2 Chronicles (Nepali)
1
1:1b.2CH.001.001 सुलेमान एक अति शक्तिशाली राजा भए किनभने परमप्रभु तिनका परमेश्वर तिनका साथ हुनुहुन्थ्यो। परमप्रभुले सुलेमानलाई अति महान बनाउनु भयो।
1:2b.2CH.001.002 सुलेमानले इस्राएलका सबै मानिसहरूसित कुरा-कानी गरे। तिनले सेनाका नायकहरू, सेना अध्यक्षहरू, न्यायकर्त्ताहरू सम्पूर्ण इस्राएलका अगुवाहरू अनि परिवारहरूका मुखियाहरूसित कुरा-कानी गरे।
1:3b.2CH.001.003 तब सुलेमान अनि तिनी सित एकत्रित भएका सबै मानिसहरू गिबोनको डाँडामाथि पूजा-स्थानमा गए। त्यहाँ परमेश्वरको भेट हुने पाल थियो। परमप्रभुका दास मोशाले पाल बनाएका थिए जब तिनी इस्राएलका मानिसहरू मरूभूमिमा थिए।
1:4b.2CH.001.004 दाऊदले परमेश्वरको करारको सन्दूक किर्यात-यारीमदेखि बोकेर यरूशलेममा ल्याएका थिए। यसलाई राख्नका निम्ति दाऊदले यरूशलेममा एक स्थान बनाएका थिए। दाऊदले परमेश्वरको करारको सन्दूकको निम्ति यरूशलेममा एउटा पाल टाँगेका थिए।
1:5b.2CH.001.005 ऊरीका छोरा, हूरका नाति बजलेलले काँसाको वेदी बनाएका थिए। काँसाको वेदी परमप्रभुको पालको सामुन्ने थियो। यसकारण सुलेमान अनि मानिसहरू गिबोनमा परमप्रभुलाई सल्लाह माग्न भनि गए।
1:6b.2CH.001.006 सुलेमान भेट हुने पालमा परमप्रभुको सामुन्नेको काँसाको वेदीसम्म गए। सुलेमानले वेदीमा 1,000 होमबलि अर्पण गरे।
1:7b.2CH.001.007 त्यस रात परमेश्वर सुलेमान कहाँ आउनु भयो। परमेश्वरले भन्नुभयो, “सुलेमान, मैले तँलाई के दिएको तँ चाहन्छस् मलाई भन।”
1:8b.2CH.001.008 सुलेमानले परमेश्वरलाई भने, “तपाईं मेरा पिता दाऊद प्रति अति दयालु हुनुहुन्थ्यो। तपाईंले मलाई मेरा पिताको स्थानमा नयाँ राजा बन्नका निम्ति चुन्नु भयो।
1:9b.2CH.001.009 अब हे परमप्रभु परमेश्वर, तपाईंले मेरा पिता दाऊदलाई दिनुभएको वचन राखि दिनुहोस्। तपाईंले मलाई एक अत्यन्त विशाल राष्ट्रका राजा चुन्नु भयो। त्यहाँ यति विघ्न मानिसहरू छन् जस्तै तिनीहरू पृथ्वीका धूलो सरी छन्।
1:10b.2CH.001.010 अब मलाई बुद्धि र ज्ञान दिनुहोस् जसमा कि म यी मानिसहरूलाई सही ढंङ्गले अगुवाइ गर्न सकूँ। कुनै व्यक्तिले पनि तपाईंको सहायता बिना यी तपाईंका महान मानिसहरूमाथि शासन गर्न सक्तैन।”
1:11b.2CH.001.011 परमेश्वरले सुलेमानलाई भन्नुभयो, “तेरो ढाँचा ठीक छ। तैंले धन-सम्पत्तिका निम्ति वा सम्मानको निम्ति याचना गरिनस्। तैंले तेरा शत्रुहरू मारियोस् भन्ने याचना गरिनस् अनि तैंले लामो जीवनको निम्ति याचना गरिनस्। अहँ तैंले ती कुराहरूका निम्ति याचना गरिनस्। तैंले बुद्धि अनि ज्ञानको याचना गरिस् जसमा कि तैंले मेरो मानिसहरूको निम्ति बुद्धिमानी पूर्वक निर्णय लिन सक्छस् ती मानिसहरू जो माथि शासन गर्न मैले तँलाई चुनें।
1:12b.2CH.001.012 यसर्थ म तँलाई बुद्धि र ज्ञान दिनेछु। तर म तँलाई धन-सम्पत्ति, अधिकार अनि प्रतिष्ठा पनि दिनेछु। तेरो अघि रहेका कुनै पनि राजासित कहिले पनि यति बिध्न सम्पत्ति अनि प्रतिष्ठा थिएन। अनि भविष्यमा पनि कुनै राजाको यति विघ्नसम्पत्ति अनि प्रतिष्ठा हुने छैन।”
1:13b.2CH.001.013 त्यसैकारण, सुलेमान गिबोनमा आराधनाको स्थानमा गए। तब सुलेमानले भेट हुने पाल छाडे अनि यरूशलेममा इस्राएलमाथि शासन गर्न फर्किए।
1:14b.2CH.001.014 सुलेमानले आफ्ना सेनाका निम्ति घोडा अनि रथहरू एकत्रित गर्न शुरू गरे। सुलेमानले 1,400 रथहरू अनि 12,000 घोडा सवारहरू ल्याए। सुलेमानले तिनीहरूलाई रथ-शहरहरूमा राखे। सुलेमानले ती मध्ये केही यरूशलेममा पनि राखे जहाँ राज भवन थियो।
1:15b.2CH.001.015 यरूशलेममा सुलेमानले प्रशस्त सुन अनि चाँदी एकत्रित गरे। त्यहाँ यति विघ्नसुन अनि चाँदी थियो जो ढुँङ्गा सरह थियो। सुलेमानले प्रशस्त देवदारका काठ जम्मा गरे। त्यहाँ यति विघ्नदेवदार थिए, तिनीहरू पश्चिमी पहाडी प्रदेशका नेभाराका बृक्ष सरह थिए।
1:16b.2CH.001.016 सुलेमानले मिश्र देश अनि क्यूएबाट घोडाहरू ल्याए। राजाका व्यापारिहरूले घोडाहरू क्यूएमा किने।
1:17b.2CH.001.017 सुलेमानका व्यापारीहरूले मिश्र देशबाट 600 शेकेल चाँदी दिएर एक रथ र 150 शेकेल चाँदी तिरेर एक घोडा किने। तब ती व्यापारीहरूले घोडा अनि रथहरू सबै हित्तीका राजाहरू र अरामका राजाहरूलाई बेचीदिए।
2
2:1b.2CH.002.001 सुलेमानले परमप्रभुको नाउँको सम्मानका निम्ति एउटा मन्दिर निर्माण गर्ने योजना गरे। सुलेमानले आफ्नै निम्ति पनि एउटा राजमहल निर्माण गर्ने योजना गरे।
2:2b.2CH.002.002 सुलेमानले 70,000 भारी बोक्नेहरू अनि पहाडमा ढुङ्गा काट्नका निम्ति 80,000 डकर्मीहरू ल्याए। सुलेमानले काम गर्नेहरूको देख-रेख गर्नलाई 3,600 मानिसहरू चुने।
2:3b.2CH.002.003 त्यसपछि सुलेमानले हूरामलाई खबर पठाए। हूराम सोर शहरका राजा थिए। सुलेमानले भने, “तपाईंले मेरो पिता दाऊदलाई सहायता दिनु भए झैं मलाई सहायता दिनुहोस्। तपाईंले तिनलाई देवदार बृक्षका काठ पठाउनु भएको थियो जसमा कि तिनले आफैं बस्नका निम्ति एउटा राज भवन बनाउन सकून्।
2:4b.2CH.002.004 परमप्रभु मेरा परमेश्वरका नाउँको सम्मानका निम्ति म एउटा मन्दिर निर्माण गर्नेछु। मन्दिरमा हामी परमप्रभुको समक्ष धूप जलाउने छौं अनि हामी सदैव विशेष मेचमा पवित्र रोटी राख्नेछौं। हामी हरेक साँझ, बिहान हरेक शबाथको दिन, हरेक औंसी अनि परमप्रभु हाम्रा परमेश्वरले हामीलाई मनाउन भनी आदेश दिनु भएका अन्य चाडहरूमा होमबलि अर्पण गर्ने छौं। इस्राएली मानिसहरूले सदा सर्वदा पालन गर्नु पर्ने यो एउटा नियम हो।
2:5b.2CH.002.005 “हाम्रा परमेश्वर अन्य सबै देवताहरू भन्दा महान हुनुहुन्छ। यसर्थ उहाँको निम्ति म एक विशाल मन्दिर निर्माण गर्नेछु।
2:6b.2CH.002.006 कुनै पनि व्यक्तिले वास्तवमा हाम्रा परमेश्वरलाई राख्नका निम्ति मन्दिर निर्माण गर्न सक्तैन स्वर्गले पनि परमेश्वरलाई राख्न सक्तैन। अहँ सर्वोच्च स्वर्गले पनि हाम्रा परमेश्वरलाई राख्न सक्तैन। यसर्थ परमेश्वरका निम्ति म मन्दिर निर्माण गर्न सक्तिनँ। म केवल उहाँलाई सम्मान जनाउनको निम्ति धूप जलाउने स्थान बनाउन सक्छु।
2:7b.2CH.002.007 अब तपाईंले मलाई एक व्यक्ति जो सुन, चाँदी, काँसा अनि फलामका काम गर्नमा सिपालु छ पठाइ दिनुहोस् भनी चाहन्छु। त्यस मानिसले बैजनी, रातो अनि नीलो बस्त्रको काम गर्न जानेको हुनुपर्छ। त्यस मानिसले मेरा पिताले चुन्नु भएका कारीगरहरू सित यहाँ यहूदा अनि यरूशलेममा काम गर्नेछ।
2:8b.2CH.002.008 दया गरेर मलाई लबानोनबाट देवदार, सल्ला अनि चन्दनका वृक्षका काठहरू पनि पठाइदिनु होस्। मलाई थाहा छ, तपाईंका सेवकहरू लबानोन देशका वृक्षहरू ढाल्नमा अनुभवी छन्। मेरा सेवकहरूले तपाईंका सेवकहरूसँगै काम गर्नेछन्।
2:9b.2CH.002.009 मलाई प्रशस्त काठको दर्कार पर्नेछ किनभने मन्दिर म जो निर्माण गर्दैछु अत्यन्त विशाल र सुन्दर हुनेछ।
2:10b.2CH.002.010 काठका निम्ति बृक्षहरू ढाल्ने तपाईंका सेवकहरूलाई म जे दिनेछु त्यो यो हो। म तिनीहरूलाई खानका निम्ति 20,000 मुरी गहुँ, 20,000 मुरी जौं, 20,000 पाथी दाखरस अनि 20,000 पाथी तेल दिने छु।”
2:11b.2CH.002.011 तब हूरामले सुलेमानलाई उत्तर दिए। हूरामले सुलेमानलाई एक खबर पठाए। त्यो खबरमा भनिएका कुराहरू यी हुन्; “सुलेमान, परमप्रभुले उहाँका मानिसहरूलाई प्रेम गर्नु हुन्छ। त्यसै कारणले उहाँले तपाईंलाई तिनीहरूको राजा चुन्नु भयो।”
2:12b.2CH.002.012 हूरामले यो पनि भने, “इस्राएलका परमप्रभु परमेश्वरको स्तुति गर्नुहोस्। उहाँले स्वर्ग अनि पृथ्वीको सृजना गर्नु भयो। उहाँले राजा दाऊदलाई एक बुद्धिमान छोरा दिनु भयो। सुलेमान बुद्धिमानी अनि समझदारी हुनुहुन्छ। तपाईंले परमप्रभुको निम्ति मन्दिर निर्माण गर्नु हुँदैछ। तपाईंले आफ्नै निम्ति पनि राज-महल निर्माण गर्नु हुँदैछ।
2:13b.2CH.002.013 म तपाईं कहाँ हूराम अब्बी नाउँ गरेको एक सिपालु कारीगर पठाउने छु।
2:14b.2CH.002.014 त्यसकी आमा दान कुल समूहकी थिइन्। त्यसका पिता सोर शहरका थिए। हूराम अब्बी सुन, चाँदी, काँसा, फलाम, ढुँङ्गा अनि काठको काम गर्नमा सिपालु छ। हूराम अब्बीसंग बैजनी, नीलो अनि रातो बस्त्र र मूल्यवान मलमलको काम गर्नमा पनि सिपालु छ। हूराम अब्बी तपाईंले भन्नु भएका नक्कासी गर्न अनि कुनै पनि काम गर्न सक्छ। त्यसले तपाईंका कारीगरहरू अनि तपाईंका पिता राजा दाऊदका कारीगरहरू सित काम गर्नेछ।
2:15b.2CH.002.015 “अब, महाशय, तपाईंले हामीलाई गहुँ, जौं, तेल अनि दाखरस दिने वचन दिनु भयो। ती चीजहरू मेरा सेवकहरूलाई दिनु होस्।
2:16b.2CH.002.016 अनि हामी लबानोन देशबाट काठ काट्ने छौं। हामी तपाईंलाई चाहिएसम्म काठ काट्ने छौं। हामी मूढाहरू साथ बाँध्ने छौं। अनि तिनीहरूलाई समुद्रबाट यापो शहरतिर पठाउने छौं। त्यसपछि तपाईंले काठहरू यरूशलेममा लान सक्नु हुने छ।”
2:17b.2CH.002.017 तब सुलेमानले इस्राएलमा बस्ने सबै विदेशीहरूको गन्ती लिए। यो त्यस समय पछि भयो जब दाऊदले मानिसहरूको गणना गरेका थिए। दाऊद सुलेमानका पिता थिए। तिनीहरूले देशमा 1,53,600 विदेशीहरू भेट्टाए।
2:18b.2CH.002.018 सुलेमानले मालसामान बोक्नका निम्ति 70,000 विदेशीहरू छाने। सुलेमानले 80,000 विदेशीहरूलाई पहाडमा ढुँङ्गा काट्नका निम्ति चुने। अनि सुलेमानले 3,600 विदेशी मानिसहरूलाई काममा लगाइ राख्नका निम्ति निरीक्षक चुने।
3
3:1b.2CH.003.001 सुलेमानले यरूशलेमको मोरीयाह पर्वतमा परमप्रभुको मन्दिर निर्माण गर्न शुरू गरे। मोरीयाह पर्वत त्यो स्थान हो जहाँ परमप्रभु दाऊद, सुलेमानका पिता कहाँ आउनु भएको थियो। सुलेमानले त्यस स्थानमा मन्दिर निर्माण गरे जुन स्थान दाऊदले तयार पारेका थिए। यो स्थान ढिकी भएको खलामा थियो जो यबूसी ओर्नानको थियो।
3:2b.2CH.003.002 सुलेमानले इस्राएलमाथि शासन गरेको चौथो वर्षको दोस्रो महीनामा काम शुरू गरे।
3:3b.2CH.003.003 सुलेमानद्वारा परमेश्वरको मन्दिरको घडेरी निर्माण गर्नका निम्ति प्रयोग गरिएका नाप यी हुन्। घडेरी 60 हात लामो अनि 20 हात चौडा थियो। सुलेमानले मन्दिरको नाप गर्दा पुरानो हाते नाप चलाए।
3:4b.2CH.003.004 मन्दिरको सामुन्ने दलानको लमाइ 20 हात अनि उँचाइ 20 हात थियो। सुलेमानले दलानको भित्री भाग शुद्ध सुनले मोडे।
3:5b.2CH.003.005 सुलेमानले ठूलो कोठाका भित्ताहरूमा सल्लाका काठका तख्ताहरू लगाए। त्यस पछि तिनले सल्लाका तख्ताहरू माथि शुद्ध सुन लगाए। अनि तिनले शुद्ध सुन माथि खजूरको बृक्षको चित्र अनि सिक्री लगाए।
3:6b.2CH.003.006 सुलेमानले सुन्दरताको निम्ति मन्दिरमा बहुमूल्य रत्नहरू लगाए। सुलेमानले प्रयोग गरेको सुन पर्वेमबाट ल्याएका थिए।
3:7b.2CH.003.007 सुलेमानले मन्दिरको भित्री अंश सुनले मोहोरे सुलेमानले छाना मुनिको सत्तरी, चौखट भित्ता अनि ढोकाहरूमा सुन लगाए। सुलेमानले भित्ताहरूमा करूब स्वर्ग-दूतहरू कुँदेर बनाए।
3:8b.2CH.003.008 त्यस पछि सुलेमानले महा पवित्रस्थान बनाए। त्यो महा पवित्रस्थान 20 हात लामो अनि 20 हात चौडा थियो। त्यो मन्दिर जत्तिकै चौंडादार थियो। सुलेमानले महा पवित्र स्थानको भित्ता सुनले मोहोरे। सुनको तौल प्रायः 600 तोडा किलोग्राम थियो।
3:9b.2CH.003.009 सुनका कीलाहरूको ओजन प्रायः 50 शेकेल थियो। सुलेमानले माथिल्लो कोठा सुनले ढाकी दिए।
3:10b.2CH.003.010 सुलेमानले महा पवित्रस्थानमा राख्नका निम्ति दुइवटा करूब स्वर्गदूतहरू बनाए। कारीगरहरूले करूब स्वर्गदूतहरूलाई सुनले मोहोरिदिए।
3:11b.2CH.003.011 करूब स्वर्गदूतका प्रत्येकका पंखेटा पाँच हात लामा थिए। पंखेटाहरूको मोठ लमाइ बीसहात थियो। पहिलो करूब स्वर्गदूतको एउटा पंखटाले कोठाको एक तिरको भित्ता छोएको थियो, अनि अर्को पंखटाले दोस्रो करूब स्वर्गदतूको एउटा पंखेटा छोएको थियो।
3:12b.2CH.003.012 अनि दोस्रो करूब स्वर्गदूतको अर्को पंखेटाले कोठाको अर्को तिरको भित्ता छोएको थियो अनि यसको अर्को पंखेटाले अर्को करूब स्वर्गद्वातको पंखेटा छोएको थियो।
3:13b.2CH.003.013 करूब स्वर्गदूतहरूका पंखेटाहरूले मोठ 20 हात ढाकेको थियो। करूब स्वर्गदूतहरू भित्र पवित्रस्थान तर्फ हेरेर उभिएका थिए।
3:14b.2CH.003.014 सुलेमानले नीलो, बैजनी र रातो बस्त्र अनि मूल्यवान मलमल प्रयोग गरेर पर्दा बनाए। सुलेमानले पर्दामा करूब स्वर्गदूतहरूको चित्र बनाए।
3:15b.2CH.003.015 सुलेमानले मन्दिरको अघि दुइवटा स्तम्भहरू खडा गरे। स्तम्भहरू 35 हात अग्ला थिए। दुइ स्तम्भका टुप्पाको अंश 5 हात लामो थियो।
3:16b.2CH.003.016 सुलेमानले सिक्रीहरूका हार बनाए। तिनले सिक्रीहरू स्तम्भहरूका टुप्पामा लगाए। सुलेमानले 100वटा दारीम बनाए अनि तिनीहरूलाई सिक्रीमा झुण्ड्याइ दिए।
3:17b.2CH.003.017 त्यस पछि सुलेमानले स्तम्भहरूलाई मन्दिरको सामुन्ने खडा गरे। एउटा स्तम्भ दाहिनेतिर खडा थियो। अर्को स्तम्भ देब्रोतिर खडा थियो। सुलेमानले दाहिनेतिरको स्तम्भको नाउँ “याकीन” र देब्रेतिरको स्तम्भको नाउँ “बोअज” राखे।
4
4:1b.2CH.004.001 सुलेमानले वेदी बनाउनका निम्ति काँसाको प्रयोग गरे त्यो कँसाको वेदी 20 हात लामो, 20 हात चौडा अनि 10 हात अग्लो थियो।
4:2b.2CH.004.002 त्यस पछि सुलेमानले गलित काँसाको प्रयोग एउटा ठूलो खड्कुँले निर्माण गर्नका निम्ति गरे। त्यो ठूलो जलाशय गोलो थियो अनि एक धारदेखि अर्को धार सम्म यसको नाप 10 हात थियो। अनि त्यसको अग्लाइको नाप 5 हात अनि 30 हात घेरा भएको थियो।
4:3b.2CH.004.003 ठूलो काँसाको खड्कुँलाको बिट मुनि गोरूका आकृतिहरू अंकित थिए। ती आकृतीहरू दुइ पंक्तिमा थिए जो खड्कुँला वरिपरि 10 हात फैलिएका थिए। खडकुँलाको आकृति बनाउँदा नै उचित स्थानमा गोरूका आकृति ढालिएका थिए।
4:4b.2CH.004.004 ठूलो काँसाको खड्कुँला बाह्रवटा गोरू ठूल्ठूला मूर्तिहरू माथि थिए। तीनवटा गोरू उत्तर तर्फ फर्केका थिए। तीनवटा गोरू पश्चिमतर्फ फर्केका थिए। तीनवटा गोरू दक्षिण तर्फ फर्केका थिए। तीनवटा गोरू पूर्व तर्फ फर्केका थिए। ठूलो काँसाको खड्कुँला यी गोरूहरू माथि थिए। सबै गोरूहरू तिनीहरूका पछिल्ला भाग एक अर्काका साथ अनि माझमा पारेर उभ्याइएका थिए।
4:5b.2CH.004.005 ठूलो काँसाको खड्कुँला आठ सेन्टी मिटर बाक्लो थियो। ठूलो खडकुँलाको घेरा प्यालाको घेरा जस्तै थियो। घेरा फक्रिएको लिली जस्तै देखिन्थ्यो। त्यसमा प्रायः सत्तरी हजार पाथी अटाउँन सकिन्थ्यो।
4:6b.2CH.004.006 सुलेमानले दशवटा स्नान भाँडाहरू बनाए। पाँच स्नान भाँडाहरू तिनले ठूलो काँसाको खडकुँलाको दाहिनेतिर राखे अनि सुलेमानले पाँच स्नान भाँडा ठूलो काँसाको खड्कुँलाको देब्रेतिर राखे। यी दशवटा स्नान भाँडाहरू होमबलिका निम्ति अर्पण गरिएका सामग्रीहरू धुनका निम्ति प्रयोग गरिनु थियो। तर ठूलो काँसाको खड्कुँला बलि अर्पण गर्नुको अघि पूजाहारीहरूले नुहाउनका निम्ति प्रयोग गरिनु थियो।
4:7b.2CH.004.007 सुलेमानले सुनको दशवटा सामदान बनाए। तिनले ती सामदान बनाउने योजनालाई अनुसरण गरे तिनले ती सामदानहरू मन्दिरमा राखे। पाँचवटा सामदान दाहिनेतर्फ अनि पाँचवटा सामदान देब्रेतिर थिए।
4:8b.2CH.004.008 सुलेमानले दशवटा टेबलहरू बनाए अनि तिनीहरूलाई मन्दिरमा राखे। पाँचवटा टेबलहरू दाहिनेतिर अनि पाँचवटा टेबलहरू मन्दिरमा देब्रेतिर राखिए। अनि सुलेमानले 100 स्नान भाँडाहरू बनाउन सुन प्रयोग गरे।
4:9b.2CH.004.009 सुलेमानले पूजाहारीहरूको आँगन, ठूलो आँगन अनि आँगनहरूका निम्ति ढोकाहरू पनि बनाए। तिनले आँगानतिर खुलिने ती ढोकाहरूलाई ढाक्न काँसाको प्रयोग गरे।
4:10b.2CH.004.010 त्यसपछि तिनले ठूलो काँसाको खड्कुँलालाई मन्दिरको दाहिनेतिर दक्षिण पूर्व दिशामा राखे।
4:11b.2CH.004.011 हूरामले भाँडा, बेल्चा अनि कचौराहरू बनाए। त्यसपछि हूरामले परमेश्वरको मन्दिरमा राजा सुलेमानका निम्ति कार्य समाप्त गरे।
4:12b.2CH.004.012 हूरामले दुइवटा स्तम्भहरू अनि ती दुइ स्तम्भका माथिल्ला भागका ठूला कचौराहरू बनाएका थिए। हूरामले दुइ ठूला स्तम्भका टुप्पोको अंशमा भएका दुइ ठूला कचौरहरूलाई ढाक्न बुट्टादार जाली पनि बनाए।
4:13b.2CH.004.013 हूरामले दुइ बुट्टादार जालीका निम्ति 400 दारिम पनि बनाए। प्रत्येक जालीका निम्ति दुई लहर दारिमहरू थिए। ती जालीहरूले दुइ स्तम्भका टुप्पोका अंशमा भएका कचौराहरू छोपिएका थिए।
4:14b.2CH.004.014 हूरामले ठेला-गाडीहरू अनि आधार स्तम्भमा कचौराहरू पनि बनाए।
4:15b.2CH.004.015 हूरामले एउटा ठूलो काँसाका खडकुँला अनि खडकुँला मुन्तिर बाह्रवटा गोरूहरू बनाए।
4:16b.2CH.004.016 हूरामले भाँडाहरू, बेल्चाहरू, काँटाहरू अनि सबै सामग्रीहरू परमप्रभुको निम्ति राजा सुलेमानलाई बनाइदिए। यी सामग्रीहरू कलाईवाला काँसाद्वारा बनाइएका थिए।
4:17b.2CH.004.017 राजा सुलेमानले ती सामग्रीहरू पहिला माटाका साँचामा खन्याए। ती साँचाहरू सुक्कोत अनि सरेदा शहर माझ भएको यर्दन बेंसीमा निर्माण गरिएका थिए।
4:18b.2CH.004.018 सुलेमानले यति विघ्नयी चीज बीजहरू बनाए कि कसैलेपनि यसका निम्ति प्रयोग गरिएको काँसाको तौल लिने चेष्टा गरेनन्।
4:19b.2CH.004.019 सुलेमानले परमेश्वरको मन्दिरका निम्ति चीज बीजहरू बनाए। सुलेमानले सुनको वेदी बनाए। तिनले टेबलहरू बनाए जहाँ उपस्थितको रोटी राखिन्थ्यो।
4:20b.2CH.004.020 सुलेमानले सामदानहरू अनि त्यसका बत्तीहरू शुद्ध सुनको बनाए। ती बत्तीहरू तिनीहरूका निम्ति बनाएको योजना अनुसार भित्र पवित्रस्थानको अघि जलाउनु पर्ने थियो।
4:21b.2CH.004.021 सुलेमानले फूलहरू, बत्तीहरू, धुपौरा अनि चिम्टाहरू बनाउनका निम्ति शुद्ध सुनको प्रयोग गरे।
4:22b.2CH.004.022 सुलेमानले छरितो पार्ने, बाटाहरू, कचौराहरू, तावा चिम्टाहरू अनि धूपदानीहरू बनाउका निम्ति शुद्ध सुनको प्रयोग गरे। सुलेमानले मन्दिरका ढोकाहरू, महा पवित्रस्थानको भित्री ढोकाहरू अनि मुख्य विशाल कक्षका ढोकाहरू निर्माण गर्नका निम्ति शुद्ध सुनको प्रयोग गरे।
5
5:1b.2CH.005.001 तब, परमप्रभुको मन्दिरका निम्ति सुलेमानले गरेका सम्पूर्ण कार्य पूर्ण भए। सुलेमानले सबै चीजहरू ल्याए जो तिनका पिता दाऊदले मन्दिरका निम्ति दिएका थिए। सुलेमानले सुन चाँदीका सबै चीजहरू अनि सजाउने सबै वस्तुहरू ल्याए। सुलेमानले ती सबै चीज बीजहरू परमेश्वरको मन्दिरका कोष-कक्षमा राखे।
5:2b.2CH.005.002 सुलेमानले इस्राएलका सबै अग्रज अनि कुल समूहका प्रधानहरूलाई यरूशलेममा एक साथ भेट गर्ने आदेश दिए। (यी मानिसहरू इस्राएलका परिवारहरूका प्रधानहरूका प्रमुखहरू थिए।) सुलेमानले यसो गरे जसमा कि लेवीहरूले परमप्रभुको करारको सन्दूक दाऊदको शहर सियोनबाट मन्दिर सम्म ल्याउन सकोस्।
5:3b.2CH.005.003 इस्राएलका सबै मानिसहरू झूप्रो-बासको चाडको समयमा राजा सुलेमानको समक्षमा एकसाथ भेला भए। यो उत्सव सातौं महीनामा मनाइन्थ्यो।
5:4b.2CH.005.004 जब इस्राएलका सबै अग्रजहरू आइपुगे, लेवीहरूले करारको सन्दूक उठाए।
5:5b.2CH.005.005 तब पूजाहारी अनि लेवीहरूले करारको सन्दूक बोकेर यरूशलेममा लगे। तिनीहरूले भेट हुने पाल अनि त्यसमा भएका सबै पवित्र बस्तुहरू पनि यरूशलेममा ल्याए।
5:6b.2CH.005.006 राजा सुलेमान अनि इस्राएलका सबै मानिसहरूले करारको सन्दूक अघि भेटे। राजा सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले भेडा अनि गोरूहरूका बलि चढाए। भेंडा अनि गोरूहरू यति विघ्नथिए कि कुनै व्यक्तिले ती गिन्ती गर्न सकेनन्।
5:7b.2CH.005.007 त्यसपछि पूजाहारीहरूले परमप्रभुको करारको सन्दूक त्यसका निम्ति तयार पारिएका स्थानमा ल्याए। त्यो स्थान मन्दिर भित्रको महापवित्र स्थान थियो। करारको सन्दूकलाई करूब स्वर्गदूतहरूका पंखेटा मुनि राखियो।
5:8b.2CH.005.008 करूब स्वर्गदूतहरूले तिनीहरूका पंखेटाहरू त्यस स्थान माथि फैलाएका थिए जहाँ करारको सन्दूक थियो। करूब स्वर्गदूतहरूले करारको सन्दूकलाई ढाकेका थिए र सन्दूक बोक्न प्रयोग गरिएका डन्डामाथि खडा थिए।
5:9b.2CH.005.009 ती डन्डाहरू यति लामा थिए कि तिनीहरूको टुप्पो महा पवित्र स्थानको सामुन्नेबाट नै देख्न सकिन्थ्यो। तर कुनै व्यक्तिले पनि ती डंण्डाहरूलाई मन्दिरको बाहिरबाट देख्न सक्तैन थियो। ती डंण्डाहरू आज सम्म पनि त्यहीं छन्।
5:10b.2CH.005.010 करारको सन्दूकमा दुई फलाकहरू बाहेक अरू केही थिएन। मोशाले ती दुइ फलाकलाई होरेब पहाडमा करारको सन्दूकभित्र राखेका थिए। होरेब त्यो स्थान हो जहाँ परमप्रभुले इस्राएलका मानिसहरूसित करार गर्नु भएको थियो। इस्राएलका मानिसहरू मिश्रदेशबाट बाहिर भए पछि त्यो कुरा घटेको थियो।
5:11b.2CH.005.011 त्यहाँ भएका सबै पूजाहारीहरूले स्वयंलाई पवित्र तुल्याउने रीति सम्पन्न गरे। तब, पूजाहारीहरू पवित्र स्थानको बाहिर आए, तिनीहरू एकै साथ उभिए, तर तिनीहरूको विशेष समूहमा होइन।
5:12b.2CH.005.012 लेवी गायकहरू वेदीका पूर्वतर्फ उभीए। आसाप, हेमान अनि यदूतूनका सबै गायक समूहहरू त्यहां थिए। तिनीहरूका छोरा अनि आफन्तहरू पनि त्यहाँ थिए। ती लेवी गायकहरू सेतो मलमलका पोशाकमा थिए। तिनीहरू सित झ्याम्टा, वीणा र सारङ्गीहरू थिए। त्यहाँ 120 पूजाहारीहरू ती लेवी गायकहरू साथ थिए। ती 120 पूजाहारीहरूले तुरही बजाए।
5:13b.2CH.005.013 मानिसहरू कसैले तुरही बजाए कसैले गाए ती एक व्यक्ति जस्तै थिए। तिनीहरूले एउटै ध्वनिमा बजाए जब तिनीहरूले परमप्रभुको स्तुति गरे अनि धन्यवाद ज्ञापन गरे। तिनीहरूले तुरही, झ्याम्टा अनि वाद्य-यन्त्रबाट ठूलो आवाज निकाले। तिनीहरूले “परमप्रभुको स्तुति गरे किनभने उहाँ असल हुनुहुन्छ। उहाँको सत्य प्रेम सदा सर्वदा रहि रहन्छ” भनी गीत गाए। तब परमप्रभुको मन्दिर बादलले भरियो।
5:14b.2CH.005.014 पूजाहारीहरूले सेवा कार्य चलाइ राख्न सकेनन् किनभने यो मन्दिर परमप्रभुको महिमाले बादलको रूपमा भरिएको थियो।
6
6:1b.2CH.006.001 तब सुलेमानले भने. “परमप्रभुले भन्नुभयो,” उहाँ अन्धकार मेघमा बस्नु हुने छ।
6:2b.2CH.006.002 परमप्रभु, मैले तपाईंलाई बस्नका निम्ति एक मन्दिर निर्माण गरेको छु। यो एउटा उच्च मन्दिर हो, एक स्थान जहाँ तपाईं सदा सर्वदा रहनु हुनेछ।”
6:3b.2CH.006.003 3राजा सुलेमान घुमे अनि त्यहाँ भेला भएका इस्राएलका सबै मानिसहरूलाई आशीर्वाद दिए जो जती उनको अघि उभिरहेका थिए।
6:4b.2CH.006.004 सुलेमानले भने, “परमप्रभु इस्राएलका परमेश्वरको स्तुति होस्। उहाँले मेरो पिता दाऊदसित बातचित गर्नुहुँदा जे प्रतिज्ञा गर्नु भएको थियो त्यो पूरा गरिदिनु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो त्यो यो होः
6:5b.2CH.006.005 ‘मैले इस्राएललाई धेरै अघि मिश्रदेशबाट बाहिर ल्याएँ। अनि अहिले सम्म मैले मेरो नाउँमा मन्दिर निर्माण गर्ने स्थानका निम्ति इस्राएलका कुनै पनि कुल समूहको शहर मैले छानेको छैन्। मैले मेरा इस्राएलका मानिसहरू, मानिसहरूलाई अगुवाइ गर्ने व्यक्ति चुनेको छैन।
6:6b.2CH.006.006 तर अहिले मेरो नाउँको निम्ति स्थानको रूपमा यरूशलेम चुनेको छु। अनि मैले मेरा इस्राएली मानिसहरूको अगुवाइका निम्ति दाऊदलाई चुनेको छु।’
6:7b.2CH.006.007 “मेरा पिता दाऊदले इस्राएलका परमप्रभु परमेश्वरको नाउँमा एउटा मन्दिर निर्माण गर्न चाहेका थिए।
6:8b.2CH.006.008 तर परमप्रभुले मेरा पितालाई भन्नुभयो, ‘दाऊद जब तैंले मेरो नाउँमा एउटा मन्दिर निर्माण गर्न चाहिस्, तैंले उत्तम गरिस्।
6:9b.2CH.006.009 तर तैंले मन्दिर निर्माण गर्न सक्तैनस्। तर तेरो आफ्नो छोराले मेरो नाउँमा मन्दिर निर्माण गर्ने छ।’
6:10b.2CH.006.010 अहिले परमप्रभुले जे गर्छु भन्नु भएको थियो त्यही गर्नु भएको छ। म मेरा पिताको स्थानमा नयाँ राजा भएको छु। दाऊद मेरा पिता थिए। अहिले म इस्राएलको राजा भएको छु। यही नै परमप्रभुले प्रतिज्ञा गर्नु भएको थियो। अनि मैले इस्राएलका परमप्रभु परमेश्वरको नाउँमा मन्दिर बनाएको छु।
6:11b.2CH.006.011 मैले मन्दिरमा करारको सन्दूक राखेकोछु। कराको सन्दूक जहाँ छ त्यही परमप्रभुको करार राखिएको छ। परमप्रभुले यो करार इस्राएलका मानिसहरूसित सम्पन्न गरेका थिए।” सुलेमानको प्रार्थना
6:12b.2CH.006.012 सुलेमान परमप्रभुको वेदी अघि उभिए। तिनी इस्राएलका समस्त मानिसहरूको सामुन्ने उभिएका थिए जो एक साथ भेला भएका थिए। त्यस पछि सुलेमानले आफ्ना हात पाखुराहरू फैलाए।
6:13b.2CH.006.013 सुलेमानले 5 हात लामो, 5 हात चौडा अनि 3 हात उच्च काँसाको मञ्च बनाएका थिए अनि त्यसलाई बाहिरको आँगनको माझमा राखिएको थियो। तब तिनी मञ्चमा उभिए अनि इस्राएलका समस्त मानिसहरू अघि घुँडा टेके, जो त्यहाँ एकत्रित भएका थिए। सुलेमानले आफ्ना हातहरू आकाश तिर फैलाए।
6:14b.2CH.006.014 सुलेमानले भनेः “इस्राएलका परमप्रभु परमेश्वर, तपाईं जस्तो परमेश्वर स्वर्ग वा पृथ्वीमा कोही छैन। तपाईंले तपाईंको प्रेम अनि दयाको करार राख्नु हुन्छ। तपाईंले तपाईंका सेवकहरूसित गर्नु भएको करारको पालन गर्नुहुन्छ, यदि तिनीहरू सम्पूर्ण हृदयले ठीकसित बस्छन् अनि तपाईंको आज्ञा पालन गर्छन् भने।
6:15b.2CH.006.015 तपाईंले तपाईंका सेवक दाऊदसित गर्नु भएको प्रतिज्ञा पुरा गर्नुभयो। दाऊद मेरा पिता थिए। तपाईंले तपाईंको मुखारबृन्दबाट प्रतिज्ञा गर्नुभयो। आज तपाईंले त्यो प्रतिज्ञालाई तपाईंका हातद्वारा सत्य तुल्याउनु भयो।
6:16b.2CH.006.016 अब, परमप्रभु इस्राएलका परमेश्वर तपाईंको सेवक मेरा पिता दाऊद प्रतिको तपाईंको प्रतिज्ञा राखिदिनु होस्। तपाईंले गर्नु भएको प्रतिज्ञा यही होः तपाईंले भन्नुभयो, ‘दाऊद, तेरो परिवारबाट मेरो सामुन्ने इस्राएलको सिंहासनमा बसाउँनका निम्ति एक व्यक्ति पाउनु कहिले असफल हुने छैनस्। यो लगातार भइरहनेछ जबसम्म तिम्रा सन्तानहरूले मेरो आज्ञाहरू पच्छ्याउँछन्। तिनीहरूले मेरो नियम त्यस्तै प्रकारले पालन गर्नु पर्ने छ जसरी तैंले मेरो व्यवस्था पालन गरेको छस्।’
6:17b.2CH.006.017 अब इस्राएलका परमप्रभु परमेश्वर, तपाईंको प्रतिज्ञा सत्य तुल्याइ दिनुहोस्। तपाईंले यो प्रतिज्ञा तपाईंको सेवक दाऊदलाई दिनु भएको थियो।
6:18b.2CH.006.018 “तर हामी जान्दछौं कि, परमेश्वर, तपाईं वास्तवमा पृथ्वीमा मानिसहरूसाथ बस्नु हुन्न। स्वर्ग अनि सर्वोच्च स्वर्गले पनि तपाईंलाई आफूमा अँटाउँने क्षमता राख्न सक्तैन। अनि हामी जान्दछौं। कि मैले बनाएको यो मन्दिरले तपाईंलाई अँटाउँन सक्तैन।
6:19b.2CH.006.019 तर दया गरेर परमप्रभु परमेश्वर मैले गरेको प्रार्थना प्रति अनि मैले दयाको याचना गरेको समयमा ध्यान दिनुहोस्। दया गरेर मेरो खुशीको चिच्याहट र तपाईंमा चढाइएको मेरो प्रार्थना सुनीदिनुहोस्। म तपाईंको सेवक हुँ।
6:20b.2CH.006.020 म यो प्रार्थना गर्छु कि तपाईंको दृष्टि यो मन्दिरलाई हेर्न दिन अनि रात खुला राख्नु हुनेछ। तपाईंले भन्नु भएको थियो कि तपाईंले तपाईंको नाउँ यस स्थानमा राख्नु हुनेछ। तपाईंले मेरो प्रार्थना सुनिदिनु हुनेछ जब म यो मन्दिरलाई हेरेर प्रार्थना गर्नेछु।
6:21b.2CH.006.021 मेरा प्रार्थना अनि तपाईंका इस्राएलका मानिसहरूले गरेका प्रार्थना सुनिदिनुहोस्। हाम्रा प्रार्थना सुनिदिनुहोस् जब हामी यो मन्दिर तिर हेर्दै प्रार्थना गर्दछौं। तपाईं स्वर्गमा जहाँ रहनु हुन्छ त्यहींबाट सुनि दिनुहोस्। जब तपाईंले हाम्रा प्रार्थना सुन्नु हुन्छ, हामीलाई क्षमा प्रदान गर्नु होस्।
6:22b.2CH.006.022 “कुनै व्यक्ति कुनै अन्य मानिस प्रति केही नराम्रो गरेर दोषी हुन सक्छ। जब त्यसो हुन्छ तब दोषी व्यक्तिले उ निर्दोष छ भनी प्रतिज्ञा गर्न तपाईंको नाउँ प्रयोग गर्नुपर्ने छ। जब उ प्रतिज्ञा गर्नका निम्ति मन्दिरमा तपाईंको वेदी समक्ष आउँछ।
6:23b.2CH.006.023 तब स्वर्गबाट सुनिदिनुहोस्। तपाईंले सेवकको फैसला गरेर कार्यान्वित गरिदिनुहोस्। नराम्रा व्यक्तिलाई दण्ड दिनुहोस् अनि उसलाई त्यस्तै कष्ट भोगाउनुहोस् जस्तो कष्ट उसले अन्यलाई भोगाएको थियो। यो सिद्ध गरिदिनुहोस कि जुन व्यक्तिले सही कार्य गरेको छ उ निर्दोष छ।
6:24b.2CH.006.024 “यदि शत्रुले तपाईंका इस्राएली मानिसहरूलाई परास्त तुल्याउन सक्छन किनभने तपाईंका मानिसहरूले तपाईंको विरूद्ध पाप गरेका छन्। तब, यदि तिनीहरू तपाईंको नाउँमा दोषहरूलाई स्वीकार गर्दै तपाईं कहाँ फर्की आएर अनि यदि तिनीहरूले यो मन्दिरमा तपाईंलाई प्रार्थना गरी क्षमा याचना माग्छ भने।
6:25b.2CH.006.025 तब स्वर्गबाट सुनि दिनुहोस् अनि तपाईंका इस्राएली मानिसहरूको पापलाई क्षमा गरी दिनुहोस्। तिनीहरूलाई त्यस देशमा फर्काइ पठाउनु होस् जुन तपाईंले तिनीहरूलाई अनि तिनीहरूको पुर्खाहरूलाई दिनु भएको थियो।
6:26b.2CH.006.026 “केही समय आकाश बन्द हुन सक्छ यस्तो प्रकारले पानी पर्दैन किनभने इस्राएलका मानिसहरूले तपाईंको विरूद्ध पाप गरे। यदि यसो भए इस्राएका मानिसहरूले पश्चाताप गर्छन् अनि यो मन्दिरलाई हेर्दै प्रार्थना गर्छन्। तपाईंको नाउँमा दोष स्वीकार गर्छन् अनि तिनीहरूले पाप गर्न छोडछन्, किनभने तपाईंले तिनीहरूलाई दण्ड दिनु हुँदैछ।
6:27b.2CH.006.027 तब स्वर्गबाट सुनिदिनुहोस्। सुन्नुहोस् अनि तिनीहरूको पाप क्षमा गरिदिनुहोस्। इस्राएलका मानिसहरू तपाईंका सेवक हुन्। तब, तिनीहरूलाई जिउनु पर्ने उचित मार्ग सिकाइ दिनुहोस्। अनि तपाईंको देशमा वर्षा पठाइ दिनुहोस्। त्यो तपाईंले तपाईंका मानिसहरूलाई दिनु भएको देश हो।
6:28b.2CH.006.028 “देशमा अनिकाल हुन वा महामारी र फसलको बिरामी वा ढुसीपर्ने रोग वा सलह फटेङ्ग्राहरू आउन सक्छनन् र यदि शत्रुले इस्राएलका मानिसहरूलाई तिनीहरूका शहरमा आक्रमण गर्ला र इस्राएलमा कुनै किसिमको बिरामी होला,
6:29b.2CH.006.029 अनि त्यस बेला कुनै पनि तपाईंका इस्राएलका मानिसले-प्रत्येक व्यक्तिले आफ्नो कष्ट अनि पीढा जानेर-अनि यदि त्यस व्यक्तिले आफ्नो हात अनि पाखुरा यो मन्दिरलाई हेर्दै फैलाउला।
6:30b.2CH.006.030 त्यसबेला स्वर्गबाट सुनिदिनुहोस्। स्वर्ग त्यो स्थान हो जहाँ तपाईं बस्नु हुन्छ। सुन्नुहोस् अनि क्षमा प्रदान गरिदिनुहोस्। प्रत्येक व्यक्तिलाई त्यही दिनुहोस् जो उसले पाउनु पर्छ, किनभने तपाईंले जान्नु हुन्छ प्रत्येक व्यक्तिको हृदयमा के छ। तपाईं मात्र जान्नु हुन्छ एक व्यक्तिको हृदयमा के छ।
6:31b.2CH.006.031 तब मानिसहरू डराउने छन् अनि तपाईंले हाम्रा पुर्खाहरूलाई दिनु भएको देशमा बसुन्जेल तपाईंको आज्ञा पालन गर्ने छन्।
6:32b.2CH.006.032 “कोही यस्तो परदेशी हुन सक्छ जो तपाईंका इस्राएलका मानिसहरू मध्ये एक होइन, तर जो अति टाढा भूमिबाट यहाँ आएका छन्। उसले तपाईंको महान नाउँ, तपाईंको विशाल शक्तिले तपाईंले मानिसहरूलाई बचाउँन सक्नु हुन्छ भनि सुने र आएको हुनसक्छ जब आउँछन् अनि यो मन्दिरलाई हेरेर प्रार्थना गर्छन्।
6:33b.2CH.006.033 तब स्वर्गमा जहाँ तपाईं बस्नु हुन्छ, परदेशीको कुरा सुनिदिनुहोस् अनि उसको प्रार्थनाको उत्तर दिनुहोस्। तब पृथ्वीका सबै मानिसहरूले तपाईंको नाउँ जान्ने छन्। इस्राएली मानिसहरूले तपाईंको सम्मान गरे झैं तपाईंको सम्मान गर्ने छन्। पृथ्वीका सबै मानिसहरूले जान्नेछन् कि जुन मन्दिर मैले बनाएँ त्यो तपाईंको नाउँद्वारा चिनिन्छ।
6:34b.2CH.006.034 “तपाईंले तपाईंका मानिसहरूलाई तिनीहरूका शत्रुहरूसित लड्नका निम्ति कुनै स्थानमा पठाउनु हुनेछ। तिनीहरूले तपाईंले छान्नु भएको यो शहर तिर अनि मैले तपाईंको नाउँमा निर्माण गरेको यो मन्दिर तिर हेरेर तपाईंको प्रार्थना गर्नेछन्।
6:35b.2CH.006.035 कृपा पूर्वक स्वर्गमा तिनीहरूको प्रार्थना सुनिदिनुहोस्। तिनीहरूलाई सुनिदिनुहोस् जब तिनीहरू सहायताका निम्ति याचना गर्छन्। अनि तिनीहरूलाई सहायता गरिदिनुहोस्।
6:36b.2CH.006.036 “मानिसहरूले तपाईंको विरूद्ध पाप गर्ने छन् पाप नगर्ने मानिस कोही छैनन्। अनि तपाईं तिनीहरू प्रति क्रोधित बन्नुहुन्छ। तपाईंले कुनै शत्रुद्वारा तिनीहरूलाई परास्त गरि दिनु हुनेछ, र कब्जामा पर्न दिनुहुनेछ अनि अति टाढ वा नजिकको देशमा जान वाध्य तुल्याउनु हुनेछ।
6:37b.2CH.006.037 तर त्यसबेला तिनीहरूले आफ्ना विचार बदल्ने छन् अनि तपाईं सित याचना गर्नेछन् जब तिनीहरू त्यस देशमा रहेका हुन्छन् जहाँ तिनीहरू कैदी छन्। तिनीहरूले भन्ने छन्, ‘हामीले पाप गरेका छौं। हामीले गल्ती गरेका छौं अनि हामीले दुष्टता पूर्वक काम गरेका छौं।’
6:38b.2CH.006.038 अनि तिनीहरू तपाईं कहाँ त्यस देशबाट आफ्ना पूर्ण हृदय र मन सहित फर्कि आउने छन्। अनि तिनीहरूले तिनीहरूको देश, तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनु भएको देशतिर अनि तपाईंले छान्नु भएको शहरतिर हेरेर प्रार्थना गर्ने छन्। अनि तिनीहरूले मैले तपाईंको नाउँमा निर्माण गरेको मन्दिर तिर फर्केर प्रार्थना गर्नेछन्।
6:39b.2CH.006.039 जब यसो हुन्छ स्वर्गबाट सुनि दिनुहोस्। स्वर्ग तपाईंको बास स्थान हो। तिनीहरूको प्रार्थना स्वीकार गरि दिनुहोस् जब तिनीहरू सहायताका निम्ति याचना गर्छन्। अनि तिनीहरूलाई सहायता गरिदिनुहोस्। तपाईंका मानिसहरूलाई क्षमा गरि दिनुहोस्। जसले तपाईंको विरूद्ध पाप गरेका छन्।
6:40b.2CH.006.040 अब, मेरा परमेश्वर, म तपाईंसँग याचना गर्छु, तपाईंको आँखा अनि तपाईंको कान खोली दिनुहोस्। हामीले यस स्थानमा गरेका प्रार्थनाहरू सुनिदिनुहोस् अनि त्यस प्रति ध्यान दिनुहोस्।
6:41b.2CH.006.041 “अब, हे परमप्रभु प्रमेश्वर, उठ्नु होस्, अनि तपाईंको विशेष स्थानमा, करारको सन्दूकमा आउनु होस् जसले तपाईंको पराक्रम प्रर्दशित गर्छ। तपाईंका पूजाहारीहरूले मुक्ति धारण गर्न सकून्। तपाईंका साँच्चा अनुयायीहरू यी असल कुराहरूमा खुशी होऊन्।
6:42b.2CH.006.042 “हे परमप्रभु परमेश्वर, अभिषेक भएको तपाईंका राजालाई स्वीकार गर्नुहोस्। तपाईंको अचूक प्रेमले सेवक दाऊदलाई सम्झना गर्नुहोस्।”
7
7:1b.2CH.007.001 जब सुलेमानले प्रार्थना पूर्ण गरे तब आकाशबाट आगो झर्यो अनि होमबलि र बलिदानहरूलाई जलाइ दियो। परमप्रभुको महिमाले मन्दिर भरियो।
7:2b.2CH.007.002 परमप्रभुको महिमाले भरिएको हुनाले पूजाहारीहरू मन्दिर भित्र पस्न सकेनन्।
7:3b.2CH.007.003 इस्राएलका समस्त मानिसहरूले आगोलाई स्वर्गबाट उत्रेको देखे। इस्राएलका मानिसहरूले मन्दिरमा परमप्रभुको महिमा पनि देखे। तिनीहरूले आफ्ना अनुहार आँगनका भूँइ तिर झुकाए। तिनीहरूले परमप्रभुको आराधना गरे अनि धन्यवाद ज्ञापन गरे। तिनीहरूले गीत गाए परमप्रभु असल हुनुहुन्छ। उहाँको करूणा सदा सर्वदा चलिरहन्छ।
7:4b.2CH.007.004 त्यस पछि राजा सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले परमप्रभुको समक्ष बलिदान चढाए।
7:5b.2CH.007.005 राजा सुलेमानले 22,000 गोरूहरू अनि 1,20,000 भेडा अर्पण गरे। राजा र सबै मानिसहरूले परमेश्वरको मन्दिरलाई सर्मपन गरे। यो परमेश्वरको आराधना गर्नका निम्ति मात्र प्रयोग गरिन्थ्यो।
7:6b.2CH.007.006 पूजाहारीहरू आफ्ना कार्य गर्न तयार खडा भए। लेवीहरू पनि परमप्रभुको संगीतका यन्त्रहरू सहित खडा भए। ती यन्त्रहरू परमप्रभुको धन्यवाद चढाउनका निम्ति राजा दाऊदले बनाएका थिए। पूजाहारी अनि लेवीहरूले गाउँदै परमप्रभुको स्तुति गरे किनभने उहाँको प्रेम सदा सर्वदा चलिरहन्छ। लेवीहरू देखि अर्को तिर पूजाहारीहरू उभिंदै तिनीहरूले आफ्ना तुरही बजाए। अनि इस्राएलका सबै मानिसहरू उभिएका थिए।
7:7b.2CH.007.007 सुलेमानले आँगनको मध्य भाग पवित्र बनाए। त्यो आँगन परमप्रभुको मन्दिरको सामुन्ने थियो। त्यो त्यही स्थान हो जहाँ सुलेमानले होमबलि अनि मेल बलिको बोसो अर्पण गरे। सुलेमानले आँगनको मध्य अंश प्रयोग गरे किनभने तिनले निर्माण गरेको काँसाको वेदीमा सबै होमबलि, अन्नबलि अनि बोसोहरू अँटाउन सकेन। त्यस्ता भेटीहरू अनेक थिए।
7:8b.2CH.007.008 सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले सात दिन सम्म भोज उत्सब मनाए। सुलेमानका साथ विशाल जन समूह थिए। ती मानिसहरू लीवो-हमातको शहर देखि फैलीएर मिश्रदेशको खोल्चासम्मका क्षेत्रबाट आएका थिए।
7:9b.2CH.007.009 आठौं दिनमा तिनीहरूले एक पवित्र सभा राखे किनभने तिनीहरूले सातदिन सम्म भोज उत्सव मनाएका थिए। तिनीहरूले वेदीलाई सर्मपण अनि यसको समर्पणको उत्सव अझ सात दिनसम्म मनाए।
7:10b.2CH.007.010 सातौं महीनाको तेईसौं दिनमा सुलेमानले मानिसहरूलाई घर फर्काइ पठाए। मानिसहरू अत्यन्तै र्हषित थिए अनि तिनीहरूको हृदय आनन्दले परिपूर्ण थियो, किनभने परमप्रभु दाऊद प्रति, सुलेमान प्रति अनि आफ्ना इस्राएली मानिसहरू प्रति अत्यन्त असल हुनुहुन्थ्यो।
7:11b.2CH.007.011 सुलेमानले परमप्रभुको मन्दिर अनि राज-महलको निर्माण कार्य पुरा गरे। सुलेमानले परमप्रभुको मन्दिर अनि आफ्नो महलको निर्माण कार्य पूर्ण गर्नका निम्ति जे जति योजना बनाएका थिए त्यसमा तिनलाई सफलता प्राप्त भयो।
7:12b.2CH.007.012 तब परमप्रभु राती सुलेमान कहाँ आउनु भयो। परमप्रभुले तिनलाई भन्नुभयो, “सुलेमान, मैले तेरो प्रार्थना सुनेको छु, अनि मैले यो स्थानलाई आफ्नै निम्ति बलि-गृहको रूपमा चुनेकोछु।
7:13b.2CH.007.013 जब म आकाशलाई बन्द गर्छु तब वर्षा हुँदैन वा म सलहलाई देशको ध्वंश गर्ने आदेश दिन्छु वा म मेरा मानिसहरू कहाँ महामारी पठाउँछु।
7:14b.2CH.007.014 अनि यदि मेरो मानिसहरू, जसलाई मेरो नाउँद्वारा पुकारिन्छ, तिनीहरू आफै विनम्र भई प्रार्थना गर्छन्, र यदि तिनीहरूले मलाई खोज्छन् अनि आफ्ना नराम्रा बाटोबाट तिनीहरू हट्छन् भने, तब म स्वर्गबाट तिनीहरूलाई सुन्नेछु। अनि म तिनीहरूको पापलाई क्षमा गरिदिने छु अनि तिनीहरूको भूमिलाई निको पारी दिनेछु।
7:15b.2CH.007.015 अब, मेरा आँखा खुल्लाछन् अनि मेरा कानले यस स्थानमा गरिएका प्रार्थनाहरू प्रति ध्यान दिने छन्।
7:16b.2CH.007.016 मैले यो मन्दिर चुनेकोछु मैले यसलाई पवित्र तुल्याएको छु जस द्वारा मेरो नाउँ सदा-सर्वदा यहाँ रहिरहनेछ। हो, मेरा आँखा अनि हृदय सदैव यहाँ यो मन्दिरमा रहनेछ।
7:17b.2CH.007.017 “अब सुलेमान, यदि तँ मेरो सामुन्ने तेरो पिता दाऊद बसे जस्तै बसिस् भने अनि मैले दिएका सबै आदेशहरू तैंले पालन गरिस् भने, यदि तैंले मेरा व्यवस्था अनि नियमहरूको पालन गरिस् भने।
7:18b.2CH.007.018 तब म तँलाई एक शक्तिशाली राजा बनाउँने छु अनि तेरो राज्य महान बन्नेछ। मैले तेरा पिता सँग गरेको करार त्यही हो। मैले त्यसलाई भने थें, ‘दाऊद, तैंले आफ्नो परिवारमा एक यस्तो व्यक्ति सदैव पाउने छस् जो इस्राएलमा राजा हुनेछ।’
7:19b.2CH.007.019 “तर, यदि तैंले मैले गरेका मेरा व्यवस्था अनि आदेशहरू पालन गर्दैनस् भने यदि तैंले अन्य देवताहरूको पूजा गर्छस् अनि तिनीहरूको सेवा गर्छस् भने।
7:20b.2CH.007.020 तब म इस्राएलका मानिसहरूलाई मैले तिमीहरूलाई दिएको देशबाट बाहिर निकाल्ने छु। अनि म यो मन्दिरलाई त्याग्ने छु जसलाई मैले आफ्ना नाउँका निम्ति पवित्र तुल्याएको छु। म यो मन्दिरलाई केही यस्तो बनाउने छु जसमा कि सबै राष्ट्रहरूले यसको बारेमा नराम्रा कुरा गर्ने छन्।
7:21b.2CH.007.021 प्रत्येक व्यक्ति, जो यो मन्दिर भएर पार हुन्छ जो यति उच्च रूपले सम्मानित थियो, आश्चर्यमा पर्ने छ। तिनीहरूले भन्ने छन्, ‘परमप्रभुले यो देश अनि यो मन्दिर माथि किन यस्तो भयानक कुरो गर्नु भयो?’
7:22b.2CH.007.022 त्यस बेला मानिसहरूले उत्तर दिने छन्, ‘किनभने इस्राएलका मानिसहरूले परमप्रभु परमेश्वर तिनीहरूको पिता-पूर्खाहरूका परमेश्वरलाई त्यागे। उहाँ उही परमेश्वर हुनुहुन्छ जसले तिनीहरूलाई मिश्रदेश देखि बाहिर ल्याउनमा अगुवाइ गर्नु भएको थियो। तर इस्राएलका मानिसहरूले अन्य देवताहरूलाई स्वीकार गरे। तिनीहरूले ती अन्य देवताहरूको पूजा अनि सेवा गरे। त्यही कारण हो कि परमप्रभुले इस्राएली मानिसहरूमाथि यी सबै भयानक कुराहरू घट्न दिनु भयो।”
8
8:1b.2CH.008.001 परमप्रभुको मन्दिर अनि आफ्नो भवन निर्माण गर्नका निम्ति सुलेमानलाई बीस वर्ष लाग्यो।
8:2b.2CH.008.002 त्यसपछि सुलेमानले फेरि ती शहरहरू बनाए जो हूरामले तिनलाई दिएका थिए। अनि सुलेमानले इस्राएलका केही मानिसहरूलाई ती शहरूहरूमा बस्ने अनुमति दिए।
8:3b.2CH.008.003 त्यस पछि सुलेमान सोबाको हमातमा गए अनि त्यसलाई कब्जा गरे।
8:4b.2CH.008.004 सुलेमानेले मरूभूमिमा तदमोर शहर निर्माण गरे। तिनले चीज-बीजहरू संग्रह गर्नका निम्ति हमातमा सबै शहरहरू निर्माण गरे।
8:5b.2CH.008.005 सुलेमानले उच्च बेतहोरोन अनि निम्न बेत होरोन शहरहरूलाई फेरि निर्माण गरे। तिनले ती शहरहरूलाई बलिया किल्ला बनाए। ती शहरहरूका बलिया पर्खाल, फाटक, अनि फाटकमा बारहरू थिए।
8:6b.2CH.008.006 सुलेमानले वालात शहर अनि अन्य सबै शहरहरू फेरि निर्माण गरे जहाँ तिनले धेरै चीज बीजहरू संग्रह गरेका थिए। तिनले सबै शहरहरू निर्माण गरे जहाँ रथहरू राखिएका थिए अनि सबै शहरहरू जहाँ घोड-सवारहरू बस्थे। सुलेमानले जे चाहे यरूशलेममा त्यही निर्माण गरे उसले यरूशलेम, लबानोन अनि ती सबै क्षेत्रहरूमा जहाँ तिनीले शासन गर्थे।
8:9b.2CH.008.009 सुलेमानले इस्राएलका कुनै पनि मानिसहरूलाई दास र कर्मी हुन कर गरेनन्। इस्राएलका मानिसहरू सुलेमानका लडाकू थिए। तिनीहरू सुलेमानका सैनिक अधिकारीहरू र सेनापति थिए। तिनीहरू सुलेमानका रथहरूका सेनापति थिए अनि सुलेमानका सारथिहरूका सेनापति थिए।
8:10b.2CH.008.010 अनि इस्राएलका केही मानिसहरू सुलेमानका महत्वपूर्ण अधिकारीहरूका प्रमुखहरू थिए। मानिसहरूको निरीक्षण गर्नेहरू यस्ता 250 जना प्रमुखहरू थिए।
8:11b.2CH.008.011 सुलेमानले दाऊद शहर देखी फिरऊनकी छोरीलाई उसको निम्ति निर्माण गरिएको घरमा ल्याए। सुलेमानले भने, “मेरी पत्नी राजा दाऊदको भवनमा रहनु हुँदैन किनभने ती स्थानहरू जहाँ परमप्रभुको सन्दूक रहेकाछन् पवित्र स्थानहरू हुन्।”
8:12b.2CH.008.012 तब सुलेमानले परमप्रभुको वेदीमा परमप्रभुलाई होमबलि अर्पण गरे सुलेमानले त्यो वेदी मन्दिरको दलानको सामुन्ने निर्माण गरेका थिए।
8:13b.2CH.008.013 सुलेमानले हरेक दिन मोशाले दिएको व्यवस्था अनुसार बलिहरू अर्पण गरे। बलिहरू विश्रामको दिन, औंसीको दिनको चाड अनि तीन वार्षिक विदाका दिन अर्पण गर्नु पर्ने थियो। तीन बार्षिक विदाहरू अखमीरी रोटीको चाड, साप्ताहिक चाड अनि झुप्रो-बासको चाडहरू थिए।
8:14b.2CH.008.014 सुलेमानले आफ्ना पिता दाऊदका निर्देशनहरूको पालन गरे। सुलेमानले तिनीहरूको सेवाका निम्ति पूजाहारीहरूका दल चुने। सुलेमानले लेवीहरूलाई पनि तिनीहरूका कर्त्तव्यका निम्ति चुने। लेवीहरूले स्तुति गर्नमा अगुवाइ गर्नु अनि पूजाहारीहरूलाई मन्दिरको सेवामा दिन दिनै गरिनु पर्ने कार्यमा सहायता दिनु थियो। अनि सुलेमानले प्रत्येक द्वारमा सेवा गर्नका निम्ति द्वारपालहरू तिनीहरूका समूह अनुसार चुने। यो तरिकाको निर्दोश परमेश्वरका व्यक्ति दाऊदले दिएका थिए।
8:15b.2CH.008.015 इस्राएलका मानिसहरूले पूजाहारी अनि लेवीहरू प्रति सुलेमानले दिएको कुनै पनि निर्देशनहरू परिवर्तन गरेनन्, अवज्ञा पनि गरेनन्। तिनीहरूले कुनै पनि निर्देशनहरू यहाँसम्म कि तिनीहरूले मूल्यावान चीजहरू राख्नु पर्ने तरिका समेत केही परिवर्त्तन गरेनन्।
8:16b.2CH.008.016 सुलेमानका सबै कार्यहरू पूरा भए। परमप्रभुको मन्दिरको कार्य शुरू भएदेखि समाप्त नभए सम्मको योजना ठीक बनेको थियो। यसरी परमप्रभुको मन्दिरको निर्माण कार्य समाप्त भयो।
8:17b.2CH.008.017 त्यस पछि सुलेमान एसोन-गेबेर अनि एलोत शहरहरूमा गए। ती शहरहरू एदोम देशको लाल समुद्र नजिक थिए।
8:18b.2CH.008.018 हूरामले सुलेमानलाई जहाजहरू पठाए। हूरामका आफ्नै मानिसहरूले जहाज चलाए। हूरामका मानिसहरू समुद्रमा जहाज चलाउन सिपालु थिए। हूरामका मानिसहरू सुलेमानका सेवकहरूसित ओपीरमा गए अनि चार सय पचास तोडा सुन लिएर सुलेमान कहाँ फर्की आए।
9
9:1b.2CH.009.001 शबाकी रानीले सुलेमानको किर्तिको विषयमा सुनिन्। तिनी सुलेमानलाई कठिन प्रश्नहरू द्वार परीक्षा गर्न यरूशलेम आइन्। शबाकी रानीका साथ एक विशाल समूह थियो। तिनीसित ऊँटहरू थिए जसले मसला, प्रचुरमात्रामा सुन अनि बहुमूल्य रत्नहरू बोकेका थिए। तिनी सुलेमान कहाँ आइन् र तिनीसित कुरा-कानी गरिन्। तिनीसित सुलेमानलाई सोध्ने अनेक प्रश्नहरू थिए।
9:2b.2CH.009.002 सुलेमानले तिनका सबै प्रश्नहरूका उत्तर दिए। सुलेमानका निम्ति व्याख्या गर्न वा उत्तर दिन कठिन पर्ने कुनै कुरा थिएन।
9:3b.2CH.009.003 शबाकी रानीले सुलेमानको ज्ञान अनि तिनले निर्माण गरेका भवन देखिन्।
9:4b.2CH.009.004 तिनले सुलेमानको मेचमा भोजन र तिनका अनेकौं महत्हपूर्ण अधिकारीहरू देखिन्। तिनले तिनका सेवकहरूले काम गरेको बस्त्र पहिरेको तरिका देखिन्। तिनले सुलेमानका दाखरस तयार गर्ने सेवकहरू अनि तिनीहरूले पहिरेका बस्त्रहरू देखिन्। तिनले परमप्रभुको मन्दिरमा सुलेमानले होमबलि अर्पण गरेका देखिन्। जव शबाकी रानीले यी सबै कुराहरू देखिन् तब तिनी आश्चर्य भइन्।
9:5b.2CH.009.005 तब तिनले राजा सुलेमानलाई भनिन्, “मैले मेरो देशमा तपाईंको महान कार्यहरू अनि बुद्धिको विषयमा सुनेका कथाहरू सत्य रहेछन्।
9:6b.2CH.009.006 म यहाँ आएर आफ्नै आँखाले नदेखुञ्जेल मैले ती कथाहरूमा विश्वास गरेकी थिइन। अहो, मलाई तपाईंको महान बुद्धिको आधा मात्र पनि भनिएको छैन रहेछ। तपाईं मैले सुनेका कथाहरू भन्दा महान हुनुहुन्छ।
9:7b.2CH.009.007 तपाईंका पत्नीहरू अनि अधिकारीहरू अति भाग्यमानी रहेछन्। तपाईंका ज्ञानका कुराहरू तिनीहरूले तपाईंको सेवा गर्दै सुन्न सक्ने छन्।
9:8b.2CH.009.008 परमप्रभु तिमीहरूका परमेश्वरको प्रशंसा होस्। उहाँ तपाईंसित प्रसन्न हुनुहुन्छ अनि परमप्रभु तपाईंका परमेश्वरका निम्ति शासन गर्न तपाईंलाई उहाँको सिंहासनमाथि राख्नु भएको छ। परमेश्वरले इस्राएललाई प्रेम गर्नु हुन्छ। इस्राएललाई सदा-सर्वदा सहयोग प्रदान गर्नु हुन्छ। यसकारण उहाँले तपाईंलाई इस्राएलमाथि न्याय र धार्मीकता पालन गर्ने राजा बनाउनु भयो।”
9:10b.2CH.009.010 हूरामका सेवकहरू अनि सुलेमानका सेवकहरूले ओपीरबाट सुन ल्याए। तिनीहरूले चन्दनका काठ अनि बहुमूल्य ढुङ्गाहरू पनि ल्याए।
9:11b.2CH.009.011 राजा सुलेमानले चन्दनका काठ परमप्रभुको मन्दिरको निम्ति सिंडी र राज भवन निर्माण गर्नमा प्रयोग गरे। सुलेमानले चन्दनका काठ गायकहरूका निम्ति बीणा र सारङ्गीहरू बनाउनमा पनि प्रयोग गरे। यहूदा देशमा चन्दनका काठद्वारा बनाइएका ती बस्तुहरू जस्ता सुन्दर बस्तुहरू कसैले कहिले देखेका थिएनन्।
9:12b.2CH.009.012 राजा सुलेमानले शबाकी रानीलाई तिनले चाहेका अनि याचना गरेका सबै चीजहरू दिए। तिनले शबाकी रानीले आफूलाई दिएको भन्दा अधिक दिए। त्यस पछि शबाकी रानी र तिनका सेवकहरू विदा भए आफ्नै देशमा फर्की गए।
9:13b.2CH.009.013 सुलेमानले एक वर्षमा जति सुन प्राप्त गरे त्यसको तौल 666 तोडा थियो।
9:14b.2CH.009.014 घुमन्ते पैकारीहरू अनि व्यापारीहरूले सुलेमान कहाँ अझ अधिक सुन ल्याए। अरबका सबै राजाहरू अनि देशका शासकहरूले पनि सुलेमान कहाँ सुन अनि चाँदी ल्याए।
9:15b.2CH.009.015 राजा सुलेमानले पिटेका सुनको 200 वटा ठूल ठूला ढालहरू बनाए। प्रत्येक ढाल बनाउनका निम्ति प्रायः 600 शेकेल पिटेको सुन प्रयोग गरियो।
9:16b.2CH.009.016 सुलेमानले पिटेको सुनको 300 वटा सा-साना ढालहरू पनि बनाए। प्रत्येक ढाल बनाउनका निम्ति प्रायः 300 शेकेल सुन प्रयोग गरियो। सुलेमानले सुनका ढालहरू लबानोनको बन-महलमा राखे।
9:17b.2CH.009.017 राजा सुलेमानले विशाल सिंहासन निर्माण गर्न हात्तीको दाँत प्रयोग गरे। तिनले सिंहासनलाई शुद्ध सुन द्वारा मोहोरे।
9:18b.2CH.009.018 सिंहासनमा छःवटा सिंक्रहरू थिए। अनि त्यसको एक पाउ-दान थियो जो सुनले बनिएको थियो। सिंहासनको आसनका दुवै तिर पाखुरा अडयाउने बाहुहरू थिए। प्रत्येक बाहुको छेउमा सिंहका मूर्ति उभिएका थिए।
9:19b.2CH.009.019 छःवटा सिंडीमा बाह्रवटा सिंहका मूर्तिहरू उभिएका थिए। प्रत्येक सिंडीको प्रत्येक छेउमा एउटा सिंह थियो। यस प्रकारले बनाएको सिंहासन जस्तो अन्य कुनै राज्यमा थिएन।
9:20b.2CH.009.020 राजा सुलेमानका पिउने सबै प्यालाहरू सुनद्वारा बनिएका थिए। लबानोनको बन-महलका सबै घरेलु चीज-बीजहरू शुद्ध सुनले बनिएका थिए। सुलेमानको समयमा यति विघ्न सम्पत्ति थियो कि चाँदीलाई त्यति मूल्यवान ठानिंदैन थियो।
9:21b.2CH.009.021 किनभने राजा सुलेमानका जहाजहरू थिए जो हूरामका मानिसहरूले तर्शीश तिर चलाएर लान्थे। अनि प्रत्येक तीन-तीन वर्षमा सुन, चाँदी हस्ती-हाड अनि मुजुरहरू द्वारा लादिएर तर्शीशबाट फर्कन्थे।
9:22b.2CH.009.022 राजा सुलेमान धन सम्पत्ति र बुद्धिमा संसारका अन्यक कुनै पनि राजा भन्दा महान भए।
9:23b.2CH.009.023 संसारका सबै अन्य राजाहरू सुलेमान कहाँ तिनका बुद्धिमत्ता पूर्ण निर्णयहरू सुन्नका निम्ति भेट गर्न आउँथे। तिनीहरू सुलेमानलाई परमेश्वरले दिनु भएको ज्ञानका कुरा सुन्न आउँथे।
9:24b.2CH.009.024 हरेक साल ती राजाहरूले सुलेमानका निम्ति भेटी ल्याउँथे। तिनीहरूले चाँदी अनि सुनले बनेका चीज बीजहरू, बस्त्रहरू, हतियारहरू, मसालाहरू, घोडाहरू अनि खच्चरहरू ल्याउँथे।
9:25b.2CH.009.025 सुलेमान सित 4,000 घोडा अनि रथहरू राख्ने तबेला थिए। तिनका 12,000 सारथिहरू थिए। सुलेमानले तिनीहरूलाई यरूशलेममा आफूसित रथका निम्ति विशेष शहरहरूमा राखे।
9:26b.2CH.009.026 सुलेमान यूफ्रेटिस नदी देखि पलिश्ती मानिसहरूको देश, अनि मिश्रदेशको सीमानासम्म फैलिएका क्षेत्रका राजाहरूका राजा थिए।
9:27b.2CH.009.027 राजा सुलेमानसित यति विघ्नचाँदी थियो कि त्यो यरूशलेमका ढुँङ्गाहरू जस्तै थियो। अनि तिनी सित यति धेरै देवदारका काठहरू थिए कि त्यो पार्वत्य देशहरूका अन्जीरका रूखहरू जस्तै साधरण थिए।
9:28b.2CH.009.028 मानिसहरूले मिश्रदेशबाट अनि अन्य सबै देशहरूबाट सुलेमान कहाँ घोडाहरू ल्याउँथे।
9:29b.2CH.009.029 सुलेमानद्वारा अन्य कुराहरू शुरू देखि अन्तसम्म गरिएका, अगमवक्ता नातानका लेखहरूमा, शीलोका अहियाहका अगमवाणी अनि दर्शी इद्दोका दर्शनमा लेखिएका छन्। इद्दोका दर्शनहरू नबातका छोरा यारोबामको बारेमा थिए।
9:30b.2CH.009.030 सुलेमान चालीस वर्षसम्म यरूशलेममा सम्पूर्ण इस्राएलका राजा थिए।
9:31b.2CH.009.031 त्यसपछि सुलेमानले आफ्ना पुर्खाहरूसित विश्राम लिए। मानिसहरूले तिनलाई तिनका पिता दाऊदको शहरमा गाडिदिए। सुलेमानका छोरा रहबाम सुलेमानको स्थानमा नयाँ राजा भए।
10
10:1b.2CH.010.001 रहबाम शेकेम शहरमा गए किनभने इस्राएलका सबै मानिसहरू तिनलाई राजा बनाउन त्यहाँ गएका थिए।
10:2b.2CH.010.002 यारोबाम मिश्रदेशमा थिए किनभने तिनी राजा सुलेमान देखि भागेका थिए। यारोबाम नबातका छोरा थिए। रहबाम नयाँ राजा हुँदैछन् भन्ने कुरा यारोबामले सुने। यसर्थ यारोबाम मिश्रदेशबाट फर्केर आए।
10:3b.2CH.010.003 इस्राएलका मानिसहरूले यारोबामलाई तिनीहरूसित आउनु भनी बोलाए। त्यस पछि यारोबाम इस्राएलका सबै मानिसहरू अनि रहबाम कहाँ गए। तिनीहरूले तिनलाई भने, “रहबाम,
10:4b.2CH.010.004 तपाईंका पिताले हाम्रो जीवन कष्टमय बनाए। यो गह्रौ भारी बोकेको जस्तै छ। त्यो भारलाई हल्का बनाइ दिनुहोस् तब हामी तपाईंको सेवा गर्ने छौं।”
10:5b.2CH.010.005 रहबामले तिनीहरूलाई भने, “मकहाँ तीन दिन पछि फर्केर आऊ।” यसर्थ मानिसहरू फर्किए।
10:6b.2CH.010.006 तब राजा रहबामले अग्रज मानिसहरूसित कुरा-कानी गरे जसले पहीला तिनका पिता सुलेमानका सेवा गरेका थिए। रहबामले तिनीहरूलाई भने, “ती मानिसहरूलाई के भन्ने सल्लाह तपाईंहरू मलाई दिनुहुन्छ?”
10:7b.2CH.010.007 ती अग्रजहरूले रहबामलाई भने, “यदि तपाईं ती मानिसहरू प्रति दयालु हुनुभयो अनि तिनीहरूलाई खुशी पार्नुभयो अनि तिनीहरूलाई राम्रो कुरा भन्नुभयो भने तिनीहरूले सदा सर्वदा तपाईंको सेवा गर्नेछन्।”
10:8b.2CH.010.008 तर, रहबामले ती अग्रजहरूले तिनलाई दिएका सल्लाह स्वीकार गरेनन्। रहबामले ती युवकहरूसित कुरा-कानी गरे जो तिनी साथ बढेका थिए अनि तिनको सेवा गर्दै थिए।
10:9b.2CH.010.009 रहबामले तिनीहरूलाई भने, “तिमीहरू मलाई के सल्लाह दिन्छौ? ती मानिसहरूलाई हामीले कस्तो उत्तर दिनु पर्ने? तिनीहरूले मलाई तिनीहरूको काम सजिलो बनाइ दिनु भने अनि तिनीहरू चाहन्छन् कि मेरा पिताले तिनीहरू माथि लदाएको भार मैले कम गरिदिनु भनी।”
10:10b.2CH.010.010 तब, ती युवाहरू जो रहबामसितै बढेका थिए, “तिनीहरूले तिनलाई भने, जुन मानिसहरूले तपाईं सित कुरा गरे तिनीहरूलाई तपाईंले यसो भन्नु पर्छ। ती मानिसहरूले तपाईंलाई भने, ‘तपाईंका पिताले हाम्रो निम्ति जीवन कठिन बनाउनु भयो। त्यो गह्रौ भार बोकेको जस्तै थियो। तर हामी तपाईंले त्यो भारलाई हल्का पारिदिनु होस् भनी चाहन्छौं।” तर रहबाम, तपाईंले यो कुरा ती मानिसहरूलाई भन्नुपर्छः तिनीहरूलाई भन्नुहोस्। ‘मेरो कान्छी औंला मेरा पिताको कम्मर भन्दा मोटो हुनेछ।
10:11b.2CH.010.011 मेरा पिताले भारी बोझ तिमीहरूलाई लदाउनु भयो। तर म त्यो बोझालाई अझ भारी बनाइदिने छु। मेरा पिताले तिमीहरूलाई चाबुकले दण्ड दिनु भयो। तर म तिमीहरूलाई धातुका तीखो टुप्पा भएका चाबुकले दण्ड दिने छु।”‘
10:12b.2CH.010.012 तीन दिन पछि यारोबाम अनि सबै मानिसहरू रहबाम कहाँ आए। रहबामले तिनीहरूलाई गर्नु भनेका कुरा त्यही हो, जब तिनले भने, “म कहाँ तीन दिन पछि फर्केर आऊ।”
10:13b.2CH.010.013 तब राजा रहबामले तिनीहरूसित नीच तरिकाले कुरा गरे। राजा रहबामले अग्रजहरूका सल्लाह स्वीकार गरेनन्।
10:14b.2CH.010.014 राजा रहबामले ती मानिसहरूसित युवाहरूले दिएको सल्लाह अनुसार कुरा गरे। तिनले भने, “मेरा पिताले तिमीहरूको बोझ भारी बनाउनु भएको थियो, तर म त्यसलाई अझ भारी बनाउने छु। मेरा पिताले तिमीहरूलाई कोर्राद्वारा दण्ड दिनु भएको थियो। तर म तिमीहरूलाई धातुका तीखा टुप्पा भएको कोर्रा द्वारा दण्ड दिने छु।”
10:15b.2CH.010.015 यसरी राजा रहबामले मानिसहरूका कुरा सुनेनन्। किनभने यो कुराहरूको परिवर्तन परमेश्वरबाट आएको थियो। परमेश्वरले यस्तो हुन दिनुभयो। यो यस्तो भयो जसमा कि परमप्रभुले उहाँको वचनलाई सत्य सावित गर्न सकून् जो उहाँले अहियाहद्वारा यारोबामलाई भन्नु भएको थियो। अहियाह शीलोका थिए अनि यारोबाम नबातका छोरा थिए।
10:16b.2CH.010.016 इस्राएलका मानिसहरूले देखे राजा रहबामले तिनीहरूका कुरा सुनेनन्। तब तिनीहरूले राजालाई भने, “के हामी दाऊदका परिवारका अंश हौं? अहँ। हामीले यिशैका कुनै भूमि पाउने छौं? अहँ। यसर्थ इस्राएलीहरू हो, हामी हाम्रा आफ्नै घर जाऔं। दाऊदका छोराले तिनका आफ्नै मानिसहरू माथि शासन गरोस्।” तब इस्राएलका सबै मानिसहरू आफ्ना घरतिर गए।
10:17b.2CH.010.017 तर इस्राएलमा केही यस्ता मानिसहरू थिए, जो यहूदाका शहरहरूमा बस्थे। अनि रहबाम ती मानिसहरूका राजा थिए।
10:18b.2CH.010.018 हदोराम काम गर्न कर लगाइएका मानिसहरूको जिम्मामा थियो। रहबाले तिनलाई इस्राएलका मानिसहरू कहाँ पठाए। तर इस्राएलका मानिसहरूले हदोरामलाई ढुङ्गाले हानेर मारिदिए। तब रहबाम दगुरेर आफ्ना रथमा उफ्रिएर चढे अनि भागे। तिनी भागेर यरूशलेम गए।
10:19b.2CH.010.019 त्यस समयदेखि अहिलेसम्म इस्राएल दाऊदका परिवारको विरूद्धमा छन्।
11
11:1b.2CH.011.001 जब रहबाम यरूशलेम आए, तिनले 1,80,000 सर्वोत्तम सैनिकहरू भेला गरे तिनले ती सैनिकहरू यहूदा अनि बिन्यामीनका कुल समूहबाट भेला गरे। उसले राज्यलाई आफ्नो निम्ति फर्काएर ल्याउन र तिनीहरूलाई इस्राएलको विरूद्ध युद्ध गर्न भेला गरे।
11:2b.2CH.011.002 तर परमप्रभुबाट शमायाह कहाँ संन्देश आयो। शमायाह परमेश्वरका मानिस थिए। परमप्रभुले भन्नुभयो,
11:3b.2CH.011.003 “शमायाह, सुलेमानका छोरा रहबाम अनि यहूदाका राजासित कुरा गर। यहूदा बिन्यामीनमा बस्ने सबै इस्राएली मानिसहरूसित कुरा-कानी गर। तिनीहरूलाई भनः
11:4b.2CH.011.004 परमप्रभु यसो भन्नु हुन्छः ‘तिमीहरू आफ्ना भाइहरूसित लड्नु हुँदैन। हरेक व्यक्ति घर फर्की जाओस्। मैले नै यसो हुन दिएको हुँ।”‘ यसर्थ रहबाम अनि तिनका सेनाले परमप्रभुको संन्देश मानेर फर्किए। तिनीहरूले यारोबाम माथि आक्रमण गरेनन्।
11:5b.2CH.011.005 रहबाम यरूशलेममा बस्थे। तिनले आक्रमणको विरूद्ध रक्षा गर्नका निम्ति यहूदामा मजबूत शहरहरू बसाले।
11:6b.2CH.011.006 तिनले बेतलेहेम, एताम, तको,
11:7b.2CH.011.007 बेतसर, सोको, अदुल्लाम,
11:8b.2CH.011.008 गात, मरेशा, जीप,
11:9b.2CH.011.009 अदोरेम, लाकीश, अजेका,
11:10b.2CH.011.010 सोरा, अय्यालोन अनि हेब्रोन शहरहरूको मरम्मत गरे। यहूदा अनि बिन्यामीनका यी शहरहरूलाई मजबूत तुल्याइयो।
11:11b.2CH.011.011 जब रहबामले ती शहरहरूलाई सुदृढ तुल्याए तब तिनले त्यसमा सेनापतिहरू राखे। तिनले ती शहरहरूमा भोजन, तेल र दाखरसको आफ्ूर्तिको व्यवस्था पनि गरिदिए।
11:12b.2CH.011.012 रहबामले हरेक शहरमा ढाल र भालाहरू पनि राखे र शहरहरूलाई अत्यन्त मजबूत तुल्याए। रहबामले यहूदा अनि बिन्यामीनका मानिसहरू अनि शहरहरू आफ्ना अधिकारमा राखे।
11:13b.2CH.011.013 इस्राएल भरिका पूजाहारी अनि लेवीहरू रहबाम सित सहमत भए अनि तिनीसित मिले।
11:14b.2CH.011.014 लेवीहरूले आफ्ना भूमि र तिनीहरूका आफ्नै खेतहरू छोडे अनि यहूदा र यरूशलेममा आए। लेवीहरूले यसो गरे किनभने यारोबाम अनि तिनका छोराहरूले परमप्रभुको सेवकको रूपमा तिनीहरूलाई सेवा गर्न दिन अस्वीकार गरेका थिए।
11:15b.2CH.011.015 यारोबामले उच्च स्थानहरूमा सेवा गर्नका निम्ति, जहाँ तिनले बनाएका बाख्रा अनि बाछाका मूर्तिहरू स्थापना गरेका थिए, आफ्नै पूजाहारीहरू छाने।
11:16b.2CH.011.016 जब लेवीहरूले इस्राएल छाडे तब इस्राएलका सम्पूर्ण परिवार समूहका ती मानिसहरू, जो इस्राएलका परमप्रभु परमेश्वर प्रति विश्वसनीय थिए, आफ्ना पिता पुर्खाहरूका परमप्रभु परमेश्वरलाई बलि चढाउन यरूशलेम आए।
11:17b.2CH.011.017 ती मानिसहरूले यहूदा राज्यलाई शक्तिशाली बनाए। तिनीहरूले सुलेमानका छोरा रहबामलाई तीन वर्षसम्म सम्मर्थन गरे। तिनीहरूले यसो गरे किनभने त्यस समयमा तिनीहरूले दाऊद अनि सुलेमानको अनुशरण गरे। रहबामका परिवार
11:18b.2CH.011.018 रहबामले महलतलाई विवाह गरे। तिनका पिता यरीमोत थिए। तिनकी आमा अबीहेल थिइन्। यरीमोत दाऊदका छोरा थिए। अबीहेल एलीआबकी छोरी थिइन्, अनि एलीआब यिशैका छोरा थिए।
11:19b.2CH.011.019 महलतबाट रहबामका यी छोराहरू भएः येयूश, शमर्याह अनि साहम।
11:20b.2CH.011.020 तब रहबामले माकालाई विवाह गरे। माका अब्शालोमको नातिनी थिइन्। अनि माकाबाट रहबामका यी छोरा-छोरीहरू भएः अबियाह, अत्तै, जीजा अनि शलोमीत।
11:21b.2CH.011.021 रहबामले माकालाई तिनका अरू सबै पत्नीहरू र सेविकाहरूलाई भन्दा अधिक प्रेम गर्थे। माका अब्शालोमकी नातिनी थिइन्। रहबामका अठ्ठार जना पत्नीहरू र साठ्ठीजना सेविकाहरू थिए। रहबाम अठ्ठाईस जना छोरा अनि साठ्ठी जना छोरीहरूका पिता थिए।
11:22b.2CH.011.022 रहबामले अबियाहलाई आफ्ना भाइहरूका प्रमुख छाने। रहबामले यसो गरे किनभने तिनले अबियाहलाई राजा बनाउने योजना गरेका थिए।
11:23b.2CH.011.023 रहबामले बुद्धिमत्ता पूर्वक काम गरे अनि आफ्ना सबै छोराहरूलाई यहूदा अनि बिन्यामीन देश भरिका हरेक सुदृढ शहरमा फैलाए। अनि रहबामले आफ्ना छोराहरूलाई प्रशस्त आफ्ूर्तिको व्यवस्था गरिदिए। तिनले आफ्ना छोराहरूका निम्ति पत्नीहरू खोजि दिए।
12
12:1b.2CH.012.001 रहबाम एक शक्तिशाली राजा भए। तिनले आफ्नो राज्य शक्तिशाली तुल्याए। तब रहबाम अनि यहूदाका कुल समूहले परमप्रभुको व्यवस्था पालन गर्न अस्वीकार गरे।
12:2b.2CH.012.002 रहबामको राज्यकालको पाँचौं वर्षमा शीशकले यरूशलेम शहर माथि आक्रमण गरे। शीशक मिश्रदेशका राजा भए। किनभने रहबाम अनि यहूदाका मानिसहरू परमप्रभु प्रति विश्वसनीय थिएनन्।
12:3b.2CH.012.003 शीशकसित 1,200 रथहरू, 60,000 घोड सवारहरू सेना जो कसैले गन्ती गर्न नसक्ने थिए। शीशकका विशाल सेनामा लूबी, सुक्किया अनि कूशी सैनिकहरू थिए।
12:4b.2CH.012.004 शीशकले यहूदाका सुदृढ शहरहरूलाई परास्त गरे। त्यसपछि शीशकले आफ्ना सैन्यलाई यरूशलेममा ल्याए।
12:5b.2CH.012.005 तब शमायाह अगमवक्ता रहबाम अनि यहूदाका प्रमुखहरू कहाँ आए। यहूदाका ती प्रमुखहरू यरूशलेममा भेला भएका थिए किनभने तिनीहरू सबै शीशकसित भयभीत थिए। शमायाहले रहबाम अनि यहूदाका प्रमुखहरूलाई भने, “परमप्रभुले जे भन्नुहुन्छ त्यो यो होः ‘रहमबाम तँ अनि यहूदाका मानिसहरूले मलाई त्याग गरेका छौ मेरो व्यवस्था पालन गर्न अस्वीकार गरेका छौ। यसर्थ अब म मेरो सहायता बिना तँलाई शीशकको सामना गर्न छोड्ने छु।”‘
12:6b.2CH.012.006 तब यहूदाका प्रमुखहरू अनि राजा रहबाम दुःखित भए अनि स्वयंलाई नम्र तुल्याए। तब परमप्रभुबाट शमायाह कहाँ “संन्देश आयो।”
12:7b.2CH.012.007 परमप्रभुले शमायाहलाई भन्नुभयो, “राजा अनि प्रमुखहरू स्वयं नम्र भएका छन्। यसर्थ म तिनीहरूलाई नष्ट गर्ने छैन, म तिनीहरूलाई चाँडै बचाउँने छु। म मेरो रीस यरूशलेम माथि पोख्नलाई शीशकको प्रयोग गर्ने छैन।
12:8b.2CH.012.008 तर यरूशलेमका मानिसहरू शीशकका सेवक हुने छन्। यस्तो हुने छ जसद्वारा तिनीहरूले यो सिक्ने छन् कि मेरो सेवा गर्नु अन्य राष्ट्रहरूका राजाहरूको सेवा गर्नु भन्दा भिन्न हो।”
12:9b.2CH.012.009 शीशकले यरूशलेम माथि चढाईं गरे अनि सम्पत्तिहरू लगे जो परमप्रभुको मन्दिरमा थियो। शीशक मिश्रदेशका राजा थिए। अनि तिनले ती सम्पत्ति पनि लगे जो राजाको भवनमा थियो। शीशकले हरेक चीज लिए अनि ती सम्पत्तिहरू लगेर गए। तिनले ती सुनका ढालहरू पनि लगे जो सुलेमानले बनाएका थिए।
12:10b.2CH.012.010 राजा रहबामले सुनका ढालहरूको स्थानमा काँसाका ढालहरू बनाए। रहबामले ती काँसाका ढालहरू अधिकारीहरूलाई दिए जो भवनको प्रवेशद्वारको रक्षागर्ने जिम्मामा थिए।
12:11b.2CH.012.011 जब राजा परमप्रभुको मन्दिर भित्र पस्थे तब रक्षकहरूले काँसाका ढालहरू बाहिर निकाल्थे। पछि तिनीहरूले ती काँसाका ढालहरू लगेर रक्षा गृहमा राख्थे।
12:12b.2CH.012.012 जब रहबामले स्वयंलाई नम्र तुल्याए तब परमप्रभुले आफ्नो क्रोध रहबामबाट हटाउनु भयो। यसरी नै परमप्रभुले रहबामलाई पूर्ण रूपले ध्वंश पार्नु भएन। त्यहाँ यहूदामा केही असल कुरा पनि थियो।
12:13b.2CH.012.013 राजा रहबामले स्वयंलाई यरूशलेममा एक शक्तिशाली राजा बनाए। तिनी एकचालीस वर्षका थिए जब तिनी राजा भए। रहबाम यरूशलेममा सत्र वर्षसम्म राजा थिए। यरूशलेम त्यो शहर हो जसलाई परमप्रभुले इस्राएलका समस्त कुल समूहबाट चुन्नु भएको हो। परमप्रभुले आफ्ना नाउँ यरूशलेममा राख्न रोज्नु भयो। रहबामकी आमा नामा थिइन्। नामा अम्मोन देशकी थिइन्।
12:14b.2CH.012.014 रहबामले नराम्रा कुराहरू गरे किनभने तिनले परमप्रभुको आज्ञा पालन गर्ने कुरा हृदयबाट निश्चय गरेका थिएनन्।
12:15b.2CH.012.015 रहबामले आफू राजा हुँदा शुरूदेखि अन्त सम्मको आफ्नो शासनमा जे जति कुराहरू गरे ती शमायाह अगमवक्ताका लेखहरूमा अनि इद्दो, दर्शीका लेखहरूमा लेखिएका छन्। ती पुस्तकहरू वंशावलिहरू जस्तै लेखीएका छन्। अनि रहबाम र यारोबाम माझ, दुवै राजाहरूको शासनकालभरी युद्ध चलिरह्यो।
12:16b.2CH.012.016 रहबामको मृत्यु भयो अनि उसलाई उसको पिता-पुर्खाहरूसित गाडे। रहबामलाई दाऊदको शहरमा गाडियो। त्यसपछि रहबामका छोरा अबियाह नयाँ राजा भए।
13
13:1b.2CH.013.001 जब राजा यारोबाम अठाह्रौं वर्षमा इस्राएलका राजा भए अबियाह यहूदाका नयाँ राजा भए।
13:2b.2CH.013.002 अबियाह तीन वर्ष सम्म यरूशलेममा राजा थिए। अबियाहकी आमा माका थिइन्। माका उरीएलकी छोरी थिइन्। उरीएल गिबा शहरका थिए। अनि अबियाह र यारोबामका माझ युद्ध चलिरहेथ्यो।
13:3b.2CH.013.003 अबियाहका सेनामा 4,00,000 साहसी सैनिकहरू थिए। अबियाहले त्यस सेनालाई युद्धमा अगुवाइ गरे। यारोबामका सेनामा 8,00,000 साहसी सैनिकहरू थिए। यारोबाम अबियाहसित युद्ध गर्न तयार भए।
13:4b.2CH.013.004 तब अबियाह एप्रैमको पहाडी देशको समारैम डाँडामा उभिए। अबियाहले भने, “यारोबाम अनि समस्त इस्राएलीहरू, मेरो कुरा सुन।
13:5b.2CH.013.005 तिमीहरूले यो जान्नु पर्छ कि इस्राएलका परमप्रभु परमेश्वरले दाऊद अनि तिनका छोराहरूलाई सदा सर्बदा इस्राएलका राजा हुने अधिकार दिनु भएको छ। परमेश्वरले दाऊदसित नूनको करार द्वारा यो दिनु भएको हो।
13:6b.2CH.013.006 तर यारोबाम आफ्ना स्वामीका विरूद्ध भए। यारोबाम नबातको नाति, दाऊदका छोरा सुलेमानका एक सेवक थिए।
13:7b.2CH.013.007 तब, अयोग्य दुष्ट मानिसहरू यारोबामका मित्रहरू थिए अनि तिनीहरूले एकै साथ रहबाम सुलेमानका छोराको विरोध गरे। रहबाम सानै र अनुभवहीन थिए। यसर्थ उसले यारोबाम अनि तिनका दुष्ट साथीहरूलाई रोक्न सकेनन्।
13:8b.2CH.013.008 “अब, तिमी मानिसहरूले परमप्रभुको राज्यलाई त्यो राज्य जसलाई दाऊदका छोराहरूले शासन गरेका छन् परास्त गर्ने निश्चय गरेका छौ। तिनीहरू सित धैरे मानिसहरू छन् अनि तिमीहरूका ती सुनौला बाछाहरू ती ‘देवताहरू’ छन् जो यारोबामले तिम्रा निम्ति बनाए।
13:9b.2CH.013.009 तिमीले परमप्रभुका पूजाहारीहरूलाई निकाली बाहिर गर्यौ, जो हारूनका सन्तानहरू थिए। अनि तिमीले लेवीहरूलाई निकाली बाहिर गर्यौ। त्यस पछि तिमीले, पृथ्वीका हरेक राष्ट्रले जस्तै आफ्नै पूजाहारीहरू छान्यौ। अनि अहिले कुनै पनि व्यक्ति जसले एउटा बाछा अनि सातवटा भेंडा ल्याउने छ, त्यो पूजाहारी हुन सक्छ-’ती झुट्टा देवताहरूको सेवा गर्ने पूजाहारी।’
13:10b.2CH.013.010 “तर हाम्रो निम्ति, परमप्रभु हाम्रा परमेश्वर हुनु हुन्छ। हामी यहूदाका मानिसले परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गरेका छैनौं। हामीले उहाँलाई छाडेका छैनौं। पूजाहारीहरू जसले परमप्रभुको सेवा गर्छन् हारूनका छोराहरू हुन्। अनि लेवीहरू परमप्रभुको सेवा गर्नमा पूजाहारीहरूलाई सहयोग गर्छन्।
13:11b.2CH.013.011 तिनीहरू हरेक साँझ विहान परमप्रभुलाई होमबलि अर्पण गर्छन् र सुगन्धीत धूप बाल्छन्। तिनीहरूले मन्दिरको विशेष मेजमा लहरमा रोटी राख्छन्। अनि तिनीहरू सुनौला सामदानमा बत्तीहरूको हेरचाह गर्छन् जसद्वारा उच्यालो रूपले प्रत्येक साँझ चम्कन्छन्। हामी अत्यन्त सावधानीपूर्वक परमप्रभु हाम्रा परमेश्वरको सेवा गर्छौ तर तिमी मानिसहरूले उहाँलाई त्याग गरेका छौ।
13:12b.2CH.013.012 परमेश्वर स्वयं हाम्रो साथ हुनु हुन्छ। उहाँ हाम्रा शासक हुनु हुन्छ अनि उहाँका पूजाहारीहरू हामीसित छन्। परमेश्वरका पूजाहारीहरूले तिमीहरूलाई व्यूँझाउन् अनि तिमीहरूलाई उहाँको आगमनमा उत्तेजित तुल्याउनका निम्ति आफ्ना तुरही बजाउँछन्। इस्राएलका मानिसहरू हो, तिम्रा पुर्खाहरूका परमप्रभु परमेश्वरको विरूद्ध नलड। तिमीहरू सफल हुने छैनौं।”
13:13b.2CH.013.013 तर यारोबामले सैनिकको एक दललाई अबियाहको सेनाको पछिल्तिर सुटुक्क पठाए। यारोबामका सेना अबियाहको सेना समक्ष थिए। यारोबामका सेनाका गुप्त सैनिकहरू अबियाहका सेनाका पछि थिए।
13:14b.2CH.013.014 जब अबियाहका सेनामा भएका यहूदी सैनिकहरूले वरिपरि हेरे तब तिनीहरूले यारोबामका सेनाले अघि पछि दुवै तिरबाट आक्रमण गरेका देखे। यहूदाका मानिसहरूले परमप्रभुलाई जोडले पुकारे अनि पूजाहारीहरूले तुरही बजाए।
13:15b.2CH.013.015 त्यसपछि अबियाहका सेनाका मानिसहरू जोडले कराए। जब यहूदाका मानिसहरू कराए परमेश्वरले यारोबामका सेनालाई परास्त गरिदिनु भयो। यारोबामका सबै इस्राएलका सेनाहरू अबियाहका यहूदाका सेनाहरू द्वारा परास्त भए।
13:16b.2CH.013.016 इस्राएलका मानिसहरू यहूदाका मानिसहरूदेखि भागे। परमेश्वरले इस्राएलका सेनाहरूलाई परास्त गर्न यहूदाका सेनाहरूलाई अनुमति दिनु भयो।
13:17b.2CH.013.017 अनि इस्राएलका 5,00,000 सर्वोत्तम मानिसहरू मारिए।
13:18b.2CH.013.018 यसरी त्यस बेला इस्राएलका मानिसहरू परास्त भए। यहूदाका मानिसहरूले विजय प्राप्त गरे। यहूदाका सेनाले विजय प्राप्त गरे किनभने तिनीहरूले आफ्ना पिता-पुर्खाहरूका परमप्रभु परमेश्वर माथि भरोसा राखे।
13:19b.2CH.013.019 अबियाहका सेनाले यारोबामका सेनालाई खेदे। अबियाहका सेनाले यारोबामबाट बेतेल, येशना अनि एप्रोन शहरहरू कब्जा गरे। तिनीहरूले ती शहरहरू अनि ती शहरहरू नजिकका सा-साना गाउँहरू अधिकारमा ल्याए।
13:20b.2CH.013.020 जबसम्म अबियाह जीवित रहे यारोबाम फेरि कहिल्यै शक्तिशाली भएनन्। परमप्रभुले यारोबामलाई मारिदिनु भयो।
13:21b.2CH.013.021 अनि अबियाह शक्तिशाली बने। तिनले चौध जना स्त्रीहरू विवाह गरे अनि बाईस जना छोरा र सोह्रजना छोरीहरूका पिता थिए।
13:22b.2CH.013.022 अन्य सबै कुरा जो अबियाहले गरे सो अगमवक्ता इद्दोका पुस्तकहरूमा लेखिएका छन्।
14
14:1b.2CH.014.001 अबियाहको मृत्यु भयो अनि उसलाई पिता-पुर्खाहरूसितै गाडियो। मानिसहरूले तिनलाई दाऊदको शहरमा गाडे। त्यसपछि अबियाहका छोरा आसा अबियाहका स्थानमा नयाँ राजा भए। आसाका समयमा देशमा दश वर्षसम्म शान्ति थियो।
14:2b.2CH.014.002 आसाले आफ्ना परमप्रभु परमेश्वरको समक्ष असल र उचित कुराहरू गरे।
14:3b.2CH.014.003 आसाले ती विदेशी वेदीहरू हटाइदिए जो मूर्ति पूजाका निम्ति प्रयोग गरिन्थे। आसाले उच्च स्थानहरू हटाइदिए अनि स्मारक शिलाहरू फोडिदिए। आसाले अशेरा-स्तम्भहरू भाँची दिए।
14:4b.2CH.014.004 आसाले यहूदाका मानिसहरूलाई परमप्रभु परमेश्वरको अनुसरण गर्नु भनी आदेश दिए। उहाँ तिनीहरूका पुर्खाहरूले अनुसरण गरेका परमेश्वर हुनुहुन्छ। आसाले तिनीहरूलाई परमप्रभुका व्यवस्था अनि आदेशहरू पालन गर्ने आदेश दिए।
14:5b.2CH.014.005 आसाले उच्च स्थानहरूका धूपवेदीहरू पनि यहूदाका सबै शहरहरूबाट हटाइ दिए। यसरी राज्यमा शान्ति थियो। जब आसा राजा थिए।
14:6b.2CH.014.006 आसाले यहूदामा त्यो समय सुदृढ शहरहरू निर्माण गरे जब यहूदामा शान्ति थियो। आसाले यी वर्षहरूमा कुनै युद्ध गर्नु परेन किनभने परमप्रभुले तिनलाई शान्ति प्रदान गर्नु भएको थियो।
14:7b.2CH.014.007 आसाले यहूदाका मानिसहरूलाई भने, “हामी यी शहरहरूलाई निर्माण गरौं अनि यिनीहरूका चारैतिर पर्खालहरू बनाऔं। हामी बुर्जाद्वारहरू अनि द्वारमा बारहरू बनाऔं हामी यो देशमा बसेसम्म यसो गरौं। यो देश हाम्रो हो किनभने हामीले परमप्रभु हाम्रा परमेश्वरको अनुसरण गरेका छौं। उहाँले हामीलाई हाम्रो चारैतिर शान्ति दिनु भएको छ।” यसर्थ तिनीहरूले निर्माण गरे अनि सफलता प्राप्त गरे।
14:8b.2CH.014.008 आसाका यहूदाका परिवार समूहका 3,00,000 मानिसहरू अनि बिन्यामीनका कुल समूहका 2,80,000 मानिसहरूका सेना थिए। यहूदाका मानिसहरूले ठूला-ठूला ढाल र भालाहरू बोक्थे। बिन्यामीनका मानिसहरूले सा-साना ढाल अनि धनुबाट काँड हान्थे। ती सबै मानिसहरू बलिया र साहसी सैनिकहरू थिए।
14:9b.2CH.014.009 तब जेरा आसाका सेनाका विरूद्ध आए। जेरा कूशका थिए। जेराका 10,00,000 मानिसहरू अनि 300 रथहरू तिनका सेनामा थिए। जेराका सेना मारेशा शहर सम्म पुगे।
14:10b.2CH.014.010 आसा जेरा विरूद्ध लडनका निम्ति निक्ले। आसाका सेनाहरू मारेशामा सपाता बेंसीमा युद्धका निम्ति तयार भए।
14:11b.2CH.014.011 आसाले परमप्रभु आफ्ना परमेश्वरलाई पुकारे अनि भने, “परमप्रभु, तपाईंले मात्र बलवान मानिसहरूको विरूद्ध कमजोर मानिसहरूलाई सहायता गर्न सक्नु हुन्छ। परमप्रभु हाम्रा परमेश्वर। हामीलाई सहायता गर्नु होस्। हामी तपाईं माथि निर्भरछौं। हामी तपाईंको नाउँमा यी विशाल सेनाको विरूद्ध लडछौं। परमप्रभु, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ। तपाईंको विरूद्ध कसैलाई पनि जित्न नदिनु होस्।”
14:12b.2CH.014.012 तब परमप्रभुले कूशी सेनाहरूलाई परास्त गर्न आसाका यहूदी सेना प्रयोग गर्नु भयो। अनि कूशी सेनाहरू भागे।
14:13b.2CH.014.013 आसाका सेनाले कूशी सेनाहरूलाई गरार शहर सम्म खेदेर लगे। यति बिघ्न कुशी सेनाहरू मारिए कि तिनीहरू फेरि लड्नका निम्ति सेनाका रूपमा एकत्रित हुन सकेनन्। तिनीहरूलाई परमप्रभु अनि उहाँका सेनाले कुल्चि दिए। आसा अनि तिनका सेनाले शत्रुहरूका अनेक बहूमूल्य चीजहरू लगे।
14:14b.2CH.014.014 आसा अनि तिनका सेनाहरूले गरार नजिकका सबै शहरहरूलाई परास्त गरे। ती शहरहरूमा बस्ने मानिसहरू परमप्रभु सित भयभीत थिए। ती शहरहरूमा अनेक प्रकारका धेरै बहूमूल्य बस्तुहरू थिए। आसाका सेनाहरूले ती बहूमूल्य चीजहरू ती शहरहरूबाट लगे।
14:15b.2CH.014.015 आसाका सेनाले शिविरहरूमा पनि आक्रमण गरे जहाँ गोठालाहरू बस्थे। तिनीहरूले धेरै भेडा र ऊँटहरू लगे। तब, आसाका सेनाहरू यरूशलेम फर्के। आसाका परिवर्त्तनहरू
15
15:1b.2CH.015.001 परमेश्वरको आत्मा अजर्याहमाथि उत्रनुभयो। अजर्याह ओदेदका छोरा थिए।
15:2b.2CH.015.002 अजर्याह आसालाई भेट्न गए। अजर्याहले भने, “मेरो कुरा सुन आसा अनि यहूदा र बिन्यामीनका तिमी सबै मानिसहरू! परमप्रभु तिमीहरूका साथ रहनु हुन्छ जब तिमीहरू उहाँका साथ हुन्छौ। यदि तिमीले परमप्रभुलाई खोज्यौ भने, उहाँलाई पाउने छौ। तर यदि तिमीहरूले उहाँको साथ छोडयौ भने उहाँले तिमीहरूको साथ छोडनु हुनेछ।
15:3b.2CH.015.003 धेरै समयसम्म इस्राएल सत्य परमेश्वर बिहीन थियो। अनि तिनीहरू शिक्षा दिने पूजाहारी बिहीन र नियम बिहीन थिए।
15:4b.2CH.015.004 तर जब इस्राएलका मानिसहरूले दुःख पाए, तिनीहरू फेरि परमप्रभु परमेश्वर तर्फ फर्किए। उहाँ इस्राएलका परमेश्वर हुनु हुन्छ। तिनीहरूले परमप्रभुलाई खोजे अनि उहाँलाई पाए।
15:5b.2CH.015.005 दुःखको त्यस समयमा कुनै पनि मानिस निरापद यात्रा गर्न सक्तैन थियो। सबै राष्ट्रहरूमा यति धेरै कष्ट थियो
15:6b.2CH.015.006 ‘एउटा राष्ट्रले अर्को राष्ट्रलाई अनि एक शहरले अर्को शहरलाई ध्वंश पार्थे। यस्तो हुँदै थियो। किनभने परमेश्वरले तिनीहरूलाई सबै किसिमका कष्टहरू दिनु भयो।
15:7b.2CH.015.007 ‘तर आसा, तिमी अनि यहूदाका र बिन्यामीनका मानिसहरू शक्तिशाली बन। कमजोर नबन, नछोड किनभने तिमीहरूले तिम्रा असल कार्यका निम्ति पुरस्कार प्राप्त गर्ने छौ।”
15:8b.2CH.015.008 जब आसाले यी वचनहरू अनि संन्देशहरू ओबेद, अगमवक्ताबाट सुने तिनी खूबै उत्साहित भए। त्यसपछि उसले ती घृणित मूर्तिहरू यहूदा अनि बिन्यामीनका सबै स्थानबाट हटाए। आसाले ती घृणित मूर्तिहरू एप्रैमका पहाडी देशकाअधिकारमा ल्याएका शहरहरूबाट पनि हटाए। अनि तिनले परमप्रभुको वेदी मरम्मत गरे जो परमप्रभुको मन्दिरको दलान अघि थियो।
15:9b.2CH.015.009 त्यस पछि आसाले यहूदा अनि बिन्यामीनका सबै मानिसहरूलाई एकत्रित गरे। तिनले एप्रैम, मनश्शे अनि शिमोनका कुल समूहका मानिसहरूलाई पनि, जो यहूदा देशमा बस्नका निम्ति इस्राएल देशबाट आएका थिए भेला गरे। धेरै संख्यामा ती मानिसहरू यहूदामा आए किनभने तिनीहरूले देखे कि परमप्रभु, आसाका परमेश्वर आसाका साथ हुनुहुन्थ्यो।
15:10b.2CH.015.010 आसा अनि ती मानिसहरू यरूशलेममा आसाका शासनकालको पन्ध्रौं वर्षको तेस्रो महीनामा एकत्रित भए।
15:11b.2CH.015.011 त्यस समय तिनीहरूले 700 गोरूहरू, 7,000 भेडा अनि बाख्राहरू परमप्रभुलाई बलि चढाए। आसाका सेनाले ती पशुहरू र अन्य मूल्यवान वस्तुहरू आफ्ना शत्रुहरूबाट लिएका थिए।
15:12b.2CH.015.012 तब तिनीहरूले आफ्ना सम्पूर्ण हृदय अनि आफ्ना सम्पूर्ण आत्मा द्वारा परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्ने करार गरे। उहाँ तिनीहरूका पुर्खाहरूले सेवा गरेका परमेश्वर हुनुहुन्छ।
15:13b.2CH.015.013 कुनै पनि व्यक्ति जसले परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्न अस्वीकार गर्थे त्यसलाई मारिन्थ्यो। यसको केही महत्व थिएन त्यो व्यक्ति मुख्य होस् वा साधारण होस्, यदि त्यो व्यक्ति पुरूष होस् वा स्त्री होस्।
15:14b.2CH.015.014 तब आसा अनि मानिसहरूले परमप्रभु प्रति शपथ लिए। तिनीहरू उच्च आवाजमा कराए। तिनीहरूले तुरही र नरसिङ्गाहरू पनि बजाए।
15:15b.2CH.015.015 यहूदाका सबै मानिसहरू शपथबारे खुशी थिए। किनभने तिनीहरूले आफ्ना हृदयबाट प्रतिज्ञा गरेका थिए। तिनीहरूले आफ्ना सम्पूर्ण हृदयले परमेश्वरको अनुसरण गरे। तिनीहरूले परमेश्वरलाई खोजे अनि उहाँलाई पाए। यसरी परमप्रभुले सबै देशमा तिनीहरूलाई शान्ति प्रदान गर्नु भयो।
15:16b.2CH.015.016 राजा आसाले आफ्नी आमा माकालाई पनि राजमाताको पदबाट हटाए। आसाले यसो गरे, किनभने तिनले अशेरा देवीको सम्मानमा ती भयानक स्तम्भहरू मध्ये एक स्तम्भ खडा गरेकी थिइन्। आसाले त्यो अशेरा-स्तमभ काटेर त्यसलाई सा-साना टुक्रा पारिदिए। त्यसपछि तिनले ती टुक्राहरूलाई किद्रोन बेंसीमा जलाइदिए।
15:17b.2CH.015.017 उच्च स्थानहरू इस्राएलबाट हटाइएन, तर आशाको हृदय आसाको जीवनकाल भरि परमप्रभु प्रति विश्वसनीय रह्यो।
15:18b.2CH.015.018 अनि आसाले सुन र चाँदीले बनिएका पवित्र उपहारहरू जो तिनी अनि तिनका पिताले अर्पण गरेका थिए ती सबै परमेश्वरको मन्दिरमा राखे।
15:19b.2CH.015.019 आसाको पैंतीस वर्ष सम्मको शासनमा अरू कुनै युद्ध भएन।
16
16:1b.2CH.016.001 आसाका राज्य कालका छत्तीसौं वर्षमा बाशाले यहूदा देश माथि आक्रमण गरे। बाशा इस्राएलका राजा थिए। तिनी रामा शहरमा गए अनि त्यसलाई किल्लाको रूप दिए। बासाले रामा शहरलाई यहूदाका राजा आसा कहाँ मानिसहरूलाई आउँन जानबाट रोक्नका निम्ति एक स्थानको रूपमा प्रयोग गरे।
16:2b.2CH.016.002 आसाले परमप्रभुको मन्दिरको भण्डार गृहहरूमा भएका सुन अनि चाँदी निकाले। तिनले राज भवनबाट सुन अनि चाँदी निकाले। तब आसाले बेन-हदद कहाँ संन्देश बाहक पठाए। बेनहदद अरामका राजा थिए, अनि तिनी दमीशक शहरमा बस्दथे। आसाको संन्देश थियो।
16:3b.2CH.016.003 “बेनहदद, तिमी अनि म माझ एक सन्धि होस्। हामी यसलाई तपाईंका पिता अनि मेरा पिताले गरेका सन्धि जस्तै तुल्याऔं। हेर्नुहोस्, म तपाईं कहाँ सुन अनि चाँदी पठाउँदै छु। अब, बाशा, इस्राएलका राजा सँगको तपाईंको सन्धि भङ्ग गरी दिनुहोस् जसद्वारा तिनले मलाई एक्लो छाडने छन् अनि मलाई दिकदारी दिन बन्द गर्ने छन्।”
16:4b.2CH.016.004 बेनहदद राजा आसासँग सहमत भए। बेनहददले आफ्ना सेनाका सेनापतिहरूलाई इस्राएलका शहरहरू माथि आक्रमण गर्न पठाए। ती सेनापतिहरूले इयोन, दान अनि आबेल-मैम शहरहरूमाथि आक्रमण गरे। तिनीहरूले नप्तालीका इलाकामा भएका सबै शहरहरू माथि पनि आक्रमण गरे जहाँ खाद्य-वस्तु संग्रह गरिएको थिए।
16:5b.2CH.016.005 बाशाले इस्राएलका शहरहरू माथि आक्रमण भएको कुरा सुने। यसर्थ तिनले रामा शहरलाई किल्लाको रूपमा निर्माण गर्ने काम रोके। तिनले तिनको काम बन्द गरिदिए।
16:6b.2CH.016.006 तब राजा आसाले यहूदाका सबै मानिसहरूलाई एकत्रित बोलाए। तिनीहरू रामा शहरमा गए ढुँङ्गा अनि काठहरू लगे जो बाशाले किल्ला बनाउनमा प्रयोग गरेका थिए। आसा र यहूदाका मानिसहरूले ती ढुँङ्गा अनि काठहरू गेबा अनि मिस्पा शहरहरूलाई अधिक सुदृढ तुल्याउनमा प्रयोग गरे।
16:7b.2CH.016.007 त्यसबेला दर्शी हनानी यहूदाका राजा आसा कहाँ आए। हनानीले तिनलाई भने, “आसा तिमीलाई सहायता गरोस् भनी तिमी अरामका राजा माथि भर पर्यौ। परमप्रभु तिम्रा परमेश्वर माथि भर परेनौ। तिमी परमप्रभु माथि भरपर्नु पर्ने थियो। तर तिमी सहायताका निम्ति परमप्रभु माथि भर नपरेको हुनाले राजा अरामका सैनिकहरू तिमीबाट उम्किए।
16:8b.2CH.016.008 कूशीहरू अनि लूबीहरूको अत्यन्त विशाल, शक्तिशाली सेना थिए। तिनीहरूसित अनेक रथ अनि सारथिहरू थिए। तर आसा त्यो विशाल शक्तिशाली सेनालाई परास्त गर्न सहायताका निम्ति तिमी परमप्रभु माथि भर पर्यौ अनि परमप्रभुले तिमीलाई तिनीहरूलाई परास्त पार्न दिनु भयो।
16:9b.2CH.016.009 परमप्रभुको दृष्टि पृथ्वीभरि ती मानिसहरूलाई हेर्दै नजर राख्नुहुन्छ जो उहाँ प्रति विश्वसनीय छन् जसद्वारा उहाँले ती मानिसहरूलाई शक्तिशाली तुल्याउन सक्नु हुन्छ। आसा, तिमीले मूर्खता पूर्ण काम गर्यौ। यसर्थ अब उप्रान्त तिमीले युद्ध गरिरहनु पर्नेछ।”
16:10b.2CH.016.010 आसा हनानी सित उनले भनेका कुरामा क्रोधित भए। आसा यति पागल भए कि तिनले हनानीलाई कैदखानामा बन्द गरिदिए। आसा त्यस बेला कोही मानिसहरूसित नीच र कठोरता पूर्वक व्यवहार गर्थे।
16:11b.2CH.016.011 आसाले शुरू देखि अन्तसम्म गरेका कुराहरू यहूदा अनि इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।
16:12b.2CH.016.012 आसा राजा भएको उन्चालीस वर्षमा खुट्टा कुहुने रोगले ग्रस्त भए। तिनको रोग अत्यन्त नराम्रो थियो तर पनि तिनले परमप्रभुबाट सहाएता खोजेनन्। आसाले वैद्यहरूको सहायता खोजे।
16:13b.2CH.016.013 आफ्नो राज्य कालको एकचालीसौं वर्षमा आसाको मृत्यु भयो अनि उनका पिता-पुखाहरूसित गाडिए।
16:14b.2CH.016.014 मानिसहरूले आसालाई तिनकै चिहानमा गाडि दिए जो तिनी आफैंले दाऊदका शहरमा बनाएका थिए। मानिसहरूले तिनलाई पलङ्गमा सुताए जो मसालाहरू अनि विभिन्न प्रकारका मिस्रित सुगन्धित पदार्थहरू द्वारा भरिएको थियो। मानिसहरूले आसाका सम्मानका निम्ति विशाल आगो बाले।
17
17:1b.2CH.017.001 यहोशापात आसाका स्थानमा यहूदाका नयाँ राजा भए। यहोशापात आसाका छोरा थिए। यहोशापातले यहूदालाई शक्तिशाली तुल्याए जसमा कि तिनीहरू इस्राएलको विरूद्ध लडन सकून।
17:2b.2CH.017.002 तिनले सैनिकहरूका दलहरू यहूदाका सबै शहरहरूका किल्लाहरूमा राखे। यहोशापातले यहूदामा अनि तिनका पिता आशाले अधिकारमा लिएका एप्रैमका शहरहरूमा सैनिकहरूको किल्ला समूह लगाए।
17:3b.2CH.017.003 परमप्रभु यहोशापातका साथ हुनुहुन्थ्यो किनभने यहोशापातले यौवन कालमा आफ्ना पुर्खा दाऊदले गरेका असल कुराहरू गरेका थिए। यहोशापातले बाल मूर्तिहरूको अनुसरण गरेनन्।
17:4b.2CH.017.004 यहोशापातले तिनका पुर्खाहरूले अनुसरण गरेका परमेश्वरलाई खोजे। तिनले परमेश्वरका आदेशहरू पालन गरे तिनी इस्राएलका मानिसहरू बसेका तरिकाले बसेनन्।
17:5b.2CH.017.005 परमप्रभुले यहोशापातलाई यहूदाका शक्तिशाली राजा बनाउनु भयो। यहूदाका सबै मानिसहरूले यहोशापातलाई उपहारहरू ल्याउँथे। यसर्थ यहोशापातसित प्रशस्त धन सम्पत्ति अनि सम्मान थियो।
17:6b.2CH.017.006 यहोशापातको हृदयले परमप्रभुको तरिकामा आनन्द प्राप्त गरे। तिनले उच्च स्थानहरू अनि अशेरा-स्तम्भहरू यहूदा देशबाट बाहिर निकालि दिए।
17:7b.2CH.017.007 यहोशापातले आफ्ना प्रमुखहरूलाई उपदेश दिनका निम्ति यहूदाका शहरहरूमा पठाए। यहोशापातको शासनको तेस्रो वर्षमा यस्तो भयो। ती प्रमुखहरू बेनहेल, ओबदियाह, जकर्याह, नतनेल अनि मीकायाह थिए। यहोशापातले यी प्रमुखहरू सित लेवीहरूलाई पनि पठाए।
17:8b.2CH.017.008 ती लेवीहरू शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह तोबियाह अनि तोब-अदोनियाह थिए। यहोशापातले एलीशामा र योराम पूजाहारीहरू पनि पठाए।
17:9b.2CH.017.009 ती प्रमुखहरू, लेवीहरू अनि पूजाहारीहरूले यहूदामा मानिसहरूलाई शिक्षा दिए। तिनीहरू सित परमप्रभुको व्यवस्थाहरूको पुस्तक थियो। तिनीहरू यहूदाका सबै शहरहरूमा गए अनि मानिसहरूलाई शिक्षा दिए।
17:10b.2CH.017.010 यहूदा नजिकका राष्ट्रहरू परमप्रभु सित भयभीत थिए। त्यसै कारणले गर्दा तिनीहरूले यहोशापात विरूद्ध युद्ध शुरू गरेनन्।
17:11b.2CH.017.011 केही पलिश्ती मानिसहरूले यहोशापातलाई उपहारहरू ल्याए। तिनीहरूले यहोशापात कहाँ चाँदी पनि ल्याए किनभने तिनीहरू जान्दथे उनी अत्यन्त शक्तिशाली राजा हुन्। केही अरबी मानिसहरूले यहोशापात कहाँ पशुहरूका बथानहरूपनि ल्याए। तिनीहरूले 7,700 भेडाहरू अनि 7,700 बाख्राहरू तिनी कहाँ ल्याए।
17:12b.2CH.017.012 यहोशापात अधिक भन्दा अधिक शक्तिशाली भए। तिनले यहूदा देशमा किल्लाहरू अनि भण्डार शहरहरू निर्माण गरे।
17:13b.2CH.017.013 तिनले भण्डार शहरहरूमा अनेक आपुर्तिहरू राखे। अनि यहोशापातले यरूशलेममा प्रशिक्षित सैनिकहरू राखे।
17:14b.2CH.017.014 ती सैनिकहरू तिनीहरूका परिवार समूहमा सूची बद्ध थिए। यरूशलेमका ती सैनिकहरूको सूची यो होः यहूदाका कुल समूहका सेनाध्यक्षहरू यी थिएः अदना 3,00,000 सैनिकहरूका सेनाध्यक्ष थिए।
17:15b.2CH.017.015 योहोहानान 2,80,000 सैनिकहरूका सेनाध्यक्ष थिए।
17:16b.2CH.017.016 अमस्याह 2,00,000 सैनिकहरूका सेनाध्यक्ष थिए। अमस्याह जिक्रीका छोरा थिए। अमस्याह परमप्रभुको सेवामा आफूलाई अर्पण गर्नमा खुशी थिए।
17:17b.2CH.017.017 बिन्यामीनका कुल समूहका सेनाध्यक्षहरू यी थिएः एल्यादाका 2,00,000 सैनिकहरू थिए जसले धनु, काँढ अनि ढालहरू चलाउँथे। एल्यादा अत्यन्त साहसी सैनिक थिए।
17:18b.2CH.017.018 यहोसापात 1,80,000 मानिसहरूका अगुवा थिए जो युद्धका निम्ति तयार थिए।
17:19b.2CH.017.019 ती सबै सैनिकहरू राजा यहोशापातका सेवा गर्थे। राजाका अन्य मानिसहरू पनि पूरा यहूदा देशका किल्लाहरूमा थिए।
18
18:1b.2CH.018.001 यहोशापात सित प्रशस्त धन-सम्पत्ति अनि सम्मान थियो। उसले आहाबसित उसको परिवारालाई विवाह गरेर सन्धि गरेका थिए।
18:2b.2CH.018.002 केही वर्ष पछि, यहोशापात आहाब सित भेट गर्न सामरिया शहरमा गए। आहाबले यहोशापात अनि तिनी सित भएका मानिसहरूका निम्ति धेरै भेडा अनि गाईहरू बलि चढाए। आहाबले रामोत गिलाद शहर माथि आक्रमण गर्न यहोशापातलाई उत्साहित तुल्याए।
18:3b.2CH.018.003 आहाबले यहोशापातलाई भने, “तपाईं म सित रामोत गिलाद माथि आक्रमण गर्न जानु हुन्छ?” आहाब इस्राएलका राजा थिए अनि यहोशापात यहूदाका राजा थिए। यहोशापातले आहाबलाई उत्तर दिए, “म तपाईं जस्तै हुँ अनि मेरा मानिसहरू तपाईंका मानिसहरू जस्तै हुन्। हामी युद्धमा तपाईंको साथ दिनेछौं।”
18:4b.2CH.018.004 यहोशापातले आहाबलाई यो पनि भने, “तर पहिला हामी परमप्रभुबाट संन्देश प्राप्त गरौं।”
18:5b.2CH.018.005 यसर्थ राजा आहाबले अगमवक्ताहरू एकत्रित गरे 400 मानिसहरू। आहाबले तिनीहरूलाई भने, “हामी रामोत गिलाद शहरको विरूद्ध लडाई गर्न जाऊँ कि नजाऊँ?” अगमवक्ताहरूले आहाबलाई उत्तर दिए, “जानुहोस्, किनभने परमेश्वरले तपाईंलाई रामोत-गिलादलाई परास्त गर्न दिनु हुनेछ।”
18:6b.2CH.018.006 तर यहोशापातले भने, “के यहाँ परमप्रभुको अगमवक्ता कोही छन्? हामीले परमप्रभुलाई उहाँका एक अगमवक्ताद्वारा याचना गर्न आवश्यक छ।”
18:7b.2CH.018.007 तब राजा आहाबले यहोशापातलाई भने, “यहाँ अझ पनि एक व्यक्ति छ। हामी तिनीद्वारा परमप्रभुसित सोध्न सक्छौं। तर म यो मान्छेलाई घृणा गर्छु, किनभने परमप्रभुबाट मेरो बारेमा तिनीसित असल संन्देश कहिल्यै हुँदैन। तिनीसित मेरा निम्ति सदैव नराम्रो संन्देश हुन्छ। त्यो मान्छेको नाउँ मीकाया हो। तिनी यिम्लाका छोरा हुन्।” तर यहोशापातले भने, “आहाब, तपाईंले त्यसो भन्नु हुँदैन।”
18:8b.2CH.018.008 तब राजा आहाबले आफ्ना एक अधिकारीलाई बोलाए र भने, “चाँडो गर, यिम्लाका छोरा मीकायालाई यहाँ ल्याऊ।”
18:9b.2CH.018.009 आहाब इस्राएलका राजा अनि यहोशापात यहूदाका राजाले आफ्ना राज-पोशाक लगाएका थिए। तिनीहरू सामरिया शहरको सामुन्नेको द्वारको नजिक ढिकीमा आफ्ना सिंहासनमा बसेका थिए। ती 400 जना अगमवक्ताहरू दुइ राजाहरूका सामुन्ने आफ्ना संन्देश भनीरहेका थिए।
18:10b.2CH.018.010 सिदकियाह केनान नाउँका व्यक्तिका छोरा थिए। सिदकियाहले फलामका केही सींङ्गहरू बनाएका थिए। सिदकियाहले भने, “यही हो जो परमप्रभुले भन्नु हुन्छः ‘तपाईंहरूले यी फलामका सींङ्गहरू अरामी मानिसहरूलाई तिनीहरू ध्वंश नहुञ्जेल घोच्नलाई प्रयोग गर्नु हुनेछ।”‘
18:11b.2CH.018.011 सबै अगमवक्ताहरूले एकै कुरा भने। तिनीहरूले भने, “रामोत गिलाद शहरमा जानु होस्। तपाईंहरूले सफलता पाउनु हुनेछ अनि जित्नु हुनेछ। परमप्रभुले राजालाई अरामी मानिसहरूलाई परास्त पार्न दिनु हुनेछ।”
18:12b.2CH.018.012 मीकायालाई लिन गएका संन्देश वाहकले तिनलाई भने, “मीकाया, सुन, सबै अगमवक्ताहरूले एकै कुरा भने। तिनीहरू राजाले सफलता प्राप्त गर्नु हुनेछ भनी भन्दै छन्। यसर्थ तिनीहरूले जे भन्दै छन् त्यही कुरा भन। तिमीले पनि राम्रो कुरा भन।”
18:13b.2CH.018.013 तर मीकायाले भने, “परमप्रभु जीवित हुनुहुन्छ भन्ने कुरा सत्य भएझै म त्यही मात्र भन्न सक्छु जो मेरा परमेश्वरले भन्नु हुन्छ।”
18:14b.2CH.018.014 तब मीकाया राजा आहाब कहाँ आए। राजाले तिनलाई भने, “मीकाया युद्ध गर्नका निम्ति हामी रामोत-गिलाद शहर जानु कि नजानु?” मीकायाले उत्तर दिए, “जानु होस् अनि आक्रमण गर्नु होस्। परमेश्वरले तपाईंलाई ती मानिसहरूमाथि परास्त गर्न दिनु हुनेछ।”
18:15b.2CH.018.015 राजा आहाबले मीकायालाई भने, “धेरै पल्ट मैले तिमीलाई परमप्रभुको नाउँमा मलाई सत्य मात्र भन भनी प्रतिज्ञा गराएको थिएँ।”
18:16b.2CH.018.016 तब मीकायाले भने, “मैले इस्राएलका सबै मानिसहरूलाई पर्वतहरूमा छरिएका देखें। तिनीहरू गोठाला बिनाका भेडाहरू जस्तै थिए। परमप्रभुले भन्नुभयो, ‘तिनीहरूका कुनै अगुवा छैन। प्रत्येक व्यक्तिलाई सकुशल घर फर्किन देऊ।”‘
18:17b.2CH.018.017 आहाब, इस्राएलका राजाले यहोशापातलाई भने, “मैले तपाईंलाई भनेको थिएँ कि मीकायासित परमप्रभुबाट मेरो बारेमा राम्रो संन्देश हुँदैन। तिनीसित मेरो बारेमा नराम्रो संन्देश मात्र हुन्छ।”
18:18b.2CH.018.018 मीकायाले भने, “परमप्रभुको संन्देश सुन्नुहोस्ः मैले परमप्रभुलाई उहाँको सिंहासनमा बस्नु भएको देखें। स्वर्गका सम्पूर्ण सेनाहरू उहाँका वरिपरि उभिएका थिए, कोही उहाँका देब्रेतिर कोही उहाँको दाहिनेतिर।
18:19b.2CH.018.019 परमप्रभुले भन्नुभयो, ‘इस्राएलका राजा आहाबलाई रामोत गिलाद शहर माथि आक्रमण गर्न कसले फसाउँला जसमा कि तिनलाई त्यहाँ मारियोस्?’ परमप्रभुको वरिपरि उभिने विभिन्न आत्माहरूले भिन्न भिन्न कुराहरू भने।
18:20b.2CH.018.020 तब एउटा आत्मा आए अनि परमप्रभुको सामुन्ने अभिए। त्यो आत्माले भने, ‘आहाबलाई म छल गर्ने छु।’ परमप्रभुले त्यो आत्मालाई सोध्नु भयो” कसरी?”
18:21b.2CH.018.021 त्यो आत्माले उत्तर दिए, ‘म बाहिर जान्छु अनि आहाबका अगमवक्ताहरूका मुखमा झूँठो बोल्ने आत्मा हुनेछु।’ अनि परमप्रभुले भन्नुभयो, ‘तँ आहाबलाई छल गर्नमा सफल हुनेछस्। यसर्थ बाहिर जा अनि यसै गर।’
18:22b.2CH.018.022 “अब हेर आहाब, परमप्रभुले तपाईंका अगमवक्ताहरूको मुखमा झूँठो बोल्ने आत्मा हालिदिनु भएको छ। परमप्रभुले तपाईंलाई नराम्रो हुनेछ भनी भन्नु भएको छ।”
18:23b.2CH.018.023 त्यसपछि सिदकियाह मीकाया भएकहाँ गए अनि अनुहारमा हिर्काइदिए। सिदकियाहका पिताको नाउँ कनान थियो। सिदकियाहले भने, “मीकाया, परमप्रभुका आत्मा कुन बाटो गयो जब त्यो तँसित कुरागर्न म देखि गयो?”
18:24b.2CH.018.024 मीकायाले उत्तर दिए, “सिदकियाह तिमी भित्रको एक कोठामा लुक्न गएको दिन तिमीले थाहा पाउनेछौ।”
18:25b.2CH.018.025 तब राजा आहाबले भने, “मीकायालाई लैजाऊ अनि त्यसलाई शहरका प्रशासक आमोन अनि राजाका छोरा योआशकहाँ पठाई देऊ।
18:26b.2CH.018.026 आमोन अनि योआशलाई भन, ‘राजा यो भन्नुहुन्छः मीकायालाई कैदखानामा हालिदेऊ। उसलाई केही नदेऊ खाली एउटा कैदीहरूलाई दिने रोटी र पानी बाहेक जबसम्म म युद्धबाट सुरक्षा सित फर्केर आउँदिन।”‘
18:27b.2CH.018.027 मीकायाले उत्तर दिए, “आहाब, यदि तपाईं युद्धबाट सुरक्षा सित फर्किएर आउनु भयो भने तब परमप्रभु म द्वारा बोल्नु भएको होइन।” उनले भने सबै तिमी मानिसहरु पनि मेरो कुरा सुन।
18:28b.2CH.018.028 यसर्थ इस्राएलका राजा आहाब अनि यहूदाका राजा यहोशापातले रामोत-गिलाद शहर माथि आक्रमण गरे।
18:29b.2CH.018.029 राजा आहाबले यहोशापातलाई भने, “म लडाइँमा जानुको अघि आफ्नो रूप परिवर्त्तन गर्छु। तर तपाईं तपाईंको आफ्नै राज बस्त्र लगाउनु होस्।” यसर्थ आहाब इस्राएलका राजाले आफ्नो रूप परिवर्त्तन गरे अनि दुइ राजाहरू युद्धमा गए।
18:30b.2CH.018.030 अरामका राजाले आफ्ना रथका सेनापतिहरूलाई आदेशदिए। तिनले तिनीहरूलाई भने, “कुनै व्यक्ति सित नलड चाहे जतिकै महान वा तुच्छ होस्। तर आहाब, इस्राएलका राजासित मात्र युद्ध गर।”
18:31b.2CH.018.031 जब रथका सेनापतिहरूले यहोशापातलाई देखे तिनीहरूले ठाने, “त्यहाँ इस्राएलका राजा आहाब छन्।” तिनलाई आक्रमण गर्न तिनीहरू यहोशापात तिर फर्के। तर यहोशापात कराए अनि परमप्रभुले तिनलाई सहायता गर्नु भयो। परमेश्वरले रथका सेनापतिहरूलाई यहोशापात देखि टाढा हुन दिनु भयो।
18:32b.2CH.018.032 जब तिनीहरूले देखे कि यहोशापात इस्राएलका राजा होइनन् तब तिनीहरूले तिनलाई खेद्न छाडे।
18:33b.2CH.018.033 तर एक सैनिकले केही कुरामा लक्ष्य नगरी आफ्ना धनुबाट एक काँढ हाने। त्यो काँढले आहाब, इस्राएलका राजालाई लाग्यो। त्यसले आहाबको कवचको खुल्ला भागमा लाग्यो। आहाबले आफ्ना रथका साराथिलाई भने, “घुम, अनि मलाई युद्धबाट बाहिर लैजाऊ। मलाई चोट लाग्यो।”
18:34b.2CH.018.034 त्यस दिन अत्यन्त भिषण युद्ध भयो। आहाब आफै उसको रथमा उभिए अनि साँझसम्म अरामीहरूको सामना गरिरहे। तब सूर्यास्त हुँदा, आहाबको मृत्यु भयो।
19
19:1b.2CH.019.001 यहूदाका राजा यहोशापात कुशलै आफ्ना घर यरूशलेममा फर्कि आए।
19:2b.2CH.019.002 दर्शी येहू यहोशापातलाई भेट्न आए। येहूका पिताको नाउँ हनानी थियो। येहूले राजा यहोशापातलाई भने, “किन तपाईंले नराम्रा मानिसहरूलाई सहायता गर्नु भयो? किन तपाईंले ती मानिसहरूलाई प्रेम गर्नु हुन्छ जो परमप्रभुलाई घृणा गर्छन्? परमप्रभु तपाईं सित क्रोधित हुनु भएको कारण त्यही हो।
19:3b.2CH.019.003 तर तपाईंको जीवनमा केही असल कुराहरू छन्। तपाईंले अशेरा-स्तम्भहरू यो देशबाट हटाउनु भयो, अनि तपाईंले तपाईंको हृदयबाट परमेश्वरको अनुसरण गर्ने निश्चय गर्नु भयो।”
19:4b.2CH.019.004 यहोशापात यरूशलेममा बस्थे। उनी मानिसहरूसित रहन बेर्शेबा शहर देखि लिएर एप्रैमको पहाडी देशसम्म गए। यहोशापातले तिनीहरूलाई तिनीहरूका पिता-पुर्खाहरूले अनुसरण गरेका परमप्रभु परमेश्वर तर्फ फर्काएर ल्याए।
19:5b.2CH.019.005 यहोशापातले यहूदामा न्यायकर्ताहरू चुने। तिनले न्यायकर्ताहरू यहूदाका प्रत्येक किल्लामा रहनका निम्ति चुने।
19:6b.2CH.019.006 योशापातले ती न्यायकर्त्ताहरूलाई भने, “तपाईंहरू जे गर्नुहुन्छ त्यसमा होशियार हुनुहोस्, किनभने तपाईंहरूले मानिसहरूका निम्ति न्याय गरिरहनु भएको होईन तर परमप्रभुको निम्ति न्याय गर्नु हुँदैछ। परमप्रभु तपाईंहरूसित हुनुहुन्छ जब तपाईंले केही निर्णय गर्नुहुन्छ।
19:7b.2CH.019.007 अब तपाईंहरू प्रत्येक परमप्रभुसित डराउनु पर्छ। तपाईंहरूले जे गर्नु हुन्छ सावधान हुनुहोस् किनभने परमप्रभु हाम्रा परमेश्वर न्यायी हुनुहुन्छ। परमप्रभुले कुनै पनि व्यक्तिलाई अर्को व्यक्तिलाई भन्दा अधिक महत्वपूर्ण ठानेर व्यवहार गर्नु हुन्न। अनि उहाँ आफ्ना निर्णय बद्ली गर्नको निम्ति धन स्वीकार गर्नु हुन्न।”
19:8b.2CH.019.008 अनि यरूशलेममा, यहोशापातले केही लेवीहरू, पूजाहारीहरू अनि इस्राएली परिवारहरूका अगुवाहरूलाई न्यायकर्ता हुन चुने। मानिसहरूले यरूशलेममा बस्ने मानिसहरूका समस्याहरू समाधान गर्नका निम्ति परमप्रभुको नियम प्रयोग गर्नु पर्ने थियो। तब तिनीहरू यरूशलेममा फर्केर आए।
19:9b.2CH.019.009 यहोशापातले तिनीहरूलाई आदेश दिए। यहोशापातले भने, “तपाईंहरूले सम्पूर्णहृदयले विश्वसनीय रूपले सेवा गर्नु पर्छ। तपाईंहरू परमप्रभुसित डराउनु पर्छ।
19:10b.2CH.019.010 तपाईंहरूले हत्या, नियम, आदेश, विधि वा केही अन्य नियमको बारेमा मुद्दा पाउनु हुनेछ। यी सबै मुद्दाहरू तपाईंहरूका शहरहरू तिर बस्ने तपाईंका भाइहरूबाट आउने छन्। तिमीहरूले मानिसहरूलाई चेताउनी दिनु पर्छ। तिम्रा सबै मुद्दाहरूको शिक्षाहरू पालन गर्नु पर्छ। नत्रभने तिनीहरू परमेश्वरको सामुन्ने दोषी हुनेछन्। यदि तिमीहरूले विश्वासयोग्य भएर सेवा गर्दैनौ भने परमप्रभु तिमीहरू अनि तिमीहरूको दाज्यू-भाईहरूसित क्रोधित हुनुहुनेछ। यस्तो गर्नुहोस् तब तपाईंहरू दोषी हुनुहुने छैन।
19:11b.2CH.019.011 अमर्याह मुख्य पूजाहारी हुन्। तिनी परमप्रभु सम्बन्धी सबै कुरामा तपाईंहरू माथि रहनेछन्। अनि जबदियाह राजा सम्बन्धी सबै कुरामा तपाईंहरू माथि रहनेछन्। जबदियाहका पिताको नाउँ इश्माएल हो। जबदियाह यहूदा कुल समूहका एक प्रमुख हुन्। लेवीहरूले पनि तपाईंहरूको निम्ति लेखापालको रूपमा सेवा गर्ने छन्। तपाईंहरूले गर्ने सबै काममा साहस गर्नु होस्। परमप्रभु तिनीहरूसाथ रहून् जसले त्यही गर्छ जे उचितछ।”
20
20:1b.2CH.020.001 पछि मोआबी, अम्मोनी अनि केही मिनुई मानिसहरू यहोशापातसित युद्ध शुरू गर्न आए।
20:2b.2CH.020.002 केही मानिसहरू आए अनि यहोशापातलाई भने, “एदोमबाट एक विशाल सेना तपाईंको विरूद्ध आउँदैछ। तिनीहरू खारा समुद्रको पल्लो छेउबाट आउँदैछन्। तिनीहरू हसासोन-तामारमा आइसकेका छन्।” हासासोन-तामारलाई एन-गदी पनि भनिन्छ।
20:3b.2CH.020.003 यहोशापात भयभीत भए अनि के गर्नु पर्ने भनी तिनले परमप्रभुसित सोध्ने निश्चय गरे। तिनले यहूदाका हरेकलाई उपवासको निम्ति समयको घोषणा गरे।
20:4b.2CH.020.004 यहूदाका मानिसहरू परमप्रभुसित सहायताको याचना गर्न एक साथ भेला भए। तिनीहरू यहूदाका सबै शहरहरूबाट परमप्रभुलाई सहायता माग्न आए।
20:5b.2CH.020.005 यहोशापात नयाँ आँगनको सामुन्ने परमप्रभुको मन्दिरमा थिए। तिनी यहूदा अनि यरूशलेमका मानिसहरूको सभामा उभिए।
20:6b.2CH.020.006 तिनले भने, “हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्वर, तपाईं स्वर्गमा परमेश्वर हुनुहुन्छ। तपाईंले सबै राष्ट्रहरूका सबै देशहरूमाथि शासन गर्नु हुन्छ। तपाईंसित शक्ति अनि बल छन्। कुनै व्यक्ति तपाईंको विरूद्ध उठ्न सक्तैन।
20:7b.2CH.020.007 तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ। तपाईंले यो देशमा बस्ने मानिसहरूलाई छोडन बाध्य तुल्याउनु भयो। तपाईंले तपाईंका इस्राएली मानिसहरूका सामुन्ने यो काम गर्नु भयो। तपाईंले यो देश सदाको निम्ति अब्राहामका सन्तानहरूलाई दिनु भयो। अब्राहम तपाईंका मित्र थिए।
20:8b.2CH.020.008 अब्राहमका सन्तानहरू यो देशमा बस्थे अनि तिनीहरूले तपाईंको नाउँमा एउटा मन्दिर निर्माण गरे।
20:9b.2CH.020.009 तिनीहरूले भने, ‘यदि हामी माथि कष्ट आइपरे अर्थात तरवार, दण्ड, रोग वा अनिकाल, हामी यो मन्दिरको सामुन्ने अनि तपाईंको सामुन्ने उभिने छौं। तपाईंको नाउँ यो मन्दिरमा छ। हामी तपाईंलाई पुकार्ने छौं जब हामी कष्टमा पर्छौ। त्यसबेला तपाईंले हाम्रो बिन्ती सुनिदिनु हुनेछ अनि हामीलाई बचाउँनु हुनेछ।’
20:10b.2CH.020.010 “तर अहिले, अम्मोन, मोआब अनि सेईर पर्वतका मानिसहरू यहाँ आएका छन्। तपाईंले त्यस बेला इस्राएलका मानिसहरूलाई तिनीहरूको देशमा जानदिनुभएन जब इस्राएलका मानिसहरू मिश्रदेशबाट आए। यसर्थ इस्राएलका मानिसहरू फर्किएका थिए अनि ती मानिसहरूलाई ध्वंश गरेका थिएनन्।”
20:11b.2CH.020.011 तर हेर्नुहोस् तिनीहरूलाई ध्वंश नगरेकोमा ती मानिसहरूले हामीलाई कस्तो प्रकारको पुरस्कार दिए। तिनीहरू हामीलाई तपाईंको भूमिदेखि निकाल्न वाध्य तुल्याउन आएका छन्। तपाईंले यो भूमि हामीलाई दिनु भयो।
20:12b.2CH.020.012 हाम्रा परमेश्वर, तिनीहरूलाई दण्ड दिनु होस्। यो विशाल सेनाको विरूद्ध हाम्रो केही शक्ति छैन, जो हामी विरूद्ध आउँदैछन्। के गर्नु पर्ने सो हामी जान्दैनौं। त्यसै कारणले हामी सहायताका निम्ति तपाईं तिर हेर्दछौं।”
20:13b.2CH.020.013 यहूदाका समस्त मानिसहरू तिनीहरूका बालकहरू, पत्नीहरू अनि छोरा-छोरीहरू परमप्रभुको सामुन्ने उभिए।
20:14b.2CH.020.014 तब परमप्रभुको आत्मा यहजीएल माथि उत्रिए। यहजीएल जकर्याहका छोरा थिए। जकर्याह बनायाहका छोरा थिए। बनायाह यीएलका छोरा अनि यीएल मतन्याहका छोरा थिए। यहजीएल एक लेवी अनि आसापका सन्तान थिए सभाको माँझमा।
20:15b.2CH.020.015 यहजीएलले भने, “मेरो कुरा सुन्नुहोस् राजा यहोशापात, यहूदा अनि यरूशलेममा बस्ने समस्त मानिसहरू। परमप्रभुले तपाईंलाई यसो भन्नु हुन्छः ‘यो विशाल सेनाको बारेमा भयभीत पनि नहोऊ सुर्ता पनि नगर किनभने यो युद्ध तिमीहरूको युद्ध होइन। यो परमेश्वरको युद्ध हो।
20:16b.2CH.020.016 भोलि त्यहाँ तल जाऊ अनि ती मानिसहरूसित युद्ध गर। तिनीहरू सीसको उकालो भएर माथि आउने छन्। तिमीहरूले तिनीहरूलाई यरूएल मरूभूमिको अर्को छेऊमा भएको बेंसीको छेउमा भेट्नेछौ।
20:17b.2CH.020.017 यो युद्धमा तिमीहरूले लड्नु पर्नेछैन। आफ्ना स्थानहरूमा सुदृढ भएर बस। परमप्रभुले तिमीहरूलाई बचाउँनु भएको तिमीहरूले देख्नेछौ। यहूदा अनि यरूशलेम नडराऊ। सुर्ता नगर। परमप्रभु तिमीहरू साथ हुनुहुन्छ, यसर्थ ती मानिसहरूको विरूद्ध भोलि जाऊ।”‘
20:18b.2CH.020.018 यहोशापात तल निहुरिए। तिनको शिरले भूई छोयो। अनि यहूदाका सबै मानिसहरू र यरूशलेममा बस्ने मानिसहरू परमप्रभुको सामुन्ने झुके। अनि तिनीहरू सबैले परमप्रभुको उपासना गरे।
20:19b.2CH.020.019 कहात परिवार समूहका अनि कोरह परिवार समूहका लेवीहरू इस्राएलका परमप्रभु परमेश्वरको स्तुति गर्नका निम्ति उभिए। परमप्रभुको स्तुति गर्दा तिनीहरूको आवाज एकदमै चर्को थियो।
20:20b.2CH.020.020 यहोशापातका सेनाहरू बिहानै तको मरूभूमि तिर गए। तिनीहरू जसै हिंडन थाले यहोशापात उठे र भने, “यहूदाका मानिसहरू अनि तिमी यरूशलेमका मानिसहरू मेरो कुरा सुन। परमप्रभु तिम्रा परमेश्वर माथि विश्वास राख अनि तब सुदृढ रहनेछौ। परमप्रभुका अगमवक्ताहरूमा विश्वास गर। तिमीहरू सफल हुनेछौ।”
20:21b.2CH.020.021 यहोशापातले मानिसहरूलाई उत्साहित तुल्याए अनि निर्देशन दिए। त्यसपछि तिनले परमप्रभुका निम्ति गायकहरू चुने। ती गायकहरूलाई परमप्रभु प्रति स्तुति अर्पण गर्नलाई चुनिएका थिए किनभने उहाँ पवित्र आश्चर्यजनक हुनुहुन्छ। तिनीहरू सेनाका अघि हिंडे अनि परमप्रभुको स्तुति गरे। तिनीहरूले गीत गाए, “परमप्रभुको स्तुति गरे, किनभने उहाँको प्रेम सदा-सर्वदा रहिरहन्छ।”
20:22b.2CH.020.022 जसै ती मानिसहरूले गाउन र परमेश्वरको स्तुति गर्न शुरू गरे, परमप्रभुले अम्मोनी, मोआबी अनि सेईर पर्वतका मानिसहरू माथि गुप्त आक्रमण चलाइ दिनु भयो। ती, मानिसहरू थिए जो यहूदा माथि आक्रमण गर्न आएका थिए।
20:23b.2CH.020.023 अम्मोनी अनि मोआबीहरू सेईर पर्वतबाट आएका मानिसहरूसित लड्न थाले। अम्मोनी अनि मोआबीहरूले सेइर पर्वतका मानिसहरूलाई मारे अनि नष्ट गरि दिए। सेइरका मानिसहरूलाई मारे पछि तिनीहरूले एक अर्कालाई मारे।
20:24b.2CH.020.024 यहूदाका मानिसहरू मरूभूमिमा भएको पहरा राखेको किल्लमा आइपुगे। तिनीहरूले शत्रुका विशाल सेनालाई खोजे। तर तिनीहरूले केवल मृत शरीरहरू मात्र भूइँतिर लडिरहेका देखे। कोही पनि जीवित थिएनन्।
20:25b.2CH.020.025 यहोशापात अनि तिनका सेना ती शरीरहरूबाट मूल्यवान चीजहरू लिन आए। तिनीहरूले अनेक पशुहरू, धन, बस्त्र अनि मूल्यवान चीजहरू पाए। यहोशापात अनि उनका सेनाले ती बस्तुहरू आफ्नै निम्ति लगे। ती चीजहरू यहोशापात अनि तिनका मानिसहरूले बोक्न सक्ने भन्दा अधिक थिए। तिनीहरूले मृत शरीरहरूबाट मूल्यवान चीजहरू लानलाई तीन दिन लगाए, किनभने चीजहरू अधिक थिए।
20:26b.2CH.020.026 चौथो दिनमा यहोशापात अनि तिनका सेनाले बराका उपत्यकामा भेट गरे। तिनीहरूले त्यस स्थानमा परमप्रभुको स्तुति गरे। त्यसै कारणले मानिसहरूले त्यस स्थानलाई आज पनि “बराका बेंसी” भन्छन्।
20:27b.2CH.020.027 त्यसपछि यहोशापातले यहूदा अनि यरूशलेमका मानिसहरूलाई यरूशलेममा फर्काएर ल्याए। परमप्रभुले तिनीहरूलाई अत्यन्त खुशी तूल्याउनु भयो।, किनभने तिनीहरूका शत्रुहरू परास्त भए।
20:28b.2CH.020.028 तिनीहरू वीणा, सारङ्गी अनि तुरहीहरू सहित यरूशलेम आए अनि परमप्रभुको मन्दिरमा गए।
20:29b.2CH.020.029 सबै नजिकका राज्यहरू परमप्रभु देखी भयभीत भएर डराए किनभने तिनीहरूले सुने कि इस्राएलका शत्रुहरूको विरूद्ध परमप्रभु आफैं लड्नु भएको थियो।
20:30b.2CH.020.030 त्यसै कारणले गर्दा यहोशापातका राज्यमा शान्ति थियो। यहोशापातका परमेश्वरले तिनलाई तिनका चारै तिर शान्ति प्रदान गर्नु भयो।
20:31b.2CH.020.031 यहोशापातले यहूदादेश माथि शासन गरे। यहोशापात पैंतीस वर्षका थिए जब तिनले शासन गर्न शुरू गरे। तिनले पच्चीस वर्षसम्म यरूशलेममा शासन गरे। तिनकी आमाको नाउँ अजूबा थियो। अजूबा शिल्हीकी छोरी थिइन्।
20:32b.2CH.020.032 यहोशापातले ठीक प्रकारले आफ्ना पिता आसाले जस्तै जीवन जिए। यहोशापातले आसाको तरिका अनुसरण गर्न छाडेनन्। यहोशापातले परमप्रभुको दृष्टिमा ठीक कार्य गरे।
20:33b.2CH.020.033 तर उच्च स्थानहरूलाई हटाइएन। अनि मानिसहरूले आफ्ना हृदय आफ्ना पुर्खाहरूले अनुसरण गरेका परमेश्वरको अनुसरण गर्न देखि हटाएनन्।
20:34b.2CH.020.034 यहोशापातले शुरू देखी अन्तसम्म गरेका अन्य कुराहरू हनानीका छोरा येहूका अधिकारिक उल्लेखमा लेखिएका छन्। यी कुराहरूको नकल गरेर इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा संलग्न गरिएका छन्।
20:35b.2CH.020.035 पछि यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहस्याहसित संन्धि गरे। अहस्थाले नराम्रो गरे।
20:36b.2CH.020.036 तर्शीशमा जाने जहाजहरू निर्माण गर्नका निम्ति यहोशापात अहस्याहसित मिले। तिनीहरूले जहाजहरू एसोन-गेबेर शहरमा बनाए।
20:37b.2CH.020.037 तब एलाजार यहोशापातको विरूद्ध बोले। एलाजारका पिताको नाउँ दोदाबाहु थियो। एलाजार मरेशा शहरका थिए। तिनले भने, “यहोशापात तपाईं अस्याहसित मिल्नु भयो, त्यसै कारणले परमप्रभुले तपाईंका कार्यहरू नष्ट गरिदिनु हुनेछ।” जहाजहरू भत्किए, यसर्थ यहोशापात अनि अहस्याह तिनीहरूलाई तार्शीश पठाउन समर्थ भएनन्।
21
21:1b.2CH.021.001 तब, यहोशापातको मृत्यु भयो अनि तिनका पुर्खाहरूसित गाडिए। तिनलाई दाऊदका शहरमा गाडि दिए। योराम यहोशापातको स्थानमा नयाँ राजा भए। योराम यहोशापातका छोरा थिए।
21:2b.2CH.021.002 योरामका भाइहरू अजर्याह, यहीएल, जकर्याह, अजर्याह, मीकाएल अनि शपत्याह थिए। ती व्यक्तिहरू यहोशापातका छोराहरू थिए। यहोशापात यहूदाका राजा थिए।
21:3b.2CH.021.003 यहोशापातले आफ्ना छोराहरूलाई चाँदीका, सुनका अनि बहुमूल्य बस्तुहरूका अनेक उपहारहरू दिए। तिनले यहूदाका सुदृढ किल्लाहरू पनि तिनीहरूलाई दिए। तर यहोशापातले राज्य योरामलाई दिए किनभने योराम तिनका सबै भन्दा जेठा छोरा थिए। योराम यहूदाका राजा
21:4b.2CH.021.004 योरामले आफ्ना पिताका राज्य लिए अनि स्वयंम्लाई शक्तिशाली तुल्याए। त्यसपछि तिनले आफ्ना सबै भाइहरूलाई मार्न भनी तरवारको प्रयोग गरे। तिनले इस्राएलका केही प्रमुखहरूलाई पनि मारे।
21:5b.2CH.021.005 योराम बत्तीस वर्षका हुँदा तिनले शासन गर्न शुरू गरे। उसले आठ वर्ष यरूशलेममा शासन गरे।
21:6b.2CH.021.006 तिनले इस्राएलका राजाहरूले बाँचेका जीवन जस्तै जीवन जिए। तिनी त्यसरी नै बाँचे जसरी आहाबका परिवार बाचेका थिए। यसो भएको कारण के हो भने योरामले आहाबकी छोरीलाई विवाह गरेरे परमप्रभुको दृष्टिमा नराम्रो काम गरे।
21:7b.2CH.021.007 तर परमप्रभुले दाऊदका परिवारलाई नष्ट गर्नु भएन किनभने परमप्रभुले दाऊदसँग करार गर्नु भएको थियो। परमप्रभुले दाऊद अनि तिनका छोरा छोरीहरूका निम्ति एक दीप सर्वदा जलाइ राख्ने वचन दिनु भएको थियो।
21:8b.2CH.021.008 योरामको समयमा, एदोम यहूदाको विरूद्ध बागी भए अनि यहूदाका अधिकारबाट एदोम छुट्टियो। एदोमका मानिसहरूले आफ्नो लागि राजा आफै चुने।
21:9b.2CH.021.009 यसर्थ योराम आफ्ना समस्त सेनापतिहरू अनि रथहरू सहित एदोममा गए। एदोमी सैनिकले योराम अनि तिनका रथ-सेनापतिहरूलाई घेरे। तर योरामले राती युद्ध गरेर एदोमीहरूमाथि आक्रमण गरे।
21:10b.2CH.021.010 त्यस समय देखि अहिलेसम्म एदोम देश यहूदाका विरूद्ध विद्रोही रहेको छ। लिब्ना शहरका मानिसहरू पनि योरामका विरूद्ध भए। यस्तो भयो किनभने योरामले परमप्रभु परमेश्वरलाई त्याग गरे। उहाँ योरामका पुर्खाहरूले अनुसरण गरेका परमेश्वर हुनुहुन्छ।
21:11b.2CH.021.011 योरामले यहूदाका पहाडहरूमाथि उच्च स्थानहरू पनि निर्माण गरे। योरामले यरूशलेमका मानिसहरूलाई ती कामहरू गर्नबाट रोके जो परमेश्वर चाहनु हुन्थ्यो। तिनले यहूदाका मानिसहरूलाई परमप्रभु देखि टाढा डोह्राए।
21:12b.2CH.021.012 योरामले एलिया अगमवक्ताबाट एउटा संन्देश पाए। संन्देशमा यो भनिएको छः “परमप्रभु परमेश्वरले भन्नु भएको कुरा यस्तो छ। उहाँ तपाईंका पिता दाऊदले अनुसरण गरेका परमेश्वर हुनुहुन्छ। परमप्रभु भन्नुहुन्छ, “योराम, तँ तेरा पिता यहोशापात जुन प्रकारले बसे त्यस प्रकारले बसिनस्। तँ त्यस प्रकारले बसिनस् जुन प्रकारले यहूदाका राजा आसा बसे।
21:13b.2CH.021.013 तर तँ इस्राएलका राजाहरू जस्तै जिइस् तैंले यहूदा अनि यरूशलेमका मानिसहरूलाई, परमेश्वर देखि अविश्वासीहरू हुने कारण बनाईस्। आहाब अनि तिनका परिवारले त्यसै गरे। तिनीहरू परमेश्वर प्रति अविश्वसनीय थिए। तैंले तेरो भाइहरूलाई मारिस्। जो तँ भन्दा असल थिए।
21:14b.2CH.021.014 यसकारण अब परमप्रभुले चाँडै तेरा मानिसहरूलाई अधिक दण्डबाट दण्डित तुल्याउने छन्। परमप्रभुले तेरा छोरा-छोरी, पत्नीहरू अनि तेरा सबै सम्पत्तिलाई दण्ड दिनु हुनेछ।
21:15b.2CH.021.015 तँलाई पेटको भयानक रोग लाग्ने छ। त्यो हरेक दिन झन-झन नराम्रो हुनेछ। त्यसपछि तेरो भयानक रोगको कारणले आन्द्रा भुँडी बाहिर निस्कनेछ।”‘
21:16b.2CH.021.016 परमप्रभुले कूशी मानिसहरूका छेउ छाउमा बस्ने पलिश्ती अनि आरबी मानिसहरूलाई योराम प्रति क्रोधित तुल्याइ दिनु भयो।
21:17b.2CH.021.017 ती मानिसहरूलाई यहूदा देश माथि आक्रमण गरे। तिनीहरूले राजमहलका सबै सम्पत्तिहरू अनि योरामका छोराहरू एवं पत्नीहरू लगे। योरामका कान्छा छोरा मात्र छाडिए। योरामका कान्छा छोराको नाउँ यहोआहज थियो।
21:18b.2CH.021.018 ती घट्नाहरू घटे पछि परमप्रभुले योरामको भुँडीमा यस्तो रोग उत्पन्न गरिदिनु भयो जसलाई निको पार्न सकिंदैन थियो।
21:19b.2CH.021.019 तब दुइ वर्ष पछि रोगको कारणले योरामको आन्द्रा-भुँडी बाहिर निक्लियो। तिनी नराम्रो पीढाले मरे। मानिसहरूले योराम प्रति सम्मान जनाउन तिनका पिताको सम्मानको निम्ति जस्तै विशाल ज्योति बालेनन्।
21:20b.2CH.021.020 योराम बत्तीस वर्षका थिए जब तिनी राजा भए। तिनले आठवर्षसम्म यरूशलेममा शासनगरे। जब योरामको मृत्यु भयो तब कुनै व्यक्ति दुःखित भएनन्। मानिसहरूले योरामलाई दाऊदको शहरमा गाडे, तर राजाहरूलाई गाडिने चिहानमा होइन।
22
22:1b.2CH.022.001 यरूशलेमका मानिसहरूले अहज्याहलाई योरामको स्थानमा नयाँ राजा चुने। अहज्याह योरामका कान्छा छोरा थिए। योरामको छाउनीमा आक्रमण गर्न आउने अरबी मानिसहरूसित आएका मानिसहरूले योरामका सबै ठूला छोराहरू मारि दिएका थिए। यसर्थ अहज्याहले यहूदामा शासन गर्न थाले।
22:2b.2CH.022.002 अहज्याह 22 वर्षका थिए जब तिनले शासन चलाउन शुरू गरे। अहज्याहले यरूशलेममा एक वर्ष शासन गरे। तिनकी आमाको नाउँ अतल्याह थियो। अतल्याहका पिताको नाउँ ओम्री थियो।
22:3b.2CH.022.003 अहज्याह पनि आहाबका परिवार बसेकै प्रकारले बसे। तिनी त्यस प्रकारले बसे किनभने तिनकी आमाले तिनलाई नराम्रा कुराहरू गर्न उत्साहित तुल्याइन्।
22:4b.2CH.022.004 अहज्याहले परमप्रभुको दृष्टिमा नराम्रा कामहरू गरे। त्यस्तै नै आहाबका परिवारले गरेका थिए। आहाबका परिवारले अहज्याहका पिताको मृत्यु भएपछि अहज्याहलाई सल्लाह दिए। तिनीहरूले अहज्याहलाई नराम्रो सल्लाह दिए। त्यही नराम्रो सल्लाहले तिनलाई मृत्यु तर्फ डोर्यायो।
22:5b.2CH.022.005 अहज्याहले आहाबका परिवारले तिनलाई दिएका सल्लाह अनुसरण गरे। अहज्याह राजा योराम साथ रामोत गिलाद शहर तर्फ अरामका राजा हजाएलको विरूद्ध युद्ध गर्न गए। योरामका पिताको नाउँ आहाब थियो जो इस्राएलका राजा थिए। तर अरामीहरूले योरामलाई युद्धमा घाइते तुल्याए।
22:6b.2CH.022.006 योराम निको हुनका निम्ति यिज्रेल शहर फर्की गए। तिनी रामोतमा घाइते भए जब तिनी अरामका राजा हजाएल विरूद्ध लडे। तब अहज्याह योरामसित भेट गर्न यिज्रेल गए। अहज्याहका पिताको नाउँ यहूदाका राजा योराम थियो। योरामका पिताको नाउँ आहाब थियो। योराम यिज्रेल शहरमा थिए किनभने तिनी घाइते भएका थिए।
22:7b.2CH.022.007 परमेश्वरले त्यसबेला अहज्याहको मृत्यु गराउनु भयो जब तिनी योरामलाई भेट्न गए। अहस्याह आइपुगे अनि योरामसित येहूलाई भेट्न गए येहूका पिताको नाउँ निम्शी थियो। परमप्रभुले आहाबका परिवारलाई नष्ट गर्न येहूलाई चुन्नु भयो।
22:8b.2CH.022.008 येहूले आहाबका परिवारलाई दण्ड दिइरहेका थिए। येहूले यहूदाका प्रमुखहरू अनि अहज्याहका आफन्तहरू, जो अहज्याहका सेवा गर्दै थिए तिनीहरूलाई भेट्टाए। येहूले यहूदाका प्रमुखहरू अनि अहज्याहका आफन्तहरूलाई मारिदिए।
22:9b.2CH.022.009 त्यसपछि येहूले अहज्याहलाई खोजे। येहूका मानिसहरूले तिनलाई पक्रे जब तिनी सामरिया शहरमा लुक्ने कोशिश गरिरहेका थिए। तिनीहरूले अहज्याहलाई येहूकहाँ ल्याए। तिनीहरूले अहज्याहलाई मारे अनि तिनलाई गाडिदिए। तिनीहरूले भने, “अहज्याह यहोशापातका सन्तान थिए। यहोशापातले सम्पूर्ण हृदयले परमप्रभुको अनुसरण गरे।” अहज्याहको परिवारमा कोही पनि यहूदाका राज्यलाई शासन गर्ने शक्तिशाली थिएन।
22:10b.2CH.022.010 अतल्याह अहज्याहको आमा थिइन्। जब तिनले आफ्ना छोराको मृत्यु भएको देखिन् तब तिनले यहूदामा राजाका सबै छोरा-छोरीहरूलाई मारिदिइन्।
22:11b.2CH.022.011 तर यहोशेबाले अहज्याहका छोरा योआशलाई लगिन् अनि तिनलाई लुकाइन्। यहोशेबाले योआश अनि तिनकी सुसारेलाई भित्री शयनकक्ष भित्र राखिन्। यहोशेबा राजा योरामकी छोरी थिइन्। तिनी यहोयादा की पत्नी पनि थिइन्। यहोयादा एक पूजाहारी थिए। अनि यहोशेबा अहज्याहकी बहिनी थिइन्। अतल्याहले योआशलाई मारिनन् किनभने यहोशेबाले तिनलाई लुकाएकी थिइन्।
22:12b.2CH.022.012 योआश पूजाहारीहरूसित परमेश्वरको मन्दिरमा छः वर्षसम्म लुकेर बसे। त्यस बेला अतल्याहले देशमा रानीको रूपमा शासन् गरिन्।
23
23:1b.2CH.023.001 छःवर्ष पछि यहोयादले आफ्नो पराक्रम देखाए। तिनले सेना नायकहरूसित सन्धि गरे। ती सेना नायकहरू-यरोहामका छोरा अजर्याह, यहोहानाका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह अनि जिक्रीका छोरा एलीशापात थिए।
23:2b.2CH.023.002 तिनीहरू यहूदाका चारैतिर गए अनि यहूदाका सबै शहरहरूबाट लेवीहरूलाई भेला गरे। तिनीहरूले इस्राएलका परिवारहरूका प्रमुखहरूलाई पनि भेला गरे। त्यस पछि तिनीहरू यरूशलेम गए।
23:3b.2CH.023.003 एकसाथ भेला भएका सबै मानिसहरूले राजासित परमेश्वरको मन्दिरमा करार बाँधे। यहोयादाले ती मानिसहरूलाई भने, “राजाका छोराले शासन गर्ने छन्। त्यो यही प्रतिज्ञा हो जो परमप्रभुले दाऊदका सन्तानका बारेमा गर्नु भएको थियो।
23:4b.2CH.023.004 अब तिमीहरूले गर्नु पर्ने यही होः तिमीहरू मध्ये एक तिहाइ पूजाहारी अनि लेवीहरू जो विश्रामको दिनमा काममा जान्छन्, तिनीहरूले द्वारहरूको रक्षा गर्ने छन्।
23:5b.2CH.023.005 अनि तिमीहरू मध्ये एक-तिहाइ राज महलमा रहने छौ। अनि तिमीहरू मध्ये एक-तिहाइ घडेरी-द्वारमा रहने छौ। तर सबै अन्य मानिसहरू परमप्रभुको मन्दिरको आँगनमा बस्नु पर्ने छ।
23:6b.2CH.023.006 कुनै पनि मानिसलाई परमप्रभुको मन्दिर भित्र आउन नदिनु। केवल पूजाहारी अनि लेवीहरू, जो सेवा गर्छन्, तिनीहरूलाई मन्दिर भित्र आउने अनुमति छ, किनभने तिनीहरू पवित्र छन्। तर अन्य सबै मानिसहरूले तिनीहरूलाई परमप्रभुले दिनु भएको काम गर्नु पर्छ।
23:7b.2CH.023.007 लेवीहरू राजाको समीपमा बस्नु पर्छ। हरेक मानिससँग आफ्नो तरवार हुनु पर्छ। यदि कोही व्यक्ति मन्दिर भित्र पस्ने चेष्टा गर्छ भने त्यस व्यक्तिलाई मारि दिनु। तिनी जहाँ कही गए ता पनि तिमीहरू राजाको साथ रहनु पर्छ।”
23:8b.2CH.023.008 लेवीहरू अनि यहूदाका सबै मानिसहरूले पूजाहारी यहोयादाले दिएका आदेशहरू पालन गरे। यसकारण प्रत्येक कप्तान र सबै मानिसहरू दिनमा तिनीहरूले काम गर्नु पर्छ कि पर्दैन भने सूचना सुन्न भित्र आए, किनभने पूजाहारी यहोयादले केही पनि तिनीहरूको समूहहरूलाई पदयाच्युत गराएका थिए।
23:9b.2CH.023.009 पूजाहारी यहोयादाले भाला र ठूला साना दुवै ढालहरू अधिकारीहरूलाई दिए ती राजा दाऊदका थिए। ती हतियारहरू परमेश्वरको मन्दिरमा राखिएका थिए।
23:10b.2CH.023.010 तब यहोयादाले मानिसहरूलाई कहाँ उभिनु पर्ने सो बताए। प्रत्येक मानिसको हातमा आफ्ना हतियार थिए। ती मानिसहरू मन्दिरको दाहिने देखि मन्दिरको देब्रे सम्म उभिएका थिए। तिनीहरू वेदीका अनि मन्दिरको नजिक र राजाका नजिकमा उभिएका थिए।
23:11b.2CH.023.011 तिनीहरूले राजाका छोरालाई बाहिर ल्याए र तिनलाई मुकुट लगाई दिए। तिनीहरूले नियमका पुस्तकको एक प्रति तिनलाई दिए। तब तिनीहरूले योआशलाई राजा बनाए। यहोयादा अनि तिनका छोराहरूले योआशको अभिषेक गरे। तिनीहरूले भने, “राजा लामो समय सम्म बाँचून्।”
23:12b.2CH.023.012 अतल्याहले मानिसहरू मन्दिर तर्फ दगुरेका अनि राजाको प्रशंसा गरेको आवाज सुनिन्। तिनी परमप्रभुको मन्दिरमा मानिसहरू कहाँ आइन्।
23:13b.2CH.023.013 तिनले हेरिन् अनि राजालाई देखिन्। राजा खम्बाको छेउको अघि उभिरहेको थियो। अधिकारीहरू अनि मानिसहरू जो तुरही बजाउँथे, राजाका छेउमा थिए। देशका मानिसहरू खुशीले तुरही बजाउँदै थिए। गायकहरू सङ्गीतका बाजाहरू बजाउँदै थिए। गायकहरूले प्रशंसा गाउनमा मानिसहरूलाई अगुवाइ गरिरहेका थिए। तब अतल्याहले तिनका वस्त्रहरू च्यातिन् अनि भनिन्, “राजद्रोह! राजद्रोह!”
23:14b.2CH.023.014 पूजाहारी यहोयादाले सेना नायकहरूलाई बाहिर ल्याए। तिनले तिनीहरूलाई भने, “अतल्याहलाई बाहिर सेनाको माझ लैजाऊ। तिनलाई जोकोहिले पछ्याउँछ त्यसलाई मार्न तिमीहरूको तरवार प्रयोग गर।” तब पूजाहारीले सैनिकहरूलाई चेतावनी दिए, “अतल्याहलाई परमप्रभुको मन्दिरमा नमार्नु।”
23:15b.2CH.023.015 तब मानिसहरूले राजमहलको घोडा-द्वारमा आउँदा तिनलाई पक्रिए जुन चाहिं एउटा राज महलको प्रेवशद्वार हो। तब तिनीहरूले तिनलाई तत्कालै त्यही स्थानमा मारिदिए।
23:16b.2CH.023.016 तब यहोयादाले सबै मानिसहरू अनि राजासित एक करार बाँधे। तिनीहरू सहमत भए कि तिनीहरू सबै परमप्रभुका मानिस हुनेछन्।
23:17b.2CH.023.017 सबै मानिसहरू बाल मूर्तिका मन्दिरमा गए अनि त्यसलाई फोडि दिए। तिनीहरूले बाल मन्दिरमा भएका वेदीहरू अनि मूर्तिहरू पनि भत्काइदिए। तिनीहरूले बालका पुरोहित मातानलाई बाल वेदीहरूको सामुन्ने मारे।
23:18b.2CH.023.018 तब यहोयादाले परमप्रभुको जिम्मामा रहने पूजाहारीहरू चुने। ती पूजाहारीहरू लेवीहरू थिए अनि दाऊदले तिनीहरूलाई परमप्रभुको मन्दिरको जिम्मामा रहने काम दिएका थिए। ती पूजाहारीहरूले मोशाका व्यवस्थाका आदेश अनुसार परमप्रभुलाई होमबलि अर्पण गर्नु पर्ने थियो। तिनीहरूले दाऊदका आदेश अनुसार अति खुशी साथ गाउँदै बलि अर्पण गरे।
23:19b.2CH.023.019 यहोयादाले परमप्रभुको मन्दिरको द्वारमा रक्षकहरू राखेका थिए। यसकारण एउटा व्यक्ति जो अशुद्ध थियो भने मन्दिरभित्र पस्न पाउँदैन थियो।
23:20b.2CH.023.020 यहोयादाले सेनाका सेना-नायकहरू, प्रमुखहरू, मानिसहरूका शासकहरू अनि देशका सबै मानिसहरूलाई आफ्ना साथ लिए। तब यहोयादाले राजालाई परमप्रभुको मन्दिर बाहिर ल्याए अनि माथिल्लोद्वार भएर तिनीहरू राज भवनमा गए। त्यस स्थानमा तिनीहरूले राजालाई सिंहासनमा बसाए।
23:21b.2CH.023.021 यहूदिका सबै मानिसहरू अत्यन्त आनन्दित थिए। अनि यरूशलेम शहरमा शान्ति थियो किनभने अतल्याहलाई तरवारद्वारा मारिएको थियो। योआशले फेरि मन्दिर निर्माण गर्छन्
24
24:1b.2CH.024.001 योआश सात वर्ष उमेरका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा चालीस वर्ष शासन गरे। तिनकी आमाको नाउँ सिब्या थियो। सिब्या बेर्शेबा शहरकी थिइन्।
24:2b.2CH.024.002 योआशले पूजाहारी यहोयादा बाँचुन्जेल परमप्रभुको सामुन्ने उचित कार्य गरे।
24:3b.2CH.024.003 यहोयादाले योआशका निम्ति दुइवटी पत्नीहरू चुने। योआशका छोरा-छोरीहरू भए।
24:4b.2CH.024.004 तब, पछि योआशले परमप्रभुको मन्दिर फेरि निर्माण गर्ने निर्णय गरे।
24:5b.2CH.024.005 योआशले पूजाहारी अनि लेवीहरूलाई साथ बोलाए। तिनले तिनीहरूलाई भने, “यहूदा शहरमा जाऊ अनि इस्राएलका सबै मानिसहरूले प्रति वर्ष तिर्ने धन संग्रह गर। त्यो धन तिम्रो परमेश्वरको मन्दिर फेरि निर्माण गर्नमा प्रयोग गर। चाँडो गर अनि यो काम गर।” तर लेवीहरूले हतार गरेनन्।
24:6b.2CH.024.006 यसर्थ राजा योआशले मुख्य पूजाहारी यहोयादालाई बोलाए। राजाले भने, “यहोयादा, तिमीले किन लेवीहरूलाई यहूदा अनि यरूशलेमबाट तिरो-धन ल्याउन लगाएनौं? परमप्रभुको सेवक मोशा अनि इस्राएलका मानिसहरूले पवित्र पाल निर्माण गर्नमा त्यो तिरो-धन प्रयोग गरेका थिए।”
24:7b.2CH.024.007 विगत कालमा, अतल्याहका छोराहरू जबरजस्ती परमेश्वरको मन्दिर भित्र पसेका थिए। तिनीहरूले परमप्रभुको मन्दिरमा भएका पवित्र चीजहरू आफ्ना बाल देवताहरूको पूजा गर्नमा प्रयोग गरेका थिए। अतल्याह अत्यन्त दुष्ट स्त्री थिइन्।
24:8b.2CH.024.008 राजा योआशले एउटा सन्दूक बनाउने अनि त्यसलाई परमप्रभुको मन्दिरको द्वारको बाहिर राख्ने आदेश गरे।
24:9b.2CH.024.009 तब लेवीहरूले यहूदा अनि यरूशलेममा एक घोषणा गरे। तिनीहरू रोए मानिसहरूलाई परमप्रभुका निम्ति तिरो-धन ल्याउनु भने। परमेश्वरका सेवक मोशाले मरू-भूमिमा भएको समयमा इस्राएलका मानिसहरूबाट जो तिरो-धन मागेका थिए यो धन त्यति नै हो।
24:10b.2CH.024.010 समस्त प्रमुखहरू अनि मानिसहरू खुशी थिए। तिनीहरूले आफ्ना धन ल्याए अनि त्यसलाई सन्दूकमा हाले। तिनीहरूले तबसम्म लगातार दिइरहे जब सम्म सन्दूक भरी भएन।
24:11b.2CH.024.011 तब लेवीहरूले त्यो सन्दूक राज-अधिकारीहरू कहाँ लानु पर्यो। तिनीहरूले सन्दूक धनले परिपूर्ण भएको देखे। राजाका सचिव अनि मुख्य पूजाहारीका अधिकारी आए अनि सन्दूकबाट धन निकालेर लगे। तब तिनीहरूले त्यो सन्दूकलाई फेरि त्यस कै स्थानमा फर्काई लगे। तिनीहरूले यो काम घरि-घरि गरे अनि प्रचुर धन संग्रह गरे।
24:12b.2CH.024.012 तब राजा योआश अनि यहोयादाले त्यो धन ती मानिसहरूलाई दिए जो परमप्रभुको मनिदरमा काम गर्थे। अनि परमप्रभुको मन्दिरमा काम गर्ने मानिसहरूले परमप्रभुको मन्दिर फेरि निर्माण गर्नका निम्ति निपूण काठ खोप्नेहरू अनि सिकर्मीहरूलाई ज्यालमा राखे। तिनीहरूले ती कर्मीहरू पनि ज्यालमा ल्याए जो परमप्रभुको मन्दिरलाई फेरि निर्माण गर्नका निम्ति फलाम अनि काँसाका काम गर्न सिपालु थिए।
24:13b.2CH.024.013 मानिसहरू जसले कामको निरीक्षण गर्दथे एक्दमै परिश्रमी थिए। परमप्रभुको मन्दिर फेरि निर्माण गर्ने कार्य सफल भयो। तिनीहरूले परमप्रभुको मन्दिर पहिलाको जस्तै निर्माण गरे अनि तिनीहरूले यसलाई पहिलाको भन्दा बलियो बनाए।
24:14b.2CH.024.014 जब कर्मीहरूले काम पूरा गरे तिनीहरूले उब्रिएको धन राजा योआश अनि यहोयादा कहाँ ल्याए। तिनीहरूले त्यो धन परमप्रभुको मन्दिरका निम्ति चीज-बीज बनाउनमा प्रयोग गरे। ती चीज-बीजहरू मन्दिरको सेवामा अनि होम-बलि अर्पण गर्नमा प्रयोग गरिन्थे। तिनीहरूले सुन-चाँदीका कचौरा एवं अन्य चीजहरू पनि बनाए। पूजाहारीहरूले यहोयादा जीवित रहेसम्म प्रतिदिन परमप्रभुको मन्दिरमा होमबलि अर्पण गरिरहे।
24:15b.2CH.024.015 यहोयादा बृद्ध भए। तिनी लामो समयसम्म बाँचे, त्यसपछि तिनको मृत्यु भयो। यहोदा 130 वर्षको बृद्ध हुँदा तिनको मृत्यु भयो।
24:16b.2CH.024.016 मानिसहरूले यहोयादालाई दाऊदका शहरमा गाडिदिए जहाँ राजाहरूलाई गाडिन्छन्। मानिसहरूले यहोयादालाई त्यहाँ गाडि दिए किनभने तिनले आफ्ना जीवनमा इस्राएलमा परमेश्वर अनि परमेश्वरका मन्दिरका निम्ति धेरै असल कार्य गरे।
24:17b.2CH.024.017 यहोयादाको मृत्यु पछि, यहूदाका प्रमुखहरू आए अनि राजा योआश समक्ष झुके। राजाले ती प्रमुखहरूका कुरा सुने।
24:18b.2CH.024.018 राजा अनि ती अगुवाहरूले तिनीहरूका पिता-पुर्खाहरूले आराधना गर्ने परमप्रभु परमेश्वरको मन्दिरलाई परित्याग गरे। तिनीहरूले अशेरा खामा अनि अन्य मूर्तिहरूका पूजा गर्न शुरू गरे। परमेश्वर यहूदा अनि यरूशलेमका मानिसहरूसित क्रोधित हुनु भयो किनभने राजा अनि अगुवाहरू दोषी थिए।
24:19b.2CH.024.019 परमेश्वरले मानिसहरू कहाँ तिनीहरूलाई परमप्रभु तिर फर्काइ ल्याउन भनी अगमवक्ताहरू पठाउनु भयो। अगमवक्ताहरूले मानिसहरूलाई चेताउनी दिए। तर मानिसहरूले सुन्न अस्वीकार गरे।
24:20b.2CH.024.020 परमेश्वरको आत्मा जकर्याह माथि उत्रिनुभयो। जकर्याहका पिता पूजाहारी यहोयादा थिए। जकर्याह मानिसहरूका सामुन्ने उभिए अनि भने, “परमेश्वरले जे भन्नु हुन्छ त्यो यो होः ‘किन तिमीहरूले परमप्रभुको आदेशहरूको पालन गर्न अस्वीकार गर्छौ? तिमीहरू सफल हुने छैनौं। तिमीहरूले परमप्रभुलाई त्याग्यौ यसकारण परमप्रभुले पनि तिमीहरूलाई त्याग्नु भएको छ।”‘
24:21b.2CH.024.021 तर मानिसहरूले जकर्याहको विरूद्ध षड्यन्त्र रचे। राजाले जकर्याहलाई मार्न भनी मानिसहरूलाई आदेश दिए, यसर्थ तिनको मृत्यु नहुञ्जेल मानिसहरूले तिनलाई ढुँङ्गा हाने। मानिसहरूले यो काम मन्दिरको आँगनमा गरे।
24:22b.2CH.024.022 राजा योआशले तिनी प्रति यहोयादाले दर्शाएको दया सम्झेनन्। यहोयादा जकर्याहका पिता थिए। तर योआशले यहोयादाका छोरा जकर्याहलाई मारिदिए। जकर्याहको मृत्यु हुनु अघि तिनले भने, “परमप्रभुले देख्नु हुनेछ जो तिमीहरूले गर्दै छौ अनि तिमीहरूलाई दण्ड दिनु हुनेछ।”
24:23b.2CH.024.023 वर्षको अन्ततिर, अरामी सेना योआशको विरूद्ध आए। तिनीहरूले यहूदा अनि यरूशलेम माथि आक्रमण गरे अनि मानिसका सबै प्रमुखहरूलाई मारिदिए। तिनीहरूले सबै मूल्यवान बस्तुहरू दमीशकका राजा कहाँ पठाए।
24:24b.2CH.024.024 अरामी सेना मानिसहरूको सानो दलको रूपमा आएका थिए तर परमप्रभुले तिनीहरूलाई यहूदाका अति विशाल सेनालाई परास्त पार्न दिनु भयो। परमप्रभुले यसो गर्नु भयो। किनभने यहूदाका मानिसहरूले, आफ्ना पुर्खाहरूले अनुसरण गरेका परमप्रभु परमेश्वरलाई त्याग गरे। यसरी योआश दण्डित भए।
24:25b.2CH.024.025 जब अरामीहरूले योआशलाई छाडे तब तिनी नराम्रो प्रकारले घाइते भएका थिए। योआशका आफ्नै सेवकहरूले तिनको विरूद्ध षड्यन्त्र रचे। तिनीहरूले यसो गरे किनभने योआशले पूजाहारी यहोयादाका छोरा जकर्याहलाई मारेका थिए। सेवकहरूले योआशलाई तिनको आफ्नै ओछ्यानमा मारिदिए। योआशको मृत्यु भएपछि मानिसहरूले तिनलाई दाऊदको शहरमा गाडीदिए। तर तिनीहरूले तिनलाई त्यस स्थानमा गाडेनन् जहाँ राजाहरूलाई गाडिन्छ।
24:26b.2CH.024.026 ती यिनै सेवकहरू हुन् जसले योआशको विरूद्ध षड्यन्त्र रचेका थिएः जाबाद अनि यहोजाबाद। जाबादकी आमाको नाउँ शिमात थियो। शिमात अम्मोनकी थिइन्। अनि यहोजाबादकी आमाको नाउँ शिम्रित थियो। शिम्रित मोआबकी थिइन्।
24:27b.2CH.024.027 योआशका छोराहरूको विषयमा कथा, तिनी विरूद्धको महान अगमवाणीहरू अनि तिनले कसरी फेरि परमेश्वरको मन्दिर निर्माण गरे, यी सबै राजाहरू “सम्बन्धी व्याख्या” नाउँको पुस्तकमा लेखिएका छन्। अमस्याह तिनका पछि नयाँ राजा भए। अमस्याह योआशका छोरा थिए।
25
25:1b.2CH.025.001 अमस्याह पच्चीस वर्षका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा उनन्तीस वर्ष शासन गरे। तिनकी आमाको नाउँ यहोअद्दान थियो। यहोअद्दान यरूशलेमकी थिइन्।
25:2b.2CH.025.002 अमस्याहले त्यही कुराहरू गरे जो परमप्रभुले तिनीद्वारा गराउन चाहनु हुन्थ्यो। तर तिनले ती कुराहरू सम्पूर्ण हृदयले गरेनन्।
25:3b.2CH.025.003 अमस्याह शक्तिशाली राजा भए। त्यस पछि तिनले ती अधिकारीहरूलाई मारि दिए जसले तिनका राजा मारेको थिए।
25:4b.2CH.025.004 तर अमस्याहले ती अधिकारीहरूका छोरा छोरीहरूलाई मारेनन्। किन? तिनले मोशाको पुस्तकमा लेखिएका व्यवस्था पालन गरे। परमप्रभुले आदेश दिनु भएको थियो, “माता-पितालाई उनीहरूका छोरा-छोरीहरूले केही गरेको खण्डमा मार्नु हुँदैन। अनि छोरा-छोरीहरूलाई तिनीहरूका माता-पिताहरूले केही गरेका खण्डमा मार्नु हुँदैन कुनै व्यक्तिलाई तिनी स्वयंले गरेका नराम्रो कामका निम्ति मात्र मार्नु पर्छ।”
25:5b.2CH.025.005 अमस्याहले यहूदाका मानिसहरूलाई एक साथ भेला गरे। तिनले परिवार अनुसार तिनीहरूको दल बनाए अनि ती दलहरूलाई सेनाध्यक्ष र सेना नायकहरूका जिम्मामा राखे। ती प्रमुखहरूका जिम्मामा यहूदा अनि बिन्यामीनका समस्त सैनिकहरू थिए। सबै मानिसहरू जो सैनिक हुनका निम्ति छानिए ती बीस वर्ष अनि त्यस भन्दा अधिक उमेरका थिए। जम्मा 3,00,000 सिपालु सैनिकहरू भाला अनि ढाल सहित युद्धका निम्ति तयार थिए।
25:6b.2CH.025.006 अमस्याहले इस्राएलबाट 1,00,000 सैनिकहरू पनि ज्यालामा ल्याए। ती सैनिकहरूलाई ज्यालामा ल्याउनका निम्ति तिनले 100 तोडा चाँदी दिए।
25:7b.2CH.025.007 तर परमेश्वरका एक व्यक्ति अमस्याह कहाँ आए। परमेश्वरका व्यक्तिले भने, “राजा इस्राएलका सेनालाई तपाईं साथ जान नदिनु होस्। परमप्रभु इस्राएलीहरूका साथमा हुनुहुन्न। परमप्रभु एप्रैमका मानिसहरूका साथ हुनुहुन्न।
25:8b.2CH.025.008 यदि तपाईंले तपाईं आफैंलाई बलियो अनि युद्धको निम्ति तयार बनाउनुहुन्छ भने परमेश्वरले तपाईंलाई परास्त गर्नुहुनेछ, किनकि विजय अथवा परास्त परमेश्वरको सहायतामा भर पर्छ।”
25:9b.2CH.025.009 अमस्याहले परमेश्वरका व्यक्तिलाई भने, “तर मेरो धनको बारेमा के हुन्छ जो मैले इस्राएली सेनाहरूलाई दिइ सकेको छु?” परमेश्वरका मानिसले भने, “परमप्रभुसित प्रशस्त छन्। उहाँले तपाईंलाई त्यो भन्दा धेरै दिन सक्नु हुन्छ।”
25:10b.2CH.025.010 यसर्थ अमस्याहले इस्राएली सैनिकहरूलाई घर तिर एफ्राईम फर्काई पठाए। ती मानिसहरू राजा अनि यहूदाका मानिसहरू प्रति अत्यन्त क्रोधित भए। तिनीहरू अत्यन्त क्रोधित भएर घर फर्किए।
25:11b.2CH.025.011 तब अमस्याह अत्यन्त साहसी भए अनि आफ्ना सेनाहरूलाई लिएर एदोम देशको नूनकोबेंसी तर्फ गए। त्यस स्थानमा अमस्याहका सेनाहरूले सेईरका 10,000 मानिसहरूलाई मारे।
25:12b.2CH.025.012 यहूदाका सेनाले पनि सेईरका 10,000 मानिसहरूलाई कब्जामा लिए। तिनीहरूले सेइरका ती मानिसहरूलाई एक पहाडको टुप्पोमा लगे। ती मानिसहरू अझसम्म जीवित थिए। तब यहूदाका सेनाले ती मानिसहरूलाई पहराको टुप्पोदेखि तल तिर झारिदिए अनि तिनीहरूका शरीरहरू तल चट्टानहरूमा चकना चूर भए।
25:13b.2CH.025.013 तर त्यस समयमा अमस्याहले ती सैनाहरूलाई यहूदाका शहरहरू सामरिया देखि बेत-होरोनसम्म आक्रमण गेर्न अनुमति दिएका थिएनन्। तै पनि तिनीहरूले शहरहरूमा आक्रमण गरे। तिनीहरूले 3,000 मानिसहरू मारे धेरै मालहरू लुटे।
25:14b.2CH.025.014 अमस्याह एदोमी मानिसहरूलाई परास्त गरे पछि घर आए। तिनले सेइरका मानिसहरूले पूजा गर्ने मूर्तिहरू ल्याए। अमस्याहले ती मूर्तिहरूको पूजा गर्न शुरू गरे। तिनी ती मूर्तिहरू अघि झुके अनि तिनीहरूका निम्ति धूप बाले।
25:15b.2CH.025.015 परमप्रभु अमस्याह सित अत्यन्त क्रोधित हुनुभयो। परमप्रभुले अमस्याह कहाँ अगमवक्ता पठाउनु भयो। अगमवक्ताले भने, “अमस्याह किन तपाईंले ती मानिसहरूले पूजा गर्ने मूर्तिहरूको पूजा गर्नु भएको? ती देवताहरूले तिनीहरूका आफ्नै मानिसहरूलाई पनि तपाईंबाट बचाउन सकेनन्।
25:16b.2CH.025.016 जब अगमवक्ता बोले, अमस्याहले अगमवक्तालाई भने, “हामीले तिमीलाई राजाको सल्लाहकार बनाएका छैनौं! चुप लाग! तिमी चुप लागेनौ भने तिमीलाई मारिने छ।” अगमवक्ता चुप भए, तर तब भने, “परमेश्वरले तपाईंलाई ध्वंश गर्ने निश्चय गर्नु भएकोछ। किनभने तपाईंले ती नराम्रा कुराहरू गर्नु भयो। अनि मेरो वचन सुन्नु भएन।”
25:17b.2CH.025.017 यहूदाका राजा अमस्याहले आफ्ना परामर्शदाताहरू सित कुरा गरे। तब तिनले इस्राएलका राजा योआशलाई एक संन्देश पठाए। अमस्याहले योआशलाई भने, “हामी मुखा-मुखी भेट गरौं।” योआश यहोआहाजका छोरा थिए। योआहाज येहूका छोरा थिए।
25:18b.2CH.025.018 तब योआशले अमस्याह कहाँ आफ्नो उत्तर पठाए। योआश इस्राएलका राजा थिए अनि अमस्याह यहूदाका राजा थिए। योआशले यो कथा भनेः “लबानोन एक सानो काँढादार पोथ्राले लबानोन एक विशाल देवदारको वृक्ष कहाँ संन्देश पठायो। सानो काँढादार पोथ्राले भन्यो, ‘तिम्री छोरीलाई मेरो छोरासित विवाह गरिदेऊ।’ तर एक जङ्गली पशु आयो अनि काँढादार पोथ्रा माथि हिंड्यो र त्यसलाई नष्ट गरि दियो।
25:19b.2CH.025.019 तिमी स्वयंमलाई भन्छौं, ‘मैले एदोमलाई परास्त गरे।’ तिमी घमण्डी छौ अनि तिमी धाक लाउँछौ। तर तिमी घरमा बस। तिमीलाई खतरा मोल्नु खाँचो छैन। यदि तिमी मसित लड्यौ भने, तिमी अनि यहूदा ध्वंश हुने छौ।”
25:20b.2CH.025.020 तर अमस्याहले सुन्न अस्वीकार गरे। यो परमेश्वरबाट आएको हो परमेश्वरले इस्राएल द्वारा यहूदालाई परास्त गराउने योजना बनाउनु भयो, किनभने यहूदाका मानिसहरूले एदोमका मानिसहरूले अनुसरण गर्ने देवताहरूको अनुसरण गरे।
25:21b.2CH.025.021 यस कारण इस्राएलका राजा योआशले यहूदाका राजा अमस्याहसित बत-शेमेश शहरमा मुखा-मुखी भेट गरे। बेत-शेमेश यहूदामा छ।
25:22b.2CH.025.022 इस्राएलले यहूदालाई परास्त गरे। यहूदाका हरेका मानिस आफ्ना घर तिर भागे।”
25:23b.2CH.025.023 योआशले अमस्याहलाई बेत-शेमेशमा पक्रे अनि तिनलाई यरूशलेम लगे। अमस्याहका पिताको नाउँ योआश थियो। योआशको पिताको नाउँ योआहाज थियो। योआशले यरूशलेमको एप्रैम फाटक देखि कुनाको फाटक सम्मको पर्खालको 400 हात लामो अंश भत्काइ दिए।
25:24b.2CH.025.024 परमेश्वरको मन्दिरमा सुन अनि चाँदी एवं धेरै अन्य चीज-बीजहरू थिए। ओबेद एदोम ती चीज बीजहरूको जिम्मामा थिए। तर येहोआशले ती सबै चीज-बीजहरू लगे। योआशले राज महलबाट कोषहरू पनि लगे। त्यस पछि योआशले केही मानिसहरूलाई कैदीको रूपमा लगे अनि फर्केर सामरिया गए।
25:25b.2CH.025.025 योआशको मृत्यु पछि अमस्याह पन्ध्र वर्षसम्म बाँचे। अमस्याहका पिता यहूदाका राजा योआश थिए। योआशको पिता यहोआहाज इस्राएलका राजा थिए।
25:26b.2CH.025.026 अमस्याहले शुरू देखि अन्तसम्म गरेका अन्य कुराहरू “यहूदा अनि इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।
25:27b.2CH.025.027 जब अमस्याहले परमप्रभुको आज्ञा पालन गर्न छाडे, यरूशलेममा मानिसहरूले अमस्याह विरूद्ध षडयन्त्र रचे। तिनी लाकीश शहर तिर भागेर गए। तर मानिसहरूले लाकीशमा मानिसहरू पठाए अनि तिनीहरूले अमस्याहलाई त्यही मारिदिए।
25:28b.2CH.025.028 तब तिनीहरूले अमस्याहको शरीरलाई घोडाहरूमा लदाएर ल्याए अनि यहूदाको शहरमा तिनका पुर्खाहरूसित गाडि दिए।
26
26:1b.2CH.026.001 त्यस पछि यहूदाका मानिसहरूले उज्जियाहलाई अमस्याहको स्थानमा नयाँ राजा हुनका निम्ति चुने। अमस्याह उज्जियाहका पिता थिए। उज्जियाह सोह्र वर्षका हुँदा यस्तो भयो।
26:2b.2CH.026.002 उज्जियाहले एलात शहरलाई फेरि निर्माण गरे अनि यहूदालाई फर्काइ दिए। अमस्याहको मृत्यु भयो र तिनका पुर्खासित गाडिए पछि उज्जियाहले यसो गरे।
26:3b.2CH.026.003 उज्जियाह सोह्र वर्षका थिए जब तिनी राजा भए। तिनले बाउन्न वर्ष सम्म यरूशलेममा शासन गरे। तिनकी आमाको नाउँ यकोल्याह थियो। यकोल्याह यरूशलेमकी थिइन्।
26:4b.2CH.026.004 उज्जियाहले ती कुराहरू गरे जो परमप्रभुले तिनी द्वारा गराउन चाहनु हुन्थ्यो। तिनले परमेश्वरको आज्ञा त्यसरी नै पालन गरे जसरी तिनका पिता अमस्याहले गरेका थिए।
26:5b.2CH.026.005 उज्जियाहले परमेश्वरको अनुसरण जकर्याहको जीवनकालमा गरे। जकर्याहले उज्जियाहलाई परमेश्वरको कसरी सम्मान गर्नु अनि आज्ञा पालन गर्नु सो सिकाए। जब उज्जियाहले परमप्रभुको आज्ञा पालन गरिरहेका थिए परमेश्वरले तिनलाई सफलता प्रदान गर्नु भयो।
26:6b.2CH.026.006 उज्जियाहले पलिश्ती मानिसहरूको विरूद्ध युद्ध लडे। तिनले गात, यब्ने अनि अश्दोद शहरहरूका वरिपरिका पर्खालहरू भत्काइ दिए। उज्जियाहले अश्दोद शहरको छेउमा अनि पलिश्ती मानिसहरू माझ अन्य स्थानहरूमा शहरहरू बसाए।
26:7b.2CH.026.007 परमेश्वरले उज्जियाहलाई पलिश्तीहरू अनि गुर-बलमा बस्ने अरबीहरू अनि मूनीहरूको विरूद्धमा युद्ध गर्नमा सहायता दिनुभयो।
26:8b.2CH.026.008 अम्मोनीहरूले उज्जियाहलाई सौगातहरू तिर्थे। उज्जियाहको नाउँ मिश्रदेशको सीमाना सम्म प्रसिद्ध भएर गयो। तिनी प्रसिद्ध थिए किनभने तिनी अत्यन्त शक्तिशाली थिए।
26:9b.2CH.026.009 उज्जियाहले यरूशलेममा कुनाको फाटकमा र बेंसीको फाटकमा अनि पर्खाल घुमेको स्थानमा किल्लाहरू निर्माण गरे। उज्जियाहले ती किल्लाहरू दृढ बनाए।
26:10b.2CH.026.010 उज्जियाहले मरूभूमिमा किल्लाहरू निर्माण गरे। तिनले अनेक कुवाहरू पनि खनाए। तिनीसित पहाडी देश अनि समतल भूमिमा प्रशस्त गाई-बस्तुहरू थिए। उज्जियाहका पर्वतहरू अनि असल उब्जनी हुने भूमिका कृषक थिए। तिनीसित ती व्यक्तिहरू पनि थिए जसले दाख उम्रने खेतहरूको हेरचाह गर्थे। तिनीले खेती-पाती मन पराउँथे।
26:11b.2CH.026.011 उज्जियाहसित प्रशिक्षित सैनिकहरूका सेना थिए। ती सैनिकहरूलाई सचिव यीएल अनि अधिकारी मासेयाहले दल-दल पारेर राखेका थिए। हनन्याह तिनीहरूका प्रमुख थिए। यीएल अनि मासेयाहले ती सैनिकहरूको गन्ती गरे अनि तिनीहरूलाई दल, दलमा राखे। हनन्याह राजाका एक अधिकारी थिए।
26:12b.2CH.026.012 सैनिकहरू माथि 2,600 प्रमुखहरू थिए।
26:13b.2CH.026.013 ती परिवार-प्रमुखहरूका जिम्मामा 3,07,500 मानिसहरूका सेना थिए जो ठूलो शक्तिसित लडथे। ती सैनिकहरूले शत्रुको विरूद्ध राजालाई सहायता गर्थे।
26:14b.2CH.026.014 उज्जियाहले सेनालाई ढाल, भाला, फलामको टोपी, कवच, झिलम, धनु अनि घुँयेत्रोका निम्ति ढुङ्गाहरू दिएका थिए।
26:15b.2CH.026.015 यरूशलेममा उज्जियाहले यन्त्रहरू बनाए जो चतुर व्यक्तिहरूले आविष्कार गरेका थिए। ती यन्त्रहरूलाई किल्लाहरू अनि कुनाका पर्खालहरूमा राखिएका थिए। यी यन्त्रहरूले काँढहरू अनि ठूल्ठूला ढुँङ्गाहरू हान्दथे। उज्जियाह प्रसिद्ध भए। मानिसहरूले टाढा टाढाका स्थानहरूमा तिनका नाउँ जान्दथे। तिनले प्रशस्त सहायता पाए अनि शक्तिशाली राजा बने।
26:16b.2CH.026.016 तर जब उज्जियाह शक्तिशाली भए तिनको घमण्डको कारणले तिनलाई नष्ट पार्थ्यो। तिनी परमप्रभु तिनका परमेश्वर प्रति विश्वसनीय थिएनन्। तिनी परमप्रभुको मन्दिर भित्र धूप बाल्ने वेदीमा धूप बाल्न गए।
26:17b.2CH.026.017 पूजाहारी अजर्याह अनि अस्सी जना साहसी पूजाहारीहरू, जो परमप्रभुको सेवा गर्थे, उज्जियाहलाई पछ्याउँदै मन्दिर भित्र गए।
26:18b.2CH.026.018 तिनीहरूले उज्जियाहलाई भने तपाईंले गल्ती गर्नु हुँदैछ। तिनीहरूले तिनलाई भने, “उज्जियाह, परमप्रभुको निम्ति धूप बाल्ने यो तपाईंको काम होइन। यसो गर्नु तपाईंको निम्ति असल छैन। पूजाहारीहरू अनि हारूनका सन्तानहरूले मात्र परमप्रभुको निम्ति धूप बाल्ने गर्छन्। यी पूजाहारीहरूलाई पवित्र सेवाका निम्ति धूप बाल्न प्रशिक्षित तुल्याइएका छन्। तपाईं यो महा पवित्र स्थानबाट बाहिर जानु होस्। तपाईं विश्वसनीय हुनु भएको छैन। परमप्रभु परमेश्वरले यसका निम्ति तपाईंको सम्मान गर्नु हुने छैन।”
26:19b.2CH.026.019 तर उज्जियाह क्रोधित भए। तिनको हातमा धूप दानी थियो। जब उज्जियाह पूजाहारीहरूसित खूबै रिसाएका थिए त्यस बेला तिनको निधारमा कोर रोग निस्कियो। यो घटना परमप्रभुको मन्दिरको धूप बाल्ने वेदीको छेउमा पूजाहारीहरूको सामुन्ने घट्यो।
26:20b.2CH.026.020 अजर्याह-मुख्य पूजाहारी अनि अन्य सबै पूजाहारीहरूले उज्जियाहलाई हेरे। तिनीहरूले तिनको निधारमा कोर रोग देख्न सक्थे। पूजाहारीहरूले उज्जियाहलाई मन्दिरबाट चाँडो बाहिर जान कर लगाए। उज्जियाह स्वयं हत्तारिएर बाहिर निस्के किनभने परमप्रभुले तिनलाई दण्ड दिनुभएको थियो।
26:21b.2CH.026.021 उज्जियाह राजा कोरी भएको थियो। तिनी भिन्नै घरमा बस्नु पर्थ्यो। तिनी परमप्रभुको मन्दिरमा प्रेवश गर्न सक्तैन थिए। उज्जियाहका छोरा योतामले राज दरबारलाई नियन्त्रणमा राखे अनि दरबारको निम्ति प्रशासक भए।
26:22b.2CH.026.022 उज्जियाहले शुरू देखि अन्त सम्म अन्य जे कुराहरू गरे ती आमोसका छोरा अगमवक्ता यशैयाद्वारा लेखिएका थिए।
26:23b.2CH.026.023 उज्जियाहको मृत्यु भयो अनि आफ्ना पिता-पुर्खाहरूका छेउमा गाडिए। उज्जियाहलाई राजाको चिहान नजिकको खुल्ला मैदानमा गाडे। किनभने मानिसहरूले भने, “उज्जियाहलाई कोर निस्केको छ।” अनि उज्जियाहको स्थानमा योताम नयाँ राजा भए। योताम उज्जियाहका छोरा थिए।
27
27:1b.2CH.027.001 योताम राजा हुँदा पच्चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष शासन गरे। तिनकी आमाको नाउँ यरूशा थियो। यरूशा सादोककी छोरी थिइन्।
27:2b.2CH.027.002 योतामले ती कुराहरू गरे जो परमप्रभुले तिनी द्वारा गरिएको चाहनु हुन्थ्यो। तिनले आफ्ना पिता उज्जियाहले जस्तै परमेश्वरको आज्ञा पालन गरे। तर योताम आफ्ना पिताले गरे जस्तै धूप बाल्नु परमप्रभुको मन्दिर भित्र पसेनन्। तर मानिसहरूले नराम्रा काम लगातार गरिरहे।
27:3b.2CH.027.003 योतामले परमप्रभुको मन्दिरको माथिल्लो फाटक फेरि निर्माण गरे। तिनले ओपेल नाउँका स्थानमा पर्खाल लगाउने अनेक निर्माण कार्य गरे।
27:4b.2CH.027.004 योतामले यहूदाको पहाडी देशमा पनि शहरहरू बनाए। योतामले जङ्गलहरूमा गढहरू अनि किल्लाहरू निर्माण गरे।
27:5b.2CH.027.005 योताम अम्मोनी मानिसहरूका राजा अनि तिनका सेनाका विरूद्ध पनि लडे अनि तिनीहरूलाई परास्त गरे। यसर्थ हरेक वर्ष तीन वर्ष सम्म अम्मोनीहरूले योतामलाई 100 तोडा चाँदी, 10,000मुरी गहुँ अनि 10,000 मुरी जा दिए।
27:6b.2CH.027.006 योताम शक्तिशाली भए किनभने तिनले विश्वसनीय रूपले परमप्रभु उसका परमेश्वरका आदेश पालन गरे।
27:7b.2CH.027.007 योतामले गरेका अन्य कुराहरू अनि तिनका सबै युद्धहरू इस्राएली अनि यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।
27:8b.2CH.027.008 योताम पच्चीस वर्षका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा सोह्र वर्ष सम्म शासन गरे।
27:9b.2CH.027.009 तब योतामको मृत्यु भयो अनि तिनका पुर्खाहरूसित गाडिए। मानिसहरूले तिनलाई दाऊदका शहरमा गाडे। आहाज योतामका स्थानमा नयाँ राजा भए। आहाज योतामका छोरा थिए।
28
28:1b.2CH.028.001 आहाज बीस वर्षका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा सोह्र वर्ष सम्म शासन गरे। आहाज आफ्ना पुर्खा दाऊद जस्तै ठीक सित बसेनन्। आहाजले ती कुराहरू गरेनन् जो परमप्रभु तिनले गरेका चाहनु हुन्थ्यो।
28:2b.2CH.028.002 आहाजले इस्राएलका राजाहरूको नराम्रो उदाहरण अनुसरण गरे। तिनले बाल देवताहरूको पूजा गर्नका निम्ति मूर्ति निर्माण गर्न साँचाहरूको प्रयोग गरे।
28:3b.2CH.028.003 आहाजले बेन-हिन्नोम बेंसीमा धूप जलाए। तिनले आफ्नै छोराहरूलाई आगोमा जलाएर बलि चढाए। तिनले त्यस्तै भयानक पापहरू गरे जस्तो पाप त्यस देशमा बस्ने मानिसहरूले गरेका थिए। परमप्रभुले ती मानिसहरूलाई त्यहाँबाट बाहिर निक्लन विवश पार्नु भएको थियो, जब इस्राएलका मानिसहरू त्यस देशमा आएका थिए।
28:4b.2CH.028.004 आहाजले उच्च स्थानहरूमा, पहाडहरूमा अनि हरेक हरियो वृक्ष मुनि बलिहरू चढाए र धूप बाले।
28:7b.2CH.028.007 जिक्री एप्रैमका एक साहसी सैनिक थिए। जिक्रीले राजा आहाजका छोरा मासेयाह राज महलको जिम्मामा रहेको अधिकारी अज्रीकाम अनि एल्कानालाई मारे। एल्काना राजा देखि दोस्रो शक्तिका थिए।
28:8b.2CH.028.008 इस्राएली सेनाले यहूदामा बस्ने तिनीहरूको आफ्नै 2,00,000 आफन्तहरू पक्रे। तिनीहरूले स्त्री, केटा-केटीहरू अनि मूल्यवान वस्तुहरू यहूदाबाट लगे। इस्राएलीहरूले ती बन्दीहरू अनि ती बस्तुहरूलाई सामरिया शहरमा ल्याए।
28:9b.2CH.028.009 तर त्यहाँ परमप्रभुको एउटा अगमवक्ता थिए। यो अगमवक्ताको नाउँ ओबेद थियो। ओबेदले ती इस्राएली मानिसहरूसित भेट गरे जो सामरिया फर्की आएका थिए। ओदेदले इस्राएली सेनालाई भने, “तिमीहरूका पुर्खाहरूले आज्ञा पालन गर्ने परमप्रभु परमेश्वरले तिमीहरूलाई यहूदाका मानिसहरूलाई परास्त पार्न दिनु भएको थियो किनभने उहाँ तिनीहरूसित क्रोधित हुनुहुन्थ्यो। तिमीहरूले यहूदाका मानिसहरूलाई अति नीच प्रकारले मार्यौ अनि दण्ड दियौ अब परमेश्वर तिमीहरूसित क्रोधित हुनुहुन्छ।
28:10b.2CH.028.010 तिमीहरूले यहूदा र यरूशलेमका मानिसहरूलाई दासको रूपमा राख्ने योजना गरेका छौ। तिमीहरूले तिमीहरूका परमप्रभु परमेश्वरको विरूद्ध पनि पाप गरेका छौ।
28:11b.2CH.028.011 मेरो कुरा सुन। तिम्रा दाज्यू-भाइ अनि दिदी-बहिनीहरू जसलाई तिमीहरूले पक्रेका छौ, फर्काइ पठाऊ। यो काम गरिहाल किनभने परमप्रभुको भयानक क्रोध तिमीहरूको विरूद्ध छ।”
28:12b.2CH.028.012 तब एप्रैमका केही प्रमुखहरूले इस्राएली सेनालाई युद्ध देखि घर फर्किएर आएका देखे। ती प्रमुखहरूले इस्राएली सैनिकहरूसित भेट गरे अनि तिनीहरूलाई चेताउनी पनि दिए। ती प्रमुखहरू योहानानका छोरा अजर्याह, मशिल्लेमोतको छोरा बेरेक्याह, शल्लूमका छोरा हिजकियाह अनि हद्लेका छोरा अमासा थिए।
28:13b.2CH.028.013 ती प्रमुखहरूले इस्राएली सैनिकहरूलाई भने, “यहूदाका कैदीहरूलाई यहाँ नल्याऊ। यदि तिमीहरूले त्यसो गर्यौ भने यसले हामीलाई परमप्रभुको विरूद्ध घोर पाप गरेको तुल्याउने छ। त्यसले हाम्रा पाप अनि दोषहरूलाई अधिक नराम्रो तुल्याउने छ अनि परमप्रभु इस्राएलको विरूद्ध अत्यन्त क्रोधित हुनुहुने छ।”
28:14b.2CH.028.014 यसर्थ, सैनिकहरूले ती कैदीहरू अनि मूल्यवान वस्तुहरू ती प्रमुखहरू अनि इस्राएलका मानिसहरूलाई दिए।
28:15b.2CH.028.015 ती प्रमुखहरू अजर्याह, बेरेक्याह, हिजकियाह अनि अमासा उठे अनि कैदीहरूलाई सहायता गरे। यी चार व्यक्तिहरूले वस्त्रहरू लिए जो इस्राएली सैनिकहरूले ल्याएका थिए अनि ती वस्त्रहरू, ती मानिसहरूलाई दिए जो नग्न थिए। ती प्रमुखहरूले ती मानिसहरूलाई जुत्ताहरू पनि दिए। तिनीहरूले यहूदाका कैदीहरूलाई केही खान अनि पिउन दिए। तिनीहरूले ती मानिसहरूको घाउलाई नरम पार्न अनि निको तुल्याउन तेल मालिस गरि दिए। त्यस पछि एप्रैमका ती प्रमुखहरूले कमजोर कैदीहरूलाई गधामा चढाए र तिनीहरूलाई खजूर बृक्षको शहर यरीहोमा तिनीहरूका परिवारहरू कहाँ घर फर्काइ लगे। तब ती चार जना प्रमुखहरू घर तर्फ सामरिया फर्के।
28:18b.2CH.028.018 पलिश्ती मानिसहरूले पनि पहाडहरू अनि दक्षिण यहूदाका शहरहरू माथि आक्रमण गरे पलिश्तीहरूले बेत-शेमेश, अय्यालोन, गदेरोत, सोको, तिम्ना अनि गिम्जो शहरहरू कब्जामा लिए। तिनीहरूले ती शहरहरू नजिकका गाउँहरू पनि अधिकारमा लिए। त्यस पछि ती पलिश्तीहरू ती शहरहरूमा बसे।
28:19b.2CH.028.019 परमप्रभुले यहूदालाई दुःख-कष्ट दिनु भयो किनभने यहूदाका राजा आहाजले यहूदाका मानिसहरूलाई पाप गर्नमा उत्साहित तुल्याएका थिए। तिनी परमप्रभु प्रति अत्यन्त अविश्वासनीय थिए।
28:20b.2CH.028.020 अश्शूरका राजा तिग्लत पिलेसेर आए अनि आहाजलाई सहायता गर्नका सट्टा कष्ट दिए।
28:21b.2CH.028.021 आहाजले परमप्रभुको मन्दिरबाट र राज महलबाट अनि राज कुमार-महलबाट केही मूल्यवान वस्तुहरू निकाले। आहाजले ती बस्तुहरू अश्शूरका राजालाई दिए। तर त्यसले आहाजलाई केही सहायता भएन।
28:22b.2CH.028.022 आहाजको कष्टमा तिनले अझ नराम्रो पाप गरे अनि परमप्रभु प्रति अझ अधिक अविश्वासनीय भए।
28:23b.2CH.028.023 तिनले दमीशकका मानिसहरूले पूजा गर्ने देवताहरूलाई बलि अर्पण गरे। दमा (तामामा छालाले बेरिएको बाजा) दमीशकका मानिसहरूले आहाजलाई परास्त पारेका थिए। यसर्थ तिनले आफै सोचे, “अरामका मानिसहरूले पूजा गर्ने देवताहरूले तिनीहरूलाई सहायता गरे। यसर्थ यदि मैले ती देवताहरूलाई बलि अर्पण गरें भने हुन सक्छ तिनीहरूले मलाई पनि सहायता गर्ने छन्।” आहाजले ती देवताहरूको पूजा गरे। यस प्रकारले तिनले पाप गरे अनि तिनले इस्राएलका मानिसहरूलाई पाप गर्न लगाए।
28:24b.2CH.028.024 आहाजले परमेश्वरको मन्दिरबाट चीज-बीज जम्मा गरे अनि तिनीहरूलाई टुक्रा-टुक्रा पारे। त्यसपछि तिनले परमप्रभुको मन्दिरको ढोका बन्द गरिदिए। तिनले वेदीहरू बनाए अनि तिनीहरूलाई यरूशलेमको हरेक सडकका कुना कुनामा राखे।
28:25b.2CH.028.025 यहूदाका प्रत्येक शहरमा आहाजले अरू देवताहरूको पूजा गर्नका निम्ति धूप बाल्न उच्च स्थानहरू निर्माण गरे। आहाजले तिनका पुर्खाहरूले आज्ञा पालन गर्ने परमप्रभु परमेश्वरलाई अत्यन्त क्रोधित तुल्याए।
28:26b.2CH.028.026 आहाजले शुरू देखि अन्त सम्म गरेका अन्य कुराहरू यहूदा अनि इस्राएलका राजाहरूका इतिहास पुस्तकमा लेखिएका छन्।
28:27b.2CH.028.027 आहाजको मृत्यु भयो अनि तिनका पुर्खाहरू सित गाडिए। मानिसहरूले आहाजलाई यरूशलेम शहरमा गाडे। तर तिनीहरूले आहाजलाई त्यो चिहानमा गाडेनन् जहाँ इस्राएलका राजाहरूलाई गाडिन्थ्यो। हिजकियाह आहाजका स्थानमा नयाँ राजा भए। हिजकियाह आहाजका छोरा थिए।
29
29:1b.2CH.029.001 हिजकियाह जब पच्चीस वर्ष पुगे तब तिनी राजा भए। तिनले यरूशलेममा उनन्तीस वर्षसम्म राज गरे। तिनकी आमाको नाउँ अबियाह थियो। अबियाह जकर्याहकी छोरी थिइन्।
29:2b.2CH.029.002 हिजकियाहले परमप्रभुले तिनीद्वारा गर्न चाहनु भएका कुराहरू गरे तिनले आफ्ना पुर्खा दाऊदले गरेका जस्तै सही कार्य गरे।
29:3b.2CH.029.003 हिजकियाहले परमप्रभुको मन्दिरका ढोकाहरू लगाइ दिए अनि तिनीहरूलाई दृढ बनाए। हिजकियाहले मन्दिर फेरि खुल्ला गरि दिए। तिनले यो काम आफू राजा भएको पहिलो वर्षको पहिलो महीनामा गरे।
29:6b.2CH.029.006 हाम्रा पुर्खाहरूले परमप्रभुलाई त्याग गरे अनि आफ्ना अनुहार परमप्रभुको मन्दिरबाट टाढा फर्काए।
29:7b.2CH.029.007 तिनीहरूले मन्दिरको दलानका ढोकाहरू थुनि दिए अनि दीपहरूमा बत्ती निभ्न दिए। तिनीहरूले इस्राएलका परमेश्वरलाई पवित्र स्थानमा धूप बाल्न अनि होमबलि चढाउन बन्द गरे।
29:8b.2CH.029.008 यसर्थ परमप्रभु यहूदा अनि यरूशलेमका मानिसहरू प्रति अत्यन्त क्रोधित हुनु भयो। परमप्रभुले तिनीहरूलाई दण्ड दिनु भयो। अरू मानिसहरू भयभीत भए अनि विचलित भए जब तिनीहरूले देखे परमप्रभुले यहूदा अनि यरूशलेमका मानिसहरूलाई के गरे। ती अन्य मानिसहरूले यहूदाका मानिसहरूका निम्ति घृणा अनि लाजले आफ्ना शिरहरू हल्लाए। तिमीहरू जान्दछौ, यी कुराहरू सत्य हुन्। तिमीहरू आफ्नै आँखाले देख्न सक्छौ।
29:9b.2CH.029.009 अनि, त्यसै कारणले गर्दा हाम्रो पुर्खाहरू युद्धमा मारिए। हाम्रा छोरा अनि छोरीहरू अनि पत्नीहरूलाई कैदी बनाइए।
29:10b.2CH.029.010 यसकारण अब म, हिजकियाहले इस्राएलका परमप्रभु परमेश्वर सित करार गर्ने निश्चय गरेको छु। तब उहाँ हामी सित अब उप्रान्त क्रोधित हुनहुने छैन।
29:11b.2CH.029.011 यसकारण मेरो छोराहरू, अल्छे नबन वा अझ अधिक समय खेर नफाल। परमप्रभुले उहाँको सेवा गर्नका निम्ति तिमीहरूलाई चुन्नु भएको छ। उहाँले तिमीहरूलाई उँहाको मन्दिरमा सेवा गर्न अनि धूप बाल्नका निम्ति चुन्नु भएको छ।”
29:15b.2CH.029.015 तब, यी लेवीहरूले आफ्ना दाज्यू-भाइहरूलाई पनि तिनीहरू सित भेला गरे अनि स्वयंलाई पवित्र सेवाका निम्ति तयार पारे। तिनीहरूले राजाका आदेशको पालन गरे जो परमप्रभुबाट आएको थियो। तिनीहरूले यसलाई शुद्ध पार्नका निम्ति परमप्रभुको मन्दिर भित्र गए।
29:16b.2CH.029.016 पूजाहारीहरू परमप्रभुको मन्दिरको भित्री भाग शुद्ध गर्न गए। तिनीहरूले भेट्टाएका सबै अशुद्ध चीज-बीजहरू निकाले। तिनीहरूले अशुद्ध चीज-बीजहरू परमप्रभुको मन्दिरको आँगनमा ल्याए। तब लेवीहरूले ती अशुद्ध चीज-बीजहरू बाहिर किद्रोन बेंसीमा लगे।
29:17b.2CH.029.017 पहिलो महीनाको पहिलो दिनमा लेवीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार पार्न शुरू गरे। त्यो महीनाको आठौं दिनमा लेवीहरू परमप्रभुको मन्दिरको दलानमा आए। अझ आठ दिन तिनीहरूले परमप्रभुको मन्दिरलाई पवित्र प्रयोगका निम्ति तयार पार्नका निम्ति सफा गरे। तिनीहरूले पहिलो महीनाको सोह्रौं दिनमा काम पूर्ण गरे।
29:18b.2CH.029.018 तब तिनीहरू राजा हिजकियाह कहाँ गए। तिनीहरूले तिनलाई भने, “राजा हिजकियाह, हामीले परमप्रभुको मन्दिरको, होमबलिको वेदी अनि मन्दिरका सबै चीजहरू सफा गर्यौं। हामीले रोटीका लहर राख्ने मेच त्यस मेच सित प्रयोग गरिने सबै चीहरू सहित सफा गर्यौं।
29:19b.2CH.029.019 आहाज राजा रहेको समयमा तिनले परमेश्वरको विरूद्ध विद्रोह गरे। तिनले मन्दिरमा भएका धेरै चीजहरू फ्याँकी दिए। तर हामीले ती सबै चीजहरू राखि दियौं अनि तिनीहरूलाई तिनीहरूको विशेष प्रयोगका निम्ति तयार पार्यौं। अहिले तिनीहरू परमप्रभुको वेदी सामुन्ने छन्।”
29:20b.2CH.029.020 राजा हिजकियाहले शहर अधिकारीहरूलाई भेला गरे अनि भोलि पल्ट बिहानै परमप्रभुको मन्दिर सम्म गए।
29:21b.2CH.029.021 तिनीहरूले सातवटा गोरूहरू सातवटा भेडाहरू, सातवटा भेडाका थुमाहरू अनि सातवटा भेडका पाठाहरू ल्याए। यी पशुहरू राज्यका पापबलिको निम्ति थिए, पवित्र स्थानलाई शुद्ध तुल्याउन अनि यहूदाका मानिसहरूका निम्ति थिए। राजा हिजकियाहले ती पशुहरूलाई परमप्रभुको वेदीमाथि अर्पण गर्नु भनी पूजाहारीहरूलाई आज्ञा दिए जो हारूनका सन्तानहरू थिए, तिनीहरूलाई आदेश दिए।
29:22b.2CH.029.022 यसर्थ पूजाहारीहरूले गोरूहरूलाई मारे अनि रगत लिए। त्यसपछि तिनीहरूले गोरूको रगत वेदीमा छर्किदिए। तब पूजाहारीहरूले भेंडाका पाठाहरू मारे अनि भेंडाका पाठाको रगत वेदीमा छर्किदिए।
29:25b.2CH.029.025 राजा हिजकियाहले लेवीहरूलाई दाऊद, राजाका दर्शी गाद अनि अगमवक्ता नातानले आदेश गरेका प्रकारले, झ्याम्टा, सितार अनि वीणाहरू सहित परमप्रभुको मन्दिरमा राखे। यो आदेश उहाँका अगमवक्ता मार्फत परमप्रभुबाट आएको हो।
29:26b.2CH.029.026 यसर्थ लेवीहरू दाऊदका वाद्य यन्त्रहरू सहित अनि पूजाहारीहरू आफ्ना तुरहीहरू सहित उभिए।
29:27b.2CH.029.027 तब हिजकियाहले वेदीमा होमबलि चढाउने आदेश दिए। जब होमबलि शुरू भयो परमप्रभुको स्तुति गान पनि शुरू भयो। तुरहीहरू फुके अनि इस्राएलका राजा दाऊदका बाजा बजाइए।
29:28b.2CH.029.028 सम्पूर्ण सभाले शिर झुकाए, संङ्गीतकारहरूले गाए अनि तुरही बजाउनेहरूले आ-आफ्ना तुरही होमबलि पूर्ण नभएसम्म बजाए।
29:29b.2CH.029.029 बलिदानहरू पूरा भए पछि राजा हिजकियाह अनि तिनका साथ भएका सबै मानिसहरू तल झुके र आराधना गरे।
29:30b.2CH.029.030 राजा हिजकियाह अनि तिनका अधिकारीहरूले लेवीहरूलाई परमप्रभुको प्रशंसा गर्ने आज्ञा दिए। तिनीहरूले ती गीतहरू गाए जो दाऊद अनि दर्शी आसापले लेखेका थिए। तिनीहरूले परमेश्वरको प्रशंसा गरे अनि प्रशन्न भए। तिनीहरू सबै झुके र परमेश्वरको आराधना गरे।
29:31b.2CH.029.031 हिजकियाहले भने, “अब यहूदाका मानिसहरू तिमीहरूले स्वयंलाई परमप्रभु प्रति अर्पण गरिसकेकाछौ। नजिक आऊ बलि र धन्यवादको भेटी परमप्रभुको मन्दिरमा ल्याऊ।” तब मानिसहरूले बलिहरू अनि धन्यवादका भेटीहरू ल्याए। कुनै पनि व्यक्ति जसले चाहन्थे, तिनीहरूले पनि होमबलि ल्याए।
29:32b.2CH.029.032 सभाले मन्दिरमा ल्याएका होमबलिहरू यी हुन्; 70 गोरूहरू, 100वटा भेडाहरू अनि 200 भेडाका थुमाहरू। यी सबै पशुहरूलाई परमप्रभुका निम्ति होमबलिको रूपमा बलिदान गरिए।
29:33b.2CH.029.033 परमप्रभुको निम्ति पवित्र भेटीहरू 600 गोरूहरू अनि 3,000 भेडा अनि बाख्रहरू थिए।
29:34b.2CH.029.034 तर त्यहाँ होमबलिका निम्ति पशुहरूको छाला काढ्ने अनि पशुहरूलाई काट्ने पर्याप्त पूजाहारीहरू थिएनन्। यसर्थ तिनीहरूका आफन्तहरू, लेवीहरूले काम नसकुञ्जेल अनि अन्य पूजाहारीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार नपारूञ्जेल तिनीहरूलाई सहायता गरे। तिनीहरू स्वयंलाई परमप्रभुको सेवाका निम्ति तयार गर्न लेवीहरू अधिक ध्यान मग्न थिए। तिनीहरू पूजाहारीहरू भन्दा अधिक ध्यान मग्न थिए।
29:35b.2CH.029.035 त्यहाँ अनेक होमबलि, अनि मेलबलिको बोसो अनि अर्घबलिहरू थिए। यसरी परमप्रभुको मन्दिरमा सेवा कार्य फेरि शुरू भयो।
29:36b.2CH.029.036 हिजकियाह अनि मानिसहरू अति प्रशन्न थिए परमेश्वरले मानिसहरूका निम्ति प्रस्तुत गर्नु भएका कुराहरूको बारेमा। अनि तिनीहरू उहाँले यति चाँडो गर्नु भएकोमा खुशी थिए।
30
30:1b.2CH.030.001 राजा हिजकियाहले इस्राएल अनि यहूदाका समस्त मानिसहरूलाई खबर पठाए। तिनले एप्रैम अनि मनश्शेका मानिसहरूलाई पनि पत्रहरू लेखे। हिजकियाहले ती सबै मानिसहरूलाई परमप्रभुको मन्दिरमा यरूशलेम आउनु भनी निमन्त्रण गरे, ताकि परमप्रभु इस्राएलका परमेश्वरका निम्ति तिनीहरू सबैले निस्तार चाड मनाउन सकून्।
30:2b.2CH.030.002 उसका सबै अधिकारीहरू अनि यरूशलेमका मानिसहरूले निस्तार पर्व दोस्रो महीना गरिने कुरामा राजा हिजकियाह सहमत भए।
30:3b.2CH.030.003 तिनीहरूले निस्तार उत्सव नियमित समयमा मनाउन सकेनन्। किन? किनभने पूजाहारीहरू पर्याप्त संख्यामा स्वयंलाई पवित्र सेवाका निम्ति तयार पारेका थिएनन्। अनि अर्को कारण हो मानिसहरू यरूशलेममा भेला भएका थिएनन्।
30:4b.2CH.030.004 त्यो सहमतीले राजा हिजकियाह अनि सम्पूर्ण सभालाई सन्तुष्ट तुल्यायो।
30:5b.2CH.030.005 यसर्थ तिनीहरूले इस्राएलका चारैतिर, बेर्शेवा शहरदेखि दान शहरसम्म एउटा घोषणा गरे। तिनीहरूले मानिसहरूलाई परमप्रभु इस्राएलका परमेश्वरका निम्ति निस्तार चाड मनाउन यरूशलेममा आउनु भनी भने। इस्राएलका मानिसहरूको एक विशाल समूहले निस्तार चाड लामो समय अघि देखि त्यस प्रकारले मनाउन पाएका थिएनन् जुन प्रकारले मोशाको व्यवस्थाले यसलाई मनाउनु भनेका थिए।
30:6b.2CH.030.006 यसर्थ संन्देश बाहकहरू राजा अनि अधिकारीहरू राजाले आज्ञा गरे झैं पत्रहरू लिएर इस्राएल अनि यहूदा भरि गए। ती पत्रहरूमा यस्तो भनिएको थियोः इस्राएलका छोरा-छोरीहरू, परमप्रभु, परमेश्वर तर्फ फर्केर आऊ जसका आज्ञा अब्राहाम, इसहाक अनि इस्राएलले पालन गर्दथे। तब परमेश्वरका मानिसहरू तिमीहरू जो अझ सम्म जीवित छौ अनि अश्शूरका राजाको अधिकारबाट उम्केका छौ। तिमीहरू कहाँ परमेश्वर फर्की आउनु हुनेछ।
30:7b.2CH.030.007 तिमीहरू आफ्ना पिताहरू अनि दाज्यू-भाइहरू जस्तो नहोओ। परमप्रभु तिनीहरूका पिता-पुर्खाहरूका परमेश्वर हुनुहुन्थ्यो, तर तिनीहरू उहाँको विरूद्ध फर्के यसर्थ परमप्रभुले मानिसहरूलाई तिनीहरू प्रति तिरस्कार गर्ने अनि तिनीहरूको बारेमा नराम्रो भन्ने बनाइदिनु भयो। तिमीहरू तिमीहरूका आफ्नै आँखाले देख्न सक्छौ कि यो साँचो हो।
30:8b.2CH.030.008 तिमीहरूका पुर्खाहरू जस्तै तिमीहरू ढीठ नबन। तर साँचो हृदयले परमप्रभुको आज्ञा पालन गर। सर्वाधिक पवित्र स्थानमा आऊ। परमप्रभुले महा पवित्र स्थानलाई संधैका निम्ति पवित्र तुल्याउनु भएको छ। परमप्रभु तिम्रा परमेश्वरको सेवा गर। तब परमप्रभुको डरलाग्दो क्रोध तिमीहरूबाट टाढा फर्कने छ।
30:9b.2CH.030.009 यदि तिमीहरू फर्की आयौ भने अनि परमप्रभुको आज्ञा पालन गर्यौ भने, तब तिम्रा आफन्तहरू अनि तिम्रा केटा केटीहरूले ती मानिसहरूबाट दया पाउने छन् जसले तिनीहरूलाई कैद गरे। अनि तिम्रा आफन्तहरू अनि तिम्रो केटा-केटीहरू यो देशमा फर्की आउने छन्। परमप्रभु तिम्रा परमेश्वर दयालु अनि कृपालु हुनुहुन्छ। उहाँ तिमीहरूबाट टाढा फर्कनु हुने छैन यदि तिमीहरू उहाँ कहाँ फर्की आयौ भने।
30:10b.2CH.030.010 संन्देश वाहकहरू एप्रैम अनि मनश्शेका क्षेत्रका प्रत्येक शहरमा गए। तिनीहरू जबूलून क्षेत्र सम्म गए। तर मानिसहरू ती दूतहरू प्रति हाँसे अनि तिनीहरूको खिल्ली उडाए।
30:11b.2CH.030.011 तर, आशेर, मनश्शे अनि जबूलूनका केही मानिसहरूले स्वयंलाई विनम्र तुल्याए अनि यरूशलेम तिर गए।
30:12b.2CH.030.012 यहूदामा पनि परमेश्वरको शक्तिले मानिसहरूलाई संगठित तुल्याए जस द्वारा तिनीहरूले राजा अनि तिनका अधिकारीहरूका आज्ञा पालन गर्ने छन्। यस प्रकारले तिनीहरूले परमप्रभुको वचन पालन गरे।
30:13b.2CH.030.013 धेरै मानिसहरू दोस्रो महीनामा अखमीरे रोटीको चाड मनाउनका निम्ति यरूशलेममा साथ आए। यो एउटा अत्यन्त विशाल भीड थियो।
30:14b.2CH.030.014 ती मानिसहरूले यरूशलेमका वेदीहरू निकाले जो असत्य देवताहरूका निम्ति थिए। तिनीहरूले सबै धूप वेदीहरू पनि हटाए जो असत्य देवताहरूका निम्ति थिए। तिनीहरूले ती वेदीहरूलाई किद्राने बेंसीमा फ्याँकि दिए।
30:15b.2CH.030.015 त्यस पछि तिनीहरूले दोस्रो महीनाको चौदौं दिनमा निस्तार चाडको थुमाको पाठा मारे। पूजाहारी अनि लेवीहरू लज्जित भए। तिनीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार गरे। पूजाहारी अनि लेवीहरूले परमप्रभुको मन्दिर भित्र होमबलिहरू ल्याए।
30:16b.2CH.030.016 तिनीहरूले मोशा, परमेश्वरको व्यक्तिका व्यवस्थामा भनिएको जस्तै प्रकारले मन्दिरमा आफ्ना नियमित स्थानहरू लिए। लेवीहरूले रगत पूजाहारीहरूलाई दिए। तब पूजाहारीहरूले रगतलाई वेदीमा छर्कि दिए।
30:17b.2CH.030.017 त्यहाँ समूहमा धेरै मानिसहरू थिए जसले स्वयंलाई पवित्र सेवाका निम्ति तयार राखेका थिएनन्, यसर्थ तिनीहरूलाई निस्तार चाडको थुमाको पाठालाई मार्ने अनुमति थिएन। त्यसै कारणले हरेक व्यक्तिका निम्ति, जो शुद्ध थिएन, निस्तार चाडको थुमाको पाठालाई मार्ने जिम्ममा लेवीहरू थियो। लेवीहरूले प्रत्येक थुमाका पाठालाई परमप्रभुका निम्ति पवित्र बनाए।
30:20b.2CH.030.020 परमप्रभुले राजा हिजकियाहको प्रार्थना सुनिदिनु भयो। परमप्रभुले मानिसहरूलाई क्षमा प्रदान गर्नु भयो।
30:21b.2CH.030.021 यरूशलेममा इस्राएलका केटा-केटीहरूले अखमिरी रोटीको उत्सव सात दिन सम्म मनाए। तिनीहरू अत्यन्त प्रसन्न थिए। लेवी अनि पूजाहारीहरूले आफ्ना पूरा शक्ति लाएर प्रतिदिन परमप्रभुको स्तुति गरे।
30:22b.2CH.030.022 राजा हिजकियाहले ती सबै लेवीहरूलाई उत्साह दिए जसले परमप्रभुको सेवा कसरी गर्नु पर्छ सो राम्रोसित जान्दथे। मानिसहरूले त्यो उत्सव सात दिनसम्म मनाए अनि मेलबलि अर्पण गरे। तिनीहरूले तिनीहरूका पुर्खाहरूका परमप्रभु परमेश्वरलाई धन्यवाद चढाए अनि स्तुति गरे।
30:23b.2CH.030.023 समस्त मानिसहरू अझ सात दिन बस्न सहमत भए। तिनीहरूले निस्तार चाड अझ सात दिन मनाउदा तिनीहरू अति प्रसन्न रहे।
30:24b.2CH.030.024 हिजकियाह, यहूदाका राजाले 1,000 गोरूहरू अनि 7,000 भेडाहरू मार्नु र खानु भनी सभालाई दिए। प्रमुखहरूले 1,000 गोरूहरू अनि 10,000 भेंडाहरू सभालाई दिए। धेरै पूजाहारीहरूले तिनीहरू स्वयंलाई पवित्र सेवाका निम्ति तयार पारे।
30:25b.2CH.030.025 यहूदाका सम्पूर्ण सभा, पूजाहारीहरू, लेवीहरू, सम्पूर्ण सभा जो इस्राएलबाट आएका थिए अनि यात्रीहरू जो इस्राएलबाट आएर यहूदामा पुगेका थिए।ती सबै मानिसहरू अत्यन्त प्रसन्न थिए।
30:26b.2CH.030.026 यसरी यरूशलेममा अति ठूलो रमाहट थियो। यस किसिमको समारोह जस्तो इस्राएलका राजा दाऊदका छोरा सुलेमानको समय देखि यता अरू कुनै कुरा भएको थिएन।
30:27b.2CH.030.027 पूजाहारीहरू अनि लेवीहरू उभिए अनि मानिसहरूलाई आशीर्वाद दिनु भनी परमप्रभु सित प्रार्थना गरे। परमेश्वरले तिनीहरूका प्रार्थना सुनिदिनु भयो। तिनीहरूको प्रार्थना स्वर्गमा परमप्रभुको पवित्र मन्दिर सम्म पुग्यो।
31
31:1b.2CH.031.001 निस्तार चाडको समारोह समाप्त भयो। इस्राएलका मानिसहरू जो निस्तार चाडका निम्ति यरूशलेममा थिए यहूदाका शहरहरूतिर गए। तब तिनीहरूले पवित्र खामाहरू तोडिदिए जो त्यो शहरहरूमा थिए। ती पवित्र खामाहरू असत्य देवताहरूको लागि अर्पण गरिएका थिए। मानिसहरूले अशेरा स्तम्भहरू पनि काटि दिए। अनि तिनीहरूले यहूदा अनि बिन्यामीन क्षेत्र भरिका उच्च स्थानहरू अनि वेदीहरू नष्ट गरिदिए। मानिसहरूले एप्रैम अनि मनश्शे क्षेत्रमा त्यसै गरे। मानिसहरूले असत्य देवताहरूको पूजा गर्नमा प्रयोग गरिने सबै चीज-बीजहरू नष्ट नभए सम्म यस्ता कुराहरू गरिरहे। त्यसपछि सबै इस्राएलीहरू आ-आफ्ना शहरमा घर तिर फर्के।
31:2b.2CH.031.002 पूजाहारी अनि लेवीहरू समूहहरूमा विभक्त गरिएका थिए अनि प्रत्येक समूहले गर्नु पर्ने आफ्नै विशेष कामहरू थिए। यसर्थ राजा हिजकियाहले यी समूहहरूलाई आफ्ना कामहरू गर्न शुरू गर्नु भने। यसर्थ पूजाहारी अनि लेवीहरूले फेरि होमबलि अनि मेलबलि चढाउने काम गर्न थाले। अनि तिनीहरूको काम मन्दिरमा सेवा गर्नु, अनि गाउनु अनि परमप्रभुको मन्दिरको द्वारमा परमेश्वरको स्तुति गर्नु थियो।
31:3b.2CH.031.003 हिजकियाहले तिनका आफ्नै केही पशुहरू होमबलिका निम्ति चढाउनु भनी दिए। यी पशुहरूलाई दैनिक होमबलिका निम्ति प्रयोग गरिन्थ्यो जो प्रत्येक विहान अनि प्रत्येक साँझ गरिन्थ्यो। यी पशुहरूलाई विश्रामका दिनहरूमा, औंसीका उत्सवहरूमा अनि अन्य विशेष उत्सवहरूमा चढाइन्थ्यो। यसलाई परमप्रभुको व्यवस्थामा लेखिएको जस्तै रूपमा गरिन्थ्यो।
31:4b.2CH.031.004 मानिसहरूले आफ्ना फसल अनि बस्तुहरूको एक अंश पूजाहारी अनि लेवीहरूलाई दिनु पर्ने थियो। यसर्थ हिजकियाहले यरूशलेममा बस्ने मानिसहरूलाई तिनीहरूका भाग दिनु भनी आदेश गरे। यस रीतले पूजाहारी अनि लेवीहरूले आफ्ना पुरा समय त्यसो गर्नमा लगाउन सक्ने छन् जो व्यवस्थाले तिनीहरूलाई गर्नु भनेको छ।
31:5b.2CH.031.005 देश भरिका मानिसहरूले यो आदेशको बारेमा सुने। यसर्थ इस्राएलका मानिसहरूले आफ्ना अन्न, दाख, तेल, मह अनि तिनीहरूले आफ्ना खेतहरूमा उमारेका सबै चीजहरूको फसलको पहिलो भाग दिए। तिनीहरूले यी धेरै चीजहरूका दशौं भाग ल्याए।
31:6b.2CH.031.006 यहूदामा बस्ने इस्राएलीहरू अनि यहूदाका मानिसहरूले पनि आफ्ना गाई बस्तु अनि भेडाका एक-दशौं भाग ल्याए। तिनीहरूले ती चीजहरूको एक-दशौं अंश पनि ल्याए जसलाई विशेष स्थानमा राखिन्थ्यो जो केवल परमप्रभुको निम्ति थियो। यी सबै चीज-बीजहरू तिनीहरूले आफ्ना परमप्रभु परमेश्वरको निम्ति ल्याए। तिनीहरूले ती सबै चीज-बीजहरू थाक पारेर राखे।
31:7b.2CH.031.007 मानिसहरूले ती चीज-बीजहरू तेस्रो महीना तिर ल्याउन शुरू गरे अनि सातौं महीनामा संग्रहको काम पूरा गरे।
31:8b.2CH.031.008 जब हिजकियाह अनि प्रमुखहरू आए तिनीहरूले चीज-बीजका राश देखे जो संग्रह गरिएका थिए। तिनीहरूले परमप्रभु अनि उहाँका मानिसहरूको, इस्राएलका मानिसहरूको प्रशंसा गरे।
31:9b.2CH.031.009 तब हिजकियाहले पूजाहारी अनि लेवीहरूलाई चीज बीजको रासको बारेमा सोधे।
31:10b.2CH.031.010 अजर्याह, सादोकका परिवारका प्रधान पूजाहारीले हिजकियाहलाई भने, “मानिसहरूले परमप्रभुको मन्दिरमा भेटीहरू ल्याउन थालेको समय देखि हामीले प्रशस्त खाने कुरा पाएका छौं। हामीले हाम्रो पेट नभरिए सम्म खाएका छौं अनि अझ पनि प्रशस्त मात्रमा उब्रिएका छन्। साँच्चैनै परमप्रभुले आफ्ना मानिसहरूलाई आशीर्वाद दिनु भएको छ। त्यसै कारणले हामी सित यति धेरै उब्रिएका छन्।”
31:11b.2CH.031.011 तब हिजकियाहले पूजाहारीहरूलाई परमप्रभुको मन्दिरमा भण्डार कक्षहरू बनाउने आदेश दिए। यसर्थ यो काम गरियो।
31:12b.2CH.031.012 तब पूजाहारीहरूले भेटीहरू, दशौं अंशहरू अनि अन्य चीज-बीजहरू ल्याए जो केवल परमप्रभुलाई अर्पण गर्नु पर्ने थियो। संग्रह गरिएका ती सबै चीज बीजहरूलाई मन्दिरमा भण्डार कक्षहरूमा राखियो। लेवी कोनन्याह ती सबै चीजहरूका जिम्मावार रहे जो संग्रह गरिएका थिए। ती चीजहरूका दोस्रो जिम्मावार व्यक्ति शिमी थिए। शिमी कोनन्याहका भाइ थिए।
31:13b.2CH.031.013 कोनन्याह अनि तिनका भाइ शिमी यी मानिसहरूका निरीक्षक थिएः यहीएल, अज्जयाह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्मक्याह, महत अनि बनायाह। राजा हिजकियाह अनि परमप्रभुको मन्दिरको जिम्मावार रहेका अधिकारी अजर्याहले ती मानिसहरूलाई चुने।
31:14b.2CH.031.014 ती भेटीहरूका जिम्मामा थिए कोरे जो मानिसहरूले मुक्त रूपले परमेश्वरलाई अर्पण गरेका थिए। तिनी ती संग्रह गरिएका बस्तुहरू दिइ पठाउने जिम्मामा थिए जो परमप्रभुलाई अर्पण गरिएका थिए। अनि तिनी ती भेटीहरू दिइ पठाउने जिम्मामा थिए जो परमप्रभुका निम्ति पवित्र तुल्याईका थिए। कोरे पूर्व द्वारका द्वारपाल थिए। तिनका पिताको नाउँ लेवी यिम्ना थियो।
31:15b.2CH.031.015 एदेन, मिन्यामीन, येशूअ, शमायाह, अमर्याह अनि शकन्याहले कोरेलाई सघाउँथे। ती मानिसहरूले शहरहरूमा विश्वास पूर्वक सेवा गर्थे जहाँ पूजाहारीहरू बस्दथे। तिनीहरूले चीज बिजहरूको संग्रह पूजाहारीहरू को प्रत्येक समूहका आफ्ना आफन्तहरूलाई दिन्थे। तिनीहरूले त्यस्तै कुराहरू अधिक प्रमुख मानिसहरूलाई अनि अल्प प्रमुख मानिसहरूलाई दिन्थे।
31:16b.2CH.031.016 यी मानिसहरूले चीज-बीजहरूको संग्रह तीन वर्ष अनि त्यस भन्दा अधिक उमेरका पुरूषहरूलाई पनि दिन्थे जसका नाउँ लेवी पारिवारिक इतिहासहरूमा थिए। यी सबै पुरूषहरू तिनीहरूको जिम्माका कामहरू गर्न दैनिक सेवाका निम्ति परमप्रभुको मन्दिरमा प्रवेश गर्नु पर्दथ्यो। प्रत्येक लेवी समूहको तिनीहरूको आफ्नै जिम्मावारी थियो।
31:17b.2CH.031.017 पूजाहारीहरूलाई संग्रहको तिनीहरूको भाग दिइन्थ्यो। यो काम परिवारहरूद्वारा परिवारिक इतिसहासमा लेखिएका तरीकाले गरिन्थ्यो। बीस वर्ष अनि त्यस भन्दा अधिक उमेरका लेवीहरूलाई संग्रहका तिनीहरूका अंश दिइन्थ्यो। यो काम तिनीहरूको जिम्मावारी अनि समूह अनुसार गरिन्थ्यो।
31:18b.2CH.031.018 लेवी का नानीहरू, पत्नीहरू, छोरा अनि छोरीहरूले पनि संग्रहका अंश पाउँथे। यसो सबै लेवीहरूका निम्ति गरिन्थे जसका नाउँ पारिवारिक इतिहासमा लेखिएका थिए। यस्तो भयो किनभने लेवीहरू सदैव स्वयंलाई पवित्र राख्न अनि सेवाका निम्ति तयार राख्नमा विश्वासी थिए।
31:19b.2CH.031.019 हारूनका केही सन्तानहरू पूजाहारीहरूका, शहरहरूको नजिक जहाँ लेवीहरू बस्दथे, केही कृषि भूमिहरू थिए। अनि हारूनका केही सन्तानहरू शहरहरूमा पनि बस्दथे। ती प्रत्येक शहरहरूमा मानिसहरूलाई, हारूनका यी सन्तानहरूलाई संग्रहका अंश दिनका निम्ति नाउँ द्वारा चुनिन्थे। पुरूषहरू अनि लेवीहरूको परिवारिक इतिहासहरूमा नाउँ लेखिएका ती सबैले संग्रहका अंश पाउँथे।
31:20b.2CH.031.020 यसरी राजा हिजकियाहले यहूदामा ती असल कार्यहरू गरे। तिनले त्यही गरे जो परमप्रभु तिनका परमेश्वरका समक्ष असल, उचित अनि विश्वास योग्य थियो।
31:21b.2CH.031.021 तिनले शुरू गरेका हरेक काममा तिनले सफलता प्राप्त गरे - परमेश्वरको मन्दिरको सेवामा, व्यवस्था अनि आदेशहरूको पालनमा अनि आफ्ना परमेश्वरको अनुसरण गर्नमा। हिजकियाहले यी सबै कुराहरू आफ्ना सम्पूर्ण हृदयले गरे।
32
32:1b.2CH.032.001 हिजकियाहले यी सबै कुराहरू विश्वास पूर्वक गरि सकेपछि, अश्शूरका राजा सनहेरीब यहूदा देश माथि आक्रमण गर्न आए। सनहेरीब अनि तिनका सेनाले किल्लाका बाहिर छाउनी बसाए। तिनले यसो गरे जसमा कि ती शहरहरूलाई परास्त गर्नका निम्ति तिनले योजना बनाउन सकून्। सनहेरीब ती शहरहरूलाई आफ्नै निम्ति जित्न चाहन्थे।
32:2b.2CH.032.002 हिजकियाहले जान्दथे कि सनहेरीब यरूशलेममा यसलाई आक्रमण गर्न आएको हो।
32:3b.2CH.032.003 तब हिजकियाहले आफ्ना अधिकारीहरू अनि सैनिक अधिकारीहरू सित कुरा-कानी गरे। तिनीहरू सबै शहर बाहिरका जल स्रोतका पानी रोकि दिन सहमत भए। ती अधिकारीहरू अनि सैन्य अधिकारीहरूले हिजकियाहलाई सहयोग गरे।
32:4b.2CH.032.004 धेरै मानिसहरू साथ आए अनि सबै जल-स्रोत अनि देशको मध्य भागबाट बग्ने खोलालाई बन्द गरिदिए। तिनीहरूले भने, “अश्शूरका राजाले अधिक पानी पाउने छैन जब तिनी यहाँ आउँछन्।”
32:5b.2CH.032.005 हिजकियाहले यरूशलेमलाई अझ अधिक सुदृढ बनाए। तिनले यो काम यसरी गरेः तिनले पर्खालका सबै अंशहरू फेरि बनाए जो भत्किएका थिए। तिनले पर्खाल माथि किल्लाहरू बनाए। तिनले पहिलो पर्खालको बाहिर पट्टि अर्को पर्खाल पनि निर्माण गरे। तिनले यरूशलेमको पुरानो अंशको पूर्व तिरको सुदृढ स्थानहरूलाई फेरि निर्माण गरे। तिनले अनेक हतियारहरू अनि ढालहरू बनाए।
32:8b.2CH.032.008 अश्शूरका राजाका मानिसहरू मात्र छन्। तर हामी सित परमप्रभु हाम्रा परमेश्वर साथ हुनुहुन्छ। हाम्रा परमेश्वरले हामीलाई सहायता गर्नु हुने छ। हाम्रा लडाईहरू उहाँले लडी दिनु हुनेछ।” यसरी यहूदाका राजा हिजकियाहले मानिसहरूलाई उत्साह दिए अनि तिनीहरूलाई शक्तिशाली अनुभव गराए।
32:9b.2CH.032.009 अश्शूरका राजा सनहेरीब अनि तिनका सबै सेनाहरू लाकीश शहरको नजिकमा छाउनी लाएर बसेका थिए जसमा कि तिनीहरूले यसलाई परास्त गर्न सकून्। तब सनहेरीबले आफ्ना अधिकारीहरूलाई यहूदाका राजा हिजकियाह अनि यरूशलेमका सबै मानिसहरूका निम्ति सनहेरीबाका अधिकारीहरूसित संन्देश थियो।
32:10b.2CH.032.010 तिनीहरूले भने, “अश्शूरका राजा सनहेरीब यसो भन्नु हुन्छ, ‘तिमीहरू के कुरामा विश्वास गर्छौ जसले तिमीहरूलाई युद्धको स्थितिमा पनि यरूशलेममा बसिरहन सिकायौ?
32:11b.2CH.032.011 हिजकियाहले तिमीहरूलाई मूर्ख बनाउँदै छन्। तिमीहरूलाई छल गरेर यरूशलेममा बसिरहन लाएका छन् जसमा कि तिमीहरू भोक र तिर्खाद्वारा मर्ने छौ। हिजकियाहले तिमीहरूलाई भन्छन्, “परमप्रभु हाम्रा परमेश्वरले हामीलाई अश्शूरका राजा देखि बचाउँनु हुन्छ।”
32:12b.2CH.032.012 हिजकियाह आफैले परमप्रभुको उच्च स्थानहरू अनि वेदीहरू हटाए। तिनले तिमी यहूदा अनि यरूशलेमका मानिसहरूलाई भने कि तिमीहरूले केवल एउटा वेदीमा मात्र पूजा गर्नु पर्छ अनि धूप बाल्नु पर्छ।
32:13b.2CH.032.013 निश्चय नै तिमीहरू जान्दछौ कि मेरा पुर्खाहरू अनि मैले अन्य देशका मानिसहरू प्रति के गरेका छु? अन्य देशहरूका देवताहरूले आफ्ना मानिसहरूलाई बचाउँन सकेनन्। ती देवाताहरूले तिनीहरूका मानिसहरूलाई नष्ट गर्न देखि मलाई रोक्न सकेनन्।
32:14b.2CH.032.014 मेरा पुर्खाहरूले ती देशहरूलाई ध्वंश गरे। कुनै यस्तो देवता छैन जसले मलाई उहाँका मानिसहरूलाई नष्ट गर्न देखि रोक्न सक्छन्। यसर्थ तिम्रो देवताले तिमीहरूलाई म बाट बचाउँन सक्छन् भनी तिमी सोच्छौ?
32:15b.2CH.032.015 हिजकियाहलाई तिमीहरूले मूर्ख तुल्याउन वा तिमीहरूलाई छल्न नदेऊ। तिनी प्रति विश्वास नगर किनभने कुनै राष्ट्र वा राज्यका कुनै पनि देवता आफ्ना मानिसहरूलाई म वा मेरा पुर्खाहरूबाट बचाउँन कहिले पनि समर्थ भएनन्। यसर्थ तिम्रा देवताले तिमीहरूलाई नष्ट गर्न बाट मलाई रोक्न सक्छन् भनी नसोच।”‘
32:16b.2CH.032.016 अश्शूरका राजाका अधिकारीहरूले परमप्रभु परमेश्वरको विरूद्ध अनि परमेश्वरका सेवक हिजकियाहको विरूद्ध अत्यन्त नराम्रा कुराहरू भने।
32:17b.2CH.032.017 अश्शूरका राजाले पत्रहरू पनि लेखे जसमा परमप्रभु इस्राएलका परमेश्वरको अपमान गरिएको थियो। यी शब्दहरू अश्शूरका राजाद्वारा पत्रहरूमा भनेको थिएः “अन्य राष्ट्रहरूका देवताहरूले तिनीहरूका मानिसहरूलाई ध्वंश गर्नबाट मलाई रोक्न सकेनन्। यस्तै प्रकारले हिजकियाहका परमेश्वरले उहाँका मानिसहरूलाई ध्वंश गर्नबाट मलाई रोक्न समर्थ हुने छैनन्।”
32:18b.2CH.032.018 तब अश्शूरका राजाका अधिकारीहरूले यरूशलेमका मानिसहरूलाई जोडले कराए जो शहरका पर्खालमा थिए। ती अधिकारीले हिब्रू भाषा प्रयोग। गरे जब तिनीहरू माथि भएका मानिसहरू प्रति कराए। अश्शूरका राजाका ती अधिकारीहरूले यरूशलेमका मानिसहरूलाई भयभीत तुल्याउन भनी यसो गरे। तिनीहरूले ती कुराहरू भने जसद्वारा तिनीहरू यरूशलेम शहरलाई कब्जा गर्न सकून्।
32:19b.2CH.032.019 ती अधिकारीहरूले संसारका मानिसहरूले पूजा गर्ने देवताहरूको विरूद्ध नराम्रा कुराहरू भने। ती देवताहरू केवल मानिसहरूले अफ्ना हातहरू द्वारा बनाएका कुराहरू हुन्। त्यही प्रकारले, ती अधिकारीहरूले त्यस्तै नराम्रा कुराहरू यरूशलेमका परमेश्वरको विरूद्ध भने।
32:20b.2CH.032.020 राजा हिजकियाह अनि अगमवक्ता यशौया-आमोसका छोराले यो समस्याको विषयमा प्रार्थना गरे। तिनीहरूले ठूलो आवाजमा स्वर्गतिर हेरेर प्रार्थना गरे।
32:21b.2CH.032.021 तब परमप्रभुले अश्शूरका राजाको छाउनीमा एक स्वर्गदूतलाई पठाउनु भयो। त्यो स्वर्गदूतले अश्शूरी सेनाका सबै सैनिकहरू अनि प्रमुखहरू र अधिकारीहरूलाई मारिदिए। यसर्थ अश्शूरका राजा आफ्नै देशतर्फ फर्किए, अनि तिनका मानिसहरू तिनी प्रति लज्जित थिए। तिनी आफ्ना देवताको मन्दिर भित्र गए अनि तिनका आफ्नै केही छोराहरूले तिनलाई त्यही तरवार द्वारा मारिदिए।
32:22b.2CH.032.022 यसरी परमप्रभुले हिजकियाह अनि यरूशलेमका मानिसहरूलाई अश्शूरका राजा सनहेरीब अनि सबै अन्य मानिसहरूबाट बचाउँनु भयो। परमप्रभुले हिजकियाह अनि यरूशलेमका मानिसहरूको हेरचाह गरिदिनु भयो।
32:23b.2CH.032.023 धेरै मानिसहरूले यरूशलेममा परमप्रभुका निम्ति उपहारहरू ल्याए अनि यहूदाका राजा हिजकियाहका निम्ति मूल्यवान वस्तुहरू ल्याए। त्यस समयदेखि सबै राष्ट्रहरूले हिजकियाहलाई सम्मान गरे।
32:24b.2CH.032.024 ती दिनहरूमा हिजकियाह साह्रै बिरामी भए अनि मृत्युको नजिक पुगे। तिनले परमप्रभुलाई प्रार्थना गरे। परमप्रभु हिजकियाहसित बोल्नु भयो अनि तिनलाई संकेत दिनु भयो।
32:25b.2CH.032.025 तर हिजकियाहको हृदय घमण्डले भरिएको थियो, यसर्थ तिनले परमेश्वरको दयालुपन प्रति परमेश्वरलाई धन्यवाद चढाएनन्। यसै कारणले गर्दा परमेश्वर हिजकियाह अनि यहूदा र यरूशलेमका मानिसहरू प्रति क्रोधित हुनु भयो।
32:26b.2CH.032.026 तर हिजकियाह अनि यरूशलेममा बस्ने ती मानिसहरूले तिनीहरूको हृदय र जीवनलाई परिवर्त्तन गरे। तिनीहरू नम्र भए र घमण्ड गर्न छोडे त्यसकारण हिजकियाह जीवित रहेसम्म परमप्रभुको क्रोध तिनीहरूमाथि परेन।
32:27b.2CH.032.027 हिजकियाहसित धेरै धन अनि सम्मान थिए। तिनले चाँदी, सुन, मूल्यवान रत्न, मसाला, ढाल अनि सबै किसिमका चीजहरू राख्ने स्थानहरू बनाए।
32:28b.2CH.032.028 हिजकियाहका अन्न, नयाँ दाख मद्य अनि तेलहरू, ती मानिसहरूले पठाएका वस्तुहरू, राख्ने भंण्डारहरू थिए। तिनका सबै किसिमका पशुहरू राख्ने पशुशालाहरू अनि भेडाहरू राख्ने र्खकहरू थिए।
32:29b.2CH.032.029 हिजकियाहले अनेक शहरहरू पनि निर्माण गरे अनि तिनले धेरै भेंडा अनि गाई बस्तुहरूका बथानहरू पनि प्राप्त गरे। परमेश्वरले हिजकियाहलाई धेरै धन-सम्पत्ति दिनु भयो।
32:30b.2CH.032.030 यो हिजकियाह नै थिए जसले यरूशलेममा गीहोन जल स्रोतको माथिल्लो स्रोत बन्द गरिदिए अनि ती पानीलाई दाऊदको शहरको पश्चिम तर्फ बगेर जाने तुल्याए। अनि तिनले गरेका हरेक कुरामा हिजकियाह सफल रहे।
32:31b.2CH.032.031 एक समयमा बाबेलका प्रमुखहरूले हिजकियाह कहाँ दूतहरू पठाए। ती दूतहरूले एक अदभूत संकेतको बारेमा सोधे जो राष्ट्रहरूमा प्रकट भएको थियो। जब तिनीहरू आए, परमेश्वरले तिनको परिक्षा गर्न अनि हिजकियाहको मनमा के छ ती सबै जान्नका निम्ति हिजकियाहलाई एक्लै छाड्नु भयो।
32:32b.2CH.032.032 हिजकियाहले गरेका अन्य कुराहरू र उनको परमेश्वर प्रतिको विश्वासयोग्यता, “आमोसका छोरो यशैया अगमवक्ताको दर्शन” भनिने पुस्तक अनि “यहूदा अनि इस्राएलका राजाहरूका इतिहास” भनिने पुस्तकमा लेखिएका छन्।
32:33b.2CH.032.033 हिजकियाहको मृत्यु भयो अनि आफ्ना पुर्खाहरूसित गाडिए। मानिसहरूले हिजकियाहलाई डाँडामा गाडे जहाँ दाऊदका पुर्खाहरूका चिहानहरू छन्। यहूदाका अनि यरूशलेममा बस्ने सबै मानिसहरूले हिजकियाहलाई सम्मान प्रदान गरे जब तिनको मृत्यु भयो। मनश्शे हिजकियाहका स्थानमा नयाँ राजा भए। मनश्शे हिजकियाहका छोरा थिए। मनश्शे यहूदाका राजा
33
33:1b.2CH.033.001 मनश्शे बाह्र वर्ष उमेरका थिए जब तिनी यहूदाका राजा भए। तिनी यरूशलेममा पचपन्न वर्ष सम्म राजा भए।
33:2b.2CH.033.002 मनश्शेले ती कामहरू गरे जो परमप्रभुले गल्ती हो भन्नुभयो। तिनले ती राष्ट्रहरूका भयानक अनि पाप पूर्ण तरिका अनुसरण गरे जसलाई परमप्रभुले इस्राएलका मानिसहरूको सामुन्ने देशबाट निक्लन वाध्य तुल्याउनु भएको थियो।
33:3b.2CH.033.003 मनश्शेले उच्च स्थानहरू फेरि निर्माण गरे जसलाई हिजकियाह तिनका पिताले भत्काइदिएका थिए। मनश्शेले बाल देवताहरूका निम्ति वेदीहरू निर्माण गरे अनि अशेरा स्तम्भहरू खडा गरे। तिनी तारा-मण्डललाई शिर झुकाउँथे अनि ती नक्षत्र समूहका पूजा गर्थे।
33:4b.2CH.033.004 मनश्शेले असत्य देवताहरूको निम्ति वेदीहरू परमप्रभुको मन्दिरमा बनाए। परमप्रभुले मन्दिरको बारेमा भन्नुभएको थियो, “मेरो नाउँ सदैव यरूशलेममा रहनेछ।”
33:5b.2CH.033.005 तर मनश्शेले परमप्रभुका दुइ आँगनहरूमा सारा तारा-मण्डलहरूका निम्ति वेदीहरू निर्माण गरे।
33:6b.2CH.033.006 मनश्शेले बलिको निम्ति आफ्नै छोरा-छोरीहरूलाई पनि बेन हिन्नोमको बेंसीमा होम गरे। मनश्शेले भविष्य भन्ने, जोखाना हेर्ने, जादू-टुना गर्ने काम गरेर जादूको प्रयोग पनि गरे। तिनले मृत आत्मासित कुरा-कानी गर्ने र भूत-प्रेतहरूसित कुरा-कानी गरे। मनश्शेले धेरै कुराहरू गरे जसलाई परमप्रभुले गल्ती हो भन्नु भयो अनि यसले परमप्रभुलाई क्रोधित तुल्यायो।
33:7b.2CH.033.007 मनश्शेले एउटा मूर्तिको शालिग बनाए अनि त्यसलाई परमेश्वरको मन्दिरमा राखे। त्यही मन्दिर जसको बारेमा परमेश्वरले दाऊद अनि तिनका छोरा सुलेमान सित कुरा-कानी गर्नु भएको थियो। परमेश्वरले भन्नु भएको थियो, “म मेरो नाउँ यो मन्दिर अनि यरूशलेम त्यो शहरमा राख्छु जसलाई मैले सबै परिवार समूहका सबै शहरहरूबाट चुनेको छु, अनि मेरो नाउँ सदा सर्वदा त्यहाँ रहने छ।
33:8b.2CH.033.008 म इस्राएलीहरूलाई फेरि यो भूमिबाट बाहिर गर्ने छैन जसलाई मैले तिनीहरूका पुर्खाहरूलाई दिनुका निम्ति चुनें। तर मैले तिनीहरूलाई दिएका सबै आदेशहरू तिनीहरूले पालन गर्नु पर्ने छ। इस्राएलका मानिसहरूले सबै व्यवस्था, विधि अनि आदेशहरू पालन गर्नु पर्ने छ जो तिनीहरूलाई दिनु भनी मैले मोशालाई दिएँ।”
33:9b.2CH.033.009 मनश्शेले यहूदाका मानिसहरू अनि यरूशलेममा बस्ने मानिसहरूलाई गल्ती कुरा गर्न उत्साहित तुल्याए। तिनीहरू ती राष्ट्रहरू भन्दा अति नराम्रा थिए जो यो भूमिमा इस्राएलीहरू भन्दा अघि थिए अनि परमप्रभुले ती मानिसहरूलाई नष्ट गर्नु भएको थियो।
33:10b.2CH.033.010 परमप्रभुले मनश्शे अनि तिनका मानिसहरू सित कुरा-कानी गर्नु भयो, तर तिनीहरूले सुन्न अस्वीकार गरे।
33:11b.2CH.033.011 यसर्थ परमप्रभुले यहूदामाथि आक्रमण गर्नका निम्ति अश्शूरका राजाका सेनाका सेनापतिहरू ल्याउनु भयो। ती सेनापतिहरूले मनश्शेलाई पक्रे अनि तिनलाई आफ्ना बन्दी बनाए। तिनीहरूले तिनलाई अंकुशेहरू लगाइ दिए अनि हातमा पित्तलका साङ्गलाहरू लगाइ दिए अनि तिनलाई बाबेल देशमा लगे।
33:12b.2CH.033.012 जब तिनी माथि यी दुःख कष्ट आई पर्यो तब मनश्शेले तिनका परमप्रभु परमेश्वरबाट सहायताको निम्ति बिन्ती गरे। मनश्शेले आफ्ना पुर्खाहरूका परमेश्वर समक्ष स्वयंलाई बिनम्र तुल्याए।
33:13b.2CH.033.013 मनश्शेले परमेश्वरसँग प्रार्थना गरे अनि तिनलाई सहायता गर्नु होस् भनी परमेश्वरसित बिन्ती गरे। परमप्रभुले मनश्शेको पार्थना सुन्नु भयो अनि तिनका निम्ति दुःखित हुनु भयो। परमप्रभुले तिनलाई यरूशलेम अनि तिनका सिंहासनमा फर्केर जान दिनु भयो। तब मनश्शेले जाने परमप्रभु नै साँचो परमेश्वर हुनुहुन्छ भनी।
33:14b.2CH.033.014 त्यो घट्ना भए पछि, मनश्शेले दाऊद शहरको निम्ति एक बाहिरी पर्खाल निर्माण गरे। यो पर्खाल किद्रोन बेंसीको गीहोन जलस्रोतको पश्चिमतिर, मतस्थ फाटकको प्रवेशद्वार तिर अनि ओपेल डाँडाको वरिपरि फैलिएको थियो। तिनले पर्खाल अत्यन्त अग्लो बनाए। त्यसपछि तिनले यहूदाका सबै किल्लाहरूमा अधिकारीहरू राखे।
33:15b.2CH.033.015 मनश्शेले ती विचित्र मूर्तिदेवताहरू हटाए। तिनले परमप्रभुको मन्दिरबाट मूर्ति निकाले। तिनले मन्दिर डाँडामा अनि यरूशलेममा तिनले निर्माण गरेका सबै वेदीहरू हटाए। मनश्शेले ती सबै वेदीहरू यरूशलेम शहर बाहिर निकाले।
33:16b.2CH.033.016 तब उसले परमप्रभुको वेदी स्थापना गरे अनि त्यसमा मेलबलि अनि धन्यवादका उपहारहरू अर्पण गरे। मनश्शेले यहूदाका सबै मानिसहरूका निम्ति परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्नु भनी एक आदेश गरे।
33:17b.2CH.033.017 मानिसहरूले उच्च-स्थानहरूमा बलिहरू चढाउन थाले, तर तिनीहरूका बलिहरू केवल परमप्रभु तिनीहरूका परमेश्वर निम्ति थिए।
33:18b.2CH.033.018 मनश्शेले गरेका अन्य कुराहरू, अनि तिनका परमेश्वरसित तिनका प्रार्थना अनि दर्शीहरूका वचनहरू जसले परमप्रभु इस्राएलका परमेश्वरबाट मनश्शेलाई दिएका वचनहरू यी सबै कुराहरू, “इस्राएलका राजाहरूको अधिकारिक उल्लेख” नाउँका पुस्तकमा लेखिएका छन्।
33:19b.2CH.033.019 मनश्शेको प्रार्थना परमेश्वरले कसरी सुनीदिनु भयो अनि तिनी प्रती दुःखित हुनु भयो, सो “दर्शीहरूको पुस्तकमा” लेखिएको छ। मनश्शेका तिनी स्वयं विनम्र हुनु भन्दा अघिका पापहरू र गल्तीहरू, ती स्थानहरू जहाँ तिनले उच्च स्थानहरू निर्माण गरेका थिए अनि अशेरा स्तम्भहरू स्थापित गरेका थिए सो पनि “दर्शीहरूको पुस्तकमा” लेखिएका छन्।
33:20b.2CH.033.020 यसरी मनश्शेको मृत्यु भयो अनि तिनका पुर्खाहरूसित गाडिए। मानिसहरूले मनश्शेलाई तिनको आफ्नै राज भवनमा गाडि दिए। आमोन मनश्शेका स्थानमा नयाँ राजा भए। आमोन मनश्शेका छोरा थिए।
33:21b.2CH.033.021 आमोन बाईस वर्षका हुँदा यहूदाका राजा भए। तिनी यरूशलेममा दुइ वर्ष सम्म राजा थिए।
33:22b.2CH.033.022 आमोनले परमप्रभुको समक्ष नराम्रा कुराहरू गरे। तिनले आफ्ना पिता मनश्शेले जस्तै परमप्रभुले जो तिनी द्वारा गराउन चाहनु हुन्थ्यो, ठीक त्यसरी गरेनन्। आमोनले कुँदिएका मूर्ति अनि सालिकहरूलाई बलिहरू चढाए जो तिनका पिताले निर्माण गरेका थिए। आमोनले ती मूर्तिहरूको पूजा गरे।
33:23b.2CH.033.023 आमोनले तिनी स्वयंलाई परमप्रभुको समक्ष नम्र तुल्याएनन् जसरी मनश्शे, तिनका पिताले आफूलाई नम्र तुल्याएका थिए। यसकारण आमोन परमेश्वरको सामुन्ने धेरै दोषी थिए।
33:24b.2CH.033.024 आमोनका सेवकहरूले तिनी विरूद्ध षडयन्त्र रचे। तिनीहरूले आमोनलाई तिनको आफ्नै घरमा मारिदिए।
33:25b.2CH.033.025 तर यहूदाका मानिसहरूले ती सबै सेवकहरूलाई मारिदिए जसले राजा आमोनको विरूद्ध षडयन्त्र रचेका थिए। त्यसपछि मानिसहरूले योशियाहलाई नयाँ राजा हुन चुने। योशियाह आमोनका छोरा थिए। योशियाह यहूदाका राजा
34
34:1b.2CH.034.001 योशियाह आठ वर्ष पुगेका थिए जब तिनी राजा भए। तिनी एकतीस वर्षसम्म यरूशलेममा राजा थिए।
34:2b.2CH.034.002 योशियाहले त्यही गरे जो सही थियो। परमप्रभुले चाहनु भएका कुराहरू नै तिनले गरे। तिनले तिनका पुर्खा दाऊदले जस्तै राम्रा कुराहरू गरे। योशियाहले उचित कुराहरू गर्नबाट मुख मोडेनन्।
34:3b.2CH.034.003 जब योशियाह उसको राज्यको आठौं वर्षमा पुगेका थिए तिनले परमेश्वरको अनुसरण गर्न शुरू गरे जसलाई तिनका पुर्खा दाऊदले अनुसरण गरेका थिए। योशियाह अझ सानै थिए जब तिनले परमेश्वरलाई पछ्याउन शुरू गरे। जब योशियाह उनी राजा राज्यको बाह्रौं वर्षमा थिए तिनले उच्च स्थानहरू, अशेरा स्तम्भहरू अनि मूर्तिहरू जो कुँदिएका थिए, अनि मूर्तिहरू जो यहूदा अनि यरूशलेमका साँचाहरूबाट निर्माण गरिएका थिए सबै नष्ट गर्न शुरू गरे।
34:4b.2CH.034.004 मानिसहरूले बाल देवताहरूका वेदीहरू भत्काइदिए। तिनीहरूले योशियाहका सामुन्ने यसो गरे। तब योशियाहले धूप वेदीहरू काटिदिए जो वेदीमाथि बाललाई अर्पण गरेका थिए। उसले मूर्तिहरू जो कुँदिएका थिए अनि मूर्तिहरू जो साँचोमा ढालेर निर्माण गरिएका थिए, भत्काइदिए। तिनले ती मूर्तिहरूलाई धूलो-पीठो पारिदिए। तब योशियाहले त्यो पीठो ती मानिसहरूका चिहानहरूमा छर्किदिए जसले बाल देवताहरूलाई बलिहरू चढाएका थिए।
34:5b.2CH.034.005 योशियाहले ती पूजाहारीहरूका हाडहरू पनि जलाइदिए जसले आफ्नै वेदीमा बाल देवताहरूको सेवा गरेका थिए। यस्तै प्रकार योशियाले यहूदा अनि यरूशलेमलाई शुद्ध पारे।
34:6b.2CH.034.006 योशियाहले मनश्शे, एप्रैम, शिमोन देखि नप्ताली सम्मका इलाकाका शहरहरूमा पनि यसै गरे।
34:7b.2CH.034.007 योशियाहले वेदीहरू अनि अशेरा स्तम्भहरू भत्काइदिए। तिनले मूर्तिहरूलाई धूलो पीठो पारिदिए। तिनले इस्राएल देश भरि बाल पूजाका निम्ति प्रयोग गरिएका धूप वेदीहरू काटिदिए। त्यसपछि योशियाह यरूशलेम फर्केर गए।
34:8b.2CH.034.008 जब योशियाह यहूदाका राजाका रूपमा अठाह्रौ वर्षमा थिए तिनले शापान, मासेयाह अनि योआहलाई तिनका परमप्रभु परमेश्वरको मन्दिरलाई फेरि निर्माण अनि स्थापना गर्नु भनी पठाए। शापानका पिताको नाउँ अजलियाह थियो। मासेयाह शहरका प्रमुख थिए, अनि योआहका पिताको नाउँ योआहाश थियो। योआहाश त्यही मानिस थिए जसले जे कुराहरू घटे ती लेखे। यसरी योशियाहले मन्दिरलाई स्थापना गर्ने आदेश दिए जसद्वारा तिनले यहूदा अनि मन्दिरलाइ शुद्ध तुल्याउन सकून्।
34:9b.2CH.034.009 ती मानिसहरू हिल्कियाह, प्रधान पूजाहारी कहाँ आए। तिनीहरूले तिनलाई धन दिए जो मानिसहरूले परमेश्वरका मन्दिरका निम्ति दिएका थिए। लेवी द्वारपालहरूले मनश्शे, एप्रैमका मानिसहरूबाट अनि रहेका सबै इस्राएलीबाट धनसंग्रह गरेका थिए। तिनीहरूले यो धन यहूदा, बिन्यामीन अनि यरूशलेममा बस्ने समस्त मानिसहरूबाट पनि संग्रह गरेका थिए।
34:10b.2CH.034.010 तब लेवीहरूले ती मानिसहरूलाई पैसा भुक्तानी गरे जसले परमप्रभुको मन्दिरको काम देख-रेख गरे। अनि देख-रेख गर्नेहरूले कर्मीहरूलाई भुक्तानी गरे जसले परमप्रभुको मन्दिर स्थापित गरे।
34:11b.2CH.034.011 तिनीहरूले धन सिकर्मी अनि निर्माण कर्त्ताहरूलाई ठूला ढुङ्गाहरू किन्न जो अघिनै काटि राखेका थिए अनि काठहरू किन्न भनी दिए। काठहरू मन्दिरहरूलाई फेरि निर्माण गर्न अनि मन्दिरहरूका निम्ति आड दिने काठ बनाउनमा प्रयोग गरिए। विगत समयमा यहूदाका राजाहरूले मन्दिरहरूको वास्ता गरेका थिएनन्। ती मन्दिरहरू पुराना अनि ध्वस्त भएका थिए।
34:14b.2CH.034.014 लेवीहरूले त्यो धन बाहिर निकाले जो परमप्रभुको मन्दिरमा थियो। त्यस समयमा पूजाहारी हिल्कियाहले ‘परमप्रभुको व्यवस्थाको पुस्तक’ पाए जो मोशा द्वारा दिइएको थियो।
34:15b.2CH.034.015 हिल्कियाहले सचिव शापानलाई भने, “मैले व्यवस्थाको पुस्तक’ परमप्रभुको मन्दिरमा पाएँ।” हिल्कियाहले त्यो पुस्तक शापानलाई दिए।
34:16b.2CH.034.016 शापानले त्यो पुस्तक राजा योशियाह कहाँ ल्याए। शापानले राजालाई सूचना दिए, “तपाईंका सेवकहरूले तपाईंले तिनीहरूलाई गर्नु भन्नु भएका हरेक कुराहरू गरिरहेका छन्।
34:17b.2CH.034.017 तिनीहरूले त्यो धन निकाले जो परमप्रभुको मन्दिरमा थियो अनि तिनीहरूले धन निरीक्षकहरू अनि कर्मीहरूलाई भुक्तानी गर्दै छन्।”
34:18b.2CH.034.018 तब शापानले राजा योशियाहलाई भने, “पूजाहारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन्।” तब शापानले पुस्तकबाट पढे। तिनी पढ्दै गर्दा राजाका सामुन्ने थिए।
34:19b.2CH.034.019 जब राजा योशियाहले पढिएको व्यवस्थाका शब्दहरू सुने, तिनले तिनका बस्त्रहरू च्याते।
34:20b.2CH.034.020 तब राजाले हिल्कियाह, शापानका छोरा अहीकम, मीकाका छोरा अब्दोन, सचिव शापान अनि सेवक असायालाई एक आदेश दिए।
34:21b.2CH.034.021 राजाले भने, “जाऊ, मेरा निम्ति अनि मानिसहरूका निम्ति जो इस्राएल अनि यहूदामा रहेका छन्, परमप्रभु सित याचना गर। ती पुस्तकका शब्दहरूको बारेमा जो पाइएको थियो, सोध। परमप्रभु हामी सित अत्यन्त क्रोधित हुनुहुन्छ किनभने हाम्रा पुर्खाहरूले परमप्रभुको बचनको पालन गरेनन्। तिनीहरूले यो पुस्तकले गर्नु भनेका सबै कुराहरू गरेनन्।”
34:22b.2CH.034.022 हिल्कियाह अनि राजाका सेवकहरू अगमवादिनी हुल्दा कहाँ गए। हुल्दा शल्लूमकी पत्नी थिइन्। शल्लूम तोखतका छोरा थिए। तोखत हसराका छोरा थिए। शल्लूम राज-बस्त्रहरूको हेरचाह गर्दथे। हुल्दा यरूशलेमको नयाँ अंशमा बस्थीन्। हिल्किया अनि सेवकहरूले हुल्दालाई सबै कुरा भने जो भइसकेको थियो।
34:23b.2CH.034.023 हुल्दाले तिनीहरूलाई भनीन्, “इस्राएलका परमप्रभु परमेश्वर जे भन्नुहुन्छ त्यो यो होः राजा योशियाहलाई भनः
34:24b.2CH.034.024 ‘म यो स्थानमा अनि यहाँ बस्ने मानिसहरू माथि दुःख कष्ट ल्याइदिनेछु। म ती सबै भयानक कुराहरू ल्याउनेछु जो त्यो पुस्तकमा लेखिएका छन् जसलाई यहूदाका राजाको सामुन्ने पढिएको थियो।
34:25b.2CH.034.025 म यसो गर्नेछु किनभने मानिसहरूले मलाई त्याग गरे अनि अन्य देवताहरूलाई धूप बाले। ती मानिसहरूले मलाई क्रोधित तुल्याए किनभने तिनीहरूले सबै नराम्रा कुराहरू गरेका छन्। यसर्थ म यो स्थान माथि मेरो क्रोध पोखाउने छु। तातो बल्दो आगो जस्तै मेरो क्रोधलाई निभाउन सकिने छैन।’
34:26b.2CH.034.026 तर यो कुरा यहूदाका राजा योशियाहलाई भन जसले तिमीहरूलाई परमप्रभु सित सोध्नु पठाउनुभयो यही परमप्रभु इस्राएलका परमेश्वर तिमीहरूले सुनेक वचनहरू बारेमा भन्नुहुन्छ।
34:27b.2CH.034.027 योशियाह जब तैंले यो भूमि अनि बासिन्दाहरूको विषयमा कुराहरू सुनिस् तैंले आफैंलाई नम्र बनाइस् अनि तेरो लुगाहरू च्यातिस्। तँ मेरो सामुन्ने रोइस् अनि मैले यो सुने यसकारण तेरो हृदय कोमल छ।
34:28b.2CH.034.028 म तँलाई तेरो पिता-पुर्खाहरू कहाँ लाने छु। तँ तेरो चिहानमा शान्तिसित जाने छस्। तैंले कुनै पनि दुःख कष्टहरू देख्नु पर्ने छैन जो म यो स्थान माथि अनि यहाँ बस्ने मानिसहरू माथि ल्याउने छु।”‘ हिल्कियाह अनि राजाका सेवकहरू यो संन्देश लिएर राजा योशियाह कहाँ फर्के।
34:29b.2CH.034.029 तब राजा योशियाहले यहूदा अनि यरूशलेमका सबै अग्रज मानिसहरूलाई आउनु अनि तिनीसित भेट्नु भनी बोलाए।
34:30b.2CH.034.030 राजा परमप्रभुको मन्दिर सम्म गए। यहूदाका सबै मानिसहरू, अनि यरूशलेममा बस्ने मानिसहरू, पूजाहारीहरू लेवीहरू अनि सबै मुख्य अनि साधरण मानिसहरू योशियाहसाथ थिए। योशियाहले तिनीहरूलाई “करारको पुस्तकमा” भएका सबै कुराहरू पढेर सुनाए। त्यो पुस्तक परमप्रभुको मन्दिरमा पाइएको थियो।
34:31b.2CH.034.031 तब राजा आफ्ना स्थानमा उभिए। तिनले परमप्रभुसित करार गरे। तिनी परमप्रभुको अनुसरण गर्न अनि परमप्रभुको आदेश, नियम, विधिहरू पालन गर्न सहमत भए। योशियाहले आफ्नो सम्पूर्ण हृदय अनि आत्माद्वारा आज्ञा पालन गर्न सहमत भए। तिनी यो पुस्तकमा लेखिएका करारका कुराहरू पालन गर्न सहमत भए।
34:32b.2CH.034.032 तब योशियाहले यरूशलेम अनि बिन्यामीनका सबै मानिसहरूलाई करार स्वीकार गर्न प्रतिज्ञा गराए। यरूशलेमका मानिसहरूले परमेश्वरको आज्ञापालन गरे, जसरी तिनीहरूका पिता-पुर्खाहरूले परमेश्वरलाई पछ्याएका थिए।
34:33b.2CH.034.033 इस्राएलका मानिसहरू सित विभिन्न देशका मूर्तिहरू थिए। तर योशियाहले ती भयानक मूर्तिहरू सबै ध्वस्त गरिदिए। योशियाहले इस्राएलका सबै मानिसहरूलाई परमप्रभु तिनीहरूका परमेश्वरको सेवा गर्न लगाए। अनि जब सम्म योशियाह जीवित थिए तब सम्म मानिसहरूले तिनीहरूका पुर्खाहरूका परमप्रभु परमेश्वरको सेवा गरिरहे।
35
35:1b.2CH.035.001 राजा योशियाहले परमप्रभुका निम्ति यरूशलेममा निस्तार चाड मनाए। निस्तार चाडको थुमाको पाठालाई पहिलो महीनाको चौधौं दिनमा मारियो।
35:2b.2CH.035.002 योशियाहले तिनीहरूको कार्य गर्नका निम्ति पूजाहारीहरू छाने। तिनले पूजाहारीहरूलाई उत्साह दिए जब तिनीहरू परमप्रभुको मन्दिरमा सेवा गरिरहेका थिए।
35:3b.2CH.035.003 योशियाहले ती लेवीहरूसँग कुरा-कानी गरे जसले इस्राएलका मानिसहरूलाई शिक्षा दिन्थे अनि जसलाई परमप्रभुको सेवाको निम्ति पवित्र तुल्याइएका थिए। तिनले ती लेवीहरूलाई भने, “पवित्र सन्दूकलाई मन्दिर भित्र राख जसलाई सुलेमानले निर्माण गरे। सुलेमान दाऊदको छोरा थियो। दाऊद इस्राएलका राजा थिए। पवित्र संदूकलाई काँधमा बोकेर एक स्थान देखि अर्को स्थानतिर नलैजाऊ। अब परमप्रभु तिम्रा परमेश्वरको सेवा गर। परमेश्वरका मानिसहरू इस्राएलका मानिसहरूको सेवा गर।
35:4b.2CH.035.004 तिमीहरू स्वयंलाई तिम्रा परिवार समूहहरू अनुसार मन्दिरमा सेवाका निम्ति तयार पार। ती कामहरू गर जो राजा दाऊद अनि तिनका छोरा सुलेमानले गर्नु भनी तिमीहरूलाई दिएका छन्।
35:5b.2CH.035.005 पवित्र स्थानमा लेवीहरूको समूहसित उभिएरबस हरेक भिन्न-भिन्न परिवार समूहका मानिसहरूको निम्ति यसो गर, यसरी तिमीहरू तिनीहरूको सहायता गर्न सक्ने छौ।
35:6b.2CH.035.006 निस्तार चाडका थुमा पाठाहरू मार, तिमीहरू स्वयंलाई परमप्रभुका निम्ति पवित्र तुल्याऊ। भेडाका पाठाहरूलाई तिम्रा दाज्यू-भाइहरू इस्राएलका मानिसहरूका निम्ति तयार पार। परमप्रभुले हामीलाई गर्नु भनी आदेश गर्नु भएका सबै कुराहरू गर। परमप्रभुले हामीलाई ती सबै आदेशहरू मोशाद्वारा दिनु भएको थियो।”
35:7b.2CH.035.007 योशियाहले इस्राएलका मानिसहरूलाई निस्तार चाडका निम्ति मार्नु भनी 3,000 भेंडा र बाख्राहरू दिए। तिनले मानिसहरूलाई 3,000 गाई-बस्तुहरू पनि दिए। यी सबै पशुहरू राजा योशियाहका आफ्नै बगालका थिए।
35:8b.2CH.035.008 योशियाहका अधिकारीहरूले पनि खुशीसाथ मानिसहरूलाई, पूजाहारीहरूलाई अनि लेवीहरूलाई निस्तार चाडमा प्रयोग गर्नु भनी पशुहरू अनि चीज-बीजहरू दिए। प्रधान पूजाहारी हिल्कियाह, जकर्याह अनि यहीएल मन्दिरको जिम्मावार अधिकारीहरू थिए। तिनीहरू पूजाहीहरूलाई 2,600 भेंडाका पाठा र बाख्राहरू अनि 300 गोरूहरू निस्तार चाडका बलिहरूका निम्ति दिए।
35:9b.2CH.035.009 कोन्नयाह तिनका भाइहरू शमायाह अनि नतनेल, अनि हशबियाह सहित, यीएल अनि योजाबादले 5,000 भेंडा र बाख्राहरू अनि 500 गोरूहरू निस्तार चाडका बलिहरूका निम्ति लेवीहरूलाई दिए। तिनीहरू लेवीहरूका अगुवाहरू थिए।
35:10b.2CH.035.010 निस्तार चाडको सेवाका निम्ति जब हरेक कुरा तयार भए तब पूजाहारीहरू तिनीहरूको स्थानहरूमा गए अनि लेवीहरू तिनीहरूको समूहहरूमा खडा भए। राजाले जो आदेश गरे त्यो यस्तै थियो।
35:11b.2CH.035.011 निस्तार चाडका थुमाहरू मारिए। तब लेवीहरूले पशुहरूका छाला काढे अनि रगत पूजाहारीहरूलाई दिए। पूजाहारीहरूले रगत वेदीमा छर्किदिए।
35:12b.2CH.035.012 त्यसपछि तिनीहरूले विभिन्न परिवार समूहहरूलाई होमबलिका निम्ति प्रयोग गर्न भनी पशुहरू दिए। यो यसकारणले गरियो कि होमबलि मोशाले व्यवस्थामा लेखिए अनुसार अर्पण गर्न सकियोस्। तिनीहरूले गोरूहरू लाई पनि त्यसै गरे।
35:13b.2CH.035.013 लेवीहरूले निस्तार चाडका बलिहरूलाई तिनीहरूलाई आदेश गरिएको प्रकारले आगोमा पोले। अनि तिनीहरूले पवित्र भेटीहरूलाई भाँडा, कित्ली अनि तावाहरूमा उमाले। तब तिनीहरूले चाँडो गरी मासु मानिसहरूलाई दिए।
35:14b.2CH.035.014 यो समाप्त भएपछि, लेवीहरूले आफ्नै निम्ति अनि पूजाहारीहरू जो हारूनका सन्तानहरू थिए। तिनीहरूका निम्ति मासु ल्याए। ती पूजाहारीहरूलाई अंध्यारो नभएसम्म खराएर ब्यस्त राखिए। तिनीहरूले होमबलिहरू अनि बलिका बोसो जलाउन कठिन परिश्रम गरे।
35:15b.2CH.035.015 आसापका परिवारका लेवी गायकहरू ती स्थानहरूमा गए जो राजा दाऊदले तिनीहरू उभिनका निम्ति चुनेका थिए। ती आसाप, हेमान अनि यदूतून-राजाका अगमवक्ता थिए। प्रत्येक फाटकमा द्वारपालहरूले आफ्ना स्थान छाडनु परेन किनभने तिनीहरूका लेवी दाज्यू-भाइहरूले निस्तार चाडका निम्ति हरेक कुरा तिनीहरूका निम्ति तयार गरेका थिए।
35:16b.2CH.035.016 यसरी त्यस दिन राजा योशियाहले आदेश गरे अनुसार परमप्रभुको आराधनाका निम्ति हरेक कुरा गरिए। निस्तार चाड मनाइयो अनि परमप्रभुको वेदीमा होम-बलिहरू अर्पण गरिए।
35:17b.2CH.035.017 इस्राएलका मानिसहरूले, जो त्यहाँ थिए, निस्तार चाड अनि अखमीरे रोटीको चाड सात दिन सम्म मनाए।
35:18b.2CH.035.018 निस्तार चाड, अगमवक्ता शमूएलको समय देखि यता यस्तो प्रकारले इस्राएलमा मनाइएको थिएन। इस्राएलका कुनै पनि राजाहरूले यो जस्तो निस्तार चाड कहिले मनाएका थिएनन्। राजा योशियाह, पूजाहारीहरू, लेवीहरू अनि यहूदा र इस्राएलका मानिसहरूले जो त्यहाँ थिए यरूशलेमका सबै मानिसहरू साथ अत्यन्त विशेष रूपले निस्तार चाड मनाए।
35:19b.2CH.035.019 तिनीहरूले यो निस्तार चाड योशियाहको शासन कालको अठाह्रौं वर्षमा मनाए।
35:20b.2CH.035.020 योशियाहले मन्दिरका निम्ति ती सबै असल कुराहरू गरे। पछि, मिश्र देशका राजा नेको यूफ्रेटिस नदीको कर्कमीश शहर विरूद्ध लडाईं गर्न सेना लिएर आए। राजा योशियाह नेको विरूद्ध लड्न गए।
35:21b.2CH.035.021 तर नेकोले योशियाह कहाँ दूतहरू पठाए। तिनीहरूले भने, “राजा योशियाह, यो युद्ध तपाईंको समस्या होइन। म तपाईंको विरूद्ध लड्न आएको होइन्। म मेरा शत्रुहरू सित लड्न आएको हुँ। परमेश्वरले मलाई चाँडो गर भन्नु भयो। परमेश्वर मेरो पक्षमा हुनुहुन्छ, यसर्थ मलाई दिकदारी नगर्नुहोस्। यदि तपाईंले म विरूद्ध लडाई गर्नु भयो भने, परमेश्वरले तपाईंलाई नष्ट गर्नु हुनेछ।”
35:22b.2CH.035.022 तर योशियाह हटेनन्। तिनले नेकोसित लड्ने निश्चय गरे, यसर्थ तिनले आफ्नो रूप बद्ले अनि लडाईं लड्न गए। योशियाहले परमेश्वरको आदेशबारे नेकोले भनेका कुरा सुनेनन्।
35:23b.2CH.035.023 योशियाह युद्धमा भएको बेला काँढले लाग्यो। तिनले आफ्ना सेवकहरूलाई भने, “मलाई यहाँबाट लैजाऊ, म नराम्रो रूपले घाइते भएकोछु।”
35:24b.2CH.035.024 यसर्थ सेवकहरूले योशियाहलाई तिनको रथबाट बाहिर निकाले अनि तिनलाई तिनले आफूसित लडाईमा ल्याएको अर्को रथमा हाले। तब तिनीहरूले योशियाहलाई यरूशलेम लगे। राजा योशियाहको यरूशलेममा मृत्यु भयो। योशियाहलाई त्यो चिहानमा गाडियो जहाँ तिनका पुर्खाहरूलाई गाडिएका थिए। यहूदा अनि यरूशलेमका समस्त, मानिसहरू अति दुःखित थिए किनभने योशियाहको मृत्यु भएको थियो।
35:25b.2CH.035.025 यिर्मयाहले योशियाहका निम्ति केही शोक-गीतहरू लेखे अनि गाए। अनि पुरूष एवं स्त्री गायकहरू आज सम्म ती शोक-गीतहरू गाउँदै छन्। यो इस्राएलका मानिसहरूले सदैव गर्ने केही कुरा बन्यो-तिनीहरू योशियाहका निम्ति शोक-गीत गाउँछन्। ती गीहरू “शोक-गीतहरू” नाउँको पुस्तकमा लेखिएका छन्।
36
36:1b.2CH.036.001 यहूदाका मानिसहरूले यहोआहाजलाई यरूशलेममा नयाँ राजा हुनका लागि चुने। यहोआहाज योशियाहका छोरा थिए।
36:2b.2CH.036.002 यहोआहाज तेईस वर्षका थिए जब तिनी यहूदाका राजा भए। तिनी यरूशलेममा तीन महीनासम्म राजा थिए।
36:3b.2CH.036.003 तब मिश्र देशका राजा नेकोले यहोआहाजलाई कैदी बनाए। नेकोले यहूदाका मानिसहरूलाई 100 तोडा चाँदी अनि एक तोडा सुन दण्डको रूपमा तिर्न लगाए।
36:4b.2CH.036.004 नेकोले यहोआहाजका भाइलाई यहूदा अनि यरूशलेमका नयाँ राजा हुन भनी चुने। यहोआहाजका भाइको नाउँ एल्याकीम थियो। तब नेकोले एल्याकीमलाई नयाँ नाउँ दिए। तिनले उसको नाउँ यहोयाकीम राखे। तर नेकोले यहोआहाजलाई मिश्र देश लगे।
36:5b.2CH.036.005 यहोयाकीम पच्चीस वर्षका थिए जब तिनी यहूदाका नयाँ राजा भए। तिनी यरूशलेममा एघार वर्षसम्म राजा रहे। यहोयाकीमले ती कुराहरू गरेनन् जो परमप्रभुले तिनीद्वरा गरिएका चाहनु हुन्थ्यो। तिनले परमप्रभु तिनका परमेश्वरको विरूद्ध पाप गरे।
36:6b.2CH.036.006 बाबेलका राजा नबूकदनेसरले यहूदा माथि आक्रमण गरे तिनले यहोयाकीमलाई कैदगरे अनि काँसाका साङ्गलाहरूले बाँधे। तब नबूकदनेसरले राजा यहोयाकीमलाई बाबेलमा लगे।
36:7b.2CH.036.007 नबूकदनेसरले परमप्रभुको मन्दिरबाट केही चीज-बीजहरू लगे। तिनले ती चीज-बीजहरू बाबेल लगे अनि तिनीहरूलाई तिनले आफ्नै निवास स्थानमा राखे।
36:8b.2CH.036.008 अन्य कुराहरू जो यहोयाकीमले गरे, भयानका पाप जो तिनले गरे अनि ती हरेक कुरा जो गरेकोमा तिनी दोषी छन्, यी सबै कुराहरू “इस्राएल अनि यहूदाका राजाहरूका इतिहास” नाउँका पुस्तकमा लेखिएका छन्। यहोयाकीन यहोयाकीमका स्थानमा नयाँ राजा भए। यहोयाकीन यहोयाकीमका छोरा थिए।
36:9b.2CH.036.009 यहोयाकीन अठाह्र वर्ष उमेरको हुँदा तिनी यहूदाका राजा भए। तिनी तीन महीना दशदिनसम्म यरूशलेममा राजा रहे। यहोयाकीनले परमप्रभुको विरूद्ध पाप गरे।
36:10b.2CH.036.010 बसन्तकालमा राजा नबूकदनेसरले यहोयाकीनलाई ल्याउनु भनी केही सेवकहरू पठाए। तिनीहरूले यहोयाकीनलाई अनि परमप्रभुको मन्दिरबाट केही मूल्यवान सम्पत्तिहरू बाबेलमा ल्याए। नबूकदनेसरले सिदकियाहलाई यहूदा अनि यरूशलेमका नयाँ राजा हुन चुने। सिदकियाह यहोयाकीनका एक आफन्त थिए।
36:11b.2CH.036.011 सिदकियाह एक्काईस वर्षका थिए जब तिनी यहूदाका राजा भए। तिनी एघार वर्षसम्म यरूशलेममा राजा थिए।
36:12b.2CH.036.012 सिदकियाहले ती कुराहरू गरेनन् जो परमप्रभुले तिनी द्वारा गरिएका चाहनु हुन्थ्यो। सिदकियाहले परमप्रभुको विरूद्ध पाप गरे। अगमवक्ता यिर्मयाले परमप्रभुबाट प्राप्त भएका संन्देशहरू भने। तर सिदकियाहले स्वयंलाई विनम्र तुल्याएनन् अनि यिर्मयाले भनेका कुराहरू पालन गरेनन्।
36:13b.2CH.036.013 सिदकियाह राजा नबूकदनेसरको विरूद्ध गए। अतीतकालमा नबूकदनेसरले सिदकियालाई नबूकदनेसर प्रती विश्वासी रहनु भनी प्रतिज्ञा गर्न वाध्य तुल्याएका थिए। सिदकियाहले परमेश्वरको नाउँ लिए अनि नबूकदनेसर प्रति विश्वासी रहने प्रतिज्ञा गरे। तर सिदकियाह ढीट थिए अनि तिनले आफ्नो जीवन बद्लने एवं फर्केर आउने इस्राएलका परमप्रभु परमेश्वरको आज्ञा पालन गर्ने कुरा अस्वीकार गरे।
36:14b.2CH.036.014 पूजाहारीहरूका अगुवाहरू अनि यहूदाका मानिसहरूका प्रमुखहरूले पनि धेरै पापहरू गरे अनि परमप्रभु प्रति झन बढ्ता अविश्वसनीय बने। तिनीहरूले अन्य राष्ट्रहरूका नराम्रा उदाहरण अनुसरण गरे। ती अगुवाहरूले परमप्रभुको मन्दिरलाई अशुद्ध पारे। परमप्रभुले यरूशलेममा मन्दिरलाई पवित्र तुल्याउनु भएको थियो।
36:15b.2CH.036.015 परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरले आफ्ना मानिसहरूलाई चेताउनी दिनका निम्ति बारम्बार अगमवक्ताहरू पठाउनु भयो। परमप्रभुले यसो गर्नु भयो किनभने उहाँ तिनीहरू अनि आफ्ना मन्दिर प्रति दुःखित हुनुहुन्थ्यो। परमप्रभु तिनीहरूलाई वा आफ्ना मन्दिरलाई नष्ट गर्न चाहनु हुन्न थियो।
36:16b.2CH.036.016 तर परमेश्वरका मानिसहरूले परमेश्वरका अगमवक्ताहरूलाई हाँसोका पात्र बनाए। तिनीहरूले परमेश्वरका अगमवक्ताहरूका कुरा सुन्न अस्वीकार गरे। तिनीहरूले परमेश्वरका संन्देशहरूलाई तिरस्कार गरे। यसकारण परमेश्वर आफ्ना मानिसहरू प्रति क्रोधित हुनुभयो अनि त्यसलाई रोक्नका निम्ति केही थिएन।
36:17b.2CH.036.017 यसर्थ परमेश्वरले बाबेलका राजालाई यहूदा अनि यरूशलेमका मानिसहरू माथि आक्रमण गर्न निम्ति ल्याउनु भयो। बाबेलका राजाले युवाहरूलाई मन्दिरमा भएको समयमा पनि मारिदिए। यहूदा अनि यरूशलेमका मानिसहरू प्रति तिनको केही दया-माया थिएन। बाबेलका राजाले युवा अनि बृद्ध मानिसहरूलाई मारे। तिनले पुरूष अनि स्त्रीहरूलाई मारे। तिनले रोगी अनि स्वस्थ्य मानिसहरूलाई मारे। परमेश्वरले यहूदा अनि यरूशलेमका मानिसहरू दण्ड दिनु नबूकदनेसरलाई अनुमति दिन भयो।
36:18b.2CH.036.018 नबूकदनेसरले परमेश्वरको मन्दिरका सबै चीज-बीजहरू चाहे त्यो ठूलो हो वा सानो बाबेलतिर लगे। तिनले मन्दिरबाट, राजाबाट अनि राजाका अधिकारीहरूबाट सबै मूल्यवान चीजहरू लगे।
36:19b.2CH.036.019 नबूकदनेसर अनि तिनका सेनाले परमेश्वरको मन्दिर जलाई दिए। तिनीहरूले यरूशलेमको पर्खालहरू भत्काए अनि राजाको महल अनि उसका अधिकरीहरूका भवनहरू जलाईदिए। तिनीहरूले यरूशलेमको प्रत्येक बहूमुल्य चीजहरू लगे अथवा नष्ट गरिदिए।
36:20b.2CH.036.020 नबूकदनेसरले ती मानिसहरूलाई बाबेल फर्काइ लगे जो अझ जीवित थिए अनि तिनीहरूलाई दास हुन बाध्य तुल्याए। ती मानिसहरू फारस राज्यले बाबेल राज्यलाई परास्त नगरे सम्म दासको रूपमा बाबेलमा बसे।
36:21b.2CH.036.021 यस प्रकारले यिर्मायाह अगमवक्ताको माध्यमबाट परमप्रभुले इस्राएलका मानिसहरू प्रति भन्नु भएका कुराहरू साँच्चै घट्न गयो। परमप्रभुले यिर्मायाह द्वारा भन्नु भएको थियोः “यो स्थान सत्तरी वर्षसम्म शून्य उज्जाड भूमि रहनेछ। यो शबात विश्रामको क्षति पूर्तिको रूपमा हुनेछ जो मानिसहरूले गरेनन्।”
36:22b.2CH.036.022 कोरेस फारसको राजा रहेको पहिलो वर्ष परमप्रभुले कोरेसलाई विशेष घोषणा गर्न लगाउनु भयो। उहाँले यसो गर्नु भयो जसद्वारा परमप्रभुले यिर्मयाह अगमवक्ता मार्फत दिनु भएका वचनका कुराहरू साँच्चै नै घटित् हुने छन्। कोरेसले आफ्नो राज्यका हरेक स्थानमा संन्देशवाहकहरू पठाए। तिनीहरूले यो संन्देश बोकेः
36:23b.2CH.036.023 कोरेस, फारसका राजा भन्छन् - “परमप्रभु, स्वर्गका परमेश्वरले मलाई सम्पूर्ण पृथ्वीको राजा बनाउनु भएको छ। उहाँले मलाई उहाँका निम्ति यरूशलेममा एउटा मन्दिर निर्माण गर्ने जिम्मा दिनु भएको छ। अब तिमीहरू सबै, जो परमेश्वरका मानिसहरू हौ, यरूशलेममा जानका निम्ति स्वतन्त्र छौ। अनि परमप्रभु तिम्रा परमेश्वर तिमीहरू साथ रहुन्।”
- Holder of rights
- Multilingual Bible Corpus
- Citation Suggestion for this Object
- TextGrid Repository (2025). Nepali Collection. 2 Chronicles (Nepali). 2 Chronicles (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-ACD5-6