2 Peter (Nepali)

2 Peter (Nepali)

1

1:1b.2PE.001.001 येशू ख्रीष्टको प्रेरित औ सेवक शिमोन पत्रुसद्वारा अभिवादन। तिमी सबै मानिसहरुप्रति, जसको विश्वास छ, जो हाम्रो जस्तो मूल्यवान् छ। तिमीहरुले त्यो विश्वास प्राप्त गरेका छौ किनभने हाम्रा परमेश्वर अनि उद्धारकर्ता येशू ख्रीष्ट न्यायपूर्ण हुनुहुन्छ। उहाँ जे उचित छ त्यही गर्नुहुन्छ।

1:2b.2PE.001.002 तिमीहरुलाई अधिकभन्दा अधिक अनुग्रह अनि शान्ति प्रदान गरियोस्। तिमीहरुले अनुग्रह अनि शान्ति प्राप्त गर्नेछौ, किनकि तिमीहरुले परमेश्वर अनि हाम्रा प्रभु येशूलाई चिन्दछौ।

1:3b.2PE.001.003 येशूसित परमेश्वरको शक्ति छ। उहाँको शक्तिले हामीलाई जीउनु अनि परमेश्वरको सेवा गर्नु चाहिएको हरेक चीज प्रदान गेरको छ। हामीसित यी कुराहरु छन्, किनभने हामी उनलाई जान्दछौ। येशूले उहाँको महिमा अनि भलोपनद्वारा हामीलाई आह्वान गर्नुभयो।

1:4b.2PE.001.004 यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान् प्रतिज्ञाहरु दिनुभएको छ, कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरु इश्वरीय स्वभावका सहभागी होओ।

1:5b.2PE.001.005 यसकारण यी कुराहरु तिमीहरुको जीवनमा थप्न सकेसम्म प्रयास गर। तिमीहरुको आफ्नो विश्वासमा भलोपन अनि ज्ञानमा भलोपन थप।

1:6b.2PE.001.006 अनि तिम्रो बुद्धिमा आत्मा नियन्त्रण थप, अनि तिम्रो आत्मा नियन्त्रणमा धैर्य थप, अनि तिम्रो धैर्यमा परमेश्वरको सेवा थप।

1:7b.2PE.001.007 अनि तिम्रो परमेश्वर प्रतिको सेवामा तिम्रा भाइ-बहिनीहरु प्रति स्नेह थप, अनि आफ्ना भाइ-बहिनीहरु प्रतिको स्नेहमा प्रेम थप।

1:8b.2PE.001.008 यदि यी जन्मै कुराहरु तिमीहरुमा छन् अनि तिनीहरु वृद्धि हुँदैछन् भने यी कुराहरुले तिमीहरुलाई निकम्मा नबनिनुमा मदत दिनेछन्। यी कुराहरुले तिमीहरुलाई हाम्रा प्रभु येशू ख्रीष्टको विषयमा पूर्ण ज्ञान लिनु सबैले सहयोग पुर्याउनेछ।

1:9b.2PE.001.009 तर यदि कुनै व्यक्तिसित यी कुराहरु छैन भने उसले स्पष्ट देख्न सपर्थ पुँदैन। त्यो मानिस अन्धा हो। उसले यो भूलेको छ कि उसलाई विगत पापहरुबाट स्वच्छ तुल्याइएको छ।

1:10b.2PE.001.010 मेरा भाइ-बहिनीहरु, परमेश्वरले तिमीहरुलाई बोलाउनु भएको छ अनि उनको मानिस बनिनु चुनेकाछन्। तिमीहरु बोलाइएका हौ औ आफ्नो मानिसहरु बनाउनु चुनिएका हौ भन्ने प्रमाण गर्नु भरमग्दुर चेष्टा गर्नु पर्छ। यदि तिमीहरुले ती सबै कुराहरु मान्‌यौ भने तिमीहरु कहिल्यै ढल्ने छैनौ।

1:11b.2PE.001.011 अनि तिमीहरुलाई हाम्रा प्रभु अनि उद्धारकर्त्ता येशू ख्रीष्टको राज्यमा विशाल स्वागत गरिनेछ। त्यो राज्य सदा सर्वदा चलिरहन्छ।

1:12b.2PE.001.012 तिमीहरु या कुराहरु जान्दछौ। तिमीहरुसित भएका सत्यताको विषयमा तिमीहरु दृढ छौ। तर तिमीहरुलाई यी कुराहरु सम्झना गराउन म सदैव सहायता गर्नेछु।

1:13b.2PE.001.013 म सम्झन्छु यो पृथ्वीमा जबसम्म बाँच्छु, तिमीहरुलाई यी कुराहरु सम्झाउन उचित सम्झन्छु।

1:14b.2PE.001.014 म जान्दछु मैले यो शरीर चाँडै त्याग गर्नुपर्छ। हाम्रा प्रभु येशू ख्रीष्टले त्यो मलाई दर्शाउनु भएको छ।

1:15b.2PE.001.015 म जति सक्छु तिमीहरुलाई सदैव यी कुराहरु स्मरण गराउने कोशिश गर्नेछु। म इच्छा गर्छु कि मेरो मृत्यु पछि पनि यी कुराहरु सम्झन तिमीहरु समर्थ बनी रहौ।

1:16b.2PE.001.016 हामीले तिमीहरुलाई हाम्रा प्रभु येशू ख्रीष्टको शक्तिको बारेमा व्याख्या गरेका छौं। हामीले तिमीहरुलाई उनको आगमनको विषयमा भन्यौं। हामीले तिमीहरुलाई जे व्याख्या गर्यौं ती मानिसहरुले रचेका चतुर कथाहरु होइनन्। हामीले आफ्नै आँखाले येशूको महानता देख्यौं।

1:17b.2PE.001.017 येशूले माहनतम महिमाको आवाज सुन्नु भयो। त्यो त्यस समयको कुरा हो जब येशूले पिता परमेश्वरबाट सम्मान अनि महिमा पाउनु भयो। त्यो आवाजले भन्यो, “यो मेरो प्रिय छोरो हो, अनि म यसलाई प्रेम गर्छु। म उसित अत्यन्त खुशी छु।”

1:18b.2PE.001.018 अनि हामिले त्यो आवाज सुन्यौ जब हामी येशूसित पवित्र पर्वतमा थियौं, त्यो स्वर्गबाट आयो।

1:19b.2PE.001.019 यसले हामीलाई अगमवक्ताहरुले भनेका कुराहरुमा अधिक निश्चित तुल्याउँछ। अनि अगमवक्ताहरुको भनाई अनुसरण गरेर तिमीहरुले राम्रो गर्नेछौ। उनीहरुको भनाई अन्धकारमा बत्ति चम्केको जस्तै हो। यो बत्ति बिहान नहुञ्जेलसम्म र बिहानी तारा तिमीहरुको ह्रदयमा प्रकाश दिन नझुल्केसम्म रहने छ।

1:20b.2PE.001.020 तिमीहरुले बुझ्नु पर्ने मुख्य कुरा यो छ धर्मशास्त्रको अगमवाणी कुनै अगमवक्तको व्याख्याबाट आएको होइन।

1:21b.2PE.001.021 किनभने अगमवाणी मानिसको इच्छाबाट आएन। तर मानिसहरुलाई पवित्र आत्माले डोर्याएको थियो अनि परमेश्वरका वचनहरु भने।

2

2:1b.2PE.002.001 विगत समयमा झूटा अगमवक्ताहरु परमेश्वरका मानिसहरुको बीचमा थिए। त्यसरी नै झूटा शिक्षकहरु तिमीहरुको समूहमा रहन्छन्। तिनीहरुले झूटा शिक्षाहरु दिन्छन्, ती शिक्षाहरुले मानिसहरूलाई ध्वंशतिर तान्छ। तिनीहरुले मालिकलाई ग्रहण गर्न पनि अस्वीकार गर्छन् जसले तिनीहरुकोलागि मुक्ति ल्याउनु भयो। अनि तिनीहरु स्वयंलाई चाँडै ध्वंश पार्नेछन्।

2:2b.2PE.002.002 धेरै मानिसहरु तिनीहरुले गरेका नराम्रा कुराहरु अनुसरण गर्छन्। तिनीहरुले गर्दा सत्य मार्गलाई अरु मानिसहरुले आलोचना गर्छन्।

2:3b.2PE.002.003 ती झूटा शिक्षकहरुले तिमीहरुबाट पैसा मात्र चाहने छन्। यसरी तिनीहरुले तिमीहरुलाई झूटा कथाहरु भनेर शोषण गर्नेछन्। तर ती झूटा शिक्षकहरुको विरुद्ध धेरै अघि नै न्याय तयार भएको छ। अनि उनी एकबाट जसले तिनीहरुलाई ध्वंश पार्नु हुनेछ तिनीहरु उम्कन पाउने छैनन्।

2:4b.2PE.002.004 जब स्वर्गदूतहरुले पाप गरे तिनीहरुलाई दण्डविहीन जान दिइएन। अहँ परमेश्वरले तिनीहरुलाई नरकमा पठाउनु भयो। परमेश्वरले ती स्वर्गदूतहरुलाई अन्धकार गुफामा राख्नु भयो। तिनीहरुलाई न्याय नगरुञ्ञेल त्यहीं राख्नेछन्

2:5b.2PE.002.005 अनि परमेश्वरले ती मानिसहरुलाई दण्ड दिनु भयो जो धेरै अघि जीवित थिए। परमेश्वरले संसारमा बाढी ल्याउनु भयो जुन मानिसहरुले भरिएको थियो जो परमेश्वर विरोधी थिए। तर परमेश्वरले नूहसित सात अन्य मानिसहरुलाई बचाए। नूह त्यो मानिस थिए जसले मानिसहरुलाई ठीक ढङ्गले बाँच्न उपदेश दिन्थे।

2:6b.2PE.002.006 अनि परमेश्वरले दुष्ट नगरहरु सदोम अनि गमोराहलाई दण्ड दिनु भयो। परमेश्वरले ती नगरहरुलाई खरानीमा परिवर्तन नहुञ्जेल जलाउनु भयो। परमेश्वरले ती नगरहरुलाई जो पछि आउने समयमा परमेश्वरको विरुद्ध जानेहरुमाथि उहाहरण स्वरुप उपयोग गर्नुभयो।

2:7b.2PE.002.007 तर परमेश्वरले ती नगरहरुबाट लूतलाई बचाउनु भयो। लूत खुबै असल मानिस थिए। नराम्रा मानिसहरुको फोहोर जीवनको कारण तिनले कष्ट पाए।

2:8b.2PE.002.008 लूत एक असल मानिस थिए, तर तिनी प्रतिदिन ती दुष्ट मानिसहरुसंग बसेका थिए। लूतको असल हृदय तिनले दिनहु देखेका अनि सुनेका नराम्रा कुराहरुमा दुखी भएको थियो।

2:9b.2PE.002.009 हो, परमेश्वरले यी सबै कुरा गरे। जब कष्ट आई पर्छ जसले आफ्नो सेवा गर्छन् तिनीहरुलाई बचाँउनु प्रभु परमेश्वर जान्नुहुन्छ। अनि उहाँले जान्नुहुन्छ न्यायको दिनसम्म ती दुष्ट मानिसहरुलाई कसरी अडकाउनु पर्छ।

2:10b.2PE.002.010 जो मानिसहरु तिनीहरुको पापमय कामवासना अनुसार कुकर्म गरेर बाँच्ने औ ती मानिसहरु जो परमेश्वरको अधिकार अस्वीकार गर्नेहरुलाई परमेश्वरले खास दण्ड दिनुहुनेछ। यी झूटा शिक्षकहरु आफूले चाहेका केही पनि गर्दछन्, अनि तिनीहरु स्वयं गर्व गर्छन्। तिनीहरु महिमामय स्वर्गदूतहरुको विरुद्ध नराम्रा कुरा गर्न डराउँदैनन्।

2:11b.2PE.002.011 सवर्गदूतहरु यी झूटा शिक्षकहरु भन्दा अधिक पराक्रमी अनि शक्तिशाली छन्। तर स्वर्गदूतहरुले झूटा शिक्षकहरुलाई दोषारोपन गर्दैनन् अनि तिनीहरुको बारेमा प्रभु अघि निन्दा गर्दैनन्।

2:12b.2PE.002.012 तर यी झूटा शिक्षकहरु तिनीहरुले बुझेका कुरामा निन्दा गर्छन्। यी झूटा शिक्षकहरु, जंगली पसुहरु जस्तै मारिनुको निम्ति मात्र जन्मेका छन्, केही विचार नगरी काम गर्छन्। अनि यी झूटा शिक्षकहरु जंगली पशुहरु जस्तै नष्ट हुनेछन्।

2:13b.2PE.002.013 यी झूटा शिकहरुले धेरै मानिसहरुलाई चोट पुरयाँउछन्। यसर्य तिनीहरुले पनि चोट पाउनेछन्। त्यो तिनीहरुले गरेको कर्मको ज्याला हुनेछ। यी झूटा शिक्षकहरु, सबै मानिसहरु समक्ष आनन्द लिइने खेल झैं कुकर्मलाई लिन्छन्। तिनीहरु कुकर्ममा आनन्द लिन्छन् यसले तिनीहरुलाई खुशी पार्छ। यसर्थ तिनीहरु तिमीहरुमाझ फोहोर कलङक अनि दागहरु जस्तै हुन्। तिमीहरुसित साधरण भोजनमा भाग लिन्छन्। तिमीहरुलाई लज्जित तुल्याउँछ्न।

2:14b.2PE.002.014 हरेकपल्ट तिनीहरु स्त्रीलाई हेर्छन्, अनि तिनीहरु उसैलाई चाहन्छन्। यी झूटा शिक्षकहरु सदैव पाप गरिरहन्छन्। तिनीहरुले कसजोर मानिसहरुलाई पापको जालमा फसाउँछन्। तिनीहरु आफैले स्वार्थी हुन् प्रशिक्षण लिएका छन्। तिनीहरु श्रापित छन्।

2:15b.2PE.002.015 यी झूटा शिक्षकहरुले उचित मार्ग छोडेका छन् अनि तिनिहरुको जीवनलाई अनुचित मार्गमा लगेकाछन्। तिनीहरुले त्याही मार्ग अनुसरण गरे जुन मार्गमा बालाम हिँडेका थिए। बालाम बोअरका छोरा थिए। नराम्रो काम गरेको ज्याला उसले उत्साहले स्वीकार गरे।

2:16b.2PE.002.016 तर एउटा गधाले बालामको कुकर्ममा ध्यानार्कषण गरायो। अनि गधा एउटा पशु हो जो बोल्न सक्तैन। तर त्यो गधा मानिसको आवाजमा बोल्यो अनि त्यसले बालामलाई उसको पागल सोचाईबाट रोक्यो।

2:17b.2PE.002.017 ती झूटा शिक्षकहरु ती पानी नभएका मुहानहरु हुन्। तिनीहरु ती मेघहरु जस्तै हुन् जसलाई आँधीले उडाउँछ। तिनीहरुका निम्ति घोर अन्धकारमा एक स्थान राखिएको छ.

2:18b.2PE.002.018 ती झूटा शिक्षकहरु त्यस्ता वचनहरुमा गर्व गर्छन् जसको केही अर्थ छैन. तिनीहरुले मानिसहरुलाई पापको जालमा फसाउँछन्। तिनीहरुले, यस्ता मानिसहरुलाई आर्कषित गराइरहेछन् जो मानिसहरु कुकर्म गर्नेहरुबाट टाडा रहन शुरु गर्दैछन्। ती झूटा शिक्षकहरुले, आफ्ना पापपूर्ण प्राकृतिक वासनाबाट हुने दुष्ट कर्मको सहायताले यो गर्छन्।

2:19b.2PE.002.019 ती झूटा शिक्षकहरु स्वतंत्रता प्राप्रिको बचन दिन्छन्। तर ती झूटा शिक्षकहरु स्वयं स्वतन्त्र छैनन्। तिनीहरु ती ध्वंशात्मक कुराहरुका दास हुन्। एक मानिस त्यस वस्तुको दास बन्दछ जसले उसलाई अधिकारमा राख्छ।

2:20b.2PE.002.020 ती मानिसहरु संसारका नराम्रा कुराहरुबाट मुक्त तुल्याइएका थिए। तिनीहरुलाई हाम्रा प्रभु अनि उद्धारकर्त्ता येशू ख्रीष्टलाई चिनेर मुक्त गराइएका थिए। तर यदि तिनीहरु अझ ती चीजहरु तिर र्फकिन्छन् अनि तिनीहरुको नियन्त्रणमा रहन्छन् भने तिनीहरुको अहिलेको अवस्था शुरुको भन्दा खराब हुनेछ।

2:21b.2PE.002.021 हो, तिनीहरुलाई दिइएको पवित्र शिक्षाबाट सही मार्ग चिन्नु अनि त्यसबाट र्फकनु भन्दा सही मार्ग तिनीहरुले कहिल्यै नचिनेको असल हुनथ्यो।

2:22b.2PE.002.022 तिनीहरुलाई जे भयो त्यसले यो उखानलाई सिद्ध गर्छ “जब एउटा कुकुरले बान्ता गर्छ त्यो आफूले बान्ता गरेको तिर फर्की आउँछ।” अनि “सुंगुरलाई नुहाइदिए पछि त्यो फेरि हिलोमा लडी-बडी गर्न र्फकन्छ।”

3

3:1b.2PE.003.001 मेरा मित्रहरु, यो तिमीहरुलाई मेरो दोस्रो पत्र हो। मैले तिमीहरुको इमान्दारी हृदयहरुलाई केही चीजहरु सम्झनु सहायता होस् भनी यी दुइवटा चिट्ठीहरु लेखें।

3:2b.2PE.003.002 धेरै अघि पवित्र अगमवक्ताहरुले भनेको कुराहरु तिमीहरुले याद राख भन्ने म चाहन्छु। अनि ती आदेश सम्झौ जो हाम्रा प्रभु अनि उद्धारकर्त्ताले हामीलाई दिनुभयो। हामीलाई त्यो आदेश उहाँले तिमीहरुका प्रेरितहरु मार्फत दिनु भयो।

3:3b.2PE.003.003 तिमीहरुले बुझ्नै पर्छ कि अन्तिम दिनहरुमा के हुनेछ। मानिसहरु आउनेछन् जसले तिमीहरुलाई खिसी गर्नेछन्। ती मानिसहरु तिनीहरुको इच्छाले मागेको कुकर्महरु गरेर बाँच्नेछन्।

3:4b.2PE.003.004 ती मानिसहरुले भन्नेछन्, “उहाँले फेरि आउने प्रतिज्ञा गर्नु भएकोछ। यो प्रतिज्ञा के भयो? हाम्रा पिता-पूर्खा मरे। तर संसार सृष्टि भएको समयदेखि प्रत्येक वस्तु त्यही प्रकारले चलिरहेको छ।”

3:5b.2PE.003.005 तर ती मानिसहरु धेरै अधि के घटेको थियो सो सम्झन चाहँदैनन्। आकाशहरु थिए अनि परमेश्वरले जलबाट पृथ्वी सृष्टि गर्नु भयो। यी सबै परमेश्वरको बचन अनुसार हुन गयो।

3:6b.2PE.003.006 तब त्यस संसार जो अस्तित्वमा रहेको थियो, बाढी आयो अनि पानीले ध्वंश पार्यो।

3:7b.2PE.003.007 अनि परमेश्वरको त्यही बचनले आकाश अनि पृथ्वी आगोले नष्ट पार्न राखिएको छ। आकाशहरु अनि पृथ्वी न्यायको दिनको निम्ति साँची राखिएको छ अनि परमेश्वरका विरुद्धको सबै मानिसहरु विनाश गरिनेछन्।

3:8b.2PE.003.008 यो एउटा कुरा नबिर्स, प्रिय मित्रहरु प्रभुका निम्ति एक दिन हजार र्वष जस्तै अनि हजार र्वष एकदिन जस्तै हो।

3:10b.2PE.003.010 तर, त्यो दिन जब परमप्रभु आउनु हुन्छ, चोर जस्तै एक अचम्म प्रकारले आउनु हुनेछ। आकाश एक प्रबल गर्जनले अदृष्य हुनेछ। आकाशमा भएका सबै थोकहरु आगोले नष्ट पार्नेछ। अनि पृथ्वी र यसमा भएका सबै थोकहरु आगोले जलाउनेछ।

3:11b.2PE.003.011 यसर्थ, मैले भनेको जस्तै हरेक कुरा नष्ट हुनेछ। यसर्थ तिमी कस्तो किसिमको मानिस हुनुपर्छ? तिमीहरुले पवित्र जीवन जिउनु पर्छ अनि परमेश्वरको सेवा गर्नुपर्छ।

3:12b.2PE.003.012 तिमीहरुले परमेश्वरको दिनको प्रतिक्षा गर्नु पर्छ। तिमीहरुले त्यो दिनको आगमनको दृढतासंग चाहना गर्नु पर्छ। जब त्यो दिनको आगमन हुन्छ, आकाश अग्निले ध्वंश पार्नेछ, अनि आकाशको हरेक वस्तु आगोको रापले पग्लने छन्।

3:13b.2PE.003.013 तर परमेश्वरले हामीलाई प्रतिज्ञा गर्नु भएको छ। अनि हामी उहाँको प्रतिज्ञाको प्रतीज्ञा गरिरहेका छौ। एक नयाँ आकाश अनि एक नयाँ पृथ्वी। त्यस स्थानमा भलोपन स्थापना हुनेछ।

3:14b.2PE.003.014 प्रिय मित्रहरु, हामी यस्तो घटना घट्ने प्रतीक्षा गरिरहेका छौं। यसर्थ पापरहित अनि दोषरहित रहनु तिमीहरु प्रगाढ प्रयत्न गर। परमेश्वरसित शान्तिमा रहने प्रयास गर।

3:15b.2PE.003.015 स्मरण राख कि हामीहरु बँचाइएका छौ, किनभने हाम्रा प्रभु धैर्यवान हुनुहुन्छ। हाम्रा प्रिय भाइहरु पावलले तिमीहरुलाई त्यही कुरा भन्नु भयो जब उनले परमेश्वरले प्रदान गर्नु भएको ज्ञानद्वारा तिमीहरुलाई लेख्नु भयो।

3:16b.2PE.003.016 पावलले यी कुराहरुको बारेमा उनका सबै पत्रहरुमा यस्तो लेख्छन्। उनको पत्रहरुमा केही विषयहरु बुझ्नु गाह्रो पर्छ। कोही मानिसहरु ती कुराहरुलाई भूल प्रकारले व्याख्या गर्छन्। कोही मानिसहरु अज्ञानी अनि विश्वासमा दुर्वल छन्। ती मानिसहरु नै अन्य धर्मशास्त्रहरु पनि झूटो प्रकारले व्याख्या गर्छन्। तर तिनीहरुले त्यसो गरेर स्वयंलाई नै नष्ट गरिरहेका हुन्छन्।

3:17b.2PE.003.017 प्रिय मित्रहरु, तिमीहरुले यस विषयमा पहिल्यै जानेका छौ। यसर्थ होशियार बन। ती दुष्ट मानिसहरुलाई, तिनीहरुलाई भूल शिक्षातिर लान नदेऊ। सावधान बन, जसद्वारा तिमीहरु आफ्ना दृढ स्थितिबाट झर्ने छैनौं।

3:18b.2PE.003.018 तर हाम्रा प्रभु अनि उद्धार कर्त्ता येशू ख्रीष्टको अनुग्रह अनि ज्ञानमा अघि बढ। अहिले अनि सधैंको निम्ति उहाँमा महिमा रहोस्। आमिन्।


Holder of rights
Multilingual Bible Corpus

Citation Suggestion for this Object
TextGrid Repository (2025). Nepali Collection. 2 Peter (Nepali). 2 Peter (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-AE12-0