Titus (Nepali)
1
1:1b.TIT.001.001 परमेशवरको सेवक र येशू ख्रीष्टका प्रेरित पावलको प्रणाम। परमेश्वरले छानेका मानिसहरूको विश्वासलाई सहायता गर्नु अनि मानिसहरूलाई सत्य बताउनुको निम्ति मलाई पठाइएको हो। परमेश्वरको सेवा कसरी गर्ने त्यो सत्यले मानिसलाई सिकाउँछ।
1:2b.TIT.001.002 त्यो विश्वास र त्यो ज्ञान अनन्त जीवनको हाम्रो आशाबाट उत्पन्न हुन्छ। त्यो जीवन दिने वचन परमेश्वरले हामीलाई अनादि कालमै दिनु भएको हो परमेश्वर कहिल्यै झूटो बोल्नु हुँदैन।
1:3b.TIT.001.003 ठीक समयमा परमेश्वरले संसारलाई त्यो जीवन बारे जान्न दिनुभयो। परमेश्वरले त्यसलाई प्रचारद्वारा जान्न दिनु भयो। त्यो काम परमेश्वरले मलाई सुम्पनु भयो। मैले त्यो हाम्रो मुक्तिदाता परमेश्वरको आदेशमा प्रचार गरें।
1:4b.TIT.001.004 तीतसलाई प्रणाम। हाम्रो साझा विश्वासमा तिमी मेरा साँचो छोरा हौ। पिता परमेश्वर र हाम्रा मुक्तिदाता ख्रीष्ट येशूबाट शान्ति र अनुग्रह रहोस्।
1:5b.TIT.001.005 मैले तिमीलाई क्रेटमा यसकारणले छाडें कि त्यहाँ बाँकी रहेको काम पूर्ण होस्। अनि हरेक शहरमा धर्म-गुरूहरूलाई पनि नियुक्त गर्नु भनी मैले छाडे
1:6b.TIT.001.006 धर्म-गुरू यस्तो मानिस हुनुपर्छ जो गलत जीवन बिताइरहेको अभियुक्त नहोस्। उसको एउटै मात्र पत्नी हुनु पर्छ। उसका केटाकेटीहरू विश्वासी हुनु पर्छ, असभ्य जीवन बाँचेको वा आज्ञाकारी नभएको अभियुक्त हुनु हुँदैन।
1:7b.TIT.001.007 धर्मगुरूको कार्य परमेश्वर प्रति कामको ख्याल राख्नु हो। यसर्थ कुनै गलत कर्मको निम्ति उनी अभियुक्त हुनु हुँदैन। उनी घमण्डी अनि स्वार्थी हुनु हुँदैन वा झङ्गे हुनु हुँदैन। ऊ पियक्कड हुनु हुँदैन। ऊ झगडालु अनि ठगेर धनी हुने आकांक्ष भएको हुनु हुँदैन।
1:8b.TIT.001.008 धर्मगुरूले मानसिहरूलाई आफ्नो घरमा लगेर सहायता गर्नु पर्छ। उसले जे असल छ त्यसलाई प्रेम गर्नु पर्छ, ज्ञानी हुनु पर्छ, सही अनि पवित्र जीवन जिउनु पर्छ। उसित आत्मा संयम हुनु पर्छ।
1:9b.TIT.001.009 धर्मगुरूले हामीले सिकाएको सत्य विश्वासपूर्वक मान्नु पर्छ। ऊ, सही अनि सत्य शिक्षाको उपयोगद्वारा मानिसहरूलाई सहायता गर्न समर्थ हुनुपर्छ अनि मानिसहरू जो सत्य शिक्षाको विरूद्ध छन् तिनीहरू गलत छन् भनी प्रमाणित गर्न समर्थ हुनु पर्छ।
1:10b.TIT.001.010 आज्ञापालन नगर्ने धेरै छन्। तिनीहरू व्यर्थका कुराहरू गर्छन् अनि मानिसहरूलाई गलत तरिकाले अगुवाई गर्छन्। म विशेष गरी तिनीहरूका बारेमा कुरा गर्दैछु जो यहूदी मतबाट बाहिर भएका छन्। धर्मगुरूले मानिसहरू भूलमा छन् भनी देखाउनु पर्छ अनि तिनीहरूलाई त्यस्तो व्यर्थका कुराबाट रोक्नु पर्छ।
1:11b.TIT.001.011 तिनीहरूले नसिकाउनु पर्ने कुराहरू सिकाएर त्यस्ता मानिसहरूले ठग्नु अनि पैसा कमाउनु मात्र तिनीहरू त्यस्तो शिक्षा दिन्छन्।
1:12b.TIT.001.012 तिनीहरूका आफ्नै एकजना देशवासी जो तिनीहरूका अगमवक्ताले भने, “क्रेटका मानिसहरू सधैं झूटो बोल्छन्। ती जङ्गली पशुहरू जस्तै छन् अनि तिनीहरू अल्छे छन्, तिनीहरूले कसरी खानु त्यो मात्र जानेका छन्।”
1:13b.TIT.001.013 अगमवक्ताले भनेका ती कुराहरू ठीक हुन्, यसर्थ तिमीले तिनीहरूलाई देखाउनु पर्छ कि तिनी गलत छन्। तिमी तिनीहरूसित कठोर बन्नुपर्छ जसमा कि तिनीहरूले सत्य विश्वास अनुसरण गर्नेछन्।
1:14b.TIT.001.014 तब तिनीहरूले यहूदी कथाहरू सुन्ने अनि ती मानिसहरूका आदेश मान्ने छैनन् जसले सत्यलाई तुच्छ सम्झन्छन्।
1:15b.TIT.001.015 शुद्ध हृदय हुनेहरूलाई सबै कुरा शुद्धै हुन्छ। तर तिनीहरूका निम्ति केही पनि सुद्ध हुँदैन। साँच्चै, तिनीहरूको विचारै खराब भइसकेको छ अनि उचित के हो त्यो चिन्ने तिनीहरूको शक्ति नष्ट भइसकेको छ।
1:16b.TIT.001.016 तिनीहरू परमेश्वरलाई जान्दछौं भनेर दावी गर्छन्, तर तिनीहरूको कर्मद्वारा यो स्पष्ट हुन्छ कि तिनीहरू उहाँलाई मान्दैनन्। तिनीहरू भयंकर मानिसहरू हुन्, तिनीहरू अनाज्ञाकारी छन् अनि तिनीहरू कुनै किसिमको राम्रो कामको निम्ति लायकका छैनन्।
2
2:1b.TIT.002.001 तर, तिमीले मानिसहरूलाई साँचो शिक्षाको अनुसरण गर्न तिनीहरूले के-के गर्नु पर्छ त्यो बताउनु पर्छ।
2:2b.TIT.002.002 पाका मानिसहरूलाई आत्मा संयमी, गंभीर र ज्ञानी बन्ने कुरा सिकाऊ। तिनीहरू विश्वासमा, प्रेममा र धैर्यमा दृढ बन्नुपर्छ।
2:3b.TIT.002.003 वृद्ध स्त्रीहरूलाई पनि आफ्ना जीवन मार्गमा पवित्र रहन सिकाऊ। तिनीहरूले अर्काको विरूद्ध कुरा गर्नु हुँदैन अनि ज्यादा दाखरस पिउने बानी गर्नु हुँदैन। ती स्त्रीहरूको लागि के राम्रो हुन्छ त्यो सिकाऊ।
2:4b.TIT.002.004 त्यही प्रकारले तिनीहरूले जवान स्त्रीहरूलाई आफ्ना पति र बालकहरूलाई माया गर्न सिकाउनु पर्छ।
2:5b.TIT.002.005 तिनीहरूलाई बुद्धिमानी र पवित्र हुन, आफ्नो घरको ख्याल राख्नु, आफ्ना पतिहरू प्रति दयालु अनि आज्ञकारी हुनु भनी सिकाउनै पर्छ। यस्तो स्थितिमा परमेश्वरले हामीलाई दिनु भएको शिक्षाको बारेमा कुनै आलोचना हुने छैन।
2:6b.TIT.002.006 त्यसरी नै नवयुवाहरूलाई ज्ञानी बन्ने उत्साह दिनु।
2:7b.TIT.002.007 ती नवयुवाहरूका निम्ति हरेक कुरामा असल असल काम गर्दै तिमी एक उदाहरण बन्नु पर्छ। जब तिमी तिनीहरूलाई सिकाउँछौ इमान्दार अनि गम्भीर बन।
2:8b.TIT.002.008 जब तिमी सत्य बोल्छौ, यस्तो प्रकारले बोल, जसमा कि कसैले तिम्रो आलोचना गर्नै छैन अनि तब तिम्रो विरोधमा हुने कुनै मानिस आफै लज्जित भएको अनुभव गर्ने छ। किन कि हाम्रो विरोधमा बोल्ने उसित केही हुनेछैन।
2:9b.TIT.002.009 अनि यी कुराहरू दासहरूलाई पनि भन। तिनीहरूले सधैं आफ्ना मालिकहरूलाई खुशी राख्ने कोशिश गरून्, तिनीहरूले आफ्ना मालिकहरूसित र्तक गर्नु हुँदैन,
2:10b.TIT.002.010 तिनीहरूले मालिकको कुनै कुरा चोरी गर्नु हुँदैन अनि आफ्ना मालिकले तिनीहरूमाथि पूर्ण विश्वास गर्न सक्छन् भनेर देखाउनु पर्छ। यदि दासहरूले यस्तो गरे तिनीहरूका प्रत्येक कामले हाम्रो मुक्तिदाता परमेश्वरको शिक्षा राम्रो रहेछ भन्ने प्रमाण गर्नेछ।
2:11b.TIT.002.011 हामी यसरी जिउनु पर्छ किन कि परमेश्वरको अनुग्रह हामीकहाँ पुगेकोछ। त्यो दयाले हरेकलाई बचाउनु सक्छ। अनि त्यो दया हामीलाई दिइएकोछ।
2:12b.TIT.002.012 त्यही अनुग्रहले हामीलाई परमेश्वरको विरुद्ध नबाँच्नु भन्ने सिकाउँछ अनि संसारले चाहेको जस्तो कुकर्म गर्नबाट हामीलाई रोक्छ। त्यो अनुग्रहले हामलीई पृथ्वीमा ज्ञानी अनि सही तरिकाले हाम्रो जीवन जिउन सिकाउँछ जसले हामी परमेश्वरको सेवा गर्छों भन्ने देखाउँछ।
2:13b.TIT.002.013 हाम्रा परम परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको आगमनलाई र्पखिंदा हामीले हाम्रो जीवन यसरी नै बाँच्नुपर्छ। उहाँ हाम्रा महान आशा हुनुहुन्छ, उहाँ आफ्ना महिमा सहित आउनु हुनेछ।
2:14b.TIT.002.014 उहाँले स्वयंलाई जम्मै दुष्ट्याइँबाट हामीलाई मुक्ति दिन समपर्ण गर्नु भयो। हामीलाई केवल उहाँका मानिस तुल्याउन अनि जो सदैव असल कुराहरू गर्न उत्सुक रहने तुल्याउन उहाँले प्राण त्याग्नु भयो।
2:15b.TIT.002.015 यी कुराहरू मानिसहरूलाई भन। तिम्रो पूर्ण अधिकार छ। यसकारण मानिसहरूलाई सुदृढ तुल्याउन अनि तिनीहरूले के गर्नु पर्छ भनी तिनीहरूलाई भन्न त्यो अधिकार प्रयोग गर। अनि सावधान बन कि कसैले पनि तिमीलाई महत्वहीन संझेर त्यस्तै व्यवहार नगरून्।
3
3:1b.TIT.003.001 मानिसहरूलाई यी कुरा गर्न नभुल्नु, भनी भन, शासक र सरकारी अगुवाहरूको अधिकारमा रहनु, ती अधिकारीहरूको आज्ञा पालन गर्नु अनि सबै किसिमको राम्रो कामका निम्ति तयार बस्नु,
3:2b.TIT.003.002 कसैको विरूद्ध नराम्रो कुरा नगर्नु, अरूहरूसित शान्तिले बस्नु, अन्य मानिसहरू प्रति सहनशील अनि अति भद्र बन्नु। विश्वासीहरूलाई सबै मानिसहरूसित यसो गर्नु भनी भन।
3:3b.TIT.003.003 अघि-अघि हामी मूर्ख थियौं। हामीले आज्ञा पालन गरेनौं, हामी गलत थियौं अनि आफ्नो शरीरको वश थियौं, जसले नराम्रा कुरा गर्न चाहन्थे। हामीले दुष्टता अनि इर्ष्याको जीवन बाँच्यौं। मानिसहरूले घृणा गरेको जीवन बाँच्दै थियौं अनि हामीले तिनीहरूलाई घृणा गरयौं।
3:4b.TIT.003.004 तर तब हाम्रा मुक्तिदाता परमेश्वले मानिसहरूको लागि उहाँको दया अनि प्रेम हामीलाई जनाउनु भयो।
3:5b.TIT.003.005 उहाँले हामीलाई आफ्नो दयाद्वारा नै बचाउनु भयो-परमेश्वर प्रति सही हुन्छौं भनी हामीले गरेका असल कामको कारणले होइन। उहाँले हामीलाई धोएर बचाँउनु भयो जसले हामीलाई नयाँ मानिस तुल्यायो। उहाँले हामीलाई पवित्र आत्माद्वारा नँया तुल्याएर हामीलाई बचाउनु भयो।
3:6b.TIT.003.006 परमेश्वरले त्यो पवित्र आत्मा हाम्रा मुक्तिदाता येशू ख्रीष्टद्वारा हामीमाथि पूर्णरूपले खन्याउनु भयो।
3:7b.TIT.003.007 उहाँको अनुग्रहले हामी धर्मी ठहरियौं। अनि परमेश्वरले हामीलाई अनन्त जीवन प्राप्त गर्न आत्मा दिनुभयो। हामी त्यसैको आशामा थियौं।
3:8b.TIT.003.008 त्यो शिक्षा साँचो हो। अनि म चाहन्छु कि मानिसहरूले यी कुराहरू बुझ्नु पर्छ भनी निश्चित गर। तब परमेश्वरका मानिसहरूले तिनीहरूको जीवनमा असल कार्य गर्न तिनीहरू स्वयंलाई अर्पण गर्नेछन् यी कुरा असल छन् अनि यी कुराहरूले मानिसहरूलाई असल बन्नुमा सहयोग दिनेछ।
3:10b.TIT.003.010 यदि कसैले र्तक गर्ने चाहे, उसलाई चेतावनी देऊ। यदि अझै पनि र्तक गरिरहे उसलाई फेरि छाडिदेऊ।
3:11b.TIT.003.011 यस श्रेणीको मानिस नराम्रो अनि पापी हुन् भनी तिमीले जान्नु पर्छ। उसको पापले उ गलत छ भन्ने प्रमाण दिन्छ।
3:12b.TIT.003.012 अर्त्तिमास र टाइकिकसलाई म तिमी भएकहाँ पठाउँदैछु। तिनीहरूलाई पठाए पछि निकोपोलिसमा मलाई भेट्ने तिमी सक्दो कोशिश गर। यो हिउँद मैले त्यहाँ बिताउने निश्चय गरेकोछु।
3:13b.TIT.003.013 वकील जीनस र अपोल्लसले आफ्ना यात्रा यहाँदेखि जारिराख्ने छन्। तिनीहरूको यात्राका निम्ति तिमीले जतिसक्छौ तिनीहरूलाई सघाऊ। तिनीहरूलाई चाहिने सबै थोकको व्यवस्था होस्।
3:14b.TIT.003.014 असल काम गरेर अनि आवश्यक परेकाहरूलाई सहायता गरेर आफ्नो जीवन जिउने तरिका हाम्रा मानिसहरूले सिक्नु पर्छ। जब तिनीहरू त्यसो गर्छन् तब तिनीहरूको जीवन फलहीन हुनेछैन।
3:15b.TIT.003.015 ती सबै जो मसित छन् तिमीलाई प्रणाम जनाएका छन्। त्यहाँका ती मानिसहरू सबैलाई जो विश्वासमा प्रेम गर्छन्, हाम्रो अभिवादन छ। तिमीहरू सबै प्रति परमेश्वरबाट अनुग्रह रहोस्।
- Holder of rights
- Multilingual Bible Corpus
- Citation Suggestion for this Object
- TextGrid Repository (2025). Nepali Collection. Titus (Nepali). Titus (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-ADE9-F