Jonah (Nepali)
1
1:1b.JON.001.001 परमप्रभु अमित्तैको छोरा योनासंग बोल्नुभयो। परमप्रभु भन्नुहुन्छ,
1:2b.JON.001.002 “निनवे एउटा ठुलो शहर हो, त्यहाँका मानिसहरुले दुष्ट कर्महरू गरिरहेको बिषयमा मैले सुनेकोछु। यसकारण, तिमी त्यो शहरमा जाऊ, अनि त्यहाँका मानिसहरुलाई ती नराम्रा कामहरु छोडिदेऊ भनी भन।”
1:3b.JON.001.003 योनाले परमेश्वर को कुरा मानेनन्। यशैकारण योना परमप्रभुबाट टाढा कतै भाग्ने प्रयास गरे। त्यसैले उनी यापो तिर गए। योना एउटा जहाजमा चढे जुन र्तशिशतिर जाँदै थियो। योनाले आफ्नो यत्राको निम्ति पैसा दियो अनि जहाजभित्र गएर बस्यो। योनाको इच्छा थियो कि उनी त्यो जहाजमा अरु मानिसहरुसितै र्तशिश जाने अनि परमप्रभुबाट कतै टाढा भाग्ने।
1:4b.JON.001.004 तर परमप्रभुले समुद्रमा भयानक तूफान उठाउनु भयो, समुद्रमा प्रचन्ड आँधी उठेर जहाजलाई त्यसले नाश गर्ला जस्तो भयो।
1:5b.JON.001.005 मानिसहरु चाहन्थे कि त्यो जहाज बचाउनको निम्ति त्यसलाई हलुका बनाउँ, त्यसैले जहाजको सबै सामानहरु उठाएर समुद्रमा फ्याँकन थाले। मल्लाहरु धेरै डराएका थिए, प्रत्येक मानिसहरुले आ-आफ्नो देवताहरुलाई प्रार्थना गर्न थाले। योना जहाजको भित्रि भागमा गएर सुतिरहेका थिए।
1:6b.JON.001.006 त्यसैले जहाजका कप्तानहरु तिनीकहाँ आएर भने, “ए सुतुवा, तिमी के गर्दैछौ? उठेर तिम्रा परमेश्वरलाई पुकार, सायद परमेश्वले हाम्रो प्रार्थना सुन्नु हुन्छ र हामी नष्ट हुनेछैनौं।”
1:7b.JON.001.007 अनि तिनीहरु आपस मा भन्नलागे, “कसको कारणले गर्दा यो आपद हामीमाथि आइपर्न लागेको होला त्यो चिठ्ठा हालेर हेरौं।” यसो भनेर तिनीहरुले चिठ्ठाहालेर हेरे, चिठ्ठा योनाको नाउँमा पर्यो।
1:8b.JON.001.008 मानिसहरुले योनालाई भने, “तिम्रो कारणले गर्दा यस्तो ठुलो आपद् हामीमाथि आयो! यसकारण हामीले के गर्यौं? तिम्रो काम केहो? तिमी कहाँबाट आएका हौ? तिम्रो देश कुन हो? अनि तिमी कुन जातिका हौ?”
1:9b.JON.001.009 अनि योनाले मानिसहरुलाई भने, “म हिब्रू हुँ। स्वर्गका परमप्रभु परमेश्वरको आरधना गर्दछु। उहाँ परमेश्वर हुनुहुन्छ जसले समुद्र अनि पृथ्वी सृष्टि गर्नुभयो।”
1:10b.JON.001.010 योनाले मानिसहरुसंग भने, मानिसहरुले यो कुरा थाहा पाए कि तिनी परमप्रभुबाट टाढा भाग्दैछन्। तब तिनीहरु अत्यन्तै डराए। अनि मानिसहरुले योनालाई सोधे, “तिमिले आफ्नो परमेश्वरको बिरुद्धमा किन नराम्रो काम गर्यौ?”
1:11b.JON.001.011 उता आँधी तुफान र समुद्रको छाल झन-झन बढ्दै थियो। त्यसैकारण योनालाई मानिसहरुले भने, “हामीले आफ्नो सुरक्षाको निम्ति के गर्नु पर्छ? समुद्रलाई शान्तगर्न को निम्ति हामीले तिमीसंग के गर्नु पर्छ?”
1:12b.JON.001.012 योनाले मानिसहरुलाई भने, “म जान्दछु मेरो कारणले नै समुद्रमा तुफान आएको हो, यसकारण तिमीहरुले मलाई समुद्रमा फ्याँकिदेऊ अनि तूफान शान्त भइहाल्छ।”
1:13b.JON.001.013 तर मानिसहरुले योनालाई समुद्रमा फ्याँकन चाँहदैन थिए। उनीहरुले जहाजलाई किनारामा ल्याउन खुबै कोसिस गरे तर त्यो हुन सकेन। आँधी तूफान र समुद्रको छाल अझ बढ्दै गयो।
1:14b.JON.001.014 यसकारण, मानिलहरुले परमप्रभुलाई पुकारे, “बिन्ती छ, हे परमप्रभु बिन्ति छ, यस मानिसको ज्यानको सट्टा हामी नष्ट हुन नपरोस्, र हामी निर्दोषमाथि हत्याको दोष नलागोस्, किनकि हे परमप्रभु! तपाईंलाई जस्तो इच्छा लागेको थियो, सो गर्नु भएको छ।”
1:15b.JON.001.015 तब तिनीहरुले योनालाई उचालेर समुद्रमा फालिदिए र समुद्र शान्त भयो।
1:16b.JON.001.016 तब ती मानिसहरुले परमप्रभुको अत्यन्तै डर मान्न थाले र परमप्रभुको निम्ति भाकल गरे अनि बलिदान चढाए।
1:17b.JON.001.017 अनि योनालाई निल्न परमप्रभुले एउटा ठुलो माछालाई खटाउनु भयो, र तिन दिन र तिन रात योना त्यस माछाको पेटभित्र रहे।
2
2:1b.JON.002.001 योनाले माछाको पेटभित्रबाट परमप्रभु आफ्ना परमेश्वरलाई प्रार्थना गरे।
2:2b.JON.002.002 उनले भने, “मेरो कष्टको कारणले मैले परमप्रभुलाई प्रार्थना गरें अनि उहाँले मलाई उत्तर दिनुभयो। मृत्युको संसारदेखि म कराएँ, र तपाईंले मेरो बिन्ति सुन्नुभयो।
2:3b.JON.002.003 “तपाईंले मलाई गहिरो भित्र, समुद्रको मुटुमै फालिदिनुभएको थियो, र मेरो चारैतिर छालहरु थिए। तपाईंका भयंकर छालहरुले मलाई डुबायो।
2:4b.JON.002.004 तब मैले भनें, “म त तपाईंको दृष्टिबाट निकालिएको छु, तैपनि म फेरि तपाईंको पबित्र मन्दिरतिर हेर्नेछु।
2:5b.JON.002.005 “पानीले मलाई मेरो प्राण सम्मै घेर्यो, गहिरो सगर मेरो चारैतिर थियो, मेरो टाउको भरि समुद्रका झ्याउहरु बेहेरिएका थिए।
2:6b.JON.002.006 म त समुद्रको फेद सम्मै पुगें। पृथ्वीले मलाई सदाका निम्ति थुनिदियो। तैपनि हे परमप्रभु! मेरा परमेश्वर, तपाईंले खाडलबाट उठाएर मलाई जीवन दिनुभयो।
2:7b.JON.002.007 “मेरो प्राणले सबै आशा गुमायो। तब मैले परमप्रभुको सम्झना गरें। परमप्रभु मैले तपाईंलाई प्रार्थना गरें अनि तपाईंले मेरो प्रार्थना तपाईंको पवित्र मन्दिरबाट सुन्नु भयो।
2:8b.JON.002.008 “ज-जसले ब्यार्थका मुर्तिहरुतिर मन लगाउँछन् तिनीहरुले गर्नु पर्ने साँचो भक्तिलाई त्याग्द छन्।
2:9b.JON.002.009 तर म धन्यवादको स्तुति सहित तपाईंमा बलिदान चढाउने छु, मैले जेकुराको भाकल गरेको छु सो पुरा गर्नेछु। “उद्धार परमप्रभुबाटै हुन्छ।”
2:10b.JON.002.010 तब परमप्रभुले माछालाई आज्ञा गर्नुभयो, र त्यले योनालाई किनारामा उगेलिदियो।
3
3:1b.JON.003.001 त्यसपछि परमप्रभुले योनालाई फेरि भन्नुभयो,
3:2b.JON.003.002 “तिमी निनवेको ठूलो शहरमा जाऊ अनि म जे कुरा तिमीलाई बताउँछु सो त्यहाँ प्रचार गर।”
3:3b.JON.003.003 यसैले योना उठे अनि परमप्रभुको आज्ञा पालन गर्दै निनवेमा गए। निनवे साह्रै ठुलो शहर थियो, त्यो पार गर्न तिन दिन लाग्थ्यो।
3:4b.JON.003.004 योना शहरको मध्य भागमा गए अनि मानिसहरुलाई प्रचारगर्न शुरु गरे। योनाले भने, “चालिस दिन पछि निनवे शहर नाश हुनेछ।”
3:5b.JON.003.005 परमेश्वरबाट त्यस्तो संदेश आएपछि निनवेका मानिसहरुले परमेश्वरमाथि विश्वास गरे। अनि तिनीहरु उपवास बसे र तिनीहरुले गरेका पापहरुका निम्ति सोच्न थाले। मानिसहरुले दुःख व्यक्त गर्नका निम्ति बिशेष प्रकारको वस्त्रहरु धरण गरे। शहरको सबै साना-ठूलाहरुले यसै गर्न थाले।
3:6b.JON.003.006 निनवेका राजाले यो समचार सुने अनि उनले पनि आफ्नो नराम्रो कर्मका निम्ति शोक मनाए। यसको निम्ति राजाले आफ्नो सिंहासन त्यागे। उनले आफ्नो राज वस्त्र त्यागे र आफ्नो दुःख व्यक्त गर्न शोक वस्त्र लगाए। त्यसपछि राजा धुलोमा बसे।
3:7b.JON.003.007 त्यसपछि राजाले एउटा वचन लेख्न लगाए र शहरमा घोषणा गरेः राजा अनि ठुलो शसकहरु को आदेश यो थियोः केही समयको निम्ति कुनै पनि मानिस अथवा पशु गाई-गोरु अथवा भडा-बख्रा, कसैले केहि खाने कुरा नखानु। कुनै पनि सजीव प्रणीले निनवे मा केहि पनि खाने पिउनेछैन।
3:8b.JON.003.008 तर प्रत्येक मानिस र पशुहरुले पनि विशेष प्रकारको वस्त्र धारण गरुन् जसबाट यो देखियोस् कि तिनीहरु सबै दुःखी छन्। मानिसले परमेश्वरलाई ठुलो स्वरले बोलाउनेछन्। अनि प्रत्येक मानिसले आफ्नो जीवन शैली बद्ली गर्नु पर्नेछ, अनि उसले नराम्रो कर्म छोड्नु पर्नेछ।
3:9b.JON.003.009 त्यसपछि हुनसक्छ, परमेश्वरले आफ्नो मन परिवर्तन गर्नु हुनेछ। अनि जुन योजना गर्नु भयो त्यो नगर्न पनि सकनु हुन्छ। परमेश्वर क्रोधित हुन रोकिनु होला र हामीहरु ध्वंश नहौंला।
3:10b.JON.003.010 मानिसहरुले जुन कुरा गरेकाथिए त्यो परमेश्वरले देख्नु भयो। कसरि तिनीहरु आफ्ना कुकर्मबाट फर्किएर आए। त्यसैले परमेश्वरले आफ्नो इच्छा बद्लिनुभयो, अनि तिनीहरुमाथि जुन आपत्ति ल्यउन सोच्नु भएको थियो सो गर्नु भएन। परमेश्वरले मानिसलाई दण्ड दिनु भएन।
4
4:1b.JON.004.001 योनालाई यो साह्रै मनपरेन कारण परमेश्वरले शहर बचाउँनु भयो। त्यसैले योनालाई साह्रै रिस उठ्यो।
4:2b.JON.004.002 उनले परमप्रभुलाई आरोप गर्दै भने, “मलाई थाहा थियो तपाईंले यो पापी शहरलाई बचाउनु हुनेछ। म त आफ्नो देशमा थिएँ, तपाईंले नै यहाँ बोलाएर ल्याउनु भयो। त्यसै समय मलाई थाहा थियो, तपाईंले यो पापी शहरलाई बचाउनु हुनेछ। मैले त्यसैबेला र्तशिश तिर भागेर जाने कोशिश गरेको थिएँ। मलाई थाहा थियो तपाईं एक दयालु परमेश्वर हुनुहुन्छ भनेर। मलाई थाहा थियो तपाईं करुणामय हुनुहुन्छ भनेर अनि मानिसलाई दण्ड दिन चाहनु हुन्न। मलाई थाहा थियो कि तपाईं दयापूर्ण हुनुहुन्छ। मलाई ज्ञान थियो यदि यिनीहरुले पाप गर्न छोडे भने तपाईंले यिनीहरुको विनासको योजना बद्ली गर्नु हुन्छ।
4:3b.JON.004.003 यसकारण हे परमप्रभु, म तपाईंलाई यही माग्छु कि तपाईंले मलाई मार्नुहोस्। मेरो निम्ति बाँच्नु भन्दा मर्नु राम्रो छ।”
4:4b.JON.004.004 तब परमप्रभुले भन्नुभयो, “मैले ती मानिसहरुलाई नष्ट नगर्दा तिमी रिसाउनु सही हो र?”
4:5b.JON.004.005 यी सबै कुराहरुले योना अझैपनि रिसाई रहेका थिए। यसकारण उनी शहर बाहिर गए। योना यस्तो शहरमा गए जुन शहर पूर्वी प्रदेशको नजिकमा थियो। योनाले त्यहाँ आफ्नो निम्ति छाप्रो बनाए। फेरि त्यसको छायाँमा बसेर यस्तो कुरा सोच्न थाले कि अब शहरमा के घट्ने हो।
4:6b.JON.004.006 परमप्रभु परमेश्वरले एउटा लौकाको बोट उमार्नु भयो अनि त्यसलाई छिटो-छिटो ठूलो पर्नुभयो अनि योना माथि छायाँ दिनुभयो भयो जसले योनालाई शितल स्थान बनायो। योनाले यसवाट अत्यन्तै आराम पाए। यो बोटको कारण योना अत्यन्तै प्रसन्न भए।
4:7b.JON.004.007 अर्को दिन बिहानै बोटको एक भाग खानको निम्ति परमेश्वरले एउटा किरा पठाउनु भयो, किराले त्यो बोट खायो अनि त्यो बोट ओइलाई हाल्यो।
4:8b.JON.004.008 सूर्य उदाएपछि परमेश्वरले पूर्वीय हावा चलाई दिनुभयो र घाम टनटलापुर सित योनाको टाउकोमा पर्यो र तिनीहरू हैरान भए। मरिने रहेछ भनेर परमेश्वरसित बिन्ति गर्न थाले, “मेरो निम्ति बाँच्नुभन्दा त मर्नु नै उचित छ।”
4:10b.JON.004.010 तब परमप्रभुले भन्नुभयो, “हेर, त्यो बोटको निम्ति तैंले केहि पनि गरिनस्। तैले रोपेको पनि हैनस्। त्यो एकै रातमा उम्रियो र एकै रातमा ओइलाईहाल्यो अनि त्यो बोटको निम्ति सहानभूति अनुभव गर्छस्।
4:11b.JON.004.011 यदि तँ त्यो बोटको निम्ति व्याकुल हुन सक्छस् भने के यति ठूलो शहर निनवे, जसमा धेरै मानिसहरु अनि वस्तुहरुछन्। त्यस शहरमा 1,20,000 भन्दा बढ्ता मानिसहरुछन्, तिनीहरुले जान्दैनन् कि तिनीहरुले भूल गरिरहेका छन्।”
- Holder of rights
- Multilingual Bible Corpus
- Citation Suggestion for this Object
- TextGrid Repository (2025). Nepali Collection. Jonah (Nepali). Jonah (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-AD48-5