Numbers (Nepali)
1
1:1b.NUM.001.001 सीनै मरूभूमिको भेट हुने पालमा इस्राएलीहरूले मिश्र देश छोडेको दोस्रो वर्षको दोस्रो महीनाको पहिलो दिन मोशासित परमप्रभुले कुरा गर्नुभयो।
1:2b.NUM.001.002 “उहाँले भन्नुभयो, तिनीहरूको परिवार र कुल समूह सहित प्रत्येक व्यक्तिको नाम लेखेर इस्राएली मानिसहरूको गन्ती गर।
1:3b.NUM.001.003 हारून र तिमीले बीस वर्ष र त्यो भन्दा वेशी उमेर भएकाहरू सेनामा जान सक्छन् प्रत्येकको गन्ती गर।
1:4b.NUM.001.004 प्रत्येक कुलका एक एक व्यक्तिले तिमीलाई सहायता गर्नेछन्। प्रत्येक कुलबाट एक जना व्यक्ति अगुवा हुनेछ। यी निम्न लिखित व्यक्तिहरूले तिमीलाई सहायता गर्नेछन्।
1:5b.NUM.001.005 रूबेनको कुलबाट शदेऊरका छोरा एलीसूर
1:6b.NUM.001.006 शिमोनको कुलबाट सूरीशद्दैको छोरो शलूमीएल;
1:7b.NUM.001.007 यहूदाको कुलबाट अम्मीनादाबको छोरो नहशोन;
1:8b.NUM.001.008 इस्साकारको कुलबाट सूआरको छोरो नतनेल;
1:9b.NUM.001.009 जबूलूनको कुलबाट हेलोनको छोरो एलीआब;
1:10b.NUM.001.010 यूसुफको उत्तराधिकारीहरूबाट; एप्रैमको कुलबाट अम्मीहूदको छोरो एलीशामा मनश्शेको कुलबाट पदासूरको छोरो गमलिएल;
1:11b.NUM.001.011 बिन्यामीनको कुलबाट गिदोनीको छोरो अबीदान;
1:12b.NUM.001.012 दानको कुलबाट अम्मीशद्दैको छोरो अहीएजेर;
1:13b.NUM.001.013 आशेरको कुलबाट ओक्रानको छोरो पगीएल;
1:14b.NUM.001.014 गादको कुलबाट रूएलको छोरो एल्यासाप;
1:15b.NUM.001.015 नप्तालीको कुलबाट एनानको छोरो अहीरा।”
1:16b.NUM.001.016 यी सबै मानिसहरू यिनीहरूको कुल समूहका अगुवाहरू थिए र मानिसहरूले नै यिनीहरूलाई आफ्नो आफ्नो कुल समूहका अगुवा बनाए।
1:17b.NUM.001.017 तब मोशा र हारूनले ती मानिसहरूलाई लिए जसलाई अगुवा बनाएका थिए।
1:18b.NUM.001.018 दोस्रो महीनाको पहिलो दिन तिनीहरूले सबै समुदायलाई एकै चोटी बोलाएर पुस्ता अनि तिनीहरूको सन्तानहरूको नाम दर्त्ता गरेर बीस र बीस भन्दा वेशी उमेरको प्रत्येक व्यक्तिको सूची तयार गरे।
1:19b.NUM.001.019 परमप्रभुले मोशालाई दिनु भएको आज्ञा अनुसार तिनले मानिसहरूको गन्ती सीनै मरूभूमिमा गरे।
1:20b.NUM.001.020 तिनीहरूले यस्तो प्रकारले संख्या गन्ती गरे इस्राएलको प्रथम जाति रूबेन र तिनको परिवारको गणना गरे। बीस र बीस वर्ष भन्दा वेशी उमेरका व्यक्तिहरू जो सेनामा जान सक्थे तिनीहरूको नामको सूची बनाइयो। तिनीहरूको पिता-पुर्खाको कुल र परिवार अनुसार नाम दर्त्ता गरियो।
1:21b.NUM.001.021 रूबेनको कुलबाट गन्ती गरिएको संख्या 46,500 थियो।
1:22b.NUM.001.022 तिनीहरूले शिमोनको कुलबाट गन्ती गरे-बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो।
1:23b.NUM.001.023 शिमोनको कुलबाट 59,300 व्यक्तिको गन्ती गर्यो।
1:24b.NUM.001.024 तिनीहरूले गादको कुलबाट गन्ती गरे बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो।
1:25b.NUM.001.025 गादको कुलबाट 45,650 व्यक्तिको गन्ती गर्यो।
1:26b.NUM.001.026 तिनीहरूले यहूदाको कुलबाट गन्ती गरे बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्ता गरियो।
1:27b.NUM.001.027 यहूदाको कुलबाट 74,600 व्यक्तिको गन्ती गर्यो।
1:28b.NUM.001.028 तिनीहरूले इस्साकारको कुलबाट गन्ती गरे बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो।
1:29b.NUM.001.029 इस्साकारको कुलबाट 54,400 व्यक्तिको गन्ती गर्यो।
1:30b.NUM.001.030 तिनीहरूले जबूलूनको कुलको गन्ती गरे बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो।
1:31b.NUM.001.031 जबूलूनको कुलबाट 57,400 व्यक्तिहरूको गन्ती गरियो।
1:32b.NUM.001.032 तिनीहरूले एप्रैमको कुल समूहबाट गन्ती गरे। (एप्रैम-यूसुफको छोरो।) बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो।
1:33b.NUM.001.033 एप्रैमको कुलमा गन्ती गरिएको व्यक्तिहरूको सख्या 40,500 थियो।
1:34b.NUM.001.034 तिनीहरूले मनश्शे कुलका मानिसहरूको गन्ती गरे। (मनश्शे पनि यूसुफका छोरा थिए।) बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।
1:35b.NUM.001.035 मनश्शेको कुलमा गन्ती गरिएको मानिसहरूको संख्या 32,200 थियो।
1:36b.NUM.001.036 तिनीहरूले बिन्यामीन कुलका मानिसहरूको गन्ती गरे। बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।
1:37b.NUM.001.037 बिन्यामीनको कुलमा गन्ती गरिएका मानिसहरूको संख्या 35,400 थियो।
1:38b.NUM.001.038 तिनीहरूले दान कुलका मानिसहरूको गन्ती गरे। बीस वर्ष र उँभोका सबै मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गन्ती गरियो।
1:39b.NUM.001.039 दानको कुलमा गन्ती गरिएका मानिसहरूको संख्या 62,700 थियो।
1:40b.NUM.001.040 तिनीहरूले आशेर कुलका मानिसहरूको गन्ती गरे। बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।
1:41b.NUM.001.041 आशेर कुलमा गणना गरिएका मानिसहरूको संख्या 41,500 थियो।
1:42b.NUM.001.042 नप्ताली कुलका मानिसहरूको तिनीहरूले गणना गरे। बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जानु सक्थे तिनीहरू प्रत्येकको नाम पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।
1:43b.NUM.001.043 नप्ताली कुलमा गणना गरिएको मानिसहरूको संख्या 53,400 थियो।
1:44b.NUM.001.044 मोशा, हारून र इस्राएलका बाह्र जना अगुवाहरूले यी मानिसहरूको गन्ती गरे। (त्यहाँ प्रत्येक कुल समूहबाट एक जना अगुवा थिए।)
1:45b.NUM.001.045 तिनीहरूले बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरूको गन्ती गरे। तिनीहरू प्रत्येकको आफ्नो-आफ्नो परिवार अनुसार गणना गरियो।
1:46b.NUM.001.046 तिनीहरूको जम्मा संख्या 6,03,550 थियो।
1:47b.NUM.001.047 लेवी कुल समूहका परिवारका मानिसहरूको गणना इस्राएलका अन्य मानिसहरूसित गरिएन।
1:48b.NUM.001.048 परमप्रभुले मोशालाई भन्नुभएको थियोः
1:49b.NUM.001.049 “लेवीको कुल समूहका मानिसहरूको गणना नगर्नु अथवा तिनीहरूलाई इस्राएलका अरू मानिसहरूसित नमिलाउनु।
1:50b.NUM.001.050 तर तिमीले लेवीहरूलाई करारको पवित्र पाल र यसका सबै वस्तुहरू हेरचाह गर्नुका निम्ति नियुक्त गर्यौ। तिनीहरूले पवित्र पाल र यसका सबै वस्तुहरू बोक्नु पर्छ। अनि तिनीहरूले पवित्र पालको सेवा गर्नुपर्छ र तिनीहरूले उनीहरूको छाउनी यसकै वरिपरि बनाउनु पर्छ।
1:51b.NUM.001.051 जब तिमीले पवित्र पाल सार्थ्यो लेवीहरूले यसलाई तल झार्नु पर्थ्यो जब तिमीहरू रोकिने छौ, लेवीहरूले यसलाई स्थापित गर्नु पर्थ्यो। कुनै जो विदेशी नजिक आउँछ त्यसलाई मार्नु पर्छ।
1:52b.NUM.001.052 इस्राएलीहरूले आफ्नो आफ्नो दल समूह भित्र र आफ्नै झण्डाको छेउ छाउमा शिविर बनाऊन्।
1:53b.NUM.001.053 तर लेवीहरूले तिनीहरूका छाउनी पवित्र पालकै वरिपरि लगाउन् र यसलाई रक्षा गर्नु पर्छ ताकि करारको पवित्र पाल सुरक्षित रहोस् र परमेश्वरको रिसको प्रकोप इस्राएली समुदायमाथि नपरोस्।”
1:54b.NUM.001.054 यसरी इस्राएलका मानिसहरूले परमप्रभु द्वारा मोशालाई दिनु भएको सबै आज्ञाहरू पालन गरे।
2
2:1b.NUM.002.001 मोशा र हारूनलाई परमप्रभुले भन्नुभयोः
2:2b.NUM.002.002 “इस्राएलका मानिसहरू प्रत्येकले शिविर भेट हुने पालको वरिपरि लगाउनु पर्छ अनि प्रत्येक कुल दलको आफ्नो झण्डा हुनुपर्छ र प्रत्येक मानिसले आ-आफ्नो दलको झण्डाको समीप शिविर बनाउनु पर्छ।
2:3b.NUM.002.003 “यहूदा शिविर दलहरूले पूर्वतिर घाम झुल्कने पट्टि आफ्नो झण्डाको मुन्तिर शिविर हालुन। यहूदा दलका मानिसहरूको अगुवा अम्मीनादाबका छोरा नहशोन हो।
2:4b.NUM.002.004 तिनको दलमा 74,600 मानिसहरू छन्।
2:5b.NUM.002.005 “तिनको समीपमै इस्साकार परिवार दलले शिविर हालुन्। यी मानिसहरूको अगुवा सूआरको छोरो नतनेल हुन्।
2:6b.NUM.002.006 उसको दलमा 54,400 मानिसहरू छन्।
2:7b.NUM.002.007 “जबूलून कुल दलले पनि यहूदा दलकै नजीकमा शिविर हालुन्। जबूलूनका मानिसहरूको अगुवा हेलोनको छोरो एलीआब हुन् र,
2:8b.NUM.002.008 तिनको दलमा 57,400 मानिसहरू थिए।
2:9b.NUM.002.009 “यहूदाको शिविरमा जम्मा 1,86,400 मानिसहरू खटाइएका छन्। यी सब मानिसहरू तिनीहरूका विभिन्न परिवार दलमा विभक्त भएका छन्। जब मानिसहरू एक ठाँउदेखि अर्को ठाँउ सर्छन् यहूदा दल पहिला सर्नेछ।
2:10b.NUM.002.010 “रूबेनको शिविरको झण्डा पवित्र पालको दक्षिणमा रहनेछ। प्रत्येक दलले आफ्नो झण्डा नजिकै शिविर हाल्नेछ। रूबेनका मानिसहरूको अगुवा शदेऊरका छोरो एलीसूर हुन र
2:11b.NUM.002.011 उसको दलमा 46,500 मानिसहरू छन्।
2:12b.NUM.002.012 “शिमोन कुल दलले रूबेन परिवार दलकै नजीक शिविर हाल्नेछ। शिमोनका मानिसहरूको अगुवा सूरीशद्दैको छोरो शलूमीएल हुन्।
2:13b.NUM.002.013 उसको दलमा 59,300 जना मानिसहरू छन्।
2:14b.NUM.002.014 “रूबेनको मानिसहरूको नजिकै गादका मानिसहरूले पनि शिविर हाल्नेछन्। रूएलको छोरा एल्यासाप गादका मानिसहरूको अगुवा हो।
2:15b.NUM.002.015 उसको दलमा 45,650 मानिसहरू छन्।
2:16b.NUM.002.016 “त्यहाँ रूबेनको शिविरमा खटिएका जम्मा 1,51,450 जना मानिसहरू छन् र जब मानिसहरू एक ठाँउबाट अर्को ठाउँमा सर्छन रूबेनको शिविर दोस्रो दल हुनेछ।
2:17b.NUM.002.017 “लेवीहरूको शिविरसितै अरू शिविरहरूको माझमा भेट हुने पाल पनि जानेछ। तिनीहरूको जसरी आफ्नो आफ्नो झण्डामा शिविरहरू लगाइएको छ सोही क्रममा लश्करमा जान्छन्।
2:18b.NUM.002.018 “पश्चिम पट्टिको एप्रैमको शिविर तिनीहरूकै झण्डामा हुनेछ। एप्रैमका मानिसहरूको अगुवा अम्मिहूदका छोरो एलीशामा हुन।
2:19b.NUM.002.019 उसको दलमा जम्मा 40,500 जना मानिसहरू छन्।
2:20b.NUM.002.020 “एप्रैमका कुल दलको शिविरको नजीकै मनश्शे कुल दलको शिविर हुनेछ। यस दलको अगुवा पदासूरको छोरो गमलीएल हुन।
2:21b.NUM.002.021 उसको दलमा 32,200 मानिसहरू छन्।
2:22b.NUM.002.022 “बिन्यामीन कुल दलको शिविर एप्रैमको कुल दलको शिविर नजीकै रहनेछ अनि यस कुल दलको अगुवा गिदोनीको छोरो अबीदान हुन।
2:23b.NUM.002.023 त्यहाँ जम्मा 35,400 जना मानिसहरू उसको दलमा थिए।
2:24b.NUM.002.024 “एप्रैमको शिविरमा खटिएका मानिसहरूको संख्या 1,08,100 छ। जब शिविर हिंडछ तिनीहरू तेस्रो लस्करमा हिड्नेछन्।
2:25b.NUM.002.025 “उत्तर तिर भएको दानको शिविरमा भएका मानिसहरू तिनीहरूको आफ्नो झण्डा मुनि रहनेछन् अनि तिनीहरूको अगुवा अम्मीशद्दैको छोरो अहीएजर हुन।
2:26b.NUM.002.026 उसको दलमा 62,700 जना मानिसहरू छन्।
2:27b.NUM.002.027 “दान कुल दलको शिविर नजीकै आशेर कुल दलको शिविर रहन्छ अनि यस कुल दलको अगुवा ओक्रानको छोरो पगीएल हुन्।
2:28b.NUM.002.028 त्यहाँ उसको दलमा 41,500 मानिसहरू छन्।
2:29b.NUM.002.029 “अनि आशेर कुल दलको शिविर नजीकै नप्ताली कुल दलको शिविर रहनेछ र तिनीहरूको अगुवा एनानको छोरो अहीरा हुन्।
2:30b.NUM.002.030 त्यहाँ उसको दलमा 53,400 मानिसहरू छन्।
2:31b.NUM.002.031 “दान परिवार दलमा मानिसहरूको कुल संख्या 1,57,600 छ। तिनीहरू आफ्नो-आफ्नो झण्डा लिएर अन्तिम लस्करमा हिड्नेछन्।”
2:32b.NUM.002.032 इस्राएलीहरूको परिवार अनुसार गन्ती गरिएको मानिसहरू यिनीहरू नै हुन्। गन्ती गरिए अनुसार यिनीहरूको संख्या 6,03,550 हो।
2:33b.NUM.002.033 परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार इस्राएलीहरूसित लेवीहरूको गन्ती गरिएन।
2:34b.NUM.002.034 यसर्थ इस्राएली मानिसहरूले मोशालाई परमप्रभुले दिनुभएको आज्ञा अनुसार प्रत्येक कुरो गरे। यसरी नै तिनीहरूले आफ्नो-आफ्नो झण्डा नजीकै शिविर बनाए अनि त्यसरी नै आफ्नो-आफ्नो वंश र परिवार अनुसार तिनीहरू लस्करमा हिंडे।
3
3:1b.NUM.003.001 परमप्रभुले सीनै पर्वतमा मोशासंग कुरा गर्नुहुँदा हारून र मोशाको परिवारको विवरण यस्तो थियो।
3:2b.NUM.003.002 हारूनका दुइजना छोराहरू थिए र नादाब तिनको जेठो छोरा थिए। अरू छोराहरूको नाम अबीहू, एलाजार र ईतामार हो।
3:3b.NUM.003.003 हारूनका यी छोराहरू तेलले अभिषिक्त परमप्रभुको विशेष सेवाका निम्ति पूजाहारीहरूको रूपमा नियुक्त गरिएका थिए। हारूनका यी छोराहरूलाई परमप्रभुको विशेष सेवामा नियुक्त गरिएको थियो।
3:4b.NUM.003.004 नादाब र अबीहू परमप्रभुको सेवामा रहेको समय मै अपवित्र आगो द्वारा बलिचढाएको पापले सीनै मरूभूमिमा मरे। तिनीहरूको कुनै छोरो थिएन, यसकारण एलाजार र ईतामारले पूजाहारीका स्थान लिएर परमप्रभुको सेवामा लागे। तिनीहरूका बाबु हारूनको जीवन कालमा नै यस्तो घटना घट्यो।
3:5b.NUM.003.005 परमप्रभुले मोशालाई भन्नुभयो,
3:6b.NUM.003.006 “लेवी कुलका जम्मै मानिसहरूलाई ल्याऊ अनि पूजाहारी, हारून सामुन्ने हाजिर गराऊ, तिनीहरू सबै हारून पूजाहारीको सहयोगीहरू हुनेछन्।
3:7b.NUM.003.007 लेवीहरूले भेट हुने पालमा आराधना गर्दा हारूनलाई र त्यहाँ आराधना गर्नु आउने सबै मानिसहरूलाई सहायता गर्नेछन्।
3:8b.NUM.003.008 भेट हुने पालको सबै सर-समानहरूको सुरक्षा तिनीहरूले गर्नेछन् अनि त्यस पालभित्रको दायित्वपूर्ण काम गर्नेछन्।
3:9b.NUM.003.009 “लेवीहरू सबै इस्राएलीहरूबाट चुनिएका हुन्। तिनीहरूलाई हारून र तिनका छोराहरूको सहायकहरूको रूपमा दिनु पर्छ।
3:10b.NUM.003.010 “हारून र तिनका छोराहरूलाई पूजाहारी रूपमा नियुक्त गर अनि तिनीहरू बाहेक अन्य कुनै पनि व्यक्ति त्यस पवित्रस्थानमा पस्न चेष्टा गरे त्यो अवश्य मारिनु पर्छ।”
3:11b.NUM.003.011 परमप्रभुले मोशालाई भन्नुभयो,
3:12b.NUM.003.012 “याद राख, मैले लेवीहरूलाई इस्राएलका पहिले जन्मने मानिसहरूको सट्टामा लिएको छु। यसकारण लेवीहरू मेरा हुन् र इस्राएलका पहिले जन्मने छोराहरू मलाई दिनु पर्दैन।
3:13b.NUM.003.013 “जब तिमीहरू मिश्र देशमा थियौ, मैले मिश्रदेशका मानिसहरूका पहिले जन्मेका सबै नानीहरू मारें अनि मैले इस्राएलीहरूका पहिले जन्मेका नानीलाई मेरो नानीहरू झैं छुट्टाएँ र त्यसरी नै पहिले जन्मेका पशुहरूलाई पनि छुट्याएँ। तिनीहरू सबै मेरो हुन् म परमेश्वर हुँ।”
3:14b.NUM.003.014 सीनै पर्वतमा परमप्रभुले मोशासित फेरि कुरा गर्नुभयो,
3:15b.NUM.003.015 “लेवीहरूको कुलमा सबै वंश तथा परिवार समूहहरू गन्ती गर। एक महिना र यो भन्दा वेशी उमेरको सबै पुरूषहरूको गन्ती गर।”
3:16b.NUM.003.016 परमप्रभुको आज्ञा पालन गरी मोशाले सबै लेवी मानिसहरूको गन्ती गरे।
3:17b.NUM.003.017 लेवीका तीनजना छोराहरू थिए र तिनीहरूको नाम यस प्रकार छ गेर्शो, कहात र मरारी।
3:18b.NUM.003.018 गेर्शोन वशंको नाम हो लिब्नी र सिमी।
3:19b.NUM.003.019 कहात वंशको नाम अम्राम, यिसहार हेब्रोन र उज्जीएल।
3:20b.NUM.003.020 मरारी वंशहरू हुन महली र मसी। तिनीहरूको पिता-पुर्खाहरू अनुसार लेवीका वंशहरू यिनै हुन्।
3:21b.NUM.003.021 लिब्नी र सिमीका वंशहरू गेर्शोनका हुन् र तिनीहरू गेर्शोनी वंशका भए।
3:22b.NUM.003.022 एक महिना र अधिकका पुरूष मानिसहरू तिनीहरूका यी दुई परिवार समूहमा सबै 7,500 जना थिए।
3:23b.NUM.003.023 गेर्शोनी वंशलाई पवित्र पालको पश्चिम पट्टि शिविर लगाउनु पर्थ्यो।
3:24b.NUM.003.024 गेर्शोनी वंशका मानिसहरूका अगुवा लाएलको छोरो एल्यासाप थियो।
3:25b.NUM.003.025 भेट हुने पालमा गेर्शोनी मानिसहरूको काम भेट हुने पाल, बाहिरी पाल, छाना र प्रवेशद्वारको पर्दाको हेरचाह गर्नु थियो।
3:26b.NUM.003.026 पवित्र स्थानको आँगनको प्रवेशद्वारको पर्दा आँगनको पर्दा, पर्दाको डोरीहरू र पर्दामा प्रयोग हुने सबै समानहरू तिनीहरूको हेरचाहमा थियो। त्यो आँगन पवित्र स्थान र वेदीको वरिपरि थियो।
3:27b.NUM.003.027 अमामी,यिसहार, हेब्रोन र उज्जीएल परिवार समूहहरू कहात वंशका हुन्।
3:28b.NUM.003.028 यस परिवार समूह एक महिना र उँभोका पुरूषहरू 8,300 थिए। कहातीहरूलाई पवित्र स्थानमा भएको सर-समानको जिम्मावारी थियो।
3:29b.NUM.003.029 कहाती परिवार समूहरूको मानिसहरूले पवित्र स्थानको दक्षिण पट्टि तिनीहरूको शिविर टाँगे।
3:30b.NUM.003.030 उज्जीएलको छोरो एलीसापान यी कहाती वंशका मानिसहरूको अगुवा थियो।
3:31b.NUM.003.031 तिनीहरूको कामहरू पवित्र सन्दूक, टेबल, सामदान, वेदीहरू र पवित्र स्थानको पवित्र भाँडाहरू अनि पर्दा र पर्दासंग सम्बन्धित सबै कुराहरूको हेरचाह गर्नु थियो।
3:32b.NUM.003.032 पूजाहारी हारूनको छोरो एलाजार चाँहि लेवीहरूको अगुवाहरूको अगुवा थियो। पवित्र स्थान हेरचाह गर्नेहरू माथि उसको नियन्त्रण थियो।
3:33b.NUM.003.033 महली र मूशी परिवार समूहहरू मरारी वंशका हुन। यस वंशहरूमा एक महिना र,
3:34b.NUM.003.034 यस परिवारमा एक महिना अनि त्यस माथिका सबै पुरूषहरू जम्मा 6,200 जना थिए।
3:35b.NUM.003.035 मरारी परिवार समूहका मानिसहरूको अगुवाले अबीहेलको छोरा सूरीएलले पवित्र पालको उत्तर तिर तिनीहरूका पालहरू लगाए।
3:36b.NUM.003.036 मरारीहरूलाई पवित्र स्थानको आधारहरू, यिनीहरूको बारहरू खम्बाहरू र यिनीहरूको प्रयोगमा आउने सबै सरसामानहरू हेरचाह गर्ने जिम्मावारी थियो।
3:37b.NUM.003.037 वरिपरिको आँगनको खम्बाहरू, कीलाहरू, डोरीहरू, आधारहरू र यस सम्बन्धी प्रयोग गरिने कुराहरू पनि तिनीहरूको जिम्मामा थियो।
3:38b.NUM.003.038 पवित्र स्थानको पूर्व पट्टि भेट हुने पालको सम्मुख घाम झुल्किने पट्टि मोशा, हारून अनि तिनका छोराहरूले शिविर बसाले। इस्राएली मानिसहरूको निम्ति तिनीहरूले पवित्र स्थान इलाकाको सुरक्षा गरिरहेका थिए। कुनै पनि व्यक्ति जो पवित्र स्थानको नजीक आँउथ्यो त्यसलाई मारिन्थ्यो।
3:39b.NUM.003.039 परमप्रभुको आज्ञा अनुसार मोशा र हारून द्वार गनिएका एक महिना र उँभोको उमेरका पुरूष लेवीहरूको संख्या जम्मा 22,000 थियो।
3:40b.NUM.003.040 परमप्रभुले मोशालाई फेरि भन्नुभयो, “इस्राएली मानिसहरूको पहिले जन्मेका पुरूषहरू जो एक महिना अनि उँभोकाहरूको गन्ती गरी एउटा सूची तयार गर।
3:41b.NUM.003.041 विगतमा मैले भनेको थिएँ कि इस्राएलीहरूका पहिला जन्मेकाहरूलाई म लिनेछु, तर अहिले म, परमप्रभुले इस्राएलीहरूको पहिला जन्मेको सट्टामा लेवीहरूलाई लिनेछु र इस्राएलीहरूको पहिलो पशुहरूको सट्टामा लेवीकहरूकै पहिलो पशुधन लिन्छु।”
3:42b.NUM.003.042 यसकारण परमप्रभुको आज्ञा अनुसार मोशाले इस्राएलका मानिसहरूको पहिला जन्मेका सबै नानीहरूको गन्ती गरे।
3:43b.NUM.003.043 मोशाले एक महीना र उँभोका सबै पुरूषहरूको गन्ती गरे अनि सूचीमा 22,273 जनाको नाम थियो।
3:44b.NUM.003.044 परमप्रभुले मोशालाई अझ भन्नुभयो,
3:45b.NUM.003.045 “इस्राएलीहरूको अन्य मानिसहरूको सट्टामा तिमीले लेवीहरूलाई लेऊ र म अरू मानिसहरूका पशुहरूको सट्टामा लेवीहरुको लिनेछु। लेवीहरू मेरो मानिसहरू हुन्। म परमप्रभु हुँ।
3:46b.NUM.003.046 22,000 लेवीहरू छन् तर अन्य परिवारको जेठा छोराहरू 22,273 हुनाले 273 जना लेवीहरू भन्दा वेशी हुन्छन्।
3:47b.NUM.003.047 यी 273 जना वेशी भएका पुरूषहरूको निम्ति प्रत्येकको पाँच शेकलको हिसाबले लेऊ। (प्रशासनिक परिमाणमा एक शेकल बराबर बीस गेरा हुन्छ)। इस्राएलीहरूबाट यो चाँदी लेऊ।
3:48b.NUM.003.048 त्यो पैसा हारून र तिनका छोराहरूलाई ती 273 इस्राएलीहरूको सट्टामा देऊ।’”
3:49b.NUM.003.049 यसकारण लेवीहरू भन्दा वेशी भएका अन्य मानिसहरूको सट्टामा मोशाले पैसा लिए।
3:50b.NUM.003.050 उसले इस्राएलीहरूको पहिला जन्मेकाबाट 1,365 शेकेल चाँदी (अधिकारीहरूको नाप अनुसार) जम्मा गरे।
3:51b.NUM.003.051 परमप्रभुको आज्ञा अनुसार त्यो पैसा मोशाले हारून र तिनका छोराहरूलाई दिए।
4
4:1b.NUM.004.001 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
4:2b.NUM.004.002 “लेवीहरूको बीचमा कहातीहरूको उनीहरूको वंश तथा परिवार समूहको हिसाबले गन्ती गर।
4:3b.NUM.004.003 भेट हुने पालमा सेवा गर्न आउने मध्ये तीस देखि पचास वर्ष उमेर सम्मका मानिसहरूको गन्ती गर।
4:4b.NUM.004.004 कहातीहरूको काम भेट हुने पालमा सब भन्दा पवित्र चीजहरूको हेरचाहा गर्नु हो।
4:5b.NUM.004.005 “जब इस्राएलीहरू नयाँ क्षेत्रमा सर्न तयार हुन्छन्, हारून र तिनका छोराहरूले भेट हुने पाल पर्दा तल झार्नु पर्छ अनि यसले करारको सन्दूकलाई ढाक्नु पर्छ।
4:6b.NUM.004.006 तिनीहरूलाई यसमाथि नरम छाला लगाइ देऊ अनि छालालाई नीलो लुगासित छोपी देऊ अनि बोक्ने डण्डालाई यसको ठाउँमा राख्नु पर्छ।
4:7b.NUM.004.007 “तिनीहरूले पवित्र टेबलमाथि निलो रंङ्गको लुगा ओछ्याऊन् अनि त्यसमाथि, रिकावी, धूपौरोहरू, बाटाहरू अनि अर्ध-बलिका कचौराहरू राखून्, अथवा ढुँङ्ग्रा राखिदिऊन्। विषेश रोटी त्यो पवित्र टेबलमा सँधै रहोस्।
4:8b.NUM.004.008 तिनीहरूले तिनीहरू माथि रातो लुगा ओछ्याऊन् अनि त्यसमाथि फेरि नरम छालाले यसलाई छोपिदिउन्। बोक्नुको लागि प्रयोग गरिने डण्डाहरू टेबलमा राखुन्।
4:9b.NUM.004.009 “तिनीहरूले निलो लुगाले सामदान, यसको बत्तीहरू, बत्तीका सलेदोहरू, मसीदानी अनि जुन भाँडाहरूबाट तेल बत्तीमा लगाइन्छ ती भाडाहरू सबै ढाकिदिनू।
4:10b.NUM.004.010 त्यसपछि त्यो सामदान र यसका सबै समानहरू सील छालाको च्यादरले छोपेर तिनीहरू बोकिने डण्डामा राखुन्।
4:11b.NUM.004.011 “तिनीहरूले सुनको वेदीमाथि निलो लुगाले ढाकि दिऊन् र त्यसमाथि नरम छालाको टुक्राले छोपिदिउन् अनि बोकेर ल्याइएका खम्बाहरू ठाउँमा राखुन्।
4:12b.NUM.004.012 “पवित्र स्थानमा सेवा गर्दा प्रयोग गरिने वस्तुहरू तिनीहरूले लैजाऊन् र एउटा निलो लुगामाथि नरम छालाको च्यादरले छोपि दिऊन् र तिनीहरूलाई बोकी लैजाने डण्डी माथि राखुन्।
4:13b.NUM.004.013 “काँसको वेदीबाट तिनीहरूले खरानी सफा गरून् र त्यसमाथि बैजनी रंगको लुगाले ढाकुन्।
4:14b.NUM.004.014 त्यसपछि तिनीहरूले त्यस वेदीमा आराधना गर्दा प्रयोग गरिने वस्तुहरू जस्तै अँगेटी, काँटाहरू बेल्चाहरू छर्कने बाटाहरू र ती सब काँसाको वेदीमाथि राखुन्। त्यसपछि तिनीहरूले त्यसमाथि नरम छालाले वेदीलाई ढाकुन् र बोक्नुको लागि प्रयोग गरिने डण्डीहरू यसको ठाउँमा राखुन्।
4:15b.NUM.004.015 “जब हारून र तिनका छोराहरूले पवित्र सर-सामानहरू छोपिदिन सक्छन् तब कहाती वंशका मानिसहरूले त्यस समानहरू बोक्न शुरू गर्न सक्छन् र यसरी तिनीहरूले पवित्रस्थान स्पर्श गर्ने छैनन् नत्र तिनीहरू मर्नेछन्। भेट हुने पालको सबै सर-समानहरू कहातीहरूले नै बोकुन्।
4:16b.NUM.004.016 “पूजाहारी हारूनको छोरो एलाजार वत्तीको तेल, सुगन्धित धूप दैनिक अन्नबलि अनि अभिषेक तेलको निम्ति जिम्मावार रहनेछन्। तिनी भेट हुने पाल र त्यसभित्र भएको प्रत्येक कुराको जिम्मावार रहनेछ।”
4:17b.NUM.004.017 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
4:18b.NUM.004.018 “कहातीहरूलाई लेवीहरूबाट अलग हुन नदेऊ।
4:19b.NUM.004.019 तिमीहरूले तिनीहरूको निम्ति यस्तो गर ताकि तिनीहरू अति पवित्र स्थान नजीक जाऊन् तर नमरून्। हारून अनि तिनका छोराहरूले कहाती मानिसहरूलाई पवित्र स्थान भित्र गएर तिनीहरूले बोक्नु पर्ने समानहरू सबै देखाइ दिऊन्।
4:20b.NUM.004.020 यदि तिमीहरूले त्यसो गरेनौ भने ती कहाती मानिसहरू भित्र पस्छन् र पवित्र चीजहरू देख्छन् अनि तिनीहरूले केही समयको निम्ति मात्र पनि ती पवित्र चीजहरू हेरे भने तिनीहरू निश्चय मर्छन्।”
4:21b.NUM.004.021 परमप्रभुले मोशालाई भन्नुभयो,
4:22b.NUM.004.022 “गेर्शोनी वंशका सबै मानिसहरूको आफ्नो आफ्नो परिवार र वंश अनुसार गन्ती गर।
4:23b.NUM.004.023 सबै भेट हुने पालमा सेवा गर्न आउने तीस देखि पचास वर्ष उमेरका मानिसहरूको गन्ती गर।
4:24b.NUM.004.024 “गेर्शोनी वंशका मानिसहरूले बोक्नु पर्ने र गर्नु पर्ने काम यही हो।
4:25b.NUM.004.025 पवित्र स्थानको पर्दाहरू, भेट हुने पाल, त्यसको छाना र त्यसमाथि रहने नरम छालाको आवरण अनि भेट हुने पालको ढोकाको पर्दा तिमीहरूले बोक्नु पर्छ।
4:26b.NUM.004.026 पवित्र स्थान वरिपरिको आँगनमा भएका पर्दाहरू, वेदीको पर्दाहरू, आँगनको द्वाराहरूका पर्दाहरू र डोरीहरू तथा पर्दामा लाग्ने सबै सर-समानहरू तिनीहरूले बोकुन्। यी वस्तुहरूका सम्बन्धमा जे कुराहरू पनि गरिन्छ त्यसको निम्ति गेर्शोनीहरू मानिसहरू जिम्मावार थिए।
4:27b.NUM.004.027 गेर्शोनी मानिसहरूले जे पनि गर्छन भारी वोक्ने काम होस् अथवा अन्य काम हारून र तिनका छोराहरूको आदेश अनुसार गर्नेछन् र गेर्शोनी मानिसहरूको काम तिनीहरूले रेख-देख गर्नेछन्। यसर्थ गेर्शोनी मानिसहरूलाई तिनीहरूले काममा खटाऊन्।
4:28b.NUM.004.028 गेर्शोनी वंशका मानिसहरूले भेट हुने पालमा गर्नु पर्ने काम यिनीहरू नै हुन् र पूजाहारी हारूनको छोरो ईतामारले तिनीहरूको काम रेख-देख गर्नेछ।”
4:31b.NUM.004.031 भेट हुने पालमा तिनीहरूले यात्राको समयमा गर्नु पर्ने कामहरू यिनै हुन् पवित्र स्थानका फल्याकहरू, त्यसका बारहरू र डण्डीहरू, खम्बाहरू अनि आधारहरू।
4:32b.NUM.004.032 वरिपरिका आँगनका खम्बाहरू र तिनीहरूका आधारहरू, कीलाहरू, डोरीहरू र तिनका सबै सामानहरू र यी सब सामानहरूसित सम्बन्धित सर-सामानहरू तिनीहरूले बोकून्।
4:33b.NUM.004.033 मानिसहरूको सूचि तयार पार्नु र प्रत्येक मानिसले बोक्नु पर्ने के के हो खटाउनु। हारून पूजाहारीका छोरो ईतामारले तिनीहरूको काम रेख-देख गर्नेछ।”
4:34b.NUM.004.034 मोशा, हारून अनि इस्राएली मानिसहरूका प्रधानहरूले कहाती मानिसहरूको गन्ती गरे। तिनीहरूले तिनीहरूको वंशहरू र परिवार समूहहरूको गन्ती गरे।
4:35b.NUM.004.035 तिनीहरूले तीसदेखि पचाससम्म उमेर भएका मानीसहरू जसले भेट हुने पालमा काम गरेका थिए तिनीहरूको गन्ती गरे। यी मानिसहरूलाई भेट हुने पालमा विशेष कामहरू दिइएको थियो।
4:36b.NUM.004.036 कहाती परिवार समूहमा 2,750 मानिसहरू थिए अनि तिनीहरू भेट हुने पालमा विशेष सेवाको निम्ति लायक थिए।
4:37b.NUM.004.037 यसर्थ यी कहाती वंशका मानिसहरूलाई भेट हुने पालमा विशेष कामहरूको निम्ति खटाइयो। परमप्रभुले मोशालाई भन्नु भए अनुसार मोशा र हारूनले गरे।
4:40b.NUM.004.040 यस परिवार समूहमा 2,630 मानिसहरू गनिएका थिए।
4:41b.NUM.004.041 यी सबै मानिसहरू भेट हुने पालमा सेवारत थिए जसलाई परमप्रभुले दिनु भएको आज्ञा अनुसार मोशा र हारूनले गन्ती गरेका थिए।
4:42b.NUM.004.042 मरारीहरू आफ्नो आफ्नो वंश तथा परिवार अनुसार गनिएका थिए।
4:43b.NUM.004.043 तीसदेखि पचास वर्ष उमेर भएका जो भेट हुने पालको सेवामा लागेका थिए तिनीहरूको गन्ती भएको थियो अनि तिनीहरूलाई भेट हुने पालमा विशेष सेवाको निम्ति खटाइएको थियो।
4:44b.NUM.004.044 मेरारी परिवार समूहमा 3,200 मानिसहरू भेट हुने पालमा विशेष सेवाको निम्ति लायक थिए।
4:45b.NUM.004.045 यसर्थ यी मरारी परिवार समुहका मानिसहरूलाई भेट हुने पालमा विशेष कामको निम्ती खटाइयो। मोशा र हारूनले मोशालाई परमप्रभुले भन्नुभए अनुसार यसो गरे।
4:46b.NUM.004.046 यसर्थ, मोशा, हारून र इस्राएली मानिसहरूका नायकहरूले लेवी मानिसहरूका प्रत्येक वंश र प्रत्येक परिवार समूहको मानिसहरूको गन्ती गरे।
4:47b.NUM.004.047 तीसदेखि पचास वर्ष उमेर भएका र भेट हुने पालमा काम गरेका सबै मानिसहरूको तिनीहरूले गन्ती गरे। तिनीहरूलाई भेट हुने पालमा विशेष कामको निम्ति खटाइयो। तिनीहरूले यात्रा गर्दा भेट हुने पाल बोक्ने काम गरे।
4:48b.NUM.004.048 तिनीहरूको कुल संख्या 8,480 थियो।
4:49b.NUM.004.049 परमप्रभुको आज्ञा अनुसार नै मोशाले प्रत्येक मानिसको गन्ती गरेका थिए। प्रत्येक मानिसलाई उसले के बोक्नु पर्थ्यो उसलाई भनिएको थियो। यो परमप्रभुले भन्नुभए जस्तै गरिएको थियो।
5
5:1b.NUM.005.001 परमप्रभुले मोशालाई भन्नुभयो,
5:2b.NUM.005.002 “इस्राएलका मानिसहरूलाई आज्ञा देऊ कि यदि कसैलाई चर्मरोग अथवा धातु रोग सरेको छ, यदि कोही स्त्री मासिकधर्ममा छ, यदि कसैले मृतशरीरलाई छोएर अपवित्र छ भने त्यस्तो व्यक्तिहरूलाई छाउनीबाट बाहिर निकाल्नु पर्छ।
5:3b.NUM.005.003 म छाउनीमा तिमीहरूको बीचमा छु, यसकारण तिनीहरू चाहे पुरूषहरू अथवा स्त्रीहरू हुन् तिनीहरूलाई छाउनीबाट निकाली देऊ ताकि तिमीहरूले म बस्ने ठाँउलाई अपवित्र बनाउने छैनौ।”
5:4b.NUM.005.004 यसर्थ इस्राएलका मानिसहरूले परमेश्वरको आज्ञा पालन गरी त्यस्ता मानिसहरूलाई शिविर बाहिर पठाई दिए। परमप्रभुले मोशालाई भन्नुभए अनुसार तिनीहरूले गरे।
5:5b.NUM.005.005 परमप्रभुले मोशालाई भन्नुभयो,
5:6b.NUM.005.006 “यो कुरा इस्राएलका मानिसहरूलाई भन एकजना व्यक्तिले अर्को व्यक्तिमाथि नराम्रो काम गरिरहेको हुन्छ। (जब कसैले अर्को कसैमाथि अन्याय गर्छ तब उसले परमेश्वरसित पाप गरिरहेको हुन्छ।) त्यो व्यक्ति दोषी हो।
5:7b.NUM.005.007 त्यसकारण उसले गरेको कुकर्म स्वीकार्नु पर्छ अनि उसले लागेका चीजहरूको निम्ति पूरा मोल दिनु पर्छ साथै व्यक्तिको लागि पाँच भागको एक भाग जोडनु पर्छ जसलाई उसले सताए।
5:8b.NUM.005.008 तर यदि त्यो सताएको मर्यो भने अनि उसको कोही आफन्ता छैन भने, क्षतिपूर्तिको मोल परमप्रभुको पूजाहारीलाई दिनु पर्छ। यो व्यक्तिले पूजाहारीलाई प्रायश्चितको निम्ति एउटा साँढे दिनु पर्छ। पूजाहारीले साँढेलाई बलिदान दिएर उसको लागि प्रायश्चित गर्ने छ।
5:9b.NUM.005.009 “मानिसहरूले पूजाहारीलाई चढाएको पवित्र उपहार पूजाहारी कै हुन्छ।
5:10b.NUM.005.010 कुनै पनि व्यक्तिले चढाएको पवित्र उपहार उसैको हुन्छ तर यदि उसले पूजाहारीलाई दिए त्यो पूजाहारीको हुन्छ।”
5:11b.NUM.005.011 परमप्रभुले मोशालाई भन्नुभयो,
5:12b.NUM.005.012 “इस्राएलका मानिसहरूलाई यी कुराहरू भन एकजना पुरूषकी पत्नी त्योसंग विश्वासघाती हुन सक्छे।
5:13b.NUM.005.013 तिनले तिनको पतिले चाल नपाई अर्को मानिससित संभोग गर्छे भने। त्यहाँ तिनले दूषित गरेको देखाउनलाई केही साक्षी नहोला अनि तिनका पतिले नजान्ला अनि पत्नीले पनि तिनको पाप प्रकट नर्गलिन्।
5:14b.NUM.005.014 तर तिनले गरेको कुकर्मको शंका तिनका पतिले गर्न सक्छ र उसको मनमा पत्नी प्रति डाह जाग्न सक्छ। उसले उसको पत्नी प्रति शंका गर्न सक्छ अनि ऊ प्रति तिनी दूषित थिइन्।
5:15b.NUM.005.015 त्यस्तो भएको खण्डमा उसले आफ्नी पत्नीलाई पूजाहारीकहाँ लैजाओस् त्यस व्यक्तिले बलिको निम्ति एपाको दशौं हिस्सा जौंको पीठो लानु पर्छ। जौंको पीठो परमप्रभुको निम्ति डाही पतिले चढाएको अन्नबलि हुन्छ। त्यसमा उसले तेल हाल्नु हुँदैन अनि धूप पनि जलाउनु हुँदैन। यो अन्नबलि खाली पत्नीको दोष बाहिर देखाउन मात्र हो।
5:16b.NUM.005.016 “तब पूजाहारीले त्यस स्त्रीलाई नजीक ल्याएर परमप्रभु अघि उभ्याउँछ।
5:17b.NUM.005.017 तब पूजाहारीले केही पवित्र पानी माटोको भाँडामा हाल्छन् र त्यस पानीमा भेट हुने पालको भूँईको धूलो हाल्छन्।
5:18b.NUM.005.018 पूजाहारीले त्यस स्त्रीलाई परमप्रभुको अघाडी उभ्याएर उसको कपालको चुल्ठो खोलेर हातमा अन्नबलि राखिदिन्छन्। यो जौंको पीठो उसको पति डाहीले दिएको हो। त्यही समयमा उसले आफ्नो हातले पवित्र पानी भएको माटोको भाँडा समात्छन। त्यो पवित्र पानीले त्यस स्त्रीमाथि अनिष्ट ल्याँउछ।
5:19b.NUM.005.019 “अनि पूजाहारीले त्यस स्त्री मानिसलाई कसम खुवाएर भन्छन् ‘यदि कुनै पुरूषले तिमीसित यौन सम्बन्ध नराखेको भए अनि तिमी यस पुरूषसित विवाह गरे पश्चात बिग्रेकी छैनौ भने तब यस कष्ट ल्याउने पानीले तिमीलाई कुनै नोकसान गर्ने छैन।
5:20b.NUM.005.020 तर यस मानिससित विवाह गरे पश्चात पनि तिमी अन्य पुरूषसित अनैतिक सम्बन्ध राखेकी छौ भने तिमी पवित्र होइनौ।
5:21b.NUM.005.021 तब पूजाहारीले त्यस स्त्रीलाई श्राप पर्ने कसम खान लाउँछन् र उसले त्यस स्त्री मानिसलाई भन्छन् परमप्रभुले तिमीलाई त्यस्तो श्राप दिऊन् कि जब जब कुनै मानिसले अर्को मानिसलाई सराप्छ उसले भन्नेछ कि जुन भयङ्कर अवस्था त्यस स्त्रीलाई आईलागेको थियो।’ “यही अवस्था तँ माथि पनि आइपरोस्, किनभने तिम्रो अनैतिक कुकृतिले तिम्रो जिउ सुकेर बाँझी हुनेछौ अनि तिम्रो पेट सुनिनेछ।
5:22b.NUM.005.022 पूजाहारीले भन्नु पर्छ, ‘तिमीले गरेको छौ भने तिमीबाट नानीहरू जन्मने छैन, अनि गर्भ बसी हाले पनि त्यो तुहुनेछ।’ अनि त्यस आइमाईले भन्नुपर्छ, ‘तपाईंले जसो भन्नु हुन्छ म मान्छु। ‘आमेन, आमेन।”‘
5:23b.NUM.005.023 “तब यो उसको कसम पूजाहारीले चर्ममा अथवा कागजमा लेख्नु पर्छ अनि त्यो तितो पानीले लेखिएको अक्षरहरू मेटिदिनु पर्छ।
5:24b.NUM.005.024 अनि पूजाहारीले त्यो पानी त्यस स्त्रीलाई पिउन लगाउनु पर्छ र त्यस श्राप पार्ने पानीले त्यस स्त्रीलाई कष्ट दिन्छ।
5:25b.NUM.005.025 “तब पूजाहारीले डाही मानिसको भोजबली स्त्रीको हातहरूबाट यो वेदीमा ल्याउन पर्छ लिएर परमप्रभुको अघि डोलाउनु पर्छ।
5:26b.NUM.005.026 पूजाहारीले उसको हातहरू केही अन्नले भरिदिने छ अनि वेदीमाथि लगाउनेछ अनि त्यहाँ जलाउने छ। त्यहाँ पछि स्त्रीलाई पानी पीउन लगाउनु पर्छ।
5:27b.NUM.005.027 जब तिनले उसलाई त्यो पानी पिलाउनेछन् तब यदि त्यो स्त्री आफ्नो पतिसित अविश्वासी रहेकी छे अनि आफू अपवित्र भएकी छे भने त्यस पानीले उसलाई कष्ट गराउनेछ जस्तै त्यसले उसको जिउ सुकिजानेछ अनि पेट फुलिनेछ। त्यो पत्नी आफ्ना मानिसहरू माझमा श्राप परेको जीवन बिताउनेछे।
5:28b.NUM.005.028 तर यदि त्यो स्त्री आफ्नो पतिसित विश्वासघात नगरी पवित्र रहेकी छे भने त्यो स्वभाविक रहन्छे अनि नानीहरू जन्माउन योग्यकै रहन्छे।
5:29b.NUM.005.029 “यसर्थ, डाह विषयमा नियम यही हो। जब एक विवाहित स्त्री आफ्नो पुरूषको साथ बसी त्यस्तो अनैतिक क्रीडा गर्छे,
5:30b.NUM.005.030 अथवा आफ्नो पत्नीको चरित्रमाथि कसैलाई शंका लाग्छ भने तब त्यस मानिसले गर्नु पर्ने कुरो यही हो। पूजाहारीले त्यस स्त्रीलाई परमप्रभुको अघि उभिनु लगाई यी सब कामहरू गर्नुपर्छ। कानुन यही हो।
5:31b.NUM.005.031 पुरूष कुनै पापबाट निर्दोष सावित हुन्छ तर स्त्रीले भने आफ्नो पाप कर्मको दण्ड पाँउछे।”
6
6:1b.NUM.006.001 परमप्रभुले मोशालाई भन्नुभयो,
6:2b.NUM.006.002 “यी कुरा इस्राएलका मानिसहरूलाई भन यदि कुनै मानिस अथवा स्त्री, केही समयको लागि परमप्रभुको निम्ति नाजिरी भाकल गर्छ भने।
6:3b.NUM.006.003 त्यस व्यक्तिले आफूलाई दाखरस अथवा कुनै मद्यबाट अलग राख्नु पर्छ अथार्त त्यो व्यक्तिले कुनै प्रकारको मद्य अथवा नशालु चीज खानु अथवा पिउनु हुँदैन। अनि त्यस व्यक्तिले कुनै दाखको रस अथवा दाखको रस हालेको केही पनि खानु हुँदैन। त्यस व्यक्तिले ताजा होस अथवा सुकेको, दाख खानु हुँदैन।
6:4b.NUM.006.004 जबसम्म व्यक्ति नाजिरी रहन्छ, पुरूष अथवा स्त्रीले दाखहरूको बोक्रा अथवा गेडा सम्म खानु हुदैन।
6:5b.NUM.006.005 “त्यस व्यक्तिले आफू नाजिरी भई बसेको समयमा व्यक्तिले उसको केश काट्नु अथवा खौरनु हुँदैन। आफू परमप्रभुको निम्ति अलग भई बसुञ्जेल पवित्र रहनु पर्छ र उसले आफ्नो केश लामो राख्नु पर्छ।
6:6b.NUM.006.006 “जतिञ्जेल सम्म उसले आफूलाई परमप्रभुका निम्ति नाजिरी रूपमा राख्छ ऊ कुनै मुर्दाको नजिक जानेछैन।
6:7b.NUM.006.007 उसको आफ्नो बाबु-आमा, दाज्यू-भाइ, दिदी-बहिनी जो पनि मरोस् मुर्दाको छेउमा जानु हुँदैन, उसले तिनीहरूको निम्ति आफूलाई अशुद्ध नबनाओस् किनभने आफ्नो परमेश्वरका निम्ति आफैं नाजिरी भएको चिन्ह उसको आफ्नो शिरमा छ।
6:8b.NUM.006.008 जति दिन सम्म तिनी परमप्रभुको लागि अलग रहन चाहन्छ त्यो व्यक्ति परमप्रभु प्रति पवित्र रहन्छ।
6:9b.NUM.006.009 “अनि यदि कोही हठात उसैको नजिकै मर्छ अनि उसलाई अशुद्ध बनाउँछ भने परमप्रभुका निम्ति पालिएको उसको कपाल सातौं दिनमा खौरिनु पर्छ।
6:10b.NUM.006.010 तब आठौं दिनमा उसले दुइवटा ढुकुरको बच्चा अथवा दुइवटा परेवाको बच्चा भेट हुने पालको प्रवेशद्वारमा ल्याई पूजाहारीलाई दिओस्।
6:11b.NUM.006.011 तब ती दुइवटा ढुकुर अथवा परेवा पूजाहारीले एउटा पापबलिको निम्ति चढाउँछ अनि अर्को होमबलिको निम्ति चढाउँछ। उ मुर्दाको छेउमा भएर गरेको पापको निम्ति उसले त्यसको लागि प्राश्चित गर्नु पर्छ। त्यस दिन त्यस व्यक्तिले फेरि आफ्नो शिर शुद्ध पार्छ।
6:12b.NUM.006.012 अनि फेरि आफूलाई परमप्रभुको निम्ति अलग राख्छ र एउटा एक वर्षको थुमा ल्याएर दोषबलिको निम्ति चढाउँछ। उसको अर्पण गरिएको कपाल अशुद्ध भएको कारण पहिले अलग बसेको समय गन्तीमा नलिई नयाँ शुरू गर्नु पर्छ। पहिले गरेको समयमा मुर्दा स्पर्श गरी अशुद्ध भएको हुनाले उसले यस्तो गर्नुपर्छ।
6:13b.NUM.006.013 “उसको अलग रहने समय समाप्त भए पछि नाजिरी भेट हुने पालको प्रवेशद्वारमा जानु पर्छ,
6:14b.NUM.006.014 अनि परमप्रभुलाई एउटा उपहार चढाऊ। उसको उपहार यस्तो हुनु पर्छ एउटा एक वर्षे निष्खोट थुमा होमबलिको निम्ति; एउटा एक वर्षे निष्खोट भेडा पापबलिको निम्ति र एउटा निष्खोट भेडा र एउटा निष्खोट साँढे भेडा मेल बलिको लागि चढाउनु पर्छ।
6:15b.NUM.006.015 एक डालो मिहिन पीठोमा तेल मिसाएर बनाएको अखमिरी रोटी। यी रोटीहरूमा तेल छर्केको हुनु पर्छ। अन्नबलि र अर्घबलि पनि यी उपहारहरूका अशं हुन्।
6:16b.NUM.006.016 “पूजाहारीले यी सबै चीजहरू परमप्रभुलाई चढाऊन र पापबलि र होमबलि चढाऊन।
6:17b.NUM.006.017 त्यस पछि पूजाहारीले मेलबलिको निम्ति एउटा भेडा अखमिरी रोटीको डालोसितै चढाऊन्। पूजाहारीले आवश्यक अनुसार अन्नबलि र अर्घबलि पनि चढाऊन्।
6:18b.NUM.006.018 “अब भेट हुने पालको द्वारमा जाऊ, नाजिरीले उसको केश खौरोस् अनि यसलाई आगोमा जलाओस् जहाँ मेल बलि सेकाउथ्ये।
6:19b.NUM.006.019 “पूजाहारीले भेडाको उसिनेको कधं र डालोबाट एउटा रोटी र एउटा फुलौरा नाजिरीको हातमा दिऊन्।
6:20b.NUM.006.020 त्यसपछि पूजाहारीले ती सब उपहारहरू डोलाउने बलिको रूपमा परमप्रभुको अघि डोलाउन्। मेलबलिका निम्ति चढाइएको भेडाको ह्याकुलो र साँप्रो पनि यी सब चीजहरू सहित पूजाहारीको पवित्र भाग हुन्छ। त्यस पछि त्यो नाजरीले यो दाखरस पिउन सक्छ।
6:21b.NUM.006.021 “यी नियमहरू नाजिरीले परिपूर्ण गने शपथ हुन्। त्यस व्यक्तिले यी सब चीजहरू परमप्रभुलाई चढाउनै पर्छ। यदि कसैले यस भन्दा अधिकको भाकल गर्छ भने तब उसले आफ्नो वचन राख्नु नै पर्छ। तर उसले यी नियमहरू नाजिरीको निम्ति राख्नु पर्छ।”
6:22b.NUM.006.022 परमप्रभुले मोशालाई भन्नुभयो,
6:23b.NUM.006.023 “हारून र उसका छोराहरूलाई भन, तिमीहरूले यस प्रकारले इस्राएलका मानिसहरूलाई आशीर्वाद देऊ। तिनीहरूलाई आशीर्वाद दिदाँ यसो भन्नु।
6:24b.NUM.006.024 परमप्रभुले तिमीहरूलाई आशीर्वाद दिऊन् र रक्षा गरून्।”
6:25b.NUM.006.025 परमप्रभुको मुहार (मुखारबिन्द) तिमीहरूमाथि चम्काऊन्, अनि तिमीहरूमाथि अनुग्रह गरून्।
6:26b.NUM.006.026 परमप्रभुले तिमीहरू माथि दया दृष्टि राखुन् अनि तिमीहरूमा शान्ति दिऊन्।”
6:27b.NUM.006.027 “यस रीतिले जब इस्राएलका मानिसहरूलाई अशीर्वाद दिंदा हारून र उसका छोराले मेरो नाम मानिसहरूमाथि लगाउछन् अनि म तिनीहरूलाई आशीष दिनेछु।”
7
7:1b.NUM.007.001 जब मोशाले पवित्र पाल खडा गरी सके उसले यसलाई अभिषेक द्वारा परमप्रभुमा समर्पण गरे अनि पवित्र पाल, यसको वस्तुहरू, वेदी अनि यससित भएका सबै कुराहरू बनाए।
7:2b.NUM.007.002 इस्राएलका मानिसहरूको गन्ती हुदाँ यसका जिम्मावार मानिसहरू परिवार, प्रधानहरू, र कुल नायकहरूले परमप्रभुलाई उपहारहरू चढाए।
7:3b.NUM.007.003 तिनीहरूले 12 वटा गोरूहरूले तानेर ल्याएको 6 वटा ढाकिएको गाडाहरू परमप्रभुका निम्ति उपहारहरू ल्याए। प्रत्येक दुईजना अगुवालाई तिनीहरूले एउटा गाडा र प्रत्येक अगुवालाई एउटा साँढे दिए। तिनीहरूले यी उपहारहरू पवित्र पालमा चढाए।
7:4b.NUM.007.004 परमप्रभुले मोशालाई भन्नुभयो,
7:5b.NUM.007.005 “तिनीहरूबाट यी उपहारहरू ग्रहण गर ताकि यी उपहारहरू भेट हुने पालको काममा चलाउन सकीन्छ। यी सब चीजहरू लेवीहरूले तिनीहरूको कामको सहायतार्थ प्रयोग गर्न सक्छन्।”
7:6b.NUM.007.006 यसर्थ मोशाले ती गाहरू र गोरूहरू लिएर लेवीहरूलाई दिए।
7:7b.NUM.007.007 मोशाले गेर्शोनीहरूलाई तिनीहरूको कामको निम्ति दुइवटा गाडाहरू र चारवटा गोरूहरू दिए।
7:8b.NUM.007.008 तिनले चारवटा गाडाहरू र आठवटा गोरूहरू पूजाहारी हारूनका छोरा ईतामारको निर्देशनमा काम गर्नलाई मरारीहरूलाई दिए।
7:9b.NUM.007.009 कहातीहरूलाई तिनले केही पनि दिएनन् किनभने तिनीहरूले गर्नु पर्ने सेवा केवल पवित्र सर-सामानहरू काँधमा बोक्नु मात्र थियो।
7:10b.NUM.007.010 जब वेदी अभिषेक गरियो वेदीमा चढाउन प्रधानहरूले उपहारहरू ल्याए। प्रधानहरूले उपहारहरू वेदीमा ल्याए।
7:11b.NUM.007.011 परमप्रभुले मोशालाई भन्नुभयो, “प्रत्येक दिन एकजना प्रधानहरूले तिनीहरूको उपहार ल्याऊन्।”
7:12b.NUM.007.012 यहूदा कुलका नायक अम्मीनादाबका छोरा नहशोनले पहिलो दिन आफ्नो उपहार चढाए।
7:13b.NUM.007.013 तिनको उपहार यस प्रकारको थियोः तिनको उपहारमा पवित्र-स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल सत्तरी शेकेल परिमाणको एउटा छर्कनेबाटा यी दुवै भाँडाहरू अन्नबलिको निम्ति तेल हालेको मसिनो पीठोले भरिएको थियो,
7:14b.NUM.007.014 दश शेकेल ओजनको एउटा ठूलो सुनको धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।
7:15b.NUM.007.015 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एक बर्षे थुमा,
7:16b.NUM.007.016 पापबलिको निम्ति एउटा बोको।
7:17b.NUM.007.017 अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक वर्षे पाँचवटा थुमा।
7:18b.NUM.007.018 दोस्रो दिन इस्साकारका कुलनायक सूआरको छोरो नतनेलले आफ्नो उपहार ल्याए।
7:19b.NUM.007.019 तिनले ल्याएको उपहार यस प्रकारको थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेल चाँदीको थाल, सत्तरी शेकेल चाँदी परिमाणको एउटा भाँडा; यी दुवै भाँडाहरू अन्नबलिको निम्ति तेल हालेको मसिनो पीठोले भरिएको थियो।
7:20b.NUM.007.020 दश शेकेल चाँदीको एउटा ठूलो सुनको धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।
7:21b.NUM.007.021 होमबलिको निम्ति एउटा जवान साढे, एउटा भेडा तथा एउटा एक बर्षे थुमा,
7:22b.NUM.007.022 पापबलिको निम्ति एउटा बोको,
7:23b.NUM.007.023 अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक वर्षे पाँचवटा थुमा। सूआरको छोरो नतनेलको उपहार यस्तो थियो।
7:24b.NUM.007.024 तेस्रो दिन हेलोनका छोरा जबूलून कुलनायक एलीआबले उपहार चढाए।
7:25b.NUM.007.025 तिनले चढाएको उपहार यस प्रकार थियो पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल ओजनको एउटा भाँडा; यी दुवै भाँडाहरू अन्नबलिको तेल हालेको मसिनो पीठोले भरिएका थिए,
7:26b.NUM.007.026 दश शेकेल ओजनको एउटा ठूलो सुनको धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।
7:27b.NUM.007.027 होमबलिको निम्ति एउटा जवान गोरू, एउटा साँढे भेडा अनि एउटा एक वर्षे थुमा,
7:28b.NUM.007.028 पापबलिको निम्ति एउटा बोको,
7:29b.NUM.007.029 मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। हेलोनको छोरो एलीआबको उपहार यस्तो थियो।
7:30b.NUM.007.030 चौथो दिन रूबेन कुल नायक सदेऊरका छोरो एलीसूरले उपहार चढाए।
7:31b.NUM.007.031 तिनको उपहार यस प्रकारको थियोः पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल ओजनको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल हालेको मसिनो पीठोले भरिएको थियो,
7:32b.NUM.007.032 दश शेकेल ओजनको एउटा ठूलो सुनको धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।
7:33b.NUM.007.033 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एउटा एक वर्षे थुमा,
7:34b.NUM.007.034 पापबलिको निम्ति एउटा बोको,
7:35b.NUM.007.035 मेलबलिको निम्ति दुइवटा गोरूहरू, पाँचवटा भेडाहरू, पाँचवटा बोकाहरू अनि एक वर्षे पाँचवटा थूमाहरू। सदेऊरको छोरो एलीसूरको उपहार यस्तो थियो।
7:36b.NUM.007.036 पाँचौं दिन सिमोनका कुल नायक सूरीशद्दैको छोरो शलूमीएलले उपहार चढाए।
7:37b.NUM.007.037 तिनको उपहार यस प्रकारको थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल ओजनको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल हालेको मसिनो पीठोले भरिएका थिए,
7:38b.NUM.007.038 दश शेकेल ओजनको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।
7:39b.NUM.007.039 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एउटा एक वर्षे थुमा,
7:40b.NUM.007.040 पापबलिको निम्ति एउटा वोको,
7:41b.NUM.007.041 मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक वर्षे पाँचवटा थुमा सूरीशदूदैको छोरो शलूमीएलको उपहार यस्तो थियो।
7:42b.NUM.007.042 छैटौं दिन गादका कुलनायक रूएलका छोरो एल्यासापले आफ्नो उपहार चढाए र
7:43b.NUM.007.043 तिनको उपहार यस प्रकारको थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल ओजन भएको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो।
7:44b.NUM.007.044 दश शेकेलको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो धूपले भरिएको थियो।
7:45b.NUM.007.045 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एक बर्षे थुमा,
7:46b.NUM.007.046 पापबलिको निम्ति एउटा बोको,
7:47b.NUM.007.047 अनि मेल बलिको दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोकाहरू अनि एक वर्षे पाँचवटा थुमा, रूएलको छोरो एल्यासापले चढाएको बलि यिनीहरू नै हुन्।
7:48b.NUM.007.048 8सातौं दिन एप्रैम वंशको प्रमुख अम्मीहूदको छोरो एलीशामाले उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकार थियो।
7:49b.NUM.007.049 पवित्र स्थानमा चलाइने परिमाण अनुसार त्यहाँ एक सय तीस शेकेल चाँदीको थाल, सत्तरी शेकेल ओजनको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो।
7:50b.NUM.007.050 दश शेकेल सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।
7:51b.NUM.007.051 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एक वर्षे थुमा।
7:52b.NUM.007.052 पापबलिको निम्ति एउटा वोको,
7:53b.NUM.007.053 अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक वर्षे पाँचवटा थुमा। अम्मीहूदको छोरो एलीशामाले चढाएको बलि यिनीहरू नै हुन्।
7:54b.NUM.007.054 आठौं दिन मनश्शे कुलको नायक पदासूरका छोरो गमलीएलले आफ्नो उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकारको थियोः
7:55b.NUM.007.055 पवित्र स्थानमा चलाइएको ओजन अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल ओजनको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो।
7:56b.NUM.007.056 दश शेकेलको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।
7:57b.NUM.007.057 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एक वर्षे एउटा थुमा,
7:58b.NUM.007.058 पापबलिको निम्ति एउटा बोको,
7:59b.NUM.007.059 अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक वर्षे पाँचवटा थुमा। पदासूरको छोरो गमलीएलले चढाएको बलि यिनीहरू नै हुन्।
7:60b.NUM.007.060 नवौं दिन बिन्यामीन कुलका नायक गिदोनीको छोरो अबीदानले आफ्नो उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकारको थियो।
7:61b.NUM.007.061 पवित्र स्थानमा चलाइएको परिमाण अनुसार त्यहाँ एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल परिमाणको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो,
7:62b.NUM.007.062 दश शेकेल ओजन गरिने सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।
7:63b.NUM.007.063 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एक बर्षे एउटा थुमा,
7:64b.NUM.007.064 पापबलिको निम्ति एउटा बोको,
7:65b.NUM.007.065 अनि मेलबलिको निम्ति दुइवटा गोरूहरू, पाँचवटा भेडाहरू, पाँचवटा बोकाहरू अनि एक वर्षे पाँचवटा थुमाहरू। गिदोनीको छोरो अबीदानले चढाएका बलिहरू यिनीहरू नै हुन्।
7:66b.NUM.007.066 दर्शों दिन दान कुलका नायक अम्मीशद्दैको छोरो अहीएजेरले आफ्नो उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकारको थियो।
7:67b.NUM.007.067 पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेल ओजन चाँदीको थाल, सत्तरी शेकेल परिमाणको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो,
7:68b.NUM.007.068 दश शेकेलको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।
7:69b.NUM.007.069 होम बलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एक बर्षे एउटा थुमा,
7:70b.NUM.007.070 पापबलिको निम्ति एउटा बोको,
7:71b.NUM.007.071 अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। अम्मीशद्दैनका छोरो अहीएजेरले चढाएको बलिहरू यिनीहरू नै हुन्।
7:72b.NUM.007.072 एघारौं दिन आशेर कुलका नायक ओक्रानका छोरो पगीएलले आफ्नो उपहार चढाए।
7:73b.NUM.007.073 उस द्वारा चढाएको उपहार यस प्रकार थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेलको चाँदीको भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्किएको मसिनो पीठोले भरिएको थियो।
7:74b.NUM.007.074 दश शेकेल ओजनको सुनको एउटा ठुलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।
7:75b.NUM.007.075 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एक बर्षे एउटा थुमा,
7:76b.NUM.007.076 पापबलिको निम्ति एउटा बोको,
7:77b.NUM.007.077 अनि मेलबलिको निम्ति दुईवटा गोरूहरू, पाँचवटा भेडाहरू, पाँचवटा बोकाहरू अनि एक बर्षे पाँचवटा थुमाहरू। ओक्रानको छोरो पगीएलले चढाएको बलिहरू यिनीहरू नै हुन्।
7:78b.NUM.007.078 बार्हौं दिन नप्ताली कुलका नायक एनानको छोरो अहीराले आफ्नो उपहार चढाए।
7:79b.NUM.007.079 तिनले चढाएको उपहार यस प्रकार थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार त्यहाँ एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल चाँदीको भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्किएको मसिनो पीठोले भरिएको थियो,
7:80b.NUM.007.080 दश शेकेल ओजनको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो धूपले भरिएको थियो।
7:81b.NUM.007.081 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एक वर्षे एउटा थुमा,
7:82b.NUM.007.082 पापबलिको निम्ति एउटा बोको,
7:83b.NUM.007.083 अनि मेलबलिको निम्ति दुइवटा गोरूहरू, पाँचवटा भेडाहरू, पाँचवटा बोकाहरू अनि एक बर्षे पाँचवटा थुमाहरू। एनानको छोरा अहीराले चढाएको बलि यिनीहरू नै हुन्।
7:84b.NUM.007.084 मोशाले वेदी अभिषेक गरेको समयमा इस्राएली मानिसहरूका कुल नायकहरूले चढाएका उपहार यिनीहरू नै थिए। बाह्रवटा चाँदीको थाल, बाह्रवटा चाँदीको भाडा, बाह्रवटा सुनको ठूलो धूपौरो।
7:85b.NUM.007.085 प्रत्येक चाँदीको थालको ओजन एकसय तीस शेकेल अनि प्रत्येक चाँदीको भाँडाको ओजन सत्तरी शेकेल थियो। भाँडा-कुँडाहरूको जम्मै चाँदीको तौल पवित्र स्थानको शेकेलको तौल बमोजिम 2,400 शेकेल थियो।
7:86b.NUM.007.086 पवित्र स्थानमा चलाइएको परिमाण अनुसार, बाह्रवटा सुनको धूपौरोहरूको ओजन एउटाको दश शेकेल गरी जम्मा एक सय बीस शेकेल थियो।
7:87b.NUM.007.087 होमबलिको निम्ति चढाइएका पशुहरू जम्मा बाह्रवटा जवान गोरू, बाह्रवटा एक वर्षका पाठा भेडा, तिनीहरूलाई चाहिने अन्नबलि सहित बाह्रवटा थुमाहरू र पापबलिको निम्ति बाह्रवटा बोकाहरू थिए।
7:88b.NUM.007.088 मेलबलिको निम्ति चढाइएको पशुहरूको जम्मा संख्या-चौबिसवटा गोरू, साठीवटा भेडा, साठीवटा बोका र साठीवटा एक वर्षे थुमा थिए। वेदी अभिषेक गरिएको समयमा चढाइएको उपहारहरू यी नै हुन्।
7:89b.NUM.007.089 परमेश्वरसित कुरा गर्न जब मोशा भेट हुने पालभित्र गए, करारको सन्दूकमाथिको कृपा-आसनमा दुईजना करूब स्वर्गदूतहरूको माझबाट परमेश्वरले तिनीसंग बोलिरहेको आवाज सुने। यसरी परमेश्वरले तिनीसित कुरा गर्नुभयो।
8
8:1b.NUM.008.001 परमप्रभुले मोशालाई भन्नुभयो,
8:2b.NUM.008.002 “हारूनलाई भन जब तिमी बत्तीहरू जलाउँछौ, सातवटा बत्तीहरूले सामदानको अघिको क्षेत्रमा प्रकाश पार्नु पर्छ।”
8:3b.NUM.008.003 यसकारण हारूनले यसै गरे। हारूनले बत्तीहरू ठीक ठाँउमा राखेर ठीक दिशा तिर फर्काए ताकि सामदान अघिको क्षेत्रलाई ती बत्तीहरूले उज्जयालो पार्न सकोस्। परमप्रभुले मोशालाई दिनुभएको आज्ञा तिनले पुरा गरे।
8:4b.NUM.008.004 सामदान यस प्रकारले बनिएको थियोः सामदान सुन पिटेर बनाइएको थियो अनि यो यसको बैठकदेखि फूलहरू सम्म पिटिएको थियो। त्यो सामदान त्यही ढाँचामा बनिएको थियो परमप्रभुले जुन मोशालाई देखाउनु भएको थियो।
8:5b.NUM.008.005 परमप्रभुले मोशालाई भन्नुभयो,
8:6b.NUM.008.006 “इस्राएलका अरू मानिसहरूबाट लेवीहरूलाई छुट्याऊ अनि ती लेवीहरूलाई शुद्ध पार।
8:7b.NUM.008.007 तिनीहरूलाई शुद्ध पार्नको निम्ति तिमीले यसो गर्नुपर्छ तिनीहरू माथि शुद्धीकरणको पानी छर्किदेऊ र त्यस पानीले तिनीहरूलाई शुद्ध तुल्याउँछ। त्यसपछि तिनीहरूले आफ्नो शरीरको सम्पूर्ण रौं काटुन् अनि आफ्नो लुगाहरू धुऊन् र तिनीहरू यसरी शुद्ध हुन्छन्।
8:8b.NUM.008.008 “तिनीहरूलाई जवान गोरू तिनीहरूको बथानबाट ल्याउन देऊ अनि यसको मसिनो पीठो तेलसित मिसाएको अन्यबली ल्याउन देऊ त्यसपछि तिमीले अर्को एउटा बथानबाट जवान गोरू पापबलिका निम्ति ल्याउनु पर्छ।
8:9b.NUM.008.009 त्यस पछि तिमीले ती लेवीहरूलाई भेट हुने पालको अघि ल्याउनु र इस्राएलको सबै जातिका मानिसहरूलाई भेला गर।
8:10b.NUM.008.010 जब तिमीले लेवीहरूलाई परमप्रभुको अघि ल्याउँछौ इस्राएलको सबै मानिसहरूले तिनीहरू माथि आफ्नो हात राख्नु पर्छ।
8:11b.NUM.008.011 हारूनले लेवीहरूलाई परमप्रभु अघि इस्राएलका मानिसहरूको विशेष उपहारको रूपमा अर्पण गर्छन् अनि तिनीहरूले परमेश्वरका सेवा गर्नेछन्।
8:12b.NUM.008.012 “लेवीहरूले तिनीहरूको हात बहरको टाउको माथि राख्नुपर्छ र एउटा बहर पापबलिको निम्ति चढाउनु पर्छ र अर्को चाँहि लेवीहरूको प्रायश्चितका निम्ति परमप्रभुलाई होमबलिको निम्ति चढाउनु पर्छ।
8:13b.NUM.008.013 यसरी पूजाहारी हारून र तिनका छोराहरूको सहायताको निम्ति तिमीले लेवीहरूलाई नियुक्त गर र त्यसपछि लेवीहरूलाई तिमीले परमप्रभुको निम्ति विशेष उपहार स्वरूप चढाऊ।
8:14b.NUM.008.014 तिमीले तिनीहरूलाई इस्राएलका अरू मानिसहरूबाट छुट्टयाउनु पर्छ कारण लेवीहरू मेरा हुनेछन्।
8:15b.NUM.008.015 “तिमीले तिनीहरूलाई शुद्ध पारेर विशेष उपहार स्वरूप अर्पण गरे पछि तिनीहरू भेट हुने पालमा सेवा गर्न उपयुक्त हुनेछन्।
8:16b.NUM.008.016 बिगतमा मैले इस्राएली मानिसहरूलाई तिनीहरूबाट जन्मेका पहिलो पुत्रहरू मलाई दिउन् भनी मागेको थिए। तर अहिले इस्राएली मानिसहरूबाट पहिले जन्मेको छोराहरूको सट्टामा म लेवी मानिसहरूलाई लिइरहेकोछु। इस्राएली मानिसहरूले मलाई लेवी मानिसहरू दिनेछन्। मैले तिनीहरूलाई मेरो लागि लिएको छु।
8:17b.NUM.008.017 इस्राएलमा जन्मने प्रत्येक जेठो मेरो हुनेछ चाहे त्यो मानिस होस् अथवा पशु, यसमा कुनै फरक पर्दैन। किन? किनभने मिश्र देशमा मैले प्रत्येक जेठो नानी र पशु मारेकोछु, अनि मेरो आफन्त बनाउनको निम्ति प्रत्येक जेठो छोरोलाई रोजें।
8:18b.NUM.008.018 तर अब म तिनीहरूको सट्टामा लेवी मानिसहरू लिन्छु। इस्राएलमा अन्य जातिको परिवारहरूबाट जन्मेका जेठो छोराहरूको सट्टामा म लेवीहरूलाई ग्रहण गर्नेछु।
8:19b.NUM.008.019 इस्राएलका सबै मानिसहरूबाट मैले लेवी मानिसहरूलाई चुनें अनि हारून र तिनका छोराहरूलाई भेटी स्वरूप दिएँ। तिनीहरूले इस्राएलका सबै मानिसहरूको सेवा गर्छन् जो भेट हुने पालमा आराधनाको निम्ति आउँदथे। तिनीहरूले इस्राएलको सबै मानिसहरूका निम्ति प्रायश्चित गर्नेछन्। तब पवित्र स्थान नजिक आँउदा इस्राएली मानिसहरूका निम्ति कुनै प्रकारको रोग अथवा कष्ट आई पर्ने छैन।”
8:20b.NUM.008.020 त्यसकराण, लेवीहरूका विषयमा परमप्रभुको आज्ञासित राजी भएर मोशा, हारून अनि इस्राएलका सबै मानिसहरूले परमप्रभु द्वारा मोशालाई दिएका झैं प्रत्येक कुरा पालन गरे।
8:21b.NUM.008.021 लेवीहरूले नुहाएर तिनीहरूको लुगाहरू धोए, हारूनले तिनीहरूलाई परमप्रभुको अघि विशेष उपहार स्वरूपमा अर्पण गरे अनि लेवीहरूका निम्ति प्रायश्चित गराएर तिनीहरूलाई सफा बनाए।
8:22b.NUM.008.022 त्यसपछि लेवी मानिसहरू भेट हुने पालमा सेवा कार्य गर्न आए। हारून र तिनका छोराहरूले तिनीहरूको हेरचाह गर्थे अनि हारून र तिनका छोराहरू तिनीहरूको कामको जिम्मावारी थिए। परमप्रभुले मोशालाई जस्तो भन्नुभएको थियो हारून र तिनका छोराहरूले त्यसरी नै कार्यहरू गरे।
8:23b.NUM.008.023 त्यपछि परमप्रभुले मोशालाई भन्नुभयो,
8:24b.NUM.008.024 “यो लेवीहरूको नियम निम्ति हो। प्रत्येक लेवीहरू जो पच्चीस वर्षका अनि माथिका छन्। तिनी सबै भेट हुने पालको सेवामा भाग लिन आउनु पर्छ।
8:25b.NUM.008.025 तर जब कुनै लेवी मानिस पचास वर्ष भन्दा बेशी उमेरको हुन्छ उसले त्यहाँ फेरि काम गर्नु पर्दैन र उसले भेट हुने पालको सेवा कार्यबाट अवकाश लिन्छ।
8:26b.NUM.008.026 पचास वर्ष अथवा त्यो भन्दा अधिक उमेरका मानिसहरूले भेट हुने पालको सेवा कार्यमा तिनीहरूका दाज्यू-भाइहरूलाई सहायता गर्नु सक्छन्। तर तिनीहरूले भारी काम गर्नु हुँदैन। यस्तो प्रकारले तिमी लेवीहरूलाई काममा खटाउनु पर्छ।”
9
9:1b.NUM.009.001 इस्राएली मानिसहरूले मिश्र देश छोडेको दोस्रो वर्षको पहिलो महीनामा सीनै पहाडको मरूभूमिमा परमप्रभु मोशासित यसो भन्दै बोल्नुभयो,
9:2b.NUM.009.002 “इस्राएलका मानिसहरूले तोकिएको दिन निस्तार चाड मान्नु पर्छ।
9:3b.NUM.009.003 तिमीहरूले यस चाडलाई यसै महिनाको चौधौं दिनको गोधुली समयमा मान्नु पर्छ। तिमीहरूले सबै नियम र विधि-विधानहरू पालन गरेर यो चाड मनाउनु पर्छ।”
9:4b.NUM.009.004 यसर्थ मोशाले मानिसहरूलाई निस्तार पर्व मनाउन लगाए।
9:5b.NUM.009.005 तिनीहरूले पहिलो महीनाको चौधौं दिन गोधुली वेलामा सीनैको मरूभूमिमा निस्तार चाड मनाए। इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा दिनु भए बमोजिम नै मनाए।
9:6b.NUM.009.006 तर केही मानिसहरूले त्यस दिन निस्तार चाड मनाउन सकेनन् कारण तिनीहरूले मान्छेको लाश छुएका थिए। यसर्थ ती मानिसहरू त्यस दिन मोशा तथा हारून भएकहाँ गए।
9:7b.NUM.009.007 ती मानिसहरूले मोशालाई भने, “हामीले मान्छेको लाश छोएर अशुद्ध भएको कारण पूजाहारीले हामीलाई तोकिएको समयमा परमप्रभुलाई उपहार चढाउन दिएनन्। यसर्थ हामीले तोकिएको समयमा अरू मानिसहरूसित निस्तार चाड मनाउन सकेनौं र अब हामीले के गर्नु पर्ने हो।”
9:8b.NUM.009.008 मोशाले तिनीहरूलाई भने, “यस विषयमा परमप्रभुले के भन्नु हुनेछ म उहाँलाई सोध्छु।”
9:10b.NUM.009.010 “इस्राएलका मानिसहरूलाई यसो भन। यो नियम तिनीहरू र तिनीहरूका भावी सन्तानहरूका निम्ति हो। यदि कसैले एउटा मुर्दालाई छुन्छ अनि अपवित्र हुन्छ अथवा कोही टाडा गएका छन् यस्तो दुवै अवस्थामा पनि उसले यो निस्तार चाढ मनाउनु पर्छ।
9:11b.NUM.009.011 तिनीहरूलाई यो चाड दोस्रो महीनाको चौधौं दिनको गोधुली बेलामा मनाउन देऊ। तिनीहरूले थुमासित अखमीरे रोटी र तीतो साग खानु पर्छ।
9:12b.NUM.009.012 तिनीहरूले चढाएको निस्तारबलि भोलिपल्ट बिहानसम्म त्यसबाट केही बाँकी नराख्न् र त्यसको कुनै हड्डी नभाँच्नु। सबै निस्तार चाडको नियम अनुसार तिनीहरूले मानुन्।
9:13b.NUM.009.013 तर यदि कुनै मानिस शुद्ध छ अनि टाडा पनि गएको छैन अनि अझ उसले निस्तार चाड मनाउँदैन भने, रातको समयमा उसले परमप्रभुलाई बलिदान नचढाएको खण्डमा उसलाई उसको मानिसहरूबाट बहिष्कार गर्नु पर्छ। त्यस्तो व्यक्तिले उसको पापको निम्ति दण्ड पाउनेछ।
9:14b.NUM.009.014 “यदि कुनै विदेशी तिमीहरूसित स्थायी रूपले बसोबास गरिरहेको छ अनि उसले पनि निस्तार चाड मनाउन चाहन्छ भने उसले मनाउन सक्छ, तर त्यस व्यक्तिले निस्तार चाडको नियम पालन गर्नु पर्छ। त्यो प्रत्येकको निम्ति नियम हो।”
9:15b.NUM.009.015 पवित्र वास स्थान, करारको पाल खडा गरेको दिन परमप्रभुको बादलले त्यसलाई ढाक्यो। पवित्र स्थान माथिको बादल राती आगो जस्तो देखियो।
9:16b.NUM.009.016 सब समय त्यो बादल पवित्र पालमाथि रह्यो र राती चाँहि त्यो बादल आगो जस्तो देखिन्थ्यो।
9:17b.NUM.009.017 जब पालमाथिको बादल सर्थ्यो इस्राएली मानिसहरू पनि हिंडथे र जब बादल पालमाथि अडिन्थ्यो ती मानिसहरूले त्यहीं शिविर हाल्थे।
9:18b.NUM.009.018 जब परमप्रभुले आज्ञा गर्नु भयो मानिसहरू हिंडे र जब वहाँले आज्ञा दिनुभयो मानिसहरू हिडन बन्द गरे र तिनीहरूले छाउनी स्थापित गरे। जबसम्म पवित्र पालमाथि बादल रहन्थ्यो मानिसहरू छाउनी भित्र रहन्थे।
9:19b.NUM.009.019 कोही समय बादल पवित्र पालमाथि लामो समयको निम्ति रहन्थ्यो। इस्राएलीहरूले परमप्रभुको आज्ञा पालन गरेर कतै सर्दैन थिए।
9:20b.NUM.009.020 कहिले काही बादल पवित्र पाल माथि केही दिनको लागि रहन्थ्यो। परमप्रभुको आज्ञामा तिनीहरू छाउनी बसाल्थे र परमप्रभुकै आज्ञामा तिनीहरू सर्थे।
9:21b.NUM.009.021 अनि कोही बेला साँझदेखि बिहान सम्मै अडिन्थ्यो, र बिहान बादल सरे पछि तिनीहरू पनि हिडथे।
9:22b.NUM.009.022 दुई दिन, एक महिना अथवा पुरै एक वर्ष बादल पवित्र स्थानको पाल माथि अडिरहे इस्राएलको मानिसहरूको शिविर पनि त्यहीं रहन्थ्यो र कतै सर्दैनथ्यो। तर जब त्यो बादल सर्थ्यो इस्राएलका मानिसहरू पनि यात्रा शुरू गर्थे।
9:23b.NUM.009.023 परमप्रभुको आज्ञा अनुसार तिनीहरूले शिविर हाले अनि परमप्रभुकै आज्ञा अनुसार यात्रा शुरू गरे। मोशाद्वारा तिनीहरूले परमप्रभुको आज्ञा पालन गरे।
10
10:1b.NUM.010.001 परमप्रभुले मोशालाई भन्नुभयोः
10:2b.NUM.010.002 “दुइवटा तुरहीहरू बनाऊ। चाँदी पिटेर तुरहीहरू बनाउनू। यी तुरहीहरू मानिसहरूलाई एक साथ भेला गराउनु तथा कति बेला छाउनीबाट यात्रा शुरू गर्नु पर्ने शंकेतको निम्ति प्रयोग गरिनेछ।
10:3b.NUM.010.003 यदि दुवै तुरहीहरू लामो तानेर बजाईयो भने सबै मानिसहरू भेट हुने पालको प्रवेशद्वारमा भेला हुनेछन्।
10:4b.NUM.010.004 तर जब एउटा मात्र तुरही लामो बजाइन्छ तब केवल कुलनायकहरू मात्र तिमीलाई भेट्न आउनेछन्। ती प्रमुखहरू इस्राएलका बाह्र कुल समूहका हुन्।
10:5b.NUM.010.005 “जब तिमीहरूले तुरही बजाएर जागरन ध्वनी दिन्छौ, पूर्वमा छाउनी बनाउने मानिसहरूले यात्रा शुरू गर्ने छन्।
10:6b.NUM.010.006 जब तिमीहरूले दोस्रो पल्ट तुरहीको सूक्ष्म ध्वनी दिन्छौ दक्षिणका छाउनीमा रहेकाहरूले यात्रा शुरू गर्छन्। तिनीहरूले यात्रा शुरू गराउँदा चेतावनीको तुरही बजाउनुपर्छ।
10:7b.NUM.010.007 तर जब तिमीहरू मानिसहरूलाई भेला गराउँछौ भने तुरही दीर्घ फुक्नु पर्छ तर चेतावनी ध्वनि नदेऊ।
10:8b.NUM.010.008 हारूनका छोराहरू, पूजाहारीहरूले तुरही फुक्नु पर्छ। तिमीहरूको सन्तानको निम्ति यो नियम हुनेछ।
10:9b.NUM.010.009 “अनि जब तिमीहरू आफ्नो भूमिमा तिमीहरूलाई आक्रमण गर्ने तिमीहरूको शत्रुको विरूद्धमा युद्ध गर्न जान्छौ, तिमीहरूले चेतावनी दिने तुरही बजाऊ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू प्रति ध्यान दिनुहुनेछ। अनि उहाँले तिमीहरूको रक्षा गर्नुहुनेछ।
10:10b.NUM.010.010 तिमीहरूको र्हषको दिन, तिमीहरूको औंसीका चाडहरूका दिन तिमीहरूले होमबलि र मेलबलि चढाउँदा तुरही बजाउनु पर्छ। परमप्रभुको स्मरण गर्नु तिमीहरूको निम्ति यो एउटा विशेष तरिका हुनेछ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
10:11b.NUM.010.011 मानिसहरूले मिश्र देश छोडेको दोस्रो वर्षको दोस्रो महीनाको बिसौं दिनमा साक्षीको पवित्र पालबाट बादल सर्यो।
10:12b.NUM.010.012 यसकारण इस्राएलका मानिसहरूले सीनै मरूभूमिबाट आफ्नो यात्रा शुरू गरे। यात्रीहरू पारान मरूभूमिमा आइपुग्दा त्यो बादल अडियो।
10:13b.NUM.010.013 यसर्थ मानिसहरूले यात्रा शुरू गरेको यही पहिलो पल्ट थियो। परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार तिनीहरूले यात्रा गर्दथे।
10:14b.NUM.010.014 यहूदाको दलको शिविरबाट आफ्नो झण्डा लिएर तीन समूह पहिले गए। अम्मीनादाबको छोरो नहशोनले दलको नेतृत्व गरेका थिए।
10:15b.NUM.010.015 इस्साकारको कुलको अगुवाई सूआरका छोरो नतनेलले गरेका थिए।
10:16b.NUM.010.016 अनि त्यसपछि जबूलून कुलको दल आए र यस दलहरूका नायक हलोनका छोरो एलीआब थिए।
10:17b.NUM.010.017 त्यसपछि पवित्र पाल उठाइयो अनि गेर्शोनी र मरारी कुलका मानिसहरूले त्यो पाल बोके। यसर्थ यस परिवारका मानिसहरू दोस्रो पक्तिमा आए।
10:18b.NUM.010.018 त्यसपछि रूबेन कुलका मानिसहरूले आफ्नो झण्डा लिएर यात्रा शुरू गरे। पहिलो दल रूबेनकै कुलबाट थियो। शेदेऊरको छोरो एलीसूर यस दलहरूको नायक थिए।
10:19b.NUM.010.019 त्यसपछि शिमोन कुलका मानिसहरू थिए। यस दलहरूका नायक सरीशदूदैका छोरो सलूमीएल थिए।
10:20b.NUM.010.020 अनि त्यसपछि गाद कुलका मानिसहरू आए अनि यस दलहरूका नायक रूएलका छोरो एल्यासाप थिए।
10:21b.NUM.010.021 त्यसपछि कहात कुलका मानिसहरू आए। तिनीहरूले पवित्र-स्थान भित्रको समान बोकेका थिए। तिनीहरू यस्तो समयमा आइपुगे कि त्यस समयमा अन्य मानिसहरूले नयाँ शिविरमा पवित्र पाल खडा गरी सकेका थिए।
10:22b.NUM.010.022 त्यसपछि एप्रैमको शिविरका दलहरू आफ्नो झण्डा लिएर अघि बढे। अम्मीहूदको छोरो एलीशामा दलहरूको नेतृत्वमा थिए।
10:23b.NUM.010.023 पदासूरका छोरो गमलीएल मनश्शे कुलका दल नायक थिए।
10:24b.NUM.010.024 त्यसपछि गिदोनीका छोरो अबीदान बिन्यामीन दल समूहका नायक थिए।
10:25b.NUM.010.025 अन्तमा दान कुल समूहका मानिसहरू तीन दलहरूमा आफ्नो झण्डा लिएर अघि बढे। यसमा पहिलो दलहरू दान कुलका मानिसहरू थिए। यस दलहरूको नायक अम्मीशद्दैका छोरो अहीएजेर थिए।
10:26b.NUM.010.026 त्यसपछि ओक्रानको छोरो पगीएल आशेर कुल समूहका दल नायक थिए।
10:27b.NUM.010.027 त्यसपछि नप्ताली कुल समूहका मानिसहरू अघि आए अनि यस दलहरूको नायक एनानका छोरो अहीरा थिए।
10:28b.NUM.010.028 यसरी नै इस्राएलका मानिसहरू एक ठाँउदेखि अर्को ठाँउ बसाँई सर्दै थिए।
10:29b.NUM.010.029 मोशाले आफ्नो ससुरा रूएल मिद्यानीको छोरो होबाबलाई भने, “परमेश्वरले हामीलाई दिनेछु भनी प्रतिज्ञा गर्नु भएको ठाँउमा हामी जाँदैछौ, हामीसितै आउनुहोस्, हामी तपाईंलाई राम्रो गर्नेछौं। परमप्रभुले इस्राएलका मानिसहरूको निम्ति राम्रो राम्रो चिजहरू दिन्छु भनी प्रतिज्ञा गर्नु भएको छ।”
10:30b.NUM.010.030 तर होबाबले उत्तर दिए, “होइन म तिमीहरूसित जान्न, म आफ्नौं देश र मानिसहरूकहाँ जान्छु।”
10:31b.NUM.010.031 तब मोशाले भने, “तपाईंले हामीलाई नछाड्नु होस्। तपाईं हाम्रो पथ प्रदर्शक बन्न सक्नु हुन्छ कारण मरूभूमिको विषयमा हामीले भन्दा बेशी तपाईंले जान्नुहुन्छ।
10:32b.NUM.010.032 यदि तपाईं हामीसित हिडनु भए परमप्रभुले हामीलाई दिनु भएको असल चीजहरू बाँड्नेछौं।”
10:33b.NUM.010.033 होबाब राजी भए अनि परमप्रभुको पर्वतबाट तिनीहरूले यात्रा शुरू गरे। पूजाहारीले परमप्रभुको करारको सन्दूक लिएर मानिसहरूको अगाडी हिडे। तिनीहरूले पवित्र सन्दूक बोकेर नयाँ शिविर बनाउने ठाँउ खोज्दै तीन दिन सम्म हिडे।
10:34b.NUM.010.034 परमप्रभुको बादल प्रत्येक दिन तिनीहरू माथि नै रहन्थ्यो अनि प्रत्येक बिहान जब तिनीहरू शिविरबाट यात्रा शुरू गर्थे बादलले तिनीहरूलाई अगुवाई गर्थ्यो।
10:35b.NUM.010.035 शिविर सार्नलाई जब मानिसहरूले पवित्र सन्दूक उठाँउथे, मोशाले सँधैं भन्थे, “हे परमप्रभु उठ्नुहोस्, तपाईंको शत्रुहरू छरपष्ट होउन्। तपाईं देखि तपाईंका शत्रुहरू भागून्।”
10:36b.NUM.010.036 अनि जब पवित्र सन्दूकलाई त्यसको ठाँउमा राखिन्थ्यो, सधैं मोशाले भन्थे, “हे परमप्रभु इस्राएलका हजारौं हजारौं मानिसहरू भएको ठाँउमा आउनु होस्।”
11
11:1b.NUM.011.001 जब मानिसहरूले परमप्रभु अघि एकदमै गनगनाउन थाले, परमप्रभु त्यो सुनेर उहाँ क्रोधित हुनु भयो र तिनीहरूको विरूद्धमा आगो पठाउनु भयो। अनि त्यस आगोले छाउनीको केही किनाराहरू पनि जलायो।
11:2b.NUM.011.002 मानिसहरूले मोशालाई सहायता मागे अनि मोशाले परमप्रभुको प्रार्थना गरेर आगो निभाए।
11:3b.NUM.011.003 यसर्थ मानिसहरूले त्यस ठाँउको नाम ‘तबेरा’ राखे कारण परमप्रभुबाट उत्पत्ति भएको आगोले तिनीहरू कतिलाई पोलेको थियो।
11:4b.NUM.011.004 इस्राएलीहरूसंग रहेको विदेशीहरूको एउटा दलले मासु खान साह्रै इच्छा गरे चाडै सबै इस्राएली मानिसहरूले पनि मासुको लागि गनगनाउन थाले। ती मानिसहरूले विलाप गरेर भने, “हामीलाई मासु खानु कसले देला?”
11:5b.NUM.011.005 हामीले मिश्रमा हुँदा बिना मूल्य माछा खाएको सम्झना आँउछ। साग-पातहरू, काँक्रा, खरबुजा, हरियो साग सब्जी, प्याज अनि लसूनहरूको सम्झना आँउछ।
11:6b.NUM.011.006 तर अहिले हामीले भोक नै हरायौं। मन्न बाहेक केही खानेकुरा देख्दैनौं।”
11:7b.NUM.011.007 देख्दा मन्न धनिंयाको मसिनो दाना जस्तो हुन्छ र यसको रंग रूखको चोप जस्तो देखिन्छ।
11:8b.NUM.011.008 मानिसहरूले मन्न बटुलेर ढुङ्गाले पिध्थे र भाँडामा पकाउँथे अथवा यसलाई धूलो पारेर फुरौलो बनाउँथे। यसको स्वाद भद्राक्षको तेलमा पकाएको फुलौरोको जस्तो थियो।
11:9b.NUM.011.009 जब राती भूँइ शीतले भिज्छ मन्न भूँईमा झथ्यो।
11:10b.NUM.011.010 प्रत्येक परिवारका मानिसहरू आ-आफ्नो पालको प्रवेशद्वारमा बसेर गनगनाई रहेका थिए। यसले परमप्रभुलाई अत्यन्तै रीस उठायो अनि मोशा पनि दुःखीत भए।
11:11b.NUM.011.011 मोशाले परमप्रभुलाई भने, “तपाईंको दासलाई किन कष्ट दिनु भयो? मैले तपाईंलाई किन सन्तुष्ट पार्न सकिन जसले गर्दा यी मानिसहरूको जिम्मावारी म माथि थप्नु भयो?
11:12b.NUM.011.012 के मैले गर्भ धारण गरेर यी मानिसहरूलाई जन्माएको हुँ र? तपाईंले यिनीहरूका पुर्खाहरूसित प्रतिज्ञा गरेर दिन्छु भनेको भूमिमा एउटी रोगी-सेविकाले नानी बोकेर हिंडे झैं यी मानिसहरूलाई छात्तीमा राखेर लैजानु भन्नुहुन्छ।
11:13b.NUM.011.013 जब यी मानिसहरू हामीलाई मासु खान दिनु भन्दै मसंग रून्छन्, ‘त मैले यिनीहरूलाई खुवाउने मासु कहाँ पाउनु?’
11:14b.NUM.011.014 यी मानिसहरूको हेरचाह गर्न म आफै योग्य छैन् कारण ममाथि जिम्मावारी एकदमै बेशी भयो।
11:15b.NUM.011.015 यदि तपाईं मसित यस्तै व्यवहार गर्नुहुन्छ र तपाईंले मलाई मन पराउनु हुन्छ भने बरू मलाई मारिदिनोस ताकि मैले आफ्नै कष्ट भोग्नु पर्दैन।”
11:16b.NUM.011.016 परमप्रभुले मोशालाई भन्नुभयो, “सत्तरी जना बूढा-प्रधानहरूलाई जम्मा गर जसलाई तिमीले बूढा-प्राधानहरू अनि मानिसहरूको अगुवा जस्तै सम्मान गरेका छौ अनि तिनीहरूलाई म भए कहाँ भेट हुने पालमा ल्याऊ।
11:17b.NUM.011.017 अनि म तल आएर त्यहाँ तिमीसंग कुरा गर्नेछु। अनि तिमीमा भएको केही शक्तिको आत्मा लिनेछु र यसलाई तिनीहरूमाथि हाली दिनेछु। अनि तिनीहरूले पनि तिमीहरूसित मानिसहरूलाई डोर्याउने भारहरू लिन सहायता गर्नेछ, ताकि तिमी एक्लै त्यो सबै सहनु पर्दैन।
11:18b.NUM.011.018 “अनि मानिसहरूलाई भन तिमीहरूले आफैलाई पवित्र बनाएर राख भोलि तिमीहरूले मासु खानेछौ। ‘हामी मासु खान चाहन्छौ! हाम्रो लागि मिश्रमा नै राम्रो थियो।’ भनी तिमीहरू रोएको परमप्रभुले सुन्नु भएको थियो। यसर्थ अब परमप्रभुले तिमीहरूलाई मासु दिनुहुनेछ र खान सक्ने छौ।
11:19b.NUM.011.019 तिमीहरूले एक दिन, अथवा दुई दिन, अथवा पाँच दिन मात्र होइन दश दिन अथवा बीस दिन भन्दा बढी मासु खानेछौ।
11:20b.NUM.011.020 तिमीहरूले महीना भरि मासु खाने छौ। तिमीहरूले मासु खाने छौ जब सम्म तिमीहरू यसको लागि बिमार हुनेछौ। तिमीहरूलाई यस्तो हुनेछ किनभने तिमीहरूले परमप्रभुको विरूद्ध आरोप लगायौ। परमप्रभु तिमीहरूको माझमा रहनुहुन्छ अनि तिमीहरूलाई के आवश्यक छ जान्नु हुन्छ। तर रोयौ अनि उहाँलाई आरोप लगायौ तिमीहरूले भन्यो हामी किन मिश्रमा सदा रहेनौ?”‘
11:21b.NUM.011.021 तब मोशाले भने, “अहिले मसित पैदल हिडने 600,000 मानिसहरू छन् अनि तपाईं भन्नुहुन्छ, ‘म तिनीहरूलाई पुरै एक महीना मासु खान दिन्छु।’
11:22b.NUM.011.022 के यी सबै भेडा तथा बाख्राको बगाल तथा गाई-गोरूको बथान मार्दा पनि तिनीहरूको निम्ति प्रर्याप्त हुन्छ र? के समुद्रका सबै माछाहरू मारे पनि तिनीहरूको निम्ति प्रर्याप्त हुन्छ र?”
11:23b.NUM.011.023 परमप्रभुले मोशालाई भन्नुभयो, “के परमप्रभुको शक्ति सीमित छ? अब तिमीले देख्नेछौ मैले भनेको कुरो तिमीले पाउनेछौ कि छैनौ।”
11:24b.NUM.011.024 यसकारण मोशा बाहिर आए अनि परमप्रभुले तिनलाई भन्नु भएको कुरा मानिसहरूलाई भने। अनि इस्राएलका बूढा-प्रधानहरूबाट सत्तरी जना भेला पारेर तिनीहरूलाई पालको वरिपरि उभ्याए।
11:25b.NUM.011.025 तब परमप्रभु बादलमा तल आउनु भयो र मोशालाई भन्नुभयो। तब परमप्रभुले केही आत्मा जो मोशा माथि थियो लिएर ती इस्राएलीहरूको 70 जना बूढा प्रधानहरू माथि हालि दिनु भयो तिमीहरूले अगमवाणी बोल्न शुरू गरे। त्यही समय मात्र थियो कि यी मानिसहरूले यस्तो गरे, उनीहरू माथि पवित्र आत्मा आए पछि।
11:26b.NUM.011.026 त्यहाँ छाउनी भित्र दुईजना व्यक्ति एलदाद र मेदाद थिए। तिनीहरूको नाम 70 जना बूढा प्रधानहरूको सूचीमा हालिएको थियो। तर तिनीहरू छाउनी बाहिर गएका थिएनन्। तापनि आत्मा तिनीहरूमाथि पनि आयो र तिनीहरूले अगमवाणी गरे।
11:27b.NUM.011.027 एकजना जवान मानिस मोशा कहाँ दगुर्दै आएर भन्यो, “छाउनीमा एलदाद र मेदादले अगमवाणी गरिरहेका छन्।”
11:28b.NUM.011.028 युवावस्थाबाट नै मोशाको सहायक रहेको नूनका छोरो यहोशूले तिनलाई भन्यो, “हे परमप्रभु! तिनीहरूलाई रोक्नु होस्।”
11:29b.NUM.011.029 तर मोशाले उसलाई भने, “के तिमी मेरो डाह गर्छौ? म इच्छा गर्छु कि परमप्रभुले उहाँको आत्मा सबै मानिसहरूलाई आफ्नो हुनेछ यसकारण सबै अगमवक्ताहरू हुन सकुन्।”
11:30b.NUM.011.030 त्यसपछि मोशा अनि सबै इस्राएलका बूढा-प्रधानहरू छाउनीमा फर्के।
11:31b.NUM.011.031 परमप्रभुबाट बतास चल्न थाल्यो र समुद्रबाट बट्टाई चराहरू ल्याएर छाउनीको वरिपरि छरिदियो। यसरी ती बट्टाईहरू यति बिघ्न थिए कि तिनीहरू बाटोमा एकजना मानिसले दिन भरिमा हिडी सक्ने लम्बाईमा र जमीनदेखि तीन फुट बाक्लो थियो।
11:32b.NUM.011.032 तिनीहरूले दिन अनि रात भरि बट्टाई चरा बटुले अनि सब भन्दा कम्ती बटुल्नेले पनि पुग नपुग दश होमर बटुल्यो। मानिसहरूले घाममा मासु सुकाउन छाउनी वरिपरि फिंजाए।
11:33b.NUM.011.033 यद्यपि तिनीहरूको दाँतले मासु चपाउँदै थिए र तिनीहरूले यो खाई सक्नु अघि परमप्रभु तिनीहरूसित अतिनै क्रोधित हुनुभयो र परमप्रभुले तिनीहरूमाथि डर लाग्दो हैंजा फैलाइदिनु भयो।
11:34b.NUM.011.034 यसकारण त्यस ठाँउको नाम किब्रोथ-हत्तावा राखियो किन भने तिनीहरू मासु खान धेरै लालची भएका थिए र हैंजाले तिनीहरू मरे।
11:35b.NUM.011.035 किब्रोथ-हत्तावाबाट हसेरोत तिर लागे जहाँ तिनीहरू बास बसे।
12
12:1b.NUM.012.001 मरियम र हारूनले मोशाको विरूद्धमा आलोचना गरे किनभने तिनले एउटी कूशी महिलासित विवाह गरे।
12:2b.NUM.012.002 तिनीहरूले भने, “के परमप्रभु मोशा मार्फत मात्र बोल्नु भयो र? के उहाँ हामी मार्फत बोल्नु भएन?” परमप्रभुले यो कुरा सुन्नुभयो।
12:3b.NUM.012.003 मोशा अति नै विनम्र मानिस थिए। पृथ्वीमा तिनी कुनै पनि मानिस भन्दा अधिक विनम्र मानिस थिए।
12:4b.NUM.012.004 परमप्रभुले तुरून्तै मोशा, हारून र मरियमलाई बोलाउनु भयो, “तिमीहरू तीनजना भेट हुने पालमा आऊ।” यसकारण ती तीन जना त्यहाँ गए।
12:5b.NUM.012.005 तब परमप्रभु बादलको खम्बामा आउनु भयो र पालको प्रवेशद्वारमा उभिनु भयो, “हारून र मरियम!” बोलाउनु भयो। तब यी दुईजना बाहिरा आए।
12:6b.NUM.012.006 परमप्रभुले भन्नुभयो, “मलाई सुन! जब तिमीहरू माझ अगमवक्ता छन् म, परमप्रभु आफै दर्शनमा उसलाई परिचय दिन सक्छु। म सपनामा त्योसित कुरा गर्न सक्छु।
12:7b.NUM.012.007 तर मोशा त्यस्तो होइन। ऊ मेरो विश्वासी दास हो र मेरो सबै घरानामा उसलाई विश्वास गर्न सक्छु।
12:8b.NUM.012.008 जब म उनीसित बात गर्छु, म आम्ने-साम्ने बात गर्न सक्छु। जे सुकै म सोच्छु उसले जान्नु पर्छ। मैले उसलाई अड्को प्रयोग नगरी भन्न सक्छु। अनि मोशाले परमप्रभुको रूप देख्न सक्छन्। यसकारण तिमीहरू किन मेरो दासको विरूद्धमा बोल्न डराएनौ?”
12:9b.NUM.012.009 परमप्रभु तिनीहरूसित साह्रै क्रोधित हुनुभयो र तिनीहरूलाई त्याग्नु भयो।
12:10b.NUM.012.010 बादल पालबाटमाथि उठ्यो। हारूनले मारियमतिर हेरे अनि देखे कि तिनको छाला हिऊँ झैं सेतो भएको थियो अनि त्यो तिनलाई भयंङ्कर चर्म रोग लाग्यो।
12:11b.NUM.012.011 तब हारूनले मोशालाई भने, “महाशय विन्ती छ, हामीले मूर्खतापूर्वक गरेको पाप दया गरी माफ दिनुहोस।
12:12b.NUM.012.012 कृपा गरी गर्भमा कुहेको नानीको झैं उसले आफ्नो छाला गुमाउनु नदिनुहोस्।” कहिले काही मृत जन्मेको बच्चाको आधा छाला सडेको हुन्छ।
12:13b.NUM.012.013 यसकारण मोशाले परमप्रभुलाई प्रार्थना गरे, “हे परमेश्वर कृपा गरी उसलाई रोग मुक्त गराइ दिनु होस्।”
12:14b.NUM.012.014 परमप्रभुले मोशालाई उत्तर दिनुभयो, “यदि तिनको बाबुले तिनको मुखमा थुकिदिए भने, तिनी सात दिन सम्म लज्जित हुनुपर्छ। यसकारण तिनलाई सात दिन सम्म छाउनी बाहिर राख। त्यति समय पछि, तिनी स्वस्थ हुन्छिन। त्यसपछि तिनी छाउनीमा फर्की आउन सक्छिन्?”
12:15b.NUM.012.015 यसर्थ तिनीहरूले मरियमलाई सात दिन सम्म छाउनी बाहिर राखे अनि तिनलाई छाउनीमा फर्काई नल्याए सम्म मानिसहरू त्यस ठाँउबाट कतै गएनन्।
12:16b.NUM.012.016 त्यसपछि मानिसहरूले हसेरोतबाट छाउनी उठाई परान मरूभूमि सम्म यात्रा गरी त्यहीं छाउनी हाले।
13
13:1b.NUM.013.001 परमप्रभुले मोशालाई भन्नुभयो,
13:2b.NUM.013.002 “केही मानिसहरूलाई कनान देशको जासूस गर्नु पठाऊ। त्यही भूमि म इस्राएलका मानिसहरूलाई दिनेछु। बाह्र कुल समूहहरूको प्रत्येक कुलसमूहबाट एकजना नायक पठाऊ।”
13:3b.NUM.013.003 यसकारण मोशाले परमप्रभुको आज्ञा पालन गरे। पारान मरूभूमिमा मानिसहरू छाउनी हालेर बसेको समय मोशाले यी नायकहरू पठाए।
13:4b.NUM.013.004 ती नायकहरूको नाम यी नै हुन्; रूबेनको कुलबाट जक्करको छोरो शम्मू,
13:5b.NUM.013.005 शिमोनको कुलबाट होरीको छोरो साफात,
13:6b.NUM.013.006 यहूदाको कुलबाट यपून्नेको छोरो कालेब,
13:7b.NUM.013.007 इस्साकारको कुलबाट यूसुफको छोरो यिगाल,
13:8b.NUM.013.008 एप्रैमको कुलबाट नूनको छोरो होशे,
13:9b.NUM.013.009 बिन्यामीन कुलबाट रफूको छोरो पलती,
13:10b.NUM.013.010 जबूलूनको कुलबाट सोदीको छोरो गद्दीएल,
13:11b.NUM.013.011 मनश्शे कुलबाट सूसीको छोरो गद्दी,
13:12b.NUM.013.012 दानको कुलबाट गमल्लीको छोरो अम्मीएल,
13:13b.NUM.013.013 आशेरको कुलबाट माइकलको छोरो सतूर,
13:14b.NUM.013.014 नप्तालीका कुलबाट वोफ्सीको छोरो नहबी,
13:15b.NUM.013.015 गादको कुलबाट माकीको छोरो गूएल।
13:16b.NUM.013.016 मोशाले भूमि हेर्न र अध्ययन गर्न पठाएको मानिसहरूको नाम यी नै हुन्। मोशाले होशेलाई यहोशू भनी बोलाउँथे।
13:17b.NUM.013.017 यद्यपि तिनीहरूलाई कनान देश जासूस गर्न पठाउँदा मोशाले भन्यो, “तिमीहरू पहाडीतिर जाऊ।
13:18b.NUM.013.018 अनि हेर, भूमि हेर्दा कस्तो देखिन्छ। त्यहाँ बस्ने मानिसहरू बलिया छन् अथवा दूर्वल, अथवा कम्ती छन् अथवा ठूलो जन सँख्यामा तिनीहरू बस्ने जग्गा राम्रो छ अथवा खराब, हेर र बुझ। कस्तो शहरमा तिनीहरू बसेका छन्?
13:19b.NUM.013.019 तिनीहरू राम्रो कि नराम्रो छन्? तिनीहरू कस्तो किसिमका शहर भित्र बस्छन्? शहरहरू अत्यन्तै सुरक्षित छन्। तिनीहरू खुल्ला गाउँहरूमा बस्छन् अथवा किल्लाहरूमा बस्छन्?
13:20b.NUM.013.020 हेर जमीन मलिलो छ वा रूखा छ, अनि हेर यदि त्यहाँ रूखहरू छन् कि छैनन्। त्यस भूमिबाट केही फलहरू ल्याउनु जातिसक्दो कोशिस गर।” त्यस समय दाखको प्रथम उलको कटनीको समय थियो।
13:21b.NUM.013.021 यसकारण तिनीहरू सीनको मरूभूमि देखि रहोब द्वारा लेबो हमात तिर चढे अनि त्यस भूमिको जाँज गरे।
13:22b.NUM.013.022 तिनीहरू नेगेवबाट उँभो चढेर अहीमन, शैशै अनि तल्मै हुँदै हेब्रोन पुगे, जहाँ अनाकका सन्तति बस्ने गर्थे। हेब्रोन शहर मिश्रमा सोआना शहर बनिनु भन्दा सात वर्ष अघि बनिएको थियो।
13:23b.NUM.013.023 त्यस पछि तिनीहरू एश्कोल बेंसीमा आए। तिनीहरूले त्यहाँ एक झुप्पा दाख काटी एउटा घोचोमा दुइजनाले बोकेर ल्याए। तिनीहरूले अनार र नेभारा पनि ल्याए।
13:24b.NUM.013.024 इस्राएलका मानिसहरूले त्यस ठाँउबाट दाखको झुप्पा काटेको हुनाले त्यस ठाँउको नाम नै एश्कोल बेंसी रह्यो।
13:25b.NUM.013.025 चालीस दिनको अन्तमा तिनीहरू त्यो भूमि बारेमा खोजी गरी फर्के।
13:26b.NUM.013.026 पारान मरूभूमिको कादेश भन्ने ठाँउमा जहाँ मोशा, हारून र सबै इस्राएली मानिसहरूलाई भेला भएर बसेका थिए अनि तिनीहरूको खबर तिनीहरूकहाँ ल्याए अनि तिनीहरूलाई त्यस भूमिको फल देखाए।
13:27b.NUM.013.027 तिनीहरूले मोशालाई भने, “हामीलाई तपाईंले पठाउनु भएको भूमिमा गयौं। साँच्चै नै यो भूमि दूध र मह बगिरहेको भूमि रहेछ। अनि त्यस भूमिबाट हामीले ल्याएको फलहरू यी नै हुन्।
13:28b.NUM.013.028 जो मानिसहरू त्यस भूमिमा बसेकाछन् तिनीहरू बलिया छन् अनि शहरहरू अत्यन्तै विशाल र पर्खालले घेरिएका छन्। त्यहाँ हामीले अनाकको सन्तानहरू अनाकीहरूलाई पनि देख्यौं।
13:29b.NUM.013.029 नेगेव भूमिमा अमालेकीहरूले बसो-बास गरेको पायौं भने पहाडी क्षेत्रमा हित्ती, यबूसी अनि एमोरीहरू, अनि समुद्रको किनार र यर्दन नदीको किनारमा कनानीहरू बसो-बास गर्दा रहेछन्।”
13:30b.NUM.013.030 त्यसपछि कालेबले मोशाकै नजीक मानिसहरूलाई शान्त गराएर भने, “हामी त्यहाँ तुरून्त जानु पर्छ र यसलाई लिनु पर्छ। किनभने निश्चय नै त्यसमाथि हामीले विजय हासील गर्नेछौं।
13:31b.NUM.013.031 तर मानिसहरू जो ऊसित गएका थिए भने, “तिनीहरू माथि आक्रमण गर्नु हामी सक्षम हुने छैनौं किनभने तिनीहरू हामी भन्दा बलिया छन्।”
13:32b.NUM.013.032 यसकारण तिनीहरूले त्यस भूमिको विषयमा खोजी गरेर नैराश्यपूर्ण वृतान्त इस्राएली मानिसहरूको निम्ति ल्याएका थिए। तिनीहरूले भने, “त्यस भूमिमा धेरै बलिया बलिया मानिसहरू रहेछन् र त्यस भूमिमा जाने कुनै पनि मानिसहरूलाई तिनीहरूले सजिलै जित्न सक्छन्।
13:33b.NUM.013.033 हामीले त्यहाँ नपीलीहरू अनाकका सन्तान जसबाटलाई देख्यौ र तिनीहरूले हामीलाई मसिनो फट्यांग्राहरूलाई झैं हेरे। साँच्चै तिनीहरूको सामुन्ने हामी फट्यांग्राहरू झैं लाग्थ्यौं।”
14
14:1b.NUM.014.001 सबै मानिसहरू छाउनीभित्र त्यस रातभरि कराई कराई रोइ रहे।
14:2b.NUM.014.002 इस्राएलका सबै मानिसहरूले मोशा र हारूनको विरूद्धमा गनगनाए। सबै मानिसहरूले तिनीहरूलाई भने, “यदि हामी मिश्रदेशमा नै अर्थात् यो मरूभूमिमा मरेको भए राम्रो हुनेथियो।
14:3b.NUM.014.003 किन परमप्रभुले हामीलाई लडाईमा तरवारले काटी मार्न त्यस भूमिमा लैजानु हुँदैछ? हाम्रा जहान बालबच्चाहरू पनि लूटिने समान झैं लूटमा पक्रा पर्नेछन्। हामीलाई मिश्र देशमा फर्किनु नै असल हुन्छ।”
14:4b.NUM.014.004 तिनीहरूले एक अर्कामा भने, “एकजना अगुवा चुनौ र मिश्रदेश फर्कौ।”
14:5b.NUM.014.005 सबै इस्राएली मानिसहरूको सामुन्ने मोशा र हारून भूइँमा घोप्टो परे।
14:6b.NUM.014.006 नूनको छोरो यहोशू र यपून्नेको छोरो कालेब भूमिको जाँच गर्न जानेहरू मध्ये दुईजना थिए तिनीहरूले लुगाहरू च्याते मानिसहरूले गनगन गरेकोमा तिमीहरूको दुःख।
14:7b.NUM.014.007 यहोशू र कालेबले इस्राएलका सम्पूर्ण समुदायलाई भने, “यो भूमि जसलाई हामीले जाँच गर्यौं त्यो धेरै राम्रो भूमि छ।
14:8b.NUM.014.008 यदि परमप्रभु हामीसित सन्तुष्ट हुनु भए उहाँको अगुवाईमा हामीलाई त्यस भूमिमा पुर्याउनु हुनेछ अनि त्यो दूध र मह बग्ने भूमि हामीलाई दिनु हुनेछ।
14:9b.NUM.014.009 यसर्थ परमप्रभु-विरूद्ध बिलाप नगर, त्यस भूमिका मानिसहरूसित नडराऊ किनभने हामी तिनीहरूलाई सजिलै जित्नेछौं। तिनीहरूको सुरक्षा तिनीहरूबाट हरण गरिएको छ। तर हामीसित भने परमप्रभु हुनुहुन्छ, तिनीहरूसित नडराऊ।”
14:10b.NUM.014.010 तर त्यहाँ भएका सबै मानिसहरूले यहोशू र कालेबलाई ढुङ्गाले हिर्काएर मार्ने सल्लाह गरे। त्यसपछि भेट हुने पालमा सबै इस्राएली मानिसहरूको सामुन्ने परमप्रभुको महिमा देखा पर्यो।
14:11b.NUM.014.011 परमप्रभुले मोशालाई भन्नुभयो, “यी मानिसहरूले कहिले सम्म मसित घृणीत व्यवहार गर्छन्? यिनीहरूको माझमा मैले यी सबै महान चिन्हहरू देखाई सकेको छु र अब कहिले सम्म तिनीहरूले मलाई अविश्वास गर्छन्?
14:12b.NUM.014.012 तिनीहरू माथि म महामारी ल्याएर ध्वंश पार्छु अनि तिमीद्वारा नै म तिनीहरू भन्दा ठूलो र शक्तिशाली राष्ट्र निर्माण गर्नेछु।”
14:13b.NUM.014.013 तब मोशाले परमप्रभुलाई भने, “मिश्र देशवासीहरूले यदि यो कुरा चाल पाए के भन्लान्? कारण तपाईंले नै यिनीहरूलाई आफ्नो शक्तिको प्रभावले तिनीहरूको माझबाट ल्याउनु भएको हो।
14:14b.NUM.014.014 अनि मिश्रका मानिसहरूले कनानीहरूलाई यस विषयमा भन्नेछन् कारण तिनीहरू जान्दछन् कि तपाईंलाई देखेका छन्। तिनीहरूले यो पनि जान्दछन् कि तपाईं परमप्रभु हुनुहुन्छ र तिनीहरूले जान्दछन् कि मानिसहरूले तपाईंलाई देखेका छन्। तिनीहरूले यो पनि जान्दछन् कि मानिसहरूको अगुवाई गर्ने दिनमा तपाईंले बादलको प्रयोग गर्नु भएको छ भने रातमा आगोको प्रयोग गर्नु भएको छ।
14:15b.NUM.014.015 यसर्थ अहिले तपाईंले यी मानिसहरूलाई मार्नु हुँदैन। यदि तपाईंले मार्नु भयो भने तपाईंको शक्तिको बारेमा जान्ने सबै राष्ट्रहरूले भन्नेछन्,
14:16b.NUM.014.016 ‘आफूले शपथ गरेको भूमिमा मानिसहरूलाई ल्याउन नसक्दा परमप्रभुले तिनीहरूलाई मरूभूमिमा मार्नुभयो।’
14:17b.NUM.014.017 “यसर्थ अहिले हे मालिक आफ्नो महामहिमा प्रदर्शन गर्नुहोस्। तपाईंले प्रतिज्ञा गरे झैं देखाउनु होस्।
14:18b.NUM.014.018 तपाईंले भन्नुभयो, ‘परमप्रभु ढिलो क्रोधित हुनुहुन्छ, परमप्रभु करूणामय हुनुहुन्छ। कानुन् अमान्य गरी जो दोषी बनिन्छ त्यस्ताहरूलाई परमप्रभुले क्षमा दिनुहुन्छ। तर जो दोषी छन् तिनीहरूलाई परमप्रभुले सदैव दण्ड दिनुहुन्छ। परमप्रभुले यस्ता मानिसहरूलाई, तिनीहरूका छोरा-छोरीहरूलाई, तिनीहरूका नाती-नातिनी तथा पनाती पनातिनीहरू सम्मलाई तिनीहरूले गरेको खराब कार्यको निम्ति दण्ड दिनुहुन्छ।’
14:19b.NUM.014.019 अहिले तपाईंले मानिसहरूलाई आफ्नो महान करूणा देखाउनु होस् र मिश्र देश छोडेर आएको दिनदेखि जसरी क्षमा गर्दै आउनु भएकोछ आज पनि ती मानिसहरूलाई क्षमा गरिदिनु होस्।”
14:20b.NUM.014.020 परमप्रभुले भन्नुभयो, “तिमीले भने जस्तै म तिनीहरूलाई क्षमा दिनेछु।
14:21b.NUM.014.021 तर म साँचो भन्दछु, जस्तो म जीवित छु र जसरी परमप्रभुको महिमाले पृथ्वी नै भरिन्छ,
14:24b.NUM.014.024 तर मेरो दास कालेब जसले भिन्दै प्रकारले सोच्छ अनि त्यसले सम्पूर्ण रीतिले मेरो अनुसरण गर्छ म उसलाई त्यो भूमिमा जहाँ ऊ गयो ल्याउनेछु र उसको सन्तानले त्यो भूमि उपभोग गर्नेछ।
14:25b.NUM.014.025 अमालेकीहरू र कनानीहरू त्यही बेंसीमा बसिरहेका छन्। यसर्थ भोलि तिमीहरूले यो ठाउँ छाड्नु नै पर्छ र लाल समुद्र को बाटो भएर तिमीहरू त्यो मरूभूमिमा फर्की जाऊ।”
14:26b.NUM.014.026 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
14:27b.NUM.014.027 “मेरो विरूद्धमा यी दुष्ट मानिसहरूले कहिले सम्म नालिश गरिरहने। इस्राएलका मानिसहरूले मेरो विरूद्धमा लगाएको नालिश मैले सुनेको छु।
14:28b.NUM.014.028 तिनीहरूलाई भनी देऊ, ‘जस्तो म जिवित छु परमप्रभु भन्नुहुन्छ तिमीहरूले परमप्रभुको विरोधमा जे जति भनेका थियौ ती सब पूर्ण गरी दिनेछु। तिमीहरूलाई जे गर्नेछु त्यो यही हो।
14:29b.NUM.014.029 तिमीहरूको बीचमा प्रत्येक व्यक्ति जो बीस वर्ष अथवा वेशी उमेरको छ अनि मेरो मानिस भनी गन्ती भएको थियो, त्यो यही मरूभूमिमा मर्नेछ। तिमीहरूले म परमप्रभुको विरूद्ध नालिश गर्यौ।
14:30b.NUM.014.030 यसर्थ तिमीहरू मध्ये त्यो मैले दिन्छु भनी प्रतिज्ञा गरेको भूमिमा कोही पनि पस्न पाउने छैन्। केवल यपून्नेको छोरो कालेब र नूनको छोरो यहोशू त्यो भूमिमा पस्नेछन्।
14:31b.NUM.014.031 तिमीहरूले नालिश गर्यौ कि त्यो नयाँ भूमिमा तिमीहरूका शत्रुहरूले तिमीहरूका नानीहरू खोसेर लैजानेछन्। तर म तिमीहरूलाई भन्छु कि म ती नानीहरू ल्याउनेछु र तिनीहरूले त्यसभूमिमा ती चीजहरू आनन्दले उपभोग गर्नेछन जुन तिमीहरूले अस्वीकार गर्यौ।
14:32b.NUM.014.032 तर तिनीहरूको निम्ति तिमीहरू यही मरूभूमिमा नै मर्ने छौ।
14:33b.NUM.014.033 “तिमीहरूका नानीहरू मरूभूमिमा चालीस वर्ष सम्म गोठाले भई बस्नेछन्। तिमीहरू म प्रति अविश्वासी हुनाको कारणले ती तिमीहरूका नानीहरूले तिमीहरू मरूभूमिमा सबै जना नमरूञ्जेल सम्म कष्ट भोग्नेछन्।
14:34b.NUM.014.034 त्यो भूमिको खोजीमा मानिसहरूले चालीस दिन लगाएको हुनाले दिनको एक वर्षको हिसाबले तिमीहरूले चालीस वर्ष सम्म कष्ट भोग्ने छौ। तिमीहरूले चाल पाउनेछौ कि म तिमीहरूको विरोधी हुँदा के हुँदो रहेछ।
14:35b.NUM.014.035 “‘म परमप्रभुले बोलेको हुँ र म प्रतिज्ञा गर्छु कि यी सब दुष्ट मानिसहरू विरूद्ध यी कुराहरू गर्छु नै। यी मानिसहरू मिलेर मेरो विरोधमा खडा भए, यसर्थ यो मरूभूमिमा यिनीहरू मर्छन्।”‘
14:36b.NUM.014.036 ती व्यक्तिहरू ज-जसलाई मोशाले भूमि जांच गर्न पठाएका थिए तिनीहरूले भूमिको विषयमा इस्राएली मानिसहरूको निम्ति नराम्रो खबर लिएर आए। यसो गरेर तिनीहरूले सारा समूदायलाई उनको विरूद्धमा गनगन गर्ने बनाए।
14:37b.NUM.014.037 ती सबै मानिसहरूलाई मार्न परमप्रभुले महामारी खन्याई दिनुभयो किनभने मानिसहरूमा भ्रम फैलाउने कसुर तिनीहरूको थियो।
14:38b.NUM.014.038 तर नूनका छोरो यहोशू र यपून्नेका छोरो कालेब पनि ती भूमि बिषेयमा खोजी गर्न पठाइएका मानिसहरू बीच कै थिए, ती दुईजनालाई परमप्रभुले रक्षा गर्नुभयो।
14:39b.NUM.014.039 जब मोशाले यी सब कुराहरू इस्राएली मानिसहरूलाई बताइदिए तिनीहरू अत्यन्तै शोकाकुल भए।
14:40b.NUM.014.040 बिहानै उठेर मानिसहरू पाहाडी इलाका तिर उक्लनु थाले। मानिसहरूले भने, “हामीले पाप गरेका छौ। परमप्रभुलाई हामीले अविश्वास गर्यौं, यसर्थ हामी पश्चताप गर्छौं र हामी परमप्रभुले दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा जानेछौं।”
14:41b.NUM.014.041 तर मोशाले भने, “परमप्रभुको आज्ञा किन पालन गरिरहेका छैनौ? तिमीहरू सफल हुँदैनौ।
14:42b.NUM.014.042 त्यसभूमिमा नजाऊ कारण परमप्रभु तिमीहरूको साथमा हुनुहुन्न र शत्रुहरूले साजिलै तिमीहरू माथि विजय प्राप्त गर्नेछन।
14:43b.NUM.014.043 त्यहाँ अमालेकी र कनानी मानिसहरू तिमीहरूको विरोधमा लडनेछन्, तर तिमीहरूले परमप्रभुलाई छोडी दिएकोले उहाँ तिमीहरूले लडेको लडाँईमा साथ दिनुहुने छैन र तिमीहरू सबै मर्नेछौ।”
14:44b.NUM.014.044 तर मानिसहरूले मोशाको कुरामा विश्वास गरेनन् र तिनीहरू पहाडी इलाकातिर गए। तर मोशा र परमप्रभुको करारको सन्दूक ती मानिसहरूसित गएन। 45त्यो पहाडी इलाकामा बस्ने अमालेकी र कनानी मानिसहरू तलतिर उत्रे र ती इस्राएली मानिसहरूमाथि आइलागे। अमालेकी र कनानी मानिसहरूले इस्राएली मानिसहरूलाई सजिलै परास्त पारि तिनीहरू सबैलाई होर्मासम्म खेद्दै लगे।
15
15:1b.NUM.015.001 परमप्रभुले मोशालाई भन्नुभयो,
15:2b.NUM.015.002 “इस्राएलका मानिसहरूलाई भन जब तिमीहरू मैले दिन्छु भनेको भूमिमा पस्छौ,
15:3b.NUM.015.003 तिमीहरूले परमप्रभुलाई आगोद्वारा विशेष बलिदान चढाउनु पर्छ। त्यो विशेष बलिदानको सुगन्धले परमप्रभुलाई आनन्द दिनेछ। तिमीहरूले होमबलि अथवा कुनै पनि बाख्रा, भाकल बलिदानको बलि, विशेष बलि, मेलबलि राजीखुशीको बलि अथवा कुनै चाडको निम्ति विशेष बलिमा गाई-वस्तु र भेडा अथवा बाख्राहरू चढाउनेछौ।
15:4b.NUM.015.004 “एकजना व्यक्तिले उपहार ल्याउँदा उसले परमप्रभुलाई अन्नबलि पनि दिनुपर्छ। बलि चढाउँदा अन्नबलिमा एक चौथाई हीन भद्राक्षको तेल हालेर आठ कप मसिनो पीठो ल्याउनु पर्छ।
15:5b.NUM.015.005 जब तिमी होमबलि साथमा अर्घबलिको निम्ति थुमा चढाउँछौ एक चौथाई हीन दाखरस पनि चढाउनु पर्छ।
15:6b.NUM.015.006 “यदि तिमी भेडा बलि चढाउँछौ भने तिमीले अन्नबलि पनि तयार पार्नु पर्छ। अन्नबलिमा एपाको दश खण्डको दुइ खण्ड मसिनो पीठोमा हीनको तीन खण्डको एक खण्ड भद्राक्षको तेल मिसाउनु पर्छ।
15:7b.NUM.015.007 अनि अर्घबलिको निम्ति हीनको तीन खण्डको एक खण्ड दाखरस राख्नु पर्छ र यसले परमप्रभुलाई मीठो वास्ना दिनेछ।
15:8b.NUM.015.008 “तिमीले यदि आफ्नो होमबलि, वा बलिदान, मेलबलि अथवा कुनै विशेष भाकलको निम्ति एउटा जवान साँढे तयार पार्न सक्छौ।
15:9b.NUM.015.009 त्यस समयमा जवान साँढेसित तिमीले अन्न बलि पनि ल्याउनु पर्छ। अन्न बलि आधा हीन भद्राक्षको तेल मिसाएको एपाको दश खण्डको तीन खण्डको मसिनो पीठो हुनु पर्छ।
15:10b.NUM.015.010 अर्घबलिको निम्ति आधा हीन दाखरस पनि ल्याउनु पर्छ। यो बलि आगोद्वारा चढाइन्छ र यसको सुगन्धले परमप्रभुलाई प्रसन्न पार्छ।
15:11b.NUM.015.011 प्रत्येक साँढे अथवा भेडा अथवा थुमा अथवा बाख्राको पाठो परमप्रभुलाई बलि स्वरूप चढाउँदा यसरी तयार पार्नु पर्छ।
15:12b.NUM.015.012 यी कुनै आवश्यक छैन कति पशुहरू तिमीहरूले तयार गर्छौ, तर तिमीले यो प्रत्येक को निम्ति गर्नु पर्छ।
15:13b.NUM.015.013 “इस्राएलका प्रत्येक नागरिकले परमप्रभुलाई प्रसन्न गराउन बलि चढाउँदा यही तरिकाले अगोद्वार चढाउनु पर्छ।
15:14b.NUM.015.014 यदि तिनीहरू बीचमा बस्ने विदेशीहरूले आगोद्वारा बलि चढाएर परमेश्वरलाई खुशी पार्न चाहन्छ भने, तिमीहरूले तिनीहरूले जस्तै बलि चढाउनु पर्छ।
15:15b.NUM.015.015 यही नियमहरू इस्राएलका मानिसहरू र तिनीहरूसित यो देशमा बसो बास गर्ने विदेशीहरू प्रत्येकको निम्ति लागू हुनेछ। यही कानून सदा सर्वदा लागू रहनेछ। तिमी र तिमीहरूसित बसो-बासो गर्ने विदेशीहरू परमप्रभुको उपस्थितीमा एकै हुन्।
15:16b.NUM.015.016 त्यही नियम र विधि तिमीहरूको निम्ति र विदेशीहरूको निम्ति लगाइन्छ जो तिमीहरूसित बसो-बास गर्छन्।”
15:17b.NUM.015.017 “परमप्रभुले मोशालाई भन्नुभयो,
15:18b.NUM.015.018 “इस्राएलका मानिसहरूलाई भनः जब तिमीहरू मैले लैजाँदै गरेको भूमिमा पुग्छौ,
15:19b.NUM.015.019 अनि त्यस भूमिमा उब्जेको खाद्य जब तिमीहरू खान्छौ, तिमीहरूले परमप्रभुलाई बलि चढाउनै पर्छ।
15:20b.NUM.015.020 तिमीहरूको पहिलो हलोबाट तिमीहरूले एउटा रोटी बलि झैं चढाउनु पर्छ। यो तिमीहरूले यस्तै प्रकारले चढाउनु पर्छ जस्तो तिमीहरूको खलाबाट बलिहरू चढाइरहेछौ।
15:21b.NUM.015.021 यो नियम सदा-सर्वदाको निम्ति लागू रहनेछ र त्यो डल्लाबाट परमप्रभुको निम्ति प्रथम बलि तिमीहरूले चढाउँनु पर्छ।
15:22b.NUM.015.022 “अब परमप्रभुले मोशालाई दिनु भएको आज्ञाहरूमा यदि तिमीहरूले कुनै एक आज्ञा पालन गर्न भूल भयो अथवा बिर्स्यौ भने के गर्नुपर्छ?
15:23b.NUM.015.023 मोशा मार्फत परमप्रभुले यी आज्ञाहरू तिमीहरूलाई दिनुभयो। परमप्रभुले यी आज्ञाहरू तिमीहरूलाई दिनु भएकै दिनदेखि यिनीहरू लागू छन्। अनि यी आज्ञाहरू निरन्तर चलिरहनेछन्।
15:24b.NUM.015.024 यसर्थ यदि तिमीहरूले यी आज्ञाहरू मध्ये कुनै एउटा पालन गर्न भूल्यौ अथवा बिर्स्यौ भने के गर्छौ? यदि यी आज्ञाहरू मध्ये कुनै एउटा आज्ञा इस्राएलका सारा निवासीहरूले पालन गर्नु भूले अथवा बिर्से तब इस्राएलका सारा मानिसहरूले परमप्रभुलाई एउटा जवान साँढे होमबलि चढाउनु पर्छ। अन्नबलि र अर्घबलि पनि चढाउनु बिर्सनु हुँदैन। यो बलिको सुगन्धले परमप्रभुलाई सन्तुष्ट तुल्याउँछ। तिमीहरूले पापबलिको निम्ति एउटा पाठो पनि चढाउनु पर्छ।
15:25b.NUM.015.025 “यस प्रकार पूजाहारीले इस्राएलका समस्त मानिसहरूको समुदायलाई प्रायाश्चित बनाउँछ त्यसकारण तिनीहरूलाई क्षमा दिनेछ। किनभने तिनीहरूको पाप इच्छाकृत थिएन। यसकारण यसको लागि तिनीहरूले आफ्नो होमबलि र पापबलि चढाए ता कि परमप्रभुले तिनीहरूलाई क्षमा गरून्।
15:26b.NUM.015.026 त्यहाँ बस्ने सबै इस्राएलीहरू र विदेशीहरूलाई क्षमा गरिन्छ किनभने तिनीहरू सबैले भूल गरेका थिए।
15:27b.NUM.015.027 “तर यदि एउटाले अञ्जानमा पाप गर्छ भने, एक वर्षको पाठी, पापबलिको बलि झैं चढाउनु पर्छ।
15:28b.NUM.015.028 यस्तो प्रकारले पूजाहारीले उसको निम्ति प्रायश्चित गराउने छ जसले अञ्जानमा भूल गर्छ क्षमा गरिन्छ। ताकि त्यो व्यक्तिलाई परमप्रभुबाट क्षमा गरिन्छ।
15:29b.NUM.015.029 इस्राएलीहरूको बीचमा मानिसहरू चाहे इस्राएली नागरिकहरू हो अथवा विदेशी जो भए तापनि नियम सबैको निम्ति एउटा हुन्छ जसले अञ्जानमा भूल गर्छ।
15:30b.NUM.015.030 “तर यदि कुनै एकजना व्यक्तिले जानी-जानी पाप गर्छ भने ऊ चाहे स्वदेशमा अथवा विदेशमा जन्मेको होस् उसले परमप्रभुलाई अपमान गर्छ र त्यस व्यक्तिलाई उसका मानिसहरूबाट बहिष्कृत गराउनु पर्छ।
15:31b.NUM.015.031 किनभने त्यो मानिसले देखाउँछ कि उसले उहाँको आज्ञालाई तोडे र परमप्रभुलाई घृणा गरे। अनि त्यो व्यक्ति उसको परिवारबाट बहिष्कार हुनै पर्छ। ऊ पापको दोषी छ र दण्डित हुनै पर्छ।”
15:32b.NUM.015.032 जब इस्राएलका मानिसहरू मरूभूमिमा थिए, तिनीहरूले विश्रामको दिनमा एकजना मानिसले दाउरा बटुल्दै गरेको देखे।
15:33b.NUM.015.033 ती मानिसहरू ज-जसले उसलाई दाउरा बटुल्दै गरेको भेट्टाएका थिए तिनीहरूले उसलाई मोशा, हारून र अरू सबै मानिसहरू भएको ठाँउमा ल्याए।
15:34b.NUM.015.034 तिनीहरूले त्यस व्यक्तिलाई त्यहाँ राखे कारण उसलाई के दण्ड दिनु पर्ने जानेका थिएनन्।
15:35b.NUM.015.035 तब परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो मानिस मर्नु पर्छ। सबै मानिसहरूले उसलाई छाउनी बाहिर ढुङ्गाले हिर्काउनु पर्छ।”
15:36b.NUM.015.036 यसकारण ती मानिसहरूले उसलाई छाउनी बाहिर ल्याए अनि ढुङ्गाले हिर्काएर मारे। परमप्रभुले मोशालाई आज्ञा दिनुभए अनुसार तिनीहरूले गरे।
15:37b.NUM.015.037 परमप्रभुले मोशालाई भन्नुभयो,
15:38b.NUM.015.038 “इस्राएलका मानिसहरूसित कुरा गर। तिनीहरूलाई यी कुराहरू भन् आउने पुस्ताहरू भरि तिमीहरूले फुर्काहरू बनाउनु पर्छ अनि तिनीहरूलाई तिमीहरूको लुगाको कुनामा टाँस्नु पर्छ। त्यस पछि तिमीहरूको लुगाको प्रत्येक कुनाको फुर्काहरूमा निलो धागो बाँध।
15:39b.NUM.015.039 यसकारण जब तिमीहरूले फुर्का देख्छौ, तिमीहरूले परमप्रभुको आज्ञा सम्झने छौ र तिनीहरूलाई पच्छ्याउनेछौ अनि तिमीहरू भूल बाटोमा जाने छैनौ, तिमीहरूको आँखा अनि हृदयको लालस पच्छ्यायो, जसले तिनीहरूलाई अविश्वासी बनाउँछ।
15:40b.NUM.015.040 तब तिमीहरू परमेश्वरको विशेष ब्यक्तिहरू हुनेछौ कारण तिमीहरूलाई आज्ञाहरू पालन गर्न याद आइरहन्छ।
15:41b.NUM.015.041 म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। म नै एक हुँ जसले तिमीहरूलाई मिश्र देशबाट बाहिर निकालेर ल्याँए। तिमीहरूको परमेश्वर हुनुलाई मैले यसो गरें। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
16
16:1b.NUM.016.001 यिसहारको छोरो, कहातको नाति अनि लेवीको पनाति कोरह अनि रूबेन कुलका एलीआबका छोराहरू दातान र अबीराम अनि पेलेतका छोरा ओन अट्टेरी भए।
16:2b.NUM.016.002 इस्राएलका 250 मानिसहरू साथमा लिएर मोशाको विरोधमा गए। ती 250 मानिसहरू नाम चलेका तथा नेताहरू थिए।
16:3b.NUM.016.003 तिनीहरू मोशा र हारूनको विरोध गर्न जम्मा भए अनि तिनीहरूलाई भने, “तपाईंहरू हाम्रो अगुवाहरू भएको अब हामीलाई पूरा भयो! सम्पूर्ण समुदाय पवित्र छन् अनि परमप्रभु हाम्रो माझमा हुनुहुन्छ। तपाईंहरू किन आफैंलाई परमप्रभुका अरू मानिसहरू भन्दा उच्चाको सम्झनु हुन्छ?”
16:4b.NUM.016.004 जब मोशाले तिनीहरूको कुरा सुने तिनी घोप्टो परेर भूँईमा निहुरीए।
16:5b.NUM.016.005 त्यसपछि मोशाले कोरह र उनका मानिसहरूलाई भने, “भोली बिहान, परमप्रभुले जनाउनु हुनेछ कसलाई हाम्रो अगुवा झैं चुन्नु भएको छ, को पवित्र छ कसलाई उहाँकहाँ नजिक ल्याउनु भएको छ। उहाँ आफैले चुन्नु भएका एकजनालाई उहाँले उहाँको नजिक ल्याउनु हुनेछ।
16:6b.NUM.016.006 यसो गर, तिमी कोरह र तिम्रो मानिसहरूले धुपौराहरू लेऊ।
16:7b.NUM.016.007 त्यसमा आगो हालेर भोलि परमप्रभुको अगाडि, धूप हाल। जो कसलाई परमप्रभुले चुन्नुहुन्छ त्यो व्यक्ति पवित्र हो। हामीहरू तिमीहरू लेवीका छोराहरूबाट पूरा भईसकेका छौं।”
16:8b.NUM.016.008 मोशाले पनि कोरहलाई भने, “ए लेवीहरू मेरो कुरा सुन।
16:9b.NUM.016.009 इस्राएलका परमेश्वरले तिमीहरूलाई चुन्नु भएको छ र यसमा तिमीहरू खुशी हुनुपर्छ कि तिमीहरू विशेष मानिसहरू भएकाछौ। इस्राएलका अन्य मानिसहरू भन्दा तिमीहरू बेग्लै हौ। इस्राएलका मानिसहरूलाई आराधनामा सहायता पुर्याउन परमप्रभुले तिमीहरूलाई उहाँको नजीक बनाई पवित्र पालको विशेष काम गराउन राख्नु भएको छ। के यो धेरै होइन?
16:10b.NUM.016.010 परमप्रभुले तिमी लेवीहरू, पूजाहारीहरूलाई सहायता पुर्याउनको निम्ति उहाँको नजीक ल्याउनु भएकोछ। तर अहिले तिमीहरू पूजाहारीहरू हुने कोशिश गरिरहेका छौ।
16:11b.NUM.016.011 तिमीहरूका अनुयायीहरू र तिमीहरू एक साथ मिलेर परमप्रभु विरूद्ध गयौ। के हारूनले केही भूल गरेका छन्? होइन यसर्थ किन तिमीहरू हारूनको बारेमा नालिश गरिरहेका छौ?”
16:12b.NUM.016.012 त्यसपछि मोशाले एलीआबका छोराहरू दातान र अबीरामलाई बोलाउन पठाए। तर ती दुईजना मानिसहरूले भने, “हामी आउने छैनौ।
16:13b.NUM.016.013 हामीहरूलाई दूध र मह बगिरहेको देशबाट तिमीले बाहिर लिएर आयौ। तिमीले हामीलाई मार्नको निम्ति मरूभूमिमा ल्यायौ अनि हामीलाई देखाउन चाहान्छौ कि हामी माथि तिम्रो अधिकार छ।
16:14b.NUM.016.014 हामीले तिमीलाई किन पछ्याउनु? तिमीले हामीलाई मह र दूध बगिरहेको भूमिमा लगेनौ साथै परमेश्वरले प्रतिज्ञा गरेको भूमिमा पनि पुराएनौ। तिमीले हामीलाई दाखको खेत पनि दिएनौ। के यी मानिसहरूलाई तिमी धोका दिन्छौ? होइन! हामी आँउदैनौं।”
16:15b.NUM.016.015 यसर्थ मोशा साह्रै क्रोधित भए। उनले परमप्रभुलाई भने, “मैले यिनीहरूलाई केही क्षति पुर्याएको छैन। मैले यिनीहरूबाट एउटा गधा पनि लिएको छैन। परमप्रभु! हजुरले यिनीहरूबाट कुनै बलि ग्रहण नगर्नु होस्।”
16:16b.NUM.016.016 त्यसपछि मोशाले कोरहलाई भन्यो, “भोली तिमी र तिम्रा सबै अनुगामीहरू र हारून परमप्रभुको अघि खडा हुनुपर्छ।
16:17b.NUM.016.017 प्रत्येकले आफ्नो-आफ्नो धूपौरो लिएर त्यसमा धूप हाल्नु पर्छ। अनि तिमीहरू प्रत्येकले आफ्नो धूपौरो परमप्रभु अघि ल्याउनु पर्छ। त्यहाँ दुई सय पचासवटा धूपौरो हुनुपर्छ। तिमी कोरह र हारूनले पनि धूपौरो लिनुपर्छ।”
16:18b.NUM.016.018 यसर्थ तिनीहरू प्रत्येकले धूपौरो लिएर त्यसमा बलेको कोइला हालेर धूप हाले अनि भेट हुने पालको प्रवेशद्वारमा मोशा र हारून संगै उभिए।
16:19b.NUM.016.019 कोरहले सबै आफ्ना मानिसलाई भेला गरेर भेट हुने पालको प्रवेशद्वारमा उभिए। तब परमप्रभुको महिमा सबै मानिसहरू कहाँ प्रगट भयो।
16:20b.NUM.016.020 तब परमप्रभुले मोशा र हारूनलाई भननुभयो,
16:21b.NUM.016.021 “यी सबै मानिसहरूबाट तिमीहरू अलग होऊ र यिनीहरूलाई म त्यति खेरै ध्वंश पार्नेछु।”
16:22b.NUM.016.022 मोशा र हारूनले शिर निहुर्याएर भने, “हे परमेश्वर, तपाईं सबै मानिसको आत्माको परमेश्वर हुनुहुन्छ। जब एक जना मानिसहरूले पाप गर्छ, के तपाईं सम्पूर्ण समुदायसित रिसाउनु हुन्छ?”
16:23b.NUM.016.023 तब परमप्रभुले मोशालाई भन्नुभयो,
16:24b.NUM.016.024 “कोरह, दातान र अबीरामको पालहरूबाट सम्पूर्ण समुदायलाई पर हट्नु भन।”
16:25b.NUM.016.025 मोशा उठेर दातान र अबीराम भएकहाँ गए। इस्राएलका सबै बूढा-प्रधानहरूले तिनलाई पछ्याए।
16:26b.NUM.016.026 मोशाले सबै मानिसहरूलाई चेतावनी दिंदै भने, “यी दुष्ट मानिसहरूको पालबाट तिमीहरू निस्केर जाऊ। तिनीहरूको कुनै पनि चीज स्पर्श नगर। यदि तिमीहरूले छोयौ भने तिनीहरूले गरेको पापले तिमीहरू ध्वंश पारिनेछौ।”
16:27b.NUM.016.027 यसकारण मानिसहरू कोरह, दातान र अविरामको पाल छोडेर गए। तब दतान र अबीराम तिनीहरूको पालमा गए। तिनीहरू तिनीहरूको पत्नीहरू र नानीहरू संग छाउनी बाहिर गए।
16:28b.NUM.016.028 मोशाले भने, “यी मैले भनेका कुराहरू मेरो आफ्नो मनको विचार होइन, म प्रमाण दिन सक्छु कि परमप्रभुले मलाई यसो भन्नु भनी अह्राउनु भएको हो।
16:29b.NUM.016.029 यी यहाँका मानिसहरू मर्नेछन्। तर यदि तिनीहरू साधारण तरिकाले मर्छन्। मानिसहरू सधै मर्ने तरिकाले मर्छ। तब त्यसले देखाउँछ कि परमप्रभुले साँचै नै मलाई पठाउनु भएको होइन्।
16:30b.NUM.016.030 तर यदि परमप्रभुले केही नयाँ कुरो गर्नुहुन्छ, अनि भूँईले मुख बाएर तिनीहरू र तिनीहरूकहाँ भएको सबै चीजहरू सहित तिनीहरू जीवित पुरिन्छन् भने तिमीहरूले जान्नेछौ कि यी मानिसहरूले परमप्रभुको अपमान गरे र उहाँलाई अति क्रोधित बनाए।”
16:31b.NUM.016.031 जब मोशाले यी कुराहरू भनी सके, ती मानिसहरू उभिएको धर्ती फाट्यो।
16:32b.NUM.016.032 धर्तीले मुख बाए जस्तै भएर तिनीहरू सबैलाई निल्यो। कोरहको सबै मानिसहरू, तिनीहरूको परिवारहरू अनि तिनीहरूकोमा भएको प्रत्येक चीज धर्तीभित्र भासियो।
16:33b.NUM.016.033 सबै ती मानिसहरू जिउँदै खाल्डा भित्र पुरिए। यी सबै तिनीहरूले आफ्नो बनाएका चीजहरू तिनीहरूसंगै पुरिए अनि धर्ती बन्द भयो। अनि तिनीहरू सम्पूर्ण रूपले अल्पिए।
16:34b.NUM.016.034 अरू सबै इस्राएलका मानिसहरूले ती मानिसहरू पुरिदै गर्दाको आर्तनाद सुनेर चारैतिर तितर बितर हुँदै भने, “धर्तीले हामीलाई पनि निल्छ।”
16:35b.NUM.016.035 त्यसपछि परमप्रभुकहाँबाट आगो निस्केर गई धूप चढाउँदै गरेका 250 मानिसहरूलाई पनि ध्वंश पार्यो।
16:36b.NUM.016.036 परमप्रभुले मोशालाई भन्नुभयो,
16:37b.NUM.016.037 “पूजाहारी हारूनको छोरो एलाजारलाई भन कि उसले आगोमा रहेको धुपौराहरू हटाओस् र ती पवित्र भईसकेको धुपौराहरूबाट आगो वरिपरि छरी दिओस्।
16:38b.NUM.016.038 ती मानिसहरूले मेरो विरोधमा पाप गरेकाले त्यही पापले आफ्नो जीवन गुमाए। तर धुपौराहरू पवित्र छन् कारण तिनीहरू परमप्रभुलाई समर्पण गरिएका हुन्। ती धुपौराहरू पिटेर पाता बनाऊ र वेदी छोप्ने काममा प्रयोग गर। यो इस्राएलका सबै मानिसहरूको निम्ति चेतावनी हुनेछ।”
16:39b.NUM.016.039 यसकारण पूजाहारी एलाजारले ती मानिसहरूले ल्याएका काँसाको धुपौराहरू भेला गर्यो। मानिसहरू सबै जलेर खरानी भए तर धुपौराहरू त्यही थिए। तिनले केही मानिसहरूलाई ती काँसको धुपौराहरू पिटेर पाता बनाउन लगाई वेदी ढाक्ने काममा प्रयोग गरे।
16:40b.NUM.016.040 तिनले यो काम मोशा मार्फत पाएको आज्ञा अनुसार गरे। त्यो वेदी ढाक्ने पाता चाँहि इस्राएलको मानिसहरूका निम्ति याद दिलाउने एक चिन्ह हुनेछ कि हारूनको सन्तान बाहेका अन्य कुनै अनाधिकृत मानिसले परमप्रभु अघि धूप जलाउने छैन नत्र कोरह र उसको अनुयायीहरू झैं ऊ मर्ने छ।
16:41b.NUM.016.041 अर्को दिन इस्राएलका मानिसहरूको सम्पूर्ण समुदाय मोशा र हारूनको विरोधमा गुनासो गरे र भने, “तिमीहरूले परमप्रभुका मानिसहरूलाई मार्यौ।”
16:42b.NUM.016.042 सम्पूर्ण समुदाय मोशा र हारूनको विरोध गर्न भेला हुँदै गर्दा तिनीहरूले भेट हुने पाल तर्फ हेरे अनि देखे कि पाललाई बादलले ढाक्यो र त्यहाँ परमप्रभुको महिमा देखा पर्यो।
16:43b.NUM.016.043 तब मोशा र हारून भेट हुने पालको सामुन्ने आए।
16:44b.NUM.016.044 परमप्रभुले मोशालाई भन्नुभयो,
16:45b.NUM.016.045 “यो समुदायबाट तिमीहरू अलग हौ ताकि यिनीहरूलाई म अति शीध्र ध्वंश पार्न सँकु।” यसर्थ मोशा र हारूनले शिर निहुराए।
16:46b.NUM.016.046 त्यसपछि मोशाले हारूनलाई भने, “धूपौरो ल्याऊ र त्यसकहाँ वेदीबाट आगो हालेर धूप हाल। अनि त्यो समुदाय भएकोमा झट्टै गएर तिनीहरूलाई प्रायश्चित गर्नुहोस्। किनभने परमप्रभु क्रोधित हुनु भएको छ र महामारी शुरू भएको छ।”
16:47b.NUM.016.047 यसर्थ मोशाले भने जस्तै हारूनले धूपौरो लिएर मानिसहरूको बीचमा पसे र चाल पाए कि महामारी शुरू भई सकेको थियो अनि धूपौरोमा धूप हाली मानिसहरूको निम्ति प्राश्चित गरे।
16:48b.NUM.016.048 तिनी जिउँदो र मरेको मानिसहरू बीचमा उभिए अनि महामरी रोकियो।
16:49b.NUM.016.049 कोरहको कारणले मर्नेहरूको संख्याको अतिरिक्त त्यहाँ महामारीले मरेकाहरूको संख्या 14,700 पुग्यो।
16:50b.NUM.016.050 त्यसपछि हारून भेट हुने पालमा मोशालाई भेट्न गए। महामारी थामियो।
17
17:1b.NUM.017.001 परमप्रभुले मोशालाई भन्नुभयो,
17:2b.NUM.017.002 “इस्राएलका मानिसहरूलाई भन, तिनीहरूले बाह्र पुर्खाका कुल-कुलबाट बाह्रवटा लौरोहरू ल्याऊन्। प्रत्येक लौरामा आफ्नो नाम लेख।
17:3b.NUM.017.003 लेवी कुलबाट ल्याएको लौरामा हारूनको नाम लेख। बाह्र कुल समूहको प्रत्येक कुल प्रमुख मानिसको निम्ति एउटा लौरो हुनुपर्छ। यी लौरोहरू भेट हुने पालमा करारको सन्दूक अघि राख। त्यो त्यही ठाँउ हो जहाँ म तिमीलाई भेट्छु।
17:4b.NUM.017.004 इमान्दार पूजाहारीको निम्ति म एकजना व्यक्तिलाई चुन्छु। म जसलाई चुन्छु त्यस व्यक्तिलाई तिमीले चिन्न सक्छौ कारण
17:5b.NUM.017.005 उसको लौरोमा नयाँ पालुवाहरू पलाउनेछन्। यस प्रकारले तिम्रो र मेरो विरोध गर्ने मानिसहरूलाई म रोक्छु।”
17:6b.NUM.017.006 त्यसपछि मोशाले इस्राएलका मानिसहरूलाई भने अनि तिनीहरूका बाह्र कुल नायकहरू प्रत्येकलाई एउटा-एउटा गरी बाह्रवटा लौरोहरू दिए। हारूनको लौरो पनि अरू लौरोहरूसितै थियो।
17:7b.NUM.017.007 मोशाले लौरोहरू करारको सन्दूक राखिएको पालमा परमप्रभुको अगाडी राखे।
17:8b.NUM.017.008 करारको सन्दूक भएको पाल भित्र मोशा अर्को दिन पसे। अनि लेवी कुल समूहका नायक हारूनको लौरोमा पालुवा पलाएको देखे। त्यति मात्र नभई त्यस पालुवाले कोपिला हालेर फूली बदाम पनि फलेको थियो।
17:9b.NUM.017.009 मोशाले ती सबै लौरोहरू परमप्रभुको अघिबाट सबै मानिसहरूको सामुन्ने ल्याए। प्रत्येक कुल प्रमुखले आफ्नो आफ्नो लौरो चिने।
17:10b.NUM.017.010 तब परमप्रभुले मोशालाई भन्नु भयो, “हारूनको लौरो करारको सन्दूक अघि लगेर राख। यो सधैं मेरो विरोधमा नालिश गरी रहनेहरूको निम्ति चेतावनी हुनेछ र मेरो विरोधमा नालिश गर्न बन्द हुनेछ र मैले तिनीहरूलाई ध्वंश पार्नु पर्दैन।”
17:11b.NUM.017.011 यसर्थ मोशाले परमप्रभुको आज्ञा अनुसार काम गरे।
17:12b.NUM.017.012 तर इस्राएली मानिसहरूले मोशालाई भने, “हामी जान्दछौ कि हामी मर्नेछौ। हामी नष्ट भइसकेका छौं। हामी ध्वंश भयौं।
17:13b.NUM.017.013 प्रत्येक मानिस जो परमप्रभुको पवित्र पाल नजिक जान्छ त्यो मर्छ। के हामी पनि मर्छौं?” पूजाहारीहरू र लेवीहरूको काम
18
18:1b.NUM.018.001 परमप्रभुले हारूनलाई भन्नुभयो, “अब उसो तिमी, तिम्रा छोराहरू अनि तिम्रा परिवारिक समूहका मानिसहरू पवित्र स्थानमा केही खराबी गरिए जिम्मावारी हुनेछौ। तिमी र तिम्रा छोराहरू पूजाहारीहरू विरूद्ध गरिएको खराबीको निम्ति जिम्मावारी हुनेछौ।
18:2b.NUM.018.002 तिम्रो परिवार समूहका अन्य लेवी मानिसहरूलाई तिमीसित काम गराउन ल्याऊ। करारको पालमा काम गर्दा तिम्रा छोराहरूलाई तिनीहरूले सहयोग पुर्याउने छन्।
18:3b.NUM.018.003 लेवी कुलमा भएका ती मानिसहरू तिम्रो नियन्त्रणमा रहनेछन्। पालभित्र गरिनु पर्ने भैपरी आँउने कामहरू तिनीहरूले गर्नेछन्। तर पवित्र स्थान अथवा वेदीमा राखिएको कुनै पनि चीजको नजिक तिनीहरू जानु हुँदैन। यदि तिनीहरू गए भने तिनीहरू मर्नेछन् अनि तिमी पनि मर्ने छौ।
18:4b.NUM.018.004 तिनीहरूले तिमीसित भेट गर्नेछन् र तिमीसितै काम गर्ने छन्। भेट हुने पालको रेख देख गर्ने तिनीहरूको काम हुनेछ पाल भित्र गरिने सबै काम तिनीहरूले गर्ने छन्। कोही पनि तिमी जहाँ छौ त्यहाँ आउनु साहस गर्नेछैन।
18:5b.NUM.018.005 “तिमीले पवित्र स्थान र वेदीको रक्षकको काम गर्नेछौ ताकि मैले इस्राएलका मानिसहरूसित रिसाउन नपरोस्।
18:6b.NUM.018.006 हेर! म आफैले ती तिम्रा दाज्यू-भाइ लेवीहरू इस्राएलका मानिसहरूको बीचबाट लिएकोछु। भेट हुने पालमा काम गर्नको निम्ति ती तिम्रो निम्ति बलि हुन्।
18:7b.NUM.018.007 तर तिमी र तिम्रो छोराहरू मात्र पूजाहारीको रूपमा सेवा गर्नलाई अनि वेदीको छेउ र पर्दाभित्र जान अनि म तिमीलाई एउटा उपहार दिंदैछु, त्यो तिम्रो पूजाहारीत्व। तर यदि कुनै व्यक्ति पवित्र स्थानको नजिकमा आयो भने त्यो मारिओस्।”
18:8b.NUM.018.008 तब परमप्रभुले हारूनलाई भन्नुभयो, “इस्राएलका मानिसहरूले मलाई चढाएको सबै पवित्र उपहारहरूको रक्षा गर्नका निम्ति मैले तिमीलाई नियुक्त गरें। मैले तिमी र तिम्रा छोराहरूलाई इस्राएलका मानिसहले चढाएका पवित्र बलिहरू निरन्तर अंशको रूपमा दिएको छु।
18:9b.NUM.018.009 वेदीहरूबाट पाइने वस्तुहरूमा यो सब भन्दा पवित्र वस्तु हो। मानिसहरूले अन्नबलि, पापबलि, दोषबलिहरू ल्याउँछन्। यी बलिहरू महा पवित्र बलिहरूको र नपाकिएको भागबाट तिमीले आफ्नो अंश पाउनेछौ। ती सब तिमी र तिम्रा छोराहरूको हुनेछन्।
18:10b.NUM.018.010 तिमीहरूले ती चीजहरू महा पवित्र स्थानमा मात्र खानु पर्छ। तिम्रो परिवारको प्रत्येक पुरूषले खान सक्छन् तर तिमीले याद राख्नु पर्छ कि ती चीजहरू अत्यन्तै पवित्र हुन्।
18:11b.NUM.018.011 “यो पनि तिम्रै हुनेछ कुनै पनि विशेष उपहार इस्राएलका मानिसहरूले मलाई चढाउँछन्, तिमीसित भएका तिम्रा छोरा-छोरीहरू र तिम्रो निम्ति स्थायी अंशको रूपमा दिन्छु। तिम्रो परिवारका प्रत्येक शुद्ध व्याक्तिले त्यो खान सक्छन्।
18:12b.NUM.018.012 “इस्राएलका मानिसरूको कुनै पनि पहिलो बाली अथवा उब्जनी जस्तै अन्न, भद्राक्षको तेल र दाखरस, जो तिनीहरूले परमप्रभुमा समर्पण गर्छन, म ती सब तिमीलाई दिन्छु।
18:13b.NUM.018.013 तिनीहरूको खेतमा पाकेको कुनै पनि अन्न जो तिनीहरूले परमप्रभुलाई चढाउन ल्याउँछन् त्यो तिम्रो हो र तिम्रो परिवारको कुनै पनि शुद्ध व्याक्तिले त्यो खान सक्छ।
18:14b.NUM.018.014 “इस्राएलमा प्रत्येक चीज जो परमेश्वरलाई पूर्णरूपले समर्पण गरिन्छ त्यो तिम्रो हो।
18:15b.NUM.018.015 “प्रत्येक जेठो चाहे व्यक्ति होस अथवा पशु जो आफ्नो आमाको प्रथम गर्भमा आँउछ र परमेश्वरलाई समर्पण गरिन्छ भने त्यो तिम्रो हुनेछ। तर जेठो जन्मेको पशु होस् अथवा मानिस त्यसको तिमीले मोल तिर्नु पर्छ।
18:16b.NUM.018.016 जब नानी एक महीनाको हुँदा तिनीहरूले यसको मोल तिर्नु पर्छ। एक महिनाको नानीहरूको मोल पवित्रस्थानको शेकेल परिमाण अनुसार पाँच सेकेल हुन्छ। एक शेकेल बीस गेराको हुन्छ!
18:17b.NUM.018.017 “तर पहिले जन्मेको गाई, भेडा अथवा बाख्राको मोल तिर्नु पर्दैन। यी पशुहरू पवित्र हुन र यिनीहरूको रगत वेदीमा छर्किईन्छ अथवा बोसो पोलिन्छ। यो उपहार आगोमा पोलेर दिइन्छ र यसको सुगन्धले परमप्रभुलाई सन्तुष्ट पार्छ।
18:18b.NUM.018.018 तर यी पशुहरूको मासु भने तिम्रो हुनेछ अनि डोलाइने बलिको ह्याकुलो तिम्रो हुनेछ र अरू बलिको दाहिने साँप्रा पनि तिम्रो हुनेछ।
18:19b.NUM.018.019 मानिसहरूले चढाएको कुनै पनि पवित्र उपहारहरू म, परमप्रभुले तिमीलाई दिनेछु। म तिम्रो छोरा-छोरीहरू र तिमीलाई दिनेछु र यो नियम सदासर्वदाको निम्ति लागू हुनेछ। यो परमप्रभुसित गरिएको करार हो र भङ्ग गर्न सकिंदैन। म यो प्रतिज्ञा तिमी र तिम्रा सन्तानहरूसित गर्छु।”
18:20b.NUM.018.020 परमप्रभुले हारूनलाई पनि भन्नुभयो, “तिमीले भूमि पाउनेछैनौं। अनि अरू मानिसहरूले झैं तिमीले त्यहाँ केही आफ्नो बनाउनु पाउने छैनौ। म परमप्रभु नै तिम्रो हुनेछु। प्रतिज्ञा गरिएको अनुसार इस्राएली मानिसहरूले जग्गाजमीनहरू पाउनेछन् तर तिम्रो निम्ति म नै उपहार हुँ।
18:21b.NUM.018.021 “इस्राएलका मानिसहरूले तिनीहरूसित भएको प्रत्येक चीजको दशांश मलाई दिन्छन्। यसकारण त्यो एक दशांश भाग म लेवीका सन्तानहरूलाई दिन्छु। यो तिनीहरूले भेट हुने पालमा छँदा त्यहाँ काम गरे बापत पारिश्रमिक हो।
18:22b.NUM.018.022 तर अन्य मानिसहरू भेट हुने पालको नजीक जानु हुँदैन। यदि गए तिनीहरू मारिनु पर्छ।
18:23b.NUM.018.023 लेवी मानिसहरू काम गरिरहेको समयमा भेट हुने पालको विरोधमा कुनै पाप कार्य हुन गए त्यस पापको उत्तरदायी तिनीहरू हुनेछन्। यही नियम सदासर्वदाको निम्ति लागू रहनेछ। मैले अरू मानिसहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको भूमि लेवी मानिसहरूले पाउने छैनन्।
18:24b.NUM.018.024 तर तिनीहरू संग भएको प्रत्येक चीजको दशांश इस्राएली मानिसहरूले मलाई चढाउनेछन् र त्यो दशांश म लेवी मानिसहरूलाई दिनेछु। त्यही कारणले लेवी मानिसहरूको विषयमा मैले यस्तो भनेः मैले इस्राएलका मानिसहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको भूमि तिनीहरूले पाउने छैनन्।”
18:25b.NUM.018.025 परमप्रभुले मोशालाई भन्नुभयो,
18:26b.NUM.018.026 “लेवी मानिसहरूसित कुरा गर अनि भन, इस्राएलका मानिसहरूले तिनीहरूसित भएको प्रत्येक चीजको दशांश मलाई दिनेछन् तर त्यसबाट दशांश उपहार स्वरूप परमप्रभुलाई चढाउनु पर्छ।
18:27b.NUM.018.027 अनि यो दशांश परमप्रभुको उपहार हो, यो तिमीहरूले कोल अथवा खलाबाट चढाएका बलि झैं हुन्।
18:28b.NUM.018.028 यस्तै प्रकारले इस्राएली मानिसहरूले तिमीहरूलाई दशांश दिए जस्तै तिमीहरूले पनि परमप्रभुलाई उपहार चढाउनु पर्छ अनि त्यसबाट तिमीहरूले पनि परमप्रभुलाई उपहार दिनु पर्छ अनि यो हारूनलाई दिनु पर्छ।
18:29b.NUM.018.029 जब इस्राएलका मानिसहरूले तिनीहरूको उपहारहरू परमप्रभुलाई दिन्छन्, तिमीहरूले तिमीहरूमा सबै भन्दा असल अनि महापवित्र परमप्रभुलाई चढाउनु पर्छ कारण त्यो सबै उहाँको हुनेछ।
18:30b.NUM.018.030 “मोशा, लेवी मानिसहरूलाई भन जब तिमीहरूले प्रत्येक असल चीज परमप्रभुलाई चढाउँछौ जे इस्राएली मानिसहरूले दिएका थिए, तब यो सम्झिन्छ कि लेवीहरूको आफ्नै अन्न र अर्धबलि हो।
18:31b.NUM.018.031 त्यसबाट रहेको अंश तिमीहरू र तिमीहरूका परिवारले खानेछन्। यो तिमीहरूले भेट हुने पालमा काम गरे वापत मूल्य हो।
18:32b.NUM.018.032 अनि यदि तिमीहरूले यसको असल सँधै परमप्रभुलाई चढायौ भने तिमीहरू कदापि दोषी हुने छैनौ। तिम्रो आफ्नै निम्ति इस्राएलका मानिसहरू द्वारा चढाएका ती पवित्र उपहारहरूको भाग नलैजाऊ नत्र भने तिमीहरू मर्ने छौ।”
19
19:1b.NUM.019.001 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
19:2b.NUM.019.002 “परमप्रभुले दिनु भएको आज्ञाहरूबाट बनिएको नियम यही हो। इस्राएलका मानिसहरूलाई भन कि तिनीहरूले एउटा एकदमै निष्खोट र कहीं दाग नभएको कहिले पनि नजोतिएको रातो गाई ल्याऊन। अनि त्यो गाईले कहिल्यै हलो नजोतेको हुनुपर्छ।
19:3b.NUM.019.003 तिमीहरूले त्यो गाई एलाजारलाई दिनुपर्छ र उसले त्यस गाईलाई छाउनी बाहिर ल्याउँछ। यो उसको अघि मारिनु पर्छ।
19:4b.NUM.019.004 त्यसपछि एलाजारले उसको औंलाले केही रगत भेट हुने पालको अघिल्तिर सात पल्ट छर्कनु पर्छ।
19:5b.NUM.019.005 तब उसको सामुन्ने त्यो गाई जलाउनु पर्छ। यसको छाला, मासु, रगत आन्द्रा-भुँडी सबै जलाउनु पर्छ।
19:6b.NUM.019.006 पूजाहारीले देवदारू काठ, हिसप र केही रातो धागो ल्याएर गाई जल्दै गरेको आगोमा फ्याँक्नु पर्छ।
19:7b.NUM.019.007 त्यसपछि पूजाहारीले आफ्नो लाउने लुगा धोएर नुहाई धुवाई गरी छाउनीमा जानुपर्छ। तर त्यो पूजाहारी साँझसम्म अशुद्ध रहन्छ।
19:8b.NUM.019.008 त्यो गाई पोल्नेले पनि आफ्नो लुगाहरू धोएर नुहाउनु पर्छ, अनि त्यो पनि साँझसम्म अशुद्ध भईरहन्छ।
19:9b.NUM.019.009 “केही शुद्ध मानिसले जलाएको कोरेलीको खरानी बटुलेर छाउनी देखि बाहिर विधिपूर्वक शुद्ध पारिएको ठाँउमा राख्नु पर्छ। खरानी इस्राएलका मानिसहरूलाई सफा गर्नका निम्ति पानीसित राखेका थियो। यो पापबलि हो।
19:10b.NUM.019.010 “त्यो खरानी बटुल्ने व्यक्तिले पनि आफ्नो लुगा-फाटा धोएर साँझ सम्म अशुद्ध रहोस्। “इस्राएलका मानिसहरू तथा तिनीहरूको माझमा बस्ने कुनै पनि विदेशीको निम्ति यो अन्तको नियम हो।
19:11b.NUM.019.011 एकजना व्यक्ति जसले मुर्दा छुन्छ त्यो सात दिन सम्म अशुद्ध रहन्छ।
19:12b.NUM.019.012 तेस्रो दिनमा त्यो व्यक्तिले आफैंलाई त्यही पानीले शुद्ध पार्ने छ र सातौं दिनमा उ शुद्ध हुनेछ। तर यदि व्यक्तिहरू तिनीहरू आफैं तेस्रो दिनमा शुद्ध भएन भने, तब सातौं दिनमा पनि शुद्ध हुनेछैन।
19:13b.NUM.019.013 यदि कुनै व्यक्तिले मुर्दा छुन्छ र आफैलाई फेरि शुद्ध पार्दैन, त्यसले परमप्रभुको पवित्र पाललाई अशुद्ध पार्छ। यसकारण व्यक्ति इस्राएलबाट काटिदिनेछ। जस्तो पवित्र पानी तिनीहरू माथि छर्केको थिएन यसकारण उसको शरीर अशुद्ध रहन्छ।
19:14b.NUM.019.014 “यदि कुनै मानिस पाल भित्र मरे भने त्यसको नियम यो हो प्रत्येक जो पाल भित्र बस्ने प्रवेश गर्ने र त्यहाँ प्रत्येक नै अशुद्ध हुनेछ र तिनीहरू सात दिन सम्म अशुद्ध रहन्छन्।
19:15b.NUM.019.015 अनि ढकनी बिनाको प्रत्येक भाँडा अथवा बयम अशुद्ध हुन्छ।
19:16b.NUM.019.016 यदि कसैले खुल्ला मैदानमाथि लडीरहेको मृत शरीरलाई छुन्छ वा लडाँईमा मारिएको कुनै मुर्दा छुन्छ वा मनुष्यको हड्डी चिहानलाई छुन्छ भने, उनी सात दिनसम्म अशुद्ध रहनेछ।
19:17b.NUM.019.017 “त्यो अशुद्ध मानिसको निम्ति जलाइएको गाईको खरानी एउटा भाँडामा हाल र त्यसमा बग्दै गरेको पानी यसमा हाल्नु पर्छ।
19:18b.NUM.019.018 कुनै शुद्ध मानिसले त्यस पानीमा हिसप चोपेर भाँडाहरू र मानिसहरू माथि छर्किनु पर्छ। अनि कसैले हड्डी अथवा चिहान अथवा एउटा मृत शरीर अथवा एउटा युद्धमा मरेको शरीरलाई छोएर अशुद्ध बनाउँछ। भने, त्यो पानी ऊ माथि छर्कनु पर्छ।
19:19b.NUM.019.019 “त्यस शुद्ध मानिसले अशुद्ध भएको मानिसमाथि तेस्रो र सातौं दिन छर्किनु पर्छ। यस प्रकार उसले अशुद्ध मानिसहरूलाई सातौं दिनमा शुद्ध बनाउँछ। त्यो अशुद्ध मानिसले लुगा धोओस अनि पानीमा नुहाओस् र साँझ सम्म अशुद्ध रहन्छ।
19:20b.NUM.019.020 “यदि एक जना मानिस जो अशुद्ध भएकहाँ अनि ऊ आफैं शुद्ध हुँदैन भने त्यस व्यक्तिलाई आफ्नो समुदायबाट बहिष्कार गरियोस् किनभने त्यसले परमप्रभुको पवित्र स्थान अशुद्ध पार्यो। शुद्धीकरणको पानी ऊ माथि छर्किएन यसकारण त्यो व्यक्ति अशुद्ध रह्यो।
19:21b.NUM.019.021 तिनीहरूको निम्ति यो नियम अनन्त रूपले लागु भइरहन्छ। जो व्यक्तिले शुद्धीकारणको पानी छर्किन्छ उसले आफ्नो लुगा-फाटा धुनु पर्छ अनि जुन व्यक्तिले शुद्धीकारणको पानी छुन्छ त्यो व्यक्ति साँझ सम्म अशुद्ध भइरहन्छ।
19:22b.NUM.019.022 प्रत्येक कुरा त्यो व्यक्तिले छोए अशुद्ध रहन्छ अनि कुनै व्यक्ति जसले त्यसलाई छुन्छ त्यो साँझ सम्म अशुद्ध रहन्छ।”
20
20:1b.NUM.020.001 पहिलो महीनामा इस्राएलका मानिसहरू जीन मरूभूमिमा आइपुगे। मानिसहरू कादेशमा बसे अनि त्यही मरियम मरिन् र त्यही ठाउँमा गाडे।
20:2b.NUM.020.002 त्यस ठाँउमा समुदायको निम्ति पानी थिएन यसकारण मानिसहरू मोशा र हारूनलाई आरोप लगाउन भेला भए।
20:3b.NUM.020.003 मानिसहरूले मोशासित झगडा गरेर भने, “जब परमप्रभुको अगाडी हाम्रा दाज्यू-भाईहरू मरे, त्यही समय हामी पनि मर्नु पर्थ्यो।
20:4b.NUM.020.004 तिमीहरूले किन परमप्रभुको मानिसहरूलाई यस मरूभूमिमा ल्यायौ? के हामी र हाम्रो पशुहरूलाई मार्न चहान्छौ?
20:5b.NUM.020.005 अनि किन यस्तो खराब ठाँउमा ल्याउन हामीलाई मिश्र देशदेखि अगुवाई गर्यो? यस ठाँउमा अन्न हुँदैन, नेभारा, दाख अनि अनारहरू पनि हुँदैन। अनि यहाँ पिउनको निम्ति पानी पनि छैन।”
20:6b.NUM.020.006 यसर्थ मोशा र हारून मानिसहरूको समुदायबाट भेट हुने पालको प्रवेशद्वारमा गए। तिनीहरूले तिनीहरूको शिर भूँईमा निहुरयाए अनि परमप्रभुको महिमा तिनीहरू सामुन्ने देखा पर्यो।
20:7b.NUM.020.007 परमप्रभुले मोशालाई भन्नुभयो,
20:8b.NUM.020.008 “तिमी र तिम्रा दाज्यू हारूनले त्यो लौरो लेऊ र मानिसहरूलाई भेला गर अनि तिनीहरूको सामुन्नेको चट्टानसित बोल। तब चट्टानले तिमीहरूलाई पानी दिनेछ। यसरी मानिसहरू र तिनीहरूको पशुहरूको निम्ति तिमीहरूले चट्टानबाट पानी दिन सक्छौ।”
20:9b.NUM.020.009 यसकारण परमप्रभुले उसलाई आज्ञा दिनु भए बमोजिम मोशाले परमप्रभुको अघिबाट लौरो लिए।
20:10b.NUM.020.010 त्यसपछि मोशा र हारूनले मानिसहरूलाई चट्टानको सामुन्ने भेला गराए। तब मोशाले तिनीहरूलाई भने, “तिमीहरू विद्रोही हो। सुन, के हामीले तिमीहरूको निम्ति यो चट्टानबाट पानी ल्याउनु?”
20:11b.NUM.020.011 तब मोशाले हात उठाएर त्यस चट्टान माथि दुइ पल्ट आफ्नौ लौरोले हिर्काए अनि प्रशस्त पानी बाहिर निस्कयो। मानिसहरू र पशुहरूले पानी पिए।
20:12b.NUM.020.012 त्यसपछि परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “इस्राएलका सबै मानिसहरू यहाँ भेला भएका थिए तर तिमीहरूले म प्रति सम्मान देखाएनौ। तिमीहरूले इस्राएलका मानिसहरूलाई त्यो पानी निक्लने शक्तिको श्रोत म हुँ भन्ने देखाएनौ। तिमीहरूले उनीहरूलाई यो देखाएनौ की तिमीहरूले म माथि भरोसा गर्यौ। यसकारण यी समुदायलाई मैले दिन्छु भनेको भूमिमा लैजान अगुवाई गर्न पाउने छैनौ।”
20:13b.NUM.020.013 यही ठाँउलाई मरीबाको पानी भनिन्छ जहाँ इस्राएलका मानिसहरूले परमप्रभु अघि विद्रोह गरेका थिए अनि परमप्रभुले यहाँ नै इस्राएली मानिसहरूको बीचमा आफू पवित्र हुँ भन्ने देखाउनु भएको थियो।
20:14b.NUM.020.014 मोशाले कादेशबाट एदोमको राजाकहाँ यो समाचार पुर्याउन दूतहरू पठाए। तपाईंको भाई इस्राएलले यसो भन्छ, “हामीमाथि आई परेका आफ्दहरू तपाईंलाई थाहा छ।
20:15b.NUM.020.015 धेरै वर्ष अघि हाम्रा पुर्खाहरू मिश्र देश गएका थिए अनि हामी त्यहाँ धेरै समय सम्म बस्यौं। मिश्र देशका मानिसहरू हामी प्रति निष्ठुर थिए।
20:16b.NUM.020.016 तर हामीले परमप्रभुलाई सहायता माग्यौं। परमप्रभुले हाम्रो बिन्ति सुन्नु भयो र एउटा स्वर्गदूत हामीकहाँ पठाउनु भयो, परमप्रभुले हामीलाई मिश्र देशबाट बाहिर ल्याउनु भएको छ। “अहिले हामी तपाईंको सिमान कादेशमा छौं।
20:17b.NUM.020.017 दया गरी हामीलाई तपाईंको भूमि भएर यात्रा गर्न दिनुहोस्। हामी खेत तथा दाखबारी भएर जानेछैनौं, त्यस ठाँउको कुवाहरूबाट पानी पिउँने छैनौं, हामी केवल राजमार्गमा हिड्नेछौं, कतै दायाँ बाया जाने छैनौं। जब सम्म तपाईंको देशमा यात्रा गर्छौ हामी बाटोमा नै रहनेछौं।”
20:18b.NUM.020.018 तर एदोमका राजाले उत्तर दिए, “हाम्रो देश भएर तिमीहरू यात्रा गर्न पाउँदैनौ। यदि हिड्ने चेष्टा गरे हामी तरबार लिएर तिमीहरूसित लडन आउनेछौं।”
20:19b.NUM.020.019 इस्राएलीहरूले उत्तर दिए, “हामी खाली मूलबाटै भएर मात्र जानेछौं। अनि यदि हाम्रा पशुहरूले कुनै पानी पिए त्यसको मोल तिर्नेछौ। हामी खाली तपाईंको देशको बाटोमा हिड्न चाहान्छौं, हाम्रो निम्ति अरू केही चाहिंदैन।”
20:20b.NUM.020.020 तर फेरि एदोमले उत्तर दिए, “हाम्रो देशमा तिमीहरूलाई आउन दिंदैनौं।” तब एदोमले शक्तिशाली धेरै सेनाहरू भेला पारेर इस्राएलका मानिसहरूसित युद्ध गर्न निस्के।
20:21b.NUM.020.021 एदोमले इस्राएलका मानिसहरूलाई आफ्नो भूमिको बाटोबाट यात्रा गर्न दिएनन् तिनीहरू अर्कै बाटो भएर गए।
20:22b.NUM.020.022 इस्राएलका सबै मानिसहरूले कादेशबाट होर पर्वत सम्म यात्रा गरे।
20:23b.NUM.020.023 होर पर्वत एदोमको सिमाना नजिक थियो। परमप्रभुले मोशालाई भन्नुभयो,
20:24b.NUM.020.024 “अब हारून उसको पुर्खाहरूसित मिल्नेछ। तिमी र हारूनले मरीबाको पानीमा मैले दिएको आज्ञा पालन नगरेकोले मैले इस्राएलका मानिसहरूलाई दिन्छु भनेको भूमिमा तिमीहरू पस्न पाउने छैनौ।
20:25b.NUM.020.025 “अब हारून र तिनका छोरो एलाजारलाई होर पर्वतमा लिएर आऊ।
20:26b.NUM.020.026 हारूनको लुगा खोलेर उसको छोरो एलाजारलाई लगाई देऊ। हारून त्यहाँ पर्वतमा मर्छ र आफ्नो पिता-पुर्खाहरूसित मिल्न जान्छ।”
20:27b.NUM.020.027 मोशाले परमप्रभुको आज्ञा पालन गरे। मोशा, हारून र एलाजार होर पर्वतमा गए। सबै इस्राएली मानिसहरूले तिनीहरू गएको देखे।
20:28b.NUM.020.028 मोशाले हारूनको खास लुगाहरू फुकाइदिएर एलाजारलाई लगाई दिए। त्यसपछि हारून त्यहीं पर्वतमा मरे अनि मोशा र एलाजार पर्वतबाट तल झरे।
20:29b.NUM.020.029 हारून मरेको इस्राएलका सबै मानिसहरूले चाल पाए अनि तीस दिनसम्म शोक पालन गरे।
21
21:1b.NUM.021.001 आरादाका कनानी राजा नेगेवमा बस्थे। उनले इस्राएली मानिसहरू अटारीमको बाटो भएर आउँदैछन् भन्ने चाल पाए। यसर्थ तिनी गएर इस्राएली मानिसहरू माथि आक्रमण गरे। तिनले केही मानिसहरूलाई पक्राऊ गरेर कैद गरे।
21:2b.NUM.021.002 तब इस्राएलका मानिसहरूले विशेष भाकल गरी परमप्रभुलाई पुकारेः “हे परमप्रभु, दया गरी हामीलाई यी मानिसहरूमाथि विजय गराई दिनुहोस् र हामी तिनीहरूको शहरहरू नष्ट पारी दिनेछौ।”
21:3b.NUM.021.003 परमप्रभुले इस्राएलीहरूको पुकार मान्नु भयो र कनानीहरूलाई जित्न तिनीहरूलाई सहायता गर्नु भयो। इस्राएलीहरूले तिनीहरू र तिनीहरूका शहर सम्पूर्ण ध्वंश पारे। यसर्थ त्यस ठाँउको नाम होर्मा राखियो।
21:4b.NUM.021.004 इस्राएली मानिसहरू होर पर्वत छोडेर लाल समुद्र जाने बाटोमा हिड्न लागे। तिनीहरूले एदोम देश वरिपरि जानलाई त्यो बाटो गए। तर मानिसहरू धैर्यहीन भईसकेका थिए।
21:5b.NUM.021.005 मानिसहरूले परमेश्वर र मोशाको विरोधमा कुरा गरे। तिनीहरूले भने, “यो मरूभूमिमा मर्नुको निम्ति किन हामीलाई मिश्र देशबाट ल्याइयो? कारण यहाँ न त पानी छ न रोटी। तुच्छ खाना अथवा रोटी खाँदा खाँदा वाक्क भई सक्यो।”
21:6b.NUM.021.006 यसर्थ परमप्रभुले मानिसहरूको माझमा विषालु सर्पहरू पठाईदिनुभयो र तिनीहरूले धेरै मानिसहरूलाई डसेर मार्यो। यसरी इस्राएलका धेरै मानिसहरू मरे।
21:7b.NUM.021.007 मानिसहरू आएर मोशासंग भने, “हामी जान्दछौं परमप्रभु र तपाईंको विरोधमा बोलेर हामीले पाप गर्यौं। परमप्रभुसित प्रार्थना गरेर यी सर्पहरू फर्काउन लगाईदिनु होस्।” यसकारण मोशाले मानिसहरूको निम्ति प्रार्थना गरे।
21:8b.NUM.021.008 परमप्रभुले मोशालाई भन्नुभयो, “काँसाको एउटा सर्प बनाऊ र खम्बा माथि राख। सर्पबाट डसिएको कुनै व्यक्तिले त्यो खम्बामाथि राखिएको काँसाको सर्पलाई हेर्छ त्यो मर्ने छैन।”
21:9b.NUM.021.009 यसकारण मोशाले परमप्रभुको आज्ञा मानी एउटा काँसाको सर्प बनाई खम्बामाथि राखे। त्यसपछि जब कुनै व्यक्तिलाई सर्पले टोके उसले त्यो खम्बा माथि राखिएको काँसाको सर्पलाई हेर्थ्यो र त्यो बाँच्थ्यो।
21:10b.NUM.021.010 इस्राएली मानिसहरूले त्यो ठाँउ छोडे अनि ओबोतमा छाउनी हाले।
21:11b.NUM.021.011 त्यसपछि तिनीहरूले ओबोतबाट हिंडी मोआबको पूर्वमा रहेको मरूभूमि ऐ अबारीममा छाउनी हाले।
21:12b.NUM.021.012 तिनीहरूले त्यो ठाँउ पनि छाडी जेरोद बेंसीमा छाउनी हाले।
21:13b.NUM.021.013 त्यहाँबाट पनि गई अर्नोन नदी पारीको मरूभूमिमा छाउनी हाले। यो नदी एमोरीहरूको सिमानाबाट शुरू हुन्थ्यो। त्यो बेंसीमा मोआब र एमोरीहरू बीचको सिमान थियो।
21:14b.NUM.021.014 यसकारण परमप्रभुको युद्धको पुस्तकमा यी कुरा लेखिएका छन्। “अनि सूपामा वाहेब अनि अर्नोनको बेंसी
21:15b.NUM.021.015 अनि बेंसीहरूको आरको भिरालोहरू वासस्थान पट्टि जो मोआबको सिमानामा अवस्थित छन्।”
21:16b.NUM.021.016 इस्राएलका मानिसहरू त्यस ठाँउ छाडेर बेओर तिर गए। यस ठाँउमा कूवा थियो र परमप्रभुले मोशालाई भन्नु भयो, “मानिसहरूलाई भेला गरेर ल्याऊ, म तिनीहरूलाई पानी दिनेछु।”
21:17b.NUM.021.017 तब इस्राएलका मानिसहरूले यो गीत गाए। “हे कूवा पानीसित बग्छ। यस विषयमा गीत गाओ।
21:18b.NUM.021.018 महान व्यक्तिले यो कूवा खने। महान नायकहरूले यो कूवा खने। तिनीहरूले आफ्नो भारदारहरूसंग हिंड्ने लहुरोहरूले यो कूवा खने। मरूभूमिमा एउटा उपहार रहेको छ।” यसर्थ मानिसहरूले त्यो कुवाको नाम “मत्ताना” राखे।
21:19b.NUM.021.019 मानिसहरू मत्तानाबाट नहलीएल गए। त्यसपछि तिनीहरू नहलीएलबाट बामोत गए।
21:20b.NUM.021.020 बामोतबाट मानिसहरू फेरि मोआब बेंसी गए। यस ठाँउमा पिसगा पर्वतको टुप्पो मरूभूमि माथि देखिन्छ।
21:21b.NUM.021.021 इस्राएलले आफ्नो केही मानिसहरू एमोरीहरूका राजा सीहोन कहाँ पठाए। ती मानिसहरूले राजालाई भने,
21:22b.NUM.021.022 “हामीहरूलाई तपाईंहरूको देश भएर जान दिनुहोस्। हामी तपाईंको दाखबारीहरू तथा खेतमा पस्ने छैनौ, तपाईंको पोखटीबाट पानी पिउने छैनौं। जब सम्म हामी तपाईंको देशको सिमानामा पुग्दैनौं हामी मूल बाटोमा रहने छौं।”
21:23b.NUM.021.023 तर सीहोनले इस्राएललाई तिनको राज्यको सिमाना भित्रबाट हिड्नु दिएनन् अनि आफ्ना मानिसहरूलाई भेला पारेर इस्राएललाई मरूभूमिमा आक्रमण गर्न आए। तिनी यहससम्म आए अनि इस्राएलीहरूसित लडाँई गरे।”
21:24b.NUM.021.024 तर इस्राएलीहरूले तिनलाई तरवारको टुप्पोले घोचेर मारे अनि तिनको भूमि अर्नोन नदीदेखि यब्बोक नदी सम्म कब्जा गरे। तिनीहरूले अम्मोनीहरूको सिमानासम्म मात्र लिएर रोकिए कारण अम्मोनीहरूले आफ्नो सिमाना बलियो गरी सुरक्षा गरेका थिए।
21:25b.NUM.021.025 यसकारण इस्राएलले एमोरीहरूको सबै शहरहरू कब्जामा लिएर त्यहीं बस्न शुरू गरे। तिनीहरूले हेशबोन र त्यसको वरिपरिको साना साना शहरहरू पनि आफ्नो अधीनमा लिए।
21:26b.NUM.021.026 हेशबोन त्यो शहर हो जहाँ अम्मोरीहरूका राजा सीहोन बस्थे। सीहोनले मोओबका राजासित युद्ध गरी तिनको भूमि अर्नोन नदीसम्म कब्जामा लिएका थिए।
21:27b.NUM.021.027 यसैकारण गाइनेहरूले यो गीत गाँउछन्। तिमीहरू हेशबोन शहरमा आऊ, यो पुर्नस्थापित होस्। सीहोन शहर फेरि बनियोस्।
21:28b.NUM.021.028 किनभने हेशबोन शहरबाट आगो शुरू भएर एउटा ज्वाला सीहोन शहरबाट शुरू भयो। यसले अर र मोआबलाई ध्वंश पार्यो। यसले अर्नोन माथिका उच्च पर्वतहरू जलायो।
21:29b.NUM.021.029 ए मोआब तँलाई धिक्कार छ। ए कमोशका प्रजाहरू हो तिमीहरू नष्ट भयौ। यसले आफ्नो छोराहरूलाई भगौटे बनाएर र छोरीहरूलाई कैद गराएर, एमोरीहरूका राजा सीहोनलाई दिएको छ।
21:30b.NUM.021.030 तर हामीले ती एमोरीहरूलाई जितेका छौं। हेशबोन देखि दीबोनसम्मै, ध्वंश भयो, र हामीले मेदेबाको नजीक नोपा सम्म, तिनीहरूको शहरहरू नष्ट पारेका छौं।
21:31b.NUM.021.031 यसकारण इस्राएलीहरूले एमोरीहरूको भूमि दखल गरे।
21:32b.NUM.021.032 मोशाले याजेरको शहरमा खूपियाहरू पठाए। मोशाले यसो गरे पछि इस्राएलीहरूले त्यसका वरिपरिका शहरहरू अधीनमा ल्याए अनि एमोरीहरूलाई लखेटे।
21:33b.NUM.021.033 त्यसपछि इस्राएलीहरू बाशानतिर जाने बाटो लागे। बाशानका राजा ओग आफ्नो सेनाहरू लिएर इस्राएलीहरूलाई भेटन अघि बढे अनि एद्रईमा तिनीहरूसित युद्ध गरे।
21:34b.NUM.021.034 तर परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो राजासित नडराऊ, म तिमीलाई जिताउनेछु। हेशबोनमा बस्ने एमोरीहरूका राजा सीहोनलाई जुन व्यवहार गरेका थियौ ओगसित पनि त्यही गर। उसको सबै सेनाहरू र भूमि अधीनमा पार।”
21:35b.NUM.021.035 यसर्थ इस्राएलीहरूले राजा ओग र उसको सेनाहरूलाई परास्त पारे अनि तिनीहरूले उसको छोराहरू, सेनाहरू तथा उसलाई पनि मारेर उसको भूमि अधीनमा लिए।
22
22:1b.NUM.022.001 त्यसपछि इस्राएलीहरूले मोआबको यर्दन मैदानहरूमा यात्रा गरे। यरीहो पारी पट्टि यर्दन नदी नजिकै तिनीहरूले पाल हाले।
22:2b.NUM.022.002 एमोरीहरूलाई इस्राएलीहरूले गरेको व्यवहार सिप्पोरको छोरो बालाकले देखे।
22:3b.NUM.022.003 इस्राएलीहरू धेरै संख्यामा भएकोले मोआब डराएका थिए।
22:4b.NUM.022.004 मोआबले मिद्यानीका बूढा-प्राधानहरूसित कुरा गरे, “हरियो मैदानमा गोरूले घाँस खाएर नष्ट पारे झैं यी धेरै संख्यामा आएका मानिसहरूले हाम्रा वरिपरि भएको प्रत्येक चीज नष्ट पार्नेछन्।” सिप्पोरको छोरो बालाक त्यस समय मोआबका राजा थिए।
22:5b.NUM.022.005 बालाकले बओरको छोरा बिलामलाई निमन्त्रण गर्न दूतहरू पठाए जो युफ्रेटिस् नदिको नजीकै पातोरमा थिए। तिनीहरूले भने मिश्रबाट एउटा जाति आएका छन् अनि तिनीहरूको छाउनीहरूले सम्पूर्ण भूमि ढाकेको छ। अहिले तिनीहरूले मेरो विपरीतमा छाउनी बसाएका छन्।
22:6b.NUM.022.006 यसकारण अब आएर मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस्, कारण तिनीहरू म भन्दा बलिया छन्। यदि तपाईंले त्यसो गर्नु भए शायद म तिनीहरूलाई परास्त पार्न सक्छु किनभने, मलाई थाहा छ, जसलाई तपाईं आशीर्वाद दिनु हुन्छ, उसलाई आशिर्बाद लाग्छ, र जसलाई तपाईंले सराप्नु हुन्छ उसलाई श्राप लाग्छ।”
22:7b.NUM.022.007 मोआब र मिद्यानका बूढा-पाकाहरू बिलामसंग कुरा गर्न भनी बाटो लागे। तिनीहरूले भविष्यवाणीको निम्ति आफूसित केही पैसा पनि लिएर गए।
22:8b.NUM.022.008 तिनीहरू बिलामकहाँ आएर बालाकले भनेको कुरा सुनाए। त्यसपछि बिलामले तिनीहरूलाई भने, “तिमीहरू आज राती यहीं बस अनि म तिमीहरूलाई परमप्रभुले मलाई जे भन्नुहुन्छ सो बताउँछु।” यसर्थ मोआबले पठाएका मानिसहरू बिलामसित बसे।
22:9b.NUM.022.009 सपनामा परमेश्वरले बिलामलाई दर्शन दिनु भयो र भन्नुभयो, “तिमीसित भएका यी मानिसहरू को हुन्?”
22:10b.NUM.022.010 बिलामले परमेश्वरलाई उत्तर दिए, “मोआबका राजा सिप्पोरका छोरा बालाकले मकहाँ दूतहरू पठाएका छन्।
22:11b.NUM.022.011 उनको सन्देश थियो “हेर्नुहोस् यो जाति मिश्रदेशबाट भएको छ र तिनीहरूको छाउनीले देशलाई ढाकी रहेकोछ। अब आउनु होस् र मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस। यदि तपाईंले त्यसो गारिदिनु भयो भने सायद म तिनीहरूलाई लँडाईमा जितेर धपाउन सक्छु।”
22:12b.NUM.022.012 परमेश्वरले बिलामलाई भन्नुभयो, “तिमी तिनीहरूसित नजाऊ, अनि मानिसहरूलाई नसराप किनभने तिनीहरू म द्वारा अशिषित छन्।”
22:13b.NUM.022.013 त्यसकारण बिहानै उठेर बालाकद्वारा पठाएका बुढा-पाकाहरूलाई बिलामले भने, “तपाईंहरूको देशमा फर्केर जानुहोस् परमप्रभुले मलाई तिमीहरूसित जानु अनुमति दिनु भएन।”
22:14b.NUM.022.014 यसर्थ मोआबका बूढा-पाकाहरू उठेर बालाककहाँ गएर भने, “बिलामले हामीसित आउनु अस्वीकार गरे।”
22:15b.NUM.022.015 “एक पल्ट फेरि बालाकले बिलामकहाँ मानिसहरू पठाए। दोस्रो चोटीका बुढा-पाकाहरू पहिलेको भन्दा धेरै ठूला र सम्मानित थिए।
22:16b.NUM.022.016 तिनीहरू गएर बिलामलाई भने, “सिप्पोरको छोरो बालाकको भनाई यस्तो छ, दयागरी तपाईं म भए कहाँ आउन तपाईंले आफैंलाई नरोक्नु होस्।
22:17b.NUM.022.017 किनभने म तपाईंलाई बडो इज्जत साथ सम्मान चढाउनेछु साथै तपाईंले जे भन्नुहुन्छ म मान्नेछु। दया गरी आउनुहोस् र मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस्।”
22:18b.NUM.022.018 तब बिलामले बालाकका मानिसहरूलाई जवाफ दिए, “यदि बालाकले मलाई सुन र चाँदीले भरिएको महल दिए पनि म मेरो परमप्रभु परमेश्वरको आज्ञाचाहे ठूलो वा सानो होस् नष्ट गर्दिनँ।
22:19b.NUM.022.019 यसकारण अरूहरू झैं तिमीहरू पनि आज राती यहि बस्। अनि म हेर्छु परमप्रभुले मलाई केही कुरा भन्नु हुन्छ कि।”
22:20b.NUM.022.020 त्यो राती बिलामलाई सपनामा आएर परमेश्वरले भन्नुभयो, “जब यी मानिसहरू तिमीलाई उनीहरूसित लैजान आएका छन्, तिमी उठेर तिनीहरूसित जाऊ, तर म जे भन्छु त्यो मात्र तिमीले गर्नुपर्छ।”
22:21b.NUM.022.021 यसकारण बिलामले बिहानै उठेर जीन लगाम कसे। त्यसपछि तिनी ती मोआबबाट आएका बूढा-प्रधानहरू संग गए।
22:22b.NUM.022.022 बिलाम गएको देखी परमेश्वर रिसाउनु भयो र उसलाई रोक्न परमप्रभुका स्वर्गदूत बाटोमा उभिए। बिलाम गधामा चढेका थिए अनि तिनका दुईजना सेवकहरू पनि तिनीसित थिए।
22:23b.NUM.022.023 जब गधाले परमप्रभुको स्वर्गदूतलाई हातमा तरवार लिएर बाटोमा उभिरहेको देख्यो त्यसले बाटो छाडेर खेततिर गयो। यसर्थ बिलामले त्यस गधालाई बाटोमा फर्काई ल्याउन हिर्कायो।
22:24b.NUM.022.024 त्यसपछि परमप्रभुका स्वर्गदूत दुवै पट्टि ढुङ्गाको पर्खाल भएको दुइवटा दाखको खेत बीच साँघुरो बाटोमा उभिए,
22:25b.NUM.022.025 जब गधाले परमप्रभुको स्वर्गदूतलाई देख्यो त्यो भित्तमा टाँसियो अनि बिलामको खुट्टा पनि चेप्टाइदियो। यसर्थ बिलामले फेरि त्यसलाई हिर्काए।
22:26b.NUM.022.026 त्यसपछि परमप्रभुको स्वर्गदूत अघि बढेर एउटा एकदमै साघुँरो गल्ली जहाँ पसेर दाहिने-देब्रे फर्कन नसकिने ठाँउमा उभिए।
22:27b.NUM.022.027 परमप्रभुको स्वर्गदूतलाई देखेर गधा थचक्क बस्यो। बिलाम रिसले चुर भएर त्यसलाई आफ्नो लौरोले बेस्सरी हिर्काए।
22:28b.NUM.022.028 त्यसपछि परमप्रभुले गधालाई मुख खोल्ने अनुमति दिनुभयो र त्यसले बिलामलाई भन्यो, “मैले तपाईंलाई के गरें ताकि तपाईंले मलाई यस प्रकारले तीन चोटि हिर्काउनु भयो?”
22:29b.NUM.022.029 तब बिलामले गधालाई भने, “तैंले मलाई मूर्ख बनाइस्। यदि मेरो हातमा तरवार हुँदो हो त म तपाईं अहिले मार्ने थिएँ।”
22:30b.NUM.022.030 गधाले बिलामलाई उत्तर दियो, “के म तपाईंले आफ्नो जीवन भरि आज सम्म चढेको गधा होइन्? के मैले यस्तो अघि कहिले गरेको थिएँ? बिलामले भने, होइन्।”
22:31b.NUM.022.031 त्यसपछि परमप्रभुले बिलामको आँखा खोली दिनुभयो अनि तिनले परमप्रभुको स्वर्गदूतलाई नाङ्गो तरवार लिएर बाटोमा उभिरहेको देखे। तब तिनले आफ्नो शिर निहुर्याए।
22:32b.NUM.022.032 तब परमप्रभुको स्वर्गदूतले बिलामलाई भने, “किन तिमीले गधालाई तीन पल्ट हिर्कायौ हेर, म तिमीलाई रोक्नको निम्ति बाहिर आए किनभने तिम्रो यात्रा मेरो आज्ञाको विरूद्धमा छ।
22:33b.NUM.022.033 जब गधाले मलाई देख्यो, त्यो तीन पल्ट मबाट तर्कन खोज्यो। यदि यो मबाट नतर्केको भए यो निश्चय थियो कि म तिमीलाई मार्ने थिएँ, तर गधालाई जिउँदै छाडि दिने थिएँ।”
22:34b.NUM.022.034 तब बिलामले परमप्रभुका स्वर्गदूतलाई भने, “मैले पाप गरें कारण मैले जानिन कि तपाईं मलाई रोक्नको निम्ति बाटोमा उभिरहनु भएको थियो। तर यदि मेरो यात्रालाई केही नराम्रो ठान्नु हुन्छ भने म घर फर्कन्छु।”
22:35b.NUM.022.035 तब परमप्रभुको स्वर्गदूतले बिलामलाई भने, “तिमी यी मानिसहरूसित जाऊ, तर म जे भन्छु तिमी त्यो मात्र बोल। यसकारण बिलाम मोआबबाट आएका बूढा-प्रधानहरूसंग गए।”
22:36b.NUM.022.036 जब बालाकले बिलाम आउँदैछ भनेको सुने, ऊ मोआबी देशको शहरको उत्तरी सिमाना अर्नोन नदीको नजिक उसलाई भेट्न गए।
22:37b.NUM.022.037 बालाकले बिलामलाई भने, “तपाईं मेरोमा आउनुहोस् भनी निम्तो दिन मैले मानिसहरू पठाएँ? तपाईं किन म भएकहाँ आउनु भएन? के म तपाईंलाई सम्मान गर्न योग्यको छैन?”
22:38b.NUM.022.038 त्यसपछि बिलामले बालाकलाई भने, “हेर। म तिम्रोमा अहिले आएकोछु। म तिमीलाई अहिले नै केही कुरा भन्न सक्छु? म त्यही कुरा मात्र भन्ने छु जो परमप्रभु परमेश्वरले मलाई भन्न लगाउनु हुन्छ।”
22:39b.NUM.022.039 त्यसपछि बिलाम बालाकसित गए। अनि तिनीहरू किर्यत-हुसोतमा आए।
22:40b.NUM.022.040 बालाकले गोरूहरू र भेडाहरू बलि चढाए अनि बिलाम र मोआबबाट आएका बूढा-प्राधानहरूलाई निमन्त्रणा गरे र खान दिए जो ऊसित आएका थिए।
22:41b.NUM.022.041 भोलिपल्ट बिहानै बालाकले बिलामलाई बमोत- बालमा लिएर गए। त्यहाँबाट तिनले इस्राएली मानिसहरूको केही भाग देखे।
23
23:1b.NUM.023.001 बिलामले भने, “यहाँ सातवटा वेदी बनाऊ। अनि सातवटा साँढे र सातवटा भेडा मेरो निम्ति तयार पार।”
23:2b.NUM.023.002 बालाकले बिलामको इच्छा पुरा गरिदियो। ती दुइजनाले एक-एकवटा साँढे र भेडा प्रत्येक वेदिमा बलि चढाए।
23:3b.NUM.023.003 त्यसपछि बिलामले बालाकलाई भने, “तिम्रो होमबलिको पछिल्तिर तिमी उभिनु अनि म कही जान्छु। शायद परमप्रभुले मलाई भेट्नु हुन्छ होला। उहाँले मलाई जे देखाउनु हुन्छ म तिमीलाई भन्नेछु।” यसर्थ तिनी एउटा पर्वतको शिखरमा गए।
23:4b.NUM.023.004 परमेश्वर बिलामलाई भेट्न आउनुभयो अनि उनले परमेश्वरलाई भने, “मैले सातवटा वेदी बनाएकोछु र एउटा साँढे र एउटा भेडा बलिको निम्ति प्रत्येक वेदीमा चढाइएको छ।”
23:5b.NUM.023.005 तब परमप्रभुले बिलामलाई उसले के भन्नु पर्ने बताउनु भयो, “बालाककहाँ फर्क र उसलाई यो भन।”
23:6b.NUM.023.006 यसर्थ बिलाम बालाककहाँ फर्के। त्यहाँ बलाक आफूले चढाएको बलिको नजिकै अन्य मोआबका मुख्य व्यक्तिहरूसित उभिरहेका थिए। तब बिलामले यी कुराहरू भनेः
23:7b.NUM.023.007 बालाक, मोआबका राजाले मलाई यहाँबाट अरामको पूर्वोत्तर पर्वतहरूमा लगे। बालाकले मलाई भने, “आऊ मेरो निम्ति याकूबलाई शराप। आऊ इस्राएलका मानिसहरूको विरोधमा बोल।”
23:8b.NUM.023.008 कसरी म केही कुरालाई सराप्नु जसलाई परमेश्वरले सरापेको छैन; कसरी म कसैको विरूद्धमा बोल्नु जसलाई परमप्रभुले विरोध गर्नु भएको छैन्।
23:9b.NUM.023.009 म पर्वतबाट ती मानिसहरूलाई देख्छु, म तिनीहरूतिर अग्लो पर्वतबाट हेर्छु, तिनीहरूले एकान्तमा बस्छन्, तिनीहरू आफैलाई जातिहरू मध्येको एक जाति भनी सोच्दैनन्।
23:10b.NUM.023.010 याकूबका मानिसहरूलाई कसले गन्न सक्छन्? तिनीहरूको संख्या धूलोको कण जत्तिकै असंख्य छ। तिनीहरूका चार भागको एक भाग पनि कसैले गन्न सक्तैन। मेरो आत्माले असल मृत्यु पाओस्, मेरो जीवन तिनीहरूको झैं खुशीयालीमा अन्त होस्।”
23:11b.NUM.023.011 त्यसपछि बालाकले बिलामलाई भने, “तपाईंले मलाई के गर्नु भयो? मैले तपाईंलाई मेरा शत्रुहरूलाई सराप्न ल्याए तर तपाईंले तिनीहरूलाई आशीर्वाद दिनुभयो।”
23:12b.NUM.023.012 बिलामले उत्तर दिए, “म परमप्रभुले भन्नु भएको वचन मात्र बोल्नु होशियार रहनु पर्छ।”
23:13b.NUM.023.013 त्यसपछि बालाकले उसलाई भने, “तपाईं मसंग यता अर्को ठाँउमा आउनु, जहाँबाट ती मानिसहरूलाई अझ वेशी संख्यामा देख्न सक्नु हुन्छ। तपाईंले तिनीहरू सबैलाई देख्न सक्नुहुन्न खाली एक भाग मात्र देख्न सक्नुहुन्छ। त्यहाँबाट तपाईंले मेरो पक्षमा सराप्नु होस्।”
23:14b.NUM.023.014 तब बालाकले बिलामलाई पिसगा पर्वतको चोटीमा भएको सोफीमको खेतमा लगे अनि त्यहाँ बालाकले सातवटा वेदी बनाई एउटा साँढे र एउटा भेडा प्रत्येक वेदीमा बलि दिए।
23:15b.NUM.023.015 तब बिलामले बालाकलाई भने, “यो वेदी नजिक तिमी बस। म परमेश्वरलाई भेट्न त्यस ठाँउमा जान्छु।”
23:16b.NUM.023.016 यसर्थ बिलामलाई परमप्रभुले भेट्नु भयो अनि बिलामले के भन्नु पर्ने बताई दिनुभयो। परमप्रभुले भन्नुभयो, बालाककहाँ जाऊ अनि यसो भन।
23:17b.NUM.023.017 यसकारण बिलाम बालाकभए कहाँ गए। बालाक होमबलि को छेऊमा उभिरहेको थियो उसले अन्य मोआबका बूढा-प्रधानहरूसित बलि चढाए बालाकले सोधे, “परमप्रभुले के भन्नुभयो?”
23:18b.NUM.023.018 बिलामले आगमवाणी दिएः “उठ बालाक अनि म जे भन्छु सुन; सिप्पोरका छोरो, बालाक मेरो कुरा सुन,
23:19b.NUM.023.019 परमेश्वर मानिस हुनुहुन्न, यसर्थ उहाँ मर्नुहुन्न, परमेश्वर मानव हुनुहुन्न, यसर्थ उहाँको निर्णय परिवर्त्तन हुँदैन। यदि परमप्रभुले भन्नुहुन्छ-केही गर्छु, तब उहाँले गर्नुहुन्छ। यदि परमप्रभुले प्रतिज्ञा गर्नु भए, प्रतिज्ञाको कुरो पूर्ण गर्नुहुन्छ।
23:20b.NUM.023.020 परमप्रभुले मलाई भन्नुभयो, ती मानिसहरूलाई आशीर्वाद देऊ, परमप्रभुले तिनीहरूलाई आशीर्वाद दिनु भएकोछ, यसर्थ म त्यो बदलाउन सक्तिन।
23:21b.NUM.023.021 परमेश्वरले याकूबका मानिसहरूमा कुनै त्रुटी पाउनु भएन, इस्राएलका मानिसहरूमा परमेश्वरले पाप देख्नु भएन। परमप्रभु तिनीहरूका परमेश्वर हुनुहुन्छ, अनि उहाँ तिनीहरूको साथ हुनुहुन्छ। ती महान राजा तिनीहरूसित हुनुहुन्छ।
23:22b.NUM.023.022 परमेश्वरले ती मानिसहरूलाई मिश्रबाट बाहिर ल्याउनु भयो तिनीहरू जंगली साँढे झै बलिया छन्।
23:23b.NUM.023.023 याकूबका मानिसहरूलाई परास्त गर्ने अर्को कुनै शक्ति छैन। कुनै यस्तो उपाए छैन कि इस्राएलका मानिसहरूलाई रोक्न सकोस्। याकूब र इस्राएली मानिसहरूको विषयमा, मानिसहरू भन्दछन्, ‘परमेश्वरको महान सृष्टिलाई हेर!’
23:24b.NUM.023.024 मानिसहरू सिंह झैं बलिया छन् सिंह झैं लडछन्। अनि आफ्नो शत्रुलाई परास्त नपारे सम्म त्यो सिंह विश्राम गर्दैन। अनि त्यो सिंहले विश्राम नै लिंदैन जब सम्म आफ्नो शत्रु ती मानिसहरूको रगत पिउँदैन।”
23:25b.NUM.023.025 बालाकले बिलामलाई भने, “आज देखि, तिमी मानिसहरूलाई आशिष अथवा सराप दिनु हुदैन्।”
23:26b.NUM.023.026 बिलामले उत्तर दिए, “मैले तिमीलाई अघि नै भने कि परमप्रभुले जे भन्न लगाउनु हुन्छ म त्यो मात्र भन्छु।”
23:27b.NUM.023.027 तब बालाकले बिलामलाई भने, “अब मसंग आउनु होस् अर्को ठाँउमा। हुन सक्छ परमेश्वर खुशी भएर ती मानिसहरूलाई सराप्न अनुमति दिनुहुन्छ।”
23:28b.NUM.023.028 यसर्थ बिलामलाई बालाकले पोर पर्वतको चुचुरामा लगे। यहाँबाट मरूभूमि देखिन्थ्यो।
23:29b.NUM.023.029 बिलामले भने, “सातवटा वेदी बनाऊ। त्यसपछि वेदीमा बलिको निम्ति सातवटा साँढे र सातवटा भेडाहरू तयार पार।”
23:30b.NUM.023.030 बालाकले ठीक पारे अनि वेदीहरूमा ती साँढे र भेडाहरू बलि चढाए।
24
24:1b.NUM.024.001 जब बिलामले चाल पाए कि परमप्रभु इस्राएलीहरूलाई आशीर्वाद दिनमा खुशी हुनुहुन्छ, तिनले आफ्नो जादु टुनाहरू प्रयोग गरेनन, तर तिनी मरूभूमि तिर फर्केर हेरे।
24:2b.NUM.024.002 जब बिलामले मरूभूमि तिर हेरे तिनले इस्राएली मानिसहरूलाई आफ्नो-आफ्नो कुल गरि छाउनीहरूमा बसेको देखे। त्यसपछि परमेश्वरको आत्मा तिनीभित्र आयो।
24:3b.NUM.024.003 अनि बिलामले यो अगमवाणी दिएः “यो समाचार बओरका छोरो बिलामबाट हो। म ती चीजहरूको विषयमा भन्दैछु जो म स्पष्ट देख्छु।
24:4b.NUM.024.004 म यो वाणी परमेश्वरबाट सुन्छु। परमेश्वर सर्वशक्तिमानले जे देखाउनु भयो मैले त्यो देखें। म जो स्पष्ट देख्छु त्यो विनम्र भई भन्छु।
24:5b.NUM.024.005 “हे याकूबका मानिसहरू हो तिमीहरूका पालहरू कति सुन्दर छन्। हे इस्राएलका बासिन्दाहरू हो! तिमीहरूका छाउनीहरू कति राम्रा छन्।
24:6b.NUM.024.006 तिमीहरूको पालहरू नदी किनारका बगैंचाहरू जस्तै एकै पंक्तीमा रोपिएका ताडका रूखहरू फैलिए जस्तै, परमप्रभुले रोप्नु भएको घिउकुमारी जस्तै, पानी नेरको देवदारहरू जस्तै फैलिएका छन्।
24:7b.NUM.024.007 तिनीहरूका बाल्टीहरू पानीले भरिएर पोखिनेछन्। अनि तिनीहरूका बीउहरूले प्रशस्त पानी पाउने छन्। तिनीहरूका राजा अगाग भन्दा ठूलो हुनेछ, अनि तिनीहरूको राज्य बढनेछ।
24:8b.NUM.024.008 “परमेश्वरले तिनीहरूलाई मिश्रदेशबाट ल्याउनु भयो, तिनीहरूको निम्ति जंङ्गली साँढेको सींङ जस्तै शक्तिशाली हुनुहुन्छ। ती इस्राएलीहरूले आफ्नो शत्रुहरूलाई निल्नेछन् र तिनीहरूको हड्डी फुटेर चूर पर्नेछ अनि तिनीहरूलाई आफ्नो बाणहरूले छेड्नेछ।
24:9b.NUM.024.009 “विश्राममा तिनीहरू सिंह झैं सुत्नेछन् अनि सिंह झैं-तिनीहरूलाई कसले बिउँझाउने? “तिनीहरूलाई आशिर्वाद दिने आशीषित हुन् अनि तिनीहरूलाई सराप्ने श्रापित हुन्।”
24:10b.NUM.024.010 बिलामसित बालाक रिसाएर हात पक्डिएर, तिनले बिलामलाई भने, “मैले तिमीलाई मेरा शत्रुहरूलाई सराप्न बोलाएको थिएँ तर तिमीले तिनीहरूलाई तीन पल्ट आशीर्वाद दियौ।
24:11b.NUM.024.011 अब तिमी झट्टै आफ्नो घरमा जाऊ। मैले भनेको थिंए कि म तिमीलाई ठूलो सम्मान दिनेछु, तर परमप्रभुले तिमीलाई सम्मान पाउनुबाट बञ्चित गराउनु भयो।”
24:12b.NUM.024.012 बिलामले बालाकलाई भन्यो, “के मैले तिम्रा दूतहरूलाई भनेको थिईनँ।
24:13b.NUM.024.013 ‘यदि बालाकले सुन र चाँदीले परिपूर्ण महल दिए पनि म परमप्रभुको आज्ञा विरूद्ध केही गर्दिनँ?’ म त्यही गर्छु जो परमप्रभुले भन्नुहुन्छ।
24:14b.NUM.024.014 अब म आफ्नो घरमा फर्केर जान्छु। तर म तिमीलाई चेतावनी दिन्छु कि यी इस्राएलका मानिसहरूले तिमी र तिम्रा मानिसहरूलाई भविष्यमा के गर्नेछन्, सुन।”
24:15b.NUM.024.015 तब बिलामले यी कुराहरू भनेः “यो बओरको छोरो बिलाम जसले आफ्नो आखाँले सफासंग देख्न सक्छ,
24:16b.NUM.024.016 कसले परमेश्वरको वचन सुन्न सक्छ अनि कसले सर्वउच्च परमेश्वरबाट ज्ञान प्राप्त गर्न सक्छ? सर्वशक्तिमान परमेश्वरले यो कुराहरू देखाउनु भयो त्यो मैले देखें। म नम्रता पूर्वक तपाईंलाई भन्छु के म स्वच्छ देख्छु।
24:17b.NUM.024.017 “म परमप्रभुलाई देख्न सक्छु, तर अहिले होइन, म उहाँलाई देख्न सक्छु, तर नजीकबाट होइन। एउटा राजा तारा जस्तै याकूबको वंशबाट आउनेछ, इस्राएलका मानिसहरूबाट एक जना शासक जन्मनेछ। मोआबी मानिसहरूको त्यस शासकले टाउको किच्चयाउनुहुनेछ अनि शेतको वंशनै ध्वंश पार्नु हुनेछ।
24:18b.NUM.024.018 इस्राएलको शत्रु सेईरको भूमि इस्राएलको दखलमा हुनेछ, एदोमको भूमि पनि तिनीहरूकै दखलमा रहनेछ जब इस्राएलले बहादुरी देखाउनेछ।
24:19b.NUM.024.019 “याकूबको वंशबाट शासक आउनेछ, र त्यस शहरमा बाँचेकाहरूलाई ध्वंश पार्नेछ।”
24:20b.NUM.024.020 बिलामले अमालेकी मानिसहरूलाई हेरेर अगमवाणी दिएः “राष्ट्रहरूमा अमालेक सबै भन्दा शक्तिशाली हो। तर ध्वंश हुनेछ अमालेक पनि।”
24:21b.NUM.024.021 तब बिलामले कनानी मानिसहरूलाई हेरेर अगमवाणी बोलेः “चट्टानमा बनिएको गुँड जस्तै तिमीहरू सुरक्षित छौ।
24:22b.NUM.024.022 तर केनीहरू पनि ध्वंश पारिनेछन् जब अश्शूरले तिमीहरूलाई कैदी बनाउँनेछ।”
24:23b.NUM.024.023 बिलामले तब फेरि अगमवाणी बोलेः “हाय! को जीवित रहन सक्छ जब परमेश्वरले यस्तो गर्नु हुन्छ?
24:24b.NUM.024.024 जहाजहरू कित्तीमको किनारबाट आउनेछन् र तिनीहरूले अश्शूर र एबरलाई परास्त पार्नेछन्। तर तिनीहरू पनि ध्वंश गराइनेछन्।”
24:25b.NUM.024.025 त्यसपछि बिलाम उठेर घर फर्के अनि बालाक पनि आफ्नो बाटो लागे।
25
25:1b.NUM.025.001 शित्तीममा जब इस्राएलीहरू बस्दै थिए, त्यति बेला इस्राएली पुरूषहरूले मोआबी स्त्रीहरूसित शारीरिक सम्बन्ध राख्न थाले।
25:2b.NUM.025.002 मोआबी स्त्रीहरूले तिनीहरूलाई आफ्नो पूजा आजामा भाग लिन बोलाए। यसर्थ तिनीहरूले आफ्नो देवताहरूलाई चढाएको बलिहरू इस्राएली मानिसहरूले खाए अनि ती देव-देवताहरू पूज्न थाले।
25:3b.NUM.025.003 यसरी इस्राएलीहरूले पोरको बाल-देवता पूज्न थाले। यसकारण परमप्रभु तिनीहरूसित क्रोधित हुनु भयो।
25:4b.NUM.025.004 परमप्रभुले मोशालाई भन्नुभयो, “यो मानिसहरूका सबै नायकहरूलाई बोलाऊ र तिनीहरूलाई परमप्रभु अघि लगेर समान्य जनसाधरणको सामुन्ने झुण्डाई देऊ। त्यस पछि परमप्रभु इस्राएलका मानिसहरूसित रिसाउनु हुनेछैन।”
25:5b.NUM.025.005 मोशाले इस्राएलका न्यायकर्त्तालाई भने, “तिमीहरू प्रत्येकले आफ्नो परिवार समूहमा त्यस्ता व्यक्तिहरू खोज्नु पर्छ जसले मानिसहरूलाई पोरको बाललाई झूटा देवतालाई पूज्न प्रोत्साहन दिए। तब तिमीहरूले त्यस्ता मानिसहरूलाई मार्नुपर्छ।”
25:6b.NUM.025.006 जति बेला मोशा अनि इस्राएली समूह भेट हुने पालको प्रवेशद्वारमा भेला भएका थिए त्यति बेला एक इस्राएली पुरूषले एउटी मिद्यानी स्त्रीलाई उसको पालमा ल्यायो। त्यो मोशा तथा अन्य सबै इस्राएली मानिसहरूले देखिरहेका थिए। तिनीहरू रून थाले।
25:7b.NUM.025.007 हारूनको नाति एलाजारका छोरो पीनहासले त्यसरी एउटी स्त्रीलाई पालभित्र लगेको देख्यो। यसर्थ पीनहासले सभा त्यागेर आफ्नो भाला बोकेर।
25:8b.NUM.025.008 त्यस इस्राएली व्यक्तिलाई पछ्याउँदै पालभित्र गयो। त्यसपछि पालभित्रै त्यस स्त्री र इस्राएली पुरूषको शरीरमा भाला रोपी मारी दियो। त्यस बखतमा त्यहाँ इस्राएलीहरू महामारीको प्रकोपमा थिए अनि जब पीनहसले ती दुइजनालाई मार्यो त्यो महामारी थामियो।
25:9b.NUM.025.009 त्यस महामारीको प्रकोपमा 24,000 मानिसहरू मरे।
25:10b.NUM.025.010 परमप्रभुले मोशालाई भन्नुभयो,
25:11b.NUM.025.011 “एलाजारको छोरो पूजाहारी हारूनको नाति पीनहासले इस्राएलका मानिसहरूलाई मेरो क्रोधबाट बचायो। उसले यो काम गर्यो किनभने ऊ मेरो सम्मानको रक्षा गर्न उत्सुक थियो। यसकारण क्रोधित हुँदा इस्राएलका मानिसहरूलाई मारे।
25:12b.NUM.025.012 यसकारण पीनहासलाई भनिदेऊ, म ऊसित शान्तिको करार राख्नेछु।
25:13b.NUM.025.013 शान्तिको सम्झौता यो होः ऊ अनि उसका आउने भावि सन्तान सदा सर्वदाको निम्ति पूजाहारीहरू भई रहनेछन्। किनभने ऊ मेरो सम्मानको रक्षा गर्न उत्सुक थियो र उसले इस्राएली मानिसहरूलाई प्रायश्चित गरायो।”
25:14b.NUM.025.014 जो व्यक्ति मिद्यानी स्त्रीसित मर्यो। त्यो थियो शिमोन कुल परिवारको प्रमुख सालूको छोरो जिम्री।
25:15b.NUM.025.015 त्यो मर्ने स्त्रीको नाम सूरकी छोरी कोजबी थिई। सूर मिद्यानी वंश घरानाको मुखिया थियो।
25:16b.NUM.025.016 परमप्रभुले मोशालाई भन्नुभयो,
25:17b.NUM.025.017 “मिद्यानी मानिसहरूसित शत्रु भई तिनीहरूलाई परास्त गर।
25:18b.NUM.025.018 किनभने छल गरेर झूटा देवता पूज्न लगाई, मिद्यानका मुखियाकी छोरी कोजबी जो पोर घटनाको कारणले इस्राएलीहरूमा महामारीले सताएको वखतमा मारिएकी थिई, यसकारण तिमीहरू तिनीहरूको शत्रु बने।”
26
26:1b.NUM.026.001 त्यो डरलाग्दो महामारी पछि परमप्रभुले मोशा र पूजाहारी हारूनको छोरो एलाजारलाई भन्नुभयो,
26:2b.NUM.026.002 “सम्पूर्ण इस्राएली मानिसहरूको समुदायमा जो बीस वर्ष अथवा वेशी उमेरका छन्। तिनीहरूलाई गन र तिनीहरूलाई लडाँईमा जान उपयुक्त हुने परिवार अनुसार सूची बनाऊ।”
26:3b.NUM.026.003 यसकारण मोशा र पूजाहारी एलाजारले तिनीहरूसित यरीहोको पारी यर्दन नदीको नजिक मोआबको मैदानमा कुरा गरे। “तिनीहरूले भने,
26:4b.NUM.026.004 “इस्राएलका सबै मानिसहरू जो बीस वर्ष भन्दा माथिको छ सबैको गन्ती गर, परमप्रभुले मोशा र इस्राएलीहरूलाई आज्ञा गर्नु भए जस्तो जो मिश्रबाट बाहिर आए।”
26:5b.NUM.026.005 रूबेन इस्राएलको जेठो छोरो हो। रूबेनका सन्तान यस प्रकारले छन्; हनोकबाट हनोकीहरूको कुलसमूह, पल्लूबाट पल्लूईहरूको कुल समूह,
26:6b.NUM.026.006 हिस्रोनबाट हिस्रोनीहरूको कुलसमूह, कर्मीबाट कर्मीहरूको कुल समूह।
26:7b.NUM.026.007 रूबेनहरूका कुलका कुलसमूह यिनीहरू नै थिए। मानिसहरूको जन संख्या 43,730 थियो।
26:8b.NUM.026.008 पल्लूका छोरो एलीआब थिए।
26:9b.NUM.026.009 एलीआबका छोराहरू नमूएल, दातान र अबीराम थिए। यी तिनै दातान र अबीराम हुन् जसलाई समुदायबाट चुने अनि तिनीहरू नै मोशा र हारूनको विरोधमा गए। जब तिनीहरूले परमप्रभुको विरोध गरे दातान र अबीराम कोरहको अनुयायीहरूको वीचमा थिए।
26:10b.NUM.026.010 अनि पृथ्वी र्चकिएर मुख बायो अनि कोरह र तिनीहरूलाई निल्यो। जब कोरहको अनुयायीहरू मरे अनि जब 250 जना मानिसहरूलाई आगोले भस्म पार्यो मानिसहरूलाई चेतावनीको निम्ति एउटा दृष्टान्त भयो।
26:11b.NUM.026.011 तर कोरहका छोराहरू मरेनन्।
26:12b.NUM.026.012 कुलसमूह अनुसार शिमोनको सन्तानहरू यी नै हुन्; नमूएलबाट नमूएलको कुलसमूह, यामीनबाट यामीनीहरूको कुलसमूह, याकीनबाट याकीनीको कुलसमूह,
26:13b.NUM.026.013 जेरहबाट जेरहीहरूको कुलसमूह, शाऊलबाट शाऊलहीहरूको कुलसमूह,
26:14b.NUM.026.014 शिमोनहरूका कुलका कुलसमूहहरू यी नै थिए। तिनीहरूमा जम्मा 22,200 मानिसहरू थिए।
26:15b.NUM.026.015 तिनीहरूको कुलसमूह अनुसार गादको कुलसमूह यस प्रकारको थियोः सपोनबाट सपोनीहरूको कुलसमूह, हाग्गैबाट हाग्गैहरूको कुलसमूह, शूनीबाट शूनीहरूको कुलसमूह,
26:16b.NUM.026.016 ओजनीबाट ओजनीहरूको कुलसमूह, एरीबाट एरीहरूको कुलसमूह,
26:17b.NUM.026.017 अरोदाबाट अरोदाहरूको कुलसमूह अरेलीबाट अरेलीहरूको कुलसमूह भए।
26:18b.NUM.026.018 गादाहरूको कुलका कुलसमूहहरू यस प्रकारका थिए र तिनीहरूको जन संख्या 40, 500 थियो।
26:21b.NUM.026.021 पेरेसका सन्तानहरू यस प्रकारका थिएः हेस्रोनबाट हेस्रोनीहरूको कुलसमूह, हमूलबाट हामूलीहरूको कुलसमूह।
26:22b.NUM.026.022 यहूदाको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जम्मा जन-संख्या 76,500 थियो।
26:23b.NUM.026.023 तिनीहरूको कुलसमूह अनुसार इस्साकारको सन्तान यस प्रकारको थियोः तोलाबाट तोलाहीहरूको कुलसमूह, पुव्वाबाट पुव्वाहीहरूको कुलसमूह।
26:24b.NUM.026.024 याशूबबाट याशूबीहरूको कुलसमूह, हिम्रोनबाट हिम्रोनीहरूको कुलसमूह।
26:25b.NUM.026.025 इस्साकारको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जनसंख्या 64,300 थियो।
26:26b.NUM.026.026 तिनीहरूको कुलसमूह अनुसार जबूलूनको सन्तान यस प्रकारको थियोः सेरेदबाट सेरेदीहरूको कुलसमूह, एलोनबाट एलोनीहरूको कुलसमूह, यहलेलबाट यहेलेलीको कुलसमूह भए।
26:27b.NUM.026.027 जबूलूनको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जनसंख्या 60,500 थियो।
26:28b.NUM.026.028 यूसुफका मनश्शे र एप्रैम नाम गरेका दुई जना छोराहरू थिए।
26:29b.NUM.026.029 मनश्शेबाट भएका सन्तानहरू यिनीहरू नै हुन् माकीरबाट माकीरी कुलसमूह, (माकीर गिलादका बाबु थिए) गिलादबाट गिलादीहरूको कुलसमूह,
26:30b.NUM.026.030 गिलादबाट भएका सन्तानहरूः ईएजरेबाट ईएजेरीहरूको कुलसमूह, हेलेकबाट हेलेकीहरूको कुलसमूह,
26:31b.NUM.026.031 अस्त्रीएलबाट अस्त्रीलीहरूको कुलसमूह, शेकेमबाट शेकेमीहरूको कुलसमूह,
26:32b.NUM.026.032 शमीदाबाट शमीदीहरूको कुलसमूह, हपेरबाट हेपेरीहरूको कुलसमूह
26:33b.NUM.026.033 सलोफाहद हेपेरका छोरो थिए। यिनीबाट कुनै छोरो जन्मेन तर छोरीहरू मात्रै जन्मे। शलोफाहदका छोरीहरू थिए महला, नोआ, होग्लाह, मिल्का अनि तिर्सा।
26:34b.NUM.026.034 मनश्शेको कुलको कुलसमूहहरू यस प्रकारको छ। तिनीहरूको जन संख्या 52,700 थियो।
26:35b.NUM.026.035 एप्रैमको कुलसमूह यस प्रकार छः शूतेलहबाट शूतेलहीहरूको कुलसमूह, बेकेरबाट बेकेरीहरूको कुलसमूह, तहनबाट तहनीहरूको कुलसमूह।
26:36b.NUM.026.036 शूतेलहका कुलसमूह यस प्रकारका थिएः एरानबाट एरानीहरूको कुलसमूह।
26:37b.NUM.026.037 एप्रैमको कुलका कुलसमूहहरू यस प्रकार थिए अनि तिनीहरू को जन-संख्या 32,500 थियो। यूसुफको कुल कुलसमूहहरू तिनीहरू नै हुन्।
26:38b.NUM.026.038 बिन्यामीनका कुलसमूहहरू यिनीहरू हुन्; बेलाबाट बेलाही कुलसमूह, अशबेलबाट अशबेलिहरूको कुलसमूह, अहीरामबाट अहीरामीहरूको कुलसमूह,
26:39b.NUM.026.039 शूपामबाट शपामीहरूको कुलसमूह हूपामबाट हुपामीहरूको कुलसमूह भए।
26:40b.NUM.026.040 अर्द र नामन बेलाका छोराहरू हुन्; अर्दबाट अर्दीहरूको कुलसमूह, नामानबाट नामानीहरूको कुलसमूह भए।
26:41b.NUM.026.041 बिन्यामीनको कुलका कुलसमूहहरू यिनीहरू नै थिए। तिनीहरूको जन-संख्या 45,600 थियो।
26:42b.NUM.026.042 दानका कुलसमूह यिनीहरू हुन्; सूहामबाट शूहामीहरूको कुलसमूह
26:43b.NUM.026.043 दानको कुलका कुलसमूहहरू यिनीहरू नै थिए अनि सबै सूहामीहरूको जन-संख्या 64,400 थियो।
26:44b.NUM.026.044 आशेरको कुलसमूहहरू यस प्रकार थिएः यिम्नाहबाट यिम्नानीहरूको कुलसमूह, यिशवी बाट यिश्वीहरूको कुलसमूह, बेरीयहबाट बेरीयाहरूको कुलसमूह,
26:45b.NUM.026.045 बेरीयाहबाट यी परिवारहरू थिएः हेबेरबाट हेबेरीहरूको कुलसमूह, मल्कीएलबाट मल्कीएहरूको कुलसमूह।
26:46b.NUM.026.046 (आशेरको सेरह नाम गरकी छोरी थिई)।
26:47b.NUM.026.047 कुलसमूह अनुसार आशेरकुलका यही कुलसमूहहरू थिए र तिनीहरूको जन-संख्या 53,400 थियो।
26:48b.NUM.026.048 कुलसमूह अनुसार नप्तालीबाट यी कुलसमूहहरू थिएः यहसेलबाट यहसेलीहरूको कुलसमूह, गुनीबाट गुनीहरूको कुलसमूह
26:49b.NUM.026.049 येसेरबाट येसेरीहरूको वशं शिल्लेमबाट शिल्लेमीहरूको कुलसमूह।
26:50b.NUM.026.050 कुलसमूह अनुसार नप्ताली कुलका कुलसमूहहरू यिनीहरू नै थिए अनि यिनीहरूको जन-संख्या 45,400 थियो।
26:51b.NUM.026.051 यसर्थ इस्राएली मानिसहरूको जन-संख्या 6,01,730 थियो।
26:52b.NUM.026.052 परमप्रभुले मोशालाई भन्नुभयो,
26:53b.NUM.026.053 “यी मानिसहरू माझ भूमि वितरण गरिन्छ र तिनीहरूलाई दिइन्छ। यसरी ती सबै गन्तीमा परेका मानिसहरू प्रत्येकले प्रशस्त भूमि पाउनेछन्।
26:54b.NUM.026.054 ठूलो परिवारले धेरै र सानो परिवारले कम्ती गरी भूमि पाउनेछन्। तिनीहरूलाई दिइएको भूमि गन्ती गरिएका मानिसहरू बराबर हुनेछ।
26:55b.NUM.026.055 तर कसले कुन इलाका पाउने हो त्यो चिठ्ठा द्वारा निर्णय गरिनेछ अनि आफ्ना पुर्खाका कुल अनुसार नाममा तिनीहरू आफ्नो इलाका निर्धारित हुनेछ।
26:56b.NUM.026.056 प्रत्येक कुल समूहको अंश चिठ्ठा द्वारा निर्धारण गरिनेछ।”
26:57b.NUM.026.057 कुलसमूह अनुसार गन्ती गरिएका लेवीकुलका कुलसमूहहरू यिनीहरू नै हुन्। गेर्शोनबाट गेर्शोनीहरूको कुलसमूह कहातबाट कहातीहरूको कुलसमूह मरारीबाट मरारीहरूको कुलसमूह भए।
26:58b.NUM.026.058 लेवी कुलको कुलसमूहहरू यी नै हुन्। लिब्नीहरूको कुलसमूह, हेब्रोनीहरूको कुलसमूह, महलीहरूको कुलसमूह, मूशीहरूको कोरहीहरूको कुलसमूह। कहात अम्रामका पिता थिए।
26:59b.NUM.026.059 अम्रामकी पत्नीको नाम योकेबेद थियो अनि तिनी लेवी कुलसमूहकी थिइन्। तिनी मिश्रदेशमा लेवी कुलमा जन्मेकी थिइन्। अनि योकेबेल आम्रामका निम्ति, हारून, मोशा र मरियमलाई जन्माईन्।
26:60b.NUM.026.060 हारून नादाब, अबीहू, एलाजार अनि इतामारका पिता थिए।
26:61b.NUM.026.061 तर नादाब र अबीहू परमप्रभुको अघि अनुमति नभएको आगोमा बलि चढाएको कारणले मरे।
26:62b.NUM.026.062 एक महीना र अधिक उमरेका पुरूष गन्दा लेवीहरूको संख्या 23,000 थियो। तिनीहरू मानिसहरूसित गनिएनन कारण तिनीहरूले इस्राएलका मानिसहरूसित भूमिमा अंश पाएनन्।
26:63b.NUM.026.063 यी मानिसहरूको गन्ती मोशा र पूजाहारी एलाजारले गरेका थिए। मोशा र एलाजार पूजाहारीले इस्राएली मानिसहरूको गन्ती यरीहोको पारी यर्दन नदीको किनार मोआबको मैदानमा गरेका थिए।
26:64b.NUM.026.064 धेरै दिन अघि सिनै मरूभूमिमा मोशा र हारूनले जुन इस्राएली मानिसहरूको गन्ती गरेका थिए तिनीहरू मरिसके अनि तिनीहरूमा कोही पनि जीवित थिएनन्।
26:65b.NUM.026.065 किन? किनभने तिनीहरू मरूभूमिमा मर्छन भनी परमप्रभुले भन्नु भएको थियो। तिनीहरू मध्ये बाँचेकाहरू हुन् यपुन्नेको छोरो कालेब र नूनको छोरो यहोशू।
27
27:1b.NUM.027.001 सेलोफादका पाँच जना छोरीहरू थिए (सेलोफा हेपेरको छोरा थिए, हेपेर गिलादका छोरा थिए, गिलाद माकीरका छोरा थिए, माकीर मनश्शेका छोरा थिए र मनश्शे यूसुफका छोरा थिए। तिनीहरूको नाम यस प्रकारको थियोः महला, नोआ होग्ला, मिल्का र तिर्सा।
27:2b.NUM.027.002 तिनीहरू भेट हुने पालमा मोशा, पूजाहारी एलाजार, नायकहरू र सारा इस्राएली समुदायको सामुन्ने उभिएर भने,
27:3b.NUM.027.003 “हाम्रा पिता मरूभूमिमा मर्नुभयो। उहाँ कोरहका अनुयायीहरू जो परमप्रभुको विरूद्धमा गए, तिनीहरूसित हुनु हुँदैन थियो। उहाँ पुत्रहीन हुनुहुन्थ्यो र आफ्नै पापले मर्नुभयो।
27:4b.NUM.027.004 उहाँको छोरो थिएन भन्दैमा किन उहाँको नाम आफ्नो वंशमा रहँदैन? हामीलाई पनि हाम्रो पिताको दाज्यू-भाईहरूको बराबरमा जमीन दिनुहोस्।”
27:5b.NUM.027.005 यसर्थ मोशाले यो मामिला परमप्रभु अघि राखे।
27:6b.NUM.027.006 परमप्रभुले मोशालाई भन्नुभयो,
27:7b.NUM.027.007 “सेलोफाकी छोरीहरूले गरेको बिन्ति न्यायसंगत छ र तिनीहरूले आफ्नो पिताको दाज्यू-भाईहरूसितै जमीनको अंश पाउनु पर्छ। यसर्थ जुन जमीन तिमीले तिनीहरूको पितालाई दिने थियौ त्यो जमीन तिनीहरूलाई देऊ।
27:8b.NUM.027.008 “इस्राएलका मानिसहरूको निम्ति यो नियम बनाएर राख, ‘यदि पुत्रहीन व्यक्ति मरे उसको सबै सम्पत्ति उसकी छोरीहरूले पाउनेछन्।
27:9b.NUM.027.009 उसकी छोरी पनि नभएको खण्ड त्यो सम्पत्ति उसको आफ्नो दाज्यू-भाईले पाउनेछ।
27:10b.NUM.027.010 फेरि यदि उसको दाज्यू-भाई नभएको खण्डमा उसको काका-बडा-बाबुले पाउनेछ।
27:11b.NUM.027.011 उसको काका-बडा-बाबुहरू पनि नभएको खण्डमा उसको सम्पत्ति आफ्नो साख्खै आफन्तहरूले पाउनेछन्। इस्राएलका मानिसहरूमा यो नियम रहन्छ। यो आज्ञा परमप्रभुले मोशालाई दिनु भएको हो।”‘
27:12b.NUM.027.012 त्यस पछि परमप्रभुले मोशालाई भन्नुभयो, “यर्दन नदीको मरूभूमिको पहाडमा जाऊ। त्यहाँ तिमीले मैले इस्राएलका मानिसहरूलाई दिन लागेको भूमि देख्नेछौ।
27:13b.NUM.027.013 त्यो भूमि देखे पछि तिम्रो दाज्यु हारून जस्तै तिमी पनि मर्नेछौ।
27:14b.NUM.027.014 किनभने, सीनैको मरूभूमिमा मानिसहरूले पानीको निम्ति मसंग माग्दा तिमीले मेरो आज्ञा उलघंन गरेका थियौ। तिनीहरूको सामुन्ने तिमीले मलाई सम्मान राखेनौ।” (यो घटना सीनै मरूभूमिमा कादेश नजिकको मरीबाको पानीहरूमा भएको थियो।)
27:15b.NUM.027.015 मोशाले परमप्रभुलाई भन्नुभयो,
27:16b.NUM.027.016 “परमप्रभु परमेश्वर हुनुहुन्छ जसले मानिसहरूले के सोचिरहेकाछन् चाल पाउनु हुन्छ। हे परमप्रभु। म प्रार्थना गर्छु कि यी मानिसहरूको निम्ति एउटा मानिस अगुवा चुनिदिनु होस्।
27:17b.NUM.027.017 म प्रार्थना गर्छु कि तपाईंले एउटा मानिस अगुवा चुनिदिनु होस् ताकि उसले यी मानिसहरूलाई यस भूमि देखि नयाँ भूमिमा अगुवाई गरेर लानेछ। त्यसो भए परमप्रभुका मानिसहरू गोठाला बिनाका भेंडाहरू जस्ता हुनेछैनन्।”
27:18b.NUM.027.018 त्यसकारण परमप्रभुले मोशालाई भन्नुभयो, “यहोशू नूनको छोरो यी मानिसहरूका नयाँ अगुवा हुनेछन्। ऊसित आत्माको ज्ञान छ तिम्रो हातहरू उसको शिर माथि राखेर उसलाई अगुवा झैं नियुक्त गर।
27:19b.NUM.027.019 तिनलाई पूजाहारी एलाजार अनि सारा मानिसहरूको अघि राख र अगुवा बनाऊ।
27:20b.NUM.027.020 “उसलाई अधिकार देऊ यसकारण इस्राएलका सम्पूर्ण समूदायले उसलाई सुन्ने छ।
27:21b.NUM.027.021 यदि यहोशूले कुनै विषयमा निर्णय लिनु परे तिनी पूजाहारी एलाजार कहाँ जानेछन् अनि एलाजारले परमप्रभुको उत्तर जान्नको निम्ति ऊरीम प्रयोग गर्नेछन्। त्यस पछि यहोशू र अन्य सबै इस्राएलीहरू परमप्रभुको आज्ञा अनुसार चल्नेछन्। यदि उहाँ भन्नुहुन्छ, ‘तिमीहरू युद्धमा जाऊ,’ तब युद्धमा जानेछन् र यदि तिमीहरू, ‘घरमा जाऊ’ भनि भन्नु हुन्छ भने, ‘तब तिनीहरू घर जानेछन्।”
27:22b.NUM.027.022 परमप्रभुको आज्ञा अनुसार मोशाले गरे। उनले यहोशूलाई इस्राएलका सारा समुदाय तथा पूजाहारीको सम्मुख उभ्याए।
27:23b.NUM.027.023 त्यसपछि यहोशू माथि मोशाले हात राखे अनि परमप्रभुले तिनलाई दिनु भएको आज्ञा दिए।
28
28:1b.NUM.028.001 परमप्रभुले मोशालाई भन्नुभयो,
28:2b.NUM.028.002 “इस्राएलका मानिसहरूलाई यो आज्ञा देऊ। मेरो बलिहरू ल्याउनु निश्चय होऊ आगो द्वारा चढाइने मेरो भोजन मिठो बासना आउने उपहार सही समयमा चढाऊ।
28:3b.NUM.028.003 अनि तिनीहरूलाई भन, “प्रत्येक दिन नियमित रूपमा एक बर्षे दुइवटा निष्खोट थुमाहरू निरन्तर होमबलि चढाउनु पर्छ।
28:4b.NUM.028.004 एउटा थुमा बिहान र अर्को एउटा घाम अस्ताइ सकेपछि तर अँध्यारो हुन अघि चढाउनु पर्छ।
28:5b.NUM.028.005 अन्नबलिको निम्ति हीनको एक पावा भद्राक्षको तेलमा मिसाएको एपको दशौं भाग मसिनो पीठो पनि चढाउनु पर्छ।”
28:6b.NUM.028.006 परमप्रभुको निम्ति मीठो वास्ना आउने बलि नियमित रूपले सीनै पर्वतमा दिन थालिएको हो।
28:7b.NUM.028.007 एउटा थुमासित हीनको एक पावा गरेर अर्घबलि पनि दिनुपर्छ। त्यो पेय उपहार चाँहि पवित्र स्थानमा परमप्रभुलाई चढाऊ।
28:8b.NUM.028.008 त्यसपछि गोधूली बेलामा दोस्रो थुमासित अन्न बलि र अर्घबलि परमप्रभुलाई सन्तुष्ट पार्न सुगन्धित वासाना आउने उपहार झैं चढाऊ।”
28:9b.NUM.028.009 “विश्रामको दिनमा पनि एक वर्षे निष्खोट दुइवटा थुमा, एपको दश खण्डको दुई खण्ड तेलमा मुछेको मसिनो पीठो अर्घबलिसित चढाऊ।
28:10b.NUM.028.010 नियमित रूपमा चढाउने गरेको दैनिकबलिसित विश्रामको दिनमा पनि होमबलि गर।” मासिक बैठक
28:11b.NUM.028.011 “प्रत्येक महीनाको पहिलो दिन वथानबाट दुइवटा जवान गोरूहरू, एउटा भेंडा एक वर्ष सातवटा थुमाहरू होमबलिमा तिमीहरूले चढाउनु पर्छ। ती सबै बलिमा चढाइएका पशुहरू एकदमै निष्खोट हुनु पर्छ।
28:12b.NUM.028.012 प्रत्येक साँढेसित तेलले मुछेको एपको दश खण्डको तीन खण्ड मसिनो पीठो अनि प्रत्येक भेडासित तेलले मुछेको एपको दश खण्डको दुई खण्ड अन्नबलिको निम्ति र
28:13b.NUM.028.013 प्रत्येक थुमासित तेलमा मुछेको एपको दश खण्डको एक खण्ड मसिनो पीठो अन्नबलिको निम्ति चढाउनु पर्छ।
28:14b.NUM.028.014 प्रत्येक गोरूको निम्ति आधा हीन दाखरस, प्रत्येक भेडाको निम्ति हीनको तीन खण्डको एक खण्ड र प्रत्येक थुमाको निम्ति हीनको चार खण्डको एक खण्ड अर्घबलि स्वरूप दाखरस चढाउनु पर्छ। वर्षको प्रत्येक महीनाको हरेक औंसीमा चढाउनु पर्ने होमबलि यही हो।
28:15b.NUM.028.015 होमबलिको अर्घबलि अतिरिक्त तिमीहरूले पापबलिको निम्ति एउटा बोका पनि चढाउनु पर्छ।
28:16b.NUM.028.016 “पहिलो महीनाको चौधौं दिन परमप्रभुको निम्ति निस्तार चाड मनाऊ।
28:17b.NUM.028.017 त्यही महीनाको पन्ध्रौं दिनमा अखमिरी रोटी सात दिन सम्म खाने शुरू हुन्छ।
28:18b.NUM.028.018 यो चाडको पहिलो दिन एउटा विशेष सभा राखियोस्। त्यसदिन तिमीहरूले केही काम गर्नु हुँदैन।
28:19b.NUM.028.019 त्यस समयमा तिमीहरूले परमप्रभुको निम्ति होमबलि चढाउनेछौ, त्यस होमबलिमा दुइवटा बहर एउटा भेंडा र सातवटा एक वर्षे थुमाहरू हुनुपर्छ। तिनीहरू सबै निष्खोट हुनु पर्छ।
28:20b.NUM.028.020 तिनीहरूसित प्रत्येक साँढेसित तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड, मसिनो पीठो, भेडासित एपाको दश खण्डको दुई खण्ड मसिनो पीठो,
28:21b.NUM.028.021 र सातवटा थुमाहरूसित प्रत्येकको एपाको दश खण्डको एक खण्ड गरी मसिनो पीठोको अन्नबलि चढउनु पर्छ।
28:22b.NUM.028.022 तिनीहरूलाई प्रायश्चित गर्नका निम्ति पापबलिको लागी एउटा बाख्रा बलि चढाउनु पर्छ।
28:23b.NUM.028.023 तिमीहरूले प्रत्येकदिन बिहान दिने बलिहरूको अतिरिक्त यी बलिहरू चढाउनु पर्छ।
28:24b.NUM.028.024 “यस्तै प्रकारले मिठो सुगन्धीत उपहार परमप्रभुलाई सन्तुष्ट तुल्याउन होमबलि र अन्नबलि चढाउनु पर्छ। बलिहरू मानिसहरूको निम्ति भोजन हुनेछ। यो बलि प्रत्येक दिन चढाइने होमबलि र अर्घबलिको अतिरिक्त हो।
28:25b.NUM.028.025 “सातौं दिन तिमीहरूले आफ्नो कुनै कार्य नगर्नु र त्यसदिन एउटा विशेष सभा राख्नु।
28:26b.NUM.028.026 “अगौटे फलहरूको दिनहरूमा, सातौ दिनका चाढहरूमा, तिमीहरूले परमप्रभुलाई नयाँ अन्नको बलि चढाउँनुपर्छ त्यस दिन तिमीहरूले एउटा पवित्र सभा बोलाउनुपर्छ। तर त्यसदिन तिमीहरूले कुनै कार्य गर्नुहुँदैन।
28:27b.NUM.028.027 तिमीहरूले परमप्रभुलाई मिठो सु-गन्धले खुशी पार्नको निम्ति दुइवटा बहर, एउटा भेडा र सातवटा एक वर्षे थुमाहरू होमबलि चढाउनु पर्छ।
28:28b.NUM.028.028 प्रत्येक बाछासित तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड मसिनो पीठो भेडासित एपाको दश खण्डको दुई खण्ड मसिनो पीठो,
28:29b.NUM.028.029 अनि सातवटा थुमाहरू प्रत्येकको निम्ति एपाको दश खण्डको एक खण्ड मसिनो पीठो अन्नबलि चढाउनु पर्छ।
28:30b.NUM.028.030 तिमीहरूको प्रायश्चितको निम्ति एउटा बोको पनि बलि चढाउनु।
28:31b.NUM.028.031 तिमीहरूले नित्य चढाउने होमबलि र अन्नबलि वाहेक यी बलिहरू र अर्घबलि पनि चढाउनु पर्छ। बलि चढाइने पशुहरू एकदमै निष्खोट हुनु पर्छ।
29
29:1b.NUM.029.001 “सातौं महीनाको पहिलोदिन तिमीहरूको निम्ती एउटा विशेष सभा डाकिनु पर्छ। त्यस दिन तिमीहरूले कुनै अरू परिश्रम गर्नु हुँदैन। त्यो दिन तिमीहरूको निम्ति तुरही बजाउने दिन हुन्छ।
29:2b.NUM.029.002 तिमीहरूले एउटा बाछा बथानबाट, एउटा भेडा र सातवटा एक वर्षे थुमाहरू परमप्रभुलाई मिठो सुगन्ध दिने होमबलि चढाउने छौ। यी पशुहरू सबै निष्खोट हुनुपर्छ।
29:3b.NUM.029.003 परमप्रभुलाई अन्नबलिको निम्ति तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड मसिनो पीठो साँढेसित, एपाको दश खण्डको दुई खण्ड भेडासित,
29:4b.NUM.029.004 अनि एपाको दश खण्डको एक खण्ड गरी सातवटा थुमाहरूमा प्रत्येक थुमाहरूसित चढाउनु पर्छ।
29:5b.NUM.029.005 तिमीहरूले एउटा बाख्रा तिम्रो पाप प्रायश्चित गर्नका निम्ति बलि चढाउ।
29:6b.NUM.029.006 ती औसीको बलिहरू प्रत्येक महिनाको निम्ति चढाइने बलिहरू र तिनीहरूको साथमा चढाइने अन्नबलि, प्रत्येक दिन चढाइने बलिहरू र तिनीहरूको साथमा चढाइने अन्नबलि तथा अर्घबलि देखि वाहेक हुन्। यी बलिहरू नियम रूपमा हुनु पर्छ र यी बलिहरू आगोद्वारा चढाइनु पर्छ र सुगन्धले परमप्रभुलाई आनन्द तुल्याउनेछ।
29:7b.NUM.029.007 “सातौं महीनाको दशौं दिन त्यहाँ तिमीहरूको निम्ति एउटा विशेष सभा हुनेछ। त्यस दिन तिमीहरू उपवास बस्नु पर्छ अनि कुनै काम गर्नु हुदैन।
29:8b.NUM.029.008 परमप्रभुको निम्ति मगमग सुगन्धित वास्नाको रूपमा एउटा बाछा एउटा भेडा अनि सातवटा एक वर्षे थुमाहरू होमबलिमा चढाइनुपर्छ। ती पशुहरूमा कुनै प्रकारको खोट रहनु हुँदैन।
29:9b.NUM.029.009 अनि तिमीहरूले त्यो होमबलिको साढेसित तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड मसिनो पीठो, भेडासित एपाको दश खण्डको दुई खण्ड तेलमा मुछेको मसिनो पीठो,
29:10b.NUM.029.010 अनि सातवटा थुमाहरूमा प्रत्येकको एपाको दश खण्डको एक खण्ड तेलमा मुछेको मसिनो पीठो चढाउनुपर्छ।
29:11b.NUM.029.011 पापबलिको निम्ति तिमीहरूले एउटा बोका पनि चढाउनुपर्छ। यो बलि चाँहि प्रायश्चित बलिको अतिरिक्त हो र नियमित रूपले चढाएको दैनिक अन्नबलि र अर्घबलिको पनि अतिरिक्त हो।
29:12b.NUM.029.012 “सातौं महिनाको पन्ध्रौं दिन तिमीहरूले एउटा विशेष सभा राख्नु अनि त्यसदिन कुनै दैनिक काम नगर्नू। परमप्रभुको सम्मानमा सात दिनसम्म उत्सव मनाउनू।
29:13b.NUM.029.013 तिमीहरूले बथानबाट तेह्रवटा बहर गोरू दुइवटा भेडा र एक वर्षे चौधवटा थुमाहरू परमप्रभुको निम्ति मगमग सुगन्धित वास्ना बनाउनलाई होमबलि चढाउनुपर्छ। यी पशुहरू निष्खोट हुनुपर्छ।
29:14b.NUM.029.014 यो होमबलिसित एपाको दश खण्डको तीन खण्ड तेलसित मुछेको मसिनो पीठो प्रत्येक जवान साँढेसित एपाको दश खण्डको दुई खण्ड तेलसित मिसिएको मसिनो पीठो प्रत्येक भेडासित
29:15b.NUM.029.015 र प्रत्येक थुमासित एपाको दश खण्डको एक खण्ड तेलसित मुछेको मसिनो पीठो होमबलि चढाउनु पर्छ।
29:16b.NUM.029.016 यसैसित पापबलिको निम्ति एउटा पाठो पनि चढाउनुपर्छ। यो नित्य चढाइने होमबलि र अन्नबलिको अतिरिक्त हो।
29:17b.NUM.029.017 “उत्सवको दोस्रो दिन तिमीहरूले बाह्रवटा बहर गोरू, दुइवटा भेडाहरू र एक वर्षे चौधवटा थुमाहरू बलि चढाउनुपर्छ। यी बलि दिइने पशुहरूमा कुनै खोट नहोस्।
29:18b.NUM.029.018 तिमीहरूले यी साँढे, भेडाहरू तथा थुमाहरूसित यिनीहरूको तोकिएको संख्या अनुसार सही परिमाणको अन्नबलि तथा अर्घबलि पनि चढाउनु पर्छ।
29:19b.NUM.029.019 तिमीहरूले पापबलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि र यससित चढाइने अन्नबलि र अर्घबलिको अतिरिक्त हो।
29:20b.NUM.029.020 “उत्सवको तेस्रो दिन तिमीहरूले एघारवटा बहर गोरू, दुइवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनुहुँदैन।
29:21b.NUM.029.021 तिमीहरूले यी बहर, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि अर्घबलि पनि सही परिमाणमा चढाउनु पर्छ।
29:22b.NUM.029.022 पाप बलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि र त्यससित चढाइने अन्न बलि तथा अर्घबलिको अतिरिक्त हो।
29:23b.NUM.029.023 “उत्सवको चौथो दिन तिमीहरूले दशवटा बहर गोरू, दुइवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन।
29:24b.NUM.029.024 तिमीहरूले यी बहर गोरू, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउँनुपर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणमा चढाउनुपर्छ।
29:25b.NUM.029.025 पापबलिको निम्ति एउटा वोको पनि चढाउनुपर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि र त्यससित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो।
29:26b.NUM.029.026 “उत्सवको पाँचौदिन तिमीहरूले नौवटा बाछा, दुइवटा भेडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन।
29:27b.NUM.029.027 तिमीहरूले यी बाछा, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणमा चढाउनु पर्छ।
29:28b.NUM.029.028 पापबलिको निम्ति एउटा बोका पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि र त्यससित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो।
29:29b.NUM.029.029 “उत्सवको छौंटौं दिन तिमीहरूले आठवटा बाछा, दुइवटा भेडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी बलि चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन।
29:30b.NUM.029.030 तिमीहरूले यी बाछा, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणको चढाउने पर्छ।
29:31b.NUM.029.031 पापबलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि, त्यससित चढाइने अन्नबलि तथा पेयबलिको अतिरिक्त हो।
29:32b.NUM.029.032 “उत्सवको सातौं दिन तिमीहरूले सातवटा बाछा, दुइवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। यी बलि चढाइने पशुहरू निष्खोट हुनु पर्छ।
29:33b.NUM.029.033 तिमीहरूले यी बाछा, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउन पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणको चढाउनु पर्छ।
29:34b.NUM.029.034 पाप-बलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि, त्यसित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो।
29:35b.NUM.029.035 “उत्सवको आठौं दिनमा एउटा विशेष सभा हुनेछ। त्यस दिन तिमीहरूले परिश्रमको कार्य गर्नुहुँदैन।
29:36b.NUM.029.036 त्यस दिन तिमीहरूले परमप्रभुलाई मीठो वास्नाले खुशी तुल्याउनको निम्ति एउटा बाछा, एउटा भेडा र सातवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। ती बलि चढाइने पशुहरूमा कुनै खोट हुनुहुँदैन।
29:37b.NUM.029.037 यी बाछा, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणको चढाउनुपर्छ।
29:38b.NUM.029.038 तिमीहरूले पाप बलिको निम्ति एउटा बोको पनि चढाउनुपर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि, त्यससित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो।
29:39b.NUM.029.039 “विशेष उत्सवहरूमा होमबलि, अन्नबलि, अर्घबलि तथा मेलबलि तिमीहरूले परमप्रभुलाई चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउनु खोजेको कुनै विशेष बलि तथा कुनै भाकल बलिको अतिरिक्त हो।”
29:40b.NUM.029.040 परमप्रभुले मोशालाई आज्ञादिनुभए अनुसार तिनले सबै कुराहरू इस्राएली मानिसहरूलाई बताए।
30
30:1b.NUM.030.001 मोशाले इस्राएलीहरूका कुलनायक व्यक्तिहरूलाई भने परमप्रभुले आज्ञा गर्नु भएको कुराहरू यही हुन्;
30:2b.NUM.030.002 “जब एकजना व्यक्तिले परमप्रभुलाई केही चढाउँछु भनी विशेष शपथ गर्छ अथवा परमप्रभुको नाममा केही गर्छु भनी वाचा बन्धन गर्छ भने उसले त्यो शपथ अथवा वाचा बन्धन खेर फाल्नु हुँदैन। उसको मुखबाट निस्केको वचन पुरा गर्नै पर्छ।
30:3b.NUM.030.003 “तर केही जवान स्त्री तिनको बाबुको घरमा रहँदा नै परमप्रभुलाई केही चढाउँछु भनी विशेष भाकल गरेकी छे अथवा परमप्रभुको नाममा केही गर्छु भनी वाचा बन्धन खाएकी भए।
30:4b.NUM.030.004 र उसको बाबुले सुनेर पनि केही आफ्त्ति नगरे उसले त्यो आफ्नो भाकल अथवा वाचा बन्धन पुरा गर्नैपर्छ।
30:5b.NUM.030.005 तर यदि तिनका बाबुले यसको बारेमा सुने भने र उनलाई त्यसो गर्नबाट रोके भने, उनले प्रतिज्ञा गरेको कुरा पूरा गर्नु पर्दैन। किनभने उनको बाबुले उनलाई मनाही गरे र परमप्रभुले उनलाई क्षमा दिनेछन्।
30:6b.NUM.030.006 “अनि यदि तिनी एउटा पतिसित विवाह गरेकी छिन् अनि यस्तो केही गर्ने शपथ अथवा प्रतिज्ञा बनाइन् भने।
30:7b.NUM.030.007 अनि यदि तिनका पतिले यस विषयमा सुनेर र तिनलाई रोक्दैनन् भने, तिनले तिनका भाकलहरू अथवा वाचाहरू गर्नु पर्छ।
30:8b.NUM.030.008 तर उसको लोग्नेले कुनै दिन चाल पाएर विरोध गरे उसको भाकल अथवा वाचा बन्धन भङ्ग हुन्छ अनि परमप्रभुले पनि उसलाई क्षमा दिनुहुन्छ।
30:9b.NUM.030.009 “विधवा अथवा आफ्नो पतिसित छुटानाम गरेकी स्त्रीले प्रत्येक भाकल वा शपथ पूरा गर्नु नै पर्छ।
30:10b.NUM.030.010 “तर कुनै विवाह भएकी स्त्रीले आफ्नो पतिको घरमा आएर भाकल गर्छे वा वाचा बन्धन खान्छे
30:11b.NUM.030.011 अनि उसको लोग्नेले चाल पाएर पनि कुनै विरोध नगरे तब उसको सबै शपथ वा वाचा बन्धन पूरा गर्नुपर्छ।
30:12b.NUM.030.012 तर यदि उसको लोग्नेले चाल पाएर उसले विरोध गरे उसको शपथ वा वाचा बन्धन त्यहीं अवैद्ध हुन्छ। उसको लोग्नेले विरोध गरेकोले परमप्रभुले उसलाई क्षमा गर्नुहुनेछ।
30:13b.NUM.030.013 पतिले उसकी पत्नीलाई उसको विरोध गरेर भङ्ग पनि गराउनु सक्छ।
30:14b.NUM.030.014 यदि पत्नीले गरेको शपथ वा खाएको वाचा बन्धनको विषय लोग्नेले चाल पाएर पनि त्यस दिन विरोध नगरे त्यस स्त्री आफ्नो शपथ वा वाचा बन्धनको प्रत्येक चीज पूरा गर्नु पर्छ। कारण उसले चाल पाएर पनि विरोध गरेको छैन।
30:15b.NUM.030.015 तर पत्नी गरेको शपथ वा वाचा बन्धन चाल पाएर पतिले भङ्ग गरी दिन्छ भने शपथ वा वाचा बन्धन भङ्ग गरिदिएकोमा उत्तरदायी तिनको लोग्ने हुनेछ।”
30:16b.NUM.030.016 लोग्ने-पत्नी तथा विवाह पूर्व आफ्नो आमा-बाबुको घरमा बसेकी जवान केटीको विषयमा परमप्रभुले मोशालाई दिनु भएको नियमहरू यिनीहरू नै हुन्।
31
31:1b.NUM.031.001 परमप्रभुले मोशालाई भन्नुभयो,
31:2b.NUM.031.002 “मिद्यानीहरूले इस्राएलीहरू माथि गरेको अन्यायमा तिनीहरूलाई दण्ड देऊ। त्यस पछि, मोशा, तिमी तिम्रा पिता-पुर्खाहरूसित मिल्न जानेछौ।”
31:3b.NUM.031.003 यसर्थ मोशाले मानिसहरूलाई यसो भने, “मिद्यानीहरूसित बद्ला लिन युद्ध गर्नको निम्ति तिमीहरूले आफ्नो मानिसहरूबाट सेनाहरू तयार पार।
31:4b.NUM.031.004 इस्राएलीहरूको प्रत्येक कुलबाट एक हजार मानिसहरू निकाल्नु पर्छ।
31:5b.NUM.031.005 इस्राएलीहरूको बाह्र कुलहरूबाट बाह्र हजार सेनाहरू हुनेछन्।”
31:6b.NUM.031.006 मोशाले बाह्र हजार इस्राएलीहरू युद्धमा पठाए। तिनले पूजाहारी एलाजारको छोरो पीनहासलाई पनि तिनीहरूसित पठाए। पीनहासले आफूसित पवित्र चीजहरू युद्ध-ध्वनी तथा तुरहीहरू लिएर गए।
31:7b.NUM.031.007 परमप्रभुको आज्ञा बमोजिम इस्राएली सेनाहरू मिद्यानी मानिसहरू विरूद्ध लडे। तिनीहरूले त्यस अञ्चलमा भएका प्रत्येक मिद्यानी पुरूषलाई मारे।
31:8b.NUM.031.008 तिनीहरूले एवी, रेकेम, सूर, हूर र रेर्वा गरी पाँच जना मिद्यानी राजाहरू मारिदिएर बोरको छोरो बिलामलाई पनि तिनीहरूले मारे।
31:9b.NUM.031.009 इस्राएली मानिसहरूले मिद्यानी स्त्रीहरूलाई र बाल-बच्चाहरूलाई कैद गरे अनि तिनीहरूको सबै सम्पत्ति, सबै गाई-वस्तु तथा भेडाहरू पनि लगे।
31:10b.NUM.031.010 तिनीहरूले मिद्यानीहरूको गाँउ-वस्ती तथा शहरहरू पनि जलाई दिए।
31:11b.NUM.031.011 इस्राएलीहरूले तिनीहरूको मानिस तथा पशुहरू मोशा, पूजाहारी एलाजार अनि
31:12b.NUM.031.012 इस्राएली अरू मानिसहरूकहाँ ल्याए। युद्धमा तिनीहरूले जे जति लिए सबै इस्राएलीहरूको छाउनीमा ल्याए। इस्राएली मानिसहरूको छाउनी मोआबको यर्दन बेंसीमा थियो। त्यो यरीहोदेखि पारी यर्दन नदीको पूर्वपट्टि थियो।
31:13b.NUM.031.013 तब मोशा पूजाहारी एलाजार तथा इस्राएली प्रमुख व्यक्तिहरू छाउनीबाट बाहिर ती सेनाहरूलाई भेट्न गए।
31:14b.NUM.031.014 मोशा इस्राएली एक हजार सेनाका सेनापति र एक सय सेनाका सेनापतिहरूसित जो युद्धबाट फर्केका थिए अत्यन्तै क्रोधित भएका थिए।
31:15b.NUM.031.015 मोशाले तिनीहरूलाई भने, “यी स्त्रीहरूलाई तिमीहरूले किन जिउँदो राख्यौ?
31:16b.NUM.031.016 छुट्टानाम भएका स्त्रीहरूले बिलामको उपदेश अनुसार इस्राएलीका मानिसहरूलाई यी स्त्रीहरूले परमप्रभु देखि टाढा गराउन प्रभावित गराएका थिए। यही कारणले मानिसहरूमा विपत्ति पनि आइलागेको थियो।
31:17b.NUM.031.017 यसकारण ती सबै बालकहरूलाई मार र ती पुरूषहरूसित सहवास भएका सबै स्त्रीहरूलाई मार।
31:18b.NUM.031.018 तर शारीरिक सम्बन्ध नगरेका कन्ये केटीहरूलाई तिमीहरूको निम्ति राख।
31:19b.NUM.031.019 तिमीहरू सात दिन सम्म छाउनी बाहिर रहनु पर्छ। तिमीहरू मध्ये प्रत्येक व्यक्ति अथवा तिमीहरूका कैदीहरू जसले कुनै व्यक्तिलाई मारेको छ अथवा मरेको लाश छोएकोछ उसले आफैंलाई तेस्रो दिन र सातौं दिनमा शुद्ध पार्नुपर्छ।
31:20b.NUM.031.020 तिमीहरूले प्रत्येक लुगा, छालाले बनिएको प्रत्येक चीज, बाख्राको भुत्लाले बनिएको प्रत्येक चीज तथा काठले बनिएको प्रत्येक चीज सबै शुद्ध पार्नुपर्छ।”
31:21b.NUM.031.021 त्यसपछि पूजाहारी एलाजारले युद्धमा गएका सबै सेनाहरूलाई भने, “परमप्रभुले मोशालाई यस्तो आज्ञा गर्नु भएको छ,
31:22b.NUM.031.022 सुन, चाँदी, काँसो, फलाम, जस्ता र सीसा चीजहरू
31:23b.NUM.031.023 आगोलाई प्रतिरोध गर्ने प्रत्येक कुरालाई आगो प्रयोग गरेर शुद्ध पार्नु पर्छ अनि यसलाई शुद्धीकरणको पानीले शुद्ध गर्नुपर्छ, तब यो शुद्ध हुनेछ। तिमीहरूले प्रत्येक कुरालाई पानीसित अवश्यै शुद्ध गर्नु पर्छ त्यो आगोले प्रतिरोध गर्ने सकिदैन।
31:24b.NUM.031.024 सातौं दिनमा आफ्नो लुगा-फाटाहरू धुनु पर्छ अनि तिमीहरू शुद्ध हुनेछौ। त्यसपछि तिमीहरू छाउनीभित्र पस्नू।”
31:25b.NUM.031.025 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो,
31:26b.NUM.031.026 “पूजाहारी एलाजार सारा समुदायका प्रधानहरू र तिमीले सबै कैदीहरू, पशुहरू र सेनाहरूले युद्धबाट ल्याएका सबै चीजहरू गन।
31:27b.NUM.031.027 तब युद्धमा गएका सेनाहरू र अरू बाँकी इस्राएली मानिसहरू माझ भाग लगाऊ।
31:28b.NUM.031.028 मानिस, गाई-वस्तु, भेडा र गधा यी सब सेनाहरूले युद्धबाट ल्याएका प्रत्येक पाँच सय चीजहरूबाट परमप्रभुको निम्ति एउटा कर हिसाबमा राख।
31:29b.NUM.031.029 तिनीहरूको अशंको आधा अंश यी चीजहरू लिएर परमप्रभुको निम्ति भेटी स्वरूप पूजाहारी एलाजारलाई देऊ।
31:30b.NUM.031.030 प्रत्येक पचास चीजहरूबाट (जो मानिसहरू गाइहरू, गधाहरू, भेडा र अन्य पशुहरूलाई समिलित गर्छ) आधा भाग इस्राएलीहरूलाई दिएकाबाट एउटा लिएर लेवीहरूलाई देऊ जसले परमप्रभुको पवित्र पालको हेर चाह गर्छ।”
31:31b.NUM.031.031 परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार मोशा र पूजाहारी एलाजारले इस्राएली सेनाहरूले युद्धबाट ल्याएका समानहरू वितरण गरे।
31:32b.NUM.031.032 इस्राएली सेनाहरूले युद्धबाट यी पशु र मानिसहरू ल्याएका थिएः भेडा 6,75,000,
31:33b.NUM.031.033 गाई-गोरू 72,000,
31:34b.NUM.031.034 गधा 61,000 अनि
31:35b.NUM.031.035 स्त्रीहरू 32,000। यी स्त्रीहरू हुन् जसले पुरूषसित शारीरिक सम्बन्ध राखेका थिएनन्।
31:36b.NUM.031.036 ती सेनाहरू जो युद्धमा गएका थिए तिनीहरूले 3,37,500 भेडाहरू पाए।
31:37b.NUM.031.037 तिनीहरूले आफ्नो भागबाट 675 वटा भेडाहरू परमप्रभुलाई चढाए।
31:38b.NUM.031.038 तिनीहरूले पाएका 36,000 गाई-गोरूहरूबाट परमप्रभुलाई 72 वटा कर हिसाबमा चढाए।
31:39b.NUM.031.039 तिनीहरूले 30,500 गधाहरू पाए र यसबाट परमप्रभुलाई 61 वटा कर हिसाबमा चढाए।
31:40b.NUM.031.040 तिनीहरूले 16,000 स्त्रीहरू पाए र यसबाट परमप्रभुलाई 31 जना कर हिसाबमा चढाए।
31:41b.NUM.031.041 परमप्रभुले मोशालाई भन्नु भए झैं मोशाले यी सब उपहारहरू परमप्रभुको निम्ति पूजाहारी एलाजारलाई दिए।
31:42b.NUM.031.042 युद्धमा गएका सेनाहरूले ल्याएको सम्पत्तिबाट मोशाले बाँडेको इस्राएली मानिसहरूको आधा भाग यस्तो थियोः
31:43b.NUM.031.043 भेडा 3,36,500,
31:44b.NUM.031.044 गाई-गोरू 36,000,
31:45b.NUM.031.045 गधा 30,500,
31:46b.NUM.031.046 स्त्रीहरू 16,000।
31:47b.NUM.031.047 यसरी इस्राएली मानिसहरूको भागमा परेका पशु र मानिसहरूबाट प्रत्येक पचासमा एउटा गरी लिएर मोशाले परमप्रभुको पवित्र पालको रक्षा गर्ने लेवीहरूलाई दिए। परमप्रभुको आज्ञा बमोजिम मोशाले यसो गरे।
31:48b.NUM.031.048 त्यसपछि एक हजार इस्राएली सेनाका कप्तानहरू र एक सय सेनाका कप्तानहरू मोशाकहाँ आए।
31:49b.NUM.031.049 तिनीहरूले मोशालाई भने, “हामी तपाईंका सेवकहरूले हाम्रा अधीनमा रहेका सबै सेनाहरू गन्यौ तिनीहरू मध्ये हामीले कसैलाई पनि गुमाएनौं।
31:50b.NUM.031.050 हामीले सुनका चीजहरूः पैरा, बाला, छाप, औंठी, कुण्डल र बाजूहरू त्यो हामीले हाम्रो परमप्रभुलाई उपहार जस्तै परमप्रभूको अघि हाम्रो आफ्नै प्रायश्चितको निम्ति चढायौ।”
31:51b.NUM.031.051 मोशा र एलाजारले तिनीहरूबाट सुनको गहनाहरू थापे।
31:52b.NUM.031.052 ती सबै एक हजार सेनाहरूका र एक सय सेनाहरूका कप्तानहरूले चढाएको सुनको ओजन 16,750 शेकेल थियो।”
31:53b.NUM.031.053 सेनाहरू मध्ये प्रत्येकले आफ्नो निम्ति केही चीजहरू लिएका थिए।
31:54b.NUM.031.054 यसर्थ मोशा र पूजाहारी एलाजारले परमप्रभु अघि इस्राएली मानिसहरूको स्मृति चिन्ह स्वरूप ती सुनको गहनाहरू एक हजार र एक सय सेनाहरूका कप्तानहरूबाट लिएर भेट हुने पालमा राखे।
32
32:1b.NUM.032.001 रूबेन र गाद वंशका मानिसहरूको धेरै धेरै गाई-वस्तुहरू थिए। यसर्थ जब तिनीहरूले याजेर र गिलादको भूमि देखे तिनीहरूले ती ठाँउहरू पशुपालनको निम्ति उपयुक्त सम्झे।
32:2b.NUM.032.002 यसर्थ रूबेन र गाद कुलका मानिसहरू मोशा, पूजाहारी एलाजार तथा इज्राएली मानिसहरूको प्रधानहरूकहाँ गई भने,
32:3b.NUM.032.003 “अतारोत, दीबोन, याजेर, निम्रा, हेसबोन, एलाले, सबाम, नबो अनि बओन
32:4b.NUM.032.004 जुन भूमि परमप्रभुले इस्राएली मानिसहरूको निम्ति जित्नु भएको थियो, ती भूमिहरू पशु पालनको निम्ति उचित रहेकोले र हामी तपाईंको सेवकहरूकहाँ गाई-वस्तु धेरै भएकोले।
32:5b.NUM.032.005 यदि तपाईं हामीसित खुशी हुनुहुन्छ भने ती भूमिहरू हामीलाई दिइयोस्। हामी यर्दन नदी पारी जानु नपरोस्।”
32:6b.NUM.032.006 मोशाले रूबेनका मानिसहरू र गादका कुल समूहलाई भने, “तिमीहरूका दज्यू-भाइहरू युद्धमा जानु पर्छ। जब तिमीहरू यहाँ सदा सर्वदा बस्दा?”
32:7b.NUM.032.007 यर्दन नदी पारी परमप्रभुले तिनीहरूलाई दिन चहानु भएको भूमिमा जानलाई किन तिमीहरू इस्राएली मानिसहरूलाई निरूत्साहित पार्न चेष्टा गरिरहेकाछौ?
32:8b.NUM.032.008 तिमीहरूका बाबुहरूले पनि त्यसै गरेका थिए जति बेला मैले तिनीहरूलाई कादेश-बर्नेबाट त्यो भूमिको जाँच गर्न पठाएको थिएँ।
32:9b.NUM.032.009 तिनीहरू एश्कोल बेंसी सम्म पुगे अनि त्यो भूमिको निरीक्षण पनि गरे तर तिनीहरूले इस्राएलका मानिसहरूलाई परमप्रभुले दिनु भएको भूमिमा जान हतोत्साहित बनाए।
32:10b.NUM.032.010 यसर्थ ती मानिसहरूसित परमप्रभु रिसाउनु भयो र शपथ गर्नु भयो कि,
32:11b.NUM.032.011 ‘बीस अनि बीस भन्दा वेशी उमेर पुगेका मानिसहरू जो मिश्रबाट आएका छन् तिनीहरूलाई मैले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी शपथ गरेको भूमि देख्न पाउने छैनन्।
32:12b.NUM.032.012 किनभने कनज्जी, यपून्नेका छोरो कालेब र नूनको छोरो यहोशू बाहेक तिनीहरू कसैले पनि मलाई पूर्ण रूपले विश्वास गरेनन्। यपून्नेका छोरो कालेब र नूनको छोरो यहोशूले मात्र मलाई विशवास गरे।’
32:13b.NUM.032.013 “इस्राएली मानिसहरूसित परमप्रभु क्रोधित हुनुभयो र उहाँको नजरमा ती मानिसहरू जसले दुष्टता देखाएका थिए सबै नष्ट नहोउञ्जेल चालीस वर्ष सम्म उहाँले तिनीहरूलाई मरूभूमिमा यता उता डुलाउनु भयो।
32:14b.NUM.032.014 हे पापिष्टका सन्तानहरू हो। तिमीहरू इस्राएली मानिसहरूमाथि परमप्रभुको क्रोध पार्न तिमीहरूले आफ्ना पुर्खाहरूको जग्गा ओगटेका छौ।
32:15b.NUM.032.015 यदि तिमीहरूले उहाँलाई पछ्याउन छाडे इस्राएली मानिसहरूलाई उहाँले यही मरूभूमिमा नै त्याग्नु हुनेछ र तिमीहरूले सबै मानिसहरूलाई ध्वंश पार्नेछौ।”
32:16b.NUM.032.016 तर रूबेन र गाद कुलका मानिसहरू मोशाकहाँ गएर भने, “हामी यहाँ आफ्नो गाई वस्तुहरूको निम्ति गोठ तथा जहान बाल-बच्चाहरूको निम्ति शहर तयार पार्छौ।
32:17b.NUM.032.017 तब यहाँ भएका मानिसहरूबाट हाम्रा नानीहरूको बचाऊ हुन्छ। तर हामी अन्य इस्राएली मानिसहरूलाई सर्हषसाथ उनीहरूको भूमिमा पुर्याउन सहायता गर्छौ।
32:18b.NUM.032.018 जबसम्म ती मानिसहरूले आफ्नो-आफ्नो हिस्साको भूमि पूरै दखलमा गर्दैनन तबसम्म हामी आफ्नो घर फर्केर आउने छैनौं।
32:19b.NUM.032.019 यर्दन नदी पारिको जमीन हामी लिने छैनौ कारण हाम्रा जमीन यर्दन नदी वारि पूर्व पट्टि नै हुनेछ।”
32:20b.NUM.032.020 तब मोशाले तिनीहरूलाई भने, “यदि तिमीहरू यी सब कामहरू गर्छौ भने यो भूमि तिमीहरूकै हुन्छ। तर तिमीहरूका सेनाहरू परमप्रभु सम्मुख युद्धमा जानै पर्छ।
32:21b.NUM.032.021 तिमीहरूका सेनाहरूले यर्दन नदी पार गरी शत्रुहरूलाई बलपूर्वक त्यो भूमिबाट निकाल्नु नै पर्छ।
32:22b.NUM.032.022 तिमीहरू त्यति बेला आफ्नो घर फर्कनु सक्छौ जब परमप्रभुले हामीलाई पूरा भूमि लिन सहायता गर्नु हुन्छ। तब परमप्रभु र इस्राएलका मानिसहरूले तिमीहरूलाई दोषी ठराउदैनन्। परमप्रभुले तिमीहरूलाई तिमीहरूको भूमि ग्रहण गर्न दिनु हुन्छ।
32:23b.NUM.032.023 तर यदि तिमीहरूले यी कामहर गरेनौ भने तिमीहरू परमप्रभुको इच्छा विरूद्ध पाप गर्नेछौ र तिमीहरू निश्चय जान्दछौ कि तिमीहरूले त्यो पापको निम्ति दण्ड पाउनेछौ।
32:24b.NUM.032.024 गाई-वस्तुहरूको निम्ति गोठ र बाल-बच्चाहरूको निम्ति शहरहरू बनाऊ, तर याद गर कि तिमीहरूले आफ्नो प्रतिज्ञा पूरा गर्नुपर्छ।”
32:25b.NUM.032.025 त्यसपछि रूबेन गाद कुलका मानिसहरूले मोशालाई भने, “हामी तपाईंका सेवक हौं, हजूर हाम्रा मालिक हुनुहुन्छ र हजूरले भन्नु भएको काम हामी निश्चय गर्नेछौं।
32:26b.NUM.032.026 हाम्रा जहान बाल-बच्चाहरू र गाई-वस्तुहरू यही गिलाद शहरमा रहनेछ।
32:27b.NUM.032.027 तर हामी हजूरका दासहरू, जस्तो मालिकको हुकुम हुन्छ परमप्रभुको अघिबाट यर्दन नदी पार गरी युद्धमा जानेछौं।”
32:28b.NUM.032.028 तब मोशा, पूजाहारी एलाजारले आज्ञा दिए, नूनको छोरो यहोशू अनि इस्राएली मानिसहरूका प्रधानहरूले तिनीहरूलाई आदर गर्नेछ।
32:29b.NUM.032.029 मोशाले तिनीहरूलाई भने, “गाद र रूबेनका मानिसहरू यर्दन नदी पार गरी परमप्रभुको अघिबाट हिंड्दै युद्धमा जानेछन् र तिमीहरूलाई भूमि दखल गर्नु सहायता गर्नेछन्। अनि तिमीहरूले तिनीहरूलाई गिलादको भूमि तिनीहरूकै भाग पार्न दिनेछौ।
32:30b.NUM.032.030 तर यदि तिनीहरू तिमीहरूसित युद्धमा गएनन् भने, तिनीहरूले कनान भूमिमा तिमीहरूसित उत्तराधिकार भाग मात्र पाउने छन्।”
32:31b.NUM.032.031 गाद र रूबेनका मानिसहरूले उत्तर दिए, “परमप्रभुबाट जो आज्ञा हुन्छ त्यो पूरा गर्न हामी प्रतिज्ञा गर्छौ।
32:32b.NUM.032.032 हामी यर्दन नदी पार गरी परमप्रभुको अघिबाट हुँदै कनानको भूमिमा जानेछौ। अनि हाम्रो भूभाग यर्दन नदीको पूर्व भाग हुनेछ।”
32:33b.NUM.032.033 यसकारण मोशाले त्यो भूमि गादका मानिसहरू रूबेनका मानिसरू अनि मनश्शेका आधा कुल समूहहरूलाई दिए। (मनश्शे यूसुफका छोरा थिए।) त्यो भूमि एमोरीहरूको राज्य सीहोन र ओगका राज्य, बशानका राजा सम्मिलित हुन्छ। त्यो भूमिमा वरिपरिका सबै शहरहरू सम्मिलित भए।
32:34b.NUM.032.034 गादका मानिसहरूले दीबोन, अतारोत, अरोएर शहरहरू बनाए।
32:35b.NUM.032.035 अतारोत-शोपान, याजेर, योगबहा,
32:36b.NUM.032.036 बेत-निम्रा, अनि बेथारान जुन चाहि सुरक्षित शहरहरू थिए अनि तिनीहरूको झुण्डको निम्ति भेडाको खोरहरू निर्माण गरेका थिए।
32:37b.NUM.032.037 रूबेनका कुलले हेशबोन, एलाले, किर्यातैम,
32:38b.NUM.032.038 नबो, बालमोन र सिब्मा यसलाई नयाँ बनाए। तिनीहरूले नेबो र बालमोन नाम परिवर्त्तन गरिदिए अनि तिमीहरूले शहरहरूलाई आफ्नै नाम दिए जुन तिनीहरूले निमार्ण गरेका थिए।
32:39b.NUM.032.039 मनश्शेका छोरो माकीरको वंशका मानिसहरू गिलाद गए। तिनीहरूले एमोरीहरूका शहरहरु जिते र त्यही बसे।
32:40b.NUM.032.040 यसकारण मनश्शेका छोरो माकीरलाई मोशाले गिलाद दिए अनि तिनीहरू त्यही स्थायी भई बसे।
32:41b.NUM.032.041 मनश्शे कुलका याईर गई त्यहाँका साना साना शहरहरू जिते। तब तिनीहरूले ती शहरहरूको नाम ‘याईरका शहरहरू’स-साना राखे। 42नोबहले केनात र यसका स-साना शहरहरू पराजित गरे उसलाई सबै ठाउँहरूलाई उसको आफ्नै नाम नोबह दिए।
33
33:1b.NUM.033.001 मोशा र हारूनको नेतृत्वमा दल-दलमा आएका इस्राएलीहरूको यात्रा विवरण यस प्रकारका छन्। तिनीहरूको यात्रा विवरण सहित यिनै जग्गाहरूबाट यात्रा गरेका हुन्।
33:2b.NUM.033.002 मोशाले इस्राएलीहरूको यात्रा विवरण परमप्रभुको इच्छा अनुसार लेखे।
33:3b.NUM.033.003 पहिलो महीनाको पन्ध्रौं दिन तिनीहरूले रामसेसबाट यात्रा शुरू गरे। निस्तार-चाडको पछिल्लो बिहान इस्राएलीहरूले मिश्र देशवासिहरूको सामुन्नेबाट साहसिलो प्रकारले यात्रा गरे।
33:4b.NUM.033.004 त्यस समय मिश्रीहरूले तिनीरूको पहिला जन्मेका छोराहरूलाई गाड्दै थिए जब तिनीहरूलाई र तिनीहरूका देवताहरूलाई परमप्रभुले न्याय गरेका थिए।
33:5b.NUM.033.005 इस्राएलका मानिसहरू रामसेसबाट यात्रा गरी सुक्कोत पुगे।
33:6b.NUM.033.006 सुक्कोतबाट तिनीहरूले एताम पुगेर मरूभूमिको किनारमा छाउनी हाले।
33:7b.NUM.033.007 तिनीहरूले एतामबाट यात्रा गरेर बाल-सपोनको नजीक पीहहीरोतमा गए। तिनीहरूले मिग्दोल नजीक छाउनी हाले।
33:8b.NUM.033.008 ती यात्रीहरू पीहहीरोतबाट गएर समुद्रको बीचबाट मरूभूमिमा पसे एतामको मरूभूमिमा तीन दिन सम्म यात्रा गरी तिनीहरूले मारामा छाउनी बसाले।
33:9b.NUM.033.009 तिनीहरूले माराबाट यात्रा गरी एलीम पुगे। त्यहाँ बाह्रवटा पानीको फोहराहरू सत्तरीवटा खजूरको रूखहरू थिए। यसकारण तिनीहरूले त्यही छाउनी बसाले।
33:10b.NUM.033.010 ती मानिसहरूले एलीमबाट यात्रा गरी लाल-समुद्र नजीक छाउनी हाले।
33:11b.NUM.033.011 तिनीहरूले लाल-समुद्रबाट यात्रा गरी सीन मरूभूमिमा छाउनी हाले।
33:12b.NUM.033.012 ती मानिसहरूले सीन मरूभूमिबाट यात्रा गरी दोफकामा छाउनी हाले।
33:13b.NUM.033.013 ती मानिसहरूले दोफकाबाट यात्रा गरी आलूशमा छाउनी हाले।
33:14b.NUM.033.014 ती मानिसहरूले आलूशबाट यात्री गरी रपीदीममा छाउनी हाले। त्यस ठाँउमा मानिसहरूको निम्ति पिउने पानी थिएन।
33:15b.NUM.033.015 ती मानिसहरूले रपीदीमबाट यात्रा गरी सीनै मरूभूमिमा आफ्नो छाउनी हाले।
33:16b.NUM.033.016 ती मानिसहरूले सीनै मरूभूमिबाट यात्रा गरी किब्रोथ-हत्तावामा छाउनी हाले।
33:17b.NUM.033.017 ती मानिसहरूले किब्रोथ-हत्तावाबाट यात्रा गरी हसेरोतमा छाउनी हाले।
33:18b.NUM.033.018 ती मानिसहरूले हसेरोतबाट यात्रा गरी रित्मामा छाउनी हाले।
33:19b.NUM.033.019 ती मानिसहरूले रित्माबाट यात्रा गरी रिम्मोन परेशमा छाउनी हाले।
33:20b.NUM.033.020 ती मानिसहरूले रिम्मोन-परेशबाट यात्रा गरी लिब्नामा छाउनी हाले।
33:21b.NUM.033.021 ती मानिसहरूले लिब्नाबाट यात्रा गरी रिस्सामा छाउनी हाले।
33:22b.NUM.033.022 ती मानिसहरूले रिस्साबाट यात्रा गरी केहेलातामा छाउनी हाले।
33:23b.NUM.033.023 ती मानिसहरूले केहेलाताबाट यात्रा गरी पर्वत शेपेरमा छाउनी हाले।
33:24b.NUM.033.024 ती मानिसहरूले पर्वत शेपेरबाट यात्रा गरी हरादामा छाउनी हाले।
33:25b.NUM.033.025 ती मानिसहरूले हरादाबाट यात्रा गरी मखेलोतमा छाउनी हाले।
33:26b.NUM.033.026 ती मानिसहरूले मखेलोतबाट यात्रा गरी तहतमा छाउनी हाले।
33:27b.NUM.033.027 ती मानिसहरूले तहतबाट यात्रा गरी तेरहमा छाउनी हाले।
33:28b.NUM.033.028 ती मानिसहरूले तेरहबाट यात्रा गरी मित्कामा छाउनी हाले।
33:29b.NUM.033.029 ती मानिसहरूले मित्काबाट यात्रा गरी हरामोनामा छाउनी हाले।
33:30b.NUM.033.030 ती मानिसहरूले हरामोनाबाट यात्रा गरी मसेरोतमा छाउनी हाले।
33:31b.NUM.033.031 ती मानिसहरूले मसेरोतबाट यात्रा गरी बनि-याकानमा छाउनी हाले।
33:32b.NUM.033.032 ती मानिसहरूले बनि-याकानबाट यात्रा गरी होरहगिद-गादमा छाउनी हाले।
33:33b.NUM.033.033 ती मानिसहरूले होरहगिद-गादबाट यात्रा गरी योतबातामा छाउनी हाले।
33:34b.NUM.033.034 ती मानिसहरूले योतबाताबाट यात्रा गरी अब्रोनामा छाउनी हाले।
33:35b.NUM.033.035 ती मानिसहरूले अब्रोनाबाट यात्रा गरी एस्योन-गेबेरमा छाउनी हाले।
33:36b.NUM.033.036 ती मानिसहरूले एस्योन-गेबेरबाट यात्रा गरी सीन मरूभूमिको कादेशमा छाउनी हाले।
33:37b.NUM.033.037 ती मानिसहरूले कादेशबाट यात्रा गरी होरमा छाउनी हाले। यो ठाँउ एदोम देशको सिमानाको पर्वत हो।
33:38b.NUM.033.038 परमप्रभुको आज्ञालाई पालन गरेर, पूजाहरूरी हारून होर पर्वत माथि गए अनि त्यहाँ मरे। हारून मरेको दिन पाँचौं महीनाको पहिलो दिन थियो र इस्राएलीहरूले मिश्र छोडको चालीस वर्ष पुगेको थियो।
33:39b.NUM.033.039 जब हारूनको मृत्यु होर पर्वतमा भयो तिनको उमेर 123 वर्ष भएको थियो।
33:40b.NUM.033.040 कनान देशको नेगवमा अराद भन्ने एउटा शहर थियो। त्यस ठाँउमा कनानको राजाले इस्राएली मानिसहरू आइरहेको सुने।
33:41b.NUM.033.041 ती मानिसहरूले होर पर्वतबाट यात्रा गरी सल-मोनामा छाउनी हाले।
33:42b.NUM.033.042 ती मानिसहरूले सल-मोनाबाट यात्रा शुरू गरी पूनोनमा छाउनी हाले।
33:43b.NUM.033.043 ती मानिसहरूले पूनोनबाट यात्रा गरी ओबोतमा छाउनी हाले।
33:44b.NUM.033.044 ती मानिसहरूले ओबोतबाट यात्रा गरी मोआबका सिमानामा रहेको इय्ये-अबारीममा छाउनी हाले।
33:45b.NUM.033.045 ती मानिसहरूले इय्ये-अबारीमबाट यात्रा गरी दीबोन-गादमा छाउनी हाले।
33:46b.NUM.033.046 ती मानिसहरूले दीबोन-गादबाट यात्रा गरी अल्मोन-दिब्लातैममा छाउनी हाले।
33:47b.NUM.033.047 ती मानिसहरूले अल्मोन-दिब्लातैमबाट यात्रा गरी नबोको नजीक अबारीमको पर्वतमा छाउनी हाले।
33:48b.NUM.033.048 ती मानिसहरूले अबारीमको पर्वतबाट यात्रा गरी यरीहोको पारीको यर्दन नदीको नजीक मोआबको यर्दन बेंसीमा छाउनी हाले।
33:49b.NUM.033.049 मोआबको मैदानमा ती मानिसहरूले यर्दन नदीको किनार यर्दन बेंसीमा बते-योशी-मातदेखि आबेल-शीत्तिम सम्म छाउनी हाले।
33:50b.NUM.033.050 येरीको पारि यर्दन नदी नजीकै मोआबको मैदानमा परमप्रभुले मोशालाई भन्नुभयो, इस्राएलीहरूलाई भन,
33:51b.NUM.033.051 “जब तिमीहरू कनान भूमिमा यर्दन नदी पार गर्छौ,
33:52b.NUM.033.052 तिमीहरूले ती कनानमा बस्नेहरूलाई जबरजस्ती खेदूनु पर्छ। तिमीहरूले तिनीहरूका सबै खोपेर बनाएको मूर्तिहरू र धातुको मूर्तिहरू नष्ट पारिदिनु पर्छ। तिनीहरूको डाँडाका थानहरू सब भत्काइदिनु पर्छ।
33:53b.NUM.033.053 मैले तिमीहरूलाई त्यो भूमि आफ्नो दखलमा राख्न दिएकोले तब तिमीहरूले त्यसमा बसो बास गर्नु पर्छ।
33:54b.NUM.033.054 तिमीहरूको सम्मानित राजवंश अनुसार तिमीहरूका भूमिका भागहरू चिठ्ठा लगाएर लैजाऊ। ठूला भागहरू ठूला परिवारहरूलाई अनि साना भाग साना परिवारहरूलाई देऊ। जहाँ जहाँ चिट्ठा पर्छ त्यही भूमि लेऊ तिनीहरूले तिमीहरूको भाग तिमीहरूको पिता-पूर्खाहरूको परिवार अनुसार पाउँनेछौ।
33:55b.NUM.033.055 “यदि तिमीहरूले ती त्यहाँका बासिन्दाहरूलाई बलपूर्वक लखेटेनौ भने त्यहाँ रहेकाहरू तिमीहरूको निम्ति तिनीहरू आँखामा विझेको छेस्का अथवा शरीरमा बिझेको काँढा झैं हुनेछ। तिमीहरू बसेको भूमिमा तिनीहरूले तिमीहरूलाई झंझटमा फसाउनेछन्।
33:56b.NUM.033.056 तब म तिमीहरूलाई त्यही व्यवहार गर्नेछु जो मैले तिनीहरूसित गुर्छ भनी योजना बनाएकोछु।”
34
34:1b.NUM.034.001 परमप्रभुले मोशालाई भन्नुभयो,
34:2b.NUM.034.002 “इस्राएलका मानिसहरूलाई यो आदेश देऊः जब तिमीहरू कनान देशमा पस्नेछौ, तिमीहरूलाई दिइएको भूमिको सिमाना यस प्रकार हुनेछ।
34:3b.NUM.034.003 त्यस भूमिको दक्षिण तिर एदोमको नजीक सीन मरूभूमिको केही भाग रहनेछ। त्यस भूमिको दक्षिणी सिमाना खारा समुद्रको पूर्व भागबाट नै शुरू हुनेछ।
34:4b.NUM.034.004 यो सिमानाले अक्राबीमको दक्षिणी भाग नाघेर सीन मरूभूमि हुँदै यसको दक्षिण भागको सिमाना कादेश-वर्ने पर्नेछ। यस सिमानाले हसार अदूदार पुगेर आस्मोन नाघ्नेछ।
34:5b.NUM.034.005 सिमाना अस्मोनबाट मिश्र नदी तिर जानेछ र यो भूमध्य समुद्रमा गई टुङ्गिन्छ।
34:6b.NUM.034.006 यसको पश्चिमी सिमान भूमध्य समुद्रको किनार हुनेछ र यो तिमीहरूको देशको पश्चिमी सिमाना हो।
34:7b.NUM.034.007 अब आयो तिमीहरूको भूमिको उत्तरी सिमानाः यो सिमाना भूमध्य समुद्र हुँदै होर पर्वतसम्म जानेछ।
34:8b.NUM.034.008 होर पर्वतबाट उत्तरी सिमाना फैलिएर सोझो लेबो-हमात पुग्नेछ र त्यसपछि यो सदादसम्म फैलिएर जानेछ।
34:9b.NUM.034.009 तिमीहरूको उत्तरी सिमाना फैलिएर सिप्रोन सम्म गई हसर एनानमा टुङ्गिनेछ।
34:10b.NUM.034.010 तिमीहरूको देशको पूर्वीय सिमाना हसर-एनान देखि शपाम सम्म जानेछ।
34:11b.NUM.034.011 शपामबाट यो सिमाना ऐनको पूर्व भएर रिब्लासम्म जान्छ र पहाडबाट ओह्रालो हुँदै गालील समुद्रको छेउ सम्म जानेछ।
34:12b.NUM.034.012 त्यसपछि सिमाना यर्दन नदी तिर फैलिंदै खारा समुद्रमा अन्त हुनेछ। तिमीहरूको भूमिको वरिपरिका सिमानाहरू यिनै हुन्।”
34:13b.NUM.034.013 यसर्थ मोशाले इस्राएलका मानिसहरूलाई यो आदेश दिए, “तिमीहरूले पाउने भूमि यही नै हो। तिमीहरूले आफ्नो नौं कुलहरू र मनश्शे कुलको आधा समूहहरू गरी साढे नौ कुलहरूमा चिठ्ठा गरेर भूमि वितरण गर्नेछौ।
34:14b.NUM.034.014 रूबेन, गाद आफ्नो निम्ति भूमिको हिस्सा लिई सके।
34:15b.NUM.034.015 ती अढाई कुलका समूहहरूले यर्दन नदी पूर्व यशीहोको नजीक आफ्नो निम्ति भूमि लिए।”
34:16b.NUM.034.016 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो,
34:17b.NUM.034.017 “यी मानिसहरू पूजाहारी एलाजार अनि नूनका छोरो यहोशूले तिमीहरूलाई भूमि वितरणमा सहायता गर्नेछन्।
34:18b.NUM.034.018 प्रत्येक कुलसमूहबाट एकजना प्रमुखले पनि भूमि वितरण कार्यमा सहायता गर्ने छ।
34:19b.NUM.034.019 ती कुलसमूह नायकहरूको नाम यस प्रकार छः यहूदाको कुलबाट यपून्नेका छोरो कालेब,
34:20b.NUM.034.020 सिमोनको कुलबाट अम्मीहूदको छोरो शेमूएल,
34:21b.NUM.034.021 बिन्यामीनको कुलबाट किसलोनको छोरो एलीदाद,
34:22b.NUM.034.022 दानको कुलबाट योगीलीको छोरो बुक्की,
34:23b.NUM.034.023 यूसुफको सन्तानहरू मनश्शे कुलबाट एपोदको छोरो हन्नीयल,
34:24b.NUM.034.024 यूसुफको छोरो एप्रैम कुलबाट सिप्तानको छोरो कमूएल,
34:25b.NUM.034.025 जबूलून कुलबाट पर्नाकको छोरो एलीशापन,
34:26b.NUM.034.026 इस्साकार कुलबाट अज्जानको छोरो पलतीयल,
34:27b.NUM.034.027 आशेरको कुलबाट शलोमीको छोरो अहीहूद,
34:28b.NUM.034.028 नप्तालीको कुलबाट अम्मीहूदका छोरो पदहेल।”
34:29b.NUM.034.029 इस्राएली मानिसहरूलाई भूमि वितरण कार्यमा परमप्रभुले यी मानिसहरूलाई नियुक्त गर्नुभयो।
35
35:1b.NUM.035.001 येरीहोदेखि पारी मोआबमा यर्दन नदीको नजिकै यर्दन बेंसीमा परमप्रभुले मोशालाई भन्नुभयो,
35:2b.NUM.035.002 “इस्राएलका मानिसहरूलाई भन कि तिनीहरूको हिस्सामा परेको भूमिका केही शहरहरू लेवीहरूलाई दिऊन्। तिनीहरूले ती शहरहरूको वरिपरि रहेका र्खकको भूमि पनि दिऊन्।
35:3b.NUM.035.003 लेवीहरू ती शहरहरूमा बस्नेछन् तथा ती गौचर भूमिमा आफ्नो गाई-वस्तुहरू चर्नेछन्।
35:4b.NUM.035.004 तिमीहरूले लेवीहरूलाई शहरहरूका जुन जुन र्खकहरू दिनेछौ त्यो शहरहरूको पर्खालबाट 1,000 हात क्षेत्र फैलिएको हुनुपर्छ।
35:5b.NUM.035.005 तिमीहरूले शहरहरूलाई माझमा राखी त्यसको पूर्व पट्टि 2000 हात, पश्चिम पट्टि 2,000 हात, उत्तर पट्टि 2,000 हात र दक्षिण पट्टि 2,000 हात गौचर भूमि हुनु पर्छ। तिनीहरूको शहरहरूको निम्ति गौचर भूमि यही हुनेछ।
35:6b.NUM.035.006 तिमीहरूले लेवीहरूलाई दिएको शहरहरूबाट छवटा शहरहरू बचाऊ शहरहरूको निम्ति रहनेछ। यदि कसैले अञ्जानमा कसैलाई मारे त्यो व्यक्ति भागेर त्यहाँ आफ्नो रक्षाको निम्ति बस्न सक्नेछ। यी छवटा शहरहरू बाहेक तिमीहरूले लेवीहरूलाई बयालीसवटा शहरहरू दिनेछौ।
35:7b.NUM.035.007 यसर्थ तिमीहरूले लेवीहरूलाई जम्मा अठ्चालीसवटा शहरहरू र ती शहरहरूको परिपरिको र्खकहरू दिनेछौ।
35:8b.NUM.035.008 इस्राएलका ठूलो परिवार समूहले धेरै भूमि पाउँछ र इस्राएलका सानो परिवार समूहले थोरै भूमि पाउँछ जसले धेरै भूमि पाउँछ तिनीहरूले धेरै शहरहरू दिनु पर्छ अनि ती जसले धेरै भूमि पाउँछ तिनीहरूले केही शहरहरू लेवीहरूलाई दिनु पर्छ।”
35:9b.NUM.035.009 परमप्रभुले मोशालाई भन्नुभयो,
35:10b.NUM.035.010 “इस्राएली मानिसहरूलाई भन ‘जब तिनीहरू यर्दन नदी तरेर कनान देशमा पस्नेछन्,
35:11b.NUM.035.011 तिनीहरूले केही शहर चुन्नु पर्छ र तिनीहरूलाई सुरक्षा शहरहरू झैं तयार गर्नु पर्छ। यदि कुनै व्यक्तिले कुनै अर्को व्यक्तिलाई अञ्जानमा हत्या गरे, त्यो हत्यारा आफ्नो सुरक्षाको निम्ति त्यहाँ गई बस्न सक्छ।
35:12b.NUM.035.012 त्यो हत्यारा मारिने मानिसको आफन्तहरूको बद्लालिने विचारबाट अनि अदालतले हत्याराको कसुरमाथि न्यायोचित विचार नगरूञ्ञेल सम्म त्यहाँ सुरक्षित रहनु सक्छ।
35:13b.NUM.035.013 यस्ता बचाऊ शहरहरू छवटा हुनेछन्।
35:14b.NUM.035.014 जसमा यर्दन नदीको पूर्वमा तीनवटा र कनान देशभित्र तीनवटा हुनेछन्।
35:15b.NUM.035.015 यी शहरहरू, इस्राएलका मानिसहरूका निम्ति सुरक्षा का शहरहरू हुनेछन् विदेशीहरू र यात्रीहरू त्यहाँ बस्नेछन्। यी मानिसहरू मध्ये यदि कसैले अञ्जानमा कुनै अर्को व्यक्तिको हत्या गरे त्यो व्यक्ति ती शहरहरू कुनैमा गएर शरण लिन सक्छ।
35:16b.NUM.035.016 “कसैलाई मार्न यदि कुनै व्यक्तिले फलामको हतियार प्रयोग गरे त्यो हत्यारा हो र त्यसले प्राण दण्ड पाउनै पर्छ।
35:17b.NUM.035.017 यदि कुनै व्यक्तिले ढुङ्गाले हिर्काएर कसैलाई मार्छ भने, त्यो व्यक्ति पनि हत्यारा नै हो र त्यसलाई पनि प्राण दण्ड दिनै पर्छ।
35:18b.NUM.035.018 यदि कसैले दाउराले हिर्काएर कसैलाई मार्छ भने त्यो पनि हत्यारा नै हो र त्यसले पनि प्राण दण्ड पाउनै पर्छ।
35:19b.NUM.035.019 यदि हत्या भएको परिवारको कुनै सदस्यले ज्यानको साटो ज्यानै लिन चाहान्छ भने उसले त्यो हत्यारालाई खोजी मार्न सक्छ।
35:20b.NUM.035.020 “यदि कसैले कसैलाई घृणा गरेर घचेट्छ भने अथवा ऊसमाथि केही चीज फ्याँक्छ अनि उ त्यसैले मर्छ,
35:21b.NUM.035.021 अथवा घृणा गरेर उसलाई हातले हिर्काउँछ र त्यसको चोटले त्यो व्यक्ति मर्यो भने त्यो हिर्काउँने व्यक्ति हत्यारा ठहरिन्छ, र उसलाई प्राण दण्ड दिनुपर्छ। त्यो मर्ने व्यक्तिको आफन्तले उसलाई भेटेर मार्छ भने उसले मार्न सक्छ।
35:22b.NUM.035.022 “तर यदि कसैले कसैलाई अञ्जानमा मारेको हो, अनि त्यो मर्ने व्यक्तिमाथि मार्ने व्यक्तिको शत्रुता होइन, अथवा एक व्यक्तिले केहि चीज फ्याँक छ र संयोग वश कसैलाई मार्छ भने यो मर्ने व्यक्तिमाथि घृणा थिएन,
35:23b.NUM.035.023 अथवा उसले मार्छु भनी घचेटेको, कुनै प्रहार गरेको होइन अथवा मार्ने व्यक्तिको त्यस्तो कुनै योजना नै थिएन भने, अथवा त्यो व्यक्तिले केही फ्याँक्दा कसैलाई लाग्यो अनि त्यो मर्यो भने त्यो अञ्जानमा घटेको घटना हो।
35:24b.NUM.035.024 तब समूदायले मार्ने व्यक्ति र मर्ने व्यक्तिका आफन्तहरू र हत्यारा बीचमा नियम अनुसार न्याय गर्नुपर्छ।
35:25b.NUM.035.025 त्यो न्यायालयले मानिसलाई मर्ने मानिसका आफन्तहरूबाट मार्न देखी बचाउँछ। र उसलाई फेरि सुरक्षित शहरमा पठाइदिन्छ। हत्यारा त्यही शहरमा रहनु पर्छ जब सम्म प्रधान पूजाहारीले तेलसित अभिषेक गर्दैन मार्दैन।
35:26b.NUM.035.026 “तर यदि त्यो हत्यारा सुरक्षित शहरको सिमानाबाट बाहिर जान्छु, जुन घरमा त्यो आफ्नो सुरक्षाको निम्ति पुगेको थियो,
35:27b.NUM.035.027 अनि मारिने व्यक्तिका आफन्तहरूले सुरक्षित शहर सिमाना बाहिर हत्यारालाई भेटे हत्या भएको व्यक्तिका आफन्तहरूले त्यसलाई मार्न सक्छन्। हत्या भएको व्यक्तिका आफन्तहरूको कुनै दोष हुने छैन।
35:28b.NUM.035.028 किनभने त्यो हत्यारा सुरक्षित शहरमा प्रधान पूजाहारीको मृत्यु पर्यन्त बस्नु पर्ने थियो। प्रधान पूजाहारीको मृत्यु पछि तिनी आफ्नो घर फर्कनु सक्छ।
35:29b.NUM.035.029 यी नियमहरू ती मानिसहरू जहाँ कहीं बसे पनि तिनीहरूको निम्ति सदा-सर्वदाको निम्ति कानुन भएर रहनेछ।
35:30b.NUM.035.030 “यदि कुनै व्यक्तिले कसैलाई मारेको पूरा साक्षीहरू भए मात्र उसलाई मृत्यु दण्ड दिन सकिन्छ। एकजना व्यक्तिले दिएको गवाहीमा मृत्यु दण्ड दिन सकिंदैन।
35:31b.NUM.035.031 “यदि एक व्यक्ति हत्यारा हो भने उसले प्राण दण्ड भोग्नै पर्छ। पैसा लिएर अथवा घूस खाएर प्राण दण्ड बद्लि गर्न पाँइदैन। उसले प्राण दण्ड भोग्नै पर्छ।
35:32b.NUM.035.032 “यदि कुनै व्यक्तिले कसैलाई मारेर सुरक्षित शहरमा आश्रय लिनु गएको छ भने, त्यो व्यक्ति प्रधान पूजाहारी नमरूञ्जेल सम्म त्यहाँ बस्नै पर्छ, पैसा दिएर त्यो व्यक्ति आफ्नो घर फर्कन सक्तैन।
35:33b.NUM.035.033 “निर्दोष व्यक्तिहरूको रगतले तिमीहरूको भूमिलाई दोषित नतुल्याऊ। यदि कसैले हत्या गर्छ भने त्यसको औषधी एउटै छ, त्यो हो प्राण दण्ड। अरू कुनै त्यस्तो पथ छैन कि हत्यालाई मुक्त पार्ने।
35:34b.NUM.035.034 म परमप्रभु हुँ। म सधें इस्राएली मानिसहरूको साथमा तिनीहरूको भूमिमा रहनेछु। म त्यँही हुनेछु, यसर्थ त्यस भूमिलाई निर्दोष मानिसहरूको रगतले दोषित नबनाऊ।” सलोफादकी छोरीहरूको देश
36
36:1b.NUM.036.001 मनश्शेको नाति माकीरको छोरो गिलादको सन्तानका प्रधानहरू अघि आए अनि मोशा र इस्राएली मानिसहरूका प्रधानहरूलाई भने,
36:2b.NUM.036.002 “परमप्रभुले इस्राएलीहरूलाई चिठ्ठाद्वारा भूमि वितरण गरिदिनु भनी हजूरलाई हुकुम दिनु भएको थियो। अनि हजूर हाम्रा मालिकलाई परमप्रभुले हाम्रा सन्तान सलोफादको अंश चाँहि उनकी छोरीहरूलाई दिनु भनी दिनु भएको थियो।
36:3b.NUM.036.003 अब यदि ती कन्याहरूको विवाह इस्राएलीहरू मध्येकै अन्य कुलका मानिसहरूसित भए त्यो तिनीहरूले पाएको भाग जमीनको हाम्रो कुलको भागबाट काटिएर ती केटीहरूलाई विवाह गर्नेहरूकै भागमा मिल्ने छ। यसर्थ यस प्रकारले हामीले चिठ्ठामा पाएको भूमिको केहि अंश गुमाउने छैनौ।
36:4b.NUM.036.004 इस्राएलीहरूको पुनर्स्थापनाको समय आउँछ र ती केटीहरूको पैतृक सम्पति तिनीहरूले विवाह गरेको पुरूषहरूकोसित कुलमा मिल्नेछ र यसरी हामीले हाम्रो पिता-पूर्खाहरूबाट पाएको हाम्रो देशको भूमि गुमाउने छौं।”
36:5b.NUM.036.005 यसर्थ परमप्रभुको निर्देशन अनुसार मोशाले इस्राएलीहरूलाई यस्तो आदेश दिएः “यूसुफ कुलका मानिसहरूले जे भन्दैछन् त्यो सही हो।
36:6b.NUM.036.006 सलोफादकी छोरीहरूको सम्बन्धमा परमप्रभुले दिनु भएको आदेशहरू यी हुन, हुन त तिनीहरूले आफूले मन पराएकोसित विवाह गर्न सक्छन्। तर तिनीहरूले आफ्नै पिता-पुर्खाहरूको सन्तान भित्र विवाह गर्नुपर्छ।
36:7b.NUM.036.007 इस्राएलीहरूले पाएको भूमिको अंश अर्को कुलका मानिसहरूलाई हस्तान्तरण गर्न सकिदैन। प्रत्येक इस्राएली आफ्नो पैतृक सम्पत्ति भित्र पर्नुपर्छ।
36:8b.NUM.036.008 इस्राएली कुलको प्रत्येक छोरी जसले पिता-पुर्खाहरूको सम्पत्ति पाएको छ उसले आफ्नो कुल भित्रैको पुरूषसित बिवाह गर्नुपर्छ ताकि पिता-पुर्खाहरूको नामको भूमि आफ्नो कुल देखि बाहिर नजाओस्।
36:9b.NUM.036.009 यसर्थ एक कुलको मानिसहरूको भूमि अर्को कुलको मानिसहरू माथि हस्तान्तरण गर्नु नपरोस्। आफ्नो कुलको भूमि आफ्नै कुलमा रही रहोस्।”
36:10b.NUM.036.010 सलोफादकी छोरीहरूले त्यसै गरे जो परमप्रभुले मोशालाई आदेश दिनु भएको थियो।
36:11b.NUM.036.011 तिनकी छोरी महला, तिर्सा, होग्ला, मिल्का र नोआले आफ्नै काकाको छोराहरूसित विवाह गरे।
36:12b.NUM.036.012 तिनीहरूले यूसुफका छोरा मनश्शेका कुलहरूमा नै विवाह गरे र तिनीहरूको पैतृक भूमि तिनीहरूकै पिता-पुर्खाहरूको वंशभित्रै रह्यो।
36:13b.NUM.036.013 यरीहोको पारिपट्टि र्यदन नदीको किनार नजिक मोआबको मैदानमा परमप्रभुले मोशा मार्फत इस्राएलका मानिसहरूलाई दिनु भएको आदेश र नियमहरू यी नै हुन्।
- Holder of rights
- Multilingual Bible Corpus
- Citation Suggestion for this Object
- TextGrid Repository (2025). Nepali Collection. Numbers (Nepali). Numbers (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-ACB2-D