Nehemiah (Nepali)

Nehemiah (Nepali)

1

1:1b.NEH.001.001 यी नहेम्याह, हकल्याहका छोराका बचन हुन्; बीसौ वर्षमा किसलेव महीनामा आर्ट-जारसेज राजा थिए। म राजधानी शहर शुशनमा थिएँ।

1:2b.NEH.001.002 अनि मेरा एकजना भाई हनानी केही अन्य मानिसहरूसहित यहूदाबाट म कहाँ आए। मैले तिनीहरूलाई बाँकिरहेका यहूदी कुलहरूका बारेमा सोधें जो काराबासबाट उम्केका थिए। अनि यरूशलेमको बारेमा मैले सोधें।

1:3b.NEH.001.003 तिनीहरूले मलाई भने, “यहूदा प्रदेशमा, देश निर्वासनबाट बाँचेकाहरू जो थिए, तिनीहरू अत्यन्त कष्ट र अपमानमा छन्। अनि यरूशलेमको पर्खाल भत्केकोछ, त्यसका द्वारहरू आगोले जलेका छन्।”

1:4b.NEH.001.004 जब मैले यी शब्दहरू सुनें म बसें र रोएँ। मैले धेरै दिन अफसोस मनाएँ अनि स्वर्गका परमेश्वरको अघि उपवास प्रार्थना गरे।

1:5b.NEH.001.005 मैले भनें, “परमप्रभु, स्वर्गका परमेश्वर, महान र भययोग्य परमेश्वर उहाँको करारमा विश्वास योग्य हुनुहुन्छ। जसले उहाँलाई प्रेम गर्छन् र उहाँका आदेशहरू पालन गर्छन्।

1:6b.NEH.001.006 तपाईंको सेवक म र तपाईंका सेवक इस्राएलका मानिसहरूले हजुरको विरोधमा गरेको पाप स्वीकार गरे रातदिन तपाईंलाई प्रार्थना गरिरहेकोछु दया गरी कान थापियोस् अनि आखाँहरू उघारियोस् म र मेरो पुर्खाहरूले पनि पाप गरेकोछौ।

1:7b.NEH.001.007 हामी इस्राएलीहरूले तपाईं प्रति दुष्ट कार्य गरेका छौ अनि हामी तपाईंका सेवक मोशालाई दिनुभएको आज्ञा पालन गरेका छैनौ।

1:8b.NEH.001.008 तपाईंले तपाईंका सेवक मोशालाई दिनुभएको आदेश याद गर्नु होस् जब तपाईंले भन्नुभयो, “यदि तिमीहरू अविश्वासनीय छौ, भने म तिमीहरूलाई राष्ट्रहरू माझ छरपष्ट पारिदिने छु।

1:9b.NEH.001.009 तर यदि तिमीहरू म कहाँ फर्की आयौ भने र तिमीहरूले सावधानी साथ मेरा आदेशहरू पालन गर्यौ भने। तब तिनीहरूका कैदी मानिसहरू पृथ्वीको जहीं कहीं भएता पनि म तिनीहरूलाई त्यहाँ भेला गर्नेछु। अनि म तिनीहरूलाई त्यो स्थानमा ल्याउनेछु जुन मैले मेरो नाउँ राख्न चुनेको छु।”

1:10b.NEH.001.010 ती मानिसहरू तपाईंका सेवक हुन् जसलाई तपाईंले आफ्ना महानशक्ति अनि सुदृढ हातद्वारा मुक्त गरिदिनु भयो।

1:11b.NEH.001.011 हे मेरा परमप्रभु तपाईंका कान तपाईंको सेवकको प्रार्थना र तपाईंका समस्त सेवकहरूको प्रार्थना सुन्न ध्यानमय रहुन् जसले तपाईंलाई सम्मान गर्न चाहन्छन्, यी मानिसहरूलाई दया देखाएर तपाईंको सेवक मलाई सफलता दिनुहोस्।” म त्यसबेला राजाको दाखरस दिने सेवक थिएँ।

2

2:1b.NEH.002.001 बीसौवर्षको नीसान महीना आर्ट-जारसेज शासनको समय जब उनको अघि दाखरस ल्याएको थियो। मैले दाखरस लिए अनि राजालाई दिएँ। आज भन्दा अघि म उहाँको उपस्थितिमा उदासी भएको थिइन्।

2:2b.NEH.002.002 यसर्थ राजाले मलाई भन्नुभयो, “तिम्रो अनुहार किन नराम्रो देखिइरहेको छ यद्यपि तिमी विरामी छैनौ? मलाई लाग्छ यो केवल हृदयको दुःख हो अरू केही पनि होइन।” तब म अत्यन्तै डराएँ। तब म अत्यन्त भयभीत भएँ।

2:3b.NEH.002.003 मैले राजालाई भने, “राजा सदैव जीवित रहुन्। मेरो अनुहार किन उदास नहुनु जब त्यो शहर जहाँ मेरो पिता-पुर्खाहरू गाढिएका थिए। त्यो भग्नावशेष मात्र छ अनि त्यसका द्वारहरू आगोले नष्ट भएकाछन्।”

2:4b.NEH.002.004 तब राजाले मलाई भन्नुभयो, “त्यो के हो जो तिमी चाहन्छौ।” तब मैले स्वर्गका परमेश्वरसित प्रार्थना गरें।

2:5b.NEH.002.005 र राजालाई भनें, “यदि राजालाई खुशी लाग्छ भने तथा यदि तपाईंको सेवकले तपाईंलाई खुशी तुल्याएको भए मलाई यहूदामा पठाइदिनु होस जहाँ मेरो पिता-पुर्खाहरू गाढिएकाछन्। जसमा म पुनःर्निर्माण गर्नसकूँ।”

2:6b.NEH.002.006 तब राजाले उनको छेउमा बसेकी रानी साथ मलाई भन्नुभयो, “तिम्रो यात्रा कति लामो हुन्छ अनि तिमी कहिले फर्कन्छौ?” यसर्थ मलाई पठाउन राजा खुशी हुनु भयो, जब मैले उनलाई कतिलामो समयको निम्ति म जान्छु भनी बताएँ।

2:7b.NEH.002.007 तब मैले राजालाई भनें, “यदि यसले राजालाई खुशी पार्छ भने यूफ्रेटिस नदी पश्चिमका राज्यपालहरूलाई सम्बोधित पत्रहरू मलाई दिइयोस्, ताकि तिनीहरूले मलाई यहूदा नपुगुञ्जेल नदी पारी सम्म जान दिनेछन्।

2:8b.NEH.002.008 अनि राजाको जङ्गलका रक्षक असापलाई दिने असापको ठेगाना भएको पत्र मलाई दिइयोस्, जसद्वारा उसले मलाई मन्दिरको किल्लाका द्वाराहरू, शहरका पर्खालहरू। अनि मेरो घर बनाउनका निम्ति काठहरू दिनेछन्। अनि राजाले मलाई मैले जे मागेको थिएँ दिनु भयो किनभने परमेश्वर म प्रति दयालू हुनुहुन्थ्यो।

2:9b.NEH.002.009 यसकारण म यूफ्रेटिस नदी पश्चिमका राज्यपाल कहाँ गएँ, अनि तिनीहरूलाई राजाका पत्रहरू दिएँ। राजाले मेरो साथ सैनिक अधिकारीहरू अनि घोडसवारहरू पठाउनु भएको थियो।

2:10b.NEH.002.010 जब होरोनीको सम्बलत अनि अम्मोनी अधिकारी तोबियाहले यस बारेमा सुने, कोही इस्राएली मानिसहरू सहायता गर्न आयो भनी त्यसले तिनीहरूलाई खूबै थिएन।

2:13b.NEH.002.013 राती म बेंसीद्वार अनि अजीङ्गरे कुवा सामन्ने भएर घुर्याने-मूल ढोका सामन्ने गएँ अनि म यरूशलेमको भत्किएको पर्खाल अनि त्यसका आगोले नष्ट पारेको ढोकाहरू जाँच गर्दै थिएँ।

2:14b.NEH.002.014 त्यस पछि म फोहोरा-मूल ढोका अनि राजाको पोखरीमा गएँ। तर म चढिरहेको पशु पार भएर जाने ठाउँ थिएन।

2:15b.NEH.002.015 यसकारण म बेंसी भएर राती गएँ, अनि मैले पर्खाल हेरिरहेको थिएँ म फर्किएर बेंसीको द्वार भित्र पसें अनि त्यही बाटो फर्के।

2:16b.NEH.002.016 अधिकारीहरूलाई थाहा भएन म कहाँ गएको थिएँ वा मैले के गर्दै थिएँ, मैले अझसम्म यहूदीहरू, महा-पूजाहारीहरू अथवा बाँकीरहेका अधिकारीहरू जो काम गरिरहेका थिए कसैलाई भनेको थिइनँ।

2:17b.NEH.002.017 तब मैले तिनीहरूलाई भने, “तिमीहरूले हामीहरूमा परेको कष्ट हेर यरूशलेम कस्तो ध्वंशावशेषमा छ अनि यसका ढोकाहरू आगोद्वारा जलेका छन्। आऊ, हामी यरूशलेमको पर्खालको पुनःनिर्माण गरौं, जसमा कि हामी अझ अपमान बेइज्जतको बस्तु रहने छैनौं।”

2:18b.NEH.002.018 मैले तिनीहरूलाई भनें, कसरी मेरो निम्ति परमेश्वर दयालू हुनभयो। अनि राजाले मलाई के भन्नु भएको थियो। तब तिनीहरूले भने, “हामी पुनःनिर्माण शुरू गरौ।” यसरी यो महान कार्यको तयारीको निम्ति तिनीहरूले स्वयंलाई उत्साहित तुल्याए।

2:19b.NEH.002.019 जब होरोनी सम्बलत, अम्मोनी अधिकारी, अधिकारी तोबियाह र अरबी गेशेमले सुने तिनीहरूले हामीलाई गिल्ला गरें र भने, “तिमीहरूले यो के गरिरहेका छौ? के का निम्ति तिमीहरू राजाको विरोध गरीरहेछौ?”

2:20b.NEH.002.020 मैले तिनीहरूलाई भनें “स्वर्गका परमेश्वरले हामीलाई सफलता प्रदान गर्नुहुनेछ। हामी उहाँका सेवकहरू पुनःर्निर्माण शुरूगर्नेछौ, तर तिमीहरूको भाग, (कानूनी) अधिकार वा सनातनी दाबी यरूशलेममाथि छैन।”

3

3:1b.NEH.003.001 एल्यासीब, प्रधान पूजाहारी अनि उनका सहयोगी पूजाहारीहरू काम गर्न गए, अनि तिनीहरूले भेडा-ढोका फेरि बनाए। तिनीहरूले यसलाई परमप्रभुप्रति समर्पण गरे अनि तिनीहरूले यसका ढोकाहरू लगाए। तिनीहरूले सयको हन्मेआ बुर्जासम्म अनि हननेलको बुर्जासम्म समर्पण गरे।

3:2b.NEH.003.002 यरीहोका मानिसहरूले पर्खालको अर्को भाग उसको छेउमा बनाए, अनि इम्रीका छोरा जक्कूरले तिनीहरू छेउको पर्खालको अर्को भाग बनाए।

3:3b.NEH.003.003 हस्सनाका छोराहरूले माछा ढोका बनाए। तिनीहरूले त्यसका बीमहरू बनाए अनि त्यसका ढोकामा चुकुलहरू अनि बारहरू लगाए।

3:4b.NEH.003.004 तिनीहरूको छेउमा अर्को हक्कोसका छोरा उरियाहका छोरा मरेमोतले पर्खालको अर्को अंशको मर्मत गरे। तिनीहरूको छेउमा अर्को मशेजेबेलका छोरा बेरेक्याहका छोरा मशुल्लामले मर्मत गरे। अनि तिनीहरूको छेउमा अर्को बानाका छोरा, सादोकले मर्मत गरे।

3:5b.NEH.003.005 तिनीहरूको छेउमा तकोका मानिसहरूले मर्मत गरे तर तिनीहरूका अग्रजहरूले राज्यपालहरूका निम्ती काम गर्न अस्वीकार गरे।

3:6b.NEH.003.006 पासेहका छोरा योयादा अनि बसोदयाहका छोरा मशुल्लमले पूरानो ढोका मर्मत गरे। तिनीहरूले यसको छप्पर मर्मत गरे ती ढोकाहरूमा चुकुल अनि बारहरू लगाए।

3:7b.NEH.003.007 तिनीहरूको छेउमा गिबोनी मलत्याह अनि मेरोनोती यादानले गिबोनका मानिसहरू अनि नदी यूफ्रटेस प्रदेश पश्चिम प्रदेशको राज्यपाल अधिकारमा मिस्पाका मानिसहरू सहित मर्मत गरे।

3:8b.NEH.003.008 उसको छेउमा सुनार हर्हयाहका छोरा उज्जीएलले, मर्मत गरे। अनि उसको छेउमा हनन्याह, एकजना अत्तर बनाउनेले मर्मत गरे। अनि तिनीहरूले यरूशलेमको चौडा पर्खालको भाग पुनःर्निर्माण गरे।

3:9b.NEH.003.009 तिनीहरूको छेउमा हूरका छोरा रपायाह यरूशलेमको आधा जिल्लाका शासकहरूले मर्मत गरे।

3:10b.NEH.003.010 तिनीहरूको छेउमा यदायाह, हरूमापका छोराले आफ्नै घरको सामुन्ने मर्मत गरे। अनि तिनको छेउमा हशबियाहको छोरा हत्तूशले मर्मत गरे।

3:11b.NEH.003.011 हारीमका छोरा मल्कियाह अनि पहात-मोआबका छोरा मश्शूबले दोस्रो अंश अनि चूल्होको बुर्जा मर्मत गरे।

3:12b.NEH.003.012 तिनको छेउमा हल्लोहेशका छोराले शल्लूम यरूशलेमको आधा जिल्लाका शासकहरूले आफ्ना छोरीहरूसित मर्मत गरे।

3:13b.NEH.003.013 हानून अनि जानोहमा बस्ने मानिसहरूले बेंसीको-ढोका मर्मत गरे। तिनीहरूले त्यसलाई फेरि बनाए अनि त्यसका ढोकाहरूमा चुकुल र बारहरू बनाए। तिनीहरूले घुर्याने-मूल-ढोका सम्म 500 गज पर्खाल मर्मत गरे।

3:14b.NEH.003.014 रेकाबका छोरा मल्कियाह बेत हक्केरेम जिल्लाका शासकहरूले घुर्याने-मूलढोका मर्मत गरे। तिनले यसको पुनःर्निर्माणगरे अनि त्यसका ढोकाहरूमा चुकुल र बारहरू लगाए।

3:15b.NEH.003.015 कोल-होजेका छोरा शल्लूम, मिस्पा जिल्लाका शासकहरूले फोहोरा मूल-ढोका मर्मत गरे। तिनले यसको पुनःर्निर्माणअनि छप्पर लगाए अनि त्यसका ढोकाहरूको, चुकुलहरू अनि बारहरू लगाए। तिनले राजाको बगैंचा छेऊ शेलाहको तलाउ पर्खाल पनि दाऊद शहर देखि तलतिर गएको खुड्किलाहरू सम्म मर्मत गरे।

3:16b.NEH.003.016 तिनको पछि नहेम्याह अज्जबूका छोरा, बेत-सूरको आधा जिल्लाका शासकहरूले दाऊदको चिहान देखि पारीको स्थान कृत्तिम तलाउ अनि योद्धाहरूको छाउनीसम्म मर्मत गरे।

3:17b.NEH.003.017 तिनको पछि लेवीहरूले मर्मत गरे। बानीका छोरा रहूमले अनि तिनको छेउमा हशाबियाह कोलाका आधा जिल्लाका शासकहरूले उसको जिल्लाको निम्ति मर्मत गरे।

3:18b.NEH.003.018 तिनको पछि तिनीहरूका भाइहरूले मर्मत गरे। हेनादादका छोरा बिन्नुईले, कोलाका आधा जिल्लाका शासकले।

3:19b.NEH.003.019 अनि तिनको छेउमा येशूअका छोरा एजेर मिस्पाका शासकहरूले शस्त्रगार चढने ठाँउ पारी अर्को अंश देखि कोण ढिस्कासम्म मर्मत गरे।

3:20b.NEH.003.020 तिनको छेउमा जब्बैका छोरा बारूकले कठिन परिश्रम गरे अनि प्रधान पूजाहारी एल्यासीबको मन्दिरको ढोकासम्म मर्मत गरे।

3:21b.NEH.003.021 तिनको पछि हक्कोसका छोरा उरियाहका छोरा मेरेमोतले एल्यासीबको मन्दिरको ढोका देखि एल्यासीबको मन्दिरको अखदिरीसम्म मर्मत गरे।

3:22b.NEH.003.022 तिनको पछि वरिपरिका क्षेत्रका बस्ने पूजाहारीहरूले मर्मत गरे।

3:23b.NEH.003.023 तिनीहरू पछि बिन्यामीन अनि हश्शूबले मन्दिर देखि पारी मर्मत गरे। तिनीहरू पछि हननियाहका छोरा, मासेयाहका छोरा अजर्याहले आफ्नो मन्दिरको छेउमा मर्मत गरे।

3:24b.NEH.003.024 तिनको छेउमा हेनादानका छोरा बिन्नूईले अजर्याहको मन्दिर देखि दिस्कना अनि कुनासम्म अर्को अंश मर्मत गरे।

3:25b.NEH.003.025 तिनको छेउमा उज्जैका छोरा पालालले बाङ्गीएको एउटा ठाउँ देखि लिएर राजाको घर देखि निस्कीएको बुर्जा जोडीएको ठाउँसम्म निर्माण गरे यो रक्षकहरूको माथिल्लो बुर्जा थियो। त्यसको छेउमा परोशका छोर पदायाले मर्मत गरे।

3:26b.NEH.003.026 अनि मन्दिरका सेवकहरू जो ओपेलमाथि बस्थे तिनीहरूले पूर्वपट्टिको पानीद्वारा अनि बाहिर निस्केको बुर्जासम्म मर्मत गरे।

3:27b.NEH.003.027 उनी पछि तेकोईका मानिसहरूले बाहिर निस्केको ठूलो बुर्जादेखि लिएर ओपेलको पर्खालसम्म मर्मत गरे।

3:28b.NEH.003.028 पूजाहारीहरूले अश्व-मल-ढोका माथि प्रत्येकले आफ्नो घरको सामुन्ने मर्मत गरे।

3:29b.NEH.003.029 तिनीहरूको छेउमा हम्मेरका छोरा सादोकले आफ्नो घरको सामुन्ने मर्मत गरे। तिनीहरूको पछि शकन्याहको छोरा शमायाहले मर्मत गरे जसले पूर्व द्वारको रक्षा गर्थे तिनले मर्मत गरे।

3:30b.NEH.003.030 तिनीको पछि शेलेम्याहका छोरा हनन्याह र सालाबका जन्तरे छोरा हानन्याहले अर्को अंश मर्मत गरे। तिनको पछि बेरेकियाका छोरा मशुल्लमले उसको घरको सामुन्ने मर्मत गरे।

3:31b.NEH.003.031 तिनको पछि मल्किया, सुनारले मन्दिरको सेवकहरू अनि व्यपारीका घरहरूसम्म माथिल्लो कोठाको कुनासम्म मर्मत गरे।

3:32b.NEH.003.032 अनि कुनाको माथिल्लो कोठा र भेंडा-ढोकाको माझ सुनार र व्यापारीहरूले मर्मत गरे।

4

4:1b.NEH.004.001 हामीहरूले पर्खाल निर्माण गरिरहेका जब सम्बलतले सुने, अनि तिनी अत्यन्तै क्रोधित भए। तिनी यहूदीहरू प्रति हाँसे।

4:2b.NEH.004.002 अनि तिनका बन्धुहरू अनि सामरियाका सेनाहरू समक्ष तिनले भने, “ती कमजोर यहूदीहरू के गरिरहेछन्? के तिनीहरूले त्यो पर्खालेको पूर्ननिर्माण गर्न सक्छन्?” के तिनीहरूले बलिदान गर्नेछन्? के तिनीहरूले एकदिनमा शेष गर्नेछन्? के तिनीहरूले रद्दीको राशका ढुङ्गहरूलाई जलिसकेको भएता पनि जिउँदो तुल्याउन सक्छन्?”

4:3b.NEH.004.003 अम्मोनी तोबियाह उनको छेउमा थिए, अनि भने, “तिमीहरू के बनाउँदैछौ, त्यसमाथि एउटा फ्याउरो पनि चढ्‌यो भने तिमीहरूले बनाएको ढुङ्गाको पर्खाल टुक्रा-टुक्रा भई भत्कनेंछ।”

4:4b.NEH.004.004 मैले भनें, “हाम्रा परमेश्वर! हामीलाई सुन्नु हुन्छ किनभने हामी तुच्छ भएका छौं। तिनीहरूको गिल्लाले तिनीहरू आफैंले कष्ट भोगुन्। तिनीहरूलाई बन्दी बनाउनु अनि लुटाउन सुम्पिदिनुहोस्।

4:5b.NEH.004.005 तिनीहरूको दोष नढाकि दिनुहोस् अनि तिनीहरूको पाप तपाईंको दृष्टिदेखि मेटिन नदिनुहोस्। किनभने तिनीहरूले निर्माण कर्त्ताहरूलाई अपमान गरेका छन्।”

4:6b.NEH.004.006 यसरी हामीले पर्खाल निर्माण गर्यौ र आधा उचाइँसम्म सम्पूर्ण पर्खाललाई जोडिदियौं। मानिसहरू काम गर्न उत्सुक थिए।

4:7b.NEH.004.007 जब सम्बलत, तोबियाह, अरबीहरू अम्मोनीहरू अनि अश्दोदीका मानिसहरूले यरूशलेमका पर्खालहरूको मर्मत कार्य अघि बढिरहेछ अनि भत्किरहेका अंशहरूलाई मर्मत गरिरहेका छन्, भनी सुने तिनीहरू अत्यन्त क्रोधित भए।

4:8b.NEH.004.008 यसकारण तिनीहरू सबै साथै आएर यरूशलेमको विरूद्ध लडने अनि यसलाई खलबल गर्ने योजना बनाए।

4:9b.NEH.004.009 तर हामिले हाम्रो परमेश्वर सित प्रार्थना गर्यौं अनि हामीले तिनीहरूका कारणले पर्खालको रक्षका निम्ती दिन-रात रक्षकहरू नियुक्त गर्यौं।

4:10b.NEH.004.010 तर यहूदाका मानिसहरूले भने, “कर्मीहरू थकित हुँदैछन्। त्यहाँ अत्यन्त धेरै मैला कुचिलाहरू छन्। हामी आफैले मात्र पर्खालको पुनःर्निर्माणगर्न कहिले पनि सक्ने छैनौ।

4:11b.NEH.004.011 अनि हाम्रा शत्रुहरूले भने, ‘तिनीहरूले यहूदीहरू हामीहरू तिनीहरूको माझ आएर तिनीहरूलाई मारेर काम नरोकेसम्म केही पनि जान्ने अनि देख्ने छैनन्।”

4:12b.NEH.004.012 “जब यहूदी जो हाम्रो शत्रुहरूको बीचमा बस्थे आए तिनीहरूले दोहोर्याई-दोहोर्याई भने, ‘हाम्रो शत्रुहरूले हामीहरूलाई चारैतिरबाट आक्रमण गर्नेछन्।”‘

4:13b.NEH.004.013 तब मैले मानिसहरूलाई पर्खालको पछि सब भन्दा तल्लो खुल्ला ठाउँमा राखें र तल्लो खुल्ला भूमिहरूमा पठाए। मैले मानिसहरूलाई तिनीहरूको परिवार अनुसार तरवार, भाला अनि धनुहरूसित तैनाथ गराएँ।

4:14b.NEH.004.014 सबै कुरा हेरें पछि मैले तुरन्तै मुख्य अधिकारीहरू र अन्य मानिसहरूलाई भने, “तिनीहरूसित भयभीत न होऊ। हाम्रा मालिक महान अनि शक्तिशाली एकलाई सम्मु आफ्ना भाईहरू आफ्ना छोरा-छोरीहरू अनि, आफ्ना पत्नीहरू र घरका निम्ती लडाई गर।”

4:15b.NEH.004.015 जब हाम्रा शत्रुहरूले तिनीहरूका सबै योजनाहरू हामीलाई थाहा भएको छ भनी सुने, अनि परमेश्वरले तिनीहरूको योजना ध्वंश पारीदिनु भयो। हामीसबै आ-आफ्ना काम गर्न पर्खाल तिर आयौं।

4:16b.NEH.004.016 त्यस दिन देखि मेरा आधा सेवकहरू पर्खालको काममा जुटे अनि आधाले ढाल, भाला, धनु अनि देह-कवच धारण गरे। अनि अगुवाहरू यहूदाका समस्त मानिसहरूको पछि उभिए।

4:17b.NEH.004.017 भारी बोक्नेहरूले एकहातले भार थामी अर्कोहातले हतियार समाती काम गरे।

4:18b.NEH.004.018 प्रत्येक निर्माणकर्त्ताहरूले निर्माण गर्दै गर्दा आफ्नो तरवार एक छेउमा बाँधेका थिए। अनी जसले तुरही फुक्थ्यो मेरो छेउमा थियो।

4:19b.NEH.004.019 मैले मुख्य मानिसहरू, अधिकारीहरू अनि अन्य मानिसहरूलाई भने, “काम अत्यन्त ठूलो भएकोछ अनि हामी पर्खालमा एक अर्कादेखि फराकिलो रूपमा छुट्टिएका छौं।

4:20b.NEH.004.020 जब तिमीहरूले तुरहीको आवाज सुन्छौ हामीसँग त्यहाँ भेला होऊ। हाम्रा परमेश्वर हाम्रो निम्ति लडिदिनु हुनेछ।”

4:21b.NEH.004.021 यसरी बिहानको पहिलो किरण फैलिए देखि राती तारा ननिस्केसम्म आधा मानिसहरूले भाला समातेर हामीले लगातार काम गरि रह्यौ।

4:22b.NEH.004.022 त्यस समयमा मैले मानिसलाई यो पनि भनें, “हरेक मानिसहरू अनि उनीहरूको सेबकहरूले यरूशलेम मानै रात बिताओस् जसमा कि तिनीहरू हाम्रा निम्ती रातका रक्षक अनि दिनका कर्मी हुन सक्छन्। यसरी न त मैले, न मेरा साथी सङ्गीहरूले न मेरा सेवकहरूले न त मेरो अनुसरण गर्ने रक्षक मानिसहरूले कहिले हाम्रा बस्त्रहरू खोल्यौं।”

4:23b.NEH.004.023 हरेकले आफ्ना दाहिनेहातमा आफ्ना हतियार राखे।

5

5:1b.NEH.005.001 अहिले साधारण मानिस अनि तिनीहरूका पत्नीहरूले आफ्ना सहदर यहूदीहरूको विरूद्धमा विरोध जनाउन थाले।

5:2b.NEH.005.002 कोही भन्दै थिए, “हामी आफ्ना छोरा अनि छोरीहरूसित धेरै छौ। यसर्थ हामीलाई केही अन्न दिनु होस् जसद्वारा हामी खाएर जीवित रहन सकौं।”

5:3b.NEH.005.003 अरूहरू भन्दै थिए, “हामी हाम्रा खेतहगरु, दाखबारीहरू अनि हाम्रा घरहरू बन्दक राख्दैछौ जसमा कि अनिकालको समयमा हामीले अन्न पाउन सकौं।”

5:4b.NEH.005.004 अझ अरूहरू भन्दै थिए, “हामीले हाम्रा खेतहरू अनि दाख बारीहरूमाथि, राजाको तिरो तिर्नका निम्ति ऋणलिनु परेकोछ।

5:5b.NEH.005.005 अनि अहिले जस्तो हाम्रो देशका मानिसहरूमा रगत मासु छ। हाम्रो पनि त्यस्तै हो। हाम्रा छोराहरू तिनीहरूका जस्तै छन् अनि हेर हामी हाम्रा छोरा-छोरीहरूलाई कमारा-कमारी दिन वाध्य भएका छौं अनि हाम्रा छोरीहरूलाई कमारी बनाई सकिएको छ। हामी तिनीहरूको मुक्तिको लागि केही गर्न सक्तैनौ कारण हाम्रो खेती र अङ्गुर बगान अहिले अर्काको भएकोछ।”

5:6b.NEH.005.006 जब मैले तिनीहरूको उजूर अनि यी वचनहरू सुनें म अत्यन्त क्रोधित भएँ

5:7b.NEH.005.007 मैले त्यस विषयमा सोचें मैले मुख्य मानिसहरू अनि अधिकारीहरूलाई दोष दिंएँ र तिनीहरूलाई भने, “तिमीहरूले तिमीहरूका आफ्नै मानिसहरूबाट ब्याज एकत्रित गरिरहेका छौ।” तब मैले तिनीहरूसित एउटा ठूलो जमघट परिमाण गर्न बोलाए।

5:8b.NEH.005.008 मैले तिनीहरूलाई भनें, ‘हामीले सकेसम्म हाम्रा यहूदी दाज्यू-भाइहरू जो अन्य जातिहरूकहाँ दास झैं बेचिएका थिए फर्काएर ल्याका छौं। तर अहिले तिमीहरूले तिमीहरूका दाज्यू-भाइहरूलाई दासहरू जस्तै बेचिएका छौं। फेरि स्वतन्त्र बनाउन तिनीहरूलाई हामीले किन्नु पर्छ। तिनीहरूले जावाफ दिन एउटा शब्द पनि पाएनन्।

5:9b.NEH.005.009 तब मैले भनें, “तिमीहरूले जे गरिरहेछौ। त्यो राम्रो छैन। तिनीहरू हाम्रा शत्रु राष्ट्रहरूको नजरबाट बाँच्नका निम्ती हाम्रा परमेश्वरप्रति सम्मानपूर्वक बाँच्नु पर्छ।

5:10b.NEH.005.010 म मेरो दाज्यू-भाइहरू अनि मेरो सेवकहरूले तिनीहरूलाई पैसा बाँकी दियौं। हामीले ऋणको ब्याज लिन छाड्यौं।

5:11b.NEH.005.011 तिनीहरूका खेत र दाखबारी, तिनीहरूका भद्राक्षबारी अनि तिनीहरूका घरहरू आजनै तिनीहरूलाई फिर्ता गर। अनि धनको मासिक ब्याज, अन्न, दाखरस अनि तेल जो तिमीहरूले तिनीहरूबाट लियौ फर्काइदेऊ।”

5:12b.NEH.005.012 तब तिनीहरूले भने, “हामी सबै कुरा फिर्ता दिने छौं। अनि हामी तिनीहरूबाट केही माग्ने छैनौं। हामी तपाईंले भन्नु भएजस्तै गर्ने छौं।” यसकारण मैले पूजाहारीहरूलाई बोलाएँ, अनि तिनीहरूले अहिले भने अनुसार गर्नु पर्छ, भनी मैले तिनीहरूलाई शपथ दिलाएँ।

5:13b.NEH.005.013 मैले मेरो खाष्टोको छेउ टक्टकाएँ र भने, “परमेश्वरले यसरीनै, यो शपथपालन नगर्नेहरू हरेकलाई घर अनि सम्पत्तिबाट टक्टकाएर निकाली दिऊन्। यसरी व्यक्तिलाई टक्टक्याइयोस् र रित्तो तुल्याइयोस्।” त्यस पछि सम्पूर्ण समूहले भने, “आमीन!” अनि तिनीहरूले परमप्रभुको स्तुति गरे।

5:14b.NEH.005.014 अनि मानिसहरूले शपथलिए जस्तै गरे। अझ यहूदा देशको प्रशासक नियुक्त भएको दिन देखि राजा अर्ट-जारसेजको शासनकालको बिशौं वर्ष देखि बत्तीशौं वर्ष, (बाह्र वर्ष) सम्म मैले अनि मेरा नजिकका आफन्तहरूले प्रशासकको भोजन भोग गरेनौं।

5:15b.NEH.005.015 पहिलेका राज्यपाल जो मेरो अघि थिए, मानिसहरू माथि गह्रौ बोझ लदाएको थिए। अनि आधा किलोग्राम चाँदीसित तिनीहरूबाट खाद्य अनि दाखरस पनि लिएका थिए। तिनीहरूका सेवकहरू अघिका मानिसहरू माथि कठोर शासन गरेका थिए। तर मैले यस्ता कुराहरू गरिन किन भने म परमेश्वरसित डराउँथे।

5:16b.NEH.005.016 त्यसको सट्टा म स्वयंले पर्खाल निर्माण गर्न लगाएँ अनि हामीहरूले कुनै भूमि प्राप्त गरेनौं। मेरा समस्त मानिस र सेवकहरू काम गर्नका निम्ती त्यहाँ भेला भएका थिए।

5:17b.NEH.005.017 मेरो टेबलमा हाम्रा वरिपरिका राष्ट्रहरूबाट आएका मानिसहरू सहित एक सय पचासजना यहूदी अधिकारीहरू थिए।

5:18b.NEH.005.018 प्रत्येक दिन एउटा गोरू छःवटा चुनिएका भेंडाहरू अनि केही पंक्षिहरू मेरो खर्चमा तयार गरिन्थ्यो। अनि प्रत्येक दश दिनमा धेरै मात्रमा सबै किसिमका दाखरसको प्रबन्ध गरिन्थ्यो, तर यी सबै भएता पनि मैले प्रशासकको खाद्य खोजिन किनकि यी मानिसहरूमाथी कामको भारै भार थियो।

5:19b.NEH.005.019 हे मेरा परमेश्वर मेरो भलाईको निम्ति यी मानिसहरूका निम्ती मैले गरेका सबै याद गरी दिनुहोस्।

6

6:1b.NEH.006.001 जब यी कुरा सम्बलत, तोबियाह, अरबी गेशेम अनि हाम्रा अन्य शत्रुहरूलाई भनियो कि मैले पर्खाल पुनःर्निर्माण गरे। अनि त्यहाँ कुनै खाली छाडिएन यद्यपि त्यससमय मैले ढोका फाटकहरूमा ढोकाहरू लगाएको थिएन।

6:2b.NEH.006.002 सम्बलत अनि गेशेमले यो खबर म कहाँ पठायो, “आऊ अनि हामी किपहीराम ओनो भेट गरौ।” तर तिनीहरूले मलाई हानि गर्ने योजना गरिरहेका थिए।

6:3b.NEH.006.003 यसकारण मैले तिनीहरूकहाँ सन्देशवाहकहरू पठाएँ जसले भने, “मैले एउटा मुख्य काम गरिरहेछु। यसर्थ म तिमीहरूकहाँ आउन सक्तिन। काम रोकेर म किन तिमीहरूकहाँ आउँनु?”

6:4b.NEH.006.004 तिनीहरूले त्यही सन्देश मलाई चारपल्ट पठाए, अनि मैले तिनीहरूलाई त्यही प्रकारले उत्तर दिएँ।

6:5b.NEH.006.005 तब सम्बलतले त्यही प्रकारले उनको सेवकलाई म भएकहाँ पाँचौ पल्ट यस्तै प्रकारले उसको हातमा एउटा खुल्ला पत्र पठाए।

6:6b.NEH.006.006 त्यसमा यो लेखिएको थियो, “राष्ट्रहरूमाझ यो भनिएकोछ अनि गेशेमले पनि त्यो सत्य हो भन्छ कि तिमीले अनि यहूदीहरूले विद्रोह गर्ने योजना गरिरहेछौ, यसैकारणले गर्दा तिमीले पर्खाल निर्माण गरिरहेछौ। अनि यी भनाई अनुसार तिमी नयाँ राजा हुन लागेकाछौ।

6:7b.NEH.006.007 तिमीले अगमवक्ताहरू नियुक्त गरेका छौ, यरूशलेममा तिम्रो सम्बन्धमा घोषणा गर्नका निम्तीः ‘यहूदामा एक राजा छन्!’ “अब यी शब्दहरू राजालाई भनिनेछ, यसर्थ अब हामीसित आऊ। भेटगरौं।”

6:8b.NEH.006.008 मैले यो सन्देश तिनीलाई पठाएँ, “तिमीले भनेका यस्ताकुरा कहिले भएको छैन। किनभने तिमीले आफ्नो हृदयमा यी कुराहरू उत्पन्न गरिरहेछौ।”

6:9b.NEH.006.009 किनभने तिनीहरू आफ्ना काम गरिरहन हतोत्साहित हुनेछन्, “अनि काम समाप्त हुने छैन। भन्ने सोंचेर तिनीहरूले हामीलाई भयभीत तुल्याउने कोशिश गर्दैछौ।” तर अब “हे परमेश्वर मलाई सुदृढ तुल्याउनुहोस्।”

6:10b.NEH.006.010 एकदिन म शमायाह दलायाहका छोरा मेहेतबेलका नातिको घरमा गएँ। अनि तिनी आफ्ना घर छाड्न समर्थन थिएनन्। तिनले भने, “हामी परमेश्वरको मन्दिर भित्र भेट गरौं हामी मन्दिरको ढोकाहरू बन्द गरौं, किनभने तिनीहरू तिमीलाई मार्न राती आउँदैछन्।”

6:11b.NEH.006.011 तर मैले भने, “के म जस्तो मानिस भाग्नु? तिमीलाई त्यो थाहा छ म जस्तो एउटा साधारण मानिस मृत्युमा नलगिए सम्म मन्दिर भित्र जान सक्दैन। म जाने छैन्।”

6:12b.NEH.006.012 मैले बुझें कि परमेश्वरले तिनलाई यहाँ पठाउनु भएको होइन तर तिनले यो अगमवाणी मेरो विरूद्ध भनेका हुन् किन भने सम्बलत अनि तोबियाहले उसलाई घूस दिएका रहेछन्।

6:13b.NEH.006.013 उसलाई यसकारण घूस थिइरहेकोछ कि म भयभीत होस् अनि उसले दिएको सुझाव अनुसार काम गरोस् र पाप गरोस्। तब मलाई अपमान गर्नका निम्ति तिनीहरूसित मेरो नराम्रो नाउँ हुनेछ।

6:14b.NEH.006.014 हे परमेश्वर तिनीहरूले जे गरे, त्यसका निम्ती सम्बलत, तोबियाहलाई अनि नोअदियाह अगमवक्ता अनि अन्य अगमवक्ताहरू जसले मलाई भयभीत तुल्याउने कोशिश गरिरहेका थिए तिनीहरुलाई दण्ड दिनुहोस्।

6:15b.NEH.006.015 यसरी एलूल महिनाको 25औं दिनमा निमार्ण पूरा भयो। सो बनाउँन 52दिन लाग्यो।

6:16b.NEH.006.016 जब हाम्रा सबै शत्रुहरूले सुने अनि हाम्रा वरिपरिका सबै राष्ट्रहरूले देखे तिनीहरूले आफ्ना आत्मा विश्वास गुमाए। यो कार्य हाम्रा परमेश्वरले गर्नु भएको हो भनी तिनीहरूले बुझें।

6:17b.NEH.006.017 ती दिनहरूमा यहूदाका मुख्य मानिसहरूले तोबियाहलाई धेरै पत्रहरू पठाइरहेका थिए, अनि तोबियाहका पत्रहरू तिनीहरूकहाँ आइरहेका थिए।

6:18b.NEH.006.018 किनकि यहूदामा धेरैजनाले तिनीप्रति स्वामिभक्त हुने प्रतिज्ञा गरेका थिए। किन भने तिनी आरहका छोरा शकन्याहका जुवाइँ थिए, अनि तिनका छोरा यहोहानानले, बेरेक्याहका छोरा मशुल्लमकी छोरीलाई विवाह गरेका थिए।

6:19b.NEH.006.019 तिनीहरूले उसको असल कार्यको प्रतिवेदन पनि तिनी समक्ष दिइरहेका थिए। अनि तिनीहरूले भनिरहेका थिए, मैले के गरिरहेको थिएँ। तोबियाहले मलाई भयभीत तुल्याउन पत्रहरू पठाए।

7

7:1b.NEH.007.001 जब पर्खालको पुनःर्निर्माण भयो, अनि मैले ठीक ठाउँमा ढोकाहरू लगाएँ, द्वारपाल, गवैया अनि लेवीहरूलाई पूजाहरी नियुक्त गरे।

7:2b.NEH.007.002 तब मैले मेरो भाइ हनानीलाई किल्लाको सेना नायक हनन्याह सहित यरूशलेमको जिम्मा दिएँ किनभने हनानी एक इमान्दार थिए अनि तिनले परमेश्वरलाई अन्य धेरै मानिसहरूले भन्दा अधिक सम्मान गर्थे।

7:3b.NEH.007.003 मैले तिनीहरूलाई भने, “यरूशलेमको द्वारहरू घाम पूर्णरूपले उदय नहुञ्जेल खोल्नु हुँदैन, अनि घाम अस्ताउनु भन्दा अघि बन्द गर्नु पर्छ। यरूशलेमका बासिन्दाहरूलाई रक्षा गर्न कसैलाई तिनीहरूको खामातिर अनि कसैलाई आफ्नै घरको रक्षा गर्न नियुक्त गर।” फर्केर आएका कैदिहरूको सूची

7:4b.NEH.007.004 यरूशलेम फराकिलो अनि ठूलो थियो, तर त्यस मित्र मानिसहरू कम थिए, अनि पुनःर्निर्माणघरहरू प्रशस्त थिएनन्।

7:5b.NEH.007.005 यसकारण परमेश्वरले मलाई मुख्य मानिसहरू, अधिकारीहरू अनि साधारण मानिसहरूलाई कुल अनुसार नाउँ लेख्नु भनि प्रेरणा दिनु भयो। मैले कैदबाट फर्की आउने कुलहरूको विवरण पुस्तक पाँए। मैले त्यसमा यो लेखेको पाएँ।

7:6b.NEH.007.006 यी मानिसहरू त्यो प्रदेशका मानिसहरू हुन् जो कैदीबाट आएका हुन, जसलाई बाबेलका राजा नबूकदनेसरले कैद गरेर लगेका थिए। (तिनीहरू हरेक आ-आफ्ना शहर यरूशलेम अनि यहूदामा फर्के।)

7:7b.NEH.007.007 तिनीहरू यरूबाबेल, येशूअ, नहेम्याह, अजर्याह, राम्याह, नहमानी, मोर्दकै, बिल्शान, मिसपेरेत, बिग्बै, नहूम अनि बानाका साथ आए। इस्राएलका मानिसहरूको सूचीः

7:8b.NEH.007.008 परोशका कुलहरू 2,172

7:9b.NEH.007.009 शपत्याहका कुलहरू 372

7:10b.NEH.007.010 आरहका कुलहरू 652

7:11b.NEH.007.011 पहात-मोआबका कुलहरू अर्थाथ येशूअ अनि योआबका कुलहरू 2,818

7:12b.NEH.007.012 एलामका कुलहरू 1,254

7:13b.NEH.007.013 जत्तूका कुलहरू 845

7:14b.NEH.007.014 जक्कैका कुलहरू 760

7:15b.NEH.007.015 बिन्नूईका कुलहरू 648

7:16b.NEH.007.016 बेबैका कुलहरू 628

7:17b.NEH.007.017 अज्गादका कुलहरू 2,322

7:18b.NEH.007.018 अबोनीकामका कुलहरू 667

7:19b.NEH.007.019 बिग्बैका कुलहरू 2,067

7:20b.NEH.007.020 अदीनका कुलहरू 655

7:21b.NEH.007.021 आतेरका अर्थात हिज्याहका कुलहरू 98

7:22b.NEH.007.022 हशूमका कुलहरू 328

7:23b.NEH.007.023 बेसैका कुलहरू 324

7:24b.NEH.007.024 हारीमका कुलहरू 112

7:25b.NEH.007.025 गिबोनका कुलहरू 95

7:26b.NEH.007.026 बेतलेहेम अनि नेतोपात शहरहरूका मानिसहरू 188

7:27b.NEH.007.027 अनातोत शहरका मानिसहरू 128

7:28b.NEH.007.028 अज्मावेत शहरका मानिसहरू 42

7:29b.NEH.007.029 किर्यात्यारीम, कापीरा अनि बेरोत शहरहरूका मानिसहरू 743

7:30b.NEH.007.030 रामा अनि नेबा शहरहरूका मानिसहरू 621

7:31b.NEH.007.031 मिक्मास शहरका मानिसहरू 122

7:32b.NEH.007.032 बेतेल अनि ऐ शहरहरूका मानिसहरू 123

7:33b.NEH.007.033 अर्को नेबो शहरको मानिसहरू 52

7:34b.NEH.007.034 अर्को एलाम शहरको मानिसहरू 1,254

7:35b.NEH.007.035 हारीम शहरका मानिसहरू 320

7:36b.NEH.007.036 यरीहो शहरका मानिसहरू 345

7:37b.NEH.007.037 लोद, हादीद अनि ओनो शहरहरूका मानिसहरू 721

7:38b.NEH.007.038 सना शहरका मानिसहरू 3,930

7:39b.NEH.007.039 पूजाहारीहरूः यदायाहका कुलहरू अर्थात 973

7:40b.NEH.007.040 इम्मेरका कुलहरू 1,052

7:41b.NEH.007.041 पशहूरका कुलहरू 1,247

7:42b.NEH.007.042 आरीमका कुलहरू 1,017

7:43b.NEH.007.043 लेवीहरूः येशूअका कुलहरू अर्थात होदबाका परिवारका कदूमीएलका कुल 74

7:44b.NEH.007.044 गवैयाहरूः आसापका कुलहरू 148

7:45b.NEH.007.045 द्वारपालहरूः शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता अनि शेबैका कुलहरू 138

7:46b.NEH.007.046 मन्दिरका सेवकहरूः सीहा, हसूपा, तब्बाओत।

7:47b.NEH.007.047 केरोस, सीआ, पादोन।

7:48b.NEH.007.048 लबान, हगाबा, सल्मै।

7:49b.NEH.007.049 हानान, गिदूदेलका, गहर।

7:50b.NEH.007.050 रायाह, रसीन, नेकादा।

7:51b.NEH.007.051 गज्जाम, उज्जा, पसेह।

7:52b.NEH.007.052 बेसै, मुनीम, नापीश।

7:53b.NEH.007.053 बक्बुक, हकूपा, हर्हूर।

7:54b.NEH.007.054 बस्लीत, महीदा हर्शा।

7:55b.NEH.007.055 बर्कोस, सीसरा, तेमह।

7:56b.NEH.007.056 नसीह, अनि हतीम। यिनीहरू सबै मन्दिरका सेवकहरू हुन।

7:57b.NEH.007.057 सुलेमानका सेवकहरूका कुलहरूः सोतैइ, सोपेरेत, परीदा

7:58b.NEH.007.058 याला, दर्कोन, गिददेल।

7:59b.NEH.007.059 शपत्याह, हत्तीलका, पोकेरेत, हसेबायीम अनि आमोन।

7:60b.NEH.007.060 शबै मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूका कुलहरू 392

7:61b.NEH.007.061 मानिसहरू यरूशलेममा तेल-मेलेह, तेल-हर्शा, हरूब, अदूदोन अनि इम्मेरबाट आएका थिए। तर आफ्ना कुलहरू इस्राएलका थिए भनी प्रमाण गर्न तिनीहरू सामर्थ भएनन्।

7:62b.NEH.007.062 दलायह, तोबियाह अनि नकोदाका कुलहरू 642

7:63b.NEH.007.063 पूजाहारीहरूमा होबायाह, हक्कोस अनि र्बजिलैका सन्तानहरू थिए। मानिसहरू जसले गिलादबाटका र्बजिलैकी छोरीहरूलाई विवाह गरे, जसलाई उसको नाउँ द्वारा बोलायो।

7:64b.NEH.007.064 तिनीहरूले आफ्नो कुलहरूका विवरण अधिकारिय सूचीमा खोजे तर पाएनन्, पूजाहारीहरूबाट तिनीहरू निम्ति अशुद्ध ठहरीए।

7:65b.NEH.007.065 प्रशासकले तिनीहरूलाई भने तिनीहरूले पवित्र भोजनबाट केही खानु हुँदैन जबसम्म एकजना पूजाहारी उठ्दैन, जसले ऊरीम अनि तुम्मीम उपयोग गर्न सक्छ।

7:70b.NEH.007.070 केही कुलहरूका प्रमुखहरूले निर्माण धन दान गरे। राज्यपालले खजानामा प्राय 19पाउण्ड सुनदान गरे अनि पूजाहारीहरूका निम्ति 50 कचौरा अनि 530 वटा पहिरने कपडा दिए।

7:71b.NEH.007.071 केही कुलहरूका प्रमुखहरूले निर्माण कोषका कामको निम्ति प्रायः 375 पाउण्ड सुन प्रदान गरे। अनि प्रायः 1 1/3 टन चाँदी प्रदान गरे।

7:72b.NEH.007.072 अनि अन्य मानिसहरूले प्रायः 375 पाउण्ड सुन अनि प्रायः 1 1/4 टन चाँदी अनि पूजाहारीहरूका निम्ती 67 कपडाहरू दान गरे।

7:73b.NEH.007.073 जब सातौं महीना आयो अनि पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गवैयाहरू मन्दिरका सेवकहरू अनि समस्त इस्राएलीहरू पनि आफ्ना शहरहरूमा बसे।

8

8:1b.NEH.008.001 समस्त मानिसहरू पानी मूलद्वार अघि चोकमा एकत्रित भए। तिनीहरूले शास्त्री एज्रालाई मोशाको व्यवस्थाको पुस्तक ल्याउनु भने, जो परमप्रभुले इस्राएललाई दिनु भएको थियो।

8:2b.NEH.008.002 यसर्थ पूजाहारी एज्राले व्यवस्थाको पुस्तक समूहको समक्ष ल्याए, जो पुरूष अनि स्त्री दुवै, हरेक जसले सुनेका कुरा बुझ्न सक्थे तिनीहरूद्वारा गठन भएको थियो। यो सातौं महीनाको पहिलो दिन थियो।

8:3b.NEH.008.003 एज्राले त्यस पुस्तकलाई पानी-मुलढोका अधिको चोकमा फर्केर विहान देखि मध्यदिनसम्म पुरूष, स्त्री अनि अन्य जसले बुझ्न सक्नें गरि पढियो। सबै मानिसहरूले ध्यानपूर्वक व्यवस्थाको पुस्तकको कुराहरू सुने।

8:4b.NEH.008.004 शास्त्री एज्रा एक काठको मचानमा उभिए जो त्यसै अवसरको निम्ति बनाएको थियो। उसको दाहिने तिर मत्तित्याह, शेमा, अनायाह, उरियाह, हिल्कियाह अनि मासेयाह उभिएका, थिए। उसको देब्रेतिर पदायाह, मीशाएल, मल्कियाह, हशूम, हशवदा, जकर्याह अनि मशुल्लाम उभिएको थिए।

8:5b.NEH.008.005 एज्राले सबै मानिसहरूले देख्ने गरी पुस्तक खोले किनभने उनी तिनीहरू भन्दा माथि उभिएका थिए। यसरी उसले व्यवस्थाको पुस्तक खोले सबै मानिसहरू उभिए।

8:6b.NEH.008.006 एज्राले परमप्रभु महान् परमेश्वरको स्तुति गरे। अनि सबै मानिसहरूले आफ्ना हात उठाउँदै उत्तरदिए, “आमीन! आमीन!” तब तिनीहरू सबै परमप्रभुको अघि भुइँमा निहुरीए।

8:7b.NEH.008.007 लेवीहरूको कुल समूहबाट येशूअ, बानी, शेरेबियाह, यामीन, अक्कूब, सब्बतै, होदियाह, मासेयाह, केलीता, अजर्याह, योजाबाद, हानान, अनि पलायाह मानिसहरूलाई व्यवस्थाको शिक्षा दिए जब मानिसहरू चाँहि आफ्ना स्थानमा उभिरहेका थिए।

8:8b.NEH.008.008 तिनीहरूले परमेश्वरको व्यवस्थाको पुस्तक स्पष्ट सित पढे अनि के पढिएको थियो मानिसहरूलाई बुझ्न सहायता गर्यो।

8:9b.NEH.008.009 नहेम्याह, जो राज्यपाल थिए, एज्रा पूजाहारी, अनि शास्त्री अनि मानिसहरूलाई निर्देश गरिरहेका लेवीहरूले सबै मानिसहरूलाई भने, “यो दिन तिमीहरूका परमप्रभु परमेश्वरका निम्ति पवित्र दिन हो। उदास नहोऊ अनि विलाप नगर।” किनभने सबै मानिसहरू व्यवस्थाका वचनहरू सुन्दा रोइरहेका थिए।

8:10b.NEH.008.010 उसले तिनीहरूलाई भने, “जाऊ अनि मीठो भोजन खाऊ, र स्वादिष्ट दाखरस पिऊ अनि तिनीहरूलाई भाग पठाऊ जसले तयार गरेका छैनन्, किनभने यो दिन हाम्रा मालिकको निम्ति पवित्र छ। अनि उदास नोहोऊ किनभने परमप्रभुमा आनन्द नै तिम्रो शक्तिहो।”

8:11b.NEH.008.011 लेवीहरूले भने, “शान्त होऊ, किनभने यो पवित्र दिन हो। उदास नहोऊ।”

8:12b.NEH.008.012 त्यस पछि सबै मानिसहरूले खान-पिन गरे र भोजनका भागहरू पठाइदिए अनि खूबै आनन्दसित उत्सब मनाउन गए। किनकि तिनीहरूले परमेश्वरका वचनहरू बुझे जो तिनीहरूलाई याद गराइदिएको थियो।

8:13b.NEH.008.013 महीनाको दोस्रो दिनमा समस्त मानिसका प्रमुखहरू, पूजाहारी अनि लेवीहरू व्यवस्थाका वचनहरू अध्ययन गर्न शास्त्री एज्रा कहाँ भेला भए।

8:16b.NEH.008.016 यसर्थ मानिसहरू गए र हाँगाहरू लिएर आए, अनि तिनीहरू स्वयंका निम्ति छाप्रोहरू बनाए, हरेकले आफ्ना छतमा अनि परमेश्वरको मन्दिरको पानी-मूलढोका चोक एप्रेम मूल ढोकाको।

8:17b.NEH.008.017 सम्पूर्ण समूहका मानिसहरू जो कैदबाट आएका थिए अस्थाई छाप्राहरू निर्माण गरे र त्यसमा बसे किनभने इस्राएकीहरूले नूनका छोरा यहोशूको समयदेखि त्यसदिनसम्म त्यसो गरेका थिएनन्। तिनीहरू धेरै खुशी थिए।

8:18b.NEH.008.018 उत्सवको पहिलो दिनदेखि लिएर आखरी दिनसम्म एज्राले परमेश्वरको व्यवस्थको पुस्तकबाट पढे। तिनीहरूले सातदिनसम्म उत्सव मनाए। अनि आठौ दिनमा व्यवस्थामा लेखिए झैं समापन समारोह गरे।

9

9:1b.NEH.009.001 अब, यो महीनाको चौबीसौं दिनमा इस्राएलका मानिसहरू उपवास बसे एकत्रित भए र भागङ्गरा लगाए अनि तिनीहरूले आफै माथि धूलो हाले।

9:2b.NEH.009.002 इस्राएली कुलहरूले स्वयंलाई समस्त विदेशीहरूबाट अलग गरे। तिनीहरू उभिए अनि आफ्ना पापहरू र आफ्ना पुर्खाहरूका भूल स्वीकार गरे।

9:3b.NEH.009.003 तिनीहरू आफ्ना स्थानमा उभिए अनि एक चौथाइ दिनसम्म तिनीहरूका परमेश्वरको व्यवस्थाको पुस्तकबाट पाठ गरे।

9:4b.NEH.009.004 तब येहूअ बानी, कदूमीएल, शबन्याह, बुन्नी, शेरेब्याह बानी, अनि कनानी सहित लेवीहरूको सिंढींमा उभिए अनि तिनीहरू ठूलो स्वरमा परमप्रभु तिनीहरूका परमेश्वर संग कराए।

9:5b.NEH.009.005 तब लेवी येशूअ, कद्‌मीएल, बानी, हशबियाह, शबन्याह, होदियाह, शेबानिया अनि पतहियाहले भने, “उठ अनि परमप्रभु तिम्रा परमेश्वरको स्तुति गर।” किनभने उहाँ शरू देखि अन्त सम्म हुनुहुन्छ। तपाईंको महिमित नाउँको स्तुति होस। यद्यपि यो सम्पूर्ण आशीष अनि प्रशंसा भन्दा आश्चर्यजनक छ।

9:6b.NEH.009.006 तपाईं परमेश्वर हुनुहुन्छ, हे परमप्रभु तपाईंले मात्र सर्वोच्च स्वर्ग अनि त्यसमा तारा-मण्डल बनाउनु भयो। तपाईंले पृथ्वी अनि यसमा भएका हरेक बस्तुहरू सागरहरू अनि त्यसमा भएका हरेक बस्तुहरू बनाउनु भयो। तपाईंले ती सबैलाई जीवन प्रदान गर्नु भयो, अनि स्वर्गका तारा-मण्डलले तपाईंको आराधना गर्छन्।

9:7b.NEH.009.007 तपाईं परमप्रभु परमेश्वर हुनुहुन्छ जसले अब्रामलाई चुन्नु भयो, अनि कल्दीहरूको ऊरबाट बाहिर ल्याउनु भयो, अनि उसलाई अब्राहाम नाउँ दिनुभयो।

9:8b.NEH.009.008 तपाईंले जान्नु भयो कि उनी तपाईंका भक्त थिए यसर्थ तपाईंले ऊसित कनानीहरू, हित्तीहरू, एमोरीहरू, परिज्जीहरू, यबूसीहरू र गिर्गाशीहरूको भूमि उसका सन्तानलाई दिन्छु भनि करार बाँध्नु भयो। तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नु भयो किनभने तपाईं धर्मी हुनुहुन्छ।

9:10b.NEH.009.010 तपाईंले चिन्हहरु र आश्चर्यमय कुराहरू फिरऊन मिश्रदेशका राजा अनि तिनका समस्त सेवकहरू अनि तिनका देशका समस्त मानिसहरूको विरूद्ध गर्नुभयो, किनभने तिनीहरूले हाम्रापुर्खा हरूलाई अत्याचार गरेको तपाईंलाई थाहा थियो। तपाईं अहिले सम्म रहनु भए झैं प्रसिद्ध हुनुभयो।

9:11b.NEH.009.011 तपाईंले तिनीहरू समक्ष समुद्रलाई विभाजन गरिदिनु भयो, अनि तिनीहरू सूख्खा जमीन भएर हिंडी समुद्र पार भए। तर तिनीहरूलाई खेद्ने फिरऊनका सेनालाई पानीमा ढुङ्गालाई फ्याँकिदिए जस्तै तपाईंले फ्याँकिदिनु भयो।

9:12b.NEH.009.012 तपाईंले तिनीहरूलाई दिउँसो बादलको खामो अनि राती आगोको ज्वाला सहित तिनीहरू हिंडनु पर्ने बाटो उज्यालो पारी डोर्याउनु भयो।

9:13b.NEH.009.013 तपाईं सीनै पर्वतमाथि झर्नु भयो अनि तिनीहरूलाई उचित न्याय र साँचो शिक्षा तिनीहरूसित स्वर्गबाट बोल्नुभयो अनि तपाईंले तिनीहरूलाई असल आदेश र आज्ञाहरू दिनुभयो।

9:14b.NEH.009.014 अनि तपाईंले तिनीहरूलाई तपाईंको पवित्र विश्रामको दिनको बारेमा भन्नुभयो, अनि तपाईंले तिनीहरूलाई तपाईंका सेवक मोशाको मार्फत आज्ञा अनि एक व्यवस्था दिनुभयो।

9:15b.NEH.009.015 तपाईंले तिनीहरू भोककाएको बेला तिनीहरूको निम्ति स्वर्गबाट रोटी दिनुभयो, अनि तिनीहरू तिर्खाएको बेला चट्टानबाट पानी दिनुभयो तपाईंले तिनीहरूलाई जाऊ अनि गएर तिनीहरूलाई दिन्छु भनी वचन दिएको भूमि अधिकारमा लेऊ भन्नुभयो।

9:16b.NEH.009.016 तर ती हाम्रा पुर्खाहरू अट्टेरी थिए अनि तपाईंका आदेश पालन गरेनन्।

9:17b.NEH.009.017 तिनीहरूले आज्ञा पालन गर्न अस्वीकार गरे, अनि तपाईंले तिनीहरूमाझ गर्नुभएको चमत्कार तिनीहरूले सम्झेनन्। तिनीहरू घमण्डी भए अनि मिश्र देशमा दासत्वमा फर्किजानलाई एक अगुवा नियुक्त गरे। तपाईं क्षमाशील परमेश्वर हुनुहुन्छ, दयालु अनि कृपालु र धीरजी प्रेमपूर्ण हुनुहुन्छ। यसकारण तपाईंले तिनीहरूलाई त्याग्नु भएन,

9:18b.NEH.009.018 जब तिनीहरूले स्वयंका निम्ति धातु निर्मित बाछा को मूर्ति बनाए। अनि तिनीहरूले भने, ‘यो तिमीहरूको देवता हो जसले तिमीहरूलाई मिश्रदेश बाहिर ल्याए जब तिनीहरूले तपाईंको विरूद्ध डरलाग्दा कुराहरू गरे।’

9:19b.NEH.009.019 तर तपाइको महान करूणाको कारणले गर्दा, तपाईंले तिनीहरूलाई मरूभूमिमा छोडनु भएन, बादलको खामोले तिनीहरूलाई दिनको यात्रामा अगुवाई गर्न रोकनु भएन अनि आगोको मुस्लोले राती तिनीहरू हिंडनु पर्ने बाटो उज्यालो तुल्याउन छोडनु भएन।

9:20b.NEH.009.020 तपाईंले तिनीहरूलाई शिक्षा दिन तपाईंको उत्तम जोश प्रदान गर्नुभयो। तपाईंले तिनीहरूको मुखबाट तपाईंको स्वर्गीय भोजन खोस्नु भएन, अनि तिनीहरूको तिर्खामा तपाईंले तिनीहरूलाई पानी दिनुभयो।

9:21b.NEH.009.021 तपाईंले चालीस वर्षसम्म उज्जाड स्थानमा तिनीहरूको हेरचाह गर्नुभयो, त्यहाँ तिनीहरूलाई केही अभाव थिएन। तिनीहरूका वस्त्रहरू मक्किएनन् र तिनीहरूका खुट्टाहरू पनि सुनिएनन्।

9:22b.NEH.009.022 तपाईंले तिनीहरूलाई राज्यहरू अनि मानिसहरू दिनुभयो। तपाईंले तिनीहरूलाई यी सीमा-भूमिको रूपमा प्रदान गर्नुभयो। तिनीहरूले हेशबोनका राजा सीहोनको देश अनि बाशानका राजा ओगको भूमि अधिकारमा लिए।

9:23b.NEH.009.023 तपाईंले तिनीहरूका सन्तानहरूलाई आकाशका ताराहरू जस्तै अनगिन्ती तुल्याई दिनुभयो। तपाईंले तिनीहरूलाई त्यो भूमिमा ल्याउनु भयो जुन भूमिमा तिनीहरूका पुर्खाहरूलाई प्रवेश गर्ने, अधिकारदिनु भएको थियो। केटा-केटीहरू प्रवेश गरे र त्यो भूमि अधिकारमा लिए।

9:24b.NEH.009.024 अनि तपाईंले तिनीहरू समक्ष त्यस भूमिका कनानीहरूलाई परास्त गर्नुभयो।

9:25b.NEH.009.025 तपाईंले तिनीहरूका राजाहरू अनि भूमिका मानिसहरू सहित ती तिनीहरूको नियन्त्रण अधिकारमा दिनुभयो, तिनीहरूको खुशी अनुसार ‘जे गरे पनि गरुन्’ भनी। तिनीहरूले किल्ला बन्दी गरेका शहरहरू अनि मलिलो भूमि अधिकारमा लिए। तिनीहरूले हरेक असल वस्तुले भरिपूर्ण घरहरू, खनि सकेका कुवा, दाख वारी अनि भद्राक्षका वृक्षहरू र अनेक फलका बृक्षहरू लिए। यसरी तिनीहरूले पेट भरूञ्जेल खाए र मोटाभए तिनीहरूले तपाईंको महान भला पनको आनन्द लिए।

9:26b.NEH.009.026 तर तिनीहरू अनाज्ञाकारी भएर तपाईंको विरूद्ध विद्रोह गरे अनि तपाईंको व्यवस्था आफ्ना पिठ तिर फ्याँके। तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे जसले तिनीहरूलाई तपाईं कहाँ फर्काई ल्याउका निम्ति तिनीहरूलाई चेतावनी दिएका थिए। तिनीहरूले तपाईंको विरूद्धमा डरलाग्दा कामहरू गरे।

9:27b.NEH.009.027 यसर्थ तिनीहरूलाई तपाईंले उनीहरुको शत्रुहरूलाई सुम्पि दिनुभयो। अनि शत्रुहरूले तिनीहरूलाई नराम्रो प्रकारले सताए, तिनीहरूको आफ्तको समयमा तपाईंको सहायताका निम्ति पुकारा गरे अनि तपाईंले स्वर्गबाट तिनीहरूको रोदन सुन्नुभयो। तपाईंको महान कृपाको कारण तिनीहरूको लागि उद्धारकर्त्ताहरू प्रदान गर्नुभयो।

9:28b.NEH.009.028 जसले तिनीहरूलाई तिनीहरूका शत्रुको शक्तिबाट बँचाए। तर तिनीहरूले आफ्नो शत्रुहरूबाट छुटकार पाउन साथ फेरि त्यही गरे जसलाई तपाईंले नराम्रो ठान्नु भएको थियो। यसकारण तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुका हातमा छाडिदिनुभयो। जसमा कि तिनीहरूमाथि शत्रुहरूले शासन गरून् भनी, तर फेरि तिनीहरूले तपाईं प्रति रोदन गरे। तपाईंले फेरि तिनीहरूका कुरा स्वर्गबाट सुनिदिनु भयो अनि तपाईंको महा कृपाद्वारा धेरैपल्ट तिनीहरूको उद्धार गरि दिनुभयो।

9:29b.NEH.009.029 तपाईंको व्यवस्था तर्फ तिनीहरूलाई फर्काउनका निम्ति तपाईंले चेतावनी दिनुभयो। तर तिनीहरू अट्टेरी भए र तपाईंका आदेशको पालन गरेनन्। तिनीहरूले तपाईंको व्यवस्थाको विरूद्ध पाप गरे। जुन व्यावस्थाले ती पालन गर्ने व्यक्तिहरूका निम्ति जीवन ल्याउँदछ। तिनीहरू ढीठ, अनिच्छुक अनि अनाज्ञाकारी बने।

9:30b.NEH.009.030 तपाईं धेरै वर्षसम्म तिनीहरू प्रति धीरजीरहनु भयो, अनि तपाईंले तिनीहरूलाई तपाईंका अगमवक्ताहरू द्वारा तपाईंको आत्माले चेतावनी दिनुभयो। तर तिनीहरूले सुनेनन् यसर्थ तपाईंले तिनीहरूलाई विदेशी राष्ट्रहरूलाई सुम्पिदिनुभयो।

9:31b.NEH.009.031 तर, तपाईंको महा-कृपाले गर्दा तिनीहरूलाई तपाईंले पूर्णरूपले ध्वंश गर्नुभएन, अनि तपाईंले तिनीहरूलाई त्याग्नुभएन, किनकि तपाईं अनुग्रहमय र दयालु परमेश्वर हुनुहुन्छ।

9:32b.NEH.009.032 अब, हे परमेश्वर, महान परमेश्वर, शक्तिशाली अनि भय योग्य परमेश्वर, जसले उहाँका करार प्रेममय विश्वास सँग पालन गर्नुहुन्छ, हाम्रो कष्टहरूलाई साधारण नसम्झनु त्यो कठिनाई हामीमाथि आएको थियो, हाम्रा राजाहरूले, हाम्रा पूजाहारीहरूले, हाम्रा अगमवक्ताहरूले, हाम्रा पिता-पुर्खाहरूले तपाईंका सम्पूर्ण मानिसहरूले अश्शूरका राजाहरूको समय देखि लिएर आज सम्म सहे।

9:33b.NEH.009.033 हामी माथि घटेका समस्त घटना प्रति तपाईंले न्याय हुनु भएकोछ यद्यापि हामीले दुष्ट कार्यहरू गर्यौ।

9:34b.NEH.009.034 हाम्रा राजाहरू, हाम्रा अगुवाहरू, हाम्रा पूजाहारीहरू अनि हाम्रा पुर्खाहरूले तपाईंको व्यवस्थाको पालन गरेनन्। अनि तिनीहरूले तपाईंका आदेश र तपाईंले दिनु भएको चेतावनी प्रति ध्यान दिएनन्।

9:35b.NEH.009.035 तिनीहरू आफ्नै देशमा हुँदा पनि, तपाईंले दिनुभएको महान समृद्धिमा आनन्द भोग गरिरहँदा पनि, तपाईंले तिनीहरूलाई दिनुभएको पूरा मलिलो भूमिमा हुँदा पनि तपाईंको सेवा गरेनन्, अनि आफ्ना कुकर्मबाट फर्केनन्।

9:36b.NEH.009.036 हेर्नुहोस, हामी आज दास छौं हो, हामी त्यस भूमिमा दासछौं जो तपाईंले हाम्रा पुर्खाहरूलाई त्यसका फलहरू अनि असल कुराहरू खान भनी प्रदान गर्नु भएको थियो।

9:37b.NEH.009.037 भूमिको प्रशस्त फसलहरू राजाहरूका अधिनमा छ जसको अधिनमा हामीलाई हाम्रो पापको कारणले राखिदिनु भयो। तिनीहरूले हाम्रो शरीरहरू अनि हाम्रा पशुहरू माथि तिनीहरूको इच्छा अनुसार शासन गरे, अनि हामीहरू ढूलो कष्टमा पारिरहेका छौ।

9:38b.NEH.009.038 यी सबै हुँदाहुँदै पनि हामी लिखित रूपमा बाचा बाँध्छौं।

10

10:1b.NEH.010.001 अनि मोहर लाएको कागज पत्रमा सही छापलगाउने हाम्रा अगुवाहरू, यी थिए लेवीहरू र हाम्रा पूजाहारी हकल्याहका छोरा राज्यपाल नहेम्याह सिदूकियाह,

10:2b.NEH.010.002 सारयाह, अजर्याह, यिर्मयाह,

10:3b.NEH.010.003 पशहूर, अमयाह, मल्कियाह,

10:4b.NEH.010.004 हत्तूश, शबन्याह, भल्लूह,

10:5b.NEH.010.005 हारीम, मरेमोत, ओबदियाह।

10:6b.NEH.010.006 दानियल, गिन्नतोन, बारूक,

10:7b.NEH.010.007 मशुल्लाम, अजर्याह मियामीन,

10:8b.NEH.010.008 माज्याह, बिल्गै अनि शमायाहका नाउँछन्। यी पूजाहारीहरू थिए जसको नाउँ मोहर लगाएको कागज पत्रमा छ।

10:9b.NEH.010.009 यी लेवीहरू थिए, जसले यसमा हस्ताक्षर गरेः अजन्याहका छोरा येशूअ, हेनाददको छोरा-छोरीहरू बिन्नूइ, कदमीएल,

10:10b.NEH.010.010 अनि तिनीहरूका संगी लेवीहरूः शबन्याह, होदियाह, कलीता, पलायाह, हानान,

10:11b.NEH.010.011 मीका, रहोब, हशब्याह,

10:12b.NEH.010.012 जक्कूर, शेरेब्याह, शबन्याह,

10:13b.NEH.010.013 होदियाह, बानी अनि बनीन्।

10:14b.NEH.010.014 यी मानिसहरूका अगुवाहरू हुन जसले सन्धी हस्ताक्षर गरेः परोश, पहत-मोआब, एलाम, जत्तू, बानी,

10:15b.NEH.010.015 बन्नी, अज्गाद, बवै,

10:16b.NEH.010.016 अदोनियाह, बिग्बै, आदीन,

10:17b.NEH.010.017 आतेर, हिज्कियाह, अज्जूर,

10:18b.NEH.010.018 होदियाह, हाशूम, बेसै,

10:19b.NEH.010.019 हारीत, अनातोत, नोबै,

10:20b.NEH.010.020 मग्पीआश, मशुल्लाम, हेजीर,

10:21b.NEH.010.021 मशेजबेल, सादोक, यद्‌दु,

10:22b.NEH.010.022 पलत्याह, हानान, अनायाह,

10:23b.NEH.010.023 होशे, हनन्याह, हश्शूब,

10:24b.NEH.010.024 हल्लोहेश, पिल्हा, शेबेक,

10:25b.NEH.010.025 रहूम, हशब्ना, मासेयाह,

10:26b.NEH.010.026 अहियाह, हानान, आनान।

10:27b.NEH.010.027 मल्लूक, हारीम, अनि बाना।

10:30b.NEH.010.030 “हामी वचन दिन्छौ कि यो मूमिमा हाम्रा छोरीहरूलाई पत्नीको रूपमा अन्य मानिसहरूलाई दिने छैनौं। अनि हामी तिनीहरूका छोरीहरूलाई हाम्रा छोराहरूका पत्नीको रूपमा लिने छैनौं।

10:31b.NEH.010.031 “यदि यस भूमिका मानिसहरूले बेच्ने कुराहरू वा कुनै अन्न बेच्नका निम्ति विश्रामको दिनमा ल्याए हामी तिनीहरूबाट विश्रामको दिनमा अथवा अन्यकुनै पवित्र छुट्टिका दिनमा किन्ने छैनौ। हामी सातौं वर्षको बालीहरू त्याग गर्नेछौ। अनि ऋणका निम्ति बन्दककी राखेको कुनै पनि बस्तु फिर्ता दिने छौं।

10:32b.NEH.010.032 “हाम्रा परमेश्वरको मन्दिरको सेवाका निम्ति वर्षमा एक तिहाई शेकेल चाँदी प्रदान गर्ने अनुबन्धन गर्दछौं।

10:33b.NEH.010.033 त्यो पैंसा रोटीको पंक्तिहरू किन्नको निम्ति खर्च हुनेछ। र अन्नबलि प्रत्येक दिन होमबलिहरू, विश्राम-दिन, औंसी, ठहराइएका चाडहरू, पवित्र चीजहरू, इस्राएललाई शुद्ध गर्ने पाप बलिहरू अनि सबै अरू कुराहरू परमेश्वरको मन्दिरका निम्ति आवश्यक पर्छ।

10:34b.NEH.010.034 “हामी पूजाहारीहरू लेवीहरू अनि मानिसहरूले व्यवस्थामा लेखिए अनुसार परमप्रभु हाम्रा परमेश्वरको वेदिमा जलाउनका निम्ति प्रत्येक वर्ष तोकिएको समयमा कुलहरूले परमेश्वरको मन्दिरमा ल्याउनु पर्ने काठ अर्पण को सम्बन्धमा चिट्टा लगाए।

10:35b.NEH.010.035 “हामीहरूले पनि प्रत्येक वर्षको पहिलो फसलको अन्नहरू अनि प्रत्येक वृक्षका पहिलो गरेका छौ।

10:36b.NEH.010.036 “व्यवस्थामा लेखे झैं हामी पनि हाम्रा पहिलो जन्मेको छोराहरू र हाम्रा पशुहरू अनि हाम्रो पहिलो जन्मेको गाई भेडा बाख्राहरू हाम्रा परमेश्वरको मन्दिरमा सेवा गर्ने पूजाहारीहरू कहाँ ल्याउने प्रतिज्ञा गर्यौं।

10:37b.NEH.010.037 “हामीले परमेश्वरको मन्दिरको भण्डारकोठामा, पूजाहारीहरूका निम्ति पहिलो मुछेको पिठोको डत्ला अनि हाम्रा भेटी-प्रत्येक वृक्षका फल नयाँ दाखरस अनि तेल ल्याउँने छौं। अनि हामी लेवीहरूका निम्ति पनि आफ्ना फसलका दशौ खण्ड पनि ल्याउने छौ। लेवीहरू ति हुन जसले हामीले काम गर्ने सबै शहरहरूमा दशौ खण्ड संग्रह गर्छन्।

10:38b.NEH.010.038 अनि पूजाहारी जो हारूनका सन्तानहरू हुन, तिनीहरूले दशांश संग्रह गर्छन्। अनि लेवीहरूले परमेश्वरको मन्दिरको भण्डार गृहमा दशौं भाग ल्याउँछन्।

10:39b.NEH.010.039 किनभने इस्राएलका मानिसहरू अनि लेवीहरूले अन्नको भेटी ल्याउनु पर्छ नयाँ दाखरस भेटी अनि तेलको भेटी भण्डार कक्षमा ल्याउनु पर्छ। जहाँ पवित्र भाँडा वर्त्तनहरू छन्, जहाँ कार्यमा रहेका पूजाहारीहरू, द्वार, रक्षकहरू अनि गवैयाहरू छन्। “हामीले हाम्रो परमेश्वरको मन्दिरलाई तुच्छ सम्झनु हुँदैन।”

11

11:1b.NEH.011.001 मानिसका अगुवाहरू यरूशलेममा बसे अनि बाँकी रहेका मानिसहरूले प्रत्येक दशजनामा एकजनालाई यरूशलेममा बस्नका निम्ति ल्याउन चिट्टा लगाए। अनि रहेका दशै अंशमा नौ अंश अन्य शहरूमा बसे।

11:2b.NEH.011.002 मानिसहरूले सइच्छाले यरूशलेममा बस्न चाहनेहरूलाई आशीष दिए।

11:3b.NEH.011.003 यिनीहरू ग्रामीण अगुवाहरू हुन् जो यरूशलेममा बस्थे। तर यहूदाको शहरहरूमा, सबैजना तिनीहरूको शहरहरूमा आफ्ना सम्पत्तिमा बस्थे इस्राएलका केही मानिसहरू, इस्राएल पूजाहारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूका सन्तानहरू।

11:4b.NEH.011.004 अनि कोही यहूदाका मानिसहरू अनि कोही बिन्यामीनका मानिसहरू यरूशलेममा बसे। यी यहूदाका सन्तानहरू थिए जो यरूशलेममा बसेः अतायाहरू, उज्जियाहका छोरा, अमर्याहको छोरा, शपत्याहको छोरा, महलेलका छोरा पेरेसका कुलका।

11:5b.NEH.011.005 कोल-होजेका छोरा, हजायाहका छोरा, अदायाहका छोरा, योयारीबका छोरा, जकर्याहका छोरा एउटा शीलोनीहरूको सन्तान।

11:6b.NEH.011.006 यरूशलेममा बस्ने पेरेसक कुलहरूमा जम्मा 468 साहसी मानिसहरू थिए।

11:7b.NEH.011.007 यी बिन्यामीनका कुलहरू थिए जो यरूशलेममा बसेः मशुल्लामका छोरा, सल्लू, योएदका छोरा, पदायाहका छोरा, कोलायाहका छोरा, वासेयाहका छोरा, इतीएलका छोरा।

11:8b.NEH.011.008 यशायियाहका छोरा अनि तिनको पछि गब्बै अनि सल्लै,

11:9b.NEH.011.009 जिक्रीका छोरा योएललाई तिनीहरू अनि यहूदामाथि नियुक्त गरियो, अनि हासेन्आका छोरा शहरका दोस्रो प्रमुख अधिकारी थिए।

11:10b.NEH.011.010 पूजाहारीहरू मध्येबाटः योयारीबको छोरा, यदायाह, याकिन,

11:11b.NEH.011.011 सरायाहका, हिल्कियाहका छोरा, मशुल्लामका छोरा, सादोकका छोरा, मरायोतका छोरा, अहीतूबका छोरा,

11:12b.NEH.011.012 परमेश्वरको मन्दिरका निरीक्षक अनि तिनीहरूका सहयोगी भए जो परमेश्वरको मन्दिरको निरिक्षक थिए 822। अदायाह यरोहामका छोरा, जकर्या मल्कियाहका

11:13b.NEH.011.013 अनि तिनका सहयोगीहरू जो कुलका अगुवाहरू थिएः 242। अमाशै, अजैलका छोरा, अहजैका छोरा, मेशिल्लेमोतका छोरा, इम्मेरका छोरा

11:14b.NEH.011.014 अनि तिनका सहयोगीहरू साहसी योद्धाहरूः 128।तिनीहरू माथिका अधिकारी हग्गेदोलीमका छोरा जब्दीएल थिए।

11:15b.NEH.011.015 लेवीहरूबाट यिनीहरू यरूशलेममा बसेः शमायाह हश्शूबका छोरा, अज्रीकामका छोरा हशबियाहका छोरा बुन्नीका छोरा।

11:16b.NEH.011.016 अनि शब्बतै र योजाबाद, लेवीहरूका दुइजना अगुवाहरू जो परमेश्वरको मन्दिरको बाहिर कामका जिम्मामा थिए।

11:17b.NEH.011.017 अनि मतन्याह मीकाका छोरा, जब्दीका छोरा आसापका छोरा, स्तुतिका अगुवा जसले प्रार्थनामा धन्यवाद ज्ञापन गरे, अनि बकबुक्याह तिनका सहयोगीहरूमा दोस्रो अनि अब्दा शम्मूअका छोरा गालालका छोरा यदूतूनका छोरा।

11:18b.NEH.011.018 पवित्र शहर यरूशलेममा भएका समस्त लेवीहरू जम्मा 284। यी यरूशलेममा बस्नेद्वार पालकहरू थिए।

11:19b.NEH.011.019 अक्कूब, तल्मीन अनि तिनीहरूका आफन्तहरू जसले द्वारको हेरचाह गर्थेः 172 जना थिए।

11:20b.NEH.011.020 इस्राएलका रहेका मानिसहरू, पूजाहारीहरू अनि लेवीहरू यहूदाका सबै शहरहरूका आफ्ना पुर्खाका भूमिमा बसे।

11:21b.NEH.011.021 मन्दिरका सेवकहरू ओपेल पहाडमा बसे अनि सीहा र गिश्पा मन्दिरका सेवकहरूको जिम्मा मा थिए।

11:22b.NEH.011.022 यरूशलेममा मुख्य अधिकारी लेवीहरू उज्जीय बानीको छोरा, हशबियाहका छोरा, मतन्याहको मीकाका छोरा, आसापका सन्तानहरू, गवैयाहरू थिए जो परमेश्वरको मन्दिरको कामहरूका जिम्मामा थिए।

11:23b.NEH.011.023 किनभने तिनीहरूको सम्बन्धमा राजकीय आदेश थियो अनि प्रतिदिन गायकहरूको सेवाको आवश्यक्ता थियो।

11:24b.NEH.011.024 पतहियाह मशजबेलका छोरा, यहूदाका छोरा जेरहको कुल मानिसहरू सम्बन्धी सबै कुरामा राजाका सल्लाहकार थिए।

11:25b.NEH.011.025 गाउँहरूमा तिनीहरूमा खेतहरू सहितः यहूदाका केही मानिसहरू किर्यत-अर्बा र त्यसका वरिपरिका स-साना गाउँहरू, दीबोन अनि त्यसका वरिपरिका स-साना गाउँहरू अनि यकब्सेल अनि यसका वरिपरिका स-साना गाउँहरू

11:26b.NEH.011.026 येशूअमा, मोलादा, बेत्पलेत।

11:27b.NEH.011.027 हसर्शूआल, बेर्शेवा अनि त्यसका वरिपरिका स-साना गाउँहरू।

11:28b.NEH.011.028 सिकलगा, मकोना अनि त्यसका वरिपरिका स-साना गाउँहरू।

11:29b.NEH.011.029 एरिमोन, सोराह, यर्मूत,

11:30b.NEH.011.030 जानोह, अद्‌दूलाम अनि तिनीहरूका गाउँहरू लाकीश अनि त्यसका खेतहरू अजेका अनि त्यसका वरिपरिका स-साना गाउँहरू। यसरी तिनीहरू बेर्शेबा देखि लिएर हिन्नोमको बेंसीसम्म अधिकार गरेर बसे।

11:31b.NEH.011.031 बिन्यामीनका केही मानिसहरू गेबा, मिकमाश, अय्या, बेतेल अनि त्यसका वरिपरिका स-साना गाउँहरूमा बसे।

11:32b.NEH.011.032 अनातोत, नोब, अनन्याह,

11:33b.NEH.011.033 हासीर, रामा, गित्तैम,

11:34b.NEH.011.034 हादीद, सबोईम, नबलत,

11:35b.NEH.011.035 लोद ओनो गे-हाराशिम ओनोमा बसे,

11:36b.NEH.011.036 केही यहूदाय लेवीय समूह बिन्यामीनलाई सुम्पियो।

12

12:1b.NEH.012.001 यी पूजाहारीहरू अनि लेवीहरू हुन्। जो कैदबाट यरूशलेममा यरूबाबेल शालतीएलका छोरा अनि येशूअसित आएः सरायाह, यिर्मयाह, एज्रा,

12:2b.NEH.012.002 अमर्याह मल्लूक, हत्तूश,

12:3b.NEH.012.003 शकन्याह, रहूम, मरेमोत,

12:4b.NEH.012.004 इद्दो, गिन्नतोन। अबियाह,

12:5b.NEH.012.005 मियामीन, माथह, बिल्गा,

12:6b.NEH.012.006 शमायाह, योयारीव, यदायाह।

12:7b.NEH.012.007 सल्लू, अमोक, हिल्कियाह अनि यदायाह। येशूअको समयमा यिनीहरू पूजाहारीहरू अनि तिनीहरूका सहयोगीहरू अगुवाहरू थिए।

12:8b.NEH.012.008 लेवीहरू येअ, बिन्नूई, कदूमीएल, शेरेबियाह, यहूदा अनि मत्तन्याह थिए। अनि उनका सहयोगीहरू धन्यवाद ज्ञापन गीतका जिम्मामा थिए।

12:9b.NEH.012.009 तिनीहरूका सहयोगीहरू बक्बुवयाह उन्नी, सेवामा तिनीहरू देखि पारि खडा भए।

12:10b.NEH.012.010 येशूअ योयाकीम्‌का पिता थिए। योयाकीम एल्याशीबका पिता थिए। एल्याशीब योयादाका पिता थिए।

12:11b.NEH.012.011 योयादा जोनाथनका पिता थिए। जोनाथन यदूतूनका पिता थिए।

12:12b.NEH.012.012 योयाकीमको समयमा यी पूजाहारीहरू कुलका अगुवाहरू थिएः सरायाहको कुलका अगुवा मरायाह थिए। यिर्मयाहको कुलका अगुवा हनन्याह थिए।

12:13b.NEH.012.013 एज्राको कुलका अगुवा मशुल्लाम थिए। अमर्याहको कुलका अगुवा यहोहानान थिए।

12:14b.NEH.012.014 जोनाथन मल्लूदाको कुलका अगुवा थिए। यूसुफ शकन्याहको कुलका अगुवा थिए।

12:15b.NEH.012.015 अदूना हारीमको कुलका अगुवा थिए। हेल्कै मरेमोत परिवार अगुवा थिए।

12:16b.NEH.012.016 इदूदोको कुलका अगुवा जकर्याह थिए। गिन्नतोनको कुलका अगुवा मशुल्लाम थिए।

12:17b.NEH.012.017 अबियाहको कुलका अगुवा जिक्री थिए। मिन्यामीन अनि मोअद्याहका कुलहरूका अगुवा पिल्तै थिए।

12:18b.NEH.012.018 बिल्गाको कुलका अगुवा शम्मू थिए। शमायाहको कुलका अगुवा यहोनात थिए।

12:19b.NEH.012.019 योयारीबका कुलका अगुवा मत्तनै थिए। यदायाहको कुलका अगुवा उज्जी थिए।

12:20b.NEH.012.020 सल्लूको कुलका अगुवा कल्लै थिए। आमोकको कुलका अगुवा एबेर थिए।

12:21b.NEH.012.021 हिल्कियाको कुलका अगुवा हशबियाह थिए। यदायाहको कुलका अगुवा नतनेल थिए।

12:22b.NEH.012.022 एल्याशीब, योयादा, योहानान अनि यद्‌दूका समयमा लेवीका नाउँहरू कुलका अगुवाहरूका रूपमा लेखिएका थिए अनि पूजाहारीहरूका नाउँ पनि फारसीको शासनकालमा लेखिएका थिए।

12:23b.NEH.012.023 लेवीहरूका कुलका अगुवाहरूका नाउँ एल्याशीबका छोरा योहानानको समयसम्म विवरण पुस्तकमा लेखिएका थिए।

12:24b.NEH.012.024 लेवीहरूका अगुवाहरू हशब्याह, शेरेबिया, येशूअ, कद्‌मीएलका छोरा अनि तिनीहरूका सहयोगीहरू थिए जो तिनीहरू देखिपारि उभिए परमेश्वरका व्यक्ति दाऊदको आदेश अनुसार परमेश्वरको स्तुति गर्न अनि धन्यवाद ज्ञापन गर्नका निम्ति एक भागले अर्कोलाई उत्तरदिए।

12:25b.NEH.012.025 मतन्याह, बक्बुक्याह, ओबदियाह, मशुल्लाम, तल्मोन अनि अक्कूब द्वारपालहरू थिए। जो द्वारहरूमा भएका भण्डार कक्षको छेउमा थिए।

12:26b.NEH.012.026 यिनीहरूले योयाकीम येशूअका छोरा, योसादका छोराको समयमा अनि प्रशासक नहेम्याह अनि पूजाहारी र शिक्षक एज्राको समयमा सेवा गरे।

12:27b.NEH.012.027 जब यरूशलेमको पर्खाललाई समर्पण गरियो। जहाँ कहींका लेवीहरूको खोज गरियो। अनि यरूशलेममा ल्याइयो खुशीयाली सहित, धन्यवाद ज्ञापन गर्ने, गायकहरू झ्यामटा, साराङ्गी अनि वीणाहरू सहित समर्पण समारोह मनाउनका निम्ति।

12:30b.NEH.012.030 पूजाहारीहरू अनि लेवीहरूले आफैंलाई शुद्धपारे अनि ती मानिसहरूले द्वार र पर्खालहरूलाई पनि शुद्ध पारे।

12:31b.NEH.012.031 त्यस पछि मैले यहूदाका अगुवाहरूलाई पर्खाल माथि ल्याएँ, अनि दुइ विशाल गायकहरूको समूहलाई धन्यवाद ज्ञापन गर्न नियुक्त गरें। एक समूह गायकदल दाहिनेतिर कसिङ्गरे द्वारतर्फ पर्खाल माथि गए।

12:32b.NEH.012.032 अनि तिनीहरूपछि होशियाह अनि यहूदाका आधा अगुवाहरू गए।

12:33b.NEH.012.033 अजर्याह, एज्रा, मशुल्लम,

12:34b.NEH.012.034 यहूदा, बिन्यमीन, शमायाह अनि तुरहीसहित यिर्मयाह पनि गए।

12:35b.NEH.012.035 केही पूजाहारीहरू अनि जकर्याह जोनाथनका छोरा, शमायाहका छोरा, मत्तन्याहका छोरा जक्कूरका छोरा आसापका छोरा।

12:36b.NEH.012.036 अनि तिनका सहयोगीहरू शमायाह, अज्रेल, मिललै, गिललै, माऐ, नतनेल, यहूदा अनि हनानी परमेश्वरका जन दाऊका वाद्य यन्त्रहरू सहित गए। अनि शास्त्री शिक्षक एज्रा तिनीहरूका अघि अघि गए।

12:37b.NEH.012.037 अनि तिनीहरू फोहरा-मूल-ढोकामा गए। त्यस पछि तिनीहरू पर्खालको सिंढी भएर सिधै दाऊद शहरको सिंढी माथि गए र दाऊदको घरबाट नाघेर पानी मुल-ढोका तिर गए।

12:38b.NEH.012.038 दोस्रो समूहका धन्यवाद ज्ञापन गाउनेदल देब्रेतर्फ गए। म र मानिसहरूका अन्य आधा अगुवाहरूले तिनीहरूलाई पर्खालको टुप्पो भएर भट्टी धरहरा।

12:39b.NEH.012.039 पार गरी एप्रैमी मूल ढोका पारी फराकिलो पर्खाल तिर पुरानो शहरको ढोका मतस्य र मूल-ढोका हननेलको बुर्जा, भेडा-ढोकासम्म बुर्जा भएर भेडा द्वारसम्म अनुसरण गर्यौ। अनि तिनीहरू रक्षक ढोकामा रोकिए।

12:40b.NEH.012.040 ती धन्यवाद ज्ञापन गर्ने दुइ दल गवैयाहरूले परमेश्वरको मन्दिरमा आफ्ना ठाउँहरू ग्रहण गरे यसकारण म अनि मेरा मानिसहरूका आधा अधिकारीहरू।

12:41b.NEH.012.041 साथै पूजाहारीहरू एल्याकीम, मासेयाह, मिन्यामीन, मीकायाह, एल्योएनै, जकर्याह अनि हनन्याहले तुरही सहित हामिले

12:42b.NEH.012.042 मासेयाह, शमायाह, एलाजार, उज्जी, यहोहानान, मल्कियाह, एलाम अनि एजेरले तिनीहरूका ठाउँहरू ग्रहण गर्यौं। गवैयाहरूले गाए अनि यिज्रहियाह अगुवा थिए।

12:43b.NEH.012.043 त्यस दिन तिनीहरूले धेरै बलिदान अर्पण गरे र आनन्द मनाए किनभने परमेश्वरले तिनीहरूलाई महान खुशी प्रदान गर्नु भएको थियो स्त्री एवं केटा केटीहरूले पनि आनन्द मनाए, हामीले यरूशलेममा मनाएको उत्सव टाढासम्म सुनियो।

12:44b.NEH.012.044 त्यस समय मानिसहरूले अगौटे फलहरूको भेटी अनि दशौं अंशको जम्मा गर्ने कोठाका अधिकारीहरू नियुक्त गरे। यो कुरा शहरका जमीनहरूबाट जम्मा गरियो। व्यवस्थामा भने झैं यी कुराहरू पूजाहारीहरू अनि लेवीहरूलाई दिइने छन्। किनभने यहूदाका मानिसहरूले पूजाहारी र लेवीहरूसित मन्दिरमा सेवागरेको निम्ति धन्यवादी थिए।

12:45b.NEH.012.045 दाऊद अनि उनका छोरा सुलेमानको आदेश अनुसार तिनीहरूले तिनीहरूको परमेश्वरको सेवा अनि शुद्धीकरण गरे।

12:46b.NEH.012.046 यसरी नै गायकहरू अनि द्वारपालहरूले गरे। धेरै समय अघि, दाऊद अनि आसापको समयमा परमेश्वरलाई धन्यवाद दिने अनि स्तुतिगर्ने गवैयाहरूका अगुवाहरू थिए।

12:47b.NEH.012.047 यसर्थ यरूबाबेल अनि नहेम्याहका समयमा समस्त इस्राएलले प्रत्येक दिन चाहिए जतिको अंश गवैयाहरूका निम्ति केही अंश छुट्याए अनि लेवीहरूले केही अंश हारूनका कुलको निम्ति छुट्याए।

13

13:1b.NEH.013.001 त्यसदिन तिनीहरूले मानिसहरूलाई मोशाको पुस्तकबाट पढि दिए अनि तिनीहरूले त्यसमा यो लेखिएका पाए, कि कुनै अम्मोनी वा मोआबीहरू परमेश्वरको उपासना गर्न कहिल्यै जमघटमा पस्नु हुँदैन।

13:2b.NEH.013.002 किनभने तिनीहरूले इस्राएलीहरूलाई रोटी र पानीद्वारा स्वागत जनाएका थिएनन् र तिनीहरूलाई श्राप दिनलाई तिनीहरूको विरूद्ध बलामलाई ज्यालामा ल्याएका थिए। तर परमेश्वरले श्रापलाई वरदानमा परिणत गरिदिनुभयो।

13:3b.NEH.013.003 जब तिनीहरूले व्यवस्था सुने तिनीहरू हरेक विदेशीलाई इस्राएलबाट पृथक गरे।

13:6b.NEH.013.006 यी सबै भएको बेला म यरूशलेममा थिइनँ। किनकि बाबेलका राजा आर्ट-जारसेजको 32औं वर्षमा म राजाकहाँ फर्केर गएको थिएँ। आखिरमा मैले राजाबाट अनुमति मागें।

13:7b.NEH.013.007 अनि म यरूशलेम फर्कें। तब परमेश्वरको मन्दिरको आँगनमा तोबियाहको निम्ति एउटा कोठाको प्रबन्ध गरिदिएको एल्याशीबाको दुष्कर्म मैले थाहा पाएँ।

13:8b.NEH.013.008 म यस विषयमा अत्यन्त क्रोधित भएँ यसर्थ, मैले तोबियाहका सबै घरेलु मालसामान आंगनमा फ्याँकिदिएँ।

13:9b.NEH.013.009 तब कोठालाई रीतिपूर्वक शुद्ध गर्ने मैले आदेश गरे। अनि त्यहाँ मैले धूपसहित र अन्नबलि परमेश्वरको मन्दिरका भाँडा-वर्त्तनहरू फर्काएँ।

13:10b.NEH.013.010 तब लेवीहरूको अंश तिनीलाई दिइएको थिएन, भनी मैले थाहा पाएँ। यसर्थ लेवीहरू अनि गायकहरू जसले सेवा गरेका थिए। आफ्ना खेततिर फर्केका थिए।

13:11b.NEH.013.011 मैले अधिकारीहरूलाई, “परमेश्वरको मन्दिरको किन उपेक्षा गरिएकोछ?” भनी हप्काएँ। त्यस पछि मैले तिनीहरूलाई भेला गरें। अनि तिनीहरूलाई फेरि काममा फर्काएँ।

13:12b.NEH.013.012 तब समस्त यहूदाले अन्नको दशांश, नयाँ दाखरस अनि तेल भण्डार कक्षमा ल्याएँ।

13:13b.NEH.013.013 त्यसपछि मैले भण्डार कक्षमा कोषाध्यक्षको रूपमा पूजाहारी शेलेम्याह, शिक्षक सादोक अनि लेवी पदायहलाई नियुक्त गरें र हनान जाक्कूरका छोरा, मत्तन्याहका छोरालाई पनि तिनीहरूका सहायकको रूपमा नियुक्त गरे। किनकि तिनीहरू विश्वास योग्य थिए अनि यो यसकारण आफ्ना सहायकलाई अंश दिन तिनीहरूको कार्य भयो।

13:14b.NEH.013.014 हे मेरो परमेश्वर यसका निम्ति मलाई याद गरिदिनुहोस्। मैले परमेश्वरको मन्दिर अनि यसको सेवाका निम्ति गरेका मेरो असल कर्मलाई नभुलि दिनुहोस्।

13:15b.NEH.013.015 त्यसबेला मैले मानिसहरूलाई यहूदामा विश्राम-दिनमा दाखरस पेल्ने कामगरिरहेको देखें। अनि अन्नकारा शल्या एका अनि त्यसलाई गधाहरू माथि लदाएको साथै दाखरस, दाख, नेभारा अनि सबै किसिमका भारी लदाएको अनि यी सबैलाई विश्राम-दिनमा यरूशलेममा ल्याएको देखे। अनि मैले तिनीहरूलाई भोजन बेच्दा चेतावनी दिएँ।

13:16b.NEH.013.016 यरूशलेम अथवा यहूदा छेउमा बस्ने सोरका मानिसहरूले बेच्नका निम्ति माछा अनि सबै किसिमका वस्तुहरू ल्याइरहेका थिए। विश्राम-दिनमा यहूदा अनि यरूशलेमका मानिसहरूलाई ती बेचिरहेका थिए।

13:17b.NEH.013.017 तब मैले यहूदाका मुख्य मानिसहरूलाई हप्काएँ। अनि मैले तिनीहरूलाई भने, “यो के दुष्कर्म तिनीहरू गरिरहे छौ विश्राम-दिनलाई अपवित्र तुल्याउँछौ?

13:18b.NEH.013.018 तिमीहरूका पुर्खाहरूले यसै गरेको हुँदा हाम्रा परमेश्वरले हामीमाथि अनि यो शहर माथि यी सबै विपद ल्याउनु भएको होइन र? तर तिमीहरूले विश्रामलाई अपवित्र तुल्याएर। इस्राएल माथि अझ अधिक क्रोध ल्याउँदैछौ?”

13:19b.NEH.013.019 जब शबाथको अघि यरूशलेमको द्वारमा अन्धकार हुँदै थियो। मैले ढोका बन्द गर्ने आदेश दिएँ। विश्राम नसिद्धिए सम्म ती ढोका नखोल्ने आदेश दिएँ। अनि मैले ढोकाहरूमा मेरा केही मानिसहरूलाई बसाएँ, जसद्वारा विश्राम दिनमा कुनै पनि भारीहरू शहरमा पस्न नपाओस्।

13:20b.NEH.013.020 एक वा दुइपल्ट सबै थरिका व्यापारी अनि बिक्रेताहरूले यरूशलेम बाहिर रात बिताए।

13:21b.NEH.013.021 तिमीहरू पर्खालको अघि किन रात बिताउँदैछौ? “तिमीहरूले फेरी यसो गर्यौ भनें म तिमीहरू माथि बल प्रयोग गर्ने छु।” भनी तिनीहरूलाई चेतावनी दिएँ। त्यसबेला देखि तिनीहरू विश्राम-दिनमा आएनन्।

13:22b.NEH.013.022 त्यसपछि मैले लेवीहरूलाई तिमीहरूले स्वयंलाई शुद्ध गर्नुपर्छ अनि विश्राम दिनलाई पवित्र राख्नको निम्ति जाऊ र ढोकाहरूको रक्षागर भनें। हे मेरा परमेश्वर यसको निम्ति पनि मलाई सम्झि दिनुहोस्। अनि तपाईंको महान प्रेमले मलाई जोगाउनु होस्।

13:23b.NEH.013.023 ती दिनहरूमा मैले अश्दोद, अम्मोन अनि मोआबका स्त्रीहरूलाई विवाह गर्ने यहूदाका केही मानिसहरूलाई देखें।

13:24b.NEH.013.024 तिनीहरूका आधा केटा-केटीहरूले अश्दोद वा अन्य मानिसका भाषा बोल्दथे अनि तिनीहरूले यहूदाको भाषा कसरी बोल्नु सो जान्दैन थिए।

13:25b.NEH.013.025 यसकारण मैले तिनीहरूसित बहस गरें अनि मैले तिनीहरूलाई श्राप दिएँ। मैले केही मानिसहरूलाई पीटें अनि तिनीहरूको दाह्री तानी दिएँ। तिनीहरूलाई परमेश्वरको नाउँमा शपथ खान लगाए, “तिनीहरूलाई आदेश दिए तिनीहरूका छोरीहरूलाई विवाह नगर, नता तिनीहरूको छोरीहरूले तिमीहरू छोरासित विवाह गरोस्, नता यस्तो विदेशीहरूले तिमीहरूको छोरीहरू सित विवाह गरोस्।

13:26b.NEH.013.026 तिमीहरूलाई थाहा छ, त्यस्तो विवाह गरेर सुलेमान पापमा फँसे। सबै राज्यहरूमा सुलेमान जस्तो ठूलो राजा कोही पनि थिएन। परमेश्वरले सुलेमानलाई माया गर्नुभयो र परमेश्वरले उहाँलाई इस्राएल देशको राजा बनाउँनु भयो। तर विदेशी स्त्रीहरूले वहाँलाई परमेश्वरको विरूद्ध पाप गर्न लगाए।

13:27b.NEH.013.027 अनि आज हामीहरू सुन्दैछौं कि तिमीहरूले त्यस्तै ठूला पापहरू गरिरहेका छौं, तिमीहरूले परमेश्वरमा साँचो जीवन जीएका छैनौ। तिमीहरूले विदेशी स्त्रीहरूलाई विवाह गरेका छौ।”

13:28b.NEH.013.028 यहोयादा एकजाना प्रधान पूजाहारी एल्याशीबका छोरा थिए, उसको छोरा-छोरीले होरोनी सम्बलतको छोरीलाई विवाह गरेको थिए। मैले उसलाई म बाट टाढ खेदि दिएँ।

13:29b.NEH.013.029 मेरो पिताले त्यस्तो मानिसहरूलाई सजाए दिनुहुन्छ, जसले अशुद्ध बनाउँछन्। तिनीहरूले यसलाई प्रधानताको मुख्य सम्झना रहोस्। तिनीहरूले पूजाहारीहरू र लेवीहरूको आज्ञाका पालन गरेनन्।

13:30b.NEH.013.030 मैले पूजाहारीहरू र लेवीहरूलाई विदेशीहरूबाट छुट्टाएँ अनि तिनीहरू प्रत्येकलाई विदेशी कुरा देखि शुद्ध पारे तिनीहरूको आफ्नै कामहरू अनि उत्तरदायित्वहरू दिएँ।

13:31b.NEH.013.031 मैले आज्ञा गरे कि मानिसहरूका काठको उपहारहरू अनि अगैटे फलहरू सही समयामा नै ल्याओस्। हे मेरो परमेश्वर, मैले यी असल कुराहरू गरेको निम्ति सम्झना गर्नु होस्।


Holder of rights
Multilingual Bible Corpus

Citation Suggestion for this Object
TextGrid Repository (2025). Nepali Collection. Nehemiah (Nepali). Nehemiah (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-ACDB-0