Judges (Nepali)
1
1:1b.JDG.001.001 यहोशूको मृत्युपछि इस्राएलका मानिसहरूले परमप्रभुलाई प्रार्थना गरे। तिनीहरूले भने, “हाम्रा निम्ति कनानी मानिसहरूको विरूद्ध युद्ध गर्न पहिला हाम्रो कुन कुल समूह जानु पर्छ?”
1:2b.JDG.001.002 परमप्रभुले इस्राएली मानिसहरूलाई भन्नुभयो, “यहूदाको कुल समूह जानेछ। म तिनीहरूलाई यो भूमि लिन सहायता गर्नेछु।”
1:3b.JDG.001.003 यहूदाका मानिसहरूले तिनीहरूको दाजू-भाई शिमोनका मानिसहरूसित सम्झौता गरे, “आऊ हामीलाई सहायता गर्न हाम्रो क्षेत्रमा युद्ध गर अनि हामीहरू त्यसरी नै तिमीहरूको क्षेत्र जित्न तिमीहरूलाई सहायता गर्नेछौ।” शिमोनका मानिसहरू राजी भए र यहूदाका मानिसहरू, तिनीहरूका दाज्यू-भाईहरूलाई सहायता गर्न गए।
1:4b.JDG.001.004 परमप्रभुले यहूदाका मानिसहरूलाई कनानीहरू अनि परिज्जीहरूलाई पराजित गर्नमा सहायता प्रदान गर्नुभयो। यहूदाका मानिसहरूले दशहजार मानिसहरूलाई बेजेक शहरमा मारिदिए।
1:5b.JDG.001.005 बेजेक शहरमा यहूदाका मानिसहरूले बेजेकका शासकलाई भेट्टाए अनि तिनीहरूसित लडे। यहूदाका मानिसहरूले कनानी अनि परिज्जीहरूलाई पराजित गरे।
1:6b.JDG.001.006 बेजेकका राज्यपाल उम्कने कोशिश गरे। तर यहूदाका मानिसहरूले तिनलाई खेदे र समाते। जब तिनीहरूले उसलाई समाते, तिनीहरूले तिनका बूढी-औंलाहरू काटिदिए।
1:7b.JDG.001.007 तब बेजेकका शासकले भने, “मैले सत्तरी जना राजाहरूको हात र खुट्टाका बूढी-औंलाहरू काटिदिएँ। अनि ती राजाहरूले मेरो मेचबाट झरेका खानेकुराका टुक्वाहरू खानु पर्यो। मैले ती राजाहरू प्रति गरेका कुराहरू अहिले म माथि परमेश्वरले फर्काउनु भयो।” यहूदाका मानिसहरूले बेजेकका शासकलाई यरूशलेममा लगे अनि त्यहाँ उसको मृत्यु भयो।
1:8b.JDG.001.008 यहूदाका मानिसहरू यरूशलेमको विरूद्ध लडे अनि त्यसलाई कब्जा गरे। यहूदाका मानिसहरूले यरूशलेमका मानिसहरूलाई मार्न आफ्ना तरवारहरू उपयोग गरे। त्यसपछि तिनीहरूले त्यस शहरलाई जलाइदिए।
1:9b.JDG.001.009 पछि यहूदाका मानिसहरू धेरै कनानीहरूसँग युद्ध गर्ने उँधोतिर आए जो नेगेवको पहाडी देश अनि पश्चिमी मैदानतिर बस्थे।
1:10b.JDG.001.010 तब यहूदाका मानिसहरू कनानी मानिसहरूको विरूद्ध युद्ध गर्न गए जो हेब्रोनमा बस्थे। (हेब्रोनको अर्को नाउँ कियर्त अर्बा थियो) यहूदाका मानिसहरूले शेसै, अहीमन अनि तल्मै नाउँका मानिसहरूलाई पराजित गरे।
1:11b.JDG.001.011 यहूदाका मानिसहरूले त्यो स्थानलाई छोडे। तिनीहरू त्यहाँका मानिसहरू विरूद्ध लडनको निम्ति दबीर शहर तर्फ गए। (बितेको समयमा दबीरलाई किर्यतसेपेर भनिन्थ्यो)
1:12b.JDG.001.012 तर यहूदाका मानिसहरूले युद्ध शुरूगर्नु अघि कालेबले मानिसहरूलाई शपथ गराए। कालेबले भने, “म किर्यत-सेपेर माथि लडईं गर्न चाहन्छु। म मेरी छोरी अक्सालाई त्यस मानिससित विवाह गर्न दिनेछु जसले त्यो शहरमाथि आक्वमण गर्छ अनि त्यसलाई कब्जा गर्छ। म त्यस मानिसलाई मेरो छोरीसित विवाह गर्नदिनेछु।”
1:13b.JDG.001.013 कालेबको कनज नाउँको कान्छो भाइ थियो। कनजको ओत्निएल नाउँको एउटा छोरो थियो। ओत्निएलले किर्यत-सेपेर शहरमालाई कब्जा गरे। यसर्थ कालेबले आफ्नी छोरी अक्सालाई उसको पत्नी हुन दिए।
1:14b.JDG.001.014 अक्सा ओत्निएलसित बस्नगइन्। ओत्निएलले अक्सालाई आफ्ना पितासित केही भूमि माग्नु भने। अक्सा पिता कहाँ गइन्। जब तिनी आफ्नो गधाबाट ओर्लिन कालेबले तिनलाई भने, “के गल्ती भयो?”
1:15b.JDG.001.015 अक्साले कालेबलाई उत्तर दिइन्, “मलाई एक आशीर्वाद दिनुहोस्। तपाईंले मलाई नेगेबमा एक टुक्वा जमीन दिनुभयो। कृपया मलाई त्यसमा पानीको व्यवस्था गरिदिनु होस्।” यसर्थ कालेबले अक्सालाई तिनले चाहेको कुरा दिए। कालेबले अक्सालाई त्यस भूमिका माथिल्लो अनि तल्लो पानीको मूलहरू दिए।
1:16b.JDG.001.016 मोशाका ससुराका सन्तान, केनीहरू यहूदाका मानिसहरूसंग खजूरका रूखहरूको शहरबाट आराद नजीक नेगेवमा भएको यहूदाको मरूभूमिमा गए, र त्यहाँका मानिसहरूसंग बसोबास गर्न लागे।
1:17b.JDG.001.017 केही कनानी मानिसहरू सपत शहरमा बस्थे। यसर्थ यहूदा अनि शिमोनका कुल समूहका मानिसहरूले ती कनानी मानिसहरू माथि आक्वमण गरे। तिनीहरूले पूर्णरूपले शहरलाई नाश पारे। यसर्थ तिनीहरूले त्यो शहरको नाउँ होर्मा राखे।
1:18b.JDG.001.018 यहूदाका मानिसहरूले गाजा शहर अनि त्यसका वरिपरिका स-साना शहरहरूलाई पनि अधिकारमा लिए। यहूदाका मानिसहरूले अश्कलोन, एक्वोन शहरहरू अनि ती वरिपरिका सबै स-साना शहरहरूलाई पनि कब्जा गरे।
1:19b.JDG.001.019 यहूदाका मानिसहरूले जब युद्ध गरे परमप्रभु तिनीहरूका पक्षमा हुनुहुन्थ्यो। तिनहरूले पहाडी देशको भूमि लिए। तर यहूदाका मानिसहरूले बेंसीको भूमि लिन असफल भए, किनभने त्यहाँ बस्ने मानिसहरूसित फलामका रथहरू थिए।
1:20b.JDG.001.020 मोशाले कालेबलाई हेब्रोन दिएका थिए। यसर्थ त्यो भूमि कालेबका कुललाई दिए। कालेबका मानिसहरूले अनाकका तीनजना छोराहरूलाई त्यो स्थान छोड्न वाध्य तुल्याए। बिन्यामीन कुलका मानिसहरू यरूशलेममा बस्छन्
1:21b.JDG.001.021 बिन्यामीन कुल समूहले यबूसी मानिसहरूलाई यरूशलेम छोड्न वाध्य तुल्याउन सकेनन्। यसकारण आज पनि, यरूशलेममा यबूसी मानिसहरू बिन्यामीन कुल समूहसित बस्छन्।
1:24b.JDG.001.024 जब ती जासूसहरूले बेथेल शहरलाई हेर्दैथे तिनीहरूले एकजना मानिसलाई शहर बाहिर आइरहेको देखे र जासूसहरूले त्यस मानिसलाई भने, “हामीलाई शहर भित्र प्रवेश गर्ने एउटा गुप्त मार्ग देखाऊ। हामी शहर माथि आक्वमण गर्नेछौं। तर यदि तिमीले हामीलाई सहायता गर्यौ भने हामी तिमीलाई नोक्सान पुर्याउने छैनौं।”
1:25b.JDG.001.025 त्यो मानिसले जासूसहरूलाई शहर भित्र पस्ने गुप्त मार्ग देखाइ दियो। यूसुफका मानिसहरूले बेतेलका मानिसहरूलाई मार्न तिनीहरूका तरवारहरू प्रयोग गरे। तर त्यो मानिस अनि उसको सबै परिवारका सदस्यहरूलाई तिनीहरूले शहर कब्जा गर्न सहायता गरेको कारणले स्वतन्त्र साथ शहर जान दिए।
1:26b.JDG.001.026 त्यो मानिस त्यसपछि त्यस देशमा गयो जहाँ हित्ती मानिसहरू बस्थे र शहर निर्माण गर्यो। उसले त्यो शहरलाई लूज नाउँ दियो। अनि त्यो शहरलाई आजसम्म पनि लूज नै भनिन्छ।
1:27b.JDG.001.027 कनानी मानिसहरू बेतशान, तानाक, दोर, इब्लाम, मगिदो अनि ती शहरहरू वरिपरिका स-साना शहरहरूमा बस्दै थिए। मनश्शेका कुल समूहका मानिसहरूले ती मानिसहरूलाई ती शहरहरू छोड्न बाध्य तुल्याउन सकेनन्। यसकारण कनानी मानिसहरू त्यहाँ बसे। तिनीहरूले आफ्ना घर छोड्न अस्वीकार गरे।
1:28b.JDG.001.028 पछि इस्राएलका मानिसहरू शक्तिशाली भए अनि कनानी मानिसहरूलाई तिनीहरूका दासको रूपमा कार्य गर्न बाध्य तुल्याए। तर इस्राएलका मानिसहरूले समस्त कनानी मानिसहरूलाई तिनीहरूका भूमि छोड्न बाध्य तुल्याउन सकेनन्।
1:29b.JDG.001.029 एप्रैम कुल समूहका मानिसहरूसित पनि त्यस्तै (घटूना) भयो तिनीहरूले कनानी मानिसहरूलाई गेजेर देखि भगाउन सकेनन्। यसर्थ कनानी मानिसहरू एप्रैम गेजेरका मानिसहरूसित बसिरहे।
1:30b.JDG.001.030 जबूलूनका कुल समूहका मानिसहरूसित पनि त्यस्तै भयो। जबूलूनका मानिसहरूले कनानी मानिसहरूलाई कित्रोन र नहलोल शहरहरूबाट बाहिर निकालेनन् ती कनानी मानिसहरू त्यहाँ रहेर जबूलूनका मानिसहरूसित बसे। तर जबूलूनका मानिसहरूले ती मानिसहरूलाई तिनीहरूका निम्ति दासको रूपमा काम गर्न लगाए।
1:31b.JDG.001.031 आशेर कुल समूहका मानिसहरूसित पनि त्यस्तै भयो। आशेरका मानिसहरूले अन्य मानिसहरूलाई अक्को, सीदोन, अहलाब, अक्जबी, हेलबा, अपीक अनि रहोब शहरहरू छोडन कर गरेनन्।
1:32b.JDG.001.032 आशेरका कुल समूहका मानिसहरूले पनि ती कनानीहरूलाई तिनीहरूका भूमि छोड्न कर लगाएनन्। यसर्थ कनानीहरू आशेरका मानिसहरूसित बसिरहे।
1:33b.JDG.001.033 नप्ताली कुल समूहका मानिसहरूसित पनि त्यस्तै भयो। नप्तालीका मानिसहरूले कनानी मानिसहरूलाई बेतशेमेश अनि बेतनात शहरहरू छोड् भनी कर गरेनन्। यसरी नप्तालीका मानिसहरू ती मानिसहरूसित ती शहरहरूमा रहे। ती कनानी मानिसहरूले नप्ताली मानिसहरूका निम्ति दासको रूपमा काम गरे।
1:34b.JDG.001.034 एमोरी मानिसहरूले दानका कुल समूहका मानिसहरूलाई पहाडी देशमा बस्न बाध्य तुल्याए। तिनीहरू पहाडतिर बस्नु पर्यो किनभने एमोरी मानिसहरूले तिनीहरूलाई उपत्यकामा बस्न तल झर्न दिएनन्।
1:35b.JDG.001.035 एमोरी मानिसहरूले हेरेस पर्वत, अय्यालोन अनि शाल्बीममा रहने निर्णय गरे। पछि यूसुफका कुल समूह शक्तिशाली भए। तब तिनीहरूले एमोरी मानिसहरूलाई तिनीहरूका निम्ति दासको रूपमा काम गर्ने तुल्याए। 36एमोरी मानिसहरूको भूमि बिच्छी घाँटी देखि सेला अनि सेला पारिको पहाडी देशसम्म थियो।
2
2:1b.JDG.002.001 परमप्रभुका स्वर्गदूत गिलगाल शहर देखि बोकीम शहरसम्म गए। स्वर्गदूतले इस्राएलका मानिसहरूलाई भने, “मैले तिमीहरूलाई मिस्रदेशबाट बाहिर ल्याएँ। मैले तिमीहरूलाई यो भूमिमा ल्याएँ जो मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिनेछु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिमीहरूलाई भनेको थिएँ कि तिमीहरूसित गरेको करार कहिल्यै भङ्ग गर्ने छैन।
2:2b.JDG.002.002 तर बद्लामा, तिमीहरूले यस भूमिमा बस्ने मानिसहरूसित कुनै पनि करार कहिले बाँध्ने छैनौ। तिमीहरूले तिनीहरूका वेदीहरू नष्ट गर्नुपर्छ। त्यो तिमीहरूलाई मैले भनेको थिएँ। तर तिमीहरूले मेरो आज्ञा पालन गरेनौं।
2:3b.JDG.002.003 “अब म तिमीहरूलाई भन्नेछु, ‘अब देखि उता यी मानिसहरूलाई म यो भूमिदेखि धपाउने छैन। यी मनिसहरू तिमीहरूको निम्ति समस्या बनिनेछन्। तिनीहरूका असत्य देवताहरूले तिमीहरूलाई पासोमा पार्नेछन्।”‘
2:4b.JDG.002.004 परमप्रभुका स्वर्गदूतले इस्राएलका मानिसहरूलाई वचन दिइसके पछि मानिसहरू जोडले रोए।
2:5b.JDG.002.005 यसर्थ इस्राएलका मानिसहरूले जहाँ विलाप गरे त्यस स्थानको नाउँ, बोकीम राखे। बोकीममा इस्राएलका मानिसहरूले परमप्रभुका निम्ति बलिदानहरू अर्पण गरे।
2:6b.JDG.002.006 तब यहोशूले मानिसहरूलाई घर जानु भने। यसर्थ हरेक कुल समूह त्यहाँ बस्नका निम्ति आफ्ना इलाका ओगटून गए।
2:7b.JDG.002.007 इस्राएलीहरूले परमप्रभुको सेवा यहोशू जीवित रहेसम्म गरे अनि उसको मृत्यु पछि पनि जब सम्म बूढा प्रधानहरू रहिरहे। यी बूढा प्रधानहरूले इस्राएलका मानिसहरूका निम्ति परमप्रभुले गर्नु भएको सम्पूर्ण महान कुराहरू देखेका थिए।
2:8b.JDG.002.008 नूनका छोरा, परमप्रभुका सेवक यहोशूको एक सय दश वर्षको उमेरमा मृत्यु भयो।
2:9b.JDG.002.009 इस्राएलका मानिसहरूले यहोशूलाई दफन गरिदिए। तिनीहरूले यहोशूलाई त्यो भूमिमा गाडिदिए जुन तिनलाई दिइएको थियो। त्यो तिम्नात-हेरेसमा गाशपर्वतको उत्तरतर्फ एप्रैमको पहाडी देशमा थियो।
2:10b.JDG.002.010 त्यसपछि त्यो सम्पूर्ण पुस्ताको मृत्यु भयो, अर्को पुस्ता बढेर आयो। यो नयाँ पुस्ताले परमप्रभुको विषयमा अनि परमप्रभुले इस्राएलका मानिसहरूका निम्ति गर्नु भएको कुराहरू जान्दैनथ्यो।
2:11b.JDG.002.011 यसकारणले इस्राएलका मानिसहरूले परमेश्वरसितको तिनीहरूको करार झूटा देवता बालको सेवा गरेर तोडिदिए।
2:12b.JDG.002.012 परमप्रभुले इस्राएलका मानिसहरूलाई मिस्रदेशबाट बाहिर ल्याउनु भएको थियो। अनि यी मानिसहरूका पिता-पुर्खाहरूले परमप्रभुलाई आराधना गरेका थिए। तर इस्राएलका मानिसहरूले परमप्रभुको अनुसरण गर्न छोडिदिए। इस्राएलका मानिसहरूले तिनीहरूका वरिपरि बस्ने मानिसहरूका झूटा देवताहरूको पूजा गर्न शुरू गरे। त्यसले परमप्रभुलाई क्वोधित तुल्यायो।
2:13b.JDG.002.013 इस्राएलका मानिसहरूले परमप्रभुको आराधना अनुसरण गर्न छोडे र बाल र अश्तारोतको पूजा गर्न थाले।
2:14b.JDG.002.014 परमप्रभु इस्राएलीहरूसित क्वोधित हुनुभयो। यसकारण परमप्रभुले लुटमार गर्नेहरूलाई इस्राएलीहरूमाथि आक्वमण गर्ने र सम्पति लूट्ने अनुमति दिनुभयो। परमप्रभुले तिनीहरूका वरिपरि बस्ने तिनीहरूका शत्रुहरूलाई, पराजित गर्न दिनुभयो। इस्राएलीहरूले तिनीहरू स्वयंलाई आफ्ना शत्रुहरूको आक्वमण विरूद्ध आफ्नो रक्षा गर्न सकेनन्।
2:15b.JDG.002.015 यदि इस्राएलीहरूले तिनीहरूका छिमेकिहरूका देवताहरूको सेवा गरे, उहाँले त्यसो गर्छु भनी प्रतिज्ञा गर्नु भए जस्तै जहिले पनि इस्राएलीहरू लडाँई गर्थे परमप्रभु तिनीहरूको विरूद्धमा रहनु हुन्थ्यो। यसकारण तिनीहरू लगातार पराजित भइरहे। इस्राएलका मानिसहरूले अनेक कष्ट पाए।
2:16b.JDG.002.016 तब परमप्रभुले न्यायकर्त्ता भनिने अगुवाहरू चुन्नुभयो। यी अगुवाहरूले इस्राएलका मानिसहरूलाई तिनीहरूको सम्पत्तिहरू लाने शत्रुहरूबाट बचाए।
2:17b.JDG.002.017 तर इस्राएलका मानिसहरूले आफ्ना न्यायकर्त्ताहरूको कुरा सुनेनन्। इस्राएलका मानिसहरू परमेश्वर प्रति विश्वासनीय थिएनन्। तिनीहरूले अन्य देवताहरूको अनुसरण गरे। अतीतमा इस्राएली मानिसहरूका पिता-पुर्खाहरूले परमप्रभुको आज्ञा पालन गर्दथे। तर अहिले इस्राएली मानिसहरू परिवर्तन भए अनि परमप्रभुको आज्ञा पालन गर्न छोडे।
2:18b.JDG.002.018 धेरै पल्ट इस्राएलका शत्रुहरूले मानिसहरू प्रति नराम्रा कुराहरू गरे। यसर्थ इस्राएलका मानिसहरूले सहायताको निम्ति विलाप गरे। परमप्रभु धेरै पल्ट मानिसहरूका निम्ति दुःखीत हुनुभयो। धेरै पल्ट उहाँले मानिसहरूलाई तिनीहरूका शत्रुहरूबाट बचाउँनको निम्ति न्यायकर्त्ता पठाउनु भयो। परमप्रभु सदैव ती न्यायकर्त्ताहरूसित हुनुहुन्थ्यो। यसरी धेरै पल्ट इस्राएलका मानिसहरूलाई तिनीहरूका शत्रुहरूबाट बचाउँनु भयो।
2:19b.JDG.002.019 तर जब हरेक न्यायकर्त्ताको मृत्यु हुन्थ्यो, इस्राएलका मानिसहरू फेरि पाप गर्न अनि असत्य देवताहरूको पूजा गर्न शुरू गर्थे। इस्राएलका मानिसहरू अति हठी थिए? तिनीहरूले आफ्ना कुकर्म छोडन् अस्वीकार गरे।
2:20b.JDG.002.020 यसर्थ परमप्रभु इस्राएलका मानिसहरूसित क्वोधित हुनुभयो, अनि उहाँले भन्नुभयो, “यी जातिहरूले तिनीहरूका पिता-पुर्खाहरूसित गरेको मेरो करारलाई भङ्ग गरेका छन्। तिनीहरूले मेरो कुरा सुनेनन्।
2:21b.JDG.002.021 यसर्थ इस्राएलका मानिसहरूका निम्ति म अब उप्रान्त ती जातिहरूलाई पराजित गरेर मार्ग खुल्ला गरिदिने छैन। ती मानिसहरू त्यस बेलासम्म त्यही भूमिमा थिए जब यहोशूको मृत्यु भयो। अनि म ती जातिहरूलाई यस भूमिमा रहनदिनेछु।
2:22b.JDG.002.022 म ती जातिहरूलाई इस्राएलका मानिसहरूको जाँच गर्नमा प्रयोग गर्नेछु। म यो हेर्ने छु कि इस्राएलीहरूले तिनीहरूका पिता-पुर्खाहरूले झैं परमप्रभुका आज्ञा पालन गर्छन् कि गर्दैनन्।”
2:23b.JDG.002.023 परमप्रभुले ती जातिहरूलाई त्यस भूमिमा रहनदिनु भयो। परमप्रभुले ती जातिहरूलाई देश झट्टै छोड्नु भनी बाध्य तुल्याउनु भएन। उहाँले यहोशूका सेनालाई पराजित गर्न तिनीहरूलाई दिनु भएन।
3
3:1b.JDG.003.001 परमप्रभुले ती अन्य जातिहरूका सबै मानिसहरूलाई इस्राएलको भूमि छोडन कर लगाउँनु भएन। परमप्रभु इस्राएलका मानिसहरूको परीक्षा गर्न चाहनु हुन्थ्यो। यस समय जीवित रहेका कुनै पनि इस्राएलका मानिसहरू कनानको भूमि लिनका निम्ति गरिएको युद्धमा लडेका थिएनन्। यसर्थ परमप्रभुले ती अन्य जातिहरूलाई तिनीहरूका देशमा रहन दिनुभयो। (परमप्रभुले इस्राएलका मानिसहरूलाई, जो ती युद्धहरूमा लडेका थिएनन्, शिक्षा दिनलाई यसो गर्नु भएको थियो।) परमप्रभुले यस भूमि छोड्न लगाउनु भएका जातिहरूका नाउँ यो होः
3:3b.JDG.003.003 पलिश्ती मानिसहरूका पाँच जना शासकहरू, समस्त कनानीहरू, सिदोनीहरू अनि हिव्वी मानिसहरू जो लेबानोन पर्वतका बाल-हेर्मोन पर्वतदेखि लेबो-हमातसम्म बस्थे।
3:4b.JDG.003.004 परमप्रभुले ती जातिहरूलाई, इस्राएली मानिसहरूको जाँच गर्नका निम्ति त्यो भूमिमा छोड्नु भएको थियो। उहाँले यो हेर्न चाहनुहुन्थ्यो कि इस्राएलका मानिसहरू परमप्रभुका आज्ञाहरू, जो उहाँले तिनीहरूका पिता-पुर्खाहरूलाई मोशा मार्फत दिनु भएको आज्ञाहरू पालन गर्छन् कि गर्दैनन् भनेर।
3:5b.JDG.003.005 इस्राएलका मानिसहरू कनानी, हित्ती, एमोरी, परिज्जी, हिब्बी अनि यबूसी मानिसहरू साथ बस्थे।
3:6b.JDG.003.006 इस्राएलका मानिसहरू ती मानिसहरूका छोरीहरूसित बिवाहवारी गर्न थाले। इस्राएलका मानिसहरूले आफ्ना छोरीहरूलाई ती मानिसहरूका छोराहरूसित विवाह गर्न दिए। अनि इस्राएलका मानिसहरूले ती मानिसहरूका देवताहरू पूज्न थाले।
3:7b.JDG.003.007 इस्राएलका मानिसहरूले परमप्रभुसित गरेको करार तिनीहरूले भङ्ग गरे। तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरलाई बिर्से अनि झूटा देवताहरू बाल अनि अशेराको सेवा गरे।
3:8b.JDG.003.008 परमप्रभु इस्राएलका मानिसहरूसित क्वोधित हुनुभयो। इस्राएलका मानिसहरूमाथि शासन गर्न परमप्रभुले अरम-नहैरमका राजा कूशन रिशातैमलाई तिनीहरूलाई हराउने शक्ति दिनुभयो। इस्राएलीहरू आठ वर्षसम्म त्यो राजाको अधीनमा रहे।
3:9b.JDG.003.009 तर इस्राएलका मानिसहरूले सहायताका निम्ति परमप्रभुसित विलाप गरे। परमप्रभुले तिनीहरूलाई बचाउँन एउटा व्यक्तिलाई पठाउनु भयो। त्यो व्यक्तिको नाउँ ओत्निएल थियो। उनी कनज नाउँ गरेका एक व्यक्तिका छोरा थिए। कनज कालेबका कान्छा भाइ थिए। ओत्निएलले इस्राएलका मानिसहरूको सेवा गरे।
3:10b.JDG.003.010 परमप्रभुको आत्मा ओत्निएल माथि आउनुभयो अनि तिनी इस्राएली मानिसहरूका न्यायकर्त्ता बने। ओत्निएलले इस्राएली मानिसहरूलाई युद्ध तर्फ अग्रसर गराए। परमप्रभुले ओत्निएललाई अरामका राजा कूशन रिशातैमलाई पराजित गर्नमा सहायता गर्नुभयो।
3:11b.JDG.003.011 यसरी त्यो भूमि कनजका छोरा ओत्निएलको मृत्यु नभए सम्म चालीस वर्षको निम्ति शान्तिसित रह्यो।
3:12b.JDG.003.012 फेरि इस्राएलका मानिसहरूले परमप्रभुसित गरेको तिनीहरूको करार भङ्ग गरे। यसकारण परमप्रभुले इस्राएलका मानिसहरूलाई पराजित गर्न मोआबका राजा एग्लोनलाई बल दिनुभयो।
3:13b.JDG.003.013 एग्लोनले अम्मोनी अनि अमालेकी मानिसहरूबाट सहायता प्राप्त गरे। तिनीहरू उनीसित मिले अनि इस्राएलका मानिसहरू माथि आक्वमण गरे। एग्लोन अनि उनका सेनाले इस्राएलका मानिसहरूलाई पराजित गरे। अनि तिनीहरूलाई खजूर वृक्षको शहर छोडन वाध्य तुल्याए।
3:14b.JDG.003.014 मोआबका राजा एग्लोनले इस्राएलका मानिसहरू माथि अठ्ठार वर्षसम्म शासन गरे।
3:15b.JDG.003.015 मानिसहरूले परमप्रभुसित विलाप गरे। यसै कारण परमप्रभुले इस्राएलका मानिसहरूलाई बचाउँनका निम्ति एकजना व्यक्तिलाई पठाउनु भयो। यो व्यक्तिको नाउँ एहूद थियो। एहूद बिन्यामीन कुल समूहका गेरा नाउँको मानिसका छोरा थिए। एहूदले आफ्ना देब्रेहातले लडाँई गर्ने तालिम लिएका थिए। इस्राएलका मानिसहरूले एहूदलाई मोआबका राजा एग्लोन कहाँ उपहारसितै पठाए।
3:16b.JDG.003.016 एहूदले स्वंयका निम्ति एउटा तरवार बनाएका थिए। त्यो तरवारको दुवै पट्टि धारहरू थिए अनि अठ्ठार इंच लामो थियो। एहूदले त्यो तरवार आफ्नो दाहिने जाँघमा बाँधेका थिए अनि आफ्नो पोशाक मुनि लुकाएका थिए।
3:17b.JDG.003.017 यसरी एहूदले मोआबका राजा एग्लोन कहाँ भेटी ल्याए। एग्लोन अत्यन्त मोटा मानिस थिए।
3:18b.JDG.003.018 भेटी चढाएपछि तिनले ती मानिसहरूलाई पठाए जसले भेटी बोकेका थिए।
3:19b.JDG.003.019 तिनीहरूले राजदरबार छाडे। जब एहूद गिलगाल नजिकका मूर्तिहरू भएको ठाउँमा पुगे, तिनी घुमे अनि राजालाई भेटून फर्किए। एहूदले राजा एग्लोनलाई भने, “राजा, तपाईंको निम्ति मसित गुप्तको सन्देश छ।” राजाले तिनलाई चूपलाग्नु भने अनि त्यसपछि सबै सेवकहरूलाई कोठाबाट बाहिर पठाए।
3:20b.JDG.003.020 एहूद एग्लोन राजा कहाँ गए। राजा आफ्नो दरबारको माथिल्लो कोठामा एक्लै बसिरहेका थिए। तब एहूदले भने, “मसित तपाईंको निम्ति परमेश्वरको सन्देश छ।” राजा आफ्नो गद्दीबाट उठे। उनी एहूदका अत्यन्त छेउमा थिए।
3:21b.JDG.003.021 जसै राजा आफ्नो गद्दीबाट उठ्दै थिए, एहूदले आफ्नो देब्रेहात बढाएर आफ्नो दाहिने जाँघमा बाँधिएको तरवार निकाले। त्यसपछि एहूदले तरवार राजाको भूँडीमा रोपिदिए।
3:22b.JDG.003.022 त्यो तरवार एग्लोनको भूँडीमा यति भित्र पस्यो कि त्यसको बीड पनि बोसोले छोप्यो। एहूदले एग्लोनदेखि तरवार बाहिर तान्न सकेनन् अनि एग्लोनको आन्द्रा-भूँडी बाहिर निस्कियो।
3:23b.JDG.003.023 एहूदले माथिल्लो कोठाका ढोकाहरू बन्दगरी राजालाई भित्रै ताल्चा लगाएर त्यो निजी कोठाबाट निस्किए।
3:24b.JDG.003.024 एहूदले त्यसपछि मूल कोठा छाडे अनि सेवकहरू फर्केर भित्र गए। सेवकहरूले माथिल्लो कोठाको ढोका बन्द गरिएको पाए। यसर्थ सेवकहरूले भने, “राजा आफ्ना निजी विश्राम कोठामा विश्राम गरिरहेका हुनुपर्छ।”
3:25b.JDG.003.025 यसर्थ सेवकहरूले धेरै लामो समयसम्म पर्खिरहे। राजाले माथिल्लो कोठाका ढोकाहरू खोलेनन्। आखिरमा सेवकहरू चिन्तित भए। तिनीहरूले चाबी ल्याए अनि ढोकाहरू खोले। जब सेवकहरू भित्र पसे, तिनीहरूले आफ्ना राजालाई भूइँमा मरेर लडिरहेका, देखे।
3:26b.JDG.003.026 सेवकहरूले राजालाई पर्खदै गर्दा एहूदले उम्कने समय पाए। एहूदले मूर्तिहरू पार गरे र सीरा नाउँ गरेको स्थान तिर गए।
3:27b.JDG.003.027 जब एहूद सीरामा आए तिनले त्यहाँ, एप्रैमको पहाडी देशमा, तुरही बजाए। इस्राएलका मानिसहरूले तुरही बजेको आवाज सुने अनि तिनीहरू पहाडबाट तल झरे, एहूदले तिनीहरूको अगुवाइ गरे।
3:28b.JDG.003.028 एहूदले इस्राएलका मानिसहरूलाई भने, “मेरो अनुसरण गर! परमप्रभुले हाम्रा शत्रुहरू, मोआबका मानिसहरूलाई पराजित गर्नमा हामीलाई सहयोग गर्नु भयो।” यसर्थ इस्राएलका मानिसहरूले एहूदको अनुसरण गरे। तिनीहरू त्यो भूमिलाई अधिकारमा लिन एहूदसित सजिलैसित तल यर्दन नदी पार गरेर मोआबको भूमिमा पुगे।
3:29b.JDG.003.029 इस्राएली मानिसहरूले लगभग 10,000 बलवान अनि साहसी मानिसहरूलाई मारे। एकजना मोआबी मानिस पनि उम्किएनन्।
3:30b.JDG.003.030 यसर्थ त्यस दिनदेखि इस्राएलका मानिसहरूले मोआबका मानिसहरू माथि शासन गर्न थाले। अनि त्यो भूमिमा 80 वर्षसम्म शान्ति भईरह्यो।
3:31b.JDG.003.031 एहूदले इस्राएलका मानिसहरूलाई बँचाए पछि, अर्को मानिसले इस्राएललाई बँचायो। त्यो मानिस अनातको छोरा शमगर थियो। 600 पलिश्ती मानिसहरूलाई मार्न शमगरले गोरू खेध्ने लट्ठीको उपयोग गरे।
4
4:1b.JDG.004.001 एहूदको मृत्युपछि मानिसहरूले फेरि परमप्रभुसित तिनीहरूको करार भङ्ग गरे।
4:2b.JDG.004.002 यसर्थ परमप्रभुले कनानका राजा इस्राएलका मानिसहरूलाई पराजित गर्न याबीनलाई दिनु भयो। याबीनले हासोर नाउँ गरेको शहरमा शासन गर्थे। राजा याबीन सेनाका सेनापति सीसरा नाउँका व्यक्ति थिए। सीसरा हरोशेत हग्गोयिम नाउँको शहरमा बस्थे।
4:3b.JDG.004.003 सीसरासित 900 फलामका रथहरू थिए। अनि बीस वर्षसम्म तिनी इस्राएलका मानिसहरू प्रति अत्यन्त निष्ठूर भए। यसर्थ तिनीहरूले परमप्रभुसित सहायताको निम्ति विलाप गरे।
4:4b.JDG.004.004 त्यहाँ दबोरा नाउँ गरेकी एउटी अगमवादिनी थिइन्। तिनी लप्पीदोत नाउँ गरेका एकजना व्यक्तिकी पत्नी थिइन्। त्यससमय तिनी इस्राएलको न्यायकर्त्ता थिइन्।
4:5b.JDG.004.005 दबोरा दबोराको खूजर-रूख मुनि बस्ने र्गथिन्। अनि इस्राएलका मानिसहरू सीसराको विषयमा वकालत गर्न तिनीकहाँ आए। दबोराको खजूरको रूख रामा अनि बेतेल शहरहरूको माझमा, एप्रैमको पहाडी देशमा थियो।
4:6b.JDG.004.006 दबोराले बराक नाउँ भएको मानिसलाई एउटा सन्देश पठाइन्। बाराक अबीनोअम नाउँका मानिसका छोरा थिए। बाराक केदेश शहरमा बस्थे जो नप्तालीको इलाकामा थियो। दबोराले बाराकलाई भनिन्, “परमप्रभु इस्राएलको परमेश्वरले तिम्रो निम्ति यो आज्ञा दिनु भएको छ, ‘जाऊ अनि नप्ताली अनि जबूलूनका कुल समूहहरूबाट 10,000 मानिसहरूलाई भेला गर। ती मानिसहरूलाई लगेर ताबोर पर्वतमा जाऊ।
4:7b.JDG.004.007 म राजा याबीनका सेनापति सीसरालाई तिमीहरूकहाँ आउन उत्तेजित पार्नेछु। म सीसरालाई तिनका रथहरू, अनि सेनाहरू लिएर किशोन नदीमा आउन लाउनेछु। तब म तिमीहरूलाई त्यहाँ सीसरालाई पराजित गर्नमा सहायता गर्नेछु।”‘
4:8b.JDG.004.008 तब बाराकले दबोरालाई भने, “यदि तपाईं मसित जानु हुन्छ भने म जानेछु अनि यसो गर्नेछु। तर यदि तपाईं मसित जानु हुन्न भने म जाने छैन।”
4:9b.JDG.004.009 दबोराले उत्तर दिइन्, “निश्चयनै म तिमीसित जानेछु,” “तर तिम्रो मनोबृत्तिको कारणले जब सीसरालाई पराजित गरिन्छ तिमीलाई सम्मान गरिने छैन। परमप्रभुले एउटी स्त्रीलाई सीसरामाथि पराजित पार्न दिनुहुनेछ।” यसर्थ दबोरा बाराकसित केदेश शहरमा गइन्।
4:10b.JDG.004.010 केदेश शहरमा, बाराकले जबूलून अनि नप्ताली कुल समूहहरूलाई बोलाए। बाराकले ती कुल समूहहरूबाट तिनको अनुसरण गर्नलाई 10,000 मानिसहरू भेला गरे। दबोरा पनि बाराकसित गइन्।
4:11b.JDG.004.011 अहिले, त्यहाँ हेबेर नाउँ गरेका एकजना मानिस थिए जो केनी मानिसहरूबाट आएका थिए। हेबेरले अन्य केनी मानिसहरूको साथ छोडेका थिए। (केनी मानिसहरू होबाबका सन्तान थिए। होबाब मोशाका ससुरा थिए।) हेबेरले सानन्नीम नामक ठाउँमा बज्राँकाठको रूखद्वारा आफ्नो घर निर्माण गरेका थिए। सानन्नीम केदेश शहरको नजिकमा थियो।
4:12b.JDG.004.012 कसैले सीसरालाई भने कि अबीनोअमका छोरा बाराक तबोर पर्वतमा थियो।
4:13b.JDG.004.013 यसर्थ सीसराले आफ्ना 900 फलामका रथहरू भेला गरे। सीसराले सबै मानिसहरूलाई पनि आफूसित एकत्रित गरे। तिनीहरू हरोशेत हग्गोयिम शहरदेखि कीशोन नदी तर्फ हिंडे।
4:14b.JDG.004.014 तब दबोराले बाराकलाई भनिन्, “आज परमप्रभुले सीसरालाई पराजित गर्न तिमीहरूलाई सहायता प्रदान गर्नुहुनेछ। तिमीहरू निश्चयनै त्यो जान्दछौ कि परमप्रभुले तिमीहरूलाई युद्ध गर्नको निम्ति डोर्याउनु हुनेछ।” यसकारण बाराकले 10,000 मानिसहरूलाई ताबोर पर्वतबाट तल झारे।
4:15b.JDG.004.015 बाराक अनि तिनका मानिसहरूले सीसरालाई आक्वमण गरे। युद्ध भइरहेको समयमा परमप्रभुले सीसरा अनि तिनका रथ अनि मानिसहरूलाई अल्मलाई दिनुभयो। के गर्नु पर्ने तिनीहरूले जानेनन्। यसर्थ बाराक अनि तिनका मानिसहरूले सीसरालाई पराजित गरे। तर सीसराले आफ्नो रथ छोडिदिए अनि पैदलै भागे।
4:16b.JDG.004.016 बाराक अनि तिनका मानिसहरू सीसराका सेनासित युद्ध गरिरहे। बाराक अनि तिनका मानिसहरूले सीसराका रथहरू र सेनालाई हरोशेत हग्गोयिमसम्म खेदेर लगे। बाराक अनि तिनका मानिसहरूले सीसराका मानिसहरूलाई मार्न तिनीहरूका निम्ति तरवार प्रयोग गरे। सीसराका कुनै पनि मानिसलाई जीवित छोडेनन्।
4:17b.JDG.004.017 तर सीसरा भागे। तिनी त्यो पालमा आए जहाँ याएल नाउँकी स्त्री बस्थिन्। याएल हेबेर नाउँका मानिसकी पत्नी थिइन। तिनी केनी मानिसहरू मध्ये एक थिइन्। हेबेरका परिवार हसोरका राजा याबीन साथ शान्तिसित थिए। यसर्थ सीसरा याएलको पालतिर भागे।
4:18b.JDG.004.018 याएलले सीसरालाई आउँदै गरेको देखिन्, यसर्थ उसलाई भेटून तिनी बाहिर गइन्। याएलले सीसरालाई भनिन्, “महाशय मेरो पालमा आउनु होस्। भित्र आउनु होस्। भयभीत नहुनुहोस्।” यसर्थ सीसरा याएलको पालमा गए, अनि तिनले उसलाई एउटा गलैंचाले ढाकिदिइन्।”
4:19b.JDG.004.019 सीसराले याएललाई भने, “म तिर्खाएको छु। कृपया मलाई केही पानी पिउन देऊ।” याएलसित पशुको छालाद्वारा बनाएका एउटा थैलो थियो। तिनले त्यस थैलोमा दूध राखेकी थिइन्। याएलले सीसरालाई दूध पिउन दिइन्। त्यसपछि सीसरालाई गलैंचाले छोपिदिइन्।
4:20b.JDG.004.020 तब सीसराले याएललाई भने, “जाऊ, पालको प्रवेशस्थानमा उभिरहु। यदि कोही आएर तिमीलाई, ‘यहाँ भित्र कोही छ?’ भनेर सोध्यो भने, ‘छैन भनेर त्यसलाई भनिदिनु।”‘
4:21b.JDG.004.021 तर याएलले एक कीला र मार्तोल खोजिन्। याएल चूपचाप सीसरा कहाँ गइन्। सीसरा अत्यन्त थकित थिए, यसर्थ तिनी निदाइरहेका थिए। याएलले त्यो पालको किला सीसराका शिर तिर राखिन् अनि त्यसलाई मार्तोलले हिर्काइन्। त्यो पालको कीला सीसराको शिरको छेउ भएर भूइँमा गाडियो अनि सीसराको मृत्यु भयो।
4:22b.JDG.004.022 त्यति नै बेला याएलको पालको छेउमा बाराक, सीसरालाई खोज्दै आए। याएल बाराकलाई भेटून बाहिर आइन् अनि भनिन्, “भित्रै आउनु होस्, अनि म तपाईंले खोजीरहनु भएको मानिस तपाईंलाई देखाउँने छु।” यसर्थ बाराक याएलसँग पालभित्र पसे। त्यहाँ बाराकले सीसरालाई तिनको शिरको छेउबाट पार गएको पालको कीला सहित भूइँमा मरिरहेको भेट्टाए।
4:23b.JDG.004.023 त्यसदिन परमेश्वरले इस्राएली मानिसहरूका निम्ति कनानका राजा याबीनलाई पराजित गर्न दिनुभयो। 24यसरी इस्राएली मानिसहरूले कनानका राजा याबीनलाई पराजित नपारूञ्जेल झन-झन शक्तिशाली हुँदै गए। इस्राएलका मानिसहरूले अन्तमा कनानका राजा याबीनलाई नष्ट पारे।
5
5:1b.JDG.005.001 इस्राएलका मानिसहरूले सीसरालाई पराजित पारेको दिन, दबोरा अनि बाराक, अबीनोअमका छोराले यो गीत गाएः
5:2b.JDG.005.002 इस्राएलका मानिसहरू युद्धका निम्ति तयार भए। तिनीहरू स्वेच्छाले युद्धमा जाने भए! परमप्रभुलाई धन्यवाद चढाऊ!
5:3b.JDG.005.003 हे राजाहरू हो। सुन हे शासकहरू हो। म गाउनेछु। म स्वयं परमप्रभु प्रति गाउँनेछु। म परमप्रभुका निम्ति, इस्राएलका मानिसहरूका परमेश्वरका निम्ति भजन गाउने छु।
5:4b.JDG.005.004 हे परमप्रभु, अतीतमा तपाईं सेइरबाट आउनुभयो। तपाईं एदोम देशबाट हिंड्नु भयो। तपाईं हिंड्नु भयो, अनि पृथ्वी काम्यो, आकाशबाट वृष्टि भयो, मेघहरूले पानी बर्साए।
5:5b.JDG.005.005 परमप्रभुको अघि पर्वतहरू हल्लिए, सीनै पर्वतका परमेश्वरको अघि, परमप्रभु इस्राएलका परमेश्वरको अघि।
5:6b.JDG.005.006 अनातका छोरा शमगरको समयमा, याएलको समयमा, मुख्य सडकहरू रित्ता थिए। व्यापारीहरू अनि यात्रीहरू पछिल्लो मार्गबाट हिंडदथे।
5:7b.JDG.005.007 त्यहाँ कोही सेनाहरू थिएनन्। दबोरा तिमी नआएसम्म, इस्राएलकी आमा बन्नलाई, तिमी नआएसम्म इस्राएलमा कुनै सेनाहरू थिएनन्।
5:8b.JDG.005.008 परमेश्वरले नयाँ अगुवाहरू चुन्नु भयो शहरका द्वारहरूमा लड्नका निम्ति। इस्राएलका 40,000 सेनाहरू मध्ये कसैले पनि एक ढाल अनि एक भाला पाउँन सकेनन्।
5:9b.JDG.005.009 मेरो हृदय इस्राएलका ती सेनापतिहरूसित छ जो स्वेच्छाले युद्धमा जाने भए! परमेश्वर प्रति धन्यवाद चढाऊ!
5:10b.JDG.005.010 सेतो गधाको ढाडमा चढ्ने, जीनको कम्बलमा बस्ने अनि बाटोमा हिंड्ने तिमी मानिसहरू ध्यान देऊ।
5:11b.JDG.005.011 पशुहरूको लागि पानी भएको खाडलहरूमा हामी झ्याम्टाको सङ्गीत सुन्दछौ। मानिसहरू परमप्रभुको विजय, इस्राएलमा उहाँका सेनाहरूको विजय जब परमप्रभुका मानिसहरू शहरद्वारमा लडेर विजयी भए, त्यस विषयमा गाउँछन्।
5:12b.JDG.005.012 जाग, व्यूँझ दबोरा! जाग, जाग अनि गीत गाऊ! हे अबीनोअमका छोरा बाराक, उठ, जाऊ तिम्रा शत्रुहरूलाई कब्जा गर।
5:13b.JDG.005.013 अब, बाँचेका अगुवाहरू कहाँ जाऊ। परमप्रभुका मानिसहरू, मसित अनि सेनाहरूसित जाऊ।
5:14b.JDG.005.014 एप्रैमका मानिसहरू अमालेकको पहाडी देशबाट आए। बिन्यामीन, ती मानिसहरूले, तिमी अनि तिम्रा मानिसहरूको अनुसरण गरे। अनि, माकीरका कुलका सेनापतिहरू त्यहाँ उपस्थित थिए। जबूलून कुल समूहको नायकहरू अधिकारीहरू र कर्मचारीहरूसित आए।
5:15b.JDG.005.015 इस्साकारका अगुवाहरू दबोरासितै आए; तिनीहरूले बाराकलाई सर्मपण गरेका थिए। ती मानिसहरू हिंडेर भञ्ज्याङ गए। रूबेन, तिम्रा सेनाहरूमा अनेक साहसी सेनाहरू छन्।
5:16b.JDG.005.016 यसर्थ, तिमीहरू किन भेड-शिबिरका अग्निहरूमा अलमली बस्यौ? रूबेनका सेनाहरूले युद्धको बारेमा गहिरो सोच गरे। तर तिनीहरूले आफ्ना भेडहरूका निम्ति बजाएको सङ्गीत सुन्दै छाउनीमा बसे।
5:17b.JDG.005.017 गिलादका मानिसहरू यर्दन नदीको अर्को तर्फ आफ्ना छाउनीमा बसे। अनि तिमी दानका मानिसहरू तिमीहरू किन तिमीहरूका जहाजका छेउमा बस्यौ? आशेरका मानिसहरू सागर छेउमा बसे, आफ्ना सुरक्षित पोताश्रयमा छाउनी लाएर।
5:18b.JDG.005.018 तर जबूलून अनि नप्तालीका मानिसहरूले ती पहाडहरूमा युद्ध गर्दै आफ्ना प्राणलाई जोखिममा पारे।
5:19b.JDG.005.019 कनानका राजाहरू युद्ध गर्न आए, तर तिनीहरूले कुनै खजाना घरतिर लगेनन्। तिनीहरू मगिदोका खोलाको छेउमा भएको तनाक शहरमा लडे।
5:20b.JDG.005.020 स्वर्ग बाट ताराहरू तिनीहरूका निम्ति लडे, आकाशबाट ताराहरू सीसराको विरूद्ध लडे।
5:21b.JDG.005.021 कीशोन नदी-त्यो प्राचीन नदीले सीसराका मानिसहरूलाई बगाएर लग्यो। मेरो आत्मा, पराक्वम सहित अघिबढ!
5:22b.JDG.005.022 घोडका टापहरूले भूइँ ठोके। सीसराका शक्तिशाली घोड झन-झन दौडे।
5:23b.JDG.005.023 परमप्रभुका स्वर्गदूतले भन्नुभयो, “मेरोज शहरलाई श्राप देऊ, यसका मानिसहरूलाई श्राप देऊ। परमप्रभुलाई सघाउन तिनीहरू सेनासित आएनन्।”
5:24b.JDG.005.024 याएल केनी हेबेरकी पत्नी थिइन्। तिनी सबै स्त्रीहरूभन्दा अधिक धन्य हुनेछिन्।
5:25b.JDG.005.025 सीसराले पानी मागे, याएलले उसलाई दूध दिइन्। शासकलाई कचौरामा तिनले राम्रो घिऊ ल्याइदिइन्।
5:26b.JDG.005.026 तब याएल बाहिर गइन्। अनि पालको कीला लिइन्। तिनको दाहिने हातले एउटा मार्तोल लिइन, जो एकजना मजदूरले उपयोग गर्छ। त्यसपछि तिनले त्यो मार्तोल सीसरा माथि चलाइन्! तिनले उसको शिरमा हिर्काइन अनि उसको कन्चटमा वारपार प्वाल पारिदिइन्।
5:27b.JDG.005.027 उनी याएलका पाउ माझ घोप्टो परे उनको मृत्यु भयो। अनि उनी त्यहीं लडे। जहाँ सीसरा घोप्टो परे, त्यहीं त्यसको मृत्यु भयो। अनि तिनी मृत्यु लोगमा पुगे।
5:28b.JDG.005.028 हेर, त्यहाँ सीसराकी आमा छिन् झ्याल देखि बाहिर पर्दाबाट हेरिरहेकी छिन्, अनि विलाप गर्दै छिन्। “सीसराको रथ किन यति ढीलो भयो? उसको रथको आवाज म किन सुन्दिन?”
5:29b.JDG.005.029 तिनकी सबै भन्दा ज्ञानी सेविकाले तिनलाई उत्तर दिइन् साँच्चै, सेविकाले तिनलाई उत्तर दिइन्।
5:30b.JDG.005.030 “म निश्चित छु, तिनीहरूले युद्धमा विजय प्राप्त गरे, अनि अहिले तिनीहरू, तिनीहरूले पराजित गरेका मानिसहरूका चीजहरू लिंदैछन्। तिनीहरू ती चीजहरू तिनीहरू स्वयंमा बाँडदैछन्। प्रत्येक सैनिकहरू एक अथवा दुइ जना युवतीहरू लिंदैछन्। हुनसक्छ, सीसराले एक टुक्वा रंगीन वस्त्र भेट्टाए। त्यो यही हो! सीसराले एक टुक्वा बेल-बुट्टादार वस्त्र। हुन सक्छ दुइ टुक्वा विजेता सीसराले लाउनका निम्ति भेट्टाए।”
5:31b.JDG.005.031 हे परमप्रभु, तपाईंका समस्त शत्रुहरूको यसरी नै मृत्यु होस्! अनि समस्त मानिसहरू जो तपाईं प्रति प्रेम गर्छन्, झुल्कँदो सूर्य जस्तै शक्तिशाली बनुन्!” यसरी त्यो भूमिमा चालीस वर्षसम्म शान्ति रह्यो।
6
6:1b.JDG.006.001 फेरि इस्राएलीहरूले परमप्रभुसित तिनीहरूको करार भङ्ग गरेका थिए। यसकारण सात वर्षसम्म परमप्रभुले मिद्यानका मानिसहरूलाई इस्राएलका मानिसहरूमाथि पराजित पार्न दिनु भयो।
6:2b.JDG.006.002 मिद्यानका मानिसहरू अत्यन्त शक्तिशाली अनि इस्राएलका मानिसहरू प्रति निष्ठूर थिए। यसर्थ इस्राएलका मानिसहरूले पर्वतहरूमा अनेक लुक्ने ठाउँहरू निर्माण गरेका थिए। तिनीहरूले आफ्ना भोजनहरू गुफाहरू अनि भेटून गाह्रो पर्ने स्थानहरूमा लुकाए।
6:3b.JDG.006.003 तिनीहरूले त्यसो गरे किनभने पूर्वबाट मिद्यानी अनि अमालेकी मानिसहरू आएर तिनीहरूका बालीहरू सदैव नष्ट गरिदिन्थे।
6:4b.JDG.006.004 ती मानिसहरूले त्यो भूमिमा छाउनी थापेर बस्थे अनि इस्राएलका मानिसहरूले रोपेका बालीहरू नष्ट गरिदिन्थे। ती मानिसहरूले इस्राएलका मानिसहरूको गाजा शहर नजिकसम्मका भूमिको फसल नष्ट गरिदिए। ती मानिसहरूले इस्राएलका मानिसहरूलाई खानका निम्ति केही पनि छाडेनन्। तिनीहरूले इस्राएलका मानिसहरूका निम्ति कुनै भेड, वा गाइ-बस्तु वा गधाहरू पनि छाडेनन्।
6:5b.JDG.006.005 मिद्यानका मानिसहरू माथि आए अनि त्यस भूमिमा छाउनी थापेर बसे। तिनीहरूले आफ्ना परिवारहरू अनि आफ्ना पशु प्राणीहरू ल्याए। तिनीहरू सलहको हुल झैं धेरै थिए। ती मानिसहरू अनि ऊँटहरू यति धेरै थिए कि तिनीहरूको गन्ती गर्न सम्भव थिएन। यी सबै मानिसहरू त्यस भूमिमा आए अनि त्यसलाई ध्वंश पारे।
6:6b.JDG.006.006 इस्राएलका मानिसहरू मिद्यानका मानिसहरूको कारणले अत्यन्त गरीब भए। यसर्थ इस्राएलका मानिसहरूले सहायताका निम्ति परमप्रभु समक्ष विलाप गरे।
6:7b.JDG.006.007 मिद्यानका मानिसहरूले ती सबै दुष्टकर्महरू गरे। यसर्थ इस्राएलका मानिसहरू सहायताका निम्ति परमप्रभुसित विलाप गर्नलागे।
6:8b.JDG.006.008 यसर्थ परमप्रभुले तिनीहरू कहाँ एक अगमवक्तालाई पठाउनु भयो। अगमवक्ताले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु, इस्राएलका परमेश्वरले जे भन्नुहुन्छ त्यो यो होः ‘तिमीहरू मिश्रदेशमा दास थियौ। मैले तिमीहरूलाई मुक्त गरे अनि तिमीहरूलाई त्यस भूमिबाट बाहिर ल्याएँ।
6:9b.JDG.006.009 मैले तिमीहरूलाई मिस्रदेशका शक्तिशाली मानिसहरूबाट बचाएँ। त्यसपछि कनान देशका मानिसहरूले तिमीहरूलाई घात पुर्याए। यसर्थ मैले फेरि तिमीहरूलाई बचाएँ। मैले ती मानिसहरूलाई तिनीहरूका भूमि छोडन लगाएँ। अनि तिनीहरूको भूमि तिमीहरूलाई दिएँ।’
6:10b.JDG.006.010 तब मैले तिमीहरूलाई भने, ‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरू एमोरी मानिसहरूको भूमिमा बस्नेछौ, तिमीहरूले तिनीहरूका झूटा देवताहरू पूज्न हुदैन थियो।’ तर तिमीहरूले मेरो कुरा पालन गरेनौ।”
6:11b.JDG.006.011 त्यस समयमा परमप्रभुका स्वर्गदूत गिदोन नाउँको मानिसकहाँ आए। परमप्रभुका स्वर्गदूत आए र ओप्रा नामक स्थानमा भएको फलाँटको रूखमुनि बसे। त्यो फलाँटको रूख योआश नाउँको मानिसको थियो। योआश अबीएजर परिवारका थिए। यिनी गिदोनका बुबा थिए। मिद्यानीहरूबाट लुकाउनलाई गिदोन दाखरस निकाल्ने ढिकीमा केही गहुँ कुटिरहेका थिए।
6:12b.JDG.006.012 परमप्रभुका स्वर्गदूत गिदोन समक्ष प्रकट भए अनि तिनलाई भने, “महान सैनिक! परमप्रभु तिम्रो साथ रहून्।”
6:13b.JDG.006.013 तब गिदोनले भने, “म शपथ खान्छु हजूर यदि परमप्रभु हामीसित हुनु भएको भए हामीहरूले किन यति धेरै कष्ट पाइरहेका छौं?” हामीले सुनेका छौं कि उहाँले हाम्रा पिता-पुर्खाहरूका निम्ति आश्चर्य जनक कुराहरू गर्नुभयो। हाम्रा पिता-पुर्खाहरूले हामीलाई भने कि परमप्रभुले नै तिनीहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो। तर परमप्रभुले हामीलाई छाड्नुभयो। परमप्रभुले हामीलाई पराजित गर्न मिद्यानी मानिसहरूलाई दिनुभयो।”
6:14b.JDG.006.014 परमप्रभु गिदोनतर्फ फर्किनु भयो अनि भन्नुभयो, “तेरो शक्ति प्रयोग गर्। जा मिद्यानी मानिसहरूबाट इस्राएलका मानिसहरूलाई बँचा। म तँलाई तिनीहरूलाई बचाउँन पठाइरहेछु।”
6:15b.JDG.006.015 तर गिदोनले उत्तर दिए र भने, “मलाई क्षमा गर्नुहोस महाशय। म कसरी इस्राएलीलाई बचाउँन सक्छु र? मनश्शेको कुल समूहमा मेरो गोत्र सबै भन्दा कमजोर छ। अनि म मेरो परिवारको सबै भन्दा कान्छो हुँ।”
6:16b.JDG.006.016 परमप्रभुले गिदोनलाई उत्तर दिनुभयो र भन्नुभयो, “म तँसित छु। यसर्थ तैंले मिद्यानका मानिसहरूलाई पराजित गर्न सक्नेछस्। यो यस्तो हुनेछ कि तँ एक व्यक्तिसित मात्र युद्ध गरिरहेछस्।”
6:17b.JDG.006.017 तब गिदोनले परमप्रभुलाई भने, “यदि तपाईं मसित खुशी हुनुभयो भने तपाईं साँच्चै नै परमप्रभु हुनुहुन्छ भनी मलाई प्रमाण दिनु होस्।
6:18b.JDG.006.018 कृपया यो प्रतिक्षा गर्नुहोस्। म तपाईं कहाँ फर्की नआएसम्म तपाईं नजानुहोस्। मलाई मेरो भेटी ल्याउन अनि तपाईंको समक्ष त्यसलाई राख्न दिनुहोस्।” अनि परमप्रभुले भन्नुभयो, “तँ फर्केर नआएसम्म म पर्खीरहने छु।”
6:19b.JDG.006.019 यसर्थ गिदोन भित्र गए अनि एउटा सानो पाठो उम्लेको पानीमा पकाए। गिदोनले लगभग एक एपा जस्तो पीठो लिएर अखमीरे रोटी बनाए। त्यसपछि गिदोनले एउटा ढाकीमा मासु हाले अनि मासु उमालेको पानी एउटा भाँडमा हाले। गिदोनले मासु, उमालेको मासुको झोल अनि अखमिरे बिनाको रोटी पकाएर बाहिर ल्याए। गिदोनले त्यो भोजन फलाँटको रूखमुनि परमप्रभुको दूतलाई दिए।
6:20b.JDG.006.020 परमेश्वरका दूतले गिदोनलाई भने, “त्यो मासु अनि अखमिरे रोटी त्यो चट्टान माथि राख्। त्यसपछि पानी खन्या।” गिदोनले उसलाई स्वर्गदूतले भने जस्तै गरे।
6:21b.JDG.006.021 परमप्रभुको दूतसित हातमा एउटा हिंडदा टेक्ने लट्ठी थियो। परमप्रभुका दूतले त्यो लट्ठीको टुप्पोले मासु अनि रोटीलाई छोए। तब चट्टानबाट आगो उत्पन्न भयो। मासु अनि रोटी पूर्ण रूपले भस्म भयो। तब परमप्रभुको दूत अदृश्य भए।
6:22b.JDG.006.022 तब गिदोनले बुझे कि तिनी परमप्रभुको दूतसित कुरा गरिरहेका थिए। यसर्थ गिदोन चिच्याए, “सर्वशक्तिमान परमप्रभु! मैले परमप्रभुका दूतलाई आमने-सामने देखें!”
6:23b.JDG.006.023 तर परमप्रभुले गिदोनलाई भन्नुभयो, “शान्त होऊ! भयभीत नहोऊ। तिमी मर्ने छैनौ!”
6:24b.JDG.006.024 यसर्थ गिदोनले परमप्रभुको आराधना गर्न त्यस स्थानमा एक वेदी निर्माण गरे। गिदोनले त्यो वेदीको नाउँ “परमप्रभु शान्ति हुनुहुन्छ राखे।” त्यो वेदी अझ सम्म ओप्रा शहरमा छँदैछ। ओप्रा त्यो ठाउँ हो जहाँ अबीएजरका परिवार बस्छन्। गिदोनले बालको वेदी ढालि दिन्छन्
6:25b.JDG.006.025 त्यही राती परमप्रभुले गिदोनसित कुरा गर्नुभयो। परमप्रभुले भन्नुभयो, “तेरो बाबुले पालेको सात वर्ष पुगेको जवान साँढे ले। तेरा बाबुको झूटो देवता बालको एउटा वेदीमा छ। त्यो वेदीको छेउमा एउटा काठको खम्बा पनि छ। त्यो खम्बा झूटा देवी अशेराको सम्मानमा बनाएको छ। त्यो बाल-वेदी ढाल्न साँडेको प्रयोग गर अनि अशेरका खम्बा काटिदे।
6:26b.JDG.006.026 त्यसपछि परमप्रभु तेरो परमेश्वरको निम्ति ठीक प्रकारको वेदी निर्माण गर। त्यो वेदी यो उच्च भूमिमा निर्माण गर। त्यसपछि त्यो वेदीमा त्यो जवान साँढेलाई मारेर होमबलि दे। तिमीहरूको भेटी जलाउनलाई अशेरको खम्बाको काठ प्रयोग गर।”
6:27b.JDG.006.027 यसर्थ गिदोनले आफ्ना दशजना सेवकहरू लगे अनि परमप्रभुले तिनलाई जे गर्नु भन्नु भएको थियो त्यही गरे। तर गिदोन तिनका परिवार अनि शहरका मानिसहरूले आफूले के गर्दै छु भनी देख्छन् भनी भयभीत भएका थिए। गिदोनले त्यही गरे जो तिनलाई गर्नुभनी परमप्रभुले भन्नु भएको थियो। तर तिनले त्यो काम दिउँसो होइन राती गरे।
6:28b.JDG.006.028 शहरका मानिसहरू भोलिपल्ट बिहान उठे। अनि तिनीहरूले बालको वेदी नष्ट पारिएको देखे। तिनीहरूले अशेरका खम्बा पनि काटिएका देखे। त्यो अशेराको खम्बा बालको वेदीको छेउमै थियो। ती मानिसहरूले वेदी पनि देखे जो मिदोनले निर्माण गरेको थियो। अनि तिनीहरूले त्यो साँढे देखे जसलाई वेदीमा बलिदानहरू चढाइएको थियो।
6:29b.JDG.006.029 शहरका मानिसहरूले एक अर्कालाई हेरे अनि सोधे, “हाम्रो वेदीलाई कसले ढाली दियो? कसले हाम्रो अशेराको खम्बा काटिदियो? कसले यो साँढेलाई यो नयाँ वेदीमा बलिदान चढायो?” तिनीहरूले अनेक प्रश्नहरू सोधे अनि ती कुराहरू कसले गरे भनी जान्ने कोशिश गरे। कसैले तिनीहरूलाई भने, “योआशका छोरा गिदोनले यसो गरे।”
6:30b.JDG.006.030 यसर्थ शहरका मानिसहरू योआश कहाँ आए। तिनीहरूले योआशलाई भने, “तिमीले तिम्रो छोरालाई बाहिर ल्याउनुपर्छ। बालको वेदी उसले ढाल्यो। अनि उसले वेदीको छेउमा भएको अशेरा देवीको खम्बा पनि काटिदियो। यसर्थ तिम्रो छोरा मर्नै पर्छ।”
6:31b.JDG.006.031 तब योआशले त्यो भीडलाई भन्यो जो तिनका वरिपरि उभिएका थिए। योआशले भने, “के तिमीहरू बाल देवताको पक्ष लिंदैछौ? के तिमीहरू बालको उद्धार गर्न खोज्दै छौ? यदि कसैले बालको पक्ष लिन्छौ भने उसलाई बिहान हुँदा मारिनु पर्छ। यदि बाल वास्तवमा देवता भएको भए उसले आफ्नो सुरक्षा आफै गर्नु पर्ने।”
6:32b.JDG.006.032 योआशले भने, “यदि गिदोनले बालको वेदी ढाल्यो भने बाललाई नै उसित बहस गर्न देऊ।” यसर्थ त्यसदिन योआशले गिदोनलाई नयाँ नाउँ दिए। तिनले उसलाई यरूब्बाल भने।
6:33b.JDG.006.033 मिद्यानी, अमालेकी अनि अन्य मानिसहरू इस्राएलका मानिसहरूको विरूद्ध लड्न एक साथ मिले। ती मानिसहरू यर्दन नदी पारि गए अनि यिजरेलको बेंसीमा छाउनी हालेर बसे।
6:34b.JDG.006.034 परमप्रभुको आत्मा गिदोन माथि आउनुभयो; अनि तिनलाई महान शक्ति प्रदान गर्नुभयो। गिदोनले अबीएजरका परिवारलाई आफ्नो अनुसरण गर्नका निम्ति बोलाउनलाई तुरही फुके।
6:35b.JDG.006.035 गिदोनले मनश्शेका कुल समूहका समस्त मानिसहरू कहाँ दूतहरू पठाए। ती दूतहरूले मनश्शेका मानिसहरूलाई आफ्ना हतियारहरू लिन अनि युद्धका निम्ति तयार हुन भने। गिदोनले आशेर, जबूलून अनि नप्तालीका कुल समूह कहाँ पनि दूतहरू पठाए। ती दूतहरूले त्यही सन्देश लगे। यसर्थ ती कुल समूहहरू पनि गिदोन अनि तिनका मानिसहरूलाई भेट्न गए।
6:36b.JDG.006.036 तब गिदोनले परमेश्वरलाई भने, “तपाईंले भन्नुभयो कि तपाईंले मलाई इस्राएलका मानिसहरूलाई बचाउँन सहायता गर्नु हुनेछ। मलाई प्रमाण दिनु होस्।
6:37b.JDG.006.037 म भेडको ऊन ढीकीमा राख्नेछु। यदि भेडको ऊनमा मात्र शीत परेर सबै भूइँहरू सुक्खा रहेको भए म बुझ्ने छु कि तपाईंले भन्नु भए जस्तै इस्राएलका मानिसहरूलाई बचाउँनका निम्ति तपाईंले मेरो प्रयोग गर्नु हुनेछ।”
6:38b.JDG.006.038 अनि ठीक त्यस्तै नै भयो। गिदोन भोलिपल्ट विहानै उठे अनि भेडको ऊन निचोरे। तिनले भेडको ऊनबाट एक कचौरा भरि पानी निकाले।
6:39b.JDG.006.039 तब गिदोनले परमेश्वरलाई भने, “म प्रति क्वोधित नहुनुहोस्। मलाई अझ एउटा कुरा सोध्न दिनुहोस। यो भेडको ऊनद्वारा तपाईंलाई अझ एक पल्ट जाँचगर्न मलाई दिनुहोस्। यसपल्ट वरिपरिको भूमि शीतले भिज्दा यो भेडको ऊन सुक्खा रहोस्।”
6:40b.JDG.006.040 त्यो रात परमेश्वरले त्यही कुरा गर्नुभयो। ठीकै भेडाको ऊन सुक्खा थियो। तर त्यस वरिपरिको भूमि शीतले भिजेको थियो।
7
7:1b.JDG.007.001 बिहानै यरूब्बाल (गिदोन) अनि तिनका सबै मानिसहरूले एन-हरोदको मूलमा आफ्ना छाउनी थापे। मिद्यानका मानिसहरू मोरेह नाउँ गरेको पहाडको फेदको बेंसीमा छाउनी हालेर बसेका थिए। यो गिदोन अनि तिनका मानिसहरू बसेका ठाउँ देखि उत्तरमा थियो।
7:2b.JDG.007.002 तब परमप्रभुले गिदोनलाई भन्नुभयो, “म मिद्यानका मानिसहरूलाई पराजित गर्न तिमीहरूलाई सहायता दिंदैछु। तर तँसित त्यो कामका निम्ति अनेक धेरै मानिसहरू छन्। म इस्राएलका मानिसहरूले मलाई बिर्सेर तिनीहरूले तिनीहरू स्वयंलाई आफ्नै शक्तिले बँचाएको भनी शेखी गरेको चाहँदिन।
7:3b.JDG.007.003 यसर्थ अब, एउटा सूचना दे। तिनीहरूलाई भन्, ‘जो कुनै पनि भयभीत छ त्यो गलेद पर्वत छोडेर जान सक्छ। त्यो मानिस घर फर्की जान सक्छ।”‘ त्यस समयमा 22,000 मानिसहरूले गिदोनलाई छाडे अनि घर फर्के तर 10,000 मानिसहरू बाँकी रहे।
7:4b.JDG.007.004 तब परमप्रभुले गिदोनलाई भन्नुभयो, “त्यहाँ अझ धेरै मानिसहरू छन्। ती मानिसहरूलाई तल पानीमा लैजा, अनि तेरो निम्ति म त्यहाँ तिनीहरूको जाँच गर्नेछु। यदि मैले, ‘यो मानिस तँसित जानेछ,’ भने मात्र त्यो जानेछ। यदि मैले, ‘त्यो तँसित जाने छैन’ भने भनी त्यो जाने छैन।”
7:5b.JDG.007.005 यसर्थ गिदोनले मानिसहरूलाई तल पानीमा लगे। पानीमा परमप्रभुले गिदोनलाई भन्नुभयो, “मानिसहरूलाई यसरी छुट्याऊः मानिसहरू जसले कुकुरले जस्तै जिब्रो प्रयोग गरेर पानी पिउँछन् तिनीहरू एक समूहमा हुनेछन्। अनि ती मानिसहरू जो पानी पिउनका निम्ति घोप्टिन्छन् अर्को समूहमा हुनेछन्।”
7:6b.JDG.007.006 तिनीहरूको हात प्रयोग नगरी चाटेर पानी पिउने मानिसहरूको संख्या 300 थियो अन्य सबै मानिसहरूले तल निहुरिएर पानी पिए।
7:7b.JDG.007.007 परमप्रभुले गिदोनलाई भन्नुभयो, “म ती 300 मानिसहरूलाई प्रयोग गर्ने छु, जसले कुकुरले जस्तै चाटेर पानी पिए। म तँलाई बचाउँनका निम्ति ती मानिसहरूको प्रयोग गर्ने छु अनि म तँलाई मिद्यानका मानिसहरूलाई पराजित गर्न दिनेछु। ती अन्य मानिसहरूलाई आफ्ना घरतर्फ जान देऊ।”
7:8b.JDG.007.008 यसर्थ गिदोनले इस्राएलका अन्य मानिसहरूलाई घर पठाइदिए। गिदोनले आफूसित 300 मानिसहरू राखे। ती 300 मानिसहरूले घर गएका अन्य मानिसहरूका आपूर्तिहरू अनि तुरहीहरू आफूसित राखे। मिद्यानका मानिसहरू गिदोनको छाउनी मुनिको बेंसीमा छाउनी हालेर बसेका थिए।
7:9b.JDG.007.009 राती परमप्रभुले गिदोनसित कुरा गर्नु भयो। परमप्रभुले तिनलाई भन्नुभयो, “उठ्, म तँलाई मिद्यानी सेनालाई पराजित गर्न दिनेछु। तल तिनीहरूको छाउनीमा जा।
7:10b.JDG.007.010 यदि एक्लै जान तँलाई डर लाग्छ भने, पूरा तेरो सेवकलाई तेरो साथ लैजा।
7:11b.JDG.007.011 मिद्यानका मानिसहरूको छाउनीमा जा। ती मानिसहरू के भनिरहेछन् सुन्। त्यसपछि तिनीहरू माथि आक्रमण गर्न तँलाई डर लाग्ने छैन।” यसर्थ गिदोन अनि पूरा, तिनको सेवक तल शत्रुको छाउनीको छेउमा गए।
7:12b.JDG.007.012 मिद्यानका मानिसहरू, अमालेकका मानिसहरू, अनि पूर्वका सबै अन्य मानिसहरू त्यस बेंसीमा छाउनी लाएर बसेका थिए। त्यहाँ यति धेरै मानिसहरू थिए कि तिनीहरू सलहका हूल झैं देखिन्थे। ती मानिसहरू समुद्रको किनारमा बालुवाको कण जस्तै धेरै तिनीहरूसंग ऊँटहरू पनि थिए।
7:13b.JDG.007.013 गिदोन शत्रुको छाउनीमा आए अनि एकजना मानिसले कुरा गरेको तिनले सुने। त्यो मानिसले उसको साथीलाई उसले देखेको सपनाको कुरा भन्दै थियो। त्यो मानिसले भन्दै थियो, “एउटा जौंका रोटी मिद्यानका मानिसहरूको छाउनीमा पल्टँदै आएको मैले सपनामा देखें। त्यो रोटी यति जोडले ठोक्कियो कि पाल नै पल्टियो अनि समतल भयो।”
7:14b.JDG.007.014 त्यो मानिसको साथीले सपनाको अर्थ जान्यो। उसले भन्यो, “तिम्रो सपनाको एउटै मात्र अर्थ हुनसक्छ। तिम्रो सपना इस्राएलको त्यस मानिसको बारेमा हो। यो सपना योआशाका छोरा गिदोनको बारेमा हो। यसको मतलब यो हो कि परमेश्वरले गिदोनलाई मिद्यानका सम्पूर्ण सेनालाई पराजित गर्न सहायता गर्नु हुनेछ।”
7:15b.JDG.007.015 सपनाको बारेमा त्यस मानिसले कुरा गरेको अनि त्यसको मतलब के हो त्यो सुनेपछि, गिदोनले परमेश्वर प्रति शिर झुकाए। त्यसपछि गिदोन इस्राएलका मानिसहरूको छाउनीमा फर्के। गिदोनले मानिसहरूलाई भने, “उठ! परमप्रभुले मिद्यानका मानिसहरू पराजित गर्न हामीलाई सहायता प्रदान गर्नु हुनेछ।”
7:16b.JDG.007.016 तब गिदोनले ती 300 मानिसहरूलाई तीन समूहमा विभाजन गरे। गिदोनले प्रत्येक व्यक्तिलाई एक एक वटा तुरही र रित्तो भाँडे दिए। प्रत्येक भाँड भित्र जल्दै गरेको राँको थियो।
7:17b.JDG.007.017 तब गिदोनले मानिसहरूलाई भने, “मलाई हेर अनि म जसो गर्छु त्यसै गर। शत्रुको छाउनीको किनार तर्फ मेरो अनुसरण गर। जब म छाउनीको किनारमा पुग्छु, म जसो गर्छु ठीक त्यस्तै गर।
7:18b.JDG.007.018 तिनका मानिसहरूले शत्रुको छाउनीमा घेरा हाले। म अनि मेरो साथका समस्त मानिसहरूले आफ्ना तुरही बजाउने छौ। जब हामी हाम्रा तुरही बजाउँछौं, तिमीहरूले पनि आ-आफ्ना तुरही बजाऊ। त्यसपछि यी शब्दहरूमा कराऊः ‘परमप्रभु अनि गिदोनका निम्ति!”‘
7:19b.JDG.007.019 यसरी गिदोनसँग 100 मानिसहरू शत्रुको छाउनीको किनार तिर गए। शत्रुले रक्षक बद्लि गरेकै पछि तिनीहरू त्यहाँ आए। यो रातको मध्य अवधि थियो। गिदोन अनि तिनका मानिसहरूले तुरही बजाए अनि भाँडे फुटाए।
7:20b.JDG.007.020 मानिसहरूले आफ्ना देब्रेहातमा राँको लिए अनि दाहिने हातमा तुरही लिएका थिए। ती मानिसहरूले तुरही बजाएको बेला तिनीहरू कराए, “परमप्रभुको निम्ति एक तरवार अनि गिदोनको निम्ति एक तरवार।”
7:21b.JDG.007.021 गिदोनका मानिसहरू जहाँ तिनीहरू थिए त्यही छाउनीको वरिपरि बसे, तर छाउनी भित्र मिद्यानका मानिसहरू कराउँदै भाग्न शुरू गरे।
7:22b.JDG.007.022 जब गिदोनका 300 मानिसहरूले आफ्ना तुरही बजाए परमप्रभुले मिद्यानका मानिसहरूलाई तिनीहरूका तरवारद्वारा एक-अर्कालाई मार्न लाउनुभयो। शत्रुका सेना बेतशित्ता शहरतिर भागे, जो सरेरा शहर तर्फ थिए। ती मानिसहरू हाबिल-महोला शहरको सीमानासम्म भागे जो तब्बात शहरको नजिकमा थियो।
7:23b.JDG.007.023 तब नप्ताली, आशेर अनि मनश्शेका सबै कुल समूहका सैनिकहरूले मिद्यानका मानिसहरूलाई खेदे।
7:24b.JDG.007.024 गिदोनले एप्रैमका समस्त पहाडी देश भरि समाचार लिएर दूतहरू पठाए। दूतहरूले भने, “तल झर अनि मिद्यानका मानिसहरूलाई आक्वमण गर। बेतबरा अनि यर्दन नदीलाई अधिकारमा लेऊ। मिद्यानका मानिसहरू त्यहाँ पुग्न अघिबाट नै यसो गरिहाल।” यसर्थ तिनीहरूले एप्रैम कुल समूहका सबै मानिसहरूलाई बोलाए। बेतबरासम्म यर्दन नदी तिनीहरूले अधिकार गरे।
7:25b.JDG.007.025 एप्रैमका मानिसहरूले दुइजना मिद्यानी अगुवाहरूलाई पक्डे। यी दुइ अगुवाहरूका नाउँ ओरेब अनि जेएब थियो। ओरेबलाई एप्रैमका मानिसहरूले ओरेबको चट्टान नामक स्थानमा हत्या गरे। जएबलाई तिनीहरूले जएबको दाखको कोल नाउँको स्थानमा हत्या गरे। एप्रैमका मानिसहरूले मिद्यानका मानिसहरूलाई खेदे। तर तिनीहरूले पहिला ओरेब अनि जएबको शिरकाटे अनि ती शिरहरू गिदोन कहाँ लगे। गिदोन त्यस स्थानमा थिए जहाँ मानिसहरू यर्दन नदीपारी तर्थे।
8
8:1b.JDG.008.001 एप्रैमका मानिसहरू गिदोनसँग क्रोधित भए। जब एप्रैमका मानिसहरूले गिदोनलाई भेट्टाए तिनीहरूले गिदोनलाई सोधे, “तिमीले हामीसँग किन यस्तो व्यवहार गर्यौ? तिमीले किन हामीलाई बोलाएनौ जब तिमी मिद्यानका मानिसहरूको विरूद्ध युद्ध गर्न गयौ?”
8:2b.JDG.008.002 तर गिदोनले एप्रैमका मानिसहरूलाई उत्तर दिए, “म कसरी तिमीहरूले गरेको भन्दा अझ राम्रो गर्न सक्छु? के एप्रैमको शिला गरेको दाख मेरो परिवार अबीएजेरको दाखकटनी भन्दा असल छैन र?
8:3b.JDG.008.003 यस्तै प्रकारले अहिले तिमीहरूले राम्रो फसल पाएका छौ। परमेश्वरले तिमीहरूलाई मिद्यानका अगुवाहरू ओरेब अनि जेएबलाई कब्जामा ल्याउन दिनुभयो। तिमीहरूले जे गर्यौ त्यो सँग म कसरी मेरो सफलता दाँज्न सक्छु र?” जब एप्रैमका मानिसहरूले गिदोनको उत्तर सुने, तिनीहरू पहिला भए जस्तै क्वोधित भएनन्।
8:4b.JDG.008.004 जब गिदोन अनि तिनका 300 मानिसहरू यर्दन नदीमा आए, अनि अर्कोतर्फ पार गरे। तर तिनीहरू थकित अनि भोकाएका थिए।
8:5b.JDG.008.005 गिदोनले सुक्कोतका मानिसहरूसित भने, “मेरा सैनिकहरूलाई केही खाना देऊ। मेरा यी सैनिकहरू अत्यन्त थकित छन्। हामीहरू अझ जेबह अनि सल्मुन्ना, मिद्यानका राजाहरूलाई खेदिरहेका छौं।”
8:6b.JDG.008.006 तर सुक्कोत शहरका अधिकारीहरूले गिदोनलाई भने, “तिम्रो सैनिकहरूलाई हामीले केही खाने कुरा किन दिनु? तिमीहरूले जेबह अनि सल्मुन्नालाई पक्रेका छैनौ।”
8:7b.JDG.008.007 तब गिदोनले भने, “तिमीहरूले हामीलाई खानेकुरा दिंदैनौ। परमप्रभुले मलाई जेबह अनि सल्मुन्नालाई कब्जा गर्न दिनु हुनेछ। त्यसपछि म यहाँ फर्कि आउँछु। म मरूभूमिको काँढा अनि काँढादार पोथ्राले तिमीहरूको छाला उतार्नेछु।”
8:8b.JDG.008.008 गिदोन सुक्कोत शहर छोडेर पन्एल शहर तिर गए। गिदोनले पन्एलका मानिसहरूलाई भोजन मागे, जसरी उसले सुक्कोतका मानिसहरूसँग मागेका थिए। तर पन्एलका मानिसहरूले गिदोनलाई सुक्कोतका मानिसहरूले जस्तै उत्तर दिए।
8:9b.JDG.008.009 यसर्थ गिदोनले पन्एलका मानिसहरूलाई भने, “मैले विजय प्राप्त गरे पछि, म यहाँ फर्कि आउनेछु अनि यो किल्लालाई ढालिदिनेछु।”
8:10b.JDG.008.010 जेबह अनि सल्मुन्ना अनि तिनीहरूका सेनाहरू कर्कोर शहरमा थिए। तिनीहरूका सेनामा 15,000 सैनिकहरू थिए। यी सबै सेनाहरू पूर्वमा छोडीएका मानिसहरूका बाँकीरहेका सैनिकहरू थिए। त्यस सेनाका 1,20,000 सशस्र सैनिकहरू मारिएका थिए।
8:11b.JDG.008.011 गिदोन अनि तिनका मानिसहरूले पाल बासीका पथ प्रयोग गरे। त्यो बाटो नोबह अनि योगबहा शहरको पूर्वतिर थियो। गिदोन कर्कोर शहरमा आए अनि शत्रु माथि आक्वमण गरे। शत्रुका सेनाले आक्वमण हुन्छ भन्ने ठानेका थिएनन्।
8:12b.JDG.008.012 जेबह अनि सल्मुन्ना, मिद्यानका राजाहरू भागे। तर गिदोनले खेदे अनि ती राजाहरूलाई पक्रे। गिदोन अनि तिनका सेनाले शत्रुका सेनालाई पराजित गरे।
8:13b.JDG.008.013 तब योआशको छोरा गिदोन युद्धबाट फर्के। गिदोन अनि तिनका मानिसहरू हेरेसको घाँटी भएर फर्किए।
8:14b.JDG.008.014 गिदोनले सुक्कोत शहरमा एउटा जवान व्यक्तिलाई कब्जा गरे। गिदोनले त्यस जवान व्यक्तिसित केही प्रश्नहरू सोधे। त्यो जवान व्यक्तिले गिदोनका निम्ति केही नाउँहरू लेखिदिए। त्यो जवान व्यक्तिले सुक्कोत शहरका अगुवाहरू अनि बूढा-प्रधानहरूका नाउँहरू लेखिदिए। ती 77 जना मानिसका नाउँहरू दिए।
8:15b.JDG.008.015 त्यसपछि गिदोन सुक्कोत शहरमा आए। तिनले त्यस शहरका मानिसहरूलाई भने, “जेबह अनि सल्मुन्ना यहाँछन्।” तिमीहरूले, “तिम्रा थाकेका सैनिकहरूलाई किन हामीले खाना दिनु? तिमीले जेबह अनि सल्मुन्नालाई अझ पक्रेका छैनौ” भनेर मेरो खिल्ली उडाएका थियौ।”
8:16b.JDG.008.016 गिदोनले सुक्कोत शहरका बूढा-प्रधानहरूलाई लगे अनि तिनीहरूलाई दण्ड दिन मरूभूमिका काँढा अनि काँढादार पोथ्राद्वारा पिटे।
8:17b.JDG.008.017 गिदोनले पन्एल शहरको किल्लापनि ढालिदिए। त्यसपछि तिनले त्यस शहरमा बस्ने मानिसहरूलाई मारिदिए।
8:18b.JDG.008.018 तब गिदोनले जेबह अनि सल्मुन्नालाई भने, “तिमीहरूले केही मानिसहरूलाई तबोर पर्वतमा मार्यौ। ती मानिसहरू को जस्ता थिए?” जेबह अनि सल्मुन्नाले जवाफ दिए, “ती मानिसहरू तिमी जस्तै थिए। तिनीहरू प्रत्येक राजकुमार जस्तै देखिन्थे।”
8:19b.JDG.008.019 गिदोनले भने, “ती मानिसहरू मेरो दाज्यू-भाईहरू थिए। मेरी आमाका छोराहरू। परमप्रभुको शपथ लिएर भन्छु, यदि तिमीहरूले तिनीहरूलाई नमारेको भए त म तिमीहरूलाई अहिले मार्ने थिइन।”
8:20b.JDG.008.020 त्यसपछि गिदोन येतेरतिर फर्किए। येतेर गिदोनका जेठा छोरा थिए। गिदोनले उसलाई भने, “उठेर यी राजाहरूलाई मारिदेऊ।” तर येतेर केवल एक सानो केटो थियो अनि भयभीत थिए। यसर्थ उसले आफ्नो तरवार निकालेन।
8:21b.JDG.008.021 तब जेबह अनि सल्मुन्नाले गिदोनलाई भने, “अघि आऊ अनि तिमी स्वयं हामीलाई मार। तिमी एक मानिस हौ अनि यो काम गर्न बलियो छौ।” यसर्थ गिदोन उठे जेबह र सल्मुन्नालाई मारिदिए। त्यसपछि गिदोनले जून जस्तो आकृतिको सजावट तिनीहरूका ऊँटका गलाबाट निकालिदिए।
8:22b.JDG.008.022 इस्राएलका मानिसहरूले गिदोनलाई भने, “तिमीले हामीलाई मिद्यानका मानिसहरूबाट बँचायौ। यसर्थ अब हामीमाथि शासन गर। हामी तिमीले, तिम्रा छोराले अनि तिम्रा नातीले हामी माथि शासन गरेको चाहन्छौ।”
8:23b.JDG.008.023 तर गिदोनले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु तिमीहरूका शासक हुनुहुनेछ। म तिमीहरूमाथि शासन गर्ने छैन। अनि मेरा छोराले तिमीहरूमाथि शासन गर्ने छैनन्।”
8:24b.JDG.008.024 इस्राएलका मानिसहरूले पराजित गरेका केही मानिसहरू इश्माएलीहरू थिए। अनि इश्माएली मानिसहरू सुनका कुण्डल लाउँथे। यसर्थ गिदोनले इश्माएलका मानिसहरूलाई भने, “तिमीहरूले मेरो निम्ति यो एउटा काम गरेको चाहन्छु। तिमीहरू प्रत्येकले मलाई तिमीहरूले युद्धहुँदा लगेका सुनका कुण्डल एक एकवटा दिएको म चाहन्छु।”
8:25b.JDG.008.025 यसर्थ इस्राएलका मानिसहरूले गिदोनलाई भने, “तिमी जे चाहन्छौ हामीहरू तिमीलाई दिन खुशी छौ” यसर्थ तिनीहरूले एउटा लुगा भूइँमा ओछ्याए। प्रत्येक मानिसले लुगामा एक-एकवटा कुण्डल हाले।
8:26b.JDG.008.026 जब ती सुनको कुण्डलहरू एकत्रित गरिए तिनीहरूको लगभग ओजन 1,700शेकेल भयो। यसमा इस्राएलका मानिसहरूले गिदोनलाई प्रदान गरेका अन्यभेटहरू संलग्न थिएनन्। तिनीहरूले गिदोनलाई चन्द्रमा आकृतिका अनि आँसुका थोपा आकृतिका मणि-माणिक्य पनि प्रदान गरे। अनि तिनीहरूले बैजनी बस्त्रहरू तिनलाई दिए। ती चीजबीजहरू थिए जो मिद्यानका राजाहरूले पहिरेका थिए। तिनीहरूले तिनलाई मिद्यानी ऊँठहरूको सिक्वी पनि दिए।
8:27b.JDG.008.027 गिदोनले त्यो सुन एउटा एपोद निर्माण गर्नमा उपयोग गरे। तिनले त्यो एपोदलाई ओप्रा नाउँको शहर-तिनको निवास शहरमा राखे। इस्राएलका समस्त मानिसहरूले त्यो एपोदलाई पूजा गरे। यस प्रकारले इस्राएलका मानिसहरू परमेश्वर प्रति विश्वसनीय रहेनन्-तिनीहरूले एपोद पूजे। एपोद एक पासो बन्यो जसले गिदोन अनि तिनका घरानालाई पापगर्न लगायो।
8:28b.JDG.008.028 मिद्यानका मानिसहरूलाई इस्राएलको शासनमा रहन वाध्य तुल्याइयो। मिद्यानका मानिसहरूले अझ कष्ट दिएनन्। अनि त्यस भूमिमा चालीस वर्ष सम्म शान्ति भयो जब सम्म गिदोन जीवित रहे।
8:29b.JDG.008.029 त्यसपछि यरूब्बाल, योआशाका छोरा आफ्नै घरमा गएर बस्न लागे।
8:30b.JDG.008.030 गिदोनका आफ्नै सत्तरी जना छोराहरू थिए। तिनका यदि धेरै छोराहरू भए किनभने तिनका धेरै पत्नीहरू थिए।
8:31b.JDG.008.031 गिदोनकी एउटी रखौटी थिइन् जो शकेम शहरमा वस्थिन्। रखौटीबाट तिनका एउटा पुत्र जन्मिए। तिनले त्यसको नाउँ अबीमेलेक राखे।
8:32b.JDG.008.032 यसरी योआशका छोरा गिदोनको पूरा बूढेसकालमा मृत्यु भयो। गिदोनलाई तिनका बाबुको चिहान छेउमा गाडिदिए। त्यो चिहान ओप्रा शहरमा थियो। जहाँ अबीएजरका परिवार बस्दथे।
8:33b.JDG.008.033 गिदोनको मृत्यु हुनासाथ इस्राएलका मानिसहरू फेरि परमेश्वर प्रति विश्वसनीय रहेनन्, तिनीहरूले बाल देवको अनुसरण गरे। तिनीहरूले बाल-बरीतलाई आफ्ना देवता बनाए।
8:34b.JDG.008.034 इस्राएलका मानिसहरूले तिनीहरूका चारैतिर बस्ने तिनीहरूका सबै शत्रुहरूबाट परमप्रभुले बँचाउनु भयो। तापनि परमप्रभु आफ्ना परमेश्वरलाई सम्झेनन्।
8:35b.JDG.008.035 इस्राएलका मानिसहरू यरूब्बालका घराना प्रति आज्ञाकारी थिएनन् यद्यपि तिनीहरूका निम्ति धेरै राम्रो कुरा तिनले गरेका थिए।
9
9:1b.JDG.009.001 अबीमेलेक यरूब्बालका छोरा थिए। अबीमेलेक शकेम शहरमा बस्ने तिनका मामाहरू कहाँ गए। तिनले आफ्ना मामाहरूलाई अनि आफ्नी आमाका समस्त घरानालाई भने,
9:2b.JDG.009.002 “शकेम शहरका अगुवाहरूलाई यो प्रश्न सोधः ‘यरूब्बालका सत्तरी जना छोराहरूले तिमीहरू माथि शासन गरेको राम्रो कि केवल एक व्यक्तिले शासन गरेको राम्रो? याद राख्नोस्, म तपाईंहरूको आफन्त हुँ।”‘
9:3b.JDG.009.003 अबीमेलेकका मामाहरूले शकेमका अगुवाहरूसित कुरा गरे अनि अगुवाहरूलाई त्यो प्रश्न सोधे। शकेमका अगुवाहरूले अबीमेलेकको अनुसरण गर्ने निर्णय गरे। अगुवाहरूले भने, “आखिर, तिनी हाम्रा भाइ हुन्।”
9:4b.JDG.009.004 यसर्थ शकेमका ती अगुवाहरूले अबीमेलेकलाई सत्तरी चाँदीका सिक्का दिए। त्यो चाँदी बालबरीत देवताको मन्दिरको थियो। अबीमेलेकले त्यो चाँदी केही मानिसहरू ज्यालामा ल्याउनमा उपयोग गरे। यी मानिसहरू बेकामका, व्यपारी थिए। तिनीहरूले अबीमेलेकलाई जहाँ गए ता पनि पछ्याउँथे।
9:5b.JDG.009.005 अबीमेलेक ओप्रामा उसको बाबुको घरमा गए। अबीमेलेकले आफ्ना पिता यरूब्बालका सत्तरी जना छोराहरूलाई एउटा ढुङ्गामा मारे। तर यरूब्बालका कान्छा छोरा अबीमेलेकदेखि लुके र भागे। त्यो कान्छा छोराको नाउँ योताम थियो।
9:6b.JDG.009.006 तब शकेमका सबै अगुवाहरू अनि मिल्लो भवनका सदस्यहरू एक साथ भए। ती सबै मानिसहरू शकेमको खम्बाको विशाल वृक्षको छेउमा भेला भए अनि अबीमेलेकलाई आफ्ना राजा बनाए।
9:7b.JDG.009.007 योतामले सुने कि शकेम शहरका अगुवाहरूले अबीमेलेकलाई राजा बनाए। जब तिनले यो कुरा सुने, तिनी गए अनि गिरिज्जीम पर्वतको टाकुरामा उभिए। योतामले कराएर मानिसहरूलाई यो कथा सुनाएः शकेम शहरका प्रमुखहरू मेरो कुरा सुन। तब परमेश्वरलाई तिमीहरूको कुरा सुन्न देऊ।
9:8b.JDG.009.008 एकदिन रूखहरूले तिनीहरूमाथि शासन गर्नका निम्ति एउटा राजा चुन्ने निश्चय गरे। रूखहरूले भद्राक्षको रूखलाई भने, “तिमी हामी माथि राजा बन।”
9:10b.JDG.009.010 तब रूखहरूले नेभाराको रूखलाई भने, “आऊ, अनि हाम्रो राजा बन।”
9:11b.JDG.009.011 तर नेभाराको रूखले उत्तर दियो, “के अरू रूखहरू माथि शासन गर्नका निम्ति गएर मैले असल, मीठो फल बनाउँन छोड्नुु?”
9:12b.JDG.009.012 त्यसपछि रूखहरूले अंङ्गुरको बोटलाई भने, “आऊ अनि हाम्रो राजा बन।”
9:13b.JDG.009.013 तर अंङ्गुरको बोटले उत्तर दियो, “मेरो दाखरसले मानिस अनि राजाहरूलाई खुशी तुल्याउँछ। के अरू रूखहरू माथि शासन गर्नका निम्ति गएर मैले दाखरस उत्त्पादन गर्न छोडनु?”
9:14b.JDG.009.014 आखिरमा सबै रूखहरूले काँढाको पोथ्रालाई भने, “आऊ अनि हाम्रो राजा बन।”
9:15b.JDG.009.015 तर काँढाको पोथ्राले रूखहरूलाई भन्यो, “यदि तिमीहरू साँच्चै नै मलाई तिमीहरूको राजा अभिषेक गर्न चाहन्छौ भने आऊ अनि मेरो छायाँमा आश्रय खोज। तर यदि तिमीहरू यसो गर्न चाहँदैनौ भने काँढाहरूबाट आगो उत्पन्न हुनदेऊ। त्यो आगोलाई लबानोनको देवदारूका रूखहरू समेतलाई जलाउने छ।”
9:16b.JDG.009.016 “अब यदि तिमीहरू अबीमेलेकलाई राजा बनाउँन सही अनि ईमानदारी थियो भने। अनि यदि यसो गर्दा तिमीहरूले यरूब्बाल अनि उसको परिवारलाई जे उचित थियो त्यही व्यवहार गरेको ठहर्छ भने त्यो असल हो।
9:17b.JDG.009.017 तर सोच मेरा पिताले तिमीहरूका निम्ति के गरेका छन्। मेरा पिताले तिमीहरूका निम्ति युद्ध गरे। तिनले तिमीहरूलाई मिद्यानका मानिसहरूबाट बचाउँदा आफ्नो जीवनलाई जोखिममा पारे।
9:18b.JDG.009.018 तर अहिले तिमीहरू मेरा पिताको घराना विरूद्ध भयौ। मेरो पिताका सबै सत्तरी जना छोराहरू तिमीहरूले एउटै ढुङ्गामा मार्यौ। तिमीहरूले अबीमेलेकलाई शकेम शहरका राजा बनायौ। तिनी मेरो पिताका कमारीको एउटै छोरा हुन्। तर तिमीहरूले तिनलाई राजा बनायौ किनभने तिनी तिमीहरूका आफन्त हुन्।
9:19b.JDG.009.019 यसकारण, यदि तिमीहरू यरूब्बाल अनि उसको घराना प्रति सही र ईमानदार भएको भए म आशा गर्छु कि आफ्ना राजाको रूपमा तिमीहरू अबीमेलेकसित सुखी हुन्छौ। अनि म आशा गर्छु कि तिनी तिमीहरूसित खुशी हुनेछन्।
9:20b.JDG.009.020 तर शकेमका अगुवाहरू अनि बेथ मिल्लोका सदस्यहरू, यदि तिमीहरूले सही ढङ्गले काम नगरेको भए म यो आशा गर्छु कि अबीमेलेकले आगो निकालेर अनि तिमीहरूलाई नष्ट गर्नेछ। अनि म आशा गर्छु कि तिमीहरूले आगो निकाल्ने छौ अनि अबीमेलेकलाई ध्वंश गर्नेछौ।”
9:21b.JDG.009.021 योतामले यी सबै भनिसके पछि तिनी भागे। तिनी भागेर बेर नाउँको शहरमा पुगे। योताम त्यही शहरमा बसे किनभने तिनी आफ्ना दाजू अबीमेलेकसित डराएका थिए।
9:22b.JDG.009.022 अबीमेलेकले इस्राएलका मानिसहरू माथि तीन वर्षसम्म शासन गरे।
9:25b.JDG.009.025 शकेमका अगुवाहरूले अबीमेलेकलाई अपमान गरे। ती मानिसहरूले त्यो बाटो भएर यात्रा गर्नेहरूलाई आक्वमण गर्न अनि लुट्नका निम्ति मानिसहरूलाई पहाडको टापूमा राखे। अबीमेलेकले ती आक्रमणहरूको बारेमा थाहा पाए।
9:26b.JDG.009.026 गाल नाउँ गरिएको एउटा मानिस, जो एबेदको छोरा हुन उसको भाइ-बन्धुहरूसँग शकेम शहरमा बसाँईं सरे। शकेमका अगुवाहरूले गाललाई भरोसा गर्न अनि उसलाई अनुसरण गर्ने निर्णय गरे।
9:27b.JDG.009.027 एकदिन शकेमका मानिसहरू दाख टिप्न खेततिर गए। मानिसहरूले दाखरस तयार गर्नलाई अंग्ङुरहरू निचारे। त्यसपछि तिनीहरूले आफ्ना देवताको मन्दिरमा चाड मनाउन गए। मानिसहरूले खाए पिए अनि अबीमेलेको बारेमा नराम्रा कुराहरू भने।
9:28b.JDG.009.028 तब एबेदका छोरा गालले भने, “हामी शकेमका मानिसहरू हौं। हामीले किन अबीमेलेकको आज्ञा पालन गर्नु? तिनले आफूलाई को हो भन्ने ठान्छन्? अबीमेलेक यरूब्बालका एक छोरा हुन्, ठीक हो? अनि अबीमेलेकले जबूललाई आफ्ना अधिकारी बनाए, सही हो? हामीले अबीमेलेकको आज्ञा पालन गर्नु हुँदैन। हामीले हाम्रै मानिसहरू हमोरका मानिसहरूको अनुसरण गर्नुपर्छ। (हमोर शकेमका पिता थिए।)
9:29b.JDG.009.029 यदि तिमीहरूले मलाई यी मानिसहरूका सेनापति बनायौ भने म अबीमेलेकलाई नष्ट गर्नेछु। म तिनलाई भन्नेछु, ‘तिम्रा सेनालाई तयार पार अनि युद्धमा आऊ।”‘
9:30b.JDG.009.030 जबूल शकेम शहरका राज्यपाल थिए। जबूलले सुने जो एबेदका छोरा गालले भने अनि जबूल अत्यन्त क्रोधित भए।
9:31b.JDG.009.031 जबूलले अरूमाह शहरमा अबीमेलेक कहाँ समाचार वाहकहरू पठाए। सन्देश यो होः “एबेदका छोरा गाल अनि उसका भाइहरू शकेम शहरमा आएका छन्। तिनीहरूले तिम्रा निम्ति कष्ट उब्जाउँदैछन्। गालले सम्पूर्ण शहरलाई तिम्रो विरूद्ध फर्काइरहेछ।
9:32b.JDG.009.032 यसर्थ अब तिमी अनि तिम्रा मानिसहरू आज राती आउनुपर्छ अनि शहर बाहिरको खेतमा लुक्नुपर्छ।
9:33b.JDG.009.033 त्यसपछि जब बिहान सूर्योदय हुन्छ तब शहरमाथि आक्वमण गर्नुपर्छ। गाल अनि तिनका मानिसहरू तिमीसित लडनका निम्ति शहर बाहिर आउनेछन्। जब ती मानिसहरू लडनका निम्ति बाहिर आउँछन् तिनीहरूप्रति तिमी जे गर्न सक्छौ गर।
9:34b.JDG.009.034 यसर्थ अबीमेलेक अनि तिनका सबै सैनिकहरू राती उठे अनि शहर तिर गए। ती सैनिकहरू चार समूहमा छुट्टिए। तिनीहरू शकेम शहरको छेउमा लुके।
9:35b.JDG.009.035 एबेदका छोरा गाल बाहिर गए अनि शकेम शहरको द्वारको प्रवेश स्थानमा उभिएका थिए। गाल त्यहाँ उभिरहेको बेला अबीमेलेक अनि उसका सैनिकहरू आफ्ना लुकेका ठाउँबाट निस्किए।
9:36b.JDG.009.036 गालले सैनिकहरूलाई देखे। गालले जबूललाई भने, “हेर, त्यहाँ मानिसहरू पर्वतबाट तलतिर आइरहेछन्।” तर जबूलले भने, “तिमीले मात्र पर्वतका छायाँ देख्दै छौ। ती छायाँहरू मानिसहरू जस्तै देखिन्छन्।”
9:37b.JDG.009.037 तर गालले फेरि भने, “हेर, त्यहाँ केही मानिसहरू नावेलको भूमिबाट ओरालो आइरहेका छन्। अनि त्यहाँ कसैको शिर मैले तंन्त्र-मंन्त्र गर्ने रूखमा देखें।”
9:38b.JDG.009.038 जबूलले गाललाई भने, “तिमी अहिले किन धाक नलाएको? तिमी, ‘अबीमेलेक को हो? हामीले किन तिनको आज्ञा पालन गर्नुं भन्यौ। तिमीले ती मानिसहरूको खिल्ली उडायौ। अब जाऊ, अनि तिनीहरूसित युद्ध गर।”
9:39b.JDG.009.039 यसर्थ गाल शकेमका अगुवाहरू लिएर अबीमेलेकसित युद्ध गर्न गए।
9:40b.JDG.009.040 अबीमेलेक अनि उसका मानिसहरूले गाल अनि तिनका मानिसहरूलाई खेदे। गालका मानिसहरू शकेम शहरको फाटक तर्फ फर्केर दगुरे। गालका धेरै मानिसहरू फाटक पुग्नु अघि नै मारिए।
9:41b.JDG.009.041 तब अबीमेलेक अरूमाह शहर तिर फर्किए। जबूलले गाल अनि उसका भाइहरूलाई शकेम शहर छोडून वाध्य तुल्याए।
9:42b.JDG.009.042 भोलिपल्ट शकेमका मानिसहरू खेततिर काम गर्न गए। अबीमेलेकले त्यस बारे थाहा पाए।
9:43b.JDG.009.043 यसर्थ अबीमेलेकले आफ्ना मानिसहरूलाई तीन समूहमा छुट्याए। तिनीले शकेमका मानिसहरूलाई अचानक आक्वमण गर्न चाहन्थे। यसर्थ तिनले आफ्ना मानिसहरूलाई खेतमा लुकाए। जब उसले मानिसहरूलाई शहर बाहिर निस्केको देखे तिनले उफ्रिएर तिनीहरू माथि आक्वमण गरे।
9:44b.JDG.009.044 अबीमेलेक अनि उसका समूह शकेमको फाटक नजिकको स्थान तिर दगुरे। अन्य दुइ समूहहरू खेतमा भएका मानिसहरू तिर दगुरे अनि तिनीहरूलाई मारिदिए।
9:45b.JDG.009.045 अबीमेलेक अनि तिनका मानिसहरूले त्यो दिनभरि शकेम शहरको विरूद्ध युद्धगरे। अबीमेलेक अनि तिनका मानिसहरूले शकेम शहर कब्जा गरे अनि त्यस शहरका मानिसहरूलाई मारिदिए। त्यसपछि अबीमेलेकले त्यो शहरलाई भत्काए अनि त्यसको ध्वंशावशेषमा नून छरिदिए।
9:46b.JDG.009.046 त्यहाँ केही मानिसहरू थिए जो शकेमको किल्लामा बस्थे। जब त्यहाँका मानिसहरूले शकेममा भएको घटूना सुने तिनीहरू एल बरीत देवताका मन्दिरको सुरक्षित कोठामा एकत्रित भए।
9:47b.JDG.009.047 अबीमेलेकले शकेम किल्लामा सबै अगुवाहरू एक साथ भेला भएका छन् भन्ने कुरा सुने।
9:48b.JDG.009.048 यसर्थ अबीमेलेक अनि तिनका मानिसहरू सल्मोन डाँडा सम्म गए। अबीमेलेकले एउटा बन्चरो लिए अनि केही हाँगाहरू काटे। उसले ती हाँगाहरू आफ्ना काँधमा बोके। तब, अबीमेलेकले आफूसित भएका मानिसहरूलाई भने, “छिट्टो! मैले जे गरेकोछु त्यसै गर।”
9:49b.JDG.009.049 यसर्थ ती सबै मानिसहरूले हाँगाहरू काटे अनि अबीमेलेकको अनुसरणगरे। तिनीहरूले ती हाँगाहरू एल बरीत देवताको मन्दिरको सुरक्षित कोठाको भित्तामा थुपारे। तब तिनीहरूले ती हाँगामा आगो लगाए अनि कोठामा भएका मानिसहरूलाई जलाई दिए। यसरी शकेमको किल्ला नजिक बस्ने प्रायः 1,000 पुरूष अनि स्त्रीहरूको मृत्यु भयो। अबीमेलेकको मृत्यु
9:50b.JDG.009.050 त्यसपछि अबीमेलेक अनि उसका मानिसहरू तेबेस शहर तिर गए। अबीमेलेक अनि उसका मानिसहरूले त्यो शहरलाई अधिकारमा लिए।
9:51b.JDG.009.051 तर शहरभित्र एउटा सुदृढ किल्ला थियो। त्यस शहरका सबै अगुवाहरू, अन्य पुरूष अनि स्त्रीहरू त्यस किल्लातिर दगुरे। जब मानिसहरू किल्ला भित्र थिए तिनीहरूले पछि बाट ढोकाबन्द गरिदिए। तब तिनीहरू किल्लाको छतमा चढे।
9:52b.JDG.009.052 अबीमेलेक अनि उसका मानिसहरू आक्वमण गर्न किल्लामा आए। अबीमेलेक किल्लाको ढोका सम्म गए। तिनीले किल्लालाई जलाउन चाहन्थे।
9:53b.JDG.009.053 तर, अब अबीमेलेक किल्लाको ढोकामा उभिएका थिए, छतमा भएकी एउटी स्त्रीले उसको शिरमाथि एउटा जाँतो झारिदिइन्। त्यो जाँतोले अबीमेलेकको टाउको किच्चाइदिईन।
9:54b.JDG.009.054 अबीमेलेकले तुरन्तै आफ्ना हतियार बोक्ने सेवकलाई भने, “तेरो तरवार निकाल अनि मलाई मार। तैंले मलाई मारेको म चाहन्छु किनकि, ‘अबीमेलेकलाई एउटी स्त्रीले मारिन् भनेर।’ मानिसहरूले भन्लान। यसर्थ त्यो सेवकले अबीमेलेकलाई आफ्नो तरवारले रोपिदियो, अनि अबीमेलेकको मृत्यु भयो।
9:55b.JDG.009.055 इस्राएलका मानिसहरूले अबीमेलेकको मृत्यु भएको देखे। यसर्थ तिनीहरू सबै घर फर्किए।
9:56b.JDG.009.056 त्यस प्रकार उसले गरेका समस्त दुष्टकर्मको निम्ति परमेश्वरले अबीमेलेकलाई दण्ड दिनु भयो। अबीमेलेकले आफ्ना सत्तरी जना दाज्यू-भाइहरूलाई मारेर आफ्नो पिताको विरूद्धमा पाप गरे।
9:57b.JDG.009.057 परमेश्वरले शकेमका मानिसहरूलाई पनि तिनीहरूले गरेका नराम्रा कुराहरूका निम्ति दण्ड दिनुभयो। यसर्थ योतामले भनेका कुराहरू सत्य भए। (योताम यरूब्बालका कान्छा छोरा थिए। यरूब्बाल गिदोन थिए।)
10
10:1b.JDG.010.001 अबीमेलेकको मृत्यु पछि इस्राएलका मानिसहरूलाई बचाउँनका निम्ति परमप्रभुले अर्को न्यायकर्त्तालाई पठाउनु भयो। त्यो मानिसको नाउँ तोला थियो। तोला, पूआ नाउँ गरेका मानिसका छोरा थिए। पूआ दोदो नाउँका मानिसका छोरा थिए। तोला इस्साकारका कुल समूहका थिए। तोला शमीर शहरमा बस्थे। शमीर शहर एप्रैमको पहाडी देशमा थियो।
10:2b.JDG.010.002 तोला तेईस वर्षसम्म इस्राएलका मानिसहरूका निम्ति न्यायकर्त्ता भए। तब तोलाको मृत्यु भयो अनि शमीर शहरमा तिनलाई दफन गरियो।
10:3b.JDG.010.003 तोलाको मृत्यु भएपछि परमेश्वरद्वारा अर्को न्यायकर्त्तालाई पठाइए। त्यस मानिसको नाउँ याईर थियो। याईर गिलादको इलाकामा बस्थे। याईर बाईस वर्षसम्म इस्राएलका मानिसहरूको न्यायकर्त्ता भए।
10:4b.JDG.010.004 याईरका तीस जना छोराहरू थिए। ती तीस जना छोराहरू तीसवटा गधामा चढ्थे। ती तीस छोराहरूले गिलादका इलाकाका तीसवटा शहरलाई नियन्त्रणमा राखेका थिए। ती शहरहरूलाई आजको दिनसम्म याईरका शहरहरू भनिन्छन्।
10:5b.JDG.010.005 याईरको मृत्यु भयो अनि तिनी कामोन शहरमा गाडिए।
10:6b.JDG.010.006 फेरि इस्राएलका मानिसहरूले परमप्रभुसित तिनीहरूको करार भङ्ग गरेका थिए। तिमीहरूले झूटा बालदेवता अनि अश्तोरेत को पूजा गर्न थाले। तिनीहरूले अरामका मानिसहरूका देवताहरू, सीजोनका मानिसहरूका देवताहरू, मोआबका मानिसहरूका देवताहरू, अम्मोनका मानिसहरूका देवताहरू अनि पलिश्ती मानिसहरूका देवताहरूको पनि पूजा गर्न थाले। इस्राएलका मानिसहरूले परमप्रभुलाई छाडे र उहाँको सेवा गर्न बन्द गरे।
10:7b.JDG.010.007 यसर्थ परमप्रभु इस्राएलका मानिसहरू प्रति क्वोधित हुनुभयो। परमप्रभुले पलिश्ती अनि अम्मोनी मानिसहरू द्वारा तिनीहरूलाई पराजित पार्न दिनुभयो।
10:8b.JDG.010.008 त्यसैवर्ष यर्दन नदीको पूर्वतर्फ गिलादको इलाकामा बस्ने इस्राएलका मानिसहरूलाई ती मानिसहरूले नष्ट गरे। त्यो, यो भूमि थियो जहाँ एमोरी मानिसहरू बस्दथे। इस्राएलका ती मानिसहरूले अठार वर्षसम्म दुःख भोगे।
10:9b.JDG.010.009 अम्मोनी मानिसहरू त्यसपछि यर्दन नदी पारि गए। तिनीहरू यहूदा, बिन्यामीन अनि एप्रैमका मानिसहरूसित युद्ध गर्न गए। अम्मोनी मानिसहरूले इस्राएलका मानिसहरू माथि अनेक कष्टहरू ल्याए।
10:10b.JDG.010.010 यसर्थ इस्राएलका मानिसहरूले सहायताको निम्ति परमप्रभुसंग विलाप गरे। तिनीहरूले भने, “हे परमेश्वर हामीले तपाईंको विरूद्ध पाप गरेका छौं। हामीले आफ्ना परमेश्वरलाई त्याग गर्यौ अनि झूटा देवता बाललाई पूज्यौ।”
10:11b.JDG.010.011 परमप्रभुले इस्राएलका मानिसहरूलाई उत्तर दिनुभयो, “जब तिमीहरूलाई मिश्रदेशका, एमोरी, अम्मोनी अनि पलिश्ती मानिसहरूले घात पुर्याए तिमीहरूले म कहाँ विलाप गर्यौ। मैले तिमीहरूलाई यी मानिसहरूबाट बचाएँ।
10:12b.JDG.010.012 जब सीदोनी, अमालेकी अनि मिद्यानी मानिसहरूले तिमीहरूलाई दुःख दिए तिमीहरू म प्रति रोयौ। ती मानिसहरूबाट पनि मैले तिमीहरूलाई बचाएँ।
10:13b.JDG.010.013 तर तिमीहरूले मलाई त्यागेर अन्य देवताहरू पूज्न थाल्यौ। यसर्थ फेरि तिमीहरूलाई बचाउँन म अस्वीकार गर्छु।
10:14b.JDG.010.014 तिमीहरू अन्य देवताहरूको पूजा गर्न मन पराउँछौ यसर्थ जाऊ, सहायताका निम्ति तिनीहरूलाई पुकार। जब तिमीहरू विपदमा पर्छौ ती देवताहरूलाई नै तिमीहरूको रक्षा गर्न देऊ।”
10:15b.JDG.010.015 तर इस्राएलका मानिसहरूले परमप्रभुलाई भने, “हामीले पाप गरेका छौं। तपाईं हामी प्रति जे गर्न चाहनुहुन्छ त्यही गर्नु होस्। तर कृपया हामीलाई आज बचाउँनुहोस्।”
10:16b.JDG.010.016 तब इस्राएलका मानिसहरूले अरू देवताहरूलाई फ्याँकि दिए। तिनीहरूले फेरि परमप्रभुको आराधना गर्न शुरू गरे। यसरी जब उहाँले तिनीहरूले यातना भोगेको देख्नु भयो तिनीहरू प्रति परमप्रभु दुःखीत हुनुभयो।
10:17b.JDG.010.017 अम्मोनी मानिसहरू युद्धका निम्ति एकत्रित भए। तिनीहरूको छाउनी गिलादको इलाकामा थियो। इस्राएलका मानिसहरू एकत्रित भए। तिनीहरूको छाउनी मिस्पा शहरमा थियो।
10:18b.JDG.010.018 गिलादको इलाकामा बस्ने मानिसहरूका अगुवाहरूले भने, “जो कसैले हामीलाई अम्मोनी मानिसहरू माथि आक्वमण गर्न अगुवाई गर्छ उही गिलादमा बस्ने सबै मानिसहरूको अगुवा हुनेछ।”
11
11:1b.JDG.011.001 यिप्तह गिलादका कुल समूहका थिए। तिनी एक शक्तिशाली सैनिक थिए। तर यिप्तह वेश्याका छोरा थिए। तिनका पिता गिलाद नाउँ गरेका मानिस थिए।
11:2b.JDG.011.002 गिलादकी पत्नीका धेरै छोराहरू थिए। जब ती छोराहरू हुर्किए तिनीहरूले यिप्तलाई मन पराएनन्। ती छोराहरूले यिप्तहलाई उसको निवास शहर छोडन वाध्य तुल्याए। तिनीहरूले उसलाई भने, “तैंले हाम्रा पिताको कुनै पनि सम्पत्ति पाउने छैनस्। तँ अर्की स्त्रीको छोरो होस्।”
11:3b.JDG.011.003 यसर्थ यिप्तह आफ्ना भाइहरूको कारणले टाढा गए। तिनी तोबको देशमा बसे। तोबको देशमा केही असभ्य मानिसहरूले यिप्तहको अनुसरण गर्न थाले।
11:4b.JDG.011.004 केही समयपछि अम्मोनी मानिसहरूले इस्राएलका मानिसहरूको विरूद्ध लडाँईं गरे।
11:5b.JDG.011.005 अम्मोनी मानिसहरू इस्राएलको विरूद्ध लडिरहेका थिए यसर्थ गिलादका बूढा-प्रधानहरू यिप्तह कहाँ गए। यिप्तह तोबको देश त्यागेर गिलादमा फर्केर आएको तिनीहरू चाहन्थे।
11:6b.JDG.011.006 बूढा-प्रधानहरूले यिप्तहलाई भने, “आऊ, अनि हाम्रो अगुवा बन जसमा कि हामी अम्मोनी मानिसहरूको विरूद्ध लड्न सकौं।”
11:7b.JDG.011.007 तर यिप्तहले गिलाद देशका ती बूढा-प्रधानहरूलाई भने, “तिमीहरूले मलाई मेरा पिताको घर छाड्न वाध्य तुल्यायौ। तिमीहरूले मलाई घृणा गर्छौ। यसर्थ अहिले तिमीहरूलाई विपद परेको बेला मकहाँ किन आएका?”
11:8b.JDG.011.008 गिलादका बूढा-प्रधानहरूले यिप्तहलाई भने, “यसो होइन तर अहिले हामीहरू तपाईंतिर फर्किएका छौं, अब हामीसित मिलेर अम्मोनी मानिसहरूको विरूद्ध युद्ध गर्नुहोस् भनि तपाईंलाई सोध्न आएका हौं। गिलादमा बस्ने सबै मानिसहरूको तपाईं सेनापति हुनुहुनेछ।”
11:9b.JDG.011.009 तब यिप्ताहले गिलादका अगुवाहरूलाई भने, “यदि तिमीहरू म गिलादमा फर्केर आएको अनि अम्मोनी मानिसहरूको विरूद्ध लडेको चाहन्छौ भने ठीक छ। तर यदि विजय प्राप्त गर्न परमप्रभुले मलाई सहायता गर्नु भयो भने म तिमीहरूको नयाँ प्रमुख हुनेछु”
11:10b.JDG.011.010 गिलादका अगुवाहरूले यिप्तहलाई भने, “हामीले भनेका हरेक कुरा परमप्रभुले सुन्दै हुनुहुन्छ। अनि हामी शपथ खाएर भन्छौं कि तिमीले हामीलाई गर्नु भनेका सबै कुरा गर्नेछौं।”
11:11b.JDG.011.011 यसर्थ यिप्तह गिलादका अगुवाहरू साथ गए। ती मानिसहरूले यिप्तहलाई आफ्ना प्रमुख अनि आफ्ना सेनापति बनाए। यिप्तहले मिस्पा शहरमा परमप्रभुको समक्ष आफ्ना सबै भाकलहरू दोहोर्याए।
11:12b.JDG.011.012 यिप्तहले अम्मोनी राजाकहाँ दूतहरू पठाए। ती दूतहरूले राजालाई यो सन्देश दिएः “अम्मोनी अनि इस्राएलका मानिसहरू माझ के समस्या छ? तिमीहरू किन हाम्रो देशमा लडई गर्न आएका छौ?”
11:13b.JDG.011.013 अम्मोनी मानिसहरूका राजाले यिप्तहका दूतहरूलाई भने, “हामी इस्राएलको विरूद्ध लडिरहेका छौ किनभने जब इस्राएलका मानिसहरू मिस्रदेशबाट आए तिनीहरूले हाम्रो सीमाना लिए। तिनीहरूले अर्नोन नदी र यब्बोक नदीको बीचको हाम्रो भूमि यर्दन नदी सम्म लिए। इस्राएली मानिसहरूलाई हाम्रो भूमि हामीलाई शान्तिसित फर्काइदिनु भनिदिनु होस्।”
11:14b.JDG.011.014 यसर्थ यिप्तहका दूतहरूले यो सन्देश यिप्तह कहाँ ल्याए। तब यिप्तहले दूतहरूलाई फेरि अम्मोनी मानिसहरू कहाँ पठाए।
11:15b.JDG.011.015 तिनीहरूले यो सन्देश लगेः यिप्तहले भनेको कुरा यो होः इस्राएलले मोआबका मानिसहरूको भूमि वा अम्मोनका मानिसहरूको भूमि लिएन।
11:16b.JDG.011.016 जब इस्राएलका मानिसहरू मिस्रदेशको भूमि बाहिर निस्के, इस्राएलका मानिसहरू मरूभूमि तिर गए। इस्राएलका मानिसहरू लाल समुद्रमा गए। त्यसपछि तिनीहरू कादेश गए।
11:17b.JDG.011.017 इस्राएलका मानिसहरूले एदोमका राजाकहाँ दूतहरू पठाए। दूतहरूले एक सुविधाको याचना गरे। तिनीहरूले भने, “इस्राएलका मानिसहरूलाई तपाईंको देश भएर पार हुन दिनुहोस्।” तर एदोमका राजाले हामीलाई तिनीहरूको भूमि भएर जान दिएनन्। हामीले यस्तै सन्देश मोआबका राजा कहाँ पनि पठायौं। तर मोआबका राजाले पनि हामीलाई उसको भूमि भएर जान दिएनन्। यसर्थ इस्राएलका मानिसहरू कादेशमानै बसे।
11:18b.JDG.011.018 त्यसपछि इस्राएलका मानिसहरू मरूभूमि अनि एदोम र मोआब देशका किनार वरिपरि भएर गए। इस्राएलका मानिसहरूले मोआब देशको पूर्वततिर यात्रा गरे। तिनीहरूले अर्नोन नदीको अर्कोतर्फ छाउनी बनाए। तिनीहरूले मोआब देशको सीमाना पार गरेनन्। (अर्नोन नदी मोआबदेशको सीमाना थियो)।
11:19b.JDG.011.019 त्यसपछि इस्राएलका मानिसहरूले एमोरी मानिसहरूका राजा सीहोन कहाँ दूतहरू पठाए। सीहोन हेश्बोन शहरका राजा थिए। दूतहरूले सीहोनसित याचना गरे, “इस्राएलका मानिसहरूलाई तपाईंको देशबाट पार हुन दिनुहोस्। हामी हाम्रो भूमिमा जान चाहन्छौं।”
11:20b.JDG.011.020 तर एमोरी मानिसहरूका राजा, सीहोनले इस्राएलका मानिसहरूलाई आफ्नो सीमाना पार गर्न दिएनन्। सीहोनले आफ्ना सबै मानिसहरूलाई भेला गरे अनि यहसमा छाउनी बनाए। तब एमोरी मानिसहरूले इस्राएलका मानिसहरूसित युद्ध गरे।
11:21b.JDG.011.021 तर परमप्रभु, इस्राएलका परमेश्वरले इस्राएलका मानिसहरूलाई सीहोन अनि तिनका सेनालाई पराजित गर्नमा सहायता प्रदान गर्नुभयो। यसरी एमोरी मानिसहरूको देश इस्राएलका मानिसहरूको सम्पत्ति बन्यो।
11:22b.JDG.011.022 यसरी अमोरी मानिसहरूको देश इस्राएली मानिसहरूको भूमि भयो। यस प्रकारले इस्राएलका मानिसहरूले एमोरी मानिसहरूका समस्त क्षेत्र प्राप्त गरे। त्यो क्षेत्र अर्नोन नदीदेखि यब्बोक सम्म अनि मरूभूमिदेखि यर्दन नदी सम्म फैलिएको थियो।
11:23b.JDG.011.023 उहाँ नै परमप्रभु, इस्राएलका परमेश्वर हुनुहुन्थ्यो जसले एमोरी मानिसहरूलाई आफ्ना भूमि छोड्न बाध्य तुल्याउनु भएको थियो। अनि परमप्रभुले त्यो भूमि इस्राएलका मानिसहरूलाई दिनुभयो। के इस्राएलका मानिसहरूलाई यो भूमि छाडन लाउन सक्छु भनी तिमी ठान्छौ?
11:24b.JDG.011.024 निश्चयनै त्यो भूमिमा बस्न सक्छौ जो तिमीहरूका कमोश देवताले तिमीहरूलाई दिएका थिए। यसर्थ हामी त्यो भूमिमा बस्नेछौं जो परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनु भएको छ।
11:25b.JDG.011.025 के तिमी सिप्पोरका छोरा बालाक भन्दा असल छौ र? उनी मोआब देशका राजा थिए। के उसले इस्राएलका मानिसहरूसित बहस गरे? के उनी साँच्चै नै इस्राएलका मानिसहरूसित लडे?”
11:26b.JDG.011.026 इस्राएलका मानिसहरू हेश्बोन शहर अनि त्यस वरिपरिका शहरहरूमा 300 वर्ष देखि बसेकाछन्। इस्राएलका मानिसहरू अरोएर शहर अनि त्यस वरिपरिका शहरहरूमा 300 वर्ष देखि बस्दै आएका छन्। इस्राएलका मानिसहरू अर्नोन नदीका तीरमा भएका सबै शहरहरूमा 300 वर्षदेखि बस्दै आएका छन्। किन तिमीहरूले यति धेरै समय सम्म ती शहरहरूलाई लिने कोशिश गरेनौ?
11:27b.JDG.011.027 इस्राएलका मानिसहरूले तिमीहरू विरूद्ध केही पाप गरेका छैनन्। तर तिमीहरूले इस्राएलका मानिसहरूको विरूद्ध अत्यन्त नराम्रो काम गरिरहेछौ। साँचो न्यायकर्त्ता परमप्रभुले निर्णय गरून् इस्राएलका मानिसहरू कि अम्मोनी मानिसहरू सहिछन्।
11:28b.JDG.011.028 अम्मोनी मानिसहरूका राजाले यिप्तहको यो सन्देश सुन्न अस्वीकार गरे।
11:29b.JDG.011.029 तब परमप्रभुको आत्मा यिप्तह माथि आयो। यिप्तह गिलाद अनि मनश्शेका क्षेत्रबाट पार भए। तिनी गिलादको मिस्पा शहर तिर गए। गिलादको मिस्पा शहरदेखि यिप्तह अम्मोनी मानिसहरूका भूमि भएर पार भए।
11:30b.JDG.011.030 यिप्तहले परमेश्वरसँग एउटा प्रतिज्ञा गरे। तिनले भने, “यदि तपाईंले मलाई अम्मोनी मानिसहरू माथि पराजित गर्न दिनुभयो भने,
11:31b.JDG.011.031 म तपाईंलाई त्यो प्रथम बस्तु प्रदान गर्नेछु जुन बस्तु विजय प्राप्त गरेर म फर्केको बेला मेरो घरबाट निस्कन्छ। परमप्रभुलाई म त्यो होमबलिको रूपमा अर्पण गर्नेछु।”
11:32b.JDG.011.032 तब यिप्तह अम्मोनी मानिसहरूको देशमा गए। यिप्तह अम्मोनी मानिसहरूसित लडे। परमप्रभुले तिनलाई तिनीहरूमाथि पराजित गर्नमा सहायता प्रदान गर्नु भयो।
11:33b.JDG.011.033 तिनले तिनीहरूलाई अरोएर शहरदेखि मिन्नीत शहरसम्म पराजित गरे। यिप्तहले बीसवटा शहरहरू कब्जा गरे। त्यसपछि तिनी अम्मोनी मानिसहरूसित अबेल-करामीकमा लडे। इस्राएलका मानिसहरूले अम्मोनी मानिसहरूलाई पराजित गरे। अम्मोनी मानिसहरूको निम्ति एक भयानक पराजित थियो।
11:34b.JDG.011.034 यिप्तह मिस्पा फर्केर गए। यिप्तह आफ्ना घर गए अनि उसकी छोरी तिनलाई भेट्न घरबाहिर निस्की। तिनी खैंजडी बजाउँदै अनि नाच्दै थिईन्। तिनी उसकी एउटै छोरी थिईन्। यिप्तहले उसलाई अत्यन्तै प्रेम गर्थे। यिप्तहका अरू छोरा-छोरी थिएनन्।
11:35b.JDG.011.035 जब यिप्तहले आफ्नो घरबाट पहिला आफ्नै छोरीलाई निस्केको देखे तिनले आफ्नो अफसोस जनाउन आफ्ना बस्त्रहरू च्याते। जब तिनले भने, “हे, मेरी छोरी! तैंले मलाई शेष पारिस्। तैंले मलाई अति भन्दा अति अफसोसमा पारिस्। मैले परमप्रभुसित एउटा भाकल गरेको थिएँ अनि त्यसलाई म परिवर्तन गर्न सक्दिन!”
11:36b.JDG.011.036 तब उसकी छोरीले यिप्तहलाई भनी, “बाबु, तपाईंले परमप्रभुसित भाकल गर्नुभयो। यसर्थ तपाईंको भाकल पूरा गर्नुहोस्। तपाईंले के गर्छु भन्नु भएको थियो त्यही गर्नुहोस्। आखिरमा, परमप्रभुले तपाईंका शत्रुहरू, अम्मोनी मानिसहरूलाई पराजित गर्नमा सहायता प्रदान गर्नु भयो।”
11:37b.JDG.011.037 तब यिप्तहकी छोरीले आफ्ना बाबुलाई भनी, “तर पहिला मेरो निम्ति यो काम गरिदिनु होस्। मलाई दुइ महीनासम्म एक्लै छाडिदिनु होस्। मलाई पहाड-पर्वततिर जान दिनुहोस्। म विवाह गर्ने छैन् अनि नानीहरू जन्माउने छैन, यसर्थ मलाई अनि मेरी साथीहरूलाई जान दिनुहोस् अनि रून-कराउन दिनुहोस्।”
11:38b.JDG.011.038 यिप्तहले भने, “जा अनि त्यसो गर।” यिप्तहले उसलाई दुइ महीनाका निम्ति पठाइदिए। यिप्तहका छोरी अनि उनका साथीहरू पहाड पर्वतमा बसे। तिनीहरू उसको निम्ति रोए-कराए किनभने तिनले विवाह गर्ने छैन अनि नानीहरू जन्माउने छैन।
11:39b.JDG.011.039 दुइ महीनाको अन्तमा यिप्तहकी छोरी आफ्ना पिता कहाँ फर्की। यिप्तहले परमप्रभुसित जे भाकल गरेका थिए सो पूरा गरे। यिप्तहको छोरीले कहिले पनि कसैसित शारीरिक सम्बन्ध गरेकी थिइन। यसर्थ इस्राएलमा यो एउटा परम्परा बन्यो।
11:40b.JDG.011.040 हरेक वर्ष इस्राएली स्त्रीहरूले गिलादका यिप्तहकी छोरीलाई स्मरण गर्थे। इस्राएलका स्त्रीहरू हरेक साल चारदिन यिप्तहकी छोरीका निम्ति विलाप गर्थे।
12
12:1b.JDG.012.001 एप्रैमका कुल समूहका मानिसहरूले तिनीहरूका समस्त सैनिकहरूलाई साथ बोलाए। त्यसपछि तिनीहरू नदी पारिको सापोन शहरमा गए। तिनीहरूले यिप्तहलाई भने, “तिमीले अम्मोनी मानिसहरूको विरूद्ध युद्ध गर्दा हामीहरूलाई सहायताका निम्ति किन बोलाउनु भएन तपाईंलाई तपाईंको घर संगै जलाउने छौं।”
12:2b.JDG.012.002 यिप्तहले तिनीहरूलाई उत्तर दिए, “अम्मोनी मानिसहरूले हामीलाई अनेक समस्याहरू उत्पन्न गराइरहे। यसर्थ म अनि मेरो मानिसहरू तिनीहरूको विरूद्ध लडेका हौं। मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरू हामीलाई सहायता गर्न आएनौ।
12:3b.JDG.012.003 तिमीहरूले हामीलाई सहायता गर्ने छैनौं भनी मैले देखे। यसर्थ मैले आफ्नै जीवनलाई जोखिममा पारे। अम्मोनी मानिसहरू विरूद्ध लड्न म नदीपारि गएँ। परमप्रभुले मलाई तिनीहरूमाथि पराजित गर्नमा सहयोग प्रदान गर्नु भयो। अब, आज तिमीहरू किन मसित लड्न आउछौं?”
12:4b.JDG.012.004 त्यसपछि यिप्तहले गिलादका मानिसहरूलाई एक साथ बोलाए। तिनीहरूले एप्रैमका कुल समूहका मानिसहरूको विरूद्ध युद्ध गरे। तिनीहरू एप्रैमका मानिसहरूको विरूद्ध लडे किनभने ती मानिसहरूले गिलादका मानिसहरूको अपमान गरेका थिए। तिनीहरूले भनेका थिए, “तिमी गिलादका मानिसहरू केही होइनौ एप्रैममा छोडीएका मानिसहरू मात्र हौ। तिमीहरूको आफ्नो निवास भूमिधरि छैन। तिमीहरूको अंश एप्रैमको हो। अनि तिमीहरूको अंश मनश्शेको हो।” गिलादका मानिसहरूले एप्रैमका मानिसहरूलाई पराजित गरिदिए।
12:5b.JDG.012.005 गिलादका मानिसहरूले ती स्थानहरू अधिकारमा लिए जहाँबाट मानिसहरू यर्दन नदीपार गर्छन्। ती ठाउँहरूबाट एप्रैम देशतिर जान्छ। एप्रैममा बाँचेका जो कोही पनि नदीमा आउँछन् उसले भन्छन्, “मलाई पारि तर्न देऊ।” तब गिलादका मानिसहरू उसलाई सोध्छन्, “के तिमी एप्रैमका मानिस हौ?” यदि उसले “होइन,” भन्यो भने
12:6b.JDG.012.006 तिनीहरूले भन्छन्, “‘शिब्बोलेत’ शब्द भन।” एप्रैमका मानिसहरू त्यो शब्द ठीकसित भन्न सक्तैन थिए। तिनीहरूले त्यो शब्द ठीकसितले भन्न सक्तैन थियो। तिनीहरूले त्यो शब्दको उच्चारण “सिब्बोलेत” भनी गर्थे। यसर्थ, यदि त्यस व्यक्तिले “सिब्बोलेत” भनी उच्चारण गरे भने गिलादका मानिसहरू बुझ्थे कि उ एप्रैमका मानिस हुन्। यसर्थ उसलाई तिनीहरूले पार गर्ने स्थानमा मारिदिन्थे। तिनीहरूले एप्रैमका 42,000 मानिसहरूलाई मारे।
12:7b.JDG.012.007 यिप्तह छः वर्षसम्म इस्राएली मानिसहरूका न्यायकर्त्ता थिए। त्यसपछि गिलादमा यिप्तहको देहान्त भयो। तिनीहरूले तिनलाई तिनकै गिलादको शहरमा गाडिदिए।
12:8b.JDG.012.008 यिप्तह पछि इब्सान नाउँका मानिस इस्राएलका मानिसहरूका न्यायकर्त्ता थिए। इब्सान बेतलेहेम शहरका थिए।
12:9b.JDG.012.009 इब्सानका तीस जना छोराहरू अनि तीस जना छोरीहरू थिए। तिनले आफ्ना तीसजना छोरीहरूलाई ती मानिसहरूसित विवाह गर्न जो तिनका आफन्तहरू होइनन्। अनि तिनले आफ्ना आफन्त नपर्ने तीस जना स्त्रीहरू खोजे अनि तिनका छोराहरूले ती स्त्रीहरूलाई विवाह गरे। इब्सान सात वर्षसम्म इस्राएलका मानिसहरूका न्यायकर्त्ता थिए।
12:10b.JDG.012.010 तब इब्सानको मृत्यु भयो। तिनलाई बेतलेहेम शहरमा गाडियो।
12:11b.JDG.012.011 इब्सान पछि एलोन नाउँका मानिस इस्राएली मानिसहरूका न्यायकर्त्ता भए। एलोन जबूलूनका कुल समूहका थिए। तिनी दश वर्षसम्म इस्राएलका मानिसहरूका न्यायकर्त्ता रहे।
12:12b.JDG.012.012 तब जबूलूनका कुल समूहका एलोनको मृत्यु भयो। तिनलाई जबूलूनको अय्यालोन शहरमा गाडियो।
12:13b.JDG.012.013 एलोनको मृत्युपछि हिल्लेलका छोरा अब्दोन इस्राएलका मानिसहरूका न्यायकर्त्ता थिए। अब्दोन पिरातोन शहरका थिए।
12:14b.JDG.012.014 अब्दोनका चालीस जना छोराहरू अनि तीस जना नातीहरू थिए। तिनीहरू सत्तरी वटा गधामा चढथे। अब्दोन आठ वर्षसम्म इस्राएली मानिसहरूका न्यायकर्त्ता रहे।
12:15b.JDG.012.015 तब हिल्लेलका छोरा अब्दोनको मृत्यु भयो। तिनलाई पिरातोन शहरमा दफन गरिदिए। पिरातोन एप्रैम देशमा छ। यो पहाडी देशमा छ जहाँ अमालेकी मानिसहरू बस्छन्।
13
13:1b.JDG.013.001 इस्राएलीहरूले फेरि परमप्रभुसित तिनीहरूको करार भङ्ग गरेका थिए। यसर्थ परमप्रभुले पलिश्तीहरूलाई चालीस वर्षसम्म तिनीहरूमाथि शासन गर्न दिनुभयो।
13:2b.JDG.013.002 सोरा शहरमा एक मानिस थिए। त्यो मानिसको नाउँ मानोह थियो। तिनी दानको कुल समूहका थिए। मानोहकी एकजना पत्नी थिइन्। तर तिनीहरूको कुनै नानी जन्मिएका थिएनन्।
13:3b.JDG.013.003 परमप्रभुका दूतले मानोहको पत्नीलाई दर्शन दिनुभयो। तिनले भने, “तिमी नानीहरू जन्माउन सक्षम भएकी छैनौ। तर तिमी गर्भवती हुने छौ अनि एउटा छोरालाई जन्म दिनेछौ।
13:4b.JDG.013.004 कुनै दाखरस वा अरू कुनै कड पिउने पदार्थ नपिउनु। कुनै भोजन नगर्नु जो अशुद्धछ।
13:5b.JDG.013.005 किन? किनभने तिमी गर्भवती छौ अनि तिमीले छोरा जन्माउनेछौ। जन्मेको समय देखि नै उसलाई परमप्रभुको निम्ति विशेष समर्पण गरिनेछ। उ एउटा नाजिरी हुनेछ। यसकारण तिमीहरूले कहिले पनि उसको कपाल काटिदिनु हुँदैन। उसले इस्राएलका मानिसहरूलाई पलिश्ती मानिसहरूको शक्तिबाट बचाउँन शुरू गर्नेछ।”
13:6b.JDG.013.006 त्यसपछि ती स्त्री आफ्ना पतिकहाँ गइन् अनि घटेका कुरा उसलाई भनिन्। तिनले भनी, “परमेश्वरबाट एउटा व्यक्ति म कहाँ आए। ती परमेश्वरको दूत जस्तै देखिन्थ्यो। उसले मलाई भयभीत तुल्यायो। त्यो कहाँबाट आएको थियो त्यो मैले सोधें। उसले मलाई आफ्नो नाउँ भनेन।
13:7b.JDG.013.007 तर उसले मलाई भन्यो, ‘तिमी गर्भवती छौ अनि एउटा छोरा जन्माउने छौ। कुनै दाखरस वा अरू पिउने कडा पदार्थ नपिउनु। कुनै अशुद्ध भोजन नखानु। किन? किनभने त्यो बालकलाई परमेश्वर प्रति विशेष रूपले जन्मेदेखि मृत्युको दिनसम्म नै समर्पण गरिनेछ।”‘
13:8b.JDG.013.008 तब मानोहले परमेप्रभुलाई प्रार्थना गरे। तिनले भने, “परमप्रभु म बिन्ती गर्छु तपाईंले पठाउनुभएको मानिसलाई फेरि हामीकहाँ पठाइ दिनुहोस्। हामी चाहन्छौ कि अब चाँडै जन्मने छोराको निम्ति हामीले के गर्नु पर्ने उसले हामीलाई सिकाऊन्।”
13:9b.JDG.013.009 मानोहको प्रार्थना परमेश्वरले सुन्नुभयो। परमेश्वरका दूत फेरि त्यस स्त्री कहाँ आए। तिनी एक खेतमा बसिरहेकी थिइन् अनि तिनका पति मानोह तिनीसित थिएनन्।
13:10b.JDG.013.010 यसर्थ त्यस स्त्री आफ्ना पतिलाई भन्न दगुरिन्, “त्यो मानिस फेरि आयो! जो यहाँ अघिल्लो दिन म कहाँ आएको थियो।”
13:11b.JDG.013.011 मानोह उठे अनि आफ्नी पत्नीको पीछा गरे। जब तिनी त्यो मानिस भएकहाँ आए, तिनले भने, “मेरी पत्नीसित कुरा गर्ने मानिस तपाईं नै हुनुहुन्छ?” स्वर्गदूतले भने, “म नै हुँ।”
13:12b.JDG.013.012 यसर्थ मानोहले भने, “मलाई आशा छ कि तपाईंले जे भन्नुभयो त्यो सत्य हुनेछ। मलाई भन्नुहोस केटोले कस्तो प्रकारको जीवन जीउनु पर्छ। उसले के गर्नुपर्छ?”
13:13b.JDG.013.013 परमप्रभुका दूतले मानोहलाई भने, “मैले तिम्री पत्नीलाई भनेका हरेक कुरा गर्नुपर्छ।
13:14b.JDG.013.014 दाखको बोटमा फलेका कुनै फलपनि उसले खानु हुँदैन। उसले कुनै दाखरस वा कड पिउने पदार्थ पिउनु हुँदैन। उसले कुनै यस्तो भोजन खानु हुँदैन जुन अशुद्ध छ। मैले उसलाई गर्नु भनी आदेश गरेका हरेक कुरा गर्नुपर्छ।”
13:15b.JDG.013.015 तब मानोहले परमप्रभुका दूतलाई भने, “हामी, तपाईं यहाँ एक क्षण बस्नु भएको चाहन्छौं। हामी तपाईंलाई भोजन गराउनका निम्ति एउटा बाख्राको पाठो पकाउन चाहन्छौं।”
13:16b.JDG.013.016 परमप्रभुका दूतले मानोहलाई भने, “मलाई जानबाट तिमीले रोके पनि म तिम्रो भोजन लिने छैन। तर तिमी केही तयार गर्न चाहन्छौ भने परमप्रभुलाई एक होमबलि अर्पण गर।” (मानोहले त्यो व्यक्ति वास्तवमा परमप्रभुका स्वर्गदूत हुन भनी बुझेनन्।)
13:17b.JDG.013.017 तब मानोहले परमप्रभुको दूतलाई सोधे, “तपाईंको नाउँ के हो? हामी जान्न चाहन्छौ। जसमा कि तपाईंले भन्नु भएका कुराहरू जब साँच्चै नै घट्छन् तब हामी तपाईंलाई सम्मान गर्न सकौं।”
13:18b.JDG.013.018 परमप्रभुका दूतले भने, “तिमी किन मेरो नाउँ सोध्छौ? यो यति आश्चर्यजनक छ कि तिमी विश्वास गर्न सक्तैनौ।”
13:19b.JDG.013.019 तब मानोहले एक चट्टानमा एउटा बाख्राको पाठो बलिदान चढाए। उसले बाख्राको बलि चढाए र अन्न बलि परमप्रभुलाई अर्पण गरे जसले आश्चर्यजनक कुराहरू गर्नु हुन्छ।
13:20b.JDG.013.020 मानोह अनि उसकी पत्नीले जे भइरहेछ त्यो हेरिरहे। वेदी देखि आगोको ज्वाला आकाश तिर उठदै जाँदा परमप्रभुका स्वर्गदूत आगोमा माथि स्वर्गतिर जानुभयो। जब मानोह अनि तिनकी पत्नीले त्यो देखे, तिनीहरूले आफ्नो अनुहार भूँइतिर पारेर शिर झुकाए।
13:21b.JDG.013.021 मानोहले आखिरमा त्यस व्यक्ति परमप्रभुका स्वर्गदूत थिए भनी बुझे। परमप्रभुका स्वर्गदूत फेरि मानोहसित देखा पर्नु भएन।
13:22b.JDG.013.022 मानोहले आफ्नी पत्नीलाई भने, “हामीले परमेश्वरको दर्शन गर्यौं। यसले गर्दा निश्चयनै हाम्रो मृत्यु हुनेछ।”
13:23b.JDG.013.023 तर तिनकी पत्नीले तिनलाई भनिन्, “परमप्रभुले हामीलाई मार्न चाहनुहुन्न। यदि परमप्रभुले हामीलाई मार्न चाहनु भएको भए हामीले अर्पण गरेका होमबलि अनि अन्नबलि उहाँले स्वीकार गर्नुहुने थिएन। उहाँले यी सबै कुराहरू हामीलाई देखाउनु हुने थिएन। अनि हामीलाई यी कुराहरू उहाँले भन्नुहुने थिएन।”
13:24b.JDG.013.024 यसरी त्यस स्त्रीको एउटा छोरो जन्मियो। तिनले उसको नाउँ शिमशोन राखिन्। शिमशोन हुर्किए अनि परमप्रभुले तिनलाई आशिष दिनुभयो।
13:25b.JDG.013.025 जब शिमशोन महनेह दान शहरमा बसिरहेका थिए तब परमप्रभुको आत्माले शिमशोन माथि कार्य गर्न शुरू गर्यो। त्यो शहर सोरा अनि एश्तोल शहरहरूको माझमा पर्छ।
14
14:1b.JDG.014.001 शिमशोन तिम्ना शहर तिर झरे। तिनले त्यहाँ एउटी पलिश्ती स्त्रीलाई देखे।
14:2b.JDG.014.002 जब तिनी फर्केर घर पुगे उसले उसका बाबु अनि आमालाई भने, “मैले तिम्नामा एउटी पलिश्ती स्त्रीलाई देखें। तपाईंहरूले मेरो निम्ति त्यसलाई ल्याइदिनु भएको म चाहन्छु।”
14:3b.JDG.014.003 तिनका बाबु आमाले भने, “तर निश्चयनै इस्राएलका कुटुम्बमा एउटी केटी होली जसलाई तैंले विवाह गर्न सक्छस्। के तैंले पलिश्ती मानिसहरूकी कन्यालाई विवाह गर्नु पर्छ? ती मानिसहरूको खतना भएको छैन्।” तर शिमशोनले भने, “मलाई त्यही केटी ल्याई दिनुहोस्। मैले चाहेको त्यही मात्र हो।”
14:4b.JDG.014.004 शिमशोनका बाबु-आमालाई यो थाहा थिएन कि परमप्रभुले यस्तो गराउन चाहनु भएको हो। परमप्रभुले पलिश्ती मानिसहरूको विरूद्ध घटनाहरू केही घटाउनलाई उपाय गरिरहनु भएको थियो। पलिश्ती मानिसहरूले त्यस समय इस्राएलका मानिसहरू माथि शासन चलाइरहेका थिए।
14:5b.JDG.014.005 शिमशोन उसको बाबु-आमा सँगै तल तिम्नामा गए। तिनीहरू शहर बाहिरको दाखबारीमा आए, त्यस ठाउँमा एउटा जवान सिंह गर्ज्यो अनि शिमशोनतिर झम्ट्यो।
14:6b.JDG.014.006 शिमशोनको शरीरमा भयंङ्कर शक्तिसित परमप्रभुको आत्मा आउनुभयो। उसले आफ्ना खाली हातले सिंहलाई टुक्वा-टुक्वा पारिदिए। यो उसलाई सजिलो लाग्यो। यो एउटा बाख्राको पाठालाई टुक्वा पारे जतिकै सजिलो थियो। तर शिमशोनले जे गरे त्यो उसले बाबु-आमालाई भनेनन्।
14:7b.JDG.014.007 यसर्थ शिमशोन शहर तिर झरे ती पलिश्ती केटीसित कुरा गरे। तिनले उसलाई खुशी तुल्याइन्।
14:8b.JDG.014.008 धेरै दिनपछि त्यस पलिश्ती केटीसित बिवाह गर्न शिमशोन फर्केर आए। उनी बाटोमा त्यो मरेको सिंहलाई हेर्न गए। उसले मरेको सिंहको शरीरमा मौरीका गोला भेट्टाए। तिनीहरूले केही मह बनाएका थिए।
14:9b.JDG.014.009 शिमशोनले केही मह आफ्ना हातले उठाए। तिनी मह खाँदै हिंडे। जब तिनी आफ्ना बाबु-आमा कहाँ आए उसले उनीहरूलाई केही मह दिए। उनीहरूले पनि त्यो खाए। तर शिमशोनले आफ्ना बाबु-आमालाई त्यो मह मरेको सिंहको शरीरबाट लिएको भनी भनेनन्।
14:10b.JDG.014.010 शिमशोनका बाबु ती पलिश्ती केटीलाई हेर्न झरे। दुलहाहरूको दस्तूर अनुसार भोज दिनु आवश्यक थियो। यसर्थ शिमशोनले त्यहाँ एउटा भोज दिए।
14:11b.JDG.014.011 जब तिनले भोज दिंदैछन् भन्ने पलिश्ती मानिसहरूले देखे तब तिनीहरूले ऊनीसित रहन तीस जना मानिसहरूलाई पठाए।
14:12b.JDG.014.012 तब शिमशोनले ती तीस मानिसहरूलाई भने, “म तिमीहरूलाई एउटा अड्को थाप्न चाहन्छु। यो भोज सात दिनसम्म रहने छ। त्यो समय भित्र उत्तर पाउने कोशिश गर। यदि तिमीहरूले अड्कोको उत्तर त्यो समय भित्र दियौ भने म तिमीहरूलाई तीसवटा मलमलको कमेज अनि तीस जोर लाउने लुगाहरू दिनेछु।
14:13b.JDG.014.013 तर तिमीहरूले उत्तर पाएनौ भने मलाई तीसवटा कमेज अनि तीस जोर लाउने लुगाहरू दिनुपर्छ।” यसकारण ती तीस जन मानिसहरूले भने, “तिमीले हामीलाई अड्को भन, हामी सुन्न चहन्छौं।”
14:14b.JDG.014.014 शिमशोनले तिनीहरूलाई अड्को सुनाएः “खानेबाट केही खानेकुरा निस्क्यो। बलवानबाट केही गुलियो कुरा निस्कयो।” ती तीस जना मानिसहरूले तीन दिनसम्म उत्तर खोज्ने कोशिश गरे तर सकेनन्।
14:15b.JDG.014.015 चौथो दिन ती मानिसहरू शिमशोनकी पत्नीकहाँ आए। तिनीहरूले भने, “के तिमीले हामीहरूलाई कङ्गल तुल्याउनका निम्ति यहाँ निमन्त्रणा गरेकी? तिमीले हाम्रो निम्ति तिम्रो पतिलाई छलेर त्यो अड्को उत्तर भन्न लाउनुपर्छ। यदि हाम्रो निम्ति तिमीले उत्तर ल्याईनौ भने हामी तिमीलाई अनि तिम्रा पिताका घरका सबै मानिसहरूलाई जलाएर मार्नेछौं।”
14:16b.JDG.014.016 यसर्थ शिमशोनकी पत्नी उसकहाँ गइन् अनि रून थालिन्। तिनले भनिन्, “तिमीले मलाई घृणा गर्छौ। तिमीले वास्तवमा मलाई प्रेम गर्दैनौ। तिमीले मेरो मानिसहरूलाई एउटा अड्को भन्यौ अनि तिमीले मलाई त्यसको उत्तर भन्दैनौ।” तर शिमशोनले तिनलाई भने, “मैले मेरो बाबु-आमालाई पनि भनेको छैन। के मैले तिमीलाई भन्नु?”
14:17b.JDG.014.017 शिमशोनकी पत्नी भोजको सातौं दिन अर्थात अन्तिम दिनसम्म रोइरहिन्। यसर्थ आखिरमा उसले तिनलाई सातौं दिनमा अड्कोको उत्तर बताई दिए। किनभने उसले तिनलाई दिकदारी बनाईरहेकी थिईन्। त्यसपछि तिनले आफ्ना मानिसहरूकहाँ गइन् अनि तिनीहरूलाई अड्कोको उत्तर भनिदिइन्।
14:18b.JDG.014.018 यसरी भोजको सातौं दिनमा सूर्य अस्ताउनु अघि ती पलिश्ती मानिसहरूले उत्तर पाए। तिनीहरू शिमशोन कहाँ आए अनि भने, “महभन्दा गुलियो के हुन्छ? सिंहभन्दा बलियो के हुन्छ?” तब शिमशोनले तिनीहरूलाई भने, “यदि तिमीहरूले मेरो कोरलीलाई नजोतेको भए तिमीहरूले मेरो अड्को समाधान गरेका हुने थिएनौ।”
14:19b.JDG.014.019 शिमशोन अत्यन्त क्वोधित भए। परमप्रभुको आत्मा विशाल शक्ति सहित शिमशोन माथि आउनुभयो। ऊनी अश्कलोन शहर तिर झरे। त्यस शहरमा उसले तीस जना पलिश्ती मानिसहरूलाई मारिदिए। त्यसपछि तिनले ती मृत देहबाट सबै वस्त्रहरू अनि सम्पत्तिहरू लिए। तिनले ती वस्त्रहरू फर्काइ ल्याए अनि ती मानिसहरूलाई दिए जसले उसको अडूको को उत्तर दिएका थिए। त्यसपछि तिनी आफ्ना पिताको घरमा गए। 20शिमशोनले उसकी नयाँदुलहीलाई आफू-सँग लगेनन्। विवाहको लोकन्तेले तिनलाई राखे।
15
15:1b.JDG.015.001 गहुँको फसल कटनीको समयमा शिमशोन आफ्नी पत्नीलाई भेट्न गए। तिनले आफूसित भेटी स्वरूप एउटा बाख्राको पाठो लगे। तिनले भने, “म मेरो पत्नीको कोठामा जाँदैछु।” तर उनका बाबुले शिमशोनलाई भित्र जान दिएनन्।
15:2b.JDG.015.002 उनका बाबुले शिमशोनलाई भने, “मैले सोचें तिमीले उसलाई घृणा गर्छौ। यसर्थ मैले उसलाई विवाहको लोकन्तेसंग विवाह गरि दिएँ। उसकी कान्छी बहिनी अझ सुन्दरी छे। कान्छी बहिनीलाई लैजाऊ।”
15:3b.JDG.015.003 तर शिमशोनले उनलाई भने, “अब, म साँच्चै नै पलिश्ती मानिसहरूमाथि बद्ला लिनेछु अनि यो तिम्रो दोष हुनेछ।”
15:4b.JDG.015.004 यसर्थ शिमशोन बाहिर गए अनि तीन सय स्यालहरू पक्वे। तिनले एक पल्टमा दुइ स्यालहरू लिए अनि जोड बनाउनका निम्ति तिनीहरूका पुच्छरहरू एकसाथ बाँधिदिए। त्यसपछि तिनले प्रत्येक जोड स्यालको पुच्छरको माझमा एउटा-एउटा राँको बाँधिदिए।
15:5b.JDG.015.005 शिमशोनले स्यालहरूका पुच्छर माझमा भएका राँकोहरू जलाए। त्यसपछि तिनले ती स्यालहरूलाई पलिश्ती मानिसहरूका अन्नबाली तिर धपाई दिए। यस प्रकार तिनले तिनीहरूको खेतमा उम्रिरहेका बोटहरू अनि तिनीहरूले काटेका अन्नका थाकहरू डडाइ दिए। तिनले तिनीहरूका दाखका खेतहरू अनि भद्राक्षका बगैंचाहरू पनि जलाई दिए।
15:6b.JDG.015.006 पलिश्ती मानिसहरूले सोधे, “यो कसले गर्यो?” शिमशोनले तिनीहरूलाई भने, “शिमशोनले यसो गरे। किनभने उनको ससुराले शिमशोनकी पत्नीलाई तिनको विवाहको लोकन्तेलाई दिए।” यसर्थ पलिश्ती मानिसहरूले शिमशोनकी पत्नी र उसका बाबुलाई जलाएर मारिदिए।
15:7b.JDG.015.007 त्यसपछि शिमशोनले पलिश्ती मानिसहरूलाई भने, “तिमीहरूले मलाई यस्तो नराम्रो व्यवहार गर्यौ। यसर्थ अब म तिमीहरू प्रति नराम्रो व्यवहार गर्नेछु। अब म तिमीहरू माथि विपत्ति ल्याइ दिन्छु। म विपत्ति ल्याउन सक्नेछु।”
15:8b.JDG.015.008 तब शिमशोनले पलिश्ती मानिसहरू माथि आक्वमण गरे। तिनीले तिनीहरू धेरैलाई मारे। अनि तिनी एउटा ओडरमा बसे। यो ओडर त्यो स्थानमा थियो जसको नाउँ एतामको चट्टान भनिन्थ्यो।
15:9b.JDG.015.009 तब पलिश्ती मानिसहरू यहूदाको देशमा गए। तिनीहरू लही नामक स्थानको नजिक अडिए। तिनीहरूका सेनाले त्यहीं छाउनी थापे अनि युद्धका निम्ति तयारी गरे।
15:10b.JDG.015.010 यहूदा कुल समूहका मानिसहरूले तिनीहरूलाई सोधे, “तिमी पलिश्ती मानिसहरू किन हामीसित लड्न यहाँ आयौ?” उनीहरूले उत्तरदिए, “हामी शिमशोनलाई पक्रन आएका हौं। हामी तिनलाई हाम्रो कैदी तुल्याउन चाहन्छौं। हामी तिनलाई हाम्रा मानिसहरू प्रति तिनले गरेका कुराहरूका निम्ति दण्ड दिन चाहन्छौं।”
15:11b.JDG.015.011 तब यहूदाका कुल समूहका 3,000 मानिसहरू शिमशोन कहाँ गए। तिनीहरू एतामको चट्टान नजिकको ओडरमा गए। तिनीहरूले तिनलाई भने, “तिमीले हामीहरू प्रति के गर्यौ? तिमीलाई थाहा छैन कि पलिश्ती मानिसहरू हामी माथि शासन गर्छन् भनी?” शिमशोनले उत्तर दिए, “तिनीहरूले म प्रति गरेका कुराहरूका निम्ति म केवल तिनीहरूलाई दण्ड दिन्छु।”
15:12b.JDG.015.012 तब तिनीहरूले शिमशोनलाई भने, “हामी तिमीलाई बाँध्न आएका छौं। हामी तिमीलाई पलिश्ती मानिसहरूलाई दिनेछौं।” शिमशोनले यहूदाका मानिसहरूलाई भने, “शपथ खाएर भन कि तिमीहरू स्वयंले मलाई घात गर्ने छैनौ भनी।”
15:13b.JDG.015.013 तब यहूदाका मानिसहरूले भने, “हामी मान्छौं। हामी तिमीलाई केवल बाँध्छौं अनि पलिश्ती मानिसहरूलाई दिन्छौ। हामी शपथ खान्छौ कि हामी तिमीलाई मार्ने छैनौं।” यसर्थ तिनीहरूले शिमशोनलाई दुइवटा नयाँ डोरीले बाँधे। तिनीहरूले तिनलाई चट्टानको ओडर देखि उँभो लगे।
15:14b.JDG.015.014 जब शिमशोन लही भनिने ठाउँमा आए पलिश्तीहरू तिनलाई भेटून आए। तिनीहरू खुशीले कराउँदै थिए। तब परमप्रभुको आत्मा भयानक शक्तिसित शिमशोन माथि आउँनुभयो। शिमशोनले डोरी चुँडए। त्यो डोरी जलेको धागो जस्तै कमजोर देखिन्थ्यो। ती डोरी तिनका पाखुराबाट झरे मानौं तिनीहरू पग्लिएका थिए।
15:15b.JDG.015.015 शिमशोनले एउटा मरेको गधाको बङ्गारा भेट्टाए। तिनले त्यो बङ्गारा लिए अनि एक हजार पलिश्ती मानिसहरूलाई त्यसद्वारा हत्या गरिदिए।
15:16b.JDG.015.016 तब शिमशोनले भने; “मैले तिनीहरूलाई गधाको बङ्गाराले अल्गो रास लगाएँ। गधाको बङ्गाराले मैले एक हजार मानिसहरूलाई मारिदिएँ।”
15:17b.JDG.015.017 जब शिमशोनले बोली सके, तिनले बङ्गारा तल फ्याँके। यसर्थ त्यस स्थानको नाउँ रामतलही राखियो।
15:18b.JDG.015.018 शिमशोन अत्यन्त तिर्खाए। यसकारण तिनी परमप्रभुतिर कराए। तिनले भने, “म तपाईंको दास हुँ। तपाईंले मलाई यो महान विजय प्रदान गर्नु भयो। कृपया अब मलाई तिर्खाले मर्न नदिनुहोस्। कृपया मलाई ती मानिसहरूद्वारा कब्जा गर्न नदिनुहोस् जसको खतना पनि गरिएको छैन।”
15:19b.JDG.015.019 लहीमाको भूइँमा एक खाल्डो थियो। परमेश्वरले त्यो खाल्डो चिरेर खोलि दिनुभयो अनि पानी बाहिर निस्कियो। शिमशोनले त्यो पानी पिए अनि केही स्वस्थ भए। तिनले फेरि बलवान भएको अनुभव गरे। यसर्थ तिनले त्यो पानीको मूलको नाउँ एन-हक्कोरे राखे। यो आजसम्म पनि लही शहरमा छ।
15:20b.JDG.015.020 यसरी शिमशोन बीस वर्षसम्म इस्राएलका मानिसहरूका न्यायकर्त्ता रहे। त्यो पलिश्ती मानिसहरूको समयमा थियो।
16
16:1b.JDG.016.001 एकदिन शिमशोन गाजा शहर तिर गए। तिनले त्यहाँ एउटी वेश्यालाई देखे। तिनी त्यो रात त्यससित बस्न गए।
16:2b.JDG.016.002 कसैले गाजाका मानिसहरूलाई भने, “शिमशोन यहाँ आएका छन्।” तिनीहरूले शिमोशोनलाई मार्न चाहन्थे, यसर्थ तिनीहरूले शहर घेरे। तिनीहरू शहर-द्वारको नजिकमा लुके अनि रातभरि शिमशोनलाई पर्खिरहे। रातभरि तिनीहरू अत्यन्त चूपचापसित बसे। तिनीहरूले एका-अर्कालाई भने, “जब बिहान हुन्छ हामी शिमशोनलाई मार्नेछौं।”
16:3b.JDG.016.003 तर शिमशोन त्यस वेश्यासित आधा रातसम्म मात्र बसे। शिमशोन आधारातमा उठे। शिमशोनले शहर-द्वार अठ्याए र तिनले पर्खालबाट दुवै चौकट निकाले। शिमोशनले ढोकाको, दुइवटा स्तम्भहरू अनि ढोका बन्द राख्ने बारहरू भत्काइ दिए। शिमशोनले ती वस्तुहरूलाई आफ्ना काँधमा हाले अनि तिनीहरूलाई बोकेर हेब्रोन शहर नजिकको डाँडको टापुमा लगे।
16:4b.JDG.016.004 पछि, शिमशोन दलीला नाउँ भएकी स्त्रीसँगको प्रेममा फँसे। उनी सोरेक बेंसीकी थिइन्।
16:5b.JDG.016.005 पलिश्ती मानिसहरूका शासकहरू दलीला कहाँ गए। तिनीहरूले भने, “हामी जान्न चाहन्छौं के चिजले शिमशोनलाई यति बलवान तुल्याउँछ। त्यो रहस्य तिनलाई भन्न लगाऊ र उसलाई छल। तब हामी तिनलाई कसरी पक्विनु अनि बाँध्नु त्यो जान्ने छौं। तब हामी तिनलाई नियन्त्रण गर्न समर्थ हुनेछौं। यदि तिमीले यसो गरि दियौ भने हामी प्रत्येकले तिमीलाई एघार सय चाँदीका सिक्का गरी दिनेछौं।”
16:6b.JDG.016.006 यसर्थ दलीलाले शिमशोनलाई भनिन्, “तिमी किन यस्तो बलवान छौ मलाई भन। कसैले बाँधेर तिमीलाई असहाय तुल्याउन सक्छ?”
16:7b.JDG.016.007 शिमशोनले उत्तर दिए, “कुनै व्यक्तिले मलाई सातवटा ताजा धनुका नसुकेका बलियो ताँदोले बाँध्नु पर्थ्यो यदि कसैले त्यति गरे म कुनै अन्य मानिस जस्तै कमजोर हुनेछु।”
16:8b.JDG.016.008 तब पलिश्ती मुखियाहरूले सातवटा ताजा, नयाँ ताँदो दलीला कहाँ ल्याइदिए। दलीलाले शिमशोनलाई ताँदोहरूद्वारा बाँधि दिइन्।
16:9b.JDG.016.009 केही मानिसहरू अर्को कोठामा लुकिरहेका थिए। दलीलाले शिमशोनलाई भनिन्, “शिमशोन, पलिश्ती मानिसहरूले तिमीलाई पक्विन्छन्।” तर शिमशोनले सजिलैसित ती ताँदोहरू चुँडइदिए। ती ज्वालाको नजिक परेको धागो जस्तै टुक्विए। यसकारण ती पलिश्ती मानिसहरूले शिमशोनको शक्तिको भेद पाएनन्।
16:10b.JDG.016.010 तब दलीलाले शिमशोनलाई भनिन्, “तिमीले मलाई ढाँट्यौ। तिमीले मलाई मूर्ख पार्यौ। कृपया मलाई साँचो भन, कसैले तिमीलाई कसरी बाँध्न सक्छ?”
16:11b.JDG.016.011 शिमशोनले भने, “कसैले मलाई नयाँ डोरीले बाँध्नु पर्छ। तिनीहरूले मलाई ती डोरीहरूले बाँध्नु पर्छ जसलाई पहिला प्रयोग नगरिएको हुनुपर्छ। यदि कसैले त्यो गर्यो भने म अन्य कुनै मानिसजस्तै कमजोर हुनेछु।”
16:12b.JDG.016.012 यसर्थ दलीलाले केही नयाँ डोरीहरू लिइन् अनि शिमशोनलाई बाँधिन्। कोही मानिसहरू अर्को कोठामा लुकिरहेका थिए। तब दलीलाले तिनलाई भनिन्, “शिमशोन, पलिश्ती मानिसहरू तिमीलाई पक्विन आइरहेछन्।” तर तिनले धागो चुँडएको जस्तै ती डोरीहरू सजिलै चुँडए।
16:13b.JDG.016.013 तब दलीलाले शिमशोनलाई भनिन्, “तिमीले फेरि मलाई ढाँट्यौ। तिमीले मलाई मूर्ख पार्यौ। अब मलाई भन कसैले तिमीलाई कसरी बाँध्न सक्छ?” शिमशोनले भने, “यदि तिमीले मेरो टाउकोका सातवटा कपालको लट्टालाई ताँनमा बुनेर एउटा काँटाले कस्यौ भने म अन्य कुनै मानिस जस्तै कमजोर हुनेछु।” पछि, शिमशोन सुत्न गए। यसर्थ दलीलाले तिनको टाउकोका कपालबाट सात लट्टा बुन्नका निम्ति तानको प्रयोग गरिन्।
16:14b.JDG.016.014 तब दलीलाले पालको कीलाले तानलाई भूइँमा कसिदिइन्। फेरि तिनले उसलाई बोलाईन्, “शिमशोन पलिश्ती मानिसहरू तिमीलाई पक्विन आइरहेछन्।” शिमशोनले पालको कीला, र तान उखेलि दिए।
16:15b.JDG.016.015 तब दलीलाले शिमशोनलाई भनिन्, “‘म तिमीलाई प्रेम गर्छु’ भनी तिमी कसरी भन्न सक्छौ जब तिमीले म माथि विश्वास नै गर्दैनौ भने? तिम्रो भेद मलाई बताउन तिमी अस्वीकार गर्छौ। तिमीले मलाई मूर्ख तुल्याएको यो तेस्रो पल्ट हो। तिम्रो महान शक्तिको भेद तिमीले मलाई भनेका छैनौ।”
16:16b.JDG.016.016 उसले शिमशोनलाई दिनहुँ दिक्दारी बनाईन रहिन्। आफ्नो भेदको बारेमा उसको सोधाइद्वारा तिनी यति थकित भए कि तिनलाई अब मर्छु जस्तो लाग्न थाल्यो।
16:17b.JDG.016.017 अन्तमा, शिमशोनले दलीलालाई सबै कुरा भने। तिनले भने, “मैले कहिले पनि मेरो कपाल काटेको छुइनँ। म जन्मनु अघिबाट नै मलाई परमेश्वर प्रति समर्पण गरिएको थियो। यदि कसैले मेरो कपाल काटिदिए म मेरो शक्ति गुमाउनेछु। म अन्य कुनै पनि मानिस जस्तै कमजोर हुनेछु।”
16:18b.JDG.016.018 दलीलाले बुझिन् कि शिमशोनले उसलाई तिनको भेद बताए भनी। उसले पलिश्ती मानिसहरूका शासकहरूलाई एक सन्देश पठाइन्। उसले भनिन्, “फेरि फर्की आऊ। शिमशोनले मलाई सबै कुरा भनेकाछन्।” यसर्थ पलिश्ती मानिसहरूका शासकहरू दलीला कहाँ फर्केर आए। तिनीहरूले चाँदिका सिक्का ल्याए जो उसलाई दिन्छौं भनी तिनीहरूले वचन दिएका थिए।
16:19b.JDG.016.019 जब शिमशोन तिनको काखमा पल्टिरहेका थिए, दलीलाले उनलाई सुत्ने तुल्याईन र एउटा मानिसलाई शिमशोनको कपालका सातवटा लट्टा काटनलाई भित्र बोलाइन्। यसप्रकार उसले शिमशोनलाई कमजोर तुल्याइन्। शिमशोनको शक्तिले उसलाई छोड्यो।
16:20b.JDG.016.020 तब दलीलाले तिनलाई भनिन्, “शिमशोन, पलिश्ती मानिसहरू तिमीलाई पक्रन आइरहेछन्।” तिनी ब्यूँझिए अनि सोचे, “मैले अघि गरे जस्तै म भाग्ने छु अनि स्वयंलाई मुक्त तुल्याउनेछु।” तर शिमशोनलाई थाहा भएन कि परमप्रभुले तिनलाई त्यागी सक्नु भएको थियो।
16:21b.JDG.016.021 पलिश्ती मानिसहरूले शिमशोनलाई पक्वे। तिनीहरूले तिनका आँखा निकालिदिए अनि तिनलाई गाजा शहरमा लगे। त्यसपछि उनीहरूले भागेर जान नदिनलाई तिनलाई काँसाका साङ्गलाहरूले बाँधिदिए। तिनीहरूले शिमशोनलाई झ्यालखानमा हाले अनि जाँतो चलाउन लगाए।
16:22b.JDG.016.022 तर शिमशोनको कपाल फेरि उम्रन थाल्यो।
16:23b.JDG.016.023 पलिश्ती मानिसका शासकहरू उत्सव मनाउन एकत्रित भए। तिनीहरू आफ्ना देवता दागोनलाई एउटा महान बलिदान अर्पण गर्दैछन्। तिनीहरूले भने, “हाम्रो देवताले हाम्रो शत्रु शिमशोनलाई पराजित गर्नमा सहायता गर्नु भयो।”
16:24b.JDG.016.024 जब पलिश्ती मानिसहरूले शिमशोनलाई देखे, तिनीहरूले आफ्नो देवताको स्तुति गरे। तिनीहरूले भने, “यो मानिसले हाम्रा मानिसहरूलाई नष्ट गर्यो! यो मानिसले हाम्रा धेरै मानिसहरूलाई मार्यो! तर हाम्रो देवताले हाम्रो शत्रुलाई पक्विन हामीलाई सहायता गर्नुभयो।”
16:25b.JDG.016.025 उत्सवमा मानिसहरू आनन्द मनाइरहेका थिए। यसर्थ तिनीहरूले भने, “शिमशोनलाई बाहिर ल्याऊ। हामी तिनको खिल्ली उडउन चाहन्छौं।” यसकारण तिनीहरूले शिमशोनलाई झ्यालखानबाट ल्याए अनि तिनको खिल्ली उडउन लागे। तिनीहरूले शिमशोनलाई दागोन देवताको मन्दिरमा खम्बाहरूको माझमा उभ्याए।
16:26b.JDG.016.026 एकजना सेवकले शिमशोनको हात समातेको थियो। शिमशोनले त्यसलाई भन्यो, “जहाँ यो मन्दिरलाई अड्याउने खम्बालाई म छुन सक्छु मलाई त्यहाँ राख।” म त्यसमा अडेसलाग्न चाहन्छु।”
16:27b.JDG.016.027 मन्दिरमा पुरूष अनि स्त्रीहरूको भीड थियो। पलिश्ती मानिसका समस्त शासकहरू त्यहाँ थिए। मन्दिरको छतमा प्रायः तीन हजार पुरूष अनि स्त्रीहरू थिए। तिनीहरू हाँस्दै अनि शिमशोनको खिल्ली उडउँदै थिए।
16:28b.JDG.016.028 तब शिमशोनले परमप्रभुसित एउटा प्रार्थना गरे। तिनले भने, “हे सर्वशक्तिमान परमप्रभु, मलाई याद गर्नुहोस्। हे परमेश्वर, कृपया अझ एक पल्ट मात्र मलाई शक्ति दिनुहोस्। मेरा दुइ आँखाहरू निकालि दिने यी पलिश्ती मानिसहरूलाई दण्ड दिनका निम्ति मलाई यो एउटा कुरा गर्न दिनुहोस्।”
16:29b.JDG.016.029 त्यसपछि शिमशोनले मन्दिर माझका दुइ खम्बाहरू समाते। यी दुइ खम्बाहरूले सम्पूर्ण मन्दिरलाई आड दिएको थियो। तिनले स्वयंलाई ती दुइ खम्बाहरू माझ दह्रिलो राखे। एउटा खम्बा तिनको दाहिने तर्फ अर्को देब्रे तर्फ थियो।
16:30b.JDG.016.030 शिमशोनले भने, “मलाई पनि यी पलिश्तीहरूसित मर्न दिनुहोस्।” तब तिनले सकेसम्म जोडले धकेले र त्यो मन्दिर त्यहाँ भएका शासकहरू अनि सबै मानिसहरू माथि ढल्यो। यस प्रकारले शिमशोन आफू जीवित हुँदा भन्दा मरणको बेला धेरै पलिश्ती मानिसहरूलाई मारे।
16:31b.JDG.016.031 शिमशोनका भाइहरू र तिनका बाबुका परिवारका सबै मानिसहरू तिनको मृतदेह लिन गए। तिनीहरूले तिनलाई फर्काइ ल्याए अनि तिनका बाबुलको चिहानमा तिनलाई गाडे। त्यो चिहान सोरा अनि एश्तोल शहर माझमा छ। शिमशोन बीस वर्षसम्म इस्राएलका मानिसहरूका न्यायकर्त्ता रहे।
17
17:1b.JDG.017.001 मीका नाउँ गरेका एकजना मानिस थिए जो एप्रैमको पहाडी देशमा बस्थे।
17:2b.JDG.017.002 मीकाले आफ्नी आमालाई भने, “कसैले तिमीबाट 1,100 चाँदीका टुक्रा चोरेको तिमीलाई थाहा छ। त्यस विषयमा तिमीले श्राप दिएको मैले सुने। त्यो चाँदी मेरोमा छ। त्यो मैले लगेको थिएँ।” उसकी आमाले भनिन्, “हे मेरो छोरो परमप्रभुले तिमीलाई आशिष दिऊन्।”
17:3b.JDG.017.003 मीकाले त्यो 1,100 चाँदीका टुक्रा आफ्नी आमालाई फर्काइदिए। तब तिनले भनिन्, “म यो चाँदी एउटा विशेष भेंटीको रूपमा परमप्रभुलाई दिनेछु। म यो मेरो छोरालाई दिनेछु जसमा कि उसले एउटा मूर्ति निर्माण गर्नेछ, अनि त्यसलाई चाँदीले मोडने छ। यसर्थ अब छोरा त्यो चाँदी म तिमीलाई फर्काइ दिन्छु।”
17:4b.JDG.017.004 तर मीकाले त्यो चाँदी आफ्नी आमालाई फर्काइ दिए। यसर्थ तिनले त्यो चाँदीबाट प्रायः दुइ सय शेकेलका सिक्का लिएर ती चाँदीका कारीगरलाई दिइन्। चाँदी कारीगरले चाँदीले मोडेको मूर्ति बनाउन त्यो चाँदी प्रयोग गरे। त्यो मूर्तिलाई मीकाको घरमा राखियो।
17:5b.JDG.017.005 मीकाको मूर्तिहरू पूजा गर्ने एउटा मन्दिर थियो। उसले एउटा एपोद अनि केही घर-मूर्तिहरू बनाए। तब मीकाले आफ्ना एकजना छोरालाई पूजाहारी बन्न छाने।
17:6b.JDG.017.006 त्यससमय, इस्राएलका मानिसहरूका राजा थिएनन्। यसर्थ हरेक व्यक्तिहरूले त्यही गरे जो उ स्वयंले सही छ भन्ने ठान्थ्यो।
17:7b.JDG.017.007 त्यहाँ एक जवान लेवी मानिस थिए। तिनी बेतलेहेम शहर, यहूदाका थिए। तिनी यहूदाका कुल समूह माझ बस्दै थिए।
17:8b.JDG.017.008 त्यो जवान मानिसले बेतलेहेम, यहूदा छाडे। तिनी बस्नका निम्ति अर्को स्थानको खोजमा थिए। तिनी यात्रा गर्दै जाँदा मीकाको घर आई पुगे। मीकाको घर एप्रैमको भूमिको पहाडी देशमा थियो।
17:9b.JDG.017.009 मीकाले तिनलाई सोधे, “तपाईं कहाँबाट आउनु भएको?” त्यो जवान मानिसले उत्तर दियो।, “म यहूदाको बेतलेहेम शहरको एउटा लेवी हुँ। म बस्ने स्थान खोजि रहेछु।”
17:10b.JDG.017.010 तब मीकाले तिनलाई भने, “मसित बस्नु होस्। मेरो बाबु अनि पूजाहारी बनिदिनु होस्। म तपाईंलाई हरेक साल दश चाँदीका सिक्का दिनेछु। म तपाईंलाई लुगाहरू अनि भोजन पनि दिनेछु।” त्यो लेवीले त्यही गरे जो मीकाले भने।
17:11b.JDG.017.011 जवान लेवी मीका सँग बस्न सहमत भए। त्यो जवान मानिस मीकाका एउटा छोरा जस्तै बने।
17:12b.JDG.017.012 मीकाले तिनलाई आफ्ना पूजाहारी हुनलाई चुने। यसर्थ त्यो जवान मानिस पूजाहारी बने अनि मीकाको घरमा बसे।
17:13b.JDG.017.013 अनि मीकाले भने, “अब म सम्झन्छु कि परमप्रभु मप्रति भलो हुनुहुनेछ। म यो जान्दछु किनभने मेरो साथमा मेरा पूजाहारी बन्नका निम्ति लेवी कुल समूहका मानिसछन्।”
18
18:1b.JDG.018.001 त्यस समयमा इस्राएलका मानिसहरूका कुनै राजा थिएनन्। अनि त्यसबेला दानका कुल समूह बस्ने स्थानको खोजमा थिए। तिनीहरूको अझसम्म आफ्नो देश थिएन। इस्राएलका अन्य कुल समूहहरूले अघि नै आफ्ना भूमिहरू प्राप्त गरिसकेका थिए। तर दानका कुल समूहले आफ्नो भूमि अझ लिएका थिएनन्।
18:2b.JDG.018.002 यसर्थ दानका कुल समूहले पाँच जना सैनिकहरूलाई केही भूमि खोज्नु भनी पठाए। तिनीहरू बस्नका निम्ति उत्तम स्थान खोज्न हिंडे। ती पाँच मानिसहरू सोरा अनि एश्ताओल शहरका थिए। तिनीहरू चुनिए किनभने ती सबै दानका कुलहरूका थिए। तिनीहरूलाई भनियो, “जाऊ केही भूमि खोज।” ती पाँच मानिसहरू एप्रैमको पहाडीदेशमा आए। तिनीहरू मीकाको घरमा आई पुगे अनि रात त्यहाँ बिताए।
18:3b.JDG.018.003 ती पाँच मानिसहरू जब मीकाको घरको छेउमा आई पुगे तिनीहरूले जवान लेवी मानिसको स्वर सुने। तिनीहरूले उसको स्वर चिने यसर्थ तिनीहरू मीकाको घरमा रोकिए। तिनीहरूले त्यो जवान मानिसलाई सोधे, “कसले तिमीलाई यो स्थानमा ल्याए? तिमी यहाँ के गर्दैछौ? यहाँ तिम्रो के काम छ?”
18:4b.JDG.018.004 मीकाले तिनका निम्ति गरेका कुराहरूको विषयमा त्यो जवान मानिसले उनीहरूलाई भने। त्यो जवान व्यक्तिले भने, “म उनको पूजाहारी हुँ।” मीकाले मलाई ज्यालामा लिए।
18:5b.JDG.018.005 यसर्थ तिनीहरूले उसलाई भने, “कृपया हाम्रो निम्ति परमेश्वरसित केही कुराको सोध पुछ गरिदेऊ। हामी केही जान्न चाहन्छौः के हाम्रो बस्ने स्थानको खोज सफल हुन्छ?”
18:6b.JDG.018.006 पूजाहारीले ती पाँच मानिसहरूलाई भने, “हो, शान्तिसित जाऊ। परमप्रभुले तिमीहरूलाई तिम्रो मार्गमा डोर्याउँनु हुनेछ।”
18:7b.JDG.018.007 यसर्थ पाँच मानिसहरू हिंडे। तिनीहरू लेश शहरमा आइ पुगे। तिनीहरूले त्यस शहरमा मानिसहरू सुरक्षित बसेका देखे। तिनीहरूलाई सीदोनका मानिसहरूले शासन गर्दथे। हरेक कुरा शान्त अनि चकमन्न थियो। मानिसहरूसित हरेक कुरा प्रशस्त थियो। अनि तिनीहरूलाई कष्ट पुर्याउने कुनै शत्रुहरू छेउमा थिएनन्। तिनीहरू सीदोन शहर देखि टाढा बस्थे अनि अरामका मानिसहरूसँग कुनै सम्झौता थिएन।
18:8b.JDG.018.008 ती पाँच मानिसहरू सोरा अनि एश्ताओल शहरतिर फर्कि गए। तिनीहरूका आफन्तहरूले सोधे, “तिमीहरूले के बुझ्यौ?”
18:9b.JDG.018.009 ती पाँच मानिसहरूले उत्तर दिए, “हामीले केही भूमि पायौं, अनि त्यो अति उत्तम छ। हामीले तिनीहरूलाई आक्रमण गर्नु पर्छ। पर्खी नबस्! हामी जाऊँ अनि त्यो भूमि लिऔं।
18:10b.JDG.018.010 जब तिमीहरू त्यो स्थानमा आउँछौ त्यहाँ प्रशस्त भूमि तिमीहरूले देख्नेछौ। त्यहाँका मानिसहरूले कुनै आक्रमणको अपेक्षा नगरेको तिमीहरूले देख्नेछौ। निश्चयनै परमेश्वरले त्यो भूमि हामीलाई दिनु भएको छ।”
18:11b.JDG.018.011 यसर्थ दानका कुल समूहबाट छ सय मानिसहरू सोरा अनि एश्ताओल शहरबाट हिंडे। तिनीहरू युद्धको निम्ति तयार थिए।
18:12b.JDG.018.012 लेश शहर जाने तिनीहरूको मार्गमा तिनीहरू यहूदा देशको किर्यात्यारीम शहरको छेउमा अडिए। त्यहाँ तिनीहरूले एक छाउनी लगाए। त्यसैकारणले गर्दा किर्यात्यारीमको पश्चिममा भएको स्थानलाई आज पनि दानको छाउनी भनिन्छ।
18:13b.JDG.018.013 त्यस स्थानदेखि ती छ सय मानिसहरू यात्रा गरेर एप्रैमका पहाडी देशतिर गए। त्यसपछि तिनीहरू मीकाको घरमा आए।
18:14b.JDG.018.014 यसर्थ ती पाँच मानिसहरू बोले, जसले लेश वरिपरिका स्थानको खोज गरेका थिए। तिनीहरूले आफ्ना आफन्तहरूलाई भने, “यी घरहरूमध्ये एउटामा एपोद छ। अनि त्यहाँ घर-देवताहरू, एउटा कुँदेको सालिक अनि एउटा चाँदीको मूर्ति पनि छन्। तिमीहरू जान्दछौ के गर्नु पर्छ-जाऊ ती लेऊ।”
18:15b.JDG.018.015 यसर्थ तिनीहरू मीकाको घरमा रोकिए जहाँ त्यो जवान लेवी बस्थे। तिनीहरूले त्यो जवान मानिसलाई ऊ कस्तो छ भनी सोधे।
18:16b.JDG.018.016 दानका कुल समूहका छ सय मानिसहरू फाटकको द्वारमा उभिएर बसे। ती सबैका आफ्ना अस्त्रहरू थिए अनि युद्धका निम्ति तयार थिए।
18:19b.JDG.018.019 ती पाँच मानिसहरूले उत्तर दिए।, “चूप लाग! एउटा शब्द पनि नबोल। हामीसित आऊ। हाम्रा पिता अनि हाम्रा पूजाहारी बन। तिमीले चुन्नुपर्छ। के तिमीलाई एउटा व्यक्तिको निम्ति मात्र पूजाहारी हुनु राम्रो छ? वा तिमीलाई इस्राएली मानिसहरूका एउटा सम्पूर्ण कुल समूहको पूजाहारी हुनु राम्रो छ?”
18:20b.JDG.018.020 यस कुराले ती लेवी व्यक्ति खुशी भए। यसर्थ उसले एपोद, घर-मूर्तिहरू अनि चाँदीको मूर्ति लिए। तिनी दानका कुल समूहका ती मानिसहरूसित हिंडे।
18:21b.JDG.018.021 त्यसपछि दानका कुल समूहका छ सय मानिसहरू त्यो लेवी पूजाहारी सहित फर्किए अनि मीकाको घर छोडेर हिंडे। तिनीहरूले आफ्ना स-साना नानीहरू, आफ्ना पशुहरू, अनि आफ्ना सबै चीजहरू तिनीहरूका अघि राखे।
18:22b.JDG.018.022 दानका कुल समूहका मानिसहरू त्यस भूमि देखि केही टाढा सम्म गए। तर मीकाका नजिकमा बस्ने मानिसहरू एक साथ भेला भए। तब तिनीहरूले दानका मानिसहरूलाई खेद्न थाले, अनि तिनीहरूलाई पक्वे।
18:23b.JDG.018.023 मीकासित भएका मानिसहरूले दानका मानिसहरूलाई कराउँदै थिए। दानका मानिसहरू फर्किए तिनीहरूले मीकालाई भने, “के कष्ट पर्यो? तिमीहरू किन कराइरहेको छौ?”
18:24b.JDG.018.024 मीकाले उत्तर दिए, “तिमी दानका मानिसहरूले मेरा मूर्तिहरू लग्यौ। ती मूर्तिहरू म आफैंले बनाएको हो। तिमीहरूले मेरो पूजाहारीलाई पनि लग्यौ। अब मसित के रह्यो र? ‘कसरी तिमीहरूले मलाई के कष्ट पर्यो भनेर सोध्छौ?’”
18:25b.JDG.018.025 दानका कुल समूहका मानिसहरूले भने, “तिमीले हामीसित बहस नगरेको राम्रो हो, हाम्रा केही मानिसहरू धेरै रीसाहा छन् यदि तिमीहरू हामी प्रति करायौ भने, ती मानिसहरूले तिमीहरूलाई आक्वमण गर्न सक्छन। तिमीहरू अनि तिम्रा कुलहरूको हत्या हुन सक्छ।”
18:26b.JDG.018.026 तब दानका मानिसहरू फर्के अनि आफ्नो बाटो लागे। ती मानिसहरू तिनका निम्ति अति शक्तिशाली छन् भन्नेकुरा मीकाले बुझे। यसर्थ तिनी घर फर्किगए।
18:27b.JDG.018.027 यसरी मीकाले बनाएका मूर्तिहरू दानका मानिसहरूले लगे। तिनीहरूले पूजाहारीलाई पनि लगे जो मीकासित बस्थे। त्यसपछि तिनीहरू लेशमा आए। तिनीहरूले लेशमा बस्ने मानिसहरूलाई आक्वमण गरे। ती मानिसहरू शान्तिसित रहेका थिए। तिनीहरूले कुनै आक्वमणको अपेक्षा गरेका थिएनन्। दानका मानिसहरूले आफ्ना तरवारद्वारा तिनीहरूको हत्या गरिदिए। त्यसपछि तिनीहरूले शहर जलाइदिए।
18:28b.JDG.018.028 लेशमा बस्ने मानिसहरूलाई उद्धार गर्ने कोही थिएन। ती मानिसहरूबाट सहायता प्राप्त गर्नका निम्ति पनि तिनीहरू सीदोन शहर देखि अत्यन्त टाढा बस्थे। अनि लेशका मानिसको अरामका मानिसहरूसित कुनै सन्धि गरेका थिएनन्-यसर्थ ती मानिसहरूले तिनीहरूलाई सहायता गरेनन्। लेश शहर एउटा उपत्यकामा थियो जो बेतरहोब शहरको थियो। दानका मानिसहरूले त्यस स्थानमा एउटा नयाँ शहर निर्माण गरे। अनि त्यो शहर तिनीहरूको घर बन्यो।
18:29b.JDG.018.029 दानका मानिसहरूले त्यो शहरलाई नयाँ नाउँ दिए। त्यो शहरलाई लेश भनिन्थ्यो तर तिनीहरूले त्यसको नाउँ परिवर्तन गरेर दान राखे। तिनीहरूले शहरको नाउँ तिनीहरूका पिता-पुर्खा इस्राएलका एक छोरा दानको नाउँमा राखे।
18:30b.JDG.018.030 दानको कुल समूहका मानिसहरूले दान शहरमा एउटा मूर्ति बनाए। तिनीहरूले गेर्शोमका छोरा जोनाथनलाई आफ्ना पूजाहारी बनाए। गेर्शोम मोशाका छोरा थिए। जोनाथन अनि तिनका छोराहरूले इस्राएली मानिसहरूलाई भूमिबाट कैदमा नलगे सम्म दानको कुल समूहका पूजाहारीहरू रहे।
18:31b.JDG.018.031 दानका मानिसहरूले तिनीहरू स्वयंका निम्ति मीकाले निर्माण गरेको मूर्ति स्थापन गरे। परमप्रभुको मन्दिर शीलोमा रहेको समय भरि त्यो मूर्ति दान शहरमा थियो।
19
19:1b.JDG.019.001 त्यस समयमा इस्राएलका मानिसहरूका कुनै राजा थिएनन्। एउटा लेवी व्यक्ति थिए जो एप्रैमको पहाडी देशको पछिल्तिर टाढा बस्थे। त्यस मानिसको एउटी स्त्री सेविकाको रूपमा थिइन् जो तिनको निम्ति पत्नी तुल्य थिइन्। ती सेविका यहूदा देशको बेतलेहेम शहरकी थिइन्।
19:2b.JDG.019.002 तर तिनकी सेविकासित त्यो लेवी मानिसको बहस भयो। तिनले उसलाई छोडिदिइन् अनि यहूदाको बेतलेहेममा आफ्ना बाबुको घरमा फर्किइन्। उनी त्यहाँ चार महिनासम्म बसिन्।
19:3b.JDG.019.003 तर तिनका पति तिनको पछि लागे। तिनी दयापूर्वक उनीसित बात गर्न चाहन्थे जसमा कि उनी तिनीकहाँ फर्केर आउनेछिन्। तिनले आफूसित आफ्ना सेवक अनि दुइवटा गधाहरू लगे। त्यो लेवी मानिस तिनका बाबुको घरमा आए। तिनका बाबुले त्यो लेवी मानिसलाई देखे अनि उसलाई अभिवादन जनाउन बाहिर निस्के। पिता अत्यन्तै खुशी थिए।
19:4b.JDG.019.004 त्यस स्त्रीका बाबुले ती लेवी मानिसलाई घरभित्र लगे। ती लेवीका ससुराले तिनलाई बस्न आग्रह गरे। अनि ती लेवी मानिस तीन दिनसम्म बसे। तिनले खाए, पिए अनि आफ्ना ससूराको घरमा सुते।
19:5b.JDG.019.005 चौथो दिनमा विहानै तिनीहरू उठे। त्यो लेवी मानिस जानलाई तयार हुँदै थियो। तर त्यो जवान स्त्रीका बाबुले आफ्ना जुवाइँलाई भने, “पहिला केही खाऊ। खाए पछि तिमी जान सक्छौ।”
19:6b.JDG.019.006 यसर्थ ती लेवी अनि तिनका ससुरा एक साथ खान र पिउनका निम्ति बसे। त्यसपछि त्यो जवान स्त्रीका बाबुले त्यो लेवी मानिसलाई भने, “कृपया आज एकरात बस। र आराम स्वयं आनन्द गर। जानका निम्ति आज बेलुकी घर फर्क।” यसर्थ ती दुइ मानिसहरूले एकसाथ खाए।
19:7b.JDG.019.007 ती लेवी हिंडनलाई उठे तर तिनका ससुराले फेरि त्यो रात बस्न भनी कर गरे।
19:8b.JDG.019.008 तब पाँचौ दिनमा ती लेवी मानिस बिहान छिट्टै उठे। तिनी हिंडनलाई तयार थिए। तर त्यस केटीका पिताले आफ्ना जुवाईंलाई भने, “पहिला केही भोजन र विश्राम गर अनि आज बेलुकीसम्म बस।” तिमी खाना खाए पछि जान सक्छौ।
19:9b.JDG.019.009 त्यो लेवी मानिस, तिनकी स्त्री सेविका अनि तिनका सेवक हिंडनलाई उठे। तर त्यस जवान स्त्रीका पिताले भने, “प्रायः रातपरि सक्यो। दिन प्रायः गइ सक्यो। यसर्थ राती यहीं बस अनि स्वयं आनन्द गर। भोलि बिहान तिमी चाँडै उठ्न सक्छौ अनि आफ्नो बाटो जान सक्छौ।”
19:10b.JDG.019.010 तर ती लेवी अझ अर्कोरात बस्न चाहँदैन थियो। तिनले आफ्नो दुई गधाहरू अनि आफ्नी सेविकालाई लगे। तिनले यबूस (यरूशलेमको अर्को नाउँ) सम्म यात्रा गरे।
19:11b.JDG.019.011 दिन प्रायः बितिसकेको थियो। तिनीहरू यबूस शहरको नजिकमा थिए। यसकारण त्यो सेविकाले आफ्ना मालिक, ती लेवी, मानिसलाई भनिन्, “हामी यो यबूसी शहरमा बसौं। आजको रात यहाँ बसौं।”
19:12b.JDG.019.012 तर उनको मालिक, ती लेवी मानिसले भने, “होइन! हामी यो अनौंठो शहरभित्र जानेछैनौं। ती मानिसहरू इस्राएली मानिसहरू होइनन्। हामी गिबा शहरमा जानेछौं।”
19:13b.JDG.019.013 लेवी मानिसले भने, “आऊ हामी गिबा वा रामासम्म पुग्ने चेष्टा गरौ। हामी यी शहरहरू मध्ये एउटामा रात बिताउन सक्ने छौं।”
19:14b.JDG.019.014 यसर्थ ती लेवी मानिस अनि तिनका साथका मानिसहरू यात्रा गर्दै गए। सूर्य अस्ताउँदै थियो अनि तिनीहरू गिबा शहर भित्र पसे। गिबा त्यो इलाकामा छ जो बिन्यामीनका कुल समूहको अधीनमा छ।
19:15b.JDG.019.015 यसर्थ तिनीहरू गिबामा बास बसे। तिनीहरूले त्यो शहरमा रात बिताउने योजना गरे। तिनीहरू त्यो शहरको चोकमा आए र बसे। तर कसैले पनि तिनीहरूलाई त्यो रात बस्न आफ्ना घरमा बोलाएनन्।
19:16b.JDG.019.016 त्यो साँझ एक वृद्ध मानिस आफ्नो खेतबाट शहरमा आए। उसको घर एप्रैमको पहाडी देशमा थियो। तर अहिले ती गिबा शहरमा बस्दै थिए। (गिबाका मानिसहरू बिन्यामीनका कुल समूहका थिए।)
19:17b.JDG.019.017 ती वृद्ध मानिसले शहरको चोकमा ती यात्री लेवी मानिसहरूलाई देखे। ती वृद्ध मानिसले सोधे, “तिमीहरू कहाँ गइरहेछौ? तिमीहरू कहाँबाट आयौ?”
19:18b.JDG.019.018 त्यो लेवी मानिसले उत्तर दियो, “हामी यहूदाको बेतलेहेम शहरबाट यात्रा गर्दै आएका हौं। हामी घर गइरहेका छौं। म एप्रैमको पहाडी देश पारि निकै परको हुँ। म यहूदाको बेतलेहेममा आएको छु। र अहिले घर फर्कदैछु। र कसैले पनि हामीलाई रात बिताउने ठाउँ दिएनन्।
19:19b.JDG.019.019 तर हामीसित हाम्रो गधाहरूको लागि चार दिनका निम्ति पराल र दाना छ। अनि मसित मेरी सेवीका र मेरो सेवक र आफ्ना निम्ति रोटी र दाखरस छ।”
19:20b.JDG.019.020 ती वृद्ध मानिसले भने, “मेरो घरमा बस्न तिमीहरूलाई स्वागत छ। तिमीहरूलाई चाहिएका कुनै पनि कुरा म दिनेछु। शहरको चोकमा राती नबस्।”
19:21b.JDG.019.021 तब त्यस वृद्ध मानिसले त्यो लेवी मानिस र तिनीको साथमा भएका मानिसहरूलाई आफ्नो घरमा लगे। उसले गधाहरूलाई खुवाए। तिनीहरूले आफ्ना खुट्टा धोए। त्यसपछि तिनीहरूले केही भोजन खाए अनि पिए।
19:22b.JDG.019.022 त्यो लेवी मानिस र तिनीसित भएका मानिसहरू आनन्दित भइरहेको बेला त्यस शहरका केही मानिसहरूले त्यो घरलाई घेरे। ती अत्यन्त नराम्रा मानिसहरू थिए। तिनीहरूले ढोका धकेल्न थाले। तिनीहरूले त्यो वृद्ध मानिसलाई कराए त्यो घर जसको थियो। तिनीहरूले भने, “त्यो मानिसलाई बाहिर ल्याऊ, जो तिम्रो घरमा आएको छ। हामी त्यस व्यक्तिसित सहवास गर्न चाहन्छौं।”
19:23b.JDG.019.023 त्यो वृद्ध मानिस बाहिर निस्के अनि ती नराम्रा मानिसहरूसित बात गरे। उसले भेन, “होइन, मेरो मित्रहरू, यस्तो नराम्रा कुराहरू नगर! ती मानिसहरू मेरो घरका अतिथि हुन। यस्तो भयानक पाप नगर।
19:24b.JDG.019.024 हेर यहाँ मेरी छोरी छे। उसले कहिले पनि अघि कसैसित सहवास गरेकी छैन। म त्यसलाई अब बाहिर तिमीहरू कहाँ ल्याउँछु। तिमीहरू जसरी चाहन्छौ त्यसलाई उपयोग गर्न सक्छौ। तर यी मानिसको विरूद्ध यस्तो भयानक पाप नगर।”
19:25b.JDG.019.025 तर ती नराम्रा मानिसहरूले वृद्ध मानिसको कुरा सुनेनन्। यसर्थ त्यस लेवी मानिसले आफ्नी सेविकालाई समातेर ती दुष्ट मानिसहरूसित बाहिर पठाइदिए। ती दुष्ट मानिसहरूले उसलाई घात पुर्याए अनि रातभरि उसलाई बलात्कार गरे। तब बिहान उज्यालो भए पछि तिनीहरूले उसलाई जान दिए।
19:26b.JDG.019.026 बिहानको उज्यालो हुँदा त्यो स्त्री घरमा फर्केर आइन् जहाँ उसका मालिक बस्दैथिए। त्यो सामुन्नेको ढोकामा लडिन्। ती उज्यालो नहुञ्जेल त्यहाँ लडिरहीन्।
19:27b.JDG.019.027 त्यो लेवी मानिस भोलिपल्ट बिहानै उठे। तिनी घरजान चाहन्थे। बाहिर जानलाई तिनले ढोका खोले। अनि ढोकाको सङ्घारमा एक हात झर्यो। त्यहाँ तिनकी स्त्री सेविका थिइन्। ती ढोकामा लडिरहेकी थिइन्।
19:28b.JDG.019.028 त्यस लेवी व्यक्तिले उसलाई भने, “उठ! हामी जाऔं।” तर उसले उत्तर दिइनन् तिनी मरिसकेकी थिइन्। त्यो लेवी मानिसले आफ्नी स्त्री सेविकालाई गधामा राखे र घरतिर हिंडे।
19:29b.JDG.019.029 जब तिनी आफ्नो घरमा आइपुगे तब तिनले एउटा छुरी लिए अनि आफ्नी स्त्री सेविकाको मृत शरीरलाई बाह्र टुक्वा-टुक्वा पारेर काटे। त्यस पछि तिनले त्यस स्त्रीको बाह्र टुक्वा ती सबै क्षेत्रहरूमा पठाए जहाँ इस्राएलका मानिसहरू बस्थे।
19:30b.JDG.019.030 त्यसलाई देख्ने हरेकले यसो भने, “इस्राएलमा अघि यस्तो कहिले भएको थिएन। मिश्रदेशबाट निस्केर आएको समयदेखि हामीले यस्तो कुनै कुरा देखेका थिएनौं। यस विषयमा विचार गर अनि के गर्नु पर्ने हामीलाई भन।”
20
20:1b.JDG.020.001 यसर्थ इस्राएलका समस्त मानिसहरू एक साथ मिले। तिनीहरू सबै मिस्पा शहरमा परमप्रभुका समक्ष उभिन एक साथ आए। इस्राएलका चारै तिरबाट मानिसहरू आए। गिलादका इस्राएली मानिसहरू समेत त्यहाँ थिए।
20:2b.JDG.020.002 इस्राएलका सम्पूर्ण कुल समूहहरूका अगुवाहरू त्यहाँ थिए। तिनीहरूले परमेश्वरका मानिसहरूको जन सभामा आफ्ना-आफ्ना स्थान ग्रहण गरे। तिनीहरूले त्यस ठाउँमा 4,00,000 सशस्त्र सैनिकहरू ल्याए।
20:3b.JDG.020.003 बिन्यामीनका कुल समूहका मानिसहरूले यो सुने कि इस्राएलका मानिसहरू मिस्पामा एकसाथ भेट गरिरहेछन्। इस्राएलका मानिसहरूले भने, “हामीलाई भन यस्तो भयानक कुरा कसरी घट्यो।”
20:4b.JDG.020.004 यसर्थ त्यो हत्या गरिएकी स्त्रीका पतिले तिनीहरूलाई त्यो घटना भने। तिनले भने, “मेरी स्त्री सेविका र म बिन्यामीनको इलाकामा गिबा शहरमा आयौं। हामीले त्यहाँ रात बितायौं।
20:5b.JDG.020.005 तर राती गिबा शहरवासीहरू त्यो घरमा आए जहाँ म बसेको थिएँ। तिनीहरूले घरलाई घेरे अनि मलाई मार्न चाहे। तिनीहरूले मेरी स्त्री सेविकालाई बलात्कार गरे अनि उसको मृत्यु भयो।
20:6b.JDG.020.006 यसर्थ मैले मेरी स्त्री सेविकालाई लगे अनि उसको देहलाई टुक्वा-टुक्वा पारेर काटे। त्यसपछि मैले इस्राएलका प्रत्येक कुल समूहलाई एक एक टुक्रा पठाएँ। हामीले प्राप्त गरेको भूमिहरूमा मैले बाह्र टुक्वा पठाएँ। मैले त्यसो गरे किनभने बिन्यामीनका मानिसहरूले इस्राएलमा यस्तो भयानक काण्ड गरे।
20:7b.JDG.020.007 अब इस्राएलका सबै मानिसहरू, बोल्नुहोस्। हामीले यसबारे के गर्नु पर्ने तिमीहरूले निर्णयदेऊ।”
20:8b.JDG.020.008 तब, सबै मानिसहरू एकै समयमा उठे। तिनीहरूले एकसाथ भने, “हामी कोही पनि घर जाने छैनौं। अहँ, हामीमा एक जना पनि आफ्नो घर फर्कने छैन।
20:9b.JDG.020.009 अब गिबा शहर प्रति हामी जे गर्छौ त्यो यस्तो छः हामीले ती मानिसहरू प्रति के गर्नु पर्ने हो परमेश्वरले हामीलाई देखाउन् भनी चिट्ठा गर्ने छौं।
20:10b.JDG.020.010 हामी इस्राएलका सबै कुल समूहका हरेक 100 जनामा 10 व्यक्तिहरू चुन्ने छौं। अनि हामी प्रत्येक 1,000 बाट 100 मानिसहरू चुन्नेछौं। हामी प्रत्येक 10,000 बाट 1,000 मनिसहरू चुन्नेछौं। हामीले चुनेका ती मानिसहरूले सेनाहरूले जस्तै आपूर्ति सामग्रीहरू पाउनेछन्। तब ती मानिसहरू बिन्यामीनको इलाका गिबामा जानेछन् र सेनाले इस्राएलका मानिसहरू माझ गरेको त्यो भयानक कार्यका निम्ति ती मानिसहरूलाई दण्ड दिनेछन्।”
20:11b.JDG.020.011 यसर्थ इस्राएलका सबै मानिसहरू गिबा शहरमा एकसाथ भेला भए। तिनीहरू सबै तिनीहरूले गर्ने कुरामा सहमत भए।
20:12b.JDG.020.012 इस्राएलका कुल समूहहरूले बिन्यामीनका कुल समूहका मानिसहरूकहाँ सन्देश दिएर मानिसहरू पठाए। सन्देश यस्तो थियोः “तिमीहरूका मानिसहरूले गरेको यो भयानक कर्म के हो?
20:13b.JDG.020.013 गिबाका ती दुष्ट मानिसहरूलाई हामी भए कहाँ पठाऊ। हामीलाई ती मानिसहरू देऊ हामी तिनीहरूलाई मार्न सकौं। हामीले इस्राएलका मानिसहरू माझको दुष्टता हटाउनै पर्छ।” तर बिन्यामीनका कुल समूहका मानिसहरूले आफ्ना कुल इस्राएलका अन्य मानिसहरूका कुरा सुनेनन्।
20:14b.JDG.020.014 बिन्यामीन कुल समूहका मानिसहरूले आफ्ना शहरहरू छाडे अनि गिबा शहरमा गए। तिनीहरू गिबामा इस्राएलका अन्य कुल समूहहरूसित युद्ध गर्न गए
20:15b.JDG.020.015 बिन्यामीन कुल समूहका मानिसहरूले 26,000 सैनिकहरू भेला गरे। ती सबै सैनिकहरू युद्धमा तालिम प्राप्त थिए। तिनीहरूसित गिबाका 700 प्रशिक्षित सैनिकहरू पनि थिए
20:16b.JDG.020.016 त्यसमा देब्रेहातद्वारा लडन सकने 700 प्रशिक्षित सैनिकहरू पनि थिए। तिनीहरू हरेकले अति कुशलतासित घुँयेत्रोको प्रयोग गर्न सक्थे। तिनीहरू सबैले एउटा कपाललाई पनि नचुक्ने गरि ढुङ्गा हान्न घुँयेत्रो प्रयोग गर्न सक्थे।
20:17b.JDG.020.017 बिन्यामीनका कुल समूहका सैनिकहरू बाहेक सबै इस्राएलका कुल समूहहरूका 4,00,000 सशस्त्र अनि लडकु सैनिकहरू भेला भएका थिए। हरेक सैनिक प्रशिक्षित सैनिक थिए।
20:18b.JDG.020.018 इस्राएली मानिसहरू बेतेल शहरसम्म गए। बेतेलमा तिनीहरूले परमेश्वरसित सोधे, “बिन्यामीनका कुल समूहलाई आक्वमण गर्ने पहिलो कुल समूह कुन हुने छ?” परमप्रभुले उत्तर दिनुभयो, “यहूदाका कुल समूह पहिला जानेछ।”
20:19b.JDG.020.019 भोलीपल्ट विहानै इस्राएलका मानिसहरू उठे। तिनीहरूले गिबा शहरको नजिकमा छाउनी हाले।
20:20b.JDG.020.020 तब इस्राएली सेना बिन्यामीन सेनासित युद्ध गर्न गए। इस्राएली सेनाहरू बिन्यामीन सेनाहरूको विरूद्ध गिबा शहरमा तयार भए। बिन्यामीन सेनाहरूले 22,000 इस्राएली सैनिकहरूलाई त्यस दिनको युद्धमा मारे।
20:24b.JDG.020.024 तब इस्राएलका सेनाहरू बिन्यामीनका सेनाका नजिक आए। यो युद्धको दोस्रो दिन थियो।
20:25b.JDG.020.025 बिन्यामीनका सेनाहरू दोस्रोदिन इस्राएलका सेना माथि आक्रमण गर्न गिबा शहरको बाहिर आए। यसपल्ट बिन्यामीनका सेनाले इस्राएलका अरू 18,000 सेनाहरू मारिदिए। ती सबै मानिसहरू इस्राएली सेनाका प्रशिक्षित सैनिकहरू थिए।
20:26b.JDG.020.026 त्यसपछि इस्राएलका सबै मानिसहरू बेतेल शहरसम्म गए। त्यस स्थानमा तिनीहरू बसे अनि परमप्रभु प्रति रोइ-कराइ गरे। तिनीहरूले दिनभरि साँझ नभएसम्म केही भोजन गरेनन्। तिनीहरूले परमप्रभुलाई होमबलि अनि मेलबलि पनि अर्पण गरे।
20:27b.JDG.020.027 इस्राएलका मानिसहरूले परमप्रभुसित एक प्रश्न गरे। (ती दिनहरूमा परमेश्वरको करारको सन्दूक बेतेलमा थियो।
20:28b.JDG.020.028 त्यहाँ परमेश्वरको सेवा गर्ने पूजाहारी पीनहास थिए। पीनहास एलाजारका छोरा थिए। एलाजार हारूनका छोरा थिए।) इस्राएलका मानिसहरूले सोधे, “बिन्यामीनका मानिसहरू हाम्रा आफन्त हुन्। हामी तिनीहरूको विरूद्ध युद्ध गर्न फेरि जानु? कि हामीले युद्ध गर्न बन्द गर्नु?” परमप्रभुले उत्तर दिनुभयो, “जाऊ, भोलि तिनीहरूलाई पराजित गर्न म तिमीहरूलाई सहयोग गर्नेछु।”
20:29b.JDG.020.029 तब इस्राएलका सेनाले गिबा शहरको वरिपरि केही मानिसहरूलाई लुक्न लगाए।
20:30b.JDG.020.030 इस्राएलका सेना तेस्रो दिन गिबा शहरको विरूद्ध लडाँईं गर्न गए। तिनीहरूले अघि गरे जस्तै युद्धका निम्ति तिनीहरू तयार भए।
20:31b.JDG.020.031 बिन्यामीनका सेनाहरू इस्राएलका सेनाहरूको विरूद्ध लड्न गिबा शहर बाहिर आए। इस्राएलका सेना पछिसरे अनि बिन्यामीनका सेनाद्वारा तिनीहरू खेदिन थाले। यसप्रकारले शहरलाई धेरै पछि छाड्न बिन्यामीनका सेनाप्रति छल गरियो अनि बिन्यामीनका सेनाहरूले पहिला गेरे जस्तै इस्राएली सेनाहरूको हत्या गर्न शुरू गरे। तिनीहरूले इस्राएलका प्राय तीस जना मानिसहरू मारे। तिनीहरूले केही मानिसहरूलाई खेतमा मारे अनि केही मानिसहरूलाई बाटोमा मारे। एउटा बाटो बेतेल शहरतिर गएको थियो अनि अर्कोबाटो गिबा शहर तिर गएको थियो।
20:32b.JDG.020.032 बिन्यामीनका मानिसहरूले भने, “हामी अघि जस्तै जित्दै छौं।” इस्राएलका मानिसहरू भाग्दै थिए, तर त्यो एक छल थियो। तिनीहरूले बिन्यामीनका मानिसहरूलाई तिनीहरूका शहरदेखि टाढा बाटोहरूमा लान चाहन्थे।
20:33b.JDG.020.033 यसर्थ सबै मानिसहरू भागे। तिनीहरू बाल तामार नाउँको स्थानमा रोकिए। इस्राएलका केही मानिसहरू गिबाको पश्चिममा लुकिरहेका थिए। तिनीहरू आफू लुकेका स्थानहरूबाट दगुरे अनि गिबा माथि आक्वमण गरे।
20:34b.JDG.020.034 इस्राएलका 10,000 उत्तम शिक्षा पाएका सैनिकहरूले गिबा माथि आक्वमण गरे। युद्ध घमासान भयो। तर बिन्यामीनका सेनालाई तिनीहरू माथि कस्तो भयानक घटूना घटूनेवाला छ त्यो थाहा थिएन।
20:35b.JDG.020.035 परमप्रभुले इस्राएलका सेनाको प्रयोग गर्नु भएर बिन्यामीनका सेनालाई पराजित गरिदिनु भयो। त्यसदिन इस्राएलका सेनाले बिन्यामीनका 25,100 सैनिकहरूलाई मारिदिए। ती सबै सैनिकहरूलाई युद्धका निम्ति प्रशिक्षित तुल्याइएको थियो।
20:36b.JDG.020.036 यसर्थ बिन्यामीनका मानिसहरूले तिनीहरू पराजित भएको देखे। इस्राएलका सेना पछिहटेका थिए। तिनीहरू पछिहटे किनभने तिनीहरूले अचानक-आक्वमण गरेका थिए। तिनीहरूका लुकेका मानिसहरू गिबाको नजिक थिए।
20:37b.JDG.020.037 ती मानिसहरू, जो लुकेका थिए गिबा शहर तिर लुकेर गए। तिनीहरू छरपष्ट भए अनि शहरमा भएका हरेकलाई आफ्नो तरवारद्वारा मारिदिए।
20:38b.JDG.020.038 अब इस्राएलका मानिसहरूले ती लुकेका मानिसहरूका साथ एक योजना बनाए। जब तिनीहरूले गीवालाई अधिकार गरे लुकेका मानिसहरूले एउटा धुवाँको चिन्ह पठाए।
20:42b.JDG.020.042 यसर्थ बिन्यामीनका सेना इस्राएली सेना देखि भागे। तिनीहरू मरूभूमि तिर भागे। तर तिनीहरू लडइँबाट उम्कन सकेनन्। अनि इस्राएलका मानिसहरू शहरहरूबाट बाहिर निस्के र तिनीहरूलाई मारिदिए।
20:43b.JDG.020.043 इस्राएलका मानिसहरूले बिन्यामीनका मानिसहरूलाई घेरामा पारे अनि तिनीहरूलाई खेद्न लागे। तिनीहरूले तिनीहरूलाई विश्राम गर्न दिएनन्। तिनीहरूले गिबा पूर्वको इलाकामा तिनीहरूलाई परस्त गरे।
20:44b.JDG.020.044 यसरी 18,000 साहसी अनि बलवान बिन्यामीन लडकु सैनिकहरू मारिए।
20:45b.JDG.020.045 बिन्यामीनका सेना फर्किए अनि मरूभूमि तिर भागे। तिनीहरू रिम्मोनको चट्टान नाउँ गरेको स्थान तिर भागे। तर इस्राएलीहरूले बाटो तिर बिन्यामीनका 5,000 सैनिकहरूलाई मारिदिए। तिनीहरूले बिन्यामीनका मानिसहरूलाई खेदिरहे। तिनीहरूले गिदोम नाउँ गरेको स्थानसम्म तिनीहरूलाई खेदे। इस्राएली सेनाले त्यस स्थानमा अरू 2,000 बिन्यामीनका मानिसहरूलाई पनि मारे।
20:46b.JDG.020.046 त्यस दिन बिन्यामीन सेनाका 25,000 मानिसहरू मारिए। ती सबै मानिसहरूले आफ्ना तरवारद्वारा साहससित युद्ध गरे।
20:47b.JDG.020.047 तर बिन्यामीनका 600 मानिसहरू मरूभूमि तिर भागे। तिनीहरू रिम्मोनको चट्टान नामक स्थानमा गए अनि त्यहाँ चार महीनासम्म रहे।
20:48b.JDG.020.048 इस्राएलका मानिसहरू बिन्यामीनको देशमा फर्केर गए। तिनीहरूले तिनीहरू गएका हरेक शहरका मानिसहरूलाई मारे। तिनीहरूले सम्पूर्ण पशुहरूलाई पनि मारे। तिनीहरूले आफूले भेट्टाएसम्मका हरेक वस्तु नष्ट गरिदिए। तिनीहरू आइपुगेका हरेक शहरलाई तिनीहरूले जलाइदिए।
21
21:1b.JDG.021.001 मिस्पामा इस्राएलका मानिसहरूले एक शपथ खाएका थिए। तिनीहरूको शपथ यस्तो थियोः “हामीहरूमा कसैले पनि आफ्नी छोरीलाई बिन्यामीनका कुल समूहका कुनै व्यक्तिसित विवाह गर्न दिने छैनौं।”
21:2b.JDG.021.002 इस्राएलका मानिसहरू बेतेल शहरमा गए। तिनीहरू त्यहाँ साँझ नभए सम्म परमेश्वर समक्ष बसे। तिनीहरू त्यहाँ बस्दा जोडले कराए।
21:3b.JDG.021.003 तिनीहरूले परमेश्वरलाई भने, “परमप्रभु तपाईं इस्राएलका मानिसहरूका परमेश्वर हुनुहुन्छ। हामी माथि किन यस्तो भयानक कुरा घट्यो? इस्राएली मानिसहरूको एउटा कुल समूहलाई किन लगियो?”
21:4b.JDG.021.004 अर्को दिन बिहानै इस्राएलका मानिसहरूले एक वेदी निर्माण गरे। तिनीहरूले त्यो वेदीमा परमेश्वरका निम्ति होमबलि अनि मेलबलि चढाए।
21:5b.JDG.021.005 तब इस्राएलका मानिसहरूले भने, “के, कुनै कुल समूह यस्ता छन् जो परमप्रभुको समक्ष हामीसित भेटून आएनन्?” तिनीहरूले यो प्रश्न गरे किनभने तिनीहरूले एउटा महा शपथ खाएका थिए। तिनीहरूले यो प्रतिज्ञा गरेका थिए कि मिस्पा शहरमा जो अन्य कुल समूहहरू साथ आएनन् तिनीहरूलाई मारिनेछ।
21:6b.JDG.021.006 तब, इस्राएली मानिसहरूले तिनीहरूका आफन्त, बिन्यामीनका मानिसहरू प्रति दुःखीत भए। तिनीहरूले भने, “आज इस्राएलबाट एक कुलसमूह हटाइएको छ।
21:7b.JDG.021.007 हामीले परमप्रभुको समक्ष एक भाकल गर्यौं। हामीले हाम्रा छोरीहरूलाई बिन्यामीनका कुनै मानिससित विवाह गर्न नदिने शपथ खाएको छौं। बिन्यामीनका मानिसहरूले पत्नीहरू पाउने छन् भनी हामी कसरी निश्चित हुन् सक्छौं?”
21:8b.JDG.021.008 तब इस्राएलका मानिसहरूले सोधे, “इस्राएलका कुन कुल समूह यहाँ मिस्पामा आएन? हामी परमप्रभुको समक्ष आएका छौं। निश्चयनै एक कुल यहाँ थिएन।” तब तिनीहरूले थाहा पाए कि इस्राएलका अन्य मानिसहरूसँग भेट गर्न याबेश गिलाद शहरबाट कोही पनि आएन।
21:9b.JDG.021.009 इस्राएलका मानिसहरूले त्यहाँ को थियो अनि को थिएन त्यो हेर्नलाई हरेकको गन्ती गरे। तिनीहरूले थाहा पाए कि याबेश गिलादको त्यहाँ कोही थिएन।
21:10b.JDG.021.010 यसर्थ इस्राएलका मानिसहरूले याबेश गिलाद शहर तर्फ 12,000 सैनिकहरू पठाए। तिनीहरूले ती सैनिकहरूलाई भने, “याबेश गिलादमा जाऊ अनि तिनीहरूको तरवारलाई प्रयोग गरी त्यहाँ बस्ने हरेक व्यक्ति, स्त्री एवं केटाकेटीहरू समेतलाई मार।
21:11b.JDG.021.011 तिमीहरूले यसो गर्नुपर्छ। तिमीहरूले याबेश गिलादका हरेक मानिसलाई मार्नु पर्छ। हरेक स्त्री जसले कुनै मानिसको साथ सहवास गरेकी छिन् उसलाई पनि मारिदेऊ। तर जुन स्त्रीले कहिले पनि कुनै मानिससित सहवास गरेकी छैन भने उसलाई नमार।” यसर्थ ती सैनिकहरूले ती कुराहरू गरे।
21:12b.JDG.021.012 ती 12,000 सैनिकहरूले याबेश गिलाद शहरमा चारसय जवान महिलाहरूलाई भेट्टाए जसले कुनै लोग्ने मानिससित कहिले पनि सहवास गरेका थिएनन्। ती सैनिकहरूले ती स्त्रीहरूलाई कनानको भूमिमा शीलोको छाउनीमा ल्याए।
21:13b.JDG.021.013 तब इस्राएली मानिसहरूले बिन्यामीनका मानिसहरूलाई एउटा सन्देश पठाए। तिनीहरूले बिन्यामीनका मानिसहरूसित शान्ति सन्धिको प्रस्ताव गरे। बिन्यामीनका मानिसहरू रिम्मोनको चट्टान नामक स्थानमा थिए।
21:14b.JDG.021.014 यसर्थ बिन्यामीनका मानिसहरू इस्राएलमा फर्केर आए। इस्राएलका मानिसहरूले तिनीहरूलाई तिनीहरूले नमारेका याबेश गिलादका स्त्रीहरू प्रदान गरे। तर बिन्यामीनका सबै मानिसहरूका निम्ति पर्याप्त थिएन।
21:15b.JDG.021.015 इस्राएलका मानिसहरू बिन्यामीनका मानिसहरू प्रति दुःखीत थिए। तिनीहरू, तिनीहरू प्रति दुःखीत भए किनभने परमप्रभुले तिनीहरूलाई इस्राएलका अन्य कुल समूहहरूबाट पृथक पारिदिनु भएको थियो।
21:16b.JDG.021.016 इस्राएलका मानिसहरूका प्रमुखहरूले भने, “बिन्यामीनका कुल समूहका स्त्रीहरू मारिए। बिन्यामीनका मानिसहरूका निम्ति, जो अझ जीवित छन्, हामीले कसरी पत्नीहरू प्राप्त गराइदिनु?
21:17b.JDG.021.017 बिन्यामीनका मानिसहरू, जो अझ जीवितछन्, सन्तानहरू हुनुपर्छ, आफ्ना कुललाई राख्न यस्तो गर्नै पर्छ जसद्वारा इस्राएलका कुल समूह लोप हुनेछैन।
21:18b.JDG.021.018 तर हामी हाम्रा छोरीहरूलाई बिन्यामीनका मानिसहरूसित विवाह गरी दिन सक्तैनौं। हामीले यस्तो शपथ खाएको छौंः ‘कुनै व्यक्ति माथि पनि नराम्रो घट्ना घट्नेछ जसले बिन्यामीनका कुनै मानिसलाई पत्नी दिन्छ।’
21:19b.JDG.021.019 तिनीहरूले भने, हेर, शीलोमा परमप्रभुको उत्सव केही दिनसम्म चल्नेछ।” (शीलो बेतेलको उत्तरमा छ अनि बेतेल देखि शकेम जाने बाटोको पूर्वमा छ। तर लबानोन शहरको दक्षिणमा छ।)
21:20b.JDG.021.020 यसर्थ ती बूढा-प्रधानहरूले बिन्यामीनका मानिसहरूलाई त्यो आफ्ना उपायको बारेमा भने। तिनीहरूले भने, “जाऊ अनि दाखबारीहरूमा लुकी बस।
21:21b.JDG.021.021 उत्सवको बेला जब शीलोका जवान स्त्रीहरू नाचमा सामेल हुन आउँछन् त्यो समयमा हेर। तब दाखबारीमा जहाँ तिमीहरू लुकिरहेका छौ, त्यहाँबाट दगुर। तिमीहरू हरेकले शीलो शहरका एक एकजना जवान स्त्री लेऊ। ती जबान स्त्रीहरूलाई बिन्यामीनको देशमा लैजाऊ अनि तिनीहरूसित विवाह गर।
21:22b.JDG.021.022 ती जवान स्त्रीहरूका बाबु वा दाज्यू-भाईहरू आएर हामी प्रति विरोध जनाए भने। हामी भन्नेछौ, ‘बिन्यामीनका मानिसहरू प्रति दयालु हुनुहोस्। तिनीहरूलाई ती स्त्रीहरूसित विवाह गर्न दिनुहोस्। तिनीहरूले तिमीहरूबाट स्त्रीहरू लगे, तर तिनीहरूले तिमीहरूको विरूद्ध युद्ध गरेनन्। तिनीहरूले स्त्रीहरू लगे, यसर्थ तिमीहरूले परमेश्वर प्रतिको तिम्रो शपथ भङ्ग गरेनौं। तिमीहरूले तिनीहरूलाई विवाह गर्न स्त्रीहरू दिनेछैनौ भनी शपथ खाएका थियौ। तिमीहरूले बिन्यामीनका मानिसहरूलाई स्त्रीहरू दिएनौ, तिनीहरूले स्त्रीहरू तिमीहरूबाट लगे। यसर्थ तिमीहरूले तिमीहरूको शपथ भङ्ग गरेनौं।”‘
21:23b.JDG.021.023 यसर्थ बिन्यामीनका मानिसहरूले जे गरे त्यो यस्तो छ। जब ती जवान स्त्रीहरू नाच्दै थिए तब प्रत्येक मानिसले ती एउटी-एउटी केटीलाई समाते। तिनीहरूले ती जवान स्त्रीहरूलाई लगे। अनि तिनीहरूसित विवाह गरे। तिनीहरू आफ्ना देशतिर फर्किए। बिन्यामीनका मानिसहरूले त्यो देशमा फेरि शहरहरू निर्माण गरे, अनि तिनीहरू ती शहरहरूमा बसे।
21:24b.JDG.021.024 तब इस्राएलका मानिसहरू घर फर्के। तिनीहरू तिनीहरूका आफ्नै देश अनि कुल समूहमा फर्के।
21:25b.JDG.021.025 ती दिनहरूमा इस्राएलका मानिसहरूका कुनै राजा थिएनन्। यसर्थ हरेकले त्यही गर्थे जो उसले सही सम्झन्थ्यो।
- Holder of rights
- Multilingual Bible Corpus
- Citation Suggestion for this Object
- TextGrid Repository (2025). Nepali Collection. Judges (Nepali). Judges (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-ACBB-4