Esther (Nepali)
1
1:1b.EST.001.001 अहासूरसको समयमा यो कुरा घट्यो यी अहासूर थिए जसले भारतवर्षदेखी लिएर इथियोपिया सम्मका 127 प्रदेशहरू माथि शासन गर्थे।
1:2b.EST.001.002 ती दिनहरूमा अहासूर राजाले प्रसाद जिल्लमा शासन गर्थे।
1:3b.EST.001.003 आफ्नो शासनकालको तेस्रो वर्षमा, राज्यमा भव्य बडाई अनि प्रतिनीधिकोलाई ठूलो भोज दिन ऐश्वर्यका प्रदर्शन गर्दा तिनले आफ्ना सबै अधिकारीहरू अनि सेवकहरू फारसी अनि मादी सेनापतिहरू, कुलीनहरू
1:4b.EST.001.004 अनि आफ्ना अधिनका प्रदेशबाट आएर अधिकारीहरूका निम्ति 180 दिनसम्म भोजको आयोजन गरे।
1:5b.EST.001.005 अनि त्यो उत्सव पुरा भयो राजाले शूशनमा भेट्न सकिने सबै धनी एवं गरीब मानिसहरूका निम्ति राजमहलसंगै बारेको बगौंचामा सातदिनसम्म भोजको आयोजन गरे। त्यहाँ मिहीन सुती वस्त्रका हातले बुनेका जाली बनावटका वस्त्र।
1:6b.EST.001.006 नीला अनि सेता सुतीका पर्दाहरूको घेरामा मलमलको डोरी अनि बैजनी लुगा, चाँदीका खामाहरू संगर्ममरको ढुङ्गाहरू थिए। तलमाथि बुट्टा बनाईएका राता सेता मोती अनि मुल्यावान पत्थर लाएको अनि चाँदीका आराम-आसनहरू राखिएका थिए।
1:7b.EST.001.007 दाखरस सुनका कचौराहरूमा थिए। कचौरा विभिन्न प्रकारका थिए। अनि त्यहाँ धेरै राजकीय दाखरस थियो, किनभने राजा धेरै दयालू थिए।
1:8b.EST.001.008 पेय वस्तु प्रचुर थियो प्रत्येक पाहुनाले जति इच्छा गर्छ त्यति पिउन दिनु भनी राजाले आफ्ना सेवकहरूलाई आदेश गरेका थिए।
1:9b.EST.001.009 त्यसै समयमा रानी वश्तीले स्त्रीहरूका निम्ति एक भोजको आयोजना राजा अहासूरस को राजमहलमा गरिन।
1:12b.EST.001.012 राजाले नपुंशकहरूलाई आज्ञा गरे। तापनि, रानी वश्तीले आउँन अस्वीकार गरिन्। यसकारण राजा एक्दमै क्रोधित भए।
1:13b.EST.001.013 यसकारण राजाले उनका ज्ञानी मानिसहरूसंग भने, जो नियमविचार शक्तिका विषयमा एक्दमै चतुर थिए, राजाले यी कुराहरू साधारण रूपले सोधे।
1:14b.EST.001.014 यी सात जना कर्शना, शेतार, अद्माता, तर्शीश, मेरेश, र्भसना अनि ममूकान, ज्ञानी अधिकारीहरू राजाका अत्यन्तै नजिक थिए यी फारस र मादीका अधिकारीहरूको राजासित पहुँच थियो अनि तिनीहरूले राज्यमा शासन चलाउँथे।
1:15b.EST.001.015 राजाले तिनीहरूलाई भने। “नियम, अनुसार रानी वश्तीलाई के गर्ने? किनभने राजाले अहासूरस नपुसकहरू, मार्फत जे आदेश दिए त्यो रानीले पालन गरिनन्?”
1:16b.EST.001.016 अनि ममूकानले राजा अनि अधीकारीहरूको समक्ष भने, “रानी वश्तीले राजा प्रति मात्र होइन सबै अधिकारीहरू अनि राजा अहासूरसका प्रदेशहरूमा बस्ने सबै मानिसहरू प्रति अनादर गरेकीछन्।
1:17b.EST.001.017 किनकि रानी को अनादर सबै स्त्रीहरूमा पुगेकोछ, कि तिनीहरूले पनि खुल्लम खुल्ला आफ्ना पतिहरूलाई तिरस्कार गर्न सक्छन्। हरेक स्त्रीहरूले भन्नेछ।” जब राजा अहासूरसले रानी वश्तीलाई तिनको समक्ष आउनु भने तर तिनी आइनन्।
1:18b.EST.001.018 “आज, रानीले के गरिन् फारस र मादी अधिकारीहरूका पत्नीहरूले सुने अनि तिनीहरूले आफ्ना पतिहरूसित, राजाका अधिकारीहरूले त्यही व्यवहार गरे तिनीहरूमा धेरै अपमान र क्रोध हुनेछ।
1:19b.EST.001.019 “यदि राजालाई राम्रो लाग्छ भने, उहाँबाट आदेश जारी होस् अनि यसलाई फारस र मादीहरूको व्यवस्थाको, नियममा लेखियोस्। यसको उलंघन नहोस्। “आज्ञापत्रले यो घोषणागर्नुपर्छ कि वश्ती फेरि पनि राजा अहासूरसको अघि आउनुहुँदैन। तिनको रानीको अधिकार पनि अन्य स्त्रीलाई दिनु पर्छ। जो तिनी भन्दा सुन्दर छिन्।
1:20b.EST.001.020 राजाले जे हुकुम दिन्छन् विशाल राज्यले सुन्नेछ अनि सामाजिक स्तरमा ठूला या सानाका पत्नीहरूले सम्मान गर्नेछन्।”
1:21b.EST.001.021 अनि यो सल्लाह राजा अनि अधिकारीहरूको नजरमा असल ठानियो। अनि राजाले ममूकानको सल्लाहलाई स्वीकार गरे।
1:22b.EST.001.022 अनि राजाले समस्त प्रदेशहरूलाई तिनीहरूको भाषा र तिनीहरूको बोलि अनुसार व्यक्ति व्यक्तिलाई उसको घरको शासक हुनलाई, तिनीहरूलाई आफ्ना मानिसहरू कै भाषामा जाहेरगरेर पत्रहरू पठाए।
2
2:1b.EST.002.001 यी घटनाहरू पछि राजा अहासूरसको क्रोध शान्त भयो। तिनले वश्तीलाई सम्झे अनि तिनले के गरिन्, तिनको सम्बन्धमा राजाले के आदेश दिए त्यो सम्झे।
2:2b.EST.002.002 उनका सेवकहरू जसले उनको सेवा गर्थे भने, “राजाका निम्ति राम्री केटीहरू खोज।
2:3b.EST.002.003 अनि आफ्ना राज्यका सबै प्रान्तहरूमा राजाले अधिकारीहरू नियुक्त गरून्। अनि तिनीहरूले सबै राम्री तरूणीहरू भेला पारून् र शूशान जिल्लाको नारी-कक्ष जुन नपुंसक होगई नारी-गृहको रखवाला हो उसको संरक्षणमा ल्याउन्। उसले तिनीहरूलाई श्रृगांर सेवा दिनेछ।
2:4b.EST.002.004 अनि यी जवान स्त्रीहरू मध्य जसलाई राजाले मनपराउने छन् उनले वश्ती को स्थानमा शासन गर्ने छिन्। यो विचार राजालाई असल लाग्यो अनि त्यसै गरे।
2:5b.EST.002.005 शूशनको राजधानीमा एक जना यहूदी मानिस थिए। उसको नाउँ मोर्दकै थियो। तिनी याइरका छोरा, शिमीका नाति, बिन्यामीनका कीशका छोरा थिए। तिनी, यहूदाका राजा यकोन्याह मध्य देश निष्कासनहुनेहरु सहितका एक जनाका सन्तान थिए।
2:6b.EST.002.006 यो बाबेल का राज नबूकदनेसर द्वारा गरिएको देश निकाला थियो।
2:7b.EST.002.007 मोर्दकैकी एकजना भतिजी थिई जसको नाउँ हदस्सा थियो। उसको आमा-बाबु मरिसकेका थिए। मोर्दकैले उसलाई धर्म-पुत्रीको रूपमा ग्रहण गरेको थियो। हदस्सालाई एस्तर पनि भन्निथ्यो। एस्तरको शारीरिक गठन अनि अनुहार सुन्दर थियो।
2:8b.EST.002.008 जब राजाको सन्देश अनि उर्दी सुनियो तब अनेक जवान स्त्रीहरूलाई राजधानी शूशनमा, हेगेकोमा भेला गरिंदै थियो, एस्तरलाई पनि राजमहलमा लगियो अनि अन्तपुरको रखवाला हेगेको निगरानिमा राखियो।
2:9b.EST.002.009 अनि हेगेले त्यो केटी एस्तरलाई मन परायो अनि उसले उसको कृपा प्राप्त गर्छे। यसकारण उसले एस्तरलाई तत्कालै श्रृगांर सेवा तथा राजमहलबाट भोजन र सात जना नोकर्नीहरू व्यवस्था गर्यो तब उसको नोकर्नीहरू र उसलाई हेगेले सब भन्दा राम्रो नारी-गृहमा सार्यो।
2:10b.EST.002.010 एस्तरले आफ्ना मानिसहरू वा आफ्ना पुर्खाहरू को बारेमा केही बोलिनन् किन भने यस विषयमा बोल्न मोर्दकैले तिनलाई निषेध गरेका थिए।
2:11b.EST.002.011 प्रत्येक दिन मोर्दकै अन्तपुरको आँगनको अघाडी, पछाडी हिँडिरहन्थे जसमा कि एस्तर को बारेमा तिनलाई के भईरहेछ, त्यो उसले थाहा पाउन सक्नेछन्।
2:12b.EST.002.012 प्रत्येक कन्याहरू राजा अहासूरसको अघि जाने समय आउँछ, स्त्रीहरू बाह्र महीना सम्म सिङ्गार पट्टार मा रहनु पर्थ्यो स्त्रीहरूले छ महीना सुगन्धित तेल लाउँथे अनि छ महीना उत्तर अन्य सौन्दर्यका सामग्रीले सिङ्गारिन्थे।
2:13b.EST.002.013 त्यसपछि मात्र जवान स्त्रीहरू राजाकहाँ जान सक्थे। माँग गरिएका हरेक कुरा राजमहलको अन्तपुरबाट उनीहरूलाई लिन दिइनथ्यो।
2:14b.EST.002.014 साँझमा तिनी राजा कहाँ जानु पर्छ अनि विहान अर्को स्त्रीहरूको निवासस्थान शाश्गजको जिम्मामा नपुंशक राजाका दासीहरूको रक्षक कहाँ फर्केर जान्थे। जब सम्म राजाले तिनीलाई आउनु भनेर नाउँ द्वारा बोलाउँदैन थिए। तिनी फेरि पनि राजा कहाँ जानु पर्दैन थियो।
2:15b.EST.002.015 एस्तर अबीहेलको छोरी थिइन्, तिनी तिनका काका मोर्दकैकी धर्मपुत्री थिइन्। जब एस्तरको राजा कहाँ जाने पालो आयो। तिनले, राजाका नपुंसक, स्त्रीहरूका अभिभावक हेगेले तिनलाई गुर्न भनेका सल्लाह बाहेक अरू केही पनि गरिनन् देख्नेहरू सबैले एस्तरलाई खूबै मन पराए।
2:16b.EST.002.016 यसर्थ राजा अहासूरसको शासनका सातौं वर्ष को दशौं महीना, हो तेबेतको महीना-मा राजमहलमा राजाकोमा एस्तरलाई लगियो। अनि राजाले एस्तरलाई अन्य सबै स्त्रीहरूलाई भन्दा बढ्ता मन पराए।
2:17b.EST.002.017 अनि अन्य सबै कन्याहरूलाई भन्दा राजाले तिनलाई मन पराए। यसर्थ राजाले राजमुकुट एस्तरको शिरमा लगाइदिए अनि तिनले वश्तीको स्थानमा एस्तरलाई रानीको रूपमा शासन गर्ने अधिकार थिए।
2:18b.EST.002.018 यसर्थ राजाले ठूलो भोजको आयोजना गरे आफ्ना सबै अधिकारीहरू अनि सेवकहरूको निम्ति भोज गरे। अनि तिनले सबै प्रान्तहरूमा त्यस दिनलाई विदाको दिन घोषण गरे अनि तिनले एक राजाले मात्र दिन सक्ने उपहारहरू प्रदान गरे।
2:19b.EST.002.019 कन्या केटीहरूलाई भेला गरिएको यो दोस्रो पटक थियो। अनि मोर्दकै राजाको द्वारमा बसेका थिए।
2:20b.EST.002.020 एस्तरले अझ पनि आफ्ना मानिसहरूको अथवा आफ्नो वंशको विषयमा मोर्दकैले आदेश दिए अनुसार अरूलाई भनेकी थिइनन्। अनि उसको निगरानीमा हुँदा जस्तै तिनले मोर्दकैको आज्ञा पालन गरिन्।
2:21b.EST.002.021 त्यसबेला, जब मोर्दकै राजाको मुलढोकामा थिए। बिग्थाना अनि तेरेश-राजाका दुई मुलढोका सुरक्षाकर्मीहरू असन्तुष्ट भए। अनि तिनीहरूले राजा अहासूरसलाई मार्ने षड्यन्त्र गरे।
2:22b.EST.002.022 अनि मोर्दकैलाई त्यो षड्यन्त्र थाहा भयो, अनि उसले त्यो कुरा रानी एस्तरलाई भने। अनि एस्तरले त्यो कुरा राजालाई भनिन्, मोर्दकैलाई, सुचना दिएकोमा श्रेयदिंदै।
2:23b.EST.002.023 त्यो कुराको छानबीन गरियो त्यो सत्य पाइयो र ती दुईलाई रूखमा झुण्ड्याइयो। अनि यो घट्ना राजको इतिहासमा लेखियो।
3
3:1b.EST.003.001 यी घटनाहरू पछि राजा अहासूरसले अगामी हम्मदाताको छोरा हामानलाई पदोन्नति प्रदान गरे। तिनले उसलाई उसको समयमा भएका सबै अधिकारीहरूको जिम्मामा राखिदिए।
3:2b.EST.003.002 अनि राजाको द्वारमा भएका समस्त सेवकहरूले झुकेर हामानलाई श्रद्धा देखाऊँथे, किनभने तिनीहरूलाई त्यसो गर्नु भनी राजाले आदेश दिएका थिए। तर मोर्दकैले झुकेर श्रद्धा गरेनन्।
3:3b.EST.003.003 अनि राजाको द्वारमा भएका सेवकहरूले मोर्दकैलाई भने, “किन तिमी राजाको आदेश भङ्ग गर्छौ?”
3:4b.EST.003.004 जब तिनीहरूले दिनै पिच्छे तिनलाई भने तर तिनले तिनीहरूलाई उत्तर दिएनन्। तब तिनीहरूले मोर्दकैको चियो गर्न हामानलाई भने किनभने उसले हाम्राकुरा मान्छन् मान्दैन मोर्दकैलाई तिनी एक यहूदी हो भनेर तिनीहरूलाई भनेका थिए।
3:5b.EST.003.005 अनि हामानलाई मोर्दकैले झुकेर श्रद्धा नगरेको देखे यसर्थ हामान क्रोधले भरिए।
3:6b.EST.003.006 जब उसले मोर्दकैको राष्ट्रयता चाल पायो उसले मोर्दकैलाई मात्र मार्न संतुष्ट थिएन। हामानले अहासूरसका समस्त यहूदीहरूलाई नष्ट गर्न चाहन्थ्यो किनभने तिनीहरू मोर्देकैको मानिसहरू थिए।
3:7b.EST.003.007 राजा अहासूरसको शासनकालको बाह्रौ वर्षको पहिलो महिनामा हामान को क्षमता तिनीहरूले “पुर” अर्थात चिट्ठा गरे। यहूदीहरूको विनाशको निम्ति निश्र्चित दिन अनि महिना तोक्नका निम्ति चयन गरिएको बाह्रौ महीना, अदारको महिना थियो।
3:8b.EST.003.008 अनि हामानले राजालाई भने, “तपाईंको राज्यको प्रत्येक प्रान्तमा मानिसहरू माझ एक थरिका मानिसहरू छरिएका अनि छुट्टीएका छन्। अनि तिनीहरूको दस्तुर सबै मानिसहरूको दस्तुर भन्दा भिन्नैछ। तिनीहरू राजाको नियमहरू मान्दैनन्, राजालाई त्यो कुरा अशैय भयो।
3:9b.EST.003.009 “यदि यसले राजालाई प्रसन्न पार्छ भने आदेश लेखियोस् कि तिनीहरूलाई नष्ट गरियोस्। अनि म 10,000 चाँदीका टुक्राहरू राजाको भण्डारमा सहयोग दिनेछु जुन रकम ती आज्ञा पालन गर्नेहरूलाई इनाम दिनु।”
3:10b.EST.003.010 यसर्थ राजाले आफ्नो हातबाट मुद्रीको राजमोहर औंठी निकाले अनि तिनले त्यो हामान, अगागी हम्मदाताका छोरा, यहूदीहरूका शत्रुलाई दिए।
3:11b.EST.003.011 अनि राजाले हामानलाई भने, “तिमीलाई जे इच्छा लाग्छ त्यहिगर तर चाँदी चाहि आफूसंग राख।”
3:12b.EST.003.012 यसर्थ राजाका लेखापालहरू लाई पहिलो महीनाको तेह्रौ दिनमा बोलाए अनि प्रत्येक प्रदेशका राज्यपालहरूलाई, र प्रत्यक प्रदेशका अधिकारीहरूलाई लिपि अनि भाषा अनुसार हामानले आदेश गरे मुताबिक लेखियो। त्यसलाई राजाको नामावाली मा लेखियो अनि त्यसलाई राजाकै राजमोहर लगाइएको थियो।
3:13b.EST.003.013 अनि राजाका दुतहरूद्वारा सबै आदेशहरू राज-प्रदेशहरूमा पठाइयो कि सबै यहूदीहरू जवान अनि वृद्ध, केटाकेटी अनि स्त्रीहरूलाई बाह्रौ महीना, अदारको महीनाको तेह्रौ दिनमा आज्ञा गरियोस् अनि एकै दिनमा मारियोस् र नाम निशान मेट्टाइयोस्। अनि तिनीहरूका सर-सामानहरूलाई युद्धमा नास गरियोस्।
3:14b.EST.003.014 आदेशको एक-एकप्रति व्यवस्थाको रूपमा प्रत्येक प्रदेशमा पठाइयोस् सबै मानिसहरूलाई भनियोस् जसद्वारा त्यसदिन तिनीहरू तयार रहनेछन्।
3:15b.EST.003.015 समाचार वाहकहरू राजाको आदेश लिएर हतारिएर गए। आदेश शूशनको जिल्ल महलमा घोषणा गरिएको थियो। राजा र हामान मद पिउन बसे तर शूशन शहरमा हलचल भयो।
4
4:1b.EST.004.001 मोर्दकैले त्यहाँ भएका सबै घटनाहरू थाहा पाए। यसर्थ मोर्दकैले आफ्ना वस्त्रहरू च्याते अनि भाङ्गारा लगाएर आफैं माथि खरानी छर्किए। त्यस पछि तिनी शहरको बीचमा गए अनि कष्टमा जोडले रोए।
4:2b.EST.004.002 तब तिनी राजा द्वाराको अघि गए। तर उनी भित्र गएनन् किनभने भाङ्गारा लगाएर कोही पनि राजाको द्वाराभित्र जानु हुँदैन थियो।
4:3b.EST.004.003 अनि हरेक प्रान्तमा जब राजाको आदेश पुग्यो, त्यहाँका यहूदीहरू बीचमा अफसोस, रूबावासी र विलाप भयो। तिनीहरू धेरैजनाले शोक वस्त्र लगाए अनि शिरमाथि खरानी छर्किए।
4:4b.EST.004.004 दासीहरू अनि नपुंशक जसले एस्तरको सेवा गर्थे तिनी कहाँ गए अनि मोर्दकैलाई के भहिरहेछ तिनलाई भने तब रानी व्याकुल भइन्। अनि तिनले मोर्दकैलाई वस्त्रहरू पठाइन् उनले बोराको वस्त्र हटाउन चाहिन। तर तिनले वस्त्रहरू स्वीकार गरेनन्।
4:5b.EST.004.005 तब एस्तरलले राज-नपुंसक हताकलाई बोलाइन्, जसलाई राजाले तिनको सेवामा नियुक्त गरेका थिए, अनि एस्तरले उसलाई मोर्दकै कहाँ के हुँदैछ भनि बुझ्नेको निम्ति पठाईन्।
4:6b.EST.004.006 अनि हताक मोर्दकै कहाँ गए शहर चोकमा जो राजाको द्वारअघि थियो।
4:7b.EST.004.007 मोर्दकैले घटेका सबै घटनाहरू उसलाई भने अनि तिनको को बारेमा जो यहूदाहरूको संकार को निम्ति राज-कोषबाट दिइने छ भनि हामानलेभनेको कुरापनि भने।
4:8b.EST.004.008 शूशनमा तिनीहरूको संस्कार गर्नु भनि जाहेर गरेको व्यवस्था लेखिएको एक प्रतिलिपि एस्तरलाई देखाइ दिनु अनि राजा कहाँ जानु र राजाको कृपा प्राप्त गर्नू अनि आफ्ना मानिसहरूका निम्ति तिनी सित निवेदन गर्नुभनि निर्देशन दिए।
4:9b.EST.004.009 यसर्थ हताक गए अनि मोर्दकैले भनेका कुरा उसले एस्तरलाई सुनाए।
4:10b.EST.004.010 तब एस्तर ले हताकलाई तिमीले मोर्दकैलाई भन्नु भनी निर्देश गरिन्।
4:11b.EST.004.011 “राजाका सबै सेवकहरू र राज-प्रान्तका मानिसहरूले यो जानुन कि कुनै पनि पुरूष वा स्त्री राजाले नबोलाई राजाको आँगनमा भित्र जान्छ त्यसको एउटै नियम छ ‘मृत्यु’। अनुमति लिएर प्रवेश गर्ने मात्र बाँच्छ जसलाई राजाले आफ्ना सुनौला राज दण्ड फैलाउँछन्। अनि मलाई गएको तीस दिन देखि राजा कहाँ जानलाई बोलाइएको छैन।”
4:14b.EST.004.014 तर यदि यसवेलामा तिमी चुपलागेर बस्यौ भने यहूदीहरूले कही न कही बाट छुटकारा पाउनेछन्। तर तिमी र तिम्रा पिताकाघर नष्ट हुनेछन्। अनि कसले जान्दछ शायद यस्तो समयमा तिमीलाई राज्यको उच्च पद दिइएको छ?”
4:17b.EST.004.017 यसर्थ मोर्दकै आफ्नो बाटो लागे अनि एस्तरले तिनलाई निर्देश दिएका सबै कुरा गरे।
5
5:1b.EST.005.001 अनि तेस्रो दिनमा एस्तर आफै राजकीय वस्त्र पहिरिन् र गए राजमहलको अघि आगनँमा उभिईन्। राजा सिंहासनमाथि प्रवेशद्वार तिर फर्केर बसेका थिए।
5:2b.EST.005.002 जब राजाले रानी एस्तरलाई आँगनमा उभिरहेकी देखे राजा उनलाई देखेर खुशी भए। यसकारण राजाले आफ्नो हातमा भएको सुनौलो राजदण्ड तिनी तर्फ फैलाए अनि एस्तर नजिक आइन् अनि तिनले राजदण्डको टुप्पो छोइन्।
5:3b.EST.005.003 तब राजाले तिनलाई भने, “रानी एस्तर, तिमी कस्तो छौ? तिमी के इच्छा गर्छौ? आधा राज्यसम्म भए पनि तिमीलाई दिइनेछु।”
5:4b.EST.005.004 अनि एस्तरले भनिन्, “यदि तपाईंलाई असल लाग्छ भने मैले तपाईंको निम्ति तयार गरेको भोजमा आउनु होस् अनि हामानलाई पनि ल्याउनु होस्।”
5:5b.EST.005.005 राजाले आदेश दिए, “हामानलाई छिटो बोलाऊ जसमा कि एस्तरले भनेको कुरा हामीहरूले गर्न सकौ।” अनि राजा र हामान एस्तरले आयोजन गरेको भोजमा गए।
5:6b.EST.005.006 राजाले दाखरस पिउँदै गर्दा एस्तरलाई भने। “तिमीले के माग्ने इच्छा गर्छौ? जो केही तिमीले माग्छेऊ त्यो दिइने छ। अनि तिमी जे पनि माग्न चाहान्छ्यौ यदि यो आधा राज्य नै हो भने पनि यो तिमीलाई दिइने छ।”
5:7b.EST.005.007 अनि एस्तरले उत्तर दिइन्, “मेरो निवेदन अनि मैले खोजेको कुरा यस्तोछ।
5:8b.EST.005.008 यदि राजाले मलाई मन पराउनु हुन्छ भने यदि राजाले भोलिको मेरो निवेदनलाई इज्जत गर्न चाहनु हुन्छ र मेरो विन्ती असल लाग्छ भने राजा अनि हामान मैले दिने भोजमा आइदिनु होस् अनि भोलि राजाले भन्नु भएको प्रश्नको उत्तर दिनेछु।”
5:9b.EST.005.009 त्यस दिन हामान खुशी अनि सन्तुष्ट भएर गए। तर जब हामानले मोर्दकैलाई राजाको द्वारमा देखे अनि मोर्देकै इज्जत गर्न हामानको अघि निउरीएनन् तब हामान मोर्दकै प्रति साह्रै क्रोधित भए।
5:10b.EST.005.010 तर हामानले स्वयंलाई रोके अनि आफ्नो घरतर्फ लागे। तिनले आफ्ना साथीहरू अनि पत्नी जेरेशलाई बोलाए।
5:11b.EST.005.011 हामानले उसका धेरै छोरा-छोरीहरूसंग राजाले तिनलाई सम्मन गरेको बताए राजाले तिनलाई राजाका समस्त अधिकारीहरू अनि सेवकहरू माथिल्लो ओहोदामा राखेको धाक लगाए।
5:12b.EST.005.012 हामानले भने, “रानी एस्तरले राजाको निम्ति दिएको भोजमा मलाई बाहेक अरू कसैलाई पनि निम्तो गरिनन्। अनि भोलि पनि मलाई राजासित तिनीकहाँ जान बोलाएको छ।
5:13b.EST.005.013 तर यी सबै मेरो निम्ति ठूलो कुरा होईनन्। हरेक समय त्यो यहूदी मोर्दकैलाई राजाको द्वारमा बसेके देख्छु।”
5:14b.EST.005.014 तब तिनकी पत्नी अनि तिनका सबै मित्रहरूले तिनलाई भने एउटा 75 फीट अग्लो फाँसी बनाऊ। अनि राजालाई विहान भन, “मोर्दकैलाई त्यसमा झुण्डयाउनु होस्। त्यसपछि खुशीसित राजासंग भोजमा जानुहोस्।” त्यो विचार हामानलाई उत्तम लाग्यो अनि तिनले फाँसी बनाए।
6
6:1b.EST.006.001 त्यो रात राजालाई निन्द्रै लागेन। तिनले आफ्ना सेवकहरूलाई दफतरको लेख पुस्तक आफू कहाँ ल्याउनु भने अनि त्यो राजालाई पढेर सुनाइयो। जब बिग्ताना अनि तेरेश।
6:2b.EST.006.002 संघारका रखवालाहरू मध्ये दुइजना राज अधिकारीहरूले राजा अहासूरसको विरूद्ध कसरी षड्यन्त्र गरे त्यसबारे मोर्दकैले गरेको सबै कुराको विवरणमा राजाले सुने।
6:3b.EST.006.003 तब राजाले भने, “यसका निम्ति मोर्दकैलाई हामीले के सम्मान अनि प्रशंसा दियौं?” अनि जवान मानिसहरू जो राजाका सेवामा थिए तिनीहरूले भने, “हामीले तिनका निम्ति केहि गरेनौं। अनि राजाले भने त्यहाँ आँगनमा को छ?
6:4b.EST.006.004 अनि हामान राज महलको बाहिरी आगनँ मा आउँदै थिए, आफूले बनाएको फाँसीमा मोर्दकैलाई झुण्ड्याउनु भनी राजालाई भन्नका निम्ति।
6:5b.EST.006.005 त्यो जवान, राजाको सेवकले भने, “हामान आँगनमा उभिरहेकोछ।” अनि राजाले भने, “उसलाई यहाँ आउन देऊ।”
6:6b.EST.006.006 हामान आए। अनि राजाले तिनलाई भने, “राजाले सम्मान गर्न चाहने व्यक्तिलाई के गर्नुपर्छ?” अनि हामानले सोचे, “राजाले कसलाई म भन्दा अधिक सम्मान गर्न चाहन्छन्?”
6:7b.EST.006.007 त्यसर्थ हामानले राजालाई भने, “राजाले जसलाई सम्मान गर्न चाहनु हुन्छ, त्यस मानिसका निम्ति यसो गर्नुहोस्।
6:8b.EST.006.008 त्यस मानिस को निम्ति राजा स्वयंले लाउनु भएको राज-वस्त्र अनि एउटा घोडा जस माथि राजा चढनु भएको छ। तिनलाई दिनु होस्।
6:9b.EST.006.009 अनि उसको शिरमा एक राज-मुकुट राखिदिनुहोस्। राज-वस्त्रर र घोडालाई राजाका एक कुलीन अधिकारीको निगरारीमा राखियोस्। राजाले एक कुलीन अधिकारीको निगरारीमा राखियोस्। राजाले जसलाई सम्मान गर्न चाहनु हुन्छ त्यस मानिसलाई तिनीहरूद्वारा वस्त्र पहिराउन दिनुहोस अनि तिनीहरूद्वारा तिनलाई घोडामा चठाएर शहरको चौरमा परेड गराइयोस्। अनि तिनको अघि तिनीहरू, त्यस मानिसलाई यसै गरिने छ, जसलाई राजाले सम्मान गर्न चाहनु हुनेछ भनि कराउन्।”‘
6:10b.EST.006.010 “तब राजाले हामानलाई भने, “चाँडो, तिमीले अहिले भने झै वस्त्र अनि घोडा लेऊ राजाको द्वारमा बस्ने यहूदी मोर्दकैको निम्ति ती कुराहरू गरिदेऊ। तिमीले भनेका कुनै पनि कुरा गर्न नचुक।”
6:11b.EST.006.011 यसर्थ हामानले वस्त्र अनि घोडा तयार पारे तिनले मोर्दकैलाई वस्त्र पहिराई दिए। र तिनलाई शहरका चोक अनि सडकमा परीक्रमा गराए मोर्दकैको अघि-अघि कराए, “त्यस मानिसलाई यसै गरिनेछ जसलाई राजाले सम्मान गर्न चाहनु हुन्छ।”
6:12b.EST.006.012 त्यस पछि मोर्दकै राजाको द्वारामा फर्किए तर हामान आफ्नो घर तर्फ कुदे अनि लाजले आफ्नो शिर लुकाए।
6:13b.EST.006.013 तब हामानले आफ्नी पत्नी जेरेशलाई अनि आफ्ना साथीहरूलाई त्यहाँ भएको हरेक कुराको विवरण सुनाए। अनि उसका ज्ञानी साथीहरू र उसकी पत्नी जेरेशले उसलाई भने, “तिम्रो पतन जन्म-जात यहूदी मोर्देकै समक्ष शुरू भयो त्यसकारण तिमी उसको विरूद्ध खडा हुन सक्दैनौ साँचैनै तिमी उसको अघि पतन हुनेछौ अनि नष्ट हुनेछौ।
6:14b.EST.006.014 तिनीहरू तिनीसँग कुरा गरिरहेको बेला राजाका मानिसहरू आइपुगे। तिनीहरूले हामानलाई एस्तरले प्रदान गरेको भोजमा लगे।
7
7:1b.EST.007.001 यसकारण राजा र हामान रानी एस्तर को भोजमा गए।
7:2b.EST.007.002 दोस्रो दिनमा जब राजाले दाखरस पिउँदै थिए उनले एस्तरलाई भने, “तिमी जे पनि निवेदन गर्छौ, रानी एस्तर गर, त्यो तिमीलाई प्रदान गरिनेछ। तिमी जे चाहन्छौ, आधा राज्य पनि तिम्रो लागि दिइन्छ, भन तिम्रो विन्ती के छ?”
7:3b.EST.007.003 अनि रानी एस्तरले जवाफ दिइन्, “यदि तपाईंले मलाई मन पराउनु हुन्छ भने, मलाई मेरो जीवन दिनुहोस यो मेरो निवेदन हो।
7:4b.EST.007.004 किनभने म र मेरा मानिसहरू विनाश हुन मारिन र ध्वंश गरिन बेचिएका छौं। यदि हामी कमरा स्वरूप मात्र बेचिएको भए म शान्त हुने थिएँ। म यस्तो तुच्छतामा राजालाई झन्झट दिने थिईंन होला। म चुपचाप भए पनि हुनेथियो किनभने यस्तो अर्थ दासत्व सच्चाईले राजाले राजालाई दुखित नबनाएको भए पनि हुने थियो।”
7:5b.EST.007.005 अनि राजा अहासूरसले झर्केर रानी एस्तरलाई भने, “यो को हो अनि त्यो कहाँ बस्छ जसले यस्तो कुरा गर्ने भनि सोच्न सक्छ?”
7:6b.EST.007.006 अनि एस्तरले भनिन्, “त्यो अभिन मान्छे, हाम्रो शत्रु यो दुष्ट हामान हो।” हामान, राजा अनि रानी समक्ष भयभित भए।
7:7b.EST.007.007 अनि राजा क्रोधले उठे तिनी दाखरस छाडेर भोजबाट राजमहलको वाटीका मा गए। अनि हामान रानीसँग आफ्नो प्राणको भिक्षा माग्न उभिए, किनभने तिनले सोंचे राजाको दण्ड ठूलो हुनेछ।
7:8b.EST.007.008 तब राजा बगैंचाबाट भोजन कोठामा फर्किदै थिए अनि तिनले हामानलाई एस्तर रानी पल्टिरहेको सोफामा लडिरहेका देखे। राजाले रिसाएर भने, “म घरमा भएकै बेलामा तैंले रानीलाई आक्रमण गरिरहेछस्।” जब ती वचनहरू राजाको मुखबाट निस्किए राजाका नोकरहरूले हामानलाई बन्दी बनाए।
7:9b.EST.007.009 तब हर्बोना, राजाको समक्ष सेवा गर्ने एक जना नपुंसकले भने, “राजालाई सावधान गराउनेमानिस मोर्दकैको निम्ति हामानले बनाएको 75 फीट अग्लो फाँसी हामानको छत्मा खडा छ।” राजाले भने, “त्यसलाई त्यो फाँसीमा भुण्डयाऊ।”
7:10b.EST.007.010 यसरी तिनीहरूले हामानलाई त्यही फाँसीमा झुण्डयाए जो तिनले मोर्दकैको निम्ति बनाएका थिए। अनि राजाको क्रोध शान्त भयो।
8
8:1b.EST.008.001 त्यस समयमा राजा अहासूरसले रानी एस्तरलाई यहूदीहरूको शत्रु हामानको घर प्रदान गरे। अनि मोर्दकै राजाको समक्ष गए किनभने एस्तरले राजालाई मोर्दकैसित उसको के सम्बन्ध थियो बताएकी थिई। (सम्बन्धको अर्थ मोर्दकैले एस्तरलाई धर्म पुत्री रूपमा स्वीकार गरेको थियो।)
8:2b.EST.008.002 तब राजाले औठी फुकालेर जो तिनले हामानकोबाट फिर्ता लिएका थिए। अनि तिनले त्यो मोर्दकैलाई दिए। तब एस्तरले मोर्दकैलाई हामानको घरको जिम्मा दिइन्।
8:3b.EST.008.003 अनि एस्तरले राजाको पाउमा झुकेर रूँदै भनिन् अगागी हामानको कुआदेश हटाइदिन राजासंग अनुरोध गरिन् हामानले जो षड्यन्त्र यहूदीहरूको विरूद्ध रचेका थिए।
8:4b.EST.008.004 अनि राजाले आफ्नो राजदण्ड एस्तर तर्फ फैलाए यसर्थ एस्तर राजाको समक्ष उभिइन्।
8:5b.EST.008.005 र तिनले भनिन्, “यदि राजालाई असल लाग्छ र मलाई मन पराउनु हुन्छ भने मेरो विन्तीलाई स्वीकार गरिदिनु हुन्छ अगागी हम्मादाताको छोरा हामानद्वारा लेखिएका ती षड्यन्त्रका पत्रहरू पल्टाउनका निम्ति एक आदेश लेखियोस् ती पत्रहरू जो हामानले राजाका समस्त प्रदेशहरूमा भएका यहूदीहरूको अस्तित्व मेटाउनको निम्ति लेखेका थिए।
8:6b.EST.008.006 किनभने यदि मैले मेरा मानिसहरूले भोग्नु पर्ने त्यो यातना देख्नु पर्यो भने म कसरी सहन सक्छु! अनि यदि मैले मेरा कुलको विनाश देख्नु पर्यो भने कसरी सहनु?”
8:7b.EST.008.007 अनि राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “मैले हामानको घर एस्तरलाई दिएको छु। अनि तिनीहरूले हामानलाई फाँसीमा झुण्डयाएकाछन्। हामानले यहूदीहरूलाई मार्ने प्रयास गरेका थिए।
8:8b.EST.008.008 अब राजाको अधिकारद्वारा यहूदीहरूको सम्बन्धमा तिमीहरूलाई जे असललाग्छ, तिमीहरू त्यो लेख। त्यसपछि त्यसलाई राजाको औठी द्वारा लाल मोहर लगाई बन्द गर। अनि राजाको नाउँमा लेखेर राजाको औंठिद्वारा मोहर बन्द गरिएको आदेशलाई उल्टाउन सकिदैन।”
8:9b.EST.008.009 यसर्थ त्यति बेला तेस्रो महिमाको तेइसौं दिन, सिवानी महिनामा राजकिय लेखापालहरूलाई बोलाए अनि मोर्दकैले भारतवर्ष देखि कुरादेश सम्मका 127 प्रान्तका शासक, राज्यपाल तथा न्यायपालहरूलाई दिइएको नयाँ आदेशहरू तिनीहरूको प्रत्येक जातिको लिपि, भाषा अनि यहूदीहरूको आफ्नो भाषा र लिपिमा लेखाईयो।
8:10b.EST.008.010 अनि मोर्दकैले राजाको नाउँमा आदेश लेखे र त्यसलाई राजाबाट लाल मोहर लगाई बन्द गरे अनि घोडामा चढाएर पत्रहरू पठाइदिए यिनीहरू राजकिय घोडाहरू थिए।
8:11b.EST.008.011 राजाले हरेक शहरमा भएका यहूदीहरूका निम्ति जे अनुमति दिए मोर्दकैले त्यही लेखे। यहूदीहरूको साथ भेला हुने अनि आफ्नो जीवनको रक्षा गर्ने। जसले तिनीहरूलाई, तिनीहरूका केटा-केटीहरू अनि तिनीहरूका पत्निहरू लाई आक्रमण गर्ने कुनै पनि मानिस वा प्रदेशका कुनै पनि सैनिकलाई नष्टगर्ने, अनि नाम निशान मेटाइदिने अनुमति दिए राजाले तिनीहरूका शत्रुका सामान लुट्ने तिनीहरूलाई अनुमति दिए।
8:12b.EST.008.012 राजा अहासूरसका समस्त प्रदेशमा बाह्रौ महीनाको, अदारको महीनाको तेह्रौ यो लागु गरिनु पर्ने थियो।
8:13b.EST.008.013 हरेक प्रदेशलाई आदेशको एक एक प्रति नियमको प्रतिलिपी दिनु पर्ने थियो। मानिसहरूलाई घोषणा गर्नु पर्थ्यो।
8:14b.EST.008.014 यसर्थ, त्यसदिन यहूदीहरू आफ्ना शत्रुहरू माथि बद्ला लिनलाई तयार रहनु पर्थ्यो। राज-अश्व सवारहरू राजाको आदेश अनुसार सबै तयार थिए। व्यवस्था पनि शूशनको प्रासाद जिल्लामा प्रकाशित गरियो।
8:15b.EST.008.015 मोर्दकैले नीलो अनि सेतो वस्त्रले बनाएको राजवस्त्र, पहिरेर, एक विशाल सुनौला मुकुट र सेतो सूतीवस्त्र अनि बैजनि वस्त्र पहिरेर मोर्दकै राजाको उपस्थिबाट गए। अनि शूशन शहरका मानिस कराए र खुशी मनाए।
8:16b.EST.008.016 यहूदीहरूले त्यहाँ र्हष आनन्द र अति नै खुशी मनाएका थिए।
8:17b.EST.008.017 अनि हरेक प्रदेशमा, हरेक शहरमा, अनि हरेक स्थानमा जहाँ राजाका आदेश अनि व्यवस्था सुनिए यहूदीहरूका निम्ति आनन्द मनाए अनि एक भोजको आयोजना गरी विदा गरे। अनि त्यो भूमिका हरेक मानिसहरू यहूदी हुनथाले किनभने यहूदीहरूको डर तिनीहरूमाथि परेको थियो।
9
9:1b.EST.009.001 बाह्रौ महीना अर्थात आदरको महीनाको तेह्रौ दिनमा राजाको आदेश कार्यान्विनन् गर्ने दिन आइपुग्यो त्यसदिन तिनीहरूमाथि यहूदीका शत्रुहरूले प्रभुत्व हासिल गर्ने दिनथियो, त्यसलाई उल्टाइयो जब यहूदीहरूले आफूलाई विरोध गर्नेहरू माथि प्रभुत्व हाँसिल गरे।
9:2b.EST.009.002 राजा अहासूरसको सवै प्रान्तहरूलाई प्रहार गर्न आफ्ना शहरहरूमा भेला भए। अनि तिनीहरूलाई चोट पुर्याउनेहरूको विरूद्ध युद्ध गर्न भेला भए। कसैले तिनीहरूलाई बाधा दिएनन्। किनभने तिनीहरू सित भयभित थिए।
9:3b.EST.009.003 अनि प्रान्तहरूका समस्त अधिकारीहरू, हाकिमहरू र राज्यपालहरू अनि ती सबै जसले राजाको निम्ति काम गर्थे। यहूदीहरूलाई सहयोग गरेका थिए।
9:4b.EST.009.004 तिनीहरू मोर्दकैसित डराएका थिए। किनभने मोर्दकै राजा महलमा एक मुख्य व्यक्ति थिए, अनि समस्त प्रान्तमा तिनको प्रभाव अनुभव गरिएको थियो किनभने मोर्दकैका धेरै भन्दा धेरै शक्तिशाली मानिसहरू थिए।
9:5b.EST.009.005 तब यहूदीहरूले तिनीहरूका शत्रुलाई मारेर नष्ट गरिदिए, तिनलाई तिनीहरूको तरवारहरूले नष्ट गरे। अनि तिनीहरूको विरोध गर्नेहरूसित तिनीहरूलाई जे इच्छा लाग्छ त्यही गरे।
9:6b.EST.009.006 अनि शूशनको प्रासाद जिल्लामा यहूदीहरूले 500 मानिसहरूलाई मारे।
9:7b.EST.009.007 तिनीहरूले पर्शन्दाता, दल्पोन, अस्पाता,
9:8b.EST.009.008 पोराता अदल्या, अरीदाता,
9:10b.EST.009.010 हम्मदाताका छोरा, यहूदीहरूका शत्रु हामानका दशजना छोराहरूलाई पनि मारे। तर तिनीहरूले कुनै सर-सामान लुटेनन्।
9:11b.EST.009.011 त्यस समयमा शूशनको प्रसाद जिल्लामा मारीएका मानिसहरूको संख्या राजालाई बताइयो।
9:12b.EST.009.012 अनि राजाले रानी एस्तरलाई भने, “शूशनको प्रसाद जिल्लामा यहूदीहरूले दशजना हामानको छोराहरू लगाएत 500 जना मानिसहरूलाई मारे। राजाका अन्य प्रान्तहरूमा तिनीहरूले के गरे तिमी सुन्न चाहन्छौ? जे सुकै तिमी माग्छौ त्यो मञ्जूर गरिनेछ। अनि तिमीले अरूनै कुराहरू चाहे पनि त्यो पूरा गरिनेछ।”
9:13b.EST.009.013 अनि एस्तरले भनिन्, “यदि राजालाई असल लाग्छ भने शूशनमाबस्ने यहूदीहरूलाई आज तिनीहरूले जे गरे भोली फेरी त्यसै गर्ने अनुमति दिनुहोस् अनि हामानका दशजना छोराहरूलाई फाँसीमा झुण्डयाइयोस्।
9:14b.EST.009.014 फेरि एस्तरले भने अनुसार-राजाले त्यसै गर्ने आदेश दिनु भयो, अनि शूशनमा विधान घोषणा गरियो। तिनीहरूले हामानका दशजना छोराहरूलाई झुण्डयाइदिए।
9:15b.EST.009.015 अनि शूशनमा भएका यहूदीहरू फेरी भेला भए आदात महीनाको चौधौं दिनमा शूशनमा तिनीहरूले 300 जना मानिसहरूलाई मारे। तर तिनीहरूले कुनै लुट-पाट गरेनन्।
9:16b.EST.009.016 अनि बाँकी अन्य यहूदीहरू, जो राजाका प्रदेशहरूमा बस्थे, आफ्नो जिवनको सुरक्षा गर्न, शत्रुहरूबाट विश्राम पाउन, आफ्ना विरोधीहरू जम्मा 75,000 लाई मार्नका निम्ति एकत्रित भएका थिए। तर तिनीहरूले केही लुट-पाट गरेनन्।
9:17b.EST.009.017 यो घटना प्रदेशहरूमा अदार महीना को तेह्रौ दिनमा घट्यो अनि चौधौं दिनमा तिनीहरूले विश्राम लिए। अनि तिनीहरूले त्यस दिन भोज अनि समारोहको दिन तुल्याए।
9:18b.EST.009.018 तर यहूदीहरू जो शूशनमा थिए तिनीहरू महिनाको तेरौं अनि चौधौं दिनमा स्वयंलाई रक्षा गर्न एकत्रीत भएका थिए। त्यसपछि तिनीहरूले पन्धौं दिनमा विश्राम गरे त्यसलाई भोज अनि उत्सवको दिन तुल्याए।
9:19b.EST.009.019 यसले गर्दा बस्तीतिर शहरहरूमा बस्ने यहूदीहरूले अदार महिनाको चौधौं दिनलाई समारोह अनि भोजको र्हषित दिन तुल्याए अनि हरेकले उपहारहरूको आदान-प्रदान गरे।
9:20b.EST.009.020 अनि मोर्दकैले यी घटनाहरूको विषयमा लेखे अनि तिनले राजा अहासूरसका सबै प्रदेशहरू नजिक वा टाढा बस्ने सबै यहूदीहरूलाई पत्र पठाए।
9:21b.EST.009.021 तिनले तिनीहरूका निम्ति अदार महिनाको चौधौं अनि पन्ध्रौं दिनलाई वर्षै पिच्छे विदाको रूपमा पालन गर्ने प्रदर्श-रेखा स्थायी गर्नु भनी पत्रमा लेखे।
9:22b.EST.009.022 यी विदाहरूलाई त्यो दिन विदाको रूपमा अलग गरियो जब यहूदीहरूले आफ्ना शत्रुहरूबाट विश्रामपाए, त्यो महीना तिनीहरूको शोकबाट खुशीको समारोहमा परिवर्त्तन भयो अनि त्यो दिन तिनीहरूको रूवाई खुशीयालीको दिनमा परिर्वतनभयो। यी दिनहरूलाई भोज अनि समारोहको दिन, उपहार आदन-प्रदान गर्ने दिन, अनि गरीबहरूलाई दान गर्ने दिन तुल्यउन अलग गरियो।
9:23b.EST.009.023 यसर्थ तिनीहरूले भर्खरै शुरू गरेको विदाको दिनलाई मोर्दकैले जे गर्नु भनि तिनीहरूलाई लेखेर दिएका थिए, त्यही रूपले मनाउन यहूदीहरू सहमत भए।
9:24b.EST.009.024 अगामी हम्मादाताका छोरा, समस्त यहूदीहरूका शत्रु हामानले यहूदीहरूको अस्तित्व मेटाउने षड्यन्त्र गरेका थिए। अनि तिनले “पुरीम” अर्थात चिट्ठा पनि गरेका थिए, तिनीहरूलाई धम्किदिन र तिनीहरू को अस्तित्व मेटाऊन्।
9:25b.EST.009.025 तर जब एस्तर राजाको समक्ष गइन्। तिनले भने, “त्यो लेखिए को जस्तै तिनले यहूदीहरू प्रति योजना गरेका नराम्रो काम तिनी प्रतिनै गरियोस् अनि तिनीहरूले तिनका छोराहरूलाई फाँसीमा झुण्डयाओस्।
9:28b.EST.009.028 यो दिन प्रत्येक प्रान्त, प्रत्येक शहरभरि प्रत्येक वंश तथा पुस्ताले सम्झना गर्छन अनि मनाउँछन्। यी दुई दिन मनाउनु कहिल्यै पनि रोकिनु हुँदैन। यी दुई विशेष दिनको महत्व यहूदीहरूले आफ्ना सन्तानहरूलाई भन्न बिराउनु हुँदैन्।
9:29b.EST.009.029 तब अबीहेलकी अनि यहूदी मोर्दकैकी छोरी रानी एस्तरले पूरीमको विषयमा पूर्ण अधिकार सहित देस्रो पत्र लेखिन्।
9:30b.EST.009.030 अब मोर्दकैले सबै यहूदीहरूलाई जो राजा अहासूरसका 127 प्रान्तहरूमा बस्थे शान्ति र सुरक्षाको बधाई पत्रहरू पठाए।
9:31b.EST.009.031 मोर्दकैले ती विदाको निम्ति उचित समय तय गर्नका निम्ति पत्रहरू पठाएका थिए। जसरी यहूदी मोर्दकै अनि एस्तरले तिनीहरूमाथि गुण लगाएका थिए। जसरी तिनीहरूले तिनीहरू स्वयंमाथि र तिनीहरू का सन्तानहरू माथि उपवास बस्ने अनि खुबै विलाप गर्ने निर्देशन दिएका थिए।
9:32b.EST.009.032 अनि एस्तरको वचनले पूरीमा उत्सवको प्रदर्श-रेखा निर्धारित गर्यो अनि ती पुस्तकमा लेखिए।
10
10:1b.EST.010.001 त्यसपछि राजा अहासूरसले भुमि र समुद्र उपकुल माथि तिरो लगाए। अनि हरेक शक्तिशाली र महान कर्म राजा अहासूरसले गरे।
10:2b.EST.010.002 अनि मोर्दकैका महानकार्यको विवरण, जसलाई राजाले पदोन्नति प्रदान गरेका थिए के ती मेदिया अनि फारसका राजाहरूका इतिहासमा लेखिएका छैनन्? साँच्चै यहूदी अनि मोर्दकै राजा अहासूरसका दोस्रो राजा थिए।
10:3b.EST.010.003 तिनी प्रभावशाली अनि तिनलाई सबै यहूदीहरू खुबै मन पराएका व्यक्ति थिए। तिनी आफ्ना मानिसहरूको कल्याण चाहन्थे अनि आफ्ना सबै सन्तानहरूका निम्ति शान्तिको संन्देश प्रदान गर्न चाहन्थे।
- Holder of rights
- Multilingual Bible Corpus
- Citation Suggestion for this Object
- TextGrid Repository (2025). Nepali Collection. Esther (Nepali). Esther (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-ACED-C