Joel (Nepali)
1
1:1b.JOE.001.001 पतुएलको छोरा योएलले परमप्रभुको यो वचन प्राप्त गर्यो।
1:2b.JOE.001.002 हे अगुवाहरु हो यो वचन सुन! हे यो देशका सबै बासिन्दाहरु हो! तिमीहरु मेरो कुरामा ध्यानदेऊ। के तिमीहरुको जीवनकालमा पहिला कहिले यस्तो भएको थियो? होइन! के तिमिहरुका पिता-पुर्खाहरुको समयमा कहिले यस्तो घटना घटेको थियो? होइन!
1:3b.JOE.001.003 तिमीहरुका छोरा-छोरीहरुलाईयो कुरा बताऊ, अनी तिम्रो छोरा-छोरीहरुले उनीहरुका छोरा-छोरीहरुलाई बताउँने छन्। तिमीहरुको नाति-नातीनाले आफ्ना आउने पुस्तालाई बताउने छन्।
1:4b.JOE.001.004 जे कुरो काट्ने सलहहरुले छोडेका थिए सबै बगाले सलहहरुले खाए। अनि जेकुरा बगाले सलहहरुले छोडेका थिए, ती सबै उफ्रने सलहहरुले खाए। जे उफ्रने सलहहरुले छोडेका थिए, ती सबै विनासकारी झुसुले सलहहरुले खाए।
1:5b.JOE.001.005 हे मतवालाहरु! जाग अनि रोऊ! तिमीहरु सबै दाखरस पिउनेहरु हौ, जोडसित रोऊ। किनभने तिमीहरुको मिठो दाखरस अब छैन। अब तिमीहरुले मिठो नयाँ दाखरस पाउने छैनौ।
1:6b.JOE.001.006 एउटा ठुलो अनी शक्तीशाली जातिले मेरो देशलाई आक्रमण गरेका छन्। तिनीहरुका दाँतहरु सिंहका जस्तै छन्। तिनहरुका दाह्राहरु सिंहीनीका जस्तै छन्।
1:7b.JOE.001.007 ती मानीसहरुले मेरो दाख बारीहरु नष्ट पारिदिए। दाखको बारी ओइलायो त्यसपछि मर्यौ। ती मनिसहरुले मेरो राम्रो नेभाराका बोटहरु नष्ट पारिदिए। बोटको बोक्रा समेत उप्काई नभएको नाङ्गो पारेर फालिदिए।
1:8b.JOE.001.008 कन्ये केटी झैं विलाप गर जसको विवाह हुनलागेको छ। जसले लोग्नेको निम्ति भाङ्रा लगाएकीछे जसको हुनलागेको लोग्ने विवाह हुनुभन्दा पहिला नै मरिएको छ।
1:9b.JOE.001.009 पूजाहारीहरु परमप्रभुका सेवकहरु रोऊ। किनभने अब अन्नबली,र अर्घबली परमप्रभुलाई चढाईनेछ।
1:10b.JOE.001.010 खेत उजाड पारीएकोछ। यहाँ सम्म कि खेत पनि रुँदैछ। किन? किनभने अन्नहरु सबै नष्ट भयो नयाँ दाखरस सुख्खा भयो अनि भद्राक्षेको तेल पनि समाप्त भयो।
1:11b.JOE.001.011 हे किसानहरु! निरास हौ। हे दाखवरीका किसानहरु अच्काली विलाप गर! गहुँ र जौंको निम्ति विलाप गर किनकि खेतको फसलहरु नष्ट भएकोछ।
1:12b.JOE.001.012 दाखको बोट सुकाइयो अनि नेभाराको बोट ओइलाएकोछ। अनार, खजुर अनि स्याउका बोटहरु सुकाइयो। बारिका सबै रुखहरु सुकेका छन्। मानिसको बिचमा भएको आनन्द अन्त भएकोछ।
1:13b.JOE.001.013 हे पूजाहरीहरु! भाङ्ग्रा लगाऊ अनि साह्रै विलाप गर। हे वेदीका सेवकहरु हो! विलाप गर। हे मेरा परमेशवरका सेवकहरु! तिमीहरु भाङ्ग्रा लाएर सुत। किनकि अन्नबलि र अर्घबली तिम्रा परमेश्वरको मन्दिरमा हुने छैन।
1:14b.JOE.001.014 उपवासको समय निश्चित गर। विशेष सभाका निम्ति मानिसहरुलाई बोलाऊ। सभामा अगुवाहरु र यो देशका सबै बासिन्दाहरुलाई भेला गराऊ। उनीहरुलाई परमप्रभु तिमीहरुका परमेश्वरको भवनमा ल्याऊ अनि परमप्रभुलाई पुकार गर।
1:15b.JOE.001.015 त्यस दिनको लागि यो एकदमै नराम्रो दिन हुनेछ। किनकि परमप्रभुको एक विशेष दिन नजिकै आउँदैछ। त्यस समय यस्तो सर्वनाश हुनेछ कि सर्वशक्तिमान परमेश्वरले आक्रमण गरिरहनु भएको जस्तै हुनेछ।
1:16b.JOE.001.016 हाम्रो खाने भोजन हाम्रो आँखाले हेर्दा हेर्दै हरायो। हाम्रो परमेश्वरको भवनबाट आन्नद र र्हष हराएर गयो।
1:17b.JOE.001.017 हामीले बिऊहरु त रोपेका थियौं तर जमीनमानै सुकेर मर्यो। हाम्रो बोट बिरुवा सुकेर मर्यो। हाम्रा अन्नको भण्डारहरु खाली भयो अनि नष्ट भएर गयो।
1:18b.JOE.001.018 हाम्रा पशुहरु भोकले कराइरहेकाछन्। हाम्रा गाई गोरूका बथान यता-उता छरपष्ट भए। तिनीहरुले घाँस खान पाउँदैनन्। भेडाहरु पनि मरिरहेका छन्।
1:19b.JOE.001.019 हे परमप्रभु! म तपाईंलाई सहायताको निम्ति प्रार्थना गर्दैछु। किनकि हाम्रो हरियो मैदानहरु आगोले मरुभूमि बनाइदियो। मैदानका सबै रूखहरु आगोको ज्वालाले जलाई दिए।
1:20b.JOE.001.020 वन पशुहरु पनि तपाईंको सहायता चाहन्छन्। नदीहरु सुकी सके, कतै पनी पानीको नाउँ निशान छैन। आगोले हाम्रो हरियाली मैदनलाई मरुभूमि बनाई दियो।
2
2:1b.JOE.002.001 सियोनमा तुरही फुक, मेरो पवित्र पर्वतमा चेतावनीतको ध्वनि बजाऊ। ती सबै मानिसहरुलाई जो यो देशमा बस्छन् डरले थरथर कामुन्? परमप्रभुको विषेश दिन आउँदैछ। परमप्रभुको विशेष दिन नजिकै छ।
2:2b.JOE.002.002 त्यो दिन अन्धकार उदासी दिन हुनेछ। त्योदिन धेरै अँध्यारो र बादलले ढाकेको हुनेछ। तिमीहरु विशाल र शक्तिशाली मानिसहरु पर्वतमा अन्धकार झैं फैलिंदै गरेको देख्ने छौ। तिनीहरु जस्ता धेरै संख्यामा मानिसहरु पहिले त्यहाँ कहिल्यै पनि आएका थिएनन् अनि न त भबिष्यमा यस्तो हुनेछ।
2:3b.JOE.002.003 तिनीहरुकोअघाडी आगोले भष्म पार्छ। तिनीहरुको पछाडी आगोको ज्वाला दन्कन्छ। भूमी मानिसको सामुने अदनको बगैंचा झैं हुनेछ अनि मनिसको पछि उजाड मरुभूमि जस्तै हुनेछ। त्यहाँ केही पनि रहने छैन।
2:4b.JOE.002.004 सलहहरु घोडा जस्तै देखिन्छन् अनि तिनीहरु युद्धको घोडा जस्तै दौडन्छन्।
2:5b.JOE.002.005 तिनीहरुलाई सुन! तिनीहरुको ध्वनि युद्घको समयमा रथ पहाडमा चढ्दा भएको खैला-बैला जस्तै हुन्छ। त्यो आवज भुस जलेर निस्केको आगोको ज्वाला जस्तै छ। एक हुल शक्तिशाली मानिसहरु युद्घका निम्ति तत्पर हुँदाको जस्तै हुनेछ।
2:6b.JOE.002.006 मानिसहरु तिनीहरुको अघि डरले थर-थर काम्छन्। तिनीहरु को अनुहार डरले पहेंलो हुन्छ।
2:7b.JOE.002.007 तिनीहरु योद्धाहरु झैं दगुर्छन्। तिनीहरु युद्धका मानिसहरु झैं पर्खालमाथि चढ्छन। प्रत्येक मानिस सोझो अघाडी बढछन्। तिनीहरु पंक्ति नबिगारी हिंडछन्।
2:8b.JOE.002.008 उनीहरु एक अर्कामाथि ठेलाठेल गर्दैनन्। प्रत्येक सेना आफ्नो बाटोमा हिंड्छन्। यदि कुनै सेनालाई चोट लागेर लडे पनि अरु सेनाहरु अघि बढि रहन्छन्।
2:9b.JOE.002.009 तिनीहरु कुदेर शहरमा पस्नेछन् अनी चाँडै पर्खाल माथि कुद्नेछन्। तिनीहरु घरमाथि चढछन् अनि झ्यालबाट चोरहरु जस्तै भित्र पस्छन्।
2:10b.JOE.002.010 तिनीहरुको अगाडी पृथ्वी हल्लिन्छ,आकाश काम्छ। सूर्य र चन्द्रमा पनि अँध्यारो हुन्छ। अनि तारा चम्कन छोड्छ।
2:11b.JOE.002.011 परमप्रभुले आफ्नो सेनाहरुलाई ठुलो स्वरले बोलाउनु हुन्छ। उहाँको छाउनी अत्यन्त विशाल छ। ती जसले परमप्रभुको आज्ञा पालन गर्छन् तिनीहरु धेरैल संख्यामा छन्। परमप्रभुको विशेष दिन महान् अनि डर लाग्दो हुनेछ। यो कसले सहन सक्छ र?
2:12b.JOE.002.012 परमप्रभु भन्नु हुन्छ, “अहिले पनि तिमीहरु सम्पूर्ण हृदयले उपवास बसेर रूँदै र शोक गर्दै म तिर फर्क ।
2:13b.JOE.002.013 लुगा होइन, तिमीहरु को हृदय फटएर” परमप्रभु तिमीहरुका परमेश्वरकहाँ फर्केर आऊ। उहाँ दयालु अनि करूणामय हुनुहुन्छ। उहाँ चाँडै रिसाउनु हुन्न। उहाँ को प्रेम महान छ, दण्ड दिने बिषयमा उहाँले जो निर्णय लिनु भएको छ त्यो उहाँले परिवर्तन गर्न सकनु हुछ।
2:14b.JOE.002.014 ‘कसले जान्दछ’ हुनसक्छ परमप्रभुले आफ्नो मन बद्लीन सक्नु हुन्छ। यो पनि हुनसक्छ उहाँले तिमीहरुलाई आशिष दिनुहुन्छ। अनि फेरि तिमीहरुले परमप्रभु तिमीहरुका परमेशवरलाई अन्नबलि र अर्घबलि चढाउन योग्यका हुने छौ।
2:15b.JOE.002.015 सियोनमा तुरहि फुक, महा-पबित्र सभा बोलाऊ। उपवासको विशेष समयलाई बोलाऊ।
2:16b.JOE.002.016 मानिसलाई भेला गर। त्यो विशेष सभाकोलागि उनीहरुलाई बोलाऊ। तिमीले बूढा-प्रधानहरु अनि नानीहरुलाई भेला गर। त्यो दुधे-बालकलाई पनि लिएर आऊ, नयाँ दुलहा-दुलहीलाई सिधै तिनीहरुको कोठाबाट बोलाऊ।
2:17b.JOE.002.017 पूजाहारीहरु, परमप्रभुका सेवकहरु मन्दिरको दलान वेदीको बिचमा रहुन्। तिनीहरुले भनुन्, “हे परमप्रभु तपाईका मानिहरुलाई दया देखाउनुहोस्। तुपाईंका मानिसलाई लज्जित हुन नदिनु होस्। तिनीहरुलाई राष्ट्रहरुको बिचमा हाँसोको पात्र नबनाउनु होस्। तपाँईंले अन्य देशहरुलाई हाँस्दै भन्ने अवसर नदिनुहोस्, तिनीहरुका परमेश्वर कहाँ हुनुहुन्छ?”
2:18b.JOE.002.018 तब परमप्रभु आफ्नो भूमिको निम्ति अत्यन्तै जोशिलो हुनुभयो। उहाँ आफ्ना मानिसहरुमाथि करुणामय हुनुभयो।
2:19b.JOE.002.019 परमप्रभुले आफ्ना मानिसहरुलाई उत्तर दिनु भयो। उहाँले भन्नुभयो, “म तिनीहरुका निम्ति अन्नहरु, नयाँ दाखरस र तेल पठाउनेछु। तिमिहरुका निन्ति प्रशस्त हुनेछ। म तिमीहरुलाई अन्य जातिहरुको बिचमा हाँसोको पात्र बनिन दिने छैन।
2:20b.JOE.002.020 त्यहाँ आएका उत्तरवासीहरुलाई तिमीहरुको देशबाट हटाइदिनेछु। उनिहरुलाई बाँझो र उजाड देशमा पठाइदिने छु, त्यसमध्ये आधिलाई पूर्वको समुद्रपट्टि पठाई दिनेछु, अनि फेरि आधिलाई पश्चिमको समुद्रतर्फ पठाईदिनेछु। उनीहरुले यस्तो घृणित कर्म गरेका छन्, उनीहरु सडेको दुर्गन्धमाथि उठ्नेछन्। तिनीहरुको नराम्रो गन्ध उँभो जानेछ। तिनीहरुले धेरै घिनलाग्दा कामहरु गरेका छन्।
2:21b.JOE.002.021 हे देश नडरा! तँ खुशि भएर रमाइलो गर, किनकि परमप्रभुले ठूला-ठूला काम गर्नु हुनेछ।
2:22b.JOE.002.022 हे जङ्गलका पशुहरु! नडराऊ, बनको उजाड खर्कमा हरियाली आउँनेछ। रूखहरुले फलदिन थाल्नेछन्। नेभाराको बोटहरु र दाखको बोटहरुले प्रशस्त फल दिनेछ।
2:23b.JOE.002.023 हे सियोनका मानिसहरु! खुशीहोऊ। परमप्रभु,तिमीहरुका परमेश्वरसँग रमाऊ। किनभने उहाँले तिमीहरुलाई राम्रो गर्नुहुनेछ। उहाँले तिमीहरुलाई अघिल्लो र पछिल्लो दुबै झरी पहिला झैं पठाई दिनुहुन्छ।
2:24b.JOE.002.024 अब खलाहरु गहुँले भरिपूर्ण हुनेछन्। अनि दाख-कुण्डहरु नयाँ दाखरस र तेलले भरिनेछन्।
2:25b.JOE.002.025 “म परमप्रभुले मेरो शक्तिशाली सेना तिमीहरुको बिरुद्धमा पठाएको थिएँ। ती काट्ने सलहहरु, ती बगाले सलहहरु अनि उफ्रने सलहहरुले तिम्रा सबै अन्नहरु खाईदिए। तर म परमप्रभु ती सबै नोक्सान भएको फेरि भरपूर गरिदिनेछु। तिमीहरु फेरि भरिभराऊ हुनेछौ।
2:26b.JOE.002.026 फेरि तिमीहरुसँग प्रशस्त खानेकुरा हुनेछ। तिमीहरु सन्तुष्ट हुनेछौ र तिमीहरुले परमप्रभु तिमीहरुका परमेश्वरको प्रशंसाको गीत गाउनेछौ। उहाँले तिम्रा निम्ति आश्चर्यचकित काम गर्नु भएकोछ। अब मेरो मानिसहरु कहिल्यै लज्जित हुनेछैनन्।
2:27b.JOE.002.027 अनि तिमीले थाहापाउनेछौ म इस्राएलको बीचमा छु। अनि फेरि तिमीले जन्नेछौ म परमप्रभु तिमीहरुको परमेश्वर हुँ र म वाहेक अर्को कुनै परमेश्वर छैन। मेरा प्रजाहरु फेरि कहिल्यै लज्जित हुनेछैनन्।”
2:28b.JOE.002.028 “त्यसपछि म तिमीहरु सबै माथि मेरो आत्मा खन्याउँनेछु। तिमीहरुका छोरा-छोरीहरुले अगमवाणी गर्नेछन्। तिमीहरुका बूढा मानिसहरु स्वप्न-दर्शी हुनेछन्। तिनीहरुका जवानले दर्शन देख्नेछन्।
2:29b.JOE.002.029 त्यस समय म आफ्ना आत्मा मेरा दास र दासीहरुमाथि खन्याउनेछु।
2:30b.JOE.002.030 पृथ्वी अनि आकाशमा म अद्भूत चिन्ह देखाउनेछु। त्यहाँ रगत, आगो र धुवाँको खम्बाहरु हुनेछन्।
2:31b.JOE.002.031 सूर्य अँध्यारोमा बद्लनेछ। चन्द्रमाको रंग रगतमा बद्लनेछ। अनि परमप्रभुको महान् र डरलाग्दो दिन आउनेछ।
2:32b.JOE.002.032 अनि हरेक मानिस जसले परमप्रभुको नाउँ पुकर्छ उसलाई बचाइनेछ। किनकि परमप्रभुले भन्नु भए अनुसार त्यहाँ बाँचेकाहरु सियोन डाँडा र यरूशलेममा हुनेछन्। यो ठिक परमप्रभुले भन्नु भए जस्तै हुनेछ। बाँचेहरुको बिचमा तिनीहरु हुनेछन् जसलाई परमेश्वरले बोलाउनु हुनेछ।
3
3:1b.JOE.003.001 “हो, ती दिनहरुमा अनि त्यस समयमा म यहूदा र यरूशलेमलाई कैदबाट मुक्त पार्नेछु अनि देशबाट निर्वासितहरुलाई फर्काएर ल्याउनेछु।
3:2b.JOE.003.002 म सबै जातिलाई भेला गर्नेछु। यो सबै जातिलाई यहोशापातको बेंसीमा भेला पार्छु, अनि त्यहाँ नै म उनीहरुलाई न्याय गर्नेछु। तिनहरुलेनै मेरो मानिसहरुलाई तितर-बितर परेका थिए। अन्य जातिहरुको बिचमा बस्न बाध्य तुल्याएको थिए। यसैकारण म तिनीहरुलाई दण्ड दिनेछु। तिनीहरुले मेरो भूमिलाई भाग-भाग गरेकाछन्।
3:3b.JOE.003.003 तिनीहरुले मेरो मानिसहरुको निम्ति चिट्ठा हाले। तिनीहरुले एउटा केटालाई वेश्यागमनको लागि बिक्रिगरे अनी एउटी केटीलाई दाखरसको निम्ति बेचे अनि मद पिए।
3:4b.JOE.003.004 “हे सोर र सिदोन, पलिश्तीका सम्पूर्ण भूमिहो। मलाई तिमीहरु को वास्ता छैन? के तिमीहरु मैले गरेको कुनै कर्मको निम्ति सजाय दिइरहेछौ! हुनसक्छ तिमीहरुले यो सोचिरहेका होलाऊ कि तिमीहरुले मलाई दण्ड दिई रहेकाछौ, तर चाँडै म नै तिमीहरुलाई दण्ड दिनेछु।
3:5b.JOE.003.005 तिमीहरुले मेरो सुन र चाँदी चोर्यौ। मेरो बहुमूल्य रत्नहरु चोरेर तिमीहरुले तिम्रो आफ्नो मन्दिरमा राख्यौ।
3:6b.JOE.003.006 “तिमीहरुले यहूदा र यरूशलेमका बासिन्दाहरुलाई यूनानीहरुको हातमा बेचिदियौ। ता कि तिनीहरु आफ्नो भूमिबाट टाढा लगिनेछन्।
3:7b.JOE.003.007 तिमीहरुले मेरा मानिसहरुलाई तिनीहरुका देशबाट टाढा पठायौ। तर म तिनीहरुलाई फर्काएर ल्याउन लागेको छु अनि तिमीहरुले जे गर्यौ त्यसका निम्ति म तिमीलाई दण्ड दिनेछु।
3:8b.JOE.003.008 म तिमीहरुका छोरा-छोरीहरुलाई यहूदाकै हातमा बेचिदिनेछु। अनि उनीहरुले फेरि तिनीहरुलाई एउटा टाढा देशमा बस्ने शबाहरुको हातमा बेचिदिनेछन्।” यो कुरा परमप्रभुले भन्नुभएकोछ।
3:10b.JOE.003.010 तिनीहरुको हलोको फालीहरु पिटेर तलबार बनाऊ। हँसियाहरुबाट तिमीहरुका भाला बनाऊ। त्यो कमजोर मानिसले भनुन्, “म एउटा योद्धा हुँ!”
3:11b.JOE.003.011 हे सबै देशका जातिहरु! छिटो गर! त्यहाँ भेला होऊ। हे परमप्रभु तपाईं पनि आफ्नो शक्तिशाली बीरहरु लिएर आउनु होस्।
3:12b.JOE.003.012 हे देशबासीहरु! उठ! यहोशापातको बेंसीमा आऊ! म त्यहीं बसेर सबै जातिहरुको न्याय गर्नेछु।
3:13b.JOE.003.013 तिमी हँसिया लिएर आऊ ! किनकि फसल काट्ने समय भईसकेको छ। आऊ! दाखहरु कुल्च, किनकि दाखको घडा भरिसकेको छ। घडा भरिन्छ अनि उब्रेर बाहिर आउँछ। किनकि उनीहरुले ज्यादै दुष्टता देखाएकाछन्।
3:14b.JOE.003.014 निर्णय गरिने बेंसीमा मानिसको धुइरो छ, किनकि फैसला गर्ने बेंसीमा परमप्रभुको विशेष दिन नजिकै आएकोछ।
3:15b.JOE.003.015 सूर्य, चन्द्रमा अँध्यारो हुनेछन्। ताराहरु चम्कने छैनन्।
3:16b.JOE.003.016 परमप्रभु परनेश्वर सियोनबाट गर्जनु हुनेछ। उहाँ यरूशलेमबाट गर्जनु हुनेछ। आकाश र पृथ्वी थरथर काँप्ने छ, तर परमप्रभु उहाँका मानिसहरुका निम्ति शरणस्थान हुनुहुनेछ। एउटा सुरक्षित स्थान इस्राएलका बासिन्दाका निम्ति हुनुहुनेछ।
3:17b.JOE.003.017 “त्यस समय तिमीहरुले जान्नेछौ की म नै परमप्रभु तिमीहरुको परमेश्वर हुँ। म सियोनमा बस्छु, जुन चाँहिं मेरो पबित्र पर्वत हो। यरूशलेम पवित्र बन्नेछ र त्यहाँबाट कुनै बिदेशीहरु कहिल्यै जानेछैनन्।”
3:18b.JOE.003.018 “त्यसदिन मिठो दाखरस पहाडहरुमा चुहिनेछ। डाँडाहरुबाट दुधको नदी बग्नेछ। यहुदाका सबै खोल्साहरुमा पानी बग्न थाल्नेछ। परमप्रभुको मन्दिरबाट एउटा मुलफुटेर सित्तिमको बेंसीलाई भिजाउँने छ।
3:19b.JOE.003.019 मिश्रदेश मरुभूमिझैं हुनेछ अनि एदोम पनि उजाड भूमि हुनेछ। किनकि तिनीहरु यहूदाका मनिसहरु प्रति निष्ठुर थिए। तिनीहरुले तिनीहरुकै देशको निर्दोष मानिसको हत्या गरेका छन्।
3:20b.JOE.003.020 यहूदाका मानिसहरु सदा-सर्वदा रहनेछन् अनि यरूशलेम पुस्तौं-पुस्ता सम्म मानिसको बासस्थन हुनेछ।
3:21b.JOE.003.021 तिनीहरुले मेरो मानिसहरुको हत्या गरे। यसकारण म उनीहरुलाई सजाय दिनेछु।” किनकि परमप्रभु परमेश्वर सियोनमा बास गर्नुहुन्छ।
- Holder of rights
- Multilingual Bible Corpus
- Citation Suggestion for this Object
- TextGrid Repository (2025). Nepali Collection. Joel (Nepali). Joel (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-AD3D-2