1 Kings (Nepali)

1 Kings (Nepali)

1

1:1b.1KI.001.001 राजा दाऊद साह्रै बूढा भएका थिए। उनी आफूलाई न्यानो राख्न सक्दैन थिए। उनका नोकरहरूले उनलाई कम्बल ओढाए, तर उनी तातिएनन्।

1:2b.1KI.001.002 यसकारण उनका नोकरहरूले उनलाई भने, “तपाईंको हेरचाह गर्नकोलागि हामी एउटी युवतीको खोजी गर्नेछौं। ऊ तपाईंसँगै सुत्ने गर्छे अनि तपाईंलाई न्यानो पार्छे।”

1:3b.1KI.001.003 यसकारण राजाका नोकरहरू राजालाई न्यानो पार्नकालागि एउटी सुन्दरी युवतीको खोजी इस्राएल देशको प्रत्येक ठाउँमा गर्न थाले। उनीहरूले अबीशग नाउँ भएकी एउटी केटी भेट्टाए। ऊ शूनम्म शहरकी थिई। उनीहरूले युवतीलाई राजा कहाँ ल्याए।

1:4b.1KI.001.004 युवती साह्रै नै राम्री थिई। उसले राजाको हेरचाह र सेवा गरी। तर राजाले ऊसित संभोग गरेनन्।

1:7b.1KI.001.007 अदोनियाहले सरूयाहका छोरा योआब अनि पूजाहारी एबीयातारसँग कुराकानी गरे। उनीहरूले उनलाई नयाँ राजा हुनमा सहायता गर्ने निर्णय लिए।

1:8b.1KI.001.008 तर धेरै मानिसहरू अदोनियाहले गरेको कामसँग सहमत थिएनन् उनीहरू दाऊदका नै भक्त थिए। उनीहरू पूजाहारी सादोक, यहोयादाका छोरा बनायाह, नातान अगमवक्ता, शिमी, रेई अनि राजा दाऊदका विशेष अगंरक्षकहरू थिए। यसर्थ यी मानिसहरू अदोनियाहको पक्षमा भएनन्।

1:9b.1KI.001.009 एक दिन अदोनियाहले एन्रोगेलको छेउमा जोहेलेत चट्टानमा केही भेडाहरू, गाईहरू अनि बलियो बाछाहरू एउटा मेलबलि जस्तैं बलि चढाए। अदोनियाहले आफ्ना सबै दाज्यू-भाइहरू अर्थात् राजा दाऊदका अरू छोराहरू अनि यहूदाका सबै अधिकारीहरूलाई निम्त्याका थिए।

1:10b.1KI.001.010 तर अदोनियाहले पिताका विशेष अंगरक्षकका आफन्त, आफ्नो भाइ सुलेमान, बनायाह अथवा अगमवक्ता नातानलाई निम्तो पठाएनन्।

1:11b.1KI.001.011 तर नातानले यस विषयमा सुने अनि सुलेमानकी आमा बतशेबा कहाँ गए। नातानले उनलाई सोधे, “हग्गीतका छोरा अदोनियाह के गरिरहेको छ, के तपाईंले सुन्नु भएको छ? ऊ आफूलाई राजा ठान्दैछ अनि हाम्रा मालिक राजा दाऊद यस विषयमा केही जान्दैनन्।

1:12b.1KI.001.012 तपाईंको जीवन अनि तपाईंको छोरो सुलेमानको जीवन संकटमा पर्न सक्छ। तर म तपाईंलाई आफूलाई बचाउन के गर्नुपर्छ, बताउने छु,

1:13b.1KI.001.013 राजा दाऊद समक्ष जानुहोस्, अनि उनीसँग भन्नुहोस्, ‘महाराज, मेरा स्वामी, तपाईंले मलाई वचन दिनु भएको थियो। तपाईं पछि मेरो छोरो सुलेमान राजा हुनेछ भनी वचन दिनु भएको थियो। तब किन अदोनियाह नयाँ राजा हुँदैछ?’

1:14b.1KI.001.014 तपाईंको बात राजासित गरेको समयमा, म भित्र आउँनेछु अनि तपाईंले भनेका कुराहरूलाई पुष्टि गर्छु।”

1:15b.1KI.001.015 यसकारण बतशेबा राजासँग भेट गर्न उनको भित्री कोठामा गइन्। राजा साह्रै नै बूढा भएका थिए। शूनम्मकी केटी अबीशग त्यहाँ उनको हेरचाहा गर्दै थिई।

1:16b.1KI.001.016 बतशेबा राजाअघि निहुरिन्। राजाले भने, “म तिम्रोलागि के गर्न सक्छु?”

1:17b.1KI.001.017 बतशेबाले जवाफ दिइन्, “मेरो स्वामी म तपाईंको दासीलाई परमप्रभु परमेश्वरको नाउँमा मलाई एउटा शपथ गर्नु भएको थियो। तपाईंले भन्नु भएको थियो, ‘तपाईंको छोरा सुलेमान तपाईं पछि राजा हुनेछ। उ मेरो सिंहासनमा बस्नेछ।’

1:18b.1KI.001.018 अहिले अदोनियाहले उ आफैंलाई राजा बनाइरहेको छ अनि तपाईं यसको लागि पनि होशियार हुनुहोस्।

1:19b.1KI.001.019 अदोनियाहले विशाल मैत्री भोज दिदाँ धेरै गाईहरू तथा राम्रा भेडाहरू मारेर बलि चढायो। अदोनियाहले तपाईंका सबै छोराहरूलाई निम्तो दियो। उसले पूजाहारी एबीयातार अनि सेनापति योआबलाई निम्तो दियो। तर उसले तपाईंको विश्वासी छोरा सुलेमानलाई निम्तो दिएन।

1:20b.1KI.001.020 हे मेरा मालिक अनि महाराज, अहिले इस्राएलका सबै जनगण तपाईंलाई नै हेरिरहेका छन्। तपाईं पछि अर्को राजा को हुनेछ, यस निर्णयका लागि तिनीहरू तपाईंलाई नै पर्खिरहेका छन्।

1:21b.1KI.001.021 तपाईंको मृत्यु अघि नै तपाईंले केही गर्नु पर्छ। तपाईंले केही गर्नु भएन भने, मृत्युपछि तब तपाईं तपाईंको पिता-पुर्खासित गाडिनु भए पछि, मेरो छोरा सुलेमान र म अपराधी ठाहरिनेछौं।”

1:22b.1KI.001.022 राजासँग बतशेबा कुराकानी गरिरहेकी थिइन् कि अगमवक्ता नातान उनलाई भेट्न आए।

1:23b.1KI.001.023 चाकरहरूले राजालाई भने, “अगमवक्ता नातान आउनु भएको छ।” नातानले राजा अघि निहुरिएर ढोग दिए।

1:24b.1KI.001.024 अनि भने, “हे मेरा मालिक अनि महाराज, तपाईंपछि अदोनियाह नयाँ राजा हुनेछ भनी के तपाईंले घोषणा गर्नु भयो? के तपाईंले निर्णय लिनु भएको छ, अब अदोनियाहले शासन चलाउने छ?

1:25b.1KI.001.025 किनभने आज उसले तल बेंसीमा धेरै साँढहरू, मोटा-मोटा बाछाहरू अनि भेडाहरू मेलबलि चढाउन ओर्लिएका छन्। उसले तपाईंका सबै छोराहरू, सेनापतिहरू अनि पूजाहारी एबीयातारलाई निम्ताएका थिए। तिनीहरू अहिले उनीसँग खानपानमा व्यस्त छन्। अनि तिनीहरू भन्दै छन्, ‘राजा अदोनियाह दीर्घायु होऊन्!’

1:26b.1KI.001.026 तर उनले मलाई अथवा पूजाहारी सादोक अथवा यहोयादाको छोरा बनायाह अथवा तपाईंको आज्ञाकारी छोरा सुलेमानलाई निम्तो दिएनन्।

1:27b.1KI.001.027 मेरो मालिक महाराज, हामीलाई नभनी के तपाईंले यस्तो गर्नु भयो? कृपा गरेर हामीलाई बताउनुहोस्, तपाईंपछि अर्को राजा को हुनेछ?”

1:28b.1KI.001.028 तब राजा दाऊदले भने, “बतशेबालाई भित्र बोलाऊ!” यसकारण बतशेबा भित्र राजासामु आइन्।

1:29b.1KI.001.029 तब राजाले शपथ गरेः “परमप्रभु परमेश्वरले मलाई प्रत्येक खतराबाट बचाउनु भएको छ। जसरी परमेश्वर जीवित हुनुहुन्छ। म तिमीसँग यो शपथ गर्दैछु।

1:30b.1KI.001.030 आज म अतीतमा दिएको वचन पूरा गर्नेछु। इस्राएलका परमप्रभु परमेश्वरको शक्तिको आधारमा मैंले त्यो वचन दिएको थिएँ। मपछि तिम्रो छोरा सुलेमान अर्को राजा हुनेछ भनी मैंले वचन दिएको थिएँ। म पछि ऊ मेरो राज सिंहासनमा विराजमान हुनेछ। म आफ्नो प्रतिज्ञा पूरा गर्नेछु!”

1:31b.1KI.001.031 तब बतशेबाले राजा दाऊद सामु भुईंमा निहुरेर ढोग गरिन्। अनि भनिन्, “दाऊद राजा दीर्घायु होऊन्।”

1:32b.1KI.001.032 तब राजा दाऊदले भने, “पूजाहारी सादोक, अगमवक्ता नातान अनि यहोयादाका छोरा बनायाहलाई यहाँ बोलाई देऊ।” यसकारण तीन जना व्यक्तिहरू राजासँग भेट गर्न आए।

1:33b.1KI.001.033 तब राजाले उनीहरूलाई भने, “तिमीहरूसँग मेरा अधिकारीहरूलाई लिएर जाऊ। मेरो छोरा सुलेमानलाई आफ्नो खच्चडमा सवार गराऊ। उसलाई गीहोन स्रोतसम्म लिएर जाऊ।

1:34b.1KI.001.034 त्यस ठाउँमा पूजाहारी सादोक अनि अगमवक्ता नातानले उसलाई इस्राएलको नयाँ राजाको रूपमा अभिषेक गर्नेछन्। तुरही बजाऊ अनि घोषणा गर, ‘यिनी नयाँ राजा, सुलेमान हुन्!’

1:35b.1KI.001.035 त्यसपछि उसँग यहाँ फर्केर आऊ। सुलेमान मेरो सिंहासनमा बस्नेछ अनि मेरो ठाउँमा नयाँ राजा हुनेछ। मैले सुलेमानलाई इस्राएल अनि यहूदाको शासकको रूपमा छानेको छु।”

1:36b.1KI.001.036 यहोयादाका छोरा बनायाहले राजालाई जवाफ दिए, “आमेन! मेरा मालिक अनि महाराज! परमेश्वर स्वयमले यो भन्नु भएकोछ।

1:37b.1KI.001.037 मेरा मालिक अनि महाराज, परमप्रभु तपाईंसँगै हुनुहुन्छ। अनि अहिले विश्वास गर्छु परमप्रभु सुलेमानसँग हुनुहुनेछ। म आशा गर्छु सुलेमानको राज्य बढनेछ अनि उनी तपाईं भन्दाअझै शक्तिशाली हुनेछन्, मेरा मालिक राजा दाऊद।”

1:38b.1KI.001.038 यसकारण सादोक, नातान, बनायाह अनि राजाका अधिकारीहरूले राजा दाऊदको आज्ञा पालन गरे। तिनीहरूले सुलेमानलाई राजा दाऊदको खच्चडमा सवार गराए अनि ऊसँग गीहेन स्रोत गए।

1:39b.1KI.001.039 पूजाहारी सदोकले पवित्र पालबाट तेल लगे। सादोकले उनलाई राजा देखाउनका लागि सुलेमानको शिरमा तेलले अभिषेक गरे। तिनीहरूले तुरही फुके अनि सबै मानिसहरूले र्हषित हुँदै भने, “राजा सुलेमान दीर्घायु होऊन्।”

1:40b.1KI.001.040 तब सबै मानिसहरू सुलेमानको पछि-पछि शहरमा आए। तिनीहरू बाँसुरी बजाउँदै थिए अनि भुईं र्थकिने गरी कराउँदै थिए।

1:41b.1KI.001.041 त्यस समयमा अदोनियाह अनि उनका अतिथिहरू खान-पीन शेष पार्दै थिए। तिनीहरूले तुरहीको आवाज सुने। योआबले सोधे, “त्यो हल्ला के हो? शहरमा के भइरहेको छ?”

1:42b.1KI.001.042 जब योआब बोल्दै थिए, पूजाहारी एबीयातारका छोरा जोनाथन आइपुगे। अदोनियाहले भने, “यहाँ आऊ! तिमी असल मानिस हौ। तिमीले मेरो निम्ति शुभ समाचार ल्याएको हुनुपर्छ।”

1:43b.1KI.001.043 तर जोनाथनले जवाफ दिए, “होइन, तपाईंको लागि यो शुभ समाचार होइन! राजा दाऊदले सुलेमानलाई नयाँ राजा बनाए।

1:44b.1KI.001.044 राजा दाऊदले पूजाहारी सादोक, अगमवक्ता नातान, यहोयादका छोरा बनायाह अनि राजाका व्यक्तिगत अंगरक्षकहरू पनि ऊ सँगै पठाए। तिनीहरूले उसलाई राजाको आफ्नो खच्चडमा सवार गराए।

1:45b.1KI.001.045 तब पूजाहारी सादोक अनि अगमवक्ता नातानले गीहोन स्रोतमा सुलेमानलाई अभिषेक गरे। अनि तिनीहरू शहरमा गए। जन साधारणले उनको स्वागत गरे अनि अहिले शहरका जनता औधी प्रसन्न छन्। तपाईंले सुनेको हल्ला त्यही नै हो।

1:48b.1KI.001.048 अनि भने, ‘इस्राएलका परमेश्वरको स्तुति गर। परमेश्वरले मेरा छोराहरू मध्ये एक जनालाई मेरो सिंहासनमा बसाउनु भयो अनि यो हेर्न मलाई जीवित राख्नुभयो।”

1:49b.1KI.001.049 अदोनियाहका सबै अतिथिहरू र्तसिए अनि छिट्टै गए।

1:50b.1KI.001.050 अदोनियाह पनि सुलेमानसित डराए। यसकारण उनी वेदीमा गए अनि वेदीको सींग समाते।

1:51b.1KI.001.051 तब कसैले सुलेमानलाई भने, “अदोनियाह तपाईंसित डराएको छ, राजा सुलेमान। अदोनियाह वेदीको सीगं समाते र पवित्र पालमा बसेको छ अनि छोडन पनि चाहदैन। अदोनियाह भन्दै छ, ‘राजा सुलेमानलाई बाचा गर्न भनी देऊ, उसले मलाई नमारोस्।”‘

1:52b.1KI.001.052 सुलेमानले जवाफ दिए, “यदि अदोनियाह साबित गर्छ कि ऊ एक जना असल मानिस हो, तब म प्रतिज्ञा गर्छु उसको टाउकोको एउटा केशलाई पनि केही हुनेछैन। तर यदि उसले नराम्रो काम गर्यो भने उ मारिने छ।”

1:53b.1KI.001.053 तब राजा सुलेमानले केही मानिसहरूलाई अदोनियाहलाई लिन पठाए। मानिसहरूले अदोनियाहलाई राजा सुलेमान समक्ष ल्याए। अदोनियाह राजा सुलेमानको सामु गए अनि निहुरेर ढोग गरे। तब सुलेमानले भने, “घर जाऊ।”

2

2:1b.1KI.002.001 दाऊदको मर्ने समय आइसकेको थियो। यसकारण दाऊदले सुलेमानसँग कुरा कानी गरे अनि उनलाई भने,

2:2b.1KI.002.002 “सबै मानिस जस्तैं म मर्न आँटेको छु। तर तँ शक्तिशाली हुँदै जादैछस् अनि महान् व्यक्ति बनिंदैछस।

2:3b.1KI.002.003 अब परमप्रभु तिम्रो परमेश्वरको सबै आदेशहरू सावधानीका साथ पालन गर। उहाँका सबै नियम, आदेश, निर्णय, सल्लाह र करार सावधानीका साथ पालन गर। मोशाको व्यवस्थामा लेखिएका प्रत्येक कुराको पालन गर। यदि तैंले यसो गरिस् भने तब आफूले गरेको प्रत्येक काममा अनि गएको प्रत्येक ठाउँमा सफल हुनेछस्।

2:4b.1KI.002.004 यदि तैंले परमेश्वरको आज्ञा पालन गरिस्, भने परमेश्वरले मलाई दिनुभएको वचन पूरा गर्नुहुनेछ परमेश्वरले भन्नु भएकोछ, ‘यदि तेरा छोराहरूले मेरो आदेश अनुसार हार्दिक श्रद्धाका नियमहरू पालन गरे भने तब तेरो परिवारबाट एक जना मानिस सदा नै इस्राएलको राजा हुनेछ।”‘

2:5b.1KI.002.005 दाऊदले यो पनि भने, “तँलाई थाहै छ, सरूयाहको छोरा योआबले मसित के गरेका थिए? उसले इस्राएलीहरूको सेनाका दुइजना सेनापतिहरू, नेराको छोरा अबनेर अनि येतेरको छोरा अमासालाई मारेको थिए। याद गर, उनले तिनीहरूलाई शान्तिको समयमा मारेका थिए। यी मानिसहरूको रगतले उसको तरवारको बेंड पटुका र खुट्टाको जुत्ता रंगिएको थियो। मैले उसलाई दण्ड दिनु पर्थो।

2:6b.1KI.002.006 तर अब राजा तँ छस्। यसकारण तैंले उसलाई आफूले सोचेर बुद्धिमत्तापूर्ण दण्ड दिनुपर्छ। तर तैंले उसलाई मार्छु नै भनेर निश्चय गर्नुपर्छ।) उसलाई बूढेसकालमा शान्तिका साथ मर्ने मौका नदिनु।

2:7b.1KI.002.007 “गिलादको र्बजिल्लैका सन्ततिप्रति दयालु हुनु। तिनीहरूलाई आफ्नो मित्र सम्झिनु अनि आफ्नो मेजमा भोजन गराउनु। तेरो दाजु अब्शालोमबाट भागी हिँड्दा तिनीहरूले मलाई सहायता गरेका थिए।

2:8b.1KI.002.008 “अनि याद गर, गेरका छोरा शिमी अझै यहीं छन्। उनी बहूरीमको बिन्यामीन कुल समूह हुन्। याद गर, म महनेमतिर भागेको दिन उनले मेरो विरूद्धमा नराम्रो कुरा भनेका थिए। तब उनी मसित भेट गर्न यर्दन नदीमा आएका थिए। तब मैले उनलाई वचन दिएको थिएँ। मैले परमेश्वर सामु प्रतिज्ञा गरेको थिएँ म शिमीलाई मार्दिन।

2:9b.1KI.002.009 अब उनलाई दण्ड नदिई न छोड। तिमी बुद्धिमान मानिस हौ, उनीसित के गर्नुपर्छ तिमी राम्ररी जान्दछौ। तर उनलाई बूढेसकालमा शान्तिका साथ मर्न नदेऊ।”

2:10b.1KI.002.010 तब दाऊदको चोला उठ्यो। उनलाई दाऊदशहरमा गाडीयो।

2:11b.1KI.002.011 दाऊदले इस्राएलमा 40 वर्षशासन चलाए। उनले हेब्रोनमा सात वर्ष अनि यरूशलेममा 33 वर्ष शासन गरे।

2:12b.1KI.002.012 अब सुलेमान राजा भए। आफ्ना पिता दाऊदको सिंहासनमा उनी विराजमान भए अनि आफ्नो राज्यको शासन पूर्ण नियन्त्रणका साथ गर्न थाले।

2:13b.1KI.002.013 तब हग्गीतको छोरा अदोनियाह सुलेमानकी आमा बतशेबा समक्ष गए। बतशेबाले उनलाई सोधिन्, “के तिमी शान्त मन लिएर आएका हौ?” अदोनियाहले जवाफ दिए, “ज्यू, यो शान्तिपूर्ण भेट नै हो।

2:14b.1KI.002.014 मैले तपाईंलाई केही भन्नु छ।” बतशेबाले, “भन भनिन्।”

2:15b.1KI.002.015 अदोनियाहले भने, “तपाईंलाई सम्झना छ कुनै समय राज्य मेरो थियो। इस्राएलका सबै जनगण मलाई राजा ठान्दै थिए। तर स्थिति बदलियो। अहिले मेरो भाइ राजा भएको छ परमेश्वरले उसलाई राजाको रूपमा चुन्नुभयो।

2:16b.1KI.002.016 यसर्थ अहिले म तपाईंसँग एक कुरा सोध्न चाहन्छु। कृपया मलाई हुँदैन नभन्नु होला।” बतशेबाले भनिन्, “तिमी के चाहन्छौ?”

2:17b.1KI.002.017 अदोनियाहले भने, “मलाई थाहा छ तपाईंले भनेको कुनै पनि कुरा राजा सुलेमान मान्नु हुन्छ। कृपया शूनम्मी युवती अबीश्गसँग विवाह गर्ने अनुमति मलाई उनीबाट दिलाई दिनुहोस्।”

2:18b.1KI.002.018 तब बतशेबाले भनिन्, “ठीक छ, म तिम्रो लागि राजासँग कुरा गर्नेछु।”

2:19b.1KI.002.019 यसकारण बतशेबा राजा सुलेमानसँग कुराकानी गर्न गइन्। राजा सुलेमानले उनलाई देखे अनि उनीसँग कुरा गर्न उभिए। तब उनले निहुरिएर ढोग भेट गरे अनि सिंहासनमा बसे। उनले चाकरहरूलाई आमाका लागि अर्को सिंहासन ल्याउन भने। तब तिनी उनको दाहिने पट्टि बसिन्।

2:20b.1KI.002.020 बतशेवाले उनलाई भनिन्, “म तँलाई एउटा सानो कुराका लागि भन्छु। कृपया मलाई हुदैन नभन्नु।” राजाले भने, “आमा, तपाईंले चाहेको कुनै पनि कुरा माग्न सक्नु हुनेछ। म तपाईंलाई नाइनास्ति गर्ने छैन।”

2:21b.1KI.002.021 यसर्थ बतशेबाले भनिन्, “शूनम्मी अबीशगसँग विवाह गर्ने अनुमति तेरो दाजु अदोनियाहलाई दे।”

2:22b.1KI.002.022 राजा सुलेमानले आफ्नी आमालाई जवाफ दिए, “तपाईं किन मसित अबीशगलाई दिन माग्नु हुँदैछ? यो मलाई उसलाई राज्य देऊ भनी माग्नु जस्तैं नै हो। जे भए ता पनि उनी मेरो ठूला दाज्यू हुन्। पूजाहारी एबीयातार र सरूथाहका छोरो योआबले उनलाई सघाउने छन्!”

2:23b.1KI.002.023 तब राजा सुलेमानले परमप्रभुको नाउँमा शपथ गरे। उसले भने, “यदि मैले यसका लागि अदोनियाहलाई दण्ड दिइन भने परमेश्वरसित मलाई नराम्रो गर्नुहोस् भनी प्रार्थना गर्नेछु अनि उसले आफ्नो जीवनद्वारा मूल्य चुकाउनु पर्नेछ।

2:24b.1KI.002.024 परमप्रभुले मलाई इस्राएलको राजा बनाउनुभयो। उहाँले मलाई मेरा पिता दाऊदको राज-सिंहासन दिनुभएकोछ परमेश्वरले आफ्नो वचन पूरा गर्नुभयो अनि राज्य म र मेरो परिवारलाई दिनुभयो। जसरी साँच्चैनै परमप्रभु जीवित हुनुहुन्छ भने अदोनिया आजनै मर्नेछ।”

2:25b.1KI.002.025 राजा सुलेमानले यहोदाका छोरा बनायाहलाई आदेश दिए। बनायाह बाहिर निस्किए अनि अदोनियाहलाई मारे।

2:26b.1KI.002.026 तब राजा सुलेमानले पूजाहारी एबीयातारलाई भने, “मैले तँलाई मार्नु पर्थ्यो, तर म तँलाई आफ्नो घर अनातोत फर्किने मौका दिन्छु। म तँलाई अहिले मार्ने छैन् किनभने तैंले परमप्रभु हाम्रा मालिकको पवित्र सन्दूक मेरो पिताको राजा दाऊदको निम्ति बोकेको थिइस् अनि मेरो पिताको सबै कष्ट विभाजन गरेको थिइस्।”

2:27b.1KI.002.027 सुलेमानले एबीयातारलाई परमेश्वरको पूजाहारीको रूपमा सेवा गर्न नपाउने कुरा बताए। यो यसरी नै भयो जसरी परमेश्वरले बताउनु भएको थियो। परमेश्वरले पूजाहारी एली अनि उनको परिवारको विषयमा शीलोम बताउनु भएको थियो। एबीयातार एली परिवारका थिए।

2:28b.1KI.002.028 योआबले यस विषयमा सुने अनि डराए। उनले अदोनियाहको समर्थन गरेका थिए, तर अब्शालोमले गरेनन्। योआब परमेश्वरको पालतिर दगुरे अनि वेदीको सींग समात्न पुगे।

2:29b.1KI.002.029 कसैले राजा सुलेमानलाई बताए योआब परमेश्वरको पालको वेदीमा छ। यस कारण सुलेमानले यहोयादाका छोरा बनायाहलाई गएर उसलाई मार्ने आदेश दिए।

2:30b.1KI.002.030 बनायाह परमेश्वरको पालमा गए अनि योआबलाई भने, “राजाको आदेश छ, ‘बाहिर आइज!”‘ तर योआबले जवाफ दिए, “होइन, म यहीं नै मर्छु।” यसकारण बनायाह फर्केर राजा कहाँ आए अनि उनलाई योआबले भनेको कुरा बताए।

2:31b.1KI.002.031 तब राजाले बनायाहलाई आदेश दिए, “ऊ जसो भन्छ त्यसै गर! उसलाई त्यहीं मार अनि गाडिदे। तब मेरो परिवार अनि म योआबको दोषबाट मुक्त हुनेछौं। योआबले निर्दोष मानिसहरूको हत्या गरेको हुनाले यो दोष सृष्टि भएको थियो।

2:32b.1KI.002.032 योआबले ऊ भन्दा धेरै निर्दोष मानिसहरूको हत्या गर्यो। तिनीहरू नेरका छोरा अबनेर अनि येतेरका छोरा अमासा थिए। अबनेर इस्राएलको सेनाका सेनापति थिए अनि अमासा यहूदाको सेनाका सेनापति थिए। मेरो पिता दाऊद यहाँ थिएनन् तिनीहरू योआबद्वारा मारिएको हो भनि यसकारण परमप्रभुले योआबलाई उसले मारेका मानिसहरूको दण्ड दिनुहुनेछ।

2:33b.1KI.002.033 तिनीहरूको मृत्युका लागि ऊ अपराधी हुनेछ अनि उसको परिवार पनि सदाका लागि दोषी हुनेछ। तर परमेश्वरले दाऊद, उनका सन्तानहरू, उनको राज परिवार र उनको राज्यलाई सदा नै शान्ति दिनु हुनेछ।”

2:34b.1KI.002.034 यसै कारण यहोयादाका छोरा बनायाहले योआबलाई मारे। योआबलाई मरूभूमिमा उनको घरको नजिकै नै गाडीयो।

2:35b.1KI.002.035 तब सुलेमानले यहोयादाका छोरा बनायाहलाई योआबको ठाउँमा सेनाको सेनापति बनाए। सुलेमानले एबीयातारको ठाउँमा सादोकलाई नयाँ पूजाहारीको पदमा नियुक्त पनि गरे।

2:36b.1KI.002.036 त्यसपछि राजाले शिमीलाई बोलाए। राजाले उनलाई भने, “यहाँ यरूशलेममा आफ्नोलागि एउटा घर बनाऊ। त्यस घरमा बस अनि शहर नछोड।

2:37b.1KI.002.037 यदि तिमी शहर छोडछौ अनि किद्रोनको खोल्सा पारी जान्छौ भने तिमीलाई मारिने छ अनि यो नै तिम्रो आफ्नो दोष हुनेछ।”

2:38b.1KI.002.038 यसकारण शिमीले जवाफ दिए, “महाराज, ठीकै छ। म तपाईंको आदेश पालन गर्नेछु।” यस कारण शिमी लामो अवधिसम्म यरूशलेममा बसे।

2:39b.1KI.002.039 तर तीन वर्षपछि शिमीका दुइ जना दासहरू भागे। तिनीहरू गातका राजा, माकाका छोरा आकीश कहाँ गए। शिमीले सुने, उनका दासहरू गातमा छन्।

2:40b.1KI.002.040 यसर्थ शिमीले आफ्नो जिन खच्चडमाथि राखे अनि गातमा राजा आकीशसमक्ष आफ्ना दासहरू लिन गएका थिए। उनले तिनीहरूलाई त्यहाँ भेटे अनि घर फर्काए।

2:41b.1KI.002.041 तर कसैले सुलेमानलाई सुनायो, शिमी यरूशलेमबाट गात गए अनि फर्केर आए।

2:42b.1KI.002.042 यस कारण सुलेमानले उनलाई बोलाए। सुलेमानले भने, “मैले परमेश्वरको नाउँमा तँ सित शपथ गराएको यदि तैंले यरूशलेम छाडिस भने तँ मर्ने छस्। मैले चेताउनी दिएको थिएँ, यदि तँ कत्तै गइस् भने तँ मारिने छस अनि त्यो तेरो आफ्नै दोष हुनेछ जे भनेको थिंए त्यसमा तँ समहत भइस् तैंले भनिस् तैंले मेरो आज्ञा पालन गर्नेछु।

2:43b.1KI.002.043 परमप्रभुको नाउँमा तैंले बनाएको प्रतिज्ञा किन उलंघन गरिस्? किन तैंले मेरो आज्ञा पालन गरिनस्?

2:44b.1KI.002.044 तँलाई थाहा छ तैंले मेरा पिताको विरूद्धमा धेरै भूल कामहरू गरेको थिइस्। अब ती भूल कामका लागि परमेश्वरले तँलाई दण्ड दिनु हुनेछ।

2:45b.1KI.002.045 तर परमेश्वरले मलाई आशीर्वाद दिनु हुनेछ। उहाँले दाऊदको राज्यलाई सँधै नै सुरक्षित राख्ननु हुनेछ।”

2:46b.1KI.002.046 तब राजा सुलेमानले यहोयादको छोरा बनायाहलाई शिमीको हत्या गर्ने हुकूम दिए अनि उनले त्यसै पालन गरे। अब राज्यमा सुलेमानको पूर्ण नियन्त्रण थियो।

3

3:1b.1KI.003.001 सुलेमानले मिश्रका राजा फिरऊनकी छोरीसँग विवाह गरेर उनीसँग सन्धि गरे। सुलेमानले उनलाई दाऊद शहरमा ल्याए। यस समयमा सुलेमान आफ्नो महल र परमप्रभुको मन्दिरको निर्माण गर्दै थिए। सुलेमान यरूशलेमको वरिपरि पर्खाल पनि बनाइरहेका थिए।

3:2b.1KI.003.002 मन्दिरको निर्माण-कार्य पूरा भइसकेको थिएन। यस कारण मानिसहरू अग्लो ठाउँहरूमा बनाइका वेदीहरूमा पशु बलि दिइरहेका थिए।

3:3b.1KI.003.003 सुलेमानले परमेश्वरलाई प्रेम गर्थे। उसले उसका पिता दाऊदले गरेको आज्ञाहरू पालन गरेर देखाए। तर सुलेमानले दाऊदले उसलाई नभनेका कुरो गरे। यद्यपि सुलेमान अझै बलि चढाउनु, धूप बाल्नु अग्ला ठाउँहरूको प्रयोग गर्दे गए।

3:4b.1KI.003.004 राजा सुलेमान बलि चढाउन गिबोन गए। उनी त्यस ठाउँमा जाने कारण के थियो भने त्यो सबै भन्दा महत्वपूर्ण अग्लो स्थल थियो। सुलेमानले त्यस वेदीमा 1,000 बलि चढाए।

3:5b.1KI.003.005 सुलेमान गिबोनमा भएको समयमा राति सपनामा परमप्रभु उनकहाँ देखा पर्नुभयो। परमेश्वरले भन्नुभयो, “तँलाई जे चाहिन्छ भन्। म तँलाई त्यो दिनेछु।”

3:6b.1KI.003.006 सुलेमानले जवाफ दिए, “आफ्ना भक्त मेरा पिता दाऊद प्रति तपाईं औधी दयालु हुनुहुन्थ्यो। उहाँले तपाईंको अनुसरण गर्नुभयो। उहाँ धर्मी अनि इमान्दारी थिए। उहाँ पछि, उसलाई एउटा छोरा उसको सिंहासनमा बस्न दिएर महान दया देखाँउनु भयो।

3:7b.1KI.003.007 परमप्रभु मेरो परमेश्वर, मेरा पिता दाऊदको स्थानमा मलाई राजा हुने अनुमति दिनु भएको छ। तर म सानो केटा मात्र छु, मानिसहरू दोह्रयाउन गर्ने अनुभवको कामेछ।

3:8b.1KI.003.008 म, तपाईंको दास हँू अनि तपाईंले चुनिएको मानिसहरू मध्ये एक हूँ जो असंख्य छन्। त्यो गन्न सकिदैन। यसकारण शासकले तिनीहरूबीच धेरै निर्णय लिनु पर्छ।

3:9b.1KI.003.009 यसै कारण म तपाईंसमक्ष बुद्धिको माग गर्दैछु जसको कारण म राम्ररी शासन गर्न सकूँ अनि सहीढंगमा जनतालाई न्याय दिन सकूँ। यसले मलाई सही र भूलबीच अन्तर छुट्‌याउने योग्यता दिने छ। यस महान्, बुद्धिको अभावमा यी महान् मानिसहरू माथि शासन गर्न सम्भव छैन।”

3:10b.1KI.003.010 सुलेमानले आफ्नो बुद्धिको लागि माग गरेकोमा परमप्रभु प्रसन्न हुनुभयो।

3:11b.1KI.003.011 यसकारण परमेश्वरले उनलाई भन्नुभयो, “तैंले आफ्नो लागि दीर्घायु मागिनस् अनि तैंले धन-सम्पत्तिको माग पनि गरिनस्। तैंले आफ्ना शत्रुहरूको मृत्युको माग पनि गरिनस्। तर तैंले बुद्धिका लागि बिन्ती गरिस् अनि सही निर्णय लिइस्।

3:12b.1KI.003.012 यस कारण म तैंले मागेको कुरा दिनेछु। म तँलाई बुद्धि र विवेक दिनेछु। म तँलाई यस्तो महान् बुद्धिजीवी बनाउने छु जस्तो अतीतमा कोही भएको थिएन। अनि भविष्यमा तँ जस्तो अरू कुनै हुने छैन।

3:13b.1KI.003.013 तँलाई पुरस्कृत गर्नका लागि तैंले नमागेको कुराहरू पनि म तँलाई दिनेछु। तेरो सम्पूर्ण जीवनमा सम्पत्ति र सम्मान प्राप्त हुनेछ। संसारमा तँ जस्तो महान् अरू राजा हुने छैन।

3:14b.1KI.003.014 म चाहन्छु, तैंले मेरो आज्ञा मान तँ मेरा अनुसरण गर अनि मेरो नियम र आज्ञाको पालन गर। यो काम त्यसरी नै गर जसरी तेरा पिता दाऊदले गरेका थिए। यदि तैंले मेरो इच्छा अनुसार काम गरिस भने म तँलाई लामो जीवन दिनेछु।”

3:15b.1KI.003.015 सुलेमान बिउँझे। उनलाई थाहा भयो सपनामा परमेश्वरले उनीसँग कुराकानी गर्नुभएको। तब सुलेमान यरूशलेम गए अनि परमप्रभुको करारको सन्दूकसामु उभिए। उनले परमप्रभुलाई होमबलि चढाए अनि मेलबलि दिए। त्यसपछि उनले शासन गर्नमा सघाउने सबै प्रमुख व्यक्ति अनि अधिकारीहरूलाई भोज दिए।

3:16b.1KI.003.016 एक दिन दुइ जना स्त्रीहरू जो बेश्या थिए, सुलेमान कहाँ आए। तिनीहरू राजाको सामु उभिए।

3:17b.1KI.003.017 एक जना स्त्रीले भनी, “महाराज, यो स्त्री र म एउटै घरमा बस्छौं। हामी दुवै जना गर्भवती थियौं अनि नानी जन्माउने बेला भएको थियो। मैले मेरो नानी जन्माएँ त्यस बेला ऊ मसँगै थिई।

3:18b.1KI.003.018 तीन दिनपछि यस आइमाईले पनि आफ्नो नानी जन्माई। त्यस घरमा हामीसँग अरू कुनै मानिस थिएन। हामी दुइ जना मात्र थियौं।

3:19b.1KI.003.019 एक रात यो आइमाई आफ्नो नानीसंग सुतेकी थिई, नानी मरेछ।

3:20b.1KI.003.020 राति नै म सुतेको बेला उसले मेरो नानी मेरो ओछ्यानबाट लगी। मेरो ओछ्यानमा मरेको नानी राखी।

3:21b.1KI.003.021 बिहान म ब्यूँझिएँ अनि मेरो नानीलाई दूध खुवाउन लागें। तर मेरो नानी मरेको थियो। तब मैले त्यसलाई राम्ररी नियालेर हरें। मैले देखें, त्यो मेरो नानी थिएन।”

3:22b.1KI.003.022 तर अर्की स्त्रीले भनी, “होइन! जिउँदो नानी मेरो हो। मृत नानी तेरो हो!” तर पहिलो स्त्रीले भनी, “होइन, तँ गलत छेस्! मृत नानी तेरो हो अनि जिउँदो नानी मेरो हो!” यस प्रकार दुइ जना स्त्री राजा सामु तर्क गर्न लागे।

3:23b.1KI.003.023 तब राजा सुलेमानले भने, “तिमीमध्ये प्रत्येकले जिउँदो नानी मेरो हो भन्दै छौ अनि मृत नानीलाई तिमीहरू अर्काको बताउँदैछौं।”

3:24b.1KI.003.024 तब राजा सुलेमानले सेवकलाई तरवार लिन पठाए।

3:25b.1KI.003.025 अनि राजा सुलेमानले भने, “हामी यही गर्ने छौं। जिउँदो नानीलाई दुइ टुक्रा गरी काट्नेछौ अनि दुवै आइमाईलाई नानीको आधा-आधा भाग दिनेछौं।”

3:26b.1KI.003.026 अर्की आइमाईले भनी, “यो ठीक छ। नानीलाई दुइ टुक्रा पार्नुहोस्। तब हामीमध्ये कोही पनि उसलाई पाउने छैनौं।” तर पहिलो आइमाई, जो असली आमा थिई, उ आफ्नो नानीको मायाले व्याकुल थिई। उसले राजालाई भनी, “महाराज, नानीलाई कृपया नकाट्नुहोस् बरू उसलाई नै दिनुहोस्।”

3:27b.1KI.003.027 तब राजा सुलेमानले भने, “नानीलाई नकाट! यसलाई पहिलो आइमाईलाई दिइहाल। ऊ नै असली आमा हो।”

3:28b.1KI.003.028 इस्राएलका मानिसहरूले राजा सुलेमानको निर्णय सुने। तिनीहरूले उनको धेरै नै आदर र सम्मान गरे किनभने उनी बुद्धिमान थिए। तिनीहरूले देखे सही न्याय गर्नमा उनीसँग परमेश्वरको बुद्धि थियो।

4

4:1b.1KI.004.001 राजा सुलेमानले इस्राएलका जनता माथि शासन गर्न थाले।

4:2b.1KI.004.002 शासन गर्नमा उनलाई सहयोग गर्ने प्रमुख अधिकारीहरूको नाम यी हुन्। सादोकका छोरा अजर्याह। अजर्याह पूजाहारी थिए।

4:3b.1KI.004.003 शीशाका छोराहरू एलीहोरेप र अहियाह। एलीहोरेप र अहियाह लेखकहरू थिए। अहीलूदका छोरा यहोशापात। यहोशापात जनगणको इतिहासको विवरण लेख्ने गर्दथे।

4:4b.1KI.004.004 यहोयादाका छोरा बनायाह। बनायाह सेनापति थिए। सादोक र एबीयातार। यिनीहरू पूजाहारीहरू थिए।

4:5b.1KI.004.005 नातानका छोरा अजर्याह। अजर्याह जिल्ला राजापालको हाक्किम थिए। नातानका छोरा याबूद। याबूद राजा सुलेमानका सल्लाहकार अनि पूजाहारी थिए।

4:6b.1KI.004.006 अहीशार। अहीशार महलको प्रत्येक वस्तुका लागि जिम्मेवार थिए। अब्दाका छोरा अदोनीरामः अदोनीराम दासहरूको अध्यक्ष थिए।

4:7b.1KI.004.007 इस्राएललाई बाह्रवटा क्षेत्रहरूमा विभाजन गरिएको थियो जसलाई जनपद भनिन्थ्यो। सुलेमानले प्रत्येक जनपदको राजपाल छान्ने गर्दथे। राजपाललाई आफ्नो जनपदबाट खाद्य संकलन गर्ने अनि राजा तथा उनको परिवारलाई खाद्यान दिने आदेश दिइएको थियो। प्रत्येक वर्षको एक महीनामा राजालाई खाद्यान सामग्री जम्मा गर्ने दायित्व बाह्र जना राजपालहरू माथि थियो।

4:8b.1KI.004.008 बाह्रजना राजपालहरूका नाउँ यी हुन्; बेनहर एप्रैमको पार्वत्य प्रदेशको राजपाल थिए।

4:9b.1KI.004.009 माकश, शाल्बीम, बेतशेमेश अनि एलोनरबेत-तनानका राजपाल बेन्दकेर थिए।

4:10b.1KI.004.010 अरूबोत, सोको अनि हेपेरका राजपाल बेन-हेसेद थिए।

4:11b.1KI.004.011 बेन अबीनादाब नपोत दोरका राजपाल थिए। उनले सुलेमानकी छोरी तापत-सँग विवाह गरेका थिए।

4:12b.1KI.004.012 अहीलूदका छोरा बाना तानाक अनि मगिद्दो तथा सारतानको छेउमा भएको सबै बेतशानको राजपाल थिए। यो यिज्रेलको तल बेत-शानदेखि लिएर योकमाम पारि आबेल-महोलासम्म थियो।

4:13b.1KI.004.013 बेन-गेबेर रामोत गिलादका राज्यपाल थिए। उनी गिलादमा मनश्शेका छोरा याईरको सबै शहरहरू अनि गाउँका पनि राज्यपाल थिए। उनी बाशानमा अर्गोब अञ्चलका पनि शासक थिए। यस इलाकामा वरिपरि ठूला-ठूला पर्खालले घेरेका साठीवटा शहरहरू थिए। अनि शहरहरूको मूल ढोकामा काँसाका बारहरू थिए।

4:14b.1KI.004.014 इद्दोका छोरा अहीनादाब महनेमका राजपाल थिए।

4:15b.1KI.004.015 अहीमास नप्तालीका राजपाल थिए। उनको विवाह सुलेमानकी छोरी बासमत सँग भएको थियो।

4:16b.1KI.004.016 हूशैका छोरा बाना आशेर र आलोतका राजपाल थिए।

4:17b.1KI.004.017 पारूहका छोरा यहोशापात इस्साकारका राजपाल थिए।

4:18b.1KI.004.018 एलाका छोरा शिमी बिन्यामीनका राजपाल थिए।

4:19b.1KI.004.019 ऊरीका छोरा गेबेर गिलादका राजपाल थिए। गिलाद त्यो प्रदेश थियो जहाँ एमोरीहरूका राजा सीहोन अनि बाशानका राजा ओग शासन गर्दथिए। तर गेबेर मात्र यस जनपदका राजपाल थिए।

4:20b.1KI.004.020 यहूदा र इस्राएलमा धेरै संख्यामा मानिसहरू थिए। मानिसहरूको संख्या समुद्रतटका बालुवाका कण जति नै थिये। मानिसहरू सुखी जीवन व्यतीत गर्दैथिएः तिनीहरू खानपीन गर्दथिए अनि खुशी थिए।

4:21b.1KI.004.021 सुलेमान यूफ्रेटिस नदी देखि लिएर पलिश्ती मानिसहरूको धर्ती-सम्म शासन गर्दथे। उनको राज्य मिश्र देशको सीमानासम्म फिंजिएको थियो। यी देशहरूले सुलेमानकहाँ उपहार पठाए अनि जीवनभरि नै आज्ञा पालन गरिरहे।

4:24b.1KI.004.024 सुलेमान यूफ्रेटिस नदीको पश्चिम तिरका सबै देशहरूमा शासन गर्दथे। यो क्षेत्र तिप्सादेखि गाजाँसम्म थियो। सुलेमानले राज्यको चारैतिर शान्ति कायम गरेका थिए।

4:25b.1KI.004.025 सुलेमानको जीवनकालमा यहूदा अनि इस्राएलमा, दानदेखि बेर्शेबासम्मका सबै मानिसहरू शान्ति अनि सुरक्षामा थिए। मानिसहरू आफ्नै अंजीरका रूख अनि दाखको लहरा मुनी शान्तिका साथ बस्ने गर्दथे।

4:26b.1KI.004.026 सुलेमानसित उनका रथहरूका 4,000 घोडाहरू राख्ने र घोड सैनिकहरू बस्ने ठाउँ थियो अनि उनीसित 12,000 घोडाको हेरविचार गर्ने मानिसहरू (सएसहरू) थिए।

4:27b.1KI.004.027 प्रत्येक महीना बाह्र जनपद मध्ये एक जना राजपालले सुलेमानलाई ती जिनिसहरू दिने गर्दथे जो उनलाई चाहिन्थ्यो। राजाको मेजमा भोजन गर्ने प्रत्येक मानिसका लागि यो पर्याप्त थियो।

4:28b.1KI.004.028 शासकहरूले यी पशुहरूका निम्ति प्रचुर मात्रमा खाना अनि जौं जुटाउने गर्थे। तिनीहरूले ती अन्नहरू निश्चित ठाउँमा ल्याए।

4:29b.1KI.004.029 परमेश्वरले सुलेमानलाई ज्यादै बुद्धिमान बनाउनुभयो। सुलेमान धेरै किसिमका कुरा बुझ्न सक्थे। उनको बुद्धि यति महान, थियो, कल्पना गर्न सकिन्न।

4:30b.1KI.004.030 सुलेमान पूर्वी देशहरूका सबै मानिसहरू अनि सबै मिश्रीहरू भन्दा ज्ञानी थिए।

4:31b.1KI.004.031 उनी विश्वमा सबै मानिसहरूभन्दा बढी बुद्धिमानी थिए। उनी एज्रही एतानभन्दा पनि बढी बुद्धिमान थिए। उनी हेमान, कलकोल अनि दर्दा भन्दा बढी बुद्धिमान थिए। यिनीहरू माहोलका छोरा थिए। राजा सुलेमान इस्राएल र यहूदाको वरिपरिका सबै देशहरूमा प्रख्यात भए।

4:32b.1KI.004.032 आफ्नो जीवन-कालमा सुलेमानले 3,000 ज्ञानवर्द्धक शिक्षाहरू अनि 1,005 गीतहरू रचे।

4:33b.1KI.004.033 सुलेमान प्रकृतिको विषयमा धेरै जान्दथे। उनले लबानोनका विशाल देवदारू रूखहरूको विषयमा शिक्षा दिंद थिए, बाबरी बिरूवाको विषयमा जो भित्ताहरू माथि उम्रिन्थ्ये। उनले जनावरहरू, चराचुरूङ्गी, घस्रने जन्तुहरू अनि माछाको विषयमा पनि वार्तालाप गर्दथे।

4:34b.1KI.004.034 सबै राष्ट्रहरूका मानिसहरू राजा सुलेमानको ज्ञानका कुरा सुन्न आउने गर्दथे। सबै राष्ट्रका राजाहरू आफ्ना बुद्धिमान मानिसहरूलाई राजा सुलेमानको कुरा सुन्न पठाउँने गर्दथे।

5

5:1b.1KI.005.001 हीराम सोरका राजा थिए। हीराम दाऊदका मित्र थिए। यसकारण जब हीरामले दाऊदपछि सुलेमान नयाँ राजा भएको सुने, उनले सुलेमान कहाँ दासहरू पठाए।

5:2b.1KI.005.002 सुलेमानले राजा हीरामलाई जे भने, यो होः

5:3b.1KI.005.003 “तपाईंलाई थाहै छ, मेरा पिता दाऊदले चारैतिर धेरै नै युद्ध गर्नु परेको थियो। यस कारण परमप्रभु उहाँको परमेश्वरको सत्कारमा उहाँ एउटा मन्दिर बनाउने योग्य हुनु भएन। राजा दाऊद तब सम्म पर्खिरहे जबसम्म परमप्रभुले उनलाई सबै शत्रुहरू परास्त गर्ने वरदान दिनुभएन।

5:4b.1KI.005.004 तर अहिले परमप्रभु मेरा परमेश्वरले मेरो देशको चारैतिर मलाई शान्ति दिनुभएकोछ। अब मेरो कोही शत्रु छैनन्। मेरा प्रजाहरू संकटमा छैनन्।

5:5b.1KI.005.005 “परमप्रभुले मेरा पितासँग एउटा प्रतिज्ञा गर्नु भएको थियो परमप्रभुले भन्नुभयो, ‘तँपछि तेरो छोरालाई राजा बनाउनेछु अनि तेरो छोराले मेरा सत्कारमा एउटा मन्दिर बनाउने छ।’ अब म परमेश्वरको सत्कारमा मन्दिर निर्माण गर्ने योजना गर्दैछु।

5:6b.1KI.005.006 यसकारण म तपाईंलाई सहयोग गर्ने अनुरोध गर्दछु। तपाईंका मानिसहरू लबानोन दिनुहोस्। त्यहाँ तिनीहरू मेरा लागि धूपीका रूख काट्ने छन्। मेरा सेवकहरू तपाईंका मानिसहरूसँगै काम गर्नेछन्। आफ्ना मानिसहरूको मज्दुरीको रूपमा तपाईंले तोक्नु, भएको रकम म दिनेछु। मलाई तपाईंको सहयोगको खाँचो छ। हाम्रा काठकर्मीहरू सीदोनका काठकर्मीजति सिपालु छैनन्।”

5:7b.1KI.005.007 जब हीरामले सुलेमानले मागेको कुरा सुने, उनी औधी खुशी भए। राजा हीरामले भने, “यो विशाल राष्ट्रको शासन गर्ने बुद्धिमान छोरा दाऊदलाई दिएकोमा आज म परमप्रभुलाई धन्यवाद दिन्छु!”

5:8b.1KI.005.008 तब हीरामले सुलेमान कहाँ संन्देश पठाए। सन्देशमा भनिएको थियो, “तपाईंले भन्नु भएको कुरा मैले सुने। तपाईंले मागेको सबै धूपी अनि सल्लाका रूखहरू दिनेछु।

5:9b.1KI.005.009 मेरो सेवकहरूले यी रूखहरू लबानोनदेखि समुद्रसम्म ल्याउनेछन्। तब ती रूखहरू बाँध्नेछु अनि तपाईंले इच्छा गर्नु भएको ठाउँसम्म बगाएर पठाउने छु। त्यहाँ म तिनीहरूलाई जम्मा गर्ने छु अनि तपाईंले तिनीहरूलाई आफ्नो साथ लिएर जान सक्नु हुन्छ।” बद्लामा तपाईंले मेरो घर परिवारको लागि खान पठाईदिनुहोस्।”

5:10b.1KI.005.010 यसकारण हीरामले सुलेमानलाई उसलाई चाहे जति सक्दो देवदारू अनि गोब्रेसल्लाको रूखहरू जुटाए।

5:11b.1KI.005.011 सुलेमानले हीरामलाई 20,000 मुरी गहुँ र 20 मुरी भद्राक्षको तेल प्रत्येक वर्ष उसको परिवारको निम्ति जुटाए।

5:12b.1KI.005.012 परमप्रभुले प्रतिज्ञा गर्नुभए अनुसार सुलेमानलाई बुद्धि दिनुभयो। हीराम र सुलेमान माझ शान्ति थियो। यी दुइ राजाहरूले आफ्समा सन्धि गरेका थिए।

5:13b.1KI.005.013 राजा सुलेमानले यस कार्यमा सघाउ पुर्याउन इस्राएलका तीस हजार मानिसहरूलाई बोलाए।

5:14b.1KI.005.014 राजा सुलेमानले अदोनीराम नाउँको व्यक्तिलाई प्रमुख बनाए। सुलेमानले मानिसहरूलाई तीन वटा दलमा विभाजन गरे। प्रत्येक दलमा 10,000 मानिसहरू थिए। प्रत्येक दलले लबानोनमा एक महीना काम गरे अनि तब दुइ महीना घर जाने गर्द थिए।

5:15b.1KI.005.015 सुलेमानले पर्वतीय क्षेत्रमा 80,000 मानिसहरूलाई काममा लगाए। ती मानिसहरूको काम चट्टान काट्नु थियो। चट्टान बोक्ने मानिसहरू 70,000 थिए।

5:16b.1KI.005.016 काम गर्ने मानिसहरूको काम हेर्ने 3,300 नाईकेहरू पनि थिए।

5:17b.1KI.005.017 राजा सुलेमानले मन्दिरको आधारशिलाको निम्ति तिनीहरूलाई विशाल अनि मूल्यवान ढुङ्गाहरू काट्ने आदेश दिएका थिए। ती ढुङ्गाहरू सावधानीपूर्वक काटियो।

5:18b.1KI.005.018 तब सुलेमानका कारीगरहरू, हीरामका कारीगरहरूले अनि गबालीहरू ढुङ्गामा बुट्टा काट्ने काम गरे। तिनीहरूले मन्दिर निर्माणको निम्ति ढुङ्गा अनि काठहरू तयार पारे।

6

6:1b.1KI.006.001 तब सुलेमानले मन्दिर बनाउन शुरू गरे। इस्राएलका मानिसहरूले मिश्र देश छोडेको 480 वर्ष पछिको कुरा थियो। यो सुलेमान राजाको शासनको चौथो वर्ष थियो। यो वर्षको दोस्रो महीना, जिबको महिना थियो।

6:2b.1KI.006.002 मन्दिर 60 हात लामो, 20 हात चौंडा अनि 30 हात अग्लो थियो।

6:3b.1KI.006.003 मन्दिरको मण्डप 20 हात अग्लो अनि 10 हात चौंडा थियो। बरन्डा मुख्य भागसम्म बडाएको थियो। यसको लम्बाई मन्दिरको चौडाईको बराबर थियो।

6:4b.1KI.006.004 त्यहाँ मन्दिरमा साँघुरा झ्यालहरू थिए। यी झ्यालहरू बाहिरबाट साँधुरो अनि भित्रबाट फराकिलो थियो।

6:5b.1KI.006.005 तब सुलेमानले मन्दिरको मुख्य भागको वरिपरि कोठाहरूको लहर बनाए। यी कोठाहरू एका अर्काको माथि बनाइएका थिए। कोठाहरूको लहर तीन तल्ला अग्लो थियो।

6:6b.1KI.006.006 कोठाहरू मन्दिरको भित्तासँग मिलेका थिए, तर तिनका निदालहरू भित्ता माथि बनाइएका थिएनन्। माथि मन्दिरको भित्ता पातलो थियो। यसकारण ती कोठाहरूको एकतिर बनाइएको भित्ता तलको भन्दा पातलो थियो। सबै भन्दा माथिल्लो तलाका कोठाहरू पाँच हात चौडा थिए। माझका कोठाहरू छः हात चौडा थिए। त्यस माथिका कोठाहरू सात हात चौंडा थिए।

6:7b.1KI.006.007 कर्मीहरूले भित्ता बनाउनमा विशाल ढुङ्गाहरू प्रयोग गरे। कर्मीहरूले ढुङ्गा त्यस ठाउँमा काटे जहाँ जमीनबाट तिनीहरूलाई बाहिर निकालिइएको थियो। यस कारण मन्दिरमा मार्तल, बञ्चरो अथवा अरू कुनै फलामको हात हतियारको हल्ला थिएन।

6:8b.1KI.006.008 मन्दिरको तल्लो तलाको प्रवेश-द्वार दक्षिण तिर थियो। भित्रतिर दोस्रो तलाका कोठाहरूमा जाने भर्याङहरू थिए अनि त्यहाँबाट तेस्रो तलामा जाने।

6:9b.1KI.006.009 यसकारण सुलेमानले मन्दिरको निर्माण कार्य सिध्याए। मन्दिरको प्रत्येक भाग धूपीको फल्याकले ढाकेको थियो।

6:10b.1KI.006.010 सुलेमानले भवनको चारैतिर कोठाहरू पनि बनाएर सिध्याए। प्रत्येक तला पाँच हात अग्लो थियो। कोठाहरूको आड दिने देवदारूका दलानहरू घरको कोठाहरू सित मिलेएको थियो।

6:11b.1KI.006.011 परमप्रभुले सुलेमानलाई भन्नुभयो,

6:12b.1KI.006.012 “यदि तैंले मेरो सबै विधि र विधान पालन गरिस् भने म ती सबै काम गर्नेछु जसका लागि मैले तेरा पिता दाऊदसँग प्रतिज्ञा गरेको थिएँ।

6:13b.1KI.006.013 अनि तैंले बनाएको यस मन्दिरमा इस्राएलका नानीहरूको बीचमा बस्नेछु। म इस्राएलका मानिसहरूलाई कहिले पनि छोडने छैन।”

6:14b.1KI.006.014 यस प्रकार सुलेमानले मन्दिरको निर्माण कार्य सिध्याए।

6:15b.1KI.006.015 मन्दिर भित्रका ढुङ्गाका भित्ताहरूलाई धूपीका फल्याकहरूले ढाकिएको थियो। धूपीका फल्याकहरू भूइँदेखि छानासम्म ठोकिएका थिए। ढुङ्गाको भूइँमाथि सल्लाका फल्याकहरू ओछ्याइएका थिए।

6:16b.1KI.006.016 तिनीहरूले मन्दिरको पछिल्तिर 20 हात लामो अनि गहिरो एउटा कोठा बनाएका थिए। तिनीहरूले यस कोठाका भित्ताहरूमा ठोकेका थिए। यस कोठालाई महा पवित्र स्थान भनिन्थ्यो।

6:17b.1KI.006.017 महा पवित्र स्थानको अघि मन्दिरको मुख्य भाग थियो। यो कोठा 40 हात हामो थियो।

6:18b.1KI.006.018 तिनीहरूले यस कोठाका भित्ताहरू धूपीका फल्याकहरूद्वारा ढाकेको थियो भित्ता दिवालका कुनै ढुङ्गाहरू देखिंदैन थिए। तिनीहरूले देवदारूको तकताहरूमा लौकाहरू अनि फूलहरू को चित्रहरू कुँदेका थिए।

6:19b.1KI.006.019 सुलेमानले मन्दिरको पछाडी तल गहिरो कोठा बनाए। यो कोठा परमप्रभुको करारको सन्दूकको लागि थियो।

6:20b.1KI.006.020 यो कोठा 20 हात लामो, 20 हात चौडा अनि 20 हात अग्लो थियो।

6:21b.1KI.006.021 सुलेमानले यस कोठालाई शुद्ध सुनले ढाके उनले महा पवित्र स्थानको प्रवेश सामुन्ने, सुनको साङ्गलीहरू लगाए।

6:22b.1KI.006.022 मन्दिरको सबै भाग सुनले ढाकेको थियो। महा पवित्र स्थान अघिको वेदी पनि सुन जडिएको थियो।

6:23b.1KI.006.023 कर्मीहरूले करूब र्स्वगदूतका मूर्तिहरूका पंखेटा समेत बनाएका थिए। भद्राक्ष काठको मूर्तिहरू बनाएका थिए। यी करूब दूतहरूका मूर्तिहरू महा पवित्र स्थानमा स्थापना गरिएका थिए। प्रत्येक र्स्वगदूतको मूर्ति 10 हात अग्ला थिए।

6:27b.1KI.006.027 यी करूब स्वर्गदूतहरूलाई महा पवित्र स्थानमा स्थापना गरिएको थियो। तिनीहरूको पखेटाले एका-अर्काको छेऊमा उभिएका थिए। तिनीहरूको पखेटाले एका अर्कालाई कोठाको माझमा स्पर्श गरेको थियो। अरू दुइ पखेटाहरूले प्रत्येक भित्तालाई स्पर्श गरेको थियो।

6:28b.1KI.006.028 दुइ करूब स्वर्गदूतहरूलाई सुनले जडिएको थियो।

6:29b.1KI.006.029 मुख्य र भित्री कोठाको वरिपरि भित्ताहरूमा करूब स्वर्गदूत, ताडको रूख अनि फूलहरूको चित्र अंकित गरिएको थियो।

6:30b.1KI.006.030 दुवै कोठाको भुइंमा सुन जडिएको थियो।

6:31b.1KI.006.031 कर्मीहरूले भद्राक्ष काठको दुइवटा दैलो बनाएका थिए। तिनीहरूले ती कोठाहरू महा पवित्र स्थानको प्रवेश-द्वारमा लगाएका थिए। दैलोको चारैतिरको चौखट पाँचवटा बाहुले बनाइएको थियो।

6:32b.1KI.006.032 तिनीहरूले दुइवटा दैलो भद्राक्ष काठको बनाएका थिए। कर्मीहरूले दैलोमा करूब स्वर्गदूत, ताडको रूख अनि फूलहरू चित्र अङ्कित गरेका थिए। तब तिनीहरूले दैलोलाई सुनले मोरे।

6:33b.1KI.006.033 तिनीहरूले प्रवेश-द्वारदेखि मुख्य कोठासम्म पनि दैलो बनाएका थिए। तिनीहरूले एउटा चारकुने दैलोको चौखट बनाउनमा भद्राक्षको काठ प्रयोगगरे।

6:34b.1KI.006.034 तब तिनीहरूले ती दैलोहरू बनाउनमा सल्लाको काठ प्रयोगगरे। त्यहाँ दुइवटा दैलाहरू थिए। प्रत्येक दैलोको दुइवटा मोडहरू थिए।

6:35b.1KI.006.035 तिनीहरूले दैलाहरूमा करूब स्वर्गदूत, ताडको रूख अनि फूलहरूको चित्रले सजाएका थिए। तब तिनीहरूले तिनलाई सुनले ढाकेका थिए।

6:36b.1KI.006.036 तब तिनीहरूले भित्री आँगन बनाए। त्यस आँगनको वरिपरि भित्ता बनाए। प्रत्येक भित्ता तीन लहर काटेको ढुङ्गा अनि एक लहर धूपीको काठद्वार बनाइएको थियो।

6:37b.1KI.006.037 तिनीहरूले मन्दिरको निर्माण कार्य वर्षको दोस्रो महीना जिब महिनामा शुरू गरेका थिए। इस्राएलका राजाको रूपमा सुलेमानको चौथो वर्ष बितेको थियो।

6:38b.1KI.006.038 मन्दिर वर्षको आठौं महीना बूलमा पूरा भयो। यो समय सुलेमानले जनगण माथि शासन गरेको एघारौं वर्ष थियो। मन्दिरको निर्माण कार्य पूरा हुनमा सात वर्ष लाग्यो। मन्दिरको निर्माण योजना अनुरूप नै भयो।

7

7:1b.1KI.007.001 राजा सुलेमानले आफ्नो लागि एउटा महल बनाए। उसको महल बनाउनका लागि 13 वर्ष लाग्यो।

7:2b.1KI.007.002 उनले “लबानोनको वन” नाउँ भएको भवन बनाए। यो 100 हात लामो, 50 हात चौडा अनि 30 हात अग्लो थियो। यसमा चार लहर देवदारका खाम्बाहरू थिए। प्रत्येक खाम्बाको माथि देवदारको मुकुट थियो।

7:3b.1KI.007.003 खाम्बाहरूको लहरमाथि देवदारूका दलमीहरू थिए। तिनीहरूले देवदारूको दलमीहरूको माथि छानाका लागि देवदारूको तख्ता ठोकेका थिए। खाम्बाको प्रत्येक खण्डमा 15 वटा दलमीहरू थिए। सब जम्मा 45 वटा दलमीहरू त्यहाँ थिए।

7:4b.1KI.007.004 त्यहाँ तीनलहर एकाआर्कामा फर्किएका ढोकाहरू थिए।

7:5b.1KI.007.005 प्रत्येक छेऊमा तीनवटा दैलाहरू थिए। सबै ढोकाहरू अनि चौखटहरू चारकुने थिए।

7:6b.1KI.007.006 सुलेमानले “खाम्बाहरूद्वार मण्डप” पनि बनाए। यो 50 हात लामो अनि 30 हात चौडा थियो। द्वार मण्डपको अघि खाम्बाहरूमा आधारित छानो थियो।

7:7b.1KI.007.007 सुलेमानले एउटा सिंहासन कक्ष पनि बनाए जहाँ तिनी जनगणलाई न्याय दिने गर्दथे। उनले त्यसको नाउँ “न्यायको कक्ष” राखेका थिए। त्यो कोठा भुईंदेखि छानासम्म देवदारको काठ ठोकिएको थियो।

7:8b.1KI.007.008 सुलेमान बस्ने महल न्यायको कक्षको भित्र थियो। यो महल न्यायको कक्ष जस्तैं बनाइएको थियो। उनले यस्तैं प्रकारको घर आफ्नी पत्नी, मिश्रका राजाकी छोरीका लागि बनाएका थिए।

7:9b.1KI.007.009 यी सबै भवनहरू बहुमूल्य ढुङ्गाका टुक्राद्वारा बनाइएका थिए। यी ढुङ्गाहरू आराद्वारा चाहिएको आकारमा काटिएका थिए। तिनीहरू अघि अनि पछि काटिएका थिए। यी बहुमूल्य ढुङ्गाहरू जगदेखि भित्ताको माथिल्लो तहसम्म लगाइएका थिए। आँगनको वरिपरिको भित्तासम्म बहुमूल्य ढुङ्गाका टुक्राद्वारा बनाइएका थिए।

7:10b.1KI.007.010 जग ठूला-ठूला बहुमूल्य ढुङ्गाहरूद्वारा स्थापित गरिएको थियो। केही ढुङ्गाहरू 10 हात लामा अनि अरू 8 हात लामा थिए।

7:11b.1KI.007.011 यी ढुङ्गाहरूको माथि अरू बहुमूल्य ढुङ्गाहरू अनि देवदारका बलाहरू थिए।

7:12b.1KI.007.012 महलको आँगन, मन्दिरको आँगन अनि मन्दिरको मण्डपको वरिपरि भित्ताहरू थिए। ती भित्ताहरू तीन लहर ढुङ्गा अनि एक लहर देवदारूका काठद्वारा मन्दिर निर्मित थियो।

7:13b.1KI.007.013 राजा सुलेमानले हीराम नाउँ भएको मानिसलाई एउटा सन्देश सोरमा पठाए। सुलेमानले हीरामलाई यरूशलेम बोलाए।

7:14b.1KI.007.014 हीरामकी आमा नप्ताली कुल समूहको इस्राएली थिईन। उनका मृत पिता सोरका थिए। हीराम काँसाका जिनिसहरू बनाउँथे। तिनी धेरै नै कुशल अनि अनुभवी कारीगर थिए। यसैकारण राजा सुलेमानले आउने निम्तो पठाए अनि हीरामले स्वीकार गरे। यसकारण राजा सुलेमानले हीरामलाई काँसाको कामको प्रमुख बनाए। हीरामले काँसाद्वारा बनिने सबै जिनिसहरू बनाए।

7:15b.1KI.007.015 हीरामले काँसाका दुइवटा खाम्बा बनाए। प्रत्येक खाम्बा 18 हात लामो अनि 12 हात गोलो थियो। खाम्बाहरू खोक्राा थिए अनि धातु तीन इञ्च मोटो थियो।

7:16b.1KI.007.016 हीरामले दुइवटा काँसाका मुकुटहरू पनि बनाए जो 5 हात अग्ला थिए। हीरामले ती मुकुटहरू खाम्बाको माथि राखे।

7:17b.1KI.007.017 तब उनले जालीहरू मुकुटहरू ढाक्न साङ्गलीहरू बनाए। उसले प्रत्येक मुकुटमाथि सातवटा राखे।

7:18b.1KI.007.018 त्यसपछि उनले दारीम जस्तैं देखिने दुइ लहर अलंकरण बनाए। तिनीहरूले खाम्बाहरूको माथि मुकुटलाई ढाक्नका लागि प्रत्येक खाम्बाको जाली माथि ती काँसाका दारीमलाई सजाए।

7:19b.1KI.007.019 खाम्बमाथि स्थापित गरिएका खावाँशीरहरू 5 हात अल्गो थिए त्यो फूलहरू झैं देखिन्थे।

7:20b.1KI.007.020 मुकुटहरू खाम्बाहरूमाथि राखिएका थिए। तिनीहरू सबै बटुका जस्तो जालीको माथि थिए। त्यस ठाउँमा प्रत्येक मुकुट वरिपरि 200 वटा दारीमहरू लहरहरू सजाएका थिए।

7:21b.1KI.007.021 हीरामले ती दुइ काँसाका खाम्बाहरूलाई मन्दिरको मण्डपमा स्थापित गरेका थिए। एउटा खाँबो प्रवेश-द्वारको दक्षिणतिर अनि अर्को उत्तरतिर गाडिएको थियो। दक्षिणको खाँबोको नाउँ याकीन राखियो। उत्तरको खाम्बाको नाउँ बोआज राखियो।

7:22b.1KI.007.022 तिनीहरू फूल अकारका मुकुटहरूलाई खाम्बाहरूको माथि राखे। यस प्रकार दुइवटा खाम्बाको काम सिध्याइएको थियो।

7:23b.1KI.007.023 तब हीरामले काँसाको गोलो खड्कुँलो बनाए। तिनीहरूले त्यस खडकुँलोको नाउँ “समुद्र” राखे। भाँडो 30 हात गोलो थियो। यो 10 हात चौडा अनि 5 हात गहिरो थियो।

7:24b.1KI.007.024 खडकुलो (घ्याम्पा) बाहिरी छेऊमा एउटा घेरा थियो। घेराको किनारमा भाँडोको वरिपरि काँसाको लौकाहरूको दुइ लहर थियो। काँसाका लौकाहरू भाँडोको चारैतिर जो राखिए एक टुक्रा घ्याम्पा सँग थियो।

7:25b.1KI.007.025 भाँडो 12 वटा काँसाका साँढेहरूमाथि राखिएको थियो। सबै 12 वटा साँढेहरू भाँडोको बाहिर हेरिरहेका थिए। तीनवटाले उत्तर तिर हेरेका थिए, तीनवटा पूर्व, तीनवटा दक्षिण अनि तीनवटा पश्चिमतिर हेरेका थिए।

7:26b.1KI.007.026 भाँडोको मोटाइ एक बित्ता मोटो थियो। भाँडोको घेरो प्यालाको घेरो अथवा फूलका पत्रदल जस्तैं थियो। भाँडोमा 2,000 पाथी आँट्थ्यो।

7:27b.1KI.007.027 तब हीरामले दशवटा काँसाको ठेलागाडाहरू बनाए। प्रत्येक 4 हात लामो, 4 हात चौडा अनि 3 हात अग्ला थिए।

7:28b.1KI.007.028 ठेलागाडाहरू चौखटमा चारकुने पाटा ठोकेर बनाइएका थिए।

7:29b.1KI.007.029 ती लौका अनि घेराहरूमाथि पाटा अनि चौखटहरूमा काँसाका सिंह, साँढे अनि करूब स्वर्गदूतहरू कुँदिएका थिए माथि अनि तल सिंगहरू र साँढेहरू फूलहरू कुदेर कांसलाई मार्तोलले पिटेर बनाएका थिए।

7:30b.1KI.007.030 प्रत्येक ठेला-गाडीमा चारवटा काँसाका चक्काहरू धुराहरू समेत थिए। कूनामा ठूलो भाँडोको आधारकालागि काँसाको टेकुआ बनाइएको थियो। टेकुआहरूमा काँसालाई पिटेर बनाइएका फूलका आकारहरू थिए।

7:31b.1KI.007.031 त्यहाँ बटुकाको मथिल्लो खुल्ला भागको वरिपरिको निम्ति एउटा आधार थियो, आधार एक हात अग्लो अनि व्यासको खोल्ने डेढ हातहरू थिए।

7:32b.1KI.007.032 चौखटको तल चारवटा चक्काहरू थिए। चक्काहरू, डेढ हात व्यास भएका थिए। चक्काहरूको माझ धुराहरू ठेलागाडासँग जोडिएको थियो।

7:33b.1KI.007.033 चक्काहरू रथका चक्काहरू जस्तैं थिए। चक्काको जम्मै जिनिस-धुरी, घेरो, डन्डीहरू तथा धुराहरू काँसाको बनाइएको थियो।

7:34b.1KI.007.034 प्रत्येक ठेलागाडाको चार कुनामा चारवटा आधारहरू थिए। तिनीहरू सबै ठेलागाडासँग जोडिएका थिए।

7:35b.1KI.007.035 प्रत्येक ठेला गाडाकोमाथि वरिपरि आधा हात अग्लो गोलो घेरा थियो। त्यसलाई एउटै बनाउनलाई त्यो त्यसका आधारहरूसित जोडिएको थियो।

7:36b.1KI.007.036 ठेलागाडाको बगल अनि चौखटमा करूब स्वर्गदूतहरू, सिंह अनि ताडको रूखहरूको काँसाको चित्रहरू थिए। यी चित्रहरू ठेलगाडीको सबै ठाउँमा अंकित गरिएका थिए जहाँ-जहाँ कोठाहरू थिए। ठेलागाडाको वरिपरि भएको चौखटमा फूलहरूका नक्सा कुँदिएका थिए।

7:37b.1KI.007.037 हीरामले एकै प्रकारका दशवटा ठेलागाडाहरू बनाए। प्रत्येक गाडा गलेको काँसाबाट अनि ढालेरे बनाएको थियो। यसकारण सबै गाडाहरू एउटै नाप अनि आकारमा बनाएको थियो।

7:38b.1KI.007.038 हीरामले दशवटा बटुकाहरू पनि बनाए। दशवटा ठेलागाडा मध्ये प्रत्येकका लागि एउटा बटुको थियो। प्रत्येक बटुको चार हात चौडा थियो। बटुकोमा लगभग 40 पाथी क्षमता थियो।

7:39b.1KI.007.039 हीरामले मन्दिरको दक्षिणतिर पाँचवटा अनि उत्तरतिर अरू पाँचवटा ठेलागाडीहरू स्थापित गरेका थिए।

7:51b.1KI.007.051 यस प्रकार राजा सुलेमानले परमप्रभुको मन्दिरका लागि आफूले चाहे अनुरूप काम पूरा गरे। तब राजा सुलेमानले ती सबै जिनिसहरू जम्मा गरे जो उनका पिता दाऊदले यस उदेश्यका लागि जोगाएर राखेका थिए। उनले यी चिजहरू मन्दिरमा ल्याए। उनले चाँदी र सुन परमप्रभुको मन्दिरको भण्डारमा थन्काए।

8

8:1b.1KI.008.001 त्यसपछि राजा सुलेमानले इस्राएलका बूढा-प्रधानहरू, विभिन्न कुल-वंशका प्रमुखहरू, र इस्राएलका कुल-वंशहरूका अगुवाहरूलाई बोलाए। उनले तिनीहरूलाई यरूशलेममा आउने आदेश दिए। सुलेमानले परमप्रभुको करारको सन्दूकलाई दाऊदको शहरबाट जसलाई सियोन पनि भनिन्थ्यो, ल्याउन चाहन्थे।

8:2b.1KI.008.002 यसकारण सबै इस्राएलका मानिसहरू वर्षको सातौं महीनामा त्यसको महीनाको चाडको समयमा मानिसहरू सुलेमानसित भेला हुन्थे।

8:3b.1KI.008.003 इस्राएलका सबै बूढा प्रधानहरू त्यस ठाउँमा पुगे। तब पूजाहारीहरूले पवित्र सन्दूक उठाए।

8:4b.1KI.008.004 तिनीहरूले भेट हुने पाल अनि पालमा रहेका सबै पवित्र चीज-बीजहरू समेत परमप्रभुको पवित्र सन्दूक सित बोके। लेवीकुहरूले यी सामानहरू बोक्नमा पूजाहारीलाई सघाए।

8:5b.1KI.008.005 राजा सुलेमान अनि इस्राएलका सारा समुदाय करारको सम्झौता सन्दूक अघि भेला भए। तिनीहरूले धेरै बलिहरू चढाए। तिनीहरूले यति धेरै भेडाहरू अनि पशुहरू मारे, कुनै मानिसले गन्ती गर्न सकेन।

8:6b.1KI.008.006 तब पूजाहारीहरूले परमप्रभुकोको करारको सन्दूकलाई यथा स्थानमा स्थापित गरे। यो ठाउँ मन्दिरमा महा पवित्र स्थानको भित्र थियो। करारको सन्दूकलाई करूब स्वर्गदूतहरूको पंखेटाको तल स्थापित गरियो।

8:7b.1KI.008.007 करूब स्वर्गदूतहरूका पखेटा पवित्र सन्दूक माथि फिंजिएका थिए। तिनीहरूले पवित्र सन्दूक अनि यसको खाम्बाहरूलाई ढाकि दिए।

8:8b.1KI.008.008 यी थाम्ने खाम्बाहरू धेरै लामा थिए। अति पवित्र स्थानको अघि उभिने कुनै मानिसले खाम्बाहरूको छेऊ देख्न सकथ्यो। तर बाहिरबाट कुनैपनि मानिसले तिनीहरूलाई देख्न सक्दैन थिए। खाम्बाहरू आज पनि त्यहाँ छन्।

8:9b.1KI.008.009 पवित्र सन्दूक भित्र मात्र दुइवटा ढुङ्गाका पाटीहरू थिए। यी पाटीहरू तिनै थिए जसलाई मोशाले होरेब नाउँ भएको ठाउँमा पवित्र सन्दूकभित्र राखेका थिए। होरेब त्यो ठाउँ थियो जहाँ परमप्रभुले इस्राएलका मानिसहरूसँग तिनीहरू मिश्रबाट बाहिर निस्केपछि करार बाँध्नुभएको थियो

8:10b.1KI.008.010 पूजाहारीहरूले पवित्र सन्दूकलाई अति पवित्र स्थानमा स्थापित गरे। जब पूजाहारीहरू पवित्र स्थानबाट बाहिर आए, परमेश्वरको मन्दिरमा बादल भरियो।

8:11b.1KI.008.011 पूजाहारीहरूले आफ्नो काम निरन्तर गर्न सकेनन् किनभने मन्दिर परमेश्वरको महिमाले भरियो।

8:12b.1KI.008.012 तब सुलेमानले भनेः “परमप्रभुले अकाशमा चम्काउँन घाम बनाउनुभयो, तर उहाँले कालो बादलमा बस्न मन पराउनुभयो।

8:13b.1KI.008.013 मैले तिम्रो लागि अचम्मको मन्दिर बनाए एउटा ठाउँ जहाँ तिमी सँधै बस्ने छौ।”

8:14b.1KI.008.014 इस्राएलका सबै मानिसहरू त्यहाँ उभिएका थिए। यसर्थ राजा सुलेमान तिनीहरूतिर फर्किए अनि परमेश्वरलाई तिनीहरूका लागि आशीर्वाद दिने बिन्ती गरे।

8:15b.1KI.008.015 तब राजा सुलेमानले भने, “परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा होस्। उहाँले परमप्रभुले भन्नुभयो उहाँले मेरो पितासँग प्रतिज्ञा गर्नु भएको पूरा गर्नु भयो।

8:16b.1KI.008.016 ‘मैंले इस्राएलका मानिसहरूलाई मिश्रबाट ल्याएको दिनदेखि अहिले सम्म मेरै सत्कारमा मन्दिर निर्माण गर्नका लागि इस्राएलको परिवार समूहहरूबाट कुनै शहरलाई छानेको थिइन। तर इस्राएलका मानिसहरूमाथि शासन गर्नका लागि मैले दाऊदलाई मन पराएको छु।’

8:17b.1KI.008.017 “मेरा पिता दाऊदले परमप्रभु इस्राएलका परमेश्वरको सत्कार गर्नका लागि एउटा मन्दिर बनाउन साह्रै नै चाहेका थिए।

8:18b.1KI.008.018 तर परमप्रभुले मेरा पिता दाऊदलाई भन्नु भएको थियो, ‘म जान्दछु, मेरो सत्कारका लागि तिमी एउटा मन्दिर बनाउन साह्रै नै इच्छुक छौ, अनि यो राम्रो कार्य हो, तिमी मेरो मन्दिर बनाउन चाहन्छौ।

8:19b.1KI.008.019 तर तिमी नै त्यो मानिस होइनौ जसलाई मैले मन्दिर बनाउनका लागि रोजेको छु। तिम्रो छोराले मेरो मन्दिर बनाउने छ!’

8:20b.1KI.008.020 “यसकारण परमप्रभुले त्यो प्रतिज्ञा पूरा गर्नु भएको छ, जो उहाँले दिनुभएको थियो। अहिले म मेरा पिता दाऊदको ठाउँमा राजा छु। अब म परमप्रभुले भन्नुभए जस्तैं इस्राएलका मानिसहरू माथि शासन गर्ने छुँ। परमप्रभु इस्राएलका परमेश्वरको लागि मैले मन्दिरको निर्माण गरें।

8:21b.1KI.008.021 मैंले मन्दिरमा पवित्र सन्दूकका लागि एउटा ठाउँ बनाएँ। पवित्र सन्दूकभित्र परमप्रभुले हाम्रा पुर्खाहरूसित गर्नुभएको करार-पत्र छ। परमप्रभुले जब करार गर्नुभयो तब उहाँले हाम्रा पुर्खाहरूलाई मिश्रबाट बाहिर निकाल्नु भयो।”

8:22b.1KI.008.022 तब सुलेमान परमप्रभुको वेदी अघि उभिए। सबै मानिसहरू उनको अघि उभिएका थिए। राजा सुलेमानले आफ्नो हात फिंजाए अनि अकाशतिर हेरेर।

8:23b.1KI.008.023 उनले भनेः “परमप्रभु, इस्राएलका परमेश्वर, अकाश अथवा धर्तीमा तपाईं जस्तो अरू कुनै परमेश्वर छैन। तपाईंले आफ्ना भक्तहरूसँग करार गर्नुभएको छ किनभने तपाईं उनीहरूलाई प्रेम गर्नु हुन्छ तपाईं आफ्नो वचनलाई पूरा गर्नुहुन्छ तपाईं तपाईंको अनुसरण गर्ने मानिसहरूका लागि दयालु अनि साँचो हुनुहुन्छ।

8:24b.1KI.008.024 तपाईंले आफ्ना सेवक, मेरा पिता दाऊदसँग प्रतिज्ञा गर्नु भएको थियो तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो तपाईंले प्रतिज्ञा आफ्नै मुखबाट गर्नु भएको थियो। अनि आफ्नो विशाल शक्तिको बलमा तपाईंले आफ्नो प्रतिज्ञालाई आज सत्य साबित गर्नुभयो।

8:25b.1KI.008.025 अब, हे परमप्रभु, इस्राएलका परमेश्वर, तपाईंले आफ्ना सेवक तथा मेरा पिता दाऊदसँग गरेको अर्को प्रतिज्ञा पूरा गर्नुहोस्। तपाईंले भन्नुभएको थियो, ‘दाऊद, तिम्रा छोराहरूले ध्यानसँग मेरा आज्ञा पालन गरून् जसरी तिमीले गरेका थियौ। यदि तिनीहरूले यसो गरे भने तिम्रा वंशबाट कसैले सँधैनै इस्राएलका मानिसहरूमाथि शासन गर्ने छ।’

8:26b.1KI.008.026 अनि फेरि, हे, परमप्रभु इस्राएलका परमेश्वर, म तपाईंलाई मेरा पितासँग गरेको प्रतिज्ञालाई निरन्तर राख्न अनुरोध गर्दछु।

8:27b.1KI.008.027 “तर, मेरा परमेश्वर! तपाईं साँच्चै पृथ्वीमाथि बास गर्नु हुन्छ? सम्पूर्ण अकाश अनि स्वर्गको सर्वोच्च स्थानले पनि तपाईंलाई राख्न सक्दैन। तब मैंले बनाएको यस घरले तपाईंलाई कसरी राख्न सक्छ?

8:28b.1KI.008.028 तर कृपया मेरा प्रर्थना अनि मेरो अनुरोध सुनी दिनुहोस्। म तपाईंको सेवक हुँ अनि तपाईं मेरो परमेश्वर हुनुहुन्छ। मेरो यो प्रार्थना सुनीदिनु होस्। आज तपाईंसंग प्रार्थना गरिरहेको छु।

8:29b.1KI.008.029 विगतमा तपाईंले भन्नु भएको थियो, ‘मेरो सत्कार गरिनेछ।’ यस कारण यस मन्दिरलाई रात-दिन हेर्नुहोस्। यस मन्दिरमा गरेको प्रार्थना सुनीदिनुहोस्।

8:30b.1KI.008.030 परमप्रभु, म अनि तपाईंका मानिसहरू यस ठाउँमा आउने छौं अनि तपाईंमा प्रार्थना गर्ने छौं। कृपया प्रार्थनासुनी दिनुहोस्! हामी जान्दछौं, तपाईं स्वर्गमा बस्नु हुन्छ। हामी हाम्रो प्रार्थना सुनीदिने अनि हामीलाई क्षमा गर्न अनुरोध गर्दछौं।

8:31b.1KI.008.031 “यदि एउटा मानिसले अर्को व्यक्तिको विरूद्ध पापहरू गर्यो भने, उसलाई यहाँ वेदीमा ल्याईन्छ। यदि त्यो मानिस दोषी छैन भने, तब उसले उसलाई निर्दोष छु भनि शपथ खान लगाउनेछु।

8:32b.1KI.008.032 तब स्वर्गमा उसलाई सुन्नुहोस् अनि उसप्रति न्याय गर्नुहोस्। यदि मानिस दोषी छ भने उसलाई कृपा गरेर दोषी देखाउनुहोस्। अनि यदि मानिस निर्दोष छ भने कृपया उसलाई निर्दोष भएको देखाउनु होस्।

8:33b.1KI.008.033 “कहिले काँही तपाईंका मानिसहरूले तपाईंको विरूद्धमा पाप कार्य गरे भने उनका शत्रुहरूले उनीहरूलाई परास्त गर्छन्। तब मानिसहरू तपाईंतिर फर्किन्छन् अनि तपाईंमा प्रार्थना गर्नेछन्। मानिसहरूले यस मन्दिरमा नै तपाईंको प्रार्थना गर्नेछन्।

8:34b.1KI.008.034 कृपया उनीहरूलाई स्वर्गबाट सुनि दिनुहोस्। तपाईंको मानिसहरूको पापलाई क्षमा गरि दिनुहोस् अनि तिनीहरूलाई आफ्नो धर्ती फेरि प्राप्त गर्न दिनुहोस्। तपाईंले यो धर्ती उनका पुर्खाहरूलाई दिनु भएको थियो।

8:35b.1KI.008.035 “कहिले काँही तिनीहरू तपाईंको विरूद्धमा पापकार्य गर्छन् अनि तपाईंले तिनीहरूको धर्तीमा पानी पर्न नै बन्द गरी दिनुहुन्छ। तब तिनी यस ठाउँतिर फर्केर प्रार्थना गर्नेछन् अनि तपाईंको नाउँको स्तुति गर्नेछन्। तपाईंले तिनीहरूलाई दुःख दिनुहुन्छ अनि तिनीहरू आफ्नो पाप कार्यका लागि अफशोच गर्नेछन्।

8:36b.1KI.008.036 यसर्थ कृपया स्वर्गमा नै तिनीहरूको प्रार्थना सुनि दिनुहोस्। तब हाम्रो पाप क्षमा गर्नुहोस्। मानिसहरूलाई सही बाटोमा हिँड्ने ज्ञान दिनुहोस्। तब, हे परमप्रभु तिनीहरूलाई दिएको धर्तीमा पानी पार्नुहोस्।

8:37b.1KI.008.037 “धर्ती साह्रै नै सुक्खा हुनसक्छ अनि यसमा कुनै अन्न उम्रिने छैन। अथवा जनसाधारणमा महामारी फिंजिन सक्छ। हुन सक्छ, फल्दै गरेको सबै अन्नहरू कीराहरूद्वारा नष्ट हुनेछ। हाम्रा मानिसमाथि केही शहरहरूमा तिनका शत्रुहरूद्वारा आक्रामण हुनेछ। अथवा हाम्रा धेरै मानिसहरू बीमार हुनेछन्।

8:38b.1KI.008.038 जब यस मध्ये कुनै एउटा घटना घट्छ अनि जब एउटा व्यक्ति अथवा इस्राएलीहरूले तिनीहरूको पापहरूको क्षमा माग्छ अनि तिनीहरूले यस मन्दिरबाट तपाईंकहाँ हात उठाउँछ।

8:39b.1KI.008.039 तपाईंले आफ्नो वासस्थान स्वर्गबाट कृपया उसको प्रार्थना सुनिदिनु होस्। मानिसहरूको मनभित्रके छ। तपाईंले मात्र जान्नुहुन्छ। यसकारण प्रत्येक मानिससित उसले गरेका कार्य अनुसार व्यवहार गर्नुहोस्।

8:40b.1KI.008.040 यस्तो गरी दिनु होस् जसले गर्दा तपाईंका मानिसहरू जतिञ्जेलस बाँच्ने छन् त्यतिञ्जेल डराउने गर्छन्, जबसम्म तपाईंले हाम्रा जो पिता-पुर्खाहरूलाई दिनभएको भूमिमा तिनीहरूलाई बस्न दिनु हुनेछ।

8:43b.1KI.008.043 स्वर्गको आफ्नै वासस्थानबाट तिनीहरूको पार्थना सुनि दिनुहोस्। कृपया अरू ठाऊँका मानिसहरूले भनेको कुरा विचार गरिदिनुहोस्। तब ती मानिसहरू डराउने छन अनि इस्राएलका मानिस सरह तपाईंको आदर गर्नेछन्। तब सबै ठाऊँका मानिसहरूले जान्नेछन्, मैंले तपाईंको सम्मानमा यो मन्दिर बनाएँ।

8:44b.1KI.008.044 “कहिले-कहिले तपाईं आफ्ना भक्तजनलाई तिनीहरूका शत्रुहरूको विरूद्धमा युद्ध गर्ने आदेश दिनुहुन्छ। तब तपाईंका मानिसहरू यस शहरतिर बढने छन् जुन तपाईंले चुन्नुभएको थियो अनि मैंले तपाईंको सम्मानमा यस मन्दिरको निर्माण गरेको छु। तिनीहरू तपाईंमा प्रार्थना गर्नेछन्।

8:45b.1KI.008.045 त्यस समयमा स्वर्गको आफ्नै वासस्थानबाट तिनीहरूको प्रार्थना सुनि दिनुहोस् अनि तिनीहरूलाई सहायता गर्नुहोस्।

8:46b.1KI.008.046 “तपाईंका मानिसहरूले तपाईंका विरूद्धमा पाप गर्नेछन्। म यो जान्दछु किनभने प्रत्येक मानिसले पाप गर्छ। तब तिनीहरूसँग तपाईं क्राोधित हुनुहुनेछ र तपाईंको क्रोधद्वारा। तपाईंले तिनका शत्रुहरूलाई तिनीहरूमाथि विजय हासिल गराउनु हुनेछ। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बन्दी बनाउने छन् अनि टाढा नजीक कतैं अर्को जग्गामा राख्नेछन्।

8:47b.1KI.008.047 त्यस टाढाको ठाऊँमा तपाईंका मानिसहरूले के भयो भनी सोच्ने छन्। आफ्नो पाप कार्यका लागि तिनीहरू क्षमा-याचना गर्नेछन् अनि तपाईंमा प्रार्थना गर्नेछन्। तिनीहरू भन्ने छन्, ‘हामीले पाप गरेका छौं अनि भूल गरेका छौं।’

8:48b.1KI.008.048 तिनीहरू ती टाढा ठाऊँमा कैदी हुनेछन्। तर यदि तिनीहरू कैदीमा हुदा सम्पूर्ण हृदयले तपाईं कहाँ आउँछन् अनि तिनीहरू तपाईंको भूमिलाई हेर्दै प्रार्थना गर्छन जुन तपाईंले तिनीहरूका पिता-पूर्खालाई दिनु भएको थियो। यस शहरलाई तपाईंले चुन्नु भएको थियो अनि यो मन्दिर तर्फ जुन मैले तपाईंको सम्मान मा बनाए।

8:49b.1KI.008.049 तपाईंले तिनीहरूलाई तपाईंको निवास स्थान स्वर्गबाट सुनि दिनुहोस् अनि तिनीहरूसित राम्रो व्यवहार गर्नुहोस्।

8:50b.1KI.008.050 तपाईंका मानिसहरूका सबै पाप क्षमा गरिदिनुहोस्। अनि तपाईंको विरूद्धमा गरेको पाप क्षमादान दिनुहोस्। तिनीहरूका शत्रुहरूलाई तिनीहरूप्रति दयालु बनाइ दिनु होस्।

8:51b.1KI.008.051 सम्झना रहोस, तिनीहरू तपाईंकै जाति हुन। सम्झना रहोस, तिनीहरूलाई तपाईंले नै मिश्रबाट ल्याउनु भएको हो। यसो गरेर तिनीहरूलाई तपाईंले बलेको आगोबाट बचाउनु भएको थियो।

8:52b.1KI.008.052 “हे परमप्रभु परमेश्वर, कृपया मेरो प्रार्थना सुनिदिनु होस् अनि इस्राएलका आफ्ना मानिसहरूको प्रार्थना सुनिदिनु होस्। तिनीहरूको प्रार्थना कुनै पनि बेला सुनिदिनुहोस् जब तिनीहरू सहायताका लागि तपाईंसंग बिन्ती गर्छन्।

8:53b.1KI.008.053 तपाईंले तिनीहरूलाई पृथ्वीका सबै मानिसहरूबाट आफ्ना विशेष मानिसहरूको रूपमा चुन्नुभएको छ। परमप्रभु तपाईंले हाम्रो लागि यस्तो गर्नेछु भनी वचन दिनुभएको थियो। तपाईंले आफ्नो सेवक मोशालाई मिश्रबाट हाम्रा पुर्खाहरूलाई ल्याउनमा प्रयोगगर्नु भएको थियो।”

8:54b.1KI.008.054 सुलेमानले परमेश्वरसँग त्यो प्रार्थना गरे। उनले वेदीको अघि घुँडा टेकेका थिए। सुलेमानले आफ्नो पाखुरा स्वर्गतिर उठाएर प्रार्थना गरे। तब सुलेमानले प्रार्थना सिध्याए अनि उभिए।

8:55b.1KI.008.055 तब उनले परमेश्वरसँग ठूलो स्वरमा इस्राएलका मानिसहरूलाई आशीष दिने बिन्ती गरे। सुलेमानले भनेः

8:56b.1KI.008.056 “परमेश्वरको स्तुति गर! उहाँले इस्राएलका आफ्ना मानिसहरूलाई शान्ति दिने प्रतिज्ञा गर्नुभएको छ। अनि उहाँले हामीलाई शान्ति दिनुभएको छ! परमप्रभुले आफ्नो सेवक मोशालाई प्रयोग गर्नु भएको थियो अनि इस्राएलका मानिसहरूलाई धेरै राम्रा-राम्रा प्रतिज्ञा गर्नु भएको थियो। अनि परमप्रभुले आफ्नो प्रत्येक प्रतिज्ञालाई पूरा गर्नु भएको छ!

8:57b.1KI.008.057 म प्रार्थनागर्छु, परमेश्वर सँधै हामीसँग हुनुहुनेछ जसरी उहाँ हाम्रा पुर्खाहरूसँग हुनुहुन्थ्यो। म प्रार्थनागर्छु, परमप्रभुले कहिलेपनि हामीलाई छोडनुहुनेछैन।

8:58b.1KI.008.058 म प्रार्थनागर्छु हामी उहाँतिर फर्कनेछौं अनि उहाँको अनुसरण गर्नेछौं। तब हामी ती सबै ऐन, निर्णय र आदेशहरू पालन गर्ने छौं जो उहाँले हाम्रा पुर्खाहरूलाई दिनुभएको थियो।

8:59b.1KI.008.059 म आशा गर्छु, हाम्रा परमप्रभुले सँधै नै यो प्रार्थना सम्झना गर्नुहुनेछ जुन मैंले चढाएको छु। म प्रार्थना गर्छु, परमप्रभुले आफ्नो सेवक राजा अनि इस्राएलका मानिसहरूका लागि यी सबै कामहरू गर्नुहुनेछ। म प्रार्थना गर्छु उहाँले यो काम प्रत्येक दिन गर्नु हुनेछ।

8:60b.1KI.008.060 (जब परमप्रभुले यी कार्यहरू गर्नु हुनेछ।) तब संसारका सबै मानिसहरूले जान्नेछन हाम्रा परमप्रभु नै सत्य परमेश्वर हुनुहुन्छ।

8:61b.1KI.008.061 सबै मानिसहरूले परमप्रभु हाम्रा परमेश्वर प्रति भक्त र सत्य हुनुपर्छ। तिमीले सँधै नै उहाँको विधि-विधान र आदेशहरू अनुसरण र पालन गर्नुपर्छ। तिमीले भविष्यमा पनि नियमित रूपमा नियम पालन गर्नुपर्छ जस्तो अहिले गर्दैछौं।”

8:62b.1KI.008.062 तब राजा सुलेमान अनि इस्राएलका सबै मानिसहरूले उनीसँगै परमप्रभुलाई बलि चढाए।

8:63b.1KI.008.063 सुलेमानले 22,000 साँढे अनि 1,20,000 भेडाहरू बलि चढाए। यी सबै मेलबलि भेंट बलि थिए। यस प्रकार इस्राएलका राजा अनि मानिसहरूले परमप्रभुलाई मन्दिर समर्पण गरे।

8:64b.1KI.008.064 त्यस दिन राजा सुलेमानले मन्दिर अघिको आंगन पनि समर्पण गरे। उनले होमबलि, अन्नबलि अनि पशुहरूको बोसो चढाए जुन मेलबलि समर्पण थियो। राजा सुलेमानले यी बलि अनि भेंटीहरू आँगनमा चढाए। उनले यसो गरे किनभने भित्र परमप्रभुको अघि बनाइएको काँसाको वेदीमा यी सबै चीजहरू अटाऊँदैन थियो।

8:65b.1KI.008.065 यसकारण यस प्रकार राजा सुलेमान अनि इस्राएलका सबै मानिसहरूले त्यस समयमा चाड मनाए। सम्पूर्ण इस्राएलीहरू उत्तरमा हमात पासदेखि मिश्र नदीको सीमानहरूसम्म त्यहाँ थिए। त्यहाँ एउटा ठूलो मानिसहरूको भिड थियो। तिनीहरू परमप्रभुको सामुने जम्मा भएका थिए। तब तिनीहरू अझै सात दिनसम्म त्यहाँ बसे। तिनीहरूले सबैजम्मा 14 दिन चाड मनाए।

8:66b.1KI.008.066 अर्को दिन सुलेमानले मानिसहरूलाई घर फर्किने आदेश दिए। तिनीहरू सबैले राजालाई धन्यवाद दिए अनि सबै खुशी मनाउँदै घर फर्किए। तिनीहरू खुशी थिए किनभने परमप्रभुले उहाँको सेवक दाऊद र इस्राएलका सबै मानिसहरूका निम्ति यी सबै राम्रो कार्यहरू गर्नु भएको थियो।

9

9:1b.1KI.009.001 यस प्रकार सुलेमानले परमप्रभुको मन्दिर अनि आफ्नो महलको निर्माण कार्य पूरा गरे। सुलेमानले ती सबै चीजहरू बनाए जो उनी बनाउन चाहन्थे।

9:2b.1KI.009.002 तब परमप्रभु सुलेमानको सामु त्यसरी नै फेरि प्रकट हुनु भयो जसरी यस अघि गिबोनमा प्रकट हुन भएको थियो।

9:3b.1KI.009.003 परमप्रभुले उनलाई भन्नुभयोः “मैले तिम्रो प्रार्थना सुनें। मैले ती कुराहरू सुनें जुन तिमीले मलाई गर्ने बिन्ती गरेका थियौ। तिमीले यो मन्दिर बनायौ। अनि मैले यसलाई पवित्र स्थल बनाएँ। यसकारण मेरो त्यहाँ सदा-सर्वदा सत्कार हुनेछ। मैं यसकोमाथि नजर राख्नेछु अनि यसको विषयमा सँधै विचार राख्ने छु।

9:4b.1KI.009.004 तिमीले मेरो सेवा त्यसरी नै गर जसरी तिम्रा पिता दाऊदले गरेका थिए। उनि असल र इमान्दारी थिए र तिमीले मैले आज्ञा गरेका सबै कुरा मानेर मेरा विधि-विधानहरू पालन गर्नै पर्छ।

9:5b.1KI.009.005 “यदि तिमीले यी सब कामहरू गर्यौ भने मैं तिम्रो परिवारबाट एक जनालाई सँधै इस्राएलको राजा बनाउँनेछु भनी बचन दिन्छु। मैले तिम्रा पिता दाऊदसँग यस्तैं प्रतिज्ञा गरेको थिएँ। मैले उनलाई भनेको थिएँ, इस्राएलको शासन तिम्रो उनको सन्तानहरूबाट एक जनाले चलाउने छ।

9:6b.1KI.009.006 तर यदि तिमी अथवा तिम्रा सन्तानले मेरो अनुसरण गर्न छोडेमा अनि नियम र आदेश पालन नगरे जो मैले तिमीलाई दिएको छु अनि यदि तिमीले अर्कै देवताहरूको पूजा र प्रार्थना गर्न थाल्यौ भने,

9:7b.1KI.009.007 तब म इस्राएललाई त्यो भूमि छोडन वाध्य गराउने छु जुन मैले तिनीहरूलाई दिएको थिएँ, अनि त्यो अरू मानिसहरूका लागि इस्राएल एउटा उदाहरण हुनेछ। अरू मानिसहरू इस्राएलमाथि हाँसो गर्नेछन्। मैले मन्दिरलाई पवित्र बनाएको छु अनि यो त्यो ठाऊँ हो जहाँ मानिसहरूले मेरो उपासना गर्छन तर यदि तिमीले मेरो अनुसरण गर्दैनौ भने म यसलाई ध्वंस पार्नेछु।

9:8b.1KI.009.008 यो मन्दिर ध्वंस हुनेछु। प्रत्येक मानिस जो यसलाई हेर्नेछ, आश्चर्य चकित हुनेछ। तिनीहरूले सोध्ने छन्, ‘परमप्रभुले यो मन्दिर र भूमि प्रति यस्तो भयंकर कार्य किन गर्नु भयो?’

9:10b.1KI.009.010 परमप्रभुको मन्दिर अनि राजाको महल बनाउनलाई राजा सुलेमानलाई बीस वर्ष लाग्यो।

9:11b.1KI.009.011 अनि बीस वर्षपछि राजा सुलेमानले सोरका राजा हीरामलाई गालीलमा 20 वटा शहरहरू दिए। सुलेमानले राजा हीरामलाई यी शहरहरू दिए किनभने हीरामले सुलेमानलाई मन्दिर र महल बनाउनमा सघाउ पुर्याएका थिए। हीरामले सुलेमानालाई सबै धूपी र सल्लाका रूख अनि सुन दिएका थिए जो सुलेमानले मागेका थिए।

9:12b.1KI.009.012 यसर्थ हीरामले सोरबाट शहरहरू र्हेर्न यात्रा शुरू गरे जो सुलेमानले दिएका थिए। जब उनले ती शहरहरू देखे, उनी खुशी भएनन्।

9:13b.1KI.009.013 उसले राजालाई भने, “मेरा प्रिय भाइ, के यही शहरहरू तपाईंले दिनु भएको?” राजा हीरामले त्यस क्षेत्रको नाउँ काबूल राखे अनि त्यो क्षेत्रलाई आज पनि काबूल भनिन्छ।

9:14b.1KI.009.014 हीरामले मन्दिर निर्माणमा काम लगाउन राजा सुलेमानलाई 120 तोडा सुन पठाएका थिए।

9:15b.1KI.009.015 राजा सुलेमानले दासहरूलाई उसको महल र मन्दिर बनाउने काममा वाध्य गराएका थिए। तब उसले ती दासहरूलाई अरू धेरै सामानरू बनाउने काममा लगए। उनले मिलो निर्माण गरे। उनले यरूशलेमको वरिपरि पर्खाल पनि निर्माण गरे। तब उनले हासोर, मगिद्दो अनि गेसेर शहरहरू फेरि बनाए।

9:16b.1KI.009.016 कुनै समय मिश्रका राजाले गेसेर शहर माथि आक्रामण गरेका थिए यसलाई भस्म पारेका थिए। उनले कनानी मानिसहरूलाई मारे जो त्यहाँ बस्ने गर्दथे। सुलेमानले फिरऊनकी छोरीसँग विवाह गरे। यस कारण फिरऊनले त्यो शहर सुलेमानलाई विवाहको दाईजोको रूपमा दिए।

9:17b.1KI.009.017 सुलेमानले त्यो शहर फेरि बनाए। सुलेमानले तल्लो बेत-हेरोन पनि बनाए।

9:18b.1KI.009.018 राजा सुलेमानले यहूदा मरूभूमिमा बालात र तामार शहर पनि बनाए।

9:19b.1KI.009.019 राजा सुलेमानले ती शहरहरू पनि बनाए जहाँ अन्न र चीजहरू राख्नेगरे अनि उनले आफ्ना रथ अनि घोडाहरूका लागि ठाउँ बनाए। राजा सुलेमानले धेरै चीजहरू बनाए जो उनले यरूशलेम, लबानोन अनि अन्य आफूद्वारा शासित ठाउँहरूमा चाहेका थिए।’

9:20b.1KI.009.020 ती ठाउँहरूमा जो मानिसहरू थिए तिनीहरू इस्राएली थिएनन्। ती मानिसहरू एमोरी, हित्ती, परिज्जी, हिब्बी अनि यबूसी थिए।

9:21b.1KI.009.021 इस्राएलीहरू ती मानिसहरूलाई सर्वनाश पार्न योग्य भएनन्। तर सुलेमानले तिनीहरूलाई दासको रूपमा काम गर्न वाध्य गराए। तिनीहरू अझै पनि दास नै छन्।

9:22b.1KI.009.022 सुलेमानले कुनै इस्राएलीलाई उनको दास हुन वाध्य गराएनन्। इस्राएलका मानिसहरू सैनिक, सरकारी अधिकारीहरू, कप्तान अनि रथका सेनापति र चालक थिए।

9:23b.1KI.009.023 सुलेमानका योजनाहरूमा 550 पर्यवेक्षकहरू थिए। तिनीहरू मानिसहरू हर्ताकर्ता थिए जो काम गर्दथे।

9:24b.1KI.009.024 फिरऊनकी छोरी दाऊदको शहरबाट महलमा पुगी जो सुलेमानले उनकै लागि बनाएका थिए। तब उनले मिल्लो निर्माण गरे।

9:25b.1KI.009.025 सुलेमान वर्षको तीन पटक वेदीमा होमबलि र मेलबलि चढाउने गर्दथे। यो त्यही वेदी थियो जसलाई सुलेमानले परमप्रभुका लागि बनाएका थिए। राजा सुलेमान परमप्रभुको अघि धूप पनि जलाउँने गर्दथे। तिनले मन्दिरलाई राम्रो अवस्थामा राखे।

9:26b.1KI.009.026 राजा सुलेमानले एस्योन गेबेरमा पानी जहाज पनि बनाए। यो शहर एदोम क्षेत्रमा लाल सागरको किनारमा एलोत नजिक छ।

9:27b.1KI.009.027 राजा हीरामसित केही मानिसहरू थिए जो समुद्रको विषयमा मनग्गे जान्दथे। ती मानिसहरू प्रायः जहाजमा यात्रा गर्दथे। राजा हीरामले ती मानिसहरूलाई सुलेमानको नाविक बेडामा सेवा गर्न सुलेमानका मानिसहरू सँग काम गर्न पठाए।

9:28b.1KI.009.028 सुलेमानका जहाजहरू ओपीर गए। यी जहाजहरूले ओपीरबाट लगभग 420 तोडा सुन राजा सुलेमान कहाँ ल्याए।

10

10:1b.1KI.010.001 शबाकी रानीले सुलेमानको विषयमा सुनेकी थिइन्। यसकारण तिनी साह्रै अप्ठ्यारा प्रश्नहरू लिएर उनको जाँच गर्न आइन्।

10:2b.1KI.010.002 तिनले सेवकहरूको साह्रै ठूलो समूह लिएर यरूशलेम तिर यात्रा गरिन्। ठूलो संख्यामा मसाला, रत्न अनि धेरै सुन बोक्ने ऊँटहरू पनि तिनीहरूसित थिए। तिनले सुलेमान सँग भेट गरिन् अनि उनलाई ती सबै प्रश्नहरू सोधिन् जो उनले सोचेकी थिइन्।

10:3b.1KI.010.003 सुलेमानले सबै प्रश्नहरूको उत्तर दिए। तिनको कुनै पनि प्रश्नको उत्तर दिनका लागि अप्ठ्यारो थिएन।

10:4b.1KI.010.004 शबाकी रानीले सुलेमान औधी बुद्धिमान छन् भन्ने बुझिन्। उनले त्यो महल पनि देखिन् जो राजाले बनाएका थिए।

10:5b.1KI.010.005 रानीले खाना खाने टेबल र खाद्य-सामग्री पनि देखिन्। तिनले राजाका अधिकारीका बस्ने ठाउँ अनि हाजिर हुने अनि उसको देखरेख गर्ने नोकरहरूले लगाएका लुगाहरू उनले उनको भोजन-सामग्री तथा मन्दिरमा गरिएको भेंट देखिन्। ती सबै चीजहरूले साँच्चै नै उनलाई चकित पारेर, ‘लामो सास फेर्ने बनाइ दिए।’

10:6b.1KI.010.006 यसर्थ रानीले राजालाई भनिन्, “मैले मेरो देशमा तपाईंको बुद्धि अनि गरेको सबै कामहरूको विषयमा धेरै कुरा सुनेकी थिएँ अनि प्रत्येक कुरा साँचो छ!

10:7b.1KI.010.007 मैले तबसम्म विश्वास गरेकी थिइन जबसम्म म आएर आफ्ना आँखाले हेर्न पाएकी थिइन। म देख्दै छु मैले जे सुनेकी थिएँ, त्यो भन्दा बढी यहाँ छ। तपाईंको सम्पत्ति र बुद्वि मानिसहरूले बताएको भन्दा धेरै बढी छ।

10:8b.1KI.010.008 तपाईंले परमप्रभु तपाईंका परमेश्वरको प्रशंसा गर्नु पर्छ किनभने उहाँ खुशी हुनुभयो अनि तपाईंलाई इस्राएलका राजा बनाउनु भयो। उहाँले तपाईंलाई इस्राएलका राजा बनाउनु भयो ताकि तपाईंले जुन सही हो त्यही गर्नु हुन्छ अनि आफ्ना प्रजाहरूसित असल व्यवहार गर्नु भयो।

10:9b.1KI.010.009 परमप्रभु तपाईंको परमेश्वरको स्तुति होस्! उहाँले तपाईंलाई इस्राएलको राजा बनाएर खुशी हुनुहुन्छ। परमप्रभु परमेश्वरले इस्राएललाई सदा-सर्वदा प्रेम गर्नुहुन्छ। वहाले तपाईंलाई राजा बनाउनु भयो। यसकारण तपाईंले तपाईंको अधीनसित के सही हो अनि सच्चाइले कार्य गर्नु होस्।”

10:10b.1KI.010.010 तब शीबाकी रानीले राजालाई लगभग 120 तोडा सुन दिइन्। उनले तिनलाई धेरै मसालाहरू र रत्नहरू पनि दिइन्। शीबाकी रानीले सुलेमानलाई अरू कसैले इस्राएलमा ल्याएको भन्दा बढी नै मसाला दिइन्।

10:11b.1KI.010.011 हीरामको जहाजले ओपीरबाट सुन ल्याएको थियो। ती जहाजले धेरै नै विशेष काठ र रत्नहरू पनि ल्याएका थिए।

10:12b.1KI.010.012 सुलेमानले मन्दिर र महलमा अघि दलानी बनाउन काठ प्रयोग गरे उसले गाउने बजाउनेहरूका निम्ति वीणा र साराङ्गाी बनाउनमा काठ प्रयोग गरे। कसैले पनि यस प्रकारको काठ इस्राएलमा ल्याएको थिएन अनि कसैले पनि त्यस प्रकारको काठ कहिल्यै देखेको थिएन।

10:13b.1KI.010.013 तब राजा सुलेमानले शीबाकी रानीलाई ती उपहारहरू दिए जुन तिनले आफ्नो लागि चुनिन। तब उनले तिनलाई यस्ता वस्तुहरू दिए जो तिनले मागिन्। त्यसपछि, रानी र उनका सेवकहरू आफ्नो देश फर्किए।

10:14b.1KI.010.014 राजा सुलेमानले प्रत्येक वर्ष तौल 666 तोडा सुन प्राप्त गर्दथे।

10:15b.1KI.010.015 व्यापारिक जहाजहरूमा सुन ल्यान छोडेर उनी पसले र व्यापारीहरू अनि अरबका राजा तथा देशका प्रशासहरूबाट पनि सुन प्राप्त गर्दथे।

10:16b.1KI.010.016 राजा सुलेमानले 200 वटा सुनको पाताका ठूला ढालहरू बनाएका थिए। प्रत्येक ढालमा लगभग 600 शेकेल कुटेको सुन थियो।

10:17b.1KI.010.017 तीन सयवटा सुनको पाताका साना ढालहरू पनि बनाए। प्रत्येक ढालमा लगभग तीन मीना सुन लागेको थियो। राजाले तिनीहरूलाई “लबानोनको वन” नाउँ भएको महलमा राखेका थिए।

10:18b.1KI.010.018 राजाले ठूलो हात्तीको दाँतको सिंहासन पनि बनाए। उनले त्यसलाई शुद्ध सुनले ढाके।

10:19b.1KI.010.019 सिंहासनमा पुग्ने छःवटा सिंढीहरू थिए। सिंहासनको पछिल्लो भागको आकार गोलो थियो। आसनको दुवैतिर बाहुहरू थिए। आसनको बगलहरूको प्रत्येक सिंढीमा दुइवटा सिंहहरूको मूर्तिहरू।

10:20b.1KI.010.020 छःवटा सिंढीहरुमध्ये पनि प्रत्येकमा दुइवटा सिंह थिए। प्रत्येकको अन्तमा एउटा सिंह थियो। अरू राज्यमा यस प्रकारको केही थिएन।

10:21b.1KI.010.021 सुलेमानका सबै प्याला र गिलासहरू सुनका थिए। अनि “लबानोनको वन” नाउँक महलमा सबै भाँडा-कुँडाहरू शुद्ध सुनका बनाइएका थिए। महलमा केही पनि चांदीको बनाइएको थिएन। सुलेमानको समयमा सुन यति ज्यादा थियो कि मानिसहरू चाँदीलाई महत्वपूर्ण सम्झिदैन थिए।

10:22b.1KI.010.022 राजासित धेरै व्यापारिक जहाजहरू थिए। ती जहाजहरू हीरामका जहाजहरू सितैं यात्रा गर्थ्यो। प्रत्येक तीन वर्षमा एक पल्ट यी जहाजहरूले सुन, चाँदी, हात्तीको दाँत पुच्छर नभएको वाँदहरू र मजुरहरू ल्याउने गर्थ्यो।

10:23b.1KI.010.023 सुलेमान धर्तीमा सबैभन्दा महान, राजा थिए। उनी सबै राजाहरू भन्दा बढी धनी र बुद्धिमान थिए।

10:24b.1KI.010.024 सबै ठाउँका मानिसहरू राजा सुलेमानलाई हेर्न चाहन्थे। तिनीहरू परमेश्वरले उनलाई दिएको ज्ञान-बुद्धि सुन्न चाहन्थे।

10:25b.1KI.010.025 प्रत्येक वर्ष मानिसहरू राजालाई हेर्न आउँथे। अनि प्रत्येक मानिसले उपहार ल्याउने गर्दथे। तिनीहरू सुन र चाँदीले बनाएको बस्तुहरू, लुगाफाटा, हतियार, मसाला, घोडाहरू र खच्चर ल्याउने गर्दथे।

10:26b.1KI.010.026 यसकारण सुलेमानसँग धेरै-धेरै रथहरू र घोडाहरू थिए। उनीसँग 1,400 रथ अनि 12,000 घोडाहरू थिए। सुलेमानले ती रथहरूका लागि विशेष शहरहरू बनाए। यसकारण रथहरू ती शहरहरूमा राखिएको थिए। राजा सुलेमानले केही रथहरू यरूशलेममा आफूसँग पनि राखेका थिए। राजाले इस्राएललाई समृद्ध बनाएका थिए।

10:27b.1KI.010.027 राजाले इस्राएललाई एउटा धनी देश बनाए। यरूशलेम शहरमा चाँदी, चट्टान जस्तैं सामन्य थियो अनि देवदारको काठ निम्ति भूमितिर उगने प्रशस्त अञ्जीरको रूख जस्तैं सामान्य थियो।

10:28b.1KI.010.028 सुलेमानले मिश्र अनि क्यूएबाट घोडाहरू ल्याएका थिए। उनका व्यापारीहरूले तिनीहरूलाई क्यूएमा किने अनि इस्राएलमा ल्याए।

10:29b.1KI.010.029 मिश्रको एउटा रथको मोल लगभग 600 शेकेल चाँदी थियो अनि एउटा घोडाको मोल पौने 150 शेकेल चाँदी थियो। सुलेमानलेलाई हित्ती र अरामीका राजाहरूलाई घोडा र रथहरू बिक्राी गरिदिए।

11

11:1b.1KI.011.001 राजा सुलेमान आइमाईहरूलाई माया गर्दथे। इस्राएल राष्ट्रका नभएतापनि उनी धेरै आइमाईहरूलाई माया गर्दथे। तिनीहरूमा फिरऊन की छोरी, हित्ती आइमाईहरू अनि मोआब, अम्मोन, एदोम र सीदोनका आइमाईहरू थिए।

11:2b.1KI.011.002 बितेको समयमा इस्राएलका मानिसहरूलाई परमप्रभुले भन्नु भएको थियो, “तिमीहरूले अर्को राष्ट्रका मानिसहरूसँग विवाह गर्नु हुँदैन। यदि तिमीले गर्यौ भने त्यहाँका मानिसहरूले उनीहरूकै देवताहरूको अनुसरण गर्न वाध्य गर्छन्।” तर सुलेमान ती सबै आइमाईहरूको प्रेममा परे।

11:3b.1KI.011.003 सुलेमानका 700 पत्नीहरू थिए। (यी आइमाईहरू अर्को राष्ट्रका प्रमुखहरूका छोरीहरू थिए।) उनीसँग 300 दासीहरू पनि थिए जो उनका लागि पत्नी जस्तैं नै थिए। उनकी पत्नीहरूले उनलाई परमेश्वरबाट टाढा जान बाध्य गरे।

11:4b.1KI.011.004 जब सुलेमान बुढा भए, उनकी पत्नीहरूले उनलाई अरू देवताहरूको अनुसरण गर्नु लगाए। सुलेमानले आफ्नो परमप्रभुलाई सम्पूर्ण हृदयले अनुसरण गरेनन् जस्तो उनका पिता दाऊदले गरेका थिए।

11:5b.1KI.011.005 सुलेमानले सीदोन देवता अश्तारोतको पूजा गरे। अनि सुलेमानले अम्मोनीहरूका घिनलाग्दा देवता मिल्कोमको पूजा गरे।

11:6b.1KI.011.006 यसकारण सुलेमानले परमप्रभुको सामु अपराध गरे। उनले आफ्नो परमप्रभुको अनुसरण त्यस प्रकार गरेनन् जसरी उनका पिता दाऊदले गरेका थिए।

11:7b.1KI.011.007 सुलेमानले कमोसको पूजा गर्नका लागि एउटा स्थलको निर्माण गरे। कमोस मोआबीहरूको घृणास्पद देवमूर्ति थियो। सुलेमानले त्यो पूजा-स्थल यरूशलेम छेउको पहाडमा बनाए। त्यसै पहाडमा सुलेमानले मोलेकका लागि पूजा-स्थल बनाए। मोलेक अम्मोनीहरूको घृणास्पद देवमूर्ति थियो।

11:8b.1KI.011.008 तब सुलेमानले अरू देशका सबै पत्नीहरूका लागि त्यसै नै गरे। उनकी पत्नीहरू धूप बाल्ने गर्दथे अनि आफ्ना देवताहरूलाई बलि चढाउने गर्दथे।

11:9b.1KI.011.009 सुलेमान परमप्रभु इस्राएलका परमेश्वरलाई पच्छ्याउन देखि टाढिंदै गए। यस कारण परमप्रभु सुलेमानसँग रिसाउनु भयो। परमप्रभु सुलेमानको सामु दुइ पटक देखा पर्नु भएको थियो।

11:10b.1KI.011.010 परमप्रभुले सुलेमानलाई भन्नु भएको थियो, तिमीले अरू देवताहरूको अनुसरण गर्नु हुँदैन। तर सुलेमानले परमप्रभुको आदेश पालन गरेनन्।

11:11b.1KI.011.011 यसकारण परमप्रभुले सुलेमानलाई भन्नुभयो, “तिमीले मसित भएको करार भत्ताभुङ्ग बनाउन मन परायौ। तिमीले मेरो आदेश पालन गरेका छैनौ। यसकारण म प्रतिज्ञा गर्दछु, म तिमीबाट राज्य लिनेछु। म यसलाई तिम्रा सेवकहरू मध्ये एक जनालाई दिनेछु।

11:12b.1KI.011.012 तर म तिम्रा पिता दाऊदको कारण जबसम्म तिमी जीवित रहन्छौ, म तिम्रो राज्य लिने छैन। म तिम्रो छोरा राजा नभएसम्म पर्खिनेछु तब म तिनीबाट लिने छु।

11:13b.1KI.011.013 तैंपनि, म तिम्रो छोराबाट सबै राज्य लिने छैन। म एउटा वंशमाथि शासन गर्न दिनेछु। म यसो दाऊदका लागि नै गर्नेछु। तिनी राम्रा सेवक थिए। अनि म यो यरूशलेमका लागि गर्नेछु। मैले मन पराएको शहर यो नै थियो।

11:14b.1KI.011.014 त्यस समयमा परमप्रभुले एदोमका हददलाई सुलेमानको शत्रु बनाउनु भयो। हदद एदोमका राजाको परिवारका थिए।

11:15b.1KI.011.015 यस्तो यसरी नै भयो। पहिला दाऊदले एदोमलाई परास्त गरेका थिए। योआब दाऊदको फौजका सेनापति थिए। योआब एदोममा मरेका मानिसहरू गाडन गए। योआबले अझै जिउँदै रहेका सबै मानिसहरूलाई मारे।

11:16b.1KI.011.016 योआब अनि सबै इस्राएलीहरू एदोममा छः महिना बसे। त्यस समयमा तिनीहरूले एदोमका सबै मानिसहरूलाई मारिदिए।

11:17b.1KI.011.017 तर त्यस समयमा हदद मात्र सानो केटा थियो। यसकारण हदद मिश्रतिर भाग्यो। उसको पिताका केही सेवकहरू ऊसँगै गए।

11:18b.1KI.011.018 तिनीहरूले मिद्यान छोडे अनि पारान गए। पारानमा केही अरू मानिसहरू तिनीहरूसँग मिसिए। तब सम्पूर्ण दल मिश्र गए। तिनीहरू मिश्रका राजा फिरऊनकहाँ गए अनि गुहार मागे। फिरऊनले हददलाई एउटा घर अनि केही जग्गा दिए। फिरऊनले उनलाई समर्थन गरे अनि खानका लागि खाद्य दिए।

11:19b.1KI.011.019 फिरऊनले हददलाई साह्रै नै मन पराए। उसले उसको विवाहको व्यवस्ता गरिददिए फिरऊनकी साली थिइन् रानी तहपनेसकी बहिनी थिइन्।

11:20b.1KI.011.020 यसकारण तहपनेसकी बहिनीको विवाह हददसँग भयो। तिनीहरूको एउटा छोरा जन्मियो जसको नाउँ गन्‌बत राखे। रानी तहपनेसले गन्‌बतलाई आफ्ना नानीहरू सँग फिरऊनको महलमा हुर्किने अनुमति दिइन्।

11:21b.1KI.011.021 मिश्रमा हददले सुने, दाऊदको चोला उठ्‌यो। उनले यो पनि सुने, फौजका सेनापति योआबको मृत्यु भयो। यसकारण हददले फिरऊनलाई भने, “दयागरी मलाई मेरो देशमा आफ्नो घर जान दिनुहोस्।”

11:22b.1KI.011.022 तर फिरऊनले भने, “मैंले तिमीलाई चाहिएको प्रत्येक वस्तु यहाँ दिएको छु! तिमी किन तिम्रो देशमा फर्किन चाहन्छौ?” हददले उत्तर दिए, “कृपा गरेर मलाई घर फर्किन दिनुस्।”

11:23b.1KI.011.023 परमेश्वरले अर्को एक जना मानिसलाई पनि सुलेमानको शत्रु बनाउनुभयो। उनी एल्यादाका छोरा रसोन थिए। रसोन आफ्नो मालिकबाट भागेका थिए। उनका मालिक सोबाका राजा हददेजेर थिए।

11:24b.1KI.011.024 दाऊदले जब सोबाको सैनिकलाई परास्त गरेका थिए तब रसोनले केही मानिसहरूलाई जम्मा गरे अनि एउटा सानो फौजको प्रमुख भए। रसोन दमीशक गए अनि उहीं बसे। रसोन दमीशकका राजा भए।

11:25b.1KI.011.025 रसोनले अराममा शासन गरे। उनी इस्राएलीलाई घृणा गर्दथे, यसकारण सुलेमान जीवित रहुञ्जेलसम्म इस्राएलको शत्रु भए। रसोन र हददले इस्राएलका लागि धेरै समस्याहरू सृष्टि गरे।

11:26b.1KI.011.026 नबातका छोरा यारोबाम सुलेमानका सेवकहरू मध्ये एक जना थिए। यारोबाम एप्रैम कुल समूहका थिए। उनी सरेदा शहरका थिए। यारोबामकी आमा सरूआ नाउँकी विधवा थिइन। उनी राजाको विरोधमा गईन्।

11:27b.1KI.011.027 यही कारण हो कसरी यरोबाम राजाको विरूद्ध बागी भए। सुलेमानले मिलो बनाउँदै थिए अनि आफ्ना पिताको नाउँमा बनिएको दाऊदको शहरको पर्खाल भित्रको खाली जग्गा मर्मत गराउँदै थिए।

11:28b.1KI.011.028 यारोबाम एकदमै योग्यवान व्यक्ति थिए। सुलेमानले उसलाई भएको थाहा गर्नुभयो। यस कराण सुलेमानले यूसुफको कुल समूहको कर्मीहरूको जिम्मावाला बनाए।

11:29b.1KI.011.029 एक दिन यारोबाम यरूशलेम यात्रा गरिरहेका थिए। शीलोका अगमवक्ता अहियाहले उनलाई बाटोमा भेटे। अहियाहले नयाँ खास्टो ओढेका थिए। ती दुइ जना मानिस बाटोमा एक्लै थिए।

11:30b.1KI.011.030 अहियाहले खास्टो खोले अनि च्यातेर बाह्र टुक्रा पारे।

11:31b.1KI.011.031 तब अहियाहले यारोबामलाई भने, “यस खास्टोको दश टुक्रा तिमी आफ्नोलागि लेऊ। परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छः ‘म सुलेमानको राज्यलाई टुक्राउनेछु अनि तँलाई दश कुलहरू दिनेछु।

11:32b.1KI.011.032 अनि म दाऊदको परिवारलाई मात्र एउटा वंशमाथि शासन गर्न दिनेछु। म तिनीहरूलाई यस वंशलाई मात्र लिन दिनेछु। म यो सब मेरो सेवक दाऊद अनि यरूशलेमका लागि गर्नेछु। यरूशालेम त्यो शहर हो जसलाई इस्राएलका सबै कुलहरूबाट रोजेको थिएँ।

11:33b.1KI.011.033 म राज्यलाई सुलेमानबाट लिनेछु किनभने उसले मेरो अनुसरण गर्न छोेडेको छ। ऊ सीदोनकी अश्तारोको पूजा गर्दैछ। ऊ मोआबका देवता कमोस अनि अम्मोनी देवता मिल्कोमको पूजा गर्दैछ। सुलेमानले साँचो र राम्रो काम गर्न छोडिसकेको छ। ऊ मेरो विधि-विधान र आदेशको पालन गर्दैन। ऊ त्यस प्रकार हिेडेन जसरी उसका पिता दाऊद हिंेडेका थिए।

11:34b.1KI.011.034 यसकारण नै सुलेमानको कुलबाट राज्यलाइ लिनेछु। तर म सुलेमानलाई उसको रहल जीवन सम्म शासन गर्न दिनेछु। यो म मेरो सेवक दाऊदका लागि गर्नेछु। मैले दाऊदलाई मन पराएँ किनभने उनले मेरो सबै आदेश र नियमहरू पालन गरे।

11:35b.1KI.011.035 तर म उसको छोराबाट राज्यलाई लिनेछु अनि यारोबाम म तिमीलाई दशवटा कुलहरूमाथि शासन गर्ने अनुमति दिनेछु।

11:36b.1KI.011.036 म सुलेमानको छोरालाई एउटा वंशमाथि मात्र शासन गर्ने अनुमति दिनेछु। म यसो यस कारण गर्छु किनभने मेरो सेवक दाऊदको शासन यरूशलेममा मेरोसम्म सँधै रहनेछ। यरूशलेमलाई मैंले आफ्नो शहर रोजेको थिएँ।

11:37b.1KI.011.037 तर म तिमीले चाहेको प्रत्येक कुरामथि तिमीलाई शासन गर्ने मौका दिनेछु। तिमी सम्पूर्ण इस्राएल माथि शासन गर्नेछौ।

11:38b.1KI.011.038 यी सबै काम म तिम्रो लागि गर्नेछु यदि तिमीले मेरो आदेश पालन गर्यो सबै मेरो आदेशहरू मान्यो भने, यदि तिमी दाऊदले गरे जस्तैं मेरो सबै नियम र आदेशहरू पालन गर्यो भने, म तँ सित हुनेछु अनि तेरो सन्तानहरूलाई तँ पछि मैले दाऊदलाई गरे जस्तैं शासन गर्न अनुमति दिनेछु! म इस्राएललाई तँलाई सोप्ने छु।

11:39b.1KI.011.039 म दाऊदका सन्ताहरूलाई दण्ड दिनेछु किन भने सुलेमानले यस्तो कार्य गर्यो। तर म तिमीहरूलाई कहिले पनि दण्ड दिने छैन।”‘

11:40b.1KI.011.040 सुलेमानले यारोबामलाई मार्ने चेष्टा गरे। तर यारोबाम भागेर मिश्र गए। तिनी मिश्रका राजा शीशककहाँ गए। यारोबाम त्यहाँ सुलेमानको मृत्यु नहुञ्जेलसम्म बसें।

11:41b.1KI.011.041 सुलेमानले आफ्नो शासन कालमा धेरै महान् अनि विवेकपूर्ण काम गरेका थिए। यी सबै काम सुलेमानको इतिहास नाउँक पुस्तकमा लेखिएका छन्।

11:42b.1KI.011.042 सुलेमानले सारा इस्राएलमाथि यरूशलेमा चालीस वर्षसम्म शासन गरे।

11:43b.1KI.011.043 सुलेमानको मृत्यु पछि उनलाई उनका पूर्खाहरू सँगै गाडीयो। आफ्ना पिता दाऊदको नाउँ भएको दाऊद शहरमा उनलाई गाडीयो। तब सुलेमानका छोरा रहबाम उनीपछि अर्को राजा भए।

12

12:1b.1KI.012.001 रहबाम राकेम गएका हुनाले रहबामलाई राजा बनाउनु सबै इस्राएलीहरू शकेम गएका थिए। नबातका छोरा यारोबाम अझै मिश्रमा थिए।

12:2b.1KI.012.002 जब तिनले यो सुने अझ नबातका छोरो यारोबाम मिश्रमा नै थिए। तिनी राजा सुलेमानबाट भागेका थिए र मिश्रमा बसेका थिए। तिनी र सारा इस्राएली समूह रहबाम कहाँ गए अनि भने, राजा सुलेमान मरेपछि उनलाई उनका पूर्खाहरू सित गाडीयो। त्यसपछि उनका छोरा रहबाम नयाँ राजा भए।

12:3b.1KI.012.003 इस्राएलका सबै मानिसहरू शकेम गए। तिनीहरू रहबामलाई राजा बनाउन गएका थिए। रहबाम पनि राजा हुनका लागि शकेम गए। मानिसहरूले रहबामलाई भने,

12:4b.1KI.012.004 “तिम्रा पिताले हामीलाई कठोर परिश्रम गर्न वाध्य गराए। अब यसलाई हाम्रो लगि सजिलो बनाऊ। तिम्रा पिताले हामी माथि लगाएको कठोर कार्य रोक। तब हामी तिम्रो सेवा गर्नेछौं।

12:5b.1KI.012.005 रहबामले भने, “अहिलेलाई जाऊ अनि तीन दिन पछि म कहाँ फर्केर आऊ।” यसकारण तिनीहरू सबै त्यहाँबाट गए।

12:6b.1KI.012.006 केही बूढापाका मानिसहरू थिए जसले सुलेमानलाई जिउँदो रहदा निर्णय लिनुमा सघाएका थिए। यसैकारण राजा रहबामले ती मानिसहरूलाई उनले के गर्नुपर्छ भनी सोधे। उनले भने, “ती मानिसहरूलाई म के उत्तर दिनेछु यस बारेमा तिमीहरू के सोच्छौ?”

12:7b.1KI.012.007 ती बूढा-प्रधानहरूले भने, “यदि आज तपाईंले मानिसहरूको इच्छा पूरा गरिदिनुभयो र तिनीहरूलाई दया पूर्ण उत्तर दिनुभयो भने तब तपाईंसँग इमान्दारी हुनेछ अनि तपाईंको जीवन भरि सेवा गर्नेछन्।”

12:8b.1KI.012.008 तर रहबामले यो उपदेश सुनेनन्। उनले युवकहरूलाई केही सोधे जो उनका मित्र थिए।

12:9b.1KI.012.009 रहबामले भने, “मानिसहरूले भने, ‘तिम्रा पिताले हामीलाइ दिएको काम भन्दा सजिलो काम देऊ।’ यी मानिसहरूलाई के उत्तर दिनु हो यस बारे के भन्छौ? तिनीहरूलाई मैले के बताउनु पर्ने हो?”

12:10b.1KI.012.010 राजाका युवा साथीहरूले भने, “ती मानिसहरू तपाईंकहाँ आए अनि भने, ‘तिम्रा पिताले हामीलाई कठोर कार्य गर्न बाध्य गराए। अनि तपाईंलाई तिनीहरूको काम सजिलो बनाउँन सोधिरहेका छन्।’ तिमीले तिनीहरूलाई भन्नु पर्छ, ‘मेरो कान्छी औलो मेरा पिताको कम्मर भन्दा ठूलो छ।

12:11b.1KI.012.011 मेरो पिताले तिमीहरूलाई कठोर कार्य गर्न बाध्य गराए। तर म तिमीलाई अझै कठिन काम गर्न लगाउने छु! मेरा पिताले तिमीहरू माथि काम गराउन कडा आदेश दिएका थिए। म तिमीहरूलाई कोर्रा लगाउने छु जसमा धातुका धारीला टुक्रा हुनेछन् तिमीलाई घाइते गर्नका लागि।”‘

12:12b.1KI.012.012 रहबामले मानिसहरूलाई बताएका थिए, “म कहाँ तेस्रो दिनमा आऊ।” यसकारण तीन दिनपछि इस्राएलका मानिसहरू रहबाम भए कहाँ फर्केर आए।

12:13b.1KI.012.013 त्यस समयमा राजा रहबामले तिनीहरूसंग कडा कुरा गरे। उनले बुढा-प्रधानका सर-सल्लाह सुनेनन्।

12:14b.1KI.012.014 उनले त्यही गरे जो उनका साथीहरूले गर्न भनेका थिए। रहबामले भने, “मेरा पिताले तिमीहरूलाई कठोर कार्य गर्न वाध्य गराए। यस कारण म तिमीहरूलाई अझै कठोर कार्य दिनेछु। मेरा पिताले तिमीहरू माथि काम गराउन कडा आदेश दिएका थिए। म तिमीहरूलाई घाइते बनाउनका लागि कोर्रा लगाउने छु जसमा धातुका धारिला टुक्राहरू हुनेछन्।”

12:15b.1KI.012.015 यसकारण राजाले ति कुराहरू गरेनन् जो मानिसहरूले चाहेका थिए। यो सबको पछि परमप्रभुको इच्छा हुनु थियो। परमप्रभुले यो कार्य नाबातका छोरा यारोबामलाई दिएको उनको वचन पूरा गर्नका लागि यस्तो गर्नुभयो! परमप्रभुले उहाँका प्रतिज्ञा यरोबामलाई दिनका निम्ति अगमवक्ता अहियाहलाई प्रयोग गर्नुभयो। अहियाह शीलोका थिए।

12:16b.1KI.012.016 इस्राएलका सबै मानिसहरूले नयाँ राजाले उनीहरूको बिन्ती सुन्न अस्वीकार गरेको बुझे। यसकारण नै मानिसहरूले राजालाई भनेः “के हामी दाऊदको परिवारको हिस्सा हौं? होइनौ! के हामी यिशैको भूमिबाट केही पाउँछौं? पाउँदैनौं। यसकारण इस्राएली हो, हामी आफ्नो घर जाऔं। दाऊदका छोराले आफ्ना मानिस माथि शासन गरून्!” यसकारण इस्राएलका मानिसहरू घर फर्किए।

12:17b.1KI.012.017 तर रहबामले अझै इस्राएलीहरू माथि शासन गरिरहे जो यूहदाका शहरहरूमा बसेका थिए।

12:18b.1KI.012.018 अदोराम नाउँक एक जना मानिस त्यहाँ थिए जो श्रमिकहरूका जिम्मेदारी थिए। तब राजा रहबामले अदोरामलाई मानिसहरूसंग कुरा गर्न पठाए। तर इस्राएलका मानिसहरूले उसलाई ढुङ्गाले उसमाथि हानीरहे। तब राजा रहबाम आफ्नो रथमा चढन हतारिए अनि भागेर यरूशलेम गए।

12:19b.1KI.012.019 यसकारण इस्राएलका मानिसहरू दाऊद परिवारको विरोधमा विद्रोह गर्यो अनि तिनीहरू आज पनि दाऊदको परिवारको विरोधमा छन्।

12:20b.1KI.012.020 इस्राएलका सबै मानिसहरूले यारोबाम फर्किएर आएको सुने। त्यसकारण तिनीहरूले उनलाई सभामा बोलाए अनि उनलाई सम्पूर्ण इस्राएलको राजा बनाए। यहूदाको एउटा समूहले मात्र दाऊदको परिवारलाई अनुसरण गरिरह्यो।

12:21b.1KI.012.021 रहबाम यरूशलेम फर्किए। उनले यहूदा अनि बिन्यामीनको कुल समूहहरूलाई जम्मा गरे। त्यो 1,80,000 सैनिकहरूको फौज थियो। सुलेमानका छोरा रहबाम इस्राएलका मानिसहरूको विरूद्ध लडाँइ गर्न चाहन्थे। उसले उसको राज्य फिर्ता लिन चाहन्थे।

12:22b.1KI.012.022 तर परमप्रभुले एक जना अगमवक्तासँग बोल्नु भयो। उनको नाउँ शमायाह थियो। परमेश्वरले भन्नुभयो,

12:23b.1KI.012.023 “यहूदाका राजा, सुलेमानका छोरा रहबाम अनि यहूदा तथा बिन्यामीनका मानिसहरूसंग पनि कुरा गर।

12:24b.1KI.012.024 उनीहरूलाई भन, ‘परमप्रभुले भन्नुहुन्छ तिमीहरूले आफ्ना दाज्यू-भाइहरूको विरोध गर्नु हुँदैन। तिमीहरू मध्ये प्रत्येकले घर फर्किनु पर्छ। मैले नै यी घटनाहरू हुने बनाएको हुँ।”‘ यस कराण रहबामको फौजका सैनिकहरूले परमप्रभुको आदेश पालन गरे। तिनीहरू सबै घर फर्किए।

12:25b.1KI.012.025 शकेम एप्रेमको पहाडी प्रदेशमा एउटा शहर थियो। यारोबामले शकेमलाई अत्यन्त सुदृढ शहर बनाए अनि त्यहाँ बस्न थाले। त्यसपछि उनी पन्‌एल शहर गए अनि त्यसलाई शक्तिशाली बनाए।

12:28b.1KI.012.028 यसकारण राजाले आफ्ना सल्लाहकारहरूलाई के गर्नु पर्ने हो भनी सोधे अनि दुइवटा सुनको बाछाहरू बनाए। राजा यारोबामले उसका मानिसहरूलाई भने, “तिमीहरूले आराधना गर्नका लागि यरूशलेम जानु पर्दैन। हे इस्राएली हो, यी ती देवताहरू हुन् जसले तिमीहरूलाई मिश्रबाट ल्याए।”

12:29b.1KI.012.029 राजा यारोबामले एउटा सुनको बाछा बेतेलमा स्थापित गरे। उनले अर्को सुनको बाछा दान शहरमा स्थापित गरे।

12:30b.1KI.012.030 तर यो एउटा धेरै ठूलो पाप थियो। इस्राएलका मानिसहरू बाछाहरूको पूजा गर्नका लागि बेतेल र दान शहरहरूमा यात्रा गरे।

12:31b.1KI.012.031 यारोबामले अग्ला ठाउँहरूमा मन्दिरहरूको पनि निर्माण गरे। उनले इस्राएलका विभिन्न कुल समूहहरूबाट पूजाहारीहरू पनि छाने। तर उसले मानिसहरूबाट पूजाहारीहरू छाने यद्यपि तिनीहरू लेवीहरू थिएनन्।

12:32b.1KI.012.032 अनि राजा यारोबामले आठौं महिनाको पन्ध्रौं दिनमा एउटा नयाँ चाड पालन गर्नु शुरू गरे जुन चाड यहूदामा मनाईने जस्तैं थियो। यो चाड यहूदाहरूको निस्तार चाड जस्तैं नै थियो। तर यो चाड आठौं महिनाको पन्ध्रौं दिन पर्दथ्यो, पहिलो महिनाको पन्ध्रौं दिनमा पर्दैनथ्यो। त्यस समयमा राजा बेतेल शहरको वेदीमा बलिहरू चढाउने गर्दथे। अनि उनी आफूले बनाएका बाछाहरूलाई बलि चढाउने गर्दथे। राजा यारोबामले बेतेलका अग्ला ठाउँहरूका लागि पूजाहारीहरू पनि छाने जो उसले बनाएका थिए।

12:33b.1KI.012.033 यसकारण यारोबामले इस्राएलीहरूको चाड मनाउन आफ्नै समय ठीक गरे। यो आठौं महिनाको पन्ध्रौं दिन थियो। त्यस समयमा उनी बेदीमा बलिहरू चढाउने गर्दथे अनि धूप बाल्दथे जो उनले बनाएका थिए। यो बेतेल शहरमा थियो।

13

13:1b.1KI.013.001 परमप्रभुले यहूदाका एक जना परमेश्वरको जनलाई अगमवक्तालाई बेतेल शहरमा जाने आदेश दिनुभयो। राजा यारोबाम वेदीमा उभिएर धूपबत्ती बालि रहेका थिए तब परमेश्वरको जन त्यहाँ पुगे।

13:2b.1KI.013.002 परमप्रभुले त्यस परमेश्वरको जनलाई वेदीको विरोधमा बोल्ने आदेश दिनुभयो। उनले भने, “वेदी, परमप्रभुले तिमीलाई भन्नुभएको छः ‘दाऊदको परिवारमा योशीया नाउँ भएको एउटा छोरा जन्मिनेछ। यी पूजाहारीहरू अहिले अग्ला ठाउँहरूमा पूजा गरिहरेका थिए तर वेदी, योशीया ती पूजारीहरूलाई तिमी माथि राख्नेछन् अनि उनले तिनीहरूलाई मार्नेछन्। अहिले ती पूजाहारीहरू तिमी माथि धूपबत्ती बाल्ने गर्छन्। तर योशीयाले तिमी माथि मानिसको हाड जलाउनेछन्। तब तिमी फेरि उपयोगमा आउनेछैनौ!”‘

13:3b.1KI.013.003 यी घटनाहरू हुनेछन्, भनेर त्यस परमेश्वरको जनले मानिसहरूलाई प्रमाण देखाए। उनले भने, “परमप्रभुले मलाई बताएको प्रमाण यो नै हो। परमप्रभुले भन्नुभयो, ‘यो वेदी भत्किने छ अनि यसको सबै खरानी भूइँमा खस्ने छ।”‘

13:4b.1KI.013.004 जब राजा यारोबामले बेतेलको वेदीको विषयमा परमेश्वरको जनबाट जानकारी पाए, उसले वेदीबाट आफ्नो हात हटाए अनि त्यस मानिस तिर देखाए। उनले भने, “त्यो मानिसलाई बन्दी बनाऊ!” तर जब राजाले यसो भने, उसको हात कुँजे भइहाल्‌यो। उसले उसको हात चलाउन सकेन।

13:5b.1KI.013.005 वेदी पनि टुक्रा-टुक्रा भएर भत्कियो। वेदीको सबै खरानी भूइँमा छरियो। त्यो परमेश्वरको जनले भनेका प्रमाण थियो त्यो वचन परमप्रभुबाट भविष्यवाणि भएका थियो।

13:6b.1KI.013.006 तब राजा यारोबामले परमेश्वरको जनलाई भने, “कृपया परमप्रभु तपाईंका परमेश्वर सँग मेरो लागि प्रार्थना गर। परमप्रभुलाई मेरो हात निको पार्नु भन।” यसकारण त्यस परमेश्वरको जनले परमप्रभुलाई प्रार्थना गर्यो अनि राजाको पाखुरा निको भयो। यो पहिले जस्तैं नै भयो।

13:7b.1KI.013.007 तब राजाले त्यस परमेश्वरका जनलाई भने, “कृपया मसँग घरमा आउनुहोस्। म सँग भोजन गर्नुहोस्। म तपाईंलाई उपहार दिनेछु।”

13:8b.1KI.013.008 तर परमेश्वरको जनले राजालाई भने, “यदि तिमीले मलाई तिम्रो आधा राज्य दिए पनि म तिमीसँग तिम्रो घर जाने छैन, म यहाँ कुनै चीज खाने पिउने छैन। म यस ठाउँमा न कुनै चिज खाने छु नता पीउने नै छु।

13:9b.1KI.013.009 परमप्रभुले मलाई कुनै चिज नखानु अथवा नपिउनु भनी आदेश दिनु भएको छ। परमप्रभुले मैले आउँदा प्रयोगगरेको बाटोमा पनि न हिंड्नु भनी आदेश दिनुभएको थियो।”

13:10b.1KI.013.010 यसकारण अर्को बाटोबाट उनले यात्रा गरे। उनले त्यही बाटोबाट यात्रा गरेनन् जुन उनले बेतेलमा आउँदा हिंेडेका थिए।

13:11b.1KI.013.011 बेतेल शहरमा एक जना वृद्ध अगमवक्ता बस्दै थिए। उनका छोराहरू आए अनि बेतेलमा परमेश्वरको जनले गरेको कार्यको विषयमा उनलाई बताए। तिनीहरूले आफ्ना पितालाई परमेश्वरको जनले राजा यारोबामलाई बताएको कुरा सुनाए।

13:12b.1KI.013.012 बूढा अगमवक्ताले भने, “उसले फर्किदा कुन बाटोमा यात्रा गर्यो?” यसकारण छोराहरूले आफ्ना पितालाई त्यो बाटो देखाए जसबाट यहूदाबांट आउँने परमेश्वरको जन गएको थियो।

13:13b.1KI.013.013 बूढा अगमवक्ताले आफ्ना छोराहरूलाई गधा माथि काठी कस्नु भने यसकारण तिनीहरूले गधामाथि काठी कसे। तब अगमवक्ता गधामा चढेर हिंडे।

13:14b.1KI.013.014 बूढा अगमवक्ता परमेश्वरका जनको पछि लागे। बूढा अगमवक्ताले परमेश्वरका जनलाई एउटा तारपीनको रूखतल बसेको पाए। बूढा अगमवक्ताले सोधे, “के तिमी नै परमेश्वरका जन हो जो यहूदाबाट आएको हो?” परमेश्वरका जनले बताए, “हो, म नै हुँ।”

13:15b.1KI.013.015 तब बूढा अगमवक्तले भने, “कृपया घर आऊ अनि मसित भोजन गर।”

13:16b.1KI.013.016 तर परमेश्वरको जनले भने, “म तिमी सँग जान, सक्दिन। म यस ठाउँमा खाने-पिउने गर्न सक्दिन।

13:17b.1KI.013.017 परमप्रभुले मलाई आदेश दिनु भएको छ, ‘त्यस ठाउँमा तैंले केही खाने-पिउने गर्नु हुँदैन अनि त त्यही बाटोबाट फर्किनु हुँदैन जुनबाट पुगेको हुन्छस्।”‘

13:18b.1KI.013.018 तब बूढा अगमवक्ताले भने, “तर म पनि तिमी जस्तैं नै अगमवक्ता हुँ।” तब बूढा अगमवक्ताले एउटा झूटो कुरा गरे। उनले भने, “परमप्रभुको एक जना स्वर्गदूत म कहाँ आयो। त्यो स्वर्गदूतले तिमीलाई मेरो घरमा लानु अनि तिमीलाई खाने-पिउने दिनुभन्यो।”

13:19b.1KI.013.019 यसकारण परमेश्वरको जन बूढा अगमवक्ताको घर गए अनि उनी सँगै खान-पीन गरे।

13:20b.1KI.013.020 जब तिनीहरू खाने मेजमा बसेका थिए, परमप्रभुले बूढा अगमवक्ता सँग बोल्नु भयो।

13:21b.1KI.013.021 अनि बूढा अगमवक्ताले परमेश्वरको जनसँग कुरा गरे जो यहूदाबाट आएका थिए। उनले भने, “परमप्रभुले भन्नुभयो कि तिमीले उहाँको आदेश पालन गरेका छैनौ! परमप्रभु तिम्रा परमेश्वरले जो आदेश तिमीलाई दिएको थिए त्यो तिमीले पालन गरेका छैनौ।

13:22b.1KI.013.022 परमप्रभुले तिमीलाई कुनै पनि ठाउँमा केही पनि न खानु भन्नु भएको थियो। तर तिमी फिर्ता आयौ अनि खान-पीन गर्यौ। यसकारण तिम्रो शरीर तिम्रो परिवारको चिहानमा गाडीने छैन।”

13:23b.1KI.013.023 परमेश्वरको जनले खान-पीन सिध्याए। तब बूढा अगमवक्ताले गधा माथि उनका लागि काठी राखे अनि ती मानिस हिंेडे।

13:24b.1KI.013.024 घर तिर यात्रा गर्दा बाटोमा एउटा सिंहले आक्रामण गर्यो अनि ती परमेश्वरका जनलाई मार्यो। अगमवक्ताको लाश बाटोमा लडीरहेको थियो। गधा र सिंह लाशको छेउमा उभिएका थिए।

13:25b.1KI.013.025 केही अरू मानिसहरू बाटोमा यात्रा गरिरहेका थिए। तिनीहरूले सिंहलाई लाशको छेउमा उभिएको देखे। मानिसहरू शहरमा आए जहाँ बूढा अगमवक्ता बस्ने गर्दथे अनि बाटोमा आफूले देखेको विषयमा उनीहरूलाई भने।

13:26b.1KI.013.026 बूढा अगमवक्ताले ती मानिसलाई धोका दिए अनि फर्काएर ल्याए। उनले भएको घटनाको विषयमा सबै सुने अनि भने, “यो परमेश्वरको जन हो जसले परमप्रभुको आदेश पालन गरेन। यसैकारण परमप्रभुले एउटा सिह उसलाई मार्न पठाउनु भयो। परमप्रभुले ऊ मर्छ भन्नु भएकोले नै ऊ मर्यो।”

13:27b.1KI.013.027 तब अगमवक्ताले आफ्ना छोराहरूलाई भने, “मेरो गधा माथि काठी कस।” यसकारण उनका छोराहरूले उनको गधा माथि काठी कसे।

13:28b.1KI.013.028 बूढा अगमवक्ता निस्के अनि बाटोमा लाश पाए। गधा र सिंह अझै त्यसको छेउमा उभिएका थिए। सिंहले लाशलाई खाएको थिएन अनि यस गधालाई केही गरेको थिएन।

13:29b.1KI.013.029 बूढा अगमवक्ताले आफ्नो गधामाथि लाश राखे। उनले लाश शहरमा शोक मनाउन अनि गाड्न ल्याए।

13:30b.1KI.013.030 बूढा अगमवक्ताले त्यसलाई आफ्नो परिवारको चिहानमा गाडे। उसले उसको मृत्यु माथि रूदै विलाप गरे, “हे मेरो भाई।”

13:31b.1KI.013.031 त्यसपछि बूढा अगमवक्ताले लाश गाडे। तब उनले आफ्नो छोराहरूलाई भने, “जब म मर्छु, मलाई यही चिहानमा गाडनु। मेरा हाडहरू उसको छेउमा रहून्।

13:32b.1KI.013.032 परमेश्वरले उनको माध्यम द्वारा जे बोल्नु भएको थियो साँच्चै नै साँचो साबित हुनेछ। परमप्रभुले उनलाई बेतेल र सामरियाको डाँडाको शहरमा भएका वेदीहरूको विरोधमा बोल्नु भन्नु भएको थियो।”

13:33b.1KI.013.033 राजा यारोबाम बदली भएनन्। उनले दुष्ट कार्य गर्न छोेडेनन्। उनले विभिन्न परिवार समूहबाट मानिसहरू छाने र पूजाहारी बनाउने कार्य जारी नै राखे। ती पूजाहारीहरू अग्लो ठाउँमा पूजा गर्दथे। पूजाहारी हुन चाहने कुनै पनि मानिसलाई पूजाहारी हुन अनुमाति दिइन्थ्यो।

13:34b.1KI.013.034 त्यही पाप थियो जसले यारोवामको घर परिवार सर्वनाश अनि नष्ट गरेको थियो।

14

14:1b.1KI.014.001 त्यस बेला यारोबामको छोरा अबिया साह्रै बिरामी भएको थियो।

14:2b.1KI.014.002 यारोबामले आफ्नी पत्नीलाई भने, “शीलोमा जाऊ। अगमवक्ता अहियाहसँग भेट गर। अहियाह त्यो मानिस हो जसले भनेको थियो, म इस्राएलको राजा हुनेछु। आफ्नो लुगाहरू यसरी लगाऊ कि मानिसहरूले तिमी मेरी पत्नी हौ भनेर थाह नपाउन्।

14:3b.1KI.014.003 अगमवक्तालाई दशवटा रोटीहरू, केही केक र एक घैलो मह देऊ। तब उनको छोरालाई के हुन्छ भनी सोध अगमवक्ता अहियाहले तिमीलाई बताउनेछन्।”

14:4b.1KI.014.004 यसकारण राजाकी पत्नीले त्यही गरिन् उनले जे भनेका थिए। तिनी शीलो गइन्। तिनी अगमवक्ता अहियाहको घर गइन्। अहियाह धेरै बूढा थिए अनि अंन्धो भएका थिए।

14:5b.1KI.014.005 तर परमप्रभुले उनलाई भने, “यारोबामकी पत्नी आफ्नो छोराको विषयमा सोध्न आउँदैछिन्। ऊ साह्रै बीमार छ।” परमप्रभुले अहियाहलाई बताउनुभयो उसले के भन्नु पर्छ भनेर? यारोबामकी पत्नी अहियाहको घरमा आई। तिनी भेष बदली गरेर आएकी थिइन्।

14:6b.1KI.014.006 अहियाहले उनलाई ढोकामा आएको सुने। यसकारण अहियाहले भने, “आऊ, यारोबामकी पत्नी। किन तिमी मानिसहरूलाई अरू केही सोच्न लगाउँदै छौ? तिम्रो लागि म सित केही अशुभ समाचारहरू छन्।

14:7b.1KI.014.007 फर्केर जाऊ अनि यारोबामलाई भन, इस्राएलका परमप्रभुले यही भन्नु भएको छ परमप्रभु भन्नुहुन्छ, ‘यारोबाम, मैले इस्राएलका मानिसहरूको माझबाट तिमीलाई माथि उठाएँ। मैंले तिमीलाई मेरा मानिसहरूको शासक बनाएँ।

14:8b.1KI.014.008 दाऊदको परिवारले इस्राएलमा शासन गरिरहेको थियो। तर मैंले तिनीहरूबाट राज्य लिएँ अनि तिमीलाई दिएँ। तर तिमी मेरा सेवक दाऊद जस्ता छैनौ। उसले सधैं नै मेरो आदेशहरू पालन गर्यो। उसले मलाई सम्पूर्ण हृदयले अनुसरण गर्यो। उसले ती कुराहरू गरे जुन मैंले ठीक सम्झें।

14:9b.1KI.014.009 तर तिम्रा पापहरू पहिलेका शासकहरूका भन्दा धेरै छन्। तिमीले तिम्रो आफ्नै निम्ति अन्य देवताहरूका मूर्ति बनायौ अनि यस द्वारा तिमीहरूले मलाई एकदमै क्राोधित बनायौ, तिमीहरूले मलाई तिमीहरूको पीठ पछि राखेका छौ।

14:10b.1KI.014.010 यसकारण, यारोबाम, म तिम्रो परिवारमाथि बिपत्ति ल्याउने छु। म तिम्रो परिवारका सबै पुरूष मानिसहरू, चाहे तिनीहरू तिम्रा नाताका हुन अथवा नोकरहरू मारिदिनेछु। आगोमा गोबर बले झैं म तिम्रो परिवारलाई सम्पूर्ण रूपले सर्वनाश गर्नेछु।

14:11b.1KI.014.011 शहरमा तिम्रो परिवारको कोही पनि मर्दा त्यसलाई कुकुरले खानेछ। तिम्रो परिवारको कोही व्यक्ति चऊरमा मरेको खण्डमा उसलाई चराहरूले खाने छन्। यी सबै कुराहरू परमप्रभुले बोल्नु भएको हो।”‘

14:12b.1KI.014.012 तब अगमवक्ता अहियाहले यारोवामकी पत्नीलाई भने। उनले भने, “अब तिमी घर जाऊ। तिमी शहरमा प्रवेश गर्ने बित्तिकै, तिम्रो छोरो मर्नेछ।

14:13b.1KI.014.013 सम्पूर्ण इस्राएल उसको लागि रूनेछ अनि उसलाई गाडीने छ। यारोबामको परिवारमा तिम्रो छोरो मात्र यस्तो मानिस हुनेछ जसलाई चाहिं गाडीने छ। यस्तो किन भयो भने ऊ मात्र यारोबामको परिवारमा यस्तो मानिस हो जसले इस्राएलका परमप्रभु परमेश्वरलाई प्रसन्न पारेकोछ।

14:14b.1KI.014.014 परमेश्वरले इस्राएलमा नयाँ राजा राख्नु हुनेछ। त्यस नयाँ राजाले यारोबामको परिवारलाई नष्ट पार्नेछ। यो घटना चाँडै नै हुनेछ।

14:15b.1KI.014.015 तब परमप्रभुले इस्राएललाई हिर्काउनु हुनेछ। इस्राएलका मानिसहरू भयभीत हुनेछन्। तिनीहरू पानीको अग्लो-अग्लो घाँस जस्तैं काम्नेछन्। परमप्रभुले इस्राएलीहरूलाई त्यो असल भूमिबाट निकाल्नु हुनेछन जो तिनीहरूका पिता-पुर्खाहरूलाई दिनु भएको थियो। उनले तिनीहरूलाई यूफ्रेटिस नदीको पारि तितर-बितर पारिदिनुहुनेछ। यो यस्तो घटना हुनेछ किनभने परमप्रभु मानिसहरूसँग रिसाउनु भएकोछ। किनकि तिनीहरूले पवित्र खामाहरू निर्माण गरे।

14:16b.1KI.014.016 यारोबामले पाप गरे अनि यारोबामले इस्राएलका मानिसहरूलाई पाप गर्न लगाए। यसकारण परमप्रभुले इस्राएलका मानिसहरूलाई पराजित गराउनु हुन्छ।”

14:17b.1KI.014.017 यारोबामकी पत्नी तिर्साको शहरमा फर्केर गइन्। तिनी तिनको घरमा पस्न साथ साथै तिनका छोराको मृत्यु भयो।

14:18b.1KI.014.018 सबै इस्राएलीहरूले उसलाई गाडे अनि उसका लागि रोए। यो घटना त्यसरी नै भयो जसरी परमप्रभुले हुन्छ भन्नुभएको थियो। परमप्रभुले आफ्नो सेवक अगमवक्ता अहियाहलाई यी कुराहरू भन्न प्रयोग गर्नु भएको थियो।

14:19b.1KI.014.019 राजा यारोबामले अरू धेरै कामहरू गरेका थिए। उनले युद्धहरू लेडे अनि जनगणमाथि शासन गरिरहे। उनले गरेको सबै कामहरू ‘इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा’ लेखिएका छन्।

14:20b.1KI.014.020 यारोबामले 22वर्ष सम्म राजाको रूपमा शासन गरे। तब तिनी मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। उनीपछि उनका छोरा नादाब नयाँ राजा भए।

14:21b.1KI.014.021 त्यस समयमा सुलेमानका छोरा रहबाम यहूदाका राजा भए। तिनी 41 वर्षका थिए। रहबामले यरूशलेम शहरमा 17 वर्षसम्म शासन गरे। यो त्यही शहर हो जसमा परमप्रभुले सम्मानगर्न चाहनुभएको थियो। उहाँले इस्राएलका सबै शहरहरू मध्ये यस शहरलाई चुन्नु भएको थियो। रहबामकी आमा नाउँ थिइन्। तिनी अम्मोनी स्त्री थिइन्।

14:22b.1KI.014.022 यहूदाका मानिसहरूले परमप्रभुको विरूद्ध पाप गरे अनि परमप्रभुलाई ईष्यालु बनाए। यी मानिसहरूले तिनीहरूको पिता-पुर्खाहरूले भन्दा धेरै पाप गरे।

14:23b.1KI.014.023 मानिसहरूले अग्ला ठाउँहरू, ढुङ्गाका स्मारकहरू अनि अपवित्र स्तम्भहरू बनाए। तिनीहरूले ती चीजहरू प्रत्येक अग्ला पहाड अनि हरियो रूखतल बनाए।

14:24b.1KI.014.024 त्यस भूमिमा पुरूष वेश्यालय भवनहरू पनि थिए। मानिसहरूले राष्ट्रमा जम्मै घृणित कर्महरू गरिरहेका थिए जसको लागि परमप्रभुले तिनीहरू भन्दा अघिका मानिसहरूलाई खेद्नु भएको थियो। यसकारण यहूदाका मानिसहरूले धेरै भूल कामहरू गरे। तिनीहरूभन्दा अघि त्यस भूमिमा बस्ने मानिसहरूले त्यस्तैं नै नराम्रो काम गरे। अनि परमेश्वरले ती मानिसहरूबाट भूमि फिर्ता लिनुभयो अनि त्यसलाई इस्राएलका मानिसहरूलाई दिनुभयो।

14:25b.1KI.014.025 रहबामको शासनकालको पाँचौ वर्षमा मिश्रका राजा शीशकले यरूशलेमको विरोधमा आक्रामण गरे।

14:26b.1KI.014.026 शीशकले परमप्रभुको मन्दिर र राजाको महलबाट ढिकुटि लगे। तिनीहरूले सुनका ढालहरू पनि लगे, जो सुलेमानले बनाएका थिए।

14:27b.1KI.014.027 यसकारण रहबामले ती ठाउँहरूमा राख्न धेरै ढालहरू बनाए। तर यी ढालहरू काँसाका थिए, सुनका थिएनन्। उनले महलको ढोकामा रक्षाकालागि राखिएका मानिसहरूलाई ढालहरू दिए।

14:28b.1KI.014.028 हरेक समय राजा परमप्रभुको मन्दिरमा जाँदा रक्षकहरू उनीसँग जाने गर्दथे। तिनीहरू ढाल बोक्नेगर्दथे। जब तिनीहरू काम पूरा गरिसक्थे, रक्षक कक्षको भित्तामा ढालहरू राख्नेगर्दथे।

14:29b.1KI.014.029 राजा रहबामले जे कामहरू गरे त्यो सबै ‘यहूदाका राजाहरूको इतिहासको पुस्तकमा’ लिखित छ।

14:30b.1KI.014.030 रहबाम र यारोबाम सधैं नै एका अर्कासँग युद्ध गरिरहन्थे।

14:31b.1KI.014.031 रहबामको मृत्यु भयो अनि उनलाई पिता-पुर्खाहरू सँगै नै गाडियो। उनलाई उनका पिता-पुर्खाहरूको चिहानमा दाऊदको शहरमा गाडियो। उनकी आमा ‘नामा’ थिइन्। तिनी एक जना अम्मोनी थिइन्। रहबामका छोरा अबियाम उनको मृत्यु पछि राजा भए।

15

15:1b.1KI.015.001 अबियाम यहूदाका नयाँ राजा भए। नाबातका छोरा यारोबामले इस्राएलमा शासन गर्दा अठारहऔं वर्षमा यस्तो भयो।

15:2b.1KI.015.002 अबियामले यरूशलेममा तीन वर्ष शासन गरे। उनकी आमाको नाउँ माका थियो। तिनी अब्शालोमकी छोरी थिइन्।

15:3b.1KI.015.003 उनले त्यस्तैं सबै पापका कामहरू गरे जस्तो उनका पिताले गरेका थिए। अबियाम परमप्रभु आफ्नो परमेश्वर प्रति विश्वासी थिएनन्। यसकारण उनी आफ्नो हजूरबा दाऊद जस्तो विश्वासी थिएनन्।

15:4b.1KI.015.004 दाऊदको खातिर परमप्रभुले उसलाई एउटा सन्तान यरूशलेमा दिनुभयो। परमप्रभुले दाऊदका सन्तानलाई यरूशलेममाथि शासन गर्न दिनुभयो अनि यसलाई रक्षा गर्ने प्रतिज्ञा गर्नु भयो।

15:5b.1KI.015.005 दाऊदले सँधै नै सही काम गरे जो परमप्रभुले चाहानु हुन्थ्यो। उनले सँधै नै परमप्रभुको आदेश पालन गरे। एक पटक दाऊदले परमप्रभुको आदेश पालन गरेनन् जुन समयमा दाऊदले हित्ती उरीयाहको विरोधमा पाप गरेका थिए।

15:6b.1KI.015.006 रहबाम र यारोबामको बिचमा युद्ध अबियामको जीवन भरी नै चलिरह्यो।

15:7b.1KI.015.007 अबियामले जे काम गरे सबै नै ‘यहूदाका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ। अबियाम राजा भएको समयमा अबियाम र यरोबामबीच युद्ध भइरह्यो।

15:8b.1KI.015.008 जब अबियामको मृत्यु भयो उसलाई दाऊदको शहरमा गाडियो। अबियामको छोरा आसा नयाँ राजा भए।

15:9b.1KI.015.009 इस्राएलमा यारोबाम राजा भएको बिसौं वर्षमा आसा यहूदाका राजा भए।

15:10b.1KI.015.010 आसाले यरूशलेममा 41 वर्ष शासन गरे। उनकी हजूरआमाको नाउँ “माका” थियो। अनि “माका” अब्शालोमकी छोरी थिइन्।

15:11b.1KI.015.011 आसाले आफ्ना पिता-पुर्खा दाऊदले गरे जस्तैं परमप्रभुले जे स्वीकृत गर्नु भएको थियो त्यो कामहरू मात्र गरे।

15:12b.1KI.015.012 त्यस समयमा यस्ता मानिसहरू थिए जो आफ्नो शरीर यौनका लागि बेचेर अरू देवताहरूको सेवा गर्दथे। आसाले ती मानिसहरूलाई देश छोड्न वाध्य गराए। आसाले ती मूर्तिहरू पनि हटाए जो उनका पुर्खाहरूले बनाएका थिए।

15:13b.1KI.015.013 आसाले उसको आमा माकालाई पनि रानीको पदबाट हटाईदिए। माकाले अशेरा देवीको पूजा गर्न घृणित खाम्बाहरू बनाएकी थिइन्। आसाले ती खाम्बाहरू ढालिदिए अनि तिनीहरूलाई किदरोन बेंसीमा जलाईदिए।

15:14b.1KI.015.014 उसले अग्ला ठाउँको पूजास्थानहरू भत्काएनन् तर उनी आफ्नो जीवनभरी परमप्रभु प्रति सम्पूर्ण हृदयले विश्वासी रहे।

15:15b.1KI.015.015 आसा र उनका पिताले परमेश्वरलाई केही चीजहरू दिए। तिनीहरूले सुन, चाँदी र अरू चीजहरूको उपहार दिए। आसाले ती सबै चीजहरू मन्दिरमा राखे।

15:16b.1KI.015.016 राजा आसा यहूदाका राजा भएको समयमा उनी सधैं इस्राएलका राजा बाशाको विरोधमा लडिरहेको हुन्थे।

15:17b.1KI.015.017 इस्राएलका राजा बाशा यहूदाको विरूद्धमा लडे। बाशाले उसका मानिसहरूलाई आसाको देश यहूदा जाने देखि रोक्न चाहन्थे। यसकारण उनले रामा शहरलाई साह्रै सुदृढ बनाए।

15:18b.1KI.015.018 यसकारण आसाले परमप्रभुको मन्दिर अनि राजाको महलबाट सबै चाँदी र सुन निकाले। उनले सुन-चाँदी आफ्ना सेवकहरूलाई दिए अनि तिनीहरूलाई अरामका राजा बेनहदद कहाँपठाए। बेनहदद तब्रिमोनका छोरा थिए। तब्रिमोन हेज्योनका छोरा थिए। दमिश्क बेनहददको राजधानी शहर थियो।

15:19b.1KI.015.019 आसाले यो संदेश पठाए, “मेरा पिता र तिम्रा पिता माझ शान्ति सम्झौता भएको थियो। अहिले म तिमीसित शान्ति सम्झौता गर्न चाहन्छु। म तिम्रो लागि सुन-चाँदीको उपहार पठाइरहेको छु। इस्राएलका राजा बाशासित कृपया शान्ति सम्झौता भंग गर्नुहोस जसले गर्दा ऊ मेरो देशबाट बाहिर जानेछ अनि हामी लाई अलग छोड्नेछ।”

15:20b.1KI.015.020 राजा बेनहददले राजा आसासँग सम्झौता गरे। तिनले उसको सेनापतिहरू अनि सेनाहरू इस्राएली शहरहरू इयोन, दान, आबेल-बेतमाका; गलील पोखरीको वरिपरिका शहर अनि नप्तालीका इलाकामा लड्न पठाए।

15:21b.1KI.015.021 बाशाले यी आक्रामणको बारेमा सुने। यसकारण उनले रामालाई सुदृढ बनाउन छोडिदिए। उनले त्यो शहर त्याग गरे अनि तिर्सातिर फर्किए।

15:22b.1KI.015.022 तब राजा आसाले यहूदाका जम्मै मानिसहरूलाई आदेश दिए। कसैलाई पनि माफी भएन। तिनीहरू रामा गए अनि सबै ढुङ्गा र काठहरू बोके जसद्वारा बाशा त्यो शहरलाई सुदृढ बनाउँदै थिए। तिनीहरूले ती सामानहरू बिन्यामीनको भूमिमा गेबा अनि मिस्पा पुर्याए। तब राजा आसाले ती दुइ शहरहरूलाई अझै दरिलो बनाए।

15:23b.1KI.015.023 राजा आसाले गरेका त्यो प्रत्येक कुरा उसको सैनिक शक्तिको विषयमा अनि उसले स्थापित गरेका त्यो शहरहरू यहूदाका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ। जब आसा बूढा भए, उनी कुँजा भएका थियो।

15:24b.1KI.015.024 तिनी मरे अनि उनलाई उनका पुर्खा दाऊदको शहरमा गाडियो। तब आसाका छोरा यहोशापात उनीपछि नयाँ राजा भए।

15:25b.1KI.015.025 आसाको शासनकालको दोस्रो वर्षमा यारोबामका छोरा नादाब इस्राएलका राजा भए। नादाबले इस्राएलमा दुइ वर्ष शासन गरे।

15:26b.1KI.015.026 नादाबले परमप्रभुले जे नराम्रो सम्झे त्यही गरे। उनले पापका कामहरू त्यसरी गरे जसरी उनका पिता यारोबामले गरेका थिए। यारोबामले पनि इस्राएल मानिसहरूलाई पाप गर्न लगाए।

15:27b.1KI.015.027 बाशा अहियाहका छोरा थिए। तिनीहरू इस्साकार कुस समूहका थिए। बाशाले राजा नादाबलाई मार्ने योजना बनाए। नादाबको शासनकालमा सम्पूर्ण इस्राएल गिब्बतोन शहर को विरूद्ध लडिरहेको थियो। यो एउटा पलिश्तीहरूको शहर थियो। त्यस ठाउँमा बाशाले नादाबलाई मारे।

15:28b.1KI.015.028 आसा यहूदाका राजा भएको समय तेस्रो वर्षमा यो घटना भयो। अनि आशा इस्राएलका अर्का राजा भए।

15:29b.1KI.015.029 बाशा जब नयाँ राजा भए, उनले यारोबामको परिवारको प्रत्येक सदस्यलाई मारे। बाशाले यारोबामको परिवारको कसैलाई पनि जिउँदो छोेडेनन्। परमप्रभुले जसरी हुनुपर्छ भन्नुभएको थियो यो घट्ना त्यसरी नै भयो। परमप्रभुले शीलोबाट आफ्नो सेवक अहियाह मार्फत भन्नुभएको थियो।

15:30b.1KI.015.030 यस्तो भयो किन यारोबामले धेरै पापका कामहरू गरेका थिए। अनि यारोबामले इस्राएलका मानिसहरूलाई धेरै पाप गर्न लगाए। यारोबामले परमप्रभु इस्राएलका परमेश्वरलाई रीस उठाए।

15:31b.1KI.015.031 अरू कार्यहरू जे जति नादाबले गरे इस्राएलका ‘राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।

15:32b.1KI.015.032 बाशाले इस्राएलमा शासन गरेको समयमा उनी यहूदाका राजा आशाको विरोधमा युद्ध गरिरहेकाथिए।

15:33b.1KI.015.033 आसाले यहूदामा शासन गरेको तेस्रो वर्षमा अहियाहका छोरा बाशा इस्राएलका राजा भए। बाशाले तिर्सामा 24 वर्ष शासन गरे।

15:34b.1KI.015.034 तर बाशाले त्यही सब कामहरू गरे जसलाई परमप्रभुले भूल कामहरू थिए भनि भनेको थियो। उनले पनि ती पापहरू गरे जो यारोबामले गरेको थियो। यारोबामले पनि इस्राएलीहरूलाई पाप गर्न लगाए।

16

16:1b.1KI.016.001 तब परमप्रभुले हनानीका छोरा येहू सित बोल्नु भयो। परमप्रभु राजा बाशाको विरोधमा बोल्दै हुनुहुन्थ्यो।

16:2b.1KI.016.002 “बाशा, मैले तिमीलाई धूलोबाट माथि उठाएँ अनि मैले तिमीलाई मेरो इस्राएलका मानिसहरूको राजकुमार बनाएँ। तर तिमीले यारोबामको बाटो पहिल्यायौ। तिमीले मेरा इस्राएली मानिसहरूलाई पाप गर्न लगायौ। तिमीहरूले आफ्नो पापद्वारा मलाई रीस उठायौ।

16:3b.1KI.016.003 यसकारण नै म तिमी, बाशा र तिम्रो परिवारलाई नष्ट पार्नेछु। म तिमी सित त्यस्तैं व्यवहार गर्नेछु जस्तो मैले नबानतका छोरा यारोबामको परिवार सित गरेको थिएँ।

16:4b.1KI.016.004 तिम्रो परिवारका मानिसहरू शहरका बाटोहरूमा मर्नेछन्। अनि कुकुरहरूले तिनीहरूको लाश खानेछन्। तिम्रो परिवारका केही मानिसहरू चऊरमा मर्नेछन् अनि तिनीहरूको लाशलाई चराहरूले खानेछन्।”

16:5b.1KI.016.005 बाशाको विषयमा सबै जानकारीहरू अनि उनले गरेको महान् कार्यहरूको विवरण ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्ताकमा लेखिएको छ।

16:6b.1KI.016.006 बाशा मरे अनि उनलाई तिर्सामा गाडियो। उनका छोरा एला उनीपछि नयाँ राजा भए।

16:7b.1KI.016.007 यसकारण परमप्रभुले हनानीका छोरो येहू अगमवक्तालाई बोलाई पठाउनुभयो। उहाँले उसलाई बाशा अनि उसको परिवारको विरूद्धमा एउटा वचन दिनुभयो। बाशाले परमप्रभुको विरोधमा धेरै अशुभकाम गरे। यसले गर्दा परमप्रभुलाई रिस उठ्‌यो। बाशाले त्यही काम गरे जस्तो यारोबामको परिवारले पहिला गरेका थिए। परमप्रभु साह्रै नै रिसाउनु भएको थियो। किन भने बाशाले यारोबामको परिवारलाई मारेका थिए।

16:8b.1KI.016.008 आसा यहूदाका राजा भएको समय छब्बीसौ वर्षमा एला राजा भए। एला बाशाका छोरा थिए। उनले तिर्सामा दुइ वर्ष शासन गरे।

16:9b.1KI.016.009 राजा एलाका अधिकारीहरू मध्ये एक जना जिम्री थिए। जिम्री एलाका आधी रथहरूको संञ्चालन गर्दथे। तर जिम्रीले एलाको विरोधमा षड्‌यन्त्र रचे। राजा एला तिर्सामा थिए। तिनी अर्साको घरमा मद्यपान गर्दै थिए अनि मदले मातेका थिए। अर्सा तिर्साको राजमहलको भारदार थियो।

16:10b.1KI.016.010 जिम्री घरभित्र पसे अनि राजा एलाको हत्या गरे। आसा यहूदाको राजा भएको समयमा सत्ताइसौं वर्षमा यस्तो घटना भयो। तब जिम्री एलापछि इस्राएलका राजा भए।

16:11b.1KI.016.011 जिम्री नयाँ राजा भएपछि उनले बाशाको परिवारका सबैलाई मारे। उनले बाशाको परिवारका मानिसहरूमा एक जनालाई पनि जिउँदो छोडेनन्। जिम्रीले बाशाका साथीहरूलाई पनि मारे।

16:12b.1KI.016.012 यसकारण जिम्रीले बाशाको सम्पूर्ण परिवारलाई नष्ट पारिदिए। यो घटना त्यसरी नै भयो जसरी परमप्रभुले हुन्छ भन्नु भएको थियो जति बेला परमप्रभुले अगमवक्ता येहू मार्फत, बाशाको विरोधमा बोल्नु भएको थियो।

16:13b.1KI.016.013 बाशा र उनको छोरा एलाको पापले गर्दा यस्तो भयो। तिनीहरूले पापको काम गरे अनि इस्राएली मानिसहरूलाई पनि पाप गर्न लगाए। परमप्रभु रिसाउनु भयो किनभने तिनीहरूसँग देवमूर्तिहरू थिए।

16:14b.1KI.016.014 अरू कामहरू, जे एलाले गरे ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएका छन्।

16:15b.1KI.016.015 आसा यहूदाका राजा भएको सत्ताइसौं वर्षमा जिम्री इस्राएलका राजा भए। जिम्रीले तिर्सामा सात दिनसम्म शासन गरे। त्यस समयमा इस्राएलको सेनाले गिब्बतोनमा जो पलिश्तिहरूको थियो पाल लगाई रहेका थिए।

16:16b.1KI.016.016 शिविरमा मानिसहरूले सुने, जिम्रीले राजाको विरोधमा गोप्य षड्‌यन्त्र रचेको छ। तिनीहरूले सुने, उनले राजालाई मारे। यस कारण सबै इस्राएलीहरूले त्यस दिन शिविरमा ओम्रीलाई इस्राएलको राजा बनाए। ओम्री सेनाका सेनापति थिए।

16:17b.1KI.016.017 यसकारण ओम्री र सबै इस्राएलीहरूले गिब्बतोन छोेडे अनि तिर्सामाथि आक्रामण गरे।

16:18b.1KI.016.018 जब जिम्रीले शहरमा आक्रामण गरिएको देखे। उनी महलभित्र पसे अनि आगो सल्काए। उनले महल र आफूलाई जलाए।

16:19b.1KI.016.019 यसकारण जिम्री मरे किनभने उनले पाप गरेका थिए। जिम्रीले त्यो काम गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। उनले त्यसरी नै पाप काम गरे जसरी यारोबामले गरेका थिए। अनि यारोबामले इस्राएलीहरूलाई पाप गर्न लगाए।

16:20b.1KI.016.020 जिम्रीको गोप्य षडयन्त्र अनि अरू कार्यहरू जो जिम्रीले गरे, त्यो कथा ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएका छन्।

16:21b.1KI.016.021 इस्राएली मानिसहरू दुइ दलमा विभाजित भएका थिए। आधी मानिसहरूले गीनतका छोरा तिब्नीको अनुसरण गरे अनि उनलाई राजा बनाउन चाहे। अरू आधी मानिसहरूले ओम्रीको अनुसरण गरे।

16:22b.1KI.016.022 तर ओम्रीका अनुसरण कर्त्ताहरू गीनतको छोरो तिब्नीका अनुसरण कर्त्ताहरू भन्दा बलिया थिए। यस कारण तिब्नीलाई मारियो अनि ओम्री राजा भए।

16:23b.1KI.016.023 आसा यहूदाको राजा भएको समय एकतीसौं र्बषमा ओम्री इस्राएलका राजा भए। ओम्रीले इस्राएलमा 12 वर्ष शासन गरे। 12 वर्षहरू मध्ये छः वर्ष उनले तिर्सा शहरमा शासन गरे।

16:24b.1KI.016.024 तब ओम्रीले सामरियाको पहाड किने। उनले यसलाई दुइ तोडा चाँदीमा शेमेरबाट किने। ओम्रीले पहाड माथि एउटा शहर बनाए। उनले पहाडको मालिक शेमेरको नाउँमा शहर को नाउँ सामरिया राखे।

16:25b.1KI.016.025 ओम्रीले त्यही काम गरे जसलाई परमप्रभुले भूल भन्नु भएको थियो। ओम्री उनी भन्दा पहिलेका सबै राजाहरू भन्दा दुष्ट थिए।

16:26b.1KI.016.026 उनले त्यही पाप गरे जुन नबातका छोरा यारोबामले गरेका थिए। यारोबामले इस्राएली मानिसहरूलाई पाप गर्न लगाए। यसकारण तिनीहरूले इस्राएलका परमप्रभु परमेश्वरलाई रीस उठाए। परमप्रभु रिसाउनुभो किनभने तिनीहरूले अर्थहीन मूर्तिहरूको पूजा गरे।

16:27b.1KI.016.027 ओम्रीको विषयमा अरू जानकारीहरू तथा उनले गरेको महान् कार्यको बारेमा ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।

16:28b.1KI.016.028 ओम्री मरे अनि उनलाई सामारियामा गाडियो। उनका छोरा आहाब उनीपछि नयाँ राजा भए।

16:29b.1KI.016.029 आसा यहूदाका राजा भएको समयमा अठतीसौं वर्षमा ओम्रीका छोरा आहाब इस्राएलका राजा भए। आहाबले सामरिया शहरमा बसेर 22 वर्ष इस्राएलमा शासन गरे।

16:30b.1KI.016.030 आहाबले त्यही काम गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। अनि आहाब अघिका राजाहरू भन्दा दुष्ट थिए।

16:31b.1KI.016.031 आहाबका लागि त्यही पापको गर्न पर्याप्त थिएन जुन नाबातका छोरा यारोबामले गरेका थिए। यसकारण आहाबले एतबालकी छोरी ईजेबेललाई पनि विवाह गरे। एतबाल सीदोनका राजा थिए। तब आहाबले बालको सेवा र पूजा शुरू गरे।

16:32b.1KI.016.032 आहाबले बालको पूजा गर्नका लागि सामरियामा एउटा मन्दिर बनाए। त्यस मन्दिरमा उनले एउटा वेदी बनाए।

16:33b.1KI.016.033 आहाबले अशेरा देवीको पूजा गर्नका लागि एउटा विशेष स्तम्भ पनि स्थापित गरे। आहाबले उनी भन्दा अघिका सबै राजाहरू भन्दा बढी इस्राएलका परमप्रभुलाई रीस उठाउनेकाम गरे।

16:34b.1KI.016.034 आहाबको शासनकालमा हीएलले जो बेतेलका थिए यरीहो शहर फेरि बसाए। त्यस समय हीएलले शहरमा काम शुरू गर्दा उनको ठूलो छोरा अबीरामको मृत्यु भयो। अनि जब हीएलले शहरको फाटक बनाए, उनको सानो छोरो सगूब मर्यो। यो त्यसरी नै भयो जसरी परमप्रभुले यस्तो हुन्छ भनी न्‌नको छोरा यहोशूद्वारा बोल्नु भएको थियो।

17

17:1b.1KI.017.001 एलिया तिश्बी गिलाद शहरको अगमवक्ता थिए। एलियाले राजा आहाबलाई भने, “म इस्राएलका परमप्रभु परमेश्वरको सेवा गर्छु। साँच्चै नै परमप्रभु जीवित रहनु भए जस्तैं, म प्रतिज्ञा गर्छु आउँदो केही वर्ष न ता पानी पर्छ न शीत नै पर्छ। जब म आदेश दिन्छु तब मात्र पानी पर्नेछ।”

17:2b.1KI.017.002 तब परमप्रभुले एलियालाई भन्नुभयो,

17:3b.1KI.017.003 “यो ठाउँ छोड अनि पूर्वतिर लाग। केरीतको सांघुरो घाटी छेउ लूक। यो घाटी यर्दन नदीको पूर्वमा छ।

17:4b.1KI.017.004 तिमी त्यस नदीको पानी पिउन सक्छौ। मैले कागहरूलाई त्यस ठाउँमा तिम्रो लागि खाद्य ल्याउने आदेश दिएको छु।”

17:5b.1KI.017.005 यसकारण एलियाले त्यसै गरे जस्तो परमप्रभुले उनलाई गर्नु भन्नुभएको थियो। उनी यर्दन नदीको पूर्व तिर करीत खोलामा बस्न गए।

17:6b.1KI.017.006 कागहरूले एलियाका निम्ति प्रत्येक साँझ र विहान मासु र रोटी ल्याए। एलियाले त्यस नदीबाट पानी पिउथ्ये।

17:7b.1KI.017.007 पानी नपरेकोले गर्दा धेरै समय पछि नाला सुख्खा भयो।

17:8b.1KI.017.008 तब परमप्रभुले एलियालाई भन्नुभयो,

17:9b.1KI.017.009 “सीदोनमा सारपत जाऊ। त्यही बस। त्यस ठाउँमा एउटी आइमाई छ जसको पति मरेको छ। मैले उसलाई तिम्रो लागि खाद्य दिनु भनी आदेश दिएको छु।”

17:10b.1KI.017.010 यसकारण एलिया सारपत गए। उनी शहरको फाटकमा पुगे अनि त्यहाँ एक जना स्त्रीलाई देखे। उसको पति मरेको थियो। आइमाई आगोको निम्ति दाउरा जम्मा गर्दै थिई। एलियाले उसलाई भने, “के तिमी मेरो निम्ति एउटा लोटामा अलि कति पानी ल्याउन सक्छौ म पिउन सकूँ?”

17:11b.1KI.017.011 जब स्त्री पानी लिन जान लागेकी थिईन, एलियाले भने, “कृपया, मेरो निम्ति केही रोटी पनि ल्याऊ।”

17:12b.1KI.017.012 स्त्रीले भनिन्, “जीवित परमप्रभु तपाईंको परमेश्वर समक्ष मैले शपथ गरिभन्छु म सित रोटी छैन। म सित भाडाँमा अलिकति पीठो मात्र छ। अनि म सित ढुंग्रोमा अलिकति अंडीरको तेल छ। म यस ठाउँमा आगोको निम्ति केही दाउराका टुक्रा जम्मा गर्न आएकी हुँ। म यसलाई घर लिएर जानेछु अनि हाम्रो निम्ति भोजन पकाउने छु। मेरो छोरा र म यसलाई खाने छौं अनि त्यसपछि भोकले मर्नेछौं।”

17:13b.1KI.017.013 एलियाले स्त्रीलाई भने, “फिक्राी नगर। घर जाऊ अनि तिमीले भने जस्तैं गरेर तिम्रो भोजन पकाऊ। तर पहिला तिमीसँग भएको पीठोबाट सानो रोटी बनाऊ। त्यो रोटी मेरो निम्ति ल्याऊ। त्यसपछि आफ्नो अनि छोराका लागि पकाऊ।

17:14b.1KI.017.014 परमप्रभु इस्राएलका परमेश्वर भन्नु हुन्छ, ‘त्यो भाँडोको पिठो कहिले रित्तो हुनेछैन। ढुंग्रोको तेल कहिले कमि हुने छैन। परमप्रभुले वर्षा नपठाएको दिनसम्म यो चलि रहने छ।”‘

17:15b.1KI.017.015 यसकारण स्त्री आफ्नो घर गइन्। एलियाले उनलाई जे गर्नु भनेका थिए तिनले त्यसै गरिन्। एलिया, स्त्री र उनको छोराको लागि धेरै दिनको खाद्य थियो।

17:16b.1KI.017.016 पीठोको भाँडो अनि तेलको ढुंग्रो कहिले रित्तो भएन। यो यस्तो भयो जस्तो परमप्रभुले हुन्छ भन्नुभएको थियो। परमप्रभुले एलिया मार्फत बोल्नु भएको थियो।

17:17b.1KI.017.017 केही समयपछि स्त्रीको छोरा बीरामी भयो। ऊ साह्रै नै भयो। अन्तमा उसले सास फेर्नै छोड्‌यो।

17:18b.1KI.017.018 तब त्यस स्त्रीले एलियालाई भनिन्, “तपाईं परमेश्वरका जन तपाईंसित मेरो विरोधमा के छ? के तपाईं यहाँ मैले गरेको पाप कामहरूको सम्झना गराउन आउनु भएको हो? के तपाईं यहाँ मेरो छोराको मृत्यु गराउन आउनु भएको हो?”

17:19b.1KI.017.019 एलियाले उनलाई भने, “तिम्रो छोरा मलाई देऊ।” एलियाले तिनीबाट बालकलाई लिए अनि बोकेर त्यसलाई माथिल्लो तलामा लगे। उनले कोठामा ओछ्यान माथि उसलाई सुताए जहाँ उनी बस्ने गर्दथे।

17:20b.1KI.017.020 त्यसपछि एलियाले प्रार्थना गरे, “परमप्रभु मेरा परमेश्वर! यी विधवाले आफ्नो घरमा बस्न दिएकी छिन्। के तपाईं उसका लागि अशुभ घटना गर्नु हुन्छ त? के उनको छोरालाई मर्न दिनु हुन्छ?”

17:21b.1KI.017.021 तब एलिया आफैं बालकमाथि तीन पल्ट पस्रिए। एलियाले प्रार्थना गरे, “हे परमप्रभु मेरो परमेश्वर। यस बालकलाई फेरि जीवन दिनु होस्!”

17:22b.1KI.017.022 परमप्रभुले एलियाको प्रार्थनाको उत्तर दिनुभयो। बालक फेरि सास फेर्न थाल्यो। ऊ जीवित भयो!

17:23b.1KI.017.023 एलियाले बालकलाई बोकेर तल्लो तालामा ल्याए। एलियाले बालकलाई तिनकी हातमा सोम्पीदिए र भने, “हेर, तिम्रो छोरा जिउँदो छ!”

17:24b.1KI.017.024 स्त्रीले भनिन्, “अहिले मलाई थाह भयो तपाईं साँच्चै नै परमेश्वरबाटको मानिस हुनुहुन्छ। परमप्रभु तपाईं मार्फत बोल्नुहुँदो रहेछ मलाई थाह भयो!”

18

18:1b.1KI.018.001 खडेरी परेको तेस्रो वर्ष परमप्रभुले एलियालाई भन्नुभयो, “जाऊ र राजा आहाबसँग भेटं गर। म चाँच्च्ै पानी पठाउने छु।”

18:2b.1KI.018.002 यस कारण एलिया आहाब सँग भेंट गर्न गए। त्यस समयमा सामरियामा खाद्य थिएन।

18:3b.1KI.018.003 यसकारण राजा आहाबले ओबद्यालाई आफ्नो समक्ष बोलाए। ओबद्या राजाको महलको दायित्वमा थिए। ओबद्या परमप्रभुको साँचो भक्त थिए।

18:4b.1KI.018.004 एक समय जब ईजेबेल सबै परमप्रभुका अगमवक्ताहरूको हत्या गरिहरेकी थिई, त्यस बेला ओबद्याले 100 अगमवक्ताहरूलाई लिएर गए अनि तिनीहरूलाई दुइवटा ओढारमा लुकाए। ओबद्याले 50 जना अगमवक्ताहरूलाई एउटा ओढारमा अनि अरू 50 जनालाई अर्को ओढारमा लुकाए। तब ओबद्याले तिनीहरूका लागि खाद्य र पानी ल्याए।

18:5b.1KI.018.005 राजा आहाबले ओबद्यालाई भने, “म सित आऊ। हामीले प्रत्येक पानीको मुहान र नदीको किनार पाउनेछौ। हुनु सक्छ हाम्रा घोडाहरू र गधाहरू जीवित राख्नुलाई प्रशस्त मात्रमा घाँस पाउनु सक्छौ। होइन भने, हामी तिनीहरूलाई गुमाउने छौ।”

18:6b.1KI.018.006 प्रत्येक मानिसले देशको एउटा अंश छाने जहाँ तिनीहरू पानी खोज्न जाने छन्। तब दुइ जना मानिसहरूले सम्पूर्ण देश भ्रमण गरे। आहाब एउटा दिशातिर एक्लै हिंडे। ओबद्या अर्को दिशातिर एक्लै हिंडे।

18:7b.1KI.018.007 ओबद्या भ्रमण गरिरहेको बेला उनले एलियालाई भेटे। ओबद्याले एलियालाई चिने जब उनले उनलाई देखे। ओबद्याले एलिया अघि टाउको निहुराए। उनले भने, “एलिया? के तिमी साँच्चै मालिक हौ?”

18:8b.1KI.018.008 एलियाले उत्तर दिए, “हो म नै हुँ। जाऊ अनि आफ्नो मालिक राजालाई भन, म यहाँ छु।”

18:9b.1KI.018.009 तब ओबद्याले भने, “यदि मैले आहाबलाई तिमी कहाँ छौ बताएँ भने उनले मलाई मार्नेछन्। मैले तिमी प्रति कुनै भूल गरेको छैन! तिमी किन मलाई मार्न चाहन्छौ?

18:10b.1KI.018.010 परमप्रभु जस्तैं तिम्रा परमेश्वर निश्चित रूपले जीवित हुनुहुन्छ राजा हरेक ठाउँमा तिमीलाई खोजी रहेका छन् ! उनले तिमीलाई खोज्न प्रत्येक देशमा मानिसहरू पठाए। यदि एउटा देशका शासकले भने, तिमी यस देशमा छैनौ, तब आहाबले शासकलाई तिमी यहाँ छैनौ भनी प्रतिज्ञा गर्न लगाए।

18:11b.1KI.018.011 अहिले तपाईं चहानुहुन्छ म त्यहाँ जाऊँ अनि उसलाई तपाईं यहाँ हुनुहुन्छ भनी बताऊँ।

18:12b.1KI.018.012 यदि म राजा आहाबलाई तपाईं यहाँ हुनुहुन्छ भनेर बताउन गएँ भने, परमप्रभुको आत्माले तपाईंलाई अन्य कही पुर्याउनेछ। राजा आहाब यहाँ आउने छन् अनि उसले तपाईंलाई पाउने छैनन्। तब उहाँले मलाई मार्ने छन् ! जब म बालक थिए त्यस बेलादेखि नै परमप्रभुको अनुसरण गरें।

18:13b.1KI.018.013 तिमीले थाह पायौ मैले के गरें ! ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मारिरहेकी थिई अनि मैले 100 अगमवक्ताहरूलाई ओढारमा लुकाएँ। मैले 50 जना अगमवक्ताहरूलाई एउटा ओढारमा अनि अरू 50 अगमवक्ताहरूलाई अर्को ओढारमा राखें। मैले तिनीहरूका लागि खाद्य र पानी ल्याएँ।

18:14b.1KI.018.014 अहिले तपाईं चाहानुहुन्छ म त्यहाँ गएर तपाईं यहाँ हुनुहुन्छ भनी भन्दा राजाले मलाई मार्नेछन् ! “

18:15b.1KI.018.015 एलियाले उत्तर दिए, “परमप्रभु सर्वशक्तिमानको नाउँमा निश्चित रूपमा रहे झैं जसको म सेवा गर्छु। म शपथ खाएर भन्दछु कि आज म राजा अघि उभिनेछु।”

18:16b.1KI.018.016 यसकारण ओबद्या राजा आहाब कहाँ गए। उनले एलिया कहाँछन् भनी उनलाई बताए। राजा आहाब एलियालाई भेट्न गए।

18:17b.1KI.018.017 जब आहाबले एलियालाई देखे उनले भने, “के यो तिमी नै हौ? तिमी नै त्यो मानिस हौ जसले इस्राएलमा संकट सृष्टि गरेको छ!”

18:18b.1KI.018.018 तब एलियाले उत्तर दिए, “मैले इस्राएलमा संकट सृष्टि गरेको होइन। तपाईं र तपाईंका परिवारले यो संकट सृष्टि गरेको हुन्। तपाईंले संकट त्यस बेला सृष्टि गर्नुभयो जति बेला तपाईंले परमप्रभुको आदेश पालन गर्नुभएन अनि बालको अनुसरण गर्नुभयो।

18:19b.1KI.018.019 अहिले, सबै इस्राएलीहरूलाई डाँडामाथि मलाई भेट्न भन्नुहोस्। त्यस ठाउँमा बालका 450 जना अगमवक्ताहरूलाई पनि ल्याउनुहोस। अनि असत्य देवी अशेराका 400 अगमवक्ताहरूलाई पनि ल्याउनुहोस। रानी इजेबेलले ती अगमवक्ताहरूको समर्थन र्गछिन्।”

18:20b.1KI.018.020 यसकारण आहाबले सबै इस्राएलीहरू र अगमवक्ताहरूलाई कर्मेल डाँडामा बोलाए।

18:21b.1KI.018.021 एलिया ती मानिसहरू समक्ष आएर। उनले भने, “तिमीहरू कसलाई अनुसरण गर्ने हौ यसका निर्णय कहिले लिनेहो। यदि परमप्रभु नै सत्य परमेश्वर हुनुहुन्छ भने तिमीहरू उहाँलाई नै अनुसरण गर। यदि बाल नै सत्य देवता हो भने तब उनैलाई अनुसरण गर!” मानिसहरूले केही बोलेनन्।

18:22b.1KI.018.022 एलियाले भने, “म परमप्रभुको एक मात्र अगमवक्ता हुँ! यहाँ म एक्लै छु। तर यहाँ बालका 450 जना अगमवक्ताहरू छन्।

18:23b.1KI.018.023 यसकारण दुइवटा साँढे ल्याऊ। बालका अगमवक्ताहरूले एउटा साँढे लिऊन्। तिनीहरूले त्यसलाई मारून् र काटेर टुक्रा-टुक्रा पारून्। त्यसपछि तिनीहरूले मासु दाउरमाथि राखून्। तर तिनीहरू आगो बाल्न पाउने छैनन्। त्यसपछि अर्को साँढेलाई म त्यसै गर्छु। म पनि आगो बाल्न शुरू गर्दिन।

18:24b.1KI.018.024 बालका अगमवक्ताहरूले उनीहरूको देवतालाई प्रार्थना गर्नेछन् अनि म मेरा परमप्रभुलाई प्रार्थना गर्नेछु। जुन परमेश्वरले प्रार्थना सुनेर दाउरा बल्न शुरू गर्छन, तिनै सत्य परमेश्वर हुनेछन्।” सबै मानिसहरूले यसलाई राम्रो विचार भनेर समर्थन गरे।

18:25b.1KI.018.025 तब एलियाले बालका अगमवक्ताहरूलाई भने, “तिमीहरू धेरै छौ। यसकारण पहिला तिमीहरूनै शुरू गर। एउटा साँढे छान अनि तयार गर। तिम्रा देवतालाई पुकार तर आगो बाल्न पाइनेछैन।”

18:26b.1KI.018.026 यसकारण अगमवक्ताहरूले साँढे लिए, जो उनीहरूलाई दिइएको थियो। तिनीहरूले त्यसलाई तयार बनाए। तिनीहरूले विहान देखि मध्यानसम्म प्रार्थना गरे। तिनीहरूले प्रार्थना गरे, “हे बाल, कृपया हामीलाई उत्तर देऊ ! “ तर कुनै आवाज आएन। कसैले उत्तर दिएन। अगमवक्ताहरू वेदीको वरिपरि नाचे जसलाई तिनीहरूले बनाएका थिए। तर आगो बल्दै बलेन।

18:27b.1KI.018.027 दिउँसोतिर एलियाले तिनीहरूको खिसी गरे। एलियाले भने, “यदि बाल साँच्चै नै देवता हुन् भने हुन्छ, जोडसित प्रार्थना गर्नुपर्छ ! हुन सक्छ, उनी सोच्दै छन्! अथवा हुन सक्छ उनी व्यस्त छन् ! अथवा हुन सक्छ उनी भ्रमण गरदैछन्! उनी सुती रहेको हुन सक्छ। हुन सक्छ तपाईंहरूले जोरसित प्रार्थना गर्दा उनी उठ्न सक्छन् ! “

18:28b.1KI.018.028 अनि ती अगमवक्ताहरूले जोरसित प्रार्थना गरे। तिनीहरूले तरवार र भालाले काटे। (तिनीहरूले पूजा गर्ने यस्तैं तरीका थियो।) तिनीहरूले आफूमाथि प्रहार गरिरहे जबसम्म तिनीहरूको शरीर रक्ताम्मे भएन।

18:29b.1KI.018.029 मध्यदिन बित्यो तर आगो बलेको थिएन। अगमवक्ताहरू बेलुकीको बलिदान चढाउने समयसम्म तिनीहरूको व्याकुलता कार्यहरू गरिरहे, तर केही पनि भएन। बालबाट कुनै उत्तर आएन। कुनै आवाज थिएन। कसैले पनि सुनेको थिएन।

18:30b.1KI.018.030 तब एलियाले मानिसहरूलाई भने, “अब मेरो सामु आओ।” यसकारण सबै मानिसहरू एलियाको वरिपरि थुप्रिए। परमप्रभुको वेदी भत्किएको थियो। यसकारण एलियाले ठीक पारे।

18:31b.1KI.018.031 एलियाले 12 वटा ढुङ्गाहरू पाए। प्रत्येक ढुङ्गा याकूबका सन्तानबाटका त्यो एउटा कुल समूहको निम्ति खडा थियो। याकूब त्यो मानिस थियो जसलाई परमप्रभुले इस्राएल नाउ दिनुभयोको थियो।

18:32b.1KI.018.032 एलियाले परमप्रभुको वेदी स्थापित गर्न यी ढुङ्गाहरू प्रयोगगरे। उनले वेदीको वरिपरि एउटा खाडल खने। त्यो खाडल दुइ माना पानी राख्नका लागि पर्याप्त चौडा र गहिरो थियो।

18:33b.1KI.018.033 तब एलियाले वेदीमाथि दाऊरा राखे। उनले साँढेलाई टुक्रा-टुक्रा पारेर काटे। उनले टुक्राहरू दाउरामाथि राखे।

18:34b.1KI.018.034 तब एलियाले भने, “चारैवटा भाँडाहरूमा पानी भर। पानी मासुका टुक्रा र दाउरामा खन्याऊ।” फेरि एलियाले भने, “फेरि यसै गर।” तब उनले भने, “फेरि यस्तै तेस्रो पटक गर।”

18:35b.1KI.018.035 पानी वेदीबाट तल बग्यो अनि खाडलमा भरियो।

18:36b.1KI.018.036 यो बेलुकीपखको बलिदानको समय भएको थियो। त्यसपछि अगमवक्ता एलिया वेदी समक्ष गए अनि प्रार्थना गरे, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर। म तपाईंलाई इस्राएलका परमेश्वर हुनुहुन्छ भनी प्रमाणित गर्ने बिन्ती गर्छु। अनि प्रमाणित गर्नुहोस् म तपाईंको सेवक हुँ। मानिसहरूलाई देखाउनुहोस्, यी सब काम गर्नका लागि तपाईंले मलाईं आदेश दिनुभएको हो।

18:37b.1KI.018.037 मेरो परमप्रभु, मेरो प्रार्थनाको उत्तर दिनहोस्। मानिसहरूलाई देखाइ दिनुहोस्, परमप्रभु तपाईं नै परमेश्वर हुनुहुन्छ। तब तपाईंले मानिसहरूलाई तपाईंतिर फर्काएर ल्याउनु सक्नु हुन्छ।”

18:38b.1KI.018.038 यसकारण परमप्रभुले आगो पठाउनुभयो। आगोले बलिदान, दाउरा, ढुङ्गा र वेदीको वरिपरिको भूमिलाई जलायो। आगोले खाडलको पानीलाई पनि सूख्खा बनायो।

18:39b.1KI.018.039 सबै मानिसहरूले यस्तो भएको देखे। मानिसहरू भूमिमा निहुरिए अनि भन्न थाले, “परमप्रभु नै परमेश्वर हुनु हुन्छ! परमप्रभु नै परमेश्वर हुनुहुन्छ!”

18:40b.1KI.018.040 तब एलियाले भने, “बालका सबै अगमवक्ताहरूलाई पक्रा। कसैलाई भाग्न नदोऊ!” यसकारण मानिसहरूले सबै अगमवक्ताहरूलाई पक्रिाए। तब एलियाले तिनीहरूलाई कीशोन खोलामा लगे अनि त्यस ठाउँमा तिनीहरूलाई मारे।

18:41b.1KI.018.041 तब एलियाले राजा आहाबलाई भने, “अब, जाऊ खान-पीन गर। मूसलाधारे पानी परेको आवाज सुन्छौ।”

18:42b.1KI.018.042 यसकारण राजा आहाब खान गए। त्यस बेला एलिया कर्मेल डाँडा माथि चढे। पर्वतको चुचुरामा पुगेर तिनी निहुरिए। उनले आफ्नो टाउको दुइवटा घुँडाबीच राखे।

18:43b.1KI.018.043 तब एलियाले आफ्नो सेवकलाई भने, “समुद्रतिर हेर।” सेवक त्यस ठाउँमा गयो जहाँबाट ऊ समुद्र हेर्न सक्थ्यो। तब सेवक फर्कियो अनि भन्यो, “मैले केही देखिन।” एलियाले उसलाई फेरि जानु र हेर्नु भने। यस्तो सात पटक भयो।

18:44b.1KI.018.044 सातौं पटक सेवक फर्कियो अनि भन्यो, “मैले मानिसको मुठ्ठीको आकार जस्तैं सानो बादल देखें। बादल समुद्रबाट आउँदै थियो।” एलियाले सेवकलाई भने, “राजा आहाब कहाँ जा अनि उनलाई आफ्नो रथ लिनु अनि अहिले घर जानु भन। यदि उनी अहिले जाँदैनन् भने पानीले उनलाई रोक्नेछ।”

18:45b.1KI.018.045 केही छिनपछि आकाश कालो बादलले ढाकियो। हावा बहनु थाल्यो अनि मूसलाधारे पानी पर्न थाल्यो। आहाब आफ्नो रथमा चढे अनि यीज्रेलतिर यात्रा शुरू गरे।

18:46b.1KI.018.046 परमप्रभुको शक्ति एलियामाथि आएको थियो। एलियाले आफ्नो चारैतिर लुगा कसे जसले गर्दा ऊ दगुर्न सकोस्। तब एलिया राजा आहाबभन्दा अघि यीज्रेलतिर दगुरे र पुगे।

19

19:1b.1KI.019.001 राजा आहाबले ईजेबेललाई सबै थोक बताए जो एलियाले गरे। आहाबले उनलाई कसरी एलियाले तरवारले सबै अगमवक्ताहरूलाई मारेको बताए।

19:2b.1KI.019.002 यसकारण इजेबेलले एलिया समक्ष एकजना दूत पठाइन्। ईजेबेलले भनिन, “म कसम खान्छु भोलि यस बेलाको पहिले म तिमीलाई त्यसरी नै मार्नेछु जसरी तिमीले ती अगमवक्ताहरूलाई मार्यौ। यदि मैले सकिनँ भने तब देवताहरूले मलाई मार्नेछन्।”

19:3b.1KI.019.003 जब एलियाले यो सुने, उनी डराए। त्यस कारण उनी आफ्नो जीवन बचाउन भागे। उनले आफ्नो सेवक सँगै लगे। तिनीहरू बेर्शेबा, यहूदा गए। एलियाले सेवकलाई बेर्शेबामा छोेडे।

19:4b.1KI.019.004 त्यसपछि एलिया दिनभरि नै मरूभूमिमा हिंडे। एलिया एउटा पोथ्राको तल बसे। उनले मर्न चाहे। एलियाले भने, “परमप्रभु, मैले धेरै गरें! मलाई मर्न दिनुहोस्। म मेरा पुर्खाहरू भन्दा राम्रो छुईंन।”

19:5b.1KI.019.005 तब एलिया रूखको तल सुते अनि निदाए। एउटा स्वर्गदूत एलिया कहाँ आए अनि उनलाई छोए। स्वर्गदूतले भने, “उठ! खाऊ!”

19:6b.1KI.019.006 एलियाले आफ्नो छेवैमा कोइलामा पकाएको केक र एउटा ढुंग्रोमा पानी देखे। एलियाले खाई-पिई गरेर तब तिनी फेरि सुते!

19:7b.1KI.019.007 त्यसपछि परमप्रभुका स्वर्गदूत उनीकहाँ फेरि आए। स्वर्गदूतले भने, “उठ! खाऊ! यदि तिमीले खाएनौ भने लामो यात्रा गर्नका लागि तिमी बलियो हुँदैनौ।”

19:8b.1KI.019.008 यसकारण एलिया उठे। उनले खाए अनि पिए। खाद्यले एलियालाई चालीस दिन र चालीस रात होरेब पुगुञ्जेल हिँड्नु पर्याप्त बलियो बनायो, परमेश्वरको पर्वत होरेबतिर हिंडेर गए।

19:9b.1KI.019.009 त्यहाँ एलिया एउटा ओढारमा गए अनि रातभरि बसे। तब परमप्रभु एलिया सँग बोल्नु भयो। परमप्रभुले भन्नुभयो, “एलिया, तिमी किन यहाँ छौ?”

19:10b.1KI.019.010 एलियाले उत्तर दिए, “परमप्रभु, सर्वशक्तिमान परमेश्वर, सधैं मैले सकेसम्म तपाईंको सेवा गरेको छु। तर इस्राएलका मानिसहरूले तपाईंसित भएको करार तोेडेका छन् तिनीहरूले तपाईंका वेदीहरू भत्काए। तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे। म मात्र यस्तो अगमवक्ता हुँ जो अहिलेसम्म जिउँदै छु अनि अहिले तिनीहरू मलाई मार्ने प्रयास गर्दैछन्।”

19:11b.1KI.019.011 तब परमप्रभुले एलियालाई भन्नुभयो, “जाऊ अनि पर्वत माथि मेरा सामु खडा होउ। म तिम्रो छैवैबाट जानेछु।” तब प्रचण्ड हुरी चल्यो। हुरीले पर्वतहरूलाई भत्कायो। परमप्रभुको अघि ठूल्ठूला चट्टानहरू फोर्यो। तर त्यो हुरीमा परमप्रभु हुनुहुन्न थियो। त्यस हुरी पछि एउटा भूइँचालो शुरू भयो तर त्यो भूइँचालोमा पनि परमप्रभु हुनुहुन्न थियो।

19:12b.1KI.019.012 भूइँचालो पछि आगो दन्कियो। तर त्यो आगोमा पनि परमप्रभु हुनुहुन्न थियो। आगो पछि त्यहाँ मधुरो कानेखुसी आए।

19:13b.1KI.019.013 जब एलियाले आवाज सुने उनले उसको अनुहार उसको खास्टोले छोपे। तब उनी गए अनि ओढारको मुखमा उभिए। तब ध्वनिले उनलाई भन्यो, “एलिया, तिमी किन यहाँ छौ?”

19:14b.1KI.019.014 एलियाले भने, “परमप्रभु, हे सर्वशक्तिमान परमेश्वर, मैले सकेसम्म सधैं तपाईंको राम्रो सेवा गरेको छु। तर इस्राएली मानिसहरूले तपाईंको करारलाई पालन गरेनन्। तिनीहरूले तपाईंको वेदी भत्काए। तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे। अहिले सम्म बाँच्ने अगमवक्ता मैं मात्र हुँ। अनि अहिले तिनीहरू मलाई मार्ने चेष्टा गर्दैछन्।”

19:15b.1KI.019.015 परमप्रभुले भन्नुभयो, “दमीशकको वरिपरि मरूभूमिसम्म जाने बाटो भएर फर्क। दमीशक जाऊ अनि अरामका राजाको रूपमा हजाएललाई अभिषेक गर।

19:16b.1KI.019.016 तब निम्शीका छोरा येहूलाई इस्राएलका राजाको रूपमा अभिषेक गर। त्यसपछि आबेल महोलाको शापातको छोरा एलीशालाई अभिषेक गर। तिनी तिम्रो ठाउँमा अगमवक्ता हुनेछन्।

19:17b.1KI.019.017 हजाएलले धेरै व्यक्तिहरूलाई मार्नेछन्। हजाएलको तलवारबाट बाँचेकहरूलाई येहूद्वारा मार्नेछन्। तीजो येहूबाट बाँचेकोलाई एलीशा द्वारा मर्नेछन्।

19:18b.1KI.019.018 म सित अझैं पनि इस्राएलमा 7,000 मानिसहरू छन् जसले अझैसम्म बालको अघाडी निहुरिएको छैनन् अथवा बालको मूर्तिलाई चुम्ब गरेको छैनन्।”

19:19b.1KI.019.019 यसकारण एलियाले त्यो ठाउँ छोेडे अनि शापातका छोरा, एलीशालाई खोज्न गए। एलीशाले हलो जोतिरहेका थिए। त्यहाँ तिनको अघि बाह्रा जोडी गोरूहरू थिए अनि बाह्रौं जोडी चाँहि तिनीसित थियो। एलिया एलीशा सामु गए। एलियाले आफ्नो खास्टो एलीशालाई दिए।

19:20b.1KI.019.020 तत्कालै एलीशाले गोरूहरू छोेडे अनि एलियाको पछि लागे। एलीशाले भने, “मलाई मेरी आमालाई र बाबुलाई म्वाईखान देऊ अनि तिनीहरूलाई विदा लिनु देऊ। तब म तिम्रो अनुसरण गर्नेछु।” एलियाले उत्तर दिए, “तिमी त्यसो गर्नु सक्छौ, म तिमीलाई रोक्दिन।”

19:21b.1KI.019.021 तब एलिशाले आफ्नो परिवारसँग बसेर विशेष भोजन गरे। एलीशा गए अनि आफ्ना गोरूहरू मारे। उनले हलोको काठको प्रयोगदाउराको रूपमा गरे अनि मासु पकाए। तब उनले यसलाई मानिसहरू माझ बाँडे अनि तिनीहरूले मासु खाए। त्यसपछि एलीशाले एलियालाई अनुसरण गर्न थाले। एलीशा एलियाका सहायका बने।

20

20:1b.1KI.020.001 बेन-हदद अरामका राजा थिए। उनले आफ्नो सबै सेनाहरू जम्मा गरे। उनीसँग 32 जना राजाहरू थिए। तिनीहरूसँग घोडा अनि रथहरू थिए। तिनीहरूले सामरिया माथि आक्राामण गरे अनि त्यसको विरोधमा लडाईं गरे।

20:2b.1KI.020.002 राजाले इस्राएलका राजा आहाब कहाँ शहरमा राजदूतहरू पठाए।

20:3b.1KI.020.003 संदेश यस्तो थियो, “बेन-हदद भन्दछन्, ‘तिमीले मलाई तिम्रो चाँदी र सुन दिनु पर्छ। तिमीले आफ्ना स्वास्नीहरू र नानीहरू पनि मलाई दिनु पर्छ।”‘

20:4b.1KI.020.004 इस्राएलका राजाले उत्तर दिए, “महाराज, मेरा मालिक म सहमत छु कि म अहिले तिम्रो हुँ अनि मसित भएको प्रत्येक वस्तु तिम्रो हो।”

20:5b.1KI.020.005 तब राजदूत फर्केर आहाब कहाँ आए। तिनीहरूले भने, “बेन-हदद भन्दछन्, ‘मैले तिमीलाई पहिले भनेको थिएँ। तिमीले तिम्रो सबै स्‌न, चाँदी तथा पत्नीहरू र नानीहरू मलाई दिनु पर्छ।

20:6b.1KI.020.006 भोलि म तिम्रो घर र तिम्रा अधिकारीहरूको घर खोजीनिधि गर्न मानिसहरू पठाउँदैछु। तिमीले मेरा मानिसहरूलाई सबै बहुमूल्य वस्तुहरू दिनु पर्छ अनि तिनीहरूले ती वस्तुहरू म कहाँ ल्याउनेछन्।”‘

20:7b.1KI.020.007 यसकारण राजा आहाबले देशका सबै प्रमुख अगुवाहरूको सभा बोलाए। आहाबले भने, “हेर, बेन-हदद संकट खोजिरहेका छन्। पहिला उनले मलाई भने मैले उनलाई मेरा पत्नीहरू, मेरा नानीहरू, मेरो चाँदी र मेरो सुन दिनु पर्छ। ती वस्तुहरू उनलाई दिन म राजी भएँ। अनि अहिले उनी सबै वस्तुहरू लिन चाहन्छन्।”

20:8b.1KI.020.008 तर सबै बूढा-प्रधानहरू र मानिसहरूले भने, “उनको आज्ञा नमान। उनी जे भन्दछन् त्यो नगर।”

20:9b.1KI.020.009 यसकारण आहाबले एक जना राजदूत बेन हदद समक्ष पठाए। आहाबले भने, “म त्यही गर्नेछु जो तिमीले पहिला भनेका थियौ। तर म तिम्रो दोस्रो आदेश पालन गर्ने छैन।” राजा बेन-हददका मानिसहरूले संदेश राजाकहाँ पुर्याए।

20:10b.1KI.020.010 तब दूत राजा बेन-हददबाट अर्को संदेश लिएर फर्किए। संदेश थियो, “म सामरियालाई सम्पूर्ण रूपले नष्ट पार्नेछु। म कसम खान्छु, त्यहाँ मेरा प्रत्येक मानिसका निम्ति एक मुठ्ठी धूलो पनि रहने छैन। मेरा देवताले मलाई नष्ट पारून् यदि मैले यस्तो गर्न सकिन भने!”

20:11b.1KI.020.011 राजा आहाबले उत्तर दिए, “बेन-हददलाई भन जुन मानिसले कवच धारण गर्छ, त्यसले त्यस मानिसको जस्तो गर्व नगरोस्, जो त्यसलाई खोल्न मानिसले झैं घमण्ड गर्नु हुँदैन।”

20:12b.1KI.020.012 राजा बेन-हदद अरू शासकहरू सँग आफ्नो पालमा मद्यपान गरिरहेका थिए। त्यस बेला संदेशवाहकहरू आए अनि उनलाई राजा आहाबको संदेश दिए। राजा बेन-हददले आफ्ना मानिसहरूलाई आहाबको शहरलाई आक्रमण गर्न तयार हुने आदेश दिए। उनका मानिसहरू तिनीहरू आफैं युद्धका निम्ति तयार भए।

20:13b.1KI.020.013 त्यसै बेला एक जना अगमवक्ता राजा आहाबकहाँ गए। अगमवक्ताले भने, “राजा आहाब, परमप्रभुले तिमीलाई भन्नुहुन्छ, ‘के तिमीले विशाल सेना देखेका छौ? म, तिमीलाई तिनीहरूलाई परास्त पार्ने शक्ति दिइरहकोछु। तब तिमी जान्ने छौ म परमप्रभु हुँ।”‘

20:14b.1KI.020.014 आहाबले भने, “तिनीहरूलाई परास्त गर्नका लागि तपाईं कसलाई प्रयोगगर्न हुनेछ?” अगमवक्ताले भने, “परमप्रभु भन्नुहुन्छ, ‘सरकारी अधिकारीका साना सहायकहरू।”‘ तब राजाले सोधे, “मुख्य सेनालाई कसले नियन्त्रण गर्छ?” अगमवक्ताले उत्तर दिए, “तपाईंले।”

20:15b.1KI.020.015 यसकारण आहाबले सरकारी अधिकारीका तरूण सहायकहरूलाई भेला गरे। ती जम्मा 232 जना तन्देरी मानिसहरू थिए। तब राजाले इस्राएलका सेनाहरूलाई एकसाथ बोलाए। जम्मा संख्या 7,000 पुग्यो।

20:16b.1KI.020.016 राजा बेन-हदद अनि 32 जना राजाहरू जो उनलाई सघाउथे तिनीहरू आ-आफ्नो पाल भित्र मद्यपान गरिरहेका थिए। यसै बेला राजा आहाबको आक्रामण शुरू भयो।

20:17b.1KI.020.017 तन्देरी सहायकहरूले पहिला आक्रामण गरे। राजा बेन-हददका मानिसहरूले उनलाई भने, सैनिकहरू सामरियाबाट बाहिर निस्किए।

20:18b.1KI.020.018 यसकारण बेन-हददले भने, “तिनीहरू लडाई गर्न आइरहेका हुनेछन्। अथवा तिनीहरू शान्तिको कुरा गर्न आइरहेकाछन्। तिनीहरूलाई जिउँदै पक्रा।”

20:19b.1KI.020.019 राजा आहाबका तन्देरी अधिकारीहरूले आक्रामणको नेतृत्व गरिरहेका थिए। इस्राएलका सेनाहरूले तिनीहरूलाई अनुसरण गरिरहेका थिए।

20:20b.1KI.020.020 तब इस्राएलीहरूले प्रत्येकलाई मारे जो तिनीहरूको बाटोमा खडा थिए। यसकारण अरामका सेनाहरू भाग्न थाले। इस्राएलका सेनाहरूले तिनीको पछि लाग्ने काम गरे। राजा बेन-हदद एउटा रथको घोडामा चढेर भागे।

20:21b.1KI.020.021 राजा आहाबले सेनालाई नेतृत्व दिए अनि अरामको सैनिकहरूबाट सबै घोडाहरू अनि रथहरू कब्जा गरे। यसकारण राजा आहाबले अरामी सेनालाई परास्त गराए।

20:22b.1KI.020.022 तब अगमवक्ता राजा आहाब समक्ष गए र भने, “अरामका राजा, बेन-हदद आउंदो बसन्तमा तिमीसित लडाईं गर्न फेरि आउनेछ। यसकारण तिमीले अहिले आफ्नो घर जानुपर्छ अनि आफ्नो सैनिकलाई बलियो बनाउनु पर्छ। अनि उनलाई परास्त गर्नका लागि सचेत योजनाहरू बनाऊ।”

20:23b.1KI.020.023 राजा बेन-हददका अधिकारीहरूले उनलाई भने, “इस्राएलका देवताहरू ता पहाडहरूका देवता हुन्। हामीले पर्वतीय क्षेत्रमा लडाईं गर्यौ। यसकारण इस्राएलका मानिसहरूले जीते। यसकारण हामी उनीहरू सँग त्यस ठाउँमा लडाईं गरौं। तब हामी जित्ने छौं।

20:24b.1KI.020.024 तिमीले यही काम गर्नु पर्नेछ। सैनिकहरूलाई आदेश दिने अनुमति 32 जना राजाहरूलाई नदिनु। तिनीहरूको सैनिकहरूलाई सेनापतिहरूले नै नियन्त्रण गरून्।

20:25b.1KI.020.025 “अब तिनी मासिएको सैनिक जस्तैं सैनिक गठन गर। त्यस सेनाका जस्तैं घोडाहरू र रथहरू भेला गर। त्यसपछि हामीले सम्म भूमिमा इस्राएलीहरू सँग लडाईं गर्नु पर्छ। तब हामी जित्ने छौं।” बेन-हददले तिनीहरूको सल्लाह माने। उनले त्यही गरे जो तिनीहरूले भने।

20:26b.1KI.020.026 यसकारण बेनहददले बसन्तमा अरामीहरूलाई भेला गरे। उनी इस्राएलीहरू सँग युद्ध गर्न अपेक गए।

20:27b.1KI.020.027 इस्राएलीहरू युद्धका लागि तयार भए। इस्राएली मानिसहरू अरामी सैनिकसित युद्ध गर्न हिंडे। तिनीहरूले अराम शिबिरको पछाडि तिर आफ्नो शिबिर बनाए। शत्रुको तुलनामा इस्राएलीहरू बाख्राका दुइवटा साना बथानहरू जस्ता देखिन्थे तर अरामेली सैनिकहरूले सबै इलाकाहरू ढाकेका थिए।

20:28b.1KI.020.028 परमेश्वरका जन इस्राएलका राजाकहाँ आए र भनेः “परमप्रभुले भन्नुभएको छ, ‘अरामका मानिसहरूले त्यो सोच्छन्, म, परमप्रभु हुँ पर्वतहरूका मात्र परमेश्वर हुँ, अनि म सम्म भूमिको पनि परमेश्वर होइन। यसकारण म तिमीलाई यो विशाल शत्रुलाई परास्त गर्ने शक्ति दिन्छु। तब तिमी जान्ने छौ, कि म नै परमप्रभु हुँ।”‘

20:29b.1KI.020.029 सात दिनसम्म सैनिकहरू एका-अर्काको सामु शिबिरमा बसिरहे। सातौं दिन लडाईं शुरू भयो। एक दिनमा इस्राएलीहरूले 1,00,000 अरामका सैनिकहरू मारे।

20:30b.1KI.020.030 बाँचेकाहरू अपेक शहरतिर भागे। शहरको पर्खाल ती सैनिकहरू मध्ये 27,000 माथि ढल्यो। बेन-हदद पनि शहरतिर भागे। उनी एउटा कोठामा लुके।

20:31b.1KI.020.031 उनका सेवकहरूले उनलाई भने, “हामीले सुनेका थियौं, इस्राएलका राजाहरू दयालु छन्। हामी खस्रो लुगा लगाऔं अनि टाउकोमा डोरी बाँधौं। त्यसपछि इस्राएलका राजा कहाँ जाऔं। हुन सक्छ उनीले हामीलाई जिउँदो बस्न दिने छन्।”

20:32b.1KI.020.032 तिनीहरूले खस्रो लुगा लगाएर टाउकोमा डोरी बाँधे। तिनीहरू इस्राएलका राजाकहाँ गए। तिनीहरूले भने, “तिम्रो सेवक, बेन-हदद भन्दछन्, ‘कृपया मलाई बाँच्न देऊ।”‘ आहाबले भने, “के उनी अझै जिउँदै छन्? उनी मेरा भाइ हुन्।”

20:33b.1KI.020.033 बेन-हदूदका मानिसहरूले अहाबको शब्दको संकेत सुन्ने आशा गरेका थिए त्यो उसले बेन-हदूदलाई मार्ने छैन्। जब राजा आहाबले भन्यो त्यो बेन-हदद उसको भाइ थियो, सल्लाहकारले लगत्तै भने, “हो, बेन-हदद तपाईंका भाई हुन्।” आहाबले भने, “उनलाई मकहाँ ल्याऊ।” यसकारण बेन-हदद राजा आहाब समक्ष आए। राजा आहाबले उनलाई ऊ सितै रथमा बस्नभने।

20:34b.1KI.020.034 बेन-हददले उनलाई भने, “आहाब, म तिमीलाई शहरहरू दिनेछु जो मेरा पिताले तिम्रा पिताबाट लिएका थिए। अनि तिमी दमीशाकमा पसलहरू खोल्न सक्ने छौ जसरी मेरा पिताले सामरियामा गरेका थिए।” आहाबले उत्तर दिए, “यदि तिमी यसमा सहमत हुन्छौ भने म तिमीलाई मुक्त रूपमा जान दिने छु।” यसकारण दुइजना राजाहरूले शान्ति सम्झौता गरे। त्यसपछि राजा आहाबले राजा बेन-हददलाई मुक्त गरे।

20:35b.1KI.020.035 एक जना अगमवक्ताले अर्का अगमवक्ताहरूलाई भने, “म माथि प्रहार गर!” उनले भने परमप्रभुले यसो गर्न भनी आदेश दिनुभएको थियो। तर अर्को अगमवक्ताले उनी माथि प्रहार गर्न मानेनन्।

20:36b.1KI.020.036 यसकारण पहिला अगमवक्ताले भने, “तिमीले परमप्रभुको आदेश पालन गरेनौ। यसकारण एउटा सिंहले तिमीलाई मार्नेछ जब तिमी यो ठाउँ छोड्ने छौ।” अर्का अगमवक्ता त्यो ठाउँ छोडेअनि एउटा सिंहले उनलाई मार्यो।

20:37b.1KI.020.037 पहिलो अगमवक्ता अर्को मानिस समक्ष गए अनि भने, “ममाथि प्रहार गर!” त्यस मानिसले उनी माथि प्रहार गर्यो अनि अगमवक्ताहरूलाई घाइते बनायो।

20:38b.1KI.020.038 यसकारण अगमवक्ताले आफ्नो अनुहार एउटा लुगाले छोपे। यस प्रकार उनी को हुन भनी कसैले पनि थाह पाउन सकेन। अगमवक्ता गए अनि बाटोमा राजाको प्रतीक्षा गर्न थाले।

20:39b.1KI.020.039 जब राजा आए अनि अगमवक्ताले उनलाई बोलाए र भने, “म युद्धमा लडाईं गर्न हिंडे। हाम्रा चार जना मानिसहरू मध्ये एक जनाले एक जना शत्रुको सैनिक मकहाँ ल्यायो। मानिसले भन्यो, ‘यस मानिसलाई हेरिराख। यदि यो मानिस भाग्यो भने तैंले आफ्नो जीवन यसको ठाउँमा दिनु पर्छ अथवा तैंले एक तोडा सुन दण्ड तिर्नु पर्नेछ।’

20:40b.1KI.020.040 तर म अरू नै काममा व्यस्त भएँ। यस कारण त्यो मानिस भाग्यो।” इस्राएलका राजाले भने, “तिमीले आफैंले भनी सकेकाछौ तिमीलाई सजाय हुनु पर्छ।”

20:41b.1KI.020.041 तब अगमवक्ताले आफ्नो अनुहारबाट लुगा निकाल्यो। इस्राएलका राजाले उनलाई हेरे अनि उनी एक जना अगमवक्ता हुन भनी थाह पाए।

20:42b.1KI.020.042 तब अगमवक्ताले राजालाई भने, “परमप्रभुले भन्नु भएकोछ, ‘तपाईंले त्यस मानिसलाई मुक्त गराउनु भयो जसलाई मैंले भनेथे त्यो मर्नु पर्छ। यसकारण उसको सट्टामा तिमी मर्ने छौ अनि तिम्रा सैनिकहरू उसको सैनिकहरूको सट्टामा मर्नेछन्!”‘

20:43b.1KI.020.043 तब राजा आफ्नो घर सामरिया फर्किए। उनी चिन्तित र उदास थिए।

21

21:1b.1KI.021.001 राजा आहाबको महल सामरिया शहरमा थियो। महलको छेवैमा दाखबारी थियो। नाबोत नाउँ भएको मानिस यस बारीको मालिक थियो।

21:2b.1KI.021.002 उ यिज्रेलबाट आएको थियो। एक दिन आहाबले नाबोतलाई भने, “तिम्रो दाखबारी मलाई देऊ। म यसलाई सब्जीको बगैंचा बनाउन चाहन्छु। तिम्रो बारी मेरो महलको छेऊमा छ। म यसको बदलीमा राम्रो दाखबारी दिनेछु। अथवा, यदि तिमी चाहन्छौ भने यसको दाम रूपियाँ दिनेछु।”

21:3b.1KI.021.003 नाबोतले उत्तर दिए, “परमप्रभुले यस्तो हुन रोकुन् म यसो गर्नेछु। म मेरो भूमि तपाईंलाई दिने छैन किनभने यो मेरो पिता-पुर्खाको सम्पत्ति हो।”

21:4b.1KI.021.004 यसकारण आहाब घर फर्किए। उनी नाबोतसित रिसाएका थिए अनि उदास थिए। यिज्रेलको मानिसले भनेको कुरा उनलाई मन परेनन्। (नाबोतले भनेका थिए, “म मेरो परिवारको जग्गा दिने छैन्।”) आहाब आफ्नो ओछ्यानमा पल्टिएका थिए। उनले आफ्नो मुख अर्कोतिर पारे अनि केही नखाने भए।

21:5b.1KI.021.005 आहाबकी पत्नी ईजेबेल उनी समक्ष गइन्। ईजेबेलले उनलाई भनिन्, “तिमी किन उदास छौ? तिमीले किन खान मानेनौ?”

21:6b.1KI.021.006 आहाबले उत्तर दिए, “यिज्रेलबाट आएको मानिस नाबोतलाई मैले उसको बारी दिनु भनी बिन्ती गरें। उसलाई मैले भने, म उसलाई भनेको दाम दिनेछु। अथवा उसले चाहेको खण्डमा उसलाई म अर्को बारी दिनेछु। तर नाबोतले बारी मलाई दिन मानेन।”

21:7b.1KI.021.007 ईजेबेलले भनिन, “तर तिमी इस्राएलका राजा हौ! ओछ्यानबाट उठ। केही खाऊ अनि तिमीलाई राम्रो लाग्ने छ। नाबोतको बारी म तिमीलाई उपलब्ध गराउने छु।”

21:8b.1KI.021.008 तब ईजेबेलले केही पत्रहरू लेखिन्। उनले पत्रमा आहाबको नाउँमा सही गरिन्। उनले पत्रहरू बन्द गर्नका लागि आहाबको मोहर प्रयोगगरिन्। त्यसपछि उनले अगुवाहरू र विशेष मानिसहरूलाई पत्र पठाइन् जो नाबोत बसेकै शहरमा बस्ने गर्दथे।

21:9b.1KI.021.009 पत्र यस्तो लेखिएको थियो। घोषणा गर एउटा यस्तो हुनेछ जब मानिसहरूले केही खाने छैनन्। तब शहरका सबै मानिसहरूलाई एउटा सभामा बोलाऊ। सभामा नबोतलाई मानिसहरूको अघि इज्जतको स्थान देऊ।

21:10b.1KI.021.010 केही यस्ता मानिसहरू खोज जो नाबोतको लागि असत्य बोल्नेछन्। ती मानिसहरूले भन्ने छन्, तिनीहरूले नाबोतले राजा र परमेश्वरको विरोधमा बोलेको सुनेका छन्। तब नाबोतलाई शहरदेखि बाहिर निकाल अनि उसलाई ढुङ्गाले हिर्काएर मार।

21:11b.1KI.021.011 यसकारण बूढा-प्रधानहरू अनि मुख्य मानिसहरूले ईजेबेलले तिनको पत्रमा बताए जस्तैं गरे।

21:12b.1KI.021.012 अगुवाहरूले घोषणा गरे, एक दिन यस्तो हुनेछ जब सबै मानिसहरूले केही खाने छैनन्। त्यस दिन तिनीहरूले सबै मानिसहरूलाई एउटा सभामा बोलाए। तिनीहरूले नाबोतलाई मानिसहरूको अघि विशेष स्थानमा राखे।

21:13b.1KI.021.013 तब दुइ जना बेइमान मानिसहरूले जनगणलाई भने, तिनीहरूले नाबोतलाई परमेश्वर र राजाको विरोधमा बोलेको सुनेका थिए। यसकारण मानिसहरूले नाबेतलाई शहर बाहिर लगे। तब तिनीहरूले उसलाई ढुङ्गाले मारे।

21:14b.1KI.021.014 तिनीहरूले ईजेबेललाई एउटा खबर पठाए। खबर थियोः “नाबोत ढुङ्गाले हानेर मारियो।”

21:15b.1KI.021.015 जब ईजेबेलले यो सुनिन्, तिनले आहाबलाई भनिन्, “यिज्रेलीबाटका मानिस नाबोत जसले तपाईंलाई उसको भूमि बेच्न इन्कार गरेका थिए उ मर्यो। अब तपाईं जानु सक्नुहुन्छ अनि तपाईंले चाहेको दाखबारी अधिकार लिनु सक्नुहुन्छ।”

21:16b.1KI.021.016 जब आहाबले भनेको नाबोत मर्यो। सुन्यो ऊ नाबोतको दाखबरीम गयो जुन दाखबारी यिज्रेलीबाट पाएको थियो अनि त्यसको मालिक बनियो।

21:17b.1KI.021.017 त्यस समयमा परमप्रभुले एलियासंग बोल्नु भयो। (एलिया तिश्बीका अगमवक्ता थिए।)

21:18b.1KI.021.018 “इस्राएलको राजा आहाब कहाँ जाऊ। उनी नाबोतको दाखबारीमा हुनेछन्। उसले त्यहाँ बारीको आफ्नो अधिकार लिइरहेको हुनेछ।

21:19b.1KI.021.019 आहाबलाई भन, म परमप्रभु उसलाई भन्छु, ‘आहाब! तिमीले’ नाबोत नाउँ भएको मानिसलाई मार्यौ। अहिले तिमी उसको भूमि लिइरहेका छौ। यसकारण म तिमीलाई भन्दैछु! त्यही ठाउँमा तिमी पनि मर्ने छौ जहाँ नाबोत मरे। त्यही ठाउँमा कुकुरहरूले जसरी नाबोतको रगत चाटेका थिए, त्यसरी नै तिम्रो रगत पनि चाट्ने छन्।”‘

21:20b.1KI.021.020 यसकारण एलिया आहाब भए कहाँ गए। आहाबले एलियालाई देखे र भने, “मेरा शत्रु! तिमीले फेरि मलाई भेट्‌यौ।” एलियाले उत्तर दिए, “हो, मैले फेरि तपाईंलाई भेटाएको छु। तपाईंले तपाईंको सम्पूर्ण जीवन परमप्रभुको विरूद्ध पापहरू गरेर विताउनु भयो।

21:21b.1KI.021.021 यसकारण परमप्रभुले तिमीलाई भन्नुभएको छ, ‘म तिमीलाई नष्ट पार्ने छु। म तिम्रो परिवारको पुरूष सदस्य सबैलाई नष्ट गर्ने छु, चाहे तिनीहरू तपाईंका आफान्ताहरू हुन अथवा तपाईंका दासहरू।

21:22b.1KI.021.022 म तिम्रो परिवारलाई नबातको छोरा यारोबामको परिवार जस्तैं अनि अहियाका छोरा बाशाको परिवार जस्तैं बनाउनेछु। म तिमीलाई यस्तो गर्नेछु किनभने तिमीले मलाई रीस उठाएकाछौ। तिमीले इस्राएलका मानिसहरूलाई पाप गर्न लगायौ।

21:23b.1KI.021.023 अनि ईजेबेलको विषयमा परमप्रभुले यसो भन्नुभयो, ‘कुकुरहरूले यिज्रेलको किल्लाको घेरा-भित्तानेर ईजेबेललाई खानेछ।

21:24b.1KI.021.024 अनि परमप्रभुले यस्तो पनि भन्नुभएको छ, “तिम्रा परिवारका सदस्यहरूमा कोही शहरमा मरे उसको लाश कुकुरहरूले खानेछन्। यदि कोही खेतमा मरे चरा-चुरूङ्गीले उसको लाश खानेछ।”‘

21:25b.1KI.021.025 तिम्रो परिवारमा कुनै पनि मानिस मर्दा त्यसलाई कुकुरले खाने छ। कोही मानिस चऊरमा मर्दा त्यसलाई चराहरूले खानेछन्।

21:26b.1KI.021.026 आहाबले बेकामे मूर्तिहरू पूजेर नराम्रो पाप गरे। यो आम्मारीहरूले गरेकै व्यवहार हो। यसर्थ परमप्रभुले तिनीहरूबाट भूमि लिए अनि यसलाई इस्राएलका मानिसहरूलाई दिए।

21:27b.1KI.021.027 जब एलियाले उसको भाषण शेष गरे, आहाबले उसको खिन्नता प्रगट गर्नका निम्ति आफ्नो वस्त्रहरू च्याते। तब उनले विशेष शोकको लुगा लगाए। उसले उपबास गरे अनि ती विशेष लुगाहरूमा सुते। आहाब साँच्चै साह्रै खिन्न अनि उदास थिए।

21:28b.1KI.021.028 परमप्रभुले अगमवक्ता जो तिस्बेबाट आएका थिए एलियालाई भन्नुभयो,

21:29b.1KI.021.029 “के तिमी देख्छौ, आहाब मेरो सामु कति विनम्र भएको छ। किनभने उसले आफैंलाई मेरो अघि नम्र बनाएको हुनाले, उसको जीवन कालमा ऊ माथि कष्ट ल्याउँदिन। उसको छोरा राजा नहुञ्जेलसम्म म पर्खिने छु। तब आहाबको परिवारमा म कष्ट ल्याउनेछु।”

22

22:1b.1KI.022.001 दुइ वर्षको अवधिमा इस्राएल र अराम बीच शान्ति थियो।

22:2b.1KI.022.002 तब, तेस्रो वर्षमा यहूदाका राजा यहोशापात इस्राएलका राजालाई भेट्न गए।

22:3b.1KI.022.003 यसै समयमा इस्राएला राजाले उसका अधिकारीलाई सोधे, “अरामको राजाले हामीबाट रामोत गिलादमा लगेका थिए सम्झना छ? हामीले रामोतलाई फिर्ता लिनका लागि केही किन गरेनौ? यो हाम्रो शहर हुनुपर्छ।”

22:4b.1KI.022.004 यसकारण राजाले राजा यहोशापातलाई सोधे, “तपाईं हामीसित सहभागी हुनुन्छ अनि आरामका सैनिकहरूको विरूद्ध रामोता युद्ध गर्ने छौं?” यहोशापतले उत्तर दिए, “हो, म तिमीसँग मिल्नेछु। मेरा सैनिकहरू अनि मेरा घोडाहरू तिम्रो सेनामा सामेल हुनेछन्।

22:5b.1KI.022.005 तर पहिला हामी परमप्रभुसित सल्लाह गरौं।”

22:6b.1KI.022.006 यसकारण इस्राएलका राजाले अगमवक्ताहरूको एउटा सभा बोलाए। त्यस बेला प्रातः 400 अगमवक्ताहरू थिए। राजाले अगमवक्तालाई सोधे, “के म लडनु रामोत जानु पर्छ? अथवा के मैंले अर्को मौकाका लागि पर्खिनु पर्छ?” अगमवक्ताहरूले उत्तर दिए, “तिमीले जानु पर्छ अनि अहिले लडाँईं गर्नु पर्छ। परमप्रभुले राजालाई जिताउनु हुनेछ।”

22:7b.1KI.022.007 तर यहोशापातले भने, “के यहाँ अरू परमेश्वरका अगमवक्ताहरू छन्? यदि छन् भने हामीले सोध्नु पर्छ परमेश्वर के भन्नुहुन्छ।”

22:8b.1KI.022.008 इस्राएलका राजाले उत्तर दिए, “एक जना अरू अगमवक्ता छन्। उनको नाउँ मीकाया हो, इम्लाहाका छोरा हुन्। तर म उनलाई घृणा गर्दछु। जब उसले अगमवाणी बोल्दछन् उनी मेरो विषयमा राम्रो कुरा भन्दैनन्, तर खालि दुभार्ग्यको विषयमा भन्दछन्।” यहोशापातले भने, “एकजना राजाले त्यस्ता कुराहरू भन्नु हुँदैन!”

22:9b.1KI.022.009 यसकारण राजाले उसका अधिकारीहरू मध्ये एक जनालाईं इम्लाहका छोरो मीकायाहलाई तत्‌कालै खोज्नु भनी अह्राए।

22:10b.1KI.022.010 त्यस समयमा इस्राएलका राजा र यहूदाका राजा यहोशापात राजकीय पोषाकमा त्यहाँ थिए। तिनीहरू सिंहासनहरूमा बसिरहेका थिए। यो सामरियाको प्रवेशद्वारको छेऊ न्याय-आसनमा थियो। सबै अगमवक्ताहरू तिनीहरूको सामु उभिएका थिए अनि अगमवाणी गरिरहेका थिए।

22:11b.1KI.022.011 अगमवक्ताहरू मध्ये एकजना सिदूकिया नाउँ भएका मानिस थिए। तिनी केनानीका छोरा थिए। सिदूकियाले केही फलामका सींगहरू बनाए। तब उनले आहाबलाई भने, “परमप्रभुले भन्नु भएकोछ, ‘तिनी यी फलामका सींगहरू अरामका सेनाको विरोधमा लडाईं गर्नमा प्रयोगगर्ने छौ। तिमीले तिनीहरूलाई परास्त गर्ने छौ अनि नष्ट पार्ने छौ।”‘

22:12b.1KI.022.012 सबै अरू अगमवक्ताहरू सिदूकियाले भनेको कुरासित सहमत भए। अगमवक्ताहरूले भने, “गिलादको रामोतमा जाऊ र लडाँईमा विजयी हौऊ। अहिले प्रस्थान गर्नु पर्छ। तिनीहरूले रामोतमा अरामका सेनाको विरोधमा लडाईं गर्नुपर्छ। तिमीले लडाईं जित्ने छौ। परमप्रभुले राजालाई विजयी गराउनुहुनेछ।”

22:13b.1KI.022.013 यस्तो भइरहेको बेला अधिकारीहरू मीकायालाई खोज्न गए। अधिकारीहरूले मीकायालाई भेटे अनि भने, “अरू सबै अगमवक्ताहरूले भविष्यवाणी गरेका छन्, राजाको जीत हुनेछ। तिमीले पनि राजाको निम्ति असल कुराहरूका भविष्यवाणी गर्नु पर्छ।”

22:14b.1KI.022.014 तर मीकायाले उत्तर दिए, “होइन, म परमप्रभुको जीवनको शपथ खाएर भन्दछु म त्यो कुराहरू मात्र भन्छु परमप्रभुले मलाई आज्ञा गर्नु हुन्छ।”

22:15b.1KI.022.015 तब मीकाया राजा आहाब सामु उभिए। राजाले सोधे, “मीकाया, के हामी रामोत गिलादमा गएर युद्ध गर्नु अथवा नगर्नु?” मीकायाले उत्तर दिए, “हो, तपाईं झट्टै जानु पर्छ अनि अहिले तिनीहरूसँग युद्ध गर्नु पर्छ। परमप्रभुले राजालाई विजय गराउँनु हुनेछ।”

22:16b.1KI.022.016 तर आहाबले उत्तर दिए, “तिमी परमप्रभुको शक्तिले वोलि रहेका छैनौ। तिमी आफ्नै शब्दहरू भनिरहेका छौ। यसकारण मलाई साँचो भन! कति पटक मैले तिमीलाई भन्नु पर्छ र भन, मलाई भन परमप्रभु के भननुहुन्छ!”

22:17b.1KI.022.017 यसकारण मीकायाले उत्तर दिए, “म देख्न सक्छु के हुनेछ। इस्राएलका सेनाहरू पर्वत माथि छरिनेछन्। तिनीहरू हेरचाह गर्ने नभएको भेडाहरू जस्तैं हुनेछन्। यही कुरा परमप्रभु भन्नुहुन्छ, ‘यी मानिसहरूको कोही अगुवा छैन। तिनीले घर जानु पर्छ अनि लडाईं गर्नु हुदैन।”‘

22:18b.1KI.022.018 तब इस्राएलका राजाले यहोशापातलाई भने, “सुन्नुहोस्, मैले तपाईंलाई भने कि यी अगमवक्ताले कहिले पनि मेरो विषयमा राम्रो कुराहरू भन्दैनन्। उसले मेरो निम्ति विपदको विषयमा मात्र अगमवाणी गर्छ।”

22:19b.1KI.022.019 तब मीकाले भने, “सुन्नुहोस्, यी सबै परमप्रभुका वचनहरू हुन्। मैले परमप्रभुलाई स्वर्गमा सिंहासनमा बसिरहनु भएको देखें। उहाँका स्वर्गदूतहरू उहाँको वरिपरि उभिरहेका थिए।

22:20b.1KI.022.020 परमप्रभुले भन्नुभयो, ‘तिमीहरूमध्ये कसले राजा आहाबलाई फसाउने? म चाहन्छु ऊ गिलादको रामोतमा जाओस् अनि त्यहाँ मारियोस्।’ विभिन्न स्वर्गदूतहरूले अलग अलग सुझाऊहरू पेश गरे।

22:21b.1KI.022.021 तब परमप्रभुका आत्मा आए र भने, ‘म उनलाई फसाउने छु।’ परमप्रभुले उत्तर दिनुभयो, ‘तिमीले राजा आहाबलाई कसरी फसाउँछौ?’

22:22b.1KI.022.022 र्स्वगदूतले उत्तर दिए, ‘म आहाबका सबै अगमवक्ताहरूलाई अलमलाउनेछु। म अगमवक्ताहरूलाई राजा आहाब समक्ष झूठो बोल्न लाउँनेछु। सबै अगमवक्ताहरूको वचनहरू झूठो हुनेछ।’ यसकारण परमप्रभुले भन्नुभयो, ‘सही हो, जाऊ राजा आहाबलाई फसाऊ। तिमी सफल हुनेछौ।”‘

22:23b.1KI.022.023 मीकायाले आफ्नो कथा पूरा गरे। तब उनले भने, “यसकारण यहाँ त्यस्तैं कुराहरू भए। परमप्रभुले तिम्रो सबै अगमवक्ताहरूलाई तिम्रो सामु झूठो बोल्न लगाउनुभयो। परमप्रभुले आफैं नै निर्णय लिनुभएकोछ। तिम्रो अघि ठूलो संकट आउँने छ।”

22:24b.1KI.022.024 तब केनानियाहका छोरा सिदिकया मीकाया कहाँ गए। उसले मीकायाको अनुहारमा हिर्काए अनि भने, “साँच्चै विश्वास गर्छौ परमप्रभुका शक्ति म देखि गयो अनि मबाट तिमीसंग बोल्नलाई जानुभयो?”

22:25b.1KI.022.025 मीकाया उत्तर दिए, “त्यहाँ एक समय आउनेछ जतिबेला तिमी एउटा सानो कोठा भित्र जानेछौ अनि तिमी आफैं लुक्ने छौ। त्यस समयमा तिमीले थाह पाउनेछौ, कि म साँच्चो बोलिरहेको छु।”

22:26b.1KI.022.026 तब इस्राएलका राजाले मीकायालाई पक्रिनु भनी उसका अधिकारीहरू मध्ये एक जनालाई आदेश दिए। राजाले भने, “उनलाई पक्रा उ गर अनि शहरका राजपाल अमोन अनि राजकुमार योआश समक्ष लिएर जाऊ।

22:27b.1KI.022.027 तिनीहरूलाई भन मीकायालाई जेलमा थुन्नु। उनलाई रोटी र पानी मात्र खान देऊ। म लडाईंबाट नफर्किञ्जेल सम्म उनलाई त्यहीं राख।”

22:28b.1KI.022.028 तब मीकायाले ठूलो स्वरमा भने, “यदि तपाईं लडाईंबाट सुरक्षित फर्केर आउनु भयो भने यो प्रमाण हुन्छ कि परमप्रभुले म द्वारा बोल्नु भएको होइन्। उसले यो पनि भने, “मानिसहरू तिमीहरू सबैले सुन!”

22:29b.1KI.022.029 तब इस्राएलका र यहोशापात यहूदाका राजा रामोत गिलादमा गए।

22:30b.1KI.022.030 इस्राएलका राजाले यहोशापातलाई भने, “हामी लडाईंका निम्ति तयारी गर्ने छौं। म यस्तो लुगा लगाउने छु जसले गर्दा म राजा जस्तो देखिन्न। तर तपाईंले विशेष लुगा लगाऊ जसले गर्दा तपाईं राजा जस्तो देखिनुहुन्छ।” यसकारण इस्राएलका राजाले राजा जस्तो नदेखिने लुगा लगाएर लडाईं शुरू गरे।

22:31b.1KI.022.031 त्यहाँ अरामको राजासित 32 जना रथ सेनापतिहरू थिए। राजाले इस्राएलको राजा बाहेक, तिनीहरूको उच्चपदको वास्ता नगर्ने कसैसित पनि युद्ध नलड्ने आज्ञा दिनु भएको थियो।

22:32b.1KI.022.032 यसकारण युद्धको समयमा यी सेनापतिहरूले राजा यहोशापातलाई देखे। सेनापतिहरूले सोचे, उनी नै इस्राएलका राजा हुन्। यसकारण तिनीहरू उनलाई मार्न हिंडे। यहोशापात चिच्याउन थाले।

22:33b.1KI.022.033 सेनापतिहरूले देखे कि ऊ त्यो इस्राएलको राजा होइनन्। यसकारण तिनीहरूले उनलाई मारेनन्।

22:34b.1KI.022.034 तर एक जना सैनिकले हावामा वाण हान्यो-उसको वाणले इस्राएलका राजामाथि प्रहारभयो। वाणले राजालाई सानो ठाउँमा लाग्यो जहाँ उसको कवचले छोपेको थिएन। यसकारण इस्राएलका राजाले उसको रथ सारथीलाई भने, “एउटा वाणले मलाई चोट पार्यो। रथलाई यस क्षेत्रबाट बाहिर हाँक। हामीले लडाईं मैदानबाट टाढा जानु पर्छ।”

22:35b.1KI.022.035 डरलाग्दो लडाँईं भइरहेको थियो। इस्राएलका राजा आफ्नो रथमा नै रहे। उनी रथको एकतिर ढल्कि रहेका थिए। उसले अरामका सेनाहरूलाई हेरिरहेका थिए। उनको रगत तलतिर बगिरहेको थियो अनि रथको तल्लो भागलाई ढाकिरहेको थिए। त्यही दिन बेलुकी तिर राजाको मृत्यु भयो।

22:36b.1KI.022.036 र्स्‌यास्त भए पछि एउटा आवाजले भन्यो इस्राएलीहरूका प्रत्येक सैनिकलाई आ-आफ्नो शहर र भूमिमा जाने आदेश भयो।

22:37b.1KI.022.037 यसकारण यस प्रकार राजा आहाबको मृत्यु भयो। केही मानिसहरूले उनको लाशलाई बोकेर सामरिया ल्याए। तिनीहरूले उनलाई त्यही गडे।

22:38b.1KI.022.038 मानिसहरूले आहाबको रथलाई सामरियाको पोखरीमा धोए। कुकुरहरूले रथबाट राजा आहाबको रगत चाटे। अनि वेश्याहरूले पानीको प्रयोग नुहाउनमा गरे। यी घटनाहरू त्यसरी नै भए जसरी परमप्रभुले हुन्छ भन्नु भएको थियो।

22:39b.1KI.022.039 सबै कामहरू जो राजा आहाबले आफ्नो शासन कालमा गरेका थिए ‘इस्राएलका राजाहरूको इतिहासको, पुसतकमा लेखिएको छ। अनि त्यस किताबले हात्तीको दाँतको विषयमा बताउँदछ जसद्वारा राजाले महललाई अझै सुन्दर बनाएका थिए। पुस्तकले त्यस शहरको वर्णन गर्छ जसलाई राजाले बनाएका थिए।

22:40b.1KI.022.040 आहाबको मृत्यु भयो अनि उनलाई पुर्खाहरू सँगै गाडियो। उनका छोरा अहज्याह उनी पछि राजा भए। यहूदाका राजा यहोशापात

22:41b.1KI.022.041 आहाब इस्राएलका राजा भएको समयमा चौथो वर्षमा यहोशापात यहूदाका राजा भए। यहोशापात आसाका छोरा थिए।

22:42b.1KI.022.042 जब यहोशापात 35 वर्षका थिए ऊ राजा भएका थिए। उसले येरूशलेममा 25 वर्ष शासन गरे। यहोशापातकी आमाको नाउँ अजूबा थियो। अजूबा शिल्हीकी छोरी थिइन्।

22:43b.1KI.022.043 यहोशापातले आफ्ना पिता आसाको उदाहरण अनुशहरण गरे। उनले सबै आदेशहरू पालन गरे जो परमप्रभुले चाहानु भएको थियो।

22:44b.1KI.022.044 तर यहोशापातले अग्ला स्थलहरूलाई नष्ट गरेनन्। मानिसहरूले लगातार ती ठाँउहरूमा बलि दिने अनि धूप बाल्ने काम गरिरहेका थिए।

22:45b.1KI.022.045 यहोशापातले इस्राएलका राजासँग शान्ति सम्झौता गरे। यहोशापात साह्रै वीर थिए अनि धेरै युद्धहरू गरे। यी सबै कुराहरू जो उनले गरे “यहूदाका राजाको इतिहासको” पुस्तकमा लेखिएको छन्।

22:46b.1KI.022.046 यहोशापातले सबै मानिस र स्त्रीहरूलाई पूजाको स्थान छोड्न वाध्य गराए जसले यौन सम्बन्धका लागि आफ्नो शरीर बेच्ने गर्दथे। ती मानिसहरू ती पूजा-स्थलमा त्यस समय देखि सेवा गर्दै आएका थिए जति बेला उनका पिता आसा राजा थिए।

22:47b.1KI.022.047 यस समयमा एदोमको भूमिमा कोही राजा थिएनन्। भूमि राजपाल द्वारा शासन गरिएको थियो।

22:48b.1KI.022.048 राजा यहोशापातले केही समुद्री जहाज बनाएका थिए। उनी ती जहाजहरू ओपीर सम्म त्यहाँबाट सुन ल्याउनका लागि चलाउन चाहन्थे। तर कहिल्यै त्यहाँ गएनन् एस्योन गेबेरमा आफ्नै बन्दरगाहमा तिनीहरूलाई नष्ट गरियो।

22:49b.1KI.022.049 अहाबका छोरो अहज्याहले यहोशापातलाई सहायता गर्न चाहान्थ्यो। अहज्याहले उसका केही नाविकहरू यहोशापातका नाविकहरूलाई सहायता गर्न पठाए तर यहोशापातले अहज्याहका नाविकहरूलाई ग्रहण गर्न अस्वीकार गरे।

22:50b.1KI.022.050 यहोशापातको मृत्यु भयो अनि उनलाई आफ्ना पुर्खाहरूको छेऊमा गाडियो। उनलाई आफ्ना पुर्खाहरू सँग दाऊदको शहरमा गाडियो। तब उनका छोरा योराम राजा भए।

22:51b.1KI.022.051 अहज्याह आहाबका छोरा थिए। तिनी राजा यहोशापातले यहूदामा शासन गरेको सत्रौं वर्षमा इस्राएलका राजा भए। अहज्याहले सामरियामा दुइ वर्ष शासन गरे।

22:52b.1KI.022.052 अहज्याहले परमप्रभुको विरोधमा पाप गरे। उनले त्यस्तैं कामहरू गरे जस्तो उनका पिता आहाब, आमा इजेबेल अनि नबातका छोरा यारोबामले गरेका थिए। यी सबै शासकहरूले इस्राएली मानिसहरूलाई पापतिर बढी लगे।

22:53b.1KI.022.053 अहज्याहले उनका पिता जस्तैं बालको पूजा अनि सेवा गरे। यसकारण अहज्याहले परमप्रभु इस्राएलका परमेश्वरलाई रिस उठ्ने बनाए। परमप्रभु ऊ माथि रिसाउनु भयो, जसरी उहाँ उसका पितासित ऊ भन्दा पहिला रिसाउनु भएको थियो।


Holder of rights
Multilingual Bible Corpus

Citation Suggestion for this Object
TextGrid Repository (2025). Nepali Collection. 1 Kings (Nepali). 1 Kings (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-ACCB-2