Leviticus (Nepali)

Leviticus (Nepali)

1

1:1b.LEV.001.001 परमप्रभुले मोशालाई भेट हुने पालबाट भन्नुभयो,

1:2b.LEV.001.002 “इस्राएली मानिसहरूलाई भन जब तिनीहरू मध्ये कुनै मानिसले परमप्रभुको निम्ति बलि चढाउँछ भने, त्यो तिनीहरूको आफ्नो गाई-गोरू तथा भेडा-बाख्राहरूको बगालबाट हुनुपर्छ।

1:3b.LEV.001.003 “यदि उसले गोरू होमबलि चढाउँछ भने, त्यो निष्खोट बाछो हुनुपर्छ। उसले बाछो भेट हुने पालको ढोकामा चढाउनु पर्छ जसले गर्दा त्यो परमप्रभुलाई ग्रहण योग्य हुनेछ।

1:4b.LEV.001.004 उसले आफ्नो पापको प्रायश्चितको निम्ति मारिन लागेको पशुमाथि आफ्नो हात राख्नु पर्छ। अनि परमप्रभुले त्यस व्यक्तिलाई शुद्ध गराउन होमबलि ग्रहण गर्नुहुनेछ।

1:5b.LEV.001.005 “पछि त्यो बाछो परमप्रभुको सामुन्ने मारोस् तब हारूनका पूजाहारी छोराहरूले भेट हुने पालको ढोका नजिक भएको वेदी वरिपरि त्यसको रगत छर्किउन्।

1:6b.LEV.001.006 तब त्यो बाछो अथवा पशुको छाला काढेर त्यसलाई टुक्रा-टुक्रा पारियोस्।

1:7b.LEV.001.007 तब पूजाहारी हारूनका छोराहरूले वेदीमा दाउराहरू मिलाएर आगो सल्काउन्।

1:8b.LEV.001.008 हारूनका छोराहरू अर्थात पूजाहारीहरूले वेदीमा बलेको आगोमाथि बाछो अथवा पाठोको टाउका टुक्राहरूको बोसो वेदीको आगोको दाउरा माथि मिलाएर राखुन्।

1:9b.LEV.001.009 “त्यसपछि पूजाहारीले त्यस पशुको खुट्टाहरू र त्यसको भित्रि भागहरू पानीले पखालोस् र ती सबै पूजाहारीले आगोद्वारा वेदीमा जलाओस् यो आगोद्वारा परमप्रभुलाई मन पर्ने सुगन्धित होमबलि समर्पण गरिएको हुनेछ।

1:10b.LEV.001.010 “यदि उसको भेटी पशु हो भने, पाठो अथवा थुमा निष्खोट हुनुपर्छ। जब बलिदानहरू चढाउँदा उसले पाठो अथवा बोका चढाउनुपर्छ।

1:11b.LEV.001.011 उसले वेदीको उत्तरपट्टि परमप्रभुको सामुन्ने त्यो काटेर मारोस् अनि पूजाहारी हारूनका छोराहरूले त्यसको रगत वेदीको वरिपरि सबैतिर छर्कून्।

1:12b.LEV.001.012 तब त्यो बलि टुक्रा-टुक्रा पारेर काटोस् आन्द्रा-भुँडी र अघि पछिका खुट्टाहरू पखालोस् अनि वेदीको दाउराको आगोमा पूजाहारीहरूले ती टुक्राहरू, बोसो र टाउको जलाओस।

1:13b.LEV.001.013 त्यसपछि उसले आन्द्रा-भुँडी र अघि पछिका खुट्टाहरू पानीले पखालोस् र पूजाहारीहरूले ती सबै आगोमा जलाएर भष्म गरोस्। त्यही बलि परमप्रभुको निम्ति सुगन्धित होमबलि हुनेछ।

1:14b.LEV.001.014 “यदि ऊ चरा बलिको रूपमा चढाउँछ भने, त्यो होमबलि ढुकुर अथवा परेवा हुनुपर्छ।

1:15b.LEV.001.015 पूजाहारीले त्यो बलि वेदीमा ल्याएर टाउको निमोठेर चुँडाओस् र वेदीमा जलाओस्, अनि त्यस परेवाको रगत वेदी भएको ठाउँमा निकाली देओस्।

1:16b.LEV.001.016 त्यसपछि उसले त्यसको गलामा भएको खाद्य थैली निकालोस् अनि वेदीको पूर्वपट्टि खरानी भएको ठाउँमा फ्याँकोस्।

1:17b.LEV.001.017 त्यसपछि त्यसलाई पूजाहारीले नटुक्राइकन परेवाको बीचबाट चिरोस् अनि पूजाहारीले त्यो बलि वेदीमा राखिएको आगोको दाउरामाथि जलाउन राखोस्। यो पनि परमप्रभुको निम्ति सुगन्धित होमबलि हो।

2

2:1b.LEV.002.001 “जब कोही मानिस परमप्रभुलाई अन्नबलिको केही बलि चढाउँछ भने त्यो बलि मसिनो पीठोको होस्। त्यसमा तेल खन्याएर पूजाहारीले सुगन्धित धूप हालोस्।

2:2b.LEV.002.002 तब उसले त्यो बलि हारूनका छोराहरूकहाँ ल्याउनु पर्छ अनि पूजाहारीले एक मुट्ठी मसिनो अन्नको पीठो, तेल अनि त्यसबाट धूप झिक्नु पर्छ अनि वेदीमा परमप्रभुलाई चढाउने सम्झना भेटीको रूपमा यसलाई चढाउनु पर्छ। यो आगोद्वारा चढाउने भेटी हो अनि यसको वासनाले परमप्रभुलाई प्रसन्न पार्छ।

2:3b.LEV.002.003 बाँकी रहेको अन्नबलि परमप्रभुको अत्यन्तै पवित्र उपहार स्वरूप हारूनका छोराहरूका निम्ति रहोस्।

2:4b.LEV.002.004 “यदि तिमी चुलामा पकाएको अन्नबलि चढाउँछौ भने, तेलमा मुछेको अखमिरी मसिनो पिठोको फुलौरा अथवा तेल हालेको अखमिरी रोटी होस्।

2:5b.LEV.002.005 यदि तिम्रो अन्नबलि तावामा पकाएको अन्नबलि भए त्यो तेलमा मुछेको अखमिरी मसिनो पीठोको होस्।

2:6b.LEV.002.006 त्यो मसिनो गरी पिंधेर टुक्राउ अनि त्यसमा तेल खन्याऊ। त्यही अन्नबलि हो।

2:7b.LEV.002.007 यदि तिमी अन्न भेटील्याउँछौ जो तावामा भूटिएको छ भने यो तेलसित मिसाइएको मसीनो पीठो हुनु पर्छ।

2:8b.LEV.002.008 “जब तिमीले यी कुनै अन्नबलिहरूबाट बनाइएको परिकार ल्याउँछौ त्यो पूजाहारीलाई देऊ र त्यो पूजाहारीले वेदीमा चढाओस्।

2:9b.LEV.002.009 पूजाहारीले अन्नभेटीको केही भाग छुट्‌याउनुपर्छ अनि यसलाई स्मरणीय भेटीको रूपमा जलाउनुपर्छ, अनि वेदीमा परमप्रभुलाई सुगन्धित भेटीको रूपमा चढाउनु पर्छ।

2:10b.LEV.002.010 अन्नबलिबाट रहेको भाग हारून र तिनका छोराहरूको निम्ति हुनुपर्छ। परमप्रभुको निम्ति यो आगोद्वारा चढाएको बलि अति पवित्र हो।

2:11b.LEV.002.011 “तिमीले खमीर भएको कुनै पनि अन्नबलि परमप्रभुलाई चढाउनु हुँदैन अथवा महबाट बनिएको परमप्रभुको निम्ति उपहार आगोमा जलाउनु हुँदैन। (यहाँ भनिएको मह हुन सक्छ मौरीको नभई फूलहरूको रस हुनसक्छ।)

2:12b.LEV.002.012 तिमीहरू वर्षको पहिलो बालीबाट खमीर र मह चढाउन सक्छौ, तर त्यो बलि भेटीलाई सुगन्धित भेटीबनाउन जलाउनु हुँदैन।

2:13b.LEV.002.013 तिमीले प्रत्येक अन्नबलिमा न्‌नहालेर ल्याउनुपर्छ। परमेश्वरसित गरेको न्‌नको करार तिम्रो अन्नबलिबाट हराउनु हुदैन। तिमीले आफ्नो बलि न्‌नसँगै ल्याउँनुपर्छ।

2:14b.LEV.002.014 “यदि तिमीहरू वर्षको अगौटे बालीबाट परमप्रभुलाई भेटी चढाउँछौ भने तिमीहरू पहिले बालीको ताजा अन्नको अघिल्लो भागलाई पिंधेर अन्न पकाएको भेटी बनाउनु पर्छ।

2:15b.LEV.002.015 तिमीले त्यसमा तेल अनि सुगन्धित धूप लगाउनुपर्छ। यो अन्नबलि हो।

2:16b.LEV.002.016 पूजाहारीले परमप्रभुको निम्ति सबै धूपसित पिंधेको अन्नबाट तयार गरेको भेटीको केही भाग तेलसित मिसाएर स्मारकको रूपमा जलाउनु पर्छ।

3

3:1b.LEV.003.001 “यदि उसको बलि मेलबलिको निम्ति हो भने गाई-गोरू मध्येको हुनुपर्छ। तर पशु चाही निष्खोट होस्।

3:2b.LEV.003.002 अनि उसले आफ्नो हात त्यस पशुमाथि राखोस् अनि भेट हुने पालको प्रवेशद्वारमा त्यसलाई मारोस् र पूजाहारी हारूनका छोराहरूले वेदीको वरिपरी त्यसको रगत छर्कोस्।

3:3b.LEV.003.003 आगोद्वारा उसले मेलबलिबाट परमप्रभुको निम्ति खाद्य उपहार स्वरूप आन्द्रा भुँडी ढाक्ने बोसो र आन्द्रामाथि हुने सबै बोसो।

3:4b.LEV.003.004 दुइटै मृगौला र त्यस माथिको बोसो र कम्मर छेउको बोसो अनि मांसपेशीमा भएको बोसो अनि कलेजामाथिको गर्मजाल समेत झिकेर चढाओस्।

3:5b.LEV.003.005 तब हारूनका छोराहरूले वेदीको आगोमाथि बोसो होमबलिसित यो जलाओस्। आगोद्वारा चढाइएको यो परमप्रभुको निम्ति सुगन्धित बलि हो।

3:6b.LEV.003.006 “यदि उसको मेलबलि कै भेटी हो भने आफ्ना भेडा अथवा एउटा आफ्ना बाख्राको बगालहरूबाट हो भने त्यो निष्खोट हुनपर्छ चाहे यो पाठो अथवा पाठी होस्।

3:7b.LEV.003.007 यदि उसले थुमा बलि चढाउँदैछ भने त्यो परमप्रभुअघि ल्याउनुपर्छ।

3:8b.LEV.003.008 तब उसले आफ्नो हात त्यो बलि दिइने पशुको टाउकोमाथि राखोस् र यसलाई भेट हुने पालको प्रवेशद्वारअघि मारीदिओस्। हारूनका पूजाहारी छोराहरूले त्यसको रगत वेदीको वरीपरि सब ठाउँमा छर्किउन्।

3:9b.LEV.003.009 तब परमप्रभुलाई आगोबाट चढाएको मेलबलिबाट उसले मेरूदण्डबाट सम्पूर्ण पूच्छरको बोसो, पशुको भित्र भागहरूलाई छोपेको बोसो निकाल्नु पर्छ।

3:10b.LEV.003.010 दुइवटा मृगौला र त्यस माथिको बोसो कम्मर छेउको निकाल्नु पर्छ। छेउको बोसो अनि मृगौलासहित कलेजा छोप्ने मासु निकालोस्।

3:11b.LEV.003.011 तब पूजाहारीले वेदीमाथि भोजन स्वरूप त्यो जलाओस्। यो परमप्रभुको निम्ति भोजन बलि हो।

3:12b.LEV.003.012 “यदि उसको बलि एउटा बाख्रा हो भने उसले त्यो परमप्रभुको सामुन्ने चढाओस्।

3:13b.LEV.003.013 तब उसले आफ्नो हात त्यसको टाउकोमाथि राखोस् अनि भेट हुने पालको अघि त्यसलाई मारीदिओस्। अनि हारूनका छोराहरू पूजाहारीले वेदीको वरीपरि त्यस बलिको रगत छर्किउन्।

3:14b.LEV.003.014 तब उसले उसको आफ्नो बलिबाट परमप्रभुको निम्ति आगोद्वारा चढाओस्, आन्द्रा-भुँडी छोप्ने बोसो र आन्द्रमाथिको सबै बोसो,

3:15b.LEV.003.015 दुइवटा मिगौला अनि त्यस माथिको बोसो, डँढाल्नु माथिको माँसपेशी, कलेजा माथिको उपांग कलेजासितै झिकेर चढाओस्।

3:16b.LEV.003.016 अनि पूजाहारीले सबै बोसो परमप्रभुको निम्ति वेदीमाथि मीठो वासनाको रूपमा जलाउँनुपर्छ। यो परमप्रभुको निम्ति अन्न बलि हो।

3:17b.LEV.003.017 यो नियम तिमीहरूका सन्तानहरू रहूञ्जेलसम्म सँधै रहिरहनेछ जुनसुकै ठाउँमा तिमीहरू बस्छौ। तिमीहरूले बोसो खानु हुँदैन अथवा रगत पिउनु हुँदैन।”

4

4:1b.LEV.004.001 परमप्रभुले मोशालाई भन्नुभयो,

4:2b.LEV.004.002 “इस्राएलका मानिसहरूलाई भन, “जब एउटा मानिसले नजान्दा पाप गरे अनि परमप्रभुका आज्ञाहरूमा नगर्नु भनेको कुनै काम गर्छ भने, त्यस मानिसले तलका कुराहरू गर्नु पर्छ।

4:3b.LEV.004.003 “यदि कुनै अभिषिक्त पूजाहारीले ल्याउछ भने पाप गरेर कर्म गर्छ जसले मानिसहरूमाथि दोष लाग्छ उसले एउटा निष्खोट जवान साँढे उसको पाप प्रायश्चितको निम्ति परमप्रभुलाई चढाउनु पर्छ।

4:4b.LEV.004.004 अनि उसले साँढेलाई परमप्रभुअघि भेटहुने पालको प्रवेशद्वारमा ल्याउनु पर्छ अनि त्यस साँढेको टाउकोमाथि आफ्नो हात राख्नु पर्छ परमप्रभुअघि त्यसलाई मार्नु पर्छ।

4:5b.LEV.004.005 त्यसपछि अभिषिक्त भएको पूजाहारीले बलि चढाइएको साँढेको रगत भेट हुने पालमा ल्याओस्।

4:6b.LEV.004.006 त्यसपछि पूजाहारीले आफ्नो ओंला रगतमा चोबोस् र अति-पवित्रस्थानको पर्दाअघि परमप्रभुको सामुन्ने रगत सात पल्ट छर्कोस्।

4:7b.LEV.004.007 त्यसपछि पूजाहारीले धूपवेदीका सींङहरूमा रगतको केही अंश छर्किनु पर्छ जो भेट हुने पालमा परमप्रभुको सामुन्ने हुन्छ, अनि साँढेका रहल रगत भेटहुनेपालको प्रवेश द्वारको होमबलिको वेदीको आधारमा खान्याऊन्।

4:8b.LEV.004.008 अनि उसले पाप बलिको साँढेबाट सबै बोसो निकाल्नु पर्छ। उसले भित्री भागहरूको चारैतिर भएका त्यो बोसो अवश्यै निकाल्नु पर्छ।

4:9b.LEV.004.009 दुवै मृगौलाहरू अनि तिनीहरूका बोसो अनि मांशपेशीको तल्लो भागमा भएको बोसो र कलेजोलाई ढाक्ने बोसो, उसले यसलाई मिर्गौलाहरू सितै पापबलिको साँढेबाट निकाल्नु पर्छ।

4:10b.LEV.004.010 मेलबलिको साँढेबाट निकालिए जस्तै पापबलिको निम्ति चढाइएको साँढेबाट पनि सबै बोसोहरू निकालोस्। त्यसपछि पूजाहारीले त्यसलाई बलि होमबलिको वेदीमा जलाओस्।

4:11b.LEV.004.011 तर साँढेको छाला, त्यसको मासु र टाउको, खुट्टा, आन्द्रा-भुँडी, गोबरसमेत,

4:12b.LEV.004.012 अनि रहल सबै पालबाहिर खरानी थुपार्ने एउटा चोखो ठाउँमा ल्याउन पर्छ अनि दाउराको आगोमाथि त्यहाँ जलाउनु पर्छ।

4:13b.LEV.004.013 “यदि समस्त इस्राएली मानिसहरूले नजान्दा नै भूल गर्छन् अनि तिनीहरूलाई थाहा हुँदैन तिनीहरूले परमप्रभुको कुनै आज्ञा पालन गरेनन् भने, तब तिनीहरू दोषी हुनेछन्।

4:14b.LEV.004.014 जब तिनीहरूले परमप्रभुको आज्ञा विरूद्ध गरेको पाप चाल पाउँछन्, पापबलिको निम्ति तिनीहरूले बथानबाट एउटा साँढे बलि दिऊन्। त्यो साँढे तिनीहरूले भेट हुने पाल अगाडी ल्याउनपर्छ।

4:15b.LEV.004.015 अनि समुदायको मुखियाहरूले साँढेको टाउकोमाथि आफ्नो हात राख्नु पर्छ अनि त्यसलाई परमप्रभुकोअघि मार्नु पर्छ।

4:16b.LEV.004.016 तब अभिषिक्त भएका पूजाहारीले साँढेको रगतबाट केही लिएर भेट हुने पालमा ल्याओस्।

4:17b.LEV.004.017 अनि पूजाहारीले आफ्नो औंला त्यस रगतमा डुबाएर परमप्रभु अगाडीको पर्दा सामुन्ने सात पल्ट छर्कियोस्।

4:18b.LEV.004.018 अनि केही रगत वेदीको कुनामा राख्नु पर्छ जो भेट हुने पालमा परमप्रभुको अघि छ अनि रहल रगत होमबलिको वेदीमा अगेनोमा खन्याउनु पर्छ जो भेट हुने पालको प्रवेश हुन्छ।

4:19b.LEV.004.019 अनि उसले सबै बोसो बलिबाट निकालेर वेदीमा जलाओस्।

4:20b.LEV.004.020 उसले यो पापबलिलाई जसो गर्छ यसलाई पनि त्यसै गर्नुपर्छ, यसरी नै पूजाहारीले इस्राएली मानिसहरूको निम्ति प्रायाश्चित गराउँछन् अनि तिनीहरूको पाप क्षमा हुन्छ।

4:21b.LEV.004.021 पूजाहारीले साँढेलाई पालको बाहिर ल्याउँनुपर्छ अनि यसलाई जलाउनुपर्छ जस्तो उसले पहिलो साँढेलाई गरेको थियो। सम्पूर्ण समुदायकालागि पापबलि हुनेछ।

4:22b.LEV.004.022 “यदि कुनै शासकले अन्जानमा परमप्रभु उसको परमेश्वरका आदेशहरू उल्लंघन गर्छ भेने दोषी हुन्छ,

4:23b.LEV.004.023 अनि पछि आफ्नो दोष पत्ता लगाउँछ, उसले आफ्नो पशुहरूको बथानबाट उपहार स्वरूप भूत्लै भूत्ला भएको निष्खोट बोका ल्याउनु पर्छ।

4:24b.LEV.004.024 तब उसले आफ्नो हात त्यस बोकाको टाउकोमाथि राखोस् अनि होमबलि दिइने ठाउँमा त्यसलाई परमप्रभुकोअघि मारोस् यो शुद्धिकरणको बलि हो।

4:25b.LEV.004.025 त्यसपछि पूजाहारीले त्यो पापबलिको केही रगत आफ्नो औंलामा लियोस् र होमबलिको वेदीको कुनामा राखोस् अनि होमबलिको वेदीको आधारमा रगत खन्याओस्

4:26b.LEV.004.026 उसले पाठोको सबै बोसो बलिदान वेदीमा त्यसरी नै जलाउनु पर्छ जसरी मेलबलिको बोसो उसले जलाएको थियो। यस प्रकारले, उसले गरेको पापको निम्ति पूजाहारीले प्रायश्चित गर्नेछ अनि परमेश्वरले उसलाई क्षमा दिनुहुनेछ।

4:27b.LEV.004.027 “यदि समुदायको कुनै मानिसले नजानेर पाप गरे अथवा परमप्रभुले दिनु भएको निषेधाज्ञाको विरोधमा काम गरे त्यो दोषी हुनेछ

4:28b.LEV.004.028 अथवा यदि उसले गरेको पाप आफूले थाहा पाए तब उसले बगालबाट भुत्लै भुत्लो भएको एउटा बाख्राको निष्खोट पाठी ल्याओस्।

4:29b.LEV.004.029 तब आफ्नो पाप बलिको निम्ति उसले त्यस पाठीको टाउकोमा हात राखोस् अनि होमबलि हुने ठाउँमा मारोस्।

4:30b.LEV.004.030 तब पूजाहारीले केही रगत औंलाले लेओस् र होमबलिको वेदीको कुनामा लगाओस् र अरू सबै रगत वेदीको आधारमा खन्याओस्।

4:31b.LEV.004.031 अनि मेलबलिमा गरिएको बलि झैं उसले त्यस बलिबाट सबै बोसो निकालोस्। पूजाहारीले परमप्रभुको निम्ति मिठो बास्ना दिनकालागि त्यो वेदीमा जलाओस्। यसरी पूजाहारीले त्यस मानिसलाई शुद्ध बनाउँछ अनि त्यसलाई क्षमा गरिनेछ।

4:32b.LEV.004.032 “यदि कसैले उसको पापबलिको निम्ति भेडा ल्याउँछ भने, तब उसले निष्खोट भेडाको पाठो ल्याउनु पर्छ।

4:33b.LEV.004.033 उसले पापबलिको टाउकोमा आफ्नो हात राख्नु पर्छ अनि यसलाई त्यस ठाउँमा मार्नु पर्छ जहाँ होमबलिकालागि बलिदान गरिन्छ।

4:34b.LEV.004.034 तब पापबलिबाट, पूजाहारीले आफ्नो औंलामा केही रगत लिनु पर्छ अनि होमबलिको वेदीको सिङहरूमा यसलाई राख्नु पर्छ अनि रहल रगतलाई वेदीको अगेनोमा खन्याउनु पर्छ।

4:35b.LEV.004.035 तब उसले मेलबलि सम्पन्न गरिको थियो, पूजाहारीले पाठोबाट निकाल्नु पर्छ अनि परमप्रभुका लागि भेटीको रूपमा यसलाई जलाउँछ। यसरी पूजाहारीद्वारा त्यस मानिसको प्रायश्चित उसको पापको लागि सम्पन्न हुन्छ अनि त्यो मानिस पाप मुक्त हुनेछ।

5

5:1b.LEV.005.001 “यदि कसैले यस्तो प्रकारले पाप गरे जसमा त्यो मानिस आफ्नै आँखाले प्रत्यक्ष देखेको अथवा कानले सुनेको कुरोमा साक्षी भएर पनि भन्दैन भने ऊ त्यस कामको निम्ति पापी हो, अनि उसले त्यस पापको निम्ति सजाय भोग्नु पर्छ।

5:2b.LEV.005.002 अथवा कोही मानिस अशुद्ध चीज छुन्छ भने जंगली अथवा पाल्तू पशु अथवा उडने प्राणीको मृत देह छुन्छ, तर कुनै कारणवश त्यो उसले बिर्सन्छ भने त्यस कामको निम्ति ऊ दोषी अनि अशुद्ध बनिन्छ।

5:3b.LEV.005.003 एक जना मानिसले मानिएको अशुद्ध अथवा यस्तो कुनै चीज छुन्छ जसले उसलाई अशुद्ध बनाउँछ तर उसले थाहा पाउँदैन, तर जब त्यस मानिसले यस विषयमा थाहा पाउँछ तब उ दोषी हुनेछ।

5:4b.LEV.005.004 अथवा एकजना मानिसले केही राम्रो अथवा नराम्रो काम गर्ने प्रतिज्ञा गर्छ। उसले विचार अनि आफ्नो प्रतिज्ञा बिर्सन्छ। तर जब पछि उसले आफ्नो प्रतिज्ञाको सम्झना गर्छ, तब उसलाई दोषी ठहराइनेछ।

5:5b.LEV.005.005 जब ऊ त्यस्तो कुनै कुरामा दोषी ठहरिन्छ भने, उसले कसरी पाप गर्यो त्यो स्वीकार गर्नुपर्छ।

5:6b.LEV.005.006 अनि उसको पाप प्रायश्चितको निम्ति, उसले एउटा जवान भेडा अथवा बाख्राको पाठी उसको बथानबाट एउटा दोषबलि जस्तै परमप्रभु कहाँ ल्याउनु पर्छ। यस प्रकारले पूजाहारीले त्यो मानिसको पापबाट मुक्त गराउनको लागि प्रायश्चित कार्य गर्नेछ।

5:7b.LEV.005.007 “यदि उसले आफ्नो दोषबलि चढाउन भेडा अथवा बाख्राको पाठीको व्यवस्था गर्न सक्तैन भने, उसले परमप्रभुलाई दोषबलि चढाउनलाई अथवा पापबाट मुक्त हुन र अर्को होमबलिको निम्ति एक जोडी परेवा अथवा ढुकुर ल्याउनुपर्छ।

5:8b.LEV.005.008 उसले त्यो ढुकुर अथवा परेवाको जोडी पूजाहारीकहाँ ल्याउनुपर्छ र पूजाहारीले एउटा चाँहि पहिले पापबलिको निम्ति चढाओस्। उसले त्यसको घाँटी अँठ्ठाएर टाउको निमोठोस तर त्यसलाई चुँढाई नहालोस्।

5:9b.LEV.005.009 तब उसले पापबलिको केही रगत शुद्धताको निम्ति वेदीको पाटामा छर्कियोस अनि बाँकी रगत वेदीको आधारमा खँन्याई दियोस्। यो पापबलि हो।

5:10b.LEV.005.010 त्यसपछि पूजाहारीले अर्को चाँहि ढुकुर परेवा नियमानुसार होमबलि चढाओस्। यस्तो प्रकारले पूजाहारीले त्यस पाप गर्ने मानिसलाई उसको पापबाट शुद्ध गराओस् अनि त्यो मानिसले क्षमा पाउँछ।

5:11b.LEV.005.011 “यदि कुनै मानिसले दुईवटा ढुकुरहरू अथवा दुईवटा परेवाहरू किन्न सक्दैन भने। भने तब उसले आफ्नो पापबाट मुक्ति पाउनलाई आठ बटुको मिहिन पीठो चढाउनु पर्छ। उसले पीठोसित तेल मिसाउनु हुदैन अनि कुनै सुगन्धित धूप पनि त्यसमा मिसाउनु हुँदैन किनभने त्यो भेटी पापबलि को हुनको निम्ति हुनुपर्छ।

5:12b.LEV.005.012 उसले त्यो पिठो पूजाहारीकहाँ ल्याओस् अनि पूजाहारीले त्यसबाट सम्झना स्वरूप एक मुठ्ठी पीठो निकालेर परमप्रभुको निम्ति अग्निहोममाथि वेदीमा जलाओस्। यो पापबलि हो।

5:13b.LEV.005.013 यस प्रकार पूजाहारीले त्यस व्यक्तिलाई उसले गरेको पापबाट क्षमा गराउनेछन्। बाँकी रहेको अन्न चाँहि पूजाहारीको निम्ति अन्नबलि जस्तै हुन्छ।”

5:14b.LEV.005.014 तब परमप्रभुले मोशालाई भन्नुभयो,

5:15b.LEV.005.015 “जब एकजना मानिसले परमप्रभुको पवित्र चीजहरू प्रति नजानेर भूल काम गर्छ, उसले आफ्नो पशुहरूको बथानबाट एउटा निष्खोट भेडा ल्याउनुपर्छ। भेडाको मोल आधिकारिक नाप अनुसार उसको

5:16b.LEV.005.016 पवित्र चीजहरूसित गरेको पापको निम्ति उसले अपराध बीस प्रतिशत जोडेर फिर्ता दिनुपर्छ। अनि दोषबलिको भेडाद्वारा चढाएकोमा पूजाहारीले उसको पापको निम्ति प्रायश्चित गर्नेछ अनि उसलाई पाप क्षमा दिनेछ।

5:17b.LEV.005.017 “जब कुनै व्यक्तिले परमप्रभुले नगर्नु भनेको कामगर्छ तर उसलाई त्यो थाहा हुँदैन, तब पनि त्यो मानिस दोषी हुनेछ।

5:18b.LEV.005.018 तब उसले गरेको पापको ओजन बराबरको मूल्यमा एउटा निष्खोट भेडा पूजाहारीकहाँ दोष बलिको निम्ति ल्याउनुपर्छ। जुन पाप उसले नजानी गरेको थियो पूजाहारीले त्यसले गरेको पापबाट उसलाई क्षमा गराउनेछ।

5:19b.LEV.005.019 यो एउटा दोषबलि हो, किनभने त्यो मानिस परमप्रभुअघि दोषी भएको छ।”

6

6:1b.LEV.006.001 परमप्रभुले मोशालाई भन्नुभयो,

6:2b.LEV.006.002 “जब एकजना मानिस परमप्रभुको विररूद्धमा पाप र विश्वासघात गर्छ अनि आफ्नो छिमेकीलाई धोका दिएर पापकर्म गर्यो कसैले राख्न दिएको कुरा बन्धकमा राखेरको कुरा वा चोरेको कुरा राख्छ अनि छिमेकीसँग झूट बोल्छ।

6:3b.LEV.006.003 अनि यसरी ठगेको अथवा धोका दिएको अथवा अपहरण गरेकोमा आफू निर्दोष हुन झूटो स्वीकार गर्दैन।

6:4b.LEV.006.004 यदि एउटा व्यक्तिले यसरी यी कुराहरू गर्छ तब त्यो मानिस पापको दोषी हुनेछ। त्यो मानिसले सबै कुराहरू ल्याउनु पर्नेछ जे जति उसले चोरीको थियो, अथवा जे जति उसले ठगेर लगेको छ, अथवा जे जति अर्को मानिसले उसलाई उसको निम्ति समाल्न दिएका थिए अथवा जे जति उसले पायो अनि यस विषयमा झूट बोल्यो।

6:5b.LEV.006.005 जे जति उसले झूट्टा प्रतिज्ञा बनाउँछ। उसले पूरा मोल तिर्नु पर्छ। त्यसले यी सबै थोकहरूमा पाँचौं हिस्सा थपेर फर्काई दिनु पर्नेछ। उसले यो त्यस दिन दिनु पर्छ जहिले ऊ दोषबलि ल्याउँछ।

6:6b.LEV.006.006 “उसले आफूले गरेको दोषको बराबर परिमाणमा दोषबलि स्वरूप पशुहरूको बथानबाट एउटा निष्खोट भेडा परमप्रभुको निम्ति पूजाहारीकहाँ ल्याउनुपर्छ।

6:7b.LEV.006.007 अनि पूजाहारीले परमप्रभुअघि उसलाई शुद्ध पारिदिनेछन् अनि तिनी कुनै पनि काम गर्दा जो दोषी हुन्छ यस्तो दोषबाट उसलाई मुक्त गर्नेछन्।”

6:8b.LEV.006.008 परमप्रभुले मोशालाई भन्नुभयो,

6:9b.LEV.006.009 “यी कुराहरू हारून अनि तिनका छोराहरूलाई आज्ञा दे यो होमबलिको निम्ति विधि हो। होमबलिको बलि वेदीको चुलामा बिहान नहुञ्जेलसम्म रातभरि रहोस् अनि वेदीमा आगो बलिरहोस्।

6:10b.LEV.006.010 पूजाहारीले आफ्नो पोशाक सूती कपडाको लगाओस्, सूतीको सुरूवाल पनि उसले भित्री पट्टि लगाओस् र होमबलिको भेटी वेदीमा जलाउँदा निस्केको खरानी हटाओस् र त्यसलाई वेदीको पछिल्तिर राखोस्।

6:11b.LEV.006.011 पूजाहारीले लगाएको वस्र खोलुन् अनि अर्को लुगा लगाएर खरानीलाई पाल बाहिर पवित्र ठाउँमा लैजाउन्।

6:12b.LEV.006.012 आगो वेदीमाथि लगातार बलिरहन दिनु पर्छ। आगोलाई निभ्न दिनु हुँदैन। पूजाहारीले प्रत्येक बिहान वेदीमा दाउरा हाल्नु पर्छ अनि होमबलि त्यसमाथि मिलाएर राख्नु पर्छ। अनि मैत्रीबलिको बोसो वेदीमा निरन्तर जलिरहनु पर्छ।

6:13b.LEV.006.013 वेदीमा आगो निरन्तर बलिरहोस्, त्यो निभ्नु हुँदैन।

6:14b.LEV.006.014 “अन्नबलिको निम्ति नियम यस्तो छ हारूनका छोराहरूले अन्नबलि वेदीमाथि परमप्रभुको सामुन्ने ल्याउन्।

6:15b.LEV.006.015 पूजाहरीले परमप्रभुलाई स्मारक भेटीको रूपमा चढाउन ल्याएको पीठो र तेलबाट एक मूठ्ठी पीठो सुगन्धित धूपसमेत लिनु पर्छ अनि वेदीमा जलाउनु पर्छ।

6:16b.LEV.006.016 “रहेको पीठो र तेल चाँहि हारून र उसका छोराहरूले खानु पर्छ। तिनीहरू त्यो पवित्र ठाउँमा खमीर नमिसाई खानु पर्छ। तिनीहरूले त्यो भेट हुने पालको आँगनमा खानुपर्छ।

6:17b.LEV.006.017 त्यो खमीरसित पकाउनु हुँदैन। मैले मलाई दिएको भेटीहरू तिनीहरूको भागको रूपमा तिनीहरूलाई दिएको नै छु। त्यो पाप बलि अनि दोषबलि जस्तै शुद्ध छ।

6:18b.LEV.006.018 परमप्रभुको अन्नबलिबाट हारूनको पुरूष सन्तानहरू मध्ये कसैले खानु सक्छ। यो नियम तिम्रो सन्तानहरूको निम्ति सँधैको लागि हो। यी भेटीहरू छोएर नै कोही पवित्र हुन्छ।”

6:19b.LEV.006.019 परमप्रभुले मोशालाई भन्नुभयो,

6:20b.LEV.006.020 “यो त्यो बलि हो जसलाई हारून र उसका छोराहरूले परमप्रभुको निम्ति त्यस दिन चढाउनुपर्छ जहिले हारून प्रधान पूजाहारीका रूपमा अभिषिक्त हुन्छन्। नियमित आठ बटुको मिहिन पीठो, यसको आधा विहान चढाउनु पर्छ अनि आधा साँझमा।

6:21b.LEV.006.021 “तेल सित तावामा राम्ररी भूटेर बनाओस् यो राम्ररी तेलमा मिसाएर परमप्रभुको निम्ति टुक्रा-टुक्रा पारेर मिठो सुगन्धित अन्नबलि चढाउनु पर्छ।

6:22b.LEV.006.022 “अनि हारूनका छोरा जो पूजाहारीको रूपमा अभिषिक्त हुन्छन्, तिनले अन्नबलि तयार पार्नुपर्छ। यो सँधैको लागि परमप्रभुको स्थायी नियम हो। यसलाई पूर्ण रूपले जलाउनुपर्छ।

6:23b.LEV.006.023 पूजाहरीले चढाएको प्रत्येक अन्नबलि सम्पूर्ण रूपले जलाउनु पर्छ यो खानु हुँदैन।”

6:24b.LEV.006.024 परमप्रभुले मोशालाई भन्नुभयो,

6:25b.LEV.006.025 “हारून र तिनका छोराहरूलाई भन, यो पाप बलिको नियम हो, जुन ठाउँमा होमबलिको निम्ति परमप्रभुकोअघि मारिन्छ, त्यसै ठाउँमा पाप बलिको निम्ति पनि मारिनु पर्छ। यो अत्यन्तै पवित्र हो।

6:26b.LEV.006.026 जुन पूजाहारीले पापबलि चढाउँछ उसले यो खानुपर्छ। यो भेट हुने पालको आँगन पवित्र स्थानमा खानुपर्छ।

6:27b.LEV.006.027 जसले यो पापबलिको मासु छुन्छ, त्यो पवित्र हुन्छ। “यदि यसको रगत लुगाहरूमा कतै छर्कियो भने त्यो पवित्र ठाउँमा धुनुपर्छ।

6:28b.LEV.006.028 अनि प्रत्येक माटोको भाँडा जसमा पापबलिको मासु पकाइन्छ, त्यो फुटाउनुपर्छ। अनि यदि पाप बलिको मासु धातुले बनिएको भाँडामा पकाएको त्यो माझेर पानीले पखाल्नु पर्छ।

6:29b.LEV.006.029 “पूजाहारीहरूमा भएका प्रत्येक पुरूषले यो खान सक्छन् र यो अत्यन्त पवित्र हो।

6:30b.LEV.006.030 तर पाप बलिको रगत यदि मानिसहरूलाई पवित्र पार्न भेट हुने पालमा ल्याएको भए त्यो खानु हुँदैन। यो आगोमा जलाउनु पर्छ।

7

7:1b.LEV.007.001 “दोषबलिको नियम यही हो। यो अत्यन्तै पवित्र छ।

7:2b.LEV.007.002 जहाँ सबै होमबलि मारिन्छ त्यही ठाउँमा दोषबलिको पनि त्यही गरियोस्। अनि वेदीको वरीपरि सबैतिर त्यसको रगत छर्कोस्।

7:3b.LEV.007.003 “त्यसको सबै बोसो, बोसे पुच्छर, आन्द्रा भुँडी छोप्ने बोसो,

7:4b.LEV.007.004 दुवै मृगौला र त्यसमाथि भएको बोसो, मिगौलासमेत मांशपेशीको तल्लो भागको बोसो अनि कलेजालाई ढाक्ने मासु मृगैला सितै निकाल्नु पर्छ र चढाउनु पर्छ।

7:5b.LEV.007.005 पूजाहारीले ती भागहरूलाई परमप्रभुको निम्ति कै वेदीमा दोषबलिको रूपमा जलाउनु पर्छ।

7:6b.LEV.007.006 “अनि पूजाहारीको घरका प्रत्येक पुरूष मानिसले त्यो खान सक्छ। यो एकदमै पवित्र हो दोषबलि पवित्र ठाउँमा खानुपर्छ।

7:7b.LEV.007.007 दोषबलि पापबलि जस्तै हो। यी दुवैको निम्ति नियमहरू एउटै छन्। बलि पूजाहरीको हो जसले ऊसित प्रायश्चित गर्छ। अनि यो उसको खाद्य हो।

7:8b.LEV.007.008 जब पूजाहारीले होमबलि चढाउनु हुन्छ, त्यसको छाला पूजाहारी कै हुन्छ।

7:9b.LEV.007.009 अनि प्रत्येक अन्नबलि जो चुलामा पकाएर अथवा तावामा अथवा ताप्केमा पकाएको जुन पूजाहारीले चढाउँछ त्यो उसैको हुन्छ।

7:10b.LEV.007.010 तर अर्को अन्नबलि जो तेलमा मिसाएर अथवा सुख्खा बनाइन्छ त्यो बराबरी भागमा हारूनका छोराहरूको हुन्छ। मेलबलिहरू

7:11b.LEV.007.011 “परमप्रभुलाई अर्पण गरिने मेलबलिका नियम यही हो। यदि त्यो कसैले धन्यवाद स्वरूप चढायो भने,

7:12b.LEV.007.012 उसले उसको धन्यवाद बलिसित खमीर नहाली तेलमा मुछेको रोटी, खमीर नहाली तेल दलेको बाबर रोटी र तेलमा डुबाएको शुद्ध पीठोको फुलौरा चढाओस्।

7:13b.LEV.007.013 उसले मेलबलिसित धन्यवादको भेटी खमीर मिसाएको रोटी पनि चढाओस्। यसबाट उसले परमप्रभुलाई प्रत्येक एक एकवटा उपहार चढाउनेछ।

7:14b.LEV.007.014 मेलबलिको रगत जुन पूजाहारीले छर्कन्छ यो बलि उसैको हुन्छ।

7:15b.LEV.007.015 धन्यवादको निम्ति मेल बलिको मासु त्यही बलि चढाएकै दिन खाई सक्नुपर्छ। यसको कुनै अंश अर्को बिहान सम्म रहनुहुँदैन।

7:16b.LEV.007.016 “यदि उसको बलि परमप्रभुअघि विशेष भाकल पूरा गर्नु राखिएको अथवा परमप्रभुलाई भेटी चढाएको अर्थ लाग्छ। तब बलिदान त्यही दिन खानुपर्छ जहिले बलि चढाइन्छ अनि रहेको अर्को दिन खानु सकिन्छ।

7:17b.LEV.007.017 तर यदि केही मासु तेस्रो दिनसम्म रहे आगोमा जलाउनुपर्छ।

7:18b.LEV.007.018 यदि मेलबलिको मासु तेस्रो दिनमा खाए, त्यो स्वीकृत हुने छैन, त्यो एउटा चढाउनेको निम्ति केही गनिने छैन यो अशुद्ध भएको छ। मानिस दोषी हुनेछ अनि जसले यसलाई खान्छ दण्ड पाउँनेछ।

7:19b.LEV.007.019 “कुनै अशुद्ध कुरोले छोएको मासु खान हुँदैन। त्यसलाई आगोमा जलाउनु पर्छ। अनि अरू शुद्ध मानिस जति छन् तिनीहरूले मेल बलिबाट मासु खान सक्छन्।

7:20b.LEV.007.020 तर यदि कसैले परमप्रभुको मेलबलिको मासु जब खान्छ तब ऊ अशुद्ध हुन्छ, तिमीले उसलाई उसका मानसिहरूबाट छुट्‌याउनु पर्छ।

7:21b.LEV.007.021 “जब कुनै मानिसले कुनै अशुद्ध चीज छुन्छ त्यो अशुद्धता मानिसको अथवा पशुको अथवा अन्य कुनै घृणित चीज होस् र मेलबलिको मासु खाए त्यसलाई त्यसको मानिसहरूबाट अलग गराउनुपर्छ।”

7:22b.LEV.007.022 परमप्रभुले मोशालाई भन्नुभयो,

7:23b.LEV.007.023 “इस्राएली मानिसहरूलाई भन, तिमीहरूले साँढे, भेडा अथवा बाख्राहरूको बोसो खानु हुँदैन।

7:24b.LEV.007.024 तिमीहरूले आफैं मरेको पशु अथवा जंगली जानवरहरूले मारेको पशु अन्य कुनै काममा लाग्न सक्छ, तर तिमीहरूले खानु हुँदैन।

7:25b.LEV.007.025 परमप्रभुलाई चढाएको पशुको बोसो जुन मानिसले खान्छ उसलाई उसका मानिसहरूबाट अलग्ग गराउनुपर्छ।

7:26b.LEV.007.026 “चराको होस् अथवा पशुको तिमीहरूले आफू बसोबास गर्ने ठाउँमा रगत नखानु।

7:27b.LEV.007.027 यदि कुनै मानिसले बसेको ठाउँमा रगत खान्छ भने उसलाई उसका मानिसहरूबाट अलग गराउनुपर्छ।”

7:28b.LEV.007.028 परमप्रभुले मोशालाई भन्नुभयो,

7:29b.LEV.007.029 “इस्राएलका मानिसहरूलाई भन, ‘जसले मेलबलि चढाउँछ, उसले बलिको निम्ति उपहार आफैं लिएर आउनुपर्छ।

7:30b.LEV.007.030 परमप्रभुलाई चढाउने भेटी आफ्नो हातमा लिएर परमप्रभुअघि छातीको ह्याकुलो बोसोसमेत डोलाउने बलिको रूपमा चढाउनुपर्छ।

7:31b.LEV.007.031 पूजाहारीले बोसो वेदीमा जलाउनु पर्छ तर हारून र उनका छोराहरूको हुन्छ।

7:32b.LEV.007.032 मेलबलिको निम्ति चढाएको बलिको दाहिने फिला चाहि पूजाहारीलाई दिइयोस्।

7:33b.LEV.007.033 हारूनका छोराहरू मध्ये एक जना पूजाहारी जसले आफ्नो भागबाट मेलबलिको रगत र बोसो चढाउँछ। मेलबलिको दाहिने फिला चाँहि पूजाहरीको हुन्छ।

7:34b.LEV.007.034 किनभने डोलाइने बलिको ह्याकुलो र मैत्रीबलिको दाहिने तिघ्राको उपहार जो मैले इस्राएलीहरूबाट लिएको थिएँ पूजाहारी हारून र उनका छोराहरूलाई नियमित उपहारको रूपमा दिएको छु।”

7:35b.LEV.007.035 जुन दिन हारून र तिनका छोराहरूलाई परमप्रभुको सेवा गर्न पूजाहारी पदमा नियुक्ति गरियो त्यसै दिनदेखि परमप्रभुको निम्ति आगोमा चढाइएका बलिहरूबाट तिनीहरूको भाग पाउँछन्।

7:36b.LEV.007.036 परमप्रभुले मानिसहरूलाई बलिको तिनीहरूको भाग सदा-सर्वदा पूजाहारीलाई दिनु भन्नु भएकोछ। उहाँले यी आज्ञाहरू त्यस दिन दिनुभयो जब उहाँले तिनीहरूलाई पूजाहारी नियुक्त गर्नुभयो।

7:37b.LEV.007.037 यिनीहरू नै होमबलि, अन्नबलि, पापबलि, दोषबलि, मैत्रीबलि अनि अपर्णबलिका नियमहरू हुन्।

7:38b.LEV.007.038 जुनदिन परमप्रभुले सीनै मरूभूमिमा इस्राएलीहरूलाई उहाँको निम्ति बलि ल्याउने आज्ञा दिनु भयो त्यही दिन परमप्रभुले मोशालाई यी आज्ञाहरू सीनै पर्वतमा दिनु भएको थियो।

8

8:1b.LEV.008.001 परमप्रभुले मोशालाई भन्नुभयो,

8:2b.LEV.008.002 “हारून र उसका छोराहरूलाई तिनीहरूको पूजाहारी पोषक, अभिषेक तेल, पापबलिको साँढे, दुइवटा भेडा र एक डालो अखमिरी रोटीसँग लैजाऊ।

8:3b.LEV.008.003 तब तिनीहरूलाई सम्पूर्ण मानिसहरूसंग भेट हुने पालमा लैजाऊ।”

8:4b.LEV.008.004 यसर्थ परमप्रभुले तिनलाई आज्ञा दिनु भए झैं मोशाले भने। मानिसहरू सबै भेट हुने पालमा सँगै भेला भए।

8:5b.LEV.008.005 मोशाले मानिसहरूलाई भने, “यो परमप्रभुले आज्ञा दिनु भएको कुरा यही हो।”

8:6b.LEV.008.006 तब मोशाले हारून र तिनका छोराहरूलाई ल्याए अनि पानीले नुहाइदिए।

8:7b.LEV.008.007 तब मोशाले हारूनलाई बुनेको कमेज पहिराइदिए अनि तिनको कम्मरमा पटुका बाँधिदिए। त्यसपछि हारूनलाई अलखा पहिराए तब मोशाले तिनलाई एपोद बाँधिदिए। मोशाले एपोदलाई अलखामा बाँधिदिए।

8:8b.LEV.008.008 तब उनले हारूनको छातीमा ‘न्यायको छाती पाता’ लगाइदिए अनि गोजीमा “ऊरीम” र “तुम्मीम” राखिदिए।

8:9b.LEV.008.009 परमप्रभुले आज्ञा दिनुभए अनुसार तिनले हारूनलाई टाउकोमा फेटा बाँधिदिए अनि फेटाको अघिल्लो भागमा सुनको पवित्र मुकुट लगाइदिए।

8:10b.LEV.008.010 मोशाले अभिषेक तेल लिएर पवित्र पालको प्रत्येक ठाउँ र चीजहरूमा छर्किदिए। अनि यसरी तिनले, ती सब चीजहरूलाई पवित्र पारे।

8:11b.LEV.008.011 उनले अभिषेक तेल वेदीमा सात पल्ट छर्किदिए। उनले अभिषेक तेल वेदी अनि भाँड-कुँडाहरू हातमुख धुने भाँडो अनि कचौरा राख्ने ठाउँलाई पवित्र बनाउन छर्किदिए।

8:12b.LEV.008.012 त्यसपछि हारूनलाई शुद्ध पार्न अभिषेक तेलको केही अंश तिनको शिरमा खन्याइ दिए।

8:13b.LEV.008.013 त्यसपछि मोशाले हारूनका छोराहरूलाई ल्याए र बुनेको कमिज पहिराई पटुका बाँधिदिएर तिनीहरूलाई टोपी लगाइदिए अनि यी सबै मोशाले परमप्रभुको आज्ञा अनुसार गरेका थिए।

8:14b.LEV.008.014 यसपछि उनले पापबलिको साँढे ल्याए। हारून र तिनका छोराहरूले त्यस साँढेको टाउकोमाथि आफ्ना-आफ्ना हात राखे,

8:15b.LEV.008.015 अनि मोशाले त्यो साँढेलाई मारेर र केही रगत आफ्नो औंलाहरूमा लिएर वेदीको कुना-कुना सबैतिर दले। यस प्रकार तिनले वेदी पवित्र पारे। अनि बाँकी रहेको रगत वेदीको आधारमा खन्याए। यसरी तिनले प्रायश्चित गर्न वेदी पवित्र बनाए।

8:16b.LEV.008.016 मोशाले साँढेको भित्र्यांशको बोसो, कलेजो बोसो, दुइवटा मृगौलाहरू अनि तिनीहरूमाथि भएको बोसो निकाले अनि यी वेदीमा जलाए।

8:17b.LEV.008.017 त्यसपछि तिनले साँढेको अरू बाँकी रहेको छाला, मासु, गोवर तथा अरू भागहरू परमप्रभुको आज्ञा अनुसार पाल बाहिर जलाइदिए।

8:18b.LEV.008.018 त्यसपछि तिनले होमबलिको निम्ति एउटा भेडा ल्याए अनि हारून अनि तिनका छोराहरूले त्यस भेडाको शिरमाथि तिनीहरूको हात राखे।

8:19b.LEV.008.019 तब मोशाले भेडालाई मारे अनि यसको रगत वेदीको चारैतिर छर्किदिए।

8:22b.LEV.008.022 त्यसपछि तिनले पूजाहारी नियुक्त भएकोमा अर्पण गरिएको अर्को भेडा ल्याए अनि हारून र तिनका छोराहरूले आफ्नो हातहरू त्यस भेडाको टाउकोमाथि राखे।

8:23b.LEV.008.023 त्यसपछि तिनले त्यो भेडालाई मारेर त्यसको रगत हारूनको दाहिने कानको लोतीमा, दाहिने हात र दाहिने खुट्टाको बुढी ओंलाहरूमा लगाइदिए।

8:24b.LEV.008.024 मोशाले हारूनका छोराहरूलाई अघि ल्याए अनि तिनीहरूको दाहिने कानको लोती दाहिने हातको औंलो र दाहिने खुट्टकाको बुढी औंलाहरूमा राखिदिए अनि रहेको रगत वेदी वरिपरि छर्किदिए।

8:25b.LEV.008.025 तिनले बोसो, बोसे पुच्छर आन्द्राभुँडी छोप्ने सबै बोसो, कलेजो छोप्ने मासु, बोसोसितै दुइवटा मिगौला र दाहिने फिला लिए।

8:26b.LEV.008.026 परमप्रभु अघि राखिएको खमीर रहित रोटीको डालोबाट उनले एउटा मोटो अखमीर रोटी, अर्को एउटा अखमीरे रोटी तेल मिसाएको र अखमीरे फुलौरो अनि तिनीहरूलाई बोसो र दाहिने तिघ्रामाथि राखे।

8:27b.LEV.008.027 तब मोशाले ती खाद्यहरू हारून अनि तिनका छोराहरूको हातमा राखिदिए अनि परमप्रभुअघि डोलाउने बलिको रूपमा माथि उठाए।

8:28b.LEV.008.028 तब तिनले तिनीहरूको हातबाट खाद्य लिए अनि होमबलिको वेदीमाथि राखिदिए। यो पूजाहारीहरूको नियुक्ति निम्ति बलिदान थियो। यो एउटा सुगन्धित समुद्रघर भेटी हो जसले परमप्रभुलाई खुशी पार्यो।

8:29b.LEV.008.029 परमप्रभुको आदेश अनुसार परमप्रभुमाथि ह्याकुलो विशेष उपहारको रूपमा हल्लाए। पूजाहारीहरूलाई नियुक्त गर्नका निम्ति यो मोशाको भेडाको भाग थियो।

8:30b.LEV.008.030 तिनले केही अभिषेक गरेको तेल अनि रगत लिए जो वेदीमा थियो अनि त्यसलाई हारून र तिनका छोराहरू र तिनीहरूको लुगाहरूमाथि छर्के। यसरी तिनले हारून र तिनका छोराहरूसहित तिनीहरूका लुगाहरू सितै पवित्र पारे।

8:31b.LEV.008.031 1तिनले हारून र तिनका छोराहरूलाई भने, “भेट हुने पालको प्रवेशद्वारमा मासु उसिन र अभिषेक डालोमा भएको रोटीहरूसित खाऊ।

8:32b.LEV.008.032 तिमीहरूले खाएर उब्रेको मासु र रोटी आगोमा जलाइ देऊ।

8:33b.LEV.008.033 तिमीहरू पूजाहारी अभिषेक भएको दिनदेखि सात दिनसम्म बाहिर कतै नजानु, अभिषेकको समय सात दिन हो तिमीहरूले सात दिन पूरा नहोउञ्जेल भेट हुने पाल छोड्नु हुँदैन।

8:34b.LEV.008.034 तिमीहरूलाई पूजाहारी पदमा नियुक्ति गराउन पवित्र पार्न परमप्रभुले आज्ञा गर्नु भएको थियो जुन आज गरियो।

8:35b.LEV.008.035 मलाई आज्ञा गरिएको छ तिमीहरू सात दिनसम्म रात-दिन भेट हुने पालको प्रवेशद्वारमा बस्नुपर्छ अनि परमप्रभुको आज्ञा पालन गर्नुपर्छ जसले गर्दा तिमीहरूको मृत्यु हुने छैन।”

8:36b.LEV.008.036 परमप्रभुले मोशा मार्फत जे जति आज्ञा गर्नु भएको थियो हारून र तिनका छोराहरूले सबै पालन गरे।

9

9:1b.LEV.009.001 आठौं दिनमा मोशाले हारून, तिनका छोराहरू र इस्राएलका बूढा प्रधानहरूलाई बोलाए।

9:2b.LEV.009.002 हारूनलाई उनले भने, “बगालबाट निष्खोट एउटा बाछा पापबलिको निम्ति अनि होमबलिको निम्ति एउटा निष्खोट भेडा ल्याएर परमप्रभु सम्मुख बलि चढाऊ।

9:3b.LEV.009.003 इस्राएलका मानिसहरूलाई भने, ‘परमप्रभुको अघि पापबलिको निम्ति एउटा बोका, निष्खोट एक वर्ष पुगेको एउटा बाछा अनि होमबलिको निम्ति निष्खोट एउटा एक वर्षको पाठा ल्याऊ।

9:4b.LEV.009.004 अनि एउटा थुमा, एउटा साँढे र एउटा भेडा मेलबलिको निम्ति अनि अन्न बलि तेल सित मिसाएका उपहार झैं किन? किनभने आज परमप्रभु तिमीहरूको अघि प्रकट हुनुहुनेछ।’”

9:5b.LEV.009.005 यसर्थ मोशाले आज्ञा दिए अनुसार भेट हुने पालअघि तिनीहरूले चीजहरू ल्‌याए। सम्पूर्ण मानिसहरू परमप्रभुअघि आएर उभिए।

9:6b.LEV.009.006 त्यसपछि मोशाले भने, “परमप्रभुले तिमीहरूलाई यस्तो कार्य गर्नु भनी आज्ञा दिनु भएको थियो जसले गर्दा परमप्रभुको महिमा तिमीहरू प्रति झल्कियोस्।”

9:7b.LEV.009.007 त्यसबेला मोशाले हारूनलाई भने, “तिमी वेदीको नजिक जाऊ, तिम्रो पापबलि अनि होमबलि चढाऊ, आफ्नो र मानिसहरूको निम्ति पाप प्रायश्चित गर। परमप्रभुले आज्ञा गर्नु भएको अनुसार मानिसहरूले ल्याएको बलिदानहरू चढाएर तिनीहरूका निम्ति प्रायश्चित गरे।”

9:8b.LEV.009.008 त्यसपछि हारून आफ्नो निम्ति वेदीको नजिक गएर पापबलिको निम्ति बाछो मारे।

9:10b.LEV.009.010 तब परमप्रभुले मोशालाई आदेश गर्ने बित्तिकै हारूनले मृगौला, गर्भजालो, कलेजो ढाक्ने मासु अनि पशुको बोसो वेदीमा जलाए।

9:11b.LEV.009.011 पाल बाहिर हारूनले मासु र छाला आगोमा जलाइदिए।

9:12b.LEV.009.012 त्यसपछि तिनले होमबलि स्वरूप भेडा मारे। हारूनका छोराहरूले तिनलाई रगत दिए अनि वेदीका वरिपरि छर्के।

9:13b.LEV.009.013 अनि हारूनका छोराहरूले पशुका टुक्राहरू अनि यसको टाउको उसलाई दिए। तब हारूनले ती सबै वेदीमा जलाए।

9:14b.LEV.009.014 फेरि तिनले आन्द्रा-भुँडी र खुट्टा पखालेर होमबलिसँगै वेदीमाथि जलाए।

9:15b.LEV.009.015 त्यसपछि तिनले मानिसहरूको निम्ति बलिदान ल्याएर तिनीहरूको पापबलिको बोका मारे अनि पहिला गरे जस्तै पापबलिको निम्ति जलाए।

9:16b.LEV.009.016 त्यसपछि हारूनले होमबलि ल्याए अनि आज्ञानुसार बलि दिए।

9:17b.LEV.009.017 तब तिनले अन्नबलि ल्याए अनि त्यसबाट एक मुठ्ठी लिएर बिहानको होमबलिसित वेदीमा चढाए।

9:18b.LEV.009.018 अनि तिनले मानिसहरूको मेलबलिको निम्ति साँढे र भेडा मारे। हारूनका छोराहरूले रगत लिएर तिनलाई दिए अनि तिनले त्यो सबै तिर छर्के।

9:19b.LEV.009.019 अनि साँढे र भेडाको बोसो, आन्द्रा-भुँडी छोप्ने बोसो, मृगौला र कलेजा छोप्ने मासु तिनका छोराहरूले तिनलाई दिए।

9:20b.LEV.009.020 तिनीहरूले ह्याकुलामाथि बोसो राखे अनि तिनले त्यो बोसो वेदीमाथि जलाए।

9:21b.LEV.009.021 अनि मोशालाई परमप्रभुले दिएको आदेश अनुसार उनले परमप्रभुलाई ह्याकुलो र दाहिने तिघ्रो डोलाउने बलिको रूपमा चढाए।

9:22b.LEV.009.022 तब हारूनले मानिसहरू प्रति हात उठाएर तिनीहरूलाई आशीर्वाद दिए। यसरी पापबलि, होमबलि र मेलबलि चढाई सिध्याए पछि तिनी वेदीबाट तल ओर्लिए।

9:23b.LEV.009.023 त्यसपछि मोशा र तिनी भेट हुने पालमा गए। जब तिनीहरू बाहिर आए तिनीहरूले मानिसहरूलाई आशीर्वाद दिए। तब परमप्रभुको महिमा सबै मानिसहरूमा झल्कियो।

9:24b.LEV.009.024 परमप्रभुको सामुन्नेबाट आगो उत्पन्न भयो अनि वेदी माथिको होमबलि र बोसोलाई खरानी पार्यो। जब सबै मानिसहरूले यो देखे तिनीहरू कराए अनि आ-आफ्ना अनुहार भूइँतिर निहुराए।

10

10:1b.LEV.010.001 त्यसपछि हारूनका छोराहरू नादाब र अबीहूले परमप्रभुअघि धूप जलाउनको लागी आफ्नो धूपदानीमा आगो प्रयोग गर्दै सल्काए जसकालागि उहाँले तिनीहरूलाई अनुमति दिनु भएको थिएन।

10:2b.LEV.010.002 यसर्थ परमप्रभुको उपस्थितिबाट आगो निस्कियो र तिनीहरूलाई परमप्रभुको सामुन्ने जलायो।

10:3b.LEV.010.003 त्यसपछि मोशाले हारूनलाई भने, “परमप्रभुले जे भन्नु भएको थियो त्यसको अर्थ यही थियो। ‘पूजाहारीहरू जो मेरो सामुन्ने आउँछन् तिनीहरूद्वारा म सम्मानित हुनुपर्छ अनि सबैकोअघि म पवित्र हुनुपर्छ।’” अनि हारून नबोली बसे।

10:4b.LEV.010.004 मोशाले हारूनका काका उज्जीएलका छोराहरू मीशाएल र एलसापानलाई बोलाए अनि भने। उनले तिनीहरूलाई भने, “आऊ अनि आफ्ना काकाको छोराहरूलाई पवित्र स्थानबाट बाहिर पालसम्म लैजाऊ।”

10:5b.LEV.010.005 यसैले तिनीहरूले उनीहरूलाई पहिरेकै पोषाकमा मोशाको आदेश अनुसार पाल बाहिर उनीहरूलाई उठाएर लगे।

10:6b.LEV.010.006 तब मोशाले हारून र तिनका छोरा एलाजार र ईतामारलाई भने, “तिनीहरूको शिरको कपाल नखौर शोक देखाउनलाई आफ्ना लुगाहरू नच्यात, तब तिमीहरू मर्ने छैनौ, अनि परमप्रभु सबै मानिसहरूको विरूद्धमा क्रोधित हुनुहुने छैन। तर नादाब र अबीहूका लागि जो परमप्रभुद्वारा उत्पन्न गरेको आगोले गर्दा मरे, इस्राएलका सारा बासिन्दाहरू जो तिमीहरूका आफन्त छन् विलाप गर्न सक्छन्।

10:7b.LEV.010.007 भेट हुने पालको प्रवेशद्वार, बाहिर तिमीहरू नजानु नत्र तिमीहरू मर्ने छौ। किनभने परमप्रभुले अभिषेक गरेको तेल तिमीहरूमाथि छ।” यसकारण तिनीहरूलाई मोशाले जे भनेका थिए त्यही गरे।

10:8b.LEV.010.008 त्यसपछि परमप्रभुले हारूनलाई भन्नुभयो,

10:9b.LEV.010.009 “जब तिमी र तिम्रा छोराहरू भेट हुने पालभित्र पस्छौ तिमीहरूले दाखरस अथवा मादक वस्तु पिउनु हुदैन नत्र तिमीहरू मर्नेछौ। यो नियम भविष्यका तिम्रा सन्तानहरूको निम्ति सँधै रहोस्।

10:10b.LEV.010.010 किनभने तिमीहरूले कुन पवित्र अनि कुन अपवित्र र कुन शुद्ध अनि कुन अशुद्धमा भेद राख्नुपर्छ।

10:11b.LEV.010.011 अनि परमप्रभुले मोशाद्वारा इस्राएलीहरूलाई दिनुभएको नियमहरू तिनीहरूलाई सिकाउनुपर्छ।”

10:12b.LEV.010.012 मोशाले हारूनका बाँचेका छोराहरू एलाजार र ईतामरलाई भने, “अन्नबलि लैजाऊ जो रहेको छ यसमा कुनै खमीर नमिसाऊ अनि वेदीको नजिक गएर खाऊ किनभने यो अतिनै पवित्र छ।

10:13b.LEV.010.013 अनि यो तिमीहरूले पवित्र ठाउँमा खानु किनभने यो तिमी अनि तिम्रा छोराहरूको निम्ति परमप्रभुलाई चढाइएको अंश हो। त्यसको लागि मैले आज्ञा दिएकोछु।

10:14b.LEV.010.014 “तिमी र तिम्रा छोरा-छोरीहरूले समारोह शुद्ध ठाउँमा बसेर डोलाउने बलिको ह्याकुलो र तिघ्रो खान सक्छौ किनभने तिनीहरू तिमी र तिम्रा छोरा-छोरीहरूको निम्ति इस्राएलका मानिसहरूद्वारा मेलबलिको रूपमा दिइएका छन्।

10:15b.LEV.010.015 तिनीहरूले डोलाइएको बलिको तिघ्रा र ह्याकुलो अनि बोसो पनि आगोद्वारा चढाउन ल्याउनु पर्छ। यो तिमी र तिम्रा नानीहरूको निम्ति परमप्रभुको आदेश अनुसार सँधैको निम्ति हुनेछ।”

10:16b.LEV.010.016 जब मोशाले पापबलिको बोको खोजे तब उनले त्यो पहिले नै पोली सकेको पाए। यसर्थ एलाजार र ईतामार, जो हारूनका बाँचेका छोराहरू हुन, तिनीहरूसित मोशा रिसाए उनले भने,

10:17b.LEV.010.017 “तिमीहरूले किन पापबलिको मासु पवित्र स्थनमा बसेर खाएनौ? किनभने त्यो बलि अत्यन्तै पवित्र हो। अनि परमेश्वरले मानिसहरूको दोष निवारणको निम्ति परमप्रभुअघि तिमीहरूलाई दिनुभएको हो।

10:18b.LEV.010.018 तिमीहरूले बोकाको रगत पवित्र स्थलभित्र ल्याएनौ। यसर्थ मैले आदेश अनुसार तिमीहरूले पवित्र स्थान भित्र मासु खाएको हुनु पर्छ।”

10:19b.LEV.010.019 तब हारूनले मोशालाई भने, “आज कै दिन तिनीहरूले आफ्ना पापबलि र होमबलि परमप्रभुको सामु चढाए तापनि ममाथि यस्ता कुराहरू परिआएका छन्। यदि मैले आज पापबलिको मासु खाएको भए, के यसले परमप्रभुलाई खुशी बनाउने थियो?”

10:20b.LEV.010.020 जब मोशाले यी कुरा सुने, तिनी यो कुरासँग सहमत भए।

11

11:1b.LEV.011.001 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,

11:2b.LEV.011.002 “इस्राएलका मानिसहरूलाई भनः ‘पृथ्वीका प्राणीहरूमध्ये तिमीहरू यी प्राणीहरू खान सक्छौः

11:3b.LEV.011.003 तिमीहरू कुनै पनि प्राणी खान सक्छौ जसको खुर चिरिएको हुन्छ अनि जो उग्राउँछ।

11:7b.LEV.011.007 अनि सुँगुर-यसको खुर चिरिएको त छ तर यसले उग्राउँदैन, यसर्थ यो तिमीहरूको निम्ति फोहोर तथा अशुद्ध छ।

11:8b.LEV.011.008 तिमीहरूले यी पशुहरूको मासु नखानु अनि या पशुहरूको सिनु नछुनु। यी पशुहरू तिमीहरूको निम्ति अशुद्ध अनि फोहोर हुन्।

11:9b.LEV.011.009 “पानीमा हुने सबै प्राणीहरू तिमीहरूले खान सक्छौ, जलचर प्राणीहरूमा जसको पखेटा र कत्ला हुन्छ, चाहे त्यो नदी अथवा समुद्रको, तिमीहरू खान सक्छौ।

11:12b.LEV.011.012 जलचर प्राणीहरू मध्ये जसको पखेटा अनि कत्ला हुँदैन त्यसको मासु खानु तिमीहरूको निम्ति निषेध मान्नुपर्छ।

11:13b.LEV.011.013 “चराहरूमा यी तिमीहरूको निम्ति घृणित हुन् अनि तिमीहरूले यिनीहरूको मासु खानु हुँदैन गरूड, गिद्ध, कालो गिद्ध,

11:14b.LEV.011.014 रातो चील र सबै प्रकारका कालो चील,

11:15b.LEV.011.015 सबै थरीका कागहरू,

11:16b.LEV.011.016 ठूलो लाटकोसेरो, कराउने लाटकोसेरो, समुद्री चराहरू र सबै जातका बाजहरू,

11:17b.LEV.011.017 सानो लाटोकोसेरो, पानी काग, भुल्का,

11:18b.LEV.011.018 सेतो लाटोकोसेरो, मरूभूमिमा हुने लाटोकोसेरो, माछा खाने चील,

11:19b.LEV.011.019 सारस, सबै प्रकारको बकुल्ला, फाप्रेचरो र चमेरो।

11:20b.LEV.011.020 “तिमीहरूले प्रत्येक पंखेटा भएका किराहरूलाई जो घस्रेर हिंड्छन्, खानमा बारेको सम्झनु पर्छ।

11:21b.LEV.011.021 तर तिमीहरूले उफ्रिने जोर्नी भएका खुट्टा हुने पंखेटा भएका किराहरू खान सक्छौ।

11:22b.LEV.011.022 यी किराहरू मध्ये तिमीहरूले खान सक्छौः प्रत्येक प्रकारको सलह, पखेटा सलह; प्रत्येक जातको किथ्रा र फटेङ्ग्रा खानु सक्छौ।

11:23b.LEV.011.023 “चार खुट्टे तर पंखेटा भएका प्रत्येक जातका किराहरू तिमीहरूको निम्ति घृणित हुन्छ, यो तिमीहरूले खानु निषेध मान्नुपर्छ।

11:24b.LEV.011.024 निम्न लिखित प्राणीहरूले तिमीहरूलाई फोहोर अनि अपवित्र पार्छ। कुनै पनि मानिस जसले तिनीहरूको सिनु छुन्छ त्यो साँझसम्म अपवित्र रहन्छ।

11:25b.LEV.011.025 अनि कुनै पनि मानिस जसले सिनु बोक्छ, उसले आफ्नो लुगा धुनुपर्छ अनि साँझसम्म त्यो अपवित्र रहनेछ।

11:28b.LEV.011.028 जसले यस्तो पशुको लाश बोक्छ, साँझसम्म अशुद्ध रहन्छ अनि यसले आफ्नो लुगा धुनुपर्छ। त्यस्ता पशुहरू तिमीहरूको निम्ति अशुद्ध हुन्।

11:29b.LEV.011.029 “भूँईमा घस्रने प्राणीहरू मध्ये यिनीहरू तिमीहरूको निम्ति अपवित्र हुन्-जस्तै न्याउरीमुसो, मुसो, सबै जातको छेपारोहरू,

11:30b.LEV.011.030 माउसुली, गोहोरो, भालेमुँग्रो, बालुवामा हुने छेपारो अनि रंग बद्लने छेपारो।

11:31b.LEV.011.031 घस्रनेहरूमा यिनीहरू तिमीहरूको निम्ति अशुद्ध हुन्। कसैले यी प्राणीहरूमध्ये कुनैको पनि लाश छोए त्यो मानिस साँझसम्म अशुद्ध रहनेछ।

11:32b.LEV.011.032 “अनि यदि अशुद्ध पशुहरू मध्ये कुनै मर्छ अनि केहि कुरामा पर्छ तब त्यो वस्तु अशुद्ध हुनेछ यो काठ, लुगा, छाला, पाठाको छालाको लुगा (भाङग्रा) अथवा कुनै काम आउने भाँडे किन नहोस्। यदि यस्तो भए, यसलाई पानीमा डुबाउनु पर्छ अनि यो साँझसम्म अशुद्ध रहनेछ।

11:33b.LEV.011.033 माटोको भाँडामा मरेका यी प्राणीहरूमध्ये कुनै परे त्यो भाडमा रहेको चीज पनि अशुद्ध हुन्छ र त्यो भाँडा फुटाउनु पर्छ।

11:34b.LEV.011.034 यदि त्यो भाँडामा पानी थियो अनि त्यसले अर्को कुनै खाद्य छुन्छ। त्यो अशुद्ध हुनेछ। अनि यदि कुनै पिउने वस्तु त्यस भाँडामा थियो भने त्यो पनि अशुद्ध हुनेछ।

11:35b.LEV.011.035 यदि त्यो मरेको वस्तुको कुनै पनि अंग मात्र केही चीजमा परे त्यो चीज अशुद्ध हुनेछ। यदि त्यो बस्तु चुला अथवा अँगेटी हो भने त्यो भत्काउनु पर्छ।

11:36b.LEV.011.036 “तर यदि कोही पानीको मुहान अथवा कूवाँमा भए त्यो अशुद्ध हुँदैन तर जसले मरेको लाश छुन्छ त्यो चाँहि अशुद्ध हुन्छ।

11:37b.LEV.011.037 अनि यदि त्यो मृत देह कुनै बीउमाथि झरे त्यो बीउ शुद्ध नै रहन्छ।

11:38b.LEV.011.038 तर यदि ती बीउहरूमाथि पानी हालेको छ र त्यस्तो सिनु पर्यो भने ती बीउहरू तिमीहरूको निम्ति अशुद्ध हुनेछन्।

11:39b.LEV.011.039 “यदि तिमीहरूका पशुहरूमध्ये कुनै मर्छ जसलाई खानको निम्ति तिमीहरूलाई अनुमति दिइएको छ, तब व्यक्ति जसले यसको मृत शरीरलाई छुन्छ साँझसम्म अशुद्ध रहनेछ।

11:40b.LEV.011.040 यदि कसैले त्यस मरेको पशुको कुनै भागको मासु खान्छ तब त्यस मानिसले आफ्नो लुगा धुनु पर्छ र साँझसम्म ऊ अशुद्ध रहनेछ। यदि कसैले त्यस्तो पशुहरूको लाश छुन्छ ऊ साँझसम्म अशुद्ध रहनेछ अनि उसले आफ्ना लुगाहरू धुनु पर्छ।

11:41b.LEV.011.041 “अनि प्रत्येक प्राणी जो भुइँमा घस्रन्छ त्यसलाई तिमीले घृणा गर्नैपर्छ अनि तिमीले त्यो खानु हुँदैन।

11:42b.LEV.011.042 कुनै पनि प्राणी जो भुइँमा आफ्नो पेटले सुल्कन्छ अथवा चार अथवा धेरै खुट्टाले घस्रन्छ त्यस्तो प्राणी तिमीहरूले खानु हुँदैन। तिनीहरूलाई घृणा गर्नुपर्छ।

11:43b.LEV.011.043 यस्ता घस्रने प्राणीबाट तिमीहरू कुनै पनि परिस्थितिमा अशुद्ध नहुनु। यिनीहरूलाई छोएर अशुद्ध नबन।

11:44b.LEV.011.044 किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरूले आफूलाई पवित्र राख्नु पर्छ। तिमीहरू पवित्र होऊ किनभने म पवित्र छु। तिमीहरू भूइँमा प्राणीहरूद्वारा अशुद्ध हुनु हुँदैन

11:45b.LEV.011.045 म परमप्रभु तिमीहरूका परमेश्वर हुँ जसले तिमीहरूलाई मिश्र देशबाट तिमीहरूका परमेश्वर हुनका निम्ति बाहिर ल्याएँ, तिमीहरू पवित्र बन किनभने म पवित्र छु।”

11:46b.LEV.011.046 पशु, पंक्षी, जलचर अनि भूइँमा घस्रने सबै प्राणीहरूका निम्ति विधिहरू यी नै हुन्।

11:47b.LEV.011.047 पवित्र र अपवित्र र पशुहरूमा मासु खानु हुने र नहुने छुट्याउने नियम यी नै हुन्।”

12

12:1b.LEV.012.001 परमप्रभुले मोशालाई भन्नुभयो,

12:2b.LEV.012.002 “इस्राएलका मानिसहरूलाई भनः यदि कुनै स्री गर्भवती हुन्छे र एउटा छोरा जन्माउँछे तब ऊ सात दिनसम्म अशुद्ध रहन्छे जस्तो ऊ रजस्वलाको समयमा अशुद्ध हुन्छे।

12:3b.LEV.012.003 अनि आठौं दिनमा नवजात बालकको खतना गरिनुपर्छ।

12:4b.LEV.012.004 सुत्केरी आइमाईले शुद्धिकरणको निम्ति तैतीस दिनसम्म पर्खनुपर्छ। आइमाईले कुनै पवित्र चीज छुनु हुँदैन तथा पवित्र स्थानतिर जानु हुँदैन जबसम्म उसको शुद्धी हुने दिन पूरा हुँदैन।

12:5b.LEV.012.005 यदि कुनै स्रीले छोरी जन्माइ त्यो स्त्री स्वाभाविक रजस्वलाको दिनमा झैं दुई हप्तासम्म अशुद्ध रहन्छे। अनि उसले आफ्नो रजस्वलाबाट शुद्धीकरणको निम्ति छयसठ्ठी दिनसम्म पर्खनुपर्छ।

12:6b.LEV.012.006 “शुद्ध हुने दिन शेष भएपछि उसले छोरा पाएकी होस् अथवा छोरी, होमबलिको निम्ति एउटा एक बर्षे थुमा अनि पापबलिको निम्ति परेवाको एउटा बच्चा अथवा ढुकुरको बच्चा उसले पूजाहारी कहाँ भेट हुने पालको प्रवेशद्वारमा ल्याउनुपर्छ।

12:7b.LEV.012.007 त्यसपछि पूजाहारीले उसको बलि परमप्रभुलाई चढाउँछन् र ऊ सुत्केरी आफ्नो रजस्वलाबाट शुद्ध हुन्छे। यो नानी जन्माउँने कुनै पनि स्त्रीको निम्ति विधि हो।

12:8b.LEV.012.008 यदि उसले थुमा चढाउन सक्तिन भने होमबलि र पापबलिको निम्ति एक जोडी परेवाका बचेरा अथवा ढुकुर ल्याउनु पर्छ र पूजाहारीले उसलाई शुद्ध पार्छ अनि ऊ शुद्ध हुन्छे।”

13

13:1b.LEV.013.001 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,

13:2b.LEV.013.002 “यदि कुनै मानिसको आफ्नो शरीरको छालामा कुनै वर्णान्तर दाग, विफिरा अथवा कुनै घाउ छ भने त्यसबाट कुनै हानिकारक चर्म रोग हुन सक्ने सम्भावना रहे उसलाई हारून अथवा तिनका पूजाहारी छोराहरू भएको ठाउँमा लैजानु पर्छ।

13:3b.LEV.013.003 पूजाहारीले उसको चर्मरोग जाँच गर्नु पर्छ अनि यदि पूजाहारीले घाउमा भएका रौं फुलेको थाहा पाउनुहुन्छ घाउ छालाभन्दा गहिरो छ तब त्यो हानिकारक चर्मरोग हो। जब पूजाहारीले जाँच सक्नु हुन्छ तब त्यस मानिसलाई अशुद्ध घोषणा गरिनु पर्छ।

13:4b.LEV.013.004 “तर यदि त्यो दाग उसको शरीरको छालामाथि चहकिलो दाग मात्र हो अनि त्यो छालाभन्दा गहिरो छैन अनि रौं पहिल्यै फुलेको छैन तब पूजाहारीहरूले उसलाई सात दिनसम्म अरू मानिसहरूदेखि अलग्गै राख्नु पर्छ।

13:5b.LEV.013.005 यदि उसको जाँचमा त्यो घाउमा परिर्वतन नभए, अथवा घाउ नफैलिएको भए, पूजाहारीले त्यस मानिसलाई अरू सात दिन अलग्ग राख्नु पर्छ।

13:6b.LEV.013.006 अनि सातों दिनमा पूजाहारीले त्यो घाउलाई एक पल्ट फेरि जाँच गर्नु पर्छ, र यदि त्यो घाउ मत्थर भएको छैन अनि छालाको अरू ठाउँतिर फिंजिएको छैन भने तब पूजाहारीले उसलाई शुद्ध घोषणा गर्नु पर्छ। त्यो केवल खटिरा हो। अनि त्यस मानिसले आफ्नो लुगा धुनु पर्छ अनि ऊ शुद्ध हुनेछ।

13:7b.LEV.013.007 “तर यदि त्यस मानिसले पत्तो लगाउँछ पूजाहरीले जाँच गरेपछि उनले घोषणा गर्नुअघि घाउ बढेको छ, तब ऊ फेरि जाँच गराउनकालागि पूजाहारीकहाँ जानु पर्छ।

13:8b.LEV.013.008 अनि यदि पूजाहारीले जाँच गर्दा छालाको घाउ फैलिएको पाए त्यस मानिसलाई पूजाहारीले अशुद्ध ठहराउनेछन्! यो एक हानिकारक रोग हो।

13:9b.LEV.013.009 “यदि कुनै मानिसलाई छालाको सरूवा रोग लागे उसलाई पूजाहारीकहाँ ल्याउनुपर्छ।

13:12b.LEV.013.012 “यदि त्यो चर्मरोग शरीर भरी टाउकोदेखि खुट्टासम्म फैलिएको छ भने

13:13b.LEV.013.013 पूजाहारीले जाँच गरेर उसलाई शुद्ध ठहराउन सक्छन् कारण ऊ सेताम्मे भएको हुन्छ र ऊ शुद्ध हो।

13:14b.LEV.013.014 तर त्यस मानिसमा आलो मासु देखिने बित्तिकै अशुद्ध हुनेछ।

13:15b.LEV.013.015 आलो मासु अशुद्ध हो र पूजाहारीले जाँच गर्ने बित्तिकै त्यो अशुद्ध भनी ठहराउने छन्। त्यो सरूवा रोग हो।

13:18b.LEV.013.018 “यदि कसैको छालामा एक प्रकारको फोका छ अनि यो निको भएको छ, तब त्यस ठाउँमा सेतो दाग अथवा रातो-सेतो चहकिलो दाग बनिन्छ।

13:19b.LEV.013.019 पछि त्यस ठाउँमा सेतो वर्णान्तर रातो सेतो उज्जवल दाग बनिन्छ, तब त्यो मानिस पूजाहारीकहाँ जाओस्।

13:20b.LEV.013.020 जब उसलाई जाँच गर्दा यदि पूजाहारीले फोका छाला भन्दा गहिरो भेट्छन् अनि रौं सेतो भएको छ, पूजाहारीले उसलाई अशुद्ध घोषणा गर्नु पर्छ। यो फोकाबाट निस्केको एउटा हानिकारक चर्मरोग हो

13:21b.LEV.013.021 तर यदि पूजाहारीले सेतो रौं भेट्दैनन् अनि घाउ छालाभन्दा गहिरो छैन तर नरम भएको छ, तब उनले उसलाई अरू मानिसहरूबाट सात दिनसम्म छुट्‌याएर राख्नु पर्छ।

13:22b.LEV.013.022 यदि त्यो घाउ छालामा फैलिएको पाए त्यो मानिस अशुद्ध भएको घोषणा गर्नुपर्छ कारण त्यो एक सरूवा रोग हो।

13:23b.LEV.013.023 तर यदि त्यो रातो दाग त्यही नफैलिरहयो भने त्यो पिलोको दाग मात्र हो र पूजाहारीले त्यस मानिसलाई शुद्ध ठहराउनु पर्छ।

13:24b.LEV.013.024 “अथवा कसैको छाला पोलेर रातो वर्णे मासु भएको छ भने पूजाहारीले जाँच गर्नु पर्छ अथवा पोलेको ठाउँमा सेतो दाग रहे पनि जाँच गर्नुपर्छ यदि पूजाहारीले उज्जवल दागमा रौं सेतो भएको अनि घाउ छालभित्र गाडिन थालेको पाए,

13:25b.LEV.013.025 यो पोलेको घाउबाट फैलिएको हानिकारक रोग हो। तर घाउ सुकेको पाए। त्यस मानिसलाई अरूबाट सात दिनसम्म यो हानिकारक चर्मरोग हुनाले पूजाहारीले अशुद्ध घोषणा गर्नैपर्छ।

13:26b.LEV.013.026 तर यदि पूजाहारीले जाँच गर्दा त्यो चहकिलो दागमा सेतो रौं भेट्दैनन् र घाउ पनि छालाभन्दा गाडिएको पनि भेट्दैनन्, तर घाउ नरम भएको भेट्छन्, तब उनले मानिसलाई अरूबाट सात दिन लागि छुट्‌याउनु पर्छ।

13:27b.LEV.013.027 त्यसपछि सातौं दिनमा पूजाहारीले रोगीलाई जाँच गरून्, यदि रातो दाग छालामा फैलिएको भए उनले त्यस रोगीलाई अशुद्ध घोषणा गरून् कारण यो एक हानिकारक चर्मरोग हो।

13:28b.LEV.013.028 तर यदि त्यो रातो दाग आफ्नै स्थानमा रही अरूतिर फैलिएन भने र त्यो नरम रहे, पोलिएको बाट भएको वर्णान्तर हो र पूजाहारीले त्यस मानिसलाई शुद्ध घोषणा गरून् किनभने उसको त्यो पोलिएको घाउबाट बनिएको दाग मात्र हो।

13:29b.LEV.013.029 “यदि कुनै पुरूष अथवा स्त्रीको टाउको अथवा चिउँडोमा सरूवा घाउ निस्केको छ अनि घाउ छालभन्दा गहिरो कपाल पातलो र पहेलो छ, तब पूजाहारीले उसको घाउ जाँच गर्नु पर्छ।

13:30b.LEV.013.030 अनि पूजाहारीले घाउ हानिकारक भएको घोषणा गर्नु पर्छ।

13:31b.LEV.013.031 पूजाहारीको जाँचमा यदि दाग छालाभन्दा गहिरो छैन अनि त्यहाँ कालो कपाल पाएको छैन भने त्यस मानिसहरूलाई अरूबाट सात दिनसम्म छुट्‌याउन पर्छ।

13:32b.LEV.013.032 सातौं दिनको दिन पूजाहारीले घाउ जाच्नु पर्छ। यदि घाउ फैलिएको छैन। त्यसमा पहेलो रौं छैन अनि बाहिरी छालाभन्दा दाग गहिरिएको छैन।

13:33b.LEV.013.033 त्यस मानिसले दारी आफैं काटोस्। तर उसले दाग चाँहि नकाटोस्। पूजाहारीले त्यस रोगी मानिसलाई सात दिनको निम्ति फेरि अरू मानिसहरूबाट अलग राखून्।

13:34b.LEV.013.034 सातौं दिनको दिन पूजाहारीले उसको दाग जाँचून् अनि यदि उसले त्यो दाग छालामा फैलिएको नभेटे र दाग निस्केको ठाउँको छाला नदबिएको भए पूजाहारीले उसलाई शुद्ध घोषित गरून्। त्यस मानिसले आफ्नो लुगा धोओस् र शुद्ध होओस्।

13:35b.LEV.013.035 तर यदि त्यो मानिस शुद्ध घोषित भए पछि दाग छालामा फैलिए।

13:36b.LEV.013.036 यदि दाग छालमा फिंजिएको छ भने पूजाहारीले उसको जाँच गर्नु पर्छ यदि छालामा दाग फिंजिएको भेट्नेछन्, पहेलो कपालको खोजी गर्ने आवश्यकता छैन। त्यो मानिस अशुद्ध छ।

13:37b.LEV.013.037 तर यदि दाग निको भएको घाउ देख्दा त्यसमा केही परिवर्त्तन नपाए अनि कालो रौं पलाएको भए त्यो दाग निको भएको हो। त्यो मानिस शुद्ध छ अनि पूजाहारीले त्यस मानिसलाई शुद्ध भनी घोषणा गरून्।

13:38b.LEV.013.038 “यदि कुनै पुरूष अथवा स्त्रीको शरीरै भरि सेतो दाग भए,

13:39b.LEV.013.039 पूजाहारीले जाँच गर्नु पर्छ र यदि उनी भन्छन् त्यस मानिसको जिउको दाग मात्र धमिलिएको सेतो दाग हो, तब यो एउटा डाबर मात्र हो जो छालामा निस्किएको छ। डाबर हानिकारक हुँदैन। त्यो मानिस शुद्ध छ।

13:40b.LEV.013.040 “जब कुनै मानिसको टाउकोको कपाल झर्छ भने त्यो मानिस खुइले मात्र हो अशुद्ध होइन।

13:41b.LEV.013.041 यदि उसको टाउकोको अगिल्तिर एक भाग खुइलियो भने त्यो मानिस शुद्ध हो, ऊ तालु खुइले मात्र हो।

13:42b.LEV.013.042 तर उसको खुइलेको तालुमा अथवा निधारमा रातो घाउ निस्कियो भने त्यो हानिकारक चर्मरोग हो जुन उसको शिरबाट फैलिन शुरू गरेको हुनु पर्छ।

13:43b.LEV.013.043 उसलाई पूजाहारीले जाँचून् र यदि त्यसरी जाँच्दा उसको टाउकोमा अथवा निधारमा भएको घाउ हानिकारक चर्मरोग जस्तो देखियो भने,

13:44b.LEV.013.044 त्यो मानिस अशुद्ध हो कारण उसको त्यो घाउ हानिकारक रोग हो। यसर्थ उसको टाउकोमाथि घाउ निस्केकोले पूजाहारीले उसलाई अशुद्ध घोषणा गरून्।

13:45b.LEV.013.045 “यदि एक जना मानिसलाई हानिकारक चर्मरोग लाग्छ, उसले आफ्नो लुगाहरू च्यात्नु पर्छ अनि शिरको केश छरपस्ट राख्नु पर्छ अनि उसले आफ्नो माथिको ओठ छोपेर ‘अशुद्ध! अशुद्ध’ भन्दै कराउनु पर्छ।

13:46b.LEV.013.046 त्यो मानिस अशुद्ध रहनेछ जबसम्म उसमा यो रोग रहन्छ। उसले एक्लै बस्नु पर्छ अनि उसले आफ्नो घर शिबिर बाहिर बनाउनु पर्छ।

13:47b.LEV.013.047 “जब कुनै लुगामा, त्यो लुगा ऊनी अथवा सूती जे होस्,

13:48b.LEV.013.048 कुनै बुनेको सूती अथवा ऊनी अथवा छालाको कुनै पनि चीज होस् यदि त्यसमा ढुस्सी पलायो भने र

13:49b.LEV.013.049 पलाएको ठाउँ हरियो अथवा रातो भयो भने, पूजाहारीलाई जाँच गराउनु पर्छ कारण त्यो ढुस्सी फैलिएको हो।

13:50b.LEV.013.050 पूजाहारीले त्यो ढुस्सी दागलाई हेरून् अनि त्यो दाग भएको चीजलाई सात दिनसम्म अलग्ग राखून्।

13:51b.LEV.013.051 सातौं दिनमा फेरि पूजाहारीले त्यस चीजलाई जाँच गरून् र यदि त्यो दाग लुगामा, वा कुनै पनि चीजमाथि (ऊनी-सूती-छाला जे होस्) ढुस्सी फैलिएको पाए त्यो अशुद्ध हो।

13:52b.LEV.013.052 त्यो ढुस्सी लागेको वस्तु चाहे ऊनी, सूती अथवा छाला जे सुकैले बनिएको होस्, यदि त्यसमा ढुस्सी फैलिएको पाए त्यो वस्तु नै आगोमा जलाउनुपर्छ।

13:53b.LEV.013.053 यदि पूजाहारीले उनको जाँचमा त्यो वस्तु चाहे त्यो सूती, ऊनी अथवा लाले बुनेको सिलाएको जे जस्तो सुकै होस् त्यसमा ढुस्सी फैलिएको नपाए,

13:54b.LEV.013.054 पूजाहारी मानिसहरूलाई त्यो वस्तु धुने आदेश दिऊन् र त्यसलाई अझ सात दिनसम्म अलग्ग राख्न लगाउन।

13:55b.LEV.013.055 लुगा धोएपछि पूजाहारीले त्यसलाई हेर्नु पर्छ अनि यदि ढुसीको दाग बद्ली भएको पाइन्छ अनि फिंजिएको छैन, यो अशुद्ध हुन्छ। यसलाई दुस्सी अघि लागेको होस् अथवा पछि आगोमा जलाउनु पर्छ।

13:56b.LEV.013.056 “यदि त्यो वस्तु पूजाहारीले जाँच गर्दा त्यो धोएपछि त्यसमा दाग हराएको पाए लुगा चाहे सूती, ऊनी छाला जे सुकैको होस्, दाग भरिको ठाउँ काटेर फ्याँकोस्।

13:57b.LEV.013.057 यदि पूजाहारीको जाँचमा त्यो वस्तु, जे सुकैले, बनिएको किन नहोस्, त्यो दाग फैलिंदै गएको पाए त्यसलाई आगोमा जलाउनुपर्छ।

13:58b.LEV.013.058 तर यदि धुँदा त्यो दाग लुगाबाट जे सुकैले बनिएको किन नहोस् हराएको पाए, फेरि धुनु पर्छ अनि त्यो शुद्ध हुन्छ।”

13:59b.LEV.013.059 लुगा चाहे बुने अथवा सिलाएको होस त्यो चाहे ऊनी, सूती अथवा छाला जे सुकैको किन नहोस् ढुसी लागे शुद्ध अशुद्ध भनी निर्णय गर्ने विधिहरू यी नै हुन्।

14

14:1b.LEV.014.001 परमप्रभुले मोशालाई भन्नुभयो,

14:2b.LEV.014.002 “जब एक जना मानिस चर्मरोगबाट निको हुन्छ, उसले शुद्ध हुनको निम्ति यी नियमहरू पालन गर्नु पर्छ।

14:3b.LEV.014.003 पूजाहारीले पाल बाहिर त्यो मानिस भएको ठाउँमा गएर जाँच गरून् अनि त्यो चर्मरोग लागेको मानिस निको भएको पाए पूजाहारीले

14:4b.LEV.014.004 उसलाई शुद्ध गराउनुको निम्ति दुइवटा शुद्ध चरा, एक टुक्वा सल्लाको काठ, अलिकति रातो धागो र हिसप ल्याउने आदेश दिऊन्।

14:5b.LEV.014.005 त्यसपछि पूजाहारीले ती दुइवटा मध्ये एउटा चरालाई माटोको भाँडामा भएको ताजा पानीमाथि मार्ने आज्ञा दिऊन्।

14:6b.LEV.014.006 अर्को जिउँदो चरालाई पूजाहारीले लिएर, सल्लाको काठ, रातो धागो अनि हिसपसित अघिल्लो चराको रगत मिसिएको पानीमा चोबलून्।

14:7b.LEV.014.007 अनि चर्म रोग निको पारिनु पर्ने मानिसमाथि त्यो पानी सात पल्ट छर्किउन्। त्यसपछि त्यो मानिस शुद्ध भयो भनी घोषणा गरियोस्। अनि त्यो जीवित चरालाई पूजाहारीले खुल्ला मैदानमा छाडिदिऊन्।

14:8b.LEV.014.008 “तब मानिसले जसलाई शुद्धगराइदै थियो, आफ्नो लुगाहरू धुनु पर्छ कपाल खौरिनु अनि नुहाउनु पर्छ अनि त्यो मानिस शुद्ध हुन्छ। तब मानिस आफ्नो पालभित्र पस्न सक्छ तर सात दिनसम्म पालभित्र पस्नु हुँदैन।

14:9b.LEV.014.009 सातौं दिन उसले आफ्नो कपाल, दाह्री अनी आँखी रौं खौरोस् उसले सबै कपाल खौरोस्, आफ्नो लुगा धुओस् अनि ऊ शुद्ध हुन्छ।

14:10b.LEV.014.010 “आठौं दिनको दिन त्यो चर्मरोग लागेको मानिसले भेडाको दुइवटा निष्खोट पाठो अनि एक वर्षको पाठी जसको कुनै खोट छैन र अन्नबलिको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो र आधा माना तेल ल्याओस्।

14:11b.LEV.014.011 शुद्ध पार्ने पूजाहारीले भेट हुने पालको फाटकमा परमप्रभुअघि चर्म रोग भएको मानिस र उसको भेटीहरू ल्याउनु पर्छ।

14:12b.LEV.014.012 तब पूजाहारीले एउटा पाठो अनि आधा माना तेल ल्याउनु पर्छ अनि परमप्रभुको निम्ति दोषबलिलाई डोलाउने बलिको रूप चढाउनु पर्छ।

14:13b.LEV.014.013 उनले पापबलि र होमबलि चढाउने पवित्र स्थानमा मार्नु पर्छ किनभने यो दोषबलि पापबलि जस्तै हो। यो पूजाहारीको हो अत्यन्तै पवित्र हुन्छ।

14:14b.LEV.014.014 “पूजाहारीले दोषबलिबाट केही रगत लिनु पर्छ र शुद्ध हुने मानिसको दाहिने कानको लोतीमा, दाहिने हातको र दाहिने खुट्टाको बूढी-औंलाहरूमा यसलाई दल्नु पर्छ।

14:15b.LEV.014.015 त्यसपछि पूजाहारीले आधा माना तेल लिएर आफ्नो देब्रेहातको हत्केलामा हालून्।

14:16b.LEV.014.016 त्यसपछि पूजाहारीले आफ्नो देब्रे हातको हत्केलामा दाहिने हातको औंला डुबाएर परमप्रभुअघि सात पल्ट छर्किऊन्।

14:17b.LEV.014.017 हत्केलामा बाँकी रहेको तेल शुद्ध हुने मानिसको दाहिने कान, उसको दाहिने हातको बूढी औंलामाथि, दाहिने खुट्टाको बूढी औंलामाथि खनाउनु पर्छ जुन ठाउँमा उसले दोषबलिको रगत छर्केको थियो।

14:18b.LEV.014.018 उसको हत्केलामा रहेको तेल त्यो शुद्ध पारिदै गरिएको मानिसको टाउकोमा लगाउनु पर्छ त्यस्तै प्रकारले पूजाहारीले उसलाई परमप्रभुअघि शुद्ध पार्नु पर्छ।

14:19b.LEV.014.019 “तब पूजाहारीले पापबलि चढाउनु पर्छ अनि मानिसलाई उसको अशुद्धताबाट शुद्ध गर्नु पर्छ अनि त्यसपछि उनले होमबलि मार्नु पर्छ।

14:20b.LEV.014.020 पूजाहारीले होमबलि अनि अन्नबलि वेदीमा चढाएर त्यस मानिसलाई प्रायश्चित गर्नु पर्छ अनि त्यो मानिस शुद्ध हुनेछ।

14:21b.LEV.014.021 “तर यदि ऊ गरीब छ अनि त्यसको व्यवस्थामा गर्नु सक्दैन भने तब उसले शुद्ध हुनका लागि एउटा भेडा दोष बलिको रूपमा ल्‌याउनु पर्छ अनि एपाको दश खण्डको एक खण्ड तेल मिसाइएको मिहिन पीठो अनि एक माना जैतुनको तेल अन्न बलिको रूपमा ल्याउनु पर्छ।

14:22b.LEV.014.022 अनि आफूले व्यवस्था गर्न सके अनुसार दुइवटा ढुकुर अथवा परेवाको बच्चा, एउटा पापबलिको निम्ति र अर्को होमबलिको निम्ति ल्याओस्।

14:23b.LEV.014.023 “उसको शुद्धताको निम्ति आठौं दिनमा ती सब भेट हुने पालको ढोकामा परमप्रभुको सामुन्ने पूजाहारीकहाँ ल्याओस्।

14:24b.LEV.014.024 तब पूजाहारीले दोषबलिको पाठो र तेल लिएर डोलाउने बलिको रूपमा परमप्रभुअघि हल्लाउनु पर्छ।

14:25b.LEV.014.025 त्यसपछि दोषबलिको निम्ति भेडाको पाठो मारियोस् र त्यसको केही रगत शुद्ध पारिनु पर्ने मानिसको दाहिने कानको लोतीमा, दाहिने हातको र दाहिने खुट्टाको बूढी-औंलाहरूमा लगाऊन्।

14:26b.LEV.014.026 अनि पूजाहारीले तेल त्यही देब्रे हातको हत्केलामा खन्याउनु पर्छ।

14:27b.LEV.014.027 त्यसपछि पूजाहारीले हत्केलाको तेल दाहिने हातको ओंलाले परमप्रभु अघि सात पल्ट छर्किऊन्।

14:28b.LEV.014.028 अनि पूजाहारीले उसको हातमा रहेको केही तेलबाट लिएर त्यो शुद्ध पारिनु पर्ने मानिसको दाहिने कानको लोतीमा, दाहिने हातको बूढी-औंला र दाहिने खुट्टाको बूढीऔंलामा जहाँ दोषबलिको रगत लगाइ दिएको थियो त्यही लगाई दिऊन्।

14:29b.LEV.014.029 पूजाहारीको हत्केलामा बाँकी रहेको तेल शुद्ध पारिनु पर्ने मानिसको शिरमा परमप्रभुअघि उसलाई शुद्ध पार्न लगाई दिऊन्।

14:30b.LEV.014.030 “तब जवान ढुकुर अथवा परेवा जे हुन्छ उसले जगेडा गर्न सक्छ।

14:31b.LEV.014.031 एउटा पापबलिको निम्ति अनि अर्को होमबलिको निम्ति पूजाहारीले अन्नबलिसित चढाऊन्। यसरी पूजाहारीले त्यो शुद्ध पारिनु पर्ने मानिसलाई परमप्रभुकोअघि प्रायश्चित गराउने छन्।”

14:32b.LEV.014.032 एक जना मानिसहरू चर्म रोगबाट मुक्त भएपछि शुद्ध हुनको निम्ति यी नियमहरू छन्। यी नियमहरू तिनीहरूका लागि हुन जो आफूलाई शुद्ध बनाउनका लागि नियमित बलि चढाउन जगेडा गर्न सक्दैनन्।

14:33b.LEV.014.033 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,

14:34b.LEV.014.034 “जब मैले तिमीहरूको अधिकारमा दिन लागेको कनान देशमा तिमीहरू पुग्छौ, अनि म तिमीहरूको कुनै घरमा ढुसी पठाउनेछु,

14:35b.LEV.014.035 तब त्यो घरको मालिक आओस् र पूजाहारीलाई भनोस्, ‘मेरो घरमा ढुसी परे जस्तै लाग्छ।’

14:36b.LEV.014.036 “त्यसपछि पूजाहारीले घरमा आफू घर जाँच गर्नुअघि त्यस घरको प्रत्येक चीज बाहिर निकाल्ने आदेश दिऊन् कारण घरको प्रत्येक चीज नै अशुद्ध हुँदैन।

14:37b.LEV.014.037 त्यसपछि पूजाहारी घर जाँच गर्न आऊन् र यदि उनले घरको भित्तामा लागेको ढुसीमा रातो अथवा हरियो टाटो पाए त्यो भित्तामा ढुसीमा गहिरिएको बुझिनेछ र,

14:38b.LEV.014.038 तब पूजाहारीले बाहिर निस्केर सात दिन सम्मको निम्ति घरको ढोका बन्द गरिदिऊन्।

14:39b.LEV.014.039 “पूजाहारीले सात दिनमा फर्केर घर निरीक्षण गर्नु पर्छ। यदि घरको भित्तामा ढुसी फैलिएको पाइन्छ

14:40b.LEV.014.040 पूजाहारीले आदेश दिनुपर्छ, मानिसहरूले त्यस घरको भित्ताको ढुसी लागेको ठाउँको ढुङ्गहरू भत्काउन र ती ढुङ्गाहरू शहर बाहिर लगी कुनै फोहोर ठाउँमा फ्याँकून्।

14:41b.LEV.014.041 त्यसपछि पूजाहारीले त्यस घरको भित्ता सबै खुर्किन लगाऊन् र मानिसहरूले खुर्केर निस्केको वस्तु सबै शहरबाहिर कही मैला ठाउँमा फ्याँक्न लगाऊन् र त्यस भित्तामा नयाँ लेप लगाउन आज्ञा दिउन्।

14:42b.LEV.014.042 तिनीहरूले फूटेका ढुङ्गहरूलाई नयाँ ढुङ्गसित फेर्नु पर्छ। घरको मालिकले नयाँ लेप लगाउनु पर्छ।

14:43b.LEV.014.043 “एकपल्ट घरको भित्ताका ढुङ्गहरू फ्याँकेर खुर्केर लिउन लगाउँदा पनि यदि त्यस घरको भित्तामा फेरि ढुसी निस्कन्छ भने

14:44b.LEV.014.044 त्यहाँ जाँच गर्न पूजाहारी आऊन् र यदि ढुसी त्यहाँ फैलेर घरको माल-तालहरू नष्ट पार्दैछ भने त्यो घर अशुद्ध हो।

14:45b.LEV.014.045 त्यस घरको ढुङ्गहरू, काठपातहरू निकालेर शहर बाहिर कुनै मैला ठाउँमा फ्याँक्नुपर्छ।

14:46b.LEV.014.046 यदि कुनै मानिस त्यस्तो निषेधित घरमा पसे त्यो साँझसम्म अशुद्ध हुनेछ।

14:47b.LEV.014.047 यदि कुनै मानिस त्यस घरमा सुते उसले आफ्नो लुगा धुनुपर्छ। यदि कसैले त्यस घरभित्र खाए पनि उसले आफ्नो लुगा धुनुपर्छ।

14:48b.LEV.014.048 “पूजाहारी आएर परीक्षण गर्दा त्यस घरमा लिउन लगाई सक्दा ढुसी नफैलिएको पाए, ढुसी हराइसकेको हुँदा पूजाहारीले त्यो घर शुद्ध भएको घोषणा गरून्। किन? किनभने ढुस्सी हटेको छ।

14:49b.LEV.014.049 “अनि घर शुद्ध पार्न पूजाहारीले दुईवटा चराहरू, धूपीको काठ, हिसोफ र रातो धागो लानु पर्छ।

14:50b.LEV.014.050 ती दुई चराहरू मध्ये एउटालाई माटोको भाँडामा भएको पानीमाथि उसले मारोस्।

14:51b.LEV.014.051 अनि धूपीको काठ, हिसोफ, रातो धागो र जिउँदो चरा लिएर बग्दै गरेको पानीमाथि मारेको चराको रगतमा चोबेर उसले सात पल्ट घरमा रगत छर्किनु पर्छ।

14:52b.LEV.014.052 यी सबै धूपीको काठ, हिसोफ, जिउँदो चरा, रातो धागो द्वारा ऊ घर शुद्ध बनाउनेछ।

14:53b.LEV.014.053 यति गरे पछि त्यो जिउँदो चरालाई उसले मैदानमा खुला छोडिदिओस्। यसरी उसले त्यो घर शुद्ध पार्नेछ र घर पनि शुद्ध हुनेछ।”

14:54b.LEV.014.054 ती चर्म रोगको निम्ति नियमहरू,

14:55b.LEV.014.055 ढुस्सीको निम्ति लुगाको टुक्रामाथि अथवा घर भित्र।

14:56b.LEV.014.056 यो सबै प्रकारको छालाको फोका, सुनीयकोहरूको विषयमा नियमहरू छालामाथि डाब अथवा चहकिलो दाग शुद्ध पार्ने तरीका हो।

14:57b.LEV.014.057 चर्मरोग र ढुस्सीको निम्ति विधी यो नै हो। यी नियमहरूले सिकाउँछ जब चीजहरू शुद्ध हुन्छ, अनि जब चीजहरू अशुद्ध हुन्छ, यी धेरै प्रकारका बीमारहरूको नियमहरू हुन्।

15

15:1b.LEV.015.001 परमप्रभुले मोशा र हारूनलाई भन्नु भयो,

15:2b.LEV.015.002 “इस्राएलका मानिसहरूलाई बोलाऊ अनि तिनीहरूलाई भनः ‘यदि कुनै मानिसको प्रमेह हुन्छ भने तब त्यो मानिस अशुद्ध हो।

15:3b.LEV.015.003 यदि उसको प्रमेह थामिन्छ अथवा चलि रहन्छ, ऊ अशुद्ध हुन्छ अनि यो उसको अशुद्धता हो।

15:4b.LEV.015.004 “ओछ्यानमा यस्तो मानिस सुत्यो भने प्रत्येक कुरामा ऊ अशुद्ध बनिन्छ। प्रत्येक कुरामा ऊ बसे त्यो पनि अशुद्ध बहुन्छ।

15:5b.LEV.015.005 यदि कसैले उसको ओछ्यान छुन्छ भने, ऊ पनि अशुद्ध हुन्छ अनि उसले आफ्नो लुगा धुनु पर्छ अनि पानीमा नुहाउनु पर्छ। साँझसम्म ऊ अशुद्ध रहन्छ।

15:6b.LEV.015.006 यदि एकजना मानिस कुनै चीजमाथि बस्छ जसमा स्राव भएको मानिस बसेको थियो, उसले आफ्नो लुगा धुनु पर्छ अनि पानीमा नुहाउनु पर्छ। साँझसम्म ऊ अशुद्ध रहन्छ।

15:7b.LEV.015.007 यदि एकजना मानिसले प्रेमह भएको मानिसलाई छुन्छ, उसले आफ्नो लुगा नुहाएपछि धुनु पर्छ अनि ऊ बेलुकीसम्म आफू अशुद्ध रहने छ।

15:8b.LEV.015.008 “यदि यस्तो रोगीले कुनै मानिसलाई थुक्यो भने, उसले पानीमा नुहाएर आफ्नो लुगा धोओस् अनि साँझसम्म अशुद्ध रहने छ।

15:9b.LEV.015.009 त्यो धातुको रोग लागेको मानिस जसमा चढ्छ त्यो अशुद्ध हुन्छ।

15:10b.LEV.015.010 कुनै पनि चीज यदि त्यो रोगी तल रहन्छ अनि उसले छुन्छ भने त्यो अशुद्ध बनिन्छ। जो मानिसले त्यो चीज बोके उसले नुहाएर आफ्नो लुगा धुनुपर्छ अनि साँझसम्म त्यो मानिस अशुद्ध रहनेछ।

15:11b.LEV.015.011 “यदि प्रमेह हुने मानिसले कसैलाई हात नधोइ छुन्छ, तब मानिस जो छुइन्छ यो आशुद्ध हुन्छ अनि त्यस मानिसले आफ्नो लुगा धुनु पर्छ, नुहाउनु पर्छ अनि साँझसम्म अशुद्ध रहनेछ।

15:12b.LEV.015.012 “यदि प्रमेह हुने मानिस माटोको भाँडा छुन्छ, यसलाई फुटाउनु पर्छ अनि काठको भाँडा पानीले पखाल्नु पर्छ।

15:13b.LEV.015.013 “जब त्यो रोगी निको हुन्छ, उसले आफ्नो शुद्धिको निम्ति सात दिन पर्खियोस्, आफ्नो लुगा धोओस् अनि ताजा पानीले नुहाओस् अनि त्यो शुद्ध हुनेछ।

15:14b.LEV.015.014 आठौं दिन दुइवटा परेवा अथवा ढुकुर लिएर ऊ परमप्रभुअघि आउनु पर्छ अनि ती सबै पूजाहारीलाई भेट हुने पालको प्रवेशद्वारमा दिनु पर्छ।

15:15b.LEV.015.015 पूजाहारीले दुइवटा चराहरू चढाउनु पर्छ। एउटा पाप बलिको निम्ति अनि अर्को होमबलिको निम्ति चढाउनु पर्नेछ। यस तरीकामा, पूजाहारीले प्रमेह हुने मानिसलाई परमप्रभुअघि शुद्ध बनाउने छन्।

15:16b.LEV.015.016 “यदि कुनै पुरूषको स्वतः वीर्य पतन भए उसले आफ्नो शरीर पानीमा नुहाओस् अनि ऊ साँझसम्म अशुद्ध रहनेछ।

15:17b.LEV.015.017 लुगा अथवा छाला जसमा वीर्य झर्छ धुनु पर्छ अनि ऊ बेलुकीसम्म अशुद्ध रहनेछ।

15:18b.LEV.015.018 यदि कुनै स्त्रीसँग सुतेको बेला पुरूषको वीर्य पतन भए ती दुवैले नुहाऊन् अनि साँझसम्म अशुद्ध रहनेछन्।

15:19b.LEV.015.019 “यदि एकजना स्त्रीको मासिक रजस्वला नियमित छ उसको रजस्वलाको अशुद्धता सात दिनसम्म रहनेछ। यदि कसैले उसलाई छुन्छ, ऊ सात दिनसम्म अशुद्ध हुन्छ।

15:20b.LEV.015.020 एउटी स्त्रीको रजस्वला भएको समयमा त्यो जुन चीजहरूमा बस्छिन् अनि सुत्छिन् ती सब अशुद्ध हुन्छन्।

15:21b.LEV.015.021 कसैले ऊ सुतेको ओछ्यान छोए, त्यसले आफ्नो लुगा धुनुपर्छ, आफूले पनि नुहाउनुपर्छ अनि साँझसम्म अशुद्ध रहनेछ।

15:22b.LEV.015.022 यदि कुनै मानिसले ऊ बसेको कुनै चीज छोए, उसले आफ्नो लुगा धुनुपर्छ, नुहाउनु पर्छ अनि साँझसम्म अशुद्ध रहनेछ।

15:23b.LEV.015.023 कसैले त्यो रजस्वाला स्त्री बसेको कुनै चीज छोए उसले आफ्नो लुगा धोओस र साँझसम्म आफैं पनि अशुद्ध रहनेछ।

15:24b.LEV.015.024 “कुनै स्त्री रजस्वला भएको समय कसैले ऊसित सहवास गरे त्यो पुरूष सात दिनसम्म अशुद्ध हुन्छ। त्यो पुरूष सुतेको प्रत्येक ओछ्यान नै अशुद्ध हुन्छ।

15:25b.LEV.015.025 “कुनै स्त्रीको आफ्नो नियमित समय बाहेक धेरै दिनसम्म रजस्वला भइरहे, अथवा नियमित रजस्वलापछि पनि रगत प्रवाह रहे, नियमित रजस्वला भए, ऊ अशुद्ध हुन्छे। ऊ जब सम्म रजस्वला रहन्छ त्यतिञ्जेलसम्म अशुद्ध रहनेछिन्।

15:26b.LEV.015.026 मासिक रजस्वलाको समयमा जुन ओछ्यानमा त्यो स्त्री सुतछिन् त्यो ओछ्यान पनि त्यतिञ्जेलसम्म अशुद्ध रहन्छ। उसको मासिक रजस्वला हुँदा अशुद्ध भए, उसले छुन्छिन् त्यो चीज अशुद्ध हुन्छ।

15:27b.LEV.015.027 मानिससम्म अशुद्ध हुन्छ जसले ती चीजहरू छुन्छ। मानिसले आफ्नो लुगा धुनुपर्छ। अनि पानीमा नुहाएपछि, साँझसम्म अशुद्ध रहन्छ।

15:28b.LEV.015.028 त्यस स्त्रीले उसको रजस्वला रोकिएपछि सात दिनसम्म पर्खनुपर्छ। त्यसपछि त्यो स्त्री शुद्ध हुन्छे।

15:29b.LEV.015.029 तब आठौं दिनमा स्त्रीले दुइवटा ढुकुर अथवा परेवा लिनुपर्छ र तिनीहरू पूजाहारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा लैजानुपर्छ।

15:30b.LEV.015.030 तब पूजाहारीले ती दुइवटा मध्ये एउटालाई पापबलिको निम्ति अनि अर्कोलाई होमबलिको निम्ति चढाउनुपर्छ। यसरी पूजाहारीले उसलाई परमप्रभुको सामुन्ने शुद्ध पार्नेछन्।

15:31b.LEV.015.031 “यसर्थ तिमीले इस्राएलका मानिसहरूलाई अशुद्ध भएको विषयमा सतर्क गराउनु पर्छ। यदि तिमी ती मानिसहरूलाई चेताउनी दिंदैनौ भने तिनीहरूले मेरो पवित्र पाललाई अशुद्ध पार्न सक्छन् तब तिनीहरू मर्नु पर्छ।”

15:32b.LEV.015.032 वीर्य पतन भएकाहरूको निम्ति यी नै विधिहरू हुन्। यी विधिहरू वीर्य पतन हुँदा जो अशुद्ध हुन्छन् तिनीहरूको निम्ति पनि हुन्।

15:33b.LEV.015.033 अनि यी विधिहरू आफ्नो मासिक रजस्वलाबाट अशुद्ध हुने स्त्रीहरूको निम्ति हुन्। अनि अशुद्ध स्त्रीहरूसँग सुतेर जो मानिसहरू अशुद्ध बनिन्छन् उनको निम्ति यी विधिहरू हुन्।

16

16:1b.LEV.016.001 हारूनका छोराहरू मध्ये दुई जना परमप्रभुलाई धूप चढाउँदै गर्दा मरे। त्यस समयपछि परमप्रभुले मोशालाई भन्नुभयो।

16:2b.LEV.016.002 परमप्रभुले भन्नुभयो, “तेरो दाज्यू हारूनलाई भन। उसलाई सम्झाऊ उसको इच्छा अनुसार जतिबेला चाह्यो त्यतिबेला पर्दा पछाडी महा-पवित्रस्थान जहाँ पवित्र सन्दूक राखिएको छ त्यहाँ कहिले पनि नजाऊन। यस पवित्र सन्दूकमाथि भएको कृपा-आसन छ अनि म त्यो कृपा-आसनमाथि बादलमा दर्शन दिन्छु। यदि हारून त्यस कोठामा गए ऊ मर्न सक्छ।

16:3b.LEV.016.003 “महापवित्र स्थानभित्र पस्नु भन्दाअघि हारूनले यसै गर्नु पर्छ। हारूनले पापबलिको निम्ति एउटा साँढे र होमबलिको निम्ति एउटा भेडा चढाउँनु पर्छ।

16:4b.LEV.016.004 हारूनले आफ्नो सारा शरीर पानीले पखाल्नु पर्छ। तब उसले यी वस्त्रहरू धारण गर्नुपर्छः उसले लिनिनको पवित्र वस्त्र धारण गर्नु पर्छ। उसले लिनिनको भित्री लुगाहरू पनि लगाउनु पर्छ। उसले आफ्नो टाउकोमा लिनिनको फेटा र कम्मरमा लिनिनको पटुका कस्नु पर्छ। यी वस्त्रहरू पवित्र हुन्।

16:5b.LEV.016.005 “हारूनले दुइवटा पाठाहरू पापबलिको निम्ति लानु पर्छ अनि एउटा भेडी होमबलिको निम्ति इस्राएलका मानिसहरूबाट लिनु पर्छ।

16:6b.LEV.016.006 तब हारूनले पापबलिको निम्ति साँढे चढाउनु पर्छ। पापबलि ऊ आफ्नै निम्ति हो। हारून आफ्नो परिवार र आफैंई पवित्र पार्नु उसले यसो गर्नु पर्छ।

16:7b.LEV.016.007 “तब हारूनले दुइवटा बोकाहरू भेट हुने पालको ढोकामा परमप्रभुअघि ल्याउनु पर्छ।

16:8b.LEV.016.008 हारूनले ती दुईवटा बोकाहरू माझ चिठ्ठा लगाउँछ, एउटा परमप्रभुको निम्ति हुन्छ र अर्को मानिसहरूको दोष निवारणको निम्ति छाडा छोडनु पर्छ।

16:9b.LEV.016.009 “चिठ्ठामा परेको बोकालाई हारूनले पापबलिको निम्ति परमप्रभुलाई चढाउनेछ।

16:10b.LEV.016.010 दोष निवारणको निम्ति चिठ्ठा परेको बोकालाई हारूनले परमप्रभुअघि ल्याई मरूभूमिमा खुला छाडिदिनेछ। यो मानिसहरूलाई शुद्ध बनाउनको लागि हो।

16:11b.LEV.016.011 “त्यसपछि हारूनले आफ्नो निम्ति पापबलि का लागि साँढे चढाउँछ, उसले आफ्नो परिवार र आफूलाई पवित्र पार्छ। उसले आफ्नो पापबलिको निम्ति साँढे मार्नुपर्छ।

16:12b.LEV.016.012 त्यसपछि परमप्रभुको अघि वेदीबाट हारूनले पर्दाको पछि कोठामा कोइला भरेको कराही ल्याउनु पर्छ अनि उसले धुलो पारेर पिंधेको दुई मुठ्ठी सुगन्धित धूप ल्याउनुपर्छ।

16:13b.LEV.016.013 परमप्रभुअघि उसले धूप आगोमा हाल्नु पर्छ। तब धूपको धूवाँले करारमाथि विशेष आवरणको रूपमा ढाक्ने छ। यस प्रकार हारून मर्ने छैन।

16:14b.LEV.016.014 ऊ साँढेको केही रगत औंलाले लिन्छ अनि यसलाई विशेष आवरणमाथि छर्कन्छ। उसले आफ्नो औंलोले रगत विशेष आवरणअघि सात पटक छर्कने छ।

16:15b.LEV.016.015 “तब हारूनले मानिसहरूकोलागि पापबलिको बलि दिनेछ। हारूनले पर्दा पछाडीको कोठामा बोकोको रगत ल्याउनु पर्छ। उसले साँढेको रगतले जे गरेको थियो बोकाको रगतले पनि त्यसै गर्नु पर्छ। उसले विशेष आवरणअघि अनि माथि बोकाको रगत छर्कनु पर्छ।

16:16b.LEV.016.016 यसरी हारूनले महा पवित्रस्थान शुद्ध पार्ने काम गर्छ। इस्राएलका मानिसहरूलाई शुद्ध पार्न हारूनले यी सब कार्य गर्नु पर्छ। तिनीहरूले धेरै पापहरू गर्छन् र तिनले भेट हुने पालको निम्ति पनि यस्तो कार्यहरू गर्नु पर्छ कारण यो धेरै अशुद्ध मानिसहरूमाझमा छ।

16:17b.LEV.016.017 हारून महा पवित्र स्थानमा यसलाई अनि मानिसहरूलाई शुद्ध पार्न गएको समयमा भेट हुने पालमा कोही मानिस पनि नहोस्। जबसम्म हारून बाहिर आउँदैन तबसम्म त्यहाँ कोही मानिस नजाऊन्। यसकारण, हारून र उनको परिवार शुद्ध होऊन। अनि इस्राएलका सम्पूर्ण मानिसहरूलाई उनले शुद्ध पार्नेछन्।

16:18b.LEV.016.018 तब हारून बाहिर परमप्रभुकोअघि वेदी समक्ष यसलाई शुद्ध पार्नु जाने छन्। साँढे अनि बोकाको अलिकति रगत लिने छन् अनि वेदीको सबै कूनाहरूमा घस्ने छन्।

16:19b.LEV.016.019 तब उनले ओंलाले वेदीमा सात पल्ट रगत छर्कने छन्। यसरी उहाँ वेदी शुद्ध पार्ने छन् किनभने इस्राएलका मानिसहरूले यसलाई अशुद्ध बनाएका थिए।

16:20b.LEV.016.020 “यसर्थ, हारूनले महा पवित्र स्थान, भेट हुने पाल अनि वेदी शुद्ध पार्नेछन्। त्यसपछि हारूनले परमप्रभुको निम्ति जिउँदो बोका ल्याउनेछन्।

16:21b.LEV.016.021 जिउँदो बोका माथि हात राखेर उसले सबै पापहरू, सबै अपराधहरू अनि इस्राएली मानिसहरूले गरेको सबै भूल कर्महरू स्वीकार गर्नेछन्। यसरी मानिसहरूको सबै पाप बोकामाथि राखेर उसले त्यसलाई मरूभूमिमा जानु छाडिदिने छन्। एकजना मानिस बोकालाई मरूभूमितिर लिएर जान पर्खिरहेको हुनेछ।

16:22b.LEV.016.022 यसर्थ बोकाले मानिसहरूको सबै पापहरू एकान्त ठाउँमा बोकेर लैजाने छ। मानिस जसले बोकालाई लिएर जान्छ, उसले यसलाई मरूभूमिमा छोड्ने छ।

16:23b.LEV.016.023 “त्यसपछि हारून भेट हुने पालमा जान्छन् अनि महापवित्र स्थानमा जाँदा लगाएको स्‌तीको लुगाहरू फूकाल्नु पर्छ। उनले ती लुगाहरू त्यही छोड्नु पर्छ।

16:24b.LEV.016.024 उसले पवित्रस्थानमा आफ्नो शरीर पानीले पखाल्ने छ। तब उसले आफ्नो लुगाहरू लगाउने छ। ऊ बाहिर आउने छ अनि ऊ आफ्नै निम्ति र मानिसहरूको निम्ति होमबलि चढाउने छ। यस तरीकाले ऊ आफैं अनि मानिसहरूको निम्ति उसले प्रयाश्चित बनाउँछ।

16:25b.LEV.016.025 तब तिनले पापबलिको बोसो वेदीमा जलाउनुपर्छ।

16:26b.LEV.016.026 “मानिस जसले बोका लिएर जान्छ, पानीमा आफ्नो शरीर पखाल्नु पर्छ अनि आफ्नो लुगा धुनु पर्छ। त्यसपछि छाउनी भित्र आउनेछ।

16:27b.LEV.016.027 “पवित्र चीजहरू शुद्ध पार्न महा पवित्रस्थानमा ल्याइएका पापबलिको साँढे र बोकोलाई पाल बाहिर ल्याउनु पर्छ। पूजाहारीले तिनीहरूको छाला, शरीर र गोबर आगोमा जलाउनेछन्।

16:28b.LEV.016.028 त्यसपछि त्यो जलाउने मानिसले आफ्नो लुगा अनि शरीर पानीमा पखाल्नु पर्छ। त्यसपछि तिनी छाउनीमा आउन सक्छन्।

16:29b.LEV.016.029 “यो विधि तिमीहरूको निम्ति सदा-सर्वदा चलिरहने छ। सातौं महीनाको दशौं दिन, तिमीहरूले भोजन लिनु हुँदैन। तिमीहरूले कुनै काम गर्नु हुँदैन। तिमीहरूको देशमा बस्ने यात्रीहरू अथवा विदेशीहरू कसैले पनि कुनै काम गर्ने छैन।

16:30b.LEV.016.030 किन? किनभने, यसदिन पूजाहारीले तिमीहरूलाई नुहाई दिनेछन् अनि पवित्र पार्नेछन्। तब तिमीहरू परमप्रभुको सामुन्ने शुद्ध हुनेछौ।

16:31b.LEV.016.031 त्यो दिन तिमीहरूको महत्वपूर्ण साबात दिन हो। तिमीहरूले कुनै खाद्य खानु हुदैन। यो नियम सधैं चलिरहने छ।

16:32b.LEV.016.032 “यसर्थ प्रधान पूजाहारी हुन अभिषेक भएको मानिसले सब चीजहरू पवित्र पार्ने काम गर्नेछन्। आफ्नो बाबुका उत्तराधिकारी तिनै हुन्। ती पूजाहारीले पवित्र सुती लुगा लगाउनु पर्छ।

16:33b.LEV.016.033 उनले महा-पवित्र स्थान, भेट हुने पाल अनि वेदी शुद्ध पार्नु पर्छ। अनि सबै पूजाहारीहरू र इस्राएलका मानिसहरूलाई शुद्ध पार्नु पर्छ।

16:34b.LEV.016.034 इस्राएलका मानिसहरूलाई शुद्ध पार्ने विधि सदा सर्वदा चलिरहनेछ। तिमीहरूले वर्षमा एक चोटी यी सबै कार्यहरू गर्नु पर्छ। किन? किनभने इस्राएलका मानिसहरूको पाप कर्मले गरेको थिए।” यसर्थ परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार तिनीहरूले कामहरू गरे।

17

17:1b.LEV.017.001 परमप्रभुले मोशालाई भन्नुभयो,

17:2b.LEV.017.002 “हारून, तिनका छोराहरू र इस्राएलका समस्त मानिसहरूलाई भन। तिनीहरूलाई भन, परमप्रभुले दिनुभएको आज्ञा यही हो।

17:3b.LEV.017.003 इस्राएलीहरूले एउटा साँढे एउटा पाठो अथवा एउटा बोका पालको बाहिर अथवा भित्र काट्नु सक्थ्यो।

17:4b.LEV.017.004 त्यस मानिसले भेट हुने पालको ढोकामा पशुलाई ल्याउनुपर्छ। उसले पशुको एक भाग परमप्रभुलाई उपहार चढाउनुपर्छ। पशु मारेपछि उसले परमप्रभुलाई उपहार स्वरूप एक भाग चढाउनै पर्छ। यदि उसले परमप्रभुलाई यसको एक भाग उपहार चढाउँदैन भने त्यस मानिसलाई आफ्ना मानिसहरूबाट छुट्‌याउनु पर्छ।

17:5b.LEV.017.005 यो विधि यसकारण बनाइएको हो जसले गर्दा इस्राएलका मानिसहरूले आफ्नो मेलबलि परमप्रभुलाई चढाउन्। तिनीहरूले मैदानमा मारेको पशु परमप्रभुकहाँ भेट हुने पालको ढोकोमा ल्याउनु पर्छ।

17:6b.LEV.017.006 तिनीहरूले पूजाहारीकहाँ ल्याउनु पर्छ र पूजाहारीले ती पशुहरूको रगत भेट हुने पालको ढोकामा परमप्रभुको वेदीमा छर्किनु पर्छ र पशुहरूको बोसो पूजाहारीले वेदीमा जलाओस् जसले गर्दा यसको सुगन्धले परमप्रभुलाई आनन्दित तुल्याओस्।

17:7b.LEV.017.007 अब उसो तिनीहरू ‘बोका मूर्तिहरूलाई’ आफ्नो बलि चढाउने छैनन्। तिनीहरू अरू देवताहरूको पछि लागेका छन्। त्यसरी तिनीहरूले वेश्याहरू सरह आचरण गरे। यी नियमहरू सधैंका लागि चल्नेछन्।

17:8b.LEV.017.008 “मानिसहरूलाई भन कोही इस्राएली अथवा तिमीहरूसँग बस्ने कोही विदेशीले होमबलि वा बलिदान चढाउन सक्छ।

17:9b.LEV.017.009 तर यदि ऊ यो चढाउँछ, तब उसले आफ्नो बलि भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुसमक्ष उपहारको रूपमा लानु पर्छ। यदि ऊ यसो गर्दैन, उसलाई आफ्ना मानिसहरूबाट छुट्‌याउनु पर्छ।

17:10b.LEV.017.010 “इस्राएलीहरू मध्ये कसैले ऊ नागरिक होस् अथवा यात्री विदेशी जो तिमीहरूसंग रगत खान्छ, म उसको विरूद्ध रहनेछु अनि म उसलाई आफ्ना मानिसहरूबाट छुट्याउनेछु।

17:11b.LEV.017.011 किन? किनभने शरीरको प्राण रगतमा हुन्छ मैले यो तिमीहरूलाई वेदीमा आफूलाई शुद्धपार्न दिएकोछु, कारण रगतले नै मानिसहरूलाई शुद्ध पार्छ।

17:12b.LEV.017.012 यसर्थ म इस्राएलीहरूलाई भन्दछु तिमीहरू मध्ये, कसैले चाहे, स्वदेशी होस् अथवा विदेशी जो तिमीसँग वास गर्छ उसले रगत खानु हुँदैन।

17:13b.LEV.017.013 “इस्राएलको कुनै पनि मानिस त्यो नागरिक होस् अथवा विदेशी, जो सुकै होस्, यदि उसले खानु हुने पशु अथवा चरा समाते; उसले त्यसको रगत भूइँमा खन्याएर धुलोले छोपोस्।

17:14b.LEV.017.014 तिनीहरूले किन यस्तो गर्नैपर्छ? किनभने, यदि मासुमा रगत छ, प्राणीमा प्राण अझै विद्यमान छ। यसर्थ म इस्राएलीहरूलाई आदेश दिन्छु तिनीहरूले कुनै मासु खानु हुँदैन जसमा रगत हुन्छ। जुन मानिसले रगत खान्छ, यसलाई छुट्‌याइन्छ।

17:15b.LEV.017.015 “यदि कुनै मानिसले आफैं मरेको पशुको मासु खान्छ, अथवा अन्य कुनै पशुले मारेको पशुको मासु खान्छ त्यो मानिस साँझसम्म अशुद्ध रहनेछ। त्यो मानिस स्वदेशी होस् अथवा विदेशी, यदि तिमीहरूको माझमा भए उसले आफ्नो लुगाहरू धुनैपर्छ अनि शरीर सम्पूर्ण नुहाउनु पर्छ।

17:16b.LEV.017.016 यदि त्यस मानिसले आफ्नो लुगाहरू धुँदैन अनि शरीर सम्पूर्ण नुहाउदैन भने ऊ पापको दोषी बनिनेछ।”

18

18:1b.LEV.018.001 परमप्रभुले मोशालाई भननुभयो,

18:2b.LEV.018.002 “इस्राएलीहरूलाई भन म तिमीहरूका परमेश्वर हुँ।

18:3b.LEV.018.003 बितेका दिनहरूमा तिमीहरू मिश्रदेशमा थियौ मिश्रीहरूले त्यो देशमा गरिरहेका छन्। म तिमीहरूलाई कनान देशमा लैजाँदैछु यसर्थ तिमीहरूले त्यस्तो केही नगर जे त्यस ठाउँमा ती मानिसहरू गर्छन्। तिनीहरूको दस्तुर नमान्नु।

18:4b.LEV.018.004 तिमीहरूले मेरो विधि-विधानहरू मान्नुपर्छ र ती विधानहरूको अनुसरण गर। किन? किनभने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।

18:5b.LEV.018.005 यसकारण, तिमीहरूले मेरो विधि-विधानहरू पालन गर्नैपर्छ। जुन मानिसले यी विधि-विधानहरू पालन गर्छ, यहाँ तिनीहरू यस द्वारा बाँच्ने छौ।

18:6b.LEV.018.006 “तिमीहरूले आफ्नो नजिक को आफन्तहरुसंग सहवास गर्नु हुँदैन। म परमप्रभु हुँ।

18:7b.LEV.018.007 “तैले तेरी आमासित लैंगिक सम्बन्ध राख्नु हुँदैन। यसले तेरा बुबालाई लाजमर्दो बनाउनेछ। तिनी तेरी आमा हुन् यसकारण तैंले तिनीसंग लैंगिक सम्बन्छ गर्नु हुँदैन।

18:8b.LEV.018.008 यदि उनी तिम्री आमा नभए पनि तिम्रा बाबुकी स्वास्नी भएकीले तिमीले उनीसित सहवास गर्नु हुँदैन। किन? किनभने त्यो तिम्रा बाबुसित सहवास गरे जस्तै हो।

18:9b.LEV.018.009 बहिनी आमापट्टिको होस् अथवा बाबुपट्टिको अथवा उनी तिम्रै घरमा जन्मिएको होस् अथवा बाहिरबाट नै आएकी होस्, उनीसित तिमीले सहवास गर्नु हुँदैन।

18:10b.LEV.018.010 “तिम्री नातिनी तिम्रै परिवारको एउटा अंश हो यसर्थ तिमीले ऊसँग लैंगिक सम्बन्ध राख्नु हुँदैन।

18:11b.LEV.018.011 “तिम्रा बाबु र उनकी स्वास्नीकी छोरी भए ऊ तिम्री बहिनी हो, तिमीले ऊ सित सहवास गर्नु हुँदैन।

18:12b.LEV.018.012 “तिम्रा बुबाकी दिदी-बहिनी उनको नजिककी आफन्त हुन्। यसर्थ तिनीहरूँग तिमीले लैंगिक सम्बन्ध राख्नु हुँदैन।

18:13b.LEV.018.013 तिम्री आमाकी बहिनी-दिदी उनको अति नजिकको सम्बन्धी हुन्, यसर्थ उनीसित तिमीले सहवास गर्नु हुँदैन।

18:14b.LEV.018.014 तिमीले तिम्रा बुबाका दाज्यू-भाईलाई उनकी स्वास्नीसित लैंगिक सम्बन्ध राखेर अपमान गर्नु हुँदैन किनभने तिनी तिमीहरूकी काकी हुन्।

18:15b.LEV.018.015 “तिमीले तिम्री बुहारीसित लैंगिक सम्बन्ध राख्नु हुदैन तिनी तिम्रो छोराको स्वास्नी हुन्। तिमीले ऊसित लैंगिक सम्बन्ध राख्नु हुँदैन।

18:16b.LEV.018.016 “तिमीले आफ्नो भाउज्यूसित लैंगिक सम्बन्ध राख्नु हुँदैन, कारण यसो गर्छौ भने यो तिमीले आफ्नो दाज्यू भाईसित लैंगिक सम्बन्ध राखेको जस्तो हुनेछ।

18:17b.LEV.018.017 “आमा र उसकी छोरीसित तिमीले सहवास नगर। अनि यी आमाकी नातिनी हो चाहे उसको छोराकी छोरी होस्। ऊसित सहवास नगर। नातिनीहरू तिनको नजिकको सम्बन्धी हुन् र तिनीहरूसित सहवास गर्नु हुँदैन। उनीहरूसित सहवास गर्नु गलत हो।

18:18b.LEV.018.018 “जब तिम्री स्वास्नी अझै जीवित नै छिन् भने तिमीले उसकी दिदी बहिनीसित सहवास गर्नु हुँदैन, आफ्नी स्वास्नी जीवित रहे उसकी बहिनीलाई बिहे गर्नु हुँदैन कारण ती दिदी-बहिनीमा शत्रुता हुन्छ।

18:19b.LEV.018.019 “तिमीले रजस्वला भएको समयमा एकजना स्रीसँग शारिरिक सम्बन्ध राख्न तिनको छेउमा जानु हुदैन किनभने त्यस समयमा तिनी अशुद्ध हुन्छिन्।

18:20b.LEV.018.020 “अनि तिमीले आफ्नो छिमेकीकी स्वास्नीसित पनि सहवास गर्नु हुँदैन यसले तिमीलाई अशुद्ध बनाउँछ।

18:21b.LEV.018.021 “तिमीले आफ्नो छोरा-छोरी आगोद्वारा मोलेकलाई नचढाऊ। यदि तिमीले यसो गर्छौ भने यसले बुझाउछ कि तिमीले आफ्ना परमेश्वरको नाउँलाई बदनाम गरिरहेका छौ। म तिम्रो परमप्रभु हुँ।

18:22b.LEV.018.022 “तिमीले स्त्रीसित जस्तै मानिससित सहवास नगर। त्यो घोर पाप हो।

18:23b.LEV.018.023 “कुनै पशुसित सम्भोग नगर। यसले तिमीलाई अशुद्ध पार्छ। स्त्री जातिले पनि पशुसित सम्भोग गर्नु हुँदैन कारण यो अस्वाभाविक दुराचार हो।

18:24b.LEV.018.024 “तिमीहरू आफैं त्यस्ता अधर्म कर्महरू नगर कारण म त्यस्ता अधर्म कर्म गर्नेहरूलाई तिनीहरूको देशबाट निकाल्दैछु।

18:25b.LEV.018.025 तिनीहरूले आफ्नो भूमिलाई त्यसरी अशुद्ध बनाएको कारण अहिले त्यो भूमिले आफ्ना मानिसहरूलाई उच्छेद गरिरहेछ।

18:26b.LEV.018.026 “यसर्थ तिमीहरूले मेरा विधि-विधानहरू मान्नुपर्छ र तिमीहरूले कुनै पनि त्यस्ता अधर्म पाप कर्म गर्नु हुँदैन। यी विधानहरू इस्राएलीहरूका निम्ति हुन्, अनि यी नियमहरू तिमीहरूसँगै त्यहाँ बस्नेहरूका निम्ति पनि हुन्।

18:27b.LEV.018.027 त्यो भूमि अशुद्ध भएको छ कारण त्यहाँ पहिलेका बासिन्दाहरूले त्यस्ता घोर पाप कर्महरू गरेका थिए।

18:28b.LEV.018.028 यदि तिमीहरूले पनि त्यसै गर्यौ भने ती पहिलेका मानिसहरूलाई जसरी त्यो भूमिले हटाएको थियो तिमीहरूलाई पनि हटाउनेछ।

18:29b.LEV.018.029 यदि कुनै मानिसले त्यस्तो घोर पाप कर्म गरे त्यस मानिसलाई उसको आफन्तहरूबाट अलग गरिनेछ।

18:30b.LEV.018.030 अन्य मानिसहरूले त्यस्तो अधर्म पाप कर्म गरेका थिए। तर तिमीहरू मेरो विधि-विधानहरू पालन गरेर बस अनि त्यस्ता अधर्म पाप कर्महरू कुनै पनि नगर। ती पाप कर्महरू गरेर आफैंलाई अशुद्ध नपार, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”

19

19:1b.LEV.019.001 परमप्रभुले मोशालाई भन्नुभयो,

19:2b.LEV.019.002 “इस्राएलका सबै मानिसहरूलाई भनः म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरू सबै पवित्र होऊ, कारण म पवित्र छु।

19:3b.LEV.019.003 “तिमीहरू मध्ये प्रत्येकले आफ्नो आमा-बाबुलाई सम्मान गर्नुपर्छ अनि विश्रामको दिन पालन गर्नुपर्छ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।

19:4b.LEV.019.004 “मूर्तिहरूको पूजा नगर अनि आफ्नो निम्ति धातु पगालेर देवताहरूको मूर्तिहरू नबनाऊ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।

19:5b.LEV.019.005 “जब तिमीहरूले परमप्रभुलाई मेलबलि चढाउछौ, तिमीहरूले रीतिपूर्वक त्यो चढाउनुपर्छ जसले गर्दा तिमीहरूले चढाएको परमप्रभुले ग्रहण गरून।

19:6b.LEV.019.006 तिमीले यसलाई त्यही दिन खान सक्छौ जुन दिन तिनीहरू यसकाई चढाउँछौ। अनि अर्को दिन पनि खान सक्छौ। तर यदि कुनै बलि तेस्रो दिनसम्म रहेको छ भने यसलाई आगोमा जलाउनुपर्छ।

19:7b.LEV.019.007 तेस्रो दिनसम्म रहेको बलि अशुद्ध हुन्छ, यसर्थ त्यो खानु हुँदैन।

19:8b.LEV.019.008 यदि कुनै मानिसले यसलाई खान्छ त्यो मानिस पापको दोषी हुन्छ किनभने उसले परमप्रभुको पवित्र चीजहरूको सम्मान गरेको हुँदैन। त्यस मानिसलाई आफ्ना मानिसहरूबाट छुट्‌याउनु पर्छ।

19:9b.LEV.019.009 “जब तिमीहरू बाली उठाउने समय भएपछि आफ्नो बाली काट्छौ, खेतको आखिरी कुनासम्म नकाट अनि उठाउँदा भूँईमा झरेको अन्न नटिप।

19:10b.LEV.019.010 जब तिमीहरू अंङ्गूरको बोटबाट अंङ्गूर टिप्छौ, सबै अंङ्गूर न टिप अथवा झरेको अंङ्गूर नटिप। तिनीहरूको भूमिमा भएका गरीब अनि विदेशीहरू निम्ति छाडी देऊ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।

19:11b.LEV.019.011 “तिमीहरूले चोर्नु हुँदैन, मानिसहरूलाई ठग्नु हुँदैन अनि एकार्कामा झूठो नबोल्नु।

19:12b.LEV.019.012 मेरो नाम लिएर झूटो कसम नखाऊ, यदि त्यसो गर्छौ तिमीहरूले परमेश्वरको नामलाई सम्मान नगरेको बुझिनेछ। म परमप्रभु हुँ।

19:13b.LEV.019.013 “तिमीहरूले आफ्नो छिमेकीसित नराम्रो काम नगर। उसलाई नलुट। तिमीहरूले कुनै हाजिरामा काम गर्ने मानिसको हाजिरा एक रातभरिको निम्ति पनि नरोक।

19:14b.LEV.019.014 “बहिरका मानिसलाई नसराप। अन्धालाई लडाउने हेतुले उसको बाटोमा केही नराख। आफ्ना परमेश्वरको सम्मान गर्नुपर्छ। म परमप्रभु हुँ।

19:15b.LEV.019.015 “न्याय गर्दा सच्चाइले गर्नुपर्छ। न्याय गर्दा गरीब अथवा दया र धनी भनी सम्मान नगर। आफ्नो छिमेकीसित न्याय गर्दा पनि सच्चाइले न्याय गर्नुपर्छ।

19:16b.LEV.019.016 मानिसहरूको विरूद्ध झूठा कुराहरू गरेर नहिंड्। यस्तो कुनै काम नगर् जुन तिम्रो कामले छिमेकी विपदमा पर्न सक्छ। म परमप्रभु हुँ।

19:17b.LEV.019.017 “तिमीले हृदयबाट आफ्ना इस्राएली मित्रलाई घृणा गर्नु हुँदैन। यदि तिम्रो छिमेकीले केही अनिष्ट गरेको छ भने उसलाई जानकारी देऊ, तिमीहरू उसले गर्दा पापको दोषी हुने छैनौ।

19:18b.LEV.019.018 मानिसहरूले तिमीप्रति गरेका अनिष्ट कामहरू बिर्सिदेऊ। तिम्रा छिमेकीहरूलाई आफूलाई झैं माया गर। म परमप्रभु हुँ।

19:19b.LEV.019.019 “तिमीहरूले मैले भनेको नियमहरू पालन गर्नैपर्छ। दुई प्रकारका पशुहरू मिसिन नदेऊ। आफ्नो खेतमा दुई प्रकारका बीउ नछर। दुई प्रकारका धागाले बनिएको लुगा नलगाऊ।

19:20b.LEV.019.020 “यदि कुनै मानिसले अर्काकी कमारी जो आफ्नो मालिकबाट छुट्करा पाइसकेकी छैन त्यससँग सहवास गरे तिनीहरू दुईलाई सजाय दिनुपर्छ तर मृत्युदण्ड होइन। किनभने त्यो कमारी आइमाईले आफ्नो मालिकबाट छुटकारा पाइसकेकी थिइन्।

19:21b.LEV.019.021 त्यस मानिसले आफ्नो दोषबलि परमप्रभुकहाँ भेट हुने पालको ढोकामा ल्याउनुपर्छ। त्यस मानिसले दोषबलिको निम्ति भेडा ल्याउनुपर्छ।

19:22b.LEV.019.022 त्यस मानिसले पाप गरे बापत उसको पाप मोचनको निम्ती पूजाहारीले परमप्रभुअघि भेडा चढाउनेछन् त्यसपछि त्यो मानिस उसले गरेको पापहरूबाट मुक्त हुनेछ।

19:23b.LEV.019.023 “भविष्यमा तिमी आफ्नो देशमा जानेछौ र त्यहाँ धेरै फलका बोटहरू खानको निम्ति रोप्नेछौ। तर तीन वर्षसम्म तिमीले ती बोटहरूबाट फल प्रयोग गर्न पाउने छैनौ।

19:24b.LEV.019.024 चौथो वर्षमा फलेका फलहरू परमप्रभुमा प्रशंसाको निम्ती हुनेछन्। यी फलहरू परमप्रभुको निम्ति पवित्र बलि हुनेछ।

19:25b.LEV.019.025 त्यसपछि पाँचौ वर्षमा फलेको फलहरू तिमीहरू खान सक्छौ। यदि तिमीहरूले यसो गर्छौ बोटहरूले धेरै फल फलाउने छन्। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।

19:26b.LEV.019.026 “यदि कुनै मासुमा रगत रहेको छ भने तिमीले त्यो मासु खानु हुँदैन। “भविष्यको विषयमा बताउँदा तन्त्र-मन्त्र अथवा जादू प्रयोग नगर।

19:27b.LEV.019.027 “तिम्रो अनुहारको छेउमा बढेको कपाल नकाट अनि तिम्रो दाह्रीको छेऊ नछाँट।

19:28b.LEV.019.028 मृत मानिसको सम्झनामा शरीरको मासु नकाट। तिम्रो आफ्नो शरीरमा कुनै छाप नबनाउन्। म परमप्रभु हुँ।

19:29b.LEV.019.029 “तिम्रो छोरीलाई वेश्या बनाएर अपमान नगर। तिम्रो देशलाई यस्ता पापहरूद्वारा भरिन नदेऊ अनि देशमा मानिसहरूलाई वेश्या हुने अनुमति नदेऊ।

19:30b.LEV.019.030 “तिमीले विश्रामका दिनहरूमा काम नगर। तिमीले मेरो पवित्रस्थानको आदर गर्नुपर्छ। म परमप्रभु हुँ।

19:31b.LEV.019.031 “तिमीहरू झाँक्री-जादूगर बोक्सी तथा मन्त्र गर्नेतिर नलाग अनि आफैंलाई तिनीहरूबाट अशुद्ध नपार। म तिमीहरूको परमप्रभु परमेश्वर हुँ।

19:32b.LEV.019.032 “बूढा-पाका मानिसहरूलाई उभिएर सम्मान गर जब तिनीहरू तिम्रो एउटा कोठामा अथवा घरभित्र पस्छन्। आफ्ना परमेश्वरको डर अनि सम्मान गर। म परमप्रभु हुँ।

19:33b.LEV.019.033 “तिमीहरूको आफ्नो देशमा बसोबासो गर्ने विदेशीहरूसित दुर्व्यवहार नगर। विदेशीहरूलाई र देशवासीहरूलाई समान व्यवहार गर,

19:34b.LEV.019.034 तिनीहरूलाई माया गर जस्तो आफूलाई गर्छौ किनभने तिमीहरू पनि मिश्रको भूमिमा विदेशी थियौ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।

19:35b.LEV.019.035 “तिमीले मानिसहरूलाई सच्चाइसँग न्याय गर। जब तिमी केही चीज नाप्छौ अनि तौलिन्छौ निष्पक्षतापूर्वक नाप अनि तौल।

19:36b.LEV.019.036 तिमीसित तौलिन ढक तराजू र नाप, र तौलहरू ठीक हुनुपर्छ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्याएँ।

19:37b.LEV.019.037 “तिमीहरूले मेरो विधि-विधानहरू सबै जानेर पालन गर्नुपर्छ। म परमप्रभु हुँ।”

20

20:1b.LEV.020.001 परमप्रभुले मोशालाई भन्नुभयो,

20:2b.LEV.020.002 “तिमीले इस्राएलीहरूलाई यी कुराहरू भन्नुपर्छ इस्राएलीहरू मध्ये कोही पनि होस् देशी अथवा विदेशी, तिनीहरू मध्ये कसैले आफ्ना नानीहरूबाट एक जनालाई मिथ्या देवता मोलेकलाई दिन्छ भने उसलाई मार्नैपर्छ। यस देशका मानिसहरूले उसलाई ढुङ्गले हिर्काएर मार्नुपर्छ।

20:3b.LEV.020.003 म त्यस मानिसको विरोधमा हुनेछु। उसलाई म आफ्ना मानिसहरूबाट छुट्‌याउनेछु। किन? किनभने उसले आफ्ना नानीहरू मोलेकलाई दिन्छ अनि यसरी मेरो पवित्र नामको सम्मान गरेन अनि मेरो पवित्र स्थानलाई अशुद्ध बनाउँछ।

20:4b.LEV.020.004 जब त्यस मानिसले मोलेकलाई आफ्नो नानी दिन्छ समुदायका मानिसहरूले उसलाई ध्यान दिदैनन् अनि उसलाई मार्दैनन्,

20:5b.LEV.020.005 म त्यस मानिसलाई साथै त्यसको परिवारलाई विरोध गर्नेछु। म तिनलाई तिनको आफ्नै मानसिहरूबाट अलग गर्नेछु। ती सबै मानिसहरू जो मोलेकको पूजा गर्न प्रभावित भएका थिए, म तिमीहरूलाई तिमीहरूको आफ्नै मानिसहरूबाट अलग गर्नेछु।

20:6b.LEV.020.006 कुनै मानिस जो सल्लाह लिनु झाँक्री अथवा जादूगर कहाँ जान्छ, उसले मलाई अविश्वास गर्दैन यसर्थ म उसलाई आफ्ना मानिसहरूबाट छुट्‌याउनेछु।

20:7b.LEV.020.007 “तिमी आफैंलाई पवित्र बनाऊ अनि पवित्र भएर बस। किनभने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।

20:8b.LEV.020.008 मेरा विधिहरू सम्झना गर अनि तिनीहरूलाई अनुसरण गर। म तिमीहरूको परमप्रभु हुँ जसले तिमी सबै मानिसहरूलाई पवित्र बनाउँछु।

20:9b.LEV.020.009 “यदि कुनै मानिसले आफ्नो आमा अथवा बाबुलाई सराप दिन्छ भने त्यास मानिसलाई मारिनुपर्छ। जब उसले आफ्नो आमा-बाबुलाई सराप दिएको कारण उसको मृत्युको जिम्मावारी ऊ आफैं हुनेछ। व्यभिचारका पापहरूको निम्ति दण्ड

20:10b.LEV.020.010 “यदि कुनै मानिसले आफ्नो छिमेकीकी स्वास्नीसित सहवास गरे ती दुवैलाई मार्नुपर्छ कारण ती दुवैजना व्यभिचारको दोषी हुन्।

20:11b.LEV.020.011 यदि कुनै मानिसले आफ्नो बाबुकी स्वास्नी (सौतेनी आमा) सँग सहवास गर्छ भने ती दुवै जनालाई मारिनुनै पर्छ, आफ्नो मृत्युको निम्ति तिनीहरू स्वयं जिम्मेवार हुन्। यो त्यस मानिसले आफ्नै बाबुसित सहवास गरे झैं हो।

20:12b.LEV.020.012 “यदि कुनै मानिसले आफ्नो छोरा बुहारीसित सहवास गरे ती दुइजनालाई मार्नैपर्छ। तिनीहरू आफैं तिनीहरूको मृत्युको निम्ति जिम्मेवार छन् कारण तिनीहरूले खुबै अधम व्यभिचार गरेका हुन्छन्।

20:13b.LEV.020.013 “यदि एकजना मानिसले अर्को पुरूषसँग स्त्रीसँग झैं सहवास गरे, तिनीहरूले भयंकर पाप गरेको बुझिन्छ। तिनीहरूलाई मार्नै पर्छ र तिनीहरू स्वंय आफ्नो मृत्युको निम्ति जिम्मेवार हुन्छन्।

20:14b.LEV.020.014 “यदि एकजना मानिसले आमा र छोरी दुवैसँग शारिरिक कर्म गर्छ यो व्यभिचार पाप हो। तिमीले मानिसहरूमा यस्तो व्यभिचार हुन दिनु हुँदैन। तिमीले मानिस अनि स्त्री दुवैलाई आगोमा जलाउनु पर्छ।

20:15b.LEV.020.015 “यदि कुनै मानिसले पशुसँग सम्भोग गरे त्यस मानिस र पशुलाई मार्नुपर्छ।

20:16b.LEV.020.016 यदि कुनै स्त्री पशुसँग सम्भोग गरे त्यस स्त्री र पशुलाई मार्नु र्पछ। तिनीहरू आफ्नो मृत्युको निम्ति आफैं जिम्मेवार हुन्छन्।

20:17b.LEV.020.017 “यदि कुनै दाज्यूभाई आफ्नी बहिनी अथवा सौतेनी बहिनीसित लैंगिक कर्म गर्छ, यो लाजमर्दो कुरा हो। तिनीहरूलाई जनताअघि दण्ड दिनुपर्छ र आफ्ना मानिसहरूबाट छुट्‌याउनु पर्छ। आफ्नी दिदीबहिनीसित जुन मानिसले शारिरिक कर्म गर्छ उसलाई उसको पापको निम्ति दण्ड दिनैपर्छ।

20:18b.LEV.020.018 “यदि कुनै मानिस रजस्वलाको समयमा स्त्रीसित लैंगिक सम्बन्ध राख्छ भने स्त्रीपुरूष दुवैलाई तिनीहरूका मानिसहरूबाट छुट्‌याउनु पर्छ। तिनको रगतको मूल देखाएर तिमीहरूले पाप गरेका छौ।

20:19b.LEV.020.019 “तिमीले आफ्नी फुपु अथवा काकीसित लैंगिक सम्बन्ध राख्नु हुँदैन यो सगोत्र सम्भोग हो र तिम्रो पापको निम्ति तिमीले दण्ड पाउनु पर्छ।

20:20b.LEV.020.020 “कुने मानिसले आफ्नो काकाको पत्नीसित लैंगिक सम्बन्ध राख्नु हुँदैन किनभने यसो गर्नु आफ्नो काकासित लैंगिक सम्बन्ध राखे जस्तै हो। तिनीहले पापको लागि दण्ड भोग्नैपर्छ। तिनीहरू अपुताली नै मर्नेछन्।

20:21b.LEV.020.021 “यदि कुनै पुरूषले आफ्नी भाउज्यू अथवा भाइबुहारी सित सहवास गर्छ भने त्यो अनुचित हो। यो दाज्यूसित सहवास गरे झैं नै हो। तिनीहरू अपुताली रहनेछन्।

20:22b.LEV.020.022 “म तिमीहरूलाई जुन देशमा लाँदैछु त्यहाँ तिमीहरू बस्नेछौ। मेरो विधि-विधानहरू सम्झना गर अनि पालन गर। यदि तिमीहरूले मेरा विधि-विधानहरू पालन गर्छौ भने तिमीहरू त्यस देशबाट निकालिने छैनौ।

20:23b.LEV.020.023 म त्यस देशका अरू मानिसहरूलाई बलपूर्वक बाहिर निकाल्दैछु। किन? किनभने तिनीहरूले त्यस्ता पापहरू गरे। म ती कर्महरू घृणा गर्छु, यसर्थ तिमीहरूले तिनीहरूको जीवन शैली नपछ्याऊ।

20:24b.LEV.020.024 “मैले तिमीहरूलाई पहिल्यै भनिसकेको छु म तिमीहरूलाई तिनीहरूको भूमि दिनेछु, अनि यो तिमीहरूको हुनेछ। यो भूमि दूध र महले भरिएको हुनेछ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ जसले तिमीहरूलाई अन्य राष्ट्रबाट छुट्टाए। “मैले तिमीहरूसित भिन्दै प्रकारले व्यवहार गरेको छु कारण तिमिहरूलाई मैले मेरो विशेष मानिसहरू बनाएको छु।

20:25b.LEV.020.025 यसर्थ, तिमीहरूले शुद्ध अनि अशुद्ध पशु-पंक्षीहरूलाई भिन्नै प्रकारले व्यवहार गर्नुपर्छ। अशुद्ध पशु चराहरू अनि घस्रिने प्राणीहरू खाएर तिमीहरू आफैंलाई अशुद्ध बनाऊ मैले तिनीहरूलाई तिमीहरू निम्ति अशुद्ध झैं छुट्टाएको छु।

20:26b.LEV.020.026 मैले तिमीहरूलाई मेरा विशेष मानिस बनाउनलाई तिमीहरूलाई पवित्र पारेको छु। यसर्थ तिमीहरू मेरो निम्ति पवित्र रहनुपर्छ। किन? किनभने म परमप्रभु हुँ अनि पवित्र छु।

20:27b.LEV.020.027 “एकजना मानिस जो झाँक्री अथवा जादूगर छ उसलाई मार्नु पर्छ। मानिसहरूले तिनीहरूलाई ढुङ्गले हिर्काएर मार्नु पर्छ। तिनीहरूलाई मृत्यु चाहिन्छ।”

21

21:1b.LEV.021.001 परमप्रभुले मोशालाई भन्नुभयो, “यी कुराहरू हारूनका छोराहरू पूजाहारीहरूलाई भनः पूजाहारीले लाश छोएर आफैंलाई अशुद्ध पार्नु हुँदैन।

21:2b.LEV.021.002 तर यदि मृतक मानिस उनको साक्खै पर्ने हो भने मात्र उनले लाश छोएर आफूलाई अशुद्ध पार्न सक्छन्। यदि मृतक मानिस उनका आमा अथवा बाबु, उनका छोरा-छोरी, दाज्यू-भाइ।

21:3b.LEV.021.003 अथवा अविवाहित दिदी-बहिनी भए तिनले लाश छोएर आफैंलाई अशुद्ध पार्न सक्छन्। (कन्ये दिदी अथवा बहिनी उनको साक्खै मानिन्छ जबसम्म तिनीहरूको बिहे हुँदैन, यसर्थ तिनीहरू मरेको खण्ड पूजाहारीले लाश छोएर आफूलाई अशुद्ध पार्न सक्छन्।)

21:4b.LEV.021.004 तर यदि मरेको मानिस बिहे द्वारा आफन्त पर्छ, पूजाहारीले लाशलाई छोएर त्यसले उ आफूलाई अशुद्ध बनाउन सक्दैनन्।

21:5b.LEV.021.005 “पूजाहारीहरूले शोक गर्न आफ्नो केश नखौराउन्, दाह्रीको कुना कुना नकाटुन् अनि शरीरमा कुनै चोट नबनाउन्।

21:6b.LEV.021.006 पूजाहारीहरू आफ्नो परमेश्वरको नाममा सम्मान देखाउनु पर्छ। किन? किनभने तिनीहरूले परमप्रभुको निम्ति आगोद्वारा बलिहरू चढाउँछन जो तिनीहरूको परमेश्वरको निम्ति खाद्य हो। यसर्थ उनीहरू पवित्र रहनुपर्छ।

21:7b.LEV.021.007 “पूजाहारीले परमेश्वरलाई विशेष रूपले सेवा गर्छ यसकारण तिनीहरू कुनै वेश्या, कुनै अरू मानिससित सहवास गरेकी स्त्री अथवा कुनै मानिसले त्योगेकी स्त्रीसित बिहे नगरून्।

21:8b.LEV.021.008 पूजाहारीलाई पवित्र व्यवहार गरिनु पर्छ। किन? किनभने तिनीहरूले परमेश्वरको निम्ति खाद्य बोक्छन् अनि म पवित्र छु। म परमप्रभु हुँ अनि म तिमीलाई पवित्र बनाउँछु।

21:9b.LEV.021.009 “यदि एकजना पूजाहारीकी छोरी वेश्या भई भने उसले आफ्नो सम्मान नष्ट पार्छे, आफ्नो बाबुलाई लाजमर्दो पार्छे, यसर्थ उसालाई आगोमा जलाउनुपर्छ।

21:10b.LEV.021.010 “प्रमुख पूजाहारी आफ्नैं दाज्यू-भाइहरूबाट छानिन्छन् अनि उनको टाउकोमा अभिषेक तेल खन्याइन्छ। यसरी उनलाई प्रमुख पूजाहारीको विशेष कार्यको निम्ति छानिन्छ। उनको वस्त्रादि पनि विशेष हुन्छ। यसर्थ उनले मानिसहरूअघि शोक गर्नु हुँदैन। उनले आफ्नो कपाल फुकाउनु हुँदैन अनि लुगा च्यात्नु हुँदैन।

21:11b.LEV.021.011 यदि उनको बुबा अथवा आमा मरेको भए पनि उनी लाशको छेऊमा नजाऊन् र लाश छोएर उनले आफूलाई अशुद्ध नबाऊन्।

21:12b.LEV.021.012 प्रधान पूजाहारी पवित्र स्थानबाहिर जानुहुँदैन, यदि ऊ मलामि जान्छ ऊ अपवित्र हुनेछ। तब उसले पवित्र स्थानलाई अपवित्र बनाउँछ। अभिषेक तेल उनको टाउकोमा खन्याएर उनलाई मानिसहरूबाट छुट्‌याइन्छ हो। म परमप्रभु हुँ।

21:13b.LEV.021.013 “प्रधान पूजाहारीले कन्ये केटीलाई बिहे गर्नुपर्छ।

21:14b.LEV.021.014 प्रमुख पूजाहारीले वेश्या, छुटानाम गरेकी आइमाई र विधवालाई बिहे गर्नु हुँदैन। प्रमुख पूजाहारूरीले आफ्ना मानिसहरुबाट कन्येलाई मात्र बिहे गर्नु पर्छ।

21:15b.LEV.021.015 यसरी उनका नानीहरूलाई अरू मानिसहरूले आदर गर्नेछन्। उनको विशेष कार्यको निम्ति म परमप्रभुले उनलाई अग्ग राखेको छु।”

21:16b.LEV.021.016 परमप्रभुले मोशालाई भन्नुभयो,

21:17b.LEV.021.017 “हारूनलाई भन; यदि उनका सन्तानहरू मध्ये कसैमा कुनै शारीरिक खोट भए, उसले आफ्नो परमेश्वरलाई खाद्य चढाउने निवेदन गर्नु हुदैन।

21:18b.LEV.021.018 कुनै मानिस जसको केही खोट भएको भए उसले पूजाहारी भएर मलाई सेवा नगरोस् मेरो निम्ति बलिहरू नल्याओस्। यस्ता मानिसहरूले पूजाहारी भएर सेवा गर्न सक्तैनन्, अन्धा मानिसहरू, लङ्गडा मानिसहरू, अनुहारमा नराम्रा दाग भएका मानिसहरू, हात अथवा खुट्टाहरू लामा-लामा भएका मानिसहरू,

21:19b.LEV.021.019 हात अथवा खुट्टा भाँचिएका मानिसहरू,

21:20b.LEV.021.020 कुप्रो पिठिउँ भएको, बाउन्ने, आँखाको रोग भएको, चिलाउने घाउ भएको, लुतो लागेको, संन्धिमा चोटलागेको नपुंसक मानिसहरू।

21:21b.LEV.021.021 हारूनका सन्तानहरूमध्ये विकृति भएकोहुनाले परमप्रभुलाई आगोद्वारा बलिहरू चढाउन सक्दैन अनि उसले आफ्नो परमेश्वरलाई पुर्याउनु सक्दैन।

21:22b.LEV.021.022 त्यो मानिस पूजाहारीको परिवारको एकजना सदस्य भएकोले गर्दा उसले आफ्नो परमेश्वरको दुवै पवित्र अनि महापवित्र खाद्य खानु सक्छ।

21:23b.LEV.021.023 तर अति पवित्र स्थानमा पर्दाबाट जान सक्तैन अनि वेदीको नजिक पनि जानु सक्तैन। किन? किनभने उसलाई केही खोट लागिको छ र उसले पवित्र स्थानलाई अपवित्र पार्नु हुँदैन। म परमप्रभुले ती स्थानहरू पवित्र पारेको छु।”

21:24b.LEV.021.024 यसर्थ मोशाले यी कुराहरू हारून, उनका छोराहरू अनि इस्राएलका समस्त मानिसहरूलाई भन्नुभयो।

22

22:1b.LEV.022.001 परमप्रभुले मोशालाई भन्नुभयो,

22:2b.LEV.022.002 “हारून र त्यसका छोराहरूलाई भनः इस्राएलका मानिसहरूले मलाई जे चढाउँछन ती चीजहरू पवित्र हुन्छन्। ती मेरा हुन् यसकारण तिमी पूजाहारीहरूले यी चीजहरू नचलाउनु। यदि तिमीहरूले आफ्नो लागि ती पवित्र चीजहरू चलायौ भने तब तिमीहरूले मेरो पवित्र नामको आदर नगरेको बुझिन्छ। म परमप्रभु हुँ।

22:3b.LEV.022.003 हारून अनि उसका छोराहरूलाई भनिदेऊ। यदि तिमीहरूका सन्तानहरूबाट कसैले यी चीजहरू छुन्छ जब त्यो मानिस अशुद्ध छ। त्यस मानिसलाई छुट्‌याउनु पर्छ। इस्राएलका मानिसहरूले ती चीजहरू मलाई दिएका छन्। म परमप्रभु हुँ।

22:4b.LEV.022.004 “यदि हारूनका सन्तानहरू मध्ये कसैलाई छालाको डरलाग्दो रोग अथवा धातु स्त्राव रोग छ भने ऊ शुद्ध नहोउञ्जेलसम्म पवित्र खाद्य खान सक्दैन। यो नियम सबै अशुद्ध पूजाहारीहरूको निम्ति हो। पूजाहारीले शुद्ध हुन सक्छ जब ऊ मरेको शरीर छुन्छ अथवा आफ्नो स्राव गराउँछ।

22:5b.LEV.022.005 उनले कुनै घस्रने अशुद्ध पशुहरू छोए पनि अशुद्ध हुन सक्छन्। के गर्दा अथवा कसरी कुनै व्यक्ति अशुद्ध भयो त्यो कुनै मुख्य कुरा होइन, तर कुनै पूजाहारीले अशुद्ध मानिसलाई छुँदा नै अशुद्ध भइहाल्छन्।

22:6b.LEV.022.006 यी चीजहरू मध्ये कुनैलाई छुइन्छ त्यो मानिस साँझसम्म अशुद्ध रहन्छ। उसले पानीमा ननुहाएसम्म पवित्र खाद्य खानु सक्दैन।

22:7b.LEV.022.007 घाम अस्ताएपछि मात्र उनी पवित्र हुनु सक्छन् अनि पवित्र खाना खानु सक्छन्। किन? किनभने पवित्र खाना उसको हुन्छ।

22:8b.LEV.022.008 “यदि कुनै पूजाहारीले आफैं मरेको अथवा जंगली जनावरले मारेको पशु भेट्छन् उनले त्यो खानु हुँदैन, यदि खान्छन् उनी अशुद्ध हुन्छन्। म परमप्रभु हुँ।

22:9b.LEV.022.009 “मैले आदेश गरेअनुसार पूजाहारीले गर्नुपर्छ जसले गर्दा तिनीहरू धेरै सजग बस्नु पर्छ। पवित्र चीजहरू तिनीहरूले गर्दा अपवित्र नहुन्। यदि तिनी सजग हुन्छन् भने, तिनीहरू मर्दैनन्। म परमप्रभुले यही विशेष कर्मको निम्ति तिनीहरूलाई अरू मानिसहरूबाट छुट्‌याएको छु।

22:10b.LEV.022.010 पूजाहारीसित बस्ने पाहुना अथवा ज्यालामा काम गर्न आएको मजदूरले पवित्र भोजन खान हुँदैन, पूजाहारीको परिवारले मात्र पवित्र भोजन खान सक्छन्।

22:11b.LEV.022.011 तर पूजाहारीको घरमा जन्मेका कमारा-कमारी अथवा पूजाहारीले आफ्नैं पैसाले किनेको कमारा-कमारीले पनि पवित्र खाद्यको भाग खान सक्छन्।

22:12b.LEV.022.012 पूजाहारीकी छोरीले अर्को परिवारको मानिससँग पनि बिहे गर्न सक्छे। यदि उसले यसो गर्छे भने उसले बलिबाट निकालिएको पवित्र खाद्य खान सक्दिन।

22:13b.LEV.022.013 पूजाहारीको कुनै छोरी विधवा हुनु सक्छे अथवा उसलाई आफ्नो पतिद्वारा छुट्‌याउन सक्छ अनि यदि तिनीहरूका छोरा-छोरीहरूलाई सहायता गर्ने छैन भने ऊ आफ्नो बुबाको घरमा जान सक्छे। तब उसले आफ्नो बुबाको भागबाट केही अंश पवित्र खाद्य खान सक्छे। पूजाहारीको परिवारले मात्र यो भोजन खान सक्छ।

22:14b.LEV.022.014 यदि कुनै मानिसले पवित्र थाहा नपाई खान्छ भने उसले त्यसको पाँचौ भाग थपेर पूजाहारीलाई दिनुपर्छ।

22:15b.LEV.022.015 “इस्राएलका मानिसहरूले परमप्रभुलाई बलि चढाउन सक्छन् र यी बलिहरू नै पवित्र बनिन्छन्। यसर्थ पूजाहारीहरूले यी पवित्र बलिहरू अपवित्र पार्नु हुँदैन।

22:16b.LEV.022.016 यदि पूजाहारीहरूले यी उपहारहरूलाई पवित्र मान्दैनन्, तिनीहरूले जब यी पवित्र चीजहरू खान्छन् तब आफ्नो पाप अझै थपिरहेका हुन्छन्। तिनीहरूलाई पवित्र तुल्याउने परमप्रभु म नै हुँ।”

22:17b.LEV.022.017 परमप्रभुले मोशालाई भन्नुभयो,

22:18b.LEV.022.018 “हारून, उनका छोराहरू र इस्राएलका समस्त मानिसहरूलाई भनः इस्राएलमा बसोबास गर्ने विदेशी होस अथवा देशी, त्यस मानिसको बलि कुनै विशेष बलि होस् अथवा त्यो उसको भाकलको बलि होस्।

22:21b.LEV.022.021 “कुनै व्यक्तिले मेलबलि अथवा परमप्रभुलाई स्वेच्छाले आफ्नो भाकल पूरा गर्न बलि चढाउनु सक्छ, तर त्यो बलि बलियो अनि निष्खोट हुनुपर्छ त्यो साँढे होस् अथवा भेडा।

22:22b.LEV.022.022 तिमीहरूले परमप्रभुको वेदीको आगोमा कुनै प्रकारको रोगी पश उपहार स्वरूपमा चढाउनु हुँदैन। यसर्थ कुनै बलि तिनीहरू परमप्रभुलाई चढाउछौ त्यो अन्धो, लंङ्गडो, अयोग्य अनि चर्मरोग अथवा धातुरोग भोगेको छ भने यस्ता पशुहरू उपहारको रूपमा चढाउनु हुँदैन।

22:23b.LEV.022.023 “कोही समयमा लामो खुट्टा भएको अथवा खुट्टाहरू ठीकसँग नबढेको साँढे अथवा थुमा पनि हुन्छन्, अनि यदि पशुहरूबाट कसैले परमप्रभुलाई विशेष बलि चढाउन चाहे त्यो परमप्रभुले ग्रहण गर्नु हुन्छ। तर यस्तो पशुको बलि कुनै भाकल गरिएको बलि ग्रहण गर्नुहुन्न।

22:24b.LEV.022.024 “यस्तो पशु नचढाऊ जसको अण्डाकोष कुच्याएको अथवा काटिएको छ। यस्तो आफ्नो भूमिमा नचढाऊ।

22:25b.LEV.022.025 “यस्ता प्रकारका पशुहरू विदेशीहरूबाट आफ्ना परमेश्वरलाई खाद्यको रूपमा चढाउन न ल्याऊ। किनभने ती पशुहरू घाइते छन् तिनीहरू खोट लागेका छन् अनि ग्रहण योग्य हुँदैनन्।”

22:26b.LEV.022.026 परमप्रभुले मोशालाई भन्नुभयो,

22:27b.LEV.022.027 “जब बाछो, अथवा पाठा अथवा सानो बोका जन्मन्छ त्यसको माऊले त्यसलाई आफूसंगै सात दिनसम्म राख्नुपर्छ आनि त्यसपछि आठौं दिन यो परमप्रभुद्वारा आगो बलिको रूपमा स्वीकार गरिनेछ।

22:28b.LEV.022.028 तर तिमीले त्यही दिन माऊ र पाठो बलि चढाउनु हुँदैन। यो नियम गाईहरू र भेडाहरूमा पनि लाग हुन्छ।

22:29b.LEV.022.029 “यदि तिमी परमप्रभुलाई धन्यवाद बलि चढाउछौ, तिमीले चढाउँन सक्छौ तर त्यो बलि परमेश्वरलाई ग्रहणयोग्य हुनुपर्छ।

22:30b.LEV.022.030 तिमीले त्यो बलि चढाएको पशुको मासु त्यही दिन खाई सक्नुपर्छ भोलि बिहानसम्म बाँकी राख्नु हुँदैन। म परमप्रभु हुँ।

22:31b.LEV.022.031 “मेरो आज्ञाहरू याद राख अनि पालन गर। म परमप्रभु हुँ।

22:32b.LEV.022.032 इस्राएलका मानिसहरूले मलाई विशेष रूपमा स्वीकार गर्नु पर्छ। मेरो नाउँको आदर गर्नु पर्छ। म परमप्रभु हुँ अनि तिमीहरूलाई पवित्र बनाउँछु।

22:33b.LEV.022.033 मैले तिमीहरूलाई मिश्र देशबाट ल्याएँ। म तिमीहरूको परमेश्वर भएको छु। म परमप्रभु हुँ।” विशेष पवित्र दिनहरू

23

23:1b.LEV.023.001 परमप्रभुले मोशालाई भन्नुभयो,

23:2b.LEV.023.002 “इस्राएलका मानिसहरूलाई भन तिमीले परमप्रभुले रोज्नु भएका चाडहरूलाई पवित्र पर्वहरू भनी घोषणा गर। ती विशेष पवित्र दिनहरू यी नै हुन्

23:3b.LEV.023.003 “छ दिनसम्म काम गर, सातौं दिन विश्राम मानिनेछ र त्यस दिन विशेष विश्रामको दिन, एक पवित्र सभाको दिन हुनेछ। त्यस दिन तिमीहरूले कुनै किसिमको काम नगर्नु। तिमीहरूको सब घरमा यस दिनलाई परमप्रभुको विश्राम मानिन्छ।

23:4b.LEV.023.004 “यी सब परमप्रभुद्वारा तोकिएका चाडहरू हुन्, तिमीले यी दिनहरूलाई पवित्र सभा भनी घोषणा गर्ने छौ।

23:5b.LEV.023.005 परमप्रभुको निस्तार पहिलो महीनाको चौधौं दिनको साँझमा शुरू हुन्छ।

23:6b.LEV.023.006 “त्यही महीनाको पन्ध्रौं दिन अखमिरी रोटीको चाड हुन्छ। तिमीले सात दिनसम्म अखमिरी रोटी खानेछौ।

23:7b.LEV.023.007 यो चाडको पहिलो दिन तिमीले विशेष सभा गर्नेछौ। त्यस दिन काम गर्ने छैनौ।

23:8b.LEV.023.008 सात दिनसम्म तिमीले परमप्रभुलाई आगोद्वारा बलि चढाउन बलिहरू ल्याउनु पर्छ। तब सातौं दिनमा फेरि अर्को विशेष सभा हुन्छ अनि त्यस दिन तिमीले कुनै काम गर्ने छैनौ।” अगौटे फसलको चाड

23:9b.LEV.023.009 परमप्रभुले मोशालाई भन्नुभयो,

23:10b.LEV.023.010 “इस्राएलका मानिसहरूलाई भन म तिमीहरूलाई जुन देश दिन्छु त्यसमा तिमीहरू जानेछौ अनि त्यहाँ बाली काट्नेछौ। त्यस समयमा तिमीहरूको पहिले बालीको उब्जनीको एक बिटा पूजाहारीकहाँ ल्याउनू।

23:11b.LEV.023.011 पूजाहारीले बिटालाई परमप्रभु अधि डोलाओस् यसकारण तिमीहरूलाई स्वीकार गर्नेछ उसले त्यो विश्राम भोलि पल्ट गर्नेछ।

23:12b.LEV.023.012 “जुन दिन तिमीहरूले अन्नको बिटा परमप्रभुको अघि डोलाउने छौ त्यस दिन तिमीहरूले परमप्रभुलाई होमबलि चढाउन एउटा एक वर्षे निष्खोट थुमा ल्याउन्।

23:13b.LEV.023.013 अंडीरको तेलमा मिसाएको सोलह बटुको मसिनो पीठोको अन्नबलि पनि चढाउनुपर्छ। तिमीहरूले पनि चढाउनु पर्छ र तिमीहरूले एक लीटर मद्य चढाएको बलिको बास्नाले परमप्रभुलाई आनन्दित पार्नेछ।

23:14b.LEV.023.014 तिमीहरूले परमप्रभुलाई नयाँ फसल उपहार नचढाएसम्म तिमीहरूले रोटी, भूटेको अन्न, अथवा ताजा अन्नहरू खानु हुदैन। तिमीहरू जहाँ बसे पनि यी नियमहरू पुस्ता पुस्तासम्म चलि रहनेछन्।

23:15b.LEV.023.015 “परमप्रभुलाई डोलाउने अन्नको बिटा ल्याएको दिनबाट सात हप्ताहरू गन।

23:16b.LEV.023.016 सातौं हप्ताहरू पछिको आइतवार (त्यो पचास दिनपछि) तिमीहरूले परमप्रभुको निम्ति नयाँ अन्नको बलि ल्याउँनेछौ।

23:17b.LEV.023.017 त्यस दिन तिमीहरूले आफ्नो घरबाट दुइवटा खमीर मिसाएको रोटी ल्याउनु पर्छ खमीर अनि सोह्र बटुको पीठो प्रयोग गरेर यी रोटीहरू पकाऊ। त्यो डोलाउने बलिक लागि हुनेछ त्यो तिम्रो पहिलो उब्जनीबाट परमप्रभुको निम्ति अन्न बलि हुनेछ।

23:18b.LEV.023.018 “एउटा साँढे दुइवटा भेडाहरू अनि सातवटा एक वर्षे पाठहरू अन्नबलि अनि अर्घबलिसित चढाउनु पर्नेछ। यी सबै पशुहरू निष्खोट हुनुपर्छ। यी पशुहरू आगोद्वारा जलाइने होमबलि हुनुपर्छ अनि यसको बास्नाले परमप्रभुलाई खुशी पार्नेछ।

23:19b.LEV.023.019 तिमीहरूले पापबलिको निम्ति एउटा बोका अनि दुइवटा एक वर्षे पाठाहरू पनि मैत्रीबलिको निम्ति चढाउनु पर्छ।

23:20b.LEV.023.020 “पूजाहारीले रोटीले तिनीहरूलाई परमप्रभुको अघि दुइवटा थुमाहरूसित डोलाउने तिनीहरू परमप्रभुको निम्ति पवित्र हुन्छ र ती सबै पूजाहारीको हुनेछ।

23:21b.LEV.023.021 तिमीहरूले त्यस दिन केही काम गर्ने हुँदैन अनि एउटा पवित्र सभा बोलाउनेछौ। यो नियम तिमीहरू घरहरूमा तिमीहरूको पुस्तौ-पुस्तासम्म चलि रहने छ।

23:22b.LEV.023.022 “जब तिमीहरू आफ्नो जमीनमा बाली उठाउँछौ खेतको कुना-कुनासम्म नउठाऊ अनि त्यसरी छोडीएको अन्न उठाउनु फर्केर नजाऊ। ती सब गरीबहरू तथा तिमीहरूको जमीन भएर जाने विदेशीहरूको निम्ति छोडी देऊ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”

23:23b.LEV.023.023 परमप्रभुले मोशालाई भन्नुभयो,

23:24b.LEV.023.024 “इस्राएलका मानिसहरूलाई भन सातौं महीनाको पहिलो दिन तिमीहरूको विशेष विश्रामको दिन हुन्छ र मानिसहरूलाई यो पवित्र सभा हो भनी सम्झाउन तुरही बजाऊ।

23:25b.LEV.023.025 तिमीहरू सामान्य काम नगर तिमीहरूले आगोद्वारा चढाउने बलि परमप्रभु कहाँ ल्याउँनेछौ।”

23:26b.LEV.023.026 परमप्रभुले मोशालाई भन्नुभयो,

23:27b.LEV.023.027 “प्रायश्चितको दिन सातौं महीनाको दशौं दिनमा पर्छ। त्यसदिन तिमीहरूले केही खानु हुँदैन अनि तिमीहरूले आगोद्वारा परमप्रभुलाई बलि चढाउनु पर्छ अनि पवित्र सभा गर्नुपर्छ।

23:28b.LEV.023.028 त्यस दिन तिमीहरूले केही काम गर्ने छैनौ, किन? किनभने त्यो दिन तिमीहरूको प्रायश्चितको दिन हो। त्यसदिन पूजाहारी परमप्रभुको सामुने जानेछन् र तिमीहरूलाई पवित्र पार्न उत्सव गर्नेछन्।

23:29b.LEV.023.029 “यदि कुनै मानिसले यस दिनमा उपवास बस्न अस्वीकार गरे उसलाई उसका मानिसहरूबाट छुट्‌याउनु पर्छ।

23:30b.LEV.023.030 यदि कुनै मानिसले त्यस दिन केही काम गर्छ म उसलाई उसका मानिसहरूको बीचबाट शेष पार्नेछु।

23:31b.LEV.023.031 त्यसदिन तिमीहरूले कुनै काम गर्नु हुदैन अनि यो विधि तिमीहरू जहाँ बस्छौ त्यहाँ सधैंको निम्ति चालू रहनेछ।

23:32b.LEV.023.032 यो दिन तिमीहरूको निम्ति एक विशेष विश्रामको दिन हो र तिमीहरूले त्यस दिन केही खाने छैनौ। यो विशेष विश्रामको दिन त्यस महिनाको नवौं दिनको साँझबाट शुरू हुनेछ र भोलिपल्ट साँझसम्म रहनेछ।”

23:33b.LEV.023.033 परमप्रभुले मोशालाई भन्नुभयो,

23:34b.LEV.023.034 “इस्राएलका मानिसहरूलाई भनः सातौं महीनाको पन्ध्रौं दिनमा छाप्रो-बासको चाड मनाउनुपर्छ। यो चाड परमप्रभुको निम्ति सात दिनसम्म चली रहनुपर्छ।

23:35b.LEV.023.035 कसैले यस चाडको पहिलो दिन केही काम गर्नु हुँदैन जब पवित्र सभा गरिनेछ।

23:36b.LEV.023.036 तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा सात दिनसम्म बलि ल्याउनु पर्छ अनि आठौं दिन तिमीहरूले अर्को पवित्र सभा गर्ने पर्छ। आगोको बलि परमप्रभुलाई चढाउनु पर्छ, तिनीहरू त्यस केही काम गर्नु हुँदैन अनि यो पवित्र सभा हुनेछ।

23:37b.LEV.023.037 “परमप्रभुको विशेष चाडहरू यी नै हुन्। यी दिनहरूमा पवित्र सभाहरू हुनेछन्, तिमीहरूले परमप्रभुलाई आगोबाट बलिहरू चढाउनेछौ। होमबलि, अन्नबलि, अर्धबलिहरू अरू अन्य बलिदानहरू चढाउँनेछौं। ती बलिहरू तिमीहरूले ठीक समयमा चढाउनेछौ।

23:38b.LEV.023.038 तिमीहरूले चढाउने यी बलिहरू परमप्रभुको विश्राम दिनहरूको स्मरण र विशेष भाकलको निम्ति हो। तिनीहरू केही योग्यको बलिहरू तिमीहरूले परमप्रभुलाई दिन सक्छौ।

23:39b.LEV.023.039 “सातौं महीनाको पन्ध्रौं दिन जब तिमीहरू आफ्नो जमीनबाट फसल बटुल्छौ तब सात दिनसम्म परमप्रभुको चाडहरू मनाउनुपर्छ। पहिलो दिन अनि आठौं दिन विशेष विश्रामको दिन हुनेछ।

23:40b.LEV.023.040 पहिलो दिनमा तिमीहरूले फलको बोटहरूबाट राम्रो राम्रो फलहरू बटुल्नु पर्छ अनि खजूरको हाँगाहरू, मोटो पातभएका रूखहरूका हाँगाहरू र खोलाको किनारमा हुने लहरे-पीपलका हाँगाहरू बटुलेर परमप्रभु तिमीहरूका परमेश्वरकोअघि सात दिन आनन्द मनाउनु पर्छ।

23:41b.LEV.023.041 प्रत्येक वर्ष तिमीहरूले सात दिनसम्म परमप्रभुको निम्ति यो चाड मनाउनु पर्छ। यो चाड सातों महीनामा मनाइनेछ र यो विधि सधैं चलिरहनेछ।

23:42b.LEV.023.042 इस्राएलमा जन्मने सबै मानिसहरू सात दिनसम्म ती अस्थायी छाप्रोहरूमा बास बस्नेछन्।

23:43b.LEV.023.043 किन? किनभने तिमीहरूका सन्तानले जान्न पाउँनेछन्। त्यसै कारण जब मैले इस्राएलीहरूलाई मिश्रको भूमि बाहिर ल्याए, मैले तिनीहरूलाई दक्षिण छाप्रोहरूमा बस्न लगाएँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”

23:44b.LEV.023.044 यसर्थ मोशाले परमप्रभुलाई सम्मान गरिने सबै चाडहरू इस्राएलका मानिसहरूलाई बताइदिए।

24

24:1b.LEV.024.001 परमप्रभुले मोशालाई भन्नभयो,

24:2b.LEV.024.002 “इस्राएलका मानिसहरूलाई आदेश देऊ तिनीहरूले निरन्तर ज्योतिको निम्ति आफैंले भद्राक्ष पिसेर तयार पारेको शुद्ध तेल ल्याउनु पर्छ।

24:3b.LEV.024.003 परमप्रभुअघि भेट हुने पालमा करार सन्दुकको पर्दा बाहिर साँझबाट बिहान नहुञ्जेलसम्म हारूनले निरन्तर बत्ती जलाऊन्। यो विधि तिमीहरूका सन्तान बाँचुञ्जेलसम्म सधैं चलिरहनेछ।

24:4b.LEV.024.004 हारूनले परमप्रभुको अघि सुनौलो बत्तीदानमा निरन्तर बत्ती जलाइरहनेछन्।

24:5b.LEV.024.005 “मसिनो पीठोको बाह्रवटा रोटी प्रत्येक रोटीमा सोलह बटुको पीठो प्रयोग गरेर पकाऊ।

24:6b.LEV.024.006 परमप्रभुअघि प्रत्येक पंक्तिमा छवटा गरेर सुनको मेचमा रोटी सजाऊ।

24:7b.LEV.024.007 प्रत्येक पंक्तिमा शुद्ध सुगन्धित धूप जलाऊ। यसले परमप्रभुलाई आगोद्वारा बलि चढाएको सम्झना गराउन सहायता गर्छ।

24:8b.LEV.024.008 प्रत्येक विश्रामको दिन हारूनले परमप्रभुअघि यसरी रोटी राखुन्। इस्राएलका मानिसहरूको निम्ति यो करार सधैंको निम्ति रहनेछ।

24:9b.LEV.024.009 हारून र उनका छोराहरूले पवित्र स्थलमा त्यो रोटी खानेछन्। किन? किनभने त्यो रोटी धेरै पवित्र छ। यो परमप्रभुको निम्ति आगोद्वारा जलाएर चढाइने बलिहरूमा एउटा हो र यो हारूनको निम्ति स्थायी अंश हुनेछ।”

24:10b.LEV.024.010 इस्राएली आमा र मिश्री पिताको एकजना छोरा थियो जो इस्राएलमा बस्थ्यो। त्यो मानिस इस्राएलीहरूको माझमा थियो अनि एक दिन उसले अर्को इस्राएलीसित लडाइँ गर्नु शुरू गर्यो।

24:11b.LEV.024.011 इस्राएली आमाको छोरोले सराप्दै परमप्रभुको नामको नराम्रो कुरा गर्यो अनि मानिसहरूले उसलाई मोशाकहाँ ल्याए। (आमाको नाम शलोमीत थियो अनि तिनी दान कुलकी दिब्रीकी छोरी थिइन्।)

24:12b.LEV.024.012 मानिसहरूले त्यस मानिसलाई कैदी झैं पक्रिए अनि स्पष्ट न्यायको निम्ति परमप्रभुको आज्ञाको लागि पर्खे।

24:13b.LEV.024.013 तब परमप्रभुले मोशालाई भन्नभयो,

24:14b.LEV.024.014 “मानिसलाई ल्याऊ जसले शिविरबाहिर सराप्यो। ती जसले उसको सराप सुने तिनीहरूलाई पनि बोलाऊ अनि ती तिनीहरूले आफ्ना हात उसको टाउकोमा राख्नु पर्छ। तब इस्राएलको सम्पूर्ण समुदायले उसमाथि मरूञ्जेसम्म ढुङ्गाले हिर्काउनु पर्छ।

24:15b.LEV.024.015 तिमीले इस्राएलका मानिसहरूलाई भनः “यदि कुनै मानिसले आफ्नो परमेश्वरलाई सराप्छ भने उसलाई दण्ड दिनु पर्छ।

24:16b.LEV.024.016 यदि कुनै मानिसले परमप्रभुको निन्दा गर्छ अथवा सराप्छ इस्राएलको सम्पूर्ण समुदायले उसलाई ढुङ्गाले हिर्काएर मार्नुपर्छ। यदि एउटा विदेशीले निन्दा गर्छ भने उसलाई अवश्यै मार्नु पर्छ जस्तो इस्राएलमा जन्मएको निन्दालाई मार्छ।

24:17b.LEV.024.017 “अनि यदि एकजना मानिसले कुनै अर्को मानिसको हत्या गर्छ भने त्यसलाई मार्नुपर्छ।

24:18b.LEV.024.018 यदि कुनै व्यक्तिले अर्काको पशुलाई मारे त्यसले बदलामा अर्को एउटा पशु दिनुपर्छ।

24:19b.LEV.024.019 अनि यदि कुनै मानिसले अर्को मानिसलाई चोट ल्याउँछ। त्यस मानिसलाई पनि चोट नै पारि दिनुपर्छ।

24:20b.LEV.024.020 हड्डी भाँचेको भए हुड्डी नै भाँची दिनुपर्छ एउटा आँखा फुटाई दिएको भए उसको पनि आँखा नै फुटाइदिन पर्छ र दाँत भाँची दिएको भए त्यसको पनि दाँत नै भाँची दिनुपर्छ। जे जस्तो चोट पारेकोछ त्यसलाई पनि त्यही गर्नुपर्छ।

24:21b.LEV.024.021 यदि कसैले कुनै मानिस मारे त्यो मार्ने मानिसलाई पनि मार्नुपर्छ। यदि कसैले अर्को कसैको पशु मारे त्यसले पनि उसको साटोमा एउटा त्यस्तै पशु दिनुपर्छ।

24:22b.LEV.024.022 “कानून् विदेशीको निम्ति अनि आफ्नो देशका मानिसहरूको निम्ति साँचो रहनेछ। किन? किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।”

24:23b.LEV.024.023 तब मोशाले मानिसहरूलाई यी कुराहरू बताए अनि तिनीहरूले जसले सरापेको थियो त्यस मानिसलाई पाल बाहिर ल्याएर ढुङ्गले हिर्काएर मारे। यसर्थ इस्राएलीहरूले त्यही गरे जो परमप्रभुले मोशालाई आज्ञा दिनु भएको थियो।

25

25:1b.LEV.025.001 परमप्रभुले सीनै पर्वतमा मोशालाई भन्नुभयो,

25:2b.LEV.025.002 “इस्राएलका मानिसहरूलाई भन, जब तिमीहरू जमीनमा पुग्छौ, जो म तिमीहरूलाई दिन्छ, त्यस समय तिमीहरूले परमप्रभुको सम्मानमा भूमिलाई विशेष विश्राम दिनु पर्छ।

25:3b.LEV.025.003 छ वर्षसम्म तिमीहरूले बीऊहरू रोप्न सक्छौ अनि छ वर्ष सम्म दाख बगैंचामा कलम काट्न सक्छौ, फलहरू बटुल्न सक्छौ।

25:4b.LEV.025.004 तर सातौं वर्षमा तिमीहरूले जमीनलाई विश्राम दिएर त्यहाँ बीऊहरू छर्ने छैनौ, त्यहाँका बोटहरू छिमोल्ने छैनौं कारण परमप्रभुको सम्मानमा यो विशेष विश्राम हुनेछ।

25:5b.LEV.025.005 उब्जनी उठाइसकेपछि त्यहाँ आफैं उम्रेका बोटहरूबाट अन्न उठाउनु सक्तैनौ अनि नछिमोलेको दाख बोटहरूबाट फल बटुल्न सक्तैनौ। जमीनले एक वर्ष विश्राम पाउनेछ।

25:6b.LEV.025.006 “यदि भूमिलाई विश्राम दिएको भएता पनि तिमीहरूको निम्ति अनि तिमीहरूका मानिसहरूको अनि नोकर-नोकरनीहरूको निम्ति दैनिक मजदूरहरू तथा तिमीहरूसंग बस्ने विदेशीहरूको निम्ति प्रशस्त फसल हुनेछ।

25:7b.LEV.025.007 तिमीहरूले घरेलू र अरू पशुहरूको निम्ति पनि त्यहाँ प्रशस्त फसल हुनेछ।

25:8b.LEV.025.008 “तिमीहरूले सात वर्ष सात पल्ट गन्नु जसको प्रतिफल 49 वर्ष निस्कन्छ। त्यस समयको अवघिमा त्यहाँ भूमिलाई सात वर्षको निम्ति विश्राम हुनेछ।

25:9b.LEV.025.009 सासौं महीनाको दशौं दिन जुन प्रायश्चितको दिन हुन्छ भेडाको सींगको तुरही बजाउनु। यो सारा देशभरि बजाउनु पर्छ।

25:10b.LEV.025.010 तिमीहरूले पचासौं वर्षलाई विशेष वर्ष रूपमा मनाउनेछौ अनि सारा देशका सबै मानिसहरूको निम्ति स्वतन्त्रताको घोषणा गर्नेछौ, जसलाई जयन्ती उत्सवको रूपमा मनाइनेछ। यस समयमा प्रत्येक मानिसले आफ्नो सम्पत्ति फिर्ता पाउनेछ। प्रत्येक सेवक आफ्नो घरमा फर्किनेछ। आफ्नो घर-जमीनमा जानेछ, आफ्नो परिवार भएकोमा फर्केर जानेछ।

25:11b.LEV.025.011 तिमीहरूको निम्ति यो पचासौ वर्ष एक विशेष उत्सवको वर्ष हुनेछ। त्यति बेला कुनै पनि बीऊ नछर विजन नलगाऊ, आफैं फलेको अन्न नउठाऊ अनि नछिमोलेको दाखबाट नबटुल।

25:12b.LEV.025.012 यो वर्ष तिमीहरूको निम्ति महोत्सवको वर्ष हो र यो पवित्र समय मान्नु। तिमीहरूले खेतमा उठाएको अन्न खानु।

25:13b.LEV.025.013 जयन्ती वर्षमा प्रत्येक मानिसले आफ्नो सम्पत्ति फिर्ता पाउनेछ।

25:14b.LEV.025.014 “जब तिमीहरूले आफ्नो जमीन बेच्दा आफ्ना छिमेकीहरूलाई नठग। उसले पनि तिमीलाई नठगोस् जब तिमी ऊबाट जमीन किन्छौ।

25:15b.LEV.025.015 जब तिमी तिमीहरूको छिमेकीको जमीन किन्छौ तब विगत वर्षको उत्सवको संख्यालाई गन र उचित मूल्य गणना गर्नु ती संख्याहरू प्रयोग गर। किन? किनभने तिम्रो छिमेकीले तिमीलाई अर्को (उत्सव) सम्म सही तरीकाले खेती-पाती गर्नको निम्ति बेचेको छ।

25:16b.LEV.025.016 तिमीले वर्षहरू अनुसार दामको हिसाब गर्नु पर्छ। यदि त्यहाँ धेरै वर्षहरू बाँकी रहे उत्सव दाम ज्यादा हुनु पर्छ। यदि वर्षहरू कम्ति भए दाम कम्ति हुनु पर्छ। किनभने उसले तिमीलाई अन्नहरू संख्याहरू मात्र बेचेका हुन्।

25:17b.LEV.025.017 एकार्कालाई नठग। आफ्नो परमेश्वरलाई आदर गर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।

25:18b.LEV.025.018 “मेरो विधि-विधानहरू याद राखेर पालन गरे तिमीहरू आफ्नो जमीनमा आराम साथ बस्न सक्छौ।

25:19b.LEV.025.019 अनि जमीनले प्रशस्त बाली उब्जाउनेछ र तिमीहरूसित अन्नको केही कमी नहुँदा तिमीहरू आनन्दले बाँच्नु सक्छौ।

25:20b.LEV.025.020 “तर हुन सक्छ तिमीहरूले भन्न सक्छौ, ‘यदि हामीले बीऊ छरेनौ अथवा बाली उठाएनौ भने सातौं वर्षमा खाने हामी सित केही रहँदैन।’

25:21b.LEV.025.021 चिन्ता नगर! छैटौं वर्षमा म मेरो आशीर्वाद दिने छु जसले गर्दा जमीनले तीन वर्षको निम्ति बाली उब्जाउनेछ।

25:22b.LEV.025.022 जब तिमीहरू आठौं वर्ष बाली लगाउँछौ त्यस समयमा पहिलेको अन्न नै खाइरहेको हुनेछौ। नवौंवर्ष तिमीहरूको बाली पाकी सक्दा पनि तिमी त्यही पुरानो अन्न नै खाँदै गरेका हुनेछौ।

25:23b.LEV.025.023 “भूमि साँच्चै नै मेरो हो यसकारण तिमीहरूले सदाको निम्ति बेच्न सक्तैनौ। तिमीहरू त मेरो जमीनमा मसँग बस्न आएका परदेशी अथवा यात्रीहरू मात्र हौ।

25:24b.LEV.025.024 मानिसहरूले जमीन बेच्न सक्छन् तर फेरि तिनीहरूको परिवारको सदस्यले त्यो भूमि फिर्ता गर्न सक्छ।

25:25b.LEV.025.025 तिमीहरूको देशमा कुनै मानिस एकदमै गरीब हुँदा जमीन बेच्नु सक्छ तर उसको अति नजिकको आफन्त आएर आफ्नो मानिसको निम्ति त्यो भूमि किन्न सक्छ।

25:26b.LEV.025.026 कुनै गरीब मानिसलाई उसको जमीन किनी दिने आफन्त नहोला, तर उसको प्रशस्त धन भएको समयमा आफैंले यो जमीन किन्न सक्छ।

25:27b.LEV.025.027 त्यो जमीन किन्न उचित मूल्य तिर्न उसले बेचेको वर्षबाट किन्ने समयसम्म कति वर्ष उसले त्यस जमीनमा खेती गर्यो, त्यो गनोस्, र बाँकी रहेको वर्षहरूमा त्यस जमीनबाट कति उब्जनी हुन्छ त्यसको मूल्य तिरेर आफ्नो जमीन किनोस् तब त्यो जमीन फेरि उसको हुन्छ।

25:28b.LEV.025.028 तर यदि त्यस मानिसको जमीन किन्न प्रशस्त धन कमाउन नसके अनि जमीनको मूल्य तिर्न नसके महोत्सव वर्षसम्म त्यो जमीन किन्ने मानिस कै भइरहनेछ। तब विशेष महोत्सवको समयमा त्यो जमीन फेरि पुरानो त्यसको मालिकलाई फर्काइनेछ र त्यो जमीन त्यसको सही मालिक कै हुनेछ।

25:29b.LEV.025.029 “यदि कुनै मानिसले पर्खाल लगाएको शहरभित्रको घर बेच्छ भने उसले एक वर्षभित्र घर उक्साउने अधिकार पाउनेछ।

25:30b.LEV.025.030 तर यदि त्यो बेच्ने मालिकले बेचेको दिनबाट एक वर्ष भित्रमा फर्काउन नसके त्यो पर्खालको घेराभित्रको घर किन्ने मानिस तथा उसको सन्तानहरूको स्थायी सम्पति हुनेछ। महोत्सवको समयमा त्यो घर पुरानो मालिकलाई फर्काइने छैन।

25:31b.LEV.025.031 तर पर्खालले नघेरिएको जग्गा खुल्ला मैदान सरह रहन्छ र त्यस्तो ठाउँको घर बेचिएको खण्डमा महोत्सवको बेला पहिलेको मालिकले नै त्यो घर पाउँनेछ।

25:32b.LEV.025.032 “तर लेवीहरूको शहर विषयमाः लेवीहरूसित तिनीहरूको घर फिर्ता पाउने अधिकार छ जो तिनीहरूको शहरहरू भित्र छ।

25:33b.LEV.025.033 लेवी शहर भित्रको लेवीहरूको घर यदि कुनै मानिसले किनेकी भए पनि महोत्सवको समयमा त्यो घर फेरि पुरानो मालिककोमा फर्केर जान्छ। किन? किनभने लेवी शहर भित्रका घरहरू लेवी परिवारहरू कै हुन्। इस्राएलीहरूले लेवीहरूलाई ती घरहरू दिएका हुन्।

25:34b.LEV.025.034 लेवी शहरहरूको वरिपरि रहेका खेतहरू तथा चउरहरू बेच्न सक्दैन किनभने ती सब सदाको निम्ति लेवीहरू कै हुन्।

25:35b.LEV.025.035 “तिमीहरूको शहर भित्रैको कोही मानिस यति गरीब हुन सक्छ कि उसले आफैंलाई पनि गुजारा गर्न नसक्ला। यस्तो खण्डमा तिमीहरूले उसलाई परदेशी पाहुनालाई जस्तै तिमीहरूसितै बस्न दिनुपर्छ।

25:36b.LEV.025.036 तिमीहरूले उसलाई ऋण दिए सूद-ब्याज वा नाफा नलिन र आफ्नो परमेश्वरको सम्मानमा उसलाई तिमीहरूसित बस्न देऊ।

25:37b.LEV.025.037 उसलाई ऋण दिए सूद नलगाऊ अनि उसलाई खान बेचेको खाद्यमा नाफा नराख।

25:38b.LEV.025.038 म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरूका परमेश्वर हुनुलाई र कनान देश तिमीहरूलाई दिनु मैले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्याएँ।

25:39b.LEV.025.039 “तिमीहरूको आफ्नै देशको कुनै मानिस यति गरीब हुनु सक्छ कि उसले आफैंलाई तिमीहरू कसै कहाँ कमारा सरह बेच्न सक्छ तर तिमीहरूले उसलाई कमारालाई झै नखटाऊ।

25:40b.LEV.025.040 महोत्सवको समयसम्मलाई उसलाई कुनै परदेशी अथवा मजदूरी गर्न खटाइएको मानिसलाई झैं व्यवहार गर।

25:41b.LEV.025.041 तब ऊ अनि उसका छोरा-छोरीहरू तिमीहरूदेखि मुक्त हुनेछन्। ऊ आफ्नो पूर्खौली सम्पत्तिमा फर्केर आउनु सक्छ।

25:42b.LEV.025.042 किन? किनभने त्यस्ता मानिसहरू मेरा सेवकहरू हुन। मैले तिनीहरूलाई मिश्रबाट ल्याएँ। तिनीहरूलाई कमाराको रूपमा बोच्नु हुँदैन।

25:43b.LEV.025.043 तिमीहरू तिनीहरूको निम्ति निष्ठुर मालिक हुनुहुँदैन। तिमीहरूले आफ्नो परमेश्वरको डर अनि आदर गर्नुपर्छ।

25:44b.LEV.025.044 “तिमीहरूको स्री तथा पुरूष कमारी-कमाराहरूका विषयमाः आफ्नो वरिपरिका देशहरूबाट तिमीहरूले कमारा-कमारीहरू पाउन सक्छौ।

25:45b.LEV.025.045 तिमीहरूकै देशमा बसो-बास गर्ने विदेशीहरूबाट पनि बालक-बालिका कमारा-कमारीहरू पाउँन सक्छौ। ती बालक कमारा-कमारीहरू तिमीहरूका हुनेछन्।

25:46b.LEV.025.046 तिमीहरूको मृत्युपछि ती विदेशी कमारा-कमारीहरू तिम्रा नानीहरू का हुनेछन् अनि तिनीहरू सधैंको निम्ति तिमीहरूकै हुनेछन्। तिमीहरूले विदेशीहरूलाई कमारा-कमारीहरू बनाउन सक्छौ तर इस्राएली मानिसहरू तिमीहरूको आफन्तहरूप्रति तिमीहरू निष्ठूर मालिक बनिनु हुँदैन।

25:47b.LEV.025.047 “तिमीहरूकहाँ आउने विदेशी अथवा परदेशीहरू धनी पनि हुन सक्छन् अनि तिमीहरूको आफ्नै देशका दाज्यू-भाइहरू अत्यन्तै गरीब भई तिनीहरूको कमारा बनी बिक्री हुन सक्छन्।

25:48b.LEV.025.048 यदि यस्तो भएको खण्डमा त्यस मानिससित फिर्ता किन्ने अधिकार छ। उसलाई उसको दाज्यू-भाइहरू मध्ये कसैले किन्नु सक्छ।

25:49b.LEV.025.049 अथवा उसको काका-मामा तथा उसको काका-मामाका छोराहरूले अथवा उसको आफ्नै आफन्तका कुनै मानिसले उसलाई किन्न सक्छ। अथवा ऊ आफैंले पनि आफ्नो प्रशस्त धन जोगाड गरे आफैंलाई फेरि किन्न सक्छ।

25:50b.LEV.025.050 “तिमी कसरी दाम तोक्न सक्छौ? अर्को जयन्ती वर्षसम्म विदेशीलाई उसले बेचेको दिनदेखि वर्षहरू गन। तोक्नको निम्ति त्यस संख्यालाई प्रयोग गर। किन? किनभने उसले सही रूपमा केही वर्षको निम्ति मात्र किनेको थियो।

25:51b.LEV.025.051 यदि अर्को जयन्ती वर्षको समय आउन अझै निकै वर्ष छ, त्यस मानिसले निकै बेशी दाम तिर्नु पर्छ। तर दाम वर्षको संख्यामा भर पर्छ।

25:52b.LEV.025.052 अनि फेरि यदि अर्को महोत्सव वर्ष आउँन केही वर्ष मात्र रहे उसले आफ्नो पुरानो दाम भन्दा धेरै कम्ती रकम तिर्नुपर्छ।

25:53b.LEV.025.053 त्यो मानिस त्यसको मालिकसँग एक दैनिक हाजिरमा काम गर्ने मजदूर झैं रहनसक्छ अनि त्यस विदेशी मालिकले ऊसंग दुष्ट व्यवहार नगरोस्।

25:54b.LEV.025.054 “यदि त्यस मानिसलाई कसैले उक्साएको खण्डमा, त्यो मानिस अर्को महोत्सव वर्षमा स्वतन्त्र उस्कनु सक्छ महोत्सवको वर्षमा उसका नानीहरू पनि स्वतन्त्र बनिनु सक्छन्।

25:55b.LEV.025.055 किन? किनभने, इस्राएलीहरूलाई मिश्र देशमा तिनीहरूको दासत्वबाट उकासेर मेरो आफ्नो दास-दासीहरू बनाउन ल्याएको हुँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।

26

26:1b.LEV.026.001 “तिमीहरू आफ्नै निम्ति मूर्ति नबनाऊ आफ्नो भूमिमा ढोग गर्नु, मूर्तिहरू अथवा स्मारक नबनाऊ। किन? किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।

26:2b.LEV.026.002 “मेरा विशेष विश्राम दिनहरूलाई याद गर अनि मेरो पवित्र स्थानलाई आदर गर। म परमप्रभु हुँ।

26:3b.LEV.026.003 “मेरा नियमहरू अनि आज्ञाहरू याद राख अनि तिनीहरूको पालन गर।

26:4b.LEV.026.004 यदि तिमीहरूले यी कुराहरू गर्छौ भने पानी पर्ने समयमा तिमीहरूलाई पानी दिनेछु। जब यस्तो हुन्छ, जमीनले खेती उब्जाउनेछ अनि रूखहरूमा फल लाग्नेछन्।

26:5b.LEV.026.005 तिमीहरूको दाई अंङ्गूर टिप्ने समयसम्म रहनेछ अनि अंङ्गूर टिपाई फसल रोप्ने समयसम्म रहनेछ। तिमीहरू जति चाहन्छौ त्यति खानेछौ अनि आफ्नो भूमिमा सुरक्षित बस्नेछौ।

26:6b.LEV.026.006 म तिमीहरूको देशमा शान्ति दिनेछु र तिमीहरू शान्ति साथ बस्न पाउनेछौ। नोक्सानदायक पशुहरूलाई म तिमीहरूको देशबाट निकालिदिनेछु अनि तिमीहरूलाई धम्काउन अथवा डर देखाउन कोही मानिस आउने छैन कारण कुनै सेना तिमीहरूको देश भएर जान पाउँनेछैन।

26:7b.LEV.026.007 “तिमीहरूले आफ्नो शत्रुहरूलाई खेद्नेछौ, र तरवारले मार्नेछौ।

26:8b.LEV.026.008 तिमीहरू पाँच जनाले एक सय जना शुत्रहरूलाई पराजित गर्नेछौ अनि तिमीहरू एक सय जनाले तिमीहरूको दश हजार शत्रुहरूलाई पराजित गर्नेछौ। तिमीहरूले तिमीहरूको शत्रुहरूलाई नाश गर्नेछौ।

26:9b.LEV.026.009 “म तिमीहरूलाई दया गर्नेछु र तिमीहरूलाई ठूलो सन्तान पनि धेरै नानीहरू जन्माउने शक्ति दिनेछु। म मेरो करार तिमीहरूसित सही राख्नेछु।

26:10b.LEV.026.010 तिमीहरूसँग प्रशस्त अन्न रहनेछ र तिमीहरूले नयाँ वर्षको खेती उठाउँदा पनि पुरानो वर्षको अन्न रही रहनाले त्यो पुरानो अन्न तिमीहरूले फ्याँक्नु पर्नेछ नत्र तिमीहरूकोमा नयाँ बाली उठाएर राख्ने स्थल हुने छैन।

26:11b.LEV.026.011 तिमीहरूको माझमा परमप्रभु आएर बस्ने पवित्र जग्गा-पवित्र पाल बसाल्नेछु। म तिमीहरूलाई घृणा गर्ने छैन।

26:12b.LEV.026.012 म तिमीहरूसितै बस्नेछु। म तिमीहरूको परमेश्वर हुनेछु अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ।

26:13b.LEV.026.013 म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरू मिश्र देशमा दास थियौ तर मैले तिमीहरूलाई त्यहाँबाट बाहिर ल्याएँ। तिमीहरू दासत्वको बोझले निहुर्याइएको थियौ तर अब म तिमीहरूको जुवालाई भाँचिदिनेछु अनि म तिमीहरूलाई धर्मीकता सित शिर ठाडो गरी हिड्ने तुल्याउनेछु।

26:14b.LEV.026.014 “तर यदि तिमीहरूले मेरा ती आज्ञाहरू मान्दैनौ,

26:15b.LEV.026.015 यदि तिमीहरूले मेरो विधिहरू र आज्ञाहरूको अवहेलना गछौ यो मेरो करार भंग गरेको जस्तो हुनेछ।

26:16b.LEV.026.016 यदि तिमीहरूले यसो गर्छौ भने, तब म तिमीहरूमाथि भयंकर कष्टहरू ल्याउनेछु। तिमीहरूमाथि रोग तथा ज्वरो ल्याइदिनेछु। ती रोगहरूले तिम्रा आँखाहरू फुटाइ दिनेछन् अनि तिमीहरूको जीवन अन्त गराइदिनेछ। तिमीहरूले खेती गरे पनि सफल हुने छैनौ, तिमीहरूका शत्रुहरूले तिम्रा अन्न बलीहरू खाइदिनेछन्।

26:17b.LEV.026.017 म तिमीहरूको विरोधमा हुनेछु र तिमीहरूलाई शत्रुले परास्त गर्नेछ। ती शत्रुहरू जसले तिमीहरूलाई घृणा गर्छन् तिमीहरूमाथि शासन गर्नेछन्। तिमीहरू भागिरहने छौ यद्यपि कसैले तिमीहरूलाई खेदेको हुँदैन।

26:18b.LEV.026.018 “यति गर्दा पनि तिमीहरूले मलाई नमाने तिमीहरूले गरेको पापको सात गुणा वेशी सजाय दिनेछु।

26:19b.LEV.026.019 अनि तिमीहरूको गर्वको महानगरलाई म भत्काउनेछु। आकाशले तिमीहरूलाई पानी दिनेछैन र त्यसरी नै पृथ्वीले तिमीहरूलाई अन्न दिने छैन। आकाश र पृथ्वी तिमीहरूको निम्ति क्रमश फलाम र काँसा जस्ता हुनेछन्।

26:20b.LEV.026.020 तिमीहरूले पूरा मेहनत त गर्छौ तर त्यसबाट केही लाभ हुनेछैन अनि तिमीहरूलाई नत जमीनले अन्न दिनेछ नत रूखहरूले फल दिनेछ।

26:21b.LEV.026.021 “अझ तिमीहरू मेरो विरोध गर्छौ र मैले भनेको मान्दैनौ भने तिमीहरूलाई सात गुणा अधिक हिसाबले हिर्काउनेछु। जति तिमीहरू पाप गर्छौ त्यति नै वेशी तिमीहरूले दण्ड भोग्ने छौ।

26:22b.LEV.026.022 म तिमीहरू विरूद्ध जंगली जनावरहरू पठाउनेछु अनि तिनीहरूलाई तिमीहरूका नानीहरू लैजानेछन्। तिनीहरूले तिमीहरूको पशुहरू मार्नेछन् अनि तिमीहरूका धेरै मानिसहरू मारिनेछन् र बाटाहरू खाली हुनेछन्।

26:23b.LEV.026.023 “यति हुँदा पनि यदि तिमीहरू चेतेनौ भने अनि मेरो विरोध गरिरह्यौ भने,

26:24b.LEV.026.024 तब म आफैं तिमीहरूको विरूद्ध जानेछु र तिमीहरूको पापहरूको निम्ति सात गुणा दण्ड दिनेछु।

26:25b.LEV.026.025 तिमीहरूले मेरो करार भंङ्ग गर्यौ, यसर्थ म तिमीहरूलाई दण्ड दिन तिमीहरूको विरूद्ध शुत्रहरू ल्याउनेछु। तिमीहरू बचाऊको निम्ति आफ्नो शहरभित्र जानेछौ तर म त्यहाँ रोगहरू फैलाइदिनेछु अनि तिमीहरूका शत्रुहरूले तिमीहरूलाई जित्ने छन्।

26:26b.LEV.026.026 म तिमीहरूको अन्न वितरण विछिन्न बनाउनेछु। दश जना स्रीहरूले एउटै चुल्हामा भान्सा पकाउनेछन्। तिनीहरूले एक-एक जना गरेर रोटी नाप्नेछन्। तिमीहरूले खानेछौ तर तिमीहरू अघाउने छैनौ।

26:27b.LEV.026.027 “अझ पनि यदि तिमीहरूले मेरो आदेशहरू मान्न अस्वीकार गर्यौ अनि मेरो विरोधमा रह्यौ।

26:28b.LEV.026.028 तब म मेरो साँच्चै रीस देखाउनेछु! म तिमीहरूको परमप्रभु, तिमीहरूको पाप परिणामभन्दा सात गुणा वेशी दण्ड दिनेछु।

26:29b.LEV.026.029 तिमीहरू यति साह्रो भोको हुनेछौ कि तिमीहरूले आफ्नै छोरा-छोरीहरूको मासु खानेछौ।

26:30b.LEV.026.030 म तिमीहरूको पूजा गर्ने अग्ला स्थलहरू ध्वंश पारि दिनेछु अनि धूपका वेदीहरू भत्काइदिनेछु। म तिमीहरूको लाशहरूलाई तिमीहरूको मूर्तिहरूमाथि लडाइदिने छु। तिमीहरू मबाट एक्दमै घिनलाग्दो भएका छौ।

26:31b.LEV.026.031 म तिमीहरूको पवित्र स्थलहरू शून्य पारिदिनेछु, म तिमीहरूका शहरहरू ध्वंश पारिदिनेछु अनि म तिमीहरूले चढाएको सुगन्धित बलिहरू ग्रहण गर्दिनें।

26:32b.LEV.026.032 म तिमीहरूको देश खाली पार्नेछु तब तिमीहरूको शत्रुहरू पनि त्यो देखेर छक्क पर्नेछन्।

26:33b.LEV.026.033 म तिमीहरूलाई देश विदेशमा छरपुष्ट पार्नेछु र मेरो तरवार निकालेर तिमीहरूलाई शेष गर्नेछु। तिमीहरूको भूमि रित्तिनेछ अनि शहरहरू नाशा हुनेछन्।

26:34b.LEV.026.034 “तिमीहरूको देश खाली पारेर तिमीहरूलाई शत्रुको देशमा लगिनेछ जसले गर्दा तिमीहरूको देशले पूर्ण आराम पाउनेछ र देशले पनि आरामको समयको आनन्द लिनेछ।

26:35b.LEV.026.035 जमीन खाली हुनेछ अनि जमीनले विश्राम पाउनेछ जो तिमीहरू त्यहाँ हुँदा यसले पाएको थिएन।

26:36b.LEV.026.036 बाँचेकाहरूले पनि शत्रुको जमीनमा बस्न साहस पाउनेछैन। तिनीहरू प्रत्येक चीजसँग भयभीत रहनेछन् अनि हावाले उढाएको पत्कर झैं यता र उता भागिरहने छन्। तिनीहरू कसैले पछिबाट लखेटे झैं भागिरहने छन् र लड्ने छन्।

26:37b.LEV.026.037 कसैले नखेदे पनि तिनीहरू कसैले तरवारलिएर खेदे झैं भागेर एकअर्कामा ठोकिंदै लड्नेछन्। “तिमीहरू शत्रुहरूको सामुन्ने उभिने साहस पाउने छैनौ।

26:38b.LEV.026.038 तिमीहरू अर्काको देशमा नष्ट हुनेछौ।

26:39b.LEV.026.039 यसर्थ ती बाँकी बाँचेकाहरू पनि शत्रुहरूको देशमा आफ्नो पापहरूका लागि सडेर जानेछन्। तिनीहरूका पुर्खाहरू जसरी सडेर गए त्यसरी नै तिनीहरू पनि शत्रुहरूको मुलुकमा सडेर शेष हुनेछन्। त्

26:40b.LEV.026.040 “तर यदि ती मानिसहरूले आफ्नो पाप, पिता-पुर्खाहरूले गरेको पाप, तिनीहरू मेरो विरोधमा रहेको सत्य र तिनीहरूले विश्वास घात गरेको अधर्म स्वीकार गरे,

26:41b.LEV.026.041 यदि तिनीहरूले म तिनीहरूको शत्रु भएको र शत्रुहरूको देशमा पठाएको सत्य स्वीकारे अनि तिनीहरू मेरो निम्ति विदेशीहरू झैं भए पनि यदि तिनीहरूको दुष्ट हृदयलाई नम्र पारी आफ्नो पापको दण्ड भोग्छन् भने,

26:42b.LEV.026.042 मैले याकूब, इसहाक र अब्राहामसँग गरेको करार र त्यस देशलाई पनि सम्झनेछु।

26:43b.LEV.026.043 “जमीन रित्तो रहनेछ र त्यसले विश्रामहरूको आनन्द लिनेछ। ती बाँकी बाँचेकाहरूले तिनीहरूले गरेको पापको दण्ड ग्रहण गर्नेछन्, तिनीहरूले मेरो विधिहरू घृणा गरेको र विधिहरू मान्नु अस्वीकार गरेको कारण नै तिनीहरूले सजाय भोगेको हो भनी बुझे भने,

26:44b.LEV.026.044 तिनीहरूले साँच्चै नै पाप गरेका हुन्। तर यदि मेरो सहायता खोजे म तिनीहरूलाई अस्वीकार गर्ने छैन। तिनीहरूलाई पुरै नष्ट पार्ने छैन, तिनीहरू शत्रुको देशमा बसेका भए पनि तिनीहरूले भनेको कुरा सुन्नेछु कारण म आफ्नो करार विर्सने छैन। किन? किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।

26:45b.LEV.026.045 तिनीहरूको निम्ति म तिनीहरूका पिता-पुर्खाहरूसित गरेको करार सम्झनेछु। तिनीहरूका पिता-पुर्खाहरूलाई मैले मिश्रबाट बाहिर ल्याएर म तिनीहरूको परमेश्वर बनिएको सत्य अन्य जातीहरूलाई थाहा छ। म परमप्रभु हुँ।”

26:46b.LEV.026.046 परमप्रभुले इस्राएलका मानिसहरूलाई दिएको विधि-विधानहरू, नियमहरू र शिक्षाहरू यी नै हुन् र यी विधिहरू नै परमप्रभु अनि इस्राएलका मानिसहरूमाझ भएको करार हो। परमप्रभुले सीनै पर्वतमा यी विधिहरू मोशालाई भन्नुभयो अनि उनले तिनीहरू इस्राएलका मानिसहरूलाई दिए।

27

27:1b.LEV.027.001 परमप्रभुले मोशालाई भन्नुभयो,

27:2b.LEV.027.002 “इस्राएलका मानिसहरूलाई भनः कुनै मानिसले विशेष सेवाको निम्ति कुनै मानिस नै चढाउने परमप्रभुसँग भाकल गर्न सक्छ। त्यो मानिसको दाम पूजाहारीले तोकनुपर्छ। किनभने त्यसरी चढाउने मानिसहरूले चढाइएको मानिस फर्काउँदा परमप्रभुलाई दाम तिर्नुपर्छ।

27:3b.LEV.027.003 बीस वर्ष देखि साठ्ठी वर्ष बीच मानिसको मोल चाँदीको पचास शेकेल हुन्छ। तिमी चाँदीका लागि अधिकारिक नाप प्रयोग गर्नुपर्छ।

27:4b.LEV.027.004 एउटै उमेर भएकी स्त्रीहरूको मोल तीस शेकल हो। (तिमीहरू चाँदीको निम्ति अधिकारी नाप प्रयोग गर्नुपर्छ।)

27:5b.LEV.027.005 पाँच वर्षदेखि बीस वर्ष पुगेको मानिसको दाम बीस शेकेल चाँदी र यही उमेरकी स्त्रीको दाम दश शेकेल चाँदी।

27:6b.LEV.027.006 एक महीनाबाट पाँच वर्षसम्म पुगेको केटोको दाम पाँच शेकेल चाँदी अनि केटीको दाम तीन शेकेल।

27:7b.LEV.027.007 साठी वर्ष अथवा बढीको पुरूषको दाम पन्ध्र शेकेल र स्त्रीको दाम दश शेकेल चाँदी हुन्छ। (चाँदीको परिणाम सरकारी परिणाम अनुसार हुनुपर्छ)

27:8b.LEV.027.008 “यदि कुनै मानिस एकदमै गरीब भए उसलाई पूजाहारीकहाँ ल्याउनु र त्यस मानिसले कति तिर्नु पर्ने निर्णय गर्नेछन्। बाँचेकाहरू अथवा बाँकी रहेका परमप्रभुको आज्ञा अवहेलना गर्दा परमप्रभुले दिनु भएको दण्डको भोगाइ र बाँचेका मानिसहरू। परमप्रभुलाई उपहार

27:9b.LEV.027.009 “केही पशुहरू परमप्रभुलाई बलि स्वरूप चढाउन सकिन्छ। यदि कुनै मानिसले तिनीहरू मध्ये एउटा पशु ल्याए त्यो पवित्र हुन्छ।

27:10b.LEV.027.010 जुन पशु उसले परमप्रभुलाई चढाउने प्रतिज्ञा गरेको थियो, उसले त्यो पशु अर्को पशुसित साट्नुहुँदैन। राम्रो पशुसित नराम्रो अथवा नराम्रोसँग राम्रो पशु साट्नु हुँदैन। यदि कुनै मानिसले त्यसो गर्छ भने ती दुवै पशुहरू पवित्र हुनेछन् र ती दुबै परमप्रभुको हुनेछन्।

27:11b.LEV.027.011 “कोही पशुहरू परमप्रभुको निम्ति बलिहरू चढाउँन सकिंदैन यदि कुनै मानिसले त्यस्तो अपवित्र पशु परमप्रभुलाई चढाउन ल्याए, त्यो पूजाहारीकहाँ ल्याउनुपर्छ।

27:12b.LEV.027.012 त्यो पशु चाहे राम्रो होस् अथवा नराम्रो केही भिन्नता हुँदैन तर दाम पूजाहारीले तोक्नेछ। पूजाहारीले दाम तोकेपछि त्यो पशुको दाम त्यही रहनेछ।

27:13b.LEV.027.013 यदि त्यो मानिस त्यो पशु फर्काउन चाहन्छ, उसले यसको दाममाथि अझै एक पाँचौ अंश थप्नुपर्छ।

27:14b.LEV.027.014 “अब यदि कुनै मानिसले आफ्नो घर परमप्रभुलाई अर्पण गर्न चाहान्छन् भने, पूजाहारीले त्यस घरको दाम तोक्‌नुपर्छ। त्यो घर गत्तिलो होस् अथवा नराम्रो यसमा कुनै भिन्नता रहँदैन, यदि पूजाहारीले मूल्य तोकेपछि त्यही नै पक्का मूल्य हुनेछ।

27:15b.LEV.027.015 यदि त्यस मानिसले त्यो घर फेरि फर्काउन खोजे उसले तोकेको दाममा अझ पाँचौं अशं थप्नुपर्छ र त्यो घर फेरि उसैको हुनेछ।

27:16b.LEV.027.016 “यदि कुनै मानिसले आफ्नो खेतको एउटा अंश परमप्रभुमा अर्पण गर्छ, तब अर्पिएको जमीनको अंशको दाम बीउको परिमाण अनुसार तोकिनु पर्छ जो जमीनको त्यस आदेशमा छर्न सकिन्छ। एक होमर जौको बीउ जाने जमीनको पचास शेकेल चाँदीको दरले दाम तोक्न सकिन्छ।

27:17b.LEV.027.017 यदि कुनै मानिस आफ्नो जमीन जयन्ती वर्षमा परमप्रभुलाई चढाउँछ तब यसको दाम पूजाहारीद्वारा तोकिनेछ।

27:18b.LEV.027.018 तर यदि त्यस दाताले उत्सवपछि जमीन दान गर्छ भने त्यसको दाम पूजाहारीले हिसाब गरेर पक्का दाम तोक्नुपर्छ। अर्को महोत्सव वर्षसम्म कति वर्ष बाँकी रहन्छ त्यही प्रकारले उसले मूल्य तोक्नुपर्छ।

27:19b.LEV.027.019 यदि त्यही दामले आफ्नो जमीन फर्काउन चाहे तोकिएको दाममा अझ एक पाँचौ अंश थपेर लिओस् तब त्यो जमीन फेरि उसको आफ्नो हुन्छ।

27:20b.LEV.027.020 यदि त्यस दाताले मूल्य चुकाएर आफ्नो जमीन फर्काएन भने त्यो जमीन पूजाहारीको हुन्छ। तर यदि त्यो जमीन अरू कसैले किने फेरि दामाले फर्काउन सक्तैन।

27:21b.LEV.027.021 महोत्सवको वर्षमा जमीन मुक्त गरिदिन्छ। यो परमप्रभुको निम्ति पवित्र भूमि झैं परमप्रभुलाई सम्पूर्ण रूपले अपर्ण गरिएको हुन्छ यो सधैंको निम्ति पूजाहारीको हुनेछ।

27:22b.LEV.027.022 “यदि कुनै मानिसले, आफ्नो पारिवारिक सम्पत्ति नभई कुनै उसले किनेको जमीन परमप्रभुलाई अर्पण गर्छ भने,

27:23b.LEV.027.023 तब पूजाहारीले त्यो वर्षदेखि महोत्सव वर्षसम्म रहेको वर्षको हिसाबले जमीनको दाम तोकोस्, तब त्यो जमीन परमप्रभुको हुनेछ।

27:24b.LEV.027.024 महोत्सव वर्षमा त्यो जमीन फेरि जुन मालिकबाट दाताले किनेको थियो उसैको हुन्छ।

27:25b.LEV.027.025 “कुनै चीजको दाम तोकिंदा पवित्रस्थानको प्रशासनद्वारा अधिकारिक नाप अनुसार तोकिनु पर्छ। प्रशासनको विधि अनुसार एक शेकेल बराबर बीस गेराह हुन्छ।

27:26b.LEV.027.026 “मानिसहरूले परमप्रभुलाई गाई तथा भेडाहरू पनि विशेष बलिको रूपमा चढाउन सक्छन्। तर यदि चढाइने पशु माऊको प्रथम थुमा अथवा बाछा हो भने त्यो परमप्रभुकै हो। यसर्थ मानिसहरूले ती पशुहरू परमप्रभुलाई विशेष बलि स्वरूप चढाउन सक्तैनन्।

27:27b.LEV.027.027 तर यदि त्यो पहिला जन्मिएको पशु अशुद्ध छ। तब त्यस मानिसले फेरि यसलाई किनेर फर्काउनुपर्छ। पूजाहारीले त्यो पशुको दाम तोक्छ र किन्नेले त्यसमा पाँचौ अंशको एक अंश थपेर किन्नुपर्छ। तर यदि त्यही व्यक्तिले नकिने पूजाहारीले उसले तोकेको दाममा त्यो पशु बेच्नुपर्छ।

27:28b.LEV.027.028 “मानिसहरूले परमप्रभुलाई विशेष उपहारहरू चढाउँछन् र यी उपहारहरू परमप्रभुको हुनेछन्। अनि किन-बेच गर्न सकिंदैन। पारिवारिक सम्पत्तिका यी उपहारहरू मानिस, पशु, जमीन अनि कुनै वस्तु हुन सक्छन्।

27:29b.LEV.027.029 “यदि यस्तो विशेष उपहार मानिसको छ भने तब उसले किनेर फिर्ता ल्याउन सक्दैन र त्यसलाई अवश्यै मार्नु पर्छ।

27:30b.LEV.027.030 “सबै बालीका अन्नहरूबाट दशांश परमप्रभुको हो, यसको अर्थ खेतीको अन्न तथा रूखका फलहरूको, दशांश परमप्रभुको हो।

27:31b.LEV.027.031 यसर्थ यदि कुनै मानिसले त्यो अंश फिर्ता लिनु चाहन्छ भने उसले उसको दशांशको दाममा पाँच भाग अंश दाम थप्नुपर्छ अनि मात्र किन्न सक्छ।

27:32b.LEV.027.032 “मानिसहरूको गाई तथा भेडाहरूबाट प्रत्येक दशौं पशु पूजाहारीले लिन सक्छन् किनभने प्रत्येक दशांश पशु परमप्रभुको हो।

27:33b.LEV.027.033 त्यो छानिएको पशु असल हो अथवा होइन त्यस विषयमा त्यसको मालिकले चिन्ता गर्ने काम छैन। उसले त्यो पशु अर्को एउटासँग साट्न सक्तैन, यसो गरे ती दुइटै पशुहरू परमप्रभुका हुन्छन्। त्यो पशु किनेर फर्काउन सकिंदैन।”

27:34b.LEV.027.034 सीनै पर्वतमा परमप्रभुले मोशालाई इस्राएलका मानिसहरूका निम्ति दिनु भएका आज्ञाहरू यीनै हुन्।


Holder of rights
Multilingual Bible Corpus

Citation Suggestion for this Object
TextGrid Repository (2025). Nepali Collection. Leviticus (Nepali). Leviticus (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-ACAF-2