Exodus (Nepali)

Exodus (Nepali)

1

1:1b.EXO.001.001 याकूबले आफ्ना छोराहरूसित मिश्रदेशतिर यात्रा गरे अनि तिनका प्रत्येक छोरोसित आफ्नो-आफ्नो परिवार थिए। इस्राएलका छोराहरू यिनीहरू नै हुन्,

1:2b.EXO.001.002 रूबेन, शिमोन, लेवी, यहूदा,

1:3b.EXO.001.003 इस्साकार, जबूलून, बिन्यामीन,

1:4b.EXO.001.004 दान, नप्ताली, गाद र आशेर।

1:5b.EXO.001.005 याकूबका आफ्नै परिवारका जम्मा सन्तानहरू सत्तरी जना थिए। यूसुफ याकूबका बाह्रजना छोराहरू मध्ये एकजना थिए (तर तिनी पहिलेदेखि नै मिश्रमा थिए।)

1:6b.EXO.001.006 यूसुफ, उनका दाज्यू-भाइहरू अनि त्यस पुस्ताका सबै मानिसहरूको मृत्यु भयो।

1:7b.EXO.001.007 तर इस्राएलका मानिसहरूका धेरै बाल-बच्चाहरू थिए अनि तिनीहरूका सन्तान बढि नै रहे। इस्राएलका मानिसहरू शक्तिशाली भए र इस्राएलीहरूले नै मिश्र देश भरियो।

1:8b.EXO.001.008 तब नयाँ राजाले मिश्रदेशमा शासन गर्न थाले। त्यो राजाले यूसुफलाई चिन्दैन थिए।

1:9b.EXO.001.009 त्यो राजाले आफ्ना मानिसहरूलाई भने, “इस्राएलका मानिसहरूलाई हेर, तिनीहरू विशाल संख्यामा छन् र हामीभन्दा बलिया पनि छन्।

1:10b.EXO.001.010 यी इस्राएलीहरूको संख्या वृद्धिमा अंकुशे लगाउन हामीले केही योजनाहरू बनाउनु पर्छ। यदि हामीसित कसैले लडाइँ गरे यी इस्राएलीहरू शत्रु पक्षपट्टि लाग्न सक्छन्। अनि तिनीहरूले हामीलाई जितेर हामीबाट उम्कन सक्छन्।”

1:11b.EXO.001.011 मिश्रीहरूले इस्राएलीहरूको जीवन कष्टपूर्ण पार्ने निर्णय गरे। यसर्थ मिश्रीहरूले इस्राएलीहरूमाथि कमारा-स्वामीहरू नियुक्त गरे। ती स्वामीहरूले फिरऊनको निम्ति पिताम र रामसेस शहरहरू बनाउन ती इस्राएलीहरूलाई जोर लगाए। राजाले यी शहरहरू अन्न र अरू चीजहरू राख्न प्रयोग गरे।

1:12b.EXO.001.012 मिश्रीहरूले इस्राएलीहरूलाई कठिन-कठिन कामहरू गर्न लगाउन थाले, तर जति तिनीहरूलाई काममा लगाइन्थ्यो त्यति नै तिनीहरूको संख्या बढथ्यो अनि फैलिन्थे। अनि मिश्रीहरू इस्राएलीहरूसंग अझै डराउन थाले।

1:13b.EXO.001.013 यसर्थ तिनीहरूलाई मिश्रीहरूले अझ कठिन कामहरू गर्न लगाए।

1:14b.EXO.001.014 मिश्रीहरूले इस्राएलीहरूको जीवन कठिन बनाइ दिए। मिश्रीहरूले इस्राएलीहरूलाई ईंटा र त्यसको मसला बनाउँने जस्ता कठिन काम गर्न वाध्य गराए। तिनीहरूलाई खेतमा पनि कठिन काम गर्न वाध्य गराए। तिनीहरूलाई खेतमा पनि कठिन कामहरू गर्न जोर दिए। तिनीहरूले गर्ने प्रत्येक काममा नै इस्राएलीहरूलाई सह्रै कठिन अप्ठयारोमा पारे।

1:15b.EXO.001.015 हिब्रू स्त्रीहरूले नानी जन्माउने समयमा हेरचाह गर्ने त्यहाँ दुइजना सुँडेनीहरू थिए। तिनीहरूको नाउँ शिप्रा र पूआ थियो। मिश्रदेशका राजाले ती दुइ सुँडेनीसंग कुरा गरे।

1:16b.EXO.001.016 राजाले तिनीहरूलाई भने, “जब तिमीहरूले एउटा हिब्रू स्त्रीहरूलाई नानी जन्माउनमा सहायता गर्नेछौ, यदि छोरी जन्मिछे भने उसलाई बाँच्न देऊ। तर यदि छोरा जन्मिछ भने तब त्यसलाई अवश्य मारिदेऊ।”

1:17b.EXO.001.017 तर ती सुँडेनीहरूले परमेश्वरलाई सम्मान गर्थे। यसकारण तिनीहरूले राजाको हुकुम पालन नगरी, जन्मेका बालकहरूलाई बाँच्न दिए।

1:18b.EXO.001.018 तब राजाले ती सुँडेनीहरूलाई बोलाए र तिनीहरूलाई भने, “तिमीहरूले यस्तो किन गर्यौ? तिमीहरूले बालकहरूलाई किन बाँच्न दियौ? यसो किन गर्यौ?”

1:19b.EXO.001.019 सुँडेनीहरूले फिरऊनलाई उत्तर दिए, “महाराज! हिब्रू स्त्रीहरू मिश्री स्त्रीहरूभन्दा ज्यादै बलिया छन्। हामीहरू तिनीहरूलाई सहायता गर्न पुग्नअघिनै नानी जन्माइसकेका हुन्छन्।”

1:22b.EXO.001.022 यसकारण राजा फिरऊनले आफ्ना सबै मानिसहरूलाई आदेश दिए, “सबै बालिकाहरूलाई बाँच्न देऊ। तर जब प्रत्येक पल्ट बालक जन्मन्छ तिमीहरूले उसलाई नील नदीमा अवश्यै फ्याँक्नु पर्छ।”

2

2:1b.EXO.002.001 एकजना मानिस जो लेवी कुलका थिए, तिनले लेवी कुलकै एउटी आइमाईलाई विवाह गरे।

2:2b.EXO.002.002 त्यो महिला गर्भवती भई अनि छोरा जन्माई। त्यो बालक अत्यन्त सुन्दर थियो। यसर्थ उसकी आमाले उसलाई तीन महीनासम्म लुकाएर राखी।

2:3b.EXO.002.003 जब उनले त्यसलाई अझ लामो समयसम्म लुकाउन सकिन उसले एउटा डालो बनाई अनि त्यसलाई अलकत्राले लिपि कारण यसो गर्दा त्यो पानीमा बग्थ्यो, उसले त्यो बालकलाई डालो भित्र हाली अनि डालो निगालोधारी बीच नील नदीको छेउमा राखी।

2:4b.EXO.002.004 त्यस नानीकी दिदीले बालकलाई के हुँदो रहेछ भनेर हेर्नको निम्ति केही टाढा बसी।

2:5b.EXO.002.005 जब फिरऊनकी छोरी नील नदीमा नुहाउन आइन् तिनकी सेवीकाहरू नील नदीको छेउमा हिंडे, फिरऊनकी छोरीले डालो अग्ला निगालो घारिको बीचमा देखिन्। यसर्थ तिनले त्यो डालो ल्याउन तिनीहरू मध्ये एकजनालाई अह्राइन्।

2:6b.EXO.002.006 राजकुमारीले ती डालो खोलिन् र त्यसभित्र एउटा बालकलाई रोइरहेको पाइन्। बालक रोइरहेकोमा त्यो राजकुमारी दुःखी भइन्। त्यसपछि तिनले थाहा पाइन् कि त्यो बालक कुनै हिब्रूको हो।

2:7b.EXO.002.007 त्यस बालककी दिदीले फिरऊनको छोरीलाई सोधी, “म एउटी हिब्रू आइमाईलाई खोजूँ जसले यो नानीलाई तपाईंको निम्ति स्याहार सुसार गर्न सक्छे?”

2:8b.EXO.002.008 फिरऊनकी छोरीले भनी, “हुन्छ, ल्याई देऊ।” यसर्थ त्यो केटी गएर त्यस नानीकी आफ्नै आमालाई लिएर आई।

2:9b.EXO.002.009 फिरऊनकी छोरीले नानीकी आमालाई भनी, “यो नानी लैजाऊ अनि यसलाई हेरचाह गर र म तिमीलाई त्यसका निम्ति ज्याला दिनेछु।” तब आइमाईले नानीलाई लगी र उसलाई हेरचाह गरी।

2:10b.EXO.002.010 त्यो नानी हुर्कियो अनि केही समयपछि त्यस आइमाईले राजकुमारीलाई नानी दिई। त्यो राजकुमारीले नानी ग्रहण गरी अनि त्यो नानीलाई उसले पानीबाट तानेर निकालेको हुनाले त्यसको नाउँ मोशा राखी।

2:11b.EXO.002.011 जब मोशा बढेर ठूलो भए, उनी बाहिर गए अनि हिब्रू, आफ्ना मानिसहरूलाई कठिन काम गर्न लगाएको देखे। एक दिन मोशाले एकजना मिश्री मानिसले मोशाको एकजना हिब्रू मानिसलाई हिर्काउँदै गरेको देखे।

2:12b.EXO.002.012 मोशाले चारैतिर हेरे र त्यहाँ कोही अरू मानिसहरू नभएकाले त्यस मिश्री मानिसलाई मारेर बालुवा तल पुरे।

2:13b.EXO.002.013 अर्को दिन दुइ जना हिब्रू मानिसहरूलाई आफ्स्तमा लडाइँ गर्दै गरेको भेटे। तिनीहरू मध्ये एकजनाको कसुर भएको उनले पाए अनि तिनलाई भने, “तिमीले किन आफ्नो छिमेकीलाई नोक्सान पुर्याइरहेकाछौं?”

2:14b.EXO.002.014 त्यस मानिसले उत्तर दियो, “कसले तिमीलाई हाम्रो न्यायकर्ता र शासक बनायो? के तिमीले मलाई पनि मार्न लागिरहेकाछौ जस्तो तिमीले त्यो मिश्री मानिसलाई मारेका थियौ?” तब मोशा डराए। उनले सोचे, “मैले के गरेको थिएँ त्यो थाह पाए छ।”

2:15b.EXO.002.015 मोशाद्वारा हत्या गरेको विषयमा फिरऊनले पनि थाह पाए, अनि उसलाई मार्ने निश्चय गरे। यसकारण मोशाले आफैलाई फिरऊन देखि बाँच्नको निम्ति भागेर मिद्यानमा गए। जब मोशा मिद्यानमा पुगे ऊ कुनै कुवाको नजिक बसे।

2:16b.EXO.002.016 त्यहाँ एक जना मिद्यान पूजाहारी बस्थे जसका सातवटी छोरीहरू थिए। छोरीहरू तिनीहरूका पिताका भेडाहरूका लागि त्यही कुवामा पानी निकाल्न आए। तिनीहरूले डुँडमा पानी भर्ने प्रयास गरिरहेका थिए।

2:17b.EXO.002.017 तर त्यहाँ केही भेडा गोठालाहरू जो त्यहाँ थिए केटीहरूलाई पछ्याउने चेष्टा गरे। यसकारण मोशाले केटीहरूलाई बंचाए अनि पानी झिके र पशुहरूलाई दिए।

2:18b.EXO.002.018 तब ती केटीहरू तिनीहरूको बाबु रूएलकहाँ गए तिनीहरूका बाबुले तिनीहरूलाई सोधे, “किन आज तिमीहरू यति चाँडै घरमा आएकाछौं?”

2:19b.EXO.002.019 केटीहरूले उत्तर दिए, “हो बाबु, गोठालाहरूले हामीलाई पछ्याउने चेष्टा गरे, तर एकजना मिश्र देशी मानिसले हाम्रो निम्ति पानी ताने र हाम्रा पशुहरूलाई खुवाए।”

2:20b.EXO.002.020 यसकारण रूएलले आफ्नी छोरीहरूलाई भने, “त्यो मानिस कहाँ छ? किन तिमीहरूले उसलाई एक्लै छोड्यौ? उसलाई यहाँ बोलाऊ अनि उसले हामीसंगै खाओस्!”

2:21b.EXO.002.021 मोशा रूएलसंग बस्न राजी भए। रूएलले आफ्नी छोरी सिप्पोरासंग मोशाको विवाह गरिदिए।

2:22b.EXO.002.022 सिप्पोरा गर्भवती भई अनि एउटा छोरा जन्माइ मोशाले आफ्नो छोरोको नाउँ गेर्शोम राखे किनभने मोशा त्यस भूमिमा अपरिचित थिए जो उनको थिएन।

2:23b.EXO.002.023 धेरै समय बिते पश्चात् मिश्रका राजाको मृत्यु भयो। तर इस्राएलका मानिसहरू अझै कठोर काम गर्नु बाध्य थिए। यसकारण तिनीहरूले सहायताको निम्ति प्रार्थना गरे अनि तिनीहरूको प्रार्थना परमेश्वरले सुन्नु भयो।

2:24b.EXO.002.024 परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नु भयो र उहाँले अब्राहाम, इसहाक अनि याकूबसित गर्नु भएको करार सम्झनु भयो। 25परमेश्वरले इस्राएलका मानिसहरूको कष्टहरू देख्नु भयो अनि चाँडै तिनीहरूलाई सहायता गर्नु पर्ने उहाँले बुझ्नु भयो।

3

3:1b.EXO.003.001 त्यस समय मोशा उसको ससूराका भेडाहरूको हेरचाह गर्दैथिए। तिनका ससूरा यित्रो मिद्यानमा पूजाहारी थिए। मोशाले भेडाहरू मरूभूमिको पश्चिमतिर लगे। मोशा होरेब, परमेश्वरको पहाड गए।

3:2b.EXO.003.002 पर्वतमा मोशाले परमप्रभुको दूतलाई एउटा बल्दै गरेको पोथ्रामा देखे। पोथ्रामा आगो जलिरहेको थियो तर पोथ्रा चाँहि भस्म भएको थिएन। उनले हेरे त्यो आगो पोथ्रामा जलि रहेको थियो तर पोथ्रा भस्म भएको थिएन।

3:3b.EXO.003.003 मोशाले विचार गरे, “किन पोथ्रा आगो द्वारा नाश भएको छैन?”

3:4b.EXO.003.004 जब परमप्रभुले मोशालाई त्यो दृश्य ध्यान पूर्वक हेर्न आएको देख्नुभयो परमप्रभुले पोथ्राबाट यसो भन्दै बोलाउनु भयो, “मोशा! मोशा!”मोशाले उत्तर दिए, “म यहाँ छु।”

3:5b.EXO.003.005 तब परमेश्वरले भन्नुभयो, “नजिक नआऊ। जुन ठाउँमा तिमी उभिरहेका छौ त्यो भूमि पवित्र हो यसर्थ आफ्नो जुत्ता खोल।

3:6b.EXO.003.006 म तिम्रा पिता-पुर्खाहरू अब्राहाम, इसहाक र याकूबको परमेश्वर हुँ।”

3:7b.EXO.003.007 मोशाले उसको अनुहार छोपे किनभने ऊ परमेश्वर तिर हेर्न डराएका थिए। परमेश्वरले उनलाई भन्नुभयो, “मिश्रमा भएका मेरो मानिसहरूले कष्ट भोगेको मैले देखेको छु। मैले तिनीहरूको शोकपूर्ण प्रार्थनाहरू सुनेको छु, जब तिनीहरूका कमारा मालिकहरूले जबरदस्ती कठिन कामहरू गर्न लगाए। म तिनीहरूको दुःखको कारण पनि जानेकोछु।

3:8b.EXO.003.008 अब म त्यहाँ जान्छु अनि मेरो मानिसहरूलाई मिश्री मानिसहरूबाट बचाउँछु। म तिनीहरूलाई त्यस स्थानबाट निकालेर तिनीहरूले कष्ट भोग्नु नपर्ने स्थानमा लिएर जान्छु। त्यो ठाउँ धेरै-धेरै असल चीजहरूले भरिएको हुनेछ र कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसी जस्ता विभिन्न जातिका मानिसहरू बसो-बास गर्छन्।

3:9b.EXO.003.009 मैले इस्राएलका मानिसहरूको पुकार सुनेकोछु। मैले देखें मिश्रीहरूले तिनीहरूका निम्ति जीवन कति कठोर बनाइदिएका छन्।

3:10b.EXO.003.010 यसकारण अब म तिमीलाई फिरऊन कहाँ पठाउँछु। जाऊ अनि मेरा मानिस इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याऊ।”

3:11b.EXO.003.011 तर मोशाले परमेश्वरलाई भने, “म कुनै एउटा त्यस्तो महान मानिस होइन। म कसरी त्यो मानिस हुन सक्छु जो फिरऊन कहाँ जान सक्छ र इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउन सक्छ?”

3:12b.EXO.003.012 परमेश्वरले भन्नुभयो, “तिमीले भलो गर्न सक्छौ किनभने म तिमीसित हुनेछु। यही प्रमाण हुनेछ कि मैले तिमीलाई पठाउँदैछु तिमीले इस्राएलीहरूलाई मिश्रदेशाबाट अगुवाई गरेपछि, तिमी आउनेछौ अनि यही पर्वतमा आराधना गर्नेछौ।”

3:13b.EXO.003.013 तब मोशाले परमेश्वरलाई भने, “जब म इस्राएलीहरू कहाँ जान्छु अनि तिनीहरूलाई भन्छु, ‘म तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरद्वारा पठाइएको हुँ,’ अनि तिनीहरूले तपाईंको नाउँ सोधेमा मैले के भन्नु पर्नेछ?”

3:14b.EXO.003.014 तब परमेश्वरले मोशालाई भन्नुभयो, “म जो हुँ’ त्यही हुँ तिनीहरूलाई भनिदेऊ, ‘म हुँ,’ भन्नेले तिमीलाई तिनीहरूकहाँ पठाएको हो।”

3:15b.EXO.003.015 परमेश्वरले मोशालाई अझ भन्नुभयो, “तिमीले इस्राएलीहरूलाई के भन्नु पर्छ भने, ‘परमप्रभु तिम्रो पिता-पुर्खाहरूका परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुनुहुन्छ। मेरो नाउँ सदैव परमप्रभु रहनेछ। यही रूपमा मानिसहरूले मलाई पुस्तौं-पुस्तासम्म चिन्नेछन्,’ यसैकारण मानिसहरूलाई भन, ‘परमप्रभुले मलाई तिमीहरू कहाँ पठाउनु भएको छ।”‘

3:16b.EXO.003.016 परमेश्वरले मोशालाई फेरि भन्नुभयो, “जाऊ अनि इस्राएलका बूढा प्रधानहरूलाई एकत्रित गर अनि तिनीहरूलाई भन, ‘यहोवा, तिमीहरूका पिता-पुर्खाहरूका अब्राहाम, इसहाक अनि याकूबका परमेश्वर मेरोअघि मानिस जस्तै प्रकट हुनुभयो अनि मलाई भन्नु भयो, यहाँ मिश्रमा भोगेका कष्टहरू र शोकहरू उहाँलाई थाह छ र तिमीहरूलाई उहाँ कष्टबाट मुक्त गराउनु चाहनु हुन्छ।

3:17b.EXO.003.017 उहाँले यसो भन्नु भयो तिमीहरूलाई मिश्रबाट बाहिर निकाल्नु हुनेछ, अनि विभिन्न जातिहरूको भूमिमा लानु हुनेछन् जस्तै कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरू अनि दूध र मह बगिरहेको भूमिमा पुर्याउनु हुनेछ।’

3:18b.EXO.003.018 ती बूढा-प्रधानहरूले तिमीहरूको कुरा सुन्नेछन्। त्यसपछि तिमी र बूढा-प्रधानहरू मिश्रका राजा कहाँ जानेछौ। तिमीले राजालाई भन्ने छौ “यहोवा हिब्रू मानिसहरूका परमेश्वर हुन्। हाम्रा परमेश्वर हामीकहाँ आउनु भयो अनि हामीलाई तीन दिनसम्म मरूभूमिमा यात्रा गर्न भन्नुभयो। हामीले हाम्रा परमेश्वर यहोवालाई त्यहाँ बलिहरू चढाउनु पर्नेछ।’

3:19b.EXO.003.019 “तर म जान्दछु मिश्रको राजाले तिमीहरूलाई जान दिनु हुँदैन कुनै महाशक्तिले मात्र उहाँलाई जानु दिने बनाउनेछौ।

3:20b.EXO.003.020 यसर्थ तिनीहरूमाझ म अचम्मका कुराहरू गर्न महाशक्ति प्रयोग गर्नेछु। जब म महाशक्तिको प्रयोग गर्छु राजाले तिनीहरूलाई छोडन बाध्य गर्नेछु।

3:21b.EXO.003.021 अनि म मिश्रका मानिसहरूलाई इस्राएली मानिसहरूप्रति दयालु बनाउँनेछु। जब इस्राएलीहरूले मिश्र छाडछन् तिनीहरू रित्तै हात जाने छैनन्।

3:22b.EXO.003.022 हिब्रू महिलाहरूले तिनीहरूका मिश्री छिमेकीहरूसित सुन र चाँदीको चीजहरू अनि लुगाहरू माग्ने छन्। तिमीहरूले ती चीजहरू तिमीहरूका छोरा-छोरीहरूलाई लगाईदिने छौ। यस प्रकार तिमीहरूले मिश्रबाट सम्पत्ति लिएर आउनेछौ।”

4

4:1b.EXO.004.001 तब मोशाले परमेश्वरलाई भने, “तर इस्राएलीहरूले मलाई विश्वास गर्ने छैनन जब म तिनीहरूलाई भन्छु तपाईंले मलाई पठाउनु भयो। तिनीहरू भन्ने छन्, परमप्रभु तिमीअघि प्रकट भएनन्?”

4:2b.EXO.004.002 तर परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो तिम्रो हातमा भएको के हो?” मोशाले उत्तर दिए, “यो मेरो हिंड्ने लहुरो हो।”

4:3b.EXO.004.003 तब परमेश्वरले मोशालाई भन्नु भयो, “त्यो तिम्रो हिँड्ने लहुरो भूँईंमा फ्याँकि देऊ।” मोशाले आफ्नो लहुरो भूईंमा फ्याँकिदिए पछि अचनाक लहुरो सर्पमा परिणत भयो। मोशा डराए अनि त्यहाँबाट टाढा गए।

4:4b.EXO.004.004 तर परमप्रभुले मोशालाई भन्नुभयो, “अघि बढ र सर्पको पुच्छरमा समात।” मोशा सर्प नजिक पुगे अनि त्यसको पुच्छरमा समाते। जब मोशाले सर्पलाई समाते त्यो फेरि लहुरो नै भइहाल्यो।

4:5b.EXO.004.005 तब परमप्रभुले मोशालाई भन्नु भयो, “आफ्नो लहुरो तिमीले यसरी नै प्रयोग गर, अनि मानिसहरूले विश्वास गर्नेछन् परमप्रभु तिनीहरूका पिता-पुर्खाहरूको परमेश्वर, अब्राहामको परमेश्वर, इसहाकका परमेश्वर अनि याकूबका परमेश्वर तिम्रोअधि प्रकट हुनु भएको थियो।”

4:6b.EXO.004.006 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीलाई अर्को एउटा प्रमाण दिनेछु। आफ्नो लुगाभित्र हात हाल।” यसर्थ मोशाले लगाएको लुगा खोले अनि आफ्नो हात त्यसभित्र हाले। तब मोशाले उसको हात लुगाबाट बाहिर निकाल्दा उसको हात सेतो हिउँ जस्तो दागै दाग भएको पाए।

4:7b.EXO.004.007 तब परमेश्वरले भन्नुभयो, “अब फेरि तिम्रो हात लुगाभित्र हाल।”यसकारण मोशाले आफ्नो हात लुगाभित्र फेरि हाले मोशाले आफ्नो हात लुगाभित्र हालेर फेरि बाहिर निकाले। त्यो फेरि पहिलैको जस्तो राम्रो भयो।

4:8b.EXO.004.008 तब परमेश्वरले मोशालाई भन्नुभयो, “यदि मानिसहरूले तिमीलाई विश्वास गर्दैन जब तिमी हिंडने लहुरो उपयोग गर्छौ जब तिमी तिनीहरूलाई यो संकेत देखाउँछौ, तिनीहरूले तिमीलाई विश्वास गर्नेछन्।

4:9b.EXO.004.009 यी दुइ संकेतहरू देखाउँदा पनि तिनीहरूले तिमीहरूलाई आफैं विश्वास गरेनन् भने तिमीले नील नदीबाट केही पानी ल्याऊ। त्यो पानी भूईंमा खंन्याऊ, यसले भूईं छुने वित्तिकै त्यो रगतमा परिवर्त्तन हुनेछ।”

4:10b.EXO.004.010 तर मोशाले परमप्रभुलाई भने, “तर परमप्रभु, म तपाईंलाई साँचो भन्दैछु म दक्ष वक्ता होइन। म कहिल्यै राम्रो बोल्ने योग्यको हुन सकेको छैन। अनि अहिले तपाईंसित कुरा गरें पछि पनि म असल वक्ता होइन। तपाईंलाई थाहै छ म ढिलो बोल्छु र उत्कृष्ट शब्दहरू उपयोग गर्दिन।”

4:11b.EXO.004.011 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “मानिसको मुख कसले बनायो? अनि मानिसलाई कसले बहिरो, बोल्न नसक्ने बनाउन सक्छ? कसले मानिसलाई अन्धो बनाउन सक्छ? कसले मानिसलाई देख्न सक्ने बनाउन सक्छ? त्यो म नै एक हुँ जसले यी सब कर्महरू गर्न सक्छ, म यहोवा हुँ।

4:12b.EXO.004.012 यसकारण, तिमी जाऊ, जब तिमी कुरा गर्छौ म तिमीसित हुनेछ। म तिमीलाई भन्नु पर्ने शब्दहरू दिनेछु।”

4:13b.EXO.004.013 तर मोशाले भने, “हे मेरो परमप्रभु! मलाई होइन, अरू कसैलाई पठाउनु होस्।”

4:14b.EXO.004.014 तब परमप्रभु मोशासित रिसाउनु भयो अनि उसलाई भन्नु भयो, “तिम्रो दाज्यू हारून जो लेवी कुलका हुन्। म हारूनलाई तिम्रो सहायताको निम्ति पठाउनेछु। तिनी कुशल वक्ता हुन्। तिमीलाई भेट्न हारून आउदैछन् र तिमीलाई देखेर तिनी खुशी हुनेछन्।

4:15b.EXO.004.015 ऊ तिमीसंग फिरऊन कहाँ जानेछ। म तिमीहरूलाई भन्नेछु के भन्नु पर्ने हो। तब तिमीले हारूनलाई भन्नुपर्छ, अनि हारूनले फिरऊनसित बोल्ने सही शब्दहरू चुन्नेछ।

4:16b.EXO.004.016 तिम्रो दाज्यू हारूनले पनि मानिसहरूसंग बोल्ने छन्। तिमी महान राजा जस्तै झैं हुनेछौ अनि हारून तिम्रा अधिकृत वक्ता बनिनेछन्।

4:17b.EXO.004.017 यसर्थ अब तिमी जाऊ। तिमीसित तिम्रो हिड्ने लहुरो लैजाऊ अनि मैले बताएको संकेतहरू मानिसहरूलाई देखाऊ अनि बुझाऊ म तिमीसंगै छु।”

4:18b.EXO.004.018 तब मोशा आफ्नो ससूरा यित्रोकहाँ गए। मोशाले तिनलाई भने, “दया गरी मलाई मिश्र देश फर्किन दिनुहोस्। मेरा मानिसहरू अझै जीवित छन् कि? म भेट्न चाहन्छु।”यित्रोले मोशालाई भन्यो, “अवश्य, तिमी शान्तिसित जान सक्छौ।”

4:19b.EXO.004.019 जब, मोशा मिद्यानमा थिए, परमप्रभुले उनलाई भन्नुभयो, “अहिले तिमी मिश्रमा फर्केर जानु सुरक्षित छ। ती मानिसहरू जसले तिमीलाई मार्न चाहन्थे अहिले सबै मरिसकेका छन्।”

4:20b.EXO.004.020 यसर्थ मोशाले आफ्नो नानीहरू र पत्नीलाई गधामाथि चढाए अनि मिश्र फर्के। तिनले परमेश्वरको शक्ति भएको आफ्नो लहुरो पनि साथै लगे।

4:21b.EXO.004.021 मिश्र जाँदा बाटोमा, परमप्रभुले मोशालाई भन्नुभयो, “जब तिमी फिरऊनसित कुरा गर्छौ मैले तिमीलाई दिएका सबै शक्तिको चमत्कारहरू सबै सम्झना गर। तर म फिरऊनलाई मानिसहरूलाई जान नदिने अट्टेरी बनाउँछु।

4:22b.EXO.004.022 तब तिमीले फिरऊनलाई भन्नुपर्छ।

4:23b.EXO.004.023 परमप्रभु भन्नुहुन्छ, “इस्राएल मेरो जेठो छोरा हो। अनि जान देऊ र मेरा उपासना गर्न देऊ, नत्र भने उहाँले तिमीहरूको जेठो छोरो मारिदिनु हुनेछ।”‘

4:24b.EXO.004.024 मिश्रको बाटोमा जाँदा, रात बिताउन मोशा एक ठाउँमा रोकिए। परमप्रभुले तिनलाई त्यस ठाउँमा भेटेर मार्ने इच्छा गर्नुभयो।

4:25b.EXO.004.025 तर सिप्पोराले ढुङ्गाको छुरीले आफ्नो छोराको खतना गरिदिइन्। उसले छाला निकालेर मोशाको खुट्टा छुइन्। तब तिनले मोशालाई भनिन्, “तिमी मेरो रगत को साइनो भएको लोग्ने हौ।”

4:26b.EXO.004.026 सिप्पोराले यसो भनिन् किनभने उसले आफ्नो छोराको खतना गर्नु थियो यसकारण परमप्रभुले मोशालाई क्षमा गर्नुभयो अनि उसलाई मार्नु भएन।

4:27b.EXO.004.027 परमप्रभुले हारूनसित कुरा गर्नु भएको थियो। परमप्रभुले उसलाई भन्नुभएको थियो, “तिमी मरूभूमिमा जाऊ अनि मोशालाई भेट।”यसर्थ हारून गए अनि परमेश्वरको पर्वतमा मोशालाई भेटे अनि मोशालाई चुम्बन दिए।

4:28b.EXO.004.028 मोशाले हारूनलाई बताए किन परमप्रभुले उसलाई पठाउनु भयो अनि कुन चमत्कारहरू र संकेतहरू प्रमाणको निम्ति तिनले देखाउनु पर्ने थियो ती सबै मोशाले हारूनलाई बताए।

4:29b.EXO.004.029 यसर्थ मोशा र हारून गए अनि तिनीहरूले इस्राएली मानिसहरूका सबै अगुवाहरूलाई भेला गरे।

4:30b.EXO.004.030 त्यसपछि हारूनले मानिसहरूसंग कुरा गरे। उनले परमप्रभुले मोशालाई भनेका सबै कुराहरू तिनीहरूलाई बताईदिए। त्यसपछि मानिसहरूलाई देखाउनाको निम्ति सबै प्रमाणहरू प्रदर्शन गरे।

4:31b.EXO.004.031 मानिसहरूले विश्वास गरे परमप्रभुले नै मोशालाई पठाउनु भएको रहेछ। इस्राएलका मानिसहरूले थाह पाए परमप्रभुले तिनीहरूका दुःख अनि कष्ट बुझ्नु भएको छ अनि तिनीहरूको सहायताका निम्ति आउनु भएको छ। यसर्थ तिनीहरू निहुरिए अनि परमेश्वरको आराधना गरे।

5

5:1b.EXO.005.001 मानिसहरूसंग कुरा गरेपछि मोशा र हारून फिरऊनकहाँ गए। तिनीहरूले भने, “परमप्रभु इस्राएलीहरूका, परमेश्वर भन्नुहुन्छ, ‘मेरो मानिसहरू भरूभूमिमा जाऊन अनि तिनीहरूले मेरो सम्मानमा भोज मनाउन सकून्।”

5:2b.EXO.005.002 तर फिरऊनले भने, “परमप्रभु को हुनुहुन्छ? मैले किन उहाँको आज्ञा पालन गर्नु पर्छ? मैले किन इस्राएलीहरूलाई जान दिनु पर्छ? म यो परमप्रभुको हो चिन्दिन, अनि म इस्राएलीहरूलाई जान दिंदिनँ।”

5:3b.EXO.005.003 तब हारून र मोशाले भने, “हिब्रूहरूका परमेश्वरले हामीसित कुरा गर्नु भयो। यसर्थ हामीहरूलाई तीन दिनसम्म मरूभूमिमा यात्रा गर्न दिनुहोस् भनी विन्ती गर्छौं। हामी परमप्रभु हाम्रा परमेश्वरलाई त्यहाँ बलि चढाउने छौं। यदि हामीले त्यसो गरेनौं भने उहाँले हामीमाथि रोगहरू लगाउनु हुनेछ अथवा शत्रुहरूद्वारा आक्रमण गराउनु हुनेछ।”

5:4b.EXO.005.004 तर फिरऊनले तिनीहरूलाई भने, “हारून र मोशा! तिमीहरूले कर्मचारीहरूलाई विरक्त पारिरहेका छौ। तिनीहरूलाई आफ्नो काम गर्न देऊ! जाऊ तिमीहरू आफ्नो काम गर।

5:5b.EXO.005.005 हिब्रूहरू ती मिश्रीहरूभन्दा ज्यादै संख्यामा छन्, अनि तिमीहरू उनीहरूलाई काम गर्नबाट रोक्न चाहन्छौ।”

5:6b.EXO.005.006 त्यही दिन इस्राएलीहरूको निम्ति कठोर काम दिनु भनी फिरऊनले आदेश दिए। फिरऊनले कमारा मालिकहरू र हिब्रू परिदर्शकहरूलाई भने,

5:7b.EXO.005.007 “अहिलेसम्म ईंटा बनाउने कर्मीहरूलाई तिमीहरूले पराल दिइरहेका छौ। अब उसो तिनीहरू आफैले पराल बटुल्नु पर्छ अनि ईंटा बनाउनु पर्छ।

5:8b.EXO.005.008 तिनीहरूले पहिले झैं त्यति नै संख्या ईंटा बनाउनु पर्छ। तिनीहरू अल्छी भएका छन् अनि त्यसैकारण तिनीहरू यहाँबाट जाने अनुमति मागि रहेका छन् त्यसैले तिनीहरू आफ्नो परमेश्वरलाई बलि चढाउन अनुमति माग्दैछन्।

5:9b.EXO.005.009 यसर्थ तिनीहरूलाई कठोर काम दिएर व्यस्त राख। तिनीहरूले मोशाका झूटा कुराहरू सुन्ने समय पाउने छैनन्।”

5:10b.EXO.005.010 यसर्थ मिश्र देशका कमारा मालिकहरू र हिब्रू परिदर्शकहरू इस्राएली मानिसहरू कहाँ गए र भने, “तिमीहरूलाई ईंटा बनाउन फिरऊनले पराल नदिने निर्णय लिएका छन्।

5:11b.EXO.005.011 तिमीहरू आफै गएर आफ्नो ईंटा बनाउने पराल खोज। तर तिमीहरूले आफ्नो निम्ति पराल खोजेर पनि ईंटा चाँहि पहिले जति बनाउँथ्यौ त्यति नै संख्यामा बनाउनु पर्छ।”

5:12b.EXO.005.012 यसर्थ ती मानिसहरू पराल बटुल्नलाई मिश्र देशमा प्रत्येक ठाउँमा गए।

5:13b.EXO.005.013 कमारा मालिकहरूले मानिसहरूलाई झन कठोर काममा लगाए। तिनीहरूलाई बलपूर्वक पहिले बनाए जति नै ईंटा बाउने आदेश दिए।

5:14b.EXO.005.014 मिश्री कमारा मालिकहरूले हिब्रू परिदर्शकहरूलाई चुनेर मानिसहरूको कामको निम्ति उत्तरदायी बनाएका थिए। मिश्र कमारा मालिकहरूले ती हिब्रू नायकहरूलाई पिटे अनि तिनीहरूलाई भने, “तिमीहरूले किन पहिले जति ईंटा बनाइरहेका छैनौ, यदि तिमीहरूले त्यति समय बनाउन सकथ्यौ भने अहिले बनाउन सक्छौ?”

5:15b.EXO.005.015 त्यसपछि हिब्रू परिदर्शकहरू फिरऊनकहाँ गए। तिनीहरूले अर्जी गरे। “हामी तपाईंका सेवकहरू हौ, किन हामीसित यस्तो व्यवहार गर्नु हुँदैछ?

5:16b.EXO.005.016 तपाईंले हामीलाई पहिला पराल दिंदै हुनु हुन्थ्यो। तर अहिले आफ्नो आफ्नो निम्ति पराल जम्मा गर्नु पर्छ। तर पहिलेको जति नै ईंटाहरू बनाउन हामीलाई भन्नुहुन्छ। अहिले हामीलाई मालिकहरूले कुट्छन्। तपाईंहरूका मानिसहरू यस्तो गरेर गल्ती गर्दैछन्।”

5:17b.EXO.005.017 फिरऊनले जवाफ दिए, “तिमीहरू अल्छे छौ र तिमीहरू काम गर्न चाहदैनौ यसकारण तिमीहरू मलाई छोडी दिनु भन्छौ। त्यसैले यहाँको काम छोडेर तिमीहरू आफ्नो परमप्रभुलाई बलि चढाउन खोज्छौ।

5:18b.EXO.005.018 अब तिमीहरू आ-आफ्नो काममा जाऊ तर तिमीहरूलाई पराल दिने छैनौ। र तिमीहरूले अब पनि त्यति नै ईंटाहरू बनाउनु पर्छ जति पहिले बनाउँथ्यौ।”

5:19b.EXO.005.019 हिब्रू परिदर्शकहरूले बुझे तिनीहरूले पहिले जाति ईंटा बनाउन सक्ने छैनन् र तिनीहरू अप्ठेरोमा पर्नेछन्।

5:20b.EXO.005.020 जब तिनीहरू फिरऊनलाई भेटेर जाँदैथे तिनीहरूले मोशा र हारूनलाई भेटे। मोशा र हारूनले तिनीहरूलाई पर्खिरहेका थिए।

5:21b.EXO.005.021 यसैकारण तिनीहरूले मोशा र हारूनलाई भने, “तपाईंहरूले साँच्चे गल्ती गर्नु भयो जब तपाईंहरूले फिरऊनलाई हामीलाई छोडने कुरा गर्नुभयो। परमप्रभुले तपाईंहरूलाई दण्ड दिऊन्। किनभने तपाईंहरूले फिरऊन र उसका अधिकारीहरूलाई हामीसित घिनाउने बनाउनु भयो। तपाईंले तिनीहरूलाई हामीलाई मार्ने निहुँ दिनु भएको छ।”

5:22b.EXO.005.022 तब मोशाले परमप्रभुसित प्रार्थना गर्दै भने, “हे मालिक! तपाईंले आफ्नो मानिसहरूसित किन नराम्रो व्यवहार गर्नु भयो? तपाईंले मलाई यहाँ किन पठाउनु भयो?

5:23b.EXO.005.023 म फिरऊनकहाँ गएँ र तपाईंले जे भन्नु भएको थियो त्यही कुरा गरें। तर त्यस समयदेखि फिरऊन तिनीहरू प्रति अधिक क्रोधित भएका छन् अनि तपाईंले तिनीहरूलाई केही सहायता गर्नु भएन।”

6

6:1b.EXO.006.001 तब परमप्रभुले मोशालाई भन्नुभयो, “अब तिमीले हेर्नेछौ फिरऊनलाई म के गर्नेछु। म मेरो महाशक्ति उसको विरोधमा चलाउनेछु अनि उसले मेरा मानिसहरूलाई जान दिनेछ। तिनीहरूलाई पठाउनको निम्ति फिरऊन यति व्याकुल हुनेछ कि उ आफैले तिनीहरूलाई जबरजस्ती पठाउनेछ।”

6:2b.EXO.006.002 तब परमेश्वरले मोशालाई भन्नु भयो, “म परमप्रभु हुँ,

6:3b.EXO.006.003 अब्राहाम, इसहाक र याकूबको अघि प्रकट भएको थिएँ। तिनीहरूले मलाई एल-सदाई भने। तिनीहरूले मेरो नाउँ यहोवा (परमप्रभु) भनी जाने।

6:4b.EXO.006.004 मैले तिनीहरूसित करार बाँधे। मैले तिनीहरूलाई बसो-बास गर्न कनान भूमि दिनेछु भनी प्रतिज्ञा गरें। तिनीहरू त्यस भूमिमा बसे तर त्यो भूमि तिनीहरूको आफ्नै थिएन।

6:5b.EXO.006.005 इस्राएलीहरू पीरले कराएको मैले सुनेको छु। म जान्दछु इस्राएलका मानिसहरू मिश्र देशका दास हुन्। अनि म मेरो करार सम्झना गर्छु।

6:6b.EXO.006.006 यसर्थ ती इस्राएलका मानिसहरूलाई भन, ‘म परमप्रभु हुँ, म तिमीहरूलाई मिश्रीहरूद्वारा जबरजस्ती लगाएको कामबाट मुक्त गर्नेछु। म तिमीहरूलाई दासत्वबाट स्वतन्त्र गर्नेछु। म यसलाई मेरो महा शक्ति अनि महान न्यायले पूर्ण गर्ने छु।

6:7b.EXO.006.007 तिमीहरू मेरा मानिसहरू हुनेछौ अनि म तिमीहरूका परमेश्वर हुनेछु। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ र तिमीहरूलाई मैले मिश्रको मानिसहरूबाट स्वतन्त्र पारेको थाह पाउनेछौ।

6:8b.EXO.006.008 मैले अब्राहाम, इसहाक, याकूबसित महान प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूलाई एउटा देश दिनेछु भनी वचन दिएको थिए। यसैकारण म तिमीहरूलाई त्यो देशमा लानेछु। म त्यो देश तिमीहरूलाई दिनेछु र त्यो देश तिमीहरूको हुनेछ। म परमप्रभु हुँ।”‘

6:9b.EXO.006.009 यसर्थ मोशाले इस्राएलीका मानिसहरूलाई प्रत्येक कुरा भने तर मानिसहरू यति कठोर परिश्रम गरिरहेका थिए तिनीहरूले मोशाका कुरा धैर्यसित सुनेनन्।

6:10b.EXO.006.010 तब परमप्रभुले मोशालाई भन्नुभयो,

6:11b.EXO.006.011 “जाऊ अनि मिश्रको राजा फिरऊनलाई भन इस्राएलका मानिसहरूलाई उसको भूमिमा जान दिनोस्।”

6:12b.EXO.006.012 तर मोशाले उत्तर दिए, “इस्राएली मानिसहरूले मेरा कुरा सुन्दैनन् भने। फिरऊनले मेरो कुरा कसरी सुन्छन्? म एउटा एकदमै अयोग्य वक्ता हुँ।”

6:13b.EXO.006.013 परमप्रभुले मोशा र हारूनसंग कुरा गर्नुभयो। उहाँले तिनीहरूलाई इस्राएली मानिसहरूसित अनि फिरऊनसंग कुरा गर्ने आज्ञा दिनुभयो। परमप्रभुले तिनीहरूलाई भन्नु भयो, इस्राएलका मानिसहरूलाई मिश्रबाट बाहिर लैजाऊ।

6:14b.EXO.006.014 इस्राएल कुल समूहका अगुवाहरू यिनीहरू हुन्, इस्राएलीको प्रथम पुत्र रूबेन थिए। रूबेनको छोराहरूः हनोक, पल्लू, हेर्सोन र कर्मी थिए। त्यो रूबेनको परिवार थियो।

6:15b.EXO.006.015 शिमोनका छोराहरू हुन् यमूएल, यामिन, ओहद, याकिन, सोहर र शाऊल। (शाऊल कनानी पत्नीबाट जम्मेका छोरा थिए) यो शिमोनको वंश थियो।

6:16b.EXO.006.016 लेवी एक सय सैतीस वर्ष बाँचे अनि उनका छोराहरू गेर्शोन, कहात र मरारी हुन्।

6:17b.EXO.006.017 गेर्शोनका छोराहरू लिब्नी अनि शिमी थिए। तिनीहरूका पनि आफ्नै परिवारहरू थिए।

6:18b.EXO.006.018 कहात एक सय तेत्तिस वर्ष बाँचे अनि तिनका छोराहरू हुन अम्राम, यिसहार, हेब्रोन र उज्जीएल।

6:19b.EXO.006.019 महली अनि मूशीहरू मरारीका छोराहरू थिए। यी सबै परिवारहरू लेवीबाट जन्म भएका थिए।

6:20b.EXO.006.020 अम्राम एक सय सैतीस वर्षसम्म बाँचे। तिनले आफ्नो फूपु (पिताको बहिनी) योकेबेदसित विवाह गरे। अम्राम अनि येकेबेदबाट मोशा र हारून जन्मे अम्राम 137 वर्ष बाँचे।

6:21b.EXO.006.021 यिसहारका छोराहरू हुन् कोरह, नेपेग, र जिक्री।

6:22b.EXO.006.022 मीशाएल, एल्सापान अनि सिथ्री उज्जीएलका छोराहरू थिए।

6:23b.EXO.006.023 हारूनले अम्मीनादाबकी छोरी तथा नहशोनकी बहिनी एलीशेबासित विवाह गरे। हारून र एलीशेबाले नादाब, अबीहू, एलाजार अनि ईतामारलाई जन्म दिए।

6:24b.EXO.006.024 कोरहका छोराहरू (कोरहका पिता-पूर्खाहरू) हुन्, अस्सीर, एलकाना र अबिआसाप।

6:25b.EXO.006.025 हारूनका छोरो एलाजारले पतीएलकी छोरीसित विवाह गरे अनि तिनीबाट पीनहास जन्मे। यी सबै मानिसहरू इस्राएलको छोरो लेवीबाट जन्मेका हुन्।

6:26b.EXO.006.026 हारून र मोशा यही परिवारका हुन। अनि यी दुई जना नै ती मानिसहरू हुन् जोसित परमेश्वरले कुरा गर्नु भयो, “मेरा मानिसहरूलाई दल दलमा मिश्र बाहिर ल्याउनु पर्छ।”

6:27b.EXO.006.027 हारून र मोशा नै ती मानिसहरू हुन जसले मिश्रका राजा, फिरऊनसित कुरा गरे। तिनीहरूले इस्राएली मानिसहरूलाई मिश्रबाट छोडन फिरऊनलाई भने।

6:28b.EXO.006.028 मिश्र देशमा परमप्रभुले मोशासंग कुरा गर्नुभयो र

6:29b.EXO.006.029 उसलाई भन्नुभयो, “म परमप्रभु हुँ। मैले के तिमीहरूलाई जो भने मिश्रको राजा फिरऊनलाई भन।”

6:30b.EXO.006.030 तर मोशाले उत्तर दिए, “म अकुशल वक्ता हुँ, यसर्थ फिरऊनले मेरा कुरा सुन्ने छैनन्।”

7

7:1b.EXO.007.001 परमप्रभुले मोशालाई भन्नु, भयो, “म तिमीसंग हुनेछु, फिरऊनको अघि तिमी एकजना देवता जस्तै हुनेछौ अनि हारून तिम्रो अगमवक्ता हुनेछ।

7:2b.EXO.007.002 तिमीले प्रत्येक चीज हारूनलाई भन जो मैले तिमीलाई आज्ञा गरेको छु। त्यसपछि उसले ती सबै कुराहरू फिरऊनलाई भन्नेछ अनि फिरऊनले इस्राएली मानिसहरूलाई मिश्रबाहिर पठाउँनेछ।

7:3b.EXO.007.003 तर फिरऊनलाई म अट्टेरी बनाउनेछु। अनि मिश्रमा म धेरै आश्चर्यकर्मका चिन्हहरू देखाउनेछु अनि मैले भनेका कुरा उसले ग्रहण अझै गर्नेछैन् र

7:4b.EXO.007.004 यसैकारण, म मिश्रलाई दण्ड दिनेछु अनि म मेरा इस्राएली मानिसहरूलाई बाहिर ल्याउनेछु।

7:5b.EXO.007.005 तब मिश्रीहरूले जान्नेछन म परमप्रभु हुँ, म तिनीहरूको विरोधमा हुनेछु अनि तिनीहरूले जान्ने छन्। तब म आफ्नो मानिसहरूलाई तिनीहरूको देशबाट निकाल्ने छु।”

7:6b.EXO.007.006 परमप्रभुले तिनीहरूलाई भनेका कुराहरू मोशा र हारूनले पालन गरे।

7:7b.EXO.007.007 तिनीहरूले जब फिरऊनसित कुरा गरे त्यस समय मोशा 80 वर्ष र हारून 83 वर्षका थिए।

7:8b.EXO.007.008 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,

7:9b.EXO.007.009 “फिरऊनले तिमीलाई केही शक्ति प्रदर्शन गर्नु भन्नेछ। हारूनलाई आफ्नो लहुरो फिरऊनको अघि भूईंमा फ्याँक्नु भन। फिरऊन हेरिरहेको हुन्छ, लट्ठी सर्प हुनेछ।”

7:10b.EXO.007.010 यसर्थ मोशा र हारूनले परमप्रभुको आदेश पालन गरेर फिरऊन कहाँ गए। हारूनले फिरऊन र तिनका अधिकारीहरूले हेरेको समयमा आफ्नो लहुरो तल फ्याँकिदिए अनि त्यो लहुरो सर्प भयो।

7:11b.EXO.007.011 तब राजाले त्यहाँका ज्ञानी मानिसहरू तथा जादूवालाहरूलाई बोलाए। ती मानिसहरूले आफ्नो तन्त्र-मंत्र प्रयोग गरे र हारूनले गरे जस्तै गर्न सके।

7:12b.EXO.007.012 तिनीहरूले पनि आफ्नो-आफ्नो लहुरो भुईंमा फ्याँके अनि ती फ्याँकेका लहुरोहरू सर्पमा परिणत भए। तर हारूनको लहुरोले सबै लहुराहरु निली दियो।

7:13b.EXO.007.013 तर फिरऊन अट्टेरी नै बसे अनि मानिसहरूलाई जान दिएनन्। यो त्यस्तो भयो परमप्रभुले जस्तो भन्नु भएको थियो।

7:14b.EXO.007.014 तब परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊन अट्टेरी गरिरहेकोछ। उसले मानिसहरूलाई जान दिंदैन।

7:15b.EXO.007.015 बिहानै फिरऊन नदीतिर जानेछ। नील नदीको किनारमा उसलाई भेट। त्यो सर्प बनिएको लहुरो लगेर जाऊ।

7:16b.EXO.007.016 उसलाई यसो भन, “परमप्रभु हिब्रूहरूका परमेश्वरले मलाई तपाईंकहाँ यो भन्नु पठाउनु भएको छ, “मेरा मानिसहरूलाई मेरो उपासना गर्न मरूभूमिमा पठाऊ।”अहिलेसम्म तपाईंले उहाँको कुरा मान्नु भएको छैन।

7:17b.EXO.007.017 यसर्थ परमप्रभु भन्नुहुन्छ उहाँ परमप्रभु हुनुहुन्छ भनी बुझाउनको निम्ति उहाँले तपाईंलाई केही देखाउनु हुनेछ। म यो मेरो हातको लहुरो नील नदीको पानीमा हिर्काउनेछु र नदी रगतमा परिवर्तन हुनेछ।

7:18b.EXO.007.018 नदीका माछाहरू मर्नेछन् अनि पानी गानाउन थाल्नेछ। तब मिश्रका मानिसहरूले नील नदीको पानी पिउनु सक्ने छैनन्।”‘

7:19b.EXO.007.019 परमप्रभुले मोशालाई भन्नु भयो, “हारूनलाई भन् कि उसले आफ्नो हातको लहुरोले मिश्र देशका मानिसहरूले जम्मा गरेको पानीको कुवा, नहर, नदी, ताल प्रत्येक ठाउँमा हिर्काओस् जब उसले त्यसो गर्छ सबै पानी रगतमा परिवर्तन हुनेछ। यहाँसम्म तिनीहरूले काठ र ढुङ्गाको भाँडामा राखेको पानी पनि रगत बनिनेछ।”

7:20b.EXO.007.020 यसर्थ परमप्रभुले आज्ञा गर्नु भएका सबै कुरा मोशा र हारूनले गरे। हारूनले आफ्नो लहुरो उठाएर नील नदीको पानीमा हिर्काए। उसले यसो फिरऊन र उसका अधिकारीहरूको सामुन्नेमा गरे। यसो गरेपछि नदीको सबै पानी रगतमा परिणत भयो।

7:21b.EXO.007.021 पानीका माछाहरू मर्न थाले अनि नदीको पानीबाट कुहेको गन्ध आउन थाल्यो। यसर्थ मिश्रका मानिसहरूले नदीबाट पानी पिउन सकेनन्। मिश्रमा जता ततै रगत भयो।

7:22b.EXO.007.022 जादूगरहरूले आफ्नो मंत्र प्रयोग गरे अनि तिनीहरूले पनि त्यसै गरे। यसर्थ फिरऊनले मोशा र हारूनको कुरा मान्न अस्वीकार गरे। त्यस्तै भयो जस्तो परमप्रभुले भन्नु भएको थियो।

7:23b.EXO.007.023 फिरऊन आफ्नो राजमहलमा फर्के। मोशा र हारूनले जे गरे त्यस विषयमा उनले त्यती चासो दिएनन्।

7:24b.EXO.007.024 मिश्र देशका मानिसहरूले नदीको पानी खान सकेनन्। यसकारण तिनीहरू नदीको वरिपरि पिउने पानीका लागि कुवाहरू खन्न लागे।

7:25b.EXO.007.025 परमप्रभुले नील नदीलाई परिणत गरेपछि सात दिन बित्यो,

8

8:1b.EXO.008.001 तब परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊन कहाँ जाऊ र भन, “परमप्रभु भन्नुहुन्छ, मेरो मानिसहरूलाई मेरो आराधना गर्न जान दिइयोस्।

8:2b.EXO.008.002 यदि तिमी मेरो मानिसहरूलाई छोडन अस्वीकार गर्छौ, तब म मिश्र देशलाई भ्यागुताहरूले भरिदिनेछु।

8:3b.EXO.008.003 नील नदी भ्यागुताले भरिनेछ। भ्यागुताहरू नदीबाट आउने छन् अनि तिमीहरूका घरभित्र पस्नेछन्। तिनीहरूको सुत्ने कोठाहरू र ओछ्यानहरू भरि हुनेछन्। भ्यागुताहरू रोटी बनाउने भाँडाहरू अनि अधिकारीहरूका घरहरूमा भरिनेछन्।

8:4b.EXO.008.004 भ्यागुता तपाईं, तपाईंका मानिसहरू र तपाईंका अधिकारीहरूका वरिपरि हुनेछन।”‘

8:5b.EXO.008.005 तब परमप्रभुले मोशालाई भन्नु भयो, “हारूनलाई आफ्नो टेक्ने लहुरो नदीहरू, खोला, पोखरीमाथि राख्न भन भ्यागुताहरू बाहिर जमीनमा निस्कनेछन्।”

8:6b.EXO.008.006 यसर्थ हारूनले आफ्नो लहुरो मिश्र देशको पानीमाथि उठाए अनि ती सब पानीबाट भ्यागुताहरू बाहिर निस्केर मिश्रको भूमिमा भरिन थाले।

8:7b.EXO.008.007 जादूगरहरूले पनि त्यसै गरेर मिश्र देशमा भ्यागुताहरू ल्याए।

8:8b.EXO.008.008 फिरऊनले मोशा र हारूनलाई बोलाए। फिरऊनले भने, “म र मेरा मानिसहरूबाट भ्यागुताहरू हटाउन भनी परमप्रभुलाई भन, म मानिसहरूलाई आफ्नो परमप्रभु अघिबलि चढाउनु छोडीदिनेछु।”

8:9b.EXO.008.009 मोशाले फिरऊनलाई भने, “भन्नुहोस् भ्यागुताहरू कहिले जावोस्। म तपाईं, तपाईंका मानिसहरू तथा तपाईंका अधिकारीहरूको निम्ति प्रार्थना गर्नेछु। तब भ्यागुताहरूले तपाईंहरू र तपाईंका घर छोडने छन् र नदीमा मात्र रहनेछन्।”

8:10b.EXO.008.010 फिरऊनले भने, “भोलिसम्म।” मोशाले भने, “तपाईंले जे भन्नु भयो त्यसै हुनेछ। यसरी तपाईंले जान्नु हुनेछ, त्यहाँ कोही परमप्रभु हाम्रा परमेश्वर जस्तो छैन,

8:11b.EXO.008.011 भ्यागुताहरूले तपाईं र तपाईंका मानिसहरू र अधिकारीहरूलाई छोडेर जानेछन, र भ्यागुताहरू नदीमा मात्र रहनेछन्।”

8:12b.EXO.008.012 मोशा र हारून फिरऊनबाट बिदा लिएर बाहिर निस्के। मोशाले परमप्रभुलाई परमेश्वरले फिरऊनकहाँ पठाएका भ्यागुताको विषयमा चिच्याए र भने।

8:13b.EXO.008.013 अनि मोशाले प्रार्थनामा गरेको माग परमप्रभुले पूरा गरिदिनु भयो। भ्यागुताहरू घर, आँगन र खेतमा मरे।

8:14b.EXO.008.014 मरेका भ्यागुताहरू सडेर पूरा देशमा नै दुर्गन्ध चल्न शुरू भयो।

8:15b.EXO.008.015 फिरऊनले देखे तिनीहरू भ्यागुताहरूबाट मुक्त भए अनि फेरि उनी अट्टेरी भए मोशा र हारूनले जे गर्नु भनेका थिए फिरऊनले गरेनन्। त्यस्तै नै भयो जो परमप्रभुले भने। जुम्राहरू

8:16b.EXO.008.016 तब परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन उसले आफ्नो लहुरो उठाएर भुँईको धूलोमा हिर्काओस् अनि धूलो मिश्रमा जता ततै जुम्रामा परिणत हनेछ।”

8:17b.EXO.008.017 तिनीहरूले त्यसै गरे। हारूनले जमीनको धूलोमाथि आफ्नो लहुरोले हिर्काए अनि धूलो मिश्रको जता ततै जुम्रामा परिणत भयो। जुम्रा पशु र मानिसहरूमा सरे।

8:18b.EXO.008.018 यसर्थ जादूगरहरूले आफ्नो छल प्रयोग गरेर त्यसरी नै जुम्राहरू उब्जाउने चेष्टा गरे। तर ती जादूगरहरूले धूलोबाट जूम्राहरू बनाउन सकेनन्। जूम्रा मानिसहरू र जनावरहरूमाथि नै रहे।

8:19b.EXO.008.019 यसर्थ जादूगरहरूले फिरऊनलाई भने यो परमेश्वरको शक्तिले यस्तो भयो। तर फिरऊनले तिनीहरूका कुरा सुन्न मानेनन्। परमप्रभुले जे भन्नु भएको थियो त्यही भयो।

8:20b.EXO.008.020 परमप्रभुले मोशालाई भन्नु भयो, “बिहान उठ अनि फिरऊनकहाँ जाऊ। फिरऊन नदीमा जानेछ। उसलाई भन, परमप्रभु भन्नुहुन्छ, ‘मेरा मानिसहरूलाई मेरो आराधना गर्न जानदेऊ।

8:21b.EXO.008.021 यदि तपाईंले मेरो मानिसहरूलाई जान दिनु हुन्न भने म झीगाहरू तिमी, तिम्रा अधिकारीहरू र तिम्रा मानिसहरूको विरूद्धमा पठाउनेछु। झींगाहरू तिम्रो र तिम्रा अधिकारीहरूका घरहरूमा जानेछन्। मिश्रका सबै घरहरू झींगाले भरिनेछन्। जमीन पनि झीगाले भरिनेछ।

8:22b.EXO.008.022 तर इस्राएलहरू र मिश्रका मानिसहरूसित एकै प्रकारको व्यवहार गर्दिनँ गोशेनमा जहाँ मेरा मानिसहरू बस्छन् त्यहाँ झींगा हुनेछैनन्। यसप्रकार तिमीले चाल पाउँने छौ कि म परमप्रभु यस भूमिमा छु।

8:23b.EXO.008.023 यसर्थ भोलि म अरूलाई भन्दा मेरो मानिसहरूलाई अलग प्रकारले व्यवहार गर्छु। मेरो प्रमाण त्यही हुनेछ।”‘

8:24b.EXO.008.024 त्यसपछि परमप्रभुले जे भन्नु भएको थियो, त्यही भयो। धेरै-धेरै झींगाहरू मिश्रमा आए। फिरऊन र तिनका अधिकारीहरूको घर झींगाले भरिए अनि मिश्र देश भरी नै झींगै-झींगा भए। झीगाहरूले देश नै नष्ट पारिरहेका थिए।

8:25b.EXO.008.025 त्यसपछि फिरऊनले मोशा र हारूनलाई बोलाएर तिनीहरूलाई भने, “यही भूमिमा तिमीहरूले आफ्नो परमेश्वरलाई बलि चढाओ।”

8:26b.EXO.008.026 तर मोशाले भने, “यसो गर्नु ठीक हुँदैन। परमप्रभु हाम्रा परमेश्वरलाई पशु बलिदान चढाउँदा मिश्र देशका मानिसहरूले भयानक कुरा हो भनी सम्झन्छन्। यदि यहाँ हामीले बलिदान चढायौ भने मिश्रदेशका मानिसहरूले देख्नेछन् र तिनीहरूले हामीमाथि ढुङ्गा हिर्काउने छन्।

8:27b.EXO.008.027 हाम्रा परमप्रभु परमेश्वरले आज्ञा गर्नु भए झैं परमप्रभुलाई बलिदान चढाउनु हामीलाई तीन दिन मरूभूमिमा यात्रा गर्नु दिनुहोस्।”

8:28b.EXO.008.028 यसर्थ फिरऊनले भने, “म परमप्रभु तिमीहरूका परमेश्वरलाई बलि चढाउन मरूभूमिमा जान दिनेछु। तर तिमीहरू ज्यादै टाढा जान पाउँने छैनौ अहिले जाऊ अनि मेरो निम्ति प्रार्थना गर।”

8:29b.EXO.008.029 मोशाले भने, “म बिदा लिन्छु र भोलिनै तिमी, तिम्रा मानिसहरू र तिम्रा अधिकारीहरूका घरबाट झीगाहरू हटाइ दिनु भनी परमप्रभुसित प्रार्थना गर्नेछु। तिमीले परमप्रभुलाई बलि चढाउनमा मानिसहरूलाई बाधा दिनु हुँदैन।”

8:30b.EXO.008.030 त्यसपछि मोशाले फिरऊनबाट बिदा लिए अनि परमप्रभुलाई प्रार्थना गरे।

8:31b.EXO.008.031 मोशाले विन्ती गरे जस्तै नै परमप्रभुले गर्नु भयो। परमप्रभुले फिरऊन, उसका अधिकारीहरू र उसका मानिसहरूका घरहरूबाट झीगाहरू हटाइदिनु भयो। झोंगा एउटा रहेन।

8:32b.EXO.008.032 तर फिरऊन फेरि अट्टेरी भए अनि मानिसहरूलाई जान दिएनन्।

9

9:1b.EXO.009.001 तब परमप्रभुले मोशालाई फिरऊनकहाँ गएर यसो भन, “परमप्रभु, हिब्रू मानिसहरूका परमेश्वर भन्नुहुन्छ, ‘मेरा मानिसहरूलाई मेरो आराधना गर्न जान देऊ।’

9:2b.EXO.009.002 यदि मेरो मानिसहरूलाई जान दिएनौ र रोकी राख्यौ भने,

9:3b.EXO.009.003 तब परमप्रभुले आफ्नो शक्ति तिम्रा खेतका पशुहरूमाथि प्रयोग गर्नुहुनेछ। तिम्रा सबै घोडाहरू, गधाहरू, ऊँटहरू, गाई वस्तुहरू अनि भेडाहरूमाथि भयानक रोगले ग्रस्त हुनेछन्।

9:4b.EXO.009.004 परमप्रभुले इस्राएलीहरूको र मिश्रीहरूका पशुहरूलाई भिन्दा भिन्दै व्यवहार गर्नु हुनेछ। इस्राएलीहरूका कुनै पशु मर्ने छैनन्।

9:5b.EXO.009.005 यस्तो अनिष्ट हुने समय परमप्रभुले तोक्नु भएको छ। परमप्रभुले यस्तो विपत्ति यस भूमिमा भोलि ल्याउनु हुनेछ।”‘

9:6b.EXO.009.006 परमप्रभुले जे गर्छु भन्नु भएको थियो त्यसै गर्नु भयो। अर्को दिन बिहान मिश्रका सबै पशुहरू मरे। तर इस्राएलीहरूका एउटा पनि पशु मरेनन्।

9:7b.EXO.009.007 फिरऊनले आफ्नो मानिस इस्राएलीहरूका कुनै पशु मरे कि मरेन पत्तो लगाउन पठायो। तर इस्राएलीहरूका कुनै पशु मरेनन्। फिरऊन अट्टेरी थियो इस्राएली मानिसहरूलाई उसले जानु दिएन।

9:8b.EXO.009.008 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “चुल्हाको खरानी हत्केलाभरी लेऊ। मोशा, फिरऊन अधि त्यो खरानी हावामा उडाईदेऊ।

9:10b.EXO.009.010 यसर्थ मोशा र हारूनले एउटा भट्टीबाट खरानी लिए अनि फिरऊनको अघि उभिए। मोशाले खरानी हावामा फ्याँकिदिए अनि मानिसहरू तथा पशुहरूको छालामा खटिरा निस्कन थाल्यो।

9:11b.EXO.009.011 मोशाले गरे जस्तो जादूगरहरूले गर्न सकेनन् कारण तिनीहरू पनि यस रोगले ग्रस्त थिए। यस्तो मिश्र देशमा जता-ततै भयो।

9:12b.EXO.009.012 तर परमप्रभुले फिरऊनलाई अट्टेरी नै बनाई राख्नु भयो, यसर्थ मोशा र हारूनका कुरा सुन्न उसले अस्वीकार गर्यो। परमप्रभुले मोशालाई भन्नु जस्तै नै भयो असिना

9:13b.EXO.009.013 तब परमप्रभुले मोशालाई भन्नुभयो, “बिहान चाँडै उठ अनि फिरऊनकहाँ जाऊ। उसलाई भन, ‘परमप्रभु हिब्रू मानिसहरूका परमेश्वर भन्नुहुन्छ, ‘मेरा मानिसहरूलाई जान देऊ तिनीहरूले मेरो आराधना गरून।

9:14b.EXO.009.014 यदि मेरा मानिसहरूलाई यसो गर्न दिएनौ भने म मेरो सम्पूर्ण शक्ति तिमी, तिम्रा मानिसहरू अनि तिम्रा अधिकारीहरूमाथि प्रयोग गर्नेछु। तब तिमीले जान्ने छौ संसारमा म जस्तो परमेश्वर अरू छैन।

9:15b.EXO.009.015 तिमी र तिम्रा मानिसहरूलाई यस भूमिबाट बाहिर ल्याउन म मेरो शक्ति प्रयोग गर्न सक्छु।

9:16b.EXO.009.016 तर मैले तिमीलाई मेरो शक्ति प्रकटको निम्ति राखेको हुँ। यसो गर्दा संसारका मानिसहरूले मेरो विषयमा बुझ्ने छन्।

9:17b.EXO.009.017 तिमी अझै पनि मेरो मानिसहरूको विरोधमा छौ कारण तिमीले अझसम्म मुक्ति दिएका छैनौं।

9:18b.EXO.009.018 यसर्थ भोलि यही समयमा अत्यन्तै नराम्रो असिना पार्नेछु। यस प्रकारको असिना मिश्र एउटा राष्ट्र बनिएदेखि कहिल्यै परेको थिएन।

9:19b.EXO.009.019 अब, तिमीले आफ्नो पशुहरूलाई सुरक्षित ठाउँमा राख्नुपर्छ। प्रत्येक तिम्रो चीच जो अहिले खेतमा छ, त्यो तिमीले सुरक्षित ठाउँमा राख्नुपर्छ। किन? किनभने मानिस होस् अथवा पशु जे पनि खेतमा हुन्छ त्यसलाई मारिनेछ। तिम्रो घर भित्र नराखिएको कुनै पनि वस्तुमाथि असिना पर्नेछ।”‘

9:20b.EXO.009.020 फिरऊनका केही अधिकारीहरू ज-जसले परमप्रभुको वचनलाई आदर गरेका थिए, तिनीहरूले आफ्नो पशुहरू र कमारा-कमारीहरू घरभित्र राखे।

9:21b.EXO.009.021 तर अरू मानिसहरूले परमप्रभुको वचन ध्यान दिएका थिएनन् तिनीहरूका पशुहरू अनि कमारा-कमारीहरू खेतमा नै छोडी दिए।

9:22b.EXO.009.022 परमप्रभुले मोशालाई भननु भयो, “तिम्रो पाखुरा हावामामाथि उठाऊ अनि मिश्रभरी असिना पर्न शुरू हुनेछ। मिश्रमा प्रत्येक मानिस, पशु र उद्भिदमाथि असिना पर्नेछ।”

9:23b.EXO.009.023 तब मोशाले आफ्नो लहुरो हावामा उठाए अनि परमप्रभुले बिजुली गर्जन र असिनाहरू मिश्रमाथि पठाउनु भयो।

9:24b.EXO.009.024 असिना परिरहेको थियो र संग-संगै बिजुली पनि चम्किरहेको थियो। मिश्र एउटा राष्ट्र भए पछि सब भन्दा बढी असिना परेको यही थियो।

9:25b.EXO.009.025 मिश्रका सबै मानिसहरू, पशु अनि उद्भिद आँधी-बेरीले ध्वंश पार्यो। असिनाले खेतका रूखहरू पनि भाँचिदियो।

9:26b.EXO.009.026 असिना नपरेको ठाउँ चाँहि गोशेन मात्र थियो जहाँ इस्राएलका मानिसहरू बस्थे।

9:27b.EXO.009.027 फिरऊनले मोशा र हारूनलाई बोलाए। तिनीहरूलाई भने, “यस पल्ट मैले पाप गरेकोछु। परमप्रभु सही हुनुहुन्छ। म र मेरा मानिसहरू गलत छौं।

9:28b.EXO.009.028 परमेश्वर द्वारा परेको असिना अनि गर्जन एकदमै बेशी भयो। परमेश्वरसित आँधी थाम्नको निम्ति प्रार्थना गर, म तिमीहरूलाई जान दिनेछु। तिमीहरूले यहाँ बस्नु पर्ने छैन।”

9:29b.EXO.009.029 मोशाले फिरऊनलाई भने, “जब म शहर छोडछु, म मेरो पाखुरा परमप्रभुसंगको प्रार्थनामा उठाउँनेछु गर्जन र असिना पर्न रोकिनेछ। तब तिमीलाई थाहा हुनेछ परमप्रभु यो भूमिमा हुनुहुन्छ।

9:30b.EXO.009.030 तर म जान्दछु तिमी अनि तिम्रा अधिकारीहरू अझै पनि परमप्रभु परमेश्वरसित डराएका छैनौ अनि सम्मान गर्दैनौ।”

9:31b.EXO.009.031 पातमा बिउहरू लागि सकेको थियो अनि जौमा फूल फूलिसकेको थियो। यसकारण यो उद्भिदहरू नष्ट भयो।

9:32b.EXO.009.032 गहूँ र कठिया गहूँ अरू अन्नहरू भन्दा ढिलो उम्रन्छ यसकारण यो नष्ट भएन।

9:33b.EXO.009.033 मोशाले फिरऊनबाट विदा लिए अनि शहर बाहिर गए। उनले आफ्नो हात प्रार्थनामा उठाए गर्जन र असिना रोकियो अनि त्यसपछि पानी पर्न थामियो।

9:34b.EXO.009.034 जब फिरऊनले असिना पानी अनि गर्जन रोकिएको देखे उनले फेरि परमेश्वरको विरूद्ध पाप गरे, फिरऊन र उसका अधिकारीहरू अट्टेरी भए।

9:35b.EXO.009.035 उनले इस्राएलका मानिसहरूलाई स्वतन्त्रता गर्नु अस्वीकार गरे। परमेश्वरले मोशालाई जे भन्नु भएको थियो त्यो पूरा भयो।

10

10:1b.EXO.010.001 परमप्रभुले मोशालाई भननु भयो, “फिरऊनकहाँ जाऊ। मैले फिरऊन र उसका अधिकारीहरूलाई जिद्दी बनाएको छु। मैले मेरा शक्तिशाली चमत्कारहरू प्रदर्शन गर्न यसो गरें

10:2b.EXO.010.002 अनि तिमीले आफ्नो छोरा-छोरी तथा नाती नातिनाहरूलाई मैले मिश्रमा प्रदर्शन गरेका शक्तिशाली चमत्कारहरू र अन्य चीजहरू भन्न सक्ने छौ। तब तिमीहरू सबैले जान्नेछौ म परमप्रभु हुँ।”

10:3b.EXO.010.003 यसर्थ मोशा र हारून फिरऊनकहाँ गए। तिनीहरूले उसलाई भने, “परमप्रभु, हिब्रूहरूका परमेश्वर भन्नुहुन्छ, ‘तिमी कहिलेसम्म मलाई अस्वीकार गर्छौ? मेरो मानिसहरू मेरो आराधना गर्न जाऊन्।

10:4b.EXO.010.004 यदि तिमीले मेरा मानिसहरूलाई जान दिएनौ भने भोलि म तिम्रो भूमिमा सलहहरू ल्याइ दिनेछु।

10:5b.EXO.010.005 सलहहरूले जमीन ढाक्नेछन। जमीनमा धेरै सलहहरू हुनेछन्। तिमीले जमीन देख्न सक्ने छैनौ। सलहले खेतका प्रत्येक कुरा अनि रूखहरू खानेछन्।

10:6b.EXO.010.006 मिश्रमा भएका सबै घरहरू, तपाईंका कर्मचारी र तपाईंका घर सलहहरूले छोप्नेछन्। त्यहाँ तपाईंका पिता-पुर्खाहरूले देखेको भन्दा अधिक सलहहरू हुनेछन। त्यहाँ यति धेरै सलहरू देखियो की मिश्रदेशमा मानिसहरू बसो-वास गर्न लागे यता त्यति कहिल्यै देखिएका थिएनन्।”‘त्यसपछि मोशाले फिरऊनबाट विदा लिए।

10:7b.EXO.010.007 त्यसपछि कर्मचारीहरूले फिरऊनलाई सोधे, “कहिलेसम्म हामी यी मानिसहरूको फन्दामा परिरहने छौं? तिनीहरूका परमप्रभु परमेश्वरलाई आराधना गर्न मानिसहरूलाई जान दिनोस्। यदि तपाईंले जान दिनु भएन भने, तपाईंले चाल पाउनुअघि नै मिश्र ध्वंश हुनेछ।”

10:8b.EXO.010.008 यसकारण फिरऊनका सेवकहरूले मोशा अनि हारूनलाई फिरऊनकहाँ फर्काएर ल्याए। फिरऊनले तिनीहरूलाई भने, “जाऊ अनि परमप्रभु तिमीहरूका परमेश्वरको आराधना गर। तर साँच्चै को जाँदै छन् मलाई भन?”

10:9b.EXO.010.009 मोशाले उत्तर दिए, “हाम्रा केटा-केटी, बूढा-बूढी जति छन् सबै जानेछन्। हामी हाम्रा छोरा-छोरीहरू, हाम्रा भेडा तथा गाई वस्तुहरू पनि लिएर जानेछौं। हामी सबै जानेछौं कारण परमेश्वरको भोज हामी सबैको निम्ति हो।”

10:10b.EXO.010.010 फिरऊनले तिनीहरूलाई भने, “मैले तिमीहरू र तिमीहरूको केटा-केटीहरूसमेत जान दिंदा मेरो लागि परमप्रभु साँच्चै नै तिमीहरूसित हुनुपर्छ। तिमीहरूले केही नराम्रो योजनाहरू बनाइरहेका छौ।

10:11b.EXO.010.011 होइन! मात्र तिम्रा मानिसहरू परमप्रभुको आराधना गर्न लान सक्छौ।”अनि फिऊनले मोशा र हारूनलाई पठाए।

10:12b.EXO.010.012 परमप्रभुले मोशालाई भन्नुभयो, “तिम्रो पाखुरा मिश्र देशमाथि उठाऊ र सलह आउनेछन अनि मिश्रको समस्त भूमिमा फैलिनेछन्। असिनाले नष्ट नपारेको सबै उद्भिदहरू सलहले खाईदिने छन।”

10:13b.EXO.010.013 यसकारण मोशाले आफ्नो टेक्ने लाठ्ठी मिश्र देशमाथि उठाए अनि परमप्रभुले पूर्वबाट आँधी बेरी पठाउनु भयो। हावा बिहान बेलुका पूरै चलिरहयो। जब बिहान भयो मिश्र भूमिमा हावाले सलह ल्यायो।

10:14b.EXO.010.014 सलहहरू मिश्र देशमा उडेर आए अनि जमीनमा बसे। सलह मिश्रदेशमा यति विध्न आए कि यति विध्न न विगतमा कहिल्यै देखिएका थिए न भविष्यमा नै देखिनेछन।

10:15b.EXO.010.015 ती सलहहरूले सबै भूमि ढाके अनि मैदान नै छोपे। असिनाले ध्वंश नपारेको जम्मै फलहरू र उद्भिदहरू सलहले खाए।

10:16b.EXO.010.016 फिरऊनले मोशा र हारूनलाई झट्टै बोलायो फिरऊनले भन्यो, “मैले परमप्रभु तिमीहरूका परमेश्वर र तिमीहरूका विरोधमा पाप गरेको छु।

10:17b.EXO.010.017 अब यस पल्टको निम्ति मेरो पाप क्षमा गरिदेऊ। परमप्रभुलाई ममाथि आइलागेको यो ‘मृत्यु’ (सलहहरू) हटाई दिनु भनी भन।”

10:18b.EXO.010.018 मोशाले फिरऊनबाट विदा लिएर परमप्रभुलाई प्रार्थना गरे।

10:19b.EXO.010.019 यसर्थ परमप्रभुले हावाको दिशा फर्काएर पश्चिम तिर गर्नु भयो र यसले सलहहरूलाई मिश्रबाट उडायो अनि निगालोको समुद्रमा पुर्यायो। एउटै पनि सलह मिश्रमा रहेनन्।

10:20b.EXO.010.020 तर फेरि परमप्रभुले फिरऊनलाई अट्टेरी बनाइदिनु भयो यसकारण उसले इस्राएली मानिसहरूलाई जान दिएन।

10:21b.EXO.010.021 तब परमप्रभुले मोशालाई भन्नु भयो, “तिम्रो हातमाथि हावामा उठाऊ अनि अँध्यारोले मिश्रलाई ढाक्नेछ। अँध्यारो यति निष्पट्ट हुनेछ तिमीले त्यो अनुभव गर्नेछौ।”

10:22b.EXO.010.022 मोशाले आफ्नो हात उठायो अनि अन्धकारले मिश्रलाई ढाक्‌यो। त्यो अँध्यारो मिश्रमा तीन दिनसम्म रह्यो।

10:23b.EXO.010.023 त्यहाँ कसैले कसैलाई देख्न सक्तैन थियो। तर जहाँ इस्राएलका मानिसहरू थिए त्यहाँ अंध्यारो भएन।

10:24b.EXO.010.024 फेरि फिरऊनले मोशालाई बोलाए। फिरऊनले भने, “जाऊ अनि परमप्रभुको आराधना गर। आफ्नो छोरा-छोरीहरूसंगै लान सक्छौ, तर तिमीले भेडा र गाई-वस्तुहरू यही छोडर जानु पर्छ।”

10:25b.EXO.010.025 मोशाले भने, “तपाईंले हामीलाई परमप्रभु हाम्रो परमेश्वरलाई बलिदानहरू अनि होमबलिहरू चढाउनु जानु दिनुपर्छ।”

10:26b.EXO.010.026 जब हामी परमप्रभुलाई आराधना गर्न जान्छौ। हामीले हाम्रा पशुहरू पनि लाने छौं। एउटै पनि भाग छाडने छैनौं। परमप्रभुको आराधनामा के कुराहरूको आवश्यक पर्छ, त्यो हामी पनि जान्दैनौं। हामीले आफ्नो आवश्यकता त्यस समयमा मात्र बुझ्नेछौं जति बेला हामी हाम्रो गन्तव्य स्थानमा पुग्छौं।”

10:27b.EXO.010.027 परमप्रभुले फेरि फिरऊनलाई अट्टेरी बनाउनु भयो। यसर्थ तिनीहरूलाई जानु दिनुमा फिरऊनले फेरि पनि अस्वीकार गरे।

10:28b.EXO.010.028 तब फिरऊनले मोशालाई भने, “जाऊ, यहाँबाट। तिमी फेरि कहिलै आउनु पर्दैन यदि तिमी मलाई हेर्न आयौ भने, मर्नेछौ।”

10:29b.EXO.010.029 तब मोशाले फिरऊनलाई भने, “एउटा विषयमा तिमी सही छौ, कारण म तिमीलाई हेर्न फेरि कहिल्यै आउने छैन।”

11

11:1b.EXO.011.001 तब परमप्रभुले मोशालाई भन्नु भयो, “मैले अझ फिरऊन अनि मिश्रमाथि एउटा विपत्ति ल्याउनुपर्छ। त्यसपछि मात्र उसले तिमीहरूलाई मिश्रबाट जान मात्र दिंदैन बलपूर्वक जानु भनी जोर लगाउनेछ।

11:2b.EXO.011.002 तिमीले यो समाचार इस्राएलका मानिसहरूलाई दिनु पर्छ ‘पुरूष अनि स्त्रीहरू! तिमीहरूले आफ्नो-आफ्नो छिमेकीहरूसंग सुन र चाँदीले बनिएका चीजहरू माग्नु पर्छ।

11:3b.EXO.011.003 परमप्रभुले मिश्रका मानिसहरूलाई तिमीहरूप्रति दयालु हुनेछ। मिश्री मानिसहरू र फिरऊनका शासकहरूले मोशालाई पहिलेदेखि महान मानिस भनी मान्दछन्।”‘

11:4b.EXO.011.004 मोशाले मानिसहरूलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘आज मध्य-रातमा म मिश्र भएर जानेछु,

11:5b.EXO.011.005 अनि प्रत्येक पहिला जन्मेको छोरा, फिरऊनको पहिलो छोरो मिश्रको शासक देखि लिएर जाँतो पिस्ने कमारीको पहिलो छोरोसम्म मिश्रमा मार्नेछ। पहिला जन्मिएका सबै मर्छ जसले मकै पिन्छ। पहिला जन्मेको सबै मानिसहरू अनि पशुहरू मर्नेछन्।

11:6b.EXO.011.006 मिश्रमा दुःखको क्रन्दनहरू हुनेछ त्यहाँ मिश्रमा त्यस्तो दुःख पूर्ण क्रन्दनहरू कहिल्यै भएको थिएन अनि त्यहाँ फेरि कहिल्यै हुने छैन।

11:7b.EXO.011.007 तर कुनै पनि इस्राएली मानिसमाथि यस्तो घटना हुनेछैन। यहाँसम्म कि तिनीहरूलाई कुकुरले पनि भुक्ने छैन। इस्राएली मानिसहरूमा मात्र होइन तिनीहरूका पशुहरूलाई पनि कुनै नोक्सान हुनेछैन। तिमीले जान्ने छौ यस प्रकारले म इस्राएली मानिसहरू अनि मिश्रीहरूमा भिन्दा भिन्दै प्रकारको व्यवहार गर्नेछु।

11:8b.EXO.011.008 त्यसपछि मिश्रका सबै पदाधिकारीहरू मेरोअघि निहुरिने छन् र मेरो आराधना गर्नेछन्। तिनीहरूले भन्नेछन्, “जाऊ! तिमीसंगै आफ्नो सबै मानिसहरूलाई लैजाऊ।”तब मोशा रिसाएर म फिरऊनलाई छोडनेछु।”‘

11:9b.EXO.011.009 तब परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊनले तिम्रो कुरा सुनेको छैन। किन? यसकारण म मिश्रमा आफ्नो महाशक्ति देखाउन सकूँ।”

11:10b.EXO.011.010 त्यसैले गर्दा मोशा र हारूनले फिरऊनअघि धेरै आश्चर्य कर्म गर्न सके। र यसैको निम्ति परमप्रभुले फिरऊनलाई अति अट्टेरी बनाउनु भयो, जसले गर्दा उसले इस्राएलीहरूलाई आफ्नो देशबाट जान दिएन।

12

12:1b.EXO.012.001 जब तिनीहरू मिश्रमा थिए, परमप्रभुले मोशा र हारूनलाई भन्नु भयो।

12:2b.EXO.012.002 “यो महिना नै तिमीहरूको निम्ति वर्षको पहिलो महिना हुनेछ।

12:3b.EXO.012.003 यो आदेश इस्राएलका सारा समुदायका निम्ति हो। यो महिनाको दशौं दिनमा आफ्नो घरका मानिसहरूको निम्ति प्रत्येक मानिसले एउटा थुमा ल्याउनु पर्छ।

12:4b.EXO.012.004 एउटा पाठो खाई सक्नलाई यदि कुनै मानिसको घरमा प्रशस्त मानिसहरू नभए उसले त्यस दिनको भोजमा भाग लिनको निम्ति छिमेकीलाई निम्त्याउनु पर्छ। प्रत्येक मानिसलाई पुग्ने पाठो हुनुपर्छ।

12:5b.EXO.012.005 पाठो एक वर्षको र खोट रहित हुनुपर्छ। पाठो भेडा अथवा बाख्राको जुन भए पनि हुन्छ।

12:6b.EXO.012.006 तिनीहरूले त्यो पाठोलाई महिनाको चौधौं दिनसम्म सावधानीसंग राख्नु पर्छ। त्यस दिन इस्राएली समुदायका मानिसहरूले साँझमा ती पाठाहरू मार्नु पर्छ।

12:7b.EXO.012.007 यी पशुहरूको रगत सबै मानिसले जम्मा गर्नुपर्छ। अनि ढोकाका चौखटाहरूमा र घरका जहाँ पाठाहरू खाइन्छन ढोकाहरूमाथि छर्नु पर्छ।

12:8b.EXO.012.008 “त्यो राती पाठो आगोमा पोलेर खानु पर्छ। तिमीहरूले तितो जडी-बुट्टी र खमीर बिनाको रोटी खानुपर्छ।

12:9b.EXO.012.009 पाठो काँचो अथवा पानीमा उमालेर खानु हुँदैन। त्यो पाठो सबै आगोमाथि सेकाउनु पर्छ, त्यसको भित्र, टाउको र खुट्टाहरू शरीरबाट नछुट्टाई आगोमाथि सेकाउनु पर्छ।

12:10b.EXO.012.010 बिहानसम्म मासुहरू बाँकि नराख। यदि केही मासुहरू रह्यो भने, त्यसलाई आगोमा जलाउनु पर्छ।

12:11b.EXO.012.011 “जब तिमीहरू भोजन खान्छौ कतै बाहिर यात्रामा जाँदा जस्तै लुगा लाउनुपर्छ। तिमीहरूका खुट्टामा जुत्ता र हातमा टेक्ने लाठी हुनै पर्छ र हतार-हतार खानु पर्छ। किन? किनभने यो परमप्रभुको निस्तार हो।

12:12b.EXO.012.012 “आज राती म मिश्रभित्र पस्नेछु अनि पहिले जन्मेका मानिसहरू र पशुहरूलाई नष्ट गर्नेछु। यस प्रकारले म मिश्रका सबै देवताहरूको न्याय गर्नेछु, म परमप्रभु हुँ।

12:13b.EXO.012.013 तर तिमीहरूका घरमा लगाएका रगत चाँहि एउटा विशेष चिन्ह हुनेछ र म जुन घरमा रगत लगाएको देख्छु त्यसलाई छोडेर जान्छु। म मिश्र देशका मानिसहरूको निम्ति हानिकारक रोग उत्पन्न गर्छु। तर त्यो खराब बिमारले तिमीहरू कसैलाई पनि असर गर्दैन।

12:14b.EXO.012.014 “यसकारण यो एउटा स्मरणीय दिन हुनेछ। अनि तिमीहरूको निम्ति यो एक विशेष पवित्र चाड हुनेछ। तिमीहरूका संन्तानहरूले सदा सर्वदा यो पवित्र चाडलाई परमप्रभुलाई भक्ति गर्ने दिनको रूपमा मान्नु पर्छ।

12:15b.EXO.012.015 यस चाडमा तिमीहरूले अखमिरी रोटी सात दिनसम्म खाने छौ। यस पवित्र चाडको पहिलो दिन तिमीहरूले आफ्नो-आफ्नो घरबाट समस्त खमीर बाहिर निकाल्ने छौ। यो पवित्र चाडमा सात दिनसम्म कसैले पनि खमीर खाने छैनौ। यदि कसैले खमीर त्यस समयमा खायो भने त्यसलाई अरू इस्राएलीबाट बहिष्कृत गरिनेछ।

12:16b.EXO.012.016 यो पवित्र चाडको पहिलो र अन्तिम दिनमा पवित्र सभा हुनेछ। यी दिनमा तिमीहरूले केही पनि काम गर्नु हुँदैन। यी दिनमा तिमीहरूको निम्ति एउटै काम भोजन तयार गर्नु हुन्छ।

12:17b.EXO.012.017 तिमीहरूले यो अखमिरी रोटीको पवित्र चाडलाई सम्झना गर्नु पर्छ, कारण यही दिन मैले तिमीहरूलाई मिश्रबाट दल बनाएर बाहिर ल्याए। तिम्रा सन्तानहरू सबैमा सदा-सर्वदा यो एउटा नियम होस्।

12:18b.EXO.012.018 यसर्थ पहिलो महिनाको चौधौं दिनको साँझ देखि तिमीहरूले खमीर बिनाको रोटी खान शुरू गर्ने छौ। तिमीहरूले खमीर बिनाको रोटी पहिलो महिनाको एक्काईसौं दिनको साँझसम्म खानेछौ।

12:19b.EXO.012.019 सात दिनसम्म तिमीहरूका घरमा कुनै खमीर रहनु हुँदैन। कुनै पनि मानिस चाहे त्यो इस्राएली होस अथवा विदेशी यदि तिनीहरूले यस समयमा खमीर खायो भने उसलाई इस्राएलीको समुदायबाटै अलग्ग गराउनु पर्छ।

12:20b.EXO.012.020 यी पवित्र दिनहरूमा तिनीहरू जता सुकै भए पनि खमीर भएको केही पनि खानुँ हुदैन। तिमीहरूले त्यहि खमीर बिनाको रोटी खानु पर्छ।”

12:21b.EXO.012.021 यसर्थ मोशाले सबै बूढा-प्रधानहरूलाई बोलाए। मोशाले तिनीहरूलाई भने, “तिमीहरूका परिवारका निम्ति थुमाहरू ल्याऊ। र निस्तारको निम्ति थुमाहरू मार।

12:22b.EXO.012.022 हिसपको झुप्पा लेऊ अनि रगतले भरिएको भाँडामा डुबाऊ अनि ढोकाको चौकटकोमाथि तथा वरिपरि लगाऊ। बिहान नहुञ्जेल कसैले पनि घर छाडनु हुँदैन।

12:23b.EXO.012.023 जब परमप्रभु मिश्रमा पहिला जन्मेको छोराहरूलाई मार्न जानुहुनेछ अनि ढोकाका फल्याक अनि खाम्बाहरूमाथि रगत पोतेको देख्नु हुनेछ। तब परमप्रभुले त्यस घरलाई रक्षा गर्नु हुँनेछ। उहाँ ती ढोकाद्वारबाट जाँदा परमप्रभुले विनाशक शक्ति ती घरहरूमा पसेर नाशगर्नबाट रोक्नुहुनेछ।

12:24b.EXO.012.024 तिमीहरूले यो आदेश याद राख्नुपर्छ। यो नियम सदा-सर्वदा तिम्रा सन्तानहरूको निम्ति हुनेछ।

12:25b.EXO.012.025 तिमीहरू जब परमप्रभुले दिनु भएको भूमिमा जानेछौ तिमीहरूले यो चाड पालन गर्नुपर्छ।

12:26b.EXO.012.026 जब तिमीहरूका नानीहरूले तिमीहरूलाई सोध्नेछन्, ‘किन हामी यो चाड मनाउछौं?’

12:27b.EXO.012.027 तब तिमीहरूले जवाफ दिनेछौ, ‘यो निस्तार चाड परमप्रभुको सम्मानमा मानिएको हो। नानीहरूलाई तिमीहरू भन्नेछौ, जब हामीहरू मिश्रमा थियौं, परमप्रभुले इस्राएलीको घरहरू छोडेर जानु भयो। उहाँले मिश्री मानिसहरूलाई मार्नु भयो अनि हाम्रो रक्षा गर्नुभयो। यसकारण अहिले मानिसहरू उहाँलाई निहुरिएर दण्डवत गर्छन् र आराधना गर्छन्।”‘

12:28b.EXO.012.028 परमप्रभुले यो आदेश मोशा र हारूनलाई दिनु भएको थियो, यसर्थ इस्राएलीहरूले त्यही गरे जे परमप्रभुले आदेश दिनु भएको थियो।

12:29b.EXO.012.029 मध्यरातमा मिश्र देशीहरूका पहिले जन्मेका सबै छोराहरू, मिश्रका शासक फिरऊनको पहिलो छोरो देखि झ्यालखानामा सजाय भोग्दै गरेको कैदीको छोरोसम्मलाई मार्नुभयो। पशुहरूमा पनि पहिले जन्मेका सबै मार्नु भयो।

12:30b.EXO.012.030 त्यस रात मिश्रमा प्रत्येक घरको कोही न कोही मरे। फिरऊन, उसका अधिकारीहरू अनि मिश्रका सबै मानिसहरू चिच्याँउदै रोए।

12:31b.EXO.012.031 तब त्यस राती फिरऊनले मोशा र हारूनलाई बोलाए। फिरऊनले तिनीहरूलाई भने, “तयार होऊ अनि हाम्रा मानिसहरूलाई छोडेर जाऊ। तिमी र तिम्रा मानिसहरूले त्यसै गर्न सक्छौ जो तिमी भन्छौ तिमीहरू जाऊ अनि आफ्नो परमप्रभुको आराधना गर।

12:32b.EXO.012.032 तिमीहरूले भने झैं आफ्नो-आफ्नो भेडा तथा गाई-वस्तुहरू लिएरै जाऊ। तिमीहरूले मलाई पनि आशीर्वाद देऊ।”

12:33b.EXO.012.033 मिश्र देश वासीहरूले पनि भने, “तिमीहरू चाँडै गइहाल। किन? किनभने, यदि तिमीहरू गएनौ भने हामीहरू सबै मर्न सक्छौ।”

12:34b.EXO.012.034 इस्राएली मानिसहरू यति हतारमा थिए तिनीहरूले रोटीमा खमीर मिसाउने समय पाएनन्। यसकारण तिनीहरूले आटा, भाडाहरूमा आफ्नो काँधमाथि बोकेर ल्याए।

12:35b.EXO.012.035 तब इस्राएलीका मानिसहरूले त्यही गरे जे मोशाले तिनीहरूलाई गर्नु भनेका थिए। तिनीहरूले मिश्र देशका आफ्नो छिमेकीहरूसित लुगा, अनि सुन चाँदीले बनिएको चीजहरू माँगे।

12:36b.EXO.012.036 परमप्रभुले मिश्रका मानिसहरूलाई दयालु बनाई दिनु भयो अनि तिनीहरूले जे मांगे त्यही दिए।

12:37b.EXO.012.037 इस्राएली मानिसहरूले रामसेसबाट, सुक्कोतसम्म यात्रा गरे। तिनीहरू लगभग 6,00,000 थिए। यस संख्यामा नानीहरूको गन्ति गरिएको थिएन।

12:38b.EXO.012.038 तिनीहरूसित धेरै भेडा, बाख्रा गाई-वस्तु र अरू चीजहरू थिए। तिनीहरूसित अन्य धेरै थरिका मानिसहरू यात्रा गरिरहेका थिए।

12:39b.EXO.012.039 ती मानिसहरूसंग रोटीमा खमीर मिसाउने समय पनि थिएन अनि तिनीहरूले यात्राको निम्ति कुनै विशेष भोजन तयार पारेका थिएनन्। यसकारण तिनीहरूका साधरण खमीर बिनाको रोटी बाहेक अरू कुनै खाने कुरा थिएन।

12:40b.EXO.012.040 इस्राएली मानिसहरू 430 वर्षसम्म मिश्रमा बसे।

12:41b.EXO.012.041 ठीक 430 वर्षपछि परमप्रभुका समस्त सेनाहरू मिश्रबाट गए।

12:42b.EXO.012.042 यसर्थ त्यो विशेष छ। जब परमप्रभुले गरेको मानिसहरूले सम्झने छन्। त्यो रात सबै इस्राएली मानिसहरूको हृदयमा सदा-सर्वदा रहनेछ।

12:43b.EXO.012.043 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “यहाँ निस्तारका निम्ति विधिहरू छन् कुनै पनि विदेशीले निस्तार चाडको भोजन खान पाउनेछैन।

12:44b.EXO.012.044 तर यदि कुनै मानिसले कमारो किन्छ र त्यसको खतना गराइदिन्छ भने, त्यो कमरोले निस्तारको भोजन खान सक्छ।

12:45b.EXO.012.045 तर तिमीहरूको माझमा बस्ने कुनै पनि ज्यालाका मजदूर अथवा विदेशीहरूले निस्तारको भोजन खानु हुँदैन।

12:46b.EXO.012.046 “प्रत्येक परिवारले एउटा घर भित्र नै भोजन गर्नुपर्छ, कुनै पनि भोजन बाहिर लानु हुँदैन। थुमाको कुनै हड्डी भाँच्नु हुँदैन।

12:47b.EXO.012.047 इस्राएलका सारा समुदायले यो चाड मनाउनु पर्छ।

12:48b.EXO.012.048 यदि कोही मानिस तिमीहरूसित बसो-बासो गर्छ तर त्यो इस्राएली होइन र यो परमप्रभुको निस्तार चाडमा भाग लिन चाहन्छ भने उसको खतना गरिनु नै पर्छ। त्यसपछि त्यो इस्राएली नागरिक बराबर हुन्छ र उसले निस्तार भोजनमा भाग लिन सक्छ। तर यदि उसको खतना गरिएको छैन भने निस्तार भोजनमा भाग लिन सक्तैन।

12:49b.EXO.012.049 खतना नभएको कुनै पनि मानिसहरूले परमप्रभुको भोजनमा भाग लिनु हुँदैन। यो प्रत्येक मानिसहरूको लागि यो सत्य र निष्पक्ष नियम हो त्यो देशी अथवा विदेशमा जन्मेका नागरिक होस् यो नियम प्रत्येकलाई हुनुपर्छ।”

12:50b.EXO.012.050 यसर्थ इस्राएलका सारा मानिसहरूले परमप्रभुले मोशा र हारूनलाई दिनु भएका आदेशहरू पालन गरे।

12:51b.EXO.012.051 यस प्रकारले परमप्रभुले इस्राएलका सबै मानिसहरूलाई मिश्र देशबाट बाहिर लिएर जानु भयो। मानिसहरू झुन्ड-झुन्डमा यात्रा गरे।

13

13:1b.EXO.013.001 त्यसपछि परमप्रभुले मोशालाई भन्नु भयो,

13:2b.EXO.013.002 “तिमीले इस्राएलमा जन्मेको प्रत्येक पहिले पुरूष शिशु मलाई दिनुपर्छ। त्यसको अर्थ हुन्छ पहिला जन्मेको प्रत्येक बालक अनि पहिला जन्मेको प्रत्येक पाठो मेरो हुनेछ।”

13:3b.EXO.013.003 मोशाले मानिसहरूलाई भने, “यस दिनलाई सम्झना गर। तिमीहरू मिश्रमा कमारा-कमारीहरू थियौ। तर आजको दिन परमप्रभुले आफ्नो महाशक्ति प्रयोग गरी तिमीहरूलाई स्वतन्त्र पार्नुभयो। तिमीहरूले खमीर मिसाएको रोटी खानै हुँदैन।

13:4b.EXO.013.004 आज, आबीबको महीनामा तिमीहरूले मिश्र छाड्यौ।

13:5b.EXO.013.005 “परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई विशेष वचन दिनुभएको छ। उहाँले तिमीहरूलाई कनानी, हित्ती, एमोरी, हिव्वी अनि यबूसी मानिसहरूको भूमि दिने प्रतिज्ञा गर्नु भयो। परमप्रभुले तिमीहरूलाई त्यस भूमिमा लानु हुनेछ जहाँ दूध र मह बग्छन्। यसकारण तिमीहरूले यो रीति प्रत्येक वर्ष यही महीनामा पालन गर्नुपर्छ।

13:6b.EXO.013.006 “सात दिनसम्म तिमीहरूले अखमिरे रोटी खानुपर्छ। सातौं दिनमा तिमीहरूले ठूलो भोज गरेर मनाउँनु पर्छ अनि यस भोजले परमप्रभुप्रति सम्मान जनाउँनेछ।

13:7b.EXO.013.007 यसर्थ सात दिनसम्म तिमीहरूले अखमिरे रोटी खानु हुँदैन। तिमीहरूको भूमिमा सात दिनसम्म खमीर हुनुहुँदैन।

13:8b.EXO.013.008 यस दिन तिमीहरूले आफ्नो नानीहरूलाई भन्नु पर्छ, ‘हामी यो भोज खाँदैछौ किनभने आजको दिन परमप्रभुले हामीहरूलाई मिश्रबाट बाहिर ल्याउनु भएको थियो।’

13:9b.EXO.013.009 “यस पवित्र चाडले तिमीहरूलाई सम्झना गराउने छ यो हातमा बाँधेको धागो आँखाअघि राखिएको चिन्ह जस्तो हुनेछ। यस पवित्र दिनले तिमीहरूलाई परमप्रभुले दिनु भएको उपदेशहरू सम्झना गराउनेछ। यसले तिमीहरूलाई त्यही दिनको सम्झना गराउँछ परमप्रभुले आफ्नो महाशक्ति प्रयोग गरेर तिमीहरूमाथि करूणा गर्नु भएको थियो।

13:10b.EXO.013.010 यसकारण प्रत्येक वर्ष यो दिनलाई ठीकसित सम्झना गर।

13:11b.EXO.013.011 “परमप्रभुले तिमीहरूलाई त्यस भूमिमा लैजानु हुनेछ जसलाई उहाँले तिमीहरूलाई दिनेछु भनी वचन दिनु भएको थियो। अहिले त्यस भूमिमा कनानी मानिसहरू बस्छन्। तर परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई त्यो भूमि तिमीहरूलाई दिन्छु भनी वचन दिनु भएको थियो। परमेश्वरले जब तिमीहरूलाई त्यो भूमि दिनुहुन्छ,

13:12b.EXO.013.012 तिमीहरूले सम्झना गर्नु पर्छ। तिमीहरूले आफ्नो पहिलो छोरो अनि पहिलो उहाँलाई समर्पण गर्नुपर्छ।

13:13b.EXO.013.013 तिमीहरूले गधा उद्धार गर्नु एउटा थुमा समर्पण गर्न सक्छौ तर यदि गधा गराउनु सकेनौ भने त्यसलाई गर्दन फुटाएर मार्नु पर्छ। तर पहिले जन्मेको छोरो तिमीहरूले परमप्रभुबाट छुट्‌याएर ल्याउनु पर्छ।

13:14b.EXO.013.014 “भविष्यमा तिमीहरूका सन्तानले सोध्न सक्छन् तिमीहरूले यस्तो किन गर्छौ। अनि तिमीहरूको उत्तर हुनेछ, ‘हामीहरू मिश्र देशमा कमारा-कमारी थियौं अनि परमप्रभुले उहाँको शक्ति प्रयोग गरी हामीलाई यहाँ ल्याउनु भयो।

13:15b.EXO.013.015 मिश्र देशमा फिरऊनले अट्टेरी गरेर हामीलाई त्यहाँबाट बाहिर पठाउन अस्वीकार गरे। यसर्थ परमप्रभुले त्यहाँ जन्मेका प्रत्येक मानिस र पशुका पहिले जन्मेका छोराहरू तथा बच्चाहरू मारिदिनु भयो। यही कारणले मेरा प्रथम जन्मेका छोरो परमप्रभुबाट उद्धार गर्न प्रथम जन्मेको डाँगो पशु भेटी चढाँउँछु।’

13:16b.EXO.013.016 यो तिमीहरूको हातमा कसेको धागो जस्तै हो र यो तिमीहरूका आँखाको सामुन्ने राखेको चिन्ह जस्तो हो। यसले हामीलाई सधैं सम्झना गर्न सहायता गर्छ कसरी परमप्रभुले उहाँको महाशक्ति चलाएर हामीहरूलाई मिश्रबाट ल्याउनु भयो।”

13:17b.EXO.013.017 फिरऊनले मानिसहरूलाई छोडन लगाए। परमप्रभुले मानिसहरूलाई पलिश्तीहरूको भूमिको बाटो जानु दिनु भएन। समुद्रकोबाटो सब भन्दा छोटो छ तर परमप्रभुले भन्नुभयो, “यदि मानिसहरू त्यो बाटो जान्छन् भने तिनीहरूले लडाइँ गर्नु पर्नेछ। यस्तो हुँदा तिनीहरूको मन विचार बदलन सक्छ अनि मिश्रमा नै फर्किएर जानेछन्।”

13:18b.EXO.013.018 यसकारण परमप्रभुले तिनीहरूलाई अर्को बाटोबाट समुद्र किनाराहुँदै मरूभुमिको बाटो लानु भयो। इस्राएली मानिसहरू मिश्रबाट बाहिर निस्कदा युद्धको पोशाकमा थिए।

13:19b.EXO.013.019 मोशाले यूसुफको अस्थिहरू लिएर हिंडे। मर्नु अघि यूसुफले इस्राएलीहरूसंग आफ्नो लागि यस्तो गर्ने प्रतिज्ञा गराएका थिए। यूसुफले भने, “जब परमेश्वर तिमीहरूलाई सुरक्षा दिनु हुन्छ मेरा अस्थिहरूलाई मिश्रदेखि बाहिर लान र्नबिस।”

13:20b.EXO.013.020 इस्राएलका मानिसहरूले सुक्कोत छाडे अनि एथाममा छाउनी लगाए। एतामम मरूभूमि नजिक थियो।

13:21b.EXO.013.021 परमप्रभुले दिउँसो अग्लो बादललाई र राती अग्लो आगोको खम्बालाई तिनीहरूलाई बाटो देखाउन प्रयोग गर्नु भयो। आगो तिनीहरूलाई उज्यालो दिन्थ्यो र तिनीहरू राती पनि यात्रा गर्न सक्थे।

13:22b.EXO.013.022 अग्लो बादलको खाँबो दिनमा र आगोको खाँबो रातीमा तिनीहरूसंगै हुन्थ्यो।

14

14:1b.EXO.014.001 तब परमप्रभुले मोशालाई भन्नु भयो,

14:2b.EXO.014.002 “इस्राएलीहरूलाई पी-हहीरोत फर्की जानु भन। तिनीहरूलाई भन, मिग्दोल अनि समुद्रको बीचमा बालसपोन कै नजिक छाउनी लगाऊ।’

14:3b.EXO.014.003 फिरऊनले सोच्नेछ इस्राएलका मानिसहरू मरूभूमिमा हराए छन्। अनि उसले सोच्नेछ मानिसहरूको जाने ठाउँ छैन।

14:4b.EXO.014.004 म फिरऊनलाई अट्टेरी बनाउनेछु अनि उसले तिमीहरूको खेदो गर्नेछ, तर म फिरऊन र उसका सेनाहरूलाई पराजित गराउनेछु। तब मिश्रदेशका मानिसहरूले जान्नेछन् कि म परमप्रभु हुँ।”

14:5b.EXO.014.005 इस्राएलका मानिसहरू भागे भन्ने समाचार फिरऊनले थाहा पायो। जब फिरऊन र उसका अधिकारीहरूले पनि यो खबर सुने, तिनीहरूले के गरेका थिए त्यस विषयमा आफ्नो विचार बद्ली गरे। फिरऊनले भने, “हामीहरूले किन इस्राएली मानिसहरूलाई तिनीहरूको दासत्वबाट जान दियौं?”

14:6b.EXO.014.006 यसर्थ फिरऊनले आफ्नो रथ ठीक पार्यो अनि आफूसंगै आफ्नो मानिसहरूलाई लियो।

14:7b.EXO.014.007 उसले आफ्नो सर्वश्रेष्ठ मानिसहरूमध्ये 600 जना अनि आफ्नो सारा रथहरू लिए। प्रत्येक रथमा एकजना अधिकारी थिए।

14:8b.EXO.014.008 इस्राएलका मानिसहरू निडर साथ बढिरहेका थिए, तर परमप्रभुले फिरऊनलाई अट्टेरी बनाइ दिनु भयो, यसर्थ उसले इस्राएलीहरूलाई खेद्‌यो।

14:9b.EXO.014.009 मिश्री फौजसित धेरै घोडा, सेना अनि रथहरू थिए। तिनीहरूले इस्राएलीहरूलाई खेदे र लाल समुद्रको नजिक बालसिपोनमा जहाँ तिनीहरूले छाउनी लगाएका थिए तिनीहरूलाई पक्रे।

14:10b.EXO.014.010 इस्राएलीले फिरऊनलाई उसका मिश्रदेशीहरूसित आउँदै गरेको देखे। तिनीहरू साह्रै डराएका थिए अनि तिनीहरूले परमप्रभुलाई गुहार मागे।

14:11b.EXO.014.011 तिनीहरूले मोशालाई भने, “तिमीले हामीहरूलाई मिश्रबाहिर किन ल्यायौ? मिश्रमा के धेरै चिहानहरू थिएनन्? किन? तिमीले हामीलाई मरूभूमिमा मार्न ल्यायौं।

14:12b.EXO.014.012 हामीले मिश्रमा तिमीलाई भनेका थियौं “यस्तो परी आउनेछ। ‘मिश्रमा हामीले भनेका थियौ कि हाम्रो चिन्ता नगर्नु होस्।’ हामीलाई मिश्रमा बस्न दिनुहोस र मिश्र वासीहरूको सेवा गर्न देऊ। यसरी मरूभूमिमा आएर मर्नु भन्दा त त्यही बसी कमारा-कमारी हुनु नै असल थियो।”

14:13b.EXO.014.013 तर मोशाले उत्तर दिए, “नडारऊ तिमीहरू जहाँ छौ यही उभिने काम गर अनि हेर आज परमप्रभुले तिमीहरूलाई बचाउनु हुनेछ। तिमीहरूले यी मिश्रबासीलाई फेरि कहिल्यै देख्ने छैनौ।

14:14b.EXO.014.014 तिमीहरूले केही गर्नु पर्दैन तर स्थिर भएर बस। परमप्रभुले तिमीहरूको निम्ति युद्ध गर्नु हुनेछ।”

14:15b.EXO.014.015 तब परमप्रभुले मोशालाई भन्नुभयो, “अहिलेसम्म मसंग तिमी किन कराइरहेका छौ? इस्राएली मानिसहरूलाई अघि बढन शुरू गर्नु भन।

14:16b.EXO.014.016 लाल समुद्रमाथि तिम्रो लाठी उठाऊ अनि समुद्र दुइ भाग हुन्छ, तब मानिसहरू सूखा जमीनमा हिंडेर जानेछन्।

14:17b.EXO.014.017 मिश्रदेशका मानिसहरूले तिमीहरूलाई खेदिरहेका छन् किनभने मैले तिनीहरूलाई अट्टेरी बनाएको छु। तर म फिरऊन र उसको घोडा तथा रथहरू भन्दा शक्तिशाली छु भन्ने तिमीलाई देखाउने छु।

14:18b.EXO.014.018 तब मिश्रदेशवासीहरू जान्नेछन् कि म परमप्रभु हुँ। जब म फिरऊन, उसका सेना, घोडाहरू तथा रथहरूलाई पराजित पार्नेछु तब त्यहाँका मानिसहरूले मलाई आदर गर्नेछन्।”

14:19b.EXO.014.019 तब परमप्रभुका स्वर्गदूत मानिसहरूका पछि लागे। (परमप्रभुका स्वर्गदूत खास गरी मानिसहरूलाई डोर्याउन तिनीहरूका अघि-अघि थिए।) यसकारण बादलको खामो मानिसहरूको अघिबाट सरेर पछाडिपट्टि गयो।

14:20b.EXO.014.020 यसरी त्यो बादल इस्राएली अनि मिश्रदेशी मानिसहरूको माझमा उभियो। यसले इस्राएलीहरूलाई उज्यालो दियो अनि मिश्रदेशी मानिसहरूलाई अँध्यारो। अँध्यारोले गर्दा फिरऊनका सेनाहरू इस्राएलीहरूको नजिक आउन सकेनन्।

14:21b.EXO.014.021 मोशाले आफ्नो लहुरो लाल समुद्रमाथि उठाए अनि परमप्रभुले पूर्वबाट तेजसित बतास चलाइदिनुभयो। बतास रात भरी नै चलिरह्यो, पूर्वीय बतासले समुद्रलाई सुकाइदियो अनि यसलाई दुइ भाग पारि दियो।

14:22b.EXO.014.022 इस्राएलका मानिसहरू सूखा जमीनमाथि हिंडेर समुद्र पार गरे। तिनीहरूको दाहिने र देब्रेपट्टि समुद्रको पानी पर्खाल झै उभिएको थियो।

14:23b.EXO.014.023 फिरऊनका घोडसैनिक अनि रथहरूले इस्राएलीहरूलाई समुद्र बीचमा खेदे।

14:24b.EXO.014.024 एकाबिहानै परमप्रभुले बादल अनि आगोको खाँबोबाट मिश्रका सेनालाई हेर्नु भयो। अनि उहाँले तिनीहरूलाई आक्रमण गर्नु भयो अनि पराजित पार्नु भयो।

14:25b.EXO.014.025 रथका पाङग्राहरू भासिए अनि रथलाई नियन्त्रणमा राख्न कठिन पर्यो। मिश्रदेशका मानिसहरू जोरले कराए, “हामी यहँबाट भागौं, परमप्रभु हाम्रो विरूद्ध इस्राएलका मानिसहरूको पक्षमा लडाइँ गर्नु हुँदैछ।”

14:26b.EXO.014.026 तब परमप्रभुले मोशालाई भन्नु भयो, “समुद्रमाथि तिम्रो लहुरो उठाऊ जसले गर्दा पानी मिश्रहरूका घोडाहरू र रथहरूमाथि फर्केर जाऊन्।”

14:27b.EXO.014.027 यसकारण बिहान उज्यालो हुनअघि मोशाले आफ्नो लहुरो समुद्रमाथि उठाए अनि समुद्र फेरि पानीले भरियो। मिश्रका मानिसहरू त्यहाँबाट भाग्ने चेष्टा गर्दै थिए तर परमप्रभुले तिनीहरूलाई समुद्रमा डुबाएर मारिदिनु भयो।

14:28b.EXO.014.028 त्यसको पानी पहिलाको स्थानमा फर्कियो अनि रथ र घोडाहरू सबैलाई डुबायो। फिरऊनका सम्पूर्ण सेनाहरू जो इस्राएलीहरूलाई खेद्‌दै आएका थिए डुबेर नष्ट भए। तिनीहरू कोही पनि बाँचेनन्।

14:29b.EXO.014.029 समुद्रको पानी भाग-भाग भएर इस्राएलीहरूको दाहिने र देब्रेपट्टि उभियो र इस्राएलका मानिसहरू सूखा जमीनमा हिंडेर पारि गए।

14:30b.EXO.014.030 यसरी त्यस दिन परमप्रभुले इस्राएलीहरूलाई बचाउनु भयो र ती मानिसहरूले मिश्री मानिसहरू लाल समुद्रको किनारमा देखे।

14:31b.EXO.014.031 इस्राएलका मानिसहरूले परमप्रभुको महाशक्ति थाह पाए जब उहाँले मिश्रका सेनाहरूलाई परास्त गर्नु भयो। यसकारण मानिसहरू परमप्रभुसित डराए। तिनीहरूले फेरि परमप्रभु र उहाँका सेवक मोशामाथि विश्वास गर्नु थाले।

15

15:1b.EXO.015.001 त्यसपछि मोशा अनि इस्राएलीहरूले परमप्रभुको निम्ति यो गीत गाउन थाले। “म परमप्रभुको निम्ति गाउनेछु। उहाँले महान कार्य गर्नु भयो। उहाँले घोडाहरू तथा सवारीहरूलाई समुद्रमा फ्याँकि दिनुभयो।

15:2b.EXO.015.002 परमप्रभु मेरो शक्ति हुनुहुन्छ, उहाँले मलाई बचाउनु हुन्छ। परमप्रभु मेरो परमेश्वर हुनुहुन्छ, अनि म उहाँको स्तुति गर्छु। परमप्रभु मेरो पिता-पुर्खाहरूको परमेश्वर हुनुहुन्छ अनि म उहाँको आदर गर्छु।

15:3b.EXO.015.003 परमप्रभु एउटा योद्धा हुनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो।

15:4b.EXO.015.004 उहाँले फिरऊनका रथहरू र सेनालाई समुद्रमा मिल्काई दिनु भयो। फिरऊनका अत्यन्तै असल सैनिकहरू लाल समुद्रमा डुबे।

15:5b.EXO.015.005 गहिरो पानीले तिनीहरूलाई डुबायो अनि तिनीहरू ढुङ्गा झै गहिराईमा भासिए।

15:6b.EXO.015.006 “तपाईंको दाहिने बाहुली अद्भूत शक्तिशाली छ। हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुको विनाश गर्यो।

15:7b.EXO.015.007 आफ्नो महान महिमामा तपाईंले ती मानिसहरूको नाश गर्नु भयो जसले तपाईंको विरोध गरे। तपाईंको रीसले परालको आगोले झैं तपाईंका शत्रुहरूलाई जलायो।

15:8b.EXO.015.008 तपाईंको नाकबाट निस्केको सासले पानीलाई एक ठाउँमा थुपारी दियो। बगिरहेको पानी पर्खाल झैं उभियो। समुद्रको गहिराइ सतहमा ठोस बनियो।

15:9b.EXO.015.009 “शत्रुले भन्यो, ‘म तिनीहरूलाई खेद्नेछु र समात्नेछु, म तिनीहरूको सम्पूर्ण सम्पति लुट्नेछु। म मेरो तरवार निकाल्नेछु र तिनीहरूलाई पराजित गर्नेछु।’

15:10b.EXO.015.010 तर तपाईंले तिनीहरूमाथि फुकिदिनु भयो अनि तिनीहरू समुद्रमा ढाकिए। तिनीहरू नाप्न नसकिने गहिरो समुद्रमा डुबे।

15:11b.EXO.015.011 “के कतै परमप्रभु जस्तो अन्य देवाताहरू छन्? अँह, तपाईं झै अन्य देवता कतै छैनन्-तपाईं आश्चर्यपूर्ण पवित्र हुनुहुन्छ! तपाईं विष्मय पूर्ण शक्तिशाली हुनुहुन्छ! तपाईं अचम्मको काम गर्नुहुन्छ।

15:12b.EXO.015.012 तपाईं आफ्नो दाहिने बाहुली तेर्साउनु हुन्छ अनि पृथ्वीलाई नाश गर्नु हुन्छ।

15:13b.EXO.015.013 तर आफ्नो दयाद्वारा आफूले बचाएका मानिसहरूलाई तपाईंको दयाले डोर्याउनु हुन्छ। अनि आफ्नो क्षमताले तिनीहरूलाई पवित्र प्रसन्न भूमिमा डोर्याउनु हुन्छ।

15:14b.EXO.015.014 “अरू राष्ट्रहरूले यो कथा सुन्ने छन् र तिनीहरू डराउने छन्। पलिश्तीका मानिसहरू डरले काम्ने छन्।

15:15b.EXO.015.015 एदोमका प्रमुखहरू डरले काम्नेछन्, मोआबका प्रमुखहरू डरले काम्नेछन्। कनानीहरूले तिनीहरूको साहस हराउनेछन्।

15:16b.EXO.015.016 जब मानिसहरूले तपाईंको शक्ति चाल पाउँछन् तिनीहरू भयभीत हुनेछन्। जबसम्म तपाईंका मानिसहरू पार हुँदैनन्, तिनीहरू चट्टान जस्ता हुनेछन्।

15:17b.EXO.015.017 हे परमप्रभु तपाईंले आफ्नो मानिसहरूलाई आफ्नो पर्वतमा डोर्याउनु हुनेछ। तपाईंले बसोबासो गर्न बनाएको सिंहासनको नजिकमा तपाईंले तिनीहरूलाई बस्न दिनु हुनेछ।

15:18b.EXO.015.018 परमप्रभुले सदा-सर्वदाको निम्ति शासन गर्नुहुनेछ।”

15:19b.EXO.015.019 हो, साँच्चै नै यस्तै भयो। फिरऊनका घोडाहरू, घोडसवार र रथहरू सबै समुद्रमा डुबे। अनि परमेश्वरले तिनीहरूमाथि समुद्रको सबै पानी ल्याउनुभयो। इस्राएलीहरू समुद्रको माझबाट सूखा भूमिमा हिंडे।

15:20b.EXO.015.020 त्यसपछि हारूनकी दिदी महिला अगमवादिनी मरियमले खैंजडी समातिन मरियम र अरू स्त्रीहरू गाउन र नाच्न थाले। मरियमले यी शब्दहरू दोहर्याइन।

15:21b.EXO.015.021 “परमप्रभुप्रति गीत गाऊ, उहाँले महान कार्य गर्नु भएको छ, उहाँले घोडाहरू र सवारहरूलाई समुद्रमा फ्याँकिदिनु भयो।”

15:22b.EXO.015.022 मोशाले इस्राएलीहरूलाई लाल समुद्रदेखि शूरको मरूभूमितिर डोर्याउने गरे। तिनीहरू मरूभूमिमा तीन दिनसम्म यात्रा गरे। तिनीहरूले पिउने पानी कतै भेटेनन्।

15:23b.EXO.015.023 तीन दिनपछि ती मानिसहरू मारामा आइपुगे। मारामा पानी त थियो तर पिउँन नसकिने तीतो थियो। (यसकारण मानिसहरूले त्यस ठाउँको नाउँ मारा राखे।)

15:24b.EXO.015.024 मानिसहरू मोशासित गुनासो पोख्न थाले। मानिसहरूले भने, “अब हामीहरूले के पिउने छौं?”

15:25b.EXO.015.025 मोशाले परमप्रभुलाई पुकार गरे। यसर्थ परमप्रभुले तिनलाई एउटा रूख देखाउनु भयो। मोशाले त्यस रूखलाई पानीमा डुबाए अनि पानी पिउने लायकको भयो। त्यस ठाउँमा परमप्रभुले मानिसहरूको परीक्षा लिनु भयो अनि तिनीहरूका निम्ति उहाँले नियम बनाइ दिनु भयो। परमप्रभुले ती मानिसहरूमा विश्वासको पनि परीक्षा गर्नुभयो।

15:26b.EXO.015.026 परमप्रभुले भन्नु भयो, “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गर्नु पर्छ। उहाँले भन्नु भएको आज्ञाहरू तिमीहरूले मान्नै पर्छ। यदि तिमीहरूले उहाँका आज्ञाहरू पालन गर्यौ र नियमहरू मान्यौ भने मिश्रवासीहरू जस्तै तिमीहरू रोगी हुने छैनौ म परमप्रभु हुँ। म एक जना हुँ जसले तिमीहरूलाई स्वस्थ राख्छ।”

15:27b.EXO.015.027 तब मानिसहरू एलीमतिर लागे। एलीममा बाह्रवटा जलस्रोत र सत्तरीवटा खजूरको रूखहरू थिए। यसर्थ मानिसहरूले त्यस पानीको नजिक आफ्नो छाउनी बनाए।

16

16:1b.EXO.016.001 त्यसपछि ती मानिसहरूले एलीमबाट यात्रा शुरू गरेर एलीम र सीन बीचको सीनै मरूभूमिमा आइपुगे। तिनीहरू त्यस स्थानमा मिश्र देश छोडेको दोस्रो महीनाको पन्ध्रौं दिनमा आइपुगे।

16:2b.EXO.016.002 इस्राएलका मानिसहरू फेरि गुनासो गर्न थाले। मानिसहरूले मरूभूमिमा मोशा र हारूनको विरूद्ध गुनासो गरे।

16:3b.EXO.016.003 मानिसहरूले भने, “यदि परमप्रभुले हामीलाई मिश्र देशमा नै मर्न दिनु भएको भए राम्रो हुने थियो त्यहाँ हामीलाई खानलाई प्रशस्त अन्न थियो। जे होस त्यहाँ हाम्रो निम्ति हामीले मागेको प्रशस्त खाने कुरो थियो। हामीलाई आवश्यक परेका सबै खाध्यहरू थिए तर अहिले तिमीहरूले हामीहरूलाई यहाँ मरूभूमिमा ल्यायौ अब हामी भोकैले मर्ने भयौं।”

16:4b.EXO.016.004 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीहरूको निम्ति खाध्य आकाशबाट झारी दिन्छु। त्यो खाध्य तिमीहरूको निम्ति हुनेछ अनि प्रत्येक दिन मानिसहरू बाहिर जान्छन् र आफूलाई चाहिएको खाध्य बटुलेर ल्याउँछन्। मैले मानिसहरूलाई भनेको कुरो गर्छन् अथवा गर्दैनन् त्यो बुझ्नको निम्ति म त्यसो गर्छु।

16:5b.EXO.016.005 छैटौं दिनमा जब मानिसहरूले तिनीहरूको भोजन तयार गर्छन, तिनीहरूले दुई दिनको निम्ति प्रशस्त पुग्ने भोजन तयार गर्नु पर्छ।”

16:6b.EXO.016.006 तब मोशा र हारूनले सारा इस्राएलीहरूलाई भने, “साँझ सम्ममा तिमीहरूले जान्ने छौ परमप्रभुले नै तिमीहरूलाई मिश्र बाहिर ल्याउनु भएको हो।

16:7b.EXO.016.007 तिमीहरूले परमप्रभुलाई गुनासो पोख्यौ अनि उहाँले त्यो गुनासो सुन्नु भयो। यसकारण भोलि बिहान तिमीहरूले उहाँको महिमा थाह पाउनेछौ। तिमीहरू हामीहरूसंग गन-गन गरिरहन्छौ र हुन सक्छ अब हामीले केही आराम पाउँने छौं।”

16:8b.EXO.016.008 अनि मोशाले भने, “तिमीहरूले गन-गन गरिरहेका छौ र परमप्रभुले पनि तिमीहरूको गुनासो सुन्नु भएको छ। यसर्थ आज राती परमप्रभुले तिमीहरूलाई मासु दिनुहुन्छ अनि बिहान तिमीहरूको आवश्यकता अनुसार रोटी दिनु हुनेछ। तिमीहरूले हारून, र मलाई गन-गन गरिरहेका छौ। हुनु सक्छ अब हामीले केही आराम पाउने छौं। यति बुझ तिमीहरू हारून, र मेरो विरूद्धमा होईन तर परमप्रभुको विरूद्धमा गन-गन गरिरहेका छौ।”

16:9b.EXO.016.009 तब मोशाले हारूनलाई भने, “इस्राएली मानिसहरूसंग कुरा गर अनि तिनीहरूलाई भन, ‘परमप्रभुकहाँ संगै आऊ किनभने उहाँले तिमीहरूको गुनासो सुन्नु भएकोछ।”‘

16:10b.EXO.016.010 हारून इस्राएलका मनिसहरूसंग बोले। तिनीहरू सबै एक ठाउँमा भेला भएका थिए। जब हारून कुरा गरिरहेका थिए मानिसहरू फर्के र मरूभूमिमा हेरे। अनि तिनीहरूले परमप्रभुको महिमा बादलमा प्रकट भएको देखे।”‘

16:11b.EXO.016.011 परमप्रभुले मोशालाई भन्नुभयो,

16:12b.EXO.016.012 “मैले इस्राएलीहरूको गुनासो सुनेको छु। यसर्थ तिनीहरूलाई भन, ‘तिनीहरूले आज रातीमासु खानेछन् र बिहान रोटी खानेछन्। तब तिमीहरूले जान्नेछौ म नै परमप्रभु तिमीहरूको परमेश्वर हुँ।”‘

16:13b.EXO.016.013 त्यस रात बट्टाई चराहरू छाउनी वरिपरि आए। बिहान त्यहाँतिर सबै छाउनी वरिपरि शीत पारेको थियो।

16:14b.EXO.016.014 जब शीत सुक्यो भुइँमा पातलो तुसारोको पलाक जस्तो थियो।

16:15b.EXO.016.015 इस्राएलीहरूले यी सबै देखेर एक अर्कामा सोधे, “यो के हो?” तिनीहरूले सोधे किनभने तिनीहरूलाई थाहा थिएन यो के थियो। तब मोशाले तिनीहरूलाई भने, “यो परमप्रभुले तिमीहरूलाई दिनु भएको भोजन हो!

16:16b.EXO.016.016 परमप्रभु भन्नु हुन्छ, ‘प्रत्येक मानिसले उसलाई आवश्यक परे जत्ति भोजन जम्मा गर्नु पर्छ, तिमीहरू प्रत्येकले परिवारको एक मानिसको निम्ति एक-एक ओमेर खाध्य जम्मा गर्नु पर्छ।”‘

16:17b.EXO.016.017 तब इस्राएली मानिसहरूले यसै गरे। प्रत्येक मानिसले खाध्य बटुले अनि कतिपय मानिसहरूले अरूले भन्दा वेशी खाध्य कुरा बटुले।

16:18b.EXO.016.018 खाध्य ओजन गर्दा प्रत्येकले वेशी बटुल्ने को थियो पाइयो। तर त्यहाँ प्रशस्त चाहिं थिएन। तिमीहरूमध्ये प्रत्येकले आफू र आफ्नो पारिवारलाई खानु पुग्नें भन्दा बढी बटुलेको थिएन।

16:19b.EXO.016.019 मोशाले तिनीहरूलाई भने, “अर्को दिनको निम्ति खाध्य नजोगाऊ।”

16:20b.EXO.016.020 तर केही मानिसहरूले मोशाको कुरा सुनेन्। ती मानिसहरूले भोलिपल्टको निम्ति पनि खाध्य जोगाए तर खानामा किरा पर्यो र गनाउन थाल्यो। यसकारण त्यसो गर्ने मानिसहरूसंग रिसाए।

16:21b.EXO.016.021 प्रत्येक दिन बिहान मानिसहरूले आफूलाई चाहिए जति भोजन बटुले। तर जब दिन तातिन्थ्यो हराउँथ्यो।

16:22b.EXO.016.022 छैटौं दिनचाहिं मानिसहरूले दुइ गुणा बढी ओमेर खाध्य बटुले तिनीहरूले प्रत्येकका लागि दुई डाला बटुले। यसर्थ अगुवाहरू आए र मोशालाई यो सबै बताए।

16:23b.EXO.016.023 मोशाले तिनीहरूलाई भने, “परमप्रभुले भन्नु भएको जस्तै नै भयो। यसो भयो कारण भोलि परमप्रभुको सम्मानमा मनाइने विश्रामको दिन हो। तिमीहरूलाई जति आवश्यक पर्छ आज त्यति खाध्य पकाउन सक्छौ तर भोलि बिहानको निम्ति यस खाध्यको रहल राख।”

16:24b.EXO.016.024 तब मोशाले भने झैं मानिसहरूले अर्को दिनका निम्ति खाध्य बँचाएर राखे तर त्यो खाध्यमा बिग्रिएन, कुनैमा किरा परेन।

16:25b.EXO.016.025 शनिवारको दिन मोशाले मानिसहरूलाई भने, “आज परमप्रभुलाई सम्मान गर्ने विशेष विश्रामको दिन हो। यसर्थ तिमीहरू कोही पनि बाहिर मैदानमा जाने छैनौ र हिजो बचाएको भोजन खाने छौ।

16:26b.EXO.016.026 तिमीहरूले हप्तामा छः दिनको निम्ति खाध्य बटुल्नु पर्छ अनि सातौं दिन विश्रामको दिन हो यसकरण भूईंमा केही कुनै विशेष खाद्य हुनेछैन।”

16:27b.EXO.016.027 केही मानिसहरू सातौं दिनमा पनि खाद्य बटुल्नु गए तर तिनीहरूले केही पनि पाएनन्।

16:28b.EXO.016.028 तब परमप्रभुले मोशालाई भन्नु भयो, “कहिलेसम्म तिम्रा मानिसहरूले मेरो आज्ञाहरू र उपदेशहरू अस्वीकार गर्छन्?”

16:29b.EXO.016.029 हेर, परमप्रभुले तिम्रालागि शनिवारलाई एउटा विश्रामको दिन बनाउनु भयो। अनि छैटौं दिनमा परमप्रभुले तिमीहरूलाई दुइ दिनको निम्ति प्रशस्त खाद्य दिनु हुन्छ। सातौंदिनमा तिमीहरू प्रत्येकले विश्राम लेऊ। तिमीहरू जहाँ छौ त्यहीं बस।”

16:30b.EXO.016.030 यसर्थ मानिसहरूले सातौं दिनमा विश्राम गरे।

16:31b.EXO.016.031 इस्राएलीहरूले त्यस विशेष भोजनलाई “मन्न “भन्न थाले। मन्न मसिनो धनियाँको बिऊ जस्तो सेतो थियो अनि खाँदा मह मिसाएर बनाएको पात्लो रोटी जस्तै स्वादिलो थियो।

16:32b.EXO.016.032 मोशाले भने, “परमप्रभुले भन्नु भयो, ‘तिमीहरूका सन्तानको निम्ति एक ओमेर खाद्य जोगाएर राख। मैले तिमीहरूलाई मिश्रबाट लिएर आउँदा मरूभूमिमा दिएको खाद्य भनी तिनीहरूले हेर्न सक्छन्।”‘

16:33b.EXO.016.033 अनि मोशाले हारूनलाई भने, “एउटा भाँडो ल्याऊ र त्यसमा एक ओमेर मन्न भरेर परमप्रभुकोअधि राख। आफ्नो सन्तानको निम्ति जोगाऊ।”

16:34b.EXO.016.034 परमप्रभुले मोशालाई आज्ञा गरे जस्तै नै हारूनले गरे। हारूनले मन्नको भाँडा लगे अनि करार सामुने राखे।

16:35b.EXO.016.035 इस्राएलीहरू 40 वर्षसम्म मन्न खाँदै बसे। तिनीहरूले तबसम्म मन्न खाए जबसम्म तिनीहरू जुन भूमिमा बस्नु थियो त्यहाँ आई पुगेनन्। तिनीहरूले कनान प्रदेश नजिकै नपुगुञ्जेल मन्न खाए।

16:36b.EXO.016.036 (प्रायः एक ओमेर अर्थात एपको दशौं भागको भाडोद्वारा तिनीहरूले मन्न जोखे।)

17

17:1b.EXO.017.001 सीनैको मरूभूमिबाट सबै इस्राएली दलसंगै यात्रा गरे। परमप्रभुको आज्ञा अनुसार तिनीहरू एक ठाउँदेखि अर्को ठाउँ यात्रा गरे। जब तिनीहरू रपीदीम पुगे त्यही छाउनी बनाए। त्यस ठाउँमा मानिसहरूको निम्ति पिउने पानी थिएन।

17:2b.EXO.017.002 यसर्थ तिनीहरू मोशाको विरोधमा कुरा गर्न लागे अनि तिनीहरूले भने, “हामीलाई पिउने पानी देऊ।” मोशाले तिनीहरूलाई भने, “तिमीहरू किन मसित बहस गर्छौ? किन परमप्रभुको परीक्षा लिन्छौ?”

17:3b.EXO.017.003 तर मानिसहरू पानीको निम्ति साह्रै तिर्खाएका थिए, यसर्थ तिनीहरूले लगातर मोशा विरूद्ध गन-गन गरिरहे। मानिसहरूले भने, “किन तिमीले हामीलाई मिश्र देशबाट बाहिरा ल्यायौ? के तिमीले हामी हाम्रा बाल-बच्चा तथा गाई-वतुहरू सबै पानी बिना मरून भनी लिएर आएका हौ?”

17:4b.EXO.017.004 अनि मोशाले परमप्रभुलाई विन्ती गरे, “म यी मानिसहरूसित के गर्न सक्छु? तिनीहरू मलाई मार्न तैयार छन्।”

17:5b.EXO.017.005 परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएली मानिसहरूअघि जाऊ र तिनीहरूबाट केही बूढाप्रधानहरूलाई तिमीसंगै लैजाऊ। र आफ्नो लहुरो पनि ल्याऊ। त्यो लहुरो त्यही हो जुन तिमीले नील नदीमा हिर्काउनमा प्रयोग गरेका थियौ।

17:6b.EXO.017.006 म तिमीहरूको अघि होरेबमा सिनै पर्वतको चट्टानमाथि म हुनेछु। त्यो लहुरोले चट्टानलाई हिर्काउ अनि त्यो चट्टानबाट पानी निस्कनेछ, तब मानिसहरूले त्यो पानी पिउन सक्छन्।” मोशाले त्यही गरे जुन इस्राएलका बूढा-प्रधानहरूले त्यो देखे।

17:7b.EXO.017.007 मोशाले त्यस ठाउँको नाउँ मरीबा र मस्सा राखे किनभने यो त्यही ठाउँ हो जहाँ इस्राएली मानिसहरूले उनको विरोद्धमा गए अनि परमप्रभुको परीक्षा लिएका थिए। मानिसहरू जान्न चाहन्थे, परमप्रभु तिनीहरूसित हुनुहुन्छ अथवा हुन्न।

17:8b.EXO.017.008 रपीदीममा अमालेकी मानिसहरू आए अनि इस्राएली मानिसहरूसित लडाइँ गरे।

17:9b.EXO.017.009 यसर्थ मोशाले यहोशूलाई भने, “केही मानिसहरूलाई छान र भोलि अमालेकीहरूसित युद्ध गर्न जाऊ। म पर्वतमाथि बसेर तिमीलाई हेर्नेछु। म त्यहाँ परमेश्वरको लहुरो पक्वी रहनेछु।”

17:10b.EXO.017.010 यहोशूले मोशाको आज्ञा पालन गरे। अर्को दिन उनी अमालेकीहरूसित युद्ध गर्न गए। त्यही समय मोशा, हारून र हूर पर्वतको टाकुरामा गए।

17:11b.EXO.017.011 केही समयमा जब मोशाले आफ्नो हात हावामामाथि उठाउँथे इस्राएलीहरूले युद्धमा जित्थे तर जब मोशा आफ्नो हात तल झार्थे अमालेकीहरूले जित्नु शुरू गर्थे।

17:12b.EXO.017.012 केही समय पछि मोशाका पाखुरा थाके। मोशासित भएका मानिसहरूले बस्नको निम्ति एउटा ढुङ्गा ल्याए अनि हारून र हूरले मोशाको हात उठाएर राखे। मोशाको एकापट्टि हारून र अर्कोपट्टि हूर थिए। तिनीहरूले मोशाको हातहरू घाम नअस्ताउञ्जेलसम्म माथि उठाई राखे।

17:13b.EXO.017.013 यसरी यहोशू र उसका मानिसहरूले अमालेकीहरूलाई यस युद्धमा परास्त गरे।

17:14b.EXO.017.014 तब परमप्रभुले मोशालाई भन्नु भयो, “यस युद्ध बारे एउटा पुस्तकमा लेख अनि यहोशूलाई भन म अमालेकीहरूलाई सम्पूर्ण रूपले ध्वंश गरिदिनेछु।”

17:15b.EXO.017.015 तब मोशाले त्यहाँ एउटा वेदी बनाए। उनले यसको नाउँ दिए, “परमप्रभु मेरो झण्डा हो।”

17:16b.EXO.017.016 मोशाले भने, “मैले परमप्रभुको सिंहासनतिर हात बढाएको थिएँ। यसकारण परमप्रभुले अमालेकीहरूको विरोधमा लडाइँ गर्नु भयो उहाँ यो सधैं गर्नु हुन्छ।”

18

18:1b.EXO.018.001 मोशाका ससूरा यित्रो मिद्यानका पूजाहारी थिए। यित्रोले इस्राएली मानिसहरूलाई परमेश्वरले धैरे प्रकारले सघाएको सुन्नुभयो यित्रोले इस्राएली मानिसहरूलाई परमप्रभुले मिश्रबाट बाहिर ल्याएको कुरा पनि सुने।

18:2b.EXO.018.002 यसर्थ यित्रो मोशा कहाँ गए, यित्रोले मोशाकी पत्नी सिप्पोराहलाई पनि संगै ल्याए (मोशाले सिप्पोरालाई तिनको घरमा पठाएका थिए) किनभने मोशाले उसलाई घर पठाएका थिए।

18:3b.EXO.018.003 यित्रोले मोशाका दुइ छोराहरूलाई पनि संगै ल्याए। जेठो छोरोको नाउँ गेर्शोम थियो कारण जति बेला छोरो जन्मेको थियो, मोशाले भने, “म परदेशमा प्रवासी भइ रहें।”

18:4b.EXO.018.004 अर्को छोरोको नाउँ एलीएजेर राखियो, किनभने जब ऊ जन्मियो तब मोशाले भने, “मेरो पिता-पुर्खाहरू परमेश्वरले मलाई सहायता गर्नु भयो अनि फिरऊनको तरवारबाट मलाई बचाउनु भयो।”

18:5b.EXO.018.005 यित्रो मोशा कहाँ गए जब मोशाले परमेश्वरको पर्वतमाथि मरूभूमिमा छाउनी बनाएका थिए। यित्रोसित मोशाकी पत्नी र दुइजना छोराहरू थिए।

18:6b.EXO.018.006 यित्रोले मोशाकहाँ समाचार पठाए। यित्रोले भने, “म तिम्रा ससूरा यित्रो हुँ। म तिमी कहाँ तिम्री पत्नी र दुवै छोराहरूलाई लिएर आउँदैछु।”

18:7b.EXO.018.007 यसकारण मोशा आफ्नो ससुरालाई भेट्न गए। मोशा उसकोअघि निहुरिए अनि उसलाई चुम्बन गरे। तिनीहरूले एका-अर्काको स्वस्थको बारेमा सोधपूछ गरे। तिनीहरू मोशाको पालमा गए।

18:8b.EXO.018.008 मोशाले यित्रोलाई प्रत्येक कुरा भने जे परमप्रभुले इस्राएलीहरूको निम्ति फिरऊन र मिश्रलाई गर्नु भएको थियो। मोशाले यित्रोलाई तिनीहरूले यात्रा गर्दा सामना गर्नु परेको स्थितिहरू पनि बताए। परमप्रभुले इस्राएलीहरूलाई सकंट घडीमा कसरी बचाउनु भयो त्यो पनि मोशाले आफ्नो ससुरालाई बताए।

18:9b.EXO.018.009 परमप्रभुले इस्राएलका मानिसहरूका निम्ति गर्नु भएका असल कुराहरू सुनेर यित्रो खुशी भए। मिश्र देशीहरूबाट इस्राएलका मानिसहरूलाई परमप्रभुले मुक्त गर्नु भएकोलागि यित्रो आनन्दित थिए।

18:10b.EXO.018.010 यित्रोले भने, “परमप्रभुको स्तुति होस। उहाँले तिमीहरूलाई मिश्रका मानिसहरूबाट स्वतन्त्र गराउनु भयो। परमप्रभुले तिमीहरूलाई फिरऊनबाट बचाउनु भयो।

18:11b.EXO.018.011 अब म जान्दछु परमप्रभु सबै देवताहरूभन्दा महान हुनुहुन्छ। तिनीहरूले सोचे तिनीहरू नियन्त्रणमा थिए तर परमप्रभुले के गर्नु भयो।”

18:12b.EXO.018.012 तब यित्रोले परमेश्वरलाई बलिहरू र भेटी चढाए। तब हारून र इस्राएलका सबै बूढा-प्रधानहरू मोशाका ससूरा यित्रोसित परमेश्वरसंगै भोजन गरे।

18:13b.EXO.018.013 अर्को दिन मोशाको मानिसहरूको न्याय गर्ने काम थियो। मानिसहरू दिनभरी नै मोशाकहाँ आए।

18:14b.EXO.018.014 मोशाले मानिसहरूको न्याय गरेको यित्रोले देखे। उनले सोधे, “यो तिमी एक्लै किन गरिरहेका छौ? तिमी एक्लै न्यायधीश छौ? अनि किन दिनभरी मानिसहरू तिमीकहाँ आइरहन्छन्?”

18:15b.EXO.018.015 तब मोशाले आफ्नो ससुरालाई भने, “मानिसहरू मकहाँ तिनीहरूका समस्याहरूप्रति परमेश्वरको निर्णय के छ त्यो सोध्न आउँछन्।

18:16b.EXO.018.016 यदि तिनीहरूसित भन्ने कुरो छ भने तिनीहरू मकहाँ आउँछन्। कुन मानिस सही छ म निर्णय गर्छु। यसरी म मानिसहरूलाई परमेश्वरले बताउनु भएको नियम र शिक्षाहरू सिकाउँछु।”

18:17b.EXO.018.017 तर मोशाका ससूराले उसलाई भने, “यस्तो कार्य गर्ने यो सही तरीका होइन।

18:18b.EXO.018.018 एक्लो मानिसको निम्ति यो वेशी काम हो। तिमी एक्लै यी सबै कार्यहरू गर्न सक्तैनौ, तिमी थाक्छौ अनि मानिसहरू पनि थाक्छन्।

18:19b.EXO.018.019 अब मेरो कुरा सुन। मलाई केही सल्लाह दिनु देऊ, अनि म प्रार्थना गर्छु परमेश्वर तिमीसंग हुनु हुनेछ। तिमीले मानिसहरूका निम्ति परमेश्वरको अघि बोल्नु पर्छ, अनि मानिसहरूका मुद्दाहरू सुन्नु पर्छ।

18:20b.EXO.018.020 तिमीले परमेश्वरका नियम र विधि विधानहरू मानिसहरूलाई सिकाउनु पर्छ। नियमहरू नभत्काउने चेताउनी देऊ। मानिसहरू कसरी बाँच्नु पर्छ सिकाऊ। तिनीहरूले के गर्नु पर्छ बताऊ।

18:21b.EXO.018.021 तर तिमीले ती मानिसहरू मध्ये कोही मानिसहरू न्यायधीश र अगुवाहरू हुने पनि रोज्नु पर्छ। “जसमाथि भरोसा गर्न सक्छौ त्यस्ता असल मानिसहरूलाई छान जो परमेश्वरको सम्मान मान्छन्। यस्ता मानिसहरूलाई रोज जो पैसामा आफ्नो निर्णय परिवर्त्तन गर्दैनन्। अनि यी मानिसहरूलाई मानिसहरूमाथि शासकहरू नियुक्त गर। एक हजार, एक सय, पचास अनि दश मानिसहरूका समूहहरूका शासकहरू हुनु पर्छ।

18:22b.EXO.018.022 यी अगुवाहरूले मानिसहरूलाई न्याय गरून्। यदि कतै महत्वपूर्ण मामला रहे ती शासकहरू तिमीकहाँ आउन सक्छन्। तर अन्य मामलामा तिनीहरूले नै न्याय दिऊन्। यसरी तिम्रो कार्य भारहरू हल्का हुन्छ।

18:23b.EXO.018.023 यदि तिमीले यी कार्यहरू परमप्रभुको इच्छामा गर्छौ भने तिमी आफ्नो कार्य गर्नमा सफल हुनेछौ। अनि त्यही समयमा मानिसहरू आफ्नो समस्याहरू समाधान भएपछि घर जानु सक्छन्।”

18:24b.EXO.018.024 यसकारण मोशाले आफ्नो ससुराले भने जस्तै गरे।

18:25b.EXO.018.025 उनले इस्राएलीहरूबाट योग्य मानिसहरू छाने। उनले तिनीहरूलाई अरू मानिसहरूमाझ नायक बनाए। उनले मानिसहरूलाई हजार, एक सय, पचास अनि दसको समूहको शासक बनाए।

18:26b.EXO.018.026 यी अगुवाहरूका लागि मानिसहरूको न्यायधीश थिए। मानिसहरू यी अगुवाहरू कहाँ सधैं आफ्नो कुराहरू लिएर आउँथे।

18:27b.EXO.018.027 केही समय पछि मोशाले आफ्नो ससूरा यित्रोलाई विदा दिए र यित्रो फर्केर आफ्नो घर गए।

19

19:1b.EXO.019.001 इस्राएलीहरू मिश्र छोडेर बसाइँ सर्दा तेस्रो महिनामा सीनै मरूभूमिमा पुगे।

19:2b.EXO.019.002 तिनीहरू रपीदीमबाट सीनै मरूभूमिमासम्म यात्रा गए र तिनीहरूले आफ्नो छाउनी होरेब पर्वतको नजिकै मरूभूमिमा बनाए।

19:3b.EXO.019.003 तब मोशा परमेश्वरसित भेट गर्न पर्वतमा चढे। परमप्रभुले मोशासित कुरा गर्नु भयो अनि तिनलाई भन्नु भयो, “यी कुराहरू याकूबको ठूलो परिवारलाई भन,

19:4b.EXO.019.004 ‘तिमीहरुले देख्यौ मैले तिमीहरूलाई मिश्रबाट चील झैं ल्याएँ।

19:5b.EXO.019.005 यसकारण म अहिले तिमीहरूलाई मेरा आज्ञा पालन गर अनि मेरो करार अनुशरण गर भन्छु। यदि तिमीहरूले यसो गर्यौ भने तिमीहरू मेरो आफ्नै मानिसहरू हुनेछौ। सम्पूर्ण संसार मेरो हो।

19:6b.EXO.019.006 तिमीहरू मेरो लागि पूजाहारीहरूको एउटा विशेष राष्ट्र हनेछौ। मोशा मैले तिमीलाई भनेका कुरा कुराहरू इस्राएली मानिसहरूलाई अवश्यै भन्नुपर्छ।”

19:7b.EXO.019.007 मोशा पर्वतबाट तल आए अनि मानिसका अगुवाहरूलाई बोलाए। मोशाले सबै कुरा तिनीहरूलाई भने जुन परमप्रभुले उनलाई आज्ञा दिनुभएको थियो।

19:8b.EXO.019.008 सबै मानिसहरू राजी हुँदै भने, “परमप्रभुले जे भन्नु हुन्छ हामी गर्ने छौं।” त्यसपछि मोशा फर्केर परमेश्वरकहाँ पर्वतमाथि गए अनि मानिसहरूले भनेका कुरा मोशाले परमप्रभुलाई भने।

19:9b.EXO.019.009 तब परमप्रभुले मोशालाई भन्नु भयो, “म तिमीकहाँ बाक्लो बादलको रूपमा आउनेंछु। म तिमीसित बोल्नेछु। मैले तिमीसंग कुरा गरेको सबैले सुन्ने छन्। म यसो गर्नेछु जसले गर्दा ती मानिसहरूले तिमीले भनेको कुरा सधैं विश्वास गर्नेछन्।”त्यसपछि मानिसहरूले भनेका सबै कुराहरू मोशाले परमेश्वरलाई भने।

19:10b.EXO.019.010 अनि परमप्रभुले मोशालाई भन्नु भयो, “आज र भोलि तिमीले मानिसहरूलाई एक विशेष सभाको निम्ति तयारी राख्नु पर्छ। मानिसहरूले आफ्नो लुगाहरू धुनुपर्छ।

19:11b.EXO.019.011 अनि तेस्रो दिन मेरो निम्ति तयार होऊ। तेस्रो दिन परमप्रभु सीनै पर्वतमा आउनु हुनेछ अनि सबै मानिसहरूले मलाई देख्नेछन्।

19:14b.EXO.019.014 यसर्थ मोशा पर्वतबाट तल झरे अनि मानिसहरू भएको ठाउँमा गए। तिनले मानिसहरूलाई विशेष सभाको निम्ति तयार पारे अनि तिनीहरूले आ-आफ्नो लुगा धोए।

19:15b.EXO.019.015 तब मोशाले मानिसहरूलाई भने, “तीन दिनपछि परमेश्वरसित हुने सभाको निम्ति तयार बस। त्यस समयसम्म पुरूषहरूले स्त्रीहरूलाई छुनु हुँदैन।”

19:16b.EXO.019.016 तेस्रो दिन बिहान बाक्लो बादल पर्वतमा झर्यो। त्यहाँ बिजुलीको चमक देखियो आकाशको गर्जनको साथै तुरहीको एकदमै चर्को आवाज सुनियो। छाउनीमा भएका मानिसहरू डराए।

19:17b.EXO.019.017 तब मोशाले मानिसहरूलाई परमेश्वरसंग भेट् गर्न अगुवाई गरे। तिनीहरू पर्वतको फेदिमा नै उभिए।

19:18b.EXO.019.018 सीनै पर्वत धुवाँले ढाकिएको थियो। पर्वतमाथि निस्केको धुवाँ भट्टीदेखि निस्केको जस्तै थियो। यस्तो भयो किनभने परमप्रभु पर्वतमा आगोमा आउनु भयो। सम्पूर्ण पर्वत पनि जोरसित हल्लियो।

19:19b.EXO.019.019 तुरहीको आवाज झन्-झन् चर्को हुदै गयो। प्रत्येक पल्ट मोशाले परमेश्वरसित बोले परमेश्वरले उसलाई गर्जन जस्तो आवाजमा उत्तर दिनु भयो।

19:20b.EXO.019.020 अनि परमप्रभु सीनै पर्वतमा ओर्लिनु भयो। परमप्रभु स्वर्गबाट पर्वतको टाकुरामा आउनु भयो। तब उहाँले मोशालाई पर्वतको टाकुरामाथि बोलाउनु भयो अनि मोशा पर्वतमाथि गए।

19:21b.EXO.019.021 परमप्रभुले मोशालाई भन्नु भयो, “तल झर अनि मानिसहरूलाई मेरो नजिक नआउन र मलाई नहेर्ने चेताउनी देऊ। यदि तिनीहरूले त्यसो गरे धेरै जना मर्नेछन्।

19:22b.EXO.019.022 पूजाहारीहरूलाई यो पनि भन जो परमप्रभुको सामुन्ने आउँछन् तिनीहरूले आफैंलाई पवित्र बनाउनु पर्छ। तिनीहरूले त्यसो गर्दैनन् भने तब म तिनीहरूलाई दण्ड दिनेछु।”

19:23b.EXO.019.023 मोशाले परमप्रभुलाई भने, “तर मानिसहरू सीनै पर्वतमाथि आउन सक्तैनन्। तपाईं आफैले हामीलाई पवित्र भूमिमा धर्का कोर्नु अनि मानिसहरूलाई नाध्न नदिनु भननु भयो।”

19:24b.EXO.019.024 परमप्रभुले उसलाई भन्नु भयो, “मानिसहरू कहाँ जाऊ, हारूनलाई भेट अनि आफूसंगै मकहाँ लिएर आऊ, तर पूजाहारी र मानिसहरूलाई मेरो नजिक आउन नदेऊ। यदि तिनीहरू नजिक आए म तिनीहरूलाई दण्ड दिनसक्छु।”

19:25b.EXO.019.025 यसर्थ मोशा तल मानिसहरू भएकहाँ गए र तिनीहरूलाई यी सब कुराहरू बताए।

20

20:1b.EXO.020.001 तब परमप्रभुले भन्नुभयो,

20:2b.EXO.020.002 “म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ जहाँ तिमीहरू कमारा-कमारीहरू थियौ।

20:3b.EXO.020.003 “तिमीहरूले मबाहेक अरू कुनै देवता पूज्नु हुँदैन।

20:4b.EXO.020.004 “तिमीहरूले कुनै मूर्ति बनाउनु हुँदैन। कुनै प्रकारको मूर्ति अथवा नक्सा नबनाऊ जो आकाशमा अथवा तल पृथ्वीमाथि, पृथ्वी मुनि पानीमा छ।

20:5b.EXO.020.005 कुनै पनि प्रकारको मूर्ति त्यस्तो प्रतिरूपको पूजा नगर र त्यसको अगाडी ननिहुर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म मेरा मानिसहरूले अरू देवताहरूको पूजा गरेको घृणा गर्छु। यदि कसैले मलाई घृणा गर्छ भने, तिनीहरूका सन्तानहरू, नाती-नातिनाहरूलाई म तिनीहरूको अपराधका निम्ति जिम्मेवार ठह्राउनेछु।

20:6b.EXO.020.006 तर म हजारौं पुस्तासम्म ती सन्तानहरूसित दयालु हनेछु जसले मलाई प्रेम गर्छ र मेरो आज्ञाहरू पालन गर्छ।

20:7b.EXO.020.007 “तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरको नाउँ दुरूपयोग गर्नु हुँदैन। जसले परमप्रभुको नाउँको दुरूपयोग गर्छन् तिनीहरूलाई बाँच्न दिनु हुँदैन।

20:8b.EXO.020.008 “विश्राम दिनलाई एक विशेष दिन भनी मान्नु पर्छ भनी सधैं ध्यानमा राख।

20:9b.EXO.020.009 हप्तामा छ दिन आफ्नो काम गर।

20:10b.EXO.020.010 “तर सातौं दिन परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विश्रामको दिन हो। यसर्थ त्यो दिन कसैले पनि काम गर्नु हुँदैन तिमीहरूका कमारा-कमारीहरू, छोरा-छोरीहरू अनि तिमीहरूका पशुहरू तथा तिमीहरूका शहरहरूमा भएका विदेशीहरूले पनि काम गर्नु हुँदैन।

20:11b.EXO.020.011 किन? किनभने परमप्रभुले छ दिनमा आकाश, पृथ्वी, समुद्र अनि तिनीहरूमा भएका प्रत्येक चीज सृष्टि गर्नु लगाउनु भयो अनि सातौं दिनमा उहाँले विश्राम लिनु भयो। यस प्रकारले विश्राम दिनलाई परमप्रभुले आशीर्वाद दिनु भयो। त्यस दिनलाई परमप्रभुले विशेष दिन बनाउनु भयो।

20:12b.EXO.020.012 तिमीहरूले आफ्नो आमा-बाबुलाई आदर गर्न पर्छ। यसो गर्यौ भने तिमीहरू परमप्रभु तिमीहरूको परमेश्वरद्वारा दिइने भूमिमा धेरै समयसम्म बाँच्न सक्नेछौ।

20:13b.EXO.020.013 “तिमीहरूले कसैको हत्या गर्नु हुँदैन।

20:14b.EXO.020.014 “तिमीले व्यभिचार गर्नु हुँदैन।

20:15b.EXO.020.015 “तिमीले कुनै चीज चोरी गर्नु हुँदैन।

20:16b.EXO.020.016 “तिमीले अरूको विषयमा झूटो गवाही दिनु हुँदैन।

20:17b.EXO.020.017 “तिमीहरूले छिमेकीहरूका घर, पत्नी, पुरूष अनि स्त्री, कमारा, कमारीहरू अथवा तिनीहरूको केही चीजहरूको चाहना गर्नु हुँदैन” मानिसहरू परमेश्वरसित डराउँछन्

20:18b.EXO.020.018 यस समयमा मानिसहरूले बेंसीमा गर्जनहरू सुने अनि पहाडमा आगो देखे। तिनीहरूले तुरहीको आवाज सुने। तिनीहरूले पर्वतबाट धुवाँ निस्केको देखे। मानिसहरू डराए र डरले कामे। तिनीहरू पर्वतदेखि धेरै टाढा उभिएर हेरे।

20:19b.EXO.020.019 तब मानिसहरूले मोशालाई भने, “यदि तपाईं हामीसित कुरा गर्न चाहनु हुन्छ भने हामीहरू तपाईंका कुरा सुन्छौ तर दया गरेर परमेश्वरले हामीसंग कुरा नगरून। यदि त्यस्तो भयो भने, हामी मर्नेछौं।”

20:20b.EXO.020.020 तब मोशाले मानिसहरूलाई भने, “नडराऊ, परमेश्वर तिमीहरूलाई जाँच्न आउनु भएकोछ। उहाँ चाहनु हुन्छ तिमीहरूले उहाँको डर मान्नु पर्छ। जसले गर्दा तिमीहरूले पाप गर्ने छैनौं।”

20:21b.EXO.020.021 जब मोशा कालो बादलभित्र गए जहाँ परमेश्वर हुनु हुन्थ्यो मानिसहरू पर्वतदेखि टाढै उभिए।

20:22b.EXO.020.022 तब परमप्रभुले इस्राएली मानिसहरूलाई यी कुराहरू भन्नु भनी मोशालाई भन्नु भयो, “स्वर्गबाट मैले तिमीसित कुरा गरेको तिम्रा मानिसहरूले देखे।

20:23b.EXO.020.023 यसकारण म संग-संगै पूज्नको निम्ति चाँदी अथवा सुनको मूर्तिहरू नबनाऊ।

20:24b.EXO.020.024 मेरो निम्ति एउटा विशेष वेदी बनाऊ। त्यो वेदी बनाउन माटो प्रयोग गर। यो वेदीमा बलिको रूपमा होमबलि अथवा मेलबलि चढाऊ र त्यसको निम्ति आफ्नो भेडा, गाई तथा बाख्राहरूको उपयोग गर। यो काम तिमीहरूले प्रत्येक ठाउँमा गर जहाँ म तिमीहरूलाई मेरो सम्झना गर भन्छु। तब म आउँछु अनि तिमीहरूलाई आशिर्वाद दिन्छु।

20:25b.EXO.020.025 यदि ढुङ्गाको वेदी बनायौ भने फलामको हतियारले काटेको ढुङ्गाहरू नलगाऊ। तिमीहरूको धातुका हतियारले गर्दा वेदी अपवित्र हुन्छ।

20:26b.EXO.020.026 वेदीसम्म पुग्ने सिंढीहरू नबनाऊ। वेदीसम्म जाने सिंढी बनाएर नउक्लनु किनभने त्यसो गर्दा त्यसमाथि तिमीहरूको नग्नता देखिनेछन।”तिमीहरूको शरीर लुगाभित्र तलबाट देखिनेछ।”

21

21:1b.EXO.021.001 त्यसपछि परमेश्वरले मोशालाई भन्नुभयो, “तिमीले मानिसहरूलाई दिनु पर्ने अन्य नियमहरू यिनै हुन्;

21:2b.EXO.021.002 “यदि तिमीहरूले हिब्रू कमारा-कमारी किन्यौ भने त्यसले तिमीहरूको छ वर्षसम्म मात्र सेवा गर्नेछन्। छः वर्षपछि ती स्वतन्त्र हुनेछन्। ती कमाराले तिमीलाई केही पनि तिर्नु पर्नेछैन।

21:3b.EXO.021.003 यदि त्यो मानिस, तिम्रो कमारा हुनअघि विवाह नगरेको भए पत्नी बिनै स्वतन्त्र हुनेछ। तर यदि त्यो मानिस कमारा हुनुअघि नै विवाह गरेको भए उसले आफू स्वतन्त्र हुँदा पत्नीलाई पनि साथै लिएर जानेछ।

21:4b.EXO.021.004 यदि कमारा अविवाहित छ भने उसको मालिकले उसलाई विवाह गराई दिन सक्नेछ। अनि त्यसरी विवाह भएपछि त्यसकी पत्नीबाट छोरा-छोरी जन्मे त्यसकी पत्नी तथा छोरा-छोरीहरू मालिकका हुन्छन्। त्यस कमाराले आफ्नो सेवा काल पूरा गरी आफू मात्र स्वतन्त्र भएर जानेछ।

21:5b.EXO.021.005 “तर कमाराले भन्न सक्छ, ‘म आफ्नो मालिकलाई प्रेम गर्छु। म आफ्नी पत्नी र नानीहरूलाई पनि प्रेम गर्छु। यसकारण म स्वतन्त्र हुन मन पराउँदिन।’

21:6b.EXO.021.006 यदि यस्तो परिस्थिति भए त्यस मालिकले उसलाई न्यायकर्त्ता अघि ल्याएर ढोका अथवा ढोकाको चौकटमा उभ्याउने छ र मालिकले कुनै सियोले उसको कान छेडी दिनेछ। त्यसो गरे पछि त्यो कमारा मालिकको सेवामा जीवन भरी रहनेछ।

21:7b.EXO.021.007 “कुनै मानिसले आफ्नी छोरीलाई कमारीको रूपमा बेच्न चाहन्छ भने कमारा स्वतन्त्र हुने नियम उसलाई लागू हुँदैन।

21:8b.EXO.021.008 यदि मालिकले विवाह गर्ने योजनामा कमारी किन्छ तर उसित खुशी हुँदैन भने उसको बाबुलाई त्यो कमारी केटी किन्न दिनुपर्छ। त्यो मालिकले अरूलाई बेच्नु हुँदैन किनभने उसले त्यस कमारीलाई धोका दिएको छ।

21:9b.EXO.021.009 यदि त्यस मालिकले आफ्नी कमारी छोरोसित विवाह गरिदिने वचन दिए उसले त्यस केटीलाई कमारीलाई जस्तो व्यवहार गर्नु हुदैन तर आफ्नो छोरीलाई जस्तो व्यवहार गर्नुपर्छ।

21:10b.EXO.021.010 “यदि मालिकले अर्की आइमाई विवाह गरे उसले पहिलेकी पत्नीलाई कम्ती खाना र कम्ती लुगा-फाटा दिनु हुँदैन। उसले उसको पहिलो पत्नीलाई लगातार दाम्पत्य अधिकार अवश्यै दिनुपर्छ।

21:11b.EXO.021.011 मालिकले त्यस आइमाईको निम्ति यी तीन प्रकारको कार्यहरू गर्नै पर्छ। यदि उसले त्यसो नगरे त्यो आइमाईले स्वतन्त्रता पाउनु पर्छ अनि आफ्नो स्वतन्त्रताको निम्ति केही तिर्नु पर्दैन।

21:12b.EXO.021.012 “यदि त्यस मानिसले कसैलाई हिर्काएर मार्छ भने त्यो मानिस पनि मारिनु पर्छ।

21:13b.EXO.021.013 तर यदि कुनै घटना घट्छ र कुनै मानिसले कसैलाई योजना बिनै मार्छ भने, परमेश्वरको इच्छा अनुसार त्यस्तो भएको हो। म यस्तो जग्गा रोज्छु जहाँ मानिसहरू आफ्नो सुराक्षाको निम्ति भागेर जान सक्छन्। मानिसहरू, त्यस ठाउँमा गएर आफ्नो ज्यान जोगाउन सक्छन्।

21:14b.EXO.021.014 तर यदि कसैले कसैलाई घृणा गरी अथवा रीसमा योजना गरी मार्छ भने त्यो हत्याराले दण्ड भोग्नै पर्छ। त्यसलाई मेरो वेदी देखि टाढा लैजाऊ र मार।

21:15b.EXO.021.015 “कुनै मानिसले आफ्नो बाबु अथवा आमालाई चोट पुर्यउँछ भने त्यस मानिसलाई मार्नै पर्छ।

21:16b.EXO.021.016 “यदि कुनै मानिसले कसैलाई कमारा बनाई बेच्न अथवा आफ्नै कमारा बनाउन चोरी गर्छ भने त्यस मानिसलाई मार्नै पर्छ।

21:17b.EXO.021.017 “यदि कुनै मानिसले आफ्नो आमा-बाबुलाई सराप्छ भने त्यसलाई मार्नै पर्छ।

21:18b.EXO.021.018 “मानिलेऊ त्यहाँ दुइजना मानिसहरू झगडा गरिरहेका छन्, अनि एउटाले अर्कोलाई मुड्की र ढुङ्गाले हिर्कायो। अथवा त्यो चोट लागेको मानिस मरेन, तर ओछ्यान लाग्यो।

21:19b.EXO.021.019 यदि चोट लागेको मानिस उठेर लहुरोको भरमा यता उता हिंडछ भने हिर्काउनेले चोट लाग्ने मानिसलाई क्षतिपूर्ति दिनुपर्छ अनि स्वस्थ हुने समयसम्म सहायता गर्नुपर्छ।

21:20b.EXO.021.020 “कोही मालिकले आफ्नो कमारा-कमारीलाई लट्ठीले कुट्छ अनि यस्तो हिकाईले उसको मृत्यु हुन्छ भने त्यो हत्याराले सजाय पाउनैपर्छ।

21:21b.EXO.021.021 तर यदि कमारा-कमारी मरेन अनि एकदुइ दिनमा राम्रो भई हाल्यो भने हिर्काउने मानिसलाई सजाय हुँदैन। किन? किनभने कमारा-कमारीको निम्ति उसले दाम तिरेको छ र कमारा कमारी उसका सम्पत्ति हुन्।

21:22b.EXO.021.022 “दुइ जना मानिस झगडा गर्न सक्छन् अनि यसरी झगडा गर्दा तिनीहरूले कुनै गर्भवती स्त्रीलाई चोट पुग्न सक्छ। यसरी चोट लागेकाले त्यस गर्भवती स्त्रीले समय नपुगी तुह्यो भने। यदि त्यो स्त्रीलाई अन्य कतै चोट नलागे त्यो दोषी मानिसले दण्ड तिर्नु पर्छ। त्यस स्त्रीको पतिले दण्डको रकम तोक्नेछ। न्यायकर्त्ताहरूले त्यस मानिसलाई डाँडको रकम तय गर्नु मद्दत गर्नेछन्।

21:23b.EXO.021.023 तर यदि त्यस स्त्रीलाई गहिरो चोट लागे, जसले चोट पुर्याउँछ उसले सजाय भोग्नु पर्नेछ। एउटा जीवनको सट्टामा अर्को जीवन लेऊ।

21:24b.EXO.021.024 तिमीले आँखाको सट्टामा आँखा, दाँतको सट्टामा दाँतु, हातको सट्टामा हात, खुट्टामा खुट्टा।

21:25b.EXO.021.025 डामको ठाउँमा डाम, खोस्रेको सट्टामा खोस्रिनु नै अनि चोटको ठाउँमा चोट नै लिनु पर्छ।

21:26b.EXO.021.026 “यदि कसैले आफ्नो कमाराको आँखों फुटाउँछ र ऊ आन्धो हुन्छ भने त्यो कमारा केही नतिरी स्वतन्त्र हुन सक्छ। उसको आँखो नै उसले पाउने स्वतन्त्रता दाम हुन्छ। कमारा-कमारी दुवैको निम्ति एउटै नियम लागू हुन्छ।

21:27b.EXO.021.027 यदि कुनै मालिकले कमारालाई मुखमा हिर्काएर दाँत फुकाली दिन्छ भने त्यस कमाराले कुनै पैसा नतिरी त्यो स्वतन्त्र भएर जान सक्छ। उसको दाँत नै उसले तिर्नु पर्ने दाम हुन्छ। यस्तो परिस्थितिमा पनि कमारा तथा कमारीको निम्ति त्यही नियम लागू हुन्छ।

21:28b.EXO.021.028 “यदि कसैको गोरूले कुनै पुरूष अथवा स्त्रीहरूलाई मार्छ भने त्यस गोरूलाई पनि ढुङ्गाले हिर्काएर मार्नु पर्छ। तिमीहरूले त्यो गोरूको मासु खानु हुँदैन तर त्यस गोरूको मालिक निर्दोष हुन्छ।

21:29b.EXO.021.029 त्यस गोरूले पहिले कसैलाई हानेको थियो अनि त्यसको मालिकलाई चेताउनी दिइएको थियो तर उसले गोरूलाई बाँधेन। तब तिमीले गोरू र त्यसको मालिकलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ।

21:30b.EXO.021.030 तर यदि गोरूले हानेर मारिएको मानिसको परिवारले क्षतिपूर्ती लिन्छ भने त्यो गोरूको मालिकलाई मार्नु हुँदैन। तर उसले क्षतिपूर्ती अवश्यै गर्नु पर्छ।

21:31b.EXO.021.031 “कुनै मानिसको छोरा अथवा छोरी त्यसरी मारिए पनि त्यही नियम लागू हुन्छ।

21:32b.EXO.021.032 तर यदि गोरूले कुनै कमारा अथवा कमारीलाई मारे गोरूको मालिकले कमारा-कमारीको मालिकलाई तीस शेकेल चाँदी तिर्नु पर्छ अनि गोरूलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ।

21:33b.EXO.021.033 “कुनै मानिसले इनारको ढकनी हटाउन सक्छ अथवा मैदानमा एउटा इनार खन्न सक्छ र त्यसको ढकनी लाउँदैन अनि त्यसभित्र एउटा साँढे अथवा गधा खस्न सक्छ।

21:34b.EXO.021.034 इनारको मालिकले पशुको क्षतिपूर्ति तिर्नु पर्छ। क्षतिपूर्ति तिरे पछि त्यो जाकिने पशु त्यसको सम्पत्ति हुन्छ।

21:35b.EXO.021.035 “यदि कुनै मानिसको गोरूले अर्का मानिसको गोरू मार्छ भने तिनीहरूले जिउँदो गोरूलाई बेच्नु पर्छ तब तिनीहरूले बेचेको मूल्य र मृत गोरू बराबरी बाढनु पर्छ।

21:36b.EXO.021.036 तर यदि कुनै मानिसको गोरूले अरू पशुहरूलाई हान्छ भने यसको मालिकले यसलाई नियंत्रण गर्दैन भने उसको गोरूले हानेको पशुको बदलामा पशु दिनु पर्छ।

22

22:1b.EXO.022.001 “यदि कसैले एउटा गोरू अथवा भेडा चोरेर त्यसलाई मार्छ अथवा बेच्छ भने त्यसले त्यो गोरूको बदलामा पाँचवटा गोरू तिर्नु पर्छ अथवा भेडाको बदलामा पाँचवटा भेडाहरू तिर्नु पर्छ।

22:2b.EXO.022.002 यदि चोरलाई राती चोरी गर्दा भेटाएर कसैले मारिदियो भने त्यसको मृत्युमा कोही जिम्मावारी हुदैन।

22:3b.EXO.022.003 तर घटना दिउँसो घटे त्यो मार्ने मानिसलाई हत्याराको दोष लाग्नेछ। यदि तिरो तिर्ने उसमा क्षमता छैन भने त्यो चोर दण्ड तिर्नको निम्ति कमारा जस्तै बेचिनु पर्छ।

22:4b.EXO.022.004 तर यदि जुन पशु उसले बेच्छ अझै जिउँदै छ भने उसले तिमीलाई चोरिएको प्रत्येक पशुको सट्टामा दुइ दुइवटा पशुहरू दिनुपर्छ। त्यसमा केही फरक पर्दैन। त्यो पशु गोरू, गधा अथवा भेडा जुन सुकै होस्।

22:5b.EXO.022.005 “यदि एक जना मानिस उसका पशुहरूलाई छिमेकीको जमीन अथवा दाख बारीमा चर्न दिए त्यस पशुको मालिकले हर्जना स्वरूप आफ्नो खेतको सबभन्दा राम्रो फसल अथवा दाखरस दिनुपर्छ

22:6b.EXO.022.006 एकजना मानिसले आफ्नो खेतको काँडे पोथ्राहरू जलाउन आगो लाउन सक्छ तर उसले लगाएको आगो बढे त्यसले उसको अन्न-बाली बढिरहेको खेती जल्न सक्छ। यस्तो भएको खण्डमा त्यो आगो लगाउने मानिसले उसले जलाएको चीजको जरीमाना तिर्नु पर्छ।

22:7b.EXO.022.007 “कुनै मानिसले आफ्नो चीजवीज अथवा पैसा आफ्नो छिमेकीकहाँ राख्न सक्छ। तर यदि ती चीजहरू तथा पैसा छिमेकीको घरबाट चोरी भए उसले के गर्नु पर्छ? यदि चोर पक्राउ परे, उसले चोरेको भन्दा दुइ गुणा ज्यादा तिर्नु पर्छ।

22:8b.EXO.022.008 तर यदि तिमीले चोरलाई पक्रन सकेनौ घर मालिक न्यायकर्त्ताको सम्मुख जानु पर्छ अनि त्यही मानिसले चोरेको हो होइन न्यायकर्त्ताले निर्णय लिनु हुनेछ।

22:9b.EXO.022.009 “यदि दुइ जना मानिसमा तिनीहरूका साँढे, गधा, भेडा लुगा अथवा केही चीजहरू हराएकोमा झगडा भए, तिनीहरूले के गर्नु पर्छ? एकजनाले भन्नेछ, ‘यो मेरो हो,’ ती दुवै मानिस न्यायकर्त्तासम्मुख जानु पर्छ अनि न्यायकर्त्ताले तिनीहरूबीच को दोषी हो निर्णय गर्नु हुनेछ। त्यो मानिस जसलाई न्यायकर्त्ताले यही दोषी हो भनी निर्णय भएमा उसले त्यस चीजले मूल्य दोबर तिर्नु पर्नेछ।

22:10b.EXO.022.010 “कुनै एकजना मानिसले आफ्नो गधा, गोरू, भेडा अथवा अरू कुनै पशु केही समयको निम्ति आफ्नो छिमेकीलाई हेरचाह गर्न भनी छोडन सक्छ। तर यदि त्यो पशु चोरियो अथवा त्यसलाई चोट लाग्यो अथवा मर्यो अनि कसैले त्यस्तो कसरी भयो देखेन, तिमीहरूले के गर्नु पर्छ?

22:11b.EXO.022.011 त्यो उसले चोरेको होइन भनी छिमेकीले स्पष्टीकरण दिनु पर्छ। यदि उसको कुरो साँचो हो भने उसले त्यो पशु मैले चोरेको होइन भनी परमप्रभु अघि कसम खानु पर्छ, त्यस पशुको मालिकले आफ्नो छिमेकीलाई कसम खुवाउनु पर्छ। अनि त्यो छिमेकीले त्यस नोक्सानको निम्ति मालिकलाई केही तिर्नु पर्दैन।

22:12b.EXO.022.012 तर यदि त्यो पशु छिमेकीले चोरेको भए उसले पशुको मालिकलाई जरीमाना दिनुपर्छ।

22:13b.EXO.022.013 यदि आफ्नो छिमेकीको पशुलाई जंगली जनावरले मारेको हो भने उसले प्रमाणको निम्ति पशुको शरीर ल्याउनु पर्छ। त्यसरी मारिएको पशुको निम्ति मालिकलाई छिमेकीले केही तिर्नु पर्दैन।

22:14b.EXO.022.014 “एकजना मानिसले उसको छिमेकीबाट एउटा पशु पैंचो लियो अनि मालिक नहुँदा पशुलाई चोट लाग्यो अथवा मर्यो भने, पैंचौ लिने मानिसले अवश्यै पशु साट्न पर्छ।

22:15b.EXO.022.015 तर यदि त्यो मालिक त्यही पशुसित भए उसको छिमेकीले जरीमाना दिनु पर्दैन। अथवा, त्यस छिमेकीले आफूले काम गराउन भनी त्यो पशु ज्यालामा ल्याएको हो। तर त्यो मर्यो अथवा त्यसलाई चोट लागे उसले केही क्षतिपूर्ति तिर्नु पर्दैन। उसले कामको निम्ति दिएको ज्याला नै त्यो नोक्सानको निम्ति प्रशस्त हुन्छ।

22:16b.EXO.022.016 “यदि एकजना मानिसले बागदान नभएकी कन्या केटीलाई प्रलोभनमा पार्छ र त्यससित सुत्छ भने उसले त्यो केटीलाई विवाह गर्न पर्छ। अनि उसले त्यो केटीको बाबुलाई सम्पूर्ण दाइजो दिनु पर्नेछ।

22:17b.EXO.022.017 यदि त्यो केटीको बाबुले त्यस केटीलाई उसित विवाह गर्न नदिए पनि त्यस मानिसले बाबु चाँहिलाई पूरा धन दिनु पर्नेछ।

22:18b.EXO.022.018 “तिमीहरूले आइमाईलाई तंत्र मंत्र गर्न दिनु हुँदैन। यदि उसले मंत्र-तत्रं गर्छे तब उसलाई मार्नु पर्छ।

22:19b.EXO.022.019 “यदि कुनै मानिसले पशुसित सम्भोग गर्छ भने त्यस मानिसलाई मार्नु पर्छ।

22:20b.EXO.022.020 “यदि कुनै मानिसले कुनै अर्कै देवतालाई बलि चढाउँछ भने तब त्यस मानिसलाई सर्वनाश पार्नु पर्छ।

22:21b.EXO.022.021 “सम्झना गर विगत समयमा तिमीहरू मिश्र देशमा विदेशी थियौ, यसर्थ तिमीहरूको देशमा जो विदेशी छ उसलाई तिमीहरूले ठग्नु अथवा नोक्सान पुर्याउनु हुँदैन।

22:22b.EXO.022.022 “जुन स्त्रीको लोग्ने छैन अथवा जुन केटा-केटीहरूको आमा-बाबु छैनन तिनीहरूको निम्ति कुनै कुभलो गर्नु हुँदैन।

22:23b.EXO.022.023 यदि कसैले विधवाहरू अथवा टुहुरा-टुहुरीहरूलाई हानि गर्छ तब मलाई यो थाह हुनेछ अनि तिनीहरूको कष्ट म सुन्नेछु।

22:24b.EXO.022.024 अनि म तिमीहरूसित रिसाउनेछु अनि तिमीहरूलाई तरवारले मार्नेछु। तब तिमीहरूका पत्नीहरू विधवा र नानीहरू टुहुरा-टुहुरी हुनेछन्।

22:25b.EXO.022.025 “यदि मेरा मानिसहरूमा कोही गरीब छ र तिमीहरू उसलाई ऋण दिन्छौ भने तिमीले उसलाई पैसाका लागि ब्याज लिनु हुँदैन अनि तिमीले उसलाई ऋण फर्काउन जोर दिनु हुँदैन।

22:26b.EXO.022.026 कुनै मानिसले ऋण लिंदा आफ्नो कोट बन्धक राख्न सक्छ। तर तिमीले त्यो कोट सूर्यास्त हुनअघि नै फर्काउनु पर्छ

22:27b.EXO.022.027 किनभने त्यो मानिसको आफ्नो शरीर ढाक्ने लुगा केही हुँदैन र राती जाडोले सुत्नु सक्तैन। अनि यदि त्यस मानिसले मलाई पुकारे म उसको पुकार सुन्नेछु। म उसको पुकार सुन्छु कारण म दयालु छु।

22:28b.EXO.022.028 “तिमीहरूले तिमीहरूका परमेश्वर अथवा तिमीहरूका शासकहरूलाई सराप्नु हुँदैन।

22:29b.EXO.022.029 “बाली उठाउने समयमा तिमीहरूले आफ्नो खेतबारीको पहिलो फसल र दाखरस मलाई चढाउन पर्छ। यसो गर्नमा ढिलो नगर्नु। “तिमीहरूका जेठा छोरा मलाई चढाऊ।

22:30b.EXO.022.030 तिमीहरूले पशुहरूको पहिला जन्मेको बाछो र पाठो मलाई चढाऊ। बाछा अनि पाठो आफ्नो माऊसंग सात दिनसम्म बसून, अनि त्यसलाई आठौं दिनमा मलाई चढाऊ।

22:31b.EXO.022.031 “तिमीहरू विशेष मानिसहरू हौ। यसर्थ जंगली जनावरले मारेको पशुको मासु खानु हुँदैन। त्यो कुकुरले खाओस्।

23

23:1b.EXO.023.001 “कसैको विरोधमा झूटो नबोल। यदि तिमी अदालतमा साक्षी छौ भने झूठो बोलेर दुष्ट मानिसहरूलाई सधाउनमा सहमत न होऊ।

23:2b.EXO.023.002 “गल्ती कर्म गर्ने मानिसहरूको समूहमा सामेल नहोऊ। यदि तिमीहरूले अदालतमा साक्षी दिनु परे बहुसंख्यकको पक्षमा नलाग।

23:3b.EXO.023.003 “मुद्दा मामला लागेको मानिसहरूलाई गरीब भए पनि सहयोग नगर।

23:4b.EXO.023.004 “यदि तिमीले तिम्रो शत्रुको हराएको गोरू अथवा गधा भेटायौ भने उसको पशु उसलाई नै फर्काई देऊ।

23:5b.EXO.023.005 “यदि तिमीले देख्यौ तिम्रो शत्रुको गधा गह्रौं भारीको कारणले लड्‌यो तिमीले त्यसलाई उठाएर सहायता गर्नुपर्छ।

23:6b.EXO.023.006 “गरीब मानिससति न्यायालयमा अन्याय नगर।

23:7b.EXO.023.007 “कसैलाई झूटो दोष नलगाऊ। एउटा निर्दोष मानिसको हत्या नगर जसले अन्याय गरेको छ त्यसलाई म निर्दोष मान्दिन।

23:8b.EXO.023.008 “घूस स्वीकार नगर, घूसले न्यायलाई अन्धा बनाउन सक्छ अनि निर्दोष मानिसको अधिकारलाई अस्वीकार गर्छ।

23:9b.EXO.023.009 “विदेशी नागरिकहरूमाथि कहिले पनि अत्याचार नगर। एक समयमा तिमीहरू पनि मिश्र देशमा विदेशी थियौ यसकारण तिमीहरू जान्दछौ एउटा विदेशी कस्तो हुन्छ।

23:10b.EXO.023.010 “छ वर्षसम्म आफ्नो जमीनमा बीउ छर, फसल काट।

23:11b.EXO.023.011 तर सातौं वर्षमा त्यो जमीन उपयोग नगरू। त्यस जमीनमा कुनै बिरूवा नरोप, तर यदि त्यहाँ केही चीजहरू आफैं उब्जन्छ भने गरीबहरूलाई खान देऊ। अनि छोडिएको अन्नहरू जनावरहरूलाई खान देऊ। तिम्रा दाखको बगैंचा र भद्राक्षको रूखहरूमाथि पनि त्यसरी नै व्यवहार गर।

23:12b.EXO.023.012 “छ दिनसम्म काम गर सातौं दिन विश्रामको दिन हो। यसो गर्दा तिमीहरूका गोरूहरू गधाहरू, कमारा-कमारीहरू अनि विदेशीहरूले पनि विश्राम गर्ने समय पाउँन।

23:13b.EXO.023.013 “मैले भनेका सबै काम गर्न निश्चित होऊ। अरू देवताहरूको पूजा नगर। तिमीले तिनीहरूको नाउँ पनि उच्चारण नगर।

23:14b.EXO.023.014 “प्रत्येक वर्षको तीन पल्ट तिमीहरूले मेरो निम्ति विशेष चाड आयोजना गर्नु पर्छ।

23:15b.EXO.023.015 जब तिमीहरूले अखमिरे रोटीको चाड मनाउँछौ तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नु पर्छ। त्यस समयमा तिमीहरूले अखमिरे रोटी खानेछौ। यो सात दिनसम्म यस्तै चलिरहन्छ। तिमीहरूले यसो आबीब महीनामा गर्नेछौ किनभने त्यही समयमा जब तिमीहरू मिश्रबाट निस्केर आएका थियौ। त्यो समयमा तिमीहरूले मेरो निम्ति एउटा भेटी ल्याउनु नै पर्छ।

23:16b.EXO.023.016 “जब प्रत्येक वर्ष तिमीहरूले लगाएको बालीको प्रथम फलहरू उठाउनु शुरू गर्छौ। तिमीहरूले अन्न भित्र्याउने चाढ मनाउनु पर्छ अनि वर्षको अन्तमा जब बालीको अन्तिम फल उठाउछौ त्यस समय छाप्रोवासको चाड मनाउनु पर्छ।

23:17b.EXO.023.017 यसर्थ एक वर्ष भित्र सबै मानिसहरूले परमप्रभु तिमीहरूका मालिक कहाँ तीन पल्ट आउन पर्छ।

23:18b.EXO.023.018 “जब तिमीले पशु मारेर त्यसको रगत बलि चढाउँछौ खमीर मिसाएको रोटी चढाउनु हुँदैन। अनि त्यो बलि चढाएको पशुको मासु खान्छौ भने त्यो एकै दिनमा खाई सक्नु पर्छ। अर्को दिनको निम्ति मासु नराख।

23:19b.EXO.023.019 “जब तिमीहरूले पहिलो बाली उठाउँछौ, तिमीहरूले उब्जाउ परमप्रभु आफ्नो परमेश्वरको घरमा ल्याउनु पर्छ। “तिमीहरूले पाठोको मासु खानु हुँदैन जसलाई त्यसकै माउको दूधमा उमालिन्छ।” परमेश्वरले इस्राएललाई आफ्नो जमीन लिनुमा सहायता गर्नु हुन्छ

23:20b.EXO.023.020 परमेश्वरले भन्नुभयो, “म तिम्रोअघि एकजना स्वर्गदूत पठाउँदैछु। त्यस स्वर्गदूतले तिमीहरूलाई मैले तयार पारेको ठाउँमा पुग्नमा मद्दत गर्नेछ।

23:21b.EXO.023.021 त्यस स्वर्गदूतले भनेको मान र उसलाई पछ्याऊ। त्यसको विरोध नगर। त्यस स्वर्गदूतले तिमीहरूले गरेको कुनै प्रकारको भूल काम क्षमा गर्ने छैन। मेरो शक्ति उससंग छ।

23:22b.EXO.023.022 उसले भनेको प्रत्येक कुरा पालन गर। मैले भनेको प्रत्येक कुरा तिमीले मान्नु पर्छ। यदि तिमीहरूले यी सबै कुरा मान्यौ भने, म तिमीहरूका शत्रुहरूको शत्रु हुनेछु। अनि तिमीहरूको विरोधमा हुने प्रत्येकको म विरोध गर्नेछु।”

23:23b.EXO.023.023 “मेरो स्वर्गदूतले तिमीहरूलाई एमोरीहरू हित्ती, परिज्जी, कनानी, हिब्बी र यबूसीहरूको को विरोद्धमा लिएर जानेछ अनि म तिनीहरूलाई पराजित गर्नेछु।

23:24b.EXO.023.024 “तिनीहरूका देवताहरूलाई पूजा अथवा ढोग नगर, तिमीहरूले उनीहरूको जीवन शैली ग्रहण नगर। तिमीहरूले तिनीहरूका मूर्तिहरू अनि अ-पवित्र खाम्बाहरू चूर पारिदेऊ।

23:25b.EXO.023.025 तिमीहरूले परमप्रभु आफ्नो परमेश्वरको आराधना गर्नै पर्छ। यदि तिमीहरूले यसो गरे म प्रशस्त रोटी र पानीको निम्ति तिमीहरूलाई आशीर्वाद दिन्छु। तिमीहरूको सम्पूर्ण रोगहरू हटाई दिनेछु।

23:26b.EXO.023.026 तिमीहरू कसैको पत्नीहरू बाँझी अथवा गर्भपात हुने छैन, अनि म तिमीहरूलाई लामो जीवन दिनेछु।

23:27b.EXO.023.027 “म तिमीहरूको अघि मेरो महाशक्ति पठाउनेछु अनि सबै राष्ट्रहरू जहाँ तिमीहरू यात्रा गर्नेछौ भयग्रस्त हुनेछन् अनि म तिनीहरूलाई परास्त पार्नलाई मदत गर्नेछु।

23:28b.EXO.023.028 म तिमीहरूको अघि ठूलो सकंट पठाउनेछु र यसले हिव्वी, कनानी र हित्ती मानिसहरूलाई तिमीहरूबाट टाढा भगाउनेछ।

23:29b.EXO.023.029 तर ती मानिसहरूलाई म तिम्रो भूमि एकै वर्षमा छोडन बाध्य गराउने छैन नत्र त्यो भूमि खाली हुनेछ अनि त्यहाँ जंगली जनावरहरू बढेर तिमीहरूलाई नोक्सानमा पार्नेछन।

23:30b.EXO.023.030 जबसम्म तिमीहरूको जनसंख्या प्रचूर मात्रमा बढेर यो भूमि भरिदैन म तिनीहरूलाई बिस्तारै निकाल्नेछु।

23:31b.EXO.023.031 “म तिमीहरूलाई लाल समुद्रदेखि फरात नदीसम्म सबै भूमि दिनेछु। त्यो भूमिको पश्चिम सीमाना पलिस्ती नदी भूमध्य सागर र पूर्व सीमाना अरबको मरूभूमिसम्म हुनेछ। म तिमीलाई त्यहाँका मानिसहरूलाई पराजित गर्ने अनुमति दिनेछु अनि तिमीहरूले तिनीहरूलाई त्यहाँबाट बलपूर्वक जान वाध्य गराउनेछौ।

23:32b.EXO.023.032 तिमीले ती मानिसहरू अथवा तिनीहरूका देवी-देवताहरूसित कुनै करार गर्नु हुँदैन।

23:33b.EXO.023.033 तिनीहरूलाई तिम्रो भूमिमा बस्नै नदेऊ। यदि तिमीले तिनीहरूलाई त्यहाँ बस्न दियौ भने तिनीहरूले तिमीहरूलाई जालोभारी गरी मेरो विरोधमा पाप गर्न लगाउने छन। अनि तिमीहरू तिनीहरूका देवी-देवताहरू पूज्न लाग्नेछौ।”

24

24:1b.EXO.024.001 परमेश्वरले मोशालाई भन्नु भयो, “तिमी, हारून, नादाब, अबीहू अनि सत्तरी इस्राएलका जना अरू बूढा-प्रधानहरूसित पर्वतमाथि आउनु पर्छ अनि टाढोबाट मेरो आराधना गर्नु पर्छ।

24:2b.EXO.024.002 तब मोशा परमप्रभु सामुन्ने आफैं आउनेछन् तर अन्य मानिसहरू परमप्रभु नजिक जाने छैनन् अनि रहल मानिसहरूले पर्वतमाथिसम्म पनि जानु हुँदैन।”

24:3b.EXO.024.003 मोशाले मानिसहरूलाई परमप्रभुले बताका सबै आदेश र निर्देनशहरू बताए। तब मानिसहरू भने, “परमप्रभुले भन्नु भएका सबै आदेश तथा निर्देशहरू हामी पालन गर्नेछौं।”

24:4b.EXO.024.004 अनि मोशाले परमप्रभुका सबै आज्ञाहरू लेखे। अर्को बिहान मोशाले पर्वतको फेदीमा एउटा वेदी बनाए अनि इस्राएलीहरूको बाह्र कुल समूहहरूलाई प्रतिनिधित्व गराउनु बाह्रबटा ढुङ्गाहरू राखे।

24:5b.EXO.024.005 तब मोशाले केही इस्राएली युवकहरूलाई बलिहरू चढाउन पठाए। ती मानिसहरूले परमप्रभुलाई होमबलि र मेलबलिको रूपमा गोरूहरू चढाए।

24:6b.EXO.024.006 मोशाले बलिको आधा रगत जोगाएर कचौरामा राखे। र आधा वेदीमाथि छर्किए।

24:7b.EXO.024.007 मोशाले करारको पुस्तक मानिसहरूका निम्ति पढे अनि मानिसहरूले भने, “परमप्रभुले आदेश गर्नु भएको प्रत्येक चीज हामी गर्ने छौं।”

24:8b.EXO.024.008 तब मोशाले बलिको गोरूको रगत भएको कचौरा लिए अनि मानिसहरूमाथि छर्के। उनले भने, “परमप्रभुले तिमीहरूसित विशेष करार गर्नु भएकोछ भनी यस रगतले देखाउँछ। परमेश्वरले बनाउनु भएका नियमहरू यस करारको एउटा अंश हो।”

24:9b.EXO.024.009 तब मोशा, हारून, नादाब, अबीहू र 70 जना इस्राएलका बूढा-प्रधानहरू पर्वतमा चढे।

24:10b.EXO.024.010 इस्राएलीहरूले इस्राएलका परमेश्वरलाई केही चीजमाथि जो आकाश जस्तो स्वच्छ नीलम देखियो उभिरहनु भएको देखे।

24:11b.EXO.024.011 इस्राएलीहरूको अगुवाहरूले परमेश्वरलाई देखे तर उहाँले तिनीहरूलाई ध्वंश पार्नु भएन। तिनीहरू सबैले संगै खाए अनि पिए।

24:12b.EXO.024.012 परमप्रभुले, मोशालाई भन्नु भयो, “पर्वतमाथि मकहाँ आऊ। मैले मेरा शिक्षाहरू र नियमहरू ढुङ्गाको पाटीहरूमा लेखेको छु। ती पाटीहरू म तिमीलाई दिनेछु।”

24:13b.EXO.024.013 यसकारण मोशा र उसका सहायक यहोशू उठे अनि मोशा परमेश्वरको पर्वतमाथि चढे।

24:14b.EXO.024.014 मोशाले बूढा-प्रधानहरूलाई भने, “हामीहरू नफर्कुञ्जेल यही पर्ख। जब म जान्छु, तिमीहरूबीच कसैको झगडा भए हारून र हूर कहाँ लानु पर्छ।”

24:15b.EXO.024.015 तब मोशा पर्वतमाथि गए, र पर्वत बादलले ढाकेको थियो।

24:16b.EXO.024.016 परमप्रभुको महिमा सीनै पर्वतमा आयो। बादलले छ दिनसम्म पर्वतलाई ढाक्यो। सातौं दिनमा परमप्रभुले मोशासंग बादलबाट कुरा गर्नु भयो।

24:17b.EXO.024.017 परमप्रभुको महिमा इस्राएलीहरूको दृष्टिमा पर्वतमाथि जलिरहको आगो झैं प्रकट भयो।

24:18b.EXO.024.018 तब मोशा अझै धेरै बादलभित्र गए। पर्वतमाथि मोशा चालीस दिन र चालीस रात बसे।

25

25:1b.EXO.025.001 परमप्रभुले मोशालाई भन्नु भयो,

25:2b.EXO.025.002 “इस्राएलीहरूलाई मेरो निम्ति उपहारहरू ल्याउनु भन। प्रत्येक मानिसले हृदयबाट निश्चय गर्नु पर्छ ऊ मलाई के दिनु चाहन्छ। मेरो निम्ति उपहारहरू ग्रहण गर।

25:3b.EXO.025.003 ती मानिसहरूबाट तिमीले ग्रहण गर्नु पर्ने उपहारको सूची यस प्रकार छन् सुन, चाँदी अनि काँसा,

25:4b.EXO.025.004 निलो, बैजनी अनि रातो सुतीको धागो, मलमलको कपडा, बाख्राको भुत्ला।

25:5b.EXO.025.005 रातो रंगले रंगाएको भेडाको छाला अनि नरम चर्म, बबुलको काठ।

25:6b.EXO.025.006 बत्तिको निम्ति तेल, अभिषेक तेलको निम्ति मसला, अनि सुगन्धित धूपको लागि मसला।

25:7b.EXO.025.007 अनि एपोद को निम्ति बहमूल्य रत्नहरू र न्यायको थैली।”

25:8b.EXO.025.008 परमेश्वरले अझ भन्नु भयो, “मानिसहरूले मेरो निम्ति पवित्र स्थान बनाउन सक्छन अनि म तिनीहरूमाझ बस्न सक्छु।

25:9b.EXO.025.009 त्यो पवित्र पाल र त्यस भित्रका प्रत्येक चीज कस्तो देखिनु पर्छ म तिमीलाई बताउँछु। प्रत्येक चीज मैले तिमीलाई देखाए जस्तै बनाऊ।

25:10b.EXO.025.010 “बबुल काठको एउटा सन्दूक बनाऊ। यो पवित्र सन्दूक दुइ हात आधा लामो अनि एक हात आधा चौंडाइ र एक हात आधा उचाइँको हुनुपर्छ।

25:11b.EXO.025.011 यो सन्दूकको भित्र अनि बाहिर शुद्ध सुनले मोहोर्नु पर्छ। सन्दूकको बाहिर वरिपरि सुनको घेरा बनाउनु पर्छ।

25:12b.EXO.025.012 सुनको चारवटा मुन्द्रीहरू बनाऊ अनि सन्दूकको प्रत्येक सुरमा दुइ दुइवटा मुन्द्रीहरू लगाइदेऊ।

25:13b.EXO.025.013 बबुल काठको डण्डाहरू बनाऊ अनि तिनीहरूलाई सुनले मोहोरी देऊ।

25:14b.EXO.025.014 सन्दूकको दुवैतिरको मुन्द्रीहरूमा डण्डा हाल अनि यिनको सहायताले त्यसलाई बोक।

25:15b.EXO.025.015 ती मुन्द्रीहरूबाट डण्डा बाहिर ननिकाल ती डण्डाहरूलाई मुन्द्रीमा नै रहन देऊ।

25:16b.EXO.025.016 “मैले दिंदै गरेको करार त्यस सन्दूकभित्र राख।

25:17b.EXO.025.017 त्यसपछि दुइ हात आधा लामो अनि एक हात आधा चौढाईको शुद्ध सुनको एउटा ढकनी बनाऊ।

25:18b.EXO.025.018 “अनि मार्तेलले पिटेर सुनलाई दुइवटा करूब दूतहरू बनाऊ। अनि दुवैलाई ढकनीकोमाथि छेउ छेउमा लगाई देऊ।

25:19b.EXO.025.019 एउटा करूब एक छेउमा अनि अर्कोलाई अर्को छेउमा राख। अनि ढकनी र दूतहरू यस्तो यस प्रकारले जोडनु पर्छ तिनीहरू एउटै टुक्राले बनिएको जस्तो होस्।

25:20b.EXO.025.020 करूब दूतहरू एक अर्कापट्टि फर्किएको हुनुपर्छ अनि तिनीहरूका पखेटाहरू ढकनीमाथि फैलिएको हुनुपर्छ।

25:21b.EXO.025.021 म तिमीलाई करार पत्र दिन्छु र त्यो तिमीले सन्दूक भित्र ढकनी लगाएर राख्नु पर्छ।

25:22b.EXO.025.022 जब म तिमीलाई भेटछु, करारको सन्दूकमाथि राखिएको करूब स्वर्गदूत बीचबाट तिमीसित कुरा गर्नेछु। त्यही स्थानबाट इस्राएली मानिसहरूलाई म आफ्नो आज्ञाहरू दिनेछु।

25:23b.EXO.025.023 “दुइ हात आधा लमाई, एक हात आधा चौढाइ, र एक हात आधा उचाइ भएको एउटा बबुल काठको टेबल बनाऊ।

25:24b.EXO.025.024 टेबललाई शुद्ध सुनले मोहोर अनि चारैतिर सुनको बिट लगाएर सुसज्जित गर।

25:25b.EXO.025.025 तब चार औलो फराकिलो घेरा बनाऊ र त्यसको वरिपरि सुनको घेरा लगाऊ।

25:26b.EXO.025.026 त्यसपछि चारवटा सुनको कुण्डलहरू बनाएर टेबलको खुट्टा भएका चार कुनामा राख।

25:27b.EXO.025.027 टेबलको चारै तिर घेरामा मुन्द्रीहरू लगाऊ। मुन्द्रीमा डण्डाहरू लगाऊ अनि यसलाई टेबल बोक्न प्रयोग गर।

25:28b.EXO.025.028 डण्डाहरू बनाउन बबुलको काठ प्रयोग गर अनि त्यसलाई सुनले मोहोर। ती डण्डाहरू टेबल बोक्नमा प्रयोग गर।

25:29b.EXO.025.029 शुद्ध सुनको थाल, धुपौरो, गाग्रो तथा भाँडाहरू बनाऊ। गाग्रो र भाँडाहरू पेय बलिहरू चढाउँदा खन्याउन प्रयोग गरिनेछ।

25:30b.EXO.025.030 टेबलमाथि मलाई विशेष रोटी चढाऊ त्यो रोटी संधै त्यहाँ मेरोअघि हुनु पर्छ।

25:31b.EXO.025.031 “त्यसपछि तिमीले एउटा सामदान बनाउनु पर्छ। सामदानको डण्डा र आधार अकबरी सुनकै बनाउनु पर्छ। शुद्ध सुनको फूल, फूलका कोपिलाहरू, र पत्रहरू बनाऊ र यी सबैलाई एकै ठाउँमा जोड।

25:32b.EXO.025.032 “त्यस सामदानका छःवटा हाँगाहरू हुनुपर्छ एक पट्टि तीनवटा अर्कोपट्टि तीनवटा।

25:33b.EXO.025.033 प्रत्येक हाँगामा तीनवटा फूलहरू हुनु पर्छ। यी फूलहरू, पत्र तथा कोपिलाहरू बदामको फूल जस्तै बनाऊ।

25:34b.EXO.025.034 सामदानमाथि अझ चारवटा फूलका पत्तीहरू बनाऊ। यी फूलहरूका कोपिला र पत्रहरू पनि बदामका फूल जस्तै हुनु पर्छ।

25:35b.EXO.025.035 सामदानमाथि हाँगाहरूको तीन एकको जोडीमा, यी बीचमा यी फूलहरू एक-एकवटा लगाऊ।

25:36b.EXO.025.036 कोपिलाका, पत्रहरू अनि सम्पूर्ण सामदान शुद्ध सुनले बनिएको हुनुपर्छ। यिनीहरू सबै एउटा सुनको टुक्राबाट मार्तोलले पिटेर बनाएको हुनुपर्छ।

25:37b.EXO.025.037 तब सामदानमाथि राख्ने सातबटा दियाहरू बनाऊ अनि यिनले अघिल्लो भागको क्षेत्रमा ज्योति दिऊन्।

25:38b.EXO.025.038 चिम्टा र तावाहरू शुद्ध सुनको बनाउनु पर्छ।

25:39b.EXO.025.039 एक तोडा शुद्ध सुन चलाएर सामदान अनि यसमा चलाउनको निम्ति अरू सहयोगी चीजहरू बनाउनु पर्छ।

25:40b.EXO.025.040 चीजहरू मैले तिमीलाई पर्वतमाथि देखाएको नमूना जस्तै हुनु पर्छ।”

26

26:1b.EXO.026.001 “दशवटा पर्दाले पवित्र पाल बनाउनु पर्छ। यी पर्दाहरू सुती-कपडा, निलो, बैजनी अनि रातो रेशमको लुगाले बनिएको हुनुपर्छ अनि करूब स्वर्गदूतहरूको आकृति पर्दाहरूमा बनाउनु पर्छ।

26:2b.EXO.026.002 हरेक पर्दा अठाईस हात लामो हुन पर्छ। चार हात चौडाइको हुनुपर्छ अनि सबै पर्दाको नाप बराबरी हुनुपर्छ।

26:3b.EXO.026.003 पाँचवटा पर्दाहरूको एउटा समूह अनि अर्को पाँचवटा पर्दाहरूको अर्को एउटा समूह बनाऊ।

26:4b.EXO.026.004 पहिला समूह पर्दाको किनारमा निलो लुगाको एउटा सुर्काउनी बनाऊ। दोस्रो समूह पर्दाको किनारमा पनि तिमीले त्यसै गर।

26:5b.EXO.026.005 हरेक पर्दाको हरेक किनारमा पचासवटा सुर्काउनीहरू बनाऊ।

26:6b.EXO.026.006 त्यसपछि ती पर्दाहरूसंगै जोडनका लागि पाँचासवटा सुनको मुन्द्रीहरू बनाऊ। दुइवटा समूहको पर्दालाईसंगै जोडेर एउटा पवित्र पाल बनाऊ।

26:7b.EXO.026.007 “तब अर्को पाल पवित्र मण्डप ढाक्नका निम्ति बनाऊ। त्यो पाल बाख्राका भुत्लाले बुनेर बनाऊ। पाल एघारवटा पर्दाहरू गाँसेर बनाऊ।

26:8b.EXO.026.008 यी प्रत्येक पर्दाहरू टुक्राका नाप तीस हात लमाइ र चार हात चौडाइ गरी सबै बराबर हुनुपर्छ।

26:9b.EXO.026.009 पहिले पाँचवटा टुक्रा जोडेर एक भाग अनि अरू छःवटा टुक्राहरू जोडेर अर्को भाग तयार पार। छःवटा पर्दालाई पालभित्र प्रवेश द्वारमाथि पट्टाएर राख।

26:10b.EXO.026.010 एक भागको आखिरी किनारमा पचासवटा सुर्काउनी बनाऊ र अर्को भागमा पनि त्यसरी नै पचासवटा सुर्काउनी बनाऊ। यी सुर्काउनीहरूले भाग भाग पर्दाहरूलाई एउटै पाल बनाउँछन्।

26:11b.EXO.026.011 काँसाका पचासवटा मुन्द्रीहरू बनाऊ अनि दुइ समूह पर्दाहरू एउटा एकलो पाललाई जोडनको निम्ति प्रयोग गर।

26:12b.EXO.026.012 यो पाल पहिले बनाइएको पवित्र पाल भन्दा बढी लामो हुन्छ। यसरी यस पालको पर्दाको आधा भागको किनारा पवित्र पालको पछाडी झुण्डिनेछ।

26:13b.EXO.026.013 यो पालको पर्दा पवित्र पालको वरिपरि अन्तिम किनारमा पनि एक हात झुण्डिएर रहनेछ। यसकारण यस पालले पवित्र पाललाई पूर्ण रूपले ढाक्नेछ।

26:14b.EXO.026.014 बाहिरबाट ढाक्नलाई अरू दुइवटा पर्दा बनाऊ। दुइवटा पर्दामा एउटा चाँहि भेडाको छालालाई रातो रंग लगाएर बनाऊ र अर्को चाँहि नरम छालाको बनाऊ।

26:15b.EXO.026.015 “पवित्र पाल स्थापना गर्नको निम्ति लामो बबुलको काठको फल्याकहरू प्रयोग गर।

26:16b.EXO.026.016 अवश्यै फल्याकहरू दश हात लामा अनि एक हात आधा चौडा हुनै पर्छ।

26:17b.EXO.026.017 एका अर्कोलाई समान्तर गर्नको निम्ति प्रत्येक र जोडी फल्याकहरूलाई एकै साथ जोडनको निम्ति चुकुलहरू प्रयोग गर।

26:18b.EXO.026.018 पवित्र पालको दक्षिण पट्टि जोडन बीसवटा फल्याकहरू बनाऊ,

26:19b.EXO.026.019 अनि यी फल्याकलाई सीधा गर्नको निम्ति चालीसवटा चाँदीका आधारहरू बनाऊ। प्रत्येक फल्याकको एउटा आधारमा लगाऊ, दुइवटा आधारहरू एउटा फल्याकमा लगाऊ।

26:20b.EXO.026.020 पवित्र पालको उत्तरी भागमा अझ बीसवटा फल्याकहरू बनाऊ।

26:21b.EXO.026.021 अनि यस फल्याकहरूलाई सिधा बनाउन चालीसवटा चादीको आधारहरू प्रत्येक फल्याकको निम्ति दुइ दुइवटा बनाऊ।

26:22b.EXO.026.022 अझ छवटा फल्याकहरू बनाऊ।

26:23b.EXO.026.023 पवित्र पालको पछिल्लो भागको कुनामा दुइवटा फल्याकहरू बनाऊ।

26:24b.EXO.026.024 कुनाको फल्याकहरू फेदसम्म फैलिएको हुनुपर्छ। टुप्पाको मुन्द्रीहरूमा फल्याकहरूसंगै जोडिएको हुनुपर्छ अनि त्यस्तै प्रकारले फेदको कुनाहरूको निम्ति गर्नु पर्छ।

26:25b.EXO.026.025 त्यहाँ पश्चिमी किनारका निम्ति आठवटा फल्याकहरू हुनुपर्छ अनि प्रत्येकलाई दुइवटा गरी जम्मा सोह्रवटा चाँदीका आधारहरूको आवश्यकता पर्नेछन्।

26:26b.EXO.026.026 “पवित्र पालमाथि पट्टिको पाँचवटा फल्याकको किनार बनाउनमा बबुल काठ प्रयोग गर।

26:27b.EXO.026.027 पवित्र पालको अर्को किनारको फल्याकमाथि पाँचवटा डण्डाहरू बनाउनु पर्छ। अनि पवित्र पालको पश्चिमी किनार फल्याकमाथि पाँचवटा डण्डाहरू बनाउनु पर्छ।

26:28b.EXO.026.028 माझको डण्डा हरेक फल्याकको मध्य भागबाट एक छेऊ देखि अर्को छेऊसम्म पुगेको हुनुपर्छ।

26:29b.EXO.026.029 “फल्याकहरू र डण्डाहरू सुनले मोहोरी देऊ अनि सुनको मुन्द्रीहरू बनाऊ।

26:30b.EXO.026.030 मैले तिमीलाई पर्वतमा देखाए बमोजिम नै पवित्र पाल बनाऊ।

26:31b.EXO.026.031 “निलो, बैजनी र राता धागाले बटारेको सुती कपडाका पर्दाहरू बनाऊ। यसलाई करूब र्स्वगदूतका नक्साहरूले सुसज्जित पार।

26:32b.EXO.026.032 बबुल काठको चारवटा खम्बाहरू बनाऊ अनि ती खम्बाहरूलाई सुनले मोहोर। प्रत्येक खम्बाको निम्ति सुनको अंकुशेहरू बनाऊ अनि सीधा पार्नका निम्ति चाँदीको आधारहरू बनाऊ। त्यसपछि ती सुनका अंकुसेमा पर्दा झुण्डाई देऊ।

26:33b.EXO.026.033 करारको सन्दूकलाई पर्दाको पछाडी राख। यस पर्दाले पवित्र स्थानलाई महापवित्र स्थानबाट छुट्टाउँछ।

26:34b.EXO.026.034 महापवित्र स्थानभित्र करारको सन्दूकमाथि ढकनी लगाऊ।

26:35b.EXO.026.035 “पर्दाको बाहिर पट्टि तिमीले बनाएको विशेष टेबल राख। यो टेबल पवित्र पालको उत्तरपट्टि हुनुपर्छ। पवित्र पालको दक्षिणपट्टि सामदान यो टेबिलको सोझोमा हुनेगरि राखी देऊ।

26:36b.EXO.026.036 “निलो, बैजनी र रातो सुतीको धागो बाटेर एउटा पर्दा बनाएर पवित्र पालको प्रवेशद्वार पर्दा बनाऊ।

26:37b.EXO.026.037 यस पर्दामा सुनले बनिएको अंकुसेहरू लगाऊ। अनि बबुलको काठको पाँचवटा खम्बाहरू सुनले बेरेर बनाऊ। यी पाँचवटा खम्बाको निम्ति काँसाका आधारहरू बनाऊ।”

27

27:1b.EXO.027.001 “बबुल काठको एउटा वेदी बनाऊ। त्यो वेदी पाँच हात लामो तथा पाँच हात चौडा र तीन हात उचाइ वर्ग आकारमा बनिनु पर्छ।

27:2b.EXO.027.002 त्यस वेदीको चारैवटा कुनामा एक एकवटा सींग बनाऊ र प्रत्येक सींगगलाई यस्तो प्रकारले जोड कि सबै एउटै टुक्राले बनिएको देखियोस्। तब वेदीलाई काँसाले मोहोरी देऊ।

27:3b.EXO.027.003 “वेदी सफा गर्न चाहिने सामग्रीहरू करूवा, मासु उठाउने काँटाहरू, तावाहरू कोप्रे भाँडाहरू यी सबै काँसाको बनाउनु पर्छ।

27:4b.EXO.027.004 वेदीको निम्ति एउटा काँसाको जाली जस्तै कोरेसो बनाऊ। त्यस कोरेसोको चारै कुनामा काँसाको चारवटा कुण्डलहरू लगाई देऊ।

27:5b.EXO.027.005 त्यो कोरेसो चाँहि वेदीको तहको मुनि टँसिएको हुनुपर्छ। अनि वेदीको तल आधा भागसम्म फैलिएको हुनुपर्छ।

27:6b.EXO.027.006 “वेदीको निम्ति डण्डाहरू बबुल काठको बनाऊ र त्यसलाई काँसाले मोहोर।

27:7b.EXO.027.007 वेदीमा भएका कुण्डलहरूमा दुइतिरबाट यी डण्डाहरू पसाउँनु र वेदी बोक्नु पर्दामा यी डण्डाहरू प्रयोग गर्नु पर्छ।

27:8b.EXO.027.008 वेदी बनाउँदा एउटा खाली सन्दूक जस्तो फल्याकबाट बनाउनु पर्छ। त्यो मैले तिमीलाई पर्वतमा देखाए जस्तै हुनुपर्छ।

27:9b.EXO.027.009 “पवित्र पालको आँगन हुनपर्छ। एक सय हात लामो एउटा पर्दा लगाएर आँगन बनाऊ यो दक्षिण भागमा हुनुपर्छ। त्यो पर्दा राम्रोसंग बुनेको सुतीको लुगाले बनाउनु पर्छ।

27:10b.EXO.027.010 र बीसवटा खम्बाहरू बनाऊ अनि ती बीसवटा खम्बाहरूको लागि बीसवटा काँसले बनिएका आधारहरू प्रयोग गर। डण्डाहरूको निम्ति अंकुसे र बन्धनहरू चाँदीको बनाउनु पर्छ।

27:11b.EXO.027.011 उत्तर तिर पनि एक सय हात लामो पर्दा अनि त्यो पर्दाको निम्ति पनि बीसवटा खम्बाहरूसंग बीसवटा काँसाको आधारहरू हुनुपर्छ। तिनीहरूको निम्ति अंकुशे र बन्धन चाँदीको बनाउनु पर्छ।

27:12b.EXO.027.012 “पवित्र पालको पश्चिम तिरको आँगनमा पचास हात लामो पर्दा होस। त्यस पर्दाको निम्ति दशवटा डण्डाहरू र दशैवटा आधारहरू लगाऊ।

27:13b.EXO.027.013 पवित्र पालको पूर्वपट्टि आँगनमा पनि पचास हात लामो पर्दा लगाऊ।

27:14b.EXO.027.014 एकापट्टि पन्ध्र हात लामो पर्दा हुनुपर्छ अनि त्यसमा तीनवटा खम्बा र तीनैवटा आधारहरू हुनुपर्छ।

27:15b.EXO.027.015 यसको अर्कोपट्टि पनि पन्ध्र हात लामो पर्दा, तीनवटा डण्डा र तीनैवटा आधारहरू हुनुपर्छ।

27:16b.EXO.027.016 “आँगनको प्रवेशद्वार ढाक्नको निम्ति बीस हात लामो निलो, बैजनी र रातो धागोले मसिनो बुनेको सुती कपडाको पर्दा लगाऊ। पर्दामा बेलबुट्टा काढेर नक्सा बनाउनु पर्छ। त्यस पर्दाको निम्ति चारवटा डण्डाहरू र चारवटा आधारहरू लगाउनु पर्छ।

27:17b.EXO.027.017 आँगनका चारैतिरका पर्दाहरूको अंकुसे र त्यसलाई अड्याउने सबै खम्बाका आधार पीतलले मोहरेको हुनुपर्छ।

27:18b.EXO.027.018 आँगन एक सय हात लामो अनि पचास हात चौडा हुनुपर्छ। आँगन वरिपरिको पर्दाको उचाइ चाँहि पाँच हात हुनुपर्छ। पर्दा मसिनो सुती कपडाको हुनुपर्छ। डण्डा तथा खम्बाको निम्ति लगाइने आधार काँसाको हुनुपर्छ।

27:19b.EXO.027.019 पवित्र पालमा प्रयोग गरिने सबै आँगन वरिपरिका वस्तुहरू अनि पालका चुकुलहरू अनि आँगन काँसाको हुनुपर्छ।

27:20b.EXO.027.020 “भद्राक्षको शुद्ध तेल ल्याई निरन्तर दियाहरू बाल्न इस्राएलीहरूलाई आदेश देऊ।

27:21b.EXO.027.021 हारून र उसका छोराहरूले दियोहरूको ध्यान राख्नेछन्। तिनीहरू भेट हुने पालको प्रथम कक्षामा जानेछन् अनि यो कक्षा पर्दाको पछाडी बाहिर जसले दुइटा कोठाहरूलाई छुट्याउँछ। तिनीहरूले परमप्रभुको सम्मुख दियोहरू निरन्तर बाली राख्नकालागि प्रत्येक साँझ विहान हेरचाह गर्नेछन्। इस्राएली मानिसहरू तथा तिनीहरूका सन्तानहरूले यो नियमका सदा-सर्वदा पालन गर्नु पर्छ।”

28

28:1b.EXO.028.001 परमप्रभुले मोशालाई भन्नु भयो, “तिम्रो दाज्यू हारून, उसका छोराहरू नादाब, अबीहू, एलाजार अनि ईतामारलाई इस्राएली मानिसहरूलाई छोडेर तिमी कहाँ आउनु भन। यी मानिसहरू पूजाहारी भएर मेरो सेवा गर्नेछन्।

28:2b.EXO.028.002 “तिम्रो दाज्यू हारूनको निम्ति विशेष पोशाक बनाऊ। यी पोशाकहरूले उसलाई सम्मान र आदर दिनेछन्।

28:3b.EXO.028.003 इस्राएली मानिसहरूमा यस प्रकारको पोशाक बनाउन निपुर्ण मानिसहरू छन्। मैले ती मानिसहरूलाई विशेष ज्ञान दिएकोछु। हारूनको निम्ति ती मानिसहरूलाई पोशाक बनाउनु भन। ती पोशाकहरूले उसलाई पूजाहारी जस्तै सजाउँछ।

28:4b.EXO.028.004 ती मानिसहरूले पोशाक छालाको थैलो एपोद एउटा डोरी, झालर लगाएको डोरी, एउटा फेटा अनि एउटा पेटी बनाउनु पर्छ। ती मानिसहरूले यो पवित्र पोशाकहरू हारून र उसका छोराहरूका निम्ति बनाउनु पर्छ। तब हारून अनि उसका छोराहरू अधिकृत पूजाहारी हुन्छन्।

28:5b.EXO.028.005 ती मानिसहरूलाई भन यी पोशाकहरू बनाउँदा सुनको धागो, मिहीन वस्त्र र निलो, बैजनी अनि रातो धागो प्रयोग गरून्।

28:6b.EXO.028.006 “एपोद बनाउँदा ती मानिसहरूले मिहीन वस्त्र, निलो, बैजनी अनि रातो धागो र सुनको धागो प्रयोग गरून्। यो कार्य अत्यन्तै शिपालु मानिसहरूले गर्नु पर्छ।

28:7b.EXO.028.007 यी दुवै टुक्राले काँधे बन्धन हुनुपर्छ, एउटाले अर्कोको छेउ जोडिएको हुनुपर्छ।

28:8b.EXO.028.008 “यी मानिसहरूले एपोदको निम्ति पेटी पनि अत्यन्तै सावधानीसित बनाउनु पर्छ। पेटी पनि तिनीहरूले एपोद बनाउँदा जस्तै सुनको धागो, मसिनो गरी बाटेको सुती कपडा, निलो, बैजनी अनि रातो धागोहरूले बनाउनु पर्छ।

28:9b.EXO.028.009 “गोमेद पत्थरहरू लेऊ र याकूबका बाह्रजना छोराहरूको नाउँ लेख प्रत्येक पत्थरमा छ जनाको नाउँ लेख।

28:10b.EXO.028.010 तिनीहरूको नाउँहरू जन्म क्रम अनुसार सूचित गर।

28:11b.EXO.028.011 इस्राएलीका नाउँहरू रत्नहरूमा खोप। यी कामहरू यस्तै प्रकारले गर्नु पर्छ जसरी शिल्पकारहरूले मोहोरमा नाउँ अनि नक्शा खोप्ने गर्छन्। यसकारण खोपिएका रत्नहरू सुनको पातामा ठोकिएको हुनुपर्छ।

28:12b.EXO.028.012 तब यी खोपिएको रत्नहरू एपोदको काँधहरूमाथि लगाई देऊ। जब हारून परमप्रभुको सामुने उभिन्छ, उसले एपोद जहाँ याकूबका छोराहरूले नाउँ खोपेर जोडेको रत्नहरू छन् काँधहरूमाथि लगाउँछ। यी रत्नहरूले परमप्रभुलाई इस्राएलीहरूको विषयमा सम्झना गराउँछ।

28:13b.EXO.028.013 सुनका दुइवटा आकारहरू बनाऊ अनि

28:14b.EXO.028.014 शुद्ध सुनका धागोहरू बाटेर दुइवटा साङ्गली बनाऊ र दूई समूहलाई जोडी देऊ।

28:15b.EXO.028.015 “प्रधान पूजाहारीका निम्ति एपोद बनाउने निपुण शिल्पकारहरूले न्यायको थैली बनाउनु पर्छ। यस्तो थैली बनाउँदा पनि ती शिल्पकारहरूले सुनको धागो, मसिनो गरी बाटेको सुती कपडा अनि निलो, बैजनी र राता धागाहरू प्रयोग गर्नु पर्छ।

28:16b.EXO.028.016 न्यायको थैली दोबारेको चारपाटे हुनुपर्छ। त्यो थैली एक बित्ता लामो र एक बित्ता चौडाइको हुनुपर्छ।

28:17b.EXO.028.017 न्यायको थैलीमा यी रत्नहरू चार लहरमा जोड। पहिलो लहरमा साडियस, पुष्पराज, र पन्ना,

28:18b.EXO.028.018 दोस्रो लहरमा फिरोजा, नीलम र लालहीराको,

28:19b.EXO.028.019 तेस्रो लहरमा नीलमणि, हाकिक र कटेला र

28:20b.EXO.028.020 चौथो लहरमा पीतमणि, आनिक्स अनि स्फारिक हुनु पर्छ। रत्नहरू सुनको घेरामा राख्नुपर्छ।

28:21b.EXO.028.021 प्रत्येक रत्नमा इस्राएलको बाह्र वंशहरूमध्ये एक-एकको नाउँ खोपिएको हुनुपर्छ। खोप्ने काम निपुणतासंग गरिएको हुनु पर्छ।

28:22b.EXO.028.022 “न्याय थैलीको निम्ति शुद्ध सुनको साङ्गली बनाऊ। यी साङ्गलीहरू डोरी जस्तै बटारिएको हुनुपर्छ।

28:23b.EXO.028.023 सुनका दुइवटा मुन्द्रीहरू बनाऊ र तिनीहरूलाई दुइवटा न्याय थैलीको छेऊमा जोडी देऊ।

28:24b.EXO.028.024 दुइवटा सुनको डोरीहरू दुइवटा मुन्द्रीहरू न्यायको थैलीमाथि छेउमा जोडी देऊ।

28:25b.EXO.028.025 दुवै साङ्गलाहरू मिलाएर एपोदको कुममाथि चौखटमा साङ्गलाको अर्को अन्त बाँध। यसले न्यायको थैलीलाई एपोदको अघि थाम्छ।

28:26b.EXO.028.026 अझै दुइवटा सुनको मुन्द्रीहरू बनाऊ अनि तिनलाई न्यायको थैलीको अर्को दुइ कुनामा राखिदेऊ। यो एपोदको छेऊमा न्यायको थैलीको भित्री भागमा हुनेछ।

28:27b.EXO.028.027 अझै दुइवटा सुनको कुण्डलहरू बनाएर एपोदको अघाडीपट्टिको भागमा काँधको मुनि राख। एपोदको पेटीमाथि सुनका मुन्द्रीहरू लगाऊ।

28:28b.EXO.028.028 न्यायको थैली कुण्डल र एपोदको कुण्डल बाँध्न निलो डोरीको प्रयोग गर। यसरी न्यायको थैली पेटी नजिक रहन्छ र एपोदसित बाँध।

28:29b.EXO.028.029 “हारून जब पवित्र स्थानमा जान्छन् उनले आफ्नो छातीमा त्यो न्यायको थैली लगाएको हुनुपर्छ। यसरी इस्राएलाका बाह्र जना छोराहरूको नाउँ हारूनको छातीमाथि परमप्रभुको सम्झनामा सदा-सर्वदा रहनेछ।

28:30b.EXO.028.030 ऊरीम र तुम्मीम सँधै त्यो न्यायको थैलीमा राखिएको हुनुपर्छ। हारून जब परमप्रभुको सामुन्ने जान्छन उनको छातीमाथि ती राख्नुपर्छ। यसकारण हारून जब परमप्रभु अघाडी हुन्छन् इस्राएली मानिसहरूलाई न्याय गराइने साधनहरू सबै आफूसित राखिएको हुन्छ।

28:31b.EXO.028.031 “एपोदको निम्ति निलो रंगको लबेदा तिमीले बनाऊ।

28:32b.EXO.028.032 शिरको लागि बीचमा प्वाल बनाऊ अनि प्वालको किनारमा कोटको कलर च्यातिनुबाट बचाउनुलाई बुने झैं सिलाऊ।

28:33b.EXO.028.033 पोशाकको फेरो वरिवरि निलो, बैजनी अनि रातो धागोले दारीमहरू बनाऊ र तिनलाई झुण्डाऊ।

28:34b.EXO.028.034 सुनको घण्टीहरू दारीमहरू बीच-बीचमा पोशाकको वरिपरि झुण्डाऊ। यसरी पोशाकको किनारमा दारीमहरू अनि एक पछि अर्को गर्दै घण्टीहरू झुण्डाऊ।

28:35b.EXO.028.035 हारून जब पूजाहारी भई सेवा गर्छन् तिनले यो लवेदा लगाएर गर्छन्। हारून जब पवित्र स्थानभित्र जान्छन् र त्यहाँबाट निस्कन्छन घणटीहरू बज्नेछन् अनि यसरी हारून मर्ने छैनन्।

28:36b.EXO.028.036 “मानिसहरूले मोहर बनाए झैं शुद्ध सुनको पाता बनाऊ अनि त्यसमा यी शब्दहरू खोप ‘परमप्रभुको निम्ति पवित्र।’

28:37b.EXO.028.037 यो फेटामो निलो धागो बाँधिदेऊ। यो सुनको पाता फेटामा अघिल्तिर हुनुपर्छ।

28:38b.EXO.028.038 हारूनले आफ्नो शिरमाथि त्यो लगाउनेछन् अनि यसरी इस्राएली मानिसहरूले परमप्रभुलाई चढाएको पवित्र उपहारको जिम्मावार हुनेछन्। यसकारण हारूनले त्यो सुनको पाता सधैं आफ्नो शिरमा राख्नेछन् जसले गर्दा मानिसहरूले चढाएका सबै उपहारहरू ग्रहण परमप्रभुले गर्नु हुनेछ।

28:39b.EXO.028.039 “सेतो लबेदा बनाउनलाई मसिनो सुती कपडा प्रयोग गर। फेटा बनाउन मिहीन लुगा प्रयोग गर। पेटीमा बुट्टाहरू सिलाएर बनाऊ।

28:40b.EXO.028.040 हारूनका छोराहरूको निम्ति पनि लबेदा पटुका र फेटाहरू बनाऊ। यी वस्त्रहरूले तिनीहरूलाई सम्मान अनि गौरव प्रदान गर्नेछन्।

28:41b.EXO.028.041 हारून र तिनका छोराहरूले ती पोशाकहरू लगाएपछि तिनीहरूलाई तेलले अभिषेक गरिदेऊ। यसरी तिनीहरू नियुक्त हुनेछन् अनि पवित्र भएर मेरो निम्ति पूजाहारीहरू झैं सेवा गर्नेछन्।

28:42b.EXO.028.042 “पोशाकहरूको लागि सुती लुगा प्रयोग गर। त्यो पोशाक तिनीहरूले कमरदेखि तिग्रासम्म लगाउँनु पर्छ।

28:43b.EXO.028.043 हारून र तिनका छोराहरू जति बेला भेट हुने पालभित्र पस्छन् तिनीहरूले त्यो लुगा लाउनु पर्छ। पूजाहारी भई काम गर्न जुन बेलामा पनि तिनीहरू पवित्र स्थानको वेदी नजिक जान्छन् तिनीहरूले त्यो पोशाक लगाएको हुनुपर्छ। यदि तिनीहरूले ती वस्त्रहरू धारण नगरी त्यसरी भित्र पसे दोषी भई मर्ने छन्। यी सब हारून अनि तिनका भावी सन्तानको निम्ति सदा-सर्वदाका लागि पालन गरिनु पर्ने नियम हुनेछन।”

29

29:1b.EXO.029.001 त्यसपछि परमप्रभुले मोशालाई भन्नु भयो, “हारून र तिनका छोराहरूले आफू पूजाहारी भई विशेष रूपमा मेरो सेवा कसरी गर्नु पर्छ भनी तिमीले देखाउनको निम्ति के गर्नु पर्छ म तिमीलाई अब भन्नेछु। तिमीले निष्खोट एउटा बाछा र दुइवटा भेडाको पाठाहरू जोगाड गर।

29:2b.EXO.029.002 त्यसपछि खमीर बिनाको गहुँको मिहीन पिठो जोगाड गरी रोटी बनाउनु त्यसमा भद्राक्षको तेल मिसाऊ। अनि त्यस पिठोको पात्लो रोटी बनाएर त्यसमाथि तेल छर्क।

29:3b.EXO.029.003 रोटीहरू डालोमा हाल र यो हारून अनि उसको छोराहरूकहाँ साँढे अनि पाठाहरूसंगै ल्याऊ।

29:4b.EXO.029.004 त्यसपछि हारून र तिनका छोराहरूलाई भेटहुने पालको प्रवेश द्वार अघि ल्याएर नुहाउन लगाऊ।

29:5b.EXO.029.005 हारूनलाई सेतो पोशाक एपोद अनि निलो पोशाक लगाइदेऊ। उसलाई न्यायको थैली अनि एपोद लगाउन लगाऊ। त्यसपछि त्यो सुन्दर पेटी तिनलाई लगाइदेऊ।

29:6b.EXO.029.006 उसको टाउकोमा फेटा लगाइदेऊ अनि पवित्र मुकुट फेटामाथि राखि देऊ।

29:7b.EXO.029.007 हारूनको शिरमा अभिषेक गर्ने तेल छर्किदेऊ।

29:8b.EXO.029.008 “त्यसपछि हारूनका छोराहरूलाई त्यस स्थानमा ल्याऊ। बुनेको सेतो लबेदा तिनीहरूलाई लगाई देऊ।

29:9b.EXO.029.009 त्यसपछि तिनीहरूको कम्मरमा पटुका बाँधिदेऊ। तिनीहरूलाई फेटा कसि देऊ। तब तिनीहरू पूजाहारी बनिन्छन् र आराधना गर्न शुरू गर्छन् अनि त्यही नियम अनुसार जुन नियम सदा-सर्वदाको निम्ति चलिरहन्छ। तिनीहरू पूजाहारी रहन्छन्। यही तरीकाले हारून अनि तिनका छोराहरूलाई तिमीले पूजाहारी बनाउने छौ।

29:10b.EXO.029.010 “त्यसपछि भेट हुने पालको प्रवेशद्वारमा बाछोलाई ल्याऊ अनि हारून र उसका छोराहरूले बाछोको शिरमाथि तिनीहरूको हात राखून।

29:11b.EXO.029.011 तब बाछोलाई परमप्रभुको सामुन्ने भेट हुने पालको प्रवेशद्वारमा मार।

29:12b.EXO.029.012 बाछाको केही रगत तिम्रो औलामा लैजाऊ अनि यसलाई वेदीको सींङहरूमाथि राख। बाँकी रहेको जम्मै रगत वेदीको फेदमा खन्याइदेऊ।

29:13b.EXO.029.013 बाछाको आन्द्रा भँडी छोपिएको बोसो कलेजोको भाग बोसो, दुइवटा मिर्गौलाहरू अनि त्यो मिर्गौलाहरूमाथि भएका बोसो सबै उठाऊ अनि वेदीमा जलाई देऊ।

29:14b.EXO.029.014 बाछोको मासु, छाला अनि भुडी ल्याऊ अनि त्यसलाई छाउनी बाहिर जलाई देऊ। यो पाप बलि हो।

29:15b.EXO.029.015 “त्यसपछि हारून अनि उसको छोराहरूलाई भेडाहरूमध्ये एउटाको शिरमाथि हातहरू राख्नु भन।

29:16b.EXO.029.016 त्यसपछि त्यो भेडा मारेर त्यसको रगत जम्मा गर। रगतलाई वेदीको वरिपरि छर्किदेऊ।

29:17b.EXO.029.017 तब भेडालाई टुक्रा-टुक्रा बनाएर सम्पूर्ण रूपले धोऊ अनि खुट्टाहरू पनि धोऊ र यी सबै भेडाको चीजहरू यसको शिरसितै राख।

29:18b.EXO.029.018 तब सम्पूर्ण भेडालाई वेदीमा जलाई देऊ। यसको सुगन्धले परमप्रभुलाई प्रसन्न तुल्याउँछ। अनि त्यस्तो होम बलि जुन हो आगोद्वारा चढाईन्छ।

29:19b.EXO.029.019 “हारून र तिनका छोराहरूलाई अर्को पाठोको शिरमाथि हात राख्नु भन।

29:20b.EXO.029.020 त्यस भेडालाई मार र त्यसको केही रगत ल्याऊ। हारून र तिनका छोराहरूको दाहिने कानको लोतीमा त्यो रगत लगाइदेऊ। अनि केही रगत तिनीहरूको दाहिने हातको बूढी औंलाहरूमा लगाइदेऊ। र दाहिने खुट्टाको बूढी औंलामाथि केही रगत राख। त्यसपछि रगतलाई वेदीको वरिपरि छर्क।

29:21b.EXO.029.021 त्यसपछि वेदीबाट केही रगत झिकेर अभिषेक गर्ने तेलसित मिलाऊ र हारून र तिनका छोराहरूमाथि छर्किदेऊ। तिनीहरूका पोशाकहरूमाथि पनि छर्किदेऊ। यसले हारून र तिनका छोराहरूले मेरो विशेष रूपले सेवा गर्नेछन् भन्ने बुझाउँछ। अनि यसले तिनीहरूको लुगाहरू पनि विशेष समयमा मात्र प्रयोग गरिन्छ भनी दर्शाउँछ।

29:22b.EXO.029.022 “त्यसपछि भेडाबाट बोसो झिक। पुच्छरको बोसो निकाल आन्द्रा भुँडी छोप्ने बोसो अनि भित्री कलेजो अनि दुवै मिर्गौला अनि तिनीहरूमाथिको बोसो र दाहिने खुट्टा निकाल।

29:23b.EXO.029.023 त्यसपछि एउटा टुक्रा रोटी, एउटा केकको रोटी, तेलमा पकाएको फूलौरो र डालोबाट अखमिरो नभएको पातलो रोटी निकाल जुन चाँहि परमप्रभुको अघि छ।

29:24b.EXO.029.024 ती चीजहरू हारून अनि उनको छोराहरूलाई देऊ। तिनीहरूले यी चीजहरू तिनीहरूको हत्केलामा राखून अनि तिनीहरूलाई परमप्रभुको सामुन्ने उठाउन।

29:25b.EXO.029.025 त्यसपछि हारून र तिनका छोराहरूबाट यी सब चीजहरू लेऊ र वेदीमा पाठोसितै राख। अनि वेदीमा प्रत्येक चीज जलावोस्। यो आगोद्वारा चढाइएको होमबलि हो। यसको सुगन्धले परमप्रभुलाई सन्तुष्ट तुल्याउँछ।

29:26b.EXO.029.026 “त्यसपछि त्यो पाठोबाट ह्याकुला झिक। (यो त्यही पाठो हो जुन हारूनलाई प्रधान पूजाहारी बनाउँने उत्सवमा उपयोग गरिनेछ।) पाठोको ह्याकुलो परमप्रभु सम्मुख विशेष भेटी स्वरूप समाती राख। पशुको त्यो भाग तिम्रो हुन्छ।

29:27b.EXO.029.027 तब पाठोको त्यो ह्याकुला र खुट्टा समात जुन हारूनलाई प्रधान पूजाहारी बनाउँदा उपयोग गरिएको थियो। त्यस भागहरूलाई पवित्र बनाऊ र तिनीहरू हारून अनि उसको छोराहरूलाई देऊ।

29:28b.EXO.029.028 इस्राएली मानिसहरूले यी अंशहरू हारून र तिनका छोराहरूलाई सधैं दिनेछन्। जहिले पनि इस्राएलीहरूले परमप्रभुलाई चढाएको मेलबलिहरू चढाउँछन् ती बलिका भागहरू पूजाहारीहरूलाई दिनेछन्।

29:29b.EXO.029.029 “हारूनको निम्ति बनाएको विशेष पोशाकहरू उसका सन्तानहरूलाई दिइन्छ जब तिनीहरूलाई पूजाहारी अभिषेक गरिन्छन्।

29:30b.EXO.029.030 हारून पछि तिनको छोरो प्रधान पूजाहारी हुनेछ। हारूनको त्यस छोराले ती पोशाकहरू सात दिनसम्म लगाउनेछ जब त्यो पवित्र स्थानमा सेवाको निम्ति भेट हुने पालमा आउनेछ।

29:31b.EXO.029.031 “हारूनलाई प्रधान पूजाहारी बनाउँदा उपयोग गरिएको भेडाको मासु पकाऊ। त्यो मासु पवित्र स्थानमा पकाऊ।

29:32b.EXO.029.032 त्यसपछि हारून र तिनका छोराहरू भेट हुने पालको ढोका अघि बसेर त्यो मासु र डालोमा भएको रोटी पनि खाने छन्।

29:33b.EXO.029.033 यी चीज तिनीहरू पूजाहारी हुँदा तिनीहरूको प्रायश्चितका निम्ति चढाइएका हुन् अब तिनीहरूले ती उपहारहरू खानु पर्छ। अन्य मानिसहरूले यी उपहारहरू खानु हुँदैन किनभने यी चीजहरू पवित्र हुन्।

29:34b.EXO.029.034 यदि हारूनलाई पूजाहारीको रूपमा अभिषेक गर्दा बलि चढाएका रोटी अथवा मासु बिहानसम्म रहे त्यो जलाउनु पर्छ। अर्को दिन तिमीहरूले त्यो रोटी अथवा मासु खानु हुदैन किनभने तिनीहरू पवित्र छन्।

29:35b.EXO.029.035 “तिमीहरूले यी सबै चीजहरू हारून र उसका छोराहरूको निम्ति मैले तिमीहरूलाई आदेश गरे जस्तै गर्नु पर्छ। तिनीहरूका पूजाहारी नियुक्ती को उत्सव लगातार सात दिनसम्म चल्नु पर्छ।

29:36b.EXO.029.036 यी सात दिनसम्म प्रत्येक दिन तिमीहरूले एउटा बाछा बलि चढाउनु पर्छ। यो हारून र उसको छोराहरूको प्रायश्चितका निम्ति हुनेछ। तिमीहरूले एउटा बाछा पनि वेदीको शुद्धताको निम्ति चढाउनु पर्छ। तिमीहरूले शुद्ध भद्राक्षको तेल वेदीमाथि खन्याएर यसलाई पवित्र बनाउनु पर्छ।

29:37b.EXO.029.037 सात दिनसम्म तिमीहरूले वेदीको लागि प्रायश्चित गर्नेछौ अनि पवित्र पार्नेछौ। त्यस समय वेदी अत्यन्तै पवित्र हुनेछ। कुनै चीजहरूले वेदीलाई छुनेहो भने त्यो पनि पवित्र हुनुपर्छ।

29:38b.EXO.029.038 “प्रत्येक दिन तिमीले वेदीमा उपहार चढाउनु नै पर्छ। तिमीले दुइवटा एक वर्षे थुमाबलि चढाउनु पर्छ।

29:39b.EXO.029.039 तिमीहरूले पहिलो थुमा बिहान अनि दोस्रो थुमा घाम अस्ताउँदा बलि दिनु पर्छ।

29:42b.EXO.029.042 “तिमीहरूले यी चीजहरू बलिदान स्वरूप परमप्रभुलाई तिमीहरूका सन्तानहरू बाँचुञ्जेलसम्म प्रत्येक दिन जलाउनु पर्छ। भेट हुने पालको प्रवेश द्वारमा यसो गर। यो त्यो स्थान हो जहाँ म परमप्रभुले तिमीहरूलाई भेट्नेछु र तिमीहरूसित कुरा गर्नेछु।

29:43b.EXO.029.043 त्यस स्थानमा म इस्राएली मानिसहरूलाई भेट्छु अनि मेरो महिमाले त्यो स्थान सधैं पवित्र बनिरहनेछ।

29:44b.EXO.029.044 “यसर्थ म भेट हुने पाल र वेदी पवित्र पार्नेछु। म हारून र तिनका छोराहरूलाई पनि पवित्र बनाउँनेछु अनि तिनीहरूले मलाई पूजाहारीहरू झैं सेवा गर्न सक्छन्।

29:45b.EXO.029.045 म इस्राएली मानिसहरूको परमेश्वर भई तिनीहरूसंग बस्ने छु। 46तिनीहरूले जान्नेछन् म नै परमप्रभु तिनीहरूका परमप्रभु परमेश्वर हुँ जसले तिनीहरूलाई मिश्र बाहिर निकाले म तिनीहरू माझ वास गर्न सकूँ। म परमप्रभु तिनीहरूको परमेश्वर हुँ।”

30

30:1b.EXO.030.001 परमेश्वरले मोशालाई भन्नु भयो, “बबुल काठको वेदी बनाऊ। यो वेदी तिमीले धूप बाल्नको निम्ति प्रयोग गर्नेछौ।

30:2b.EXO.030.002 तिमीले त्यो वेदी वर्गाकारमा बनाउनु पर्छ जसको लम्बाइ अनि चौडाइ एक हातको र उचाइँ दुइ हातको रहनेछ। त्यसवेदीको चार कुनामा सींङहरू हुनेछन्। यी सींङहरू वेदीसित एउटै काठले बनिएको जस्तो हुनुपर्छ।

30:3b.EXO.030.003 वेदीमाथिका सबै किनारहरू अनि यसको सींङहरू सुनले मोहोर। वेदीको वरिपरि सुनको एउटा घेरा बनाऊ।

30:4b.EXO.030.004 दुइवटा सुनको मुन्द्रीहरू बनाऊ प्रत्येकलाई वेदीको छेउमा घेरा मुनि जोडी छेऊ वेदी बोक्नको निम्ति यी मुन्द्रीहरूमा लौराहरू लगाइदेऊ।

30:5b.EXO.030.005 लौराहरू बबुल काठको बनाऊ अनि तिनीहरूलाई सुनले मोहोर।

30:6b.EXO.030.006 वेदीलाई पर्दाहरूअघि राख जसले करारको सन्दूकलाई ढाक्छ र त्यस ढकनीले सन्दूकलाई छोप्छ। त्यो ढकनी त्यही ठाउँ हो जहाँ म तिमीसित भेट गर्नेछु।

30:7b.EXO.030.007 “प्रत्येक बिहान हारूनले वेदीमा सुगन्धित धूप जलाउन पर्छ। उसको यो कार्य बत्तीहरूको हेरचाह गर्न आउँदा गर्नेछन्।

30:8b.EXO.030.008 साँझमा पनि जति बेला तिमी बत्तीको हेर्न चाहा गर्न आउँछौ त्यस समयमा उसले सुगन्धित धूप जलाउनु पर्नेछ। यसर्थ परमप्रभुको सामुने तिनीहरूको सन्तान जतिञ्ञेल रहन्छ सदा सर्वदा धूप जलाउनु पर्छ।

30:9b.EXO.030.009 यस वेदीमा अरू कुनै प्रकारको धूप अथवा होमबलि अन्नबलि अथवा अर्घबलि प्रयोग गर्नु हुँदैन।

30:10b.EXO.030.010 “वर्षमा एकपल्ट हारूनले परमप्रभुलाई एउटा विशेष बलि चढाउनेछ। हारूनले शुद्धिकरण बलिको त्यो रगत प्रयोग गरेर वेदीलाई प्रायश्चित गर्छन्। हारूनले वेदीको सींङहरूमा त्यो रगत चढाउनेछन। त्यो वस्तु परमप्रभुको निम्ति महा पवित्र हुनेछ।”

30:11b.EXO.030.011 परमप्रभुले मोशालाई भन्नुभयो,

30:12b.EXO.030.012 “इस्राएलीहरूको गन्ती गर जसद्वारा तिमीले त्यहाँ कति जन-संख्या छ थाहा पाउनेछौ। हरेकले आफ्नो जीवन बचाउनु परमप्रभुलाई केही भेटी दिनु पर्छ। नत्र तिनीहरूले कष्ट भोग्नु पर्छ जब तिमी उनीहरूको गन्ती गर्छौ।

30:13b.EXO.030.013 गन्ती गरिएका प्रत्येक अधिकारिक नापमा आधा शेकेल तिर्नुपर्छ। (एक शेकेल बीस गेराको हुन्छ) यो एउटा बलिदान परमप्रभुको लागि हो।

30:14b.EXO.030.014 गन्ती गरिएकोहरूमा प्रत्येक बीस वर्ष अथवा अधिक उमेर भएकाहरूले यो उपहार चढाउनु पर्छ।

30:15b.EXO.030.015 बलि धनी र गरीब बीच कुनै भिन्नता बिनै सबैले बराबर तिर्नु पर्छ तर धनीले वेशी र गरीबले कम्ती तिर्नु हुँदैन। यो बलि तिम्रो आफ्नो जीवनको लागि हो।

30:16b.EXO.030.016 उद्धारको पैसा भेट हुने पालको सेवामा प्रयोग गर। यो बलिदानले इस्राएलीहरूलाई सम्झना गराउँछ तिनीहरूका जीवनको निम्ति मोल तिरिएको छ।”

30:17b.EXO.030.017 परमप्रभुले मोशालाई भन्नु भयो,

30:18b.EXO.030.018 “काँसाको एउटा भाँडा बनाऊ, त्यसलाई काँसाको आधारमा राख। यो भाँडा भेट हुने पाल र वेदीको बीचमा राखि देऊ अनि हात गोडा धुनको निम्ति यस भित्र पानी भर।

30:19b.EXO.030.019 हारून अनि उनका छोराहरूले तिनीहरूको हातहरू अनि खुट्टाहरू यो पानीले धुनु पर्छ।

30:20b.EXO.030.020 जब हारून अनि उसका छोराहरू भेट हुने पालभित्र पस्छन् अथवा वेदीको छेउमा आएर परमप्रभुलाई आगोद्वारा बलिदानहरू चढाउँछन्।

30:21b.EXO.030.021 यदि तिनीहरूले हात खुट्टा धोए भने तिनीहरू मर्ने छैनन्। यो नियम हारून र तिनका मानिसहरूको निम्ति भविष्यमा पनि सदा-सर्वदा चलिरहनेछ।”

30:22b.EXO.030.022 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो,

30:23b.EXO.030.023 “राम्रो मसलाहरू जम्मा गर। 500 शेकेल तरल मूर्र त्यसको आधा (अर्थात 250 शेकेल) मिठो सुगन्धित दालचिनी अनि 250 शेकेल मिठो सुगन्धित काठ,

30:24b.EXO.030.024 अनि 500 शेकेल तेजपात ल्याऊ। एक टीन भद्राक्षको तेल पनि ल्याउनु पर्छ यी सबै चीजहरूको नाप अधिकारिक नाप अनुसार गर।

30:25b.EXO.030.025 “यी सबै चीजहरू एक साथ मिलाएर मिठो सुगन्धित पवित्र अभिषेक गर्ने पवित्र तेल बनाऊ।

30:26b.EXO.030.026 यो तेल भेट हुने पाल अनि करारको सन्दूकमाथि छर्क।

30:27b.EXO.030.027 अनि टेबलमाथि, सामदान सबै सामानहरूमाथि अनि सबै सामानहरू अनि धूप वेदीमाथि।

30:28b.EXO.030.028 होमबलि चढाउने वेदी र त्यसमाथिको प्रत्येक चीजहरूमा यो तेल हाल। कचौरा अनि यसको आधारमा पनि यो तेल हाल।

30:29b.EXO.030.029 यी सबै चीजहरू महा पवित्र हुनेछन्। यसलाई स्पर्श गर्ने कुनै पनि वस्तु पवित्र हुनपर्छ।

30:30b.EXO.030.030 “हारून अनि उसका छोराहरूलाई यो तेलले अभिषेक गर। तिनीहरू पवित्र हुनेछन अनि पूजाहारीले जस्तै मेरो सेवा गर्नेछन्।

30:31b.EXO.030.031 इस्राएलीहरूलाई भन, तिमीहरूका संन्तानहरू रहुञ्जेल सदा-सर्वदा यो मेरो पवित्र अभिषेकको तेल हुनेछ।

30:32b.EXO.030.032 यो पवित्र तेललाई तिमीहरूको शरीरमा साधरण प्रकारले नदल। अरू कुनै तेल यस तरीकाले नबनाऊ। यो तेल पवित्र हो तिमीहरूको निम्ति विशेष तेल मानिनु पर्छ।

30:33b.EXO.030.033 यदि कुनै मानिसले यो तेल बनाउँछ अनि यो विदेशीलाई दिन्छ जो एउटा पुजाहारी होइन, तब त्यो मानिसलाई उसका मानिसहरूबाट अलग्ग राख्नु पर्छ।”

30:34b.EXO.030.034 त्यसपछि परमप्रभुले मोशालाई भन्नु भयो, “यी सुगन्धित मसलाहरू लेऊः खोटो, कस्तुरी गन्ध, सालधूप अनि शुद्ध धूप। यी सबै मसलाहरूको मात्रा बराबर हुनु आवश्यक छ।

30:35b.EXO.030.035 सुगन्धित धूप बनाउन यी सबै मसला मिसाऊ र जसरी सुगन्धित तेल बनाएको तरीकामा नै यो धूप पनि बनाउनु पर्छ। शुद्ध र पवित्र पार्नको निम्ति त्यसमा नुन पनि मिलाऊ।

30:36b.EXO.030.036 केही धूपहरू पिंदेर एकदमै मसिनो बनाऊ। त्यो धूलोलाई भेट हुने पालभित्र जहाँ म तिमीलाई भेट्छु, करारको सन्दूक छेउमा राख। यो धूपको धूलो मात्र विशेष उद्धेश्यमा प्रयोग गर्नु पर्छ।

30:37b.EXO.030.037 यस प्रकारले बनाएको धूपलाई केही उद्धेश्यको निम्ति प्रयोग नगर। तिमीले यसलाई परमप्रभुको निम्ति विशेष तरिकाले प्रयोग गर्नु पर्छ।

30:38b.EXO.030.038 कोही मानिसहरूले आफ्नो निम्ति यस प्रकारको विशेष धूप बनाउन खोज्ला र उसले त्यसको सुगन्ध लिन सक्ला, तर यदि कुनै मानिसले त्यसो गरे उसलाई उसको आफन्तहरूबाट छुट्टयाउनै पर्छ।”

31

31:1b.EXO.031.001 तब परमप्रभुले मोशालाई भन्नु भयो,

31:2b.EXO.031.002 “यहूदाको परिवारबाट बजलेल ऊरीको छोरा हूरको नातीलाई मेरो निम्ति विशेष काम गर्न चुनेको छु।

31:3b.EXO.031.003 मैले बजलेललाई परमेश्वरको आत्मासित परिपूर्ण पारिदिएको छु अनि उसलाई सबै किसिमको निपुणता, कुशलता, अनि ज्ञानले आशीष दिएको छु।

31:4b.EXO.031.004 उसले सुन, चाँदी अनि काँसाको सुन्दर-सुन्दर वस्तुहरू बनाउन सक्छ किनभने उ एउटा राम्रो शिल्पकार हो।

31:5b.EXO.031.005 बजलेलले सबै प्रकारको कामहरू गर्न सक्छ जस्तै सुनमा कुँद्न पत्थर घेरा लगाउनको निम्ति ढुङ्गा काट्नु अन् सबै उदेश्यको निम्ति काठहरू काट्न सक्छ।

31:6b.EXO.031.006 दान कुलका अहीसामको छोरा ओहोलीआबलाई मैले बजलेलको सहयोगीको रूपमा चुनेको छु। मैले दिएको आदेश अनुसार सबै प्रकारका चीजहरू बनाउन सकून् भनेर अन्य सबै कर्मीहरूलाई पनि कार्यक्षमता दिएको छु।

31:7b.EXO.031.007 भेट हुने पाल, कराको सन्दूक, सन्दूकको ढकनी, भेट हुने पालका सबै सामानहरू,

31:8b.EXO.031.008 टेबल अनि त्यसका सबै सामानहरू, सामदान र यसका सबै सामानहरू, धूप जलाउने वेदी,

31:9b.EXO.031.009 होमबलिको निम्ति वेदी र वेदीमा प्रयोग गर्ने सहयोगी कचौराहरू अनि आधारहरू।

31:10b.EXO.031.010 पूजाहारी हारूनको निम्ति विशेष पोशाकहरू, हारूनका छोराहरू जब पूजाहारी भई सेवा गर्छन, तिनीहरूको निम्ति विशेष पोशाकहरू।

31:11b.EXO.031.011 अभिषेकको निम्ति सुगन्धित तेल अनि सुगन्धित धूप मैले तिमीलाई आज्ञा दिए अनुसार ती कर्मीहरूले यी सबै चीजहरू बनाउनु पर्छ।”

31:12b.EXO.031.012 तब परमप्रभुले मोशालाई भन्नु भयो,

31:13b.EXO.031.013 “इस्राएली मानिसहरूलाई भन, ‘मेरो विशेष विश्रामको दिनको नियम तिमीहरूले पालन गर्नु पर्छ। तिमीहरूका भावी सन्तानक निम्ति तिमी र म बीचको चिनो यही हुनेछ। यी नियमहरू एउटा नियमहरूले दर्शाउनेछन् कि म परमप्रभुले तिमीहरूलाई मेरा आफ्नो मानिस बनाएको हुँ।

31:14b.EXO.031.014 “विश्राम दिनलाई एक विशेष दिनको रूपमा मान। यदि कुनै मानिसले विश्रामलाई अन्य दिन सरह मान्छ त्यो मानिसलाई मार्नु नै पर्छ। यदि कुनै मानिसले विश्रामको दिन काम गर्छ त्यस मानिसलाई उसका आफन्तहरूबाट छुट्ट्याउनु पर्छ।

31:15b.EXO.031.015 काम गर्नको निम्ति छः दिन पूरा रहन्छ तर सातौं दिन चाँहि परमप्रभुको निम्ति एकदमै विशेष आरामलिने दिन हुनेछ। कुनै पनि मानिस जसले विश्राम दिनमा काम गर्छ भने त्यस मानिसलाई मृत्यु दण्ड दिइनेछ।

31:16b.EXO.031.016 इस्राएलीहरूले विश्राम दिनलाई विशेष दिन भनी सम्झना राख्नु पर्छ। यस सम्झौतालाई इस्राएलीहरूले पुस्तौं पुस्तासम्म सदा-सर्वदाको निम्ति पालन गरून्।

31:17b.EXO.031.017 विश्राम दिन म अनि इस्राएलीहरूको बीच एउटा संकेत हो। परमप्रभुले छः दिन काम गर्नु भयो र आकाश र पृथ्वी बनाउनु भयो अनि सातौं दिन उहाँले विश्राम लिनु भयो।”‘

31:18b.EXO.031.018 यसरी परमप्रभुले मोशासित सीनै पर्वतमा कुरा गरे शेष गर्नु भयो। त्यसपछि उहाँले दुइवटा शिला-पाटीहरूमा आफ्नै औंलाले करार लेखेर मोशालाई दिनु भयो।

32

32:1b.EXO.032.001 मोशा पर्वतबाट तल नओर्लेको धेरै दिन भइसकेको मानिसहरूलाई थाहा भयो। यसर्थ मानिसहरूले हारूनलाई वरिपरि घेरेर भने, “हेर, मोशाले हामीलाई अगुवाई गरी मिश्रबाट बाहिर लिएर आउनु भयो। हामीलाई थाहा छैन तिनलाई के भयो। यसर्थ हाम्रो अगुवाई गर्न हाम्रोलागि केही देवताहरू बनाऊ।”

32:2b.EXO.032.002 हारूनले तिनीहरूलाई भने, “तिमीहरूकी आफ्नी पत्नीहरू अनि छोरीहरूले कानमा लगाएका सुनको कुण्डलहरू मकहाँ ल्याऊ।”

32:3b.EXO.032.003 यसकारण सबै मानिसहरूले कानका सुनको कुण्डलहरू जम्मा गरे अनि हारून कहाँ ल्याए।

32:4b.EXO.032.004 हारूनले तिनीहरूबाट सुन लिए, पगालेर यसको एउटा बाछोको मूर्ति बनाए अनि उनले यसलाई सुनले मोहरी दिए। तब मानिसहरूले भने, “हे इस्राएल यिनीहरू तिमीहरूको देवताहरू हो जसले तिमीहरूलाई मिश्र बाहिर ल्याए।”

32:5b.EXO.032.005 हारूनले यी सब देखे अनि तिनले बाछाको अघि एउटा वेदी बनाए। त्यसपछि तिनले घोषणा गरे, “परमप्रभुको सम्मानमा भोलि एक विशेष चाड मनाइनेछ।”

32:6b.EXO.032.006 मानिसहरू बिहान चाँडै उठे पशुहरू मारेर होमबलिहरू चढाए अनि मेलबलिहरू चढाए। मानिसहरू खान तल बसे, तब रमाइलो गर्न उठे।

32:7b.EXO.032.007 तब परमप्रभुले मोशालाई भन्नु भयो, “पर्वतबाट तल ओर्ली हाल। तिमीले मिश्र देशबाट ल्याएका ती तिम्रा मानिसहरूले असाध्यै पाप गरिरहेका छन्।

32:8b.EXO.032.008 तिनीहरूले यति चाडै नियमहरूलाई त्यागे जुन मैले तिनीहरूलाई अनुसरण गर्नु भनी आज्ञा दिएको थिएँ। तिनीहरूले सुन पगालेर एउटा बाछो बनाएका छन् र त्यही बाछोलाई पूजा गर्दैछन् र बलिहरू चढाइरहेका छन्। ती मानिसहरूले भने, ‘हे इस्राएली, यहाँ तिमीहरूका देवताहरू छन् जसले तिमीहरूलाई मिश्रबाहिर ल्याए।”‘

32:9b.EXO.032.009 परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो मैले देखे यी मानिसहरू एकदमै अट्टेरी छन्।

32:10b.EXO.032.010 यसकारण मलाई एक्लो छोडिदेऊ मेरो क्रोध तिनीहरूमाथि उठ्नेछ अनि तिनीहरूलाई ध्वंश गरिदिनेछ। तब म तिम्रा सन्तानलाई एउटा ठूलो जाति बनाउनेछु।”

32:11b.EXO.032.011 तर मोशाले परमप्रभु उसका परमेश्वरलाई शान्त गराए अनि भने, “हे परमप्रभु तपाईंका आफ्नै मानिसहरूसित चाँडै क्रोधित नहुनुहोस्। तपाईंले यी मानिसहरूलाई मिश्रबाट तपाईंका विशाल अद्भुत शक्ति र बल प्रयोग गरेर बाहिर ल्याउनु भयो।

32:12b.EXO.032.012 यदि तपाईंले तिनीहरूलाई ध्वंश पार्नु भयो भने, ‘मानिसहरूले सोच्ने छन् परमप्रभुले मानिसहरूलाई मिश्र बाहिर लगेको कारण तिनीहरूलाई पर्वतमाथि ध्वंश पार्न मात्र रहेछ।’ यसर्थ तपाईंका आफ्नै मानिसहरूसंग क्रोधित नहुनुहोस्। तपाईंको मन बदली गर्नुहोस् र तपाईंका मानिसहरूलाई नमार्नु होस्।

32:13b.EXO.032.013 अब्राहाम, इसहाक तथा याकूबलाई सम्झना गर्नु होस्, ती मानिसहरूले तपाईंलाई सेवा गरेका थिए अनि तपाईंले एउटा प्रतिज्ञा गर्नुभयो। तपाईंले भन्नु भयो, ‘म तिमीहरूका सन्तानलाई आकाशका ताराहरू भन्दा वेशी बनाउनेछु अनि तिनीहरूलाई सम्पूर्ण भूमि दिनु भयो। यो भूमि तिनीहरूलाई सदाको निम्ति हुनेछ।”‘

32:14b.EXO.032.014 यसर्थ परमप्रभुले आफ्नो हृदयलाई कोमल बनाउनु भयो अनि उहाँले के गर्न चाहनु भएको थियो त्यो गर्नु भएन। उहाँले तिनीहरूलाई ध्वंश गर्नु भएन।

32:15b.EXO.032.015 तब मोशा पर्वतबाट तल ओर्लिए। तिनीसित दुवैपट्टि करार लेखिएको दुइवटा शिला-पाटीहरू थियो। यी पाटीहरूमा दुवै पट्टि लेखेको थियो।

32:16b.EXO.032.016 यी पाटीहरू परमेश्वर आफैंले बनाउनु भयो, अनि यसमाथि आज्ञाहरू लेख्नु भयो।

32:17b.EXO.032.017 जब मोशा पर्वतबाट तलतिर ओर्लिदै थिए यहोशूले मानिसहरूलाई चिंच्याउदै गरेको सुने, यहोशूले मोशालाई भने, “मैले छाउनीभित्र युद्धको ध्वनि सुने।”

32:18b.EXO.032.018 मोशाले उत्तर दिए, “यो आवाज सेनाहरूको विजय ध्वनि होइन। अनि यो हार्ने सेनाहरूको आवाज पनि होइन। त्यो आवाज जो म सुन्दैछु, त्यो संगीतको स्वर हो।”

32:19b.EXO.032.019 मोशा छाउनी नजिक आइपुगे अनि त्यहाँ एउटा बाछो र मानिसहरू नाच्दै गरेको देखे। मोशा एकदमै क्रोधित भए अनि तिनीसित भएको च्याप्टो ढुङ्गाहरू भूँईमा फ्याँके। पर्वतको बेंसीमा ती ढुङ्गाहरू फुटेर टुक्रा-टुक्रा भए।

32:20b.EXO.032.020 तब मोशाले बाछालाई पगाले र यसलाई धूलो पारे। तब उनले धूलोलाई पानीभित्र हाले, उनले त्यो पानी इस्राएलीहरूलाई पिउन कर लगाए।

32:21b.EXO.032.021 उसले हारूनलाई भने, “यी मानिसहरूले तिमीलाई के गरे? किन तिनीहरूमाथि तिमीले यस्तो ठूलो पाप ल्यायौ?”

32:22b.EXO.032.022 हारूनले उत्तर दिए, “हजूर, क्रोधित नहुनु होस्। तपाईंलाई थाहा छ यी मानिसहरू सँधै केही गल्ती गर्न तैयार नै रहन्छन्।

32:23b.EXO.032.023 यी मानिसहरूले मलाई भने, ‘मोशाले हामीलाई मिश्र देशबाट अगुवाई गर्नु भयो, तर उहाँलाई के भयो हामी जान्दैनौं, यसर्थ हाम्रो अगुवाई गर्न केही देवताहरू बनाऊ।’

32:24b.EXO.032.024 यसकारण मैले तिनीहरूलाई भनें तिनीहरूको सुन ल्याऊ तिनीहरूले त्यो मलाई दिए। मैले त्यो सुन आगोमा हाले र आगोबाट त्यो बाछो निस्कियो।”

32:25b.EXO.032.025 मोशाले देखे हारूनले मानिसहरूलाई नियन्त्रणबाट बाहिर जान दिए, मानिसहरू जंगली जस्तो कुदिरहे अनि तिनीहरूका सबै शत्रुहरूले तिनीहरूको मूर्खको जस्तो व्यवहार देखे।

32:26b.EXO.032.026 यसर्थ मोशा छाउनीको प्रवेशद्वारमा उभिए र भने, “परमप्रभुलाई समर्पण गर्ने जो पनि मेरो वरिपरि भेला हुनुपर्छ। सबै लेवीहरू उनको वरिपरि भेला भए।”

32:27b.EXO.032.027 त्यसपछि मोशाले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वरले के भन्नु भएको छ म तिमीहरूलाई भन्नेछु ‘प्रत्येकले हातमा तरवार लिएर छाउनीको एक कुनादेखि अर्को कुनासम्म जानुपर्छ। तिमीहरूले आफ्नो दाज्यू-भाइ, साथीहरू, अनि छिमेकीहरूलाई मार्नै पर्छ।”‘

32:28b.EXO.032.028 लेवीहरूले मोशाको आज्ञा पालन गरे अनि त्यस दिन लगभग तीन हजार इस्राएलीहरूले ज्यान गुमाए।

32:29b.EXO.032.029 त्यसपछि मोशाले भने, “आज तिमीहरूका छोराहरू अनि दाज्यू-भाइ मारेर आफूलाई परमप्रभुको सेवामा सर्मपण गर्यौ। यसको निम्ति तिमीहरूले आशिष पाउनेछौ।”

32:30b.EXO.032.030 अर्को बिहान मोशाले मानिसहरूलाई भने, “तिमीहरूले असाध्यै ठूलो पाप गर्यौ। अब म परमप्रभुकहाँ जानेछु। हुन सक्छ म तिमीहरूको पापका निम्ति प्रायश्चित गर्नु सक्छु।”

32:31b.EXO.032.031 तब, मोशा परमप्रभुकहाँ गए अनि भने, “दया गरी सुन्नु होस्, यी मानिसहरूले सुनको देवता बनाए र साह्रै नराम्रो पाप गरेका थिए।

32:32b.EXO.032.032 अब यिनीहरूका पाप क्षमा गरि दिनुहोस्। यदि तिनीहरूलाई क्षमा गर्नु हुँदैन भने तपाईंले लेख्नु भएको पुस्तकबाट मेरो नाउँ निशान मोटाइ दिनुहोस्।”

32:33b.EXO.032.033 तर परमप्रभुले मोशालाई भन्नु भयो, “ज-जसले मेरो विरोधमा पाप गरेकाछन्, म तिनीहरूको नाउँहरू मेरो पुस्तकबाट हटाउने छु।

32:34b.EXO.032.034 यसर्थ तल गएर मैले जहाँ जानु भन्छु त्यहाँ तिनीहरूको अगुवाइ गर। मेरो स्वर्गदूतले तिमीलाई अगुवाई गर्नेछ। जब पाप गर्ने मानिसहरूलाई दण्ड दिने समय आउँछ तिनीहरूलाई दण्ड दिइनेछ।”

32:35b.EXO.032.035 यसर्थ परमप्रभुले मानिसहरूमाथि डरलाग्दो बिमार खन्याई दिनु भयो। उहाँले यसो गर्नु भयो किनभने हारूनले अगुवाइ गरेका मानिसहरूले एउटा सुनका बाछो बनाएका थिए।

33

33:1b.EXO.033.001 तब परमप्रभुले मोशालाई भन्नु भयो, “तिमी र तिम्रा मानिसहरू जसलाई तिमीले मिश्र देशबाट ल्याएका छौ त्यो ठाउँबाट गईहाल। अनि तिमीहरू त्यो भूमिमा जाऊ जुन मैले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूलाई वचन दिएर भनेको थिएँ, तिमीहरूका भावी सन्तानलाई म त्यो भूमि दिनेछु।

33:2b.EXO.033.002 म एकजना स्वर्गदूतलाई तिम्रो अगुवाइ गर्न पठाउनेछु अनि कनानी, एमोरी, हित्ती, परिज्जी, हिव्वी अनि यबूसीहरूलाई तिनीहरूको भूमि छोडन बाध्य गराउनेछु।

33:3b.EXO.033.003 यसर्थ तिमीहरू त्यो भूमिमा जाऊ जुन भूमि असल-असल चीजहरूले भरिभराऊ छ। म तिमीहरूसित जाँदिन र यदि म तिमीहरूसित गएँ भने, हुन सक्छ, तिमीहरूलाई म आधा बाटोमा नै ध्वंश पार्नेछु कारण तिमीहरू अत्यन्तै अट्टेरी छौ।”

33:4b.EXO.033.004 मानिसहरू यस्तो दुःख पूर्ण समाचार सुनेर चिन्तित भए। तिनीहरूले गर-गहनाहरू लगाएनन्।

33:5b.EXO.033.005 परमप्रभुले मोशालाई भन्नु भयो, “इस्राएलीहरूलाई भन, ‘तिमीहरू अट्टेरी छौ। यदि म तिमीहरूसंग केही क्षणका निम्ति पनि जानु पर्ने भए म तिमीहरूलाई ध्वंश पार्ने थिएँ। अब तिमीहरूले आफ्नो गहना निकाल अनि म निश्चय गर्ने छु, तिमीहरूलाई के गर्नुपर्ने हो।”‘

33:6b.EXO.033.006 यसकारण गहनाहरू होरेब पर्वतमा इस्राएलीहरूले फुकालिदिए।

33:7b.EXO.033.007 मोशाले छाउनी केही अघि लगे अनि छाउनी त्यहाँ बसाले अनि त्यसलाई “भेट हुने पाल”नाउँ दिए। कुनै मानिस जसले परमप्रभुबाट केही माग्ने इच्छा गर्छ ऊ भेट हुने पालमा जानु पर्थ्यो जो छाउनी बाहिर थियो।

33:8b.EXO.033.008 जति बेला मोशा पालमा जान्थे, मानिसहरू तिनको आफ्नै पालहरूको ढोकाहरूमा खडा हुन्थे। जबसम्म उनी भेट हुने पालभित्र पस्दैन थिए। तिनीहरूले मोशालाई हेर्थे।

33:9b.EXO.033.009 मोशा भेट हुने पालमा जान्थे बादलको लामो स्तम्भ झैं माथिबाट तल आउँथ्यो। त्यो बादलको खामो पालको द्वारमा खडा भई पर्खिरहन्थ्यो यसरी परमप्रभुले मोशासंग कुरा गर्नु हुन्थ्यो।

33:10b.EXO.033.010 यसर्थ जब बादलको खम्बालाई मानिसहरूले देख्थे तिनीहरू आफ्नो-आफ्नो पालको द्वारमा गएर परमेश्वरको आराधना गरी निहुरिन्थे।

33:11b.EXO.033.011 यस रीति अनुसार परमप्रभुले मोशासंग साथी जस्तै कुरा गर्नु हुन्थ्यो। परमप्रभसंग कुरा गरिसकेपछि मोशा पालमा फर्कन्थे। तर उसको युवक सहायक नुनको छोरा यहोशू पालभित्र नैं रहन्थ्यो।

33:12b.EXO.033.012 मोशाले परमप्रभुलाई भने, “तपाईंले मलाई यी मानिसहरूलाई अगुवाइ गर्ने आदेश दिनु भयो तर यो भन्नु भएन तपाईंले मसंगै कुन मानिस पठाउनु हुन्छ। तपाईंले मलाई भन्नु भयो, ‘म तिमीलाई राम्ररी जान्दछु र म तिमीसित अत्यन्तै खुशी छु।’

33:13b.EXO.033.013 यदि मैले तपाईंलाई साँच्चै खुशी पारेको भए मलाई तपाईंका तरीकाहरू बताउनु होस्। म तपाईंलाई जान्न चाहन्छु। तब म तपाईंलाई नित्य प्रसन्न पारिराख्छु। स्मरण रहोस् यी सबै मानिसहरू तपाईंका हुन्।”

33:14b.EXO.033.014 परमप्रभुले उत्तर दिनु भयो, “म आफैं तिमीसित जानेछु र तिम्रो अगुवाइ गर्नेछु।”

33:15b.EXO.033.015 त्यसपछि मोशाले परमप्रभुलाई भने, “यदि तपाईं हामीसित जानुहुन्न भने हामीलाई पनि यस ठाउँबाट नपठाउनुहोस्।

33:16b.EXO.033.016 नत्र हामीहरू कसरी थाहा पाउँछौं तपाईं ती मानिसहरू र मसंग खुशी हुनुहुन्छ। यदि तपाईं हामीसित जानु भएन भने ती मानिसहरूका लागि म र अरू मानिसहरूमा केही भिन्नता रहेन।”

33:17b.EXO.033.017 तब परमप्रभुले मोशालाई भन्नुभयो, “तिमीले जो भन्यौ म गर्नेछु। किनभने म तिमीसंग प्रसन्न छु अनि म तिमीलाई राम्रो जान्दछु।”

33:18b.EXO.033.018 त्यसपछि मोशाले भने, “अब दया गरी मलाई तपाईंको महिमा देखाउनुहोस।”

33:19b.EXO.033.019 तब परमप्रभुले भन्नुभयो, “म मेरा सबै परिपक्क भलो धर्म तिम्रो अघाडी जानमा लागि गर्नेछु। म ‘यहोवा’ मेरो नाउँ घोषणा गर्ने छु, किनभने म परिपक्क कल्याण कार्य र प्रेम आफूले मन पराएको मानिसअघि देखाउने छु।

33:20b.EXO.033.020 तर तिमीले मेरो अनुहारलाई हेर्न असमर्थ हुनेछौ। कुनै पनि मानिसले मलाई हेर्न सक्दैन अनि जिउँदो रहन सक्दैन।”

33:21b.EXO.033.021 “परमप्रभुले भन्नुभयो, हेर मेरो छेउमा एउटा चट्टान छ अनि तिमी यसमा उभिन सक्छौ।

33:22b.EXO.033.022 मेरो महिमा त्यहाँ जाने छ। म तिमीलाई त्यस चट्टानमा लामो चर्केको ठाउँमा बसाउनेछु। अनि जब म त्यहाँ जान्छु मेरो हातले तिमीलाई छोप्ने छ।

33:23b.EXO.033.023 त्यसपछि म मेरो हात हटाउनेछु र तिमीले मेरो पछिल्तिरको भाग देख्नेछौ, तर मेरो अनुहार देख्न सक्ने छैनौ।”

34

34:1b.EXO.034.001 परमप्रभुले मोशालाई भन्नुभयो, “तिमी आफैंले पहिलाको जस्तै दुइवटा चेप्टा ढुङ्गाहरू काट। म त्यही शब्दहरू नयाँ ढुङ्गाहरूमाथि लेख्नेछु मैले जुन पहिले तिमीले धूलो पारेको ढुङ्गामाथि लेखेको थिएँ।

34:2b.EXO.034.002 भोलि बिहानै तयार भएर सीनै पर्वतमा म भएकहाँ आऊ। त्यस पर्वतको टाकुरामा मेरोआघि उभिनु।

34:3b.EXO.034.003 तिमीसित कसैलाई पनि आउन नदेऊ। पर्वतको कुनै ठाउँमा कसैलाई देखिनु हुँदैन। पर्वतको बेंसीमा तिमीहरू कसैको गाई, गोरू अथवा भेडाहरू चर्न पाउने छैनन्।”

34:4b.EXO.034.004 यसकारण अर्को दिन मोशाले दुइवटा चेप्टा ढुङ्गाहरू तयारी बनाए अनि बिहानै उ सीनै पर्वतमाथि चढे। परमप्रभुद्वारा आज्ञा भएका सबै कुरा मोशाले गरे। उनी त्यहाँ ती दुइवटा टुक्रा चेप्टो ढुङ्गा लिएर गए।

34:5b.EXO.034.005 परमप्रभु उनी भएकहाँ तल पर्वतमाथि बादलमा आउनु भयो अनि मोशाको अघि उभिनु भयो। मोशाले परमप्रभुको नाउँको उच्चारण गरे।

34:6b.EXO.034.006 परमप्रभु मोशाको अघि जानु भयो अनि भन्नुभयो, “म यहोवा अनि म परमप्रभु हुँ। म करूणापूर्ण अनि दयालु हुँ। म रिसाउनुमा ढीलो, म प्रेमले परिपूर्ण अनि विश्वास योग्य छु।

34:7b.EXO.034.007 एउटा पुस्तादेखि अर्को पुस्तासम्म परमप्रभुले कृपा देखाउनु हुन्छ। उहाँले मानिसहरूलाई तिनीहरूको दुष्टता, कुकर्म अनि विद्रोहमा क्षमा गर्नुहुन्छ। तर दोषी मानिसलाई दण्ड दिन उहाँ बिर्सिनु हुन्न। तिनीहरूद्वारा गल्ती गरिएको कारण तिनीहरूका छोरा-छोरीहरू, नाति-पनाति, तिनीहरूका सन्तानले तेस्रो अथवा चौथो पुस्तासम्म दुःख भोग्नु पर्छ।”

34:8b.EXO.034.008 तब झट्टै मोशा भुइँमा घोप्टे अनि परमप्रभुको आराधना गरे। तब मोशाले भने,

34:9b.EXO.034.009 “हे परमप्रभु यदि तपाईं मसित खुशी हुनुहुन्छ भने हामीसंग हिंड्नु होस्। म जान्दछु यी मानिसहरू अट्टेरी छन् हामीद्वारा कुकर्म गरेकोमा क्षमा गर्नुहोस् अनि हामीलाई तपाईंका आफ्नै मानिसहरू भनी ग्रहण गर्नु होस्।”

34:10b.EXO.034.010 तब परमप्रभुले भन्नुभयो, “म यो करार तिम्रा सबै मानिसहरूसंग बनाउन गइरहेछु। म यस्तो आश्चर्यजनक कामहरू गर्नेछु जुन यस पृथ्वीको कुनै भूमिमा अथवा राष्ट्रमा कहिल्यै भएका थिएनन्। तिमीहरू प्रत्येकले देख्नेछन् म परमप्रभु अनि महान सर्वोच्च हुँ।

34:11b.EXO.034.011 आज म जुन आज्ञाहरू दिनेछु त्यो पालन गर अनि म एमोरी, कनानी, हित्ती, परिज्जी, हिव्वी अनि यबूसीहरूलाई भूमि छोडन जोड लगाउनेछु।

34:12b.EXO.034.012 तर होशियार होऊ, कुनै मानिससंग सन्धि नगर जुन भूमिमा तिमीहरू बस्न गइरहेका छौ। यदि तिमीहरूले तिनीहरूसित सन्धि गर्यौ भने तिनीहरूले तिमीहरूलाई नराम्रो कार्य तिर लैजान्छन्।

34:13b.EXO.034.013 यसकारण तिनीहरूको वेदीहरू नष्ट गरिदेऊ तिनीहरूका पवित्र खम्बाहरू भत्काइदेऊ अनि तिनीहरूका डण्डाहरू टुक्रा टुक्रा पारिदेऊ।

34:14b.EXO.034.014 अरू कुनै देवताको आराधना नगर। परमप्रभुको नाउँ एल-कनाह हो डाह गर्ने परमेश्वर।

34:15b.EXO.034.015 “होशियार होऊ त्यस ठाउँमा बस्ने मानिसहरूसंग कुनै सन्धि नगर, नत्र तिमीहरूले तिनीहरूका देवताहरूको आराधना र अनि बलिदान दिन शुरू गर्ने छौ। तिनीहरूले तिमीहरूलाई बलिदानका भोजन खानु निम्त्याउने छन्।

34:16b.EXO.034.016 तिमीहरू तिनीहरूको छोरीहरूलाई तिमीहरूको छोराहरूसित विवाह गरिदिन सक्छौ। तर तिनीहरूका छोरीहरू वेश्या झैं झूटो देवताहरूको आराधना गर्छन्। तिम्रा छोराहरूलाई पनि त्यही गर्न लगाउनु सक्छन्।

34:17b.EXO.034.017 “मूर्तिहरू नबनाऊ।

34:18b.EXO.034.018 “अखमिरे रोटीको चाड मनाऊ। मैले तिमीहरूलाई आज्ञा दिए अनुसार सात दिनसम्म खमीर बिनाको रोटी खाऊ। यो आबीब महीनामा गर, किनभने त्यो त्यही महीनामा हो जब तिमीहरू मिश्र बाहिर आएका थियौ।

34:19b.EXO.034.019 “गई वस्तु होस् अथवा भेडा तिनीहरूको पशुहरूबाट पहिले जन्मेको मेरो हो।

34:20b.EXO.034.020 प्रत्येक पहिले जन्मेको गधासित थुमा साट्न सक्छौ। यदि तिमीले थुमासित गधा साटेनौ भने, तिमीले गधाको मण्टो भाँचि दिनुपर्छ। तिमीहरूले मबाट आफ्नो छोराहरूको उद्धार गर्नुपर्छ। कुनै मानिस मेरोअघि बिना भेटी आउनु हुँदैन्।

34:21b.EXO.034.021 “तिमीले छ दिन काम गर्नेछौ र सातौं दिन विश्राम लिनु पर्छ। यो विश्राम तिमीहरूले बाली रोप्ने र उठाउने समयमा पनि लिनु पर्छ।

34:22b.EXO.034.022 “साताको चाड पहिलो अन्न बाली उठाऊ र मनाऊ। अन्न भित्र्याउने चाड ऋतुको आखिरमा मनाऊ।

34:23b.EXO.034.023 “वर्षमा तीन पल्ट सबै इस्राएली मानिसहरू र तिनीहरूका छोराहरू परमप्रभु तिनीहरूका स्वामी इस्राएलका परमेश्वरकहाँ जानु पर्छ।

34:24b.EXO.034.024 “तिमीहरू जब आफ्नो भूमिमा जानेछौ म तिमीहरूका शत्रुहरूलाई बलपूर्वक भगाईदिनेछु। म तिमीहरूको भूमिको सिमाना विस्तारित गर्नेछु। जब तिमीहरू वर्षमा तीन पल्ट परमप्रभु आफ्नो परमेश्वरको सामुन्ने जान्छौ तिमीहरूको भूमि कसैले पनि लाने चेष्टा गर्ने छैन।

34:25b.EXO.034.025 “जब तिमीले मलाई बलिदान चढाउँछौ, रगतसंग कुनै खमीर नचढाऊ। “निस्तार चाडको मासु अर्को बिहानसम्म नराख।

34:26b.EXO.034.026 “तिमीहरूको फसलबाट पहिलो अन्नहरू परमप्रभु तिमीहरूका परमेश्वरको घरमा ल्याऊ। “कलिलो पाठीलाई त्यसकी माऊको दूधमा नै पकाउनु हुँदैन।”

34:27b.EXO.034.027 परमप्रभुले मोशालाई भन्नु भयो, “मैले तिमीलाई भनेका सबै कुराहरू लेख। यी कुराहरू करार हुन्, जुन मैले तिमी र इस्राएलीहरूसंग गरिरहेकोछु।”

34:28b.EXO.034.028 त्यहाँ मोशा चालीस दिन र चालीस रातसम्म परमप्रभुसंग बसे। तिनले न ता केही खाए न ता पिए। मोशाले करारका वचनहरू अर्थात् दश आज्ञाहरू दुइवटा पाटीहरूमा लेखे।

34:29b.EXO.034.029 त्यसपछि मोशा सीनै पर्वतबाट तल आए। उनले आफूसित दुइ शिला-पाटीहरू ल्याए। मोशाले थाह पाएनन् उनको अनुहार चम्किरहेको थियो किनभने उनले परमप्रभुसंग कुरा गरेका थिए।

34:30b.EXO.034.030 हारून र इस्राएली मानिसहरूले देखे मोशाको अनुहार चम्किरहेको थियो। तिनीहरू उनको छेउमा जान डराए।

34:31b.EXO.034.031 मोशाले हारून अनि सबै बूढा-प्रधानहरूलाई आफूसित बस्न बोलाए। मोशाले तिनीहरूसंग कुरा गरे।

34:32b.EXO.034.032 त्यसपछि इस्राएलीहरू मोशाको छेउमा आए अनि उनले परमप्रभु द्वारा सीनै पर्वतमाथि दिनु भएका ती आज्ञाहरू तिनीहरूलाई दिए।

34:33b.EXO.034.033 जब तिनले मानिसहरूसित कुरा गरी सके पछि तिनले आफ्नो अनुहार ढाके।

34:34b.EXO.034.034 कुनै पनि समय जब मोशा कुरा गर्नको निम्ति परमप्रभुअघि जान्थे आफ्नो अनुहार नढाकी जान्थे। त्यसपछि मोशा बाहिर आएर परमप्रभुले दिनु भएका आज्ञाहरू इस्राएलका मानिसहरूलाई सुनाउथे।

34:35b.EXO.034.035 इस्राएली मानिसहरूले मोशाको अनुहार चम्किरहेको देखे। यसकारण अर्को पल्ट परमप्रभुसंग कुरा गर्न नजाउञ्ञेलसम्म मोशाले आफ्नो अनुहार छोपिरहे।

35

35:1b.EXO.035.001 मोशाले सबै इस्राएलीहरूलाई एक जग्गामा भेला पारे अनि तिनीहरूलाई भने, “परमप्रभुका आज्ञाहरू म तिमीहरूलाई भन्छु।

35:2b.EXO.035.002 “काम गर्नको निम्ति छ दिन छ र सातौं दिन तिमीहरूको निम्ति विश्राम गर्ने विशेष दिन हो। सात दिन परमप्रभुलाई समर्पण गरिएको हो। कुनै पनि मानिस जसले विश्राम दिनमा काम गर्छ त्यो मारिनु नै पर्छ।

35:3b.EXO.035.003 विश्राम दिनमा तिमीहरूले तिमीहरू बसेको भूमिमा आगो पनि बाल्नु हुँदैन।”

35:4b.EXO.035.004 इस्राएलका सबै मानिसहरूलाई मोशाले भने, “परमप्रभुले दिनु भएको आज्ञा यही हो।

35:5b.EXO.035.005 परमप्रभुको निम्ति विशेष उपहारहरू भेला गर। तिमीहरू प्रत्येकले के चढाउन चाहन्छौ हृदयले निर्णय गर। त्यसपछि परमप्रभुलाई चढाउन उपहार लिएर आउनु पर्छ। सुन, चाँदी, काँसा,

35:6b.EXO.035.006 निलो, बैजनी अनि रातो धागो र मसिनो सुती कपडा, र बाख्राको भुत्ला,

35:7b.EXO.035.007 तन्काएको बाख्राको छाला, नरम छाला र बबुलको काठ।

35:8b.EXO.035.008 दीयोको निम्ति तेल, अभिषेक तेल बनाउनको निम्ति मसला र सुगन्धित धूपको निम्ति मसला।

35:9b.EXO.035.009 गोमेदक-रत्न तथा एपोदमा र न्यायको थैलीमा कुदाउने अरू रत्नहरू ल्याऊ।

35:10b.EXO.035.010 तिमीहरू जो निपुण कर्मीहरू छौ, परमप्रभुले गर्नु भन्नु भएको आज्ञा अनुसरण गरेर सब चीजहरू बनाउनु पर्छ।

35:11b.EXO.035.011 पवित्र पाल, त्यसको बाहिरी पाल र त्यसलाई आवरणहरू, अंकुसे, बार, खम्बा अनि आधारहरू,

35:12b.EXO.035.012 पवित्र सन्दूक, त्यसका डण्डाहरू अनि आवरण र पर्दा जसले पवित्र सन्दूक राखिने जग्गा ढाक्नेछ।

35:13b.EXO.035.013 टेबल अनि यसको डण्डाहरू र यसको चीज-बीजहरू जो टेबलमाथि राखिन्छ अनि विशेष रोटी परमप्रभुको अघाडी राखिन्छ।

35:14b.EXO.035.014 बत्तीको निम्ति सामदान, त्यसले सबै सामग्रीहरूमा प्रकाश दिन्छ, अनि तेल त्यो जलेर प्रकाश दिन्छ।

35:15b.EXO.035.015 धूपको निम्ति वेदी अनि त्यसका डण्डाहरू, अभिषेक गर्ने तेल, अनि सुगन्धित धूप र पवित्र पालको प्रवेशद्वारमा लगाइने पर्दा,

35:16b.EXO.035.016 होमबलिको निम्ति वेदी अनि काँसाको कोरेसो डण्डाहरू अनि वेदीमा प्रयोग गरिने सबै चीजहरू, काँसाको बटुका र तिनका आधार,

35:17b.EXO.035.017 आँगन वरिपरिको पर्दा। तिनीहरूका डण्डाहरू र आधार जुन आँगनको फाटकमा राखिएको थियो।

35:18b.EXO.035.018 चुकुलहरूले पवित्र पाल अनि आँगनका वरिपरिको पर्दाहरू अडाउनलाई प्रयोग गरिएका चुकुलहरू स्थिर राख्छन् अनि डोरी जसले ती चुकुललाई बाधेर राख्छ।

35:19b.EXO.035.019 पवित्र स्थानमा पूजाहारीहरूले विशेष बुनेको लुगा लगाउनु पर्छ। हारून अनि उसका छोराहरूले पूजाहारी भई सेवा गर्दा यी पोशाकहरू लगाउँथे।”

35:20b.EXO.035.020 तब इस्राएली मानिसहरू मोशालाई छोडेर गए।

35:21b.EXO.035.021 तिनीहरू जसले परमप्रभुलाई भेटीहरू चढाउन इच्छा गरे तिनीहरूले सबै भेटीहरू ल्याए। ती भेटीहरू भेट हुने पालको काममा अनि विशेष पोशाकको निम्ति प्रयोग गरियो।

35:22b.EXO.035.022 सबै पुरूष र स्त्रीहरू ज-जसले भेटी चढाउनु चाहन्थे सबै प्रकारको सुनका गहनाहरू ल्याए। तिनीहरूले कुण्डल, औंठी र अंकुसेहरू ल्याए। तिनीहरू सबैले परमप्रभुको निम्ति यी भेटीहरू चढाए।

35:23b.EXO.035.023 प्रत्येक मानिसहरू जोसित मिहीन सुती अथवा निलो, बैजनी, रातो धागो, मसिनो सुती कपडा थिए, परमप्रभुलाई चढाउन ल्याए। प्रत्येक मानिस जससित बाख्राका भुत्ला अनि सुकाएको बाख्राको छाला अथवा मिहीन छाला थियो ती छालाहरू परमप्रभुलाई चढाउन ल्याए।

35:24b.EXO.035.024 प्रत्येक जोसंग चाँदी अथवा काँसा थियो परमप्रभुकहाँ विशेष भेटीहरू स्वरूप चढाए। जोसंग बबुलको काठ थियो यो काममा प्रयोग गराउनु ल्याए।

35:25b.EXO.035.025 प्रत्येक निपुण स्त्रीहरूले मसिनो सुती कपडा, निलो, बैजनी अनि रातो धागो बनाए।

35:26b.EXO.035.026 ती सबै स्त्रीहरू जो निपुण थिए अनि सहायता गर्न चाहन्थे तिनीहरूले पनि बाख्राको भुत्लाबाट लुगाहरू बनाए।

35:27b.EXO.035.027 नायक मानिसहरूले पनि गोमेद अनि र अन्य रत्नहरू ल्याए। यी रत्नहरू एपोद अनि न्याय थैलीमाथि लगाए।

35:28b.EXO.035.028 मानिसहरूले मसला र भद्राक्षको तेल पनि ल्याए। ती चीजहरू सुगन्धित धूप, अभिषेक तेल बत्तीको निम्ति तेल प्रयोग गरियो।

35:29b.EXO.035.029 इस्राएलका सारा मानिसहरू जसले भेटी चढाउने इच्छा गर्थे तिनीहरू सबैले परमप्रभुलाई भेटी चढाउने चीजहरू ल्याए। सम्पूर्ण हृदयले आफूलाई इच्छा लागेको चीजहरू चढाए। परमप्रभुले मोशा र इस्राएली मानिसहरूलाई बनाउनु भन्नु भएको चीजहरू बनाउन थालियो।

35:30b.EXO.035.030 तब इस्राएली मानिसहरूलाई मोशाले भने, “हेर, यहूदा कुल समूहका ऊरीका छोरो बजलेललाई परमप्रभुले चुन्नु भयो। (ऊरी हुरका छोरा हुन्।)

35:31b.EXO.035.031 परमप्रभुले बजलेलमा परमेश्वरको आत्मा भर्नु भयो। उहाँले बजलेललाई सब प्रकारको सीप र ज्ञान दिनुभएको छ।

35:32b.EXO.035.032 उसले सुन, चाँदी अनि पीतलमा कसरी आकार बनाउनु पर्छ जान्दछ।

35:33b.EXO.035.033 उसले पत्थर तथा गहनाहरू चाहिए अनुसार कुँद्न सक्छ। उसले काठमा खोप्न अनि काठबाट सबै प्रकारको चीजहरू बनाउन सक्छ।

35:34b.EXO.035.034 परमप्रभुले बजलेल र ओहोलीआबलाई विशेष सीप दिनु भएकोछ र तिनीहरूले अरू मानिसहरूलाई पनि सिकाउन सक्छन् (ओहोलीआब दान कुल समूहका अहीसामाकको छोरो हो)

35:35b.EXO.035.035 परमप्रभुले तिनीहरूलाई काठ र धातुमा। कुँद्ने र बुट्टा बनाउने) अनि निलो, बैजनी अनि रातो धागोबाट लुगा अनि मिहीन सुती लुगा बनाउने सीप दिनु भएको छ।

36

36:1b.EXO.036.001 “यसकारण बजलेल, ओहोलीआब अनि अरू सबै निपुण कर्मीहरूलाई आज्ञा परमप्रभुले दिनुभएको अनुसारका चीज बनाउनु पर्छ। परमप्रभुले पवित्र स्थान बनाउन आवश्यक पर्ने चीज बनाउनु ती निपुण कर्मीहरूलाई सीप दिनु भयो।”

36:2b.EXO.036.002 त्यसपछि मोशाले बजलेल, ओहोलीआब अनि अरू सबै निपुण मानिसहरूलाई बोलाए ज-जसलाई परमप्रभुले विशेष ज्ञान दिनुभएको थियो। ती मानिसहरू पनि आए किनभने तिनीहरूले यो काममा सहायता गर्न चाहन्थे।

36:3b.EXO.036.003 मोशाले तिनीहरूलाई ती सब चीजहरू दिए जो इस्राएली मानिसहरूले परमप्रभुको निम्ति उपहार स्वरूप ल्याएका थिए अनि तिनीहरूले ती सबै चीजहरू पवित्र स्थान निर्माण गर्न प्रयोग गरे। मानिसहरूले प्रत्येक बिहान भेटीहरू ल्याए।

36:4b.EXO.036.004 आखिरमा ती सबै कर्मीहरूले तिनीहरूले गर्दै गरेको काम रोके। तिनीहरू मोशाकहाँ गए र भने,

36:5b.EXO.036.005 “मानिसहरूले उपहारहरू धेरै ल्याए। अहिले हामीसंग परमप्रभुले आज्ञा गर्नु भए अनुसार चीजहरू बनाउन चाहे भन्दा प्रशस्त समानहरू छन्।”

36:6b.EXO.036.006 तब मोशाले पुरै छाउनीमा यो समाचार पठाए, “अब कुनै पनि पुरूष अथवा स्त्रीले पवित्र स्थानका निम्ति केही पनि भेटी ल्याउनु पर्दैन।”यसकारण मानिसहरूले भेटीहरू ल्याउन रोके।

36:7b.EXO.036.007 मानिसहरूले आवश्यक भन्दा बेशी भेटीहरू पठाए।

36:8b.EXO.036.008 तब निपुण कर्मीहरूले पवित्र पाल निर्माण गर्न शुरू गरे। तिनीहरूले मसिनो सुतीको कपडा अनि निलो, बैजनी अनि रातो धागोहरू बाट दशवटा पर्दाहरू बनाए। तिनीहरूले प्रत्येक पर्दाहरूमाथि करूब स्वर्गदूतको बुट्टा बनाए।

36:9b.EXO.036.009 त्यहाँ बनिएका प्रत्येक पर्दा एउटै नापको थिए। 28 हात लामो अनि 4 हात चौंडाई भएको।

36:10b.EXO.036.010 ती कर्मीहरूले पाँचवटा पर्दाहरूलाई जोडेर एउटा बनाए, अनि तिनीहरूले अर्को पाँचवटा पर्दाहरूलाईसंगै जोडेर अर्को एउटा पर्दा बनाए।

36:11b.EXO.036.011 पहिलाको पर्दाको अन्तिम किनारमा सुर्काउनी बनाउन तिनीहरूले निलो लुगा प्रयोग गरे। तिनीहरूले अर्को समूहको अन्तिममा पनि त्यसै गरे।

36:12b.EXO.036.012 एक समूहको अन्तिम पर्दामा पचास सुर्काउनी र अर्को समूहको अन्तिम पर्दामा पनि पचास सुर्काउनीहरू थिए। सुर्काउनीहरू एकार्को थिए।

36:13b.EXO.036.013 त्यसपछि तिनीहरूले सुनका पचासवटा अंकुसेहरू ती दुइ पर्दालाई जोडन बनाए अनि यसरी पवित्र पालसंगै जोडिएर एउटै भयो।

36:14b.EXO.036.014 त्यसपछि कर्मीहरूले पवित्र पाल ढाक्नको निम्ति अर्को एउटा पाल बनाए। तिनीहरूले एघारवटा पर्दाहरू बनाउन बाख्राको भुत्ला प्रयोग गरे।

36:15b.EXO.036.015 तीस हात लामो अनि चार हात चौडा सबै पर्दाहरू एउटा नापका बनाए।

36:16b.EXO.036.016 ती कर्मीहरूले पाँचवटा पर्दा जोडेर एउटा ठूलो र फेरि छ वटा पर्दा जोडेर अर्को समूह बनाए।

36:17b.EXO.036.017 एक समूहको आखिरी पर्दीको अन्तिम किनारामा तिनीहरूले पचासवटा प्वालहरू पारे अनि अर्को समूहको अन्तिम किनारामा पनि पचासवटा प्वालहरू पारे।

36:18b.EXO.036.018 ती दुइ समूहका पर्दाहरू जोडेर एउटा पाल बनाउन तिनीहरूले काँसाको पचासवटा अंकुसे बनाए।

36:19b.EXO.036.019 तब तिनीहरूले पवित्र पालको निम्ति अझ दुइवटा आवरणहरू बनाए। एउटा आवरण रातो रंगले रंगाएको भेडाको छालाबाट अनि अरू नरम छालाहरूबाट बनाए।

36:20b.EXO.036.020 तब तिनीहरूले बबुल काठको फल्याकहरू पवित्र स्थानलाई सहायता गर्न बनाए।

36:21b.EXO.036.021 प्रत्येक फल्याक दश हात लामा अनि एक हात आधा चौडाइको थियो।

36:22b.EXO.036.022 प्रत्येक फल्याक बनाउँदा दुइवटा खम्बाहरू एका अर्कोमा बाख्राको भुत्लासित जोडिएका थिए। यी सबै फल्याकहरू पवित्र स्थानको निम्ति थिए।

36:23b.EXO.036.023 पवित्र स्थानको दक्षिण पट्टिको निम्ति तिनीहरूले बीसवटा फल्याकहरू बनाए।

36:24b.EXO.036.024 त्यसपछि तिनीहरूले चालीसवटा चाँदीको आधारहरू बनाए तिनीहरूले दुइवटा आधारहरू प्रत्येक फल्याकमा लगाए।

36:25b.EXO.036.025 तिनीहरूले पवित्र पालको उत्तर पट्टिको निम्ति पनि बीसवटा फल्याकहरू बनाए।

36:26b.EXO.036.026 तिनीहरूले चालीसवटा आधारहरू बनाए, तिनीहरूले दुइवटा आधारहरू प्रत्येक फल्याकमा लगाए।

36:27b.EXO.036.027 पवित्र पालको पश्चिम भागको तिनीहरूले अझै छःवटा फल्याकहरू तैयार गरे।

36:28b.EXO.036.028 पवित्र पालको पछिल्तिरको कुनाको निम्ति पनि तिनीहरूले दुइवटा फल्याकहरू बनाए।

36:29b.EXO.036.029 अनि यी फल्याकहरू तल सबै संगै जोडिएका थिए। माथिल्लो भागमा कुनाका फल्याकहरू एउटा अंकुसेले जोडिएका थिए। ती कर्मीहरूले अरू कुनाका फल्याकहरू पनि त्यसरी नै जोडेका थिए।

36:30b.EXO.036.030 यसकारण त्यहाँ जम्मा आठवटा फल्याकहरू अनि प्रत्येक फल्याकको दुइवटा आधारहरू थिए, जम्मा सोह्रवटा चाँदीका आधारहरू थिए।

36:31b.EXO.036.031 कर्मीहरूले बबुलको काठ पवित्र पालको एक पट्टिको फल्याक पाँच पट्टी बनाउन प्रयोग गरे।

36:32b.EXO.036.032 प्रयोग गरे अर्को पट्टिको फल्याकहरूको निम्ति पाँचवटा पट्टीहरू अनि पवित्र पालको पछि पट्टिको फल्याकहरूको पश्चिम पट्टि।

36:33b.EXO.036.033 तिनीहरूले मध्य फल्याकहरूबाट एक कुना देखि अर्को कुनासम्म छिराएर पठाउनलाई बनाए।

36:34b.EXO.036.034 तिनीहरूले यी फल्याकहरूलाई सुनले मोहोरे। तब तिनीहरूले पट्टी समात्नको निम्ति मुन्द्राहरू बनाए। तिनीहरूले बारहरूलाई सुनले मोहोरे।

36:35b.EXO.036.035 तिनीहरूले महापवित्र स्थानका पर्दाहरू बनाउदा मिहीन निलो सुती लुगा बैजनी र रातो धागो प्रयोग गरे अनि तिनीहरूले मिहीन सूती लुगामाथि करूब स्वर्गदूतको चित्रमा बुट्टा भरे।

36:36b.EXO.036.036 तिनीहरूले बबुल काठको चारवटा खम्बाहरू बनाएर सुनले मोहरे। ती खम्बाहरूका निम्ति सुनको अंकुसेहरू बनाए। तिनीहरूले ती खम्बाहरूको निम्ति चारवटा चाँदीका आधारहरू पनि बनाए।

36:37b.EXO.036.037 त्यसपछि पवित्र पालको प्रवेशद्वार ढाक्न तिनीहरूले पर्दा बनाए। यस पर्दाको निम्ति मिहीन सूती अनि निलो, बैजनी अनि रातो धागो प्रयोग गरे र पर्दामा नक्शा सिलाए।

36:38b.EXO.036.038 प्रयोग द्वारमाथि पर्दाको लागि तिनीहरूले पाँचवटा खम्बाहरू तथा अंकुसेहरू बनाएर खम्बाका सुर्काउनीहरू र पर्दाका खाम्बालाई सुनले मोहोरे। ती पाँचवटा खम्बाको लागि तिनीहरूले पाँचवटा आधारहरू बनाए।

37

37:1b.EXO.037.001 बजलेलले बबुल काठको पवित्र सन्दूक बनाए। त्यो सन्दूकको लम्बाई दुइ हात आधा, चौडाइ र उचाइ एक हात आधाको थियो।

37:2b.EXO.037.002 त्यसको भित्र र बाहिर उसले सुनले मोहोर्यो उसले सन्दूकको वरिपरि सबैमा सुनको घेरा बनाए।

37:3b.EXO.037.003 सन्दूकको एकपट्टि दुइवटा मुन्द्री लगाए।

37:4b.EXO.037.004 उसले बबुल काठका डण्डाहरू बनाए अनि तिनीहरूलाई सुनले मोहोरी दियो।

37:5b.EXO.037.005 उसले डण्डाहरू सन्दूकको दुवै भागमा भएका मुन्द्रीहरू भित्र घुसार्यो। यी डण्डाहरू सन्दूक बोक्न प्रयोग गर्थे।

37:6b.EXO.037.006 तब सन्दूकको आवरण शुद्ध सुनले बनाए। यो दुइ हात आधा लामो अनि एक हात आधा चौंडाईको थियो।

37:7b.EXO.037.007 तब आवरणको प्रत्येक छेउममा बजलेलले करूब स्वर्गदूतको सुनको दुइवटा आकृतिहरू कुँदे।

37:8b.EXO.037.008 उनले एउटा करूब स्वर्गदूतलाई आसनको एक छेउमा राखे, उनले अर्को करूब स्वर्ग दूतलाई आसनको अर्को छेउमा राख्यो, र करूब स्वर्गदूतलाई आसनसित जोडे तिनीहरू एउटै भए।

37:9b.EXO.037.009 करूब स्वर्गदूतका पखेंटाहरू आसनमाथि फैलिएका थिए, र तिनीहरूले त्यसलाई ढाकेका थिए। स्वर्गदूतहरू एक-अर्काका सम्मुख आसनभित्र हेरिरहेका थिए।

37:10b.EXO.037.010 बजलेलले बबुल काठबाट एउटा टेबल बनाए। यो टेबलको लम्बाई दुइ हात चौंडाइ एक हात अनि एक हात आधा उँचाई थियो।

37:11b.EXO.037.011 उनले टेबललाई शुद्ध सुनले मोहोरी दिए अनि सुनको घेरा टेबलको वरिपरि बनाए।

37:12b.EXO.037.012 उनले टेबलको वरिपरि चार औंलो ठूलो ताक्ता बनायो। उनले फल्याकको वरिपरि सबैतिर सुनले मोहोरी दियो।

37:13b.EXO.037.013 फेरि उनले सुनको चारवटा मुन्द्रीहरू बनाए र त्यस टेबलको चारकुनामा र खुट्टाको छेउमा लगाए।

37:14b.EXO.037.014 उनले फल्याकको नजिकै मुन्द्रीहरूलाई जोडे। डण्डाहरू मुन्द्रीहरूभित्र टेबल बोक्न लगाए।

37:15b.EXO.037.015 तब उनले बबुल काठको डण्डा बनाए अनि यसलाई सुनले मोहोर्यो। ती डण्डाहरू टेबल बोक्नुमा प्रयोग गर्थे।

37:16b.EXO.037.016 त्यसपछि उनले टेबलमा प्रयोग गरिने वस्तुहरू थालहरू, धुपौरोहरू, कोपरा पेयबलि चढाउन गाग्री बनाए। यी सबै शुद्ध सुनबाट बनाए।

37:17b.EXO.037.017 त्यसपछि उनले सामदान बनाए। उनले शुद्ध सुनलाई मार्तोलले कुटेर सामदानको आधार अनि डण्डा बनाए। तब उनले कोपिला, फूल र पत्र बनाएर एकै ठाँउ जोडे।

37:18b.EXO.037.018 त्यो सामदानको एकापट्टि तीनवटा र अर्को तिर तीनवटा गरी जम्मा छ वटा शाखाहरू थिए।

37:19b.EXO.037.019 प्रत्येक शाखामा तीनवटा फूलहरू थिए। यी फूलहरू वदामको फल जस्तै र त्यससित कोपिला र पत्रहरू पनि थिए।

37:20b.EXO.037.020 त्यो सामदानको डण्डामा चारवटा फूलहरू थिए। तिनीहरूको आकार बदामको फूलसित कोपिला अनि पातहरू जस्ता थिए।

37:21b.EXO.037.021 सामदानका दुइ पाटाबाट निकालिएको तीन तीनवटा गरी छःवटा शाखामा फूल, कोपिला र पत्रहरू थिए। ती फूलहरू शाखा निस्किएको ठाउँमा थिए।

37:22b.EXO.037.022 सबै फूल सामदानका, हागाहरू शुद्ध सुनबाट बनाए। यी सबै भाग एउटै बनाउनलाई संगै जोडिएका थिए।

37:23b.EXO.037.023 उनले सामदानको निम्ति सातवटा दियोहरू बनाए। उनले शुद्ध सुनबाट सलेदो मिलाउने थाली बनाए।

37:24b.EXO.037.024 उनले एक तोडा शुद्ध सुनको सामदान अनि सबै सामग्री बनाए। धूप जलाउँनको निम्ति वेदी

37:25b.EXO.037.025 बजलेलले वेदी बनाउनका लागि बबुल काठका उपयोग गरे। यो वेदी धूप बाल्नमा उपयोग हुन्थ्यो। यो एक हात लामो, एक हात चौडा अनि दुइ हात उँचाईको थियो। यो वेदी वर्गकार थियो। प्रत्येक कुनामा एक-एकवटा गरी यस वेदीमा चावटा सींङहरू थिए। यी सींङहरू एउटै बनाउनलाई वेदीसित जोडिएको थियो।

37:26b.EXO.037.026 उनले सिङहरूमाथि अनि सींङका पाटाहरू शुद्ध सुनर त्यसपछि वेदीको वरिपरि सुन पगालेर घेरा ठोके।

37:27b.EXO.037.027 उनले सुनको दुइवटा मण्डपहरू बनाएर वेदीको दुवै पट्टि मोहोरेको भित्र जोडीदिए। यी मुन्द्रीहरू वेदी उठाएर कतै लाँदा डण्डाहरू घुसार्ने काममा प्रयोग हुन्थे।

37:28b.EXO.037.028 उनले त्यसपछि बबुल काठको डण्डा बनाएर त्यसलाई सुनले मोहोरे।

37:29b.EXO.037.029 त्यसपछि उनले अभिषेक गर्ने पवित्र तेल अनि सुगन्धित शुद्ध धूप बनाए। उनले सबै चीजहरू सुगन्धित अत्तर बनाउनेले झैं बनाए।

38

38:1b.EXO.038.001 त्यसपछि बजलेलले होमबलिको निम्ति बबुल काठको एउटा वेदी बनाए। यो वेदी पाँच हात लामो, पाँच हात चौडा अनि तीन हात अग्लो थियो।

38:2b.EXO.038.002 उनले यस वेदीको चार कुनामा लगाउन चारवटा सींङहरू बनाए। उनले वेदीलाई काँसाले मोहरे।

38:3b.EXO.038.003 त्यसपछि उनले त्यस वेदीमा प्रयोग गरिने हतियारहरू सबै काँसाकै बनाए। उनले भाँडाहरू, करूबहरू, काँटा र तावाहरू सबै काँसाको बनाए।

38:4b.EXO.038.004 त्यसपछि उनले वेदीको निम्ति एउटा जाली बनाए अनि यसको मनि उसले किनारा राख्यो। यो वेदीको आधा भागसम्म पुगेको थियो।

38:5b.EXO.038.005 त्यसपछि उनले डण्डाहरूलाई समात्न चारवटा काँसाको मुन्द्रीहरू बनायो। यी मुन्द्रीहरू चार किनाराहरूमा थिए।

38:6b.EXO.038.006 उसले वेदी बोक्ने डण्डा बबुल काठका बनाएर त्यसलाई काँसाले मोहरे।

38:7b.EXO.038.007 वेदी बोक्न मुन्द्रीहरूमा डण्डा हाले। वेदी रित्तो सन्दूक झैं खोक्रो फल्याकले बनिएको थियो।

38:8b.EXO.038.008 उनले काँसाको बाटा र त्यसलाई अडाउने आधारहरू बनाए। उनले काँसाको ऐना बनायो जुन ती आइमाईहरूले चढाएका थिए। यी आइमाईहरू भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्थे।

38:9b.EXO.038.009 उनले सबै आँगनको वरिपरि पर्दाहरूको पर्खाल बनाए। दक्षिणति एक सय हात लामो पर्दाहरू पर्खाल बनाए। पर्दाहरू मिहीन सुती लुगाको बनाए।

38:10b.EXO.038.010 बीसवटा खम्बाहरूले दक्षिण तिरको पर्दाहरूलाई सहारा दिएको थिए। ती खम्बाहरू बीसवटा काँसाका आधारहरूमाथि थिए। खम्बाहरू र पर्दाको डण्डाको निम्ति अंकुसेहरू चाँदीले बनिएका थिए।

38:11b.EXO.038.011 आँगनको उत्तर तिर एक सय हात लामो पर्दाहरूको बार जस्तो थियो। त्यहाँ पनि बीसवटा खम्बाहरू र तिनीहरूलाई अड्याउन बीसवटा खम्बाको निम्ति काँसाका आधारहरू थिए। खम्बा र पर्दाको डण्डाको निम्ति अंकुसेहरू चाँदीले बनिएका थिए।

38:12b.EXO.038.012 आँगनको पश्चिम तिर पचास हात लामा पर्दाहरूको बार थियो। त्यहाँ दशवटा खम्बाहरू र दशवटा आधारहरू थिए। खम्बाहरू र पर्दाको लागि अंकुसहरू चाँदीका बनाएको थिए

38:13b.EXO.038.013 आँगनको पूर्व पट्टिको लम्बाई पचास हात थियो। आँगनको प्रवेशद्वार यही दिशामा थियो।

38:14b.EXO.038.014 प्रवेशद्वारको एकापट्टि भएको पर्दाको पर्खालको लम्बाई पन्ध्र हात थियो। त्यता पट्टि तीनवटा खम्बा र तीनवटा आधारहरू थिए।

38:15b.EXO.038.015 प्रवेशद्वारको अर्को तिरको पर्खालको लमाई पनि पन्ध्र नै थियो। त्यहाँ पनि तीनवटा खम्बा र तीनवटा आधारहरू थिए।

38:16b.EXO.038.016 आँगन वरिपरि लगाइएका पर्दाहरू मिहीन सुती लुगाले बनिएका थिए।

38:17b.EXO.038.017 खम्बाको निम्ति आधारहरू काँसाको बनिएका थिए। अंकुसेहरू र पर्दाका डण्डाहरू चाँदीले बनिएका थिए। खम्बाकोमाथिल्लो भाग चाँदीले मोहोरेको थियो। आँगनमा लगाइएका सबै खम्बाका पर्दामा चाँदीको डण्डाहरू लगाइएका थिए।

38:18b.EXO.038.018 आँगनको मूलद्वारमा लगाइएका पर्दाहरू मिहीन सुती लुगाले बनिएको र रातो, बैजनी र निलो धागोले बुटा भरेका थिए। पर्दाहरूमा बुट्टा बनाइएको थियो। आँगन वरिपरिका पर्दा बीस हात लामो र पाँच हात अग्ला थिए।

38:19b.EXO.038.019 यो पर्दालाई काँसाको आधारमा उभ्याइएका चारवटा खम्बाहरूमा अंकुसेहरू थियो। खम्बाहरूसित लगाइएको अङकुसेहरू चाँदीका थिए। पर्दाका डण्डाहरू र खम्बाका शिरमा चाँदीले मोहोरिएका थिए।

38:20b.EXO.038.020 पवित्र पालको र आँगन वरिपरि लगाइएका पर्दाका कीलाहरू काँसाले बनिएका थिए।

38:21b.EXO.038.021 पवित्र पालमा प्रयोग गरिएका सबै चीजहरूको सूची बनाउन मोशाले लेवी मानिसहरूलाई आज्ञा दिए। जस्तै करारको मण्डप हारूनका छोरो ईतामार त्यो सूची बनाउने मानिस थियो।

38:22b.EXO.038.022 यहूदा वंशको नाति अनि ऊरीका छोरो बजलेलले प्रत्येक चीज मोशालाई परमप्रभुले दिनु भएको आज्ञा अनुसार बनाए।

38:23b.EXO.038.023 दान वंशको अहीसामाकको छोरो ओहोलीआबले पनि उसलाई सहायता पुर्याए। ओहोलीआब एक शिल्प कर्मी तथा चित्रकार थिए। ऊ पनि मसिनो सुतीको कपडा अनि निलो, बैजनी अनि रातो धागोले बुट्टा बुन्न निपुण थिए।

38:24b.EXO.038.024 पवित्र स्थान निर्माण गर्न उनन्तीस तोडा र सात सय तीस शेकेलभन्दा ज्यादा सुन परमप्रभुलाई बलिदानको रूपमा भेटी चढाए (यो ओजन मन्दिरका अधिकारी अनुसार थियो।)

38:25b.EXO.038.025 सबै गन्ती गरिएका मानिसहरूले लगभग एक सय तोडा अझै एक हजार सात सय पचत्तर शेकेल चाँदीहरू चढाए। (अधिकारीहरू द्वारा गरिएको ओजन)

38:26b.EXO.038.026 त्यहाँ छ लाख तीन हजार पाँच सय पचास जना मानिसहरू (बीस वर्ष अथवा त्यो भन्दा ज्यादा उमेर मानिसहरूको गन्ती गरिएको थियो।) प्रत्येक मानिसले अधिकारीले प्रयोग गरेको ओजन अनुसार आधा शेकेल चाँदी तिर्नु पर्थ्यो।

38:27b.EXO.038.027 परमप्रभुको पवित्र पाल अनि पर्दाहरूको निम्ति एक सय आधारहरू बनाउँदा तिनीहरूले एक सय तोडा चाँदी प्रयोग गरे। तिनीहरूले प्रत्येक आधारको निम्ति एक तोडा चाँदी खर्च गरे।

38:28b.EXO.038.028 थोरैभन्दा थोरै सत्र सय पचहत्तर शेकेल चाँदी पर्दाको निम्ति अंकुसेहरू बनाउन र खाम्बाहरू मोहोर्न प्रयोग गरे।

38:29b.EXO.038.029 अनि सत्तर तोडा अनि दुइ हजार चार सय शेकेल काँसा भन्दा वेशी परमप्रभुका निम्ति चढायो।

38:30b.EXO.038.030 त्यो काँसा भेट हुने पालको प्रवेशद्वारको आधारहरू बनाउनमा प्रयोग गरे। तिनीहरूले पीत्तलको वेदी, काँसाको जाली र वेदीमा चाहिने समानहरू बनाए।

38:31b.EXO.038.031 काँसा आँगन वरिपरि र प्रवेश द्वारको पर्दाहरूको निम्ति आधारहरू बनाउन पनि प्रयोग गरे। अनि पवित्र पालको कीलाहरू र आँगन वरिपरिका पर्दाको कीलाहरू बनाउँदा पनि प्रयोग गरे।

39

39:1b.EXO.039.001 पूजाहारीहरूले पवित्र स्थानमा सेवा गर्दा लगाउने विशेष लुगाहरू बनाउदा ती चित्रकारहरूले निलो, बैजनी अनि राता धागोको प्रयोग गरे। परमप्रभुले मोशालाई आज्ञाहरू दिए अनुसार तिनीहरूले हारूनको निम्ति विशेष लुगाहरू बनाए।

39:2b.EXO.039.002 तिनीहरूले एपोद सुनको धागो, मिहीन सुतीको लुगा अनि निलो, बैजनी र रातो धागोले बनाए।

39:3b.EXO.039.003 तिनीहरूले सुनलाई पिटेर पातलो च्याप्टो पारे अनि त्यसलाई काटेर धागो बनाए। तिनीहरूले यी धागोलाई दक्षतापूर्वक मसिनो सुतीको लुगा अनि निलो, बैजनी र रातो धागोहरूसित मिलाएर काम गरे।

39:4b.EXO.039.004 तिनीहरूले एपोदको निम्ति काँधको टुक्वाहरू बनाए अनि एपोदको दुइवटा छेऊ बाँधिदिए।

39:5b.EXO.039.005 एपोद जस्तै तिनीहरूले यो मिहीन सुती लुगा सुनको धागो, निलो बैजनी अनि रातो धागोले बनाए। तिनीहरूले यसलाई परमेश्वरले मोशालाई आज्ञा दिनु भए अनुसार बनाए।

39:6b.EXO.039.006 ती शिल्पकारहरूले एपोदको सुनको घेराहरूमा गोमेद पनि लगाए। त्यसका मणिहरूमा तिनीहरूले इस्राएलीहरूको छोराको नाउँ कुँदे।

39:7b.EXO.039.007 तिनीहरूले यी मणिहरू एपोदको कुमका टुक्राहरूमा जोडिदिए। यी मणिहरूले परमेश्वरलाई इस्राएलीहरूको सम्झना गराउँछन्। तिनीहरूले त्यही गरे जो परमप्रभुले मोशालाई आज्ञा दिनु भएको थियो।

39:8b.EXO.039.008 तब तिनीहरूले न्यायको थैली बनाए। एपोद झैं यो निपुणता पूर्वक बनाए। यो सुनको धागो, मसिनो मिहीन सुती लुगा, निलो, बैजनी र रातो धागोले बनाइएको थियो।

39:9b.EXO.039.009 न्यायको छाती-पाता वर्गादार जेब बनाउन पट्टाएर आधा बनाइएको थियो। यो एक बित्ता लामो अनि एक बित्ता चौढाको थियो।

39:10b.EXO.039.010 त्यसपछि कर्मीहरूले न्यायको छाती-पातामाथि सुन्दर रत्नहरूको चार लहर गरी मणि लगाए। पहिलो लहरमा माणिक, पुष्पराज र पन्ना थियो।

39:11b.EXO.039.011 दोस्रो लहरमा नीर लाल हीरा थियो।

39:12b.EXO.039.012 तेस्रो लहरमा धमकान्त, सूर्यकान्त र र्मतिस थियो।

39:13b.EXO.039.013 अनि चौथोमा लहर पिरोज, गोमेद र स्फटिकको थियो। यी मणिहरू सुन कुँदिएका थिए।

39:14b.EXO.039.014 न्यायको छाती-पाता भित्र बाह्रबटा रत्नहरू थिए। त्यहाँ एउटा रत्न इस्राएलीको प्रत्येक वंशका निम्ति थियो। प्रत्येक इस्राएलीको नाउँ एउटा रत्नमाथि खोपिएको थियो।

39:15b.EXO.039.015 न्यायको छाती-पाताको निम्ति कर्मीहरूले शुद्ध सुनका दुइवटा साङ्गली बनाए। ती साँङ्गलीहरू डोरी झैं बटारिएका थिए।

39:16b.EXO.039.016 तिनीहरूले सुनको दुइवटा मुन्द्रीहरू बनाए न्यायको थैली दुइ कुनामा अड्काए। तिनीहरूले सुनको दुइवटा घेराहरू (कुमामाथि एपोदको लागि टुक्राहरू) बनाए।

39:17b.EXO.039.017 तिनीहरूले थैलीको कुनाहरूमा सुनको मुन्द्रीहरूबाट साँङ्गली हाले।

39:18b.EXO.039.018 तिनीहरूले सुनको साँङ्गलीको अर्को पट्टिको अन्त कुमको जोडेको घेरा सुनमा लगाए। तिनीहरूले यो एपोदको अघिल्लो भागमा बाँधे।

39:19b.EXO.039.019 तिनीहरूले न्यायको छाती-पातामा अन्य दुइ कुनामा अरू दुइवटा सुनको मुन्द्रीहरू जोडे। यो एपोदको छेउमा न्यायको छाती-पाताको किनारा भित्रपट्टि थियो।

39:20b.EXO.039.020 तिनीहरूले सुनका दुइवटा मुन्द्रीहरू एपोदको काँधको टुक्रामा लगाए। यो मुन्द्रीहरू गाँसिने ठाउँको छेउमा पेटीको अलिकतिमाथि थियो।

39:21b.EXO.039.021 त्यसपछि तिनीहरूले न्याय थैलीमाथिको मुन्द्रीहरूदेखि एपोदमाथिको मुन्द्रीहरू बाँध्न निलो डोरी प्रयोग गरे। यसप्रकारले न्याय थैली एपोदसित बलियोसंग बाँधन् सकिन्थ्यो। तिनीहरूले प्रत्येक चीज परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार नै गरे।

39:22b.EXO.039.022 त्यसपछि तिनीहरूले एपोदको निम्ति लबेदा बनाए। निपुण शिल्पकारले बुनेको निलो लुगाबाट तिनीहरूले यो लबेदा बनाए।

39:23b.EXO.039.023 लबेदाको बीचमा तिनीहरूले एउटा दुलो पारे अनि त्यस दुलोको वरिपरि एउटा लुगाको टुक्रा लगाएर सिलाए जसले गर्दा त्यो दुलोको छेऊ नच्यातियोस्।

39:24b.EXO.039.024 तिनीहरूले मसिनो गरी बाटेको सुतीको लुगा अनि निलो, बैजनी अनि राता धागाहरू प्रयोग गरेर सबै लुगाको फेरा वरिपरि दारिमहरू बनाए।

39:25b.EXO.039.025 फेरि तिनीहरूले शुद्ध सुनका घण्टीहरू बनाए अनि तिनीहरूले ती घण्टीहरूलाई लुगाको फेरोमा दारिमहरूको बीचमा झुण्डाइदिए।

39:26b.EXO.039.026 परमप्रभुले मोशालाई दिनु भएको आज्ञा अनुसार नै तिनीहरूले घण्टीहरू अनि दारिमहरू एकपछि अर्को गर्दे पोशाकको फेरोमा वरिपरि झुण्डाइदिए।

39:27b.EXO.039.027 निपुण शिल्पकारहरूले हारून र तिनका छोराहरूको निम्ति कमेजहरू बुने। यी कमेजहरू मसिनो सुती कपडाबाट बनिएका थिए।

39:28b.EXO.039.028 ती शिल्पीहरूले मसिनो सुती लुगाले फेटाहरू पनि बनाए। टोपी अनि भित्री लुगाहरू पनि तिनीहरूले मिहीन सुती लुगाबाट बनाए।

39:29b.EXO.039.029 जस्तो मोशालाई परमप्रभुले आज्ञा दिनु भएको थियो, तिनीहरूले मसिनो सुतीको लुगा, निलो, बैजनी अनि रातो कातेको धागो लगाएर बुट्टा भरेको पेटी बनाए।

39:30b.EXO.039.030 तब तिनीहरूले शुद्ध सुनबाट पवित्र मुकुटमा लगाउने पातो बनाए त्यस पातोमाथि यी शब्दहरू खोपे ‘परमप्रभुको निम्ति पवित्र’।

39:31b.EXO.039.031 तिनीहरूले पातोलाई निलो डोरीले बाँधे, तब तिनीहरूले निलो डोरीले फेटामा बाँधे परमप्रभुले मोशालाई आज्ञा दिए जस्तै गरे।

39:32b.EXO.039.032 परमप्रभुले आज्ञाहरू दिनु भए अनुसार नै इस्राएलीहरूले पवित्र पाल, अर्थात् भेट हुने पाल निर्माण समाप्त गरे।

39:33b.EXO.039.033 तब तिनीहरूले समाप्त भएका सबै कुराहरू मोशाकहाँ ल्याए जस्तै पवित्र पाल अनि पालहरू भित्रको सबै चीजहरू अंकुसेहरू, बारहरू, फल्याकहरू र आधार खाम्बाहरू। तिनीहरूले मोशालाई पाल छोप्न रातो रङ्गाले रङ्गाएको भेडाको छालाले बनाएको छत देखाए।

39:34b.EXO.039.034 तिनीहरूले मोशालाई बाख्राको सुकेको रातो छालाले बनिएको पाल छोप्ने सील छालाबाट बनाइएको पर्दा देखाए। अनि तिनीहरूले अति पवित्र स्थानको प्रवेशद्वार ढाक्ने पर्दा पनि मोशालाई देखाए।

39:35b.EXO.039.035 तिनीहरूले मोशालाई करारको सन्दूक देखाए। तिनीहरूले तिनलाई सन्दूक बोक्ने डण्डाहरू, सन्दूकको कृपा-आसान पनि देखाए।

39:36b.EXO.039.036 तिनीहरूले उनलाई टेबल अनि यसको सबै भाँडा बर्तनहरू र विशेष रोटी पनि देखाए।

39:37b.EXO.039.037 तिनीहरूले मोशालाई शुद्ध सुनले बनिएको सामदान दियोहरू, सामदानको निम्ति प्रयोग गरिने सबै सामानहरू अनि बत्तीहरू बाल्नको निम्ति तेल देखाए।

39:38b.EXO.039.038 तिनीहरूले मोशालाई सुनको वेदी, अभिषेक गर्ने तेल, सुगन्धित धूप पालमा जाने द्वार र ढाक्ने पर्दा पनि देखाए।

39:39b.EXO.039.039 तिनीहरूले उनलाई काँसाको वेदी, काँसाको कोरेसो अनि (वेदी बोक्न प्रयोग हुने) डण्डाहरू देखाए। तिनीहरूले उनलाई वेदीमा प्रयोग गरिने प्रत्येक चीजहरू देखाए तिनीहरूले उसलाई हात खुट्टा धुने कचौरा अनि यसको आधार देखाए।

39:40b.EXO.039.040 तिनीहरूले मोशालाई आँगनको निम्ति पर्दाहरू, यसको खम्बाहरू, खम्बाको आधारहरू, आँगनको प्रवेशद्वारका निम्ति पर्दा र डोरीहरू, पाल-कीलाहरू अनि पवित्र स्थान जुन भेट हुने पाल हो त्यहाँ चाहिने सबै चीजहरू देखाए।

39:41b.EXO.039.041 त्यस पवित्र क्षेत्रमा सेवा गर्ने पूजाहारीहरूका निम्ति जुन तिनीहरूले बुनेर बनाएका पोशाकहरू थिए ती मोशालाई देखाए। तिनीहरूले हरून उसका छोरीहरूका निम्ति बनाइएका विशेष पोशाकहरू पनि मोशालाई देखाए। ती लुगाहरू तिनीहरूले पूजाहारी भई सेवा गर्दा लाउनु पर्दथ्यो।

39:42b.EXO.039.042 इस्राएली मानिसहरूले प्रत्येक चीज नै परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार गरे।

39:43b.EXO.039.043 जब मोशाले प्रत्येक चीजहरू परमप्रभुले आज्ञा गरे अनुसार मानिसहरूले बनाएको देखे, उनले तिनीहरूलाई आशीर्वाद दिए।

40

40:1b.EXO.040.001 तब परमप्रभु मोशालाई भन्नु हुन्छ,

40:2b.EXO.040.002 “पवित्र पाललाई जुन भेट हुने पाल पनि भनिन्छ पहिलो महीनाको पहिलो दिन स्थापना गरिनु पर्छ।

40:3b.EXO.040.003 पवित्र पालभित्र करारको सन्दूक राखेर त्यसलाई पर्दाले ढाकिदेऊ।

40:4b.EXO.040.004 त्यसपछि टेबल ल्याऊ र त्यसमाथि राखिनु पर्ने प्रत्येक चीज राख। सामदानलाई पालभित्र ल्याऊ अनि त्यसमा दियोहरू जलाऊ।

40:5b.EXO.040.005 धूप चढाउनलाई सुनको वेदीको पालभित्र राख। वेदीलाई करारको सन्दूक अघि राख। तब पवित्र पालको प्रवेशद्वारमा पर्दा लगाऊ।

40:6b.EXO.040.006 “तब होम बलिको लागि पवित्र पालको प्रवेशद्वारमा जसलाई भेट हुने पाल पनि भनिन्छ वेदी राख।

40:7b.EXO.040.007 भेट हुने पाल र वेदीको बीचमा बाटा राख। त्यस बाटामा पानी हाल।

40:8b.EXO.040.008 आँगनको वरिपरि पर्दाको पर्खाल लगाऊ। तब आँगनको प्रवेश द्वारको अघि पर्दा लगाऊ।

40:9b.EXO.040.009 “अभिषेक गर्ने तेल लिएर पाल तथा त्यसमा भएका प्रत्येक चीजलाई अभिषेक गर। यदि तिमीले ती सबै चीजमा अभिषेक तेलले अभिषेक गरेर तिनीहरू सबैलाई पवित्र पार्नेछौ।

40:10b.EXO.040.010 0होमबलिको वेदीमाथि अनि वेदीको निम्ति प्रयोग गरिने सबै चीजहरूमा तेल छर्क। यसले ती सबै चीजहरूलाई पवित्र अनि वेदी अति पवित्र बनाउँछ।

40:11b.EXO.040.011 बाटा र त्यस मुनिको आधार पवित्र पार्न तिनीहरूमाथि अभिषेक गर।

40:12b.EXO.040.012 “हारून र तिनका छोराहरूलाई भेट हुने पालको प्रवेश द्वारमा ल्याएर पानीले नुहाउन लगाऊ।

40:13b.EXO.040.013 त्यसपछि हारूनलाई विशेष लुगा लगाई पवित्र पार्न तेलले अभिषेक गर। त्यसपछि उसले पूजाहारी भई मेरो सेवा गर्न सक्छ।

40:14b.EXO.040.014 त्यसपछि उसका छोराहरूलाई लुगा लगई देऊ।

40:15b.EXO.040.015 छोराहरूलाई पनि बुबालाई गरेकै प्रकारले अभिषेक गरिदेऊ। तब तिनीहरूले पनि पूजाहारी भई मेरो सेवा गर्न सक्छन्। जब तिमी तिनीहरूलाई अभिषेक गर्छौ तब तिनीहरू पूजाहारी हुन्छन्। भविष्यमा पनि त्यो परिवार पूजाहारी नै भइरहनेछ।”

40:16b.EXO.040.016 परमप्रभुले आज्ञा गर्नु भए अनुसार नै मोशाले प्रत्येक चीज गरे।

40:17b.EXO.040.017 त्यसकारण पवित्र पाल ठीक समयमा स्थापन गरियो। इस्राएलीहरूले मिश्र छोडेको यो दोस्रो वर्षको पहिलो महीनाको पहिलो दिन थियो।

40:18b.EXO.040.018 मोशाले पवित्र पाल स्थापित गरे। तिनले पहिले आधारहरू राखे अनि त्यसपछि आधारहरूमाथि फल्याकहरू राखे। तब उसले बार र तक्ताहरू भित्र लगाए अनि खम्बाहरू ठडाए।

40:19b.EXO.040.019 तब मोशाले पवित्र पालमाथि कृपा-आसान राखे परमप्रभुले दिनु भएको आज्ञा अनुसार तिनले यसो गरे।

40:20b.EXO.040.020 मोशाले करार पत्र पवित्र सन्दूकभित्र राखे। मोशाले सन्दूकमाथि डण्डाहरू राखे अनि ढकनीले ढाके।

40:21b.EXO.040.021 तब मोशाले पवित्र सन्दूक पवित्र पालभित्र राखे अनि यसको अघि पर्दा झुण्डाइदिए। यस प्रकारले पर्दा पछाडी करारको सन्दूकलाई तिनले सुरक्षित पारे। तिनले परमप्रभुले दिनु भएको निर्देशन अनुसार गरे।

40:22b.EXO.040.022 तब मोशाले भेट हुने पालमा टेबल राखे। यो तिनले पवित्र सन्दूकको उत्तर तिर राखे। यो तिनले पवित्र पालभित्र पर्दाको अघाडी राखे।

40:23b.EXO.040.023 तब उनले टेबलमाथि परमप्रभुको सामने रोटी राखे। तिनले परमप्रभुले तिनलाई दिनु भएको आज्ञा अनुसार यसो गरे।

40:24b.EXO.040.024 उनले सामदान भेट हुने पालको दक्षिण भागमा टेबलको अघाडी राखे।

40:25b.EXO.040.025 उनले परमप्रभुको अघि दियोहरू बाले। तिनले यी सब कामहरू परमप्रभुले तिनलाई दिनु भएको आज्ञा अनुसार गरे।

40:26b.EXO.040.026 तब तिनले सुनको वेदी भेट हुने पाल भित्र राखे। वेदी पर्दाको अघिललातिर राखे।

40:27b.EXO.040.027 तब तिनले वेदीमा सुगन्धित धूप बाले। उनले यो परमप्रभुले दिनु भएको आज्ञा अनुसार गरे।

40:28b.EXO.040.028 तब मोशाले पवित्र पालको प्रवेश द्वारमा पर्दा लगाए।

40:29b.EXO.040.029 मोशाले होमबलिहरूका निम्ति वेदीलाई पवित्र पालको, (जसलाई भेट हुने पाल पनि भनिन्छ) प्रवेशद्वारमा राखे। उनले वेदीमाथि होमबलि र अन्नबलिहरू चढाए। उनले यो सबै परमप्रभुले आज्ञा गरे अनुसार नै गरे।

40:30b.EXO.040.030 तब मोशाले बाटा भेट हुने पाल र वेदीको माझमा राखे। तिनले बाटामा हात धुनलाई पानी पनि राखे।

40:31b.EXO.040.031 मोशा, हारून र तिनका छोराहरूले आफ्नो हात-खुट्टा धुन यो बाटामा प्रयोग गरे।

40:32b.EXO.040.032 तिनीहरू भेट हुने पालमा पस्दा प्रत्येक पल्ट आफ्नो हात-खुट्टा धोए अनि त्यसरी नै तिनीहरू वेदी सामने जाँदा पनि हात-खुट्टा धोए। तिनीहरूले परमप्रभुले आज्ञा गरे अनुसार यसो गरे।

40:33b.EXO.040.033 मोशाले पवित्र पालको आँगन वरिपरि पर्दा लगाए। तिनले आँगनमा वेदी राखे। अनि आँगनको प्रवेशद्वारमा पर्दा लगाए। मोशाले यी सबै काम समाप्त गरे।

40:34b.EXO.040.034 भेट हुने पाललाई बादलले ढाक्यो र परमप्रभुको महिमाले पवित्र पाल परिपूर्ण भयो।

40:35b.EXO.040.035 बादल त्यहाँ बसेकोले र पवित्र पालभित्र परमप्रभुको महिमा भरिएकोले मोशा भेट हुने पालभित्र जान सकेनन्।

40:36b.EXO.040.036 जब बादल पवित्र पालबाटमाथि उठ्थ्यो इस्राएलीहरूले आफ्नो यात्रा शुरू गर्थे।

40:37b.EXO.040.037 तर जब बादल पवित्र पालबाटमाथि उठ्दैनथ्यो भने मानिसहरू हिंड्ने चेष्टा गर्दैनथे। तिनीहरू बादलमाथि नउठुञ्जेलसम्म एकै ठाउँमा बसिरहन्थे।

40:38b.EXO.040.038 यसर्थ दिउँसो पवित्र पालमाथि परमप्रभुको बादल रहन्थ्यो अनि राती बादलमा आगो देखिन्थ्यो। यसर्थ जब यात्रा गर्थे समस्त इस्राएलीहरू बादल देख्न सक्थे।


Holder of rights
Multilingual Bible Corpus

Citation Suggestion for this Object
TextGrid Repository (2025). Nepali Collection. Exodus (Nepali). Exodus (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-ACAC-5