोयाकिमले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। यहोयाकीमले त्यही काम गरे जो उनका पुर्खाहरूले गरेका थिए।
24
24:1b.2KI.024.001 यहोयाकीमको समयमा बाबेलका राजा नबूकदनेसर यहूदा देश आए। यहोयाकीमले तीन वर्षसम्म नबूकदनेस्सरको सेवा गरे। तब यहोयाकीम नबूकदनेसरको विरोधमा गए अनि उनको शासनबाट स्वतन्त्र भए।
24:2b.2KI.024.002 परमप्रभुले बाबेली, अरामी, मोआबेली तथा अम्मोनीहरूको दललाई यहोयाकीमको विरोधमा युद्ध गर्न पठाउनुभयो। परमप्रभुले ती दलहरू यहूदालाई नष्ट पार्न पठाउनुभयो। परमप्रभुले भन्नुभए जस्तै यस्तो भयो। परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरू ती कुराहरू भन्न पठाउनुभयो।
24:3b.2KI.024.003 परमप्रभुले ती कुराहरू यहूदामा हुनु पर्छ भनी आदेश दिनुभयो। यस प्रकार उहाँले तिनीहरूलाई उहाँको दृष्टिबाट बाहिर गर्नुहुन्छ। उहाँले यस्तो गर्नुभयो किनभने सबै पाप कामहरू मनश्शेले गरेका थिए।
24:4b.2KI.024.004 परमप्रभुले यस्तो गर्नुभयो किनभने मनश्शेले धेरै निर्दोष मानिसहरूलाई मारे। मनश्शेले यरूशलेमलाई रक्ताम्मे बनाए। र परमप्रभु ती पाप कामहरू क्षमा गर्न तयार थिएनन्।
24:5b.2KI.024.005 अरू कामहरू जो यहोयाकीमले गरे, “यहूदाका राजाहरूको इतिहास” पुस्तकमा लेखिएको छ।
24:6b.2KI.024.006 यहोयाकीम मरे अनि उनलाई उनका पुर्खाहरूसँगे गाडियो। यहोयाकीमका छोरा यहोयाकीन उनीपछि नयाँ राजा भए।
24:7b.2KI.024.007 बाबेलका राजाले मिश्रको नदी देखि लिएर यूफ्रेटिस नदी सम्म सबै जमीन कब्जा गरे। यो जमीन पहिला मिश्रको अधीनमा थियो। यसकारण मिश्रका राजाले मिश्र बढी छोड्न सकेनन्।
24:8b.2KI.024.008 यहोयाकीन 18 वर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा तीन महीना शासन गरे। उनको आमाको नाउँ नहुशाता थियो, उनी यरूशलेमको एल्नातानकी छोरी थिएन्।
24:9b.2KI.024.009 यहोयाकीनले त्यही काम गरे जसलाई परमप्रभुले नराम्रो भन्नु भएको थियो। उनले त्यही काम गरे जो उनका पिताले गरेका थिए।
24:10b.2KI.024.010 त्यस समयमा बाबेलका राजा नबूकदनेसरका अधिकारीहरू यरूशलेम आए अनि उनलाई घेरे।
24:11b.2KI.024.011 तब नबूकदनेसर, बाबेलका राजाले शहलाई घेरेको बेलामा आए।
24:12b.2KI.024.012 यहोयाकीन यहूदाका राजा बाबेलका राजासँग भेट गर्न बाहिर निस्किए। यहोयाकीनकी आमा, उनका अधिकारीहरू अगुवाहरू तथा वरिस्ट अधिकारीहरू पनि उनीसँग गए। तब बाबेलका राजाले यहोयाकीनलाई पक्रिए। यस्तो नबूकदनेस्सरको शासनको आठौं वर्षमा भयो।
24:13b.2KI.024.013 नबूकदनेस्सरले राजाका सबै खजाना र परमप्रभुको मन्दिरको सबै खजाना लगे। नबूकदनेस्सरले सबै सुनका भाँडाहरू काटेर टुक्रा-टुक्रा पारे जुन सुलेमान, इस्राएलका राजाले परमप्रभुको मन्दिरमा राखेका थिए। यो परमप्रभुले भन्नुभए जस्तै नै भयो।
24:14b.2KI.024.014 नबूकदनेसरले यरूशलेमका सबै मानिसहरूलाई पक्रिए। उनले सबै अगुवाहरू तथा अरू पनि मानिसहरूलाई पक्रिए। उनले 10,000 मानिसहरूलाई लगे अनि तिनीहरूलाई बन्दी बनाए। नबूकदनेसरले सबै दक्ष कर्मी अनि कारीगरहरूलाई लगे। साधारण मानिसहरूमा दरिद्र बाहेक अरू कोही रहेनन्।
24:15b.2KI.024.015 नबूकदनेसरले यहोयाकीनलाई बन्दी बनाएर बाबेल लगे। नबूकदनेसरले देशका राजाकी आमा, उनकी पत्नीहरू, अधिकारीहरू अनि अगुवा मानिसहरूलाई पनि लगे। नबूकदनेसरले तिनीहरूलाई यरूशलेमबाट बाबेल बन्दीहरूको रूपमा लगे।
24:16b.2KI.024.016 त्यहाँ 7,000 सैनिकहरू थियो। नबूकदनेसरले सबै सैनिकहरू र 1,000 दक्ष कर्मीहरू लगे। यी सबै मानिसहरू तालिम पाएका र युद्धका लागि तयार थिए। बाबेलका राजाले तिनीहरूलाई बन्दीहरूको रूपमा बाबेल लगे।
24:17b.2KI.024.017 बाबेलका राजाले मतन्याहलाई नयाँ राजा बनाए। मतन्याह यहोयाकीनका काका थिए। उनले तिनको नाउँ बद्ली गरेर सिदकियाह बनाए।
24:18b.2KI.024.018 सिदकियाह 21 वर्षका थिए जब उनले शासन गर्न थाले। उनले यरूशलेममा 11 वर्ष शासन गरे। उनको आमाको नाउँ हमूतल थियो जो लिब्नाको यिर्मयाहकी छोरी थिइन्।
24:19b.2KI.024.019 सिदकियाहले ती कामहरू गरे जसलाई परमप्रभुले गलत काम भन्नुभएको थियो। सिदकियाहले त्यही काम गरे जो यहोयाकीनले गरेका थिए।
24:20b.2KI.024.020 परमप्रभु यरूशलेममा र यहूदा माथि साह्रै रिसाउनुभयो र नै तिनीहरूलाई टाढा पन्छ्याउनुभयो। सिदकियाहले विद्रोह गरे अनि बाबेलका राजाको आज्ञा पालन गर्न अस्वीकार गरे।
25
25:1b.2KI.025.001 यसकारण नबूकदनेस्सर बाबेलका राजा र उनका सबै सेनाहरू यरूशलेमको विरूद्धमा युद्ध गर्न आए। यो घटना सिदकियाहको नवौं वर्ष राज्यकालको दशौं महीनाको दशैं दिनमा भयो। नबूकदनेसरका सेनाले शहरको पर्खाल वरिपरि धेरै घेरा मचान खडा गरे। उनले शहरको चारैतिर माटोको भित्ता बनाए।
25:2b.2KI.025.002 नबूकदनेसरको सेनाहरूले सिदियाह यहूदाका राजाको एघाह्रौं वर्ष नहुञ्जेलसम्म यरूशलेमको चारैतिर बसे।
25:3b.2KI.025.003 शहरमा अनिकाल विकराल हुँदै गयो। चौथो महीनाको नवौं दिन शहरमा साधारण मानिसहरूका लागि अझै खाद्य थिएन।
25:4b.2KI.025.004 नबूकदनेस्सरका सेनाहरूले अन्तमा शहरको भित्तालाई भत्काए। त्यस रात राजा सिदकियाह र उनका सबै सैनिकहरू भागे। तिनीहरूले गोप्यद्वार प्रयोग गरे जुन दुइ पर्खाल भएर गएको थियो। यो राजाको बगैंचा भएर गएको थियो। शत्रुका सैनिकहरू शहरको वरिपरि थिए तर सिदकियाह र उनका मानिसहरू मरूभूतिको बाटो भएर भागे।
25:5b.2KI.025.005 बाबेली सेनाहरूले राजा सिदकियाहलाई पछ्याए अनि यरीहो छेऊ उनलाई पक्रिए। सिदकियाहाका सबै सैनिकहरूले उनलाई छोडे अनि भागे।
25:6b.2KI.025.006 बाबेलीहरूले राजा सिदकियाहलाई रिब्लामा बाबेलका राजा कहाँ लगे। बाबेलीहरूले सिदकियाहलाई सजाय दिने निश्चय गरे।
25:7b.2KI.025.007 तिनीहरूले सिदकियाहका छोराहरूलाई उनकै सामु मारे। तब तिनीहरूले सिदकियाहका आखाँहरू निकाले तिनीहरूले उनलाई साङ्गलाले बाँधे अनि बाबेल पुर्याए।
25:8b.2KI.025.008 नबूकदनेस्सर आफू बाबेलको राजा भएको उन्नाइसौं वर्षको पाँचौ महीनाको सातौं दिन यरूशलेम आए। नबूजरदान नबूकदनेसरको प्रमुख सैनिकहरूका अधिकारी थिए।
25:9b.2KI.025.009 नबूजरदानले परमप्रभुको मन्दिर, राजाको महल र यरूशलेमका सबै घरहरू जलाए। उनले मुख्य मानिसहरूका घरहरू पनि जलाए।
25:10b.2KI.025.010 तब नबूजरदानसँगै भएको बाबेली सेनाहरूले यरूशलेमको वरिपरिको पर्खाहरू लडाए।
25:11b.2KI.025.011 नबूजरदानले शहरमा छोडिएका सबै मानिसहरूलाई पत्रे। नबूजरदानले बाबेलको राजा समक्ष आत्म समर्पण गरेका सबै मानिसहरूलाई बन्दीको रूपमा लगे।
25:12b.2KI.025.012 नबूजरदानले साधारण मानिसहरूमा अत्यन्त दरिद्रलाई मात्र त्यहाँ बस्न दिए। उनले तिनीहरूलाई बस्न दिए जसले गर्दा तिनीहरू दाख र अन्य बालीको हेरचाह गर्न सकून्।
25:13b.2KI.025.013 बाबेली सैनिकहरूले परमप्रभुको मन्दिरमा भएका सबै काँसाका चीजहरू टुक्रा टुक्रा पारे। तिनीहरूले काँसाको खाँबो, काँसाको गाडी अनि विशाल काँसाको खँड्कुलो टुक्रायाए। तब तिनीहरूले त्यो सबै काँसा बाबेल लगे।
25:14b.2KI.025.014 बाबेलीहरूले भाँडाहरू, बेल्चाहरू, मोसोदानी, धूपदानीभरू, चम्चीहरू, तथा सबै काँसाका थालहरू लगे जो परमप्रभुको मन्दिरमा उपयोग गरिन्थ्यो।
25:15b.2KI.025.015 नबूजरदानले कराही र थालहरू सबै लगे। उनले सुनले बनिएका सबै चीजहरू सुनका लागि लगे। अनि उनले सबै चाँदीले बनिएका चीजहरू चाँदीका लागि लगे।
25:18b.2KI.025.018 मन्दिरबाट नबूजरदानले लगे मुख्य पूजाहारी सरायाह, अर्का पूजाहारी सपन्याह, तीन जना मानिसहरू जसले प्रवेशद्वारको सुरक्षा गर्ने गर्दथे तिनीहरूलाई पनि लगे।
25:19b.2KI.025.019 अनि शहरबाट नबूजरदानले एउटा अधिकारीलाई लगे जो सैनिकहरूको मुखिया थिए। पाँच जना राजाका सल्लाहकार जो अझै शहरमा नै थिए, एकजना अध्यक्ष जसले साधारण मानिसहरूलाई युद्धको निम्ति जम्मा गर्थे अनि 60 जना साधारण मानिसहरू जो अझै शहरमा थिए।
25:22b.2KI.025.022 नबूकदनेस्सर बाबेलका राजाले यहूदा देशमा केही मानिसहरू छोडेका थिए। एक मानिस थिए जसको नाउँ गदल्याह थियो, शापानका छोरा अहीकामका छोरा थिए। नबूकदनेस्सरले यहूदामा मानिसहरूका राज्यपाल बनाए।
25:23b.2KI.025.023 सेनाका सेनापतिहरू नतन्याहका छोरा ईश्माएल, कारेहका छोरा योहानान, नतोपातका तन्हमेतका छोरा सरायाह अनि माकाईका छोरा याजन्याह थिए। यी सेनापतिहरू तथा उनका मानिसहरूले थाह पाए, बाबेलका राजाले गदल्यालाई राज्यपाल बनाए। यसर्थ तिनीहरू गदल्याहसँग भेट गर्न मिस्पा गए।
25:24b.2KI.025.024 गदल्याहले यी अधिकारीहरू तथा उनका मानिसहरूलाई शपथ दिए। गदल्याहले तिनीहरूलाई भने, “बाबेल का अधिकारीहरू सित डरमान्नु पर्दैन। यहाँ बस अनि बाबेलका राजाको सेवा गर। तब तिमीहरूका लागि सबै कुरो ठीक हुनेछ।”
25:25b.2KI.025.025 एलीशामाको नाती नतन्याहको छोरा इश्माएल राजपरिवारका थिए। सातौं महिनामा इश्माएल अनि उनका दशजना मानिसहरूले गदल्याहमाथि आक्रमण गरे अनि मिस्पामा गदल्याह सँगै सबै यहूदीहरू तथा बाबेलीहरूलाई मारे।
25:26b.2KI.025.026 तब सेनाका अधिकारीहरू अनि सबै मानिसहरू मिश्र भागे। कम्ती महत्वपूर्ण देखि बढी महत्वपूर्ण भएका प्रत्येक मानिसहरू भागे किनभने तिनीहरू बाबेलीहरूसित डराएका थिए।
25:27b.2KI.025.027 पछि एबील-मरोदक बाबेलका राजा भए। उनले यहूदाका राजा यहोयाकीनलाई बन्दीगृहबाट मुक्त गरिदिए। यो घट्ना यहोयाकीन पक्राउ परेपछि, सत्ताईस दिन बाह्रा महीना सैंतीसौं वर्षमा भएको थियो। यो एबील-मरोदकको शासनको शुरूको वर्षमा भएको घट्ना हो।
25:28b.2KI.025.028 एबील- मरोदक यहोयाकीनप्रति दयालु थिए। उनले बाबेलमा उनीसँग बस्ने अरू राजाहरू भन्दा यहोयाकीनलाई धेरै महत्वपूर्ण पद दिए।
25:29b.2KI.025.029 एबील-मरोदकले यहोयाकीनलाई बन्दीको लुगा लगाउन बन्द गरे। अनि यहोयाकीनले जीवनको रहल समय प्रत्येक दिन एबील-मरोदकसँग एउटै मेजमा बसेर खाए।
25:30b.2KI.025.030 यस प्रकार राजा एबील मरोदकले यहोयाकीनलाई रहल जीवनमा प्रत्येक दिन भोजन प्रदान गरे।
- Holder of rights
- Multilingual Bible Corpus
- Citation Suggestion for this Object
- TextGrid Repository (2025). Nepali Collection. 2 Kings (Nepali). 2 Kings (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-ACCE-F