Zechariah (Nepali)

Zechariah (Nepali)

1

1:1b.ZEC.001.001 बेरेक्याहका छोरा जकरियाले परमप्रभुबाट यो वचन प्राप्त गरे जुन फारसका राजा दाराको दोस्रो र्बषको आठौं महिनामा आको थियो। जकरिया बेरेक्याहका छोरा थिए। बेरेक्याह इद्दो अगमवक्ताका छोरा थिए। वचन यस प्रकार छः

1:2b.ZEC.001.002 परमप्रभु तिमीहरुका पिता-पुर्खाहरूप्रति क्रोधित हुनुभयो।

1:3b.ZEC.001.003 यसर्थ तिमीहरुले मानिसहरुलाई यो सबै कुरा बताउनु पर्छ। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “म कहाँ आऊ अनि म फेरि तिमीहरुकहाँ फर्केर आउँनेछु।”

1:4b.ZEC.001.004 परमप्रभु भन्नुहुन्छ, “तिमीहरुका पिता-पुर्खाहरु जस्तो नबन बितेका समयमा अगमवक्ताहरु तिनीहरुसित कुरा गर्थे। तिनीहरुले भने, ‘तिमीहरुले आफ्नो नराम्रो कु-कर्महरु छोडिदेऊ।’ तर तिमीहरुका पुर्खाहरुले मेरो एक शब्द पनि सुनेनन्।” परमप्रभुले यो कुरा भन्नुभयो।

1:5b.ZEC.001.005 परमप्रभुले भन्नुभयो, “तिमीहरुका पिता-पुर्खाहरु मरिसके अनि अगमवक्ताहरु सधैं बाँचिरहँदैनन्।

1:6b.ZEC.001.006 अगमवक्ताहरु मेरा सेवकहरु थिए। मैले उनीहरुलाई तिमीहरुका पिता-पुर्खाहरुलाई मेरो ब्याबस्था अनि शिक्षाहरुको बिषयमा भन्न प्रयोग गरें। अनि तिमीहरुका पिता-पुर्खाहरुले शिक्षाहरु ग्रहण गरे। तिनीहरुले भने, ‘सर्वशक्तिमान परमप्रभुले जे-जे गर्छु भन्नुभएको थियो ती सब गर्नु भयो उहाँले हामीलाई सबै हाम्रो नराम्रो रहन्-सहन् अनि हाम्रो नराम्रो कर्मका निम्ति दण्ड दिनुभयो।’ यसरी तिनीहरुले पश्चताप गरे अनि परमेश्वरकहाँ फर्केर गए।”

1:7b.ZEC.001.007 जकरियालाई फारसमा दाराको शासनकालको दोस्रो र्बषको शाबाथको महिना, एघारैं महिनाको चौबिसौं दिनमा परमप्रभुबाट यो समचार प्राप्त भयो। जकरिया बेरेक्याहका छोरा थिए अनि हेरेक्याह इद्दो अगमवक्ताका छोरा थिए। समचार यो थियोः

1:8b.ZEC.001.008 राती मैले एउटा मानिसलाई रातो घोडामा चढिरहेको दखें। त्यो बेंसीमा मेहेंदीको रूखहरुको बीचमा उभिरहेको थियो। त्यसको पछि राता, फुस्रो अनि सेतो घोडाहरु पनि थिए।

1:9b.ZEC.001.009 मैले सोधें, “यी घोडाहरु के को निम्ति, परमप्रभु? त्यस समय मसंग कुरा गर्ने स्वर्गदूतले भने, “म तिमीलाई देखाउनेछु यी घोडाहरु के को निम्ति हुन्।”

1:10b.ZEC.001.010 त्यसपछि मेहेंदीको रूखको बिचमा उभिएको मानिसले भन्यो, “परमप्रभुले यी घोडाहरु पृथ्वीमा यता-उता घुम्नको निम्ति पठाउनु भएको हो।”

1:11b.ZEC.001.011 त्यतिबेला घोडाहरुले मेहेंदीको रूखको बीचमा उभिएको परमप्रभुको स्वर्गदूतसंग कुरा गरे। उनीहरुले भने, “हामी पृथ्वीमा यता-उता घुमिसक्यौं अनि सबै शान्त र आराम छ।”

1:12b.ZEC.001.012 तब परमप्रभुका स्वर्गदूतले भने, “परमप्रभु तपाईंले यरूशलेम अनि यहूदाको शहरलाई कहिले सम्म सान्तवना दिनुहुन्छ? अहिले तपाईंले यी शहरहरुलाई सत्तरी वर्ष सम्म क्रोध देखाउँनु भयो।”

1:13b.ZEC.001.013 तब परमप्रभुले त्यो स्वर्गदूतलाई उत्तर दिनु भयो जो मसंग कुरा गरिरहेको थियो। परमप्रभुले सान्तवना पूर्ण वचनहरु भन्नुभयो।

1:14b.ZEC.001.014 त्यस समय परमप्रभुको एकजना स्वर्गदूत जो मसंग कुरा गरिरहेका थिए उनले मलाई भने, “मानिसहरुलाई यी सबै कुराहरु बताउँनुः सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यरूशलेम अनि सियोनका निम्ति मेरो बिशेष प्रेम छ।”

1:15b.ZEC.001.015 म यी राष्ट्रहरुप्रति अत्यन्तै क्रोधित छु जसले आफु अति सुरक्षित अनुभव गर्छ, म अधिक क्रोधित भएको थिएँ, अनि ती जातिहरुको प्रयोग आफ्नो मानिसहरुलाई दण्ड दिनको लागि गरें। तर ती जातिहरुले ज्यादा भन्दा ज्यादा नोक्शान गरे।”

1:16b.ZEC.001.016 यसकारण, परमप्रभु भन्नुहुन्छ, “म यरूशलेममा कृपा सहित जान्छु।” सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “मेरो मन्दिर त्यहाँ पुनःनिर्माण गरिनेछ अनि नाप्ने डोरी यरूसलेममाथि तन्काइनेछ।

1:17b.ZEC.001.017 स्वर्गदूतले भने, “मानिसलाई यो पनि भन, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, ‘मेरो शहरमा फेरि उन्नति हुनेछ, परमप्रभुले सियोनलाई आराम दिनुहुनेछ, उहाँले यरूशलेमलाई फेरि चुन्नु हुनेछ।”

1:18b.ZEC.001.018 तब मैले माथि हेरें अनि चारवटा सींङको दर्शन पाएँ।

1:19b.ZEC.001.019 अनि मैले मसंग कुरा गर्ने स्वर्गदूतलाई सोधें, “यी सींङहरुको दर्शन के हो?” उनले भने, “यी ती सींङहरु हुन् जसले इस्राएल, यहूदा अनि यरूशलेमका मानिसहरुलाई छरपष्ट पारेका थिए।”

1:20b.ZEC.001.020 त्यसपछि परमप्रभूले मलाई चारजना कारीगरहरु देखाउँनु भयो।

1:21b.ZEC.001.021 मैले उहाँलाई सोधें, “यी चारजना कारीगरहरु किन आएकाछन्?” उहाँले भन्नुभयो, “यी सींङहरु जसले यहूदालाई तितर बितर बनाए ता कि एउटै मानिसले पनि आफ्नो शिर खडा गर्दैनन्, तर यी कारीगरहरु ती देशहरु जसले यहूदा भूमिलाई छरपष्ट पार्न सींङहरु खडा पारे ती देशहरुलाई डर देखाउँन अनि तिनीहरुको सींङहरु फ्याँकिदिन आएका हुन्।”

2

2:1b.ZEC.002.001 तब मैले माथि हेरें अनि एउटा मानिसलाई नाप्ने फिता लिएको देखें।

2:2b.ZEC.002.002 मैले उसलाई सोधें, “तपाईं कहाँ जाँदै हुनुहुन्छ?” उसले मलाई उत्तर दिए, “म यरूशलेम नाप्न जाँदैछु, त्यसको लम्बाई र चौंडाई कति छ?”

2:3b.ZEC.002.003 त्यस समय मसित कुरा गरिरहेका स्वर्गदूत बाहिर गए अनि अर्को एकजना स्वर्गदूत उसित कुरा गर्न गए।

2:4b.ZEC.002.004 उनले तिनलाई भनें, “कुदेर जाऊ अनि त्यो जवान मानिसलाई भन् ‘यरूशलेम पर्खाल बिनाको शहर हुनेछ। किनभने त्यहाँ असंख्य मानिसहरु र पशुहरु बस्छन्।’

2:5b.ZEC.002.005 परमप्रभु भन्नुहुन्छ, ‘म रक्षाको लागि यसको वरिपरि आगोको पर्खाल हुनेछु, म तिमीहरुको महिमा हुनेछु।”‘

2:6b.ZEC.002.006 परमप्रभु भन्हुन्छ, “छिट्टो उठ! अनि उत्तर देश छोड जहाँ मैले तिमीहरुलाई सबै देशहरुमा छरपष्ट पारें।”

2:7b.ZEC.002.007 हे सियोनका मानिसहरु! जो बाबेलमा कैदीछौ, “दगुर।”

2:8b.ZEC.002.008 सर्वशक्तिमान परमप्रभुले यसो भन्नु भयो। उहाँले मलाई त्यस देशको बिरुद्ध पठाउँनु भएको छ जसले तिमीलाई लगे। किनभने यदि उसले तिमीलाई चोट पुरायो भने परमप्रभुको आँखाको नानीमा चोट पुराए झैं हुनेछ।

2:9b.ZEC.002.009 अनि म ती मानिसहरुको बिरूद्ध अफ्नो हातहरु उठाउँछु। तिनीहरुका दासहरुले सम्पत्ति लिनेछन्। तब तिमीले सम्झनेछौ, सर्वशक्तिमान परमप्रभुले मलाई यहाँ पठाउँनु भएको हो।”

2:10b.ZEC.002.010 परमप्रभु भन्नुहुन्छ, “आनन्दपूर्ण भई कराऊ अनि खुशी होऊ, सियोन। किन? किनकि म आउँदैछु अनि तिमीहरुको बिचमा रहनेछु।

2:11b.ZEC.002.011 त्यससमय धेरै जातिका मानिसहरु परमप्रभु कहाँ आउँनेछन्, अनि तिनीहरु मेरा मानिस हुनेछन्। म तिमीहरुको बीचमा बस्नेछु। अनि तिमीहरुले जान्नेछौ कि सर्वशक्तिमान परमप्रभुले मलाई तिनीहरुकहाँ पठाउनु भएको हो।”

2:12b.ZEC.002.012 परमप्रभुले यरूशलेमलाई फेरि आफ्नो शहर बनाउनु हुनेछ, अनि यहूदाको पवित्र भूमि उहाँको भाग हुनेछ।

2:13b.ZEC.002.013 तिमी सबै मानिसहरु परमप्रभुको सामुन्ने चूपचाप बस! आफ्नो पवित्र घरबाट परमप्रभु बाहिर आउँनु हुँदैछ। प्रधान पूजाहारीको बारेमा दर्शन्

3

3:1b.ZEC.003.001 त्यसपछि स्वर्गदूतले मलाई प्रधान पूजाहारी यहोशू देखाए। यहोशू परमप्रभुको स्वर्गदूतको सामुन्ने उभिरहेका थिए अनि शैतान यहोशूको दाहिने पट्टि उभिरहेको थियो। शैतान त्यहाँ यहोशूलाई दोष लगाउन उभिरहेको थियो।

3:2b.ZEC.003.002 त्यससमय परमप्रभुका स्वर्गदूतले भने, “ए शैतान परमप्रभुले तँलाई हकारुन्। परमप्रभुले तँलाई अपराधी घोषित गरुन्। परमप्रभुले यरूशलेमलाई आफ्नो विशेष शहर चुन्नु भएकोछ। यो एउटा जल्दै गरेको आगोबाट निकालिएको अगुल्टो होइन र?”

3:3b.ZEC.003.003 यहोशू स्वर्गदूतको छेउमा उभिएको थियो अनि यहोशूले मैला लुगा लगाएको थियो।

3:4b.ZEC.003.004 त्यतिबेला स्वर्गदूतले उसको छेउमा उभिएका अरू स्वर्गदूतहरुलाई भने, “यहोशूको मैला लुगा खोलिदेऊ।” तब स्वर्गदूतले यहोशूसंग कुरा गरे। उसले भने, “हेर मैले तिम्रो अपराधहरु टाढा गरिदिएँ अनि म तिमीलाई नयाँ लुगा लगाउन दिइरहेछु।”

3:5b.ZEC.003.005 त्यसपछि मैले भनें, “त्यसको शिरमा एउटा नयाँ फेटा बाँधिदेऊ।” यसकारण तिनीहरुले उसको टाउको वरिपरि नयाँ फेटा बाँधिदिए। जतिबेला स्वर्गदूत उसको नजिक उभिइरहेका थिए, तिनीहरुले उसलाई नयाँ लुगा लगाई दिए।

3:6b.ZEC.003.006 त्यसपछि परमप्रभुका स्वर्गदूतले यहोशूसंग यसो भनेः

3:7b.ZEC.003.007 सर्वशक्तिमान परमप्रपभुले यी सबै कुरा भन्नुभयो, “यदि तिमाले मैले भने जस्तै गरी बस्यै अनि मेरो सेवा गर्यौ भने, तिमीले मेरो मन्दिरमा न्याय गर्नेछौ। तिमीले यसको आँगनको हेरचाह गर्नेछौ अनि म तिमीलाई यहाँ उभिरहेका स्वर्गदूतलाई झैं स्वतन्त्रसित हिंडडुल गर्नेदिनेछु।

3:8b.ZEC.003.008 प्रधान पूजाहारी यहोशू, सुन्। तिमी अनि तिम्रा साथीहरु जो तिम्रो अघि बसिरहेकाछन्, चिन्ह हौ। अनि म मेरो दासलाई पनि ल्यउँदैछु। उसलाई “हाँगा” भनिन्छ।

3:9b.ZEC.003.009 हेर! मैले एउटा ढुङ्गा यहोशूको छेउमा राखें। त्यस ढुङ्गाको सातवटा आँखाहरुछन् अनि म त्यस ढुङ्गामा बिशेष समचार खोप्नेछु, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “म एकै दिनमा यो भूमिका सबै पापहरु निकालिदिनेछु।”

3:10b.ZEC.003.010 त्यस दिन प्रत्येक मानिसले तिनीहरुको छिमेकिहरुलाई तिमीहरुको दाखको बोट मुनि अनि नेभाराको बोट मुनि शान्ति र आनन्दले बस्नका निम्ति बोलाउनेछन्।”

4

4:1b.ZEC.004.001 तब मसित कुरा गरिरहेको स्वर्गदूत मकहाँ फर्केर आए अनि उनले मलाई निन्द्राबाट जगाए झैं जगाए।

4:2b.ZEC.004.002 तब स्वर्गदूतले सोधे, “तिमी के देख्दैछौ?” मैले भनें, “म सुनको एउटा सामदान देख्दैछु, त्यो सामदानमा सातवटा बत्ती छन् अनि त्यसको माथिल्लो भागमा एउटा प्याला छ। प्यलाबाट सातवटा नलीहरु निकिलदैछन्, प्रत्येक दिशातिर बत्ती जाँदैछन्, त्यो दिशा तेल हरेक दियोको प्याला सम्म जाँदै छन्।

4:3b.ZEC.004.003 त्यहाँ दुइवटा भद्राक्षका रूख प्यालाको छेउमा थिए। एउटा दाहिनेपट्टि अनि अर्को देब्रेपट्टि, यी रूखहरुले दिपहरुको निम्ति तेल उत्पन्न गर्थे।”

4:4b.ZEC.004.004 तब मैले त्यो स्वर्गदूतलाई सोधें जो मसित कुरा गरिरहेका थिए, “महोदय यी सबको अर्थ केहोला?”

4:5b.ZEC.004.005 मसंग कुरा गरिरहेका स्वर्गदूतले भने, “के तिमीलाई थाहा छैन यो सब चिज के हुन्?” मैले भनें, “थाहाछैन महाशय।”

4:6b.ZEC.004.006 तब उनले मलाई भने, “यो समचार परमप्रभुबाट यरुबाबेललाई दिनुभएको हो, तिम्रो सहाएता अनि तिम्रो बल अनि शक्तिबाट आउँदैन तर सहायता मेरो आत्माबाट आउँनेछ।” सर्वशक्तिमान परमप्रभुले भन्नुभयो।

4:7b.ZEC.004.007 त्यो अग्लो पर्वत यरुबाबेलका निम्ति समतल भूमि जस्तै हुनेछ, त्यहाँ मन्दिर बनिने छ। जब अन्तिम ढुङ्गा त्यहाँ राखिनेछ तब मानिसहरु चिच्याएर कराउँनेछन्, ‘सुन्दर! अति सुन्दर।”‘

4:8b.ZEC.004.008 तब परमप्रभुको समचार मकहाँ यसो भन्दै आयो,

4:9b.ZEC.004.009 “यरूबाबेलले मन्दिरको जग बसाल्नेछ अनि यरूबाबेलले नै निर्माण गरिसकनेछ। तब तिमीहरुले बुझ्नेछौ कि परमप्रभुले मलाई तिमीहरु कहाँ पठाउनु भएको हो।

4:10b.ZEC.004.010 मानिसहरु त्यो साधरण आरम्भबाट लज्जित हुने छैनन्, अनि उनीहरु साँच्चै नै प्रशन्न हुनेछन्। जब उनीहरु यरूबाबेलले बनाएको मन्दिर साहुलले नाप्दै जाँच गर्दै गरेको देख्नेछन्। यसकारण पत्थरहरु जुन तिमीले देख्यौ ती परमप्रभुको आँखाहरु हुन्, जुन आँखाले हर दिशामा देखिरहनु भएको छ। उहाँले पृथ्वीका सबै थोकहरु देख्नुहुन्छ।”

4:11b.ZEC.004.011 त्यसपछि मैले उनलाई भनें, “समादानको दाहिने अनि देब्रेपट्टि भएका ती दुईवटा भद्राक्षको बोटहरुले के अर्थ बुझाउँछ?”

4:12b.ZEC.004.012 मैले उनलाई यो पनि सोधें, “दुईवटा भद्राक्षको हाँगाको अर्थ के हो? जो दुईवटा सुनका नलिको छेऊ सुनको रंगको तेलसंग छ।”

4:13b.ZEC.004.013 तब स्वर्गदूतले मलाई भने, “के तिमीलाई थाहा छैन यो चिजको अर्थ के हो?” मैले भनें, “छैन महाशय।”

4:14b.ZEC.004.014 यसकारण उनले भने, “यो ती दुई मानिसको प्रतिक हो, जुन सारा संसारमा परमप्रभुको सेवाका निम्ति चुनिएका छन्।”

5

5:1b.ZEC.005.001 तब म उँभो हेर्दै फर्किएँ अनि मैले एटा उड्दै गरेको पत्रको मुट्ठो देखें।

5:2b.ZEC.005.002 स्वर्गदूतले मलाई सोधे, “तिमाले के देख्यौ?” मैले भनें, “मैले एउटा उड्दै गरेको पत्रको मुट्ठो देखें, यो मुट्ठो बीस हात लामो अनि दशहात चौंडादार छ।”

5:3b.ZEC.005.003 त्यस पछि स्वर्गदूतले मलाई भने, “त्यहाँ पत्रको मुट्ठोमा एउटा श्राप लेखिएकोछ। मुट्ठाको एका पट्टि चोरहरू को बिषयमा सराप लेखिएकोछ अनि अर्को पट्टि ती झुटो बोल्ने मानिसहरुको बिषयमा श्राप लेखिएकोछ जब तिनीहरुले शपथ लिन्छ।

5:4b.ZEC.005.004 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “म यो पत्रलाई चोरहरुको घर अनि झुटा मानिसहरुको घरमा पठाउनेछु। जसले झुटो शपथ खान मेरो नाउँको प्रयोग गर्छन्। यो मुट्ठो त्यहीं बस्नेछ अनि ती घरहरु नष्ट पार्नेछ, यहाँ सम्म कि ढुङ्गा र काठको खम्बा पनि नष्ट भएर जानेछ।

5:5b.ZEC.005.005 त्यस समयमा मसंग कुरा गरिरहेका स्वर्गदूत बाहिर गए। उनले मलाई भने, “हेर अनि निरीक्षण गर के भइरहेछ।”

5:6b.ZEC.005.006 मैले भनें, “यो के हो?” उनले भने, “त्यो एउटा नाप्ने बाल्टी हो जो उनले बकिरहेकी छे।” उनले यसो पनि भने, “यो बाल्टी सम्पूर्ण भूमीको पापहरु नाप्न बनिएको हो।”

5:7b.ZEC.005.007 बाल्टीको ढकनी सीसाले बनाएको थियो। जब त्यो खोलियो एउटी स्त्री त्यो भित्र बसिरहेकी भेट्टाएँ।

5:8b.ZEC.005.008 तब स्वर्गदूतले भने, “यो स्त्री दुष्ट हो।” तब उनले त्यसलाई बाल्टिन भित्र फ्याँकि दिए अनि सिसाले छोपी दिए।

5:9b.ZEC.005.009 तब मैले मेरो आँखा खोलें अनि दुईजना स्त्रीहरु तिनीहरुको पंखेटाले हावामा बाहिर उड्दै गरेको देखें। तिनीहरुको पंखेटाहरु सारसको जस्तै थिए। तिनीहरुले बाल्टी उठाए अनि यसैसित निरन्तर हावामा उडिरहे।

5:10b.ZEC.005.010 तब मैले कुरा गरिरहेको ती स्वर्गदूतलाई सोधें, “त्यो बाल्टीन कहाँ लिएर गई रहेका छन्?”

5:11b.ZEC.005.011 स्वर्गदूतले मलाई भनें, “तिनीहरु शिनारमा त्यसको निम्ति एउटा मन्दिर बनाउन गईरहे छन्। जब त्यो मन्दिर तयार हुन्छ त्यो बाल्टी उसकै आधारमा राखिनेछ।”

6

6:1b.ZEC.006.001 तब म चारैपट्टि घुमें। मैले माथि हेरें अनि चारवटा रथ दुईवटा काँसको पर्वतहरूको बीचबाट जाँदै गरेको देखें।

6:2b.ZEC.006.002 पहिलो रथ रातो घोडाहरूले तानिरहेका थिए, दोस्रो रथ काला घोडाहरूले तानिरहेका थिए।

6:3b.ZEC.006.003 तेस्रो रथ सेता घोडाहरूले तानिरहेका थिए, अनि चौथो रथ पाङ्ग्रे घोडाहरूले तानिरहेका थिए।

6:4b.ZEC.006.004 तब मैले कुरा गरिरहेका ती स्वर्गदूतलाई सोधें, “महाशय यी सबको अर्थ के होला?”

6:5b.ZEC.006.005 स्वर्गदूतले भने, “तिनीहरु स्वर्गका चार हावाहरू हुन्। तिनीहरू सम्पूर्ण पृथ्वीका मालिक बाट आइरहेका छन्।

6:6b.ZEC.006.006 काला घोडाहरू उत्तर तिर जानेछन्, अनि सेता घोडाहरू तिनीहरूलाई पछ्याउँदै पश्चिमतिर जाने छन्, र पाङ्ग्रे घोडाहरू दक्षि जानेछन्।

6:7b.ZEC.006.007 बलियो घोडाहरू पृथ्वी माथि जान लाई तम्सि रहेका छन्। यस कारण स्वर्गदूतले तिनीहरुलाई भने, “जाऊ पृथ्वीको चारैतिर घुम।” यसकारण, तिनीहरू पृथ्वीभरि गए।

6:8b.ZEC.006.008 तब परमप्रभुले मलाई जोडसंग बोलाउनु भयो। उहाँले भन्नुभयो, “हेर त्यो घोडा जुन उत्तर तिर गए तिनीहरूले आफ्नो काम गरेर मेरो आत्मालाई त्यहाँ आराम दिएको छ। अब म उत्तर भूमिसित क्रोधित छैन!”

6:9b.ZEC.006.009 तब मैले परमप्रभुबाट अझै अर्को वचन प्राप्त गरें। उहाँले भन्नुभयो,

6:10b.ZEC.006.010 “निर्वासित हेल्दै, तोबियाह, अनि यदायाह बाबेलको कैदबाट आएका छन्। तिनीहरूलाई आजै लैजाऊ अनि सपन्याहको छोरा योशियाहाको घरमा जाऊ।

6:11b.ZEC.006.011 त्यो सुन र चाँदी मुकुट बनाउँन प्रयोग गर। मुकुट यहोशूको शिरमाथि लगाईदेऊ। यहोशादाको छोरा यहोशू प्रधान पूजाहारी हुन्। तब यहोशूलाई यसो भन।

6:12b.ZEC.006.012 उसलाई भन, ‘सर्वशक्तिमान परमप्रभुले भन्नुभएको छ, “त्यहाँ एकजना मानिस छ जसलाई ‘हाँगो’ भनिन्छ। त्यो ‘हाँगो’ जहाँछ त्यहाँबाट निकालिने छ र त्यसले परमप्रभुको मन्दिर निर्माण गर्नेछ।

6:13b.ZEC.006.013 हो, उसले परमप्रभुको मन्दिर निर्माण गर्नेछ अनि सम्मान गरिनेछ। यो आफ्नो सिंहासनमा बस्नेछ ऊ शासन गर्नेछ। ऊ उसको सिंहासनमा पूजाहारी हुनेछ र उसले तिनीहरूको बिचमा शान्तिको कार्य गर्नेछ।’

6:14b.ZEC.006.014 त्यो मुकुट मन्दिरमा राखिनेछ जसले मानिसलाई यादराख्न सहायता गर्नेछ। त्यो मुकुटले हेल्दै, तोबियाह, यदायाह अनि सपन्याहको छोरा योशियाहलाई सम्मान दिनेछ।

6:15b.ZEC.006.015 टाढा-टाढाका मानिसहरु आएर परमप्रभुको मन्दिर बनाउँनेछन्। तब मानिसहरूले जान्नेछन् कि सर्वशक्तिमान परमप्रभुले मलाई तिमीहरुकहाँ पठाउनु भएको हो। अनि परमप्रभु परमेश्वरले तिमीहरूलाई जे अह्राउनु हुन्छ त्यो गर्यौ भने यी सबै कुराहरू हुनेछ।”

7

7:1b.ZEC.007.001 फरसमा दाराको राज्यकालको चौथो वर्ष जकरियालाई परमप्रभुबाट एउटा वचन प्राप्त भयो। यो नवौं महिनाको चौथो दिन किसलेबको महिना थियो।

7:2b.ZEC.007.002 बेतेलका मानिसले शरेशेर, रेगेम-मेलेक अनि आफ्नो मानिसहरू समेतलाई परमप्रभुसंग एउटा प्रश्न सोध्न पठाए।

7:3b.ZEC.007.003 तिनीहरू सर्वशक्तिमान परमप्रभुको मन्दिरका अगमवक्ताहरू अनि पूजहारी कहाँ गए। उनीहरूले प्रश्न सोधे, “हामीले कति वर्ष सम्म मन्दिर ध्वंश भएकोमा शोक मनाउँने। अहिले गरिरहे झैं मैले प्रत्येक वर्षको पाँचौं महिनामा रूनु अनि उपवास बस्नु पर्छ?”

7:4b.ZEC.007.004 सर्वशक्तिमान परमप्रभुको वचन मकहाँ आयो,

7:5b.ZEC.007.005 “पूजाहारी अनि देशका सबै मानिसहरुलाई भन, ‘उपवास र विलाप तिमीहरुले सत्तरी वर्ष देखी वर्षको पाँचौं अनि सातौं महिनामा गर्दै आईरहेका छौ, के त्यो उपवास साँच्चै नै मेरो निम्ति हो? होइन!

7:6b.ZEC.007.006 जब तिमीले खायौ अनि दाखरस पियौ के त्यो मेरो निम्ति हो? होइन! यो तिमीहरूको भलाईका निम्ति हो।

7:7b.ZEC.007.007 “यी वचनहरू परमप्रभुले अगमवक्ताहरूद्वारा घोषणागर्नु भएको थियो। हैइन? उहाँले त्यो वचन त्यति बेला भन्नु भएको थियो जति बेला यरूशलेम मानिसहरूले भरिएको र पुरै उन्नति भएको शहर थियो। परमेशवरले यो कुरा त्यस बेला भन्नुभयो जब यरूशलेमको चारैतिरका शहर अनि नेगव तथा पश्चिमी पहाडको तराईका मानिसहरू शान्ति पूर्वक बस्थे।”

7:8b.ZEC.007.008 जकरियालाई परमप्रभुले यो वचन दिनु भयोः

7:9b.ZEC.007.009 सर्वशक्तिमान परमप्रभुले यो कुरा भन्नुभयो, ‘तिमीहरूलाई जे सत्य र उचित साग्छ त्यही गर्नु पर्छ। तिमीहरू एक अर्काप्रति दयालु र करूणामय हुनु पर्छ।

7:10b.ZEC.007.010 बिधुवाहरू, टुहुरा-टुहुरी बिदेशी अथवा गरीव मानिसहरुलाई चोट पुर्याउनु हुँदैन। एक-अर्कालाई नराम्रो गर्ने बिचार पनि मनमा ल्याउनु हुँदैन।”

7:11b.ZEC.007.011 तर ती मानिसहरूले सुन्न अस्वीकार गरे जे उहाँले गर्न चाहनु हुन्थ्यो। तिनीहरुले आफ्ना कान बन्द गरे जसले गर्दा परमेश्रले भनेका कुरा सुनेनन्।

7:12b.ZEC.007.012 तिनीहरू हठी थिए। तिनीहरुले परमेशवरको व्यावस्था पालन गर्न अस्वीकार गरे। आफ्नो आत्माशक्तिद्वारा सर्वशक्तिमान परमप्रभुले अगमवक्ताका माध्यमबाट आफ्ना मानिसहरुलाई वचन पठाउँनुभयो। तर मानिसहरूले त्यो सुनेनन्, यसकारण सर्वशक्तिमान परमप्रभु साह्रै क्रोधित हुनुभयो।

7:13b.ZEC.007.013 यसकारण सर्वशक्तिमान परमप्रभुले भन्नुभयो, “मैले तिनीहरुलाई बोलाएँ तर तिनीहरुले उत्तर दिएनन्, यसकारण अब मलाई तिनीहरूले बोलाए पनि म तिनीहरुलाई उत्तर दिनेछैन।

7:14b.ZEC.007.014 म अब तिनीहरुलाई एउटा आँधी-बेहरीले झैं तिनीहरूले नचिनेको अन्य देशहरूमा छरपष्ट गरिदिनेछु। जब तिनीहरू यो देश भएर जान्छन् तिनीहरुले छोडे को भूमि उजाड हुनेछ। त्यो सुन्दर भूमि ध्वंश हुनेछ।

8

8:1b.ZEC.008.001 यो वचन सर्वशक्तिमान परमप्रभुको हो।

8:2b.ZEC.008.002 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “म साँच्चै नै सियोन पर्वतलाई प्रेम गर्छु। म तिनलाई यति साह्रो प्रेम गर्छु, तर तिनी मेरो बिश्वासनीय भइनन् अनि म तिनीसंग क्रोधित भएँ।”

8:3b.ZEC.008.003 परमप्रभु भन्नुहुन्छ, “म सियोनमा फेरि फर्केर आएँ। म यरूशलेममा बसिरहेको छु। यरूशलेम सत्यको बिश्वासी शहर भनिनेछ। सर्वशक्तिमान परमप्रभुको पर्वतलाई चाहिं पवित्र पर्वत भनिनेछ।”

8:4b.ZEC.008.004 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यरूशलेमका बुढा-बुढीहरू फेरि गल्लीहरूमा देखिनेछन्। मानिसहरू यति लामो समय सम्म बाँच्नेछन् कि उनीहरूलाई टेकने लौरोको आवश्यकता पर्नेछ।

8:5b.ZEC.008.005 अनि शहरका बाटोहरू नानीहरूले भरिनेछ।

8:6b.ZEC.008.006 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “जीवित मानिसहरूले सोच्लान्, यो एकदमै गाह्रोछ अनि म पनि सोच्छु यो एकदमै गाह्रोछ।”

8:7b.ZEC.008.007 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “हेर म पूर्व र पश्चिमका देशहरूबाट मानिसहरू बचाई रहेछु अनि मेरो मानिसहरूलाई डोह्याउनेछु।

8:8b.ZEC.008.008 म त्यहाँ फर्केर फेरि आउँछु अनि यरूशलेममा बस्नेछु। तिनीहरू मेरो मानिसहरू हुनेछन् म राम्रो बिश्वासनीय परमेश्वर हुनेछु।

8:9b.ZEC.008.009 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “शक्तिशाली होऊ! तिमीहरू आज त्यही सन्देश सुनिरहेकाछौ, जुन अगमवक्ताहरूले पहिलाबाटै भन्दै थिए जब सर्वशक्तिमान परमप्रभुले आफ्ना मन्दिर बनाउनका निम्ति फेरि जग बसाल्नु भएको थियो।

8:10b.ZEC.008.010 त्यो समय मानिसहरूसंग श्रमिकहरूलाई मजदूरी बापत दिने पैसा थिएन अथवा पशु र शत्रुहरूको कारणले मानिसहरूको आगमन शुरक्षित थिएन। मैले हरेकलाई आफ्नो छिमेकिको विरोधी बनाइदिएँ।

8:11b.ZEC.008.011 सर्वशक्तिमान परमप्रभुले यसो भन्नुभयो। तर अब जीवित मानिसहरूका निम्ति यस्तो हुनेछैन।”

8:12b.ZEC.008.012 ती मानिसहरूले शान्तिसंग खेती लगाउँनेछन्। दाखको बोटले फलहरू दिनेछ। भूमिले राम्रो उब्जनी दिनेछ तथा आकाशबाट पानी पर्नेछ। म यी सबै चीजहरू मेरा ती मानिसहरूलाई दिनेछु।

8:13b.ZEC.008.013 “मानिसहरू आफ्नो अभिशापको निम्ति यरूशलेम अनि यहूदाको नाउँ लिनेछन् तर म इस्राएल र यहूदालाई बचाउँनेछु अनि तिनीहरूको नाउँ आशिषको रूपमा प्रमाणित हुन थाल्नेछ। यसकारण नडराऊ! बलियो होऊ!”

8:14b.ZEC.008.014 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका पिता-पुर्खाले मलाई क्रोधित पारे। यसकारण मैले उनीहरूलाई नष्टगर्ने निर्णय लिएँ। मैले आफ्नो बिचार बद्ली गर्नें निश्चय गरें।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।

8:15b.ZEC.008.015 “तर अब मैले बिचार बद्ली सकें अनि त्यस्तै प्रकारले मैले यरूशलेम र यहूदाका मानिसहरू प्रति वास्ता गरी रहनें निश्चय गरेको छु।

8:16b.ZEC.008.016 यसकारण नडराऊ तर तिमीहरूले यो गर्नु पर्छ कि आफ्नो छिमेकीहरूसित सत्य बोल, जब तिमी आफ्नो शहरमा निर्णय लिन्छौ त्यस बेला साँचो, ठिक र शान्ति ल्याउने निर्णय होस्।

8:17b.ZEC.008.017 तिम्रो छिमेकीलाई चोट पुर्याउने गुप्त योजनाहरू नबनाऊ। झुटो कसम नखाऊ। किन? किनकि म त्यो कुराहरूलाई घृणा गर्छु।” परमप्रभुले यसो भन्नु भयो।

8:18b.ZEC.008.018 मैले सर्वशक्तिमान परमप्रभुको यो वचन पाएँ।

8:19b.ZEC.008.019 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिम्रो शोक मनाउँने अनि उपवासको बिशेष दिन चौथो महीना, पाँचौं महीना, सातौं महीना अनि दशौं महीनामा हो। त्यो शोकको दिनलाई खुशीको दिनमा बद्ली गर। ती दिन र्हष अनि आनन्दको उत्सवहरू र पवित्र बिदाका दिनहरू हुनेछन्, र तिमीहरूले सत्य शान्तिलाई प्रेम गर्नु पर्छ।”

8:20b.ZEC.008.020 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “भविष्यमा बिभिन्न शहरहरूबाट मानिसहरू यरूशलेममा आउँनेछन्।

8:21b.ZEC.008.021 एउटा शहरका मानिसहरूले अर्को शहरका मानिसहरूलाई भन्नेछन्, ‘हामीहरू परमप्रभुको सामुन्ने उपासना गर्न सर्वशक्तिमान परमप्रभुलाई खोज्न जाँदैछौं, ‘हामीसित आऊ।”

8:22b.ZEC.008.022 धेरै मानिसहरू अनि धेरै शक्तिशाली जातिहरू परमप्रभु सर्वशक्तिमानलाई खोज्न यरूशलेम आउँनेछन्। तिनीहरू यहाँ परमप्रभुको उपासना गर्ने आउने छन्।

8:23b.ZEC.008.023 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “त्यस समय, बिभिन्न जातिहरूबाट बिभन्न भाषाहरू बोल्ने दशजना मानिसहरूले एकजना यहूदी मानिसको लुगाको छेउ समात्नेछ अनि भन्नेछ, “हामीले सुनेका छौं कि परमेशवर तिम्रो साथमा हुनुहुन्छ, के हामी उहाँको उपासना गर्न तिमी सित आउँन सक्छौं?”‘

9

9:1b.ZEC.009.001 एउटा दुःखपूर्ण समचार यो परमप्रभुको वचन हद्रक देशको अनि त्यसको को राजधानी दमीश्कको बिषयमा छ, “मानिसहरू अनि सबै इस्राएली कुलहरूको आँखाहरू परमप्रभुमाथि छन्।

9:2b.ZEC.009.002 यो समचार हद्रकको सिमाना हमातका निम्ति हो अनि सोर र सीदोनका निम्ति पनि हो। यद्यपि तिनीहरू ज्ञानी छन्।

9:3b.ZEC.009.003 सोर एउटा किल्ला जस्तैछ। त्यहाँ मानिसहरूले चाँदी यति धेरै जम्मा गरेका छन् त्यो धुलो बराबर छ, अनि सुन माटो समान छ।

9:4b.ZEC.009.004 तर परमप्रभुले, यी सबै लिनुहुनेछ। उहाँले त्यसको धन-सम्पत्ति समुद्रमा फ्याँकि दिनुहुनेछ अनि यो शहर आगोद्वारा नष्ट गराइनेछ।

9:5b.ZEC.009.005 अश्कलोनमा बस्ने मानिसहरूले ती घटनाहरू देख्नेछन् अनि डराउँनेछन्। गाजाका मानिसहरू डरले काम्नेछन्। अनि एक्रोनका मानिसहरूको आशा सड्नेछ। गाजामा कुनैपनि राजा बाँच्नेछैन। अब एउटै मानिस पनि अश्कलोनमा रहने छैन।

9:6b.ZEC.009.006 अश्दोदका मानिसहरूलाई थाह छैन उनीहरूको पिता को हुन्? म अहंकारी पलिश्ती मानिसहरूलाई सम्पूर्ण रूपले नष्ट गरिदिनेछु।

9:7b.ZEC.009.007 म उसको मुखबाट रगत र उसको दाँतबाट घृणापूर्ण वस्तुहरू निकाल्नेेछु। बाँचेका कुनैपनि पलिश्तीहरू हाम्रो जतिको एक अंग बन्नेछन्। तिनीहरू यहूदाको एटा नयाँ कुल हुनेछन्। अक्रोनका मानिसहरू हाम्रा मानिसका एक भाग हुनेछन्, यबूसीहरू बनिए जस्तै।

9:8b.ZEC.009.008 म शत्रुका सेनाहरूलाई यहाँबाट जान दिनेछैन, अब उसो म तिनीहरूलाई मेरा मानिसहरू प्रति चोट पुर्याउन दिनेछैन। मैले मेरा आँखाले देखेको छु कि बितेका दिनहरूमा मेरा मानिसहरूले कति कष्ट भोगेका छन्।”

9:10b.ZEC.009.010 राजा भन्नुहुन्छ, “मैले एप्रैममा रथहरू ध्वंश पारें अनि यरूशलेममा घोडसवारहरू ध्वंश पारें। मैले युद्धमा प्रयोग गरेको धनुहरू ध्वंश परें।” उहाँले जातिहरू सित शान्ति वार्ता गर्नुहुनेछ। त्यो राजाले समुद्र देखि समुद्र सम्म राज्य गर्नुहुनेछ। उनले नदी देखि पृथ्वीको अन्त भूमिसम्म राज्य गर्नुहुनेछ।

9:11b.ZEC.009.011 यरूशलेम, तिमीसित मेरो रगतको करार रहेकोले म रित्तो खाडलबाट तिम्रा कैदीहरूलाई मुक्त गरिदिनेछु।

9:12b.ZEC.009.012 तिमीहरूका किल्ला तर्फ जाऊ हे आशावादी कैदीहरू। अब म तिमीहरूलाई भन्दैछु कि तिमीहरूले जति गुमाएकाछौ त्यसको दुईगुणा ज्यादा म तिमीहरूलाई दिनेछु।

9:13b.ZEC.009.013 यहूदा, म तिमीलाई धनु जस्तै प्रयोग गर्नेछु। एप्रैम म तिमीलाई काँड जस्तै प्रयोग गर्नेछु। सियोन, म तिमीलाई युनानीहरू बिरूद्ध युद्धको बलियो तलवार जस्तै प्रयोग गर्नेछु।

9:14b.ZEC.009.014 परमप्रभु तिनीहरू अघि प्रकट हुनुहुनेछ अनि आफ्नो काँड बिजुली चम्के जस्तै चलाउँनु हुनेछ। परमप्रभु परमेशवरले तुरही बजाउँनुहुनेछ अनि सेनाहरू मरूभूमिमा आँधिजस्तै अघाडी बढ्नेछन्।

9:15b.ZEC.009.015 सर्वशक्तिमान परमप्रभुले तिनीहरूको रक्षा गर्नुहुनेछ। सैनिकहरूले घुँयेत्रो र ढुङ्गाको प्रयोग गरेर शत्रुहरूलाई पराजित गर्नेछन्। उनीहरूले आफ्ना शत्रुहरूका रगत बगाउनेछन्, यो दाखरस जस्तै बग्नेछ। यो वेदीको कुना-कुनामा फ्याँकिएको रगत जस्तै हुनेछ।

9:16b.ZEC.009.016 त्यससमय, परमप्रभु तिमीहरूका परमेश्वरले उहाँका मानिसहरूलाई गोठालोले आफ्ना भेडाहरू बचाए झैं बचाउँनु हुनेछ। तिनीहरू उहाँको निम्ति अत्यन्तै मूल्यवान हुनेछन्। त्यो उहाँको हातमा चम्कने रत्न जस्तै हुनेछ।

9:17b.ZEC.009.017 प्रत्येक चिज असल अनि सुन्दर हुनेछन्। त्यहाँ आश्चर्य चकित बाली कटनी हुनेछ। त्यो केवल अन्न र दाखरसको नभएर नयाँ केटा-केटीहरूको हुनेछ।

10

10:1b.ZEC.010.001 वसन्त ऋतुमा वर्षाको निम्ति परमप्रभुसंग प्रार्थना गर। परमप्रभुले बिजुलि पठाउनु हुनेछ अनि पानी बर्षाउनु हुनेछ। परमेशवरले प्रत्येकको विरूवाहरू जमीनमा उत्पन्न गर्नु हुनेछ।

10:2b.ZEC.010.002 मानिसहरूले तिनीहरू सानो मूर्ति अनि तन्त्र-मन्त्र भविष्यमा के हुने हो भनि जान्न प्रयोग गर्छन्! तर त्यो सब ब्यार्थ हुनेछ। तिनीहरूले झूटो चीज देख्छन्, तिनीहरूले झूटो सपना भन्छन्। तर ती सबै झूटो हुनेछ। यसकारण, मानिसहरू भेडाहरू जस्तै सहायताको निम्ति यता उता भट्की हिंड्छन्। तर तिनीहरूलाई बाटो देखाउँने कुनैं गोठालो हुँदैन।

10:3b.ZEC.010.003 परमप्रभु भन्नुहुन्छ, “म गोठालोहरू प्रति एकदमै क्रोधित छु। म अगुवाहरूलाई दण्ड दिनेछु ।” (यहूदाका मानिसहरू परमेश्वरका निम्ति बगाल हुन् अनि सर्वशक्तिमान परमप्रभुले साँच्चै नै बगालको हेरचाह गर्नुहुन्छ। उहाँले त्यसको हेरचाह गर्नु हुन्छ, जस्तै कुनै सैनिकले आफ्नो घोडाको गर्छ।)

10:4b.ZEC.010.004 “कुनाको ढुङ्गा, पालको खाँबो, युद्धको धनु अनि अघि बढिरहेका सैनिकहरू पनि यहूदाकोमा आउँनेछ।

10:5b.ZEC.010.005 तिनीहरू शक्तिशाली मानिसहरू जस्तै हुनेछन्। तिनीहरूले युद्धमा आफ्नो शत्रुहरूलाई गल्लीको हिलो जस्तै कुल्ची-मिल्ची पारी पराजित गर्नेछन्। उनीहरूले युद्ध गर्नेछन् किनभने परमप्रभुले उनीहरूलाई साथ दिनुहुनेछ अनि उनीहरूले शत्रुको घोड सवारलाई पनि पराजित गर्नेछन्।

10:6b.ZEC.010.006 म यहूदाका कुललाई शक्तिशाली बनाउँने छु। म यूसुफको कुललाई बँचाउँनेछु। म तिनीहरूलाई फर्काएर ल्याउनेछु किनभने तिमीहरूमाथि मेरो दया जागेकोछ। यो यस्तो हुनेछ मानौं मैले तिनीहरूलाई कहिल्यै छाडेको छैन। म परमप्रभु तिनीहरूको परमेश्वर हुँ अनि म तिनीहरूलाई सहयोग गर्नेछु।

10:7b.ZEC.010.007 एप्रैमका मानिसहरू शक्तिशाली हुनेछन् अनि प्रसन्न हुनेछन्। ती सैनिक जस्तै जसले अत्यन्तै खाना पानी पाए। उनीहरूका छोरा-छोरीहरू आनन्द मनाउँनेछन् अनि प्रसन्न हुनेछन्। उनीहरू सबैले एकै साथ परमप्रभुसंग आनन्द मनाउँनेछन्।

10:8b.ZEC.010.008 “म इशाराले सबैलाई एकै साथ बोलाउँनेछु। म साँच्चै उनीहरूलाई बँचाउँनेछु, उनीहरूको संख्या अघिको झैं असंख्य हुनेछ।

10:9b.ZEC.010.009 हो, मैले सबै मानिसहरूलाई आफ्ना देशमा छरपष्ट पारें तर ती देशहरूले मलाई याद गर्नेछन्। अनि उनीहरूका सन्तानहरू बाँचि रहनेछन् अनि फर्केर आउँनेछन्।

10:10b.ZEC.010.010 म तिनीहरूलाई मिश्र र अश्शूरबाट फर्काएर ल्याउनेछु। म तिनीहरूलाई गिलाद र लबानोनको इलाकामा ल्याउनेछु किनभने त्यहाँ प्रशस्त ठाउँ हुनेछैन।”

10:11b.ZEC.010.011 यो पहिलेको झैं हुनेछ जब परमेश्वरले तिनीहरूलाई मिश्रबाट ल्याउनु भएको थियो। उहाँले समुद्रको छालमा हिर्काउँनु भयो, समुद्र छुट्टियो अनि मानिसहरू दुःखको समुद्रमा पैदल हिंडेर पार गरे। परमप्रभुले नदीको बहावलाई सुकाई दिनु हुनेछ। उहाँले अश्शूरको घमण्ड अनि मिश्रको शक्ति ध्वंश गरिदिनुभयो।

10:12b.ZEC.010.012 परमप्रभुले आफ्ना मानिसहरूलाई शक्तिशाली बनाउँनु हुनेछ अनि तिनीहरू उहाँको नाउँको लागि जीवित रहनेछन्। परमप्रभुले यी सबैकुरा भन्नुभयो।

11

11:1b.ZEC.011.001 लबानोन, आफ्नो दैलोहरू खोल, किनभने आगो भित्र आउँछ अनि तिमीहरूका देवदारका रूखहरू भस्म पारिदिन्छ।

11:2b.ZEC.011.002 बाशानका सल्लोको रूखहरू रूनेछन् किनकि देवदारका रूखहरू लडे। महान रूखहरू ध्वंश गराइए। बाशानका फलाँटका रूखहरू त्यो जङ्गलको निम्ति रोऊ जुन काटिएकाछन्।

11:3b.ZEC.011.003 गोठालाहरू रुएको सुन! तिनीहरूको महिमा ध्वंश भएको छ। जवान सिंहको गर्जन सुन, यर्दन नदीको किनारको तिनीहरूको बाकलो जङ्गल उजाड गराइएको छ।

11:4b.ZEC.011.004 परमप्रभु मेरा परमेशवर भन्नुहुन्छ, “ती भेडाहरूको रक्षागर, जसलाई मार्नेका निम्ति पालिएको छ।

11:5b.ZEC.011.005 तिनीहरू जसले भेडा किन्छन् तिनीहरूले भेडालाई मार्छन्, अनि तिनीहरू दण्डित हुँदैनन्। ब्यापारीले भेडालाई बेच्छ अनि भन्छ, ‘परमप्रभुको प्रशंसाहोस् किनभने म धनी भएँ।’ गोठालाहरू अफ्ना भेडाहरूका निम्ति शोक मनाउँदैनन्।

11:6b.ZEC.011.006 अनि म यो देशका बासिन्दाको निम्ति दुःखी हुनेछैन। परमप्रभुले यो सबै भन्नुभयो, “हेर म प्रत्येकलाई उसको छिमेकी अनि राजाको हातमा सुम्पि दिनेछु। म तिनीहरूलाई उनीहरूको देशमा नष्ट पार्न दिनेछु, म तिनीहरूलाई रोकनेछैन।”

11:7b.ZEC.011.007 त्यसरी मैले ती भेडाहरूको रेखदेख गरें, बिशेष कष्टमा परेका बथान जसलाई मार्नकालागि पालिएको थियो। मैले दुइवटा लौरो लिएँ र मैले एउटा लौरोको नाउँ अनुग्रह राखें र अर्कोको नाउँ एकता अनि मैले भेडाहरूको रेखदेख आरम्भ गरें।

11:8b.ZEC.011.008 मैले तीनजना गोठालाहरूलाई एकै महीनामा नष्ट गरिदिएँ। म भेडाहरू प्रति क्रोधित भएँ अनि तिनीहरूले मलाई घृणा गर्न थाले।

11:9b.ZEC.011.009 त्यपछि मैले भनें, “म तिमीहरूको हेरचाह गर्दिनँ! म तिमीहरूलाई मर्न दिन्छु जो मर्न चाहन्छन्। अनि तिनीहरू जो ध्वंश हुन चाहन्छन् ध्वंश होऊन्। अनि जो बाँच्छ तिनीहरूले एक-अर्काको मासु खानेछन्।”

11:10b.ZEC.011.010 त्यपछि मैले अनुग्रह नामको लौरो लिएँ अनि त्यसलाई टुक्रा-टुक्रा पारिदिएँ। मैले सबै मानिसहरूसंग मेरो करार रद्द गर्न यसो गरें।

11:11b.ZEC.011.011 यसकारण त्यसदिन करार भङ्ग भयो अनि पीडित बगाल जसले मतिर हेरिरहेका थिए, उनीहरूले पनि बुझे, यो परमप्रभुको समाचार थियो।

11:12b.ZEC.011.012 तब मैले तिनीहरूलाई भनें, “यदि तिमी ज्याला दिन चाहन्छौ भने देऊ। यदि चाहँदैनौ भने नदेऊ!” यसैले मलाई उनले तीसवटा चाँदीका टुक्रा दिए।

11:13b.ZEC.011.013 त्यसपछि परमप्रभुले मलाई भन्नु भयो, “त्यसलाई कोष-भण्डारमा फ्याँकिदेऊ। तिनीहरूले सोच्छन कि त्यो महत्वपूर्ण रकमको लागि म योग्यको छु। त्यो पैसालाई परमप्रभुको मन्दिरको भण्डारमा हालिदेऊ।” यसकारण चाँदीको तीसवटा टुक्रालाई परमप्रभुको मन्दिरको भण्डारमा हालिदिएँ।

11:14b.ZEC.011.014 तब मैले एकता नाउँको लौरोलाई दुइ टुक्रा पारें मैले यी कुरा साबित गर्नको लागि गरें कि इस्राएल अनि यहूदाको बिचको एकता समाप्त भयो।

11:15b.ZEC.011.015 तब परमप्रभुले मलाई भन्नुभयो, “अब मूर्ख गोठालाको लौरोको खोजी गर।

11:16b.ZEC.011.016 म यस भूमिमा एउटा नयाँ गोठालो उठाउँनेछु। उसले नष्ट भईसकेको भेडाहरूको हेरचाह गर्ने छैन, उसले चोट लागेको भेडाहरूलाई निको पार्नेछैन। उसले ती जो अहिले जिउँदो छन् तिनीहरूलाई खुवाउँने छैन। अनि सबै स्वास्थ्य भेडाहरू खाईसकिन्छ र खूरहरू मात्र बाँकी रहनेछ।”

11:17b.ZEC.011.017 हे मेरो बेक्कामको गोठालो तिमीले मेरा भेडाहरूलाई त्यागिदियौ। एउटा तरवारले उसको दाहिने पाखुरा अनि उसको दाहिने आँखामा हिर्काउनेछ। उसको पाखुरा बेक्कामको हुनेछ अनि उसको दाहिने आँखा अन्धा हुनेछ।

12

12:1b.ZEC.012.001 इस्राएलको बिषयमा परमप्रभुको दुःखको वचन। परमप्रभुले पृथ्वी र आकाश बनाउँनु भयो। उहाँले मानिसको आत्मा रच्नु भयो। अनि यी कुराहरू भन्नुभयो,

12:2b.ZEC.012.002 “हेर, म यरूशलेमलाई चारैतिरका राज्यहरूका निम्ति यसलाई बिषको बोटुको जस्तो बनाउँछु। अनि सम्पूर्ण यहूदा यरूशलेम झैं घेरामा पर्नेछ।

12:3b.ZEC.012.003 तर त्यदिन, म यरूशलेमलाईसबै जातिहरूको लागि गह्रै ढुङ्गा जस्तो बनाईदिनेछु अनि जसले त्यसलाई उठाउँने कोशिश गर्छ त्यो नै घाइते हुनेछ। तर पृथ्वीका सबै जातिहरू एकै साथ आउँनेछन् अनि यरूशलेमको बिरूद्धमा लडनेछन्।

12:4b.ZEC.012.004 तर म घोडाहरूलाई भयभित पारिदिनेछु अनि घोडसवारहरू डराउँनेछन्। म शत्रुका सबै घोडाहरूलाई अन्धा बनाइदिनेछु। तर मेरा आँखाहरू अन्धा हुनेछैन। अनि म यहूदाका कुलका मानिसहरुलाई रक्षा गर्नेछु।

12:5b.ZEC.012.005 तब यहूदाका कुलका अगुवाहरूले आफैं भन्नेछन्, ‘यरूशलेमका बासिन्दा, म परमप्रभु परमेश्वर सर्वशक्तिमानमा शक्ति पाउँनेछु।’

12:6b.ZEC.012.006 त्यस समयमा यहूदाका परिवारलाई जंङ्गलमा लागि रहेको डढेलो जस्तै बनाउँनेछु, मुठ्ठाहरूको बीचमा बल्दै गरेको राँकोहरू जस्तै तिनीहरूले चारैतिरका शत्रुहरूलाई नष्ट गर्नेछन् अनि यरूशलेमका बासिन्दाहरू फेरि बस्ने अनि आराम गर्ने स्थितिमा हुनेछन्।

12:7b.ZEC.012.007 परमप्रभुले पहिला यहूदाका मानिसहरूलाई बचाउँनु हुनेछ यसकारण यरूशलेमका बासिन्दाहरूले शेखी गर्नेछैनन्। दाऊदको घरानाको अनि यरूशलेममा बस्ने अन्य मानिसहरूको गौरव यहूदाको भन्दा बढी नहोस्।

12:8b.ZEC.012.008 तर त्यसदिन परमप्रभुले यरूशलेमका मानिसहरूको साह्रै रक्षा गर्नु हुनेछ, यहाँ सम्म कि कमजोर मानिसहरू पनि दाऊद जस्तै योद्धा बन्नेछन् अनि दाऊदका परिवारहरू परमप्रभुको आफ्नो स्वर्गदूत जस्तै पथप्रदर्शक हुनेछन्।

12:9b.ZEC.012.009 परमप्रभु भन्नुहुन्छ, “त्यस समय म ती यरूशलेमको बिरूद्धमा आउँने सारा जातिहरूलाई नष्ट गर्नेछु।

12:10b.ZEC.012.010 म दाऊदको घर अनि यरूशलेमका बासिन्दाहरूको हृदयमा अनुग्रह र करूणाको भावना भरिदिनेछु। तिनीहरूले म पट्टि हेर्नेछन्। जसलाई छेंड बनाएकाथिए अनि दुःखी हुनेछन्, जो एउटै मात्र पुत्रको निम्ति बिलाप गर्छ अथवा उसको पहिला जन्मेको पुत्रको मृत्यूको निम्ति विलाप गर्छ। तिनीहरू त्यसै दुःखी मानिसहरू झैं हुनेछन्।

12:11b.ZEC.012.011 त्यस दिन यरूशलेममा ठुलो दुःख अनि कष्ट आइपर्नेछ, त्यो यस्तो हुने छ जुन मगिद्दोको बेंसीमा हद्‌द-रिम्मोनको मृत्युमा मानिसहरू रोएका थिए।

12:12b.ZEC.012.012 भूमिले शोक मनाउँनेछन् प्रत्येक घरना रूनेछन्। दाऊदका घरनाका मानिसहरू आफैंले शोक मनाउँनेछन् अनि उनीहरूका पत्नीले शोक मनाउँनेछन्। नातान घरनाको मानिसहरू आफैं रूनेछन् अनि तिनीहरूका पत्नी पनि अलग-अलग रूनेछन्।

12:13b.ZEC.012.013 लेवी कुलका मानिसहरू अनि पत्नीहरू पनि अलग-अलग, एकलै-एकलै रूनेछन्। शिमी घरानाको मानिसहरू र पत्नीहरू पनि अलग-अलग रूनेछन्। अनि यहि घट्ना सबै वंशमा हुनेछ। मानिसहरू एकलै हुनेछन् अनि स्त्रीहरू एकलै रूनेछन्।

13

13:1b.ZEC.013.001 तर त्यससमय, पानीको एउटा कुलो दाऊदको घरना तथा यरूशलेमको बासिन्दाहरूको निम्ति मूल फुटेर आउँनेछ। त्यो मूलले तिनीहरूको पापलाई धोएर शुद्ध गरिदिनेछ।

13:2b.ZEC.013.002 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “त्यस समय पृथ्वीबाट सबै मूर्तिहरू हटाईदिनेछु। मानिसहरूले तिमीहरूको नामहरू पनि याद राख्ने छैनन्, म झूटा अगमवक्ता अनि अशुद्ध आत्मालाई पृथ्वीबाट हटाई दिनेछु।

13:3b.ZEC.013.003 यदि कुनै मानिसले अगमवाणी गरे त्यसले दण्ड पाउँनेछ। यहाँ सम्म कि त्यसको आफ्नो आमा-बाबुले पनि भन्नेछन्, ‘तैंले परमप्रभुको नाउँमा झूटो बोलिस्। यसकारण तँ मर्नु पर्छ।’ त्यसको आमा-बाबुले अगमवाणी गरेकोमा त्यसलाई छुराले रोपिदिनेछन्।

13:4b.ZEC.013.004 त्यस समाय अगमवक्ता आफ्नो अगमवाणी र दर्शनको निम्मति लज्जित हुनेछ। मानिसहरूलाई झूटो अगमवाणी भनेर धोका दिनलाई तिनीहरूले त्यस प्रकारको बाकलो पोषाक लगाउँने छैनन्।

13:5b.ZEC.013.005 तिनीहरूले भन्नेछन्, ‘म अगमवक्ता हैन। म एउटा किसान हुँ। किनभने एउटा मानिसले मलाई मेरो बाल्य अवस्थामा नै दासलाई जस्तै बेच्यो।’

13:6b.ZEC.013.006 अरू मानिसहरूले भन्नेछन्, ‘तिम्रो हातको यो चोट केहो?’ उसले भन्नेछ, ‘यो मेरो साथीको घरमा लागेको चोट हो।”‘

13:7b.ZEC.013.007 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तरवार मेरो गोठालालाई हिर्काऊ, मेरो साथीलाई हिर्काऊ। मेरो गोठाला अनि भेंडालाई प्रहार गर! भेंडा भागेर जानेछ र साना-सानाहरूलाई म दण्ड दिनेछु।

13:8b.ZEC.013.008 परमप्रभु भन्नुहुन्छ, “देशका दुई तिहाईं मानिसहरूलाई चोट लगाईनें छ अनि मारिने छ। तर एक तिहाईं बाँच्नेछन्।

13:9b.ZEC.013.009 त्यपछि म ती बाँचेकालाई जाँच्नेछु। म तिनीहरूलाई अत्यन्तै कष्ट दिनेछु। त्यो कष्ट आगो जस्तै हुनेछ जुन आगोले चाँदीको शुद्धता जाँच्छ। म तिनीहरूको जाँच त्यसरी नै गर्नेछु जसरी मानिसहरूले सुनको शुद्धता जाँच गर्छन्। तब तिनीहरूले मलाई सहायताको निम्ति बोलाउँनेछन् अनि म सहायता गर्नेछु। म भन्नेछु, ‘तिमीहरू मेरो प्रजाहरू हौ।’ अनि उनीहरूले भन्नेछन् परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ।”‘

14

14:1b.ZEC.014.001 हेर, परमप्रभुको न्यायको बिशेष दिन आउँदैछ, अनि जुन धन तिमीहरूबाट लिएको थियो त्यो धन तिम्रो शहरमा बाँडिनेछ।

14:2b.ZEC.014.002 म सबै देशलाई यरूशलेम को बिरूद्ध युद्ध गर्नलाई एकै ठाउँमा भेला हार्नेछु। तिनीहरूले शहरमा अधिकार जमाउँनेछन्। तथाघरहरू नष्ट गरिदिनेछन्। स्त्रीहरूलाई भ्रष्ट पारिनेछ अनि आधा मानिसहरूलाई कैदमा लगिनेछ। तर बाँकी रहेकाहरूलाई शहर बाहिर लगिनेछैन्।

14:3b.ZEC.014.003 त्यसपछि परमप्रभुले ती देशहरूको बिरूद्धमा युद्ध गर्नुहुनेछ। यो एउटा साँच्चो युद्ध हुनेछ।

14:4b.ZEC.014.004 त्यससमय उहाँ भद्राक्ष एउटा पर्वतमा उभिनुरहनु हुनेछ। त्यो पहाड यरूशलेमको पूर्वपट्टि अवस्थित छ। जैतूनको पर्वत बिष्फोटन हुनेछ। पर्वतको एउटा भाग उत्तरपट्टि जानेछ, अनि अर्को भाग दक्षिणपट्टि जानेछ।

14:5b.ZEC.014.005 अनि तिमी पर्वतका भञ्ज्याङ हुँदै भाग्नेछौ जुन ओजेल सम्म जान्छ जसरी उज्जियाह यहूदाको राजा भएको बेलामा भूकम्प आउँदा तिमी भागेका थियौ। तर परमप्रभु, मेरा परमेश्वर आउनु हुनेछ अनि उहाँका सबै पवित्र मानिसहरू उहाँको साथमा आउनेछन्।

14:8b.ZEC.014.008 यससमय यरूशलेमबाट लगातार पानी बगिरहनेछ। पानी बिभाजन हुनेछ अनि एउटा भाग पूर्वतिर बग्नेछ अनि अर्को भाग पश्चिमको भूमध्य सागर सम्म जानेछ अनि यो पुरै पानी र्बष भरी ग्रीष्म अनि शीत ऋतु दुबैमा बगि रहन्छ।

14:9b.ZEC.014.009 त्यससमय परमप्रभु, समस्त पृथ्वीका राजा हुनुहुनेछ। परमप्रभु एक मात्र हुनुहुन्छ। उहाँको नाउँ एउटै हो।

14:10b.ZEC.014.010 त्यससमय यरूशलेमको चारै तिर अराबा समतल जस्तै हुनेछ। गिबाबाट भएर नेगेवमा रिम्मोन जमीनसम्म मरूभूमि जस्तै हुनेछ। तर यरूशलेमको पूरै शहर फेरि बिन्यामीनको फाटकदेखि प्रथम फाटक सम्म अनि हनलेलको धरहरादेखि राजाको दाखको कोल सम्म फेरि बग्नेछ।

14:11b.ZEC.014.011 तिनीहरू त्यहाँ बस्नेछन् अनि फेरि कहिल्यै पनि नाश हुनेछैन अनि मानिसहरू यरूशलेममा सुरक्षित बस्नेछन्।

14:12b.ZEC.014.012 तर जो कोहि जाति यरूशलेमको बिरूद्धमा युद्ध लडे, परमप्रभुले ती राष्ट्रहरूलाई दण्ड दिनुहुनेछ। उहाँले तिनीहरूलाई डरलाग्दो बिमारद्वारा आक्रमण गर्नुहुनेछ। तिनीहरू उभिरहेको बेला तिनीहरूको शरीर सड्नेछ। तिनीहरूका आँखा तिनीहरूकै खोपिल्टामा कुहिनेछ अनि जिब्रो तिनीहरूको मुखमा नै कुहिने छ।

14:16b.ZEC.014.016 यरूशलेमको बिरूद्ध युद्धगर्नेहरू जति बाँचेकाछन् तिनीहरूले प्रत्येक र्बष केही मानिसहरू जो यरूशलेमको बिरूद्ध लड्न आउँनेछन् र बाँच्छन् प्रत्तेक र्बष राजा, सर्वशक्तिमान परमप्रभुको आरधना गर्न आउँनेछन्। तिनीहरू छप्रो-बासको चाड मनाउँन आउँनेछन्।

14:17b.ZEC.014.017 अनि यदि पृथ्वीका कुनै परिवारका मानिस राजा, सर्वशक्तिमान परमप्रभुको आरधना गर्नको लागि यरूशलेम गएनन् भने परमप्रभुले तिनीहरूलाई बर्षा पनि बन्द गरिदिनु हुनेछ।

14:18b.ZEC.014.018 यदि माश्रदेशका कुनै पनि परिवारका मानिस छाप्रो-बासको चाड मान्न आएन भने तिनीहरू डरलाग्दो रोगको शिकार हुनेछन्, जस्तो परमप्रभुले अरू शत्रु देशहरूलाई लगाई दिनु भएको थियो।

14:19b.ZEC.014.019 मिश्रको निम्ति त्यही दण्ड हुनेछ अनि अरू देशको निम्ति जसले छाप्रो-बासको चाड मनाउँन आउँदैन।

14:20b.ZEC.014.020 त्यससमय प्रत्तेक सर-सामान परमप्रभुको हुनेछ। यहाँ सम्म कि घोडाहरूको घण्टीमा परमप्रभुको निम्ति पवित्र भनी लेखिएको हुन्छ। अनि परमप्रभुको मन्दिरमा प्रयोग गरिने सबै भाँडाहरू त्यस्तै महत्वपूर्ण हुन्छन् जस्तो वेदीमा प्रयोग गरिने कचौराहरू महत्वपूर्ण हुन्छ।

14:21b.ZEC.014.021 निश्चय, यहूदा अनि यरूशलेमका प्रत्येक भाँडाहरूमा सर्वशक्तिमान परमप्रभुको निम्ति पवित्र भनी लेखिएको हुन्छ। अनि प्रत्येक मानिस जसले परमप्रभुको आरधना गर्छ त्यसैले ती भाँडाहरूमा खाना पकाउँने र खाने अधिकार पाउँनेछ। अनि त्यससमय परमप्रभु परमेश्वको मन्दिरमा चीज-बीजहरू किन-बेच गर्ने कुनै पनि ब्यापारी हुनेछैनन्।


Holder of rights
Multilingual Bible Corpus

Citation Suggestion for this Object
TextGrid Repository (2025). Nepali Collection. Zechariah (Nepali). Zechariah (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-AD5D-E