Galatians (Nepali)

Galatians (Nepali)

1

1:1b.GAL.001.001 पावल, प्रेरितबाट प्रणाम। प्रेरित हुनलाई, मलाई न त मानिसहरूले चुने न म कुनै मानिसद्वारा पठाइएँ। येशू ख्रीष्ट अनि पिता परमेश्वरले नै मलाई प्रेरित नियुक्त गर्नु भएको हो। परमेश्वर नै एक हुनुहुन्छ जसले येशूलाई मृत्युबाट बौराई ल्याउनु भएको थियो।

1:2b.GAL.001.002 मसित भएका सबै ख्रीष्ट भाइहरूबाट गलातियामा भएका मण्डलीहरूलाई प्रणाम।

1:3b.GAL.001.003 परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति दिउन।

1:4b.GAL.001.004 परमेश्वर र हाम्रा पिताको इच्छा अनुसार यस वर्तमान दुष्ट संसारबाट हामीलाई छुटकारा दिनको लागि उनले आफैलाई हाम्रा पापहरूका निम्ति बलि दिए।

1:5b.GAL.001.005 उनको सदा सर्वदा महिमा होस्। आमिन।

1:6b.GAL.001.006 केही समय अघि परमेश्वरले तिमीहरूलाई उनको अनुसरण गर्नु बोलाए। उनले तिमीहरूलाई आफ्नो अनुग्रहले बोलाए जुन ख्रीष्ट मार्फत आँउछ। तर अहिले तिमीहरूलाई देखेर म छक्क परें कि तिमीहरूले बाटो बिराएका छौ र अर्कै सुसमाचारमा विश्वास गर्न थालेका छौ।”

1:7b.GAL.001.007 वास्तवमा, कुनै अर्को सुसमाचार साँचो छैन। तर कति मानिसहरूले तिमीहरूलाई अल्मल्याइरहेका छन्। तिनीहरू ख्रीष्टको सुसमाचारलाई अर्को तिर बद्लन चाहन्छन्।

1:8b.GAL.001.008 हामीले तिमीहरूलाई साँचो सुसमाचर भनेका छौं। यसैले हामी त के, स्वर्गका स्वर्गदूतले पनि अर्कै सुसमाचार भन्छन् भने उसमा विश्वास गर्नु हुँदैन।

1:9b.GAL.001.009 हामीले यो अघि नै भनिसकेका छौं। र अहिले पनि भन्दैछु। तिमीहरूले साँचो सुसमाचारलाई स्वीकार गरिसककेका छौ। यसर्थ यदि कसैले तिमीहरूलाई मुक्तिको अर्कै उपाय बताँउछ भने त्यसको विरोध गर्नुपर्छ।

1:10b.GAL.001.010 अनि के मलाई नै स्वीकार गरून् भनी मानिसहरूलाई मैले विश्वास गराउने चेष्टा गर्दैछु भन्ने तिमीहरू सझंन्छौ? होइन! मैले परमेश्वरलाई मात्र खुशी पार्ने चेष्टा गर्दैछु। मैले मानिसहरूलाई खुशी पार्न चाहेको छु र? यदि अझै मानिसहरूलाई नै खुशी पार्ने चेष्टा गर्दै थिएँ भने म येशू ख्रीष्टको सेवक बन्ने थिइनँ।

1:11b.GAL.001.011 दाज्यू-भाइहरू हो! म इच्छा गर्छु कि तिमीहरूले जान, जुन सुसमाचर मैले प्रचार गरें त्यो मानिसले बनाएको होइन।

1:12b.GAL.001.012 मैले मानिसहरूबाट सुसमाचार पाइनँ। कसैले मलाई सुसमाचार सिकाएको होइन। येशू ख्रीष्ट आफैले मलाई यो प्रकट गर्नु भएको हो।

1:13b.GAL.001.013 मेरो बितेको जीवन बारे तिमीहरूले सुनिसकेका छौ। म यहूदी धर्म मान्ने थिएँ। मैले परमेश्वरको मण्डलीलाई खुबै सताँए। म मण्डलीलाई भत्काउने कोशिश गर्थैं।

1:14b.GAL.001.014 म यहूदी धर्ममा विश्वास गर्थें। म यहूदी धर्मको नेता बन्न लागेको थिएँ। मैले मेरा समकालीन नव युवक यहूदीहरूलाई उछिनेको थिएँ। पुराना रीति-थिति मान्न म अरूभन्दा ज्यादै जोशीलो थिएँ। ति सब रीति-रिवाजहरू हामीले आफ्ना पुर्खाहरूबाट पाएका थियौं।

1:15b.GAL.001.015 तर म जन्मनु भन्दा अघि नै परमेश्वरले मेरो लागि यो योजना बनाएका रहेछन्। यसकारण उनले उनको अनुग्रहले मलाई बोलाए।

1:16b.GAL.001.016 परमेश्वरले मलाई आफ्ना पुत्रको सुसमाचार अयहूदीहरू माझ भन्न इच्छा गरे। यसैले परमेश्वरले मलाई आफ्ना पुत्रको दर्शन गराए। परमेश्वरले बोलाउँदा मैले कसैबाट कुनै सल्लाह र सहायता लिइनँ।

1:17b.GAL.001.017 न त म भन्दा अघि प्रेरित हुनेहरूलाई भेटन गएँ। तर, अबेर नगरी म अरब देशमा गएँ र त्यहाँबाट दमस्कस शहरमा फर्केर आएँ।

1:18b.GAL.001.018 तीन र्वषपछि म यरूशलेम गएँ, म पत्रुसलाई भेट्न चाहन्थे। पत्रुससित म पन्ध्र दिन बसे।

1:19b.GAL.001.019 मैले अरू प्रेरितहरूलाई भेटिनँ-खालि याकूबलाई भेटे जो प्रभुका भाइ हुन्।

1:20b.GAL.001.020 परमेश्वर जान्दछन् मैले लेख्न लागेका यी कुराहरू झूटा होइनन्।

1:21b.GAL.001.021 तब म सिरिया र सिलिसिया गएँ।

1:22b.GAL.001.022 यहूदीयामा ख्रीष्टका मण्डलीले यसभन्दा अघि मेरो अनुहार देखेका थिएनन्।

1:23b.GAL.001.023 मेरो बारेमा तिनीहरूले खालि यति सुनेका थिएः “यस मानिसले हामीलाई खुब सताउने गर्थ्यो तर उही नै अहिले मानिसहरूलाई त्यही विश्वासका कुराहरू गरिहिंडछ जुन विश्वासलाई उ नष्ट गर्ने प्रयास गर्थ्यो।”

1:24b.GAL.001.024 यी विश्वासीहरूले मेरै कारणले परमेश्वरको धेरै प्रशंसा गरे।

2

2:1b.GAL.002.001 चौध र्वष बितेपछि बर्णाबाससित म फेरि यरूशलेम गएँ। र तीतसलाई साथमा लगें।

2:2b.GAL.002.002 म गएको कारण परमेश्वरले मलाई त्यहाँ जानै पर्ने देखाउनु भयो। मैले विश्वासीहरूका अगुवाहरूलाई त्यहाँ भेटें। जब हामी एकान्त भयौं मैले तिनीहरूलाई त्यही सुसमाचार व्याख्या गरें जुन म अ-यहूदीहरू माझ प्रचार गर्छु। तिनीहरूले मेरो काम बुझुन् भन्ने म चाहन्थें जसमा कि मेरा विगतका कामहरू र वर्तमानका प्रयासहरू खेर नजाऊन्।

2:5b.GAL.002.005 तर हामी ती झूटा भाइहरूले चाहेका कुरामा अलिकति पनि झूकेनौं जसमा कि तिमीहरूमा सुसमाचारको सत्यता रहिरहोस्।

2:6b.GAL.002.006 तर ठूला-बड मानिसहरूले मैले प्रचार गरेको सुसमाचारलाई अदल-बदल गरेनन्। तिनीहरू “ठूला-बडा” होलान् कि नहोलान् त्यसले मलाई केही फरक पर्दैन। परमेश्वरका निम्ति सबै एक समान छन्।

2:7b.GAL.002.007 तर ती नाइकेहरूले देखे कि परमेश्वरले पत्रुसलाई यहूदीहरू माझ अनि मलाई गैर-यहूदीहरू माझ सुसमाचार प्रचार गर्न लगाउनु भयो

2:8b.GAL.002.008 परमेश्वरले पत्रुसलाई यहूदीहरूको प्रेरित भएर काम गर्नु लगाउनु भयो। अनि मलाई पनि गैर-यहूदीहरूको प्रेरित भई काम गर्न लगाउनु भयो।

2:9b.GAL.002.009 याकूब, पत्रुस र यूहन्ना अगुवा जस्ता मानिन्छन्। तिनीहरूले बुझे कि परमेश्वरले मलाई विशेष वरदान दिनु भएकोछ। यसकारण तिनीहरूले बर्णाबास र मलाई स्वीकार गरे। तिनीहरूले भने, “पावल र बर्णाबास, हामी मान्छौं कि तिमीहरू ती मानिसहरूकहाँ जाऊ जो यहूदी होइनन् र हामी चाँहि यहूदीहरू माझ जान्छौं।”

2:10b.GAL.002.010 तिनीहरूले हामीले एउटा कुरो भने कि गरीबहरूलाई सहायता गर्न नभुल्नु। अनि मैले त्यो कुरा गर्ने भरसक प्रयास गरेको छु।

2:11b.GAL.002.011 जब पत्रुस एन्टिओकमा आए। उनले केही यस्तो काम गरे जो सरासर भूल थियो। त्यसैकारण मैले उनको आमने-सामने विरोध गरें किनभने उनी भूलमा थिए।

2:12b.GAL.002.012 यो कसरी भयो भनेः जब पत्रुस पहिलो पटक एन्टिओकमा आए उनी गैर-यहूदीहरूसँग खाए अनि बसे। जब याकूबकहाँबाट केही यहूदीहरू आए पत्रुसले ती गैर-यहूदीहरूसित संगत गर्न छोडे। उनले आफूलाई गैर-यहूदीहरूदेखि अलग राखे, उनले तिनीहरूसित खानु छोडिदिए। किन? किनभने उनी यहूदीहरूसँग डराए। जसले सबै गैर-यहूदीहरूले खतना गर्नु पर्छ भनी विश्वास गर्थे।

2:13b.GAL.002.013 त्यहाँ भएका अरू यहूदी ख्रीस्टियनहरूले पनि पत्रुसको कपटीपनमा साथ दिए। बर्णाबास पनि तिनीहरूबाट प्रभावित भए अनि एक कपटीले जस्तो काम गरे।

2:14b.GAL.002.014 मैले यी यहूदीहरूको मन विचारे। उनीहरूले सुसमाचारको सत्यतालाई पछ्याइरहेका थिएनन्। यसकारण सारा मण्डलीकहरूको सामुन्ने मैले पत्रुसलाई भनेः “पत्रुस तिमी यहूदी हौ। तर यहूदीले जस्तै तिमीले आफ्नो जीवन बिताइरहेका छैनौ। तिमी गैर-यहूदीहरू सरह बसिरहेका छौ। यदि यसो हो भने तिमी किन गैर-यहूदीहरूलाई यहूदीहरू जस्तो बाँच्न कर लगाँउछौ?”

2:15b.GAL.002.015 हामी यहूदीहरू जन्मैका यहूदी हौं, गैर-यहूदी पापीहरू जस्ता होइनौं।

2:16b.GAL.002.016 हामी जान्दछौं, व्यवस्था मान्दैमा कोही पनि परमेश्वरको अघि धर्मी बन्दैनौं। येशू ख्रीष्टमा विश्वास गरे मात्र मानिस परमेश्वरमा धर्मी बन्न सक्छ। यसकारण हामी पनि येशू ख्रीष्टमा विश्वास गर्छौं। अनि परमेश्वरको माध्यममा ख्रीष्टमा विश्वास राखेर नै हामी परमेश्वरको सेवक बनेकाछौं, व्यवस्था मानेर होइन्। किन कि व्यवस्था मानेर मात्र कोही पनि धर्मी बन्न सक्दैन।

2:17b.GAL.002.017 धर्मी बन्न हामी ख्रीष्टमा विश्वास गरयौ। यसबाट हामी पनि पापीहरू थियौं भन्ने स्पष्ट छ। तब के ख्रीष्टले हामीलाई पापी बनाँउछन्? पक्कै होइन।

2:18b.GAL.002.018 यदि मैले फेरि त्यही छोडिसकेको व्यवस्था प्रचार गरें भने मैले स्वीकारें कि मैले व्यवस्था भङ्ग गरें।

2:19b.GAL.002.019 व्यवस्थामा बाँच्न मैले त्यागीसकेकोछु। त्यही व्यवस्थाले मलाई मार्यो। ती व्यवस्थाकोलागि म मरिसकेकोछु ताकि म परमेश्वरकोलागि बाँचेकोछु। म ख्रीष्टसितै क्रूसमा टाँगिएँ।

2:20b.GAL.002.020 यसैले म बाँचिरहेको छैन तर ख्रीष्ट हुनुहुन्छ जो ममा बाँचिरहनु भएकोछ। म मेरो शरीरमा अझै जीवित छु तर म परमेश्वरका पुत्रको विश्वासमा जीवित छु। मलाई उहाँले प्रेम गर्नु भयो अनि मलाई बचाउन उहाँले मेरो निम्ति आफैलाई अर्पण गर्नु भयो।

2:21b.GAL.002.021 परमेश्वरबाट पाएको यो वरदान मलाई खुबै महत्वपूर्ण छ। किनभने यदि व्यवस्थाले हामीलाई परमेश्वरको धर्मी बनाउँदो हो त, ख्रीष्टलाई मर्न कुनै आवश्यक थिएन।

3

3:1b.GAL.003.001 हे गलातीवासीहरू, क्रूसमा येशू ख्रीष्ट को मृत्यु बारे तिमीहरूका आँखा अघि स्पष्टसित झल्काइएकै थियो। तर तिमीहरू मूर्ख रहेछौ। कसैले तिमीहरूलाई छक्काएछ।

3:2b.GAL.003.002 मलाई एउटै कुरो भनः तिमीहरूले पवित्र आत्मा कसरी पायौ? के व्यवस्था पालन गरेर नै आत्मा पाएका हौ? होइन। तिमीहरूले सुसमाचार सुनेर अनि विश्वास गरेर आत्मा पाएका छौ।

3:3b.GAL.003.003 तिमीहरू यति मूर्ख कसरी बन्नसक्छौ? तिमीहरूले आत्मासित ख्रीष्टमा जीवन शूरू गर्यों। अनि अब के आफ्नै शक्तिले पूर्ण गर्ने कोशिश गर्छौ?यो मूर्खता हो।

3:4b.GAL.003.004 तिमीहरूले धेरै कुराको अनुभव गरेका छौ। के ती सबै व्यर्थका भए? म आशा गर्छु ती व्यर्थै गएनन्।

3:5b.GAL.003.005 व्यवस्था मान्छौ भनेर परमेश्वरले येशूको आत्मा दिनुभएको हो? होइन। व्यवस्था मान्छौ भनेर परमेश्वरले तिमीहरू बीच चमत्कार गरेका हुन्? होइन। तिमीहरूले सुसमाचार सुन्यौ र यसमा विश्वास गर्यों भनेर परमेश्वरले आफ्नो आत्मा दिनु भएको र चमत्कार गर्नु भएको हो।

3:6b.GAL.003.006 अब्राहामको बारेमा शास्त्रले त्यही भन्छ। “अब्राहामले परमेश्वरलाई विश्वास गरे अनि परमेश्वरले उनको विश्वासलाई स्वीकार गर्नु भयो। त्यसैले अब्राहामलाई परमेश्वरको धर्मी ठहराऊनुभयो।”

3:7b.GAL.003.007 यसैकारण, तिमीहरूले जान्नुपर्छ कि जोसित विश्वास छ तिनीहरू नै अब्राहामका साँचो सन्तान हुन्।

3:8b.GAL.003.008 धर्म शास्त्रले भनेको थियो कि गैर-यहूदीहरूलाई विश्वासद्वारा परमेश्वरको धर्मी ठहराउनुहुनेछ। अब्राहमलाई यो सुसमाचार अघि नै सुनाइएको थियो, जस्तो शास्त्रले भन्छ, “तिमीद्वारा सम्पूर्ण जातिहरूलाई आशीर्वाद दिइनेछ।”

3:9b.GAL.003.009 अब्राहामले यो विश्वास गरे अनि उनि आषिशीत भए। आज पनि यो त्यस्तै छ। जस-जससित विश्वास थियो तिनीहरू सबैले अब्राहामले जस्तै आशीर्वाद पाए।

3:10b.GAL.003.010 तर व्यवस्था पछ्याउनमा भर पर्नेहरूले श्राप पाए किनभने शास्त्रले भन्छः “व्यवस्थामा लेखिएका सबै कुरा प्रत्येकले मान्नै पर्छ। जसले मान्दैन उमाथि सराप पर्छ।”

3:11b.GAL.003.011 यसैबाट यो प्रष्ट हुन्छ कि व्यवस्थाद्वारा कसैलाई परमेश्वरमा धार्मिक बनाउन सकिंदैन। “जो मानिस विश्वासद्वारा परमेश्वरसँग ठीक छ, उ सधैं बाँचिरहन्छ।”

3:12b.GAL.003.012 व्यवसथा विश्वासमा अडेको छैन। व्यवस्थाले भन्छ, “जसले यी कामहरू गरेर बाँच्न चहान्छ उसले व्यवस्थाले भनेकै कुराहरू पालन गर्नुपर्छ।”

3:13b.GAL.003.013 व्यवस्थाले हामीमा श्राप ल्यायो तर ख्रीष्टले त्यो श्राप हामीबाट हटाइदिनु भयो। हाम्रो ठाउँ उहाँले लिनुभयो र आफैले त्यो श्राप थाप्नुभयो। शास्त्रमा यो लेखिएकोछ, “जब कसैको शरीर रूखमाथि झुण्डयाइन्छ त्यो श्रापित हो।

3:14b.GAL.003.014 परमेश्वरको आशिष सबै मानिसले पाउन सकुन् भनी ख्रीष्टले त्यसो गर्नु भएको हो। परमेश्वरले अब्राहामलाई यो आशिष प्रतिज्ञा गरे जुन ख्रीष्ट येशू मार्फत आउँदछ। येशू मर्नु भयो जसमा कि पवित्र आत्मा जुन परमेश्वरले प्रतिज्ञा गर्नु भएको हामी पाउन सकौं। हामी यो प्रतिज्ञा विश्वासद्वारा पाउँछौं।

3:15b.GAL.003.015 दाज्यू-भाइ दिदी-बहिनीहरू हो, म एउटा उदाहरण दिन्छुः जब कसैले इच्छा पत्र लेख्छ र त्यो अधिकृत हुन्छ, तब कसैले त्यसलाई पन्छाउन सक्दैन अथवा त्यसमा केही थप्न नै सक्छ।

3:16b.GAL.003.016 परमेश्वरले अब्राहाम र उनका सन्तानलाई प्रतिज्ञा गरेका थिए। परमेश्वरले “अनि तिम्रा सन्तानहरूलाई” भन्नु भएन, जसको अर्थ एक जना मानिस ख्रीष्ट मात्र हुन्छ।

3:17b.GAL.003.017 मेरो भन्नुको मतलबः परमेश्वरले करार बनिनु भन्दा धेरै र्वष अघि नै यो करार अब्राहामसँग गरेका थिए। व्यवस्थात चान सय तीस र्वषपछि मात्र बनिएको हो। यसैले व्यवस्थाले करार रद्द गराउन सक्दैन र अब्राहामलाई परमेश्वरले दिएका प्रतिज्ञालाई बदल्न सक्दैन।

3:18b.GAL.003.018 करारलाई मान्दा परमेश्वरले गरेको प्रतिज्ञा पाइन्छ र? पाइँदैन। यदि व्यवस्था मान्दा ती वस्तुहरू हामीले पाइने भए त्यो प्रतिज्ञाबाट होइन। तर अब्राहामको पक्षमा आफ्नो प्रतिज्ञाको आधारमा उपहार स्वरूप परमेश्वरले उनलाई आशिष दिनु भयो।

3:19b.GAL.003.019 त्यसो हो भने व्यवस्था किन आवश्यक परयौ? मानिसहरूले भूल गर्छन् भन्ने देखाउनलाई व्यवस्था दिइएको थियो। अब्राहामको खास सन्तान नआउञ्जेल सम्म त्यो व्यवस्था चलिरह्यो। परमेश्वरको प्रतिज्ञा यिनै सन्तानको विषयमा थियो। व्यवस्था स्वर्गदूतद्वारा दिएको थियो। स्वर्गदूतहरूले मानिसहरूलाई व्यवस्था दिंदा मोशालाई मध्यस्थ राखे।

3:20b.GAL.003.020 तर यो एक पक्षीय भए मध्यस्थ आवश्यक पर्दैन अनि परमेश्वर केवल एउटै हुनु हुन्थ्यो।

3:21b.GAL.003.021 के यसले व्यवस्था परमेश्वरको प्रतिज्ञाको विरुद्ध हो भन्ने अर्थ लाउँछ? होइन। मानिसहरूलाई जीवन दिने त्यस्तो व्यवस्था हुँदो हो, त हामी व्यवस्था पालन गरेरै धार्मिक बनिने थियौं।

3:22b.GAL.003.022 तर यो साँचो होइन, किन कि धर्मशास्त्रले घोषणा गर्छ कि सबै मानिसहरू पापका कैदी हुन्। यसको अर्थ हुन्छ कि मानिसहरूलाई दिइएको प्रतिज्ञा विश्वासद्वारा दिइन्छ। यो येशू ख्रीष्टमा विश्वास राख्ने मानिसहरूलाई दिइएको थियो।

3:23b.GAL.003.023 जब सम्म यो विश्वास आएको थिएन हामीहरू व्यवस्थाको कैदी थियौं। जब सम्म परमेश्वरमा गर्नु पर्ने विश्वास गर्दैनौ, हामी स्वतन्त्र हुँदैनौं।

3:24b.GAL.003.024 यसले गर्दा ख्रीष्टको आगमन सम्म व्यवस्था हाम्रो अभिभावक थियो। ख्रीष्ट आए पछि विश्वासद्वारा हामी धर्मी बन्न सक्यौ।

3:25b.GAL.003.025 अब विश्वासको बाटो खुलेकोछ र हामी व्यवस्थाको संरक्षणमा छैनौं।

3:26b.GAL.003.026 यसकारण अब विश्वासद्वारा ख्रीष्टमा तिमीहरू परमेश्वरका बालकहरू हौ।

3:27b.GAL.003.027 तिमीहरू सबै ख्रीष्टमा बप्तिस्मा लिएर तिमीहरूले ख्रीष्टलाई नै धारण गरेका छौ।

3:28b.GAL.003.028 अब ख्रीष्टमा कुनै मानिस यहूदी अथवा ग्रीक , कमारा अथवा फुक्का अनि स्त्री अथवा पुरुषमा पनि कुनै भिन्नता भएन। किनभने ख्रीष्ट यशूमा तिमीहरू सब एक हौ।

3:29b.GAL.003.029 तिमीहरू ख्रीष्टमा हौ भने तिमीहरू अब्राहामका सन्तान हौ। यसको अर्थ अब्राहामसित परमेश्वरले प्रतिज्ञा गरेको जम्मै आशिष पाउँनेछौं।

4

4:1b.GAL.004.001 म यो तिमीहरूलाई भन्न चाहन्छुः उत्तराधिकारी जब सम्म बालक रहन्छ उ र कमारामा कुनै भिन्नता रहँदैन। यो सत्य हो यद्यपि उसले आफ्नो अधिकारमा रहेको प्रत्येक कुरो पाउँछ।

4:2b.GAL.004.002 किन? किनभने बालक छउञ्जेल उसले आफ्नो अभिभावक र संरक्षकको आज्ञा मान्नुपर्छ। तर बालक जब आफ्ना बाबुले तोकिदिएको उमेरमा पुग्छ, ऊ मुक्त हुन्छ।

4:3b.GAL.004.003 हामीसँग पनि त्यस्तै हो। एक समयमा हामी पनि बालक-बालिका जस्तै थियौं। हामी यस संसारका व्यर्थका व्यवस्थाका कमारा थियौं।

4:4b.GAL.004.004 तर उचित समयमा परमेश्वरले आफ्नो पुत्र पठाउनु भयो। परमेश्वरका पुत्रले एउटी स्त्रीको कोखमा जन्म लिनुभयो। उहाँ पनि व्यवस्थाको अधिनमा बस्नु भयो।

4:5b.GAL.004.005 परमेश्वरले यसो गर्नुको कारण व्यवस्थाका अधीनमा बस्नेहरूलाई मुक्ति दिनु थियो। हामीलाई आफ्ना बालक बनाउने परमेश्वरको इच्छा थियो।

4:6b.GAL.004.006 तिमीहरू परमेश्वरका छोरा-छोरीहरू हौ। त्यसैकारण परमेश्वरले आफ्ना पुत्रको आत्मा तिमीहरूको हृदयमा हाली दिनु भयो त्यही आत्मा ले पुकार्छ, “बाबा, पिता।”

4:7b.GAL.004.007 यसैकारण, अब तिमीहरू अघि जस्तो कमारा छैनौ। तिमीहरू परमेश्वरको पुत्र हौ। आफूले गरेको प्रतिज्ञा परमेश्वरले पूरा गर्नुहुनेछ किनभने तिमी उहाँको पुत्र हौ।

4:8b.GAL.004.008 अघि-अघि तिमीहरूले परमेश्वरलाई चिनेका थिएनौ। तिमीहरू त्यस्ता देवताहरूको दास थियौ जो साँचो थिएनन्।

4:9b.GAL.004.009 अब तिमीहरूले साँचो परमेश्वरलाई चिन्छौ। वास्तवमा परमेश्वरले तिमीहरूलाई चिन्नुभयो। यसकारण अघि-अघि मानिलिएका ती कमजोर र निकम्मा व्यवस्थाहरू तिर फेरि किन र्फकन्छौ? फेरि त्यसकै कमारा बन्न चाहन्छौ?

4:10b.GAL.004.010 तिमीहरूले अझै पनि व्यवस्थाको शिक्षा अनुसार खास दिन, महीना, ऋतु र र्वष मनाउँछौ।

4:11b.GAL.004.011 तिमीहरूबारे मलाई डर लाग्छ कि तिमीहरूको लागि मैले जे जति परिश्रम गरें ती तब व्यर्थ त भएनन्?

4:12b.GAL.004.012 दाज्यू-भाइ दिदी-बहिनीहरू, म पनि तिमीहरू जस्तै थिएँ, यसकारण दया गरी अब म जस्तै भइदेऊ। अघि तिमीहरू मेरो लागि खुबै राम्रा थियौ।

4:13b.GAL.004.013 सम्झ त, म किन तिमीहरू भएकोमा पहिल्यै आएँ। किन कि मलाई सान्चो थिएन। तब मैले तिमीहरूमा सुसमाचार प्रचार गरें।

4:14b.GAL.004.014 मेरो बिसञ्चो तिमीहरूलाई भार बन्यो। तर तिमीहरूले म प्रति घृणा दर्शाएनौ। तिमीहरूलाई छोडन मलाई वाध्य गरेनौ। तिमीहरूले मलाई यस्तो स्वागत गर्यो कि म परमेश्वरबाट आएको दूत नै हुँ। तिमीहरूले मलाई स्वयं येशू ख्रीष्टलाई झैं स्वीकार्यो।

4:15b.GAL.004.015 त्यसबेला तिमीहरू खुबै प्रसन्न थियौ। कता हरायो त्यो खुशी अहिले? मलाई संझना छ हुन सक्ने सब किसिमको सहायता मलाई दियौ। यदि सम्भव हुन्थ्यो भने आफ्नो आँखा पनि निकालेर अनि मलाई दिने थियौ।

4:16b.GAL.004.016 के अहिले म तिमीहरूको शत्रू भएको छु किनकि म सत्य बोल्छु?

4:17b.GAL.004.017 ती मानिसहरू तिमीहरूमाथि खुबै चासो राख्दैछन्, तर तिनीहरूको मनसाय राम्रो छैन। तिमीहरूकोलागि त्यो राम्रो होइन। तिनीहरू चाहन्छन् कि तिमीहरू हाम्रो विरोधमा खड हौ। तिमीहरू चाहन्छन् कि तिमीहरूले तिनीहरूलाई मात्र पछ्याउनु अनि अरूलाई होइन।

4:18b.GAL.004.018 जब मानिसहरूले तिमीमा चासो लिन्छन भने त्यो सँधैं राम्रो छ यदि उद्देश्य राम्रो छ भने। त्यो संधै सत्य हो, म तिमीहरूसित हुँदा होस् कि नहुँदा होस्।

4:19b.GAL.004.019 मेरा साना बालकहरू हो! जन्म दिंदा आमालाई जस्तो प्रसुति पीड हुन्छ, मलाई पनि त्यस्तै पीड अनुभव भइरहेछ। तिमीहरू ख्रीष्ट जस्तै नहोउञ्जेल म त्यही पीडा अनुभव गरिनै रहन्छु।

4:20b.GAL.004.020 मलाई लाग्छ यदि म अहिले तिमीहरूसित हुँदो हुँ त म मेरो स्वरको लय नै बद्लाउने थिएँ किन कि म अन्योलमा परेको छु।

4:21b.GAL.004.021 तिमीहरूमध्ये कतिजना मोशाको व्यवस्थाको अधीनमा रहन चाहन्छौ। भन त व्यवस्थाले के भन्छ तिमीहरू सुन्दैनौ?

4:22b.GAL.004.022 धर्मशास्त्रले भन्छ, अब्राहामाका दुइ छोराहरू थिए। तिनीहरू मध्ये एउटाकी आमा कमारी थिई र अर्को चाँहिकी आमा मुक्त स्त्री थिई।

4:23b.GAL.004.023 अब्राहामको कमारी पट्टीको छोरो सामान्य मानव रूपले जन्मेको थियो भने मुक्त स्त्री पट्टीको छोरो परमेश्वरले अब्राहामलाई दिएको प्रतिज्ञा अनुसार जन्मेको थियो।

4:24b.GAL.004.024 यो सत्य कथाले हाम्रो अघि एउटा चित्र खड गर्छ। ती दुइ स्त्रीहरू परमेश्वर र मानिस बीचको करार स्वरूप हुन्। एउटा करार सीनै पर्वत को परमेश्वरले बनाएको व्यवस्था हो। यस संझौताको अधीन रहने मानिसहरू कमारा जस्ता हुन्। हागार नाउँकी आमा त्यही करार जस्तो हो।

4:25b.GAL.004.025 हागार अरब देशमा सीनै पाहाड जस्तो हो र ऊ यरूशलेमको वर्तमान नगर यहूदीको प्रतिरूप हो। यो नगर एउटा कमारा हो र यसका मानिसहरू (यहूदी) कमाराहरू हुन्।

4:26b.GAL.004.026 तर स्वर्गीय यरूशलेम एउटी मुक्त नारीको प्रतीक हो। यिनी हाम्री माता हुन्।

4:27b.GAL.004.027 धर्मशास्त्रमा यो लेखिएको छः “खुशी होऊ हे बाँझी नारी! जसले कुनै बालकलाई जन्म दिनु सकिनौ, र्हषले कराऊ, जोडले चिच्याऊ कि प्रसव पीड तिमीले कहिल्यै अनुभव गरिनौ। त्यो नारी जसको पति छैन, उसैका धेरै सन्तान होलान्, पतिसितै रहने स्त्रीको बरू छोरा-छोरी नहोलान्।” यशैया 54 : 1

4:30b.GAL.004.030 तर धर्मशास्त्रले के भन्छ? “कमारी र उसको छोरालाई निकाली देऊ! मुक्त स्त्रीको छोराले आफ्ना पिताका सबै थोक पाउनेछ। तर कमारीको छोराले केही पाउने छैन।”

4:31b.GAL.004.031 यसैकारण मेरा दाज्यु -भाइ, दिदी-बहिनीहरू हो! हामी कमारीको छोरा-छोरी होइनौं। हामी स्वतंत्र स्त्रीका छोरा-छोरीहरू हौं।

5

5:1b.GAL.005.001 ख्रीष्टले हामीलाई स्वतंत्र बनाउनु भयो, साहसी होऊ। बद्ली भएर व्यवस्थाकै कमारा नबन।

5:2b.GAL.005.002 सुन! म पावल हुँ। म भन्छु, यदि खतना गरी तिमीहरू फेरि (व्यवस्थामै) र्फकन्छौ भने तिमीहरूका लागि ख्रीष्ट असल हुनुहुन्न।

5:3b.GAL.005.003 फेरि म प्रत्येकलाई चेताउनी दिन्छु यदि खतना गर्न राजी छौ भने तिमीहरूले मोशाको सबै व्यवस्था पालन गर्न वाध्य हुनेछौ।

5:4b.GAL.005.004 यदि व्यवस्था मानेर धर्मी हुन खोज्छौ भने ख्रीष्टसितको तिमीहरूको जीवन शेष भयो। तिमीहरू परमेश्वरको अनुग्रहदेखि बाहिर निस्कयौ।

5:5b.GAL.005.005 हाम्रोलागि भने विश्वासद्वारा मात्रै परमेश्वर अघि धर्मी बन्ने आशा गर्न सकिन्छ। अनि त्यो आशा आत्माबाट पाउन हामी र्पखिरहेका छौं।

5:6b.GAL.005.006 कोही ख्रीष्ट येशूमा छ भने त्यसको खतना भएको छ कि छैन त्यो कुनै मुख्य कुरो होइन। तर मुख्य कुरो त हो विश्वास जुन प्रेमबाट आफै प्रकट हुन्छ।

5:7b.GAL.005.007 तिमीहरू राम्रो दौड दौडिरहेथ्यौ। सत्य पालन गरिरहेका थियौ। सत्य बाटो हिंडनमा तिमीहरूलाई कसले रोक्यो?

5:8b.GAL.005.008 यो रोकावट तिमीलाई परमेश्वरबाट भएको होइन जसले तिमीहरूलाई छान्नुभयो।

5:9b.GAL.005.009 होशियार होऊ, “अलिकति खमीरले पनि जम्मै पीठोको डल्लालाई फुलाउँछ।”

5:10b.GAL.005.010 मलाई परमश्वरले पुरा भरोसा दिनुहुन्छ कि तिमीहरूले त्यस्तो विचारलाई स्वीकार्ने छैनौं। त्यस्तो विचारमा कसैले तिमीहरूलाई अल्मल्याउँदैछ। ऊ जो सुकै होस् द्ण्ड पाउने नै छ।

5:11b.GAL.005.011 मेरा दाज्यु-भाईहरू हो! मानिसले खतना गर्नै पर्छ भनेर मैले सिकाएको छैन। त्यस्तै सिकाउँदैछु भने फेरि मेरो खेदो किन गरिन्छ? मैले मानिसहरूलाई खतना गर्नु सिकाएकै हो भने ख्रीष्टबारे मेरो प्रचारमा कुनै समस्या नै बन्ने थिएन। यदि मैले खतना गर्न मानिसहरूलाई सिकाई रहेको छैन भने, तब क्रूसको विषयमा मेरो शिक्षा कुनै समस्या नै होइन।

5:12b.GAL.005.012 म त चाहन्छु, कसैले खतनाको दुःख बिसाउँछ भने तिमीहरू आफ्नो काममा अघि बढदै जाऊ अनि तिनीहरू नै बरु खसी बनून्।

5:13b.GAL.005.013 मेरा दाज्यु-भाइ, दिदी-बहिनीहरू हो! परमेश्वरले तिमीहरूलाई स्वतन्त्र बन्न बोलाउनु भएको हो। तर त्यस स्वतन्त्रतालाई आफ्नो पापपूर्ण विचार गर्ने बहाना नबनाऊ। तर आपसमा प्रेमको वार्तालाप गर।

5:14b.GAL.005.014 सम्पूर्ण व्यवस्ता यही एक आदेशमा समेटिएको छः “आफूले आफूलाई जस्तो प्रेम गर्छौ त्यस्तै प्रेम अरूलाई पनि गर।”

5:15b.GAL.005.015 तर आपसमा पिटापिट र च्याताच्यात गर्यो भने, अन्तमा तिमीहरू आपसमै नाश हुने छौ।

5:16b.GAL.005.016 यसैले म भन्छुः आत्मा अनुसार बाँच। त्यसो गर्यो भने तिम्रा पापपूर्ण स्वभावले चाहेको खराब काम गर्ने छैनौ।

5:17b.GAL.005.017 हाम्रो पापपूर्ण स्वभावले यस्तो कुरो चाहन्छ जुन आत्मा विरुद्ध हुन्छ। अनि आत्माले चाँहि यस्तो कुरो चाहन्छ जुन हाम्रो पापपूर्ण स्वभावको विरूद्ध हुन्छ। यी दुइ कुराहरू एक अर्कोको विपरीत छन्। यसैकारण तिमीले साँच्चै गर्नु चाहेको कुरो गर्न सक्तैनौ।

5:18b.GAL.005.018 तर आत्माबाट डोरियौ भने तिमी व्यवस्थाको अधीनमा रहने छैनौ।

5:19b.GAL.005.019 हाम्रा पापपूर्ण स्वभावले खराब गर्छ जो यी हुनः यौन पाप, अशुद्धता, अनैतिकता,

5:20b.GAL.005.020 मूर्ति-पूजा, तन्त्र-मन्त्र, दुश्मनी, झै-झगड, इर्ष्या, क्रोध, स्वार्थ, फूट, गुटबन्दी,

5:21b.GAL.005.021 डाह, मदपान, मोजमज्जा र यस्तै अरूअरू। मैले पहिले पनि चेताउनी दिएकै हुँ र अहिले पनि दिन्छुः जसले यस्ता कामहरू गर्छन् ती परमेश्वरको राज्यमा जाने छैनन्।

5:22b.GAL.005.022 तर आत्माले प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता,

5:23b.GAL.005.023 नम्रता, संयम दिंदछ। यी कुराहरू भूल हुन् भन्ने कुनै व्यवस्थामा छैन।

5:24b.GAL.005.024 ख्रीष्ट येशूमा हुनेहरूले आफ्ना यस्ता पापपूर्ण स्वभावलाई क्रूसमा झूण्ड्याएका हुन्छन्। तिनीहरूले आफ्ना वासना र अशुभ कामना जो तिनीहरूको पाप स्वभावले चाहन्छ, त्यागी सकेका हुन्छन्।

5:25b.GAL.005.025 आत्माबाट हामीले नयाँ जीवन पाउँदछौं। जीवनको पथ प्रदर्शनको निम्ति हामीले आत्मालाई पछ्याउनु पर्छ।

5:26b.GAL.005.026 हामीले अर्कालाई रीस उठाउनु हुँदैन। र हामीले एक-अर्कोको डाह गर्नु हुँदैन।

6

6:1b.GAL.006.001 दाज्यू-भाइ र दिदी-बहिनीहरू हो! तिमीहरू मध्ये कसैले भूल गर्न सक्छौ। तिमीहरूमा जो आत्मिक छौ भूल गर्ने मानिसकहाँ जाऊ र उसलाई नम्रतापूर्वक ल्याऊ। यो काम नम्र बनेर गर्नु पर्छ। तर होश गर! नत्र तिमी पनि पापतिर तानिन सक्छौ।

6:2b.GAL.006.002 एक-अर्काको दुःखमा सहायता गर। यसो गर्यौ भनें तिमीले ख्रीष्टको व्यवस्थालाई साँचोसित पालनगरेका हुनेछौ।

6:3b.GAL.006.003 यदि कोही मान्य नहुँदा-नहूँदै पनि आफूलाई मान्य नै संझन्छ भने उसले आफैलाई धोखा दिइरहेकोछ।

6:4b.GAL.006.004 कसैले आफ्नै प्राप्ति अर्कोसित तुलना नगरोस्। आफ्नो काम आफैले जाँचोस्। तब मात्र ऊ र्गवित हुनसक्छ।

6:5b.GAL.006.005 प्रत्येक आफ्नो अभिभारा आफै स्वीकार गरोस्।

6:6b.GAL.006.006 जसले परमेश्वरको शिक्षा लिइरहेको छ उसले आफूमा भएको सबै सद्गुणहरू आफ्ना प्रशिक्षकहरूमा बाँढोस्।

6:7b.GAL.006.007 आफूले आफैलाई धोखा नदेऊ, तिमी परमेश्वरलाई ठग्न सक्दैनौ। मानिसले जे रोप्छ त्यही फल्छ।

6:8b.GAL.006.008 यदि कसैले आफनै पापपूर्ण खेतमा खेती गर्छ भने उसले विनाश उब्जाउँछ। तर कसैले आत्माको खेतमा खेती गर्छ भने उसले आत्माबाट अनन्त जीवन उब्जाउँछ।

6:10b.GAL.006.010 जब हामीले अवसर पाउँछौं, सबैलाई सहायता गरौं। विशेष गरी तिनीहरूलाई जो विश्वासी परिवारका छन्।

6:11b.GAL.006.011 यो म आफै लेख्दैछु। हेर कति लामो चिठ्ठी म लेख्छु।

6:12b.GAL.006.012 कसैले तिमीहरूलाई खतना गर्न कर लगाउलान्। अरूले तिनीहरूलाई मानुन् भन्ने आशामा मात्र तिनीहरूले त्यसो गर्छन्। ख्रीष्टको क्रूसलाई मात्र मान्दा तिनीहरूको खेदो होला कि भनेर ती डराउँछन्।

6:13b.GAL.006.013 जसले खतना गराऊन बल दिन्छन्, तिनीहरू आफै व्यवस्था मान्दैनन् तर तिमीहरूलाई खतना भने गराउन चाहन्छन्। यदि तिनीहरू आफ्नो इच्छा पूरा गराउन सके तिनीहरू आफुमा गर्व गर्छन्।

6:14b.GAL.006.014 म चाँहि त्यस्ता कुरामा गर्व र्गदिन भन्ने आशा गर्छु। म हाम्रा प्रभु येशू ख्रीष्टको क्रूसमा गर्व गर्छु। क्रूसद्वारा संसार मेरोलागि मरेको छ र संसारकोलागी म मरिसकेको छु।

6:15b.GAL.006.015 खतना गर्नु कि न गर्नु त्यो कुनै महत्वपूर्ण कुरा होइन। महत्वपूर्ण कुरा हो परमेश्वरले बनाउनु भएको नयाँ मानिस हुनु।

6:16b.GAL.006.016 यो व्यवस्था पालन गर्ने परमेश्वरका सम्पूर्ण जनहरू अनि परमेश्वरका जम्मै मानिसहरू प्रति शान्ति र करूणा रहोस्।

6:17b.GAL.006.017 अब उसो कसैले मलाई धेरै कष्ट नदेऊ। मेरो शरीरभरि चोटका दागहरू छन्। यी दागहरूले प्रमाण गर्छ कि म ख्रीष्ट येशूकै हुँ।

6:18b.GAL.006.018 मेरा दाज्यु-भाइ दिदी-बहिनीहरू! हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मामा रहिरहोस् भनी म प्रार्थना गर्छु। आमिन।


Holder of rights
Multilingual Bible Corpus

Citation Suggestion for this Object
TextGrid Repository (2025). Nepali Collection. Galatians (Nepali). Galatians (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-ADAF-1