Joshua (Nepali)
1
1:1b.JOS.001.001 मोशा परमप्रभुका दास थिए। नूनका छोरा यहोशू मोशाका सहायक थिए। मोशाको मृत्यु भए पछि, परमप्रभु यहोशूसित बात गर्नुभयो। परमप्रभुले भन्नुभयो,
1:2b.JOS.001.002 “मेरो दास मोशाको मृत्यु भयो। अब तिमी अनि यी मानिसहरू यर्दन नदी पार गरी जानु पर्छ। तिमीहरू त्यो भूमिमा अवश्यै जानु पर्छ जुन चाहि तिमीहरू इस्राएलका मानिसहरूलाई दिदैछु।
1:3b.JOS.001.003 मैले मोशालाई प्रतिज्ञा दिएको थिए कि म यो भूमि तँलाई दिनेछु। यसर्थ तँ जहाँ कही जानेछस् म तँलाई त्यो भूमि दिनेछु।
1:4b.JOS.001.004 हित्तीहरूको सम्पूर्ण भूमि, मरूभूमि अनि लबानोनदेखि महानदी यूफ्रेटिससम्म तिमीहरूको हुने छ। अनि यहाँ देखि पश्चिमको भूमध्यसागर (त्यो स्थान जहाँ सूर्य अस्त हुन्छ) सम्मका समस्त भूमि तेरो सीमाना भित्र हुनेछ।
1:5b.JOS.001.005 कुनै पनि मानिसले तँलाई सम्पूर्ण जीवन भरी रोक्न सक्ने छैन। म जसरी मोशासित रहेको थिएँ, त्यसरी नै म तँसित रहनेछु। म तँलाई त्याग्ने छैन। म तँलाई कहिले छाड्ने छैन।
1:6b.JOS.001.006 “यहोशू, तँ दृढ अनि साहसी हुनुपर्छ। तैंले यी मानिसहरूको अगुवाइ गर्नुपर्छ जसद्वारा तिनीहरूले आफ्ना भूमि लिन सकुन्। मैले तिनीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा दिएको थिएँ कि म तिनीहरूलाई यो भूमि दिनेछु।
1:7b.JOS.001.007 तर तँ एउटा अर्कोको कारणले पनि दृढ अनि साहसी हुनुपर्छ। मेरो दास मोशाले तँलाई दिएका आज्ञाहरू पालन गर्नमा तँ निश्चित हुनु पर्छ। यदि तैंलेउसको उपदेशहरू दाहिने देब्रे नफर्कीकन अनुसरण गरिस् भने तैंले गरेका सबै काममा तँ सफल हुनेछस्।
1:8b.JOS.001.008 त्यस व्यवस्थाको पुस्तकमा लेखिएका कुराहरू सदैव याद राख। दिन-रात त्यस पुस्तकको अध्यान गर। तब तँ त्यसमा लेखिएका कुराहरू पालन गर्न निश्चित हुने छस्। यदि तैंले यसो गरिस् भने तँ ज्ञानी बन्ने छस् अनि तैंलेजे कुरा गर्छस् त्यसमा सफल हुने छस्।
1:9b.JOS.001.009 याद राख, मैले तँलाई दृढ अनि साहसी हुनु भनी आज्ञा गरेकोछु। यसकारण, भयभीत नहो, किनभने परमप्रभु तेरो परमेश्वर तँ जहाँ कँही गएता पनि तेरो साथ रहनु हुनेछ।”
1:10b.JOS.001.010 यसकारण यहोशूले मानिसहरूका अगुवाहरूलाई आदेश दिए, उसले भने,
1:11b.JOS.001.011 “छाउनी भएर जाऊ अनि मानिसहरूलाई तयार हुनु भन। मानिसहरूलाई भन, ‘केही खाद्य पदार्थ तयार गर। अहिले देखि तीन दिनमा हामी यर्दन नदी पारी जानेछौं। परमप्रभु परमेश्वरले तिमीहरूलाई दिनुहुँदै गरेको भूमि अधिकार गर्न हामी जानेछौ।”
1:12b.JOS.001.012 तब यहोशू रूबेन, गादका कुल समूह अनि मनश्शेका आधा कुल समूहसित बात गरे, यहोशूले भने,
1:13b.JOS.001.013 “याद गर परमप्रभुका दास मोशाले तिमीहरूलाई के भनेका थिए। उनले तिमीलाई भनेका थिए, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एउटा विश्राम गर्ने भूमि दिनुभएको छ, परमप्रभुले यो भूमि तिमीहरूलाई दिनुभएको हो।
1:14b.JOS.001.014 वास्तवमा, परमप्रभुले तिमीहरूलाई यर्दन नदीको पूर्व तफर्को यो भूमि दिइसक्नु भएकोछ। यो भूमिमा तिमीहरूका पत्नीहरू, अनि छोरा-छोरीहरू तिमीहरूका पशु प्राणीहरू समेत बस्न सक्नेछौ। तर तिमीहरूका योद्धा मानिसहरू तिमीहरूका दाज्यू-भाइहरूसित यर्दन नदी पार गरी जानुपर्छ। तिमीहरू युद्धका निम्ति तयार हुनुपर्छ अनि तिनीहरूलाई आफ्ना भूमि लिनका निम्ति सहायता गर्नुपर्छ।
1:15b.JOS.001.015 परमप्रभुले तिमीहरूलाई विश्राम गर्नका निम्ति एक स्थान दिनु भएकोछ। अनि तिम्रा दाज्यू-भाइहरूका निम्ति पनि उहाँले त्यसै गर्नु हुनेछ। तर तिमीहरूले तिनीहरूलाई त्यस बेलासम्म सहायता गर्नु पर्छ, जबसम्म तिनीहरूले त्यो भूमि प्राप्त गर्ने छैनन्। जुन परमप्रभु तिनीहरूका परमेश्वरले तिनीहरूलाई दिनु हुँदैछ। तब तिमीहरूको आफ्नै देश, यर्दन नदीको पूर्व तफर्को देशमा फर्की आउँन सक्छौ। परमप्रभुको दास मोशाले त्यो भूमि तिमीहरूलाई दिनु भएको छ।”
1:16b.JOS.001.016 तब मानिसहरूले यहोशूलाई उत्तर दिए, “हामीलाई गर्नु भनी जो आज्ञा तपाइले दिनुहुन्छ त्यो हामी गर्नेछौं। तपाइले हामीलाई जहाँ जानु भन्नुहुन्छ हामी जानेछौं।
1:17b.JOS.001.017 तपाइले हामीलाई जे भने पनि हामी त्यसको पालन गर्नेछौं जसरी हामीले मोशाका आज्ञा पालन गरेका थियौ। हामी परमप्रभुसित एउटा कुराको मात्र याचना गर्न सक्छौ। हामी यो याचना गर्छौ कि परमप्रभु तपाईंको परमेश्वर जसरी उहाँ मोशाका साथ हुनुहुनथ्यो त्यसरी नै तपाईंको साथ रहनुहुनेछ।
1:18b.JOS.001.018 तब, यदि कुनै मानिसले तपाईंको आज्ञा पालन गर्न अस्वीकार गर्छ भने अथवा यदि कुनै मानिस तपाईंको विरूद्ध हुन्छ भने, त्यस मानिसलाई मारिने छ। मात्र बलियो अनि साहसी बन्नुहोस्।”
2
2:1b.JOS.002.001 नूनको छोरा यहोशू र सबै मानिसहरूले शित्तीममा छाउनी बसाएका थिए। यहोशूले दुइजना जासूसहरूलाई पठाए। यहोशूले यी मानिसहरूलाई पठाएको हो भनेर कसैलाई पनि थाहा थिएन। यहोशूले ती मानिसहरूलाई भने, “जाऊ अनि त्यस भूमिलाई हेर, विशेष गरी यरीहो शहरलाई हेर।” यसर्थ ती मानिसहरू यरीहो शहरमा गए। तिनीहरू एउटी वेश्याको घरमा गए उसको नाउँ राहाब थियो अनि त्यहाँ बसे।
2:2b.JOS.002.002 कसैले यरीहोका राजालाई भने, “हिजो राती केही मानिसहरू इस्राएलबाट हाम्रो देशको कमजोरी जान्नलाई आएका छन्।”
2:3b.JOS.002.003 यसकारण यरीहोका राजाले राहाबलाई यो सन्देश पठाए, “तिम्रो घरमा बस्ने मानिसहरूलाई हामी कहाँ ल्याऊ। तिनीहरू हाम्रो देशको भेद लिन आएका हुन्।”
2:4b.JOS.002.004 स्त्रीले दुई मानिसहरूलाई लुकाई र भनी, “हो दुई मानिस यहाँ आएका थिए, तर मलाई थाहा भएन तिनीहरू कहाँबाट आएका थिए।
2:5b.JOS.002.005 साँझमा, जब शहरको द्वार बन्द हुने बेला भएको थियो, ती मानिसहरू गए। मलाई थाहा भएन तिनीहरू कहाँ गए। हुनसक्छ यदि तिमीहरू चाँच्चे गयौ भने तिनीहरूलाई पक्रन सक्ने छौ।”
2:6b.JOS.002.006 (राहाबले ती कुराहरू भनिन्, तर वास्तवमा, तिनले ती मानिसहरूलाई छतमाथि लगेकी थिइन्, अनि तिनले तिनीहरूलाई त्यहाँ थाक पारेर राखेको परालमा लुकाएकी थिइन्।)
2:7b.JOS.002.007 यसकारण राजाका मानिसहरू शहरबाट बाहिर गए, अनि मानिसहरूले शहर-द्वारहरू बन्द गरे। राजाका मानिसहरूले इस्राएलका ती दुई मानिसहरूलाई खोज्न गए। तिनीहरू यर्दन नदीतर्फ गए अनि ती सबै ठाउँहरू तिर हेरे जहाँ मानिसहरू नदी पार गर्थे।
2:8b.JOS.002.008 दुई मानिसहरू राती सुत्न तयार थिए। तर राहाब छतमा गइन् अनि तिनीहरूसित बात गरिन्।
2:9b.JOS.002.009 राहाबले भनिन्, “म जान्दछु कि परमप्रभुले यो भूमि तपाईंहरूको मानिसहरूलाई दिनु भएको छ। तिमीहरूले हामीलाई भयभीत तुल्याउँछौ। यो देशमा बस्ने समस्त मानिसहरू तिमीहरूसित भयभीत छन्।
2:10b.JOS.002.010 हामीहरू भयभीत भएका छौं किनभने हामीले सुनेका छौं कि परमप्रभुले तिमीहरूलाई कुन प्रकारले सहायता प्रदान गर्नु भयो। हामीले सुन्यौं कि उहाँले लाल समुद्रको पानी सुकाई दिनु भयो जब तिमीहरू मिश्रदेशबाट बाहिर आयो। तिमीहरूले ती दुई एमोरी राजाहरू सीहोन अनि ओगलाई के गर्यौ, हामीले त्यो पनि सुन्यौ अनि कसरी तिमीहरूले ती दुई राजाहरूलाई जो यर्दन नदीको पूर्वमा बस्दथे विनाश गर्यो।
2:11b.JOS.002.011 हामीले ती कुराहरू सुन्यौं अनि हामी अत्यन्त भयभीत भयौं। अनि जब हामी मध्ये कोही पनि यस्तो साहसी मानिस छैन जो तिमीहरूसित युद्ध गर्न सकुन्। किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वरले माथि स्वर्ग अनि तल पृथ्वीमा शासन गर्नुहुन्छ।
2:12b.JOS.002.012 यसकारण अब म चाहन्छु कि तिमीहरूले मलाई एक वचन देऊ। म तिमीहरू प्रति दयालु थिएँ अनि तिमीहरूलाई सहायता गरें। यसर्थ परमप्रभु समक्ष वचन देऊ कि तिमीहरू मेरो परिवार प्रति दयालु हुनेछौ। कृपया मलाइ भन कि तिमीहरू यसो गर्नेछौं।
2:13b.JOS.002.013 मलाई भन कि तिमीहरूले मेरो परिवारलाई जीवित रहन दिनेछौ। मेरो माता-पिता, दाज्यू-भाइहरू, दिदी बहिनीहरू अनि तिनीहरूका सबै परिवारहरूको लागि वचन देऊ कि तिमीहरूले हामीलाई मृत्युबाट बचाँउने छौ।”
2:14b.JOS.002.014 ती मानिसहरू सहमत भएर तिनीहरूले भने, “तिमीहरूको जीवनका निम्ति हामी हाम्रो जीवन दिनेछौं। कसैलाई न भन हामीहरूले के गरिरहेछौ। जब परमप्रभुले हामीलाई हाम्रो देश दिनु हुनेछ, तब हामी तिमी प्रति दयालु रहनेछौं। तिमीले हामीलाई विश्वास गर्न सक्छौ।”
2:15b.JOS.002.015 त्यो स्त्रीको घर शहरको पर्खालमाथि बनाइएको थियो। यो पर्खालकै एउटा भाग थियो यसकारण त्यो स्त्रीले डोरी प्रयोग गरेर ती मानिसहरूलाई शहरको बाहिरा झ्यालबाट तल झारी दिइन्।
2:16b.JOS.002.016 तब त्यस स्त्रीले तिनीहरूलाई भनिन्, “पहाडको पश्चिम तिर जाऊ जसमा कि राजाका मानिसहरूले अचानक तिमीहरूलाई भेट्ने छैनन्। त्यहाँ तीन दिन सम्म लुकेर बस। राजाका मानिसहरू फर्केर आएपछि तिमीहरू तिमीहरूको बाटो जान सक्नेयछौं।”
2:17b.JOS.002.017 ती मानिसहरूले तिनलाई भने, “हामीले तिमीसंग प्रतिज्ञा गरयौं। तर तिमीले हाम्रा आदेशहरू पालन गर्नुपर्छ, नत्र हामीले गरेको प्रतिज्ञा प्रति हामी उत्तरदायी हुने छैनौं।
2:18b.JOS.002.018 हामी यो इलाकामा फर्की आउनेछौं। जब हामी यसो गछौं, तिमीले यही रातो डोरी तिम्रो झ्यालबाट तल रहन दिनु पर्छ र तिमीले तिम्रो बाबु, आमा, दाज्यू-भाइहरू, अनि सारा परिवारलाई तिम्रो घरभित्र ल्याउनु पर्छ।
2:19b.JOS.002.019 हामी यो घरमा रहने प्रत्येक मानिसको सुरक्षा गर्नेछौं। यदि तिम्रो घरमा कसैलाई चोट लाग्यो भने, तब हामी त्यसको जिम्मावार हुनेछौं। तर यदि कुनै मानिस तिम्रो घरको बाहिर जान्छ, तब त्यो मानिसलाई मार्न सकिन्छ। हामी त्यस मानिसका निम्ति उत्तरदायी हुने छैनौं। यो उसको आफ्नै दोष हुनेछ।
2:20b.JOS.002.020 हामी तिमीसित यो सम्झौता गरिरहेछौं। तर यदि तिमीले कसैलाई हामीले के गर्दैछौं सो भन्यौ भने तब हामी यो सम्झौताबाट मुक्त रहनेछौं।”
2:21b.JOS.002.021 त्यस स्त्रीले जवाफ दिइ, “तिमीहरूले जे भन्यौ म ठीक त्यसै गर्नेछु।” त्यस स्त्रीले बिदाइ गरिन् अनि ती मानिसहरू तिनको घर छाडेर हिंडे। अनि त्यस स्त्रीले रातो डोरी झ्यालमा बाँधिन्।
2:22b.JOS.002.022 ती मानिसहरूले तिनको घर छाडे अनि पहाडमा गए। तिनीहरू त्यहाँ तीन दिनसम्म बसे। राजाका मानिसहरूले बाटो भरिहेरे। तीन दिन पछि, राजाका मानिसहरूले खोजी गर्न छाडि दिए अनि फर्केर शहरतिर गए।
2:23b.JOS.002.023 त्यसपछि ती दुइ मानिस फर्केर यहोशू कहाँ गए। ती मानिसहरूले पहाड छोडे अनि नदी पार गरे। तिनीहरू नूनका छोरा यहोशू कहाँ गए। तिनीहरूले थाहा पाएका प्रत्येक कुराहरू यहोशूलाई भने।
2:24b.JOS.002.024 तिनीहरूले यहोशूलाई भने, “परमप्रभुले साँच्चै नै सम्पूर्ण देश हामीलाई दिनु भएको छ। त्यस देशका समस्त मानिसहरू हामीसित भयभीत छन्।”
3
3:1b.JOS.003.001 भोलिपल्ट बिहानै उठे यहोशू अनि इस्राएलका समस्त मानिसहरू अनि शित्तीम छाडेर हिंडे। तिनीहरूले यर्दन नदी तिर यात्रा गरे, अनि नदी तर्नु अघि छाउनी हालेर बसे।
3:2b.JOS.003.002 तीन दिन पछि अगुवाहरू छाउनी भएर गए।
3:3b.JOS.003.003 अगुवाहरूले मानिसहरूलाई आज्ञा दिए। तिनीहरूले भने, “तिमीहरूले पूजाहारी अनि लेवीहरूलाई परमप्रभु तिमीहरूको परमेश्वरको करारको सन्दूक बोकेका देख्ने छौ त्यसबेला तिमीहरू तिनीहरूको पछि लाग्नु पर्छ।
3:4b.JOS.003.004 तर धेरै नजिक भएर नपछ्याउनु। तिनीहरूसँग दुई हजार हातको पछि रहनु। तिमीहरू पहिला यहाँ आएका थिएनौ। तर यदि तिमीहरूले तिनीहरूलाई पछ्यायौ भने कहाँ जानु पर्ने तिमीहरूले थाहा पाउनेछौ।”
3:5b.JOS.003.005 त्यसपछि यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले स्वयंलाई पवित्र बनाऊ। भोलि परमप्रभुले अद्भुत कुराहरू गर्नका निम्ति तिमीहरूको उपयोग गर्नु हुनेछ।”
3:6b.JOS.003.006 तब, यहोशूले पूजाहारीहरूलाई भने, “करारको सन्दूक लेऊ अनि मानिसहरूको अघि गएर नदी पारी जाऊ।” यसकारण पूजाहारीहरूले सन्दूक उठाए अनि बोकेर मानिसहरूको अगाडी गए।
3:7b.JOS.003.007 तब परमप्रभुले यहोशूलाई भन्नु भयो, “आज म तँलाई इस्राएलका समस्त मानिसहरूको नजरमा महान तुल्याउने काम शुरू गर्नेछु। तब मानिसहरूले जान्ने छन् म मोशाको साथमा थिएँ त्यसरी नै तेरो साथमा पनि छु।
3:8b.JOS.003.008 पूजाहारीहरूले करारको सन्दूक बोक्ने छन्। पूजाहारीहरूलाई भन, ‘तिमीहरूले यर्दन नदीमा खुट्टा राख्नु पर्छ र पानीमा उभिनु पर्छ।”‘
3:9b.JOS.003.009 तब यहोशूले इस्राएलका मानिसहरूलाई भने, “आऊ, अनि परमप्रभु तिमीहरूका परमेश्वरको वचन सुन।
3:10b.JOS.003.010 यहाँ प्रमाण छ कि जीवित परमेश्वर साँच्चै तिमीहरूका साथ हुनुहुन्छ। यहाँ प्रमाण छ कि उहाँले सँच्चै नै तिमीहरूका शत्रुहरूलाई परास्त गरिदिनु हुनेछ। उहाँले कनानी, हित्ती, परिज्जी, गिर्गाशी, एमोरी अनि यबूसी मानिसहरूलाई परास्त गर्नुहुने छ, उहाँले तिनीहरूलाई त्यो भूमि छोड्न वाध्य तुल्याउनु हुनेछ।
3:11b.JOS.003.011 जब तिमीहरू यदर्न नदी पार गर्छौ सम्पूर्ण संसारका मालिकको करारको सन्दूक तिमीहरूको अघि जानेछ।
3:12b.JOS.003.012 अब, बाह्रजना मानिसहरू छान। इस्राएलको बाह्र कुल समुहबाट एक मानिस छान।
3:13b.JOS.003.013 पूजाहारीहरूले परमप्रभुको सन्दूक बोक्नेछन्। परमप्रभु सम्पूर्ण पृथ्वीका मालिक हुनुहुन्छ। जब तिनीहरू पानीमा पस्छन् यर्दन नदीको पानी बग्न रोकिन्छ। पानी बन्द भएर बाँध जस्तै बनिनेछ।”
3:14b.JOS.003.014 पूजाहारीहरूले करारको सन्दूक बोके अनि मानिसहरूले आफ्नो छाउनी छाडे, मानिसहरूले यर्दन नदी तर्न तिनीहरूको पछि लागे।
3:15b.JOS.003.015 फसल कटनीको समयमा यर्दन नदी किनार माथि माथि भएर बग्छ। यसर्थ नदी पूर्ण रूपले भरिएको थियो। पूजाहारीहरू, जसले सन्दूक बोकेका थिए, नदीका किनारमा आए र तिनीहरूले पानीमा टेके।
3:16b.JOS.003.016 अनि पानी बग्न तुरन्तै बन्द भयो। यो पानी नदीको धेरै टाढो अदाम (शरतानको शहर) सम्म एउटा बाँध जस्तो थुप्रियो, यस्तो प्रकारले कि अराबाह समुद्र (मृत सागर) तिर बगिरहेको पानी पुरै काटिएको थियो। मानिसहरू नदी पार गरेर यरीहोको नजीक पुगे।
3:17b.JOS.003.017 त्यस स्थानको भूमि सूक्खा भयो, अनि पूजाहारीहरू परमप्रभुको करारको सन्दूक बोकेर नदीको माझमा पुगे र तिनीहरू रोकिए। पूजाहारीहरू त्यहाँ पर्खिए तब इस्राएलका सबै मानिसहरू सूख्खा भूमि भएर हिंडेर यर्दन नदी पारी पुगे।
4
4:1b.JOS.004.001 सबै मानिसहरूले यर्दन नदीपार गरिसके पछि परमप्रभुले यहोशूलाई भन्नुभयो,
4:2b.JOS.004.002 “प्रत्येक कुल समूहबाट एक-एकजना गरी बाह्र जना मानिसहरू छान।
4:3b.JOS.004.003 त्यहाँ तिनीहरूलाई नदीमा जहाँ पूजाहारीहरू उभिरहेका छन् हेर भन्। त्यस स्थानमा बाह्रवटा ढुङ्गा खोज भनी तिनीहरूलाई भन। ती बाह्रवाटा ढुङ्गाहरू तिमीहरुलेबोक। आज राती तिमीहरू जहाँ बस्छौ त्यस स्थानमा ती बाह्रवटा ढुङ्गाहरूलाई राख।”
4:4b.JOS.004.004 यसकारण यहोशूले प्रत्येक कुल समूहबाट एक एकजना मानिसलाई चुने। तब तिनले ती बाह्र-मानिसहरूलाई साथमा बोलाए।
4:5b.JOS.004.005 यहोशूले ती मानिसहरूलाई भने, “नदीको त्यस ठाउँमा जाऊ जहाँ परमप्रभु तिमीहरूका परमेश्वरको करारको सन्दूक छ। तिमीहरू प्रत्येकले एक-एकवटा ढुङ्गा लिनै पर्छ। इस्राएलका बाह्र कुल समूह प्रत्येक समूहको लागि तिमीहरूले एक एकवटा ढुङ्गा लेऊ। यी ढुङ्गा तिमीहरूले आफ्नो काँधमा बोक।
4:6b.JOS.004.006 यी ढुङ्गाहरू तिमीहरूका निम्ति यादको चिन्ह हुनेछन। भविष्यमा, तिमीहरूका छोरा-छोरीहरूले तिमीहरूलाई ‘यी ढुङ्गाहरूको अर्थ के हो? भनी सोध्नेछन्’
4:7b.JOS.004.007 तिमीहरूले छोरा-छोरीहरूलाई भन्ने छौ कि परमप्रभुले यर्दन नदीको पानी बग्न बन्द गरिदिनु भयो। जब परमप्रभुको करारको पवित्र सन्दूक नदीपार भयो। ती ढुङ्गाहरूले इस्राएलका मानिसहरूलाई यो कुरा सदा याद गर्नमा सहायता गर्नेछ।”
4:8b.JOS.004.008 यसकारण इस्राएलका मानिसहरूले यहोशूको आज्ञा पालन गरे। तिनीहरूले यर्दन नदीको माझबाट बाह्रवटा ढुङ्गाहरू बोके। इस्राएलका बाह्र कुल समूहका प्रत्येकले एक-एकवटा ढुङ्गा लिए। तिनीहरूले यो काम परमप्रभुले यहोशूलाई आज्ञा गर्नु भए अनुसार गरे। मानिसहरूले ती ढुङ्गाहरू आफूसित बोके। त्यसपछि तिनीहरूले ती ढुङ्गाहरू त्यस स्थानमा राखे जहाँ तिनीहरूले आफ्ना छाउनी खडा गरेका थिए।
4:9b.JOS.004.009 यहोशूले बाह्रवटा ढुङ्गाहरू यर्दन नदीका माझमा राखे। उसले ती ढुङ्गाहरू त्यस स्थानमा राखे जहाँ परमप्रभुको पवित्र सन्दूक बोक्दा पूजाहारीहरू उभिएका थिए। त्यस स्थानमा ती ढुङ्गाहरू आजसम्म पनि छन्।
4:10b.JOS.004.010 परमप्रभुले यहोशूलाई आज्ञा दिनु भएको थियो कि मानिसहरूलाई भन कि तिनीहरूले के गर्नु पर्छ। ती यी कुराहरू थिए जो मोशा र यहोशूले गर्नैपर्छ भनेका थिए। जबसम्म पवित्र सन्दूक बोकेर पूजाहारीहरू नदीको माझमा उभिरहे तबसम्म ती कुराहरू पूरा भएनन्। मानिसहरू हत्तारिएर नदीपारि गए।
4:11b.JOS.004.011 मानिसहरूले नदी तर्ने काम सके त्यसपछि, पूजाहारीहरूले परमप्रभुको सन्दूक मानिसहरूको समक्ष बोकेर ल्याए।
4:12b.JOS.004.012 रूबेन, गाद अनि मनश्शेका आधा कुल समूहका लडाकु मानिसहरूले मोशाका आदेशहरू अनुशरण गरे र नदी पार गरी अरू मानिसहरूको अगाडि गए।
4:13b.JOS.004.013 झण्डै चालिस हजार सैनिकहरू युद्धका निम्ति तयार भए, तिनीहरू यरीहोको मैदानतिर गएर परमप्रभुको अगाडि नदी पार गरे।
4:14b.JOS.004.014 त्यस दिन परमप्रभुले इस्राएलका सबै मानिसहरूको नजरमा यहोशूलाई एक महान मानिस बनाउनु भयो। त्यस समय देखि मानिसहरूले यहोशूलाई सम्मान गर्न थाले। तिनीहरूले यहोशूलाई तिनको जीवनकाल भरि त्यही प्रकारले सम्मान गरे जसरी तिनीहरूले मोशालाई सम्मान गर्थे।
4:15b.JOS.004.015 सन्दूक बोकेर पूजाहारीहरू नदीमा उभिरहेका बेला परमप्रभुले यहोशूलाई भन्नु भयो,
4:16b.JOS.004.016 “पूजाहारीहरूलाई यर्दन नदीबाट बाहिर निस्कनु भनी आदेश दे।”
4:17b.JOS.004.017 यसकारण यहोशूले पूजाहारीहरूलाई आदेश दिए। तिनले भने, “यर्दन नदीको बाहिर आऊ।”
4:18b.JOS.004.018 पूजाहारीहरूले यहोशूको आज्ञा पालन गरे। तिनीहरूले आफूसित सन्दूक बोके अनि नदी बाहिर आए। जब पूजाहारीहरूले नदीको पल्लो छेउको भूमिलाई छोए, नदीको पानी फेरि बग्न शुरूभयो। पानीले यसको किनारहरू त्यस्तै गरि ढाक्यो जसरी मानिसहरू नदी पार गर्नु अघि ढाकेको थियो।
4:19b.JOS.004.019 मानिसहरूले पहिलो महीनाको दशौं दिनमा यर्दन नदीपार गरे। मानिसहरूले यरीहोको पूर्व गिलगालमा छाउनी बसाए।
4:20b.JOS.004.020 मानिसहरूले तिनीहरूसित ती बाह्रवटा ढुङ्गाहरू बोके जो यर्दन नदीबाट ल्याएका थिए। अनि यहोशूले ती ढुङ्गाहरूलाई गिलगालमा स्थापना गरे।
4:21b.JOS.004.021 तब यहोशूले मानिसहरूलाई भने, “भविष्यमा तिमीहरूका छोरा-छोरीहरूले आफ्ना माता-पितालाई सोध्नेछन्, ‘यी ढुङ्गाहरूको अर्थ के हो?’
4:22b.JOS.004.022 तिमीहरूले छोरा छोरीहरूलाई भन्नेछौ, ‘ती ढुङ्गाहरूले इस्राएलका मानिसहरूले सूख्खा भूमि भएर कसरी यर्दन नदी पार गरे सो सम्झना दिलाउन हामीलाई सहायता गर्नेछ।
4:23b.JOS.004.023 परमप्रभु तिमीहरूका परमेश्वरले यर्दन नदीको पानीलाई बग्न बन्द गरिदिनु भयो यसकारण तिमीहरूले सूख्खा भूमि भएर यर्दन पार गर्न सक्यौ-ठीक त्यही बेलामा जस्तै जब परमप्रभुले लाल समुद्रको पानीलाई रोकि दिनु भयो अनि हामीले यसलाई सूख्खा भूमि भएर पार गर्न सक्यौ।’
4:24b.JOS.004.024 परमप्रभुले यस भूमिमा भएका मानिसहरूलाई उहाँ अति शक्तिशाली हुनुहुन्छ र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रत्येक दिन स्मारण गरून् भनी यसो गर्नु भयो।”
5
5:1b.JOS.005.001 यसरी इस्राएलका मानिहरूले यर्दन नदी पार नगरूञ्जेल यर्दन नदीलाई सूख्खा पारिदिनु भयो। यर्दन नदीको पश्चिम तर्फ बस्ने एमोरी अनि भूमध्य सागरको छेउमा बस्ने कनानीहरूका राजाहरूले यस विषयमा सुने अनि अत्यन्त भयभीत भए। त्यसपछि तिनीहरू इस्राएलका मानिसहरूको विरूद्ध खडा हुन र युद्ध गर्नको लायक साहसी रहन सकेनन्।
5:2b.JOS.005.002 त्यसबेला, परमप्रभुले यहोशूलाई भन्नुभयो, “र्दशिन ढुङ्गाबाट कर्दहरूबना अनि इस्राएलका मानिसहरूको खतना गर।”
5:3b.JOS.005.003 यसकारण यहोशूले र्दशिन ढुङ्गाबाट कर्दहरू बनाए। त्यस पछि तिनले गिबियथ हाअरालोथमा इस्राएल मानिसहरूको खतना गरिदिए।
5:8b.JOS.005.008 यहोशूले सबै मानिसहरूको खतना गरिदिने काम पूर्ण गरे। मानिसहरूले त्यस स्थानमा छाउनी बनाएर बसे जब सम्म सबै मानिसहरू निको भएनन्।
5:9b.JOS.005.009 त्यसबेला, परमप्रभुले यहोशूलाई भननुभयो, “मिश्रमा तिमीहरू दास थियौ। अनि जसले तिमीहरूलाई लज्जित तुल्यायो। तर आज मैले त्यो लाज हटाइ दिएको छु।” यसकारण यहोशूले त्यस स्थानको नाउँ गिलगाल राखे। अनि त्यस स्थानलाई आज पनि गिलगाल नै भनिन्छ।
5:10b.JOS.005.010 जब तिनीहरू यरीहोको मैदान गिलगालमा छाउनी हालेर बसेका थिए इस्राएलका मानिसहरूले निस्तार चाड मनाए। यो त्यस महीनाको चौधौं दिनको साँझमा थियो।
5:11b.JOS.005.011 निस्तार चाडको पछिल्लो दिन मानिसहरूले भोजन खाए जुन त्यस भूमिमा उम्रिएको थियो तिनीहरूले अखमिरे रोटी र भुटेको अन्न खाए।
5:12b.JOS.005.012 भोलिपल्ट बिहान स्वर्गबाट विशेष भोजन आउन बन्द भयो। मानिसहरूले कनान देशमा उम्रिएका खाद्य पदार्थ खाएको पछिल्लो दिन यस्तो भयो। त्यसबेला देखि यता इस्राएलका मानिसहरूले स्वर्गबाट विशेष भोजन पाएनन्।
5:13b.JOS.005.013 जब यहोशू यरीहोको नजिक थिए उनले माथितिर हेरे अनि आफ्नो अघि एकजना मानिसलाई उभिरहेको देखे। त्यो मानिसको हातमा एउटा तरवार थियो। यहोशू त्यस मानिसकहाँ गए र सोधे, “तपाईं हाम्रा मानिसहरूको मित्र हुनुहुन्छ, अथवा शत्रु?”
5:14b.JOS.005.014 त्यस मानिसले उत्तर दिए, “म शत्रु होइन। म परमप्रभुको सैनिकहरूका कप्तान हुँ। म भर्खरै तिमी कहाँ आएको छु।” तब यहोशूले भूइँतिर आफ्ना शिर झुकाए। तिनले सम्मान जनाउन यसो गरे। तिनले सोधे, “म तपाइको सेवक हुँ। के मेरो मालिकबाट मलाई केही सन्देश छ?”
5:15b.JOS.005.015 परमप्रभुका सेनाका कप्तानले उत्तर दिए, “तिम्रो जुत्ता खोल। जहाँ तिमी उभिरहेको छौ त्यो स्थान अहिले पवित्र छ।” यसर्थ यहोशूले उसको आज्ञा पालन गरे।
6
6:1b.JOS.006.001 यरीहो शहर बन्द थियो। शहरका मानिसहरू भयभीत थिए किनभने इस्राएलका मानिसहरू नजिकमा थिए। कोही पनि शहर भित्र पसेनन् अनि कोही पनि शहर बाहिर आएनन्।
6:2b.JOS.006.002 तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “हेर, म यरीहो शहरलाई परास्त गर्नेछु अनि यसको राजा र सबै लडाकूहरू म तिमीलाई दिनेछु।
6:3b.JOS.006.003 प्रत्येकदिन एकपल्ट आफ्ना सेना सहित शहर वरिपरि हिड। छः दिन सम्म यसो गर।
6:4b.JOS.006.004 पूजाहारीहरूलाई पवित्र सन्दूक बोक्नु भन। सातजना पूजाहारीहरूलाई भेडाको सींगबाट बनाएको तुरही बोक्नु भन अनि पवित्र सन्दूकको अघि अघि हिंड्नु भन। सातैं दिनमा, शहर वरिपरि सात पल्ट घुम। सातैं दिनमा तिनीहरू हिंड्दा पूजाहारीहरूलाई, तुरही बजाउनु भन।
6:5b.JOS.006.005 पूजाहारीहरूले तुरहीको ठुलो ध्वनि निकाल्ने छन्। तिनीहरूले तुरहीहरू फुक्नेछन् तब मानिसहरू कराउनु पर्छ। जब तिमीहरूले यसो गर्छौ शहरका पर्खालहरू भत्किनेछन् अनि तिम्रा मानिसहरू शहरभित्र जान समर्थ हुनेछन्।”
6:6b.JOS.006.006 यसकारण नूनका छोरा यहोशूले पूजाहारीहरूलाई साथमा बोलाए। यहोशूले तिनीहरूलाई भने, “परमप्रभुको पवित्र सन्दूक बोक। अनि सातजना पूजाहारीहरूलाई तुरही बोकेर सन्दूकको अगि अगि हिंडनु भन।”
6:7b.JOS.006.007 त्यसपछि यहोशूले मानिसहरूलाई आदेश दिए, “अब जाऊ, शहर वरिपरि घुम। सैनिकहरू हात-हतियार सहित परमप्रभुको पवित्र सन्दूक अगि अगि हिंड्ने छन्।”
6:8b.JOS.006.008 जब यहोशूले मानिसहरूलाई आज्ञा गरे सातजना पूजाहारीहरू परमप्रभुको अघि हिंड्न थाले। तिनीहरूले सातवटा तुरहीहरू बोके अनि बजाउँदै हिंडे। पूजाहारीहरूले तिनीहरूलाई परमप्रभुको पवित्र सन्दुकसितै पछ्याए।
6:9b.JOS.006.009 सैनिकहरू हात हतियार सहित ती पूजाहारीहरूका अघि-अघि हिंडे जो तुरही बजाउँदै थिए। अनि पछाडिका रक्षकहरू पवित्र सन्दूकको पछि पछि हिंडे। यसरी तिनीहरू पैदल हिंडदै अनि तुरही बजाउँदै शहर वरिपरि हिंडे।
6:10b.JOS.006.010 यहोशूले मानिसहरूलाई नकराउनु भनी आदेश दिएका थिए। उनले भने, “नकराऊ। जबसम्म म तिमीहरूलाई भन्दिन त्यस दिनसम्म एउटा शब्द ननिकाल अनि तब कराऊ।”
6:11b.JOS.006.011 यसरी यहोशूले पूजाहारीहरूलाई परमप्रभुको पवित्र सन्दूक बोकेर एकपल्ट शहर वरिपरि घुम्न लगाए। तब तिनीहरू छाउनीमा फर्किए अनि त्यो रात बिताए।
6:12b.JOS.006.012 भोलि पल्ट बिहानै यहोशू उठे। पूजाहारीहरूले परमप्रभुको पवित्र सन्दूक फेरि बोके।
6:13b.JOS.006.013 अनि सातजना पूजाहारीहरूले सातवटा तुरहीहरू बोके। तिनीहरू हिंडदै अनि तिनीहरूका तुरही बजाउँदै परमप्रभुको पवित्र सन्दूक अघि अघि हिंडे। हात-हतियार सहितका सैनिकहरू तिनीहरूको अघि हिंडे अनि पछाडिको रक्षकहरू परमप्रभुको पवित्र सन्दूक पछि-पछि हिंडे। तिनीहरू हिंड्दै अनि तुरही बजाउँदै शहर वरिपरि गए।
6:14b.JOS.006.014 यसरी दोस्रो दिन तिनीहरू शहर वरिपरि सबै एकपल्ट घुमे। अनि तिनीहरू छाउनी तिर फर्किए। तिनीहरूले छ दिनसम्म दैनिक यसो गरे।
6:15b.JOS.006.015 सातौं दिनमा तिनीहरू झिसमिसेमा नै उठे। अनि तिनीहरू शहर वरिपरि सात पल्ट घुमे। तिनीहरू त्यही तरिकाले हिंडे जसरी अघिल्ला दिनहरूमा हिंडेका थिए, तर त्यसदिन तिनीहरू सात पल्ट शहर वरिपरि घुमे।
6:16b.JOS.006.016 जब सातौ पल्ट तिनीहरू शहर वरिपरि घुमे, पूजाहारीहरूले आफ्ना तुरहीहरू बजाए। त्यसबेला, यहोशूले आदेश दिए, “अब कराऊ। परमप्रभुले यो शहर तिमीहरूलाई प्रदान गर्नु हुँदैछ।
6:17b.JOS.006.017 यो शहर अनि यसमा भएका हरेक थोक परमप्रभुका हुन्। केवल राहाब वेश्या अनि तिनका घरमा भएका सबै मानिसहरू मात्र जीवित रहने छन्। यी मानिसहरूलाई मार्नु हुँदैन किनभने राहाबले ती दुई गुप्तचरहरूलाई सहयोग गरेकी थिइन्।
6:18b.JOS.006.018 यो पनि याद राख कि हामीले अन्य सबै कुराहरू नष्ट गर्नु पर्छ। ती कुराहरू नलिनु। यदि तिनीहरूले ती कुराहरू लियौ अनि हाम्रा छाउनीमा ल्यायौ भने तब तिमीहरू स्वयंम नष्ट हुनेछौ। अनि तिमीहरूले इस्राएलका सबै मानिसहरू प्रति पनि कष्ट ल्याउने छौ।
6:19b.JOS.006.019 सुन, चाँदी, काँस र फलामले बनाएका वस्तुहरू परमप्रभुका हुन्। ती वस्तुहरू परमप्रभुको भण्डारमा ल्याउनु पर्छ।”
6:20b.JOS.006.020 पूजाहारीहरूले तुरही बजाए। मानिसहरूले तुरही बजेका सुने अनि कराउन थाले। ती पर्खालहरू भत्किए अनि मानिसहरू सीधै शहर भित्र कुदे। यसरी इस्राएलका मानिसहरूले त्यस शहरलाई परास्त गरे।
6:21b.JOS.006.021 मानिसहरूले शहरमा भएका हरेक वस्तु नष्ट गरे। जो त्यहाँ जीवित थिए। तिनीहरूले जवान, बृद्ध, मानिसहरू, जवान स्त्री र बृद्ध स्त्रीहरू गाईवस्तु, भेंडा अनि गधाहरू सबैलाई मारे।
6:22b.JOS.006.022 यहोशूले ती दुई गुप्तचरसित कुरा गरे। यहोशूले भने, “वेश्याको घरमा जाऊ। तिनलाई र तिनीसित भएका सबैलाई बाहिर ल्याऊ। यसो गरिहाल किनकि तिमीहरूले तिनलाई प्रतिज्ञा गरेकाछौ।”
6:23b.JOS.006.023 यसकारण ती दुइ मानिसहरू घर भित्र गए अनि राहाबलाई बाहिर ल्याए। तिनीहरूले तिनका पिता-माता, दाज्यू-भाइ, अनि तिनीसित भएका अन्य सबै मानिसहरूलाई पनि बाहिर ल्याए। तिनीहरूले सबै मानिसहरूलाई इस्राएलका छाउनी बाहिर एक सुरक्षित स्थानमा राखे।
6:24b.JOS.006.024 त्यसपछि इस्राएलका मानिसहरूले पूरा शहर आगोले जलाइ दिए। तिनीहरूले शहरका सुन, चाँदी, काँसा अनि फलाम द्वारा बनाएको वस्तुहरू बाहेक अन्य सबै वस्तुलाई जलाइ दिए। तिनीहरूले ती वस्तुहरू परमप्रभुको भण्डारमा राखे।
6:25b.JOS.006.025 यहोशूले राहाब वेश्या, तिनका परिवार अनि तिनीसित भएका अन्य सबै मानिसहरूलाई बचाए। यहोशूले तिनीहरूलाई जीवित रहन दिए किनभने राहाबले ती जासूसी गर्न पठाएका दूतहरूलाई सहयोग गरेकि थिइन्, जसलाई यहोशूले यरीहोमा पठाएका थिए। राहाब इस्राएलका मानिसहरू बीच आजसम्म बस्छिन्।
6:26b.JOS.006.026 त्यस समयमा, यहोशूले यो महत्वपूर्ण शपथ लिए। तिनले भनेः “जो कोही मानिस जसले यरीहोको फेरि निर्माण गर्छ त्यो परमप्रभुद्वारा खतरामा पर्नेछ। जो कसैले यो शहरमा जग बसाल्छ त्यसले आफ्नो सबै भन्दा जेठा छोरा गुमाउने छ। जसले त्यस्ता मानिसद्वारा खडा गर्छ त्यसले आफ्नो कान्छा छोरा गुमाउने छ।”
6:27b.JOS.006.027 यसरी परमप्रभु यहोशूका साथ हुनुहुन्थ्यो। र यहोशू सम्पूर्ण देशभरि प्रसिद्ध भए।
7
7:1b.JOS.007.001 तर इस्राएलका मानिसहरूले परमेश्वरको आज्ञा पालन गरेनन्। यहूदाका कुलको जेरहको छोरो जब्दी, त्यसको छोरो कर्मी, कर्मीको छोरो आकान थिए। आकानले ती केही वस्तुहरू राखे जसलाई नष्ट गरिनु पर्ने थियो। यसर्थ परमप्रभु इस्राएलका मानिसहरू प्रति अत्यन्त क्रोधित हुनुभयो।
7:2b.JOS.007.002 यरीहोलाई परास्त गरे पछि यहोशूले केही मानिसहरूलाई ऐ शहरमा पठाए। ऐ शहर बेतेलको पूर्वतर्फ बेत-आवनको नजिकमा थियो। यहोशूले तिनीहरूलाई भने, “ऐ शहरमा जाऊ अनि त्यो क्षेत्रमा भएका कमजोरीहरूको पत्तालगाऊ।” यसकारण ती मानिसहरू त्यस स्थानमा जासूस गर्न गए।
7:3b.JOS.007.003 पछि, ती मानिसहरू यहोशू कहाँ फर्कोर आए। तिनीहरूले भने, “ऐ शहर एक कमजोर क्षेत्र हो। त्यो स्थानलाई परास्त गर्न हामीलाई हाम्रा सबै मानिसहरूको खाँचो पर्ने छैन। त्यहाँ लड्नका निम्ति 2,000 अथवा 3,000 मानिसहरू पठाए हुन्छ। सम्पूर्ण सेना प्रयोग गर्नु त्यहाँ खाँचो छैन। त्यहाँ हामीसित लड्नका निम्ति थोरै मानिसहरू मात्र छन्।”
7:6b.JOS.007.006 जब यहोशूले यस विषयमा सुने, तिनले दुःख प्रगट गर्न आफ्ना वस्त्रहरू च्याते। तिनले पवित्र सन्दूकको सामुन्ने भूइँतिर शिर झुकाए। यहोशू त्यहाँ साँझसम्म बसिरहे। इस्राएलका अगुवाहरूले पनि त्यसै गरे। तिनीहरूले पनि आफ्नो दुःख प्रगट गर्न आफ्ना शिरमा धुलो हाले।
7:7b.JOS.007.007 यहोशूले भने, “परमप्रभु मेरो मालिक! तपाईंले हामीलाई यर्दन नदी पारी ल्याउनु भयो। तपाईंले किन हामीलाई यति टाढा ल्याउनु भयो अनि एमोरी मानिसहरूद्वारा हामीलाई नष्ट पार्न छोड्नु हुन्छ? हामी इच्छा गर्छौ कि त्यही हामी यर्दन वारिनै रहेको भए सन्तुष्ट हुने थियौ।
7:8b.JOS.007.008 परमप्रभु म मेरो प्राण द्वारा शपथ गर्छु। अब मैले भन्न सक्ने केही छैन। इस्राएलले शत्रुहरूको समक्ष समर्पण गरेको छ।
7:9b.JOS.007.009 कनानी मानिसहरू अनि यो देशका अन्य सबै मानिसहरूले जे भयो त्यस बारे सुन्ने छन्। तब तिनीहरूले हामीलाई आक्रमण गर्नेछन् र हामी सबैलाई मार्नेछन्। तब तपाईंको महान नाउँको रक्षा गर्नका निम्ति तपाईं के गर्नु हुनेछ?”
7:10b.JOS.007.010 परमप्रभुले यहोशूलाई भन्नुभयो, “उठ तँ घोप्टो परेर भूइँ तिर किन झुकि बस्छस्!
7:11b.JOS.007.011 इस्राएलका मानिसहरूले मेरो विरूद्ध पाप गरेका छन्। तिनीहरूले करार भङ्ग गरे जो मैले तिनीहरूलाई पालन गर्नु भनी आज्ञा गरेको थिएँ। तिनीहरूले ती केही वस्तुहरू लगे जसलाई मैले नष्ट गर्नु भनी आज्ञा दिएको थिएँ। तिनीहरूले मबाट चोरी गरेका छन्, तिनीहरूले झूटो काम गरेका छन्। तिनीहरूले ती वस्तुहरू आफ्नै निम्ति लगे।
7:12b.JOS.007.012 यसकारण इस्राएलका सेनाहरू युद्ध भूमि देखि भागे। तिनीहरूले त्यसो गरे किनभने तिनीहरूले नराम्रो काम गरेका थिए। तिनीहरूलाई नष्ट गरिदिनु पर्छ। जबसम्म मैले आज्ञा दिएका ती चीजहरू तिमीहरूले ध्वंश पार्देनौ म तिमीहरूको सहायताको लागि साथमा रहँदिन।
7:13b.JOS.007.013 “अब मानिसहरूलाई शुद्ध तुल्याउनका निम्ति जा। मानिसहरूलाई भन्, ‘स्वयंमलाई शुद्ध तुल्याऊ। भोलिको निम्ति तैयार हौ। परमप्रभु इस्राएलका परमेश्वरले भन्नुहुन्छ, ‘केही मानिसहरूले ती वस्तुहरू राखिछोडेका छन् जसलाई उहाँले नष्ट गर्नु भनी आदेश गर्नु भएको थियो। तँ त्यस बेलासम्म तेरो शत्रुहरूलाई परास्त गर्न समर्थ हुने छैनस् जबसम्म तैंले ती वस्तुहरूलाई फ्याँक्दैनस्।
7:14b.JOS.007.014 “‘भोलि बिहान तिमीहरू सबै परमप्रभुको समक्ष उभिनु पर्छ। सबै कुल समूहहरू परमप्रभुको सामुन्ने खडा हुनुपर्छ। परमप्रभुले कुनै एक कुल समूहलाई चुन्नुहुनेछ। तब त्यो कुल समूह मात्र परमप्रभुको समक्ष उभिने छन्। तब परमप्रभुले त्यस कुल समूहबाट एक सन्तानलाई छान्नु हुनेछ। तब त्यो सन्तानमात्र परमप्रभुको समक्ष उभिनु पर्छ। त्यसपछि परमप्रभुले त्यो सन्तानका प्रत्येक परिवारलाई हेर्नु हुनेछन्। र परमप्रभुले एक मानिसलाई छान्नु हुनेछन्।
7:15b.JOS.007.015 त्यो मानिसले जो हामीले नष्ट गर्नु पर्ने थियो, ती वस्तुहरू राखेकोछ, उसलाई आगोले नष्ट गरिनेछ। अनि त्यस मानिससित भएका हरेक वस्तुहरू त्यो सँगै नष्ट गरिनेछ। त्यो मानिसले परमप्रभुसित भएको करार भङ्ग गर्यो। त्यसले इस्राएलका मानिसहरूका निम्ति अत्यन्त नराम्रो काम गरेको छ।”‘
7:16b.JOS.007.016 भोलि पल्ट बिहानै यहोशूले इस्राएलका सबै मानिसहरूलाई परमप्रभुको समक्ष लगे। सबै कुल समूह परमप्रभुको सामुन्ने उभिए। परमप्रभुले यहूदाका कुल समूहलाई चुन्नु भयो।
7:17b.JOS.007.017 यसर्थ यहूदाका सबै कुल समूहहरू परमप्रभु-समक्ष उभिए। परमप्रभुले जेरह कुल समूहलाई छान्नु भयो। त्यसपछि जेरहको सबै कुल समूहहरू परमप्रभुका सामुन्ने उभिए। जिम्रीका परिवार चुनिए।
7:18b.JOS.007.018 तब यहोशूले त्यो परिवारका सबै मानिसहरूलाई परमप्रभुको समक्ष आउनु भन्नु भने। परमप्रभुले कर्मीका छोरा आकानलाई छान्नु भयो। (कर्मी जिम्रीका छोरा थिए। अनि जिम्री जेरहका छोरा थिए।)
7:19b.JOS.007.019 तब यहोशूले आकानलाई भने, “छोरो, तैंलेपरमप्रभु इस्राएलका परमेश्वरलाई सम्मान गर् अनि उहाँको अघि तेरो पाप स्वीकार गर्। मलाई भन तैंलेके गरिस् अनि मबाट कुनै कुरा पनि लुकाउने चेष्टा नगर्।”
7:20b.JOS.007.020 आकानले उत्तर दियो, “यो सत्य हो! मैले परमप्रभु इस्राएलका परमेश्वरको विरूद्ध पाप गरे। मैले जे गरे त्यो यो होः
7:21b.JOS.007.021 हामीले यरीहो शहर अनि त्यहाँ भएका सबै वस्तुहरू कब्जा गर्यौं। मैले बाबेलका एउटा सुन्दर कोट, दुइ सय शेकेल ओजनको चाँदी अनि लगभग पचास शेकेल ओजनको सुन देखें। ती वस्तुहरू मैले आफ्नै निम्ति राख्न चाहें। यसकारण मैले ती वस्तुहरू लिएँ। तपाईंले ती वस्तुहरू मेरो पाल मुनि भूइँमा गाढिएको पाउनु हुनेछ। चाँदी कोट मुनि छ।”
7:22b.JOS.007.022 यसर्थ यहोशूले केही मानिसहरूलाई त्यस पालमा पठाए। तिनीहरू पालतिर दगुरे अनि ती वस्तुहरूलाई त्यही पालमा लुकाइएको पाएँ। चाँदी कोट मुनि थियो।
7:23b.JOS.007.023 मानिसहरूले ती वस्तुहरू पाल बाहिर ल्याए र यहोशू अनि इस्राएलका समस्त मानिसहरू कहाँ लगे। तिनीहरूले ती परमप्रभुको समक्ष भूइँमा राखिदिए।
7:24b.JOS.007.024 त्यसपछि यहोशू र सबै मानिसहरूले आकान जेरहका छोरालाई तिनीहरूका चाँदी, कोट, सुन, त्यसका छोरा-छोरीहरू, त्यसका गाई-वस्तु, अनि गधाहरू, भेंडाहरू, पाल अनि त्यसका जम्मै वस्तु आकोर बेंसीमा लगे।
7:25b.JOS.007.025 तब यहोशूले भने, “तैंलेहामीमाथि धेरै कष्ट दिइस्, तर अब परमप्रभुले तँमाथि कष्ट ल्याउनु हुनेछ।” त्यसपछि सबै मानिसहरूले आकान अनि त्यसका परिवारमाथि तिनीहरू नमरूञ्जेल उनीहरूले ढुङ्गा वर्षाए तब मानिसहरूले तिनीहरूलाई जलाइ दिए।
7:26b.JOS.007.026 आकानलाई जलाइसके पछि तिनीहरूले धेरै ढुङ्गाहरू त्यसको शरीर माथि राखिदिए। ती ढुङ्गाहरू आज सम्म पनि त्यहाँ छन्। परमेश्वरले आकानमाथि यसरी कष्ट ल्याइदिनु भयो। त्यसै कारणले गर्दा त्यस स्थानलाई आकोरको बेंसी भनिन्छ। त्यसपछि मानिसहरूसित परमप्रभु क्रोधित हुनु भएन।
8
8:1b.JOS.008.001 तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “नडरा, निराश नहो। तेरो सबै योद्धाहरूलाई ऐ शहरमा लैजा। ऐ का राजालाई परास्त गर्नमा म तँलाई सहयोग गर्नेछु। म तँलाई त्यसका मानिसहरू, त्यसको शहर अनि त्यस देश दिंदैछु।
8:2b.JOS.008.002 यो समयमा मात्र तिमीहरू सबै सम्पत्ति र पशुहरू लिन सक्छौ र तिमीहरू आफ्नै लागि राख्न सक्छौ। अब, तेरा केही सैनिकहरूलाई शहर पछाडि लुक्नु भन्।”
8:3b.JOS.008.003 यसर्थ यहोशू अनि सबै सेनाहरूले ऐलाई आक्रमण गर्न तयार भए। यहोशूले अति योग्य 3,000 योद्धाहरू छाने अनि तिनीहरूलाई राती नै पठाई दिए।
8:4b.JOS.008.004 यहोशूले तिनीहरूलाई यो आज्ञा दिए, “ध्यान दिएर सुनः तिमीहरूले शहरको पछाडि लुकेर पर्खिरहने छौ शहरदेखि धेरै टाढा नबस्नु ताकि तिमीहरू आक्रमण गर्न तयारी रहनसक।
8:5b.JOS.008.005 अघाडि शहर तिर जान मानिसहरूलाई म अगुवाई गर्नेछु। शहरका मानिसहरू हाम्रो विरूद्ध लड्न बाहिर आउने छन्। त्यसरी नै हामी पछि फर्कने छौं अनि तिनीहरू देखि भाग्ने छौं जसरी हामी पहिला भागेका थियौ।
8:6b.JOS.008.006 मानिसहरूले हामीलाई शहरदेखि टाढा खेद्ने छन्। तिनीहरूले सोच्नेछन् कि हामी पहिले भागे झैं भाग्दैछौं। यसकारण हामी भाग्ने छौ।
8:7b.JOS.008.007 तब तिमीहरू लुकेको ठाउँबाट बाहिर आउनु पर्छ अनि शहरलाई अधिकारमा लिनु पर्छ। यसप्रकारले परमप्रभु तिमीहरूका परमेश्वरले शहरलाई कब्जा गर्न तिमीहरूलाई सहयोग गर्नुहुनेछ।
8:8b.JOS.008.008 “तिमीहरूले शहर कब्जा गरेपछि, यसलाई जलाउनु पर्छ। तिमीहरूले परमप्रभुको नियमहरू ठीकसित पालन गर्नु पर्छ; म जस्तो आशा गर्छु तिमीहरूले ठीक त्यसै गर्ने छौ।”
8:9b.JOS.008.009 तब यहोशूले ती मानिसहरूलाई तिनीहरूको लुक्ने ठाउँमा पठाए अनि प्रतिक्षा गर्न लागे। तिनीहरू बेतेल र ऐ शहर माझको एउटा ठाउँमा गए। यो स्थान ऐ शहरको पश्चिममा थियो। अनि यहोशू रात भरी अरूहरूसँग बसे।
8:10b.JOS.008.010 भोलिपल्ट बिहानै यहोशूले मानिसहरूलाई एक साथ भेला गरे। तब यहोशू अनि इस्राएलीहरूका अगुवाहरूले मानिसहरूलाई ऐ शहरतर्फ लिएर गए।
8:11b.JOS.008.011 सबै सैनिकहरू जो यहोशूसित थिए ऐ शहरतर्फ हिंडे। तिनीहरू शहरद्वारको सामुन्ने रोकिए। सेनाहरूले आफ्नो छाउनी शहरको उत्तर तर्फ बनाए। ऐ शहर र सेनाहरू बीच एक बेंसी थियो।
8:12b.JOS.008.012 त्यसपछि यहोशूले लगभग 5,000 मानिसहरू छाने। यहोशूले ती मानिसहरूलाई शहर देखि पश्चिम तिरका बेतेल अनि ऐ शहर बीचको क्षेत्रमा लुक्न पठाए।
8:13b.JOS.008.013 यसरी यहोशूले आफ्ना मानिसहरूलाई युद्ध गर्नका निम्ति तयार पारेका थिए। मुख्य छाउनी शहरको उत्तर तर्फ थियो। अन्य मानिसहरू पश्चिम तर्फ लुकेका थिए। त्यस रात यहोशू बेंसी तिर गए।
8:14b.JOS.008.014 तब ऐ शहरका राजाले इस्राएली सैनिकहरूलाई देखे। अनि राजा उनका सबै मानिसहरू इस्राएलीहरूसित युद्ध गर्न गए। तिनीहरू पूर्वपट्टि यर्दनतिर फर्केको युद्ध भूमिमा गए। ती इस्राएली सैनिकहरू शहरको पछाडि लुकेर पर्खिरहेका छन् भन्ने उसलाई थाहा भएन।
8:15b.JOS.008.015 यहोशू अनि इस्राएलका सबै मानिसहरूले ऐका सेनाद्वारा आफूहरूलाई पछि धकेल्न दिए। यहोशू अनि तिनका मानिसहरू पूर्वमा मरूभूमि तर्फ दौडन थाले।
8:16b.JOS.008.016 शहरका मानिसहरू कराउन थाले अनि यहोशू र तिनका मानिसहरूलाई खेद्न थाले। सबै मानिसहरूले शहर छोडे।
8:17b.JOS.008.017 ऐ अनि बेतेलका समस्त मानिसहरूले इस्राएलका सेनालाई खेदे। शहर खुल्ला छाडियो कोही पनि शहरको रक्षा गर्न बसेनन्।
8:18b.JOS.008.018 तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “आफ्नो भालालाई ऐ शहर तर्फ फर्काएर बस। म तँलाई त्यो शहर दिनेछु।” यसकारण यहोशूले आफ्नो भाला ऐ शहर तर्फ फर्कए।
8:19b.JOS.008.019 इस्राएलका मानिसहरू जो लुकिरहेका थिए तिनीहरूले यो देखे। तिनीहरू झट्टै आफ्ना लुकिरहेका स्थानबाट बाहिर आए अनि हत्तारिएर शहरतर्फ कुदे। तिनीहरूले शहर भित्र प्रवेश गरे अनि त्यसलाई अधिकारमा लिए। त्यसपछि सैनिकहरूले शहरमा आगो लाउन थाले।
8:20b.JOS.008.020 ऐका मानिसहरूले फर्केर हेरे अनि तिनीहरूका शहर जल्दै गरेका देखे। तिनीहरूले आकाशमा धूँवा उठेका देखे। यसर्थ तिनीहरूले आफ्ना शक्ति र साहस हराए। अनि इस्राएलका मानिसहरूलाई खेदन छाडे। इस्राएलका मानिसहरू भाग्न छाडे। तिनीहरू फर्के अनि ऐका मानिसहरूसित लड्न गए। ऐ का मानिसहरूका निम्ति भागेर जानको कुनै सुरक्षित स्थान थिएन।
8:21b.JOS.008.021 यहोशू अनि तिनका मानिसहरूले देखेकि आफ्ना सेनाले शहरलाई कब्जा गरेका थिए। यो त्यसबेला भयो जब तिनीहरू भाग्न छाडेर, फर्किए अनि ऐका मानिसहरूसँग लडनलाई दगुरे।
8:22b.JOS.008.022 त्यसपछि ती लुकेका मानिसहरू युद्धमा सहयोग गर्न शहर बाहिर आए। इस्राएलका सेनाहरू ऐ शहरका मानिसहरूका दुवै तिर थिए-ऐ शहरका ती मानिसहरू फन्दामा परे। तिनीहरूले तब सम्म युद्ध गरिरहे जबसम्म ऐका एकजना मानिस पनि जीउँदो रहेनन् तिनीहरूका कोही पनि बाँचेनन्।
8:23b.JOS.008.023 तर ऐका राजालाई जीवित छाडियो। यहोशूका मानिसहरूले तिनलाई यहोशू कहाँ ल्याए।
8:24b.JOS.008.024 युद्धको समयमा, इस्राएलका सेनाहरूले ऐका मानिसहरूलाई मैदान अनि मरूभूमि तिर खेदे। यसरी इस्राएलका सेनाहरूले ऐ शहरका मानिसहरूलाई मैदान तिर अनि मरूभूमि तिर मार्ने काम पूर्ण गरे। त्यसपछि इस्राएलका मानिसहरू ऐ तिर फर्केर गए अनि शहरमा अझ जीवितरहेका सबै मानिसहरूलाई मारिदिए।
8:25b.JOS.008.025 ऐ शहरका समस्त मानिसहरू त्यस दिन मरे। त्यहाँ 12,000 पुरूष र स्त्रीहरू थिए।
8:26b.JOS.008.026 यहोशूले शहरलाई ध्वंश गर्नका निम्ति आफ्ना मानिसहरूलाई संकेतको रूपमा आफ्नो भाला ऐ शहरतर्फ फर्काई राखेका थिए। यहोशूले उनको भाला जबसम्म समाति रहे तबसम्म ऐ शहरका मानिसहरू सबै नष्ट भएनन्।
8:27b.JOS.008.027 इस्राएलका मानिसहरूले शहरका पशु-प्राणीहरू अनि अन्य चीज बीजहरू आफ्नै निम्ति राखे। परमप्रभुले यहोशूलाई भन्नुभएको थियो कि मानिसहरूले यसो गर्न सक्छन्।
8:28b.JOS.008.028 त्यसपछि यहोशूले ऐ शहरलाई जलाइ दिए। त्यो शहर रित्तो ढुङ्गाहरूको राश बन्यो। त्यो आजसम्म त्यही रूपमा छ।
8:29b.JOS.008.029 यहोशूले ऐका राजालाई एक रूखमा झुण्ड्याए। तिनले उसलाई साँझसम्म त्यतिकै झुण्ड्याइ राखे। सूर्यास्तको समयमा यहोशूले आफ्ना मानिसहरूलाई ऐका राजाको मृत-शरीरलाई रूखबाट झार्नु भने। तिनीहरूले त्यसको मृत-शरीरलाई शहर-द्वारमा खसाइ दिए। त्यसपछि तिनीहरूले मृत- शरीरलाई ढुङ्गाले ढाकि दिए। त्यो ढुङ्गाको थुप्रो आज सम्म त्यहाँ छ। आशिर्वाद एवं अभिशापहरूको पठन
8:30b.JOS.008.030 तब यहोशूले परमप्रभु, इस्राएलका परमेश्वरका निम्ति एबाल पर्वतमा एउटा वेदी निर्माण गरे।
8:31b.JOS.008.031 परमप्रभुका दास मोशाले इस्राएलका मानिसहरूलाई भनेका थिए, कि वेदी कसरी निर्माण गर्नु पर्ने। यसर्थ यहोशूले, मोशाको व्यवस्थाको पुस्तकमा व्याख्या गरे अनुसार निर्माण गरे। त्यो वेदी नकाटिएको ढुङ्गा द्वारा बनाइएको थियो। ती ढुङ्गाहरूमा कुनै हात हतियार कहिले प्रयोग भएको थिएन। तिनीहरूले त्यो वेदीमा परमप्रभु प्रति होमबलि अर्पण गरे। अनि मेलबलि पनि चढाए।
8:32b.JOS.008.032 त्यस ठाउँको ढुङ्गामा यहोशूले मोशाको व्यवस्था लेखे। उसले इस्राएलका समस्त मानिसहरूका निम्ति हेर्नलाई त्यसो गरे।
8:33b.JOS.008.033 बूढा-प्रधान, अधिकारी, न्यायकर्त्ता अनि इस्राएलका समस्त मानिसहरू पवित्र सन्दूक वरिपरि लेवी पूजाहारीहरूका सामुन्ने उभिएका थिए जसले परमप्रभुको करारको पवित्र सन्दूक बोकेका थिए। इस्राएलका मानिसहरू अनि तिनीहरूसित भएका अन्य मानिसहरू सबै त्यहाँ उभिएका थिए। आधा मानिसहरू एबाल पर्वतको सामुन्ने उभिएका थिए अनि अर्को आधा मानिसहरू गीरिज्जीम पर्वतको सामुन्ने उभिएका थिए। परमप्रभुका दास मोशाले मानिसहरूलाई यसो गर्नु भनेका थिए। मोशाले तिनीहरूलाई यो आशीर्वादका निम्ति गर्नु भनेका थिए।
8:34b.JOS.008.034 तब यहोशूले व्यवस्थाका सबै शब्दहरू पढे। यहोशूले आशीर्वादहरू अनि श्रापहरू पढे। तिनले हरेक कुरा त्यही प्रकारले पढे जुन प्रकारले व्यवस्थाको पुस्तकमा लेखिएका थिए।
8:35b.JOS.008.035 इस्राएलका समस्त मानिसहरू त्यहाँ भेला भएका थिए। सबै स्त्रीहरू, केटा-केटीहरू अनि सबै विदेशीहरू त्यहाँ थिए जो इस्राएलका मानिसहरूसित बस्थे। अनि यहोशूले प्रत्येक आज्ञा पढे जो मोशाले दिएका थिए।
9
9:1b.JOS.009.001 जब यर्दन नदीको पश्चिम क्षेत्रका राजाहरूले यस विषयमा सुने, यहोशू र इस्राएलीहरूसँग युद्ध गर्न सम्मिलित भए। तिनीहरू पर्वतहरूबाट, समतल भूमिबाट, भूमध्यसागरको किनाराबाट, लबानोनको माथिबाट आए। तिनीहरू हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी, यबूसीहरू सबै एक दलमा आए।
9:2b.JOS.009.002 यी सबै राजाहरू एक साथ भेला भए। तिनीहरूले यहोशू अनि इस्राएलका मानिसहरूको विरूद्ध युद्ध गर्ने योजना बनाए।
9:3b.JOS.009.003 कसरी यहोशूले यरीहो अनि ऐ शहरलाई परास्त गरे गिबोन शहरका मानिसहरूले त्यस विषयमा सुने।
9:4b.JOS.009.004 यसर्थ ती मानिसहरूले इस्राएलका मानिसहरूलाई मूर्ख तुल्याउने प्रयत्न गरे। तिनीहरूको योजना यो थियो, तिनीहरूले दाखरस हाल्ने छालाका पुराना मशकहरू जम्मा गरे जो चर्केका अनि फुटेका थिए। तिनीहरूले ती दाखरस हाल्ने छालाका पुराना मशकहरू आफ्ना पशुहरूमा लधाए। अनि आफ्ना पशुहरू माथि पुराना थाङ्गनाहरू लगाए। जसद्वारा यस्तो देखियोस् कि तिनीहरू अत्यन्त टाढाबाट यात्रा गरेर आएका हुन्।
9:5b.JOS.009.005 ती मानिसहरूले आफ्ना खुट्टामा पुराना जुत्ता लगाए। ती मानिसहरूले पुराना बस्त्रहरू लगाए। अनि केही बासी रोटी भेट्टाए जो सूख्खा अनि ढुँडी परेका थिए। यसरी ती मानिसहरू धेरै टाढाका स्थानबाट यात्रा गरेर आएका जस्तै देखिन्थे।
9:6b.JOS.009.006 तब ती मानिसहरू इस्राएलका मानिसहरूका छाउनीमा गए। यो छाउनी गिलगाल नजिक थियो। ती मानिसहरू यहोशू कहाँ गए अनि तिनलाई भने, “हामी अति टाढा देशबाट यात्रा गरेर आएका हौं हामी तपाईंसित शान्ति-सन्धि गर्न चाहन्छौं।”
9:7b.JOS.009.007 इस्राएलका मानिसहरूले यी हिव्वी मानिसहरूलाई भने, “हुन सक्छ तिमीहरूले हामीलाई छल्ने कोशिश गर्दैछौ। हुन सक्छ तिमीहरू हाम्रो नजिकमा बस्छौ। हामी तिमीहरूसित सन्धि गर्न सक्तैन्नौं। जब सम्म हामी जान्दैनौं तिमीहरू कहाँबाट आएका हौ?”
9:8b.JOS.009.008 ती हिव्वी मानिसहरूले यहोशूलाई भने, “हामी तपाईंका दासहरू हौं।” तर यहोशूले सोधे, “तिमीहरू को हौ? तिमीहरू कहाँबाट आएका हौ?”
9:10b.JOS.009.010 अनि हामीले सुन्यौं कि उहाँले यर्दन नदीको पूर्वतफर्का एमोरी मानिसहरूका दुइ राजाहरूलाई परास्त गरिदिनु भयो। ती हेश्बोनका राजा सीहोन अनि अस्तारोत देशको बाशानका राजा ओग थिए।
9:11b.JOS.009.011 यसर्थ हाम्रा अगुवाहरू र हाम्रा मानिसहरूले हामीलाई भने, ‘तिमीहरूको यात्राका निम्ति प्रचुर मात्रामा खाद्य पदार्थ बोक। जाऊ अनि इस्राएलका मानिसहरूसित भेट गर। तिनीहरूलाई भन, “हामी तपाईंहरूका दासहरू हौं। हामीसित शान्ति सन्धि गर्नुहोस्।”‘
9:12b.JOS.009.012 “हाम्रा रोटीहरू हेर्नु होस्। हामीले घर छोड्दा यी तातो र ताजा थिए। तर अहिले तपाईंहरूले देख्न सक्नुहुन्छ कि यी सूखा अनि पुराना भएको छन्।
9:13b.JOS.009.013 हाम्रा दाखरसका छालाका मशकहरू हेर्नुहोस्। हामीले घर छोड्दा यी नयाँ अनि दाखमद्यले भरिएका थिए। अहिले तपाईंहरूले देख्नसक्नु हुन्छ, कि तिनीहरू चर्केका अनि पुराना भएका छन्। हाम्रा बस्त्र अनि चप्पलहरू हेर्नु होस्। तपाईंहरूले देख्न सक्नु हुन्छ कि लामो यात्राले गर्दा हामीले लगाएका कुराहरू प्रायः थोत्रा भएका छन्।”
9:14b.JOS.009.014 इस्राएलका मानिसहरू, जान्न चाहन्थे के यी मानिसहरूले सत्य भन्दै छन्। यसर्थ तिनीहरूले केही रोटी चाखे-तर तिनीहरूले परमप्रभुलाई सोधेनन् जो तिनीहरूले गर्नु पर्ने थियो।
9:15b.JOS.009.015 यहोशू तिनीहरूसित सन्धि गर्न सहमत भए। तिनीहरूलाई जीवित राख्न तिनी सहमत भए। इस्राएलका अगुवाहरू यहोशूको यो शपथ प्रति सहमत भए।
9:16b.JOS.009.016 तिमीहरूसित सम्झौता गरेको तीन दिन पछि इस्राएलीले थाहा पाए। कि ती मानिसहरू वास्तवमा तिनीहरूका नजिकै बस्नेहरू रहेछन्।
9:17b.JOS.009.017 यसकारण तेस्रो दिनमा इस्राएलीहरू तिनीहरूको शहरहरूमा गए। ती शहरहरू गिबोन, कपीरा, बेरोत र किर्यत्यारैम थिए।
9:18b.JOS.009.018 तर इस्राएलका सेनाले ती शहरहरूको विरूद्ध युद्ध गर्ने प्रयत्न गरेनन् तिनीहरूले ती मानिसहरूसित शान्ति-सम्झौता गरेका थिए। तिनीहरूले परमप्रभु इस्राएलका परमेश्वरको समक्ष ती मानिसहरूलाई शपथ दिएका थिए। सबै मानिसहरूले ती अगुवाहरू विरूद्ध विरोध जनाए जसले सम्झौता गरेका थिए।
9:19b.JOS.009.019 तर ती अगुवाहरूले उत्तर दिए, “हामीले हाम्रो शपथ दिएका छौं। हामीले परमप्रभु इस्राएलका परमेश्वरको सामुन्ने शपथ गरेका छौं। अब हामी तिनीहरू विरूद्ध लडून सक्तैनौं।
9:20b.JOS.009.020 यो त्यही हो जो हामीले गर्नु पर्छ। हामीले तिनीहरूलाई बाँच्न दिनुपर्छ। हामीले तिनीहरूलाई चोट पुर्याउनु हुँदैन नत्र परमेश्वर हामीसित क्रोधित हुनुहुनेछ किनभने हामीले तिनीहरूलाई दिएको शपथ भङ्ग हुनेछ।
9:21b.JOS.009.021 यसर्थ तिनीहरूलाई जीवित रहन देऊ। तर तिनीहरू हाम्रा सेवक हुनेछन्। तिनीहरूले हाम्रो निम्ति दाउरा काट्नेछन् अनि हाम्रा सबै मानिसहरूका निम्ति पानी बोक्ने छन्।” यसर्थ ती अगुवाहरूले ती मानिसहरूसित गरेका प्रतिज्ञा भङ्ग गरेनन्।
9:22b.JOS.009.022 यहोशूले गिबोनी मानिसहरूलाई बोलाए। तिनले भने, “तिमीहरूले हामीसित किन झूटो बोल्यौ? तिमीहरूको देश हाम्रो छाउनीको छेउमा थियो। तर तिमीहरूले तिमीहरू टाढा देशका भनेर हामीलाई भन्यौ।
9:23b.JOS.009.023 अब तिमीहरूका मानिसहरूले अनेक कष्ट पाउने छन्। तिमीहरूका सबै मानिसहरू दास हुनेछन्-तिमीहरूले दाउरा काट्नु पर्नेछ अनि परमेश्वरको मन्दिरका निम्ति पानी बोक्नु पर्नेछ।”
9:24b.JOS.009.024 गिबोनी मानिसहरूले उत्तर दिए, “हामीले तपाईंसित झूटो कुरा गर्यौं किनभने हामीलाई तपाईंहरूले मार्नु हुनेछ भनी हामी भयभीत थियौं। हामीले यो सुन्यौं कि परमेश्वरले उहाँका दास मोशालाई यो सम्पूर्ण देश तपाईंहरूलाई दिनु भनी आज्ञा दिनु भएको थियो। अनि परमेश्वरले तपाईंहरूलाई भन्नुभयो यो देशमा बस्ने सबै मानिसहरूलाई मारिदिनु। त्यसै कारणले हामीले तपाईंसित झूटो बोल्यौं।
9:25b.JOS.009.025 अब हामी तपाईंहरूका दासहरू हौं। तपाईं जे उचित ठान्नु हुन्छ तपाईंले गर्न सक्नु हुन्छ।”
9:26b.JOS.009.026 गिबोनका मानिसहरू यसरी दास भए। तर यहोशूले तिनीहरूलाई जीवित रहन दिए। यहोशूले इस्राएलका मानिसहरूलाई तिनीहरूलाई मार्न दिएनन्।
9:27b.JOS.009.027 यहोशूले गिबोनका मानिसहरूलाई इस्राएलका मानिसहरूका दास बन्न दिए। तिनीहरूले इस्राएलका मानिसहरूका निम्ति र परमप्रभुको बेदीका निम्ति दाउरा काट्थे अनि पानी ल्याउँथे-परमप्रभुले चुन्नु भएको जुन सुकै स्थानमा ती मानिसहरू आज सम्म पनि दास छन्।
10
10:1b.JOS.010.001 त्यसबेला अदोनिसेदेक यरूशलेमका राजा थिए। ती राजाले सुने कि यहोशूले ऐ शहरलाई परास्त गरे अनि पूर्णरूपले त्यसलाई नष्ट गरिदिए। ती राजाले थाहा पाए कि यहोशूले यरीहो अनि त्यसका राजालाई पनि त्यसै गरेका थिए। ती राजाले यो पनि थाहा पाए कि गिबोनका मानिसहरूले इस्राएलका मानिसहरूसित शान्ति सन्धि गरेका थिए। अनि ती मानिसहरू यरूशलेमको अत्यन्त नजिकमा बस्थे।
10:2b.JOS.010.002 यसर्थ अदोनिसेदेक अनि तिनका मानिसहरू अत्यन्त डराएका थिए। गिबोन ऐ शहर जस्तो सानो शहर थिएन। गिबोन अति विशाल शहर थियो। यो एउटा राजकीय शहर जस्तै ठूलो थियो। अनि त्यस शहरका सबै मानिसहरू असल लडाकूहरू थिए। यसकारण राजा भयभीत भए।
10:3b.JOS.010.003 अदोनि सेदेक, यरूशलेमका राजाले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्लोनको राजा दबीरकहाँ समाचारवाहक पठाए,
10:4b.JOS.010.004 “मेरो साथमा आउनु होस्, अनि मलाई गिबोनमाथि आक्रमण गर्न सहयोग दिनु होस्। गिबोनले यहोशू अनि इस्राएलका मानिसहरूसित शान्ति-सम्झौता गरेकोछ।”
10:5b.JOS.010.005 यसकारण यी पाँच राजाहरूले तिनीहरूका सेनाहरू जम्मा गरे। (पाँच राजाहरू यरूशलेमका राजा, हेब्रोनका राजा, यर्मूतका राजा, लाकीशका राजा अनि एग्लोनका राजा थिए।) तिनीहरू आफ्ना सैनिकहरू लिएर गिबोनमा गए, शहरलाई घेरा हाले अनि लडाईं लडे।
10:6b.JOS.010.006 गिबोन शहरका बासिन्दाहरूले गिलगालको छाउनीमा यहोशूकहाँ एकजना समाचारवाहक पठाए। तिनले ल्याएको समाचार यस्तो थियो, “हामी तपाईंहरूका दाशहरूलाई नत्याग्नुहोस् चाँडै आउनुहोस् र हामीलाई सहायता गर्नुहोस्। पहाडी देशका सबै एमोरी राजाहरूले तिनीहरूका सेनाहरूलाई हाम्रो विरूद्ध लड्न ल्याएका छन्।”
10:7b.JOS.010.007 यसर्थ यहोशू आफ्ना सम्पूर्ण सेनाहरू सहित गिलगालबाट हिंडे। यहोशूका सर्वोत्तम योद्धाहरू तिनीसित थिए।
10:8b.JOS.010.008 परमप्रभुले यहोशूलाई भन्नुभयो, “ती सेनाहरू देखि भयभीत नहोऊ। म तिमीहरूलाई तिनीहरूलाई हराउने शक्ति दिनेछु। ती सैनिकहरूमा कोही पनि तेरो सामाना गर्ने योग्यको छैन।”
10:9b.JOS.010.009 यहोशू अनि तिनका सेना रात भरि गिबोन तर्फ हिंडे। शत्रुहरूले यहोशू आउँदैछन् भनेर थाहा पाएनन्। यसर्थ यो एक आश्चर्यपूर्ण कुरा भयो जब तिनले तिनीहरू माथि आक्रमण गरे।
10:10b.JOS.010.010 परमप्रभुले ती सेनाहरूलाई अन्योलमा पारिदिनु भयो जब इस्राएलले आक्रमण गरे। यसरी इस्राएलीहरुले तिनीहरूलाई परास्त गरे र महान विजय प्राप्त गरे। इस्राएलका सेनाले शत्रुलाई गिबोन देखि बेथारोनको उकालो बाटो सम्म खेदे। इस्राएलका सेनाले आजेका अनि मक्केदा सम्मका मानिसहरूलाई मारे।
10:11b.JOS.010.011 जब तिनीहरूले शत्रुहरूलाई ओह्रालो बाटोमा बेथारोन देखि आजेकासम्म शत्रुहरूलाई खेद्दै थिए, परमप्रभुले आकाशबाट ठूला-ठूला असिना खसाउनु भयो। यी ठूला-ठूला असिनाहरूद्वारा अनेक शत्रुहरू मारिए। इस्राएली सैनिकहरूका तरवारले भन्दा असिनाद्वारा धेरै मानिसहरूको मृत्यु भयो।
10:12b.JOS.010.012 त्यसदिन परमप्रभुले इस्राएलीले एमोरी मानिसहरूलाई परास्त गर्न दिनुभयो। अनि त्यसदिन यहोशू इस्राएलका समस्त मानिसहरूको सामुन्ने उभिए र परमप्रभुलाई भनेः “हे सूर्य, गिबोन माथि स्थिर बस्। चन्द्रमा, अय्ययालोन-बेंसीमाथि स्थिर बस्।”
10:13b.JOS.010.013 यसर्थ सूर्य स्थिर रह्यो अनि मानिसहरूले आफ्ना शत्रुहरूलाई परास्त नगरेसम्म रोकियो। यो कुरोको उल्लेख याशारको पुस्तकमा लेखिएको छ। सूर्य आकाशको माझमा रोकियो। यो एक दिन पूरा अचल रह्यो।
10:14b.JOS.010.014 यस्तो पहिला कहिले पनि भएको थिएन। अनि यस्तो फेरि कहिले हुनेछैन। यो त्यो दिन थियो जुनदिन परमप्रभुले मानिसको कुरा सुन्नु भयो। परमप्रभु वास्तवमा इस्राएलीहरूका निम्ति लडिरहनु भएको थियो।
10:15b.JOS.010.015 यसपछि, यहोशू अनि तिनका सेना गिलगालको छाउनीम फर्के।
10:16b.JOS.010.016 तर युद्ध भइरहेको समयमा ती पाँचजना राजाहरू भागेर गए। तिनीहरू मक्केदा नजिकको एक गुफामा लुके।
10:17b.JOS.010.017 तर तिनीहरूलाई त्यो गुफामा लुकि रहेको कसैले देखे। यहोशूले यस विषयमा थाहा पाए।
10:18b.JOS.010.018 यहोशूले भने, “गुफा भित्र पस्ने ढोकालाई ठूला चट्टानहरूले बन्द गरिदेऊ। केही मानिसहरूलाई त्यहाँ रखवाली गर्न राखि देऊ।
10:19b.JOS.010.019 तर तिमीहरू स्वयं त्यहाँ नबस। शत्रुलाई खेदन जारिराख। तिनीहरूलाई लगातार पछिबाट आक्रमण गर। शत्रुलाई तिनीहरूका शहरमा फर्केर जान नदेऊ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई तिनीहरू माथि विजय प्रदान गराउँनु भएको छ।”
10:20b.JOS.010.020 यसरी यहोशू अनि इस्राएलका सेनाले शत्रुहरूलाई मारे। तर केही शत्रुहरू तिनीहरूको शहरमा, जस्का वरिपरि उच्च पर्खालहरू थिए, जान समर्थ भए अनि लुके, ती मानिसहरू मारिएनन्।
10:21b.JOS.010.021 युद्ध पछि यहोशूका मानिसहरू मक्केदामा तिनी कहाँ फर्की आए। त्यसदेशमा इस्राएलका मानिसहरूको विरूद्ध साहसी मानिस कोही पनि थिएनन्।
10:22b.JOS.010.022 यहोशूले भने, “गुफाको द्वारामा बन्द गरेका ढुङ्गाहरू हटाऊ। ती पाँचजना राजाहरूलाई मकहाँ ल्याऊ।”
10:23b.JOS.010.023 यसर्थ यहोशूका मानिसहरूले ती पाँचजना राजाहरूलाई गुफा बाहिर ल्याए। तिनीहरू यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश अनि एग्लोनका राजाहरू थिए।
10:24b.JOS.010.024 तिनीहरूले ती पाँचजना राजाहरूलाई यहोशू कहाँ ल्याए। यहोशूले उसका सबै मानिसहरूलाई भने, “यहाँ आऊ, तिमीहरूका खुट्टा यी राजाहरूका धिच्रोमा राख।” यसर्थ यहोशूका सैनिक अधिकारीहरू नजिकमा आए। तिनीहरूले आफ्ना पाउ ती राजाहरूको घिच्रोमा राखे।
10:25b.JOS.010.025 तब यहोशूले आफ्ना मानिसहरूलाई भने, “बलवान अनि साहसी बन। भयभीत नहौं। म तिमीहरूलाई देखाउनेछु जो परमप्रभुले ती शत्रुहरू प्रति गर्नुहुनेछ जोसित तिमीहरू भविष्यमा लड्नेछौ।”
10:26b.JOS.010.026 त्यसपछि यहोशूले ती पाँच राजाहरूलाई मारे। तिनीहरूको शरीरलाई तिनले पाँचवटा रूखमा झुण्ड्याइ दिए। यहोशूले साँझ नभएसम्म तिनीहरूलाई रूखमै झुण्डियाएर राखे।
10:27b.JOS.010.027 सूर्यास्तको समयमा यहोशूले उसका मानिसहरूलाई रूखहरूबाट मृत शरीरहरू तल झार्ने आदेश दिए। तिनीहरूले मृत शरीरहरू त्यही गुफामा फ्याँकि दिए जहाँ स्वंय राजाहरू लुकेका थिए अनि गुफालाई ठूला ढुङ्गाहरूले छोपेका थिए। ती ढुङ्गाहरू आजसम्म त्यहीं छन्।
10:28b.JOS.010.028 त्यसदिन यहोशूले मक्केदालाई परास्त गरे। यहोशूले त्यस शहरका राजा र प्रजा सबैलाई मारि दिए। त्यहाँ मानिसहरू कोही जीवित छाडिएन। यहोशूले यरीहोका राजा प्रति जे गरेका थिए त्यस्तै मक्कैदाका राजा प्रति गरे।
10:29b.JOS.010.029 त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरूले मक्केदाबाट यात्रा गरे। तिनीहरू लिब्ना गए अनि त्यस शहर माथि आक्रमण गरे।
10:30b.JOS.010.030 परमप्रभुले इस्राएलका मानिसहरूलाई शहर अनि त्यसका राजालाई पराजित गराइदिनु भयो। इस्राएलका मानिसहरूले त्यस शहरका प्रत्येक मानिसहरूलाई मारे। एउटा मानिस पनि जीउँदो रहेनन्। अनि यरीहोका राजालाई गरे जस्तै यहोशूले त्यस राजालाई पनि गरे।
10:31b.JOS.010.031 त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरूले लिब्ना छाडे अनि लाकीश तिर गए। यहोशू अनि तिनका सेनाले त्यो शहरको चारैतिर छाउनी बसाए अनि त्यस माथि आक्रमण गरे।
10:32b.JOS.010.032 लाकीश शहर परास्त गर्न परमप्रभुले तिनीहरूलाई सहयोग गर्नु भयो। तिनीहरूले त्यस शहरलाई दोस्रो दिनमा परास्त गरे। इस्राएलीहरूले त्यस शहरका प्रत्येक मानिसहरूलाई मारिदिए जसरी तिनीहरूले लिब्नामा मारेका थिए।
10:33b.JOS.010.033 गेजेरका राजा होराम लाकीशलाई सहायता गर्नु आए, तर यहोशूले तिनी र तिनका सेनालाई पनि परास्त गरे। तिनीहरू मध्ये एक जनालाई पनि जीवित छाडिएन।
10:34b.JOS.010.034 तब यहोशू अनि इस्राएलका समस्त सेनाहरू लाकीश देखि एग्लोनतर्फ यात्रा गरे। तिनीहरूले एग्लोनको चारैतिर छाउनी बसाए अनि त्यस माथि आक्रमण गरे।
10:35b.JOS.010.035 त्यसदिन तिनीहरूले शहरमा अधिकार गरे अनि शहरका सबै मानिसहरूलाई मारिदिए। यो त्यस्तै कुरा थियो जो तिनीहरूले लाकीश प्रति गरेका थिए।
10:36b.JOS.010.036 त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरूले एग्लोन देखि हेब्रोनको यात्रामा गए। तब तिनीहरूले हेब्रोन माथि आक्रमण गरे।
10:37b.JOS.010.037 तिनीहरूले हेब्रोन नजिकका सबै स-साना शहरहरू कब्जा गरे। इस्राएलीहरूले त्यस शहरका राजा अनि सबै मानिसहरूलाई मारिदिए। एकजना मानिसलाई पनि जीवित राखेनन्। यो त्यस्तै भयो जस्तो तिनीहरूले एग्लोन प्रति गरेका थिए। तिनीहरूले शहरलाई ध्वंश पारे त्यहाँ जो थिए सबै मारिए।
10:38b.JOS.010.038 तब यहोशू अनि इस्राएलका सबै मानिसहरू दबीरतिर फर्केर गए र त्यस शहरलाई आक्रमण गरे।
10:39b.JOS.010.039 तिनीहरूले त्यो शहर, त्यसका राजा अनि दबीर नजिकका सबै ससाना शहरहरू अधीनमा लिए। तिनीहरूले त्यस शहरमा भएका हरेक मानिसलाई मारे। कसैलाई पनि जीवित छाडिएन। इस्राएलका मानिसहरूले दबीर अनि त्यसका राजालाई त्यसै गरे जस्तो तिनीहरूले हेब्रोन अनि त्यहाँका राजालाई गरेका थिए। यो त्यस्तै कुरा थियो जस्तो तिनीहरूले लिब्ना अनि त्यसका राजाप्रति गरेका थिए।
10:40b.JOS.010.040 यसरी यहोशूले पहाडी देश, नेगेब, पश्चिमी तराई, अनि पूर्वी तराईका शहरका सबै राजाहरूलाई परास्त गरे। परमप्रभु इस्राएलका परमेश्वरले यहोशूलाई सबै मानिसहरूलाई मारिदिनु भन्नु भएको थियो। यसर्थ यहोशूले ती स्थानहरूमा कसैलाई पनि जीवित छाडेनन्।
10:41b.JOS.010.041 यहोशूले कादेशबर्ने देखि गाजा सम्मका समस्त शहरहरू अधिकारमा ल्याए। तिनले गोशेन देखि (मिश्रदेशमा) गिबोन सम्मका सबै शहरहरू कब्जा गरे।
10:42b.JOS.010.042 यहोशूले ती सबै शहरहरू अनि तिनीहरूका राजाहरूलाई एकै चोटि अधीनमा लिए। यहोशूले यसो गरे किनभने, परमप्रभु इस्राएलका परमेश्वरले इस्राएलका निम्ति युद्ध गरिरहनु भएको थियो।
10:43b.JOS.010.043 त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरू गिलगालमा आफ्ना छाउनीमा फर्किए।
11
11:1b.JOS.011.001 हासोरका राजा याबीनले जो भयो त्यस विषयमा सबै कुरा सुने। यसर्थ तिनले अनेक राजाहरूका सेनाहरूलाई साथ बोलाउने निश्चिय गरे। याबीनले मादोनका राजा, योबाब शिम्रोनका राजा, आक्षापका राजा,
11:2b.JOS.011.002 अनि उत्तरका पहाडी देश र मरूभूमिका राजाहरूलाई संन्देश पठाए। याबीनले किन्नरेत, नेगेव अनि पश्चिमी तराईका राजाहरूलाई संन्देश पठाए। याबीनले पश्चिमका नाफोत-दोरका राजालाई पनि सन्देश पठाए।
11:3b.JOS.011.003 याबीनले त्यो सन्देश पूर्वमा पनि पश्चिममा भएका कनानी राजाहरूलाई त्यो संन्देश पठाए। तिनले एमोरी, हित्ती, परिज्जी अनि पहाड देशमा बस्ने यबूसी मानिसहरूलाई पनि संन्देश पठाए। तिनले मिस्पा नजिकको हेर्मोन पर्वत मुनि बस्ने हिव्वी मानिसहरूलाई पनि संन्देश पठाए।
11:4b.JOS.011.004 यसकारण यी सबै राजाहरूका सेनाहरू साथ आए। त्यहाँ अनेक योद्धाहरू, अनि अनेक घोडा एवं रथहरू थिए। यो एक अत्यन्त विशाल सेना खचाखच देखिन्थ्यो कि त्यहाँ समुद्रको किनारमा भएका बालुवाका कणहरू जस्तै अनेक मानिसहरू थिए।
11:5b.JOS.011.005 ती सबै राजाहरू इस्राएलको विरूद्धमा एक साथ जम्मा भए। तिनीहरू एक साथ आए अनि इस्राएलीसित युद्ध गर्न मेरोम नदी छेऊमा एक साथ छाउनी लगाए।
11:6b.JOS.011.006 तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “त्यो सेनादलसित नडरा। भोलि यही समयमा तिमीहरूले तिनीहरूका घोडाहरूलाई लङ्गडा बनाइ सकेका हुनेछौ अनि तिनीहरूका सबै रथहरू जलाइसकेका हुनेछौ।”
11:7b.JOS.011.007 यहोशू अनि तिनका सम्पूर्ण सेनाले शत्रुलाई उदेक बनाए। तिनीहरूले शत्रुलाई मेरोम नदीमा आक्रमण गरे।
11:8b.JOS.011.008 परमप्रभुले तिनीहरूलाई इस्राएलको निम्ति परास्त पारिदिनु भयो। इस्राएलका सेनाले तिनीहरूलाई मारिदिए अनि तिनीहरूलाई महान सीदोन, मिश्रपोत मैम अनि पूर्वमा मिस्पा बेंसी सम्म खेदे। इस्राएलका सेनाहरू शत्रुहरूका एकजना पनि जीवित रहुञ्जेल सम्म लडे।
11:9b.JOS.011.009 यहोशूले त्यही गरे जो परमप्रभुले तिनलाई गर्नु भन्नु भएको थियो। यहोशूले तिनीहरूका घोडाका खुट्टाकाटि दिए र तिनीहरूका रथहरू जलाइदिए।
11:10b.JOS.011.010 त्यसपछि यहोशू फर्किर अनि हासोर शहरलाई कब्जा गरे। यहोशूले हासोरका राजालाई मारिदिए। हासोर ती सबै राज्यहरूका अगुवा थिए जो इस्राएल विरूद्ध लडे।
11:11b.JOS.011.011 इस्राएलका सेनाले त्यस शहरका प्रत्येक मानिसलाई मारिदिए। तिनीहरूले सबै मानिसहरूलाई पूर्णरूपले नष्ट गरिदिए। त्यहाँ कोही पनि जीवित छाडिएनन्। त्यसपछि तिनीहरूले शहर जलाइदिए।
11:12b.JOS.011.012 यहोशूले यी सबै शहरहरूलाई अधीनमा लिए। तिनले तिनीहरूका सबै राजाहरूलाई मारिदिए। यहोशूले ती शहरहरूमा भएका हरेक चीजहरू पूर्णरूपले नष्ट गरिदिए। तिनले परमप्रभुका दास मोशाले आज्ञा दिए अनुसार यसो गरे।
11:13b.JOS.011.013 तर इस्राएलका सेनाहरूले पर्वतहरूमाथि निर्माण भएका शहरहरू जलाएनन्। पर्वतमा निर्मित शहर हासोर तिनीहरूले जलाए। यो शहर यहोशूले जलाएको हो।
11:14b.JOS.011.014 इस्राएलका मानिसहरूले शहरमा भेट्टाएका सबै चीजहरू आफ्नै निम्ति राखे। तिनीहरूले सबै पशुहरू राखे जो तिनीहरूले शहरमा पाएका थिए। तर तिनीहरूले त्यहाँका सबै मानिसहरूलाई मारे। तिनीहरूले कुनै पनि मानिसलाई जीवित रहन दिएनन्।
11:15b.JOS.011.015 धेरै अघि परमप्रभुले उहाँका दास मोशालाई यसो गर्ने आज्ञा दिनु भएको थियो। तब मोशाले यहोशूलाई यो गर्न आज्ञादिए। यहोशूले ती सबै कुराहरू गरे जो परमप्रभुले मोशालाई भन्नु भएको थियो। कुनै आदेशहरूमा तिनी शिथिल भएनन्। ङ्गा
11:16b.JOS.011.016 यसरी यहोशूले सम्पूर्ण देशमा अधिकार गरे। पहाडी देश नेगेव, गोशेनका सबै क्षेत्र, पश्चिमी तराईका क्षेत्र, यर्दन बेंसी अनि इस्राएलका पर्वतहरू र नजिकका सम्पूर्ण पर्वतलाई तिनले नियन्त्रणमा लिए।
11:17b.JOS.011.017 सेइरको नजिकको हालाक पर्वत देखि हेर्मोन पर्वतमुनिको लबानोन बेंसीको बाल-गादसम्मका सबै भूमि यहोशूको अधिकारमा थियो। यहोशूले त्यस देशका सबै राजाहरूलाई समातेर मारिदिए।
11:18b.JOS.011.018 यहोशू ती राजाहरूको विरूद्ध धेरै वर्ष लडे।
11:19b.JOS.011.019 देश भरिमा एउटा शहरले मात्र इस्राएलसित शान्ति-सम्झौता गर्यो। त्यो हिव्वीहरूको शहर गिबोन थियो। अरू सबै शहरहरू युद्ध जितेर लिएका हुन।
11:20b.JOS.011.020 परमप्रभुले चाहनु हुन्थ्यो कि ती मानिसहरूले सोचुन् कि तिनीहरू शक्तिशाली थिए। तब तिनीहरू इस्राएलको विरूद्ध लडाइँ गर्नेछन्। यस प्रकारले उहाँले तिनीहरूलाई बिना दया नष्ट गर्न सक्नु हुनेछ। उनले तिनीहरूलाई त्यस प्रकारले नष्ट गर्न सक्नेछन्, जुन प्रकारले परमप्रभुले मोशालाई गर्नु भनी आज्ञा दिनु भएको थियो।
11:21b.JOS.011.021 अनाकी मानिसहरू हेब्रोन, दबीर, अनाब, यहूदा र इस्राएलका सारा पहाडी देशमा बस्थे। यहोशू तिनीहरू विरूद्ध लडे अनि ती सबै मानिसहरू र तिनीहरूका शहरहरूलाई पूर्ण रूपले नष्ट गरि दिए।
11:22b.JOS.011.022 इस्राएलमा कुनै अनाकी मानिसलाई जीवित छाडिएन। अनाकी मानिसहरू जसलाई जीवित छाडिए ती गाजा, गात अनि अश्दोदभित्र थिए।
11:23b.JOS.011.023 यहोशूले इस्राएलको सम्पूर्ण भूमिलाई परमप्रभुले मोशालाई धेरै अघि भन्नु भए कै तरीकामा आफ्नो अधिकारमा लिए। अनि यहोशूले इस्राएलका कुल समूहहरूमा ती भूमिहरू विभाजन गरे। आखिरमा, युद्ध अन्त भयो अनि त्यो भूमिमा शान्ति कायम भयो।
12
12:1b.JOS.012.001 इस्राएलका मानिसहरूले यर्दन नदीको पूर्वतफर्का भूमिमा अधिकार गरेका थिए। अर्नोनको बेंसी देखि हेर्मोन पर्वतसम्म अनि यर्दनको बेंसी तफर्का पूर्व तिरका सम्पूर्ण भूमि तिनीहरूका थिए। यो भूमि लिनका निम्ति इस्राएलका मानिसहरूले परास्त गरेका सबै राजाहरू यस प्रकार छन्;
12:2b.JOS.012.002 तिनीहरूले हेशबोन शहरमा बस्ने एमोरी राजा सीहोनलाई परास्त गरे। तिनले अरोएर क्षेत्रदेखि अर्नोन कन्दराको बीच हुँदै अनि गिलादको आधा हुँदै यब्बोक कन्दरासम्म जुन चाहि तिनीहरूको अमोरीहरूसित सीमाना थियो, शासन गर्थे।
12:3b.JOS.012.003 उसले यर्दन बेसीको पूर्व किन्नरेतको झील देखि लिएर खारा समुद्र अनि बेत्यशीमोतको दक्षिणतिर लिएर पिसगाको पहाडहरू सम्म राज्य गर्दथे।
12:4b.JOS.012.004 तिनीहरूले बाशानका राजा ओगलाई पनि परास्त गरे। ओग रपाई मानिसहरूबाट थिए। तिनी अस्तारोत अनि एद्रई भूमिमा बस्थे।
12:5b.JOS.012.005 ओगले हेर्मोन पर्वत, सलका अनि बाशानका समूर्ण क्षेत्रमा शान गरे। तिनको भूमिको सीमाना त्यहाँ अन्त हुन्थ्यो जहाँ गशूर अनि माका ती मानिसहरू बस्दथे। ओगले गिलादका आधा भूमिमा पनि शासन गरे। यो भूमि हेश्बोनका राजा सीहोनको इलाकाको सीमानासम्म थियो।
12:6b.JOS.012.006 परमप्रभुका दास मोशा अनि इस्राएलका मानिसहरूले यी सबै राजाहरूलाई परास्त गरे। अनि मोशाले त्यो भूमि रूबेनका कुल समूह, गादका कुल समूह अनि मनश्शेका आधा कुल समूहलाई दिए। मोशाले तिनीहरूलाई त्यो भूमि तिनीहरूको आफ्नै नाउँमा गरिदिए।
12:7b.JOS.012.007 यहोशू अनि इस्राएलीहरूले यर्दन नदीको पश्चिमको भूमिहरूका राजाहरूलाई पराजित गरे। अनि यहोशूले यो मानिसहरूलाई दिए अनि यसलाई बाह्र कुल समूहमा विभाजित गरिदिए। यो भूमि उत्तरमा लेबनान बेंसीको बालगाददेखि दक्षिणमा पर्वत हालाकसम्म जुन (पूर्वतिर) सेईर (एदोम) तिर अघि बढ्दै विस्तारित थियो।
12:8b.JOS.012.008 यसमा पहाडी देश, पश्चिमी तराई, यर्दन बेंसी पूर्वी पर्वतहरू, मरूभूमि अनि नेगेब सम्मिलित थिए। यो भूमि त्यो थियो जहाँ हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी अनि यबूसी मानिसहरू बस्थे। यहाँ इस्राएलका मानिसहरूले परास्त गरेका राजाहरूको सूची छः
12:9b.JOS.012.009 यरीहोका राजा 1 बेतेल नजीकका ऐका राजा1
12:10b.JOS.012.010 यरूशलेमका राजा1 हेब्रोनका राजा1
12:11b.JOS.012.011 यमूतर्का राजा1 लाकीशका राजा1
12:12b.JOS.012.012 एग्लोनका राज1 गेजेरका राज1
12:13b.JOS.012.013 दबीरका राजा1 गेदेरका राजा1
12:14b.JOS.012.014 होर्माका राज1 आरादका राजा1
12:15b.JOS.012.015 लिब्नाका राजा1 अद्रदुलामका राज1
12:16b.JOS.012.016 मक्केदाका राजा1 बेतेलका राजा1
12:17b.JOS.012.017 तप्पूहका राज1 हेपेरका राजा1
12:18b.JOS.012.018 अपेकका राजा1 लश्शारोनका राजा1
12:19b.JOS.012.019 मादोनका राजा1 हासोरका राजा1
12:20b.JOS.012.020 शिम्रोन-मोरनका राजा1 अक्षापका राजा1
12:21b.JOS.012.021 तानाकका राजा1 मगिद्दोका राजा1
12:22b.JOS.012.022 कादेशका राजा1 कर्मेलको योक्रामका राजा1
12:23b.JOS.012.023 दोर पर्वतको दोरका राजा1 गिलगालको गोयीमका राजा1
12:24b.JOS.012.024 तिर्साका राजा1 राजाहरूको मोठ संख्या 31
13
13:1b.JOS.013.001 जब यहोशू अत्यन्त बृद्ध भए, परमप्रभुले तिनलाई भन्नुभयो, “यहोशू तँ बृद्ध भइसकेको छस्, तर तैंलेअझ्झ धेरै भूमि अधिकारमा ल्याउनुछ।
13:2b.JOS.013.002 त्यहाँ पलिश्तीहरू र गश्शूरीहरूको भूमि अझ्झै बाँकी नै छ,
13:3b.JOS.013.003 भूमि मिश्रको शिहोर नदीदेखि लिएर एक्रोनको सम्म अनि उत्तरतिरको भूमि सम्म छ। भूमि अझ्झै पनि कनानी मानिसहरूद्वारा अधिकार भइरहेको छ। पलिश्तीहरूको पाँच अगुवाहरू गाजी, अश्दोदी, अश्कलोनी, गात अनि एक्रोनलाई नष्ट भएको छैन, न ता अव्वी मानिसहरूलाई,
13:4b.JOS.013.004 जो दक्षिणतिर बस्छन्। कनानीहरूको सबै भूमि (जुन चाँहि सीदोनीहरूको हो) देखि लिएर अपेक सम्म, जहाँ सम्म एमोरीहरूको सीमानामा पर्छ।
13:5b.JOS.013.005 अनि गीबालीहरूको भूमि लबानोनको बाल गादको पूर्वतिर देखि लिएर हेर्मोको पर्वतको मुनि देखि लेबो-हमात प्राप्त गर्न अझै बाँकी नै छ।
13:6b.JOS.013.006 “सबै सीदोनी मानिसहरू, पनि जो लबानोनको पहाडी भूमिदेखि लिएर मिश्रपोत मैमसम्म बस्दछन्। म यी सबै मानिसहरूलाई इस्राएलीहरूका निम्ति भगाइदिनेछु। मैले आज्ञा गरे झैं भूमि तिनीहरूको उत्तराधिकार अनुसार इस्राएलीहरूको बीचमा बाँडिदेऊ।
13:7b.JOS.013.007 अब नौं कुल समूहहरू अनि मनश्शेका आधा कुल समूहको माझ भूमि विभाजन गर।” भूमि-विभाजन
13:8b.JOS.013.008 रूबेन, गाद अनि मनश्शेका अर्को आधा कुल समूहहरूले सबै तिनीहरूका भूमि अधिनै लिइसकेका थिए। परमप्रभुका दास मोशाले तिनीहरूलाई यर्दन नदी पूर्वको भूमि दिए।
13:9b.JOS.013.009 तिनीहरूको भूमि आरोएर देखि शुरू भएर अर्नोनको बेंसी अनि बेंसीको बिचमा भएको शहर सम्म थियो। अनि त्यसमा मेदबा देखि दीबोन सम्मको सम्पूर्ण भूमि सम्मिलित थिए।
13:10b.JOS.013.010 एमोरी मानिसहरूका राजा सीहोनले शासन गरेका सबै शहरहरू त्यस भूमिमा थिए। ती राजाले हेश्बोनको शहरमा शासन गरेका थियो। त्यो भूमि त्यो क्षेत्रसम्म फैलिएको थियो जहाँ एमोरी मानिसहरू बस्थे।
13:11b.JOS.013.011 गिलाद शहर पनि त्यस भूमिमा थियो। अनि त्यो क्षेत्र जहाँ गशूर अनि माकाका मानिसहरू त्यस भूमिमा बस्दथे। सम्पूर्ण हेर्मोन पर्वत अनि सम्पूर्ण बाशानका सलकासम्मको क्षेत्र त्यस भूमिमा थियो।
13:12b.JOS.013.012 बाशनमा ओगको सम्पूर्ण राज्य विगतमा जसले अश्तारोत र एद्रईहरूमा शासन, गरेका थिए। ओग रपाई मानिसहरूको अन्तिम थिए, मोशाले यी मानिसहरूलाई आक्रमण गरे अनि तिनीहरूको भूमि लिए।
13:13b.JOS.013.013 इस्राएलका मानिसहरूले गेशूर अनि माकाका मानिसहरूलाई बाहिर निक्लन बाध्य तुल्याएनन्। ती मानिसहरू अझसम्म इस्राएलका मानिसहरू माझ बस्छन्।
13:14b.JOS.013.014 लेवी कुल समूह मात्र त्यो एक थियो। जसले कुनै भूमि प्राप्त गरेन। बद्लामा लेवीका मानिसहरूले ती सबै पशुहरू पाए जो आगोद्वारा परमप्रभु परमेश्वरलाई अर्पण गरिएका थिए। यो त्यही थियो जो परमप्रभुले तिनीहरूलाई भाकल गर्नु भएको थियो।
13:15b.JOS.013.015 मोशाले प्रत्येक कुल समूहलाई रूबेनका कुल समूहबाट केही भूमि दिएका थिए। तिनीहरूले पाएको भूमि यो होः
13:16b.JOS.013.016 यो भूमि अर्नोनको बेंसी नजिकको अरोएर मेदबा शहरसम्म थियो। यसमा सम्पूर्ण समतल भूमि अनि बेंसी माझको शहर सम्मिलित थियो।
13:17b.JOS.013.017 त्यो भूमि हेश्बोनसम्म लगातार थियो। यसमा समतल भूमिको सबै शहरहरू सम्मिलित थियो। ती शहरहरू दीबोन, बमोतबाल, बेतबाल्मोन,
13:18b.JOS.013.018 यहसा, कदेमोत, र मेपात,
13:19b.JOS.013.019 किर्यातैम, सिब्मा, डाँडाको बेंसी सेरेथशेहर,
13:20b.JOS.013.020 बेतपोर, पिसगाको पाखो अनि बेत्यशीमोत थिए।
13:21b.JOS.013.021 यसरी त्यहाँका सबै भूमिमा अनि सबै क्षेत्रमा एमोरी मानिसहरूका राजा सीहोनले शासन गर्थे, सम्मिलित थिए। ती राजाले हेश्बोनमा शासन गर्थे। तर मोशाले तिनलाई अनि मिद्यानका अगुवाहरूलाई परास्त गरेका थिए। ती अगुवाहरू एवी, रेकेम, सूर, हूर अनि रेबा थिए। (यी सबै अगुवाहरू एक साथ सीहोन विरूद्ध लडेका थिए।) यी सबै अगुवाहरू त्यस देशमा बस्थे।
13:22b.JOS.013.022 इस्राएलका मानिसहरूले बओरका छोरा बिलामलाई परास्त गरे। (बालामले भविष्य भन्नका निम्ति जादूको उपयोग गर्ने कोशिश गरे।) इस्राएलका मानिसहरूले युद्धमा धेरै मानिसहरूलाई मारे।
13:23b.JOS.013.023 जो भूमि रूबेनलाई दिइएको थियो त्यो यर्दन नदीको किनारमा टुङ्गिइन्थ्यो। यसर्थ रूबेनलाई दिइएको भूमिमा यी सबै शहरहरू र सूचीमा भएका तिनीहरूका खेतहरू सम्मिलित थिए।
13:24b.JOS.013.024 मोशाले गादका कुल समूहलाई दिएको भूमि यही हो। मोशाले यो भूमि प्रत्येक कुल समूहलाई दिए।
13:25b.JOS.013.025 याजेरको भूमि अनि गिलादका सम्पूर्ण शहरहरू। तिनीहरूलाई मोशाले रब्बाको नजिकको अरोएरसम्म अनि अम्मोनीहरूका आधाभूमि दिए।
13:26b.JOS.013.026 त्यो भूमि हेश्बोन देखि रामत मिस्पा अनि बेतोनीम सम्मका क्षेत्रहरू सम्मिलित थिए। त्यो भूमि महनोम देखि दबीरको सीमानासम्म थियो।
13:27b.JOS.013.027 त्यस भूमि बेथाराम बेंसी, बेतनिम्रा सुक्कोत, र सापोन सम्मिलित थिए। अन्य भूमि जो सीहोन, हेश्बोनका राजाले शासन गरेका थिए यो सबै भूमि सम्मिलित थियो। यो भूमि यर्दन नदीको पूर्वतर्फ र गालील समुद्रको छेउसम्म थियो।
13:28b.JOS.013.028 यी सबै भूमिहरू जो मोशाले गादका कुल समूहलाई दिएका थिए। त्यो भूमिमा सूचीमा भएका सबै शहरहरू सम्मिलित थिए। मोशाले त्यो भूमि प्रत्येक कुल समूहलाई दिएका थिए।
13:29b.JOS.013.029 मोशाले मनश्शेका आधा कुल समूहलाई दिएको भूमि यही हो। मनश्शेको कुल समूहका सबै कुलका आधाले यो भूमि प्राप्त गरेः
13:30b.JOS.013.030 त्यो भूमि महनोमबाट शुरू भएको थियो। त्यो भूमिमा सम्पूर्ण बाशान सम्मा, र बाशानका राजा ओगले शासन गरेका सम्पूर्ण भूमि, बाशान र याईरका सबै शहरहरू सम्मिलित थिए। त्यहाँ जम्मा साट्ठीवटा शहरहरू थिए।
13:31b.JOS.013.031 त्यो भूमिमा गिलादको आधा, अश्तारोत अनि एद्रेई-ओगको राजधानीवरिपरीका शहरहरू पनि सम्मिलित थिए। यी सबै भूमिहरू मनशशेका छोरा माकीरका कुललाई दिए। ती छोराहरू मध्ये आधाले यो भूमि प्राप्त गरे।
13:32b.JOS.013.032 मोशाले यी सबै भूमि ती कुल समूहहरूलाई दिए, मोशाले यसो गरे जब मानिसहरू मोआबको समतल भूमिको छाउनीमा बसेका थिए। यो यरीहोको पूर्व यर्दन नदी पारी थियो।
13:33b.JOS.013.033 मोशाले लेवी कुल समूहलाई कुनै पनि भूमि दिएनन्। परमप्रभु इस्राएलका परमेश्वरले प्रतिज्ञा गर्नु भएको छ कि उहाँ स्वयं लेवी कुल समूहका निम्ति भेटूनु हुनेछ।
14
14:1b.JOS.014.001 पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि इस्राएलका सबै कुल समूहका अगुवाहरूले कनानमा कुन चाहि भूमि मानिसहरूलाई दिने भनि निर्णय गरे।
14:2b.JOS.014.002 परमप्रभुले धेरै अघि त्यो तरिका मोशालाई आज्ञा गर्नु भएको थियो जुन तरिकाले उहाँ चाहनु हुन्थ्यो, कि मानिसहरूले आफ्ना भूमि छानुन्। साढे नौं कुल समूहका मानिसहरूले कुन भूमि कस-कसले पाउने सो निर्णय गर्नका निम्ति चिट्ठा लगाए।
14:3b.JOS.014.003 मोशाले अघिनै अढाई कुल समूहलाई यर्दन नदीको पूर्व तिरको भूमि तिनीहरूलाई दिइसकेका थिए। तर अन्य मानिसहरूलाई दिए जस्तै लेवी कुल समूहलाई कुनै भुमि दिइएन।
14:4b.JOS.014.004 ती बाह्र कुल समूहहरूलाई तिनीहरूकै भूमि पाए। यूसुफका छोराहरू दुइ कुल समूहमा विभाजन भएका थिए मनश्शे अनि एप्रैम। अनि प्रत्येक कुल समूहले केही भूमि प्राप्त गरे। तर लेवी कुल समूहका मानिसहरूलाई कुनै भूमि दिइएन। तिनीहरूलाई बस्नका निम्ति केवल केही शहरहरू दिए। अनि यी शहरहरू प्रत्येक कुल समूहका भूमिमा थिए। तिनीहरूलाई आफ्ना पशुहरू अनि खेतहरू पनि दिइयो।
14:5b.JOS.014.005 परमप्रभुले मोशाद्वारा आज्ञा गरे अनुसार इस्राएलको मानिसहरूले भूमि विभाजित गरे।
14:6b.JOS.014.006 एकदिन यहूदाका कुल समूहबाट केही मानिसहरू गिलगालमा यहोशूकहाँ गए। ती मानिसहरू मध्ये एकजना कनज्जी-यपुन्नेका छोरा कालेब थिए। कालेबले यहोशूलाई भने, “परमप्रभुले कादेशबर्नेमा तपाईं र मेरो विषयमा उहाँको दास मोशालाई भन्नु भएका कुराहरू तपाईंलाई याद छ।
14:7b.JOS.014.007 हामी जहाँ जाँदै थियौं परमप्रभुका दास मोशाले मलाई भूमि हेर्न पठाउनुभयो। त्यस समयमा म चालीस वर्षको थिएँ। जब म फर्कें, जो यसको बारेमा इमान्दारी साथ मैले अनुभव गरेको थिएँ। मैले मोशालाई भने।
14:8b.JOS.014.008 ती अन्य मानिसहरू जो मसित गएका थिए तिनीहरूले मानिसहरूलाई ती कुराहरू भने जसले तिनीहरूलाई भयभीत तुल्याए। तर म साँच्ची नै विश्वास गरें कि परमप्रभुले त्यो भूमि हामीलाई दिनुहुनेछ।
14:9b.JOS.014.009 यसकारण त्यसदिन मोशाले मसित एउटा प्रतिज्ञा गरे। तिनले भने, ‘त्यो भूमि जहाँ तिमी गयौ त्यो तिम्रो हुनेछ। तिम्रा छोरा-छोरीहरू सदाका निम्ति त्यो भूमिको मालिक हुनेछन्। म त्यो भूमि तिमीलाई दिनेछु। किनभने तिमीले साँच्चै नै परमप्रभु, मेरा परमेश्वर माथि विश्वास गरेका छौ।’
14:10b.JOS.014.010 “अहिले, परमप्रभुले भन्नु भए अनुसार पैंतालीस वर्ष सम्म उहाँले मलाई जीवित राख्नु भएको छ। त्यस समयमा हामी सबै मरूभूमिमा बिनाकाम घुमि-हिड्यौं। अहिले म पचासी वर्ष पुगें।
14:11b.JOS.014.011 म अझै उतिकै बलियो छु जतिबेला मोशाले मलाई बाहिर पठाएका थिएँ। म त्यसबेला जस्तै आज पनि युद्ध गर्न सक्छु।
14:12b.JOS.014.012 यसर्थ अब मलाई त्यो पहाडी देश दिनुहोस् जो परमप्रभुले धेरै अघि मलाई वचन दिनु भएको थियो। त्यससमय तपाईंले सुन्नु भयो कि शक्तिशाली अनाकी मानिसहरू त्यहाँ बस्थे। अनि शहरहरू अत्यन्त ठूला र सुरक्षित थिए। तर अब, हुन सक्छ, परमप्रभु मेरो साथ हुनुहुन्छ अनि परमप्रभुले भन्नु भए झैं त्यो भूमि म लिने छु।”
14:13b.JOS.014.013 यहोशूले यपुन्नेका छोरा कालेबलाई आशीर्वाद दिए। यहोशूले तिनलाई आफ्नै हुने गरी हेब्रोन शहर दिए।
14:14b.JOS.014.014 अनि त्यो शहर अझ पनि कनिज्जी यपुन्नेका छोरा कालेबको अधीनमा छ किनभने उसले परमप्रभु इस्राएलका परमेश्वर प्रति विश्वास गरे अनि उहाँको आदेश पालन गरे।
14:15b.JOS.014.015 पहिले त्यो शहरलाई कितर्यर्बा भनिन्थ्यो। शहरको नाउँ अनाकी मानिसहरू मध्ये सबै भन्दा महान मानिस अर्बाको नाउँमा राखिएको थियो। त्यसपछि, त्यो भूमिमा शान्ति छायो। यहूदाका निम्ति भूमि
15
15:1b.JOS.015.001 त्यो भूमि जो यहूदालाई दिइएको थियो त्यो कुल समूहका माझ विभाजन गरियो। त्यो भूमि एदोमको सीमानासम्म अनि दक्षिणमा तेमानको सीन मरूभूमिसम्म फैलिएको थियो।
15:2b.JOS.015.002 यहूदाको भूमिको दक्षिणी सीमाना खारा समुद्रको दक्षिण अन्त देखी शुरू भएको थियो।
15:3b.JOS.015.003 सीमाना अक्रब्बीन छिरूर्वोको दक्षिणबाट जीन मरूभूमि तर्फ अनि माथि कादेश तिर यसको दक्षिणतिरबाट हुँदै हेस्रोन कटेर अद्दारसम्म अनि त्यहाँबाट कर्कासम्म गयो।
15:4b.JOS.015.004 यो सीमाना मिश्रको खोला अज्मोन तिर बडेर गएको थियो। अनि त्यसपछि भूमध्य सागर तर्फ अघि बढेको थियो। यो तिनीहरूको दक्षिणी सीमाना हो।
15:5b.JOS.015.005 तिनीहरूको पूर्वी सीमाना खारा समुद्र किनार देखि त्यो क्षेत्र सम्म फैलिएको थियो, जहाँ यर्दन नदी, खारा समुद्र भित्र बहन्थ्यो। तिनीहरूको उत्तरी सीमाना त्यो क्षेत्रबाट शुरू भएको थियो, जहाँ यर्दन नदी खारा समुद्र भित्र प्रवेश गर्थ्यो।
15:6b.JOS.015.006 बेथोग्लमदेखि उत्तरमा बेतराबा सम्म सीमाना फैलिएको थियो। त्यो सीमाना बोहनको चट्टान छिचलेर गएको थियो। (बोहन, रूबेनका छोरा थिए।)
15:7b.JOS.015.007 उत्तरी सीमाना आकोर वेशीदेखि दबीरको उकालोसम्म छ। तब सीमाना उत्तरतर्फ सोजो गिलगाल तिर गएको थियो। गिलगाल बाटोको अर्को पट्टि छ जुन अदुम्मीम पर्वत भएर गएको छ। त्यो सानो खोलाको दक्षिण पट्टि थियो। त्यो सीमाना एन्शेमेशको खोला पछिल्तिर गएको थियो। त्यो सीमाना एन्शेगेलमा अन्त भएको थियो।
15:8b.JOS.015.008 त्यसपछि त्यो सीमाना यबूसी शहरको दक्षिणी छेउबाट हिन्नोम बेंसी भएर गएको थियो। (त्यो यबूसी शहरलाई यरूशलेम भनिन्थ्यो।) त्यस स्थानमा त्यो सीमाना हिन्नोम बेंसीको पश्चिममा भएको पहाडको चुचुरो तिर गएको थियो। यो रपाईं बेंसीको उत्तरतर्फ अन्तमा थियो।
15:9b.JOS.015.009 त्यस स्थान देखि त्यो सीमाना नेप्तोहको पानीको तलाउ तर्फ गएको थियो। त्यस पछि त्यो सीमाना एप्रोन नजिकका शहरहरू तिर गएको थियो। त्यस स्थानमा त्यो सीमाना घुमेर बाला तिर गएको थियो। बालालाई किर्यत्यारी पनि भनिन्छ।
15:10b.JOS.015.010 बालामा त्यो सीमाना पश्चिम तर्फ घुमेको थियो। अनि सेईरको पहाडी देश तर्फ गएको थियो। त्यो सीमाना यारीम पर्वत (कसालोन)को उत्तरी छेउसम्म भएर तलतिर बेतशेमेश तिर फैलिएको थियो। त्यहाँ देखि त्यो सीमाना तिम्रामा पार गरेर गएको थियो।
15:11b.JOS.015.011 सीमाना एक्रोनको उत्तरी पहाड भएर फैलिएको छ। त्यस सीमाना बाला पर्वत पार भएर शिक्करोन तिर सोझैं यब्नेल भएर भूमध्य सागरमा अन्त भएको थियो।
15:12b.JOS.015.012 भूमध्य सागर यहूदको भूमिको पश्चिमी सीमाना थियो। यसरी यहूदाको भूमि यी चार सीमानाहरू भित्र थियो। यहूदाका कुलहरू यो क्षेत्रमा बस्थे।
15:13b.JOS.015.013 यहोशूले युपन्नेको छोरो कालेबलाई यहूदाको निम्ति तोकिएको क्षेत्रभित्रको केही भूमि परमप्रभुले भन्नु भए झैं नै दिए। तिनले अर्बा किर्यार्वाको शहर (जसलाई हेब्रोन शहर भनिन्छ) अनाकका पिताले तिनलाई दिए।
15:14b.JOS.015.014 कालेबले हेब्रोनमा बसेका तीन अनाकी वंशीहरूलाई त्यो स्थान छोड्न बाध्य तुल्याए। ती वंशहरू शेशै, अहीमन र तल्मै थिए। तिनीहरू अनाक वंशका थिए।
15:15b.JOS.015.015 त्यसपछि कालेब दबीर निवासीहरूको विरूद्ध अघिबढे (पहिला, दबीरलाई कीर्यत सेपेर पनि भनिन्थ्यो।)
15:16b.JOS.015.016 कालेबले भने, “म कीर्यत सेपेर माथि आक्रमण गर्न चाहन्छु। म मेरे छोरी अक्सालाई त्यस मानिसलाई दिनेछु जसले आक्रमण गरेर त्यो शहरलाई परास्त गर्छ। म त्यस मानिसलाई मेरो छोरी विवाह गर्न दिनेछु।”
15:17b.JOS.015.017 ओत्निएल कालेबका भाई कनजका छोरा थिए। ओत्निएलले त्यो शहरलाई परास्त गरे, यसकारण कालेबले आफ्नी छोरी अक्सालाई ओत्निएलसँग विवाह गरिदिए।
15:18b.JOS.015.018 जब अक्सा ओत्निएल कहाँ आई, ओत्निएलले अक्सालाई भने तिम्रा बाबु कालेबसित पानी भएको उब्जाउ भूमिको निम्ति बिन्ती गर। अक्सा आफ्ना पिताकहाँ गइन्। जब तिनी आफ्नो गधाबाट ओर्लिइन्, कालेबले सोधे, “तँ के चाहन्छेस्?”
15:19b.JOS.015.019 अक्साले उत्तर दिइन्, “मलाई एउटा आशीर्वाद दिनुहोस्। तपाईंले मलाई नेगवमा सूखा भूमि दिनुभयो। दयागरी मलाई पानी भएको केही भूमि पनि दिनु होस्।” यसर्थ तिनले चाहेको भूमि कालेबले दिए। तिनले त्यो भूमिको पानीका माथिल्लो अनि तल्लो पोखरीहरू दिए।
15:20b.JOS.015.020 यहूदाका कुल समूहले त्यो भूमि प्राप्त गरे, जो परमप्रभुले तिमीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो। प्रत्येक कुल समूहले भूमिको अंश पाए।
15:21b.JOS.015.021 यहूदाका कुल समूहले नेगेबको दक्षिणी अंशका सबै शहरहरू प्राप्त गरे। यी शहरहरू एदोमको सीमाना नजिकै थिए। यहाँ ती शहरहरूको सूची छः कब्सेल, एदेर, यागूर,
15:22b.JOS.015.022 कीना, दीमोना, अदादा,
15:23b.JOS.015.023 केदेश, हासोर, यित्नान,
15:24b.JOS.015.024 जीप, तेलेम, बालोत,
15:25b.JOS.015.025 हासोरादत्ता, किरय्योथ-हेस्रोन (हासोर),
15:26b.JOS.015.026 अमान, शर्मा, मोलादा,
15:27b.JOS.015.027 हसगद्दा, हेशमोन, बेत्पालेत,
15:28b.JOS.015.028 हसर्शूआल, बेशेर्बा, बिज्योत्या,
15:29b.JOS.015.029 बाला, ईम, एसेम,
15:30b.JOS.015.030 एल्तोलद, कसील, होर्मा,
15:31b.JOS.015.031 सिक्लग, मदूमन्ना, सन्सन्ना,
15:32b.JOS.015.032 लबाओत, शिल्हीम, एन अनि रिम्मोन। त्यहाँ सबजसम्म उन्तीसवटा शहर अनि तिनका सबै खेतहरू थिए।
15:33b.JOS.015.033 यहूदाका कुल समूहले पश्चिमी तराईमा भएका शहरहरू पनि पाए। ती शहरहरूको सूची यहाँ छः एश्तोल, सारा, अश्ना,
15:34b.JOS.015.034 जानोह, एन्गन्नीम, तपूह, एनाम,
15:35b.JOS.015.035 यर्मूत, अदुल्लाम, सोको, अजेका,
15:36b.JOS.015.036 शारैम, अदीतैम, अनि गदेरा (गदेरोतेम) त्यहाँ जम्मा चौधवटा शहरहरू अनि तिनका सबै खेतहरू थिए।
15:37b.JOS.015.037 यहूदाका कुल समूहलाई यी शहरहरू पनि दिइएः सनान, हदाशा, मिग्दलाद,
15:38b.JOS.015.038 दिलान, मिस्पे, योक्तेल,
15:39b.JOS.015.039 लाकीश, बोस्कत, एग्लोन,
15:40b.JOS.015.040 कोब्बन, लहमाम, कितलीश,
15:41b.JOS.015.041 गदेरोत, बेत्दागान, नामा अनि मक्केदा। त्यहाँ जम्मा सोह्रवटा शहर अनि ती वरिपरिका सबै खेतहरू थिए।
15:42b.JOS.015.042 यहूदाका मानिसहरूले यी शहरहरू पनि पाएः लिब्ना, एतेर, आशान,
15:43b.JOS.015.043 यिप्ताह, अश्ना, नसीब,
15:44b.JOS.015.044 कीला, अक्जीब अनि मारेशा। त्यहाँ जम्मा नौंवटा शहर अनि ती वरिपरिका खेतहरू थिए।
15:45b.JOS.015.045 यहूदाका मानिसहरूले एक्रोन शहर अनि यसका नजिकका सबै स-साना शहरहरू र ती वरिपरिका खेतहरू पनि प्राप्त गरे।
15:46b.JOS.015.046 तिनीहरूले एक्रोनको पश्चिमको क्षेत्र अनि अश्दोद नजिकका सबै खेतहरू अनि शहरहरू पनि पाए।
15:47b.JOS.015.047 अश्दोद वरिपरिका सबै क्षेत्र अनि स-साना शहरहरू यहूदाको भूमिका अंश थिए। यहूदाका मानिसहरूले गाजा वरिपरिका क्षेत्र अनि खेतहरू अनि त्यसका नजिकमा भएका शहरहरू पनि प्राप्त गरे। तिनीहरूको भूमि मिश्रको नदीसम्म लगातार फैलिएको थियो। अनि तिनीहरूको भूमि, भूमध्य समुद्रको किनारा छेउ छाउ सम्म लगातार थियो।
15:48b.JOS.015.048 यहूदाका मानिसहरूलाई पहाडी देशका शहरहरू पनि प्रदान गरे। ती शहरहरूको सूची यहाँ छः शामीर, यत्तीर, सोको,
15:49b.JOS.015.049 दन्ना, किर्यत्सन्ना (दबीर),
15:50b.JOS.015.050 अनाब, एश्तमो, अनीम,
15:51b.JOS.015.051 गोशेन, होलोन, अनि गीलोह। त्यहाँ जम्मा एघारवटा शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।
15:52b.JOS.015.052 यहूदाका मानिसहरूलाई यी शहरहरू पनि दिइएः अरब, दुमा, एशान,
15:53b.JOS.015.053 यार्नूम, बेत्तप्पूह, अपेका,
15:54b.JOS.015.054 हुम्ता, किर्यतर्बा (हेब्रोन) अनि सीओर। त्यहाँ नौंवटा शहरहरू र ती वरिपरिका सबै खेतहरू थिए।
15:55b.JOS.015.055 यहूदाका मानिसहरूलाई यी शहरहरू पनि दिइएः माओन, कर्मेल, जीप, यूता,
15:56b.JOS.015.056 यिज्रेल, योक्दाम, जानोह,
15:57b.JOS.015.057 कैन, गिबा अनि तिम्ना। त्यहाँ जम्मा दशवोटा शहरहरू अनि ती वरिपरिका खेतहरू थिए।
15:58b.JOS.015.058 यहूदाका मानिसहरूलाई यी शहरहरू पनि प्रदान गरिएः हल्हूल, बेत्सर, गदोर,
15:59b.JOS.015.059 मारात, बेतनोत, एल्तकोन। सबजम्मा त्यहाँ छवटा शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।
15:60b.JOS.015.060 यहूदाका मानिसहरूलाई रब्बा अनि किर्यतबाल जोकिर्यत्यारीम यी दुइ शहरहरू पनि दिइए।
15:61b.JOS.015.061 यहूदाका मानिसहरूलाई मरूभूमिमा भएका शहरहरू पनि दिइए। यहाँ ती शहरहरूको सूचीछः बेतराबा, मिद्दीन, सकाका,
15:62b.JOS.015.062 निब्शान, नूनको शहर अनि एनगदी। त्यहाँ सबजम्मा छवटा शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।
15:63b.JOS.015.063 यहूदाका सेना यरूशलेममा बसेका यबूसी मानिसहरूलाई बाहिर निक्लन बाध्य तुल्याउन सामर्थ भएनन्। यसर्थ आजसम्म यरूशलेममा यहूदाका मानिसहरू माझ यबूसी मानिसहरू बस्छन्।
16
16:1b.JOS.016.001 यो त्यो भूमि हो जो यूसुफका कुलले प्राप्त गरे। यो भूमि यरीहो नजिकै यर्दन नदीबाट शुरू भएर यरीहोको जल क्षेत्रसम्म लगातार फैलिएको थियो। यो यरीहोको ठीक पूर्वमा थियो। यसको सीमाना यरीहो देखि माथि तिर बेतेलको पहाडी देशसम्म लगातार फैलिएको थिए।
16:2b.JOS.016.002 त्यसपछि त्यो सीमाना बेतेल (लाजः देखि अरकीको सीमाना अतारोत तर्फ लगातार गएको थिए।
16:3b.JOS.016.003 तब सीमाना थल्पेतीको सीमानासम्म पश्चिमतिर गयो। त्यो सीमाना निम्न बेथोरोन तर्फ गएको थिए। त्यसपछि त्यो सीमाना गेजेर तर्फ गएर भूमध्य समुद्र तिर फैलिएको थियो।
16:4b.JOS.016.004 यसरी मनश्शे अनि एप्रैमका मानिसहरूले आफ्ना भूमिप्राप्त गरे। मनश्शे अनि एप्रैम यूसुफका छोराहरू थिए।
16:5b.JOS.016.005 एप्रैमका मानिसहरूलाई दिइएको भूमि यो होः तिनीहरूको पूर्वी सीमाना अत्रोतद्दार, उच्च बेथोरोनको नजिकैबाट शुरू भएको थियो।
16:6b.JOS.016.006 अनि पश्चिमी सीमाना मिक्मतातबाट शुरू भएको थियो। त्यो सीमाना पूर्वतिर तानत्शीलो तर्फ घुमेर पूर्वतिर यानोहसम्म लगातार गएको थियो।
16:7b.JOS.016.007 त्यसपछि त्यो सीमाना यानोह देखि तलतिर अतारोत अनि नारासम्म गएको थियो। त्यो सीमाना यरीहोलाई नछोए सम्म लगातार गएर यर्दन नदीमा समाप्त भएको थिए।
16:8b.JOS.016.008 त्यो सीमाना तप्पूह देखि पश्चिम तिर कानाको बेसी तर्फ गएर समुद्रमा समाप्त भएको थियो। यो सबै भूमिहरू एप्रैमका मानिसहरूलाई दिइएका भूमिहुन्। त्यस कुल समूहका प्रत्येक वंशले यो भूमिको एक अंश पाए।
16:9b.JOS.016.009 एप्रैमको सीमानाका अनेक शहरहरू वास्तवमा मनश्शेका सीमाना भित्र थिए। तर एप्रैमका मानिसहरूले ती शहरहरू अनि ती वरिपरिका खेतहरू पाए।
16:10b.JOS.016.010 तर एप्रैमका मानिसहरूले कनानी मानिसहरूलाई गेजेर शहर छाड्न बाध्य तुल्याउन समर्थ थिएनन्। यसकारण कनानी मानिसहरू एप्रैमी मानिसहरू माझ बस्छन्। तर कनानी मानिसहरू एप्रैमी मानिसहरूका दास भएका छन्।
17
17:1b.JOS.017.001 तब मनश्शेका कुल समूहलाई भूमि दिइयो। मनश्शे यूसुफका जेठा छोरा थिए। मनश्शेका जेठा छोरा माकीर थिए, जो गिलादका पिता थिए। माकीर एकजना महान सैनिक थिए, यसर्थ गिलाद अनि बाशानका क्षेत्रहरू माकीरका वंशलाई दिए।
17:2b.JOS.017.002 मनश्शेका कुल समूहका अन्य वंशहरूलाई पनि भूमि दिए। ती कुलहरू अबीएजेर, हेलेक, अस्रीएल, शेकेल, हेपेर अनि शमीदा थिए। यी सबै मानिसहरू यूसुफका छोरा मनश्शेक अन्य छोराहरू थिए। यी मानिसका कुलहरूले भूमिका आफ्ना अंश प्राप्त गरे।
17:3b.JOS.017.003 सलोफाद हेपेरका छोरा थिए। हेपेर गिलादका छोरा थिए। गिलाद माकीरका छोरा थिए अनि माकीर मनश्शेक छोरा थिए। सलोफदका कुनै छोराहरू थिएनन् तर तिनका पाँच जना छोरी थिए। तिनीहरूको नाउँ महला, नोआ, होग्ला, मिल्का अनि तिर्सा थियो।
17:4b.JOS.017.004 ती छोरीहरू एलीजार पूजाहारी, नूनका छोरा यहोशू अनि सबै अगुवाहरूकहाँ गए। ती छोरीहरूले भने, “परमप्रभुले मोशालाई भन्नुभयो कि उहाँले हामीलाई त्यसरी नै भूमि दिउन् जसरी हाम्रा पुरूष नातेदारहरूलाई दिइन्छ।” यसर्थ तिनले परमप्रभुको आज्ञा पालन गरे अनि छोरीहरूलाई केही भूमि दिए। यसरी यी छोरीहरूले आफ्ना काकाहरूले जस्तै आफ्नो भूमि पाए।
17:5b.JOS.017.005 यसरी मनश्शेका कुल समूहका यर्दन नदीको पश्चिमतर्फ दशवटा क्षेत्रहरू अनि यर्दन नदीको अर्को तफर्का गिलाद अनि बाशानका भूमिका दुइ अधिक क्षेत्रहरू भए।
17:6b.JOS.017.006 यसरी नै मनश्शेका कुल समूहका यी स्त्रीहरूले पनि पुरषहरूले जस्तै भूमि प्राप्त गरे। गिलादको भूमि बाँकी रहेका मनश्शेका सन्तानहरूलाई दिइयो।
17:7b.JOS.017.007 मनश्शेका भूमिहरू आशेर अनि मिक्मतात माझको क्षेत्रमा थिए। यो शकेमको नजिकै छ। यसको सीमाना दक्षिण तर्फ एन्तप्पूहको क्षेत्रतिर गएको थियो।
17:8b.JOS.017.008 तप्पूह विरपरिका भूमि मनश्शेका थियो, तर तप्पूह शहर तिनको थिएन। तप्पूह शहर मनश्शेको भूमिको सीमानामा थियो अनि यो एप्रैमका मानिसहरूको थियो।
17:9b.JOS.017.009 मनश्शेको सीमाना दक्षिण तिर कानाको बेंसीसम्म लगातार थियो। यो क्षेत्र मनश्शेका कुल समूहको थियो, तर शहरहरू एप्रैमका मानिसहरूका थिए। मनश्शेको सीमाना नदीको उत्तर तर्फ थियो अनि यो पश्चिम तर्फ भूमध्य समुद्रसम्म फैलिएको थियो।
17:10b.JOS.017.010 दक्षिण तफर्को भूमि एप्रैमको थियो। अनि उत्तर तफर्को भूमि मनश्शेको थियो। भूमध्य समुद्र पश्चिमी सीमानामा थियो। त्यो सीमानाले उत्तरमा आशेरको भूमि अनि पूर्वमा इस्साकारको भूमिलाई छोएको थियो।
17:11b.JOS.017.011 मनश्शेका मानिसहरूको इस्साकार अनि आशेर क्षेत्रहरूमा पनि शहरहरू पनि थिए। बेत्शान, यिवलाम अनि वरिपरिका स-साना शहरहरू मनश्शेका कुल समूहको थिए। मनश्शेका मानिसहरू दोर, एन्दोर, तानाक, मिगद्दो अनि ती शहरहरू वरिपरिका स-साना शहरहरूमा पनि बस्थे। तिनीहरू नापोतका तीन शहरहरूमा पनि बस्थे।
17:12b.JOS.017.012 मनश्शेका मानिसहरू ती शहरहरू परास्त गर्न समर्थ भएनन्। यसर्थ कनानी मानिसहरू त्यहाँ बसिरहे।
17:13b.JOS.017.013 तर इस्राएलका मानिसहरू शक्तिशाली भए। जब यस्तो भयो तब तिनीहरूले कनानका मानिसहरूलाई आफ्ना निम्ति काम गर्न बाध्य तुल्याए। तिनीहरूले कनानी मानिसहरूलाई त्यो भूमि छोड्न बाध्य तुल्याएनन्।
17:14b.JOS.017.014 यूसुफका कुल समूहले यहोशूसित बात गरे र भने, “तपाईंले हामीलाई भूमिको एक भाग मात्र दिनुभयो। जब हामी यति धेरै संख्यामा छौं, परमप्रभुले ज्यादा संख्यामा आशीर्वाद दिनु भएको छ, कि सम्पूर्ण भूमिबाट हामीलाई एक भाग मात्र दियौ?”
17:15b.JOS.017.015 यहोशूले तिनीहरूलाई उत्तर दिए, “यदि तिमीहरूसित अति धेरै मानिसहरू भए तब माथि पहाडी भूमिको जंङ्गलले भरिएको क्षेत्रमा जाऊ अनि त्यो भूमिको जंङ्गल फाँडेर त्यसलाई प्रयोग गर्न सक्छौ। त्यो भूमि अहिले परिज्जी अनि रपाई मानिसहरूको हो। तर यदि एप्रैमको पहाडी देश तिमीहरूका निम्ति अति सानो भए गएर त्यो भूमि लेऊ।”
17:16b.JOS.017.016 यूसुफका सन्तानले भने, “हाम्रो लागि पर्वतहरू प्रशस्त भूमि हुने छैन, तर हामी ती बेंसीहरूलाई लिन सक्तैनौं कारण बेशानको नजिकै यिर्जेब बेसीमा बस्ने र वरिपरिका गाउँहरूमा बस्ने कनानीका रथहरू छन् (अनि हाम्रो छैनन्।)”
17:17b.JOS.017.017 तब यहोशूले यूसुफ, एप्रैम अनि मनश्शेका मानिसहरूलाई भने, “तर तिमीहरू त्यहाँ अति धेरै छौ। अनि तिमीहरू अत्यन्त शक्तिशाली छौ। तिमीहरूले भूमिको एक हिस्सा भन्दा अधिक पाउनु पर्छ।
17:18b.JOS.017.018 तिमीहरूले पहाडी देश लिने छौ। त्यो एक जङ्गल हो, तर रूखहरू काटेर त्यस स्थानलाई बस्नका निम्ति असल तुल्याउन सक्छौ। अनि त्यो सम्पूर्ण भूमि तिमीहरूको हुनेछ। कनानी मानिसहरूलाई त्यो भूमि छोड्न तिमीहरूले वाध्य तुल्याउने छौ। तिनीहरू बलिया र तिनीहरूसित शक्तिशाली हात हतियारहरू भएता पनि तिमीहरूले तिनीहरूलाई पराजित गर्नेछौ।” शेष भूमिको विभाजन
18
18:1b.JOS.018.001 समस्त इस्राएली मानिसहरू शीलोमा एकसाथ भेला भए। त्यस स्थानमा तिनीहरूले भेट-हुने पाल लगाए। इस्राएलका मानिसहरूले त्यो देशलाई नियन्त्रण गरे। त्यस भूमिका सम्पूर्ण शत्रुहरूलाई तिनीहरूले परास्त गरे।
18:2b.JOS.018.002 तर त्यस समय त्यहाँ अझ इस्राएलका सात कुल समूहहरू थिए परमेश्वरले भाकल गर्नु भएको भूमि तिनीहरूलाई अझ सम्म पनि प्राप्त भएको थिएन।
18:3b.JOS.018.003 त्यसपछि यहोशूले इस्राएलका मानिसहरूलाई भने, “तिमीहरूको भूमि लिन तिमीहरू किन यतिलामो पर्खन्छौ? परमप्रभु, तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरले त्यो भूमि तिमीहरूलाई दिन्छु भन्नु भएको छ।
18:4b.JOS.018.004 यसर्थ तिमीहरू प्रत्येक कुल समूहले तीन मानिसहरूलाई चुन्नु पर्छ। म ती मानिसहरूलाई भूमिको निरक्षण गर्न पठाउने छु। तिनीहरूले त्यो भूमिको विवरण लिनेछन् अनि तिनीहरू फर्केर मकहाँ आउनेछन्।
18:5b.JOS.018.005 तिनीहरूले त्यो भूमिलाई सात भागमा विभाजन गर्नेछन्। यहूदा र यूसुफका मानिसहरूले आफ्ना भूमि दक्षिणमा लिनेछन्।
18:6b.JOS.018.006 तर तिमीहरूले भूमिको विवरण दिनु पर्नेछ अनि त्यसलाई सात भाग गर्नेछन्। मलाई मानचित्र ल्याई देऊ अनि कुन कुलले कुन भूमि प्राप्त गर्ने सो परमप्रभु हाम्रा परमेश्वरले निर्णय गरून्।
18:7b.JOS.018.007 लेवी मानिसहरूले भूमिको हिस्सा पाउँदैनन्। तिनीहरूको हिस्सा पूजाहारीको रूपमा परमप्रभुको सेवा गर्नु हो। गाद, रूबेन, मनश्शेका आधा कुल समूहले तिनीहरूलाई भाकल गरिएका भूमि पाइसकेका छन्। ती यर्दन नदीको पूर्वतर्फ छन्। परमप्रभुका दास मोशाले त्यो भूमि तिनीहरूलाई दिइसकेका छन्।”
18:8b.JOS.018.008 यसर्थ ती चुनिएका मानिसहरू त्यो भूमि हेर्न अनि त्यसबारे विवरण लेख्नका निम्ति गए। यहोशूले तिनीहरूलाई भने, “पूरा भूमिमा जाऊ अनि त्यसको विवरण लेख। त्यसपछि म कहाँ शीलोमा आऊ। त्यस पछि म चिट्ठा गर्नेछु अनि परमप्रभुले तिमीहरूका निम्ति भूमि विभाजन गरून्।”
18:9b.JOS.018.009 यसर्थ मानिसहरू त्यस भूमिमा गए। मानिसहरू सम्पूर्ण भूमिमा गए अनि यहोशूका निम्ति त्यसको विवरण लेखे। तिनीहरू सबैले शहरहरूको सूची तयार गरे अनि भूमिलाई सात भागमा विभाजन गरे। त्यसपछि तिनीहरू यहोशू कहाँ शीलोमा फर्के।
18:10b.JOS.018.010 यहोशूले शीलोमा परमप्रभुको समक्ष तिनीहरूको निम्चि चिट्ठा गरे। यस प्रकार यहोशूले भूमि विभाजित गरे अनि प्रत्येक कुल समूहलाई भूमिको अंश दिए।
18:11b.JOS.018.011 त्यो भूमि बिन्यामीनको कुल समूहलाई दिइयो जो यहूदा अनि यूसुफका क्षेत्रहरूको माझमा थियो। बिन्यामीनका कुल समूहका प्रत्येक वंशले आफ्नो भूमि प्राप्त गरे। बिन्यामीनको निम्ति चुनिएको भूमि यो होः
18:12b.JOS.018.012 यर्दन नदीबाट उत्तरी सीमाना शुरू भएको थियो। सीमाना यरीहको उत्तरी किनार भएर फैलिएको थियो। त्यसपछि सीमाना पश्चिम तिर पार्वत्य देशतर्फ फैलिएको थियो। बेतवानको पूर्वमा नपुगेसम्म सीमाना फैलिएर गएको थियो।
18:13b.JOS.018.013 त्यसपछि सीमाना दक्षिणमा लूज (बेतेल) तिर फैलियो। तब सीमाना अत्रोतद्दार तिर झर्यो। अत्रोतद्दार तल्लो बेथोरोनको दक्षिणको पहाडमाथि अवस्थित छ।
18:14b.JOS.018.014 बेथोरोनको दक्षिणी पहाडमा त्यो सीमाना दक्षिणतर्फ घुमेर पहाडको पश्चिम तिर फैलिएको थियो। सीमाना कियर्थबाल तर्फ फैलिएको थियो (यसलाई किर्यत्यारीम पनि भनिन्छ।) यो शहर यहूदाका मानिसहरूको थियो। यो पश्चिमी सीमाना थियो।
18:15b.JOS.018.015 दक्षिण सीमाना किर्यत्यारीमको नजिकबाट शुरू भएर नेप्तोह मुहान तर्फ गएको थियो।
18:16b.JOS.018.016 त्यसपछि सीमाना रपाईहरूको बेंसी उत्तरमा भएको हिन्नोम छोराको बेंसीको नजिकैको पहाडको फेद तिर फैलिएको थियो। सीमाना यबूसी शहरको ठीक दक्षिणमा भएको हिन्नोम बेंसीको तर्फ झरेको थियो। त्यसपछि सीमाना एन्रोगेल तर्फ गएको थियो।
18:17b.JOS.018.017 त्यहाँ, त्यो सीमाना उत्तरतर्फ घुमेर एन्शेमेश तर्फ गएको थियो। सीमाना गलीलोत तर्फ फैलिएको थियो (गलीलोत, पहाडमा अदूम्मीम उकालोको नजिकमा छ।) त्यो सीमाना रूबेनको छोरो बोहनको नाउँको महान शिला तिर झरेको थियो।
18:18b.JOS.018.018 त्यो सीमाना अराबको उत्तर तिर फैलिएको थियो र अराबमा नै झरेको थियो।
18:19b.JOS.018.019 त्यसपछि त्यो सीमाना बथोग्लाको उत्तर तर्फ भएर खारा समुद्रको उत्तरी किनारमा अन्त भएको थियो। यो त्यही स्थान हो जहाँ पुगेर यर्दन नदी समुद्रमा प्रवेश हुन्छ। त्यो दक्षिणी सीमाना थियो।
18:20b.JOS.018.020 यर्दन नदी पूर्वी सीमाना थियो। यसरी यो भूमि बिन्यामीनको कुल समूहलाई प्रदान गरियो। ती सबैतिरका सीमानाहरू थिए।
18:21b.JOS.018.021 प्रत्येक कुलले आफ्नो भूमि प्राप्त गरे। यी तिनीहरूका शहरहरू थिएः यरीहो, बेथोग्ला, एमोकसीस।
18:22b.JOS.018.022 बेत-अराबा, समारैम, बेतेल,
18:23b.JOS.018.023 अब्बीम, पारा, ओप्रा,
18:24b.JOS.018.024 कपरम्मोनी, ओप्नी अनि गेबा। त्यहाँ बाह्र शहरहरू अनि ती वरिपरिका खेतहरू थिए।
18:25b.JOS.018.025 बिन्यामीनको कुल समूहले गिबोन, रामा, बेरोत,
18:26b.JOS.018.026 मिस्पा, कपीरा, मोसा,
18:27b.JOS.018.027 रेकेम, यिर्पल, तरला, 28सेला, एलेप, यबूसी शहर (अर्थात यरूशलेम), गिबत अनि किर्यत। त्यहाँ चौध शहरहरू अनि ती वरिपरिका खेतहरू थिए। बिन्यामीनका कुल समूहले यी सबै क्षेत्रहरू प्राप्त गरे।
19
19:1b.JOS.019.001 तब यहोशूले शिमोन कुल समूहका सबै वंशहरूलाई तिनीहरूका भूमिका भाग प्रदान गरे। तिनीहरूले प्राप्त गरेको भूमि त्यो इलाका भित्र थिए जो यहूदाका थिए।
19:2b.JOS.019.002 तिनीहरूले जो प्राप्त गरे ती यीहुनूः बेर्शेबा (शेबा पनि भनिन्छ।), मोलादा,
19:3b.JOS.019.003 हजर्शूआल, बाला, एसेम,
19:4b.JOS.019.004 एल्तोलाद, बतूल, होर्मा,
19:5b.JOS.019.005 सिकलग, बेत्मर्काबोत, हसर्सूसा,
19:6b.JOS.019.006 बेत्लबाओत अनि शारूहेन। त्यसमा तेह्र शहरहरू अनि ती वरिपरिका समस्त खेतहरू थिए।
19:7b.JOS.019.007 तिनीहरूले ऐन, रिम्मोन, एतेर, अनि आशान शहरहरू पनि प्राप्त गरे। त्यसमा चार शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।
19:8b.JOS.019.008 तिनीहरूले शहरहरू वरिपरिका बालात-बेअर सम्मका सबै खेतहरू पनि पाए। यसरी त्यो क्षेत्र थियो जो शिमोनको कुल समूहलाई प्रदान गरिएको थियो। प्रत्येक कुलले आफ्ना भूमि प्राप्त गरे।
19:9b.JOS.019.009 शिमोनको भागको भूमि यहूदाले प्राप्त गरेको इलाका भित्र थियो। यहूदाका मानिसहरूको भूमि तिनीहरूलाई चाहिएको भन्दा ज्यादा थियो। यसर्थ शिमोनका मानिसहरूले तिनीहरूको भूमिको अंश प्राप्त गरे।
19:10b.JOS.019.010 तेस्रो कुल समूहको आफ्ना जमीन प्राप्त गर्ने जबूलूनहरू थिए। जबूलूनका प्रत्येक कुल समूहले तिनीहरूलाई भाकल गरिएका भूमि प्राप्त गरे। जबूलूनको भूमिको सीमाना सारीदसम्म रहेको थियो।
19:11b.JOS.019.011 त्यसपछि त्यो सीमाना पश्चिम तर्फ मरलासम्म फैलिएर ठीक दब्बेशेतलाई भेटून पुगेको थियो। त्यसपछि त्यो सीमाना योक्नाम नजिकको साँधुरो गल्छी भएर गएको थियो।
19:12b.JOS.019.012 त्यसपछि त्यो सीमाना सारीदको पूर्वबाट घुमेर किस्लोत्ताबोर सम्म पुग्यो। सीमाना दाबरत देखि फैलिएर यापी सम्म पुग्यो।
19:13b.JOS.019.013 त्यसपछि त्यो सीमाना पूर्वतिर गथेपेर अनि इथकासीन तिर फैलिएको थियो। त्यो सीमाना रिम्मोनमा अन्त भएको थियो। त्यसपछि त्यो सीमाना घुमेर नेआतर्फ गएको थियो।
19:14b.JOS.019.014 नेआदेखि त्यो सीमाना घुमेर उत्तरमा हन्नतोन अनि त्यसपछि इफथहेलको बेंसीसम्म फैलिएरको थियो।
19:15b.JOS.019.015 यो सीमाना भित्र काथाथ, नहलल, शीम्रोन, इदलाह अनि बेतलेहेम शहरहरू थिए। त्यहाँ जम्मा बाह्र शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।
19:16b.JOS.019.016 यसरी, यी शहरहरू अनि ती वरिपरिका खेतहरू जबूलूनलाई दिए। जबूलूनका प्रत्येक कुलले भूमिका आफ्ना अंश प्राप्त गरे।
19:17b.JOS.019.017 भूमिको चौथो अंश इस्साकारको कुल समूहलाई प्रदान गर्यो। त्यस कुल समूहका प्रत्येक वंशले भूमिको आफ्नो हिस्सा प्राप्त गरे।
19:18b.JOS.019.018 त्यस कुल समूहलाई प्रदान गरिएको भूमि यो होः यिज्रल, कसुल्लोत, शूनेम,
19:19b.JOS.019.019 हपरैम, शीओन, अनाहारत,
19:20b.JOS.019.020 रब्बीत, किश्योन, एबेस,
19:21b.JOS.019.021 रेमेत, एन्गन्नीम, एन्हद्दा अनि बेतपसेस।
19:22b.JOS.019.022 तिनीहरूको सीमानाले ताबोर, शहसूमा अनि बेत्शेमेशसम्म गएको थियो। त्यो सीमाना यर्दननदीमा टुङ्गिएको थियो। त्यसमा जम्मा सोह्र शहरहरू र ती वरिपरिका खेतहरू थिए।
19:23b.JOS.019.023 यी शहरहरू त्यो भूमिका अंश थिए जो इस्साकारको कुल समूहलाई दिएको थियो। प्रत्येक वंशले भूमिको आफ्नो भाग पाए।
19:24b.JOS.019.024 भूमिको पाँचौं भाग आशेरको कुल समूहलाई दिइयो। त्यस कुल समूहका प्रत्येक वंशले भूमिको आफ्ना भाग पाए।
19:25b.JOS.019.025 त्यस कुल समूहलाई दिएको भूमि यो होः हेलकत, हली, बेतेन, अक्क्षाप,
19:26b.JOS.019.026 अल्लम्मेलेक, अमाद अनि मिशाल। यसको पश्चिमी सीमाना कर्मेल पर्वत अनि शीहोर्लिब्नातसम्म फैलिएको थियो।
19:27b.JOS.019.027 त्यसपछि सीमाना पूर्व तर्फ घुम्यो र बेत्दागोनसम्म पुगेको थियो। त्यो सीमानाले जबूलून अनि यिप्तहेलको बेंसीलाई भेट्टाएको थियो। त्यसपछि त्यो सीमाना बेतेमेक अनि नीएलको उत्तर तर्फ गएको थियो। त्यो सीमानाले काबूलको उत्तर पार गर्यो।
19:28b.JOS.019.028 त्यसपछि त्यो सीमाना एब्रोन, रहोब, हम्मोन अनि कानातर्फ फैलिएको थियो। त्यो सीमाना महा-सीदोन तर्फ लगातार फैलिएको थियो।
19:29b.JOS.019.029 त्यसपछि त्यो सीमाना दक्षिणमा रामा तिर फर्केको थियो। त्यो सीमाना टायरको सुदृढ शहर तर्फ लगातार फैलिएर गएको थियो। त्यसपछि त्यो सीमाना घुमेर होसातिर गएको थियो। त्यो सीमाना अक्जीब,
19:30b.JOS.019.030 उम्मा, अपेक अनि रहोब नजिकको समुद्रमा टुङ्गिएको थियो। सबजम्मा त्यसमा बाइस शहरहरू अनि ती वरिपरिका खेतहरू थिए।
19:31b.JOS.019.031 ती शहर अनि ती वरिपरिका खेतहरू आशेरको कुल समूहलाई प्रदान गरिएका थिए। त्यस कुल समूहका प्रत्येकले भूमिको आफ्ना-आफ्ना हिस्सा प्राप्त गरे।
19:32b.JOS.019.032 भूमिको छैटौं भाग नप्तालीको कुल समूहलाई दिइयो। त्यस कुल समूहका प्रत्येक वंशले भूमिका आफ्ना भाग पाए।
19:33b.JOS.019.033 तिनीहरूको भूमिको सीमाना सानन्नीम नजिकको विशाल बृक्षदेखि शुरूभएको थियो। यो हेलेपको नजिकै छ। त्यसपछि त्यो सीमाना अदामीनेकेब अनि यब्नेल भएर गएको थियो। त्यो सीमाना लक्फूम तर्फ लगातार फैलिएर यर्दन नदीमा टुङ्गिएको थियो।
19:34b.JOS.019.034 तब त्यो सीमाना अजमोत्ताबोर हुँदै पश्चिम तर्फ फर्क्यो। त्यसपछि त्यो जबूलूनको दक्षिणी किनारा हुँदै हुक्कोक पुग्यो अश्शेरको पश्चिमी किनारा अनि त्यसपट्टि यर्दन नदीको पूर्वपछि छोयो
19:35b.JOS.019.035 यी सीमानाहरू भित्र केही सुदृढ शहरहरू थिए। ती शहरहरू सिद्दीम, सेर, हम्मत, रक्कत, किन्नरेत,
19:36b.JOS.019.036 अदामा, रामा, हासोर,
19:37b.JOS.019.037 केदेश, एद्रेई, एन्हसोर,
19:38b.JOS.019.038 यिरोन, मिग्दलेल, होरेम, बेतनात अनि बेत्शेमेश। जम्मा त्यसमा उन्नाईस शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।
19:39b.JOS.019.039 यी शहरहरू अनि ती वरिपरिका खेतहरू नप्तालीका कुल समूहलाई दिए। त्यस कुल समूहका प्रत्येकले आफ्ना भूमि प्राप्त गरे।
19:40b.JOS.019.040 त्यसपछि दान सातौं कुल समूह थियो जसलाई भूमि दिइयो।
19:41b.JOS.019.041 यो त्यो भूमि हो जो तिनीहरूलाई दिएको थियोः सोरा, एश्ताओल, इशेमेस,
19:42b.JOS.019.042 शाललबीन, अय्यालोन, इत्ला,
19:43b.JOS.019.043 एलोन, तिम्ना, एक्रोन,
19:44b.JOS.019.044 एल्तके, गिब्बतनो, बालात,
19:45b.JOS.019.045 यहूद, बनेबरक, गत्रिमोन,
19:46b.JOS.019.046 मेयरकोन, रकोन जोपाको अनि नजिकका इलाका।
19:47b.JOS.019.047 तर दानका मानिसहरूलाई आफ्नो भूमि लिनमा कष्ट थियो। त्यहाँ शक्तिशाली शत्रुहरू थिए अनि दानका मानिसहरूले तिनीहरूलाई सजिलैसित परास्त गर्न सकेनन्। यसर्थ दानका मानिसहरू इस्राएलको उत्तरतर्फ गए अनि लेशेमको विरूद्ध लडे। तिनीहरूले लाएसाहलाई परास्त गरे अनि त्यहाँ जो बस्थे तिनीहरूलाई मारे। यसर्थ दानका मानिसहरू लेशेम शहरमा बसे। तिनीहरूले नाउँ दानमा परिवर्त्तन गरे किनभने त्यो तिनीहरूको कुल समूहका पिताको नाउँ थियो।
19:48b.JOS.019.048 यी समस्त शहर अनि ती वरिपरिका खेतहरू दानका कुल समूहलाई दिइयो। प्रत्येकले भूमिको आफ्नो भाग पाए।
19:49b.JOS.019.049 यसरी अगुवाहरूले भूमि विभाजन गर्ने अनि विभिन्न कुल समूहलाई ती प्रदान गरिने कार्य पूर्ण गरे। तिनीहरूले कार्य समाप्त गरिसके पछि इस्राएलका समस्त मानिसहरूले नूनका छोरा यहोशूलाई पनि केही भूमि प्रदान गर्ने निश्चय गरे। तिनलाई प्रतिज्ञा गरिएको भूमि यो थियो।
19:50b.JOS.019.050 तिनले यो भूमि प्राप्त गरून् भनी परमप्रभुले आज्ञा दिनु भएको थियो। यसर्थ यहोशूलाई तिनीहरूले एप्रैमको पार्वत्य देशको तिम्नथसेरह शहर प्रदान गरे। यो त्यही शहर थियो जो तिनलाई चाहिन्छ भनी यहोशूले तिनीहरूलाई भनेका थिए। यसर्थ यहोशूले त्यो शहरलाई दृढ तुल्याए अनि त्यहाँ बसे।
19:51b.JOS.019.051 यसरी यी सबै भूमिहरू इस्राएलका विभिन्न कुल समूहमा विभाजित गरिए। पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि प्रत्येक कुल समूहका अगुवाहरू भूमि विभाजन गर्न शीलोमा भेला भए। तिनीहरू भेट-हुने पालको प्रवेशद्वारमा परमप्रभुको समक्ष भेला भए। यसरी तिनीहरूले भूमि विभाजन पूर्ण गरे।
20
20:1b.JOS.020.001 तब परमप्रभुले यहोशूलाई भन्नु भयो,
20:2b.JOS.020.002 “मैले तिमीहरूलाई निर्देश दिन मैले मोशालाई आज्ञा गरे झैं सुरक्षाका विशेष शहरहरू निर्माण गर्न इस्राएलीहरूलाई भन। इस्राएलीहरूलाई शरण स्थानको विशेष शहरहरू नियुक्त गर्नु भन।
20:3b.JOS.020.003 यदि कुनै मानिसले अर्को मानिसलाई मार्छ, तर त्यो अन्जानमा हो अनि उसले त्यस मानिसलाई मार्न चाहेको होइन भने उसलाई मार्न चाहने उसका आफान्तहरूबाट लुक्नका निम्ति त्यो शरण शहरमा जान सक्छ।
20:4b.JOS.020.004 “त्यस मानिसले जे गर्नुपर्छ त्यो यो हो। जब त्यो भागेर ती शहरहरू मध्ये एउटामा जान्छ। त्यो त्यस शहरको प्रवेश द्वारमा रोकिएर उभिनु पर्छ अनि मानिसहरूका अगुवाहरूलाई भन्नु पर्छ के भएको थियो। तब अगुवाहरूले त्यसलाई शहरमा प्रवेश गर्न दिने छन्। त्यसलाई तिनीहरूँगै बस्न दिऊन्।
20:5b.JOS.020.005 तर त्यस मानिसलाई खेद्दै आउने मानिस शहरमा पछ्याउँदै आउन सक्नेछ। यदि यस्तो भयो भने शहरका अगुवाहरूले उसलाई छोड्नु हुँदैन। तिनीहरूले त्यस मानिसको रक्षा गर्नुपर्छ जो तिनीहरू कहाँ सुरक्षाको निम्ति आएकोछ किनभने त्यसले एउटा मानिसलाई अन्जानमा मारेको थियो। उ क्रोधित भएको थिएन, अनि त्यस मानिसलाई मार्ने योजना गरेको थिएन।
20:6b.JOS.020.006 त्यो मानिसलाई त्यस शहरको न्यायलयले त्यसको न्याय नगरे सम्म त्यस शहरमा बस्नु पर्नेछ। अनि प्रधान पूजाहारीको मृत्यु नहुञ्जेल त्यो त्यस शहरमा बस्नु पर्नेछ। त्यसपछि त्यो आफ्नै घर भएको शहरमा फर्की जानसक्नेछ, जहाँबाट त्यो व्यक्ति भागेको थियो।”
20:7b.JOS.020.007 यसर्थ इस्राएलका मानिसहरूले “शरणस्थान-शहरहरू” घोषणा गर्नको निम्ति केही शहरहरू चुने। ती शहरहरू थिएः गालीलमा नप्तालीको पहाडी देश कादेश एप्रैमको पहाडी देश शकेममा। यहूदाको पहाडी देशमा किर्यतर्बा (हेब्रोन)।
20:8b.JOS.020.008 रूबेनको भूमिको मरूभूमि इलाकाको यरीहोदेखि यर्दन नदी पारी पूर्वको बेसेर, गादको भूमि गिलादको रामोत, मनश्शेका भूमिमा बाशानको गोलान।
20:9b.JOS.020.009 कुनै इस्राएली वा कुनै विदेशी तिनीहरूमाझ बस्ने जसले अन्जानमा कसैलाई मारेका थिए, उनीहरूलाई सुरक्षाका ती शहरहरू मध्ये एउटामा भागेर जान दिइन्थ्यो। तब त्यो मानिस त्यहाँ सुरक्षित हुनसक्थिएन अनि कसैद्वारा, जसले त्यसलाई खेदिरहेथ्यो, त्यसलाई मारिदिन्थे। त्यस मानिसलाई त्यस शहरको अदालत द्वारा जाँच गरिनेछ।
21
21:1b.JOS.021.001 लेवी कुल समूहका शासकहरू पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि इस्राएलका अन्य कुल समूहका शासकहरूसित बात गर्न गए।
21:2b.JOS.021.002 यो कुरा कनानको भूमिको शीलो शहरमा भयो। लेवी अगुवाहरूले तिनीहरूलाई भने, “हामीहरूलाई बस्नका निम्ति शहरहरू दिनु भनी मोशाद्वारा परमप्रभुले तिमीहरूलाई आदेश दिएका थिए। अनि उहाँले हामीलाई खेतहरू पनि दिनु जहाँ हाम्रा पशुहरू चर्छन्, भनी तपाईंलाई आदेश दिनु भएको थियो।”
21:3b.JOS.021.003 यसर्थ इस्राएलका मानिसहरूले परमप्रभुको यो आदेशको पालन गरे। तिनीहरूले लेवी मानिसहरूलाई यी शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति ती वरिपरिका भूमि दिए।
21:4b.JOS.021.004 कहातीको कुल, लेवीको वंश समूहका पूजाहारी हारूनका वंशजहरू थिए। कहाती वंशका अंशलाई तेह्र शहरहरू दिइए जो यहूदा, शिमोन अनि बिन्यामीनका इलाका भित्र थिए।
21:5b.JOS.021.005 अन्य कहाती कुलहरूलाई दश शहरहरू दिइए जो एप्रैम, दान अनि आधा मनश्शेका इलाका भित्र थिए।
21:6b.JOS.021.006 गेर्शोन कुलका मानिसहरूलाई तेह्र शहरहरू प्रदान गरिए। यी शहरहरू ती इलाकामा थिए जो इस्साकार, आशेर, नप्ताली अनि बाशानमा भएको आधा मनश्शेका थिए।
21:7b.JOS.021.007 मरारी कुलका मानिसहरूलाई बाह्र शहरहरू दिइए। यी बाह्र शहरहरू रूबेन, गाद अनि जबूलूनका इलाकाबाट आएका थिए।
21:8b.JOS.021.008 यसरी इस्राएलका मानिसहरूले लेवी मानिसहरूलाई यी शहरहरू अनि ती वरिपरिका खेतहरू दिए जसरी परमप्रभुले मोशालाई भन्नु भएको थियो।
21:9b.JOS.021.009 यी नाउँहरू ती शहरहरूका हुन् जो यहूदा अनि शिमोनको इलाकामा थिए।
21:10b.JOS.021.010 कहात कुलबाट शहरहरू पहिला लेवीहरूलाई प्रदान गरियो।
21:11b.JOS.021.011 लेवीहरूलाई तिनीहरूले दिए किर्यत-अर्बा (यो हेब्रोन हो। यसको नाउँ अर्बानामको मानिसको नाउँबाट राखिएको थियो। अर्बा अनाकका पिता थिए।) तिनीहरूका पशुहरूका निम्ति पनि कहातीहरूले शहर छेऊका केही भूमि तिनीहरूलाई दिए।
21:12b.JOS.021.012 तर किर्यतर्बा शहर वरिपरिका खेत अनि समाना शहरहरू यपुन्नेका छोरा कालेबका थिए।
21:13b.JOS.021.013 यसर्थ तिनीहरूले हेब्रोन शहर हारूनका वंशलाई दिए (हेब्रोन शरणस्थान-शहर थियो।) हारूनका सन्तानहरूलाई तिनीहरूले लिब्ना,
21:14b.JOS.021.014 यत्तीर, एश्तमो,
21:15b.JOS.021.015 होलोन, दबीर,
21:16b.JOS.021.016 ऐन, युत्ता अनि बेतशेमेश पनि दिए। तिनीहरूलाई पशुहरूको निम्ति पनि ती शहरहरू नजिकका केही भूमि तिनीहरूले दिए। तिनीहरूले ती दुइ समूहहरूलाई नै शहरहरू दिए।
21:17b.JOS.021.017 तिनीहरूले हारूनका सन्तानलाई शहरहरू दिए जो बिन्यामीनका कुल समूहका थिए। यी शहरहरू गिबोन, गेबा,
21:18b.JOS.021.018 अनातोत अनि अल्मोन थिए। तिनीहरूले यी चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति यी शहरहरू नजिकैका केही भूमि तिनीहरूलाई दिएका थिए।
21:19b.JOS.021.019 त्यहाँ जम्मा तिनीहरूले पूजाहारीहरूलाई तेह्र शहरहरू प्रदान गरे। (सबै पूजाहारीहरू हारूनका सन्तानहरू थिए।) तिनीहरूले तिनीहरूका पशुहरूका निम्ति पनि प्रत्येक शहर नजिकैका केही भूमि तिनीहरूलाई दिए।
21:20b.JOS.021.020 कहात वंशका अन्य मानिसहरूलाई ती शहरहरू प्रदान गरिए जो एप्रैम कुल समूहका क्षेत्रमा थिए। तिनीहरूले यी शहरहरू पाए।
21:21b.JOS.021.021 एप्रैमको पहाडी देशका शकेम शहर। (शकेम एक शरण स्थान शहर थियो।) तिनीहरूले गेजेर,
21:22b.JOS.021.022 किब्सैम अनि बेथहोरोन पनि प्राप्त गरे। एप्रैमले तिनीहरूलाई चार शहरहरू अनि प्रत्येक शहर वरिपरिका केही भूमि तिनीहरूका पशुहरूका निम्ति दिए।
21:23b.JOS.021.023 दानको कुल समूहले तिनीहरूलाई एल्तके, गिब्बतौन,
21:24b.JOS.021.024 अय्यालोन अनि गात-रिम्मोन दिए। दानले तिनीहरूलाई चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।
21:25b.JOS.021.025 मनश्शेको आधा कुल समूहले तिनीहरूलाई तानाक र गत्रिम्मोन दिए। यो मनश्शेको आधा कुल समूहले तिनीहरूलाई दुइ शहर अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।
21:26b.JOS.021.026 कहात कुलका बाँकी मानिसहरूले जम्मा दश शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि पाए।
21:27b.JOS.021.027 गेर्शोन कुल पनि लेवी कुल समूहमा थिए। तिनीहरूले यी शहरहरू पाएः मनश्शेका आधा कुल समूहले तिनीहरूलाई बाशानको गोलन दिए। (गोलन शरणस्थान-शहर थियो।) मनश्शेले तिनीहरूलाई बेश्तरा पनि दिए। यो मनश्शेको आधा कुल समूहले जम्मा दुइ शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।
21:28b.JOS.021.028 इस्साकार कुलसमूहले तिनीहरूलाई किश्योन, दाबरत,
21:29b.JOS.021.029 यर्मत अनि एन्गन्नीम दिए। इस्साकारले जम्मा चार शहरहरू र तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि तिनीहरूलाई दिए।
21:30b.JOS.021.030 आशेरका कुल समूहले तिनीहरूलाई मिशाल, अब्दोन,
21:31b.JOS.021.031 हेल्कात, अनि रहोब दिए। जम्मा आशेरले तिनीहरूलाई चार शहरहरू र तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।
21:32b.JOS.021.032 नप्ताली कुल समूहले तिनीहरूलाई गालीलको केदेश दिए। (केदेश शरणस्थान-शहर थियो।) नप्तालीले तिनीहरूलाई हम्मोत्दर अनि कर्तान पनि दिए। नप्तालीले जम्मा तीन शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।
21:33b.JOS.021.033 गेर्शोन कुलले जम्मा तेह्र शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि पाए।
21:34b.JOS.021.034 अन्य लेवीसमूह मरारी कुलका थिए। मरारी कुलले यी शहरहरू पाएः जबूलूनका कुल समूहले तिनीहरूलाई योक्नाम, कर्ता,
21:35b.JOS.021.035 दिम्ना, अनि नहलाल दिए। जबूलूनले जम्मा चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।
21:36b.JOS.021.036 रूबेन कुल समूहले तिनीहरूलाई बेसेर, यहसा,
21:37b.JOS.021.037 कदेमोत, अनि मेपात दिए। रूबेनले जम्मा चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका भूमि तिनीहरूलाई दिए।
21:38b.JOS.021.038 गाद कुल समूहले तिनीहरूलाई गिलादको रामोत दिए। (रामोत शरणस्थन-शहर थियो।) तिनीहरूले महनैम,
21:39b.JOS.021.039 हेस्बोन अनि याजेर पनि तिनीहरूलाई दिए। तिनीहरूलाई गादले जम्मा चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका भूमि तिनीहरूलाई दिए।
21:40b.JOS.021.040 यसरी, अन्तिम लेवी कुलले जम्मा बाह्र शहरहरू प्राप्त गरे।
21:41b.JOS.021.041 यसरी लेवीहरूले जम्मा अठचालीस शहरहरू अनि आफ्ना पशुहरूका निम्ति हरेक शहर वरिपरिका केही भूमि प्राप्त गरे। यी सबै शहरहरू ती इलाकामा थिए जो अन्य कुल समूहहरूका थिए।
21:42b.JOS.021.042 यी प्रत्येक शहरमा आफ्ना पशुहरूका निम्ति केही भूमि थियो। प्रत्येक शहरका निम्ति त्यो प्रकृत थियो।
21:43b.JOS.021.043 यसरी परमप्रभुले प्रतिज्ञा गर्नु भयो जो उहाँले इस्राएलका मानिसहरूलाई दिनु भन्नुभएको थियो। उहाँले मानिसहरूलाई सबै भूमि दिनुभयो जो उहाँले प्रतिज्ञा गर्नु भएको थियो। मानिसहरूले भूमि लिए अनि त्यहाँ बसे।
21:44b.JOS.021.044 अनि परमप्रभुले तिनीहरूलाई, उहाँले तिनीहरूका अगुवाहरूसित प्रतिज्ञा गर्नु भए जस्तै, आफ्नो भूमिका चारैतिर शान्ति प्रदान गर्नदिनु भयो। तिनीहरूका कुनै पनि शत्रुहरूले तिनीहरूलाई परास्त गरेनन्। परमप्रभुले इस्राएलका मानिसहरूलाई हरेक शत्रुलाई परास्त गर्न दिनुभयो।
21:45b.JOS.021.045 परमप्रभुले हरेक प्रतिज्ञा पूर्ण गर्नुभयो जो उहाँले इस्राएलका मानिसहरू प्रति गर्नु भएको थियो। त्यहाँ कुनै पनि प्रतिज्ञाहरू बाँकी रहेनन् जसलाई पूर्ण गर्न चुक्नु भयो। प्रत्येक प्रतिज्ञा सत्य हुन आयो।
22
22:1b.JOS.022.001 त्यसपछि यहोशूले रूबेन, गाद अनि मनश्शे कुल समूहहरूका सबै मानिसहरूलाई सभामा बोलाए।
22:2b.JOS.022.002 “परमप्रभुका दाश मोशाले तिमीहरूलाई दिएका ती सबै आदेश पालन गरे अनि तिनीहरूले मेरो सबै आदेशहरू पनि पालन गर्यौ।
22:3b.JOS.022.003 तिमीहरूले अरू इस्राएली कुल समूहहरूलाई छोडिदियौ। सबै आदेशहरू सावधानीसित पालन गर्यौ जुन परमप्रभु तिनीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको थियो।
22:4b.JOS.022.004 परमप्रभु तिमीहरूका परमेश्वरले इस्राएलका मानिसहरूलाई शान्ति प्रदान गर्ने प्रतिज्ञा दिनुभएको थियो। र परमप्रभुले उहाँको वचन अहिले राख्नु भयो। यसर्थ अब तिमीहरू घर जान सक्छौ। परमप्रभुका दास मोशाले तिमीहरूलाई यर्दन नदीको पूर्व तफर्को भूमि दिएका छन्। अब तिमीहरू त्यस भूमिमा आफ्नो घरमा जान सक्छौ।
22:5b.JOS.022.005 तर याद राख-त्यो नियम पालन गर्नु पर्छ जो मोशाले तिमीहरूलाई दिएका थिए। तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नु पर्छ अनि उहाँका आज्ञाहरूको सदा-सर्वदा पालन गर्नु पर्छ। तिमीहरूले लगातार अनुसरण अनि लगातार उत्तम प्रकारले उहाँको सेवालाई जारिराख्नु पर्छ।”
22:6b.JOS.022.006 तब यहोशूले तिनीहरूलाई बिदा दिए र तिनीहरू घर फर्के।
22:7b.JOS.022.007 मोशाले मनश्शेका आधा कुल समूहलाई बाशान भूमि दिएका थिए। यहोशूले मनश्शेका अर्को आधा कुल समूहलाई यर्दन नदीको पश्चिम तफर्को भूमि दिए। यहोशूले तिनीहरूलाई आशीर्वाद दिए अनि तिनीहरूलाई घर पठाई दिए।
22:8b.JOS.022.008 तिनले भने, “तिमीहरू अत्यन्त धनी भएका छौ। तिमीहरूसित अनेक पशुहरू छन्। तिमीहरूका धेरै सुन अनि चाँदी अनि बहुमूल्य मणिहरू छन्। तिमीहरूसित धेरै सुन्दर बस्त्रहरूछन्। तिमीहरूले तिम्रा शत्रुहरूबाट अनेक वस्तुहरू लग्यौ। तिमीहरू घरजाऊ अनि ती वस्तु तिमीहरू माझ विभाजन गर।”
22:9b.JOS.022.009 यसरी रूबेन, गाद अनि मनश्शेका आधा कुल समूहहरूका मानिसहरूले इस्राएलका अन्य मानिसहरूलाई छाडेर कनानको शीलोमा गए। तिनीहरूले त्यो स्थान छोडे अनि गिलादमा फर्के। तिनीहरू आफ्नै भूमिको घरमा गए तिनीहरूलाई त्यो भूमि मोशाले दिएका थिए। परमप्रभुले त्यो भूमि तिनीहरूलाई दिनु भनी मोशालाई आज्ञा गर्नु भएको थियो।
22:10b.JOS.022.010 रूबेन, गाद अनि मनश्शेका आधा कुलका मानिसहरू गलीलोत नामक स्थानमा गए। यो यर्दन नदीको छेऊ कनान देश भित्र थियो। त्यहाँ तिनीहरूले सुन्दर बेदी निर्माण गरे।
22:11b.JOS.022.011 तर इस्राएलका अन्य मानिसहरू, जो अझसम्म शीलोमा नै थिए, यी तीन कुल समूहले निर्माण गरेका बेदीको विषयमा तिनीहरूले सुने त्यो बेदी गलीलोत नामक स्थानमा कनानको सीमानामा थियो। यो यर्दन नदीको नजीकैमा इस्राएल तर्फ थियो।
22:12b.JOS.022.012 इस्राएलका सबै मानिसहरू यी तीन कुल समूह प्रति अत्यन्त क्रोधित भए। तिनीहरू एकसाथ भेला भए अनि तिनीहरूको विरूद्ध लडाईं गर्ने निश्चय गरे।
22:13b.JOS.022.013 यसर्थ इस्राएलीहरूले केही मानिसहरूलाई रूबेन, गाद अनि मनश्शेका आधा कुलका मानिसहरूसित बातचित गर्न पठाए। यी मानिसहरूका अगुवा पूजाहारी एलाजारका छोरा पीनहास थिए।
22:14b.JOS.022.014 तिनीहरूले कुल समूहहरूका दशजना अगुवाहरूलाई पनि त्यहाँ पठाए। त्यस शीलोहमा भएका इस्राएली कुल समूहका प्रत्येक परिवारबाट एक मानिस थिए।
22:15b.JOS.022.015 यसर्थ यी एघारजना मानिसहरू गिलाद तिर गए। तिनीहरू रूबेन, गाद अनि आधा कुल मनश्शेका मानिसहरूसित कुरा गर्न गए। ती एघारजना मानिसहरूले तिनीहरूलाई भने,
22:16b.JOS.022.016 “इस्राएलका समस्त मानिसहरूले तिमीहरूलाई सोध्छन्; किन तिमीहरूले इस्राएलका परमेश्वरको विरूद्ध यस्तो कुरा गर्यौ? किन तिमीहरू परमप्रभु विरूद्ध भयौ? किन तिमीहरूले तिमीहरू स्वयंका निम्ति एक बेदी निर्माण गर्यौ? तिमीहरूलाई थाहा छ यो परमेश्वरको उपदेशको विरूद्ध हो।
22:17b.JOS.022.017 याद गर पोरमा के भएको थियो? त्यस पापको कारणले हामी अझ दुःख भोगिरहे छौं। त्यो महापापको कारणले परमेश्वरले इस्राएलका धेरै जस्तो मानिसहरूलाई साह्रै विरामी तुल्याउनु भयो। त्यो महामारीको कारणले आज पनि हामी दुःख भोगी रहेका छौं।
22:18b.JOS.022.018 अनि अहिले तिमीहरू त्यही कुरा गरिरहेछौ। तिमीहरू परमप्रभुको विरूद्ध भइरहेछौ। के तिमीहरू परमप्रभुको अनुसरण गर्न अस्वीकार गर्छौ? यदि तिमीहरूले जे गरिरहेछौ त्यो रोकेनौं भने परमप्रभु इस्राएलका परमेश्वर हामी हरेक मानिस प्रति क्रोधित हुनुहुनेछ।
22:19b.JOS.022.019 यदि तिमीहरू भूमिको पूजा अर्चनाको निम्ति त्यति उत्तम नभए हाम्रो भूमितिर आऊ। परमप्रभुको पाल हाम्रो भूमिमा छ। तिमीहरूले हाम्रो केही भूमि लिन सक्नेछौ, अनि त्यहाँ बस्न सक्ने छौ। तर परमप्रभुको विरूद्ध नगर। अर्को वेदी निर्माण नगर। हाम्रो भेट-हुने पालमा परमप्रभु हाम्रा परमेश्वरको वेदी छँदैछ।
22:20b.JOS.022.020 “जेरहका छोरा आकान नाउँको मानिसलाई सम्झ। उसले ती वस्तुहरूलाई ध्वंश गर्नुपर्छ भन्ने आज्ञालाई पालन गर्न अस्वीकार गरे। त्यो एक मानिसले परमेश्वरको नियम भङ्ग गरे, तर इस्राएलका समस्त मानिसहरूले दण्ड पाए। उसको पापको कारण आकानको मृत्यु भयो साथै अन्य धेरै मानिसहरूको पनि मृत्यु भयो।”
22:21b.JOS.022.021 रूबेन, गाद अनि आधा मनश्शेका कुल समूहहरूका मानिसहरूले ती एघार मानिसहरूलाई उत्तर दिए र तिनीहरूले भने,
22:22b.JOS.022.022 “परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ, फेरि पनि हामी भन्छौ, कि परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ। अनि हामीले किन यो काम गर्यौ त्यो परमेश्वरले जान्नु हुन्छ। हामी चाहन्छौं कि तिमीहरूले पनि यो जान्नुपर्छ। तिमीहरूले न्याय गर्न सक्छौ, हामीले के गर्यौं। यदि हामीले केही गल्ती गर्यौं भनी तिमीहरू विश्वास गर्छौ भने, तिमीहरूले हामीलाई मार्न सक्छौ।
22:23b.JOS.022.023 यदि हामीले परमेश्वरको नियम भङ्ग गर्यौं भने परमप्रभुलाई नै हामीलाई दण्ड दिउन् भनी याचना गर्नुहोस्। के हामीले होमबलि, अन्नबलि अनि मेलबलिहरू अर्पण गर्नका निम्ति यो बेदी निर्माण गरेका हौं भनी तिमीहरू ठान्छौ?
22:24b.JOS.022.024 अहँ! हामीले त्यो कारण यसलाई निर्माण गरेका होइनौं। हामीले यो वेदी किन निर्माण गर्यौं? हामीलाई डर थियो कि भविष्यमा तिमीहरूका मानिसहरूले हामीलाई तिमीहरूको राष्ट्रको एक भाग हो भन्न अस्वीकार गर्नेछन् तब तिमीहरूका मानिसहरूले भन्न सक्छन् कि हामीहरू इस्राएलका परमप्रभु परमेश्वरको आराधान गर्न सक्तैनौ।
22:25b.JOS.022.025 तिमीहरूका मानिसहरूले भन्न सक्छन् परमेश्वरले तिमीहरू र हामी बीचको सीमानाको निम्ति यर्दन बनाउनु भयो, ‘अनि ती रूबेन र गादका मानिसहरूको इस्राएलमा केही भाग छैन।’ यसकारण तिमीहरूका छोरा-छोरीहरूले हाम्रा छोरा-छोरीहरूलाई परमप्रभुको आराधना गर्न रोक्न सक्नेछन्।
22:26b.JOS.022.026 “यसर्थ हामीले यो वेदी निर्माण गर्ने निश्चय गर्यौं। तर हामीले यसलाई भेटीहरू अनि बलि चढाउनको निम्ति उपयोग गर्ने योजना गरेका थिएनौं।
22:27b.JOS.022.027 हामीलाई वेदी चाहिएको वास्तविक कारण यो हो कि हामी हाम्रा मानिसहरूलाई तिमीहरूले सेवा गर्ने परमेश्वरलाई नै हामीले पनि आराधना गर्छौं भनी देखाउनलाई हो। यो वेदी, तिमीहरू अनि हामीहरूका निम्ति अनि हाम्रा भविष्यका समस्त सन्तानहरूका निम्ति हामीले परमप्रभुको आराधना गर्छौं, भन्ने कुराको प्रमाण हुनेछ। हामी हाम्रा होमबलिहरू, अन्नबलिहरू अनि मेलबलिहरू परमप्रभुलाई प्रदान गर्नेछौं। तिमीहरूका सन्तानहरूलाई हुर्काउन हामी पनि स्वयं तिमीहरू जस्तै इस्राएलका मानिसहरू हौं भनी जानुन् भन्ने हामीले चाहेको हो।
22:28b.JOS.022.028 भविष्यमा यदि यस्तो हुनेछ तिमीहरूका सन्तानहरूले यो भन्लान् हामीहरू इस्राएलका होइनौ, तब हाम्रा सन्तानहरूले भन्न सक्नेछन्, ‘हेर! हामी भन्दा अघि बाँचेका हाम्रा पिता-पुर्खाहरूले एक वेदी निर्माण गरेका छन्। त्यो वेदी पवित्र पालमा भएको परमप्रभुको वेदी जस्तै नै छ। हामी यो वेदीलाई बलिहरू चढाउन प्रयोग गर्दैनौ-यो वेदी यसको प्रमाण हो कि हामी इस्राएलका भाग हौं।’
22:29b.JOS.022.029 “साँच्चै नै हामी परमप्रभुको विरूद्ध जान चाहँदैनौं। उहाँको अनुसरण नगर्ने हाम्रो इच्छा छैन। हामी जान्दछौं सत्य वेदी त्यही मात्र हो जो पवित्र पालको समक्ष छ। त्यो वेदी परमप्रभु हाम्रा परमेश्वरको हो।”
22:30b.JOS.022.030 पूजाहारी पीनहास अनि तिनीसित भएका अगुवाहरूले रूबेन, गाद अनि मनश्शेका आधा कुल मानिसहरूले भनेका यी कुराहरू सुने। यी मानिसहरूले सत्यकुरा भन्दैछन् भनी तिनीहरू सन्तुष्ट भए।
22:31b.JOS.022.031 यसकारण पूजाहारी पीनहासले भने, “अब हामीलाई थाहा भयो कि परमप्रभु हामीसंग हुनुहुन्छ। अनि हामी जान्दछौं कि तिमीहरू उहाँको विरूद्ध गएनौं। हामी खुशी छौं कि इस्राएलका मानिसहरू परमप्रभुद्वारा दण्डित हुने छैनन्।”
22:32b.JOS.022.032 तब पीनहास अनि अगुवाहरू त्यस स्थान छाडेर घरतर्फ गए। तिनीहरूले रूबेन अनि गादका मानिसहरूलाई गिलाद भूमिमा छाडे र कनान तिर फर्के अनि तिनीहरू इस्राएलका मानिसहरू कहाँ गए के भएको थियो त्यो भने।
22:33b.JOS.022.033 इस्राएलका मानिसहरू पनि सन्तुष्ट भए। तिनीहरू खुशी भए अनि परमेश्वरलाई धन्यवाद चढाए। तिनीहरूले रूबेन, गाद अनि मनश्शेका मानिसहरूको विरूद्ध गएर लडाईं नगर्ने निर्णय गरे। तिनीहरूले त्यो ठाउँ जहाँ ती मानिसहरू बस्थे त्यो ठाउँलाई ध्वंश नगर्ने निश्चय गरे।
22:34b.JOS.022.034 रूबेन अनि गादका मानिसहरूले त्यो वेदीलाई एउटा नाउँ प्रदान गरे। तिनीहरूले त्यस ठाउँको नाउँ “‘साक्षी’ राखे हामी त्यो विश्वास गर्छौ परमप्रभु नै परमेश्वर हुनुहुन्छ भन्ने प्रमाण गर्छौ।”
23
23:1b.JOS.023.001 परमप्रभुले इस्राएलीहरूलाई तिनीहरूका वरिपरि भएका शत्रुहरूबाट शान्ति प्रदान गर्नु भयो। परमप्रभुले इस्राएललाई सुरक्षित तुल्याउनु भयो। धेरै वर्ष बितेर गए, अनि यहोशू अत्यन्त बृद्ध भए।
23:2b.JOS.023.002 यस बेला यहोशूले समस्त बूढा अगुवाहरू, कुल नायकहरू, न्यायकर्ताहरू, अनि इस्राएली मानिसहरूका अधिकारीहरूको सभा राखे। यहोशूले भने, “म अत्यन्त बृद्ध भएको छु।
23:3b.JOS.023.003 तिमीहरूले ती कुराहरू देख्यौ जो परमप्रभुले हाम्रा शत्रुहरू प्रति गर्नु भयो। उहाँले हामीलाई सहायता गर्न यसो गर्नुभयो। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति युद्ध गर्नु भयो।
23:4b.JOS.023.004 मैले तिमीहरूलाई भनेका कुरा सम्झ। तिमीहरूका मानिसहरूले यर्दन नदी अनि पश्चिममा भूमध्य समुद्र माझको भूमि प्राप्त गर्न सक्ने छौ। मैले त्यो भूमि तिमीहरूलाई दिने वचन दिएको थिएँ। तर तिमीहरूले त्यसलाई अझ अधिकारमा लिएका छैनौ।
23:5b.JOS.023.005 तर परमप्रभु तिमीहरूका परमेश्वरले त्यहाँ बसेका मानिसहरूलाई त्यो भूमि छाड्न वाध्य तुल्याउनु हुनेछ। तिमीहरूले त्यो भूमि लिने छौ। परमप्रभुले त्यहाँ बस्ने मानिसहरूलाई भूमि छोड्न वाध्य तुल्याउनु हुनेछ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका निम्ति यसो गर्ने वचन दिनु भएको छ।
23:6b.JOS.023.006 “परमप्रभुले हामीलाई आज्ञा गर्नु भएका सबै कुराहरू पालन गर्न तिमीहरू सावधान हुनुपर्छ। मोशाको व्यवस्थाको पुस्तकमा लेखिएका हरेक कुरा पालन गर। त्यो नियमबाट टाढा नफर्कनु।
23:7b.JOS.023.007 हाम्रो माझ अझ पनि केही मानिसहरू बसेकाछन् जो इस्राएलका मानिस होइनन्। ती मानिसहरूले तिनीहरूका आफ्नै देवताहरूको पूजा गर्छन्। तिनीहरूको देवताहरूको सेवा अथवा तिमीहरूले पूजा नगर।
23:8b.JOS.023.008 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको अनुसरण गर्दै जानुपर्छ। बितेका समयमा तिमीहरूले यसो गरेका थियौ अनि तिमीहरूले यसो गर्दै जानुपर्छ।
23:9b.JOS.023.009 परमप्रभुले अनेक महान अनि शक्तिशाली राष्ट्रहरूलाई परास्त गर्नमा सहायता प्रदान गर्नुभयो। परमप्रभुले ती मानिसहरूलाई छोडन बाध्य तुल्याउनु भयो। तिमीहरूलाई परास्त गर्न कुनै राष्ट्रपनि समर्थ भएन।
23:10b.JOS.023.010 परमप्रभुको सहयोग द्वारा इस्राएलका एक मानिसले शत्रुहरूका हजार सैनिकलाई परास्त गर्न सके। किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूको निम्ति लड्नु भएको थियो। परमप्रभुले यसो गर्ने प्रतिज्ञा दिनु भएको थियो।
23:11b.JOS.023.011 यसर्थ तिमीहरूले परमप्रभु तिम्रा परमेश्वरलाई प्रेम गरिरहनु पर्छ।
23:12b.JOS.023.012 “परमप्रभुको अनुसरण गर्न नछोड। ती अन्य मानिसहरूको मित्र नबन जो इस्राएली होइनन्। तिनीहरूका कुनै मानिसहरूसित विवाह नगर। तर यदि तिमीहरू यी मानिसहरूका मित्र बन्यौ भने।
23:13b.JOS.023.013 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका शत्रुहरूलाई परास्त गर्नमा सहयोह गर्नुहुने छैन। यी मानिसहरू तिमीहरूका निम्ति पासो जस्तै हुनेछन्। तिनीहरूले तिमीहरूलाई तिम्रा आखाँमा धुँवा र धूलो परे जस्तै कष्ट दिनेछन्। अनि तिमीहरूलाई यो उत्तम भूमि छोड्न बाध्य तुल्याउने छन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई यो भूमि दिनुभयो। तर यदि तिमीहरूले यो आज्ञा पालन गरेनौ भने तिमीहरूले यसलाई गुमाउन सक्छौ।
23:14b.JOS.023.014 “अब प्रायः मेरो मृत्यु हुने समय भयो। तिमीहरू जान्दछौ अनि साँच्चै विश्वास गर्छौ कि परमप्रभुले तिमीहरूका निम्ति महान कार्यहरू गर्नु भएको छ। तिमीहरूलाई थाहा छ। कि उहाँले आफ्ना कुनै पनि प्रतिज्ञा पूर्ण गर्न चुक्नु भएन। परमप्रभुले सबै प्रतिज्ञा पूर्ण गर्नु भयो जो उहाँले हामीसँग गर्नु भएको थियो।
23:15b.JOS.023.015 परमप्रभु तिमीहरूका परमेश्वरले हामी प्रति गर्नु भएको हरेक उत्तम प्रतिज्ञा सत्य भएको छ। तर त्यसरी नै परमप्रभुले उहाँका अन्य प्रतिज्ञाहरूलाई सत्य तुल्याउनु हुनेछ। उहाँले वचन दिनु भएको छ कि यदि तिमीहरूले नराम्रो कुरा गर्यौ भने तिमीहरू माथि नराम्रा कुराहरू घट्नेछन्। उहाँले वचन दिनु भएको छ कि उहाँले तिमीहरूलाई दिनु भएको यो उत्तम भूमिबाट निक्लन तिनीहरूलाई उहाँले बाध्य तुल्याउनु हुनेछ।
23:16b.JOS.023.016 यदि तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरसित गरेको करार पालन गर्न अस्वीकार गर्यौ भने यस्तो हुनेछ। यदि तिमीहरूले अन्य देवताहरूको पूजा गर्यौ भने, यो भूमि गुमाउने छौ। यदि तिमीहरूले यसो गर्यौ भने तिमीहरू प्रति परमप्रभु अत्यन्त क्रोधित हुनुहुनेछ। तब उहाँले तिमीहरूलाई दिनु भएको यो उत्तम भूमि तुरन्न्त छोड्न बाध्य तुल्याइने छ।”
24
24:1b.JOS.024.001 यहोशूले इस्राएलका सबै कुल समूहहहरूलाई शकेममा एकसाथ भेला हुन बोलाए। तब उनले बूढा-प्रधानहरू कुलनायकहरू, अनि इस्राएलका अधिकारीहरू, अनि न्यायकर्त्ताहरू र शासकहरूलाई पनि बोलाए। यी मानिसहरू परमेश्वर समक्ष उभिए।
24:2b.JOS.024.002 यहोशूले समस्त मानिसहरूलाई भने। तिनले भने, “म तिमीहरूलाई यो भनिरहेछु जो परमप्रभु इस्राएलका परमेश्वरले तिमीहरूलाई यसो भन्नु हुन्छः धेरै समय अघि, तिमीहरूका पिता-पुर्खाहरू यूफ्रेटिस नदीको पारी पट्टि बस्थे। म अब्राहाम अनि नाहोरका पिता तेरह जस्ता मानिसहरूको विषयमा कुरा गरिरहेछु। त्यस समयमा, ती मानिसहरूले अन्य देवताहरूको पूजा गदर्थे।
24:3b.JOS.024.003 तर, म परमप्रभुले तिमीहरूका पिता-पुर्खा अब्राहामलाई भूमि बाहिर महानदीको अर्को तर्फ लगें। मैले उसलाई कनानको भूमि भएर लगे र उसलाई धेरै-धेरै सन्तानहरू दिएँ। मैले अब्राहामलाई उसको छोराको नाउँ इसहाक दिएँ।
24:4b.JOS.024.004 अनि मैले इसहाकलाई याकूब अनि एसाव नाउँका दुइ छोराहरू प्रदान गरें। एसावलाई मैले सेइर पर्वत वरिपरिका भूमि दिएँ। याकूब अनि उसका छोराहरू त्यहाँ बसेनन्। तिनीहरू मिश्रको भूमिमा बस्न गए।
24:5b.JOS.024.005 तब, मैले मोशा र हारूनलाई मिश्रमा पठाएँ। तिनीहरूले मेरा मानिसहरूलाई मिश्रदेश बाहिर ल्याएको म चाहन्थें। मैले मिश्रका मानिसहरू माथि अनेक भयानक घटनाहरू घटाएँ। त्यसपछि मैले तिमीहरूका मानिसहरूलाई मिश्र बाहिर निकालेर ल्याएँ।
24:6b.JOS.024.006 यसरी नै मैले तिमीहरूका अगुवाहरूलाई मिश्रबाहिर ल्याएँ। तिनीहरू लाल समुद्रमा आए अनि मिश्रका मानिसहरूले तिनीहरूलाई खेदिरहेका थिए। त्यहाँ रथ अनि घोड सवारहरू थिए।
24:7b.JOS.024.007 यसकारण मानिसहरूले म परमप्रभुलाई सहायताको निम्ति याचना गरें। अनि तिमीहरू र मिश्रका मानिसहरू बीचमा मैले अन्धकार स्थापित गरें। म परमप्रभुले तिनीहरूलाई समुद्र छोप्न बनाएँ। मैले मिश्रका सेनालाई जे गरें त्यो त तिमीहरू आफैंले देख्यौ। त्यसपछि, तिमीहरू लामो समयसम्म मरूभूमिमा बस्यौ।
24:8b.JOS.024.008 तब मैले तिमीहरूलाई एमोरी मानिसहरूको देशमा ल्याएँ। यो यर्दन नदीको पूर्वतर्फ थियो। ती मानिसहरू तिमीहरूको विरूद्ध लडे, तर मैले तिनीहरूलाई परास्त गर्न तिमीहरूलाई दिए। ती मानिसहरूलाई नष्ट गर्ने मैले शक्ति तिमीहरूलाई प्रदान गरें। तब तिमीहरूले त्यो भूमिलाई अधिकारमा लियौ।
24:9b.JOS.024.009 तब मोआबको राजा, सिप्पोरका छोरा बालाकले इस्राएलका मानिसहरू विरूद्ध लड्न तयार भए। ती राजाले बओरका छोरा बालामलाई बोलाई पठाए। उसले बालामलाई तिमीहरूलाई श्रापदिन लगाए।
24:10b.JOS.024.010 तर म, परमप्रभुले बालामको कुरा सुन्न अस्वीकार गरें। यसर्थ बालामले तिमीहरूलाई अनेक पल्ट आशीर्वाद दिए। मैले तिमीहरूलाई बँचाएँ अनि विपत्तबाट निकालें।
24:11b.JOS.024.011 त्यसपछि तिमीहरू यर्दन नदी पारी यरीहो शहर तर्फ गयौ। यरीहोका मानिसहरू तिमीहरू विरूद्ध लडे। एमोरी, परिज्जी, कनानी, हित्ती, गिर्गाशी, हव्वी अनि यबूसी मानिसहरू पनि तिमीहरू विरूद्ध लडे। तर मैले तिनीहरू सबैलाई तिमीहरूलाई परास्त गर्न दिएँ।
24:12b.JOS.024.012 जब तिमीहरूका सेनाहरू अघि बढदै थिए मैले तिनीहरूको अघि बच्छ्यूँहरूलाई पठाईदिए। ती बच्छ्यूँहरूले दुईजना राजाहरूलाई छोडन बाध्य गरयो। यसरी तिमीहरूले आफ्ना तरवार अनि धनुको प्रयोग नगरी नै त्यो भूमि लियौ।
24:13b.JOS.024.013 मैले त्यो भूमि तिमीहरूलाई दिएँ। जुन भूमिका निम्ति तिमीहरूले काम गरेनौ मैले त्यो भूमि तिमीहरूलाई दिएँ। तिमीहरूले ती शहरहरू निर्माण गरेनौ-ती मैले तिमीहरूलाई दिएँ। तिमीहरूसित दाखबारी अनि भद्राक्षेका बृक्षका बगौंचाहरू छन्, तर ती बगौंचाहरूमा तिमीहरूले विरूवा लाउनु परेन।”
24:14b.JOS.024.014 तब यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले परमप्रभुका बचनहरू सुन्यौ, यसर्थ तिमीहरूले परमप्रभुको सम्मान गर्नु पर्छ अनि साँचो भागमा उहाँको सेवा गर्नु पर्छ। ती अपवित्र देवताहरूलाई फ्याँकि देऊ, जुन तिमीहरूका पिता-पुर्खाहरूले मिश्रमा र यूफ्रेटिस नदीको पारिपट्टि पूज्ने गर्थे। अब तिनीहरूले परमप्रभुलाई मात्र आराधना गर्नु पर्छ।
24:15b.JOS.024.015 “तर हुन सक्छ, तिमीहरू परमप्रभुको सेवा गर्न चाहँदैनौ। कसलाई सेवा गर्छौ त्यो तिमीहरूले निर्णय लिनु पर्छ। के तिमीहरू, तिमीहरूका अगुवाहरूले यूफ्रेटिस नदीको पारिपट्टि बस्दा पूजेका झूटा देवताहरूको सेवा गर्छौ? अथवा, यो भूमिमा बस्ने एमोरी मानिसहरूका देवताको सेवा गर्छौ? तिमीहरू आफैंले चुन्नु पर्छ। तर म अनि मेरो घरनाले भने परमप्रभुकै सेवा गर्ने छौं।”
24:16b.JOS.024.016 तब मानिसहरूले उत्तर दिए, “हामीहरू परमप्रभुको अनुशरण गर्न कहिल्यै पनि छाडने छैनौं। हामी अन्य देवताहरूको सेवा कहिले पनि गर्ने छैनौं।
24:17b.JOS.024.017 हामी जान्दछौं कि परमप्रभु नै परमेश्वर हुनुहुन्थ्यो, जसले हाम्रा मानिसहरूलाई मिश्रबाट बाहिर निकाल्नु भयो। त्यस देशमा हामी दास थियौं। तर परमप्रभुले हाम्रा निम्ति त्यहाँ महान् काम गर्नु भयो। उहाँले हामीलाई त्यो देशबाट बाहिर ल्याउनु भयो, अनि अन्य भूमिहरूबाट यात्रा गर्दा हामीलाई सुरक्षा प्रदान गर्नु भयो।
24:18b.JOS.024.018 परमप्रभुले हामीलाई यी भूमिहरूमा बस्ने मानिसहरूलाई परास्त गर्नमा सहयोग प्रदान गर्नु भयो। परमप्रभुले हामीलाई जो एमोरी मानिसहरू यो देशमा बस्थे त्यहाँ अहिले हामी छौ, यो परास्त गर्नमा हामीलाई सहायता गर्नुभयो। यसर्थ हामी परमप्रभुको सेवा गरिरहनेछौं। किनभने उहाँ नै हाम्रो परमेश्वर हुनुहुन्छ।”
24:19b.JOS.024.019 तब यहोशूले भने, “त्यो सत्य हो। परमप्रभुको सेवा गर्दैजान तिमीहरू सक्तैनौ। परमप्रभु परमेश्वर पवित्र हुनुहुन्छ। अनि आफ्ना मानिसहरूले अन्य देवताहरूको पूजा गरेको परमेश्वरले घृणा गर्नुहुन्छ। यदि तिमीहरू त्यसरी उहाँको विरूद्ध भयौ भने परमेश्वरले तिमीहरूलाई क्षमा गर्नु हुने छैन।
24:20b.JOS.024.020 तर तिमीहरूले परमप्रभुलाई त्यागनेछौ अनि अन्य देवताहरूको सेवा गर्ने छौ। परमप्रभुले तिमीहरू माथि भयानक घटनाहरू घटाउनु हुनेछ। परमप्रभुले तिमीहरूलाई नष्ट गर्नु हुनेछ। परमप्रभु परमेश्वर तिमीहरू प्रति भलो हुनुहुन्छ। तर यदि तिमीहरू उहाँको विरूद्ध भयौ भने उहाँले तिमीहरूलाई नष्ट गर्नु हुनेछ।”
24:21b.JOS.024.021 तब मानिसहरूले यहोशूलाई भने, “अहँ! हामी परमप्रभुको सेवा गर्नेछौं।”
24:22b.JOS.024.022 तब यहोशूले भने, “तिमीहरू आफैंलाई अनि तिमीहरूसित भएका मानिसहरूलाई हेर। के, तिमीहरू सब जान्दछौ अनि सहमत हुन्छौ? के तिमीहरूलाई परमेश्वरको सेवा गर्नका निम्ति चुनिएको छौ? तिमीहरू सबै यसका साक्षी छौ?” मानिसहरूले उत्तर दिए, “हो, यो सत्य हो! हामी सबैले देख्न सक्छौं कि हामीहरू परमप्रभुको सेवा गर्नका निम्ति चुनिएका छौं।”
24:23b.JOS.024.023 तब यहोशूले भने, “त्यसो हो भनी तिमीहरूसित भएका झूटा देवताहरूलाई फ्याँकि देऊ र परमप्रभु इस्राएलका परमेशवरलाई तिमीहरूको सम्पूर्ण हृदयले प्रेम गर।”
24:24b.JOS.024.024 तब मानिसहरूले यहोशूलाई भने, “परमप्रभु हाम्रा परमेशवरको सेवा गर्नेछौं। हामी उहाँको आज्ञा पालन गर्नेछौं।”
24:25b.JOS.024.025 यसर्थ त्यसदिन यहोशूले मानिसहरूका निम्ति एक करार गरे। यहोशूले त्यो करार शकेम नाउँको शहरमा गरे। त्यहाँ तिनीहरूले अनुसरण गर्नु पर्ने नियम बन्यो।
24:26b.JOS.024.026 यहोशूले यी कुराहरू परमेशवरको व्यवस्थाको पुस्तकमा लेखे। तब यहोशूले एउटा विशाल ढुङ्गा भेट्टाए। यो ढुङ्गा त्यो करारको प्रमाण थियो। उनले त्यो ढुङ्गालाई परमप्रभुको पवित्र पालको नजीकै भएको फलाँटको रूख मुनि राखे।
24:27b.JOS.024.027 त्यसपछि यहोशूले सबै मानिसहरूलाई भने, “यो ढुङ्गाले तिमीहरूलाई आज मैले भनेका कुराहरूको सम्झना गराउनमा सहायता गर्नेछ। जब परमप्रभु आज हामीसित बात गरिरहनु भएको बेला यो ढुङ्गा यहाँ थियो। यसर्थ यो ढुङ्गाले आज के भयो त्यही कुरा तिमीहरूलाई सम्झना गर्न सहायता गर्नेछ। यो ढुङ्गा तिमीहरूको विरूद्ध एउटा साक्षी बन्नेछ। यसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेशवरको विरूद्धमा जान देखि रोक्नेछ।”
24:28b.JOS.024.028 तब यहोशूले मानिसहरूलाई घर जानु भने। यसर्थ हरेका मानिस आफ्ना भूमिमा फर्के।
24:29b.JOS.024.029 त्यसपछि नूनका छोरा यहोशूको मृत्यु भयो। यहोशू 110 वर्ष उमेरका थिए।
24:30b.JOS.024.030 यहोशूलाई तिम्नथसेरहमा उसको आफ्नै भूमिमा गाडे। यो गाश डाँडाको उत्तरमा भएको एप्रैमको पहाडी देशमा थियो।
24:31b.JOS.024.031 इस्राएलका मानिसहरूले यहोशू जीवित रहेको समयमा परमप्रभुको सेवा गरेका थिए। अनि यहोशूको मृत्यु भएपछि पनि मानिसहरूले परमप्रभुको सेवा जारिराखे। मानिसहरूले परमप्रभुको सेवा गर्दै गए। जब तिनीहरूका अगुवाहरू जीवित थिए। यी अगुवाहरू नै थिए, जसले ती कुराहरू देखेका थिए जो परमप्रभुले इस्राएलका निम्ति गर्नु भएको थियो।
24:32b.JOS.024.032 जब इस्राएलका मानिसहरूले मिश्रदेश छाडे, तिनीहरूले यूसुफको शरीरका हाडहरू साथमा बोकेर हिंडे। यसरी मानिसहरूले यूसुफका हाडहरूलाई शकेममा गाडिदिए। तिनीहरूले ती हाडहरू त्यो भूमिमा गाडे जो याकूबले शकेम नाउँ गरेका मानिसका पिता हमोरका छोराहरूकोबाट किनेका थिए। याकूबले त्यो भूमि शुद्ध चाँदीका एकसय सिक्कामा किनेका थिए। यो भूमि यूसुफका सन्तानको थियो।
24:33b.JOS.024.033 हारूनका छोरा एलाजारको पनि मृत्यु भयो अनि एप्रैमको पहाडी देश गिबामा गाडे। गिबा एलाजारका छोरा पीनहासलाई दिइएको थियो।
- Holder of rights
- Multilingual Bible Corpus
- Citation Suggestion for this Object
- TextGrid Repository (2025). Nepali Collection. Joshua (Nepali). Joshua (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-ACB8-7