1 Samuel (Nepali)
1
1:1b.1SA.001.001 त्यहाँ एल्काना नाउँ भएका एकजना मानिस थिए। तिनी एप्रैमको पहाडी प्रदेश रामा शहरमा बस्थे। तिनी सूपी परिवारका थिए। तिनका पिताको नाउँ यरोहाम, बाजेको नाउँ एलीहू र बराजुको नाउँ तोहू थियो। तोहू चाहि सूपका छोरा थिए। सूप एप्रेम परिवार समूहबाटका थिए।
1:2b.1SA.001.002 एल्कानाका दुइवटी पत्नी थिए। एउटीको नाउँ हन्ना र अर्कीको नाउँ पनिन्ना थियो। पनिन्नाका नानीहरू थिए, तर हन्नाका नानीहरू थिएनन्।
1:3b.1SA.001.003 परमप्रभु सर्वशक्तिमानको अघि आराधना गर्न र बलि चढाउन प्रत्येक वर्ष एल्काना रामाबाट शीलोमा जाने गर्थे। शीलोमा परमप्रभुका पूजाहारीको रूपमा होप्नी र पीनहासले सेवा गर्थे। यी दुइ एलीका छोरा थिए।
1:4b.1SA.001.004 जब एल्काना बलि चढाउने गर्थे, उसले उनकी पत्नी पनिन्नाह र उनका छोरा-छोरीलाई भाग दिने गर्थे।
1:5b.1SA.001.005 उनले हन्नालाई जहिले पनि बराबरी भाग भोजन दिन्थे उनले हन्नालाई बढी माया गर्थे किनभने परमेश्वरले उनको कोख बन्द गरिदिनु भएको थियो।
1:6b.1SA.001.006 परमप्रभुले हन्नालाई बाँझी पार्नु भएको कारण पनिन्नाले तिनलाई रिस उठाउने गर्थी।
1:7b.1SA.001.007 शीलोमा प्रत्येक वर्ष जब त्यो परिवार परमप्रभुलाई आराधना गर्न र बलिदान चढाउन जान्थे तब पनिन्नाहले हन्नालाई दुःख दिने र्गथिन्। र खसालेर कुरा गर्ने र तिनलाई रूवाएर खाना नखानेसम्म बनाउदथिइन्।
1:8b.1SA.001.008 यो सब देखेर एल्काना उनका पतिले भन्थे, “हन्ना तिमी किन रून्छौ? किन केही खाँदिनौ? तिमी किन यति दुःखी छौ? म तिम्रो लोग्ने हुँ र म तिम्रै हुँ। तिमीले सोच्नु पर्छ कि म दशजना छोराहरू भन्दा बढता नै छु।”
1:9b.1SA.001.009 त्यसपछि हन्ना चुपचाप उठिन् र परमप्रभुको सामु प्रार्थना गर्न गइन्। त्यस समय पूजाहारी एली परमप्रभुको पवित्र आराधनालयको दैलोकै छेउमा एउटा कुर्सीमा बसिरहेका थिए।
1:10b.1SA.001.010 हन्ना साह्रै नै दुःखी थिइन्। यसर्थ जब तिनले प्रार्थना गर्न शुरू गरिन तिनी साह्रै रोइन्।
1:11b.1SA.001.011 तिनले परमेश्वरलाई भाकल गर्दै भनिन्, “हे सर्वशक्तिमान परमप्रभु म अफसोसमा छु। तपाईंले मलाई दया गर्नुहोस्। ममाथि कृपालु हुनुहोस् म तपाईंकी दासी हुँ। यदि तपाईंले मलाई एउटा छोरा दिनुभयो भने त्यो बाँचुञ्जेलसम्म म त्यसलाई तपाईंकै सेवामा अर्पण गर्नेछु। त्यस बालकले कहिले पनि दाखरस पिउने छैन र त्यसको कपाल पनि काटीने छैन्।”
1:12b.1SA.001.012 हन्नाले धेरै बेरसम्म परमप्रभुलाई प्रार्थना गरिरहिनन्। प्रार्थना गर्दा एलीले हन्नाका ओंठ आवाज बिनै चलिरहेका देखे।
1:13b.1SA.001.013 हन्नाले ओठ चलाए पनि आवाज ननिकालिकन साँच्चै उनको हृदयमा प्रार्थना गरिरहेकी थिइन्।
1:14b.1SA.001.014 हन्नाले ज्यादै मद्यपान गरेकी ठानेर एलीले भने, “तिमीले ज्यादै पिएकी छौ। यो दाखरस छोडने समय हो।”
1:15b.1SA.001.015 हन्नाले उत्तर दिइन्, “महाशय, मैले कुनै प्रकारको मद्यपान गरेकी छैन। म साह्रै दुःखमा परेकी छु। म त परमप्रभुसँग मेरो दुःखहरू पो बिन्ति गर्दैथिएँ।
1:16b.1SA.001.016 तपाईंले मलाई नराम्री स्त्री ठान्नु हुँदैन। म साह्रै ठूलो कष्टमा परेकी छु र साह्रै दुःखी भएकी छु। मैले धेरै बेरसम्म परमेश्वरलाई प्रार्थना चढाएकी हुँ।”
1:17b.1SA.001.017 एलीले भने, “यदि त्यसो हो भने शान्तिसित जाऊ। इस्राएलका परमेश्वरले तिम्रो प्रार्थना अवश्य सुन्नु हुनेछ, अनि तिम्रो विन्ती पूरा गर्नु हुनेछ।”
1:18b.1SA.001.018 हन्नाले भनिन्, “म आशा गर्छु तपाईं पनि मसँग खुशी हुनुहुन्छ।” तब हन्ना गइन् र केही खाने कुरा खाइन्। तिनी फेरि दुःखीत भइनन्।
1:19b.1SA.001.019 भोलिपल्ट बिहानै एल्कानाका परिवारका सदस्यहरू उठे अनि परमप्रभुको आराधना गरे र आफ्नो घर रामामा फर्के। एल्कानाले आफ्नी पत्नी हन्नासित सहवास गरे। परमप्रभुले पछि हन्नालाई सम्झनु भयो।
1:20b.1SA.001.020 तिनी गर्भवती भइन्। समय पुगेपछि हन्नाले एउटा छोरो जन्माइन्। तिनले छोराको नाउँ शमूएल राखिन्। तिनले भनिन्, “यसको नाउँ शामूएल हो किनभने यसलाई मैले परमप्रभुसित मागेकी हुँ।”
1:21b.1SA.001.021 त्यस वर्ष एल्कानाले परमेश्वरसित राखेको भाकल पूरा गर्न र बलि चढाउन (शीलोमा) गए। उनका परिवारका अरू सदस्यहरू पनि गए।
1:22b.1SA.001.022 तर हन्ना गइनन्। तिनले एल्कानालाई भनिन्, “बालकले जब दूध खान छोड्छ र ठोस आहार खान थाल्छ, म यसलाई लिएर शीलोमा जानेछु। तब म बालकलाई परमप्रभुमा अर्पण गर्नेछु। बालक सधैंलाई शीलोमा नै रहनेछ।”
1:23b.1SA.001.023 हन्नाका लोग्ने एल्कानाले भने, “तिमीलाई जे राम्रो लाग्छ त्यही गर बालकले ठोस भोजन गर्नसक्ने नभइञ्जेल तिमी घरैमा बस। परमप्रभुले तिम्रो वचन पूरा गरिदिउन्।” यसर्थ तिनी छोराले आमाको दूध नछाडेसम्म घरैमा बसिन्।
1:24b.1SA.001.024 जब नानी ठूलो भयो अनि ठोस भोजन खान थाल्यो हन्नाले नानीलाई परमप्रभुको मन्दिर शीलोमा लगिन्। हन्नाले आफूसँग एउटा तीन वर्षको साँढे, चार पाथी पीठो र एक मसक दाखरस पनि लिएर गइन्।
1:25b.1SA.001.025 तिनीहरूले परमप्रभुको आराधना गरे। त्यसपछि साँढेलाई बलि चढाए पश्चात तिनीहरूले नानी पूजाहारी एलीलाई दिए।
1:26b.1SA.001.026 हन्नाले बालकलाई एलीको अघिल्तिर लिएर गइन् र भनिन्, “महाशाय, मलाई क्षमा गर्नु होला। म त्यही स्त्री हुँ, जो परमप्रभुलाई प्रार्थना गर्दागर्दै तपाईंका सामु उभिएकी थिएँ। मैले साँचो भनिरहेको छु।
1:27b.1SA.001.027 मैले बालकको निम्ति प्रार्थना गरेकी थिएँ अनि परमप्रभुले मलाई बालक दिनुभयो र आभारी तुल्याउनु भयो।
1:28b.1SA.001.028 अब यस बालकलाई परमप्रभुमा अर्पण गर्दैछु। सारा जीवन नै परमप्रभुको भएर यो यही रहनेछ।” तब हन्नाले बालकलाई त्यही छोडीदिइन् अनि परमप्रभुको आराधना गरिन्। हन्नाले धन्यवाद दिन्छिन्
2
2:1b.1SA.002.001 हन्नाले प्रार्थना गरिन्, “परमप्रभुमा, म खुशी छु! परमप्रभुमा म विजयको अनुभव गर्छु। तपाईंको मुक्तिमा म खुशी छु अनि मेरो शत्रुहरू माथि धाक जमाउँछु।
2:2b.1SA.002.002 परमप्रभु जस्तो पवित्र कोही छैन। तपाईं बाहेक कोही परमेश्वर छैन। हाम्रो परमेश्वर बाहेक यहाँ अरू कुनै आश्रय छैन।
2:3b.1SA.002.003 अब अहंकार हुदैन! अहंकारपूर्ण वचनहरू अब छैन कारण परमप्रभु परमेश्वर सर्वज्ञानी हुनुहुन्छ। परमेश्वरले मानिसका कार्यहरू तौलनु हुन्छ।
2:4b.1SA.002.004 शूरबीर र योद्धाहरूका धनु भाँचिएका छन् अनि दुर्बलहरू बलिया भएका छन्।
2:5b.1SA.002.005 विगतमा धेरै भोजन प्राप्त गर्नेहरू अब काम नगरी भोजन नपाउने भएका छन्। तर विगतमा जो भोक-भोकै थिए, तिनीहरू अहिले भोजन खाएर मोटाएका छन्। आमा बन्ने सौभाग्य नपाएकी स्त्रीहरू अहिले सातवटाकी आमा बन्न सफल छिन्! तर जुन स्त्रीका धेरै सन्तानहरू थिए, तिनीहरू सबै गएकाले ती स्त्री दुःखी छिन्।
2:6b.1SA.002.006 परमप्रभुले कुनै मानिसहरूलाई मृत्युमा पार्नुहुन्छ, अनि परमप्रभुले नै कुनैलाई जीवन दिनुहुन्छ उहाँले कोही मानिसलाई तल पातालमा पठाउनुहुन्छ अनि अरू कोहीलाई जीउनको निम्ति उठाउनुहुन्छ र जीवन दिनुहुन्छ।
2:7b.1SA.002.007 परमप्रभुले मानिसहरूलाई गरीब तुल्याउनु हुन्छ, अनि उहाँले नै धनी बनाउनुहुन्छ, परमप्रभुले मानिसहरूलाई तल पार्नु हुन्छ र फेरि उच्च आसनमा बसाउनुहुन्छ।
2:8b.1SA.002.008 परमप्रभुले कंगालहरूलाई धूलोबाट उठाउँनुहुन्छ, अनि दुःख हटाई दिनुहुन्छ। परमप्रभुले कंगालीहरूलाई राजा संग-संगै बसाउनुहुन्छ। परमप्रभुले कंगालीहरूलाई सम्मानको सिंहासनमा राख्नुहुन्छ। परमप्रभु उनी हुन जसले संसारको जग बसाल्नु भयो अनि त्यसमाथि संसार बनाउनु भयो।
2:9b.1SA.002.009 परमप्रभुले आफ्ना पवित्र मानिसहरूको रक्षा गर्नुहुन्छ, ठेस लागेर लड्नबाट उनीहरूलाई बँचाउनु हुन्छ, तर पापीहरू अन्धकारमा नष्ट भएर डुब्ने छन्। तिनीहरूका शक्ति विजय प्राप्त गर्न सहायक सिद्ध हुनेछैन।
2:10b.1SA.002.010 परमप्रभुले आफ्ना शत्रुहरूलाई नष्ट पार्नुहुन्छ। सर्वोच्च परमेश्वर स्वर्गबाट उहाँको दुश्मनहरूका विरूद्ध गर्जनुहुन्छ। उहाँले सारा पृथ्वीको न्याय गर्नुहुन्छ, परमप्रभुले आफ्ना राजालाई बलियो पार्नुहुन्छ। उहाँले चुनेका राजालाई बलियो पार्नुहुन्छ।”
2:11b.1SA.002.011 एल्काना र तिनका परिवारका सदस्यहरू सबै रामामा आफ्नो घर फर्के, तर त्यो बालकचाहि शीलोमा नै परमप्रभुको सेवा गर्न पूजाहारीको रेखदेखमा रह्यो।
2:12b.1SA.002.012 एलीका छोराहरू दुष्ट थिए। परमप्रभु प्रति तिनीहरूको कुनै वास्ता थिएन।
2:13b.1SA.002.013 यसरी तिनीहरूले मानिसहरूलाई दुर्व्यवहार गर्थे। पूजाहारीहरूको कर्त्तव्य यो थियोः जब कोही मानिस बलिदान चढाउँथ्यो तब पूजाहारीले एउटा भाँडाको उम्लीएको पानीमा मासु पकाउनु पर्थ्यो। तब पूजाहारीको सेवकले त्रिशूल लिनु पर्थ्यो।
2:14b.1SA.002.014 पूजाहारीको सेवकले हातमा तिखो त्रिशूल लिएर भाँडाको मासुलाई काँटाले घोच्नु पर्थ्यो। सेवकहरूले काँटाले घोचे जतिमात्र मासु पूजाहारीको भाग हुन्थ्यो। पूजाहारीले उनै इस्राएलीहरूका निम्ति यसो गर्नुपर्थ्यो जो शीलोमा बलिदान चढाउन आउँथे।
2:15b.1SA.002.015 तर एलीका छोराहरूले यसो गरेनन्। बोसोलाई वेदीमा जलाउनु अघि नै पूजाहारीका सेवक आएर बलिदानको पवित्र भेटि यसरी भनेर सोध्ने गर्थ्यो, “पूजाहारीको लागि पकाउनलाई केहि मासु देऊ, पूजाहारीले पकाएको मासु ग्रहण गर्दैनन् खाली काँचो मासु मात्र।”
2:16b.1SA.002.016 बलि चढाउने मानिसले भन्थ्यो, “पहिले बोसोलाई जलाउँ त्यसपछि तिमीलाई चाहिए जति लैजाऊ।” यदि यस्तो परिस्थितिमा भने पूजाहारीको सेवकले भन्थ्यो, “होइन, त्यो मलाई अहिले नै मासु दिइहाल, यदि दिंदैनौ भने म खोसेर लैजानेछु।”
2:17b.1SA.002.017 यस्तो प्रकारले ती दुइ पूजाहारी होप्नी र पीनहासले परमप्रभु प्रति चढाइएको बलिदानहरूमा श्रद्धा देखाएनन्। तिनीहरूले परमप्रभुको विरूद्धमा महा पाप गरे।
2:18b.1SA.002.018 तर शमूएलले एउटा सहयोगीको रूपमा परमप्रभुको सेवा गर्थ्यो। शमूएलले एउटा विशेष प्रकारको मलमलको पोशाक लगाउथ्यो जसलाई एपोद भनिन्छ।
2:19b.1SA.002.019 प्रत्येक वर्ष शमूएलकी आमाले उसलाई एउटा सानो भोटो बनाइ दिन्थिनू। प्रत्येक वर्ष लोग्नेसित जब बलि चढाउन शीलो जान्थिन् त्यो भोटो शमूएलाई पुर्याइ दिन्थिन्।
2:20b.1SA.002.020 एलीले एल्काना र तिनकी पत्नीलाई आशीर्वाद दिन्थे। एलीले भने, “परमप्रभुले यो बालक जसलाई तिमीले परमप्रभुको सेवाको लागि माग्यौ यसको ठाउँमा अरू धेरै नानीहरू परमप्रभु तिनीहरूका साथ अशिष दिउन्।” एल्काना र हन्ना घर फर्किए अनि
2:21b.1SA.002.021 परमप्रभुको निगाह हन्ना माथि थियो। तिनले छोरा र दुइ छोरी जन्माइन्। शमूएल भने परमप्रभुको सामुन्ने बढ्न थाल्यो। एलीले दुष्ट छोराहरूलाई तह लगाउन सकेनन्
2:22b.1SA.002.022 एली साह्रै वृद्ध भएका थिए। उसले आफ्ना छोराहरू बार-बार शीलोमा इस्राएलीहरूसित गरेका व्यवहार सुने। भेट हुने पालको ढोकामा सेवा गर्ने स्त्रीहरूसँग तिनीहरूले सहवास गरेको कुरा पनि एलीले सुने।
2:23b.1SA.002.023 एलीले आफ्ना छोराहरूलाई भने, “तिमीहरूले गरेका दुष्ट कार्य मानिसहरूले मलाई सुनाउँछन्। त्यस्ता दुष्ट कार्य किन गर्छौ?
2:24b.1SA.002.024 छोरा हो, त्यस्तो खराब कार्य नगर। परमप्रभुका मानिसहरूले तिमीहरूका बारेमा नराम्रो कुरा गर्दैछन्।
2:25b.1SA.002.025 मानिसले मानिसको विरूद्धमा दुष्ट कार्य गरेकोमा परमेश्वरले त्यसको न्याय गर्नु हुनेछ। तर कसैले परमप्रभुको विरूद्धमा पाप गर्छ भने, कसले उसलाईं परमेश्वरसित सहायता गर्नेछ?” तर एलीका दुष्ट छोराहरूले पिताका कुरा सुन्न अस्वीकार गरे। तर परमेश्वरले पहिले नै निर्णय लिइसक्नु भएको थियो कि तिनीहरू मर्ने थिए।
2:26b.1SA.002.026 बालक शमूएल भने दिन दिनै ठूलो हुँदै गयो। उसले परमेश्वर र मानिसहरूलाई प्रसन्न पार्थ्यो।
2:27b.1SA.002.027 परमेश्वरका एकजना दास आएर एलीलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘म तेरो पिता-पुर्खाहरू मिश्रमा फिरऊनको दासत्वमा रहेको समयमा म तेरो पिताको परिवारमा प्रकट भएँ।
2:28b.1SA.002.028 इस्राएल भरिका कुलहरू मध्ये तेरो पिताको कुललाई मेरो पूजाहारीको रूपमा चुनेको थिएँ। मैले तिनीहरूलाई मेरो वेदीमाथि धूप बाल्न र मेरो उपस्थितिमा एपोद लाउन छानेको थिएँ। इस्राएलीहरूले चढाएका बलिको भाग उनीहरूसित मैले बाँडे।
2:29b.1SA.002.029 तर तैंले ती बलि र भेटीहरूमा मेरो आदेश अनुसार आदर गरिनस्। मलाई भन्दा ज्यादा तैंले तेरो छोराहरूलाई सम्मान दिइस्। इस्राएलका मेरा मानिसहरूले मलाई चढाएको पवित्र बलिको भोजन खाएर तँ मोटाएकोछस्।’
2:30b.1SA.002.030 “परमप्रभु इस्राएलका परमेश्वरले प्रतिज्ञा गर्नुभयो तँ अनि तेरा पिताको सन्तानले सदा-सर्वदा मेरो सेवा गर्नेछन्। तर परमप्रभु अब यसो भन्नुहुन्छ, ‘यस्तो कहिले हुँदैन! मलाई जसले सम्मान गर्छन् म तिनीहरूको सम्मान गर्छु। तर जसले मेरो अनादर गर्छ ऊ अपमानित हुनेछ।
2:31b.1SA.002.031 समय आउँदैछ जब म तेरो सन्तानलाई नष्ट गर्नेछु। तेरो परिवारमा कसैले पनि बुढो भइञ्जेलसम्म जीउने छैनन।
2:32b.1SA.002.032 इस्राएलको निम्ति असल दिन आउने छ, तर तैले घरमा खराब दिन देख्नेछस्। तेरो परिवारमा कोही पनि बुढो हुञ्जेल बाँच्ने छैन।
2:33b.1SA.002.033 तर तेरा सन्तानको एकजना व्यक्ति मेरो वेदीको पूजाहारीको रूपमा रहनेछ। उसको आँखाको शक्ति रहुन्जेल र शारीरिक शाक्ति कम्ती नहुञ्जेल सम्म ऊ रहनेछ। तेरा सन्तान तरवारले काटिएको उसले देख्नेछ।
2:34b.1SA.002.034 म तँलाई यो चिन्ह दिनेछु जसले गर्दा तैंले यो साँचो हो भनी जान्नेछसू। तेरा दुवै छोरा होप्नी र पीनहास एकै दिनमा मर्नेछन्।
2:35b.1SA.002.035 म एउटा विश्वासयोग्य पूजाहारी नियुक्त गर्नेछु, जसलाई मैले आदेश गरे अनुसार काम गर्नेछ। म त्यस पूजाहारीको परिवारलाई शक्तिशाली बनाउनेछु। उसले जीवनभरी मैले चुनेको राजाको सामु सेवा गर्नेछ।
2:36b.1SA.002.036 त्यसपछि तेरो परिवारमा कोही बाँचे भने तिनीहरूले पूजाहारीको अघि आएर झुक्नेछन् र भन्नेछन्, “दया गरी मलाई पूजाहारीको रूपमा नियुक्त गर्नुहोस् ताकि म सँग केही खाने चीज होस्।”‘
3
3:1b.1SA.003.001 एलीको अधीनमा रहेर बालक शमूएलले परमप्रभुको सेवा गर्थे। त्यस बेला परमप्रभु मानिसहरूसंग सिधै धेरै जस्तो बोल्नुहुन्थेन। उहाँले धेरै मानिसहरूलाई दर्शनहरू दिनु भएन।
3:2b.1SA.003.002 एली लगभग अन्धा जस्तै भइसकेका थिए। एक रात तिनी ओछ्यानमा पल्टिरहेका थिए।
3:3b.1SA.003.003 शमूएल चाहि पवित्र सन्दूक भएको परमप्रभुको मन्दिरमा सुतिरहेका थिए। परमप्रभुको बत्ती जलिरहेकै थियो।
3:4b.1SA.003.004 परमप्रभुले शमूएललाई बोलाउनु भयो। “म यहाँ हाजीर छु” शमूएलले उत्तर दिए।
3:5b.1SA.003.005 शमूएलले सोचे एलीले उसलाई बोलाएको यसकारण शमूएल हतारीएर एलीकहाँ गए। शमूएलले आफ्नो उपस्थिति जाहेर गरेर भने, “तपाईंले मलाई बोलाउनुभयो, म यहाँ छु।” तर एलीले भने, “मैले तिमीलाई बोलाएको होइन। आफ्नो ओछ्यानमा गएर सुत” शमूएल आफ्नो ओछ्यानमा गए।
3:6b.1SA.003.006 परमप्रभुले फेरि बोलाउनु भयो, “शमूएल!” शमूएल फेरि एलीको ओछ्यानमा गएर भने, “तपाईंले मलाई बोलाउनु भएको हो, म यहाँ छु।” एलीले भने, “मैले बोलाएको छैन मेरो छोरा! जाऊ, गएर सुत।”
3:7b.1SA.003.007 अहिलेसम्म शमूएलले व्यक्तिगत रूपमा परमप्रभुलाई चिनेका थिएनन्। परमप्रभुले शमूएल सँग सिधै बातचित गर्नु भएको थिएन।
3:8b.1SA.003.008 परमप्रभुले शमूललाई तेस्रो चोटि बोलाउनु भयो। शमूएल उठेर फेरि एलीको छेउ पुगे। शमूएलले भने, “म यहाँ छु, तपाईंले मलाई बोलाउँनु भयो।” त्यत्तिबेला भने एलीले बुझे कि परमप्रभुले शमूएललाई बोलाउँदै हुनुहुन्थ्यो।
3:9b.1SA.003.009 एलीले शमूएललाई भने, “ओछ्यानमा जाऊ! यदि फेरि बेलाउँनु भयो भने भन्नु, ‘परमप्रभु भन्नुहोस्। म तपाईंको दास हुँ र तपाईंले भन्नु भएको सुन्दैछु।”‘ यसकारण शमूएल ओछ्यानमा गए।
3:10b.1SA.003.010 परमप्रभु त्यहाँ प्रकट हुनुभयो र पहिलेको जस्तै बोलाउनु भयो, “शमूएल, शमूएल!” शमूएलले भने, “भन्नुहोस्! परमप्रभु म तपाईंको दास हुँ अनि सुन्दैछु।”
3:11b.1SA.003.011 परमप्रभुले शमूएललाई भन्नुभयो, “म इस्राएलमा केही अचम्मको काम गर्नेछु। जसले यस विषयमा सुन्छ तिनीहरू साह्रै अचम्मीत हुनेछन्।
3:12b.1SA.003.012 मैले एली र त्यसको परिवारको विरूद्धमा जे जे गर्छु भनेको थिएँ ती सब गर्नेछु। म शुरू देखि अन्त्यसम्म सबै गर्नेछु।
3:13b.1SA.003.013 मैले एलीलाई भनेकै छु कि म त्यसको परिवारलाई सधैंको लागि दण्ड दिनेछु। म त्यसो यसकारणले गर्दैछु भनि एलीलाई थाह छ। त्यसका छोराहरूले परमेश्वरलाई निन्दा गरे अनि उहाँसित खराब आचरण गरे। तर उसले तिनीहरूलाई शिक्षा दिएनन्।
3:14b.1SA.003.014 यसैकारण मैले एलीको परिवारलाई श्राप दिएको छु कि बलिभेटी र अन्नबलिले तिनीहरूलाई पापबाट छुटकारा दिन सक्दैनन्।”
3:15b.1SA.003.015 बिहानसम्म शमूएल आफ्नो ओछ्यानमै पल्टिरहे उज्यालो हुन साथ झट्पट् उठेर परमप्रभुका मन्दिरका ढोकाहरू खोले। दर्शनको विषयमा एलीलाई भन्न तिनी डराएका थिए।
3:16b.1SA.003.016 तर एलीले नै शमूएललाई भने, “शमूएल, मेरो छोरा।” शमूएलले जवाफ दिए, “भन्नुहोस्, म यहाँ छु।”
3:17b.1SA.003.017 एलीले सोधे, “परमप्रभुले तिमीलाई के भन्नु भयो! मलाई लुकाउने काम छैन। यदि परमेश्वरको सन्देश सबैलाई नभनेर लुकायो भने परमेश्वरले दण्ड दिनुहुनेछ।”
3:18b.1SA.003.018 शमूएलले केही पनि नलुकाई सबै बताए। शमूएलले एलीबाट केही पनि लुकाएनन् एलीले भने, “उहाँ परमप्रभु हुनुहुन्छ। उहाँलाई जे इच्छा लाग्छ त्यसै गर्नुहुन्छ।”
3:19b.1SA.003.019 शमूएल अझ ठूलो हुँदै गए। परमप्रभु शमूएलसित हुनु हुन्थ्यो। परमप्रभुले शमूएलको कुनै सन्देशलाई पनि झूटो हुने मौका दिनुभएन।
3:20b.1SA.003.020 त्यसबेला सारा इस्राएलका, (दान देखि बेर्शेबा सम्मका) मानिसहरूले शमूएल परमप्रभुका साँचो अगमवक्ता भएको चाल पाए।
3:21b.1SA.003.021 शीलोमा परमप्रभु शमूएलकहाँ प्रकट हुनु भयो। उहाँ आफै शमूएलको अघि परमप्रभुको वचन जस्तै प्रकट हुनु भयो।
4
4:1b.1SA.004.001 इस्राएलभरी शमूएलको विषयमा समाचार फैलिन थाल्यो। तर एली भने साह्रै बुढो भइसकेका थिए। तर उनका छोराहरूले भने अझै पनि परमप्रभुका अघि दुष्ट कार्य गरिनै रहे। त्यस समय, इस्राएलीहरू पलिश्तीहरूका विरूद्धमा युद्ध गर्नको निम्ति तयार भए। इस्राएलीले एबेन-एजेरमा छाउनी हाले अनि पलिश्तीहरूले अपेकमा छाउनी हाले।
4:2b.1SA.004.002 पलिश्तीहरू इस्राएलीहरू माथि हमला गर्न तयार भए। पलिश्तीहरूले इस्राएलीहरूलाई हराए। पलिश्तीहरूले इस्राएलका 4,000 सैनिकहरू मारिदिए।
4:3b.1SA.004.003 बाँकी इस्राएली सैनिकहरू फर्केर छाउनीमा पुगे। इस्राएलका बूढा प्रधानले सोधे, “परमप्रभुले पलिश्तीहरूद्वारा हामीलाई किन हराउन दिनुभयो? हामीले शीलोबाट परमप्रभुका करारको सन्दूक उठाएर ल्याऊ। यसो गरेपछि परमेश्वर हामीसँग युद्ध भूमिमा जानुहुनेछ र हामीलाई हाम्रो शत्रुबाट बचाउँनु हुनेछ।”
4:4b.1SA.004.004 त्यसकारण तिनीहरूले शीलोमा मानिसहरू पठाए। सर्वशक्तिमान परमप्रभुको करारको सन्दूक लिएर मानिसहरू आए। सन्दूक माथि करूब स्वर्गदूत विराजमान थिए अनि तिनीहरू त्यस्तो प्रकारले बसेका छन् जसमाथि परमप्रभुले आसन लिनुहुन्थ्यो। एलीका छोरा होप्नी र पीनहास जो सन्दूकको रेखदेख गर्दथे तिनीहरू पनि उक्त सन्दूकसँगै आए।
4:5b.1SA.004.005 जब परमप्रभुको करारको सन्दूक छाउनी भित्र ल्याइयो, इस्राएलीहरूले ठूलो हल्ला गरे। त्यस हल्लाले भूमि नै हल्लियो।
4:6b.1SA.004.006 पलिश्तीहरूले पनि इस्राएलीहरूका हल्ला सुन। तिनीहरूले सोधे, “हिब्रूहरूका छाउनीमा यति साह्रौ हल्ला किन हुँदैछ?” पछि पलिश्तीहरूलाई थाहा भयो कि इस्राएलीहरूका छाउनीमा करारको सन्दूक आएको छ।
4:7b.1SA.004.007 पलिश्तीहरू डराएर भने, “परमेश्वर नै तिनीहरूका छाउनीमा आए! अब हाम्रो के हुने हो। यस्तो पहिले कहिले भएको थिएन।
4:8b.1SA.004.008 हामी चिन्तित भयौ यस्तो बलियो देवताबाट अब हामीलाई कसले बचाउँछ? यी तिनै देवता हुन् जसले मिश्रीहरूलाई जंगलमा महामारी र भंयकर रोगहरू दिएका थिए।
4:9b.1SA.004.009 पलिश्तीहरू हो सहासी बन! मर्द झैं काम गर, नत्र ता विगतमा हिब्रूहरू हाम्रा दास थिए, भने अब लडेनौं भने तिमीहरू उनीहरूका दास हुनेछौ।”
4:10b.1SA.004.010 पलिश्तीहरूले वीरताका साथ लडे र इस्राएलीहरूलाई परास्त पारे। प्रत्येक इस्राएली सेना भागेर आफ्ना छाउनीमा लुक्न पुगे। इस्राएलको यो साह्रै नराम्रो पराजय थियो। जम्मा 30,000 इस्राएली सैनिकहरू मारिएका थिए।
4:11b.1SA.004.011 पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूक हात पारे र एलीका दुवै छोरा, होप्नी र पीनहासलाई मारे।
4:12b.1SA.004.012 त्यस दिन बिन्यामिनी कूलका एकजना मानिस युद्ध भूमिबाट भागेर हारेको शोक प्रकट गर्न शरीरका बस्त्रहरू च्यातेर टाउकोभरी धूलै-धूलो खन्याए र शीलोमा पुगे।
4:13b.1SA.004.013 त्यस समय एली शहरको फाटकहरूको मूल बाटोमा आफ्नो आसनमा बसिरहेका थिए। तिनी परमेश्वरको पवित्र सन्दूकको विषयमा ज्यादै चिन्तित थिए र समाचारको प्रतिक्षा गरिरहेका थिए। त्यो बिन्यामीनहरूले आए र दुःखी समाचार शहरलाई दियो। अनि सबै शहरवासी जोडले रून थाले।
4:16b.1SA.004.016 तिनले भने, “म युद्धभूमिबाट भागेर आएको हुँ!” एलीले फेरि सोधे, “के भयो हँ छोरा?”
4:17b.1SA.004.017 बिन्यामिनी मानिसले सार वृत्तान्त बताए, “इस्राएलीहरू पलिश्तीहरूका अघि टिक्न नसकेर भागे इस्राएली पक्षका धेरै सेना युद्धमा मारिए। तपाईंका दुवै छोरा, होप्नी र पीनहास पनि मारिए अनि परमेश्वरको पवित्र सन्दूक पनि पलिश्तीहरूले कब्जामा पारेका छन्।”
4:18b.1SA.004.018 जब बिन्यामिनी मानिसले परमेश्वरको पवित्र सन्दूकको घटना बताए, एली ऊ बसेको कुर्सीबाट पछिल्तिर लडे, र तिनको मुन्टो भाँचियो, कारण एली साह्रै बूढा थिए र साह्रै मोटा थिए, उनी त्यही मरे। एलीले चालिस वर्षसम्म इस्राएलाई अगुवाइ गरेका थिए।
4:19b.1SA.004.019 एलीकी बुहारी, पीनहासकी पत्नी त्यस समय गर्भवती थिईन्। तिनीको नानी जन्माउने समय पुगिसकेको थियो, परमेश्वरको पवित्र सन्दूक कब्जा गरेको घटना साथै ससुरा र लोग्नेको पनि मृत्यु भएको खबर सुन्नेबित्तीकै प्रसववेदना शुरू भयो, यसकारण उसले घुँडा टेकी र तत्कालै एउटा छोरा जन्माईन्।
4:20b.1SA.004.020 जब तिनी मर्नै लागेकी थिईन्, तिनलाई स्याहार्ने आइमाईहरूले तिनलाई भने, “नडराऊ! तिम्रो एउटा छोरा भयो।” तर एलीकी बुहारीलाई त्यस सुखको खबरले कुनै असर गरेन।
4:21b.1SA.004.021 तर इस्राएलको महिमा हराएको सुनेर तिनले छोराको नाउँ ईकावोद राखिन्, अर्थ “इस्राएलो महिमा लगियो!” यसले यो नाउँ राखी परमेश्वरको पवित्र सन्दूक लुटिएको र आफ्ना ससुरा अनि लोग्नेको मृत्यु भएको कुरा संकेत गराउँछ।
4:22b.1SA.004.022 तिनले भनिन्, “इस्राएलको महिमा हरायो।” कारण पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूक कब्जा गरे।
5
5:1b.1SA.005.001 पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूकलाई एबेन-एजेरबाट अश्दोद पुर्याए।
5:2b.1SA.005.002 पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूकलाई दागोनको मन्दिरमा लगेर दागोनकै मूर्तिको छेउमा राखे।
5:3b.1SA.005.003 भोलिपल्ट बिहान अश्दोदवासीहरूले दागोनको मूर्ति घोप्टो परेर परमेश्वरको पवित्र सन्दूक अघि भूईमा लडिरहेको देखे। अश्दोदका मानिसहरूले फेरि त्यो मूर्ति त्यसको ठाउँमा उभ्याए।
5:4b.1SA.005.004 अश्दोदवासीहरूले दागोनको मूर्तिलाई फेरि त्यहि ठाउँमा राखे। तर फेरि अर्को बिहान अश्दोदवासीहरूले दागोनको मूर्ति त्यसरी नै परमेश्वरको पवित्र सन्दूक अघिल्तिर लडिरहेको भेटे। यस बेला दागोनको टाउको र हातहरू भाँचिएर संघारको अघि लडिरहेको र जीउ मात्र त्यहाँ लडिरहेको भेटियो।
5:5b.1SA.005.005 त्यही व्यवहार आजसम्म चल्दैछ कि अश्दोदमा दागोनका पुरोहित र मन्दिरभित्र पस्नेहरू कसैले पनि दागोनको संघारमा पाइला राख्दैनन्।
5:6b.1SA.005.006 परमप्रभुले अश्दोदका मानिसहरू साथै छिमेकीहरूका जीवन पनि कष्ट पूर्ण बनाइदिनुभयो। परमप्रभुले तिनीहरूलाई असाध्यै दुःख दिनुभयो। गिर्खाको रूढी फैलाइ दिनुभयो। हुलका हुल मूसाहरू पठाउँनुभयो। मूसाहरू जहाज र जमिन जताततै दगुरिरहन्थे। शहरवासीहरू सबै डराउन थाले।
5:7b.1SA.005.007 जब अश्दोदवासीहरूले यो देखे तिनीहरूले भने, “इस्राएलको परमेश्वरको सन्दूक यहाँ राख्न सकिन्न। परमेश्वरले हाम्रा देवता दागोनलाई मात्र होइन तर उहाँले हामीलाई पनि पूरा दण्ड दिनुभयो।”
5:8b.1SA.005.008 अश्दोदका मानिसहरूले पश्लितीका सबै शासकहरूलाई बोलाए। अश्दोदवासीहरूले ती शासकहरूलाई सोधे, “हामीले इस्राएलका परमेश्वरको पवित्र सन्दूकलाई अब के गर्नु पर्ने हो?” शासकहरूले भने, “इस्राएलका परमेश्वरको पवित्र सन्दूकलाई अब गात शहरमा पुर्याइयोस्।” यसरी पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूक हटाए।
5:9b.1SA.005.009 फेरि परमेश्वरको पवित्र सन्दूक जब गातमा पुग्यो तब देखि नै परमप्रभुले त्यस शहरलाई सजाय दिन थाल्नुभयो। मानिसहरूमा खैलाबैला भयो। परमप्रभुले के बालक के वृद्ध सबलाई दुःख दिनथाल्नु भयो। परमेश्वरले गातवासीहरूमा गिर्खाको रूढी फैलाइ दिनुभयो।
5:10b.1SA.005.010 यसकारण पलिश्तीहरूले परमेश्वरको सन्दूकलाई एक्रोन पठाए। जति बेला परमेश्वरको सन्दूक एक्रोन आइपुग्यो मानिसहरू कराउन थाले, “इस्राएलका परमेश्वरको सन्दूक किन हाम्रो शहर एक्रोनमा ल्याएको? के तिमीहरूले हामीलाई र हाम्रा मानिसहरूलाई मार्न चाहन्छौ?”
5:11b.1SA.005.011 एक्रोनका मानिसहरूले पलिश्ती शासकहरूलाई एकसाथ बोलाएर भने, “इस्राएलका परमेश्वरको सन्दूकलाई छिट्टो भन्दा छिट्टो आफ्नै ठाउँमा पठाइदिनु होस्। नत्र भने यसले हामीहरूलाई नष्ट पार्नेछ।” एक्रोनका मानिसहरू साह्रै डराएका थिए। परमेश्वरले त्यस शहरवासीहरूको जीवन कष्टमय बनाइदिनु भयो।
5:12b.1SA.005.012 मानिसहरू धेरै संख्यामा मरे। जो मरेका थिएनन् तिनीहरूलाई गिर्खाको रूढीले सताउन थाल्यो र एक्रोनका मानिसहरूको रोदन स्वर्गसम्मै पुग्यो।
6
6:1b.1SA.006.001 पलिश्तीहरूले पवित्र सन्दूकलाई आफ्नो देशमा सात महीनासम्म राखे।
6:2b.1SA.006.002 पलिश्तीहरूले आफ्ना पुरोहितहरू र ज्योतिषीहरूलाई बोलाएर भने, “हामीले परमप्रभुको पवित्र सन्दूकलाई के गर्नु पर्ने हो? सुझावदिनुहोस्, कसरी सन्दूकलाई फेरि यसको आफ्नै घरमा पठाउन सकिन्छ?”
6:3b.1SA.006.003 पुरोहितहरू र ज्योतिषीहरूले सुझाव दिए, “यदि तिमीहरूले इस्राएलका परमेश्वरको पवित्र सन्दूकलाई पठाउनु भयो भने सौगात नराखी नपठाऊ। तिमीहरूले केही उपहार चढाउनै पर्छ, जसले तिमीहरूको पाप मोचन हुनेछ। त्यसपछि तिमीहरू स्वस्थ्य र पवित्र हुनेछौ। तिमीहरूले यसो गर्नैपर्छ अनि मात्र परमेश्वरले तिमीहरूलाई दण्डित हुनबाट बचाउँनु हुनेछ।”
6:4b.1SA.006.004 पलिश्तीहरूले सोधे, “इस्राएलका परमेश्वरलाई कस्तो प्रकारका भेटीहरू दिएमा हामीलाई क्षमा मिल्ने छ?” पुरोहितहरू र ज्योतिषीहरूले भने, “यहाँ पलिश्तीहरूका शहरका एक-एकजना प्रमुख गरेर जम्मा पाँचजना प्रमुख छन्। तिमी जस्तै तिम्रो सबै प्रमुखहरूले एउटै विमार भोग्नु परिरहेछ। यसर्थ तिमीहरूले पाँचवटा सुनका गिर्खाको नमूना तयार गर। त्यसरी नै पाँचवटा सुनका मूसाको नमूना पनि तयार गर।
6:5b.1SA.006.005 गिर्खाहरू र मूसाका नमूनाहरू बनाऊ त्यसले देशलाई नष्ट गरिरहेको छ। इस्राएलका परमेश्वरलाई ती सुनका नमूनाहरू भुक्तानीको रूपमा प्रदान गर। त्यसपछि यो हुन सक्ला इस्राएलका परमेश्वरले तिमीहरू, तिमीहरूका देवता र तिमीहरूको देशमा दण्ड दिन बन्द गर्नु हुनेछ।
6:6b.1SA.006.006 फिरऊन र मिश्रीहरू जस्तै हठी स्वभावका नबन। परमेश्वरले मिश्रीहरूलाई दण्ड दिनुभयो। यसो गर्दा मात्र मिश्रीहरूले इस्राएलीहरूलाई मिश्र छोड्नदिए।
6:7b.1SA.006.007 “तिमीहरूले एउटा गाडा बनाउनु पर्छ र कहिले खेत नजोतेका दुइवटा दुहुना गाई बन्दोबस्त गर्नुपर्छ। ती दुइवटा गाईलाई गाडा तान्ने गरी नारेर त्यसका बाछाहरूलाई भने गोठभित्र थुनिदिनुपर्छ। त्यसो गर्दा बाछाले माऊलाई पछ्याउँन पाउँदैनन्।
6:8b.1SA.006.008 परमप्रभुको पवित्र सन्दूकलाई त्यस गाढा भित्र राखिदिनु। त्यसैको छेउमा नमूनाको थैलो पनि राखि दिनु। त्यो नमूना चाँहि तिम्रो पाप मोचनका निम्ति परमेश्वरलाई भेटी हो। बन्द गाडालाई सोझो बाटो लगाई देऊ।
6:9b.1SA.006.009 त्यसपछि गाडा कता जान्छ ख्याल राख। यदि गाडा बेत-शेमेशपट्टि अघि बढेर इस्राएलको भूमितिर गयो भने त्यसले यो संकेत दिन्छ, परमप्रभुले नै हामीलाई त्यस्तो ठूलो रोग दिनुभएको हो। तर गाई बेत-शेमेश तिर गएन भने हामीले बुझ्नेछौं कि त्यो दण्ड स्वरूप भनिएको देशान इस्राएलका परमेश्वरबाट भएको होइन। हामीले त्यो बिमार आफै फैलिएको हो भनेर जान्नुपर्यो।”
6:10b.1SA.006.010 पलिश्तीहरूले पूरोहित र ज्योतिषीहरूले भने झैं गरे। पलिश्तीहरूले भरखरै ब्याएका दुइवटा गाई खोजेर ल्याए। गाडामा ती गाईहरू नारे र बाछाहरूलाई गोठमा थुनिदिए।
6:11b.1SA.006.011 त्यसपछि पलिश्तीहरूले गाडामा परमप्रभुको पवित्र सन्दूक राखे। सुनका मूसाहरू र गिर्खाको नमूनाहरू हालेको थैलो गाडामा (सन्दुको छेउमा) राखे।
6:12b.1SA.006.012 गाई गाडा तान्दै सोझै बेत-शेमेशतिर लगे। गाईहरू कराउँदै सडकदेखि दाहिने देब्रे कतै नताकी अघि बढिरहे। पलिश्ती शासकहरू पनि बेत-शेमेशको सीमासम्म पछि-पछि गए।
6:13b.1SA.006.013 बेत-शेमेशका मानिसहरू बेंसीमा धमाधम गहूँको फसल काटिरहेका थिए। तिनीहरूले शिर उठाएर हेर्दा पवित्र सन्दूक देखे। तिनीहरूले त्यस सन्दूकलाई फेरि देख्दा साह्रै रमाए र दौडेर लिन गए।
6:16b.1SA.006.016 पलिश्ती शासकहरूले बेत-शेमेशमा घटेका सम्पूर्ण घटना हेरेर त्यही दिन एक्रोनतिर लागे।
6:17b.1SA.006.017 यस प्रकार पलिश्तीहरूले आफूले गरेका पापबाट क्षमा पाउनलाई परमप्रभुमा गिर्खाको सुनको नमूना उपहार स्वरूप पठाए। तिनीहरूले पाँचवटा सुनका गिर्खाको नमूना प्रत्येक पलिश्ती शहरमा एक एकवटा पठाए। ती शहरहरू हुन् अश्दोद, गाजा, अश्कलोन, गात र एक्रोन।
6:18b.1SA.006.018 पलिश्तीहरूले सुनका मूसाहरूको नमूना पनि पठाए। सुनका मूसाहरूको नमूना पनि त्यति नै संख्यामा थियो जति ती पाँचै पलिश्ती शासकहरूको शहरको संख्या थियो। ती शहरहरूका वरिपरि पर्खालहरू थिए अनि प्रत्येक शहरका वरिपरि बस्तीहरू थिए। बेत-शेमेशका मानिसहरूले परमप्रभुको पवित्र सन्दूकलाई जुन चट्टानमा राखे, त्यो चट्टान अहिले पनि बेत-शेमेशका यहोशूको खेतमा छ।
6:19b.1SA.006.019 जब बेत-शेमेशका मानिसहरूले परमप्रभुको पवित्र सन्दूक देखे त्यो हेरचाह गर्न तिनीहरूलाई सिकाउने त्यहाँ कुनै पूजाहारी थिएन। यसकारणले बेत-शेमेशेका सत्तरीजना मानिसहरूलाई परमेश्वरले मार्नुभयो। परमप्रभुले कठोर दण्ड दिनुभयो भनेर बेत-शेमेशका मानिसहरूले अलाप विलाप गर्न थाले।
6:20b.1SA.006.020 यसैले बेत-शेमेशका मानिसहरूले भने, “यस पवित्र सन्दूकलाई हेरचाह गर्ने पूजाहारी कहाँ छन्? अब यहाँबाट सन्दूक कता लैजाने हो?”
6:21b.1SA.006.021 किर्यात्-यारीममा एकजना पूजाहारी छन्। बेत-शेमेशका मानिसहरूले किर्यात्-यारीमका मानिसहरू भएतिर दूत पठाए। दूतले गएर भने, “पलिश्तीहरूले परमप्रभुको पवित्र सन्दूक फिर्ता गरिदिए। तल आएर तपाईंहरूले त्यो आफ्नो शहरमा लानु होस्।”
7
7:1b.1SA.007.001 किर्यातू-यारीमका मानिसहरू आए र परमप्रभुको पवित्र सन्दूक लिएर गए। तिनीहरूले परमप्रभुको सन्दूकलाई पहाडमा भएको अबीनादाबको घरमा लगे। तिनीहरूले अबीनादाबको छोरा एलाजारलाई परमप्रभुको सन्दूकको रक्षा गर्ने तयारीको सम्बन्धमा एउटा विशेष उत्सव मनाए।
7:2b.1SA.007.002 किर्यातू-यारीमा उक्त सन्दूक बीस वर्षसम्म रह्यो। इस्राएलका मानिसहरूले परमेश्वरको निम्ति चाहना गरे र फेरि परमप्रभुकै अनुशरण गर्न शुरू गरे।
7:3b.1SA.007.003 शमूएलले इस्राएलका मानिसहरूलाई भने, “यदि तिमीहरू साँचो हृदयले परमप्रभुको शरणमा फर्कन्छौ भने तिमीहरूका माझबाट विदेशी देवताहरूलाई फ्याकी दिनुपर्छ। तिमीहरूले अश्तारोतका मूर्ति फ्याँकि देऊ। परमप्रभुमा सम्पूर्ण रूपले समप्रित गर्नुपर्छ। तिनीहरूले परमप्रभु कै मात्र सेवा गर्नुपर्छ! त्यसपछि परमप्रभुले तिमीहरूलाई पलिश्तीहरूका हातबाट बचाउँनु हुनेछ।”
7:4b.1SA.007.004 यसरी इस्राएलीहरूले बाल अनि अश्तारोतका मूर्तिहरू फ्याँकिदिए। इस्राएलीहरूले परमप्रभुकै मात्र सेवा गर्नथाले।”
7:5b.1SA.007.005 शमूएलले भने, “सबै इस्राएलका मानिसहरूलाई मिस्पामा भेला गर। म तिमीहरूका निम्ति परमप्रभुसँग प्रार्थना गर्छु।”
7:6b.1SA.007.006 इस्राएलका मानिसहरू मिस्पामा भेला भए। तिनीहरू परमप्रभुको सामु पानी खन्याएर चोखिए। यसरी तिनीहरूले आफ्नो पाप स्वीकार गरे अनि दिनभरी उपवास बसेर तिनीहरूले भने, “हामीले परमप्रभुका विरूद्धमा पाप काम गर्यौं।” यसरी शमूएल इस्राएलको न्यायकर्त्ता र नायक भए।
7:7b.1SA.007.007 पलिश्तीहरूले इस्राएलीहरू मिस्पामा भेला हुँदैछन् भन्ने कुरो थाहा पाए। पलिश्ती शासकहरू इस्राएलीहरू विरूद्ध युद्ध लड्न गए। इस्राएलीहरू पनि पलिश्तीहरू आउँदैछन् भन्ने सुनेर डराउन थाले।
7:8b.1SA.007.008 इस्राएलीहरूले शमूएललाई भने, “परमप्रभु हाम्रा परमेश्वरसित प्रार्थना गर्नुहोस्। हामीहरूलाई पलिश्तीहरूबाट रक्षा गर्नुहोस् भनि परमप्रभुसित भन्नुहोस्।”
7:9b.1SA.007.009 शमूएलले एउटा भेडाको पाठो लिए। उनले परमप्रभुलाई होमबलि अर्पण गर्दै भेडाको पाठोलाई पूर्ण रूपले जलाई दिए। शमूएलले इस्राएलका परमप्रभुलाई प्रार्थना चढाए। परमप्रभुले शमूएलको प्रार्थनाको जवाफ दिनुभयो।
7:10b.1SA.007.010 जब शमूएलले होमबलि अर्पण गर्दैथिए पलिश्तीहरू युद्ध गर्न अघि बढे। तर परमप्रभुले पलिश्तीहरूका छेवैमा प्रचण्ड गर्जन उत्पन्न गराउनुभयो। पलिश्तीहरूले बुझ्नै सकेनन्। त्यस गर्जनले पलिश्तीहरू डराए र तितर-बितर भए। तिनीहरूका शासकले पनि त्यो अवस्थालाई नियन्त्रण गर्न सकेनन्। यसरी इस्राएलीहरूले पलिश्तीहरूलाई हराए।
7:11b.1SA.007.011 इस्राएलका मानिसहरूले मिस्पाबाट पलिश्तीहरूलाई खेद्दै गए। तिनीहरूले पलिश्तीहरूलाई आक्रमण गरे अनि बेत-करसम्मै खेदे। बाटै भरी तिनीहरूले पलिश्ती सैनिकहरूलाई मारे।
7:12b.1SA.007.012 त्यस पछि शमूएलले एउटा विशेष ढुङ्गालाई स्मारकको रूपमा मिस्पा र शेनको गाऊँको बीचमा राखे र “सहायताको चट्टान” नाउँ दिए। शमूएलले भने, “परमप्रभुले यस ठाउँसम्म बाटोभरी नै हामीलाई सहायता गर्नुभयो।”
7:13b.1SA.007.013 पलिश्तीहरूको पूरै हार भयो। तिनीहरूले फेरि इस्राएलका भूमिमा प्रवेश गरेनन्। शमूएलको जीवनभरी नै परमप्रभु पलिश्तीहरूको विरूद्धमा रहनुभयो।
7:14b.1SA.007.014 पलिश्तीहरूले इस्राएलका शहरहरू लिएका थिए। एक्रोन देखि गातसम्मका शहरहरू र त्यसका छेउ छाउका क्षेत्रहरू पनि फिर्ता लिए। त्यहाँ अमोरीतास र इस्राएली बीच पनि शान्ति थियो।
7:15b.1SA.007.015 शमूएलले आफ्नो सम्पूर्ण जीवनभरी नै इस्राएलीहरूलाई मार्गदर्शन दिए।
7:16b.1SA.007.016 शमूएलले इस्राएलका एक ठाउँ देखि अर्को ठाउँ सम्मका सम्पूर्ण मानिसहरूलाई न्याय दिलाए। प्रत्येक वर्ष देशको एक कूनादेखि अर्को कुनासम्म यात्रा गरे। उनी गिलगल, बेतेल र मिस्पाको फेरो मार्थे। यसरी शमूएलले इस्राएलमा कुशल र न्याय पूर्वक शासन गरे।
7:17b.1SA.007.017 शमूएलको घर भने रामामा थियो। यसर्थ तिनी संधै त्यहाँ जान्थे। शमूएलले त्यस शहर देखि नै इस्राएलको न्याय र शासन गर्थे। परमप्रभुका निम्ति शमूएलले रामामा एउटा वेदी बनाए।
8
8:1b.1SA.008.001 शमूएल जब वृद्ध भए, तिनले आफ्ना छोराहरूलाई इस्राएलका न्यायकर्त्ता नियुक्त गरे।
8:2b.1SA.008.002 शमूएलका जेठा छोराको नाउँ योएल थियो। माहिला छोराको नाउँ चाहिं अबियाह थियो। योएल र अबियाह बेर्शबामा न्यायकर्ता थिए।
8:3b.1SA.008.003 तर शमूएलका छोराहरू बाबुको चालमा हिडेनन् योएल र अबियाहले घूस खाने गर्थे। चुपचाप घूस लिएर न्यायलयमा अन्याय गर्थे।
8:4b.1SA.008.004 यसर्थ इस्राएलका सबै बूढा-प्रधानहरू शमूएललाई भेट्न रामामा भेला भए।
8:5b.1SA.008.005 बूढा-प्रधानहरूले शमूएललाई भने, “तपाईं बूढा हुनुभयो, तपाईंका छोराहरू तपाईं जस्ता ठीक बाटामा छैनन्। अब, हामीलाई शासन अनि न्याय गर्न अरू देशहरूको जस्तै राजा दिनुहोस्।”
8:6b.1SA.008.006 यसरी बूढा-प्रधानहरूले तिनीहरूलाई मार्ग दर्शन गर्ने एउटा राजा मागे। शमूएलले ठाने यो युक्ति गलत छ। यसर्थ शमूएलले परमप्रभुमा प्रार्थना गरे।
8:7b.1SA.008.007 शमूएललाई परमप्रभुले भन्नुभयो, “मानिसहरूले जसो भन्छन् त्यसै गर। तिनीहरूले तँलाई अस्वीकार गरेका छैनन्। बरू मलाई अस्वीकार गर्दैछन्। तिनीहरूले मलाई तिनीहरूको राजा हुन अस्वीकार गरिरहेका छन्।
8:8b.1SA.008.008 तिनीहरूले सधैं जे गर्थे त्यही गर्दैछन्। मैले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याएँ। तर तिनीहरूले आज मलाई छाडेर अन्य देवताहरूको सेवा गरे। तिनीहरूले तँलाई पनि त्यस्तै गर्दैछन्।
8:9b.1SA.008.009 यसर्थ मानिसहरूका कुरा सुनेर तिनीहरूले भने झैं गर। तर तिनीहरूलाई एउटा चेतावनी भने दिनू। तिनीहरूलाई भनिदिनु राजाले तिनीहरूलाई के गर्छ। एउटा राजाले मानिसहरूलाई कसरी शासन गर्छन्।”
8:10b.1SA.008.010 ती मानिसहरूले एउटा राजाको माग गरे। यसकारण परमप्रभुले भन्नु भएका सम्पूर्ण कुराहरू शमूएलले मानिसहरूलाई बताए।
8:11b.1SA.008.011 शमूएलले भने, “यदि तिमीहरू तिमीहरूमाथि शासन गर्ने राजा चाहान्छौ भने राजाले यसो गर्नेछन्। उसले तिमीहरूको छोराहरूलाई लाने छन् अनि उसको सेवा गर्न तिनीहरूलाई विवश पार्नेछन्। राजाले तिमीहरूका छोराहरूलाई सैनिक बनाएर उनका रथ सँगसँगै दौडन लगाउँने छन् र घोडचढी बनाएर आफ्नो सैनिकमा राख्नेछन्। तिमीहरूका छोरालाई आफ्ना रथको अघि दौडने रक्षक बनाउने छन्।
8:12b.1SA.008.012 राजाले तिम्रो छोराहरूलाई सैनिक बन्न वाध्य गराउने छन्। त्यसमध्ये कोही 1,000 मानिसहरूका अधिकारी बन्ने छन अनि अरू 50 जना भन्दा ज्यादा मानिसका। राजाले तिम्रा छोरालाई उनको खेत जोत्न र फसल काट्न बाध्य गराउनेछन्। कतिलाई फेरि युद्धको निम्ति हातहतियार बनाउन लाउनेछन्। कतिलाई रथको चीजहरू बनाउँन लाउँनेछन्।”
8:13b.1SA.008.013 “राजाले तिमीहरूका छोरीहरूलाई पनि लानेछन्। तिनीहरूमध्ये कतिलाई खाना पकाउन र रोटी पकाउन विवश गर्नेछन्। अनि कसैलाई अत्तर बनाउन बाध्य गर्नेछन्।
8:14b.1SA.008.014 “राजाले तिमीहरूको सबभन्दा असल खेतहरू, दाखको बगैचा र भद्राक्षका रूखहरू लानेछन्। अनि तिनीहरूलाई उसको सेवकहरूको हातमा सुम्पिदिनेछन्।
8:15b.1SA.008.015 तिमीहरूको अन्न र दाखको फसलको दशौ भाग राजाले लिनेछन्। अनि अधिकारीहरू अनि सेवकहरूको हातमा सुम्पिदिनेछन्
8:16b.1SA.008.016 राजाले तिमीहरूका कमारा-कमारीहरूलाई पनि लैजाने छन्। उनले असल जातका पशु र गधाहरू पनि तिमीहरूबाट लिनेछन्। यी सबै लगेर आफ्नै प्रयोगमा लगाउँने छन्।
8:17b.1SA.008.017 तिमीहरूका भेडा बाख्राको दशौ भाग पनि तिनले लिनेछन्। “अनि तिमी आफै पनि राजाको दास बनिनेछौ।
8:18b.1SA.008.018 तब तिनीहरू आफूले चुनेको राजाबाट छुटकाराको निम्ति रूनेछौ। तर त्यस समय परमप्रभुले कुनै जवाफ दिनुहुने छैन।”
8:19b.1SA.008.019 तर मानिसहरूले शमूएलको कुरा सुन्दैसुनेन्। तिनीहरूले भने, “होइन! हामीलाई शासन गर्ने एउटा राजा नै चाहिन्छ।
8:20b.1SA.008.020 तब हामी पनि अरू देश सरह हुनेछौ, हामीलाई नेतृत्व दिने, हाम्रो अघि युद्ध लडने, हाम्रा निम्ति युद्ध गर्ने हाम्रा राजा हुनेछन्।”
8:21b.1SA.008.021 शमूएलले मानिसहरूको भनाइ सुने पछि शमूएलले परमप्रभुलाई तिनीहरूका कुरा दोहोर्याइदिए।
8:22b.1SA.008.022 परमप्रभुले जवाफ दिनु भयो, “तिनीहरूले चाहे जस्तै! तिनीहरूलाई एउटा राजा देऊ।” तब शमूएलले इस्राएलका मानिसहरूलाई भने, “ठीकै छ! तिमीहरूले एउटा राजा पाउँने भयौ। अहिले सबै तिमीहरूको शहरमा जाऊ।”
9
9:1b.1SA.009.001 कीश बिन्यामिनी कुलका एकजना महत्वपूर्ण मानिस थिए। कीश अबीएलका छोरा थिए। अबीएल जरोरका छोरा थिए। जरोर बकोरतका छोरा थिए। बकोरत, बिन्यामीन परिवारका मानिस ओपीहकका छोरा थिए।
9:2b.1SA.009.002 कीशका एकजना शाऊल नाउँ गरेका छोरा थिए। शाऊल अत्यन्तै सुन्दर थिए। त्यहाँ शाऊल जस्तो सुन्दर कोही पनि थिएनन्। उभिँदा शाऊल इस्राएलमा अन्य मानिसहरू भन्दा अग्ला थिए।
9:3b.1SA.009.003 एक दिन शाऊलका पिता कीशले आफ्ना गधाहरू हराए। यसकारण कीशले आफ्ना छोरा शाऊललाई भने, “एकजना नोकरलाई साथमा लिएर गधा खोज्न जा।”
9:4b.1SA.009.004 शाऊलले गधाहरू खोज्न शुरू गरे। शाऊल एप्रैमका पहाडी देश हुदै शलीशको इलाकातिर पुगे। तर शाऊल र नोकरले कीशका गधाहरूको पत्तो लगाउन सकेनन्। ती दुइजना गधाहरू खोज्दै शालेमका चारैतिर घुमे। तर त्यहाँ पनि गधाहरू थिएनन्। यसकारण तिनीहरूले बिन्यामिनीको प्रदेशमा पनि गधा खोज्दै यात्रा गरे तर त्यहाँ पनि गधाहरू भेट्टाउन सकेनन्।
9:5b.1SA.009.005 अन्त्यमा, शाऊल र उनका नोकर सूप नाउँका शहरमा पुगे। शाऊलले आफ्ना नोकरलाई भने, “हामीहरू फर्कौ। अब पिताजीलाई गधाहरूको भन्दा हाम्रो चिन्ता ज्यादा भइसक्यो होला।”
9:6b.1SA.009.006 तर नोकरले भन्यो, “यस शहरमा परमेश्वरका एकजना मानिस हुनुहुन्छ। मानिसहरूले उहाँलाई धेरै मान्छन्। उहाँले जे भन्नुहुन्छ त्यो पुग्छ। यसकारण हामीहरू शहरमा जाऔ। हुनसक्छ परमेश्वरका मानिसले हामीलाई अब कता जानुपर्ने हो भनिदिनुहुन्छ होला।”
9:7b.1SA.009.007 शाऊलले आफ्ना नोकरलाई भने, “ठीकै हो, हामी शहरमा जानसक्छौ। तर हामीले त्यस मानिसलाई के दिनसक्छौ र? हामीले बोकेका थैलाका भोजन पनि त सकिसक्यो। हाम्रोमा परमेश्वरका मानिसलाई दिने केहीभेंटी पनि छैन। हामी सँग दिने लायकको के छ र!”
9:8b.1SA.009.008 फेरि पनि त्यस नोकरले शाऊललाई भन्यो, “हेर्नुहोस्, मसँग अलिकति धनको रूपमा चाँदीको एक चौथाइ शेकेल छ। यही हामीले ती परमेश्वरका मानिसलाई चढायौं भने उहाँले हामीलाई कता जानुपर्ने हो बताउनुहुन्छ।”
9:11b.1SA.009.011 शाऊल र तिनका नोकर पहाड उक्लँदै शहरतिर जाँदै थिए। तिनीहरूले केही जवान स्रीहरूलाई बाटोमा भेंटे जो पानी भर्न आएका थिइन्। शाऊल र तिनका नोकरले ती ठिटीहरूलाई सोधे, “के दर्शी घरैमा हुनुहुन्छ?” (प्राचीन समयमा अगमवक्तालाई “दर्शी” भन्थे।)
9:12b.1SA.009.012 ठिटीहरूले जवाफ दिए, “ज्यू, उहाँ हुनुहुन्छ। उहाँ तपाईंहरू भन्दा अघि जादै हुनहुन्छ। उहाँ आजै शहरमा आउँनुभयो। मानिसहरूले भेला भएर उच्च स्थानहरूमा मेलबलि चढाउने भएका छन्।
9:13b.1SA.009.013 कृपया जानुहोस् र उहाँलाई शहरमा भेट्नुहुन्छ। यदि तपाईंहरूले चाँडो गर्नुभयो भने उहाँ दर्शीलाई आराधनालयमा खान जानुभन्दा पहिले भेटिहाल्नुहुन्छ। किनभने दर्शीले बलिदानलाई आशीर्वाद दिनुपर्छ। मानिसहरूले उहाँ त्यहाँ नपुगञ्जेल भोजन ग्रहण गर्दैनन्। यसकारण चाडो जानुहोस्।”
9:14b.1SA.009.014 शाऊल र तिनका नोकर शहर पुग्न पहाडको बाटो उक्लन थाले। जस्तो तिनीहरू शहरभित्र पस्दै थिए, त्यस्तै शमूएल उनीहरूका अघिल्तिर देखा परे। शमूएल आराधना स्थानतिर जानलाग्दै थिए।
9:15b.1SA.009.015 एक दिन अगाडि परमप्रभुले शमूएललाई भन्नुभएको थियो,
9:16b.1SA.009.016 “भोलि म यही समय पारेर एउटा मानिसलाई तँ कहाँ पठाउनेछु। यो मानिस बिन्यामिनी कुलको सदस्य हो। तैंले त्यसलाई अभिषेक गरिदिनुपर्छ। त्यसपछि त्यो मानिस मेरा इस्राएली मानिसहरूका प्रमुख हुनेछ। त्यस मानिसले हाम्रा मानिसहरूलाई पलिश्तीहरूबाट बचाउँने छ। मैले मेरा मानिसहरूको कष्ट देखे र रोदन सुनेकोछु।”
9:17b.1SA.009.017 शमूएलले शाऊललाई देखे अनि परमप्रभुले भन्नु भयो, “मैले तँलाई भनेको मानिस यही हो। यसैले नै मेरो मानिसहरूलाई शासन गर्नेछ।”
9:18b.1SA.009.018 शाऊलले मूल-द्वारमा शमूएल कहाँ आएर भने, “कृपया दर्शी कहाँ हुनुहुन्छ, बताइ दिनुहुन्छ कि?”
9:19b.1SA.009.019 शमूएलले भने, “म नै दर्शी हुँ। म भन्दा पहिले नै आराधनाको ठाउँमा जाऊ। तिमी र तिम्रा सेवकले आज मसित खाना खानेछौ। म तिमीलाई भोलि बिहान घर जानदिनेछु र जे सोध्नु छ बिहानै सोध्नु।
9:20b.1SA.009.020 ती गधाहरूको चिन्ता नगर जो तीन दिन पहिले हराएका थिए। ती गधाहरू फेला परिसकेका छन्। अब तिमीलाई सारा इस्राएलले नै खोजिरहेकोछ। तिनीहरूले तिमी र तिम्रा पिताका परिवारलाई नै चाहान्छन्।”
9:21b.1SA.009.021 शाऊलले जवाफ दिए, “तर म त बिन्यामिनी कुलको सदस्य हुँ। हाम्रो परिवार इस्राएलको सबै भन्दा सानो परिवार समूह हो। त्यस माथि पनि बिन्यामिनी कुलभित्र पनि हाम्रो परिवार समूह सबैभन्दा सानो छ। तपाई किन भन्नुहुन्छ कि इस्राएलले मलाई चाहन्छ?”
9:22b.1SA.009.022 त्यसपछि शमूएलले शाऊल र तिनका नोकरलाई भोजनालयतिर लिएर गए। लगभग तीस जना मानिसहरू एकसाथ खाना खान र बलिदानमा भाग गर्न निम्त्याइएका थिए। शमूएलले शाऊल र तिनका नोकरलाई महात्वपूर्ण स्थानमा बसाए।
9:23b.1SA.009.023 शमूएलले भान्सेलाई भने, “जो मैले तिमीलाई दिएको थिए त्यो मासु ल्याउनु। त्यो मासुको अंश मैले तिमीलाई सुरक्षित राख्न भनेंको थिएँ।”
9:24b.1SA.009.024 भान्सेले फिला ल्यायो अनि शाऊलको अघि टेबलमा राख्यो। शमूएलले भने, “यो त्यही मासु हो जुन मैले तिम्रो निम्ति सुरक्षित राखेको थिएँ। यो खाऊ कारण यो यस्तै विशेष दिनको निम्ति तिम्रो सम्मानको लागि सुरक्षित राखेको थियो।” यसरी त्यस दिन शाऊलले शमूएलसंगै खाना खाए।
9:25b.1SA.009.025 खाना खाइसके पछि आराधनालयबाट झर्दै तिनीहरू शहरतिर लागे। शमूएलले शाऊलका निम्ति कौसीमा ओछ्यान लगाए शाऊल त्यहीं सुतें।
9:26b.1SA.009.026 भोलिपल्ट बिहानै शमूएलले शाऊललाई उठाउँदै भनें, “उठ, म तिमीलाई बाटो देखाइदिन्छु।” शाऊल उठे अनि शमूएलकासाथ घरबाट बाहिरिए।
9:27b.1SA.009.027 शहरको किनारतिर शाऊल, तिनका नोकर र शमूएल अघि बढदै थिए। शमूएलले शाऊललाई भने, “तपाईंको नोकरलाई हामी भन्दा अघि हिडनु भन्नुहोस्। मैले तपाईंलाई परमेश्वरको संदेश सुनाउन बाँकी नै छ।” नोकर तिनीहरू भन्दा केही अघि हिंड्न थाल्यो।
10
10:1b.1SA.010.001 शमूएलले एक ढुँग्रो विशेष तेल लिए र शाऊलको टाउकोमा खन्याई दिए। शमूएलले म्वाई खाँदै भने, “परमप्रभुले तपाईंलाई आफ्ना मानिसहरूका अगुवाको रूपमा अभिषेक गर्नुभएको छ। तपाईंले परमप्रभुका मानिसहरूलाई शासन गर्नुहुनेछ तपाईंले तिनीहरूलाई चारैतिरका शत्रुबाट रक्षा गर्नुपर्छ। परमप्रभुले तपाईंलाई आफ्नो मानिसहरूको शासकको रूपमा अभिषेक गर्नुभएको हो। यहाँ एउटा संकेत छ त्यसले यो सत्य हो भनि प्रमाण दिइने छ।
10:2b.1SA.010.002 आज तपाईंले मबाट बिदा भएर जानु भएपछि बिन्यामिनीको सिमानामा भएको राहेलको चिहाननेर सेलमहमा दुइजना मानिसहरू भेट्टाउनु हुनेछ। ती दुइजना मानिसहरूले भन्नेछन्, ‘तपाईंले खोजिरहनु भएको गधाहरू कसैले पाएको छ। तपाईंका पिता गधाहरूबारे चिन्तित हुन छाडेर तपाईंको निम्ति सुर्ता गर्दै भन्दै हुनुहुन्छ, अब म मेरो छोराको लागि के गरूँ?”‘
10:3b.1SA.010.003 तब शमूएलले भने, “तपाईंहरू ताबेरमा बज्राँठको रूख नआइञ्जेलसम्म अघि बढ्नुहोस्। त्यहाँ तीनजना मानिसहरू भेट्नुहुनेछ। तिनीहरू बेतेलमा परमेश्वरको आराधना गर्न गइरहेका हुनेछन्। ती मध्येको पहिलोले तीनवटा पाठा बोकेको हुनेछ। दोस्रोले तीनवटा रोटी र तेस्रोले एक मशक दाखरस बोकेको हुनेछन्।
10:4b.1SA.010.004 ती तीनै जना मानिसले तपाईंलाई अभिवादन गर्नेछन्। तिनीहरूले दुइवटा रोटी दिनेछन्। ती दुइवटै रोटी तपाईंले स्वीकार गर्नुपर्छ।
10:5b.1SA.010.005 त्यहाँबाट तपाईं गिबियत एलोहिम जानुपर्छ। त्यहाँ पलिश्तीहरूको एउटा चौकी छ। जब तपाईं त्यस शहरमा पुग्नुहुन्छ केही अगमवक्ताहरू निक्लदै गरेको भेट्नु हुनेछ। ती अगमवक्ताहरू आराधनास्थानबाट झर्दै गरेका हुनेछन्। तिनीहरूले अगमवाणीहरू बोलिरहेका हुनेछन्। तिनीहरूले खैंजडी, ढोलक, बाँसुरी र वीणा बजाउँदै गरेका हुनेछन्।
10:6b.1SA.010.006 त्यति बेला परमप्रभुको आत्मा तपाईंमाथि उत्रनुहुनेछ र तपाईंलाई शक्ति दिनुहुनेछ, तपाईं परिवर्तन हुनुहुनेछ। तपाईं भिन्न मानिस हुनुहुनेछ। तपाईं पनि ती अगमवक्ताहरूसितै अगमवाणी बोल्नसक्ने हुनुहुन्छ।
10:7b.1SA.010.007 यी घटनाहरू घटिसके पछि तपाईं जे चाहनुहुन्छ गर्न सक्नुहुन्छ। किन? किनकी परमेश्वर तपाईंसित हुनुहुनेछ।
10:8b.1SA.010.008 “म भन्दा पहिले गिलगाल जानुहोस्। त्यसपछि म तपाईं भएकोमा आउने छु। म त्यहाँ होमबलि र मेलबलि चढाउँनेछु। तर तपाईंले सात दिन पर्खनु पर्नेछ। तब म आउनेछु अनि तपाईंले के गर्नुपर्छ म बताँउनेछु।”
10:9b.1SA.010.009 जब शाऊल शमूएलबाट बिदा लिन फर्के, परमेश्वरले शाऊलको जीवन नै अर्कै बनाइदिनुभयो। त्यही दिन यी सबै घटनाहरू घटे।
10:10b.1SA.010.010 शाऊल र तिनको नोकर गिबियथ एलोहिम गए। त्यहाँ शाऊलले अगमवक्ताहरूको एक समूहलाई भेटे। परमेश्वरको आत्मा शक्तिसाथ शाऊलमाथि तुरून्तै उत्रियो अनि शाऊलले पनि ती अगमवक्ताहरूको समूहमा अगमवाणी गर्नुभयो।
10:11b.1SA.010.011 ति-जसले शाऊललाई पहिले देखि चिन्थे उनीहरूले शाऊललाई अगमवाणी गरेका देखे। यसर्थ तिनीहरूले एक अर्कासित प्रश्न गर्न थाले, “कीशको छोरालाई के भयो? के शाऊल पनि अगमवक्ताहरू मध्ये एउटा हो?”
10:12b.1SA.010.012 गिबियथ एलोहिमका एकजनाले भने, “हो! यस्तो देखिंदैछ, ऊ नै तिनीहरूका गुरू हुन्।” यसैकारण यो भनाइ प्रचलित छः “के शाऊल पनि एउटा अगमवक्ता नै हो?”
10:13b.1SA.010.013 शाऊलले अगमवाणी बोल्न छोडेपछि घरकै छेउको स्थानमा आराधना गर्न गए।
10:14b.1SA.010.014 शऊलका काकाले शाऊललाई र त्यस नोकरलाई भने, “कता गएका थियौ?” शाऊलले भने, “हामी गधाका खोजीमा थियौं। जब हामीहरूले तिनीहरूलाई पाउँन सकेनौ त्यसपछि हामी शमूएललाई भेट्न गयौं।”
10:15b.1SA.010.015 शाऊलका काकाले भने, “मलाई भन त, शमूएलले के-के भने?”
10:16b.1SA.010.016 शाऊलेले भने, “शमूएलले हामीलाई गधाहरू पाइसकेको छ भने।” शाऊलले प्रत्येक कुराहरू बताएनन्। राज्यको बारेमा शमूएलले भनेको कुरा बताएनन्।
10:17b.1SA.010.017 शमूएलले सबै इस्राएलका मानिसहरूलाई मिस्पामा परमप्रभुकहाँ भेला हुन बोलाए।
10:18b.1SA.010.018 शमूएलले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘मैले इस्राएललाई मिश्रबाट बाहिर ल्याएँ। मैले तिमीहरूलाई मिश्रको अधीनबाट बचाएँ र अन्य राष्ट्रहरूबाट पनि बचाएँ जसले तिमीहरूलाई चोट पुर्याउन चाहन्थे।’
10:19b.1SA.010.019 तर आज तिमीहरूले आफ्नो परमेश्वरलाई अस्वीकार गर्यौ। तिमीहरूका परमेश्वरले तिमीहरूलाई सबै दुःख र कष्टहरूबाट बचाउनुभयो। तर तिमीहरू भन्छौ, ‘होइन, हामीलाई शासन गर्ने एउटा राजा चाहिन्छ। यसैकारणले अब परमप्रभुको अगाडि परिवारका सदस्यहरू र परिवार समूहहरू लिएर उपस्थित होऊ।”
10:20b.1SA.010.020 शमूएलले इस्राएलका सबै परिवार समूहलाई उपस्थित गराए। त्यसपछि शमूएलले नयाँ राजा छान्न थाले। पहिलो बिन्यामिनी कुल समूह चुनियो।
10:21b.1SA.010.021 शमूएलले बिन्यामिनी कुलसमूहका प्रत्येकलाई एक-एकजना गरेर अगाडि जानु भने। त्यसपछि मन्त्रीको परिवारालाई चुनियो। त्यसपछि त्यही मन्त्री परिवारको प्रत्येकलाई एक एकजना गरेर अगाडि जानु भने। यसरी कीशका छोरा शाऊललाई चुनियो। जब मानिसहरूले शाऊललाई खोजे, त्यहाँ शाऊललाई भेट्टाएनन्।
10:22b.1SA.010.022 अनि तिनीहरूले परमप्रभुसित सोधे, “शाऊल यहाँ अझै आइपुगेकै छैनन्?” परमप्रभुले भन्नुभयो, “त्यो त्यहाँ भेटी चढाइएका सामानहरूको पछि लुकेकोछ।”
10:23b.1SA.010.023 मानिसहरूले शाऊललाई सामानहरूको पछाडिबाट खोजेर निकाले। शाऊल मानिसहरूका माझमा खडा भए। त्यहाँ शाऊल अरू भन्दा अग्ला थिए।
10:24b.1SA.010.024 शमूएलले सबै मानिसहरूलाई भने, “परमप्रभुले चुन्नु भएको मानिसलाई हेर। मानिसहरूमा शाऊल जस्तो मानिस अर्को कोही छैन।” त्यसपछि मानिसहरूले नारा लगाए, “हाम्रा राजा दीर्घायु रहुन्।”
10:25b.1SA.010.025 शमूएलले राज्यका नियमहरू मानिसहरूलाई बुझाए। यो एउटा पुस्तकमा पनि लेखे र यस व्यवस्थाको पुस्तकलाई परमप्रभुको अघि राखे। तब तिनले मानिसहरूलाई घर जानु भने।
10:26b.1SA.010.026 शाऊल पनि गिबामा आफ्ना घर गए। अनि केही वीरपुरूषहरू शाऊलसित गए। अनि परमेश्वरले यी वीर पुरूषहरूको हृदय छुनुभयो।
10:27b.1SA.010.027 तर कोही बद्माशहरूले भने, “यो मानिसले हामीलाई कसरी रक्षा गर्छ?” तिनीहरूले शाऊलको विरूद्धमा नराम्रो भन्न थाले र उपहार नदिनेभए। तर शाऊलबाट कुनै प्रतिक्रिया भएन। अम्मोनीका राजा नाहाशले गाद र रूबेन कुल समूहरूलाई सताईरहेका थिए। नाहाशले प्रत्येक पुरूषको एउटा दाहिने आँखा निकाल्न लगायो। नाहाशले तिनीहरू कसैलाई पनि सहायता गर्न दिएनन्। अम्मोनीका राजा नाहाशले यर्दन नदीको पूर्वतिर बस्ने प्रत्येक इस्राएली मानिसहरूको दाहिने आँखा निकाले। तर 7,000 इस्राएली मानिसहरू अम्मोनीबाट भागेर याबेश गिलाद आए।
11
11:1b.1SA.011.001 झण्डै एक महिना पछि अम्मोनी नाहाश र तिनका सेनाहरूले याबेश गिलादलाई चारैतिरबाट घेरे। याबेशका सबै मानिसहरूले नाहाशलाई भने, “यदि तपाईंले हामीसँग सन्धि गर्नुभयो भने हामी तपाईंका प्रजा बन्न तयार छौ।”
11:2b.1SA.011.002 तर अम्मोनी नाहाशले भने, “यदि मैले जम्मै इस्राएलीहरूका दाहिने आँखा घोंचेर निकाल्न सकें भने म तिमीहरूसित सन्धि गर्नेछु। तब मात्र सारा इस्राएलको बेइज्जत हुनेछ।”
11:3b.1SA.011.003 याबेशका प्रमुखले भने, “हामीलाई सात दिनको समय दिनुहोस्। सारा इस्राएलमा हामी दूत पठाउँछौ। यदि कोही पनि सहायता गर्न आएनन् भने हामी आएर तपाईंको अघि समर्पित हुनेछौं।”
11:4b.1SA.011.004 ती दूतहरू गिबामा आए जहाँ शाऊल बस्थे। तिनीहरूले मानिसहरूलाई समाचार दिए। मानिसहरू समाचार सुनेर रून थाले।
11:5b.1SA.011.005 शाऊल आफ्ना खेतबाट गाईहरू लिएर फर्कंदै थिए। शाऊलले खेतको अघि आउँदा मानिसहरू रोइरहेका सुने। शाऊलले भने, “मानिसहरूले के कष्ट भयो? किन रोइरहेकाछन्।” मानिसहरूले याबेशका दूतहरूले जे खबर ल्याएका थिए शाऊललाई बताए।
11:6b.1SA.011.006 शाऊले ध्यान दिएर सबै सुने। त्यति नै बेला शाऊलमाथि परमेश्वरको आत्मा उत्रिनुभयो। शाऊल साह्रै रिसाए।
11:7b.1SA.011.007 शाऊलले एक जोडी गाई ल्याए अनि टुक्रा-टुक्रा पारे। अनि ती मासुका टुक्राहरू सबै ती खबर ल्याउने दूतहरूलाई दिए। तिनले ती सबै मासुको टुक्राहरू इस्राएलभरी पुर्याउन दूतहरूलाई आदेश दिए। यो सन्देश इस्राएलीहरूलाई दिनुभनि तिनीहरूलाई भने, “आऊ अनि शाऊल र शमूएललाई अनुशरण गर। यदि कसैले यसो गर्दैन भनि तिनीहरूलाई पनि उसको गाईलाई गरेको व्यवहार गरिनेछ!” परमप्रभुबाट मानिसहरूमा ज्यादै डर पस्यो। यसकारण मानिसहरू एकसाथ सबै एउटै मानिसजस्ता भई निस्के।
11:8b.1SA.011.008 शाऊलले सबै मानिसहरूलाई बेजेकमा एकसाथ भेला गराए। त्यहाँ इस्राएलका 3,00,000 र यहूदाका 30,000 मानिसभेला भए।
11:9b.1SA.011.009 शाऊल र तिनका सैनिकहरूले याबेशका दूतहरूलाई भने, “गिलादमा याबेशका मानिसहरूलाई भन भोलि मंध्यान्हभित्र तिमीहरूको उद्धार हुनेछ।” दूतहरूले शाऊलको सु-सन्देश याबेशका मानिसहरूलाई दिए। याबेशका मानिसहरू अतिनै खुशी भए।
11:10b.1SA.011.010 त्यसपछि याबेशका मानिसहरूले अम्मोनी नाहाशलाई भने, “भोलि हामी तपाईंकहाँ आउनेछौं। तपाईंलाई जे इच्छा लाग्छ हमीलाई त्यही गर्नुहोस्।”
11:11b.1SA.011.011 भोलिपल्ट शाऊलले आफ्ना सैनिकहरूलाई तीन खण्डमा बाँडे। सूर्योदयको समयपछि शाऊल र तिनका सैनिकहरू अम्मोनीहरूको छाउनी भित्र पसे। जब शाऊलले आक्रमण गरे यो रातमा बस्ने रक्षक दलको अदला-बदली गर्ने समय थियो, शाऊल र तिनका सैनिकहरूले अम्मोनीहरूलाई मध्याह्र भन्दा पहिले नै हराए। सबै अम्मोनी सैनिकहरू तितर-वितर भए। दुइजना अम्मोनी सैनिक एकसाथ हुने मौका कतै पाएनन्।
11:12b.1SA.011.012 तब मानिसहरूले शमूएललाई भने, “ती मानिसहरू कहाँ छन् जसले शाऊललाई राजाको रूपमा शासन गरेको हेर्न चाहेनन्। ती मानिसहरू हाम्रा सामु झिकाईउन्। हामी तिनीहरूलाई मार्छौ।”
11:13b.1SA.011.013 तर शाऊलले भने, “होइन, आज कसैलाई मार्नु हुँदैन। आज परमप्रभुले इस्राएलको रक्षा गर्नु भएको छ।”
11:14b.1SA.011.014 त्यसपछि शमूएलले मानिसहरूलाई भने, “आऊ, हामी गिलगाल जाऊँ। गिलगालमा हामी शाऊललाई फेरि राजाकोरूपमा घोषणा गरौं।”
11:15b.1SA.011.015 यसरी सबै गिलगाल गए। त्यहाँ परमप्रभुको अगाडि शाऊललाई मानिसहरूले राजा बनाए। तिनीहरूले परमप्रभुलाई मेलबलि पनि चढाए। शाऊल र सबै इस्राएलीहरूले ठूलो र्हषमा उत्सव मनाए।
12
12:1b.1SA.012.001 शमूएलले सबै इस्राएलीहरूलाई भनेः “तिमीहरूले भनेको प्रत्येक कुरा मैले गरे। तिमीहरू माथि राजा नियुक्त गरे।
12:2b.1SA.012.002 अब तिमीहरूलाई अगुवाई गर्नको निम्ति राजा हुनुहुन्छ। म बुढो भएँ तर मेरा छोराहरू तिमीहरूसित छन्। जब म एउटा ठीटो थिएँ, त्यस बेला देखि तिमीहरूका अगुवा भएर थिएँ, त्यस बेला देखि तिमीहरूका अगुवा भएर आएँ।
12:3b.1SA.012.003 अहिले म यहाँ छु। यदि मैले कुनै भूलचुक गरेको भए परमप्रभुको अघि अनि परमप्रभुले चुन्नु भएको राजाअघि तिमीहरूले भन्नुपर्छ। के मैले कसैको गाई अथवा गधा चोरें? कसैलाई ठगे वा कष्ट पुर्याएँ? के मैले पैसा अथवा एक जोडी जुत्ता कहिले घुस लिएकोछु? यदि मैले यस्तो केही गरेको भए त्यसलाई म सच्याउनेछु।”
12:4b.1SA.012.004 सबै इस्राएलीहरूले जवाफ दिए, “होइन! तपाईंले हामी कसैलाई पनि केही नराम्रो गर्नुभएन। हामीलाई कहिले पनि ठग्नुभएन र केही पनि लिनुभएन।”
12:5b.1SA.012.005 शमूएलले इस्राएलीहरूलाई भने, “परमप्रभु र उहाँले चुन्नु भएको राजा गवाही हुनुहुन्छ। तिमीहरूले जे-जे भन्दैछौ उहाँ दुइजनाले सुन्दैहुनुहुन्छ। उहाँहरूलाई पनि थाहा भयो तिमीहरूले मलाई कुनै दोष दिएनौ।” सबै मानिसहरूले एकसाथ जवाफ दिए, “साँच्चै हो! परमप्रभु नै गवाही हुनुहुन्छ!”
12:6b.1SA.012.006 तब शमूएलले मानिसहरूलाई भने, “हो परमप्रभु हाम्रो गवाही हुनुहुन्छ। परमप्रभुले नै मोशा र हारूनलाई चुन्नुभयो। अनि उहाँ नै हुनुहुन्छ जसले तिम्रा पिता-पुर्खाहरूलाई मिश्रबाट बाहिर ल्याउनु भयो।
12:7b.1SA.012.007 अब तिमीहरू त्यहाँ खडा होऊ, म तिमीहरूलाई परमप्रभुले तिम्रा पिता-पुर्खाहरू र तिमीहरूका लागि गर्नुभएका ती राम्रा अर्थहरू बताउँछु।
12:8b.1SA.012.008 याकूब मिश्र गए पछि मिश्र बासीहरूले उसका सन्तानहरूको जीवनलाई धेरै कष्टमय बनाए। यसर्थ तिनीहरूले परमप्रभुलाई सहायताको निम्ति रोइकराइ गरे। परमप्रभुले मोशा र हारूनलाई पठाउनु भयो। मोशा र हारूनले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रबाट बाहिर लिएर आए अनि यही ठाउँमा बस्ने व्यवस्था मिलाई दिए।
12:9b.1SA.012.009 “तर तिम्रा पिता-पुर्खाहरूले परमप्रभु परमेश्वरलाई त्यागे। यसकारण परमप्रभुले तिनीहरूलाई सीसराका दास हुन दिनुभयो। सीसरा हासोरका सेनाका सेनापति थिए। त्यसपछि परमप्रभुले तिनीहरूलाई पलिश्ती र मोआबका राजाका हातमा सुम्पिदिनुभयो। तिनीहरू सबै तिम्रा पिता-पुर्खाहरूको विरूद्ध लडे।
12:10b.1SA.012.010 तर तिमीहरूका पिता-पुर्खाहरूले रूँदै परमप्रभुलाई सहायता मागे। तिनीहरूले भने, ‘हामीले पाप गर्यौ। हामीले परमप्रभुलाई छाडेर झूटो देवता बाल र देवी अश्तारोतको सेवा गर्यौ। अब हामीलाई हाम्रा शत्रुहरूबाट बचाउनुहोस्, हामी तपाईंका सेवक बन्नेछौ।’
12:11b.1SA.012.011 “यसकारण परमप्रभुले यरूब्बाल, बाराक, यिप्तह अनि शमूएललाई त्यहाँ पठाउनुभयो। परमप्रभुले तिमीहरूको चारैतिरका शत्रुहरूबाट तिमीहरूलाई रक्षा गर्नुभयो यसकारण तिमीहरू सुरक्षित रह्यौ।
12:12b.1SA.012.012 त्यस समयमा पनि अम्मोनीको राजा नाहाश तिमीहरूको विरूद्ध लडन आएको देख्यौ। तिमीहरूले भन्यौ, ‘होइन, हामीहरूमाथि शासन गर्ने राजा नै चाहिन्छ।’ तिमीहरूले यही भन्यौ यद्यपि परमप्रभु तिमीहरूका परमेश्वर नै राजा हुनुहुन्थ्यो।
12:13b.1SA.012.013 अब तिमीहरूले चुनेका राजा यहाँ छन्। परमप्रभुले तिमीहरूमाथि राजालाई नियुक्ति गर्नुभयो।
12:14b.1SA.012.014 यदि तिमीहरूले उहाँलाई सम्मान गर्यौ भने परमप्रभुले तिमीहरूको रक्षा गर्नु हुन्छ। तर तिमीहरूले परमप्रभुको डर राख्दै सम्मान गर्नु पर्नेछ। आदेश पालनगर्दै सेवा गर्नुपर्ने छ। उहाँको विरूद्धमा जाने छैनौ। तिमीहरूका साथै तिमीहरूलाई शासन गर्ने राजाले पनि परमप्रभु तिमीहरूका परमेश्वरको अनुसरण गर्नुपर्छ। यदि तिमीहरूलाई भनेका कुराहरू पालन गर्छौ भने परमेश्वरले तिमीहरूलाई रक्षा गर्नुहुनेछ।
12:15b.1SA.012.015 तर यदि परमप्रभुले भनेका तिमीहरूले मानेनौ र उहाँको विरूद्धमा गयौ भने, उहाँ पनि तिमीहरू र तिमीहरूका शासकको विरूद्धमा जानुहुनेछ।
12:16b.1SA.012.016 अब अझै चुपचाप उभिएर त्यो अचम्मको कामलाई हेर, जुन परमप्रभुले तिमीहरूका आँखा अगाडि गर्नुहुनेछ।
12:17b.1SA.012.017 यो गहुँको फसल काट्ने समय हो। म परमप्रभुसँग प्रार्थना गर्नेछु। म उहाँसँग बिजुली चम्कँदै पानी पार्ने बिन्ती गर्नेछु। तब तिमीहरूलाई यो थाहा लाग्ने छ कि तिमीहरूले परमप्रभुको विरूद्धमा राजा मागेर भूल काम गरेका छौ।”
12:18b.1SA.012.018 यसकारण शमूएलले परमप्रभुसँग प्रार्थना गरे। त्यही दिन परमप्रभुले मेघ गर्जनसित पानी बर्साउनु भयो। यसकारणले गर्दा मानिसहरू परमप्रभु र शमूएलसंग साह्रै डराए।
12:19b.1SA.012.019 सबै मानिसहरूले शमूएललाई भने, “दया गरेर परमप्रभु तपाईंका परमेश्वरलाई हाम्रो निम्ति प्रार्थना गरिदिनु होस्, तपाईंका सेवकहरूका निम्ति हामीहरूलाई नष्ट हुन नदिनु होस्। हामीले धेरै चोटी पाप गरेका छौ। हामीले राजा मागेर फेरि अर्को पाप थपेका छौं।”
12:20b.1SA.012.020 शमूएलले जवाफ दिए, “नडराऊ! यो सत्य हो! तिमीहरूले त्यस्ता नराम्रा कामहरू गर्यौ। तर परमप्रभुलाई पछ्ाउन नछोड। हृदय देखि नै परमप्रभुको सेवा गर।
12:21b.1SA.012.021 देवताका मूर्तिहरू केवल मूर्ति मात्र हुन्। त्यसले तिमीहरूलाई सहायता गर्दैन। यसर्थ त्यसको पूजा नगर। देवताका मूर्तिहरूले न त तिमीहरूलाई सहायता गर्न सक्छन् न त रक्षा नै गरन सक्छन्। तिनीहरू केहि होइनन्।
12:22b.1SA.012.022 तर परमप्रभुले आफ्ना मानिसहरूलाई छोडनु हुँदैन। परमप्रभु तिनीहरूलाई आफ्नो मानिस बनाएर प्रसन्न हुनुहुन्थयो। यसर्थ उहाँले आफ्नो नाउँको खातिर तिनीहरूलाई त्याग्नु हुनेछैन।
12:23b.1SA.012.023 अनि म तिमीहरूका निम्ति प्रार्थना गर्न छोडने छैन। यदि मैले तिमीहरूका लागि प्रार्थना गरिनँ भने परमप्रभु विरूद्ध मेरो पाप हुनेछ। म तिमीहरूलाई शिक्षा दिइरहन्छु ताकि तिमीहरूले राम्रो र सही जीवन जिउनेछौ।
12:24b.1SA.012.024 तर तिमीहरूले परमप्रभुको डर अनि आदर गर्नैपर्छ। तिमीहरूको सम्पूर्ण हृदयले परमप्रभुको सेवा हुनुपर्छ। उहाँले तिमीहरूका निम्ति गर्नुभएको अचम्मका कार्यहरूलाई सम्झौं।
12:25b.1SA.012.025 तर यदि तिमीहरूले हठी र लगातार दुष्ट कार्य गरिरह्यौ भनेः परमेश्वरले तिमीहरू र तिमीहरूका राजालाई नष्ट गर्नु हुनेछ।”
13
13:1b.1SA.013.001 त्यसबेला शाऊलले राजाको रूपमा एक वर्ष विताइसकेका थिए। जब इस्राएलमा शासन गरेको दुइ वर्ष भएको थियो,
13:2b.1SA.013.002 तिनले इस्राएलबाट 3,000 पुरूषलाई छाने। त्यसमध्ये 2,000 पुरूष मिकमाशमा बेतेलको पहाडी प्रदेशमा रहनथाले। त्यहाँ 1,000 मानिसहरू बिन्यामीनको अन्तरगत गिबामा जोनाथनसित रहनथाले। बाँकी रहेका सैनिकहरूलाई घर पठाइदिए।
13:3b.1SA.013.003 जोनाथन गिबामा गए र पलिश्तीहरूलाई तिनीहरूकै छाउनीमा हराए। पलिश्तीहरूले यो सुने। तिनीहरूले भने, “हिब्रूहरूले विद्रोह गरे।” शाऊलले मानिसहरूलाई सारा इस्राएल भरी तुरही फुक्न आज्ञा गरे र भने, “जे भएको छ हिब्रूहरूले सुनोस्।”
13:4b.1SA.013.004 सबै इस्राएलीहरूले यो खबर सुने। तिनीहरूले भने, “शाऊलले पलिश्तीका अगुवाहरूलाई मारे। अब भने पलिश्तीहरूले साँच्चै इस्राएलीहरूलाई घृणा गर्नेछन्।” इस्राएलीहरूलाई शाऊलसँग भेट्नका निम्ति गिलगालमा बोलाइयो।
13:5b.1SA.013.005 पलिश्तीहरू इस्राएलसित लडनलाई भेला हुनथाले। पलिश्तीहरूसँग 3,000 रथ र 6,000 घोडसवारी थिए। बालुवाका कण किनारमा थुप्रिए झैं पलिश्ती सैनिकहरू थुप्रिएका थिए। मिकमाशमा पलिश्तीहरूले छाउनी हालेका थिए। (मिकमाश बेत-आवेनको पूर्वतिर पर्छ।)
13:6b.1SA.013.006 इस्राएलीहरूले बुझे कि तिनीहरू खतरामा थिए। तिनीहरूलाई पलिश्तीहरूले धेरा हालेका थिए अनि तिनीहरू गुफा चर्कीएको चट्टानमा दगुरेर गए कुवा र अरू दुलोहरू तिर लुके।
13:7b.1SA.013.007 कोही हिब्रूहरू त यर्दन नदी पार गरेर गाद अथवा भागेर गिलाद तिर पुगे। शाऊल भने गिलगालमा नै थिए। तिनका सम्पूर्ण सैनिकहरू डरले कामिरहेका थिए।
13:8b.1SA.013.008 शमूएलले भने उनी शाऊलसित गिलगालमा भेट्ने छन्। शाऊलले सात दिनसम्म पर्खे। तर शमूएल गिलगाल जाँदै गएनन् यसर्थ शाऊललाई सैनिकहरूले छोड्न शुरू गरे।
13:9b.1SA.013.009 त्यति बेला शाऊलले भने, “मेरो निम्ति होमबलि र मेलबलि जुटाइदेऊ।” त्यसपछि शाऊलले होमबलि चढाए।
13:10b.1SA.013.010 तब शाऊलले बलि भेटी चढाऊन सके, शमूएल पनि त्यहाँ आइपुगे। शाऊल तिनीलाई भेट्न गए।
13:11b.1SA.013.011 शमूएलले सोधे, “तपाईंले यो के गर्नुभयो?” शाऊलले जवाफ दिए, “धमाधम सैनिकहरूले मलाई छोड्नलागे। तपाईं पनि यहाँ हुनुहुन्न थियो, अनि पलिश्तीहरू मिकमाशमा भरिएका थिए।
13:12b.1SA.013.012 मैले सोचें, पलिश्तीहरू यहाँ गिलगालमा आएर मलाई आक्रमण गर्नेछन्। मैले अहिलेसम्म परमप्रभुलाई सहायताको निम्ति बिन्ती पनि गरिन। अन्त्यमा बाध्य भएर मैले होमबलि चढाएँ।”‘
13:13b.1SA.013.013 शमूएलले भने, “तपाईंले मूर्खता पूर्ण काम गर्नुभयो। तपाईंले परमप्रभु तपाईंका परमेश्वरको आदेशको पालन गर्नुभएन! यदि तपाईंले परमेश्वरको आदेशको उङ्घन नगरेको भए परमेश्वरले तपाईंको परिवारलाई सदाको निम्ति इस्राएलको शासन दिनुहुन्थ्यो।
13:14b.1SA.013.014 अब तपाईंको शासन अझ अघि बडने छैन। परमप्रभुले यस्तो मानिस खोज्नु भएको थियो जसले उहाँको आदेश पालन गर्छ। परमप्रभुले उहाँले चाहेको जस्तो मानिस भेट्ट्याउनु भएको छ र परमप्रभुले त्यही मानिसलाई आफ्ना मानिसहरूको प्रमुख बनाउँनु हुनेछ। तपाईंले परमप्रभुको आदेश पालन गर्नु भएन यसकारण उहाँले अर्को नया राजा छान्नु हुनेछ।”
13:15b.1SA.013.015 त्यसपछि शमूएल उठे र गिलगाल छाडेर गए। शाऊल र उसका केही बँचेका सैनिकहरूले गिलगाल छोडे। तिनीहरू बिन्यामीनको गिबातिर गए। शाऊलले अहिलेसम्म आफ्ना साथ नछोडने मानिसहरूको गन्ती गरे। तिनीहरू प्रायः 600 जति रहेछन्।
13:16b.1SA.013.016 शाऊल, तिनका छोरा जोनाथन र उनीसित भएका सैनिकहरू बिन्यामीन कहाँ गिबामा गए। पलिश्तीहरूले मिकमाशमा छाउनी हालेका थिए।
13:17b.1SA.013.017 पलिश्तीहरूले त्यहाँ रहेका इस्राएलीहरूलाई दण्ड दिने निश्चय गरे। तिनीहरूका शक्तिशाली सैनिकहरूले आक्रमण शुरू गरे। पलिश्ती सैनिकहरू तीन भागमा बाँडिएका थिए। पहिलो दल उत्तरतिरको ओप्रा जाने सडकबाट शूआल तर्फ लागे।
13:18b.1SA.013.018 दोस्रो दक्षिण पूर्व बेथ-होरोन जाने सडक तर्फ लागे तेस्रो दल चाहि पूर्वतिरको सीमासम्म पुग्ने सडकतिर लागे। यो सडक सबोइमको बेंसीमा मरूभूमि तर्फ फैलिएर गएको थियो।
13:19b.1SA.013.019 इस्राएलका मानिसहरूले फलामका हात हतियार बनाउन जान्दैनथे। त्यस समय इस्राएलमा लोहार पाइँदैनथ्यो। पलिश्तीहरूले इस्राएलीहरूलाई फलामको हात हतियार बनाउन सिकाएनन् कारण इस्राएलीहरू आफैंले फलामको हात हतियार बनाए भने पलिश्तीहरूलाई खतरा हुन्छ।
13:20b.1SA.013.020 पलिश्तीहरूले मात्र हात हतियारमा उध्याउँथे। यदि इस्राएलीहरूलाई आ-आफ्ना हात हतियार जस्तै, फाली, कोदालो, बञ्चरो र हँसिया उध्याउँनु पर्यो भने तिनीहरू पलिश्तीहरू भएको मै जानुपर्थ्यो।
13:21b.1SA.013.021 पलिश्ती लोहारहरूले फाली र कोदालोमा साँध लगाउन शेकेलको दुइ-तिहाई चाँदी लिन्थे भने बञ्चरो र गोरू धपाउने अंकुसे मिलाउनलाई शेकेलको एक-तिहाई लाग्थ्यो।
13:22b.1SA.013.022 यसर्थ युद्धका दिनहरूमा शाऊलका सैनिकसित न त फलामको तरवार थियो न त भाला नै। खालि शाऊल र तिनका छोरा जोनाथनसित फलामको हतियार थियो।
13:23b.1SA.013.023 पलिश्तीहरूको एक दल सैनिकले मिकमाशको बेंसीलाई पूर्ण सुरक्षित तुल्याइरहेका थिए।
14
14:1b.1SA.014.001 एक दिन शाऊलका छोरा जोनाथनले तिनका हतियार बोक्ने युवकलाई भने, “हिंडे र बेंसीको पल्लो पट्टि पलिश्तीहरूको छाउनीमा जाऔं।” तर जोनाथनले यो कुरा आफ्ना पितालाई भनेन।
14:2b.1SA.014.002 शाऊल पहाडको किनारा मिग्रोनमा एउटा अनारको रूखमुनि बसिरहेका थिए। छेवैमा खला पनि थियो। शाऊलसँग प्राय 600 मानिसहरू थिए।
14:3b.1SA.014.003 एकजनाको नाउँ अहियाह थियो। अहिया ईकाबोदका भाइ अहीतूबका छोरा थिए। ईकाबोद पीनहासका छोरा थिए। पीनहास एलीका छोरा थिए। अहिले एली शीलोमा परमप्रभुको पूजाहारी थिए। अहियाह पूजाहारी थिए अनि तिनले एपोद लगाएका थिए। यी मानिसहरूले जोनाथन गइसकेको कुरा चाल पाएनन्।
14:4b.1SA.014.004 वाटोको दुवै पट्टि ठूला-ठूला चट्टानहरू थिए। जोनाथनले त्यही बेंसीको बाटो भएर पलिश्तीहरूको छाउनीमा पुग्ने निश्चय गरे। बाटोको एकापट्टि बोसेस नाउँ भएको एउटा ठूला चट्टान थियो र अर्को तर्फ सेन नाउँ गरेको अर्को चट्टान थियो।
14:5b.1SA.014.005 एउटा ठूलो चट्टान भने उत्तरतिर मिकमाशलाई हेरिरहे झैं देखिन्थ्यो। अर्को चट्टानले भने दक्षिणतिर गिबालाई हेरिरहे झैं देखिन्थ्यो।
14:6b.1SA.014.006 जोनाथनले आफ्नो हतियार बोक्ने युवा सहयोगीलाई भने, “आऊ, ती विदेशीहरूको छाउनीमा जाऔ। हुन सक्छ, परमप्रभुले तिनीहरूलाई डराउनको निम्ति हामीलाई प्रयोग गर्नुहुनेछ। हामीसँग ज्यादा सैनिक होस् कि नहोस् परमप्रभुलाई कसैले रोक्न सक्दैन।”
14:7b.1SA.014.007 जोनाथनको हतियार बोक्ने युवकले भन्यो, “तपाईंलाई जे राम्रो लाग्छ त्यहि गर्नुहोस्। म त तपाईंको साथमा छँदैछु।”
14:8b.1SA.014.008 जोनाथनले भन्यो, “जाऔ! त्यो बेंसीबाट भएर सिधै पलिश्ती रक्षकहरू भएतिर जाऔं। हामी तिनीहरूले देख्ने गरी अघि बढौं।
14:9b.1SA.014.009 यदि तिनीहरूले हामीलाई, ‘तिमीहरू त्यही उभिनु जबसम्म हामी त्यहाँ आइपुग्दैनौं भन्छन् भने हामी जहिंको तहीं उभिनेछौं। हामी अघि बढ्दैनौं।
14:10b.1SA.014.010 तर यदि पलिश्तीहरूले हामीहरूलाई ‘अगाडि बढ’ भने, हामी तिनीहरू भएसम्म चढछौं। किनभने यो परमेश्वरको चिन्ह हो यो चिन्हको अर्थ हुनेछ परमप्रभुले तिनीहरूलाई हराउनु हुनेछ।”
14:11b.1SA.014.011 यसर्थ जोनाथन र तिनका सहयोगी पलिश्तीहरूले देख्ने गरी उभिए। पलिश्ती रक्षकहरूले भने, “हेर! हिब्रूहरू लुकेको खाल्टोबाट निस्केर आउँदैछन्।”
14:12b.1SA.014.012 किल्लाको रक्षक पलिश्तीहरूले जोनाथन र तिनका सहायकलाई कराएर भने, “यहाँ आऊ, तिमीहरूलाई हामी पाठ सिकाउँने छौं।” जोनाथनले आफ्नो सहयोगीलाई भन्यो, “पहाड चढ्दा मेरो पछि आउनु, परमेश्वरले यसरी मिलाउनु भएको छ कि इस्राएलीहरूले पलिश्तीहरूलाई हराउने छ।”
14:15b.1SA.014.015 मैदान, छाउनीमा र किल्लामा भएका सबै पलिश्ती सैनिकहरू डराउन थाले। यहाँसम्म भयो कि पलिश्तीहरूका वीरभन्दा वीर सैनिक पनि डराए। जमीन काम्यो र पलिश्ती सैनिकहरू साह्रै नै डराए।
14:16b.1SA.014.016 शाऊलका रक्षकहरूले बिन्यामीन देशको गिबामा भएका पलिश्ती सैनिकहरू चारै दिशातिर भाग-भाग गरेको देखे।
14:17b.1SA.014.017 शाऊलले आफ्ना छेवैमा भएका सैनिकहरूलाई भने, “सैनिकहरूको गन्ती गर। म यो जान्न चाहन्छु कि कसले छाउनी छोडे।” तिनीहरूले गन्ती गरे। छाउनीमा जोनाथन र तिनका सहायक थिएनन्।
14:18b.1SA.014.018 शाऊलले अहियाहलाई भने, “परमेश्वरको पवित्र सन्दूक ल्याऊ!” त्यस समय सन्दूक इस्राएलीहरूसँग नै थियो।
14:19b.1SA.014.019 शाऊल पूजाहारी अहियाहसँग कुरा गर्दैथिए। शाऊलले परमेश्वरको सुझाव पर्खिरहेका थिए। तर पलिश्तीहरूको छाउनीमा होहल्ला र अशान्ती अझै बढ्दै थियो। शाऊलको धैर्य खतम भइसकेको थियो। अन्त्यमा पूजाहारी अहियालाई शाऊलले भने, “अब भयो प्रार्थना गर्न बन्द गर, हात तल झार।”
14:20b.1SA.014.020 शाऊलले आफ्ना सैनिकहरूलाई एकत्रित पारे र युद्धको निम्ति निस्किए। पलिश्ती सेनाहरू साँच्चै नै अलमल्ल परिरहेका थिए। तिनीहरूले एक-अर्कामा तिनीहरूको तरवार लिएर झगडा गर्न शुरू गरे।
14:21b.1SA.014.021 केही हिब्रूहरू पनि पलिश्तीहरूसित तिनीहरूका नोकरहरू जस्तै त्यही छाउनीमा थिए। तिनीहरूले पनि पलिश्तीहरूलाई आक्रमण गरे। तिनीहरू पनि इस्राएली शाऊल र जोनाथनसित मिले।
14:22b.1SA.014.022 पलिश्ती सैनिकहरू भाग्दै छन् भन्ने खबर एप्रैमका पहाडी प्रदेशमा लुकेका सबै इस्राएलीहरूले सुने। यसैले ती इस्राएलीहरू पनि युद्धमा सामेल भएर पलिश्तीहरूलाई खेद्न थाले।
14:23b.1SA.014.023 यसरी परमप्रभुले इस्राएलीहरूलाई त्यस दिन रक्षा गर्नुभयो। तिनीहरूले बेत-आवेनको पारिसम्मै लडाँईं लडे। सबै सैनिकहरू शाऊलका साथ थिए त्यहाँ झण्डै 10,000 पुरूष थिए। एप्रैमका पहाडी देशको प्रत्येक शहरमा युद्ध फैलियो।
14:24b.1SA.014.024 त्यस दिन शाऊलले ठूलो भूल गरे। इस्राएलीहरू भोका र थकित थिए, कारण शाऊलले शपथ खान लगाएका थिए, शाऊलको शपथ थियो, साँझ अघि कसैले केही खाने छैन। “अथवा मैले मेरो शत्रुहरूलाई पराजित नगरूञ्जेलसम्म खानेकुरा खाए त्यसलाई दण्ड दिइनेछ।” यसर्थ कुनै इस्राएली सैनिकले केही खाएनन्।
14:27b.1SA.014.027 तर जोनाथनलाई शपथ बारे केही थाह थिएन। जोनाथनले आफ्ना पिताले जबरदस्ती मानिसहरूलाई शपथ खुवाएको कुरा सुनेका थिएनन्। एउटा लट्टी जोनाथनसँग थियो। उनले महको चाकामा लट्टी घुसारे र लठ्ठीमा मह ल्याएर केही मह खाए र फूर्तिलो अनुभव गरे।
14:28b.1SA.014.028 एउटा सैनिकले जोनाथनलाई भन्यो, “तपाईंका पिताले मानिसहरूलाई एउटा शपथ खान लगाए। तपाईंका पिताले मानिसहरूलाई केही खाएमा दण्डित गरिने शपथ खुवाए। यसैले मानिसहरू भोकभोकै छन्। यसैले गर्दा मानिसहरू कमजोरी भए।”
14:29b.1SA.014.029 जोनाथनले भने, “मेरो पिताले देशलाई समस्यामा हाल्नुभयो। हेर त मैले अलिकति मह चाखेको मात्र थिएँ कस्तो फूर्तिलो भएँ।
14:30b.1SA.014.030 आज मानिसहरूले शत्रु पक्षबाट जे-जे भोजन ल्याएका थिए, ती सब खान पाएका भए कति राम्रो हुन्थ्यो। हामीले अझ धेरै पलिश्तीहरूलाई मार्न सक्थ्यौं।”
14:31b.1SA.014.031 त्यस दिन इस्राएलीहरूले पलिश्तीहरूलाई हराए। तिनीहरू मिकमाश देखि अय्यालोन सम्मका बाटोभरी लडे। यसैले मानिसहरू थकित र भोका थिए।
14:32b.1SA.014.032 तिनीहरूले पलिश्तीहरूबाट भेडा, गाई र बाछाहरू खोसेका थिए। त्यस बेला इस्राएलका मानिसहरू यति भोका थिए कि तिनीहरूले ती पशुहरूलाई त्यही जमिनमा मारे र खाए। जबसम्म पशुहरूमा रगत थियो।
14:33b.1SA.014.033 शाऊललाई एउटा मानिसले भन्यो, “हेर्नुहोस्! मानिसहरूले परमप्रभुको विरूद्धमा पाप गर्दैछन्। तिनीहरूले रगतै समेत मासु खाँदैछन्!” शाऊलले भने, “तिमीहरूले पाप गर्दैछौ। यहाँ एउटा ठूलो ढुङ्गालाई पल्टाऊ।”
14:34b.1SA.014.034 फेरि शाऊलले भने, “मानिसहरूलाई गएर भन कि प्रत्येक मानिसले साँढे र भेडा लिएर मकहाँ आओस्। यहाँ तिनीहरूले आफ्ना साँढे र भेडा मार्नुपर्छ। परमप्रभु विरूद्ध पाप काम नगर! रगतै समेतको मासु नखाओ।” त्यस रात प्रत्येकले आ-आफ्नो पशुहरू ल्याएर त्यहाँ मारे।
14:35b.1SA.014.035 शाऊलले परमप्रभुको निम्ति वेदी बनाए। शाऊल आफैले वेदी बनाउन शुरू गरे।
14:36b.1SA.014.036 शाऊलले भने, “आज राती हामी पलिश्तीहरूलाई लखेट्नेे छौं। हामीले तिनीहरूबाट प्रत्येक बस्तु खोस्ने छौं। हामीले तिनीहरू सबैलाई मार्ने छौं।” सैनिकहरूले जवाफ दिए, “तपाईंलाई जे राम्रो लाग्छ, त्यही गर्नुहोस्।” तर पूजाहारीले भने, “परमेश्वरलाई सोध।”
14:37b.1SA.014.037 यसकारण शाऊलले परमेश्वरलाई सोधे, “के म पलिश्तीहरूलाई पछ्याउँदै खेदौं? के मलाई पलिश्तीहरूलाई हराउन दिनुहुन्छ?” तर परमेश्वरबाट कुनै जवाफ आएन।
14:38b.1SA.014.038 यसले गर्दा शाऊलले भने, “सबै नेताहरूलाई मेरो समक्ष बोलाउनु, आज कसले पाप काम गर्यो, बुझौ।
14:39b.1SA.014.039 म इस्राएलको रक्षा गर्ने परमप्रभुको शपथ खाँदै यो प्रतिज्ञा गर्छु, यहाँ सम्म कि मेरो छोरा जोनाथनले नै पाप गरेको छ भने पनि छोडिने छैन मर्ने छ।” तर कसैले पनि उनलाई केही भनेनन्।
14:40b.1SA.014.040 यसकारण शाऊलले सबै इस्राएलीहरूलाई भने, “तिमीहरू सबै एकतिर उभिनु। म र मेरो छोरा जोनाथन अर्कोतिर उभिन्छौ।” सबै सैनिकले भने, “तपाईंको जो इच्छा हजुर।”
14:41b.1SA.014.041 तब शाऊलले प्रार्थना गर्न लागे, “परमप्रभु, इस्राएलको परमेश्वर, तपाईंले दासलाई आज किन जवाफ दिनुभएन, यदि मैले अथवा मेरो छोरा जोनाथनले कुनै पाप गरेको भए परमप्रभु इस्राएलका परमेश्वर ऊरीम दिनुहोस्। यदि तपाईंका इस्राएली मानिसहरूले पाप गरेका भए तुम्मीम दिनुहोस्।” यस प्रकारले शाऊल र जोनाथन चुनिएका थिए अन्य मानिसहरू चुनिएका थिएनन्।
14:42b.1SA.014.042 शाऊलले भने, “अब म र मेरो छोरामा कसलाई दोष दिनु पर्ने हो? को दोषी हो?” जोनाथन चुनिएका थिए।
14:43b.1SA.014.043 शाऊलले जोनाथनलाई भने, “मलाई भन्, तैले के गरिस्।” जोनाथनले शाऊललाई भन्यो, “मैले अलि कति लट्टीमा लागेको मह चाखें। यत्तिले नै म मर्नु पर्ने?”
14:44b.1SA.014.044 शाऊलले भने, “यदि मैले गरेको प्रतिज्ञा पूरा गरिनँ भने परमेश्वरले मलाई खूबै नराम्रो गर्नुहुनेछ। यसर्थ जोनाथन मर्नै पर्छ।”
14:45b.1SA.014.045 तर सबै सैनिकाहरूले भने, “आज जोनाथनले इस्राएललाई विजयी गरायो। के जोनाथन मर्नै पर्ने? होइन! हामी जीवित परमेश्वरको नाउँमा शपथ खान्छौ कि जोनाथनलाई कसैले हानि गर्न सक्दैन, उसको शिरको एउटा केशसम्म कसैले हल्लाउन सक्ने छैन। परमेश्वरले आज पलिश्तीहरूसँगको युद्धमा जोनाथनलाई सहायता गर्नुभएको छ।” यसरी मानिसहरूले जोनाथनलाई बचाए। तिनलाई मृत्युदण्ड दिइएन।
14:46b.1SA.014.046 शाऊलले पलिश्तीहरूलाई खेदेनन्। पलिश्तीहरू आफ्नै ठाउँमा फर्किए।
14:47b.1SA.014.047 शऊलले इस्राएलमा पूरा अधिकार जमाए। शाऊल इस्राएल वरिपरिका शत्रुहरूसित लडे। शाऊल मोआबी, अम्मोनी, एदोमी, सीबाका राजा र पलिश्तीहरूसंग लडे। जहाँ-जहाँ गएर लडे शाऊलले इस्राएलका शत्रुहरूलाई हराए।
14:48b.1SA.014.048 शाऊल अत्यन्तै सहासी थिए। शाऊलले इस्राएलका मानिसहरूबाट सामान चीज-बीज खोस्न खोज्नहरूको हातबाट पनि इस्राएलीहरूलाई बचाए, शाऊलले यहाँ सम्म कि अमालेकीहरूलाई पनि हराए।
14:49b.1SA.014.049 शाऊलको छोराहरू जोनाथन, यिश्वी र मल्कीशूअ थिए। शाऊलकी जेठी छोरीको नाउँ मेराब र कान्छी छोरीको नाउँ मीकल थियो।
14:50b.1SA.014.050 शाऊलकी पत्नीको नाउँ अहीनोम थियो। अहीनोमचाहि अहीमासकी छोरी थिइन्। शाऊलका सेनापति नेरका छोरा अबनेर थिए। नेरचाहिं शाऊलका काका थिए।
14:51b.1SA.014.051 शाऊलका पिता कीश र अबनेरका पिता नेरचाहि अबीएलका छोराहरू थिए।
14:52b.1SA.014.052 शाऊल जीवनभरी नै साहसी थिए। पलिश्तीहरू विरूद्ध कठिन युद्ध लडे। जहिले पनि कुनै वीरलाई देखेमा शाऊलले आफ्नो सैनिक दलमा त्यसलाई सामेल गर्थे र आफ्नो छेवैमा राखेर राजाको रक्षक बनाउँथे।
15
15:1b.1SA.015.001 एक दिन शमूएलले शाऊललाई भने, “परमप्रभुले मलाई उहाँका इस्राएली मानिसहरूको राजाको रूपमा तिमीलाई अभिषेक गर्न पठाउनु भएको थियो। अब परमप्रभुको भनाइ सुन।
15:2b.1SA.015.002 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, ‘जब इस्राएलीहरू मिश्रबाट बाहिर आए तब अमालेकीहरूले तिनीहरूलाई कनान जानलाग्दा रोक्ने चेष्टा गरे। अमालेकीहरूले जे गरे मैले देखे।
15:3b.1SA.015.003 अब गएर अमालेकीहरूसित युद्ध गर। अमालेकीहरूसित जे जति छ सम्पूर्ण रूपले नष्ट गर। कसैलाई जिउँदो नछाड। तिमीहरूले ती सबलाई मार्नु पर्छ, लोग्ने मानिसहरू होस् कि स्त्रीहरू केटा-केटीहरू होस् कि काखका नानी। सबलाई मार गाई-गोरू, भेडा ऊँट गधा केही बाँकी नराख।”‘
15:4b.1SA.015.004 शाऊलले सबै सेनाहरूलाई तेलैममा भेला गराए। त्यहाँ 2,00,000 पैदल सेना र 10,000 अन्य मानिसहरू थिए। यसमा यहूदाका मानिसहरू पनि थिए।
15:5b.1SA.015.005 त्यसपछि शाऊल अमालेक शहरतिर लागे र बेंसीमा पर्खेर बसे।
15:6b.1SA.015.006 शाऊलले केनीहरूलाई भने, “तिमीहरू सबैले अमालेकीहरूलाई छोडी देऊ। म तिमीहरूलाई अमालेकीहरूसित मार्दिन। कारण तिमीहरूले मिश्रबाट आउँदा इस्राएलीहरूलाई दया गरेका थियौ।” यसपछि केनीहरूले अमालेकीहरूलाई छोडे।
15:7b.1SA.015.007 शाऊलले अमालेकीहरूलाई हराए, तिनले हवीलाबाट शूरतक मिश्रको सीमानासम्म अमालेकीहरूलाई खद्दै गए।
15:8b.1SA.015.008 शाऊलले अमालेकीहरूका राजा अगागलाई जिउँदै पक्रे र अगागका सबै सैनिकलाई मारे।
15:9b.1SA.015.009 शाऊल र इस्राएली सैनिकहरूले सम्पूर्ण कुराहरू नष्ट गर्दा नराम्रो मन गरे। यसर्थ तिनीहरूले अगागलाई मारेनन् र बलिया गाईहरू राम्रा जातका भेडा र पाठाहरू पनि बचाएर राखे। राख्न योग्यका सामानहरू राखेर काम नलाग्ने जति नष्ट गरे।
15:10b.1SA.015.010 शमूएलले परमप्रभुबाट खबर पाए।
15:11b.1SA.015.011 परमप्रभुले भन्नुभयो, “शाऊलले मलाई पछ्याउन छोडीदियो। यसर्थ म शाऊललाई राजा बनाएर आफै दुःखी छु। म जे भन्छु त्यसले त्यो गर्दैन।” शमूएल धेरै रिसाए र रातभरी परमप्रभुसित प्रार्थना गरे।
15:12b.1SA.015.012 शमूएल भोलिपल्ट बिहान चाँडै नै उठे र शाऊललाई भेट्न गए। तर मानिसलहरूले शमूएललाई भने, “शाऊल यहूदाको कर्मेल भन्ने ठाउँमा गएका छन्। शाऊल त्यहाँ उसको सम्मानमा एउटा स्मारक स्थापित गर्न गएका छन्। त्यसपछि धेरै ठाउँ भ्रमण गरेर तिनी अन्त्यमा गिलगाल जानेछन्।” त्यसपछि शमूएल शाऊल भएको ठाउँमा गए। अमालेकीहरूबाट लिएका चीजबिजको पहिलो अंश शाऊलले भेंटीको रूपमा चढाए, शाऊलले तिनीहरूलाई परमप्रभुको अघि एउटा होमबलि जस्तै चढाए।
15:13b.1SA.015.013 शमूएल शाऊलको नजिक गए। शाऊलले स्वागत जनाएर भने, “परमप्रभुको आशीर्वाद तपाईंमा रहोस्। मैले परमप्रभुको आज्ञा पालन गरें।”
15:14b.1SA.015.014 शमूएलले भने, “त्यसो हो भने म यो के सुन्दैछु। किन मैले भेडा र पशुहरूको आवाज सुनेको?”
15:15b.1SA.015.015 शाऊलले भन्यो, “सैनिकहरूले अमालेकीहरूबाट पशुहरू लिए। सैनिकहरूले राम्रा भेडा र पशुहरू परमप्रभु तपाईंको परमेश्वरमा बलिचढाउन भनेर बचाए। तर हामीले अरू सबै चीज नष्ट पार्यौ।”
15:16b.1SA.015.016 शमूएलले शाऊललाई भने, “चुप लाग! हिजो राती परमप्रभुले मलाई के भन्नुभयो त्यो म तपाईंलाई बताउनेछु।” शाऊलले भने, “ठीक छ, के भन्नु भयो भन्नुहोस्।”
15:17b.1SA.015.017 शमूएलले भने, “विगतमा, तपाईंले आफैलाई तुच्छ सम्झनु हुन्थ्यो। तर त्यसपछि तपाईं इस्राएलका कुलहरूका अगुवा हुनुभयो। इस्राएलको राजाको रूपमा परमप्रभुले तपाईंलाई चुन्नुभयो।
15:18b.1SA.015.018 परमप्रभुले तपाईंलाई एउटा विशेष सेवाकार्यको निम्ति पठाउनु भयो। परमप्रभुले भन्नुभयो, ‘अमालेकीहरूकहाँ जाऊ, अनि तिनीहरूलाई नष्ट पार किनभने तिनीहरू खराब मानिस हुन्।
15:19b.1SA.015.019 तपाईंले परमप्रभुको कुरा सुन्नु भएन। किन? तपाईंले ती चीजहरू राख्न चाहनुहुन्छ। तपाईंको यो परमप्रभुको इच्छा विरूद्ध कार्य भयो।”
15:20b.1SA.015.020 शऊलले भने, “तर मैले त परमप्रभुको सबै कुरा माने मलाई जहाँ पठाउनु भयो त्यही गए। मैले अमालेकीहरू सबैलाई नष्ट गरे। मैले खाली साथमा एकजना मानिस ल्याएँ तिनीहरूका राजा अगाग।
15:21b.1SA.015.021 गिलगालमा परमप्रभु तपाईंका परमेश्वरलाई बलि चढाउन भनेर। सैनिकहरूले राम्रा-राम्रा भेडा र पशुहरू लिए।”
15:22b.1SA.015.022 शमूएलले जवाफ दिए, “परमप्रभुलाई के ले खुशी पार्छ होमबलि र बलिदानहरू चढाएर कि उहाँको आज्ञालाई पालन गरेर? उहाँलाई बलि भेट दिएर भन्दा उहाँको प्रत्येक आदेशलाई पालन गर्नु राम्रो हो। भेडाको बोसो चढाउनु भन्दा पहिले परमेश्वरको वचन सुन्नु नै राम्रो हो।
15:23b.1SA.015.023 आज्ञा पालन नगर्नु चाहि तन्त्रमन्त्रको पाप जस्तै हो। हठी स्वभावको हुनु र आफ्नै इच्छानुसार हिँड्नुचाहि मूर्ति पूजा गरे झैं पाप हो। तपाईंले परमप्रभुको आज्ञा मान्न इन्कार गर्नुभयो। यही कारणले, अब परमप्रभुले पनि तपाईंलाई राजाको रूपमा इन्कार गर्नुभयो।”
15:24b.1SA.015.024 शाऊलले शमूएललाई भने, “मैले पाप गरे। मैले परमप्रभुको आज्ञा तपाईंले भन्नु भए जस्तै गरिन। म मानिसहरूसित साह्रै डराएँ अनि तिनीहरूले जे भने माने।
15:25b.1SA.015.025 अब म बिन्ती गर्दछु यो पाप गरेको निम्ति मलाई क्षमा गरिदिनुहोस्। मतिर फर्किनु होस्, यसकारण म परमप्रभुको आराधाना गर्न सकौं।”
15:26b.1SA.015.026 तर शमूएलले शाऊललाई भने, “म तपाईंसँग जाँदिन। तपाईंले परमप्रभुको वचनलाई उलंघन गर्नुभयो अनि अहिले परमप्रभुले पनि राजा अस्वीकार गरिदिनुभएको छ।”
15:27b.1SA.015.027 जब शमूएले शाऊललाई छोडेर हिंड्न खोजे, शाऊलले शमूएलको खास्टोको किनार समाते र त्यो च्यातियो।
15:28b.1SA.015.028 शमूएलले शाऊललाई भने, “जसरी तपाईंले मेरो खास्टो च्याति दिनुभयो। यसरी नै परमप्रभुले आज इस्राएलको राज्य तपाईंबाट च्यात्नु भएकोछ। परमप्रभुले इस्राएलको राज्य तपाईंको साथीहरू मध्ये एकजनालाई दिनुभयो। त्यो मानिस तपाईं भन्दा असल छ।
15:29b.1SA.015.029 परमप्रभु इस्राएलका परमेश्वर हुनुहुन्छ। परमप्रभु शाश्वत हुनुहुन्छ। परमप्रभु न त झूट्टो बोल्नु हुन्छ न त विचार बदल्नु हुन्छ। परमप्रभु मानिस जस्तै छिन-छिनमा विचार बदल्ने हुनुहुन्न।”
15:30b.1SA.015.030 शाऊलले भने, “ठीक छ, मैले पाप गरे। दया गरी मसित आइदिनुहोस्। इस्राएलका नेताहरू र मानिसहरूका अघि मेरो केही इज्जत राखिदिनु होस्। मसित आइदिनु होस्। ताकि म परमप्रभु तपाईंको परमेश्वरलाई आराधना गर्न सकूँ।”
15:31b.1SA.015.031 शमूएल शाऊलसँग गए अनि शाऊलले परमप्रभुलाई आराधना गरे।
15:32b.1SA.015.032 शमूएलले भने, “अमालेकीहरूका राजा अगागलाई मेरो सामु ल्याऊ।” अगागलाई शमूएलको अघि ल्याइयो। साङ्गलाले बाँधिएको अगागको मनमा थियो, “मलाई निश्चय पनि मार्दैनन् होला भनेर।”
15:33b.1SA.015.033 तर शमूएलले अगागलाई भने, “तेरो तरवारले नानीहरूलाई आमाको काखबाट खोस्यो। त्यसकारण अब तेरो आमाले तिनका छोरा-छोरीहरू गुमाउने छन्।” यति भनेर गिलगालमा परमप्रभुको अघि शामूएलले अगागलाई टुक्रा-टुक्रा बनाएर काटिदिए।
15:34b.1SA.015.034 त्यसपछि शमूएल त्यहाँबाट हिंडे र रामा गए। शाऊल चाहि गिबामा आफ्नो घर फर्के।
15:35b.1SA.015.035 त्यसपछि शमूएलले शाऊललाई जीवनभरी कहिले भेटेनन्। शमूएल शाऊलसँग साह्रै दुःखी थिए। परमप्रभु पनि शाऊललाई इस्राएलका राजा बनाएकोमा दुःखी हुनुहुन्थ्यो।
16
16:1b.1SA.016.001 परमप्रभुले शमूएललाई भन्नुहुन्छ, “कति दिन शाऊलको निम्ति दुःखीत भइरहन्छसू? शाऊललाई मैले इस्राएलको राजापदबाट हटाइसके तरै पनि त्यसको दुःख मानिरहन्छस्। तँसित भएको सींङ तेलले भर र बेतलेहेम जा। म तँलाई बेतलेहेमको यिशै नाउँको मानिसकहाँ पठाउँदैछु। यिशै बेतलेहेममा बस्छ। मैले त्यसकै एकजना छोरालाई नयाँ राजाको रूपमा चुनें।”
16:2b.1SA.016.002 शमूएलले भने, “यदि म गएँ भने यो समाचार शाऊलले सुन्ने छ र मलाई मार्ने छ।” परमप्रभुले भन्नुभयो, “बेतलेहेममा जा साथमा एउटा बाछा पनि लानु र भन्नु, ‘परमप्रभुलाई बलि चढाउन आएको।’
16:3b.1SA.016.003 यिशैलाई बलि चढाउन बोलाउनु। त्यसपछि म तँलाई के गर्नु पर्छ भन्ने छु। तैंले त्यस मानिसलाई अभिषेक गर्नु जुन म तँलाई देखाउँनेछु।”
16:4b.1SA.016.004 शमूएलले त्यसै गरे जो परमप्रभुले तिनलाई गर्नु भन्नु भएको थियो। शमूएल बेतलेहेम गए। बेतलेहेमका बूढा-प्रधानहरू डरले कामे। तिनीहरूले शमूएललाई भेटे र सोधे, “के तपाईं शान्ति पूर्वक आउँनु भयो?”
16:5b.1SA.016.005 शमूएलले भने, “ज्यू, म शान्ति पूर्वक आएँ। म परमप्रभुलाई बलिदान चढाउन आएको हुँ। तपाईंहरू पनि पूजाका निम्ति तयार भएर बलिदान चढाउन मसित आउनु होस्।” शमूएलले यिशै र तिनका छोराहरूलाई तयार पारे। त्यस पछि शमूएलले तिनीहरूलाई बलिदान चढाउन बोलाए।
16:6b.1SA.016.006 जब यिशै र तिनका छोराहरू आइ पुगे, शमूएलले एलीआबलाई देखे। शमूएलले सोचे, “निश्चय पनि परमप्रभुले छान्नु भएको मानिस यिनै हुनु पर्छ।”
16:7b.1SA.016.007 तर परमप्रभुले शमूएललाई भन्नु भयो, “एलीआब अग्लो र सुन्दर छ। तर यस्तो विचार गर्नु हुदैन। परमेश्वरले ती चीजहरू हेर्नु हुन्न हो मानिसहरूले हेर्छन्। मानिसले बाहिरी रूप मात्र हेर्छ, तर परमप्रभुले उसको हृदय हेर्नुहुन्छ। एलीआब त्यो ठीक मानिस होइन।”
16:8b.1SA.016.008 त्यसपछि यिशैले तिनका दोस्रो छोरा अबीनादाबलाई बोलाए। अबीनादाब शमूएलकै छेउ भएर हिंडे। तर शमूएलले भने, “होइन, यसलाई पनि परमप्रभुले चुन्नु भएको छैन।”
16:9b.1SA.016.009 त्यसपछि यिशैले शम्मालाई शमूएलको छेउमा बोलाए। तर शमूएलले भने, “होइन, यसलाई पनि परमप्रभुले चुन्नु भएको होइन।”
16:10b.1SA.016.010 यिशैले सातौ छोरा देखाए। तर शमूएलले यिशैलाई भने, “परमप्रभुले यिनीहरू मध्ये कसैलाई पनि चुन्नु भएको छैन।”
16:11b.1SA.016.011 शमूएले यिशैलाई सोधे, “के तपाईंका छोराहरू यति नै हुन्?” यिशैले भने, “होइन अर्को छोरा छ सब भन्दा कान्छो, तर अहिले भेडा चराउँदैछ।” शमूएलले भने, “उसलाई यहाँ तुरून्तै लिन पठाऊ। उ नआइञ्जेल सम्म हामी खान बस्ने छैनौं।”
16:12b.1SA.016.012 यिशैले कान्छो छोरा लिन तुरून्तै कसैलाई पठाए। त्यो छोरा हेर्दै राम्रो थियो, रातो वर्णको युवक। उ साँच्चै सुन्दर थियो। परमप्रभुले शमूएललाई भन्नु भयो, “उठेर उसलाई अभिषेक गर। त्यहि एउटा हो।”
16:13b.1SA.016.013 शमूएलले सीङबाट तेल निकालेर यिशैको कान्छा छोराको शिरमा दाजूहरूका अगाडी खन्याई दिए। परमप्रभुको आत्मा एकदमै शक्तिको साथ दाऊदमाथि त्यस दिन देखि उत्रियो। त्यस पछि शमूएल रामा घरतिर फर्के।
16:14b.1SA.016.014 परमप्रभुको आत्माले शाऊललाई त्यागि दियो। परमप्रभुले दुष्ट आत्मा शाऊल कहाँ पठाउँनु भयो। त्यसले शाऊललाई साह्रै सतायो।
16:15b.1SA.016.015 शाऊलको नोकरले भन्यो, “परमेश्वरद्वारा पठाउँनु भएको दुष्ट आत्माले तपाईंलाई साह्रै दुःख दियो।
16:16b.1SA.016.016 हामीलाई आदेश दिनुहोस हामीले कुनै त्यस्तो व्यक्ति खोज्न सकौं जसले वीणा बजाउन सक्छ। यदि परमप्रभुबाट आएको त्यस दुष्ट आत्माले तपाईंलाई सताउन थालेछ भने त्यस मानिसले वीणा बजाउन थाल्नेछ र तपाईंलाई आराम अनुभव हुनेछ।”
16:17b.1SA.016.017 शाऊलले नोकर-चाकरहरूलाई भने, “एउटा मानिसलाई मेरो निम्ति खोज जसले असल तरिकाले संगीत बजाउँछ। त्यसलाई म कहाँ ल्याऊ।”
16:18b.1SA.016.018 एउटा नोकरले भन्यो, “एउटा यिशै नाउँका मानिस छन्। बेतलेहेममा बस्छन्। मैले देखेको छु यिशैको छोरा। उसले कसरी वीणा बजाउनु पर्छ जान्दछ। उ साह्रै वीर र युद्ध गर्न जान्दछ। उ साह्रै फुर्तिलो र सुन्दर छ। परमप्रभु पनि उसैको साथ हुनुहुन्छ।”
16:19b.1SA.016.019 यसकारण शाऊलले समाचार दिने मानिसलाई यिशैकहाँ पठाए। तिनीहरूले यिशैलाई भने, “तिम्रो दाऊद नाउँको छोरा छ। जसले तिम्रा भेडाहरू चराउँछ। उसलाई मकहाँ पठाऊ।”
16:20b.1SA.016.020 यिशैले शाऊलका निम्ति उपहारको बन्दोबस्त गर्यो। यिशैले उपहारको रूपमा एउटा गधा, केही रोटी, एक मशक दाखरस र एउटा बाख्राको पाठो तयार पार्यो। यिशैले ती चीजहरू दाऊदका साथ लगाएर शाऊल कहाँ पठायो।
16:21b.1SA.016.021 यसरी दाऊद शाऊल कहाँ गयो र तिनका अगाडि हाजिर भयो। शाऊलले दाऊदलाई धेरै प्रेम गरे। दाऊद शाऊलको अस्त्र बोक्ने सहयोगी भए।
16:22b.1SA.016.022 शाऊलले यिशैलाई खबर पठाए, “दाऊद बसेर मेरो सेवा गरोस्। ऊ मलाई असाध्यै मन पर्यो।”
16:23b.1SA.016.023 जब परमेश्वरले पठाएको दुष्ट आत्माले शाऊललाई दुःख दिन थाल्थ्यो, दाऊदले हातमा वीणा लिएर बजाउँन थाल्दथे र दुष्ट आत्माले शाऊललाई छोडि हाल्थ्यो र शाऊल असल हुन्थे।
17
17:1b.1SA.017.001 पलिश्तीहरूले आफ्ना सैनिकहरूलाई युद्धको निम्ति भेला गराए। तिनीहरू यहूदा स्थित सोकोहमा भेला भए। तिनीहरूको छाउनी सोकोह र अजेकाको बीचमा एपेसदम्मीम नाउँका शहरमा थियो।
17:2b.1SA.017.002 शाऊल र इस्राएली सैनिकहरू पनि एक ठाउँमा भेला भए। तिनीहरूको छाउनी एला बेंसीमा थियो। शाऊलका सैनिकहरूले पंक्ति बाँधे पलिश्तीहरूसित युद्ध गर्न तयार थिए।
17:3b.1SA.017.003 पलिश्तीहरू एउटा पहाड माथि थिए, र इस्राएलीहरू अर्को पहाड माथि थिए। दुवै पक्षका बीचमा बेंसी थियो।
17:4b.1SA.017.004 पलिश्तीहरूको गोल्यात नाउँ भएको एउटा वीर योद्धा थियो। गोल्यात गात निवासी थियो। गोल्यात झण्डै नौ फीट अग्लो थियो। गोल्यत पलिश्तीहरूका छाउनीबाट बाहिरियो।
17:5b.1SA.017.005 शिरमा काँसाको टोपी लगाएको थियो। शरीरमा माछाको कत्ला जस्तै कवच कोट लगाएको थियो। त्यो रक्षा कवच काँसाको नै थियो यसको ओजन 5,000 शेकेलको थियो।
17:6b.1SA.017.006 गोल्यतले खुट्टातिर पनि काँसाकै कवच लगाएको थियो। काँसाकै भाला पिठ्यूँमा बोकेको।
17:7b.1SA.017.007 भालाको लट्टी जुलाहाको लुगा बुन्ने डण्डा जत्रो थियो। भालाको ओजन 600 शेकेलको थियो। गोल्यतको हात-हतियार बोक्ने तिनको अघि-अघि हिंडथ्यो।
17:8b.1SA.017.008 प्रत्येक दिन गोल्यत बाहिर निस्कन्थ्यो र इस्राएली सैनिकहरूलाई चुनौती दिनथ्यो। उसको चुनौति थियो, “किन तिमीहरूले युद्धको निम्ति पंक्ति कसेको? तिमीहरू शाऊलका नोकर हौ म त पलिश्ती हुँ। एउटा मानिस छानेर मेरो विरूद्धमा लडनलाई पठाऊ।
17:9b.1SA.017.009 यदि त्यस मानिसले मलाई मार्यो भने तब हामी सबै पलिश्तीहरू तिमीहरूका दास बन्नेछौ। तर यदि मैले त्यस मानिसलाई मारे भने मैले जितेको हुनेछ र तिमीहरू हाम्रो दास हुनेछौ। तिमीहरूले हाम्रा सेवा गर्नुपर्छ।”
17:10b.1SA.017.010 पलिश्तीले यसो पनि भन्यो, “आज म इस्राएली सेनाहरूलाई गिल्ला गर्छु। एउटा मानिस पठाइदेऊ ताकि म त्यससित लडन सकुँ।”
17:11b.1SA.017.011 शाऊल र इस्राएली सैनिकहरूले पलिश्तीले भनेको यी सब सुन्थे र साह्रै डराउँथे।
17:12b.1SA.017.012 दाऊद यिशैका छोरा थिए। यिशै इफ्रातीका छोरा थिए जो बेतलेहेमको, यहूदाका थिए। यिशैका आठजना छोराहरू थिए। शाऊलका समयमा यिशै बूढा भइसकेका थिए।
17:13b.1SA.017.013 यिशैका जेठा, माहिला र साहिंला छोराहरू शाऊलसित रणभूमिमा गएका थिए। जेठा छोराको नाउँ एलीआब थियो। माहिला छोराको नाउँ अबीनादाब र साँहिला छोराको नाउँ शम्मा थियो।
17:14b.1SA.017.014 दाऊद चाहिं कान्छो छोरा थिए। जेठा, माहिला र साँहिला चाहिं शाऊलको सेनामा थिए।
17:15b.1SA.017.015 कान्छा छोरा दाऊद शाऊलको छाउनी र बेतलेहेममा आफ्ना पिताका भेडाहरू हेरचाह गर्न आउने जानेगर्थे।
17:16b.1SA.017.016 त्यो पलिश्ती गोल्यत प्रत्येक दिन बिहानै बेलुकी इस्राएलीहरूका छाउनीमा आएर ठट्टा गर्थ्यो। 40दिनसम्म त्यसले सधैं त्यस्तै गर्यो।
17:17b.1SA.017.017 एक दिन यिशैले दाऊदलाई भने, “यस फुर्लुङमा चार पाथी (एक एपा) चिउरा र दशवटा रोटी छन् तिम्रा दाज्यूहरूलाई छाउनीमा लगि देऊ।
17:18b.1SA.017.018 यो 10 टुक्रा पनीर पनि लिए जाऊ। तिम्रा दाज्यूहरूको 1,000 सेनाको समूहलाई आदेश गर्ने अधिकारीलाई देऊ। दाज्यूहरूले के गर्दै छन् हेर। दाज्यूहरू ठीक-ठाक नै छन् भन्ने प्रमाण पनि लिएर आउनु।
17:19b.1SA.017.019 तिम्रो दाज्यूहरू र सबै इस्राएली सैनिकहरू शाऊलसित एला बेंसीमा छन्। तिनीहरू त्यहाँ पलिश्तीहरूसँग लड्दैछन्।”
17:20b.1SA.017.020 बिहानै दाऊदले अर्को एउटा गोठालोलाई भेडाहरू जिम्मा लगायो। दाऊदले भोजन लियो र यिशैले भने अनुसार हिंड्यो। दाऊदले गाडा सोझै छाउनीमा लिएर गयो। सैनिकहरू युद्ध पंक्तिमा गएका थिए अनि युद्ध गर्न लागे झैं हल्ला गरिरहेका थिए।
17:21b.1SA.017.021 इस्राएली र पलिश्ती दुवैतिरका सैनिकहरू युद्ध गर्न तयार रहे।
17:22b.1SA.017.022 दाऊदले भोजन र सामानहरू भण्डारेको हातमा सुम्पियो र इस्राएली सैनिकहरू भए तिर अगाडिको पंक्तिमा दगुर्यो अनि आफ्नो दाजूहरूको विषयमा सोध्यो।
17:23b.1SA.017.023 जस्तो दाऊदले आफ्ना दाज्यूहरूसँग कुरा गरेको बेला त्यो श्रेष्ठ योद्धा पलिश्ती गोल्यत पलिश्ती सैनिकबाट निस्केर आयो। गोल्यतले सधैं झैं इस्राएललाई गाली दिन थाल्यो। दाऊदले पनि गोल्यातले भनेको कुरा सुन्यो।
17:24b.1SA.017.024 इस्राएली सैनिकहरू त गोल्यतलाई देखे पछि भाग्न थाले। सबै नै भयभित थिए।
17:25b.1SA.017.025 एकजना इस्राएलीले भने, “त्यसलाई देख्यौ त्यसले के गरिरहेछ राम्ररी हेर? त्यो गोल्यत घरि-घरि आएर इस्राएलीहरूलाई यसरी नै गाली गर्छ। जसले यसलाई मार्छ त्यो धेरै धनी हुनेछ। राजा शाऊलले धेरै सम्पत्ति दिनुहुनेछ। शाऊलले उसकी छोरी पनि विवाह गर्न दिनेछन् जसले त्यसलाई मार्न सक्छ। शाऊलले उसको परिवारलाई इस्राएलमा स्वतन्त्र बनाउनेछन्।”
17:26b.1SA.017.026 दाऊदले छेवैका मानिसलाई सोध्यो, “त्यसले के भन्यो? यदि कसैले यो पलिश्तीलाई मार्छ अनि इस्राएलको इज्जत बचाउँछ भने एउटा विदेशी मात्र त हो, उसले के इनाम पाउनेछ? यो गोल्यत के हो र? गोल्यत एकजना पलिश्ती भन्दा बढी केही होइन। त्यसले यो के सोचिरहेछ? उसले जीवित परमेश्वरका सैनिकहरूलाई धम्काउन सक्छ।”
17:27b.1SA.017.027 यसैले इस्राएलीहरूले गोल्यतलाई मार्नेको इनामबारे दाऊदलाई बताउँछन्।
17:28b.1SA.017.028 दाऊदका जेठा दाज्यू एलीआबले दाऊद सैनिकहरूसित बात गर्दै गरेको सुने। एलीआब दाऊदसँग रिसाउँछ। एलीआबले दाऊदलाई भग्ने, “तँ यहाँ किन आइस्? भेडाहरू मरूभूमिमा कसलाई छोडेर आइस्? तँ यहाँ आउनुको कारण मैले जाने। तँलाई जे गर्न पठाइएको हो त्यो गर्न तँ चाहँदैनस्। तँ यहाँ खालि युद्ध हेर्नलाई मात्र आउन चाहन्थिस्।”
17:29b.1SA.017.029 दाऊदले भन्यो, “मैले त्यस्तो के गरे र? मैले कुनै नराम्रो काम गरिन म खालि कुरा गर्दै थिएँ।”
17:30b.1SA.017.030 दाऊद चारैतिर दौडिएर अरू सेनाहरूसित त्यही प्रश्नहरू सोध्न थाल्यो। तिनीहरूले पनि दाऊदलाई त्यही पहिले कै जस्तो उत्तर दिए।
17:31b.1SA.017.031 केही मानिसहरूले दाऊदलाई कुरा गर्दै गरेको सुने। तिनीहरूले दाऊदलाई शाऊल कहाँ पुर्याएर दाऊदले गरेको कुरा सबैलाई सुनाए।
17:32b.1SA.017.032 दाऊदले शाऊललाई भन्यो, “त्यस पलिश्ती गोल्यतको कारण तपाईं हतास नहुनुहोस्। म तपाईंको सेवक हुँ। त्यस पलिश्तीसँग म लडने छु।”
17:33b.1SA.017.033 शाऊलले भने, “तिमी गएर त्यस पलिश्तीसँग लड्न सक्ने छैनौ। तिमी सैनिक पनि त होइनौ। तिमी सानै छौ तर गोल्यत सानै देखि युद्धभूमिमा लड्दै आएको हो।”
17:34b.1SA.017.034 तर दाऊदले शाऊललाई फेरि भन्यो, “म, तपाईंको सेवक हुँ र मेरो पिताको भेडा पनि चराउने गर्छु। भेडाका बथानबाट सिंह र भालू आएर भेडा लैजान्थे।
17:35b.1SA.017.035 म त्यस्ता जंगली पशुहरूलाई खेद्दै जान्थे र तिनीहरूका मुखबाट भेडा खोसेर ल्याउँथे। यदि जंगली जन्तुले मलाई आक्रमण गरे त्यसको मुख मुनिको भुत्ला समात्थें र त्यसलाई हिर्काउथें।
17:36b.1SA.017.036 मैले सिंह र भालू मारेको छु। म त्यस विदेशी गोल्यतलाई त्यसरी नै मार्नेछु। गोल्यत मर्नु नै पर्छ किनकि त्यसले जीवित परमेश्वरका सेनाहरूको ठट्टा गरेको छ।
17:37b.1SA.017.037 परमप्रभुले मलाई सिंह र भालूहरूबाट बचाउनु भएको छ। परमप्रभुले यी पलिश्ती गोल्यतबाट पनि बचाउनु हुनेछ।” शाऊलले दाऊदलाई भने, “ठीक छ जाऊ? परमप्रभु तिम्रो साथमा रहुन्।”
17:38b.1SA.017.038 शाऊलले दाऊदलाई आफ्नै पोशाक पहिराइ दिए। शाऊलले काँसाको टोपी दाऊदको शिरमा अनि आफ्नो हातहतियर शरीरमा लगाइ दिए।
17:39b.1SA.017.039 दाऊदले तरवार भिरेर यताउता हिँड्ने चेष्टा गर्यो। यसरी शाऊलको पोशाकले दाऊदलाई साह्रै असजिलो बनायो। यस्तो पोशाकको अभ्यास दाऊदलाई थिएन। दाऊदले शाऊललाई भन्यो, “म यसरी लडून सक्दिन मैले तिनीहरूको प्रयोग गरेको छैन।” यसर्थ दाऊदले सबै फूकाले।
17:40b.1SA.017.040 दाऊदले हातमा एउटा टेकने लौरो लियो र खोलाबाट चिल्लो पाँचवटा ढुङ्गा टिप्यो। गोठालाको झोलाभित्रको थैलीमा उक्त पाँचवटा ढुङ्गा हाल्यो र घुयेत्रो हातमा बोक्यो। त्यसपछि त्यो पलिश्ती गोल्यतलाई हाँक दिन बढ्यो।
17:41b.1SA.017.041 पलिश्ती गोल्यत विस्तारै दाऊदकहाँ आयो। गोल्यतको सहायक अघि-अघि ढाल बोकेर हिंडूदै थियो।
17:42b.1SA.017.042 गोल्यतले दाऊदलाई हेर्यो र हाँस्यो। गोल्यतले सोच्यो यो सैनिक होइन, खालि सुन्दर र रातोवर्णको केटो हो।
17:43b.1SA.017.043 गोल्यतले दाऊदलाई भन्यो, “यो लौरो केको निम्ति हो? कुकुरलाई जस्तै मलाई खेद्त चाहन्छौ?” अनि गोल्यतले आफ्ना देवताहरूको नाउँ उच्चारण गरेर दाऊदलाई सराप्न थाल्यो।
17:44b.1SA.017.044 गोल्यतले दाऊदलाई भन्यो, “यता आइज, म तेरो मासु चराहरू र जंगली जनावरहरूलाई खुवाउँनेछु।”
17:45b.1SA.017.045 दाऊदले पलिश्ती गोल्यतलाई भन्यो, “तँ मकहाँ तरवार, बर्छा र भाला प्रयोग गर्न आइस्। तर म तँ कहाँ इस्राएलका सेनाहरूका परमेश्वर सर्वशक्तिमान परमप्रभुका नाउँ मात्र लिएर आएको छु। तैंले उहाँको विरूद्धमा नराम्रो वचन बोलीस्।
17:46b.1SA.017.046 आज परमप्रभुले मलाई तँमाथि विजय दिलाउनु हुन्छ! म तँलाई मार्छु। आज तेरो टाउको काटेर चरा र जंगली जनावरहरूलाई खुवाउँछु। हामी अन्य पलिश्तीहरूलाई पनि यसै गर्छौं। त्यसपछि संसारले नै बुझ्नेछ इस्राएलमा परमेश्वर हुनुहुन्छ भनेर।
17:47b.1SA.017.047 यहाँ जम्मा भएका सबै मानिसहरूले बुझ्ने छन् कि परमप्रभुलाई आफ्ना मानिसहरूलाई बचाउँनका निम्ति तरवार र भाला चांहिदैन भनेर। युद्ध परमप्रभुको हो अनि तिमी पलिश्तीहरूलाई हराउनमा परमप्रभुले हामीलाई सहायता गर्नुहुन्छ।”
17:48b.1SA.017.048 पलिश्ती गोल्यत दाऊदलाई आक्रमण गर्न सुरियो। र बिस्तारै दाऊद अघि बढन थाल्यो। त्यत्ति नै बेला दाऊद दौडिएर लडन चाडै अघि सर्यो।
17:49b.1SA.017.049 दाऊदले आफ्नो झोलाबाट एउटा ढुङ्गा निकाल्यो र घुँयेत्रोमा राखेर मच्चायो। घुयेत्रोको ढुङ्गा गएर गोल्यतको आँखा बिच निधारमा लाग्यो। गोल्यत घोप्टो परेर भूईंमा लड्यो।
17:50b.1SA.017.050 यसरी दाऊदले पलिश्तीलाई घुँयेत्रोको ढुङ्गाले हिर्काएर हरायो। उसले ढुङ्गाले हिर्कायो अनि पलिश्तीलाई मार्यो। दाऊदसंग तरवार थिएन।
17:51b.1SA.017.051 यसर्थ उ दौडिएर पलिश्तीको छेउमा गयो। त्यसपछि दाऊदले गोल्यतकै म्यानबाट तरवार झिकेर गोल्यतको टाउको छिनायो। यसरी दाऊदले गोल्यतलाई मार्यो। जब अरू पलिश्तीले उनीहरूको वीर नै मरेको देखे अनि डरले भाग्न थाले।
17:52b.1SA.017.052 इस्राएल र यहूदाका सैनिकहरूले जयघोषणा गर्दै दगुर्दै पलिश्तीहरूलाई खेद्न थाले। इस्राएलीहरूले पलिश्तीहरूलाई खेद्दै-खेद्दै गातको सिमाना र एक्रोनको ढोकासम्म पुर्याए र धेरै संख्यामा पलिश्तीहरू मारे। पलिश्तीहरूको लाश गात र एक्रोनको शारेमसम्म सडकभरी छरपष्ट थियो।
17:53b.1SA.017.053 पलिश्तीहरूलाई खेद्दै सिमाना कटाए पछि इस्राएलीहरू फर्केर पलिश्तीहरूका छाउनीमा पसे र त्यहाँ धेरै सामानहरू फेला पारे।
17:54b.1SA.017.054 दाऊदले पलिश्तीको टाउको यरूशलेममा नै पुर्यायो। पलिश्तीको हात-हतियार पनि आफ्नै पालमा राख्यो।
17:55b.1SA.017.055 शाऊलले दाऊदलाई गोल्यतसँग लड्न गएको देखेका थिए। शाऊलले सेनाका सेनापति अबनेरसँग सोधे, “अबनेर, त्यस केटोको बाबु चाहिं को हुन्?” अबनेरले भने, “मेरो राजा, शपथ लिएर भन्दैछु, मलाई थाहा छैन।”
17:56b.1SA.017.056 राजा शाऊले भने, “त्यसको बाबुको चाहिंको रहेछ खोजी गर।”
17:57b.1SA.017.057 जब दाऊद गोल्यतलाई मारेर फर्के, अबनेरले उसलाई शाऊल कहाँ लग्यो। दाऊदको हातमा अझै पनि त्यस पलिश्तीको टाउको झुण्डिरहेको थियो।
17:58b.1SA.017.058 शाऊलले उसलाई सोधे, “युवक, तिम्रो बाबु को हुन्?” दाऊदले जवाफ दिए, “म तपाईं कै सेवक बेतलेहेमका यिशैको छोरा हुँ।”
18
18:1b.1SA.018.001 दाऊदले शाऊलसँग कुरा गरिसके पछि जोनाथन र दाऊदको बीचमा मित्रमा शुरू भयो। जोनाथनले दाऊदलाई त्यति नै प्रेम गर्थ्यो जति उसले आफूलाई गर्थ्यो।
18:2b.1SA.018.002 शाऊलले दाऊदलाई त्यस दिनदेखि आफूसँगै राख्न थाल्यो। शाऊलले दाऊदलाई आफ्नो बाबुको घर जान दिएन।
18:3b.1SA.018.003 जोनाथनले दाऊदलाई असाध्यै प्रेम गरको हुनाले उसले दाऊदसित एउटा विशेष सन्धि गर्यो।
18:4b.1SA.018.004 आफूले लगारहेको कोट फुकालेर जोनाथनले दाऊदलाई दियो। जोनाथनले आफ्नो र्वदिसमेत धनु, तरवार र पेटी दाऊदलाई दियो।
18:5b.1SA.018.005 शाऊलले दाऊदलाई अरू धेरै युद्धहरूमा पठाए। प्रत्येक युद्धमा दाऊदले नै सफलता पाए। त्यसपछि शाऊलले दाऊदलाई सैनिकहरूको जिम्मा दिए। यसो हुँदा सबै खुशी भए, यहाँ सम्म शाऊलका सबै अधिकारी पनि खुशी भए।
18:6b.1SA.018.006 दाऊद पलिश्तीहरू विरूद्ध युद्ध लड्न जाने गर्थ्यो। युद्ध भूमिबाट घरतिर फर्कंदा दाऊदलाई इस्राएलको प्रत्येक शहरबाट स्त्रीहरू स्वागत जनाउन आउँथे। ती स्त्रीहरू नाँच्थे, गाउँथे, सितारा र ढोलक बजाउँथे। तिनीहरूले शाऊलकै छेउमा यसो गरे।
18:7b.1SA.018.007 स्त्रीहरूले यसरी गाउँथे, “शाऊलले हजार शत्रुहरू मारे तर दाऊदले दश हजार मारे।”
18:8b.1SA.018.008 ती स्त्रीहरूका गीतले शाऊललाई खिन्न बनाउँथ्यो र तिनी रिसाउँथे। शाऊलले सोचे, “ती स्त्रीहरूले भन्छन् दाऊदले दश हजार शत्रु मार्यो र मैले खालि हजार मात्र मारे।”
18:9b.1SA.018.009 त्यसपछि शाऊलले दाऊदको गतिविधिलाई धेरै नजिकबाट ख्याल राख्न थाले।
18:10b.1SA.018.010 अर्को दिन परमेश्वरले पठाउनु भएको दुष्ट आत्माले शाऊललाई पकर्यो। शाऊलले आफ्नै घरमा अगमवाणी गर्दै थिए। दाऊदले सधैं झै वीणा बजाए।
18:11b.1SA.018.011 तर शाऊलको हातमा भाला थियो। शाऊलले सोचे, “म दाऊदलाई भित्तैमा टँसाई दिन्छु।” शाऊलले दुइ पल्ट भाला हाने तर दाऊद दुवै चोटि तर्किए।
18:12b.1SA.018.012 परमप्रभु दाऊदसित हुनुहुन्थ्यो अनि परमप्रभुले शाऊललाई त्याग्नु भएको थियो। यसकारण शाऊल दाऊद सँग भयभीत थिए।
18:13b.1SA.018.013 शाऊलले दाऊदलाई आफू देखि पर गर्न चाहे र 1,000 सैनिकका सेनापति बनाइ दिए। दाऊदले आफ्नो सैनिकलाई युद्धमा अगुवाई गरे।
18:14b.1SA.018.014 परमप्रभु दाऊदसित हुनुहुन्थ्यो यसकारण दाऊद प्रत्येक कुरामा सफल भए।
18:15b.1SA.018.015 शाऊलले बुझे दाऊद सफल र योग्य थिए जसको कारण शाऊल दाऊदसित झन् ज्यादा भयभीत हुनथाले।
18:16b.1SA.018.016 तर इस्राएल र यहूदाका सबै मानिसहरूले दाऊदलाई प्रेम गर्थे किनभने उसले तिनीहरूलाई युद्धमा डोह्राए अनि तिनीहरूको निम्ति युद्ध गरे।
18:17b.1SA.018.017 तर शाऊलले दाऊदलाई मार्नै चाहन्थे, शाऊलले दाऊदलाई एउटा जालमा पार्ने योजना सोचे। शाऊलले दाऊदलाई भने, “म मेरी जेठी छोरी मेराबको विवाह तिमीसित गरिदिने छु। त्यस पछि तिमी एउटा शक्तिशाली सैनिक हुनेछौ। तिमी मेरो छोरा जस्तै छौ। त्यस पछि तिमीले परमप्रभुको युद्धहरूमा सैनिक भएर लडने छौ।” यो खालि धुर्त्याइँ मात्र थियो। शाऊलले साँच्चै सोच्दै थिए, “अब मैले दाऊदलाई मार्नु पर्दैन। म उसलाई मेरो निम्ति पलिश्तीहरूलाई मार्न लगाउँछु।”
18:18b.1SA.018.018 तर दाऊदले भने, “म कुनै महत्वपूर्ण सन्तानबाटको अनि महत्वपूर्ण व्यक्ति होइन। म राजाकी छोरीलाई विवाह गर्न सक्दिन।”
18:19b.1SA.018.019 जब शाऊलकी छोरी मेराबको विवाह दाऊदसँग गर्ने दिन आयो तब दाऊदले महोलका अद्रीएलसँग मेराबको विवाह गरिदिए।
18:20b.1SA.018.020 शाऊलकी अर्की छोरी मीकलले दाऊदसँग प्रेम गर्थी। केही मानिसहरूले शाऊललाई मीकल र दाऊदको प्रेमको विषयमा सुनाए। यस खबरले शाऊल आनन्दीत भए।
18:21b.1SA.018.021 शाऊलले सोचे, “म दाऊदलाई फसाउन मीकाललाई लगाउँनेछु। म दाऊदलाई मीकलसँग विवाह गर्न दिनेछु। त्यस पछि पलिश्तीहरूद्वारा उसलाई मार्नेछु।” यसर्थ शाऊलले दाऊदलाई दोस्रो पल्ट भने, “आज नै तिमीले मेरी छोरीसँग विवाह गर्न सक्छौ।”
18:22b.1SA.018.022 शाऊलले आफ्ना अधिकारीहरूलाई आदेश दिएर भने, “दाऊदलाई एकान्त पारेर भन्नु, ‘हेर! राजाले तिमीलाई साह्रै मन पराउँनु हुन्छ। उहाँका अधिकारीहरूले पनि तिमीलाई मन पराउँछन्। तिमीले उहाँकी छोरीलाई विवाह गर्नु पर्छ।”‘
18:23b.1SA.018.023 शाऊलका अधिकारीहरूले दाऊदलाई त्यही भने। तर दाऊदले जवाफ दिए, “के तपाईंहरू सोच्नुहुन्छ राजाको ज्वाइँ बन्न सजिलो छ? मेरो त्यत्ति धन छैन, जो म राजाकी छोरीलाई दिऊँ। म त एउटा साधारण गरीब मानिस मात्र हुँ।”
18:24b.1SA.018.024 अधिकारीहरूले राजालाई दाऊदको सबै कुरा बताइदिए।
18:25b.1SA.018.025 शाऊलले फेरि भने, “दाऊदलाई भन, ‘दाऊद, राजाले उसका छोरीका निम्ति तिमीबाट दुलहीको दाम लिन चाहनु हुन्न, तर राजा आफ्ना शत्रुहरूसित बद्ला लिन चाहनुहुन्छ। यसर्थ राजाले रूपियाँको सट्टा एक सय पलिश्तीहरूका खलड्डी मात्र तिमीसँग माग्नुहुन्छ।”‘ यो शाऊलको धुर्त षड्यन्त्र थियो। शाऊलले सोच्थे पलिश्तीहरूले दाऊदलाई मार्ने छन् भनेर।
18:26b.1SA.018.026 अधिकारीहरूले दाऊदलाई सबै कुरो बताए। दाऊद खुशी भए। राजाको ज्वाइँ हुने यो राम्रो अवसरलाई छोपेर दाऊदले त्यो कार्य गरे।
18:27b.1SA.018.027 दाऊद र अरू मानिसहरू पलिश्तीहरूसँग युद्ध गर्न हिडे। तिनीहरूले 200 पलिश्तीहरूलाई मारे। दाऊदले पलिश्तीहरूका खलड्डी शाऊल कहाँ पुर्याए। राजाका ज्वाइँ हुनलाई दाऊदले यस्तो गरे। शाऊलले मीकलको विवाह दाऊदसँग गराए।
18:28b.1SA.018.028 शाऊलले बुझे कि परमप्रभु दाऊदसँग हुनुहुन्छ। शाऊलले यो पनि बुझे, छोरी मीकलले दाऊदलाई प्रेम र्गथिन।
18:29b.1SA.018.029 यसर्थ शाऊल झन्-झन् दाऊदसँग डराउन थाले। शाऊल सधैं दाऊदको विरोधी भए।
18:30b.1SA.018.030 पलिश्ती सेनापतिले बारबार इस्राएलीहरू माथि लडाईं गर्थे। तर प्रत्येक पल्ट नै दाऊदले तिनीहरूलाई हराइदिन्थे। दाऊद शाऊलका अधिकारीहरू मध्ये सबैभन्दा सफल अधिकारी थिए यसैले दाऊद प्रसिद्ध भए।
19
19:1b.1SA.019.001 शाऊलले आफ्ना छोरा जोनाथन र उसका सबै अधिकारीहरूलाई दाऊदको हत्या गर्नु भने। तर जोनाथनले दाऊदलाई एक्दमै प्रेम गर्थे।
19:4b.1SA.019.004 जोनाथनले आफ्ना पिता शाऊलसँग कुरा गरे। जोनाथनले दाऊदको राम्रो पक्षको चर्चा गरे। जोनाथनले भने, “तपाईं राजा हुनुहुन्छ। दाऊद खालि तपाईंको सेवक मात्र हो। दाऊदले तपाईंलाई कुनै रीतिले हानि गरेको छैन। तपाईंले पनि उसको हानि गर्नु हुँदैन। दाऊदले सधै तपाईंको पक्षमा काम गरे।
19:5b.1SA.019.005 पलिश्ती गोलियतलाई मार्दा पनि दाऊदले आफ्नो जीवन खतरामा हालेका थिए। परमप्रभुले सबै इस्राएललाई महान विजय दिलाउनु भयो। यो सब देखेर तपाईं खुशी हुनुभयो। अब दाऊदलाई किन मार्न चाहनुहुन्छ! दाऊद निर्दोष छ। दाऊदको हत्या गर्ने कुनै कारण नै छैन।”
19:6b.1SA.019.006 शाऊलले जोनाथनको कुरा सुन्यो। शाऊलले शपथ खाए, “परमप्रभु जीवित रहनु भए झैं दाऊद मारिने छैन।”
19:7b.1SA.019.007 यसर्थ जोनाथनले दाऊदलाई बोलाए र सबै कुरा सुनाए। त्यसपछि जोनाथनले दाऊदलाई शाऊल कहाँ लगे। यस पछि शाऊल र दाऊद पहिलेको जस्तै भए।
19:8b.1SA.019.008 युद्ध फेरि शुरू भयो अनि दाऊद पलिश्तीहरूसँग लडन गए। दाऊदले पलिश्तीहरूलाई परास्त गरे र तिनीहरू भागे।
19:9b.1SA.019.009 परमप्रभुबाटको दुष्ट आत्माले शाऊलमा प्रेवश गर्यो। शाऊल घरैमा बसिरहेका थिए। शाऊलको हातमा भाला थियो। दाऊदले वीणा बजाउँदै थिए।
19:10b.1SA.019.010 शाऊलले भाला हानेर दाऊदलाई भित्तैमा उनिदिने प्रयास गरे। तर दाऊद उफ्रिएर बाँचे। भाला गएर भित्तामा गाडियो। त्यही रात दाऊद त्यहाँबाट भागे।
19:11b.1SA.019.011 शाऊलले दाऊदको घरमा मानिस पठाए! मानिसहरूले दाऊदको घरलाई पहरा दिए। तिनीहरू रातभरी त्यही बसे। बिहानी पख दाऊदलाई मारौंला भने। तर दाऊदकी पत्नी मीकलले उसलाई सावधानी गराउँदै भनिन्, “आज राती भाग्नु होस् र आफ्नो ज्यान बचाउँनु होस्। यदि भाग्नु भएन भने भोलि विहान तपाईं मारिनु हुनेछ।”
19:12b.1SA.019.012 त्यसपछि मीकलले झ्यालबाट झरेर भाग्न लगाईन्।
19:13b.1SA.019.013 मीकलले एउटा परिवारिक मूर्तिलाई ओध्यानमा सुताएर टाउकोमा बाख्राको रौं राखेर लुगाले ढाकिदिईन्।
19:14b.1SA.019.014 शाऊलले दाऊदलाई बन्दी बनाउनलाई दूत पठाए। तर मीकलले भनी, “दाऊद बिरामी हुनुहुन्छ।”
19:15b.1SA.019.015 शाऊलले दूतलाई फेरि दाऊद पछि पठाए र भने, “दाऊदलाई यहाँ ल्याउँनु यदि तिमीले उसलाई आफ्नो आछ्यानमा सुतिरहेको अवस्थामा ल्याऊ ता की म उसलाई मार्न सकूँ।”
19:16b.1SA.019.016 ती दूत फेरि दाऊदको घर गए। तिनीहरू दाऊदलाई पक्रन भनेर भित्र गए। तर त्यहाँ गएर देखे ओछ्यानमा त एउटा मूर्तिको कपाल बाख्राको रौं पो रहेछ।
19:17b.1SA.019.017 शाऊलले मीकललाई सोधे, “तैले मलाई यसरी धोका किन दिइस्? तैंले मेरो शत्रुलाई भगाइस्। दाऊद भाग्यो।” मीकलले शाऊललाई भनी, “यदि मैले दाऊदलाई भाग्नमा सहायता गरिन भने मलाई नै मार्छु भन्यो।”
19:18b.1SA.019.018 दाऊद भागेर शमूएल भएको ठाउँ रामामा पुगे। दाऊदले तिनी माथि शाऊलले गरेको प्रत्येक कुरा शमूएललाई सुनाए। त्यसपछि दाऊद र शमूएल दुवै अगमवक्ताहरू बसेका डेरामा पुगे। दाऊद त्यहीं बस्नथाले।
19:19b.1SA.019.019 शाऊलले सुने कि दाऊद रामाको एउटा डेरामा बस्दैछन्।
19:20b.1SA.019.020 शाऊलले दाऊदलाई पक्रिन मानिस पठाए। तर त्यस डेरामा मानिसहरूले अगमवक्तहरू अगमवाणी गरिरहेका देखे। त्यस दलको माझमा उभिएर शमूएलले नेतृत्व दिंदै थिए। परमेश्वरको आत्मा शाऊलका दूतहरूमा उत्रियो र तिनीहरूले पनि अगमवाणी गर्नथाले।
19:21b.1SA.019.021 शाऊलले यो खबर पनि सुने र अरू दूतहरू पठाए। तर तिनीहरूले पनि अगमवाणी गर्न थाले। तेस्रो चोटि पनि शाऊलले दूतहरू पठाए तर तिनीहरूले पहिलो तरिका अप्नाए अनि अगमवाणी गर्न लागे।
19:22b.1SA.019.022 अन्त्यमा, शाऊल आफै रामा गए। शाऊल सेकूको खलाको छेऊमा एउटा ठूलो कूवा भएतिर आइपुगे र “शमूएल र दाऊद कहाँ छन्” भनी सोधे। मानिसहरूले जवाफ दिए, “रामाको छाउनी छेऊमा।”
19:23b.1SA.019.023 त्यसपछि शाऊल रामाको त्यस डेरामा पुगे। परमेश्वरको आत्मा पनि शाऊलमा उत्रियो। शाऊलले पनि अगमवाणी गर्न थाले। शाऊलले बाटोदेखि रामाको डेरा सम्मै अगमवाणी बोले।
19:24b.1SA.019.024 त्यसपछि शाऊलले आफ्नो लुगाहरू खोल्न थाले। शमूएलको अघि पनि शाऊलले अगमवाणी गरिरहे। शाऊल त्यहाँ दिन रात नाङ्गै लडिरहे। यही कारणले मानिसहरू भन्ने गर्छन्, “के शाऊल पनि अगमवक्ताहरू मध्ये कै एकजना हो?”
20
20:1b.1SA.020.001 रामाको छेऊ डेराबाट दाऊद दगुर्दै जोनाथनकहाँ गए। दाऊदले जोनाथनलाई भने, “मैले के भूल गरें? मेरो दोष के हो? तिम्रा पिताले मलाई किन मार्न चाहनु हुन्छ?”
20:2b.1SA.020.002 जोनाथनले भने, “त्यो सत्य हुन सक्दैन। तिमी मारिने छैनौ। मेरो पिताले मलाई नबताई कुनै काम पनि गर्नु हुँदैन। उहाँले मलाई मुख्य अनि साधारण सूचना भन्नुहुन्छ। यसकारण मेरो पिताले र यदि तिमीलाई मार्ने योजना बनाएको भए मलाई किन भन्नुहुन्न र? यो हुनै सक्दैन।”
20:3b.1SA.020.003 तर दाऊदले भने, “म तिम्रो मित्र हुँ, भन्ने कुरा तिम्रो पितालाई राम्ररी थाह छ। तिम्रा पिताले सायद सोच्नुहुन्छ होला, ‘जोनाथनले यो कुरा थाह पाउँनु हुँदैन। यदि त्यसले थाहा पायो भने दाऊदलाई भन्छ।’ परमप्रभु र तपाईं जीवित रहेसम्म, नै यो सत्य हो मेरो मृत्यु नजिकै छ।”
20:4b.1SA.020.004 जोनाथनले भने, “तपाईंले मलाई जसो भन्नुहुन्छ म त्यसैगर्छु।”
20:5b.1SA.020.005 त्यसपछि दाऊदले भने, “हेर भोलि औंसीको चाड छ। मैले राजासँग खाना खानुपर्छ। तर साँझ सम्म मलाई खेतमा लुकेर बस्न देऊ।
20:6b.1SA.020.006 यदि तिम्रा बुबाले म यहाँ उपस्थित छैन भन्ने थाहा पाउनुभयो भने, त्यत्तिबेला तिमीले भन्नु, ‘दाऊद बेतलेहेम घरमा जान चाहन्थ्यो। तिनका परिवारले नै मासिक बलि चढाउने कुरा छ। यसकारण दाऊदले मलाई बेतलेहेम झर्न र परिवारसँग भेटन देऊ भने।’
20:7b.1SA.020.007 यदि तिम्रा पिताले ठीक छ ‘भन्नु भयो भने म बाँचे। तर रिसाउनु भयो भने बुझ्नुहोस कि उहाँले मलाई घात गर्न चाहनुहुन्छ।
20:8b.1SA.020.008 म माथि दया गर जोनाथन, म तिम्रो सेवक हुँ। परमप्रभुको अगाडि तिमीले मसँग सम्झौता गरेका छौ। यदि म दोषी छु भने तब तपाईंले नै मलाई मार्नु होस्। तर मलाई तिम्रा बुबा कहाँ नलैजाऊ।”
20:9b.1SA.020.009 जोनाथनले भने, “त्यसो त कहिले पनि होइन। यदि मेरा पिताले तिमीलाई घात गर्न खोज्नु, भएको मैले थाह पाएँ भने म तिमीलाई सावधान गराउनेछु।”
20:10b.1SA.020.010 दाऊदले भने, “यदि तपाईंलाई तपाईंका पिताले गाली गरे भने मलाई सावधान कसले गराउँछ?”
20:11b.1SA.020.011 तब जोनाथनले भने, “हिंड खेततिर जाऔं।” त्यसपछि दुवैजनासँगै खेततिर लागे।
20:12b.1SA.020.012 जोनाथनले दाऊदलाई भने, “म इस्राएलका परमेश्वर परमप्रभुको अगाडि प्रतिज्ञा गर्छु। मेरा पिताको तपाईंको बारेमा कस्तो सोचाइ छ म त्यो थाह गर्ने प्रतिज्ञा गर्छु। साँच्चै खराबै सोच्नु भएको छ कि असल सोच्नु भएको छ तीन दिनभित्र म तपाईंलाई खेतमा खबर पठाउँछु।
20:13b.1SA.020.013 यदि मेरा पिताले तपाईंलाई चोट पुर्याउन चाहनुभएको हो भने म तपाईंलाई भन्नेछु म यहाँबाट तपाईंलाई सुरक्षित जानदिनेछु। प्रतिज्ञा गरेको काम मैले गरिन भने परमप्रभुले मलाई सजाय दिनुहुन्छ। परमप्रभु तिमीसँग रहून् जसरी उहाँ मेरा पितासँग हुनुहुन्छ।
20:14b.1SA.020.014 जबसम्म म जीवित रहन्छु मलाई दया गर्नु अनि म मरेपछि
20:15b.1SA.020.015 मेरा सन्तान माथि दया गर्न नछोड। परमप्रभुले पृथ्वीमा भएका तपाईंका सबै शत्रुहरूलाई नष्ट गर्नुहुनेछ।
20:16b.1SA.020.016 त्यस समय यदि जोनाथनको परिवार दाऊदबाट अलग्गै हुन्छ भने पनि हबस्। परमप्रभुले चाहिं दाऊदका शत्रुहरूलाई सजाय दिउन्।”
20:17b.1SA.020.017 त्यसपछि जोनाथनले दाऊदलाई तिनीहरूको बीचमा भएको प्रेमको प्रतिज्ञालाई नवीकरण गर्नु भनि सोधे किनकी जोनाथनले दाऊदलाई आफू भन्दा ज्यादै प्रेम गर्थे।
20:18b.1SA.020.018 जोनाथनले दाऊदलाई भने, “भोलि औंसीको चाड हो। तपाईंको ठाउँ रित्तो देखेर मेरा पिताले तपाईं कहाँ जानुभयो भनि सोच्नुहुनेछ।
20:19b.1SA.020.019 तेस्रो दिनमा पनि तपाईं जानुहोस् अनि त्यही ठाउँमा लुक्नु जहाँ तपाईं पहिला लुक्नु भएको थियो जब यो समस्या शुरू हुन्छ त्यहीं पहाडको छेउमा पर्खिन्छु।
20:20b.1SA.020.020 तेस्रो दिन म त्यही पहाडमा निशान हान्ने बहनामा आउनेछु र म काँड हान्ने छु।
20:21b.1SA.020.021 म एउटा केटालाई काँड खोज्न पठाउँनेछु। यदि सबै ठीक-ठाक छ भने म केटोलाई भन्ने छु, ‘हेर काँड नजिकै छ! तँ धेरै पर गइस्। मेरो नजिक काँड खोज। त्यस बेला लुकेको ठाउँबाट तिमी निस्कन सक्छौ। शपत खाएर भन्छु कि जसरी परमप्रभु सत्य र जीवित हुनुहुन्छ, तिमी सुरक्षित छौ। त्यहाँ कुनै खतरा हुनेछैन।
20:22b.1SA.020.022 तर यदि स्थिति ठीक छैन भने म केटोलाई भन्नेछु ‘काँड धेरै पर पुगेको छ। उता गएर खोजेर आइज्।’ यदि मैले यसो भनेर अह्राएँ भने तिमी भाग्नै पर्छ। परमप्रभुले नै तिमीलाई टाढा पठाउनु भएको हो।
20:23b.1SA.020.023 दया गरेर तिम्रो र मेरो बीचको सम्झौता चाहि नभुल्नू। परमप्रभु सँधै भरी हाम्रो साक्षी हुनुहुन्छ।”
20:24b.1SA.020.024 त्यसपछि दाऊद खेतमा लुक्न गए। औंसीको चाड आयो। अनि राजा भोजनको निम्ति आफ्ना आसनमा बसे।
20:25b.1SA.020.025 राजा पर्खाल कै छेउमा सधैं झैं बसे। उनको ठीक अगाडि जोनाथन बसे। अबनेर राजाको अलिक उता बसे र दाऊदको ठाउँ चाहि रित्तो थियो।
20:26b.1SA.020.026 त्यस दिन शाऊलले केही पनि भनेनन्। उनले सोचे, “दाऊदलाई केही भयो होला अथवा रीतिपूर्वक शुद्ध छैन होला।”
20:27b.1SA.020.027 तर भोलिपल्ट महिनाको दोस्रो दिन, दाऊदको ठाँउ अझै खाली नै थियो। त्यसपछि शाऊलले आफ्ना छोरा जोनाथनलाई सोधे, “हिजो र आज औंसीको चाडमा यिशैको छोरा किन उपस्थित भएन?”
20:28b.1SA.020.028 जोनाथनले भने, “दाऊदले बेतलेहेम घर जान्छु भनेर मसित अनुमति माग्यो।
20:29b.1SA.020.029 उसले भन्यो, “मेरो परिवारले हाम्रो शहरमा बलिदान चढाउँदैछन् अरे, यसकारण मलाई घरमा जान दिनुहोस्। मलाई त्यहाँ जानु भनी दाज्यूले हुकूम दिएका छन् यदि म तपाईंको साथी हुँ भने जान दिनुहोस् र दाजूहरूसँग भेट्न दिनुहोस्। त्यही कारणले दाऊद यहाँ राजाको भोजमा आएन।”
20:30b.1SA.020.030 शाऊल जोनाथनसँग साह्रै क्रोधित भए। उसले जोनाथनलाई भने, “तँ दुष्ट आइमाईको छोरा होस, जसले भनेको मान्दैन। अनि त्यो तेरो स्वभाव पनि हो मलाई थाहा छ तैंले दाऊदको पक्ष लिएको छस्। तँ तेरो जन्म दिने आमा र तेरो आफ्नै लागि पनि लाज पार्छस्।
20:31b.1SA.020.031 जब सम्म यिशैको छोरा जिउँदो छ तबसम्म तँ राजा हुने छैनस् नत तेरो राज्य पनि हुने छ। अब दाऊदलाई मकहाँ लिएर आइज। त्यो एउटा मरेको मानिस हो।”
20:32b.1SA.020.032 जोनाथनले पितालाई भने, “दाऊदलाई चाहिं किन मार्ने? उसले के भूल गरेको छ?”
20:33b.1SA.020.033 तर शाऊलले उसको छोरोलाई हत्या गर्नुको लागि भालाले हान्यो। यसबाट जोनाथनलाई थाहा लाग्यो कि उसका पिताले दाऊदलाई मार्ने चाहन्थ्यो।
20:34b.1SA.020.034 जोनाथन रिसाएर टेबिल छोडेर हिँडे। जोनाथनलाई साह्रै अशान्ति लाग्यो कि आफ्नो पितासित रिसाएर दोस्रो दिनको भोजन पनि उसले खाएनन्। उसको पिताले उसलाई अपमान गरे। ती उसका पितासित साह्रै क्रोधित थिए अनि एकदमै दुःखी भए किनभने शाऊलले दाऊदलाई मार्न चाहन्थे।
20:35b.1SA.020.035 भोलिपल्ट बिहान जोनाथन खेतमा गए। जब तिनीहरू एक मत भएका थिए जोनाथन एउटा केटालाई साथमा लिएर दाऊद भए कहाँ गए।
20:36b.1SA.020.036 जोनाथनले केटोलाई भने, “कुद्दै गएर मैले हानेको काँड लिएर आउँनु।” जब केटो कुद्न थाल्यो जोनाथनले त्यस केटाको टाउको मास्तिर आकाशतिर काँड हाने।
20:37b.1SA.020.037 काँड झरेको तिर केटो दगुर्यो। तर जोनाथनले कराएर भने, “काँड तँ भएदेखि धेरै पर पुगेको छ।”
20:38b.1SA.020.038 फेरि जोनाथन चिच्यायो, “छिटो गर। काँड लिन जा। त्यहाँ उभिने होइन।” केटोले काँड ल्याएर आफ्नो मालिकलाई दियो।
20:39b.1SA.020.039 यी सब के भइरहेछ केटोलाई केही थाहा भएन। खालि जोनाथन र दाऊदलाई मात्र थाहा थियो।
20:40b.1SA.020.040 जोनाथनले धनुकाँड केटोलाई बोक्न दिए। त्यसपछि जोनाथनले केटोलाई “शहर जा” भनेर पठाए।
20:41b.1SA.020.041 केटो गयो अनि पहाडको अर्को पट्टिबाट दाऊद आए। दाऊदले शिर भूईतिर झुकाएर तीन पटक जोनाथनलाई अभिवादन गरे। त्यसपछि दाऊद र जोनाथनले एक-अर्कामा म्वाई खाए र दुवै रोए। जोनाथन भन्दा दाऊद ज्यादा रोए।
20:42b.1SA.020.042 जोनाथनले दाऊदलाई भने, “शान्तिसित जाऊ। हामीले परमप्रभुको नाउँमा एका-दोस्रोलाई इमानदारी साथी हौं भनि प्रतिज्ञा गरिरहेका छौ। “हामी र हाम्रा सन्तानहरूका निम्ति पनि परमप्रभु सधैं भरी साक्षी रहनु हुनेछ।”
21
21:1b.1SA.021.001 त्यसपछि दाऊद गए जोनाथन शहरमा फर्किए।
21:2b.1SA.021.002 दाऊद पूजाहारी अहीमेलेकलाई भेट्न नोब नाउँको शहरमा गए। अहीमेलेक दाऊदलाई भेट्न बाहिर गए। अहीमेलेक डरले कामिरहेका थिए। अहीमेलेकले दाऊदलाई भने, “तपाईं किन एकलै हुनुहुन्छ? तपाईंसित कोही पनि छैनन्?”
21:3b.1SA.021.003 दाऊदले अहीमेलेकलाई जवाफ दिए, “राजाले मलाई विशेष आदेश दिनुभएको छ। उहाँले भन्नु भएको छ, ‘यो यात्राको उद्देश्य कसैले पनि थाहा नपाओस्। कुनै पनि मानिसले थाहा नपाओस्। जो मैले भने।’ मैले आफ्ना मानिसहरूलाई कहाँ भेट्नुपर्ने हो बताइदिएको छु।
21:4b.1SA.021.004 अब यो भन तिम्रोमा खानेकुरो के छ? मलाई पाँचवटा रोटी वा जे छ देऊ।”
21:5b.1SA.021.005 पूजाहारीले दाऊदलाई भने, “मेरोमा त्यस्तो साधारण रोटी छैन। तर मसँग केही पवित्र रोटी छन्, यदि तपाईंका अधिकारीहरूले कुनै स्त्रीहरूसँग सहवास गरेका छैनन्, भने यो रोटी खान सक्छन्।”
21:6b.1SA.021.006 दाऊदले पूजाहारीलाई जवाफ दिए, “आज भोलि हामीले कुनै स्त्री साथमा राखेका छैनौ। युद्धमा जाँदा हाम्रा मानिसहरू सधैं पवित्र भएर जान्छन् यहाँसम्म साधारण उद्देश्य सोध्न जाँदा पनि। आज त यो कुरा झन् साँचो हो कारण अति विशेष कुरा सोध्नु छ।”
21:7b.1SA.021.007 त्यहाँ पवित्र रोटी बाहेक अरू कुनै रोटी थिएन। यसर्थ पूजाहारीले दाऊदलाई त्यही रोटी दिए। यो त्यही रोटी थियो जो पूजाहारीले परमप्रभुमा चढाएका थिए। पूजाहारीले प्रत्येक दिन त्यो रोटी बाहिर राखेर त्यसको सट्टामा ताजा रोटी राख्थे।”
21:8b.1SA.021.008 त्यस दिन शाऊलका अधिकारीहरू मध्ये एकजना त्यहीं थिए। उनी हुन एदोमी दोएग। दोएगलाई त्यहाँ परमप्रभुको अघि राखेको थियो। दोएग शाऊलका गोठालाहरूका प्रमुख थिए।
21:9b.1SA.021.009 दाऊदले अहीमेलेकलाई सोधे, “यहाँ एउटा भाला अथवा तरवार केही छ? राजाको ज्यादै जरूरी काम छ। मलाई छिटै जानु छ। मैले तरवार अथवा अन्य कुनै शस्त्र साथमा लिएर आइनँ।”
21:10b.1SA.021.010 पूजाहारीले भने, “यहाँ खालि एउटा तरवार छ त्यो पनि पलिश्ती गोल्यतको हो। तपाईंले एलाको बेंसीमा त्यसलाई मारेर लिएको तरवार हो। त्यो तरवार एउटा लुगामा बेह्रेर एपोदको पछाडि राखेको छ। यदि तपाईंलाई चाहिन्छ भने लिए हुन्छ।” दाऊदले भने, “त्यो मलाई देऊ। गोल्यतको जस्तो तरवार अरू कसैको छैन।”
21:11b.1SA.021.011 शाऊलबाट भागेर दाऊद गातका राजा आकीश कहाँ पुगे।
21:12b.1SA.021.012 आकीशका अधिकारीहरूलाई यो राम्रो लागेन। तिनीहरूले भन्छन्, “यो दाऊद हो, इस्राएली भूमिको राजा। यो त्यही व्यक्ति हो जसको गीत इस्राएलीहरू गाउँछन्। तिनीहरू नाच्दै उसको बारेमा यस्तो गाउँछन्; “शाऊलले हजार शत्रुहरू मारे तर दाऊदले दश हजार मारे।”
21:13b.1SA.021.013 तिनीहरूले के भन्दैछन् दाऊदले ध्यान दिए। दाऊद गातका राजा आकीशसँग डराए।
21:14b.1SA.021.014 यसर्थ दाऊदले आकीश र तिनका अधिकारीहरू अघि बौलाहाको बहाना गरे। तिनीहरूका अघि दाऊदले बौलाहा भएको नाटक गरे। उनले मूल दोकामा नै थुके र दाह्रीमा थुक चुहुनु दिए।
21:15b.1SA.021.015 आकीशले आफ्ना अधिकारीहरूलाई भने, “हेर यो मानिसलाई! यो त पागल हो। यस मानिसलाई मेरो उपस्थितिमा पागल कार्य गर्न यहाँ ल्याउनु अवश्यक छैन। भविष्यमा फेरि यो मानिसलाई मेरो घरमा नल्याउनु।
22
22:1b.1SA.022.001 दाऊदले गात छोडेर भागे। दाऊद आदुल्लामको गुफामा पुगे। दाऊदका दाज्यू-भाइहरू र आफन्तहरूले दाऊद आदुल्लाममा छ भनी सुने। तिनीहरू दाऊदलाई भेट्न गए।
22:2b.1SA.022.002 धेरै मानिसहरूले दाऊदलाई साथ दिएका थिए। दाऊदलाई साथ दिनेहरूमा तिनीहरू थिए जो केही न केही समस्यामा परेका थिए। कोही ऋणमा डुबेकाहरू थिए कोही आफ्नै जिन्दगीसँग असन्तुष्टि थिए। यिनीहरूले दाऊदलाई साथ दिए र तिनीहरूका नेता दाऊद थिए। त्यहाँ लगभग 400 पुरूषहरू दाऊदसँग थिए।
22:3b.1SA.022.003 मोआबमा मिस्पा जाँदा दाऊदले आदुल्लाम छोडे। मोआबका राजालाई दाऊदले भने, “मलाई परमेश्वरले के गरिरहनु भएको छ भनि नजानुञ्जेलसम्म मेरा आमा बाबुलाई तपाईंले यहाँ बस्ने अनुमति दिनुहोस्।”
22:4b.1SA.022.004 यसप्रकार दाऊदले उसका आमा-बुबालाई मोआबका राजा कहाँ ल्याए। जबसम्म दाऊद किल्लामा रहे तबसम्म उनका आमा बाबु मोआबका राजासंग बसे।
22:5b.1SA.022.005 तर अगमवक्ता गादले दाऊदलाई भने, “किल्लामा नबस्नु होस्। बरू यहूदाको भूमिमा जानुहोस्।” यसर्थ दाऊद त्यहाँबाट हारेतको बन तिर गए।
22:6b.1SA.022.006 शाऊलले सुने कि उसका मानिसहरूले दाऊद र उनका मानिसहरू कतातिर छन् भन्ने थाहा पाए। शाऊल गिबाको टाकुरामा एउटा रूखको छाहारीमुनि बसिरहेका थिए। शाऊलले हातमा भाला लिएका थिए। तिनका सबै अधिकारीहरू वरिपरि उभिएका थिए।
22:7b.1SA.022.007 शाऊलले आफ्ना वरिपरि उभिएका अधिकारीहरूलाई भने, “बिन्यामीनका मानिसहरू हो सुन, तिमीहरूले विचार गरेका छौ, यिशैको छोरा दाऊदले तिमीहरूलाई खेत तथा दाखका बगान दिएको छ? तिमीहरूले यो पनि सोचेका छौ कि दाऊदले तिमीहरूको उन्नति गराउने छ अनि 1,000 र 100 मानिसहरूका अधिकारी बनाउने छ?
22:8b.1SA.022.008 तिमीहरू सबैले मेरो विरूद्ध षड्यन्त्र रच्दैछौ। तिमीहरू कसैले पनि छोरा जोनाथनले यिशैका छोरासँग सन्धि गरेको छ भनेर भनेनौ कसैले मेरो वास्ता गरेनौ। मेरो छोरा जोनाथनले दाऊद मेरो नोकरलाई सहायता गरेको कुरा कसैले पनि भनेनौ। जोनाथनले दाऊदलाई लुकेर रहनु भन्ने गर्थ्यो ताकि उसले मलाई आक्रमण गर्न सकोस्। अनि दाऊदले अहिले त्यही नै गर्दैछ।”
22:9b.1SA.022.009 एदोमी दोएग शाऊलका अधिकारीहरूसँगै उभिरहेको थियो। दोएगले भन्यो, “मैले यिशैका छोरा दाऊदलाई नोब भन्ने ठाउँमा देखें। दाऊद अहीतूबका छोरा अहीमेलेकलाई भेट्न आएका थिए।
22:10b.1SA.022.010 अहीमेलेकले परमप्रभुसँग दाऊदका लागि प्रार्थना गरे। तिनले दाऊदलाई भोजन पनि दिए। अनि अहीमेलेकले दाऊदलाई पलिश्ती गोल्यतको त्यो तरवार पनि दिए।”
22:11b.1SA.022.011 त्यस पछि राजा शाऊलले पूजाहारीहरूलाई हाजिर गराउनु भनेर मानिसहरूलाई आदेश दिए। शाऊलले अहीतूबका छोरा अहीमेलेकलाई तिनका आफन्तहरूसितै लिएर आउनु भन्ने आदेश दिए। अहीमेलेकका आफन्तहरू नोबमा पूजाहारी थिए। तिनीहरू सबै राजाका अगाडि हाजिर भए।
22:12b.1SA.022.012 शाऊलले अहीमेलेकलाई भने, “हे अहीतूबका छोरा, सुन।” अहीमेलेकले जवाफ दिए, “भन्नुहोस, मेरो प्रभु।”
22:13b.1SA.022.013 शाऊलले अहीमेलेकलाई भने, “तिमी र यिशैका छोरा दाऊदले मेरो विरूद्ध किन षड्यन्त्र रच्यौ? तिमीले दाऊदलाई रोटी र तरवार दियौ। परमेश्वरसँग तिमीले उसको लागि विन्तीभाउ पनि गर्यौ। अनि अहिले दाऊद सोझै मलाई आक्रमण गर्ने मौका हेर्दैछ।”
22:14b.1SA.022.014 अहीमेलेकले जवाफ दिए, “दाऊद तपाईंको सबभन्दा भरोसा गर्न योग्यको पात्र हो। तपाईंका कुनै अधिकारी पनि दाऊद जस्ता विश्वासी छैनन्। दाऊद त तपाईंका आफ्नै ज्वाइँ हुन्। साथै दाऊद तपाईंका अंगरक्षकहरूका कप्तान पनि हुनू। तपाईंका परिवारका सबैले दाऊदलाई आदर गर्छन्।
22:15b.1SA.022.015 दाऊदको लागि मैले प्रार्थना गरेको यो प्रथमचोटि होइन। मलाई र मेरा आफन्तहरूलाई दोष नदिनुहोस्। हामी त तपाईंका सेवक हौं। कहाँ के भइरहेछ मलाई केही थाहा छैन।”
22:16b.1SA.022.016 तर राजाले भने, “अहीमेलेक, तिमी र तिम्रा आफन्तहरू मारिनु नै पर्छ।”
22:17b.1SA.022.017 अनि राजाले आफ्ना छेऊमा उभिएको रक्षकलाई आदेश दिए, “जाऊ, परमप्रभुका ती पूजाहारीहरूलाई मार। यसो गर्नै पर्छ कारण तिनीहरू दाऊदका मानिसहरू हुन्। दाऊद भाग्दै थियो भन्ने जान्दा जान्दै पनि तिनीहरूले मलाई बताएनन्।” तर राजाका अधिकारीहरूले परमप्रभुका ती पूजाहारीहरूलाई मार्न अस्वीकार गरे।
22:18b.1SA.022.018 यसर्थ राजाले दोएगलाई आदेश दिए। शाऊलले भने, “दोएग, तिमी गएर पूजाहारीहरूलाई मार।” एदोमी दोएग गएर पूजाहारीहरूको हत्या गरे। त्यस दिन दोएगले 85 जना पूजाहारीहरूलाई मारे।
22:19b.1SA.022.019 नोब पूजाहारीहरूको शहर थियो। दोएगले नोबका सम्पूर्ण मानिसहरूलाई मारे। दोएगले तरवारले पुरूष, स्त्री बालक र शिशु लगायत सबैलाई मारे। यहाँ सम्म दोएगले गाईं गोरू गधा र भेडा समेत बाँकी राखेनन्।
22:20b.1SA.022.020 तर एबीयातार उम्केर भागे, एबीयातार अहीमेलेकका छोरा थिए। अहीमेलेक चाहि अहीतूबका छोरा थिए। एबीयातार भागेर गए र दाऊदसँग मिले।
22:21b.1SA.022.021 एबीयातारले दाऊदलाई शाऊलले पूजाहारीहरू मारेको वृतान्त बताए।
22:22b.1SA.022.022 त्यसपछि दाऊदले एबीयातारलाई भने, “त्यस दिन नोबमा मैले एदोमी दोएगलाई देखेको थिएँ। मलाई थाहा थियो त्यसले शाऊललाई बताउने छ भनेर। तिम्रा पिताको परिवालाई मारेकोमा म आफूलाई जिममेवारी ठान्छु।
22:23b.1SA.022.023 त्यो मानिस (शाऊलले) तपाईंलाई मार्न चाहान्छ र मलाई पनि। तिमी यहीं बस नडराऊ। तिमी यहाँ मसँग सुरक्षित रहने छौ।”
23
23:1b.1SA.023.001 मानिसहरूले दाऊदलाई भने, “हेर्नुहोस्, पलिश्तीहरूले कीलाको शहरमाथि आक्रमण गरिरहेका छन्। खलाबाट तिनीहरूले अन्न लूट्न शुरू गरे।”
23:2b.1SA.023.002 दाऊदले परमप्रभुलाई सोधे, “के मैले पलिश्तीहरू विरूद्ध युद्ध गर्न जानु?” परमप्रभु परमेश्वरले दाऊदलाई भन्नु भयो, “जाऊ र पलिश्तीहरूमाथि जाइ लाग अनि कीला शहरको रक्षा गर।”
23:3b.1SA.023.003 तर दाऊदका मानिसहरूले भने, “हेर्नुहोस्, हामी यहाँ यहूदामा डराएर बसिरहेका छौ। साँच्चै पलिश्ती सेनाहरू अघि पुग्दा हामी झन् ज्यादा डराउने छौं।”
23:4b.1SA.023.004 दाऊदले फेरि परमप्रभुलाई सोधे अनि परमप्रभुले जवाफ दिनुभयो, “कीलामा जाऊ। म पलिश्तीहरूलाई हराउन म सहयोग गर्ने छु।”
23:5b.1SA.023.005 यसरी दाऊद र तिनका मानिसहरू कीलामा गए। दाऊद र तिनका मानिसहरू पलिश्तीसँग लडे। दाऊदका मानिसहरूले पलिश्तीहरूलाई हराए अनि तिनीहरूका पशु लिए। यसरी दाऊदले कीलाका मानिसहरूलाई बँचाए।
23:6b.1SA.023.006 जब एबीयातार भागेर दाऊदकहाँ पुगे तिनले आफूसँग एउटा एपोद पनि लगेका थिए।
23:7b.1SA.023.007 मानिसहरूले शाऊललाई अहिले दाऊद कीलामा छ भनेर सुनाए। शाऊलले भने, “परमेश्वरले दाऊदलाई मेरा हातमा सुम्पिनु भएको छ। दाऊद फन्दामा परेकोछ। उ यस्तो शहरमा पस्यो जहाँ ढोकाहरू छन् र ढोकाहरूमा ताला लगाउने बारहरू छन्।”
23:8b.1SA.023.008 शाऊलले आफ्ना सारा सेनाहरूलाई लडाईकोलागि भेला गराए। ती सेनाहरू कीलामा दाऊदका मानिसहरूसँग युद्ध गर्न तयार रहे।
23:9b.1SA.023.009 शाऊलले दाऊदको विरूद्धमा बनाएको योजना उसलाई थाहा भयो। दाऊदले पूजाहारी एबीयातारलाई भने, “एपोद ल्याऊ।”
23:10b.1SA.023.010 दाऊदले प्रार्थना गरे, “हे परमप्रभु इस्राएलका परमेश्वर, मैले सुनें कि मेरो कारण शाऊलले यो शहर नष्ट गर्ने योजना बनाउँदैछ।
23:11b.1SA.023.011 के साँच्चै हुन आउँछ? के किलाका मानिसहरूले म र मेरो मानिसहरूलाई शाऊलको हातमा सुम्पी देलान्? परमप्रभु इस्राएलका परमेश्वर, म तपाईंको दास हुँ। मलाई बताउँनुहोस्।” परमप्रभुले भन्नु भयो, “शाऊल यो हुन आउँछ।”
23:12b.1SA.023.012 दाऊदले फेरि आफ्नो प्रश्न दोहोर्याए, “के कीलाका मानिसहरूले मलाई शाऊलका हातमा सुम्पिनेछन्?” परमप्रभुले भन्नु भयो, “तिनीहरूले त्यसै गर्नेछन्।”
23:13b.1SA.023.013 त्यसर्थ दाऊद र तिनका मानिसहरूले कीला छोडिदिए। दाऊदसँगै जानेहरू प्रायः 600 मानिस थिए। दाऊदको र उसका मानिसहरू एक ठाउँ देखि अर्को ठाउँ हुँदै घुमिरहे। शाऊलले दाऊद किलाबाट भागे भन्ने थाहा पाए। यसर्थ शाऊल त्यस शहरतिर गएनन्।
23:14b.1SA.023.014 दाऊद मरूभूमिको किल्लामा बस्न पुगे। दाऊद जीपको मरूभूमिको पहाडी क्षेत्रमा गए। शाऊलले सधै नै दाऊदको खोजी गर्थे, तर परमप्रभुले शाऊलको हातबाट दाऊदलाई जोगाउनु हुन्थ्यो।
23:15b.1SA.023.015 दाऊद जीपको मरूभूमिको होरेश भन्ने ठाउँमा थिए। त्यहाँ शाऊल दाऊदललाई मार्न आइरहेकाले तिनी साह्रै डराए।
23:16b.1SA.023.016 तर शाऊलको छोरा जोनाथन दाऊदलाई भेट्न होरेश गए। जोनाथनले दाऊदलाई परमेश्वरलाई विश्वास गर्न अझ जोड गरे।
23:17b.1SA.023.017 जोनाथनले दाऊदलाई भने, “डराउनु पर्दैन। मेरा पिता शाऊलले तपाईंलाई हानि गर्ने छैनन्। तपाईं इस्राएलका राजा हुनुहुनेछ। मचाहिं तपाईं पछिको हुनेछु। यो कुरा मेरा पिताले पनि जान्दछन्।”
23:18b.1SA.023.018 जोनाथन र दाऊद दुवैले परमप्रभु अघि एउटा बाचा-बन्धन गरे। त्यसपछि जोनाथन घरतिर लागे अनि दाऊद होरेशमानै बसे।
23:19b.1SA.023.019 जीपका बासिन्दाहरू गिबामा शाऊललाई भेट्न आए। तिनीहरूले शाऊललाई भने, “दाऊद हाम्रै क्षेत्रमा लुकेरहेका छन्। ऊ हकीला पहाडको होरेश नाउँको किल्लामा छन्, जो यशीमोनको दक्षिणमा पर्छ।
23:20b.1SA.023.020 अब, महाराज, तपाईं जहिले आए पनि हुन्छ। दाऊदलाई तपाईंको जिम्मा लगाउने काम हाम्रो भयो।”
23:21b.1SA.023.021 शाऊलले जवाफ दिए, “परमप्रभुले मलाई सहायता गरेकोमा तिमीहरूलाई आशीर्वाद दिऊन्।
23:22b.1SA.023.022 जाऊ र उसको बारे अझ जानकारी लेऊ। दाऊद कहाँ बस्छ थाहा गर। दाऊदलाई त्यहाँ कसले देख्छ त्यो पनि बुझिराख। शाऊलले मनमनै विचारे, ‘दाऊद साह्रै चलाक छ। उसले मलाई छक्याउन सक्छ।’
23:23b.1SA.023.023 दाऊद लुकेको ठाउँहरू पत्ता लगाऊ। त्यसपछि आएर मलाई वृतान्त बताऊ। त्यस पछि म तिमीहरूसित जानेछु। यदि दाऊद ती ठाँउहरूमा कतै छ भने यहूदाको प्रत्येक घरहरूमा छापामारेर म त्यसलाई पत्तालगाउँनेछु।”
23:24b.1SA.023.024 अनि जीपका मानिसहरू जीपमा फर्किए पछि शाऊल त्यहाँ गए। दाऊद र तिनका मानिसहरू यशीमोनको दक्षिणमा भएको अराबाको माओन वनमा थिए।
23:25b.1SA.023.025 शाऊल र तिनका मानिसहरू दाऊदको खोजीमा गए। तर मानिसहरूले दाऊदलाई होसियार गराए। शाऊलले तिमीलाई खोज्दै छ भनेर खबर दिए। त्यसपछि दाऊद माओनको मरूभूमिको तल चट्टानतिर गए। शाऊलले दाऊद माओनको मरूभूमितिर गएको कुरा थाहा पाए। यसरी शाऊल दाऊदको खोजीमा त्यस ठाउँतिर गए।
23:26b.1SA.023.026 शाऊल पहाडको एकापट्टि थिए, त्यही पहाडको अर्कोपट्टि दाऊद र तिनका मानिसहरू थिए। दाऊद शाऊलको पञ्जाबाट बाँच्न हतारिदै थिए। शाऊल र उसका सिपाहीहरू दाऊदलाई पक्रन पहाडको चारैतिर घुमिरहेका थिए।
23:27b.1SA.023.027 त्यत्ति नै बेला एउटा समाचार-वाहक शाऊल कहाँ आयो अनि जानकारी दियो, “चाँडो आउनुहोस् पलिश्तीहरूले हामीलाई आक्रमण गर्दैछन्।”
23:28b.1SA.023.028 यसकारण शाऊलले दाऊदको पिछा गर्न छोडे अनि पलिश्तीहरूसँग लडन गए। यही कारण मानिसहरूले त्यस ठाउँको नाउँ “छुट्टयाउने चट्टान” भन्न थाले।
23:29b.1SA.023.029 दाऊद माओनको मरूभूमि त्यागेर एनगदीको छेउको किल्लामा गए।
24
24:1b.1SA.024.001 शाऊलले पलिश्तीहरूलाई खेदिसकेपछि मानिसहरूले शाऊललाई भने, “दाऊद त एनगदीको नजिककै मरूभूमिमा छ।”
24:2b.1SA.024.002 सारा इस्राएलबाट शाऊलले 3,000 मानिसहरूलाई छाने। शाऊलले ती छानिएका मानिसहरू लिएर दाऊद र तिनका मानिसहरूको खोजी गर्न थाले। तिनीहरूले घोरल-चट्टानको छेउछाउमा खोजे।
24:3b.1SA.024.003 शाऊल बाटो छेउको भेडा गोठमा आए। त्यहाँ छेउमा एउटा गुफा थियो। शाऊल आफैलाई लुकाउन गुफा भित्र पसे। दाऊद र तिनका मानिसहरू धेरै पर गुफाभित्र लुकिरहेका थिए।
24:4b.1SA.024.004 मानिसहरूले दाऊदलाई भने, “आज परमप्रभुले भन्नु भएको दिन होइनू? उहाँले तपाईंलाई भन्नु भएको थियो, ‘तिम्रो शत्रुलाई म तिम्रो हातमा सुम्पिदिनेछु, त्यसपछि तिम्रो इच्छानुसार तिम्रो शत्रुलाई जे गर्छौ गर।”‘ त्यसपछि दाऊद घस्रँदै-घस्रँदै शाऊलको छेउ पुगे। दाऊदले शाऊलको खास्टोको एक टुक्रा चाल नपाई काटिदिए।
24:5b.1SA.024.005 पछि दाऊदलाई शाऊलको टुक्रा खास्टो काटेकोमा नराम्रो लाग्यो।
24:6b.1SA.024.006 दाऊदले मानिसहरूलाई भने, “परमप्रभुले मलाई आफ्नो मालिकलाई क्षति गर्नबाट रोकुन्। शाऊल परमप्रभुले छान्नु भएको राजा हुन र मैले त्यसो नगरको भए हुने थियो।”
24:7b.1SA.024.007 दाऊदले यसो भनेर आफ्ना मानिसहरूलाई रोकी राखे। उसले तिनीहरूलाई शाऊललाई हानि गर्न अनुमति दिएनन्। शाऊल गुफा छोडेर आफ्नै बाटो लागे।
24:8b.1SA.024.008 दाऊद गुफाबाट निस्किएर आए र शाऊललाई बोलाउँदै भने, “हे मेरो प्रभु! महाराजा!” शाऊलले पछि फर्केर हेरे। दाऊदले शिर झुकाए।
24:9b.1SA.024.009 दाऊदले शाऊललाई भने, “जब मानिसहरूले भन्छन्, ‘दाऊदले तपाईंलाई चोट पुर्याउने योजना बनाइरहेछ तपाईंले किन तिनीहरूको कुरा सुन्नुभयो।”
24:10b.1SA.024.010 म तपाईंलाई हानि पुर्याउने छैन। तपाईं आफ्नै आँखाले देख्न सक्नुहुन्छ। परमप्रभुले तपाईंलाई आज मेरो हातमा गुफामै सुम्पिदिनु भएको थियो। तर मैले तपाईंको हत्या गरिन। तपाईंमाथि म कृपालु भएँ। मैले भनें, ‘म मेरो मालिकलाई हानि गर्ने छैन। किनभने उनी परमप्रभुले छान्नु भएको राजा हुनू।’
24:11b.1SA.024.011 यो लुगाको टुक्रा मेरो हातमा हेर्नुहोस्। मैले यो टुक्रा तपाईंको खास्टोबाट काटेको हुँ। म तपाईंलाई मार्न सक्थें, तर मैले त्यसो गरिन। यो कुरा तपाईंलाई थाहा होस् भन्ने म चाहान्छु। म तपाईंलाई यो जनाउन चाहान्छु कि तपाईंको विरूद्धमा मैले कुनै योजना बनाएको छैन। मैले तपाईंलाई कुनै अनिष्ट गरेको छैन। तर तपाईं मेरो पछि लागेर मलाई मार्न चाहानुहुन्छ।
24:12b.1SA.024.012 परमप्रभुले नै यसको न्याय गर्नुहुन्छ। मलाई गर्नु भएको अत्यचारको बद्ला परमप्रभुले तपाईंलाई दण्डित तुल्याउनु हुनेछ। तर म आफैं तपाईंको विरूद्धमा जाँदिन।
24:13b.1SA.024.013 त्यहाँ एउटा पूरानो भनाइ नै छ, ‘खराब कुरा दुष्ट मानिसहरूबाट फैलिन्छ।’ मैले कुनै नराम्रो गरिन। म दुष्ट मानिस पनि त होइन। म तपाईंलाई हानि गर्नेछैन।
24:14b.1SA.024.014 तपाईंले कसलाई खेदो गर्नु भएको छ? इस्राएलका राजा कसको विरूद्धमा आक्रमणमा ओर्लिएका छन्? तपाईंले आफ्ना वास्तविक शत्रुलाई खेदिरहनु भएको छैन। तपाईं मरेको कुकुर अथवा उपियाँको पछि लाग्नु जस्तै हो।
24:15b.1SA.024.015 परमप्रभुले यस मामलामा न्याय गर्नुहुनेछ। उहाँले नै हामी दुई बीचमा निर्णय गरून्। जब उहाँले तपाईंबाट मलाई जोगाउनु हुन्छ परमप्रभु आफैले देखाउनु हुनेछ कि म सही छु।”
24:16b.1SA.024.016 दाऊद चुप्प लागे अनि शाऊलले सोधे, “यो तिम्रो आवाज हो, मेरो छोरा दाऊद?” त्यसपछि शाऊल रूनथाले शाऊल धेरै नै रोए।
24:17b.1SA.024.017 शाऊलले भने, “तिमी म भन्दा धर्मी अनि असल छौ तिमीले म प्रति असल काम गर्यौ, तर म नै तिम्रो विरूद्धमा थिएँ।
24:18b.1SA.024.018 मेरो लागि गरेका असल कामहरूका बारे तिमीले भन्यौ। परमप्रभुले नै मलाई तिम्रो सामु ल्याउनु भयो। तर तिमीले मलाई केही गरेनौ।
24:19b.1SA.024.019 यसले यो देखाउँछ म तिम्रो शत्रु होइन। मानिसले शत्रुलाई सहजै पक्रन सक्दैन र सहजै छोडदैन पनि उसले शत्रुलाई राम्रो गर्दैन। परमप्रभुले तिमीलाई इनाम दिनुहुन्छ, कारण तिमीले मलाई केही गरेनौ।
24:20b.1SA.024.020 म जान्दछु तिमी राजा हुने नै छौ। तिमीले इस्राएल माथि शासन गर्ने नै छौ।
24:21b.1SA.024.021 अब मलाई एउटा वचन देऊ। परमप्रभुको शपथ खाएर वचन देऊ कि मेरो सन्तानहरू कसैलाई पनि मार्ने छैनौ। मेरा पिताको परिवारबाट मेरो नाउँ निशान हटाउँने छैनौ।”
24:22b.1SA.024.022 दाऊदले शाऊलसँग शपथ खाए। दाऊदले शाऊलका सन्ताहरू कसैलाई पनि मार्ने छैनन् भन्ने वचन सुनेर शाऊल घरतिर फर्के। दाऊद र तिनका मानिसहरू किल्लातिर लागे।
25
25:1b.1SA.025.001 शमूएलको मृत्यु भयो। सारा इस्राएलीहरू भेला भएर शमूएलको मृत्युमा दुःख प्रकट गरे। तिनीहरूले शमूएललाई तिनको आफ्नै घर रामामा गाडे। त्यसपछि दाऊद पारानको मरूभूमितिर लागे।
25:2b.1SA.025.002 माओनमा एकजना असाध्यै धनी मानिस थिए। ऊसित 3,000 भेडाहरू र 1,000 बाख्राहरू थिए। उसको कर्मेलमा धन-सम्पत्ति थियो। ऊ त्यहाँ आफ्नो भेडाको ऊन कत्रन गयो।
25:3b.1SA.025.003 त्यस मानिसको नाउँ नाबाल थियो। ऊ कालेब सन्तानको थियो। नाबालकी पत्नी अबीगेल थिईन, ऊ सुन्दरी र बुद्धिमती थिईन्। तर नाबाल, अति निष्ठुर र नीच स्वभावको मानिस थियो।
25:4b.1SA.025.004 नाबालले भेडाको ऊन कत्रँदैछ भन्ने खबर दाऊदले मरूभूमिको क्षेत्रमा नै सुने।
25:5b.1SA.025.005 दाऊदले दशजना युवकहरूलाई नाबालकहाँ पठाए। दाऊदले तिनीहरूलाई भने, “कर्मेलम जाऊ र नाबाललाई मेरो नाउँमा ‘अभिवादन’ गर।”
25:6b.1SA.025.006 उसलाई भन, “म आशा गर्छु कि तपाईंको परिवार र तपाईं अधिकार गर्नु भएका सबै असलै होलान्।
25:7b.1SA.025.007 मैले थाहाँ पाएँ कि तपाईं आफ्नो भेडाको ऊन कत्रँदै हुनुहुन्छ। तपाईंका गोठालाहरू केही समयदेखि हामीसित थिए। हामीले तिनीहरूसित खराब व्यवहार गरेनौ। जब तिनीहरू कर्मेलमा थिए तिनीहरूको केही पनि हराएन अथवा चोरेनन्।
25:8b.1SA.025.008 तपाईंले सेवकहरूलाई सोध्नुहोस् अनि तिनीहरूले सत्य बोल्ने छन्। मेरो जवान मानिसहरूप्रति दया गर्नुहोस्। अहिले उत्सवको समय भएको कारण, तपाईंले जे गर्नु सक्नुहुन्छ मेरो सेनाहरूलाई गरिदिनुहोस्। मेरो निम्ति यति काम गरिदिनुहोस्, तपाईंको मित्र दाऊद।”
25:9b.1SA.025.009 दाऊदका मानिसहरू नाबालकहाँ गए। तिनीहरूले दाऊदको समाचार नाबाललाई सुनाए।
25:10b.1SA.025.010 तर नाबालले दुष्ट आचारण देखाए र भन्ने, “दाऊद को हो? यो यिशैको छोरो को हो? आज भोलि धेरै कमाराहरू आफ्ना मालिक छोडेर भाग्दैछन्।
25:11b.1SA.025.011 मसँग रोटी-पानी छ। म सँग मासु पनि छ जुन मैले मेरो भेडाहरूबाट ऊन कत्रँने नोकरहरूका निम्ति तयार पारेकोछु। तर म यो मासु रोटी अनि पानी नचिनेको मानिसहरूलाई दिने छैनू।”
25:12b.1SA.025.012 दाऊदका मानिसहरू फर्केर गएर नाबालले भनेका सबै कुराहरू दाऊदलाई सुनाए।
25:13b.1SA.025.013 त्यसपछि दाऊदले आफ्ना मानिसहरूलाई भने, “आफ्नो-आफ्नो तरवार भिर।” यसरी दाऊद र उनका मानिसहरूले तरवार भिरे। झण्डै 400 मानिसहरू दाऊदसँग गए। 200 मानिसहरू मात्र सर-सामानसँग बसे।
25:14b.1SA.025.014 नाबालको एउटा नोकरले नाबालकी पत्नी अबीगेललाई भन्यो, “दाऊदले आफ्ना समाचार-वाहकहरूलाई हाम्रा मालिक नाबाल भए ठाउँसम्म पठाए। तर नाबाल तिनीहरू प्रति तुच्छ थिए।
25:15b.1SA.025.015 ती मानिसहरू हाम्रा निम्ति साह्रै असल थिए। जब हामी भेडाहरू मैदानमा लिएर जान्थ्यौ। दाऊदका मानिसहरू हामीसितै दिनभरी हुन्थे। अनि तिनीहरूले हाम्रो कुनै नोक्सान गरेनन्। तिनीहरूले कहिले पनि केही चोरेनन्।
25:16b.1SA.025.016 दाऊदका मानिसहरूले दिन रात हाम्रो रक्षा गर्थे। हामीले भेडा चराइरहेको समयमा पनि तिनीहरूले हाम्रो चारैतिरबाट पर्खालले झैं रक्षा गर्यो।
25:17b.1SA.025.017 यसको विषयमा सोचेर केही गर्नुहोस्। नाबाल साह्रै मूर्ख छन् ऊसित कुरा गर्न सकिंदैन अनि आउने विपत्तिको विषयमा उसलाई चेताउनी दिन सकिंदैन। अब नाबाल र तिनका सन्तानमाथि ठूलो विपत्ती आइलाग्नेछ।”
25:18b.1SA.025.018 अबीगेलले हतार हतार 200 वटा रोटी, दुइ मशक दाखरस पाँचवटा पकाएको भेडा, पाँच पाथी पकाएको चिउरा 100 झुप्पा किसमिस र सुकाएको 200 झुप्पा नेभारा तयार पारी गधाहरूमा लदाइन्।
25:19b.1SA.025.019 त्यसपछि नोकरहरूलाई भनिन्, “यो लिएर जाऊ। म पछि-पछि आउँदै छु।” तर यी सब तिनले आफ्नो लोग्नेलाई भनिनन्।
25:20b.1SA.025.020 गधामा चढेर अबीगेल त्यस पहाडको अर्को पट्टिको पखेरामा गइन्। तिनले दाऊदलाई आफ्ना मानिसहरूसँग पहाडको अर्को पट्टिबाट आउँदै गरेका भेटिन्।
25:21b.1SA.025.021 अबीगेललाई भेट्न भन्दा अघि दाऊदले भन्दै थिए, “मैले त्यस मरूभूमिमा नाबालको सम्पत्ति रक्षा गरें। मैले यति सुरक्षा गरें कि नाबालले केही नोक्सान भोगेनन्। मैले गरेको सबै व्यर्थ भयो। मैले भलाई गरें तर त्यसले त दुर्व्यवहार गर्यो।
25:22b.1SA.025.022 यदि मैले नाबालको परिवारका कुनै पनि पुरूषलाई भोलि बिहान सम्म जीवित रहन दिएँ भने मलाई परमेश्वरले दण्ड दिउन्।”
25:23b.1SA.025.023 त्यति नै बेला अबीगेल आइपुगिन्। अबीगेलले दाऊदलाई देख्न साथ गधाबाट ओर्लिन् र दाऊदको अघि शिर झुकाईन्।
25:24b.1SA.025.024 तिनको अनुहार दाऊदको अघि भूँइमा निहुराए र अबीगेलले भनिन्, “महाशय कृपया, मलाई केही भन्न दिनुहोस्। मैले भनेका कुरा सुनिदिनुहोस्। जे भयो त्यसका निम्ति मलाई दोषी ठहराउनुहोस्।
25:25b.1SA.025.025 तपाईंले पठाउँनु भएका मानिसहरू मैले देखिनँ। महाशय त्यो काम नलाग्ने नाबालको कुरामा ध्यान नदिनुहोस्। जस्तो उसको नाउँ छ मानिस पनि त्यस्तै छ। उसको नाउँको अर्थ ‘मूर्ख”, भए जस्तो उ पनि मूर्ख नै छ।
25:26b.1SA.025.026 परमप्रभुले तपाईंलाई निर्दोष मानिसहरूको हत्या गर्नबाट जोगाउनु भयो। जस्तो परमप्रभु जीवित हुनुहुन्छ त्यस्तै तपाईं पनि जीवित हुनुहुन्छ। म प्रार्थना गर्छु कि तपाईंका सबै शत्रुहरू अनि जसले तपाईंलाई क्षति गराउँन चाहन्छन् तिनीहरू सबै नाबाल जस्तै होउन्।
25:27b.1SA.025.027 मैले तपाईंलाई केही उपहार ल्याएकी छु। तपाईंका मानिसहरूलाई दिनुहोस्।
25:28b.1SA.025.028 मेरो भूलमा क्षमा दिनु होस्। मलाई थाहा छ परमप्रभुले तपाईंको परिवारालाई शक्तिशाली तुल्याउनु हुनेछ र धेरै राजाहरू तपाईंकै परिवारबाट आउनेछन्। परमप्रभुले यसो गर्नु हुनेछ कारण तपाईंले उहाँको निम्ति युद्ध गर्नु भएको छ। यसर्थ तपाईं बाँचुञ्जेल मानिसहरूले तपाईमा कुनै खोट पाउने छैनन्।
25:29b.1SA.025.029 यदि कसैले तपाईंलाई मार्न खेदो गर्यो भने परमप्रभु तपाईंको परमेश्वरले तपाईंको जीवनलाई बचाउँनु हुनेछ। तर घुँयेत्रोबाट ढुङ्गा फ्याँकिए झैं परमप्रभुले तपाईंका शत्रुहरूलाई फ्याँक्नु हुनेछ।
25:30b.1SA.025.030 तपाईंलाई परमप्रभुले धेरै राम्रो कार्य गर्ने वचन दिनु भएको छ। उहाँले आफ्नो वचन पूरा गर्नुहुनेछ। परमेश्वरले तपाईंलाई इस्राएलको अगुवा बनाउनुहुनेछ।
25:31b.1SA.025.031 तर तपाईं निर्दोष मानिसहरूको हत्या गरेर भूल नगर्नुहोस्। अझै भड्खालोमा नपस्नुहोस्। परमप्रभुले तपाईंलाई जब सफलता हासिल गराउनु हुन्छ दया गरी मलाई सम्झनुहोला।”
25:32b.1SA.025.032 दाऊदले अबीगेललाई जवाफ दिए, “परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गर। आज उहाँले तिमीलाई म भए कहाँ पठाउनु भएको निम्ति प्रशंसा गर।
25:33b.1SA.025.033 तिम्रो सही विचारको निम्ति परमेश्वरले तिमीलाई आशीर्वाद दिऊनू। आज निर्दोष मानिसहरूको हत्या गर्नबाट तिमीले मलाई रोक्यौ।
25:34b.1SA.025.034 साँच्चै नै परमप्रभु इस्राएलका परमेश्वर जीवित हुनुहुन्छ म त्यो भन्छु। यदि तिमी ठीक समयमा नआइपुगेका भए भोलि बिहान सम्ममा नाबालका एउटै मानिस पनि जीवित रहने थिएनन्।”
25:35b.1SA.025.035 त्यसपछि दाऊदले उपहार स्वीकार गरे। दाऊदले भने, “शान्तिसित घर जाऊ। मैले तिम्रा सबै कुरा सुने र म तिमीले भने जस्तै गर्नेछु।”
25:36b.1SA.025.036 अबीगेल घर फर्किने। नाबाल घरैमा भोज मनाइरहेका थियो। नाबाल राजाले जस्तै भोजन खाँदै थिए। उ मग्न थिए अनि खूबै पिएका थिए। यसर्थ भोलि बिहान नहुञ्जेल अबीगेलले केही भनिन्।
25:37b.1SA.025.037 भोलि पल्ट बिहान नाबाल शान्त थियो। यसर्थ उसकी पत्नीले सबै बताइन्। त्यत्ति नै बेला नाबाल मुटुको वेदनाले पीडित भयो।
25:38b.1SA.025.038 झण्डै दश दिनपछि परमप्रभुले नाबाललाई मृत्यु दण्ड दिनुभयो।
25:39b.1SA.025.039 दाऊदले नाबालको मृत्युको खबर सुने। दाऊदले भने, “परमप्रभुको महिमा होस्। नाबालले मेरो विषयमा दुष्ट कुरा गरे, तर परमप्रभु परमेश्वरले मेरो पक्ष लिनुभयो। परमप्रभुले मलाई पाप गर्नबाट बचाउँनु भयो अनि परमप्रभुले नाबाललाई उसका अपराधको निम्ति मृत्यु दण्ड दिनुभयो।” त्यसपछि दाऊदले अबीगेललाई समाचार पठाउनु भयो अनि दाऊदले उनलाई आफ्नी पत्नी हुने प्रस्ताव राख्नुभयो।
25:40b.1SA.025.040 दाऊदका नोकरहरू कर्मेलमा आएर अबीगेललाई भने, “दाऊदले हामीलाई पठाउनु भएको छ। तपाईं उहाँकी पत्नी हुनुहोस् भन्नु भनी उहाँले समाचार पठाउनु भएको छ।”
25:41b.1SA.025.041 अबीगेलले शिर झुकाइन् र भनिन्, “म तपाईंको दासी हुँ। म तपाईंको सेवा गर्न राजी छु। म मेरो स्वामी दाऊदका सेवकहरूका खुट्टा धुन तयार छु।”
25:42b.1SA.025.042 हतार-हतार तयार भएर गधामा चढी ती दूतहरूसँग अबीगेल बाटो लागिन्। अबीगेलले आफूसित पाँचजना सहेलीहरू लगिन् र आफू दाऊदकी पत्नी भइन्।
25:43b.1SA.025.043 दाऊदले यिज्रेलकी अहीनोमलाई पनि विवाह गरेका थिए। दाऊदका अहीनोम र अबीगेल दुवै पत्नी भए।
25:44b.1SA.025.044 दाऊदले शाऊलकी छोरी मीकललाई पनि विवाह गरेका थिए। तर शाऊलले तिनलाई दाऊदबाट खोसे। शाऊलले गल्लीमको लेशको छोरा पलिश्तीलाई मीकल दिएका थिए।
26
26:1b.1SA.026.001 जीपीका मानिसहरू शाऊललाई भेट्न गिबा गए। तिनीहरूले शाऊललाई भने, “हकीलाको पहाडमा दाऊद लुक्दैछ। यो पहाड यशीमोन देखि पारि पर्छ।”
26:2b.1SA.026.002 शाऊल जीपको मरूभूमितिर गए। शाऊलले 3,000 सेनाहरू इस्राएलबाट छानेर लगे। शाऊल र उसका सेनाहरूले जीपको मरूभूमितिर दाऊदलाई खोजे।
26:3b.1SA.026.003 शाऊलले उसको छाउनी हकीलाको पहाडमाथि बाटोको छेउमा यशीमोन तिर फर्काएर बनाए। दाऊद त्यही मरूभूमिमा थिए। शाऊलले पीछा गर्दैछन् भन्ने कुरा तिनलाई थाहा थियो।
26:4b.1SA.026.004 यसर्थ दाऊदले चेवाहरू पठाए। दाऊदलाई थाहा लाग्यो शाऊल हकीलामा छ भनेर।
26:5b.1SA.026.005 दाऊद शाऊलको छाउनीमा गए। शाऊल र अबनेर कहाँ सुतिरहेका थिए दाऊदले देखे। (नेरका छोरो अबनेर शाऊलका सेनाको सेनापति थिए।) शाऊल छाउनीको बीचमा सुते। सेनाहरू शाऊलको वरिपरि सुती रहेका थिए।
26:6b.1SA.026.006 दाऊदले हित्ती अहीमेलेक र सरूयाहका छोरा अबीशैसित बात गरे। (अबीशै योआबका भाइ थिए।) तिनले भने, “मसँग शाऊलको छाउनीमा को जान्छ?” अबीशैले जवाफ दिए, “म तपाईंसँग जानेछु।”
26:7b.1SA.026.007 जब रात पर्यो दाऊद र अबीशै शाऊलको छाउनीमा गए। शाऊल छाउनीको मध्य भागमा मस्त सुतिरहेका थिए। तिनको भाला तिनको शिर नेर भूँईमा गाडिएको थियो। अबनेर अरू सैनिकहरूसंगै शाऊलको वरिपरी मस्त सुतिरहेका थिए।
26:8b.1SA.026.008 अबीशैले दाऊदलाई भने, “आज परमेश्वरले तपाईंको शत्रुलाई तपाईंको हातमा सुम्पिनु भएकोछ उसको भालाले उसैलाई रोप्न मलाई दिनुहोस्। म एकै खेपमा काम सिध्याउँछु।”
26:9b.1SA.026.009 तर दाऊदले अबीशैलाई भने, “शाऊललाई नमार! परमेश्वरले छान्नु भएको राजालाई घात गर्दा दण्ड पाइन्छ।
26:10b.1SA.026.010 साँच्चै नै परमेश्वर जीवित हुनुहुन्छ परमप्रभु आफैले शाऊललाई दण्ड दिनुहुनेछ। शाऊल युद्ध भूमिमा मरोस अथवा स्वभाविक मृत्यु होस्।
26:11b.1SA.026.011 तर म परमप्रभुले उहाँका चुनिएका राजालाई केही नोक्सान नपुर्याउन भनी उहाँलाई विन्ति गर्छु। शाऊलको शिरमा भएको भाला र पानीको सुराही उठाउ अनि हामी जानेछौ।”
26:12b.1SA.026.012 यसरी दाऊदले भाला र पानीको सुराही शाऊलको शिरकै छेउबाट लिए। त्यसपछि दाऊद र अबीशै छाउनीबाट निस्किए। तिनीहरूले के गरे कसैले पनि थाहा पाएन। न कसैले देख्यो न त कोही ब्यूँझ्यो। शाऊल र तिनका सैनिकहरू गहिरो निद्रामा परेको कारण परमप्रभुले नै तिनीहरूलाई गहिरो निद्रामा पारिदिनुभएको थियो।
26:13b.1SA.026.013 दाऊद बेंसी पार गरेर पारिपट्टि पुगे। शाऊलको छाउनीबाट पारी पहाडको टाकुरामा पुगे। दाऊद र शाऊलका छाउनीहरू धेरै टाढा-टाढा थिए।
26:14b.1SA.026.014 दाऊदले सेना र खास गरी नेरका छोरा अबनेरलाई ठूलो स्वरमा कराएर भने, “अबनेर, मलाई जवाफ देऊ!” अबनेरले जवाफ दिए, “तिमी को हौ? किन महाराजलाई डाकिरहेछौ?”
26:15b.1SA.026.015 दाऊदले भने, “तिमी मानिस हौ, कि होइनौ? अनि इस्राएल भरी सबभन्दा महान तिमी नै छौ। के यो सत्य होइन? त्यसो हो भने आफ्नो प्रभु महाराजको रक्षा किन ठिकसित गरेनौ? एउटा साधारण मानिसले तिम्रो राजालाई मार्न छाउनी भित्र आयो।
26:16b.1SA.026.016 तिमीले एकदमै नराम्रो काम गर्यौ। जस्तो कि परमप्रभु जीवित हुनुहुन्छ, तिमी र तिम्रा मानिसहरू मर्नु पर्छ। किनभने तिमीहरूले आफ्ना परमप्रभुका अभिषिक्त राजाको रक्षा गरेनौ। अब हेर राजाको सिरानी छेउको भाला र पानी पिउने सुराही। खोई कहाँ छन्?”
26:17b.1SA.026.017 शाऊलले दाऊदको स्वर चिने। शाऊलले भने, “मेरो छोरा दाऊद के यो स्वर तिम्रो हो?” दाऊदले जवाफ दिए, “ज्यू, यो मेरै आवाज हो, मेरो प्रभु महाराजा।”
26:18b.1SA.026.018 दाऊदले फेरि भने, “हे मेरा प्रभु, तपाईंले मेरो खेदो किन गर्नु हुदैछ? मैले के भूल गरें? मेरो के कसुर छ?
26:19b.1SA.026.019 हे मेरो मालिक राजा म तपाईंको नोकरलाई सुन्नु होस् यदि परमप्रभुले नै तपाईंलाई म माथि रिस उठाउनुभएको हो भने एउटा भेट स्वीकार गरिदिनुहोस्। तर यदि मानिसले तपाईंलाई म माथि रिस उठाउनु भएको हो भने, परमप्रभुले तिमीहरूलाई केही नराम्रो गर्नुहुनेछ। परमप्रभुले दिनुभएको भूमि त्याग्न मलाई मानिसहरूले जबरजस्ती गरे। तिनीहरूले मलाई भने, ‘जाऊ र विदेशीसँग बस र विदेशी देवतालाई पूजागर।’
26:20b.1SA.026.020 मलाई परमप्रभुबाट टाढा मर्न नदेऊ। इस्राएलका राजा झींङ्गाको पछि लाग्दैछ। तपाईं पहाडमा भ्यागुत्ताहरूको पछि लागेको मानिस जस्तो हुनुभयो।”
26:21b.1SA.026.021 तब शाऊलले भने, “मैले पाप गरें। मेरो छोरा दाऊद यता आऊ आज मलाई प्रमाण गरेर देखाइ देऊ। तिम्रो निम्ति मेरो ज्यान महत्वपूर्ण छ। अब म तिमीलाई चोट पुर्याउने छैन। मैले मूर्खले झैं ठूलो भूल गरें।”
26:22b.1SA.026.022 दाऊदले जवाफमा भने, “राजाको भाला यहाँ छ। यो लिन कुनै एक जना जवानलाई पठाउनुहोस्।
26:23b.1SA.026.023 परमप्रभुले हरेक मानिसहरूलाई उसको धार्मिकता र विश्वसनीयताको निम्ति इनाम दिनुहुन्छ। उहाँले राम्रो काम गर्ने मानिसलाई इनाम दिनुहुन्छ र नराम्रो कार्य गर्नेलाई दण्ड दिनुहुन्छ। परमप्रभुले तपाईंलाई हराउन आज मलाई मौका दिनुभयो। तर म परमप्रभुका अभिषिक्त राजालाई हानि गर्न चाहदिन।
26:24b.1SA.026.024 आज मैले प्रमाण गरें कि मेरो निम्ति तपाईंको जीवन महत्वपूर्ण छ। यस्तै प्रकार परमप्रभुले पनि देख्नु हुनेछ मेरो प्राण उहाँलाई महत्वपूर्ण छ। परमप्रभुले मलाई प्रत्येक खतराबाट बचाउँनु हुनेछ।”
26:25b.1SA.026.025 त्यसपछि शाऊलले दाऊदलाई भने, “परमेश्वरले तिमीलाई आशीर्वाद दिउन्, मेरो छोरा दाऊद। तिमीले ठूला-ठूला कार्यहरू गर्नेछौ र सफलता पनि पाउँनेछौ।” दाऊद आफ्नो बाटो लागे र शाऊल घरतिर फर्किए।
27
27:1b.1SA.027.001 तर दाऊदले आफैं सोचे, “शाऊलले मलाई एक दिन पक्रिएर मार्ने छ। सबभन्दा राम्रो मलाई यो हुन्छ पलिश्तीहरू भएकोमा भागेर जानु त्यसपछि शाऊलले मलाई इस्राएलमा खोज्न छोड्ने छ। त्यसरी म शाऊलबाट उम्कन सक्नेछु।”
27:2b.1SA.027.002 यसरी दाऊद र तिनका 600 मानिसहरूले इस्राएल त्यागे। तिनीहरू माओकका छोरा आकीशकाँ गए। आकीश गातका राजा थिए,
27:3b.1SA.027.003 दाऊद, तिनका मानिसहरू र तिनका परिवार गातमा आकीशसँग बसे। दाऊदकी दुवै पत्नी तिनीसितै थिए। तिनीहरू यिज्रेली अनहीनोअम अनि कर्मेली अबीगेल थिए। अबीगेल नबालकी विधवा थिईन्।
27:4b.1SA.027.004 मानिसहरूले शाऊललाई भने कि दाऊद भागेर गात गए। यसर्थ शाऊलले दाऊदको पिछा गर्न छोडे।
27:5b.1SA.027.005 दाऊदले आकीशसँग भने, “यदि तपाईं मसँग प्रसन्न हुनुहुन्छ भने मलाई शहरमा एउटा ठाउँ तोकिदिनुहोस्। म तपाईंको सेवक मात्र हुँ। म त्यहाँ बस्नेछु, यहाँ राजधानीमा होइन।”
27:6b.1SA.027.006 त्यस दिन आकीशले दाऊदलाई सिकलग शहर दिए। सिकलग चाहि त्यही दिन देखि यहूदा राजाहरूको वंशमा रहेकोछ।
27:7b.1SA.027.007 दाऊद पलिश्तीहरूसँग एक वर्ष चार महिना बसे।
27:8b.1SA.027.008 दाऊद र तिनका मानिसहरूले मिश्रमा अवस्थित तलैम देखि शूरका अमालेकी गशूर र गिज्रीहरूसित युद्ध गरे। दाऊदले तिनीहरूलाई हराएर सम्पत्ति लुटे।
27:9b.1SA.027.009 दाऊदले त्यस इलाकाका मानिसहरूलाई हराए अनि सबैलाई मारे दाऊदले त्यहाँ भेडा, गाई-गोरू, गधा ऊँठ र लुगाहरू लुटे। ऊ फर्किए पछि यी लुटेकाहरू आकीशलाई दिए।
27:10b.1SA.027.010 दाऊदले धेरै पल्ट यसो गरे। प्रत्येक चोटि नै आकीशले कता कोसँग युद्ध गर्यौ भनेर सोध्थे। दाऊदले भन्थे, “मैले दक्षिणपट्टिको यहूदमाथि अथवा ‘मैले दक्षिणपट्टिको यरहमेलीमा,” अथवा “दक्षिणपट्टिको केनीहरूमाथि आक्रमण गरें ।”
27:11b.1SA.027.011 दाऊदले गातमा कहिले पनि कुनै लोग्ने मानिस अथवा स्त्रीहरू जिउँदो ल्याएनन्। दाऊदले ठान्थे, “यदि मैले जिउँदो मानिस ल्याएँ भने वास्तवमा म के गर्दैछु, आकीशले थाहा पाउनेछ।” जब सम्म दाऊद पलिश्तीको भूमिमा बसे तिनले त्यसो गरे।
27:12b.1SA.027.012 आकीशले दाऊदलाई पत्याउन थाले। आकीशले आफैलाई भन्थे, “अब दाऊदलाई आफ्नै मानिसहरूले घृणा गर्ने छन्। इस्राएलीहरूले दाऊदलाई साह्रै घृणा गर्नेछन्। अब दाऊदले सधैं मेरो सेवा गर्नेछ।”
28
28:1b.1SA.028.001 त्यस बेला पलिश्तीहरूले इस्राएलमाथि आक्रमण गर्न सेनाहरू भेला गराए। आकीशले दाऊदलाई भने, “तपाईंले त्यो जान्नु पर्छ तपाईं र तपाईंका मानिसहरू इस्राएलको विरूद्ध युद्धमा मसँग जानुपर्छ।”
28:2b.1SA.028.002 दाऊदले जवाफ दिए, “निश्चय! तपाईंले देख्नुहुन्छ म के गर्नु सक्छु।” आकीशले भने, “राम्रो, म तपाईंलाई मेरो अंगरक्षक बनाउँछु। सधैं मेरो रक्षा गर्नुहोस्।”
28:3b.1SA.028.003 शमूएल मरे। शमूएलको मृत्युमा सम्पूर्ण इस्राएलीहरूले दुःख प्रकट गरे। तिनीहरूले शमूएललाई उनकै शहर रामामा गाडे। पहिला शाऊलले भुतप्रेत खेलाउनेहरू र ज्योतिषीहरूलाई इस्राएल छोड्न वाध्य गरेका थिए।
28:4b.1SA.028.004 पलिश्तीहरू युद्धको निम्ति तयार थिए। तिनीहरू शूनेममा आएर त्यहीं छाउनी बनाए। शाऊलले पनि सबै इस्राएलीहरूलाई भेला गराएर गिल्बोमा छाउनी हाल्न लगाए।
28:5b.1SA.028.005 शाऊल पलिश्ती सेनाहरू देखेर डराए। तिनको मुटु नै काम्यो।
28:6b.1SA.028.006 शाऊलले परमप्रभुमा प्रार्थना गरे तर परमप्रभुले जवाफ दिनुभएन। परमप्रभु परमेश्वरले दर्शनमा पनि केही उत्तर दिनुभएन। परमेश्वरले न त उरीम न ता अगमवक्ताद्वारा नै शाऊललाई जवाफ दिनुभयो।
28:7b.1SA.028.007 अन्त्यमा शाऊलले आफ्ना अधिकारीहरूलाई भने, “मलाई एउटी तंत्र-मंत्र गर्ने महिला ल्याइदेऊ, म त्यसलाई सोध्छु यो युद्धको फल के हुन्छ।” तिनका अधिकारीहरूले जवाफ दिए, “एन्दोरमा त्यस्ती एउटी स्त्री छे।”
28:8b.1SA.028.008 शाऊलले भेष बद्लाउनको निम्ति भिन्नै लुगा लगाए यसकारण उसलाई नचिनोसू। त्यो रात शाऊल दुइजना मानिस लिएर त्यस स्त्रीलाई भेट्न गए। शाऊलले त्यस स्त्रीलाई भने, “म तिमीलाई भन्नेछु मेरो भविष्य बताउने आत्मा बोलाऊ। म जसको नाउँ दिन्छु त्यसैको आत्मा जगाउनु।”
28:9b.1SA.028.009 तर त्यस स्त्रीले भनी, “तिमी जान्दछौ शाऊलले के गर्यो। सबै झाँक्री र ज्योतिषीहरूलाई उसले इस्राएलबाट धपायो। तिमीले मलाई अप्ठेरोमा पारेर ज्यान लिन चाहान्छौ।”
28:10b.1SA.028.010 शाऊलले परमप्रभुको नाउँमा शपथ खाएर त्यसलाई भने, “तिमीले कुनै दण्ड सामना गर्नु पर्ने छैन।”
28:11b.1SA.028.011 स्त्रीले सोधी, “तिमीले कसलाई बोलाउनु लाउँछौ?” शाऊलले भने, “शमूएलको आत्मालाई बोलाऊ।”
28:12b.1SA.028.012 शमूएलको आत्मा तिनको अघि देखा पर्यो। शमूएललाई देखेर त्यो स्त्रीले जोडले चिच्याई। तिनले शाऊललाई भनिन्, “मलाई धोखा दिनुभयो! तपाईं नै शाऊल हुनुहुन्छ।”
28:13b.1SA.028.013 राजाले स्त्रीलाई भने, “नडराऊ। तिमीले के देख्यौ?” स्त्रीले भनी, “मैले आत्मा भुइँबाट निस्किएको देखे।”
28:14b.1SA.028.014 शाऊलले सोधे, “को जस्तो देखिन्छ?” स्त्रीले जवाफ दिइ, “खास किसिमको लबेदा ओढेको एउटा वृद्ध मानिस जस्तो देखिन्छ।” त्यसपछि शाऊलले थाहा पाए शमूएल नै हो भनेर। शाऊलले भूइँतिर शिर झुकाए उसलाई अभिवादन गरे।
28:15b.1SA.028.015 शमूएलले शाऊललाई भने, “मलाई किन दुखः दिएको? मलाई किन बोलाएको?” शाऊलले भने, “म संकटमा छु। पलिश्तीहरू म सँग युद्ध गर्न आउँदैछन्, अब परमेश्वर मसित हुनु हुन्न। परमेश्वरले मलाई केही दिनुहुन्न। न त उहाँले कुनै अगमवक्ता न सपनामा केही भन्नु हुन्छ। यसकारण तपाईंलाई बोलाएको छु मलाई भन्नुहोस् म के गरौ?”
28:16b.1SA.028.016 शमूएलले भने, “परमप्रभु तिमीसित हुनुहुन्न। उहाँ तिम्रो छिमेकी दाऊदसँग हुनुहुन्छ। यसकारण मलाई किन झन्झट दिएको?
28:17b.1SA.028.017 परमप्रभुले के गर्नु हुनेछ त्यो भन्न उहाँले मलाई एकपटक आज्ञा गर्नुभयो। अहिले परमप्रभुले त्यही गर्दै हुनुहुन्छ। परमप्रभुले तिम्रो हातबाट राजधानी खोस्दै हुनुहुन्छ। अनि उहाँले तिम्रो छिमेकीको हातमा सुम्पिदिनुहुनेछ। त्यो छिमेकी चाहिं दाऊद हो।
28:18b.1SA.028.018 तिमीले परमप्रभुको आज्ञा पालन गरेनौ। तिमीले अमालेकीहरूलाई पूर्ण नष्ट गरेनौ तिनीहरूलाई यो कुरा देखाउन कि तिनीहरूसंग परमेश्वर कति क्रोधित हुनुहुन्थ्यो। यसकारण आज परमप्रभुले तिमीलाई यसो गर्नु हुँदैछ।
28:19b.1SA.028.019 परमप्रभुले पलिश्तीहरूद्वारा तिमीलाई र इस्राएलका सेनालाई आज हराउनु हुन्छ। अनि भोलि, तिमी र तिम्रा छोरा मसित हुनेछौ।”
28:20b.1SA.028.020 शाऊल तत्कालै लडे र भूइँमा पसारिए। शमूएलको कुरा सुनेर शाऊल साह्रै डराए। शाऊल कमजोर भइसकेका थिए कारण हिजो देखि रात-दिन उनले केही खाएकै थिएनन्।
28:21b.1SA.028.021 स्त्री शाऊलको छेउमा आईन। शाऊल साह्रै डराएको देखी। तिनले भनी, “हेर्नुहोस् म तपाईंकी सेविका। मैले तपाईंको आज्ञापालन गरें। मैले मेरो ज्यानलाई जोखिममा हाले र तपाईंले भने झैं गरें।
28:22b.1SA.028.022 अब मेरो कुरा सुन्नुहोस्। म तपाईंलाई खाने कुरा दिन्छु। तपाईंले खानैपर्छ। त्यसपछि आफ्नो कार्य गर्न शक्ति पाउनु हुनेछ।”
28:23b.1SA.028.023 तर शाऊलले मानेनन्। तिनले भने, “मलाई खान चाहींदैन।” शाऊलका अधिकारीहरूले पनि स्त्रीसँगै केही खानु भनी अनुरोध गरे। अन्त्यमा शाऊलले तिनीहरूका कुरा माने। भुइँबाट उठेर बिस्तरामा बसे।
28:24b.1SA.028.024 त्यस स्त्रीले आफूसँग भएको बलियो बाच्छो मारी। त्यस स्त्रीले अलिकति पिठो मुछी र खमीर बिनाको रोटी पकाई।
28:25b.1SA.028.025 र त्यस स्त्रीले भोजन शाऊल र तिनका अधिकारीहरूलाई पस्कि। तिनीहरूले भोजन खाए र त्यही रात तिनीहरू उठेर गए।
29
29:1b.1SA.029.001 पलिश्तीहरूले अपेकमा तिनीहरूका सबै सैनिक भेला गराए। इस्राएलीहरूले यिज्रेलको पानीको मुहान नेर छाउनी हाले।
29:2b.1SA.029.002 पलिश्ती अगुवाहरूले सय र हजारको संख्यामा मानिसहरूलाई अघि बढाए। दाऊद र तिनका मानिसहरू आकीशको पछिल्तिर लागे।
29:3b.1SA.029.003 पलिश्ती कप्तानहरूले सोधे, “यी हिब्रूहरूले यहाँ के गर्दैछन्?” आकीशले ती कप्तानहरूलाई भने, “यिनी दाऊद हुनू। दाऊद शाऊलका अधिकारीहरू मध्ये एकजना थिए। दाऊद मसँग धेरै अघिदेखि छन्। शाऊललाई त्यागेर आए र मसँग बस्न थाले यता मैले कुनै भूल-त्रुटी दाऊदमा पाइनँ।”
29:4b.1SA.029.004 तर पलिश्ती कप्तानहरू आकीशसँग रिसाए। तिनीहरूले भने, “दाऊदलाई फर्काउनुहोस्। तपाईंले दिनुभएको शहरमा उ फर्कनु पर्छ। रणभूमिमा उ हामीसित जान सक्दैन। नत्रभने हाम्रो आफ्नै छाउनी भित्र शत्रु हुनेछ। उसले आफ्नो राजालाई खुशी पार्न हाम्रै मानिस मार्नेछ।
29:5b.1SA.029.005 दाऊद त्यही मानिस हो जसको विषयमा इस्राएलीहरू यसो भनेर गीत गाउँदै नाच्थेः “शाऊलले हजार शत्रुहरू मारे तर दाऊदले दश हजार मारे।”
29:6b.1SA.029.006 यसकारण आकीशले दाऊदलाई बोलाएर भने, “जीवित परमप्रभुको नाउँमा, तिमी मेरो भक्त छौ। म अति प्रसन्नहुने थिएँ यदि तिमीले मेरा सेनामा योगदान दिएको भए। शुरूदेखि नै तिमी भरपर्दो भएका छौ। तर पलिश्ती सेनाहरूले तिमीलाई सहमति गर्न चाँहदैनन्।
29:7b.1SA.029.007 शान्तिसित फर्क, पलिश्ती कप्तानहरूका विरूद्धमा कुनै गलत काम नगर।”
29:8b.1SA.029.008 दाऊदले सोधे, “मेरो गल्ती के हो?” जबदेखि म तपाईंकहाँ आएँ मेरो केही दोष पाउनु हुन्छ? मेरा मालिक मेरा परमप्रभु राजाको शत्रुहरूसित युद्धगर्न मलाई किन बाधा दिनुहुन्छ?”
29:9b.1SA.029.009 आकीशले जवाफमा भने, “मलाई थाहा छ तिमी असल मानिस हौ। तिमी परमेश्वरका स्वर्गदूत हौ। तर पलिश्ती सेनापतिहरूले भन्दैछन्, ‘दाऊद हामीसित युद्ध भूमिमा जान सक्दैन।’
29:10b.1SA.029.010 भोलि बिहानै तिमी र तिम्रा मानिसहरूसित मैले दिएको शहरमा फर्केर जाऊ। यसकरण घाम झुल्कनु अघि नै फर्केर जाउ।”
29:11b.1SA.029.011 यसकारण दाऊद र तिनका मानिसहरू बिहानै उठेर पलिश्ती देशतिर फर्के। बीचमा यता पलिश्तीहरू चाहिं यिज्रेल तिर बढ्ढे।
30
30:1b.1SA.030.001 तेस्रो दिन दाऊद र तिनका मानिसहरू सिकलग आए अनि यो भष्म भएको देखे। जब अमालेकीहरूले नेगेभ क्षेत्रमा आक्रमण गरे? तिनीहरूले सिकलगमा आक्रमण गरे अनि शहरमा आगो लगाइदिए।
30:2b.1SA.030.002 तिनीहरूले सिकलगका स्त्रीहरूलाई बन्दी बनाए। बूढा अथवा जवान सबै मानिसहरूलाई समाते। तिनीहरूले कसैलाई पनि मारेनन्। बन्दी मात्र बनाए।
30:3b.1SA.030.003 जब दाऊद र तिनका मानिसहरू सिकलग आए शहर जलिरहेको पाए। तिनीहरूका पत्नीहरू छोरा-छोरीहरू सबै अमालेकीहरूले लगेकाले कोही थिएनन्।
30:4b.1SA.030.004 त्यसैले दाऊद र अरू मानिसहरू धेरै रोए।
30:5b.1SA.030.005 अमालेकीहरूले दाऊदका दुवै पत्नीहरू यिज्रेली अहीनोअम र कर्मेली नाबालकी विधवा अबीगेललाई पनि हरेर लगेछन्।
30:6b.1SA.030.006 सेनाका सबै मानिसहरू आफ्ना छोरा छोरी सबै बन्दी बनाइएकोमा दुःखी भई रिसाए। मानिसहरूले दाऊदलाई ढुङ्गाले हिर्काएर मार्ने कुरा गर्दैथे। यसले दाऊदलाई साह्रै नराम्रो लाग्यो। तर दाऊदले परमप्रभु उनका परमेश्वरबाट शक्ति पाए।
30:7b.1SA.030.007 दाऊदले पूजाहारी एबीयातारलाई भने, “एपोद ल्याउनुहोस।”
30:8b.1SA.030.008 दाऊदले परमप्रभुलाई बिन्ती गरे, “मेरो परिवारका सदस्यहरूलाई हरण गर्नेहरूलाई के म खेदौ? म तिनीहरूलाई पक्रन सक्छु?” परमप्रभुले भन्नु भयो, “पछ्याऊ तिनीहरूलाई। पक्रन सक्छौ र तिम्रो परिवारका सदस्यहरूलाई बचाउन सक्छौ।”
30:11b.1SA.030.011 दाऊदका मानिसहरूले खेतमा एउटा मिश्रीलाई भेटे। त्यस मिश्रीलाई तिनीहरूले दाऊदका सामु हाजिर गराए। तिनीहरूले त्यस मिश्रीलाई पानी र भोजन दिए।
30:12b.1SA.030.012 तिनीहरूले एउटा टुक्रा नेभाराको रोटी र दुइ झुप्पा किसमिस पनि दिए। खाना खाए पछि उनी फुर्तीला भए। तीन दिन तीन रातदेखि न त खाना खाए, न पानी पिए।
30:13b.1SA.030.013 दाऊदले त्यस मिश्रीलाई सोधे, “तिम्रो मालिक को हो? तिमी कहाँबाट आयौ?” त्यस मिश्रीले जवाफ दिए, “म एकजना मिश्री हुँ। म एकजना अमालेकीको दास हुँ। तीन दिनअघि म बिरामी भएँ र मालिकले मलाई त्यागिदिए।
30:14b.1SA.030.014 हामीले नेगेव इलाकामा आक्रमण गर्यौं जहाँ करेतीहरू बस्थे। हामीले यहूदा र नेगेवमा आक्रमण गर्यौ जहाँ कालेबी जाति बस्थे। हामीले सिकलगलाई जलायौ।”
30:15b.1SA.030.015 दाऊदले भने, “के तिमी मलाई तिनीहरूकहाँ पुर्याइदिन सक्छौ जसले हाम्रा परिवारका सदस्यहरूलाई समातेका छन्?” त्यस मिश्रीले भने, “परमेश्वरको अघि यदि तपाईंले मलाई मार्दिन अथवा मेरो मालिकको घरमा मलाई फिर्ता दिने वचन दिनुभयो भने म तपाईंलाई सहयोग गर्छु।”
30:16b.1SA.030.016 त्यस मिश्रीले दाऊदलाई अमालेकीहरू भएको ठाउँमा पुर्यायो। त्यसबेला अमालेकीहरू खाँदै र पिउँदै भुइँमा पल्टिरहेका थिए। तिनीहरूले पलिश्ती र यहूदाका क्षेत्रबाट जे-जे लूटेका थिए त्यहीसँग रमाइलो मनाइरहेका थिए।
30:17b.1SA.030.017 दाऊदले तिनीहरू माथि आक्रमण गरे र मारे। तिनीहरू घाम झुल्के देखि अर्को दिनको साँझसम्म लडे। अमालेकीहरू कोही भाग्नसकेनन्। खालि 400 सेनाहरू तिनीहरूका ऊँठमा चढ्ढेर गए।
30:18b.1SA.030.018 अमालेकीहरूले लुटेका जति सबै उनका दुइटी पत्नीहरू सहित दाऊदले उद्वार गरे।
30:19b.1SA.030.019 कोही पनि हराएनन्। बूढा र जवान सबै पुनःप्राप्त गरे। सबैका छोरा छोरी पनि पाइए। अमालेकीहरूले लुटेका प्रत्येक चीज दाऊदले पुनःप्राप्त गरे।
30:20b.1SA.030.020 सबै भेडा, बाख्रा, गाई-गोरू दाऊदले फिर्ता लिए। दाऊदका मानिसहरूले ती पशुहरूलाई अघि लगाए। तिनीहरूले भने, “यी सबै दाऊदका उपहार हुन्।”
30:21b.1SA.030.021 दाऊद बसोर खोल्सामा ती 200 मानिसहरू बसेको ठाउँमा आए। यी मानिसहरू साह्रै कमजोर र थाकेका हुनाले दाऊदसँग जान सकेका थिएनन्। यी मानिसहरू दाऊद र सैनिकहरूलाई भेट्न बाहिर आए। तिनीहरूले दाऊद र सैनिकहरूलाई अभिवादन गरे जब तिनीहरू नजिक आए।
30:22b.1SA.030.022 दाऊदसँग केही दुष्ट मानिसहरू पनि गएका थिए अनि जसले समस्या उब्जाइ रहन्थे। ती दुष्टहरूले भने, “यी 200 मानिसहरू हामीसित गएका होइनन्। यिनीहरूले आफ्ना पत्नी र छोरा-छोरीहरू सिवाय केही पनि पाउने छैनन्।”
30:23b.1SA.030.023 दाऊदले जवाफ दिए, “होइन, मेरा भाइ हो। त्यसो गर्नु हुँदैन। बिचार गर त परमप्रभुले हामीलाई के दिनुभयो! परमप्रभुले हामीलाई शत्रु हराउन सहयोग गर्नुभयो जसले हामी माथि आक्रमण गर्यो।
30:24b.1SA.030.024 तिमीले जे भन्छौ त्यसमा कसैले ध्यान दिनेछैन। जो लडाईंको मैदानमा जान्छन् र जो यहाँ बसेर माल-समानको रक्षा गर्नेले तिनीहरूको लागि बराबर भागबण्डा हुनेछ। सबैले बराबर भाग बण्डा पाउने छन्।”
30:25b.1SA.030.025 दाऊदले यो आदेश दिए र इस्राएलमा शासन गरे अनि आज पनि इस्राएलमा यही नियम लागू छ।
30:26b.1SA.030.026 दाऊद सिकलग आइपुगे। तिनले अमालेकीहरूबाट पाएका सामानहरू यहूदाका आफ्ना मित्रहरू र नेताहरूलाई पठाइदिए। दाऊदले भने, “परमप्रभुका शत्रुबाट खोसेका चीजहरू तपाईंलाई उपहार स्वरूप छ।”
30:27b.1SA.030.027 दाऊदले त्यसरी नै ती सामानहरू बेतेलका नेताहरूलाई, नेगेबका रमोत, यतीरमा,
30:28b.1SA.030.028 अरोएर, सिपमोत, एस्तमो,
30:29b.1SA.030.029 राकालमा भएकाहरूलाई, यरहमैलीहरू र केनीहरूका शहरहरूमा,
30:30b.1SA.030.030 होर्मामा, बोराशानमा, अत्ताकमा,
30:31b.1SA.030.031 अनि हेब्रोनमा भएकाहरूलाई पठाइदिए। दाऊदले तिनका मानिसहरू जहाँ-जहाँ गएका थिए ती सबै ठाउँका नेताहरूलाई पठाइदिए।
31
31:1b.1SA.031.001 पलिश्तीहरू इस्राएलको विरूद्धमा लडे अनि इस्राएलीहरू हारेर भागे। गिल्बो पर्वतमा धेरै इस्राएलीहरू मारिए।
31:2b.1SA.031.002 पलिश्तीहरू शाऊल र तिनका छोराहरू विरूद्ध तीव्रता पूर्वक लडे। पलिश्तीहरूले शाऊलका छोरा जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे।
31:3b.1SA.031.003 त्यो युद्ध शाऊलको विरूद्ध चारैतिर मच्चियो। धनु-धारीको काँडले शाऊललाई हिर्कायो अनि तिनी नराम्रो घाइते भए।
31:4b.1SA.031.004 शाऊलले तिनको हातहतियार बोक्ने नोकरलाई भने, “तिम्रो तरवार निकालेर मलाई मार। ती विदेशीहरूको हातबाट म घाइते हुनु अथवा तिनीहरूको हाँसोको पात्र बन्न म चाहँदिन।” तर शाऊलको नोकर डराएर त्यसो गर्न सकेन। यसर्थ शाऊलले आफ्नो तरवार निकालेर आत्माहत्या गरे।
31:5b.1SA.031.005 नोकरले शाऊल मरेको देखेर तरवार निकालेर आफू पनि शाऊलसँगै मर्यो।
31:6b.1SA.031.006 यसरी शाऊल, तिनका तीनजना छोरा र हतियार बोक्ने केटो त्यस दिन सँगै मरे।
31:7b.1SA.031.007 बेंसीको अर्कोपट्टि भएका इस्राएलीहरूले इस्राएलका सैनिकहरू भाग्दै गरेको देखे। तिनीहरूले शाऊल र तिनका छोराहरू मरेको देखे। यो देखेर ती इस्राएलीहरू आफ्नो शहर छाडेर भागे। त्यसपछि पलिश्तीहरू ती शहरहरूमा आएर बस्न लागे।
31:8b.1SA.031.008 अर्को दिन, पलिश्तीहरू मरेका लाशहरूबाट चीज बिज लुट्न गए। तिनीहरूले गिल्बो पर्वतमा शाऊल र तिनका छोराहरू मरेका पाए।
31:9b.1SA.031.009 पलिश्तीहरूले शाऊलको टाउको काटे र तिनको हतियार लगे। तिनीहरूले पलिश्ती र तिनीहरूले पूजा गर्ने देवताको मन्दिर सम्म उक्त समाचार पुर्याए।
31:10b.1SA.031.010 तिनीहरूले शाऊलको हात-हतियारहरू अश्तारोतको मन्दिरमा राखे। शाऊलको लासचाहिं बेतशानको भित्तामा झुण्डाए।
31:11b.1SA.031.011 याबेश गिलादका मानिसहरूले पलिश्तीद्वारा शाऊल माथि घटेका घटनाहरू सुने।
31:12b.1SA.031.012 यसैले याबेशका सबै सैनिकहरू बेत-शान गए। रातभरी तिनीहरू हिंडे। त्यसपछि तिनीहरूले बेतशानको भित्ताबाट शाऊलको लाश झिके। तिनीहरूले शाऊलका छोराहरूका लाश पनि झिके। त्यसपछि ती लाशहरू याबेश पुर्याए। याबेशका मानिसहरूले शाऊल र तिनका छोराहरूका लाशलाई जलाइ दिए।
31:13b.1SA.031.013 त्यसपछि तिनीहरूले शाऊल र तिनका छोराहरूका हड्डीहरू निकाले अनि याबेशमा एउटा ठूलो रूखमुनि गाडे। यसरी याबेशका मानिसहरूले तिनीहरूको दुःख व्यक्त गरे। तिनीहरूले सात दिनसम्म केही पनि खाएनन्।
- Holder of rights
- Multilingual Bible Corpus
- Citation Suggestion for this Object
- TextGrid Repository (2025). Nepali Collection. 1 Samuel (Nepali). 1 Samuel (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-ACC1-C