Luke (Nepali)
1
1:1b.LUK.001.001 प्रिय थियोफिलस, किनभने धेरै मानिलहरूले हाम्रा बीचमा घटेका घटनाहरूकाबिषयमा इतिहास लेख्ने चेष्टा गरेका छन्।
1:2b.LUK.001.002 तिनीहरूले ती कुराहरू नै लेखेका छन् जुन कुराहरू शुरूदेखि नै हामीलाई ती मानिसहरू जो साक्षीहरू र परमेश्वरका संदेशको सेवकहरूले बताउँदै आएका छन्।
1:3b.LUK.001.003 हे माननीय म आफैंले शुरूदेखि नै होशियार साथ सबै कुराहरूको अध्ययन गरेको छु। त्यसैले, मैले सोचें मैले पनि तिमाहरूको लागि क्रमानुसार यी कुराहरू लेख्नै पर्छ। यसैले, मैले
1:4b.LUK.001.004 तिमीहरूलाई बुझाउनको लागि जुन तिमीहरूले सिकेकाछौ त्यही कुराहरू नै सत्य हो भन्न, मैले यी कुराहरू लेखेको छु।
1:5b.LUK.001.005 यहूदामा हेरोदको शासन कालमा जकरिया नाउँ गरेका एकजना पूजाहारी थिए। जकरिया अबियाका पूजाहारी समूहका थिए। जकरियाकी पत्नी हारून वंशकी थिईन्। तिनको नाउँ इलीशिबा थियो।
1:6b.LUK.001.006 ती दुवै जकरिया र इलीशिबा परमेश्वर समक्ष असल मानिस थिए। जहाँ सम्म परमप्रभुको जम्मै आज्ञा र नियमहरूको सम्बन्ध छ तिनीहरू निष्कलंक थिए।
1:7b.LUK.001.007 तर जकरिया र इलीशिबा निःसन्तान थिए। इलीशिबा गर्भवती हुन सकिनन्, कारण तिनीहरू दुवै बृद्ध भइसकेका थिए।
1:8b.LUK.001.008 जब उनको समूहको सेवा गर्ने पालो थियो जकरियाले परमेश्वर अघि मानिसहरूको सेवा पूजाहारी भएर गरे। यस्तै उनको समूहको सेवा गर्ने समय थियो। परमेश्वर
1:9b.LUK.001.009 पूजाहारीहरूले संधैं एकजना पूजाहारीलाई धूप दिने गर्दथे। जकरिया यस्तै काम गर्ने छानिएको थिए। यसकारण उनले परमप्रभुको मन्दिरमा धूप जनाउनु पर्थ्यो।
1:10b.LUK.001.010 त्यहाँ जम्मै उपासकहरू बाहिर एकत्रित भएका थिए। धूप दिइएकै बेला तिनीहरू प्रार्थना गर्नमा तल्लीन थिए।
1:11b.LUK.001.011 त्यसपछि धूप जलिरहेको दाहिनेपट्टि परमप्रभुको एउटा स्वर्गदूत जकरियाको अघि उभिएका थिए।
1:12b.LUK.001.012 जब उनले स्वर्गदूतलाई देख्यो, जकरिया भ्रममा परे र डरले आत्तिए।
1:13b.LUK.001.013 ती स्वर्गदूतले जकरियालाई भने, “जकरिया, नडराऊ। तिम्रो प्रार्थनालाई परमेश्वरले सुनिदिनु भएकोछ। तिम्री पत्नी इलीशिबाले एउटा पुत्र जन्म दिनेछन्। उनको नाउँ तिमीले यूहन्ना राखिदिनु।
1:14b.LUK.001.014 तिनेले तिमीहरूमा आनन्द र खुशीयाली ल्याउनेछन्। तिनको जन्मले धेरै धेरै मानिसहरूमा सुख ल्याउनेछ।
1:15b.LUK.001.015 परमप्रभुको सामुन्ने यूहन्ना तिनी एकजना महान मानिस बनिनेछन्। तिनले दाखरस अथवा मदिरा कदापि लिने छैन। तिनको जन्मबाट नै तिनी पवित्र आत्माले भरिएको हुनेछन्।
1:16b.LUK.001.016 तिनी धेरै यहूदीहरूलाई परमप्रभु तिनीहरू परमेश्वरतिर खिंच्ने माध्यम हुनेछन्।
1:17b.LUK.001.017 तिनी आफैं अग्रदूत झैं परमप्रभुको अघि अघि जानेछन्। एलिया जस्तै तिनी पनि शक्ति सम्पन्न मानिस हुनेछन्। एलियामा भएकै आत्मा उनमा पनि हुनेछ। बाबुहरू र छोरा-छोरीहरू माझ उनले नै शान्ति बनाई राख्नेछन्। तिनीहरू जसले परमेश्वरको आज्ञा पालन गर्दैनन् त्यस्ताहरूलाई धार्मिक मानिसहरूलाई जस्तै सोंच्ने बानउनेछन्। परमप्रभुको आगमनका निम्ति मानिसहरूलाई उनले नै तयारी पार्नेछन्।”
1:18b.LUK.001.018 जकरियाले स्वर्गदूतलाई भने, “यो कुरा साँचो हो भनेर म कसरी निश्चित हुनु? म एउटा बूढो मानिस हुँ, अनि मेरी पत्नी पनि बुढी नै छिन्?
1:19b.LUK.001.019 ती स्वर्गदूतले जवाफ दिए, “म गब्रिएल हुँ। म परमेश्वरको अघि खडा रहन्छु। परमेश्वरले नै मलाई तिमीसित कुरा गर्न र यिनै खुशीको सुसमाचार दिन पठाउनु भएको हो।
1:20b.LUK.001.020 अब सुन। यी कुराहरू पूरा नहुन्जेल सम्म तिमी लाटो हुनेछौ र बोल्न सक्नेछैनौ। किन? किनभने मैले भनेको कुराहरू जो आफ्नो समयमा सत्य हुनेछ तिमीले विश्वास गरेका छैर्नों।”
1:21b.LUK.001.021 बाहिरपट्टि, मानिसहरूले जकरियालाई र्पखिरहेका थिए। मन्दिरमा यति लामो समय सम्म बसेको देखेर तिनीहरू छक्क परिरहेका थिए।
1:22b.LUK.001.022 त्यसपछि जकरिया बाहिर आए, तर उनी बोल्न नसक्ने भएका थिए। उनी ती मानिसहरूका अघि देखा मात्र पर्न सक्थे। तब तिनीहरूले उनले मन्दिरभित्र केही दर्शन पाएको चाल पाए। उनले तिनीहरूसित इशारा मात्र गरिरहे अनि लाटा झैं बसिरहे।
1:23b.LUK.001.023 जब जकरियाको सेवाको दिन पूरा भयो, तिनी आफ्नो घरतिर लागे।
1:24b.LUK.001.024 केही समय पछि जकरियाको पत्नी इलीशिबा गर्भवती भइन्। अनि पाँच महीनासम्म उनी घरदेखि बाहिर निस्किनन्। इलीशिबाले भनिन्,
1:25b.LUK.001.025 हेर, मलाई परमप्रभुले के गर्नुभएको छ। उहाँले मेरो एउटा नानी जन्मियोस् भनी निर्णय लिनु भयो। परमप्रभुले ममाथि यति कृपा गर्नु भयो कि अब उसो मानिसहरूको सामुन्नेबाट मलाई लाज मुक्त पार्नु भयो।”
1:28b.LUK.001.028 ती स्वर्गदूत मरियमकहाँ गए अनि भने, “शुभकामना छ। परमप्रभु तिमीसितै हुनुहुन्छ। तिमी उहाँको खुवै प्रिय छौ।”
1:29b.LUK.001.029 तर त्यो स्वर्गदूतले भनेका यी कुराहरूमा मरियम खुबै विचलित भइन्। मरियम छक्क परिन् र भनिन् “यो अभिवादन को अर्थ के हो?”
1:30b.LUK.001.030 ती दूतले उनलाई भने, “डराउनु पर्दैन मरियम, किनभने परमेश्वर तिमीसित अत्यन्त खुशी हुनुहुन्छ।
1:31b.LUK.001.031 सुन! तिमी गर्भवती हुनेछौ अनि तिमीले एउटा छोरो जन्माउनेछौ। अनि उहाँको नाउँ तिमीले येशू राख्नु।
1:32b.LUK.001.032 उहाँ महान् हुनुहुनेछ र सर्वोच्च परमेश्वरका पुत्र कहलाईनु हुनेछ। परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ।
1:33b.LUK.001.033 उहाँले याकूबका घरानामाथि सँधैंका लागि शासन गर्नुहुनेछ। येशूको राज्यको अन्त्य कहिल्यै हुनेछैन।”
1:34b.LUK.001.034 मरियमले ती स्वर्गदूतलाई भनिन्, “म कन्या नै छु, यस्तो कसरी हुन सक्छ?”
1:35b.LUK.001.035 ती स्वर्गदूतले मरियमलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ अनि सर्वशक्तिमान परमेश्वरको शक्तिले तिमीलाई ढाकनेछ। यसकारणले जो जन्मनुहुन्छ उहाँ परमेश्वरको पुत्र कहलाइनु हुनेछ।
1:36b.LUK.001.036 यस विषयमा ध्यान देऊः तिम्रो आफन्त इलीशिबा पनि गर्भवती छिन् तिनको अवस्था वृद्ध अनि बाँझी कहलाइए पनि अहिले तिनी छ महीनाबाट गर्भवती भएकी छिन्।
1:37b.LUK.001.037 किनभने परमेश्वर जस्तै कुरो पनि गर्न सक्नुहुन्छ।”
1:38b.LUK.001.038 मरियमले भनिन् “म परमप्रभुकी दासी हुँ। तपाईंले भने जस्तो ममाथि घट्न सक्छ।” त्यसपछि दूत उनीबाट विदा भए।
1:39b.LUK.001.039 लगत्तै मरियम तयारी भइन् अनि यहूदिया गाउँको पहाडी शहरमा हत्तारिएर गइन्।
1:40b.LUK.001.040 तिनी जकरियाको घरमा गईन् अनि इलीशिबालाई शुभकामना दिईन्।
1:41b.LUK.001.041 जब इलीशिबाले मरियमको शुभकामना सुनिन्, तब तिनको गर्भको नानी उफ्रियो। अनि इलीशिबा पवित्र आत्माद्वारा भरिपूर्ण भइन्।
1:42b.LUK.001.042 तिनले जोरले चिच्याएर भनीन्, “अरू स्त्रीहरूलाई भन्दा परमेश्वरले तिमीलाई धेरै आशीर्वाद दिनुभएकोछ। अनि गर्भमा रहेको नानी पनि त्यस्तै अनुग्रहित छ।
1:43b.LUK.001.043 यस्तो कसरी हुन सक्यो कि मेरा परमप्रभुकि आमा मेरोमा आउनु परयो?
1:44b.LUK.001.044 जब मैले तिम्रो अभिवादन सुने, मेरो गर्भमा भएको बालक र्हषले उफ्रि्यो।
1:45b.LUK.001.045 तिमीलाई आशीर्वाद छ किनभने परमप्रभुले तिमीलाई भन्नु भएको कुरा पूरा हुनेछ भन्ने तिमीमा विश्वास थियो।”
1:46b.LUK.001.046 त्यसपछि मरियमले भनिन्
1:47b.LUK.001.047 मेरो आत्माले परमप्रभुको प्रशंसा गर्दछ, अनि मेरो हृदय परमेश्वरमा आनन्दित हुँदछ जो मेरा मुक्तिदाता हुनुहुन्छ।
1:48b.LUK.001.048 किनभने उहाँले आफ्नो दीन दासी प्रति कृपा गर्नु भयो, अब उप्रान्त सबै मानसहरूले मलाई अनुग्रहित मान्नेछन्,
1:49b.LUK.001.049 किनभने सर्वशक्तिमान परमेश्वरले मेरो निम्ति ठूला कार्याहरू गर्नुभएको छ। उहाँकोे नाउँ पवित्र होस्।
1:50b.LUK.001.050 जसले परमेश्वरलाई उपासना गर्छ उसको पुस्तौं सम्म उहाँ दयालु हुनुहुन्छ।
1:51b.LUK.001.051 उहाँले आफ्नो बाहुबलद्वारा शक्ति प्रदर्शन गर्नु भएकोछ। उहाँले घमण्डीहरूलाई तिनीहरूको धनहरूको घमण्ड नष्ट गरिदिनु भएकोछ।
1:52b.LUK.001.052 उहाँले शक्तिशाली शासकहरूलाई सिंहासनबाट हटाउनुभएको छ, अनि नम्रहरूलाई उचाल्नु भएकोछ।
1:53b.LUK.001.053 उहाँले भोकाहरूलाई असल खाद्यहरूले तृप्त पार्नु भएकोछ। तर स्वार्थी र धनीहरूलाई रित्तै हात पठाई दिनु भएकोछ।
1:54b.LUK.001.054 उहाँ आफ्नो दास इस्राएललाई सहायता गर्न आउनष्ठ्वु भएकोछ। उहाँले हामीलाई उहाँको कृपा दिनु भएकोछ।
1:55b.LUK.001.055 उहाँले अब्राहाम र उनका सन्तानलाई दया गर्न हाम्रा पुर्खाहरूलाई दिएको वचन अनुसार सम्झनु भयो।”
1:56b.LUK.001.056 मरियम इलीशिबा संग प्रायः तीन महीनासम्म बसिन्। त्यसपछि घर र्फकिन्।
1:57b.LUK.001.057 इलीशिबाको सुत्केरी हुने समय भयो अनि तिनले एउटा छोरो जन्माइन्।
1:58b.LUK.001.058 तिनका छिमेकीहरू र आफन्तहरूले तिनीप्रति परमप्रभु परमेश्वरले अति नै अनुग्रह देखाएको सुनेका थिए। तिनीहरू मरियमसंग खुशी थिए।
1:59b.LUK.001.059 बालक आठ दिनको भएपछि तिनीहरू उसको खतना गर्न आए। तिनीहरूले उसको नाउँ जकरिया राख्न चाहान्थे किनभने यो उसकै बाबूको नाउँ थियो।
1:60b.LUK.001.060 तर उसकी आमाले भनिन्, होइन, उसको नाउँ यूहन्ना हुनेछ।”
1:61b.LUK.001.061 मानसहरूले इलीशिबालाई भने, “तर तिमीहरूको परिवारमा यस्तो नाउँ भएको कोही छैन।”
1:62b.LUK.001.062 त्यसपछि तिनीहरूले तिनका बाबुलाई संकेत गरे, “तिमीले यसको नाउँ के राख्ने इच्छा गरेका छौ?”
1:63b.LUK.001.063 जकरियाले केही लेख्न पाटी माँगे। तब उसले लेखिदिए, “उसको नाउँ यहून्ना हो।” तिनीहरू छक्क परे।
1:64b.LUK.001.064 त्यही बेला जकरियाको मुख खोलियो। उसको जिब्रो फुट्यो अनि उनी बोल्न थाले। उनले परमेश्वरको प्रशंसा गरे।
1:65b.LUK.001.065 अनि उनको सबै छिमेकीहरू डराए। यहूदियाको पहाडी क्षेत्रका बासिन्दाहरू यस विषयमा कुराहरू गर्न थाले।
1:66b.LUK.001.066 जम्मै मानिसहरू ज-जसले यी कुराहरू सुने तिनीहरू निकै प्रभावित भए “यो केटो पछि के बनिन्छ होला भनेर सोच्न थाले?” परमप्रभु त्यस बालकसित हुनाले त्यस्तो सोचिएको थियो। जकरियाद्वारा परमेश्वरको प्रशंसा
1:67b.LUK.001.067 त्यसपछि यूहन्नाको बाबु जकरियामा पवित्र आत्मा आउनु भयो। अनि तिनले यस्तो अगमवाणी दिन थालेः
1:68b.LUK.001.068 इस्राएलका परमप्रभु परमेश्वरको प्रशंसा गर कारण उहाँले आफ्ना मानिसहरूलाई सहायता गर्नु भयो अनि तिनीहरूलाई स्वतन्त्रता दिनुभयो।
1:69b.LUK.001.069 परमेश्वरकै सेवक दाऊदका बंशबाट उहाँले हामीलाई शक्तिशाली मुक्तिदाता दिनु भएको छ।
1:70b.LUK.001.070 उहाँले भन्नु भएको थियो कि उहाँले यी सब गर्नु हुनेछ। धेरै अघिनै उहाँका पवित्र अगमवक्ताहरूबाट उहाँले यी सब कुराहरू भन्नु भएको हो।
1:71b.LUK.001.071 उहाले हामीलाई शत्रुहरूदेखि अनि हामीलाई घृणागर्ने शक्तिहरूदेखि जोगाउनु भएको छ।
1:72b.LUK.001.072 उहाँले हाम्रा पुर्खाहरूलाई दया गर्नेछु भन्नु भएकोछ। उहाँले पवित्र करार पनि स्मरण गर्नु भएकोछ।
1:73b.LUK.001.073 उहाँले हाम्रा पुर्खा अब्राहामको अघि शपथ खानु भएकोछ।
1:74b.LUK.001.074 उहाँले हामीलाई हाम्रो शत्रुहरूको पञ्जाबाट स्वतन्त्र राख्ने शपथ लिनु भएकोछ औ हामीलाई निर्भयपूर्वक उहाँको सेवामा राख्नु हुनेछ।
1:75b.LUK.001.075 जब सम्म हामी जीवित रहन्छौ हामी पवित्र अनि परमेश्वर अघि सही मार्गमा रहनेछौं।
1:76b.LUK.001.076 ए बालक तिमी महामहिमाको अगमवक्ता कहलाइनेछौ। उहाँको आगमनको मार्ग तयारी पार्न तिमी सर्वप्रथम परमेश्वरको अघि जानेछौ।
1:77b.LUK.001.077 तिमीले उहाँका मानिसहरूलाई तिनीहरूको पापहरूबाट क्षमा पाएर कसरी बाँच्ने त्यो जान्न दिनेछौ।
1:78b.LUK.001.078 परमेश्वरको प्रेमपूर्ण करूणा पाएर हाम्रा निम्ति स्वर्गबाट एउटा नयाँ उज्यालो दिन चम्कनेछ।
1:79b.LUK.001.079 उहाँले अन्धकारमा बसेका, मृत्युको डरमा परेकाहरूलाई मदत गर्नु हुनेछ। उहाँले हामीलाई शान्तिको मार्गतिर पथ-प्रदर्शन गर्नु हुनेछ।”
2
2:1b.LUK.002.001 त्यसैबेला अगस्टस सिजरले रोमको अधिनमा रहेका सबै देशहरूलाई एउटा आदेश पठाए। त्यो आदेश अनुसार जम्मै मानिसले आफ्नो नाउँ पंञ्जिकृत गराउनु पर्थ्यो।
2:2b.LUK.002.002 यो नै पहिलो पल्टको यस्तो जनगणना थियो। कुरेनियस सिरयाको राज्यपाल हुँदा यो भएको हो।
2:3b.LUK.002.003 जम्मै मानिसहरू आफ्नो शहरहरूमा नाउँ पंञ्जिकृत गराउन गए।
2:4b.LUK.002.004 यूसुफ पनि गालीलको नासरत शहरबाट यहूदियाको बेतलेहेम नामक शहरमा गए। बेतलेहेम शहरलाई दाऊदको शहर भनिन्थ्यो।
2:5b.LUK.002.005 यूसुफ पंञ्जिकरणको लागि मरियमसंगै गए किनभने मरियमसंग उसको विवाह निश्चित भइसकेको थियो। मरियम त्यसबेला गर्भवती थिईन्।
2:6b.LUK.002.006 यूसुफ र मरियम बेतलेहेममा हुँदा नै बालक जन्मने समय भएको थियो।
2:7b.LUK.002.007 अनि तिनले जेठो पुत्र जन्माइन्। त्यसबेला धर्मशालाभित्र ठाउँ थिएन। त्यसैले तिनले आफ्नो बालकलाई लुगाहरूले बेरिन् अनि एउटा डूँडमा सुताइन।
2:8b.LUK.002.008 त्यो राती त्यस क्षेत्रमा बाहिर खेतमा केही गोठालाहरू आफ्नो भेडाहरू हेरचाह गरिरहेका थिए।
2:9b.LUK.002.009 परमप्रभुको एउटा दूत यसैबेला तिनीहरूको अघि उभिए। परमप्रभुको महिमा तिनीहरूको चारैतिर चम्किरहेको थियो। ती गोठालाहरू खुबै डराए।
2:10b.LUK.002.010 तर त्यो स्वर्गदूतले तिनीहरूलाई भने, “डराउनु पर्दैन, किनभने म तिमीहरूलाई शुभ-समाचारहरू भन्न लागेकोछु। यसले सबै मानिसहरूलाई अत्यन्त र्हषित तुल्याउनेछ।
2:11b.LUK.002.011 किनभने आज नै दाऊदको शहरमा तिमीहरूको निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ। उहाँ ख्रीष्ट, प्रभु हुनुन्छ।
2:12b.LUK.002.012 उहाँलाई तिमीहरूले यसरी चिन्नेछौः तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डुँडमा सुतिरहेको भेट्टाउनेछौ।”
2:13b.LUK.002.013 त्यसपछि अचानक अनगन्ति र्स्वगिय दूतहरू पहिलो दूतसंग भेला भए। सबै दूतहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरिरहेका गरे।
2:14b.LUK.002.014 सर्वोच्चमा परमेश्वरलाई महिमा। अनि जति मानिसहरूसंग परमेश्वर खुशी हुनुहुन्छ तिनीहरूमा शान्ति रहोस्।”
2:15b.LUK.002.015 ती स्वर्गदूतहरूले गोठालाहरूलाई छोडे अनि स्वर्गतिर प्रस्थान गरे। गोठालाहरूले आपसमा कुरा गरे, “अब हामी बेतलेहेम जाऊँ, अनि के भएको छ हेरौं जसको विषयमा परमप्रभु परमेश्वरले हामीलाई थाहा दिनु भएको छ।”
2:16b.LUK.002.016 तिनीहरू हतारहतार त्यहाँ गए अनि मरियम र यूसुफलाई भेटे अन बालक डूँडमा सुतिरहेको थियो।
2:17b.LUK.002.017 गोठालाहरूले बालकलाई देखे। तब तिनीहरूले यो बालकको विषयमा स्वर्गदूतले जे भनेका थिए सुनाए।
2:18b.LUK.002.018 गोठालाहरूको कुरा सुनेर सबै छक्क परे।
2:19b.LUK.002.019 मरियमले यी सबै कुराहरू आफ्नै हृदयमा राखिन र ती विषयहरूमा सोचिरहिन्।
2:20b.LUK.002.020 गोठालाहरूले तिनीहरूले देखेका र सुनेका घटनाहरूका निम्ति परमेश्वरप्रति प्रशंसा गर्दै र महिमा गाउँदै आफ्ना भेडाहरू भएको ठाँउमा फर्के। स्वर्गदूतले तिनीहरूलाई वर्णन गरे झैं सबै सत्य सावित भयो।
2:21b.LUK.002.021 जब बालक आठ दिनको भयो, उसको खतना गरियो अनि येशू नाउँ राखियो। यो त्यही नाउँ हो जुन बालक गर्भमा आउनअघि नै स्वर्गदूतले भनेका थियो।
2:22b.LUK.002.022 मोशाको व्यवस्था अनुसार जब मरियम र येशूलाई चोख्याउने दिन आइपुग्यो तिनीहरूले बालकलाई परमप्रभु अघि समर्पण गराउन यरूशलेम लगे।
2:23b.LUK.002.023 परमप्रभुको व्यवस्थामा यस्तो लेखिएको छः “यदि कुनै परिवारमा पहिलो सन्तान पुरुष जन्मे ऊ परमप्रभुको निम्ति पवित्र मानिन्छ।”‘
2:24b.LUK.002.024 अनि, “तिमीले एक जोडी ढुकुर अथवा एक जोडी बच्चा परेवा बलिदान स्वरूप प्रदान गर्नुपर्छ।” अनि यसकारण परमप्रभुको व्यवस्था अनुसार यो बलिदान प्रदान गर्न यरूशलेममा गए। शिमियोनले येशूलाई देखे
2:25b.LUK.002.025 शिमियोन नाउँ गरेको एकजना मानिस यरूशलेममा बस्थे। उनी भक्त र खुबै धार्मिकमानिस थिए। उनी इस्राएलको मुक्ति हेर्न प्रतीक्षा गरिरहेगा थिए अनि उनीमा पवित्र आत्मा हुनु हुन्थयो।
2:26b.LUK.002.026 परमप्रभु ख्रीष्टलाई नदेखे सम्म तिमी मर्नेछैनौ भनेर उनलाई पवित्र आत्माले भन्नु भएको थियो।
2:27b.LUK.002.027 आत्माले तिनलाई डोर्याउँदै मन्दिरमा आए। यहूदी नियम अनुसार जे गर्नु पर्ने थियो त्यही गर्नलाई येशूकी आमा र बाबुले बालकलाई मन्दिरमा ल्याए।
2:28b.LUK.002.028 शिमियोनले आफ्नो काखमा बालक लिए अनि परमेश्वरलाई प्रशंसा गरे अनि भनेः
2:29b.LUK.002.029 अब हे परमप्रभु, आफ्नो वचन अनुसार तपाईंको दासलाई शान्ति संग विदा दिनुहोस्।
2:30b.LUK.002.030 किनभने मेरा आँखले तपाईंको उद्धार देखेकाछन्।
2:31b.LUK.002.031 जो तपाईंले नै समस्त राष्ट्रहरूको अघि तयार पार्नुभएको हो।
2:32b.LUK.002.032 तपाईंको पथ प्रदर्शनमा गैरयहूदीहरूको लागी प्रकाश उनी नै हुन। उनले नै तपाईंका मानिसहरूलाई इस्राएलमा ल्याउनेछन्।”
2:33b.LUK.002.033 उनको विषयमा शिमियोनले यस्तो कुरा गरेको देखेर येशूको आमा बाबु छक्क परे।
2:34b.LUK.002.034 त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए अनि मरियम, येशूकी आमालाई भने, “यो बालक इस्राएलमा धेरैजनको उत्थान र पतनको कारण हुनछ। उनी चिन्ह हुनेछन् र जसलाई कतिपयद्वारा अस्वीकार गरिनेछ।
2:35b.LUK.002.035 यसकारण धेरै मानिसहरूको विचारहरू प्रकाशमा आउनेछन्। अनि अउटा तरवाले तिम्रो मुटु पनि छेडेर जानेछ”
2:36b.LUK.002.036 हन्ना, एकजना अगमवादिनी स्त्री पनि त्यहीं मन्दिरमा थिईन्। तिनी आशेर कुलको फनुएलकी छोरी थिईन। हन्ना धेरै बुढी भइसकेकी थिइन्। विवाह गरेर तिनले दाम्पत्य जीवन खालि सात र्वष मात्र बिताइन।
2:37b.LUK.002.037 त्यसपछि तिनको लोग्ने मरेको थियो अनि तिनी विधवा भएकी थिइन् औ अहिले तिनी चौरासी र्वष पुगेकी थिइन्। हन्ना सधैं मन्दिर रहन्थि। उनी कहीं जाँदिन थिइन्। रात दिन उपावस र प्रार्थना गर्दै मन्दिरमा परमेश्वरको आराधाना र्गथिन्।
2:38b.LUK.002.038 ठीक समयमा तिनी त्यो बालकको आमा बाबुकहाँ आई पुग्नि औ परमेश्वरलाई धन्यवाद दिन थालिन्। ती जम्मै ज जसले यरूशलेमको उद्धारको निम्ति अपेक्षा गरिरहेका थिए तिनीहरूसंग उनको विषयमा बात गरिन्।
2:39b.LUK.002.039 यूसुफ र मरियमले परमप्रभुको व्यवस्था अनुसार सबै काम सिद्धाए अनि तिनीहरू गालीलको आफ्नै शहर नासरतमा गए।
2:40b.LUK.002.040 सानो बालक दिनप्रति दिन बढदै गए। उनी बलियो हुँदै गए अनि ज्ञानले भरिए। परमेश्वरको अनुग्रह तिनको साथ थियो।
2:41b.LUK.002.041 निस्तार चाडको बेला प्रत्येक र्वष नै येशूको आमा बाबु यरूशलेम जाने गर्थे।
2:42b.LUK.002.042 जब येशू बाह्र र्वष को हुनुभयो, सधैं झैं उहाँका माता पिता उहाँको साथमा त्यो भोजमा सामेल भए।
2:43b.LUK.002.043 जब भोज सिद्धियो तिनीहरू घर र्फकिरहेका थिए। तर बालक येशू यरूशलेममा नै बस्नु भयो। उहाँको विषयमा आमा -बाबुलाई केही थाहा भएन।
2:44b.LUK.002.044 तिनीहरूले सोचे कि उहाँ अन्य यात्रीहरूसंग हुनुहुन्छ, यसकारण तिनीहरू दिनभरी हिडीरहे । तब उहाँलाई आफ्नो साथी तथा आफन्तहरू माझ तिनीहरूले खोज्न लागे
2:45b.LUK.002.045 तर यूसुफ र मरियमले उहाँलाई तिनीहरू बीचमा नदेख्ता तिनीहरू उहाँलाई खोज्न यरूशलेम फर्के।
2:46b.LUK.002.046 तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा भेटे। येशू मन्दिरमा धार्मिक शिक्षकहरूसंग तिनीहरूका कुराहरू सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै बसिहनु भएको थियो।
2:47b.LUK.002.047 ज-जसले उहाँलाई सुने उहाँको समझ र उत्तरहरूमा छक्क परिरहेका थिए।
2:48b.LUK.002.048 जब उहाँका आमा-बाबुले उहाँलाई भेटे तिनीहरू आश्चर्य चकित भए। उहाँकी आमाले उहाँलाई भनिन्, “पुत्र, तिमीले हामीलाई किन यसो गर्यौ? तिम्रो बाबु अनि म तिमीलाई खोज्दा साह्रै चिन्तित थियौं।”
2:49b.LUK.002.049 तब येशूले तिनीहरूलाई भन्नुभयो, “तपाईंहरूले मलाई किन खोजिरहनु भएको? के तपाईंहरू जान्नु हुन्न कि मेरा पिताको कार्य जहाँ हुन्छ म त्यहीं रहनु पर्छ?”
2:50b.LUK.002.050 तर तिनीहरूले येशूले उनीहरूलाई दिनु भएको उत्तरको अर्थ बुझ्न सकेनन्।
2:51b.LUK.002.051 तब येशू तिनीहरूसंगै नासरत जानु भयो। उहाँले आफ्ना आमाबाबुले भनेका सबै कुराहरू मान्नु भयो। तर उहाँकी आमाले भने अझै त्यही कुराहरूनै मनमा राखिरहेकी थिइन्।
3
3:1b.LUK.003.001 सिजर टिबेरियसको पन्ध्रौं र्वषमा पन्तियस पिलातस यहूदियाका राज्यपाल थिए, अनि जब हेरोद गालीलका शासक थिए तिनको भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए अनि लुसानियास अबलेनका शासक थिए।
3:2b.LUK.003.002 जब अन्नास र कैयाफा प्रधान पूजाहारीहरू भएका थिए उजाड स्थानमा जकरियाको छोरो यूहन्नाले परमेश्वरको वचन पाए।
3:3b.LUK.003.003 तिनी यर्दन नदीको वरिपरिको जम्मै स्थानहरूमा गए। तिनीहरूको पाप मोचनको लागि बप्तिस्मा लिएर हृदय र जीवन परिवर्तन गर्ने बारेमा तिनले मानिसहरूलाई प्रचार गर्दै थिए।
3:4b.LUK.003.004 यी सबै कुराहरू अगमवक्ता यशैयाले लेखेको पुस्तकको वर्णन अनुसार भयोः “उजाड स्थानमा कराइरहेको आवाजः परमप्रभुका निम्ति मार्ग तयार पार। उहाँको पथहरू सोझो पार।
3:5b.LUK.003.005 प्रत्येक खाल्डा पुरिनेछ। अनि हरेक डाँडा र ढिस्का सम्म पारिनेछ, अप्ठेरा बाटोहरू समतल पारिनेछन अनि दुर्गम् बाटोहरू सहज बनाइन्छन्!
3:6b.LUK.003.006 सबै मानिसहरूले परमेश्वरको मुक्तिको दर्शन गर्नेछन्।”‘ यशैया 40:3-5
3:7b.LUK.003.007 यूहन्नाद्वारा बप्तिस्मा लिनलाई मानिसहरू आए। यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरू विषालू साँपहरू जस्तै छौ! तिमीहरूलाई परमेश्वरको क्रोध जो आँउदैछ त्यबाट भाग्न कसले भन्यो?
3:8b.LUK.003.008 तिमीहरूले आफ्नो हृदय परिवर्तन गरसकेकाछौ भन्ने देखाउनलाई उचित कामहरू गर्नुपर्छ। घमण्ड नगर अनि अब्राहामनै हाम्रा पिता हुन् नभन। म तिमीहरूलाई भन्छु कि परमेश्वरले अब्राहामका लागि यी चट्टानहरूबाट पनि सन्तान उत्पन्न गर्न सक्नुहुन्छ।
3:9b.LUK.003.009 रूखहरू काट्नलाई बन्जरो पनि तयार छ। प्रत्येक रुख जसले असल फल फलाउदैन त्यो काटिनेछ अनि आगोमा फालिनेछ।”
3:10b.LUK.003.010 मानिसहरूले यूहन्नालाई सोधे, “हामीले के गर्नु पर्ने हो?”
3:11b.LUK.003.011 यूहन्नाले उत्तर दिए, “यदि तिमीहरूसित दुइवटा दौरा छ भने अर्को नहुनेलाई एउटा देऊ। खानेकुरा छ भने पनि अरूलाई बाँड।”
3:12b.LUK.003.012 कर उठाउनेहरू पनि यूहन्नाकहाँ आए। तिनीहरूले बप्तिस्मालिन चाहँन्थे। तिनीहरूले यूहन्नालाई भने, “गुरुज्यू, हामीले के गर्नु पर्छ?”
3:13b.LUK.003.013 यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरूलाई जति उठाउने आदेश छ त्यो भन्ष्ठ्वदा ज्यादा कर नउठाऊ।”
3:14b.LUK.003.014 कोही सिपाहरूले यूहन्नालाई सोधे, “हामीले चाँहि के गर्ने?” यूहन्नाले तिनीहरूलाई भने, “बलपूर्वक मानिसहरूबाट पैसा नलेउ। कसैको बारेमा झुटो नबोल। आफुले कमाएको जे जति पैसा छ त्यसैमा सन्तुष्ट होऊ।”
3:15b.LUK.003.015 सबै मानिसहरु ख्रिष्ट आउनु हुन्छ भन्ने प्रतिक्षामा थिए अनि यूहन्नाको बारेमा अचम्म मानिरहेका थिए। तिनीहरुले सोचे, “के उहाँनै ख्रिष्ट हुनुहुन्छत?”
3:16b.LUK.003.016 यूहन्नले प्रत्येकलाई उत्तर दिए, “म तीमीहरूलाई पानीद्वार बप्तिस्मा दिन्छु तर म पछि जुन एकजना आउनु हुनेछ उहाँले मैले भन्दा धेरै महान कार्य गर्न सक्नु हुन्छ। म उहाँको जुत्ताको फिता मात्र पनि खोल्ने योग्यको छैन। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा गर्नु हुनेछ। उहाँ खला सफा पार्नु तयार हुनुहुन्छ। उहाँले राम्रो अन्नालाइ भूसदेखि अलग पार्नु हुनेछ। उहाँले असल अन्नालाई उहाँको ढुकुटीमा थुपार्नु हुनेछ। अनि नराम्रो जति उहाँले कहिल्यै ननिभ्ने आगोमा जलाइदिनु हुनेछ।”
3:18b.LUK.003.018 त्यसपछि तिनले मानिसहरूलाई धेरै अरू कूराहरूले उत्साह दिए अनि सुसमाचारहरू उनीहरूलाई भने। यूहन्नाले सुसमाचाहरू लगातार सुनाउन थाले।
3:19b.LUK.003.019 हेरोदले आफ्नो भाइकी पत्नी हेरोदियाससँग अनैतिक सम्बन्ध राखेकोले यूहन्नाले शासक हेरोदलाई झपारेका थिए, हेरोदले गरेको अरू पनि धेरै दुष्ट कार्यहरूका निम्ति यूहन्नाले उसलाई झपारेका थिए।
3:20b.LUK.003.020 हेरोदले त्यस्तै नराम्रो काम गरेको थियो उसले यूहन्नालाई झ्यालखानामा पनि थुनेको थियो। हेरोदले गरेको नराम्रो कामहरूमा यो एउटा थप हो।
3:21b.LUK.003.021 जब सबै मानिसहरूलाई बप्तिस्मा गराइयो, येशू पनि आउनु भयो अनि बप्तिस्मा लिनु भयो। येशूले प्रार्थना गरिरहनू भएको बेला आकाश खोलियो।
3:22b.LUK.003.022 अनि शारीरिक रूपमा ढुकुर झैं उहाँमाथि पवित्र आत्मा आउनुभयो। त्यसपछि स्वर्गबाट एउटा आवाज आयो, “तिमी मेरा पुत्र हौ अनि म तिमीलाई प्रेम गर्छु। म तिमीसंग अत्यन्त आनान्दित छु।”
3:23b.LUK.003.023 जब येशूले आफ्नो कार्य गर्न थाले त्यसबेला उहाँको उमेर झण्डै तीस र्वष पुगेको थियो। मानिसहरूले सोचेका थिए येशू यूसुफको पुत्र हुनुहुन्छ। यूसुफ एलीका पुत्र थिए।
3:24b.LUK.003.024 एली मत्तातका पुत्र थिए। मत्तात लेवीका पुत्र थिए। लेवी मल्कीका पुत्र थिए। मल्की यान्नाका पुत्र थिए। यान्ना यूसुफका पुत्र थिए।
3:25b.LUK.003.025 यूसुफ मत्तायियासका पुत्र थिए। मत्ताथियास आमोसका पुत्र थिए। आमोस नहूमका पुत्र थिए। नहूम इसलीका पुत्र थिए। इसली नग्गैका पुत्र थिए।
3:26b.LUK.003.026 नग्गै माथका पुत्र थिए। माथ मत्ताथियासका पुत्र थिए। मत्ताथियास सेमैनका पुत्र थिए। सेमैन योसेखका पुत्र थिए। योसेख योदाका पुत्र थिए।
3:27b.LUK.003.027 योदा योहन्नका पुत्र थिए। योआनन रेसाका पुत्र थिए। रेसा यरूबाबेल का पुत्र थिए। यरूबाबेल शालतिएलका पुत्र थिए शालतिएल नेरीका पुत्र थिए।
3:28b.LUK.003.028 नेरी मल्कीका पुत्र थिए। कोसाम एलमादमका पुत्र थिए। अद्दी कोसामका पुत्र थिए। कोसाम एलमादमका पुत्र थिए। एलमादम एरका पुत्र थिए।
3:29b.LUK.003.029 एर यहोशूका पुत्र थिए। यहोशू एलिएजरका पुत्र थिए। एलीएजर योरीमका पुत्र थिए। योरीम मत्तातका पुत्र थिए। मत्तात लेवीका पुत्र थिए।
3:30b.LUK.003.030 लेवी शिमियोनका पुत्र थिए। शिमियोन यहूदाका पुत्र थिए। यहूदा यूसुफका पुत्र थिए। यूसुफ योनानाका पुत्र थिए। योनान एल्याकीमका पुत्र थिए।
3:31b.LUK.003.031 एल्याकीम मलेआकाम पुत्र थिए। मलेआ भिन्नाका पुत्र थिए। भिन्ना मत्ताथाका पुत्र थिए। मत्ताथा नातानका पुत्र थिए। नातान दाऊदका पुत्र थिए।
3:32b.LUK.003.032 दाऊद यिशैका पुत्र थिए। यिशै ओबेदका पुत्र थिए। ओबेद बोअजका पुत्र थिए। बोअज सल्मोनका पुत्र थिए। सल्मोन नहशोनका पुत्र थिए।
3:33b.LUK.003.033 नहशोम अम्मीनादबका पुत्र थिए। अम्मीनादाब आरामका पुत्र थिए। आराम हेस्रोनका पुत्र थिए। हेस्रोन फारेसका पुत्र थिए। फारेस यहूदाका पुत्र थिए।
3:34b.LUK.003.034 यहूदा याकूबका पुत्र थिए। याकूब इसहाकका पुत्र थिए। इसहाक अब्राहामका पुत्र थिए। अब्राहाम तेरहका पुत्र थिए। तेरह नाहोरका पुत्र थिए।
3:35b.LUK.003.035 नाहोर सरूगका पुत्र थिए। सरूग रऊका पुत्र थिए। रऊ पेलेगका पुत्र थिए। पेलेग एबेरका पुत्र थिए। एबेर शेलहका पुत्र थिए।
3:36b.LUK.003.036 शेलह केनानक पुत्र थिए। केनान अर्पक्षदक पुत्र थिए। अर्पक्षदक शेमका पुत्र थिए। शेम नूहका पुत्र थिए। नूह लेमेखका पुत्र थिए।
3:37b.LUK.003.037 लेमेख मतूशेलहका पुत्र थिए। मतूशेलह हनोकका पुत्र थिए। हनोक येरेदका पुत्र थिए। येरेद महलालेलका पुत्र थिए। महलालेल केनानका पुत्र थिए।
3:38b.LUK.003.038 केनान एनोशका पुत्र थिए। एनोश शेतका पुत्र थिए। शेत आदमका पुत्र थिए। आदम परमेश्वरका पुत्र थिए।
4
4:1b.LUK.004.001 येशू यर्दन नदीदेखि र्फकिनुभयो। उहाँ पवित्र आत्माले भरिपूर्ण हुनुहुन्थो। त्यो आत्माले उहाँलाई उजाडस्थान तिर डोर्यायो।
4:2b.LUK.004.002 त्यहाँ चालीस दिनसम्म उहाँलाई शैतानले परिक्षा लियो। उहाँले त्यसबेला केही पनि खानु भएन। जब ती दिनहरू बिते, उहाँ खुबै भोकाउनु भयो।
4:3b.LUK.004.003 शैतानले उहाँलाई भन्यो, “यदि तिमी परमेश्वरको पुत्र हौ भने, यो ढुङ्गालाई रोटी बनिने आज्ञा देऊ।”
4:4b.LUK.004.004 उहाँले उत्तर दिनुभयो, “धर्माशास्त्रमा यो लेखिएको छः रोटी खाएर मात्र मानिसहरू जीउँदो रहँदैन।” व्यवस्था 83
4:5b.LUK.004.005 तब शैतानले येशूलाई एउटा अग्लो ठाँउमा लग्यो अनि एकै क्षण्मा पृथ्वीभरी रहेका सवै राज्यहरू देखायो।
4:6b.LUK.004.006 तब शैतानले येशूलाई भन्यो, “म तपाँईलाई यी सबै राज्यहरूको अधिकार, शक्तिहरू र तिनीहरूमा भएको गौरवसंगै दिनेछु। यी सबै मलाई दिइएको छ। म यी सब कसैलाई पनि दिनसक्छु।
4:7b.LUK.004.007 यदि तपाँईले मलाई उपासना गरे म यी सब तपाईंलाई दिनेछु।”
4:8b.LUK.004.008 उहाँले उत्तर दिनुभयो, “धर्मशास्त्रमा यो लेखिएको छ ‘तिमीले परमप्रभु तिम्रो परमेश्वरको उपासना गर्नु पर्छ। अनि उहाँको मात्र सेवा गर्नुपर्छ!”‘ व्यवस्था 6:13
4:9b.LUK.004.009 तब त्यो शैतानले येशूलाई यरूशलेममा पुर्यायो अनि उहाँलाई मन्दिरको टुप्पामा उभ्यायो। त्यसले येशूलाई भन्यो, “यदि तपाँई परमेश्वरको पुत्र हुनुहुनछ भने यहाँबाट फाल हान्नु होस्!
4:10b.LUK.004.010 किनभने धर्मशास्त्रमा यो लेखिएको छः ‘उहाँले तिम्रो रक्षाको लगि आफ्नो स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ।’
4:11b.LUK.004.011 यो पनि लेखिएको छ तिनीहरूले तिमीलाई हातहातै थाम्मनेछन्, जसद्वारा तिम्रो पाउ ढुङ्गामा बजारिने छैन।”‘ भजनसंग्रह 91:11
4:12b.LUK.004.012 येशूले उत्तर दिनु भयोः “यो पनि धर्मशास्त्रमा भनिएको छः परमप्रभु तिम्रो परमेश्वरको परीक्षा लिनु हुँदैन।”‘ व्यवस्था 6:16
4:13b.LUK.004.013 शैतानले येशूलाई प्रत्येक पक्षबाट सताई सके पछि उसको अनुकूल समय नआउन्जेल सम्मका निम्ति छोडेर गयो।
4:14b.LUK.004.014 येशू पवित्र आत्माको शक्ति लिएर गालीलमा फर्कूनु भयो। गालीलभरि उहाँको बारेमा समचारहरू फैलियो।
4:15b.LUK.004.015 उहाँले तिनीहरूको सभा घरहरूमा सिकाउन शुरू गर्नुभयो। सबै मानिसहरूले उहाँको प्रशंसा गरे।
4:16b.LUK.004.016 येशूले आफु हुर्केको शहर नासरतको पनि यात्रा गर्नु भयो। विश्रामको दिनमा अघि झैं उहाँ सभाघरमा जानु भयो। उहाँ त्यहाँ (धर्मग्रन्थबाट) केही पढनलाई उभिनु भयो।
4:17b.LUK.004.017 यशैया अगमवक्ताद्वारा लेखिएको ग्रन्थ उहाँलाई दिईएको थियो। उहाँले ग्रन्थ पल्टाउनु भयो अनि एक ठाउँ जहाँ निम्नलिखित कुरा लेखिएको भेट्टाउनु भयोः
4:18b.LUK.004.018 परमप्रभुको आत्मा ममथि छ। परमेश्वरले मलाई अभिषेक गर्नुभएकोछ, केही पनि नभएका मानिसहरूमा सुसमाचारहरू सुनाउनलाई परमेश्वरले मलाई घोषणा गर्नु पठाउनु भएकोछ, कैदीहरूलाई मुक्त पार्न अनि अन्धो मानिसहरूलाई देख्न सक्ने पार्न अनेकौं यातनामा पिल्सिएका मानिसहरूलाई मुक्त पार्न परमेश्वरले मलाई पठाउनु भएकोछ।
4:19b.LUK.004.019 अनि घोषणा गर्न कि आफ्नो मानिसहरूलाई बचाउन परमप्रभुको उचित समय आएको छ।” यशैया 61:1-2
4:20b.LUK.004.020 उहाँले ग्रन्थ बन्द गर्नुभयो। उहाँले त्यो ग्रन्थ सहयोगीलाई दिएर त्यहीं बस्नुभयो। सभा घरमा भएका प्रत्येक मानिसले उहाँ लाई हेरिरहेका थिए।
4:21b.LUK.004.021 येशू तिनीहरूसंग बोल्न थाल्नु भयो उहाँले भन्नु भयो, “मैले तिमीहरू अघि जो धर्मग्रन्थको अंश पढे त्यो आज पढदै गर्दा नै पूर्ण भयो।”
4:22b.LUK.004.022 सबै मानिसहरूले येशूको प्रसंशा गरे। उहाँको मिठासपूर्ण शब्दहरूमा तिनीहरू छक्क परे। तिनीहरूले भने, “कसरी उहाँले यसरी बोल्नु सक्नु भएको? के उहाँ यूसुफका पुत्र हुनुहुन्न?’
4:23b.LUK.004.023 येशूले तिनीहरूलाई भन्नु भयो, “म जान्दछु कि तिमीहरूले मलाई यो उखान भन्नेछौ, ए वैध! आफैंलाई निको पार।’ तिमीले आफ्नै शहरमा पनि त्यही गर।”‘
4:24b.LUK.004.024 त्यसपछि उहाँले भन्नु भयो, “म तिमीहरूलाई साँचो भन्दछु। अगमवक्तालाई आफ्नै गाँउ शहरमा कहिल्यै स्वीकार गरिदैन।
4:25b.LUK.004.025 म जे भन्दैछु त्यो साँचो हो। एलियाको समयमा साढे तीन र्वषसम्म इस्राएलको जमीनमा ठूलो अनिकाल पर्यो। सारा देशमा कतै पनि खाने कुरा थिएन। त्यसबेला इस्राएलमा विधवाहरू थुप्रै थिए।
4:26b.LUK.004.026 तर एलियालाइ ती कुनै विधवाकोमा पठाइएन। सीदोन प्रदेशको सारपत भन्ने ठाउँमा चाँहि एलियालाई एउटी विधवाकोमा पठाइयो।
4:27b.LUK.004.027 अनि अगमवक्ता एलिशाको समयमा इस्राएलमा धेरै कोडका रोगीहरू थिए। तर नामान बाहेक कसैलाई पनि निको पारिएन। अनि नामान इस्राएलवासी नभई सिरियावासी थिए।”
4:28b.LUK.004.028 सबै मानिसहरू जो सभा घरमा थिए यो कुराहरू सुने अनि साह्रै रिसाए।
4:29b.LUK.004.029 मानिसहरू उठे अनि येशूलाई शहर छाडनु वाध्य गराए। तिनीहरूको शहर एउटा टाकूरामा अवस्थित थियो। तिनीहरूले येशूलाई टाकुराको किनारामा पुरयाए अनि तिनीहरू उहाँलाई तल खसाल्न चाहन्थे।
4:30b.LUK.004.030 तर उहाँ तिनीहरूको माझबाट निस्केर जानु भयो। : 21-28)
4:31b.LUK.004.031 गालीलको कफर्नुहम भन्ने शहरमा येशू जानु भयष्ठ्वो। उहाँले विश्रामको दिन मानिसहरूलाई शिक्षा दिनु भयो।
4:32b.LUK.004.032 तिनीहरू येशूको शिक्षामा छक्क पर्थे कारण उहाँ अधिकारसित सिकाउँनुहुन्थ्यो।
4:33b.LUK.004.033 सभाघरमा एकजाना दुष्टआत्मा लागेको मानिस थियो। त्यो मानिस ठूलो स्वरमा चिच्यायो।
4:34b.LUK.004.034 हे नासरतको येशू! हामीबाट तपाईं के चाहनुहुन्छ? के हामीलाई नाश गर्नु तपाईं यहाँ आउनष्ठ्वु भएको हो? म तपाईंलाई जान्दछु परमेश्वरका एक पवित्र जन्।”
4:35b.LUK.004.035 तर येशूले त्यो दुष्टात्मालाई हकार्नु भयो, “चूप लाग्। यो मानिसदेखि निस्कि हाल्।” त्यो दुष्टआत्माले मानिसहरूकै अघिपट्टि त्यो मानिसलाई भूँइमा पछारिदियो। त्यसपछि दुष्ट आत्माले त्यो मानिसलाई केही नोक्सान नगरी छाडी दियो।
4:36b.LUK.004.036 सबै मानिसहरू छक्क परे अनि आपसमा कुरा गरे, “यसको अर्थ के हो? येशूले त अधिकार अनि शक्तिसित दुष्ट आत्माहरूलाई निस्कन आज्ञा गर्नु हुन्छ औ तिनीहरू पनि निस्की हाल्छन्।”
4:37b.LUK.004.037 त्यसपछि त्यस इलाकाको प्रत्येक ठाऊँमा येशूको कीर्ति फैलियो।
4:38b.LUK.004.038 येशूले सभा घर छाडनु भयो। उहाँ शिमोनको घरमा जानु भयो। शिमोनको सासू कडा ज्वरोले सिकिस्त बिमारी थिईन्। तिनीहरूले उहाँलाई तिनका निम्ति केही गरिदिनुहोस् भनी विन्ती गरे।
4:39b.LUK.004.039 येशू तिनको नजिक जानु भयो अनि जरोलाई हट्ने आज्ञा दिनु भयो। जरो झट्टै हरायो। तब तिनी उठिन अनि तिनीहरूको सेवामा लागिन्।
4:40b.LUK.004.040 घाम अस्ताउन लागदा सबै मानिसहरू ज-जसका आफ्ना मानिसहरू बिरामीहरू थिए तिनीहरूलाई येशूकहाँ ल्याए। तिनीहरू बेग्ला बेग्लै रोगले पीडीत थिए। उहाँले प्रत्येक बिरामीलाई छुनु भयो अनि तिनीहरूलाई जाती पार्नु भयो।
4:41b.LUK.004.041 धेरै मानिसहरूदेखि भूतहरू बाहिर निस्के। तिनीहरू चिच्याउँदै थिए, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर उहाँले ती भूतहरूलाई चूप बस्ने आज्ञा दिनु भयो। येशू नै ख्रीष्ट हुनुहुन्थ्यो भनेर भूतहरूले जानेका थिए।
4:42b.LUK.004.042 अर्को दिन येशू एकान्त ठाउँमा जानुभयो। तर भीडले उहाँलाई खोजिरहेको थियो औ उहाँ भएको जग्गामा तिनीहरू आए। जब तिनीहरूले येशूलाई देखे, तिनीहरूले उहाँलाई तिनीहरूलाई नछाडनु भनि विन्ती गर्दैं थिए।
4:43b.LUK.004.043 तर येशूले तिनीहरूलाई भन्नु भयो, “मैले अरू शहरहरूमा पनि परमेश्वरको राज्य को बारे सुसमाचारहरु भन्नु पर्छ। यसैकारण मलाई फठाइएको छ।”
4:44b.LUK.004.044 तब येशूले यहूदियाका सभा घरहरूमा प्रचार गर्नु भयो।
5
5:1b.LUK.005.001 येशू गेनेसरेत झीलको किनारमा उभिनु भयो। उहाँको वरिपरि धेरै मानिसहरू भीड लाग्दै थिए। तिनीहरू परमेश्वरको वचन सुन्न चाहन्थे।
5:2b.LUK.005.002 येशूले झीलको किनारमा दुइवटा डुङ्गा देख्नु भयो। माछावालाहरू डुङ्गाबाट निस्केर तिनीहरूको माछा मार्ने जालहरू धुँदै थिए।
5:3b.LUK.005.003 उहाँ एउटा डुङ्गामा छढनु भयो जुन शोमोनको थियो अनि उसलाई त्यो डुङ्गालाई किनारको अलिक छेउमा लाउन लागाउनु भयो। तब उहाँ त्यसमा बस्नु भयो अनि मानिसहरूलाई सिकाउन थाल्नु भयो।
5:4b.LUK.005.004 जब येशूले आफ्नो भनाई सक्नु भयो, उहाँले शिमोनलाई भन्नु भयो, “यो डुङ्गालाई गहिरो पानी तिर लैजाऊ अनि माछा मार्नु जाल फिजाऊ।”
5:5b.LUK.005.005 शिमोनले उत्तर दिए, “गुरूज्यू हामीले सारा रात परिश्रम गर्यौ र पनि एउटै माछा समात्न सकेनौं। तर किनभने तपाईंले भन्नुभयो, म जाल फिजाउँछु।”
5:6b.LUK.005.006 तिनीहरूले आफ्नो जाल पानीमा फ्याँके। तिनीहरूको जाल भरी माछ परेर जाल फाट्न आँटेको थियो।
5:7b.LUK.005.007 तिनीहरू अरू डुङ्गामा भएका आफ्ना साझेदारहरूलाई पनि सहायताको लागी संकेत दिए। साझेदारहरू आए अनि डुङ्गामा यति माछा लादे कि डुङ्गाहरू डुब्न थाले।
5:10b.LUK.005.010 जब्दीका पुत्रहरू याकूब र यूहन्ना पनि छक्क परे। याकूब र यहून्ना शिमोनसंगै माछा मार्दैं थिए। येशूले शिमोनलाई भन्नुभयो, “डराउनु पर्दैन अब उसो तिमीहरू माछा मार्ने छैनौ तर मानिसहरू समात्ने छौ।”
5:11b.LUK.005.011 तिनीहरूले आफ्ना डुङ्गाहरू किनारमा ल्याए। अनि तिनीहरूले ती सबै छोडेर येशूको पछि लागे।
5:12b.LUK.005.012 जब एकपल्ट येशू एउटा शहरमा हुनुहुन्थ्यो, त्यहाँ एउटा शरीर कोढीले पीडीत मानिस पनि थियो। जब त्यसले येशूलाई देख्यो, उहाँ अघि निहुरिएर विन्ती गर्न लाग्यो, “हे प्रभु, मलाई निको पारिदिनुहोस्। म जान्दछु तपाईंले चाहनु भयो भने मलाई जाती पार्नु सक्नु हुन्छ।”
5:13b.LUK.005.013 येशूले भन्नु भयो, “म तिमीलाई निको पार्न चाहन्छु। निको होऊ!” त्यसपछि उहाँले त्यस मानिसलाई छुनु भयो। झट्टै कोढले छोढयो।
5:14b.LUK.005.014 येशूले तिनलाई आदेश दिनु भयो, “यस्तो भएको कुरा कसैलाई नभन्नु। तर आफै गएर पूजाहारीलाई देखाउनु मोशाले भने झैं आफु निको भएकोमा परमेश्वरलाई बलि चढाउनु। यसबाट तिमी निको भएको प्रमाण हुन्छ।”
5:15b.LUK.005.015 तर येशूको विषयमा समाचार अझ प्रचार हुँदै गयो। धेरै मानिसहरू उहाँकहाँ सुन्न आँउथे र बिमार निको भएर जान्थे।
5:16b.LUK.005.016 येशू प्रायः नै एकान्त ठाउँमा प्रार्थना गर्नुहुन्थ्यो।
5:17b.LUK.005.017 एक दिन येशूले मानिसहरूलाई शिक्षा दिंदैं हुनुहुन्थ्यो, फरिसीहरू र शास्त्रीहरू पनि त्यहीं नै बसिरहेका थिए। तिनीहरू यरूशलेम, यहूदिया र गालिलका सबै शहरहरूबाट आएका थिए। परमप्रभुले उनलाई निको पार्ने शक्ति दिनुभएको थियो।
5:18b.LUK.005.018 एकजना पक्षघातको रोगी त्यहाँ एउटा खाटमा लिएर आए अनि तिनीहरूले भित्र ल्याउने र येशूको अघि राख्ने चेष्टा गर्दैं थिए।
5:19b.LUK.005.019 तर त्यहाँ मानिसहरूको त्यत्ति भीड थियो कि येशू भएकहाँ पुग्नलाई बाटो थिएन। त्सकारण ती मानिसहरू घरको छानामाथि चढे अनि केही झिंगटीहरू हटाएर प्वालबाट त्यो विमारी मानिसहरूलाई उसको खाटसँगै भीडको बिचमा र येशूको अघि ओह्याले।
5:20b.LUK.005.020 तिनीहरूको अटल विश्वास देखेर उहाँले भन्नु भयो, “मित्र, तिम्रो पापहरू क्षमा भयो।”
5:21b.LUK.005.021 तब शास्त्रीहरू र फरिसीहरू आपसमा बात गर्न लागे, “यो मानिस को हो? उसले जे भन्दैछ, परमेश्वर को विरोधमा भन्दैछ। केवल परमेश्वरले मात्र पापीहरूलाई क्षमा गर्न सक्नुहुन्छ।”
5:22b.LUK.005.022 तर येशूले तिनीहरूले के सोचे थाहा पाउनु भयो। उहाँले भन्नु भयो, “तिमीहरू मनमा यस्तो प्रश्नहरू किन गर्दछौ?
5:23b.LUK.005.023 कुन चाँहि सजिलो छः तिम्रो पाप क्षमा भन्नु अथवा उठ अनि जाऊ भन्नु ?
5:24b.LUK.005.024 तर म तिमीहरूलाई देखाउँनेछु कि पृथवीमा मानिसको पुत्रलाई पापहरू क्षमा गर्ने अधिकार छ।” तब उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, “म तिमीलाई भन्दछु , उठ, तिम्रो बिछौना बाँध अनि घर जाऊ।”
5:25b.LUK.005.025 सबैको अघि त्यो तुरन्तै उठ्यो र आफ्नो बिछ्यौना च्याप्यो अनि परमेश्वरको प्रशंसा गर्दैं घरतिर लाग्यो।
5:26b.LUK.005.026 सबै मानिसहरू चकित भए। अनि परमेश्वरको प्रशंसा गर्न थाले। तिनीहरू भयभित भए अनि भने, “हामीले आज अचम्मका कुरा देख्यौं।”
5:27b.LUK.005.027 यसपछि येशू बाहिर जानु भयो अनि कर-कार्यालयमा एकजना कर-संग्रहकर्त्तालाई बसिरहेको देख्नु भयो। त्यसको नाउँ लेवी थियो। येशूले त्यसलाई भन्नु भयो, “मेरो पछि लाग।”
5:28b.LUK.005.028 लेवी जुरूक्क उठ्यो अनि सबै कुरा छोडेर येशूको पछि लाग्यो।
5:29b.LUK.005.029 तब लेवीले येशूका निम्ति आफ्नो घरमा ठूलो भोजको आयोजन गरे। त्यहाँ कर उठाउनेहरू र अरू मानसहरूको पनि ठूलो भीड थियो जो तिनीहरूसंगै मेजमा खाँदथे,
5:30b.LUK.005.030 तर फरिसहरू र तिनीहरूका शास्त्रीहरू उहाँको चेलाहरूको विरुद्धमा यसो भन्दै गनगनाउन लागे, “तिमीहरू कर उठाउनेहरू र पापीहरूसित किन खान पीन गर्छौ?”
5:31b.LUK.005.031 येशूले उत्तर दिनु भयो, “निरोगीलाई वैद्यको आवश्यक पर्दैन, तर रोगीहरूलाई मात्र वैद्यको आवश्यकता पर्छ।
5:32b.LUK.005.032 म धार्मिक मानिसहरूलाई बोलाउनु आएको होइन, म त पापीहरूलाई तिनीहरूका हृदय र रहन सहन परिवर्तन गर भनी अह्राउनु यहाँ आएको हुँ।”
5:33b.LUK.005.033 तिनीहरूले येशूलाई भने, “फरिसीहरूले झैं यूहन्नाको चेलाहरूले पनि समय समयमा उपवास र प्रार्थना गर्दछन्। तर तपाईंको चेलाहरू त सँधैं खान्छन् र पिउँछन्।”
5:34b.LUK.005.034 येशूले तिनहरूलाई भन्नुभयो, “कुनै पनि विवाहमा, जन्तीहरूलाई दुलहा तिनीहरूका साथमा बसुन्जेल उपवास बस्न सक्तैन।
5:35b.LUK.005.035 तर समय यस्तो आउँछ जब दुलहा तिनीहरूबाट छुट्टिनु पर्दछ। त्यस समय तिनीहरू उपवास बस्नेछन्।”
5:36b.LUK.005.036 येशूले तिनीहरूलाई यो दृष्टान्त सुनाउनु भयोः “कुनै मानिसले नयाँ लुगा च्यातेर पुरानो लुगा टाल्दैन। किन? किनभने त्यसो गरे नयाँ लुगा बिग्रन्छ, अनि टालेको टुक्रा पुरानो लुगासंग मिल्दैन।
5:37b.LUK.005.037 कसैले पनि नयाँ दाखरसलाई पुरानो दाखरसको मशकमा भर्दैंन। किन? किनभने नयाँ दाखरसले मशकहरू फुटाउँछ, जसले गर्दा दाखरस चुहेर जान्छ औ मशकहरू पनि नष्ट हुन्छ।
5:38b.LUK.005.038 मानिसहरूले सधैं नयाँ दाखरसलाई नयाँ मशकामा राख्छन्।
5:39b.LUK.005.039 कसैले पनि पुरानो दाखरस पिए पछि नयाँ दाखरस पिउन खोज्दैन। किनभने उसले भन्छ, पुरानो दाखरस नै असलछ।”
6
6:1b.LUK.006.001 एक समय, विश्रामको दिनमा येशू अन्नको खेत भएर जाँदै हुनुहुन्थयो। उहाँका चेलाहरूले अन्नाका बालाहरू टिप्दै तिनीहरूको हातमा माँडेर खाए।
6:2b.LUK.006.002 कोही फरिसीहरूले भने, “तिमीहरू किन त्यसो गर्दैंछौ? विश्रामको दिनमा यसो गर्नु मोशाको व्यवस्थाको विरुद्ध हो?”
6:3b.LUK.006.003 येशूले उत्तर दिनुभयो, “तिमीहरूले पढेका छैनौ, दाऊदले जब तिनी र तिनीसित हुनेहरू भोकाएका थिए तब क गरेका थिए?
6:4b.LUK.006.004 दाऊद परमेश्वरका घर गए अनि तिनले परमेश्वरलाई चढाएको रोटी लिए अनि खाए। अनि तिनले रोटीहरू आफूसंग हुने मानिसहरूलाई बाँडे। वास्तवमा यो मोशाको व्यवस्था विरुद्ध थियो। व्यवस्था अनुसार केवल पूजाहारीरूलाई मात्र यस्तो रोटी खाने अनुमति छ।”
6:5b.LUK.006.005 अनि येशूले फरिसीहरूलाई भन्नुभयो, “मानिसका पुत्र नै विश्राम दिनको प्रभु हुन्।”
6:6b.LUK.006.006 अर्को एक विश्रामको दिन येशू सभा घरमा जानु भयो। उहाँले मानिसहरूलाई शिक्षा दिनु भयो। एकजना दाहिने हात सुकेको मानिस त्यहाँ थियो।
6:7b.LUK.006.007 शास्त्रीहरू र फरिसीहरू त्यो विश्रामको दिन पनि येशूले कसैलाई निको पार्छन् कि भनेर हर्दैं बसिरहेका थिए। तिनीहरू चाहन्थे येशूबाट केही भूल होस् अनि उनलाई दोष लगाउन पाइयोस्।
6:8b.LUK.006.008 तर येशूले तिनीहरूले के विचार गर्दैंछन् भनी बुझी हाल्नु भयो। उहाँले त्यो सुकेको हात भएको मानिसलाई भन्नुभयो, “उठ , अनि यी मानिसहरूको अघाडि उभ।” यसकारण त्यो मानिस जुरूक्कै उठ्यो अनि त्यहाँ उभियो।
6:9b.LUK.006.009 येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई सोध्दछु विश्रामको दिन के काम गर्न उचित होलाः राम्रो वा नराम्रो? प्राण बँचाउनु वा नाश गर्नु?”
6:10b.LUK.006.010 येशूले ती वरिपरि बसेका सबैलाई हेर्नु भयो। अनि त्यस मानिसलाई भन्नु भयो, “खोई मलाई तिम्रो हात हेर्न देऊ।” त्यस मानिसले उहाँलाई हात देखायो। त्यसको हात तुरन्तै निको भइहाल्यो।
6:11b.LUK.006.011 फरिष्ठ्वसीहरू र शास्त्रीहरू साह्रै रिसाए। तिनीहरू आपसमा र्तक गर्न लागे, “येशूलाई हामीले के गर्नु पर्ने हो?”
6:12b.LUK.006.012 त्यस समयमा येशू एउटा डाँडामा गएर प्रार्थना गर्ने गर्नु हुन्थ्यो। सारा रात उहाँले प्रार्थना गरेर बिताउनु हुन्थ्यो।
6:13b.LUK.006.013 भेलिपल्ट बिहान, उहाँले आफ्नो चेलाहरूलाई उहाँले तिनीहरूलाई “प्रेरित” नाउँ दिनु भुयो। तिनीहरू थीएः
6:14b.LUK.006.014 शिमोन (येशूले तिनलाई पत्रुस नाउँ राख्नु भएको थियो) र आन्द्रियास पत्रुसको भाई, याकूब र यूहन्ना, फिलीप र बर्थुलमाई,
6:15b.LUK.006.015 मत्ती, थोमा, याकूब अल्फाइको छोरो,) अनि शिमोन (जसलाई जेलोट पनि भनिन्छ),
6:16b.LUK.006.016 यहूदा (याकूबको छोरो) अनि यहूदा इस्करयोती। यो यहूदा नै तीमध्ये एकजना हो जसले येशूलाई शत्रुहरूको हातमा सुम्पेको थियो। (मत्ती 423-23; 51-12)
6:17b.LUK.006.017 येशू र प्रेरितहरू डाँडाबाट ओर्लेर आए। उहाँ त्यहीं एउटा सम्म जग्गामा उभिनु भयो। उहाँका चेलाहरूको एउटा ठुलो भीड त्यहाँ थियो। अनि टायर र सायडन सागर तटका शहरहरूबाट र यहूदियाका सबै ठाउँबाट, यरूशलेमबाट आएका धेरै मानिसहरू पनि त्यहाँ थिए।
6:18b.LUK.006.018 तिनीहरू सबै त्यहाँ उहाँबाट सुन्न र आफुलाई निरोगी पार्न आएका थिए। उहाँले शैतान दुष्टात्माले पीडित मानिसहरूलाई निको पारिदिनु भयो।
6:19b.LUK.006.019 सबैले येशूलाई छुने चेष्टा गरिरहेका थिए किनभने ती सबैलाई निको पार्दै उहाँबाट शक्ति बाहिर निस्किरहेथ्यो।
6:20b.LUK.006.020 उहाँले आफ्ना चेलाहरूलाई हेर्नु भयो अनि भन्नु भयो, हे दीन मानिसहरू, तिमीहरूलाई आशीर्वाद छ, किनभने परमेश्वरको राज्य तिमीहरूकै हो।
6:21b.LUK.006.021 तिमीहरू, जो अहिले भोकाएका हरूलाई पनि आशीर्वाद छ, किनभने तिमीहरू तृप्त हुनछौ। तिमीहरू, जो अहीले रोइरहेकाहरूलाई आशीर्वाद छ किनभने तिमीहरू खुशीसंग हाँस्नेछौ।
6:22b.LUK.006.022 मानिसको पुत्रको कारण यदि तिमीहरूलाई मानिसहरूले घृणा गरे, आफ्नो समूहबाट निकाली दिए, तीनीहरूले निन्दा गरे, तिनीहरूले तिमीहरूलाई अस्वीकारे तिमीहरू धन्य हौ।
6:23b.LUK.006.023 त्यसबेला रमाऊ अनि खुशीले उफ्र, किनभने स्वर्गमा तिमीहरूले ठूलो इनाम पाउनेछौ। तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई त्यसै गरेथे, त्यसरीनै ती मानिसहरूले तिमीहरूलाई पनि त्यही व्यवहार गर्नेछन्।
6:24b.LUK.006.024 तर धनी मानिसहरू हो! तिमीहरूलाई धिक्कार किनभने तिमीहरूले सुखी जीवन भोगेकाछौ।
6:25b.LUK.006.025 तिमी अघाएकाहरूलाई, धिक्कार! किनभने तिमीहरू भोकाउनेछौ। तिमी अहिले हाँसिरहेकाहरूलाई, धिक्कार! किनभने तिमीहरू शोकगर्नु र रूनु पर्नेछ।
6:26b.LUK.006.026 “धिक्कार! तिनीहरूको बारेमा मानिसहरूद्वारा प्रशंसा गरिऐको भए पनि, किनभने तिनीहरूका पुर्खाहरूले पनि झूटो अगमवक्ताहरूलाई सधैं प्रशंसा गरे।
6:27b.LUK.006.027 “म तिमीहरूलाई भन्दछु जसले मलाई सुनिरहेकाछौ, आफ्ना शत्रुहरूलाई प्रेम गर। जसले तिमीहरूलाई घृणा गर्छन तिनीहरूलाई पनि राम्रै गर।
6:28b.LUK.006.028 तिमीहरूलाई सराप्नेहरूलाई पनि आशीर्वाद देऊ। तिमीहरूसित दुर्व्यवहार गर्नेहरूको लागि पनि प्रार्थना गर।
6:29b.LUK.006.029 यदि कसैले तिमीहरूको एउटा गालामा थप्ड लगाए उसलाई अर्को गाला पनि थापि देऊ। यदि कसैले तिम्रो कोट लगेको छ भने उसलाई कमीज लिनु नरोक।
6:30b.LUK.006.030 जसले माग्छ हरेकलाई देऊ। यदि कसैले तिम्रो केही लगेकोछ भने उसलाई त्यो चीज फर्काई नमाग।
6:31b.LUK.006.031 अरूबाट तिमी जे चाहन्छौ, अरूको निम्ति पनि त्यही गरी देऊ।
6:32b.LUK.006.032 जसले तिमीहरूलाई प्रेम गर्छन् तिनीहरूलाई मात्र प्रेम गरे, तिमीहरू के कुनै प्रशंसाको योग्य हुन सक्छौ? अँह। पापीहरू पनि तिनहरूलाई प्रेम गर्नेहरूलाई प्रेम नै गर्दछन्।
6:33b.LUK.006.033 यदि तिमी ती मानिसहरूको निम्ति मात्र भलाई गर्छौ ज-जसले तिम्रो भलाई गर्छन्, भने के तिमी प्रशंसाको योग्य हुन सक्छौ? होईन, कारण यस्तो त पापीहरूले पनि गर्छन्।
6:34b.LUK.006.034 यदि फिर्ता पाउने आशामा तिमी कसैलाई ऋण दिन्छौ भने के तिमी प्रशंसाको योग्य हुन सक्छौ? होइन, पापीहरू पनि पापीहरूलाई त्यति नै फिर्ता पाउने आशामा ऋण दिन्छन्।
6:35b.LUK.006.035 यसैले आफ्ना शत्रुहरूलाई प्रेम गर। तिनीहरूसंग राम्रो गर, अनि तिनीहरूबाट केही आशा नराखी ऋण देऊ। यदी तिमीहरूले यसो गर्यो भने तिमीहरूले ठूलो इनाम पाउनेछौ, तिमीहरू सर्वौच्च परमेश्वरका सन्तानहरू झैं हुनेछौ किनभने परमेश्वर बैगुनी तथा दुष्टहरू प्रति पनि कृपालु हुनुहुन्छ।
6:36b.LUK.006.036 जस्तो तिम्रा पिता प्रेमी र दयालु हुनु हुन्छ त्यस्तै प्रेमी र कृपालु बन।
6:37b.LUK.006.037 अरूको न्याय नगर, अनि अरूले पनि तिम्रो न्याय गर्ने छैन। अरूलाई र्भत्सना नगर, अनि अरूले पनि तिम्रो र्भत्सना गर्दैन। अरूलाई क्षमा गर, अनि तिमीले पनि क्षमा पाउनेछौ।
6:38b.LUK.006.038 अरूलाई दिने गर अनि तिमीले पनि पाउनेछौ। तिमीहरूले राम्रो ओजनमा पाउनेछौं, तिमीहरूलाई खाँदी खाँदी हल्लाँउदै काखमा पोखिने गरी पाउनेछौ जुन नापले तिमी अरूलाई दिंदछौ परमेश्वरले पनि तिमीहरूलाई त्यही नापले दिनु हुनेछ।”
6:39b.LUK.006.039 येशूले तिनीहरूलाई यो दृष्टान्त भन्नु भयोः के एउटा अन्धाले अर्को अन्धालाई डोर्याउन सक्छ? अहँ! दुवै नै खाडलमा पर्नेछन्।
6:40b.LUK.006.040 एउटा शिष्य आफ्नो गुरूभन्दा माथि हुन सक्तैन। तर प्रत्येक मानिस जसले पूर्णरूपले सिकिसक्छ तब मात्र उ गुरू झैं बन्नसक्छ।
6:41b.LUK.006.041 जब तिमी आफ्नो आँखमा सानो छेस्का पसेको थाहा पाउदैनौ, भाईको आँखमा परेको धुलो किन देख्छौ?
6:42b.LUK.006.042 तिमीहरूले कसरी आफ्नो भाइलाई भन्न सक्छौ, ए भाई मलाई तिम्रो आँखामा भएको धुलो निकाल्न देऊ। जब तिमीहरूले आफ्नो आँखामा परेको ठूलो छेस्कालाई पनि देख्न सक्तैनौ। तिमीहरू कपटी छौ। पहिले, तिमीहरू आफैले आफ्नो आँखबाट ठूलो छेस्का निकाल। त्यसपछि तिमीहरूले स्पष्टसंग तिमीहरूको भाइको आँखामा परेको धुलो निकाल्न सक्नेछौ।
6:43b.LUK.006.043 एउटा असल बोटले खराब फल कहिल्यै दिँदैन। त्यसरी नै एउटा नराम्रो बोटले राम्रो फल दिनु सक्तैन।
6:44b.LUK.006.044 हरेक बौट त्यसले दिएको फलबाट चिन्न सकिन्छ। मानिसहरूले काँडे पोथ्राबाट नेभारा बटुल्न सक्तैनन्। अनि तिनीहरूले काँडे पोथ्राबाट अंङ्गुर बटुल्न सक्तैनन्।
6:45b.LUK.006.045 एउटा असल मानिसले आफ्नो हृदयमा असल कुरा नै राख्छ। अनि उसले आफ्नो हृदयबाट असल कुरा बाहिर निकाल्दछ। तर एउटा दुष्ट मानिसले आफ्नो हृदयमा दुष्ट कूराहरू नै राखेको हुन्छ। अनि उसले नराम्रा कुराहरू नै बाहिर निकाल्दछ। जुन कुरो हृदयमा परिपूर्ण छ त्यही नै मुखबाट निस्कन्छ।
6:46b.LUK.006.046 जब मैले भनेको मान्दैनौ भने किन मलाई प्रभु, भन्दछै?
6:47b.LUK.006.047 हरेक मानिस जब मकहाँ आउँदछ अनि मेरो वचनहरू सुन्दछ र पालन गर्छ, म तिमीहरूलाई ऊ कस्तो हो देखाउनेछु।
6:48b.LUK.006.048 ऊ एकजना घर बनाउने मानिस जस्तै नै हो। उसले गहिरो खनेर बलियो चट्टानमाथि जग बसाल्न सक्नेछ। जति बेला नदीमा बाढी आँउछ पानीले घरलाई धक्का दिन्छ तर त्यसले घरलाई हल्लाउन सक्तैन कारण त्यो घर राम्ररी बनिएको हुन्छ।
6:49b.LUK.006.049 तर जो मानिस मेरो वचन सुनछ तर पालन गर्दैन भने त्यो मानिस राम्ररी आधार नबसाई घर बनाउने मानिस जस्तै हो जसको घर नदीको बाढीको झोक्काँ लाग्दा नै झट्टै पल्टिन्छ र सम्पूर्ण रूपले ध्वंश हुन्छ।”
7
7:1b.LUK.007.001 जब येशूले मानिसहरूलाई उपदेश दिइ सिध्याउनु भयो उहाँ कफर्नहुम जानु भयो।
7:2b.LUK.007.002 कफर्नहुममा एकजना कप्तान थियो। उसको एकजना नोकर सिकिस्त बिमारी थियो, त्यो मर्नै लागेको थियो। त्यस कप्तानले नोकरलाई खुबै माया गर्ने गर्थ्यो।
7:3b.LUK.007.003 जब उसले येशूको बारेमा सुन्यो तब बूढा यहूदी प्रधानहरूलाई उहाँकहाँ पठायो र त्यस नोकरलाई बचाउनुको लागि आउन भनि बिन्ती गर्न पठायो।
7:4b.LUK.007.004 ती मानिसहरू येशूकहाँ गए, अनि त्यो कप्तानलाई सहायता गर्नु मार्मिक तरिकाले आग्रह गर्दै भने, “त्यो कप्तान तपाईंको सहायता पाउनु साँच्चै योग्यको छ।”
7:5b.LUK.007.005 तिनले हाम्रो मानिसहरूलाई माया गर्छन् र हाम्रो निम्ति सभा घर पनि बनाइदिएका छन्।”
7:6b.LUK.007.006 यसकारण येशू ती मानिसहरूसंग जानु भयो। उहाँ यसो भनि विन्ती गर्न पठायो, हे प्रभु, तपाईं मोरो घरमा आउने कष्ट नगर्नुहोस्। तपाईं जस्तो मानिस मेरो घरमा पाउ कष्ट गर्न योग्यको म छैन।
7:7b.LUK.007.007 यसकारण म आफैं पनि तपाँईकहाँ मानसंगत रूपमा जान योग्यको सम्झिन्न, तपाईंले आदेश मात्र दिनुहोस् मेरो नोकर जाती हुन्छ।
7:8b.LUK.007.008 तपाईंको अधिकार मलाई थाहा छ। म पनि अरू मानिसहरूको अधिकारको वशमा छु। अनि मेरो अधिकारमा सैनिकहरू छन्। यदि म एकजना सैनिकलाई भन्छु, ‘जाऊ’, अनि त्यो जान्छ। अनि अर्को सैनिकलाई भन्दछु, ‘आऊ’, अनि त्यो आउँछ। अनि यदी मेरो नोकरलाई भन्दछु, ‘यो गर’, अनि त्यसले गर्छ।”
7:9b.LUK.007.009 जब येशूले यी कुरा सुन्नु भयो, उहाँ छक्क पर्नु भयो। येशूले उहाँलाई पछ्याएर आउने मानिसहरू पट्टि फर्केर भन्नुभयो, “म तिमीहरूलाई भन्छु, मैले यस्तो विश्वास सारा इस्राएलमा कतै पनि पाइँन।”
7:10b.LUK.007.010 येशूलाई बोलाउन गएका सबै मानिसहरू घर र्फकिए। तिनीहरूले त्यो नोकरलाई निको भइसकेको भेटे।
7:11b.LUK.007.011 अर्को दिन येशू नाइन भन्ने शहरमा जानुभयो। उहाँका चेलाहरू र धेरै मानिसहरू पनि उहाँ संगै गहरहेका थिए।
7:12b.LUK.007.012 जब येशू शहरको फाटक नजिक पुग्नु भयो, उनले मुर्दा लगिरहेको देख्नु भयो। एउटी विधवाको एउटै भएको छोरो मरेको थियो। जब लाश लगिरहेको थियो शहरका धेरै मानिसहरू ती विधवासंग थिए।
7:13b.LUK.007.013 जब प्रभु येशूले तिनलाई देख्नुभयो उहाँ त्यस विधवाको निम्ति हृदयबाट दुःखी हुनु भयो र तिनलाई भन्नुभयो, “नरोऊ।”
7:14b.LUK.007.014 येशू शवपेटिकाको नजिक पुग्नु भयो अनि त्यसलाई छुनुभयो। लाश लगिरहेका मलामीहरू टक्क अडिए। उहाँले त्यो मरेको केटोलाई भन्नु भयो, “ए युवक म तिमीलाई भन्दछु, उठ।”
7:15b.LUK.007.015 त्यसपछि त्यो मरेको केटो तत्कालै उठेर बस्यो अनि बात गर्न शुरु गर्यो। येशूले त्यस केटोलाई त्यसको आमालाई सुम्पिदिनु भयो।
7:16b.LUK.007.016 सबै मानिसहरू छक्क परे अनि यसो भन्दै परमेश्वरको प्रशंसा गरे, “एउटा महान् अगमवक्ता हामीकहाँ आउनु भएको छ।” अनि तिनीहरूले यो पनि भन्दै थिए, “परमेश्वरले आफ्ना प्रजाहरूको हेरचाह गरिरहनु भएकोछ।”
7:17b.LUK.007.017 उहाँको विषयको यो खबर सारा यहूदिया र यसको वरिपरि देशमा फिंजियो।
7:18b.LUK.007.018 यूहन्नाका चेलाहरुले यी सब घटनाहरूको विषयमा तिनलाई जानकारी गराए। यूहन्नाले आफ्ना चेलाहरूमध्ये दुइजनालाई बोलाए।
7:19b.LUK.007.019 यूहन्नाले तिनीहरूलाई प्रभु येशूसँग सोध्न पठाए, “एकजना जो आउनेवाला थिए तपाईं नै हुनुहुन्छ? अथवा अझ अरूलाई नै पर्खनु पर्छ?”
7:20b.LUK.007.020 त्यसपछि मानिसहरू येशूकहाँ आए। तिनीहरूले भने, “बप्तिस्मा दिने यूहन्नाले हामीलाई यो सोध्नलाई तपाईंकहाँ पठाएका छन्, के आउनेवाला तपाईं नै हुनुहुन्छ, अथवा हामी अझ अर्कैको बाटो हेरौं?”
7:21b.LUK.007.021 त्यसै बेला, येशूले धेरैलाई तिनीहरूको रोग, व्यथा र तिनीहरूबाट दुष्ट आत्माहरू छुटाउनु भयो। उहाँले धेरै अन्धो मानिसलाई पनि देख्नसक्ने बनाउनु भयो।
7:22b.LUK.007.022 अनि उहाँले यूहन्नाका चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले यहाँ जे कुराहरू देख्यौ अनि सुन्यौ गएर यहून्नालाई भन। अन्धो मानिस पनि निको भयो र देख्ने भयो। लङ्गडाहरू हिँडन थाले। कोढीहरू कोढरहित भए। बहिराहरूले सुन्न थाले। मरेकाहरूले जीवन पाए। अनि गरीब मानिसहरू परमेश्वरको राज्यको सुसमाचारहरू सुनिरहेकाछन्।
7:23b.LUK.007.023 कसैले मलाई ग्रहण गर्दा समस्यामा पर्दैन भने त्यो अनुग्रहित पुरुष धन्य हो।”
7:24b.LUK.007.024 जब यूहन्नाको चेलाहरू गए, येशूले यूहन्नाको विषयमा भन्न लाग्नु भयोः “तीमीहरू उजाड स्थानमा के हेर्न जान्छौ? बतासले हल्लाइरहेको निगालोलाई?
7:25b.LUK.007.025 मरूभूमिमा तिमीहरू के हेर्न आयौ? एउटा सुन्दर वस्त्र लगाएको मानिस हेर्नलाई? होइन। सुन्दर र राम्रा वस्त्रहरू लगाउनेहरू त राज-दरबारमा बस्छन्।
7:26b.LUK.007.026 साँच्चै, तिमीहरू यहाँ के हेर्न आयौ? एकजना अगमक्ता? अँ, म तिमीहरूलाई भन्दछु, यूहन्ना अगमवक्ताभन्दा पनि श्रेष्ठ हुन्।
7:27b.LUK.007.027 उनी ती मानिस जसको विषयमा यस्तो लेखिएको छः सुन! म मेरो सहयोगीलाई तिम्रो अघि पठाउँछु। जसले तिम्रो अघि तिम्रो मार्ग तयार गर्नेछ।द्भ्य मलकी 31
7:28b.LUK.007.028 तिमीहरूलाई भन्दछु, यूहन्नानै अहिलेसम्म जन्मेका मानिसहरूमा सब भन्दा ठूला हुन् तापनि जो परमेश्वरको राज्यमा सानो छ त्यो तिनी भन्दा ठूलो छ।”
7:29b.LUK.007.029 जब मानिसहरूले यस विषयमा सुने, तिनीहरूले माने कि परमेश्वरको शिक्षा राम्रो छ। ती कर उठाउनेहरू पनि सहमत भए । ती मानिसहरूलाई यूहन्नाद्वारा नै बप्तिस्मा गराइएको थियो।
7:30b.LUK.007.030 तर फरिसीहरू र शास्त्रीहरूले तिनीहरूको लागी बनाइको परमेश्वरको अभिप्रायलाई तिनीहरूको निम्ति यूहन्नाबाट बप्तिस्मा लिन अस्वीकार गरेर रद्ध गरे।
7:31b.LUK.007.031 “यस युगको मानिसहरूको विषयमा मैले कसरी वर्ण गर्नु? तिनीहरू के जस्ता छन्?
7:32b.LUK.007.032 यी मानिसहरू बजारमा बसिरहेका केटा-केटीहरू जस्तै छन्। एउटा दलको नानीहरूले अर्को दलको नानीहरूलाई बोलाउँछन् अनि भन्छन् हामीले तिमीहरूको निम्ति बाँसुरी बजायौं, तर तिमीहरू नाचेनौं, हामीले बिलौनाका गीत गायौं तर तिमीहरू रोएनौ।
7:33b.LUK.007.033 बप्तिस्मा दिने यूहन्ना आए तर अरू मानिसहरूले जस्तो खाने कुरा खाएनन् अनि दाखरस पिएनन्। अनि तिमीहरू भन्दछौ, उसलाई भूत लागेको छ।’
7:34b.LUK.007.034 मानिसको पुत्र चाँहि अरू मानिसहरू झैं खाँदै र दाखरस पिउँदै आए। अनि तिमीहरू भन्दछौ, हेर उसलाई। खुब खान्छ अनि पिउँछ। कर उठाउनेहरू र पापीहरूको मित्र हो ऊ।
7:35b.LUK.007.035 तर कार्यहरूको आधारमा ज्ञान सही प्रमाणित हुन्छ।”
7:36b.LUK.007.036 फरिसीहरूमध्ये एकले येशू संगै बसेर खानु निम्त्याए। उनी फरिसीको घरष्ठ्वमा गए अनि खानु बसे।
7:37b.LUK.007.037 त्यो शहरमा एउटी पापी स्त्री थिई। त्यसले येशूलाई फरिसीको घरमा खाना खाएको थाहा पाई। त्यसले एउटा सिंगमरमरको भाडामा केही सुगन्धितबस्तु लिएर आई।
7:38b.LUK.007.038 त्यो येशूको पछि चरण छेउमा रुँदैं उभिइ। त्यसले आफ्नो आँसुले येशूको चरण भिजाउनु थाली। त्यसले चरणमा म्वाँई खाई अनि सुगन्धित खनाइदिई।
7:39b.LUK.007.039 त्यो फरिसी जसले पनि यी सब देखे। उसले मनमनै सोचे, “यदि यो मानिस अगमवक्ता हुँदो हो, उसले जान्ने थियो कि त्यो स्त्री जसले उसको पाऊ छुइरहेकी छे ऊ को हो अनि कुन स्तरकी हो? किनभने त्यो पापीनी हो।”
7:40b.LUK.007.040 येशूले फरिसीलाई भन्नुभयो, “शिमोन, तिमीलाई मैले केही भन्नु छ।” शिमोनले भने, “तपाईंले मलाई के भन्नु चाहनुहुन्छ? गुरूज्यू!”
7:41b.LUK.007.041 येशूले भन्नुभयो, “त्यहाँ दुईजना मानिस थिए। दुवैले एउटै साहुकार ऋण लिएका थिए। तिनीहरू मध्ये एकजनाले 500 चाँदीको सिक्का लिएका थिए। अर्काले 50 चाँदीको सिक्का लिएका थिए।
7:42b.LUK.007.042 तिनीहरूकोमा त्यत्ति पैसा थिएन, यसले गर्दा तिनीहरू ती दुवैले ऋण चुक्ता गर्न सकेनन्। तर साहूकारले ती दुवैको ऋण मोचन गरिदियो। ती दुइजनाहरूमध्ये कसले त्यो साहुकारलाई धेरै माया गर्थ्यो होला?”
7:43b.LUK.007.043 शिमोनले भन्यो, “ मेरो विचारमा जसले धेरै ऋण लगेको थियो त्यसलै उहाँलाई धेरै माया गर्थ्यो होला।” येशूले शिमोनलाई भन्नुभयो, “तिम्रो कुरा ठीक हो।”
7:44b.LUK.007.044 त्यसपछि उहाँले त्यस स्त्रीलाई हेरेर शिमोनलाई भन्नु भयो, “तिमिले यो स्त्रीलाई देख्यष्ठ्वौ? जब म तिम्रो घरमा आएँ, तिमीले मेरो खुट्टा धुन पानी दिएनौ। तर त्यसले मेरो खुट्टाहरू त्यसको आँसुले धोइ दिई अनि केश राशिले पुछिदिई।
7:45b.LUK.007.045 तिमीले मलाई म्वाँई खाएनौ, तर उसले पुछिदिई।
7:46b.LUK.007.046 तिमीले मेरो टाउकोमा तेल घसिदिएनौ, तर उसले मेरो चरणमा सुगन्ध दलिदिई।
7:47b.LUK.007.047 यसकारण म तिमीलाई भन्दछु कि उसको धेरै पापाहरू क्षमा भयो। यति स्पष्ट छ कि उसले धेरै माया देखाई। जसलाई कम्ति पाप क्षमा गरिन्छ उसले कम्ती माया पोखाँउछ।”
7:48b.LUK.007.048 त्यसपछि येशूले स्त्रीलाई भन्नु भयो, “तिम्रो पापहरू क्षमा भएको छ।”
7:49b.LUK.007.049 खान बसेकाहरूले आपसमा भन्न लागे, “यस मानिसले आफैलाई को हो भनी ठान्छन? पापबाट पनि क्षमा गर्ने मानिस, यो को हो?”
7:50b.LUK.007.050 येशूले त्यस स्त्रीलाई भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई रक्षा गरयो। अब तिमी शान्तिसाथ जाऊ।”
8
8:1b.LUK.008.001 अर्को दिन, येशूले परमेश्वरको राज्यको बारेमा प्रचार र सुसमाचारहरू बताउँदै गाँउ औ शहरहरू यात्रा गर्दै जानु भयो। बाह्रैजना प्रेरितहरू उहाँसंगै थिए।
8:2b.LUK.008.002 त्यहाँ उहाँसंग यस्ता स्त्रीहरु पनि थिए जो रोग तथा दुष्ट आत्माबाट छुटकारा भएका थिए। तिनीहरू माझ एउटी मरीयम नाउँ भएकी स्त्री पनि थिई। त्यो मग्दलिनी शहरको वासिन्दा थिई। उसकोबाट सातवटा भूतहरू निकालिएको थियो।
8:3b.LUK.008.003 अरू पनि स्त्रीहरूः योअन्ना, चूजाकी पत्नी (होरोदको सहयोगी) सुजाना, र धेरै अरू स्त्रीहरू त्यस स्त्रीसँग थिए। ती स्त्रीहरूले येशू र उहाँको प्रेरितहरूलाई आफ्नै रूपिंया पैसा दिएर मद्दत पुर्याए। : 1-17; मर्कूस 4:1-12)
8:4b.LUK.008.004 येशूले यात्रा गर्नु भएको प्रत्येक शहरका मानिसहरू भेला भएर उहाँलाई घेरी रहेका थिए। उहाँले तिनीहरूलाई यो दृष्टान्त भनेः
8:5b.LUK.008.005 “एकजना खेती वाला बीऊ छर्नलाई निस्कयो। जब त्यसले बीऊ छर्न थाल्यो कतिपय बीऊहरू बाटोतिर झरे। मानिसहरूले बीऊहरू टेके अनि चरा-चुरुङ्गीले ती बीऊहरू खाइदिए।
8:6b.LUK.008.006 केही बीऊहरू चट्टानमा छरिए। ती बीऊहरू उम्रन थाले पनि चिसोपनको अभावले सुकी गए।
8:7b.LUK.008.007 कतिपय बीऊहरू काँढाघारीमा छरिए। ती बीऊहरू उम्रन थाले, तर पछिबाट ती काँढाहरू बढेर तिनीहरूलाई पनि बढन रोक्यो।
8:8b.LUK.008.008 अनि कतिपय बीऊहरू राम्रै जमीनमा परे। ती बीउहरू उम्रन लागे अनि सय गुणा धेरै अन्न दिनसक्ने भए।”
8:9b.LUK.008.009 चेलाहरूले उहाँलाइ प्रश्न गरे, “यो कथाको अर्थ के हो?”
8:10b.LUK.008.010 येशूले भन्नुभयो, “तिमीहरूलाई परमेश्वरको राज्यको रहस्य जान्नलाई मौका दिइएकोछ। तर दृष्टान्तहरू म अरू मानिसहरूलाई पनि प्रयोग गर्छु कारणः तिनीहरू हेर्छन तर देख्दैनन्, अनि तिनीहरू सुन्दछन् तर बुझदैनन्। यशैया 69
8:11b.LUK.008.011 यो दृष्टान्तको अर्थ के हो भनेः बीऊ परमेश्वरको वचन हो।
8:12b.LUK.008.012 बाटोमा झरेको बीऊहरू के भए होलान? तिनीहरू पनि परमश्वरको वचन सुन्नेहरूर जस्तै हुन् ती वचनहरू लगेर जान्छ। त्यसैले त्यस्ता मानिसहरूले वचनमा विश्वास गर्दैन्न अनि जोगिनेछन्।
8:13b.LUK.008.013 तर चट्टानमा झरेको बीऊर चाँहि के हुन्? तिनीहरू चाँहि परमेश्वरको वचनहरू सुन्नेहरू जस्तै हुन अनि खुशीसंग ग्रहण गर्छन्। तर ती मानिसहरू गहिरो हुँदैन। तिनीहरू केही समय सम्म मात्र आफ्नो विश्वासमा रहनेछ। त्यसपछि जब केही परीक्षा आउँछ, तिनीहरू विश्वास गर्न छोडछन् अनि परमेश्वरदेखि टाढा बस्छन्।
8:14b.LUK.008.014 काँढाघारीमा झरेको बीऊहरू चाँहि के होलान? तिनीहरू पनि ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचन सुन्दछन्, तर तिनीहरू जीवनका चिन्ता, धन, सुख चैनमा परेर निसासिन्छन्। त्यसैले तिनीहरूबाट फलहरू लाग्न पाऊँदैन।
8:15b.LUK.008.015 अनि त्यो राम्रो जमीनमा परेको बीऊहरू चाँहि के होला? तिनीहरू पनि ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचनलाई असल र इमान्दार मनले सुन्छन्। तिनीहरू परमेश्वरको वचन पालन गर्दछन् अनि धैर्यसंग राम्रो फलहरू पनि फलाउँछन्।
8:16b.LUK.008.016 “कुन मानिसले बत्ती बालेर भाँडाले छोप्छ? अथवा खाटमुनि राख्छ? तर त्यो मानिसले बत्ती बालेर सामदानमा नै राख्दछ। जसद्वारा आउने मानिसहरूले प्रशस्त उज्यालो पाउँदछन्।
8:17b.LUK.008.017 लुकेका प्रत्येक कुराहरूनै स्पष्ट देखिनेछ अनि उज्यालोमा ल्याइनेछ।
8:18b.LUK.008.018 यसर्थ कसरी सुन्न पर्ने हो सर्तक होऊ। जसले केही बझन सक्तछ त्यसले अरू धेरै जान्न पाउँदछ। तर जसले बुझदैन, उसकोमा जति छ त्यो पनि हराउँछ।”
8:19b.LUK.008.019 येशूको आमा र भाइहरू उनलाई भेट्न आए। अत्यन्तै भीड भएको कारणले तिनीहरूले उहाँलाई भेट्न गाह्रो पर्यो।
8:20b.LUK.008.020 कसैले उहाँलाई भने, “तपाईंको आमा र भाइहरू तपाईंलाई बाहिर पर्खेर उभिरहेकाछन्। तिनीहरू भेट्न चाहन्छन्।”
8:21b.LUK.008.021 येशूले तिनीहरू सबैलाई उत्तर दिनुभयो, “मेरा आमा र मेरा भाइहरू तिनीहरू हुन् जसले परमेश्वरको वचन सुन्दछन् अनि त्यसलाई पालन गर्दछन्।”
8:22b.LUK.008.022 एक दिन येशू अनि चेलाहरू एउटा डुङ्गामा चढे। उहाँले तिनीहरूलाई भन्नुभयो, “आऊ मसित झीलको अर्को पट्टि जाऔं।” अनि तिनीहरू हिंडन थाले।
8:23b.LUK.008.023 जब तिनीहरूले डुङ्गा खियाए, येशू निदाउनुभयो। झीलमा एउटा ठूलो आँधी चल्यो। डुङ्गामा पानी भरिन थाल्यो औ तिनीहरू खतरामा पर्न गए।
8:24b.LUK.008.024 चेलाहरू येशूकहाँ गए अनि उहाँलाई व्युँझाए। तिनीहरूले भने, “गुरूज्यु! गुरुज्यु! हामी डुब्न लाग्यौं।” येशू उठ्नु भयो। उहाँले आँधी र छालहरूलाई हकार्नु भयो। आँधी थामियो, अनि झील शान्त बन्यो।
8:25b.LUK.008.025 उहाँले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूको विश्वास कहाँ छ? चेलाहरू डराए अनि चकित भए। तिनहरू आपसमा कूरा गर्न लागे, “उहाँ कस्ता मानिस हुनुहुन्छ? उहाँ आँधी र छाललाई आज्ञा दिनु हुन्छ अनि तिनीहरू पनि उनको आज्ञा पालन गर्छन्।”
8:26b.LUK.008.026 तिनीहरू झीलमा डुङ्गा खियाउँदै थिए। उनीहरू गालील पारीको इलाकामा पुगे जहाँ गेरासिन मानिसहरू बस्थे।
8:27b.LUK.008.027 जब येशू त्यो डुङ्गाबाट उत्रनु भयो, त्यसैबेला शहरबाट आएको एकजना मानिस उहाँलाई भेट्न आए। त्यस मानिसलाई भुत लागेको थियो। त्यस मानिसले धेरै समयदेखि लुगा लाउँदैन थियो। त्यो मानिस घरमा नबसेर चिहान घारीमा बस्थ्यो।
8:30b.LUK.008.030 येशूले त्यसलाई सोध्नु भयो, “तिम्रो नाम के हो?” त्योस मानिसले जवाफ दियो, “लेजिअन।” त्यसले “लेजिअन” भन्यो किनभने धेरै भूतहरू ऊ भित्र पसेका छन्।
8:31b.LUK.008.031 ती भूतहरूले तिनीहरूलाई अन्नत अँध्यारोमा नपुराइयोस् भनी याचना गरे।
8:32b.LUK.008.032 त्यस पहाडमा एउटा ठूलो बथान सुंगुरहरू चरिरहेका थिए। ती भूतहरूले तिनीहरूलाई सुंगुरहरूमा पसाइदिनुहोस् भनी येशूलाई बिन्ती गरे अनि उहाँले तिनीहरूलाई त्यसै गर्ने अनुमति दिनुभयो।
8:33b.LUK.008.033 तब भूतहरू त्यो मानिसबाट निस्कीए अनि सुंगुरहरूमा पसे। त्यति भएपछि सुँगुरहरू पहाड र समुद्रको किनार तिर भागा-भाग गर्न लागे र सबै सुंगुरहरू पानीमा डुबे।
8:34b.LUK.008.034 जब सुंगुर गोठालाहरूले चाल पाए, तिनीहरू पनि भागे। तिनीहरूले यो घटना त्यहाँको बस्ती र शहरमा सबैतिर सुनाए।
8:35b.LUK.008.035 मानिसहरू के भयो भनेर बाहिर निस्किए। तिनीहरू येशूकहाँ आए अनि त्यहाँ त्यो मानिस जसबाट भूतहरू भागेका थिए उहाँको खुट्टामा बसिरहेको पाए। त्यो मानिसले लुगा लगाएको थियो अनि त्यसको मनस्थिति ठीकै थियो। मानिसहरू डराए।
8:36b.LUK.008.036 मानिसहरू जो त्यस घटना को दर्शक थिए अरू मानिसहरूलाई येशूले कसरी त्यो भूत लागेको मानिसलाई निको पार्नु भयो बताए।
8:37b.LUK.008.037 गेरासेनका सबै मानिसहरूले येशूलाई त्यस ठाँउ छाडी कतै जान बिन्ती गरे। तिनीहरू खुबै डराएका थिए। अनि उहाँ एउटा डुङ्गामा चढनु भयो अनि गालीलतर्फ जानु भयो।
8:38b.LUK.008.038 त्यो मानिस जसलाई उहाँले निको पार्नु भएको थियो त्यसले पनि येशूसंगै जान बिन्ती गरयो। तर येशूले यसो भन्दै त्यो मानिसलाई जान लगाउनु भयो,
8:39b.LUK.008.039 “घरतिर जाऊ अनि परमेश्वर तिम्रा निम्ति जे गर्नुभयो त्यसबारे मानिसहरूलाई सुनाऊ।” त्यसपछि त्यो मानिस येशूले त्यसको निम्ति के-के गर्नुभयो सारा शहरका मानिसहरूलाई भन्दै हिड्यो।
8:40b.LUK.008.040 येशू गालील र्फकनुभयो, मानिसहरूले उहाँलाई स्वागत गरे। सबैले उहाँका निम्ति प्रतीक्षा गरिरहेका थिए।
8:41b.LUK.008.041 एकजना याइरस नाउँ भएको मानिस येशूकहाँ आए। याइरस सभा-घरका प्रमुख थिए। तिनले येशूको पाऊमा परेर उहाँलाई आफ्नो घरमा जानु बिन्ती गरे।
8:42b.LUK.008.042 याइरसको एउटी मात्र छोरी थिई। त्यो बाह्र र्बष पुगेकी थिई, अनि जो मर्नै लागेकी थिई। जब येशू याइरसको घरमा जानु हुँदैथ्यो, मानिसको भीडले तिनलाई वरिपरिबाट ठेलमठेल गरी रह्यो।
8:43b.LUK.008.043 एकजना बाह्र र्बष देखि रक्तस्रावले पिडित एउटी आइमाई पनि त्यहाँ थिई। आफ्नो सारा जेथा वैद्यको ओखती-मूलोमा खर्च गर्दा पनि तिनलाई निको पार्ने कोही निस्केनन्।
8:44b.LUK.008.044 त्यो आइमाई पछि पट्टि आएर येशूको कोटको छेउ छोई। त्यसै समयदेखि त्यसको रक्तस्त्राव बन्द भयो।
8:45b.LUK.008.045 अनि येशूले भन्नु भयो, “मलाई कसले छोयो?” सबैले भने कि तिनीहरू कसैले उनलाई छोएका छैनन्। पत्रुसले भने, “गुरुज्यु, मानिसहरू वरिपरि छन् अनि तिनीहरूले तपाईंलाई ठेलिरहेका छन्।”
8:46b.LUK.008.046 तर येशूले भन्नुभुयो, “कसैले मलाई छोयो। मैले मबाट शक्ति निस्केर गएको चाल पाएँ।”
8:47b.LUK.008.047 जब त्यो आईमाईले यी कुराहरू सुनी, ऊ लुक्न सकिन, ऊ काम्दै आई अनि येशूको अघि निहुरिएर दण्डवत गरी। ती जम्मै मानिसहरूको अघि त्यस आइमाईले येशूलाई स्पर्श किन गरी अनि कसरी झट्टै आफ्नो रोगबाट मुक्त भएकी थिई बताई।
8:48b.LUK.008.048 येशूले त्यस आइमाईलाई भन्नु भयो, “मेरी छोरी, तिम्रो विश्वासले तिमी निको भयौ। शान्तिसंग जाऊ।”
8:49b.LUK.008.049 जब येशू बात गरिरहनु भएको थियो, एकजना सभा-घरका अगुवा घरबाट आए र भने, “ तिम्री छोरी मरिसकेकी छे। अब गुरूलाई कष्ट नदेऊ। ‘ ‘
8:50b.LUK.008.050 जब येशूले यो कूरा सुन्नु भयो। उहाँले याइरसलाई भन्नु भयो, “नडराऊ केवल विश्वास गर अनि तिम्रो छोरी निको भई हाल्नेछे।”
8:51b.LUK.008.051 येशू त्यो घरमा जानुभयो। उहाँले आफ्नो साथमा पत्रुस, यूहन्ना, याकूब र त्यो केटीको बाबु र आमालाई पनि लानु भयो। उहाँले अरू मानिसहरूलाई भित्र पस्न दिनु भएन।
8:52b.LUK.008.052 सबै मानिसहरू त्यो केटी मरेकोमा रूँदै शोक गरिरहेका थिए। तर येशूले भन्नुभयो, “नरोऊ त्यो मरेकी छैन, उ सुतिरहेकी छे।
8:53b.LUK.008.053 मानिसहरू येशूको कुरा सुनेर हाँस्न लागे किनभने त्यो केटी मरेकी छ भनेर तिनीहरूलाई थाहा थियो।
8:54b.LUK.008.054 तर येशूले त्यो केटीको हात समात्नु भयो अनि भन्नुभयो, “सानो छोरी, उठ!”
8:55b.LUK.008.055 त्यसको प्राण फर्केर आयो, अनि त्यो जुरुक्क उठी। येशूलेभन्नु भयो, “यसलाई केही खान देऊ।”
8:56b.LUK.008.056 त्यो केटीका आमा बाबूहरू छक्क परे। उहाँले यो घटनाको विषयमा तिनीहरूलाई कसैलाई नभन्नु भनी आदेश दिनु भयो।
9
9:1b.LUK.009.001 येशूले बाहजना प्रेरितहरूलाई एक साथमा बोलाउनु भयो। उहाँले बिमारीहरूलाई निको पार्ने र भूतहरूलाई भगाउने शक्ति र अधिकार तिनीहरूलाई दिनुभयो।
9:2b.LUK.009.002 येशूले तिनीहरूलाई परमेश्वरको राज्यको बारेमा घोषणा गर्नु बिमारीहरू र रोग निको पार्न बाहिर पठाउनु भयो।
9:3b.LUK.009.003 उहाँले प्रेरितहरूलाई भन्नुभयो, “जब कतै हिंडदछौ, साथमा लौरो, खानेकुरा, झोला र पैसा रूपियाँ केही नलैजाऊ।
9:4b.LUK.009.004 कुनै घरमा गयौ भने फर्किने समय नभएसम्म त्यहीं बस।
9:5b.LUK.009.005 यदी शहरका मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने त्यो शहरदेखि बाहिर जाऊ, अनि खुट्टाको धुलो समेत टक्टकाएर जाऊ। यो तिनीहरूको विरोधमा साक्षी हुनेछ।”
9:6b.LUK.009.006 त्यसकारण प्रेरितहरू बाहिर गए। तिनीहरू सुसमाचार प्रचार गर्दै र प्रत्येक बिमारी मानिसलाई निको पार्दै सबै शहरहरूमा यात्रा गरे।
9:7b.LUK.009.007 शासक हेरोदले यी सब घटनाहरू थाहा पाए । तिनी अन्योलमा परे किनभने कतिजना मानिसले भने, “बप्तिस्मा दिने यूहन्ना मृत्युबाट बौरी उठेका छन्।”
9:8b.LUK.009.008 अरू मानिसहरूले भने, “एलिया हामीकहाँ आउनु भएको छ।” अनि अरू कोही मानिसहरूले भने, “धेरै समय अघिका अगमवक्ताहरुमा एकजना बौरी उठेका छन्।”
9:10b.LUK.009.010 जब प्रेरितहरू र्फकि आए, तिनीहरूले गरेका सम्पूर्ण विवरण सुनाए। त्यसपछि येशूले तिनीहरूलाई बेत्सैदा भन्ने एउटा शहरमा सुटुक्कै लिएर जानभयो।
9:11b.LUK.009.011 तर तिनी कहाँ गए मानिसहरूले थाह पाए। तिनीहरू उहाँको पछि लागे। तिनिहरूलाई येशूले स्वागत गर्नुभयो अनि परमेश्वरको राज्यको बारेमा तिनीहरूलाई बताउनु भयो। उहाँले बिमारीहरूलाई निको पार्नुभयो।
9:12b.LUK.009.012 साँझमा बाह्रैजना प्रेरितहरू येशूकहाँ आए अनि भने, “यो ठाउँमा कुनै मानिस बस्दैन, यिनीहरूलाई फर्काइदेऊ, यी मानिसहरूलाई तिनीहरूको खाना र सुत्ने व्यवस्थाको लागि वरिपारिकै बस्ती र शहरूमा जाऊन्।”
9:13b.LUK.009.013 तर येशूले ती प्रेरितहरूलाई भन्नुभयो, “तिनीहरूको निम्ति खानाको व्यवस्था गर।” प्रेरितहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुई टुक्रा माछा मात्र छन्। के तपाईं चाहनु हुन्छ हामी गएर तिनीहरूको लागि खानेकुरा किनेर ल्याऊँ?”
9:14b.LUK.009.014 त्यहाँ तिनीहरू प्रायः पाँच हजार जति पुरुषहरू छन्। उहाँले आफ्ना प्रेरितहरूलाई भन्नुभयो, “तिनीहरूलाई एक दलमा पचास जना गरेर बस्न लगाऊ।”
9:15b.LUK.009.015 त्यसपछि चेलाहरूले त्यसै गरे अनि सबै मानिसहरू भुईमा बसे।
9:16b.LUK.009.016 येशूले पाँचवटा रोटी र दुइवटा माछा लिए। उहाँले आकाशतर्फ हेर्नुभयो अनि खानेकुराको निम्ति परमेश्वरलाई धन्यवाद चढाउनु भयो। त्यसपछि उहाँले ती खानेकूरा टुक्रा टुक्रा पार्नुभयो अनि प्रेरितहरूलाई दिनुभयो। उहाँले खानेकुरा मानिसहरूलाई बाँडन प्रेरितहरूलाई आह्राउनु भयो।
9:17b.LUK.009.017 सबैले अघाउन्जेल खाना खाए अनि प्रेरितहरूले उब्रेको खाना बटुले जो बाह्र डालो भरीभयो।
9:18b.LUK.009.018 एकपल्ट येशू एक्लै प्रार्थनामा बस्नु भएको थियो। जम्मै चेलाहरू एकैसाथ त्यहाँ आए। येशूले तिनहरूलाई सोध्नु भयो, “मानिसहरूको विचारमा म को हुँ?”
9:19b.LUK.009.019 चेलाहरूले भने, “कसैले तपाईंलाई बप्तिस्मा दिने यूहन्ना हुन् भन्छन्। कति मानिसहरूले तपाईंलाई एलिया भन्छन्। अनि कति मानिसहरूले पहिलेका अगमवक्ताहरू मध्ये जीवनमा फर्की आएका हुन् भन्छन्।”
9:20b.LUK.009.020 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई सोध्नु भयो, “अनि तिमीहरूको विचारमा चाँहीं म को हूँ?” पत्रुसले भने, “परमेश्वरदेखि आउनु भएको तपाईं ख्रीष्ट हुनुहुन्छ।”
9:21b.LUK.009.021 येशूले यो कूरा कसैलाई नभन्न भनेर तिनीहरूलाई चेताउनी दिनुभयो।
9:22b.LUK.009.022 त्यसपछि येशूले भन्नुभयो, “मानिसका पुत्रले धेरै कष्ट सहनु पर्छ। यहूदी प्रधानहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरूले तिनलाई अस्वीकार गर्छन्। मानिसको पुत्रलाई मारिनेछ। तर मरेको तेस्रो दिन उहाँलाई फेरि बौरी उठाइनेछ।”
9:23b.LUK.009.023 येशूले तिनीहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहन्छ भने उसले आफ्नो सबै इच्छाहरू अस्वीकार गर्नु पर्छ। उसले प्रत्येक दिन क्रूसको कष्ट भोग्नु पर्छ अनि मलाई पछ्याउनु पर्छ।
9:24b.LUK.009.024 जसले आफ्नो प्राण बचाउँन चाहन्छ भने त्यसले त्यो हराउनु पर्छ तर जसले मेरो निम्ति प्राण दिन्छ भने त्यसले त्यो चाँहि बाँच्न पाउँछ।
9:25b.LUK.009.025 किनभने के लाभ हुन्छ यदि कसैले सारा संसार जितेर पनि आफैलाई नोकसानमा पार्छ अथवा हराउँछ?
9:26b.LUK.009.026 यदि कुनै मानिस म र मेरो वचनसंग लजाउँछ भने जति बेला मेरा पिताको र मेरो महिमा लिएर पवित्र स्वर्गदूतहरूसंग आँउछु त्यति बेला त्योसित म पनि लजाँउछु।
9:27b.LUK.009.027 म तिमीहरूलाई साँचो भन्दछु तिमीहरूको मृत्यु अघि तिमीहरू मध्ये केही मानिसहरूले यहीं उभिएर परमेश्वरको राज्य देख्नपाउने छन्।”
9:28b.LUK.009.028 प्रायः आठ दिनपछि येशूले यी कुराहरू भन्नु भयो, उहाँले पत्रुस, यूहन्ना र याकूबलाई लिनुभयो अनि, पर्वतमा गएर प्रार्थना गर्नुभयो।
9:29b.LUK.009.029 जब येशूले प्रार्थना गरि रहनु भएको थियो, उहाँको अनुहार बद्लियो अनि उहाँले लगाउनु भएको वस्त्र सेतो भएर चम्कने भयो।
9:30b.LUK.009.030 दुइजना मानिस त्यहाँ प्रकट भए औ येशूसँग बात गर्न लागे। तिनीहरू मोशा र एलिया थिए।
9:31b.LUK.009.031 मोशा र एलिया पनि चम्के अनि तिनीहरू येशूसँग उहाँको मृत्युको विषयमा बात गर्दै थिए जो यरूशलेममा हुनेवाला थियो।
9:32b.LUK.009.032 पत्रुस र अरूहरू मस्त निदाएका थिए। तिनीहरू बिउँझिए अनि येशूको महिमा देखे। तिनीहरूले येशूको साथमा दुइजना उभिएका मानिसलाई देखो।
9:33b.LUK.009.033 जब मोशा र एलिया जान लागेका थिए, पत्रुसले भने, “हे गुरूज्यू, हामीलाई यहीं बस्नु असल छ। हामी यहाँ तीनवटा डेरा बनाउँछौं एउटा तपाईंलाई, एउटा मोशालाई अनि एउटा एलियाको लागि” पत्रुसले जान्दैन थिए कि उसले के भनिरहेको छ।
9:34b.LUK.009.034 पत्रुसले जब यी कुराहरू भन्दै थिए, त्यसैबेला तिनीहरूलाई वरिपरिबाट बादलले ढाक्यो। पत्रुस, याकूब र यूहन्ना बादले ढाकेको देखी डराए।
9:35b.LUK.009.035 बादलबाट एउटा आवाज यसो भन्दै आयो। “यी मेरो पुत्र हुन् मैले उनलाई छानेको छु। उनको आज्ञा पालन गर।”
9:36b.LUK.009.036 जब त्यो आवाज आयो, येशू मात्र त्यहाँ हुनु हुन्थ्यो। पत्रुस, याकूब र यूहन्ना चूपचाप बसे। तिनीहरूले के देखे कसैलाई भनेनन्।
9:37b.LUK.009.037 भोलिपल्ट येशू, पत्रुस, याकूब र यूहन्ना पाहाडबाट तल झरे। मानिसको ठूलो भीड उहाँलाई भेट्न आयो।
9:38b.LUK.009.038 भीडबाट एकजनाले चिच्याएर येशूलाई भने, “हेगुरुज्यू, दया गरी आउनुहोस् अनि मेरो पुत्रलाई हेरिदिनु होस्। त्यो मेरो एउटै पुत्र हो।
9:39b.LUK.009.039 शैतानको दुष्ट आत्मा मेरो पुत्रमा आउँछ अनि त्यो त्यति नै बेला चिच्याउँछ औ त्यसले आफुमाथि होश हराउँछ अनि मुखबाट फींज निकाल्छ। त्यो दुष्ट आत्माले संधै कष्ट दिन्छ अनि त्यसबाट फर्केर कहिल्यै जाँदैन।
9:40b.LUK.009.040 मैले तपाईंको चेलाहरूलाई पनि त्यसबाट दुष्ट आत्मा निकाली दिनु भनें तर तिनीहरूले त्यसो गर्न सेकेनन्।”
9:41b.LUK.009.041 येशूले उत्तर दिनुभयो, “अविश्वासी र भडकिएका वंशकाहरू हो! कहिलेसम्म म तिमीहरूसंग बस्नु अनि सहेर रहनु?” तब उहाँले त्यो मानिसलाई भन्नुभयो, “तिम्रो पुत्रलाई यहाँ ल्याऊ।”
9:42b.LUK.009.042 जब ठिटो आउँदै थियो, त्यो भूतले त्यसलाई त्यहीं भूँइमा पछारी दियो अनि त्यो केटो काम्दै थियो अनि आफ्नो नियन्त्रण बाहिर रह्यो। तर येशूले त्यस दुष्टात्मालाई कडा चेतावनी दिनु भयो। त्यसपछि त्यो केटोलाई पारी बाबुलाई सुम्पि दिनु भयो।
9:43b.LUK.009.043 परमेश्वरको महान शक्ति देखेर सबै मानिसहरू आश्चर्य चकित भए। येशूले गरेका चीजहरूदेखि मानिसहरू अझ सम्म आश्चर्य चकित थिए। उहाँले आफ्नो चेलाहरूलाई भन्नुभयो,
9:44b.LUK.009.044 “अब म तिमीहरूलाई जे भन्दैछु कहिल्यै नबिर्सनु मानिसका पुत्रलाई केही मानिसहरूको नियन्त्रणमा सुम्पिइनेछ।”
9:45b.LUK.009.045 तर चेलाहरू येशूले भन्नुभएको यी कुराहरूको अर्थ केही बुझेनन्। यसको अर्थ तिनीहरूले चेलाहरू त्यस विषयमा उहाँलाई सोध्न डराए।
9:46b.LUK.009.046 येशूका चेलाहरू आपसमा तिनीहरू मध्ये को चाँहि सबभन्दा महान् होला भनेर बहस गर्न थाले।
9:47b.LUK.009.047 येशूले तिनका चेलाहरूले गरेको बहसको विषय बुझि हाल्नु भयो। यसकारण उहाँले एउटा बालकलाई लिनु भयो अनि आफ्नो छेउमा उभ्याउनु भयो।
9:48b.LUK.009.048 अनि आफ्नो चेलाहरूलाई भन्नु भयो, “यदि कसैले मेरो नाम लिएर यस बालकलाई ग्रहण गर्छ भने, त्यसले मलाई पनि ग्रहण गर्छ। अनि कसैले मलाई ग्रहण गर्छ भने उसले ती मलाई पठाउनेलाई ग्रहण गर्छ जुन मानिस तिमीहरू माझ नगन्य छ, उही सब भन्दा महान हो।”
9:49b.LUK.009.049 यूहन्नाले जवाफ दिए, “हे गुरुज्यू, मानिसहरूदेखि भूतहरू भगाउनलाई एकजना मानिसले तपाईंको नाउँ लिंदैथ्यो। त्यो मानिस हाम्रो दलमा नभएकोले हामीले उसलाई त्यसो गर्नवाधा दियौं।”
9:50b.LUK.009.050 येशूले यूहन्नालाई भन्नु भयो, ‘‘त्यसलाई नरोक। यदि कुनै मानिस तिम्रो बिरुद्ध छैन भने त्यो तिमी पट्टिनै हुन्छ। ‘‘
9:51b.LUK.009.051 येशूको स्वर्गारोहणको समय नजीक आउँदै थियो। उहाँले यरूशलेम जाने निश्चय गर्नुभयो।
9:52b.LUK.009.052 येशूले कोही मानिसहरूलाई आफू भन्दा अघि पठाउनु भयो। ती मानिसहरू येशूको निम्ति प्रत्येक कुरो तयार राख्नलाई सामरियाको एउटा शहरमा गए।
9:53b.LUK.009.053 तर त्यहाँका मानिसहरूले उहाँलाई ग्रहण गर्न मानेनन् किनभने उहाँ यरूशलेम तर्फ जानु हुँदै थियो।
9:54b.LUK.009.054 याकूब, यूहन्नाले र येशूका चेलाहरूले यी सबै देखे। तिनीहरूले भने, “हे प्रभु, के हामीले स्वर्गबाट आगो बोलाए मानिसहरूलाई भस्म पार्नु भन्ने तपाईं चाहनुहुन्छ?”
9:55b.LUK.009.055 तर येशूले पछि फर्केर तिनीहरूलाई हप्काउनु भयो।
9:56b.LUK.009.056 त्यसपछि येशू र उहाँका चेलाहरू अर्का शहरतिर लाग्नु भयो।
9:57b.LUK.009.057 उनीहरू सबै नै बाटोम जाँदैथिए। कुनै एकले उहाँलाई भने, “तपाईं जहाँ जानुहुन्छ म पनि तपाईंसंगै जान्छु।”
9:58b.LUK.009.058 येशूले भन्नुभयो, “स्यालहरूको बस्ने दूलोहरू छन्। चरा-चुरुङ्गीहरूको बस्ने गुँडहरू छन्। तर मानिसको पुत्रलाई कुनै ठाउँ छैन जहाँ उसले आफ्नो शिर अडाउन सकोस्।”
9:59b.LUK.009.059 येशू ले अर्को मानिसलाई भन्नु भयो, “मेरो पछि लाग। “ तर त्यो मानिसले भन्यो, “हे प्रभु, पहिले मेरा बाबुलाई गाड्न जान दिनुहोस्।”
9:60b.LUK.009.060 तर येशूले तिनलाई भन्नुभयो, “मुर्दाहरूलाई आफ्नै मुर्दा मानिस गाडन देऊ। तर तिमी जाऊ अनि परमेश्वरको राज्यको विषयमा प्रचार गर।”
9:61b.LUK.009.061 अर्को मानिसले भने, “प्रभु म तपाईंको पछि लाग्नेछु, तर पहिले मेरो आफन्तहरूबाट बिदा लिन दिनुहोस्।”
9:62b.LUK.009.062 येशूले भन्नुभयो, “यदि कुनै मानिसले हलोमा हात लगाएर पछिल्तिर हेर्छ भने, त्यो परमेश्वरको राज्यको लायक हुने छैन।”
10
10:1b.LUK.010.001 त्यसपछि, प्रभु येशूले 72 जना मानिसहरूलाई छान्नु भयो। उहाँले तिनीहरूलाई दुई दुई जनाको दल बनाई आफू जुन जुन शहर र ठाउँहरू जान चाहनुहुन्थ्यो ती ठाउँहरूमा आफ्नो अगुवा बनाई पठाउनु भयो।
10:2b.LUK.010.002 येशूले भन्नु भयो, “फसल त धेरै छ, तर खेतालाहरू कम्ती छन्। यसर्थ फसलका प्रभुलाई प्रार्थना गर ताकि उहाँले आवश्यकता अनुसार खेतालाहरू पठाउन सकुन्।
10:3b.LUK.010.003 अब तिमीहरू जानसक्छौ। तर सुन! म तिमीहरूलाई पठाउँदैछु, अनि तिमीहरू ब्वाँसोहरू माझ भेडा जस्तै हुनेछौ।
10:4b.LUK.010.004 पैसा, झोला जुत्ता केही साथमा नलैजाऊ। बाटो हिंडदा मानिसहरूसंग बोल्न नछाड।
10:5b.LUK.010.005 कसैको घरमा पस्न अघि, भन, यस घरमा तिमीहरूलाई शान्ति होस्।’
10:6b.LUK.010.006 यदि शान्तिप्रिय मानिस त्यहाँ छ भने, तिमीहरूको शान्तिको आशीर्वाद उहीसंग रहनेछ। यदि त्यहाँ शान्तिप्रिय मानिस छैन भने तिमीहरूको शान्तिको आशीर्वाद तिमीहरूसँगै फिर्ता हुनेछ।
10:7b.LUK.010.007 शान्त घरमा बस, मानिसहरूले जे खाना-पिउन दिन्छन्, खाऊ। किनभने कर्मचारीले आफ्नो ज्याला पाउनु योग्यको हुन्छ। अर्को घरमा बस्नलाई पहिलो घर नछोड।
10:8b.LUK.010.008 यदि तिमीहरू शहरमा जान्छौ र मानिसहरूले त्यहाँ स्वागत गर्छन् भने, तिनीहरूले जे खानेकुरा दिन्छन् खाऊ।
10:9b.LUK.010.009 त्यस ठाँउका बिमारीहरूलाई निको पार। अनि तिनीहरूलाई भन, परमेश्वरको राज्य तिमीहरूको नजिक आएको छ।’
10:10b.LUK.010.010 तर जब तिमीहरू शहरमा जान्छौ, अनि मानिसहरूले त्यहाँ तिमीहरूको स्वागत नगरे, शहरको गल्लीहरूमा आऊ अनि भन,
10:11b.LUK.010.011 तिमीहरूको विरोधमा हाम्रा पइतालामा टाँसिएको तिम्रो शहरको धूलो समेत टक्टकाएर जाँदैछौ। तर यो याद राख्नु परमेश्वरको राज्य नजिकै आएको छ।’
10:12b.LUK.010.012 म तिमीहरूलाई भन्छु, न्यायको दिन त्यो शहरका मानिसहरूको अवस्था सदोमका मानिसहरूको भन्दा अझ असहनीय हुनेछ।
10:13b.LUK.010.013 “ए खोराजिन! तँलाई धिक्कार छ! ए बेत्सैदा! तँलाई धिक्कार छ। मैले तिमीहरूमा धेरै चमत्कारहरू गरें। यदि त्यही चमत्कारहरू टायर र सीदोनमा गरिएको भए, त्यहाँका मानिसहरूले आफ्नो जीवनशैली अघि नै परिवर्तन गरिसकेका हुन्थे। अनि तिनीहरूले पाप गर्न छोडिसकेका हुन्थे। तिनीहरूले अघि नै शरीरमा भाँग्रा लगाएर र खरानी धसेर आफ्नो पापहरूको निम्ति पश्चात गरी सकेका हुन्थे।
10:14b.LUK.010.014 तर न्यायको दिनमा टायर र सायडनका मानिसहरूका अवस्था भन्दा तिमीहरूको अवस्था अझ सहनीय हुनेछ।
10:15b.LUK.010.015 ए कफर्नहुम तिमी स्वर्गमा उचालिने छौ? अँहँ! तिमीलाई पनि मृत्यूको ठाउँमा खसालिनेछ।
10:16b.LUK.010.016 “उ जसले तिमीलाई सुन्छ भने मलाई सुनेको हुन्छ।तर उ जसले तीमीलाई अस्वीकार गर्छ, मलाइ ग्रहण गर्न अस्वीकार गरेको हुन्छ। अनि जसले मलाई ग्रहण गर्न अस्वीकार गर्छ, त्यसले उहाँ एक जसले मलाई पठाउन भयो, उहाँलाई अस्वीकार गरेको हुन्छ।”
10:17b.LUK.010.017 जब ती सत्तरी जना मानिसहरू फर्केर आए, तिनीहरू खुबै खुशी थिए। तिनीहरूले भने, “हे प्रभु, जब तपाईंको नाउँ हामीले आदेश दियौ भूतहरूले पनि हाम्रो आज्ञा माने!”
10:18b.LUK.010.018 येशूले तिनीहरूलाई भन्नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुली चम्के झैं खसिरहेको देखें।
10:19b.LUK.010.019 सुन, मैले तिमीहरूलाई साँपहरू र बिच्छीहरूलाई कुल्चने शक्ति दिएकोछु। मैले तिमीहरूलाई शत्रुहरूको सबै शक्तिमाथि आधिकार दिएकोछु। अनि कसैले तिमीहरूलाई हानी पुर्याउँने छैन।
10:20b.LUK.010.020 तर ती आत्माहरू तिमी हरूको आज्ञालाई पालन गर्दछन् भनेर तिमीहरू खुशी हुनु हुँदैन। बरू तिमीहरूको नाम स्वर्गमा लेखिएको छ भनी तिमीहरू खुशी होऊ।” मत्ती
10:21b.LUK.010.021 त्यसपछि येशूलाई पवित्र आत्माले अत्यन्त खुशी बनायो। उहाँले भन्नुभयो, “हे पिता! स्वर्ग र पृथ्वीका परमप्रभु! म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रसंशा गर्छु कि बुद्धिमान र समझदार मानिसहरूबाट तपाईंले यी कुराहरू लुकाएर राख्नु भएको छ। तर तपाईंले यी कुराहरू ती बालकहरू सरहका सरल मानिसहरूमा देखाइदिनु भयो। हो पिता, तपाईंले यसो गर्नुभयो किनभने त्यो तपाईंको रूचि थियो।
10:22b.LUK.010.022 “मेरा पिताले मलाई सब थोकहरू दिनुभएकोछ। कसैले जान्दैन कि पुत्र को हो-केवल पिताले मात्र जान्नुहुन्छ। अनि पिता को हुन, कसैले जान्दैन केवल पुत्रलाई मात्र थाहा छ। मानिसहरूमा पितालाई तिनीहरूले जान्दछन् जसलाई पुत्रले बताउन खोजोको छ।”
10:23b.LUK.010.023 त्यसपछि येशू एक्लै आफ्ना चेलाहरूसंग हुनु हुन्थ्यो, उहाँ तिनीहरू पट्टि र्फकनु भयो अनि भन्नुभयो, “तिमीहरू धन्य हौं। जो तिमीहरूले देख्दैछौ।
10:24b.LUK.010.024 म तिमीलाई भन्छु, धेरै अगमवक्ताहरू अनि राजाहरूले यो हेर्न चाहन्थे जो तिमीहरूले देखिरहेकाछौ, तर तिनीहरूले यी बस्तुहरू देखेनन्। अनि धेरै अगमवक्ताहरू र राजाहरू, सुन्न चहान्थे तर तिनीहरूले ती सुनेनन्।”
10:25b.LUK.010.025 त्यसपछि एकजना व्यवस्थाका शास्त्री त्यहाँ खडा भए अनि तिनले येशूलाई जाँच्ने चेष्टा गरे। तिनले भने, “हे गुरुज्यु, मैले अनन्त जीवन पाउनलाई के गर्नुपर्छ?”
10:26b.LUK.010.026 येशूले तिनलाई भन्नुभयो, “व्यावस्था के लेखिएको छ? तिमीले त्समा के पढछौ?
10:27b.LUK.010.027 त्यस मानिसले भन्यो, “तिमीले परमप्रभु तिम्रो परमेश्वरलाई आफ्नो सारा हृदय, सारा आत्मा सारा शक्ति अनि सारा मनबाट प्रेम गर्नु पर्छ। अनि तिमीले आफैलाई जस्तो अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ।’ “
10:28b.LUK.010.028 येशूले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो उत्तर सही छ। त्यही गर अनि तिमीले अनन्त जीवन पाउनेछौ।”
10:29b.LUK.010.029 त्यस मानिसले उहाँको प्रश्नलाई सिद्ध गर्न चाहनन्थ्यो। यसर्थ उसले येशूलाई भन्यो, “तर ती मानिसहरू को हुन् जसलाई मैले प्रेम गर्नु पर्छ?”
10:30b.LUK.010.030 यसको उत्तर येशूले भन्नुभयो, “एकजना मानिस यरूशलेमदेखि यरिको गइरहेको थियो। केही डाँकूहरूले तिनलाई घेरे। तिनीहरूले तिनको लुगा च्याते अनि कुटे। त्यसपछि त्यो मानिसलाई त्यहीं भुँईमा लडाएर छोडिराखे। त्यो मानिस प्रायः मरिसकेको थियो।
10:31b.LUK.010.031 संयोगवश एकजना यहूदी पूजाहारी त्यही समय त्यो बाटोमा गइरहेका थिए। त्यो पूजाहारीले जब उसलाई देखे, तिनी त्यस मानिसलाई मदत गर्न रोकिएनन् तिनी हिंडिनै रहे।
10:32b.LUK.010.032 एकजना लेवी पनि त्यही बाटो आयो। उसले त्यस घाइते मानिसलाई देख्यो, तर उ अर्को पट्टि लाग्यो।
10:33b.LUK.010.033 त्यसपछि एकजना सामरी त्यही बाटोमा आए। तिनी त्यो घाइते मानिसलाई देखे तिनलाई त्यो मानिसमाथि दया जाग्यो।
10:34b.LUK.010.034 सामरी त्यस मानिस भएकहाँ गए अनि जैतूनको तेल र दाखरस लगाएर उसको चोटहरूमा पट्टि बाँधिदिए। तब तिनले त्यो घाइते मानिसलाई गधामा चढाए अनि एउटा पौवामा लिएर गए। त्यस मानिसको स्याहार गरे।
10:35b.LUK.010.035 अर्को दिन, त्यो सामरीले दुइवटा चाँदीको सिक्का पौवाको मालिकलाई दिए। सामरीले भने, यो मानिसको हेरचाह गरिदिनुहोस्। यदि यस मानिसमाथि अझै तिमीले खर्च गरे, म फर्केर आँउदा तिर्नेछु।”‘
10:36b.LUK.010.036 त्यसपछि येशूले भन्नुभयो, “यी तीन जना मध्ये डाकूहरूले घाइते बनाएको मानिसलाई कसले प्रेम दर्शायो?”
10:37b.LUK.010.037 व्यवस्थाको शास्त्रीले उत्तर दिए, “त्यसैले जसले त्यो मानिसलाई मद्दत गरे।” येशूले तिनलाई भन्नुभयो, “तिमी पनि जाऊ अनि त्यसै गर।”
10:38b.LUK.010.038 जब येशू र उहाँका चेलाहरू जाँदै थिए, येशू एउटा शहर भित्र पस्नुभयो। मार्था नाउँ गरेकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा सत्कार गरिन्।
10:39b.LUK.010.039 मार्थाको एउटी मरियम नाउँ गरेकी बहिनी थिइन्। मरियम येशूको पाऊ नेर बसेर उहाँको वचन सुनिरहेकी थिई। तर उसको दिदी मार्थ चाँहि घरको काममा नै व्यस्त थिइन्।
10:40b.LUK.010.040 मार्थाले धेरै काम गर्नु पर्दा रिसाउँथी। मार्थाले गएर भनी, “हे प्रभु! मेरो बहिनीले मलाई एक्लै घर धन्धामा छोडेकोमा तपाईं व्याकुल हुनु हुन्न? दया गरी त्यसलाई भनिदिनोस् त्यसले मलाई मदत गरोस्।”
10:41b.LUK.010.041 अनि प्रभुले त्यसलाई भन्नुभयो, “मार्था, मार्था, तिमीले धेरै कुराको विषयमा चिन्ता र फिक्री गर्दी रहेछौ।
10:42b.LUK.010.042 एउटा कुरा चाँहि महत्वपूर्ण हुन्छ। मरियमले आफ्नो लागि कुन असल हो त्यो छानेकी छे अनि त्यो ऊबाट कहिल्यै खोसिनेछैन्।”
11
11:1b.LUK.011.001 एक समय येशू कुनै एक ठाउँमा प्रार्थना गरिरहनु भएको थियो। जब प्रार्थना गरी सक्नु भयो, उहाँको चेलाहरू मध्ये एकजनाले उहाँलाई भने, “यूहन्नाले आफ्ना चेलाहरूलाई प्रार्थना कसरी गर्नु पर्छ सिकाए। हे प्रभु हामीले पनि प्रार्थना गर्नुपर्छ, सिकाउनुहोस्।”
11:2b.LUK.011.002 येशूले चेलाहरूलाई भन्नुभयो, “जब तिमीहरू प्रार्थना गछौं, तब यसरी गर ‘हे पिता! हामी प्रार्थना गछौं कि तपाईंको नाउँ सधैं पवित्र रहोस्। हामी प्रार्थना गर्दछौं कि तपाईंको राज्यको आगमन होस्।
11:3b.LUK.011.003 दिनहुँ चाहिने भोजन हामीलाई दिनु होस्।
11:4b.LUK.011.004 हामीले गरेका पापहरू क्षमा दिनुहोस्, जस्तो हामीले हामीसँग भूल गर्नेहरूलाई क्षमा दिएका छौं। अनि हामीलाई कठिन परीक्षा ल्याउनुहोस्।”‘ लगातार प्रश्न
11:7b.LUK.011.007 घरभित्रबाट तिम्रो मित्रले भन्नेछ, जाऊ, मलाई तकलीफ नदेऊ। ढोका अघि नै बन्द भइसकेकोछ। म र मेरा छोरा छोरीहरू ओछ्यानमा छन्। अहिले उठेर म तिमीलाई रोटी दिन सक्तिनँ।
11:8b.LUK.011.008 म के भन्दछु भने मित्रताको नाताले मात्र ऊ उठदैन अनि रोटी दिंदैनँ, तर उसलाई चाहिएको वस्तु यदि उसले लगातार मागिरह्यो भने उसको ढिट्पनाले गर्दा मित्रले उठेर मागेको कुरो दिनेछ।
11:9b.LUK.011.009 फेरि म तिमीहरूलाई भन्दछु, “माग अनि तिमीहरूलाई दिइनेछ, खोज अनि तिमीहरू पाउनेछौ, ढक्ढकाउ अनि तिमीहरूको निम्ति ढोका उघारिनेछ।
11:10b.LUK.011.010 किनभने हरेक जसले माग्दछ, उसले पाउँदछ, अनि जसले खोज्दछ उसले पाउँदछ। अनि जसले ढक्ढकाँउछ, ढोका उघारिनेछ।
11:11b.LUK.011.011 तिमीहरू मध्ये कसको छोरो होला? यदि तिम्रो छोरोले माछा माँगे, तिमी उसलाई के दिन्छौ? के तिम्रो पुत्रलाई तिमी साँप दिन्छौ अहँ! तिमी उसलाई माछा नै दिन्छै।
11:12b.LUK.011.012 अथवा, तिम्रो पुत्रले अण्डा माग्यो भने, त्यसलाई के बिच्छी दिन्छौ? अहँ!
11:13b.LUK.011.013 तिमी पनि अरू मानिसहरू जस्तै दुष्ट छौ। तर तिमीहरू जान्दछौ आफ्ना बालकहरूलाई कसरी राम्रो चीजहरू दिनुपर्छ। तिम्रा स्वर्गीय पिताले उहाँसंग माग्नेहरूलाई पनि कति अधिक पवित्र आत्मा दिनुहुनेछ।
11:14b.LUK.011.014 कुनै समयमा एकजना मानिसबाट येशूले लाटा बनाउने भूत निकाली दिनुभयो। जब त्यो भूत बाहिर निस्कयो, त्यो मानिस बोल्नु सक्ने भयो। मानिसहरू छक्क परे।
11:15b.LUK.011.015 तर कोही मानिसहरूले भने, “बालजिबुल, भूतहरूको मालिकको शक्ति प्रयोग गरेर उहाँले भूतहरू भगाउँनु हुन्छ।”
11:16b.LUK.011.016 अरूले पनि येशूको जाँच लिन चाहन्थे। तिनीहरूले उहाँलाई स्वर्गबाट ल्याएको एउटा चिन्ह देखाउनु लगाए।
11:17b.LUK.011.017 तर येशूले तिनीहरूको विचार थाह पाउनु भयो। यसकारण येशुले भन्नु भयो, “हरेक राज्य, जो बाँडिएको छ अनि आपसमा झगडा गर्छ भने त्यो आफै नाश हुन्छ। त्यसरी नै एउटा परिवार आपसमा झगडा गरिरहन्छ भने त्यो पनि नष्ट हुन्छ।
11:18b.LUK.011.018 यसर्थ, यदि शैतान पनि आपसमा झगडा गरे उसको राज्य कति दिन रहला? तिमीहरू भन्दछौ कि भूतहरू भगाउनलाई मैले बालजिबुलको शक्तिलाई काममा लगाएँ।
11:19b.LUK.011.019 यदि मैले बालजिबुलको शक्तिलाई लगाएर भूतहरू धपाउँछु भने , तिम्रो मानिसहरुले अरु भुतहरु धपाउँनलाई कुन शक्तिको प्रयोग गर्छन्? यसर्थ तिम्रो आफ्नै मानिसहरूले तिमीहरू भूलमा छौ भन्ने प्रमाण दिन्छन्
11:20b.LUK.011.020 तर म भूतहरू भगाउन परमेश्वरको शक्ति प्रयोग गर्छु। यसबाट प्रमाण हुन्छ कि परमेश्वरको राज्य तिमीहरूकहाँ आइसकेको छ।
11:21b.LUK.011.021 “जब कुनै बलवान मानिसले धेरै हात हतियारहरू लिएर आफ्नो घरको रक्षा गर्दछ भने, त्यसको घरमा सबै मालमत्ताहरू सुरक्षित नै रहन्छ।
11:22b.LUK.011.022 तर यदि ऊ भन्दा बलियो मानिस आएर उसलाई जित्छ भने तब त्यो अझ बलियो मानिसले सब हात हतियाहरू जसमाथि बलियो मानिसको भरोशा थियो खोसेर लैजान्छ। तब त्यो अझ बलियो मानिसको मालहरूमाथि व्यवहार गर्छ।
11:23b.LUK.011.023 “यदि कुनै मानिस मसंग छैन भने ऊ मेरो विरोधमा छ, जो मानिस मसंग काम गर्दैन ऊ मेरो विरोधमा छ।
11:24b.LUK.011.024 “जब एकजना मानिसबाट दुष्टात्मा निस्कन्छ, यो बिश्रामको निम्ति ओबानो ठाउँहरू खोजी हिडछ। अनि जब यसले कतै बिश्राम गर्ने ठाउँहरू पाउँदैन, यसले भन्छ, म जून घरदेखि बाहिर आएको थिएँ त्यहीं र्फकन्छु।’
11:25b.LUK.011.025 जब त्यो आत्मा त्यो घर र्फकन्छ त्यसले त्यो घर बढारिएको पाउँछ।
11:26b.LUK.011.026 तब त्यो दुष्ट-आत्मा अरू सातवटा दुष्ट आत्माहरू लिन जान्छ जो त्यो भन्दा अझ दुष्ट छन्। अनि ती सबै आत्माहरू एकसाथ गएर त्यो मानिसभित्र पस्छन् र बास गर्छन्। तब त्यस मानिसको अवस्था पहिलो भन्दा झन् खराब हुन्छ।”
11:27b.LUK.011.027 जब येशूले यी कुराहरू भन्नु हुँदै थियो एउटी स्त्री जो त्यहाँ थिई येशूलाई यसो भन्दै जोरले कराई, “धन्य हुन ती माता जसले तपाईंलाई गर्भधारण गरिन् अनि तपाईंलाई स्तन पान गराइन्।”
11:28b.LUK.011.028 तर उहाँले भन्नुभयो, “मानिसहरू जसले परमेश्वरको वचनहरू सुन्छन् अनि पालन गर्छन् तिनीहरू वास्तविक रूपमा खुशी छन्।”
11:29b.LUK.011.029 मानिसहरूको भीड बिस्तार बढदै गयो। येशूले भन्नुभयो, “यस युगमा रहेका मानिसहरू दुष्ट छन्। तिनीहरू चिन्हको रूपमा परमेश्वरबाट चमत्कार चाहन्छन। तर कुनै चिन्ह तिनीहरूलाई दिइने छैन। केवल योनामा भएको चमत्कार मात्र चिन्ह हुनेछ।”
11:30b.LUK.011.030 योना निनवेका वासिन्दाहरूको लागि चिन्ह हुनेछन्। त्यसरी नै यस पुस्ताको लागि मानिसका पुत्र पनि चिन्ह हुनेछन्।
11:31b.LUK.011.031 न्यायको दिन दक्षिण देशकी रानी यो पुस्ताका मानिसहरू विरूद्ध उठ्नेछिन् अनि तिनीहरू दोषी हुन् भनी प्रमाण दिनेछिन्। किन्? किनभने सुलेमानको ज्ञानमय शिक्षा सुन्नु तिनी धेरै टाडोबाट आएकी थिइन्। अनि म भन्दछु कि सुलेमान भन्दा म महान हुँ।
11:32b.LUK.011.032 न्यायको दिनमा निनवेका मानिसहरू यी पुस्ताको मानिसहरू विरूद्धमा उठ्नेछन् अनि तिनीहरू दोषी भएको प्रमाण दिनछन्। किन? किनभने जतिबेला योनाले मानिसहरूलाई प्रचार गरे तिनीहरूले आफ्नो हृदय र रहन-सहन समेत परिवर्त्तन गरे। अनि म तिमीहरूलाई भन्दछु म योना भन्दा महान हूँ।
11:33b.LUK.011.033 “कुनै पनि मानिसले बत्ती बालेर पाथी मनि राख्दैन अथवा लुकाउँदैन। बरू भित्र पस्नेहरू सबैले देखुन् भनेर त्यो बत्ती सामदानमाथि राखिन्छन।
11:34b.LUK.011.034 तिम्रो शरीको बत्ती तिम्रो आँखा हो यदी तिम्रो आँखाहरु ठिकछन् भने तिम्रो सारा शरीर उज्यालोले भरिन्छ। यदि तिम्रो आँखाहरू नै खराब छन् भने, तिम्रो सारा शरीर नै अँध्यारो हुनेछ।
11:35b.LUK.011.035 यसैले होशियार होऊ। तिमीमा भएको उज्यालो अँध्यारोमा परिणत नहोस्।
11:36b.LUK.011.036 अतः यदि तिम्रो शरीर पूर्ण उज्यालोले भरिएकोछ भने अनि यसको कुनै भाग अँध्यारो छैन भने त्यो पुरै चम्कन्छ, मानौं कुनै बत्तीको किरण तिमीमाथि चम्किरहेको छ।”
11:37b.LUK.011.037 येशू बोली सक्नु भएपछि, एकजना फरिसीले संगै खाना खानु भनी आग्रह गरे। अनि येशू जानु भयो अनि खान बस्नु भयो।
11:38b.LUK.011.038 तर खाना खानु भन्दा अघि येशूले हात नधोएको देखेर फरिसी छक्क परे।
11:39b.LUK.011.039 यसमा प्रभूले भन्नु भुयो, “तिमी फरसीहरू खाली कचौरा अनि थालको बाहिरा पट्टि मात्र धुन्छौ तर भिन्न चाँहि तिमीहरू लोभ औ दुष्टताले भरिएका छौ।
11:40b.LUK.011.040 तिमीहरू मूर्ख हौ। जसले बाहिरी भाग बनाए उनैले भित्री भाग पनि बनाए। हो कि होइन?
11:41b.LUK.011.041 तर भित्रपट्टि जो जे छ त्यो गरीब मानसहरूलाई देऊ। त्यसपछि तिमी पनि पूर्णरूपले सफा हुनेछौ।
11:42b.LUK.011.042 धिक्कार तिमी फरिसीहरूलाई! तिमीहरूकोमा भएको पुदिना, आरूद अनि बगैंचामा भएका अन्य जम्मै चीजहरूको दशांश परमेश्वरलाई चढाउँछौ, तर तीमीहरू परमेश्वर प्रति न्याया र प्रेम अवहेलना गर्छौ। यही कुराहरू तिमीहरूले गर्नु पर्ने हो जब तिमीहरू अन्य कामहरू गरिरहेका हुन्छौ।
11:43b.LUK.011.043 धिक्कार तिमा फरिसीहरूलाई तिमी सभा -घरमाहरूमा मुख्य-मुख्य आसनहरू मात्र चाहान्छौ। त्यसरीनै बजाहरूमा जाँदा मानसहरूले तिमीहरूलाई आदर गरून् भन्ने चाहन्छौ।
11:44b.LUK.011.044 धिक्कार छ तिमी फारसीहरूलाई किनकि तिमीहरू कसैबाट पनि याद नहूने चिहानहरू जस्ता छौ। मानसहरू नजानिकन त्यहीमाथि भएर हिडेछन्।
11:45b.LUK.011.045 व्यवस्थाका शास्त्रीहरू मध्ये एक जनाले येशूलाई भने, “हे गुरु जब तपाईं ले यी कुराहरू गर्नुहुन्छ, तपाईंले हामीलाई पनि निन्दा गर्नु हुदैंछ।”
11:46b.LUK.011.046 येशूले उत्तर दिनुभयो, “धिक्कार तिमी व्यवस्थाका शास्त्रीहरूलाई तिमीहरू मानिसहरूलाई यी नियम पालन गर्नु वाध्य गराउँछौ। तर तिमीहरू आफै भने ती नियमहरू पालन गर्ने चेष्टा समेत गर्दैनौ।
11:47b.LUK.011.047 धिक्कार तिमीहरूलाई, किनभने तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ। तर ती अगमवक्ताहरू तिनै हुन् जसलाई तिम्रा पूर्खाहरूले मारेका थिए।
11:48b.LUK.011.048 यसैले यो सिद्ध हुन्छ कि तिमीहरू तिम्रा पुर्खाहरूले गरेका कर्महरूमा सहमत भइरहेकाछौ। तिनीहरूले अगमवक्तहरूको हत्या गरे अनि तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ।
11:49b.LUK.011.049 यसैले परमेश्वरको ज्ञानले भन्यो, म अगमवक्ताहरू र प्रेरितहरू तिनीहरूका निम्ति पठाउनेछु। तिनीहरूले कोही अगमवक्ताहरू र प्रेरितहरूलाई मार्नेछन् अनि अरूलाई सताउनेछन्।
11:50b.LUK.011.050 त्यसैले यो पृथ्वीको सृष्टिदेखि जति पनि अगमवक्ताहरू मरिए वर्तमान पुस्ताका तिमी मानिसहरू यसको निम्ति दण्डित हुनु पर्नेछ।
11:51b.LUK.011.051 हाबिल देखि जकरिया सम्म जसलाई वेदी र मन्दिर माझ मारिएको थियो तिनीहरू सबैको मृत्युका निम्ति हो। म तिमीहरूलाई भन्छु, आज जति पनि तिमी मानिसहरू बाँचिरहेकाछौ ती काण्डको लागि सबै दण्डित हुनेछौ।
11:52b.LUK.011.052 “धिक्कार तिमी व्यसथाका शास्त्रीहरू! परमेश्वरको ज्ञानको कुराहरूको चाबी तिमीहरूले लगेका छौ। तिमीहरू आफैले सिकेनौ, अनि अरूहरूलाई सिक्नु पनि वाधा गर्यौ।”
11:53b.LUK.011.053 जब येशू जान लाग्नु भयो, व्यवस्थाका शास्त्रीहरू र फरिसीहरूले धेरै कष्ट दिए। उहाँलाई धेरै प्रश्नहरूले आक्रमण गरे।
11:54b.LUK.011.054 उहाँले केही भन्नु हुन्थ्यो कि भनेर तिनीहरूले जालमा फसाँउने चेष्टा गरे।
12
12:1b.LUK.012.001 हजारौं हजार मानिसहरू एकसाथ भेला भएका थिए। तिनीहरू यदि विघ्न थिए कि तिनीहरू एक अर्कालाई कुल्चन्थे। मानिसहरूलाई सम्बोधन गर्नु अघि येशूले उनका चेलाहरूलाई सम्बोधन गर्नु अघि येशूले उनका चेलाहरूलाई भन्नुभयो, “तिमीहरू फरिसीहरूको खमीरदेखि होशियार बस। मेरो भन्नुको अर्थ तिनीहरूको कपटीपनामा होशियारी बस।
12:2b.LUK.012.002 प्रत्येक कुरो जो लुकाइएको छ त्यो बहिरिन्छ। प्रत्येक रहस्यका कुरा जान्न दिइनेछ।
12:3b.LUK.012.003 ती वचनहरू जो तिमीले अन्धकारमा भनेकाछौ त्यो उज्यालोमा सुनिनेछ। तिमीले कोठाभित्र कानेखुसी गरेको कुरा घरको छानाबाट घोषणा गरिनेछ।”
12:4b.LUK.012.004 त्यसपछि येशूले मानिसहरूलाई भन्नुभयो, “ तिमीहरूलाई भन्दछु, ए मेरा साथीहरू! मानिसहरूदेखि नडराऊ। मानिसहरूले शरीरको हत्या गर्न सक्छन्, तर त्यो भन्दा वेशी तिनीहरूले केही गर्न सक्तैन।
12:5b.LUK.012.005 तर कोसित डराउनु पर्छ म तिमीहरूलाई बताउनेछु। तिमीहरू उहाँ एकसंग डराउनु पर्छ जससित मारे पछि नरकमा फयाँक्न सक्ने शक्ति छ। हो, उहाँ मात्र एक हुनुहुन्छ जससित तिमीहरू डराउनु पर्छ।
12:6b.LUK.012.006 “पाँचवटा ससान चरचुरूङ्गीहरूको दाम दुइ पैसा मात्र पर्छ। तर परमेश्वरले ती मध्ये एउटा पनि भुल्नु हुँदैन।
12:7b.LUK.012.007 हो, तिमीहरूको शिरमा कति केश छन् त्यो पनि परमेश्वरलाई थाहा छ। यसकारण नडराऊ। ती चराचुरूङ्गीहरू भन्दा तिमीहरू धेरै मूल्यवान् छौ।
12:8b.LUK.012.008 “म तिमीहरूलाई भन्दछु, यदि कुनै मानिसले अरू मानिसहरूको सामुन्ने उसलाई मेरो हो भन्छ भने, म पनि त्यसरी परमेश्वरको दूतहरूको सामुन्ने भन्छु कि त्यो मानिस मेरो हो।
12:9b.LUK.012.009 तर यदि कुनै मानिसले अरू मानिसहरूको सामने उसलाई मेरो होइन भने म त्यसलाई मेरो होइन भन्नेछु। यी सब म परमेश्वरका दुतहरूको अघि भन्नेछु।
12:10b.LUK.012.010 “यदी कसैले मानिसको पुत्रको विरूद्धमा कुरा गरे त्यसलाई क्षमा हुनेछ। तर यदि कुनै मानिसले पवित्र आत्माको विरूद्ध निन्दा गरे त्यो क्षमा हुनेछैन।
12:11b.LUK.012.011 “जब मानिसहरूले तिमीहरूलाई सभा घरहरुमा भएका शासक अनि अधिकारी अघि पार्छन भने आफ्नो बचाऊको निम्ति कसरी के भन्नु पर्ने त्यसमा हतास नहोऊ।
12:12b.LUK.012.012 त्यस समय पवित्र आत्माले नै तिमीलाई तिमीले भन्न पर्ने कुराहरू सिकाउनु हुनेछ।”
12:13b.LUK.012.013 भीडबाट एकजना मानसिले येशूलाई भने, “हे गुरु, हाम्रा पिता मर्नु भयो। आफ्नो पिताको धन-सम्पत्तिको मसंग अंश-बण्डा गर्नलाई मेरो दाज्युलाई भनिदिनु होस्।”
12:14b.LUK.012.014 तर येशूले त्यलाई भन्नुभयो, “मैले तिमीहरूको बाबुको सम्पत्ति तिमीहरू दुइजना माझ वितरण गर्नु पर्छ भनेर मलाई कसले न्यायकर्ता बनायो?”
12:15b.LUK.012.015 फेरि येशले तिहरूलाई भन्नुभयो, “होशियार होऊ अनि सबै प्रकारका स्वार्थीपनबाट आफूलाई जोगाऊ। कसैकोमा चाहिएको सम्पत्ति भन्दा वेशी हुनु सक्छ , तर त्यले उसलाई जीवन दिन सक्तैन।”
12:16b.LUK.012.016 अनि उहाँले यस्तो एउटा दृष्टान्त भन्नुभयोः “कुनै समयमा एक जना धनी मानिस थियो। त्यसको जमीनमा असल अनि प्रशस्त अन्नाबाली उब्जन्थ्यो।
12:17b.LUK.012.017 त्यो मानिस आफै सोच्दथ्यो, मैले के गर्ने मसित भएका यति प्रशस्त अन्न राख्ने ठाउँ नै छैन।
12:18b.LUK.012.018 तब त्यस धनी मानसले भन्यो, म जान्दछु मैले के गर्नु पर्ने हो। म मेरा भकारीहरू भत्काउँछुर त्यसलाई अझ ठूलो पार्छु। ती नयाँ भकारीहरूमा म सबै अन्नहरू र अरू मेरा राम्रो चीजहरू राख्नेछु।
12:19b.LUK.012.019 तब म आफैलाई भन्नेछु, मेरोमा प्रशस्त राम्रो राम्रो समानहरू छन्। आउने धेरै र्वषको लागी मैले थुपारेको छु। आरामसित बस, खाउ, पीउ अनि जीवनमा आनन्द मनाऊ।’
12:20b.LUK.012.020 तर परमेश्वरले त्यस मानिसलाई भन्नुभयो, तिमी मूर्ख हौ, आज रातीनै तिमी मर्नेछौ। अनि तिमीले आफ्नै लागि तयार पारेका चीजहरू कसको हुनेछ?
12:21b.LUK.012.021 यसर्थ जसले आफ्नो निम्ति मात्र धन सम्पत्ती थुपार्छ त्यसले त्यो मानिसलाई के हुन्छ र परमेश्वरको अघि यस्ता मानिसहरु धनि होइनन्।”
12:22b.LUK.012.022 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यसकारण म तिमीरूलाई भन्दछु, बाँच्नका निम्ति खानेकुरा चाहिन्छ भन्ने विषयमा चिन्ता नगर। तिम्रो शरीरको विषयमा पनि चिन्ता नगर कि तिमी के लगाउँछौ?
12:23b.LUK.012.023 खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ। अनि लुगाफाटा भन्दा शरीरको महत्व धेरै छ।
12:24b.LUK.012.024 चराचुरूङ्गीहरूलाई हेर। तिनीहरू बीउ छर्दैनन् अनि वाली लाउँदैनन्। चराचुरूङ्गीहरूले भँण्डार अथवा भकारीहरूमा खानेकुरा थुपार्दैनन्। तर परमेश्वरले तिनीहरूलाई पेट भरी खुवाउँनुहुनेछ। अनि चराचुरुङ्गीहरू भन्दा तिमीहरू धेरै मूल्यवान हौ।
12:25b.LUK.012.025 तिमीहरू कसैले चिन्ताद्वारा आफ्नो आयुमा केही समय थप्नसक्छ?
12:26b.LUK.012.026 यदि तिमीहरू स-साना कुराहरू नै गर्न सक्दैनौ भने ठूलो विषयको किन फिक्री गर्छौ?
12:27b.LUK.012.027 जंङ्गली फूलहरूलाई हेर। सोच, तिनीहरू कसरी उम्रन्छन्। तिनीहरू आफ्नै लागि केही गर्दैनन् न त वस्त्र नै बनाउँछन्। म तिमीहरूलाई भन्दछु कि सुलेमान जस्ता राजा आफ्नो समस्त वैभवको साथ पनि यी फूलहरूमा झैं एउटा वस्त्र पहिरिएको थिएन।
12:28b.LUK.012.028 परमेश्वरले नै जमीनमा ती घाँसलाई वस्त्र लगाइदिनुहुन्छ, जुन आज यहाँ छ भोलि त्यसलाई आगोमा फालिन्छ। यसैले तिमीहरूले जान्नु पर्छ कि परमेश्वरले नै तिमीहरूलाई अझ धेरै राम्रो वस्त्र पहिराई दिनुहुनेछ। तिम्रो एकदमै थोरै विश्वास छ।
12:29b.LUK.012.029 त्यसरी नै तिमीहरूले के खाऔंला अनि के पिऔल भनी चिन्ता नगर। यस विषयमा कुनै चिन्ता नगर।
12:30b.LUK.012.030 संसारका सबै मानिसहरू यी चीजहरूको पछि लाग्छन् तर तिमीहरूका पिताले जान्दछन् कि तिमीहरूले यी सब चाहन्छौ।
12:31b.LUK.012.031 यसकारण तिमीहरूले खोज्नु पर्ने मुख्य त परमेश्वरको राज्य नै हो। तब तिमीहरूलाई यी सबै बस्तुहरू पनि दिइनेछ।
12:32b.LUK.012.032 “हे साना बगाल! नडराऊ! तिमीहरूका पिताले तिमीहरूलाई राज्य दिन चाहुनुहुन्छ।
12:33b.LUK.012.033 आफ्नोमा भएका सबै सम्पत्ति बेचेर जसलाई चाहिन्छ तिनीहरूलाई पैसा देऊ। धन त यो संसारमा स्थायी रहँदैन। तर स्वर्गको भण्डार हासिल । त्यो भन्डार सँधैका लागी रहन्छ। स्वर्गमा तिम्रो भण्डार चोरहरुले चोर्न सक्तैन, न त किराहरुले नै नष्ट पार्न सक्छ।
12:34b.LUK.012.034 तिम्रो हृदय त्यहीं हुनेछ जहाँ तिम्रो भण्डार हुनेछ।
12:35b.LUK.012.035 “तयारी बस! वस्त्र लगाऊ अनि तिम्रो बत्ती उज्यालो होस्।
12:36b.LUK.012.036 त्यो नोकरहरूले झैं व्यवहार गर जो विवाह भोजबाट फर्की आउने आफ्नो मालिकको लागि पर्खी रहेको हुन्छ। मालिक आउँछ अनि ढोका ढक्ढकाउँछ। नोकरले मालिकको निम्ति ढोका खोलिदिन्छ।
12:37b.LUK.012.037 धन्य हुन ती नोकरहरू जो मालिक घर फर्कादाँ घरमा सर्तकता साथ बसेका हुन्छन्। म तिमीहरूलाई साँचो भन्छु, मालिक आफैं आफ्नो काम गर्दा लाउने लुगा लगाँउछ अनि उसको नोकरहरूलाई कुर्सीमा बस्न लाउँछ। त्यसपछि मालिक स्वयंले तिनीहरूलाई खाना बाँडिदिन्छ।
12:38b.LUK.012.038 तर नोकरहरूले, सायद आफ्ना मालिकलाई मध्य-रात सम्म अथवा त्यसपछि पनि पर्खनु पर्ला। तर तिनीहरू खुशी हुन्छन् कारण तिनीहरूका मालिक आउँदा तिनलाई र्पखिरहेका पाउनेछन्।
12:39b.LUK.012.039 यो कुरा सम्झी राखः घरका मालिकले कति बेला चोर आउँछ भन्ने कुरा चाल पायो भने उसले चोरलाई घर फोर्नु दिएको हुँदैन।
12:40b.LUK.012.040 यसर्थ, तिमीहरू पनि सर्तक हौं! मानिसका पुत्र अचानक आउनु हुनेछ जब कि उहाँ आउने तिमीहरूले आशा नै गरेका हुँदैनौ।” विश्वासी नोकर को होला?
12:41b.LUK.012.041 पत्रुसले भने, “हे प्रभु! तपाईंले हामीलाई मात्र अथवा प्रत्येकलाई यो कथा भन्नु हुन्छ?”
12:42b.LUK.012.042 प्रभुले भन्नुभयो, “को चाँहि ज्ञानी र विश्वासी नोकर होला? विश्वासी नोकर त्यही हो जसमाथि अन्य नोकरहरूलाई ठीक समयमा तिनीहरूको भाग खाना दिन्छ भनी विश्वास गर्छ।
12:43b.LUK.012.043 मालिक आँउदा आफुले अह्राएको अनुसार नोकर काममा व्यस्त रहेको पायो भने त्यो नोकर अति खुशी हुनेछ।
12:44b.LUK.012.044 म तिमीहरूलाई साँचो भन्छु, मालिकले त्यस नोकरलाई आफ्नो जे जति छ त्यसको रक्षक नियुक्ति गर्छ।
12:45b.LUK.012.045 तर यदि नोकर दुष्ट प्रवृत्तिको छ र आफ्नो मालिक झट्टै र्फकदैन भन्ने सोच्छ भने त्यसको प्रतिफल के होला? त्यो नोकरले अरू नोकर पुरुष, स्त्रीहरूलाई कुट-पीट गर्ला अनि खाई पिई मातेर मस्त बस्ला।
12:46b.LUK.012.046 जब मालिक आँउछ उसलाई तत्पर रहेको पाउँदैन। यस्तो त्यस दिन आउनेछ, त्यो नोकरले मालिक आँउछ भन्ने सोचेकै हुँदैन, मालिक आउँदैछ भन्ने पत्तो हुँदैन। मालिकले त्यस नोकरलाई सजाय दिनेछ अनि त्यसलाई अन्य अविश्वासीसंग पठाइदिनेछ।
12:47b.LUK.012.047 “त्यो नोकरले जान्दथ्यो, उसको मालिकले के चाहान्थ्यो तर उ काम गर्न तत्पर रहँदैन अथवा मालिकले अह्राएको काम गर्न चेष्ट गरेन, यसर्थ त्यस नोकरले अधिक सजाय पाँउछ।
12:48b.LUK.012.048 उसको मालिकले जे चहान्छ यदि त्यो नोकरले जान्दैन तर जे गर्छ सजाय योग्यको काम गर्छ, उसको के गति होला? त्यस नोकरले सजाय त पाँउछ नै, तर उसले भन्दा कम्ती सजाय पाउँछ जुन नोकरले मालिकले के चाहान्छ जान्दछ तर गर्दैन। जुन मानिसलाई बेसी दिइएको छ, उसको जिम्मेवारी पनि बेसी हुन्छ। अझ जसमाथि बेसी विश्वास गरिको छ ऊबाट बेसी नै आशा पनि राखिएको हुन्छ।”
12:49b.LUK.012.049 येशूले लगातार भन्नुभयोः “म पृथ्वीमा आगो लयाउन आएको हुँ। तर मैले कसरी आशा गर्ने कि यो आघिदेखि नै सल्किसकेको रहेछ भन्ने।
12:50b.LUK.012.050 म बप्तिस्मा गरिने विभिन्न तरिकाबाट बप्तिस्मित हुनु परेकोछ। यो कामको अन्त नभइञ्जेल सम्म म विचलित नै रहनेछु।
12:51b.LUK.012.051 के तिमीहरू सम्झन्छौ कि पृथ्वीलाई शान्ति दिनु नै म आएको हुँ? अहँ! म पृथ्वीलाई भाग गर्न आएको हुँ।
12:52b.LUK.012.052 अहिलेदेखि पाँच जनाको एउटा परिवार विभाजन हुनेछ, तीन जना दुई जनाको विरुद्धमा जानेछन, अनि दुइजना तीन जनाको विरुद्धमा हुनेछन्।
12:53b.LUK.012.053 बाबु र छोराहरू विभाजनमा आउनेछः पुत्र बाबुको विरुद्धमा हुनेछ। अनि बाबु छोराको बिरुद्धमा हुनेछ। आमा छोरीको विरुद्धमा हुन्छे। सासू र बुहारी माझ फाटो आउनेछः बुहारी सासूको विरूद्धमा हुन्छे। सासू बुहारीको विरुद्धमा हुन्छे।”
12:54b.LUK.012.054 येशूले मानिसहरूलाई भन्नुभयो, “जब तिमीहरूले पश्चिममा बादल बटुलिंदै गरेको पाउनेछौ, तिमीहरू भन्छौ, आँधी-वेहरी आउनेछ।’ अनि यस्तै हुन्छ
12:55b.LUK.012.055 त्यसरी नै, जब दक्षिणबाट बतास चल्नु थाल्छ, तिमीहरू भन्नेछौ, अब गरमको दिन आउनेछ।’ अनि तिमीहरू ठीक हौ।
12:56b.LUK.012.056 तिमीहरू कपटीहरू हौ! तिमीहरू जान्दछौ कसरी आकाश र पृथ्वी इशाराहरू बझ्नु।
12:57b.LUK.012.057 “के चाँहि सही हो भन्ने तिमीहरू माझ किन निर्णय लिन सक्तैनौ? तब तिमीहरू किन बुझ्न सक्तैनौ अहिले के भइरहेको छ?
12:58b.LUK.012.058 मानिलेऊ, कुनै मानिससंग तिम्रो झगडा छ, अनि तिमी न्यायलय जानु लागेकाछौ। तर न्यालयमा पुग्नु अघि नैं त्यो झगडा मिलाउन जे आवश्यक हुन्छ हरेक कुरो गर। यदि त्यसो नगरे विपक्षीले तिमीलाई नयायकर्त्ता अघि उभ्याउनेछ। अनि न्यायकर्ताले अधिकारीलाई सुम्पिनेछ औ उनले तिमीलाई जेलमा थुन्नेछ।
12:59b.LUK.012.059 तिमीलाई भन्छु, जब सम्म तिमीमाथि तोकिएको पैसा सम्म तिमी चुक्ता गर्दैनौ तिमीले त्यहाँबाट छुटकारा पाउनेछैनौं।”
13
13:1b.LUK.013.001 त्यसबेला कोही मानिसहरू येशूसँग थिए। ती मानिसहरूले गालिलका मानिसहरूको विषयमा एउटा कथा येशूलाई सुनाए। पिलातसले कतिपय मानिसहरूलाई उपासना गरिरहेको बेला मारेका थिए। पिलातसले ती मानिसहरूको रगत परमेश्वरलाई बलिदान चढाएको पशुहरूको रगतसित मिसाए।
13:2b.LUK.013.002 येशूले उत्तर दिनुभयो, “तिनीहरूमाथि यस्तो घटना घट्यो भनी के तिमीहरू गालीलका अन्य मानिसहरू भन्दा तिनीहरू अझ पापी थिए भन्ने सौच्छौ?
13:3b.LUK.013.003 होइन, तिनीहरू त्यस्ता थिएनन्। तर तिमीहरूले पनि आफ्नो हृदय र जीवन परिवर्त्तन गरेनौ भने तिमीहरू पनि सर्वनाश हुनेछौ।
13:4b.LUK.013.004 सिलोआमको धरहरा तिनीहरूमाथि झरेर आठाह्र जना मर्ने मानिसहरूको विषयमा तिमीहरू के सोच्छौ? के तिमीहरू तिनीहरूलाई यरूशलेमका अन्य सबै मानिसहरू भन्दा धेरै पापी सम्झन्छौ?
13:5b.LUK.013.005 तिनीहरू त्यस्ता थिएनन्। तर म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले आफ्नो हृदय र रहन सहन परिवर्तन गरेनौ भने तिमीहरू पनि त्यसरी नै नाश हुनेछौ?” अनुपयोगी रुख
13:6b.LUK.013.006 येशूले यो दृष्टान्त भन्नुभयो, “एकजना मानिसको एउटा नेभारोको रुख थियो। त्यसले त्यो रुखलाई आफ्नै दाखको बारीमा रोपेको थियो। त्यो मानिस रूखमा फल लाग्यो कि भनेर हेर्न आयो, तर केही पाएन।
13:7b.LUK.013.007 त्यस दाखबारी हेरचाहको लागि त्यसले एकजना नोकर पनि राखेको थियो। त्यसर्थ त्यो मानिसले आफ्नो नोकरलाई भन्यो, मैले तीन र्वष अघिदेखि यो रूखमा फल खोजिरहेछु, तर केही पाइँन। यसलाई काटी देऊ! किन त्यसै जमीन खेर फाल्ने?
13:8b.LUK.013.008 तर नोकरले उत्तर दियो, मालिक फलको लागि अझ एक र्वष यस रुखलाई राखौं। मलाई यसको वरिपरि खनेर मल हाल्न दिनुहोस्।
13:9b.LUK.013.009 हुनसक्छ, आउँदो र्वष यो रूखले अवश्यै फल देला। यदि त्यसबेला सम्म पनि रुखले फल दिएन भने त्यलाई काटी दिऊँला।”‘
13:10b.LUK.013.010 विश्रामको दिन येशूले सभाघरहरूमा शिक्षा दिनुभयो।
13:11b.LUK.013.011 सभाघरमा एउटी स्त्री थिई। ऊ भित्र दुष्टात्मा पसेको थियो जसद्वारा ऊ अठाह र्वषबाट कुप्रेकी थिई। त्यसको ढाड कुप्रो थियो अनि सिधा उभिन सक्तिनथी।
13:12b.LUK.013.012 जब येशूले उसलाई देख्नुभयो र उहाँले भन्नुभयो, “ए नारी, तिमी आफ्नो रोगबाट मुक्त भयौ।”
13:13b.LUK.013.013 येशूले ऊमाथि हात राख्नुभयो। त्यपछि ऊ उठ्न सकी अनि परमेश्वरको प्रशंसा गरी।
13:14b.LUK.013.014 विश्रामको दिन यसरी येशूले जाती पारेकोमा सभा घरका प्रमुख येशूसंग रिसाएका थिए। यसकारण उहाँले त्यहाँ उपस्थित मानिसहरूलाई भन्नुभयो, “छ दिन काम गरिन्छ। अनि कुनै दिन निको पार्नको लागी कोही आउन सक्छ। तर विश्राम को दिन निको हुनको निम्ति नआउनु।
13:15b.LUK.013.015 प्रभूले उनलाई भन्नुभयो, “तिमीहरू कपटी हौ। तिमीहरू सबैले तिमीहरूको गोठ अथवा गधा खोलेर गोरू अथवा तवेलाबाट तिनीहरूलाई पानी पियाउन लैजान्छौ। तिमीहरू यो विश्रामको दिन पनि गर्छौ?
13:16b.LUK.013.016 यो स्त्री जसलाई मैले निको पारें ऊ हाम्रै यहूदीकी छोरी हुन्। तर शैतानले उसलाई अठाह र्वषसम्म बाँधेर राख्यो। के विश्रामको दिन उसको बन्धनबाट छुटाउने काम ठीक थिएन?”
13:17b.LUK.013.017 जब येशूले यसो भन्नुभयो, सबै मानिसहरू जसले उहाँको निन्दा गरे तिनीहरू लज्जित भए। अनि भिडका सबै मानिसहरू येशूले गरेको त्यस्तो अचम्मित कार्यका निम्ति खुशी भए।
13:18b.LUK.013.018 त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य के जस्तो छ? त्यसलाई म केसित तुलना गरूँ?
13:19b.LUK.013.019 परमेश्वरको राज्य रायोको बीऊ जस्तै छ जो कुनै मानिसले लियो अनि आफ्नो बगैंचामा रोप्यो। त्यो बीऊ उम्रियो अनि बढेर रूख भयो। आकशका चराहरूले त्यसको हाँगाहरूमा गुँड लगाए।”
13:20b.LUK.013.020 येशूले फेरि भन्नु भयो, ‘‘म परमेश्वरको राज्यलाई केसित तुलनागरूँ ?
13:21b.LUK.013.021 त्यो खमिर जस्तो हो, जो एउटी आइमाईले एउटा ठुलो भाँडोमा आँटासँग रोटी बनाउन मिसाउँछे। त्यो खमिरले सबै मुसेको आँटालाई फुलाउँछ। ‘‘ : 13-14, 21-23)
13:22b.LUK.013.022 येशू प्रत्येक गाउँ र शहरमा शिक्षा दिंदै जानुभयो। उहाँ यरूशलेम जान यात्रा गरिरहनु भएको थियो।
13:23b.LUK.013.023 कसैले उहाँलाई भने, “हे प्रभू! कतिजना मानिसहरूलाई मुक्ति दिनु सकिन्छ? केवल केही?” येशूले भन्नुभयो,
13:24b.LUK.013.024 “साँघुरो ढोकाबाट नै पस्ने धेरै कोशिस गर, किनभने यही स्वर्गको बाटो हो। धेरै मानिसहरू त्यहाँबाट पस्ने कोशिस गर्छन्, तर कोही पनि सफल हुन सक्तैन।
13:25b.LUK.013.025 यदि कुनै घर-मालिक आफ्नो घर ढोकामा ताला लगाउँछ भने, तिमीले बाहिर उभिएर ढोका ढक्ढकाउनु सक्छौ, हे महाशय, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्। तर त्यो मानिसले भन्नेछन् म जान्दिन तिमी कहाँबाट आएका हौ?”
13:26b.LUK.013.026 तब तिमी भन्न शुरू गर्छौ, हामीले एकसाथ खायौं, पियौं। हाम्रो शहरका सडकहरूमा तपाइँले सिकाउनु भयो।
13:27b.LUK.013.027 अनि फेरि उसले भन्नेछ, म तिमीलाई चिन्दिनँ, तिमी कहाँबाट आएका हौ? मदेखि टाडा जाऊ। तिमीहरू सबैले नै भूल गर्छौ।
13:28b.LUK.013.028 तिमीहरूले परमेश्वरको राज्यमा अब्राहाम, इसहाक याकूब र जम्मै अगमवक्ताहरूलाई भेट्नेछौं तर तिमीहरू बाहिर फ्याँकिनेछौ। तब तिमीहरू रूनेछौ औ दाह्रा किट्नेछौ।
13:29b.LUK.013.029 मानिसहरू पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आउनेछन्। परमेश्वरको राज्यमा तिनीहरू कुर्सीमा आसन लिनछन्
13:30b.LUK.013.030 अहिले जो तल्लो स्तरमा बसेका छन् परमेश्वरको राज्यमा तिनीहरूले उच्च स्थानमा बस्न पाउनेछन्। अनि जो अहिले उच्च आसनमा बसेकाछन् परमेश्वरको राज्यमा तिनीहरू तल्लो आसनमा बस्नेछन्।”
13:31b.LUK.013.031 त्यसै बेला कोही फरसीरू येशूकहाँ आए अनि भने, “यहाँदेखि टाडा जाऊ अनि लुक। हेरोदले तपाईंलाई मार्न चाहन्छ।”
13:32b.LUK.013.032 येशूले तिनीहरूलाई भन्नुभयो, “जाऊ अनि त्यो स्याललाई भन, आज र भोलि मानिसहरूमा भएको भूतहरू भगाउँछु अनि बिमारीहरू निको पार्ने काम गर्छु। तेस्रो दिन, मेरो सबै काम सिद्धिन्छ।’
13:33b.LUK.013.033 तर आज र भोलि मैले मेरो काम गर्नै पर्छ। तब अर्का दिन, म जानै पर्छ, किनभने सबै अगमवक्ताहरू यरूशलेमा मर्नै पर्छ।
13:34b.LUK.013.034 “ए यरूशलेम, यरूशलेम! तिमीहरूले अगमवक्ताहरूलाई मार्छौ अनि परमेश्वरले तिम्रोमा पठाएका ती मानिसहरूलाई ढुङ्गाले हिर्काउछौ। धेरै पल्ट तिमीहरूको मानिसहरूलाई मैले सहयोग गर्न इच्छा गरे। मैले तिनीहरूलाई कुखुराको पोथीले जसरी आफ्ना चल्लाहरूलाई पखेंटा मुनि भेला गर्छ त्यसरी नै भेला गर्न चाहान्थें। तर तिमीहरूले मलाई त्यसो गर्न दिएनौ।
13:35b.LUK.013.035 यसर्थ अब तिमीहरूको घर पूर्णरूपले उजाड हुनेछ। म तिमीहरूलाई भन्छु, यसकारण मलाइ तिमीहरूले भन्ने छैनौ कि स्वागत! परमेश्वले तिनलाई आशीर्वाद दिऊन् जो परमप्रभूको नाउँमा आँउछन्।”
14
14:1b.LUK.014.001 एक विश्रामको दिन, कुनै एक मुख्य फरिसीको घरमा खाना खानु येशू जानु भयो। त्यहाँ भएका सबै मानिसहरूले उहाँलाई खुबै नजिकबाट जाँचिरहेका थिए।
14:2b.LUK.014.002 एकजना जलोदर रोगीलाई येशूको अघि ल्याइएको थियो।
14:3b.LUK.014.003 येशूले फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूलाई सोध्नुभयो, “विश्रामको दिन कसैलाई निको पार्नु उचित हो वा होइन?”
14:4b.LUK.014.004 तर तिनीहरूले येशूको प्रश्नको उत्तर दिन सकेनन्। यसकारण उहाँले त्यस मानिसलाई ल्याउनु भयो अनि उसलाई निको पार्नुभयो। तब उहाँले त्यस मानिसलाई पठाइदिनु भयो।
14:5b.LUK.014.005 येशूले फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूलाई भन्नुभयो, “यदी तिमीहरूको पुत्र अथवा काम गर्ने गोरू कि गधा विश्रामको दिन कुवामा जाकिए त्यलाई झटै निकाल्दैनौ र?”
14:6b.LUK.014.006 ती फरिसीहरू र शास्त्रीहरूले येशूले भन्नु भएको कुरामा केही भन्न सकेनन्।
14:7b.LUK.014.007 तब येशूले देख्नु भयो कि केही अतिथिहरूले असल कुर्सीहरू रोजिरहेका थिए। यसकारण उहाँले यो दृष्टान्त सुनाउनु भयोः
14:8b.LUK.014.008 “जब कसैले तिमीलाई विवाह भोजमा निम्त्याउँछ, मुख्य आसन दखल नगर। ती मानिसले तिमीहरुभन्दा पनि मुख्य मानिस निम्त्याएको हुन सक्छ।
14:9b.LUK.014.009 अनि यदि तिमी आसनमा बसिरहेकाछौ भने निम्त्याउने मानिसले तिमीलाई भन्नेछ, यो मानिसलाई तिम्रो आसन देऊ। तब अन्तिम आसनमा गएर तिमीले बस्नु पर्नेछ।
14:10b.LUK.014.010 यसकारण जब कुनै मानिसले तिमीलाई निम्त्याए भने गएर निम्न स्तरीय आसन ओगट। तब त्यो तिमीलाई निम्त्याउने मानिस आएर भन्नेछ, ए मित्र, अतिथिहरूले तिमालाई सम्मान गर्नेछन्।
14:11b.LUK.014.011 किनभने जसले आफैलाई माथि उठाउँछ त्यो तल झर्नु पर्छ। तर जसले आफैंलाई निम्न स्तरको मान्छ त्यसलाई उच्च तुल्याइनेछ।
14:12b.LUK.014.012 त्यसपछि येशूले तिनलाई निम्त्याउने फरिसीहरूलाई भन्नुभयो, “जब कुनै दिन तिमीहरूले बिहान वा बेलुकीको भोजन गराउन इच्छा गर्छौ त्यसबेला केवल आफ्ना साथीहरू, दाज्यु भाइहरू, आफन्तहरू र धनी छिमेकीहरूलाई मात्र नबोलाउ। बद्लामा तिनीहरुले पनि तिमीहरुलाई खाना खान निम्तो दिन्छन् अनि तिम्रो इनाम पाइहाल्नेछौ।
14:13b.LUK.014.013 यसको सट्टामा, जब कुनै त्यस्तो भोज गर्छौ, ती गरीब, कुँजो, लङ्गडा र अन्धाहरूलाई बोलाऊ।
14:14b.LUK.014.014 त्यपछि तिमी धन्य हुनेछौ, किनभने क्षतिपुर्ति गर्न तिनीहरूको केही पनि हुँदैन। तर जब असल मानिस मृत्युबाट बौरी उठ्नेछ त्यसबेला तिमीहरूले इनाम पाउनेछौ।”
14:15b.LUK.014.015 येशूसंग बसिरहेका धेरै मानिसहरू मध्ये एकजनाले यो कुरा सुन्यो। त्यस मानिसले येशूलाई भन्यो, “तिनीहरू ज-जसेल परमेश्वरको राज्यमा भोज खान पाउँछन्, तिनीहरू साँच्चैनै धन्य हुन्।”
14:16b.LUK.014.016 येशूले त्यस मानिसलाई भन्नुभयो, “कुनै एउटा मानिसले विशाल भोजको व्यवस्था गरेको थियो। त्यसले धेरै मानिसहरूलाई बोलाएको थियो।
14:17b.LUK.014.017 जब खाना खाने बेला भयो, त्यस मानिसले आफ्नो नोकरलाई पाहुनाहरूलाई बोलाउनु पठायो, आउनुहोस् प्रत्येक चीज तयारी छ।
14:18b.LUK.014.018 तर सबै पाहुनाहरूले भने कि तिनीहरू जान असमर्थ थिए। प्रत्येकले एक एक वहना बनाए। पहिलो मानिसले भन्यो, मैले भर्खरै एउटा खेत किनेकोछु, यसर्थ यसलाई हेर्ने म जानै पर्छ। दया गरी माफ गर्नुहोस्।
14:19b.LUK.014.019 अर्को मानिसले भन्यो, ‘ मैले भर्खरै पाँच जोर गोरू किनेकोछु, त्यसले गर्दा म तिनीहरुलाई काम सिकाउन जानु पर्दछ। मलाई दया गरी माफ गर्नुहोस्। ‘
14:20b.LUK.014.020 तेस्रो मानीसले भन्यो, ‘ मैले भर्खरै विवाह गरेको छु, म आउन सक्तिनँ। ‘
14:21b.LUK.014.021 त्यसपछि त्यो नोकर र्फकियो। त्यसले आफ्नो मालिकलाई वृतान्त सुनायो। मालिक अत्यन्तै रिसायो अनि भन्यो, चाँढो गर। शहरका गल्ली र साँघुरो बाटो तिर जाऊ अनि गरीब मानिसहरू, लङ्गडा र अन्धो तथा लुलाहरूलाई ल्याऊ।
14:22b.LUK.014.022 तब त्यस नोकरले मालिकलाई भन्यो, मालिक तपाईंले जे भन्नु भएको थियो, त्यो मैले गरे, तर अझै अरू मानिसहरूलाई बसाउने ठाउँ छ।
14:23b.LUK.014.023 मालिकले नोकरलाई भने, मूल सडकहरू र गाँउले बाटोतिर जाऊ मानिसहरूलाई यता आउन भन ता कि घर भरियोस्। म तिमालाई भन्छु।
14:24b.LUK.014.024 मेरो निम्तो पाउनेहरू मध्ये कसैले पनि मसंग भोज चाख्न पाउने छैन।”‘
14:25b.LUK.014.025 धरै मानिसहरूले येशूसंग यात्रा गरिरहेका थिए। उहाँ तिनीहरूपट्टि र्फकनु भयो अनि भन्नुयो,
14:26b.LUK.014.026 “यदि कोही मानिस मकहाँ आँउछ भने, अनि मलाई भन्दा अधिक उसको बाबु, आमा, पत्नी, छोरा-छोरी, दाज्यु भाई तथा दिदी बहिनीहरूलाई प्रेम गर्छ भने त्यो मानिस मेरो चेला हुन सक्तैन। कुनै पनि मानिसले आफ्नो जीवनलाई भन्दा वेशी मलाई धेरै प्रेम गर्नु पर्छ।
14:27b.LUK.014.027 यदि कसैले आफ्नो क्रूस (समस्या) नउठाई मलाई पछ्याउँछ भने त्यो मानिस मेरो चेला हुन सक्तैन।
14:28b.LUK.014.028 यदि तिमी एउटा भवन बनाउन चाहन्छौ भने, तिमीले पहिले बसेर त्यो बनाउनलाई कति खर्च लाग्ने हो त्यसको छलफल गर्नु पर्छ। भवनको काम पूरा सिध्याउनलाई त्यत्ति तिम्रोमा भएको पैसाले पुग्छ पुग्दैन त्यो हेर्नु पर्छ।
14:29b.LUK.014.029 यदी तिमीले यसो नगरे, काम त शुरू गर्न सक्छौ तर त्यसलाई पूरा गर्न सक्तैनौ। अनि यदि पूरा गर्न नसके सबै मानिसहरूले तिमालाई खिसी गर्नेछन्।
14:30b.LUK.014.030 तिनीहरूले भन्ने छन्, यो मानिसले घर बनाउन त शुरू गर्यो तर पूरा गर्न भने सकेन।’
14:31b.LUK.014.031 “यदि कुनै राज अर्को राजासंग युद्ध गर्न जाँदैछ भने, पहिले ऊ बस्नु पर्छ, योजना बनाउनु पर्छ। यदी त्यसको दश हजार मनिसहरू छन् अनि उसको विपक्षी बीसहजार मानिसहरू लिएर आउँदैछ भने, त्यसले निर्णय गर्नु पर्छ कि ऊ विजयी हुन सक्छ कि सक्तैन।
14:32b.LUK.014.032 यदि उसले त्यो राजालाई जित्न सक्तैन भने उसले आफ्नो मानिसहरू अर्को राजाकोमा शान्ति प्रस्ताव राख्नको निम्ति पठाउनु पर्छ।
14:33b.LUK.014.033 त्यसरी नै, तिमीहरूले पहिले योजना बनाउनु पर्छ। मलाई पछ्याउने हो भने तिमीहरूले प्रत्येक कुरालाई छाडनु पर्छ। नत्र तिमीहरू मेरो चेला बन्न सक्तैनौ।
14:34b.LUK.014.034 “नून असल चीज हो। तर यदि नूनले आफ्नो नूनिलो स्वाद हरायो भने, यो बेकामे हुन्छ। त्यलाई फेरि नूनिलो बनाउन सकिदैन।
14:35b.LUK.014.035 त्यसलाई तिमीहरूले माटो सरह अथवा विरूवाका मलका लागि समते प्रयोग गर्न सक्तैनौ। मानिसहरूले त्यसै फ्याँकिदिनेछन्। “जसले मेरो कुरा सुनिरहेका छौ सुन।”
15
15:1b.LUK.015.001 अनेकौं महसूल उठाउनेहरू र पापीहरू येशूकहाँ उहाँबाट सुन्न आए।
15:2b.LUK.015.002 तब फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूले विरोध प्रकट गर्न थाले, “हेर! यो मानिसले पापीहरूलाई पनि ग्रहण गर्छ अनि संगै बसेर खान्छ।”
15:3b.LUK.015.003 त्यसपछि येशूले तिनीहरूलाई यो दृष्टान्त सुनाउनु भयोः
15:4b.LUK.015.004 “तिमीहरूमध्ये कसैको सय वटा भेंडाहरू छन् अनि ती मध्ये एउटा हरायो, त्यो उनान्सय भेंडालाई छोडेर हराएको एउटा भेडा खोज्न जान्छ। त्यो भेडा जब सम्म पाउदैन ऊ खोजी रहने छ।
15:5b.LUK.015.005 अनि जब उसले हराएको भेडा पाउँछ ऊ अति खुशी हुन्छ। त्यो मानिसले भेडालाई आफ्नो काँधमा बोकेर ल्याउनेछ।
15:6b.LUK.015.006 जब त्यो मानिस उसको घरमा फर्केर आउँछ, आफ्नो साथीहरू र छिमेकीहरूकोमा जान्छ अनि भन्छ, म जस्तै खुशी होऊ, किनभने मैले हराएको भेडा पाएको छु।’
15:7b.LUK.015.007 त्यस्तै प्रकारले म भन्दछु, तिमीहरूलाई स्वर्गमा अति आनन्द हुन्छ जब एउटा पापीले आफ्नो हृदय परिवर्तन गर्छ अनि अन्य उनान्सय धार्मिक मानिसहरूले आफ्नो हृदय परिवर्त्तन गर्नु कुनै आवश्यक पर्दैन।
15:8b.LUK.015.008 “मानौ एउटी स्त्रीसँग दशवटा चाँदीका सिक्काहरू छन्, यदि उसले एउटा सिक्का हराई, त्यसले बत्ती बाल्छे अनि त्यो घरमा खोज्दै बढार्छे। जबसम्म उसले सिक्का पाउँदिन खुब ध्यानपूर्वक खोज्छे।
15:9b.LUK.015.009 अनि जब उसले त्यो हराएको सिक्का पाउँछे, उसले आफ्नो साथीहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, मानिस खुशी होऊ किनभने मैले हराएको सिक्का पाएँ।’
15:10b.LUK.015.010 त्यसरी नै, म भन्दछु, जब एकजना पापीले आफ्नो हृदय परिवर्तन गर्छ भने परमेश्वरको दुतहरूको अघि खुशी छाउँछ।”
15:11b.LUK.015.011 त्यसपछि येशूले भन्नुभयो, “एकजना मानिसको दुइ पुत्रहरू थिए।
15:12b.LUK.015.012 कान्छो छोरोले आफ्नो बाबुलाई भन्यो, पिता हाम्रो सम्पत्तिमा मेरो भागमा जे जति अंश पर्छ मलाई दिनुहोस्।’
15:13b.LUK.015.013 केही दिन पछि कान्छो छोरोले आफ्नो सबै सम्पत्ति बटुल्यो अनि त्यो टाडो देशमा गयो। त्यहाँ त्यसले मूर्खले झैं आफ्नो रूपियाँ-पैसा सब खर्च गर्यो।
15:14b.LUK.015.014 आफुसित जे जति थियो सबै त्यसले स्वाहा पार्यो। तब, त्यो ठाउँमा खडेरी पर्यो, अनि पानी पटक्कै परेन। देशभरी मानिसहरूले खानेकुरा पाउन छाडे। त्यो खुबै भोकायो अनि उसलाई पैसाको पनि आवश्यकता पर्यो।
15:15b.LUK.015.015 अनि त्यस ठाँउको कुनै एकजना मानिसकहाँ गयो अनि आफ्नो जीविकाको लागि त्यसले त्यहाँ काम लियो। अनि उसले त्यसलाई खेतमा सूँगुरहरू हेर्न पठायो।
15:16b.LUK.015.016 त्यो मानिस त्यत्ति भोकाएको थियो कि उसले जुन चारो सूँगुरहरूले खाँदैथ्यो खान खोज्यो। तर कसैले त्यसलाई केही दिएन।
15:17b.LUK.015.017 तब उसले आफूलाई मूर्ख भएको अनुभव गरयो। उसले भन्यो, मेरा बाबुको जति नोकरहरू छन् तिनीहरूकोमा आवश्यक भन्दा वेशी खाना छ । तर म यहाँ भोकले मर्न लागेको छु।
15:18b.LUK.015.018 म उठ्छु अनि यहाँबाट बाबुकहाँ जान्छु अनि म उनलाई भन्नेछु हे पिता! मैले परमेश्वर अनि तपाईंको अघि पनि पाप गरें
15:19b.LUK.015.019 म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन। मलाई तपाईंकै अकजना नोकर झैं राख्नु होस्।
15:20b.LUK.015.020 यसरी त्यो केटो उठयो अनि आफनो बाबु भेट्न गयो। “जब निकै पर देखि उ आँउदै थियो, त्यसको बाबुले देखे अनि आफ्नो छोरोप्रति बाबूको मनमा खुबै दया जाग्यो। अनि बाबु छोरो भएकहाँ दगुर्दै गएर अँगालो हाले औ म्वाँई खाए।
15:21b.LUK.015.021 छोरोले तिनलाई भन्यो, हे पिता, मैले परमेश्वर र तपाईंको अघि पाप काम गरेको छु। म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन।’
15:22b.LUK.015.022 तर उसको बाबुले उसको नोकरहरूलाई अह्राए, चाँडो राम्रा-राम्रा लुगाफाटा ल्याऊ अनि यसलाई लगाई देऊ। हातमा औंठी पनि लगाईदेऊ अनि खुट्टामा जुत्ता पनि लगाईदेऊ।
15:23b.LUK.015.023 त्यो मोटो बाछा ल्याऊ, त्यसलाई मार अनि हामी खाएर भोज मनाउँछौं।
15:24b.LUK.015.024 किनभने यो मेरो छोरो मरेको थियो, तर अहिले ऊ जीवित फर्की आएको छ। ऊ हराएको थियो, तर उसलाई अहिले पाइएको छ।’ त्यपछि तिनीहरूले भोजको व्यवस्था गरे।
15:25b.LUK.015.025 “उसको जेठो छोरो खेतमा थियो। ऊ बिस्तारै घरमा आयो। उसले त्यहाँ नाच गान भइहेको सुन्यो।
15:26b.LUK.015.026 यसर्थ जेठो छोराले एकजना नोकरलाई बोलाएर सोध्यो, ‘ यी सब के भइरहेको छ?’
15:27b.LUK.015.027 नोकरले उत्तर दियो, तिम्रो भाइ फर्केरे आएको छ। तिम्र बाबुले भाइ सुकशल फर्केर आएकोमा तिनी अत्यन्तै खुशी छन्।
15:28b.LUK.015.028 त्यो जेठो छोरो रिसायो अनि भोजमा जान मन गरेन। यसर्थ उसको बाबु आफैं गएर तिनलाई उत्सवमा सम्मिलित हुन आग्रह गरे।
15:29b.LUK.015.029 त्यो छोरोले बाबुलाई भन्यो, मैले यत्रो र्वषसम्म नोकर झै तपाईंको सेवा गरें। मैले सधैं तपाईंको आज्ञा पालन गरें। तर मेरो निम्ति तपाईंले एउटा सानो पाठो सम्म दिनु भएन ताकि म मेरा मित्रहरूसंग भोज मनाउँन सक्थें।
15:30b.LUK.015.030 तर तपाईंको यो छोराले आफ्नो पुरै सम्मपत्ति वेश्याहरूको संगतमा उडाएको हो। अनि ऊ घर आउँदा चाँहि मोटो बाछो समेत मार्नु लाउनु भयो।
15:31b.LUK.015.031 अनि बाबुले छोरालाई भने, ए छोरो! तिमी त मसंग सँधै छौ। मेरोमा भएको सारा सम्पत्ति तिम्रै हो।
15:32b.LUK.015.032 हामी सबै खुशी होऊ र भोजन गरौं। किनभने तिम्रोभाई मरेको थियो अनि जिउँदो फर्की आएको छ। ऊ हराएको थियो तर अहिले पाइएको छ।”‘
16
16:1b.LUK.016.001 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “एकजना धनी मानिस थिए। तिनले आफ्नो व्यापारको हेरचाहको निम्ति एकजना भण्डारे नियुक्त गरेका थिए। केही समय पछि त्यो धनी मानिसले चाल पाए कि त्यस भण्डारेले उसको सम्पत्ति नष्ट पार्दै थियो।
16:2b.LUK.016.002 यसकारण तिनले त्यो भण्डारेलाई बोलाए अनि भने, मैले तिम्रो बारेमा सुनेकोछु। तिमीले खर्च गरेको मेरो रूपियाँ- पैसाको विवरण देऊ। अब उसो तिमी मेरो भण्डारे रहन पाउने छैनौ।द्भ्य
16:3b.LUK.016.003 त्यसपछि त्यो भण्डारेले आफैं सोच्न लाग्यो, मैले के गर्नु पर्ने हो? मेरो मालिकले मलाई कामबट निकाल्नेवाला छन्। खेतमा काम गर्ने मेरो शक्ति छैन। मलाई माग्नु पनि लाज लाग्छ।
16:4b.LUK.016.004 म जान्दछु मैले के गर्नु पर्छ ताकि जब मैले मेरो काम गुमाउँछु, अरू मानिसहरूले मलाई तिनीहरूको घरमा बोलाउने छन्।
16:5b.LUK.016.005 यसकारण त्यो भण्डारेले ज-जसले पैसा लगेका थिए प्रत्येकलाई बोलायो। त्यसले पहिलो मानिसलाई भन्यो, तिमीले मेरो मालिकलाई कति तिर्नु पर्छ?द्भ्य
16:6b.LUK.016.006 त्यस मानिसले भन्यो, मैले तिनलाई चार हजार किलोग्राम जैतून तेल दिनुपर्छ। त्यो भण्डारीले त्यसलाई भन्यो, यहाँ तिम्रो सूची छ, बसेर झट्टै सूची घटाउने काम गर र दुईहजार किलोग्राम लेख।
16:7b.LUK.016.007 त्यसपछि भण्डारीले अर्को मानिसलाई भन्यो, तिमीले मेरो मालिकलाई कति तिर्नुपर्छ?’ त्यस मानिसले भन्यो, ‘मैले तिनलाई एक सय बस्ता गहूँ दिनुपर्छ। तब त्यो भण्डारीले भन्यो, यहाँ तिम्रो सूची छ। यसलाई घटाऊ अनि अस्सी बस्ता लेख।द्भ्य
16:8b.LUK.016.008 पछि मालिकले त्यो इमान्दारहीन भण्डारीको प्रशंसा करे किनभने उसले चलाकी साथ काम गरयो। हो, संसारिक मानिसहरू आत्मिक मानिसहरू भन्दा तिनीहरूको मानिसहरूसित व्यवहारमा चतुर हुन्छन्।
16:9b.LUK.016.009 “म तिमीहरूलाई भन्दछु, संसारमा भएका तिम्रा चिजहरू प्रयोग गरेर आफ्नो मित्रहरू बनाऊ। जब ती चीजहरू सकिन्छ, तब तिमीहरूलाई अनन्त बास स्थानमा स्वागत हुनेछ।
16:10b.LUK.016.010 यदि कुनै मानिसलाई सानो कुरोमा विश्वास गर्न सकिन्छ भने ठूला-ठूला कुरामा पनि विश्वास गर्न सकिन्छ। यदि मानिस स-साना कुराहरुमा इमान्दीरहीन छ भे ठूला-ठूला कुरामा पनि इमान्दारहीन हुन्छ।
16:11b.LUK.016.011 यदि तिमीलाई सांसारिक सम्पत्तिमा विश्वास गर्न सकिंदैन, तिमीहरूलाई कसरी साँचो सम्पत्तिको लागि विश्वास गरिन्छ
16:12b.LUK.016.012 यदि तिमीहरूले अर्काको सामानहरूमा विश्वासी प्रमाण गर्न सकेनौ भने तिमीहरूलाई कसले तिमीहरूकै सामानहरू दिनेछ?
16:13b.LUK.016.013 एकै समयमा एउटा नोकरले दुइजना मालिक्को सेवा गर्न सक्तैन। त्यो नोकरले एकजना मालिकलाई घृणा गर्छ अनि अर्कोलाई प्रेम गर्छ, अथवा त्यो एकजनाको भक्त हुन्छ भने अर्कोलाई मन पराउँदैन। एकै समयमा तिमीहरूले परमेश्वर र सम्पत्तिको सेवा गर्न सक्तैनौ।”
16:14b.LUK.016.014 फरिसीहरूले यी सब सुनिरहेका थिए। फरिसीहरूले येशूको निन्दा गरे किनभने तिनीहरू सबैले धनलाई प्रेम गर्थ।
16:15b.LUK.016.015 येशूले ती फरिसीहरूलाई भन्नुभयो, “तिमीहरू मानिसहरूको अघि भलादमीको स्वभाव देखाँउछौ। तिमीहरू भित्र के छ परमेश्वर जान्नु हुन्छ। जुन कुरो मानिसको लागि मूल्यवान छ परमेश्वरको निम्ति त्यसको केही मूल्य छैन।
16:16b.LUK.016.016 “परमेश्वरले मानिसहरू मोशाको व्यस्था र अगमवक्ताहरूका ग्रन्थहरू अनुसार बाँचेको चाहनुहुन्छ। तर बप्तिस्मा दिने यूहन्ना आएपछि नै परमेश्वरको राज्यको सुसमाचार सुनाइयो। अनेकौं मानिसहरू परमेश्वरको राज्यमा पस्न पाउनलाई परिश्रम गरिरहेका छन्
16:17b.LUK.016.017 व्यवस्थाको सूक्ष्म अंश पनि परिवर्त्तन गरिनु भन्दा स्वर्ग र पृथ्वी नै अल्पिनु अझ सजिलो छ।
16:18b.LUK.016.018 “यदी कुनै मानसले आफ्नो पत्नीसंग छुटानाम गर्छ र अर्को स्त्रीलाई विवाह गर्छ भने, ऊ व्यभिचार पापको दोषी हुनेछ। अनि कुनै मानिसले छुटानामा भएकी स्त्रीलाई विवाह गर्छ भने त्यसलाई पनि व्यभिचार गरेकै पाप लाग्नेछ।”
16:19b.LUK.016.019 येशूले भन्नुभयो, “एउटा धनी मानिस थियो। उसले बहुमूल्य लुगाहरू लगाउँथ्यो।
16:20b.LUK.016.020 त्यहाँ लजरस नाउँ गरेको रएक गरीब मानिस बस्थ्यो त्यो त्यस धनी मानिसको घरको ढोका अघि सुती रहन्थ्यो। त्यसको शरीर घावै घावले भरिएको थियो।
16:21b.LUK.016.021 यदि त्यसले त्यस धनी मानिसले खाएर उब्रेको खान पाए पनि सन्तुष्ट हुन्थ्यो। कहिले काँही कुकुरहरूले त्यसको घाव चाटिरहेका हुन्थे।
16:22b.LUK.016.022 केही समय पछि लाजरस मर्यो। स्वर्गदूतहरूले लाजरसलाई बोकरे अब्राहम को काखमा सुम्पिदिए। त्यो धनी मानिस पनि मर्यो अनि उसलाई गाडीयो ।
16:23b.LUK.016.023 त्यसलाई नरकलोकमा पठाइयो अनि खुबैै कष्ठमा परयो। त्यो धनी मानिसले टाडोबाट अब्राहामले लाजरसलाई आफ्नो काखमा लिएको देख्यो।
16:24b.LUK.016.024 त्यसले चिच्याएर भन्यो, ‘हे पिता अब्राहम, ममाथि दया गर्नुहोस्! लाजरसलाई मकहाँ पठाइदिनुहोस् ताकि त्यसले आफ्नो औंला पानीमा चोब्न सक्छ र मेरो जिब्रोलाई शीतल पारिदिओस्।’ किनभने यी ज्वालामा म कष्ट पाइरहेकोछु।’
16:25b.LUK.016.025 तर अब्राहमले भने, हे मेरो छोरो, सम्झ, तिमी कसरी बाँचिरहेका थियौ? तिम्रो जिवनमा दामीदामी धेरै चीजहरू थिए। लाजरसकोमा सबै नराम्रो चीजहरू मात्र थिए। अहिले त्यो यहाँ सुखमा छ, अनि तिमी चाँही कष्ट पाइरहेछौ।
16:26b.LUK.016.026 तिमीहरू र हाम्रो बीचमा पनि एउटा ठूलो खाडल छ। यहाँबाट कोही पनि तिमीहरू भएकोमा पुग्न सक्तैन अनि त्यहाँबाट पनि कोही यता तर्न सक्तैन।
16:27b.LUK.016.027 त्यो धनी मानिसले भन्यो, तब हे पिता अब्राहाम। लाजरसलाई पृथ्वीमा मेरो बाबुको घर पठाइदिनुहोस्।
16:28b.LUK.016.028 मेरा पाँचजना भाइहरू छन्। यदि लाजरसले तिनीहरूलाई चेताउनी दिए भने, तिनीहरू यो कष्टमय ठाउँमा आउने छैनन्।
16:29b.LUK.016.029 तर अब्राहाले भने, तिनीहरूको लागि पढन मोशाको व्यवस्था र अगमवक्ताहरूको ग्रन्थहरू छन्, तिनीहरूले तिनीहरूबाट नै सुनुन्।
16:30b.LUK.016.030 तर त्यो धनी मानिसले भन्यो, होइन! पिता अब्राहाम! यदि कोही मरेकाहरूबाट एक जना त्यहाँ गए, तिनीहरूले विश्वास गर्नेछन् अनि हृदय र जीवन परिवर्तन गर्नेछन्।’
16:31b.LUK.016.031 फेरि अब्राहामले भने, ‘होइन! यदि तिम्रा भाइहरूले मोशा र अगमवक्ताहरूलाई सुन्दैनन् भने, तिनीहरूले मृत्युबाट उठेर आएकाहरूलाई पनि ध्यान दिदैनन्।”‘
17
17:1b.LUK.017.001 येशूले उहाँको चेलाहरूलाई भन्नुभयो, “मानिसमा पाप गराउने घटनाहरू घट्छन् नै। तर जसले त्यसो गर्छ, उसलाई अत्यन्तै दुःख हुन्छ।
17:2b.LUK.017.002 त्यो मानिस जो दुर्वल मानिसहरूमाथि अन्याय गर्छ त्यसले कठोर प्रतिफल भोग्नु पर्छ। तर त्यसको लागि गलामा जाँतो बाँधेर सागरमा फ्याँकिनु असल हुनेछ।
17:3b.LUK.017.003 यसकारण होशियार बस। “यदि तिम्रो भाइले पापहरू गर्दैछ भने उसको दोष देखाइ देऊ। तर उसले पश्चाताप गर्छ र पाप गर्न बन्द गर्छ भने उसलाई क्षमा गर।
17:4b.LUK.017.004 तिम्रो भाइ यदि दिनमा सातवटा भूल गर्छ र यदी उसले प्रत्येक पल्ट नै भूल स्वीकार्छ भने उसलाई क्षमा गर्नु।”
17:5b.LUK.017.005 प्रेरितहरूले प्रभुलाई भने, “हाम्रो विश्वास बढाइदिनोस्।”
17:6b.LUK.017.006 प्रभुले भन्नुभयो, “यदि तिमीमा रायोको गेडा जत्रो मात्र विश्वास छ भने, तिमीहरू त्यस कालो किम्बुको रूखलाई भन्न सक्छौ, तँ आफै उखेलिएर समूद्रमा रोपिन जा! अनि त्यो रुखले तिमीहरूको आज्ञा पालन गर्नेछ। विश्वासी नोकर हुने चेष्टा गर
17:7b.LUK.017.007 “मानिलेऊ तिमीहरूमध्ये कसैको एकजना नोकर छ जो खेत जोतिरहेको हुन्छ अथवा भेडा चराइरहेको छ। जब काम सिध्याएर भित्र आँउछ, त्यलाई तिमी के भन्छौ? आऊ अनि खाना खान बस?’
17:8b.LUK.017.008 अँह! तिमी त्यो नोकरलाई भन्नेछौ, ‘मेरो निम्ति खाना तयार पार खाई पिई सक्छु तब तिमी खाऊ।’
17:9b.LUK.017.009 नोकरले त्यसरी आदेश पालन गरेकोमा त्यो अभारी हुन्छ? हुँदैन।
17:10b.LUK.017.010 तिमीसंग पनि यस्तै हो। जब तिमीहरूलाई गर्नु दिएको प्रत्येक काम गर्दछौ, तिमीरूले भन्नु पर्छ, हामी कुनै खास धन्यवाद पाउने योग्यको होइनौ। हामीले जे गर्नु पर्ने थियो त्यही काम मात्र गरेकाछौं।”‘
17:11b.LUK.017.011 येशू यरूशलेमतिर जाँदै हुनु हुन्थ्यो। उहाँ सामरिया र गालील हुँदै जानु भयो।
17:12b.LUK.017.012 उहाँ एउट गाँउमा आइपुग्नु भयो। त्यहाँ उहाँलाइ दसजना मानिसहरूले भेटे। ती मानिसहरू येशूको एकदम नजिक आएनन्, किनभने तिनीहरू सबै कोडीका विमारीहरू थिए।
17:13b.LUK.017.013 तर ती मानिसहरूले येशूलाई चर्को स्वरमा भने, “हे येशू गुरुज्यु! दया गरी हामीलाई सहायता गर्नुहोस्।”
17:14b.LUK.017.014 जब येशूले ती मानिसहरूलाई देख्नु भयो, उहाँले भन्नुभयो, “जाऊ अनि पूजाहारीहरूलाई तिमीहरू आफैलाई देखाऊ।” जब ती दशजना मानिसहरू पूजाहारीहरूकहाँ जाँदै थिए, तिनहरू निको भए।
17:15b.LUK.017.015 जब कुनै एकजना मानिसले आफू निको भएको थाहा पायो, त्यो फर्केर येशूकहाँ गयो। त्यसले ठूलो स्वरमा परमेश्वरलाई धन्यवाद चढायो।
17:16b.LUK.017.016 त्यो येशूको चरणमा घोप्टियो अनि येशूलाई धन्यवाद चढायो। त्यो मानिस यहूदी नभई सामरी थियो।
17:17b.LUK.017.017 येशूले भन्नुभयो, “दशजना मानिस निको भए, ठीक हो? अरू नौ जना कहाँ छन्?
17:18b.LUK.017.018 के यो सामरी मात्र परमेश्वरलाई धन्यवाद चढाउन आएको?”
17:19b.LUK.017.019 तब येशूले त्यसलाई भन्नुभयो, “उठ! तिमी जान सक्छौ। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”
17:20b.LUK.017.020 कोही फरिसीहरूले येशूलाई सोधे, “परमेश्वरको राज्य कहिले आउनेछ?” येशूले भन्नुभयो, “परमेश्वरको राज्य आउँदैछ तर त्यसरि आउँदैन जुन तिम्रो आँखाले देख्न सक्छौ।
17:21b.LUK.017.021 मानिसहरूले भन्ने छन्, हेर परमेश्वरको राज्य यहाँ छ! अथवा, त्यहाँ छ! होइन, परमेश्वरको राज्य तिमीभित्रै छ।”
17:22b.LUK.017.022 तब येशूले चेलाहरूलाई भन्नुभयो, “समय आउनेछ जब तिमीहरूले मानिसको पुत्रको कुनै दिन हेर्नलाई खुबै चाहना गर्नेछौ, तिमीहरू हेर्ने योग्यका हुने छैनौ।
17:23b.LUK.017.023 मानिसहरूले तिमीहरूलाई भन्नेछन्, हेर्, यो त्यहाँ छ! अथवा हेर, यो यहाँ छ!’ जहाँ छौ तिमीहरू त्यहीं बस, टाडा नजाऊ अनि नखोज।
17:24b.LUK.017.024 “तिमीहरूले यो जान्नेछौ कि मानिसको पुत्र फेरि कहिले आउनु हुन्छ। उहाँको आउने दिन बिजुली जस्तो हुनेछ जुन आकाशको एक अनबाट अर्को अन्त सम्म चम्कन्छ।
17:25b.LUK.017.025 तर त्यो भन्दा अघि, मानिसको पुत्रले अनेकौं कष्टहरू सहनु पर्छ अनि यो पुस्ताका मानिसहरूबाट अस्वीकृत हुनुपर्छ।
17:26b.LUK.017.026 मानिसको पुत्र आँउदा पनि त्यही हुनेछ जुन नूहको समयमा भएको थियो।
17:27b.LUK.017.027 नूहको समयमा, जब सम्म नूह डुङ्गामा पसेनन् मानिसहरू खान्थे, पिउँथे, विवाह गर्दै थिए, अनि गाउँदैथिए। तब बाढी आयो अनि सबै नष्ट पारयो।
17:28b.LUK.017.028 यो पनि लूतको समय जस्तै हुनेछ जब परमेश्वरले सदोमको सर्वनाश गर्नुभयो। ती मानिसहरू खाँदै थिए, पिउँदै थिए, किन्दै थिए, विक्री गर्दै थिए, रोप्दै थिए अनि आफ्नै लागि भवनहरू बानउँदै थिए।
17:29b.LUK.017.029 लूतले शहर छाडने समय सम्म मानिसहरू यी सब गरिरहेकै थिए। तब आकाशबाट आगो र गन्धक बर्स्यो अनि प्रत्येकलाई नष्ट पार्यो।
17:30b.LUK.017.030 जब मानिसको पुत्र आउनु हुन्छ, एकदमै त्यही हुनेछ।
17:31b.LUK.017.031 “त्यसदिन, यदि कोही मानिस उसको घरको छानामा छ भने, अनि उसको समानहरू घरभित्र छ भने ऊ ती समानहरू लिन जानु पर्दैन। त्यसरी यदि कोही मानिस खेतमा छ भने त्यसले पनि घर र्फकिनु पर्दैन।
17:32b.LUK.017.032 विचार गर, लूतकी पत्नीलाई के भएको थियो।
17:33b.LUK.017.033 जुन मानिसले आफ्नो जीवन बचाउँनु चहान्छ उसले त्यो गुमाउनेछ। तर कसैले आफ्नो जीवन गुमाउँछ भने त्यसले त्यो बचाँउनेछ।
17:34b.LUK.017.034 त्यसबेला एउटा पलङ्गमा दुइजना मानिसहरू एक साथ सुतिरहेका हुनेछन्, एकजनालाई लगिनेछ अनि अर्कोलाई छोडिनेछ।
17:35b.LUK.017.035 दुईजना स्त्रीहरू एक साथ काम गरिरहेका हुनेछन, एउटीलाई लगिनेछ अनि अर्कीलाई छोडिनेछ।”
17:37b.LUK.017.037 चेलाहरूले येशूलाई भने, “यो कहाँ हुनेछ, प्रभु?” येशूले उत्तर दिनुभयो, “जहाँ लाश हुन्छ त्यहाँ गिद्धहरू भेला हुन्छन्।”
18
18:1b.LUK.018.001 त्यसपछि येशूले चेलाहरूलाई संधैं प्रार्थना गर्नु अनि कहिल्यै निराश नहुनु भनेर शिक्षा दिनुभयो। योशूले तिनीहरूलाई सिकाउन यस्तो दृष्टान्त भन्नुभयो
18:2b.LUK.018.002 “कुनै एउटा शहरमा एकजना न्यायधीश बस्थे। उसले परमेश्वर बारे वास्तै गर्दैन थिए। उसले यो पनि वास्ता गर्दैन थिए कि मानिसहरूले उसको बारेमा के-के सोच्छन्।
18:3b.LUK.018.003 त्यही शहरमा एकजना नारी थिई। त्यसको लोग्ने मरिसकेको थियो। त्यो विधवाले धेरै पल्ट त्यो न्यायाधीशलाई भनी, यहाँ एउटा मानिस छ जसले मलाई अन्याय गर्दैछ। मेरो अधिकार बचाई दिनुहोस्।’
18:4b.LUK.018.004 तर न्यायाधीशले त्यस विधवालाई कुनै प्रकारको सहायता गर्न चाहेनन्। लामो समय पछि नयायाधीशले बिचार गर्यो, परमेश्वरको बारेमा म वास्तै राख्तिनँ। अनि मानिसहरूले मेरो विषयमा के सोच्छन् त्यसको पनि म वास्ता र्गदिन।
18:5b.LUK.018.005 तर यो विधवाले भने मलाई हैरान पारी। यदि त्यसले चाहेका न्याय गरिदिएँ भने उसले मलाई छोडिदिने छे। नत्र घरी-घरी आउँनेछे अनि त्यसले मलाई हैरान बनाउँनेछे।”‘
18:6b.LUK.018.006 तब प्रभुले भन्नुभयो, “सुन! त्यो अन्यायी न्यायाधिशले जे भन्यो, त्यसमा केही अर्थ छ।
18:7b.LUK.018.007 रके परमेश्वरले छानेका मानिसहरूलाई न्याय दिनुहुदैन्? तिनीहरू रात-दिन उहाँसंग कराउँछन्। परमेश्वरले आफ्नो मानिसहरूलाई भन्नुहुन्छ, परमेश्वरले आफ्नो मानिसहरूलाई ठिक न्याय दिनु हुनेछ। उहाँ उनीहरुलाई उत्तर दिनु ढिलाई गर्नु हुन्न।
18:8b.LUK.018.008 म तिमीलाई भन्दछु, उहाँले आफ्ना मानिसहरुलाई तुरन्तै सहाएता गर्नु हुन्छ। तर जब मानसको पुत्र फेरि आउनु हुन्छ, के उहाँले पृथ्वीमा उहाँलाई विश्वास गर्ने मानिसहरू पाउनहुन्छ?”
18:9b.LUK.018.009 कतिजना मानिसहरूले सोचे कि तिनीहरू खुबै असल छन्। तिनीहरूले प्रत्येकलाई हेला गर्छन्। येशूले भयोः
18:10b.LUK.018.010 “कुनै एक समयमा फरिसी र एकजना महसूल उठाउने मानिस थिए। एकदिन ती दुवै मन्दिरमा प्रार्थना गर्न गए।
18:11b.LUK.018.011 फरिसी कर उठाउनेदेखि केही टाडा उभियो। जब त्यो फरिसीले प्रार्थना शुरू गर्यो, त्यसेल भन्यो, हे परमेश्वर, तपाईंलाई धन्यवाद दिन्छु किनभने म अरू जस्तो नराम्रो मानिस होइन। म चोरी, ठग र व्यभिचारी पापहरू र्गदिन। म तपाईंलाई धन्यवाद चढाउँछु कारण म यो महसूल उठाउने जस्तो नराम्रो होइन।
18:12b.LUK.018.012 म असल छु; हप्तामा दुइपल्ट उपवास बस्छु अनि आफ्नो कमाईबाट दशांश दिन्छु।’
18:13b.LUK.018.013 “त्यो महसूल उठाउने एक्लै अलि पर उभिरहेको थियो। जब त्यसले प्रार्थना गरयो, त्यसले स्वर्गपट्टी पनि हेरेन। त्यसले परमेश्वरको अघि आफूलाई अति तुच्छ पायो। त्यसले भन्यो, हे परमेश्वर, म प्रति दया गर्नुहोस्। म एउटा पापी हुँ।
18:14b.LUK.018.014 म तिमीहरूलाई भन्दछु, जब त्यो घर गयो, त्यो परमेश्वरसंग ठीक थियो। तर त्यो फारिसी, जसले आफूलाई असल हुँ भन्ने सम्झन्थ्यो त्यो परमेश्वरसँग ठीक थिएन। जुन मानिसले आफूलाई ठूलो ठान्दछ त्यो तुच्छ हुनेछ। तर जुन मानिसले आफूलाई तुच्छ ठान्छ त्यो महान हुनेछ।”
18:15b.LUK.018.015 कोही मानिसहरूले आ-आफ्ना बालकहरू येशूकहाँ ल्याँउदै थिए ताकि येशूले तिनीहरूलाई छोएर आशिर्वाद दिनुभएको होस्। तर चेलाहरूले जब देखे, तिनीहरूले मानिसहरूलाई हकारे।
18:16b.LUK.018.016 तर येशूले ती ससाना बालहरूलाई बोलाउनु भयो अनि चेलाहरूलाई भन्नुभयो, “ती स साना बालकहरूलाई मकहाँ आउन देऊ। तिनीहरूलाई नरोक। किनभने परमेश्वरको राज्य यी बालकहरू जस्तै मानिसहरूको हो।
18:17b.LUK.018.017 म तिमीहरूलाई साँचो भन्दछु तिमीहरूले ससाना बालकले केही थोक ग्रहण गरे जस्तै परमेश्वरको राज्यलाई पनि ग्रहण गर्नु पर्छ। नत्र तिमीहरू कहिल्यै प्रवेश गर्ने छैनौ!”
18:18b.LUK.018.018 एकजना यहूदी अगूवाले येशूलाई सोधे, “हे उत्तम गुरु, अनन्त जीवन पाउँन मैले के गर्नु पर्छ?”
18:19b.LUK.018.019 येशूले तिनलाई भन्नुभयो, “तिमीले मलाई किन उत्तम भन्दछौ? केवल परमेश्वर मात्र उत्तम हुनुहुन्छ।
18:20b.LUK.018.020 तैपनि म तिम्रो प्रश्नको उत्तर दिन्छु। तिमीले परमेश्वरको आज्ञाहरू जान्दछौः व्यभिचार नगर्नु कसैको हत्या नगर्नु, नचोर्नु, अरूको विषयमा झुटो नबोल्नु, बाबु-आमालाई सम्मान गर्नु।’ “
18:21b.LUK.018.021 तर ती अगुवलाले भने, “म सानोदेखि यी आज्ञाहरू पालन गर्दै आएको छु।”‘
18:22b.LUK.018.022 जब येशूले यस्तो सुन्नभयो, उहाँले त्यो अगुवालाई भन्नुभयो, “तर त्यहाँ अझै एउटा तिमीले गर्नु पर्न काम बाँकी छ। तिम्रोमा भएको सबै चीजहरू बिक्री गर अनि पैसाहरू गरीब मानिसहरूलाई बाँडिदेऊ अनि स्वर्गमा तिमीले इनाम पाउनेछौ। त्यसपछि तिमी आऊ अनि मलाई पछयाऊ!”
18:23b.LUK.018.023 तर जब उसले यी कुराहरू सुन्यो ऊ अत्यन्त दुःखी भयो किनभने त्यो मानिस साह्रै धनी थियो।
18:24b.LUK.018.024 जब येशूले त्यो मानिसलाई दुःखी भएको देख्नु भयो, उहाँले भन्नुभयो, “साँच्चै धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नु कठिन छ।
18:25b.LUK.018.025 हो, धनी मानिसलाई परमेश्वको राज्यमा प्रवेश गर्नुभन्दा ता बरू ऊँटलाई सियोको नाँथ्रीबाट छिर्नु सजिलो पर्छ।”
18:26b.LUK.018.026 जब त्यहाँ भएका मानिसहरूले यो सुने, तिनीहरूले भने, “त्यसो भए कसले उद्धार पाउँछ?”
18:27b.LUK.018.027 येशूले भन्नुभयो, “जे मानिसको निम्ति असम्भव काम छ परमेश्वरको निम्ति सम्भव छ।”
18:28b.LUK.018.028 पत्रुसले भने, “के हामीले सबै कुरा त्याग्यौं तपाईंको अनुयायी भएकाछौं?”
18:29b.LUK.018.029 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। प्रत्येक मानिस जसले आफ्नो घर, पत्नी, दाज्युभाइहरू, आमाबाबु, अथवा बालकहरू परमेश्वरको राज्यका निम्ति छोडेको छ
18:30b.LUK.018.030 तिनले यो जीवनमा यी सब भन्दा धेरै पाउनेछ। अनि जब त्यो मानिस मर्छ, त्यसले परमेश्वरसंग संधैंको लागी बस्ने मौका पाउनेछ।”
18:31b.LUK.018.031 त्यसपछि येशूले बाहै प्रेरितहरूलाई अर्को तिर लानु भयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “सुन! हामीहरू यरूशलेम जाँदैछौं। मानसको पुत्रका विषयमा अगमवक्ताहरूले जे-जे लेखेकाछन् ती सबै पूरा हुनेछन्।
18:32b.LUK.018.032 उहाँकै मानिसहरू उहाँको विरुद्धमा जानेछन् अनि उहाँलाई गैरयहूदीहरूको हातमा सुम्पिनेछन्। तिनीहरुले उहाँको उपहाँस गर्नेछन्, अनि उहाँलाई थुक्ने छन्।
18:33b.LUK.018.033 तिनीहरुले उहाँलाई कोर्रा लाउँने छन् अनि मार्नेछन्। तर उहाँ मरेको तीन दिनपछि, फेरि बौरी उठ्नु हुनेछ।”
18:34b.LUK.018.034 प्रेरितहरले यी कूराहरूको अर्थ बुझ्ने चेष्टा गरे, तर ती वास्तविक कुरा बुझ्न सकेनन् कारण यो तिनीहरूबाट लुकेको थियो अनि तिनीहरूले केही पनि बुझेनन्।
18:35b.LUK.018.035 येशू यरीको शहर नजिक आइपुग्नु भयो। त्यहाँ एकजना अन्धो मानिस बाटेको छेऊमा बसिरहेको थियो। त्यो अन्धोले मानिसहरूसंग भीख मागिरहेको थियो।
18:36b.LUK.018.036 जब त्यसले त्यही बाटोबाट भीड आएको चाल पायो, त्यसले सोध्यो, “के भइरहेको छ?”
18:37b.LUK.018.037 ती मानिसहरूले त्यसलाई भने, “नासरतको येशू यो बाटो आउनु हुँदैछ।
18:38b.LUK.018.038 त्यो अन्धो मानिस अत्यन्त र्हषित भयो अनि भन्यो, “येशू दाऊदका पुत्र। ममाथि दया गर्नोस्!”
18:39b.LUK.018.039 मानिसहरू जो भीड अगाडी थिए त्यो अन्धो मानिलाई गाली गर्न लागे। तिनीहरूले त्यसलाई नबोल्नु भने। तर त्यो अन्धो मानिस जोड जोडले चिच्यायो, “दाऊदका पुत्र! ममाथि दया गर्नोस्।”
18:40b.LUK.018.040 येशू त्यहाँ उभिनु भयो अनि भन्नुभयो, “त्यो अन्धो मानसलाई मकहाँ ल्याऊ!” जब त्यो अन्धो मानिस येशू भएकोमा पुग्यो, उहाँले सोध्नु भयो,
18:41b.LUK.018.041 “तिमीले मबाट के गरिदिएको चाहन्छौ ?” त्यो अन्धो मानिसले भन्यो, “हे प्रभु म फेरि देख्न चाहन्छु”
18:42b.LUK.018.042 येशू ले त्यसलाई भन्नुभयो, “दृष्टि पाऊ, तिम्रो विश्वासले तिमीलाई बचाएको छ।”
19
19:1b.LUK.019.001 येशू यरीहो शहर भएर जाँदै हुनुहुन्थ्यो।
19:2b.LUK.019.002 यरीकोमा एकजना जक्कै नाउँ भएको मानिस बस्थे । तिनी महसूल उठाउने हाकीम औ धनवान मानिस थिए ।
19:3b.LUK.019.003 तिनी येशू को हुन भनी हेर्न चाहन्थे। अरू मानिसहरू पनि त्यहाँ उहाँलाई हेर्न चाहन्थे। जक्कै एकदमै पुडको मानिस थिए अनि उनले मानिसहरूको भीडमा येशूलाई देख्न सक्ने थिएनन्।
19:4b.LUK.019.004 अनि येशू आउँदै गरेको ठाँउ पुग्नु तिनी अघि दौडे। तिनी नेभाराको रूखमा चढे जहाँबाट तिनले येशूलाई देख्न सक्थे।
19:5b.LUK.019.005 जब येशू त्यो ठाउँमा आइपुग्नु भयो उहाँले जक्कैलाई रूखमाथि देख्नु भयो। उहाँले तिनलाई भन्नुभयो, “जक्कै, झट्टै! तल ओर्लेरआऊ! आज म तिम्रो घरमा बास बस्नु पर्छ।”
19:6b.LUK.019.006 त्यसपछि जक्कै झट्टै तल ओर्लेर आए। तिनी आफ्नो घरमा येशूलाई स्वागत गर्न पाउँदा खुबै खुशी भए।
19:7b.LUK.019.007 सबै मानिसहरूले यो देखो। तिनीहरू यसो भन्दै विरोध गर्न लागे, “हेर येशू कस्ता मानिससंग बस्न जानु हुँदैंछ? जक्कै पापी हो।”
19:8b.LUK.019.008 जक्कैले प्रभूलाई भन्यो, “म असल काम गर्न चहान्छु। म गरीबहरूलाई मेरो आधा सम्पति दिनेछु। अनि यदि मैले कसैले ठगेकोछु भने तिनीहरूलाई चार गुणा अधिक तिर्नेछु।
19:9b.LUK.019.009 येशूले भन्नुभयो, “यो मानिस असल हो। निश्चय नै यी अब्राहामको परिवारको हुनुपर्छ। आज जक्कै आफ्नो पापहरूबाट मुक्त भएको छ।
19:10b.LUK.019.010 मानिसको पुत्र हाराएको मानिसहरूलाई खोज्नु र उद्धार गर्न आएको छ।” : 14-30)
19:11b.LUK.019.011 येशू यरूशलेम नजीकै पुग्नु भएको थियो। कोही मानिसहरूले सोचे कि परमेश्वरको राज्य झैट्टै आउँदैछ।
19:12b.LUK.019.012 मानिसहरूले यस्तै सोचका होलान् भनेर येशूले थाहा पाउनु भयो, अनि उहाँले तिनीहरूलाई यो कथा सुनाउनु भयोः “एकजना कुलीन मानिस आफ्ना निम्ति राजा हुनु टाडा देशमा जानलाई तयारी गर्दै थिए। तब फर्केर घर आई आफ्ना मानिसहरूमा पनि शासन गर्ने थिए।
19:13b.LUK.019.013 यसकारण तिनले प्रत्येकलाई एक एक थैलो पैसा दिए। तिनले भने, म फर्केर नआउन्जेल यो तिमीहरूले व्यापार गर्दै गर।
19:14b.LUK.019.014 तर राज्यमा भएका अरू मानिसहरूले उसलाई घृणा गरे। अनि तिनीहरूले एकदल आफ्ना मानिसहरूलाई यसो भन्न पठाए, हामी यस मानिसलाई राजा बनाउन चाहाँदैनौ।
19:15b.LUK.019.015 “तर त्यो मानिसलाई राजा बनाइयो। जब तिनी आफ्नो देश फर्के तिनले भने, ती नोकरहरूलाई बोलाऊ जससित मेरा पैसा छन्। म जान्न चाहन्छु तिनीहरूले ती पैसाबाट कतिसम्म कमाए।
19:16b.LUK.019.016 पहिलो नोकर आयो अनि भन्यो, मालिक, मैले तपाईंले दिनु भएको एक थैलो पैसाले दस थैला पैसा कमाएँ।’
19:17b.LUK.019.017 राजाले त्यो नोकरलाई भने, अति राम्रो! तिमी असल नोकर हौ। तिमीहरू सानो कुरामा विश्वासी थियौ। यसकारण म मेरा दशवटा शहर शासन गर्न तिमीलाई नियुक्ती गर्छु।’
19:18b.LUK.019.018 दोस्रो नोकरले भने, मालिक, मैले तपाईंको एक थैलो पैसाले अरू पाँच थैलो पैसा कमाएँ।’
19:19b.LUK.019.019 राजाले त्यो नोकरलाई भने, तिमीले पनि पाँचवटा शहरहरूमा शासन गर!
19:20b.LUK.019.020 त्यपछि अर्को नोकर आयो। त्यसले राजलाई भन्यो, मालिक! यहाँ तपाईंको पैसाको थैलो छ। मैले यसलाई लुगाले बेह्रेर लुकाईराखेको थिएँ।
19:21b.LUK.019.021 मलाई तपाईंदेखि अति डर थियो किनभने तपाईं अत्यन्त कठोर मानिस हुनुहुन्छ। तपाईंले आफूले नकमाएको पनि लानु हुन्छ, तपाईंले बीऊ नछरी वाली काट्नु हुन्छ।’
19:22b.LUK.019.022 त्यसपछि राजाले त्यो नोकरलाई भने, तिमी खराब नोकर हौ! म तिमीलाई तिम्रै शब्दहरूबाट न्याय गर्छु। तिमीले भन्यौ म कठोर मानिस हुँ। तिमीले यसो पनि भन्यौ कि मैले जे कमाएको थिइनँ त्यो पैसा लिन्छु अनि जे रोपेको थिइनँ त्यसको फसल उठाउँछु।
19:23b.LUK.019.023 यदि यी सबै साँचो हो भने मेरो पैसालाई तिमीले व्याकमा राख्न सक्थ्यौ। अनि जब म फर्केर आँए, मेरो रुपियाँले व्याज कमाएको हुन्थ्यो।
19:24b.LUK.019.024 त्यसपछि राजाले त्यहाँ उभिरहेका मानिसहरूलाई भने, रुपियाँको थैलो यसबाट लेऊ, अनि जुन नोकरकोमा दस थैली रुपियाँ छ त्यसलाई नै देऊ।
19:25b.LUK.019.025 ती मानिसहरूले राजालाई भने, तर मालिक, त्यो नोकरको त अघिबाटै दश थैलो रुपियाँ छ।
19:26b.LUK.019.026 राजाले भने, म भन्छु जसकोमा धेरै छ उसलाई धेरै नै दिइन्छ, अनि जसकोमा छैन, त्यसकोमा जो छ त्यो पनि लगिन्छ।
19:27b.LUK.019.027 अहिले मेरो शत्रुहरू कहाँ छन्? खोई तिनीहरू कहाँ छन जसले म राजा भएको चाँहादैनथे? ती शत्रुहरूलाई यहाँ ल्याऊ अनि मेरो अघि तिनीहरूको हत्या गर।”‘
19:28b.LUK.019.028 यी सबै कुराहरू जब येशूले भनिसक्नु भयो उहाँ यरूशलेमतिर जानु भयो।
19:29b.LUK.019.029 उहाँ जैतून नाउँ भएको पहाड नजिकको बेथानी शहरमा पुग्नु भयो। उहाँले आफ्ना दुइजना चेलाहरूलाई बोलाउनु भयो अनि
19:30b.LUK.019.030 तिनीहरूलाई भन्नु भयो, “यहाँ जुन गाउँ तिनीहरूको सामुन्ने छ त्यहाँ जाऊ। जब शहरमा पस्न लागेका हुन्छौ त्यहाँ एउटा गधालाई बाँधिराखेको पाउनेछौ। त्यो गधामा पहिले कोही पनि चढेको छैन। गधाको लगाम फुकाल, अनि त्यसलाई मकहाँ लिएर आऊ।
19:31b.LUK.019.031 कसैले गधा किन खोल्दैछौ भनी तिमीलाई सोधेभने भन, ‘ यो गधा मालिकलाई चाहिएको छ।’
19:32b.LUK.019.032 दुवै चेलाहरू शहरतिर लागे। तिनीहरूले गधालाई येशूले भन्नु भए झैं पाए।
19:33b.LUK.019.033 जब ती चेलाहरूले गधाको डोरी खोल्दैथे, गधाको मालिकहरूले चेलाहरूलाई सोधे, “किन तिमीहरू गधा खोल्दैछौ?”
19:34b.LUK.019.034 चेलाहरूले जवाफ दिए, “प्रभुलाई यसको अवश्यकता छ।”
19:35b.LUK.019.035 यसकारण तिनीहरूले त्यो गधालाई येशूकहाँ ल्याए। चेलाहरूले आफ्ना लुगाहरू गधाको पिठ्यूँमा बिछ्याए। त्यसपछि तिनीहरूले येशूलाई त्यो गधामा चढाए।
19:36b.LUK.019.036 येशू गधामाथि चढेर यरूशलेम तर्फ लाग्नुभयो। मानिसहरूले येशूको लागि आफ्नो लुगाहरू बाटोमा ओछ्याए।
19:37b.LUK.019.037 येशू यरूशलेम पुग्नै लाग्नु भएको थियो। उहाँ जैतून डाँडाको फेदीमा पुग्नु भएको थियो। चेलाहरूको सम्पूर्ण भीड नै खुशी थियो। तिनीहरू परमेश्वरलाई धन्यवाद चढाउँदै थिए। तिनीहरूले परमेश्वरको शक्तिपूर्ण कार्यहरू देखेर उहाँलाई कराई कराई धन्यवाद चढाउदैथे।
19:38b.LUK.019.038 तिनीहरूले भने, “‘धन्य हुन, ती राजा जो परमप्रभुको नाउँमा आउँछन्। भजनसंग्रह 118:26 स्वर्गमा शान्ति होस् अनि परमेश्वरलाई महिमा होस्।”‘
19:39b.LUK.019.039 भीडमा उभिएर कोही फरिसीहरूले येशूलाई भने, “गुरूज्यू! यस्तो कुराहरू नभन्नू भनेर तपाईंका चेलाहरूलाई भन्नुहोस्।”
19:40b.LUK.019.040 तर उहाँले भन्नुयो, “म तिमीहरूलाई भन्छु, यी कुराहरू भन्नै पर्छ। यदि मेरा चेलाहरूले यी कुराहरू भनेनन् भने, यी ढुङ्गाहरू यसको लागि चिच्याउनेछन्।”
19:41b.LUK.019.041 येशू यरूशलेम नजिक आईपुग्नु भयो। उहाँले शहरलाई हेर्नु भयो अनि त्यसको निम्ति विलाप गर्नु भयो।
19:42b.LUK.019.042 उहाँले यरूशलेमको विषयमा भन्नुभयो, “तिम्रोमा केले शान्ति ल्याउँछ? यदि तिमीले आज बुझेको भए, असल हुने थियो। तर तिमीले जान्दैनौ, किनभने यो तिम्रो आँखाबाटा ओझेल परेकोछ।
19:43b.LUK.019.043 त्यसपछि त्यो मानिसले देख्न सक्ने भयो। त्यसले परमेश्वरलाई धन्यावाद चढाउँदै येशूलाई पछ्याउन लाग्यो। जति पनि मानिसहरूले यी सब देखे तिनीहरूले परमेश्वरको प्रशंसा गर्न थाले। जक्कै
19:44b.LUK.019.044 तिनीहरूले तिमीलाई र तिम्रो मानिसहरूलाई ध्वंस पार्नेछन्। तिम्रो भवनहरूको एक ढुङ्गामाथिको अर्को ढुङ्गा पनि छाडिने छैन्। यो घट्नेछ कारण तिमी जान्दैनौ तिमीलाई बचाउन परमेश्वर कहिले आउँनु हुन्छ।”
19:45b.LUK.019.045 येशू मन्दिरमा जानु भयो। त्यहाँ सामान बेच्नेहरूलाई खेद्नु भयो।
19:46b.LUK.019.046 उहाँले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ, मेरो घर प्रार्थनाको घर हुनेछ। तर तिमीहरूले यसलाई डाँकूहरको वासस्थानमा परिणत गरेका छौ।”
19:47b.LUK.019.047 येशूले मन्दिरमा दिनहुँ शिक्षा दिनुहुन्थ्यो। मुख्य पूजाहारीहरू, व्यवस्थाका शास्त्रीहरू र कोही मानिसहरूका प्रमुखहरू येशूलाई मार्ने दाऊ खोजिरहेका थिए।
19:48b.LUK.019.048 तर यस कामको लागि तिनीहरूले उपाय पाएका थिएनन् किनभने सबै मानिसहरू ध्यान पूर्वक येशूका कुराहरू सुनिरहेका थिए। मुख्य पूजाहारीहरू, व्यवस्थाका शास्त्रीहरू र प्रमुखहरुले येशूलाई कसरी मार्न पर्ने हो जान्दैन थिए।
20
20:1b.LUK.020.001 एकदिन येशू मन्दिरमा हुनुहुन्थ्यो अनि मानिसहरूलाई शिक्षा दिइरहनुभएको थियो। उहाँले परमेश्वरको राज्यको विषयमा सुसमाचारहरू भनिरहनुभएको थियो। मुख्य पूजाहारी हरू, व्यवस्थाका शास्त्रीहरू र बूढा यहूदी प्रमुखहरू उहाँ भएकोमा प्रश्न गर्न आए।
20:2b.LUK.020.002 तिनीहरूले सोधे, “हामीलाई भन्नु होस्, कुन अधिकारले तपाईं यी सब काम गर्नु हुन्छ? कसले तपाईंलाई यस्तो अधिकार दियो?”
20:3b.LUK.020.003 येशूले उत्तर दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु। मलाई भन
20:4b.LUK.020.004 जब यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिए त्यो अधिकार तिनले परमेश्वरबाट अथवा मानिसकसबाट पाएका थिए?”
20:5b.LUK.020.005 तिनीहरूले यस विषयमा आपसमा बहस गरे, “यदि हामीले भन्यौं, यूहन्नाको बप्तिस्मा परमेश्वरबाट भएको थियो, तब उनले भन्नेछन्, त्यसो भए यूहन्नालाई किन विश्वास नगरे को?’
20:6b.LUK.020.006 तर यदि हामीले भन्यौं, ‘यूहन्नाको बप्तिस्मा मानिसद्वारा भएको हो, तब सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्नेछन्, किनभने तिनीहरूले यूहन्नालाई अगमवक्ताको रूपमा विश्वास गर्छन्।”
20:7b.LUK.020.007 अनि तिनीहरूले भने, “यो कहाँबाट आयो हामी जान्दैनौं।”
20:8b.LUK.020.008 यसर्थ येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसैले म यी कामहरू कुन अधिकारबाट गर्दैछु, भन्दिन।”
20:9b.LUK.020.009 त्यसपछि येशूले दृष्टान्त कथा सुनाउनुभयष्ठ्वो, “एकजना मानिसले खेतमा दाखहरू रोपे। उसले आफ्नो खेत केही खेतीवालहरूलाई किरायमा दिए। त्यसपछि ती मानिस धेरै समयको लागि बाहिर गए।
20:10b.LUK.020.010 त्यसपछि, खेतमा दाखको फसल उठाउने समय आयो। अनि त्यो मानिसले आफ्नो एकजना नोकरलाई ती खेतीवालहरूकहाँ आफ्नो पाउनु पर्ने दाखको भाग लिन पठायो। तर खेतीवालहरूले त्यो नोकरलाई कूटपीट गरे अनि खाली हात पठायो।
20:11b.LUK.020.011 फेरि त्यो मानिसले अर्को नोकरलाई पठायो। खेतीवालहरूले त्यो नोकरलाई पनि पिटे। तिनीहरूले त्यसलाई कुनै सम्मान गरेनन्। ती खेतीवालहरूले उसलाई खाली हात पठाए।
20:12b.LUK.020.012 उसले अझ तेस्रो नोकर पठायो। खेतीवालहरूले त्यलाई नराम्रो प्रकारले कुटे अनि बाहिर फ्याँकिदिए
20:13b.LUK.020.013 त्यो खेतको मालिकले भन्यो, अब मैले के गर्नु पर्ने हो? म मेरो प्यारो छोरोलाई पठाउनेछु। हुन सक्छ खेती वालहरूले मेरो छोरोलाई आदर गर्छन्।
20:14b.LUK.020.014 जब खेतीवालाहरुले छोरोलाई देखे, तिनीहरूले आपसमा भने, यो हाम्र मालिकको छोरो हो।
20:15b.LUK.020.015 त्यसपछि खेतीवालहरूले उसको छोरोलाई खेतबाट बाहिर निकालिदिए अनि त्यसलाई मारे। “यो खेतको मालिकले अब के गर्नेछ?
20:16b.LUK.020.016 तिनी आउनेछन्, अनि ती खेतीवालहरूलाई मार्नेछन्। त्यपछि तिनले त्यो खेत अन्य खेतीवालहरूलाई दिनेछन्।” मानिसहरूले यो कथा सुने। तिनीहरूले भने, “अहँ! यस्तो कहिल्यै नहोस्।”
20:17b.LUK.020.017 तर येशूले तिनीहरूको आँखामा हेर्नुभयो अनि भन्नुभयो, “त्यसो भए, यो लेखिएको अर्थ के होलाः
20:18b.LUK.020.018 प्रत्येक मानिस जो ती ढुङ्गामा बजारिनु पुग्छ चक्नाचूर हुनेछ। अनि यदि त्यो ढुङ्गा कसैमाथि खसे त्यसले तिनलाई धूलो पीठो पार्नेछ!”
20:19b.LUK.020.019 येशूले भनेको यो कथा यहूदी प्रमुखहरूले सुने। तिनीहरूकै निम्ति भनिए झैं बुझे। त्यसर्थ तिनीहरूले त्यति बेलै येशूलाई पक्रिने चेष्टा गरे। तर तिनीहरू मानिसहरूसंग डराए।
20:20b.LUK.020.020 यसपछि व्यवस्थाका शास्त्रीहरू र मुख्य पूजाहारीहरूले येशूलाई होसियारीसित चियो गरे। तिनीहरूले केही गुप्तचरहरू येशूकहाँ पठाए अनि तिनीहरूलाई असल मानिस झैं व्यवहार गर्ने भने। तिनीहरूले येशूको भनाईमा केही खोट निकाल्नु चहान्थे। यदि तिनीहरूले कुनै खोट पाए येशूलाई राज्यपाल अघि सुम्पिदिने थिए, जसको येशूमाथि शक्ति अनि अधिकार थियो।
20:21b.LUK.020.021 अनि तिनीहरूले येशूलाई सोधे, “गुरुज्यू हामी बुझ्छौ कि तपाईं जे बोल्नु हुन्छ अनि शिक्षा दिनु हुन्छ त्यो सही छ। तपाईं सबै मानिसहरूलाई निष्पक्ष सित त्यहीकुरा सिकाउनु हुन्छ। अनि तपाईं सधैं नै परमेश्वरको मार्गको विषयमा सत्य सिकाउनु हुन्छ।
20:22b.LUK.020.022 हामीलाई भन्नुहोस्, के हामाले कैसरलाई कर तिर्नु उचित छ वा छैन?”
20:23b.LUK.020.023 तर येशूले तिनीहरूको चलाकी चाल पाई हाल्नुभयो। यसर्थ उहाँले तिनीहरूलाई भन्नुभयो,
20:24b.LUK.020.024 “एउटा सिक्का मलाई देऊ। यो सिक्कामा कसको नाउँ छ? अनि यसमा कसको चित्रको छाप छ?” तिनीहरूले भने, “कैसरको।”
20:25b.LUK.020.025 येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसो हो भने कैसरको चीज कैसरलाई नै देऊ अनि परमेश्वरको परमेश्वरलाई नै देऊ।”
20:26b.LUK.020.026 उहाँ ज्ञानमय उत्तर सुनेर तिनीहरू छक्क परे। तिनीहरूले केही भन्न सकेनन्। मानिसहरूको अघि तिनीहरूले येशूलाई केही कुरामा पनि पक्रन सकेनन्, यसर्थ तिनीहरू चूपचाप बसे।
20:27b.LUK.020.027 कोही सदुकीहरू येशूकहाँ आए। तिनीहरू विश्वास गर्दथे कि मानिस मरेपछि फेरि कहिल्यै बौरी उठ्दैन। तिनीहरूले येशूलाई भने,
20:28b.LUK.020.028 “गरुज्यू, मोशाले लेख्नु भएको छ कि यदि कुनै विवाहित मानिस सन्तान नजन्माई मर्यो भने उसकी पत्नीलाई उसको भाईले दाज्यूको सन्तानको निम्ति विवाह गर्नुपर्छ अनि दाज्युको लागि सन्तान जन्माउनु पर्छ।
20:29b.LUK.020.029 कुनै एक समयमा सातजना दाज्यु भाइ थिए। जेठाले एउटी स्त्रीलाई विवाह गरे, तर मरिहाले। उसको कुनै सन्तान थिएन।
20:30b.LUK.020.030 अनि दोस्रो भाईले त्यो विधवालाई विवाह गरे, अनि ऊ पनि मरिहाले।
20:31b.LUK.020.031 तब तेस्रो भाइले उसलाई विवाह गरयो अनि उ पनि मरयो। त्यस्तै घटना अरु भाइहरूसित पनि घट्यो। तिनीहरू सबै सन्तान नभई मरे।
20:32b.LUK.020.032 अन्तमा त्यो स्त्री पनि मरी।
20:33b.LUK.020.033 तर सबै सात दाज्यू-भाइहरूले त्यसलाई विवाह गरेका थिए। अनि जब मानिसहरू मरेर बौरिन्छन् त्यो स्त्री कसकी पत्नी हुन्छे?”
20:34b.LUK.020.034 येशूले ती सदूकीहरूलाई भन्नुभयो, “पृथ्वीमा मानिसहरूले आपसमा विवाह गर्छन्।
20:35b.LUK.020.035 तर ती मानिसहरू जसलाई भविष्यको संसारका निम्ति योग्य ठानिन्छ अनि मृत्युबाट उठाई ल्याइन्छ तिनीहरू विवाह गर्दैनन् अथवा तिनीहरूको विवाह गराइदैन।
20:36b.LUK.020.036 त्यतिवेला तिनीहरू स्वर्गदूत झैं हुनेछन् अनि मर्ने छैनन्। तिनीहरू पुनर्जीवित गराइएकाछन्।”
20:37b.LUK.020.037 मोशाले जलिरहेका पोथ्रोको वर्णन गर्दा स्पष्टरूपले भनेका छन् कि मानिसहरू मृत्युबाट बौरी उठ्नेछन्। परमप्रभुलाई मोशाले अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वरले भन्नुभएकोछ।’
20:38b.LUK.020.038 परमेश्वर मुर्दाहरूको परमेश्वर हुनुहुन्न तर उहाँ जीवित मानिसहरूका परमेश्वर हुनुहुन्छ। सबै मानिसहरू जो परमेश्वरका हुन् तिनीहरू जिउँदो छन्।”
20:39b.LUK.020.039 कोही व्यवस्थाका शास्त्रीहरूले भने, “हे गुरू, तपाईंको उत्तर सही हो।”
20:40b.LUK.020.040 उहाँलाई अरू धेरै प्रश्न गर्ने साहस कसैलाई भएन।
20:41b.LUK.020.041 त्यसपछि येशूले भन्नुभयो, “मानिसहरूले किन ख्रीष्टलाई दाऊदको पुत्र भन्छन्?
20:42b.LUK.020.042 भजनको पुस्तकमा, दाऊद आफै भन्छन् ‘परमप्रभुले मेरा प्रभु ख्रीष्टलाई भन्नु भएकोछ तिमी मेरो दाहिने हातपट्टि बस,
20:43b.LUK.020.043 जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा शक्तिको वशमा पार्नेछु।’ भजनसंग्रह 1101
20:44b.LUK.020.044 दाऊदले ख्रीष्टलाई ‘प्रभु’ भनी सम्बोधन गर्छन्। तब कसरी ख्रीष्ट दाऊदको छोरो हुन सक्छन्?”
20:45b.LUK.020.045 जव सबै मानिसहरूले सुनिरहेका थिए येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो,
20:46b.LUK.020.046 “व्यवस्थाका शास्त्रीहरूदेखि होशियार बस। तिनीहरू लामोलामा बस्त्र लगाएर वरिपरि घुम्न चहान्छन्। तिनीहरू बजारतिर जाँदा मानिसहरूले सम्मान गरून् भन्ने चहान्छन्। सभा-घरहरूमा मुख्य मुख्य आसन ओगट्न चहान्छन्। भोजहरूमा तिनीहरू अझ वेशी सम्मानित आसन ओगट्न चहान्छन्।
20:47b.LUK.020.047 तर तिनीहरू विधवाहरूलाई धोका दिन्छन् र तिनीहरूको घर लुट्छन्। अनि तिनीहरू देखावटीको लागि लामालामा प्रार्थना गर्छन्। परमेश्वरले तिनीहरूलाई धेरै कडा दण्ड दिनुहुनेछ।”
21
21:1b.LUK.021.001 येशूले केही धनी मानिसहरूले मन्दिरको दान-पेटीमा उपहारहरू हाल्दै गरेको देख्नुभयो।
21:2b.LUK.021.002 त्यहाँ उहाँले एउटी गरीब विधवालाई दुइवटा ताँबाका साना-साना सिक्काहरू पेटीमा हाल्दै गरेको देख्नुभयो।
21:3b.LUK.021.003 येशूले भन्नु भयो, “म तिमीहरूलाई साँचो भन्दछु, यो गरीब विधवाले अरू सबैले भन्दा धेरै दिई।
21:4b.LUK.021.004 किनभने धनीहरूले आफूलाई नचाहिएको सम्पत्तिबाट भेटी चढाए। तर यो विधवा अत्यन्तै गरीब छे अनि उसले आफ्नो जति थियो सबै दिई। त्यो पैसा त्यसलाई जीविकाको लागि चाहिन्थ्यो।”
21:5b.LUK.021.005 केही चेलाहरू मन्दिरको विषयमा बात गरिरहेका थिए। तिनीहरूले भने, “सुन्दर ढुङ्गाहरूद्वारा बनाइएको यो एउटा सुन्दर मन्दिर हो । परमेश्वरलाई चढाएको ती राम्र-राम्र चीजहरू हेर।”
21:6b.LUK.021.006 तर येशूले भन्नुभयो, “एउटा समय आउनेछ, अहिले यहाँ तिमी जो देख्छौ प्रत्येक चीज नै नाश हुनेछ। प्रत्येक ढुगां नै फ्याँकिनेछ। कुनै एउटा ढुङ्गा पनि अर्को माथि रहनेछैन्।”
21:7b.LUK.021.007 ती चेलाहरूले येशूलाई सोधे, “हे गुरू, कहिले यस्तो घटना हुनेछ? यी घटनाहरू हुनेवाला छ भी जान्नलाई कस्तो चिन्ह पाइनेछ?”
21:8b.LUK.021.008 येशूले भन्नुभयो, “सर्तक बस! मूर्ख नबन। मेरो नाम लिदै धेरै मानिसहरू आउनेछन्। तिनीहरूले भन्नेछन्, म नै ख्रीष्ट हुँ, अनि, सही समय आएको छ! तर तिनीहरूलाई नपछयाउनु।
21:9b.LUK.021.009 जब तिमीहरूले लडाई र हलचलको विषयमा सुन्नेछौ, नडराऊ। यही कुरा पहिले हुनेछ। त्यसपछि अन्त आउनेछ।”
21:10b.LUK.021.010 तब येशूले तिनीहरूलाई भन्नुभयो, “जाती-जातिहरूमाझ लडाई चल्नेछ। राज्य-राज्यहरूमाकझ झगडा चल्नेछ।
21:11b.LUK.021.011 ठूलो भूकम्प जानेछ, अनि विभिन्न ठाउँमा अनिकाल अनि बिमारहरू फैलिनेछ। भयानक घटनाहरू घटनेछन् अनि स्वर्गबाट ठूला-ठूला चिन्हरू दिइनेछ।
21:12b.LUK.021.012 तर यी घटनाहरू हुन अघि, मानिसहरूले तिमीहरूलाई पक्रिनेछन् अनि तिमीहरूलाई सताउनेछन्। तिनीहरूका सभा-घरहरूमा तिमीहरूको न्याय गरिनेछ अनि तिमीहरूलाई झयालखानामा हाल्नेछन्। राजाहरू र राज्यपालहरू अघि तिमीहरूलाई उभ्याइनेछ। मानिसहरूले तिमीहरूलाई यसो गर्नुको कारण तिमीहरू मेरा चेलाहरू हौ।
21:13b.LUK.021.013 तर यसले मेरो विषयमा केही भन्ने मौका पनि मिल्नेछ।
21:14b.LUK.021.014 तिमीहरूले आफ्नो बचाऊको लागि के भन्नु पर्छ त्यस विषयमा चिन्ता गर्नु पर्दैन।
21:15b.LUK.021.015 म तिमीहरूलाई यस्तो शब्द ज्ञान दिनेछु कि तिमीहरूको कुनै शत्रुले पनि जवाफ दिन सक्तैन।
21:16b.LUK.021.016 तिमीहरूको बाबु-आमा, दाज्युभाइहरू, आफन्तहरू, र मित्रहरूले समेत तिमीहरूलाई प्रशासनलाई सुम्पिनेछन्, अनि तिनीहरूले तिमीहरू मध्ये कतिलाई मार्ने पनि छन्।
21:17b.LUK.021.017 सबै मानिसहरूले तिमीहरूलाई मेरो अनुशरण गरेकोमा त्याग गर्नेछन्।
21:18b.LUK.021.018 तर यी सब कुराहरूले शिरको एउटा केश पनि नष्ट हुनेछैन।
21:19b.LUK.021.019 तिमीहरूको विश्वासले गर्दा यी सबै विपदहरूबाट बाँच्नेछौ।
21:20b.LUK.021.020 “तिमीहरूले यरूशलेमको वरिपरि सबै तिरबाट फौजले घेरेको पाउनेछौ। तब तिमीहरूलाई थाहा हुनेछ कि यरूशलेमको पतनको सयम नजिक आएछ।
21:21b.LUK.021.021 त्यसबेला यहूदियाका मानिसहरू डाँडाकाँडातिर भाग्नु पर्छ। मानिसहरूले तत्कालै यरूशलेम छोडनु पर्छ। यदि तिमीहरू शहर नजिकै छौ भने, त्यहाँभित्र नजाऊ। दण्ड दिनुहुनेछ भनी लेखेका छन्।
21:22b.LUK.021.022 त्यस समय हो जब ती जम्मै कुराहरू पूरा हुनेछ।
21:23b.LUK.021.023 त्यस समय गर्भवती स्त्री र दूधे बालकका आमाहरूको निम्ति भयानक हुनेछ। किन? किनभने यो भूमिमा अति कष्ट आइपर्नेछ। परमेश्वरको रिस ती मानिसहरूमाथि पर्नेछ।
21:24b.LUK.021.024 कतिजना मानिसहरू सिपाहीहरूद्वारा मारिनेछन्। कतिजनालाई कैदी बनाई सबै देशहरूमा लगिनेछ। यरूशलेमको पवीत्र शहरमा गैरयहूदीहरूको समय शेष नहुञ्जेल तिनीहरू पाइताला ठटाएर हिडी रहनेछन्।
21:25b.LUK.021.025 “सूर्य, चन्द्र र ताराहरूमा पनि आश्चर्य घटनाहरू घट्नेछन्। अनि पृथ्वीमा सबै जाति-जातिहरू सङकटमा पर्नेछन्। सागरका गर्जन र उर्लेका झोक्काहरूले तिनीहरूलाई अत्तालाउनेछन।
21:26b.LUK.021.026 मानिसहरू भयभित हुनेछन्। संसारमा के हुने हो भनी चिन्ताले तिनीहरू आतङिकत हुनेछन्। आकाशको शक्तिहरू हल्लाइनेछन्।
21:27b.LUK.021.027 तब मानिसको पुत्रलाई शक्ति र महा महिमासँग बादल माथि आउँदै गरेको देखिनेछ।
21:28b.LUK.021.028 जब यी सब चीजहरू शुरू हुनथाल्छ, नडारउनु। माथितिर हेर, अनि खुशी बन। किनभने जति बेला परमेश्वरले तिमीहरूलाई मुक्ति दिनु हुन्छ, त्यो समय नजीक छ।”
21:29b.LUK.021.029 त्यसपछि येशूले यस्तो दृष्टान्त भन्नुभयोः “यी सबै रूखहरूलाई हेर। नेभाराको रुख यसको लागि असल उदाहरण हो।
21:30b.LUK.021.030 जब यो हरियो हुन्छ (बढ्नेछ), तिमीहरूलाई थाहा हुनेछ कि ग्रीष्म ऋतु नजिकै आयो।
21:31b.LUK.021.031 त्यसरीनै जब यी सब भइरहेको देख्नेछौ, तब परमेश्वरको राज्य नजिकै आइ पुग्न लागेको हुनेछ।
21:32b.LUK.021.032 “म तिमीहरूलाई साँच्चै भन्दछु। जबसम्म यी घटनाहरू घटी सक्तैनन वर्त्तमान पुस्ता तुरिएको हुँदैनन्।
21:33b.LUK.021.033 आकाश र पृथ्वी ध्वंस हुनेछ; तर मैले भनेका वचनहरू कहिले खेरा जाने छैनन्।
21:34b.LUK.021.034 “होशियार बस! आफ्नो समय महाभोजहरूमा मात्र नबिताऊ। अथवा, संसारिक कुराहरूमा मात्र समय नफाल। किनभने त्यो दिन तिमीमा धरापमा परे झैं झट्टै आई लाग्नेछ।
21:35b.LUK.021.035 पृथ्वीमा भएका सबैमाथि यस्तो एक्कासि आइपर्नेछ।
21:36b.LUK.021.036 यसर्थ, हर समय तयार बस। प्रार्थना गर जसद्वारा तिमी ती आई पर्ने संकटबाट बाँच्न सक्नेछौ। प्रार्थना गर ताकि तिमीहरू मानिसको पुत्र अघि खडा हुन सक्नेछौ।”
21:37b.LUK.021.037 येशूले दिनभरि मन्दिरमा उपदेश दिनुभयो अनि राती शहर बाहिर गएर जैतुन भन्ने पाहाडमा बिताउनु भयो।
22
22:1b.LUK.022.001 यहूदीहरूको अखमीरी रोटीको चाडको समय नजिकै आइरहेका थियो।
22:2b.LUK.022.002 मुख्य पूजाहारीहरू र व्यवस्थाका शास्त्रीहरूले येशूलाई मार्ने उपाय खोज्दै थिए। तर मानिसहरूदेखि तिनीहरू डराँउथे।
22:3b.LUK.022.003 येशूको बाह्रजना प्रेरितहरूमध्ये एकजनाको नाम यहूदा थियो जसलाई इस्कारयोत भनिन्थ्यो। शैतान यहूदाको भित्र पस्यो अनि त्यसलाई नराम्रो कार्य गर्नु प्रेरित गर्यो।
22:4b.LUK.022.004 मन्दिरलाई पहरा दिइरहेका सिपाहीहरू र मुख्य पूजाहारीहरूसंग येशूलाई सुम्पने विषयको उपाय बारे कुराकानी गरयो।
22:5b.LUK.022.005 यस विषयमा मुख्य पूजाहारीहरू अत्यन्त खुशी भए। यदि यहूदाले येशूलाई सुम्पेको खण्डमा तिनीहरूले रूपियाँ दिने बाचा गरे।
22:6b.LUK.022.006 यहूदा सहमत भयो। त्यसपछि यहूदाले येशूलाई तिनीहरूकहाँ सुम्पने अवसर खोज्न थाल्यो। यो काम गर्दा भीड नरहोस भन्ने यहूदा चहान्थ्यो।
22:7b.LUK.022.007 यो अखमीरी रोटी खाने दिन थियो। त्यो दिन यहूदीहरूले निस्तारको पाठाहरू बलिदान गरे।
22:8b.LUK.022.008 येशूले पत्रुस र यूहन्नालाई भन्नुभयो, “जाऊ अनि हाम्रो लागि निस्तार खाना तयार पार।”
22:9b.LUK.022.009 पत्रुस र यूहन्नाले येशूलाई सोधे, “तपाईं हामीले कहाँ खाना तयार पारेको रूचाउनु हुन्छ?” येशूले तिनीहरूलाई भने,
22:10b.LUK.022.010 “सुन! जब तिमीहरू शहर जान्छौं, त्यहाँ तिमीहरूले एउटा मानिसलाई एक जार पानी ल्याँउदै गरेको भेट्नेछौ। त्यलाई पछ्याऊ। त्यो त्यहीं एउटा घरमा पस्नेछ। त्यसकै पछि तिमीहरू लाग।
22:11b.LUK.022.011 त्यस घरका मालिकलाई भन, हाम्रा गुरुज्यूले उहाँ र उहाँका चेलाहरू निस्तार भोज कहाँ बसेर खाने सोध्न पठाउनु भएकोछ।’
22:12b.LUK.022.012 त्यसपछि मालिकले आफ्नो घरको माथिल्लो तलाको ठूलो कोठा देखाउनेछ। यो कोठानै तिमीहरूको निम्ति तयार परिनेछ। निस्तारको भोज त्यहीं तयार गर।”
22:13b.LUK.022.013 त्यसपछि पत्रुस र यूहन्ना त्यहाँदेखि निस्किए। येशूले भन्नुभएको प्रत्येक कुराहरू नै तिनीहरूले भेटे। अनि तिनीहरूले निस्तारको भोज पनि तयार पारे।
22:14b.LUK.022.014 तिनीहरूको निस्तारको भोज गर्ने समय भएको थियो। येशू र प्रेरितहरू टेबलको वरिपरि बरिरहेका थिए
22:15b.LUK.022.015 येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो मृत्यु अघि तिमीहरूसँग बसेर निस्तारको भोजन गर्ने बढो इच्छा थियो।
22:16b.LUK.022.016 किनभने जबसम्म परमेश्वरको राज्यमा यसको सही अर्थ पाईदैन म निस्तार भोजन गर्ने छैन।”
22:17b.LUK.022.017 त्यसपछि उहाँले एक कचौरा दाखरस लिनु भयो। उहाँले परमेश्वरलाई यसको निम्ति धन्यावाद दिनुभयो। त्यसपछि उहँले भन्नुभयो, “यो कप लैजाऊ अनि यसैबाट सबैलाई बाँढ।
22:18b.LUK.022.018 म तिमीहरूलाई भन्छु, “म चाँहि परमेश्वरको राज्य नआए सम्म पिंउदिन।”
22:19b.LUK.022.019 त्यसपछि येशूले केही रोटी लिनु भयो। उहाँले रोटीको लागि परमेश्वर धन्यवाद दिनुभयो अनि टुक्रा पार्नु भयो। उहाँले ति प्रेरितहरूलाई दिनु भयो अनि उहाँले भन्नुभयो, “यो मेरो शरीर हो जुन म तिमीहरूलाई दिंदैछु। मेरो सम्झनाको निम्ति यसो गर।”
22:20b.LUK.022.020 त्यसरी नै, खाना खाई सके पछि, येशूले कचौरा उठाउनु भयो अनि भन्नुभयो, “यस कचौराको तात्पर्य परमेश्वर र उहाँको मानिसहरू माझको एउटा नयाँ करार हो। यो नयाँ करार मेरो रगतबाट शुरू हुन्छ जुन मैले तिमीहरूको लागि बगाएँ।”
22:21b.LUK.022.021 येशूले भन्नुभयो, “तिमीहरूले मध्ये कोही एकजनाले मलाई धोका दिनेछौ। उसको हात टेबलमा मसँगै छ।
22:22b.LUK.022.022 परमेश्वरले जे योजना गर्नु भएकोछ त्यो मानिसको पुत्रले पुरा गर्नेछ। तर धिक्कार छ उसलाई जसले हत्याको निम्ति मानिसको पुत्रलाई सुपिन्छ।”
22:23b.LUK.022.023 त्यसपछि प्रेरितहरू आपसमा कुरा गर्न लागे, “हामी मध्ये कसले चाँहि येशूलाई त्यसो गर्छौ होला?”
22:24b.LUK.022.024 तब तिनीहरू मध्ये को चाँहीं सबै भन्दा महान होला भनी प्रेरितहरूले बहस गरे।
22:25b.LUK.022.025 तर येशूले तिनीहरूलाई भन्नुभयो, “संसारका राजाहरूलाई तिनीहरूका मानिसहरूमाथि शासन गर्छन्। जो मानिसहरू अधिकारमा छन् तिनीहरू आफैलाई जातिहरूको महा-सहायकहरू भनिनेछन्।
22:26b.LUK.022.026 तर तिमीहरू चाँहि त्यस्तो नहुनु। तिमीहरूको माझमा जो महान छ ऊ सानो हुनु पर्छ, अनि ऊ जो नेता हो, नोकर जस्तो हुनुपर्छ।
22:27b.LUK.022.027 को चाँहि प्रमुख हुनः ऊ जो टेबलमा बसिरहेको छ अथवा उहाँलाई सेवा पुर्याइरहेकोछ? टेबलमा बस्ने मानिस चाँहि ठुलो हो, होइन र? तर तिमीहरूको माझमा म नोकर जस्तै हुँ?
22:28b.LUK.022.028 “तिमीहरू तिनीहरू हौ जो मेरो संर्घषहरूमा छेउमा बसेका थियौं।
22:29b.LUK.022.029 मेरो पिताले मलाई एउटा राज्य दिनुभएकोछ। म पनि मसित भएको शासन शक्ति तिमीहरूलाई दिनेछु।
22:30b.LUK.022.030 मेरो राज्यमा मेरो टेबलमा बसेर तिमीहरूले खाने र पिउनेछौ। तिमीहरू सिंहासनमा बस्नेछौ अनि इस्राएलको बाह्रैवटा जातिको न्याय गर्नेछौ।
22:31b.LUK.022.031 “शैतानले जाँच गर्न सोध्यो, कृषकहरूले तिनीहरूको गहुँ जाँच गरे जस्तै तिनीहरूको जाँच लिनेछ। ए शिमोन, शिमोन,
22:32b.LUK.022.032 मैले प्रार्थना गरेको छु कि तिमीहरूले विश्वास गुमाउने छैनौ। म कहाँ फर्के पछि तिमीहरूको दाज्यू-भाइहरूलाई अझ सामर्थ बनाउन मद्दत गर।”
22:33b.LUK.022.033 तर पुत्रसले येशूलाई भने, “हे प्रभु, म तपाईंसंग तयार छु।”
22:34b.LUK.022.034 तर येशूले भन्नुभयो, “ए पत्रुस, आज भाले बास्न अघि नैं, मलाई तिमीले चिन्छु भन्न तीनपल्ट इन्कार गर्नेछौ।”
22:35b.LUK.022.035 तब येशूले प्रेरितहरूलाई भन्नुभयो, “जब मैले तिमीहरूले मानिसहरूमा प्रचार गर्न, विना पैसा, झोला अनि जुत्ताहरू विना पठाएँ, के तिमीहरूलाई केही अभाव भयो?” प्रेरितहरूले भने, “भएन।”
22:36b.LUK.022.036 येशूले तिनीहरूलाई भन्नुभयो, “तर अब तिमीहरूसंग पैसा, थैली जे छ त्यो लैजाऊ। यदी तिमीहरूसंग तरवार छैन भने, आफ्नो कोट बेच र एउटा किनिराख।
22:37b.LUK.022.037 यो धर्मशास्त्रले भन्छ। मानिसहरूले भने उनी अपराधी हुन्। यशैया 5312 धर्मशास्त्रमा लेखिएका कुरा साँचो हुनै पर्छ। यो मेरै विषयमा लेखिएको थियो, अनि अहिले साँचो भइरहेछ।”
22:38b.LUK.022.038 प्रत्येक बिहान मानिसहरू मन्दिरमा जान्थे अनि येशूको शिक्षा सुन्थे। : 1-5, 14-15; मर्कूस 14:1-2, 10-11; यूहन्ना 11:45-53)
22:39b.LUK.022.039 येशूले शहर (यरूशलेम) छोडनु भयो अनि सधैं झैं जैतून पहाडतिर जानुभयो। उहाँका चेलाहरू पनि उहांसंगै गए।
22:40b.LUK.022.040 जब उहाँ त्यो ठाउँमा पुग्नु भयो, उहाँले चेलाहरूलाई भन्नुभयो, “प्रार्थना गर कि प्रलोभनको सामना गर्न नपरोस्।”
22:41b.LUK.022.041 तब येशू तिनीहरूदेखि पचास कदम टाढा जानुभयो। उहाँले घुँडा टेक्नुभयो अनि प्रार्थना गर्नुभयो,
22:42b.LUK.022.042 “हे पिता, यदि यो तपाईंको इच्छा हो भने, यो कष्टको कचौरा मदेखि हटाइदिनुहोस्। तर यो तपाईंको इच्छा बमोजिम गरियोस् मेरो इच्छा बमोजिम होइन।”
22:43b.LUK.022.043 त्यसपछि स्वर्गबाट एउटा दूत देखा परयो अनि येशूलाई दृढ बनायो।
22:44b.LUK.022.044 येशू अति संकष्टमा पर्नुभयो; उहाँले झन् परिश्रमसंग प्रार्थना गर्नुभयो रगत बगे जस्तै उहाँका अनुहारबाट पसीना चुह्यो।
22:45b.LUK.022.045 जब उहाँले प्रार्थना शेष गर्नुभयो, उहाँ आफ्ना चेलाहरूकहाँ जानु भयो। तिनीहरू मस्त निन्द्रामा थिए किनभने तिनीहरू सुर्ताले क्लान्त थिए।
22:46b.LUK.022.046 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन सुतिरहेकाछौ? झट्ट उठ र प्रार्थना गर ताकि तिमीहरूले प्रलोभनको सामना गर्न नपरोस्।” येशू पक्राउ पर्नुभयो (मत्ती 26:47-56; मर्कूस 14:43-50; यूहन्ना 18:3-11)
22:47b.LUK.022.047 जतिबेला येशू बोलिरहनु भएको थियो, एक दल मानिसहरू त्यहाँ आइपुगे। बाह्रजना प्रेरितहरूमध्ये एकजना जसलाई यहूदा भनिन्थ्यो त्यो दललाई अगुवाई गरिरहेको थियो। यहूदा येशूको नजिकै उहाँलाइ म्वाई खान आयो।
22:48b.LUK.022.048 तर येशूले उसलाई भन्नुभयो, “हे यहूदा, म्वाँई खाएर तिमी मानिसको पुत्रलाई सुम्पिदैछौ?
22:49b.LUK.022.049 येशूका चेलाहरू पनि त्यहीं उभिरहेका थिए। तिनीहरूले के भइरहेको थियो बुझे। चेलाहरूले येशूलाई सोधे, “हे प्रभु, के हामीले हाम्रा तरवारहरू चलाउँ?”
22:50b.LUK.022.050 अनि तिनीहरूमध्ये एकजना चेलाले त्यसको तरवार चलायो अनि त्यसले प्रधान पूजाहारीको नोकरको दाहिने कान काटिदियो।
22:51b.LUK.022.051 येशूले भन्नुभयो, “थाम” तब उहाँले नोकरको कान छुनु भयो अनि त्यसलाई निको पारिदिनु भयो।
22:52b.LUK.022.052 येशूलाई पक्रन आउनेहरूमा मुख्य पूजाहारीहरू, यहूदी बूढा प्रधानहरू र मन्दिरको सिपाहीहरू थिए। येशूले तिनहरूलाई भन्नुभयो, “तपाईंहरू किन तरवार र लाठ्ठीहरू लिएर आएको? के मलाई कुनै अपराधी जस्तो लाग्छ?
22:53b.LUK.022.053 म तपाईंहरूसंगै प्रत्येक दिन मन्दिरमा हुने गर्थें। तपाईंहरूले मलाई त्यहाँ पक्रनु भएन? तर यो अन्धकारले शासन चलाउने समय हो।”
22:54b.LUK.022.054 तिनीहरूले येशूलाई पक्रे अनि टाढामा लगे। तिनीहरूले उहाँलाई प्रधान-पूजारीको घरमा पुरयाए। पत्रुस पनि तिनीहरूसंगै गए तर तिनी येशूको नजिक गएनन्।
22:55b.LUK.022.055 सिपाहीहरूले घरको आँगनको माझमा आगो फुके अनि वरिपरि बसे। पत्रुस पनि तिनीहरूसंगै बसे।
22:56b.LUK.022.056 एउटी नोकर्नीले पत्रुसलाई त्यहाँ बसिरहेकी देखी। आगोको उज्यालोले गर्दा उसले उसलाई देख्न सकी। त्यसले भनी, “यो मानिस पनि ऊसंगै थियो।”
22:57b.LUK.022.057 तर पुत्रसले हो भन्न मानेन। त्यसले भन्यो, “हे नारि, म उहाँलाई जान्दिनँ।”
22:58b.LUK.022.058 केही समय पछि, अर्को मानिसले पनि पत्रुसलाई देख्यो अनि भन्यो, “तिमी पनि तिनीहरू मध्ये एक हौ।” तर पत्रुस ले भने, “मानिस म हैनऊ”
22:59b.LUK.022.059 प्रायः एक घण्टापछि, अर्को मानिसले भन्यो, “निश्चय यो मानिस उहाँसंगै थियो। किनभने यो पनि गालीलबाट आएको हो।”
22:60b.LUK.022.060 तर पुत्रसले भन्यो, “हे मानिस तिमीले के विषयमा कुरा गर्न लागिरहेछौ म जान्दिन?” जब पत्रुस बोलिरहेको थियो तुरन्तै भाले बास्यो।
22:61b.LUK.022.061 त्यसपछि प्रभु येशू र्फकनु भयो अनि पत्रुसलाईर् हेर्नुभयो। अनि पत्रुसले प्रभुले अघि भनेका कुराहरू सम्झ्योः “आज भाले बास्न अघि तिमीले मलाई तिनपल्ट अस्वीकार गर्नेछौ।”
22:62b.LUK.022.062 त्यसपछि पत्रुस बाहिर गयो अनि ग्वाँ ग्वाँ रोयो।
22:65b.LUK.022.065 अनि धेरै तरिकाले तिनीहरूले उहाँको निन्दा गरे।
22:66b.LUK.022.066 अर्को विहान, मानिसहरूका बूढा प्रधानहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाको शास्त्रीहरू एक साथ आए। तिनीहरूले येशूलाई आफ्नो महासभामा लगे ।
22:67b.LUK.022.067 तिनीहरूले भने, “यदि तपाईं नै ख्रीष्ट हुनुहुन्छ भने, हामीलाई सत्य बताउनु होस्!” येशूले तिनीहरूलाई भन्नुभयो, “यदि मैले म नै ख्रीष्ट हुँ भने, तपाईंहरूले मलाई विश्वास गर्नुहुने छैन।
22:68b.LUK.022.068 अनि यदि मैले तपाईंहरूलाई सोधें भने त्यसको जवाफ पनि दिनुहुन्न।
22:69b.LUK.022.069 तर अब उसो, मानिसको पुत्र परमेश्वरको सिंहासनको दाहिनेपट्टी बस्नेछ।”
22:70b.LUK.022.070 तिनीहरू सबैले भने, “त्यसो भए के तपाईं परमेश्वरको पुत्र हुनुन्छ?” येशूले तिनीहरूलाई भन्नुभयो, “हो, तपाईंहरूले जे भन्नुहुन्छ, त्यो सही हो।”
22:71b.LUK.022.071 तिनीहरूले भने, हामीलाई अरू साक्षी किन खाँचो परयो? हामी आफैले उसले यसो भनेका सुनेका हौ!”
23
23:1b.LUK.023.001 त्यसछि तिनीहरू सबै उठे अनि येशूलाई पिलातसकहाँ पुर्योए।
23:2b.LUK.023.002 तिनीहरूले उहाँलाई दोष दिन थाले। तिनीहरूले पिलातसलाई भने, “उहाँले हाम्रा मानिसहरूलाई पथ भ्रष्ट गराँउदै थिए र हामीले उहाँलाई पक्रेकाछौं। उहाँले सिजरलाई कर तिर्नु विरोध गर्नुहुन्छ। उहाँ दावी गर्नु हुन्छ, उहाँ ख्रीष्ट राजा हुनुन्छ।”
23:3b.LUK.023.003 पिलातसले यशूलाई भने, “के तपाईं यहूदीहरूका राजा हुनुहुन्छ?” येशूले उत्तर दिनुभयो, “हो, त्यो सही हो।”
23:4b.LUK.023.004 पिलातसले मुख्य पूजाहारीहरू अनि अग्रज मानिसहरूलाई भने, “मैले यो मानिसमाथि आरोप थोप्न कुनै दोष पाइन।”
23:5b.LUK.023.005 तिनीहरूले घरि घरि भने, “तर यो मानिसले! यहूदीयाभरि मानिसहरूलाई उहाँको शिक्षाले उत्तेजित पारी रहेकोछ। उहाँले गालीलमा शुरू गर्नुभयो, अनि अहिले यहीं हुनुहुन्छ।”
23:6b.LUK.023.006 यो सुने पछि यो मानिस गालीलबाट आएको हो होइन पिलातसले सोधे।
23:7b.LUK.023.007 पिलातसले चाल पाए कि येशू हेरोदको क्षेत्रका थिए। त्यस समय हेरोद यरूशलेममा नै थिए। त्यसैले पिलातसले उहाँलाई हेरोदकहाँ पठाए।
23:8b.LUK.023.008 जब हेरोदले येशूलाई देखे, उनी अत्यन्त खुशी भए। हेरोदले येशूको विषयमा सबै सुनेका थिए। यसैले धेरै दिनदेखि येशूलाई भेट्ने उनको इच्छा थियो। येशूले केही चमत्कार देखाउन् भन्ने हेरोदले आशा गरे।
23:9b.LUK.023.009 हेरोदले उहाँलाई अनेकौं प्रश्नहरू गरे, तर येशूले कुनै उत्तर दिनुभएन।
23:10b.LUK.023.010 मुख्य पूजाहारी र व्यवस्थाका शास्त्रीहरू त्यहीं उभिरहेका थिए। तिनीहरू येशूको विरुद्ध दोष लगाएर कराइरहेका थिए।
23:11b.LUK.023.011 तब हेरोद र तिनका सिपाहीहरूले येशूलाई खिसी गरे। तिनीहरूले येशूलाई राजाको पोशाक पहिराइ दिएर पिलातस भएकहाँ नै पठाए।
23:12b.LUK.023.012 बितेका दिनाहरूमा हेरोद र पिलातस माझ शत्रुता थियो। तर त्यस दिन ती दुइमाझ मित्रता शुरू भयो।
23:13b.LUK.023.013 पिलातसले मुख्य पूजाहारीहरू र यहूदी शासकहरू
23:14b.LUK.023.014 पिलातसले तिनीहरूलाई भने, “तिमीहरूले यो मानिसलाई मकहाँ ल्यायौ। तिमीहरूले भन्यौ कि यो मानिसले मानिसहरूलाई मकहाँ उत्तेजित गराइरहेकोछ। तर मैलै तिमीहरूकै अघि उहाँलाई जाँचे। तर तिमीहरूले लगाएको कुनै पनि दोषरोपनमा मैले उहाँमाथि कुनै दोष पाईन।
23:15b.LUK.023.015 त्यसरी नै हेरोदले पनि उहाँमा कुनै दोष देखेनन्। तिनले त्यसैले गर्दा उहाँलाई हामीकहाँ पठाएका हुन्। हेर, येशूले कुनै दोष गर्नु भएको छैन कि उहाँले मृत्यु दण्ड पाउन्।
23:16b.LUK.023.016 यसकारण, म उहाँलाई हलुका सजाय दिएर छोडिदिनेछु।”
23:18b.LUK.023.018 तर सबै मानिसहरू चिच्याए, “उसलाई मार्नै पर्छ। बरू बरब्बासलाई छोडिदिनुहोस्।”
23:19b.LUK.023.019 बरब्बासले शहरमा दङ्गा फैलाएको कारण झयालखानमा परेका थियो। त्यसले हत्या पनि गरेको थियो।
23:20b.LUK.023.020 पिलातसले येशूलाई मुक्त गर्न चहान्थे। फेरि उनले येशूलाई छोडिदिने बारे तिनीहरूसँग कूरा गरे।
23:21b.LUK.023.021 तर तिनीहरू चिच्याइरहे, “उसलाई क्रूसमा झुण्डयाऊ, उसलाई क्रूसमा झुण्डयाऊ।”
23:22b.LUK.023.022 तेस्रोपल्ट पिलातसले मानिसहरूलाई भने, “किन? उहाँले त्यस्तो के गल्ती गर्नु भएको छ? उहाँ दोषी हुनुहुन्न। उहाँलाई मार्नै पर्ने केही कारण भेट्टाइन। यसकारण सामान्य सजाय दिएर म उहाँलाई छोडिदिनेछु।”
23:23b.LUK.023.023 तर येशूलाई क्रूसमा झुण्डाएर मार्नू पर्छ भन्ने विन्ती गर्दै मानिसहरू चिच्याइ रहे।
23:24b.LUK.023.024 तिनीहरू यति साहो चिच्याए कि पिलातसले तिनीहरूको निवेदन पूरा गर्ने निर्णय लिए।
23:25b.LUK.023.025 मानिसहरू बरब्बासलाई मुक्त गराउन चहान्थे। बरब्बासले मानिसहरूको हत्या गरेको र आतङक फैलाएको आरोपमा कैदमा परेको थियो। पिलातसले बरब्बासलाई मुक्त गिरदिए। तिनीहरूको इच्छा अनुसार जे गर्नु चाहन्थे त्यही गर्नु तिनीहरूलाई येशूलाई तिनले सुम्पिए।
23:26b.LUK.023.026 सिपाहीहरूले येशूलाई मार्न टाढा लगेर गए। त्यसैबेला एउटा मानिस खेतबाट आफ्नो शहरतिर र्फकिरहेको थियो। त्यसको नाम शिमोन थियो। शिमोन साइरेनीवासी थिए। सिपाहीहरूले शिमोनलाई येशूको पछि पछि क्रूस बोकेर हिंडन बाध्य गराए।
23:27b.LUK.023.027 धेरै मानिसहरू येशूको पछि लागे। कोही स्त्रीहरू दुखी भएर विलाप गरिरहेका थिए।
23:28b.LUK.023.028 तर येशूले फर्केर ती स्त्रीहरूलाई भन्नुभयो, “ए यरूशलेमका स्त्रीहरू हो, मेरो निम्ति नरोओ। तिमीहरू आफ्नै निम्ति र आफ्नो छोरा-छोरीको निम्ति विलाप गर!
23:29b.LUK.023.029 समय त्यस्तो आइरहेकोछ कि मानिसहरूले भन्नेछन्, ‘धन्य हुन ती स्त्रीहरू जसले कहिल्यै पनि बालकहरूलाई दूध चुसाएन।
23:30b.LUK.023.030 त्यसपछि मानिसहरूले पर्वतहरूलाई भन्नेछन्, हामीमाथि खस्! अनि पहाडलाई भन्नेछन्, हामीलाई छोप!
23:31b.LUK.023.031 जब जीवन सुखी हुँदा यदि मानिसहरूले यस्तो कर्म गर्छन् भने, जब नराम्रो समय आएको बेला के हुने होला?”
23:32b.LUK.023.032 दूइजना अरू अपराधीहरूलाई पनि उहांसंगै मार्न अघि लगाइएको थियो।
23:33b.LUK.023.033 येशू र ती दुइ अपराधीहरूलाई “खप्परे” भन्ने ठाँउमा लगियो। सिपाहीहरूले येशूलाई काँटी ठोकेर क्रूसको दुइ छेउमा तिनीहरूले ती दुइ अपराधीहरूलाई पनि टाँगे। तिनीहरूले एकजनालाई येशूको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि राखे।
23:34b.LUK.023.034 येशूले भन्नुभयो, “हे पिता, तिनीहरूलाई माफ दिनुहोस् किनभने तिनीहरू के गरिरेहछन्, जान्दैन्।” सिपाहीहरूले चिट्टा उढाएर उनको लुगाहरू बाँडे।
23:35b.LUK.023.035 मानिसहरू येशूलाई हेरेर उभिए। यहूदी प्रमुखहरू येशूलाई यसो भन्दै निन्दा गरे, “यदि ऊ नै परमेश्वरले छान्नु भएको, ख्रीष्ट हो भने, जसरी उसले अरूलाई बचायो उसले आफैलाई बचाउने काम गरोस्?
23:36b.LUK.023.036 सिपाहीहरूले पनि येशूको खिल्ली उडाए। तिनीहरू येशूको नजीक गए अनि उहाँलाई दाखरसको सिर्का-दिए।
23:37b.LUK.023.037 ती सिपाहीहरूले भने, “यदि तिमी यहूदीहरूको राजा हौ भने आफैंले आफैंलाई बचाउ।”
23:38b.LUK.023.038 क्रूसको माथिल्लो भागमा यी शब्दहरू लेखिएको थिए “यो यहूदीहरूको राजा हो।”
23:39b.LUK.023.039 एकजना अपराधीले येशूलाई अपमान गर्दै भन्यो, “के तपाईं ख्रीष्ट हुनुहुन्न? त्यसो हो भने आफूलाई बँचाउनु होस् अनि हामीलाई पनि बचाउनुहोस्।”
23:40b.LUK.023.040 तर अर्को अपराधीले गाली गर्यो अनि भन्यो, “के तिमी परमेश्वससँग डराउँछौ?हामी चाँडै मर्नेछौं।
23:41b.LUK.023.041 तिमी र म अपराधी हौ हामीले गर्नै पर्छ किनभने हामीले अपराध गरेका छौं। तर यस मानिसले केही भूल गरेको छैन!”
23:42b.LUK.023.042 त्यसपछि उसले येशूलाई भन्यो, “हे येशू! जब तपाईं राजा भएर शासन गर्नुहुन्छ त्यसबेला मलाई सम्झनु होस्।”
23:43b.LUK.023.043 तब येशूले त्यसलाई भन्नुभयो, “सुन! जे भन्दछु त्यो साँचो होः आज नै तिमी पनि मसँग स्वर्ग-लोकमा हुनेछौ!”
23:44b.LUK.023.044 अत प्राथः मध्यदिन समय भएको थियो, र सारा देश-भरि नै तीन बजे सम्म अन्धकार छायो।
23:45b.LUK.023.045 सूर्यको उज्यालो थिएन! मन्दिरको पर्दा दुइटुक्रा भएर वारपार च्यातियो।
23:46b.LUK.023.046 येशू चिच्याउनुभयो, “हे पिता, म तपाईंलाई मेरो आत्मा दिंदैछु।” यति भनेर उहाँले आफ्नो प्राण त्यागनुभयो।
23:47b.LUK.023.047 सैनिक अधिकारीले के भएको थियो देखे। तिनले परमेश्वरको प्रशंसा गर्दै भने, “निश्चय यी मानिस धार्मिक मानिस हुन्।”
23:48b.LUK.023.048 धेरै मानिसहरू यो दृश्य हेर्न त्यहाँ भेला भएका थिए। जब तिनीहरूले के भयो, देखे तिनीहरूले आफ्नो हृदय गहौं गराए अनि गए।
23:49b.LUK.023.049 येशूका घनिष्ट सबै साथीहरू त्यहीं थिए। गालीलदेखि येशूलाई पछ्याएर आउने केही स्त्रीहरू पनि त्यहाँ थिए। तिनीहरू क्रूसदेखि धेरै टाडा थिए अनि हेरिरहेका थिए।
23:52b.LUK.023.052 तिनी पिलातसकहाँ येशूको शरीर माग्न गए। पिलातसले तिनलाई येशूको शरीर दिन राजी भए।
23:53b.LUK.023.053 अनि यूसुफले क्रूसबाट शरीष्ठ्वरलाई तल ओह्रालेर एउटा लुगाले बेह्रे। अनि तिनले येशूको शरीर लगे अनि चट्टानमा खनिएको चिहानमा राखे। यो चिहान अघि कहिल्यै चलाईएको थिएन।
23:54b.LUK.023.054 त्यो तयारीको दिन थियो। जब सूर्य अस्ताउँदै थियो, विश्रामको दिन शुरू हुनेवाला थियो।
23:55b.LUK.023.055 गालीलबाट येशूसंगै आएका स्त्रीहरूले यूसुफलाई पछयाउन लागे। तिनीहरूले चिहान अनि त्यस भित्र शरीर कसरी राखिएको थियो देखे।
23:56b.LUK.023.056 त्यसपछि तिनीहरू सुगन्धित मसाला तयार पार्न घर गए। विश्रामको दिन मोशाको नियमको आज्ञा अनुसार तिनीहरूले विश्राम गरे।
24
24:1b.LUK.024.001 हप्ताको पहिलो दिन सखारै येशूको शरीर राखिएको चिहानमा आइमाईहरू आए। तिनीहरूले तयार पारेको सुगन्धित मसालाहरू ल्याए।
24:2b.LUK.024.002 चिहानको प्रवेशद्वार बन्द गर्नलाई एउटा ठूलो ढुङ्गा राखिएको थियो। तर तिनीहरूले त्यो ढुङ्गा चिहानदेखि कतै गुड्याइ पठाएको पाए।
24:3b.LUK.024.003 तिनीहरू भित्र पसे तर प्रभु येशूको शरीर देखेनन्।
24:4b.LUK.024.004 जब तिनीहरू यस विषयमा अलमल्ल परिरहेका थिए, दुइजना मानिसहरू अति नै उज्यालो पहिरनमा तिनीहरूको समिपमा उभिए।
24:5b.LUK.024.005 ती स्त्रीहरू अत्यन्त डरए, तिनीहरूले आ-आफ्ना शीर निहुराए। ती दुइ मानिसहरूले ती स्त्रीहरूलाई भने, “जीउँदो मानिसहरूलाई तिमीहरू किन मरकोहरूको माझमा खोजिरहेकाछौ?
24:6b.LUK.024.006 येशू यहाँ छैन्न। उहाँ मृत्युबाट बौरी उठ्नु भएकोछ। उहाँले गालीलमा तिमीहरूलाई भन्नु भएको कुरा थाहा छ?
24:7b.LUK.024.007 उहाँले भन्नु भएकोछ मानिसको पुत्रलाई पापीको हातमा सुम्पिइनेछ, क्रूसमा टाँगिनेछ, अनि मरेको तेस्रो दिन बौरी उठ्नेछ।”
24:8b.LUK.024.008 तब ती स्त्रीहरूले येशूले के भन्नु भएको थियो सम्झना गरे।
24:9b.LUK.024.009 ती स्त्रीहरूले चिहान छोडे अनि एघारजना प्रेरितहरू र अरू चेलाहरू भएकहाँ गए अनि सबै यी घटनाहरू बारे तिनीहरूले भने।
24:10b.LUK.024.010 ती स्त्रीहरू मरियम मग्दलिनी, यूहन्ना र याकूबकी आमा मरियम र अरू स्त्रीहरू थिए। तिनीहरूले ती प्रेरितहरूलाई भएका सबै घटनाहरू सुनाए।
24:11b.LUK.024.011 तर प्रेरितहरूले ती स्त्रीहरूले तिनीहरूलाई भनेका कुरालाई फोस्रा सम्झेर पत्याएनन्।
24:12b.LUK.024.012 तर पत्रुस जुरूक्कै उठ्यो अनि चिहान तिर दगुरयो। त्यो निहुरियो अनि हेरयो। सुतीको लुगा जुन येशूको शरीर लपेटिएको थियो त्यो वाहेक उसले केही देखेन। जे भएको थियो त्यस विषयमा अन्योलमा पर्दै त्यो घर गयो।
24:13b.LUK.024.013 त्यसै दिन येशूका दुइजना चेलाहरू इम्माउस नाउँ गरेको शहर गइरहेका थिए। यो ठाउँ यरूशलेमदेखि प्राय : साढे तीन कोश टाढा पर्थ्यो।
24:14b.LUK.024.014 तिनीहरूले घटेका ती सब घटनाहरू बारे कुरा गरिरहेका थिए।
24:15b.LUK.024.015 जब तिनीहरू यी कुराहरू गरिरहेका थिए, येशू आफै तिनीहरूको नजिक आउनुभयो अनि तिनीहरूसंगै हिंडनु भयो।
24:16b.LUK.024.016 तर ती दुई जनालाई येशूले चिन्नु दिनु भएको थिएन।
24:17b.LUK.024.017 त्यसपछि येशूले भन्नुभयो, ‘तिमीहरूले हिंड्दै गर्दा के विषयमा बात गरेको हो?” ती दुइजना रोकिए। तिनीहरूको अनुहार दुःखी देखियो।
24:18b.LUK.024.018 तिनीहरू मध्ये एकजना क्लेओपास नाउँ भएकोले भने, “यरूशलेमको एकजना मानिस यरूशलेममा घटेको घटनाहरू बारे नजान्ने मानिस सायद तिमी मात्र हौ कि?”
24:19b.LUK.024.019 येशूले तिनहरूलाई भन्नुभयो, “कस्तो घटनाहरू?” तिनीहरूले उहाँलाई भने, “यो नासरतको एकजना मानिस येशूको विषयको कुरो हो।” उहाँले परमेश्वर अनि मानिसहरूको अघि कर्म अनि वचनले परमेश्वर अनि मानिसहरूको अघि कर्म अनि वचनले देखाउनु भयो कि उहाँ एकजना महान अगमवक्ता हुनु हुन्थ्यो।
24:20b.LUK.024.020 तर हाम्रो मुख्य पूजाहारीहरू अनि नेताहरूले उहाँलाई मृत्यु दण्ड दिनु औ क्रूसमा टगाउँन सुम्पिए।
24:21b.LUK.024.021 हामीले आशा गरेका थियौ कि उहाँ नै एक जना हुनुहुन्थ्यो जसले इस्राएललाई मुक्त गराउँनु हुँदै थियो। तर यी सब घटनाहरू घटे। यी सब घटना घटेको आज तेस्रो दिन हो।
24:22b.LUK.024.022 तब आज हाम्रा केही स्त्रीहरूले हामीलाई आश्चर्यचकित कुराहरू भने। बिहानै उठेर ती स्त्रीहरू येशूलाई राखिएको चिहानमा गएका थिए।
24:23b.LUK.024.023 तर तिनीहरूले उहाँको शरीर त्यहाँ पाएनन्। तिनीहरू फर्के अनि तिनीहरूले दुइजना स्वर्गदुतहरूको दर्शन पाएको कुरा बताए। स्वर्गदूतहरूले भने कि येशू जीवित हुनुहुन्छ!
24:24b.LUK.024.024 त्यसछि हाम्रा केही मानिसहरू पनि चिहानमा गए। ती स्त्रीहरूले भने झैं चिहान खाली थियो। तिनीहरू कसैले येशूलाई देखेनन्।”
24:25b.LUK.024.025 तब येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मूर्ख हौ अनि अगमवक्ताहरूले भनेका प्रत्येक कुराहरू विश्वास गर्न ढिलो गरयौ।
24:26b.LUK.024.026 ती अगमवक्ताहरूले भनी सकेका थिए कि ख्रीष्टलाई उहाँको महिमा भित्र पस्नु यी सब कुराहरू भोग्नु आवश्यक थियो।”
24:27b.LUK.024.027 त्यसपछि येशूले धर्मशास्त्रमा मोशा देखि लिएर अन्य जम्मै अगमवक्ताहरूद्वारा जे लेखिएको थियो प्रत्येक कुरो बताउनु शुरू गर्नु भयो। धर्मशास्त्रहरूमा उहाँ आफ्नो विषयमा जे लेखिएको थियो उहाँले बताउनु भयो।।
24:28b.LUK.024.028 जब तिनीहरू इम्माउस छेउ पुगे अनि येशूले वहाना गर्नु भयो कि उहाँ त्यहाँबाट अझै अधि जानुछ।
24:29b.LUK.024.029 तर तिनीहरूले उहाँलाई यसो भन्दै अनेक बिन्ती गरे, “हामीसितै बस्नुहोस्, दिन धेरै बिती सक्यो प्रायः रात परि सक्यो!”तब उहाँ तिनीहरूसंग बस्नु राजी हुनु भयो।
24:30b.LUK.024.030 येशू जब मेचमा उनीहरूसंग बस्नु भयो उहाँले केही रोटीहरू लिनु भयो अनि त्यसको निम्ति धन्यवाद दिनु भयो। तब तिनले त्यो टुक्रा पार्नु भयो अनि तिनीहरूलाई दिनुभयो।
24:31b.LUK.024.031 त्यस बेला तिनीहरूको आँखा खोलियो अनि तिनीहरूले येशूलाई चिन्न सके तर उहाँ तिनीहरूबाट विलिन हुनु भयो।
24:32b.LUK.024.032 ती दुइजना आपसमा बात मारे, “जब येशू बाटामा हामीसंग बात गर्नु हूँदै थियो, हामीभित्र आगो जलिरहेको अनुभव गरेका थियौं। यो साँच्चै रोमाँचित भइरहेको थियो जति वेला उहाँले हामीलाई धर्मशास्त्रको साँचो अर्थ खोलिरहनु भएको थियो।”
24:33b.LUK.024.033 तब ती दुइजना जुरूक्क उठे अनि यरूशलेमतिर र्फकिए। तिनीहरूले एघार जना प्रेरितहरू र अरू एक साथ ठाउँमा भेला भएका भेटे। ती एघार चेलाहरू र तिनीहरूसंग भएका अरू मानिसहरूले भने,
24:34b.LUK.024.034 “प्रभू येशू साँच्चै नै मृत्युबाट बौरी उठ्नु भएकोछ अनि उहाँ शिमोनको अघि देखा पर्नु भयो।”
24:35b.LUK.024.035 त्यसपछि ती दुइजनाले बाटोमा जे भएको थियो सुनाए। तिनीहरूले भने, उहाँले रोटी टुक्रा पार्दा कसरी येशूलाई चिने।
24:36b.LUK.024.036 जब ती दुइजना मानिसले यी कुराहरू गर्दै थिए, येशू आफै चेलाहरूको माझमा उभिनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्।”
24:37b.LUK.024.037 तर चेलाहरू अचम्मित भए अनि डराए। तिनीहरूले प्रेत देखिरहेछन् भन्ने पनि सोचे।
24:38b.LUK.024.038 तर उहाँले भन्नुभयो, “तिमीहरू विचलित हुन्छौ? तिमीहरूले देखेकै कुरामा किन शंका गर्छो?
24:39b.LUK.024.039 मेरा हात र खुट्टाहरू हेर। म सत्य हुँ। मलाई स्पर्श गर। हेर, मेरो मासु र हड्डी छ। एक भूतको शरीर र हड्डी हुँदैन।
24:40b.LUK.024.040 तब येशूले आफ्ना हात-खुट्टाहरू देखाउनु भयो।
24:41b.LUK.024.041 तिनीहरू अत्यन्तै खुशी भएको कारणले अझ विश्वास गर्न सकेन्न्। तिनीहरू अचम्भित भए। येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूसित यहाँ खाने कुरा छ?”
24:42b.LUK.024.042 तिनीहरूले एकटुक्रा पकाएको माछा उहाँलाई दिए।
24:43b.LUK.024.043 त्यो लिनु भयो अनि तिनीहरूको अघि खानु भयो।
24:44b.LUK.024.044 उहाँले तिनीहरूलाई भन्नुभयो, “जब म तिमीहरूसँग थिएँ मैले के भने त्यो सम्झना गर। मैले भने, मोशाको व्यवस्थामा अगमवक्ताहरूको पुस्तकमा मेरो विषयमा भनिएको अनि भजनसंग्रहमा भनिएका प्रत्येक कुरा पूरा हुनेछ।”
24:45b.LUK.024.045 त्यसपछि उहाँले धर्मशास्त्रहरूमा लेखिएका सबै कुराहरू बुझन मन खोली दिनु भयो।
24:46b.LUK.024.046 उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएकै छ कि ख्रीष्टलाई मारिनेछ अनि तेस्रो दिनमा उहाँ बौरी उठनु हुनेछ।
24:49b.LUK.024.049 सुन! मेरो पिताले तिमीहरूको निम्ति केही दिने प्रतिज्ञा गर्नु भएको छ, म यो तिमीहरूलाई पठाउनेछु। तर तिमीहरू स्वर्गबाट शक्ति नपउरूञ्जेल यहाँ यरूशलेममा नै र्पखिरहो।”
24:50b.LUK.024.050 येशूले आफ्ना चेलाहरूलाई बेथानीसम्म लैजानुभयो। उहाँले आफ्नो हात उचाल्नु भयो अनि तिनीहरूलाई आशीर्वाद दिनुभयो।
24:51b.LUK.024.051 उहाँ तिनीहरूलाई आशीर्वाद दिंदै गर्दा, उहाँ तिनीहरूबाट छुट्टीनुभयो अनि स्वर्गमा उचालिनु भयो।
24:52b.LUK.024.052 चेलाहरूले उहाँको आराधना गरे। त्यसपछि तिनीहरू यरूशलेम र्फकिए। तिनीहरू अत्यन्तै खुशी थिए।
24:53b.LUK.024.053 सारा समय परमेश्वरको प्रशंसा गर्दै तिनीहरू मन्दिरमा बसे।
- Holder of rights
- Multilingual Bible Corpus
- Citation Suggestion for this Object
- TextGrid Repository (2025). Nepali Collection. Luke (Nepali). Luke (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-AD6A-F