Ruth (Nepali)
1
1:1b.RUT.001.001 धेरै अघि न्यायकर्त्ताहरूले शासन गरेको समयमा त्यहाँ नराम्रो समय थियो जब खानका निम्ति पर्याप्त खाद्य थिएन। एलीमेलेक नाउँका एक व्यक्तिले बेतलेहेम, यहूदा छाडे। तिनी, तिनकी पत्नी अनि दुइजना छोराहरू मोआबको पार्वत्य देशमा बसाँई सरेर गए।
1:2b.RUT.001.002 त्यो मानिसको नाउँ एलीमेलेक थियो अनि त्यो मानिसको पत्नीको नाउँ नाओमी थियो अनि दुइ छोराहरूको नाउँ महलोन र किल्योन थियो। यी मानिसहरू यहूदाको बेतलेहेमका, ओप्राती परिवारका थिए। त्यो परिवार मोआबको खेतहरूमा यात्रा गरे अनि त्यहीं बसोबास गरे।
1:3b.RUT.001.003 पछि, नाओमीको पति एलीमेलेकको मृत्यु भयो। यसर्थ नाओमी अनि तिनका दुइ छोराहरू मात्र रहे।
1:4b.RUT.001.004 तिनका छोराहरूले मोआब देशकी स्त्रीहरूसँग बिवाह गरे। एक जनाको पत्नीको नाउँ ओर्पा अनि अर्कोकी पत्नीको नाउँ रूथ थियो। तिनीहरू मोआबमा लग-भग दशवर्ष बसे।
1:5b.RUT.001.005 अनि महलोन र किल्योनको पनि मृत्यु भयो। यसर्थ आफ्ना पति अनि दुइ छोराहरू बिना नाओमी एक्ली भइन्। नाओमी घर जान्छिन्
1:6b.RUT.001.006 नाओमीले मोआबको खेतहरूमा हुँदा परमप्रभुले आफ्ना मानिसहरूलाई सहायता गर्नु भएको थियो भन्ने सुनिन्। उहाँले यहूदामा आफ्ना मानिसहरूलाई भोजन दिनु भएको थियो। यसर्थ नाओमीले मोआबको खेतहरू छाडी आफ्नो घर फर्किने निश्चय गरिन्। तिनकी बुहारीहरूले पनि तिनीसित जाने निश्चय गरे।
1:7b.RUT.001.007 तिनीहरूले आफूहरू बसिरहेको स्थान त्याग गरे अनि यहूदा देशमा फर्कन थाले।
1:8b.RUT.001.008 तब नाओमीले आफ्ना बुहारीहरूलाई भनिन्, “तिमीहरू दुबै आफ्नी आमाको घर फर्केर जानसक्छौ। तिमीहरूले म अनि मेरा मृत छोराहरू प्रति दया गर्यौ। यसर्थ परमप्रभु तिमीहरू प्रति त्यस्तै दयावान रहून् भनी म प्रार्थना गर्छु।
1:9b.RUT.001.009 म प्रार्थनागर्छु कि उहाँले तिमीहरूलाई एक-एक पति अनि राम्रो घर प्राप्त गर्नमा सहायता गर्नुहुनेछ।” नाओमीले आफ्ना बुहारीहरूलाई म्वाई खाईन अनि ती सबै रून थाले।
1:10b.RUT.001.010 तब ती बुहारीहरूले भने, “तर हामी तपाईंसित तपाईंको कुलमा नै जान चाहन्छौं।”
1:11b.RUT.001.011 तर नाओमीले भनिन्, “होइन! छोरीहरू, तिमीहरू आफ्नै घरमा जाऊ। मसित किन जान्छौ? म तिमीहरूलाई सहायता गर्न सक्तिनँ। मसित तिमीहरूका पति बन्ने छोराहरू छैनन्।
1:12b.RUT.001.012 घर फर्की जाऊ। नयाँ पतिसित विवाह गर्नका निम्ति म बृद्धा भइसकेकी छु। यदि म फेरि बिवाह गर्न सक्ने भए तापनि म तिमीहरूलाई सहायता गर्न सक्तिन। यदि म आज राती गर्भवती भएर दुइ छोराहरू जन्माएँ भने पनि त्यसले केही सहयोग पुर्याउन सक्तैन।
1:13b.RUT.001.013 तिनीहरूले तिमीहरूलाई बिवाह गर्न भन्दा पहिलो तिनीहरू बढेर ठूलो नहुञ्जेलसम्म पर्खनु पर्नेछ। म तिमीहरूलाई पतिहरूका निम्ति त्यति लामो समयसम्म पर्खाउन सक्तिनँ। त्यसले म तिमीहरू भन्दा अझै शोकाकुल हुनेछु। अनि म अहिले नै अति शोकित छु किनभने परमप्रभुले मलाई धेरै कुराहरू गर्नु भएको छ।”
1:14b.RUT.001.014 यसर्थ ती स्त्रीहरू फेरि एकदमै रोए। तब ओर्पाले नाओमीलाई म्वाई खाईन अनि गइन्। तर रूथले तिनलाई अंगालो हालिन र छोडिनन्।
1:15b.RUT.001.015 नाओमीले भनिन्, “हेर तिम्री जेठानी आफ्ना मानिसहरू अनि आफ्ना परमेश्वर कहाँ फर्केर गइन्। यसर्थ तिमीले पनि त्यसै गर्नुपर्छ।”
1:16b.RUT.001.016 तर रूथले भनिन्, “तपाईंलाई छाडन मलाई कर नलगाउनु होस्। मलाई मेरा मानिसहरू तर्फ फर्किर जान कर नगर्नु होस्। मलाई तपाईंसित नै जानदिनु होस्। तपाईं जहाँ जानुहुन्छ, म त्यहीं जानेछु। तपाईं जहाँ सुत्नु हुन्छ, म त्यहीं सुत्नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्। तपाईंका परमेश्वर मेरा परमेश्वर हुनेछन्।
1:17b.RUT.001.017 तपाईंको जहाँ मृत्यु हुन्छ म त्यहीं मर्नेछु। अनि म त्यहीं गाडिनेछु। यदि मैले यो प्रतिज्ञा पालन गरिन भने म परमप्रभुसित दण्डको याचना गर्छु केवल मृत्युले मात्र हामीलाई छुट्याउने छ।”
1:18b.RUT.001.018 नाओमीले देखिन् कि रूथ तिनीसित जान खूबै चाहन्छिन्। यसर्थ नाओमीले तिनीसित बहस गर्न छाडिन्।
1:19b.RUT.001.019 नाओमी र रूथ बेतलेहेम शहर आई नपुगेसम्म यात्रा गरे। जब ती दुई स्त्रीहरूले बेतलेहेममा प्रवेश गरे सबै मानिसहरू अत्यन्त उत्साहित भए। तिनीहरूले भने, “के यो नाओमी हो?”
1:20b.RUT.001.020 तर नाओमीले मानिसहरूलाई भनिन्, “मलाई ‘नाओमी’ भनि नबोलाऊ, मलाई ‘मारा’ भनि बोलाऊ। यो नाउँ प्रयोग गर किनभने सर्वशक्तिमान परमेश्वरले मेरो जीवनलाई उदास तुल्याइदिनु भएको छ।
1:21b.RUT.001.021 जब म गएँ त्यसबेला मैले चाहेका हरेक कुरा मसित थियो। तर अहिले, परमप्रभले मलाई रित्तो ल्याउनु भएको छ। परमप्रभु मेरो विरोधमा हुनुहुन्छ। यसर्थ तिमीहरूले मलाई किन ‘सुखी’ भन्छौं? सर्वशक्तिमान परमेश्वरले मलाई दण्ड दिनु भएको छ।”
1:22b.RUT.001.022 यसरी नाओमी अनि तिनकी बुहारी, रूथ (मोआबकी पत्नी) मोआबका खेतहरूबाट फर्किए ती दुइ स्त्रीहरू जौं को बाली कट्ने समयमा बेतेलममा आए।
2
2:1b.RUT.002.001 बेतलेहेममा एकजना धनी मानिस थिए। तिनको नाउँ बोअज थियो। बोआज नाओमीका एलीमेकका परिवारका नजिकका आफन्तहरू मध्ये एक थिए।
2:2b.RUT.002.002 एकदिन रूथले (मोआबी स्त्री) नाओमीलाई भनिन्, “म खेतहरूतिर जानलाई सोच्दैछु। हुन सक्छ म कसैलाई भेट्ने छु जो म प्रति दयालु हुने छन् अनि उनले आफ्नो खेतमा अन्न मलाई सिला गर्न दिनेछन्।”
2:3b.RUT.002.003 नाओमीले भनिन, “राम्रो छोरी, जान सक्छौ।” यसर्थ रूथ खेतमा गइन्। तिनी काम गर्नेहरूको पछि-पछि लागिन् अनि तिनले त्यहाँ छाडिएका अन्नहरू जम्मा गरिन्। यस्तो भयो कि तिनी खेतको त्यस भागमा पुगिन् जो एलीमेलेकका परिवारको बोअजको खेत थियो।
2:4b.RUT.002.004 पछि, बोअज बेतलेहेमबाट खेतमा आए। तिनले काम गर्नेहरूलाई अभिवादन गरे। तिनले भने, “परमप्रभु तिमीहरूका साथ रहून्।” अनि कामदारहरूले उत्तर दिए, “परमप्रभुले तपाईलाई आशिष दिऊन्।”
2:5b.RUT.002.005 तब बोअजले तिनका सेवक जो कामदारको नाईकेसँग कुरा गरे र सोधे, “त्यो कसकी छोरी हो?”
2:6b.RUT.002.006 ती नोकरले उत्तरदिए, “यी मोआबी स्त्री हुन जो मोआबको खेतहरूबाट नाओमीसित आएकी छिन्।
2:7b.RUT.002.007 ती आज बिहानै आईन अनि तिनले मलाई कर्मीहरूको पछिलागेर भूइँमा छाडिएका अन्नहरू जम्मा गर्न सक्छु भनी सोधीन अनि त्यतिबेला देखि तिनीले काम गर्दै छिन्। ऊपरको घर उसको हो।”
2:8b.RUT.002.008 तब बोअजले रूथलाई भने, “सुन नानी। आफ्नो निम्ति अन्न संग्रह गर्न यहाँ मेरो खेतमा बस। तिमीलाई अरू मानिसको खेतमा जान खाँचो छैन। मेरा स्त्री खेतालाहरूको पिछा गर।
2:9b.RUT.002.009 कुन खेतमा तिनीहरू जान्छन् हेर अनि तिनीहरूलाई पछ्याऊ। तिमीलाई दिक्दारी नदिनु भनी मैले जवान मानिसहरूलाई चेतावनी दिएको छु। जब तिमीलाई तिर्खा लाग्छ, मेरा मानिसहरूले पानी पिउने घैलाबाट नै पिउनु।”
2:10b.RUT.002.010 तब रूथले भूइँ तिर निहुरिएर शिर झुकाइन्। तिनले बोअजलाई भनिन्, “मलाई आश्चर्यलाग्यो तपाईंले मलाई ध्यानदिनु भयो। म एक नौली महिला हुँ। तर तपाईंले मलाई खूबै दया गर्नु भयो।”
2:11b.RUT.002.011 बोअजले तिनलाई उत्तर दिए, “तिमीले नाओमी, तिम्री आमालाई सहायता गरेको विषयमा मलाई सबै थाहा छ। म जान्दछु तिम्रा पतिको मृत्यु भएपछि पनि तिमीले उनलाई सहायता गर्यौ। अनि म जान्दछु कि तिमीले आफ्ना पिता-माता एवं आफ्नै देश पनि त्याग गर्यौ र यस देशमा आयौ। तिमीले यस देशका कुनै व्यक्तिलाई चिन्दैन थियौ, तर तिमी नाओमी सित यहाँ आयौ।
2:12b.RUT.002.012 तिमीले गरेका सबै असल कुराको निम्ति परमप्रभुले तिमीलाई पुरष्कृत तुल्याउनु हुनेछ। इस्राएलका परमप्रभु परमेश्वरले तिमीलाई प्रशस्त दिनुहुनेछ। तिमी उहाँ कहाँ सुरक्षाको निम्ति आयौ अनि उहाँले तिम्रो सुरक्षा गर्नु हुनेछ।”
2:13b.RUT.002.013 तब रूथले भनिन्, “महाशय, तपाईं मेरो निम्ति अत्यन्त दयावन्त हुनु भयो। म केवल एक सेविका हुँ। म तपाईंका यी स्त्री कामदार जतिको पनि छुईनँ। तर तपाईंले मलाई दयापूर्ण वचन भनेर मलाई सान्त्वना दिनुभयो।”
2:14b.RUT.002.014 दिनको खानको समयमा बोअजले रूथलाई भने, “यहाँ आऊ, हामीसित केही रोटी खाऊ। रोटी सिर्कामा भिजाएर खाऊ।” यसर्थ रूथ ती कामदारहरूसँग बसिन्। बोअजले तिनलाई केही भूटेका अन्न दिए। रूथले नअघाएसम्म खाइन् अनि त्यहाँ केही भोजन उब्रिए।
2:15b.RUT.002.015 तब रूथ उठिन् अनि काममा फर्कि गइन्। तब बोअजले आफ्ना सेवकहरूलाई भने, “रूथलाई अन्नका बिटा वरिपरि पनि अन्न संग्रह गर्न देऊ। उसलाई नरोक्नु।
2:16b.RUT.002.016 अनि उसलाई केही दानाले भरिएका बाली काटेर उसको काम हलुका गरिदेऊ। उसलाई त्यो अन्न जम्मा गर्न देऊ। उसलाई नरोक।”
2:17b.RUT.002.017 साँझ नपरेसम्म रूथले खेतमा काम गरि रहिन्। त्यसपछि तिनले भूसबाट अन्न अलग गरिन्। त्यहाँ लगभग एक एपा जति जौं थियो।
2:18b.RUT.002.018 रूथले सासूलाई दिईन अनि त्यो अन्न बोकेर शहर तिर लागिन्। तिनले उनलाई त्यो भोजन पनि दिइन् जो दिनको खाजाबाट उब्रिएको थियो।
2:19b.RUT.002.019 तिनकी सासुले तिनलाई सोधिन्, “तिमीले कहाँबाट यी सबै अन्न जम्मा गर्यौ? तिमीले कहाँ काम गर्यौ? त्यस मानिसलाई धन्य होस् जसले तिमीलाई ध्यान दिए।” तब रूथले तिनले को सित काम गरेकी थिइन् सो बताइन्। तिनीले भनिन्, “आज मैले जुन मानिससित काम गरें त्यो मानिसको नाउँ बोअज हो।”
2:20b.RUT.002.020 तब नाओमीले आफ्नी बुहारीलाई भनिन्, “परमप्रभुले उलाई आशीर्वाद दिऊन्। उनले जीवित र मृतहरू प्रति आफ्नो दया देखाउने काम जारी राखेका छन्!” तब नाओमीले आफ्नी बुहारीलाई भनिन्, “बोअज हाम्रा एक आफन्त हुन्। बोअज हाम्रा एक रक्षक हुन्।”
2:21b.RUT.002.021 तब मोआबी रूथले भनिन्, “बोअजले मलाई फर्कि आउनु अनि काम गर्दै गर्नु पनि भनेकाछन्। फसल कटाई खतम नभएसम्म बोअजले मलाई उनका कामदारहरूसितै काम गर्नु भनेकाछन्।”
2:22b.RUT.002.022 तब नाओमीले आफ्नी बुहारी रूथलाई भनिन्, “मेरी छोरी, उसकी नोकर्नीहरूसंग निरन्तर कामगर्नु तिम्रो निम्ति असल हुन्छ। यदि तिमीले अर्काको खेतहरूमा काम गर्यौ भने कोही मानिसहरूले तिम्रो हानी गर्न सक्लान।”
2:23b.RUT.002.023 यसर्थ रूथले बोअजका स्त्री कामदारहरू नजिक रहेर काम गरिरहिन्। तिनले गहुँको बाली कटाइ नसिद्धएसम्म अन्न जम्मा गरिन्। तिनले त्यहाँ गहुँको बाली कटाइको अन्तसम्म पनि काम गरिन्। रूथ आफ्नी सासू नाओमीको साथ बसिन्।
3
3:1b.RUT.003.001 तब नाओमी, रूथकी सासूले रूथलाई भनिन्, “मेरो छोरी, सम्भवत म तिम्रो निम्ति एक असल पति अनि घर पाउन सकूँ। त्यो तिम्रो निम्ति असल हुनेछ।
3:2b.RUT.003.002 सम्भवत बोअज नै सही व्यक्ती हुन सक्छन्। बोअज हाम्रो नजिकको आफन्त हुन। तिमीले उसका स्त्री सेविकाहरूका साथ काम गर्यौ। आज राती उनी खलामा काम गरिरहेका हुनेछन्।
3:3b.RUT.003.003 “जाऊ नुहाइ-धुवाइ गर अनि राम्रो वस्त्र राम्ररी लगाऊ। अनि तल ढीकी कुट्ने ठाउँमा जाऊ। तर बोअजसित देखा नपर जबसम्म तिनले रातको भोजन गरि सक्तैनन्।
3:4b.RUT.003.004 तिनले भोजन गरि सकेपछि तिनी विश्राम गर्नलाई कहाँ जान्छन्। तिनलाई हेर तिनीकहाँ सुत्नेछन् तिमीले देख्न सक्ने छौ। त्यहाँ जाऊ अनि तिनको पाउबाट ओढने वस्त्र उठाऊ। तब त्यहाँ बोअजसित सुत। तिनले बिवाहको विषयमा गर्नुपर्ने कुरो तिमीलाई भन्ने छन्।”
3:5b.RUT.003.005 तब रूथले भनिन्, “तपाईंले भन्नु भएको कुरो म गर्ने छु।”
3:6b.RUT.003.006 यसर्थ रूथ तल ढीकी कुट्ने ठाउँमा गइन्। रूथले आफ्नी सासूले तिनलाई गर्नु भनेका सबै कुरा गरिन्।
3:7b.RUT.003.007 खाई-पिई सकेपछि बोअज निक्कै सन्तुष्ट थिए। ऊ अन्नको थुप्रोको छेउमा सुत्न गए। तब रूथ चूपचापसित उनीकहाँ गइन् अनि तिनको खुट्टाबाट ओढ्ने उचालिन् र त्यहाँ ढल्किन्।
3:8b.RUT.003.008 आधारात तिर बोअज निन्द्राबाट व्यूँझिए। तिनी अत्यन्त आश्चर्य चकित भए। आफ्नो खुट्टाको छेउमा एक स्त्री सुतिरहेकी थिइन्।
3:9b.RUT.003.009 बोअजले भने, “तिमी को हौ?” तिनले भनिन्, “म रूथ हुँ, तपाईंकी दासी केटी। तपाईंको ओढने ममाथि पनि फैलाउनु होस्। तपाईं मेरा रक्षक हुनुहुन्छ।”
3:10b.RUT.003.010 तब बोअजले भने, “परमप्रभुले तिमीलाई आर्शीर्वाद दिऊन्, जवान स्त्री। तिमीले मलाई खूबै दया देखायौ। तिम्रो दया मेरो निम्ति तिमीले नाओमीलाई शुरूमा देखाएको दया भन्दा महान छ। तिमीले बिवाह गर्नका निम्ति धनी वा गरीब जवान मानिसलाई खोज्न सक्थ्यौ। तर तिमीले खोजिनौं।
3:11b.RUT.003.011 अब, जवान स्त्री, भयभीत न बन। तिमीले सोधेका (भनेका) कुराहरू म गर्ने छु। हाम्रो शहरका सबै मानिस जान्दछन् कि तिमी एक अत्यन्त असल स्त्री हौ।
3:12b.RUT.003.012 अनि यो सत्य हो। म एक नजिकको आफन्त हुँ। तर एकजना मान्छे छ जो तिमीसित म भन्दा नजिकको आफन्त हो।
3:13b.RUT.003.013 आज राती तिमी यहीं बस। भोलि बिहान हामी हेर्ने छौ उसले तिमीलाई सहयोग गर्न सक्छ कि! यो राम्रो हुन्छ यदि उसले तिमीलाई सहयोग गर्ने निर्णय गर्छ। यदि उसले तिमीलाई सहयोग दिन अस्वीकार गर्छ भने परमप्रभुको शपथ खाएर म यो प्रतिज्ञा गर्छु कि म तिमीलाई बिवाह गर्ने छु अनि तिम्रो निम्ति एलीमेलेकको भूमि यसको दाम तिरेर फर्काइ ल्याउँछु। यसर्थ, विहान न भएसम्म यहीं ढल्क।”
3:14b.RUT.003.014 यसर्थ बिहान नभएसम्म रूथ बोअजको खुट्टाको नजिकमा सुतिन्। मानिसहरूले एक अर्कालाई चिन्न नसक्ने झिसमिसेमानै तिनी उठिन्। बोअजले तिनलाई भने, “तिमी हिजो राती मकहाँ आयौ भन्ने कुरा हामी गुप्त राख्छौं।”
3:15b.RUT.003.015 तब बोअजले भने, “तिम्रो ओढने मकहाँ ल्याऊ। अब त्यसलाई खोलेर समात।” यसर्थ रूथले आफ्नो ओढने खोलेर समातिन् अनि बोअजले छः पाथी जस्तो जौं नापेर, नाओमी, तिनकी सासूका निम्ति भेंट स्वरूप पठाए। तब बोअजले त्यसलाई रूथको ओढनेमा कुम्लोपारे अनि उसको पिठ्यूँमा राखि दिए। त्यसपछि तिनी शहरतिर गए।
3:16b.RUT.003.016 रूथ आफ्नी सासू नाओमीको घर गइन्। नाओमी ढोकासम्म आइन् अनि सोधिन्, “त्यहाँ को छ?” उनी भित्र गइन् र बोअजले उनको लागि गरेका सबै कुरा उनलाई भनिन्।
3:17b.RUT.003.017 तिनले भनिन्, “बोअजले तपाईंलाई भेंट स्वरूप यो जौं पठाइदिए। तपाईंको निम्ति कोसेली नलिई मैले घर जानु हुँदैन भनी बोअजले भने।”
3:18b.RUT.003.018 नाओमीले भनिन्, “छोरी, के हुन्छ हामीले त्यो नसुनेसम्म धैर्य धारण गर। बोअजले त्यसबेलासम्म विश्राम लिनेछैनन् जबसम्म तिनले गर्नु पर्ने कुरा पूर्ण गर्दैनन्। दिनको अन्त हुन को अघिबाट नै हामीले जान्ने छौं के हुनेछ।”
4
4:1b.RUT.004.001 बोअज त्यो स्थानमा गए जहाँ शहरद्वारको नजिक मानिसहरू भेला हुन्छन्। बोअजका नजिकको आफन्त पार नभएसम्म बोअज त्यहाँ बसे। बोअजले उनीहरूलाई भने, “यहाँ आऊ साथी! यहाँ बस।”
4:2b.RUT.004.002 तब बोअजले केही गवाहीहरू भेला गरे। बोअजले शहरका दशजना अगुवाहरूलाई भेला गरे। तिनले उनीहरूलाई भने, “यहाँ बस्नु होस्।” यसर्थ तिनीहरू बसे।
4:3b.RUT.004.003 तब बोअजले त्यो नजिकको आफन्तलाई भने, “नाओमी मोआबको खेतहरूबाट फर्कि आएकी छिन्। उनले त्यो भूमि बिक्री गर्दै छिन् जो हाम्रो आफन्त एलीमेकको हो।
4:4b.RUT.004.004 तिमीलाई यहाँ बसेका मानिसहरू अनि मेरा मानिसहरू बूढा पाका अगुवाहरूका समक्ष भन्ने मैले निश्चय गरें। यदि तिमी त्यो भूमिलाई फर्काउन चाहन्छौ भने तिमी त्यो फर्काउ यदि त्यो भूमि तिमी फिर्ता लिन चाहँदैनौ भने मलाई भन। म जान्दछु कि तिमीपछि त्यो भूमिलाई ऋण मुक्त तुल्याउनु सक्ने अर्को व्यक्ति मै हुँ। यदि तिमी त्यो भूमिलाई किनेर फिर्ता लिन चाहँदैनौ भने म किन्ने छु।”
4:5b.RUT.004.005 तब बोअजले भने, “यदि तिमीले त्यो भूमि नाओमी बाट किन्यौ भने, तिमीले त्यो मृत व्यक्तिकी पत्नी, मोआबी स्त्री रूथ पनि पाउने छौ। जब रूथको नानी हुन्छ त्यो नानीले त्यो भूमि पाउनेछ। त्यसरी त्यो मृत मानिसको नाम परिवारमा रहेनछ।”
4:6b.RUT.004.006 त्यो नजिकको आफन्तले उत्तर दिए, “म त्यो भूमि फिर्ता गर्न सक्तिन। त्यो भूमि मेरो हुनुपर्छ, तर म त्यो किन्न सक्तिन। यदि मैले त्यो किनेभने मैले मेरो आफ्नै भूमि गुमाउन सक्छु। तपाईंले मेरो पुनः किन्ने अधिकार लिन सक्नु हुनेछ। यसकारण तपाईंले त्यो भूमि किन्नु, होस् किनभने म यो किन्न सत्तिनँ।”
4:7b.RUT.004.007 (धेरै समय अघि इस्राएलमा जब मानिसहरूले सम्पत्ति किन्थे वा ऋण मुक्त गर्थे, एक व्यक्तिले आफ्नो जुत्ता खोल्थ्यो अनि अर्को व्यक्तिलाई दिन्थ्यो। त्यो तिनीहरूको किन बेचको प्रमाण हुन्थ्यो।)
4:8b.RUT.004.008 यसर्थ त्यो नजिकको आफन्तले भने, “त्यो भूमि किन।” अनि त्यसपछि त्यो नजिकको आफन्तले आफ्नो जुत्ता खोले र बोअजलाई दिए।
4:10b.RUT.004.010 म मेरी पत्नी बनाउनका निम्ति, महलोनकी विधवा पत्नी, रूथलाई पनि किनी रहेछु। म यसो गर्दैछु ताकि त्यो मृत मानिसको सम्पत्ति उसको आफ्नै परिवारमा रहन्छ। यस प्रकारले मृत मानिसको नाउँ आफ्ना परिवार अनि आफ्नो देशबाट अलग हुनेछैन। आज तपाईंहरू यसको साक्षी हुनुहुन्छ।”
4:11b.RUT.004.011 यसर्थ समस्त मानिसहरू अनि अगुवाहरू जो शहरद्वारको छेउमा थिए, साक्षी भए। तिनीहरूले भने, “मेरो परमप्रभुले यो स्त्रीलाई, जो तिम्रो घरमा आउँदै छिन्, तिनलाई राहेल अनि लेआ जस्तै तुल्याउन्। जसले इस्राएलको वंश निर्माण गरे। तिमी इस्राएलमा शक्तिशालि बन। बेतलेहेममा प्रसिद्ध बन।”
4:12b.RUT.004.012 तामारले यहूदाका छोरा पेरेसलाई जन्म दिईन अनि तिनको परिवार महान बन्यो। त्यही प्रकारले परमप्रभुले तिमीलाई रूथद्वारा धेरै-धेरै सन्तानहरू दिउन्। अनि तिम्रो परिवार उहाँको जस्तै महान बनोस्।”
4:13b.RUT.004.013 यसर्थ बोअजले रूथलाई बिवाह गरे। परमप्रभुले रूथलाई गर्भवती बन्नदिनु भयो। अनि तिनले एक छोरालाई जन्म दिइन्।
4:14b.RUT.004.014 शहरका स्त्रीहरूले नाओमीलाई भनेः “परमप्रभु हुनुहुन्छ जसले तिमीलाई यो नानी दिनुभयो वहाँ प्रति कृतज्ञ होऊ। ऊ इस्राएलमा प्रसिद्ध होस्।
4:15b.RUT.004.015 यसले तिमीलाई फेरि जीवन दिनेछ अनि तिम्रो वृद्धा अवस्थामा तिम्रो हेरचाह गर्नेछ। तिम्री बुहारीले यस्तो गराउन सकिन् तिनले तिम्रो निम्ति यो बालकलाई गर्भधारण गरिन्। तिनले तिमीलाई प्रेम र्गछिन् अनि तिम्रो निम्ति तिनी सातजना छोराहरू भन्दा उत्तम छिन्।”
4:16b.RUT.004.016 नाओमीले बालकलाई बोकिन र आफ्नो अंगालोमा लिइन् अनि उसको हेरचाह गरिन्।
4:17b.RUT.004.017 छिमेकीहरूले बालकको नाउँ राखि दिए। ती स्त्रीहरूले भने, “नाओमीको अब एउटा छोरा छ।” अनि तिनीहरूले उसलाई ओबेद नाउँदिए। ओबेद यिशैका पिता थिए। अनि यिशै राजा दाऊदका पिता थिए।
4:18b.RUT.004.018 पेरेसको पारिवारिक इतिहास यो होः पेरेस हेस्रोनका पिता थिए।
4:19b.RUT.004.019 हेस्रोन एरामका पिता थिए। एराम अम्मीनादाबका पिता थिए।
4:20b.RUT.004.020 अम्मीनादाब नहशोनका पिता थिए। नहशोन सल्मोनका पिता थिए।
4:21b.RUT.004.021 सलमोन बोअजका पिता थिए। बोअज ओबेदका पिता थिए।
4:22b.RUT.004.022 ओबेद यिशैका पिता थिए। यिशै दाऊदका पिता थिए।
- Holder of rights
- Multilingual Bible Corpus
- Citation Suggestion for this Object
- TextGrid Repository (2025). Nepali Collection. Ruth (Nepali). Ruth (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-ACBE-1