Deuteronomy (Nepali)
1
1:1b.DEU.001.001 जब इस्राएलीहरू यर्दन नदीको पूर्वपट्टि सूप पारिपट्टिबाट पारान मरूभूमिमा अनि तोफेल, लाबान, हासेरोत अनि दीसाहाब शहरहरूको बीचमा यर्दन बेंसी थिए, त्यस समयमा मोशाले तिनीहरूलाई दिएको संदेश यही थियो।
1:2b.DEU.001.002 सेईर पर्वत भएर होरेब पर्वतबाट कादेश बर्ने पुग्नु मात्र एघार दिन लाग्छ।
1:3b.DEU.001.003 तर इस्राएलीहरूलाई मिश्र देशदेखि यस ठाउँमा पुग्न चालीस वर्ष लाग्यो। मोशाले तिनीहरूलाई चालीसौं वर्षको एघारौं महीनाको पहिलो दिन परमप्रभुले आदेश गर्नु भएको प्रत्येक कुरा भने।
1:4b.DEU.001.004 परमप्रभुले हेशबोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोन र अश्तारोतमा र एदरेईमा बस्ने बाशानका राजा ओगलाई जितेपछि यस्तो भएको थियो।
1:5b.DEU.001.005 यर्दन नदीको पूर्वपट्टि मोआब देशमा परमप्रभुले दिनु भएको आज्ञाहरू मोशाले इस्राएलका मानिसहरूलाई सुनाए। मोशाले भने,
1:6b.DEU.001.006 “होरेब पर्वतमा परमप्रभु हाम्रा परमेश्वरले हामीलाई भन्नुभयो, ‘तिमीहरू यस पर्वतमा धेरै दिनसम्म बस्यौ।
1:7b.DEU.001.007 अब पहाडी क्षेत्रितिर जाऊ जहाँ अमोरीहरू बस्छन्। त्यहाँ सबै भूमिहरूको चारैतिर जाऊ। यर्दनको बेंसीमा जाऊ, पर्वतहरूमा, तराईहरूमा, नेगेवमा, समुद्रका किनारमा, कनान अनि लबानोन अनि यूफ्रेटिससम्म जाऊ।
1:8b.DEU.001.008 हेर! म तिमीहरूलाई त्यो भूमि दिंदैछु, जाऊ अनि त्यस भूमिमा बस, मैंले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक, अनि याकूब र तिनीहरूका भावी सन्तानहरूलाई यो भूमि दिने प्रतिज्ञा गरेको थिएँ।” मोशा अगुवाहरू छान्छन्
1:9b.DEU.001.009 मोशाले भने, “त्यस समयमा मैले भनेको थिएँ म तिमीहरूको हेरचाह गर्नु सक्तिनँ।
1:10b.DEU.001.010 अनि झन् अहिले त परमप्रभु तिमीहरूको परमेश्वरले यति धेरैभन्दा धेरै मानिसहरू बढाउनु भयो तिमीहरू आकाशको ताराहरू झैं भरिएका छौ।
1:11b.DEU.001.011 अहिले परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वर परमप्रभुले तिमीहरूलाई हजार गुणा संख्या बेशी बनाऊन् अनि प्रतिज्ञा गर्नु भए अनुसार नै तिमीहरूलाई आशीर्वाद दिऊन्।
1:12b.DEU.001.012 तर म तिमीहरूको हेरचाह गर्न र आफैं तिमीहरूका झगडाहरू समाधान गर्न असमर्थ छु।
1:13b.DEU.001.013 यसकारण तिमीहरूले आफ्ना कुलहरूबाट ज्ञान, ‘विवेक तथा अनुभव भएका मानिसहरू छान म तिनीहरूलाई तिमीहरूको अगुवा बनाउनेछु।’
1:14b.DEU.001.014 “अनि तिमीहरूले भन्यौ, ‘यसो गर्नु असल काम हो।’
1:15b.DEU.001.015 “यसकारण मैले तिमीहरूद्वारा चुनेका बुद्धिमान र अनुभवी मानिसहरूलाई तिमीहरूको अगुवाहरू नियुक्त गरें। यसरी मैले तिमीहरूमध्ये केहीलाई हजार जनाका अगुवाहरू, सय जनाका अगुवाहरू, पचास जनाका अगुवाहरू अनि दश जनाका अगुवाहरू नियुक्त गरें। मैले तिमीहरूका प्रत्येक पारिवारिक समूहहरूलाई अधिकारी नियुक्त गरें।
1:16b.DEU.001.016 “त्यति बेला, मैले ती न्यायकर्त्ताहरूलाई भनें, ‘कुनै पनि झगडामा तिम्रा भाइहरूका कुरा सुन र ठीक-ठीक न्याय गर, त्यो झगडा इस्राएलीहरूमाझ होस् अथवा इस्राएली र विदेशीहरूमाझ होस्।
1:17b.DEU.001.017 जब तिमीहरू न्यायकर्त्ता भएर निर्णय लिन्छौ तब तिमीहरूले सोच्नु हुँदैन को महत्वपूर्ण र महत्वहीन मानिसहरू हुन्। कसैसँग पनि डराउनु हुँदैन कारण तिमीहरूले गरेको निर्णय परमेश्वरबाट भएको हुन्छ। तर यदि कुनै झगडाको विषय तिमीहरूको निम्ति कठिन भए त्यो म कहाँ ल्याऊ।’
1:18b.DEU.001.018 त्यही समयमा तिमीहरूले गर्नु पर्ने सबै विषयहरू म तिमीहरूलाई भन्नेछु।
1:19b.DEU.001.019 “तब परमप्रभु हाम्रा परमेश्वरको आज्ञा मानेर हामीले होरेब पर्वत छाडी एमोरी मानिसहरूको पहाडी देशको यात्रा गर्यौ अनि तिमीहरूले देखेको विशाल अनि भयंकर मरूभूमि भएर कादेश बर्नेमा पुग्यों।
1:20b.DEU.001.020 तब मैले तिमीहरूलाई भनें, ‘तिमीहरू अब एमोरीहरूको पहाडी देशमा आइपुग्यौ। परमप्रभु हाम्रा परमेश्वरले हामीलाई यो देश दिनु हुनेछ।
1:21b.DEU.001.021 हेर, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यो देश दिनुभएको छ। तिमीहरूले कुनै चीजको फिक्री नगर, कसैसँग नडराऊ परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वरले यस्तै गर्ने आदेश दिनु भएको छ।’
1:22b.DEU.001.022 “तर तिमीहरू सबै मकहाँ आएर भन्यौ, ‘पहिले हामी केही मानिसहरू त्यहाँ पठाऊँ तिनीहरूले त्यो भूमिको निर्कोल गर्नेछन् हामी कुन बाटो भएर कुनकुन शहरहरू भएर त्यस भूमिमा पुग्नेछौं, त्यस विषयमा समाचार ल्याउनेछन्।’
1:23b.DEU.001.023 “तिमीहरूको कुरा मन पराएर मैले तिमीहरूको प्रत्येक कुलबाट एक-एक जना गरी बाह्र जना मानिसहरू छानें।
1:24b.DEU.001.024 तब ती मानिसहरू पहाडतिर लागे अनि एशकोलको बेंसीमा पुगेर त्यहाँ सब खोजीनिधि गरे।
1:25b.DEU.001.025 तिनीहरू फर्केर आउँदा त्यहाँबाट हाम्रो निम्ति केही फलहरू ल्याए अनि त्यो भूमिको विषयमा बताउँदै परमप्रभु हाम्रा परमेश्वरले हामीलाई राम्रो भूमि दिनु हुँदैछ भने।’
1:26b.DEU.001.026 “तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा अवहेलना गरी त्यो भूमि भएको ठाउँमा जान अस्वीकार गर्यौ।
1:27b.DEU.001.027 तिमीहरू छाउनीमा गयौ अनि गुनासो पोख्दै भन्यौ, ‘परमप्रभुले हामीलाई घृणा गर्नुहुन्छ, परमप्रभुले हामीलाई एमोरी मानिसहरूद्वारा नाश पार्न मिश्र देशबाट यहाँ ल्याउनु भयो।
1:28b.DEU.001.028 अब हामी कहाँ जान सएछौं? हाम्रा बाह्र जना जासूस दाज्यू भाइहरूको समाचारले हामीलाई भयभीत बनाएको छ। तिनीहरू भन्दछन् त्यस भूमिका मानिसहरू हामी भन्दा ठूला र अग्ला छन्। आकाश जति अग्ला पर्खाल भएका शहरहरू छन्। अनि तिनीहरूले त्यहाँ राक्षसहरू देखे।’
1:29b.DEU.001.029 “यसकारण मैले तिमीहरूलाई भनें, ‘विरक्त नहोऊ, ती मानिसहरूसँग नडराऊ।
1:30b.DEU.001.030 परमप्रभु तिमीहरूको परमेश्वर तिमीहरूकोअघि जानु हुनेछ अनि युद्ध गर्नु हुनेछ। उहाँले मिश्रका लागि गर्नु भए जस्तै उहाँले गर्नु हुनेछ। तिमीहरूले आफ्नो अघि गएको त्यहाँ देख्यौ।
1:31b.DEU.001.031 तिमीहरूले देखेका छौ एकजना मानिसले आफ्नो छोरोलाई कसरी बोकेर लान्छ त्यसरी नै परमप्रभुले तिमीहरूलाई लानुहुन्छ। परमप्रभुले तिमीहरूलाई यस ठाउँसम्म बचाएर ल्याउनु भएको छ।
1:32b.DEU.001.032 “तर अझ पनि तिमीहरू परमप्रभु आफ्नो परमेश्वरलाई विश्वास गर्दैनौ।
1:33b.DEU.001.033 जब तिमीहरू यात्रा गरिरहेका थियौ छाउनी कहाँ बनाउनु पर्ने निश्चय गर्नुको निम्ति परमप्रभु तिमीहरूको अघि जानु भयो। तिमीहरूलाई बाटो देखाउनु उहाँ राती आगोमा अनि दिउँसो बादलमा जानु भयो।
1:34b.DEU.001.034 “तिमीहरूले के भन्यौ परमप्रभुले सुन्नु भयो र क्रोधित हुनुभयो। उहाँले प्रतिज्ञा गर्दै भन्नुभयो,
1:35b.DEU.001.035 तिमी दुष्ट मानिसहरू मध्ये कसैले पनि मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको प्रतिज्ञा अनुसार त्यस असल देशमा पस्न पाउने छैन।
1:36b.DEU.001.036 यपून्नेको छोरो कालेबले मात्र त्यो देश देख्नु पाउनेछ। कालेबले टेकेको भूमि म उसलाई र उसका सन्तानलाई दिनेछु। किन? किनभने मैले दिएका सम्पूर्ण आज्ञाहरू उसले पालन गर्यो।’
1:37b.DEU.001.037 “तिमीहरूको कारण परमप्रभु पनि मसित रिसाउनु भएको थियो। उहाँले मलाई भन्नुभयो, ‘मोशा, तिमी पनि त्यस भूमिमा पस्न सक्तैनौ।
1:38b.DEU.001.038 तर नूनका छोरा तिम्रो सहायक यहोशू त्यस भूमिमा जान सक्छन् तिनलाई उत्साह देऊ किनभने इस्राएलीहरूलाई त्यो भूमि आफ्नो पार्न तिनी अगि बढनेछन्।’
1:39b.DEU.001.039 “अनि परमप्रभुले हामीलाई भन्नुभयो, ‘तिमीहरूको बालबच्चाहरू शत्रुहरूले लिएर जानेछन् भनेर तिमीहरूले भन्यौ तर ती नानीहरू त्यस भूमिमा जानेछन्। म ती नानीहरूलाई दोष दिने छैन कारण तिनीहरू अहिले अबुझ छन्, यसकारण म त्यो भूमि तिनीहरूलाई दिनेछु अनि तिनीहरूले त्यो भूमि आफ्नो भनी लिनेछन्।
1:40b.DEU.001.040 तर तिमीहरू लाल समुद्र पुग्ने उजाड भूमि तिरको बाटो भएर जानु पर्छ!’
1:41b.DEU.001.041 “तब तिमीहरूले भन्यौ, ‘मोशा, हामीले परमप्रभु अघि पाप गरेका छौं। तर अब हामी परमप्रभु हाम्रा परमेश्वरले हामीलाई अघि आदेश गरे अनुसार लडाइँ गर्नेछौं।’ तिमीहरूले पहाडी देशमा आक्रमण गर्ने तयारी शुरू गर्यौ अनि तिमीहरू सबैले आफ्नो हतियारहरू भिर्यौं।
1:42b.DEU.001.042 “तर परमप्रभुले मलाई भन्नुभयो, ‘मानिसहरूलाई पहाडमा गएर लडाइँ नगर्नु भन किन? किनभने परमप्रभु तिनीहरूसँग हुनु हुँदैन र शत्रुहरूले तिनीहरूलाई परास्त गर्नेछन्।’
1:43b.DEU.001.043 “मैले तिमीहरूलाई भने तर तिमीहरूले सुनेनौ अनि तिमीहरूले परमप्रभुको आदेशको अवहेलना गर्यौ। तिमीहरूले गर्व गरेर काम गर्यौ अनि पहाडी देशमाथि आक्रमण गर्न गयौ।
1:44b.DEU.001.044 तर पहाडी देशमा बस्ने अमोरीहरूले तिनीहरूको विरूद्ध युद्ध गरे अनि तिनीहरूलाई सेइरदेखि होर्मामसम्म खेदे। तिनीहरूले एउटा मौरीको हूल झैं तिमीहरूलाई खोजीरहे।
1:45b.DEU.001.045 तब मात्र तिमीहरूले परमप्रभुलाई सहायता माग्यौ तर परमप्रभुले तिमीहरूको केही सुन्नु भएन।
1:46b.DEU.001.046 यसकारण तिमीहरू कादेशमा धेरै समयसम्म बस्यौ।
2
2:1b.DEU.002.001 “तब परमप्रभुले मलाई भन्नुभयो जस्तो हामीले गर्यौं। हामी लाल समुद्र जाने बाटो भएर मरूभूमिमा गयों। सेईर पर्वत छेऊसम्म जानका लागि हामीले धेरै दिनसम्म यात्रा गर्यौं।
2:2b.DEU.002.002 तब परमप्रभुले मलाई भन्नुभयो, “
2:3b.DEU.002.003 यी पहाडहरू भएर तिमीहरूले धेरै समय यात्रा गर्यौ।
2:4b.DEU.002.004 मानिसहरूलाई यी कुराहरू भन, तिमीहरू सेइरको भूमिबाट जानेछौ। यो भूमि तिनीहरूका आफन्त, एसावका सन्तानहरूको हो। तिनीहरू तिमीहरूसित डराउनेछन्, यसकारण, होशियार बस।
2:5b.DEU.002.005 तिनीहरूसित लडाइँ नगर। यो भूमिबाट तिमीहरूलाई एक फुट पनि दिइने छैन कारण यो पहाडी भूमि मैले एसावका मानिसहरूलाई आफ्नो भूमि बनाउनु भनी दिएको छु।
2:6b.DEU.002.006 तिमीहरूले एसावका मानिसहरूबाट लिएको खाद्य र पानीको दाम तिर्नु पर्छ।
2:7b.DEU.002.007 यो विशाल मरूभूमिमा तिमीहरू हिंडेको कुरो उहाँलाई थाहा छ। परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित चालीस वर्षसम्म हुनुहुन्छ। तिमीहरूलाई आवश्यक परेको प्रत्येक कुराहरू उहाँले दिनुभयो, यसकारण उहाँको स्मरण गर कारण तिमीहरूले गरेको प्रत्येक कुरोमा उहाँको आशीर्वाद छ।’
2:8b.DEU.002.008 “यसकारण सेईरमा बसोबास गर्ने हाम्रा आफन्तहरू, एसावका मानिसहरूलाई छाडेर हामी गयों। हामीले यर्दन बेंसीबाट एलत शहर र एस्योन गेबेर जाने बाटो छाडेर माआबको मरूभूमितिर जाने बाटो लाग्यौं।
2:9b.DEU.002.009 “परमप्रभुले मलाई भन्नु भयो, ‘मोआबका मानिसहरूलाई कष्ट नदेऊ तिनीहरूसित लडाइँ नगर, म तिमीहरूलाई तिनीहरूको एक टुक्रा भूमि पनि दिनेछैन मैले आर शहर लूतका सन्तानहरूलाई दिइसकेको छु।”‘
2:10b.DEU.002.010 विगतमा त्यहाँ एमीहरू बस्थे, तिनीहरूको संख्या धेरै थियो अनि तिनीहरू अनाकीहरू झैं अग्ला अनि बलिया मानिसहरू थिए।
2:11b.DEU.002.011 अनाकीहरू पनि रपाई मानिसहरू कै अंश थिए तर मोआबका मानिसहरूले तिनीहरूलाई एमीहरू भन्दथे।
2:12b.DEU.002.012 पहिले होरीहरू पनि सेइरमा बस्थे तर एसावका मानिसहरूले तिनीहरूको भूमि लिए। एसावका मानिसहरूले होरीहरूलाई नष्ट पारेर तिनीहरूको भूमिमा बसे। परमप्रभुले दिएको भूमिमा पनि इस्राएलीहरूले त्यहाँका मानिसहरूलाई त्यही गरे।
2:13b.DEU.002.013 “परमप्रभुले मलाई भन्नुभयो, ‘तिमीहरू जेरेद खोला पारी जाऊ।’ यसकारण हामी जेरेद खोला पारी गयौं।
2:14b.DEU.002.014 जरेद बेंसीबाट कादेश बर्नेसम्म पुग्न हामीलाई 38 वर्ष लाग्यो तब त्यस वंशका सबै युद्धका मानिसहरू छाउनीभित्र मरे। परमप्रभुले तिनीहरूलाई शपथ गर्नु भए झैं गरे।
2:15b.DEU.002.015 परमप्रभु तिनीहरूको विरूद्ध तबसम्म हुनुहुन्थो जबसम्म तिनीहरू छाउनीबाट सम्पूर्ण रूपले नष्ट भएनन्।
2:16b.DEU.002.016 “योद्धाहरू मरेपछि,
2:17b.DEU.002.017 परमप्रभुले मलाई भन्नुभयो,
2:18b.DEU.002.018 ‘आज तिमीले आरको सीमाना पार गरेर मोआब जानैपर्छ।
2:19b.DEU.002.019 तिमीहरू अम्मोनी मानिसहरूको नजिकै जानेछौ। तर तिनीहरूलाई कष्ट नदेऊ तिनीहरूसँग युद्ध नगर किनभने म तिनीहरूको भूमिबाट तिमीहरूलाई केही पनि दिने छैन, किनभने, तिनीहरू लूतका सन्तानहरू हुन् अनि मैले तिनीहरूलाई त्यो भूमि दिएको छु।”‘
2:20b.DEU.002.020 त्यो भूमि पनि रपाईहरू कै भूमि भनेर जानिन्थ्यो। त्यहाँ उहिले रपाई मानिसहरू बस्थे। अम्मोनीहरूले तिनीहरूलाई ‘जमजुम्मीहरू’ भन्थे।
2:21b.DEU.002.021 तिनीहरू पनि अनाकीहरू जस्तै अग्ला अनि बलिया थिए। तर परमप्रभुले जमजुम्मीहरूलाई नष्ट पार्न अम्मोनीहरूलाई सहायता गर्नु भयो। अम्मोनीहरूले त्यो भूमि लिए अनि तिनीहरू अहिले त्यहाँ छन्।
2:22b.DEU.002.022 परमेश्वरले तिनीहरूलाई एसावका मानिसहरूलाई जस्तै गर्नुभयो। विगत समयमा, सेईरमा होरी मानिसहरू बस्थे। तर एसावका मानिसहरूले होरीहरूलाई नष्ट गरेर अझ पनि एसावका सन्तानहरू त्यहाँ बसेका छन्।
2:23b.DEU.002.023 कप्तोरबाट आएका केही मानिसहरूसित पनि परमेश्वरले त्यस्तै व्यवहार गर्नुभयो। अब्बी मानिसहरू गाजाको वरिपरिको शहरहरूमा बस्थे। तर कप्तोरबाट केही मानिसहरू आए अनि अव्वीहरूलाई नष्ट पारेर कप्तोरबाट आएका ती मानिसहरूले त्यो भूमि दखल गरे अनि अहिलेसम्म तिनीहरू त्यहीं छन्।
2:24b.DEU.002.024 “परमप्रभुले मलाई भन्नुभयो, ‘अर्नोन खोला पारी तर्न तयारी बस। हेर, म हेशबोनका राजा अम्मोरी सीहोन अनि उसको देश तिमीहरूको हातमा दिंदैछु। तिमीहरू त्यसलाई अधिकारमा ल्याउने चेष्टा शुरू गर र तिनीहरूको विरूद्ध लडइँ गरेर त्यो भूमि अधिनमा पार।
2:25b.DEU.002.025 आज म प्रत्येक ठाउँको मानिसहरूलाई तिमीहरूसित भयभीत हुने बनाउँछु, तिनीहरूले तिमीहरूको विषयमा सुन्नेछन् अनि डरले काम्नेछन्।’
2:26b.DEU.002.026 “जब हामी कदेमोत बाँझो भूमिमा थियौं, मैले हेशबोनका राजा सीहोनलाई शान्तिको संदेश दूत मार्फतू पठाएँ। तिनीहरूले भने,
2:27b.DEU.002.027 ‘हामीहरूलाई तिम्रो देश भएर जाने अनुमति देऊ, हामीहरू सीधा अघि जाने छौ हामीहरू बाटोमा दाहिने अथवा देब्रे फर्कने छैनौं। हामी बाटोमा मात्र रोकिने छौं।
2:28b.DEU.002.028 हामीलाई खानु पिउनु देऊ त्यसको दाम हामी चुकाउनेछौ। हामी तिम्रो देशको बाटो भएर मात्र जान चाहन्छौं।
2:29b.DEU.002.029 यर्दन नदी पारिको जुन देश परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनु भएको छ, त्यहाँ पुग्न तिम्रो देशको बाटो भएर जान देऊ। अरू मानिसहरू सेईरमा बस्ने एसाव मानिसहरू र आरमा बस्ने मोआबीहरूले हामीलाई तिनीहरूको देशको बाटो भएर हिडनु देऊ।’
2:30b.DEU.002.030 “तर हेशबोनका राजा सीहोनले हामीलाई उसको देशबाट जानु दिएनन्। तिमीहरूका परमप्रभु परमेश्वरले तिनलाई कठोर बनाउनुभयो अनि आज हामीलाई थाहा छ साँच्चै त्यस्तै भयो।
2:31b.DEU.002.031 “परमप्रभुले मलाई भन्नुभयो, ‘म तिमीहरूलाई सीहोनका राजा र उसको देश दिंदैछु, जाऊ अनि उसको देश लेऊ।’
2:32b.DEU.002.032 “जाहज भन्ने ठाउँमा सीहोन राजा र तिनका समस्त मानिसहरू हामीसित युद्ध गर्न आए।
2:33b.DEU.002.033 तर परमप्रभु हाम्रा परमेश्वरले तिनीहरूलाई हाम्रो हातमा सुम्पि दिनुभयो अनि राजा सीहोन, तिनका छोराहरू र सबै मानिसहरू पराजित भए।
2:34b.DEU.002.034 त्यस समयमा सीहोन राजाको सबै शहरहरू हामीले कब्जा गर्यौ। हामीले त्यहाँ कुनै पुरूष, स्त्री तथा नानीहरूको जीवन छोडेनौं।
2:35b.DEU.002.035 हामीले खाली गाई-वस्तु र राम्रा-राम्रा चीजहरू मात्र ती शहरहरूबाट लियों।
2:36b.DEU.002.036 त्यहाँको कुनै शहर पनि हाम्रो सामुन्ने टिएन सकेन, हामीले अर्नोन बेंसीको किनारको अरोर शहर अनि बेंसीबीचको अरू शहर जित्यौं। परमप्रभुले हामीलाई अर्नोन बेंसी र गिलाद बीचका सबै शहरहरू जिताउनु भयो।
2:37b.DEU.002.037 तर तिमीहरू अम्मोनी मानिसहरूको भूमि समीप पनि गएनौ, यब्बोक नदीको किनार र पहाडी देशका शहरहरू पनि गएनौ र परमप्रभु हाम्रा परमेश्वरले मनाही गर्नुभएको कुनै ठाउँसम्म पनि गएनौ।
3
3:1b.DEU.003.001 “त्यसपछि हामी बाशानपट्टि गयौं। एदरेईमा बाशानका राजा ओग र तिनका मानिसहरू हामीहरूसित लडाइँ गर्न आए।
3:2b.DEU.003.002 परमप्रभुले मलाई भन्नुभयो, ‘ओगसित नडराऊ। मैले उसलाई तिनीहरूको अघि समर्पित गराउन निश्चय गरेको छु। हशबोनमाथि शासन गर्ने अम्मोरीका राजा सीहोनलाई झैं तिमीले उसलाई पराजित गर्नेछौ अनि उसका मानिसहरू र सबै भूमि तिमीले पाउनेछौ।’
3:3b.DEU.003.003 “यसकारण परमप्रभु हाम्रा परमेश्वरले बाशानका राजा ओगलाई पराजित गराउनु भयो। हामीले उसको कसैलाई पनि बाँकी नराख्ने गरी परास्त पार्यौं।
3:4b.DEU.003.004 त्यस समयमा ओगको अधीनका सबै शहरहरू लियौं। हामीले ओगका 60 शहरहरू बाशान राज्यभित्रका अर्गेवका इलाकाहरू कब्जा गर्यौं।
3:5b.DEU.003.005 यी सबै शहरहरूका अग्ला-अग्ला फाटक, पर्खाल र फाटकमा पकका ढोकाहरू थिए। त्यहाँ पर्खाल नभएका शहरहरू पनि थिए।
3:6b.DEU.003.006 हामीले ती सब सीहोन राजाका शहरहरू झैं ध्वंश पार्यौं। त्यहाँका प्रत्येक शहर अनि त्यस शहरका स्त्री-पुरूष अनि बाल-बच्चाहरू सबै ध्वंश पार्यौं।
3:7b.DEU.003.007 तर हामीले आफ्नो लागि त्यहाँ भएका बहुमूल्य वस्तुहरू र गाई-गोरूहरू भने सुरक्षित राख्यौं।
3:8b.DEU.003.008 “यस प्रकार हामीले अर्नोन घाटीबाट यर्दन नदीको पूवपट्टिको भूमि अनि अमोरी राजाहरूबाट हार्मोन पर्वतलाई लियौं।
3:9b.DEU.003.009 (हर्मोनलाई सीदोनीहरूले सिर्योन र एमोरीहरूले सनीर भन्छन्।)
3:10b.DEU.003.010 यसरी हामीले समतलको सबै भूमिको र गिलादका शहरहरू सल्कादेखि एद्रेईसम्म बसानको समस्त आफ्नो पार्यौं। सल्का र एद्रेईहरू ओगको बाशानका राजा, ओगका शहरहरू थिए।”
3:11b.DEU.003.011 बाशानका राजा ओग रपाई मानिसहरूमा बाँचेकाहरूमध्ये एक जना थिए। ओगको पलङ्ग फलामको थियो यो तेह्र फीट लामो अनि छ फीट चौंडाको थियो। अम्मोनीहरू बसोबास गर्ने शहर रब्बामा त्यो पलङ्ग अझसम्म छ।
3:12b.DEU.003.012 “यसकारण हामीले भूमि आफ्नो बनायौ अनि मैले रूबेनी र गादी कुल समूहलाई यसको भाग दिएँ। मैले तिनीहरूलाई अर्नोनको भूमिदेखि (जो अर्नोनको बेंसी हो) गीलादको पहाडी देशसितै यसका शहरहरू तिनीहरूलाई दिएको छु। तिनीहरूले गीलादको आधा भूमि पाएको छन्।
3:13b.DEU.003.013 गिलादको अर्को आधा भाग र बाशानको सबै क्षेत्र मैले मनश्शेको आधा कुल समूहलाई दिएँ।” (बाशान ओगको राज्य थियो। यसलाई रपाईहरूको देश पनि भनिन्थ्यो। ओगको भूमिको एउटा भागलाई अर्गोव भनिन्थ्यो)
3:14b.DEU.003.014 मनश्शे परिवार समूह याईरले बाशानमा रहेको अर्गोबको सम्पूर्ण क्षेत्र गशूरी र मकाती मानिसहरूको सीमानासम्म लियो। यसलाई याईरले उसको नाउँ दिएका थिए आजको दिनसम्म बाशानका क्षेत्रलाई हब्बात याईर भनेर जान्न सकिन्छ।
3:15b.DEU.003.015 “मैले गिलाद माकीरलाई दिएँ।
3:16b.DEU.003.016 रूबेनी र गादका कुल समूहहरूलाई मैले गिलाद सीमानाबाट शुरू भएको भूमि दिएँ। यो भूमि अर्नोन बेंसीबाट यब्बोक नदीसम्म फिंजिएको छ। यब्बोक नदी अम्मोनी मानिसहरूको सिमाना पर्छ र बेंसीको मध्यभाग एकापट्टिको सिमाना हो।
3:17b.DEU.003.017 यर्दन नदी छेउको मरूभूमि तिनीहरूको पश्चिमी सिमाना हो। गालिल झील यस क्षेत्रको उत्तरमा र मृत समुद्र (खारा समुद्र) यसको दक्षिणमा पर्छ। यो पिस्गा भीरको सतह हो। तिनीहरू पूर्वमा पर्छन्।
3:18b.DEU.003.018 “त्यस समयमा मैले ती परिवार समूहलाई यो आज्ञा दिएँ, ‘परमप्रभु तिमीहरूका परमेश्वरले यर्दन नदीको यतापट्टि बस्नलाई भूमि दिनु भएको छ। तर अहिले तिमीहरूका सेनाहरूले हतियार लिनुपर्छ र अरू इस्राएलीहरूलाई नदीको अर्कोपटिसम्म लिएर जाँदै गर्नु पर्छ।
3:19b.DEU.003.019 मैले दिएको भूमिमा तिमीहरूकी पत्नीहरू, स-साना नानीहरू अनि तिमीहरूका गाई बस्तुहरू (म जान्दछु तिमीहरूको गाई-वस्तुहरू धेरै छन्) बस्ने छन्।
3:20b.DEU.003.020 तर परमप्रभुले यर्दन नदीको अर्कोपट्टि दिनु भएको भूमि इस्राएलीहरूका आफन्तहरूले नपाएसम्म तिमीहरूलाई सहायता गर्नु पर्छ। तिमीहरूलाई परमप्रभुले शान्ति दिए झैं तिनीहरूले शान्ति नपाउञ्ञेल तिनीहरूलाई सहायता गर, तब मैले दिएको भूमिमा तिमीहरू फर्केर आउन सक्छौ।’
3:21b.DEU.003.021 “तब मैले यहोशूलाई भने, ‘तिमीले यी दुई राजाहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरले गर्नु भएको सबै थोक देखेका छौ। तिमीहरू पसेका सबै राज्यहरूमा परमप्रभुले त्यस्तै गर्नु हुनेछ।
3:22b.DEU.003.022 ती देशहरूका राजाहरूसित तिमीहरू डराउनु पर्दैन कारण परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको पक्षमा युद्ध गर्नुहुनेछ।’
3:23b.DEU.003.023 “त्यसपछि मैले मेरो निम्ति विशेष केही कुरा गरीदिनुहोस् भनी परमप्रभुलाई बिन्ती गरें। मैले भनें,
3:24b.DEU.003.024 ‘हे परमप्रभु मेरो मालिक! म हजुरको दास हुँ। म जान्दछु तपाईंले गर्न सक्ने लौकिक तथा अलौलिक चीजहरूको केही भाग मात्र (अलिकति) मलाई देखाउनु भएको छ। तपाईंले जुन महान् अनि शक्तिशाली कर्महरू गर्नु भएको छ त्यस्तो गर्न न त पृथ्वीमा न स्वर्गमा कुनै ईश्वरले गर्न सक्छन्।
3:25b.DEU.003.025 मलाई यर्दन नदीपारि जान दिनुहोस् अनि अर्को पट्टिको असल भूमि हेर्न दिनुहोस्। मलाई लबानोन र सुन्दर पहाडी देश हेर्न दिनुहोस्।’
3:26b.DEU.003.026 “तर तिमीहरूले गर्दा परमप्रभु मसित रिसाउनु भयो। उहाँले मेरो कुरा सुन्नु अस्वीकार गर्नु भयो। परमप्रभुले मलाई भन्नु भयो, ‘यति नै प्रयाप्त छ, यस विषयमा अरू कुरा नगर।
3:27b.DEU.003.027 पिस्गा पर्वतको टाकुरामा जाऊ अनि पश्चिम, उत्तर, दक्षिण तथा पूर्वपट्टि हेर। तिमीले त्यहाँ आफ्नै आँखाले यी सब चीजहरू हेर्न सक्छौ तर तिमी यर्दन नदीपारि चाहिं जान सक्दैनौ।
3:28b.DEU.003.028 तिमीले यहोशूलाई उपदेश अवश्य देऊ। तिनलाई तिमीले उत्साह देऊ। तिनलाई बलियो बनाऊ। भूमि तिमीले देख्न सक्छौ तर यहोशूले मानिसहरूलाई त्यहाँ लैजाने छन् अनि तिनीहरूलाई त्यहाँ बस्न सहायता गर्नेछन्।’
3:29b.DEU.003.029 “यसकारण हामी बेत-पोर वारि नै बेंसीमा बस्यौं।”
4
4:1b.DEU.004.001 “अब, हे इस्राएलका हो! मैले सिकाएको विधिहरू तथा आदेशहरू सुन। तब तिनीहरू बाँच्नेछौ। तब तिमीहरू जान सक्छौ तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वर परमप्रभुले दिनु भएको भूमि अधिकारमा लिन सक्छौ।
4:2b.DEU.004.002 मैले दिएको आज्ञामा तिमीहरूले थप्न सक्दैनौ। अनि तिमीहरूले केही पनि लिन हुँदैन। मैले तिमीहरूलाई दिएको परमप्रभु तिमीहरूको परमेश्वरको आज्ञा पालन गर्नुपर्छ।
4:3b.DEU.004.003 “बाल पोरमा तिमीहरूले आफ्नो आँखाले तिनीलाई परमप्रभु तिमीहरूको परमेश्वरद्वारा नष्ट गरेको देख्यौ जसले झूटा परमेश्वर बाललाई अनुसरण गरेका थिए।
4:4b.DEU.004.004 तर जो परमप्रभु तिमीहरूका परमेश्वरसित थिए, तिनीहरू सबै आज पनि जीवित छन्।
4:5b.DEU.004.005 “परमप्रभु मेरो परमेश्वरले मलाई जे जति आज्ञा गर्नु भएको थियो, त्यो मैले तिमीहरूलाई सिकाएँ। मैले तिमीहरूलाई यी विधि-विधानहरू यसकारण सिकाएँ तिमीहरू जुन भूमि आफ्नो बनाई बस्न जाँदैछौ त्यहाँ यी विधि-विधानहरू पालन गर्नेछौ।
4:6b.DEU.004.006 यी विधि-विधानहरू सावधानीपूर्वक पालन गर, यसो गर्नाले अन्य राष्ट्रहरूका मानिसहरूले तिमीहरूलाई ज्ञानी तथा बुज्जकी सम्झनेछन्। ती राष्ट्रहरूका मानिसहरूले यी विधि-विधानहरूको विषयमा सुन्नेछन्। ‘तब तिनीहरूले भन्नेछन्। साँच्चैनै यस राज्यका मानिसहरू ज्ञानी अनि बुज्जकी छन्।’
4:7b.DEU.004.007 “जब हामी सहायता माग्छौ परमप्रभु हाम्रा परमेश्वर हाम्रै नजिकमा हुनुहुन्छ र यस्ता ईश्वर अन्य कुनै राष्ट्रमा छैनन्।
4:8b.DEU.004.008 आज मैले सिकाएको विधि-विधानहरू र व्यवस्थाहरू भएको हाम्रो देश जस्तो अरू कुनै देश पनि छैन।
4:9b.DEU.004.009 तर तिमीहरू होशियारीसँग बस्नुपर्छ, जबसम्म तिमीहरू जीवित हुन्छौ तबसम्म तिमीहरूले देखेको कुरो बिर्सनु हुँदैन। तिमीहरूले यी चीजहरू तिमीहरूका छोरा-छोरी तथा नाता-नातिनाहरूलाई सिकाउनु पर्छ।
4:10b.DEU.004.010 होरेब पर्वतमाथि परमप्रभु तिमीहरूका परमेश्वरको अघि उभिएको दिन सम्झना गर। त्यस समय परमप्रभुले मलाई भन्नुभयो, ‘मेरो कुरा सुन्न मानिसहरू भेला गर, तब तिनीहरूले मलाई सम्मान गर्न सिक्ने छन् जबसम्म तिनीहरू पृथ्वीमा बाँच्छन्। अनि तिनीहरूले आफ्ना छोरा-छोरीहरूलाई मेरो इज्जत गर्न सिकाउने छन्।’
4:11b.DEU.004.011 तिमी नजिकै आयौ अनि पहाक्को फेदमा उभियौ। त्यो पहाक् जलेर आकाशसम्म पुग्यो र त्यहाँ कालो, बाक्लो अँध्यारो बादल थियो।
4:12b.DEU.004.012 परमप्रभुले आगोबाट तिमीहरूलाई भन्नुभयो तर तिमीहरूले कसैलाई बोल्दै गरेको आवाज मात्र सुन्यौ, तर तिमीहरूले आकृति देखेनौ। त्यहाँ आवाज मात्र थियो।
4:13b.DEU.004.013 परमप्रभुले तिमीहरूलाई दश आज्ञा, आफ्नो करार र ती पालन गर्नु भनी आज्ञा दिनु भयो, अनि परमप्रभुले करारका विधि-विधानहरू दुइवटा शिलापाटीमा लेखिदिनु भयो।
4:14b.DEU.004.014 त्यही समयमा परमप्रभुले यी नियमहरू तिमीहरूलाई सिकाउने आदेश दिनु भयो जुन यर्दन नदीको वरिपरिको भूमिमा तिमीहरूले अनुसरण गर्नुपर्छ जसलाई तिमीहरू आफ्नो बनाएर बाँच्न जाँदैछौ।
4:15b.DEU.004.015 “त्यस दिन जतिबेला होरेब पहाडमा आगोबाट परमप्रभु तिमीहरूसित बोल्नु भयो, तिमीहरूले उहाँलाई देखेनौ कारण उहाँ निराकार हुनुहुन्थ्यो।
4:16b.DEU.004.016 यसकारण होशियार बस, जीवित प्राणीहरूको आकारमा मिथ्या देवताहरूको मूर्तिहरू बनाउने पाप गरी आफैं ध्वंश नबन। पुरूष तथा स्त्रीको आकारमा मूर्ति नबनाऊ।
4:17b.DEU.004.017 पृथ्वीमा हिंडने पशुहरू तथा आकाशमा उडने चराहरूको मूर्तिहरू नबनाऊ।
4:18b.DEU.004.018 भूइँमा घस्रिने जन्तु अथवा पानीमा पौरडने प्राणीहरूको मूर्तिहरू पनि नबनाऊ।
4:19b.DEU.004.019 अनि सावधान होऊ कारण आकाशमा सूर्य, जून, ताराहरूलाई पूजा गर्न आकृष्ट नहोऊ। ती वस्तुहरूलाई पूजा नगर। परमप्रभु तिमीहरूका परमेश्वरले संसारमा त्यसो गर्ने अरू सबै जातिहरूलाई छोडदिनु भएको छ।
4:20b.DEU.004.020 तर परमप्रभुले तिमीहरूलाई मिश्रबाट ल्याई आफ्नो विशेष मानिसहरू बनाउनु भएको छ। मानौं परमप्रभुले फलाम पगाल्नु जल्दै गरेको आगोको आरानबाट तिमीहरूलाई बाहिर निकाल्नु भयो अनि अहिले तिमीहरू उहाँका मानिसहरू बनिएका छौ।
4:21b.DEU.004.021 “तिमीहरूको निम्ति परमप्रभु मसित रिसाउनु भयो। त्यो असल भूमि जहाँ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई राख्नु हुँदैछ त्यहाँ मलाई यर्दन नदीपारि जान नदिने कठोर प्रतिज्ञा गर्नु भयो।
4:22b.DEU.004.022 तिमीहरू यर्दन नदी पारिको असल भूमिमा गएर बस्न सक्छौ तर म त्यहाँ पस्न सक्तिनँ, मैले यहीं मर्नुपर्छ।
4:23b.DEU.004.023 तिमीहरू त्यस नयाँ भूमिमा सावधानी पूर्वक बस्नुपर्छ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूसित गरेको करार बिर्सनु हुदैन। परमप्रभुको आदेश पालन गर र कुनै पनि आकारमा मूर्ति नबनाऊ।
4:24b.DEU.004.024 किन? किनभने, अरू देवता मान्ने मानिसहरूसित परमप्रभु तिमीहरूका परमेश्वर रिसाएर आगो भई जलाएर नष्ट पार्नु हुनेछ।
4:25b.DEU.004.025 “तिमीहरू त्यहाँ धेरै समयसम्म रहनेछौ र त्यहाँ तिमीहरूको नानीहरू अनि नाता-नातिनहरू हुनेछन्। तिमीहरू नराम्रो काम गर्नु थाल्छौ। त्यहाँ तिमीहरूले नाना प्रकारको मूर्तिहरू बनाउनेछौ जसले परमप्रभुलाई रीस उठाउनेछ।
4:26b.DEU.004.026 यसकारण, म तिमीहरूलाई चेताउनी दिंदैछु स्वर्ग र पृथ्वी मेरा साक्षीहरू हुनेछन् र यदि तिमीहरूले त्यस्तो कुकर्म गरेको खण्डमा पुग्नलाई अहिले तिमीहरू यर्दन नदी पार गर्दैछौ तर यदि तिमीहरूले मूर्तिहरू निर्माण गर्यौ भने त्यहाँ धेरै समय बस्न सक्ने छैनौ। यति मात्र कहाँ? तिमीहरू सम्पूर्ण प्रकारले ध्वंश हुनेछौ।
4:27b.DEU.004.027 परमप्रभुले तिमीहरूलाई राष्ट्रहरूमा छरपष्ट पार्नु हुनेछ र तिमीहरू मध्ये केही मात्र जीवित रहेर परमप्रभुले पठाएको भूमिमा जानेछौ।
4:28b.DEU.004.028 त्यहाँ तिमीहरूले मानिसले बनाएको यस्तो देवता मूर्तिको सेवा गर्नेछौ, जसले न सुन्छ, न खान्छ न त गन्ध नै थाह पाउँछ कारण तिनीहरू केवल काठ अथवा ढुङ्गाका मूर्तिहरू हुनेछन्।
4:29b.DEU.004.029 तर अरू भूमिहरू तिर यदि तिमीहरूले आफ्नो सम्पूर्ण हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेशवरलाई खोज्छौ भने तिमीहरूले उहाँलाई पाउनेछौ।
4:30b.DEU.004.030 जब तिमीहरूमाथि मैले भनेको कुराहरू आइपर्नेछन्, संकष्टमा पर्नेछौ, तब तिमीहरू परमप्रभु आफ्नो परमेशवरको शरणमा पर्नेछौ अनि उहाँको आज्ञा पालन गर्नेछौ।
4:31b.DEU.004.031 परमप्रभु तिमीहरूका परमेश्वर कृपालु हुनुहुन्छ, यसकारण उहाँले तिमीहरूलाई त्याग्नुहुन्न, तिमीहरूलाई नष्ट पार्नुहुन्न। उहाँले तिमीहरूका पिता-पुर्खाहरूसित गर्नु भएको करार कहिल्यै विर्सनु हुँदैन।
4:32b.DEU.004.032 “अतीतमा यस्तो कुनै महाकार्य भएको थियो? कहिल्यै पनि भएन। तिमीहरू जन्मनु अघिको कुराहरूलाई नियालेर हेर। सृष्टिकालको अवस्थालाई सम्झ जुन समयमा परमेश्वरले मानिस-जातिको सृष्टि गर्नु भयो। संसारमा भएको सबै कुराहरूलाई गहिरो प्रकारले नियालेर हेर, यो भन्दा महान् कार्य कहिल्यै कतै घटेको कसैले सुनेको छ? छैन!
4:33b.DEU.004.033 तिमीहरूले परमेश्वरलाई आगोबाट बोल्नु भएको सुनेका छौ र पनि तिमीहरू जीवित नै छौ। तर तिमीहरूलाई थाहा छ अरू मानिसहरूसित यस्तो भएको छ? कहिले पनि भएको छैन।
4:34b.DEU.004.034 अनि कतै अरू ईश्वरले अर्कै देशमा गएर आफ्नो निम्ति मानिसहरू ल्याउने चेष्टा गरेका छन्? कहिले पनि त्यस्तो गरेका छैनन्। तर तिमीहरू आफैंले परमप्रभु तिमीहरूका परमेश्वरलाई यी सब आश्चर्य कार्यहरू सम्पन्न गरेको देखेका छौ। उहाँले तिमीहरूलाई आफ्नो शक्ति प्रदर्शन गर्नु भयो। मानिसहरूले कष्ट अनुभव गरेको पनि तिमीहरूले देखेका छौ। तिमीहरूले अचम्मित अनि आश्चर्य कर्महरू तथा युद्ध अनि डरलाग्दा घट्नाहरू भएको पनि देखेका छौ।
4:35b.DEU.004.035 परमप्रभुले यी सब घट्नाहरू तिमीहरूलाई देखाउनु भयो जसले गर्दा उहाँ परमेश्वर हुनुहुन्छ भनी तिमीहरू जान्नेछौ। उहाँको बराबर अरू कुनै ईश्वर छैन।
4:36b.DEU.004.036 तिमीहरूलाई शिक्षा दिनको निम्ति उहाँले स्वर्गबाट आफ्नो आवाज सुनाउनु भयो, पृथ्वीमा उहाँले तिमीहरूको अघि आगोमा देखिनु भयो अनि त्यहाँबाट बोल्नु भयो।
4:37b.DEU.004.037 “तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नु हुन्थ्यो यसैकारण तिमीहरूलाई उहाँले उनीहरूका सन्तान बनाउन रोज्नु भयो। यसकारण आफ्नो महान् शक्तिद्वारा परमप्रभुले तिमीहरूलाई मिश्रदेशदेखि बाहिर ल्याउनु भयो।
4:38b.DEU.004.038 उहाँले तिमीहरूलाई तिमीहरूको भन्दा महान् अनि शक्तिशाली जातिहरूको भूमिमा पस्ने अनि त्यसलाई तिमीहरूको आफ्नै बनाउनु भयो। उहाँले तिमीहरूलाई तिनीहरूको भूमिमा बस्न दिनु भयो। अनि उहाँले अझै गर्नु हुँदैछ।
4:39b.DEU.004.039 “तिमीहरूले बुझ्नु पर्छ अनि मगजमा राख्नु पर्छ, परमप्रभु नै पृथ्वीमा अनि स्वर्गमा परमेश्वर हुनु हुन्छ, अरू परमेश्वर छैनन्।
4:40b.DEU.004.040 आज मैले तिमीहरूलाई दिनु लागेको उहाँको आज्ञाहरू र विधिहरू तिमीहरूले पालन गर्नैपर्छ र तिमीहरूसँगै तिमीहरूका सन्तानको भलो हुनेछ। अनि परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमि सदा-सर्वदाको निम्ति तिमीहरूकै हुनेछ।”
4:41b.DEU.004.041 यर्दन नदीको पूर्व भागमा मोशाले तीनवटा शहरहरू छान्नु भयो
4:42b.DEU.004.042 यदि कुनै मानिसले अञ्जानमा अथवा कुनै शुत्रता बिनै कुनै अर्को मानिसलाई मार्यो भने त्यो मानिस आफ्नो बचाऊको निम्ति ती तीन शहरहरू मध्ये कुनै एउटामा भागेर जान सक्थ्यो। तर यदि मारिने मानिससित उसको कुनै शत्रुता थिएन भने मात्र त्यो मार्ने मानिसको सुरक्षा त्यस अवस्थामा हुन सक्थ्यो।
4:43b.DEU.004.043 मोशाले चुनेका तीन शहरहरू यी नै थिएः रूबेनीहरूको निम्ति बेसेरको अग्लो तराई गादीहरूको निम्ति गिलादमा रामोत अनि मनश्शेहरूको निम्ति बाशानको गोलन।
4:44b.DEU.004.044 मोशाले इस्राएलीहरूलाई परमेश्वरका व्यवस्थाहरू दिए।
4:45b.DEU.004.045 इस्राएली मानिसहरू मिश्रदेशबाट आएपछि मोशाले यी शिक्षा, विधि-विधान, र नियमहरू तिनीहरूलाई बताए।
4:46b.DEU.004.046 जुन समयमा तिनीहरू यर्दन नदी पूर्वपट्टि अवस्थित बेतपोर पारीको बेंसीमा थिए मोशाले तिनीहरूलाई यी विधि-विधानहरू दिए। तिनीहरू हेश्बोनमा बस्ने एमोरीहरूका राजा सिहोनको देशमा थिए। (मिश्रदेशबाट आउँदा मोशा अनि इस्राएलका मानिसहरूले तिनलाई पराजित गरेका थिए।
4:47b.DEU.004.047 तिनीहरूले सिहोनको राज्य र बाशानका राजा ओगको राज्य कब्जा गरे। यी दुवै एमोरी राजाहरू यर्दन नदीको पूर्वपट्टि बस्थे।
4:48b.DEU.004.048 यो भूमि अर्नोन बेंसीको किनारमा अरोएरदेखि पर्वत सियोन (हर्मोन पर्वत) सम्म फिंजिएको थियो।)
4:49b.DEU.004.049 यस भूमि अन्तर्गत यर्दन नदी पूर्वी भागको सम्पूर्ण बेंसी, दक्षिणमा अराबा समुद्रसम्म र पूर्वमा पिस्गा पर्वत पथ्यर्रो।
5
5:1b.DEU.005.001 मोशाले इस्राएलीहरू सबैलाई बोलाएर भने, “इस्राएलीहरू हो, आज म जुन विधि-विधानहरू र नियमहरू बताउँछु, सुन। यी नियमहरू अभ्यास गर अनि पालन गर्नका लागि दृढ बन।
5:2b.DEU.005.002 परमप्रभु हाम्रा परमेश्वरले होरेब पर्वतमा हामीसित करार गर्नु भयो।
5:3b.DEU.005.003 परमप्रभुले हाम्रा पिता-पुर्खाहरूसित होइन तर हामी जो आजसम्म जीवित छौं, यो करार बाँध्नु भएको छ।
5:4b.DEU.005.004 परमप्रभुले तिमीहरूसित पर्वतमा आगोबाट सामुन्ने भएर बोल्नु भयो।
5:5b.DEU.005.005 तर तिमीहरू आगोदेखि डरायौ। अनि तिमीहरू पहाडमा गएनौ यसकारण म परमप्रभु अनि तिनीहरूको बीचमा परमप्रभुले के भन्नुहुन्छ भनेर खडा भएँ। परमप्रभुले भन्नुभयो,
5:6b.DEU.005.006 म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्रदेशबाट जहाँ तिमीहरू दास थियौ बाहिर आउनमा मार्गदर्शन गरें। यसकारण यी आज्ञाहरू तिमीहरूले पालन गर्नैपर्छ।
5:7b.DEU.005.007 “तिमीहरूले म बाहेक अरू कुनै देवी-देवताहरू मान्नु हुँदैन।
5:8b.DEU.005.008 “तिमीहरूले कुनै प्रकारको मूर्तिहरू बनाउनु हुँदैन। तिमीहरूले आकाशमा, पृथ्वीमा तथा पानी मुनि सतहमा कुनै प्रकारको मूर्ति अथवा आकारको प्रतिमूर्ति बनाउनु हुँदैन।
5:9b.DEU.005.009 कुनै मूर्तिको सेवा तथा पूजा नगर। किन? किनभने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म ईर्ष्यालु छु र मेरा मानिसहरूले अरूलाई पूजा गरेको सहन सक्तिनँ। मेरो इच्छा विरूद्ध पूजा गर्नेहरू मेरा शत्रुहरू हुनेछन् र म तिनीहरू मात्र होइन तिनीहरूका छोरा-छोरीहरू देखि नाति-नातिनी अनि पनाति-पनातिनीसम्मलाई दण्ड भोग्न लाउने छु।
5:10b.DEU.005.010 तर जसले मलाई प्रेम गर्छन् र मेरो आज्ञाहरू पालन गर्छन् तिनीहरूको हजारौं पुस्तासम्म म तिनीहरू प्रति कृपालु हुनेछु।
5:11b.DEU.005.011 “यदि कसैले परमप्रभु तिमीहरूको परमेश्वरको नाउँ व्यर्थमा लिए ती मानिस दोषी हुन्छ अनि परमप्रभुले उसलाई निर्दोष पार्नु हुन्न, यसकारण परमप्रभु तिमीहरूका परमेश्वरको नाउँ व्यर्थमा लिनु हुँदैन।
5:12b.DEU.005.012 “विश्राम-दिनलाई एक विशेष दिनको रूपमा लिनु पर्छ जस्तो परमप्रभु तिमीहरूका परमेश्वरले आज्ञा दिनु भएको थियो।
5:13b.DEU.005.013 सातामा छ दिन आफ्नो काम गर।
5:14b.DEU.005.014 तर सातौं दिनमा परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विश्राम लिनुपर्छ र त्यस दिन तिमीहरूका छोरा-छोरी तथा नाता-नातिनी, कमारा-कमारीहरू अथवा तिमीहरूका शहरहरूमा बस्ने विदेशीहरूले पनि काम गर्नुहुदैन। तिमीहरूका कमारा-कमारीहरू पनि तिमीहरू झैं विश्राम लिनु पर्छ अनि यहाँसम्म कि तिमीहरूले पालेका गोरू, गधा तथा अरू पशुहरूलाई पनि काम लगाउनु हुँदैन।
5:15b.DEU.005.015 यो कहिल्यै नबिर्स तिमीहरू मिश्र देशमा कमारा थियौ र परमप्रभु तिमीहरूका परमेश्वरको आफ्नो शक्तिले तिमीहरूलाई यहाँ ल्याउनु भयो। उहाँले तिमीहरूलाई स्वतन्त्र बनाउनु भयो। यसकारण परमप्रभु तिमीहरूका परमेश्वरले विश्राम-दिनलाई एक विशेष दिनको रूपमा मान्नु भनी आज्ञा दिनुभएको छ।
5:16b.DEU.005.016 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आफ्ना आमा-बाबुको आदर गर्नु भन्नु भएको छ। यदि तिमीहरूले उहाँको आज्ञा पालन गरे तिमीहरू धेरै दिनसम्म बाँच्नेछौ अनि परमप्रभु आफ्ना परमेश्वरले दिनुभएको भूमिमा तिमीहरूको निम्ति प्रत्येक चीज असल हुनेछ।
5:17b.DEU.005.017 “तिमीहरूले कसैको हत्या गर्नु हुँदैन।
5:18b.DEU.005.018 “तिमीहरूले व्यभिचारको पाप गर्नु हुँदैन।
5:19b.DEU.005.019 “तिमीहरूले कुनै चीज चोर्नु हुँदैन।
5:20b.DEU.005.020 “तिमीहरूले अरू मानिसहरूको विषयमा कहिल्यै झूटो बोल्नु हुँदैन।
5:21b.DEU.005.021 “तिमीहरूले अरूकी पत्नीको लालसा राख्नु हुँदैन। अरूको घर, खेतबारी कमारी, गाई अनि गधा अथवा केही चीजहरूको लोभ गर्नु हुँदैन। अरू मानिसहरूको केही कुरोको पनि लालच गर्नु हुँदैन।”
5:22b.DEU.005.022 मोशाले भने, “यी आज्ञाहरू परमप्रभुले तिमीहरूलाई जब दिनुभयो तिमीहरू सबै पहाडमा थियौ। त्यस बेला आगो, बादल घोर अँध्यारोबाट परमप्रभु बोल्नु भयो। उहाँले हामीलाई यी आज्ञा दिनु भएपछि अरू केही भन्नु भएन। उहाँले ती आज्ञाहरू दुइवटा ढुङ्गाका पाटीहरूमा लेखेर मलाई दिनुभयो।
5:23b.DEU.005.023 “जब पहाड आगोले जलिरहेको थियो त्यसबेला तिमीहरूले अँध्यारोबाट आवाज सुन्यौ। तब तिमीहरूका कुल प्रमुखहरू अनि बूढा-प्रधानहरू म कहाँ आए।
5:24b.DEU.005.024 तिनीहरूले भने, ‘परमप्रभु हाम्रा परमेश्वरले हामीलाई आफ्नो महिमा र महानता देखाउनु भयो। हामीहरूले उहाँलाई आगोद्वारा बोल्दै गरेको सुन्यौ अनि थाहा पायौं परमेश्वरले कसैसित कुरा गरेपछि त्यो मानिस निरन्तर बाँच्ने सम्भावना हुन्छ।
5:25b.DEU.005.025 तर यदि परमप्रभु हाम्रा परमेश्वर फेरि हामीहरूसित कुरा गरेको सुन्छौ हामी निश्चय मर्नेछौं। त्यो भयंकर आगोले हामीलाई ध्वंश पार्नेछ तर हामी मर्न चाहदैनौ।
5:26b.DEU.005.026 हामीहरू जस्तै कुनै मानिसले पनि जीवित परमेश्वरलाई आगोद्वारा कुरा गरेको देखेपछि बाँचिरहेको सुनेको छैन।
5:27b.DEU.005.027 मोशा! तपाईं परमप्रभु हाम्रा परमेश्वर नजिक जानुहोस् र उहाँले तपाईंलाई भन्नुभएको सबै कुराहरू सुनेर हामीहरूलाई बताउनु होस्, तपाईंले भन्नु भएको सबै कुरा हामी पालन गर्नेछौं।’ परमप्रभु मोशासँग बोल्नुहुन्छ
5:28b.DEU.005.028 “तिमीहरूले भनेको परमप्रभुले सुन्नु भयो र उहाँले मलाई भन्नुभयो, ‘मानिसहरूले जे भने त्यो मैले सुनें, अनि त्यो उत्तम लाग्यो।
5:29b.DEU.005.029 म तिनीहरूको सोच्ने तरिकामा परिवर्त्तन गर्न चाहन्थें म चाहन्थें तिनीहरूले मेरो सम्मान गरून् र मेरो आज्ञाहरू हृदयबाट पालन गरून्। तब तिनीहरू र तिनीहरूका सन्तानको प्रत्येक चीज राम्रो हुनेछ।
5:30b.DEU.005.030 “‘जाऊ अनि मानिसहरूलाई आफ्नो-आफ्नो पालभित्र जानु भन।
5:31b.DEU.005.031 तर मोशा, तिमी यहाँ पर्ख, म तिमीलाई सबै आज्ञाहरू, विधि र विधानहरू बताउने छु जो तिमीले तिनीहरूलाई सिकाउनु पर्छ। यी कुराहरू मैले तिनीहरूलाई बसो-बास गर्नु दिइरहेको भूमिमा बस्दा पालन गर्नु पर्छ।’
5:32b.DEU.005.032 “यसकारण, परमप्रभुले दिनु भएको आज्ञाहरू पालन गर्दा तिमीहरू अत्यन्तै होशियार हुनुपर्छ। परमेश्वरलाई अनुसरण गर्नु नछोड।
5:33b.DEU.005.033 यदि तिमीहरू परमेश्वरले दिनु भएको आदेश अनुसार जीवन निर्वाह गर्छौ भने तिमीहरू बाँचिरहनेछौ अनि प्रत्येक कुराहरू तिम्रो निम्ति राम्रो हुनेछ। तिमीहरू आफ्नो भूमिमा धेरै लामो उमेर बाँच्नेछौ।
6
6:1b.DEU.006.001 “आज्ञा, विधि तथा विधानहरू यी नै हुन् जुन परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउनुका निम्ति मलाई बताउनु भयो। तिमीहरूले प्रवेश गर्दै गरेको भूमिमा यी विधि-विधानहरू पालन गर।
6:2b.DEU.006.002 सम्पूर्ण जीवनभरि तिमीहरू अनि तिमीहरूका सन्तानहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्मान गर्नुपर्छ। त्यो मैले दिएको उहाँको नियम र आज्ञाहरू अवश्यै पालन गर्नुपर्छ। यदि तिमीहरूले यसो गर्यौ भने त्यो नयाँ भूमिमा तिमीहरूले दीर्घायु भोग गर्नेछौ।
6:3b.DEU.006.003 हे इस्राएलीहरू हो! ध्यान पूर्वक सुन अनि यी विधि-विधानहरू पालन गर। तब प्रत्येक चीज तिमीहरूको निम्ति असल रहनेछ र तिमीहरूका बाल-बच्चाहरू धेरै हुनेछन् अनि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरले प्रतिज्ञा गरे झैं तिमीहरूको भूमि धेरै असल कुराहरूले भरिएको हुनेछ।
6:4b.DEU.006.004 “हे इस्राएली, सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ।
6:5b.DEU.006.005 तिमीहरूले आफ्नो सम्पूर्ण शक्ति, सम्पूर्ण प्राण र सम्पूर्ण हृदयले परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर्नु पर्छ।
6:6b.DEU.006.006 आज मैले दिएको आज्ञाहरू सधैं सम्झना राख।
6:7b.DEU.006.007 जब तिमीहरू, घरमा विश्राम गर्न बस्छौ अथवा बाटोमा हिड्छौं यी आज्ञाहरूको विषयमा आफ्ना नानीहरूसित कुरा गर जब तिमीहरू उठ बस गर्छौं।
6:8b.DEU.006.008 मेरो यी आज्ञाहरू सम्झना राख्नका लागि लेखेर हातमा बाँध, आफ्ना निधारमा बाँधिराख
6:9b.DEU.006.009 तिनीहरूलाई तिमीहरूको संघार अनि घरको मूल ढोकाहरूमा लेखेर राख।
6:10b.DEU.006.010 “परमप्रभु तिनीहरूका परमेश्वरले तिमीहरूलाई यो भूमि दिनु हुनेछ जुन उहाँले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबसित प्रतिज्ञा गर्नु भएको थियो। उहाँले तिमीहरूलाई समृद्ध र विशाल शहरहरू दिनुहुनेछ जो तिमीहरूले निर्माण गरेको होइन।
6:11b.DEU.006.011 परमप्रभुले राम्रा वस्तुहरूले भरिएका घरहरू तिमीहरूलाई दिनु हुनेछ जो तिमीहरूले त्यहाँ राखेका होइनौ। परमप्रभुले इनारहरू दिनुहुनेछ जो तिमीहरूले खनेको होइनौ। परमप्रभुले दाख र भद्राक्षको खेतबारी दिनु हुनेछ जो तिमीहरूले रोपेका थिएनौ।
6:12b.DEU.006.012 “तर सावधान परमप्रभुलाई नबिर्स कारण तिमीहरू मिश्रदेशमा कमारा थियौ र परमप्रभुले तिमीहरूलाई त्यहाँबाट निकालेर यहाँ ल्याउनु भयो।
6:13b.DEU.006.013 परमप्रभु तिमीहरूका परमेश्वरको मात्र आदर र सेवा गर। अनि शपथ खाँदा उहाँको नाउँमा मात्र गर, अरू झूटा देवताहरूको नाउँ नलेऊ।
6:14b.DEU.006.014 तिम्रा वरिपरि भएका मानिसहरूका देवता तिमीले पूज्नु हुँदैन।
6:15b.DEU.006.015 परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसितै बस्नु भएकाले यदि तिमीहरूले अरू ईश्वरहरू पूजा गर्छौ उहाँ रिसाउनु हुनेछ पृथ्वीमा तिमीहरूलाई ध्वंश पार्नु हुनेछ।
6:16b.DEU.006.016 “तिमीहरूले मस्सामा झैं आफ्नो परमप्रभुको परीक्षा लिनु हुँदैन।
6:17b.DEU.006.017 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएका आज्ञाहरू सावधानीसित मान्नु पर्छ अनि उहाँको अनुशासन नियम र विधि-विधानलाई पालन गर्नु पर्छ।
6:18b.DEU.006.018 तिमीहरूले परमप्रभुलाई प्रसन्न गराउने कामहरू गर्नुपर्छ, जो सही र असल छन्। तब तिमीहरूको निम्ति प्रत्येक चीज नै असल रहनेछ अनि परमप्रभुले तिमीहरूका पिता-पुर्खालाई प्रतिज्ञा गर्नु भएको असल भूमिमा जान सक्नेछौ।
6:19b.DEU.006.019 अनि परमप्रभुले भन्नु भए झैं तिमीहरू आफ्ना शत्रुहरूलाई बाहिर खेद्नेछौ।
6:20b.DEU.006.020 “भविष्यामा तिम्रो छोरोले सोध्ला, ‘परमप्रभु हाम्रा परमेश्वरले दिनुभएका शिक्षाहरू, नियम तथा विधि-विधानहरूको अर्थ के हो?’
6:21b.DEU.006.021 तब तिमी छोरोलाई भन्नेछौ, ‘हामी मिश्रमा फिरऊनको दासहरू थियौं तर परमप्रभुले हामीलाई आफ्नो बाहुबलले त्यहाँबाट बाहिर ल्याउनु भयो।
6:22b.DEU.006.022 परमप्रभुले महान अनि आश्चर्यजनक काम गर्नु भयो। हामीहरूले उहाँलाई यी कामहरू मिश्रवासी, फिरऊन तथा तिनका घरका मानिसहरूमाथि गरेको देख्यौं।
6:23b.DEU.006.023 “त्यसपछि परमप्रभुले हाम्रा पिता-पुर्खाहरूसित गर्नु भएको प्रतिज्ञा अनुसार भूमि दिनका लागि हामीलाई त्यहाँबाट बाहिर ल्याउनुभयो।
6:24b.DEU.006.024 परमप्रभुले यी सबै विधि-विधानहरू पालन गर्नु हामीलाई लगाउनु भयो। हामीले परमप्रभु हाम्रा परमेश्वरलाई आदर गर्नुपर्छ तब परमप्रभुले आज जस्तै हामीलाई सधैं जीवित राख्नु हुनेछ।
6:25b.DEU.006.025 परमप्रभु हाम्रा परमेश्वरले बताए जस्तै यदि सारा व्यवस्थाहरू होशियारीसँग हामीले पालन गर्यौं भने उहाँले भन्नु हुनेछ हामीले राम्रो काम गर्यौं।’
7
7:1b.DEU.007.001 “तिमीहरूले आफ्नो बनाउनको निम्ति प्रवेश गरिरहेको भूमिमा परमप्रभु तिमीहरूका परमेश्वरले मार्ग-दर्शन गर्नु हुनेछ। तिमीहरूभन्दा अझ ठूला अनि शक्तिशाली सातवटा देशहरू-हित्ती, गिर्गाशी, एमोरी, कनानी, पारिज्जी, हिव्वी र यबूसीहरूलाई परमप्रभुले तिमीहरूलाई बसाउन बलपूर्वक निकाल्नु हुनेछ।
7:2b.DEU.007.002 परमप्रभु तिमीहरूका परमेश्वरले यी जातिहरूलाई तिमीहरूको अधीनमा राख्नु हुनेछ अनि तिमीहरूले उनीहरूलाई जित्नेछौ। तिमीहरूले उनीहरूलाई सम्पूर्ण नष्ट पार्ने छौ। तिनीहरूसित कुनै सम्झौता नगर, तिनीहरूप्रति दया नदेखाऊ।
7:3b.DEU.007.003 ती देशका मानिसहरूसित तिमीहरू तथा तिम्रा छोरा-छोरीहरूको वैवाहिक सम्बन्ध हुन नदेऊ।
7:4b.DEU.007.004 किन? कारण, तिनीहरूले तिमीहरूका छोरा-छोरीहरूलाई मेरो सेवा गर्नबाट विमुख बनाउनेछन् र तिनीहरूले अरू देवी-देवताहरूको पूजा गर्नेछन्। अनि परमप्रभु तिमीहरूसित अत्यन्तै रिसाएर तिमीहरूलाई ध्वंश पार्नु हुनेछ।
7:5b.DEU.007.005 “तिमीहरूले ती जातिहरू प्रति जे गर्नुपर्छ यी हुन् तिमीहरूले तिनीहरूको वेदीहरू र स्मारक ढुङ्गा टुक्रा-टुक्रा पारेर नष्ट गर्नुपर्छ। अनि तिनीहरूको अशेरा देवीका खम्बाहरू काटेर ढाल्नु पर्छ अनि तिनीहरूका मूर्तिहरू जलाउनु पर्छ।
7:6b.DEU.007.006 किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वरले पृथ्वी भरिका मानिसहरूमध्ये तिमीहरूलाई आफ्ना विशेष मानिसहरू बनाउन मन पराउनु भयो र तिमीहरू परमप्रभुको आफ्नै मानिसहरू हौ।
7:7b.DEU.007.007 किन परमप्रभुले तिमीहरूलाई प्रेम गर्नु भयो अनि आफ्ना विशेष मानिसहरूको रूपमा रोज्नु भयो? यो यसकारण होइन कि तिमीहरू विशाल राष्ट्र छौ! तिमीहरूको जन संख्या अरू सबै भन्दा कम्ती छ।
7:8b.DEU.007.008 तर परमप्रभुले तिमीहरूलाई आफ्नो महान् शक्तिद्वारा मिश्र देशबाट बाहिर निकाल्नु भयो, तिनीहरूको दासत्वबाट मुक्त गराउनु भयो र मिश्र देशका राजा फिरऊनको नियन्त्रणबाट तिमीहरूलाई स्वतन्त्र बनाउनु भयो। किन? किनभने परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरूका पिता-पुर्खाहरूसंग गरेको प्रतिज्ञा पूर्ण गर्नलाई यस्तो गर्नु भयो।
7:9b.DEU.007.009 “यसकारण, सम्झना गर परमप्रभु तिमीहरूका परमेश्वर एक मात्र परमेश्वर हुनुहुन्छ जसलाई तिमीहरू विश्वास गर्न सक्छौ। उहाँ आफ्नो करार राख्नुहुन्छ। जसले उहाँलाई प्रेम गर्छ र उहाँका आज्ञाहरूको पालन गर्छ। उहाँ आफ्नो प्रेम दया दर्शाउनु हुन्छ। हजारौ पुस्तासम्म उहाँ आफ्नो दया र प्रेम देखाउनुहुन्छ।
7:10b.DEU.007.010 “तर परमप्रभुले मानिसहरूलाई दण्ड दिनुहुन्छ जसले उहाँलाई घृणा गर्छन्। उहाँ तिनीहरूलाई ध्वंश पार्नुहुन्छ। उहाँलाई घृणा गर्नेहरूलाई दण्ड दिनु ढिलो गर्नुहुन्न।
7:11b.DEU.007.011 यसकारण आज मैले तिमीहरूलाई दिएको आज्ञाहरू, विधि र विधानहरू तिमीहरूले सावधानी पूर्वक पालन गर्नु पर्छ।
7:12b.DEU.007.012 “यदि तिमीहरूले ती विधि राम्ररी सुन्छौ अनि यदि अनुसरण गर्नमा होशियार हुन्छौ तब तिमीहरूका पिता-पुर्खाहरूसित तिमीहरूलाई प्रेम गर्छु भनी गरेको करार परमप्रभु तिमीहरूका परमेश्वरले अवश्यै पूरा गर्नु हुनेछ। 13उहाँ तिमीहरूलाई प्रेम गर्नु हुनेछ र आशीर्वाद दिनुहुनेछ अनि तिमीहरूको राष्ट्रलाई विकसित गराउनु हुनेछ।
7:13b.DEU.007.013 उहाँ तिमीहरूलाई प्रेम गर्नु हुनेछ र आशीर्वाद दिनुहुनेछ अनि तिमीहरूको राष्ट्रलाई विकसित गराउनु हुनेछ। उहाँले तिमीहरूका नानीहरूलाई आशीर्वाद दिनुहुनेछ अनि तिमीहरूलाई अन्नबालि, तेल र नयाँ दाखरस दिनुहुनेछ। उहाँ तिमीहरूका जन्तु तथा भेडाहरूलाई पनि नयाँ बाछा-पाठाहरूको निम्ति आशीर्वाद दिनुहुनेछ। तिमीहरूले यी सबै आशीर्वादहरू त्यस भूमिमा पाउने छौ जुन परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नु भएको थियो।
7:14b.DEU.007.014 “अरू मानिसहरूले भन्दा तिमीहरूले बढी आशीर्वाद पाउनेछौ। प्रत्येक पति-पत्नी नानी जन्माउन योग्य हुनेछन्। गाईहरूले बाछा-बाछीहरू बियाउने योग्य हुनेछन्।
7:15b.DEU.007.015 परमप्रभुले तिमीहरूलाई रोगी हुनबाट बचाउँनु हुनेछ। परमप्रभुले मिश्रमा तिमीहरूसँग भएको कुनै भयंकर रोग तिमीहरूलाई हुन दिनुहुने छैन। तर परमप्रभुले तिमीहरूका शत्रुहरूलाई ती रोग हुन दिनुहुनेछ।
7:16b.DEU.007.016 तिमीहरूले ती सबै मानिसहरूलाई ध्वंश पार्नुपर्छ जसमा परमप्रभुले परास्त गर्नमा सहायता गर्नु हुनेछ। तिनीहरूको निम्ति शोक नगर, तिनीहरूका देवताहरूको पूजा नगर। किन? किनभने तिनीहरू पासो हुन्, तिनीहरूले तिमीहरूको जीवन नष्ट पार्नेछन्।
7:17b.DEU.007.017 “‘यी देशहरू हामीभन्दा शक्तिशाली छन्। यिनीहरूलाई कसरी हटाउनु सकिन्छ, यस्ता कुराहरू मनमा नसोच।
7:18b.DEU.007.018 तिमीहरू तिनीहरूसँग डराउनु हुँदैन। तिमीहरूले सम्झनु पर्छ मिश्र देशमा परमप्रभु तिमीहरूका परमेश्वरले फिरऊन र तिनका मानिसहरूलाई के गर्नु भएको थियो।
7:19b.DEU.007.019 तिमीहरूले परमप्रभुले तिनीहरूलाई दिनुभएका कष्टहरू देख्यौ। उहाँले गर्नु भएका अचम्मका चीजहरू तिमीहरूले देख्यौ। तिमीहरूले परमप्रभुले तिमीहरूलाई मिश्रबाट ल्याउनमा उपयोग गरेको ठूलो सामर्थ्य र शक्ति देखेका छौ। परमप्रभु तिमीहरूका परमेश्वरले त्यही सामर्थ्य मानिसहरूको विरोधमा प्रयोग गर्नु हुनेछ जसले तिमीहरूलाई भयभीत पार्छन्।
7:20b.DEU.007.020 “परमप्रभु तिमीहरूका परमेश्वरले सबै मानिसहरू जो तिमीहरूदेखि भागेका छन् अनि लुकेका छन् तिनीहरूको पछि बच्छयूँ पनि पठाउनु हुनेछ। उहाँले तिनीहरू सबलाई ध्वंश पार्नु हुनेछ।
7:21b.DEU.007.021 ती मानिसहरूसित नडराऊ किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसँगै हुनुहुन्छ र उहाँ महान् र भययोग्य परमेश्वर हुनुहुन्छ।
7:22b.DEU.007.022 अनि परमप्रभु तिमीहरूका परमेश्वरले ती देशका मानिसहरूलाई अलि-अलि गर्दै तिमीहरूको भूमिबाट निस्कन बाध्य गराउनु हुनेछ। तिमीहरूले तिनीहरू सबैलाई एकै पल्टमा नष्ट गर्ने छैनौ यदि तिमीहरू त्यसो गर्यौ भने जंगलीजनावरहरू तिमीहरूका लागि ज्यादै बढने छन्।
7:23b.DEU.007.023 तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ती देशहरू जित्ने बनाउनु हुनेछ। जबसम्म तिमीहरूको विजय हुँदैन तिनीहरूलाई परमप्रभुले अल्मल्याई दिनु हुने छ।
7:24b.DEU.007.024 परमप्रभुले तिमीहरूलाई तिनीहरूका राजाहरूलाई पनि परास्त गर्नमा सघाउनु हुनेछ। तिनीहरूलाई परास्तगर्नबाट कसैले पनि रोक्ने छैन।
7:25b.DEU.007.025 “तिमीहरूले तिनीहरूका देव-देवताको मूर्तिहरू आगोमा फ्याँकि दिनु पर्छ अनि जलाएर नष्ट परिदिनु पर्छ। तिमीहरूले ती मूर्तिहरूमा रहेको सुन अथवा चाँदी राख्नु हुँदैन। त्यसले तिमीहरूको जीवनमा ध्वंश पार्नेछ, कारण परमप्रभु तिमीहरूका परमेश्वरले मूर्तिहरू मन पराउनु हुँदैन।
7:26b.DEU.007.026 तिमीहरूले ती मूर्तिहरू ध्वंश पार्नु पर्छ, ती मूर्तिहरू आफ्नो घरमा ल्याउनु हुँदैन। तिमीहरूले मूर्तिहरूलाई घृणा गर्नुपर्छ।
8
8:1b.DEU.008.001 “आज म जुन आज्ञाहरू दिइरहको छु ती सब तिमीहरूले पालन गर्नुपर्छ तब मात्र तिमीहरू महान् राष्ट्रमा विकास हुन सक्छौ। परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई वचन दिनु भएको भूमि तिमीहरूले पाउनेछौ।
8:2b.DEU.008.002 अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको नेतृत्वमा मरूभूमिमा चालीस वर्षसम्म गरेको यात्राको सम्झना गर्नुपर्छ। यो तिमीहरूको परमप्रभुले परीक्षा लिनु भएको थियो कारण उहाँले तिमीहरूलाई विनम्र बनाउन चाहनु हुन्थ्यो। उहाँले तिमीहरूको हृदयका सब कुरा जान्न चाहनु हुन्थ्यो। तिमीहरू उहाँको आज्ञा पालन गर्छौ कि गर्दैनौ जान्न चाहनु हुन्थ्यो।
8:3b.DEU.008.003 परमप्रभुले तिमीहरूलाई विनम्र बनाउनु भयो अनि तिमीहरूलाई भोक लाग्न दिनु भयो। तब परमप्रभुले मन्न केही यस्तो चीज जो तिमीहरूले पहिले कहिल्यै जानेका थिएनौ खुवाउनु भयो। यो तिमीहरूका पिता-पुर्खाहरूले नै कुनै दिन देखेका थिएनन्। परमप्रभुले किन यसो गर्नु भयो? किनभने उहाँ तिमीहरूलाई बताउन खोज्नु हुन्थ्यो मानिसहरू भोजनले मात्र बाँच्दैन, मानिसहरू परमप्रभुले बताएको कुराहरूमाथि पनि आधारित हुन्छन्।
8:4b.DEU.008.004 बितेको चालीस वर्षसम्म तिमीहरूले ल्याएको लुगा च्यातिएन, हिँड्दा तिमीहरूको गोडाहरू सुनिएन, किन? किनभने परमप्रभुले तिमीहरूको रक्षा गर्नुभयो।
8:5b.DEU.008.005 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति यी सब गर्नु भएको सम्झना गर्नु पर्छ। परमप्रभु भनेको आफ्नो छोरोलाई सिकाउने र सघाउने बाबु जस्तै हुनु हुन्थ्यो।
8:6b.DEU.008.006 “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू अनुसरण गर्नुपर्छ। उहाँलाई अनुसरण गर अनि सम्झना गर।
8:7b.DEU.008.007 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई असल देश जहाँ खोला-नाला र मूल फुटेको पानी पहाड र बेंसीहरू भएर बग्छन्, त्यहाँ लैजानु हुँदैछ।
8:8b.DEU.008.008 त्यो देश जौं, गहुँ, नेभाराको रूख, दाखको बोट, दारिम, भद्राक्षको तेल र महले भरिएको छ।
8:9b.DEU.008.009 त्यहाँ तिमीहरूले प्रशस्त खाने कुरा पाउनेछौ, तिमीहरूलाई आवश्यक पर्ने पत्येक चीज पाउनेछौ। त्यहाँ तिमीहरूले ढुङ्गामा फलाम पाउनेछौ र पहाड खन्दा तामा पाउनेछौ।
8:10b.DEU.008.010 तिमीहरूले खान खोजेको सबै चीजहरू त्यहाँ पाउनेछौ र त्यस्तो सब चीजले भरिभराऊ भूमि तिमीहरूलाई दिइएकोमा परमप्रभु तिमीहरूका परमेश्वरको प्रशंसा तिमीहरूले गर्नेछौ।
8:11b.DEU.008.011 “सावधान बस, परमप्रभु तिमीहरूका परमेश्वरलाई नबिर्स अनि आज मैले दिएको आज्ञा र विधि-विधानहरू खूबै होशियार भएर पालन गर।
8:12b.DEU.008.012 तब तिमीहरूसित खानेकुराहरू प्रशस्त हुनेछन् तथा बस्ने राम्रा-राम्रा घरहरू तिमीहरूले बनाउनेछौ।
8:13b.DEU.008.013 तिमीहरूसित गाई, भेडा अनि बाख्राहरू धेरै बढेर जानेछन् र तिमीहरूसित प्रशस्त मात्रामा सुन-चाँदी हुनेछ। तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन।
8:14b.DEU.008.014 जब यी सब कुराहरू तिमीहरूसित हुनेछन् तिमीहरू सावधान बस जसले गर्दा तिमीहरूमा अहंकार उत्पन्न भयो तिमीहरू मिश्रदेशमा कमारा थियौ, परमप्रभुले त्यहाँबाट तिमीहरूलाई स्वतन्त्र गराएर ल्याउनु भयो, यसकारण परमप्रभु तिमीहरूको परमेश्वरलाई नबिर्स।
8:15b.DEU.008.015 परमप्रभुले तिमीहरूलाई सर्प र बिच्छीहरूले भरिएको सूखा मरूभूमि हुँदै ल्याउनु भयो। त्यस ठाउँमा पानी थिएन। यसकारण उहाँले तिमीहरूका लागि ढुङ्गाहरूबाट पानी निकाल्नु भयो।
8:16b.DEU.008.016 मरूभूमिमा परमप्रभुले तिमीहरूलाई मन्न खुवाउनु भयो, त्यो यस्तो चीज हो जुन तिमीहरूका पिता-पुर्खाहरूले पनि देखेका थिएनन् परमप्रभुले तिमीहरूको परीक्षा लिनु भयो। किन? किनभने अन्तमा गएर तिमीहरूको निम्ति प्रत्येक चीज नै असल होस् भनी परमप्रभुले तिमीहरूलाई विनम्र बनाउनु भयो।
8:17b.DEU.008.017 यस्तो कहिलै नभन, ‘यी सब सम्पत्ति मैले आफ्नै शक्ति र योग्यताले पाएँ।’
8:18b.DEU.008.018 परमप्रभु तिमीहरूका परमेश्वरको स्मरण गर। उहाँ नै एकजना हुनुहुन्छ जसले तिमीहरूलाई ती सब गर्न शक्ति दिनुहुन्छ। किन परमप्रभुले यसो गर्नुहुन्छ? किनभने आज उहाँले जे गरिरहनु भएको छ तिमीहरूका पिता-पुर्खाहरूसित गरिएको करार पनि यस्तै राख्नु चाहनुहुन्छ।
8:19b.DEU.008.019 “परमप्रभु तिमीहरूको परमेश्वरलाई र्नबिस। अन्य देवताहरूको पूजा तथा आराधना नगर, तिनीहरूलाई अनुशरण नगर। यदि त्यसो गर्यौ भने म चेताउनी दिन्छु तिमीहरू निश्चय ध्वंश हुनेछौ।
8:20b.DEU.008.020 तिमीहरूको निम्ति परमप्रभुले अन्य राष्ट्रहरू ध्वंश पार्नुहुँदैछ र यदि तिमीहरूले अरू देवता माने तिमीहरूलाई पनि तिनीहरूलाई जस्तै ध्वंश पारिने छ। किन? किनभने तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई मान्नु छाड्यौ।”
9
9:1b.DEU.009.001 “हे इस्राएली मानिसहरू हो, सुन! आज तिमीहरू यर्दन नदी तरेर तिमीहरूभन्दा शक्तिशाली र महान् राष्ट्रहरूलाई तिनीहरूको भूमिबाट निकाल्न जाँदैछौ। तिनीहरूका शहरहरू ठूला-ठूला र आकाश समान अग्ला-अग्ला पर्खाल छन्।
9:2b.DEU.009.002 त्यहाँका बासिन्दाहरू अनाकीहरू हुन र तिनीहरूको विषयमा तिमीहरू जान्दछौ। तिनीहरू अग्ला-अग्ला र बलिया हुन्छन् जासूसहरूले ‘तिनीहरूलाई कसैले जित्न सक्तैन’ भनेको सुनेका छौ।
9:3b.DEU.009.003 आज तिमीहरूले त्यो निश्चय गर परमप्रभु तिमीहरूका परमेश्वर जो तिमीहरूको अघि जानु हुनेछ, जो भस्म गर्ने आगो झैं हुनुहुन्छ, ती जातिहरूका मानिसहरूलाई तिमीहरूको अघि लड्ने बनाउनु हुनेछ अनि उहाँले तिनीहरूलाई नष्ट गर्नु हुनेछ अनि तिमीहरूले तिनीहरूलाई चाँडै तिनीहरूको भूमिहरूबाट लखेटेर ध्वंश पार्नेछौ। परमप्रभुले तिमीहरूसित यस्तो हुनेछ भनेर प्रतिज्ञा गर्नु भएको थियो।
9:4b.DEU.009.004 “परमप्रभु तिमीहरूका परमेश्वरले ती राष्ट्रका मानिसहरूलाई तिमीहरूको निम्ति देशबाट निकाली दिनु हुनेछ। ‘तर तिमीहरू आफैं यस्तो नभन तिमीहरू धार्मिक मानिसहरू हौ!’ यसकारण परमप्रभुले तिमीहरूलाई त्यहाँ बसाउन ल्याँउनु हुँदैछ। कारण के हो भने तिमीहरू धार्मिक मानिसहरू भएकाले होइन तर ती मानिसहरू नै दुष्ट भएकाले तिनीहरूलाई आफ्नो भूमिबाट बाहिर निकालिंदैछ।
9:5b.DEU.009.005 तिमीहरू तिनीहरूको भूमिमा बस्न प्रेवश गर्दैछौ, तर यसको कारण यो होइन तिमीहरू धार्मिक मानिसहरू हौ र सही तरिकाले जीवन यापन गर्छौ। तर तिनीहरूको दुष्टयाँइले गर्दा परमप्रभु तिमीहरूका परमेश्वरले तिनीहरूलाई निकाल्नु हुँदैछ र तिमीहरू त्यहाँ प्रवेश गर्दैछौ। यसो गरेर परमप्रभुले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक अनि याकूबसित गरेको प्रतिज्ञा पूरा गर्नु हुँदैछ।
9:6b.DEU.009.006 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई असल भूमि दिनु हुँदैछ, तर तिमीहरूले जान्नु आवश्यक छ परमप्रभुले यसो गर्नुको अर्थ यो होइन तिमीहरू धार्मिक मानिसहरू हौ। सत्य यो हो कि तिमीहरू हठी मानिसहरू हौ।
9:7b.DEU.009.007 “नबिर्स तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई मरूभूमिमा रीस उठाएका थियौ। मिश्र देश छोडेको दिनदेखि यहाँ आईपुगुञ्जेलसम्म तिमीहरूले परमप्रभुको आज्ञा पालन गर्न अस्वीकार गरेका छौ।
9:8b.DEU.009.008 होरेब पर्वतमाथि तिमीहरूले परमप्रभुलाई यति क्रोधित तुल्यायौ उहाँले तिमीहरूलाई नष्ट पार्नु हुनेथियो।
9:10b.DEU.009.010 ती शिला-पाटीमा आफ्नै औंलाले तिमीहरू जुन दिन पर्वतमा सँगै भेला भएका थियौ त्यसदिन उहाँले तिमीहरूलाई आगोद्वारा भन्नु भएका सबै आज्ञाहरू लेख्नु भयो।
9:11b.DEU.009.011 “यसकारण चालीस दिन चालीस रातको अन्तमा परमप्रभुको करार लेखिएका दुइवटा च्याप्टो शिला-पाटीहरू उहाँले मलाई दिनु भयो।
9:12b.DEU.009.012 त्यसपछि परमप्रभुले मलाई भन्नुभयो, ‘उठ अनि चाँडै तल गई हाल। तिमीले मिश्रदेशबाट ल्याएका मानिसहरू आफैं नष्ट भइरहेका छन्। यति चाँडै तिनीहरूले मेरो आज्ञाहरू पालन गर्नु छोडे। तिनीहरूले सुन पगालेर आफ्नो निम्ति मूर्ति बनाएका छन्।’
9:13b.DEU.009.013 “परमप्रभुले मलाई यसो पनि भन्नुभयो, ‘यी मानिसहरू अति हठी छन्, मैले निरीक्षण गरें।
9:14b.DEU.009.014 मलाई यी मानिसहरू नष्ट पार्न दिइयोसू जसले गर्दा म तिनीहरूको नाउँ स्वर्गबाट मेटाउन सकूँ। त्यसपछि म तिमीहरूलाई तिनीहरूभन्दा महान् र धेरै शक्तिशाली राष्ट्र बनाउनेछु।
9:15b.DEU.009.015 “पर्वत जलिरहेको थियो, करार लेखिएको दुइवटा शिला-पाटीहरू मेरो हातमा थियो। म पर्वतबाट तल ओर्लिएँ मैले हेरें।
9:16b.DEU.009.016 अनि मैले देखे कि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको विरूद्ध पाप काम गरिरहेका थियौ। तिमीहरूले सुन पगालेर बाछोको मूर्ति बनाएको देखें। तिमीहरूले यति चाँडै परमप्रभुको आज्ञा पालन गर्न छाड्यौ।
9:17b.DEU.009.017 यसकारण मैले ती पाटीहरू तल फ्याँकी दिएँ अनि मेरो आँखाअघि नै ती टुक्रा-टुक्रामा परिणत भए।
9:18b.DEU.009.018 त्यसपछि अघिकै झैं चालीस दिन चालीस रातसम्म केही नर्खाइ पानीसम्म पनि नपिई परमप्रभु अघि भूइँमा घोप्टिएर शरण परें। तिमीहरूले धेरै पाप गरेको कारण मैले त्यसो गरें। परमप्रभुको निम्ति जुन अनिष्ट थियो त्यही गरेर परमप्रभुलाई क्रोधित तुल्यायौ।
9:19b.DEU.009.019 उहाँ यति साह्रो क्रोधित हुनुहुन्थ्यो तिमीहरूलाई ध्वंश पार्न सक्नु हुन्थ्यो, यसकारण म अति भयभीत थिएँ। तर परमप्रभुले मेरो विन्ती फेरि सुन्नुभयो।
9:20b.DEU.009.020 परमप्रभु हारूनसित पनि साह्रो क्रोधित हुनुहुन्थ्यो र तिनलाई ध्वंश पार्न सक्नु हुन्थ्यो। यसकारण त्यस बेला मैले हारूनको निम्ति पनि प्रार्थना गरें।
9:21b.DEU.009.021 तिमीहरूले बनाएको भयानक बाछाको मूर्ति मैले आगोमा जलाए, टुक्रा-टुक्रा पारेर धुलो बनाएँ अनि त्यसपछि पर्वतबाट बगेर आएको खोलामा बगाई दिएँ।
9:22b.DEU.009.022 “तिमीहरूले परमप्रभुलाई तबेरा, मस्सा अनि किब्रोथ हत्तावामा पनि क्रोधित बनायौ।
9:23b.DEU.009.023 अनि जब परमप्रभुले तिमीहरूलाई कादेशबर्ने छोड्ने आज्ञा दिनु भएको थियो तर तिमीहरू मानेनौ। उहाँले भन्नुभएको थियो, ‘जाऊ, मैले दिएको भूमि लेऊ।’ तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गरेनौ। तिमीहरूले उहाँलाई अविश्वास गर्यौ अनि उहाँको आज्ञा मानेनौ।
9:24b.DEU.009.024 मैले तिमीहरूलाई जानेको दिन देखि तिमीहरूले परमप्रभुको आज्ञा पालन गर्न अस्वीकार गरेका छौ।
9:25b.DEU.009.025 “यसकारण म चालीस दिन अनि चालीस रात परमप्रभु अघि निहुरी रहें किन? किनभने परमप्रभुले तिमीहरूलाई नष्ट गर्ने निणर्य गर्नु भएको थियो।
9:26b.DEU.009.026 मैले परमप्रभुलाई प्रार्थना गरेर भनें, ‘हे परमप्रभु मेरा मालिक! यी मानिसहरूलाई तपाईंले मिश्र देशबाट आफ्नो पराक्रम तथा शक्तिमा छुटाएर ल्याउनु भयो। यिनीहरू तपाईंका आफ्ना मानिसहरू हुन र यिनीहरूलाई नष्ट नगर्नुहोस्।
9:27b.DEU.009.027 तपाईंका सेवकहरू अब्राहाम, इसहाक र याकूबलाई दिनु भएको प्रतिज्ञा सम्झनु होस्। तिनीहरू कति हठी छन् त्यो बिर्सनु होस् अनि तिनीहरूले गरेको पाप तिर नहेर्नु होस्।
9:28b.DEU.009.028 यदि तपाईंले तिनीहरूलाई सजाय दिनुभयो भने मिश्र देशवासीहरूले भन्ने छन्, ‘परमप्रभु आफूले दिनु भएको प्रतिज्ञा अनुसार तिनीहरूलाई भूमि दिनु सक्षम हुनु भएन। उहाँले तिनीहरूलाई घृणा गर्नु भयो र मार्नुको निम्ति मरूभूमिमा लैजानु भयो।’
9:29b.DEU.009.029 हे परमप्रभु! तपाईंका मानिसहरू हुन्। तिनीहरू तपाईंका हुन्। तपाईंले तिनीहरूलाई मिश्रबाट आफ्नो महाशक्ति लगाएर अनि आफ्नो पाखुरा फिंजाएर ल्याउनु भयो।
10
10:1b.DEU.010.001 “त्यस बेला परमप्रभुले मलाई भन्नुभयो, ‘पहिले झैं तिमीले दुईवटा ढुङ्गा काटेर कठोर शिला-पाटी बनाउनु पर्छ। त्यसपछि तिमी पर्वतमा म भएकहाँ आएर एउटा काठको सन्दूक बनाऊ।
10:2b.DEU.010.002 पहिलेको शिला-पाटीहरू जुन तिमीले फुटायौ, त्यसमा जे लेखिएको थियो म यी शिला-पाटीहरूमा पनि त्यही शब्दहरू लेख्नेछु। त्यसपछि ती पाटीहरू तिमीले सन्दूकमा राख।’
10:3b.DEU.010.003 “यसकारण मैले बबूल काठको सन्दूक बनाएँ काटेर पहिलेका चेप्टा ढुङ्गा जस्तै बनाएँ। तब म पर्वतमाथि गएँ। मेरो हातमा दुइवटा चेप्टा ढुङ्गाहरू थिए।
10:4b.DEU.010.004 पछि परमप्रभुले पर्वतमा तिमीहरू भेला भएको समयमा आगोद्वारा दश आज्ञाहरू भने झैं त्यही शब्दहरूले पाटीमा लेख्नु भयो। अनि परमप्रभुले मलाई ती पाटीहरू दिनु भयो।
10:5b.DEU.010.005 म पर्वतबाट तल आएँ, मैले पछि ती शिला-पाटीहरू बनाएको काठको सन्दूकभित्र राखें परमप्रभुले मलाई त्यहाँ राख्ने आज्ञा दिनु भयो। अझसम्म ती पाटीहरू त्यो सन्दूकमा छँदैछन्।”
10:6b.DEU.010.006 इस्राएलीहरू बाओथ-बने याकानीहरूको कूवाहरूदेखि हिंडेर मोसेरासम्म आए। त्यहाँ हारूनको मृत्यु भयो अनि तिनलाई त्यहीं गाडे। हारूनको छोरो एलाजारले बाबुको ठाउँमा पूजाहारीको काम गरे।
10:7b.DEU.010.007 तब इस्राएली मानिसहरू मोसेराबाट गुदगुदासम्म हिंडेर गए अनि फेरि गुदगुदाबाट खोलाहरू भएको भूमि योतबातामा आए।
10:8b.DEU.010.008 त्यस समयमा कुनै विशेष कामको निम्ति परमप्रभुले लेवी कुललाई अरू कुलबाट छुट्याउनु भयो। तिनीहरूले परमप्रभुका करारको सन्दूक बोक्ने काम गर्नु पर्थ्यो। आजसम्म चल्दै आए झैं तिनीहरूले परमप्रभुको पूजाहारी काम पनि गरे परमप्रभुको नाउँमा तिनीहरूले मानिसहरूलाई आशीर्वाद पनि दिनु पर्थ्यो।
10:9b.DEU.010.009 यसकारण लेवीहरूको भागमा भूमि परेन। तिनीहरूको भागमा परमप्रभु पर्नु भयो जुन परमप्रभुले तिनीहरूलाई प्रतिज्ञा गर्नु भएको थियो। भूमि अरू कुलका मानिसहरूको भागमा मात्र पर्यो।
10:10b.DEU.010.010 “पहिला गरे झैं म पर्वतमा चालीस दिन चालीस रात बसें। त्यस समयमा परमप्रभुले पनि मेरो प्रार्थना सुन्नुभयो र तिमीहरूलाई ध्वंश नगर्ने निर्णय लिनुभयो।
10:11b.DEU.010.011 परमप्रभुले मलाई आज्ञा दिनुभयो, ‘मानिसहरूको यात्रामा मार्गदर्शन गर्न तिमी जाऊ। मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको प्रतिज्ञा अनुसारको भूमिमा तिनीहरू बसोबास गर्न जान्छन्।’
10:12b.DEU.010.012 “इस्राएलका मानिसहरू हो, अब सुन! परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट के चाहनुहुन्छ? परमप्रभु तिमीहरूले उहाँलाई सम्मान गरेको र उहाँले भन्नु भएका कुराहरू मानेको चाहनुहुन्छ। परमेश्वर तिमीहरूले प्रेम गरेको र उहाँलाई हृदय र प्राणले सेवा गरेको चाहनुहुन्छ।
10:13b.DEU.010.013 यसकारण आज म तिमीहरूलाई जुन आज्ञाहरू र विधि-विधानहरू बताउँदैछु ती सब पालन गर। यी विधि-विधानहरू र आज्ञाहरू तिमीहरू कै भलोको निम्ति हो।
10:14b.DEU.010.014 आकाशहरू, सर्वोच्च आकाशमण्डलहरू, पृथ्वी तथा यसमा भएका प्रत्येक चीज परमप्रभु तिमीहरूका परमेश्वर कै हुन्।
10:15b.DEU.010.015 परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई यति ज्यादै प्रेम गर्नुभयो उहाँले तिनीहरूका सन्तान तिमीहरूलाई आफ्नो मानिस बनाउन रोज्नु भयो। उहाँले तिमीहरूलाई सबै अरू जातिहरूको साट्टामा मन पराउनु भयो अनि आजसम्म तिमीहरू उहाँले रोज्नु भएको मानिसहरू हौ।
10:16b.DEU.010.016 “हठी हुन छोड, आफ्नो हृदय परमप्रभुलाई समर्पण गर।
10:17b.DEU.010.017 किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै ईश्वरहरूका परमेश्वर र परमप्रभुहरूका परमप्रभु हुनुहुन्छ। उहाँ महान् परमप्रभु हुनुहुन्छ। उहाँ शक्तिशाली र आश्चर्यजनक योद्धा हुनुहुन्छ। उहाँको निम्ति प्रत्येक मानिस एक शरह हो। उहाँको मन धनको वशमा छैन।
10:18b.DEU.010.018 टुहुरा-टुहुरी तथा विधवाहरूलाई उहाँले प्रेम गर्नुहुन्छ। उहाँले त हाम्रो भूमिमा आउने विदेशीहरूलाई पनि प्रेम गर्नुहुन्छ। उहाँले तिनीहरू सबैलाई खाने कुरा तथा लाउने वस्त्रहरू दिनुहुन्छ।
10:19b.DEU.010.019 यसकारण तिमीहरूले पनि ती विदेशीहरूलाई प्रेम गर किनभने मिश्र देशमा तिमीहरू विदेशीहरू नै थियौ।
10:20b.DEU.010.020 “तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई आदर गर, उहाँलाई कहिल्यै नछोड तथा कसम खाँदा पनि उहाँकै नाउँमा खाऊ।
10:21b.DEU.010.021 परमप्रभु मात्र एकजना हुनुहुन्छ जसलाई तिमीहरूले प्रशंसा गर्नुपर्छ। उहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ। तिमीहरूले आफ्नै आँखाले देखेका छौ उहाँले महान् र आश्चर्यपूर्ण कामहरू गर्नु भएको छ।
10:22b.DEU.010.022 जब तिमीहरूका पिता-पुर्खाहरू मिश्र देश गए त्यस समय तिनीहरूको जनसंख्या सत्तरी जना मात्र थियो तर अहिले परमप्रभुले तिमीहरूको परमेश्वरले तिमीहरूको जनसंख्या धेरै भन्दा पनि धेरै आकाशका ताराहरू जतिकै धेरै बनाइदिनु भएकोछ।
11
11:1b.DEU.011.001 “यसकारण तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई प्रेम गर्नु पर्छ। तिमीहरूले उहाँले भन्नु भएको कुराहरू गर्नुपर्छ अनि सधैं उहाँले दिनु भएको हुकुम, नियम, विधिहरू अनि आदेशहरू अनुसरण गर्नुपर्छ।
11:2b.DEU.011.002 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउनु भएको ती सबै महान् कुराहरू आज सम्झना गर। ती सब कुराहरू हुँदा तिमीहरू थियौ तर तिमीहरूका नानीहरू होइनन्। तिमीहरूले परमप्रभु कति शक्तिशाली, कति महान् र उहाँले गर्नु भएको महान् कामहरू देख्यौ।
11:3b.DEU.011.003 तिमीहरूका बाल-बच्चाले होइन तर उहाँले देखाउनु भएको चिन्ह र कार्यहरू तिमीहरूले देख्यौ, तिमीहरूले मिश्र देशका राजा फिरऊन र पूरा मिश्रदेशमा के गर्नु भयो देख्यौ।
11:4b.DEU.011.004 मिश्र देशका सैन्य तथा तिनीहरूका घोडाहरू अनि रथहरूलाई के गर्नु भयो तिमीहरूका बाल-बच्चाहरूले होइन तिमीहरूले देख्यौ। तिनीहरूले तिमीहरूलाई खेद्दै थिए तर परमप्रभुले तिनीहरूलाई लाल समुद्रको पानीमा डुबाइ दिनुभयो र सम्पूर्ण ध्वंश पार्नु भयो।
11:5b.DEU.011.005 तिमीहरू यस भूमिमा आई नपुगुञ्जेल मरूभूमिमा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति के के गर्नुभयो त्यो तिमीहरूका बाल-बच्चाले होइन, तर तिमीहरूले देख्यौ।
11:6b.DEU.011.006 रूबेन कुलका एलीआबका छोराहरू दातान र अबीरामलाई परमप्रभुले के गर्नुभयो तिमीहरूले देख्यौ। मानिसको मुख झैं पृथ्वी फाटेर तिनीहरूका सबै परिवार, पालहरू अनि तिनीहरूका नोकर चाकरहरू र सबै पशुहरू निलिएको इस्राएलका सबै मानिसहरूले देखेका छन्।
11:7b.DEU.011.007 तिमीहरूका बाल-बच्चाहरूले होइन तर तिमीहरूले परमप्रभुले गर्नु भएको ती महान् कार्यहरू देख्यौ।
11:8b.DEU.011.008 “यसकारण यदि आज मैले दिएका आज्ञा तिमीहरूले सम्पूर्ण रूपले मान्यौ भने तिमीहरू शक्तिशाली बनिने छौ र यर्दन नदी पार गरी जुन भूमिमा प्रवेश गर्दैछौ त्यस भूमिलाई आफ्नो दखलमा राख्न योग्य बनिनेछौ।
11:9b.DEU.011.009 जुन भूमि धेरै असल असल चीजहरूले भरिएको छ र जुन परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरू र तिनीहरूका सबै सन्तानहरूलाई दिन शपथ खानु भएको थियो। त्यस भूमिमा तिमीहरू दीर्घायू जीवन जिउन सक्नेछौ।
11:10b.DEU.011.010 जुन भूमि तिमीहरू लिंदैछौ, त्यो मिश्र देश जहाँबाट तिमीहरू आएका छौ त्यस्तो छैन। मिश्र देशमा तिमीहरूले बीउ छरेर त्यसमा पानी हाल्दा आफ्नो गोडाको सहायताले खुट्टा चलाएर नालाबाट पानी हाल्नु पर्थ्यो। जसरी साग-सब्जीमा पानी हाल्थ्यौ त्यसरी नै खेतमा पनि हाल्नु पर्थ्यो।
11:11b.DEU.011.011 तर इस्राएलमा त्यस्तो गर्नु पर्दैन, तिमीहरू जुन भूमिमा पस्दैछौ त्यहाँ पहाडहरू छन् र आकाशबाट परेको पानी तिमीहरूको खेतले पाउँछ।
11:12b.DEU.011.012 परमप्रभु तिमीहरूका परमेश्वरले त्यस भूमिको हेरचाह गर्नुहुन्छ अनि वर्षको शुरूदेखि अन्तसम्मै आफ्नो दृष्टि त्यस भूमिमाथि राख्नुहुन्छ।
11:13b.DEU.011.013 “परमप्रभु भन्नुहुन्छ, ‘आज मैले तिमीहरूलाई दिएको आज्ञाहरू राम्ररी सुन परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर र आफ्नो सारा हृदय र प्राणले सेवा गर।
11:14b.DEU.011.014 यदि यसो गरे, म ठीक समयमा तिमीहरूको भूमिमा पानी पारि दिनेछु। म शरद र वसन्त ऋतुमा तिमीहरूको निम्ति पानी पारि दिनेछु जसले गर्दा तिमीहरूले अन्न, नयाँ दाखरस र तेल जम्मा गर्न सक्नेछौ।
11:15b.DEU.011.015 अनि तिमीहरूको गाईबस्तुहरूको निम्ति खेतमा प्रशस्त घाँस उमारी दिनेछु। तिमीहरूको निम्ति प्रशस्त खाने-कुराहरू हुनेछन्।’
11:16b.DEU.011.016 “मूर्ख नबन, सधैं सावधान भएर बस। अरू देव-देवताहरूलाई पूजा नगर।
11:17b.DEU.011.017 यदि यसो गर्यौ भने परमप्रभु तिमीहरूसित रिसाएर आकाश बन्द गरिदिनु हुनेछ र पानी पर्न छोड्ने छ। खेती हुन छोड्ने छ र परमप्रभुले तिमीहरूलाई दिनुहुने असल भूमिमा तिमीहरू चाँडै नै मर्नेछौ।
11:18b.DEU.011.018 “मैले दिएका यी आज्ञाहरू पालन गर। यी आज्ञाहरू हृदयमा राख। यी आज्ञाहरू लेखेर हातमा बाँध अनि निधारमा टाल जसले गर्दा तिमीहरूलाई यी आज्ञाहरू सम्झना भइरहोस्।
11:19b.DEU.011.019 यी कुराहरू तिमीहरू घरमा बस्दा, बाटोमा हिंड्दा, ढल्कँदा, उठ्दा सधैं सम्झना गर। नानीहरूलाई पनि यी विधिहरू सिकाऊ।
11:20b.DEU.011.020 यी आदेशहरू ढोकाको चौकटहरूमा र घरको फाटकमा लेख।
11:21b.DEU.011.021 तब तिमी र तिमीहरूका नानीहरू धर्तीमा लामो अवधि बाच्नेछन् परमप्रभुले तिमीहरूका पुर्खाहरूलाई वचन दिनु भएको थियो। तिमीहरू तबसम्म बाँच्ने छौ जबसम्म धर्तीमाथि आकाश छ।
11:22b.DEU.011.022 “मैले तिमीहरूलाई बताएको आज्ञा पालन गर्न होशियार होऊ, परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर, उहाँले सिकाएको मार्गमा चल अनि उहाँप्रति विश्वासी बन।
11:23b.DEU.011.023 तब, जब तिमीहरू त्यो भूमिमा बस्नु जानेछौ परमप्रभुले त्यहाँका अरू राष्ट्रहरूलाई उच्छेद गर्नु हुनेछ। तिमीहरूले तिमीहरू भन्दा शक्तिशाली र अधिक संख्यामा भएका मानिसहरूबाट त्यो भूमि लिने छौ।
11:24b.DEU.011.024 तिमीहरूले टेके जति भूमि तिमीहरू कै हुनेछ। तिमीहरूको भूमि पूर्वमा यूफ्रेटिस, नदीदेखि पश्चिममा भूमध्य सगारसम्म अनि उत्तरमा लबानोन दक्षिणमा मरूभूमिसम्म हुनेछ।
11:25b.DEU.011.025 परमप्रभुले तिमीहरूको निम्ति प्रतिज्ञा गर्नु भएको छ, जुन जुन ठाउँमा तिमीहरू जाने छौ त्यहाँका मानिसहरू तिमीहरूसित डराउनेछन् एक जना पनि तिमीहरूको विरोध गर्न उभिने छैन।
11:26b.DEU.011.026 “आज म तिमीहरूलाई केही रोज्ने मौका दिंदैछु, तिमीहरूले सराप र आशीर्वाद मध्ये एउटा रोज्नु सक्छौ।
11:27b.DEU.011.027 आज मैले तिमीहरूलाई बताएको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू सुनेर पालन गरे तिमीहरूले आशीर्वाद पाउनेछौ।
11:28b.DEU.011.028 तर परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएका आज्ञाहरू पालन गर्नु अस्वीकार गरे तिमीहरूले सराप पाउनेछौ। यसकारण आज मैले बताएको तरिकामा जीवन यापन गर्नु नछोड अरू देव-देवताहरू नपूज कारण तिमीहरूले परमप्रभुलाई चिन्छौ अरू देव-देवताहरूलाई चिन्दैनौ।
11:29b.DEU.011.029 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यो भूमिसम्म पुग्नु डोर्याउनु हुनेछ र तिमीहरू चाँडै त्यहाँ पुग्नेछौ अनि भूमिमा अधिकार लिनेछौ। त्यो समयमा तिमीहरूले गीरिज्जीम डाँडामा गएर आशीर्वाद र एबाल डाँडामा गएर मानिसहरूलाई सराप घोषणा गर्नु पर्छ।
11:30b.DEU.011.030 यी पर्वतहरू मोरेका बजराँट रूखहरूको नजिक यर्दन घाँटीमा बसेका कनानहरूको भूमिमा अवस्थित छन् जो गिलगालबाट यर्दन नदीको पश्चिमतिर पर्छन्।
11:31b.DEU.011.031 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिने भूमि लिन जब तिमीहरू यर्दन नदी पारि जान्छौ अनि जब यो भूमिमा दखल कायम गर्छौ 32तिमीहरूले नियम र विधिहरू साह्रै होशियारीसँग पालन गर्नुपर्छ जो आज तिमीहरूलाई बताउँछु।
12
12:1b.DEU.012.001 “आफ्नो नयाँ भूमिमा तिमीहरूले पालन गर्नु पर्ने विघि-विधानहरू यिनीहरू नै हुन्। त्यस भूमिमा तिमीहरू जतिञ्जेलसम्म बाँच्छौ तिमीहरूले यी विधि-विधानहरू अत्यन्तै सावधानीसँग पालन गर्नु पर्छ। परमप्रभुले तिमीहरूलाई यो भूमि दिनु हुँदैछ र परमप्रभु तिमीहरूको पिता-पुर्खाहरूका परमेश्वर हुनुहुन्छ।
12:2b.DEU.012.002 अहिले त्यस भूमिमा बसिरहेका मानिसहरूबाट तिमीहरूले भूमि लिनेछौ। तिमीहरूले ती मानिसहरूले पूजा गर्ने जग्गाहरू सम्पूर्ण रूपले ध्वंश पार्नु पर्छ। यी जग्गाहरू अग्ला-अग्ला पर्वतहरू, डाँडाहरूमा र हरियो रूखहरू मुनि छन्।
12:3b.DEU.012.003 तिनीहरूका वेदीहरू फुटाइदिनु, अनि तिनीहरूका पवित्र ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिनु र तिनीहरूका अशेरा देवताहरूका मूर्तिहरू ध्वंश पारिदिनु जसले गर्दा तिनीहरूको झूटा देव देवताहरूका नाउँनिशान केही त्यस ठाउँमा नरहोस्।
12:4b.DEU.012.004 “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आराधना त्यस ढंगमा गर्नु हुँदैन जसरी ती मानिसहरूले आफ्ना देवताहरूको पूजा गर्छन्।
12:5b.DEU.012.005 तिमीहरूका कुलमा परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो जुन ठाउँमा विशेष बास गर्न चाहनुहुन्छ त्यही ठाउँ तिमीहरूले आफ्नो आराधना गर्ने ठाउँ बनाउनु पर्छ।
12:6b.DEU.012.006 त्यही ठाउँमा होमबलि, बलिदान दशांश अन्न तथा पशु उपहार, विशेष उपहार, भाकल राखिएको उपहार अथवा तिमीहरूले परमप्रभुलाई चढाउन इच्छा गरेको कुनै विशेष उपहार तथा आफ्नो घरमा पहिले जन्मिएको पशु सब चढाउन त्यही ठाउँमा पुर्याउनु पर्छ।
12:7b.DEU.012.007 परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने तिमीहरूले खानेछौ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यही आशीर्वाद दिनु हुनेछ, अनि तिमीहरूले आफूले सबै काममा आनन्द भोग गर्नेछौ।
12:8b.DEU.012.008 “अहिलेसम्म हामी आफ्नो इच्छा अनुसारले आराधना गरिरहेका छौं तर अब उसो त्यसरी आराधना नगरौ।
12:9b.DEU.012.009 किन? किनभने अहिलेसम्म तिमीहरू विश्रामस्थान अनि उत्तराधिकारका ठाउँमा पसेका छैनौ जो परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिंदै आउनु भएको छ।
12:10b.DEU.012.010 तर तिमीहरू यर्दन नदी पार गर्छौ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नु भएको भूमिमा अधिकार गरे र बस्नेछौ। तब परमप्रभुले तिमीहरूलाई सुरक्षित राख्नु सबैतिरका शत्रुहरूबाट सुरक्षा दिनुहुनेछ।
12:11b.DEU.012.011 तब परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्न जुन एउटा ठाउँ चुन्नुहुन्छ त्यहीं मैले दिएको आज्ञा अनुसार होमबलि, बलिदानहरू, तिमीहरूको अन्न तथा पशुको दशांश, विशेष बलि तथा परमप्रभुलाई चढाउन भाकल गरेको असल असल चीजहरू त्यहाँ ल्याउनु पर्छ।
12:12b.DEU.012.012 तिमीहरू, तिमीहरूका आफन्तहरू, बाल-बच्चाहरू, कमारा-कमारीहरू र शहरमा बासो-बास गर्ने लेवी कुलका मानिसहरूलाई त्यही स्थानमा ल्याऊ (ती लेवीहरूको निम्ति त्यो भूमिमा कुनै आफ्नो अंश हँदैन) त्यहाँ परमप्रभु तिमीहरूका परमेश्वरसँग आनन्द मनाऊ।
12:13b.DEU.012.013 तिमीहरू निश्चय गर तिमीहरूको होमबलि आफ्नो इन्छा गरेको स्थानमा चढाउने छैनौ।
12:14b.DEU.012.014 परमप्रभुले तिमीहरूको एउटा कुलहरूको कुनै विशेष ठाउँ रोज्नु हुनेछ। होमबलि देऊ तथा कामहरू गर जो मैले तिमीहरूलाई त्यस ठाउँमा गर्नु भनेको थिएँ।
12:15b.DEU.012.015 “जहाँ जहाँ तिमीहरू बस्छौ त्यहाँ तिमीहरूले हरिण तथा मृग जस्ता असल पशुहरू मारेर जति मासु खान इन्छा गर्छौ खान सक्छौ, जति धेरै परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुन्छ। कुनै पनि मानिस जो शुद्ध अथवा अशुद्ध छ कसैले पनि त्यो मासु खान सक्छ।
12:16b.DEU.012.016 तर रगत पानी झैं भूइँमा पोख्नु पर्छ किनभने रगत खानु हुँदैन।
12:17b.DEU.012.017 “तर केही चीजहरू यस्ता पनि छन् जो तिमीहरूले आफ्नो शहरमा खान सक्तैनौ। अनि ती चीजहरू हुन नयाँ बालीको दशांश अन्न, नयाँ दाखरस अथवा तेलको दशांश, घरका पशुहरूबाट जन्मिएको पहिलो पाठा अनि तिमीहरूले परमेश्वरलाई चढाउँछु भनी शपथ गरेको चीजहरू, तिमीहरूले चढाउनु इच्छा गरेको कुनै विशेष बलिका चीजहरू।
12:18b.DEU.012.018 तिमीहरूले ती चीजहरू आफ्ना बाल-बच्चा नोकर-नोकर्नीहरू तथा आफ्ना शहरहरूभित्र बसो-बास गर्ने लेवी मानिसहरूसँगै लिएर तिमीहरूकै कुल माझमा परमप्रभु तिमीहरूका परमेश्वरले छान्नु भएको स्थानमा परमप्रभुको सम्मुख बसेर खानु पर्छ। तिमीहरूले गर्ने असल असल कार्यहरूमा परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने गरेर आनन्द मनाऊ।
12:19b.DEU.012.019 तर तिमीहरू आफ्नो खाद्य लेवीहरूसँग बाँड्नु पर्छ भनी निश्चिन्त होऊ। यस्तो तबसम्म गर जबसम्म आफ्नो भूमिमा बस्छौ।
12:20b.DEU.012.020 “उहाँले प्रतिज्ञा गरे अनुसार परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको भूमिको सीमाना बढाउनु हुनेछ र जब तिमीहरूलाई मासु खान इच्छा हुनेछ र मासु खान्छु भन्ने छौ, तब जतिसम्म खानु इच्छा हुन्छ खाऊ।
12:21b.DEU.012.021 परमप्रभुले छान्नु भएको स्थान टाडो पनि हुन सक्छ र परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको पशुहरूलाई तिमीहरूले मैले भनेको आज्ञा अनुसार आफ्नो समयमा र स्थानमा खान सक्छौ।
12:22b.DEU.012.022 तिमीहरूले हरिण तथा मृगको मासु झैं यी पशुहरूको मासु पनि खान सक्छौ खाने मानिस शुद्ध अथवा अशुद्ध जस्तो पनि हुन सक्छ।
12:23b.DEU.012.023 तर रगत नखाने निधो गर्नुपर्छ। किन? किनभने रगतमा जीवन हुन्छ र कुनै चीज जसमा जीवन रहन्छ त्यो खानु हुँदैन।
12:24b.DEU.012.024 पानी घोप्टाए झैं रगत भूइँमा पोखी देऊ। रगत खानु हुँदैन।
12:25b.DEU.012.025 परमप्रभुले असल हो भन्नु भएको काम तिमीहरूले गर्नुपर्छ, तब मात्र तिमीहरू र तिमीहरूका सन्तानहरूलाई राम्रो हुनेछ।
12:26b.DEU.012.026 “यदि तिमीहरूले परमेश्वरलाई केही विशेष चीज चढाउन चाहन्छौ भने परमप्रभु तिमीहरूका परमेश्वरले छान्नु भएको विशेष स्थानमा जानुपर्छ। अनि यदि तिमीहरूले कुनै विशेष उपहार चढाउन प्रतिज्ञा गर्छौ भने परमप्रभुले छान्नु भएको त्यस विशेष स्थानमा तिमीहरू जानैपर्छ।
12:27b.DEU.012.027 होमबलि त्यही स्थानमा चढाउनु पर्छ र होमबलिको मासु र रगत परमप्रभु तिमीहरूका परमेश्वरलाई वेदीमा चढाउनु पर्छ। अन्य बलिदानहरूको निम्ति परमप्रभु तिमीहरूका परमेश्वरको वेदीमा रगत खन्याउनु पर्छ। तब तिमीहरूले मासु खान सक्छौ।
12:28b.DEU.012.028 आज्ञाहरू जो म तिमीहरूलाई दिन्छु पालन गर्दा सावधान होऊ। जब तिमीहरू असल र उचित कामहरू गर्छौ जसले परमप्रभु तिमीहरूका परमेश्वरलाई सन्तुष्ट पार्छ, तब तिमीहरूको निम्ति र तिमीहरूको भावी सन्तानको निम्ति सधैं भलो हुनेछ।
12:29b.DEU.012.029 “तिमीहरू अरू मानिसहरूको भूमि अधिकार गर्न जाँदैछौ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति ती मानिसहरूलाई ध्वंश पार्नु हुनेछ। तिमीहरूले ती मानिसहरूलाई उच्छेद गर्नेछौं र तिमीहरू त्यहाँ बस्ने छौ।
12:30b.DEU.012.030 त्यति भइसके पछि सावधान हुनु! ती मानिसहरूलाई ध्वंश पार्नेछौ। तर तिनीहरू झूटो देवताहरू मान्नु पर्ने जालमा नफँस। सावधान बस! झूठो देवताहरूअघि सहायताको निम्ति नजाऊ। यसो नभन, ‘तिनीहरूले ती देवताहरू पूजा गर्दथे यसकारण म पनि त्यस्तै प्रकारले पूजा गर्छु।’
12:31b.DEU.012.031 परमप्रभु तिमीहरूका परमेश्वरलाई त्यसो नगर। त्यस्ता देवताहरूको पूजा नगर! किन? किनभने ती मानिसहरूले परमप्रभुलाई मन नपराउने सबै कुराहरू गर्छन्। होमबलि दिदाँ तिनीहरू आफ्ना नानीहरू जलाउन पनि गाह्रो मान्दैनन्।
12:32b.DEU.012.032 “मैले दिएका आज्ञाहरू होशियारीसँग पालन गर्नु पर्छ। मैले भनेका कुराहरूमा कुनै कुरा थप्ने अथवा घटाउने काम नगर।
13
13:1b.DEU.013.001 “कुनै एकजना अगमवक्ता अथवा सपना व्याख्या गर्ने मानिस तिमीहरूकहाँ आउन सक्छ। उसले तिमीहरूलाई भन्न सक्छ उसले संकेत अथवा आश्चर्यजनक काम देखाउन सक्छ।
13:2b.DEU.013.002 उसले भने झैं चिन्ह अथवा आश्चर्यजनक काम साँच्चै हुन सक्छ, तिमीहरूले कहिल्यै नजानेको अन्य देवतालाई उसले मान्न लगाउन सक्छ। उसले भन्न सक्छ, ‘हामी यी देवताहरूलाई पूजा गरौं।’
13:3b.DEU.013.003 त्यस मानिसलाई नसुन किनभने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको परीक्षा लिएको हुनसक्छ। यस्तो हुन सक्छ परमप्रभुलाई तिमीहरूको हृदय तथा प्राणले नै मानिरहेका छौ कि छैनौ जान्न जाँच गरिरहनु भएको होला।
13:4b.DEU.013.004 परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर, उहाँलाई अनुशरण गर। परमप्रभुको आज्ञा पालन गर अनि उहाँले जे भन्नुहुन्छ त्यही गर। उहाँको सेवा गर तथा उहाँलाई कहिल्यै नछोड।
13:5b.DEU.013.005 अगमवक्ता अथवा स्वप्न-दर्शी मानिसलाई तिमीहरूले मार्नु पनि पर्छ। किन? किनभने, उसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरलाई नमान्नु भन्यो। उहाँ त्यो परमेश्वर हुनुहुन्छ जसले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनु भयो जहाँ तिमीहरू कमारा-कमारीहरू थियौ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई जस्तो तरिकाले जीवन यापन गर्ने आज्ञाहरू दिनु भएको छ त्यसबाट उसले अलमलायो। तिमीहरूका मानिसहरूबाट दुष्टता हटाउनको निम्ति तिमीहरूले त्यसलाई मार्नै पर्छ।
13:6b.DEU.013.006 “तिमीहरूका आफ्नै दाज्यू-भाइ, दिदी-बहिनी, छोरा अथवा छोरी, पत्नी संग-सम्बन्धी कसैले गुप्तरूपले तिमीहरूलाई अन्य देवताहरू पूजा गर्न राजी गराउलान्। तिनीहरू भन्न सक्छन्, ‘जाँऊ हामी अन्य देवताहरूलाई पूजा गरौं।’ यी देवताहरूलाई तिमीहरू तथा तिमीहरूका पिता-पुर्खाहरूले जानेका थिएनन्।
13:7b.DEU.013.007 ती देवताहरू ती मानिसहरूका हुन् जो तिमीहरूको नजिक अथवा टाढा बसेका हुन्छन् तिनीहरू तिमीहरू कै वरिपरि अरू जग्गामा बसेका हुन्छन्।
13:8b.DEU.013.008 त्यस मानिससँग तिमीहरूले सहमत हुनुहुँदैन। उसलाई न सुन, ऊ प्रति दया नदेखाऊ, उसको सुरक्षा नगर अनि उसलाई नछोड।
13:11b.DEU.013.011 तब इस्राएलका मानिसहरूले थाह पाउँनेछन् र त्यस्तो दुष्टतापूर्वक काम कहिल्यै गर्ने छैनन्।
13:12b.DEU.013.012 “परमप्रभु तिमीहरूका परमेश्वरले बस्नको लागि तिमीहरूलाई शहरहरू दिनु भएको छ। कोही समय ती शहरहरू मध्ये कुनै एक शहरको विषयमा नराम्रो कुराहरू सुन्न सक्छौ। तिमीहरू थाहा पाउन सक्छौ
13:13b.DEU.013.013 केही नराम्रा मानिसहरू आफ्नै जाति भित्रका शहरबासीहरूलाई नराम्रो काम गर्न फकाउँदैछन्। तिनीहरू आफ्नै शहरका मानिसहरूलाई भन्न सक्छन्, ‘हामी अरू देवताहरूको सेवामा जाऊँ।’ (ती देवताहरू तिमीहरूले कहिले पनि नदेखेका नजानेका हुन सक्छन्)।
13:14b.DEU.013.014 त्यस विषयमा तिमीहरूले राम्रोसँग खोजी गर्नुपर्छ अनि यदि कुरो सत्य स्थापित भयो त्यस्तो अनिष्ट अथवा घृणित काम भएकै थियो भने।
13:15b.DEU.013.015 ती शहरहरूका मानिसहरूलाई तिमीहरूले तरवारले काटेर मार्नुपर्छ। तिनीहरू सबैलाई नष्ट पार्नुपर्छ र शहर पनि सम्पूर्णरूपले ध्वंश पार्नु पर्छ।
13:16b.DEU.013.016 तिनीहरूका सबै बहुमूल्य चीजहरू जम्मा गर अनि तिनीहरूलाई शहरको बीचमा लैजाऊ, शहर अनि यसमा भएको प्रत्येक चीजलाई जलाई देऊ। यो परमप्रभु तिमीहरूको परमेश्वरको निम्ति होमबलि हुनेछ। त्यस शहरको पुर्ननिर्माण नहोस् र त्यो केवल ढुङ्गाको थुप्रो मात्र बनिरहोस्।
13:17b.DEU.013.017 त्यस शहरमा भएको प्रत्येक चीज परमेश्वरलाई ध्वंश पार्न दिनु पर्छ जसले गर्दा त्यहाँ तिमीहरूको निम्ति केही पनि नहोस्। यदि तिमीहरूले यो आज्ञा पालन गर्यौ भने परमप्रभु तिमीहरूसित रिसाउन छोड्नु हुन्छ, उहाँ तिमीहरू प्रति दयालु हुनुहुन्छ, उहाँ तिमीहरू प्रति दुःखी हुनुहुन्न। उहाँले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा दिए अनुसार तिमीहरूलाई विशाल समुदाय बनिनमा सहयोग गर्नु हुनेछ।
13:18b.DEU.013.018 यदि तिमीहरूले परमप्रभु तिमीहरिका परमेश्वरको आज्ञाहरू पालन गर्यौ भने र परमप्रभु तिमीहरूका परमेश्वरको नजरमा जुन असल छ त्यो मात्र गर्यौ भने उहाँले त्यसो गर्नु हुनेछ।
14
14:1b.DEU.014.001 “तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका नानीहरू हौ। यदि तिमीहरूको आफन्तमा कसैको मृत्यु हुन्छ भने तिमीहरूको शरीरलाई नकाट अनि आफ्नो टाउकोको केश नखौर।
14:2b.DEU.014.002 किन? किनभने तिमीहरू अरू मानिसहरूभन्दा भिन्दै हौ। तिमीहरू परमप्रभुको विशेष मानिसहरू हौ। परमप्रभु आफ्ना परमेश्वरले संसारका सबै मानिसहरूको माझबाट तिमीहरूलाई आफ्नो विशेष मानिस बनाउन रोज्नुभएको छ।
14:3b.DEU.014.003 “परमप्रभुबाट घृणा गरिएका चीजहरू कुनै पनि नखाऊ।
14:4b.DEU.014.004 तिमीहरूले यी पशुहरू खान सक्छौः गोरू-गाई, भेडा, बाख्रा,
14:5b.DEU.014.005 मृग, हरिण, बराँट, जंगली बोका, पहाडी बोका, चित्तल र पहाडी भेडाहरू।
14:6b.DEU.014.006 खुर दुई भागमा चिरिएको छ र उग्राउँछ भने त्यस्ता कुनै पनि पशु खानुहुन्छ।
14:7b.DEU.014.007 तर ऊँठ, खरायो अथवा भीर खरायो आदि नखाऊ यद्यपि यी पशुहरू उग्राउँछन्, यिनीहरूको खुर दुई भागमा चिरिएको छैन। यसकारण यी पशुहरू शुद्ध तिमीहरूका लागि खानु होइनन्।
14:8b.DEU.014.008 अनि तिमीहरूले सूंगुर खानु हुँदैन। तिनीहरूको खुरहरू त चिरिएका छन् तर तिनीहरू उग्राउँदैनन्। यसकारण सूंगुर तिमीहरूको निम्ति शुद्ध खाना होइन र यसको कुनै अंगको मासु नखानु। मरेको सूंगुर तिमीहरूले नछुनु।
14:9b.DEU.014.009 “पानीमा भएका प्राणीहरूमा जसको पंखेटा र कत्ला हुन्छ त्यो खानु सक्छौ।
14:10b.DEU.014.010 तर पानीमा हुने प्राणीहरूमा जसको पंखेटा अनि कत्ला हुँदैन त्यस्ता प्राणी तिमीहरूले खानु हुँदैन कारण त्यो तिमीहरूको निम्ति अशुद्ध खाद्य हो।
14:11b.DEU.014.011 “तिमीहरूले कुनै पनि शुद्ध पंक्षी खान सक्छौ।
14:12b.DEU.014.012 तर यी पंक्षीहरूमा कुनै पनि नखाऊ; गरूड, गिद्ध र कालो गिद्ध,
14:13b.DEU.014.013 सबै प्रकारको रातो चील र कालो चील,
14:14b.DEU.014.014 सबै प्रकारका काग
14:15b.DEU.014.015 ठूलो लाटोकोसेरो, कराउने लाटोकोसेरो, समुद्र-हाँस, सबै प्रकारको बेसारा,
14:16b.DEU.014.016 सानो लाटोकोसेरो, ठूलो लाटोकोसेरो, सेतो लाटोकोसेरो,
14:17b.DEU.014.017 मरूभूमिको लाटोकोसेरो, माछा खाने गिद्ध, पानी-काग,
14:18b.DEU.014.018 सारस, सबै प्रकारको बकुल्लो, फाप्रेचरो अथवा चमेरो।
14:19b.DEU.014.019 “पंखेटा भएका कुनै किरा नखाऊ किनभने तिनीहरू अशुद्ध हुन्छन्।
14:20b.DEU.014.020 तर तिमीहरू सबै शुद्ध चराहरू खानु सक्छौ।
14:21b.DEU.014.021 “यदि कुनै पशु आफैं मरेको भए, त्यो तिमीहरूले खानु हुँदैन। त्यो मृत पशु तिमीहरूको शहरमा बस्ने कुनै विदेशीलाई देऊ, उसले त्यो खान सक्छ। अथवा तिमीहरूले त्यस मृत पशु विदेशीलाई बेच्न सक्छौ, तर तिमीहरूले खानु हुँदैन। किन? किनभने तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरका विशेष मानिसहरू हौ। “बाख्राको पाठो त्यसकै माऊको दूधमा नपकाऊ।
14:22b.DEU.014.022 “तिमीहरूले प्रत्येक वर्ष तिमीहरूको खेतको उब्जनीबाट दशांश जोगाई निर्धारित गरेर राख्नु पर्छ।
14:23b.DEU.014.023 तब तिमीहरू परमप्रभुले आफ्नो स्थान भनी छानेको घरमा जानु पर्छ। तिमीहरूको त्यहाँ परमप्रभु तिमीहरूका परमेश्वरसित भेट हुन जान्छौ। त्यस समय तिमीहरूले त्यो दशांश अन्न, नयाँ दाखरस तेल, आफ्नो गोठमा जन्मेको प्रथम भेडा-बाख्राको पाठो खानेछौ। यस प्रकारले तिमीहरूले सधैं परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर्नेछौ।
14:24b.DEU.014.024 तर त्यो निर्धारित ठाउँ टाढो भए तिमीहरू आफ्नो अन्नहरूको दशांश लिएर जानु नसक्ने पनि हुन सक्छौ। यस्तो भएको खण्डमा,
14:25b.DEU.014.025 त्यो दशांश अन्न बेच र बेचेको दाम लिएर परमप्रभुले छान्नु भएको घरमा जाऊ।
14:26b.DEU.014.026 तिमीहरूले जे रूचाउँछौ त्यही किन्न त्यो पैसा खर्च गरः जस्तै-गाई, भेडा, दाखरस अथवा कुनै अन्य सामग्री। तब तिमीहरू अनि तिम्रो परिवारहरूले खाएर अनि परमप्रभु तिमीहरूको परमेश्वरसित त्यस भूमिमा आनन्द मनाऊ।
14:27b.DEU.014.027 तर तिमीहरूको शहरमा बस्ने लेवीहरूलाई नबिर्स। किन? किनभने तिमीहरूको झैं तिनीहरूको भूमि छैन।
14:28b.DEU.014.028 “प्रत्येक तीन वर्षको अन्तमा तिमीहरूको अन्न उब्जनीबाट दशांश संग्रह गर्नु पर्छ। त्यसलाई आफ्नो शहरको भण्डारमा थुपार।
14:29b.DEU.014.029 यो अन्न लेवीहरूको निम्ति हो कारण तिमीहरूको झैं तिनीहरूको आफ्नो भूमि छैन। यी अन्न शहरका अन्य अभाव ग्रस्त मानिसहरूको निम्ति पनि हो अनि यो विदेशीहरू, विधवाहरू र टुहुरा टुहुरी नानीहरूको निम्ति हो। यदि तिमीहरूले यसो गरे परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू जे गर्छौ प्रत्येक चीजमा आशीर्वाद दिनु हुनेछ। ऋण मुक्त हुने विशेष वर्ष
15
15:1b.DEU.015.001 “प्रत्येक सात वर्षको अन्तमा तिमीहरूको ऋण माफ गर्नु नै पर्छ।
15:2b.DEU.015.002 तिमीहरूले यो यसरी गर्नु पर्छ। प्रत्येक मानिस जसले अर्को इस्राएलीलाई ऋण दिएको छ उसले त्यो ऋण माफ गर्नु पर्छ। उसले ऋण लिने अर्को इस्राएली भाइलाई ऋण तिर्न लाउनु हुँदैन। किन? किनभने परमप्रभुले यस वर्ष ऋण माफ गर्ने आज्ञा दिनु भएको छ।
15:3b.DEU.015.003 तिमीहरूले अर्को कुनै विदेशीलाई ऋण तिर्नु लगाउनु सक्छौ तर त्यो ऋण कुनै इस्राएलीसित भए माफ दिनै पर्छ।
15:4b.DEU.015.004 तिमीहरूको भूमिमा कुनै गरीब मानिस हुने छैन। किन? किनभने परमप्रभुले तिमीहरूलाई यो भूमि दिनु हुँदैछ अनि तिमीहरूलाई धेरै धेरै आशीर्वाद दिनु हुनेछ।
15:5b.DEU.015.005 तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गर्यौ भने मात्र त्यस्तो हुनेछ। आज तिमीहरूलाई मैले बताएको प्रत्येक आज्ञा खुबै होशियारीसँग पालन गर्नु पर्छ।
15:6b.DEU.015.006 तब परमप्रभु तिमीहरूका परमेश्वरले उहाँको प्रतिज्ञा अनुसार आशीर्वाद दिनु हुनेछ। अनि अन्य राष्ट्रहरूलाई ऋण दिनुको निम्ति तिमीहरूसित प्रशस्त पैसा-रूपिया हुनेछ। तर तिमीहरूले अरूबाट ऋण लिनु आवश्यक पर्दैन। तिमीहरूले धेरै राष्ट्रहरूलाई शासन गर्नेछौ, तर कसैले तिमीहरूलाई शासन गर्ने छैन।
15:7b.DEU.015.007 “जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिने भूमिमा बस्दछौ, तिमीहरूको माझमा एकजना गरीब मानिस हुनु सक्छ। तिमीहरू स्वार्थी हुनु हुँदैन। त्यस गरीब मानिसलाई सहायता गर्न अस्वीकार नगर।
15:8b.DEU.015.008 त्यस मानिसलाई जुन चीजको जे खाँचो पर्छ त्यो सहायता गर। त्यसलाई सहायता गर्न तिमीहरू इच्छुक भई बस्नु पर्छ।
15:9b.DEU.015.009 “सातौं वर्ष जो ऋण माफ गरिने वर्ष हो र यसको निहुँमा कसैलाई सहायता गर्न अस्वीकार नगर। तिमीहरूको मनमा दुष्ट विचारलाई पस्न नदेऊ। जुन मानिसलाई केही सहायताको खाँचो छ उसको विषयमा दुष्ट विचार नगर। यदि तिमीहरूले त्यस गरीब मानिसलाई सहायता गर्न अस्वीकार गरे उसले परमप्रभुलाई आरोप गर्नेछ र तिमीहरूलाई परमप्रभुले पापको दोषी लाग्नेछ यसकारण गरीब मानिसलाई सहायता दिन अस्वीकार नगर।
15:10b.DEU.015.010 “तिमीहरूले गरीब मानिसलाई सके अनुसार देऊ। उसलाई दिंदा नराम्रो नसम्झ। किन? किनभने, यस्तो असल काम गरे परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष दिनु हुनेछ। तिमीहरूलाई तिमीहरूको सबै काममा र तिमीहरूले गरेको प्रत्येक चीजमा उहाँले तिमीहरूलाई आशिष दिनु हुनेछ।
15:11b.DEU.015.011 त्यो भूमिमा सधैं गरीब मानिसहरू रहनेछन् यसकारण तिम्रा भाइलाई सहायता गर्नु सब समय तयार बस भनी म आज्ञा गर्छु। तिमीहरूको भूमिमा सहायताको अपेक्षामा बस्ने गरीब मानिसलाई सहायता देऊ।
15:12b.DEU.015.012 “यदि तिमीहरूले आफ्नो देशका मानिसहरूलाई नै एउटा हिब्रु मानिस अथवा स्त्री किन्छौ भने, तिमीले उसलाई आफ्नो सेवामा छ वर्षसम्म राख्न सक्छौ तर सातौं वर्षमा उसलाई मुक्त गर्नै पर्छ।
15:13b.DEU.015.013 तर जब उसलाई मुक्त गर्छौ तिमीले उसलाई खाली हात विदा दिनु हुँदैन।
15:14b.DEU.015.014 तिमीले उसलाई तिम्रो केही गाई-बस्तु, तिम्रो केही अन्न र तिम्रो केही मद्य दिनुपर्छ। जो परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशीर्वाद दिनुभएको छ।
15:15b.DEU.015.015 तिमीहरू पनि मिश्र देशमा कमारा-कमारीहरू थियौ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई मुक्ति दिनु भएको हो। यसकारण म तिमीहरूलाई आज आज्ञा दिइरहको छु।
15:16b.DEU.015.016 “तर तिम्रा कमारा-कमारीहरू मध्ये कुनै एक जानले भन्न सक्छ, ‘उसले तिमीलाई छोड्ने छैन। उसले यस्तो भन्न सक्छ, किनभने उसले तिम्रो परिवारलाई प्रेम गर्छ अनि तिम्रो परिवारमा उसको जीवन राम्ररी बित्दैछ।
15:17b.DEU.015.017 त्यो कमारालाई आफ्नो कान ढोकामा टाँस्न लगाऊ र एउटा खाप्सियो लिएर कानमा छेंड पारिदेऊ। त्यो सधैंको निम्ति तिम्रो कमारा बनिनेछ। यदि त्यो मानिस कमारा भए पनि र त्यस्तै प्रकारले बस्न चाहे त्यसै गर्नु।
15:18b.DEU.015.018 “कमारा-कमारीहरूलाई मुक्त गर्दा मन नबिगार। सम्झना गर तिनीहरूले तिमीलाई छ, वर्षसम्म अरू नोकर-चाकरहरूलाई तिर्नुपर्ने भन्दा आधा ज्यालामा सेवा पुर्याएका छन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूले जे गर्छौ प्रत्येक चीजमा आशीर्वाद दिनु हुनेछ।
15:19b.DEU.015.019 “तिमीहरूको बगालमा पहिला जन्मेका पशुहरूका साना बाछाहरू विशेष हुन्छन्। तिनीहरूलाई परमप्रभु तिमीहरूको परमेश्वरका निम्ति चढाउनै पर्छ। ती पशुहरू मध्ये कुनैलाई पनि काममा नलगाऊ अनि पहिला जन्मेको तिमीहरूका भेडाहरूबाट ऊन कात्नु हुँदैन।
15:20b.DEU.015.020 प्रत्येक वर्ष त्यस्ता पशुहरूलाई परमप्रभु आफ्ना परमेश्वरले जहाँ आफ्नो विशेष ठाउँ भनी रोज्नु हुनेछ त्यहाँ लैजाऊ र परमप्रभुसित बसी आफ्ना परिवारहरूसँगै ती पशुहरू खाऊ।
15:21b.DEU.015.021 “तर यदि कुनै त्यस्तो पशुमा केही खोट रहे अथवा यदि त्यस्तो पशु लङ्गडा अथवा अंन्धा भए, अथवा कुनै दोष रहे तब तिमीहरूले त्यस पशुलाई परमप्रभु आफ्ना परमेश्वरलाई बलि नदेऊ।
15:22b.DEU.015.022 तर तिमीहरूले त्यस पशुको मासु घरमै खानु सक्छौ। कसैले पनि शुद्ध होस् अथवा अशुद्ध, त्यस पशुको मासु खानु सक्छ। यस्तो पशुहरूको मासु खाने नियम मृग तथा हरिणको मासु खाने जस्तै हो।
15:23b.DEU.015.023 तिमीहरूले यसको रगत खानु हुँदैन। यसलाई भूँइमा पानी खन्याए जस्तै पोख्नु पर्छ।
16
16:1b.DEU.016.001 “आबीब महीनाको सम्झना गर। त्यस समयमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा निस्तार चाड मनाउनै पर्छ। किन? किनभने त्यस महीनामा परमप्रभु तिमीहरूको परमेश्वरले तिमीहरूलाई राती मिश्र देशबाट बाहिर ल्याउनु भएको हो।
16:2b.DEU.016.002 परमप्रभुले जुन घर उहाँको विशेष घर भनी रोज्नु हुनेछ त्यहाँ तिमीहरू जानै पर्छ। गाईहरू तथा बोकाहरू तिमीहरूले परमप्रभुको सम्मानमा निस्तार बलिको रूपमा चढाउनै पर्छ।
16:3b.DEU.016.003 यो बलिमा खमीर भएको रोटी खानु हुँदैन। तिमीहरूले सात दिनसम्म अखमिरी रोटी खानु पर्छ। यस रोटीलाई ‘कष्टको रोटी’ भनिन्छ। मिश्र देशमा तिमीहरू कति कष्टमा थियौ यसले त्यो सम्झना गर्नमा सहायता गर्छ। सम्झना गर कति चाँढै तिमीहरूले त्यो भूमि छाड्नु पर्यौ! तिमीहरूले मिश्र छोडेको त्यो दिनलाई सम्झना गर्नुपर्छ जब तिमीहरू बाँचेका छौ।
16:4b.DEU.016.004 यस देशका मानिसहरूको कसैको घरमा पनि सात दिनसम्म खमीर रहनु हुँदैन। पहिलो दिनको साँझमा चढाएको बलिको मासु पनि अर्को दिन बिहानभन्दा अघि नै खाई सक्नुपर्छ।
16:5b.DEU.016.005 “परमप्रभु तिमीहरूका परमेश्वरले दिनु हुने भूमिको कुनै पनि शहरमा निस्तारचाडको बलि गर्नु हुँदैन।
16:6b.DEU.016.006 तिमीहरूले निस्तारचाड बलि खाली परमप्रभु तिमीहरूका परमेश्वरले उहाँको आफ्नो नाउँमा रोज्नु भएको घरमा मात्र चढाउनु पर्छ। त्यहाँ खाली घाम अस्ताएपछि मात्र निस्तारचाड बलि चढाउनु पर्छ। यो दिन पवित्र दिन हुनेछ जति वेला परमेश्वरलाई कसरी तिमीहरूले मिश्र देशबाट बाहिर निकाले त्यो सम्झना गर्नेछौ।
16:7b.DEU.016.007 परमप्रभु तिमीहरूका परमेश्वरले रोज्नु भएको ठाउँमा निस्तार बलिको मासु पकाउनु पर्छ अनि खानु पर्छ। तब बिहान तिमीहरू घर जान सक्छौ।
16:8b.DEU.016.008 तिमीहरूले छ दिनसम्म अखमिरी रोटी खानु पर्छ र सातौं दिनमा केही काम गर्नु हुँदैन। यस दिन परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विशेष सभाको निम्ति मानिसहरू भेला गर्नु पर्छ।
16:9b.DEU.016.009 “बाली काटून शुरू गरेको समयदेखि तिमीहरूले सात साता गन्नु पर्छ।
16:10b.DEU.016.010 तब परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति साताहरूको चाड मनाउनुपर्छ। तिमीले उपहार चढाउँन चाहेको कुनै विशेष उपहार चढाऊ। परमप्रभु तिमीहरूका परमेश्वरले कति धेरै आशीर्वाद दिनु भएको छ त्यही परिमाणले उपहार चढाऊ।
16:11b.DEU.016.011 परमप्रभुले आफ्नो नाउँमा विशेष घर रोज्नु हुनेछ र त्यही भूमिमा जाऊ। तिम्रा छोरा-छोरीहरू, कमार-कमारी तथा आफन्तहरू लिएर जाऊ अनि तिमीहरू परमप्रभु तिमीहरूको परमेश्वरको अघि आनन्द मनाऊ। तिमीहरूको शहरहरूमा भएका लेवीहरू, टुहुरा-टुहुरीहरू, विदेशीहरू र विधुवाहरूलाई पनि लैजाऊ।
16:12b.DEU.016.012 सम्झना गर मिश्र देशमा तिमीहरू पनि कमारा-कमारीहरू थियौ। यसकारण होशियारीसित विधिहरू पालन गर।
16:13b.DEU.016.013 “खलामा बाली जम्मा गरेपछि र कोलबाट दाख निकालेको सात दिन पछि तिमीहरूले छाप्रो-बासको चाड मनाउनुपर्छ।
16:14b.DEU.016.014 आफ्नो शहरमा बस्ने लेवीहरू, विदेशीहरू, टुहुरा-टुहुरीहरू र विधवाहरू लगायत आफ्ना छोरा-छोरीहरू, नोकर-चाकरहरूसँगै यो भोज मनाऊ।
16:15b.DEU.016.015 परमप्रभु तिमीहरूका परमेश्वरले रोज्नु भएको विशेष ठाउँमा यो पर्व सात दिनसम्म मनाऊ। यो तिमीहरूका परमेश्वरको सम्मानमा मनाऊ। तिमीहरू अत्यन्तै आनन्दित हुनुपर्छ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको बालीलाई र तिमीहरूले जे गर्छौ त्यसमा आशीर्वाद दिनु भएको छ।
16:16b.DEU.016.016 “परमप्रभु तिमीहरूका परमेश्वरले विशेष ठाउँ भनी रोज्नु हुने ठाउँमा वर्षमा तीन पल्ट तिमीहरूका मानिसहरू भेला हुनैपर्छ। तिनीहरू अखमिरी रोटीको चाडमा, साताहरूको चाडमा र छाप्रो-बासको चाडमा भेला हुनु पर्छ। त्यहाँ भेट गर्न आउने प्रत्येक मानिसले बलि ल्याउनु पर्छ।
16:17b.DEU.016.017 परमप्रभुले उसलाई कति धेरै आशिर्वाद दिनु भएको छ त्यो सोचेर जति दिन सएछ उसले बलि दिनुपर्छ।
16:18b.DEU.016.018 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको प्रत्येक शहरमा न्यायकर्त्ता तथा अधिकारीहरू हुने मानिसहरूलाई रोज। प्रत्येक कुल समूहले यस्तो गर्नुपर्छ। यी मानिसहरू निष्पक्ष न्याय गर्ने योग्य हुनुपर्छ।
16:19b.DEU.016.019 जब तिमीहरूले न्याय गर्दा निष्पक्ष हुनुपर्छ, पक्षपाती हुनु हुँदैन। अनि तिनीले पैसा घूसको रूपमा लिनु हुँदैन। पैसाले ज्ञानी मानिसलाई अन्धो बनाउँछ अनि ज्ञानी मानिसहरूका कुराहरू बद्ली हुन्छन्।
16:20b.DEU.016.020 उद्धारता अनि न्याय! तिमीहरूले सधैं असल अनि राम्रो हुन कोशिस गर्नु पर्छ। तब परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा अधिकार गर्ने छौ र जीउने छौ।
16:21b.DEU.016.021 “जब तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी बनाउँछौ वेदी पछिल्तिर अशेर देवीको सम्मानमा कुनै काठको खम्बा राख्नु हुँदैन।
16:22b.DEU.016.022 परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नु हुन्छ तिमीहरूले झूटा देवताहरू पूज्नुको निम्ति कुनै विशेष चोखो ढुङ्गा त्यहाँ राख्नु हुँदैन।
17
17:1b.DEU.017.001 “कुनै गोरू अथवा भेडामा केही दोष भए परमप्रभु तिमीहरूका परमेश्वरलाई चढाउनु हुँदैन। किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वरले यस्तो घृणा गर्नुहुन्छ।
17:2b.DEU.017.002 “सायद तिमीहरूले सुनेको होला परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदै गरेका शहरहरू मध्ये एउटा शहरमा केही अनिष्ट हुन्छ। सायद तिमीहरूलाई थाहा होला तिमीहरूकै समूहको कुनै पुरूष अथवा स्त्रीले परमप्रभुको विरूद्ध पाप गरेको छ। यो पनि सुनेकै होला तिनीहरूले परमप्रभुको करार भङ्ग गरेका छन्।
17:3b.DEU.017.003 तिनीहरूले अरू देवी देवताहरू पूजेका छन्। अथवा यस्तो पनि हुन सक्छ तिनीहरूले घाम, जून अथवा ताराहरूलाई पूजेका छन्। यो मैले तिमीहरूलाई बताएको परमप्रभुको आज्ञाको विरोधमा हो।
17:4b.DEU.017.004 यदि तिमीहरूले यस्तो नराम्रो समाचार सुनेका छौ, तब तिमीहरूले यसलाई होशियारसँग अवश्यै जाँच गर्नु पर्छ अनि थाहा लगाउनु पर्छ यस्तो भयंङ्कर घटना इस्राएलमा भयो वा भएन। यदि यो साँच्चो प्रमाणित हुन्छ।
17:5b.DEU.017.005 तब यस्तो अनिष्ट कार्य गर्ने मानिसलाई तिमीहरूले सजाय दिनु पर्छ। त्यस पुरूष अथवा स्त्रीलाई शहरको सार्वजनिक ठाउँको फाटकमा तिमीहरूले लानु पर्छ अनि ढुङ्गाले हानेर मार्नु पर्छ।
17:6b.DEU.017.006 तर यदि त्यसको कसूर देख्ने साक्षी एक जना मानिस मात्र भए त्यसलाई मार्नु हुँदैन, तर दुई अथवा तीन जनाले उसको कसूर सत्य भनी प्रमाण दिए त्यो मानिसलाई मार्नु नै पर्छ।
17:7b.DEU.017.007 ती साक्षीहरूले नै त्यस दोषीलाई मार्न पहिलो ढुङ्गा ले हिर्काउनु पर्छ। तब मात्र अरू मानिसहरूले त्यसलाई मार्न ढुङ्गाले हिर्काउनु पर्छ, यस प्रकार तिमीहरूले आफ्नो समूहबाट दुष्टता हटाउने छौ।
17:8b.DEU.017.008 “केही समस्याहरू हुन सक्छ जो अदालतमा निणर्य लिनु साह्रै अप्ठयारो हुन्छ। यो हत्याको विषयम हुन सक्छ, दुइजना मानिसहरू बीच विवादको विषयमा हुन सक्छ। अथवा झगडामा घाइते भएको मानिसको विषयमा हुन सक्छ। जब यी मामिलाहरू तिमीहरूको शहरहरमा सुनाइ हुन्छ, सही हो पत्तो लगाउन तिमीहरूको न्यायाधीशहरूलाई साह्रै मुश्किल हुन सक्छ। तब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले रोजेको विशेष ठाउँमा जानु पर्छ।
17:9b.DEU.017.009 तिमीहरूले पूजाहारीहरू र न्यायाधीश कहाँ, जो लेवी कुलका हुन्, समयमा जानु पर्छ। त्यसपछि ती मानिसहरूले त्यो समस्यामा कुन प्रकारले निर्णय लिनु पर्छ बताउने छन्।
17:10b.DEU.017.010 परमप्रभुको विशेष ठाउँबाट तिनीहरूले आफ्नो निर्णय बताउनेछन् र तिनीहरूको सल्लाह जस्तो हुन्छ, तिमीहरूले त्यस्तै गर्नु पर्छ।
17:11b.DEU.017.011 तिमीहरूले निर्णय स्वीकार गनु पर्छ अनि तिनीहरूको निर्देश मान्नु पर्छ। तिमीहरूले त्यसै गर्नु पर्छ जस्तो तिनीहरूले गर्नु भन्दछन्। केही परिवर्त्तन नगर।
17:12b.DEU.017.012 “यदि कुनै मानिसले न्यायकर्त्ता तथा त्यस समयमा परमप्रभु तिमीहरूका परमेश्वरको सेवा गरी रहेका पूजाहारीहरूको आज्ञा उलंङ्गन गरे तिमीहरूले त्यसलाई सजाय दिनु नै पर्छ। तिमीहरूले त्यस मानिसलाई इस्राएलबाट लखेटूनु पर्छ, त्यो मर्नु पर्छ।
17:13b.DEU.017.013 यस्तो सजाय सबै मानिसहरूले थाहा पाउने छन् डर मान्ने छन् र त्यसपछि तिनीहरूले अझै हठ गर्ने छैनन्।
17:14b.DEU.017.014 “जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा पसेर बसो-बास शुरू गर्नेछौ तब तिमीहरूले भन्ने छौ, ‘जस्तो अन्य राज्यहरूमा राजाहरू छन् त्यसरी नै यहाँ पनि हामी राजा राख्छौं।’
17:15b.DEU.017.015 जब तिमीहरूले यस्तो विचार गर्छौ, तब परमप्रभुले जसलाई राजा रोज्नुहुन्छ तिमीहरूले पनि राजा मनोनित गर्नु पर्छ। तर त्यो मानिस कुनै विदेशी नभएर तिमीहरू कै समूहबाट हुनुपर्छ।
17:16b.DEU.017.016 राजाले आफ्नो निम्ति धेरै-धेरै घोडाहरू राख्नु हुँदैन अनि उनले मानिसहरूलाई धेरै घोडाहरू लिनु मिश्र देश पठाउनु हुँदैन। किन? किनभने परमप्रभुले तिमीहरूलाई भन्नु भएको छ, ‘तिमीहरू कहिल्यै त्यो बाटो फर्केर जाने छैनौ।’
17:17b.DEU.017.017 राजाले धेरै पत्नीहरू राख्नु हुँदैन, किनभने त्यसले गर्दा उनी परमप्रभुबाटा पर सर्ने छन्। अनि राजाले धेरै सुन र चाँदी राख्नु हुँदैन।
17:18b.DEU.017.018 “अनि जब त्यस राजाले शासन गर्न शुरू गर्छ उनले लेवीहरू तथा पूजाहारीहरूकहाँ भएको पुस्तकबाट आफ्नो निम्ति व्यवस्था कानूनको प्रति तयार पारेर आफूसित राख्नु पर्छ।
17:19b.DEU.017.019 राजाले त्यो पुस्तक आफूसित राख्नुपर्छ। किन? किनभने राजाले परमप्रभु उनको परमेश्वरलाई सम्मान गर्नु पर्छ। राजाले व्यवस्थाले गरेको आज्ञा सम्पूर्ण पालन गर्नु सिक्नु पर्छ।
17:20b.DEU.017.020 तब राजाले सोच्ने छैन उनी आफ्ना मानिसहरूबाट कसैको तुलनामा असल छ अनि उनी नियम भन्दा टाढा जाने छैनन् तर यसलाई सही रूपमा अनुसरण गर्ने छन् तिनीहरु इस्राएलमा धेरै समयसम्म शानस गर्नेछन्।
18
18:1b.DEU.018.001 “लेवी कुलका मानिसहरूले इस्राएल भूमिको कुनै अंश पाउने छैनन्। तिनीहरू पूजाहारीको रूपमा सेवा गर्नेछन्। तिनीहरूले खाली आगोमा पकाएर परमप्रभुलाई चढाएको बलि खान पाउने छन अनि त्यही खानेकुरा मात्र लेवी कुलका मानिसहरूको अंश हुनेछ।
18:2b.DEU.018.002 परमप्रभुले भन्नु भए झैं लेवीहरूको अंश परमप्रभु मात्र हुनुहुन्छ तर ती लेवीहरूले इस्राएलको भूमिको अंश पाउने छैनन्।
18:3b.DEU.018.003 “जब तिमीहरू गाई अथवा भेडाको बलि चढाउँछौ, तिमीहरूले पूजाहारीहरूलाई गाई अथवा भेडाको फिला बंङ्गाराहरू दुवै भाग र भुँडीहरू दिनु पर्छ!
18:4b.DEU.018.004 तिनीहरूले पूजाहारीलाई आफ्नो बालीबाट पहिलो भाग दिनु पर्छ। पूजाहारीलाई आफ्नो बालीको प्रथम अन्न, नयाँ दाखरस अनि तेल दिनु पर्छ। लेवीहरूलाई भेडाको पहिले काटेको ऊन पनि दिनु पर्छ।
18:5b.DEU.018.005 किन? किनभने परमेश्वरले तिमीहरूका सबै समूहलाई नियालेर लेवीहरू र तिनीहरूको सन्तानहरूलाई पूजाहारी भई सेवा गर्न सधैंका लागि रोज्नु भयो।
18:6b.DEU.018.006 “प्रत्येक लेवी मानिसको मन्दिरमा काम गर्ने विशेष समय छ। तर यदि कुनै लेवी मानिसले अझ अरू धेरै समय सेवामा लगाउनु इच्छा गर्छ भने कुनै पनि समयमा उसले त्यसो गर्न सक्छ। इस्राएलको कुनै पनि शहरमा बस्ने कुनै पनि लेवी मानिसहरू आफ्नो घर छोडेर परमप्रभुले रोज्नु भएको विशेष ठाउँमा आउनु सएछ अनि उसले यस्तो कुनै पनि समयमा गर्न सएछ।
18:7b.DEU.018.007 परमप्रभु सम्मुख सेवा गरिरहेका आफ्ना दाज्यू-भाइले पूजाहारी जस्तै परमप्रभु आफ्ना परमेश्वरको नाउँमा त्यो लेवी मानिसले पनि परमप्रभुको सेवा गर्न सएछ।
18:8b.DEU.018.008 अनि उसको परिवारले स्वाभाविक हिसाबले पाइरहेको अंशमाथि थप अंश अरू पूजाहारीहरूको बराबर उसले पनि पाउँछ।
18:9b.DEU.018.009 “जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा आउँनेछौ त्यहाँ अरू राष्ट्रका मानिसहरूले गरे जस्तै भयंङ्कर कामहरू गर्न नसिक।
18:10b.DEU.018.010 आफ्नो नानीहरूलाई वेदीको आगोमा बलि नदेऊ। भविष्यमा के हुन्छ जान्नका लागि कुनै अगमवक्ता, जादूगर, झाँक्री अथवा तान्त्रिककहाँ नजाऊ।
18:11b.DEU.018.011 कुनै मानिसहरूलाई कसैमाथि टुनामुना गर्न नदेऊ। तिम्रा आफन्तहरू मध्ये कसैलाई झाँक्री तथा जादूगर हुन नदेऊ। मृत मानिससित बात गर्नु कसैले पनि चेष्टा नगरोस्।
18:12b.DEU.018.012 परमप्रभु तिमीहरूका परमेश्वरले त्यस्ता काम गर्ने मानिसहरूलाई घृणा गर्नुहुन्छ, त्यसकारण उहाँले ती जातिहरूलाई त्यो देशबाट तिमीहरूको निम्ति जोर दिएर निकाल्नु हुदैछ।
18:13b.DEU.018.013 तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरप्रति विश्वास योग्य हुनुपर्छ।
18:14b.DEU.018.014 “तिमीहरूले अरू राष्ट्रका मानिसहरूलाई जसले जादूद्वारा आफ्नो भविष्य बताउन लगाउँछन् जबरदस्ती निकाल्नु पर्छ। तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई यस्तो गर्नु दिनु हुने छैन।
18:15b.DEU.018.015 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू कहाँ तिमीहरू माझबाट एक जनालाई अगमवक्ता बनाएर पठाउनु हुनेछ र ऊ म जस्तै हुनेछ अनि तिमीहरूले उसको कुरा सुन्नु पर्छ।
18:16b.DEU.018.016 परमेश्वरले यस्तो अगमवक्तालाई तिमीहरूकहाँ पठाउँदै हुनु हुन्छ किनभने तिमीहरूले उहाँलाई त्यस्तो मानिसहरूकालागि विन्ती गर्यौ। जब तिमीहरू होरेब पर्वत (सिनै) माथि परमेश्वरको आवाज सुनेर र हेरोब पर्वतमाथि आगो देखेर भेला भएका थियौ तिमीहरू डराएका थियौ। यसकारण तिमीहरूले भनेका थियौ, ‘फेरि परमप्रभु हाम्रा परमेश्वरको आवाज हामीले सुन्नु पाउँदैनौं। फेरि त्यो ठूलो आगो देख्नु सक्दैनौं, नत्र हामी मर्नेछौं।’
18:17b.DEU.018.017 “परमप्रभुले मलाई भन्नुभयो, ‘तिमीहरूले मलाई जे सोध्यौ, राम्रो हो।
18:18b.DEU.018.018 म तिमीहरूका लागि तिमीहरू जस्तै एकजना अगमवक्ता पठाउँनेछु अनि त्यो अगमवक्ता तिनीहरूमाझ एकजना मानिस हुनेछ। उसले मानिसहरूलाई के भन्नु पर्छ त्यो म बताउनेछु र उसले मानिसहरूलाई मेरा प्रत्येक आदेश बताउनु पर्छ।
18:19b.DEU.018.019 त्यो अगमवक्ताले मेरो निम्ति बोल्नेछ अनि जब उसले भनेको कुरो अथवा मेरो आज्ञा कसैले उल्ङ्घन गरे उसले सजाय पाउँनेछ।’
18:20b.DEU.018.020 “तर अगमवक्ताले केही कुरा भन्न सक्छ, जुन चाही मैले तिमीहरूलाई भनेको थिइनँ, अनि उसले मानिसहरूलाई भन्न सक्छ मेरो निम्ति बोल्दैछ। यदि यस्तो हुन्छ भने त्यो अगमवक्तालाई अवश्य मार्नु पर्छ। अन्य देवी-देवताहरूको निम्ति बोल्ने अगमवक्ताहरू पनि आउन सएछ। त्यस्ता अगमवक्तालाई पनि मार्नु पर्छ।
18:21b.DEU.018.021 तिमीहरूले सोचिरहेका होला, ‘अगमवक्ताले जे भन्छ त्यो परमेश्वरबाट होइन भनी कसरी जान्नु?’
18:22b.DEU.018.022 यदि कुनै अगमवक्ताले केही बताउँछ ऊ परमेश्वरको निम्ति बोल्दैछ तर त्यो जब पूरा हुँदैन तब तिमीहरूले जान्नेछौ त्यो कुरो परमप्रभुले भन्नु भएको होइन। तिमीहरूले थाहा पाउँनेछौ त्यो अगमवक्ताले आफ्नै विचार बताउँदैछ। ऊसित तिमीहरू डराउनु पर्दैन। सुरक्षाका शहरहरू
19
19:1b.DEU.019.001 “अरू जातिका मानिसहरूको भूमि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदैछ। परमप्रभुले ती जातिहरूलाई ध्वंश पार्नु हुनेछ। जहाँ ती मानिसहरू बस्थे त्यही तिमीहरू बस्नेछौ। तिमीहरूले तिनीहरूको शहरहरू र घरहरू लिने छौ। जब यस्तो हुन्छ।
19:2b.DEU.019.002 तिमीहरूले भूमिलाई तीन भागमा बाँड्नु पर्छ।
19:3b.DEU.019.003 तब प्रत्येक भागमा तिमीहरूले नजिकै भएको एउटा शहर रोज्नु पर्छ। अनि तिनीहरूले ती शहरहरूमा पुग्ने मार्गहरू निर्माण गर्नुपर्छ। तब कुनै मानिस जसले अर्कोको हत्या गर्छ, त्यो भागेर सुरक्षाको निम्ति त्यस शहरमा पुग्न सकोस्।
19:4b.DEU.019.004 “यदि कसैले मानिसको हत्या गर्छ ती शहरहरूमा सुरक्षाको लागि भागेर जानेछ, यो नियम त्यस मानिसहरूका लागि हुनेछ हत्यारा त्यो मानिस हुनुपर्छ जसले अर्को मानिसहरूलाई अचानक मार्छ अनि त्यो मानिस हत्यारा हुन्छ। जसले हत्या गरेको मानिसलाई घृणा गरेको थिएन।
19:5b.DEU.019.005 यहाँ एउटा उदाहरण छ एकजना मानिस आफ्नो साथीलाई लिएर दाउरा लिन वनमा जान्छ। मानिस रूख काट्न बञ्चरो उठाउँछ तर बञ्चरो बिंडबाट छुट्टिन्छ र अर्को मानिसलाई लाग्छ र उसलाई मार्छ। बञ्चरो चलाउने मानिस तीनवटामध्ये कुनै एउटा शहरमा आफ्नो सुरक्षाको निम्ति भागेर जान सएछ।
19:6b.DEU.019.006 तर यदि शहरहरू निकै टाढा छन् भाग्दै गरेको मानिस त्यहाँ पुग्नु सएदैन अनि पक्राउ पर्छ र हत्या भएको मानिसका रिसाएका आफन्तद्वारा ऊ मारिन सएछ। तर त्यो मानिस मृत्यु पाउने योग्य थिएन किनभने उसले मानिसको हत्या घृणा अथवा रीसले गरेको थिएन।
19:7b.DEU.019.007 शहरहरू चाँहि प्रत्येकको निम्ति नजिकै हुनुपर्छ, यसैकारण म तिमीहरूलाई तीनवटा विशेष शहरहरू छान्ने आज्ञा दिन्छु।
19:8b.DEU.019.008 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका पिता-पुर्खाहरूलाई त्यो भूमि बढाउने प्रतिज्ञा गर्नु भएको थियो। उहाँले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा गर्नु भएको भूमि तिमीहरूलाई दिनुहुन्छ।
19:9b.DEU.019.009 यदि तिमीहरूले उहाँका आज्ञाहरू, जो तिमीहरूलाई म आज बताउँदैछु, सबै पालन गर्छौ, अनि यदि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरसित प्रेम गर्छौ उहाँले भने अनुसार जीवन निर्वाह गर्छौ, उहाँले यसो गर्नु हुनेछ। तब परमप्रभुले तिमीहरूको भूमि विस्तृत पार्नु हुँनेछ, तिमीहरूले सुरक्षाको निम्ति अझै तीनवटा शहरहरू छान्नु पर्छ। यी तीनवटा शहरहरूअघि छानिएका तीनवटासित थपिएका हुनुपर्छ।
19:10b.DEU.019.010 तब परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिंदै गर्नु भएको भूमिमा निर्दोष मानिसहरू मारिने छैनन्। अनि कुनै मृत्युमा तिमीहरू दोषी बनिनु पर्ने छैन।
19:11b.DEU.019.011 “तर एकजना मानिसहले कुनै अर्को मानिसलाई घृणा गर्न सएछ। त्यस मानिसले घृणा गरेको मानिसलाई पर्खेर मार्न लुएन सएछ, उसले त्यस मानिसलाई मार्न सएछ अनि सुरक्षाका शहरमध्ये एउटामा भागेर जान सएछ।
19:12b.DEU.019.012 यदि यस्तो हुन्छ हत्याराको शहरका बूढा-प्रधानहरू उसलाई सुरक्षाको शहर बाहिर ल्याउन कसैलाई पठाउन सएछन्। ती अगुवाहरूले त्यो मानिसका आफन्तलाई दिनुपर्छ। र त्यसलाई मार्नुपर्छ।
19:13b.DEU.019.013 तिमीहरूले त्यसलाई सहानुभूति देखाउनु हुँदैन किनभने त्यो निर्दोष मानिसको हत्यारा हो। तिमीहरूले इस्राएलबाट त्यस्तो दोष बाहिर निकाल्नु पर्छ, तब मात्र तिमीहरूको निम्ति प्रत्येक चीज असल हुनेछ। सम्पत्तिको साँध-सीमाना
19:14b.DEU.019.014 “तिमीहरूले आफ्ना छिमेकीको सम्पत्तिको साँध-सीमाना छुट्टाउने ढुङ्गाहरू हटाउनु हुँदैन। उहिले मानिसहरूले सीमाना छुट्टाउन त्यसरी ढुङ्गाहरू लगाउँथे। ती ढुङ्गाहरूले परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा सीमाना छुट्टाउँछन्।
19:15b.DEU.019.015 “यदि कुनै मानिस व्यवस्था विरोधी कार्य गरेकोमा दोषी भए उसको दोष प्रमाण गर्न एक जना गवाही पर्याप्त हुँदैन। त्यस मानिसले साँच्चै दोष गरेको प्रमाणित गर्न दुई अथवा तीनजना गवाहीहरू चाहिन्छन्।
19:16b.DEU.019.016 “कसैलाई चोट पुर्याउने अभिप्रायले एक जना मानिस झूठो साक्षी दिनु अघि आउनु सएछ।
19:17b.DEU.019.017 यदि यस्तो भएका खण्डमा ती दुवै मानिस परमप्रभुको विशेष मन्दिरमा पूजाहारीहरू र न्यायकर्त्ताहरू जो त्यस समयमा कार्यमा छन्, तिनीहरूको अघि गई न्याय पाउन सएछन्।
19:18b.DEU.019.018 न्यायकर्त्ताहरूले सावधानीसँग झगडामा कसको कसूर छ गहिरिएर खोज्नु पर्छ र तिनीहरूले पत्तो लगाउन सएछन कतै गवाहीले झूटो बोलेको हो कि? यदि गवाही झूटो बोलेको पाए,
19:19b.DEU.019.019 तिमीहरूले त्यसलाई सजाय दिनु नै पर्छ। त्यस गवाहीलाई त्यही सजाय दिनु पर्छ जुन सजाय उसले अर्को मानिसलाई दिन चाहन्थ्यो। यस प्रकारले तिमीहरूले आफ्ना समूहबाट दुष्टता हटाउँनेछौ।
19:20b.DEU.019.020 अरू मानिसहरूले पनि त्यस मानिसले पनि त्यस मानिसले गरेको दुष्कर्मको प्रतिफल थाहा पाउँछन् र फेरि त्यस्तो दुष्कर्म गर्ने साहस गर्दैनन्।
19:21b.DEU.019.021 “तिमीहरूले त्यस मानिसप्रति सहानुभूति देखाउनु हुँदैन जसले अपराध गरेको हुन्छ जति बेला उसलाई सजाय दिइन्छ। यदि कसैको ज्यान लिन्छ भने उसको जीवन पनि शेष पार्नुपर्छ। नियम छ आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात र खुट्टाको सट्टा खुट्टा हुनेछ।
20
20:1b.DEU.020.001 “जब तिमीहरू आफ्नो शत्रुसँग लडाइँ गर्न निस्कन्छौ शत्रु पक्षमा धेरै घोडा, रथ र सैन्य देखेर नडराऊ। किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित हुनुहुन्छ जसले तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनु भयो।
20:2b.DEU.020.002 “जब तिमीहरू युद्ध गर्न जान्छौ पूजाहारी गएर सैन्यहरूसित भन्नुपर्छ।
20:3b.DEU.020.003 पूजाहारीले भन्नुपर्छ, ‘हे इस्राएलका मानिसहरू हो! म जे भन्छु सुन। आज तिमीहरू आफ्नो शत्रुहरूसँग लडाइँ गर्न जाँदैछौ। मन दुर्बल नपार, चिन्ता नगर, नडराऊ।
20:4b.DEU.020.004 किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित जानुहुँनेछ। उहाँले तिमीहरूलाई शत्रुहरूसित लडाइँ गर्नु सहायता गर्नु हुनेछ। तिमीहरूलाई विजय गराउनु सहायता गर्नु हुनेछ।’
20:5b.DEU.020.005 “लेवी अगुवाहरूले, सिपाहीहरूलाई भन्नेछन्, ‘यहाँ कोही यस्तो मानिस छ जसले नयाँ घर त बनायो तर उसले अझै अर्पणसम्म गरेको छैन? त्यो मानिस लडाइँमा मारिन सएछ, यसकारण त्यो मानिस फर्केर घर जाओस्। नत्र त्यो मानिस मर्यो भने अर्को मानिसले त्यो घर अर्पण गर्न सएछ।
20:6b.DEU.020.006 के यहाँ त्यस्तो कोही मानिस छ जसले दाखको खेती लगाएको छ तर दाख टिपेर बटुल्न पाएको छैन। यदि यहाँ त्यस्तो कोही मानिस भए त्यो घर फर्केर जाओस्, नत्र यो मानिस लडाइँमा मरे उसको खेतमा फलेको दाख अर्को मानिसले भोग गर्नेछ।
20:7b.DEU.020.007 यहाँ कोही यस्तो मानिस छ जसको विवाह ठीक गरिएको थियो तर विवाह भएको छैन। यदि कोही त्यस्तो मानिस यहाँ भए घर फर्केर जाओस नत्र त्यो मानिस लडाइँमा मरेको खण्ड त्योसित विवाह गर्न ठीक गरिएकी स्त्रीको अर्को मानिससित बिवाह हुनेछ।’
20:8b.DEU.020.008 “ती लेवी अगुवाहरूले सिपाहीहरूलाई भन्नुपर्छ, ‘यहाँ कोही यस्तो मानिस छ, जसले आफ्नो साहस हराएर डराइरहेछ? त्यो मानिस घर फर्केर जाओस्। त्यसो गरे उसले अरू सिपाहीहरूको साहस हराउने थिएन।’
20:9b.DEU.020.009 तब अगुवाहरूले सिपाहीहरूलाई त्यति भनी सकेपछि सिपाहीहरूलाई मार्गदर्शन गर्न कप्तानहरू रोज्नु पर्छ।’
20:10b.DEU.020.010 “जब तिमीहरू शहर आक्रमण गर्न जान्छौ, त्यस समय तिमीहरूले मानिसहरूसँग शान्तिको प्रस्ताव राख्नु पर्छ।
20:11b.DEU.020.011 यदि ती मानिसहरूले शान्तिको प्रस्ताव स्वीकार गरेर मूल ढोकाहरू खोलीदिए तिनीहरू कमाराहरू हुनेछन् र आफ्नो काममा लाग्ने छन्।
20:12b.DEU.020.012 तर यदि तिनीहरूले शान्ति प्रस्ताव अस्वीकार गर्छन र लडाइँ गर्न तैयार हुन्छन् भने तिमीहरूले शहरलाई घेर्नु पर्छ।
20:13b.DEU.020.013 अनि जब परमप्रभु तिमीहरूका परमेश्वरले त्यो शहर तिमीहरूलाई दिनु हुनेछ, त्यहाँ भएका सबै मानिसहरूलाई तरवारले काटेर मार्नु पर्छ।
20:14b.DEU.020.014 तर त्यस शहरमा भएका अरू स्त्री, नानीहरू, गाई अनि अन्य प्रत्येक चीज तिमीहरू लान सएछौ। परमप्रभु तिमीहरूका परमेश्वरले यी सब वस्तुहरू तिमीहरूलाई दिनु भएको हो र तिमीहरू उपयोग गर्न सएछौ।
20:15b.DEU.020.015 तिमीहरूले सबै शहरहरूसित त्यस्तै ढंङ्गले व्यवहार गर्नु पर्छ जो त्यहाँ छैनन् जहाँ तिमीहरू बस्छौ ती शहरहरू त्यो तिमीहरूदेखि टाडामा छन्।
20:16b.DEU.020.016 “जब तिमीहरू ती शहरहरू जोड्छौ जो परमप्रभुद्वारा दिइने भूमिमा छन्, तिमीहरूले जितेका शहरहरूमा बस्ने प्रत्येकलाई मार्नु पर्छ।
20:17b.DEU.020.017 तर परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको आज्ञा अनुसार हित्ती, एमोरी, कनानी, परिज्जी, र हिब्बी र यबूसीहरू सबैलाई एकदमै नष्ट पार्नु पर्छ।
20:18b.DEU.020.018 त्यसो गरे परमप्रभु तिमीहरूका परमेश्वर विरोधी तिनीहरूले तिमीहरूलाई पाप काम गराउनमा असमर्थ हुनेछन्। तिनीहरूले आफ्नो देवताको पूजा गर्दा गरिने भयंङ्कर कार्यहरू तिमीहरूलाई सिकाउने मौका पाउँदैनन्।
20:19b.DEU.020.019 “जब तिमीहरू कुनै शहरको विरोधमा लडाइँ गर्छौ, तिमी त्यस शहरलाई धेरै समयसम्म घेर्न सएछौ। त्यस समयमा शहर वरिपरि भएका रूखहरूबाट फल खान सएछौ। तर रूखहरू काटेर ढाल्नु हुँदैन। यी रूखहरू तिमीहरूका शत्रु होइनन्, यसकारण तिनीहरूसित लडाइँ नगर।
20:20b.DEU.020.020 तर तिमीहरू ती रूखहरू काटून सएछौ यदि तिमी जान्दछौ तिनीहरूमा फल लाग्दैन। तिमीहरूले तिनीहरूलाई त्यस शहरको विरूद्ध लडाई गर्ने हतियारको रूपमा प्रयोग गर्न सएछौ। तिमीहरू जबसम्म प्रयोग गर्न सएछौ तबसम्म शहर परास्त हुदैन।
21
21:1b.DEU.021.001 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको भूमिमा यदि तिमीहरूले कुनै हत्या गरिएको लाशलाई खेतमा लडिरहेको पाए र कसले हत्या गरेको पत्तो लगाउन नसकिए।
21:2b.DEU.021.002 तब तिमीहरूका बूढा-प्रधान तथा न्यायाकर्त्ताहरू अघि आएर हत्या भएको जग्गा शहर देखि कति टाढामा छ त्यो पत्तो लगाउनु पर्छ।
21:3b.DEU.021.003 जब तिमीहरूले जान्ने छौ कुन चाही शहर मृत्यु मानिसको नजिकै छ, शहरका बूढा-प्रधानले तिनीहरूको बथानबाट एउटा गाई लानु पर्छ यो गाई कहिल्यै बच्चा नभएको हुनुपर्छ अनि यो गाई कहिले काममा प्रयोग नगरेको हुनुपर्छ।
21:4b.DEU.021.004 शहरका बूढा-प्रधानहरूले कुनै कहिल्यै हलो नलगाएको र बीऊ नछरेको अथवा केही नरोपेको पानी बगिरहेको बेंसी नजिक लगेर त्यस कोरली गाईको घाँटी निमोठ्नु पर्छ।
21:5b.DEU.021.005 पूजाहारीहरू, लेवीका सन्तान पनि त्यहाँ जानु पर्छ। (परमप्रभु तिमीहरूका परमेश्वरले यी पूजाहारीहरूलाई उहाँको सेवा तथा मानिसहरूलाई उहाँको नाउँमा आशीर्वाद दिनु रोज्नु भएकोछ। जहाँ एक जना मानिसलाई केही चोट लागेको छ प्रत्येक तर्क गरेर को सही छ त्यो निर्णय गर्नेछन्।)
21:6b.DEU.021.006 मृत शरीरको नजिकै भएको शहरका बूढा-प्रधानहरूले घाँटी निमोठिएको गाईमाथि हात धुनु पर्छ।
21:7b.DEU.021.007 यी बूढा-प्रधानहरूले भन्नुपर्छ, ‘हामीले यस मानिसलाई मारेनौं अनि यो घट्ना पनि देखेनौं।
21:8b.DEU.021.008 हे परमप्रभु! तपाईंले इस्राएललाई बचाउनु भयो। हामी तपाईंका मानिसहरू हौ, अब हामीलाई शुद्ध पार्नुहोस्। यो निर्दोष मानिसलाई मारेकोमा हामीमाथि दोष नलागोस्।’ यस प्रकारले त्यस निर्दोष मानिसको हत्या गरेको निम्ति ती मानिसहरू निर्दोष साबित हुनेछन्।
21:9b.DEU.021.009 यसरी तिमीहरूले सही कार्य गर्नेछौ अनि आफ्नो समूहबाट दोष हटाउनेछौ।
21:10b.DEU.021.010 “तिमीहरूले आफ्नो शत्रुहरू विरूद्ध लडाइँ लड्नेछौ तथा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई विजयी तुल्याउनु हुनेछ। तिमीहरूले शत्रुहरूलाई पक्रेर कैदी झैं लिएर आउनेछौ।
21:11b.DEU.021.011 ती कैदीहरू मध्ये कुनै एउटा सुन्दरी स्त्रीलाई देख्ने छौ जसलाई तिमीहरू विवाह गर्नु चाहन्छौ।
21:12b.DEU.021.012 तब तिमीले उसलाई आफ्नो घरमा ल्याउनु पर्छ अनि उसले आफ्नो केश अनि नङ्ग काट्नु पर्छ।
21:13b.DEU.021.013 “उसले आफ्नो लुगा खोल्नु पर्छ जसले संकेत दिन्छ तिनी लडाइँमा बन्दी भएकी थिइन् अनि आफ्नो माता-पिताबाट छुट्टिएको एक महीना सम्म स्त्री तिम्रो घरमा बसेर विलाप गरोस् त्यसपछि तिमी त्यस महिलाकहाँ गएर उसको पति बनिन सएछौ अनि तिनी तिम्री पत्नी हुन सएछिन्।
21:14b.DEU.021.014 यदि तिनलाई मन पराएनौ भने पारपाचुके गरिदेऊ उसलाई मुक्त गरि देऊ तर बेच्न भने सक्तैनौ। कमारीलाई झैं ब्याबहार गर्न पाउँदैनौ किनभने तिमीले त्यो स्त्रीसँग सहवास गरेका थियौ। जेठो छोरो
21:15b.DEU.021.015 “कुनै मानिसको दुई जना पत्नी हुन सएछन् र उसले एउटीलाई वेशी र अर्कीलाई कम्ती प्रेम गर्न सएछ। दुवै पत्नीहरूले उसका नानीहरू जन्माएको हुन सक्छन्। अनि जेठो छोरा सब भन्दा कम्ती प्रेम गरेको पत्नीबाट जन्मिएको हुन सएछ।
21:16b.DEU.021.016 जब उसले आफ्नो सम्पत्ति ती नानीहरू मध्ये बाँड्छ उसले प्रेम गरेकी पत्नीको नानीलाई जेठो नानीको अंश दिन सक्तैन।
21:17b.DEU.021.017 उसले आफूले प्रेम नगरेकी पत्नीबाट जन्मिएको जेठो नानीलाई स्वीकार गर्नै पर्छ र त्यो नानीले दुई गुणा अंश पाउनै पर्छ। किन? किनभने त्यो नानी पहिलो नानी हो र जेठो छोराको अधिकार उसकै हुन्छ।
21:18b.DEU.021.018 “कसैको छोरा माता-पिताको आज्ञा पालन नगर्ने अट्टेरी हुन सएछ। माता-पिताले छोरालाई दण्ड दिन्छन् तर त्यो छोरा आफ्नो माता-पितलाई नटेर्ने नै हुन्छ।
21:19b.DEU.021.019 तब माता-पिताले उसलाई शहरको सभा घरमा बूढा-प्रधानहरूको अघि लैजानु पर्छ।
21:20b.DEU.021.020 माता-पिताले शहरका बूढा-प्रधानहरूलाई भन्नु पर्छः ‘हाम्रो छोरा अट्टेरी छ र हाम्रो कुरा मान्दैन। जब हामी उसलाई केही काम गर्न अह्राउँछौ ऊ मान्दैन। उसले धेरै खान्छ र पिउँछ।’
21:21b.DEU.021.021 तब शहरका सबै मानिसहरूले उसलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ। यसरी, तिमीहरूले यस दुष्टलाई तिमीहरूको बीचबाट हटाउने छौ। इस्राएलका सबै मानिसहरूले यस्तो खबर थाहा पाउने छन् र डराउने छन्।
21:22b.DEU.021.022 “कुनै एकजना मानिस पापको दोषी हुन सएछ र त्यसलाई मृत्यु दण्ड दिन सकिन्छ। मानिसहरूले त्यसलाई मारेर एउटा रूखमा उसको शरीर झुण्डाउन सएछन्।
21:23b.DEU.021.023 त्यो लाश तिमीहरूले रातभरि रूखमा झुण्ड्याउनु हुँदैन, त्यस लाशलाई त्यही दिन गाडनु पर्छ। किन? किनभने त्यो मानिस जसलाई रूखमा झुण्डाइन्छ परमेश्वरले सराप दिनु भएको छ। परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिलाई तिमीहरूले नष्ट पार्नु हुँदैन।
22
22:1b.DEU.022.001 “यदि तिमीले आफ्नो छिमेकीको गाई अथवा भेडा फुस्किएको देख्यौ भने आफूले नदेखे झैं गर्नु हुँदैन। त्यस पशुलाई त्यसको मालिकको जिम्मा दिनु पर्छ।
22:2b.DEU.022.002 यदि त्यस पशुको मालिक टाढाको मानिस भए अथवा त्यो पशु कसको हो तिमीले जान्न नसकेसम्म त्यसलाई तिम्रो घरमा ल्याएर राख्नु पर्छ। त्यसलाई त्यसको मालिक खोज्दै नआउञ्जेलसम्म राख्न सएछौ। त्यसको मालिक आएपछि त्यो पशु जिम्मा लगाउनु पर्छ।
22:3b.DEU.022.003 यदि तिमीले छिमेकीको गधा, लुगा-फाटा अथवा कुनै पनि चीज पाउँदा यस्तै गरेर आफ्नो छिमेकीको सहायता गर्नु पर्छ।
22:4b.DEU.022.004 “यदि छिमेकीको गधा अथवा गाई बाटोमा लडेको देख्यौ भने तिमीले थाहा नपाए झैं गर्नु हुँदैन। त्यसलाई उठाउनको निम्ति छिमेकीलाई सहायता गर्नु पर्छ।
22:5b.DEU.022.005 “कुनै स्त्रीले पुरूषको लुगाहरू लाउनु हुँदैन अनि पुरूषले पनि स्त्रीको लुगाहरू लाउनु हुँदैन। परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति त्यो अत्यन्तै घृणित हो।
22:6b.DEU.022.006 “तिमी बाटोमा हिडिरहेको समयमा रूखमाथि अथवा बाटोको किनारमा चराको माऊ आफ्नो गुँडमा बच्चाहरू लिएर अथवा अण्डामाथि ओथारा बसिरहेको पाउन सएछौ। तब तिमीले त्यो माऊ चरालाई आफ्नो बच्चाहरूसितै लैजान हुँदैन।
22:7b.DEU.022.007 आफ्नो निम्ति तिमीले चराको बच्चाहरू लैजान सक्छौं तर माऊलाई छोडी दिनु पर्छ। यदि यो नियम पालन गर्यौ भने तिमी खुशी साथ धेरै दिनसम्म बाँच्न सएछौ।
22:8b.DEU.022.008 “जब घर बनाउँछौ छाना वरिपरि देवल लगाउनु पर्छ। यसो गर्यौ भने यदि कोही मानिस छानाबाट लोट्यो भने त्यसको निम्ति तिमी दोषी बनिनु पर्दैन।
22:9b.DEU.022.009 “तिमीहरूले आफ्नो दाखबारीमा अन्नको बीऊ छर्नु हुँदैन। किन? किनभने ती दुवै व्यर्थ हुन्छन् अनि तिमीले लगाएको बीऊबाट अन्न अथवा दाख केही पनि पाउनु सक्तैनौ।
22:10b.DEU.022.010 “गाई र गधा नारेर सँगै जोत्नु हुँदैन।
22:11b.DEU.022.011 “तिमीहरूले ऊनी र सूतीबाट बनाइएका लुगा लाउनु हुँदैन।
22:12b.DEU.022.012 “तिमीले धेरै धागाहरूका टुक्रा सँगै बाँधेर फुर्का बनाउनु पर्छ अनि ती फुर्काहरू आफ्नो लुगाको चार कुनामा बाँध्नु पर्छ।
22:13b.DEU.022.013 “एक जना मानिसले एउटी स्त्रीसित विवाह गरी सहवास गर्छ। फेरि उसले त्यस स्त्रीलाई मन नपराउन सएछ।
22:14b.DEU.022.014 मानिसले झूटो बोल्नु सएछ, ‘मैले यस स्त्रीसित विवाह गरें तर जब हामीले सहवास गर्यौ मैले थाहा पाएँ तिनी कन्या थिइनन्।’ यस्तो कुरा सुनेर मानिसहरू त्यस स्त्रीको विषयमा नराम्रो सोच्न सएछन्।
22:15b.DEU.022.015 यदि यस्तो भएको खण्डमा त्यस केटीको आमा-बाबुले शहरको सभाघरमा बूढा-प्रधानहरूको सामुन्ने त्यस केटीको विवाह अघि कसैसित सहवास नभएको प्रमाण दिन सक्नु पर्छ।
22:16b.DEU.022.016 त्यस केटीका मातापिताले बूढा-प्रधानहरूलाई भन्नुपर्छ, मैले यस मानिससित मेरी छोरीको विवाह गरिदिएँ तर अहिले उसले तिनलाई मन पराउँदैन।
22:17b.DEU.022.017 यस मानिसले मेरी छोरीको बारेमा झूटो कुरो गरेको छ। उसले भन्यो, ‘मैले प्रमाण पाएको छैन, तिम्री छोरी कन्या छिन्। तर यहाँ प्रमाण छ मेरी छोरी कन्या छे।”‘ अनि तिनीहरूले बूढा-प्रधानहरूलाई लुगा देखाउनु पर्छ।
22:18b.DEU.022.018 तब शहरका बूढा-प्रधानहरूले त्यस मानिसलाई बोलाउनु पर्छ अनि सजाय दिनु पर्छ।
22:19b.DEU.022.019 तिनीहरूले त्यस मानिसलाई चाँदीका चालीस सिएका जरिमाना गर्नु पर्छ। इस्राएली स्त्रीको पतिले उसमाथि लाजमर्दो आरोप लगाएकोले बूढा-प्रधानहरूले त्यो जरिमानाको रकम केटीको बुबालाई दिनु पर्छ अनि त्यो कन्या त्यही मानिसको पत्नी भएर बस्नु पर्छ। उसले छुटानाम गर्न पाउदैन।
22:20b.DEU.022.020 “तर यस्तो पनि हुनु सक्छ त्यो पतिले आफ्नी पत्नीमाथि लगाएको आरोप सत्य प्रमाण हुनु सएछ। पत्नीको आमा-बुबा त्यस केटीको विवाह पूर्व कसैसित सहवास नभएको प्रमाण दिनु नसकलान्। यदि यस्तो भयो भने,
22:21b.DEU.022.021 शहरका बूढा-प्रधानहरूले तिनलाई उसको पिताको घरको ढोकामा ल्याउनु पर्छ अनि शहरका मानिसहरूले उसलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ। किन? किनभने उसले इस्राएलमा लाजमर्दो काम गरी। उसले आफ्ना पिताको घरमा वेश्या जस्तै काम गरी, यसकारण तिमीहरूले यस्तो दुष्टता तिमीहरूका मानिसहरूबाट अवश्यै निकाल्नु पर्छ।
22:22b.DEU.022.022 “यदि कुनै मानिसले अर्काकी पत्नीसित सहवास गर्दै गरेको फेला पारे त्यस क्रियामा लागेका पुरूष र स्त्री दुवैलाई मार्नु पर्छ, यसरी इस्राएलबाट अनैतिकता हटाउनु पर्छ।
22:23b.DEU.022.023 “यदि कुनै मानिसलाई शहरभित्र मगनी गरेकी स्त्रीसित लैंगिक कर्म गरेको पाइन्छ,
22:24b.DEU.022.024 तिनीहरू दुवैलाई शहरको फाटकमा जनसमूह बीच ल्याएर ढुङ्गाले हिर्काएर मार्नु पर्छ। त्यस मानिसलाई मार्नु पर्छ कारण उसले अर्काकी पत्नीसित बलात्कारको अपराध गर्यो अनि त्यस स्त्रीलाई मार्नु पर्छ किनभने उसले आफ्नो नैतिकता बचाउन निम्ति शहरका मानिसहरूबाट सहायता लिइन। र यस्तो दुष्ट कर्यलाई तिमीहरूका मानिसहरूबाट हटाउनु पर्छ।
22:25b.DEU.022.025 “तर यदि कुनै विवाह ठीक भइ सकेकी केटीलाई कसैले खेतमा एकलै भेटेर जबरदस्ती बलात्कार गर्छ भने त्यो पुरूषलाई मात्र मार्नु पर्छ।
22:26b.DEU.022.026 तिमीले त्यस केटीसँग केही गर्नु हुँदैन। यो घटना यस्तो हो कसैले आफ्नो छिमेकीलाई आक्रमण गरेर मार्छ किनभने त्यो केटी एकली थिई अनि उसले गरेको गुहार कसैले सुनेन्। यसकारण केटीले सजाय पाउने योग्य दोष गरेकी छैन।
22:27b.DEU.022.027 त्यस मानिसले त्यस विवाह ठीक भइसकेकी केटीलाई खेतमा एकलै पाउँछ र बलात्कार गर्छ। त्यस केटीले आफ्नो सुरक्षीको निम्ति कराएकी हुन सकछ तर त्यहाँ उसलाई सहायता गर्ने कोही थिएन, यसकारण उसलाई सजाय दिनु हुँदैन।
22:28b.DEU.022.028 “एकजना मानिसले मगनी पनि नभएकी कन्यालाई जबरजस्ती बलात्कार गरेको हुनु सक्छ। यदि यस्तो काण्ड मानिसहरूको नजरमा परे,
22:29b.DEU.022.029 त्यस मानिसले केटीको बुबालाई बीस आउन्स चाँदीको सिकका तिरेर त्यस केटीलाई पत्नी बनाए राख्नु पर्छ। किन? किनभने त्यस मानिसले त्यो केटीसित बलात्कार जस्तो पाप गरेको हुनाले त्यसलाई आफू बाँचुञ्जेल छोड्न पाउँदैन।
22:30b.DEU.022.030 “कसैले आफ्नो बुबाकी पत्नीसित सहवास गर्नु हुदैन। यस्तो गर्दा उसले आफ्नो बुबालाई लाजमा पार्छ।
23
23:1b.DEU.023.001 “गुप्ताअंग कुच्चिएका अथवा लिङ्ग काटिएका मानिसहरूले इस्राएलका मानिसहरूसंग परमप्रभुको पूजामा भाग लिन सएदैनन्।
23:2b.DEU.023.002 यदि कसैको माता-पिताको विधिपूर्वक विवाह भएको छैन। तिनीहरू पूजामा सम्मिलित हुन पाउने छैनन्। दश पुस्तासम्म तिनीहरूका सन्तानहरूले पनि पूजामा मिसिन पाउने छैनन्।
23:3b.DEU.023.003 “अम्मोनी र मोआबी तथा तिनीहरूका सन्तानले दश पुस्तासम्म परमप्रभुको सभामा इस्राएल बासीहरूसँग सम्मिलित हुन सक्तैनन्।
23:4b.DEU.023.004 किन? किनभने तिनीहरूले मिश्र देशबाट निएलेर यात्रा गरेको समयमा तिमीहरूलाई रोटी र पानी दिन अस्वीकार गरेका थिए। तिनीहरूले मेसोपोटामियामा पतोरको शहरमा बस्ने बओरको छोरा बिलामलाई तिमीहरूलाई सराप्नुको निम्ति पैसा दिएर बोलाए।
23:5b.DEU.023.005 तर परमप्रभु तिमीहरूका परमेश्वरले बिलामका कुरा सुन्नु भएन र तिनको सराप परमप्रभुले तिमीहरूको निम्ति आशीर्वादमा परिणत गरिदिनु भयो। कारण परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्थ्यो।
23:6b.DEU.023.006 जबसम्म तिमीहरू बाँचिरहन्छौ तबसम्म अम्मोनी र मोआबीहरूसित कहिल्यै सन्धि स्थापित गर्नु हुँदैन तथा कदापि तिनीहरूसित मैत्री सन्धि गर्नु हुँदैन।
23:7b.DEU.023.007 “तिमीहरूले एदोमीहरूलाई घृणा गर्नु हुँदैन कारण उनीहरू तिमीहरूको सम्बन्धीहरू हो। तिमीहरूले इस्राएलीलाई घृणा गर्नु हुँदैन कारण तिनीहरूको भूमिमा तिमीहरू विदेशी थियौ।
23:8b.DEU.023.008 एदोमीहरू र मिश्र देशवासीहरूका तेस्त्रो पुस्ताका सन्तानहरूबाट इस्राएलीहरूसित परमप्रभुको पूजामा सामेल हुनु सएछन्।
23:9b.DEU.023.009 “जब तिमीहरूका सिपाहीहरू आफ्नो शत्रुहरूसँग लडन युद्ध गर्न जान्छन प्रत्येक चीजबाट टाढामा बस्छन् जसले तिमीहरूलाई अशुद्ध बनाउँछ।
23:10b.DEU.023.010 यदि तिमीहरूमध्ये केही स्वप्न दोषले अशुद्ध भएका छौ भने उसले छाउनी बाहिर जानु पर्छ।
23:11b.DEU.023.011 जब बेलुकी हुन्छ उसले पानीमा नुहाउनु पर्छ अनि सूर्य अस्तापछि ऊ फेरि छाउनीमा फर्किन सएछ।
23:12b.DEU.023.012 “तिमीहरूले छाउनी बाहिर यस्तो ठाउँ पनि बनाउनु पर्छ जहाँ तिमीहरू दिसा गर्न सएछौ।
23:13b.DEU.023.013 तिमीहरूले आफ्ना अरू हतियारसंगै एउटा खन्ती पनि राख्नु पर्छ र जब दिसा लाग्छ खाडल खन्नु पर्छ अनि दिसा गरी त्यसलाई पुर्नु पर्छ।
23:14b.DEU.023.014 किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूको रक्षा गर्न अनि शत्रुहरूलाई तिमीहरूको नियन्त्रणमा ल्याउनलाई छाउनीभित्र बाहिर तिमीहरूसँगै हुनु हुनेछ। यसकारण छाउनी पवित्र राख्नु पर्छ। यदि परमप्रभुले केही कुरा घिनलाग्दो देख्नु भयो भने उहाँ तिमीहरूदेखि गईहाल्नु हुन्छ।
23:15b.DEU.023.015 “यदि कुनै कमारो भागेर तिमीहरूकहाँ आफ्नो मालिकलाई छोडेर आउँछ, तिमीले उसलाई उसको मालिककहाँ फर्काउनु हुँदैन।
23:16b.DEU.023.016 आफ्नो इच्छा अनुसार उसले कहाँ मन पराउँछ, जुन शहर उसले रोज्छ, त्यही बस्न सकछ। तिमीले उसलाई कष्ट दिनु हुँदैन।
23:17b.DEU.023.017 “एक जना इस्राएली स्त्री अथवा पुरूष मन्दिरको वेश्या हुनु सक्तैन।
23:18b.DEU.023.018 त्यस पुरूष अथवा स्त्रीले कमाएको धन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति पुर्याउनु हुँदैन, त्यस्तो कार्यबाट कमाएको धन परमप्रभुकोलागि उपयोग गर्नु हुँदैन।
23:19b.DEU.023.019 “जब तिमीहरूले कुनै अर्को इस्राएलीलाई ऋण दिन्छौ, उसबाट ब्याज तिमीहरूले लिनु हुँदैन। त्यो ऋण खानेकुरा पैसा अथवा जे पनि होस्।
23:20b.DEU.023.020 तिमीहरूले आफ्नो इस्राएली भाइलाई दिएको ऋणमा ब्याज लगाउनु हुँदैन तर कुनै विदेशीलाई दिएको ऋणमा ब्याज लगाउन सएछौ किनभने परमप्रभु तिमीहरूका परमेश्वरले दिनुभएको भूमिमा प्रवेश गर्नु लागेको छौ अनि तिमीहरूले जे गर्छौ त्यसमा परमप्रभु तिमीहरूका परमेश्वरले आशीर्वाद दिनुहुन्छ।
23:21b.DEU.023.021 “परमप्रभु तिमीहरूका परमेश्वरलाई चढाउँछु भनी जे भाकल गर्छौ त्यो चढाउनमा ढिलो नगर किनभने परमप्रभु तिमीहरूका परमेश्वरले त्यो दावी गर्नुहुन्छ र यदि आफूले गरेको भाकल पूरा गर्न नसके तिमीलाई पाप लाग्नेछ।
23:22b.DEU.023.022 तर यदि भाकल गरेका छैनौं भने त्यो पाप लाग्ने छैन।
23:23b.DEU.023.023 तर आफूले गर्छु भनेको कुरो पूरा गर्नै पर्छ। यदि कुनै विशेष कुरो चढाउँछु भनी विषेश भाकल गरे त्यो तिमीहरूले पूरा गर्नु नै पर्छ। परमेश्वरले तिमीहरूलाई भाकल गर्न लगाउनु भएको होइन, यसकारण आफूले गरेको भाकल पुरा गर्नै पर्छ।
23:24b.DEU.023.024 “जब तिमी कसैको दाखबारी भएर जान्छौ तिमीले जति खान सकछौ त्यहीं टिपेर खान सकछौ तर आफ्नो डालोमा हालेर घर लान सकदैनौ।
23:25b.DEU.023.025 जब तिमी अरू मानिसको अन्नको खेत भएर कतै जान्छौ तिमीले सकेको अन्न टिपेर खान सकछौ तर हँसियाले अन्न काटेर घर लिएर जान सकदैनौ।
24
24:1b.DEU.024.001 “एउटा मानिसले एउटी स्त्रीलाई विवाह गरेको हुन सकछ अनि पछि तिनमा केही गोप्य कुरा पाउन सक्छ जो उसलाई मन पर्दैन। यदि त्यो मानिस तिनीसँग खुशी छैन भने उसले छुटानामको पत्र लेखेर उसलाई दिनु पर्छ। तब उसले तिनीलाई घरबाट बाहिर पठाउन सक्छ।
24:2b.DEU.024.002 जब त्यो स्त्रीले उसको घर छोड्छे उसले अर्को पुरूषसित विवाह गर्नु सक्छे।
24:3b.DEU.024.003 तर यदि उसको नयाँ दोस्रो लोग्नेले पनि उसलाई मन नपराएर छुट्टानाम पत्र दिएर घरदेखि निकाली दिएको खण्डमा अथवा त्यो नयाँ दोस्त्रो लोग्नेको मृत्यु भएको खण्डमा,
24:4b.DEU.024.004 पहिलो लोग्ने जसले त्यस स्त्रीलाई छुट्टानाम पत्र दिई घरबाट निकालेको थियो उसले त्यही स्त्रीसँग पुनः विवाह गर्नु सक्तैन किनभने त्यो स्त्री अशुद्ध भएकी हुन्छे अनि परमप्रभुले पनि यस्तो विवाहलाई घृणा गर्नुहुन्छ। तिमीले परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदै गरेको भूमिमा यस्तो पाप हुन दिनु हुँदैन।
24:5b.DEU.024.005 “जब एकजना मानिसले भर्खर विवाह गर्छ उसलाई एक वर्षको निम्ति सेनामा पठाउनु हुँदैन। उसलाई कुनै विशेष काममा पनि लगाउनु हुँदैन। एक वर्षसम्म उसलाई आफ्नै घरमा बस्न दिनु पर्छ र आफ्नी पत्नीलाई खुशी पार्न दिनु पर्छ।
24:6b.DEU.024.006 “तिमीले कसैलाई ऋण दिन्छौ धितोको रूपमा जाँतो अथवा त्यसको कुनै भाग पनि लिनु हुँदैन किन? किनभने त्यो गर्दा उसको भोजन नै लिए जस्तै हुनेछ।
24:7b.DEU.024.007 “यदि कुनै एकजना इस्राएलीले अर्को एकजना इस्राएलीलाई अपहरण गर्छ कमाराको निम्ति बेच्छ भने, त्यस अपहरण कर्तालाई मार्नु पर्छ र तिमीहरूको आफ्नो समूहबाट त्यस्तो दुष्टता बाहिर निकाल्नु पर्छ।
24:8b.DEU.024.008 “यदि तिमीलाई अत्यन्तै नराम्रो चर्म रोग लागेको छ भने लेवी पूजाहारीहरूले सिकाएको सबै कुराहरू तिमीले धेरै होशियारीसँग पालन गर्नु पर्छ। मैले पूजाहारीहरूलाई बताएका कुराहरू तिमीले अत्यन्तै होशियारीसँग पालन गर्नु पर्छ।
24:9b.DEU.024.009 परमप्रभु तिमीहरूका परमेश्वरले मिश्रबाट बाहिर आउँदा मरियमका लागि के गर्नु भएको थियो सम्झना गर।
24:10b.DEU.024.010 “जब तिमीले कुनै मानिसलाई ऋण दिन्छौ भने धरौटी लिन उसको घरभित्र पस्नु हुँदैन।
24:11b.DEU.024.011 तिमी बाहिर पर्खिनु पर्छ त्यो ऋण लिने मानिसले धरौटी ल्याएर दिन्छ।
24:12b.DEU.024.012 यदि मानिस गरीब छ भने उसले आफ्नो कोट बन्धकको रूपमा दिनु सक्छ जसले उसलाई तातो राख्छ। रातभरिको निम्ति तिमीले कोट धरौटी राख्नु हुँदैन।
24:13b.DEU.024.013 साँझ नै तिमीले फर्काउनु पर्छ। तब उसले सुत्नको लागि तातो लुगा पाउँछ र तिमीलाई आशीर्वाद दिनेछ। परमप्रभु तिमीहरूका परमेश्वरले यसलाई राम्रो कार्य र सही जीवन ठान्नु हुनेछ।
24:14b.DEU.024.014 “तिमीहरूले ज्यालामा ल्याएको नोकर जो गरीब र संकष्टमा छ, उसलाई ठग्नु हुँदैन। त्यो नोकर इस्राएली होस् अथवा तिमीहरूकै कुनै शहरमा बस्ने एक विदेशी, एक जना यसमा कुनै फरक पर्दैन।
24:15b.DEU.024.015 घाम अस्ताउनु अघि प्रत्येक दिन उसको ज्याला देऊ किनभने त्यो गरीब छ अनि त्यही पैसामाथि निर्भर गर्छ। यदि तिमीले पैसा दिएनौ भने उसले तिम्रो विरूद्ध परमप्रभुलाई आरोप गर्नेछ र तिमी पापको दोषी बनिनेछौ।
24:16b.DEU.024.016 “केटा-केटीहरूको अपराधमा आमा-बुबालाई मृत्यु दण्ड दिनु हुँदैन र त्यसरी नै आमा-बुबाको केटा-केटीहरूलाई मृत्यु दण्ड दिनु हुँदैन। ऊ आफैंले गरेको नराम्रो कुरामा मात्र मानिसलाई मार्नु पर्छ।
24:17b.DEU.024.017 “तिमीहरूले विदेशीहरू र टुहुरा-टुहुरीहरूसित राम्रो व्यवहार गर्नु पर्छ। धलौटीको रूपमा विधवाको ओढ्ने लुगा लिनु हुँदैन।
24:18b.DEU.024.018 सम्झना गर तिमीहरू मिश्रदेशमा कमारा कमारीहरू थियौ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यस ठाउँबाट निकाली स्वतन्त्र पार्नु भयो। यसकारण गरीबहरूको निम्ति यसो गर्नु भनी म बताउँछु।
24:19b.DEU.024.019 “जब तिमीहरू आफ्नो खेतमा बाली उठाउँदै गरेको हुन्छौ, बिर्सेर एक बिटा अन्न त्यहाँ छोड्यौ भने त्यसलाई लिन नजाऊ। यो विदेशी, विधवा तथा टुहुरा-टुहुरीहरूको निम्ति हुन्छ। यदि तिमीहरूले तिनीहरूको निम्ति केही अन्न छोड्दियौ भने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यसको निम्ति आशीर्वाद दिनु हुनेछ।
24:20b.DEU.024.020 जब भद्राक्षको रूखबाट भाटा अथवा टाँगोले फल झार्छौ, हाँगाहरूमा बाँकी रहेको फल हेर्न जानु हुँदैन। भद्राक्षेको फल जो तिमीहरू छोड्छौ त्यो विदेशी, विधवा र टुहुरा-टुहुरीहरूको निम्ति हुन्छ।
24:21b.DEU.024.021 त्यसरी नै जब तिमीहरू दाखबारीमा फल उठाउन जान्छौ छोडिएको फल खोज्न फार्किएर नजाऊ, ती फलहरू विदेशी, विधुवा तथा टुहुरा-टुहुरीहरूको निम्ति हुन्छ।
24:22b.DEU.024.022 सम्झना राख तिमीहरू मिश्रदेशमा गरीब कमारा-कमारीहरू थियौ। यसकारण म तिमीहरूलाई गरीबहरूको लागि यस्तो गर भनी बताउँछु।
25
25:1b.DEU.025.001 “जब दुईजना मानिसहरूमाझ वाद-विवाद हुन्छ, तिनीहरू अदालतमा जानु पर्छ। कुन मानिस वेकसूर छ अनि कुन मानिस कसूरदार छ न्यायकर्त्ताले निर्णय गर्ने छन।
25:2b.DEU.025.002 यदि न्यायकर्त्ताले निर्णय गर्छन् त्यो कसुरदार मानिसलाई कोर्रा लगाउनु पर्छ तब न्यायकर्त्ताले त्यस मानिसलाई घोप्टो परेर सुत्नु लाउनु पर्छ। एकजनाले कोर्रा लगाउनेछ जब न्यायकर्त्ताले हेर्नेछन्। उसले गरेको अपराधमाथि कोर्राको संख्या निर्भर गर्नेछ।
25:3b.DEU.025.003 कुनै मानिसलाई पनि चालीस कोर्रा भन्दा वेशी लगाउनु हुँदैन, यदि तिमीले कसैलाई चालीसभन्दा धेरै कोर्रा लगायौ भने यो बुझिन्छ त्यस मानिसको जीवनको तिमीलाई केही महत्व छैन।
25:4b.DEU.025.004 “जब गोरूहरूलाई दाँई गर्न लगाइन्छ तिनीहरूले अन्न खान नपाओस भनेर महला लगाउनु हुँदैन।
25:5b.DEU.025.005 “यदि दाज्यू-भाइ सँगै बस्छन् र तिनीहरू मध्ये एक छोरा नभई मर्छ तब मर्ने भाइकी पत्नीले आफ्नो परिवार बाहिर कसैसित विवाह गर्नु हुँदैन। मर्नेको दाज्यू-भाइले उसलाई पत्नी बनाउनु पर्छ अनि उसँगै लैंगिक सम्बन्ध राख्नु पर्छ। यसप्रकार आफ्नो पतिको दाज्यू-भाइले कर्त्तव्य गर्नु पर्छ।
25:6b.DEU.025.006 त्यसपछि उसले जन्माएको पहिलो छोराले आफ्नो मृत पिताको स्थान ओगट्नु पर्छ। तब मरेको दाज्यूको नाउँ इस्राएलबाट कहिल्यै नमेटियोस्।
25:7b.DEU.025.007 यदि मानिसले आफ्नो दाज्यू-भाइकी पत्नीलाई राख्न चाहँदैन भने दाज्यूकी पत्नीले शहरको सभा घरमा अगुवाहरू अघि जानु पर्छ। अनि तिनेले बूढा-प्रधानलाई भन्नु पर्छ, ‘मेरो मृत पति दाज्यू-भाइले आफ्नो दाज्यू-भाइको नाउँ इस्राएलमा जीवित राख्न चाँहदैनन्। मेरो मृत लोग्नेको दाज्यू-भाई भएको नातले ऊ आफ्नो कर्त्तव्य मसँग पूरा गर्न चाँहदैन।’
25:8b.DEU.025.008 तब शहरका बूढा-प्रधानहरूले त्यसलाई कुरा गर्छन बोलाउँछन् तर यदि ऊ अझै भन्छ, ‘म उसलाई विवाह गर्दिनँ,’
25:9b.DEU.025.009 तब उसको दाज्यू-भाइकी पत्नी बूढा-प्रधानहरूको अगि आउनु पर्छ उसको एउटा खुट्टाको जुत्ता खोल्नु पर्छ उसको अनुहारमा उसले थूक्नु पर्छ तिनले भन्नु पर्छ, ‘मानिस जसले आफ्नो दाज्यूको सन्तानलाई वृद्धि गर्न चाहन्दैन यस्तो व्यवहार गर्नु पर्छ।’
25:10b.DEU.025.010 तब उसो त्यो मानिसको परिवारलाई इस्राएलमा, ‘जुन मानिसको जुत्ता खोलियो त्यसको परिवार’ भनी चिनिने छ।
25:11b.DEU.025.011 “यदि दुई जना मानिस लडाइँ गरिरहेका छन् र तिनीहरू मध्ये एक जनाकी पत्नी आफ्नो पतिको सहायतामा आउँछे तर उसले पतिसित लडाइँ गर्ने अर्को मानिसको गुप्त अंग समात्नु हुदैन।
25:12b.DEU.025.012 यदि उसले त्यसो गर्छे भने तिनको हात काटिदेऊ तिनको लागि दुःख नमान।
25:13b.DEU.025.013 “मानिसहरूलाई ठग्न कम र ज्यादा दुई प्रकारका ढकहरू नराख। एउटै ओजनको निम्ति दुई प्रकारका ठग्ने ढकहरू नराख।
25:14b.DEU.025.014 आफ्नो घरमा केही चीज नाप्ने लामो र छोटो दुई प्रकारको नाप दण्ड नराख।
25:15b.DEU.025.015 तिमीहरूले ठीक र शुद्ध ढक तथा नाप दण्ड मात्र प्रयोग गर्नु पर्छ, तब मात्र परमप्रभु तिमीहरूका परमेश्वरले दिनु लाग्नु भएको भूमिमा दीर्घायु भएर बाँच्नेछौ।
25:16b.DEU.025.016 परमप्रभु तिमीहरूका परमेश्वरले ती मानिसहरूलाई घृणा गर्नु हुन्छ जसले भूल तथा झूटा ढक-तराजु उपयोग गरेर ठग्छन्। सही अर्थमा, उहाँ सबै मानिसलाई घृणा गर्नु हुन्छ जो गल्ती काम गर्छन्।
25:17b.DEU.025.017 “जब तिमीहरू मिश्रबाट आउँदै थियौ, सम्झना गर अमालेकीहरूले के गरेका थिए।
25:18b.DEU.025.018 तिनीहरूले तिमीहरूलाई आक्रमण गरे जब तिमीहरू कमजोर र थकित थियौ। तिनीहरूले तिमीहरूको मानिसहरूलाई मारे जो बिस्तारै पछि पछि आउँदै थिए। अमिलेकीहरूले परमेश्वरको सम्मान गरेनन्।
25:19b.DEU.025.019 यसकारण संसारबाट नै अमालेकीहरूको नाउँ ध्वंश पार्नु पर्छ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुने भूमिमा प्रवेश गरे पछि यो काम गर्नेछौ। त्यस भूमिमा उहाँले तिमीहरूलाई सबै प्रकारका शत्रुहरूबाट विश्राम दिनु हुनेछ, तर अमालेकीहरूलाई ध्वंश पार्न र्नबिस।
26
26:1b.DEU.026.001 “चाँडै तिमीहरू भूमिमा पस्ने छौ जो परमप्रभु तिनीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदै छ तिमीहरूले आफ्नो नियन्त्रणमा भूमि लिनेछौ अनि त्यहाँ बसो-बास गर्नेछौ।
26:2b.DEU.026.002 परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा उब्जनीको बाली बटुलेर त्यसको अशं डालोमा हालेर परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो निम्ति रोज्नु भएको विशेष ठाउँमा लैजानु हुनेछ।
26:3b.DEU.026.003 त्यहाँ तत्कालीन पूजाहारीकहाँ जाऊ अनि भन, ‘परमप्रभुले हाम्रा पिता-पुर्खाहरूलाई केही भूमि दिन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो र उहाँलाई सूचना दिन्छु म त्यस भूमिमा आएको छु।’
26:4b.DEU.026.004 “तब पूजाहारीले तिमीबाट डालो लिएर परमप्रभु तिमीहरूका परमेश्वरको वेदीको अघाडी राख्नेछन्।
26:5b.DEU.026.005 तब परमप्रभु तिमीहरूका परमेश्वरको अघि तिमी भन्ने छौ, ‘मेरो पिता-पुर्खा फिरन्ते आरामी थिए। तिनी मिश्रदेशमा गएर बसो-बास गरे। जति बेला तिनी त्यहाँ गएका थिए उनको कुलमा केही मानिसहरू मात्र थिए तर मिश्रदेशमा उनको परिवार महान् अनि शक्तिशाली राष्ट्रमा परिणत भयो।
26:6b.DEU.026.006 मिश्रीहरूले हामीसित नराम्रो व्यवहार गरे अनि हामीलाई कमारा-कमारीहरू बनाए। अनि हामीलाई बलपूर्वक कठोर काम लगाए अनि अति नै कष्ट दिए।
26:7b.DEU.026.007 तब हामीले परमप्रभु हाम्रा परमेश्वरलाई प्रार्थना गरी तिनीहरूको विषयमा विरोध गर्यौं। तब परमप्रभुले हाम्रो प्रार्थना सुन्नु भयो अनि हाम्रो कठोर मेहनत, दुःख कष्ट हेर्नु भयो।
26:8b.DEU.026.008 यसकारण परमप्रभुले हामीलाई उहाँको अति महान् अदभूत चिन्ह, अनि आश्चर्य अनि उहाँको महान् शक्ति अनि बल प्रयोग गरेर मिश्रबाहिर ल्याउनु भयो।
26:9b.DEU.026.009 यसकारण उहाँले हामीलाई यहाँ दूध र मह बगिरहेको भूमिमा ल्याउनु भयो।
26:10b.DEU.026.010 अब हे परमप्रभु! यस समय मैले जुन अन्न हजुरलाई चढाएँ त्यो हजुरले दिएको भूमिबाट पहिलो उब्जेको अन्न हो।’ “तब तिनीहरूले त्यो अन्न परमप्रभु तिमीहरूका परमेश्वरअघि राखेर पूजा गर्न निहुरिनु पर्छ।
26:11b.DEU.026.011 त्यसपछि तिमीहरूले जति पनि असल चीजहरू परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू र तिमीहरूका परिवारलाई दिनु भएको छ तिमीहरूसितै बस्ने लेवीहरू र विदेशीहरूलाई पनि भाग लगाउनु पर्छ।
26:12b.DEU.026.012 “प्रत्येक तेस्रो र्बष दशांश भाग लगाउने वर्ष हो र तिमीहरूको भूमिमा बस्ने लेवीहरू, विदेशीहरू र विधवा अनि टुहुरा-टुहुरीलाई आफ्नो बालीबाट दशांश दिनु पर्छ। तब प्रत्येक शहरमा तिनीहरूको निम्ति प्रशस्त खाने कुराहरू हुनेछ।
26:13b.DEU.026.013 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई भन्नु पर्छ, ‘मैले मेरो घरबाट मेरो बालीको पवित्र अंश निकालेर लेवीहरू, विदेशीहरू र विधवा तथा टुहुरा टुहुरीहरूलाई दिएँ। तपाईंले मलाई दिनु भएको सम्पूर्ण आज्ञाहरू पालन गरेको छु र कुनै पनि आज्ञा उलंङ्घन गरेको छैन। मैले ती आज्ञाहरू बिर्सेको छैन।
26:14b.DEU.026.014 जब म दुःखमा थिएँ मैले यो बालीको अन्न खाइन म अशुद्ध थिइन जब यो अन्न बटुलें, यो अन्नबाट मैले मरेका मानिसहरूलाई पनि चढाएको छैन। मैले परमप्रभु मेरा परमेश्वर तपाईंले दिनु भएका सबै आज्ञा पालन गरें तपाईंले दिएका आज्ञाहरू सबै पालन गरेको छु।
26:15b.DEU.026.015 तपाईंको पवित्र वासस्थान स्वर्गबाट तल हेर्नु होस् अनि इस्राएलका मानिसहरूलाई र हामीलाई अशीर्वाद दिनुहोस्। तपाईंले हाम्रा पिता-पुर्खाहरूसित प्रतिज्ञा गरेर हामीलाई दिनु भएको दूध र महले भरिएको भूमिलाई पनि आशीर्वाद दिनु होस्।’
26:16b.DEU.026.016 “आज परमप्रभु तिमीहरूका परमेश्वरले यी सब विधि र नियमहरू पालन गर्नु भनी आज्ञा तिमीहरूलाई दिनु हुनेछ। आफ्नो सम्पूर्ण हृदय र प्राणले यी सब पालन गर्न होशियार होऊ।
26:17b.DEU.026.017 आज तिमीहरूले भनेका छौ परमप्रभु तिमीहरूका परमेश्वर हुनुहुन्छ अनि उहाँले देखाउनु भएको बोटामा हिंड्ने, उहाँको शिक्षा अनुसरण गर्ने अनि उहाँले बताउनु भएको नियमहरू र निर्णयहरू पालन गर्ने प्रतिज्ञा गरेका छौ। तिमीहरूले भन्यौ उहाँले बताउनु भएको प्रत्येक चीज तिमीहरू गर्नेछौ।
26:18b.DEU.026.018 अनि आज परमप्रभुले तिमीहरूलाई उहाँको आफ्नो मानिसहरू भनी ग्रहण गर्नु भएको छ र यसको निम्ति उहाँले प्रतिज्ञा गर्नु भएको छ। परमप्रभुले तिमीहरूलाई उहाँका सबै आज्ञाहरू पालन गर्नै पर्छ भन्नु भएको छ।
26:19b.DEU.026.019 परमप्रभुले तिमीहरूको राष्ट्रलाई सबै राष्ट्रहरूभन्दा अग्लो बनाउनु हुनेछ। उहाँले तिमीहरूलाई सम्मान, प्रशंसा र सुनाम दिनु हुनेछ। अनि उहाँको प्रतिज्ञानुसार तिमीहरू उहाँका आफ्नै विशेष पवित्र मानिसहरू हुनेछौ।”
27
27:1b.DEU.027.001 मोशा र इस्राएलका बूढा-प्रधानहरूले मानिसहरूसँग बात गरे। मोशाले भने, “आज मैले तिमीहरूलाई दिएका सबै आदेशहरू पालन गर।
27:2b.DEU.027.002 तिमीहरू चाँडै परमप्रभु तिमीहरूका परमेश्वरले दिन लाग्नु भएको भूमि पुग्न यर्दन नदी पार गर्नेछौ। त्यसदिन ठूला-ठूला ढुङ्गाहरू खडा गरेर त्यसलाई लिपी देऊ।
27:3b.DEU.027.003 त्यसपछि यी सबै आज्ञाहरू र शिक्षाहरू लेख। यो काम तिमीहरूले जब यर्दन नदी पार गरेपछि गर्नु पर्छ। तब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिन लाग्नु भएको दूध र महले परिपूर्ण भएको भूमिमा प्रवेश गर्न सक्छौ। परमप्रभु तिमीहरूको पिता-पुर्खाहरूका परमेश्वरले त्यो भूमि तिमीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो।
27:4b.DEU.027.004 यर्दन नदी पार गरेपछि आज म तिमीहरूलाई जुन आज्ञा दिन्छु तिमीहरूले अवश्य पालन गर्नु पर्छ। एबाल डाँडामा तिनीहरूले ढुङ्गाहरू खडा गर्नु पर्छ र ती ढुङ्गाहरूलाई लिपेर छोप्नु पर्छ।
27:5b.DEU.027.005 केही ढुङ्गाहरू राखेर परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी निर्माण गर। तर ती ढुङ्गाहरू काट्न फलामको हतियार प्रयोग नगर।
27:6b.DEU.027.006 परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी बनाउनका लागि तिमीहरूले काटेका ढुङ्गाहरू प्रयोग गर्नु हुँदैन। अनि तिमीहरू यसमाथि परमप्रभु तिमीहरूको परमेश्वरको निम्ति होमबलि चढाउनु पर्छ।
27:7b.DEU.027.007 तिमीहरूले त्यहाँ मेलबलि चढाऊनु पर्छ अनि परमप्रभु तिमीहरूका परमेश्वरअघि खाऊ अनि आनन्द मनाऊ।
27:8b.DEU.027.008 तिमीहरूले खडा गरेको ढुङ्गाहरूमा तिमीहरूले व्यवस्थाका यी सबै कुराहरू लेख्नु पर्छ। स्पष्ट लेख जसले गर्दा ती सजिलै पढ्न सकियोस्।
27:9b.DEU.027.009 “मोशा र लेवीका पूजाहारीहरूले इस्राएलीहरूलाई सम्बोधन गरे। मोशाले भने, “हे इस्राएलीहरू हो, चुप लागेर सुन, आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरका मानिसहरू भएका छौ।
27:10b.DEU.027.010 यसकारण परमप्रभु तिमीहरूका परमेश्वरले जे गर्नु भन्नु भएको छ प्रत्येक काम गर। तिमीहरूले उहाँको आज्ञाहरू र नियमहरू अनुशरण अनि पालन गर्नु पर्छ जुन आज मैले तिमीहरूलाई आदेश दिएको छु।”
27:11b.DEU.027.011 त्यही दिन मोशाले पनि मानिसहरूलाई यो भने,
27:12b.DEU.027.012 “तिमीहरू यर्दन नदी पार गरे पछि मानिसहरूलाई आशीर्वाद दिनको निम्ति शिमोन, लेवी, यहूदा, इस्साकार, युसूफ र बिन्यामीन कुल समूह गीरीज्जीम डाँडामा हुनेछन्।
27:13b.DEU.027.013 अनि यी कुल समूह-रूबेन, गाद, आशेर जबुलुन, दान र नप्ताली चाँहि सराप सुन्नु एबाल डाँडामा हुनेछन्।
27:14b.DEU.027.014 “लेवीहरूले उच्च स्वरमा सबै इस्राएलीहरूलाई भन्ने छन्;
27:15b.DEU.027.015 ‘कारीगरले झैं जसले खोपेर अथवा काटेर धातु अथवा केही अन्य चीजको मूर्ति बनाएर पूजा गर्न गुप्त स्थानमा राख्छ, त्यस मानिसलाई सराप लाग्छ। ती झूटा देवताहरू मूर्तिहरू मात्र हुन किनकि ती कुनै कारीगरले काठ, ढुङ्गा अथवा धातुबाट बनाएको हुन्। परमप्रभुले त्यस्ता कुराहरूलाई घृणा गर्नुहुन्छ।’ “तब सबै मानिसहरूले उत्तर दिनेछन् ‘आमेन!’
27:16b.DEU.027.016 “लेवीहरूले भन्नेछन्, ‘त्यस मानिसलाई सराप लागोस् जसले आमा-बुबालाई अनादर अनि अपमान गर्छ। तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
27:17b.DEU.027.017 “लेवीहरूले भन्नेछन्, ‘आफ्नो छिमेकीको साँध सीमान मिच्ने मानिसलाई सराप लागोस्।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
27:18b.DEU.027.018 “लेवीहरूले भन्नेछन्, ‘अन्धा मानिसलाई उल्टा बाटो देखाउने मानिसलाई सराप परोस्।’ “तब सबै मानिसहरूले भन्नेछन् ‘आमेन।’
27:19b.DEU.027.019 “लेवीहरूले भन्नेछन्, ‘विदेशी, टुहुरा-टुहुरी र विधवाले पाउनु पर्ने न्याय नदिने मानिसलाई सराप परोस्।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
27:20b.DEU.027.020 “लवीहरूले भन्नेछन्, ‘आफ्नी सौतेनी आमासित सहवास गर्ने मानिसलाई सराप परोस्।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
27:21b.DEU.027.021 “लेवीहरूले भन्नेछन् ‘कुनै प्रकारको पशुसित सम्भोग गर्ने मानिसलाई सराप लागोस्।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमोन।’
27:22b.DEU.027.022 “लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लागोस् जसले आफ्नी बहिनी अथवा सौतेनी बहिनीसित लैंगिक सर्म्पक राख्छ।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
27:23b.DEU.027.023 “लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लागोस् जसले सासूसित लैंगिक सर्म्पक राख्छ।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
27:24b.DEU.027.024 “लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लाग्छ जसले आफ्नो छिमेकीलाई लुकेर हिर्काउँछ।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
27:25b.DEU.027.025 “लेवीहरूले भन्नेछन्, ‘जो मानिसले पैसा लिएर निर्दोष मानिसको हत्या गर्छ भने त्यसलाई सराप परोस्।’ “तब सबै मानिसले भन्नेछन्, ‘आमेन।’
27:26b.DEU.027.026 लेवीहरूले भन्नेछन्, ‘जो मानिसले यस व्यवस्थालाई समर्थन गर्दैन र पालन गर्नु राजी हुदैनँ त्यसलाई सराप परोस्।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
28
28:1b.DEU.028.001 “अब यदि तिमीहरू आज मैले बताएको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू पालन गर्न होशियार भयौ भने परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूको राष्ट्रलाई पृथ्वीका अन्य सबै राष्ट्रहरू भन्दामाथि राख्नु हुँनेछ।
28:2b.DEU.028.002 यदि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको आज्ञा पालन गर्यौ भने यी सबै आशीर्वाद तिमीहरूमाथि लाग्नेछन् र यी सब तिमीहरूका हुनेछन्।
28:3b.DEU.028.003 “शहरमा र गाउँ-बस्तीमा परमप्रभुले तिमीहरूलाई आशिष दिनु हुनेछ।
28:4b.DEU.028.004 “परमप्रभुले तिमीहरूका धेरै नानीहरू होस् भनी आशिष दिनु हुनेछ। परमप्रभुले तिमीहरूको भूमिमाथि आशिष दिनुहुनेछ जसले गर्दा उब्जाऊ बेशी हुनेछ। परमप्रभुले तिमीहरूका पशुहरूलाई आशिष दिनु हुनेछ र ती पशुहरूले धेरै बच्चाहरू जन्माउने छन्।
28:5b.DEU.028.005 परमप्रभुले तिमीहरूको डालाहरू र पिठो मुछ्ने आह्रीमाथि आशीर्वाद दिनुहुनेछ, अनि सधैं खाद्य पर्दाथले भर्नु हुनेछ।
28:6b.DEU.028.006 परमप्रभुले तिमीहरूलाई सदा-सर्वदा तथा तिमीहरूले जे गर्छौ प्रत्येक चीजमा आशिष दिनु हुनेछ।
28:7b.DEU.028.007 “तिमीहरूसित लडाईं गर्न आउने शत्रुहरूलाई पराजित गाराउन परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुनेछ। शत्रुहरू तिमीहरूसित लडाईं गर्नु एउटै बाटो भएर आउनेछन् तर तिनीहरू सातवटा बाटा भएर भाग्नेछन्।
28:8b.DEU.028.008 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष दिनु हुनेछ र तिमीहरूको ढुकुटीमा तिमीहरू जे गर्छौ प्रत्येक चीजमा परमप्रभुले आशिष दिनु हुनेछ।
28:9b.DEU.028.009 यदि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरलाई अनुसरण गर्छौ अनि उहाँको आदेशहरू पालन गर्छौ भने परमप्रभुले तिमीहरूलाई उहाँका विशेष पवित्र मानिसहरू बनाउनु हुनेछ।
28:10b.DEU.028.010 तब पृथ्वीका सबै मानिसहरूले थाहा पाउनेछन् तिमीहरू परमप्रभुका मानिसहरू हौ र तिनीहरू तिमीहरूसित डराउने छन्।
28:11b.DEU.028.011 “तिमीहरूलाई दिन्छु भनी तिमीहरूको पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नु भएको भूमिमा तिमीहरूलाई सन्तान, गाई-बस्तु र खेती-पातीमा परमप्रभुले खुवै उन्नति गराउनु हुनेछ।
28:12b.DEU.028.012 आशिषको भण्डार खोलेर परमप्रभुले तिमीहरूको खेतीको निम्ति ऋतुमा झरी पठाउनु हुनेछ। तिमीहरू जे गर्छौ सबैमा आशीर्वाद दिनु हुनेछ। तिमीहरूले अरू राष्ट्रहरूलाई रूपियाँ ऋण दिनेछौ तर तिमीहरूलाई तिनीहरूबाट ऋण लिन आवश्यक पर्नेछैन।
28:13b.DEU.028.013 परमप्रभुले तिमीहरूलाई पुच्छर होइन शिर बनाई राख्नु हुनेछ, तिमीहरू सधैंमाथि हुने छौ फेदमा होइन। यदि तिमीहरूले आज मैले बताउँदै गरेको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू पालन गर्यौ भने तिमीहरूको निम्ति यस्तो हुनेछ। तिमीहरूले यी आज्ञाहरू होशियारीसँग पालन गर्नु पर्छ।
28:14b.DEU.028.014 आज मैले तिमीहरूलाई दिएका यी उपदेशहरूबाट नफर्क तिमीहरू दाहिने अथवा दुब्रै फर्कनु हुदैन। तिमीहरूले अन्य देवताहरूको सेवा गर्न तिनीहरूलाई अनुसरण गर्नु हुदैन।
28:15b.DEU.028.015 “तर यदि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले बताए अनुसार गर्दैनौ तिमीहरू आज मैले बताएका आज्ञाहरू र विधिहरू पालन गर्दैनौ भने तिमीहरूमाथि यी सब नराम्रा कुराहरू आइपर्नेछन्।
28:16b.DEU.028.016 “परमप्रभुले शहर र खेतहरूमा तिमीहरूलाई सराप्नु हुनेछ।
28:17b.DEU.028.017 परमप्रभुले तिमीहरूका डालाहरू र पिठो मुछ्ने आह्रीमा सराप्नु हुनेछ अनि तिनीहरूमा खाद्य हुने छैन।
28:18b.DEU.028.018 परमप्रभुले तिमीहरूलाई सराप्नु हुनेछ अनि तिनीहरूका धेरै नानीहरू हुने छैनन्। उहाँले तिमीहरूका भूमिलाई सराप्नु हुनेछ अनि तिमीहरूले राम्रो अन्नबालि पाउने छैनौ। उहाँले तिमीहरूका पशुहरूलाई सराप्नु हुनेछ अनि तिनीहरूले धेरै बाछा-बाछी ब्याउने छैनन्।
28:19b.DEU.028.019 परमप्रभुले सब तिमीहरूलाई सराप्नु समय प्रत्येक कुरोहरूमा सराप्नु हुनेछ जे तिमी गर्छौ।
28:20b.DEU.028.020 “यदि तिमी अनिष्ट काम गर्छौ अनि परमप्रभुबाट टाढा हुन्छौ, तब उहाँले तिमीलाई अशुभ कार्य भएको बनाउनु हुनेछ। तिमी आफूले गरेको प्रत्येक कार्यमा निराशा र कष्ट पाउने छौ। उहाँले यस्तो तिमीहरू चाँडै अनि सम्पूर्ण नाश नहुञ्जेलसम्म निरन्तर गर्नु हुनेछ। उहाँले यस्तो गर्नु हुनेछ किनभने तिमीहरू उहाँबाट टाढा भयै अनि उहाँलाई छाड्यौ।
28:21b.DEU.028.021 जबसम्म तिमीहरू दखल भएको भूमिबाट शेष हुँदैनौ, ध्वंश हुदैनौ, परमप्रभुले तिमीहरूमाथि भयंङ्कर रोगहरू सृष्टि गर्नु हुनेछ।
28:22b.DEU.028.022 परमप्रभुले तिमीहरूलाई विभिन्न रोगहरू, ज्वरो र सुजन दिएर सजाय दिनु हुनेछ। परमप्रभुले प्रचण्ड ताप पठाउनु हुनेछ अनि तिमीहरूले पानी पाउने छैनौ रोग र गर्मीले तिमीहरूको सब बाली नाश हुनेछ जबसम्म तिमीहरू ध्वंश हुदैनौ यी सब नराम्रा कुराहरू तिमीहरूमाथि परिरहनेछन्।
28:23b.DEU.028.023 आकाशमा बादल हुनेछैन र आकाश पालिश घसेको काँसा झैं देखिनेछ। तिमीले टेकेको भूमि फलाम झैं कडा हुनेछ।
28:24b.DEU.028.024 परमप्रभुले पानी पठाउनु हुनेछैन, आकाशबाट खाली बालुवा र धुलो मात्र झर्नेछ अनि जतिञ्जेलसम्म तिमीहरू ध्वंश हुँदैनौ यस्तो भइरहने छ।
28:25b.DEU.028.025 “तिमीहरू शत्रुहरूमाथि आक्रमण गर्न एउटा मार्गबाट आउनेछौ तर परमप्रभुले तिमीहरूलाई पराजय हात लगाई दिनुहुनेछ र तिमीहरू सातवटा विभिन्न बाटोहरू भएर भाग्नेछौ। तिमीहरूमाथि जुन नराम्रा कुराहरू आइपर्ने छन त्यसबाट पृथ्वीका समस्त मानिसहरू भयभित हुनेछन्।
28:26b.DEU.028.026 तिमीहरूका मृत शरीरहरू जंगली पंक्षी र जनावरहरूको आहार बनिनेछ, तिनीहरूलाई तिमीहरूको मृत शरीरबाट धपाउने कोही हुनेछैन।
28:27b.DEU.028.027 “परमप्रभुले मिश्र बासीहरूलाई झैं तिमीहरूलाई फोकाहरू दिएर दण्ड दिनुहुनेछ। उहाँले तिमीहरूलाई पिलो, गिर्खा र चिलाउने घाउ दिएर दण्ड दिनु हुनेछ।
28:28b.DEU.028.028 परमप्रभुले तिमीहरूलाई बहुलाहा, अन्धा र हृदयमा बेचैनी पारिदिनुहुनेछ।
28:29b.DEU.028.029 “तिमीहरू दिउँसै बाटोमा अन्धा झैं हिड्नेछौ। तिमीहरूले गरेको प्रत्येक कुरोमा असफलता मात्र हात लाग्नेछ। घरि-घरि मानिसहरूले तिमीहरूलाई कष्ट दिइरहने छन्, तिमीहरूको वस्तुहरू चोरी भइरहनेछ तर तिमीहरूलाई बचाँउने कोही हुनेछैन।
28:30b.DEU.028.030 “स्त्री एकजना तिमीसित मगनी हुनेछ तर कोही अर्को मानिस तिनीसित लैंगिक सर्म्पक राख्नेछ। तिमीले घर बनाउने छौ तर त्यसमा बस्नु पाउने छैनौ। तिमीले अङ्गुरको खेती गर्नेछौ तर बाली उठाउन पाउने छैनौ।
28:31b.DEU.028.031 मानिसहरूले तिम्रा अघिनै तिम्रा गाईहरू मार्नेछन् तर मासु खान पाउने छैनौ। मानिसहरूले तिमीहरूका गधाहरू लानेछन् तर फर्काउने छैनन्। तिमीहरूका शत्रुहरूले तिमीहरूको भेडाहरू लानेछन् तर तिमीहरूलाई बचाउँने कोही त्यहाँ हुनेछैन।
28:32b.DEU.028.032 “तिमीहरूका छोरा-छोरीहरूलाई अरू जातिका मानिसहरूले लैजाने छन्। तिमीहरू आफ्नो छोरा-छोरीहरू आँउछन् कि भनी दिनभरि आखाँ टट्याउञ्जेल बाटो हेर्नेछौ तर तिमीहरूले पाउने छैनौ। परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुने छैन।
28:33b.DEU.028.033 “तिमीहरूको सम्पूर्ण मेहनत र अन्नहरू एउटा अपरिचित जातिले लैजानेछ। तिमीहरूसित मानिसहरूले गाली र नराम्रो व्यवहार मात्र गर्नेछन्।
28:34b.DEU.028.034 तिमीहरूले देखेको चीजहरूले तिमीहरूलाई बौलाहा बनाउँछ।
28:35b.DEU.028.035 परमप्रभुले कहिले जाति नहुने पिलोद्वारा तिमीहरूलाई दण्ड दिनु हुनेछ। घुँडा र खुट्टाहरूमा यी पिलोहरू हुनेछ। यी घाउहरू शरीरमा पैतालादेखि टाउकाको तालुसम्म प्रत्येक अङ्गमा हुनेछ।
28:36b.DEU.028.036 “तिमीहरूका राजा र तिमीहरूलाई परमप्रभुले तिमीहरूका पिता-पुर्खा तथा तिमीहरूले नचिनेको नदेखेको जातिमा पठाइदिनु हुनेछ। त्यहाँ तिमीहरूले काठ तथा ढुङ्गाले बनिएको झूटो देवताको सेवा गर्नेछौ।
28:37b.DEU.028.037 देशहरू जहाँ परमप्रभुले तिमीहरूलाई पठाउनुहुनेछ त्यहाँ मानिसहरू तिमीहरूमाथि भएको कष्ट देखेर दुःखी हुनेछन् अनि तिनीहरू तिमीहरूमाथि हाँस्नेछन् र अपमान गर्नेछन्।
28:38b.DEU.028.038 “तिमीहरूको खेतबारीले प्रशस्त अन्न उब्जाउनेछ तर कम्ती हुनेछ, किन? कारण अन्न सलहले खाइदिनेछ।
28:39b.DEU.028.039 तिमीहरूले दाखको खेती मेहनत गरी लगाउनेछौ तर किराहरूले नष्ट गर्नाले उब्जनी प्रशस्त नभएर दाखरसको निम्ति रस पनि पाउनेछैनौ।
28:40b.DEU.028.040 तिमीहरूको भूमिमा जताततै भद्राक्षको रूखहरू भएर पनि त्यसको तेल चलाउन पाउने छैनौ कारण फलहरू सबै भूईंमा झरेर सड्नेछन्।
28:41b.DEU.028.041 तिमीहरूका छोरा-छोरीहरू धेरै भए पनि तिनीहरूलाई राख्नु पाउने छैनौ किन? किनभने तिनीहरू पक्राउ पर्नेछन् अनि कैदमा पर्नेछन्।
28:42b.DEU.028.042 तिमीहरूको खेतमा सबै अन्न र रूखहरू सलहले नष्ट पारी दिनेछ।
28:43b.DEU.028.043 तिमीहरूले आफ्नो शक्ति गुमाउने छौ तर तिमीहरूमाझ बस्ने विदेशीहरू धेरै शक्तिशाली हुनेछन्।
28:44b.DEU.028.044 विदेशीहरूसित तिमीहरूलाई ऋण दिने रूपिया पैसा हुनेछ, तर तिमीहरूसित तिनीहरूलाई ऋण दिने रूपिया पैसा हुनेछैन। तिमीहरू पुच्छर जस्तै हुनेछौ र तिनीहरूले तिमीहरूलाई शिरले शरीर नियन्त्रण गरे झैं गर्नेछन्।
28:45b.DEU.028.045 “जबसम्म तिमीहरू ध्वंश हुदैनौ तिमीहरूमाथि आई लाग्ने सरापले खेद्दै पक्रँदै गरिरहनेछ कारण तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले बताउनु भएको कुराहरू मानेनौ। उहाँले दिनु भएको आज्ञा तथा विधिहरू तिमीहरूले पालन गरेनौ।
28:46b.DEU.028.046 अनि तिनीहरू सघैं तिमीहरू अनि तिमीहरूका सन्तान अघि इर्श्वरको न्यायको प्रतीकको रूपमा रहने छन्।
28:47b.DEU.028.047 “कारण तिमीहरूसित प्रत्येक चीज परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको प्रशस्त हुँदा तिमीहरूले उहाँको सेवा गरेनौ।
28:48b.DEU.028.048 यसकारण तिमीहरूले तिमीहरूको शत्रुहरूको सेवा गर्नेछौ। जो परमप्रभुले तिमीहरूको विद्धमा पठाउनु हुनेछ। तिमीहरू भोकाएका, तिर्खाएका, नाङ्गा र गरीब हुनेछौ। परमप्रभुले तिमीहरूमथि जुन एउटा भारी लाद्नु हुनेछ। तिमीहरूले आफू नाश नहुञ्जेलसम्म हटाउन सकनेछैनौ।
28:49b.DEU.028.049 “परमप्रभुले तिमीहरूसित लडाँई गर्न टाढाबाट एउटा जातिका मानिसहरू ल्याउनुहुनेछ तिनीहरू आकाशबाट गरूडले झम्टे जस्तै आउने छन्। तिमीहरूले तिनीहरूको भाषा बुझ्ने छैनौ।
28:50b.DEU.028.050 तिनीहरू निष्ठुर हुनेछन्, बूढापाकाको आदर गर्दैनन अनि ससाना नानीहरूप्रति दया देखाउँदैनन्।
28:51b.DEU.028.051 तिनीहरूले तिमीहरूका पशुहरू र बाली लानेछन्। तिमीहरूको नाश नहुञ्जेलसम्म तिनीहरूले प्रत्येक चीज लाने छन्। तिनीहरूले तिमीहरूका लागि अन्न, मद्य, तेल, गाईहरू, भेंडाहरू अथवा बाख्राहरू छोड्ने छैनन्। तिनीहरूले तिमीलाई नष्ट नगरे सम्म प्रत्येक चीज लाने छन्।
28:52b.DEU.028.052 “तिमीहरू सोच्छौ त्यस शहरहरूको वरिपरि अग्ला-अग्ला र शक्तिशाली पर्खालहरूले तिमीहरूलाई सुरक्षा दिन्छन्। तर ती पर्खालहरू ढल्नेछन्। त्यस राष्ट्रका मानिसहरूले सबै शहरहरू घेरेर तिमीहरूमाथि आक्रमण गर्नेछन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको भूमिमा एउटै शहर पनि बाँकी नराखी शत्रुहरूले आक्रमण गर्नेछन्।
28:53b.DEU.028.053 “तिमीहरूको शहर थुनुवामा परेको हुनेछ र तिमीहरूलाई यस्ता कष्ट आइलाग्नेछ कि भोक लाग्दा खान केही नपाएर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको आफ्नै सन्तान छोरा-छोरीको मासु खानेछौ।
28:54b.DEU.028.054 “त्यस बेला तिमीहरू माझमा भएका अत्यन्तै भला मानिसहरू पनि आफ्नै दाज्यू-भाइ, आफूले प्रेम गरेको पत्नी अनि आफ्नै छोरा-छोरीहरूप्रति पनि अत्यन्तै निष्ठुर हुनेछन्।
28:55b.DEU.028.055 यसकारण भोजनको अभावमा तिमीहरूले आफ्नै नानीहरू खानेछौ अनि कसैसित बाँड्ने छैनौ जब शत्रुहरूले तिमीहरूको शहरहरूलाई थुनुवामा पार्छन अनि तिमीहरूलाई कष्ट दिन्छन् यी सबै नरम्रा घटनाहरू हुनेछन्।
28:56b.DEU.028.056 “अति कोमल र दयालु स्त्री जसले आफ्नो कोमलताको कारण भूइँमा पैताला राखेकी छैनन्, ऊ पनि आफ्नो पति र नानीहरू प्रति निष्ठूरी हुन्छे।
28:57b.DEU.028.057 त्यो स्त्री त्यससमय यति निष्ठूरी हुन्छे उसले गर्भबाट गुप्तरूपले नानी जन्माउछे र त्यो नानी र त्यससित निस्केको साल पनि आफैं खान्छे कारण त्यहाँ खाने कुरा केही हुँदैन। जब शत्रुहरू आएर तिमीहरूको शहरहरू घेर्नेछन र तिमीहरूले कष्ट पाउनेछौ। त्यहाँ त्यस्ता प्रकारको नराम्रा कुराहरू हुनेछन्।
28:58b.DEU.028.058 “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञाहरू र शिक्षाहरू पालन गर्नु पर्छ जो यस व्यवस्थाको पुस्तकमा लेखिएका छन् र तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरको आश्चर्यपूर्ण र भय योग्य नाउँको सम्मान गर्नु पर्छ।
28:59b.DEU.028.059 परमप्रभुले तिमीहरू र तिमीहरूका सन्तानलाई धेरै कष्टहरू दिनु हुनेछ।
28:60b.DEU.028.060 तिमीहरूले मिश्रमा धेरै कष्ट र रोगहरू देख्यौ जसले तिमीहरूलाई नराम्रो कुराहरूले भयभीत बनायो परमप्रभुले ती सबै तिमीहरूमाथि ल्याउनुहुनेछ।
28:61b.DEU.028.061 परमप्रभुले यस विधिको पुस्तकमा नलेखिएका कष्टहरू र रोगहरू पनि तिमीहरू नष्ट नहुञ्जेलसम्म ल्याउनु हुनेछ। उहाँले यस्ता कष्टहरू निरन्तर ल्याउनु हुनेछ।
28:62b.DEU.028.062 आकाशका ताराहरू जतिनै तिमीहरूका संख्या धेरै हुन सकछन् तर परमप्रभु तिमीहरूका परमेश्वरलाई नमानेको कारण तिमीहरू एकदमै थोरे संख्यामा रहने छौ।
28:63b.DEU.028.063 “तिमीहरू प्रति राम्रो हुनका लागि र तिमीहरूको राष्ट्रको विकास गराउन परमप्रभु जति खुशी हुनु हुन्थ्यो तिमीहरूलाई नष्ट र ध्वंश पार्नु पनि त्यति नै खुशी हुनु हुनेछ। त्यो भूमि तिमीहरूले आफ्नै बनाउन जाँदैछौ तर मानिसहरूले तिमीहरूलाई भूमिबाट लखेटूनेछन्।
28:64b.DEU.028.064 पृथ्वीका सबै मानिसहरू माझ परमप्रभुले तिमीहरूलाई छरपष्ट पारिदिनु हुनेछ। परमप्रभुले तिमीहरूलाई पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म अन्य राष्ट्रका मानिसहरूमाझ छरपष्ट पारिदिनु हुनेछ। अनि त्यहाँ तिमीहरू काठ तथा ढुङ्गाले बनिएका झूटा पुर्खाहरू थाहा नपाइएका देवताहरू पूज्ने छौ।
28:65b.DEU.028.065 “ती राष्ट्रहरूका माझ तिमीहरूले शान्ति पाउने छैनौ र विश्रामको निम्ति तिमीहरूले ठाउँ पाउने छैनौ। परमप्रभुले तिमीहरूको मनमा चिन्ता भरी दिनु हुनेछ। तिमीहरूका आँखा थाकेका हुनेछन्। तिमीहरू दुःखी हुनेछौ।
28:66b.DEU.028.066 तिम्रो जीवन डरले परिपूर्ण हुनेछ र तिमीहरू रात-दिन सधैं डराएको हुनेछौ अनि तिमीहरू आफ्नो जीवनप्रति विश्वस्त हुने छैनौ।
28:67b.DEU.028.067 बिहानै तिमी भन्ने छौ, ‘यो बेलुकी भए हुनेथ्यो बेलुकी तिमी भन्नेछौ, ‘यो बिहान भए हुन्थ्यो। किन? किनभने तिम्रो हृदयमा डर हुनेछ अनि तिमीले नराम्रा कुराहरू देख्नेछौ।’
28:68b.DEU.028.068 परमप्रभुले तिमीहरूलाई जहाजद्वारा मिश्र फर्काउनु हुनेछ मैले तिमीहरूलाई भने, “तिमीहरूले कहिले त्यस ठाउँमा जानु पर्दैन तर परमप्रभुले तिमीलाई त्यहाँ पठाउनु हुनेछ।” मिश्रमा तिमीहरू आफूलाई शत्रुहरू समक्ष कमारा-कमारीको रूपमा बेच्ने चेष्टा गर्नेछौ तर कसैले तिमीलाई किन्ने छैन।
29
29:1b.DEU.029.001 परमप्रभुले होरेब पर्वतमा इस्राएलका मानिसहरूसँग गर्नु भएको करार बाहेक उहाँले मोआब देशमा मोशासित अर्को करार गर्ने आदेश दिनु भयो जब तिनीहरू मोआबमा थिए। त्यो करार यस्तो छ।
29:2b.DEU.029.002 मोशाले इस्राएलका सबै मानिसहरूलाई बोलाएर भने, “परमप्रभुले मिस्र देशमा फिरऊन र उसका सेवकहरू र उसको सम्पूर्ण भूमिका लागि जे गर्नु भएको थियो तिमीहरूले सबै देख्यौ।
29:3b.DEU.029.003 तिमीले आफ्नै आँखाले उहाँले गर्नु भएका ठूला-ठूला कष्टहरू, अलौकिक कामहरू र अचम्मका चीजहरू देख्यौ।
29:4b.DEU.029.004 तर आज पनि तिमीले बुझेनौ के भएको थियो, परमप्रभुले तिमीलाई बुझ्ने अनुमति दिनु भएको छैन के देख्यौ अनि सुन्यौ?
29:5b.DEU.029.005 परमप्रभुले भन्नुभयो, ‘मैले तिमीहरूलाई मरूभूमिमा चालीस वर्षसम्म डोर्याउँदा तिमीहरूको शरीरको लुगा फाटेन, अनि खुट्टामा लगाएको जुत्ता पनि पूरानो भएन
29:6b.DEU.029.006 तिमीहरूले रोटी खाएनौ र दाखरस कुनै प्रकारको मद्य पिएनौ। मैले तिमीहरूलाई रक्षा गरेर ल्याएँ जसले गर्दा तिमीहरू बुझ्न सकछौ म परमप्रभु नै तिमीहरूका परमेश्वर हुँ।
29:7b.DEU.029.007 “तिमीहरू यस ठाउँमा आउँदा हेशबोनका राजा सीहोन र बासानका राजा ओग हामीलाई आक्रमण गर्न आए तर तिनीहरूलाई हरायौं।
29:8b.DEU.029.008 अनि हामीले तिनीहरूको देश रूबेनी, गाद, अनि मनश्शेको आधा कुललाई आफ्नो अंशको रूपमा दियौं।
29:9b.DEU.029.009 यदि तिमीहरूले यस करारमा भएका आज्ञाहरू पालन गर्यौ भने तिमीहरू आफूले गरेको प्रत्येक कार्यमा सफल हुने छौ।
29:10b.DEU.029.010 “आज तिमीहरू सबै जना परमप्रभु तिमीहरूका परमेश्वर अघि उभिरहेका छौ। तिमीहरूका अगुवाहरू, मुखियाहरू, बूढा-प्रधानहरू तथा इस्राएलका सबै बासिन्दाहरू यहाँ छन्।
29:11b.DEU.029.011 तिमीहरूको पत्नी, बाल-बच्चाहरू तथा तिमीहरूसित बस्ने विदेशीहरू लगायत तिमीहरूका दाउरा काटूने अनि पानी बोकनेहरू यहाँ छन्।
29:12b.DEU.029.012 आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरसित एउटा करारमा बाँधिनु पर्छ र परमप्रभुले त्यो करार आज बनाउनु हुँदैछ।
29:13b.DEU.029.013 यो प्रतिज्ञासँगै, परमप्रभुले तिमीहरूलाई उहाँको आफ्नै विशेष मानिसहरू बनाउनु भयो, अनि त्यो प्रमाणित गर्नु भएको छ उहाँ तिमीहरूको परमेश्वर हुनुहुन्छ जस्तो उहाँले तिमीहरू अनि तिमीहरूका पिता-पुर्खाहरू अब्राहाम, इसहाक अनि याकूबलाई गर्नु भएको थियो।
29:14b.DEU.029.014 परमप्रभुले तिमीहरूसित मात्र यो करार गर्नु तथा प्रतिज्ञा गर्नु हुनेछैन,
29:15b.DEU.029.015 तर परमप्रभु तिमीहरूका परमेश्वर सबैसँग यो करार गर्नु हुँदैछ जो उहाँको अघि उभिएका छन् अनि हाम्रा भावी सन्तानहरूसँग जो आज हामीसंग छैनन्।
29:16b.DEU.029.016 तिमीहरूलाई थाहा छ हामी मिश्र देशमा कसरी बाँचेका थियौ अनि तिमीहरूले सम्झना गर हामीहरू कसरी यहाँसम्म आउँदा देशहरू भएर यात्रा गर्यौं।
29:17b.DEU.029.017 तिमीहरूले ती काठ, ढुङ्गा, चाँदी र सुनले बनिएका घृणित मूर्तिहरू देख्यौ।
29:18b.DEU.029.018 दृढ भएर बस तिमीहरूमध्ये कुनै पनि पुरूष अथवा स्त्री, कुल अथवा परिवार समूह परमप्रभु हाम्रा परमेश्वरदेखि टाढा नजाऊ कुनै पनि मानिस अन्य राष्ट्रले मान्ने देवताको सेवा गर्न नजाऊन्। जुन मानिसले त्यो गर्छ त्यो एउटा उद्भिद जस्तै हो जसले उम्रेर तितो अथवा विषालु फल दिन्छ।
29:19b.DEU.029.019 “कुनै मानिसले यी सरापहरू सुन्न सएछ आफूलाई सजिलो ठान्दै भन्छ, ‘म जे गर्दौछु गर्दै लानेछु मसित कुनै अनिष्ट हुने छैन। त्यस मानिसले आफूलाई मात्र नष्ट गर्दैन तर प्रत्येकलाई यहाँसम्म राम्रा मानिसहरूलाई पनि गर्छ।
29:20b.DEU.029.020 परमप्रभुले त्यस्ता मानिसलाई माफ गर्नु हुन्न। परमप्रभुको रीस र डाहाले त्यस्ता मानिस भष्म हुन्छन्। व्यवस्थाको पुस्तकमा लेखिएका सबै नराम्रा कुराहरू त्यसमाथि पर्नेछन् र परमप्रभुले त्यसलाई ध्वंश पारी त्यसको नाउँ निशाना पृथ्वीबाट लोप गराउनु हुनेछ।
29:21b.DEU.029.021 व्यवस्थाको पुस्तकमा लेखिएको करारको सराप अनुसार परमप्रभुले त्यस मानिसलाई दण्ड दिनुका लागि इस्राएलीहरूका सबै कुलहरूबाट अलग गर्नु हुनेछ।
29:22b.DEU.029.022 “भविष्यमा जब तिमीहरूका सन्तानहरू तथा टाढा-टाढाबाट आएका विदेशीहरूले देख्ने छन् कसरी भूमि नष्ट भयो। तिनीहरूले देख्ने छन् कसरी रोगहरू परमप्रभुले ल्याउनु भयो।
29:23b.DEU.029.023 त्यहाँको भूमि सब गन्धकको आगोले जल्नेछ र नूनले ढाकिनेछ अनि त्यहाँ घाँससम्म उम्रने छैन। परमप्रभुको रीसले त्यो भूमि नष्ट हुनेछ जस्तो सदोम, गमोरा, अदमा र सबोयीम नष्ट गरिएका थिए।
29:24b.DEU.029.024 “तब अरू सबै राष्ट्रका मानिसहरूले सोध्नेछन्, ‘परमप्रभुले यो भूमिलाई यस्तो पार्नुभयो? उहाँ किन यति विघ्न रिसाउनु भयो?’
29:25b.DEU.029.025 उत्तर यस्तो हुनेछ, ‘कारण इस्राएलका मानिसहरूले तिनीहरूलाई मिश्र देशबाट ल्याउँदा परमप्रभु तिनीहरूको पिता-पुर्खाहरूको परमेश्वरसित गरिएको करारलाई त्याग गरे।
29:26b.DEU.029.026 तिनीहरू आफूले नचिनेको र परमप्रभुले नबताएको अन्य जातिको देवताहरूको सेवा तथा पूजा गर्न लागे।
29:27b.DEU.029.027 अनि परमप्रभुको क्रोधले यस भूमिका प्रत्येक मानिसहरूमाथि नराम्रा कुरा ल्याए त्यो शिक्षाहरूको पुस्तकमा लेखिएका छन्।
29:28b.DEU.029.028 परमप्रभु अत्यन्तै असन्तुष्ट हुनु भएकोले त्यस भूमिबाट बाहिर निकालेर अहिले तिनीहरूले बसो-बास गरेको भूमिमा राख्नु भयो।’
29:29b.DEU.029.029 “परमप्रभु हाम्रा परमेश्वरले केही कुरो रहस्यमा राख्नु भयो जो उहाँले मात्र जान्नुहुन्छ। तर परमप्रभुले हामीलाई केही बताउनु भयो अनि ती शिक्षाहरू हाम्रो र हाम्रा सन्तानको निम्ति हुन् र ती सदा सर्वदाको निम्ति रहनेछन्। अनि हामीले व्यवस्थामा भएका सबै आज्ञाहरू पालन गर्नु पर्छ।
30
30:1b.DEU.030.001 “मैले तिमीहरूलाई बताएको आशीर्वाद र सरापहरू तिमीहरूमाथि पर्नेछन् अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई खेदी पठाउनु भएको भूमिमा ती कुराहरू सम्झना गर्नेछौ।
30:2b.DEU.030.002 त्यस समय जब तिमीहरूका सन्तान र तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वर कहाँ फर्केर आउनेछौ र आज मैले बताएका उहाँका सबै आज्ञाहरू हृदयबाट नै पालन गर्नेछौ।
30:3b.DEU.030.003 तब परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरू प्रति दयालु हुनुहुनेछ र तिमीहरूलाई मुक्त गराई तिमीहरूलाई छरपष्ट पारेर पठाइएका देशहरूबाट फर्काई ल्याउनु हुनेछ।
30:4b.DEU.030.004 यदि तिमीहरूलाई अत्यन्तै टाढा देशहरूमा पठाइएको भए पनि बटुलेर ल्याउनुहुनेछ।
30:5b.DEU.030.005 जुन भूमि तिमीहरूका पिता-पुर्खाहरूको थियो त्यो फेरि तिमीहरूकै हुनेछ। परमप्रभु तिमीहरूको निम्ति असल हुनुहुनेछ र तिमीहरूको पिता-पुर्खाहरूसँग भएको भन्दा धेरै परमप्रभुले तिमीहरूलाई दिनु हुनेछ। अरू जातिमाभन्दा तिमीहरूको जन संख्या धेरै हुनेछ।
30:6b.DEU.030.006 अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू र तिमीहरूका सन्तानलाई उहाँका आज्ञाहरू पालन गर्नु इच्छुक बनाउनु हुनेछ। तब तिमीहरूका सम्पूर्ण हृदय र सारा प्राणले परमप्रभुलाई प्रेम गर्नेछौ र बाँच्नेछौ।
30:7b.DEU.030.007 “अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको शत्रुहरूमाथि यी सबै सरापहरू ल्याउनु हुनेछ। किनभने तिनीहरूले तिमीहरूलाई घृणा गरे अनि तिमीहरूमाथि आक्रमण गरे।
30:8b.DEU.030.008 अनि फेरि तिमीहरूले परमप्रभुको आज्ञा मान्ने छौ र जुन म आज तिमीहरूलाई बताई रहेछु, पालन गर्नेछौ।
30:9b.DEU.030.009 परमप्रभु तिम्रा परमेश्वरले तिमी जुन सुकै काम हातमा लिन्छौ सफल तुल्याइ दिनु हुनेछ। परमप्रभुले तिम्रो सन्तानमा वृद्धि, गाई-बस्तुहरूमा बाछा-बाछीहरू वृद्धि तथा खेतवारीको अन्न तथा फल फूलहरूमा बृद्धि गराई दिनु हुनेछ। परमप्रभु तिम्रा पिता-पुर्खाहरूसँग खुशी हुनुहुन्थ्यो तिमीहरूसित पनि त्यस्तै खुशी हुनुहुनेछ।
30:10b.DEU.030.010 व्यवस्थाको यस पुस्तकमा लेखिएका आज्ञाहरू पालन गर्यौ र नियमहरूको अनुसरण गर्यौ भने र यी सबै आफ्नो सम्पूर्ण हृदय र सम्पूर्ण प्राणले परमप्रभु तिमीहरूको परमेश्वरलाई तिमीहरूले आज्ञा पालन गर्नेछौ! यी सबै राम्रा राम्रा चीजहरू तिमीहरूले पाउनेछौ तर परमप्रभु तिमीहरूको परमेश्वरले जे भन्नु भएको छ त्यो तिमीहरूले मान्नुपर्छ। जीवन र मृत्यु
30:11b.DEU.030.011 “आदेश जो म तिमीहरूलाई आज दिंदैछु त्यो पालनगर्न न अप्ठयारो छ न टाढा नै छ।
30:12b.DEU.030.012 यो आदेश स्वर्गमा छैन तब तिमीहरूले भन्न सएछौ, ‘हाम्रो निम्ति को स्वर्ग जानेछ र त्यो लिएर आउनेछ? अनि हामी सुन्नु र गर्नु सएछौ।’
30:13b.DEU.030.013 यो आदेश समुद्रको अर्को किनारमा छैन तब हामी भन्न सएछौ, ‘हाम्रो निम्ति समुद्र पार गरेर को जानेछ र त्यो लिएर आउनेछ? अनि हामीले सुन्न र गर्न सएने हुन्छौ।’
30:14b.DEU.030.014 होइन, त्यो शब्द तिमीहरूको अत्यन्तै नजिकै छ, त्यो तिमीहरूले पालन गर्न सएछौ कारण त्यो तिमीहरूको मुखमा छ अनि हृदयमा छ।’
30:15b.DEU.030.015 “आज मैले तिमीहरूलाई राम्रो र नराम्रो अनि जीवन र मृत्यु रोज्न दिएको छु।
30:16b.DEU.030.016 म तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्ने र उहाँका आज्ञाहरू पालन गर्ने, उहाँको विधि तथा नियमहरू अनुसरण गर्ने आदेश दिन्छु। परमप्रभु तिमीहरूका परमेश्वरले दिने भूमि आफ्नो बनाउनको निम्ति प्रवेश गररिरहेका छौ त्यहाँ परमप्रभुले आशिष दिनु हुनेछ र त्यहाँ तिमीहरू बसो-बास गर्नेछौ अनि तिमीहरूका सन्तान फिंजिनेछन्।
30:17b.DEU.030.017 तर यदि तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ अनि अट्टेरी गरेर अन्य देवताहरूको सेवा र पूजा गर्यौ भने,
30:18b.DEU.030.018 तब तिमीहरू ध्वंश हुनेछौ। म तिमीहरूलाई चेताउनी दिन्छु यदि तिमीहरूले परमप्रभुलाई अमान्य गर्यौ भने यर्दन नदीपारि पट्टिको भूमि जुन तिमीहरू आफ्नो बनाउन प्रवेश गर्न लागेका छौ त्यहाँ धेरै बाँच्ने छैनौ।
30:19b.DEU.030.019 “आज मैले तिमीहरूलाई स्वर्ग र पृथ्वीलाई साक्षी राखेर दुइवटा ढुङ्गाहरूबाट एउटा रोज्नु लाउँदैछु। जीवन अथवा मृत्यु रोज्न सएछौ। पहिलो रोजाइ आशीर्वाद ल्याउँछ, अनि अरू रोजाई सराप यसकारण जीवनलाई रोज। तब तिमी अनि तिमीहरूको नानीहरू बाच्ने छन्।
30:20b.DEU.030.020 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नै पर्छ र उहाँका आज्ञा पालन गर्नै पर्छ। उहाँलाई कहिलै त्याग नगर किनभने परमप्रभु नै तिमीहरूका जीवन हुनु हुन्छ। तब परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूः अब्राहाम, इसहाक र याकूबसित गर्नु भएको प्रतिज्ञा अनुसार पाएको भूमिमा उहाँले दीर्घायु जीवन दिनुहुनेछ।”
31
31:1b.DEU.031.001 तब मोशा अघि बढेर यी शब्दहरू इस्राएलका मानिसहरूलाई भने।
31:2b.DEU.031.002 मोशाले तिनीहरूलाई भने, “म अहिले 120 वर्षको भएँ। अब म तिमीहरूको अगुवा हुनु सक्तिनँ। ‘तिमी यर्दन नदी तर्ने छैनौ,’ परमप्रभुले मलाई भन्नुभयो।
31:3b.DEU.031.003 परमप्रभु तिमीहरूका परमेश्वर अगुवा हुनुहुनेछ र तिमी अघि ती जातिहरूलाई नष्ट पार्नु हुनेछ अनि तिमीले तिनीहरूको भूमि लिनेछौ। परमप्रभुको प्रतिज्ञा अनुसार यहोशूले तिमीहरूलाई पारि लैजान नेतृत्व गर्नेछन्।
31:4b.DEU.031.004 “परमप्रभुले तिनीहरूलाई एमोरीहरूका राजाहरू सीयोन र ओग तथा तिनीहरूको भूमिलाई ध्वंश पार्दा जसो गर्नु भएको थियो तिनीहरूलाई पनि त्यस्तै गर्नुहुन्छ।
31:5b.DEU.031.005 ती जातिहरूलाई परास्त पार्न परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुनेछ तर मैले आज्ञा दिए जस्तै तिनीहरूलाई प्रत्येक कुरो गर्नु पर्छ।
31:6b.DEU.031.006 शक्तिशाली र साहसी बन। तिनीहरूसित नडराऊ किनभने परमप्रभु तिमीहरूको परमेश्वर तिमीहरूसंगै हुनु हुन्छ। उहाँले तिमीलाई असफल गराउनु हुन्न अथवा छोड्नु हुन्न।”
31:7b.DEU.031.007 तब मोशाले यहोशूलाई भने, “बलियो र साहसी होऊ, तिमीले यिनीहरूका पिता-पुर्खाहरूलाई परमप्रभुले दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा नेतृत्व गर्नेछौ।” मोशाले यहोशूलाई भन्दा सबै मानिसहरूले हेरे। इस्राएलका मानिसहरूलाई तिनीहरूको भूमि आफ्नो गराउनुमा सहायता गर्नेछौ।
31:8b.DEU.031.008 परमप्रभु तिमीसँगै बसेर तिमीलाई नेतृत्व गर्नु हुनेछ। चिन्ता नगर उहाँले तिमीहरूलाई छोड्नु हुँदैन, नडराऊ।”
31:9b.DEU.031.009 तब मोशाले व्यवस्था लेखे र पूजाहारीहरूलाई दिए। पूजाहारीहरू लेवी कुल समूहका हुन्। तिनीहरूको काम परमप्रभुको करारको सन्दुक बोएनु हो। मोशाले त्यो व्यवस्था इस्राएलका सबै बूढा-प्रधानहरूलाई पनि दिए।
31:10b.DEU.031.010 त्यस पछि मोशाले ती बूढा-प्रधानहरूलाई भने, “प्रत्येक सातवर्षको अवधिको अन्तमा यी शिक्षाहरू प्रत्येक आश्रयको उत्सवको दिन स्वतन्त्रताको वर्षमा पढ।
31:11b.DEU.031.011 त्यस बेला परमप्रभु तिमीहरूका परमेश्वरले रोज्नु भएको ठाउँमा सबै इस्राएली मानिसहरू भेट-घाटको निम्ति आउँछन् तब सबैले सुन्ने गरी यी व्यवस्था पढ्नु पर्छ।
31:12b.DEU.031.012 पुरूष, स्त्रीहरू, साना-साना नानीहरू र तिमीहरूका शहरहरूमा बस्ने विदेशीहरूलाई एकसाथ भेला गर। तिनीहरूले व्यवस्था सुनेर परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर्नु सिकनेछन् अनि उपदेशमा भनिएको सबै कुराहरू गर्नु सक्षम हुनेछन्।
31:13b.DEU.031.013 यदि तिनीहरूका सन्तानहरूले व्यवस्थाको शिक्षाहरू जान्दैनन् भने तिनीहरूले उपदेशहरू सुन्नेछन् र परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर्न सिकनेछन्। जबसम्म तिमीहरू आफ्नो देशमा बाँच्नेछौ तबसम्म तिनीहरूले उहाँको आदर गर्नेछन्। तिमीहरू चाँडै यर्दन तर्नेछौ अनि भूमि आफ्नो निम्ति ग्रहण गर्नेछौ।”
31:14b.DEU.031.014 परमप्रभुले मोशालाई भन्नुभयो, “हेर, तिम्रो मृत्यु नजिकै आएको छ। यहोशूलाई ल्याऊ अनि भेट हुने पालमा आऊ। म यहोशूलाई उसले गर्नु पर्ने कार्यहरू बारे बताउनेछु।” यसकारण मोशा र यहोशू भेट हुने पालमा गए।
31:15b.DEU.031.015 परमप्रभु लामो बादलको खामोमा देखा पर्नु भयो। त्यो लामो खम्बा प्रवेशद्वारमा खडा थियो।
31:16b.DEU.031.016 परमप्रभुले मोशालाई भन्नुभयो, “तिमी चाँडै मर्नेछौ। अनि तिमी आफ्नो पिता-पुर्खाहरूकहाँ गएपछि यी मानिसहरू मप्रति चाँडै अविश्वासी हुनेछन् र तिनीहरूले प्रवेश गर्दै गरेको भूमिका झूटा देवताहरूलाई पूज्नेछन्। तिनीहरूसित मैले गरेको करार मान्ने छैनन्।
31:17b.DEU.031.017 त्यस समय म तिनीहरूसित अत्यन्तै क्रोधित हुनेछु र तिनीहरूलाई छोडी दिनेछु र तिनीहरूलाई सहायता गर्नेछैन र तिनीहरू ध्वंश हुनेछन्। तिनीहरूमाथि नाना प्रकारका आफ्त र विपदहरू ल्याउनेछु र त्यस दिन तिनीहरूले भन्नेछन्, ‘हाम्रा परमेश्वर हामीसँग नभएकोहुनाले नै यस्तो आफ्त र विपत्तिहरू आइलागेको हो?’
31:18b.DEU.031.018 तिनीहरूले मलाई छोडेर अरू देवताहरू पूज्ने जस्तो अनिष्ट कार्यहरू गरेको निम्ति म तिनीहरूलाई सहायता गर्न अस्वीकार गर्छु।
31:19b.DEU.031.019 “यसकारण अब तिनीहरूको निम्ति यो गीत लेख अनि सबै इस्राएलीहरूलाई गीत गाउन सिकाउ जसले गर्दा यो गीत इस्राएलीहरूको विरूद्धमा अनि मेरो पक्षको साक्षी बनोस्।
31:20b.DEU.031.020 जब म तिनीहरूलाई मैले दिन्छु भनी तिनीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गरेको अनि दूध र मह बगिरहेको भूमिमा ल्याउँछु अनि जति सएदो खाएर मोटाए पछि मलाई बिर्सेर अन्य देवताको सेवा तथा पूजा गर्छन्।
31:21b.DEU.031.021 तब धेरै डरलाग्दा कुराहरू तिनीहरूमाथि घट्नेछन् अनि तिनीहरूले धेरै कष्टहरू बेहोर्नु पर्छ। त्यस समयमा पनि तिनीहरूका मानिसहरूले त्यो गीत जान्दछन् र यसले तिनीहरू कति भूल गरिरहेका थिए बुझाउनेछ। मैले अहिलेसम्म तिमीहरूलाई भूमिमा ल्याएको छैन जो म दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ, तर पहिला नै मैले जानिसकेकोछु तिनीहरूले के गर्ने योजना बनाउँदैछन्।”
31:22b.DEU.031.022 यसकारण मोशाले त्यही दिन गीत लेखे अनि इस्राएलका मानिसहरूलाई यो पढाए।
31:23b.DEU.031.023 तब परमप्रभुले नूनका छोरो यहोशूसित कुरा गर्नुभयो। परमप्रभुले भन्नुभयो, “बलियो र साहसी बन, मैले दिन्छु भनी प्रतिज्ञा गरेको भूमिमा जान इस्राएलका मानिसहरूलाई नेतृत्व गर, म तिमीसँगै हुनेछु।”
31:24b.DEU.031.024 यी सबै व्यवस्था वचन मोशाले एउटा पुस्तकमा लेखे। जब तिनले लेखिसके,
31:25b.DEU.031.025 तिनले लेवीहरूलाई आज्ञा दिए। यी मानिसहरू परमप्रभुका करारको सन्दूक बोएछन्। मोशाले भने,
31:26b.DEU.031.026 “व्यवस्थाको यो पुस्तक ल्याऊ अनि परमप्रभु तिमीहरूका परमेश्वरका करारको सन्दूकको छेउमा राख। तब यो तिमीहरूको विरूद्धमा साक्षीको रूपमा हुनेछ।
31:27b.DEU.031.027 म जान्दछु तिमीहरू अट्टेरी गर्नेछौ।
31:28b.DEU.031.028 तिमीहरूका कुल समूहका सबै अगुवाहरू र बूढा-प्रधानहरूलाई लिएर आऊ। म तिनीहरूलाई यी सबै कुराहरू बताउनेछु अनि पृथ्वी र स्वर्गलाई तिनीहरूको विरूद्धमा साक्षी बस्न लगाउने छु।
31:29b.DEU.031.029 म जान्दछु मेरो मृत्युपछि तिमीहरू दुष्ट हुनेछौ। मैले अनुसरण गर्नु भनी बताएको बाटोबाट तिमीहरू पर सर्ने छौ। भविष्यमा तिमीहरूको निम्ति नराम्रो आइलाग्नेछ। किन? किनभने परमप्रभुले नराम्रो भन्नु भएका कुराहरू तिमीहरू गर्न चाहन्छौ। किनभने तिमीहरू नराम्रो कुराहरू गर्छौ।” मोशाको स्तुति गीत
31:30b.DEU.031.030 तब मोशाले इस्राएलका सबै मानिसहरूलाई यो सम्पूर्ण गीत सकूञ्जेलसम्म सुनाए।
32
32:1b.DEU.032.001 321”हे आकाश! सुन, म बोल्नेछु, हे पृथ्वी! मेरो मुखको वचनहरू सुन।
32:2b.DEU.032.002 मेरा शिक्षाहरू झरी झैं पर्नेछन्। भूइँमा खस्ने तुषारो जस्तै झर्नेछन् नरम घाँसमा पर्ने पानी जस्तै झर्नेछन् हरिया बोटहरूमा पानी झैं पर्नेछन्।
32:3b.DEU.032.003 किनभने म परमप्रभुको नाउँ घोषणा गर्छ, हाम्रा परमेश्वरको महानताको प्रशंसा गर।
32:4b.DEU.032.004 “उहाँ चट्टान हुनुहुन्छ कारण उहाँका बाटाहरू सही छन्, परमेश्वर सत्य र विश्वास योग्य हुनुहुन्छ। उहाँ असल र इमानदार हुनुहुन्छ।
32:5b.DEU.032.005 अनि तिमीहरू उहाँका असली बाल-बच्चाहरू होइनौ, तिमीहरूको पापले उहाँलाई धमिल्याउनेछ, कारण तिमीहरू धूर्त झूटा छौ।
32:6b.DEU.032.006 के परमप्रभुले तिमीहरूको निम्ति गरेकोमा कृतज्ञता त्यसरी व्यक्त गर्नु पर्छ? होइन, तिमीहरू मूर्ख र बुद्धिहीन हौ। परमप्रभु तिमीहरूका पिता हुनुहुन्छ। उहाँले तिमीहरूको सृष्टि गर्नुभयो। उहाँ तिमीहरूका सृष्टिकर्ता हुनुहुन्छ। उहाँले तिमीलाई समर्थन गर्नुहुन्छ।
32:7b.DEU.032.007 उहिले नै के भएको थियो सम्झना गर, धेरै-धेरै वर्षअघि भएका कुराहरू सम्झना गर। तिमीहरूका पितालाई सोध तिमीहरूको अगुवाहरूलाई सोध, तिनीहरूले भन्नेछन्।
32:8b.DEU.032.008 सर्वोच्च परमेश्वरले पृथ्वीमा मानिसहरूलाई विभाजन गरी प्रत्येक जातिलाई आफ्नो आफ्नो भूमि दिनु भयो। परमेश्वरले ती मानिसहरूको निम्ति सीमाना छुट्याउनु भयो, जति स्वर्गदूतहरू थिए उहाँले त्यति जातिको सृष्टि गर्नु भयो।
32:9b.DEU.032.009 परमप्रभुको निज हिस्सा उहाँका मानिसहरू हुन् याकूब परमप्रभुका हुन्।
32:10b.DEU.032.010 परमप्रभुले याकूबलाई बीरानो अनि बतासले भरिएको मरूभूमिमा भेटूनुभयो। परमप्रभुले हेर्नको निम्ति याकूबलाई घेर्नु भयो। उहाँले उसलाई आफ्नो आँखाको नानीलाई झैं जोगाउनु भयो।
32:11b.DEU.032.011 इस्राएलको निम्ति परमप्रभु गरूड झैं हुनु हुन्थ्यो। गरूड्ले उड्न सिकाउनको निम्ति गुँडबाट बच्चाहरूलाई घँचेटेर निकाल्छ, सुरक्षाको निम्ति ऊ आफ्ना बच्चाहरू सँगै उडछे। उसले बच्चाहरूलाई खस्नुबाट जोगाउन आफ्नो पंखेटा फिंजाउँछे। अनि उसले रक्षागर्न को निम्ति सुरक्षित ठाउँमा लिएर जान्छे। परमप्रभु त्यस्तै हुनुहुन्छ।
32:12b.DEU.032.012 कुनै अरू विदेशी देवताहरूले उसलाई सहायता गरेनन् परमप्रभु एएलैले याकूबको नेतृत्व गर्नु भयो।
32:13b.DEU.032.013 परमप्रभुले याकूबलाई पहाडी देशलाई कब्जा गर्न लानु भयो अनि याकूबले खेतको उब्जनी लगे। परमप्रभुले उसलाई पहराको मह दिनुभयो, अनि भद्राक्षको तेल चट्टानबाट निकालेर बनाउनु भयो।
32:14b.DEU.032.014 परमप्रभुले इस्राएललाई गाई-गोरूको बथानबाट र भेडाहरूको बगालबाट घीऊ र दूध दिनु भयो; उहाँले इस्राएललाई मोटा-मोटा थुमाहरू र बाख्राहरू बथानका असल भेडाहरू र अति असल गहुँ दिनुभयो। इस्राएली तिमीहरूले दाखको रातो रस पियौ।
32:15b.DEU.032.015 तर यशूरून मोटाए अनि गोरूले झैं लात हाने। हो, तिमीहरूलाई प्रशस्त खुवाइयो र मोटा र पुष्ट भयौ, तब उसले आफ्नै सृष्टि कर्तालाई त्यागे, अनि ऊ त्यस चट्टानबाट भागे जसले उसलाई बचाएको थियो।
32:16b.DEU.032.016 परमप्रभुको मानिसहरूले उहाँलाई ईर्ष्यालु बनाए तिनीहरूले अरू देवताहरूको पूजा गरे। तिनीहरूले ती भयानक मूर्तिहरू पूजेर परमेश्वरलाई रीस उठाए।
32:17b.DEU.032.017 तिनीहरूले भूतहरूलाई बलिदानहरू चढाए जो सत्य देवताहरू थिएनन् तिनीहरू नयाँ देवताहरू थिए। त्यो तिनीहरूले जान्दैन थिए, ती नयाँ देवताहरू तिमीहरूको पिता-पुर्खाहरूले जान्दैन थिए।
32:18b.DEU.032.018 जसले तिमीलाई बनायो, त्यस चट्टानलाई तिमीले छोडयौ तिमीले ती परमेश्वरलाई बिर्सियौ जसले तिमीलाई जन्म दिनु भयो।
32:19b.DEU.032.019 परमप्रभुले यो देखेर तिनीहरूसित निराश हुनु भयो। उहाँका आफ्नै छोरा-छोरीहरूले उहाँलाई रीस उठाए।
32:20b.DEU.032.020 यसकारण परमप्रभुले भन्नुभयो, ‘म तिनीहरूलाई त्याग गर्नेछु तब हेरौं के हुन्छ! तिनीहरू विद्रोही मानिसहरू हुन्। तिनीहरू नानीहरू जस्तै छन् जसले आफ्नो पाठ सिकदैन।
32:21b.DEU.032.021 तिनीहरूले मलाई मूर्तिहरूद्वारा ईर्ष्यालु बनाए जो ईश्वरहरू होइनन् तिनीहरूले मलाई मूल्यहीन मूर्तिहरूसित रिसाउने बनाए। म तिनीहरूलाई मानिसहरूसित रिसाउने बनाउनेछु जो साँचो राष्ट्र होइनन्। म तिनीहरूलाई मूर्ख जातिका मानिससित रिसाउने बनाउनेछु।
32:22b.DEU.032.022 मेरो रीस आगो जस्तै बल्नेछ। चिहानको तल्लो सतहसम्म बलेर। पृथ्वी अनि यसका अरू चिज नष्ट गर्दै बलेर पहाडको तलसम्म जलाई दिन्छु।
32:23b.DEU.032.023 ‘म इस्राएलीहरूमाथि विपत्ति ल्याउनेछु, म तिनीहरू माथि आफ्ना सबै वाण चलाउनेछु।
32:24b.DEU.032.024 तिनीहरू भोकले, दुर्बल हुनेछन् अनि भयङ्कर रोगहरूले तिनीहरूलाई नष्ट पार्नेछन्। तिनीहरूको विरोधमा म जङ्गली जनावर पठाउनेछु। विषालु साँपहरू र छेपाराहरूले तिनीहरूलाई टोएने छन्।
32:25b.DEU.032.025 बाटा-घाटामा सैनिकहरूले तिनीहरूलाई मार्नेछन्। तिनीहरूका घरहरूमा भयंकर घटनाहरू हुनेछन्। सैनिकहरूले युवा-युवतीहरूलाई मार्नेछन्। तिनीहरूले नानीहरू अनि बूढा-बूढीहरुलाई मार्नेछन्।
32:26b.DEU.032.026 मैले इस्राएलीहरूलाई नाश गर्ने विषयमा सोचें। यस कारण म मानिसहरूको बीचबाट तिनीहरूको सम्झना मेटिदिनेछु।
32:27b.DEU.032.027 तर म जान्दछु, तिनीहरूका शत्रुहरूले के भन्नेछन्। शत्रुहरूले बुझ्ने छैनन्। तिनीहरू सेखी गर्नेछन् अनि भन्नेछन्, “परमप्रभुले इस्राएललाई नष्ट गर्नुभएन हामीले हाम्रै शाक्तिले जित्यौं।”‘
32:28b.DEU.032.028 इस्राएलका मनिसहरू मूर्ख छन्, तिनीहरूले केही बुझ्दैनन्।
32:29b.DEU.032.029 यदि तिनीहरू ज्ञानी भए तिनीहरूले बुझ्ने थिए, तिनीहरूले जान्ने थिए तिनीहरूलाई के हुनेछ।
32:30b.DEU.032.030 के एकजना मानिसले 1,000 मानिसहरूलाई लखेटून सएछ? के दुईजना मानिसहरूले 10,000 मानिसहरूलाई लखेट्न सकछन्? यो तब मात्र हुनेछ यदि परमप्रभुले तिनीहरूलाई शत्रुको हातमा सुम्पिनु हुन्छ। यो तब मात्र हुनेछ यदि तिनीहरूको चट्टान (परमेश्वरले) तिनीहरूलाई कमारा जस्तै बेच्नु हुन्छ।
32:31b.DEU.032.031 हाम्रा शत्रुहरूको ‘चट्टान’ हाम्रो चट्टान (परमप्रभु) जस्तो शक्तिशाली छैन शत्रुहरूलाई पनि यो थाहा छ।
32:32b.DEU.032.032 सदोम र गमोरा जस्तै तिनीहरूको अङ्गुरको लहरा र खेती नष्ट हुनेछ। तिनीहरूको अङ्गुर विष जस्तै तीतो हुनेछ।
32:33b.DEU.032.033 तिनीहरूको दाखरस साँपको विष झैं छ।
32:34b.DEU.032.034 परमप्रभु भन्नुहुन्छ, ‘म त्यस दण्डलाई साँच्दैछु। मैले यसलाई मेरो भण्डारमा जम्मा गरेको छु।
32:35b.DEU.032.035 तिनीहरूले गरेको नराम्रा कार्यहरूको निम्ति, म नै तिनीहरूलाई दण्ड दिन्छु। तर त्यो दण्ड त्यस समयको निम्ति जोगाई राखेकोछु जब तिनीहरू चिप्लन्छन् र नराम्रो कार्यहरू गर्छन्। तिनीहरूको निम्ति कष्टको समय नजिकै छ। तिनीहरूको दण्ड चाँडै आउनेछ।’
32:36b.DEU.032.036 परमप्रभुले आफ्नो मानिसहरूको न्याय गर्नुहुनेछ। तिनीहरू उहाँका सेवकहरू हुन् अनि उहाँ तिनीहरू प्रति दया देखाउनु हुन्छ। उहाँले तिनीहरू शाक्तिहीन भएको थाहा पाउनु हुनेछ। कमारा-कमारीहरू र मुक्त मानिसहरू पनि असाहाय भएको उहाँले थाहा पाउनु हुनेछ।
32:37b.DEU.032.037 तब परमप्रभुले भन्नु हुनेछ, ‘झूटा देवताहरू कहाँ छन्? त्यो ‘चट्टान’ कहाँ छ शरण गर्न तिमीहरू दगुरेका थियौ?
32:38b.DEU.032.038 ती झूटा देवताहरूले तिमीहरूको बलिको बोसो खाए अनि तिनीहरूले चढाएको अर्घका दाखरस पिए। यसकारण तिनीहरू उठ्न तिमीहरूको सहायता गरून् तब तिमीहरूको रक्षा गरून्।
32:39b.DEU.032.039 ‘अब हेर, म एक मात्र म नै परमेश्वर हुँ! कतै अरू ईश्वर छैन। म नै मानिसलाई मार्दछु अनि मानिसहरूलाई जीवित पार्दछु म मानिसहरूलाई चोट पुर्याउन सकछु अनि तिनीहरूलाई निको पार्न सकछु। कसैले मानिसलाई मेरा शक्तिबाट बचाउँनु सकदैन।
32:40b.DEU.032.040 म स्वर्गतिर हात उठाउँछु अनि यो कसम खान्छु। म सधैं निश्चित हुन्छु यी कुराहरू हुनेछन्।
32:41b.DEU.032.041 म प्रतिज्ञा गर्छु, म मेरो चम्किने तरवार उधाउँनेछु, मेरा शत्रुहरूलाई दण्ड दिन यसको प्रयोग गर्नेछु। म तिनीहरूलाई तिनीहरूको कर्म अनुसार दण्ड दिनेछु।
32:42b.DEU.032.042 मेरा शत्रुहरू मारिनेछन् अनि बन्दी हुन्छन्। मेरो काँडहरू तिनीहरूको रगतले रंगिने छन्। मेरो तरवारले तिनीहरूका सैनिकहरूका शिर काटूनेछ।
32:43b.DEU.032.043 सारा संसार मानिसहरूका परमेश्वरको निम्ति खुशी हुनुपर्छ। किन? किनभने उहाँले तिनीहरूलाई सहायता गर्नुहुन्छ, उहाँले मानिसहरूलाई दण्ड दिनु हुनेछ जसले आफ्ना सेवकहरूलाई मार्छन्। उहाँले शत्रुहरूको अपराध अनुसार दण्ड दिनुहुन्छ। अनि उहाँले आफ्नो भूमि र मानिसहरूलाई शुद्ध बनाउनु हुनेछ।”
32:44b.DEU.032.044 मोशा र नूनको छोरो यहोशू आए अनि इस्राएलका मानिसहरूले सुनून् भनी यस गीतका शब्दहरू गाए।
32:45b.DEU.032.045 जब मोशाले मानिसहरूलाई यो वचनहरू दिई सके,
32:46b.DEU.032.046 तब उनले भने, “तिमीहरूले निश्चय गर्नु पर्छ आज मैले बताएका सबै आज्ञाहरू तिमीहरू सम्झना राख्छौ र यस व्यवस्थामा रहेका आज्ञाहरू तिनीहरूले पालन गर्नै पर्छ भनी आफ्ना छोरा-छोरीहरूलाई बताउँनेछौ।
32:47b.DEU.032.047 नसोच यी उपदेशहरू महत्वहीन छन् ती तिमीहरूको जीवन हुन्। यी शिक्षाहरूद्वारा तिमीहरू यर्दन नदी पारिको देश जुन देशमा तिमीहरू बस्न जान तयार छौ त्यहाँ धेरै समयसम्म बस्न सएछौ।”
32:48b.DEU.032.048 त्यही दिन परमप्रभुले मोशासित बोल्नु भयो। परमप्रभुले भन्नुभयो,
32:49b.DEU.032.049 “अबारिम पहाडमा जाऊ। मोआब देशमा नबो पर्वतमा जाऊ जो यर्दन नदीपारि यरीहो शहर छ। तब तिमीले त्यो कनान देशलाई देख्न सएछौ जुन देश म इस्राएलीहरूलाई बस्न दिंदैछु।
32:50b.DEU.032.050 तिमी त्यही पर्वतमाथि मर्नेछौ। तिमी पनि त्यसरी नै आफ्नो मानिसहरूसित मिल्नेछौ जसरी तिम्रा दाज्यू हारून होर पर्वतमा मरेर आफ्नो मानिसहरूसित मिले।
32:51b.DEU.032.051 किन? किनभने जब तिमी सीनको मरूभूमिमा कादेशको नजिक मरीबा पानीमा थियौ तब तिमी दुवैले मेरो विरूद्ध इस्राएलीहरूको अघि पाप गरेको थियौ। तिमीले मेरो सम्मान गरेनौ अनि ‘म पवित्र हुँ, भनी मानिसहरूलाई बुझाएनौ।
32:52b.DEU.032.052 यस कारण अब मैले इस्राएलका मानिसहरूलाई दिंदै गरेको भूमि तिमीले हेर्न सएछौ तर त्यहाँ पस्न सएदैनौ।”
33
33:1b.DEU.033.001 परमेश्वरको मानिस मोशाले आफ्नो मृत्युभन्दा अघि इस्राएलका मानिसहरूलाई दिएको आशीर्वाद यो नै हो।
33:2b.DEU.033.002 मोशाले भने, “परमप्रभु सीनैबाट आउनुभयो, परमप्रभु सेईरमा बिहानी पखको प्रकाश झैं हुनुहुन्थ्यो। उहाँ पारान डाँडामा ज्योति झै चम्कनुभयो। परमप्रभु 10,000 पवित्र मानिसहरूसित आउनु भयो। परमप्रभुका शक्तिशाली सेनाहरू छेऊमा थिए।
33:3b.DEU.033.003 हो, परमप्रभुले मानिसहरूलाई प्रेम गर्नुहुन्छ, उहाँका सबै पवित्र मानिसहरू उहाँको अधीनमा छन्। तिनीहरू सबै तपाईंका पाउमा दण्डवत् गर्नेछन् उहाँको शिक्षाहरू सिकेर, उहाँको अनुसरण गर्छन्।
33:4b.DEU.033.004 मोशाले हामीलाई व्यवस्था दिए। ती शिक्षाहरू याकूबका मानिसहरूको निम्ति हुन्।
33:5b.DEU.033.005 त्यस समयमा, इस्राएलका मानिसहरू र तिनीहरूका बूढा-प्रधानहरू सँगै भेला भए अनि परमप्रभु यशूरूनका राजा हुनुभयो।
33:6b.DEU.033.006 “रूबेन जीवित रहुन्, र नमरोस्, तर त्यहाँ उनको कुलमा मात्र केही मानिसहरू रहुन्।”
33:7b.DEU.033.007 मोशाले यहूदाको विषयमा यी कुराहरू भनेः “परमप्रभु! यहूदाको अगुवालाई सुन्नुहोस् जब उसले सहायताको निम्ति पुकार्छ। उसलाई मानिसहरूसित पुर्याई दिनुहोस्, उसलाई बलियो बनाउनु होस् र उसका शत्रुहरूलाई परास्त गर्न उसलाई सहायता गर्नोस्।”
33:8b.DEU.033.008 मोशाले लेवीहरूको विषयमा यी कुराहरू भनेः “लेवी तपाईंको साँच्चो चेला हो। उसले तुम्मीम र ऊरीम राख्छ। तपाईंले मस्सामा लेवीको मानिसहरूको परीक्षा लिनु भएको थियो। मरीबको पानीमा तपाईंले प्रमाण गर्नु भएको थियो लेवीहरू तपाईंका हुन्।
33:9b.DEU.033.009 आमा-बाबुको विषयमा लेवीले भने, ‘तिनीहरूको निम्ति म वास्ता गर्दिनँ।’ उसले आफ्नो दाज्यू भाइको वास्ता गरेन आफ्नो बाल-बच्चाहरू चिनेन। तर उसले तपाईंका आज्ञाहरू पालन गरे, तपाईंको करार माने।
33:10b.DEU.033.010 “तिनीहरूले याकूबलाई तपाईंका आदेशहरू सिकाउनेछन्, तिनीहरूले इस्राएललाई तपाईंका व्यवस्था सिकाउनेछन्। तपाईंअघि तिनीहरूले सुगन्धित धूप बाल्नेछन्, तपाईंको वेदीमा होमबलि चढाउनेछन्।”
33:11b.DEU.033.011 “परमप्रभु लेवीका वस्तुहरूलाई आशीर्वाद दिनु होस्। उसले गरेका कुराहरू ग्रहण गर्नु होस्। उसमाथि जाइलाग्नेहरूलाई ध्वंश पार्नु होस्, पराजित पार्नु होस्। उसका शत्रुहरूलाई जसले गर्दा तिनीहरूले फेरि कहिल्यै आक्रमण गर्ने छैनन्।”
33:12b.DEU.033.012 “मोशाले बिन्यामीनको विषयमा यी कुरा भने। बिन्यामीनलाई परमप्रभुले प्रेम गर्नुहुन्छ। बिन्यामीन उहाँको छेऊमा सुरक्षित रहनेछ। परमप्रभुले उसलाई सधैं रक्षा गर्नुहुन्छ। अनि परमप्रभुले उसको भूमिमा बास गर्नुहुन्छ।”
33:13b.DEU.033.013 मोशाले यूसुफ विषयमा यसो भनेः “परमप्रभुले उसको भूमिमा आशिष दिऊन माथि आकाश र तल पृथ्वीबाट परमप्रभु पानी पठाउनु होस्।
33:14b.DEU.033.014 घामले उत्तम फल उसैलाई देओसू। चन्द्रमाले दिएको उत्तम फल उसैलाई होस्।
33:15b.DEU.033.015 पहाड प्राचीन पर्वतहरूले उत्तम फल तिनीहरूलाई उब्जाऊन।
33:16b.DEU.033.016 पृथ्वीले उब्जाउने उत्तम चीजहरू उसैलाई देओस्। यूसुफलाई उसको दाज्यू-भाइहरूबाट अलग्ग गराइएको थियो। यसकारण पोथ्रामा बल्दै गरेका परमप्रभुले यूसुफलाई आफ्नोमा भएका सम्पूर्ण उत्तम चीजहरू दिऊन्।
33:17b.DEU.033.017 यूसुफ शक्तिशाली साँढे जस्तै हो। उसका दुई छोराहरू साँढेका सींगहरू जस्तै छन्। तिनीहरूले राष्ट्रहरूमाथि आक्रमण गर्नेछन् अनि पृथ्वीको छेऊहरूसम्म धकेल्ने छन्। हो मनशशेसित हजार मानिसहरू छन् अनि एप्रेमसित दश हजार मानिसहरू छन्।
33:18b.DEU.033.018 जबुलूनको बिषयमा मोशाले भनेः “ए जबूलून, खुशी होऊ, जब बाहिर जान्छौ, अनि इस्साकार आफ्नो घरमा पालभित्र र्हषित होऊ।
33:19b.DEU.033.019 तिनीहरूले मानिसहरूलाई पहाडमा बोलाउने छन्, त्यहाँ तिनीहरूले उत्तम बलिहरू चढाउनेछन्। तिनीहरूले सागरबाट ऐश्वर्य अनि सागरको किनारबाट सम्पत्ति भेटूनेछन्।”
33:20b.DEU.033.020 गादको विषयमा मोशाले भनेः “परमप्रभुको प्रशंसा गर जसले गादलाई धेरै भूमि दिनु भयो! गाद सिंह जस्तै छन्, उनी लमतन्न पर्छन् र पर्खन्छन्। तब आक्रमण गर्छन् अनि जन्तुहरूलाई टुक्रा-टुक्रा पार्छन्।
33:21b.DEU.033.021 उनले आफ्नो निम्ति सबभन्दा असल अंश छान्छन्। उनले राजाको भाग नै लैजान्छन्। उनीकहाँ मानिसहरूका अगुवाहरू आउँछन्। परमप्रभुले बताउनु भएको असल कार्यहरू उनी गर्छन्। उनी इस्राएलका मानिसहरूका लागि के राम्रो हुन्छ त्यही गर्छन्।”
33:22b.DEU.033.022 दानको विषयमा मोशाले भनेः “दान सिहंको छोरो हो जुन बाशानबाट उफ्रिन्छ।”
33:23b.DEU.033.023 नप्तालीको विषयमा मोशाले भनेः “नप्ताली, तिमीले धेरै राम्रो चीजहरू पाउनेछौ। परमप्रभुले साँच्चै नै तिमीलाई आशिष दिनु हुनेछ। तिमीहरूले गालील झिलको भूमि भेटूने छौ।”
33:24b.DEU.033.024 मोशाले आशेरको विषयमा यसो भनेः “छोराहरूमध्ये आशेर सबैभन्दा बढी आशीर्वाद पाउने हो। ऊ आफ्ना दाज्यू-भाइहरूको खूबै प्यारो होस्। अनि उसले आफ्नो गोडाहरू तेलले धुन सकोस्।
33:25b.DEU.033.025 तिम्रो ढोकामा फलाम र काँसाका तालाहरू लाग्नेछन्। तिमी जीवनभरि शक्तिशाली रहनेछौ।”
33:26b.DEU.033.026 “यशूरूनमा जस्ता परमेश्वर अरू कोही छैन। परमेश्वर तिमीहरूलाई सहायता गर्नको खातिर आकाशबाट आफ्नो प्रतापमा बादलमाथि चढनुहुन्छ।
33:27b.DEU.033.027 परमेश्वर सधैं बाँच्नु हुन्छ। उहाँ तिम्रो सुरक्षित ठाउँ हुनुहुन्छ। परमेश्वरको क्षमता सधैंका लागि रहन्छ। उहाँ तिमीहरूको रक्षा गर्नु हुँदैछ। परमेश्वरले तिमीहरूका शत्रुहरूलाई तिमीहरूको भूमिबाट खेद्नु हुनेछ। उहाँ भन्नु हुन्छ, ‘शत्रुलाई ध्वंश पार।’
33:28b.DEU.033.028 यसकारण इस्राएल सुरक्षित रहनेछन् अनि याकूबको इनार तिनीहरूको हुनेछ। तिनीहरू अन्न र दाखरसको भूमि पाउनेछन् अनि त्यस भूमिमा प्रशस्त पानी पर्नेछ।
33:29b.DEU.033.029 हे इस्राएल! तिमीले आशीर्वाद पाएका छौ, अरू कुनै जाति तिमी जस्तो छैन। परमप्रभुले तिमीलाई जोगाउनु भयो। परमप्रभु तिमीलाई सुरक्षित राख्ने बलियो ढाल जस्तो हुनु हुन्छ। परमप्रभु शक्तिशाली तरवार जस्तो हुनु हुन्छ। तिम्रा शत्रुहरू तिमीसँग डराएका हुनेछन् अनि तिमीले तिनीहरूका पवित्रस्थानहरू कुल्चिने छौ।”
34
34:1b.DEU.034.001 मोशा नेबो पर्वतमा चढे। मोशा मोआबमा यर्दन बेंसी भएर पस्गा पर्वतको टाकुरामा गए। यो यरीहोदेखि यर्दन नदी पारि हो। परमप्रभुले मोशालाई गिलाददेखि दानसम्मको सबै भूमि देखाउनु भयो।
34:2b.DEU.034.002 नप्ताली, एप्रैम र मनश्शेको सबै भूमि, भूमध्य सागरसम्मको यहूदाको भूमि,
34:3b.DEU.034.003 नेगेब दक्षिण भाग र खजूरका रूखहरू भएको शहर यरीहो मैदानबाट सोअरसम्म देखाउनु भयो।
34:4b.DEU.034.004 तब परमप्रभुले मोशालाई भन्नुभयो, “यही भूमि हो मैले अब्राहाम, इसाहक अनि याकूबलाई दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूको भावी सन्तानलाई दिन्छु भनेको थिएँ। तिमीलाई मैले यी भूमि आफ्नै आँखाले हेर्न दिएँ तर तिमी त्यहाँ जान पाउने छैनौ।”‘
34:5b.DEU.034.005 तब परमप्रभुले भन्नु भए जस्तै परमप्रभुका दास मोशा मोआब देशमा मरे।
34:6b.DEU.034.006 परमप्रभुले बेत पोर पारि मोआबको भूमिमा मोशालाई गाडनु भयो, तर आजसम्म कसैले मोशाको चिहान कहाँ छ जान्न सकेको छैन।
34:7b.DEU.034.007 मोशा 120 वर्षको उमेरमा मरे पनि तिनका आखाँ अझै राम्रा थिए, तिनी अझै पनि पहिले जस्तै बलियै थिए।
34:8b.DEU.034.008 इस्राएलीहरूले मोशाको लागि तीस दिनसम्म विलाप गरे। तिनीहरू मोआबको यर्दन बेंसीमा शोकको समय पूरा नहुञ्जेलसम्म बसे।
34:9b.DEU.034.009 मोशाले यहोशूमाथि आफ्नो हात राखेका थिए अनि उनलाई नयाँ अगुवा नियुक्त गरे। तब नूनका छोरा यहोशू बुद्धिको आत्माले भरिए। यसकारण यहोशूले भनेको इस्राएलीहरूले मान्न थाले परमप्रभुले मोशालाई दिनु भएको आज्ञाहरू तिनीहरूले पालन गरे।
34:10b.DEU.034.010 इस्राएलमा मोशा जस्तो अर्को अगमवक्ता थिएनन्, तिनलाई परमप्रभुले मुखामुख चिन्नु भएको थियो।
34:11b.DEU.034.011 मोशालाई परमप्रभुले मिश्रको भूमिमा आश्चर्य चिन्ह र महान् कार्यहरू गर्नु पठाउनु भएको थियो। फिरऊन तिनका अगुवाहरू र मिश्र देशका सबै मानिसहरूले ती अचम्मका कामहरू देखे।
34:12b.DEU.034.012 अरू कुनै अगमवक्ताले मोशाले झैं महान् भयानक कामहरू तथा आश्चर्य कार्य गरेको छैनन्। उनले जे गरे ती सब इस्राएलका सबै मानिसहरूले देखे।
- Holder of rights
- Multilingual Bible Corpus
- Citation Suggestion for this Object
- TextGrid Repository (2025). Nepali Collection. Deuteronomy (Nepali). Deuteronomy (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-ACB5-A