Colossians (Nepali)

Colossians (Nepali)

1

1:1b.COL.001.001 ख्रीष्ट येशूको प्रेरित पावलबाट। म एक जना प्रेरित हुँ किनकि परमेश्वरले यही चाहनु भयो। तिमोथी ख्रीष्टमा भएका हाम्रा भाइबाट पनि।

1:2b.COL.001.002 कलस्सेमा बस्ने जो ख्रीष्टमा भएका पवित्र र विश्वासी दाज्यू-भाइ दिदी-बहिनीहरूलाई। तिमीहरूलाई हाम्रा पिता परमेश्वरबाट अनुग्रह र शान्ति मिलोस।

1:3b.COL.001.003 जब हामी तिमीहरूको लागि प्रार्थना गर्छौं, परमेश्वरलाई, जो हाम्रा प्रभु येशू ख्रीष्टका पिता हुन, सधैं धन्यवाद चढाउँछौ।

1:4b.COL.001.004 हामी परमेश्वरलाई धन्यवाद दिन्छौं किन कि ख्रीष्ट येशूमा तिमीहरूको विश्वास र परमेश्वरका सबै जनहरूमा प्रेम भएको कुरा हामीले सुन्यौं।

1:5b.COL.001.005 तिमीहरूमा आशा भएको कारणले नै तिमीहरूको ख्रीष्टमा विश्वास छ र परमेश्वरका सबै जनहरूलाई तिमीहरू प्रेम गर्छौ। तिमीहरुले आशा गरेको कुरो तमीहरुका लागि स्वर्गमा साँचेर राखिएकोछ भन्ने तिमीहरु जान्दछौ। तिमीहरूले यो आशा बारे सत्य शिक्षाबाट सुसमाचार सिक्यौ जुन तिमीहरूलाई भनिएको छ।

1:6b.COL.001.006 संसारको जम्मै कुनाहरूमा त्यस सुसमाचारले आशिष र फलहरू ल्याउँदै छ। त्यो सुसमाचार सुनेपछि र परमेश्वरको अनुग्रह बारे सत्य कुरो बुझे पछि तिमीहरूले पनि त्यही अनुभव गरिरहेका छौ।

1:7b.COL.001.007 परमेश्वरको अनुग्रह बारे तिमीहरूले इपाफ्रासबाट सिकेका छौ। इपाफ्रास हामीसँगै काम गर्छन्, अनि हामी उसलाई माया गर्छौं। हाम्रा लागि उनी ख्रीष्टका विश्वासी सेवक हुन्।

1:8b.COL.001.008 पवित्र आत्माबाट तिमीहरूले पाएको प्रेमको बारेमा इपाफ्रासले हामीलाई बताए।

1:9b.COL.001.009 तिमीहरूको बारेमा यी सब कुराहरू हामीले सुनेको दिनदेखि, हामी तिमीहरूकोलागि लगातार प्रार्थना गरिरहेका छौ। हामी निम्नलिखित कारणहरूकोलागि प्रार्थना गर्छौं: परमेश्वरको इच्छा अनुसार जम्मै कुराहरूमा तिमीहरूको परिपक्क ज्ञान होस, आत्मिक कुराहरू बुझ्नलाई ज्ञान र शक्ति बढोस्।

1:10b.COL.001.010 तिमीहरू यस्तो तरहले बाँच्न सक कि तिमीहरूले प्रभुमा गौरव ल्याउने छौ अनि प्रत्येक तरिकाले उहाँलाई खुशी पार्नेछौं। तिमीहरू सबैले असल गर्ने छौ अनि परमेश्वरको ज्ञानमा विकसित हुन सक्छौ।

1:11b.COL.001.011 तिमी परमेश्वरको गौरवमय शक्तिले शक्तिशाली बन्न सक्ने छौ ताकि तिमी धैर्य हुनेछौ अनि सबै कष्टहरू सहन सक्ने छौ। तब तिमीहरू खुशी हुन सक्छौ।

1:12b.COL.001.012 अनि तिमीले पितालाई धन्यवाद चढाउँने छौ, जसले तिमीलाई परमेश्वरका मानिसहरू जो प्रकाशमा बाँच्छन् परमेश्वरले तिमीहरूको निम्ति तयार गरेका चीजहरूमा भाग लिन योग्य गराउनु भयो।

1:13b.COL.001.013 अन्धकारको शक्तिबाट परमेश्वरले हामीलाई मुक्त गर्नु भएको छ। अनि उहाँले हामीलाई आफ्ना प्यारा पुत्रको राज्यमा ल्याउनु भएको छ।

1:14b.COL.001.014 हामीलाई उहाँले मुक्त पार्नु भयो अनि उहाँमा हाम्रो पापहरु क्षमा गरिएकोछ।

1:15b.COL.001.015 परमेश्वरलाई कसैले देख्न सक्दैन। तर परमेश्वर हुबहु येशू हुनुहुन्छ। सृष्टिका सम्मूर्ण थोकमाथि येशू शासक हुनुहुन्छ।

1:16b.COL.001.016 उहाँकै शक्तिद्वारा सारा थोक सिर्जित छ स्वर्ग र पृथ्वीका कुराहरू, दृश्य र अदृश्य कुराहरू, सिंहासन अथवा शक्तिहरू, शासकहरू अथवा अधिकारहरू, यी सब कुराहरू ख्रीष्टद्वारा अनि ख्रीष्टकै निम्ति बनाइएका हुन्।

1:17b.COL.001.017 सबै चीजहरू बनिनु अघि पनि ख्रीष्ट हुनुहुन्थ्यो। अनि उहाँ द्वारा प्रत्येक चीज एक साथ राखिएकोछ चालु रहन।

1:18b.COL.001.018 ख्रीष्ट शरीरको शिर हुनुहुन्छ। शरीर मण्डली हो। अनि उहाँ प्रभु हुनुहुन्छ जो मृत्युबाट प्रभु बौर्याइनुभएको थियो। यसैले सबै कुरामा येशू नै एक अति महत्वपूर्ण हुनु हुन्छ।

1:19b.COL.001.019 यो परमेश्वरको इच्छा थियो कि उनको सम्पूर्णता ख्रीष्ट मै बाँचिरहोस्।

1:20b.COL.001.020 अनि यो परमेश्वरको इच्छा थियो कि उहाँले स्वर्ग अनि पृथ्वीको जम्मै वस्तुहरू ख्रीष्ट मार्फत फेरि उहाँमा ल्याउने। क्रूसमा परमेश्वरले ख्रीष्टको रगतबाट शान्ति ल्याउनु भयो।

1:21b.COL.001.021 एक समय तिमीहरू परमेश्वरदेखि अलग गरिएका थियौ। तिमीहरूको दुष्ट कर्महरू जो परमेश्वर विरोधी रहेको कारणले तिमीहरू परमेश्वरका शत्रु थियौ।

1:22b.COL.001.022 तर ख्रीष्टले तिमीहरूलाई फेरि परमेश्वरको मित्र बनाइदिनु भएकोछ, आफ्नो मृत्युद्वारा त्यो गर्नुभयो जब उहाँ शरीरमा हुनुहुन्थ्यो। परमेश्वरको अघि तिमीहरूलाई पवित्र, निष्कलंक अनि कुनै प्रकारले तिमीलाई निन्दारहित बनाई उभ्याउनुलाई उहाँले त्यसो गर्नु भयो।

1:23b.COL.001.023 तिमीहरूले सुनेको सुसमाचारमा विश्वास गर्यौ भने ख्रीष्टले यसो गर्नु हुनेछ। तिमीहरू आफ्नो विश्वासमा दृढ र निश्चल बस्नु पर्छ। सुसमाचारले दिएको आशाबाट विचलित नहोओ। त्यही सुसमाचार संसारका सबै मानिसहरूलाई सुनाइएको छ। म, पावल त्यही सुसमाचारको सेवक हुँ। मण्डलीको लागि पावलको काम

1:24b.COL.001.024 तिमीहरूकालागि दुःखहरू उठाउनु परेकोमा म खुशी छु। ख्रीष्टको शरीरले दुःख झेल्नु पर्ने अझै धेरै छ। जो मेरो शरीरले पाउनु पर्ने कष्टहरू हुन म ग्रहण गरिरहेकोछु। म उहाँको शरीर-मण्डलीको निम्ति दुःख उठाउँछु।

1:25b.COL.001.025 म मण्डलीको सेवक बनें किन कि परमेश्वरले मलाई एक विशेष काम गर्न भनि अह्राउनु भयो। यस कामले तिमीहरूलाई नै सहायता गर्नेछ। परमेश्वरको संदेश सम्पूर्ण रूपले बताउनु मेरो काम हो।

1:26b.COL.001.026 यो गोप्य सत्य शुरूदेखि नै सबै मानिसहरूबाट लुकाएको थियो। तर अब परमेश्वरको पवित्र जनलाई यो गोप्य सत्य प्रकट गराइएको छ।

1:27b.COL.001.027 त्यो धनी र महिमामयी सत्य आफ्ना मानिसले जानुन् भन्ने निश्चय परमेश्वरले गर्नुभयो। त्यो महान सत्य सबै जातिहरूको लागि हो। अनि उहाँ सत्य हुनुहुन्छ ख्रीष्ट स्वयं, जो तिमीहरू सबैमा हुनुहुन्छ। परमेश्वरको महिमामा भागीदारी हुनु उहाँ हाम्रो एक आशा हुनुहुन्छ।

1:28b.COL.001.028 यसैले हामी ख्रीष्ट बारे लगातार भनिरहन्छौं। हरेक मानिसलाई सम्झाउनु र हरेकलाई शिक्षा दिन हामी सम्पूर्ण ज्ञानलाई काममा लगाउँछौं ताकि प्रत्येक मानिसलाई ख्रीष्टमा परिक्क बनाई परमेश्वर अघि ल्याउन सकौं।

1:29b.COL.001.029 यसो गर्न, म ख्रीष्टले दिनुभएको तेज अनि शक्तिलाई काममा लाउँदैं संर्घष अनि काम गर्छु। मेरो जीवनमा त्यही शक्तिले काम गर्छ।

2

2:1b.COL.002.001 तिमीहरूलाई सहायता गर्न म भरमग्दूर कोशिश गर्दैछु भन्ने कुरो जनाउन चाहन्छु। अनि म अरूको साथ साँच्चै लाओडिसियामा मानिसहरूलाई सहायता गर्न प्रगाच्च् कोशिशमा छु जसले मलाई देखेकै छैन।

2:2b.COL.002.002 म तिमीहरूलाई दृढ र प्रेमले संगठित बनाउन चाहन्छु म तिमीहरुलाई दरिलो विस्वास मा धनिबनाउन चाहनुहुन्छ। जुन समझदारीबाट आउँदछ। मेरो भन्नुको तात्पर्य हो परमेश्वरले प्रकट गरेको गोप्य सत्य तिनीहरूले पूर्णरूपले जान्नु पर्छ। त्यो सत्य ख्रीष्ट संयम हुनुहुन्छ।

2:3b.COL.002.003 ज्ञान र बुद्धिको सारा भन्डारहरु ख्रीष्टमा गुप्तरूपले राखिएको छ।

2:4b.COL.002.004 म तिमीहरूलाई यी कुराहरू भन्दैछु ताकि कसैले पनि तिमीहरूलाई प्रभावपूर्ण र्तकमा मूर्ख बनाउन नसकुन्।

2:5b.COL.002.005 म तिमीहरूसित त्यहाँ छैनँ तर मेरो हृदय त्यहीं छ। तिमीहरूले असल जीवनधान्न शूरू गरेको र ख्रीष्टमा दरिलो विश्वास राखेको देखेर म आनन्दित छु।

2:6b.COL.002.006 तिमीहरूले ख्रीष्ट येशूलाई प्रभुको रूपमा पायौ। उहाँमै बस।

2:7b.COL.002.007 तिमीहरू ख्रीष्टमा जरा गाड अनि तिमीहरूको उसलाई घडेरी हुन देऊ। जसले कि तिमीहरूलाई सत्य सिकायो, त्यस विश्वासमा दृढ अनि विश्वासी बन अनि सघैं परमेश्वरलाई धन्यवाद चढाऊ।

2:8b.COL.002.008 सर्तक बन ताकि कसैले झूठो र व्यर्थका विचारले तिमीहरूलाई धोका नदिवोस। त्यस्ता विचारहरू मानिसबाट आउँछन्, अनि ख्रीष्टबाट होइन। त्यस्ता विचारहरू संसारका मानिसहरूको अयोग्य विचार हुन्।

2:9b.COL.002.009 परमेश्वरको सम्पूर्णता ख्रीष्टमा शारिरीक रूपमा छ।

2:10b.COL.002.010 अनि ख्रीष्टमा तिमीहरू पूर्ण छौ। जो सबै शासक र शक्तिहरूका शिर हुनुहुन्छ।

2:11b.COL.002.011 ख्रीष्टमा तिमीहरूको भिन्नै खतना गरियो। यस्तो खतना मानिसबाट गरिदैन। मेरो मतलब, तिमीहरू आफ्नो पापपूर्ण प्रकृतिको शक्तिबाट मुक्त गरिएकाछौ। ख्रीष्टले गर्नु हुने खतना यस्तो प्रकृतिको हुन्छ।

2:12b.COL.002.012 यस्तो भयो जब तिमीहरू बप्तिस्माको माध्यम ख्रीष्टसित गाडिएका थियौ अनि उहाँसितै बौराई उठाइयो किनभने परमेश्वरको शक्तिमा तिमीहरूले ूविश्वास गरेका छौ। ख्रीष्टलाई मृत्युदेखि बौरी उठाएर परमेश्वरले आफ्नो शक्ति देखाउनु भयो।

2:13b.COL.002.013 तिमीहरूको पापहरूको कर्मले गर्दा अनि आफ्नो पापमय प्रकृतिबाट मुक्त नभएकाले गर्दा तिमीहरू मरेका थियौ। तर परमेश्वरले तिमीहरूलाई ख्रीष्टसितै जीवित तुल्याउनु भयो अनि हाम्रा सम्पूर्ण पापहरूलाई क्षमा गर्नु भयो।

2:14b.COL.002.014 हामी ऋणी छौं किन कि हामीले परमेश्वरको नियम तोडेका थियौं। त्यस ऋण-पत्रमा नियमको सूची थिएन जुन हामीले मानेका थिएनौं। तर परमेश्वरले हामीलाई त्यस ऋणदेखि पनि मुक्त पारिदिनु भयो। परमेश्वरले त्यो ऋण लगेर क्रूसमा ठोकिदिनु भयो।

2:15b.COL.002.015 परमेश्वरले आत्मिक शक्ति र अधिकारहरूलाई जित्नुभयो। क्रूसले परमेश्वर विजयी बन्नुभयो अनि ती अधिकारहरू, शक्तिहरूलाई परास्त गर्नुभयो। तिनीहरू शक्तिहीन थिए, भन्ने कुरो परमेश्वरले संसारलाई देखाउनु भयो।

2:16b.COL.002.016 यसकारण तिमीहरूको खाना पिना अथवा यहूदी दस्तुरहरूको विषयमा कसैले आलोचना नगरोस (उत्सव, औंसी पर्व अथवा शवाथको दिन)।

2:17b.COL.002.017 पहिले यी चीजहरू भविष्यमा हुने कुराहरूको छाया थियो। ती चीजहरू ख्रीष्टमा नै भेटिन्छ।

2:18b.COL.002.018 कसै-कसैले वहना गर्न मन पराउछन् अनि कसैले स्वर्गदूतहरूको आराधना गर्न मन पराउँछन्। तिनीहरू भन्छन तिनीहरूले दर्शनहरू देखेका छन्। तिनीहरूलाई भन्ने अनुमति दिनु हुँदैन, “तिमीहरू भूल बाटोमा छौ, किनभने तिमीहरू यी चीजहरू गर्दैनौ।”

2:19b.COL.002.019 ती मानिसहरू ख्रीष्टको अधीनमा रहन रूचाउँदैनन्। सम्पूर्ण शरीर ख्रीष्टमा भर पर्छ। ख्रीष्टकै कारणले शरीरका जम्मै अंगहरू एक-अर्कालाई याद गर्छन औ सहायता गर्छन। यसले शरीरलाई शक्तिशाली बनाउँछ अनि एक साथ राख्छ। अनि शरीर परमेश्वरले इच्छा गरे झैं बढछ।

2:20b.COL.002.020 तिमीहरू ख्रीष्टसितै मरेका छौ र संसारका व्यर्थका नियमहरूबाट मुक्त बनेका छौ। त्यसकारण अझै तिमी यही संसारको हौ भन्ने अभिनय किन गर्छौं? म के भन्छु भने यस्तो नियमहरू किन मानिरहेका छौ?

2:21b.COL.002.021 “यो नखाऊ”, “त्यो नचाख”, “त्यो नछुव” भन्ने!

2:22b.COL.002.022 यी जम्मै संसारिक नियमहरू यस्ता चीजहरूसँग सम्बन्धित छन् जो एक पल्ट व्यवहार गर्दा शेष हुन्छ। यी त मानिसहरूका निर्देशन र आज्ञाहरू हुन्, परमेश्वरका होइनन्।

2:23b.COL.002.023 यस्ता नियमहरू सुन्दर र बुद्धिमानी देखिन्छन्, तापनि यी मानिसले बनाएको धर्मका अंगहरू हुन्। यसले मानिसहरूलाई विनम्र बनिएको बहना गर्छ, अनि शरीरलाई दुःख दिदंछ। तर धर्मले मानिसलाई तिनीहरूको पापमय प्रकृतिले चाहेको दुष्ट कुराहरू गर्नेदेखि रोक्दैन।

3

3:1b.COL.003.001 जब तिमीहरू मृत्युबाट ख्रीष्टसितै उठायौ स्वर्गका ती वस्तुहरू पाउने कोशिशगर जहाँ परमेश्वरको दाहिने तर्फ ख्रीष्टलाई बसाइएकोछ।

3:2b.COL.003.002 स्वर्गकै कुराहरू मात्र सोच, पार्थिव होइन।

3:3b.COL.003.003 तिमीहरूको पुरानो पापमय जीवन मरिसकेको छ, अनि तिमीहरूको बर्तमान जीवन परमश्वरमा ख्रीष्टसित छ।

3:4b.COL.003.004 ख्रीष्ट तिम्रो जीवन हो। जब उहाँ आउनु हुन्छ, तिमीहरू उहाँसितै महिमामा देखा पर्नेछौ।

3:5b.COL.003.005 यसकारण सबै कुकर्महरूलाई आफ्नो जीवनदेखि पन्छाइदेऊ-जस्तो व्यभिचार, अशुद्धता, कुइच्छा लोभ जुन मूर्ति पूजा जस्तै हो।

3:6b.COL.003.006 यस्ता कुराहरूले आज्ञ नमान्नेहरू माथि परमेश्वरलाई रिस उठाउँछ।

3:7b.COL.003.007 अघि-अघि तिमीहरू पनि यस्तै कर्म गर्दै यसरी नै जीवन बिताउँथ्यौ।

3:8b.COL.003.008 तर अब यी कूराहरूलाई आफ्नो जीवनदेखि अलग राख। रिस, क्रोध, डाह, निन्दा अनि बातचीत गर्दाउँदी लाजलाग्दो शब्दहरूको प्रयोग नगर।

3:9b.COL.003.009 तिमीहरू आपस्तमा झूटो नबोल। किन? किन कि तिमीहरूले आफ्ना पापमय जीवन र त्यस जीवनसँग चल्ने कुरोहरू फ्याँकी सकेका छौ।

3:10b.COL.003.010 अब तिमीहरू नयाँ जीवनमा बाँच्न थालेका छौ। नयाँ जीवनमा तिमीहरू लगातार नयाँ भई रहने छौ। तिमीहरू आफ्नो विधाता झैं बन्दैछौ। यस नयाँ जीवनले तिमीहरूलाई परमेश्वरलाई साँचो रूपमा चिनाउन लैजाने छ।

3:11b.COL.003.011 यस नयाँ जीवनमा ग्रीक र यहूदीहरू बीच कुनै भिन्नता छैन। खतना गरेका र नगेरका मानिसहरू अथवा विदेशी वा सिथियान बीच कुनै अन्तर छैन। कमरा र फुक्का मानिस वीच कुनै फरक छैन। तर ती सब विश्वासीहरूमा ख्रीष्ट हुनु हुन्छ र ख्रीष्ट नै सर्वोपरी हुनुहुन्छ।

3:12b.COL.003.012 परमेश्वरले तिमीहरूलाई छान्नुभयो र पवित्र बनाउनु भयो। उहाँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। यसर्थ तिमीहरूमा कोमल मायाहरू, दया, मनको नम्रता, दीनता अनि धैर्य हुनु पर्छ र धैर्यवान बन।

3:13b.COL.003.013 एक-अर्कामा सहनशील होऊ। यदि कसैको कसैमाथि नालिस भए उसलाई माफ देऊ। तिमीले अरूलाई क्षमा देऊ जसरी प्रभुले तिमीलाई क्षमा दिनु भयो।

3:14b.COL.003.014 यी सबै गर अनि सबभन्दा मुख्य कुरो आपस्तमा प्रेम गर। यो प्रेम नै हो जेले तिमीहरूलाई पक्का एकतामा रहन एकत्रित गरायो।

3:15b.COL.003.015 ख्रीष्टको शान्तिले तिमीहरूको हृदयलाई नियन्त्रण गरोस। तिमीहरूले शान्ति पाऊ भनी एउटै शरीरमा बोलाईएका छौ। सदा सर्वदा धन्य होऊ।

3:16b.COL.003.016 ख्रीष्टको संदेश तिमीहरूभित्र समृद्ध भावमा रहोस्। एक-अर्कामा शिक्षा दिनु र दृढ बनाउन सम्पुर्ण बुद्वि खटाऊ। परमेश्वरलाई हृदयले धन्यवाद चडाउँदै भजन, गीत र आत्मिक स्तुतिहरू गाऊ।

3:17b.COL.003.017 तिमीहरू जे पनि बोल्छौ, जे गर्छौ तिम्रो प्रभु येशूको लागि गर येशूद्वारा पिता परमेश्वरलाई धन्यवाद देऊ।

3:18b.COL.003.018 पत्नीहरू, आफ्ना पतिका अधीनमा रहौ। प्रभुका अनुयायीहरूको लागि यो ठिक हो।

3:19b.COL.003.019 पतिहरू, तिमीहरूका पत्नीहरूलाई प्रेम गर, अनि उनीहरू प्रति कोमल बन।

3:20b.COL.003.020 बालकहरू, तिमीहरूका आमा-बाबुले भनेको प्रत्येक कुरो मान। यसले प्रभुलाई खुशी तुल्याँउछ।

3:21b.COL.003.021 पिताहरू, तिमीहरूका बालकहरूलाई निराश नतुल्याऊ। यदि तिमीहरूलाई खुशी पार्न कठिन परे, तिनीहरूले चेष्टा छाडनेछन्।

3:22b.COL.003.022 सेवकहरू, हर कुरामा आफ्नो संसारिक मालिकहरूले भनेको मान। मालिकहरूको अनुपस्थितिमा पनि इमान्दारी सित काम गर। किनभने तिमीहरू मानिसहरुलाई खुशी पार्न चेष्टा गरिरहेका छौनौ। तिमीहरु प्रभु स्वंयलाई खुशी पार्न चेष्टा गरिरहेका छौ। यसकारण इमान्दारीपूर्वक आज्ञा पालन गर किन कि तिमीहरूले प्रभुलाई सम्मान गर्दैछौ।

3:23b.COL.003.023 काम जस्तो सुकै होस, तिम्रो योग्यताले भेटे सम्म राम्रो गर। प्रभुको सेवा गर्दछौ त्यस प्रकारले गर, अनि मानिसलाई होइन।

3:24b.COL.003.024 याद राख, परमप्रभुले तिमीहरूलाई पुरस्कार दिनुहुनेछ। उहाँले आफ्ना मानिसहरूलाई के दिने प्रतिज्ञा गर्नु भएको छ त्यो तिमीलाई दिनु हुनेछ। तिमीहरूले प्रभु ख्रीष्टको सेवा गर्दैछौ।

3:25b.COL.003.025 याद गर कसैले भूल गरे, त्यही अनुसार उसले दण्ड भोग्नु पर्नेछ। प्रभुले हरेकलाई एक समान व्यवहार गर्नुहुनेछ।

4

4:1b.COL.004.001 मालिकहरू, आफ्ना सेवकहरूलाई काम अनुसार जे उचित र राम्रो छ देऊ। याद राख कि स्वर्गमा तिम्रो पनि मालिक हुनुहुन्छ। ख्रीष्टि्यनहरूलाई पावल केही गर्नलाई सल्लाह दिन्छन्

4:2b.COL.004.002 आफैलाई प्रार्थनामा अर्पण गर। अनि जब प्रार्थना गर्छौ सधैं परमेश्वरलाई धन्यवाद चढाऊ।

4:3b.COL.004.003 हाम्रो लागि पनि प्रार्थना गर। परमेश्वरलाई प्रार्थना गर कि उहाँले उहाँको संदेश मानिसहरूलाई भन्ने मौका हामीलाई दिऊन्। प्रार्थना गर कि परमेश्वरले ख्रीष्ट बारेमा खोली दिनु भएको साँचो रहस्य प्रचार गर्न हामी योग्य हुन सकौं। म कैदमा छु किन कि म यो सत्य सिकाँउछु।

4:4b.COL.004.004 तिमीहरू प्रार्थना गर्न सक्छौ कि स्पष्ट सत्य म मानिसहरूलाई व्याख्या गर्न योग्य बनौं। मैले त्यही गर्नु परेको छ।

4:5b.COL.004.005 अविश्वासीहरूसित व्यवहार गर्नमा बुद्धिमानी होऊ। सर्वोत्तम तरिकामा तिमीलाई दिइएको अवसरहरू उपयोग गर।

4:6b.COL.004.006 जब तिमी कुरा गर्छौ नम्रता र बुद्धिमानीसित व्यवहार गर। यस प्रकारले हरेक मानिसलाई ठीकसित उत्तर दिन तिमीहरू योग्य हुनेछौ।

4:7b.COL.004.007 टाइकिकस ख्रीष्टमा मेरा प्रिय भाइ हुन्। प्रभुमा उनी एक ूविश्वासी सेवक र मेरा सहकर्मी हुन्। मसित घटेका सबै कुराहरूको बारेमा उनले तिमीहरूलाई भन्ने छन्।

4:8b.COL.004.008 त्यसैले म उनलाई तिमीहरूकाहाँ पठाउँदैछु। हामी के-कस्तो अवस्थामा बाँचिरहेका छौं, त्यो तिमीहरूले जान भन्ने म चाहन्छु। तिमीहरूको उत्साहको निम्ति उनलाई पठाउँदैछु।

4:10b.COL.004.010 अरिस्तार्खसले नमस्कार पठाएका छन्। उनी पनि मसितै कैदमा छन्। अनि बर्णाबासका काकाका छोरा भाइ मर्कूसले पनि नमस्कार भनेका छन्। मर्कूसको विषयमा तिमीलाई निर्देशन दिएकोछु। यदि उनी आए भने उनलाई स्वागत गर्नू।

4:11b.COL.004.011 येशूले (उनलाई जस्तस पनि भनिन्छ) पनि आफ्नो नमस्कार पठाउँदैछन्। यहाँ यहूदी विश्वासीहरू मात्रै छन् जो मसित परमेश्वरको राज्यको निम्ति काम गर्दैछन्। यिनीहरू मेरा लागि सुखका कारण भएकाछन्।

4:12b.COL.004.012 येशू ख्रीष्टका सेवक इपाफ्रासले पनि आफ्नो नमस्कार पठाएका छन्। उनी तिमीहरूकै समूहका हुन्। उनी सधैं तिमीहरूका लागि प्रार्थना गर्दछन्। तिमीहरू आत्मिक रूपले परिपक्क होऊ र पमेश्वरले चाहेका सबै कुरा तिमीहरूसित होस् भन्दै उनी प्रार्थना गर्छन्।

4:13b.COL.004.013 तिमीहरूका लागि र लाओडिसियाका तथा हिरापोलिसका मानिसहरूका लागि अनि हिरापोलिसमा उनी खुबै खटेका छन्, यो म जान्दछु।

4:14b.COL.004.014 डेमास र हाम्रा प्रिय साथी वैद्य लूकाले अबिवादन पठाउँदैछन्।

4:15b.COL.004.015 लाओडिसियाका दाजू-भाइ अनि दिदी-बहिनीहरूलाई हाम्रो अबिवादन सुनाइदिनु। हाम्रो अबिवादन निम्फसलाई अनि मण्डलीलाई जो उनको घरमा जुट्छ, पनि भनिदिनु।

4:16b.COL.004.016 यो चिठ्ठी तिमीहरूले पढे पछि निश्चय होऊ कि यो चिठ्ठी लाओडिसियामा पढाए, तिमीहरूले पढयौ।

4:17b.COL.004.017 “प्रभुले उनीमाथि भरोसा गरेको सेवाको काम निश्चित भएर गर्नु” भनी अर्खिपसलाई भन।

4:18b.COL.004.018 म, पावल आफ्नै हातले तिमीहरूलाई नमस्कार लेख्दैछु। याद राख्नु, म कारागारमा छु। परमेश्वरको अनुग्रह तिमीहरूमा रहोस्।


Holder of rights
Multilingual Bible Corpus

Citation Suggestion for this Object
TextGrid Repository (2025). Nepali Collection. Colossians (Nepali). Colossians (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-ADC6-6